• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१० माघ, काठमाडौं ।

नयाँ शक्ति अभियानले केहीबेरमा नयाँ राष्ट्रिय परिषद घोषणा गर्दैछ । काठमाडौंको बानेश्वरस्थित इन्द्रेडी कम्प्लेक्समा एक कार्यक्रम गरी बाबुरामले नयाँ शक्ति राष्ट्रिय परिषदको घोषणा गर्दैछन् ।

बाबुरामको नयाँ शक्तिमा कतिपय अनुमान नगरिएका अनुहार समेत समावेस हुन लागेको बुझिएको छ । आज हुने कार्यक्रममा नयाँ शक्तिको राष्ट्रिय महाधिवेशन र पार्टी घोषणाको समेत मिति तोकिने सम्भावना छ ।




आजको कार्यक्रममा पूर्व अर्थसचिव रामेश्वर खनाल औपचारिकरुपमा नयाँ शक्तिमा प्रवेश गर्ने र सोही कार्यक्रममा पूर्व माओवादी हुँदै बाम विश्लेषक सम्म बानेका मुमाराम खनाल र अभिनेता सरोज खनाल समेत प्रवेश गर्ने छन् ।nepaliheadlines
आइतबार, १० माघ
एजेन्सी । पछिल्लो समयमा आतंकवादी संगठनहरुको निशानामा पर्दै आएको भारतमाथि फेरि अर्को धम्की आएको छ ।
यसै क्रममा  मुम्बईको छत्रपति शिवाजी अन्तराष्ट्रिय विमानस्थल बमले उडाइदिने धम्की आएको हो । यस्तो धम्कीसँगै सो क्षेत्रको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ ।
शनिबार साझ ५ बजे अज्ञात व्यक्तिले फोन गरी विमानस्थल बम हानेर उडाइदिने धम्की दिएको हो ।
अज्ञात नम्बरबाट आएको उक्त फोनमा आगामी फेब्रुअरी २ भित्रै मुम्बईस्थित विमानस्थलमा बम आक्रमणको धम्क दिइएको आजतकले जनाएको छ ।
त्यसलगत्तै मुम्बईमा उच्च सुरक्षा सतर्कता अपनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मुम्बई एयरपोर्ट कन्ट्रोल रुपमा फोन गरेर धम्की दिएको भारतीय प्रहरीले पुष्टि गरेको छ ।
भारतले गणतन्त्र दिवसको समयमा आतंकवादी आक्रमण हुनसक्ने भन्दै यसअघि देखि नै शंकास्पद व्यक्तिहरुमाथिको निगरानी कडा बनाएको छ ।
nepalsandesh
माघ १०, २०७२- प्रमुख विपक्षी कांग्रेसको मुख्य अडानका कारण संविधान संशोधन विधेयकमा परिमार्जन गर्न सत्तारूढ घटक सहमत भए । मधेसी मोर्चासँग सहमति नभएपछि सरकारको नेतृत्व लिएको एमाले मूल विधेयकलाई पारित गर्नुपर्ने पक्षमा थियो । तर, कांग्रेसले मूल विधेयकमा परिमार्जन गर्नुपर्ने अडान छाडेन । कांग्रेसकै झन्डै आधा दर्जन सांसदले मूल विधेयकमाथि नै संशोधन हालेका थिए । तीमध्ये विमलेन्द्र निधि, मीनेन्द्र रिजाल र फरमुल्ला मन्सुरको संशोधनमाथि मुख्य दलहरूबीच लामो समय छलफल चलेको थियो ।


मोर्चा वार्ताबाट टाढिएपछि तत्कालीन सरकारले प्रस्तुत गरेको विधेयकलाई यथास्थितिमा पारित गर्ने या परिमार्जन गर्ने भन्नेमा संविधान निर्माणमा सहकार्य गरेका कांग्रेस, एमाले र एमाओवादीबीच फरक अडान थियो । कांग्रेसले मधेसी मोर्चालाई मान्य हुने गरी विधेयक परिमार्जन गर्नुपर्ने धारणा राख्दै आएको थियो । आफ्नै पार्टीको नेतृत्वको सरकारले संविधान संशोधन प्रक्रियालाई अघि बढाएकाले त्यसलाई टुंगोमा पुर्‍याएको जस पनि कांग्रेस लिन चाहन्थ्यो । सरकारको नेतृत्वमा रहेको एमालेले पनि मधेस समस्या समाधानको जस आफैं लिन चाहन्थ्यो ।

एमालेले लामो समयदेखि तराई–मधेसमा जारी आन्दोलन अन्त्य हुने र भारतको अघोषित नाकाबन्दी पनि हट्ने विश्वासकै कारण पूर्ववर्ती सुशील कोइराला नेतृत्वको सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधन विधेयकको स्वामित्व लिएको थियो । प्रधानमन्त्री केपी ओलीले आफ्नै पहलमा आन्दोलनरत पक्षसँग सम्झौता गर्न चाहेका थिए ।

मधेसी मोर्चासँग सहमति भएपछि भारतको अघोषित नाकाबन्दी हट्ने र त्यही मौकामा भारतको भ्रमण गर्ने योजना उनको थियो । तर, संघीय प्रदेशको सीमांकनको विषयलाई लिएर आन्दोलनरत मोर्चा वार्ताबाट टाढिएपछि ओली कांग्रेसले भनेजस्तो संशोधनको पक्षमा थिएनन् । मोर्चासँग फेरि सम्झौता गर्नुपर्ने अवस्था आउने भएकाले उनी मूल विधेयकलाई निर्णयार्थ पेस गर्नुपर्ने पक्षमा थिए, जसका कारण सहमति जुट्न ढिलाइ भएको हो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पनि मोर्चाको भावनालाई समेट्ने गरी विधेयक परिमार्जन गर्नुपर्ने पक्षमा थिए । मोर्चासँग सहमति हुन नसके पनि मधेसको आन्दोलन मत्थर हुने गरी संविधान संशोधन माथिको विधेयकलाई परिमार्जन गर्नुपर्ने पक्षमा दाहाल थिए । मोर्चासँगको अनौपचारिक छलफलका आधारमा परिमार्जनसहित संशोधन भएमा आन्दोलन रोकिने विश्वास उनलाई थियो । उनकै भूमिकाले एमालेलाई सहमतिमा ल्याउन बाध्य बनायो । कांग्रेसले संशोधन विधेयकमाथि परिमार्जन नभई मूल विधेयक पेस गरेमा मतदान नगर्नेसम्मको चेतावनी दिएको थियो । परिमार्जनको पक्षमा कांग्रेसका तराई–मधेसका सांसदहरूको मुख्य जोड नेतृत्वप्रति रहँदै आएको थियो ।

कांग्रेस संगठनको मुख्य आधार थलो पनि मधेस हो । आम मधेसी जनताको भावनासँग जोडिनका लागि पनि कांग्रेसले विधेयकको परिमार्जनलाई जोड दिएको थियो । तत्कालीन स्वार्थ कांग्रेसको आसन्न १३औं महाधिवेशनसँग जोडिएको थियो । माघ १५ देखि नै कांग्रेसको स्थानीय तहका अधिवेशन सुरु हुँदैछन् । तर, तराई–मधेसका सांसदहरू अहिलेसम्म जिल्ला फर्कन सकेका छैनन् । मधेसका नेता तथा सांसदहरू संविधान संशोधनलाई पर्खेर बसेका थिए । स्थानीय तहमै अधिवेशन गर्ने वातावरणका लागि पनि कांग्रेसले तत्काल परिमार्जनसहित संविधान संशोधन गर्न जोड दिँदै आएको थियो ।

परिमार्जनसहित संविधान संशोधन भएमा मधेसी मोर्चाको आन्दोलन रोकिने विश्वासमा कांग्रेस छ । कांग्रेसले आन्दोलनरत मोर्चाका नेताहरू सरकारसँग बिच्किएका बेला पनि निरन्तर संवाद र वार्ता गरेको थियो । स्रोतका अनुसार संविधान संशोधन विधेयकमाथि परिमार्जन गर्ने विषयमा मोर्चाका नेताहरूसँगै अनौपचारिक सहमतिका आधारमा कांग्रेस नेता विमलेन्द्र निधिको संशोधन प्रस्ताव आएको थियो ।

तीन दलबीच सहमति हुँदा निधिले पेस गरेको पूरक संशोधनमा नभई अर्का नेता मीनेन्द्र रिजालको प्रस्तावको आधारमा संशोधन प्रक्रिया अघि बढ्यो । शनिबार बिहान तीन दलका शीर्ष नेतृत्वले संसद्मा दर्ता भएका पूरक संशोधनमध्येबाट सहमति खोज्न तीन दलीय कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलस्तरमा निर्वाचन क्षेत्र निर्धारणको विषयबारे निधिले राखेको परिमार्जनलाई मान्ने या रिजालले राखेकोलाई मान्ने भन्नेमा लामो छलफल भएको थियो ।

कांग्रेसका मधेसी सांसद र पार्टीका एउटा नेतृत्व निधिकै संशोधन विधेयकलाई अघि बढाउनुपर्ने पक्षमा थियो । तर, एमाले नमानेपछि रिजालको प्रस्तावमा सहमति जुटेको हो । कांग्रेसले संशोधन हाल्दा नै विकल्पसहित दिएको थियो । निधिको प्रस्तावमा निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मात्रै आधार मानिएको छ । तर, रिजालको प्रस्तावमा जनसंख्यालाई मुख्य आधार र भूगोललाई सहायक आधार मानिएको थियो । निधिले संविधानको धारा २८६ को उपधारा ५ लाई परिवर्तन गरी ‘जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार मानी जनसंख्या र सदस्य संख्याबीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ’ भन्ने राख्नुपर्ने प्रस्ताव गरेका थिए ।

धारा २८६ को उपधारा ६ मा हाल कायम रहेको व्यवस्थामा ‘जनसंख्या र भौगोलिक अनुकूलता’ शब्दहरूको सट्टा ‘समान जनसंख्या र भौगोलिक अनुकूलता’ भन्ने शब्दहरू राख्नुपर्ने प्रस्ताव निधिको संशोधनमा थियो । तर, रिजालको प्रस्तावमा ‘धारा २८६ को उपधारा ५ मा निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धाराबमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १ (क) को अधीनमा रही जनसंख्यालाई प्रतिनिधित्वको मुख्य आधार र भूगोललाई प्रतिनिधिको सहायक आधार मानी प्रत्येक प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गर्ने उल्लेख थियो ।

प्रदेशभित्रका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने’ भन्ने उनको प्रस्तावमा उल्लेख छ । तीन दलबीच सहमति हुँदा भूगोललाई सहायक आधार भनेको ठाउँमा दोस्रो आधार मान्ने उल्लेख गरिएको छ । समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्थामा भने कांग्रेस नेता फरमुल्ला मन्सुरले दर्ता गराएकै संशोधनमा सहमति जुट्यो । मन्सुरको प्रस्तावमा नेपालको धारा ४२ (१) लाई संशोधन गरी आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछि परेका महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, अपांगता भएका व्यक्ति, पिछडिएका वर्ग, लैंगिक तथा यौनिक संख्या, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस, आर्यलाई समानुपातिक समावेशीको सिद्धान्तका आधारमा राज्यको संरचनामा सहभागी गराउने भन्ने उल्लेख छ ।

kantipur
काठमाडौं, १० माघ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो नयाँ शक्तिको राष्ट्रिय परिषद घोषणा गर्दै छन् । भट्टराईले राजधनीमा पत्रकार सम्मेलन गरेर परिषद्को घाषणा गर्न थालेका हुन् ।
परिषदमा पुरानी नायिका करिश्मा मानन्धर, निर्माता तथा कलाकार अशोक शर्मा औपचारिक रुपमा नयाँ शक्तिमा आवद्ध हुने स्रोतले जनाएको छ ।
अमेरिका बसेर केही महिलाअघि काठमाडौं आएका कलाकार सरोज खनाल यसअघि नै भट्टराईको नयाँ शक्ति अभियानमा लागि सकेका छन् ।
बाबुरामलाई पूर्व एआईजी गणेश राईले पनि साथ दिने बताइएको छ । दलित जनजाति पार्टीकी सांसद यशोदा लामा पनि नयाँ शक्तिमा प्रवेश गर्ने स्रोतको दाबी छ ।
जनजाति नेताहरु पासाङ शेर्पा, केशवमान शाक्यलगायतले नयाँ शक्ति अभियानलाई राजनीतिक पार्टीका रुपमा आकार दिन सहयोग गर्दै आएका छन् ।
राजधानी दल निर्माणका लागि आफ्नो नयाँ शक्तिलाई अगाडि बढाएका भट्टराईले आगामी वैशाखमा समावादी शब्द राखेर दल घोषणा गर्दै छन् । उनको दलको आलोचना पनि हुँदै आएको छ ।
एमाओवादी छाडेर नयाँ शक्ति गठन अभियानमा लागेका बाबुरामलाई धेरै जसो आफ्नै पूराना पार्टीका नेता तथा कार्यकर्ताहरुले साथ दिएका छन् ।
dainiknepal
काठमाडौं, १० माघ । उच्च संवैधानिक पदमा पुगिसकेको व्यक्ति कुनै राजनीतिक दलको पिछलग्गु नबन्नु पर्ने हो । तपाईलाई अचम्म लाग्न सक्छ । अचम्म मान्नु पर्दैन । अब आफ्नो पदको गरिमा भुलेर कुनै राजनीतिक दलको कार्यकर्ताको हैसियतमा पुग्नेहरुको लामो सूची बन्न थालेको छ । यो सूचीमा परेका छन्, पूर्व उपराष्ट्रपति परमानन्द झा ।
झा पूर्व उपराष्ट्रपति मात्रै होइनन् । उनी पूर्व न्यायाधीश पनि हुन् । तर उनले आफ्नो गरिमालाई बचाउन नसक्दा र हल्का हुँदा सबैको आलोचना खेप्नु परेको छ ।
झाले आफ्नो पदीय हैसियत र गरिमा भुलेर संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका छन् । उनीले बैठकमा दिल खोलेर राव्यविरुद्ध अभिव्यक्तिसमेत दिए ।
पूर्वउपराष्ट्रपति झाले अहिलेको सरकारले मधेसी, थारु र जनजातिहरुका मागलाई बेवास्ता गरेर संविधान ल्याएको समेत भन्न भ्याए । स्रोतका अनुसार पूर्वउपराष्ट्रपति झाले विशेष गरेर सरकार र कांग्रेस, एमाले र एमाओवादीविरुद्ध अभिव्यक्ति दिएका थिए ।
केन्द्रीय कार्यसमितिमा उपस्थित रहेका पूर्व उपराष्ट्रपति झा पार्टी अध्यक्ष उपेन्द्र यादवको दायाँतर्फ बसेका थिए । उनको वरियता पार्टीमा खासै महत्वको छैन । उनी संवैधानिक पदमा रहेको व्यक्ति भएकाले सम्मान गरेपनि राजनीतिक हैसियत कार्यकर्ताको भन्दा ठूलो नरहेको एक केन्द्रीय सदस्यले बताए ।
कांग्रेसबाट राष्ट्रपति बनेका डा.रामवरण यादवले आफ्नो पदको दायित्व र गरिमालाई कायम राखेर अहिले पनि ललितपुरमा सरकारले तोकिदिएको घरमा बसेका छन् । उनी औपचारिक कार्यक्रममा भन्दा अरु कार्यक्रममा जाँदैनन् । कांग्रेस वा राजनीतिक पार्टीको कुनै पनि डा.यादव कार्यक्रममा गएका छैनन् ।
तर पूर्व उपराष्ट्रपति झाले आफ्नो गरिमालाई भुलेर संघीय समाजवादी फोरम नेपालको बैठकमा सहभागी भएको विषयमा आलोचना हुन थालेको छ । संघीय समाजवादी फोरमभित्रै पनि झाको आलोचना भएको स्रोतले जनाएको छ ।
उपराष्ट्रपति पदमा रहँदासम्म विजय गच्छदारको पार्टी फोरम लोकतान्त्रिकमा रहेका झा पदबाट खुस्कनेवित्तिकै उपेन्द्र यादवको पार्टीमा लागेका छन् ।
dainiknepal
प्रस्तावका पक्षमा ४६१ र विपक्षमा ७ मत मात्र परेका थिए । नेमकिपा र राष्ट्रिय जनमोर्चाका सांसदले उक्त संसोधनको विपक्षमा मतदान गरेका हुन् । आन्दोलनरत मधेशी मोर्चाका सांसदले भने मतदान बहिस्कार गरेका थिए । मतदानमा ४६८ सांसद सहभागी भएका थिए ।

माघ ९, २०७२- संविधानसभाले बनाएको नयाँ संविधान ४ महिनापछि पहिलोपटक शनिवार संशोधन भएको छ ।
आन्दोलनरत मधेशी र थारु समुदायको माग सम्बोधन गर्न सरकारले पेस गरेको समानुपातिक समावेशी र निर्वाचन क्षेत्र सम्बन्धी संशोधन विधेयकलाई परिमार्जनसहित संशोधन भएको हो ।

तराई/मधेशमा जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र बढाउन र राज्यका निकायमा समानुपातिक समावेशीका आधारमा सहभागिता बढाउने सुनिश्चितता यो संशोधनले गरेको छ ।

समानुपातिक समावेशीसम्बन्धी धारा ४२ र निर्वाचन क्षेत्रसम्बन्धी धारा ८४ र २८४ लाई संशोधन गर्न संविधान जारी भएलगत्तै तत्कालीन कांग्रेस नेतृत्वको सरकारले असोज २० मा सदनमा विधेयक दर्ता गराएको थियो । सत्तारुढ र प्रमुख प्रतिपक्ष कांग्रेसको विवादले विधेयक संसदमा प्रस्तुत हुन भने ढिलाई भएको थियो ।

संविधानको धारा ४२ को उपधारा १ मा रहेको सामाजिक न्याय सम्बन्धी हकलाई समानुपातिक बनाइएको छ । उक्त मुद्दालाई आन्दोलनरत मधेशी मोर्चा, थारु, मुस्लिमले सुरुदेखि नै उठाउदै आएका थिए । संशोधित धारामा भनिएको छ-'आर्थिक, सामाजिक वा शैक्षिक दृष्टिले पछाडि परेका महिला, दलित, आदिवासी जनजाती, मधेसी, थारु, मुस्लिम, पिछडा वर्ग, अल्पसंख्यक, सीमान्तकृत, अपाङ्गगता भएका व्यक्ति, लैङ्गकि तथा यौनिक अल्पसंख्यक, किसान, श्रमिक, उत्पीडित वा पिछडिएका क्षेत्रका नागरिक तथा आर्थिक रुपले विपन्न खस आर्यलाई समानुपातिक समावेसी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।' यसअघि उक्त धारामा समानुपातिक शब्द थिएन ।

प्रमुख दलहरुबीचको सहमतिपछि परिमार्जन गरिएको संशोधन विधेयकको अंश:


संशोधन गरिएको दोस्रो धारा २८६ हो, जहाँ निर्वाचन क्षेत्रको आधारबारे उल्लेख छ । उक्त धाराको उपधारा १ (५) मा संसोधन गर्दै भनिएको छ-'निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा धारा ८४ को उपधारा १ को खण्ड (क) को अधीनमा रही प्रतिनिधित्वको लागि जनसंख्यालाई मुख्य र भूगोललाई दोस्रो आधार मानी संघीय कानुन बमोजिम प्रदेशमा निर्वाचन क्षेत्र निर्धारण गरिनेछ र प्रदेशभित्र रहेका प्रत्येक जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहनेछ ।'

संविधानमा रहेको 'जनसंख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानि त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसंख्या र सदस्य संख्या बीचको अनुपात यथासम्भव समान हुने गरी निर्धारण गर्नेछ' भन्ने व्यवस्थाको सट्टा उक्त संशोधन भएको हो । आन्दोलनरत पक्षले जनसंख्यालाई निर्वाचन क्षेत्रको मुख्य आधार बनाउनुपर्ने भन्दै विभिन्न विरोध कार्यक्रम गर्दै आएका थिए ।

यी दुवै संसोधन मोर्चाले उठाउदै आएको मागको सम्बोधन भएको कानुन मन्त्री अग्नी खरेलले बताए । यी संसोधनमा चित्त नबुझाई ससदमा विरोध गरेको सन्दर्भमा सरकारका तर्फबाट प्रतिक्रिया दिंदै मन्त्री खरेलले भने-'तपाईहरुले आज किन सहमति जनाउनुभएन । मलाई आश्चर्य लागेको छ । तर, भोलि पर्सिदेखि नै समर्थन गर्नुहुनेछ । किनकि यो संसोधन तपाईहरुले भनेअनुसारै भएको हो ।'

'नेपालको संविधान (पहिलो संसोधन) विधेयक, २०७२ लाई पारित गरियोस' भनी सरकारको तर्फबाट खरेलले राखेको प्रस्तावलाई ससदको २ तिहाई बहुमतले पारित गरको हो । प्रस्तावका पक्षमा ४६१ र विपक्षमा ७ मत मात्र परेका थिए । नेमकिपा र राष्ट्रिय जनमोर्चाका सांसदले उक्त संसोधनको विपक्षमा मतदान गरेका हुन् । आन्दोलनरत मधेशी मोर्चाका सांसदले भने मतदान बहिस्कार गरेका थिए । मतदानमा ४६८ सांसद सहभागी भएका थिए ।

संविधान संसोधनका लागि कुल सदस्य संख्याको २ तिहाई बहुमत आवश्यक पर्छ । मत गणना सुनाउदै सभामुख ओनसरी घर्तीले कुल ५९६ जनामा २ तिहाई भन्दा बढीले संसोधन प्रस्तावको पक्षमा मतदान गरेको सुनाएकी थिइन् ।

सरकारले पेस गरेको संशोधनको मूल विधेयकमा मधेशी मोर्चाले समर्थन नगरेपछि सांसदहरुले थप संशोधन राखि मोर्चालाई मनाउने प्रयास गरेका थिए । त्यस क्रममा उक्त विधेयकमा २४ वटा संसोधन परेको थियो । त्यसमा कांग्रेसका नेताहरु विमलेन्द्र निधि, मिनेन्द्र रिजाल, प्रकासशरण महत, फरमुल्लाह मन्सुर, रोमी गौचन थकाली र संजय गौतमले बेग्लाबेग्लै ६ वटा संसोधन हालेका थिए । सत्तापक्षबाट एमाओवादीका १० जना र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीले संसोधन हालेका थिए ।

तिनैलाई अपनत्व लिई सरकारले परिमार्जित संसोधन तयार गरेको थियो । त्यसमा पनि निर्वाचन क्षेत्र निर्धारणमा नेता रिजाल र समानुपातिकमा मन्सुरले राखेको संसोधन प्रस्तावमा मिल्दोजुल्दो गरी मस्यौदा तयार भएको थियो । आफ्ना संसोधनको मर्म समेटिने भएपछि १७ वटा संसोधनकर्ताले आफ्नो संसोधन फिर्ता लिएका थिए । फिर्ता नलिएका ७ वटा प्रस्ताव भने अस्वीकृत भएको थियो ।

संसोधनले तराईमा निर्वाचन क्षेत्र बढाएको छ । प्रत्यक्ष् निर्वानप्रणाली अन्तर्गत १ सय ६५ क्षेत्रमा ८० वटा तराईमा, हिमाल र पहाडमा ८५ वटा  निर्वाचन क्षेत्र हुने आंकडासहित संविधान संसोधन भएको हो ।
 शनिवारको बैठक प्रक्रिया सुरु हुनासाथ बोल्दै तराइ मधेश लोकतान्त्रिक पार्टीका नेता एवं सांसद सर्वेन्द्रनाथ शुक्लले सरकारले अपुरो ढंगले संविधान संसोधन गरेको भन्दै आफूहरुको विरोध कायमै हुने बताएका थिए ।

ekantipur.com
आइतबार, १० माघ
सोल । दक्षिण कोरिया सरकारले मजदुरका लागि नयाँ तलब लागू गरेको छ । कोरिया सरकारले २०१६ का लागि ८.१ प्रतिशतले तलब बढाएको छ ।
यो तलब वृद्धि कम भएको भन्दै मजदुर संगठनले चर्को विरोध गरिरहेकै बेला सरकारले लागू गरेको हो ।
ज्याला न्यूनतम निर्धारण समितिले गत जुलाइको पहिलो साता २०१६ का लागि ८.१ प्रतिशत पारिश्रमिक वृद्धि गर्ने निर्णय गरेको थियो ।
न्यूनतम ज्याला निर्धारण समितिले गरेको सोही सिफारिसलाई अगस्ट ५ मा सरकारी अनुमोदन पश्चात जनवरी १ देखि लागू भएको छ ।
लागू गरिएको पारिश्रमिकबाट कामदारले प्रतिघन्टा ६ हजार ३० वन प्राप्त गरेका छन् । तर मजदुर युनियनहरुले ७९ प्रतिशत तलब वृद्धिको माग गर्दै प्रतिघन्टा १० हजार वनको माग गरिरहेका छन् ।
वृद्धिसँगै कायम भएको न्यूनतम मासिक तलब १२ लाख ६० हजार दुई सय ७० वन र संसदमा पेश गर्न लागिएको श्रमबजार सुधार विधेयकप्रति गम्भीर आपत्ति राख्दै केसीटीयु विरोध गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
nepalsandesh
१० माघ, संखुवासभा ।

अरुण नदीमा चीनले तिब्बततर्फ बाँध बनाएपछि किमाथांकाबासी चिन्तित बनेका छन् । वर्षातका बेला उर्लिएर आएको बाढी घर छेउछाउ आउने आशंका स्थानीयलाई छ ।

बाँध निर्माणपछि किमाथांकापट्टि नदीले कटान सुरु गरेको छ । नेपाली सीमासँगैको अरुण नदीमा चीनले एक वर्षअघिदेखि एकतर्फी बाँध बनाई सडक निर्माण गरेपछि नदीले नेपाली भूमि कटान गर्न थालेको स्थानीय तेनछेबी भोटेले बताए ।


चागा बजारपट्टि जाली भरेर पर्खाल लगाइएको छ, भोटेले भने, ‘बाँधले नेपाली भूमि कटान गर्न थालेपछि हामीले नेपाली भूमि बचाउन रकम संकलन सुरु गरेका छौँ ।’ ८२ घरधुरी रहेको किमाथांकाका प्रत्येक घरले जेथाअनुसारको रकम संकलन गर्ने तयारी गरेको उनले बताए ।

पुस २४ गते सम्पन्न २४ औँ गाँउ परिषद्बाट समेत पुँजीगत अनुदानको रकम सूचकभन्दा बाहेकको ९ लाख ८७ हजार रुपैयाँ बाँध निर्माणमा विनियोजन गरेका छन् ।

चिनियाँ बाँधले हाम्रो भूमि कटान गर्न थालेको एक वर्ष बढी भयो, उनले भने, ‘पटकपटक यहाँ आएका ६ जना मन्त्रीलाई समेत कुरा राख्यौँ, उनीहरूले चासो दिएनन् ।’ कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines.
अमेरिका, माघ १० । अमेरिकामा दुई दिनदेखि सुरु भएको हिमपात र आँधीहुरीका कारण अमेरिकामा १९ जनाको मृत्यु भएको छ ।
शुक्रवारदेखि लगातार परेको हिमपात र आँधीहुरीका कारण ९ जना र  बाँकी १० जनाको सडक दुर्घटनामा परी मृत्यु भएको समाचार फक्सले जनाएको छ । हिमपातका कारण अमेरिकाको पूर्वी भूभागको जनजिवन प्रभावित भएको छ ।
एघार राज्यहरुमा संकटकाल घोषणा गरिएको छ । हिमपातले सबैभन्दा प्रभावित नर्थ क्यारोलिना राज्यमा झण्डै एक लाख ५० हजार जति घरमा विद्युत आपुर्ती बन्द भएको छ भने वासिङटन डिसीमा शुक्रबार दिउँसो देखि आईतबार सम्मका लागि सार्वजनिक यातायात ‘मेट्रो सब वे’ बन्द गरिएको छ ।
नर्थ क्यारोलिना देखि न्युयोर्क सम्म झण्डै साँढे ८ करोड मानिसहरु प्रभावित भएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएको छ । सञ्चार माध्यमहरुमा हिउँबाट परेको विषयमा मात्रै लाईभ रिर्पोटिडहरु भैरहेका छन ।
पेन्सिलभेनिया, मेरिल्याण्ड, केन्टोकी, जर्जिया, टेनेसी, , थर्न क्यारोलिना, न्युजर्सी, न्युयोर्क, डेलवार भर्जि्निया र वासिंगटन डिसीमा संकटकाल घोषणा गरिएको छ ।
झण्डै २८ ईन्च सम्मको हिमपातका कारण दश वटा राज्यमा आपत्तकालीन स्थितिको घोषणा गरिएको हो । यहि अनुपातमा रहे त्यो हिउँ रातभरीमा ४८ इन्चसम्म हिउ पर्ने मौसमविद्हरुको पूर्वानुमान छ । अमेरिकामा सन् १९२२ मा २८ इन्चसम्म हिउ परेको इतिहास छ ।
प्रभावित राज्यहरुमा मानिसहरुलाई बाहिर ननिस्कन त्यहाँका गभर्नरहरुले सार्वजानिक अपिल गरेका छन् । सवैतिर नेसनल गार्डजस्ता आकस्मिक सेवाहरुलाई तैनाथ गरिएको छ ।
हिमपात सँगैको हावा हुरी, विद्युत आपुर्तीमा अवरोधले जनजिवन अस्तव्यस्त बनेको छ भने सो क्षेत्रमा शुक्रबार विश्वविद्यालय, विद्यालय बन्द भएका थिए ।
हजारौं आन्तरिक एवम बाह्य उडानहरु स्थगित भएका छन् । प्रतिकुल मौसमका कारण शुक्रबार ६ हजार तीन सय उडानहरु रोकिएका थिए भने शनिबार रातिसम्म थप पाँच हजार उडानहरु स्थगित गरिने छ ।
imagekhabar
आइतबार, १० माघ
काठमाडौं । छिटो निर्माण कार्य अघि बढाउन नेपाली सेनालाई जिम्मा दिइएको रसुवागढी–केरूङ नाका जोड्ने बेत्रावती–मैलुङ्ग–स्याफ्रुबेसी खण्ड विस्तार कार्यमा सरकारकै असहयोगका कारण काम अघि बढ्न सकेको छैन ।
कार्यस्थल र क्याम्प राख्ने स्थान उपलब्ध नहुँदा नेपाली सेनालाई जिम्मेवारी दिइएको उत्तरतर्फको रसुवागढी–केरूङ सिमा–नाका जोड्ने सडक खण्डको काममा ढिलाई भएको हो ।
पुस २७ बाट कामको थालनी भए पनि सरकारी पक्षबाट सेनालाई आवश्यक पर्ने कार्यस्थल र क्याम्प राख्ने ठाउँको ‘क्लियरेन्स’ (स्वीकृति) दिन ढिलाइ गर्दा निर्माण कार्यमा असर परेको हो ।
सेनाले आवश्यक कागज पत्र नहुँदा नयाँ ट्रयाक खोल्नेका लागि क्याम्प राख्ने र पहिरो हटाउनसमेत पाएको छैन ।
सेनाले उर्जा मन्त्रालयसँग बेत्रावतीबाट मैलुङ्ग सडक खण्डको पहिरो हटाउन माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको प्रवद्र्धक कोरियन कम्पनीबाट आवश्यक ‘नो–अब्जेक्सन लेटर’ माग गरेको थियो ।
ऊर्जा मन्त्रालयका सचिव सुमन शर्मासहितको टोलीले पुस २२ मा संसदको विकास समितिको बैंठकमा सडक विस्तारमा सहयोग गर्न छिटोभन्दा छिटो ‘नो–अब्जेक्सन लेटर’ उपलब्ध गराउने प्रतिबद्धता गरेको थियो ।
बैंठकपछि समितिले सरकारलाई गल्छी–बेत्रावती–मैलुङ्ग–स्याफ्रुवेशीदेखि रसुवागढी नाकासम्मको सडक निर्माण कार्यलाई द्रुत गतिमा अघि बढाउन निर्देशन दिएको थियो ।
समितिले उक्त सडक खण्ड निर्माणलाई एउटा साधारण प्रोजेक्टको रूपमा नभई संकटकालिन सडक करिडोरको रूपमा घोषणा गरि एक द्वार प्रणाली अनुसार सम्पन्न गर्नु पर्ने भन्दै सरकारलाई त्यहि अनुसार काम अघि बढाउन निर्देशन दिएको थियो ।
नो–अब्जेक्सन लेटर हालसम्म नआईपुग्दा सेनालाई काम अघि बढाउन गाह्रो भएको सेनाका विकास निर्माण निर्देशानालयका निर्देशक तथा सहायक रथी उद्धव विष्टले बताए । ‘उताबाट पत्र नआई हामीले काम थाल्दा झमेला हुन्छ,’ सहायक रथी विष्टले भने,‘हामी पत्रको प्रतिक्षामा छौं ।’
विकास समितिका सभापति रविन्द्र अधिकारीले संसदको समितिबाट पटक–पटक निर्देशन दिंदा पनि काम अघि नबढेकामा रोष प्रकट गरे । उनले भने,‘अहिलेसम्म सेनालाई काम गर्न क्लियरेन्स नदिनु दुस्ख लाग्दो कुरा हो ।’ कान्तिपुरमा समाचार छ ।nepalsandesh
आइतबार, १० माघ
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पाँच महिनाभन्दा बढी समयदेखि जारी मधेस आन्दोलनलाई सम्बोधन गर्न गरिएको संविधान संशोधनले आफूहरुको मागलाई सम्बोधन नगर्ने जनाएको छ ।
मोर्चामा आवद्ध दलका सांसदहरुको चर्को नारावाजी र अवरोधबीच संविधान आएको चार महिना लगत्तै शनिबार राति संशोधन गरिएको छ ।
मोर्चाले उठाउँदै आएको प्रमुख मागमध्येको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका सम्पूर्ण अंग, तह र निकायमा समानुपातिक समावेशी प्रतिनिधित्को माग सम्बोधन गर्ने गरी संसदले शनिबार संविधान संशोधन गरेको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधनले मधेस आन्दोलन, आदिवासी र जनजातिले उठाएको मुद्दालाई सम्बोधन नगरेको बताए ।
‘जर्वजस्ती संविधान जारी गर्ने र त्यसको कार्यान्वयन नहुँदै जर्वजस्ती संशोधन गर्नु नेपालको इतिहासमा घृणित कार्य भएको छ, यादवले भने ‘संविधानको औचित्य नै समाप्त भएको छ ।’
उनले कांग्रेस र एमालेले आफ्नो पार्टी भित्रको आन्तरिक समस्या मिलाउन मात्र संशोधनको नाटक गरेको प्रतिक्रिया दिए ।
‘आन्दोलनकारीसँग सम्झौता नगरी ल्याइएको संशोधन काम लाग्दैन । यो हाम्रो लागि ल्याइएकै होइन, यादवले भने ‘विदेशीहरुलाई संविधान संशोधन गर्यौ भनेर भ्रम छर्न खोजिएको छ । यसले समस्या हल गर्दैन ।’
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पनि आफूहरुको मागलाई संशोधनले वेवास्ता गरेको भन्दै आन्दोलन जारी रहने संकेत गरे । उनले संशोधनले मधेसको मागलाई सम्बोधन नगर्ने उल्लेख गरे ।
मोर्चाका अर्का घटक दल तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले अहिलेको संशोधनले पनि जनसंख्याका हिसाबमा मधेसको वास्तविक प्रतिनिधित्व नगराउने बताए ।
प्रमुख तीन दल र मोर्चा सम्मिलित कार्यदलमा समेत काम गरेका रायले कार्यदलमा भएको एक स्तरको अनौपचारिक सहमतिभन्दा पनि अहिलेको संशोधन पछाडि फर्केको प्रतिक्रिया दिए ।
आन्दोलनको मागअनुसार समानुपातिक समावेशी प्रतिनिधित्वको कल्ष्टर पनि निमिलाइएको उनले जनाए । मोर्चाको आईतबार बस्ने बैठकले आधिकारिक निर्णय लिने रायले बताए । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक मर्यादामा प्रतिष्ठा प्राप्त हुनेछ ।  आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मानप्रतिष्ठा र सामाजिक मर्यादा स्थापनाका लागि सङ्घर्ष गरिने छ । विगतमा भएका नराम्रा घटनाको स्मरण हुनाले मन खिन्न बन्नेछ, दार्शनिक र आध्यात्मिक विषयवस्तुप्रति मन आकर्षित बन्न सक्छ । हाँसखेल र आनन्दमा कमी आउनेछ । बन्दव्यापारमा सोचेजस्तै भए पनि आम्दानीको मार्गमा बाधा छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
महत्वपूर्ण कार्य सम्पन्न हुने समय छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
नयाँ योजना कार्यान्वयन गर्न र दीर्घकालीन योजना बनाउन आजको दिन अनुकूल हुँदैन । लामो दूरीको यात्रा वा वैदेशिक यात्रा गर्ने योजनामा हुनुहुन्छ भने केही दिनका लागि स्थगित गर्नु बेस हुनेछ । सामान्यतया लाभ हुने नै दिन छ, तर कृषिजन्य पेसा वा व्यवसायबाट सोचेजस्तो लाभ लिन सकिंदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रतिकूल समय चल्दैछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्नसक्छ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । यात्राबाट फाइदा छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आर्थिक रूपमा सबल हुनुहुनेछ, कारोबारमा गतिशीलता आउने छ र व्यवसायबाट पनि राम्रै लाभ हुनेछ । मायाप्रेमका लागि समय जुट्ने छ । विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ । पठनपाठनमा प्रगति हुनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
भूमि, वाहन र पैत्रिक सम्पत्तिको कारोबार गर्दा ढिलो गरी लाभ मिल्ने सम्भावना छ । बन्दव्यापारमा समय नदिनाले हानि हुनसक्छ, सचेत हुनुहोला । मातापिता र अभिभावकवर्गका समस्यामा रुमल्लिने दिन छ । प्रतिष्ठा गुम्ने काममा आकर्षण बढ्ने सम्भावना छ । शत्रुको चलखेल बढ्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज धार्मिक, सामाजिक वा सांस्कृतिक काममा खट्नु पर्ने दिन हो, जसबाट शुभ कुराको सङ्केत प्राप्त हुनेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त हुनेछ । मनोरञ्जनमा भुलिने समय छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । चोटपटकको भय पनि छ, बाटो काट्दा वा हातहतियारको प्रयोग गर्दा सचेत हुनुपर्छ । बेकारको विवादमा फँस्न सकिन्छ, बोलीमा अङ्कुश लगाएकै बेस हुनेछ ।  तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, आज कुनै पनि नयाँ काम नथाल्नु होला । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्नेछ । सुरुमा घरपरिवारका सदस्य र साथीभाइसँग मतभिन्नता भएपनि अन्त्यमा उनीहरू सकारात्मक देखिने छन् । रमणीय र सुखद यात्राको योग छ । जीवनसाथी वा आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । बन्दव्यापारबाट राम्रै आय हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्रतिस्पर्धी र शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती र अपठ्याराको सामना गर्नुपर्छ । काममा अधिकार प्राप्तिका लागि तर्क, बहस र छलफलमा दिन बिताउनु पर्नेछ, प्रयत्न गर्दा समेत परिस्थिति आफ्नो पक्षमा आउने छैन । बन्दव्यापारका क्षेत्रमा समेत खासै उपलब्धी हुनसक्दैन । मन अधैर्य रहने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ । बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

आइतबार, १० माघ
काठमाडौं । अमेरिकी उपराज्यमन्त्री एन्टोनी जे ब्लिंकेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार फोन गर्दै नेपालको राजनीतिक संकटबारे चासो व्यक्त गरेका छन् ।
अमेरिकी विदेश मन्त्रालयको विज्ञप्तिअनुसार उपराज्यमन्त्री ब्लिंकेनले तराई मधेसमा जारी आन्दोलनलाई नियन्त्रण गर्ने नाममा अत्यधिक बल प्रयोग नगर्न आग्रह गरेका हुन् ।
उनले सबै नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी समाधानको दिशातर्फ ठोस कदम चाल्न आग्रह गरेका छन् ।
बिहीबार रंगेली झडपमा प्रहरीको गोली लागेर ३ जनाको मृत्यु भएपछि अमेरिकी उपराज्यमन्त्रीले प्रधानमन्त्री ओलीसित फोनवार्ता गरी शान्तिपूर्ण समाधान खोज्न आग्रह गरेका हुन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
nepalsandesh
बुटबल । नेपाली सिने नगरीका युवा मोडल राजु ओलीको शनिबार मृत्यु भएको छ ।
दाङ्ग तुलसीपुर– ६ निवासी २२ बर्षीय मोडल ओलीको रुपन्देही जिल्लाको साल्झन्दी नजिक सवारी दुर्घटनामा परी निधन भएको हो । इलाका प्रहरी साल्झन्दीका अनुसार उनले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएको र उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शनिबार बिहान ४ बजे निधन भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर निवासी नन्दलाल न्यौपाने सक्त घाइते भएका छन् । इलाका प्रहरीका अनुसार उनको दाइने हात र खुट फ्याक्चर भएको र थप उपचारको लागि भरतपुर रिफर गरिएको छ, मोडल राजु ओली शिव परियारको रुपौली रानी र सायद तिम्रो मायामा अभिनय गरेर चर्चामा आएका थिए ।
dainiknepal
जनकपुरधाम, ९ माघ । नेपाली काँग्रेसको महाधिवेशनका सन्दर्भमा धनुषा जिल्ला कार्यसमितिका सभापतिको उम्मेदवारी घोषणा गरिरहेका एक उम्मेदवारको कार्यक्रममा संयुक्त लोकतान्त्रिक मधेसीका मोर्चाका कार्यकर्ताले गतिरोध उत्पन्न गरेका छन् ।
उम्मेदवार रामपल्टन साहले आयोजना गरेको पत्रकार सम्मेलनमा मोर्चाका कार्यकर्ताले काँगे्रस मधेस विरोधी र मधेसीको हत्यारा भएको भन्दै सम्मेलनमा गतिरोध उत्पन्न गरेका थिए ।
सद्भावना पार्टीका जिल्ला अध्यक्ष सञ्जय सिंह र तराई–मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष परमेश्वर साहले मधेस र मधेसी विरोधी दलको कुनै पनि कार्यक्रम धनुषा जिल्लामा हुन नदिने बताउनुभयो ।
मोर्चाका कार्यकर्ताले कार्यक्रमस्थलमा सरकार र तीन दलविरुद्ध नाराबाजी पनि गरेका थिए । काँग्रेसले यही माघ २५ गते निर्धारण गरेको जिल्ला अधिवेशन कुनै पनि अवस्थामा हुन नदिने चेतावनी मोर्चाका कार्यकर्ताले दिएका छन् ।
dainiknepal
काठमाडौं, ९ माघ । व्यवस्थापिका संसदको बैठक सुरु भएको छ ।
प्रमुख तीन दल कांग्रेस, एमाले र एमाओवादीबीच संविधान संशोधन विधेयक परिमार्जन गरेर पारित गर्ने सहमति भएलगत्तै संसद बैठक सुरु भएको संसद सचिवालयले जनाएको छ ।

झण्डै पाँच घण्टापछि प्रमुख दलहरुबीच संविधान संशोधन विधेयकमा सहमति भएको छ ।
दिउँसोदेखि सहमति जुटाउन कानुनमन्त्री अग्नी खरेलको संयोजकत्वमा कांग्रेस, एमाले र एमाओवादीको कार्यदल छलफलमा थियो । भर्खरै तीन दलको कार्यदलले सहमति गरी संयुक्त संशोधनको प्रस्ताव तयार पारेको नेताहरुले बताएका छन् ।
मधेसका माग सम्बोधनका लागि घोषणा भएको झण्डै चार महिनापछि संविधान संशोधन गरिन लागिएको हो ।
कांग्रेस नेता मिनेन्द्र रिजालले पेस गरेको संशोधन विधेयकमै तीन दलबीच सहमति भएको संसद सचिवालयले जनाएको छ । सहमति जुटेपछि केहीबेरमै संविधान संशोधन विधेयक परिमार्जनसहित संसदले पारित गर्नेछ । त्यसका लागि केहीबेरमै संसद बैठक बस्दैछ ।
यस्तो रिजालले पेस गरेको प्रस्ताव
तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले पेश गरेको संविधान संशोधन विधेयकमाथि रिजालले जनसंख्याका आधारमा तराईमा निर्वाचन क्षेत्र निर्धारण गर्ने गरी निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने संशोधन प्रस्ताव संसदमा दर्ता गराएका थिए ।
उनको यो प्रस्तावमा अन्तिममा आएर एमाले र एमाओवादीले पनि सहमति जनाएको हो ।
dainiknepal
काठमाडौं, ९ माघ । विहीबार मोरङको रंगेलीमा तीन जनाको ज्यान जानेगरी भएको हिंसात्मक घटनाप्रति संयुक्त राज्य अमेरिकाले चाँसो व्यक्त गरेको छ ।
शनिबार विहान अमेरिकी राष्ट्रपति बराक ओबामा सरकारकातर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गर्दै अमेरिकी उपराज्यमन्त्री एन्टोनी जे ब्लिंकेनले नेपालमा जारी राजनीतिक संकटबारे चासो व्यक्त गरेका हुन् ।
उपराज्यमन्त्री ब्लिंकेनले प्रधानमन्त्री ओलीलाई सबै नेपालीको भावनालाई प्रतिनिधित्व गर्ने गरी समस्या समाधान गर्ने दिशातर्फ ठोस कदम चाल्न अनुरोध गरेको अमेरिकी विदेश मन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।
अगाडि भनिएको छ- ‘हामी सबै पक्ष मिलेर सम्झौताको माध्यमबाट राजनीतिक समस्या सुल्झाउन र एकपक्षीय कदम नचाल्न नेपाललाई सुझाव दिन चाहन्छौं ।’
फोनवार्तामा उपराज्यमन्त्री ब्लिंकेनले तराई मधेसको आन्दोलनलाई नियन्त्रण गर्ने प्रयासमा अत्याधिक बल प्रयोग नगर्न ओलीलाई सचेत गराए । स्मरण रहोस् अमेरिका मानवअधिकारको वकालत गर्ने प्रमुख देश हो । मानवअधिकारवादीको रिपोर्टपछि उसले यस्तो सन्देश ओलीलाई सुनाएको बताइएको छ ।

यसैगरी अमेरिका नेपालसँग सहकार्य गरी भूकम्पपछिको पुनर्निर्माणमा सहयोग गर्न तयार रहेको र अमेरिका सधै नेपालको पक्षमा रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।
रंगेलीको घटना छानविन गर्न स्थानीय प्रशासनले एमाओवादी सभासद शिवकुमार मण्डलको संयोजकत्वमा समिति समेत गठन गरिसकेको छ । मोर्चाका नेताहरुले पनि छानविन र कारवाहीको माग गरेका छन् ।
dainiknepal
काठमाडौं, ९ माघ । २३ वर्षपछि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा उपाधि जित्ने नेपाली फुटबल टोलीलाई भव्य स्वागत गरिएको छ ।
बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु गोल्डकप फुटबलको उपाधि जितेर शनिबार स्वदेश फर्किएका नेपाली खेलाडीहरुको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको हो ।
विजेता खेलाडीहरुलाई बाजागाजासहित नगर परिक्रमा समेत गराइएको छ ।
खेलकुद सम्बद्ध अधिकारीहरु र खेलप्रेमी नेपालीहरु खेलाडीहरुको स्वागत गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । उनीहरु नेपालको राष्ट्रिय झण्डा, फूलमाला, खादा र बाजागाजा बोकेका थिए । विमानस्थलमा समर्थकहरुको भिड व्यवस्थित गर्न सुरक्षाकर्मीहरुलाई हम्मे-हम्मे परेको थियो ।
शुक्रबार बंगलादेशमा सम्पन्न बंगबन्धु गोल्डकप फुटबलको फाइनल खेलमा बहराइनलाई ३-० ले हराउँदै नेपाले उपाधि जितेको थियो । नेपालको यो जित २३ वर्षपछि अन्तर्राष्ट्रिय खेलमा पाएको सफलता हो ।
dainiknepal
माघ ९, २०७२- तीन जनाको ज्यान जाने गरी भएको घटनापछि तनाव र त्रासमा रहेको रंगेलीमा शनिबार आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पुगेका छन् ।
महतो बिहीबार प्रहरीको गोली लागेर ज्यान गुमाएकी द्रापदीदेवी चौधरीको घरमा पुगेर उनको समवेदना प्रकट गरेका छन् । प्रहरीको गोली लागेर ज्यान गुमाएका अन्य दुई जनाको घरमा पनि महतो पुग्ने कार्यक्रम छ ।
एमाले भातृ संगठन युवा संघले बिहीबार रंगेलीमा कार्यक्रम राखेको र मोर्चाले त्यसको बिरोध गर्दा प्रहरीले चलाएको गोली लागेर ३ जना स्थानीयको मृत्यु र कयौं घाइते भएका थिए ।ekantipur

९ माघ, काठमाडौ ।

प्रधानमन्त्री केपी ओलीले देश बनाउछु भन्दा आफ्नो कुरा काट्ने निस्किएको भन्दै दुखेसो व्यक्त गरेका छन् । चिप्लेकिराको गतिमा देश अघि बढ्न नसक्ने बताउँदै उनले नेपाललाई अझै पनि पछाडि पार्न सम्बृद्ध हुन नदिने र गरिबै राखिराख्ने नियतबाट मुक्त गरिने बताएका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित ओली वंश अक्षय कोष तथा ओली वंश समन्वय समितिको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेपालीको शिर झुक्ने कुनै काम नगर्ने बताए । ‘मान्छे सबै महान हुन्छन् । ठुलो सानो कोही हुदैन । पदमा पुग्नु ठुलो कुरा होइन तर तर त्यसको गरिमा जोगाउनु ठुलो कुरा हो’, उनले भने।

देशलाई आधुनिक बनाउछु, सम्बृद्ध बनाउछु भन्दा बिरोध भएकोप्रति दुःख व्यक्त गर्दै उनले, ‘१०५ बर्षमा ७०० मेघावट बिजुली निस्कियो एक बर्षमा त्यति नै बिजुली निकाल्छु भन्दा मेरो कुरा काट्ने काम भयो । देश अब अगाडी बढ्छ त्यो मरो संकल्प हो । यसलाई म पुरा गर्छु । नब्झ्नेले पछि बुझ्छन् । बुझ पचाएकाहरु पछुताउने छन्’, भने ।nepaliheadlines
९ माघ, काठमाडौ ।

पाँच महिनाको बीचमा पनि मधेसी मोर्चासंग सहमति हुन नसकेपछि सत्तारुढ चार दल र प्रमुख प्रतिपक्ष दल कांग्रेसले संसदमा विचाराधिन रहेको संविधान संशोधन विधेयक पास गर्ने निर्णय गरेका छन् । पाँच महिनाको बीचमा ३५ पटक भएको प्रमुख दल र मोर्चाको वार्ता सहमतिमा पुग्न नसकेपछि पाँच दलले संशोधन विधेयक परिमार्जन सहित पास गर्ने निर्णय गरेका हुन ।

पाँच दलको आज प्रधानमन्त्री निवास वालुटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी ओलीले संविधान संशोधन विधेयक पास गरेर जाने प्रस्ताव राखेका थिए । ओलीको प्रस्तावमा कांग्रेस, एमाओवादी, फोरम लोकतान्त्रिक र राप्रपा नेपालले समर्थन जनाएको थियो ।

बैठकले संशोधनको भाषा परिमार्जन गर्नको लागि कानुन मन्त्री अग्नी प्रसाद सापटोलाई जिम्मेवारी दिएको छ । बैठकपछि कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेसी मोर्चाको स्वीकार गर्ने गरी विधयेक पारित गर्ने निर्णय दलहरुले गरेको बताए ।nepaliheadlines
काठमाडौं, माघ ९ । बंगलादेशमा भएको बंगबन्धु गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको नेपाली राष्ट्रिय टोली शनिबार स्वदेश फर्किएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली टोलीको भव्य स्वागत् गरिएको छ । राष्ट्रिय झन्डा बोकेर विमानस्थलमा पुगेका अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी, पूर्वखेलाडीहरु, खेलाडीका आफन्त, शुभचिन्तक सर्वसाधारणलगायतले खेलाडीको भव्य स्वागत गरेका हुन् ।

बाजागाजासहित फूलको गुच्छा र खादा बोकेर गएका सर्वसाधारणले खेलाडीको स्वागतमा नाराबाजीसमेत गरेका छन् ।

खेलाडीहरुलाई त्रिभुवन विमानस्थलबाट तिलगंगा, गौशाला, पुरानो बानेश्वर, मैतिदेवी, पुतलीसडक हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर अभिनन्दन गरिने कार्यक्रम छ ।

यसैगरी, शनिबारै प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडीहरुसँग भेट गरी बधाइ दिने कार्यक्रम छ ।
शुक्रबार भएको फाइनलमा नेपालले बहराइनलाई ३–० ले हराएर उपाधि जितेको थियो । नेपालले पछिल्लो २३ वर्षमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको फुटबल प्रतियोगिताको उपाधि जितेको हो ।
imagekhabar
९ माघ, काठमाडौं।
आन्दोलनरत मोर्चाको प्रमुख घटक संघीय समाजवादी फोरम, नेपालको शुक्रवारदेखि जारी दोस्रो केन्द्रीय कार्यसमिति बैठकमा आज राजनीतिक, सांगाठनिक र आर्थिक प्रतिवेदन माथिको छलफल सुरु भएको छ ।

पार्टी सहअध्यक्ष राजेन्द्र श्रेष्ठद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदन माथि केन्द्रीय सदस्यहरुले आ-आफ्नो धारणा राख्ने क्रम जारी छ । मधेशमा जारी आन्दोलनलाई निष्कर्षमा पुर्याउन काठमाडौं केन्द्रीत आन्दोलन चर्काउनु पर्नेमा अधिकांश केन्द्रीय सदस्यहरुले जोड दिएका छन् ।
‘मधेशका जिल्लाहरु जस्तो काठमाडौं र जनजाति बाहुल्य क्षेत्रमा आन्दोलन उठ्न नसकेकोमा पार्टीले यसको कारण पत्ता लगाई समिक्षा गर्नु पर्छ’, केन्द्रीय सदस्य विर बहादुर लामाले बैठकमा भने, ‘काठमाडौंलाई ठूलो धक्का दिन जरुरी छ ।’ ‘शान्तिपूर्ण रुपमा पाँच महिनादेखि आन्दोलनरत मधेशी जनताको टाउको र छातीमा ताकी ताकी गोली हानी हत्या गर्न पल्केको सरकारलाई तह लगाउन काठमाडौं केन्द्रीय आन्दोलन चर्काउनै पर्छ’– लामाले भने ।

पहिचान र अधिकारका लागि प्रहरीको गोली खाएर मधेशी जनता सडकमा मरिरहँदा पनि काठमाडौं र जनजाति बहुल क्षेत्रमा आन्दोलन उठ्न नसकेकोप्रति उनले चर्को असन्तुष्टि पनि पोखेका छन् । केन्द्रीय सदस्य विश्वनाथ पटेलले मधेश आन्दोलनमा चरम दमन भएकोले सरकारलाई अन्तर्राष्ट्रिय अदालत उभ्याउनका लागि तत्काल पहल थाल्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । यसैगरि, केन्द्रीय सदस्य आरसी तुङ्बाले वार्ता भन्दा पनि माग तुहाउन सरकार चरम दमनमा उत्रेको भन्दै चर्को असन्तुष्टि पोखे । आन्दोलन सँगै राजनीतिक गतिरोध अन्त्यका लागि पार्टीले ठोस कदम चाल्न पनि उनीहरुको सुझाव छ ।

राजनीतिक प्रतिवेदनमा वर्तमान राजनीतिक परिस्थिति, संविधानसभा प्रतिक्रान्तिको साधन र नयाँ संविधान प्रतिक्रान्तिको उपज, नयाँ संविधानका प्रतिगामी तथा यथास्थितिवादी धाराहरु, समानुपातिक समावेशी लोकतन्त्रको कसीमा नयाँ संविधान, प्रतिगामी संविधान विरुद्धको सदन र सडकमा पार्टीको संघर्ष, तराई–मधेस–थरुहटमा आन्दोलन र विद्रोह, मोर्चा र सरकारबीच भएको वार्ता लगायतका विषयबस्तु समेटिएको छ ।nepaliheadline

काठमाण्डु, ९ माघ-नेपाली काँग्रेसको अधिवेशनका लागि सबै जिल्लामा निर्वाचन अधिकृत खटाएको छ । केन्द्रीय निर्वाचन समितिको शुक्रबार बसेको बैठकले सबै जिल्लाका निर्वाचन अधिकृतको सूचीलाई अन्तिम रुप दिएको हो ।
काठमाण्डुबाट नजिक र विवाद नभएका जिल्लाका निर्वाचन अधिकृत अल्ली ढिला गए पनि टाढा र बढी विवाद भएका जिल्लाका निर्वाचन अधिकृत भने आजभोलि नै तोकिएको स्थानमा जाने काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
केन्द्रीय निर्वाचन समितिले शनिबार प्रकाशित गरेको सूचीअनुसार ताप्लेजुङमा ईन्द्रदेव ठाकुर, पाँचथरमा उत्तम पौडेल, इलाममा देवेन्द्र कोइराला, झापामा पुनमकुमार गुप्ता, सङ्खुवासभामा कृष्णप्रसाद दाहाल, तेह्रथुममा बालुकुमार कटुवाल, भोजपुरमा पिकम राई, धनकुटामा भरतबहादुर थापा, सुनसरीमा सिताराम राई, खोटाङमा दामोदर गौतम, ओखलढुङ्गामा लोकेन्द्रबहादुर बम, उदयपुरमा डिल्ली कार्की, सप्तरीमा लखनलाल यादव, सिराहमा राजनप्रसाद दाहाललाई जिल्ला निर्वाचन अधिकृत बनाएर खटाइएको छ ।
त्यसैगरी, दोलखामा गङ्गाप्रसाद यादव, रामेछापमा पद्मबहादुर गिरी, सिन्धुलीमा चुन्नीशरण यादव, धनुषामा पर्शुराम कोइराला, महोत्तरीमा जितनारायण मण्डल, सर्लाहीमा अच्युतम आचार्य, रसुवामा एमपी भुषाल, धादिङमा श्रीराम दवाडी, नुवाकोटमा सागर विष्ट, काठमाण्डुमा श्यामराज ढुङ्गेल, भक्तपुरमा गोकर्ण बानियाँ, ललितपुरमा बाबुराजा जोशी, काभ्रेमा राजेश्वर अधिकारी, सिन्धुपाल्चोकमा योगेन्द्र अधिकारीलाई निर्वाचन अधिकृत तोकिएको छ ।
निर्वाचन समितिका अनुसार मकवानपुरमा गोविन्द सिग्देल, रौतहटमा देवेन्द्र झा, बारामा अरुण परियार, पर्सामा निरन्जन आचार्य, चितवनमा मुकुन्द अर्याल, गोर्खामा पुर्शराम घिमिरे, मनाङमा कैलाश गुरुङ, लमजुङमा नरेन्द्र केसी, कास्कीमा खिमराज पौडेल, तनहुँमा विष्णुकुशल भुजेल, स्याङजामा राजेन्द्र अधिकारी, गुल्मीमा काशीराम पाठक, पाल्पामा राजन ढुङगाना, अर्घाखाँचीमा प्रदीपकुमार यादव, नवलपरासीमा राजेन्द्र न्यौपाने, रुपेन्देही हुमबहादुर कुँवर, कपिलवस्तुमा शालिकराम बञ्जाडे, मुस्ताङमा गोपाल पाण्डे, म्याग्दीमा अर्जुनप्रसाद चौलागाईँ, बाग्लुङमा कृष्णबहादुर थापा खटिएका छन् ।
त्यस्तै, पर्वतमा कृष्णप्रसाद तिमिल्सिना, रुकुममा प्रवीण लम्साल, रोल्पामा जयबहादुर खत्री, प्यूठानमा अरुण पौडेल, सल्यानमा दीपकराज रेग्मी, दाङमा गोपाल पाण्डे अल्छी, डोल्पामा सागर केसी, जुम्लामा धनबहादुर शाही, कालिकोटमा देवेन्द्रराज शर्मा, हुम्लामा दिलबहादुर महत, जाजरकोटमा ज्ञानेन्द्र रावल, दैलेखमा प्रदिप धिताल, सुर्खेतमा प्रलाह्दबहादुर कार्की, बाँकेमा रोहितराज बास्तोला, बर्दियामा लोकबहादुर शाह, बाजुरामा प्रतापसिंह ठाकुराठी, अछाममा पुष्पराज पाण्डे, बझाङमा डेकेन्द्र जोशी, डोटीमा भरत सिंह, कैलालीमा नित्यानन्द पाण्डे, दार्चुालामा देवराज अवस्ती, बैतडीमा हेमन्तराज पन्त, डडेरधुरामा नेरन्द्र सिंह र कन्चनपुरमा प्रयागदत्त भट्टलाई खटाइएको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रकाश शर्माले जानकारी दिए ।
देशभरका तीन हजार १६५ गाविस र २१७ नगरपालिकाका तीन हजार ९० ठाउँको निर्वाचन गराउन एक ठाउँमा कम्तीमा तीन जनाका दरले नौ हजारभन्दा बढी निर्वाचन अधिकारी चाहिने सचिव शर्माले बताए ।
काँग्रेसको हरेक नगरपालिकाको वडा तहमा, गाविसको गाविस तहमा, निर्वाचन क्षेत्र र जिल्ला तहमा अधिवेशन भई कार्यसमिति गठन हुन्छ । काँग्रेसको गाविसस्तरको गाउँ अधिवेशन र नगरपालिकाको वडा अधिवेशन यही माघ १५ गते हुनेभएको छ भने नगरपालिकाको नगरस्तरको अधिवेशन १६ गते पनि गर्न सकिने काँग्रेसको निर्वाचन समितिले व्यवस्था मिलाएको छ ।
निर्वाचन क्षेत्रस्तरको अधिवेशन माघ २२ र जिल्लास्तरको अधिवेशन माघ २५ गते र केन्द्रीय महाधिवेशन फागुन २० गतेदेखि २३ गतेसम्म गर्ने तय भएको छ ।
kathmandutoday
९ माघ, काठमाडौं । बंगबन्धु गोल्डकप फुटबलको उपाधिसहित स्वदेश फर्किने नेपाली खेलाडीहरुको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा समर्थकहरुको उल्लेख्य भिड लागेको छ ।
राष्ट्रिय झण्डा र बाजा गाजासहितको टोली विमानस्थलमा नेपाली खेलाडीहरुको प्रतिक्षा गरिरहेको छ ।
राष्ट्रिय झण्डा, फूलमाला र खादा बोकेका समर्थकहरुले नेपाली खेलाडीहरुको स्वागतमा नारा लगाइरहेका छन् । खेलाडीहरुलाई त्रिभुवन विमानस्थलबाट गौशाला, पुरानो बानेश्वर, नयाँबानेश्वर हुँदै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा लगेर अभिनन्दन गरिनेछ ।
शुक्रबारको फाइनल भिडन्तमा नेपालले बहराइनलाई ३-० ले हराएको थियो । विजेता खेलाडीहरुलाई एन्फाले जनही ५ लाख र राखेपले जनही २ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
-onlinekhabar
एजेन्सी : अमेरिकामा यो शताब्दीकै सबैभन्दा भीषण हिमपात र आँधी आएको छ। आँधीबाट सबैभन्दा बढी देशको देशको पूर्वी शहर प्रभावित भएको छ ।


हिमपातका कारण वासिङ्गटन ठप्प भएको छ । सडकमा एकदेखि दुई फिट बाक्लो हिउँ जमेको छ । हिउँ जमेपछि मेट्रो र बस सेवा पनि बन्द रहेको छ । आँधीका कारण करिब ७ हजार ६ सय उडान रद्द गरिएको छ ।

सन् १९९२ मा यस्तै आँधी
अमेरिकी मौसम विभागका निर्देशक लुईस युसेलिनीले बताए अनुसार आँधीसँगै भएको हिमपात यो शताब्दीकैा धेरै भएको बताए ।

उनले आफूले अहिलेसम्म यति धेरै हिमपात भएको नदेखेको उल्लेख गरे । वासिङ्गटनमा यसअघि सन् १९९२ मा दुई दिनभित्र ७१ सेमी हिमपात भएको थियो ।

आइतबार पनि अमेरिकामा शनिबारकै जस्तो मौसम खराब हुने जनाउँदै सरकारी अधिकारीले जनतालाई घरबाहिर ननिस्कन भनेको छ ।

अहिले ७३ किलोमिटर प्रतिघनटाको रफ्तारमा हावा चलिरहेको छ । यो क्षेत्रमा सबै स्कुल, कलेज बन् गरिएको छ । केही सरकारी कार्याल पनि बन्द गरिएको छ ।

मानिसलाई बाक्लो हिमपातको चेतावनी दिएर घरबाट बाहिर निकाल्न र ड्राईभिङ गर्न रोक लगाइएको छ ।

टेनेसी, नोर्थ क्यालिफोर्निया, भर्जिनिया, नोर्थ क्यारोलिना, म्यारील्यान्ड, पेनसिलभेनिया र कोलम्बियामा आपातकाल घोषित गरिएको छ ।

पाँचै राज्यका एक हजार शहरमा आपातकाल घोषित गरिसकिएको छ । व्हाइट हाउसले नेशनल मेडल्स अफ साइन्स र नेशनल मेडल्स अफ टेक्नोलोजी एन्ड इनोभेसन सेरेमनीको मिति सारिएको छ ।

यस कार्यक्रममा राष्ट्रपति बराक ओबामा भारतीय मूलका वैज्ञानिक राकेश जैनलाई नेशनल मेडल अफ साइन्सबाट सम्मानित गर्ने तयारीमा थिए ।

बाक्लो आँधीका कारण ओबामाको यात्रा पनि बदल्नुपरेको छ । नेपाली समयानुसार शुक्रवार राति मिशिगनको डेट्रोइट शहरबाट फर्किएपछि एङ्ड्रूज एयरफोर्स बेसबाट व्हाइट हाउस गइरहेका थिए ।

तर आँधीले बाटो रोकिदिएको थियो । अन्त्यमा बाटो नै बदल्नुपरेको हो । शनिबार रातिसम्म ओबामा आफैं घरबाट पनि निस्कन सकेका छैनन् ।
annapurnapost
काठमाडौं, माघ ९ । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदमा पेश गरेको संविधान संशोधन विधेयक पारित गर्न सहमत भएका छन् ।
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको बैठकले मधेशका मुद्दा सम्बोधन गर्नका लागि विधेयक पारित गर्ने निर्णय गरेको हो ।
दलहरुबीच विधेयक पारित गर्ने बिषयमा केही मतभेद देखिए पनि अन्ततः पारित गरी अघि बढ्न सहमत भएका हुन् ।
बैठकपछि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले विधेयकका विषयमा भाषा मिलाउनका लागि कार्यदल र कानुन मन्त्री अग्नी खरेललाई जिम्मेवारी दिने निर्णय भएको बताए ।
उपसभापति पौडेलले मधेसी दलहरुलाई पनि विधेयकमा सहमत गराउन सत्तारुढ दल र आफ्नो पार्टीले समेत भूमिका खेल्ने बताए ।
imagekhabar.
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home