• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
चितवन, १६ म्ङ्सिर । नेपाली काँग्रेस चितवनले आजदेखि संविधानका अन्तरवस्तुलाई गाउँस्तरसम्म पु¥याउन र भावी रणनीतिका विषयमा जानकारी गराउन प्रशिक्षण अभियान सुरु गरेको छ ।
केन्द्रीय नेतालाई मुख्य प्रशिक्षक बनाएर जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा प्रशिक्षण गर्न लागिएको हो ।
चितवनको क्षेत्र नं ५ मा आज एक समारोहबीच अभियानको शुभारम्भ गरिएको छ । सो अवसरमा जिल्ला सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, उमेश श्रेष्ठ, विष्णुमाया परियार, जिल्लाका पूर्व पार्टी सभापति पृथ्वीमान गुरुङ, जिल्ला सचिव जितनारायण श्रेष्ठ, क्षेत्रीय सभापति मायाराम चौधरीलगायतले प्रशिक्षणले पार्टीको सङ्गठन सुधारसँगै संविधानका अस्पष्ट विषयवस्तुको विषयमा जानकारी गराउन सहज पुग्ने बताउनुभएको थियो ।
आजको प्रशिक्षण केन्द्रीय सदस्य बद्री पाण्डेले दिनुहुने जिल्ला सचिव श्रेष्ठले बताउनुभयो ।
यस्तै भोलि क्षेत्र नं. ४ को ज्ञानेश्वर सामुदायिक वनमा केन्द्रीय सदस्य नरहरि आचार्य, पर्सी १८ क्षेत्र नं. ३ को पोखरा बसपार्कको गौरेश्वर मन्दिरमा केन्द्रीय सदस्य बालकृष्ण खाँड, २० क्षेत्र नं १ को रेडक्रस भवन खैरहनीमा गगन थापा र २१ क्षेत्र नं २ मा केन्द्रीय सदस्य प्रदीप पौडेलले प्रशिक्षण दिने कार्यक्रम रहेको काँग्रेस चितवनले जनाएको छ ।
प्रशिक्षणमा संविधान कार्यान्वयनका लागि खेल्नुपर्ने भूमिकाका विषयमा समेत जानकारी दिइने बताइएको छ ।
संविधान जारी भएसँगै देशमा उत्पन्न परिस्थितिका विषयमा समेत छलफल गरिने सो प्रशिक्षण कार्यक्रम सकिएपछि जनताको घर दैलोमा गएर सहभागीले संविधानका अन्तरवस्तु र अन्य विषयमा जानकारी गराउने जिल्ला सभापति टेकप्रसाद गुरुङले बताउनुभयो ।
प्रशिक्षणमा क्षेत्रका सबै वडाका पाँच÷पाँचजना, सो क्षेत्रका महाधिवेशन र महासमिति प्रतिनिधि, सो क्षेत्रबाट जिल्लामा प्रतिनिधित्व गर्ने सदस्य, भातृ सङ्घ सङ्गठनका प्रमुखलगायत गरी करिब दुईसय जनाको सहभागिता रहने सभापति गुरुङ्ले बताउनुभयो ।
dainiknepal
काठमाडौं, १६ मंसिर । भारतको अघोषित नाकाबन्दी र तीन महिने लामो मधेस केन्द्रीत दलको आन्दोलनका बिषयमा आज दिल्लीदेखि बालुवाटारसम्म वार्ता हुने भएको छ ।
शिर्ष तीन दलले मधेसी मोर्चाका ११ बुँदे मागलाई सम्बोधन गर्न मंगलबार दिनभर छलफल गरे । सीमांकन बाहेका सवै बुँदामा लगभग साझा धारणा बनाउन मुख्य दलहरु सहमत भइसकेका छन् । तर आजको वार्ता छल्न मधेस केन्द्रीत दलहरु भने जनकपुरको ढल्केवरको आमसभामा तिर लागेका छन् ।
मधेसबादी दलका मागका बिषमा आज साँझ ६ बजे बालुवाटारमा बैठक बस्ने भनिएपनि मधेसी मोर्चाका शिर्ष नेताहरु अनुपस्थित हुने भएका छन् । मधेसी मोर्चा नै वार्ताका लागि तयार नभएको आशंका प्रमुख  दलहरुले गर्न थालेका छन् ।
मधेसी मोर्चाको सीमांकनको माग बाहेक सवै पुरा गर्ने तयारी प्रमुख दलहरुले गरेका छन् । माग पुरा हुने अवस्था आएपनि मधेसी दलहरु भने बार्ताबाट भाग्न खोजिरहेका छन् ।
त्यसैगरी भारतीय नाकाबन्दीका बिषयमा पराराष्ट्रमन्त्री कमल थापाले आजै भारतीय संस्थापन पक्षसँग वार्ता गर्ने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमा अति निकट ब्यक्ति श्रीश्री रवीशंकरलाई मंगलबार बंग्लोरमा भेट गरेका थापा साँझ दिल्ली पुगेका छन् ।
उनले भारतीय विदेशमन्त्री सुष्मास्वराज, विदेश सचिव लगाएतसँग आज छलफल गर्ने भएका छन् । अघोषित नाकाबन्दीका बिषयमा उनले भारतीय जनता पार्टी र विपक्ष दलका नेताहरुसँग मंगलबार साँझ भेट गरेका छन् । समय मिले आजै भारतीय प्रधानमन्त्रीलाई समेत भेट्ने परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
yeskathmandu
काठमाडौं, १६ मंसिर । नेपालका लागि भारतीय राजदूत रञ्जीत राय आकस्मिक रुपमा स्वदेश गएका छन् । राजदूत राय मंगलबार साँझ अचानक स्वदेश गएका हुन् ।
व्यवस्थापिका सांसदको बैठकमा भारतीय राजदूत रञ्जीत रायलाई नेपालबाट देश निकाला गर्नुपर्ने मागसहित सांसदहरूले नाराबाजी गरे लगत्तै राजदूत राय नयाँदिल्ली प्रस्थान गरेका हुन् । स्रोतका अनुसार नेपाल र भारतबीच बिग्रदै गएको सम्बन्धका विषयमा बिफ्रिङ् गर्न राजदूत राय नयाँदिल्ली गएका हुन् ।
नेपालमा नाकाबन्दी लगाएर ओचित बनेको भारतीय पक्षलाई नेपाली जनताहरूले खुब आलोचना गरेका छन् ।
भारतीय पक्षले विशेष गरेर मधेसी मोर्चाको आन्दोलनलाई उचालेर नेपाली राजनीतिमा हस्तक्षेप गरेको आरोप छ ।
भारतीय र भारतीय राजदूत रायको नेपालमा जमेर आलोचना भइरहेका बेला राय अचानक नयाँदिल्ली प्रस्थान गर्नुलाई महत्वका साथ लिइएको छ ।
भारतीय राजदूत अकस्मात नयाँदिल्ली प्रस्थान गरेको विषयलाई लैनचौरले गुपचुप राखेको छ । यस विषयमा लैनचौरले औपचारिक रुपमा केही पनि भनेको छैन ।
dainiknepal
काठमाडौं, मंसिर १६ । तराई मधेस आन्दोलनमा भारतको समर्थन जुटाउन मधेसवादी नेताहरु धमाधम भारतीय नेतासँग भेटवार्ता गर्न थालेका छन् । यसै क्रममा पछिल्लो पटक प्रभु साहको नेतृत्वमा मधेसी नेताहरुको एक टोलीले भारतको प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता शशी थरुरसँग भेटवार्ता गरेको छ ।

भेटवार्ता कहिले र कहाँ भएको हो भन्नेबारे केही नखुलाई भारतीय नेता थरुरले नेपालका मधेसी नेताहरुका साथ खिचाइएको तस्वीर ट्वीटरमार्फत सार्वजनिकसमेत गरेका छन् । तर आफूसँग भेट गर्न आएका नेताहरुसँगको व्यक्तिगत सम्बन्धमा निकै लामो दुरी रहेको उदाहरण झल्किने गरी थरुरले टोली नेताको नाम नै गलत लेखेका छन् ।
उनले मधेसी टोली नेताको नाममा नेपालका पूर्व मन्त्री ‘प्रकाश साह’ लेखेका छन् । जबकी उनीसँग पूर्व मन्त्री प्रभु साहको नेतृत्वमा गएको टोलीले भेटवार्ता गरी फोटोसमेत खिचाएको हो ।
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
 बुधबार, १६ मंसिर
कञ्चनपुर । कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति आगलागी हुँदा सरिताका ११ वर्षीय छोरा अर्जुन, ८ वर्षीय छोरा किरण र ५ वर्षीया छोरी प्रिया खड्काको घरभित्रै जलेर मृत्यु भएको हो ।
आमा सरिता र अर्को छोरा रोहित भने सकुशल रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरिताको घरको भान्सामा चुलोबाट आगो सल्किएर आगलागी भएको हो ।
प्रहरी टोली घटनास्थल जाँदै गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
nepalsandesh
आँखामुनिको छालाको रंग सरीरकोे अन्य भागको भन्दा गाढा तथा बेरंगी वा कालो बन्नुलाई नै डार्क सर्कल भनिन्छ । यसबाट आजकलको युवापुस्ता निकै प्रताडित छ । यसले अनुहारको सुन्दरतामा ठेस पूराउने मात्र होइन आत्मविश्वासमा पनि दखल पूराउँछ ।
तनाव, गलत खानपान, प्रदुषण, अनिद्रा, एलजी, लामो समयसम्म औषधिको सेवन, लामो समयसम्म कम्प्युटर चलाउने, लामो समयसम्म रुने तथा वंशाणुगत समस्याका साथै बुढोपना र सुख्खा छालाका कारण पनि डार्क सर्कल देखापर्छ ।
यो गम्भीर समस्या त होइन, तरपनि यसले मानिसलाई थकित, निरास, अस्वस्थ तथा बुढो देखाउँछ । तर चिन्ता नगर्नुस् यस्तो डार्क सर्कल हटाउने अस्त्र तपाइँकै हातमा छ । तपाइँले महको प्रयोग गरी डार्क सर्कल हटाउन सक्नुहुन्छ । महमा केही यस्ता तत्व पाइन्छन् जसले डार्क सर्कलबाट छुटकारा दिलाइदिन्छ । डार्क सर्कल निवारणका लागि महलाई यसरी प्रयोग गर्न सक्नुहुन्छः
 मह एक मोइस्चराइजर, स्किन टोनर तथा क्लिन्जरको रुपमा काम गर्दछ । डार्क सर्कल भएको ठाउँमा यसमा लगाउनाले धेरै फाइदा पुग्दछ । आँखाको तलपटि्ट मह लगाउनुहोस् र आधा घण्टासम्म छाड्नुहोस् । त्यसपछि अनुहार धुनुहोस् । केही हप्तासम्म लगातार यसो गर्दा डार्क सर्कल हराउनेछ ।
महको १ भाग र कांक्राको रसको २ भाग मिलाउनुहोस् । त्यसपछि त्यो मिश्रणलाई डार्क सर्कल भएको ठाउँमा लगाउनुहोस् । केहीबेर राखेर अनुहार धुनुहोस् । ३ हप्तासम्म दिनहुँ यसो गर्नुभयो भने डार्क सर्कल हराउनेछ ।
बदामको तेलमा छालामा निखार ल्याउने गुण हुन्छ । ४ थोपा बदामको तेलमा आधा चम्चा मह मिलाउनुहोस् र डार्क सर्कल भएको आँखामुनिको ठाउँमा लगाउनुहोस् । केही बेरपछि अनुहार मनतातो पानीले धुनुहोस् ।
एक कोसा केराको बोक्रा फ्याँकेर गुदीको पेष्ट बनाउनुहोस् र त्यसमा एक चम्चा मह राख्नुहोस् । त्यो मिश्रणलाई आँखाको मुनि पोत्नुहोस् । केही समयपछि अनुहार धुनुहोस् । नियमित रुपमा यसो गर्नाले डार्क सर्कल हराउँछ ।
कागतीको रसमा मह मिलाउनुहोस् र त्यो मिश्रणलाई आँखामुनि लगाउनुहोस् । २० मिनेटपछि अनुहार धुनुहोस् । नियमित रुपमा यसो गर्नाले डार्क सर्कल हराउनेछ ।
onlinekhabar
एजेन्सी । भिजेको चना स्वास्थ्यका साथै सुन्दरताका लागि पनि एकदमै फाइदाजनक रहेको पाइएको छ । तर, आयुर्वेदमा यसलाई यौनशक्ति बढाउने अमूल्य औषधि पनि मानिन्छ । यसका साथै यसका धेरै फाइदा छन् ।
नपुंसकता समाप्त : आयुर्वेद डाक्टरका अनुसार रातभर भिजेको चनाको पानी पिउँदा शरीरमा घटिरहेको वीर्य फेरि उत्पादन हुन्छ र शरीर हस्टपुष्ठ हुन्छ । भिजेको चनाको पानीमा मह मिलाएर पिउनुभयो भने त वर्षाैदेखिको नपुंसकता समाप्त हुन्छ ।
वीर्य बढाउँछः यदि शरीर कमजोर हुनुका साथै वीर्यमा पनि कमी आएको छ भने चनालाई माटाको भाडोमा राति भिजाएर राख्नुस् । विहान यसलाई पानीबाट निकालेर चपाई–चपाई खानुस् र यसको पानी पनि पिउनुस् । दुई हप्तासम्म यसरी चना र पानी खाए वीर्य ह्वात्तै बढ्छ । पुरुषत्वसँग जोडिएका सबै समस्या समाधान हुन्छ ।
शरीर तन्दुरुस्त हुन्छः एक कटौरीमा भिजेको वा सुकेको चनालाई हरेक विहान पाँच वटा बदामसँग चपाएर खानुस् । यसले शरीर बोलियो र यौनशक्ति पनि बढ्छ । भिजेको चनालाई दूधसँग खाँदा शरीरिका मांसपेसीहरु र पुठ्ठा तन्दुरुन्त हुन्छन् ।
मैथुन–शक्ति बढ्छः भिजेको चना विहान र बेलुका चपाएर खाइसकेपछि यदि मह मिलाएर दूध पिउनुभएमा तयसले मैथुन–शक्ति बढ्छ र नंपुसकता अन्त्य हुन्छ ।
पाठेघरको समस्या ठिक हुन्छ: विहान–विहान आगोमा सेकेको चना पिसेर त्यसमा चिनी मिलाउनुस् । यसको साथै एक गिलास गाईको दूध र एक चम्चा घ्यूको सेवन गर्नुस् । यसले महिलाहरुको पाठेघरको समस्या ठिक हुन्छ ।
dainiknepal
चितवन, १६ मंंसिर । नयाँ संविधानमा भएको व्यवस्थाबारे जानकारी दिन नेपाली कांग्रेस चितवनले आजदेखि साताव्यापी प्रशिक्षण सुरु गरेको छ ।
कांग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार हरेक दिन केन्दीय नेताको सहभागितामा कार्यकर्ता प्रशिक्षण आयोजना गरिने जानकारी दिनुभयो ।
नयाँ संविधान र यसका अन्तरवस्तुका विषयमा कार्यकर्तालाई सूचित गराउन कांग्रेसका केन्द्रीय नेताहरुले आजदेखि २१ गतेसम्म प्रशिक्षण दिने कार्यक्रम राखिएको कांग्रेस चितवनले जनाएको छ ।
कार्यकर्तामार्फत पनि जनतालाई संविधानका उपलब्धिबारे जानकारी दिने कार्यक्रमको उद्देश्य रहेको छ ।
dainiknepal
काठमाडौं । भारत भ्रमणमा रहेका उपप्रधानमन्त्री कमल थापाले आज राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।
आजै बेलुका नेपाल फर्कने कार्यक्रम रहेका थापाले भारतीय बिदेशमन्त्री सुष्मा स्वराज र भारतीय सुरक्षा सल्लाहकारसँग भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भेटमा मन्त्री थापाले अत्यावश्कीय बस्तुको आयातमा भारतले कटौती गर्दा नेपालमा उत्पन्न मानवीय संकट र असहजतावारे भारतीय सरकारको ध्यानाकर्षण गराउने छन् ।
 यस्तै थापाले तत्काल पारवहन अवरोधलाई सुचारु गराई नेपालको अवस्था सहज बनाउनेतर्फ कदम चाल्न पनि आग्रह गर्ने बताइएको छ । सुष्मा स्वराजसँगको भेटपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाटको लागि समय मिलाउने तयारीमा थापा रहेका छन् । उनी आजै राति ११ वजे स्पवदेश फर्कने छन् ।
nepalsandesh
काठमाडौं, १६ मंसिर । सर्लाही जिल्लामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भोलि बिहीबार गर्ने आमसभालाई चुरे भावर राष्ट्रिय एकता पार्टीले कदापि हुन नदिने चेतावनी दिएको छ । चुरे भावरले भोलिको मधेसी मोर्चाको आमसभालाई जसरी पनि रोक्ने चेतावनी दिएको हो ।
चुरे भावर राष्ट्रिय पार्टीका केन्द्रीय उपाध्यक्ष एवम् आन्दोलन परिचालन समितिका कमान्डर दीपमान लोप्चनले मधेसी मोर्चाले भोलि बिहीबार सर्लाहीको नवलपुरमा राखेको आमसभा कुनै पनि हालतमा गर्न नदिने बताए ।
‘मधेसी मोर्चाको आन्दोलन हिंसात्मक र सामाजिक सद्भावन भड्काउने खोलको छ’, उहाँले भन्नुभयो, ‘सर्लाहीमा मिलेर बसेका नेपाली जनतालाई बिभाजन गर्न मधेसी मोर्चाले आमसभा राखेकाले त्यसलाई कुनै पनि हालतमा गर्न दिँदैनौँ । जसरी हुन्छ बिथोल्छौँ । रोक्ने छौँ ।’
मधेसी मोर्चाले नवलपुरमा राखेको आमसभा र चरे भावर पार्टीले प्रतिकार गरेर बिथोल्न दिएको चेतावनीपछि स्थानीय प्रशासनलाई टाउको दुःखाइ भएको छ । चुरे भावरले प्रतिकार गर्ने भनेर तयारी गरेको थाहा पाएपछि स्थानीय प्रशासन र प्रहरीले सर्लाही जिल्लामा उच्च सतर्कता अपनाएको छ ।
सर्लाही जिल्लामा मधेसी मोर्चाको आमसभा र चुरे भावरको बिथोल्ने चेतावनीपछि स्थानीय प्रशासनले उच्च सुरक्षा सर्तकता अपनाएको छ ।
स्थानीय प्रशासनले सर्लाहीको नवलपुरमा हुन सक्ने सम्भाव्य भीडन्तलाई लिएर आजैदेखि सतर्कता अपनाएको स्रोतको भनाइ छ ।
चुरे भावरको आन्दोलन परिचालन समितिले नवलपुरको आमसभा रोक्नका लागि गाउँगाउँमा गोप्य भेला र तयार गर्दै हिँडेको छ ।
भोलि बिहीबारको आमसभा रोक्नका लागि चुरे भावरले दुई सय युवालाई गोप्य प्रशिक्षण दिएको चुरे भावरका एक नेताले बताए । तीन युवाहरूलाई गोप्य स्थानमा तीन दिनसम्म प्रशिक्षण दिएको स्रोतले बताएको छ ।
यसअघि पनि मधेसी मोर्चाले सर्लाही जिल्लामा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरोध गर्न खोज्दा चुरे भावरका कार्यकर्ताले तीन किलोमिटर परसम्म लखेटेर भगाएका थिए ।
सो क्रममा चुरे भावरका कार्यकर्ताले मधेसी मोर्चाका कार्यकर्ता चढेका तीन दर्जन बढी सवारी साधनमा तोडफोड गरिदिएका थिए ।
dainiknepal
मंसिर १६, २०७२- सरकारले निजी सवारी साधनलाई अर्को साता इन्धन दिने तयारी गरेको छ। केही नाकाबाट निश्चित मात्रामा इन्धन आए पनि सर्वसाधारणलाई सास्ती भएको भन्दै अर्को साता इन्धन दिने भएको हो।

इन्धन वितरणका लागि सफ्टवेयरको समेत प्रयोग गरिने वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। सोही सफ्टवेयरको आधारमा निजी सवारीलाई इन्धन वितरण गरिने मन्त्रालयले जनाएको छ। ‘इन्धनको मौज्दातअनुसार निजीलाई वितरण गर्ने योजना बनाएका छौं,’ आपूर्तिमन्त्री गणेशमान पुनले भने, ‘सफ्टवेयरको माध्यमबाट उपभोक्तालाई सूचना दिने छौं।’

मन्त्रालयका अनुसार सफ्टवेयरले कुन/कुन सवारी साधनले पाउने/ नपाउने जानकारी गराउँछ। यसले दोहोरिने क्रम रोकिने मन्त्रालयको ठहर छ। तर, कुन दिन र कति परिमाणमा इन्धन वितरण गर्ने बारेमा भने निर्णय भइसकेको छैन। वितरण गर्ने मितिलगायत परिमाण पनि छिट्टै तोकिने मन्त्रालयले जनाएको छ।

‘अर्को साता निजी सवारीलाई इन्धन वितरण गर्ने योजना भए पनि कुन दिनबाट दिने र कति परिमाणमा दिने निर्णय भइसकेको छैन,’ मन्त्रालयका आपूर्ति, वितरण तथा संस्थान शाखाका उपसचिव शिवप्रसाद त्रिपाठीले भने, ‘अहिले केही परिमाणमा इन्धन भित्रिएको छ। जसले गर्दा निजीलाई पनि दिने योजना छ।’ यसका लागि छिट्टै बैठक बसी योजना बनाइने उनले बताए। चीन सरकारले अनुदानको इन्धन उपलब्ध गराएपछि निगमले तिहारअघि पनि निजीलाई इन्धन वितरण गरेको थियो।

तिहारमा करिब १२ लाख लिटर पेट्रोल निजी सवारीलाई वितरण भएको थियो। तिहारअघि ३ दिन निजी सवारी साधनलाई पेट्रोल दिएको थियो। निजी सवारी साधन मोटरसाइकल/कार/जिपको लटअनुसार पेट्रोल वितरण भएको थियो। निजी सवारीलाई वितरण गर्ने दिनमा कालो प्लेटका सार्वजनिक र सेतो प्लेटका सरकारी सवारीलाइ भने वितरण गरिएको थिएन।

पहिलो दिनमा १ देखि ३० लट, दोस्रोमा ३१ देखि ५० लट र तेस्रो दिनमा ५० देखि माथि लटका मोटरसाइकलहरूलाई वितरण गरिएको थियो। कार/जिपको हकमा पहिलो दिनमा १ देखि ५ लट दोस्रो दिनमा ६ देखि ९ र तेस्रो दिनमा ९ देखि माथिका कार/जिपलाई वितरण गरिएको थियो।

लटअनुसार इन्धन वितरण गर्दा पनि सबै निजी सवारीले पाएका थिएनन्। यस्तै, दसैंअघि दसैं लक्षित सर्वसाधरणका लागि भनेर एक दिन मात्रै निजी सवारीलाई इन्धन वितरण गरिएको थियो। त्यस दिन निगमले ६ लाख लिटर इन्धन वितरण गरेको थियो।

एक दिन मात्रै इन्धन वितरण गर्दा लाइन बसेका ६० प्रतिशतले पाउन सकेका थिएनन्। बिनाकार्ययोजना वितरण हुँदा पहुँचवालाले इन्धन पाए पनि सर्वसाधारणले दु:ख पाएको सरोकारवालाहरूले बताएका थिए। कतिपय ठाउँमा निगमले ८ बजेपश्चात पम्पलाई इन्धन वितरण गरेको थियो। ढिलासम्म पम्पले इन्धन नपाउँदा कतिपय उपभोक्ता घर फर्केका थिए।

अहिले भने वितरणलाई व्यवस्थित बनाउन सफ्टवेयर तयार गरेको निगका थानकोट डिपो प्रमुख रविनकुमार शर्माले बताए। शर्माका अनुसार सफ्टवेयरले उपभोक्तालाई इन्धन वितरण गर्ने पम्पको नाम, समय, दिन लगायतको जानकारी एसएमएसमार्फत उपलब्ध गराउँछ।

सफ्टवेयरको परीक्षण गरिसकेको उनले बताए। ‘सफ्टवेयर बनाएपछि पुलचोक स्थित साझा पेट्रोल पम्पबाट परीक्षण गरिसकेका छौं,’ उनले भने, ‘यो धेरै फलदायी हुने छ। सफ्टवेयरले उपभोक्ताको भिड नियन्त्रमा सहज गर्ने छ।’ निगमका अनुसार चीनबाट अनुदानको इन्धन आइसकेको छ। थप अनुदानका लागि पनि पहल गरिएको छ। यस्तै, केही नाकाबाट पनि भित्रिएकाले निजीलाई पनि वितरण गर्न लागेको जनाएको छ।
kantipur.ekantipur


काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सत्ता साझेदार दलका सांसदलाई नियन्त्रणमा लिन कार्यकर्तालाई निर्देशन दिएका छन् । तीनदिन यता मोरङमा रहेका महतोले मंगलबार डायनिया बजारमा आयोजित सभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेस, एमाले र एमओवादीका सांसद जहाँ भेटिन्छन् त्यही पक्रनुस्, धोखाधडी र बेइमानी गरेकोबारे हिसाबकिताब माग्नुस् ।’
उनले कांग्रेस, एमाले र एमाओवादीका सांसदहरुको घर घेराहाल्नसमेत कार्यकर्तालाई उक्साएका छन् । महतोले भने, ‘कांग्रेस, एमाले र एमाओवादीका सांसद घरमा छन् भने घर घेरेर बाहिर निकाल्नुस्, घरमा छैनन् भने खोजेर पक्रेर ल्याउनुस्, टीकाचन्दन लगाएर, हात्तिघोडा केकेमा हुन्छ, बजार घुमाउनुस् अनि धोखाधडी र बेइमानीबारे हिसाबकिताब लिनुस् ।’
उनले जारी आन्दोलन वारपारको आन्दोलन भएकोले घरघरबाट लाठी लिएर निस्कन आग्रह गरे । ‘अभि नही तो कभि नही’ महतोले भने, ‘अब हरेक घरघरबाट बुढा, जवान र महिला हातहातमा लाठी लिएर बाहिर निस्कनुपर्छ । अनिमात्र खोसिएको मधेसको भूमि र अधिकार फिर्ता हुन्छ ।’
पहाडिया र मधेसिया भन्ने शब्द प्रयोग गर्दै १ घण्टाभन्दा बढी समयसम्म अत्यन्तै उत्तेजक भाषण गरेका महतोले सहभागी मधेसी मोर्चाका कार्यकर्तालाई भने, ‘यहीबाट मत लिएर सांसद भएका, कांग्रेस, एमाले र एमाओवादीका सांसदसित हिसाबकिताब माग्ने बेला आएको छ । उनीहरुलाई खोजीखोजी हिसाबकिताब माग्नुस् ।’ कान्तिपुर दैनिकमा खबर छ ।
dainiknepal
काठमाडौं, १६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ठूला नेताहरू आजको वार्तामा सहभागी नहुने भएका छन् ।
महोत्तरी जिल्लाको ढल्केबरमा आज आमसभा परेकाले मधेसी मोर्चाका सबै शीर्ष नेताहरू त्यसतर्फ गएकाले वार्तामा खल्लो हुने भएको हो ।
आमसभाका लागि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस स्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव ढल्केबर जानुभएको सद्भावना पार्टीका महासचिव मनीस सुमनले जानकारी दिनुभयो ।
आजको वार्तामा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मलाल कर्ण पनि जानु हुनेछैन । कर्णको घरायसी काम परेकाले आजको वार्तामा आफू पनि सहभागी नहुने बताउनुभयो ।
मधेसी मोर्चाले आज ढल्केबरमा आमसभा गर्दैछ । आमसभामा उल्लेख्य मधेसीहरूको सहभागिता गराउने जनाइएको छ ।
सोही आमसभाका कारण प्रधानमन्त्री ओलीले बोलाएको शीर्ष नेताहरूको बैठकमा मधेसी मोर्चाका ठूला नेता नआउने भएका हुन् ।
प्रधानमन्त्री केपी ओलीले आफ्नै पहलमा कांग्रेस, मधेसी मोर्चा र सत्तारुढ दलहरूको बैठक डाक्नुभएको हो । बैठक बेलुका छ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यक्रम छ ।
dainiknepal

नयाँदिल्ली मंसिर १६ – उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन् । रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ छ ।

बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका नाका खोल्नुपर्ने बताए । दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले थापाको सम्मानमा भोज आयोजना गरेका थिए ।

भाजपा नेता विजय जोली, सांसद डिपी त्रिपाठी, डी राजा, कम्युनिस्ट पार्टीका नेता सीताराम येंचुरीलगायतका नेताहरूले थापालाई संविधानबारे जिज्ञासा राखेका थिए । भाजपाका नेताले भने मधेसीहरूको आन्दोलनको बचाउ गर्दै छिटो समाधान खोज्न आग्रह गरेका थिए ।
थापाले बुधबार विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर, समयबारे अबेरसम्म दूतावासले विस्तृतमा बताएको छैन। नयाँ पत्रिका दैनिकमा समाचार छ ।

नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो । तर, राजनीतिका कारण जनताले दु:ख पाउने स्वाभाविक हुँदैन । राजनीतिक कारण देखाएर आपूर्ति रोकिदैन । त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्, सहयोग गरिदिनुस् । यति भयो भने सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र मानवीय संकट उत्पन्न हुने भइसक्यो ।’

etajakhabar
एजेन्सी । भारतको चेन्नइमा भीषण वर्षापछिको बाढीमा परी कम्तिमा ५६ जनाको मृत्यु भएको छ । बाढीमा परी सयौं विस्थापित भएका छन् ।
भीषण वर्षाका कारण चेन्नईको जनजीवन अस्तव्यस्त भएको छ ।
बाढीमा परेकाहरुको उद्दारका लागि सरकारले सेना, नौसेना र राष्ट्रिय विपद् बल परिचालन गरेको छ ।
चेन्नईको विमानस्थल डुवानमा परेपछि मंगलबार साँझदेखि बन्द गरिएको छ । वर्षाका कारण रेल र बस सेवासमेत प्रभावित भएका छन् । शिक्षा विभागले शहरका विद्यालय तथा क्याम्पससमेत बन्दको घोषणा गरेको छ ।
भारतीय सञ्चारमाध्यमहरुले भीषणा वर्षाका कारण चेन्नईमा विद्युत् सेवासमेत बन्द भएको जनाएका छन् । मौसम विभागले आगामी ४८ घण्टासम्म पानी पर्ने अनुमान गरेको छ ।
nepalsandesh
काठमाडौं, १६ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले भारतीय राजदूतर राञ्जीत रायविरुद्ध संसदमा आवाज उठेको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।
उहाँले भारतीय प्रतिनिधिलाई संसदमा केही दलका सांसदहरूले देश निकाला गर्न माग गरेकोप्रति आक्रोश व्यक्त गर्नुभएको हो ।
‘भारतीय सरकारको प्रतिनिधिविरुद्ध संसदमा जे पनि बोल्न पाइँदैन’, अध्यक्ष यादवले चेतावनी शैलीमा भन्नुभयो, ‘भारतीय राजदूतलाई फिर्ता पठाउने कुनै कारण देखेको छैन ।’
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज (बुधबार) बिहान कुरा गर्दै अध्यक्ष रायले भन्नुभयो, ‘उहाँ भारतीय प्रतिनिधि हो ।
समस्या छ भने कुटनीतिक पहल गर्नुपर्छ । मन लागेन भनेर जे पनि गर्ने ?’ उहाँले भारतीय राजदूत रायको विरोधमा बोल्दा कुटनीतिक विषयलाई पनि ख्याल गरेर अभिव्यक्ति दिन प्रधानमन्त्री, मन्त्री, सांसद र नेताहरूलाई चेतावनी दिनुभएको छ ।
नेपालका राजनीतिक दलका नेताहरू भारतमा गएर आफ्ना स्वार्थपूर्तिका लागि लम्पसार पर्ने गरेको भन्दै यादवले भन्नुभयो, ‘अहिले मन परेन भन्दैमा भारतीय राजदूत रञ्जीत रायलाई देश निकाला गर्ने माग जायज छैन ।’
‘भारतमा गएर भारतीय नेता समक्ष यहाँको नेताहरू लम्पसार पर्ने । चाहिएको चिज लिने’, उहाँले भन्नुभयो, ‘अहिले विरोध गर्न पाइँदैन ।’
अध्यक्ष यादवले भारतीय राजदूत रञ्जीत रायका पक्षमा मधेसी मोर्चा रहेको बताउनुभयो । उहाँले भारतीय राजदूत रायको पक्षमा रहने उल्लेख गर्नुभएको छ ।
मंगलबारको संसद बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसदहरूले भारतीय राजदूत रायलाई कुटनीतिक मर्यादा विपरितका कार्य गरेको र नेपालमा राजनीतिक हस्तक्षेप गरेको भन्दै देश निकाला गर्न माग गरेर नारावाजी गरेका थिए ।
त्यसको विरोध गर्दै मधेसी मोर्चाले भारतीय राजदूतको पक्षमा अभिव्यक्ति दिएको छ ।
dainiknepal
१६ मंसिर, नयाँदिल्ली ।

उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले भारतको व्यवहारले दुई देशबीचको सम्बन्धको गलत परीक्षण भएको बताएका छन् । रोटीबेटीको सम्बन्ध भन्ने तर आपूर्ति बन्द गर्ने भारतको नियत ठीक नभएको थापाको भनाइ छ ।

बेंग्लोरबाट मंगलबार साँझ पौने आठ बजे दिल्ली फर्किएका थापाले नेपाली दूतावासमा आयोजित रात्रिभोजमा भारतीय सांसद तथा भाजपासहितका नेतालाई सम्बोधन गर्दै भारतले वीरगन्जबाहेकका नाका खोल्नुपर्ने बताए । दिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले थापाको सम्मानमा भोज आयोजना गरेका थिए ।

भाजपा नेता विजय जोली, सांसद डिपी त्रिपाठी, डी राजा, कम्युनिस्ट पार्टीका नेता सीताराम येंचुरीलगायतका नेताहरूले थापालाई संविधानबारे जिज्ञासा राखेका थिए । भाजपाका नेताले भने मधेसीहरूको आन्दोलनको बचाउ गर्दै छिटो समाधान खोज्न आग्रह गरेका थिए ।
थापाले बुधबार विदेशमन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव एस जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । तर, समयबारे अबेरसम्म दूतावासले विस्तृतमा बताएको छैन ।

नेपाल र भारतको सम्बन्ध रोटीबेटीको छ, यो सही हो । तर, राजनीतिका कारण जनताले दु:ख पाउने स्वाभाविक हुँदैन । राजनीतिक कारण देखाएर आपूर्ति रोकिदैन ।
त्यसकारण म र सरकारको एउटै धारणा छ, खुलेका नाकाबाट आपूर्ति सुचारु गरिदिनुस्, सहयोग गरिदिनुस् । यति भयो भने सोचेभन्दा बढी सहयोग हुन्छ । नत्र मानवीय संकट उत्पन्न हुने भइसक्यो ।आजको नयाँ पत्रिकामा खबर छ ।nepaliheadlines
१६ मंसिर, काठमाडौं ।

नेपाल आयल निगमले कात्तिक पहिलो साता विराटनगरस्थित विराट पेट्रोलियमसँग प्रतिलिटर १ सय ९९ रुपैयाँमा पेट्रोल र १ सय ८७ रुपैयाँमा डिजेल (करबाहेक) खरिद सम्झौता गर्यो ।

चीनसँग व्यावसायिक रुपमा पेट्रोलियम पदार्थ खरिद गर्दा करसहित पेट्रोल प्रतिलिटर १ सय ५०, डिजेल १ सय ३० रुपैयाँ पर्छ । कर छुट गर्दा पेट्रोल १ सय १५ र डिजेल ९५ रुपैयाँ । सरकार चीनसँग सम्झौता गर्न हच्किनु कर तिर्दा महँगो पर्ने हो कि भनेर हो।तर, चीनबाट कर जोडेरै पेट्रोलियम पदार्थ नेपाल भित्र्याउँदा पेट्रोल प्रतिलिटर १ सय ५० र डिजेल १ सय ३० रुपैयाँ मात्र पर्न आउँछ ।
पाँच गुणा महँगोमा किन्नु भन्दा पेट्रोलमा ४६ र डिजेलमा ४९ रुपैयाँ बढी तिर्दा सहज तरिकाले पाइन्छ भने सरकार त्यसैमा लाग्नुपर्ने विज्ञहरुले सुझाव दिएका छन्   /    nepaliheadlines
बझाङ, १६ मंसिर । जबरजस्ती करणीको मुद्दामा कारागार बसेका माझीगाउँ गाविस मेल्तडी घर भएका भरत रावलले मंगलबार आफूलाई मनपरेकी युवती गाउँबाट बोलाएर कारागारभित्रै विवाह गरेका छन्।
माझीगाउँ गाविस २ घर भएकी पूजा थापासहित दुलही र दुलाहा पक्षका आफन्त आएर भरत र पूजाको कारागारमा बिहे गरिएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
‘छोरा भरतसँग पूजाको प्रेम सम्बन्ध रहेछ’, दुलाहाका बुबा मोहनबहादुर रावलले भने, ‘फोन गरेर हामीलाई विवाहको कर्मकाण्ड गरिदिनुपर्‍यो भनेर बोलाइयो । हाम्रो संस्कारअनुसार विवाह गरिदियौं ।’
साना दुई भाइ साथमा लिएर सदरमुकाम आएकी पूजालाई आफन्तले कारागारमा लगेपछि जेलभित्रबाट भरतलाई बाहिर निकालियो र आधा घन्टामा विवाह सकियो ।
विवाह भएपछि भरतलाई पुनः जेलभित्र र दुलहीलाई बाहिर ल्याइएको थियो ।
कारागारमा भएको विवाहमा कैदी भरतले पूजाको शिरमा सिन्दुर र औंलामा औंठी लगाइदिए ।
टीकाटालो गरी ब्राह्मणले विवाह सकिएको संकेत गर्दा आफन्तले ताली बजाएका थिए ।
विवाह भई हात मिलाएर बिछोड हुँदा दुलाहादुलही दुवैका आँखा रसाए।
८ वर्षदेखि जेलमा रहेका ३० वर्षीय भरतसँग भेट्न यसअघि पनि पूजा कारागार आउने गर्थिन् ।
कारागारका जेलर राजेन्द्रबहादुर बोहराले भने, ‘उनीहरूको गाउँमा पनि चिनजान रहेछ। मन मिलेर बिहे भयो।’
केही भेटघाट र केही फोनबाट भरत र पूजाको माया गाढा भएको थियो ।
भरतको घरमा पनि बुबाआमा बूढाबूढी भएकाले कामको समस्या हुँदा विवाह गरेको उनले बताए ।
विवाहका उपलक्ष्यमा भरतका बुबाले कैदीलाई मिठाइ, फलफूल र प्रसाद दिएका थिए ।
१९ वर्षकी पूजाले श्रीमान् कारागारबाट नछुटुन्जेल घरको कामकाज गर्ने बताइन् ।
२ वर्षपछि भरतको कैद भुक्तान हुनेछ । पूजा र भरत सामान्य साक्षर हुन् ।
dainiknepal
काठमाडौं, १६ मंसिर । मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावनाका अध्यक्ष राजेन्द्र महतोबीच मतभेद बढेको छ ।
यसले आन्दोलनमा समेत असर परिरहेको निकटस्थहको बुझाइ रहेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
दुई नेताबीच एक अर्काको अस्तित्व स्विकार्न नसक्ने दम्भका कारण मनमुटाव बढ्दै गएको कार्यकर्ताहरु बताउँछन् ।
चर्को र उत्तेजक भाषण दिएर लोकप्रियता कमाउन खोज्ने महतोको बानी यादवलाई मन नपर्ने अनि आन्दोलनका क्रममा नरम भाषा प्रयोग गर्ने, राजधानी केन्द्रित बढी हुने र पहाडीसित सहकार्य गर्ने यादवको शैली महतोले मन नपराउने उनीहरु निकट स्रोतले जनाएको छ ।
dainiknepal
काठमाडौं, १६ मंसिर । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी परित्याग गरेर नयाँ शक्ति निर्माणको प्रक्रियामा लागेका डा. बाबुराम भट्टराईको भण्डाफोर गर्न कार्यकर्तालाई लिखित निर्देशन दिएका छन्।
मंगलवारदेखि सुरु भएको पार्टी केन्द्रीय समितिको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै दाहालले अचानक पार्टी परित्याग गरी नयाँ शक्तिको बहसमा लागेका भट्टराई नियोजित रुपमा अघि बढेको निष्कर्ष निकालेका छन् । नियोजितरुपमा लागेका भट्टराईबिरुद्ध लिखित रुपमै भण्डाफोर गर्न निर्देशन दिएका हुन् ।
भण्डाफोरको निर्देशन दिए पनि दाहालले सैद्धान्तिक विरोधका सन्दर्भमा व्यक्तिगत गाली गलैज, लान्छना र चरित्र हत्या गर्ने शैलीलाई नअपनाउन कार्यकर्तालार्इ निर्देशन दिएका छन्।
भट्टराईको पार्टी परित्याग आकस्मिक नभई नियोजित रूपमा भएको  दाहालको प्रतिवेदनमा उल्लेख छ। बाबुराम भट्टराईको पार्टी परित्यागको निर्णय कुनै आवेगमा आएर भूलबस गरिएको निर्णय होइन बरु नियोजित रुपमा चालिएको कदम हो, जसबाट यो निर्णयका पछाडिको गम्भीरतालाई स्पष्ट हुन्छु दाहालको निष्कर्ष आएको छ, त्यसमाथि नयाँ संविधानप्रति भारतको असन्तुष्टि र नेपालमाथि लगाइएको अघोषित नाकाबन्दी कै समय छानेर पार्टी परित्यागको घोषणा गर्नुले प्रश्न अझ गम्भीर बन्न गएको छ। नागरिक दैनिकमा समाचार छ ।
yeskathmandu
मुगु, १६ मंसिर । आफूले जन्माएका चार छोराछोरी हराएको नाटक गरी हत्या गर्ने ह्याङ्गलु–६ रिगा गाँउका नन्दबहादुर रोकायाले प्रेमिकाकै कारण छोराछोरीको हत्या गरेको खुलेको छ ।
असोज ९ गते हराएको नाटक गरेका रोकायाले सोही दिन बिहान चार बजे श्रीमती पिरल सल्लाको पात लिन मेलामा गएको मौकामा सुतिरहेका चारैजना छोराछोरीलाई खरीको फल खानेभन्दै उठाएर ज‌ंगलमा लगेर हत्या गरेको अन्नपूर्ण दैनिकले समाचार छापेको छ ।
उनले ९ वर्षीया छोरी सुन्तली रोकाया, छ वर्षका छोरा युवराज रोकाया, ४ वर्षकी छोरी विपना रोकाया र २ वर्षका छोरा दिप रोकायालाई हत्या गरी बारीको डिलमा खाल्डो खनेर मार्नुको कारण प्रेमिका रहेको स्रोतको दाबी छ ।
dainiknepal
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर १६ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर २ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– सप्तमी, २६:०९ बजेउप्रान्त अष्टमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiनयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा पनि आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अनावश्यक वादविवादमा परिने समय भएकाले सजग रहनुपर्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। नयाँ काम सुरु गर्ने समय छ। स्वादिष्ट खानपानको आनन्द उठाउन पाइनेछ। परिस्थिति बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ। विवादबाट टाढै रहनुहोला। टाढिएका आफन्तको यादले पिरोल्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि थोरै फाइदा हुने समय छ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ। सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती भने सामना गर्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअधैर्यपनाले चिन्ता र खर्च बढाउन सक्छ। तापनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ।
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर १६ गते। बुधबार। इश्वी सन् २०१५ डिसेम्बर २ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– सप्तमी, २६:०९ बजेउप्रान्त अष्टमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसमयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiनयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा पनि आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। अनावश्यक वादविवादमा परिने समय भएकाले सजग रहनुपर्नेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्ये धन आर्जन होला। नयाँ काम सुरु गर्ने समय छ। स्वादिष्ट खानपानको आनन्द उठाउन पाइनेछ। परिस्थिति बुझ्न नसक्दा केही अप्ठ्यारोमा परिनेछ। विवादबाट टाढै रहनुहोला। टाढिएका आफन्तको यादले पिरोल्न सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoअवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि थोरै फाइदा हुने समय छ। बेलामा होस नपुर्याउँदा केही अप्ठ्यारा चुनौती आउन सक्छन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुनेछ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा सामान्य र नोकरी तथा व्यापारमा प्रशस्त लाभ हुने योग छ। सञ्चित रकमको उपयोगले पनि फाइदै दिलाउनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioकामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि विशेष काममा जग बसाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusधर्ममा श्रद्धा र परोपकारमा मन जानेछ। स्वास्थ्यमा भने कमजोरी अनुभव हुनेछ। सानातिना काममा अल्झनुपर्दा आफ्ना योजना समयमा सम्पादन नहुन सक्छन्। आशा देखाउनेहरूको भरपर्दा धोका पाइनेछ। चुनौतीपूर्ण कामको दायित्वले कठोर निर्णय गराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। सफलता भने न्यून मात्र हातलागी हुनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। शुभचिन्तकहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। केही चुनौती भने सामना गर्नुपर्ला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअधैर्यपनाले चिन्ता र खर्च बढाउन सक्छ। तापनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ।

काठमाडौँ, १५ मङ्सिर । मानवअधिकार तथा शान्ति समाजले ६७औँ विश्व मानवअधिकार दिवसका अवसरमा ‘नाकाबन्दी मानवताविरुद्धको अपराध हो, नाकाबन्दी मानवअधिकारमाथि कुठाराघात हो’ भन्ने नाराका साथ आजदेखि १० दिने विशेष अभियान सुरु गरेको छ ।
जोरपाटीबाट सुरु भएको सो अभियानमा नेपालमाथि लगाइएको नाकाबन्दी तत्काल अन्त्य गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गर्दै हस्ताक्षर सङ्कलन गरिएको हो ।
कार्यक्रममा समाजका संस्थापक सभापति कृष्ण पहाडीले भारतले नेपालविरुद्व लगाएको नाकाबन्दी इतिहासकै लज्जास्पद घटना भएको र भारतजस्तो मुलुकले यस्तो कार्य गर्नु अशोभनीय भएकाले यसको अन्त्य गर्न माग गर्नुभयो ।
कार्यक्रममा समाजका सभापति गङ्गाधार अधिकारी, कोषाध्यक्ष रेणुका पौडेल, समाजसेवी गोविन्द घिमिरे ‘वेदमणि’, कृष्णजी खड्का, सामाजिक कार्यकर्ता गोपाल बराल, डा सुवास प्याकुरेल, कोमला लामिछाने, कुमारमणि गजुरेललगायतले भारतले नेपालमाथि लगाएको नाकाबन्दी मानवताविरोधी रहेको भन्दै तत्काल यसको अन्त्य गर्न माग गर्नुभयो ।
सोही अवसरमा बुधबार जावलाखेलमा हस्ताक्षर सङ्कलन र बिहीबार भारतीय दूतावासअगाडि धर्ना दिने कार्यक्रम रहेको बताइयो ।
dainiknepal
जाकार्ता (इन्डोनेसिया), १६ मङ्सिर । इन्डोनेसियाली छानविन टोलीले गएको डिसेम्बर २८ मा इन्डोनेसियाबाट सिङ्गापुरका लागि उडेका एअर बस ए–३२० उडेको विमान दुर्घटना राडर प्रणालीमा समस्या भएको कारण भएको यहाँको राष्ट्रिय यातायात तथा सुरक्षा समितिले मङ्गलबार बताएको छ ।
समितिले विमान दुर्घटनाबारे छाविन गर्न बनएको समितिको सदस्यहरुले राडर प्रणालीमा समस्या आएपछि विमान चालकद्वारा दिएको सूचनाका बारेमा प्रणालीबाट जवाफ नआएपछि केही क्षणपछि इन्डोनेसियाको जाभा इलाकामा दुर्घनाग्रस्त भएको बताए ।
विमानको फइलट ८५०१ को ‘डाटा रेकर्डर’को समीक्षा पश्चात् छानविन टोलीले विमानको रार्डर प्रणालीमा समस्या भएपछि सूचना आदानप्रदानमा कठीनाई भएको र पछि विमान दुर्घटना हुन पुगेको बताएको हो ।
विमान मर्मत रेकर्डबाट यसको रार्डर प्रणालीमा एक वर्षको अवधिमा २३ पटकसम्म समस्या आएको थाहा हुन आएको बताइएको छ ।
विमान दुर्घटनामा खराब मौसमको कुनै भूमिका नदेखिएको अनुसन्धानकर्ताहरूरले दाबी गरको छन् ।
dainiknepal
काठमाडौं । नेपालमा कुटनीतिक पहल गर्न नसकेको आरोप लाग्दै आएका भारतीय राजदुत रणजित रायलाई भारतले फिर्ता बोलाउने तयारी गरेको छ ।
रायलाई नेपालबाट फिर्ता पठाउन आवाज उठिरहेका बेला उनलाई भारत सरकारले परराष्ट्र मन्त्रालयमा जगेडामा रहनेगरि फिर्ता बोलाउने तयारी गरेको हो ।
भारतले विदेश मामलामा आलकाचो ब्यावहार गरेको, आफ्नो नीति विपरित नेपालमा काम गर्न नसकेको र भारत विरोधी गतिविधि बढ्दा पनि चुपचाप बसेको भन्दै उनलाई कारबाही गर्न लागेको हो ।
नेपाल डेस्कका प्रमुख अभय ठाकुरले रायलाई नेपालमै केही समयउ रहन दिनुपर्ने अडान राखेपनि विदेश सचिव एस जयशंकरले भने उनलाई तत्काल फिर्ता बोलाउने पहल थाल्न ठाकुरलाई निर्देशन दिएको बताइएको छ ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराज पनि रायलाई केही समय नेपालमै रहन दिनुपर्ने पक्षमा रहेकी बताइएको छ । तर, विदेशसचिव जयशंकरको अडानकापछि उनको पनि केही नचल्ने भएकाले रायको फिर्ताहुने समय नजिकिदैगएको बताइउको छ ।
nepalsandesh
काठमाण्डु, १५ मंसिर– भारत र उसका छिमेकीसँगको सम्बन्धका विषयलाई लिएर दक्षिण एसियामा पछिल्ला वर्ष निकै
ठूला र गम्भीर बहसहरु शुरु भएका छन् ।
भारतले लिएको छिमेकी राष्ट्रप्रतिको परराष्ट्र नीति र त्यसले पार्ने प्रभावले दक्षिण एसियामात्र होइन, समग्र
एसिया र विश्वलाई नै प्रभाव पार्ने भएकोले उसँग जोडिएका छिमेकी देशहरु निकै कमजोर र निकै शक्तिशाली भएको
प्रमाणित समेत यसले गर्छ ।
यसै सन्दर्भमा भारतले छिमेकी मुलुकसँग राख्ने सम्बन्ध र त्यसको प्रभावले कति अर्थ राख्छ भन्ने कुरा विगतका तथ्यपरक
इतिहासतर्फ पनि ध्यान दिनु आवश्यक छ ।
सन् १९७५ मा आफ्नो सानो छिमेकी सिक्किमलाई भारतमा बिलय गराउँदा भारतले त्यहाँ दशकौं वर्ष आफ्ना सामरिक
रणनीतिहरुलाई प्रयोग गरेको थियो ।
७० को दशकमा सिक्किममा प्रमुख कार्य सञ्चालक नियुक्त भएर सिक्किमलाई भारतमा विलय गराउन मुख्य भूमिका
खेलेका भारतका वरिष्ठ कुटनीतिज्ञ विएस दास आफ्नो संस्मरणात्मक पुस्तकमा लेख्छन् : ‘वास्तवमा सिक्किमलाई
भारतमा विलय गराउँदा त्यहाँका तत्कालीन राष्ट्र प्रमुख चोग्यालले जति राष्ट्रियताका मुद्धा उठान गरे, त्यतिनै
हाम्रा छिमेकी चीन, पाकिस्तान र नेपालले पनि स्वतन्त्र सिक्किमको नाराको पक्षमा बोलेका थिए तर त्यसको
वास्ता नगरी डराई–डराई भारतले सिक्किमलाई आफ्नो अधिनमा लियो ।’
विएएस दासको यो अभिव्यक्तिले पनि भारत आफ्नो कुशल रणनीतिका साथ छिमेकीहरुलाई आफ्नो कब्जामा लिन
चाहान्छ ।
उनले त्यसबेला नेपाल र भारतको सम्बन्धका बारेमा पनि लेखेका छन्ः ‘सिक्किम भारतमा बिलय हुँदै गर्दा त्यसबेला
काठमाण्डुमा नयाँ राज्यभिषेकको कार्यक्रम चलिरहेको थियो ।
त्यहाँ नयाँ राजा आइरहेका थिए । त्यसबेला काठमाण्डुले दिल्लीलाई ठूलो चुनौती दिएको थियो, सिक्किमलाई
भारतमा विलय गर्नु हुँदैन, उसको आफ्नो स्वतन्त्र अस्तिव छ भनेर काठमाण्डु, बेइजिङले ठूलो अडान राखेका थिए ।
राज्यभिषेक कार्यक्रममा चोग्याललाई सिक्किमको राष्ट्रप्रमुखको रुपमा निम्ता गरिएको थियो ।
यसले दिल्लीलाई ठूलो डर थियो । कतै चोग्यालले काठमाण्डुमा नेपाल र चीनसँग मिलेर ठूलै योजना त बनाउँदैनन् । तर
उनले त्यसो गरेनन् । अन्तमा सजिलै भारतले सिक्किमलाई भारतमा बिलय गराउन सफल भयो ।’ दासको भनाईमा त्यसबेला
भूटान तटस्थ बसिदिनाले उ जोगिएको थियो ।
उनको भनाई अनुुसार सिक्किमनै भुटानबाट भित्रिएका लेप्चा, भुटानी र ७० प्रतिशतको हाराहारीमा रहेका
नेपालीहरुले बनेको राज्य भएकोले भुटानी, लेप्चा र नेपालीहरुको शक्ति सन्तुलनलाई मिलाउँदै उसले रणनीति बनाएको
थियो ।
उनले भनेका छन्ः ‘सिक्किमको अस्तित्व समाप्त हुनुमा काजी लेण्डुप दोर्जी मात्र होइन, उनकी बेल्जियम पत्नी,
चोग्यालकी अमेरिकन पत्नी र तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीको इन्ट्रेष्टले पनि महत्वपूर्ण भूमिका
खेलेको थियो । यी ३ जना महिलाहरुले सिक्किम भारतमा बिलय गराउनमा ठूलो भूमिका खेले ।
गान्धी भन्दा बाहेकका यी दुई नारीलाई सिक्किमको प्रथम महिला बनेर बस्न ठूलो रहर थियो र यिनीहरु निकै
बौद्धिक पनि थिए तर यिनीहरु पनि अन्तमा प्रयोग हुन पुगेका थिए । जनताको मुद्धा स्थापित गर्ने नाममा काजी
लेण्डुपलाई कठपुतली नेता बनाउन भारतले ठूलो उर्जा खर्च गर्नुपरेको दासले स्वीकारेका छन् ।
–प्रस्तुतिः रंगलाल रिमाल
काठमाण्डु टुडे बाट
मंगलबार, १५ मंसिर
काठमाडौं । भारतले मधेस आन्दोलनका अगुवा नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको विश्वास नभएको भन्दै उनीमाथि गोप्य छानबीन थालेको स्रोतले बताएको छ । भारतीय राजदुतावासले महतोको नियतमाथि प्रश्न उठाउँदै उनीमाथि छानबीन थालेको स्रोतको दाबी छ ।
मधेस आन्दोलनभर राजधानी नआएका र मधेसको मागमा अडीग रहेका महतो राजनीतिक रुपमा निकै चलाख खेलाडीका रुपमा चिनिन्छन् ।
उनले भारतका विभिन्न राजनीतिक दलहरुलाई समेत सन्तुलनमा राख्न सफल भएका छन् । तराईका नेता भएपछि भारतीय राजनीतिक दलहरुसँग सम्बन्ध हुनु स्वभाविक भएपनि राजेन्द्रको पछिल्लो गतिविधिले आफुहरुलाई बेफाइदा भएको ठहर गर्दै भारतीय सरकारको नेतृत्वकर्ता भाजपाले उनको नियत प्रष्ट नभएको भन्दै उनीमाथि विशेष निगरानी राख्न निर्देशन दिएको बताइन्छ ।
राजनीतिक रुपमा उनी उपेन्द्र यादव र महन्थ ठाकुर जस्तो लिच्चड नबन्ने स्वभावका भएका र मधेस आन्दोलन टुंग्याउन उनी निकै आतुर भएका कारण भारतले आफ्नो स्वार्थ पुरा गर्न उनलाई प्रयोग गर्न समस्या पर्ने निश्कर्ष निकालिसकेको बताइन्छ ।
महतो राजनीतिमा निकै चलाख रहेको र परिस्थिति अनुसार चल्न सक्ने खुबी भएकाले उनले जारी वार्तालाई जसरी पनि निश्कर्षमा लान आफ्ना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णलाई भन्दै आएका छन् ।
महतोले भारतको स्वार्थ भन्दा मधेसमा रहेका नेपालीको स्वार्थलाई बढी जोड दिएको भन्दै भारतले उनको गतिविधि आफु अनुकुल हुन छाडेको निश्कर्ष निकालेको हो ।
महतो भन्दा यादव र ठाकुरले आफुहरुलाई बढी सहयोग गर्ने उताको विश्वास रहेको स्रोतको दाबी छ । यसकारण पनि अहिले महतोलाई भन्दा यादव र ठाकुरलाई भारतले बढी विश्वास गर्न थालेको बताइन्छ ।
nepalsandesh
युएई, १ डिसेम्बर । युएईको अल ऐनमा कार्यरत गोरखा फुजेल ३ का स्थायी घर भएका कृष्णप्रसाद पोखरेलको गत शनिबार ओछ्यानमा आराम गरिरहेको अबस्थामा मृत्यु भएको छ ।
अन्दाजी ३३ वर्षीय पोखरेलको शनिबार मध्यान्ह आफ्नै ओछ्यानमा मृत्यु भएको हो । नाइट ड्युटी भएका पोखरले शनिबार ड्युटी सकिएपछि अर्का एकजना नेपाली साथीसंग किनमेलका लागि अल ऐन सिटि पुगेका थिए ।
किनलेम सकेर बिहान १०ः३० बजे कम्पनीको निवासमा पुगेका उनको सोही दिन मध्यान्ह मृत्यु भएको हो ।
मोबाइलमा कुरा गर्दै आफ्नो कोठा छिरेका पोखरेललाई कम्पनीमा संगै काम गर्ने नेल्सन ड्युटी ब्रेक भएर मध्यान्ह १ बजे रूममा आउँदा असामान्य भेटेपछि कम्पनीका हेल्थ एण्ड सेफ्टी अफिसरलाई खबर गरेका थिए ।
प्रत्यक्षदर्शी नेल्सनले प्रहरीलाई दिएको बयानअनुसार मृतक पोखरेल आफ्नो बेडमा सिरानीमा अडेस लागेर कानमा मोबाइलको हेड फोन लगाई हातले मोबाइल च्यापेको अबस्थामा थिए ।
कम्पनीका अफिसरले खबरगरे पश्चात अस्पताल लैजान आइपुगेको एम्बुलेन्स टिमले झन्डै २० मिनेट पोखरेलको परीक्षणगरे पश्चात उनको मृत्यु भइसकेको जनाएपछि उनले प्राण त्यागेको थाहा भएको छ ।
घटना लगत्तै आएको प्रहरीले मृतक पोखरेलको मृत शरीरलाई अल ऐनको जिमी अस्पताल पुगाएको थियो ।
हाल मृतकको शव सोही अस्पतालमा रहेको छ । उक्त अस्पतालले शव परीक्षण पश्चात पोखरेलको मृत्यु प्राकृतिक (नेचुरल डेथ) भएको रिपोर्ट प्रहरीलाई दिएको छ ।
घटनालाई नजिकबाट नियालिरहेका समाजसेवी गोबिन्द ढकालले पोखरेलको मृत्युपछिका सम्पूर्ण प्रकृयामा प्रत्यक्ष संलग्न रही सहजता प्रदान गर्दै आइरहेका छन् ।
मंगलबारबाट यूएईमा ५ दिन लगातार बिदा परेकाले मृतकको शव नेपाल पठाउन कम्तिमा एकसाता लाग्ने अनुमान गरिएको छ ।
पोखरेल बैदेशिक रोजगारीका लागि ३ वर्षअघि यूएई आएका थिए । एक छोरा र एक छोरीकी पिता रहेका उनी क्याटरिङ कम्पनीमा चपाती मेकरको रुपमा कार्यरत थिए ।
कम्पनीले सम्पूर्ण प्रकृया पूरा गरी आवस्यक कागजातका लागि चाडै नेपाली राजदूतावास आबुधाबी जाने बताएको ढकालले जानकारी दिएका छन् ।
dainiknepal
मंगलबार, १५ मंसिर
मधेस आन्दोलन र थरुहट आन्दोलनका नाममा करिब ५० जनाले ज्यान गुमाएका थिए । नेपाल प्रहरीका डिआइजी लक्ष्मण न्योपाने सहित ८ जना प्रहरीको हत्या भएपश्चात् प्रहरीले हत्यामा संलग्नमाथि कारबाही पनि थालेको छ ।
तर, अहिले हत्या आरोपमा पक्राउ परेकाहरुलाई विनासर्त रिहाइको माग गर्दै आन्दोलनकारीहरुले वार्ताको सर्त बनाउन थालेका छन् ।
आन्दोलनकारीहरुले यस्तो बटमलाईन बनाउदा निर्दोशमाथि भएको अन्याय ओझेलमा नपर्ला भन्न सकिदैन । टिकापुर घटना हुँदा आन्दोलनको अगुवाई गरेका नेता रामजनम चौधरी यतीबेला नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।
तर, उनी स्वास्थ्य मन्त्री बनेको अवस्थामा आम जनता औषधि अभावमा ज्यान गुमाउनुपर्ने अवस्थामा पुगेका छन् । यता केही समयदेखि साम्य भएको थरुहट आन्दोलन पुन ब्युत्याउने काम सुरु हुन लागेको छ ।
थरुहटका नाममा विभिन्न स्वार्थ समुहहरुले चलखेल गर्न थालेको टिकापुरका थारु समुदायकै अगुवाहरुले बताउन थालेका छन् ।
टिकापुरमा भएको नरसंहारपश्चात् राज्य जुन रुपमा संवेदनशील हुनुपर्ने थियो, त्यो हुन नसक्दा यस्तो अवस्था आउन लागेको छ ।
सरकारले आन्दोलनकारीका जायज माग पुरा गर्न पनि सकिरहेको छैन भने आन्दोलनकारीहरु पनि अब फेरि ध्यानाकृष्ट हुनेगरि आन्दोलन नगर्दासम्म सुनुवाई नहुने निश्कर्षमा पुगेका छन् ।
अखण्डताको आन्दोलन पनि उत्तीकै चर्चामा छ । कांग्रेस, एमाले र एमाओवादीकै शीर्ष नेताहरुका कारण अखण्डताको आन्दोलन पनि चर्कने अवस्थामा छ ।
संघीयताको रहर पनि गर्ने अनि अखण्डताको बहस पनि गर्ने राजनीतिक परिपाटीका कारण फेरि जनताले दुःख पाउन थालेका हुन् ।
टिकापुरको घाउ सेलाउन नपाउँदै मधेसका अन्य जिल्लाहरुमा पनि सल्कीएको संघीयताको आगो निभाउनकालागि दुवै पक्ष लचक हुन सकेका छैनन् ।
यदी संघीयताको साँचो कार्यान्वयन गर्नेहो भने अखण्डताको नारा लगाउन छाड्नुपर्छ । अनि जिल्ला खारेजी गरेर सिंगो नेपाललाई एक मानी विभाजन गर्दा उपयुक्त हुने देखिन्छ ।
महेन्द्रीय राष्ट्रवादको विरोध गर्ने अनि त्यसकै आधारमा खण्ड र अखण्डको नारा घन्काउने परिपाटी नै समस्याको जड हो ।
कैलाली र आसपासका क्षेत्रमा फेरि आन्दोलन गरि उपद्रो मच्चाउन खोज्नेहरुसँग बेलैमा सचेत रहनुपर्ने आवश्यकता छ ।
अनि तराई मधेसका अन्य जिल्लामा भैरहेका निषेधको राजनीतिलाई पनि शान्तिपुर्ण समाधान खोज्न सकिएन भने यसले फेरि टिकापुर नदोर्याउला भन्न सकिदैन। बेलैमा सबैको ध्यान जाओस् ।
nepalsandesh
क्यानबेरा, १५ मंसिर । नेपाली समूदायका अगुवाहरुको एक टोलीले आज अष्ट्रेलियाको क्यानबेरामा पुगी विपक्षी लेबर पार्टीको शीर्ष नेतृत्वसँग भेट गरेको छ ।
टोलीले छायाँ विदेशमन्त्री एवं लेबर पार्टीकी उपनेता तान्या प्लीवरसेक, छायाँ अर्थमन्त्री क्रिश ब्राउन, छायाँ अध्यागमन मन्त्री रिचर्ड माउथ, छायाँ नागरिकता तथा साना उद्योग मन्त्री मिशेल रोल्याण्ड, सिनेटर सेम डेस्नेवरी, एमपी जुलिया वेनसँग छुट्टाछुट्टै भेट गरेको हो ।
यसक्रममा नेपाली टोलीले भूकम्पको बेलामा अष्ट्रेलिया सरकारले नेपालमा गरेको सहयोगका निम्ति आभार व्यक्त गरेको थियो । यसैगरी पुननिर्माणमा समेत अष्ट्रेलियाको महत्वपूर्ण सहयोग हुनुपर्ने आग्रह समेत गरेको छ ।
टोलीले हाल देशमा भारतीय अघोषित नाकाबन्दीका कारण मानवीय संकट आउन लागेको भन्दै यसमा अन्तर्राष्ट्रिय समूदाय चुप लागेर बस्न नहुने बताएको थियो । ‘नेपालमा हाल चलिरहेको भारतीय अघोषित नाकाबन्दीको विषयमा जानकारी गराउँदा अधिकांश उच्च नेतृत्व यस विषयमा जानकार नभएको पायौं । हामीले यस विषयमा सबै यथार्थ बताएर सम्भव भएसम्मको कुटनीतिक पहल गरिदिन आग्रह गरेका छौं,’ भ्रमण टोलीका एक सदस्य एवं एनआरएनका पूर्वअध्यक्ष महेन्द्र ओलीले दैनिक नेपाललाई भन्नुभयो– ‘बिहीबार नाकाबन्दीको विरोध गर्दै नेपाली समूदायले संसद भवन अगाडि प्रदर्शन गर्न लागेको विषयमा पनि हामीले जानकारी दिएका छौं ।’
यसैगरी लेबर पार्टीको उच्च नेतृत्वसँगको भेटमा नेपाली टोलीले भारतस्थित अष्ट्रेलियन उच्चआयोगबाट दिइँदै आएको नेपालीलाई भिसा दिने प्रक्रिया नेपालकै दूतावासबाट गर्ने व्यवस्था मिलाउन माग गरेको छ । यस्तै, नेपाली विद्यार्थीहरुमा बढ्दै गएको सम्बन्ध विच्छेद गर्ने समस्यालाई सम्बोधन गर्न र सम्बन्ध विच्छेदपछि आएका विभिन्न समस्यालाई न्यूनिकरण गर्न पनि विशेष कार्यक्रम ल्याउन टोलीले माग राखेको छ । नेपाली टोलीले राखेका विभिन्न माग र जिज्ञासाको जवाफमा यी विषयलाई सम्बन्धित तहमा थप छलफल गरिने आश्वासन दिइएको छ । यस्तै, भूकम्पपछिको पुनर्निर्माणका लागि निकै चाँसो रहेको र उच्चस्तरीय भ्रमणको ईच्छा समेत व्यक्त भएको छ ।
बिहीबार एनआरएनले संसद भवन अगाडि प्रदर्शन र लिबरल, लेबर पार्टी लगायत विभिन्न निकाय र नियोगमा ज्ञापन बुझाउने कार्यक्रमको पूर्वसन्ध्यामा तपाईंहरुको यो भेट तय भएको हो ? भन्ने प्रश्नमा ओलीले भन्नुभयो– हाम्रो भेट पहिले नै तय भइसकेको थियो, मलाई लाग्छ यो भेटले बिहीबारको कार्यक्रमलाई थप मद्दत गर्नेछ ।’
टोलीमा एनआरएनका पूर्व अध्यक्षहरु गोबा कटुवाल, महेन्द्र ओली, गणेश केसी, एनआरएन आईसीसी सदस्य भूमादेवी लिम्बु, भरत पन्त, प्रेम सापकोटा, कृष्ण गिरी लगायतको सहभागिता थियो ।
dainiknepal
इलाम, १५ मङ्सिर । नेपाली काङ्ग्रेसका नेता नरहरि आचार्यले आफ्नो पार्टीले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रक्रियालाई अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
यहाँ आज आयोजित कार्यकर्ता भेटघाटका अवसरमा नेता आचार्यले संविधानप्रति असन्तुष्ट दललाई समेत वार्ताको माध्यमबाट संविधान संशोधन प्रक्रियामा सहभागी गराउनुपर्ने बताउनुभयो ।
नेपालमा भारतले गरेको अघोषित नाकाबन्दीका कारण समस्या सिर्जना भइरहेकाले काङ्ग्रेसले समेत नाकाबन्दी हटाउनका लागि विशेष पहल गरिरहेको उहाँले बताउनुभयो
dainiknepal
मुम्बई । भारतमा नरेन्द्र मोदी नेतृत्वको सरकार आएपछि असहिष्णूता बढेका भन्दै अहिलेसम्म ४० जना कलाकार आफ्नो अवार्ड फिर्ता गरेर विरोध जनाएका छन् ।
मोदी सरकारका एक जना मन्त्रीलाई संसदमा सोधिएको प्रश्नमा उनले लेखक र कलाकार गरी ४० जनाले सरकारलाई अवार्ड फिर्ता गरेको बताए । संसदमा जवाफ दिने मोदी सरकार संस्कृति मन्त्री महेश शर्मा हुन् ।
उनले हाल देशमा भएका घटनाले असहिष्णूता बढेको भन्दै अधिकांशले सोही कारण अवार्ड फिर्ता विरोध जनाएको बताए । यस्त्रै मन्त्री शर्माले कलाकारको सरकारले पूर्ण सुरक्षा गरिने र सरकारको विरोधमा अवार्ड फिर्ता नगर्न आग्रह गरे ।
मन्त्री शर्माका अनुसार ३९ जना लेखकहरुले आफ्नो साहित्य अकादमी अवार्ड फिर्ता गरेका छन् भने, एक जना कलाकार आफ्नो ललित कला अकादमी अवार्ड फिर्ता गरेका छन् ।
भारतको राजधानी दिल्लीमा गाइको मासु घरमा राखेको आरोप एक मश्लीमको गाउँलेले हत्या गरेपछि (जसलाई दादरी काण्ड भनिन्छ) भारतमा असहिष्णूताको हावा फैलिएको थियो । त्यसपछि कलाकारले प्रधानमन्त्री मोदीलाई नै भेटेर अवार्ड फिर्ता गरेका थिए । (एजेन्सीको सहयोगमा)
dainiknepal
१५ मसिर, काठमाडौं ।
तराई मधेसमा तीन महिनादेखि जारी आन्दोलन समाधान गर्नको लागि प्रधामन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आन्तरिक गृह कार्यमा केन्द्रीत भएका छन् ।


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे मागका बारेमा छलफल गर्नको लागि पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले स्थायी समितिको बैठक बोलाएका छन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा मधेसी मोर्चाले राखेको सीमाकंन लगायको विषयमा छलफल केन्द्रीत हुने एमाले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले बताए ।

त्यसैगरी मोर्चाको माग सम्बन्धन गर्नको लागि एमाओवादीले दिउसो दुई बजेबाट केन्द्रीय समितिको बैठक बोलाएको छ । बाबुराम भट्टराईले पार्टी छोडेर गएपछि बस्न लागेको बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको छ । बैठकको तयारीको लागि प्रचण्डले लाजिम्पाटमा स्थायी समितिका नेताहरुसंग आन्तरिक छलफल गरेका छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि मधेसी मोर्चाले अगाडि सारेको ११ बुँदे प्रस्तावको बारमा धारणा बनाउनको लागि पदाधिकारीको बैठक बोलाएको छ । कोइराला निवास महारागन्जमा पदाधिकारी बैठक बस्न लागेको हो ।
sajhapatrika भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १५ मंसिर । भारतीय लोकसभामा नेपालमाथी लगाइएको नाकाबन्दीका बिषयमा छलफल गर्न सभामुख सुमित्रा महाजनले रोक लगाएकी छिन् । बैठक सुरु भएकै दिन कांग्रेसआई र आरजेडी सांसदहरुले नेपालमा भारतबिरोधी सेन्टिमेन्ट बढेको भन्दै लोकसभामा कुरा राखेका थिए ।
आरजेडी र कांग्रेस सांसदहरुको मागलाई खारेज गर्दै सभामुख महाजनले सुचिमा नभएका कारण नेपालबारे छलफल गर्न नसकिने बताएकी थिइन । नेपाल मामिलाबारे विपक्ष सांसदहरुले सरकारको धारणा मागेका थिए । तर सभामुख महाजनले छलफल गर्न प्रतिबन्ध लगाएकी थिइन ।
बैठक सुरु भएलगतै आरजेडी सांसद राजेश राजन र कांग्रेस सांसद भिरप्पा मोइलीले कुरा उठाएका थिए । सरकारलाई घेर्ने उदेश्यका साथ विपक्ष सांसदहरुले नेपाल मामिलाको कुरा उठाएपनि सभामुखले प्रतिबन्ध लगाएकी थिइन ।  yeskathmandu
मुम्बई । बलिउड अभिनेता सलमान खानलाई ‘हिट एण्ड रन’ केशमा ठूलो झट्का लागेको छ ।
मुम्बई उच्च न्यायालयले सोमबार सलमानको गरेको बिन्ति खारिज गरिदिएपछि उनलाई ठूलो झट्का लागेको हो । उनले २००२ मा भएको ‘हिट एण्ड रन’ केशमा आफ्ना साथी र गायक कमाल खानलाई साँची र बयानका लागि बोलाउन अदालतसामू विन्ति गरेका थिए ।
तर, उक्त विन्ति अदालतले खारेज गरिदिएपछि उनी संकटमा परेका हुन् । यससँगै अब सलमानको जेल जाने सम्भावना फेरि बढेको छ । सलमानका वकील अमित देसाईले भनेका छन्– सलमानको मुद्दा हर्दै आएका न्यायाधीश एआर जोशीले सलमानको बिन्ति अदालतले अस्वीकार गरेको फैसला सुनाएका छन् ।
यसअघि सलमानलाई तल्लो अदालतले पाँच वर्षको जेल सजाय सुनाएको थियो तर, हाई कोर्टले उनको बचाउ गर्दै तारेखमा रिहा गरेको थियो । अहिले पनि उनको मुद्दा चलिरहेको छ । यो मुद्दाको सुनुवाई आज पनि जारी रहेको छ
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home