• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
तरबारले काट्दा अर्का नेपाली गम्भीर घाइते
मलेसिया :  मलेसियामा रोजगारीमा रहेका एक नेपाली युवाको त्यहाँस्थित लुटेर समूहले हत्या गरेको छ ।

मलेसियाको सन्वे स्थित सासा सेक्युरिटी कम्पनीमा सुरक्षा गार्डको काम गर्दै आएका जुम्लाका हरि महताराको शुक्रबार हत्या भएको हो ।


स्थानीय लुटेराहरूको समुहले लुटपाट गर्ने क्रममा तरबारले काटेर महतराको ज्यान लिएका हुन् ।

सेप्टेम्बर ७ मा कोठाबाट ड्युटीमा हिँडेका महतारालार्इ लुटेरा समूहले तरबारले काटेर हत्या गरेको  नेपाली दूतावास मलेसियाले पनि पुष्टि गरेको छ ।

दूतावासका द्वितिय सचिव उत्तम शाहीले हरिको स्थानीय लुटेरा समुहको अाक्रमणमा ज्यान गएको बताए ।

मृतकको शव अस्पतालमै राखिएको छ । शव पोस्टमार्टमपछि नेपाल पठाउने तयारी भैरहेको दूतावासले जनाएको छ ।

हरिसँगै लुटेराको आक्रमणमा परी अर्को एक  सेक्युरिटी कम्पनीमा कार्यरत मोरङका पेोडेल थरका नेपाली पनि घाइते भएका छन् ।

घाइतेको स्थानीय अस्पतालमा उपाचार भइरहेको छ । घाइते भएका ती नेपालीको नाम खुल्न सकेको छैन ।

मलेसियामा लुटेराले तरबारले काट्दा गम्भीर घाइते मोरङका युवा । तस्बिर : अन्नपूर्ण
annapurnapost.com
महोत्तरी, २५ भदौँ । आन्दोलनकारीले महोत्तरीमा सशस्त्र प्रहरीका हवल्दारमाथि कुटपिट गर्दा टाउको फुटेको छ ।

सादा पोशाकमा हिडिरेका सशस्त्रका हवल्दार थमनबहादुर विकमाथि जलेश्वर नगरपालिका शंकर चोकमा आन्दोलनकारीले कुटपिट गरेका हुन् ।

सादा पोशाकमा कार्यालयको काम लिएर बाहिर निस्किएका हवल्दारमाथि आन्दोलनकारीले कुटपिट गर्दा हवल्दार विकको टाउको र शरीरका अन्य भागमा चोट लागेको छ ।

हवल्दारको जिल्ला अस्पताल महोत्तरीमा उपचार भइरहेको छ भने उनीमाथि कुटपिट गर्ने आन्दोलनकारीको खोजी भइरहेको महोत्तरी प्रहरीले जनाएको छ ।
www.etajakhabar.com
काठमाडौं । आफ्ना मागहरु पूरा गराउन पूर्वी मधेसमा आन्दोलन गरी रहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाकोको बुधबारदेखिको आन्दोलनले हिंसात्मक मोड लिँदै जाँदा आन्दोलनका क्रममा मारिने र घाइते हुनेको संख्यामा वृद्धि भएको छ भने मधेसको जनजिवन झनै जटिल बन्न पुगेको छ ।

सरकारले वार्ताका लागि पठाएको लिखित पत्रले मात्र नपुग्ने भन्दै मधेसी मोर्चाको भैरहवामा बसेको बैठकले मधेसबाट सेना फिर्ता गर्नु पर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार खर्च राज्यले व्यहोर्नु पर्ने तथा विगतमा भएको ८ बुँदे सहमति लागु गर्नु पर्ने लगायतका सर्त अघी सारेको छ ।

प्रमुख तीन राजनीतिक दल तथा मधेसी मोर्चाका नेताबीच वार्ताकाे प्रयास भैरहँदा पूर्वि मधेसका विभिन्न जिल्लामा भने झडप तथा तनाब भई रहे ।

जनकपुर– मधेसी मोर्चाको आन्दोलन र प्रदर्शनका क्रममा आज बिहान करिब ९ बजे जनकपुरको भानु चोकमा सशस्त्र प्रहरीका एसपी रविन्द्र ठाकुरलाई लक्षित गरी पेट्रोल बम प्रहार भयो ।

यस अघी मोर्चा सम्बद्ध कार्यकर्ताहरुले जनकपुरकै जानकीचोकमा सत्ताधारी दल कांग्रेस–एमालेका स्थानिय नेताहरुलाई जानकी चोकमा चिया पिउन निषेध गर्दै नेपाली कांग्रेसका धनुषा जिल्ला सचिव कोमलकान्त झासहित एमालेका स्थानिय नेताहरुलाई लखेटे ।

एसपी माथि पेट्रोल बम प्रहर तथा कांग्रेस–एमालेका स्थानिय नेता कार्यकर्ताहरु लखेटिएपछि जनकपुरको सुरक्षा व्यवस्था कडा ।

सुनसरी– सुनसरीमा एकाबिहानै मोर्चा सम्बद्ध कार्यकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै दुईवटा गाडीमा आगजनी । सयौँको संख्यामा रहेका बन्दकर्ताहरुले आगजनी तथा तोडफोड गरेको प्रहरीको भनाई । आगलागीबाट दुबै गाडी पूर्णरुपमा क्षति ।

भैरहवा– वार्ताको वातावरण नबनेसम्म आन्दोलन जारी रहने मधेसी मोर्चाको घोषणा । आफूहरु वार्ताका लागी तयार रहे पनि सरकारले वार्ताको वतावरण बनाउन नसकेको बैठकको ठहर ।

भैरहवाको रेडसन होटलमा बसेको मोर्चाको बैठकमा सहभागी हुन मोर्चाका चारै नेताहरु भैरहवामा । सरकार वार्ताको वातावरण बनाउन गम्भिर नभएको ठहर ।

वार्ताको वातावरण बनाउन मधेसमा सेना परिचालनको निर्णय फिर्ता लिनुपर्ने, विगतमा गरिएको ८ बुँदे सहमति कार्यान्वयन गर्नुपर्ने, आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचारखर्च राज्यले व्यहोर्नु पर्ने मोर्चाको पूर्व सर्त

कैलाली– टिकापुर घटनाको अनुसन्धानका लागि भन्दै थारुहट संघर्ष समिति कैलालीका संयोजक लाहुराम चौधरी प्रहरीद्वारा गिरफ्तार ।
चौधरीलाई अनुसन्धानका लागि पक्राउ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागार्इद्वारा जानकारी ।

कैलाली घटनाका क्रममा हालसम्म २० जना पक्राउ परेको प्रजिअ चापागाईद्वारा पुष्टी । यस अघी प्रहरीद्वारा बुधबार मात्र भैरहवाबाट फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारु पक्राउ परेका थिए ।

महोत्तरी– जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाको शान्ति सुरक्षाको बिग्रिएको ठहर गर्दै नेपाली सेनाको सहयोग लिँदै सेनालाई सडकमा ल्याउने निर्णय ।

जिल्ला सुरक्षा समितिको बैठकले निर्णय गरे बमोजिम सेनासँग सहयोग लिँदै सेनालाई सडकमा उतार्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले जनाए ।

बुधबार प्रदर्शनका क्रममा प्रहरीको गोली लागि चार जनाको मृत्यु भएपछि आक्रोशित समूहद्वारा महोत्तरीको चार प्रहरी चौकीमा आगजनी गरेका थिए । त्यसपछि लागेको निषेधाज्ञा अर्को आदेश नभएसम्ममा लागि जारी ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
खर्च वृद्धि हुनेछ। मान्यजनको सहयोग मिल्नेछ। आलस्य बढ्नेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
अध्ययनमा रुचि बढ्नेछ । स्वास्थ्यमा बाधा आउनेछ। आकस्मिक धनलाभ हुनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
खर्च नियन्त्रण हुनेछ । मन चञ्चल रहनेछ । अनावश्यक वादविवाद बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
रोजगारीको अवसर प्राप्त हुनेछ । वैदेशिक यात्रा फलदायी रहनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक सद्भाव बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
महत्वपूर्ण कार्य सफल हुनेछन् । पारिवारिक झमेला बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
नेतृत्व क्षमता बढ्नेछ । कर्म निष्ठा रहनेछ । व्यवसायमा लाभ मिल्नेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कर्मको प्रशंसा हुनेछ । हराएको धन प्राप्त होला । शारीरिक आलस्यता बढ्नेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आय आर्जनमा अवरोध आउनेछ । मानसिक चिन्ता बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आकस्मिक धन क्षय हुनसक्छ । शारीरिक स्फूर्ति बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आत्मविश्वास बढ्नेछ । आध्यात्मिक कार्य हुनेछन् । दाजुभाइको सहयोग मिल्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अध्ययन सफल रहनेछ । दैवीशक्तिमा विश्वास बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
काठमाडौं: लोग्नेको मृत्युपछि मोरङकी ५० वर्षीया रमा (नाम परिवर्तन) मा जिम्मेवारी बढ्यो। दुई बच्चाको पालपोषण गर्न उनी साउदी अरेबियामा घरेलु कामदारमा जाने निर्णयमा पुगिन् । नेपाली एजेन्टले दुई लाख रुपैयाँसम्म मासिक तलब हुने आश्वासनसमेत रमालाई दिए।

रमाजस्तै बागलुङकी ३० वर्षीया साइली (नाम परिवर्तन) को परिवारमा पनि गरिबीको पीडा थपिएको थियो। लोग्नेको एपेन्डिसाइट अप्रेसन ऋण खोजेर गरिन्। एउटा बच्चाकी आमा साइलीलाई लोग्नेको अप्रेसन गर्दाको ऋण र परिवार धान्नुपर्ने जिम्मेवारी आएपछि विदेश जाने सोचमा पुगिन्।


गत वैशाखमा काठमाडौंमा रमा र साइलीले नेपाली एजेन्टसँग भेट गरे। एजेन्टले जेठ ४ गते सडक मार्ग हुँदै भारतको दिल्ली पुर्‍याए।


दिल्लीबाट मुम्बईको एक होटलमा १५ दिन उनीहरूलाई राखियो। प्रहरीसँगको बयानमा रमा र साइलीले दिल्लीस्थित साउदीका दलाल र साउदी दूतावासका कूटनीतिज्ञसँगको साँठगाँठपछि कूटनीतिज्ञले साउदी लिएर गए।

साउदीमा होटलमा राखिएका उनीहरूमाथि लगातार यौनशोषण भयो। काम गर्ने भन्दै घरमा पुर्‍याएपछि एक महिनासम्म उनीहरूले घरमालिक मात्रै नभई आफन्तसम्मको 'ग्याङरेप' को सिकार हनुपर्‍यो। साउदीमा एक महिनासम्म निरन्तर यौनशोषण भएपछि तिनै कूटनीतिज्ञले गत असारको मध्यतिर भारत फर्काए।

भारतको गुडगाउँस्थित घरमा राखिएका रमा र साइँली पुनः यौनहिंसाको सिकार हुनुपर्‍यो। ती कूटनीतिज्ञले पनि यौनशोषण गरे। सामान्य लेखापढ मात्रै भएका रमा र साइलीको कमजोरीको फाइदा उठाउँदै कूटनीतिज्ञले साउदी अरेबियाको जेदादेखि भारतको गुडगाउँ र नैनितालसम्म पुर्‍याएर यौनशोषण गर्न थाले।


भारतीय प्रहरीको सहयोगमा बिहीबार अपराह्न भारतबाट एयर इन्डिगोमार्फत नेपाल फर्काएका रमा र साइलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै केन्द्रीय अनुसन्धान ब्युरोमा पुर्‍याइएको छ। 'हामीले साउदी र भारतमा नर्कको जीवन बिताउनुपर्‍यो। अरू नेपाली महिलाले यस्तो भोग्नु नपरोस्’, रमा र साइलीले प्रहरीसमक्ष भनेका छन्।

उनीहरूको शरीरभर नीलडाम छ। 'हामीहरूले दर्दनाक पीडा र यौनशोषणको सिकार हुनुपरेको पीडा सुन्यौं। नेपालबाट भारत पठाउने दलालको खोजी गर्छौं', ब्युरोकी प्रवक्ता एसपी किरण बज्राचार्यले भनिन्।

रमा र साइलीका अनुसार दिल्ली प्रहरीले कडाइ गरेपछि दलालले श्रीलंका हुँदै साउदीमा युवती तस्करी गर्दै आएका छन्। श्रीलंकामा थुप्रै युवतीलाई यसैगरी बन्धक बनाइएको जानकारी पनि उनीहरूले दिएका छन्।


नेपाली युवती बलात्कारबारे भारतद्वारा साउदी राजदूतसँग स्पष्टीकरण
काठमाडौं: नेपालका दुई युवती साउदी कूटनीतिज्ञद्वारा भारतमा बलात्कृत भएको विषयमा भारतीय विदेश मन्त्रालयले साउदी अरेबियासँग जबाफ मागेको छ।


भारतीय विदेश मन्त्रालयका चिफ अफ प्रोटोकल जयदीप मजुमदारले नयाँदिल्लीस्थित भारतका लागि साउदी अरेबियाका राजदूत साउद मोहम्मद अलसातीसँग बिहीबार स्पष्टीकरण लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाले उच्च स्रोतको हवाला दिँदै बिहीबार जनाएअनुसार नेपालले उक्त घटनाको अनुसन्धान गर्न नयाँदिल्लीमाथि तीव्र दबाब दिएका कारण विदेश मन्त्रालयले साउदी राजदूतलाई बोलाएर स्पष्टीकरण लिएको हो।

‘साउदी अरेबियाका आरोपित ती कूटनीतिज्ञ अहिलेसम्म घटनामा पक्राउ नपर्नुको कारण उनले पाइरहेको कूटनीतिक उन्मुक्ति हो। तर भारतले अब साउदी अरेबिया सरकारलाई ती कूटनीतिज्ञमाथिको कुटनीतिक उन्मुक्ति हटाउन आग्रह गर्न सक्छ।


साउदीले भारतको प्रस्ताव अस्वीकार गरेमा भारतले ती कूटनीतिज्ञलाई देशनिकाला पनि गर्न सक्छ', दिल्लीस्थित स्रोतलाई उल्लेख गर्दै सिन्हवाले लेखेको छ।

गुडगाउँमा बस्दै आएका साउदी अरेबियाका एक कूटनीतिज्ञकहाँ स्थानीय कर्मचारीका रूपमा काम गर्दै आएका दुईजना नेपाली युवतीमाथि ती कूटनीतिज्ञ र उनका साथीले बलात्कार गरेको तथा यातना दिने गरेको सार्वजनिक भएको थियो। ती साउदी कूटनीतिज्ञ गुडगाउँस्थित निजी फ्ल्याट छाडेर अहिले दिल्लीस्थित साउदी दूतावासमै बसिरहेका छन्।

साउदी कूटनीतिज्ञको निजी फ्ल्याटबाट उद्धार गरिएका ती दुई नेपाली युवतीले साउदी कूटनीतिज्ञ र उनका साथीले आफूमाथि बारम्बार बलात्कार गरेको तथा चरम यातना दिएको बताएका थिए।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले साउदी राजदूतलाई बोलाएर घटनाबारे जानकारी मागिएको बताउँदै घटनामा अनुसन्धान गरिरहेको हरियाणा प्रहरीलाई सहयोग गर्न साउदी दूतावासलाई आग्रह गरिएको ट्विटमार्फत उल्लेख गरेका छन्।

'चिफ अफ प्रोटोकलले साउदी राजदूतलाई डाकेर नेपाली दुई नागरिकसँग सम्बन्धित घटनामा हरियाणा प्रहरीलाई सहयोग पुर्‍याउन साउदी दूतावासलाई आग्रह गर्नुभयो' प्रवक्ता स्वरूपले ट्विटमा भनेका छन्।

साउदी अरेबियाको दिल्लीस्थित दूतावासले भने आफ्ना कूटनीतिज्ञको घटनामा कुनै संलग्नता नरहेको दाबी गर्दै आएको छ।
annapurnapost.com
दाङ: गएराति दाङको पूर्व पश्चिम राजमार्गको नर्तीमा सुरक्षाका लागि खटिएका प्रहरी जवान २७ वर्षीय जितबहादुर चौधरीको भालुवाङबाट लमहीतर्फ आउँदै गरेको बा१०च ५२३१ नम्बरको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख कुवेर कडायतले दिनुभएको जानकारीअनुसार सुरक्षाका लागि खटिएका चौधरीको कारको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो भने अर्का प्रहरी जवान २८ वर्षीय चन्द्र भण्डारी गम्भीर घाइते भएका छन्।


घाइते भण्डारीलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा लगिएको छ।


राजमार्गमा खटिएका सुरक्षाकर्मीले गएराति १२ बजे मोटर साइकलमा सवार व्यक्तिलाई सोधपुछ गरिरहेको बेला तीव्र गतिमा आएको कारले एक्कासि ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ।

ठक्कर दिने कार लमहीनगरपालिका–१० को देउपुरमा बेवारिसे अवस्थामा भेटिएको प्रमुख कठायतले जानकारी दिए। सवारीधनी र चालकको भने पहिचान हुन सकेको छैन। रासस
annapurnapost.com
काठमाडौँ, भदौ २५ ।  पूर्वयुवराज पारस सुटुक्क नेपाल छोडेर लाओस पुगेका छन् । लामो समय थाइल्यान्ड बसेर नेपाल आएका पूर्वयुवराज पारस चीन जाने भन्दै थाइल्यान्डनजिकै रहेको लाओस पुगेका हुन् ।

उनी त्यहाँ पुग्नासाथ उनी थाई प्रेमिका कन्निका पारसलाई भेट्न लाओस पुगेकी थिइन् । पारसलाई भेटेर पुनः थाइल्यान्ड फर्कने क्रममा थाई प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

पूर्वयुवराज पारस र कन्निकाबीच थाइल्यान्डको फुकेटमा घटेको घटनाको मुद्दा अझै किनारा नलागेकाले सोही घटनाको बारेमा पुनः अनुसन्धान गर्न उनलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।
www.etajakhabar.com
आबेदन फारम भर्नु यहाँ क्लिक गरेर डाउनलोड गर्नुस (Visa Application Form)

नेपाल सरकार र इजरायल सरकार विच इजरायलमा अशक्त बृद्धाहरुको स्याहार गर्ने काम गर्नका लागि सरकारी तवरबाट केही संख्यामा केयर गिभर पठाउने गरि संयुक्त पाइलट प्रोजेक्टमा मिति २०७२।४।२२ (७ अगष्ट २०१५) मा सहमती पत्रमा हस्ताक्षर भै आन्तिरिक प्रकृया अघि बढाइएको छ ।
इजरायलमा केयर गिभरको रुपमा काम गर्न यस कार्यक्रम मार्फत वैदेशिक रोजगार विभागलेमात्र केयर गिभर पठाउने भएकोले अन्य कुनै पनि इजाजतपत्रवाला, एजेण्ट वा शाखा कार्यालय वा अन्य कुनै व्यक्ति वा संस्थासंग कुनै किसिमको लेनदेन वा कारोवार नगर्न र ठगिनबाट जोगिन र कहि कतै इजरायल पठाउने भनी रकम लेनदेन गर्ने,
पैसा उठाउने व्यक्ति वा संस्था वारे जानकारी भएमा यस विभागको फोन नं. ०१– ४७८२६१६ मा जानकारी गराउन समेत सम्बन्धीत सरोकारवालाहरुको जानकारीका लागि यो सूचना जारी गरिएको छ ।ekoshi.com
काठमाडौं : नयाँ संविधान जारी गर्न शुक्रबारदेखि नै संविधानसभामा मतदानको प्रकृया सुरु हुने भएको छ।

आन्दोलनकारी दलहरुसँग वार्ताको ढोका खुल्ला राख्दै संविधान निर्माणलाई मतदानको प्रकृयामा लैजाने निश्कर्षमा मुख्य तीन दल पुगेका हुन् । यस सम्बन्धमा आवश्यक तयारी र व्यवस्थापन गर्न सभाध्याक्ष सुवास नेम्वाङले संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्।

संविधानका हरेक प्रावधानलाई मतदानबाट टुंगो लगाएर भदौं मसान्तभित्रै संविधान जारी गर्ने कार्यतालिकाअनुसार प्रक्रियालाई तीव्रता दिइएको छ। संविधानसभा सचिवालयले शुक्रबारदेखि सुरु हुने मतदानका लागि  प्राविधिक गृहकार्य सुरु गरेका छन् । यस बीचमा दलहरुले आन्दोलनकारी पक्षहरुसँग संवादको प्रयोगलाई जारी राख्ने छन् ।


सभाध्याक्ष सुवास नेम्वाङले संविधानको विदेकमाथिको दफावार छलफल सकेर शुक्रबार नै मतदान सुरु गर्ने जानकारी दिए । उनले भने अब प्रकृया रोकिदैन भदौभित्रै संविधान जारी हुन्छ ।


संविधान सचिवालयले भदौमसान्तभित्रै संविधान जारी गर्नका लागि  कार्यसुची तय गरिसकेको छ । संविधानको विधेयकमाथि पचासभन्दा बढी संशोधन पेश गर्ने र सभासद्ले बोल्ने क्रम बिहीबार नै सकिएको छ ।
annapurnapost.com
विश्वराज पछल्डङ्ग्या
नेपालगञ्ज, २४ भदौ । नेपालमा बहुभाषिक, बहुजातिय र बहुसँस्कृतिको समिश्रण भएकोले नेकपा (एमाले) ले जातिय, क्षेत्रीय र भेगीयताको आधारमा संघीय राज्य हुन नहुने पक्षमा अडिग भएर लागेको युवा संघ नेपालका कोषाध्यक्ष माधव बास्तोलाले बताएका छन् ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि देशमा भइरहेको हिंसात्मक र अमानवीय घटनालाई मध्यनजर गरी शान्ति र सद्भावका लागि पश्चिममा खटिएका कोषाध्यक्ष बास्तोलाले जातिय, क्षेत्रीय र भेगीय नाराले विद्यमान शान्ति, सद्भाव विग्रन गई समाजमा द्वन्द्व हुने भएकोले जातिय आन्दोलनमा नलाग्न सुझाव दिए ।
आन्दोलनका क्रममा मरेकालाई ५० लाख दिने राजेन्द्र महतोले दिएको अभिब्यक्ति अनुसार मृतकका परिवारलाई दिन लगाउने अभियान युवा संघले थाल्ने जानकारी दिए । ‘आफैले दिएको अभिब्यक्ति महतोले पूरा गर्न नसके देश छोडेर भाग्ने अवस्था आउन सक्छ,’ बास्तोलाले भने, ‘गलत अभिब्यक्ति दिनेहरु विरुद्ध हाम्रो अभियान जारी छ ।’
तत्कालिन माओवादीले रोपेको जातियताको नाराले देश विखण्डनको दिशातर्फ उन्मुख भएको बताउँदै उनले गलत फल रोपेका कारण देशले अहिलेको अवस्था भोगिरहेको धारणा राखे ।
उनले राष्ट्र र राष्ट्रियता जोगाउन युवा संघ नेपालले कुनै कसर बाँकी नराख्ने बताउँदै शान्ति, सद्भाव कायम गर्नका लागि युवा संघ तराईमा परिचालन भएको जानकारी दिए । ‘राष्ट्र र राष्ट्रिय अखण्डताको रक्षाका लागि युवा संघका कार्यकर्ता कात्रो बाँधेर सडकमा उत्रिन तयार छन्,’ उनले भने ।
संविधान निर्माण अन्तिम चरणमा पुगेको बेला केही विदेशी दलालहरु संविधान बन्न नदिने हर्कतमा लागेको उनको भनाई थियो । उनले भने, ‘अस्थिरताको फाइदा उठाउन पल्केकाहरु संविधान बन्न नदिन विभिन्न किसिमका हर्कत गरिरहेका छन् । यसबाट युवा संघ चनाखो भएर अगाडी बढेको छ ।’
सीमाङ्कन र नामकाङ्कनको विषयलाई लिएर तराईमा बलेको आगो निभाउन युवा संघ तराईमा आएको उनले जिकिर गरे । तराईमा जारी आन्दोलन भड्काउन युवा संघ परिचालन भएको आरोप सरासर गलत भएको उनले स्पष्ट पारे । बास्तोलाले भने, ‘जातिय र क्षेत्रीय आन्दोलनका कारण तराईमा बलेको आगोलाई निभाएर शान्ति, सद्भाव कायम गराउन हामी यहाँ आएका हौँ । जातिय सद्भाव विगार्न होइन ।’
कोषाध्यक्ष बास्तोलाले आन्दोलनका क्रममा मरेकालाई ५० लाख दिने राजेन्द्र महतोले दिएको अभिब्यक्ति अनुसार मृतकका परिवारलाई दिन लगाउने अभियान युवा संघले थाल्ने जानकारी दिए । ‘आफैले दिएको अभिब्यक्ति महतोले पूरा गर्न नसके देश छोडेर भाग्ने अवस्था आउन सक्छ,’ बास्तोलाले भने, ‘गलत अभिब्यक्ति दिनेहरु विरुद्ध हाम्रो अभियान जारी छ ।’
एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले बर्गीय मुक्तिका लागि लड्ने कम्युनिष्टहरु जातिय आन्दोलनमा लाग्न नहुने बताए । उनले बर्गीय मुक्तिबाट मात्र जातिय मुक्ति सम्भव भएको बताए ।
युवा संघका केन्द्रीय सदस्य रविन्द्र लम्सालले सामाजिक सद्भावका लागि युवा संघ बलिदानी दिन तयार रहेको बताए । विभिन्न नाममा भइरहेका आन्दोलनले देशमा लागेको आगो निभाउने अभिभार युवाको काँधमा आएको उनले धारणा राखे । उनले भने, ‘सर्वसाधारणलाई भुल्भुलैयामा पारी आन्दोलनमा लगेर गलत क्रियाकलाप गराउने विरुद्ध युवा संघ कडा रुपमा प्रस्तुत हुने छ ।’
युवा संघ बाँकेका सचिव खेमराज शर्माको अध्यक्षतामा भएको भेलामा एमाले भेरी अञ्चल कमिटीका पूर्व सदस्य रामदास थारु, बाँकेका सचिवालय सदस्य पदम धिताल, क्षेत्र नं. १ का अध्यक्ष घननाथ खनाल, युवा संघ बर्दियाका अध्यक्ष दुर्गा थापा, अनेरास्ववियु बाँकेका सचिव टेकेन्द्र मल्ल लगायतले भनाई राखेका थिए ।
ainiknepal.com
मुम्बाई साउदीका कुटनितीज्ञको कब्जाबाट छुटेका दुई महिलालाई नेपालकै एक महिलाले बेचेको भारतीय प्रहरीले बताएको छ । यसअघि साउदी कूटनितीज्ञले उनीहरुमाथि पटक पटक बलात्कार गरेका थिए ।
प्लेसमेन्ट एजेन्सीका एक व्यक्तिले यि दुई महिलालाई उनीहरुको छालाको रंग हेरेर कूटनितीज्ञ समक्ष पठाउनका लागि छानेका थिए । भारतीय प्रहरीले यस सम्बन्धी उजूरी लिइसकेको छ ।
तर नेपालको परराष्ट मन्त्रालयसँग अनुमति लिएपछि मात्रै थप कारबाही अघि बढाउने बताइएको छ । यसअघि भूकम्पपछि घर भत्किएका कारण गरिबी टार्न यि दुई महिला भारत गएको बताइएको थियो ।



भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएअनुसार दुई महिलामध्ये एक महिलाको आफ्ना पतिसँग सम्बन्ध विच्छेद भइसकेको छ । उनकी एक छोरी पनि छिन् । उनले छोरीका लागि पैसा कमाउन भारत आएको बताएकी छिन् । त्यस्तै अर्की महिलाका

पति बिरामी छन् । उनका पतिलाई क्यान्सर भएको छ । पतिको उपचारका लागि भारत गएको उनले प्रतिक्रिया दिएकी थिइन् । उनीहरु दुबैलाई बुधबार राती नेपाल फर्काइएको थियो । प्रहरीले उनीहरु दुबैलाई जागिर दिलाइदिने प्रलोभनमा एक नेपाली महिलाले भारत ल्याएको जनाएको छ ।

३० हजार थियो तलब
भारतीय प्रहरीले दिएको जानकारीअनुसार दुई महिलालाई महिनाको ३० हजार तलब दिने बताइएको थियो । बेचिनुअघि उनीहरु गुडगाँउको एउटा सानो डेरामा बसेका थिए । त्यहाँ अन्य २८ महिला समेत थिए । उक्त डेरामा रहेका महिलाहरुमध्ये अधिकांश नेपाली रहेको बताइएको छ । त्यहीँबाट छानेर अनवरले दुई महिलालाई साउदीका कूटनितीज्ञ समक्ष लगेका थिए । लाइटहाउस फाउन्डेशनकी तिज्या लामाले बताएअनुसार दुई महिलालाई छुटाउँदा उनीहरुको अवस्था निकै खराब थियो । कपडा च्यातिएको थियो र उनीहरुसँग चप्पल समेत थिए । उनीहरु मानसिक तथा शारिरीक रुपमा विक्षिप्त रहेको समेत लामाले बताएकी छिन् । उनीहरुले नै लामालाई घर फर्काइदिन आग्रह गरेका थिए । भारतको गुडगाउँ प्रहरीले यो घटना ठूलो यौनधन्दासँग जोडिएको आशंका गरेको छ । छुटेपछि दुई महिलाले आफूहरुमाथि जनावरलाई भन्दा पनि नराम्रो व्यवहार गरिने गरेको बताएका छन् । उनीहरुले भनेका छन्, जब कूटनीतिज्ञ र उनकी पत्नि बाहिर जान्थे त्यतिबेला हामीलाई एउटा कोठामा बन्द गरिन्थ्यो । हामीलाई दिल्ली, मुम्बई र श्रीलंका समेत लगियो । त्यसपछि हामी साउदी अरब गयौँ । साउदीबाट फर्किएपछि नै बलात्कारको शृंखला सुरु भयो । बलात्कार प्राय राती तथा कहिलेकाँही दिउँसै हुन्थ्यो । त्यस्तो समयमा कूटनीतिज्ञका छोरी तथा श्रीमती बाहिर हुन्थे । कहिलेकाँही हामीलाई एकै रात १० जनाले समेत बलात्कार गरे ।

कल्पना नामकी नेपाली महिलाले बेचेकी थिइन्

जागिर दिलाइदिने बहानामा उनीहरुलाई भारत लग्ने नेपाली महिलाको नाम कल्पना रहेको बताइएको छ । कल्पनाले नै उनीहरुलाई प्लेसमेन्ट एजेन्सीसम्म पुर्याएको भारतीय प्रहरीले जनाएको छ । उनले त्यसबापत २ लाख भारु कमिसन समेत लिएको भारतीय प्रहरीको दाबी छ । कल्पनाले अहिलेसम्म २८ नेपाली महिलालाई भारतमा बेचिसकेको भारतीय प्रहरीले जनाएको छ । कल्पनाले प्लेसमेन्ट एजेन्सीमा लगेपछि अनवर नामक एक भारतीयले उनीहरुलाई कूटनीतिज्ञ समक्ष पुर्याएका थिए । उनीहरुसँगै अन्य ३० महिला समेत थिए ।

प्रहरी अनवरलाई खोज्दै

भारतीय प्रहरीका अनुसार उनीहरुलाई कूटनीतिज्ञसमक्ष लग्ने अनवर गुडगाँउमा बस्छन् । उनले नेपाल तथा भारतकै उत्तराखन्डका युवतीहरुलाई त्यसरी बेच्ने गरेको छल । उनले राम्रा महिलाहरुलाई विदेशमा बेच्ने गरेको प्रहरीको दाबी छ । कम सुन्दर युवतीहरुलाई भने उनले दिल्लीमा काम मिलाईदिने गरेका छन् ।www.ratopati.com
काठमाडौँ : राष्ट्रपति डा रामवरण यादवले प्रधान सेनापतिमा नियुक्त भएका रथी राजेन्द्र क्षत्रीलाई बिहीबार नेपाली सेनाको महारथीको  दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति यादवले नवनियुक्त प्रधानसेनापति क्षत्रीलाई महारथीको फुली (दर्ज्यानी चिह्न) लगाइदिएका हुन् ।

राष्ट्रपति यादव नेपाली सेनाका परमाधिपति हुन् । सो अवसरमा प्रधानसेनापति क्षत्रीले राष्ट्रपतिसँग पद तथा गोपनीयताको शपथ लिए ।

मन्त्रिपरिषद्को गत साउन २८ गतेको बैठकले उनलाई आजै (भदौ २४) देखि लागू हुनेगरी प्रधानसेनापति पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

समारोहमा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री एवम् रक्षामन्त्री सुशील कोइराला, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, परराष्ट्रमन्त्री मन्त्री महेन्द्रबहादुर पाण्डे, संवैधानिक निकायका प्रमुख एवम् अरु सुरक्षा निकायका प्रमुखहरु उपस्थित थिए ।

जङ्गी अड्डामा पदभार ग्रहण
यसैबीच, नेपाली सेनाको ४२औँ प्रधानसेनापतिका रुपमा उनले सैनिक मुख्यालय जङ्गी अड्डामा आजै पदभार ग्रहण गरेका छन् ।

यसअघि मुख्यालयमा उनको सम्मानमा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । यसअघिका प्रधानसेनापति गौरवशम्शेर राणा आजैदेखि सेवानिवृत्त भएका थिए ।

नवनियुक्त प्रधानसेनापति क्षत्रीको सम्मानमा नेपाली सेनाले आजै साँझ स्वागत समारोहको कार्यक्रम राखेको छ । उनले गत साउन २६ गतेदेखि कायममुकायम प्रधानसेनापति भई जिम्मेवारी सम्हाल्दै आएका थिए ।

यी हुन् नयाँ प्रधान सेनापति
तनहुँको चोक चिसापानी गाविसको दुधेकुनामा जन्मेका क्षत्री २०३५ सालमा नेपाली सेनाको सैनिक शिक्षालय खरिपाटीबाट अधिकृत क्याडेट तालिममा उत्कृष्ट नतिजा हासिल गरी राजदल गणमा सहायक सेनानी दर्जामा नियुक्त भएका थिए ।

प्रतिविद्रोह तथा जङ्गल युद्धकला, जुनियर स्टाफ, गुल्मपति, गणपति तालिममा समेत उनले उत्कृष्ट नतिजा हासिल गरेका छन् ।

नेपालको सैनिक शिक्षालयबाट आयुक्त पद प्राप्त गरी प्रधानसेनापति पदमा नियुक्त हुने महारथी क्षत्री पहिलो व्यक्ति हुन् ।

भारत, पाकिस्तान र चीनबाट फिल्ड आर्टिलरी, एयर डिफेन्स आर्टिलरी तथा पाकिस्तानको स्कुल अफ आर्मी एयर डिफेन्सबाट युनिट कमाण्डर कोर्स, भारतको डिफेन्स इन्स्टिच्यूट अफ साइकोलोजिकल रिसर्चबाट साइकोलोजिकलको अधिकृत तालिम पनि उनले लिएका छन् ।

अमेरिकाको फोर्ट लेवनवर्थ, क्यानसस्बाट कमाण्ड र जनरल स्टाफ कलेज तथा अमेरिकी आर्मी वार कलेज कार्लाइकल पेन्सलभानियाबाट आर्मी कलेज गरेका छन् ।

त्रिभुवन विश्व विद्यालयबाट इतिहासमा तथा अमेरिकाको आर्मी वार कलेजबाट स्ट्राटेजिक स्टडिजमा स्नातकोत्तर तहको शिक्षा उनले प्राप्त गरेका छन् ।

सैनिक सेवामा ३६ वर्षको अनुभव सम्हाल्नुभएका प्रधानसेनापति क्षत्रीले यसअघि सुरक्षा परिषद्मा विश्लेषकका रुपमा रणनीतिक तहको स्टाफ, प्रबन्धरथी, सैनिक विनय महानिर्देशक, बलाध्यक्ष र बलाधिकृतको कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका छन् ।

पैदलयात्रा, भ्रमण र अध्ययन उनका रुचि हुन् । उनका पिता गोपालबहादुर क्षत्रीले नेपाली सेनाको महासेनानीबाट अवकाश लिएका थिए । रासस www.annapurnapost.com
पाल्पा, २४ भदौ । पाल्पा बौघागुम्हा– ३ छेर्लुङकी ५० वर्षीया दिव्याकुमारी दर्जीको हत्या भएको छ । उनको शव घरभित्रै जलाइएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घरभित्रै दिव्या मृत अवस्थामा बुधबार बेलुका करिब ७ बजे फेला परेको स्थानीयवासीले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुमनकुमार तिमल्सिनाले मृतकको शरीर जलेको बताउनुभयो । घटनास्थलमा रगतका छिटा भेटिएका छन् । मृत्यु शङ्कास्पद रहेकाले अनुसन्धान सुरु गरिएको उहाँले बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका डा झपेन्द्र ढकालसहित चिकित्सक टोली घटनास्थल पुगेको छ ।
दर्जीका पति एक वर्ष पहिले गाउँकै खेतमा मृत फेला परेका थिए । दुई छोरीको बिहे भइसकेको र पतिको निधन भएपछि दिव्या घरमा एक्लै बस्दै आएकी थिइन् । रासस
dainiknepal.com
डाक्टरमाथि कुटपिट र दुर्व्यबहार
बारा : बाराको सदरमुकाम कलैयास्थित जिल्ला अस्पतालमा पार्किङ गरेर राखिएको डाक्टरको गाडीमा आन्दोलनकारी मधेसी मोर्चाका कार्यकर्ताले बिहीबार दिउँसो आगजनी गरेका छन् ।

मोर्चाका कार्यकर्ताहरुले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्रकुमार झाको स १ च ८७९ नम्बरको निजी कार अस्पताल परिसरमै जलाएका हुन् ।

अस्पताल परिसरमा पार्किङ गरिराखेको कार उनीहरुले अपरान्ह चार बजे पेट्रोल छर्केर आगजनी गरेका हुन् । आगजनीबाट कार पूर्णरुपमा जलेर ध्वस्त भएको छ ।

मधेस आन्दोलनका क्रममा भदौ १५ गते प्रहरीको गोलीबाट मारिएका कलैया–१० का हिफाजत मियाँको पोष्टमार्टम रिपोर्ट गलत बनाएको भन्दै मोर्चाका कार्यकर्ताहरुले डाक्टर झाको कारमा आगजनी गरेका हुन् ।

छातीमा गोली लागेर मारिएका मियाँको डाक्टर झाले बनाएको पोस्टमार्टम रिपोर्ट शरीरको पछाडि भागमा गोली लागेको उल्लेख गरेको आरोपमा कारमा आगो लगाइएको हो ।

संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य प्रमोद गुप्ता र तमलोपाका जिल्ला सदस्य अरुण कुमार सिंहको नेतृत्वमा रहेका नेता कार्यकर्ताले कारमा आगजनी गरेका हुन् ।


कलैयाको भरत चोकबाट ४०/५० जनाको संख्यामा अस्पतालमा पुगेका मोर्चाका कार्यर्ताहरुले शुरुमा  मेसु झाको कार्यकक्षमै पुगेर गलत पोष्टमार्टम रिपोर्ट किन बनाएको भन्दै गालीगलौज र हातपातसमेत गरेका थिए ।

मेसु झामाथि हातपात हुन थालेपछि अस्पतालका कर्मचारीले उनलाई त्यहाँबाट भगाएर लगेपछि मोर्चाका कार्यकर्ताहरुले उनको कारमा आगजनी गरेका हुन् ।

अस्पताल परिसरमा पार्किङ गरेर राखिएको कारमा शुरुमा उनीहरुले तोडफोड गरेका थिए । त्यसपछि मोर्चाका कार्यकर्ताहरुले कारलाई धकेल्दै एक सय मिटर पर प्रसुती सेवा केन्द्र अगाडि लगेर पेट्रोल छर्की आगो लगाएको प्रत्यक्षदर्शीले बतएका छन् ।

मोर्चाका कार्यकर्ताहरुले कारमा आगजनी गरेलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलमा पुगेको थियो ।

तर मोर्चाका कायकर्ताहरु भने त्यहाँबाट भागिसकेका थिए । कारमा आगजनी गरेपछि प्रसुती सेवा केन्द्रमा रहेका सुत्केरी महिलाहरु अत्तालिएर बाहिर निस्किएका थिए ।

कारमा आगो लगाइएपछि अस्पताल परिसरमा ठूलो संख्यामा जनपथ र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ ।

बाराका प्रहरी उपरीक्षक लोकेन्द्रबहादुर मल्लले पोस्टमार्टम रिर्पोटको बहाना केही व्यक्तिले गुण्डागर्दीको शैलीमा डाक्टरको गाडीमा आगजनी गरेको बताए ।
www.annapurnapost.com

फोटो :पक्राउ परेका थारुवान-थरुहटका नेता लाहुराम थारु (रातो घेरामा) अन्य थारु नेताका साथ । फाइल फोटो
कैलाली : कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपीसहित नौजनाको हत्या गरिएको घटनालाई लिएर प्रहरीले एक थारु नेतालाई पक्राउ गरेको छ ।

टीकापुरमा प्रहरीको हत्याबारे अनुसन्धान गर्न कैलालीको थरुहट-थारुवान आन्दोलनका संयोजक लाहुराम चौधरीलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले धनगढी नपा–३ मिलन चोकबाट पक्राउ गरेको हो । (टीकापुर कान्डमा थारु नेता लक्षमण पक्राउ)

चौधरीलाई टीकापुर घटनाबारे सोधपुछ गर्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी विश्वराज खड्काले जानकारी दिए ।

पक्राउ परेका चौधरीले टीकापुर घटना थरुहट-थारुवान आन्दोलनकै क्रममा भएको सार्वजनिक अभिव्यक्ति दिँदै आएका थिए ।

थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष पनि रहेका उनले सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा टीकापुरमा प्रहरीको हत्या थरुहटको आन्दोलनका क्रममा भएको अभिव्यक्ति दिएपछि प्रहरी अनुसन्धानमा तानिएका हुन् ।

बुधबारमात्रै प्रहरीले थारु आन्दोलनका केन्द्रीय नेता लक्षमण थारुलाई भैरहवाबाट पक्राउ गरी हिरासतमा लिएको थियो ।
www.annapurnapost.com
सिरहा :  स्थानीय प्रशासनले सिरहाको पुर्व–पश्चिम लोकमार्गमा जारी गरेको अनिश्चितकालीन निषेधाज्ञाको बावजुद लहानमा एक मालबाहक ट्रकमा आगजनी भएको छ ।

निषेधाज्ञा घोषणा भएको केही बेरमै लहानको पुर्व हुलाक चोकमा ना. ५ ख ४१४९ नम्बरको मालवाहक ट्रक प्रदर्शनकारीले आगजनी गरेका थिए ।
आगजनी भइँरहदै प्रहरीले छ राउण्ड हवाइ फायर गरेको थियो । लहानमा बिहीबार मध्यान्ह १२ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ ।

यसअघि विहानैदेखि लहानमा प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेको थियो । प्रदर्शनकारीहरुले लहानको पश्चिम चोकमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानको कार्यालयमा आगजनी गरेका छन् ।

उक्त कार्यालयमा रहेको सवारी मुद्दाअन्तर्गत राखिएको एक मोटरसाइकलमा पनि आगजनी गरेका छन्www.annapurnapost.com
भारत, भदौ २४ । भनिन्छ भिआइपीका लागी वितरण गरिने हरेक कुरा स्तरय हुन्छन् । तर यो मामीलामा भारतमा त्यसको विपरितका कार्यहरु भएका खबर बेलबेलामा आउने गर्छन् । बुधबार पनि भारतको छत्तिस गढमा त्यस्तै भयो ।

भारतीय जनता पार्टीको कार्यालयमा आयोजीत एक कार्यक्रममा छत्तीसगढका मूख्यमन्त्री रमन सिंह र केन्द्रीय स्वास्थ्यमन्त्री जेपी लड्डा सहभागी थिए । उनीहरुलाई बाँडिएको पानीको बोटलमा सर्पको बच्चा फेला परेपछि कार्यक्रम हलमा नै हंगामा मच्चिएको थियो ।

शिलबन्दी गरिएको पानीको बोटलमा सर्पको बच्चा भेटिएपछि सबै आश्चर्यमा परेका थिए । यो विषयले हिजो दिनभर जसो नै भारतीय मिडियामा ठुलो रुप लियो र अन्तत छानविन गर्न खाद्य सुरक्षा विभागले निर्देशन दिएको छ भास्कर दैनिकले लेखेको छ ।

भास्करका अनुसार सो कार्यक्रममा ठूलो संख्यामा पार्टीका विधायक र मन्त्री समेत सहभागी थिए । मूख्यमन्त्रीको मेडिकल स्टाफ डा। पुनम पाण्डेलाई दिइएको बोटलको पानीमा सर्पको बच्चा देखिएपछि पाण्डे धेरै ट्वाल्ल परेकी थिइन् । घटना घटे लगत्तै कार्यक्रममा वितरीत सबै पानीका बोटल फिर्ता लिइएको थियो ।

यसैबिच उक्त घटनाका विषयमा पानी निर्माता कम्पनी अमन अक्वाका प्रवन्ध निर्देशक शैयद शफिकले कसैले कम्पनीका विरुद्ध षडयन्त्र गरेको भन्दै यसमा कम्पनी दोषी नरहेको बताएका छन् ।

काठमाडौं, २४ भदौ । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाली बजारमा बिहीबार सुनको भाउ घटेको छ ।
नेपाली बजारमा विहीबार सुन तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नयाँ मूल्य अनुसार विहीबार स्थानीय बजारमा सुन तोलाको ४९ हजार ८ सय रुपैयाँमा कारोवार भइरहेको छ ।
बुधबार सुन प्रतितोला ५० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
बिहिबार सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेको छ । नयाँ मूल्य अनुसार चाँदी तोलाको ६ सय ८५ रुपैयाँमा कारोवार भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ९० रुपैयाँमा किनबेच भएको थियो ।
dainiknepal.com
मलेसिया : मलेसियामा भएको सडक दुर्घटनामा बिहीबार एक नेपालीको ज्यान गएको छ ।

मलेसियाको जोहोर राज्यस्थित मुहार बखरी बातु लापानमा भएको सडक दुर्घटनामा तेह्रथुमका घनेन्द्र लिम्बूको ज्यान गएको हो ।

कम्पनी जाने क्रममा सडक पार गर्न लाग्दा लिम्बूलार्इ कारले ठक्कर दिएको उनका साथी मुकेश साहले जानकारी दिए ।

मुहारको टिटी गोलोवे कम्पनीमा कार्यरत लिम्बू रोजगारीका सिलसिलामा ९ महिनाअघि मलेसिया  आएका थिए ।

लिम्बूको शव पोस्टमार्टमका लागि मुहार अस्पतालमा राखिएको छ  । www.annapurnapost.com
जनकपुरधाम : मधेसी मोर्चाका कार्यकर्ताले जनकपुरको जानकी मन्दिरनजिकै रहेको जानकी प्रहरी चौकीमा चारवटा पेट्रोल बम हानेका छन् ।

बम हानिएपछि चौकीमा आगो सल्किएपनि तत्कालै आगो नियन्त्रणमा लिन सकिएकाले भौतिक क्षति नभएको धनुषका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

चिया र तरकारी पसलमा तोडफोड
मधेसी मोर्चाका प्रर्दशनकारीले जनकपुर नगरक्षेत्रमा होटेल, चिया र तरकारी पसलमा समेत तोडफोड गरेका छन् । उग्र प्रदर्शन भएपछि सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रशासनले नगरबासीलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

प्रजिअ पराजुलीले संचारकर्मीहरुलाई फोन गरी नगरवासीमाझ सार्वजनिक सूचना दिँदै चोकहरुमा जम्मा नहुन र भीडको हिस्सा नबन्न सर्वसाधारणलाई अपिल गरेको बताए ।

नगरक्षेत्रको विभिन्न चारवटा भागमा निषेधाज्ञा लागू गरिएपनि अवस्था अझ बिग्रिए कर्फ्यू लगाइ सेना परिचालन गर्ने तयारी गरिसकेको प्रजिअले जानकारी दिएका छन् । www.annapurnapost.com
जनकपुरधाम : आन्दोलनका क्रममा विभिन्न जिल्लामा प्रहरीले दमन गरेको भन्दै जनकपुरमा सशस्त्र प्रहरीका उपरीक्षकमाथि मधेसी मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेका छन् ।

गस्तीमा रहेको प्रहरी उपरीक्षक रविन्द्र ठाकुर सवार भ्यानमाथि आन्दोलनकारीले जनकपुर उपमहानगरपालिका–१ भानु चोकमा पेट्रोल बम हानेका थिए ।

बम हानिएपनि भ्यानमा सवार उपरीक्षक ठाकुरसहित सबै सुरक्षाकर्मीहरु सकुशल रहेको प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।

प्रर्दशनकारीहरुलाई नियन्त्रणमा लिनप्रहरीले चार राउण्ड हवाई फायर समेत गरेको थियो । जनकपुरमा प्रर्दशनकारीहरुले केही खुलेका चियापसल समेत विहानै देखि बन्द गराएका छन् । www.annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home