• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । प्रचण्डले उधारो आश्वासन पूरा नगरेपछि बिच्किएका बाबुराम भट्टराईले अन्ततः संविधान निर्माण प्रक्रियामा भारतलाई बेवास्ता गरेको भन्दै एमाओवापाटी नै परित्याग गरे । तर, नयाँ शक्ति भन्दै आएका उनलार्य अरुले त परै जाओस् पार्टीभित्र उनकै दाहिने हातका रुपमा चिनिएका नेताले पनि साथ छोडेका छन् ।
बाबुरामले सबैभन्दा ठूलो भर स्थायी समिति सदस्य टोपबहादुर रायमाझीको गरेका थिए । तर, अहिले रायमाझीले भट्टराईको साथ छोडेका छन् । भट्टराईलाई अहिले प्रधानमन्त्री हुँदा बालुवाटारमा जागिर पाएकाहरुको मात्र साथ रहेको बुझिएको छ ।
उनलाई साथ दिनेमा १५० केन्द्रीय सदस्य मध्ये जम्मा ९ जनामात्र छन् । जसमा पत्नी हिसिला यमी, देवेन्द्र पौडेल, गंगा श्रेष्ठ, रामरिझन यादव, प्रभू साह, रामचन्द्र झा, रामकुमार शर्मा, देवेन्द्र पराजुली, कल्पना धमलाले मात्र उनलाई साथ दिने बताइन्छ । पराजुली र धमला दम्पति हुन् । अाजकाे बुधबार साप्ताहिकमा खबर छ ।
dainiknepal.com
धनकुटा: धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन्।

डाँडाबजार-२ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। भाला प्रहारबाट शरीरका विभिन्‍न भागमा चोट लागेकी मोतिमायाको घटनास्थलमै मृत्यु भएको हो।


राति करिब ८ बजे घटना भएलगत्तै डाँडाबजार अस्थायी प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक मोहितकुमार यादव नेतृत्वमा गएको टोलीले घटनास्थलबाट हत्यामा प्रयोग भएको भालासहित देवर कालीबहादुरलाई नियन्त्रणमा लिएको छ।

शव परीक्षण र घटनास्थल मुचुल्काका लागि जिल्ला प्रहरी कार्यालय राति टोली जान समस्या भएपछि बिहान प्रहरी नायब निरीक्षक दिनेश अधिकारी नेतृत्वको टोली घटनास्थल पुगेको छ। शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ।

मृतकका श्रीमान् ताराबहादुर याखा वैदेशिक रोजगारीका क्रममा मलेसियामा छन्। घरमा पाँच वर्षीया छोरी छन्। श्रीमान् विदेश गएपछि घरमा देवर भाउजू र छोरी बस्दै आएका थिए।

देवरले भाउजूको हत्या गर्नुको कारण भने खुल्न नसकेको र घटनाको विषयमा अनुसन्धान भइरहेको धनकुटाका प्रहरी प्रवक्ता विमल बस्नेतले जानकारी दिए। रासस
www.annapurnapost.com
के तपाइँलाई सधै थकान महसुस भैरहन्छ ? निद्रा पनि नलाग्ने समस्या छ ? अनि व्यायाम गर्न पनि जाँगर चल्दैन वा जिउमा उर्जा नै हुँदैन ?
यदि थकान जिवनको अभिन्न पाटो बनेको छ र आफ्ना सामान्य दैनिक कामकाजहरु पनि गम्भीर रुपले कठीन कार्यको रुपमा परिणत हुँदै गएका छन् भने होसियार हुनुहोस्, तपाइँ विश्वका त्यस्ता मानिसहरु मध्ये एक हुनुहुन्छ, जसलाई सरीरमा आवश्यक पर्ने लवणहरु पर्याप्त मात्रामा प्राप्त हुन सकेको छैन । त्यस्ता लवणहरु मध्ये मुख्य रुपमा फलामको कमीले यस्तो सधै थाकिरहने समस्या पैदा गर्दछ ।
फलाम सरीरमा उर्जा उत्पादनका लागि अनिवार्य छ । किनकी यो राता रक्तकोषको आधारशीला हो जसले सरीरभर अक्सिजनको प्रवाह गर्दछ । त्यसैले सरीरमा पर्याप्त फलाम तत्वको आपूर्ति भएन भने अक्सिजनको कमी हुनपुग्दछ अनि पर्याप्त उर्जा उत्पादन हुन पाउँदैन ।
छालाको रंग पहेँलो जस्तो हुनु, मुटुको धड्कन जोडसँग चलेको अनुभुति हुनु तथा स्वासप्रस्वास पनि छिटोछिटो हुनु फलामको कमीको लक्षणहरु हुन् ।
टाउको दुख्ने, आँखा तिरमिराउने, कानमा टिनटिन आवाज आइरहने, कपाल झर्ने, हातखुट्टा चिसो हुने, निल्न गाह्रो हुने, जिउ चिलाउने, निद्रा राम्रोसँग नलाग्ने, भोक नलाग्ने, पेट दुख्ने, जिब्रो सुन्निने वा कडा भएर दुख्ने, नङ चम्चा आकारको तथा प्याट्ट भाँचिने बन्नु पनि फलामको कमीका लक्षण हुन् ।
सरीरमा फलामको पर्याप्त मात्रा आपूर्तिका लागि खानुपर्ने खानेकुराहरु :
· पर्याप्त रक्तफलाम हुने खानेकुरा जस्तै रातो मासु, कलेजो (हप्तामा ५ सय ग्राम सम्म)
· मासुसँगै फलफूलको जुस पिउँदा सरीरले मासुमा भएको फलाम राम्रोसँग सोस्दछ
· हरिया सागपातहरु प्रसस्त भोजन गर्ने
· फर्सिको बियाँ, सूर्यमुखीको बियाँ
· गेडागुडी, दाल, भटमास, अन्न आदि ।

काठमाडौं, १४ असोज । सत्ता साझेदार दल नेकपा एमालेले चीनसँग जोडिएका नेपाली नाका खुलाउन विद्यार्थी टोली परिचालन गरेको छ ।
एमालेले भातृ संगठन अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमको नेतृत्वमा एक सय जना विद्यार्थीलाई स्वंयसेवक बनाएर चिनियाँ नाका खोल्न परिचालन गरेको एमाले प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘भारतले गरेको अघोषित नाकाबन्दीले समस्या भएपछि छिटो भन्दा छिटो चीनसँग सम्पर्क गराउनलाई सजिलो होस् भनेर स्वयंसेवक परिचालन गरिएको हो । अबको दुई/तीन दिनभित्रै चिनियाँ नाका खुल्छ ।’
उहाँका अनुसार एमालेको विद्यार्थी टोली सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउन विहीबार आज त्यसतर्फ प्रस्थान गरेको छ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी स्वयंसेवक टोलीलाई बिदाइ गर्नुभयो ।
विद्यार्थी स्वयंसेवकले २ दिनसम्म तातोपानी नाका खुलाउन श्रमदान गर्ने कार्यक्रम छ । नाका खुलाउन खटिएका नेपाल र चीनका कर्मचारीहरुलाई एमाले स्वंयसेवकहरुले आवश्यक सहयोग गर्नेछन् । एमालेले स्वयंसेवकहरुलाई जनही ५ सय रुपैयाँ, ज्याकेट र ड्राइफुडको व्यवस्था गरेको छ ।
dainiknepal.com
प्रशान्त आजाद
डटेर सामना गरौँ नाकाबन्दीको
काठमाडौं, नेपालमाथि जे पनि गरे हुन्छ मानसिकता बोक्दै नेपाली राजनीतिमा प्रत्यक्ष भूमिका खेल्दै आएको भारतका लागि यसपटक भने आफ्नो कुटनीति प्रत्युत्पादक बन्यो । १६ बुँदे सम्झौतादेखि नै असन्तुष्ट भारतले नेपाली नेताहरुले संविधानलाई पेलेरै भएपनि जारी चाहिँ नगर्लान् भन्ने थियो । तर बिभिन्न शक्तिले चलखेल गर्ने सम्भावना देखेर नेपाली दलहरुले संविधान जारी गरे । असन्तुष्टिका कतिपय प्रावधानहरुमा भविष्यमा छलफल गरी परिमार्जन गर्ने प्रतिबद्धता जनाएर गणतन्त्रलाई संस्थागत गरियो ।


तर भारतका लागि भने यो ठूलो चिन्ताको विषय थियो । भारतको पहिलो स्वार्थ नेपाल हिन्दू राज्य रहिरहोस् भन्ने थियो । राष्ट्रिय स्वयंसेवक संघको समर्थनमा सरकारमा पुगेको भारतीय जनता पार्टीको मूल राजनीतिक आस्था, विचार, चरित्र र विचार नै हिन्दू अतिवाद भएकोले उसकै आँखा अगाडि उसले सधैं निर्देशित गर्दै आएको नेपाल धर्म निरपेक्ष हुनु भारतीय संस्थापन पक्षका लागि कदापी पनि स्वीकार्य थिएन । अर्कोतर्फ परम्पारगतरुपमा तराईको कार्ड फ्याँकेर नेपाली राजनीतिमा दबाब बनाउँदै आएको भारतका लागि मधेसका दलहरुका मागहरु समेत संविधानमा नसमेटिएको विषय उत्तिकै गम्भीर थियो ।

त्यसैले भारतले संविधान जारी हुने समयमा तराईका दलहरुलाई अगाडि सारेर नेपालमा अस्तव्यस्तता बढाउने रणनीति अख्तियार गर्यो । आफू सोझै नेपाली राजनीतिमा नदेखिने भन्दा भन्दै पनि भारतले एक पछि अर्को हस्तक्षेप सार्वजनिकरुपमा नै गर्यो ।

भारतको पहिलो स्वार्थ नेपाल हिन्दू राज्य रहिरहोस् भन्ने थियो । राष्ट्रिय स्वयंसेवक संघको समर्थनमा सरकारमा पुगेको भारतीय जनता पार्टीको मूल राजनीतिक आस्था, विचार, चरित्र र विचार नै हिन्दू अतिवाद भएकोले उसकै आँखा अगाडि उसले सधैं निर्देशित गर्दै आएको नेपाल धर्म निरपेक्ष हुनु भारतीय संस्थापन पक्षका लागि कदापी पनि स्वीकार्य थिएन ।
सीमाक्षेत्रमा सुरुका दिनहरुमा खासै समस्या देखिएको थिएन । मधेस केन्द्रीत दलहरुको आन्दोलनले जनजीवन अस्तव्यस्त बनेपनि सीमाबाट निर्वाधरुपमा सामान आइरहेको थियो । प्रदर्शनको उग्रतामा पनि नेपालभित्र ढुवानीमा समस्या थिएन । यसैबीच भारतले आफ्नो पहिलो प्रतिक्रिया दिँदै संविधानबारे जानकारी पाएको तर मधेसको समस्या हल गर्नुपर्ने वक्तव्य निकाल्यो । नेपाली दलहरुले त्यसलाई गम्भीररुपमा लिएनन् । खासगरी यसअघि जयशंकरको नेपाल भ्रमण असफल भएपछि भारतले कडा रुख अख्तियार गर्दै दोश्रो वक्तव्य निकाल्यो । त्यसमा आफ्नो देशका ढुवानी कम्पनीहरुले नेपालमा सुरक्षा नभएको गुनासो गरेको भन्दै फेरी पनि मधेसी दलका माग मान्न दबाब दियो ।

नेपाली दलहरुले यसलाई पनि गम्भिरतापूर्वक लिएनन बरु देशभित्रको समस्या हल गर्न पटक पटक मधेसी दलहरुसँग वार्ताका लागि आव्हान गरे । प्रदर्शन रोकेको खण्डमा परिचालित सेना फिर्ता गरिने समेत उनीहरुले बताए ।

यो तनावमा भारतले एकाएक सीमाक्षेत्रमा अवरोध शुरु गर्यो । तर भारत आफुले ढुवानी रोक्दा यसले अन्तराष्ट्रियरुपमा भारतको छवि खस्किने बुझेको भारतले मधेसी दलहरुलाई नै सीमा क्षेत्रमा आन्दोलन गर्ने रणनीति बनाउन सुझाव दियो ।

यदि उनीहरुले भनकै साँचा हो भने कैलालीमा, कञ्चनपुरमा त कुनै सुरक्षा खतरा थिएन । सामान्य साइकल र मोटरसाइकलबाट मात्रै सामान ढुवानी हुने गड्डाचौकी–बनवासा, कैलालीको भन्सारक्षेत्रमा किन कडाई ? प्रश्न जनताले उठाइरहेका छन् ।
दुई दिन अघिसम्म भारतले आफैले अवरोध गरेको थियो । दोश्रो दिनको साँझ बसेको मधेसी मोर्चाको बैठकले नाका र राजमार्ग ठप्प गर्ने घोषणा गर्यो । यो भारतीय नाकाबन्दीलाई वैधता दिने कोशिस थियो ।

शुरुमा नेपाली मिडिया र जनताले अवरोध भनेका थिए, तर यो अघोषित नाकाबन्दी हुँदै नाकाबन्दीको परिभाषामा पुग्यो । भारतले मधेसी दलको आवरणमा यो नाकाबन्दी गरेको थियो ।

यतिसम्म कि भारतीय पेट्रोल पम्पमा नीजि बाइकमा तेल भर्न जाँदा समेत नेपाली नम्बर प्लेटका मोटरसाइकललाई तेल नदिनु भन्ने निर्देशन दिइयो ।

तर नेपाली राजनीतिक दलहरुले भारतीय हस्तक्षेपको चर्को बिरोध गरे । देशव्यापीरुपमा भारतीय जनता पार्टीका नेता मोदीको पुत्ला जलाइयो । स्थिति यतिसम्म चर्केर गयो कि नेपालभित्र भारतबिना पनि बाँच्न सकिन्छ भन्ने असीम राष्ट्रवादी मानसिकताको निर्माण भयो । बरु चीनसँग नाका खोल्ने तर भारतसँग झुक्दै नझुक्ने भन्दै देशव्यापी प्रदर्शन भए । सिनेमादेखि भारतीय च्यानहरुलसम्म स्वतःस्फूर्त बन्द गरिए ।

नेपाल र भारतसम्म सीमित मुद्धा अन्तराष्ट्रियकरण भयो । नेपालले विदेशी कुटनीतिज्ञहरुलाई यसबारेमा जानकारी गरायो । अमेरिका, बेलायतलगायत विश्वका प्रमुख समाचार माध्यमले नेपालमा भारतीय हस्तक्षेपबारे विस्तृत सामग्री प्रकाशित गरे ।

कुनै बेला मिडिया ब्रिफिङको नाममा नेपालमा नाकाबन्दी खोल्न नसकिने, ढुवानीकर्ताहरुले नेपालमा जान नमानेको, मधेसीका माग पुरा गरेको भए यसो हुने थिएन जस्ता भाषा प्रयोग गर्ने भारतले एकाएक चौतर्फी दबाबपछि भाका फेर्यो– नेपालको संविधानमा हाम्रो कुनै असन्तुष्टि छैन, नेपालीहरुले नै नेपालभित्रको विवादको समाधान गर्ने हो । हामीले नाकाबन्दी लगाएकै छैनौं ।

भारतीय राजदूत र विदेश मन्त्री सुष्मा स्वराज दुबैका भाका हेर्ने हो भने उनीहरु एक कदम पछि हटेकै हुन । प्रत्यक्ष हस्तक्षेप आफ्ना लागि प्रत्युपादक हुने, यसले नेपालभित्र भारतविरोधी अभिमत बढ्दै जाने, भारतभित्र पनि जनपक्षिय राजनीति गर्ने अन्य दलहरु नेपाललाई समर्थन गर्ने अवस्थामा पुग्ने, आसन्न बिहारदेखि अन्य चुनावी खेलमा आफ्नो हार हुने, अन्तर्राष्ट्रियरुपमा बदनाम भइनेलगायतका यावत समस्या र चुनौतीको आंकलन गरेर होला, भारतीय संस्थापन पक्ष अहिले भाका फेर्न बाध्य भएको छ ।
यदि उनीहरुले भनकै साँचा हो भने कैलालीमा, कञ्चनपुरमा त कुनै सुरक्षा खतरा थिएन । सामान्य साइकल र मोटरसाइकलबाट मात्रै सामान ढुवानी हुने गड्डाचौकी–बनवासा, कैलालीको भन्सारक्षेत्रमा किन कडाई ? प्रश्न जनताले उठाइरहेका छन् ।

भारतीय राजदूत र विदेश मन्त्री सुष्मा स्वराज दुबैका भाका हेर्ने हो भने उनीहरु एक कदम पछि हटेकै हुन । प्रत्यक्ष हस्तक्षेप आफ्ना लागि प्रत्युपादक हुने, यसले नेपालभित्र भारतविरोधी अभिमत बढ्दै जाने, भारतभित्र पनि जनपक्षिय राजनीति गर्ने अन्य दलहरु नेपाललाई समर्थन गर्ने अवस्थामा पुग्ने, आसन्न बिहारदेखि अन्य चुनावी खेलमा आफ्नो हार हुने, अन्तर्राष्ट्रियरुपमा बदनाम भइनेलगायतका यावत समस्या र चुनौतीको आंकलन गरेर होला, भारतीय संस्थापन पक्ष अहिले भाका फेर्न बाध्य भएको छ ।

यसका पछाडि नेपालभित्र एकढिक्का भएर भारतविरोधी जुन प्रतिरोध भयो, त्यो मुख्य जिम्मेवार छ । मधेसभित्रैबाट गच्छदारदेखि अन्यले भारतीय नाकाबन्दीको नरम कोणले भएपनि बिरोध गर्नु, भारतको आशीर्वादबिना प्रधानमन्त्री बन्न सकिँदैन भन्ने मिथलाई निषेध गर्दै एमाले अध्यक्ष ओलीले नाकाबन्दीको बिरोध गर्नु, प्रधानमन्त्रीदेखि, एमाओवादी अध्यक्ष प्रचण्ड, विद्यार्थी संगठन, राजनीतिज्ञ, मानवाधिकारवादी, विद्यार्थी, युवालगायत सबै तह र तप्काले झुक्दै नझुक्ने अडान लिनुले भारत झुक्न बाध्य भएको हो ।

दलहरुले अब नरम कोणबाट वार्ताको टेबलमा भित्रिने भारतीय हस्तक्षेपको पनि प्रतिरोध गर्न सक्नुपर्छ । भित्री कोठामा टेबलमा भारतीय स्वार्थ कसरी प्रदर्शन हुन्छ त्या आम जनतालाई थाहा हुँदैन । त्यसैले यहाँनेर दलहरुले इमान्दाररुपमा पारदर्शी भएर भारतीय स्वार्थका बारेमा जनतालाई जानकारी गराउनु पर्छ ।
तर यो प्रत्यक्ष हस्तक्षेपबाट पछाडि हट्नु मात्र हो । हस्तक्षेपबाट भारत पछाडि हट्न सक्दैन । अबको उसको रणनीति फरक हुन्छ । किनभने जे जस्तो प्रतिरोध भएपनि छिमेकीका नाताले भारतसँगको ऐतिहासिक सम्बन्ध निषेध गर्नु न नेपालीका लागि हितकर हुन्छ न त भारतका लागि नै । नेपालले सहअस्तित्वमा आधारित सम्बन्धको विकास खोजेको भएपनि भारतका लागि आफ्नो हस्तक्षेपलाई र स्वार्थलाई पुरा गराउनु जरुरी हुन्छ । त्यसैले उसले अबको षडयन्त्र वार्ताभित्रको लेनदेनमा गर्ने छ ।

दलहरुले मधेसी मोर्चासँग वार्ता गर्न गइरहेका छन् । यो वार्तामा भारतीय स्वार्थलाई संस्थागत गर्ने कोशीस अब भारतको रहनेछ । भारतले नागरिकताको मुद्धामा, सीमांकनको मुद्धामा र प्रतिनिधित्वको मुद्धामा खेल्न खोजेको छ । यी तीनवटै कुरा भारतको सोझो स्वार्थमा रहेका छन् । पूर्व पश्चिम राजमार्गको डिजाइन त्यसै गरिएको थिएन । यो भारतमाथि आर्थिक परनिर्भरताको कोशे ढुंगा थियो भन्ने कुरा कैयौं समाजशास्त्रीय अनुसन्धानले बताइसकेको कुरा पनि हो । अहिले यही राजमार्ग उत्तरलाई चट्टै काटेर प्रदेश निर्माण गर्ने उसको चाहना हो ।

दलहरुले अब नरम कोणबाट वार्ताको टेबलमा भित्रिने भारतीय हस्तक्षेपको पनि प्रतिरोध गर्न सक्नुपर्छ । भित्री कोठामा टेबलमा भारतीय स्वार्थ कसरी प्रदर्शन हुन्छ त्या आम जनतालाई थाहा हुँदैन । त्यसैले यहाँनेर दलहरुले इमान्दाररुपमा पारदर्शी भएर भारतीय स्वार्थका बारेमा जनतालाई जानकारी गराउनु पर्छ । मधेस होस या पहाड होस, हिमाल होस या तराई होस् नेपालका जनताहरु स्वाभिमानी छन् । भारतीय हस्तक्षेप स्वीकार्दैनन् । ठीक यसैगरी भारतीय जनताहरु पनि नेपालमा भारतीय हस्तक्षेप भएको चाहँदैनन् । यो कुरा बुझेर दलहरुले अब नेपाली स्वार्थको रक्षाको विषयमा विशेष चनाखो हुनैपर्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : तीन दलका शीर्ष नेताहरु मधेसी मोर्चासँग वार्ता गरी भोलिसम्म सहमति जुटाउने प्रयासमा सक्रिय भएका छन् ।

मधेसी मोर्चासँग आजै निर्णयाक र गम्भीर वार्ता गर्ने गृहकार्यमा तीन दल बिहीबार बिहानदेखि नै सक्रिय भएका छन् । तीन दलका शर्ष नेताहरुको बैठक बिहीबार बिहान  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।


बुधबार पनि दिनभर अनौपचारिक रुपमा विभिन्न चरणमा छलफल भएको थियो । वार्ताको पहलले सकारात्मक मोड लिएकोले सहमति हुने अपेक्षा गरिएको छ। शुक्रबारदेखि संसद्को अधिवेशन प्रारम्भ हुने भएकोले आज तथा भोलिसम्म एउटा निश्कर्ष पुग्ने तयारी छ।

तीन दलको बैठकमा आन्दोलनरत पक्षसँग भएका अनौपचारिक वार्ताको समीक्षा गरी सहमतिको नयाँं आधार  तय गरिने भएको छ ।मधेसीसँग वार्ताको वातावरण बनाउन तथा छलफल गर्न सोमबार नै तीन दलले वार्ता टोली बनाएका थिए । टोलीमा कांग्रेसका महेश आचार्य,एमालेका अग्नि खरेल र एमाओवादीका नारायणकाजी श्रेष्ठ रहेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बुधबार रौटहतमा बसेको बैठकले वार्ताको संयोजन गर्ने जिम्मेवारी तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई जिम्मेवारी दिएको छ ।
www.annapurnapost.com
काठमाडौँ, १४ असोज । भारतको नाकाबन्दी खेपिरहेको नेपालले चीनलाई बधाई सन्देश पठाएको छ ।
राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालाले चीनको राष्ट्रिय दिवसको अवसरमा त्यहाँका राष्ट्रपति सि जिनपिङ र प्रधानमन्त्री लि केक्वियाङलाई एक छुट्टाछुट्टै बधाई सन्देश पठाउनुभएको हो ।
सन्देशमा उहाँहरूले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको व्यक्तिगत सुस्वास्थ्य र सुखका साथै त्यहाँका जनताको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
साथै उहाँहरूले दुई देशबीच रहिआएको मैत्री सम्बन्ध आउँदा वर्ष अझ सुदृढ हुँदैजाने विश्वास पनि सन्देशमा व्यक्त गर्नुभएको छ । त्यसअवसरमा चीनसँग जोडिएका नाका खोल्न चिनियाँ सरकारले गरेको कार्यको प्रशंसा समेत गरिएको छ ।
dainiknepal.com
रासस/एपी । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले आफ्नो एचआईभी निर्देशिकालाई पालना गर्दै सुरुकै अवस्थामा उपचार अगाडि बढाएमा एचआईभीको उपचार सम्भव हुने बताएको छ ।
संयुक्त राज्य अमोरिकासहित विभिन्न विकसित राष्ट्रमा विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको यो उपचार पद्धतिले सफलता पाएको डब्लूएचओले जनाएको छ ।
यसअघि, संयुक्त राष्ट्रसङ्घ, विश्व स्वास्थ्य सङ्गठनले एचआईभी सङ्क्रमित मानिसलाई उनीहरुको रोग प्रतिरक्षा प्रणालीले काम नगरेको देखिने अवस्थासम्म उपचार सुरु नगर्न निर्देशन दिएको थियो । डब्लूएचओद्वारा बुधबार जारी गरिएको विज्ञप्तिमा विश्व स्वास्थ्य सङ्गठनले पछिल्लो सल्लाह हालसालै गरिएको अनुसन्धान परीक्षणपछि आएको हो ।
पछिल्लो अनुसन्धानपछि डब्लूएचओले भनेको छ, “एचआईभी सङ्क्रमित बिरामीको सुरुको अवस्थामा उपचार भएमा यसबाट बिरामीलाई एचआईभीका कारण मृत्यु हुन नपर्ने, स्वस्थ राख्न सकिने तथा भाइरस अरू मानिसमा सर्नसक्ने संभावनालाई न्यून गर्न सकिने छ ।”
पछिल्लो अध्ययनले विश्वका सम्पूर्ण एचआइभी सङ्क्रमित (३ करोड ७० लाख) बिरामीलाई उपचार गराउन सल्लाह दिएको छ । उपचार पद्धति गरिब राष्ट्रमा अहिले पनि सम्भव नभइराखेको डब्लूएचओले स्वीकारेको छ । आर्थिक समस्याका कारण गरिब राष्ट्रमा अहिले पनि सङ्क्रमित बिरामीसामु औषधि नपुगेको बताइन्छ ।
गएको वर्षमा सङ्क्रमितमध्ये १ करोड ५० लाख मानिसले उपचार लिएका राष्ट्रसङ्घको तथ्याङ्क छ । विज्ञहरुले उपचारलाई विश्वभरी पुर्‍याउन ठूलो राशिको सङ्कलन गरी खर्चिन डब्लूएचओ तयार हुनुपर्ने बताएका छन् ।
अहिलेको गरिएजस्तो लगानी तथा कार्यक्रमबाट एड्सलाई नियन्त्रणमा ल्याउन सम्भव नभएको दक्षिण अफ्रिकी औषधि कक्षका निर्देशक डाक्टरस विदाउट बोर्डरसका टम एलम्यानले बताउनुभयो ।
dainiknepal.com
वि.सं. २०७२ साल असोज १४ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर १ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– चतुर्थी, २३:५१ बजेउप्रान्त पञ्चमी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तर, अरूकै कामको जिम्मेवारी समेत बढिरहनेछ। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिले अरूको हातमा गइसकेको धनसमेत जोगाइदिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
अनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।


नेपालमा संविधान जारी भएसँगै असहज परिस्थिती उत्पन्न भएको छ । संविधान भारतलाई चित्त बुझेको छैन् । सीमांकन मधेसी दलहरुलाई । फलस्वरुप भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरिरहेको छ भने, मधेसवादी दलहरु नाकामा बसेर अवरोध गरिरहेका छन् । यहाँनेर मधेसी दलहरु र भारतको केही न केही तालमेल रहेको देखिन्छ । असन्तुष्टिसहित संविधान संशोधन गर्न भारतले सार्वजनिक गरेको सुझाव र मधेसी दलहरुले राखेका मागहरुमा भिन्नता पनि केही देखिएको छैन् ।

विगत ५० दिनदेखि मधेसमा आन्दोलन भइरहेको छ । जून आन्दोलनमा भारतको प्रत्यक्ष र अप्रत्यक्ष सहयोग रहेको पनि प्रष्ट छ । जस्तो की मधेसी नेताहरुलाई खाना खुवाउनु, सीमा अवरोध गर्न लगाउनु, भारतीय सुरक्षाकर्मीले मधेसी कार्यकर्तालाई संरक्षण दिएर आन्दोलनमा सहयोग गरेको सार्वजनिक भएकै कुरा हुन् । तर, यहाँनेर प्रश्न उठ्छ भारतले मधेसवादी दलहरुलाई किन सहयोग गरिरहेको छ ? सिंगो देशलाई सहयोग गर्नुको सट्टा मात्रै मधेसवादी दललाई सहयोग गर्नुको गम्भीर कारण रहेको मधेसी नेताहरु बताउँछन् । त्यो हो नेपालको तराई क्षेत्रलाई ‘भारतमा गाभ्नु’ । एक मधेसी नेताका अनुसार झापादेखि कञ्चनपुरसम्मको भूभागलाई अलग्गै प्रदेश बनाएर विस्तारै भारतमा मिसाउने योजना अनुरुप मधेसमा भ्रम सिर्जना गरेर आन्दोलन चर्काइएको हो ।

जसमा भारतको प्रत्यक्ष सहयोग रहेको ती नेताको दाबी छ । ‘नेपालको झापादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा भारतले आँखा लगाएको छ । त्यसलाई प्राप्त गर्न मधेसवादी दलहरुलाई परिचालन गरेर भारतले मधेसमा आन्दोलनको विउँ रोप्यो’ मधेसी नेता तथा सभासद् दिप नारायण शाहले भन्नुभयो- ‘मधेसका सबै माग नयाँ संविधानमा उल्लेख गरिएका छन्, यो विशुद्ध भारतपरस्त आन्दोलन हो । मधेसलाई भारतमा गाभ्ने षडयन्त्र हो ।’ महोत्तरी क्षेत्र नम्बर पाँचबाट निर्वाचित मधेसी नेता शाहले मधेसमा भइरहेको आन्दोलन मधेसी जनताहरु र नेपालको हितमा नभएको बताउनुभयो । बुधबार मधेसी जनतासँग सवाल जवाफ गर्दै नेता शाहले नेपालको झापादेखि कञ्चनपुरसम्मको तराई क्षेत्र आफ्नो देशमा गाभ्ने भारतको ‘डिजाइन’मै एक मधेस एक प्रदेशको माग उठेको खुलासा गर्नुभयो । शाहलाई मधेसी जनताहरुले आज विहान सवाल जवाफ कार्यक्रममा मधेस आन्दोलन र मधेसी जनताले पाएका अधिकारबारे सोधेका थिए ।
काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सिफारिस गरेको दुई एमाले फिर्ता नबोलाए बर्खास्त गर्ने चेतावनी दिएका छन्।
प्रधानमन्त्री कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मंगलबार साँझ टेलिफोन गर्दै ऊर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललाई पार्टी फिर्ता बोलाउन आग्रह गरेका हुन्। ‘एउटा संवैधानिक निकायले कारवाही गर्न
निर्देशन दिएको यति लामो समय भैसक्दा पनि फिर्ता किन नगरेको भन्दै प्रधानमन्त्री कोइरालाले अध्यक्ष ओलीलाई भनेका थिए,’ स्रोतले भनेको छ, ‘दुवैलाई मन्त्रीबाट फिर्ता नबोलाएर बर्खास्त गर्ने बताउनु भएको छ ।’
दुवैलाई बद्नियतपूर्ण निर्णय गरेको भन्दै अख्तियारले कारवाहीका लागि सरकार समक्ष सिफारिस गरेको थियो। ऊर्जा मन्त्री ज्ञवालीमाथि सोलु कोरिडोर प्रशारण लाइन निर्माण सम्बन्धी निर्माणमा अनुचित कार्य गरेको भन्दै कारवाहीको सिफारिस गरेका थियो। अख्तियारले मन्त्री ज्ञवालीसहितका विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक मुकेश काफ्लेसहितकामाथि अभियोग लगाएको छ ।
त्यसैगरी युवा तथा खेलकुद मन्त्री पौडेलले आफैले कारवाहीको सिफारिस गरेको व्यक्तिलाई खेलकुद परिषदको सदस्य सचिव बनाएर बदनियमपूर्ण कार्य गरेको आरोपमा कारवाही गर्न सरकारमा सिफारिस गरेको थियो। सरकार छाड्ने दिन नजिकिदै गरेको समयमा प्रधानमन्त्री कोइरालाले चालेका यो कदमलाई अर्थपूर्ण रुपमा लिइएको छ । नागरिक दैनिकमा समाचार छ ।
dainiknepal.com
काठमाडौं, १४ असोज । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अपमान भएको छ ।
नेपालमा नाकाबन्दी लगाएर आलोचित मोदीलाई अमेरिकामा संसारकै प्रतिष्ठित संस्थाका एक मालिकले अपमान गरेको समाचार एजेन्सीहरुले जनाएका छन् ।
अमेरिकामा रहेका बेला डिजिटल इण्यिाको सपना साकार पार्न मोदीले दुई दिन विश्वकै प्रख्यात कम्पनीका मालिकसँग भेटघाट गरेका थिए । सुरुमै फेसबुक मालिक मार्क जुकुरवर्गसँग भेटघाट गरेका मोदीले विश्वविख्यात कम्पनी एप्पलका सीईओ टिम कुक, माइक्रोसफ्टका मालिक सत्या नडेला, एडोब फोटोसबका शान्तनु नारायण, गूगलका सीईओ सुंदर पिचई, क्वालकमका पल जैक्बस, सिस्कोका जन चैम्बर्स र इण्डस इन्टरप्रेन्यर्सका अध्यक्ष वेकटेश शुक्लासँग भेटवार्ता गरेका थिए ।

यो भेटघाटका क्रममा एक कम्पनीका मालिकले मोदीको अपमान गरेका हुन् । जब सबै कम्पनिका मालिकहरु मोदीसँग हात मिलाइरहेका थिए, तब माइक्रोसफ्टका मालिक सत्या नडेलाले पनि हात मिलाए ।
तर, मोदीसँग हात लगत्तै सत्या नडेला आफ्नो हात साफ गर्न लागेको दृश्य देखियो, जून कुरा सोशल मिडियामा भाइरल भएको छ । सत्या नडेलाको यो व्यवहारले उनले मोदीलाई अपमान गरेको प्रष्ट भएको छ । सामाजिक सञ्जालमा नडेलाले किन मोदीको अपमान गरे भनेर बहस सुरु भएको छ ।
उसो त यता नेपालमा नाकाबन्दी गरेर मोदीले टाढैबाट भएपनि अपमान गरेको थाहा पाइसकेका छन् । अहिले नेपालमा दिनदिनै आफ्नो पुत्ला जल्दा मोदीले अपमान महसुस गरेर बुधबार आफ्ना राजदूत रञ्जीत रे मार्फत प्रतिक्रिया समेत जनाइसकेका छन् ।
dainiknepal.com
नाकाबन्दीले भारतीय बजारको व्यापार ठप्प

लखिमपुर (भारत) : भारतको सीमावर्ती बजारका ब्यवसायी र नागरिक समाजले नेपालको अघोषित नाकाबन्दी भारत सरकारले तुरुन्तै खोल्नुपर्ने बताएका छन् ।

सीमा क्षेत्रका समस्याहरुका बारेमा कैलालीका पत्रकारहरुँगको भेटमा भारतको पलियाका ब्यापारीहरुले यस्तो बताएका हुन ।

धनगढीदेखि झण्डै ४० किलोमीटर दक्षिणमा रहेको पलिया बजारका ब्यापारीहरुले, पछिल्लो समय नेपालको बजारमा निर्भर रहेका सीमा बजारहरुको ब्यापार ब्यवसाय कम भएपछि नाकाबन्दी खोल्न मोदी सरकारलाई आग्रह गरेका हुन् ।

एक अर्को देशमा रोटीबेटीको सम्बन्ध भएकाले पनि सीमाक्षेत्रको असहजता समाधान गर्न उनीहरुले आग्रह गरेका हुन ।

‘नेपाल–भारतको सदियौंदेखिको सम्बन्धलाई विगार्न हुँदैन, सानातिना कुराहरुमा सम्बन्ध बिगारेर बाबुबाजेदेखिको सम्बन्धलाई टुटाउन हुँदैन, यो भारतीय जनताको भनाई हो’ भारतको उत्तर प्रदेश राज्यस्तरको ब्यापार मण्डलका मन्त्री नरेन्द्र अवस्थीले भने ।

भारतको पलियामा बुधबार कैलालीका सञ्चारकर्मीहरु गएका थिए । मन्त्री अवस्थीले सीमाक्षेत्रमा देखिएको समस्या समाधानका लागि दुवै देशले कुटनीतिक पहल गर्नुपर्ने धारणा राखे ।

सीमा क्षेत्रमा देखिएका समस्याका कारण मालसामान ढुवानीमा समस्या देखिएको प्रसंग उल्लेख गर्दै ब्यापार मण्डका प्रदेश मन्त्री अवस्थीले दुई देशको समस्यालाई माथिल्लो तहबाट समाधान गर्दै सीमा क्षेत्रको ब्यापार ब्यावसाय निर्वाध रुपमा सञ्चालनको ब्यवस्था गर्नुपर्ने बताए ।

‘कसैको राजनीतिक खेलको पछि सीमा क्षेत्रका जनताले लाग्नु हुदैन, हामी एक अर्कालाई जतिबेला पनि काम लागिरहेका हुन्छौं’ उनले भने । उनले सीमा क्षेत्रमा भारतको तर्फबाट सुरक्षलाई लिएर केही आपुर्तीमा समस्या देखिएको बताए ।

‘तर नेपालमा पेट्रोलियम पदार्थमा भारतले रोक लगाएको थाहा पाए, भारतमा नेपालले भारतको भन्दा पनि प्राथमिकताका साथ पेट्रोलियम पदार्थ पाउन्थ्यो, त्यो अचानक किन रोकियो, आफुले प्रदेश ब्यापार मण्डलमार्फत राज्य सरकारसमक्ष राख्ने छु’ उनले भने ।

सुदूरपश्चिमका लागि उत्तर प्रदेशको साहजहापुरमा रहेको बन्थरा डिपोबाट पेट्रोलियम पदार्थ ढुवानी हुने गरेको छ । ‘नेपालमा कस्तो संविधान बनाउने भन्ने नेपालीहरुको सरोकारको विषय हो, त्यसमा भारतले चासो राख्नुपर्ने विषय नै छैन’ उनले भने ।

नेपालमा लागेको कफ्र्यू र सीमा क्षेत्रको अवरोधले भारतीय बजारको ब्यापारमा सन्नाटा आएको उनको भनाई छ । नेपाली क्षेत्रमा पनि भारतीय गाडी सञ्चालनमा अवराध गर्ने बताएपछि भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल जान मन नगर्ने उनको तर्क थियो ।

नेपालीहरुसंगको कारोवार हुने भारतको पलिया, गौरीफण्टा, बनगाँव, सूडाबजार, कञ्चनपुरसँग सीमाना जोडिएको बनबसा, टनकपुरको भारतीय बजारको ब्यवसायपनि चौपट भएको छ ।

नेपाली ग्राहक कम आउने र भारतबाट पनि नेपालतर्फको आपुर्तीमा समस्या देखिएपछि ब्यापारमा कमी आएको जिल्ला ब्यापार मण्डल लखिमपुरका कार्यबाहक अध्यक्ष अध्यक्ष अमर गुप्ताले बताए ।

पलिया नगर ब्यापार मण्डलका अध्यक्ष अनुप मिश्राका अनुसार नेपालसंगको कारोवार ९० प्रतिशतले घटेको छ । धेरै कारोबार उधारोमा हुने गरेकोले पनि नेपालमा सहजरुपमा सामान जान नसकेपछि ब्यावसायमा समस्या देखिएको छ ।

भारतको सीमा क्षेत्रको ब्यापार नेपालमा निर्भर रहने गरेकाले सीमा क्षेत्रमा समस्या देखिँदा ब्यापारीले घाटा ब्यहोर्नु परेको अध्यक्ष मिश्रले बताए ।

गत केही समय नेपालमा भएको बन्द र हड्तालका कारण पनि सीमा क्षेत्रको ब्यापारमा समस्या भएको थियो तर पछिल्लो समयमा धनगढी लगायतका क्षेत्रको कफ्र्यू त हट्यो तर सीमाक्षेत्रमा देखिएको कडाईले कारोबारमा कमी भएको बनगाँवका ब्यापारी सुनील गुप्ताले बताए । ‘बजारमा पुरा सन्नाटा छाएको छ पसल खोलेर मात्र बस्नुपरेको छ’ उनले भने ।

भारतीय नागरिक समाजले पनि नेपाल र भारतको सम्बन्धमा देखिएको चिसोपना रुचाएको छैन । पलियाको राजकीय महाविद्यालयका प्रवक्ता तथा प्राध्यापक डाक्टर दिनेश शर्माका अनुसार भारत सरकारले नेपाल भारत सीमा क्षेत्रमा अघोषित रुपमा गरेको नाकाबन्दी तुरन्तै हट्नुपर्ने बताए ।

‘भारतले सीमा क्षेत्रमा नाकाबन्दी लगाएको हो भने तत्काल हटाउनुपर्छ, यसले दुबै देशका नागरिकलाई फाईदा गर्दैन, त्यसको बारेमा प्रधानमन्त्री, विदेशमन्त्री र उत्तरप्रदेश सरकारले स्पष्ट पार्नुपर्छ’ उनले भने ।
दुई देशको सम्बन्धलाई पुरानै अवस्थामा फर्काउनका लागि दुवै सरकारले पहल गर्नुपर्ने ब्यापार मण्डलका पूर्व जिल्ला अध्यक्ष मानिकचन अरोडााले बताए ।

‘हामीले लामो समयदेखि नेपाल क्षेत्रमा सामान पठाउँदै आएका छौं, केही समयदेखि सीमामा देखिएको समस्याले ढुवानीमा अपठ्यारो भएको छ’ उनले भने ।
annapurnapost.com
बनेपा : प्रधानमन्त्री सुशील कोइरालाको दायाँ आँखाको मोतियाबिन्दुको बुधबार बेलुका सफल अपरेशन गरिएको छ ।

बनेपा–११ स्थित रेयुकाई एइको मासुनागा आँखा अस्पतालमा वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुगननारायण जोशीको टोलीले प्रधानमन्त्री कोइरालाको दायाँ आँखाको मोतियाबिन्दुको सफल अप्रेशन गरेका हुन् ।

पाचँ वर्ष  अघि मोतियाबिन्दु भएका प्रधानमन्त्री कोइरालाको आँखाको उपचारमा संविधान निर्माण कार्यले केही ढिला भएपनि अप्रेशन सफल भएको अस्पतालले जनाएको छ ।

दुबै आँखामा मोतीयाबिन्दु भएपनि पहिलो चरणमा दायाँ आँखाको अप्रशन गरिएको डा. जोशीले बताए । राष्ट्रसंघको महासभामा सहभागी हुने क्रममा गर्ने तयारीमा रहेका प्रधानमन्त्री कोइरालाले  राजनीतिक अवस्थाका कारण अमेरिका भ्रमण रद्ध भएपछि बनेपमा आएर उपचार गरेका हुन् ।

फेको प्रविधिको उपकरणले ३० देखि ६० किलोहर्जका अल्टासोनिक तरंगको मद्धतबाट  मोतियाबिन्दुको उपचार गरिन्छ ।

मोतियाबिन्दुयुक्त लेन्सलाई टुक्रापारी ३ मिलिमिटर वा सानो घाउ पारी अप्रेशन गरिने  डा. जोशीले  बताए ।

विना चोटपटक  आ“खामा पट्टी र टाका नलगाई  १५ देखि २० मिनेटमा अप्रेशन गर्न सकिने प्रविधि अस्पतालमा रहेको छ ।

अस्पतालले काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, ओखलढुंगा, रामेछाप र दोलखा लगायतका जिल्लाका १ लाख  आखा रोगीहरुलाई सेवा दिइसकेको अस्पतालका सचिव हिरामणी शर्माले जानकारी दिए  ।

उनका अनुसार अत्याधुनिक प्रविधीयुक्त अस्पताल भवन बनाउन गुडविल कम्युनिटी फाउण्डेशन अमेरिकाले ५ करोड ६८ र युराशिया रेयुकाईले १८ लाख ३४ हजार लाख सहयोग गरेका थिए । www.annapurnapost.com
काठमाडौं । नेपालमा भारतीय सरकारले अघोषित रुपमा नाकाबन्दी कायम राखे भारतीय सेनाका गोर्खा बटालियनहरुले चुपचाप सहेर नवस्ने चेतावनी दिएका छन् ।
भारतीय सीमा रक्षाका लागि भारतीय सेनाले लड्न नसकेको विकट र कठीन ठाउँहरुमा नेपाली गोर्खा सेनाले लडेको इतिहास बिर्सिएर भारतीय नेताहरुले नेपालमा नाकाबन्दी गरेकोमा गोर्खा सैनिकहरुले विरोध जनाएको उच्च स्रोतले जनाएको छ ।
नेपाली जनताको महान चाडको वेलामा र भरखरै भूकम्पले थिलथिलो वनाएको वेलामा नेपाललाई अघोषित नाकाबन्दी गरेर थप पीडा दिइरहेमा भारतीय सेनाको गोर्खा बटालियनले चुप लागेर नबस्ने चेतावनी दिएको श्रोतको भनाई छ ।
उक्त श्रोतका अनुसार अहिले भारतले मधेशीहरुलाई मात्र च्यापेर जसरी अनैतिक नाकावन्दी गरिरहेको छ, भारतीय गोखौ वटालियनको पनि अब देखि विघटन गरेर मधेशी वटालिएन वनाओस र पाकिस्तान वा चीनसंग लड्न पठाओस भन्ने आवाज उठ्न थालेको छ ।
श्रोतको भनाइ छ, गोर्खा सिपाहीहरुले भारतलाई वलियो वनाएर नेपालमा नाकावन्दी गर्नका लागि आफ्नो रगत वगाएका होइनन् भन्ने आवाज भारतीय गोर्खा सेनामा उठ्न थालेको छ ।
www.nepalsandesh.com
काठमाडौं, १३ असोज । भारतको अघोषित नाकाबन्दीमा नेपालमा सुनको भाउ ह्वात्तै घटेको छ ।
अन्य सामग्री मूल्य बढिरहेका बेला सुनको भाउ भने ह्वात्तै घटेको हो । यो हप्ता मंगलबार र बुधबार गरी दुई दिनमै हजार रुपैयाँले सुनको मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार चार सय रुपैयाँले घटेको सुनको मूल्यमा बुधबार प्रतितोला ६ सय रुपैयाँले गिरावट आएको हो । महासंघका अनुसार बुधबार सुनको भाउ तोलाको ५० हजार रुपैयाँमा कारोवार भएको छ । यसअघि मङ्गलबार सुन प्रतितोला ५० हजार ६ सयमा कारोवार भएको थियो ।
यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ । ६८५ रुपैयाँ रहेको चाँदी बुधबार पाँच रुपैयाँले घटेर प्रतितोला ६८० रुपैयाँमा कारोबार भएको छ ।
dainiknepal.com
ललितपुरस्थित संचयकोष भवन, लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखेर एसएमएस सेवा संचालनमा ल्याएको छ ।

यो सेवाबाट ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको बारेमा मूल्यसहितको जानकारी थाहा पाउन म्यासेज बक्समा मोबाइलको ब्राण्ड नामको पहिलो तीन अक्षर टाइप गरी स्पेस (खाली ठाउँ) र मोडल नम्बर टाइप गरी ३२३३ मा एसएमएस गर्नुपर्ने हुन्छ । (उदाहरणको लागि सामसुङको जे सेभेन मोडलको बारेमा जानकारी लिनपरेमा SAM J7 टाइप गरेर ३२३३ मा पठाउनुपर्नेछ) ।

कुनै पनि मोबाइल खरिदकर्ताले आफ्नो फोनबाट ३२३३ मा एसएमएस गरी विभिन्न ब्राण्ड र मोडलका मोबाइल फोनहरुको बारेमा जानकारी, फीचर, खरिद मूल्य लगायतका विषयहरु थाहा पाउन सक्ने कम्प्लेक्सले जनाएको छ।

ग्राहकहरुले आफ्नो चाहना अनुसारको मोबाइल ब्राण्डको नाम र मोडल नम्बर म्यासेज बक्समा टाइप गरेर ३२३३ मा पठाएमा तत्काल त्यसको सम्पूर्ण जानकारी ग्राहकहरुको मोबाइल नम्बरमा प्राप्त हुनेछ ।

कम्प्लेक्सले मोबाइल व्यवसायको क्षेत्रमा नविनतम प्रयोगलाई अबलम्बन गर्ने र ग्राहकहरुलाई अधिकतम सुविधा दिने उदेश्य लिएको छ । हाल मोबाइल खरिद गर्न विभिन्न पसल तथा बजार धाउनुपर्ने, आफ्नो रोजाईको ब्राण्ड र मोबाइलको बारेमा जानकारी लिन र मूल्य थाहा पाउन घण्टौं समय खर्च गर्नुपर्ने बाध्यतालाई हटाउने उदेश्यका साथ एसएमएस सेवा संचालन गरेको बताएको छ।

कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार मोबाइल खरिदकर्तालाई हातमा नै सम्पूर्ण जानकारी दिने उदेश्यका साथ यो सेवा शुरु गरिएको हो ।उनले भने, अब एसएमएस सेवाबाट जहाँसुकैबाट आफ्नो चाहनाअनुसारको मोबाइलको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने हुँदा ग्राहकहरुलाई सहि जानकारी हुनेछ।

त्यसैगरी कम्प्लेक्सले मोबाइल सर्भिस सेन्टरलाई थप व्यवस्थित गर्दै मोबाइलको समस्या समाधान गरीसकेपछि फोनबाट नै जानकारी दिने सुविधा पनि संचालन गरेको छ । यो सुविधा अन्तरगत ग्राहकहरुले आफ्नो फोन बनेको र लिन आउने मितिको बारेमा जानकारी पाउन सक्दछन् । त्यसको लागि ग्राहकहरुले सर्भिस सेन्टरमा आफ्नो नाम र मोबाइल नम्बरसहितको जानकारी फर्म भर्नुपर्ने हुन्छ ।
अमेरिकाको लागि सन् २०१७ को डिभी कार्यक्रमको भोलि बिहिबारबाट आवेदन दर्ता खुल्ने भएको छ।

अमेरिकी दुतावासकाअनुसार भोलिबाट खुल्ने डाइभर्सिटी भिसा कार्यक्रमको अन्तिम आवेदन दर्ता आगामी कार्तिक १७ गतेसम्म रहनेछ।

नेपालको स्थानीय समय रातको ९.४५ बजेदेखि खुल्ने यो कार्यक्रममा कुनै शुल्क नलाग्ने पनि दुतावासले जनाएको छ।

यसका साथै आवेदन फारम भर्दा कुनै कन्सल्टेन्टको सहयोग नलिन पनि सल्लाह दिएको छ। यसको साटो फारम भर्दा सहयोग आवश्यक परेमा आफ्ना चिनजानका र यसबारे जानेबुझेकाको सहयोग लिन सल्लाह दिएको छ।

डिभी चिट्ठाको आवेदन अनलाइन मार्फत् भर्नुपर्नेछ www.dvlottery.state.gov. मा गएर यो आवेदन दर्ता गर्न सकिनेछ।

एक जना आवेदकको एकवटा मात्र आवेदन दर्ता हुने र एकभन्दा बढी दर्ता गरेमा उक्त दर्ता खारेज हुने पनि दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
kinmel.setopati.com
बुधबार, १३ असोज

काठमाडौं । मंगलबारराति अज्ञात समुहको आक्रमणमा परि घाइते भएका कांग्रेस सांसद एवं सिन्धुली कांग्रेस सभासद मोहन बरालको शल्यक्रिया सफल भएको छ ।
नर्भिक अस्पतालमा उनको शल्यक्रिया भएको हो । मंगलबार राति निवासतर्फ जाँदै गर्दा बरालमाथि आक्रमण भएको थियो । काठमाडौं र भक्तपुरको सीमास्थित मनोहरा पुल नजिकै उनीमाथि आक्रमण भएको थियो ।
उनको टाउकोमा गम्भिर चोट लागेको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्वर दुइबाट निर्वाचित सांसद बरालको अवस्चा खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।
www.nepalsandesh.com
रुपन्देही :  भैरहवाको बेलहिया नाका आजदेखि सञ्चालनमा आएको छ ।

नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी र भन्सार कर्मचारीको आजको बैठकले भारतमा रोकिएका मालबाहक सवारीसाधन नेपालमा भित्र्याउने निर्णय गरेसँगै अहिले भैरहवा भन्सार नाकाबाट निर्वाध मालबाहक सवारीसाधन भित्रिरहेको छ ।

भैरहवाको बेलहिया नाकाबाट १०० बढी मालबाहक ट्रक तथा बस नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार साँझ ५ बजेसम्म ५२ ट्रक, छ वटा पेट्रोलका गाडी, एक वटा एलपिजी ग्यास, पाँच कर्बान अक्सिजनका गाडी, २१ बस, ४० बढी भ्यानलगायतका सवारीसाधन नेपाल भित्रिएका छन् ।

नेपाल प्रवेश गरेका ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहुँ, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु एवम् टायरलगायतका सामग्री रहेको प्रहरीले जनाएको छ । अहिले पनि मालबाहक सवारीसाधन भित्रिने क्रम जारी छ । मोर्चाका कार्यकर्ता दसगजामा नभएपछि भारतबाट निर्वाधरुपमा नेपालतर्फ सवारीसाधन भित्रिएका हुन् ।

मङ्गलबार सिमानाका बेलहियामा भएको आन्दोलनकारी र प्रहरीबीचको झडप पछि आज भारतीय बजार सुनौली प्रहरी चौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजस्व गस्ती डण्डका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेल र भारतका तर्फबाट महाराजगन्जका सहायक सिडिओ (एसडिएम) विक्रम सिंह, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० महाराजगन्जका कमानडेन्ट केएस बानकोटी, सुनौलीका कस्टम अधिकारी पङ्कज श्रीवास्तवलगायतको सहभागिता रहेको थियो ।

भारतमा रोकिएका तेलका ट्याङ्कर र अन्य मालबाहक सवारीसाधन भारतीय प्रहरीले कडा सुरक्षाका साथ स्कर्टिङ गरेर सिमानासम्म ल्याइरहेको छ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने सवारीसाधनमा कुनै अवरोध नगरे पछि अहिले सहजै नेपाल भित्रिएका छन् ।
annapurnapost.com
भैरहवा, असोज १३ । रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् ।

बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि सुनौली नाकाबाट निर्वाधरुपमा मालबाहक सवारी–साधन नेपाल भित्रिन थालेका हुन् ।
/>
दिउँसोसम्ममा १ सय ४ ओटा ट्रक, २१ ओटा बस, एलपी ग्यासको एक बुलेट, कार्बनको ४ ट्रक, अक्सिजन बोकेको एक गाडी, पेट्रोल–डिजल का ४, नयाँ गाडी १२, र ३ ओटा पीकअप भित्रिएका छन् ।

यस्तै, ६४ ओटा ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहुँ, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु कम्बल, टायरलगायतका सामग्री रहेका छन् । मालबाहक गाडीहरु भित्रिनेक्रम जारी छ ।

मधेसी मोर्चाका कार्यकर्ताहरुलाई दशगजाबाट हटाइएपछि भारतबाट निर्वाधरुपमा सवारी–साधन भित्रिएका हुन् । भारतमा रोकिएका तेलका ट्यांकर र अन्य मालबाहक सवारी–साधनहरु भारतीय प्रहरीले कडा सुरक्षाका साथ सीमासम्म ल्याइरहेको छ ।

भारतीय बजार सुनौलीमा प्रहरीचौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रविन्द्र प्याकुरेल र भारतको तर्फबाट महाराजगन्जका सहायक सीडीओ विक्रम सिंह र भारतीय सुरक्षा बलका अधिकारीहरु सहभागी थिए ।imagekhabar.com
पहिला पेट्रोलियम पठाउ, अनि अरु
नेपालगन्ज : पेट्रोलियम पदार्थ नपठाएको भन्दै नेपालगन्ज भन्सार कार्यालयले तरकारी र फलफुल जस्ता कुहिने बस्तुहरु भारतबाट नेपाल प्रवेश गर्न  रोकिदिएको छ ।

भारतीय ब्यापारीलाई फाइदा हुने गरी कुहिने र सड्ने बस्तुमात्र पठाउन थालेपछि नेपालगन्ज भन्सार कार्यालयले तरकारी र फलफूल बोकेका ट्रक रोकिदिएको हो ।

पेट्रोलियम पदार्थ आउन दिएमात्र तरकारी र फलफूल बोकेका ट्रक आउन दिने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज भन्सार कार्यालयले पहिला पेट्रोलियम अनि अन्य बस्तु भनेपछि आलु बोकेका ५ वटा ट्रक रुपेडियास्थित दशगजा नजिक रोकिएका छन् ।

आलु बोकेका ट्रक नेपाल भित्रिनासाथ पेट्रोलियम पदार्थ बोकेका गाडी छोड्ने भारतीय पक्षले प्रविद्धता जनाएपनि विश्वासिलो वातावरण बनिनसकेकाले आलु बोकेका ट्रक नेपाल प्रवेश गर्न नदिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र कुमार हमालले जानकारी दिए ।

‘हामीले तरकारी आयात हुन रोकेका होइनौँ । तरकारीसँगै पेट्रोलियम पदार्थ पनि पठाउ भनेका हौँ,’ भन्सार प्रमुख हमालले  भने ।

आलु बोेकेका गाडीले बाटो छेकेका कारण पेट्रोलियम पदार्थका गाडी छोड्न नमिलेको भारतीय पक्षले भनेको जमुनहा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरीले जानकारी  बताए ।

भारतीय कष्टमले मंगलबार राति हवाई इन्धन बोकेका दुईवटा ट्यांकर र दिउँसो  एलपी ग्यासको एउटा बुलेटमात्र छोडेको थियो ।

पेट्रोलियम पदार्थ बोकेका गाडी पठाउन भारतीय पक्षले आनाकानी गरेका कारण  तरकारी, फलफूलका गाडी समेत नेपाल प्रवेश गरेका छैनन । भन्सार प्रमुख हमालले पेट्रोलियम भित्रिन दिएमा अन्य सामान समेत भित्रन दिने बताए ।

बुधबार सिमेन्ट बोेकेका दुई र साइकलका पार्टपूर्जा बोकेको एउटा ट्रक नेपाल भित्रिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

नेपालगन्ज रुपेडिया नाकाबाट एक हप्तामा ६ वटा डिजेल, १ वटा ग्यास वुलेट र २ वटा हवाई इन्धन मात्रै भित्रिएको छ । जवकी एक दिनमा  ७० बढी पेट्रोलियम पदार्थ नेपालगन्ज रुपेडिया नाकाबाट भित्रिने गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकले नेपाल नाका कुनै अवरोध नभएकोले पेट्रोलियम पदार्थ पठाउन भारत पक्षले आनकानी गरिहेको बताए ।

‘नेपालगन्ज नाकामा  न धर्ना छ , न कुनै अवरोध  नै’, लेखकले भने ‘भारतीयपक्षले बहनाबाजी मात्रै गरिहेको छ । अहिले एकदिन मात्रै नेपालगन्ज नाकामा मोर्चाका कार्यकर्ता धर्नामा बसेका छन ।’
annapurnapost.com
काठमाडौं, १३ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आन्तरिक मामिलामा हस्तक्षेप गरी अघोषित नाकाबन्दी गरिरहेको भारतले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी परित्याग कदमको स्वागत गरेको छ ।

भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार अनुसार पार्टी परित्याग गरी बाबुरामले मधेस आन्दोलनमा सहयोगी भुमिका खेल्न थालेपछि अब नेपालमा आफ्नो राज चलाउन सजिलो हुने भारतले विश्लेषण गरेको छ ।
भारतीय सञ्चारमाध्यमले लेखेको समाचार अनुसार बाबुरामको राजीनामाले भारतले भनेको कुरा नेपालमा लागु भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भक्तपुर, १३ असोज । भूकम्पले घर भत्काएर आहत बनाएको पीडा आलै छँदा अवाल परिवारमा आएको अर्को विपत्तिले झन पीडा थपेको छ ।
भूकम्पलगत्तै भक्तपुरमा उद्धार र राहत वितरणमा खटिएकी भक्तपुर नगरपालिका–१६ वंशगोपाल बस्ने २६ वर्षकी सिर्जना अवालको हत्या भएपछि अवालको परिवारमा रुवावासी भएको छ ।
पीडित परिवार सम्मिलित नागरिक दबाब समूहले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मृतकका बाबु शिवप्रसाद अवाल, आमा सुन्दरी र छोरी एलिनाको रुवाबासीले सहभागी पत्रकारलाई समेत स्तब्ध बनायो ।
पीडित परिवार पत्रकार सम्मेलनमा
पीडित परिवार पत्रकार सम्मेलनमा
कार्यक्रममा अवालले काठमाडौँको कागेश्वरी मनोहरी नगरपालिका वडा नं १३ मुरारीप्रसादको घरमा बस्ने सप्तरीका ३६ वर्षीय निखिलआनन्द सिंहले छोरी सिर्जनाको हत्या गरेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले गत असोज ८ गते राति बौद्ध चुची सङ्घबाट फर्किने क्रममा सिंहले अपहरण गरी आफ्नो कोठामा लगेर अभद्र व्यवहार गरी कुटपिट गरेर हत्या गरेको भन्दै सिंहलाई कारबाही गर्न माग गर्नुभयो ।
हत्या आरोपमा प्रहरीले असोज ९ गते बिहानै घटनास्थलबाटै सिंहलाई पक्राउ गरेपछि कुनै अनुसन्धान नै नगरी १० गते सार्वजनिक बिदाको दिन बानेश्वर प्रहरी वृत्तका प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले रिहाई गरेपछि न्यायको माग गर्दै परिवारले सञ्चारकर्मी गुहारेका हुन् ।
कार्यक्रममा रुँदै आमा सुन्दरीले अपराधीको सत्यतथ्य छानबिन गरी कारबाही हुनुपर्ने माग गर्नुभयो ।
गत असोज ९ गते बिहान ६ बजे प्रहरीले खबर गरेपछि आफू घटनास्थलमा पुग्दा छोरीको तल्लो ओठ फुटेर रगत आएको, माथिल्लो ओठ काटेको, गालामा घाउ नै घाउ भएको, करङ, कोखामा नीलडाम भएको, घाँटीमा ठूलो चोट रहेको, हात काटेको घाउ भई छोरीको मृत्यु भइसकेको अवस्थामा भेटेको मृतकका बाबु अवालले बताउनुभयो ।
अपहरणपछि कोठामा लगेर सिंहले यातना दिएर हत्या गरी झुन्ड्याएको आरोप मृतकका परिवारको छ ।
शव परीक्षणमा संलग्न चिकित्सकले मुख थुनेर, घाँटी थिचेर मृत्यु भएको बताएको र पीडित परिवारले किटानी जाहेरी दिए पनि प्रहरीले प्रलोभनमा परेर हत्या आरोपी सिंहलाई रिहा गरेको भन्दै कारबाही गर्न मृतकका बाबु अवालले माग गर्नुभयो ।
हत्या आरोपीलाई रिहा गरेपछि प्रहरी वृत्त बानेश्वरमा दबाब दिन गएका परिवार, आफन्त, भक्तपुरका बासिन्दा र अर्किड कलेजका विद्यार्थीलाई वृत्तका प्रहरी निरीक्षक मनोजीत कुँवरको नेतृत्वमा प्रहरीले लाठीचार्ज गरी छजनालाई घाइते बनाएको पीडित परिवारले बताए ।
प्रहरीले अवालको हत्यालाई आत्महत्या बनाएर अपराधीलाई उन्मुक्ति दिन खोजेको आरोप लगाउँदै घटनाको तथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका हुन् । रासस
dainiknepal.com
अभिमन्यु
अहिलेको भारतीय नाकावन्दी, नेपालको संविधान जारी हुनवाट भारतीय सरकारले गरेको नांगो हस्तक्षेप र भारतीय हस्तक्षेपको समर्थनमा देखिएका केही दलहरु र केही ठूला साना नेताहरुका गतिविधि जस्ता घटनाक्रमहरुले नेपाल अझै पनि पूर्ण स्वाधीन देश नवनिसकेको स्पष्ट भएको छ र दिवंगत नेता पुष्पलालले भन्नु भएझैं नेपाल अर्ध औपनिवेशिक स्थितिमा रहेकोछ भन्ने विश्लेषण सहि साबित भएको छ ।
स्वतन्त्रता संग्रामको रणनैतिक लक्ष्यः
नेपालको यो अर्ध औपनिवेशिक वा नव औपनिवेशिक स्थितिवाट एक स्वाधीन र विकसित देशमा रुपान्तरण गर्न भारतीय विस्तारवादी हस्तक्षेपलाई समग्र क्षेत्रमा पराजीत गर्नु र नेपालमा भारतीय दलालहरुलाइ शून्यमा झार्नु यस स्वतन्त्रता संग्रामको रणनैतिक लक्ष्य हुनेछ । तथा यस दौरानमा स्वाधीन राजनीति र स्वाधीन अर्थनीतिलाई स्थापित गरिने छ ।
स्वतन्त्रता संग्रामको तरिका र पद्वतिः
भारतले अहिले प्रत्यक्ष फौजी हस्तक्षेप वा आक्रमण गरेको स्थिति होइन । त्यसैले नेपाली सेनाले फौजी प्रतिरोध गर्ने सवाल उठ्दैन । हाम्रो तरिका जस्तालाई तस्तै हुनु पर्दछ ।
स्वतन्त्रता संग्रामको योजना र कार्यतालिकाः
१) भारतीय अर्धसैन्य बलको सहयोगमा सीमानाको दशगजा क्षेत्रमा बसेर भारतीय अघोषित नाकाबन्दीलाई सफल बनाइ करोडौं नेपाली जनतालाई दुःख दिईरहेका करीब चारहजार जनाको अघोषित फौजका विरुद्ध दशहजार जनाको लडाकू दस्ता अघोषित रुपमा तयार पारी बिना हतियार लाठी र मुंग्रीको भरमा सीमा नाकाको दशगजा क्षेत्रवाट लखेट्ने र केहीलाई गिरफ्तार गरी नेपाल प्रहरीलाई बुझाउने ।
२) नेपालको तराईका आदिवासी जाति भनेका थारु जाति हुन् । आदिवासी थारुजातिको भावनालाई ध्यानमा राखेर कैलालीको कम्तिमा आधा भूभाग ५ नम्बर प्रदेशमा थप्ने । आगामी राष्ट्रपतिमा थारुजातिवाट निर्वाचित गर्ने । दलहरुबीच सर्वसम्मत नभएमा थारुजातिका सबभन्दा जेष्ठ नागरिक जो छन्, उनलाई संसदमा तत्काल मनोनयन गरेर सिधै राष्ट्रपतिमा निर्वाचित गर्ने ।
३) सीमा नाकाबाट पूर्वपश्चिम राजमार्गसम्म आउने बाटोहरु र पूर्वपश्चिम राजमार्ग सुरक्षार्थ ५० हजार संख्याको स्वयंसेवक युवाहरुको टोली गठन गर्ने र त्यसलाई प्रतिरक्षात्मक प्रशिक्षण नेपाली सेनाले दिने तथा दुई छाक खाना नेपाल सरकारले वन्दोवस्त गर्ने ।
४) चीन संगको रसुवा र तातोपानी सीमा नाका खुलाउन नेपाली सेनाको साथमा नेपाली इन्जिनियरहरु ५ सय जना, नेपाली ठेकेदारहरु र सरकारसँग भएका १ हजार डोजर एक्स्काभेटर जस्ता साधनहरु तथा १० हजार स्वयंसेवी युवाहरु तत्काल खटाउने ।
५) भारतीय कम्पनीहरुलाई दिइएका ठूला जल विद्युत आयोजना तथा बाटो निर्माणको ठेक्का रद्द गरी नेपाली सेनाको इन्जिनियरिङ तथा विकास निर्माण निर्देशनालयलाई दिने ।
६) भारतीय हस्तक्षेप र नाकावन्दी निम्त्याउन विन्तिपत्र हाल्ने भारतीय दलालहरुलाई नेपाल सरकार मन्त्रिपरिषदले देशद्रोही घोषणा गर्ने तथा आजीवन कारावासको सजाय दिने ।
७) भारतले नेपालसँगको सन्धी सम्झौताहरु नमानेकोले नेपालले पनि सुगौली सन्धी देखिका सम्झौताहरु खारेज भएको घोषणा गर्ने ।
८) राष्ट्रिय स्वतन्त्रता संग्रामका समर्थक दलहरु र नागरिक समाज तथा सेना, प्रहरी र प्रशासनका उच्च पदाधिकारीहरु सहितको राष्ट्रिय क्रान्तिकारी सरकार गठन गर्ने र अहिलेको संविधान लागु गर्दै आवश्यक परिमार्जन गर्दै जाने ।
www.nepalsandesh.com
बुधबार, १३ असोज
मलेसिया । बैदेशिक रोजगारीका लागी मलेसियामा एक नेपालीको सुतेकै स्थानमा मृत्यु भएको छ ।
जाजरकोट खगेनकोट गाविस वार्ड न ३ घर भएका  परियार १० महिना अघि नेपालबाट मलेसिया गएर  टेस्सी एसडीएन बीएचडीमा  काम गदै अाएका थिए  ।
कामबाट फर्केर रातीको खाना खाई सुतेका परियार सुतेकै स्थानमा परियारको मृत्यु भएको हो । विहान साथीहरुले उठाउदा उनी ओछयानमै मृत भेटिएका थिए ।
शवलाई पोष्टमार्टमको लागि अस्पतालमा लगिएको छ ।पोष्टमार्टम पश्चात शवलाई नेपाल पठाउने तयारी भैरहेको परियारका साथी रवि मगरले बताए ।
www.nepalsandesh.com
१३ असोज, रुपन्देही । भैरहवाको बेलहिया नाकाबाट मालबाहक सवारी भित्रिन सुरु गरेका छन् । बेलहिया नाका भएर २० वटा मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका छन् ।
जसमा तीनवटा तेल ट्यांकर छन् । एक बुलेट ग्यास पनि नेपाल आएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाल भित्रिने गाडीलाई सुरक्षा घरेमा राखेर सीमासम्म ल्याएको छ । एसएसबीले सुरक्षा कडा पारेकाले सीमा क्षेत्रमा आन्दोलनकारीले कुनै अवरोध सिर्जना गर्न सकेका छैनन् ।
मंगलबार भारतीय भूमिबाट एक समूहले नेपाली सुरक्षाकर्मीलाई ढुंगामुढा गरेपछि अायात पूर्णरुपमा रोकिएको थियो । सोमबार अन्य नाकामा भन्दा केही खुकुलो गरेको भारतीय सुनौली भन्सारले मंगलबार झडपका कारण एउटा पनि मालबाहक गाडी जाँचपास गरेको थिएन ।
www.onlinekhabar.com
१३ असोज, काठमाडौं । भारतीय राजदूत रणजीत रायले दशगजा क्षेत्रको भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा भएको स्वीकार गरेका छन् ।
साथै उनले भारतीय भूमिबाट ढुंगा हान्ने आन्दोलनकारीलाई रोकेर भारतीय सुरक्षाकर्मीले मूठभेड नचाहेको दाबी गरे । लैनचौरस्थित भारतीय दूताबासमा पत्रकार सम्मेलन गरेर राजदूत रायले यो राजनीतिक समस्या भएकाले राजनीतिक रुपमा समाधान खोज्नु पर्ने बताए ।
दलहरु र आन्दोलनकारी पक्षबीच सुरु भएको वार्तालाई सकारात्मक भन्दै भारतीय राजदूत रायले भने-२ दिन, चार दिन कति लाग्छ त म भन्न सक्दिँन । तर, यो चाँडै समाधान हुनेमा म विश्वस्त छु ।’
भारतसँग सीमा जोडिएको नेपालको क्षेत्रमा भएको आन्दोलनका कारण आपूर्ति रोकिएको उनले जिकिर गरे ।

महोत्तरी, १३ असोज । तराई मधेसमा विगत ४५ दिनदेखि जारी मधेस आन्दोलनका क्रममा हुनसक्ने सम्भावित हिंसात्मक प्रदर्शन र शान्ति सुरक्षामा चुनौती आउनसक्ने मध्यनजर गर्दै महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको कारागारमा नेपाली सेना परिचालन गरिएको छ ।
लामो समयदेखि जारी रहेको आन्दोलनका क्रममा सुरक्षामा खतरा आउन सक्नेमा मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले कारागारमा सेना परिचालन गरेको हो ।
जलेश्वर कारागारमा प्रकौलीस्थित श्री फस्ट राइफल गणबाट सेना खटाइएको छ भने सेनाका क्याप्टेन सुमन खत्रीको कमाण्डमा ३९ जना सैनिक जलेश्वर कारागारमा राखिएको प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताउनुभयो । सरकारको निर्देशन र निर्णयअनुसार सेनालाई जिम्मेवारीको पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी काफ्लेले जानकारी दिनुभयो ।
विसं १९१३ मा स्थापना भएको ‘ग’ श्रेणीको जलेश्वर कारागार भौतिकरुपमा जीर्ण भएतापनि दिनप्रतिदिन कैदीबन्दी थपिने क्रम जारी रहेको कारागारका प्रमुख सोभेन्द्र ठाकुरले जानकारी दिनुभयो । एक सय ३५ कैदीबन्दी रहने क्षमता रहेको जलेश्वर कारागारमा हाल ३६ महिलासहित ३७३ कैदीबन्दी रहेको जेलर ठाकुरले बताउनुभयो ।
सो कारागारमा हाल ३० भन्दा बढी हत्याका आरोपी, ६० जना सशस्त्र समूहका नेता कार्यकर्ता, आठजना बर्मेली र १८ जना भारतीय नागरिक रहेका कारागार प्रशासनले जनाएको छ । सो कारागारमा सेनाको टुकडीले एक साताअघिदेखि नै कमाण्ड सम्हाल्दै आएको कारागार प्रशासनले जनाएको छ । रासस
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home