• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं: काठमाडौंमा भूकम्‍पको धक्‍का महसुस भएको छ।

मंगलबार मध्‍यान्ह काठमाडौं आसपासमा  ४. ५ म्‍याग्‍निच्‍यूडको भूकम्‍पको धक्‍का  महसुस भएको भूकम्‍प मापन केन्द्रले जानकारी दिएको छ। भूकम्पको केन्द्र धादिङ भएको जनाइएको छ।
५ असोज, काठमाडौं । नेपालको संविधानबाट असन्तुष्ट बनेको भारत नाकाबन्दीको तहमा झर्ला ? भारतीय विदेश मन्त्रालयको पछिल्लो विज्ञप्तिपछि नेपालमा सोमवार रातिदेखि नै आममान्छेमा यो प्रश्न उब्जिएको छ ।

तर, भारत बुझेका र विदेश मामिलामा दख्खल राख्ने विज्ञ तथा राजनीतिकर्मीहरु त्यो अवस्था नआउने बताउँछन् । तर, भारतको पछिल्लो गैरकुटनीतिक व्यवहारप्रति नेपालले भारतका सबै राजनीतिक शक्तिहरुसँग अबिलम्ब संवाद थाल्नुपर्ने विज्ञहरुको सुझाव छ ।
नाकाबन्दी निकै टाढा

नेपाल नीतिका सन्दर्भमा भारतको कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वबीच फरक धारणा रहेको चर्चा चलिरहेका बेला संविधान जारी हुनै लाग्दा भारतीय पक्षबाट जुन गैरकुटनीतिक अभिव्यक्ति आए, त्यस विषयमा भारतकै दलहरुसँग पहिलो संवाद थाल्नुपर्ने दायित्व सरकार र दलहरुमाथि थपिएको छ ।
सीमावर्ती क्षेत्रमा भएको आन्दोलनका कारण भारतीय मालवाहक गाडीहरु र यातायात असहज भएको भन्ने भारतीय संकेत नाकाबन्दीको हदसम्म पुग्न सक्ने आशंका भइरहेको छ ।
तर, नाकाबन्दीको सम्भावना निकै परको आशंका भन्दै भारतीय प्राध्यापक एसडी मुनिले नेपालका नेतामाथि भारतले दबाव बढाउन खोजेको अर्थमा लिनुपर्ने बताएका छन् ।
मुनीले भनेका छन् – भारतले नेपालको संविधानप्रति दर्शाएको आक्रोशपूर्ण प्रतिक्रिया ठीक होइन, यसले त्यहाँका उग्र वामपन्थी र उग्र दक्षिणपन्थीहरुलाई तराईको आगोमा इन्धन थप्न सक्छ र मधेसीमाथि उनीहरुको अनुकूलमा शोषण गर्ने आवरण दिन्छ ।
दबाव बढाउन मात्रै ?

भारतले नाकाबन्दी लगाउने कुरा अहिले सोच्न पनि नसकिने र त्यो हदको अपरिपक्वता भारतीय नेतृत्वले प्रदर्शन गर्न नसक्ने परराष्ट्र मामिला विज्ञ एमाले नेता राजन भट्टराई बताउँछन् ।
एमाले केन्द्रीय सदस्य तथा सभासदसमेत रहेका भट्टराईले भने-संवधान जारी भएपछि भारतको जुन वक्तव्य आएको छ, त्यो हामीले अपेक्षा गरे भन्दा फरक ढंगले आएको हो । तर, पछिल्लो वक्तव्यकै आधारमा नाकाबन्दीको तहसम्म सोच्न सकिन्न ।
तत्कालीन प्रधानमन्त्री राजिव गान्धीका पालामा नेपालमाथि नाकाबन्दी लगाउँदा भारतमै ठूलो आलोचना भएको स्मरण गर्नेहरु अहिले नरेन्द्र मोदीले यस्तो कदम उठाउन नसक्ने बताउँछन् ।
‘विश्वकै नेता बन्न खोजिरहेका नरेन्द्र मोदीले आफ्नो छिमेकीमाथि नाकाबन्दीको तहमा ओर्लिने कुरा असम्भव छ’ विदेश मामिलाका जानकार एमाओवादी नेता राम कार्की भन्छन् ‘दबाब बढाउन पछिल्लो वक्तव्य आएको हुन सक्छ’ ।
टुँडिखेलमा भाषण होइन, ठाउँमा संवाद गर

यस्तोमा नेपालले के गर्नुपर्ला ? शीर्ष नेताहरुले सडक वा सभाबाट प्रतिक्रिया दिने भन्दा पनि कुटनीतिक र राजनीतिक संवादबाट भारतको चासो सम्बोधन गर्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन् ।
परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले भने-नेताहरुले टुँडिखेलबाट प्रतिक्रिया दिने भन्दा पनि उच्चस्तरको सम्वाद थाल्नुपर्छ । पहिले आफ्नै मधेसको समस्या समाधान गरेर विदेशीसँग सम्वाद गर्नु राम्रो हुन्छ ।
पूर्वपरराष्ट्र सचिव मधुरमण आचार्यले यो बेलामा नेतृत्वले परिपक्वता र धैर्यताका साथ भारतसँग डिल गर्नुपर्ने सुझाव दिएका छन् । उनले थप नराम्रो नहुन परिपक्वता प्रदर्शन गर्नुपर्ने सुझाव पनि दिएका छन् ।
‘जे भइरहेको छ कुटनीतिमात्र होइन, कूट नीति पनि जस्तो पनि देखिन्छ, थर्काएरै ठीक पार्न खोज्ने’ आचार्यले ट्वीट गरेका छन् ।
प्रष्ट कुरा भारतलाई भनौं

भारतभित्रै पनि नेपालको संविधान जारी भइसकेको सन्दर्भमा फरक फरक धारणा छन् । यस्तो बेलामा नेपाली नेतृत्वले भारतका सबै राजनीतिक दलका नेतृत्वसँग संवाद गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् ।
केही वर्षअघि भारतका लागि राजदूतमा सिफारिस भएका कार्की भन्छन्-भारतका सबै नेतृत्वसँग हाम्रा नेताहरुले संवाद बढाउनुपर्छ । यो बेलामा अझ बढी राष्ट्रिय एकताको जरुरी छ ।
जवाहरलाल नेहरु विश्वविद्यालयबाटै विद्यावारिधि गरेको एमाले नेता भट्टराई पनि सम्वाद आवश्यक रहेको बताउँछन् । ‘हामीले हाम्रो तर्फबाट प्रष्ट पार्नुपर्छ, यो संविधान सीमान्तकृतहरुको पक्षमा छ,समावेशी छ र सबैको माग समेटिन्छ भन्ने कुरा आश्वस्त पार्न सकिन्छ’ उनले भने ।
भारतले नाकाबन्दी लगायो भने नेपालसँग के विकल्प हुन सक्छन् ? यो निकै परको र असम्भव प्रश्न भन्छन् विज्ञहरु । ‘त्यसका लागि ठूलो तयारी चाहिन्छ, भारत त्यो हदसम्म जादैन’ एक अधिकारीले भने ।
विहारको चुनाव आउन लागेका बेलामा सीमा क्षेत्रमा भएको हिंसा, भडप र मृत्युका घटनाले भारतलाई असर परेको छ । त्यो समस्या समाधान होस् भनेर भारतले दबाब बढाएको दावी विज्ञहरुको छ ।
नाकाबन्दी लगाए विकल्प के ?

तर, भारतका लागि पूर्वराजदूत तथा परराष्ट्रविद भेषवहादुर थापा भने भारतको संकेत नाकाबन्दीकै देखिरहेका छन् । उनी विगत सम्झँदै भन्छन्-‘इन्दिरा गान्धी र राजिव गान्धीको पालामा जसरी नाकाबन्दी लगायो,त्यसैको निरन्तरता हो ।’
यदि नाकाबन्दीकै तहमा पुग्यो भने नेपालमाथि अवश्य पनि संकट पर्न सक्छ । तर, नेपालसँग विकल्पका सबै बाटाहरु भने बन्द छैनन् ।
जुन जुन कुरामा भारतसँग नेपाल निर्भर छ, तिनको आपूर्तिका लागि अर्को छिमेकी चीनसँग निर्भर हुनुपर्ने हुन्छ । ‘उत्तरका सडक सञ्जाल बिस्तार र चुस्त गर्नेतर्फ लाग्नुपर्छ’ एक अधिकारीले भने ।
राम कार्की भन्छन्- नाकाबन्दी नै लागेछ भने पनि राष्ट्रिय भावना भएपछि देश बाँच्छ । हिजो भियतनाम पनि बाँचेकै हो । तर, त्यति टाढा सोच्नुभन्दा पनि भारतका सबै राजनीतिक पक्षसँग तत्काल सम्वाद शुरु गर्नुपर्छ ।
भारतले श्रेय पाएन

तत्कालीन ७ दल र विद्रोही माओवादीबीच १२ बुँदे सम्झौतादेखिको स्टेक होल्डर बनेको भारत नेपालको सविधान जारी हुँदासम्म आफ्नो श्रेय चाहान्थ्यो ।
पछिल्लो पटक दलहरुले १६ बँदे सम्झौतादेखि भारतलाई क्रस गरे । संविधान जारी हुनै भारतीय राजदूतको आग्रह र विदेशमन्त्रीको विज्ञप्तिलाई समेत टेरेनन् ।
संविधान प्रमाणीकरण भएकै दिन भारतीय प्रधानमन्त्रीका विदेश दूत नेपाल आउनु सामान्य कुरा थिएन । तर, उनलाई पनि निराश बनाएर पठाए नेपालका प्रमुख दलका नेताले ।
त्यसैको प्रतिक्रिया हुन सक्छ, विश्वले नेपालको संविधानलाई स्वागत गर्दा भारतले स्वागत गरेन, बरु एकैदिन दुई वक्तव्य निकालेर उसले नाकाबन्दीको सुदूर संकेत गर्‍यो ।
पहिले आफ्नैलाई मिलाऊ

योबेलामा नेताहरुले भाषण र प्रतिक्रियाबाट विदशीलाई जवाफ दिने भन्दा विदेशीको मुख बन्द गराउन आफ्नै देशका आन्दोलनकारीलाई समेट्न जरुरी देखिएको छ ।
मधेस आन्दोलन र थरुहट आन्दोलनका जायज र सम्बोधन गर्न सकिने माग तत्काल लिखित प्रतिबद्धतामार्फत सम्बोधन गर्दै संविधान संशोधनमा लैजान नेतृत्वले कौशल प्रयोग गर्नुपर्छ ।
मधेसका अधिकांश माग संविधानमा लेखिएका छन् । तर, जनतामा त्यो कुरा प्रवाह गर्न प्रमुख दल र तीनका मधेसका सभासद असफल भएका छन् । नियत नै खराब राख्नेहरुका बाहेक थारु र मधेसका माग पूरा गर्न नसकिने खालका पनि छैनन् ।
संविधान जारी हुँदै गर्दा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले भनेका थिए संविधानले सबैलाई अधिकार र कर्तव्य दिन्छ तर बुद्धि विवेक र क्षमता दिँदैन ।’
त्यो बुद्धि र विवेक नेतृत्वले अब संयुक्त रुपमा देखाउने बेला आएको छ ।
www.onlinekhabar.com
टोकियो । जापानको राजधानी टोकियो विनाशकारी बाढीको उच्च जोखिममा रहेको विज्ञहरुले चेतावनी दिएका छन् ।
उनीहरुले केहि दिन अघि मात्र उत्तरी क्षेत्र कान्टोमा आएको भन्दा ठूलो बाढीको असर टोकियो पनि पर्न सक्ने भन्दै चेतावनी दिएका हुन् । उनीहरुले यदी ठूलो बाढी आएमा टोकियोले ठूलो क्षति बेहोर्न तयार रहनुपर्ने जनाएका हुन् ।
मौसम विज्ञहरुले ग्लोवल वार्मिङका कारण पर्यावरणमा आएको परिवर्तनका कारण भइरहेको मुसलधारे बर्षाका कारण यस्तो संभावना औल्याएका हुन् । उनीहरुले इबाराकी तथा तोचिगी क्षेत्रमा शुरु भएको मुसलधारे वर्षका कारण पनि टोकियोलाई प्रभाव पार्ने जनाइएको छ ।
सन् २०१४मा राजधानी जलमग्न नामक पुस्तक समेत प्रकाशन गरेका नाबुयोकी तिसुचियाले संभावित दुर्घटनाबारे सचेत रहन अवैमा अग्रह गरेका छन् ।
टोकियो मेट्रोपोलिटन विश्वविद्यालयका प्रोफसर अकीरा कावामुरा समेत टोकियोको संभावित बाढी खतरालाई स्विकार गर्दछन् । उनले आराकावा नदी सतहबाट माथी आएमा पनि पुरै राजधानी सफा पार्न सक्ने उनको भनाई छ ।
कोतो तथा इडोगावा वार्ड सहति पूर्वी टोकियोका समुन्द्री सतहको तललो भूभागमा अझ बढी क्षति पुग्ने उनको भनाई छ । जापान सरकारले भने बाढीबाट जोगिनको लागि भन्दै सन् २०१४मा विशाल भूमिगत जलाशायको निर्माण गरेको छ ।
फुरुकावा जलाशायको निर्माण गरेको सरकारले भीषण वर्षाको सामना गर्नकोलागि यस्तो जलाशाय निर्माण गरिएको जनाएको छ ।
 भीषण वर्षाको सामना गर्नको लागि भन्दै सन् २०१४मा जापानले निर्माण गरेकाे विशाल भूमिगत जलाशाय
भीषण वर्षाको सामना गर्नको लागि भन्दै सन् २०१४मा जापानले निर्माण गरेकाे विशाल भूमिगत जलाशाय
www.nepalsandesh.com
सिन्धुपाल्‍चोक: सिन्धुपाल्‍चोकको ठोकपाता प्रहरी चौकीमा आफ्‍नै सहकर्मीले गोली हानेर साथीको हत्‍या गरेका छन्।

प्रहरी जवान अशोक बरालले आफ्‍नै सहकर्मी प्रहरी जवान रेशम थापालाई सोमबार राति पौने ९ बजे गोली हानी हत्‍या गरेका हुन्।

यसअघि उनीहरुले ड्युटीमा जानुअघि दुवै जना खाजा खान सँगै गएका थिए। बराल दोलखा सुनखानी गाविसका हुन भने थापा कुनचोक गाविसका हुन्।

उनीहरु नजिकका मिल्‍ने साथी रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । annapurnapost.com

५ असोज, काठमाडौं ।

संविधानसभाबाट संविधान जारी गरेको खुशीयालीमा सरकारले सोमबार काठमाण्डौको टुँडिखेलमा आमसभा आयोजना गर्यो । आमसभाका लागि विभिन्न क्षेत्रका व्यक्तित्वलाई आमन्त्रण गरिएको थियो । तर उक्त कार्यक्रममा संविधानसभाको राजनीतिक संवाद तथा सहमती समितिका सभापति डा. बाबुराम भट्टराई अनुपस्थित भए ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि खोजी भयो । तर मञ्चमा उनी नेताहरुको लस्करमा देखिएनन् । उनी गएर दर्शक दिर्घामा बसेका रहेछन् । मञ्चमा उनकै पार्टीका अध्यक्ष प्रचण्ड, महासचिव कृष्णबहादुर महरा लगायतका नेता उपस्थित थिए । तर उनी आफू अतिथिको आशन ग्रहण गर्न नजानुको कारण भने अर्कै रहेछ ।

तराई मधेसमा जारी आन्दोलन सम्बोधन नगरी संविधान जारी गरिएकोमा असन्तुष्टि जनाएका उपाध्यक्ष श्रेष्ठले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत त्यसको असन्तुष्टि व्यक्त गरेका छन् । जसमा उनले भनेका छन्, ‘शाषक पार्टीका नेताहरुसँग मञ्चमा भने बस्न गईन । जनतासंगै बसे । संबिधान निर्माणमा अहोरात्र खट्ने क्रममा मैले बार्ता र राजनैतिक समाधानलाई उपेक्षा गर्ने शाषक नेताहरुको निती र कार्य प्रति लगातार बिरोध एवं असहमति राखेको थिए । त्यसमा अहिले पनि असहमत छु ।


सैनिक मञ्च टुँडीखेलमा तीन दलले गरेको संयुक्तसभामा अनुपस्थित भएका बाबुराम भट्टराईले आफू विरामी भएको कारण देखाएर सभामा नभएको स्पष्टिकरण दिएका थिए । नेता भट्टराई पनि संविधान जारी गरिएकोमा असन्तुष्ट छन् । यसले एमाओवादी भित्र फेरी विवादको विरु रोप्ने देखिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आज वि.सं. २०७२ साल असोज ५ गते। मंगलबार। इश्वी सन् २०१५ सेप्टेम्बर २२ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– नवमी, २०:१२ बजेउप्रान्त दशमी। नक्षत्र– पूर्वाषाढा, २७:२७ बजेउप्रान्त उत्तराषाढा। योग– सौभाग्य, १३:४८ बजेउप्रान्त शोभन। करण– वालव, ८:३६ बजेदेखि कौलव, २०:१२ बजेउप्रान्त तैतिल। आनन्दादिमा मित्र योग। चन्द्रराशि– धनु। काठमाडौंमा सूर्योदय– ५:५२ बजे, सूर्यास्त– १७:५९ बजे र दिनमान ३० घडी १८ पला। अदु:ख नवमी व्रत।

उपप्रा. लक्ष्मीप्रसाद बराल

Aries Rashifal मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)श्रमपूर्वक समर्पित हु“दा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्नन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
Taurus Rashifal बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
Gemini Rashifal मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
केही अधैर्यपना बढ्न सक्छ। केही खर्च लागे पनि दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
Cancer Rashifal कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गरे पनि परिस्थितिले अरूको हातमा गइसकेको अवसर समेत फिर्ता दिलाउनेछ।
Leo Rashifalसिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
Virgo Rashifal कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
Libra Rashifal तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पनि पूरा गर्न सकिनेछ।
Scorpio Rashifalबृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
मान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सजिलै सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
Sagittarius Rashifalधनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। काममा साथ दिनेहरू भेटिनेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ।
Capricorn Rashifalमकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
काममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।
Aquarius Rashifalकुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। केही अवसर गुम्न सक्छन्। लगानीको तुलनामा कम देखिए पनि प्रयत्न गर्दा दिगो फाइदा उठाउन सकिनेछ।
Pisces Rashifalमीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

'भारतले बोडर मात्र हैन ब्रोडर नेपालसँगको सम्बन्धलाई अलि बढि हेर्नु उचित होला'
संविधान निर्माणमा खेलेको भूमिकाले नेपाली राजनीतिको केन्द्रमा  फेरि आइपुगेक छन् एमाओवादी अध्यक्ष प्रचण्ड। बिबिसी नेपाली सेवाले उनको अन्तरवार्ता लिएको छ। प्रस्तुत छ अन्तरवार्ताका मुख्य बुँदा:
- संविधान निर्माण प्रकृयाले गति लिएसँगै म मेरो निवास लाजिम्पाट, बालुवाटार र बानेश्वरमात्र आउजाउ गरिररहेको थिए। प्रहरी र सुरक्षा निकायका प्रमुखदेखि मेरै घरका सुरक्षाकर्मीले खतरा छ भनेर मलाई यताउता नजानुस् भन्थे। संविधान पारित भएको दिन बेलुका घर फर्किएपछि गेटबाट छिर्नेबित्तिकै मैले सबैलाई राखेर भने, ‘संविधान आयो अब म मरेपनि फरक पर्दैन।’ त्यसकारण मेरो अब धेरै ठूलो अकांक्षा छैन।
- सैद्धान्तिक परिवर्तन वा जे भएको छ त्यसको मक्सद देशको विकास हो। मलाई अझैं लाग्छ ७/८ वर्ष मैले सक्रिय राजनीति गर्न पनि सक्छु, गर्नु पनि पर्छ। हामीले संविधान बनायौं। नयाँ संरचनाहरु बनेको छ। त्यसको कार्यान्वयन हेर्ने। नयाँ निर्वाचनसम्म जाने। संघीयता, स्थानीय निकाय निर्वचान लगायत संरचनाहरु बनेर विकासको गतिलाई तिव्रता दिने।
- अहिले मेरो दिमागमा कुनै पद छैन। प्रमुख शक्ति मिलेर यो उपलव्धि हासिल भएको छ। यसको कार्यान्वयन गर्न पनि केहि वर्ष हामी मिलेरै अघि जानुपर्छ। म बडो प्रष्टसँग भन्न चाहन्छु अब हाम्रो पार्टी सरकारमा हुन्छ। हमी सरकारमा महत्वपूर्ण जिम्मेवारी साथै हुन्छौं। सरकार संचालनको निम्ति प्रमुख पार्टीहरुको एउटा संरचना हुन पनि जरुरी छ। त्यस्तो संरचना सायद मेरो लागि ठीक हो की भन्ने मलाई लाग्छ।
- बाबुरामजी (बाबुराम भट्टराई)ले नयाँ शक्तिको कुरा धेरै पहिलेदेखि गरिराख्नु भएकै छ। पार्टीनै छाड्ने सत्ताको खेलमा नलाग्ने भन्ने बाबुरामजीको मैले जे बुझेँ तीस वर्षदेखि  अहिले पार्टीमा त्यस्तो कुरा गर्नुभएको छैन। बाबुरामजी जस्तो हाइटको नेताले संविधान घोषणा हुने दिन जे बोल्नु भयो त्यस्तो बोल्नु स्वभाविक देखिदैन। यस्तो बोल्नु लेख्नु मलाई लाग्दैन स्भाविक छ।
बाबुरामजी छोडेर कहिँ गएर बाबुरामजीको पनि भलो हुँदैन। यो राष्ट्रको नि भलो हुँदैन। बाबुरामजीमा केहि विशेषता छन् तर म असाध्यै नजिक बसेको हुनाले धेरै जटिल मान्छेको नाम पनि हो बाबुरामजी। जसलाई मैले तीस वर्षदिख झेलेको छु। अर्को कोहि मेरो जति नजिक भएर बाबुरामजीसँग एक वर्ष बसेको हेर्न मन छ मलाई।
- दिल्ली जाँदाखेरि मैले त्यहाँका सबै नेताहरुसँग र भारतीय प्रधानमन्त्री मोदी (नरेन्द्र मोदी)सँग मैले यो कुरा भनेको थिए, ‘हामी असल मित्र हुन् चाहन्छौं तर तपाइँहरुले हामीलाई ‘यस म्यान’ बनाउन खोज्नुभयो भने सरि त्यो सकिदैन। हामीलाई हाम्रै राष्ट्रको बढि माया हुन्छ तपाइँलाई तपाइँकै राष्ट्रको बढि माया हन्छ। फेरि असल मित्रले तपाइँको कन्सर्न संवोधन गर्न सक्छ, यसम्यानले कहिल्यै तपाइँको कन्सर्नको संवोधन गर्न सक्दैन।‘
- मोदीका दूत (जयशंकर) निकै कडा रुपमा प्रस्तु हुनुभएको थियो। तपाइँहरुले सबलाई समेटेर संविधान घोषणा गर्न सक्नुभएन भने हामी समर्थन गर्न सक्दैनौं। हामीले समर्थन नगरेपछि अरु दुनियाँले समर्थन गरेर अर्थ हुँदैन।
मैले यति मात्र भने, ‘तपाइँ यस्तो गंभिर कुरा गर्न तपाइँ की पन्ध्र दिन अगाडि आउनुपर्थ्यो या पन्ध्र दिन पछि आएर भन्नुपर्थ्यो ।’
-अस्ती विदेश सचिव जयशंकर आउँदा खुला बोर्डर भएकाले त्यहाँ गतिबिधि भयो हिंसा भयो भने त्यसको असर युपी बिहारमा हुन्छ त्यसकारण भारतले चासो लिन’पर्छ भनेर भन्नुभयो। उहाँले अलि बढि त्यसमा फोकस गरिराख्नुभयो। मैले एउट शब्द भनेको थिए, ‘तपाइँले बोर्डरको कुरा अलि बढि त गर्नुभयो। त्यसको एउटा कारण त होला तर बोडर हैन ब्रोडर नेपालसँगको संबन्धलाई अलि बढि हेर्नु उचित होला।‘
- मधेसकेन्द्रित दलका नेताले म सँग कोठामा भेट्दा भनेका थिए, ‘तपाइँहरु संविधान बनाउनुस्, हामी अलि अलि आलोचना गर्छौं। हामीले बिरोध गरेनौं भने हाम्रो पोलिटिकल स्पेस कम हुन्छ। उपेन्द्र यादव, राजेन्द्र महतोभन्दा पनि म्याचुअर्ड (परिपक्व) नेताहरुले पनि यसो भन्नुभएको थियो ।’setopati.com
काबुल–अफगानिस्तानमा अफगान प्रहरी र सेनाको पनि सहयोगहमा गत २४ घण्टाभित्र तालिवान विरुद्ध जारी राखेको कारबाहीमा परी दुई दर्जन भन्दा बढी तालिवान मारिएको समाचार सार्वजनिक गरिएको छ ।
अफगान गृह मन्त्रालयद्धारा सोमबार जारी विज्ञप्तिमा सो जानकारी दिएको हो ।

गत २४ भित्र जारी रहेको सो कारबाहीका क्रममा २५ जना तालिवान विद्रोही मारिनुको साथै अन्य २० जना घाइते भएका गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अफगान प्रहरी र सेनाको पनि संयुक्त सहभागितामा अफगानिस्तानको नान्गाहार, बदख्सान, सर इ पुल, कान्दाहार ओरुज्गान, गजनी, खोस्त र हेलमाण्ड प्रान्तमा जारी रहेको यस कारबाहीमा थप नौ तलिवान आतङ्ककारी पक्राउ परेका पनि सो विज्ञप्तिमा जनाइएको छ ।

अफगानिस्तानको सेना र प्रहरीले तालिवान आतङ्ककारीहरुका विरुद्धमा निरन्तर रुपमा कारबाही जारी राखेको छन् । गृह मन्त्रालयद्वारा जारी विज्ञप्तिमा यस कारबाहीको क्रममा सुरक्षाबलतर्फ भने कुनै हताहत नभएको जनाइएको छ ।

प्राप्त समाचारअनुसार यसरी जारी राखिएको कारबाही अन्तर्गत गएको २४ घन्टाभित्र गरिएको कारबाहीमा ती तालिवान मारिएका समाचारमा जनाइएको छ ।

अफगानिस्तानबाट नेटो सैनिकले तालिवानसँगको युद्धमा भाग नलिने भनी बिदा लिएको भए पनि दिनहुँजसो त्यहाँको सुरक्षाबलले आतङ्ककारी विरुद्ध कारबाही जारी राखेका छन् ।

नेटो सैनिकले युद्ध समाप्तिको घोषणा गरी अफगानिस्तान छोडेको बताए पनि युद्ध भने रोकिएको छैन । अहिले पनि दिनहुँजसो अफगानिस्तानका विभिन्न क्षेत्रमा कारबाहीका समाचारहरु आइरहेका छन् । सिन्ह्वा

www.ratopati.com
नरेन्द्र मोदी ! सार्वभौमसत्ता सम्पन्न हामी नेपाली जनताको करिब ७० बर्ष देखिको संविधानसभाबाट लोकतान्त्रिक संविधान बनाउने चाहना आज आएर पूरा भएको छ । ३ करोड जनताको बिचार शतप्रतिशत मिलाउनु भनेको त्यो लगभग असम्भव हो, संबिधानसभाको कुल जनाताबाट निर्वाचित सभासद् मध्ये बहुमत २ तिहाई भन्दा बढी सदस्यले हस्तक्षर गरेको हाम्रो संबिधान संसारकै उत्कृष्ट संबिधान हो ।
होला, कतिपय कुरा छुटे होलान् । संबिधानमा पछि सम्बोधन गरौँला । कतिपय समस्याको समाधान समयसँग हुन्छ, आशा अनि धैर्यता कायम गरौँ । परिमार्जन गर्नुपर्ने कुराहरू पनि होलान्, परीमार्जन गर्दै जानुपर्दछ भोलिका दिनमा । हेक्का होस् संबिधान आउनासाथ जलाउनु पर्छ भन्नेहरु नेपाली हैनन् ।
भारत तिमी हाम्रो नजिकको मित्रराष्ट्र हो, बेलामौकामा सहयोग पनि गरेका छौ, नुनदेखि सुन, पेट्रोलदेखि ग्यासमा तिमीमा भर पर्छौँ हामी नेपाली यो पनि सत्य हो । तर यसको अर्थ यो हैन कि सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र हामी नेपालीको आन्तरिक मामलामा हस्तक्षेप गर्ने अधिकार छैन् तिमीमा, हामी आफै योग्य छौँ । हाम्रा आन्तरिक समस्या समाधान गर्न अनावश्यक हस्तक्षेप गर्ने काम बन्द गर् ।
सक्छौ समर्थन गर् होइन सक्दैनौ बिरोध नगर्, हाम्रा दाजुभाई लडाउने काम नगर, सरकारी भबन, गाडी, प्रहरी कार्यालय, अनि जिउँदो प्रहरी नै जलाउने काम नगर ।
इतिहास साक्षी छ नेपालमा आजैपनि बीर अमरसिंह ,बलभद्रहरु छन् ख्याल गर, यसलई आग्रह नसोचियोस, कमजोरी नसोचियोस्, सच्चा इमान्दार नेपालीको चेतावनी हो यो ख्याल गर् ।
सिके रावत, राजेन्द्र महतो, बाबुराम भट्राई, उपेन्द्र यादव, हृदेश त्रिपाठी, सरिता गिरी लगायतका तिम्रा आगोसित दूतको सपना साकार नहुने भएपछि औपचारिक रुपमै रन्जित रे पठायौँ । ख्याल गर, तिम्राबिरुद्ध गोर्खाली सडकमा आउलान् ।
अन्त्यमा, सुझाव दिन चाहेँ तिमीलाई- हाम्रो हैन तिम्रो देशमा भैराखेको आन्दोलन अनि बिरोधका आवाजहरुलाई ध्यान देउ, पहिला पाकिस्तानसँगको कास्मिर विवाद मिलाउ, नेपालीसँगको दार्जिलिङ, गोर्खा आन्दोलन लगायतका समस्या समाधान गर् हाम्रोमा आउनु पर्दैन, बरु तिम्रो विवाद मिलाउन सक्दैनौँ भने भन् हामीलाई । हामी पहल गर्दिम्ला, इतिहास साक्षी छ, गोर्खालीले आँटेको काम पुरा गरेर छाडछन् । त्यसैले गोर्खालीलाई जिस्काउने काम नगर् । ​
– विमल क्षेत्री
नेपाली छोरो
dainiknepal.com
एजेन्सी । विद्यालय हिडेकी एक छात्राको सेक्स भिडियो सार्वजनिक भएको छ ।
विद्यालय गइरहेकी ती छात्रालाई बन्धक बनाएर राजधानीको एक होटलमा सामूहिक बलात्कार गरि भिडियो बनाइएको समाचार एजेन्सीले जनाएका छन् । ती बालिकालाई १० घण्टा बन्धक बनाएर लगातार बलात्कार गरिएको हो ।
अभियुक्तले बलात्कार गर्दा भिडियो समेत खिचेका छन् । सामूहिक बलात्कारको सिकार भएकी कक्षा ९ मा अध्ययनरत ती छात्राले राजधानी दिल्लीका सम्वाददातालाई बताएअनुसार शनिवार विहान ४ युवाहरुले स्कूल जाने क्रममा उनलाई जबरजस्ती कारमा राखेर नजफगढ ग्रामिण इलाका पुर्‍याएका थिए जहाँ उनलाई १० घण्टासम्म बलात्कार गरेर अभियुक्तहरु फरार भएका छन् ।
घटनाबारे पीडित युवतीका परिवारले पुलिसमा उजुरी दर्ता गरेका छन् । तर, अहिलेसम्म कुनैपनि अभियुक्तलाई पक्राउ गरिएको छैन् । युवतीले घटनाबारे पुलिसलाई जानकारी गराएपछि अभियुक्तहरुले सामाजिक सञ्जाल फेसबुकबाट सेक्स भिडियो सार्वजनिक गरेका छन् ।
उनीहरुले पुलिसबाट मुद्दा फिर्ता नलिए सेक्स भिडियोलाई पोर्न कम्पनीबाट सार्वजनिक गर्ने धम्की दिएका छन् । बलात्कारका क्रममा ती छात्रालाई अभियुक्तहरुले रक्सी पिलाएर ‘इमोशनल’मा ल्याएर बलात्कार र भिडियो खिचेको समाचारमा उल्लेख छ । जसका कारण उनी अर्ध वेहोस थिईन् । उनले अभियुक्तलाई चिन्न सक्ने अवस्था थिएनन् । जसले पुलिस अनुसन्धानमा कटिठनाई भएको छ ।
ainiknepal.com
काठमाडौँ: संविधानसभाबाट संविधान जारी भएको ऐतिहासिक अवसरमा स्मरण जनाउन हर्षस्वरुप नेपाल राष्ट्र बैंककले  दुई हजार र एक सय मूल्य रुपैयाँ अङ्कित विशेष सिक्का जारी गर्ने भएको छ ।

नेपाल राष्ट्र बैंकको आज बसेको सञ्चालक समितिको बैठकले दुई हजारको चाँदीको सिक्का र १०० को निकेलको सिक्का जारी गर्ने निर्णय गरेको राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर गोपाल काफ्लेले जानकारी दिए ।
उक्त सिक्कामा ‘नेपालको संविधान २०७२’ लेखिने र अन्य नमुनाका बारेमा राष्ट्र बैंकले तयारी गर्नेछ । आगामी दसैँको नजिक उक्त सिक्का जारी गर्ने तयारी गरेको उनले बताए । यो सिक्का सर्वसाधारण जनताले प्रयोगमा ल्याउन सक्नेछन् ।
annapurnapost.com
काठमाडौं, ४ असोज । भारतबाट अमेरिकी हतियार बोकेर नेपाल प्रवेश गर्न लागेका एक युवालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट माडरबाट खटिएको एपीएफ टोलीले सोमबार मेड ईन युएसए लेखिएको एउटा पेस्तोल तथा सोको म्यागजीन र आठ राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको हो । उक्त गोली मध्ये दुई वटा ७.५५ एमएमको गोली उक्त पेस्तोलमा फिट हुने तथा ६ वटा गोली ८ एमएमको रहेको छ ।

पक्राउ पर्नेमा सिरहा जिल्लाको राजपुर गाविस ३ घर बताउने २४ वर्षिय महेशकुमार यादव छन् । एपीएफ टोलीले उनलाई सिरहा जिल्लाको सिरहा नगरपालिका १७ बाट सोमबार दिउँसो करीब पौने चार बजे पक्राउ गरेको हो । सो नाकामा एपीएफ टोलीले जाँच गर्ने क्रममा पेस्तोल तथा गोली फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।
ना. २९ प १३८८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवको उक्त मोटरसाइकलको सिटमुनी उल्लेखित पेस्तोल तथा गोली भेटिएको थियो । एपीएफ टोलीले त्यसवेला सो मोटरसाइकल समेत बरामद गरेको छ । यसअघि सशस्त्र प्रहरीले मधेसका नाकाबाट हतियारसहित दुई जनालाई पक्राउ गरिसकेको छ ।
dainiknepal.com
झापा, ४ असोज । नयाँ संविधानको विरोध गर्दै झापाको बिर्तामोडमा असन्तुष्ट पक्षले आज पनि प्रर्दशन जारी राखेका छन् ।
बिर्तामोडस्थित मुक्तिचौकमा प्रर्दशनकारीले आज दिउँसो संविधान जलाउने तयारी गरेपछि त्यसलाई रोक्न खोज्ने प्रहरीमाथि ढुङ्गा प्रहार गरेको र त्यसको प्रतिकारमा प्रहरीले हवाई फायर गरेको हो ।
संविधान जारी भएको खुसियालीमा प्रमुख तीन दलसहित स्थानीय जनताले आयोजना गरेको कार्यक्रममा सहभागी हुन बिर्तामोडमा सयौं सर्वसाधारण आइरहेका बेला प्रर्दशनकारीले संविधानको प्रति जलाउन खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भएको थियो । सोही क्रममा प्रहरीमाथि आक्रमण भएपछि स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
केही प्रदर्शनकारीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको प्रर्दशनकारीको नाम भने खुल्न सकेको छैन ।
संविधानको विरोध गर्दै आइतबारदेखि अरुण पूर्वका नौ जिल्लामा सङ्घीय लिम्बूवान पार्टी नेपाल सहित ३३ दलीय सङ्र्घष समितिले आम हडतालको आयोजना गरेको छ । आम हडतालका कारण पूर्वमा लामो तथा छोटो दूरीका कुनै पनि सवारीका साधन सञ्चालनमा आउन नसकेको अञ्चल प्रहरी कार्यालय मेचीले जनाएको छ । रासस
dainiknepal.com
काठमाडौं, असोज ४ । प्रधानमन्त्री शुशिल कोइरालाका प्रेस सल्लाहाकार प्रतिक प्रधानले प्रधानमन्त्रीको प्रेस सल्लाहकारबाट राजीनामा दिएको घोषणा गरेका छन् ।



गत जेठ २२ गते प्रधानमन्त्रीका प्रेस सल्लाहाकारको रुपमा नियुक्त भएका प्रधानले सामाजिक संजाल ट्विटरमा ट्विट गर्दै उक्त पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

उनले आफ्नो ट्विटमा वैचारिक स्वतन्त्रताको निरन्तरताका लागि प्रधानमन्त्रीको प्रेश सल्लाहकार पदबाट आजैदेखि लागू हुनेगरी राजिनामा गरेको उल्लेख गरेका छन् ।

प्रधान प्रधानमन्त्रीको प्रेस सल्लाहाकार हुनुपूर्व नागरिक दैनिकको सम्पादका रुपमा कार्यरत थिए

www.etajakhabar.com
तलब भत्ता र मान पद्वीका लागि जेल बसिएन
काठमाडौं : एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नयाँ संविधानमा आफ्ना अधिकार नसमेटिएको देखाउन मधेसवादीसहितका आन्दोलनरत समूहलाई चुनौती दिएका छन् ।

सोमबार काठमाडौंको सैनिक मञ्च टुँडीखेलमा आयोजित नयाँ संविधानको विजयसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफ्ना अधिकार संविधानमा नभएको पत्ता लगाएर देखाउन चुनौती दिँदै यो संविधानले सबैको अधिकार समेटेको तर्क गरे ।

'संविधानको कुन् धारामा कहाँ निर कुनै समूहको अधिकार समेटिएको छैन ?', अध्यक्ष ओलीले भने, 'आफ्नो अधिकार नभएको देखाउन म चुनाैती दिन्छु ।'

‘यदि कुनै समस्या  र असन्तुष्टी छन् भने विभिन्न आयोगमार्फत जायज कुरालाई सम्बोधन गर्न सक्छौं’, उनले भने, ‘संविधान अपरविर्तनीय र असंशोधनीय व्यवस्था होइन । नेपाल र नेपाली जनाताको आवश्यकता र विकासका लागि संशोधन हुन्छ ।’

खुसियाली मनाउने बेलामा कुनै समूह र तत्प्काले चित्त दुखाउनु दुःखदायी भएको ओलीको भनाइ ।

ओलीले पहिलो संविधानसभा असफल भएको अवस्थामा दोस्रो संविधानसभा पनि असफल बनाएर देशको अन्त्य नगरे देश विकासतर्फ नजाने उल्लेख गरे ।

‘खुसियाली मनाउनुपर्ने ठाउँमा कुनै विशेष समूह र तप्काले चित्त दुखाउनुु दुःखदायी कुरा हो’, ओलीले भने, ‘सबैले खुसियाली मनाऔं । कुरा गरौं, वार्ता गरौं । सबै जायज मागलाई यथोचित सम्बोधन गरिने छ ।’

नेपाल स्वाभिमानीहरुको देश रहेको बताउँदै छिमेकी देशहरुमा आफ्नो स्वाभिमान कायम गर्दै सम्बन्ध राख्ने ओलीको भनाइ थियो ।

तलब भत्ताका लागि जेल बसिएन
अध्यक्ष ओलीले सम्बोधनका क्रममा जनता र देशका लागि जेल बसेको बताउँदै आफूजस्तै धेरैले लामो समय जेल बसेकै कारण नेपाली जनता सार्वभौम सम्पन्न हुन सकेको उल्लेख गरे ।

‘हामी जेल बसेको रामो पारिश्रमकि र भत्ताका लागि होइन । मानपदवी र विभुषणका लागि पनि जेल बसेको होइन’, ओलीले भने, ‘जनताका लागि, देशका लागि र लोकतन्त्रका लागि जेल बसेका हौँ ।’
annapurnapost.com
काठमाडौ : एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत नेपालको अभिन्न मित्र  भए पनि नेपाल भारतको गुलाम (एसमेन) हुन नसक्ने बताएका छन् ।

नयाँ संविधान जारी भएपछि टुँडिखेलमा आयोजित विजयसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, हामी भारतको सच्चा मित्र हौं तर मित्र हुँदैमा उसको एसमेन हुनसक्दैनौं । उनले भारतका जायज चासो र चिन्तालाई सम्बोधन गर्न आफूहरु तयार रहेको बताउँदै भने, हामी मित्रका जायज चासो र चिन्तालाई सहयोग गर्न तयार छौं तर उसले पनि हाम्रा जायज चासो, चिन्ता र आवश्यकतालाई सहयोग गर्नुपर्छ र सम्बोधन गर्नुपर्छ ।


तराई मधेसका अधिकांश माग र मुद्दाहरु सम्बोधन भइसकेकोले अब आन्दोलन छोडेर असन्तुष्टहरु वार्तामा आउनुपर्ने बताए । अधिकांश सम्बोधन नयाँ संविधान नेपालको राजनीतिक इतिहासकै सर्वाधिक महत्वपूर्ण उपलब्धी रहेको बताएका छन् । उनले भने, तराई मधेसमा उठेका नागरिकता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, समावेशी समानुपातिक प्रतिनिधित्व लगायतका धेरै माग सम्बोधन भइसकेका छन् । सिमांकनमा केही समस्या भए वार्तामा बसेर सम्बोधन गर्न तयार रहेको प्रतिवद्धता तीन दलबाट लिखित रुपमा आइसकेको छ । त्यसैले अब आन्दोलन आवश्यक छैन ।


उनले नेपाली जनताको निकै लामो संघर्ष, महान् बलिदानी र संघर्षपछि संविधान संभव भएको बताए उनले उन्नत लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशी प्रतिनिधित्वको प्रणाली नै नयाँ संविधानको विशेषता रहेको उल्लेख गर्दै भने, हामीले नमूना संविधान बनाएका छौं। हामी सबैले गर्व गर्नुपर्दछ । उनले नेपाली स्वाभिमान र आत्मसम्मानको शानदार विजय भएको बताउँदै भने, यो शानलाई जोगाउन हामी सबै जुट्नुपर्छ ।

उनले तीन प्रमुख दल एक ठाउँमा आएपछि संविधान निर्माण सफल भएको बताउँदै भने, कुनै दल विशेषको चाहना, एजेन्डाअनुसार संविधान आएको होइन। सम्झौता र समझदारीमा यो संविधान आएको छ ।
annapurnapost.com
सिमरा : संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले व्यवस्थापिका संसद्का सदस्य राधेचन्द्र यादव र लालबाबु सिंहको कलैयामा रहेको घर तोडफोड गरी आगजनी गरेका छन् ।

एक महिनादेखि कलैयास्थित भरत चौकलाई आन्दोलनको केन्द्र बनाएका मोर्चाका कार्यकर्ताले नजिकै रहेको सांसद् यादवको घरमा तोडफोड गर्दै आगजनी गरेका हुन् । नेपाली कांग्रेसका नेता यादव बारा क्षेत्र नं. २ बाट निर्वाचित सांसद् हुन् ।

भरत चौकबाट नजिकै रहेको यादवको घरमा प्रवेश गर्दै प्रदर्शनकारीले तोडफोड गरेका थिए ।

प्रदर्शनकारीले यादवको बैठक कोठामा रहेको टिभी, कपडालगायतका सामान सडकमा ल्याएर आगजनी गरेका छन् ।

आक्रोशित प्रदर्शनकारीले यादवको घरको सटर भाडामा लिई सञ्चालन गरिएको टायर पसलबाट नयाँ टायर झिकेर आगोसमेत लगाएका छन् ।

यसैगरी प्रदर्शनकारीले सांसद् लालबाबु सिंहको घरमा पनि तोडफोड गरेका छन् । कलैया–६ मा रहेको सिंहको घरमा प्रदर्शनकारीले तोडफोड गरेका हुन् । सिंह एमाओवादीका समानुपातिक सांसद् हुन् ।

प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि अघिल्लो दिनको तुलनामा कलैयाको जनजिवन सोमबार निकै तनावग्रस्त बनेको छ ।

हजारौको संख्यामा प्रदर्शनकारीले भरत चौकमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीले आगजनी र तोडफोड गर्न थालेपछि जिल्ला प्रहरी कार्यलय र जिल्ला प्रशासन कार्यलय आगडीको सकडमा प्रहरी परिचालन गरिएको छ । annapurnapost.com
काठमाडौं, असोज ४ । संविधान जारी गरीएको खुशीयालीमा काठमाडौँको सैनिक मञ्चमा एक भब्य समारोहको आयोजना गरिएको छ । समारोहमा शीर्ष दलका शीर्ष नेताहरु उपस्थित भइसकेका छन् भने कैयौँको संख्या सर्वसाधारण उपस्थिति रहेको छ ।

यसैबिच केही बेर अघि समारोहमा थप उत्साह भर्न सेनाको हेलीकोप्टरले पुष्प वृक्षले स्वागत गरेको छ । काठमाडौँमा बिजय उत्सब मनाइरहँदा पूर्व विराटनगरमा भने प्रहरी र प्रर्दशनकारी बिच झडप भएको छ । विराटनगरको महावीर चोकमा भएको झडपमा प्रहरीको गोली लागी ३ जना प्रर्दशनकारी घाइते भएका छन् ।

आज विहानै देखि जारी प्रर्दशनमा आन्दोलनकारी उग्र बन्दै गएपछि प्रहरी गोली चलाउन बाध्य भएको हो । स्थिति सामान्य बनाउन प्रहरीले ६ राउन्ड अश्रु ग्यास र केही राउन्ड हवाई फायर गरेको छ ।

झडपमा घाइते भएका ३ जना प्रदर्शनकारीको विराटनगरकै गोल्डेन अस्पतालमा उपचार भैरहेको छ । नयाँ संविधानको विरोधमा मधेसी मोर्चाका कार्यकर्ताले विरोध प्रदर्शन गरेका छन् भने त्यो भन्दा ठुलो संख्यामा संविधानको स्वागतमा कार्यक्रमको आयोजना गरिएको छ ।
www.etajakhabar.com
क्रान्ति शाह |
२०७२ आस्विन ४ सोमबार


फोटो :कर्फ्यू तोडेर टायर बाल्दै प्रदर्शनकारी । तस्बिर : क्रान्ति शाह


वीरगन्ज : वीरगन्जमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू तोड्दै सोमबार बिहानैदेखि प्रदर्शन शुरु भएको छ ।

 सोमबार बिहान दुइ घण्टाका लागि हटाएको कर्फ्यू स्थानीय प्रशासनले बिहान ९ बजेदेखि फेरि लागू गरेको छ ।

 नगरका ठाँउ ठाँउमा मधेशी दलका कार्यकर्ता र स्थानीयले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।


 वीरगन्जको रानीघाट, अशोकबाटिका, पिपरा, नगवा, लक्ष्मणवा, ड्राइपोर्ट, हरपतगन्ज, भेडियाही लगायतका स्थानमा प्रदर्शनकारीहरुले टायर बाली संविधान जलाएर प्रदर्शन गरेका हुन् ।

 पिपरा र भेडियाहीस्थित नेशनल मेडिकल कलेज चोकमा प्रदर्शनकारीहरुले मुख्य तीन दलका शीर्ष नेताहरुको पुत्ला दहन गरेका छन् ।

 यस्तै पर्साको ग्रामीण क्षेत्रमा पनि नयाँ संविधानको विरोधमा सोमबार विहानै देखि प्रदर्शन शुरु भएको छ ।

 कौवाबन कटैया गाविसमा बिहान स्थानीयवासीले नयाँ संविधानको प्रतिलिपी जलाउनुको साथै राष्ट्रपति डाक्टर रामवरण यादव, प्रधानमन्त्री शुसील कोइराला, एमाले अध्यक्ष केपी ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस उपसभापति रामचन्द्र पौडेल, सभासदहरु सुरेन्द्र चौधरी र नागेन्द्र चौधरीको पुतला दहन गरेका छन् ।

 यसअघि आइतवार वीरगन्जमा कर्फ्यू तोडेर भएको प्रदर्शनमा प्रहरीको गोलीबाट एकजना प्रदर्शनकारीको मृत्यु भएको थियो ।

 यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधानको विरोधमा सोमबार वीरगन्जमा बृहत जनप्रदर्शन गर्दैछ ।

 दिउँसो वीरगञ्जमा हुने जनप्रदर्शनमा सहभागी हुन गाउँ गाँउमा सर्वसधारण र दलका कार्यकर्तालाई अपिल गरिएको संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

 प्रहरीले राष्टिय मधेस समाजवादी पार्टीका केन्द्रिय सदस्य राजेशमान सिंहको घरमा सोमबार बिहान   खानतलासी गरेको छ ।

 जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीको नेतृत्वमा गएको प्रहरीको टोलीले वीरगन्जको आदर्शनगरस्थित सिंहको घरमा खानतलासी गरेको हो ।

 नेता सिंहलाई पक्राउ गर्न गएको टोली घरमा उनी फेला नपरे पछि रित्तै फर्किएको छ । मधेसी मोर्चाले नयाँ संविधानको विरोधमा सोमबार दिउँसो वीरगन्जमा बृहत प्रदर्शन गर्ने निर्णय गरेकाले प्रहरीले मोर्चाका नेताहरुलाई पक्रने अभियान चलाएको छ ।

 पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक होमेन्द्र बोगटीले भने शंका लागेर प्रहरीले नेता सिंहको घरमा खानतलासी मात्र गरेको बताए ।
annapurnapost

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
लम्की बजारमा सिलिन्डर बम पड्काइयो
धनगढी : देशभर नयाँ संविधानको उल्लास भइरहेका बेला कैलालीमा थरुहटका कार्यकर्ताले एउटा प्रहरी चौकी जलाएका छन् । थरुहटका कार्यकर्ताले अर्को प्रहरी चौकीमा तोडफोड गरेका छन् ।

आफुहरुको अधिकार सुनिश्चित नभएको भन्दै थरुहट÷थारुवानपक्षका आन्दोलनकारीले कैलालीको पवेरा गाविसमा रहेको छोट्की पलिया प्रहरी चौकीमा आगजनी गरेका छन् ।

गएराति प्रहरी नभएको मौकामा थरुहटका कार्यकर्ताहरुले आगजनी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

भदौ ७ गते भएको टीकापुर घटनापछि कम जनशक्ति भएका प्रहरी चौकीमध्ये छोट्की पलिया प्रहरी चौकीलाई पनि हसुलियामा गाभिएको थियो ।

यस्तै सोही समयमा मर्ज गरिएको रामपुर प्रहरी चौकीमा पनि गएराती नै तोडफोड गरिएको कैलालीका प्रहरी प्रमुख एसपी विक्रम बहादुर चन्दले जानकारी दिए ।

संविधानमा आफ्ना हक अधिकारको सुनिश्चितता नभएको भन्दै थारु समुदायले हिजो संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाएका छन भने आज संविधानका मन नपरेका धाराहरु जलाउने तयारी गरेका छन ।

थारुवान÷थरुहट संयुक्त संघर्ष समितिका प्रवक्ता माधव थारुले, संविधान जलाउनका लागि धनगढी आसपासमा पनि तयारी भईरहेको बताए । उनले पुर्व–पश्चिम राजमार्गको चौमाला, राजीपुर, मसुरिया, पहलमानपुर सुखड र लम्की आसपासमा प्रदर्शनकारी जम्मा भइरहेको बताए ।

लम्की बजारमा बम पड्काइयो
यस्तै कैलालीको लम्कीमा बम बिस्फोट भएको छ । अज्ञात समूहले सोमबार बिहान साढे ४ वजे लम्की चुहा नगरपालिका–२ थकालीपुरस्थित बी लाईनमा सिलिण्डर बम बिस्फोट गराएको हो ।

इलाका प्रहरी कर्यालय लम्कीका प्रहरी प्रमुख प्रहरी निरिक्षक जगन्नाथ खनालका अनुसार बिहान साढे ४ बजे सडक छेउँको खाली सिलिण्डर बम पड्काइएको छ ।

बम बिस्फोटका कारण कुनै पनि मानवीय तथा भौतिक क्षति भएको छैन । घटनाको प्रकृति हेर्दा जनजीवन त्रसित पार्ने उद्देश्यले बम पड्काइएको प्रहरी निरीक्षक खनालको भनाइ छ ।
annapurnapost.com
जनकपुरधाम: संविधानसभाबाट नयाँ संविधान जारी भएको घोषणा हुनासाथ काठमाडौंमा दीपावली गरिए पनि जनकपुरमा राष्ट्रपतिको घरदेखि लिएर प्रमुख दलका नेताको घरमा समेत बत्ती नबाली ब्ल्याक आउट गरिएको छ।

जनकपुर उपमहानगरपालिका ९ ब्रह्मपुरीस्थित राष्ट्रपति डा. रामवरण यादवको घरमा आइतबार साँझ एउटा पनि बत्ती बलेन। कांग्रेसका नेता तथा भौतिक योजना तथा पूर्वाधारमन्त्री विमलेन्द्र निधिको निवास पनि अन्धकार थियो।


राष्ट्रपति निवासकै छेउमा घर रहेको एमाले नेता तथा पूर्वमन्त्री रघुवीर महासेठको घरमा पनि बत्ती बलेन।सभासद् रामकृष्ण यादव, सभासद् शीतल झा, एमाले केन्द्रीय नेता शत्रुघ्न महतोसहित कांग्रेसका पूर्वसभासद् एवं जिल्लाअध्यक्ष रामसरोज यादवलगायत नेताको घरमा समेत बत्ती निभाइएको थियो।


प्रमुख तीन दलले जिल्लामा संविधान जारी भएको खुसीमा दीपावली मनाउने र अन्तरक्रिया गर्ने निर्णय गरे पनि धनुषा र महोत्तरीमा मधेसी मोर्चाको आन्दोलनका कारण संविधान जारी भएको दिनलाई कालो दिवसका रूपमा मनाइएको छ।

सदरमुकाम जनकपुर, जलेश्वरलगायत ग्रामीण क्षेत्रमा समेत बत्ती निभाएर ब्ल्याक आउट गरी विरोध प्रदर्शन गरिएको थियो। यसै क्रममा साँझको बेला ब्ल्याक आउट गराउँदै हिँडेका आन्दोलनकारी जनकपुरको भानुचोकस्थित निषेधित क्षेत्रमा प्रवेश गरेपछि प्रहरीले हवाईफायर गरी हटाएको थियो।


यसै क्रममा मधेसको माग सम्बोधन नगरी जारी गरिएको संविधानको विरोधमा आइतबार धनुषा र महोत्तरीमा 'कालो दिन' घोषणा गरी बृहत् प्रदर्शन गरिएको थियो।

मधेसी मोर्चा, स्थानीय युवा क्लब, विभिन्न पेसागत संघसंगठनसहितको आह्वानमा मुखमा कालोपट्टी बाँधेर कालोझन्डा बोकी हजारौंको संख्यामा आन्दोलनकारीले जनकपुर नगरक्षेत्रमा विरोधजुलुस प्रदर्शन गरेका थिए । मोर्चाद्वारा नगरसहित ग्रामीण क्षेत्रमा समेत घरघरमा कालोझन्डा गाडेर विरोध प्रदर्शन गरिएको छ।

आन्दोलनकारीले प्रमुख तीन दलका नेता तथा सभासद्को पुतलादहन गर्नुका साथै उनीहरूका घरघरमा गई कालोझन्डा गाडेका थिए।यसै क्रममा मोर्चाले ग्रामीण क्षेत्रमा संविधान जारी भएको खुसीयाली कसैले मनायो र आइतबार राति घरमा बत्ती बाल्यो भने ५ हजार १ सय रुपैयाँ जरिबाना तिर्नुपर्ने उर्दीसमेत जारी गरेको छ।

जिल्लाका बोहरवा, नगराइन, देवपुरा रुपैठा, जटही, लक्ष्मीनिया, औरही, धनुषाधाम, कपिलेश्वरलगायत स्थानमा युवाले सयौंको संख्यामा कालोपट्टी बाँधेर मोटरसाइकल जुलुस प्रदर्शन गरेका थिए।यता प्रशासनले जनकपुर नगर क्षेत्रमा सुरक्षाव्यवस्था कडा बनाएको छ।

नगरका विभिन्न चारवटा सडकखण्डलाई निषेधित गरी व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ। सरकारी कार्यालय भएको क्षेत्रमा सर्वसाधारणलाई आवतजावतमा रोक लगाइएको छ।

यसै क्रममा महोत्तरीको जलेश्वरमा स्थानीय प्रशासनले मोर्चाको प्रदर्शनमा कुनै उग्र क्रियाकलाप नहोस् भनेर दिउँसो १ बजेबाट कफ्र्यु जारी गरेको छ। कर्फ्यूका कारण सदरमुकाममा प्रदर्शन नगरिए पनि महोत्तरीका ग्रामीण क्षेत्रमा भने तनाव उत्पन्‍न भएको थियो।

मोर्चाले सोमबार गाउँगाउँबाट आन्दोलनकारीलाई सदरमुकाममा जम्मा गरी संविधान जलाउने कार्यक्रम राखेको छ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home