काठमाडौं, १७ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच चीनबाट तेल नेपाल ल्याउन ढिला हुने भएको छ ।
दुई देशबीच इन्धन आपूर्ति सम्झौता भएपनि चीनबाट तेल नेपाल ल्याउने विषयमा दुई देशका आयल निगमबीच व्यापारिक सम्झौता समयमै हुन नसक्दा ढिलाई हुने भएको हो ।
नेपाल आयल निगमले विभिन्न बहाना बनाएर सम्झौता प्रक्रिया बढाउन आलटाल गरिरहेको छ । सम्झौताका लागि चीनको आयल निगम (पेट्रोचाइना)का प्रतिनिधीलाई बोलाएर व्यापारिक सम्झौता प्रक्रिया अगाडि बढाउनुपर्ने भएपनि आलटाल गर्दा ढिलाई भएको हो ।
आयल निगमका अधिकारी अनुदानको तेल नेपाल भित्रिइसकेपछि मात्रै पेट्रो चाइनालाई बोलाउने पक्षमा छन् । त्यसो गर्दा अनुदानको सबै तेल नेपाल आइपुग्न कम्तिमा पनि १५ दिन लाग्छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अनुदानको सबै तेल नेपाल आइसकेपछि पेट्रोचाइनालाई बोलाउने प्रक्रिया सुरु हुने बताउनुभयो । उहाँले भन्नुभयो- ‘हामी हतारिएर मात्रै हुँदैन, उनीहरु पनि तयारी अवस्थामा हुनुर्पयो ।’
आगल निगम स्रोतका अनुसार अहिले नै दुई देशका आयल निगमका बीच व्यापारिक सम्झौता अगाडि बढे अनुदानको तेलसँगै खरिद गरेको तेल पनि नेपाल आइपुग्छ । जसले अहिलेको इन्धन संकटलाई ५० प्रतिशतले कम गर्न सकिन्छ । तर, निगमका अधिकांश कर्मचारी भारतकै पक्षमा देखिएका छन् । उनीहरु चीनसँगको सम्झौता नहोस् भन्ने भारतीय मान्यताको पक्षमा रहेको स्रोतको दाबी छ । उनीहरु सम्बन्ध सुधारेर भारतबाटै तेल ल्याउनुपर्ने पक्षमा छन् । यसरी आयल निगम चीनबाट तेल ल्याउन पछि हटेको देखिन्छ । निगमको ढिलाइले जनताले थप दुःख पाउने अवस्था देखिन्छ ।
यस्तै, चीनका लागि नेपाली राजदूत महेश मास्केले तेल ल्याउने विषयमा चीनसित सैद्दान्तिक सहमति भइसकेकाले अब आयल निगम र पेट्रोचाइना बसेर प्राविधिक कुराहरु टुंग्याउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो- ‘अनुदानको तेल आइपुग्ने समयभित्रै दुई कम्पनीबीच व्यापारिक सम्झौता गरिसक्नुपर्छ । आयल निगमले पत्र पठाउनासाथ पेट्रो चाइनाका प्रतिनिधी आउँछन् र सम्झौता हुन्छ ।’ अहिलेको समस्या समाधान गर्न जतिसक्दो चाँडो चीनसँग सम्झौता प्रक्रिया अगाडि बढाउनुपर्ने राजदूत मास्केको भनाई छ ।
इन्धन आपूर्ति सम्झौतासँगै चीनले नेपाललाई १३ लाख लिटर तेल अनुदानमा उपलब्ध गराएको थियो । जून काठमाडौं आउने क्रममा छ ।
dainiknepal.com

काठमाडौँ, १७ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सरकारमा सहभागी हुने मन्त्रीहरुको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएको छ ।
सो पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठका अनुसार सो पार्टीले स्थानीय विकास र परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा अध्यक्ष कमल थापालाई पठाउनेछ । थापाले हाल उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाली रहनुभएको छ ।
यस्तै राप्रपा नेपालले भूमिसुधार मन्त्रीमा रामकुमार सुब्बा, स्थानीय विकास राज्य मन्त्रीमा कुन्तीकुमारी शाही र सहायक मन्त्रीमा विराज विष्ट, भूमिसुधार राज्य मन्त्रीमा विक्रम थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठलाई सिफारिस गरेको छ । मन्त्री सुब्बा हाल विना विभागीय मन्त्री रहनुभएको छ ।

वीरगन्ज : वीरगन्ज बजार मंगलबार पनि बिहानैदेखि तनावग्रस्त बनेको छ । वीरगन्जमा स्थानीय प्रशासनले समोबार दिउँसोदेखि लगाएको कफ्र्यू मंगलबार बिहानैबाट मधेसी मोर्चाका कार्यकर्ताले अवज्ञा गरेर ठाँउ ठाँउमा प्रदर्शन गरेकाले नगरक्षेत्र तनाग्रस्त बनेको हो ।
कर्फ्यूको उल्लंघन गरेर मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि वीरगन्जको नगवा र ब्रम्ह चोकमा झडप भएको छ ।
बाइपास सडकको नगवा चोकमा बिहान मोर्चाका कार्यकर्ताले टायर बालेर प्रदर्शन गर्ने क्रममा प्रहरीले अवरोध गरेपछि झडप भएको हो ।
झडपका क्रममा प्रहरीले २० राउण्ड भन्दा बढी हवाइ फायर गरेको छ । यस्तै बाइपास सडककै ब्रम्हचोकमा पनि मंगलवार बिहान प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।
सडक छेउमा राखिएका प्रदर्शनकारीका दुईवटा साइकल प्रहरीले जल्दै गरेको टायरमा हालेपछि झडप भएको हो । ।
ब्रम्ह चोकमा भएको झडपका क्रममा प्रहरीले तीन राउण्ड हवाइ फायर पनि गरेको छ । यस्तै बाइपासकै लक्ष्मणवा चोकमा पनि मंगलबार बिहानैदेखि आन्दोलनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन गरिहेका छन् ।
वीरगन्जको चोक चोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएका छन् । काम विशेषले सडकमा निस्किएका सर्वसाधरणलाई भने प्रहरीले अवरोध गरेको छैन ।
वीरगन्जमा सोमबार दिउँसो प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक भारतीय युवकको मृत्यु भएलगत्तै स्थिति तनावपूर्ण बनेपछि स्थानीय प्रशासनले सोमबार दिउँसो तीन बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको हो ।
वीरगन्ज–जीतपुर सडकखण्डको विभिन्न चोकमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले मंगलवार बिहानैदेखि प्रदर्शन शुरु गरेका छन् ।
गण्डक, लिपनीमाल, चैनपुर, परवानीपुर, नितनपुर र जीतपुरमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि चोकचोकमा टायर बालेर सडक अवरुद्ध पारेका छन् ।
यस्तै पर्साको देउरवाना बजारमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् । देउरवानामा सडकमा टायर बालेर प्रदर्शन गर्दै बजार पनि बन्द गराएको संघीय समावेशी मधेशी मोर्चाका नेता अजय मिश्राले जानकारी दिए ।
यसैबीच बाराको मटिअर्वामा पनि मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् । मटिअर्वा चोकबाट प्रदर्शनकारीहरुले जुलुश निकालेर मटिअर्वा छोटी भन्सार कार्यालयमा जारी धर्नामा पुगी समर्थन जनाएका छन् ।
वीरगन्ज रक्सौल नाका ४१ दिनदेखि ठप्प
वीरगन्ज रक्सौलको मितेरी पुलमा मधेसी मोर्चाको धर्ना र नकाकाबन्दी मंगलवार ४१ औं दिन पनि जारी रहेको छ ।
सोमबार बिहान प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीहरुलार्इ केहीबेर हटाएर नाका खोलेपनि सोमबारै बिहान ११ बजे देखि फेरि मधेसी मोर्चाका नेता कार्यकर्ताहरुले मितेरी पुलमा धर्ना दिएर रक्सौल– वीरगन्ज नाका ठप्प पारेका हुन् ।
सोमबार बिहान पौने पाँच बजे तिर मितेरी पुलमा पुगेको प्रहरीले लाठी चार्ज गरेरआन्दोलनकारी हटाएपछि वीरगन्जबाट दुई सय २९ वटा भारतीय खाली गाडी रक्सौल प्रवेश गरेका थिए ।
तर रक्सौलमा फसेका नेपालका मालवाहक गाडीहरु भने एउटा पनि वीरगन्ज छिर्न सकेनन् । सोमबार बिहान मितेरी पुलमा प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा गएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर धपाउनुका साथै धर्नास्थलका पाँचवटा टेन्ट र बाँस जलाइदिएका थिए ।
प्रहरीले मितेरी पुलको धर्नास्थलबाट सोमबार बिहान दुईजना भारतीय र तीन जना नेपालीसहति पाँचजना प्रदर्शनकारीलाई नियन्त्रणमा पनि लिएको थियो ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले जानकारी दिए ।www.annapurnapost.com

इटहरी – थारु कल्याणकारीणी सभा आन्दोलन परिचालन समितिका संयोजक एवम् थारु नेता राजकुमार लेखीले अबको आन्दोलन राजमार्ग र पश्चिमी नाकालाई टार्गेट गरिने बताएका छन् । उनले आन्दोलनमा भारतको समर्थन रहेको स्वीकार गर्दै प्रत्यक्ष सहयोग भने नभएको दाबी गरे ।
सुनसरीको इटहरीमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनमा भारतको समर्थन होला , तर कुनै सहयोग र कुनै भारतीय नागरिक परिचालित भएका छैनन् ।’
उनले शान्तिपुर्ण आन्दोलनको तिन महिना बित्न लाग्दा नेपाल सरकारले थारुहरुको माग सम्बोधन गर्न नसकेको भन्दै अबको आन्दोलन सिमाक्षेत्र र राजमार्म केन्द्रीत हुने बताए ।
सिंहदरबारमा रहेका शिर्ष नेताहरुलाई शासकको संज्ञा दिदै नेता लेखिले उनिहरुलाई दबाब दिन पूर्व झापा देखी पश्चिम कञ्चनपुर सम्मका सबै नाकाहरुमा धर्ना सहित नाकाबन्दी र पूर्व घोषीत आम हडताललाई जारी गरीने समेत बताए ।
उनले थारु समुदाय भुमि पुत्र रहेका कारण आफनो माग पुरा गराउन कुनै हालतमा हतियार नउठाउने समेत बताए ।
तराइ टुक्राएर अलग्गै राज्य थारुहरुले कहिल्यै नचाहेको र राष्ट्र बिखण्डनको पक्षमा पनि नरहेको उल्लेख गर्दै नेता लेखीले आन्दोलनलाई दबाउन सरकारले बार्ताको नाटक मात्र रचेको आरोप लगाए ।
थारुले उठाएका सिमाङकन लगायतका मागहरु पूरा नगरे सम्म आफुहरुको आन्दोलन जारी रहने बताउदै नेता लेखीले भोलीका दिनमा मधेशी मोर्चा र थरुहट थारुवान संयुक्त संघर्ष समिति एउटै मार्चामा गासिएर आन्दोलनलाई सशक्त बनाइने चेतावनी दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई ब्राहमण एकता परिषदको संज्ञा दिदै नेता लेखिले केन्द्रमा बसेर ठुला ठुला गफ दिनुका सट्टा आन्दोलनरत स्थलमा आएर जनतालाई सम्झाएर देखाउन चेतावनी दिए ।
www.ratopati.com

काठमाडौं । देश जटिल परिस्थितिमा पुगेको बेला एमाओवादीबाट अलग भएका डा. बाबुराम भट्टराईले बनाउन लागेको नयाँ शक्तिमा अवकाश प्राप्त गरेपछि गुमनाम जस्तै भएर बसेका केही पूर्वप्रशासक, पूर्व राजदुत, जनताबाट तिरस्कृत र आउटडेटेड राजनीतिक व्यक्तिहरुले मात्र साथ दिने देखिएको छ ।
२०७२ कात्तिक १५ गते बाबुरामले नयाँ शक्ति गठनका लागि डाकेको बानेश्वरको अल्फाबिटा कम्प्लेक्सको भेलामा पार्टी चहार्दै हिड्ने रामचन्द्र झा, रामकुमार शर्मादेखि प्रभु साह लगायतको उपस्थिति थियो । गाली गलौज गर्न खप्पिस सीकेलालदेखि खगेन्द्र संग्रौलासम्म र जातिवादी नेताहरुको उपस्थिति बाबुरामको भेलामा थियो । बाबुरामको भेलामा नेपाली कांग्रेसका प्रदीप गिरी, दमननाथ ढुंगाना र एमालेकी रामकुमारी झाँक्री पनि उपस्थित थिए ।
बाबुरामले बनाउने नयाँ शक्तिको बारेमा छलफल गर्न बोलाइएको भेलामा एमालेका नेताहरु घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, रविन्द्र अधिकारी लगायतलाई बोलाइएको भए पनि उनीहरु गएनन् । एमालेबाट बाबुरामको भेलामा महिला नेतृ झाँक्रीमात्र गएकी थिइन् ।
नेपाली कांग्रेसका प्रदीप गिरी सहभागी हुनुलाई भने अर्थपूर्ण रुपमा लिइएको छ । गिरीमात्र होइन, गगन थापा पनि बाबुरामको नयाँ शक्तितिर आकर्षित हुन थालेको चर्चा भइरहेको छ । तर, थापा कात्तिक १५ को भेलामा उपस्थित भएनन् । दृष्टि साप्ताहिकमा खबर छ ।

गौशाला, कार्तिक १७ । महोत्तरी जिल्लाको गौशाला चोकमा आज बिहान संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले ८५ लिटर पेट्रोल नियन्त्रणमा लिएका छन् ।
अनिश्चितकालीन मधेस बन्द चलिरहेका बेला आज बिहान महोत्तरीको सम्सी नाका हुँदै भारतबाट तस्करी गरी ल्याइएको पेट्रोल मोर्चाका कार्यकर्ताले गौशाला नगरपालिका– ६ स्थित चोकमा नियन्त्रणमा लिएका हुन् ।
मोर्चाले नियन्त्रणमा लिएको पेट्रोल भुइँमा खन्याएर आगजनी गरी नष्ट गरेका छन् भने पेट्रोल ल्याउने व्यक्तिलाई चेतावनी दिँदै गाडीसहित उनलाई मुक्त गरेका छन् ।
मोर्चाका कार्यकर्ताले सोही नाकाबाट दुई दिनअघि पेट्रोल बोकी आएका एक भारतीय र चार दिनअघि एक नेपाली नम्बरको मोटरसाइकल र करिब ४०० लिटर पेट्रोल सोनमा बजारमा आगजनी गरी नष्ट गरेका थिए । (रासस)imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नेपालगन्ज : भारतीय पक्षले सोमबार बन्द गरेको बाँकेको नेपालगन्ज–रुपेडिया नाका मंगलबार बिहानैबाट सुचारू भएको छ ।
माथिको आदेश भन्दै भारतीय सीमासुरक्षा बल (एसएसबी) ले सोमबार मालवाहक गाडी भित्रिन नदिएपछि नेपालगञ्ज-रूपेडिया नाका ठप्प भएको थियो ।
नाका खुलेपछि भारतीय नम्बरका गाडीहरु र नेपाली नम्बरका गाडीहरू पनि सीमाबाट वारपार हुन थालेको इलाका प्रहरी कार्यालय जमुनाहाले जनाएको छ ।
सोमबार बिहान नेपालगन्ज रुपेडियाबाट १२ दर्जन सवारी साधान भित्रिएका थिए । मंगलबार बिहानैबाट नाकाबाट सवारीसाधन वारपार गर्न थालेपछि नाकाको अवस्था सामान्य बनेको हो ।
पछिल्लो समयमा नेपालगन्ज रुपेडिया नाकाबाट दिनहुँ २० देखि २५ इन्धनका गाडीसहित एक सय मालवाहक गाडी भित्रिरहेका छन् ।
www.annapurnapost.com

एजेन्सी: नेपालसँग सीमाना जोडिएको राज्य उत्तर प्रदेशमा हालै सम्पन्न पञ्चायत चुनावमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी नराम्ररी बढारिएको छ ।
प्रधानमन्त्री मोदीको संसदीय क्षेत्र वाराणसीमा भारतीय जनता पार्टीले ४८ सिटमध्ये ४० सिटमा हार ब्यहोरेको छ ।
मोदीले अपनाएको वाराणसीको जयापुर गाउँमा पनि भाजपाले जिल्ला पञ्चायत सदस्यको चुनावमा हार व्यहोरेको छ। त्यहाँ समाजवादी पार्टी सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ ।
त्यहाँको चुनावमा मुलायम सिंह यादवका परिवारका सबै ६ जना उम्मेदवारले जित निकालेका छन् । तर अर्कातिर अखिलेश यादवका मन्त्रीका धेरैजसो नातेदारले चुनाव हार्न पुगेका छन् ।
वाराणसी भारतको सबैभन्दा महत्वपूर्ण संसदीय क्षेत्र हो । प्रधानमन्त्री मोदी यहीँबाट चुनाव लडेर विजयी भएका थिए । यहाँ मोदीको भाजपा ४८ मा ४० सिटमा हार भोग्यो मोदीले अपनाएको जयापुरमा पार्टी जिल्ला पञ्चायत सदस्यको चुनाव पनि भाजपाले हारेको छ । भाजपाका चर्चित स्थानीय नेताहरूले पनि यहाँको चुनावमा शर्मनाक हार भोगेका छन् ।
कलराज मिश्रको देवरियामा भाजपाले ५६ मा ५० सिटमा हार भोगेको छ । कल्याण सिंहको अलीगढमा भाजपाले ५२ सिटमा ४४ सिटमा पराजय भोगेको छ।
कुनै बेलाको कल्याण सिंहको संसदीय क्षेत्र रहेको अतरौलीमा सबै ८ सिटमै भाजपाले पराजय भोगेको छ । रेल राज्यमन्त्री मनोज सिन्हाको गाजिपुरमा ६७ मध्ये ५७ सिटमा भाजपाले हार भोगेको छ ।
उमा भारतीको झाँसीमा रहेका २४ सिटमा भाजपाले २० सिटमा लज्जास्पद हार भोगेको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहको लखनउमा २६ मध्ये २० सिटमा भाजपाले हार भोगेको छ ।
राजनाथ सिंहले अपनाएको गाउँमा भएको जिल्ला पञ्चायत सदस्यको चुनावमा पनि भाजपाले हार व्यहोरेको छ।
यतिका हार मिल्दा पनि भाजपाले यो पटक आफ्नो जित भएको दाबी गरिरहेको छ । उत्तर प्रदेशका भाजपा अध्यक्ष लक्ष्मीकान्त वाजपेयीले भने, 'भारतीय जनता पार्टी पहिलो पटक चुनाव लडिरहेको छ । २५ देखि ३० प्रतिशत सिट जित्नका लागि हामी काम गरिरहेका थियाैं । हामीले २५ भन्दा बढी प्रतिशत नतिजा ल्याउँछाैं ।'
यहाँको चुनावमा अधिकांश मन्त्रीका नातेदारहरू पनि नराम्ररी हारेका छन् । यो चुनाव हार्नेहरूमा समाज कल्याण मन्त्री अवधेश प्रसादकी पत्नी र छोरा पनि रहेका छन् ।
त्यसैगरी विज्ञान एवम् प्रविधिमन्त्री मनोज पाण्डेका छोरा, जेल मन्त्री रामपाल राजवंशीका दुर्इ छोरी, मन्त्री ड. एसपी यादवकी पत्नी, छोरा र बुहारी, पिडब्ल्यूडी राज्यमन्त्री सुरेन्द्र पटेलका भाइ, स्वास्थ्य राज्यमन्त्री शंखलाल माझीकी पत्नी, मन्त्री बंशीधर बौधकी बुहारी, खादी राज्यमन्त्री हाजी रियाज अहमदका दुर्इ भाइ र अन्य नातेदारले पनि चुनाव हारेका छन् ।
तर मुलायम सिंह यादवका परिवारका सबै ६ जनाले चुनाव जित्न सफल भएका छन् । उनीहरूमध्ये ५ जना निर्विरोध एक जनाले प्रतिस्पर्धाबाटै चुनाव जितेका हुन् ।
अर्कातिर विधायक दलका नेता स्वामी प्रसाद मौर्यले भने, 'अब बहुजन समाज पार्टीको सरकार बन्न कसैले पनि रोक्न सक्दैन । न समाजवादी पार्टी, न भाजपा न नै कांग्रेस।'
उता बिहार विधानसभा चुनाव भाजपाले यति धेरै संघर्षका साथ लडिरहेको छ कि जहाँ प्रधानमन्त्री मोदी नै चुनाव लडिरहे जस्तो देखिन्छ । युपीमा देखिएको चुनावी परिणामले बिहारमा पनि भाजपालार्इ झट्का लाग्ने अवस्था देखिएको छ ।
annapurnapost.com

पटकमंगलबार, १७ कार्तिक
काठमाडौं । सोमबार विरगञ्ज भन्सार क्षेत्रमा उत्पन्न तनावमा एक भारतीय व्यक्तिको मृत्यु भएसँगै सीमा क्षेत्रको समस्या थप जटिल बन्दै गएको छ ।
नाकामा अड्डा जमाएर बसेका आन्दोलनकारी लाई हटाएर बिरगञ्ज भन्सार खोलेको प्रहरीले त्यसलाई निरन्तरता दिन सकेको छैन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरीको गोलीबाट भारतीय नागरिकको मृत्यु भएसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेका थिए ।
भारतीय सञ्चार माध्यमहरुले प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामलामा हस्तक्ष नगर्न एक कारक्रमका बीच भारतलाई चेतावनी दिएको उल्लेख गरेका छन् ।
हिजो आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतीय नेपाल हेर्ने नीतिको आलोचना गरेका थिए । उनले नेपालको संविधानले छिमेकी मुलुहकहरुलाई कुनै असर नपर्ने भन्दै भारतको आलोचना गरेका थिए ।
कार्यक्रममा ओलीले भारतले सीमा क्षेत्रमा आन्दोलनको लागि तराई केीन्द्रत पार्टीहरुलाई भारतले उक्साएको समाचार भारतीय सञ्चार माध्यहरुमा व्यापकता छाएको छ ।
www.nepalsandesh.com

इंग्लिस क्लब चेल्सीका प्रशिक्षक जोस मोरिन्होल ४० हजार पाउण्ड (नेपाली ६३ लाख)जरिवाना तिर्नु पर्ने भएको छ भने एक खेलमा स्टेडियम उपस्थित हुन समेत नपाएने भएका छन् ।
गत कात्तिक ७ मा वेष्ट ह्यामसँग भएको खेलको क्रममा खेल नियम भन्दा बाहिर गएर रेफ्रिसंग कुरा गरेको भन्दै उसलाई यस्तो गरिएका फुटबल एसोशिएसन (एफएल)ले जनाएको छ ।
उनले वेष्ट ह्यामसँगको खेलको मध्यान्तरमा रेफ्री मोससँग कुरा गरेपछि उनी विवादमा आएका थिए ।

। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोका पार्टी भारतीय जनता पार्टीले आफ्नै संसदीय निर्वाचन क्षेत्र बनारसमा नराम्ररी पराजित भएको छ ।
स्थानीय निर्वाचनमा सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले वाराणसीको ४८ स्थानीय पञ्चायत निर्वाचनमा जम्मा ८ स्थानमा मात्र जीत दर्ता गरेका हुन् ।
मोदीको पकड क्षेत्र मानिने बाराणसीको जयपुर गाउमा समेत भाजपाको उमेदवार पराजित भएका छन् । त्यस्तै केन्द्रिय गृहमन्त्री राजनाथ सिंहको निर्वाचन क्षेत्र लखनउमा समेत भाजपाले ४ स्थामा मात्र जितेको छ । २८ स्थानमा भएको निर्वाचनमा उसले ४ स्थानमा जित्दै चित्त बुझाएको छ ।
त्यस्तै स्थानियम निर्वाचनमा सामाजवादी पार्टीका नेताका आफ्न्तहरुले समेत पराजय बेहोरेका छन् । कांग्रेसका नेता राहुल गान्धिको निर्वाचन क्षेत्र अमेठीमा कांग्रेसका सवै आठ उमेदवारले हार बेहोरेका छन् ।

१७ कात्तिक, काठमाडौं ।
नेकपा एमाललेको स्थायी समिति बैठकले प्रधामन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीलाई भारतसंग नझुकि काम गर्न निर्देशन दिएको छ । भारतले जारी राखेको अघोषित नाकाबन्दीको नाममा भारतले नेपाललाई झुकाउन खोजेको निष्कर्ष निकाल्दै बैठकले ओलीलाई दृढतापूर्वक सामना गर्न निर्देशन दिएको हो ।
पार्टीको तर्फबाट सरकारमा सहभागी हुने मन्त्री छनोट गर्न बसेको स्थायी समिति बैठकमा भारतले जारी राखेको नाकाबन्दीको बारेमा तीन घण्टा छलफल भएको थियो । बैठकको बीचमा भारतीय प्रधानमन्त्री मोदीले वीरगञ्ज घटनालाई लिएर टेलिफोन गरेपछि बैठकको सम्पूर्ण समय भारतीय नाकाबन्दीको बोरमा केन्द्रीय भयो, एक स्थायी समिति सदस्यले बताए । उनले भने,‘चीनसंग तेल ल्याउने सहमतिले भारतललाई झड्का लागेको छ, यसरी नै भारतले नाकाबन्दी कायम राख्ने र नेपाललाई गलाउने नीति लिए अन्य वस्तु पनि चीनसंग ल्याउने विषयमा प्रधानमन्त्री ओलीलाई गम्भीर भएर सोच्न निर्देशन दिएको छ ।’
एमाले स्थायी समितिको बैठक आज पनि बस्दैछ । आज बस्ने बैठकले सरकारमा सहभागी हुने १० मन्त्रीहरुको टुंगो लगाउने छ । मन्त्री बन्नको लागि वरिष्ठ नेता झलनाथ खनाल नेता माधव नेपाल, महासचिव ईश्वर पोखरलेले आफ्नो निकटका सांसदको लिस्ट तयार पारेका छन् । एक नेताका अनुसार मन्त्री बनाउनको लागि तीन नेताले तीस व्यक्तिको लिस्ट तयार पारेका छन् । यस अघि नै एमालेबाट दुई जना मन्त्री भइसकेका छन् । सरकार गठन भएको २५ दिन वितिसक्दा समेत पार्टीभित्रको आन्तरिक विवादले प्रधामन्त्री ओलीले आफ्नै पार्टीबाट मन्त्री छनोट गर्न सकेका छैनन ।
सत्तासाझेदार दल एमाओवादीले पाएको आठ मन्त्रीले सपथ लिइसकेका छन् । राप्रपा नेपालले पनि सरकारमा सहभागी हुने मन्त्रीको नामावली प्रधानमन्त्री ओलीलाई बुझाइसकेको छ । भने सरकारमा राष्ट्रिय जनामोर्चा, नेकपा माले लगायतका साना दल पनि सहभागी हुनेछन । ओली नेतृत्वको सरकारमा मन्त्री, राज्य मन्त्री गरी झण्डै ४५ जना हुने बालुवाटार स्रोतले बतायो । ओली नेतृत्वको सरकारमा हाल १८ मन्त्रीहरु रहेका छन् । सबैलाई भाग पु-याउनको लागि मन्त्रालय फुटाउने गृहकार्य समेत भएको छ ।

काठमाडौं, १७ कात्तिक । सत्तारुढ दल एकीकृत माओवादीबाट झण्डै दुई दर्जन बढी केन्द्रीय नेतारूले पार्टी परित्यागको घोषणा गर्ने भएका छन् ।
बाबुराम भट्टराई निकट मानिने करिब ४० केन्द्रीय नेताहरूले एमाओवादी परित्यागको घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।
उनीहरूले आज एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेट गरी पार्टी परित्याग गरेको जानकारी पत्र बुझाउने छन् ।
यसरी एमाओवादी परित्याग गर्नेमा देबेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री, महेन्द्र पासवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ४० भन्दा बढी छन् ।
एमाओवादीबाट अलग भएको घोषणा गरेका भट्टराईले नयाँ पार्टी गठनका लागि अन्तिम तयारी गर्नु भएको छ । उहाँले छिट्टै नयाँ पार्टी घोषणा गर्ने जनाइएको छ ।

राशिफल – मिति वि.सं. २०७२ साल कात्तिक १७ गते मंगलबार तदानुसार इश्वी सन् २०१५ नोभेम्बर ३ तारिख
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विगतको सफलताले काममा झन् उत्साह बढ्नेछ। उद्योग र व्यापारमा निकै फाइदा हुनेछ। प्रतिस्पर्धीहरूलाई पनि सजिलै पछि पार्न सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषि तथा व्यावसायिक काममा केही चुनौती देखापर्न सक्छन्। तापनि, नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन आर्जन गर्ने मौका छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने बन्नेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा पनि सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन उपयोग गर्दा अझ लाभ हुन सक्छ। नयाँ ज्ञान प्राप्त हुनेछ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ अलि नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुनेछ। दाम, नाम, इनाम हातपार्ने बेला छ। श्रमको उचित मूल्यांकन होला। पढाइमा पनि राम्रै प्रगति गर्न सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
श्रमपूर्वक समर्पित हु“दा पनि कामको मूल्य नपाइने परिस्थिति छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा चिन्ता र छटपटी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। गोपनीयतामा ध्यान दिँदै कर्तव्य पालना गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
काममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ। सहयोगीहरूले अप्ठ्यारो समयमा साथ दिनाले चुनौतीहरूलाई पार लगाउन सकिनेछ। गोप्य रहस्य पत्ता लाग्नेछन् भने नसोचेको धन लाभ हुन सक्छ। तापनि, सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा सावधान रहनुपर्ने समय छ।

कार्तिक १७, २०७२- नाकाबन्दी र सीमा अवरोधले जनजीवन असहज भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी ओलीलाई फोन गर्दै नेपाललाई पीडा दिने मनसाय नभएको बताएका छन्। फोन वार्तामा प्रधानमन्त्री ओलीले वीरगन्जमा सोमबार भएको प्रदर्शन उग्र र हिंसात्मक बनेपछि प्रहरीले बाध्यतापूर्वक बल प्रयोग गर्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएकामा दु:ख व्यक्त गरेका थिए। प्रधानमन्त्री ओलीलाई सोमबार साँझ ८ बजे फोन गरेका भारतीय समकक्षीले नेपालको विद्यमान समस्या समाधानमा छिमेकीका तर्फबाट सहयोगमा कुनै कमी नहुने पनि बताए। त्यस क्रममा ओलीले नेपालमा अहिले देखिएको असहज आपूर्ति व्यवस्थाबारे मोदीको ध्यानाकर्षण गराएका थिए। ‘जवाफमा भारतीय प्रधानमन्त्री मोदीले नेपालको पीडासँग आफू जानकार रहेको र नेपालीको पीडा भारतको पनि पीडा भएको बताउँदै नेपाललाई पीडा दिने आफ्नो कुनै मनसाय नरहेको’ जनाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। ग्यास, पेट्रोलियम पदार्थ आपूर्तिमा भारतबाट कुनै समस्या नहुने र आफ्नोतर्फबाट समस्या समाधानमा पूरा साथ हुने उल्लेख गर्दै मोदीले छिट्टै समस्या समाधान हुनेमा आफू पूर्ण विश्वस्त रहेको धारणा प्रधानमन्त्री ओलीसँग राखेका थिए। दुई प्रधानमन्त्रीबीच २५ मिनेट कुराकानी भएको थियो। ‘दुई देशबीच अहिले देखिएका समस्याहरूबारे छलफल भयो र समस्याहरूको आपसी समझदारीबाट हल गर्न सकिनेमा कुरा केन्द्रित रह्यो,’ विज्ञप्तिमा भनिएको छ। मोदीले फोन गर्दा प्रधानमन्त्री ओली बालुवाटारमा एमाले स्थायी समिति बैठकमा थिए। सल्लाहकार दाहालका अनुसार प्रधानमन्त्री ओलीले सीमामा बस्नेहरूका कारण समग्र नेपाललाई असहज पार्न नहुने बताएका थिए। उनले नेपालीको जनजीवन निकै कष्टकर भइसकेको तर नाका सहज बनाउन सीमापारिको प्रशासनले चासो नदेखाएको बताएका दिए। सोमबारको घटनाले पनि त्यो पुष्टि भएको भन्दै यहाँको आन्तरिक समस्या समाधान हुनेसमेत प्रधानमन्त्रीले समकक्षीलाई जानकारी गराएका थिए। मोदीले भारततर्फ कुनै समस्या नरहेको तर नेपालतर्फको असुरक्षाकै कारण पारवहन सहज गर्न नसकिएको जानकारी आफूले पाएको बताएका थिए। प्रधानमन्त्री ओलीले पनि नेपालतर्फ सुरक्षा समस्या नरहेको तर सीमापारिबाट नै नेपालतर्फ आन्दोलन गर्न आउने गरेको र त्यसमा प्रहरीले हदैसम्म संयम अपनाउने गरेको बताएका थिए। प्रधानमन्त्री ओलीले आन्तरिक रूपमा मधेसी मोर्चासँग सरकारले वार्ता गरेर समाधानतर्फ उन्मुख रहेको अवस्थामा वीरगन्ज घटना हुनुलाई दु:खद भन्दै यसमा सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको मोदीलाई सुनाए। त्यस क्रममा भारतीय विदेश मन्त्रालयको भनाइप्रति पनि ओलीले चासो राखेको उनी निकटस्थले बताए। यसैबीच भारतीय प्रधानमन्त्री कार्यालयले सोमबारै ट्विट गर्दै मोदीले नेपालको आन्दोलनमा परेर एक भारतीयको निधन भएकोबारे बुझ्नुका साथै उक्त घटनाबारे चासो र चिन्ता व्यक्त गरेको जनाएको छ। ट्विटमा आफ्नो नागरिकको मृत्युप्रति चिन्ता व्यक्त गर्दै त्यसलाई मोदीले ‘दुर्भाग्यपूर्ण’ भनेको पनि उल्लेख छ। त्यसमा पनि इन्धन आपूर्तिमा भारतको तर्फबाट कुनै अवरोध नभएको दाबी गर्दै आफ्नोतर्फको समस्या समाधान गर्न नेपाललाई आग्रह गरेको उल्लेख छ।
kantipur.ekantipur.com
kantipur.ekantipur.com
काठमाण्डु, १७ कात्तिक– प्रहरीले बल प्रयोग गर्दा सोमबार बिहानदेखि वीरगन्ज फेरि तनावग्रस्त भएको छ । प्रदर्शनकारी सधैँझैँ पालमुनी ढुक्कले सुतेका थिए ।
पालमुनी करिब १५ जनामात्र थिए, तर प्रहरीले योजनाबद्ध रूपमा कारबाही गर्दा करिब १० जना भारततिर भागेका थिए भने पाँचजनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।
गिरफ्तारमध्ये पनि दुईजना भारतीय भएको प्रहरीले जनाएको छ । गृहमन्त्रालयका अनुसार ६० वर्षीय महमद जमरुदिन र समद अन्सारी बिहार मोतीहारीका हुन् । पैसा पाइने भनेर आफूहरूलाई आन्दोलनमा बोलाइएको उनीहरूले प्रहरीलाई बताएका छन् ।
–नयाँ पत्रिकाबाट

ओली मोदी टेलिफोन वार्ता
काठमाडौं: भारतीय भूमि र दसगजाबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीमा एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ।
२०७२ कार्तिक १७ मंगलवार
प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका थिए। सोमबार साँझ एमाले स्थायी स्थायी समितिको बैठक चलिरहेका बेला भारतीय प्रधानमन्त्रीको फोन आएको थियो।
प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएर दुई देशबीचको अवस्था सहज पार्न पनि मोदीलाई आग्रह गरे।एमालेका महासचिव ईश्वर पोख्रेलका अनुसार स्वाधीनता र स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा नेपालका दल सचेत रहेको बताउँदै ओलीले नाकाबन्दी अन्त्य गर्न जोड दिएका थिए।
ओलीले भारतीय नाकाबन्दीका कारण नेपालले पारवहन अधिकारको उपभोग गर्न नपाएको बारेमा मोदीको ध्यानाकर्षण गराएका थिए। जबाफमा मोदीले नेपालको पारवहन अधिकारप्रति भारत सचेत रहेको तर अहिले नेपालको आन्तरिक समस्या रहेको जिकिर गरेका थिए।
सो क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई झुकाउने खालको कुरा स्वीकार्य नहुने जबाफ घुमाउरो पारामा मोदीलाई दिएको स्रोतले जनाएको छ। भारतीय विदेश मन्त्रालयले वीरगन्जमा आफ्ना नागरिक मारिएकोमा चासो देखाउँदै वक्तव्य निकालेलगत्तै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ताको प्रयास गरेका थिए।
पछि मोदीले कलब्याक गरेको बालुवाटार स्रोतले बतायो।प्रधानमन्त्री ओलीले सोमबार बिहान वीरगन्जस्थित नेपाल-भारत सीमाको मितेरी पुलमा धर्ना दिइरहेका आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा हटाइएको जानकारी पनि मोदीलाई दिएको एमाले पार्टी सचिव योगेश भट्टराईले अन्नपूर्णलाई बताए।
‘प्रदर्शनका क्रमममा आन्दोलनकारीले प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयमा ढुंगा बर्साउँदै आक्रमण गर्न थालेपछि बाध्य भएर प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा एक आन्दोलनकारीको मृत्यु भएको जानकारी गराउनुभयो। पछि बुझ्दा उनी भारतीय नागरिक भएको खुल्न आएको मोदीसमक्ष बताउनुभयो’, भट्टराई बैठकपछि पार्टी मुख्यालयमा पत्रकारहरूलाई भने।
२५ मिनेट भएको वार्तामा मोदीले वीरगन्ज घटनाको यथाशीघ्र अनुसन्धान गर्न आग्रह गरेका थिए।‘मधेसको समस्या नेपालको आन्तरिक समस्या हो। नेपालले नै समस्या हल गर्नुपर्छ। तर हामी समस्या हल गर्न सहयोग पुर्याउन तयार छौं', मोदीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्णसँग भने।
उनका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सम्बन्ध बिग्रनु दुवै देशको हितमा नरहेको समेत मोदीलाई बताए।प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई मोदीले दोस्रोपटक फोन गरेका हुन्। यसअघि मोदीले प्रधानमन्त्री निर्वाचत भएकै दिन ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए।
यसैबीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षाकर्मीमाथि भारतीय भूमिबाट आक्रमण गर्ने काम भएकाले स्थिति नियन्त्रणमा लिने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको बताएको छ। उसले धर्नाकारी पाँचजना पक्राउ गर्दासमेत दुईजना भारतीय नागरिक परेको, भारतीय भूमिबाट एक हुल भीड आन्दोलित हुँदै नेपाल आएको र सुरक्षाकर्मीमाथि बमसमेत प्रहार गरेको उल्लेख गरेको छ।
विज्ञप्तिमा मृतक व्यक्ति आक्रमणमा संलग्न व्यक्ति नै भएको किटान गरिएको छ। तर यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले आन्दोलनकारीलाई उकास्दै सोमबार दिउँसै मृतकलाई निर्दोष भारतीय भन्दै वक्तव्य जारी गरेका थिए।
विज्ञप्तिमा उनले नेपालतिर आउन भारतीय मालवाहक कम्पनीले अझै असुरक्षा महसुस गरिरहेको दाबी गर्दै भनेका छन्, ‘हामीले उनीहरूलाई सावधान रही खतरामा नफस्न सल्लाह दिँदैछौं।' भारतले सतर्कतासाथ परिस्थिति हेरिरहेको वक्तव्यमा उल्लेख छ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भारतीय विदेश मन्त्रालयले सोमबारै वीरगन्ज घटनाबारे स्पष्टीकरण लिएको छ। यसबारे राजदूत उपाध्यायले अन्नपूर्णसँग भने, 'नेपाल वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपमा राजनीतिक समस्या हल गर्न लागेको छ। भारतसँग कूटनीतिक रूपमा संवाद गर्नुपर्छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौं, १७ कात्तिक । मितेरी पुलमा पुगेको प्रहरीले आन्दोलनकारीलाई धपाएपछि सोमबार वीरगंजबाट दुई सयभन्दा बढी भारतीय खाली गाडी रक्सौल पठाएपनि रक्सौलमा फसेका नेपालका मालबहाक गाडी भने वीरगंज छिर्न सकेनन् ।
पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठका अनुसार वीरगंजमा ४० दिनदेखि अलपत्र परेका ३ सय १९ वटा भारतीय खाली ट्रक बिहान भारतीय प्रहरीको समन्वयमा रक्सैल पठाइएपनि रक्सैलमा रोकिएका नेपाली मालबहाक गाडी भारतीय पक्षले नपठाएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
भारतीय गाडी नेपाल प्रवेश गर्ने क्रम चलिरहदाँ भारतीय प्रहरी र रक्सौल कस्टमका अधिकारीले रक्सालका रोकिएका नेपाली मालबहाक गाडी नेपाल पठाइदिने बताएका थिए ।

काठमाडौं, १७ कात्तिक । बाबुराम भट्टराईलाई समर्थन गर्ने नेताहरुले एमाओवादीबाट आफूहरु अलग भएको घोषणा गरेका छन् ।
भट्टराई निवास सानेपामा दिनभरको छलफलपछि उनीहरुले त्यस्तो घोषणा गरेको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
उनीहरुले मंगलबार एमाओवादी केन्द्रीय कार्यालयमा आफूहरु सो पार्टीबाट अलग भएको घोषणासहितको सामूहिक पत्र बुझाउने निधो गरेका छन् ।
नेताहरु देबेन्द्र पौडेल, हिसिला यमी, नवराज सुवेदी, रामचन्द्र झा, वामदेव क्षेत्री , महेन्द्र पाुवान, भक्तबहादुर शाह, गंगा श्रेष्ठ, कुमार पौडेल, रामरिझन यादव, प्रभु साह, खिमलाल देवकोटालगायत ५० भन्दा बढीले एमाओवादीबाट अलग हुने तयारीमा छन् ।

काठमाडौं, १७ कात्तिक । भारतीय भूमि र दसगजाबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीमा एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका थिए। सोमबार साँझ एमाले स्थायी स्थायी समितिको बैठक चलिरहेका बेला भारतीय प्रधानमन्त्रीको फोन आएको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएर दुई देशबीचको अवस्था सहज पार्न पनि मोदीलाई आग्रह गरे ।
एमालेका महासचिव ईश्वर पोख्रेलका अनुसार स्वाधीनता र स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा नेपालका दल सचेत रहेको बताउँदै ओलीले नाकाबन्दी अन्त्य गर्न जोड दिएका थिए ।
ओलीले भारतीय नाकाबन्दीका कारण नेपालले पारवहन अधिकारको उपभोग गर्न नपाएको बारेमा मोदीको ध्यानाकर्षण गराएका थिए ।
जबाफमा मोदीले नेपालको पारवहन अधिकारप्रति भारत सचेत रहेको तर अहिले नेपालको आन्तरिक समस्या रहेको जिकिर गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई झुकाउने खालको कुरा स्वीकार्य नहुने जबाफ घुमाउरो पारामा मोदीलाई दिएको स्रोतले जनाएको छ ।
भारतीय विदेश मन्त्रालयले वीरगन्जमा आफ्ना नागरिक मारिएकोमा चासो देखाउँदै वक्तव्य निकालेलगत्तै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ताको प्रयास गरेका थिए ।
पछि मोदीले कलब्याक गरेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओलीले सोमबार बिहान वीरगन्जस्थित नेपाल–भारत सीमाको मितेरी पुलमा धर्ना दिइरहेका आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा हटाइएको जानकारी पनि मोदीलाई दिएको एमाले पार्टी सचिव योगेश भट्टराईले बताए।

नेपालमा नाकाबन्दी गरेर दुःख दिइरहेको भारतमाथि पाकिस्तानले आक्रमण गरेको छ ।
सोमबार पाकिस्तानले भारतमाथि अन्धाधुन्ध गोली प्रहार गरेको भारतीय गृहमन्त्रालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानले उत्तरी कश्मीरको गुरेज सेक्टरमा पाकिस्तानी सेनाले करिब डेढ घण्टा अन्धाधुन्ध फायरिङ गरि आक्रमण गरेको हो ।
पाकिस्तानको आक्रमणबाट दुई भारतीय सैनिक मारिएका छन् । बीएसएफको चौकीलाई निशाना बनाएर गरिएको फायरिङमा दुई भारतीय सैनिक मारिएको समाचारमा जनाइएको छ ।
यसअघि भारतीय सेनाको आक्रमणबाट पाकिस्तान सैनिक कमाण्डरसहित ७ सैनिक मारिएका थिए । पाकिस्तानले आज भारतसँग बदला लिएको समाचारमा दाबी गरिएको छ । (एजेन्सीको सहयोगमा)dainiknepal.com

काठमाडौं । सरकारका एक मन्त्रीले भारतले नेपालमा विना बर्दीको सेना पठाउने तयारी गरेको सुचना आफुले पाएको दाबी गरेका छन् । विना विभागीय मन्त्री सत्यनारायण मण्डलले भारतले विना बर्दीको सेना पठाउने तयारी गरेको बताएका हुन् ।
सोमबार वीराटनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री मण्डलले भारतले आफ्ना सबै योजना फेल भएपछि विना बर्दीका सेना परिचालनको तयारी गरिरहेको दाबी गरेका हुन् ।
उनले भारतले तत्काल बर्दीधारी सेना पठाउन नसक्ने भएकाले विना बर्दीका सेना पठाउन खोजेको र त्यस्ता व्यक्ति बर्दीधारी भन्दा भयकर खतरनाक हुने बताए ।
उनले भारतले नेपालमा नव उपनिवेश लाद्न खोजेको दाबी समेत गरे । उनले बिराटनगर र वीरगञ्जमा रहेको भारतीय बाणिज्य दुतावासले गरेको लगानी खेर जान थालेकाले आन्दोलनरत पक्षहरुसँग लगानि फिर्ता माग्न थालेको कुरा पनि आफुले सुनेको बताए ।
उनले आन्दोलनका नाममा केही व्यक्ति र नेता भारतको चंगुलमा फसेको र भारतको लगानीमा उफ्रिरहेको दाबी समेत गरे ।

१६ कार्तिक, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार वीरगन्ज घटनाबारे टेलिफोन वार्ता भएको छ ।
एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा एमाले स्थायी कमिटीको बैठक चलिरहेको बेला प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता भएको जनाइएको छ ।
टेलिफोन वार्ताकोक्रममा प्रधानमन्त्री ओलीले वीरगन्जमा सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिनेक्रममा प्रहरीको गोली लागेर एकजनाको ज्यान गएको र उनी भारतीय भएको पछि पत्ता लागेको बताएको एमाले सचिव योगेश भट्टराइले जानकारी दिए ।
त्यसक्रममा प्रधानमन्त्री ओलीले भारतकै तर्फबाट नाकामा समस्या रहेको भन्दै उताबाट मालबाहक गाडी पठाउन आग्रह गर्दै नेपालतर्फको सम्पूर्ण सुरक्षाको जिम्मा लिने बताएको पनि भट्टराइले जानकारी दिए ।
सरकारमा जाने मन्त्रिहरुको नाम चयनका लागि बैठक बसेपनि एमाले सोमबार पनि टुंगोमा पुग्न सकेन । बैठक मंगलबार पुनः बस्ने भएको छ ।छ ।

काठमाडौँ, १६ कात्तिक । भारतको अघोषित नाकाबन्दीकाबीच संयुक्त राष्ट्रसंघका प्रतिनिधी नेपाल आइपुगेका छन् ।
सोमबार संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि अरपाइन कोरेयान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिनुभएको हो । उहाँ राष्ट्रिय सूचना आयोगले मङ्गलबार आयोजना गर्न लागेको सूचनाको हकसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन काठमाडौँ आउनुभएको हो ।
नेपाल आएलगत्तै कोरेयानले सभामुख ओनसरी घर्तीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय सिंहदरबारमा आज भएको भेटवार्तामा आपसी हितका विषयमा कुराकानी भएको थियो ।
सो अवसरमा संयुक्त राष्ट्र सङ्घका प्रतिनिधि कोरेयामले नेपालमा सूचना प्रविधिमा प्राविधिक सहयोग गर्ने विषयमा समेत कुराकानी भएको व्यवस्थापिका–संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार कोरेयानले नेपालमा भारतीय नाकाबन्दीका विषयमा समेत चाँसो राख्नुभएको छ । नाकाबन्दीका विषयमा कोरेयानले प्रधानमन्त्रीसँग पनि छलफल गर्नुहुने बताइएको छ ।
केही दिन अगाडि राष्ट्रसंघले भारतलाई कारवाही गर्ने गरी नेपालसँग नाकाबनदीबारे जवाफ मागेको थियो । तर, जवाफ पछि पठाउने कुरा नेपालले भनेको थियो ।

काठमाडौँ: नेपाली सेनाको विशेष तालिम प्राप्त छाउनीस्थित महावीर गण (रेञ्जर) र अमेरिकी सेनाको एस्पेसल फोर्सको ए कम्पनी, फस्ट बटालियन गु्र्रपबीच आजदेखि छाउनीमा ब्यालेन्स नाइल १६- ०१, तालिम सुरु भएको छ ।
महावीर गण (रेञ्जर) स्थित छाउनी र तालिम शिविर नगरकोट इलाकामा करिब एक महिनासम्म सञ्चालन हुने उक्त तालिमबाट नेपाली सेना र अमेरिकी सेनाको सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवको आदानप्रदान गर्न सहयोग पुग्नुको साथै नेपाली सेनाको अन्य सैनिक सङ्गठनसँग सहकार्य गरी सैनिक कारबाही सञ्चालन गर्न सक्ने क्षमतालाई समेत वृद्धि गर्न विशेष सहयोग पुग्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
संयुक्त तालिम/अभ्यासबाट दुई देशबीचको मैत्रीपूर्ण पारस्परिक सम्बन्धलाई अझ बढी प्रगाढ एवम् सौहार्द बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।
www.annapurnapost.com
काठमाडौं । भारतले वीरगञ्ज घटनाले नेपाल सरकार आन्दोलनकारीसँग भिडन्तको मुडमा देखिएको बताएको छ । उस्ले नेपाल सरकारले आन्दोलनको शान्तिपुर्ण अवतरण विर्सेर थप भिडन्त निम्त्याउन खोजेको आरोप समेत लगाएको छ ।
भारतीय विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा वीरगञ्जमा निर्दोष भारतीय नागरिक मारिएको पनि बताएको छ । विज्ञप्तीमा वीरगञ्ज घटनालाई गम्भिर चासोका रुपमा लिइएको उल्लेख छ ।
भारतीय विदेश मन्त्रालयको विज्ञप्तीमा सीमा नजिकै भएकाे घटनाले भारतका यातायात व्यावसायीहरु थप त्रसीत भएको र उनीहरुलाई जोखिम मोलेर नेपाल नजान निर्देशन दिइएको पनि उल्लेख छ ।
भारतले यस अघि पनि नेपाल असुरक्षीत रहेको भन्दै आपुर्ति रोकेको थियो । विज्ञप्तीमा नेपालको पछिल्लो अवस्था बारे सुष्म अध्ययन गरिरहेको पनि उल्लेख छ ।
भारतकै रणनीतिमा नेपाल प्रहरीले सीमामा धर्नामा बसेकालाई हटाएको थियो । भारतीय गाडीहरु सीमा पार भएपछि भारतले नै आन्दोलनकारी सीमा नाकामा पठाएर प्रहरीमाथि ढुंगामुढा गर्न लगाएको थियो ।
तत्पश्चात् भएको झडपमा भारतीय नागरिक मारिएका हुन् भने बिहान पक्राउ परेका आन्दोलनकारी मध्ये ५ जना भारतीय नै थिए ।

भैरहवा, १६ कार्तिक । मधेसी मोर्चाद्वारा विरगञ्जमा जारी प्रदर्शनमा सहभागी हुन आएका भारत रक्सौलका २४ वर्षीय आशिष कुमार रामको प्रहरी कारबाहीका क्रममा मृत्यु भएपछि भारतीय पक्षले सोमबार विहानैदेखी नेपाल भारतका मुख्य नाकाहरु एकतर्फी रुपमा विना सूचना ठप्प पारेको छ ।
भारतीय पक्षले एक्कासी नेपाल भारतका सीमाहरु नाकाबन्दी गरेपछि सीमा क्षेत्रमा रहेका हजारौं मालबाहक गाडीहरु अलपत्र परेका छन् । करिब डेढ महिना पहिलेदेखी नाकाबन्दी गर्दै आएको भारतले सोमबार घोषित रुपमै नाकाबन्दी गरेको छ । नेपालीको आन्दोलनमा सक्रिय सहभागी जनाईरहेका भारतीय नागरिकको मृत्यु भएसंगै भारतीय राजदूत रन्जित रेले गृहमन्त्री शक्ति बस्नेतसंग समेत भेटी गम्भिर चासो व्यक्त गरेका छन् ।
भारतीय नाकाबन्दीको प्रभाव मुलुककै दोस्रो ठूलो भन्सार नाका भैरहवामा पनि प्रत्यक्ष परेको छ । यतिका दिनसम्म बन्द हुँदा पनि कहिले खुल्ने त कहिले बन्द हुँदै आएको यो नाका बन्दीसंगै झन समस्या थपिएको छ । हिजो आइतबार मात्रै रक्सौल–वीरगन्ज नाकामा रोकिएका सयौं मालबाहक गाडीहरु पुनः रुट परमीट लिई बेलहिया नाकातर्फ आएका थिए । सयौं किलोमिटर बाटो हुदैं फर्किएर सुनौली बेलहिया नाकामा आएका सयौं मालबाहक गाडीहरु अहिले भारतीय शहर नौतवना, महारजगन्जमा अलपत्र परेका छन् ।
भारतीय नाकाबन्दीसंगै नेपालबाट भारत तर्फ जान हिडेंका सयौं गाडीहरु नेपालतर्फ बेलहिया डण्डा सम्म लाइनमा छन् भने उता भारततर्फ सुनौली नौतनवा सम्म लाइनमा छन् । गाडीहरुको चापको कारण नेपाल भारत सीमावर्ति शहरमा ट्राफिक समस्या पनि सृजना गरेको छ ।
यता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज घटनाप्रति दुःख व्यक्त गर्दै गृहमन्त्रीसंग स्पष्टिकरण माग गरेको छ । मोर्चा सम्बद्ध दल सद्भावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओप्रकाश यादव गुलजारीले प्रहरीले आन्दोलनकारीमाथि दमन गरेको अरोप लगाए । मोर्चाले रुपन्देहीको बनगाई चौंकदेखी मायादेवी चौंक सम्म प्रदर्शन गरी कोण सभा गरेको थियो । सो सभामा यादव सहितका नेताले मन्तव्य राख्दै सरकारी रबैया गलत भएको भन्दैं आक्रोस व्यक्त गरेका थिए ।
भैरहवा भन्सार कार्यालयका अधिकृत रविन्द्र प्याकुरेलका अनुसार नेपालबाट भारत तर्फ जाने भारतीय नम्बर प्लेटका गाडीहरुलाई भारतले निर्वाध जान दिएको र भारतबाट नेपाल आउने ४ वटा गाडी पनी नेपाल भित्रिएका छन् ।

काठमाडौँ, १६ कात्तिक । चीनले अनुदानस्वरुप उपलब्ध गराएको पेट्रोल आज साँझ काठमाडौँमा आइपुगेको छ ।
आइतबार नेपाल–चीनको केरुङ नाकामा नेपाललाई अनुदानमा उपलब्ध गराएको पहिलो ‘लट’ को पेट्रोल काठमाडौँ आइपुगेको नेपाल आयल निगमका थानकोट डिपो प्रमुख रविन शर्माले जानकारी दिनुभयो ।
चीनले नेपाललाई एक हजार टन (१३ लाख लिटर) पेट्रोल अनुदानमा दिने सहमति गरेको थियो ।
भारतको अघोषित नाकाबन्दीका कारण चर्को इन्धन सङ्कट भएपछि विकल्पका रुपमा सरकारले चीनबाट आयात गरिएको हो ।
नेपाल आयल निगम र पेट्रो चाइनबीच चीनबाट इन्धन आयात गर्ने औपचारिक सहमति भएपछि इन्डियन आयल कर्पोरेसन(आइओसी)सँगको एकलौटी व्यापारको विकल्प पाएको हो ।
पहिलो लटमा उपलब्ध गराउने पेट्रोल लिन एक हजार २०० लिटर बोक्ने १२ वटा ट्याङ्कर गत शुक्रबार केरुङतर्फ गएको थियो ।
नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका महासचिव विश्वप्रसाद अर्यालका अनुसार १२ वटा ट्याङ्करले पहिलो लटमा एक लाख दुई हजार लिटर तेल आइपुगेको छ ।

कार र मोटरसाइकललाई तेल वितरण गर्ने, कुन लटलाई कहिले ?
नेपाल आयल निगमले निजी सवारीलाई पनि तेल वितरण गर्ने भएको छ । निगमको अाज बसेको बैठकले १९ गतेदेखि २२ गतेसम्म निजी तथा सार्वजनिक पम्पबाट वितरण गर्ने निर्णय गरेको हो । १ देखि ३० लटका मोटरसाइकललाइ १९ गते ३० देखि ५० को लटका मोटरसाइकललाई २० गते तेल दिने र ५० भन्दा माथिका लटका मोटरसाइकललाई शनिबार पेट्रोल बाँडिने निगमले जनाएको छ ।
यस्तै निजी कार तथा जिपले पनि लट अनुसार पेट्रोल पाउने छन् । बिहीबार १ देखि ५ लट र शुक्रबार ६ देखि ८ तथा शनिबार त्यसभन्दा माथिका लटका कारलाइ पेट्रोल बाड्ने निगले जनाएको छ ।
मोटरसाइकललाइ ५ लिटर तेल दिइने छ । कारलाइ पनि तेल दिइने निगमले जनाएकाे छ ।

गौशाला । तराई मधेसका विभिन्न ठाउँमा अब संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अलग राष्ट्रका लागि आन्दोलन गर्ने कुरा चलिरहेको बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरु अलग राष्ट्रको लडाईंमा नरहेको बताएका छन् ।
महोत्तरीको जलेश्वरमा साेमबार दिउँसो पत्रकार सम्मेलन गर्दै नेता यादवले मोर्चा बिखण्डनवादी नभएको तथा सच्चा राष्ट्रवादीको परिचय दिँदै देशको सार्वभौमसत्ता र अखण्डताभित्र रहेर स्वायत मधेस प्रदेशका लागि लडिरहेको प्रष्ट पारे ।
उनले सरकार मधेसी मोर्चासंगको वार्ताप्रति संवेदनशील नरहेको उनले अारोप लगाए । उनले सरकारले वार्तालाई मोर्चाको कमजोरीको रुपमा बुझेको र आन्दोलन मत्थर पार्न खोजेको आरोप लगाए ।
उनले अब मधेसी जनताको अधिकार प्राप्तिका लागि मोर्चाले सशक्त सङ्घर्ष र व्यापक जनसङ्घर्षको कार्यक्रम गर्ने बताए ।
साथै, सरकारले अब मधेसको माग सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेमा मात्रै मोर्चा वार्तामा जाने नत्र अब भारतीय सीमानाका साथै राजमार्ग अवरुद्ध गर्दै आन्दोलनलाई निरन्तरता दिने बताए । रासस

काठमाडौं, १६ कात्तिक । कांग्रेस सभापति सुशील कोइरालाले आफू राष्ट्रियताका विषयमा कहिल्यै पनि कसैसँग सम्झौता नगरेको बताउनुभएको छ ।
ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा आज (सोमबार) दोस्रो दिन बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै सभापति कोइरालाले आफूले राष्ट्रियता, राष्ट्रहित, मुलुकको भलाइ र जनताको चाहनाभन्दा बाहिर गएर कहिल्यै नसोँचेको बताउनुभएको हो ।
‘मैले चाहेको भए प्रधानमन्त्री, राष्ट्रपति सबै पद पाउने थिएँ’, सभापति कोइरालालाई उदृत गर्दै एक केन्द्रीय सदस्यले भने, ‘मलाई विभिन्न शक्तिकेन्द्रहरूले ठूलाठूला आश्वासन दिएका थिए । व्यक्तिगत पद र लाभका लागि राष्ट्र, राष्ट्रियता र जनताका लागि मैले ती सबै प्रस्तावहरू अस्वीकार गरिँदिएको छु । बरु म हार्छु । राष्ट्र र जनताप्रति कसैसँग सम्झौता गर्दिन ।’
प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएको र त्यो उम्मेदवारी भारतीय गुप्तचर संस्था ‘रअ’का कारण दर्ता गराएको भन्ने आरोपका विषयमा केन्द्रीय सदस्यहरूले प्रश्न राखेपछि जवाफमा सभापति कोइरालाले सबै आरोपहरूको खण्डन गर्नुभएको हो ।
‘मैले कसैको दवावमा वा आश्वासनमा प्रधानमन्त्री पदमा उम्मेदवारी दिएको होइन’, सभापति कोइरालाले भन्नुभयो, ‘केन्द्रीय कार्यसमितिको निर्णय र तीन शीर्ष नेताहरूलाई दिइएको जिम्मेवारीअनुसार नै प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएको हुँ ।’ कोइरालाले आफसँग कुनै सदस्यको असन्तुष्टि रहे बैठकमा भन्न सक्नेभन्दै मिडिया र फेसबुकमा जथाभावी लेखेर पार्टीभित्रको आन्तरिक कुरा सार्वजनिक गर्न नपाइने बताउनुभयो ।
‘मसँग असन्तुष्टि छ भने बैठकमा कुरा राख्नुस् । जे भन्न मन लाग्छ भन्नुस्’, उहाँले भन्नुभयो, ‘तर फेसबुकमा जथाभावी लेख्ने, मिडियामा जथाभावी बोल्ने कार्यले पार्टीभित्रको अनुशासन कायम हुँदैन । नेताले आफ्नो जिम्मेवारी आफै बझ्नु पर्छ ।’
प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिनु ठीक एक दिन पहिला बेलुकासम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्ने जिम्मेवारी सभापति कोइरालाका साथै वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेललाई दिएको थियो ।
उम्मेदवारी दर्ता गराउनुभन्दा केही घण्टा अगाडि मात्रै बसेको तीन शीर्ष नेताहरूको बैठकमा देउवाको प्रस्ताव र पौडेलको समर्थनमा कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाइएको थियो ।
‘कांग्रेसले आफ्नो नेतृत्वमा संविधान बनाएको हो’, उपसभाति पौडेलले भन्नुभयो, ‘संविधानसभाभन्दा बाहिर रहेको मधेसी दलहरूलाई कांग्रेसले आफू पराजित भएर नयाँ संविधान कार्यान्वयन गरेको छ । यसलाई कसैले भल्नु हुँदैन ।’ उहाँले बामपन्थीहरू एकजुट भएका बेला कांग्रेसलाई कमजोर बनाउने गरी अभिव्यक्ति दिनेहरूले सभापति कोइरालाविरुद्ध प्रश्न उठाउने नैतिकता नराख्ने बताउनुभयो ।
बैठकमा कांग्रेस सभापति कोइरालाले आफूलाई वामपन्थी दलका नेताहरूले भारतीय गुप्तचर संस्था ‘रअ’को एजेन्ट भनेकोमा आक्रोश व्यक्त गर्नुभएको थियो । ‘मलाई ‘रअ’को एजेन्ट र उम्मेदवार भन्ने ?’, सभापति कोइरालाले प्रतिप्रश्न गर्दै भन्नुभयो, ‘जसले मुलुक, जनता र प्रजातन्त्रका लागि जीवनभरि कुनै सम्झौता नगरी लडेको छ त्यसलाई यस्ता हावादारी आरोप लगाउने ? को कहाँबाट सञ्चालित छ सबैलाई थाहा छ । मलाई आक्षेप लगाउनुभन्दा अगाडि आफ्नो छायाँलाई सबैले हेर्नुपर्छ ।’
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाले सभापति कोइरालाले आफूसँग गरेका कतिपय सहमति उल्लंघन गरेको भन्दै असन्तुष्टि जनाउनु भएको थियो । उहाँले आउँदा दिनमा कोइरालासँग एक्लै कुनै पनि सहमति नगर्ने बताउनुभएको छ ।
उपसभापति रामचन्द्र पौडेलले आफूलाई प्रधानमन्त्री उम्मेदवार बन्नबाट रोक्नका लागि सभापति कोइराला र वरिष्ठ नेता देउवाले चलखेल गरेका कारण पार्टी पराजय भएको आरोप लगाउनुभयो । उहाँले पार्टीकै निर्णयअनुसार कोइरालालाई प्रधानमन्त्री उम्मेदवार बनाएको बताउँदै यस विषयमा धेरै टिकाटिप्पणी गर्न नहुने उल्लेख गर्नुभएको थियो ।

प्रधानमन्त्री निर्वाचनमा कांग्रेसले उम्मेदवारी दिएर ठीक गरेको बताउनु भएका पौडेलले तत्काल कांग्रेसको आलोचना भए पनि यसको पार्टीलाई दीर्घकालीन फाइदा पुग्ने बताउनुभयो । उहाँले आलोचना मात्रै गरेर नहुने भन्दै मुलुकलाई कांग्रेसको उम्मेदवारीले बचाएको उल्लेख गर्नुभयो ।
कांग्रेस केन्द्रीय सदस्य पूर्णबहादुर खड्काले प्रधानमन्त्री निर्वाचनमा कोइरालाले उम्मेदवारी दिएर ठूलो गल्ती गरेको भन्दै बामपन्थीहरूको समर्थन गर्नु भएको थियो । खड्काले एमाले र एमाओवादीसँग भएको भद्र सहमतिलाई कांग्रेसले तोड्न नहुने बताउनु भएको हो ।

काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसभाबाट संविधान जारी भई ६० वर्ष लामो राजनीतिक सङ्घर्ष समाप्त भएकाले अब आर्थिक उन्नति र विकासको मार्गमा लाग्नुपर्ने बताउनुभएको छ ।
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)ले आज यहाँ आयोजना गरेको ‘श्रमिक र नयाँ संविधान’ विषयक प्रवचन कार्यक्रम एवम् राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को पाँचौँ बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
“संविधान जारी भएपछि संवैधानिकरुपमा सबै असमानता हटेको छ, अब समृद्धितर्फको साझायात्रामा अघि बढ्नुपर्छ, ट्रेड युनियनहरु पनि समृद्धितर्फको दिशामा लाग्नुपर्छ, संविधानमा केही नमिलेका कुरा संशोधनमार्फत् मिलाउन सकिने भएकाले सबै दलले यसमा साथ दिनुपर्छ”–प्रधानमन्त्री ओलीले भन्नुभयो ।
संविधान नेपालीका लागि नेपालीले बनाएकाले कुनै मित्रविरुद्ध नेपालको संविधान नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो–“कसैले यसमा चित्त दुखाउनुपर्ने अवस्था छैन, ९६ प्रतिशतलाई वास्ता नगरी चार प्रतिशतले भनेको नै लोकतन्त्र हो भन्ने मान्यता बदल्नुपर्छ ।”
तराईमा आन्दोलन गरिरहेका दललाई जिद्दी छोडी लचिलो भएर वार्ताबाट समस्या समाधान गर्न तत्पर भएको सरकारलाई सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभएको थियो । आन्दोलनले मुलुकलाई खर्बौको नोक्सान भएकाले जिम्मेवार हुन तराईमा आन्दोलनरत दललाई प्रधानमन्त्री ओलीले अनुरोध गर्नुभएको थियो । “विकास निर्माणमा दृढतापूर्वक लाग्न सरकार प्रतिबद्ध छ, यसका लागि सरकार सुदृढ र गतिशील कदम चाल्ने पक्षमा छ”–उहाँले भन्नुभयो ।

काठमाडौं : नेपाली सीमानामा अवरोध गर्ने क्रममा नेपाल प्रहरीको गोलीबाट एकजना भारतीय नागरिक मारिएपछि काठमाडौंस्थित भारतीय दूतावासले आफ्ना निर्दोष नागरिकको ज्यान गएको बताएको छ ।
नेपालको स्थितिबारेमा सोमबार दिउँसो विज्ञप्ती जारी गर्दै भारतीय दूतावासले वीरगञ्जमा भएको गोलीकाण्डप्रति आफ्नो गहिरो चासो रहेको जनाएको छ ।
'आज वीरगञ्जमा भएको गोलीकाण्ड र हामीलार्इ आइरहेको रिपोर्टहरुमा हाम्रो गहिरो चासो छ', भारतले भनेको छ, 'एकजना निर्दोष भारतीय नागरिक गोलीबारीमा मारिएका छन् ।'
भारतले यसअघि जारी गर्ने वक्तव्यकै शैलीमा नेपालमा जारी समस्या राजनीतिक भएको जिकिर गरेको छ । उसले अहिलेको समस्याको समधान बल प्रयोग गरेर गर्नै नसकिने जिकिर गरेको छ ।
टकरावको वर्तमान स्थितिमा समस्यका अन्तरनिहित कारणहरुको विश्वासपूर्वक र प्रभावकारी ढंगले नेपाल सरकारले सम्बोधन गर्नुपर्ने पुरानै अडान भारतले दोहोर्याएको छ ।
'भारतीय मालवाहक र भाडावाल साधनहरुबारेमा सीमामा बिग्रिएको स्थितिका कारण फेरि चिन्ता जनाउनुपरेको छ', वक्तब्यमा भनिएको छ, 'हामी उनीहरुलार्इ सावधानी अपनाएर आफूलार्इ खतरामा नहाल्न पनि सल्लाह दिन्छौं ।'
भारतले अहिलेको अवस्थामा आफूले सावधानीपूर्वक नेपालको सीमाको निगरानी गरिरहेको पनि उल्लेख गरेको छ ।
www.annapurnapost.com
रौतहट–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारबीच सकारात्मक बार्ताको शुरुआत भएको १२ घन्टा नबित्दै बिरगंजमा आन्दोलनकारी माथी भएको दमनको बिषय लिएर आसपासका जिल्ला समेत तातिएको छ ।
पर्सा आसपासका बारा र रौतहटका आन्दोलनकारी समेत आक्रोसित बनेका छन् ।
बिरगंजमा भएको घटनाक्रमको प्रभावस्वरुप रौतहटमा संयुतm लोकतान्त्रिक मधेशी मोर्चाद्धारा झण्डै ८० दिनदेखि जारी आमहडताप्रती एैक्यवद्धता जनाउदै गोपाल सेवा समिति रौतहटले आज गौरमा जुलुस प्रर्दशन गरेका छन् ।
नयाँ वस पार्क देखि शुरुभई नगर परिक्रमा गर्दै सरकारको विरोधमा चर्को नारा सहीत हजारौं सहभागीरहेको जुलुस नेपाल भारतको मितेरी पुलमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा पुर्व सभासद बब्न शिंह,सदभावनाका केन्द्रिय सदस्य योगेन्द्र यादव लगायतका नेताहरु बिरगंजमा प्रहरी दमनको बिरोध गर्दै सरकारको यस्तै गतिबिधी रहेमा आफुहरु चुपलागेर नबस्ने चेतावनी दिएका छन ।
युवाहरुले लठी,पराठा जुलुस प्रर्दशन गरिरहेको जुलुशमा शिक्षक , व्यापारी , किसान , मजदुर , डाक्टर , बुद्धजीवी , समाजसेवी ,लगायतका यदुवशीहरु सहभागी रहेको थियो ।
१० हजार भन्दा बढीको सख्यामा रहेका यदुवशीहरु नयाँ वस पार्कमा जम्मा भई गौर नगर तर्फ जुलुस निक्ले पछी हिंसामा परिणत हुने आशंकामा गौर बासी आतंकित भएका थिए । तर प्रहरी प्रमुख र नेताहरुको सुझबुझका कारण हालसम्म कै सबभन्दा बढी जनसहभागीता रहेको जुलुस शान्ति पुर्णरुपमा सम्पन्न भएको एस्पी प्रधुमन कार्कीले बताएका छन् । कार्यक्रम गोपाल सेवा समिति रौतहटका अध्यक्ष हेमाकान्त यादवको सक्रियतामा सम्पन्न भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

१६ कात्तिक- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विराटनगर नजिकैको भारतस्थित फराबिसगन्जमा आएपछि विराटनगरको सुरक्षा व्यवस्था समेत कडा पारिएको छ । विहार विधान सभाको चुनावलाई सम्बोधन गर्न विराटनगरदेखि २४ किलोमिटर टाढा पर्ने त्यस ठाउँमा आएका मोदीको
सुरक्षालाई लक्षित गरी नेपालतर्फ समेत सुरक्षा कडा पारिएको हो । विराटनगर र सीमा वारपार गर्ने नाकामा नेपाल र भारतका दुवै सुरक्षा अधिकारीले चेकजाँचलाई तिव्र बनाएका छन् । बिहारमा अन्तिम चरणको चुनाव नोभेम्बर ५ तारिखमा हुँदैछ । www.etajakhabar.com

वीरगञ्ज । पर्साको वीरगञ्जमा प्रहरी र प्रदर्शनकारी बिच भइरहेको झडपले अवस्था तनावपूर्ण भएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।
प्रदर्शनकारीको प्रदर्शनले उग्ररुप लिन थालेपछि स्थानीय प्रशासनले अपरान्ह तीन बजेबाट लागु हुनेगरी वीरगञ्ज मितेरी पुल आसपासका क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको हो ।
सीमा नाका बन्द गरेर वीरगञ्जको मितेरी पुलमा धर्नामा बस्दै आएका प्रदर्शनकारीलाई प्रहरीले हटाउने क्रममा सोमबार विहान झडप भएको थियो । त्यसलगत्तै वीरगञ्जमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त भएको थियो ।
शंकराचार्य गेट क्षेत्रमा प्रहरीले चलाएको गोली लागेर भारतीय नागरिक आशिषकुमार रामको मृत्यु भएको छ ।

कार्तिक १६, २०७२- तिहार र छठलाई दृष्टिगत गरी बन्द–हड्तालका कार्यक्रम खुकुलो पार्न जनकपुर उद्योग वाणिज्य संघले गरेको आग्रहलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुले अस्वीकार गरेका छन् । उनीहरुले आन्दोलन खुकुलो होइन, अझ कठोर बनाउने बनाउने बताएका छन् ।
८० दिन लामो बन्दका कारण उद्योग व्यावसाय धरासायी भएको उल्लेख गर्दै जनकपुर उद्योग वाणिज्य संघले आज मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर अन्र्तक्रिया गरेका थिए । जउवासंघका अध्यक्ष शिवशंकर साह हीराले पर्व त्यौहारलाई दृष्टिगत गरि बन्द हड्ताल खुकुलो पार्न आग्रह गरेका थिए । उनको आग्रहको प्रतिउत्तरमा मोर्चासम्बद्ध तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना अध्यक्ष राजेन्द्र महतो तथा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले एक स्वरमा जारी आन्दोलन कुनै पनि हालतमा रोक्न नहुने बरु, अझ सशक्त बनाउन अपिल गरेका थिए । जारी आन्दोलनलाई निर्णायक बनाउन यसको निरन्तरता दिनुको विकल्प नरहेको उल्लेख गर्दै सद्भावना अध्यक्ष महतोले भने, ‘अहिले भएन भने कहिल्यै हुँदैन । हाम्रा शाखा सन्तानले फेरि आन्दोलन गर्न नपरुन भनेर यसलाई निर्णायक बनाउनै पर्छ ।’ मधेसमाथि मधेसीको अधिकार तथा समानताको लागि जारी आन्दोलनमा दु:ख कष्ट हुनु स्वाभाविक रहेको उल्लेख गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले भने– ‘यो आन्दोलन विद्यार्थीको फिस घटाउन भएको होइन । राजनीतिक अधिकार प्राप्तिको लागि हो । यसमा स–साना दु:ख कष्टलाई ख्याल गर्नु हुन्न ।’ स्वायत मधेस प्रदेशको घोषणासँगै यहाँको शिक्षा, स्वास्थ्य, उद्योग व्यावसायलगायतका सम्पूर्ण क्षेत्रमा सुधार आउने दावी पनि उनले गरे । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आइतबार राति वीरगञ्ज नाकामा धर्ना दिइरहेका आन्दोलनकारीलाई लक्षित गरी सुरक्षाकर्मीद्वारा गरिएको बल प्रयोगको घटनालाई गैरलोकतान्त्रिक क्रृयाकलापको संज्ञा दिए । उनले भने, ‘सरकार एकातिर संवाद र सहमतिको नाटक गर्छ अनि अर्कोतिर शान्तिपूर्ण धर्नामाथि बर्बर दमन गर्छ ।’ मोर्चाको आन्दोलन कुनै जाति विशेषविरुद्ध नभई विभेदकारी राज्य संरचना विरुद्ध लक्षित रहेको उल्लेख गर्दै ठाकुरले आन्दोलनलाई शान्तिपूर्ण तथा मर्यादित बनाउन अपिल गरे । ‘आपसी सद्भाव बढाऔं । हामीलाई इतिहासको सिपाही बन्ने सौभाग्य प्राप्त भएको छ,’ उनले भने । ओली नेतृत्वको सरकारलाई माले, मसाले र मण्डले सरकारको संज्ञा दिँदै तमसपा अध्यक्ष महेन्द्र राय यादवले ८० दिन लामो बन्दका कारण मधेसको जनजीवन अस्तव्यस्त भइरहँदा पनि सरकार मूकदर्शक बनेको आरोप लगाए ।

ताजाखबर, १६ कात्तिक- वीरगन्जमा प्रहरीको गोली लागेर एकजना भारतीय नागरिकको ज्यान गएको छ । विभिन्न ठाउँमा भएको झडपमा परी ८ जना प्रहरी १८ जना घाइते भएका छन् ।
शंकराचार्य गेट नजिक भएको झडपमा प्रहरीको गोली लाग्दा रक्सौलका आशिसकुमार रामको मृत्यु भएको हो । घाइते भएकामध्ये ५ जनालाई रवरको गोली लागेको छ । घटनापछि स्थानीय प्रशासनले वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । www.etajakhabar.com

काठमाडौं, १६ कात्तिक । नेकपा एमाले सम्बद्ध युवा संघ नेपालले उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापालाई कडा चेतावनी दिएको छ ।
विगत महिना दिनदेखि भारतीय हस्तक्षेपविरुद्ध संकलन गरिएको ५ लाख हस्ताक्षर परराष्ट्रमन्त्री थापाले बुझ्न नमानेपछि युवा संघले मन्त्रालय पुगेर भारतको चाप्लुसी नगर्न थापालाई चेतावनी दिएको हो ।
साथै हस्ताक्षर बुझाउन गएको युवा संघको टोलीले परराष्ट्र मन्त्रालयमा दर्ता गराएर फर्किएको छ । समय दिएर पनि आफूहरु पुगिसकेपछि मन्त्री थापाले कार्यक्रम रद्द गरी हस्ताक्षर बुझ्न नमानेपछि युवा संघले भारतको चाप्लुसी नगर्न चेतावनी दिएको उपाध्यक्ष रमेश पौडेलले जानकारी दिनुभयो ।
यसअघि भारतीय हस्तक्षेप र अघोषित नाकाबन्दीविरुद्ध युवा संघले काठमाडौंमा ५ लाख जनताको हस्ताक्षर संकलन गरेको थियो । साथै युवा संघले परराष्ट्रमन्त्री थापा भारतको इशारामा चलेको आरोप समेत लगाएको छ ।
हस्ताक्षर बुझ्न नमानेपछि युवा संघले परराष्ट्र मन्त्रालयमै कोणसभा गरी मन्त्री थापाको बिरोध गरेको छ । कोणसभालाई सम्बोधन गर्दै युवा संघका अध्यक्ष राजीव पहारीले नेपाली जनताले दिएको कुर्सीमा बसेर भारतको चाप्लुसी गर्न नपाइने बताउनुभयो ।
उहाँले भन्नुभयो- ‘यो सरकार राष्ट्रियता स्वाधीनताको जगमा बनेको हो भन्ने कुरा मन्त्रीले बिर्सन हुँदैन ।’ मन्त्री थापाले अन्तिम समयमा कार्यक्रम रद्द गर्नुको कारण खुल्न सकेको छैन ।

काठमाडौं, कार्तिक १६ । प्रधानमन्त्री केपी ओलीले सरकार वार्ताबाट असन्तुष्ट पक्षका जायज माग पूरा गर्न लचिलो भएको बताएका छन् ।
जिफन्टको ५औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको सोमबार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार अत्यन्तै लचिलो भएर माग सुन्न र जायज माग पूरा गर्न तयार रहेको बताए ।
उनले कसैले जिद्दी गरेर देश र जनताको अहित हुने काम गरे सरकारलाई स्वीकार्य नहुने पनि प्रष्ट पारे ।
असन्तुष्ट पक्षका जायज मागलाई सम्बोधन गर्ने दिशामा नेपाली कांग्रेसको पनि सकारात्मक भूमिका रहने विश्वास लिएको प्रधानमन्त्रीको ओलीको भनाइ थियो ।
उनले नेपालीले नेपालीकै लागि बनाएको संविधान कुनैपनि मित्रकाविरुद्ध नभएकाले चित्त नदुखाउन पनि आग्रह गरे ।
नेपालमा बामपन्थीहरुको वर्चश्व कामय भएको भन्ने टिप्पणीलाई भने उनले ‘संकीर्ण चिन्तनको उपज’को संज्ञा दिए ।
कार्यक्रममा जिफन्टले प्रधानमन्त्री ओली र निवर्तमान सभामुख सुवास नेम्वाङलाई सम्मान गरेको थियो ।
जिफन्टको ५औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको मंगलबार (भोलि)देखि सुरु हुने बन्दसत्रमा श्रमिक र संविधानका विषयमा छलफल हुने जनाइएको छ । www.imagekhabar.com

कात्तिक १६ | अमित अग्रवाल
वीरगञ्ज– वीरगन्ज–रक्सौल नाका नजिकै रहेको संकराचार्यद्वार नजिकै भएको प्रहरी र प्रदर्शनकारीबीचको झडपमा एक प्रदर्शनकारीको मृत्यु भएको छ । उनको परिचय खुल्न सकेको छैन भने शबलाई प्रहरलिे घटनास्थलमै आफ्नो नियन्त्रणमा राखेको छ ।
स्थितिलाई नियन्त्रण लिने क्रममा प्रहरीको गोली लागेर परिचय खुल्न नसकेको ति प्रदर्शनकारीको मृत्यु भएको डिएसपी होगेन्द्र बोगटीले बताए ।
दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा गत असोज ७ गते देखि २४ सै घण्टा धर्ना दिएर मधेशी दलले ठप्प पारेको नाका प्रहरीले आज बिहान हस्तक्षेप गरेर खुलाएको विरोधमा वीरगंजमा प्रदर्शन भईरहेको छ । प्रदर्शनकारीहरुले बजार क्षेत्रमा व्यापक प्रदर्शन गरेका छन् भने सीमा नाकामा फेरि धर्ना सुरु गरिसकेका छन् ।
यसैबीच वीरगन्ज भन्सार क्षेत्र , छपकैया , विर्ता , आदर्शनगर , माइस्थान , नगवा , घण्टाघर , रानीघाट , श्रीपुर , मुर्ली , पावरहाउस चोक , पिपरा , गण्डक , परवानीपुर लगायतका स्थानमा पनि बिहानै देखि प्रदर्शनकारीले टायर बालेर प्रदर्शन गरिरहेका छन् भने ठाउ ठाउमा प्रहरी र प्रदर्शनकारी बिच झडप भईरहेको छ । झडपमा प्रहरीले दर्जनौं राउण्ड हवाई फायर गरेको छ भने झडपमा ५ प्रदर्शनकारी घाइते भएका छन् । घाइते हुने हरुमा रबी यादव, गोबिन्द शाह, भुलन शाह, युजी सोनार र राहुल दाश रहेका छन् । उनीहरुको नारायणी अञ्चल अस्पताल वीरगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आन्दोलनकारीले प्रहरी हस्तक्षेपको विरोधमा हुलाक कार्यलय र महुवन प्रहरी चौकीमा आगजनी समेत गरेका छन् ।
बिहान प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर सीमानाकाबाट धपाउनुका साथै धर्नास्थलमा टाँगिएको पाँच वटा टेन्ट कपडाको (समीयाना) र बाँस जलाइदिएको थियो ।
प्रहरीले प्रदर्शनकारीको एउटा मोटरसाइकल र १२० थान मोबाइल फोन सेट पनि नियन्त्रणमा लिएर गएको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलले बताए ।
प्रहरीको लाठीचार्जबाट १० जना प्रदर्शनकारी घाइते पनि भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राज कुमनर यादवले बताए ।ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस

वीरगञ्ज, १६ कात्तिक । पर्साको वीरगञ्जमा गोली चलेको छ ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
वीरगञ्जको शंकराचार्य गेट नजिक प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका प्रदर्शनकारीबीच झडप भएको थियो ।
स्थिति नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड हवाइ फायर र अश्रुग्यास प्रहार गरेको थियो । मृतकको सनाखत भएको छैन । उनको टाउकोमा गोली लागेको बताइएको छ ।