• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
विराटनगर । जोगवनी नाकामा धर्ना बस्ने क्रममा प्रहरी सँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो आपूm गम्भीर विरामी रहेको बहाना गरेर मधेसमा आन्दोलन चर्काउन धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएको खुलेको छ ।
विराटनगर स्थित गोल्डेन अस्पतालले महतोलाई आइतबार अस्पतालमा बस्न नपर्ने भन्दै डिस्चार्ज दिएपनि महतो आपूm विरामी रहेको भन्दै राति नै धरान स्थित प्रतिष्ठानमा भर्ना भएका हुन् ।
महतो घाइते भएर अस्पतालमा भर्ना भएको समाचारपछि केही दिनदेखि शान्त रहेका तराई मधेसका जिल्लाहरुमा प्रदर्शन र अराजक घटना भइरहेका छन् । आपूm प्रहरीको कुटाईबाट गम्भीर विरामी रहेर अस्पतालमा रहेको सन्देश दिनसके आन्दोलनमा उर्जा मिल्ने भएकोले महतो एउटा अस्पतालबाट डिस्चार्ज भएपछि अर्को अस्पतालमा पुगेका हुन् ।
सामान्य उपचारपछि घर फर्काउनुपर्ने बिरामीलाई आइसियुमा राखेर स्क्याण्डल खडा गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय मोरङले अस्पतालसँग महतोको अवस्थाबारे जानकारी मागेको थियो ।

त्यसक्रममा मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले आईसियुमा राखेर उपचार गर्नुपर्ने वा नपर्ने अवस्थाबारे मेडिकल काउन्सिलले अध्ययन गर्नुपर्ने अवस्था आउनसक्ने चेतावनी दिएपछि अस्पतालले महतोलाई डिस्चार्ज गरेको हो ।
गोल्डेन अस्पताल विराटनगरमा प्रारम्भिक उपचार गरी सघन उपचार कक्षमा भर्ना भएका उनको अवस्था सामान्य भएको परीक्षणहरुमा देखिएको थियो । टाउको र घुँडामा सामान्य चोट लागेका महतोको सिटी स्क्यान गरेर परिक्षण गर्दा सबै अवस्था सामान्य देखिएको थियो । तर, गोल्डेन अस्पतालले महतोकै आग्रहमा उनलाई आईसियुमा राखेको थियो ।
महतोको अवस्था गम्भीर रहेको हल्ला चलेपछि तराई मधेसका जिल्लाहरुमा प्रदर्शन चर्किएको थियो । त्यसपछि स्थानीय प्रशासनले महतोको अवस्थाको बारेमा जानकारी माग्दै अस्पतालले गम्भीर अवस्था नभई आईसियुमा राखेको भए अनुसन्धान गर्ने चेतावनी दिएपछि राति नै अस्पतालले महतोलाई डिष्चार्ज गरेको थियो । अस्पतालबाट डिस्चार्ज भएका महतो राति १२ बजे धरान स्थित विपी प्रतिष्ठानमा पुगेका थिए ।
महतो प्रतिष्ठानको पेइङ वार्डमा बसेका छन् । झडपमा लागेको चोट सामान्य रहेको र उनको प्रेसर तथा सुगर भने केही बढेको विराटनगरस्थित गोल्डेन अस्पतालले जनाएको छ ।
धरान स्थित प्रतिष्ठानको हाडजोर्नी विभागका चिकित्सकहरुले हेरेपछि महतोलाई सोमबार बिहान प्रतिष्ठानको सर्जिकल सघन उपचार कक्षबाट पेइङ (दोब्बर रकम तिरेर चाडो उपचार गरिने वार्ड) मा सारिएको प्रहरीले जनाएको छ । महतोको टाउको र शरीरमा चोट लागेको भएपनि अवस्था सामानय रहेको प्रतिष्ठानका चिकित्सकहरुले बताएका छन् ।
महतोका कार्यकर्ताले प्रतिष्ठानका चिकित्सकलाई महतो गम्भीर रहेको भन्न दबाब दिएको स्रोतले जनाएको छ । प्रतिष्ठानको पेइङ वार्डको ४ नम्बर वेडमा रहनुभएका महतो हँसिलो मुहारमा कार्यकर्तासँग कुराकानी गरेपनि पत्रकारसँग भने कुरा गर्न मानेनन् । राम्रोसँग हिँडडुल गर्न तथा खानासमेत खान थालेका महतोका सहयोगीले भने उहाँको स्वास्थ्यमा सुधार नआएको दावी गरेका छन् ।
महतोलाई आइतबार राति सिकिस्त भन्दै प्रतिष्ठानको आइसिययुमा राखिएको भएपनि चिकित्सहरुले अवस्था सामान्य रहेको भन्दै वार्डमा सारेका हुन् ।khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मंगलबार, १४ पुष
गुल्मी । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले अब ल¥याङ त¥याङ तरिकाले पार्टी चल्न नसक्ने जनाउँदै पार्टीका नेताद्वय सुशील कोइराला र शेरबहादुर देउवालाई विश्राम लिन आग्रह गरेका छन् ।

नेपाली काँग्रेस गुल्मीले आयोजना गरेको ‘कस्तो बन्यो संविधान, सद्भाव र एकताको अभियान’ अन्तर्गत कार्यक्रममा सहभागी हुन सदरमुकाम तम्घास आइपुग्नुभएका नेता पौडेलले अब सधै भागबन्डाबाट पार्टी चल्न नसक्ने बताउँदै अब कार्यकर्ताका लागि मूल्याङ्कन गर्ने परीक्षाको घडी आएको बताए ।
उनले दुई नेताहरुले सभापति र प्रधानमन्त्रीको अनुभव बटुलिसकेको हुँदा उहाँहरुलाई आराम गर्न आग्रह गर्दै आफूलाई पार्टी सभापतिका लागि सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
पत्रकार सम्मेलनमा उनले भने, “मैले उहाँहरुलाई अब आराम गर्नुस्, पार्टी म हाँक्छु भनेको छु । ” उनीले यसपालि आफूले कुनै पनि हालतमा सभापतिमा उम्मेदवारी दिने घोषणा पनि गरे ।
nepalsandesh
 मंगलबार, १४ पुष
साउदी अरब। साउदी अरबले आन्तरिक तथा बाह्य ऋणबाट व्यवस्थापन गर्ने गरी ८६ अबै अमेरिकी डलरको घाटा बजेट सन् २०१६ का लागि पारित गरेको अल अरेबियाले जनाएको बताए ।
साउदी अरब सरकारले खर्चतर्फ २२३.९ अर्ब अमेरिकी डलरको र राजस्वतर्फ १३६.९ अर्ब अमेरिकी डलरको व्यवस्था गरी आर्थिक सुधारको प्रयास गर्ने वित्त मन्त्रालयद्वारा जारी एक वक्तव्यमा जनाइएको छ ।
साउदी अरबका वित्त मन्त्रालयले बजेट कार्यान्वयनका क्रममा बैंकिङ क्षेत्रको नगद प्रवाहलाई प्रभावित नगर्ने गरी ऋणको प्रबन्ध गर्ने बताउँदै इन्धनको मूल्यका कारण देखिएको समस्या अरबका लागि ठूलो समस्या नहुने बताइएको छ ।
इन्धन मूल्य देशका लागि खासै मुद्दा हुने छैन किनकी देशले यसलाई वर्षौदेखि सञ्चित मौज्दात नगदबाट व्यवस्थापन गर्नेछ, साउदी राजा सलमान विन अबदुल्लाजिज अल साउदीले बताए ।
यसैबीच, अल एकतिसादिया आर्थिक समाचार सम्बन्धी वेबसाइटले गैरइन्धनको राजस्व ४३ अबै अमेरिकी डलरले बढाइएको र यसबाट तेलको मूल्य समायोजनका लागि तेल उत्पादक राष्ट्रमा पर्नसक्ने दबाबलाई सजिलै घटाउन सकिने बताइएको छ ।
यो साउदी अरबले केही वर्षदेखिको अतिरिक्त घाटाका बाबजुद घाटा बजेट पारित गरेको दोस्रो वर्ष हो ।
nepalsandesh
रौतहट, पुस १४ । महिला हिंसाका घटनामा बृद्वि भइरहेको बेला रौतहटमा एक तीन बर्षिया बालिका बलात्कृत भएकी छन् । चन्द्रनिगाहपुरकी तीन बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा चन्द्रनिगाहपुरकै रोशन राई पक्राउ परेका छन् ।
पक्राउ पर्ने राई पनि नाबालक हुन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक मनोजकुमार यादवले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।
imagekhabar
सर्लाही, १४ पुस । नेकपा एमालेका नेता रामनरेश रायको मंगलबार विहान हत्या भएको छ ।
घरबाट साथीसँग मर्निङ वाकमा निस्किएका ५८ वर्षीय रायलाई हेमपुर गाविस वडा नम्बर ८ मा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
रायसँगै मर्निङवाकमा हिँडेका पाँच जनाले भागेर ज्यान जोगाएको सर्लाही प्रहरी प्रमुख एसपी केदार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार रायको आँखामा खुर्सानीको धूलो छर्केर धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।
हत्या कस्ले र किन गरेको भन्ने बारेमा केही खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हेमपुर गाविसका दुईपटक निर्वा्चित अध्यक्ष तथा जिल्ला विकास समिति सदस्य रहिसकेका राय लोकप्रिय नेता थिए । उनी पछिल्लो समय पार्टीको निर्णयबमोजिम मधेसमा संविधानबारे जनतालाई बुझाउने अभियानमा समेत लागिरहेका थिए ।
यसैबीच नेकपा एमालेले घटनाका दोषी पत्ता लगाएर कडा भन्दा कडा कारवाही गर्न सरकारसँग माग गरेको छ ।
dainiknepal
काठमाडौं, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य लाभको कामना गर्दै तराईका केही जिल्लाहरुमा मन्दिरमा पूजाअर्चना गरिएको छ ।
सद्भावना पार्टीका महासचिव मनीष सुमनका अनुसार आज बिहान राजविराजको शिव मन्दिरमा अध्यक्ष महतोका स्वास्थ्य लाभको कामनासहति पूजाअर्चना गरिएको छ ।
‘अध्यक्ष ज्यूको स्वास्थ्य लाभको कामनासहित तराई मधेसका जिल्लाहरुमा मदिन्र र मस्जिदहरुमा पूजाअर्चना भएका छन्’, उहाँले भन्नुभयो, ‘आज बिहान नौ बजे राजविराजको शिवमन्दिरमा उहाँका समर्थकहरुले पूजा गरेको खबर पाएको छु ।’
विराटनगरको रानीभन्साल नाकाबन्द गर्न पुगेका बेला सुरक्षाकर्मीसँग भएको झडपमा अध्यक्ष महतो घाइते भएका थिए । उनको हाल धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
महतो गम्भीर घाइते भएर अस्पताल भर्ना भएपछि नाकाबन्दी र तराई मधेस आन्दोलन कमजोर भएको ठहर सद्भावना पार्टीले गरेको छ ।
dainiknepal
१४ पुस, काठमाडौं ।

संविधान निर्माण लगत्तै भारतको असन्तुष्टि बढेससँगै राष्ट्रियताको पक्षमा नझुक्ने बरु साइकल चढेर हिड्ने बताएका एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नाकाबन्दीको ३ महिनापछि साइकलमा देखिएका छन् ।
वातावरणलाई स्वच्छ राख्न भन्दै विज्ञान मन्त्री विशेन्द्र पासवानले प्रचण्डलाई दिएको साइकलमा उनी साइकलमा देखिएका हुन् । तीन मुख्य दलका शीर्ष नेतालाई मन्त्री पासवानले साइकल बाँडेका छन् ।

प्रदषणरहित वातावरण बनाउने अभियान अन्तर्गत आफै पनि साइकल चढ्दै आएका मन्त्री पासवानले नेपाली कांग्रेस, एमाले र एमाओवादीका अध्यक्षहरुलाई साईकल उपहार दिएका हुन । पासवानले प्रचण्ड निवास लाजिम्पाट नै गएर साइकल प्रदान गरेपछि प्रचण्डले साइकल चढेका थिए ।nepaliheadlines
काठमाडौं, १४ पुस । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाका सहयोगीहरुका कारण केन्द्रीय सदस्यदेखि साधारण कार्यकर्ताले समेत दुःख पाउने गरेको गुनासाहरु झन् बढेर आउने गरेका छन् ।
अविवाहित त्यसमा पनि वृद्ध कोइरालाको निजी सचिवालयले राजनीतिक र प्रशासनिक रुपमा काम गर्न नसक्दा कांग्रेसका नेता तथा कार्यकर्ताले दुःख पाएको गुनासो बढेको हो ।
सभापति कोइराला अहिले कांग्रेसका केन्द्रीय सदस्य एवम् विपी कोइरालाका पुत्र डा.शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्दै आएका छन् । दोस्रो तलामा आफ्नो बासस्थान बनाएका कोइराला कमै मात्र तल्लो तलामा झर्ने गरेको स्रोतको भनाइ छ ।
चिसोका कारण सभापति कोइराला आफू बस्ने कोठा र बैठक कक्षभन्दा बाहिर निस्कदैनन् ।
सभापति कोइरालालाई सहयोग गर्न भतिजा अतुल कोइराला, मृदुला कोइराला, सागर खनाल र मोहन आचार्य (सुरक्षा निकायका इनिस्पेक्टर) महाराजगञ्ज निवासमा सक्रिय छन् । कोइरालाको गृह जिल्ला बाँकेका कांग्रेस नेता हुर्मत न्यौपाने भने आजकाल महाराजगञ्जमा भेटिदैनन् । गलत कार्य गरेको भन्दै न्यौपानेलाई मृदुला र मोहन आचार्यले महाराजगञ्जमा प्रवेश निषेध गरेको स्रोतको भनाइ छ ।
सुशील कोइरालाका सहयोगीमध्ये मृदुला कोइराला अमेरिकाको पिआर लिएकी महिला हुन् । उनको सबै परिवार अमेरिकामा घर बनाएर बस्दै आएको छ । कहिले काठमाडौं त कहीले अमेरिका बस्दै आएकी मृदुलाले नै सभापति कोइरालाको सबै काम हेर्ने गरेको स्रोतको भनाइ छ ।
कोइराला प्रधानमन्त्री भएका बेला ठेकेदारदेखि तस्करसम्मलाई भेट्ने र मोलमोलाइ गरी रकम उठाउने काममा मृदुला र सागर खनाल सक्रिय रहेको आरोप थियो । त्यो कार्यलाई मुदुला र सागरको जोडीले अहिले पनि निरन्तरता दिँदै आएको बछ । मृदुला र सागरको धेरै त्यस्ता घटना बाहिर आएपछि कोइरालाले झपारेको स्रोतले जनाएको छ ।
अतुल कोइराला
अतुल कोइराला
तर मृदुला कोइरालाको गलत कार्य र नेता तथा कार्यकर्तासँग भेट गर्न नदिने कार्यशैलीको जानकारी हुँदाहुँदै पनि सभापति कोइरालाले किन हो मृदुला र सागरलाई सचिवालयबाट निकाल्न सकेका छैनन् रहस्य बनेको छ ।
यतिसम्मकि मृदुलाले आफूलाई मन नपरेका कांग्रेसका केन्द्रीय सदस्यहरुलाई सभापति कोइरालासँग भेट गर्न नदिने गरेको आरोप छ । पार्टी कार्यालय नजाने सभापति कोइरालालाई भेट्न नेता तथा कार्यकर्ता महाराजगञ्ज जाने गरेका छन् । तर मृदुलासहित सागर खनाल र मोहन आचार्य मिलेर सबैलाई भेटघाट गर्नबाट रोक्ने गरेका छन् ।
कांग्रेसको महाधिवेशन नजिकिँदै छ । महाधिवेशनका विषयमा छलफल गर्न आउने जिल्ला सभापतिहरुलाई उनीहरुले रोक्ने गरेको कोइराला निकटका एक केन्द्रीय सदस्यले बताए । युवा नेता समेत रहेका ती केन्द्रीय सदस्यले भने, ‘सुरक्षा निकायको इनिस्पेक्टर, अमेरिकाको पिआर लिएकी महिला, ठेकेदारहरुको दलाललाई सचिवालयमा राखेर सभापति कोइरालाको कहिल्यै उद्धार हुँदैन । यस्तो सचिवालयले राजनीति हुँदैन । कांग्रेसलाई बेफाइदा पुग्छ ।’
मोहन आचार्य (इनिस्पेक्टर)
मोहन आचार्य (इनिस्पेक्टर)
धादिङ माइत भएकी नेविसंघ नेतृ उर्मिला थपलियालाई विहे गरेका मोहन आचार्य कुनै सुरक्षा निकायमा कार्यरत व्यक्ति हुन् । कोइरालाका तत्कालीन सहयोगी लक्ष्मण ढकालको पालादेखि काम गर्दै आएका मोहनले आजकाल महाराजगञ्जमा सबैभन्दा धेरै हालिमुहाली गर्ने गरेका छन् । कोइराला निवासमा उनको गतिविधि अत्यन्तै संकास्पद हुने गरेको एक कांग्रेस नेताले बताए ।
कोइरालाका सहयोगीमध्येका अर्का व्यक्ति जो चर्चित छन् उनी हुन्, सागर खनाल । कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यका आफन्त पर्ने सागर खनाल पैसा उठाउने, ठेक्का पट्टा मिलाइदिनेदेखि सवरुवा बढुवासम्म सक्रिय छन् । उनको काम भनेका सेटिङ मिलाएर पैसा खाने तथा सभापति कोइरालालाई बद्नाम गर्ने रहेको छ । कोइरालाका कुरा नरहरि आचार्यसम्म पुगाउने उनको दैनिकी हो ।
सागर खनाल
सागर खनाल
कोइरालाका सहयोगी एवम् भतिजा अतुल कोइराला राजनीतिक संस्कार नभएको व्यक्तिको आरोप छ । अतुललाई कोइरालालाई भेट्न आउने व्यक्तिलाई नचिन्ने, सहज रुपमा भेट्न नदिने, फोन नउठाउने आदि कार्य गरेको आरोप छ । अतुल नेता तथा कार्यकर्ता र पत्रकारसँग राम्रोसँग घुलमिल गर्न नसकेका कारण कोइरालाका गलत समाचार बाहिरिने गरका छन् ।
आफू बिरामी परेका बेला भाञ्जी बुहारी प्रभाव भण्डारीलाई अमेरिका लगेका सभापति कोइरालाले उनलाई उतै छाडेर आएको रहस्य खुलेको छ । प्रभा भण्डारी अहिलेसम्म नेपाल फिर्ता भएकी छैनिन् । मृदुलासँग झगडा परेपछि कोइरालासँग टाढिएकी प्रभा अमेरिकामा बस्दै आएकी छिन् ।
कोइराला प्रधानमन्त्री बनेका बेला कसले राम्रो स्याहार सुसार गर्ने भन्दै मृदुला र प्रभावबीच झण्डै हातहालाहाल भएको थियो । मृदुलाकै कारण प्रभाले बालुवाटारमा राम्रोसँग काम गर्न सकेकी थिइनन् ।
आफ्ना भाञ्जा रमेश भण्डारीको घरमा बस्ने इच्छा गरेका कोइरालालाई मृदुलाले नै जान नदिइ महाराजगञ्जमा पुगाएको आरोप छ ।
dainiknepal
काठमाडौं – पोखरामा अनिमेष ठाकुरको दुर्घटना कि हत्या भन्ने विवादित विषयमा आइजिपी उपेन्द्रकान्त अर्यालको छोराविरुद्द हत्याको आरोप लगाउँदै गरिबदास ठाकुरले दिएको किटानी जाहेरी प्रहरीले दर्ता गर्न
नमानेको घटनालाई नजिरका रुपमा लिएर महानगरीय प्रहरी अपराध महाशाखा टेकु काठमाडौंका प्रमुख
एसएसपी सर्वेन्द्रनाथ खनालले आफूलाई कृषि विकास बैंक पुतलीसडक शाखाका प्रमुख गेहनाथ पौडेल, तत्कालीन उपप्रमुख तथा हाल केन्द्रीय कार्यालयमा सरुवा भएका थानेश्वर पन्थी, घटनाका सुत्राधार मानिएका बैंकका अधिकृत रमेशकुमार भट्टराई र ड्राइभर भाइचा महर्जनविरुद्द पीडित ऋणी महिला टीकामाया गोलेले दिएको किटानी जाहेरी दर्ता गर्न नमानेपछि हुलाकबाट पठाइएको खुलासा भएको छ । एसएसपी खनालले गोलेले दिएको जाहेरी लिन अलिखित इन्कार गरेपछि हुलाकबाट दर्ता गराएकी थिइन् । आजको आर्थिक दैनिकमा खबर छ । ratopati
१४ पुस, काठमाडौं ।

एक हप्ते चिनियाँ भ्रमण पूरा गरी उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा नेतृत्वको नेपाली प्रतिनिधि मण्डल आज स्वदेश फर्कदैछ । टोली बिहान ११ बजे त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल आइपग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्री थापा नेतृत्वको ९ सदस्यीय प्रतिनिधि मण्डल गत पुष ८ गते चीन गएको थियो ।

तराई मधेसमा जारी आन्दोलन र भारतीय नाकावन्दी पछि उत्पन्न संकट समाधानको विकल्प खोज्न चीन गएको टोलीसँग अहिले नै ठोस सम्झौता नभए पनि महत्वपूर्ण आधार तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमण दुईपक्षिय सम्बन्ध विस्तार र आपूर्ति सहज बनाउने विषयमा महत्वपूर्ण भएको मन्त्रालयको भनाई छ ।
मन्त्रालयका प्रवक्ता तारा प्रसाद पोख्रेलले चीनसँग अनुदान सहयोग, व्यापार पारवाहन सन्धी, द्धिपक्षी लगानी प्रवद्र्धन तथा सुरक्षा सम्झौता विप्पा लगायत विषयमा महत्वपूर्ण छलफल भएको र भविष्यमा सम्झौताका लागि बलियो आधार तयार भएको बताए । अहिलेको छलफलका आधारमा पछि प्रधानमन्त्री स्तरिय भ्रमणमा सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली आगामी बैशाख अघि नै चीन जाने तयारीमा छन । भ्रमणको क्रममा ९ सय मिलियन चिनियाँ युआन अनुदान सहयोग सम्झौतामा हस्ताक्षर भएको थियो । मन्त्री थापा नेतृत्वको टोलीले चिनियाँ उपराष्ट्रपति, विदेशमन्त्री तथा उच्च राजनीतिक तहमा भेटवार्ता गरेको थियो ।nepaliheadlines
काठमाडौं, १४ पुस । संविधान संशोधनको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु भएको व्यवस्थापिका संसदको बैठक आज पनि बस्ने भएको छ ।
दिउँसो एक बजे नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनको विधेयकमाथिको जारी सैद्धान्तिक छलफल यथावत रहने स्रोतले जनाएको छ ।
संशोधन प्रस्तावमा सोमबार एमाले र एमाओवादीका एक एक जना सांसदले सैद्धान्तिक छलफलमा भाग लिएका थिए । आजको बैठकमा कांग्रेससहितका दलहरुले भाग लिने छन् ।
उता, संविधान संशोधनमा असहमति जनाउँदै आएको मधेसी मोर्चाले आज पनि सदनमा अबरोध गर्नेछ । अबरोधका बीच सोमबार सदन चलेको थियो ।
नारावाजी र सदन घेरा उर्दै आएको मधेसी मोर्चाको प्रदर्शनको बेवास्ता गर्दै सभामुख ओनसरी घर्तीले सदन चलाउने गर्नुभएको छ ।
dainiknepal
काठमाडौं, १४ पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलोपटक प्रवेश पाएको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागु हुनेगरी नाकाबन्दी खोल्नेबारे मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो ।
असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरुप बदल्ने बेला आएको विचार राखेका थिए ।
ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दी खुलाउनेबारे छलफल चलिरहेको घुमाउरो पारामा स्वीकारे । सोमबार बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आयोजित पार्टीको वार्षिकोत्सव कार्यक्रमपछि कुरा गर्दै ठाकुरले पुस मसान्तसम्म नाकाबन्दी जारी राख्ने, त्यसपछि खुलाउन सकिनेबारे छलफल भइरहेको बताएका हुन् ।
‘छलफल भइरहेको छ, तर मेरै मुखबाट किन अहिले नै वाचा गराउनुहुन्छ,’ ठाकुरले संकेत गरे, ‘हामी मोर्चाको जिल्ला तहसँग समन्वय गरिरहेका छौं । आन्दोलनको स्वरुपबारे छिट्टै निर्णय हुन्छ ।’
मोर्चा स्रोतका अनुसार सुनसरीदेखि सर्लाहीसम्मका किसानहरुले उखु काटेर मिलमा पुर्‍याउन नाकाबन्दीका कारण कठिन भइरहेको गुनासो गरिरहेको छिट्टै निर्णय लिइनेछ ।
dainiknepal
१४ पुस, काठमाडौं ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठकमा नाकाबन्दी खोल्ने प्रस्तावले पहिलोपटक प्रवेश पाएको छ । सिंहदरबारमा आइतबार बसेको बैठकमा पुस मसान्तदेखि लागु हुनेगरी नाकाबन्दी खोल्नेबारे मोर्चा आबद्ध चार दलबीच छलफल भएको हो ।
असोज ३ मा संविधान जारी भएको तेस्रो दिनदेखि मोर्चाले घोषणा गरेको नाका धर्नाका कारण जनजीवन अस्तव्यस्त हुँदै गएको र मधेसमै आन्दोलनकारीको उपस्थिति घट्न थालेको भन्दै चार दलका नेताले संघर्षको स्वरुप बदल्ने बेला आएको विचार राखेका थिए ।
ठूला तीन दलका तर्फबाट सरकारले संविधान संशोधन प्रस्ताव अगाडि बढाएको पृष्ठभूमिमा उही शैलीको नाकाबन्दीलाई निरन्तरता दिइरहे सर्वसाधारणमा असन्तुष्टि बढ्न सक्नेबारे पनि बैठकमा छलफल भएको स्रोतले बतायो ।
तराई मधेस लोकतान्त्रिक पार्टी अध्यक्ष महन्थ ठाकुरले नाकाबन्दी खुलाउनेबारे छलफल चलिरहेको घुमाउरो पारामा स्वीकारे । सोमबार बिजुलीबजारस्थित तमलोपा कार्यालयमा आयोजित पार्टीको वार्षिकोत्सव कार्यक्रमपछि कुरा गर्दै ठाकुरले पुस मसान्तसम्म नाकाबन्दी जारी राख्ने, त्यसपछि  खुलाउन सकिनेबारे छलफल भइरहेको बताएका हुन् ।
‘छलफल भइरहेको छ, तर मेरै मुखबाट किन अहिले नै वाचा गराउनुहुन्छ,’ ठाकुरले संकेत गरे, ‘हामी मोर्चाको जिल्ला तहसँग समन्वय गरिरहेका छौं । आन्दोलनको स्वरुपबारे छिट्टै निर्णय हुन्छ ।’
मोर्चा स्रोतका अनुसार सुनसरीदेखि सर्लाहीसम्मका किसानहरुले उखु काटेर मिलमा पुर्‍याउन नाकाबन्दीका कारण कठिन भइरहेको गुनासो गरिरहेको छिट्टै निर्णय लिइनेछ । कान्तिपुर दैनिकमा समाचार छ ।nepaliheadlines.
मंगलबार, १४ पुष
विदेशी शक्ति संग लेनदेनको समेत आरोप
डा वावुराम भट्टराईले प्रचण्डमाथि निम्न गम्भीर आरोप सार्वजनिक गरेका छन् । आफ्नो फेसवुक मार्फत वावुरामले यी गम्भीर आरोपहरु पुष १४ को मितिमा सार्वजनिक गरेका हुन् । आरोपहरु यस्ता छन् ।
सुनियोजित दुष्प्रचारको प्रतिवाद
हामीले नयाँ शक्ति निर्माण अभियानको क्रममा अरुवारे नकारात्मक टीकाटिप्पणी गरेर समय खर्चनु सट्टा आफ्ना सकारात्मक सोच, योजना र कार्यक्रम जनसमक्ष सम्प्रेषण गर्न जोड दिने संकल्प गरेकाछौं र त्यसमा हामी दृढ रहन चाहन्छौं।
तर केही मान्छेहरूले र खाशगरी हिजो संगै काम गरेका एकजना स्थापित नेताले निरन्तर रूपमा हाम्रा विरुद्ध गोप्य र खुला दुष्प्रचार र चरित्रहत्या अभियान चलाइरहेका छन्।
हिट्लरको प्रचारमन्त्री ग्वेवल्सले  झुटो कुरा सय चोटि दोहोर्याए पछि साँचो लाग्न थाल्छ भने झैं र संस्कृत नीतिशास्त्रमा  मौनम् सम्मति लक्षणम्  भने झैं चूप लागेर बस्दा आम जनसमुदायमा भ्रम पर्ने खतरा हुन्छ। त्यसैले कसैमाथि नाजायज आक्रमण गर्न हैन आफ्नो जायज प्रतिरक्षा गर्न हामीले अहिले केही बोल्नै पर्ने भएको छ।
बाहिर माओवाद को नाउँ जमेर भित्र  खाओवाद को भद्दा अभ्यास गर्दै नेपाली कम्युनिष्ट आन्दोलनलाई पतनको दिशामा डोर्याउन अग्रणी भूमिका खेल्ने ती महानुभावलाई हाम्रा केही प्रतिप्रश्न छन्
१) २६ बर्षदेखि लगातार पार्टी प्रमुख भएर अहिले पार्टी र आन्दोलनलाई यो दुरावस्थामा पुर्याउनमा मुख्य भूमिका तपाईंको हुन्छ कि सहायक स्थानमा रहेका वैद्य र बाबुरामको हुन्छ ?
२) द्वन्दात्मक भैतिकवाद अनुसार कुनै वस्तुरघटनारव्यक्तिको विकास र विनासको मुख्य कारण आन्तरिक हुन्छ, वाह्य पक्ष सहायक मात्रै हुन्छ भन्ने कुरालाई तपाईं मान्नुहुन्छ कि हुन्न ? यदि मान्नुहुन्छ भने तपाईंलाई मन नपर्ने सबै कुरा  वाह्य शक्ति कै कारणले हो भन्ने दुराशयपूर्ण रटान वारम्वार किन लगाउनुहुन्छ ? त्यो कुन सिद्धान्त र मान्यताभित्र पर्छ ?
३) हालैको  कान्तिपुर को अन्तर्वार्तामा  थिंग्स आर् नट ह्वाट दे सिम  भन्दै नयाँ शक्ति अभियन्ताहरुलाई  वाह्य शक्ति  संग जोडेर हिलो छ्याप्ने दुस्साहस गर्नु भन्दा पहिले तपाईंले आफ्ना विदेशी प्रभुु हरुसंगको सम्बन्धलाई खुला र पारदर्शी बनाउने आँट गर्नु पर्दैनथ्यो ?
तपाईंका पटकपटकका सिंगापुर, बैंकक, लण्डन भ्रमणहरू केकानिम्ति थिए र को कोसंग के के भएको थियो भन्ने जानकारी तपाईं जस्तो देशभक्तले सोझा नेपाली जनतालाई गराउनु पर्दैन ? समकालीन नेपालका कुनै पनि पार्टीका शीर्ष नेताहरूमध्ये विदेशी दूत र एजेन्सीहरूसंग सबभन्दा बढी उठवस र लेनदेन गर्ने व्यक्ति तपाईं नै हो भन्ने कुरालाई अरुसंग आँखा जुधाएर खण्डन गर्न सक्नुहुन्छ ?
संविधान जारी गर्ने पूर्वसन्ध्यामा आफैले विन्तिपत्र हालेर दिल्ली भ्रमण गर्नुको रहस्य के थियो र कुरो कहाँ रड्केर देश र जनताले यो कष्ट व्यहोर्नु परिरहेको हो भन्ने प्रश्नको चित्त बुझ्दो जवाफ नदिई कुरो चपाएर उम्कन पाइन्छ ?
४) गत भदौमा २ दिन पर्खेर आन्दोलनकारीहरूको चित्त बुझाएर संविधान जारी गरेको भए कुन आकाश खस्थ्यो वा कुन विदेशीले के वहानामा नाकावन्दी गर्न सक्थ्यो ? आफ्नो स्वार्थमा धक्का लागे विदेशीको हौवा खडा गर्ने तर आफ्नो स्वार्थ सिद्धि गर्न चाहिं विदेशी सामु लम्पसार पर्ने यो कस्तो राष्ट्रवाद होरुअहिले पनि तपाइँ पुनः प्रधानमन्त्री बन्न शक्तिकेन्द्र गुहार्दै हुनुहुन्छ र ओली सरकारबाट दूध आउन्जेल चुस्ने र आउन छोडेपछि छाड्ने दाउमा हुनुहुन्छ भन्ने कसैलाई थाहा छैन भन्ने ठान्नुहुन्छ ?
५) लिनप्याओवादी र  आलोकप्रवृत्ति को सधैं पार्टीभित्र शिकार हुँदै आएको व्यक्तिलाई अहिले तपाईंले उल्टै लिनप्याओवादी भन्ने धृष्ठता गर्नु कागले आफ्नो नाम आफै काड्छु भनेजस्तो भएन र ? आखिर आलोकप्रवृत्तिको पुनरावृत्ति तपाईंकै वैठक कोठा भित्रबाट मात्रै पटक पटक भैरहनुलाई संसारले कसरी बुझ्ने होला ?
६) अहिले संविधान बनेको जश बोकेर सत्ताको भर्यांग चढ्ने दाउमा तपाईं हुनुहुन्छ भन्ने कसलाई थाहा छैन र ? तर त्यसक्रममा संविधानसभा र संविधानका वास्तविक अभियन्तालाई संविधानविरोधी भनेर मिथ्या प्रचार गर्नुभन्दा पहिले २०६७ सालको चर्चित पालुंगटार बैठकमा विद्रोहको लाइन लिने वैद्यसंग  एकता प्रधान र शान्ति तथा संविधानको लाइन लिने बाबुरामसंग  संघर्ष प्रधान भन्नु तपाईंको गल्ती रहेछ भनेर स्वीकार गर्नु पर्छ कि पर्दैन?
अन्यथा जता काफल पाक्यो उतै चरी नाच्यो भन्ने उखान तपाईंमा किन लागू नहुने ?
७) त्यत्रो त्याग र वलिदानको जगमा निर्मित माओवादी आन्दोलन पछिल्लो चरणमा तपाईंकै नेतृत्वमा चरम सत्तालिप्सा र भ्रष्टाचारको दलदलमा निस्कनै नसक्ने गरी फसेको यथार्थ हो कि हैन ? हैन भने अझै पनि बोगटी आयोग र शेरचन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने आँट छ ?
तपाईं प्र म बन्नकोनिम्ति सांसद खरिद गर्न विदेशीसंग पचासौं करोड मागेको टेप सार्वजनिक भएको कुराको अहिलेसम्म किन कुनै चित्तबुझ्दो खण्डन भएको छैन ? चर्चामा आएका दूर संचार घोटाला, लडाकु शिविर घोटाला आदि कैयन् भ्रष्टाचार प्रकरणवारे आम कार्यकर्ता र जनतालाई सुसूचित हुने अधिकार छ कि छैन ? कि माओवादको रामनामी जपे पछि सबै खत माफ हुन्छ ?
८)विचार प्रवृत्तिगत प्रेम सत्ताका खेलाडी के पी ओलीसंग तर पुराना कार्यकर्ता भुलाउन विवाह को प्रस्ताव चाहिं विचरा वैद्यसंग गर्ने प्रबृतिलाइ के भन्ने होला ? मार्क्सवाद लेनिनवाद माओवादको खोल ओढेर पुरानै सत्ता, शक्ति र सम्पत्तिको घिनलाग्दो खेल खेल्ने यो प्रवृत्तिलाई  जडसूत्रिय अवसरवाद   नभने के भन्ने ? वर्तमान नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति यही हो कि ?
९) त्यसैले तपाईं आफु शिशाको घरमा बसेर अरुको परालको झोपडीमा ढुंगा नहान्नु नै वेश हुन्छ कि ?  नयाँ शक्ति अभियान यो फोहरको दलदलमा फसेको समकालीन राजनीति भन्दा माथि उठेर नयाँ उन्नत सोच र जनमुखी तथा पारदर्शी आचरण सहितको वैकल्पिक राजनीतिक धार सिर्जना गर्ने सचेतन पहल हो भनेर बुझ्नुपर्ला कि ?
२०७२-९-१४
nepalsandesh
काठमाडौं: आफूलाई दिएको आश्वासन अनुसार नाकावन्दी नखुलेकामा आक्रोशित देखिएका प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग सामूहिक रुपमा सम्वाद गर्न प्रमुख प्रतिपक्षी दल काँग्रेस र सत्ता साझेदार दल एमाओवादीलाई आग्रह गरेका छन।

भारतले असहयोग गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काँग्रेस,एमाले र एमाओवादीका शिर्ष नेताहरुको सोमबार बालुवाटारमा बसेको बैठकमा भारतसँग सामूहिक रुपमा सम्वाद गर्नुपर्ने आवश्यकतामा जोड दिएका हुन। भारतीय राजदूत रणजीत रेले आफूसँग भेटवार्ता गरेको भोलिपल्ट प्रधानमन्त्री ओलीले सत्ता साझेदार र विपक्षीसँग त्यस्तो आग्रह गरेका हुन।


'भारतले साह्रै दुख दियो। अब हामीले एउटा टीम बनाएर सामूहिक रुपमा कुराकानी गर्नु पर्यो। यसबारेमा आजै निर्णय गरौ,' ओलीको भनाई उघृत गर्दै एक सहभागी नेताले अन्नपूर्णसँग भने।

बैठकमा सहभागी अर्का नेताका अनुसार भारतबाट पाएको आश्वासन अनुसार काम नभएको प्रधानमन्त्रीको भनाईबाट बुझिन्थ्यो। काँग्रेसका नेताहरुले सामूहिक रुपमा भारतसँग सम्वाद गर्न आफूहरुले पार्टी भित्र छलफल गर्नु पर्ने बताएपछि सामूहिक संवाददबारे निर्णय भने हुन सकेन।

बैठकमा काँग्रेस सभापति सुशील कोइराला,उपसभापति प्रकाशमान सिंह,नेताहरु डा रामशरण महत र डा मिनेन्द्र रिजाल सहभागी थिए। उपप्रधानमन्त्री कमल थापाले दुई पटक गरेको भारत भ्रमण र भारतीय नेताहरुसँग भएको कुराकानीका आधारमा प्रधानमन्त्री ओलीले भारतीय नाकावन्दी चाडै खुल्ने बताउँदै आएका थिए।

नेपाल सरकारले निर्वाचन क्षेत्र निर्धारण,समानुपातिक र समावेशी प्रतिनिधित्व जस्ता बिषयलाई समेटेर संविधान संशोधन बिधेयक अगाडि बढाउने र भारतले नाकावन्दी खोल्नेबारे प्रधानमन्त्री ओलीले आफू निकटका नेताहरुलाई उल्लेख गर्दै आएका थिए।
'भारतले साह्रै दुख दियो। अब हामीले एउटा टीम बनाएर सामूहिक रुपमा कुराकानी गर्नु पर्यो। यसबारेमा आजै निर्णय गरौ।'
बैठकमा सहभागी अर्का एक नेताका अनुसार भारतीय नेताहरुसँग भएको समझदारी अनुसार अगाडि बढन खोज्दा पनि नाकावन्दी नखुलेको भन्दै प्रधानमन्त्री ओली असन्तुष्ट देखिएका थिए। प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार बिष्णु रिमालले भने प्रधानमन्त्री ओलीले तीन दलको बैठकमा त्यस्तो आग्रह नगरेको बताए।

'प्रधानमन्त्रीले त्यस्तो धारणा व्यक्त गर्नु भएको होइन,बरु मधेशी मोर्चाका नेताहरुसँग पनि छलफल गरेर साझा धारणा बनाएर राष्ट्रिय एकता कायम गरी अगाडि बढने समझदारी भएको हो' रिमालले अन्नपूर्णसँग भने।

रिमालका अनुसार मधेशी मोर्चाले उठाएको प्रदेशको सिमाङकनको विषय आयोग वा समिति बनाएर टुंगो लगाउने समझदारी भएको छ। 'मोर्चाले उठाएका दुई वटा मुद्दालाई हामीले संविधान संशोधनमा समेटिसकेका छौ'रिमालले अन्नपूर्णसँग भने।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने र समानुपातिक,समावेशी प्रतिनिधित्व सुनिश्चित गराउने बिषयलाई संविधान संशोधनको प्रस्तावमा समेटिएको छ। उनका अनुसार बैठकमा एमाओवादी अध्यक्ष दाहाल र काँग्रेस सभापति सुशील कोइरालाले मोर्चासँग भएका छलफलको ब्रिफिङ गरेका थिए।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेशी मोर्चाका नेताहरुसँग अनौपचारिक छलफल गरेपछि प्रधानमन्त्री ओलीले चार पक्षको बैठक बोलाउने र त्यहि बैठकमा संविधान संशोधनका बारेमा गृहकार्य गरी प्रक्रिया अगाडि बढाउने समझदारी भएको छ।

'त्यो बैठकमा पनि मधेशी मोर्चा समझदारीमा नआएमा उनीहरुलाई छोडेरै भएपनि संविधान संशोधन गरिनेछ,' प्रधानमन्त्री ओली निकट एक नेताले अन्नपूर्णसँग भने, 'त्यति गरेपछि विरगञ्ज नाका खुल्छ । मधेशी मोर्चाको आन्दोलनको स्वरुप बदलिन्छ।'
annapurnapost

वि.सं. २०७२ साल पुस १४ गते। मंगलबार। इश्वी सन् २०१५ डिसेम्बर २९ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– चतुर्थी, १६:३२ बजेउप्रान्त पञ्चमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावले शंका उब्जाउन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। अपराह्नदेखि स्थितिमा सुधार आउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। मेहनत र बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। अपराह्नदेखि समयको मागअनुसार चल्न नसक्ता पछि परिएला। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ समेत टाढिन सक्छन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ दिलाउनेछ। केही चुनौती देखिए पनि अपराह्नदेखि स्थितिमा सुधार आउनेछ। नयाँ काम सुरुआत गर्ने अवसर पनि प्राप्त हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पारिवारिक जमघटमा मन रमाउनेछ। तर, भेटघाटको अलमलले नोक्सान पुर्याउन सक्छ। नयाँ कामको प्रस्ताव आए पनि हिम्मत गर्न नसक्दा केही पछि परिनेछ। स्वादिष्ट भोजन वा मनोरञ्जनमा अलमलिँदा विशेष मौका गुम्न सक्छ। टाढिएका आफन्तको सम्झनाले पिरोल्नेछ। अपराह्नपछि आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्ने र फाइदा कममात्र हुने समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट थोरै लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। पुरस्कारका नाउँमा ठगीमा परिने सम्भावना छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। अपराह्नदेखि खर्च बढ्नाले अभावको अनुभूति हुनेछ। यसले आँटेका काममा बाधा हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त लाभ मिल्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
अरूका लागि बुद्धि र श्रम खर्चनुपरे पनि समुदायको हित हुने काम गर्न सकिनेछ। सामाजिक जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुन सक्छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। अपराह्नदेखि प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढे पनि बिस्तारै लाभ उठाउन सकिनेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। मेहनत गर्दा विभिन्न अवसर पनि हात पार्न सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। अपराह्नदेखि स्वास्थ्यमा कमजोरी देखापर्नेछ। काम बिग्रने भयले सताए पनि लाभमा कमी आउने छैन। धैर्य गर्नुहोला, सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। अपराह्नदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। पारिवारिक विवादले मन खिन्न बनाए पनि प्रेम र मित्रताको बन्धन कसिलो हुने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अपराह्नपछि आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

काठमाडौं, १३ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस समस्या टुङगिने बिन्दुमा पुग्नै लागेको खुलासा गरेका छन् ।
मुलुकको विद्यमान समस्या समाधानमा ध्यानार्कषण गराउन रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले बुझाएको ज्ञापनपत्र बुझ्दैन उनले भने- ‘छिट्टै परिस्थितिमा सुधार आउँछ । हामीले सघन ढंगले छलफल र संबाद गरिरहेका छौ । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा छलफल अझै तिब्रताका साथ अघि बढछ । आन्दोलनरत पक्षले कुरा बुझ्दै गईरहेका छन् । अब सानो तहले बुझेको छैन त्यसलाई पनि हामी बुझाउन लागेका छौ । छिट्टै अहिले देखिएको मधेसको समस्या समाधान हुन्छ । सबै नभए पनि समस्याको मात्रा काम चलाउ भएर रहन्छ ।’
प्रधानमन्त्री ओलीले संबादबाटै समस्याको समाधान गर्ने प्रतिबद्धता ब्यक्त गर्दै जिम्मेवार भएर आउन आन्दोलनरत दलहरुलाई पुन आब्हान गरे । प्रधानमन्त्री ओलीले संविधानमा नै संविधान संसोधन गर्न सकिने ब्यवस्था रहेको उल्लेख गर्दै भने– ‘आवश्यकता अनुसार प्रदेशको संख्या, नाम परिवर्तन हुन्छ । हाम्रोमा पनि हुन सक्छ ।’
प्रधानमन्त्री ओलीले आफू सानो छरितो १५ देखि १७ जनाको मन्त्री परिषद निर्माणको सोचमा रहे पनि आफू ताक्छु मुडो, बञ्चारो ताक्छ घुँडो भने जस्तो परिस्थिति बनेको भन्दै धेरै पार्टीको सरकार भएकोले अलिकति फरक परेको बताए ।
उनले भने– ‘दुई तीन पार्टीको सरकार भएको भए यस्तो हुँदैन थियो । राष्ट्रिय सहमतिको सरकार गठन गरेर विकास गरौ भन्ने उद्देश्यलाई जसले साथ दिएन त्यसलेनै यो नयाँ परिस्थिति बनाएको हो । मुख्य सत्ता साझेदार दलकै कारण मन्त्रीमण्डल ठूलो बनाउनु परेको हो । विगतमा संविधानसभा खेर गयो । सभासद नै मन्त्री बन्ने भएकोले बढी बनाउँदैमा तनखामा फरक पर्दैन । थोत्रा क्याल्कुलेरबाट साथीहरु अहिले हिसाव गरिरहनु भएको छ । केही मिलाउनु परेको छ, अहिलेको परिस्थितिलाई ध्यानमा राखेर ।’
उनले २०७२ साल भित्रमै आफूले छिमेकी भारत र चीनको भ्रमण गर्ने योजना सुनाउँदै चीन र भारत मध्ये अनुकुल र स्वभाविक हुने मुलकको पहिलो भ्रमण गर्ने बताए ।
प्रधानमन्त्रीले भने–‘भारत र चीन जहाँ गएपनि हुन्छ । कहाँ पहिला र पछि भन्ने नियम छैन । जहाँ अनुकुल र स्वभाविक हुन्छ । त्यहाँ जाने हो । हाम्रो सत्रु कोही छैनन । छिमेकीसँगको मित्रताबाहेक हामी अरु सोच्दैनौ । कसैका विरुद्ध कसैलाई प्रयोग गर्ने कुरा सोच्दैनौ ।’
उनले थपे– ‘हाम्रो धेरै ठूलो कारोवार भारतसँग छ । त्यसैले भारत नेपालको सम्बन्धको गहिराई पनि त्यस्तै छ । चीनसँग पनि राम्रो सम्बन्ध छ । पारस्परिक लाभ र सम्बन्धको आधारमा अघि बढाउन चाहन्छौ । हाम्रो भूमि कसैको विरुद्ध प्रयोग गर्न दिदैनौ । एकको विरुद्ध अर्को प्रयोग गर्दैनौ । यस विषयलाई उचालेर बातावरण विगार्नु हुँदैन ।’
dainiknepal
म्याग्दी, १३ पुस । उपप्रधान मन्त्री केसीले अहिले मन्त्रिपरिषद् जम्बो बनाउनु सरकारको बाध्यता भएको बताउनुभएको छ ।
नयाँ संविधानको प्रचार अभियानअन्तर्गत जिल्ला विकास समिति पर्वतले आज सदरमुकाम कुश्माबजारमा आयोजना गरेको कार्यक्रममा सङ्क्रमणकालीन अवस्थामा सबै पक्ष र सबै दललाई समेटेर लैजानका लागि मन्त्रिपरिषद् ठूलो भएको बताउनुभयो ।
नेपाली काँग्रेस सरकारमा सहभागी नहुँदाको उपज मन्त्रिपरिषद् ठूलो बनेको बताउँदै केसीले जम्बो टोली भए पनि जनताको पक्षमा देखिने गरी काम गर्ने दाबी गर्नुभएको छ ।
मन्त्री केसीले मन्त्रिपरिषद् ठूलो भयो भनेर चौतर्फी आलोचना आउनु स्वाभाविक भएको पनि बताउनुभयो ।
“प्रमुख तीन दल मिलेर नै सरकार बनाउनुस् भन्यौँ, तर उहाँहरु मान्नुभएन र हामी फालिएको खान पुग्यौँ” केसीले भन्नुभयो– “मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण भएको महँगी, कालोबजारी नियन्त्रण गर्न नसक्नुले पछुताउनुपरेको छ ।”
उहाँले आफू राजधानी छाडेपछि प्रधानमन्त्रीले बिना छलफल मन्त्रिपरिषद् विस्तार गरेको बताउनुभयो । उहाँले जनप्रतिनिधिबाट प्राप्त गरेको नयाँ संविधानका कारण जनताले नाकाबन्दीको सजाय पाएको भन्दै सरकारको मुख्य काम नै अहिले कालोबजारी र महँगी नियन्त्रण गर्ने भएको बताउनुभयो । मन्त्री केसीले राष्ट्रियतालाई छाडेर विदेशीले भनेअनुसार सम्झौता गर्नै नहुने धारणा राख्नुभयो । “बाह्य शक्तिले भनेको मान्दै जाने हो भने कालान्तरमा नेपाल सिक्किम बन्न सक्छ” केसीले भन्नुभयो ।
उहाँले आफूले सत्य कुरा बोल्दा मन्त्री पद धरापमा पर्ने चेतावनी आएको पनि खुलासा गर्नुभयो । “राष्ट्रियताभन्दा ठूलो मन्त्री पद होइन, सत्य कुरा बोल्दा मन्त्री पद जान्छ भने मन्त्री छाड्न आफू तयार छु” केसीले भन्नुभयो ।
कार्यक्रममा सांसद विकास लम्साल, कल्पना चापागाईं, काँग्रेस पर्वतका सभापति लालकाजी गुरुङ, एमाले पर्वतका अध्यक्ष पदम गिरीलगायतले संविधान सबैका लागि उत्कृष्ट रहेपनि बुझाउन नसक्दा समस्या भएको धारणा राख्नुभएको थियो ।
dainiknepal

झलारी (कञ्चनपुर), १३ पुस । युवा संघ नेपालले सुरु गरेको तराई मधेश जागरण सद्भाव अभियानको सोमबार झलारीमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मधेशकेन्द्रित दलका नेताहरु भारतबाट परिचालित भएको आरोप लगाउनुभएको छ ।
‘न्याय प्रेमी युवाहरु युव संघमा, समाजिक परिवर्तन युवाको काधँमा’ भन्ने मुल नारा बोेकेर तराईका २२ जिल्लाहरुमा युवा संघले गरेको जागरण अभियानमा ‘हिमाल पहाड तराई कोही छैन पराई’ भन्ने जस्ता नाराहरुका साथ विभिन्न स्थानमा जागरण तथा सदभाव सभाहरुको आयोजना भैरहेको युवा संघ नेपालले बताएको छ ।


झलारीपिपलाडी नगरपालिकाको झलारी खुल्ला मञ्चमा भएको कार्यक्रममा प्रमुख अतिथि रहेका युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले मधेशकेन्द्रित केही नेताहरुले देश विखण्डन गर्न खोजेकाले तिनलाई सरकारलाई आजिवन कारावासको सजाय गर्न माग गर्दै सरकारले कारबाही नगरे युवा संघले कारबाही गर्ने चेतावनी दिनुभयो ।
‘जाती, धर्म र सम्प्रदायको आधारमा देश विखण्डन कुनै हालतमा हुन दिने छैनौ, यदि त्यसो हुन लागे युवा संघका युवाहरु रगतको खोलो बगाएर शहिद हुन तयार छन,’ अध्यक्ष पहाडीले भन्नुभयो । मधेस केन्द्रित दलका नेताहरुले देशलाई सिक्कीमिकरण र फिजिकरण गर्न लागेको उहाँको आरोप छ ।

अधिकाशं भारत र मधेसी दलका नेताहरुको आलोचना गर्नुभएका अध्यक्ष पहाडीले वर्तमान संविधान सबै पक्षको मैत्रि संविधान भएको दाबी गर्नुभयो । उहाँले तराई मधेसमा बस्नेहरु संग दोहरो नागरिता भएको र त्यसको छानविन गर्न सरकारसंग माग गर्नुभयो ।
खास गरि तराईका ९ जिल्लामा चलिरहेको मधेसीहरुको आन्दोलनपछि युवा संघले सर्लाहीको हरिवनबाट जागरण तथा सदभाव अभियानको सुरुवात गरेको थियो । झलारीमा भएको सदभाव अभियान कार्यक्रममा एमालेका महाकाली ईन्चार्ज रामकुमार ज्ञवालीले नेपाली कांग्रेसको सरकारकै पालामा मधेसमा आन्दोलन भएको बताउदै आन्दोलनको दोषी कांग्रेस भएको आरोप लगाउनुभयो ।

कार्यक्रममा युवा संघका केन्द्रिय कमिटिका सचिव अशोक चन्दले सरकारले पुरा गर्न सक्ने मागहरु पुरा गर्न तयार रहेकाले आफ्ना समस्या भन्न आग्रह गर्नुभयो । कार्यक्रममा केन्द्रिय लेखा समितिका सदस्य ईश्वरी प्रसाद खरेलले युवा संघले संविधानका विषयमा जागरण अभियान गरेकोप्रति सराहना गर्नुभयो । युवा अभियानले संविधानका विषयमा जनतालाई जागरुक बनाउको अर्का सचिव माधव बास्तोलाले बताउनुभयो ।

युवा संघको अभियानमा बोल्दै केन्द्रिय सचिव बचन बहादुर सिंहले मधेसीहरुले गरेको आन्दोलन मधेस विरोधी भएको बताउनुभयो । उहाँले ‘मधेसमा भैरहेको आन्दोलन मधेसी नेताहरुमात्रै नभएर त्यस क्षेत्रका जनताहरुका लागि पनि घातक भएको छ भन्नुभयो । सचिव सिंहले ‘नेपाली कांग्रेसले विभिन्न समयमा राष्ट्रघाती सन्धी र सम्झैता गरेको छ । अहिले पनि नागरिकताका विषयमा कांग्रेसले लचिलो हुनुपर्ने कुरा ल्याएको छ । यो उसका लागी घातक विषय बन्ने छ ।’ भन्नुभयो ।

विशेष गरि तराईका ९ जिल्लामा युवा संघले चलाएको जागरण अभियानमा एमालेका कार्यकर्ताहरुको ठूलो संख्यामा सहभागिता रहेको छ । युवा संघका स्थाई कमिटी सदस्य प्रभात विक्रम कटुवालले अब मधेशको समस्या चाडै समाधान हुनेमा विश्वस्त रहन आग्रह गर्नुभयो । झलारीको खुल्ला मञ्चमा भएको कार्यक्रममा एमालेका स्थानीय नेता मायाराम चौधरीले पश्चिममा थारु समुदायका केही नेताहरुले थरुहटका नाममा गरेको आन्दोलनको कुनै औचित्य नभएको बताउनुभयो । उहाँले ‘थरुहटको आन्दोलन गलत हो, हामी एक मधेस एक प्रदेश मान्न तयार छौनौ, यस क्षेत्रमा थारुलाई पछाडी पार्न आन्दोलन भएको हो,’ भन्नुभयो ।

कार्यक्रमलाई सभासद कृपाराम रानाले सम्बोधन गर्दै वर्तमान संविधान गणतन्त्र, समावेशी, संघियता सहितको भएकोले जारी भएको संविधान उत्कृष्ट रहेको बताउनुभयो । उहाँले संविधानमा सबै क्षेत्रका हक अधिकार समेटिएको बताउदै कुनै हक अधिकार नसमेटिएका भए अझै पनि संविधानमा समेटन सकिने बताउनुभयो ।
युवा संघ नेपाल कञ्चनपुरका जिल्ला अध्यक्ष जनक शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न जातजातीको झाँकी तथा नृत्य राखिएको थियो । कार्यक्रममा नन्दकुमार रानाले अतिथिहरुको स्वागत गर्नुभएको थियो । कार्यक्रममा एमालेका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १३ पुस । बिराटनगर–जोगवनी नाकाबाट सोमबार अपरान्हसम्म ७४ ट्यांकर इन्धन नेपाल भित्रिएको छ ।
रानी भन्सार नाकाबाट सोमबार बेलुकी ५ बजेसम्म ६६ ट्यांकर डिजेल र ८ ट्यांकर पेट्रोलका गाडी नेपाल आएका हुन् । शनिबार धर्नामा बसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कुटिएपछि उक्त नाकाबाट धमाधम तेल आउन थालेको हो ।

विराटनगरस्थित रानी भन्सार कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेतले आइतबार र सोमबार गरी भारतबाट ७४ वटा ट्यांकर नेपाल आएको बताउनुभयो । उहाँका अनुसार अझै इन्धन ट्यांकर नेपाल आउने क्रम जारी छ । नाकाबन्दीपछि असहज भएको बिराटनगर नाका पछिल्ला दिनमा सहज बन्दै गएको छ ।
गएको शनिबार यो नाकामा मधेसी मोर्चा र प्रहरीबीच झडप हुँदा महतो घाइते भएका थिए । महतो घाइते भएपछि नाकामा कुनै अवरोध छैन् ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
पुस १३, २०७२- गृहमन्त्री शक्ति बस्नेतले मधेसी मोर्चाका नेता राजेन्द्र महतो विराटनगर नाकाका प्रदर्शनका क्रममा शनिबार प्रहरीको कुटाइबाट घाइते नभएको दाबी गरेका छन् ।

बस्नेतले महतोसहितका नेताहरू जोगवनीबाट नाराबाजी गर्दै विराटनगरको रानी भन्सार नाकामा आएको र प्रहरीले पटक-पटक चेतावनी दिंदा पनि नहटेको दाबीसमेत गरेका छन् । राष्ट्रिय मानवअ अधिकार आयोगमा सोमबार आयोगका पदाधिकारीसमक्ष गृहमन्त्री बस्नेतले प्रदर्शनका क्रममा केही आन्दोलनकारी भारततर्फ गएर नेपाली सुरक्षाकर्मीलाई ढुंगा हानेको र त्यस क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठीचार्ज गरेको दाबी गरे ।

'कतिपय आन्दोलनकारी नेपालतर्फ थिए भने कतिपय जोगवनीतर्फ गएर नेपालतर्फ ढुंगा हानेका थिए' बस्नेतको भनाइ उद्धृत गर्दै आयोगका एक अधिकारीले भने- 'पछि महतो घाइते भएको भन्दै भारततर्फबाट एम्बुलेन्समा ल्याइयो । महतो आन्दोलनकारीले हानेको ढुंगा लागेर घाइते हुनुभएको हो कि भारतीय प्रहरीको लाठी लागेर अझै खुल्न बाँकी छ ।' गृहमन्त्रीले महतोको स्वास्थ्य अवस्था अहिले गम्भीर नरहेको दाबीसमेत गरेका थिए ।

मधेस समस्याको समाधान तत्काल खोज्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले तराई-मधेसमा जारी आन्दोलनले सर्वसाधारणलाई दैनिक जीवन चलाउन अत्यन्त कठिन भएकाले तत्काल वार्ताका माध्यमबाट समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।
आयोगका पदाधिकारीले सोमबार गृह मन्त्री शक्ति बस्नेतलाई आफ्नो कार्यकक्षमा बोलाई तराई-मधेसमा जारी आन्दोलन, भारतको नाकाबन्दी र त्यसबाट आमजनताको दैनिकीमा पारेको समस्या र मधेसमा भइरहेका हिंसात्मक झडपका बारेमा छलफल गरेको थियो ।
गृह मन्त्रीसितको छलफलपछि आयोगले सोमबार नै विज्ञप्ति जारी गरी लामो समयदेखि तराई-मधेसमा जारी आन्दोलनले गर्दा मानव अधिकारको उपभोगमा गम्भीर असर परेको उल्लेख गर्दै तत्काल वार्ताबाट समस्या समाधान गर्न आग्रह गरेको हो । आयोगले लामो समयदेखि तराई-मधेस बन्द र भारतले गरेको नाकाबन्दीका कारण जनताको दैनिक जनजीवनमा गम्भीर समस्या आएको भन्दै समाधानका लागि सरकार र सरोकारवाला निकायसँग छलफल गर्दै आएको छ ।
आयोगले आम नागरिकको अभिभावकको रूपमा मानव अधिकारको सम्मान, संरक्षण र परिपालन गर्नमा राज्यले अझ बढी गम्भीर भूमिका निर्वाह गर्नुपर्ने आग्रहसमेत गरेको छ ।



kantipur.ekantipur
विराटनगरः मोरङमा मधेशी मोर्चाका कार्यकर्ताले मोटरसाइकलमा सवार व्यक्तिलाई जिउँदै जलाउने प्रयास गरेपछि गोबिन्दपुरमा तनाव भएको छ ।

सोमबार बिहान मोर्चाका कार्यकर्ताले गोविन्दपुर– ६ मा व्यक्तिगत काममा रंगेलीबाट झुर्किया आँउदै गरेका मोरङ पथरी शनिश्चरे नगरपालिका– १२ का जीवन श्रेष्ठलाई झपरतल चौकमा रोकेर आगजनी प्रयास गरेका थिए ।

मधेशी मोर्चाका स्थानीय नेतृत्वकर्ता बरडंगा गाविस– ६ का प्रकाश यादव, कालवीर राजवंशी र गोबिन्दपुर– ६ का नापीलाल राजंवशीले आगो लगाउने प्रयास गरेको श्रेष्ठले बताएका छन् ।

बन्दकर्ताले मोटरसाइकल चलाईरहेका श्रेष्ठलाई जिउँदै जला भन्दै मोटरसाइकल तोडफोड गरेर शरीरमा पेट्रोल छर्किएको सँगै रहेका श्रेष्ठका साथी रामलाल सुतिहारले जानकारी दिएका छन् ।

मोरङ झुर्किया– ९ का सुतिहार र भाइराम गन्गाइलाई भगाएको भन्दै बन्दकार्ताले उनलाई निर्घात कुटपिट गरेका छन् ।

श्रेष्ठले भने,‘बन्दकर्ताले सुरुमा मोटरसाइकल रोकेर एक्कसी पेट्रोल छर्किएर आगो झोस्न खोजे तर बिहान भएकोले लाइटर सल्किएन भाग्यले बचियो ।’

लाइटर नबलेपछि आफू भागेको श्रेष्ठले बताए । साथी भगाएको भन्दै आफूलाई बरडंगा– ६ का शिवकुमार राजवंशी,गोविन्दपुर– ६ का विरजा सहनी, दीपेन्द्र राय र बरडंगा– ७ का सडानन्द ठाकुरले बाँसले कुटपिट गरेको रामलाल सुतिहारले बताए ।

बन्दकर्ताले ३ जना सवार को १४ प ६८५१ नम्बरको मोटरसाइकल तोडफोड गरी पेट्रोल छर्किएर आगो लगाउने प्रयास गर्दा तनाव भएको थियो ।

पछि सिजुवाबाट श्रेष्ठ पक्षधर आएपछि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी सहायक निरीक्षक शेषनारायण सिंह नेतृत्वको टोलीले घटना नियन्त्रणमा लिन लाठी चार्ज गरेको थियो । सिंहले भने,‘स्थिति बिग्रन नदिन तत्काल कार्वाही गर्नु परेको हो ।’ उनले अवस्था सामान्य भएको बताए ।

तर, छलफल गर्न जाँदा प्रहरीले सिजुवाका बासिन्दालाई लाठी चार्ज गरेको घाइते सिुजुवा– ८ का मनोज पौडेलले बताए । झडपमा परी सन्तोष श्रेष्ठ, शम्भु राई, धमेन्द्र वर्मा, हेम चोङवाङ, मनिष पौडेल र तिजेन्द्र बर्मा घाइते भएका छन् ।

यसैबीच पीडितहरुले आन्दोलनको नाममा ज्यादति गरेको भन्दै प्रकाश यादव, कालवीर राजवंशी र नापीलाल राजवंशी विरुद्ध ज्यान मार्ने उद्योगमा सोमबार इलाका प्रहरी कार्यालय सिजुवा मार्फत इप्रका रंगलीमा उजुरी दायर गरेका छन् ।

शिवकुमार राजवंशी, विरजा सहनी, दीपेन्द्र राय र सडानन्द ठाकुरविरुद्ध सार्वजनिक अपराधको मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ ।

इप्रका सिजुवा प्रहरी सहायक निरीक्षक शंकर खड्काले दायर उजुरीको पक्षमा समन्वय गर्ने बताएका छन् ।
annapurnapost
सोमबार, १३ पुष
काठमाडौं । नेकपा एमाले र एमाओवादीका १५० भन्दा बढी कार्यकर्ता राप्रपा नेपालमा प्रवेश गरेका छन् ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा राप्रपा नेपालको युवक संगठनका अध्यक्ष कैलाश कटुवालले उनीहरुलाई अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
विभिन्न पार्टी परित्याग गरी दोस्रो संविधानसभाको निर्वाचनबाट चौथो राजनीतिक शक्तिका रुपमा उदाएको राप्रपा नेपालमा प्रवेश गर्ने क्रम पछिल्लो समयमा बढेको छ ।
पार्टी प्रवेश कार्यक्रममा युवक संगठनका अध्यक्ष कटुवालले राप्रपा नेपाल एकमात्र राष्ट्रवादी राजनीतिक शक्ति भएकाले अन्य पार्टी छोडेर राप्रपा नेपालमा प्रवेश गर्ने क्रम बढेको बताए ।
उनले आगामी निर्वाचनमा राप्रपा नेपाल पहिलो पार्टी बन्ने उनले दावी गरे । अहिलेको देशको समस्यालाई हल गर्न सक्ने क्षमता राप्रपा नेपालमा भएको र वैकल्पिक राजनीतिक शक्ति समेत भएकोले राप्रपा नेपालमा युवाहरुको आकर्षण बढेको उनले दावी गरे ।
nepalsandesh
काठमाडौं, १३ पुस । धेरै पहिले श्रीमती छाडेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाम उनकै एक महिला मन्त्रीसँग जोडिएको छ ।
भारतीय कांग्रेसका वरिष्ठ नेता निलामनी सेन देकाले मानव संशाधन मन्त्री स्मृति इरानीलाई प्रधानमन्त्री नरेन्द्र मोदीकी कान्छी पत्नी भनेका हुन् । पूर्वकृषि मन्त्रीसमेत रहेका देकाले सार्वजनिक कार्यक्रममै इरानी मोदीकी कान्छी श्रीमती भनेपछि भारतीय मिडियाले इरानी र मोदीको फोटोसमेत जोडेर यसबारे समाचार प्रकाशित गरेका छन् ।
आसामको नीलबारी जिल्लामा आइतबार आयोजित कांग्रेसको एक सभामा पूर्वमन्त्री देकाले भने, ‘धेरै मानिसहरुले स्मृती इरानीलाई मोदीकी कान्छी श्रीमतीका रुपमा चिन्छन् ।’
सत्तारुढ भारतीय जनता पार्टीले देकाको भनाइमाथि आपत्ति जनाएको छ । भाजपाका आसाम युनिट प्रमुख सर्वानन्द सोनोवालले लोकप्रिय प्रधानमन्त्रीलाई आरोपित गरेकोमा देकालाई कांग्रेसबाट निकाल्न समेत माग गरेका छन् ।
बीजेपी नेताहरुले प्रधानमन्त्री र मन्त्रीमाथि कांग्रेस नेताले लगाएको आरोपबारे कांग्रेस आइको प्रतिक्रिया मागेका छन् ।
dainiknepal
सोमबार, १३ पुष
काठमाडौं । गृहमन्त्री शक्तिबहादुर बस्नेतले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो प्रहरीको कुटपिटबाट घाईते नभएको दावी गरेका छन् ।
राष्ट्रिय मानवअधिकार आयोगका पदाधिकारीसँग सोमबार भएको छलफलमा उनले महतोसहितका नेताहरु जोगबनीबाट नाराबाजी गर्दै आएको र प्रहरीले रोक्ने क्रममा झडप भएपनि महतोलाई कुटपिट नगरेको दावी गरेका हुन् ।
नाकामा आएका आन्दोलनकारीलाई हट्न प्रहरीले पटक पटक आग्रह गर्दापनि नमानेको बरु उल्र्ट भारतीय भूमिमा गएर नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुडा गरेको बस्नेतले बताए ।
सोही क्रममा भारतीय सुरक्षाकर्मीले पनि लाठी चार्ज गरेको उनले बताए । ‘आन्दोलनकारीले पारी गएर ढुंगा हानेका थिए, पछि महतो घाइते भएको भन्दै एम्बुलेन्समा ल्याइयो । आन्दोलनकारीको ढुंगा लागेर घाइते भए कि भारतीय प्रहरीको लाठी लागेर अझै पत्ता लागेको छैन ।’
गृहमन्त्री बस्नेतले महतोको अवस्था गम्भीर नरहेको समेत जानकारी दिए । शनिबार विराटनगरको रानी भन्सारमा धर्ना दिने क्रममा महतो घाइते भएका थिए । सोही विषयमा आयोगले गृहमन्त्रीलाई कार्यलयमै बोलाएर छलफल गरेको हो ।
आयोगले गृहमन्त्री बस्नेतसँग मधेस आन्दोलन, मानवअधिकारको रक्षा लगायतका विषयमा झण्डै २ घन्टा छलफल गरेको थियो ।
उनीहरुले आन्दोलनका क्रममा खटिएका सुरक्षाकर्मीहरुको अवस्थाबारे समेत गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
६०० सुरक्षाकर्मी भएको ठाउँमा ३०० मात्र खाट रहेको, पालैपालो सुत्नुपर्ने अवस्था रहेको, १२ देखि १४ घन्टासम्म काममा खटाइएको भन्दै उनीहरुको मानवअधिकार रक्षा गर्न आयोगले ध्यानाकर्षण गराएको छ ।
nepalsandesh
काठमाडौँ, १३ पुस । संविधान जारी भएपछि मधेसवादी दलले तराई–मधेसमा लामो समयदेखि जारी राख्दै आएको आन्दोलनका कारण पछिल्लोपटक पत्रकार, सञ्चारकर्मी र सञ्चारमाध्यमको सुरक्षा संवेदनशीलता चुनौतीपूर्ण बन्दै गएको छ ।
प्रेस काउन्सिल नेपालले तराई–मधेसका विभिन्न जिल्लामा पुगेर त्यहाँको सञ्चारमाध्यमको वस्तुस्थितिबारे अध्ययन, अनुगमन गरी तयार पारेको प्रतिवेदनअनुसार आन्दोलनका क्रममा राज्य र आन्दोलनकारी दुवै पक्षले त्यस क्षेत्रका दजनौँ पत्रकारमाथि आक्रमण गर्ने, कुटपिट गर्ने, पेट्रोल बम प्रहार गर्ने, ढुङ्गामुढा गर्ने, दुव्र्यवहार र गालीगलौज गर्ने गरेको पाइएको छ ।
त्यसैगरी, पत्रकारले प्रयोग गर्ने क्यामेरा, मोटरसाइकल र अन्य सामग्रीसमेत तोडफोड गर्ने जस्ता अमानवीय क्रियाकलाप भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
“लामो आन्दोलनका कारण तराई क्षेत्रका पत्रकारको सुरक्षा र दण्डहीनताको मुद्दा सशक्तरूपमा उठेको छ, स्थानीय प्रहरी (राज्य पक्ष), र आन्दोलनकारी दुवै पक्षबाट विभिन्न बहानामा पत्रकारमाथि हुने आक्रमण र धम्कीजस्ता घटनाले निरन्तरता पाउनुले सिङ्गो प्रेस जगत संवेदनशील भएको छ”– काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले भन्नुभयो ।
तराईमा भएको बन्द, हडताल र नाकाबन्दीका कारण मिडियाले अहिले असुरक्षा र अभाव खेप्न परिरहेको छ । केन्द्रदेखि जिल्लासम्मका पत्रपत्रिकाले आफ्नो पृष्ठ सङ्ख्या घटाएका छन् । एफएम रेडियोको समय घटाइएको छ । कच्चा पदार्थ, सञ्चालन सामग्रीको अभाव र विज्ञापनको न्यूनताले तराई मधेसका मिडियाको प्रकाशन प्रसारणमा गम्भीर असर परिरहेको छ ।
काउन्सिल सञ्चालक समिति सदस्य तथा अनुगमन टोलीका संयोजक चन्द्रदेव कामतीले स्वतन्त्र लेखन अभिव्यक्तिलाई दुरुपयोग गर्ने कतिपय सिकारु पत्रकार तथा राजनीतिक दलका क्रियाशील पत्रकारबाट केही विकृति र विसङ्गति पनि बढेकाले पत्रकार आचारसंहितालाई कडा रूपमा पालना गर्नुपर्छ भन्नुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले आन्दोलनका नाममा तराईका पत्रकार र मिडियामाथि दबाब परेका कारण पनि आचारसंहिता उल्लङ्घन गर्न बाध्य भएको धारणा राख्नुभयो ।
प्रेस स्वतन्त्रताको निर्वाध उपयोग गर्नबाट सञ्चारमाध्यम र पत्रकार वञ्चित हुँदा जनतामा सही सूचना प्रवाह गर्न गम्भीर समस्या उत्पन्न भएको काउन्सिल अध्यक्ष कार्कीको भनाइ छ ।
अनुगमन टोलीले अहिलेको जटिल परिस्थितिमा अधिकांश सञ्चारमाध्यमको भूमिका प्रभावकारी देखिएको भए पनि केही सञ्चारमाध्यमले प्रस्तुत गर्ने भाषा, शैली, व्यावसायिकता र मर्यादा आचारसंहिता विपरीत देखिएको र कतिपय अवस्थामा त्यस्ता प्रस्तुतिले सामाजिक सद्भाव बिगार्ने र हिंसा तथा द्वन्द्व निम्त्याउने किसिमको भएकाले त्यसलाई नियमन गर्नुपर्ने निष्कर्षसमेत निकालेको छ ।
ब्रोडकास्टिङ एसोसियसन अफ नेपाल (बान) का अध्यक्ष गोपाल झाले तराई–मधेस आन्दोलनका क्रममा तराईका पत्रकार र मिडियाले मात्र हैन केन्द्रीय मिडियाले नै आचारसंहिता उल्लङ्घन गरेको अवस्थामा काउन्सिल कडारूपमा प्रस्तुत हुनुको सट्टा विस्तारै प्रक्रियाबाट कारबाही गर्नुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका सदस्य तथा अनुगमन टोलीका सदस्य शीतल महतोले अनुगमनका क्रममा केही एफएम रेडियोले पत्रकार आचारसंहिता उल्लङ्घन गरी आन्दोलनलाई उक्साउन खोजेको पाइएको बताउनुभयो ।
पछिल्लो पटक प्रविधिको नाममा विकृति फैलिएको भन्दै न्यू मिडिया (सामाजिक सञ्जाल) अनलाइन र पत्रपत्रिकालाई स्वतन्त्र, जिम्मेवार, राष्ट्रप्रति उत्तरदायी एवम् मूलधारको सञ्चार माध्यमको रूपमा स्थापित गराइनुपर्ने सुझावसमेत अनुगमन टोलीले दिएको छ ।
प्रतिवेदनमा भनिएको छ – “मधेस आन्दोलन अराजक र हिंस्रक हुनुमा केन्द्रीय मिडियाको समेत कमजोरी छ, जिल्लाबाट स्थानीय समाचारदाताले पठाएको समाचार सामग्री प्रकाशन वा प्रसारण नै नगरिदिने, गरे पनि तोडमोड वा अर्थको अनर्थ हुने गरी सम्प्रेषण गरिदिँदा स्थानीय पत्रकार र मिडिया मारमा परेका छन् । यसतर्फ सम्बन्धित पक्ष गम्भीर हुनुपर्छ ।”
dainiknepal
स्वस्थ रहनका लागि सन्तुलित खाना खानु अनिवार्य हुन्छ । तर सबै खानाको शक्ति र प्रभाव एउटै हुँदैन । खाना अनुसार त्यसको शक्ति पनि शरीरमा सञ्चार हुन्छ ।

शरीरलाई अत्याधिक शक्ति दिने खानालाई सुपरफुड पनि भन्ने गरिन्छ । जसले तपाइँलाई विजुलीमा ब्याट्री चार्ज भए जस्तै शरीरलाई उर्जाले चार्ज गरिदिन्छ ।

यहाँ त्यस्तै शरीर सुपरचार्ज गर्ने ४ खानाको चर्चा गरिएको छ ।

१. ताजा तरकारी

ब्रोकाउली, फुल काउली र बन्दा जस्ता ताजा तरकारीको सेवनले तपाइँको शरीरमा अनौठो उर्जा दिन्छ । यसले तपाइँको उर्जा मात्र होइन तपाइँको शरीरमा रोगसँग लड्ने क्षमतको नाटकीय वृद्धी गर्न सक्छ । यी खानाले तपाइँको उर्जा र खुसीको स्तर समेत वृद्धी गर्छ । यी खनाले तपाइँको विभिन्न रोगबाट बचाउने काम समेत गर्ने विज्ञहरु बताउँछन् ।


२. कागती
कागतीले तपाइँको शरीरमा भएको विषाक्त चिजहरुलाई बाहिर निकाल्न मा होइन पेटलाई स्वस्थ राख्न पनि ठूलो भूमिका खेल्छ । यसले तपाइँको रोगसँग लड्ने क्षमता वृद्धी मात्र गर्छ । दिनमा एक गिलास तातो पानीमा कागती हालेर पिउने बानी गर्नुस् यसले दिने फ्रेशनेश आफै अनुभव गर्नु हुन्छ । खाना खाइसकेपछि पचाउन र पाचन प्रणालीलाई चुस्त राख्न पनि कागतीले सहयोग गर्छ ।


३. पुदिना
पुदिना सबैभन्दा बढी उर्जा दिने खानेकुरा मध्ये पर्छ । यसले तपाइँको चटनी वा सलादको काम गर्ने मात्र होइन यसले तपाइँको खानामा आयोडिन थप्छ । शरीरमा हुने थाइराइड, स्तन र ओभरीमा हुने संक्रमणलाई पनि यसले रोक्छ ।

४. बदाम तथा वीज
बदाम वा विज तथा काजु किसमिस जस्ता विजजन्य फल पनि मानव स्वास्थ्यका लागि असाध्यै उपयोगी खाना मानिन्छन् । त्यस्तै गरी फर्सी वा सूर्यमुखीको विज पनि शरीरमा सुपरचार्ज गर्ने खानामा पर्छन् । यी बीज फलमा हुने क्याल्सियम, पोटासियम लगायतका तत्वले तपाइँको त्वचा, कपाल वा नङको स्वास्थ्यमा सकारात्मक भूमिका खेल्छन् । यी खाना शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धी गर्ने खानामा पनि पर्छन् ।
जनकपुर, १३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोमाथि प्रहरीले गरेको आक्रमणको बदलामा मधेसी मोर्चाले जनकपुरको जानकी प्रहरी चौकीमा पेट्रोल बम प्रहार गरेका छन् ।
जनकपुर बन्द शसक्त बनाउने भन्दै सोमबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका मोर्चा कार्यकर्ताले प्रहरी चौकीमा ढुंगामुढा गरेका थिए । आन्दोलनकारीले ढुंगामुढा गरेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको हो । झडपमा क्रममा मोर्चाका कार्यकर्ताले प्रहरी चौकीमा ३ वटा पेट्रोल बम प्रहार गरेको प्रहरीले जनाएको छ । पेट्रोलबम प्रहार बाट कुनै भौतिक र मानवीय क्षति भने भएको छैन । सोमबार भएको झडपमा परि जानकी चोकका १४ बर्षीय जितेन्द्र ठाकुर गम्भिर घाइते भएका छन् । प्रहरीको कुटाइबाट घाइते ठाकुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
काठमाडौं, पुस १३ । चीनले बढ्दो सुरक्षा चुनौतीको सामान गर्न भन्दै विवादास्पद र कडा प्रतिआतंकवाद कानुन पारित गरेको छ ।

चिनियाँ विधायिकाले पारित गरेको कानुनमा नयाँ प्रतिआतंकवाद एजेन्सी र महत्वपूर्ण शक्तिसहितको सुरक्षा फौजको संरचना सिर्जना गरिएको छ ।

आलोचकहरुले भने कानुनको क्षेत्र व्यापक भएको भन्दै सो सरकारविरोधी तथा धार्मिक अल्पसंख्यकविरुद्ध प्रयोग हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

चीनले सिन्चियाङमा भएका सार्वजनिक आक्रमणका घटनामा मुस्लिम उइगुर पृथकतावादीको हात रहेको आरोप लगाउँदै आएको छ ।

गत हप्ता मात्र पश्चिमा सरकारले बेइजिङमा सम्भावित आक्रमणको चुनौती देखाउँदै सचेत रहन आफ्ना नागरिकहरुलाई चेतावनी जारी गरेको थियो । (एजेन्सी) imagekhabar
काठमाडौं : भारतको राजधानी नयाँ दिल्लीमा एक नेपाली युवाको आइतबार राति गोली हानी हत्या भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार दिल्लीको मंगोलपुर कला गाउँमा नेपाली युवाको सोमबार गोली हानी हत्या भएको हो ।

समाचारमा जनाइए अनुसार सिंहबहादुर नामका नेपाली युवाको कला गाउँको गल्ली नम्बर ९ मा अज्ञात समहूले गोली हानेर ज्यान लिएको हो ।


नेपालको ठेगाना खुल्न नसकेका ती युवाको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ ।

दिल्ली पुलिसले हत्यामा संलग्न अज्ञात हमलाकारीको खोजी थालेको जानकारी दिएको छ ।
annapurnapost
काठमाण्ण्डु, १३ पुस– नेपालमा उत्पादित कपडाको निर्यातमा भन्सार छुट दिने अमेरिका सरकारको निर्णयको प्रधानमन्त्री केपी ओलीले स्वागत गरेका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघ र च्याम्बर अफ कमर्सको प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले व्यावबसायीहरुलाई यस खाले कपडा र गार्मेन्टको उत्पादन बढाउन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले लामो समयदेखि तराइमा भएको आन्दोलनका कारण बन्द उद्योगहरु खुलाउन सरकारले विशेष पहल गर्ने आश्वासन दिए ।

‘लामो समय देखि उद्योगधन्दा बन्द हुँदा देशको अर्थतन्त्र ध्वस्त भएको छ । उद्योग खुलाउन सरकारले विशेष योजना छिट्टै ल्याउछ ।’ प्रधानमन्त्री ओलीले भने, ‘यसमा उद्योगी व्याबसायीले पनि दृढतापूर्वक सरकारलाई साथ दिनुपर्छ ।’
आफ्नो उत्पादनलाई विश्व बजारमा प्रतिष्पर्धा गराउन उत्पादनको गुणस्तर र मूल्यमा ध्यान दिन व्यबसायीहरुलाई प्रधानमन्त्रीले आग्रह गरे ।
प्रधानमन्त्रीले कृषि र उद्योगलाई समायोजन हुने गरी उद्योग सञ्चालन गर्न पनि आग्रह गरे ।
कार्यक्रममा महासंघका अध्यक्ष पशुपति मुरारका, उद्योग परिसघंका अध्यक्ष नरेन्द्र बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज वैद्य लगायतले लामो समयको बन्दले उद्योग व्यबसाय चौपट भएकोले उद्योग सञ्चालन गर्ने वातावरण बनाइदिन प्रधानमन्त्रीसँग माग गरेका थिए ।
व्याबसायीहरुले धरान, उदयपुर, सिन्धुली सडक पुनर्निर्माण गरेर बैकल्पिक मार्ग सञ्चालन गर्न पनि प्रधानमन्त्रीसँग माग गरेका छन् ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, १३ पुष
काठमाडौं । विराटनगरको रानी भन्सार नाका अबरोध गर्ने क्रममा प्रहरीसँगको झडपमा घाइते भएर उपचाररत मधेसी मोर्चाका नेता राजेन्द्र हमतोमाथि हमला गर्नेलाई भारतले पनि प्रतिहमला गर्ने भएको छ ।
भारतीय सञ्चार माध्यमहरुले पनि उनलाई कुटपीट गर्नु भारतमाथि आक्रमण गरेसरह भन्दै समाचार लेखेका छन् ।
भारतीय जनता पार्टीका नेताहरुले समेत उनीमाथि गरिएको आक्रमणका कारण नाकाबन्दी बढ्ने बताउन थालेका छन् ।
भारतीय जनता पार्टीका सांसदहरुले महतोमाथि भएको घटना छानविन गरि दोषीमाथि कारबाही गर्नुपर्ने बताउन थालेका छन् ।
भाजपा सांसद यदुवंश झाले त उनीमाथि आक्रमण गर्ने प्रहरीलाई निलम्वन गर्नका लागि माग गर्नुपर्ने बताएका छन् ।
यस्तै भारतीय जनता दलका अलवा बिहारका विभिन्न राजनीतिक दलहरुले पनि घटनाको विरोध गरिरहेका छन् ।
nepalsandesh
काठमाडौँ, १३ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले तराई-मधेसको माग सम्बोधन हुनेबित्तिकै आन्दोलन रोकिने बताउनुभएको छ ।
पार्टीको आठौँ स्थापना दिवसका अवसरमा आज पार्टी कार्यालयमा झण्डोत्तलन गर्दै उहाँले आफूहरुले राखेका मागको प्रत्येक बुँदामा छलफल गरी सहमति निकाल्न सके आन्दोलन रोकिने बताउनुभयो । “तराई-मधेसले राखेको बुँदागत मागको प्रत्येक बुँदामा छलफल गरौँ, जुन बुँदामा सहमति हुन्छ, त्यहीँबाट समाधान खोजौँ”-अध्यक्ष ठाकुरले भन्नुभयो ।
औपचारिक रुपमा सरकारले तीनबुँदे प्रस्ताव मन्त्रिपरिष्दबाट पारित गरेपछि कुनै संवाद नभएको भन्दै उहाँले नेपाली काँग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी) सँग वार्ता जारी भए पनि निष्कर्ष निकाल्न नसकिएको बताउनुभयो ।
“अहिलेको मधेसको आन्दोलन जतिसक्दो चाँडो अन्त्य होस् भन्ने चाहनामा छौं”–अध्यक्ष ठाकुरले थप्नुभयो । उहाँले तराईको समस्या समाधान गर्न बल प्रयोग नभई जायज मागको सम्बोधन गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home