• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शुक्रबार, २७ कार्तिक
कञ्चनपुर । दोधारा चाँदनी नगरपालिका– ७, कञ्चनभोजस्थित सीमा स्तम्भ नं १७ मुन्सीटोलमा भारतीय नागरिकले नेपाली भूमिमा आवादी गर्दै आएका छन् ।
स्थानीयवासीका अनुसार भारतीय पक्षले विगत लामो समयदेखि करिब तीन बिगाहा जग्गा नेपाली भूमि अतिक्रमण गरेर खेतीपाती गर्दै आएका छन् ।
दोधारा चाँदनी नगरपालिका कञ्चनभोजका स्थानीयवासीलाई पायक पर्ने सीमावर्ती बजार मेलाघाट भएको हुँदा दिनरात सीमावर्ती भारतीय बजार मेलाघाट आवतजावत गर्नैपर्ने भएको हुँदा उनीहरुले खुलेर सीमा अतिक्रमणको विरोध गर्न नसकेको बताएका छन् ।
स्थलगत भ्रमणका क्रममा करिब तीन बिगाहा नोमेन्सलेन्डलगायत नेपाली भूमि भोगचलन गर्दै आएको देखिएको नेकपा (एमाले) दोधारा चाँदनी गाउँ कमिटीका अध्यक्ष किशोरकुमार लिम्बूले बताए ।
उनका अनुसार भारतको हेपाहा प्रवृत्तिका कारण दोधारा चाँदनीका विभिन्न स्थानमा सीमा समस्या आउने गरेको छ ।
“अहिले साम्य गर्न नसके भोलि यो जटिल विषय बन्छ । तसर्थ जग्गा अतिक्रमणको विषयलाई तत्कालै सरकारले ध्यान पुर्‍याउनुपर्छ” – स्थानीयवासी रामसिंह खड्काले भने ।
विगत लामो समयदेखि भारतीय पक्षले दशगजा जग्गासहित नेपाली भूमि कब्जा जमाउँदै आएको स्थानीय खड्काले बताए ।
स्थानीयवासीका अनुसार भारतीयले मिचेको जग्गामा उखु तथा धानखेती गर्दै आएको बताएका छन् । रासस
nepalsandesh
शुक्रबार, २७ कार्तिक
ओली चीन भ्रमणमा किन गएनन् ? सुरक्षा परिषदमा किन प्रस्ताव लगेनन् ?

राष्ट्रसंघका महासचिव वान कि मुनले नेपाल माथि भैरहेको नाकावन्दी हटाउन गरेको अपीललाई भारत सरकारले वेवास्ता गर्ने भएको छ ।
नेपालमा भने केहीले वान कि मुनको अपीललाई धेरै ठुलो मान्ने गरेकाछन् । तर वास्तविकता यो हो कि राष्ट्रसंघका महासचिवले संसार भरी भैरहेका अनगिन्ती घटनाहरुको विषयमा प्रतिक्रिया वक्तव्यहरु दिने गर्दछन् । नेपालको सन्दर्भमा पनि सोही प्रकारको वक्तव्य मात्र हो । यो वक्तव्य पनि महासचिव आफैले नदिएर उनका सहायक मार्फत दिन लगाइएको छ ।
नाकावन्दीको विषयमा महासचिव वान कि मुनको वक्तव्यले प्रचारात्मक महत्व मात्र राख्दछ । यस्तो प्रचारात्मक महत्वको वक्तव्यलाई भारत सरकारले खासै महत्व नदिने भएको छ । भारतीय संचार माध्यमहरुले त्यस वक्तव्यलाई कुनै महत्व दिएनन् र प्रचार प्रसार गरेनन् ।
भारत सरकार यस्ता जावो वक्तव्यहरुले पछि हट्दैन भन्छन् परराष्ट्र मामलाका जानकारहरु । केही दिन अगाडि प्रधानमन्त्री ओलीले भारतीय नाकावन्दी छिटै हट्ने संकेत पाएको वताएका थिए, तर लगत्तै भारतीय राजदूतले सो कुराको खण्डन गरे ।
समाचार श्रोतहरुका अनुसार भातीय नाकावन्दी लम्बिने सम्भावना वढेको छ । मधेशको सीमांकन नयाँ ढंगले नभए सम्म भारतले नाकावन्दी खोल्नु हुन्न भन्ने निर्णय दिएर मोदी वेलायत भ्रमणमा निस्केको श्रोतको भनाइ छ ।
यस पटक झुकाउन नसके नेपालका राजनैतिक दलहरुलाई अब झुकाउन गारो हुने भएकोले नाकावन्दी जस्तो अन्तिम अस्त्र प्रयोग गरिसकेको अवस्थामा लक्ष्य पुरा नगरि खोल्न नहुने मोदीको अडान रहेको वताइन्छ ।
नेपालमा इन्धन संकट चरम अवस्थामा पुगेकोले अब नेपालका सत्ताधारी दलहरु भारत संग झुक्न सक्ने विश्लेषण उनीहरुको रहेको छ । संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा र अन्तराष्ट्रिय अदालतहरुमा नेपाल सरकारले अहिले सम्म पनि कुनै पहल नगरेकोले भारतीय शासकहरु नेपाल छिटै झुक्नेछ भन्ने अनुमान गरेर वसेका छन् ।
नेपाल सरकारले नाकावन्दी वारे राष्ट्र संघको सुरक्षा परिषदमा नै प्रस्ताव पेश गरेर त्यहाँवाट नाकावन्दी हटाउन प्रस्ताव पारित गराउन सक्यो भने भारतले वाध्य भएर नाकावन्दी हटाउनु पर्ने हुन्छ । किनभने त्यस्तो प्रस्ताव अमेरिका, चीन, वेलायत, फ्रान्स र रुस जस्ता महाशक्ति देशहरुको सहमति विना वैठकमा पारित हुँदैन । उनीहरु संग भिटो अधिकार रहेको छ जसको प्रयोग यी मध्ये एक देशले गरे पनि पारित हुँदैन । यी देशहरुले नाकावन्दी हटाउ भन्यो भने भारतले नाकले टेकेर हटाउन वाध्य हुनेछ ।
तर राष्ट्र संघको सुरक्षा परिषद सम्म प्रस्ताव पु¥याएर पारित गराउन लामो समय लाग्ने हुन्छ । सानो दवावले भारत नमान्ने स्थितिमा यो उपाय सम्म पुग्न लामो समय लाग्ने हुन्छ । त्यसैले गर्दा पनि नाकावन्दी लम्बिने सम्भावना वढेको छ ।
नाकावन्दी हटाउन दवाव दिने अर्को उपाय भनेको चीनवाट इन्धन आपुर्ति तुरुन्त गर्न थाल्नु हो । तर यसमा सरकारी व्युरोक्रेसीको लामो प्रक्रृयाहरु र घिनलाग्दा जालझेलहरु तथा स्वयम् प्रधानमन्त्री र प्रचण्ड लगाएतका नेताहरुको स्पष्ट दृष्टिकोण र योजनाको अभाव तथा कार्यान्वयन गराउने कार्यकुशलताको अभावले गर्दा चीनवाट इन्धन ल्याउने प्रक्रृया ढिलो हुँदै गएको छ ।
यहाँ प्रत्येक मिनेटको महत्व वढेको छ तर ओली भेटघाट र उद्घाटन तथा भोज भतेर जस्ता काममा व्यस्त छन् भने प्रचण्ड आज भोली एकान्तवासमा छन् र अरु वेला पनि स्वार्थी धेरावन्दीमा रमाइरहेकाछन् ।
यस्तो कठिन समयमा कम्तिमा पनि परराष्ट्र मन्त्री र आपुर्ति मन्त्री चीन गएर ठोस वार्ता गरि इन्धन ल्याउन अधिकतम प्रयास गर्न लगाउनु पर्नेमा उनीहरुलाई चीन नपठाई ओली र प्रचण्ड मिलेर शुरुमा राजदुत स्तरमा मात्र कुरा गरे र अहिले वल्ल आपुर्तिमन्त्री गणेशमान पुनःलाई चीन जान सहमति दिए । यो काम शुरु मै गर्न पर्दथ्यो तर त्यो वेला उनलाई ओलीले राष्ट्रपति चुनावको वहाना वनाएर जान दिएनन् ।
अहिलेको विशिष्ठ परिस्थितिमा ओली आफै चीन भ्रमणमा जाने हिम्मत गर्न पर्दथ्यो तर उनका  महाविद्वान  सल्लाहकारहरुले भारत नै ओलीको पहिलो विदेश भ्रमण थलो हुनु पर्ने दवाव दिइरहेकाछन् । ओली नै चीन भ्रमणमा गएर इन्धन आपुर्ति र उत्तरी नाकाहरुको स्तरोन्नति वारे सबै कुराहरु गरेर सम्झौता गर्नु पर्ने वेलामा ओलीलाई घेरेर वसेका सल्लाहकारहरुले भारतीय आश देखाएर झुलाइरहेको देखिएको छ । यसकारण पनि नाकावन्दी लम्बिने देखिएको छ ।
nepalsandesh
काठमाडौं, १७ कात्तिक । मुलुकको पछिल्लो राजनीतिक अवस्था, भारतीय नाकाबन्दी र मधेसी मोर्चाका मागका विषयमा छलफल गर्न आज उच्चस्तरीय राजनीतिक समितिको बैठक बस्ने भएको छ ।
प्रधानमन्त्री केपी ओलीको सरकारी निवास बालुवाटारमा आज (शुक्रबार) बेलुका बस्ने बैठकमा समग्र राजनीतिक विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो ।
बैठकमा मधेसी मोर्चाका माग र उनीहरूसँगको अनौपचारिक वार्ता तथा सम्वादका विषयमा पनि छलफल हुनेछ ।
मधेसी मोर्चाका शीर्ष नेताहरूसँग प्रधानमन्त्री ओलीका साथै एमाओवादी अध्यक्ष दाहाल, कांग्रेसका कार्यबाहक सभापति सुशील कोइरालालगायतका शीर्ष नेताले अनौपचारिक सम्वाद र वार्ता गर्दै आउनुभएको छ ।
उच्चस्तरीय समितिको आजको बैठकपछि सम्भवत भोलि शनिबार मधेसी मोर्चासहित कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूको निकासका लागि संयुक्त वार्ताको तयारी गरेको बुझिएको छ ।
dainiknepal
काठमाडौं, २७ कात्तिक । नेपालमा महिनादिन भन्दा लामो समयदेखि जारी रहेको नाकाबन्दीका बारेमा भारतको राजधानी नयाँ दिल्लीमा छलफल भएको छ ।
पर्यावरणीय लोकतन्त्रका लागि दक्षिण एसियाली सम्वाद नेपाल र दिल्लीस्थित साउथ एसियन डाइलग अन इकोलोजिकल डेमोक्रेसी नामक संस्थाद्धारा नयाँ दिल्लीमा सो छलफल भएको हो ।
नेपालमा जारी नयाँ संविधान र त्यसयताको नाकाबन्दीका बारेमा अयोजित सो कार्यक्रममा भारतीय नेताहरु, नेपालविद तथा पत्रकारहरुहो व्यापक मात्रामा सहभागिता थियो ।
उक्त छलफल केही समययतादेखि जारी नाकाबन्दीका कारण सिदयौँदेखि सुमधुर रही आएको नेपाल भारत सम्बन्ध चिसीन लागेकोमा भारतीय नेताहरुले नै चिन्ता व्यक्त गरेका थिए ।
लामो समयसम्म सत्ताको अनुभवपछि हाल विपक्षमा रहेको भारतीय राष्ट्रिय काँग्रेसका वरिष्ठ नेता तथा राज्यसभा सदस्य जयराम रमेशले पछिल्लो नाकाबन्दीले दुई देशबीचको सम्बन्धमा नराम्रो अवस्था सिर्जना गरेको धारणा राख्नुभयो ।
यसका लागि भारतीय केन्द्रीय सरकारले तत्कालै पहल गर्नुपर्ने र कर्मचारी एवम् सुरक्षा निकायको जिम्मामा छोड्न नहुने धारणा पनि उहाँले राख्नुभयो ।
नेपाललाई ४५ वर्षदेखि अत्यन्त नजिकवाट नियाली रहेका राष्ट्रवादी काँग्रेसका नेता तथा राज्यसभा सदस्य डिपी त्रिपाठी लगायतले नेपाल भारत सम्वन्धमा आएको समस्या र यसलाई सहज रुपमा कसरी अगाडि वढाउने भन्ने बारेमा धारणा राख्नुभयो । नेता त्रिपाठीले तत्काल समर्थन गर्दै यस बारेमा पहलकदमी शुरु गरिहाल्ने बताएका थिए ।
नेपाल मामलामा विरलै चासो राख्ने भारतीय राष्ट्रिय काँग्रेसका प्रखर वौद्धिक मानिने नेता रमेशको त्यस छलफलमा देखिएको सक्रिय सहभागिता र अब भारतमा नेपाल मामला बारे राजनैतिक तहमा छलफल घनिभुत गर्ने उहाँले बताउनुभएको आयोजक संस्थाका डा.उद्धव प्याकुरेलले जानकारी दिनुभएको छ ।
सो छलफलमा नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री डा. प्रकाश शरण महतले संविधानमा नेपालका जातजाति, क्षेत्र र भूगोलका नागरिकलाई अधिकतम रुपमा र यसअघि कहिल्यै नदिइएका अधिकार दिइएको भएपनि मधेसले त्यसको अध्ययन गर्न नसकेको बताउनुभयो ।
उहाँले यो नाकाबन्दीको अवस्थाबाट कसैले पनि देशले निकास नपाउने र दुई देशले आफ्नो सम्बन्धलाई नबिगारीकनै समाधान खोज्नुपर्ने भन्दै यसका लागि अब ढिला भइसकेको बताउनुभयो ।
संविधानले मधेसको धेरै माग संम्बोधन गरेको छ र मधेसले अपुग भएको भनेको विषय पनि नेपाली काँग्रेस नेतृत्वले संसदमा पेश गरिसकेको संविधान सम्बोधनको प्रस्तावले सम्बोधन गर्ने छ भन्दै डा महतले त्यस संशोधनकालागि नेपाली काग्रेसले संसदमा र बाहिर पनि दबाब सृजना गरिरहेको बताउनुभयो ।
मधेस काँग्रेसको सबभन्दा वलियो आधार भएको र मधेसलाई चिढाउने नपाली काँग्रेसको उदेश्य हुनै नसक्ने उहाँको भनाई थियो ।
डा महतको तर्कलाई स्विकार्दै नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले संविधानको प्रथम ड्राफ्टमा भन्दा घोषित संविधानमा धेरै सकारात्मक कुरा आएको बताउनुभयो । यसको श्रेयको भागिदार मधेस आन्दोलन रहेको बताउदै उहाँले सबै समस्याको समाधान बार्ता नै हो भन्नुभयो ।
कार्यक्रममा भारतीय नेताहरु जयराम रमेश, डि पी त्रिपाठी, बिजयप्रताप, तथा नेपाल मामला जानकार प्राध्यापक एसडी मुनि, कमलमित्र चेनोइ सवैले ‘नेपालमा संविधान जारी हुनुलाई महत्वपूर्ण उपलब्धि भन्दै संविधान जारी गर्दा भारतले स्वागत नगर्नुलाई ठूलो गल्ती भन्दै संवैधानिक पद्धति अपनाएर संविधानसभाबाट संविधान जारी गर्ने क्रम सुरु भैसक्दा विशेष दूत बनाएर विदेश सचिव एस.जयशंकरलाई नेपाल पठाइनु प्रधानमन्त्री नरेन्द्र मोदीको कुटनीतिक ‘ब्लन्डर’ भएको भनेका थिए ।
नेपालको राजनीतिक समस्यामा परामर्शका लागि विदेश सचिवको तहमा मध्यस्थकर्ता पठाउनु दिल्लीको गल्ती भएको बताउँदै बिभिन्न राजनीतिक दलका नेपाल सरोकारका जानकार वा बिज्ञलाई नेपालमा पठाउन सकेको भए समस्या सुल्झाउनमा सहयोग पुग्ने राय नेता रमेशको थियो ।
बिचार गोष्ठीमा नेपालले हाल भोगिरहेको समस्या वारे मन्व्य राख्दै राजदूत दीपकुमार उपाध्यायले राजनीति र पारवहनको अधिकार दुई भिन्न विषय भएको र यसलाई भिन्न भिन्न तरिकाले सम्बोधन गर्नुपर्ने वताउनुभयो । आयोजक संस्थाका डा उद्धव प्याकुरेलले नेपालले ठूलो संघर्ष र सक्दो बृहत सहमतिबाट नै नयाँ संविधान ल्याएको र यसपछि उत्पन्न परिस्थितिका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
dainiknepal
एजेन्सी : एक वर्षअघि नेपालमा आएर बुद्धको भूमिमा आउँदा आफू गौरबवान्वित भएको बताउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर भारत बुद्भको भूमि भएको बताएका छन् ।

नेपालमा नाकाबन्दी गरिरहेको अवस्थामा मोदीले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनसँगको संयुक्त पत्रकार सम्मेलनमा भारत बुद्धको भूमि भएको बताएका हुन् ।

नाकाबन्दी गरेपछि नेपालीको नजरमा बदनाम बनेका मोदीले बेलायतमा भने, 'भारत गान्धीको भूमि हो, बुद्धको भूमि हो।'

बेलायती सञ्चारमाध्यमका पत्रकारले भारतमा बढिरहेको धार्मिक असहिष्णुताबारे सोधेको प्रश्नको उत्तर दिने क्रममा मोदीले भारतलार्इ बुद्धको भूमि भनेका हुन् ।

'भारत बुद्ध र गान्धीको भूमि हो । हाम्रो संस्कृति समाजको मूल्यमान्यता विरुद्ध कुनैपनि कुरा भारतले स्वीकार गर्दैन्', मोदीले भने' 'भारतको कुनै कुनामा भएको घटना हाम्रो लागि गम्भीर महत्वको विषय हुन्छ ।'

मोदीलाई दिल्लीमा गार्इको मासु घरमा राखेको आरोपमा एक मुस्लिम युवालार्इ कुटेर मारेको दादरी हत्याकाण्डबारे पत्रकारहरुले प्रश्न गरेका थिए । बेलायती पत्रकारहरुले उनको गृहनगर गुजरातमा भएको दंगाबारे पनि प्रश्न सोधेर अफ्ठेरोमा पारिदिएका थिए ।

मोदीलाई सोधिएको अर्को प्रश्नमा उनले आफूलाई बेलायतले भ्रमणमा प्रतिबन्ध नलगाएको जिकिर गरे । आफूबाट गल्ती भएको हुनसक्ने भन्दै बेलायतमा आफूविरुद्ध भएको स्वभाविक भएको उनको भनाइ थियो ।

मोदी मुख्यमन्त्री हुँदा गुजरातमा एक हजार मुस्लिमको ज्यान जानेगरी भएको दंगाको दोषी उनैलाई ठानिएको छ । त्यही घटनाका कारण उनी बेलायत र अमेरिकाको भ्रमणमा जान प्रतिबन्धित थिए ।
मोदी बेलायत आउने भएपछि त्यहाँस्थित सयौं लेखकहरुले प्रधानमन्त्री क्यामरुनसँग भारतमा बढिरहेको धार्मिक असहिष्णुताबारेमा प्रश्न उठाउन आग्रह गरेका थिए ।

मोदी बेलायत पुगेपछि उनको विरोधमा भारतीय तथा नेपाली नागरिकहरुले प्रदर्शन गरेका छन् ।  नेपालीहरुले नाकाबन्दीको विरोधमा प्रदर्शन गरे भने भारतीय शिख समुदायले धार्मिक असहिष्णुताको विरोधमा प्रदर्शन गरे ।
annapurnapost
काठमाडौं । नेपाली विद्यार्थीहरुमाथि अमेरिकामा काम गर्न लगाइएको प्रतिबन्ध केही खुकुलो बनाइएको छ ।
भूकम्पबाट प्रभावित भएको अवस्थालाई मध्यनजर गर्दै अमेरिकाले नेपाली विद्यार्थीहरुलाई कम कोर्स लोड लिन सक्ने र थप काम गर्नका लागि छुट दिने भएको हो ।
यसअघि नेपाली विद्यार्थीले क्याम्पसभित्र मात्रै २० घन्टा काम गर्न पाउँथे । तर, नयाँ व्यवस्थाअनुसार २४ जुन, २०१५ सम्म एफ–१ भिसा लिएर अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले क्याम्पस बाहिर पनि काम गर्न पाउनेछन् ।
नयाँ नियमअनुसार आगामी डिसेम्बर २१ सम्म आवेदन दिइसक्नुपर्नेछ । नेपाली विद्यार्थीका लागि ल्याइएको यो व्यवस्था २०१६ डिसेम्बर २४ सम्म लागु हुनेछ ।
स्थानीय पाई न्युजका अनुसार भूकम्पबाट प्रभावित परिवारका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई जारी राख्न सकुन भन्ने उद्देश्यले यो सुविधा दिइएको स्टुडेन्ट एण्ड एक्सचेन्ज कार्यक्रमका निर्देशक लुइस फ्यारेले बताए ।
nepalsandesh
लण्डन । नेपालमाथि नाकाबन्दी लगाएर बेलायत भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायत पुगेर विवादास्पद अभिव्यक्ति दिएका छन् ।
भारतमा नै असहिष्णु भएको भनेर ब्यापक आलोचना भइरहेका बेला मोदीले भारतीयलाई खुसी पार्न नेपालविरोधी अभिव्यक्ति दिएका हुन् ।
भारतमा भइरहेको धार्मिक असहिष्णु व्यवहार भएको विषयमा सोधिएको एक प्रश्नमा उनले ‘भारत बुद्ध र गान्धीको भूमि हो’ भएको बताए ।
भारतीय संचारमाध्यमले मोदीको उक्त भनाईलाई प्राथमिकताका साथ प्रकाशन प्रशारण गरेका छन् ।
बेयायती प्रधानमन्त्री डेविड क्यामरुनसँग भएको दुई पक्षीय शिखर भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले भारत बुद्ध र गान्धीको भूमि भएको भन्दै भारतको कुनैपनि कुनामा घट्ने घटना आफ्ना लागि गम्भीर महत्वको विषय हुने बताए ।
nepalsandesh
काठमाडौं, २७ कात्तिक । आफ्नो कुटनीतिक मर्यादाभन्दा बाहिर गएर जथाभावी अभिव्यक्ति दिइरहेका नेपालका लागि भारतीय राजदूत रञ्जीत रेलाई २४ घण्टाभित्र देशनिकाला गर्न माग गरिएको छ ।
विहीबार सत्तारुढ दल नेकपा एमालेकै नेता एवं प्रचार विभाग उपप्रमुख सूर्य थापाले राजदूत रेलाई २४ घण्टाभित्र देशनिकाला गरेर भारत फिर्ता पठाउन माग गरेका हुन् । उनले भारतीय राजदूत जथाभावी बोलेर नेपाल भारतको सम्बन्ध विगार्न हरसम्भव लागिरहेको बताए ।
उनले भने- ‘भारतीय राजदूत रन्जित रेलाई ‘डिपोट’ नगरी नेपाल–भारत सम्बन्ध सामान्य नहुने संकेत देखियो । अघोषित नाकाबन्दीका कारक यी रे महोदय हामी नेपालीसँग केको दुश्मनी साँध्न लागिपरेका छन् ?’
आवश्यक प्रक्रिया पु¥याएर राजदूत रेलाई २४ घण्टाभित्र देश निकाला गरेमा भारतले नेपालबाट गतिलो पाठ सिक्ने उनको भनाई छ । ‘असोज माहिना यता राजदूत रायका दर्जनौं क्रियाकलापहरु आपत्तिजनक छन् । उनलाई कारवाही गरेर सरकारले भारतलाई पाठ सिकाउनुपर्छ,’ कडा प्रतिक्रिया दिँदै नेता थापाले भने ।
पछिल्लो समयमा एउटा राजदूत राय मधेसवादी नेताजस्तै भाषणवाजी गर्दै हिँडेकाले तत्काल देश निकाला गर्नुपर्ने उनले बताए । ‘कुनै पनि राजदूतले अर्को देशको आन्तरिक मामलामाथि खुलेआम टिप्पणी र आलोचना गर्न पाउँदैनन् । उनको भूमिका नेपाल र नेपालीविरुद्ध देखिएकाले सरकारले तत्कालै डिपोटको प्रक्रिया अघि बढाउनुपर्छ ।’
यसैबीच राजदूत रेलाई देश निकाला गर्न नेता थापाले प्रधानमन्त्री केपी शर्मा ओली समेत ध्यानाकर्षण गराएका छन् ।
dainiknepal
काठमाडौं, २७ कात्तिक । मधेसी मोर्चाका नेता एवम् सद्भावना पार्टीका महसचिव मनीष सुमनले चीनले नेपाललाई पेट्रोल दिएपछि रिस थाम्न नसकेर मधेसी जनताले चाइनाको झण्डा जलाएको बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (शुक्रबार) बिहान कुरा गर्दै महासचिव सुमनले मधेसलाई नेपाल नदेख्ने चाइनिज् व्यवहारका कारण मधेसी जनता आक्रोशित भएको आरोप लगाउनुभयो ।
उहाँले मधेसी मोर्चाले चीनको झण्डा नजलाएको दाबी गर्नुभयो । ‘मधेसी मोर्चाले चीनको झण्डा जलाएको होइन’, समुनले भन्नुभयो, ‘चीनको झण्डा जलाएकोमा हामीले बिरोध गरेका छौँ । भर्त्सना गरेका छौँ । तर झण्डा मधेसी जनताले जनाएका हुन् ।’
‘चाइनालाई मधेससँग सम्बन्ध राखनु नपर्ने, काठमाडौंसँग मात्रै सम्बन्ध राख्नुपर्ने ?’, सद्भावना पार्टीका महासचिव सुमनले भन्नुभयो, ‘चाइनाले पेट्रोल दिएपछि तराईका जनताले आक्रोशमा झण्डा जलाइएका हुन् ।’
उहाँले चाइनाले काठमाडौंसँग मात्रै सम्बन्ध राखेको भन्दै चर्को आक्रोश व्यक्त गर्नुभयो । ‘हाम्रो अधिकारको लडाइँमा चीनलगायत सबै अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्छ’, सुमनले भन्नुभयो ।
तपाईहरू अराष्ट्रिय तत्व हो भन्ने आक्षेप लागेको छ नी भन्ने जिज्ञासामा महासचिव सुमनले त्यसलाई ठाडै अस्वीकार गर्नुभयो ।
‘हामी राष्ट्रवादी हौँ । सिमानाको रक्षा गरेका छौँ । हामी अराष्ट्रिय तत्व होइनौँ । राजा जनकका सन्तान हौँ’, महासचिव सुमनले भन्नुभयो ।
dainiknepal
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल कात्तिक २७ गते। शुक्रबार। इश्वी सन् २०१५ नोभेम्बर १३ तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– द्वितीया, २४:४३ बजेउप्रान्त तृतीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesप्रयत्न गर्दैमा समय मात्र बित्नेछ, काम भने अधुरै रहने देखिन्छ। समस्या थपिने सम्भावना छ। सानातिना समस्यामै अल्झनुपर्ने समय छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। पठनपाठनमा समय दिन नसकिएला। व्यावसायिक काम बिग्रनाले अलि अप्ठ्यारोमा परिनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्ला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला। व्यावसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ। सन्तानका माध्यमबाट काम बन्ने देखिन्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraविभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। पढाइलेखाइमा ध्यान दिन नसकिएला। द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले फाइदा हुनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। विभिन्न उपहार पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा लगानी बढाउने समय छ। शोख परिपूर्ति गर्नमा पनि खर्च बढ्नेछ। तर, आफ्नै प्रयत्नमा नसोचेको काम तत्काल बन्न सक्छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। आफन्तजनबाट अलि टाढिनुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा सामान्य फाइदै हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तापनि तत्काल ठूलो फाइदा भने उठाउन नसकिएला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesआँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरूले साथ दिनेछन् र आंशिक सफलता मिल्नेछ। आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।

काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी ओली नेकपा (एमाले) काठमाडौंले प्रधानमन्त्री निवासमा आयोजना गरेको देउसी कार्यक्रममा सहभागी भई खुसियाली साटासाट गर्नुभएको छ ।
काठमाडौं कमिटीका अध्यक्ष कृष्ण राई, काठमाडौं उपत्यका इन्चार्ज सानुकुमार श्रेष्ठ, सांसद रामेश्वर फुयाँल, रामवीर मानन्धरलगायत बिहीबार साँझ त्यहाँ देउसी खेल्न पुग्नुभएको थियो । प्रधानमन्त्री ओलीले देउसी महत्वपूर्ण पर्व भएकाले यसको सांस्कृतिक पक्षलाई जगेर्ना गर्नुपर्नेमा जोड दिनुभयो ।
सांसद फुयाँलले अहिले मुलुकमा उत्पन्न भएको असहज परिस्थितिमा पनि जनताले राष्ट्रियताका लागि देखाएको संयमता र धैर्यको सराहना गर्दै यस्ता पर्वले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।
आत्मनिर्भर हुन जोड
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले नेपाल तथा भारतबीच अहिले देखिएको समस्या समाधान गर्न सरकारले कूटनीतिक पहल गरिरहेकाले चाँडैसमस्या हट्ने विश्वास व्यक्त गर्नुभएको छ ।
रिपोर्टर्स क्लब नेपालको देउसी कार्यक्रममा उहाँले मुलुकको आन्तरिक मामिलामा भारतले लिएको चासोलाई अन्तर्राष्ट्रिय समुदायले मन नपराएको बताउँदै भूपरिवेष्टित राष्ट्र नेपालको पारवहन अधिकार भारतले खुकुलो बनाउँदै जाने सम्भावना बढेको बताउनुभयो ।
मन्त्री पाण्डेयले दीर्घकालीन समाधान गर्न नेपाली जनता र सरकार दुवैले आत्मनिर्भर हुने योजना बनाउनुपर्नेमा जोड दिनुभयो । रासस (श्याम)
dainiknepal
भक्तपुर । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले नाकाबन्दीलाई सहयोग पुग्ने गरी मधेसमा भएको आन्दोलनले कसैको भलो नगर्ने बताएका छन् ।
नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले बिहीबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले देशभरका आमनागरिकलाई दुःख दिने आन्दोलनबाट मधेस र मधेसी जनताको पनि जित नहुने बताए ।
चित्त नबुझेका कुरा वार्ताको माध्यमबाट समस्या समाधान गरेर निकास खोज्न मधेसवादी दललाई आग्रह गर्दै उनले नाकाबन्दीले देशभरका जनताले औषधिसमेत नपाउने, दैनिक उपभोग्य सामग्रीको अभाव हुने र बालबालिकाको पढ्ने अधिकार समेत खोसिएको बताए ।
भारतले गरेको नाकाबन्दी कुनै हालतमा जायज नभएको बताउँदै पूर्वप्रधानमन्त्री देउवाले भारतलाई आपूर्तिमा सहज गरिदिन आग्रह पनि गरे ।
नेपालले भूकम्पजस्तै नाकाबन्दीको सहजै सामना गर्नसक्ने चर्चा गर्दै उहाँले भारतको नाकाबन्दीले यतिखेर नेपाली जनतामा राष्ट्रिय भावना, संयम र स्वाभिमान जागेको बताए ।
राष्ट्रपति, प्रधानमन्त्रीको निर्वाचनमा भएको हारले काँग्रेसलाई लज्जित बनाएको बताउँदै देउवाले यसबाट पाठ सिकेर काँग्रेस एकताबद्ध र जुझारु भएर अगाडि बढ्नुपर्ने बताए ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य मनमोहन भट्टराई, नेपाली काँग्रेस भक्तपुर जिल्ला समिति सभापति गणेशमान चक्रधरलगायतले देशको समस्या समाधानका लागि काँग्रेसले मध्यस्थता गर्नुपर्ने बताए । रासस
nepalsandesh
जब कसैलाई साथी बनाउने सोच्दै हुनुहुन्छ भने पक्कै पनि एउटा कुरा मनमा आउने गर्दछ कि उक्त व्यक्ति कस्तो होला । विशेषगरि यदि कुरा महिलाको हो भने त पक्कै पनि । थुप्रै पटक साथी बनिसकेपछि तपाईंलाई लाग्छ कि तपाईंको निर्णय गलत थियो जसका कारण तपाईंले उनीसँग दुरी बनाउन थाल्नुहुन्छ जसले गर्दा तपाईंलाई र तपाईंको साथीलाई समस्या पर्नसक्छ । तर यस्तो समस्या किन झेल्नु यदि तपाईंले साथी बन्नुभन्दा पहिले नै उनको बारेमा केहि अनुमान लगाउन सक्नुहुन्छ भने । हो, हामी कुरा गरिरहेका छौँ महिलाको जसले साथीहरुसँग कस्ता व्यवहार गर्दछिन् र यो कुरा उनको राशीअनुसार हामी तपाईंलाई बताउँदै छौँ । थाहा पाउनुहोस्ः



 मेष राशीः तुरुन्त साथी बनाउँछन् मेष राशी भएका महिलाहरु मेष राशी भएका महिलाहरुको मन बगेको पानीजस्तै हुने गर्दछ । जहाँ राम्रा मान्छे भेट्यो त्यतै आकर्षित हुने । एक मिनेटमा नै साथी बन्ने निर्णय लिने गर्दछन् र एक मिनेटमा नै तोड्ने । मेष राशी भएकी महिलाको साथीको समूह ठूलो हुने गर्दछ र उनले आफ्ना साथीहरु कहिले पनि बिर्सन सक्दिनन् । नयाँ मानिसहरुसँग साथी बन्न ढिला नगर्ने यस्ता महिलाहरुको बानीले उनका पुराना साथीहरुसँग उनको ठाकठुकसमेत पर्ने गर्दछ । साथीहरुसँग हाँसो–ठट्टा गर्न उनलाई निकै रमाइलो लाग्ने गर्दछ । उनको गहिरो सम्बन्ध निकै थोरै साथीहरुसँग मात्र हुने गर्दछ ।

२. वृष राशीः ‘बेष्ट फ्रेन्ड फर एभर’ वृष राशी भएका महिलाहरु जब कोही व्यक्तिसँग साथी बन्छन् उनीहरुको सम्बन्ध सधैँभरिको लागि हुन्छ । कोही महिलाहरु त निकै वर्षसम्म पनि समथी भइरहने गर्दछन् । यी महिलाहरुको धेरै साथीहरु हुँदैनन् । सिमित वयक्तिहरुलाई मात्र साथी बनाउने वृष राशीका महिलाहरु साथीसँगको सम्बन्धलाई निकै राम्रो तरिकाले निर्वाह गर्ने गर्दछिन् ।

 ३. मिथुन राशीः यी महिलाहरु राम्रो साथी मिथुन राशी भएका माहिलाहरुको वाककलाको क्षमता निकै राम्रो हुने भएका कारण उनीहरुलाई वुद्धिजीविहरुसँग सम्बन्ध बनाइराख्न निकै मनपर्छ । विशेष गरि साथीहरुबिच समन्वय बनाइराख्नमा उनीहरु निकै पोख्त हुनेगर्दछन् । साथीहरुबिच यी राशी हुने महिलाको मनमुटाव निकै कम हुने गर्दछ ।

४. कर्कट राशीः कर्कट राशीका महिलाहरु जोसँग साथी बन्दछन् उनीहरु साथीलाई आवश्यकभन्दा बढि नै ध्यानमा राख्ने गर्दछन् । यदि तपाईं समस्यामा हुनुहुन्छ भने यी महिलाहरुले तपाईंको साथ कहिले पनि छोड्ने छैनन् । यो राशीका महिलाहरु आफ्नो भावना व्यक्त गर्न कहिले पनि पछि पर्दैनन् । आफूलाई भने त्यति ध्यान नदिने यी महिलाहरु कहिलेकाँही निकै रुखो व्यवहार गर्ने गर्दछन् ।

५. सिंह राशीः सिंह राशी भएका महिलाहरु आफ्नो साथीको बारेमा आवश्यकभन्दा धेरै सोच्ने गर्दछन् । यदि सिंह राशी भएका महिलाहरुसँग तपाईंको झगडा भएमा केहि बेरपछि नै उनीहरु तपाईंकोमा आएर माफी माग्ने गर्दछन् । यी महिलाहरु आवश्यकभन्दा बढि नै सामाजिक हुने गर्दछन् । साथीहरुका लागि केहि गर्नका लागि यी महिलाहरु सदैव उत्साहित हुने गर्दछन् ।

६. कन्या राशीः कन्या राशीका महिलाहरु आफ्ना साथीको प्रत्येक कुराको हिसाब राख्ने गर्दछन् । आफूले चाहेको जस्तो नभएमा उनीहरुको व्यवहार कहिलेकाँही निकै कडा पनि हुने गर्दछ तर उनीहरु मनबाट नराम्रा भने हुँदैनन् । कन्या राशी भएकी महिलासँग साथी बन्दा तपाईंले कहिले पनि पछुताउनु पर्दैन । सल्लाह दिने कुरामा पनि यिनिहरु अग्रस्थानमा हुने गर्दछन् ।

 ७. तुला राशीः तुला राशीका महिलाहरु निकै शान्त किसिमका हुन्छन् । साथीहरुको गल्तीलाई सधैँ माफी दिने यस्ता महिलाहरु राम्रो साथी मात्र बनाउन रुचाउँछिन् । उनीसँग राम्रो व्यवहार गर्नुहुन्छ भने उनको व्यवहार पनि तपाईंप्रति सधैँ राम्रो नै हुने गर्दछ भने तपाईंको व्यवहारमा रुखोपन आउन थालेमा उनी पनि रुखो हुनुसट्टा तपाईंबाट टाढा जान रुचाउँछिन् । उनी आफ्नो साथीको मनपर्ने– मननपर्ने कुराको बारेमा पनि ध्यान राख्ने गर्दछिन् ।

८. वृश्चिक राशीः वृश्चिक राशीका महिलाहरु जति राम्रो साथी बन्न सक्छन् त्यति नै ठूलो दुश्मन पनि । आफूमाथि गरेको सहयोगलाई कहिले पनि नर्बिसने यी महिलाले कसैलाई सहयोग त्यतिबेला गर्दछिन् जतिबेला उनले पनि आफूलाई गर्ने पक्का हुन्छिन् । उनीहरु साथीको छनौट पनि निकै सोचेर गर्ने गर्दछन् । ९.
धनु राशीः धनु राशीका महिलाहरु आफ्नो सम्बन्धमा कहिले पनि चिसोपन आउन दिँदैनन् । साथीहरुसँग झगडा हुँदा उनको गल्ती नहुँदा पनि उनी आफैँ माफी माग्न पछि पर्दिनन् । अर्थात उनी साथीहरुलाई फकाउन ढिलो गर्दिनन् । साथीहरुबिच भेदभाव नगर्ने यस्ता माहिलाहरु तुला र कुम्भ राशीका व्यक्तिहरुसँग बढि मिल्ने गर्दछन् ।

१०. मकर राशीः यी महिलाहरु साथी बनाउँदा जति मनले बनाउँछन् त्यति नै दुःखी साथीसँगको सम्बन्ध टुट्दा हुने गर्दछन् । साथीहरुलाई सल्लाह दिनमा निकै अग्रसर हुने यी महिलाहरु साथीहरुको राम्रोको लागि जे पनि गर्न तयार हुन्छन् । यी महिलाहरु निकै सामाजिक हुने गर्दछन् र उनीहरुको सम्बन्ध वृश्चिक र मीन राशीका व्यक्तिहरुसँग राम्रो हुने गर्दछ ।

११. कुम्भ राशीः कुम्भ राशीका महिलाहरु निकै सजिलै साथी बन्न सक्छन् । उनीहरु हरेक व्यक्तिका लागि राम्रा साथी हुनेछन् । उनीहरुको समूहमा उनलाई धेरैजसोले आफ्नो ‘बेष्ट फ्रेन्ड’ मान्ने गर्दछन् । आफूलाई निकै गाह्रो भएता पनि साथीहरुको भावनालाई कहिले पनि ठेस पुर्याउँदैनन् । यस्ता महिलाहरु आफ्ना प्रत्येक कुराहरु साथीलाई बताउने गर्दछन् । उनीहरुको सबैभन्दा राम्रो साथी तुला राशीका मानिसहरु हुने गर्दछन् ।

१२. मीन राशीः यदि मीन राशी भएकी महिलासँग साथी बन्दै हुनुहुन्छ भने एउटा कुरा ध्यानमा राख्नुहोस्, ‘उनीहरुलाई आफ्नो निजी जिन्दगीमा कुनै पनि हस्तक्षेप मान्य छैन’ । तपाईं उनीहरुसँग जति नै मिल्नुहोस् उनीहरुले केहि न केहि कुरा त पक्कै पनि लुकाएर राखेका हुन्छन् । मीन राशीका महिलाहरुको मुड कहिले परिवर्तन हुन्छ त्यो पनि थाहा पाउन मुश्किल हुन्छ । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भारतको नाकाबन्दीका कारण देश संकग्रस्त अवस्थामा छ । इन्धन मात्र होइन खानेकुराको समेत अभाव हुन थालेको छ । देशनै समस्यामा भएको बेला पूर्वराजा पनि तनावबाट मुक्त छैनन् । नाकाबन्दीको भन्दा उनलाई पारिवारिक चिन्ताले सताएको छ । पहिलेजस्तै पूर्वयुवराज पारस शाह मदिरा पिएर झगडा गर्दै हिंड्न थालेपछि निर्मल निवासमा समस्या थपिएको हो । गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा उनले रक्सीको बियरको बोतल फुटाएर रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् ।


रेष्टुरेन्टको भित्री कोठामा गएर बसेका उनले मदिरा पिएर आफ्नै साथीहरुसँग झगडा गरेका हुन् । रेष्टुरेन्टका मालिकलाई समेत घाँटी थिचेर उनले कुट्ने प्रयास गरेका थिए । पछि झगडा भएको खबर प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले रेष्टुरेन्टमा प्रहरी टोली पठाएका थिए । त्यतिबेला झगडा साम्य भइसकेको थियो । रेष्टुरेम्ट मदिरा पिएर बसेको खबर पाएपछि प्रहरीले हस्तक्षेप नगरी पार्किङमा बसेको थियो । पछि बेलुका करिब साढे १० बजे उनी रेष्टुरेन्टबाट निस्किएपछि प्रहरी पनि फर्किएको थियो । खराब आचरणकै कारण उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा छिर्न समेत दिएका छैनन् । काका धीरेन्द्रका छोरीको परिवारसँग उनी बस्दै आएको स्रोत बताउँछ । लागूऔषध सेवन गर्ने तथा रेष्टुरेन्टमा झगडा गरेकै कारण पारस थाइल्याण्डमा जेल नै बस्नुपरेको थियो । करिब ६ महिनाअघि नेपाल आएका उनी सुरुमा घरभित्रै मदिरा र लागूऔषधमा रमाए पनि पछिल्लो समय डिस्को र रेष्टुरेन्ट धाउन थालेका छन् ।

थाइल्याण्डमा केही महिना जेल बसेपछि उनी धरौटीमा छुटेलगत्तै नेपाल आएका हुन् । पछिल्लो समय पूर्वयुवराज्ञी हिमानीले समेत उनको वास्ता गर्न छाडेकी छिन् । बैंककमा थाई प्रेमिका कन्निकासँग बस्दै आएको थाहा पाएपछि हिमानीले पारसको वास्ता गर्न छाडेकी हुन् । बैंककमा हुँदा गम्भीर किमिसको हृदयघातबाट पनि उनी बच्न सफल भएका थिए । मदिरा र लागूऔषध सेवन नगर्न उनलाई चिकित्सकले कडा चेतावनी दिएपनि उनले छाडेका छैनन् । नर्भिक अस्पतालमा उनी नियमित चेकिङमा जाने गरेका छन् । मदिरा पिएकै भएर भएको झगडामा ५ वर्षअघि उनी चितवनमा पक्राउ परेका थिए । उनीविरुद्ध सार्वजनिक अपराध मुद्दा नै चलेको थियो ।nepalinewstimes
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले आन्दोलनकारीहरुलाई के चाहिएको हो, कुरा गर्न आह्वान गर्दै सबै माग पूरा गर्न नेपाल सरकार तयार भएको बताएका छन्।

बिहीबार नेपाल संवत्‌को नयाँ वर्ष ११३६ को अवसरमा आयोजित सांस्कृतिक र्‍यालीपछि वसन्तपुरमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, 'ठीकै छ के चाहियो कुरा गरौँ, म एकदम लचिलो छु। तर नेपाली जनतालाई धरधर रुवाउने काम नगरौँ।'


'नेपालको नक्सा नटुक्रने, नेपालको शिर ननिहुराउने, नेपाली जनतालाई नोक्सान नपुर्‍याउने सबै काम,  सबै कुरा नेपाल सरकारले पूरा गर्छ, पूरा गर्न तयार छ,' प्रधानमन्त्रीले भने।

भारतसँगको सीमा नाका बन्द भएर इन्धन लगायत अत्यावश्यक वस्तुको आपूर्ति रोकिएर जनजीवन कठिन भइरहेको बेला उनले यस्तो आह्वान गरेका हुन्।

अहिलेसम्म आन्दोलनकारी र प्रधानमन्त्री लगायत शीर्ष नेताबीच वार्ता हुन सकेको छैन। सरकारी वार्ता टोलीले पनि स‍ंयोजक उपप्रधानमन्त्री कमल थापा जेनेभा भ्रमणमा गएयता औपचारिक वार्ता गर्न सकिरहेको छैन।

उनले दासता नस्वीकार्ने, शीर निहुराउन नजान्ने नेपालीको पहिलेदेखिको इतिहास रहेको स्मरण गराए।

कांग्रेसलाई सरकारमा आउन आह्वान

प्रधानमन्त्री ओलीले नयाँ वर्ष समारोहको मञ्चलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई सरकारमा सहभागी हुन आह्वान गर्न पनि उपयोग गरे।

कांग्रेस छुट्टै बाहिर बस्नुपर्ने कारणै नभएको उनको कथन थियो। 'खै केमा चित्त नबुझ्या हो केमा', उनले अगाडि भने, म आग्रह गर्न चाहन्छु यो सरकार बिलकुल उदार छ सबैलाई यथोचित सम्मान दिएर अगाडि बढ्न तयार छ।

अहिले निहुँ खोज्ने र अप्ठेरो पार्नुपर्ने बेला नभएको भन्दै राष्ट्रिय एकता आजको आवश्यकता रहेको उनले बताए।
नेपाल स‍ंवत् मौलिक तर व्यवहारमा अप्ठेरो

नेपाल स‍ंवत्‌लाई राष्ट्रिय स‍ंवत्‌का रुपमा व्यवहारमा लागू गराउनु पर्ने मागका साथ सुरु भएको भिन्तुना आन्दोलनबाट यस किसिमको र्‍याली सुरु भएको हो। पञ्चायत कालमा भिन्तुना र्‍यालीमा सहभागी हुनेलाई प्रशासनले दमन गर्ने गर्थ्यो।

२०४६ सालको आन्दोलनपछि भने र्‍यालीपछि वसन्तपुरमा सभाको आयोजना गर्दै प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रचलन सुरु भएको हो।

प्रधानमन्त्री ओलीले नेपाल संवत् नेपाली माटोबाट उत्पति भएको अन्त कतैबाट आयातित संवत नभए पनि अन्तर्राष्ट्रिय संवत् चलाउन बाध्य भएको उदाहरण सुनाए।

'मेरो जन्ममिति २००८ साल हो। तर पासपोर्टमा २००८ साल लेखेर विदेश गयो भने भर्खर सात वर्षको बच्चा कसरी यत्रो भयो भनेर छक्क पर्छन्। किनभने अन्तर्राष्ट्रिय इस्वी संवत् त बल्ल २०१५ हो अहिले। त्यसैले हाम्रो संवत् अन्तर्राष्ट्रिय रुपमा काम गर्दैन। '

'अन्तर्राष्ट्रिय रुपमा इस्वी संवत् नै चलाउनु पर्छ', उनले भने, 'नेपाल संवत् हाम्रो संस्कृति, परम्परा, चाडवाडसँग सम्बन्धित चन्द्र पात्रो भए पनि व्यवहारिक रुपमा अप्ठेरो छ। यो काठमाडौँ उपत्यका बाहिर त्यति प्रचलित छैन।'

उनले संविधानमा विक्रम संवत् २०७२ असोज ३ गतेदेखि लागू हुने भनेर लेखिनु कुन संवत् वा तिथिमिति लेख्ने नलेख्ने हिसाबले भन्दा पनि कसैले रोक्न नसकोस् भनी अनिवार्य जारी गर्ने विषयसँग मात्रै सम्बन्धित रहेको स्पष्ट पारे। pahilopost. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २६ कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनप्रति समर्थन जनाउँदै नेपालविरुद्ध नाकाबन्दी लगाउँदै आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध लन्डनमा चर्को विरोध भएको छ ।
बेलायतमा बसोबास गर्दै आएका नेपाली मुलका नेपालीहरूले बिहीबार मोदीविरुद्ध नारावाजी र प्रदर्शन गरेका हुन् । बीबीसीको नेपाली सेवाका अनुसार नेपालको राष्ट्रिय झण्डा र नेपाली पोशाकमा सजिएका नेपालीहरूले मोदी र भारतको नाकाबन्दीविरुद्ध नारावाजी गरेका थिए ।
मोदी आउने थाहा पाएपछि लन्डनको टेनडाउनमा जम्मा भएका हज्जारौँ नेपाली र भारतीयहरूले मोदीविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले भूपरिवेष्ठित मुलुक नेपालमा अन्तर्राष्ट्रिय सन्धी र कानुन विपरित नाकाबन्दी लगाई दुःख दिएको आरोप भारतलाई लगाएका थिए ।
नेपाली र भारतीयहरूले मोदी र भारतको गतिविधि असंहिष्णु रहेको आरोप लागएका छन् । भारतीय प्रधानमन्त्री मोदी बेलायत भ्रमण आएको थाहा पाएपछि बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको सरकारी निवास र संसद भवन अगाडि जम्मा भएका नेपाली र भारतीय संघसंस्थाका प्रतिनिधिहरूले विरोध गरेको बीबीसी नेपाली सेवाका सम्वाददाता भगिरथ योगीले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।
मोदीको गलत नीति र व्यवहारको विरोधमा भारतीय नागरिकहरूले पनि नारावाजीका साथै विरोध प्रदर्शन गरेका हुन् ।  बिरोध भएपछि मोदी कालोनिलो भएको प्रत्यक्षदर्शी नेपालीहरूको भनाइ छ ।
नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप रोक्नुपर्ने तथा नाकाबन्दी हटाएर पारवाहन अधिकार सूचारु गराउनुपर्ने लगायतका नाराहरू नेपाली तथा भारतीयहरूले लगाएको बीबीसी नेपाली सेवाले उल्लेख गरेको छ ।
एनआरएएनका यूरोप प्रतिनिधि कुल आचार्यले भारतले अन्तर्राष्ट्रिय कानुन र सन्धी विपरित नेपालविरुद्ध नाकाबन्दी लगाई जनतालाई दुःख दिएकाले नाकाबन्दी खोली आपूर्ति सहज बनाउन दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताउनुभयो ।
उहाँले भारतीय पक्षका कारण नेपालमा औषधि, इन्धनलगायत दैनिक उपभोग्य वस्तुको चरम संकट परेकाले भारतलाई दबाव दिन र सो विषय अन्तर्राष्ट्रिय करणका लागि सहयोग पुगोस् भनेर लन्डनमा मोदीविरुद्ध प्रदर्शन गरेको बताउनुभयो ।
भारतीय प्रधानमन्त्री बिहीबार औपचारिक भ्रमणका लागि लन्डन पुगेका हुन् । मोदीले लन्डनमा तीन दिन बिताउनेछन् ।
dainiknepal
चितवन, २६ कात्तिक । पूर्व अर्थमन्त्री रामशरण महतले नेपालमा जारी भएको संविधानको विषयमा भारतीय सञ्चार माध्यमले नकारात्मक प्रचार गरेका कारण त्यहाँको सरकारले नाकाबन्दी गरेको बताउनुभएको छ ।
प्रेस युनियन चितवनले बिहीबार भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहॉले नेपालको संविधान समावेशी नभएको भन्दै भारत र अन्तर्राष्ट्रिय जगतमा गलत प्रचार गरिएको उल्लेख गर्नु भयो ।
नाकाबन्दीका कारण अर्थतन्त्रमा डरलाग्दो प्रभाव देखिएको बताउँदै उहाँले भन्सार नाका ठप्प हुँदा वैदेशिक व्यापार १०/१५ प्रतिशतमा झरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
नेता महतले भूकम्पले नौ हजारको ज्यान लिएको र ठूलो आर्थिक क्षति बेहोरेको नेपालका लागि पुनःनिमार्णका काम गर्ने बेला नाकाबन्दीले झन् मानवीय सङ्कट सिर्जना गरेको धारणा राख्नु भयो ।
दुई देश र अन्तर्राष्ट्रिय कानुनअनुसार व्यापार चल्नुपर्ने भन्दै उहाँले नेपाल भारतबीचको व्यापार वाणिज्य र पारवहान सन्धिअनुरुप चल्नुपर्ने बताउँदै भन्नुभयो, ‘आन्तरिक राजनीतिक कारण देखाएर रोक्न कसैले पाउँदैन ।’ रासस
dainiknepal
त्रिशूलीः चीनले नेपाललाई अनुदानमा दिएको पेट्रोल दुई सातादेखी आयात गर्ने कार्य भइरहेको भएपनि चिनियाँ भाषा र नेपालको सुरक्षा जाँचका कारण ढुवानीमा ढिलाई भइरहेको ट्यांकर चालकहरुले बताएका छन् ।

ट्यांकर चालकहरुले चीनतर्फ चिनियाँ तथा तिब्बती भाषाको कारण र  नेपाल प्रवेश गरेपछि हुने सुरक्षा स्कर्टिङ र चेकिङले छिटो र सरल रुपमा पेट्रोल काठमाडौं लैजान समस्या परेको बताएका हुन् ।

नेपाल आयल निगमका ४० वटा ट्यांकरले केरुङ प्रवेश गर्ने अनुमती पाएका छन् । ति ट्यांङ्करहरु आलोपालो गरि काठमाडौंबाट नुवाकोट हुदै रसुवागढी नाकावाट चीनको केरुङ पुगेर पेट्रोल ओसारिरहेका छन् ।

‘चीनमा तेल भरेर रसुवागढीसम्म आउँदा एक ठाउमा पनि चेकजाँच हुदैन, न प्रहरीको स्कटिङ नै’ट्यांकर चालक सानुभाई रेग्मीले भने ‘नेपाल छिरेपछि भने जतापनि चेकजाँच मात्रै, प्रहरीले स्कटिङ नगरी हिड्न दिदैन । समयमै स्कर्टिङ पनि नगरिदिने । चलाउन पनि नदिने ।’

चिनियाँहरुले तिमीहरुको पर्व तिहार रहेछ भनेर चाडो तेल भरेर पठाए पनि नेपालमै अनेक झमेला भएको र आफुले लक्ष्मी पुजा गर्न समेत घर पुग्न नभ्याएको थानकोटमा चेकपोष्टनजिकै घर भएका ट्यांकर चालक युवराज कणेलले बताए ।

रसुवाबाट नुवाकोट आइपुगेका ट्यांकर नेपाल प्रहरीले स्कटिङ भन्दै विदुरमा बुधबार राती रोकेपछि चालकहरुले सञ्चारकर्मीहरुसँग तेल सहज रुपमा ओसार्ने वातावरण बनाइदिन आग्रह गरेका थिए । annapurnapost.com
कार्तिक २६, २०७२- तीन दिने बेलायत भ्रमणका सिलसिलामा लन्डन उत्रिएकै दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध बेलायतस्थित नेपालीहरुले विशाल विरोध प्रदर्शन गरेका छन् ।

भारतले नेपालमा लगाइरहेको अघोषित नाकाबन्दीको विरोधमा नेपालीले बिहीबार गरेको शान्तिपूर्ण आन्दोलनमा सयौं सहभागी भए । बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिंग स्ट्रिट अगाडि मध्यान्ह १२ बजे देखि प्रदर्शन सुरु भएको हो ।

बेलायतका विभिन्न सहरबाट स्वतस्फूर्त ओइरिएका प्रदर्शनकारीले मोदी र भारतको विरोध गर्दै लेखिएका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गरिरहे । उनीहरुलाई भारतीय सिख समुदायले समेत साथ दिएका थिए । प्रदर्शनका कारण बेलायती संसद र प्रधानमन्त्री कार्यालय पुरै अस्तव्यस्त थियो भने सुरक्षा व्यवस्था अत्यन्त कडा तुल्याइएको थियो ।

प्रदर्शनका लागि गैरआवासीय नेपाली संघ बेलायत, प्रवासी नेपाली मञ्च यूके, नेपाली जनसम्पर्क समिति, बेलायतसहित यूकेका प्रमुख तीन दर्जन बढी नेपाली संघसंस्थाले ऐक्यवद्धता जनाउंदै सहभागीता जनाएका थिए । तीन युवा विज्ञान प्रसाईं, एभरेष्ट गौतम र गणेश खड्काले प्रदर्शनको तयारीमा विशेष सक्रियता देखाएपछि अन्य संघसंस्था र युवाहरु स्वतस्फूर्त सहभागी भएका थिए ।

भारतको अघोषित नाकाबन्दी र भूपरिवेष्ठत राष्ट्र नेपालले अन्तर्राष्ट्रिय कानुन अनुसार पाउने पारवहान सुविधाका विषयमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन प्रदर्शन गरिएको आयोजकले जनाएका छन् ।


राष्ट्रमाथि ठूलो चुनौती आइपरेका बेला व्यक्तिगत तथा संस्थागत स्वार्थभन्दा माथि उठेर सबैले सामना गर्नुपर्ने बेला आएको जनाउंदै भेलाका सहभागीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न चेतावनी दिए ।

उनीहरुले नेपाल सरकारलाई भारतको गैर कानुनी नाकाबन्दी विरुद्ध अन्तर्राष्टिय निकाय गुहार्न समेत आग्रह गरेका छन् ।

अन्तर्राष्टिय कानुन अनुसार नेपालको पारवहन अधिकार हनन गरेको ठानेका प्रदर्शनकारीले नेपालमाथि हस्तक्षेप नगर्न नारा मार्फत पटक पटक चेतावनी दिएका थिए ।

मोदीलाई आफ्नै समुदायबाट विरोध
मोदीविरुद्ध भारतीय नै विरोधमा उत्रिएका छन् । आवाज नेटवर्कले मोदी नट वेलकम अभियान सुरु गरेको छ । उसलाई साउथ एसिया सोलिडारिटी ग्रप, कास्ट वाच यूके, भारतीय मुश्लिम र दलितहरुको पक्षमा वकालत गर्ने र समूहले साथ दिएका छन् । ती संघसंस्थाले शुक्रवार वेम्ली स्टेडियममा पनि प्रदर्शन गर्ने भएका छन् । मोदीले स्टेडियममा करिब ६० हजार भारतीय डायस्पोरालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भारतीय जनता पार्टीका नेता मोदीलाई सन् २०१२ सम्म बेलायत आउन प्रतिबन्ध थियो । सन् २००२ मा गुजरातको मुख्य मन्त्री हुँदा मोदीलाई मुस्लिम विरोधी दंगा रोक्न नसकेको आरोपबीच बेलायतले मोदी प्रशासनले दशक अघिको दंगालाई समर्थन गरेको निष्कर्ष निकालेको थियो । उक्त दंगामा करिब एकहजार मुश्लिम मारिएका थिए ।

मोदीले बेलायती महारानी एलिजावेथसँग दिवा भोज र बेलायती संसदमा बेलायती समकक्षी डेभिड क्यामरुनसँगै सम्वोधन गर्ने कार्यक्रम छ । मोदी पार्लियामेन्ट स्क्वायरमा रहेको महात्मा गान्धीको सालिक निरीक्षण गर्न समेत पुग्नेछन् । १२ औं शताव्दीका दार्शनिक बस वेशवाराको नयाँ शालिक अनावरण गरेपछि मोदी शनिवार जि ट्वाइन्टी समिटका लागि अंकारा जांदैछन् ।

भ्रमणका अवसरमा १० विलियन पाउण्ड बराबरको व्यापार सम्झौता हुने समाचार आइरहँदा मोदीले धेरै आलोचना समेत खेप्नुपरेको छ ।

kantipur.ekantipur
२६ कात्तिक, काठमाडौं । भारतीय राजदूत रन्जित राय नेपालभित्र लगातार विवादित बन्दै गएका छन् । पछिल्लो समय सञ्चारमाध्यमहरु मार्फत उनले दिइरहेका राजनीतिक अभिव्यक्तिले गर्दा उनको तीव्र आलोचना हुन थालेको छ ।

राजदूत रायका गतिविधिलाई लिएर एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख सूर्य थापाले कडा अभिव्यक्ति दिएका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले राजदूतलाई देशनिकाला गर्नुपर्ने माग गरेका छन् ।
‘भारतीय राजदूत रन्जित रायलाई ‘डिपोट’ नगरी नेपाल-भारत सम्वन्ध सामान्य नहुने संकेत देखियो । अघोषित नाकाबन्दीका कारक यी राय महोदय हामी नेपालीसँग केको दुश्मनी साँध्न लागिपरेका छन् ?’ एमाले प्रचार विभाग उपप्रमुख समेत रहेका थापाले लेखेका छन् ।
भारतको नियत बुझेर रणनीतिक योजना र तयारी साथ अघि बढ्नुपर्ने उनको सुझाव छ । अनलाइनखबरसितको कुराकानीमा थापाले भारतीय राजदूत दुई देशबीचको सम्वन्ध सहज तुल्याउन भन्दा पनि बिगार्न उद्यत रहेकाले उनलाई प्रक्रिया पुर्‍याएर देशनिकाला गर्नुपर्ने बताए ।
पछिल्लो समयमा एउटा राजदूत राय मधेसवादी नेताजसरी प्रस्तुत भएर भाषणवाजी गर्दै हिँडेको भन्दै थापाले उनलाई अब यहाँभन्दा अघि बढ्न दिनु नहुने धारणा राखे ।
‘कुनै पनि राजदूतले अर्को देशको आन्तरिक मामलामाथि खुलेआम टिप्पणी र आलोचना गर्न पाउँदैनन्-‘थापा भन्छन्, ‘उनको भूमिका नेपाल र नेपालीविरुद्ध देखिएकाले सरकारले तत्कालै डिपोटको प्रक्रिया अघि बढाउनुपर्छ ।’
नेपालको संविधान जारी गर्ने समारोहमा उपस्थित भएका राजदूतले भारतमा गलत रिपोर्टिङ गरिरहेको थापाले आरोप लगाए । युद्धको अर्को पक्ष जसरी सरकारका भनाइहरुको खण्डन र आलोचना गर्ने छुट उनलाई दिन नहुने पनि थापाको भनाइ छ ।
भारतीय दूतावासले पछिल्लो समय एकपछि अर्को गर्दै सरकार र मन्त्रीहरुको खण्डनमा विज्ञप्ति निकालिरहेको छ भने राजदूत स्वयम्ले सरकारको आलोचनामा अभिव्यक्ति दिइरहेका छन् ।  थापा भन्छन्-‘असोज १ यता राजदूत रायका दर्जनौं क्रियाकलापहरु आपत्तिजनक छन् । उनलाई कारवाही गरेर सरकारले पाठ सिकाउनुपर्छ ।’
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सिन्धुपाल्चोक, २६ कात्तिक– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेले खुट्टा कमाए केही महिनाभित्रै सरकार ढल्ने भविष्यबाणी गरेका छन् ।

तिहारको मौका पारेर आरामका लागि सुकुटे पुगेका उनले बिहीबार सिन्धुपाल्चोकका उपलब्ध पार्टी जिल्ला नेताहरुसँगको छलफलका क्रममा प्रधानमन्त्री केपी ओलीले निहुँ खोजे सरकार ढाल्ने बताए ।
वर्तमान सरकार गिरेपछि प्रमुख विपक्षी काँग्रेससँग मिलेर सरकार बनाउने र त्यतिबेला सरकारको नेतृत्व आफूले लिने सम्भावना रहेको उनको भनाइ थियो ।
‘केही महिनापछि केपी ओलीले निहुँ खोज्न सक्छन्’, प्रचण्डको भनाइ उद्धृत गर्दै छलफलका एक सहभागीले काठमाण्डु टुडेसँग भने, ‘त्यस्तो अवस्था आयो भने काँग्रेससँग मिलेर हाम्रै नेतृत्वमा सरकार बन्न पनि सक्छ ।’
यद्यपि वर्तमान सत्ता गठबन्धन लामै समय टिकाउने पक्षमा आफू रहेको प्रचण्डले बताए ।
एमाओवादीको नीति र नेतृत्व भए एमालेसँग एकता
जिल्ला नेताहरुको जिज्ञाशाको जावफमा प्रचण्डले एमालेसँग तत्काल पार्टी एकता सम्भव नरहेको प्रष्ट्याए ।
तर एकता असम्भव भने नभएको पनि बताए । अहिलेकै सहमतिअनुसार अगाडि बढेर स्थानीय निर्वाचन, प्रादेशिक निर्वाचन र विधानसभाको निर्वाचनसम्म तालमेल गरेर जान तयार भए एकताको वातावरण बन्ने उनको भनाइ थियो ।
‘अहिल्यै एकता हुन्छ म भन्दिन, उनले भने, ‘यदि स्थानीय, प्रादेशिक र विधानसभाको निर्वाचनसम्म एमाले अहिलेकै सहमतिमा अडियो भने पार्टी एकता हुन सक्छ ।’
दुई पार्टीबीच तालमेल भए स्थानीय तहदेखि केन्द्रीय संसदसम्म बामपन्थीको दुई तिहाई हुने दाबी उनको छ । दुई तिहाई बहुमत हासिल गरेर संशोधनमार्फत संविधानमा आमुल परिवर्तन गर्न सक्ने अवस्था आए पार्टी एकता हुने उनको भनाइ थियो ।
‘हामीले चाहेको व्यवस्थामा आमुल परिवर्तन हो’, प्रचण्डले भने, ‘यदि माओवादी छापको संविधान बन्न भने त्यतिबेला एकता हुन सक्छ ।’
अध्यक्ष प्रचण्डले पार्टी एकता गर्दा नीति र नेतृत्व भने एमाओवादीकै हुने पनि प्रष्ट्याए ।
फरक प्रसंगमा उनले मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादीसँग भने निकट भविष्यमै एकता हुन सक्ने उल्लेख गरे ।
kathmandutoday
बिहीबार, २६ कार्तिक
काठमाडौं । नेपालमाथि नाकाबन्दी गरेर बेलायत भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नेपालीहरुले विरोध प्रदर्शन गरेका छन् ।
तीन दिने भ्रमणका लागि बिहीबार लण्डन पुगेका मोदीविरुद्ध बेलायतमा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरेका हुन् ।
नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको र नेपालमाथि नाकाबन्दी गरेको भन्दै बेलायतमा बस्दै आएका नेपालीहरुले उनीविरुद्ध प्रदर्शन गरेका हुन् ।
नेपालीहरुले बेलायती प्रधानमन्त्रीको निवास नजिकै रिचमण्ड टेरेसमा मोदीविरुद्ध प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागीहरुले हातमा नेपालको राष्ट्रिय झण्डा तथा प्ले कार्ड बोकेका थिए ।
यसअघि ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले नेपालविरुद्ध लगाएको नाकाबन्दी विरुद्ध बेलायती प्रधानमन्त्री डेविड क्यामरुनको ध्यानाकर्षण गराएको थियो ।
nepalsandesh
बिहीबार, २६ कार्तिक
काठमाडौं । भारतले डेढ महिनाभन्दा लामो समयदेखि नेपालमाथि लगाएको अघोषित नाकाबन्दीका विषयमा ब्रिटिश गोरखा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको ध्यानाकर्षण गराएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणलाई लक्षित गरी क्यामरुनलाई लिखित ध्यानाकर्षण पत्र बुझाउँदै पूर्वगोर्खा सैनिकहरुले नाकाबन्दी खुलाउने पहल गरिदिन आग्रह गरेका हुन् ।
ज्ञापनपत्रमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी गैरकानुनी र बदनियतपूर्ण भएको उल्लेख गरिएको छ ।
भारतले नेपालको तराई क्षेत्रलाई टुक्राउन खोजिरहेको उल्लेख गर्दै यस्ता कदमले नेपाल सिक्कमीकरण, फिजीकरण तथा हालैको क्रिमियाको अवस्थामा पुग्न सक्ने खतरा औल्याइएको छ ।
क्यामरूनलार्इ बुझाइएको ज्ञापनपत्रको पूर्णपाठः
सम्माननीय प्रधानमन्त्री डेभिड क्यामरन
संयुक्त अधिराज्य बेलायत
१० डाउनिङ स्ट्रीट, लण्डन
सम्माननीय प्रधानमन्त्रीज्यू,
हामी यही १२ नोभेम्बर २०१५ का दिन लण्डनमा हुन लागिरहेको भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको भ्रमणको पूर्वसन्ध्यामा निम्नलिखित विषयमा यहाँको ध्यानाकर्षण गर्दछौँ ।
 (क) पृष्ठभूमि
भारतका प्रधानमन्त्री मोदीले गत २० अगष्ट २०१५ का दिन जारी भएको नयाँ संविधानको विरोधमा तीन महिनादेखि नेपालका विरुद्ध कथित अघोषित नाकाबन्दी गरेका छन् ।
२. कारणका हकमा भारत सरकारका अभिव्यक्तिअनुसार भारतसँग सिमाना जोडिएको दक्षिणी तराईका संयुक्त मधेशी लोकतान्त्रिक मोर्चाका केही नेताका मागहरू पुरा गर्न हालै जारी संविधानमा संशोधन हुनुपर्दछ ।
३. यी नेताका मागहरूमध्ये नयाँ संघीय संरचनाअन्तर्गत तराईमधेशको सिमाना बाँकी सम्पूर्ण नेपालबाट अलग राखी एउटै प्रदेश हुनुपर्ने भन्ने छ,यसलाई पहाड र हिमाल भनेर बुझिन्छ जसका कारण यस भारतवेष्ठित (सन् १९५४ मा सम्पन्न कोशी ब्यारेज सम्झौताको धारा १० ले गलत रूपमा कोसी-गङ्गा नदीमा सीमित गरिएको नेपालको जलयातायातको अधिकार स्थापित गर्ने हो भने नेपालको भूपरिवेष्ठित अवस्था सजिलै हट्छ) मुलुकको अवस्था स्वतः मधेशवेष्ठित हुन पुग्नेछ ।
४. यस मागलाई नेपालमा व्यापकरूपमा हाम्रो मातृभूमिलाई आफू अधिनस्थ राख्ने तथा अथाह जलस्रोत सधैंका लागि कब्जा गर्ने भारतीय रणनीतिका रूपमा हेरिएको छ । यस्ता कदमले नेपाल सिक्किमीकरण (मतदानमार्फत भारतमा सिक्किमको विलय, फिजीकरण (भारतीय आप्रवासीहरूलाई प्रयोग गरी फिजी कब्जा) तथा हालैको क्राइमिया (जनमत संग्रहमार्फत रुसमा समाहित) को अवस्था सिर्जना हुनसक्ने खतरा छ ।
५. भारतले नेपाल र भारतबीच विद्यमान मानवरहित अन्तर्राष्ट्रिय दशगजा सिमानालगायत पारिपट्टि आफ्नै भूमिसमेत ढुङ्गा र पेट्रोल बम हान्न तथा नेपालभित्र सार्वजनिक तथा निजी सम्पत्ति ध्वस्त गर्ने प्रयोजनका लागिप्रदर्शनकारीहरूलाई खुलारूपमा प्रयोग गर्ने छुट दिइरहेको छ ।
६. भारतीय भूभागपारिको नेपाली भूभाग आवतजावत तथा ढुवानीका लागि असुरक्षित छ भन्ने भारत सरकारको दाबी झुठा छ जबकी १,८०० किलोमिटर लामो खुला अन्तर्राष्ट्रिय सिमानाका केही मुख्य नाकाहरूमा मात्र केही बाधा उत्पन्न गरिएको स्थिति हो ।
 (ख) परिणामहरू
७. इन्धन र पेट्रोलियम पदार्थको अभावले नेपालभित्र आवतजावत ठप्प भएको छ । खाद्यान्न र औषधिको अभावले गत अप्रिल २०१५ को नरसंहारकारी भूकम्पबाट तङ्रिँदै गरेको देशमा गम्भीर मानवीय सङ्कटहरू उत्पन्न भइरहेका छन् ।
८. नेपालमा बढ्दो भारतविरोधी भावना छिमेकीहरूबीच हुनुपर्ने सुमधुर सम्बन्ध, सहयोग र ऐक्यवद्धता विपरीत छ ।
९. नेपाल व्यापार तथा पारवहनका लागि अति विकट उच्च हिमाली भेग र लामो दूरीबीच चीनमार्फत अन्य देशहरूसँग विकल्प खोज्न बाध्य भएको छ ।
१०. व्यापार लगायतका अन्य गतिविधिहरू ठप्प बराबर भएकाले देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ ।
(ग) अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन
११. भारतका यी कदमहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्रको धारा २, ३३ र ४१ (जसले संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्लाई मात्र अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने प्रयोजनका लागि नाकाबन्दीलगायतका शक्तिकोप्रयोग गर्ने अधिकार दिएको छ), समुन्द्रसम्बन्धी संयुक्त राष्ट्रसङ्घीयमहासन्धिको धारा १२५ (जसले नेपालजस्ता भूपरिवेष्ठित राष्ट्रहरूकोसमुन्द्रसम्म पहुँचको अधिकार सुरक्षित गरेको छ) तथा व्यापारमा बाधाअड्चन खडा गर्न नपाइने बारेमा भएका विश्व व्यापार संगठनका कानुनी प्रावधान र नजिरहरूको उल्लङ्घन गरेका छन् ।
१२. यस्तो कार्य दक्षिण एसियाली राष्ट्रहरूको क्षेत्रीय सङ्गठन (सार्क) तथा व्यापार, पारवहन तथा वाणिज्यसम्बन्धी अन्य विभिन्न द्विपक्षीय,बहुपक्षीय÷क्षेत्रीय सम्झौताहरूका भावना र उद्देश्यहरूको प्रतिकूलसमेत छ ।
(घ) गुनासाहरू
१३. संयुक्त अधिराज्य बेलायत सरकारले ध्यान दिन जरुरी छ कि सन् १८१६ को सुगौली सन्धिताकादेखि नेपालले भोगिरहेको कथित भूपरिवेष्ठित हुनुको पीडा बृटिश–भारत सरकारले अवलम्बन गरेको औपनिवेशिक राजनीतिको परिणाम हो ।
१४. भारत सरकार तथा उसका सत्ताधारीहरू नेपालका युवाहरूले भारतीय सेना (गोर्खा राइफल आदि) मार्फत पाकिस्तान र चीनजस्ता नेपालका मित्र राष्ट्रहरूविरुद्ध भएका विभिन्न रक्तपातपूर्ण युद्धमैदानहरूमा गरेका अत्यन्तै दर्दनाक त्यागप्रति अनभिज्ञ भएझैँ देखिन्छ । नेपाली युवाहरूले विवादित काश्मिरमा भइरहेको भारत–पाकिस्तान द्वन्द्वमा अहिले पनि भारतको रक्षाका लागि आफ्नो जीवन आहुति दिइरहेका छन् ।
१६. नयाँ पुस्ताका नेपाली युवाहरूलाई महशुस भइरहेको छ कि नेपाल भूपरिवेष्ठित हुनु तथा अन्यायपूर्ण एवं गैरकानुनी सुगौली सन्धि (१८१६) तथा आजसम्म पनि कायम गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता (१९४७) का कारण नेपाल अविकसित हुनुका पछाडि बेलायत नैतिकरूपमा जिम्मेवार छ । जसले आफ्नो जीवन दिए उनीहरूलाई निवृत्तिभरण र सुविधाका सवालमा असमान व्यवहार गर्नु भनेको उनीहरूको त्यागमाथि भएको धोकाहो ।
१७. नेपाललाई सुनियोजित ढङ्गले भौगोलिक रूपमा बाहिरी संसारबाट पूर्णतः अलग राख्न बेलायतले भारत छोड्नेबेलामा सँधैका लागिभारतवेष्ठित तथा भूपरिवेष्ठित अवस्थामा राख्दासमेत नेपाल र नेपाली जनताले भारत र संयुक्त अधिराज्य बेलायतमाथि पूर्णरूपमा विश्वास र भरोसा गरे । दुवै देशले नेपाल र नेपाली जनतालाई उनीहरूका रणनीतिक स्वार्थहरू पुरा गर्ने प्रयोजनका लागिमात्र उपयोग गरे ।
 (ङ) अनुरोध
१८. हामी सम्माननीय प्रधानमन्त्रीसमक्ष नेपालका विरुद्ध लादिएको नाकाबन्दी तथा अन्य बाधाअवरोधहरू प्रचलित द्विपक्षीय तथा बहुपक्षीय सम्झौता तथा अन्तर्राष्ट्रिय कानुन (संयुक्त राष्ट्रसङ्घ तथा विश्व व्यापार संगठनका कानुनी दस्ताबेजहरू जसमा दुवै देश राज्यपक्ष छन्) नैतिक तथा कानुनीरूपमा बाध्यात्मक दायित्वविपरीत भएकाले तत्काल हटाइने कार्यका लागि अनुरोध गर्दछौँ ।
१९. प्रचलित युरोपेली तथा अन्तर्राष्ट्रिय मानवअधिकार कानुन, सिद्धान्त र व्यवहारविपरीत कायम सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सम्झौता पुनरावलोकन गरी पाउँ ।
२०. विनाशकारी भूकम्प तथा हालैको नाकाबन्दीका कारण उत्पन्न हृदयविदारक अवस्था र कमजोर स्थितिबाट तङ्रिनका लागि नेपाललाई आवश्यक मानवीय सहयोग तथा सहायता उपलब्ध गराई पाउँ ।
हाम्रो मातृभूमि नेपालसँग सम्बन्धित सरोकार र यस अनुरोधलाई गम्भीर एवं सकारात्मकरूपमा लिइदिनु भएकोमा सम्माननीय प्रधानमन्त्रीप्रति हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ ।
nepalsandesh
सप्तरी, २६ कात्तिक । सप्तरी प्रशासनले राजमार्ग क्षेत्रमा लगाइएको निषेधित क्षेत्र जारी नै रहेको बताएको छ ।
सो क्षेत्रमा स्थानीय प्रशासनले राजमार्गमा राति ९ बजेदेखि बिहान ७ बजेसम्मका लागि निषेधित क्षेत्र तोक्दै आएको छ ।
प्रमुख जिल्ला अधिकारी अनिल ठाकुरका अनुसार राजमार्ग अन्र्तगतको कोसी ब्यारेजदेखि लहानको बलान खोला र उदयपुर जाने बाटो आसपासका क्षेत्रमा सडकदेखि पाँचसय मिटर उत्तर र दक्षिण क्षेत्रमा निषेधित क्षेत्रहरु हुन् । रासस
dainiknepal
काठमाडौं, २६ कात्तिक । एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेस र एमालेको गठबन्धन तोडिनु दुर्भाग्यपूर्ण भएको भन्दै दुई दल नमिले मुलुक दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज उहाँकै निवासमा आयोजना गरेको अन्तरक्रियात्मक देउँसी भैलोमा बोल्दै खनालले अहिलेको मुलुकको संकट सामना गर्न कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउनुभयो ।
खनालले संघीयतामा नयाँ ढंगले सोँच्नुपर्ने आवश्यकता औल्याउँदै अहिले माग भइरहेको आधार प्रदेशको सिमाङ्कन मिलाउन गाह्रो हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘संघीयता कहाँबाट पस्यो त्यही मूल्याङ्कन गर्नुपर्छ । संघीयतामा जाने हो भने मधेसमा दुई, पहाडमा यति भन्नु मुलुकको हितमा छैन । मेचीबाट महाकालीसम्म प्रदेशले समस्याको समाधान गर्दैन र देशको हित पनि हुँदैन ।’
खनालले पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा न्यूनतम कुरा मिल्न सक्ने भन्दै अन्यथा संघीयताको नाममा अझै कति रगत बगाउनु पर्ने हो थाहाँ नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मधेसीलाई मधेस, पहाडीलाई पहाड र हिमालीलाई हिमाली बाहेक अरु किन हुँदैन भन्ने कुरा थोत्रो, नचाहिदो र अब्यवहारिक तर्क हो । संघीयतामा हामी नयाँ प्रयोगमा छौ । पशुपतिनाथसँग कामना गरौ कि यो सफल होस ।’
खनालले नाकाबन्दीको समस्या आज भोलिमै समाधान हुने स्थिति नभएको भन्दै नाकाबन्दीबाट उत्पन्न चुनौती सामना गर्न र यसमा परिवर्तन गर्न हर मूल्य चुकाउन सरकारले काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नाकाबन्दी लम्बिए जनतालाई तयार पार्नु पर्छ । यही उत्पादन गर्ने योजना, सम्बन्धको विविधिकरण, चीनसँगको सम्बन्ध विकसित गर्नुपर्छ । यो सरकारको काम हो । दसैँ अभावमा गयो, तिहार पनि अभावको विचमा छ । औषधि छैन, उद्योग बन्द छ, बजार ठप्प छ, विद्यालय बन्द छ । यो दुःखदायी अवस्थामा परिवर्तन गर्न हल मूल्य चुकाएर सरकारले काम गर्नुपर्छ । नभए सरकारप्रति असन्तुष्टी बढ्न सक्छ ।’
खनालले संविधान जारी भएको खुसीयाली राम्ररी फक्रन नपाउँदै छिमेकी भारतले नाकाबन्दी लगाएको भन्दै नाकाबन्दीले सबै सन्धी सम्झौताको उल्लघन गरेको दावी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सिंगो विश्व चिन्तित छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि चिन्ता ब्यक्त गरिसक्नु भएको छ । तर पनि किन छिमेकी भारतले नाकाबन्दी अन्त्य गर्न किन सकिरहेको छैन ।’
dainiknepal
नयाँ दिल्ली, २६ कात्तिक । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बेलायत प्रस्थान गर्नुभएको छ । आफ्नो तीन दिने औपचारिक भ्रमणका लागि उहाँ त्यसतर्फ लाग्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले आफ्नो भ्रमणको पूर्व सन्ध्यामा आफ्नो फेसबुक पेजमा बेलायत एक पुरानो मित्रराष्ट्र भएकोले उसँगको आर्थिक लगायतका सम्बन्धहरुमा थप जोड दिने बताउनुभएको छ ।
भारतीय प्रधानमन्त्रीका रुपमा सन् २००६ मा भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहले बेलायतको भ्रमण गर्नुभएको थियो ।
त्यसको दश वर्षपछि भारतीय प्रधानमन्त्रीका रुपमा यो नै उहाँले पहिलो पटक बेलायतको भ्रमण गर्न लाग्नुभएको बताइएको छ ।
यस भ्रमणका क्रममा भारत र बेलायतबीच १२ देखि १८ अर्ब अमेरिकी डलर बराबरको आर्थिक सम्झौतामा हस्ताक्षर हुन लागेको विभिन्न सञ्चारमाध्यमहरुले जनाएका छन् ।
यसैबीच बेलायतका नेपालीहरुले मोदीविरुद्ध प्रदर्शन गर्ने भएका छन् । उनीहरुले बेलायतको संसद भवन अगाडि प्रदर्शन गर्ने तयारी गरेका हुन् । रासस/सिन्ह्वा
dainiknepal
बैशाखमा भूकम्प गएपछि तातोपानी नाका वन्द छ । यस बिचमा चीन र नेपालबीच आपसी सहयोगमा नेपाल तर्फको अरनिको राजमार्ग समेत पनि खोल्ने काम सम्पन्न भएकाे एक महिना भैसकेको छ । तर तातोपानी नाका खुलेको छैन । नेपाल र चीन विचको अहिले उपलब्ध सबभन्दा छोटो बाटाे तातोपानी नाका नै हो ।
रेलमार्गसँग जोडिएको चीनको सिगात्से शहर देखि तातोपानी नाका भएर काठमाण्डौं आउन करीब ६०६ किलोमिटर पार गरे पुग्छ भने रसुवागढी भएर आउँदा करीव ७७६ किलोमिटर पार गर्नुपर्दछ । नेपाल तर्फको भन्सार लगायतका कार्यालयहरु पुनस्र्थापित भैसकेपनि चीन तर्फको खासा बजारमा भन्सार लगायतका सरकारी कार्यालयहरु अझै पुनस्र्थापित भैसकेका छैनन् ।
जसले गर्दा नेपाल र चीन बिचकाे व्यापार त्यस नाकावाट हुन सकेको छैन । केही कूटनीतिज्ञहरुले यस्तो विषम स्थिति उत्पन्न हुनुमा नेपालको बेकम्मा परराष्ट्र मन्त्रालय जिम्मेवार भएको वताएका छन् भने केहीले चीनको अघोषीत तातोपानी नाकावन्दी हो कि भनेर आशंका गर्न थालेका छन् ।
चीनले विगतमा बारम्बार रसुवागढी नाका लगायत अरु नाकाहरुवाट पनि व्यापार गर्न आग्रह गरेतापनि भारतीय दबाबमा परेर नेपालले नसुनेझैं गरेकोले अहिले रसुवागढी लगायतका नाका यसैवेला भारतले नाकावन्दी गरेर घाँटी अँठ्याएको वेला नै अरु नाकाहरु पनि खुलाउने रणनीति चीनले अपनाएको हो कि भन्ने आशंका कुटनीतिक क्षेत्रमा सुरू भएको छ ।
अरु नाकाहरु खोल्न नेपाल तयार भैसकेको अवस्थामा चीनले किन तातोपानी नाका खोल्न ढिलाइ गरिरहेको छ भन्ने प्रश्न अहिले गम्भीर वन्न पुगेको छ । नेपाली पक्षको कमजोरी भएमा त्यसलाई पनि तुरुन्त सच्याउने र चिनियाँ पक्षको केही कुरा भएमा सरकारले यथाशीघ्र चिनियाँ सरकार संग उच्च स्तरमा कुरा गरेर तथा कम्तिमा पनि मन्त्रीस्तरिय प्रतिनिधिमण्डल चीन पठाई आवश्यक सम्झौता वार्ता गरेर आपुर्तिका अन्य समस्याहरुको पनि समाधान निकाल्न पर्ने बिश्लेशकहरू बताउँछन् ।
nepalsandesh
काठमाडौँ, २६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैका जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताउनुभएको छ ।
नेपाल संवत ११३६ न्हूदँ राष्ट्रिय समारोह समितिले आज बसन्तपुरमा आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “दुई जना सडकमा निस्केर करोडौँ नेपालीको भावना विपरीत माग राखेमा सरकारले सम्बोधन गर्न सक्दैन, नेपाललाई नोक्सान हुने विषयमा सरकारले काम गर्दैन, धेरै जनताले चाहेको माग पूरा गर्न सरकार उदार र फराकिलो छ” – उहाँले भन्नुभयो ।
नेपालीबाट नेपालकै भूमिमा सुरु भएको नेपाल संवत मौलिक भएको बताउँदै प्रधानमन्त्री ओलीले सामाजिक जीवन सहज र सरल बनाउन नेपाल संवतले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो – “नेपाल इतिहासदेखि नै आफ्नै गौरव र स्वाभिमानमा बाँच्दै आएको छ । यसले कहिल्यै अरुको उपनिवेश एवम् पराधीनता स्वीकारेन । नेपालको स्वाधीनता सगरमाथा जस्तै उँचो छ र रहिरनेछ ।”
भूकम्प र संविधान जारी भएपछिको नाकाबन्दीको समस्याबाट मुलुकलाई माथि उठाउन सबै दल एकजुट हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको थियो । यसका लागि नेपाली काँग्रेसलगायत सबै दललाई सरकारमा सामेल हुन उहाँले आह्वान गर्नुभयो । रासस
dainiknepal
बिहीबार, २६ कार्तिक

तीनमहिनादेखि मधेसमा जारी आन्दोलन र डेढ महिनाभन्दा लामो समयदेखि भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपाली जनताले चाडबाडको समयमा पनि पाउन सम्म सास्ती पाए । राज्य संयन्त्रहरु सुतेका देखिन्छन् भने मधेस आन्दोलन र भारतीय नाकाबन्दीले न्युनतम मानवीय संवेदना पनि गुमाइसकेको छ । भारतले गरेको अघोषित नाकाबन्दीलाई मधेस केन्द्रित केही दलले निर्लज्जतापूर्वक हामीले नाकाबन्दी गरेको हो भन्दापनि राज्य निरिह बनेर कुनै ‘एक्सन प्लान’ बनाउँन सकिरहेको छैन ।
आज नेपाली जनता किन यति धेरै प्रताडित भइरहेका छन् भन्ने प्रश्नको उत्तर खोज्नु भन्दा पहिले हामीले कस्तो दलाल पुँजीवादी अर्थतन्त्र निर्माण गरेका रहेछौं र नेपाली जनताको पसिनामाथि कसरी राजनीतिकदल र नेताहरुले राजनीति गरिरहेका रहेछन भनेर खोज्नुपर्ने दिन आएको छ । बिडम्बना नै भन्नुपर्छ, हामीले श्रम र पसिनासँग जीवन साटेका रहेछौं, हाम्रा नेताहरुले हामीलाई नै भर्‍याङ बनाएर पद, प्रतिष्ठा चुमिरहेका छन् ।
देश अहिले जुन प्रकारको चरम पीडाबाट गुज्रिरहेको छ, नेपाली जनता स्वाभिमानका लागि चुपचाप पीडाहरु सहेर बसिरहेका छन् । शब्द सहज छन्, लेख्न सहज छ तर जनताले अहिले भोगिरहेको पीडा शब्दमा बयान गरिसाध्य छैन । शब्दको वाणले जनताको पीडाको गहिराई भेट्न सक्दैन ।
नेपालमाथि भारतको कति ठाडो र नांगो हस्तक्षेप छ भन्ने कुरा यसपटक हरेक नेपालीहरुले राम्रोसँग बुझ्ने मौका पाए, देशलाई नेतृत्व गर्छौ भन्नेहरुले यसलाई मनन गरेका छन् कि छैनन् त्यो भोलि उनीहरुले अपनाउने आर्थिक विकास र भौतिक पूर्वाधार निर्माणको गतिको मोडलले बताउनेछ ।

हामी भूपरिवेष्ठित मात्रै होइन तीन तिरबाट भारतले घेरिएका छौं र एक तिरबाट विश्व शक्तिको रुपमा उदाएको चीन छ । भारतले नेपाली नेताहरुको नाडी छामिसकेको छ, हिजो हरेक निर्णय आफ्नो इशारामा गराउँदै आत्मनिर्भरतामा तगारो हालेका कारण नै आज नाकाबन्दी थोपरेर नेपालमाथि समस्या उत्पन्न गराउँन सफल भएको छ ।
अहिलेको नाकाबन्दी मधेस आन्दोलनलाई देखाउने दाँत बनाए पनि भारतका केही निहीत स्वार्थकाकारण यो भइरहेको छ । पहिलो त नेपालको राजनीति जहिले पनि आफ्नो छत्र छायाँमा राख्नु, नेपालमा आफू अनुकुलको दलाल शक्तिनिर्माण गर्नु, नेपालका प्राकृतिक स्रोत साधनमाथि कब्जा जमाउनु आदि इत्यादी ।
के मधेसवादी दलकै शक्तिले यतिलामो समयसम्म मधेस ठप्प पार्न सम्भव छ ? मधेस आन्दोलनमा के सबै मधेसी जनताको साथ र समर्थन छ ? मधेसले अहिले सम्म सबै गुमाएको मात्रै र अन्य क्षेत्र र समुदायले प्राप्ती मात्रै गरेका हुन् ? मधेस भन्दा हिमालका जनता र कर्णाली उत्पीडित छैनन् ?
मधेसले संविधानमा जसरी कुनै अधिकार पाएन भनेर भनिएको छ । त्यो भन्दा पनि दशकौदेखि उत्पीडित आदिवासी, जनजाति, दलित, पिछडावर्ग र मुस्लिम समुदायले अधिकार पाएका छैनन् । मधेसको मुख्य समस्या नागरिकता हो । संविधानले नागरिकताबारे सबैभन्दा लचक व्यवस्था गरेको छ । नागरिकता यदी मधेसी समुदायकै भएको कारणले कसैले पाएको छैन भने कानुनी उपचारको बाटो प्रशस्त छ । नागरिकता पाउनु नागरिकको अधिकार हो । तर अधिकारसँगै कर्तव्य र दायित्वपनि सँगसँगै आउँछ ।
राज्यले बंशज वा अंगिकृत नागरिकता दिन सक्छ । तर आफ्नै नागरिकले आफ्नो अधिकारको नाममा सिंगो देशलाई नै आक्रान्त बनाउँछ, जाति–जातिबीच विभेद, वैमनश्यता, राष्ट्रिय संकट सिर्जना गराउँछ भने उसको नागरिकता खोस्न पाउँने कि नपाउँने ? यसको उत्तर खोज्न जरुरी भइसकेको छ ।

देश यति धेरै आक्रान्त हुँदा र सबैभन्दा समस्या मधेसमै खडा भइसक्दा पनि विरोध भने भइरहेको छैन । यसका पछि मुख्य तीन कारणहरु छन् ।
पहिलो, अहिलेको भारतीय नाकाबन्दीको सबैभन्दा ठूलो प्रभाव मधेसमै परेको छ र त्यहाँका वास्तविक पीडितहरु अझै पीडा सहेर पनि एक दिन राज्यले केही गर्ला भनेर पर्खिएर बसेका छन्, किनभने मधेसी जनता नै सबैभन्दा बढी देशभक्त छन् ।
सीमा क्षेत्रमा बस्ने हरेक जनताले रगतको घुड्की पिएर सीमाको रक्षा गरिरहेका छन्, उनीहरुलाई सबैभन्दा बढी नेपालको मायाँ छ । तर काठमाडौंको चस्माबाट हेर्नेहरुले उनीहरुको मन हैन रङ हेरिरहेका छन् ।
दोस्रो अहिलेको मधेस आन्दोलन र भारतीय नाकाबन्दीले त्यहाँका दलाल वर्गमा सबैभन्दा ठूलो फाइदा पुगेको छ । नेपालमा भएको इन्धन अभावमा सीमापारीबाट इन्धन ल्याउने र तेब्बर चौबर मूल्य लिएर नेपालमा बेच्ने । चाडबाडको समयमा समेत मधेस आन्दोलन फिर्ता भएको छैन । घर जान कष्टसाथ बाटो लागेकाहरु प्रहरी स्कर्टिङ नभेट्ने वित्तिकै बिचबाटोमा अलपत्र पर्नुपर्छ, त्यहाँ राज्यले केही गर्न सक्दैन, तर रोकिएका गाडीका यात्रुहरुलाई ६, ७, ८ हजार मनपरी लिएर गन्तव्यमा पुर्‍याउने दलालहरु प्रशस्तै पाइन्छन् । तिनीहरुलाई कुनै आन्दोलनकारीको रोकावट छैन । यसले अर्को दलालीकरण फस्टाइरहेको छ ।
तेस्रो तथा महत्वपूर्ण पक्ष भनेको मधेसमा दिन प्रतिदिन नेपाल विरोधी भावना फैलाउन प्रश्रय मिलिरहेको छ । यो सबैभन्दा खतरनाक पक्ष हो । केही समयअघि मधेसी आन्दोलनकारीहरुले ‘हमारा भारत महान् हैं’ भन्ने ब्यानर निकाल्ने हिम्मत यसै जुटाएका हैनन । यसले नेपालको राष्ट्रिय अखण्डता माथि प्रहार गरिरहेको छ । यो भारत प्रति गरिएको घोषित दलाली र नेपालको स्वाधीनता माथि धावा बोलिएको ज्वलन्त उदाहरण हो ।
अन्त्यमा, जनसँख्याको आधारमा निर्वाचन क्षेत्र मात्रै होइन जनसँख्याकै आधारमा संघीय राज्य खडा गरियोस । मधेसका ठेकेदार, जमिन्दारहरुलाई होइन, त्यहाँका वास्तविक पीडित, सीमान्तकृत समुदायलाई अधिकारबाट बञ्चित नगरियोस्, दशकौदेखि अन्धकारको जीवन बाँचिरहेका कर्णालीबासी, राज्यको न्यानो ओतको प्रतिक्षामा पुस्तौ बिताएका हिमालबासी, मेचे, डोम, मुसहर, बाँतर, दुसाध, चमार, हलखोर, तत्मा, धोवी, गन्दर्ध, वादी, राउटे, चेपाङ आदीलाई राज्यका हरेक निकायमा समान्न जनक सहभागिता सुनिश्चित गरियोस्, अनी बन्छ समतामुलक समाज ।
याे एक्काइसाै शताब्दी हाे । राजनीतिका देखाउने र चपाउने दाँत जनताले राम्ररी चिनिसकेका छन् । तसर्थ अब जातीय हाेइन वर्गीय उत्पीडनका अाधारमा समानुपातिक र समावेशी प्रतिनिधित्वमा जान हिम्मत गराैं । होइन सत्ताका लागि जतिपटक फुट्न पनि र जुट्न पनि सक्ने, हरेक पटक नयाँ सरकार बन्दा मन्त्री खाने, पद नपाउने वित्तिकै उत्पीडित वर्गमा पर्ने र देशलार्इ नै अस्तव्यस्त बनाउने संस्कारको अत्य नै नयाँ समुन्नत र समतामुलक समाज निर्माणको सुरुवात हुनेछ ।
nepalsandesh
२६ कात्तिक, तुलसीपुर (दाङ)।

सामान्य प्रशासन मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षमा रहेको ठूलो दल नेपाली काँग्रेसलाई साथमा लिएर मात्रै मुलुकको विद्यमान समस्या गर्न सकिने बताएकी छिन्।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले आज तुलसीपुरमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शर्माले देशमा विद्यमान समस्याको समाधान गर्न नेपाली काँग्रेसलाई मनाएर संविधान संसोधनमार्फत निकास दिन सकिने बताएकी हुन

वार्ता समितिका सदस्यसमेत रहेकी मन्त्री शर्माले मधेसी दलका एजेण्डा संविधान संशोधनमार्फत प्रक्रियामा रहेको भन्दै सिमाङ्कनको विषयको सवालमा सबै दल एक भएर मात्रै निकास दिन सकिने धारणा राखिन ।

त्यस्तै, उनले नेपाल हरेक क्षेत्रमा आत्मनिर्भर नभएकै कारण विषम् परिस्थितिको सामना गर्न जनताले थप कष्ट व्यहोर्नुपरेको जानकारी दिइन । तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालको अध्यक्षतामा कार्यक्रम भएको थियो । nepaliheadlines
सुर्खेतः सुर्खेतमा जुवाको खालबाट वरामद गरिएको एक करोड रुपैयाँ गायब भएको छ । बुधवार राति वीरेन्द्रनगरको एक घरमा जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले छापा मारेको थियो ।

सो क्रममा एक करोड भन्दा बढी रकम बरामद गरिएको भएपनि प्रहरीले केवल ५ लाख रुपैयाँ मात्र बरामद भएको मचुल्का बनाएर अरु रकम गायब बनाएको हो ।


 उक्त जुवाको खालबाट प्रहरीले जिल्लाका ठूला व्यापारीहरुसहित ११ जना जुवाडेलाई पक्राऊ गरेको छ । यस्तै प्रहरीले जुवा खेल्दै गरेका उद्योग वाणिज्य संघका केही पदाधीकारीहरुलाई भने राती नै भगाएको थियो ।

जिल्लामा हालसम्मकै धेरै रकममा जुवा खेलेको सूचना पाएपछि प्रहरीले करिब तीन घण्टासम्म जुवा खाललाई घेराउ गरेको थियो । सोही क्रममा उक्त खालबाट वरामद भएको करिब एक करोड रकम प्रहरीले गायव बनाएको स्थानीयले दावी गरेका छन् ।

स्रोतका अनुसार जुवाको खालमा ८० लाख नगद र एक किलो सुन रहेको थियो । तर, प्रहरीले भने जम्मा पाँच लाख रुपैया मात्र वरामद भएको मुचुल्का तयार गरेको छ । जिल्लाका ठूला व्यापारीहरुसहित प्रहरीले करिव एक करोड रकम वरामद गरेको भए पनि अन्य रकम गायव बनाएको जुवाडेहरुले समेत बताएका छन् ।

जुवा खालमा छापा मारेपछि जिल्लाका ठूला व्यापारी र ठूलो परिणाममा रकम फेला परेपछि प्रहरीको उच्च तहसम्मा नै यसबारेमा मिलेमतो भएको हुनसक्ने आशंका स्थानीयले गरेका छन् ।

तीन घण्टासम्मको घेराउपछि मात्र प्रहरीले माथिको आदेश भन्दै जुवाडेहरुलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले राती छापा मारेपछि केही व्यापारीहरु भने झ्यालबाट हाम फालेर भागेका थिए ।

पछिल्लो समय जिल्लामा जुवा खालबाट बरामद भएको रकम सादा पोशाकमा रहेका घुमुवा प्रहरी र प्रहरीका उच्च तहका व्यक्तिहरुले समेत गायव पार्ने गरेको गुनासो सर्वसाधारणले गर्दै आएका छन् ।

बुधवार राति पनि एक करोड भन्दा बढी रकम जुवा खालमा रहेको भएपनि जिल्ला प्रहरी कार्यालयले भने केवल पाँच लाख मात्र बरामद भएको दाबी गरेको छ ।

यो घटनाले प्रहरीको भूमिकामाथि थप आशंका उब्जाएको छ । यता जिल्ला प्रहरी कार्यालयका डीएसपी बहादुरजंग मल्लले पनि आफूहरुले पाँच लाख रुपैयाँ मात्र बरामद गरेको जानकारी दिए ।

जुवा खालबाट जिल्लाका ठूला व्यापारी पक्राउ परेको र ठूलो रकम गायव भएपछि प्रहरीको चाडपर्व सुरक्षा योजनामा समेत चुनौती देखा परेको छ ।
annapurnapost
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home