• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भारतले ४०२ पेट्रोलियम ट्याङ्कर रोक्यो
काठमाडौँ : नेपाल आयल निगमले मौज्दात रहेको पेट्रोलियम पदार्थको आपूर्तिलाई व्यवस्थित तुल्याउन तथा न्यायोचित वितरणका लागि आजदेखि कोटा प्रणाली सुरु गरेको छ ।


ठूलो सङ्ख्यामा पेट्रोलियम पदार्थ भरेका ट्याङ्करहरू भारतीय सीमा नाकामा रोकिएपछि नेपाली बजारमा बढ्दै गएको पेट्रोलियम पदार्थको अभावलाई ध्यानमा राखी निगमसँग रहेको मौज्दात इन्धनबाट कोटा प्रणालीमार्फत वितरण सुरु गरिएको निगमले जनाएको छ ।


निगमका प्रवक्ता दीपक बरालका अनुसार निजी सवारी साधनतर्फ प्रतिहप्ता मोटरसाइकललाई तीन लिटर तथा चारपाङ्ग्रे सवारी साधनलाई १० लिटर पेट्रोल उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।

सार्वजनिकतर्फ ट्याक्सीलाई १० लिटर, माइक्रोबसका लागि १५ लिटर, मिनीबस र स्कुलबसका लागि २० लिटर र ठूला बसका लागि पनि प्रतिहप्ता ३० लिटर इन्धन कोटा तोकिएको छ ।

सार्वजनिक सवारी साधनले जोर–बिजोर प्रणालीअनुसार चलेको दिन तेल भर्न पाउने प्रवक्ता बरालले जानकारी गराए ।

वितरण प्रणालीलाई सहज बनाउँदै पेट्रोलियम पदार्थको अभावको समस्यालाई न्युनीकरण गर्नका लागि कोटा प्रणाली सुरु गरिएको उनले बताए ।

एकहप्ता यता भारतीय सीमा पारी ४०२ वटा पेट्रोलियम पदार्थ भरिएका ट्याङ्कर रोकिएका कारण नेपाली बजारमा इन्धन अभाव भएकाले त्यसलाई यथाशक्य छिटो सहज तुल्याउन पहल भइरहेको निगमले जनाएको छ ।

निगमले अत्यावश्यक काम बिना निजी सवारीसाधनको प्रयोग कम गर्न र सार्वजनिक सवारीको प्रयोग गर्न आग्रहसमेत गरेको छ । इन्धनको अभावका कारण पेट्रोलपम्पमा तेल भर्न सवारी साधनको अत्यधिक चाप रहेको छ ।

जोर बिजोर प्रणालीका कारण सार्वजनिक सवारी साधनमा यात्रुको अत्यधिक चाप देखिएको छ । रासस
www.annapurnapost.com
आदरणीय नेताज्यूहरु
नमस्कार !

हतियार उठाए ५० लाख दिन्छु भन्नुभयो । २० रुपैया दिएर बालबालिकाहरुलाई ढुङगा मुढा गर्न तथा कालो झन्डा बोक्न लगाउनुभयो । अधिकारको कुरा गर्नुहुन्छ के यो बाल अधिकारको हनन होईन ? के ति बालबालिकाहरु लाई थाहा छ कि उनीहरुले ढुङगा हान्दा कसलाई हानेको हो र किन हानेको हो अथवा कालो झन्डा कसलाई र किन देखाएको हो ? कदापी थाहा छैन । प्रजातन्त्रको कुरा गर्नुहुन्छ के तपाइहरुलाई थाहा छ प्रजातन्त्रको अर्थ ? यदी छ भने आन्दोलन अप्रजातान्त्रिक किन ?

म यही देशमा बस्ने मधेसी मुलको नागरिक हु र म तपाइहरुलाई सोध्न चाहन्छु कि मेरो मुल्य तोक्ने अधिकार तपाइहरुलाई कसले दियो ? आन्दोलन जारी छ र ४० भन्दा धेरैले ज्यान गुमाइसकेको छ र घाइते कती छ्न कती । अनि मर्नेहरुमा नेताको सङ्ख्या चाही कती छ ? सायद एउटा पनि होईन होला । त्यसैले हामी जनताको रगत बगाएर जुन मुख्यमन्त्रीको मुकुट लाउने सपना देख्नुभएको छ त्यो नदेखे नि हुन्छ किनभने त्यसको लागि जनमत चाहिन्छ रगतको खोला होईन । म तपाईंहरुलाई एकचोटी फेरी स्पष्टिकरण दिन चाहन्छु कि हामीले निर्वाचनको बेला नै तपाईंहरुको बहिष्कार गरिसकेका छौ ।

सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ । मधेसबाट लखेट्नुपर्ने अवस्था आउँछ ।
सोझा साझा जनताको रगतको होली खेल्ने नेताज्यूहरुलाई सावधान गर्न चाहन्छु कि लाखौको सङ्ख्यामा रहेको मधेसी मध्ये एकदुइ हजार आफ्ना कार्यकर्तालाई सदरमुकाममा लगेर देखाउदै गरेको नौटङ्की बन्द गर्नुस न त भने हामी मधेसी नै
तपाईंहरुको प्रतिकार गर्नुपर्ने हुन्छ ।

हो सरकार पक्षबाट पनि हतार देखियो संविधान जारी गर्ने बेला तर त्यो भन्दा धेरै हतार देखाउनुभयो तपाईंहरुले आफ्नो अहङ्कार र घमन्डलाई वार्ता र तपाइहरुको बिचमा उभ्याउन । त्यसैले हठ छोड्नुस र राष्ट्रलाई पहिलो प्राथमिकतामा राख्दै वार्तामा बस्नुस र मधेस तथा देश दुबैको फाइदा हुने मध्यमार्गी बिकल्पको खोजी गर्दै राष्ट्रलाई निकास दिने प्रयास गर्न सादर अनुरोध गर्न चाहन्छु । देश रहे मात्र हामी रहनेछौ ।
धन्यवाद ।

निवेश कुमार/मधेसी छोरा
गौर, रौतहट ।dainiknepal.com
काठमाडौं, असोज ११ ।  भारतले सुरु गरेको अघोषित नाकाबन्दीले नेपालमा त्यसको प्रभाव सुरु भएको छ । जस्लाई नेपालीले भारतको अत्याचारको खुलेर प्रतिकार गर्ने जनाउ दिएका छन् । जसको विद्यार्थी संगठनहरुले खुलेर बिरोध प्रदर्शनका कार्यक्रमहरु थालीसकेका छन् ।

जस्को पहिलो शृखला एमाले निकट भातृसंगठन अनेरास्ववियुले आइतबार साँझ लैनचौर सिथ्त भारतीय दूतावास अगाडि सडकमा गुन्द्रुक र ढिंडो पकाएर सांकेतिक बिरोध गर्दै विद्ययार्थीहरुले दाउरामा पकाइएको गुन्द्रुक र ढिंडो मज्जैले पकाएर खाए ।

ढिडो र गुन्द्रुत खाँदै उनीहरुले भने हामी आफ्नै उत्पादन खाएर बाँच्न सक्छौं, तर उत्तरसँग कुनै हालतमा झुक्दैनौं । उनीहरुले भारतलाई कडा रुपमा नयाँ सन्देश दिन यस्तो कार्यक्रम गरेको जानकारी दिए ।

यसैबिच आज विभिन्न विद्यार्थी संगठनले उसले गरेको अघोषित नाकाबन्दीको बिरोधमा भारतीय राजदुताबास अगाडि प्रदर्शन गर्दैछन् ।

नेविसंघ, अनेरास्ववियु, अखिल क्रान्तिकारी, लगायत विद्यार्थी संगठनले दिउँसो ३ बजे भारतीय राजदुतावास अगाडि प्रदर्शन गर्न लागेका हुन् । तस्बिर सौजन्य : बाबु छत्कुली

काठमाडौं– शिवप्रसाद भट्टराईले आफ्ना दाई डा.बाबुराम भट्टराईको पार्टी परित्याग गर्ने निर्णयलाई सही भएको टिप्पणी गरेका छन् । रातेपाटीसँगको कुराकानीमा शिवले दाई बाबुरामले भविष्यमा बाजीमार्ने पनि दावी गरे ।
‘बाबुराम दाईले अचानक राजीनामा गरेको देखिएपनि मलाई नौलो लागेन । पाँच–छ महिना देखि नै उहाँले कुरा उठाँउदै आउनुभएको थियो । यसअघि पनि प्रचण्ड कमरेडसँग उहाँको खटपट भएको थियो ।’ शिवले रातोपाटीसँग भने, ‘नयाँ शक्तिको कुरा बाबुरामले पहिला देखि नै गर्नुभएको थियो । पुराना तरिकाले पार्टी चल्दैन होला । नयाँ पुराना सवै मानिसलाई समेटेर अगाडि बढ्दा राम्रो हुन्छ । उहाँले बाजी मार्नुहुन्छ ।’
यस अघि पत्नी हिसिला अच्चम परेको र छोरी मानुषीले अल दि वेस्ट भनेको समाचार रातोपाटीमा प्रकाशित भएको थियो ।

बाबुरामले पार्टी छाडेपछि छोरी मानुषीले भनिन् – ‘एल दि बेस्ट’ बुवा

बाबुरामले पार्टी त्याग्दा हिसिलासमेत तीनछक !

www.ratopati.com
काठमाडौं, ११ असोज । एमाओवादी परित्याग गरेका बाबुराम भट्टराईले संयुक्त मधेसी मोर्चाका नेतालाई आइतबार टेलिफोन गरी आफूलाइ पनि मधेस आन्दोलनमा सहभागी गराउन आग्रह गरेका छन् ।
उनले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सद्भावनाका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवलाई टेलिफोन गरेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
मधेसी नेतालाई भट्टराईले भने, मधेस र मधेसीका माग जायज भएकाले म पनि तपाईँहरुसँगै सहभागी हुन्छु । मधेस आन्दोलन निर्णायक हुनुपर्ने मेरो मान्यता अनुसार नै पार्टी परित्याग गरेको हुँ ।
dainiknepal.com
वीरगञ्ज, ११ असोज । विगत ४५ दिनको लगातारको बन्द र नाकाबन्दीले पहाडमा भन्दा पनि तराई मधेसका जिल्लामा समस्या भएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको पछिल्लो विज्ञप्तिले देखाएको छ ।
संयुक्त लोकतान्त्रि मधेसी मोर्चा पर्साले आइतबार जारी गरेको प्रेश विज्ञप्तिअनुसार तराई मधेसका जिल्लामा नाकाबन्दी र आमहड्तालले सबैभन्दा धेरै प्रताडित तराईका जनता भएको देखिएको हो ।
मधेसको आन्दोलनले गरिव जनताले खान नपाइ भोकै रात कटाउनु परेको छ ।
मधेसी मोर्चाले निःशुल्क सिविर सञ्चालन गरेर आफ्ना समर्थकलाई भारत खुवाउन अपील गरेको छ ।
‘मधेसको आन्दोलन निर्णयक लडाइँमा पुगीसकेकोले दिनमा काम गरि खानेहरूको अवस्थालाइ मध्यजनर गरी राहत सिविर सञ्चालन गर्न नागरिक समाज, व्यापारी, बुद्धीजीवीमा हार्दिक अनुरोध गरिएको छ’, विज्ञप्तिमा भनिएको छ ।
मधेसी मोर्चाको ४५ दिनको आमहड्ताल, बन्दी, तीन हप्ताको कर्फ्यु र पाँच दिनदेखिको नाकाबन्दीले दैनिक ज्यालादारी गरी खाने मजदुर बर्ग सबैभन्दा धेरै प्रताडित भएको छ ।
‘मुक्तिको लागि भइरहेको आन्दोलनको अन्तिम चरणमा दुस्मनको पनि कमर भाच्नै लागेको सर्वविदितै रहेको छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
‘हामीलाई एक मुठी चामल भए पनि पुग्छ’ भन्ने नाराका साथ राहत सिविर सञ्चलन गरी निःशुल्क खानाको व्यवस्था गर्न सम्पूर्ण मधेसी पर्सावासीलाई उर्दी जारी गरिएको हो ।
dainiknepal.com
काठमाडाैं । राजनीतिक ढंगले अघि बढ्ने र भूमिगत गिरोहको साथ लिंने भन्ने विषयमा समान धारणा नहुँदा मधेसमा आन्दोलनका गरिहेका दलमा विभाजन आएको छ ।
  आजको तरण साप्ताहिकमा खबर छ चीनको झण्डा जलाइएपछि उपेन्द्र यादवहरु गलेका छन् र उनलाई मधेसी मोर्चाबाट निकालिंदै छ । तर, मधेसी दलभित्रै उपेन्द्र यादव, महन्थ ठाकुर जस्ता नेताहरु राजनीतिक रुपले अघि बढ्न तयार भए पनि राजेन्द्र महतो भूमिगत समूहलाई प्रयोग गरेर पहाडियाविरुद्ध हतियार उठाउने अभियानमा लागेका छन् ।  

आन्दोलनको पक्षमा भारतले खुलेआम समर्थन जनाएपछि प्रमुख दलबीच थप एकता भएको र आन्दोलनमा भारतको भूमिकालाई सहतमा ल्याउने काम राजेन्द्र महतोले गरेको आरोप अन्य मधेसी दलको छ ।   संविधानसभाको चुनाव सकिएलगत्तै पत्रकार सम्मेलन गरेर महतोले भनेका थिए–‘यो पराजय हाम्रो होइन, भारतको पनि हो ।’ त्यही बेलादेखि नै मधेसी दलमाथि शंका उत्पन्न भएको थियो । यतिबेला पुष्टी भएको छ ।


khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ११ असोज । नाकाबन्दी गरेर नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको भारतलाई छिमेकी देश चीनले ठूलो झट्का दिएको छ ।
नेपाल-चीन सीमा नाका रसुवागढीबाट यसैहप्तादेखि राजधानी काठमाडौंमा चिनियाँ सामाग्री पठाउने घोषणासँगै भारतलाई ठूलो झट्का लागेको हो । यसले भारतको व्यापारमा समेत घाटा हुने देखिएको छ ।
त्यसका लागि रसुवागढी नाका खोल्न नेपाल र चीनबीच सहमति भइसकेको छ । भने, नेपालतर्फ सम्पूर्ण तयारी पूरा भएको छ । अब चीनले आफ्नो भूभागमा पर्ने बाटोमा रहेको पहिरो तीन दिनमा हटाउने जनाइसकेको छ ।
सम्भवतः अबको तीन दिनपछि नै रसुवागढी नाका सूचारु हुने वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले बताए । ‘पहिरोले अवरुद्ध चीनतर्फको बाटो खोल्न तीन दिन लाग्ने कुरा आएको छ, बाटो खुल्ने बित्तिकै हामी सामान पाठाउछौं भनेर उनीहरुले भनेका छन्,’ सचिव उपाध्यायले भने ।
यता रसुवागढी भन्सार कार्यालय पनि चीनबाट सामान आए जाँच पास गर्न तयारी अवस्थामा छ । भन्सार प्रमुख केदार पनेरुले चीनले जति सामान पठाए पनि जाँचपास गर्न सक्ने अवस्थामा आफूहरु रहेको बताए । ‘नेपालतर्फ अब कुनै समस्या छैन, बाटोमा भएका समस्या पनि समाधान गरेका छौं । चीनले जति गाडी पठाए पनि काम गर्न सक्ने अवस्थामा अब भन्सार कार्यालय छ । सामान आए काठमाडौं पठाउन सक्छौं ।’ भन्सार प्रमुख पनेरुले बताए ।

रसुवागढी नाका
भन्सार प्रमुख पनेरुका अनुसार रसुवागढी नाका खुलेसँगै चिनियाँ भूमीबाट १ सय ५० किलोमिटर दूरीमा काठमाडौं सामान आइपुग्छ । भारतले नेपालमा सामान आउने सबै नाका बन्द गरेपछि चीनबाट सामान आयात गर्न नयाँ नाकाको खोजी अनुरुप रसुवागढी नाका खुलाउन चीन र नेपाल सहमत भएका थिए ।
यस्तै, चिनियाँ राष्ट्रपति सि जिन पिङले पनि नेपाललाई जस्तोसुकै सहयोग गर्ने कुरा अमेरिकामा रहेका उपप्रधानमन्त्री प्रकाशमान सिंहसँगको भेटमा बताएका छन् । नेपालमा चीनको सहयोगले भारतलाई ठूलो झट्का लाग्ने निश्चित छ ।
भारतले नाकाबन्दी लगाएर घमण्ड गरिरहदा चीनले नेपाललाई सहयोग गरेर भारतको त्यो घमण्डलाई तोड्न खोजेको विज्ञहरु बताउँछन् । नेपालमाथि भारतले घात गरिरहेका बेला चीनले भने सच्चा छिमेकीको भूमिका निभाउन खोजेको उनीहरु बताउँछन् ।
dainiknepal.com
काठमाडौं, ११ असोज । मधेसी मोर्चाको आन्दोलनमा समर्थन जनाउँदै भारतले नेपालविरुद्ध अघोषित रुपमा आर्थिक नाकाबन्दी लगाएपछि नेपाली जनताले सास्ती बेहोरीरेका बेला नेपाल आउन खोजेका भारतीय पत्रकारहरूलाई नेपाली सुरक्षाकर्मीहरूले बोडरमै रोकी दिएका छन् ।
विराटनरको रानीभन्साबाट  आइतबार नेपाल प्रवेश गर्न खोजको दुई दर्जन भारतीय पत्रकारहरूलाई नेपाली सुरक्षाकर्मीले माथिको आदेश भन्दै रोकिदिएका हुन् ।
नेपालविरुद्ध भारतले नाकाबन्दी लगाइ रहेका बेला भारतीय सञ्चारमाध्यमका पत्रकारहरूलाई पनि नेपालमा नाकाबन्दी लगाएर नेपाली सुरक्षाकर्मीले सराहनीय कार्य गरेको भन्दै विराटनगरका स्थानीयले खुसी व्यक्त गरेका छन् ।
नेपाल प्रवेश गर्न नपाएपछि भारतीय पत्रकारहरूले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई फोन गरेर नेपाल प्रवेशको वातावरण मिलाइ दिन आग्रह गरेका थिए ।
यादवले पूर्वाञ्चल प्रहरी प्रमुख डिआइजी मधवराज जोशीलाई फोन गरेर भारतीय पत्रकारहरूलाई नाकाबन्दी नगर्न आग्रह गरेको स्रोतले जनाएको छ । तर डिआइजी जोशीले माथिका आदेश भन्दै ती भारतीय पत्रकारहरूलाई नेपाल प्रवेश गर्नु दिएका थिएनन् ।
भारतको जीन्यूज, आजतक, इन्डिया टेलिभिजन, एनडी टेलिभिजन, इटिभि बिहार, हिन्दुस्तान टाइम्सलगायत पत्रकारहरूले प्रत्यक्ष प्रसारणका लागि ओभी भ्यानसहित विराटनगर प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीहरुले रोकेका थिए ।
भारतीय पत्रकारहरूले लौ न हामी त दुई दिन लाएर दिल्ली र पट्नाबाट आएको भने पनि नेपाली सुरक्षाकर्मीले माथिको आदेश भन्दै उनीहरूलाई नेपाल छिर्न दिइएनन् ।Indian-Patrakar
आफ्नो देशका पत्रकारलाई नेपाल प्रवेशमा रोक लगाएपछि भारतीय जिल्ला अरररियाका डिएम हिमांशु शर्मा र भारतीय प्रहरीका एसपी सुधिरकुमार पोरीका तत्काल नाकामा आइपुगे । कुरा बुझे । र लुरुक्क फर्किए ।
भारतीय पत्रकारलाई नाकाबन्दी लगाएका विषयमा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले वैद्यनाथ यादवलाई भन्नुभयो, ‘नेपालको आन्तरिक मामिलामा भारतीय सञ्चारमाध्यमले गलत समाचार सम्प्रेशण गर्ने गरेका कारण सजकता अपनाएको हो । आउनै परे सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतको सूचना विभागबाट अनुमति लिएर प्रवेश गर्न पाइन्छ ।’
dainiknepal.com
वि.सं. २०७२ साल असोज ११ गते। सोमबार। इश्वी सन् २०१५ सेप्टेम्बर २८ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– पूर्णिमा, ८:५३ बजेउप्रान्त प्रतिपदा। नक्षत्र– उत्तरभाद्रपदा, २०:०२ बजेउप्रान्त रेवती।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिनुहोला। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
आयआर्जन बढ्नुका साथै उठ्नुपर्ने रकम हातलागी हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको राम्रै मूल्यांकन हुनुका साथै प्रशस्त लाभ पनि मिल्नेछ। पढाइमा प्रगति र नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा सामान्य र व्यापारमा प्रशस्तै फाइदा हुने देखिन्छ। पितृधनको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अवसरका लागि अलि जोखिम उठाउनुपर्ने समय छ। कामको सन्दर्भमा खराब नियतका व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा पनि केही समस्या देखिएपछि मात्र फाइदा हुनेछ। अरूको विश्वास जिते पनि नजिककाले धोका दिन सक्छन्। मानहानि गर्नेहरू सक्रिय रहनेछन्। प्रलोभन देखाएर फसाउनेहरू सक्रिय हुनेछन्, सचेत रहनुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम बन्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रियजनसँगको भेटघाटले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। व्यक्तित्वमा आकर्षण थपिनाले सजिलै अरूको मन जित्न सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढ्ने काम सुरु होला। अतिथिका रूपमा सम्मान पाइनुका साथै मनग्य धनलाभ समेत हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। आक्षेप लगाउनेहरूले गल्तीबिनै अप्ठ्यारामा पार्ने चेष्टा गर्नेछन्। सरकारी कडिकडाउको सिकार भइनेछ। प्रतिद्वन्द्वीहरूले पनि अनावश्यक दुःख दिन सक्छन्। ठगीमा परिने समय भएकाले आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। फाइदाका लागि आफ्ना योजनाहरू गोप्य राख्नुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। गुरुजनको विशेष सहयोग जुट्नेछ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। विाभिन्न भौतिक साधन जुटाउन सकिनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थितिलाई स्वीकार गर्न नसक्ता अलि दुःख पाइनेछ। आफन्तसँग मतभेद रहनाले उनीहरूको व्यवहार शंकाष्पद देखिनेछ। अन्यत्र बदनाम भएका व्यक्तिहरू आफ्ना लागि भने सहयोगी बन्न सक्छन्। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। परिवारजनको सहयोग लिँदा अझ राम्रो हुनेछ। पुराना मालमत्ता र जमिनबाट लाभ उठाउन सकिनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोस्।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
पारिवारिक जमघटमा मन रमाउनेछ। मन मिल्ने व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। मेहनतले आत्म–विश्वास बढाउनेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। उपहारका लागि धन खर्चनुपर्ला। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।

महेश आचार्य
काठमाडौं । छिमेक सम्बन्धमा व्यापक सुधारको औपचारिक संकेत देखाउंदै आफ्नो कार्यकाल थालेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उदघोष झण्डै डेढ वर्ष पुग्दै गर्दा नेपालमा धर्मराउन थालेको देखिएको छ।

संविधान घोषणापछि सार्वजनिक रुपमै विशाल दक्षिणी छिमेकीले नेपालप्रति दर्शाएको रवैयाले दुई मुलुकबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापित भएयताका केही विवादस्पद र कटुतापूर्ण चरणको झल्को दिएको धेरैले आभास गर्न थालेका छन्।

विश्वकै विशाल लोकतन्त्रका रुपमा आफूलाई चिनाउन रुचाउने भारत आफ्नो सानो छिमेकी नेपालमा संविधानसभाका तीनचौथाइभन्दा बढीको समर्थनबाट घोषित राष्ट्रिय दस्तावेजलाई पूर्ण रुपमा स्वीकार गर्न अनकनाइरहेको भन्दै व्यापक आलोचना भएका छन्।

‘अस्वभाविकु आक्रोश’
खासगरी आफूसंग जोडिएको नेपालको समथर भूगोलमा व्यक्त असन्तुष्टिप्रति सदभाव दर्शाएको भारत तिनको सम्बोधन हुनुपर्ने सन्देशसहितको विशेष दूतको दौडाहासमेत विफल भएपछि निकै चिढिएको बुझ्न कठिन छैन।
संविधान घोषणापछि दिल्लीबाट सार्वजनिक श्रृखंलावद्ध वक्तव्यहरुले पनि त्यसैतर्फ इशारा गर्छन्।

त्यो असन्तुष्टि पछिल्लो चरणमा दुई देशको सीमा नाकाहरुमा, ‘अघोषित नाकाबन्दी’का रुपमा नेपाली पक्षले अर्थाएको भन्सार अवरोधमा प्रतिविम्बित भएको ठान्नेहरुको कमी छैन।

Modiतर त्यस्तो नेपाली निचोडलाई ठाडै अस्वीकार गर्दै भारतीय पक्षले नेपालतिरकै अस्थिरतातर्फ ‌औला देखाएको छ।
तथापि एक महिनाभन्दा बढी तराई ठप्प हुंदा नदेखिएको समस्या संविधान घोषणालगत्तै निम्त्नुले दिल्लीतर्फ ।शंकायुक्त प्रश्न तेर्साउन धेरैलाई बल मिलेको प्रतीत हुन्छ। यस्ता शंकाउपशंका गहिरिदैं जांदा,मोदीको उदयसंगै सुध्रिएको देखिने दुई पक्षीय सम्बन्ध त्यसको शिकार बन्न सक्ने चिन्ता व्यक्त हुन थालेका छन्।

बदलाव धरापमा ?
झण्डै दुई दशकको अन्तरालमा भारतबाट प्रधानमन्त्री तहको भ्रमणको शून्यता तोड्दै नेपालसम्बन्धप्रति महत्व दर्शाएका मोदी यहांका घरेलु राजनीतिक दलमात्रै होइन आमजनताको दिल्ली दृष्टिमा सकरात्मक बदलाव ल्याउन सफल देखिएका थिए। त्यसको एकवर्ष नाघ्दै गर्दा उनले सङ्ग्लाएको पानी फेरि धमिलिन थालेको निचोड निकाल्न दिल्ली र काठमाण्डूबीचको पछिल्लो तिक्ततानै पर्याप्त छ।

मोदी आगमनसंगै अर्को अपेक्षा पनि गरिएको थियो ‘अब राजनीतिक तहको सम्बन्धमा रहेको खाडल पुरिने छ र नेपाल मामिलामा सूक्ष्म व्यवस्थापन गर्ने भनी निकै आलोचित गुप्तचर निकाय तथा कर्मचारीतन्त्रको कुरा दिल्लीले कम सुन्ने छ’ भन्ने। पहिलो अपेक्षामा केही सफलता हासिल भएपनि अझै पनि कर्मचारीतन्त्र र विभिन्न स्वार्थ समूहले नेपाल हेर्ने दिल्ली दृष्टिलाई आफू अनुकूल बंग्याउन खोजेको टिप्पणी स्वयम नेपालकै प्रमुख शक्तिहरुबाट हुन छाडेको छैन।

तर उच्चराजनीतिक तहमा रहेका मोदीले अत्यन्तै रुचाएर अमेरिकामा राजदूत रहेका बेला डाकेर विदेश सचिव बनाएका एस जयशंकर, जो उनकै विशेष दूत बनेर संविधान घोषणापूर्व नेपाल आए, तिनले नेतृत्व गरेको कर्मचारीतन्त्र र मोदीको कार्यालयबीच फरक मत होला भन्ने विश्वास गर्न सहज भने छैन।

यद्यपि आफ्नै सहजीकरणमा सुरु भएको शान्ति प्रक्रिया संविधान घोषणासंगै उत्कर्षमा पुगेका बेला त्यसको जस लिन भारत चुकेको र छिमेक मामिलामा अपेक्षित भन्दा धेरै चासो देखाएर उसले आफ्नै क्षेत्रीय र विश्वशक्ति बन्ने आकांक्षामा धक्का पुर्याएको ठान्नेहरुको कमी छैन।

तर एउटा महत्वपूर्ण हिस्साले अपनत्व महसुस नगर्दा निम्त्नसक्ने सम्भावित परिदृश्यप्रति छिमेकीको नाताले गहिरो चासो राख्नुलाई स्वाभाविक मान्नेहरु पनि छन्।

यी दुईभन्दा भिन्न धारणा राख्नेहरु चाहि भन्छन्, आफ्नो स्वार्थ अनुकूल छिमेकी गुहार्ने र उठबस गर्ने नेपालका प्रमुख शक्तिहरुको पुरानै प्रवृत्ति पनि पछिल्लो घटनाक्रमका लागि कम दोषी भने छैनन्। (बीबीसी नेपालीबाट)

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान बनेपछि संयुक्त राष्ट्र सङ्घलगायत विश्व समुदायले ऐतिहासिक मानेका बेला छिमेकीको किन चित्त दुख्यो ? बुझ्न नसकेको बताएका छन् ।

आइतबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै भारतलार्इ लक्षित गर्दै भने, 'संविधान हामीले हाम्रै लागि बनायौँ, कसैको विरुद्धमा बनाएका हैनौँ, तर किन हाम्रो मित्र चित्त दुखाउँछ थाहा छैन ।'

सोही कार्यक्रममा टीका भण्डारीद्वारा सङ्गीतबद्ध, इन्द्रनारायण चोङ्वाङको शब्द, रचना तथा गायकद्वय प्रमोद खरेल र शिव परियारको स्वर रहेको राष्ट्रभक्तियुक्त गीतले भरिएको गीति सङ्ग्रह ‘माटो’को लोकार्पण गर्दै अध्यक्ष ओलीले देश अप्ठ्यारोमा परेकाबेला देशभक्तिले भरिएको गीतिसङ्ग्रह निस्कनु संयोगमात्र नभएको धारणा राखे ।

गीतिसङ्ग्रहमा छवटा देशभक्तिपूर्ण गीत छन् । जसमा चार गीत गायक खरेल तथा दुई गीत अर्का गायक परियारले गाएका छन् ।

कार्यक्रममा वरिष्ठ गायक-गायिका पे्रमध्वज प्रधान र तारा थापालाई विशेष सम्मान गरिएको थियो । रासस  annapurnapost.com
आइतबार, १० असोज
न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ७०औँ महासभामा नेपाली प्रतिनिधिमण्डलका नेता उपप्रधानमन्त्री प्रकाशमान सिंहले दक्षिण–दक्षिण सहयोगलाई गतिशील तुल्याउन स्रोत र साधनको परिचालनसँगै संस्थागत एवम् नीतिगत उपाय अपनाउनुपर्नेमा जोड दिएका छन् ।
चीनका राष्ट्रपति सी जिन पिङ र राष्ट्र सङ्घद्वारा संयुक्त रुपमा आयोजित ‘सन् २०१५ पछिका विकासका रुपरेखामा दक्षिण–दक्षिण सहयोग
 सुदृढीकरण’ विषयको बैठकमा नेता सिंहले विकासशील एवम् अल्पविकसित मुलुकका लागि दक्षिण–दक्षिण सहयोग ऐक्यबद्धता र साझेदारीको प्रतीकका रुपमा रहेको बताउँदै भर्खरै अनुमोदन गरिएका सन् २०१५ पछिका विकासका विषयको प्रभावकारी कार्यान्वयन गर्न दक्षिण–दक्षिण सहयोग उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले राष्ट्रपति पिङसँग संविधान जारी पछिको नेपालको अवस्था बारे जानकारी गराएका थिए । चिनियाँ प्रतिनिधिमण्डलले नेपालको समस्या समाधान गर्न आफुहरु प्रयत्नशील रहेको बताए ।
राष्ट्रपति पिङले नेपालमा आइपर्ने समस्या समाधान गर्न चीन सधैं तयार रहेको बताएका थिए । बैठकमा राष्ट्र सङ्घका महासचिव बान कि– मुनलगायत ७०औँ महासभामा भाग लिने सिलसिलामा यहाँ रहेका विश्वका विभिन्न मुलुकका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको सहभागिता थियो ।
यसैबीच परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे विश्वव्यापी साझेदारीलाई पुनर्जीवित तुल्याउँदै विकासका प्रतिफल जनसमक्ष लाने सम्बन्धी संवादमूलक वार्तामा सहभागी भएका छन् ।
त्यस अवसरमा उनले विकासको प्रतिफल प्राप्तिबाट कुनै पनि नागरिक वञ्चित हुन नपरोस् भन्ने सुनिश्चितताका लागि विश्वव्यापी साझेदारीका साथै अन्य उपलब्ध साझेदारीका निम्ति अथक प्रयासको खाँचो औँल्याए ।
www.nepalsandesh.com

नेपाल सद्‌भावना पार्टीको केन्द्रीय अध्यक्ष राजेन्द्र महतोलाई बाबुराम भट्टराईले फोन गरेर मधेस आन्दोलनमा समाहित गराउन अनुरोध गरेका छन्। आइबार दिउँसो भट्टराईले गरेको टेलिफोन सम्बादमा आफूले मधेस मुक्तिकै लागि राजीनामा गरेको बताउँदै उनले पार्टी भन्दा पनि देश ठूलो भएकोले देश बचाउनको लागि राजीनामा गरेको बताए।
प्रतिउत्तरमा नेता महतोले संविधान निर्माण पछि दिएको राजीनामा मधेसका जनताले पत्याउन नसकेको गुनासो गरेका थिए।
भट्टराईले आफूले मधेसको समर्थनमा बोलेकै कारण तीन दलका नेताले आफूलाई संविधान विरोधी र भारत परस्तको आरोप लगाएको गुनासो समेत व्यक्त गरेका थिए।
साथै उनले अब के गर्ने भन्दै मधेसमा मिलेर अगाडि जाऔ भन्दै महतोसँग नेता भट्टराईले अनुरोध समेत गरेका थिए।
काठमाडौँ, १० असोज । छिमेकी मुलुक भारतबाट नेपाली भन्सार नाकाहरुमा लगाइएको अघोषित नाकाबन्दी तथा बन्द हडताल फिर्ता गर्न उपभोक्ता मञ्चले आग्रह गरेको छ ।
बन्द हडतालका कारण इन्धनलगायत अत्यावश्यक वस्तुका मालबाहक गाडीहरु रोक लगाई आयात ठप्प पारिएका कारण नेपाली बजारमा तत्काल पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको अभाव भएको भन्दै मञ्चले बन्द हडताल फिर्ता गर्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
उपभोक्ता मञ्चले आज विज्ञप्ति जारी गर्दै भूकम्पका घटनापश्चात् विपत्तिको अवस्था सामना गर्नु परिरहेका नेपाली जनतामाथि नजिकिँदै गरेको महान् चाड दसैँको मुखमा अघोषित नाकाबन्दी गर्नु अन्तर्राष्ट्रिय व्यापार सङ्गठनको सदस्यसमेत रहेको छिमेकी मुलुक भारतका लागि शोभनीय नभएको मञ्चले जनाएको छ ।
भारतको यस्तो गतिविधि स्वतन्त्र मुलुक नेपालको आन्तरिक मामलामाथिको ठाडो हस्तक्षेप, डब्लुटिओ सिद्धान्त, अन्तर्राष्ट्रिय कानुनहरुको विपरीत तथा मानवता विरोधी कार्य भएको मञ्चको ठहर छ ।
देशले भोग्नु परिरहेको यस विषम परिस्थितिमा जारी संविधानप्रति असन्तुष्टि जनाउने मदेसवादी दलहरुले बन्द हडताल र नाकाबन्दीको बहानाबाजी गर्दै अत्यावश्यक वस्तुको भण्डारलाई लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गरी उपभोक्तामाथि ठगी, लुट र हाहाकारको अवस्था सिर्जना गर्नेजस्ता स्वच्छ बजार प्रतिकूलका गतिविधि भइरहेको तथा उपभोक्ताको हित संरक्षणमा बेवास्ता भइरहेको तथ्ययुक्त उपभोक्ताका गुनासाप्रति सरोकारवाला गम्भीर हुन मञ्चका सचिव विष्णुप्रसाद तिमिल्सिनाले विज्ञप्तीमार्फत अनुरोध गर्नुभएको छ ।
तत्काल नाकाबन्दी खुला गर्न तथा बन्द हडताल फिर्ता लिई अत्यावश्यक वस्तुको आपूर्ति तथा वितरण व्यवस्था सहज बनाउन उहाँले भारत सरकार र अन्दोलनरत मदेसवादी दलहरुलाई आग्रह गर्नुभएको । “आपसी असहमति तथा असमझदारीका केही कुरा भए वार्ता तथा कूटनीतिक माध्यमद्वारा समाधान गर्न सकिन्छ” विज्ञप्तीमा उल्लेख छ ।
यस विषम अवस्थामा अत्यावश्यक वस्तुको आयातमा सहज बनाउन उपयुक्त अन्य विकल्पहरु खोज्न र आयात तथा वितरण व्यवस्था सहज सुलभ बनाई आम उपभोक्ताको हित संरक्षण गर्न नेपाल सरकारलगायत सम्बद्ध सबै पक्षहरुसँग मञ्चले अनुरोध गरेको छ ।
साथै नाकाबन्दी र बन्द हडतालको यस विषम परिस्थितिमा स्वच्छ बजार कायम राखी उपभोक्ता हित संरक्षणमा दायित्व निर्वाह गर्न नेपाल सरकार, नियमक निकायहरु र आमव्यापार व्यवसायीलाई अनुरोध गर्दै आयातित वस्तुको बढी सञ्चय नगर्न, मितव्ययिता अपनाउन र धैर्यतासहित राष्ट्रिय एकता प्रदर्शन गर्न आमउपभोक्तामा मञ्चले आग्रह गरेको छ । रासस
dainiknepal.com
काठमाडौं, १० असोज । नेपालमा जारी भएको संविधानमा असन्तुष्टि जनाउँदै अघोषित नाकाबन्दी गरेको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अमेरिकामा प्रदर्शन भएको छ ।
सयुक्त राष्ट्र संघको महासभामा भाग लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री मोदीविरुद्ध शनिबार प्रदर्शन भएको हो । संयुक्त राष्ट्र संघ (यूएन)मा सताब्दी विकासबारे मोदी बोलिरहेका बेला बाहिर भेला भएका भारतीय पटेल समुदायका समर्थक र सिख समाजका सदस्यहरुले आफ्नो मागलाई लिएर प्रदर्शन गरेका हुन् ।
मोदी बोलिरहेको समयमा करिब २०० भन्दा बढीको संख्यामा रहेका सिख समुदाय र पटेल समुदायका नागरिकले मोदी विरोधी र भारत विरोधी नाराबाजी गरेका थिए ।
सिख फर जस्टिस (एसएफजे) संस्थाको ब्यानरमा सिखहरुले अलग खलिस्तानका लागि जनमत संग्रहको मांग राख्दै मोदीविरुद्ध अमेरिकामा प्रदर्शन गरेका हुन् भने, पटेल समुदायका समर्थकहरुले गुजरातमा आफ्नो जातिमाथि भएको अत्याचारविरुद्ध अमेरिकामा आवाज उठाएका हुन् ।
एसएफजे नेता बक्षीस सिंह सन्धुले भनेका छन् कि भारतमा ईसाइ, सिख र मुस्लिमविरुद्ध धेरै हिंसा हुने गरेको छ । उनले २०२० मा अलग खलिस्तानका लागि जनमंत संग्रहको माग गरेका थिए ।

उता, पटेल समुदायका समर्थकहरुको नेतृत्व गरिरहेका अनिल पटेलले गुजरातमा पटेल समुदायका चार हजार भन्दा बढी युवाहरुलाई पुलिस हिरासतमा राखिएको दाबी गरेका छन् । उनले निर्दोष पटेल समुदायका नागरिकमाथि गुजरातमा मोदीको निर्देशनमा अत्याचार गरिएको बताए ।
उनीहरुले दिनभरी मोदी र भारतविरुद्ध संयुक्त राष्ट्रसंघ भवन अगाडि नाराबाजी गरेका थिए । मोदीविरुद्ध भएको प्रदर्शनलाई अन्तर्राष्ट्रिय समुदायले चाँसोका साथग हेरिरहेका छन् । साथै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मोदीविरुद्ध भएको प्रदर्शन र नेपालमा लगाएको अघोषित नाकाबन्दीबारे चाँसो दिइरहेका छन् ।
उसो त अमेरिकामा रहेका मोदी देशको झण्डा गरेको अभियोगमा आफ्नै देशमा पनि आलोचित भइरहेका छन् । भारत र अमेरिकामा आलोचना विरोध खेपेका मोदीले नेपालमा गालि पनि खाएका छन् ।
नेपालका उनका समर्थक अहिले मूख्य दुश्मन बनेका छन् । संविधानमा असन्तुष्टि जनाउँदै नेपालमा अघोषित नाकाबन्दी लगाएपछि मोदीको नेपालीहरुले आलोचना र विरोध गरिरहेका छन् ।
dainiknepal.com
१० असोज, बिराटनगर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव बिराटनगरको रानी भन्सार नाकामा धर्नामा बसेका छन् ।
भारतले अघोषित नाकाबन्दी गरिरहेको अवस्थामा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा मोर्चाका कार्यकर्ताले रानीको दुई नम्बर ढाटमा धर्ना दिएका थिए ।
उपेन्द्र धर्ना बसेको स्थानमा भारतीय युवा तथा मधेसी मोर्चाका कार्यकर्ताले भारतीय भूमिबाट नेपाली प्रहरीमाथि ढुंगामुढा गरेका छन् ।
भारतीय युवाहरुले ढुंगा तथा खाली बोतल प्रहार गरेको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगा पौडेलले बताए । उनका अनुसार ५०/६० जनाको समूहले भारतीय सीमाक्षेत्रवाट नेपाली प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।
आन्दोलनकारीले भारतीय भूमिबाट नेपाली सुरक्षाकर्मीमाथि ढुंगा हानेपछि सीमा नाकामा तनाव भएको थियो ।
जोगवनी नाकामा चार दिनदेखि ८ सयभन्दा बढी सवारी साधन सडकमै रोकिएर बसेका छन् ।
www.onlinekhabar.com
काठमाडौं, १० असोज । मधेसी दलहरूको आग्रहमा नेपालमाथि अघोषित नाकाबन्दी गरेको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ माओवादीले भारतीय नम्बर प्लेटका सवारी साधनलाई गुड्न नदिने जनाएको छ ।
माओवादीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले आज (आइतबार) काठमाडौंमा पत्रकार सम्मेलन गरेर भारतीय नम्वर प्लेटका सवारी साधनहरूलाई भोलि सोमबारदेखि गुड्न नदिने चेतावनी दिनुभयो ।
‘नेपालको स्वाधीनता, सार्वभौमता र अखण्डतामाथि आक्रमण गर्ने भारतीयविरुद्ध हाम्रो आन्दोन सुरु भयो’, उहाँले भन्नुभयो, ‘भारतीय पक्षले नेपालमाथि गरेको अघोषित नाकाबन्दीका विरुद्ध कडा रुपमा प्रस्तुत हुन्छौँ ।’
विप्लव माओवादीले भोलिदेखि भारतीय नम्वर प्लेट, चलचित्र, विज्ञापन र टेलिभिजन च्यानलहरूमा अबरोध गर्ने जनाएको छ ।
त्यसका लागि विप्लव माओवादीले फिल्महल, विज्ञापन एजेन्सी र सम्बन्धित निकायसँग भारतीय सामाग्री भएका फिल्म र विज्ञापन प्रसार नगर्न आग्रह गरेको प्रवक्ता विश्वकर्माले बताउनुभयो ।
उहाँले भारतविरुद्धको आन्दोलनमा सहयोग गर्न सबैलाई अपील गर्नुभयो । प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘आजैदेखि हाम्रो आन्दोलन सुरु भयो । राष्ट्रिय स्वाधीनताका लागि ज्यान दिनुपरे पनि दिन तयार छौँ ।’

प्रमुख दलहरूले जनविरोधी संविधान जारी गरेको बताउनुभएका प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘जस्तो संविधान ल्याए पनि त्यो हाम्रो आन्तरिक मामिला हो । हाम्रो आन्तरिक मामिलामा भारतले बोल्न पाउँदैन ।’
विप्लव माओवादीले मुलुकभित्रको आन्तरिक आपूर्ति व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ । भारतसँगको आर्थिक नाकाबन्दी तत्काल अन्त्य गर्नुपर्ने जनाएका प्रवक्ता विश्वकर्माले भन्नुभयो, ‘अब मुलुकले अन्य छिमेकीहरूसँग पनि विकल्प खोज्नुपर्छ ।’
dainiknepal.com
वीरगन्ज, १० असोज– सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख तीन दल काँग्रेस, एमाले र एमाओवादीका प्रम्ुख नेतालाई मधेस आउन चुनौती दिएका छन् ।

रक्सौलस्थित सिमा नाकामा भएको कार्यक्रममा उनले दुई तिहाईको ‘फुर्ती गर्ने’ सुशील कोइराला, केपी ओली र प्रचण्डलाई मधेस झरेर देखाउन चेतावनी दिएका हुन् ।

उनले तीन दलका नेतालाई मधेसी, थारु र जनजाति विरोधीको आरोपसमेत लगाए । ‘म चुनौती दिन चाहन्छु हिम्मत भए बोलीको गोली छाड्ने केपी ओलीसहित ठूला दलका नेता मधेस आएर देखाउन्’, महतोले भने, ‘ आफू आउने हिम्मत छैन भने तराईबाट प्रतिनिधित्व गर्ने आफ्ना पार्टीका सभासदलाई पठाऊ, मधेसका जनता उनीहरुलाई खोजिरहेका छन् ।’


महतोले भारतीय सिमामा आफूहरुले नाकाबन्दी गरेको भन्दै भारतसँग जोडेर गलत प्रचार नगर्न भने । मधेस जलेको ४० दिनभन्दा लामो समय भइसक्दा पनि काठमाण्डु बहिरो भएर बसेकाले काठमाण्डुको दानापानी रोकिदिएको उल्लेख गरे ।
आफूहरुको माग पुरा नभएसम्म नाकाबन्दी जारी रहने पनि महतोले बताए ।
महतोले काठमाण्डुमा भारतविरोधी गतिविधि भइरहेको भन्दै दुई देशबीचको प्राकृतिक र अद्वितीय सम्बन्धमा फाटो ल्याउन खोज्ने तत्व आफैं समाप्त भएर जाने बताए ।
kathmandutoday.com
प्रेमी रोबर्टसँग विवाह गर्दै अभिनेत्री रिमा विश्वकर्मा (फोटो:अनुप भट्टराई)
अभिनेत्री रिमा विश्वकर्माले प्रेमी रोबर्ट विश्वकर्मासँग आइतबार विवाह गरेकी छन्। उनले बौद्ध स्थित होटल हायातमा रोबर्टसँग लगनगाँठो कसेकी हुन्।
रोबर्ट एक अमेरिकन टेलिकम कम्पनीको यूके शाखामा फाइनान्स म्यानेजरका रूपमा कार्यरत छन् । म्युजिक भिडियोमा ठिकठाक चलेकी रिमा अब केहि दिनमा नै यूके जाने बताइएको छ। रिमाले अभिनय गरेको नयाँ फिल्म 'भाले फाइट' गत शुक्रबार रिलिज भएको छ तर फिल्मले सोचेजस्तो चलेको छैन्।
‘स्वर’बाट डेब्यू गरेकी रिमाले साँझ फिल्मकर्मी,संचारकर्मी एवम् साथीहरुका लागि ह्यातमा रिसेप्सन राखेकी छन्। रोबर्ट र रिमा फेसबुकमार्फत एकअर्कासँग नजिकिएका थिए।
काठमाडौं : एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुक गम्भीर अवस्थामा रहेका बेला बाबुराम भट्टराईको राजीनामा आउनु पनि गम्भीर विषय भएको बताएका छन् ।

पर्टी छोड्ने बाबुरामको घोषणापछि प्रचण्डले अन्नपूर्णसँग भने, मैले यसलाई गम्भीर रुपमा लिएको छु ।
तर बाबुरामजी पार्टीमा फेरि फर्किनुहुन्छ भन्नेमा म आशावादी छु । उनले आकस्मिक रुपमा यसरी बाबुरामको घोषणा आउँदा आफूलाई पनि अचम्म लागेको बताए।


शनिबार पार्टी छोड्ने घोषणाअघि शुक्रबार प्रचण्डसँग लाजिम्पाटमा भेटेर बाबुरामले झन्डै दुईघन्टा लामो छलफल गरेका थिए। तर बाबुरामले चरम असन्तुष्टी पोखे पनि पार्टी नै छोड्ने संकेत दिएका थिएनन्। प्रचण्डले आइतबार केन्द्रीय समितिको बैठक बोलाएका छन्।
www.annapurnapost.com
बोलबम मेलामा लुकेर प्रदर्शनकारीद्वारा ढुङ्गामुढा
राजविराज : बोलबम मेलामा लुकेर प्रदर्शनकारीले पूर्व–पश्चिम राजमार्गअन्र्तगत भारदहस्थित सडखण्डमा दर्जनौ यात्रु बस र मालबाहक ट्रकमा गएराति ढुङ्गामुढा गरेका छन् ।

चतुर्दशीको अवसरमा जिल्लाको बलुवा घोघनपुरस्थित भजनेश्वर महादेव र महदेवा गाविसस्थित अंकुरी महादेव मन्दिरमा जल चढाउन कोशी ब्यारेज आएका भक्तजनहरुको भींडमा लुकेर बसेका प्रदर्शनकारीले आइतबार बिहान साढे १ बजे ढुङ्गामुढा गरेको प्रहरी उपरीक्षक शिशिर कुमार कर्माचार्यले बताए ।

प्रदर्शनकारीहरुको ढुङ्गामुढाबाट बसमा सवार झापा काँकडभिट्टा–९ का ३७ वर्षीय पदमबहादुर दास र ट्रकका सहचालक मकवानपुर फापरबारी गाविस–६ का २५ वर्षीय राजकुमार लोप्चन घाइते भएका छन् ।

दासको टाउकोमा नौवटा टाँका लागेको छ भने लोप्चनको टाउको र बायाँ आँखामा ढुङ्गाले चोट लागेको छ । उनीहरुको कञ्चनरुप ठेलियास्थित धर्मेश्वर अस्पतालमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि धरान पठाइएको सप्तरी प्रहरीले जनाएको छ ।

ढुङ्गामुढाबाट बोलबम मेला भर्न आएका गम्हरिया प्रवाहा १ का १३ वर्षीय गौतमकुमार यादवको टाउको फुटेको छ ।

टाउकोमा चारवटा टाँका लागेका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मेलाको भींडमा लुकेर ढुंगामुढा गर्ने प्रदर्शनकारीहरु भागेपनि मेला भर्न आएका भक्तजनहरुलाई प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको मेला समितिका अध्यक्ष कमलदेव मण्डलले गुनासो गरे ।

राजमार्गस्थित सडक खण्डमा ढुङ्गामुढाबाट फुटेका सवारी साधनका सिसाहरुका कारण साईकल तथा मोटरसाईकल समेत पञ्चर हुने गरेको छ ।

मोर्चाले दुई दर्जन बढी सवारी साधनमा तोडफोड गरिएको बताए पनि ८÷१० वटा सवारी साधनको सिसा फुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

ढुङ्गामुढा गरेको आरोपमा इलाका प्रहरी कार्यालय भारदहले कञ्चनरुप नपा–५ का १८ वर्षीय अमर कुमार ठाकुर, मधवापुर गाविस–३ का २२ वर्षीय अरविन्द कुमार दास र हरीहरपुर गाविस–७ का १८ वर्षीय सेमान्द्र चौधरीलाई गिरफ्तार गरेको छ ।

गिरफ्तार भएका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा नियन्त्रणमा राखिएको छ ।
www.annapurnapost.com
काठमाडौं : नाकाबन्दीको विरोधमा चितवनमा भारतीय च्यानलहरु बन्द गरिएका छन् ।

एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियु चितवनले ६ घण्टाभित्र भारतीय टेलिभिजन च्यानलहरु बन्द गर्न अल्टिमेटम दिएपछि शनिबार साँझ ७ बजेदेखि भारतका हिन्दी च्यानलहरु बन्द गरिएको हो ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरी नाकाबन्दी लगाएकाले अनेरास्ववियुले भारतीय टेलिभिजन च्यानलहरुको प्रसरण बन्द गराउन चितवन युनिक केबुल प्रालिलाई शनिबार अनेरास्ववियुले लिखित पत्र दिएको थियो ।

अनेरास्ववियु चितवनका अध्यक्ष देवप्रसाद पाठकको नेतृत्वमाको टोलीले चितवनको चितवन युनिक केवल टेलिभिजन र सीम टीभीमा ज्ञापनपत्र बुझाउँदै हिन्दी च्यानल बन्द गराउन आग्रह गरेको थियो ।

युनिक केबुलका पूर्वअध्यक्ष महेन्द्र प्रधानले देशको विषम परिस्थितिमा विभिन्न संघसंस्थाबाट भारतीय च्यानलहरु बन्द गर्न माग भएपछि अनिश्चितकालका लागि हिन्दी च्यानल बन्द गरिएको जानकारी दिए ।

प्रधानले अन्य केबल टिभीहरुले हिन्दी च्यानल सुचारु गरिरहेमा आफ्नो कम्पनीले पनि सुचारु गर्न बाध्य हुने जानकारी दिएका छन् । भारती नाकाबन्दीको विरोध गर्ने हो भने केन्द्रबाटै भारतीय च्यानलहरुमाथि प्रतिबन्ध लगाइनुपर्ने उले बताए ।

नेपालमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीका कारण नेपालमा भारतविरुद्ध आक्रोश बढाएको छ ।

पछिल्ला दिनमा सामाजिक सञ्जालदेखि सडकसम्म भारतको हस्तक्षेपको विरोध बढ्दै गएका छन् । www.annapurnapost.com
काठमाडौँ, १० असोज । विभिन्न १३ विद्यार्थी सङ्गठनले छिमेकी भारतको नेपालका सीमा क्षेत्रमा भएको अवरोध र आपूर्ति व्यवस्थापनको असहजताबारे भारत सरकार र संयुक्त राष्ट्र सङ्घको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
अनेरास्ववियुको केन्द्रीय कार्यालय बागबजारमा आज बसेको ती विद्यार्थी सङ्गठनको संयुक्त बैठकले सीमा क्षेत्रमा भएको अवरोधको विरोधमा भोलि देशभर प्रदर्शन र सोमबार राष्ट्र सङ्घलाई ध्यानाकर्षण गराउने निर्णय भएको सो सङ्गठनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । रासस
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home