• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
पर्सा: वीरगन्जको मितेरी पुलमा बिहीरबार बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ।

गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र भारतीय नागरिकबीच विवाद बढेपछि बिहानदेखि दुबै पक्षबीच झडप भएको हो। झडपमा परी मोर्चाका छजना भन्दा बढी नेता तथा कार्यकर्ता घाइते भएका छन्।

बिहान भएको झडपमा परी मदन यादव, शत्रुधन यादव, रेखा देवी लगायतका घाइते भएका छन् भने राति भारतीय नागरिकले गरेको कुटपिटबाट मोर्चाका कार्यकर्ता सुरेश साह कानु, रञ्जित साह, रामदहिन यादव, नन्दु यादव, फिरोजबाबु खान घाइते भएका थिए। घाइते सबैको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।

घाइतेमध्ये सुरेश साहको अवस्था गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। आन्दोलनकारी र रक्सौलवासीबीच विवाद बढेपछि उत्पन्न विवादलाई साम्य पार्न दुबै तर्फका अगुवाले पहल गरिरहेका छन्।

सीमाक्षेत्रमा नेपाल भारतका नागरीक एकआपसमा भिडेपछि तनाव उत्पन्न भएको छ । सीमाक्षेत्रमा तनाव बढेपछि सम्पूर्ण सवारीका साधन आवतजावतमा रोक लगाइएको छ। रासस
annapurnapost

सिरहा, १७ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरिरहेको अहिलेको सरकारलाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले उलुुको सरकार भएको टिप्पणी गरेका छन् ।
सद्भावना पार्टी क्षेत्र नम्बर १ सिरहाद्धारा आज लहानमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले भने, ‘आन्दोलनले देश तहसनहस भएको छ । तर यो उल्लुु सरकार आन्दोलनलाई आन्दोलन देख्दैन् ।’ उल्लुुले दिनमा नदेखेर राती मात्र देखेझै वर्तमान सरकार गरेको उनको टिप्पणी थियो ।
सरकारले बार्ता सार्थक बनाउन ठोस धारणा ल्याउन नसकेकोमा अध्यक्ष महतो आक्रोसित देखिए । उनले भने– ‘देश प्रमुख तीन दलका कारण ठप्प भएको छ । त्यसैले उनीहरुलाई एकमत भएर आउन मेरो विशेष आग्रह छ ।’ तीन दलले एकमत अर्थात् ठोस धारणा बनाएर टेबुुलमा बसे बार्ता सार्थकर्ता पाउने उनले थपे ।
अध्यक्ष महतोले सरकारले हदै पार गर्यो भने मधेसका यूूवाहरु हतियार उठाउन बाध्य हुुन सक्ने पनि बताए । उनले मधेसी यूूवाहरु हतियार उठाउन बाध्य भयो भने त्यसको जिम्मेवार सरकारले लिनुपर्ने बताए । तर आफू भने हतियार उठाउन नउठाएर शान्तिपूूर्ण आन्दोलन गरेरै अधिकार लिने भने ।
उनले वार कि पारको लडाई लड्न अझ सशक्त आन्दोलन गर्ने तयारी थालेको पनि जानकारी दिए । उनले भने, ‘जुुन दिन मधेसका हरेक घरबाट जनता सडकमा आउँछ । त्यो दिन अधिकार निश्चित रुपमा पाउँछौं । त्यो दिन चाँडै आउँदैछ ।
dainiknepal
काठमाडौं, १७ मंसिर । चुरे भावर राष्ट्रिय एकता पार्टीको प्रतिकार बढेपछि मधेसी मोर्चाभित्र खैला बैला मचिएको छ । इटहरीमा भएको प्रतिकारसंगै मधेसी मोर्चाले राजमार्गमा गर्ने आफ्नो सभालाई कि त स्थगित गरेको छ कि त स्थान सारेको छ ।
इटहरीमा मोर्चाका कार्यकर्तालाई लखेटेपछि दुहबीको कार्यक्रम सारेर विराटनगर, बर्दिबासको कार्यक्रम सारेर ढल्केबर, लालबन्दीको कार्यक्रम सारेर नवलपुरमा गरेको छ । यस्तै, प्रतिकार हुने र लखेटिने डरले निजगढ, पथलैया, हेटौडा र अत्तरियाको कार्यक्रम भने स्थगित नै गरेको छ ।
हिजो ढल्केवरमा भएको सभामा चर्को भाषण गरेका मधेसी मोर्चाका शीर्ष नेताहरू सर्लाहीको नवलपुरमा हुने सभामा सहभागी नहुने भएका छन् । अब वार्ताको कुनै औचित्य नभएको र काठमाडौंसंग वार्ता नगर्ने भन्दै भाषण गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव शनिवार हुने वार्ताको लागि आजै काठमाडौतिर लागेका छन् ।
यस्तै तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि ढल्केवरको सभामा सहभागी भएका थिए तर अस्वस्थताको कारण जनाउंदै जनकपुरमै रहेका छन् । ठाकुर आजै काठमाडौं फर्किने कार्यक्रम छ । आफ्नै गृह जिल्ला भएका ठाकुरसहित महेन्द्र यादवको पनि नवलपुरको राजमार्गमा रहेको सभामा जाने कार्यक्रम निश्चित छैन् ।
आक्रामक शैलीमा चर्को भाषण गर्दै आएका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भने नवलपुर सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनका पार्टीका जिल्ला नेताले बताएका छन् ।
आज बिहान सिरहाको लहानमा पत्रकार सम्मेलनमा बोल्दै महतोले चूरे भावरको प्रतिकारको घोषणा भएकै कारण आफू नवलपुरको सभामा सहभागी हुने बताए । महतोले चूरेभावरको क्षेत्र हुंदै आफू नवलपुर पुग्ने र आफूलाई रोक्न चूरे भावरलाई चुनौती समेत दिए । चूरे भावरका अध्यक्ष बद्री न्यौपानेले राजेन्द्र महतोलाई चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने घोषणा गरेका थिए ।
चूरे भावरको प्रतिकारको डरले महतो बाहेकका मोर्चाका शीर्ष नेताहरू नवलपुर नआउने भएपछि आम मधेसी जनता सभामा उपस्थिति हुने नहुने बारे अन्यौलता छाएको छ । नवलपुरमा झडप हुने सम्भावना भएकोले गर्दा जनताको उपस्थिति न्यून हुने मोर्चाका स्थानीय नेताले बताएका छन् ।
dainiknepal
काठमाडौं, १७ मंसिर । आन्दोलनरत मधेसवादी दलहरु वार्ताका लागि गम्भीर नभएको प्रमुख दलहरुले निष्कर्ष निकालेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा आज बसेको प्रमुख प्रतिपक्षी कांग्रेसहित सत्तारुढ दलहरुको बैठकले वार्ताप्रति मोर्चा गम्भीर नभएकै कारण बुधबारको निर्णायक वार्ता स्थगित भएको निष्कर्ष निकालेको हो ।
बैठकले मोर्चासँग छिटै अर्काे वार्ता गर्ने निर्णय गरेको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘मधेसी मोर्चाले राखेको सीमांकनको मागमा राजनीतिक रुपमै छलफल गर्नु आवश्यक भएकाले अर्काे वार्तामा समस्या समाधानको प्रयास हुन्छ । वार्ता र सम्वादको विकल्प छैन् ।’
स्रोतका अनुसार वार्तामा बोलाउँदा पनि मधेसी मोर्चा वार्तामा नआएर आन्दोलनलाई झन चर्काउने, पेट्रोल बम हान्ने गतिविधीले तीन दल गम्भीर भएका छन् । बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा पनि छलफल भएको थियो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति सुशील कोइराला लगायतका नेताहरुको सहभागिता थियो
dainiknepal
सिरहा, १७ मंसिर । सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले चुरेमा जान आफूलाई कसैले रोक्न नसक्ने बताएका छन् ।

सिरहा सदरमुकाम लहानमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले नवलपुरमा हुने विरोधसभालाई सम्बोधन गर्न चूरेभावरको क्षेत्रबाटै जाने बताए ।
यसअघि चुरे भावर राष्ट्रिय एकता पार्टीले महतोलाई चुरेमा खुट्टा टेक्न नदिने घोषणा गरेको थियो । अन्यथा कडा प्रतिकारको चेतावनी दिएको थियो ।
तर, उक्त चेतावनीलाई व्यवस्था गर्दै महतो केहीबेरमा चुरे भएरै नवलपुर जाने तयारीमा छन् । महतोले चुनौति दिँदै भने– चूरेभावरको क्षेत्र हुंदै म नवलपुर पुगेरै छाड्छु, कसैले रोक्न सक्छ भने रोकेर देखाओस् । यता चुरे भावरका अध्यक्ष बद्री न्यौपानेले महतोलाई कुनै हालतमा चूरे भावर क्षेत्रमा प्रवेश गर्न नदिने बताए ।
यसअघि चुरे भावरले सर्लाहीमा राजमार्ग बन्द गर्न आएका मधेसी मोर्चाका नेता कार्यकर्तालाई तीन किलोमिटर टाढासम्म लखटेको थियो । जसमा महतोकी श्रीमतीको गाडी समेत तोडफोड भएको थियो ।
dainiknepal
बिहीबार, १७ मंसिर
विरगञ्ज । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र भारतीय पक्षबीच मितेरी पुलमा दोहोरो झडप भएको छ।
भारतिय पक्षसंग झडप हुँदा मोर्चाका तर्फबाट तमलोपाी नेतृरेखा साह सहित केही मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइते भएकाहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
नाबाबन्दी र आन्दोलनको फाइदा उठाउदै भारतिय नागरिकले ल्याएकोे पेट्रोल  मोर्चाका कार्यकर्ताले पोखिदिए पछि दुबै पक्षबाट ढुंगा हानाहान भएको थियो ।
झडप पछि बिरगञ्ज रक्सौल तनावग्रस्थ बनेको छ । झडपलाई नियन्त्रण गर्न नेपालपक्ष सुरक्षाकर्मी र भारतका सुरक्षाकर्मी परिचानल गरिएको छ।
www.nepalsandesh
बिहीबार, १७ मंसिर
चीनवाट इन्धन ल्याउन ढिलाई गरिंदै

नेपालको सरकारमा अहिले दुई जना प्रधानमन्त्री छन्    भनिन्छ । केपि ओली संगै प्रचण्ड पनि दोश्रो प्रधानमन्त्रीको रुपमा रहेका छन् । यी दुई भाइ भागवण्डा गर्दै सरकार चलाइ रहेका छन् ।
ओली र प्रचण्डले चाहने हो भने चीन वाट पेट्रोल र ग्याँस लगाएतका इन्धन ल्याउने क्रम अहिले शुरु भैसकेको    हुने थियो । तर यी दुई नेताहरु नै चीनवाट इन्धन ल्याउने भन्दा भारतका सत्ताधारीहरु संग वार्ता गरेर नाकावन्दी समस्या हल गर्न खोज्दैछन् ।
ओली असोज २४ गते प्रधानमन्त्री चुनिएका थिए । उनी प्रधानमन्त्री भएको नै दुई महिना हुन लागि सक्यो । इन्धन चीनवाट आउन सक्दछ भन्ने कुरा केरुङ नाकावाट अनुदानको इन्धन आएवाटै प्रष्ट भैसकेको छ । तर खरिद गरेर इन्धन आपूर्ति गर्न यतिका दिन ढिलाई किन भैरहेको छ ?
ओली र प्रचण्डको प्राथमिकतामा चीनवाट जसरी हुन्छ चाँडो भन्दा चाँडो इन्धन खरिद गरी ल्याउने प्रकृया शुरु गर्ने विषय परेको छैन भन्ने व्यवहार वाट पुष्टि भएको छ ।
चीनले कर छुट नदिएमा चीनवाट ल्याइने इन्धन महंगो हुने हुनाले कर छुट गराउन कुराकानी भैरहेको भनेर जनतालाई ढाँट्ने काम ओली र प्रचण्डले गरिरहेका छन् ।
कर छुट नदिंदा पनि चीनवाट ल्याइने पेट्रोल प्रति लिटर १५० रुपैयाँ मात्र पर्दछ भनेर सरकार स्वयम्ले स्वीकार गरिसकेको छ । ग्याँस ल्याउँदा पनि प्रति सिलिण्डर पाँच सय रुपैयाँ सम्म महंगो पर्न सक्ने वताइएको छ ।
कालो वजारमा पेट्रोल तीन सय देखि पाँच सय तिर्न तयार जनता चीनवाट १५० आउँछ भने किन्न तयार छन् । चीनको पेट्रोल भारतको भन्दा गुणस्तरिय पनि छ ।
ग्याँस कालो वजारमा दोव्वर मूल्यमा किन्न वाध्य जनता चीनवाट पाँच सय महंगोमा आएपनि किन्न तयार छन् । तर भारत संग झुकेर गलत सम्झौता नगरोस् भन्ने जनताको अभिमत रहेको छ ।
चीनको कर छुट विषयमा चीन संग कुराकानी गर्दै गरे हुन्छ । तर अहिले नेपाली जनतालाई तुरुन्तै इन्धन चाहिएको छ, त्यो ल्याउन शुरु गरिहाल्न पर्दथ्यो सरकारले । तर ओली र प्रचण्डले वहाना बाजी मात्र गरिरहेको छ ।
केरुङको नाका साँघुरो अवश्य छ, तर कति पनि इन्धन ल्याउन नसकिने होइन । जति सकिन्छ ल्याउँदै गर्दा पनि नेपालको इन्धन संकट धेरै कम हुने विज्ञहरुले वताइसकेका छन् ।
तातोपानी नाका पनि चीनलाई राम्ररी अनुरोध गरेर तुरुन्तै सुचारु गर्न सकिन्छ । तर सरकारले यो काम पनि अहिले सम्म गरेको छैन ।
पेट्रोल ल्याउन नेपाल संग भएका टैंकरले काम नदिए चीन लाई नै नेपाल भित्र सम्म ढुवानी गरिदिन अनुरोध गर्न सकिन्छ र त्यसवापत नेपालले थप रकम दिन सक्दछ ।
नभए चीनवाट नै उपयुक्त केही टैंकर खरिद गर्न सकिन्छ । यस तर्फ पनि ओली सरकार कानमा तेल हालेर वसिरहेको छ ।
ग्याँस ल्याउने सन्दर्भमा पनि यस्तो संकटको वेला चिनियाँ ग्याँस खरिद गरि तुरुन्त ल्याउन खासै पहल नगरेको खुल्न आएको छ र अनेक वहाना वाजी मात्र गरिरहेको पुष्टि भएको छ । ओली सरकारले महंगो हुने, यातायात समस्या आदि वहाना गरिरहेको छ ।
चिनियाँ बुलेट वाटै नेपालको नजिकका ग्याँस उद्योग सम्म ल्याइदिने गरि सम्झौता गर्न ओली सरकारले खासै पहल गरेको छैन । यसको विकल्पमा अहिले तत्काल चीन कै सिलिण्डरमा भरेर सिलिण्डर सहित ल्याउने तरिकामा समेत जान सकिने विज्ञहरुले वताएका छन् ।
यस्तो गम्भीर संकटको वेला प्रधानमन्त्री ओली स्वयम् चीन भ्रमणमा गई आवश्यक कुराकानी उच्च स्तरमा गरेर इन्धन खरिद गरि ल्याउने प्रकृया तुरुन्त गराउन पर्दथ्यो । ओलीले अर्थ, वाणिज्य, परराष्ट्र मन्त्री तथा सचीवहरु समेत आफ्नो भ्रमण टोलीमा समावेश गरेर एकै चोटी सबै सम्झौता गर्न र गराउन सक्दथे ।
यस्तो उच्च स्तरिय टोली चीन गएको भए उहिल्यै इन्धन आउन शुरु भैसकेको हुने थियो । तर प्रधानमन्त्री ओलीमा भारतीय विस्तारवादका विरुद्ध यसरी हिम्मत साथ सहि ढंगले मुकाविला गर्ने हिम्मत नदेखिएको पर्यवेक्षकहरुले वताउन थालेका छन् ।
ओली चीन भ्रमणमा नजाने भएका छन् र वरिष्ठ मन्त्रीहरुलाई समेत पनि नपठाई सामान्य कर्मचारी टोलीमात्र पठाएर जनताको आँखामा छारो हाल्ने काम गर्दैछन् ।
प्रचण्डले पनि ओलीलाई  सहि विकल्पमा भन्दा भारत र मधेशी मोर्चा संगै सम्झौता गर्न दवाव दिइरहेको समाचार    श्रोतले वताएको छ ।
प्रचण्ड र ओली पनि देशभक्तिको धोती फालेर घुमाउरो पाराले वावुराम भट्टराई कै वाटोमा जान लागेको आशंका पर्यवेक्षकहरुले गर्न थालेका छन् ।
nepalsandesh
दुवैतर्फ सहजीकरण बढाउँदै लग्नुपर्छ : प्रधानमन्त्री कार्यालयको सन्देश

मंसिर १७, २०७२- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने संकेत मिलेपछि घरफिर्तीको तालिका समेत रोकेर दिल्ली बसाईं लम्ब्याएका परराष्ट्रमन्त्री कमल थापा, प्रधानमन्त्रीसँग भेटघाट हुन नसक्ने जानकारी पाएपछि बिहिबार बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट काठमाडौं फिर्दैछन् ।

सुरक्षा सल्लाहकार अजित डोबलसँग बुधबार राती भेटवार्ता गरेपछि नाकाबन्दी खुल्ने दिशामा ‘थप सकारात्मक’ बन्दै प्रधानमन्त्री मोदीसँग भेट गर्ने पर्खाइमा रहेका थापाले प्रधानमन्त्रीसँग हुन नसक्ने जानकारी बिहिबार बिहान मात्रै पाएका हुन् ।

‘अहिले देखिएको आपूर्ति अवरोध खुलाउन नेपाल भारत दुवैतर्फ सहजीकरण जरुरी छ,’ उच्च स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट आएको सन्देशमा भनिएको छ, ‘थप वार्ता र संवादको वातावरण तयार गर्नमा र आन्दोलनरत पक्षले सीमावर्ती नाका पुर्‍याइरहेका अवरोध हटाउनमा तदारुकता हुनुपर्ने देखिएको छ ।’ उच्च स्रोतका अनुसार मन्त्री थापाले भारतीय प्रधानमन्त्री मोदीसँग संक्षेपमा फोनवार्ता गरेका थिए ।

मधेसी मोर्चासँग वार्ता गर्ने सरकारी समितिका संयोजक समेत रहेका मन्त्री थापाले बेंग्लोरस्थित धार्मिक गुरु रविशंकरसँग भेट गर्दै धार्मिक–कुटनीतिको उपायबाट दिल्लीमा सकारात्मक वार्ताको वातावरण बन्ने अपेक्षा गरेको उनका निकटवर्तीले बताए ।  थापाको आग्रहमा बुधबार भारतीय विदेश मन्त्री सुषमा स्वराजसँग भेटवार्ता भएको थिए ।

भेटमा स्वराजले, ‘मधेसी मोर्चासँग संवाद र सहमतीको सन्देश सुन्न दिल्ली पर्खिरहेको,’ भन्ने जवाफ मात्रै दिएकी थिइन् । उनले संविधान संशोधनको सरोकार र सीमांकन मामलामा उठेको बहसबारेमा पनि मन्त्री थापाको ध्यानाकर्षण गराएकी थिइन् । यसैबीच, नेपालको नाकाबन्दी स्थिती र राजनीतिक सरोकारमा भारतको राज्यसभामा दर्ता भएको विशेष महत्वको प्रस्तावमा बिहिबार अपरान्ह विदेश मन्त्री स्वराजले जवाफ दिने भएकी छिन् ।

मन्त्री थापासँगै दिल्लस्थित राजदूत दीपकुमार उपाध्याय पनि काठमाडौं फिर्दैछन् । भुटानका लागि समेत राजदूत रहेका उपाध्याय आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा काठमाडौं हुँदै थिम्पू हिँडेका हुन् ।

kantipur.ekantipur
बिहीबार, १७ मंसिर
काठमाडौं । नेपालमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले लगाएको नाकाबन्दीको प्रतिरोध भारतीय सांसद हरुलेनै गर्ने भएका छन् ।
आज दिउँसो बस्ने भारतीय माथिल्लो सदन राज्यसभाको बैठकमा जरुरी सार्वजनिक महत्त्वको विषय भन्दै यो विषयमा छलफल केन्द्रीत हुने छ ।
बैठकको सुरुमै राज्यसभा सदस्य पवनकुमार वर्माले भारतीय प्रधानमन्त्री मोदी र विदेश मन्त्री सुष्मा स्वराजलाई नेपालको स्थिति र भारत९नेपाल सम्बन्धबारे जरुरी सार्वजनिक महत्वको विषयमा ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।
उनले आक्रामक प्रस्तुती सहित पहिलो पटक प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजलाई आक्रमण गर्ने तयउारी गरेका छन् । पवनकुमार वर्मा जनता दल युनाइटेडका सांसद हुन् भने नेपालको सीमा जोडिएको विहारबाट राज्यसभामा सदस्य बनेका थिए ।
उनले यस अघि पनि भारजपा सरकारले लगाएको नाकाबन्दीको चर्को विरोध गर्दै आइरहेका छन् । यो विषयमा विदेशमन्त्री स्वराजले आफ्नो घारणा संसदमा टेवल गराएकी छिन् भने वर्माको प्रस्तुतीको जवाफ दिन र उनको प्रश्नको प्रतिरोध गर्ने सवाल तयार पारेको बताइएको छ ।
भारतीय विदेशमन्त्रीले हाल भैरहेको नाकाबन्दीलाई ढाँट्ने र पारवहनमा नेपालबाटै समस्या भएको भन्दै जवाफ दिने तयारी गरेकी छिन् । अबरोध नभएका नाकाहरुमा अहिले पनि सयौं मालवाहक ट्रक र १३० बढी ग्यास बुलेट अड्कीएकोमा मन्त्रीले यो विषयलाई पनि छलछाम गर्ने तयारी गरेकी छिन् ।
मन्त्रीको जवाफ लगत्त२ै विपक्षी सांसदहरुले संसद अबरोध गर्ने तयारी समेत गरेको बताइएको छ । उनीहरुले मोदी प्रधानमन्त्री भएपछि पहिलो पटक संसद अबरोध गरेर मोदी सरकारमाथि आक्रमण गर्न लागेका हुन् । भारतीय संसद इतिहासमा यो पहिलो घटना हुनेछ, जुन छिमेकीलाई लगाइएको नाकाबन्दी विरुद्ध संसदमै हंगामा हँदैछ । र संसद अबरोधसम्म हुदैछ ।
nepalsandesh
बिहीबार, १७ मंसिर
भारत । भारतीय जनता पार्टीका तर्फबाट प्रधानमन्त्री बनेका मोदीले छिमेकी मुलुकहरुसँगको सम्वन्ध बिगारेको भन्दै भारत भर बिरोध भइरहेको छ ।

नेपालमा मोदी सरकारले लगाएको नाकाबन्दी लगायतका बिषयमा त झनै भारतको संसदमा समेत हल्ला खल्ला भइसकेको छ । बिपक्षी पार्टीहरुले नरेन्द्र मोदीले नेपालसँगको सम्वन्ध सुधार गर्नु पर्ने त्यसलाई बिगारेको भनि उनको आलोचना गरेका छन् ।
अन्य छिमेकी मुलुकसँग समेत मोदी सरकारका कारण समस्या थप टटिल बन्दै गएको छ । पाकिस्तानसँग संवाद हिनताको अवस्था छ भने बंगलादेशसँगको सम्वन्ध समेत पहिलाको भन्दा खराब अवस्थामा रहेको भन्दै भारतीय नेताहरुले मोदी सरकारको आलोचाना गर्दै आएका छन् ।
नेपालसँगको सम्वन्ध विगारेको भन्दै उत्तर प्रदेश राज्यका मन्त्री आजम खाँ प्रधानमन्त्रि मोदीको आलोचना गरेका छन् ।
उनले नेपालजस्तो मित्र राष्ट्रलाई पनि विश्वासको दायरामा राख्न नसकेकोमा मोदीको कडा आलोचना गरेका छन् । उनले भारतको विदेश नीतिको आलोचना गर्दै भने, ‘भारतको विदेश नीति यस्तो भइसकेको छ कि पाकिस्तानमात्र नभई नेपाल, श्रीलंका, चीन पनि दुश्मन बन्दै गइरहेका छन् ।’
बुधबार गोरखपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा करिब ५० मिनेट खर्चिएका उनले अधिंकाश समय मोदीको आलोचना गरे । यसअघि बिहारका पूर्व मूख्यमन्त्री तथा राष्ट्रिय जनता दलका नेता लालुप्रसाद यादवले पनि मोदीको आलोचना गरेका थिए ।
nepalsandesh
नयाँ दिल्ली, मंसिर १७ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कै कारण भारत असुरक्षित हुने देखिएको छ । अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) ले मोदीकै कारण भारतविरुद्ध युद्धको घोषणा गरेको छ ।
आफ्नो नयाँ घोषणापत्रमा आइएसले इराक र सिरियाबाहिर प्रभाव जमाउने योजना अन्तर्गत भारतलाई निशाना बनाइने उल्लेख गरेको हो ।
भारतमा धार्मिक द्वन्द्वलाई मोदीले बढावा दिएको उल्लेख गर्दै आइएसले भारतविरुद्ध युद्धको उदघोष गरेको हो । भारतमा मोदी सरकारले इस्लामविरोध भावना फैलाएको तथा मुस्लिम समुयाद असुरक्षित हुँदै गउको भन्दै आइएसले मोदी सरकारकै कारण भारतमा युद्ध थालनी गर्नुपर्ने अवस्था आएको उल्लेख गरेको छ ।
अंग्रेजी भाषामा प्रकाशित भारतीय अखबार ‘इन्डियन एक्सप्रेस’ का अनुसार आइएसले घोषणापत्रमा भनेको छ, ‘नरेन्द्र मोदी एक दक्षिणपन्थी हिन्दु राष्ट्रवादी हुन् जो हतियारको पुजा गर्दछन् । उनी भविष्यमा मुस्लिमविरुद्ध युद्धका लागि समर्थकहरुलाई तयार पारिरहेका छन् र उनीसँग मुस्लिमविरुद्ध युद्धका लागि सशस्त्र सेना पनि छ ।’ (एजेन्सी)
imagekhabar
काठमाडौं – नेपालमा कार्यरत अमेरिकी दूतावासले काठमाडौंको मीनभवन कार्यालय रहेको कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडबाट एक करोड रुपैयाँ पेस्की (कर्जा) लिएको खुलासा भएको छ । कान्तिपुर सहकारीको ०६६÷६७ को अडिट रिर्पोटमा उत्तः कुरा उल्लेख गरिएको छ ।

अडिट रिपोर्टको पेस्की तथा धरौटी महलमा युएस एम्बेसी शीर्षकमा एक करोड रुपैयाँ लेखिएको छ । उक्त रकम अमेरिकी दूतावासले पेस्की लिएर तिर्न बाँकी रहेको रकम हो । अमेरिकी दूतावासले पेस्की लिएर तिर्न बाँकी रहेको अडिट रिपोर्ट चार्टड एकाउन्टेन्ट पीके स्वर्णकारले तयार पारेका हुन् । उनले देवकी विजय एण्ड कम्पनी चार्टड एकाउन्टेन्ट्सका तर्फबाट अडिट गरेका थिए ।

उक्त अडिट रिपोर्टमा कान्तिपुर सहकारीका अध्यक्ष सिबी लामा , प्रवन्ध सञ्चालक राजेन्द्र साह, सचिव जोगलाल लामा, कोषाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरु सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र हर्षजीत लामा तथा लेखा समितिका संयोजक कञ्चन तामाङ, सदस्यहरु हिमालयविक्रम ठकुरी र लेखा अधिकृृत सुभासभक्त मल्लले हस्ताक्षर गरेका छन् ।

लेखापरीक्षण प्रतिवेदनमा लेखा परीक्षक स्वर्णकारले ‘युएस एम्बेसीको नाममा विगत आवमा विना प्रयोजन दिइएको पेस्की एक करोड रुपैयाँ प्रस्तुत वर्षमा पनि असुल हुन बाँकी छ,’ भनेर लेखेका छन् । यसबाट अमेरिकी दूतावासले ०६५ सालमै कान्तिपुर सहकारीबाट एक करोड रुपैयाँ पेस्की लिएको स्पष्ट हुन आएको छ ।

उक्त अडिट रिपोर्टमा युएस एम्बेसीका नाममा एक करोड २१ लाख रुपैयाँ लिनुपर्ने देखिन्छ तर एक वर्ष एक करोड रुपैयाँ मात्र लिन बाँकी रहेको देखिन्छ । तर, उक्त २१ लाख रकम कसरी घट्यो र कसले तिर्यो भन्नेचाहिँ देखिँदैन । त्यसको पछिल्लो वर्ष सबै रकम क्लियर भएको देखिन्छ तर अमेरिकी दूतावासले उक्त रकम तिरेर क्लियर भएको कहीँकतै अडिट रिपोर्टमा देखिँदैन । कान्तिपुर सहकारीको ९६७–०६८ को अडिट रिपोर्टमा पनि अघिल्लो वर्षसम्म अमेरिकी दूतावासले एक करोड रुपैयाँ तिर्न बाँकी देखाएको छ तर त्यस वर्ष बाँकी नरहेको देखाएको छ । आजको आर्थिक दैनिकले खबर छापेको छ ।

ratopati
काठमाडौं, मंसिर १७ । अमेरिकाको क्यालिफोर्नियामा गोली हानेर १४ जनाको हत्या गरिएको छ । क्यालिफोर्निया राज्यको सान बर्नाडिनोमा तीन जना बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा कम्तिमा १४ जनाको मृत्यु भएको हो ।
हत्याराको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । आक्रमणमा अरु १४ जना घाइते भएका छन् । सैन्य पोशाकमा रहेका बन्दुकधारीले अपांगता भएका वयस्कहरुको पक्षमा काम गर्ने इनल्याण्ड सिजनल सेन्टरमा पसेर अन्धाधुन्ध गोली हानेका थिए ।
घटनामा संलग्न एक जनालाई मारिएको दाबी प्रहरीले गरेको छ । यो आतंककारी आक्रमण हो कि होइन भन्ने पुष्टि भइनसकेको र अनुसन्धान जारी रहेको अधिकारीहरुले बताएका छन् ।
सान बर्नाडिनोको स्वास्थ्य विभागमा एक कार्यक्रम भइरहेका बेला आक्रमण गरिएको हो । गोली प्रहारपछि आक्रमणकारी कालो गाडीमा चढेर भागेको प्रहरीले जनाएको छ । (एजेन्सी)
imagekhabar
बिहीबार, १७ मंसिर
काठमाडौं । भारतले लगाएको नाकाबन्दीका कारण इन्धन अभावमा रहेका जनता थप मारमा पर्ने भएका छन् । हिटर लगायतका अन्य उपकरण प्रयोग गर्नेहरु समस्या पर्ने भएका हुन् ।
विद्युत प्रधिकरणले भार थेग्न नसकेको भन्दै लोडसेडिङ बढाएको छ । विद्युत प्रणाली भार अत्याधिक वृद्धि भएको, भूकम्पका कारण क्षति भएका विदुत गृह सञ्चालन हुन नसकेको तथा नदीमा पानीको सतह घटेकाले लोडसेडिङको समय बढाइएको प्राधिकरणले जनाएको छ । अबदेखि हप्तामा ५६ घण्टा बिजुली नआउने प्रधिकरणले जनाएको छ ।
नयाँ तालिका अनुसार अब हप्तामा दुई तीन सात घण्टा, तीन दिन आठ घण्टा र दुई दिन नौ घण्टा बिजुली आउने छैन । हप्ताको पाँच दिन दुई पटक तथा दुई दिन तीन पटक लोडसेडिङ हुनेछ ।
कोलहपुरसहित पश्चिम क्षेत्र र ढल्केवर–अनारमणी क्षेत्रबाट विद्युत आपूर्ति हुने क्षेत्रका लागि लोडसेडिङ तालिका पछि प्रकाशित गरिने प्रधिकरणले जनाएको छ । नयाँ लोडसेडिङ तालिका शुक्रबारदेखि लागु हुने प्राधिकरणले जनाएको छ ।
औद्योगिक क्षेत्रका लागि तालिका
प्राधिकरणले चन्द्रनिगाहपुर–लमही क्षेत्रबाट विद्युत आपूर्ति हुने औद्योगिक क्षेत्रका लागि छुट्टै लोडसेडिङ तालिका बनाएको छ । हेटौंडा, सोनापुर, घोराही तथा शिवम सिमेन्टमा हरेक दिन बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म १२ घण्टा लोडसेडिङ हुनेछ ।
६६ केभीबाट विद्युत आपूर्ति भएका औद्योगिक क्षेत्रमा हरेक दिन दिउँसो १२ बजेदेखि राति १२ बजेसम्म लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
यस्तै ३३ केभी र ११ केभीबाट विद्युत आपूर्ति हुने औद्योगिक क्षेत्रमा हरेक दिन बेलुका पाँच बजेदेखि बिहान पाँच बजेसम्म बिजुली आउने छैन । सरकारी औद्योगिक क्षेत्रमा भने हरेक दिन बेलुका पाँच बजेदेखि बिहान तीन बजेसम्म १० घण्टा लोडसेडिङ हुने प्राधिकरणले जनाएको छ ।
nepalsandesh
बिहीबार, १७ मंसिर
काठमाडौं । भारतले नेपाल आफूसँग मित्रता चाहन्छ कि चाहँदैन भनेर प्रश्न उठाउँदै अघोषित नाकाबन्दी खुल्न मधेसीसँग सहमति हुनुपर्ने अडान दोहोर्‍याएको छ । नयाँदिल्लीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जवाहरलाल नेहरू भवनमा भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले ‘नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन ? भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् ।
साँझ अलग्गै भएको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि थापालाई यही दोहोर्‍याएका छन् । थापासँग स्वराजले पौने एक बजे तथा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले साढे ६ बजे बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् ।
जवाफमा उपप्रधानमन्त्री थापाले आपूर्तिमा भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । स्रोतका अनुसार बन्दबाहेकका नाकाबाट सामान पठाउन भारतीय पक्षबाट निरन्तर अवरोध हुँदै आएकाले जनता असन्तुष्ट रहेको, तर नेपालले भारतसँगको मित्रतालाई उच्च प्राथमिकतामा राखेको थापाको भनाइ थियो । राजदूत दीपकुमार उपाध्याय, डेपुटी चिफ अफ मिसन कृष्णप्रसाद ढकालसमेतका अधिकारी सहभागी रहेको करिब एक घन्टा लामो भेटवार्तामा विदेशमन्त्री स्वराजको अभिव्यक्तिपछि सीमानाका सहज नहुने संकेत देखिएको छ । भारतीय पक्ष नेपालमा भएका भारतविरोधी गतिविधिबारे बढी प्रतिक्रियात्मक देखिएको नेपाली पक्षले महसुस गरेको छ । उपप्रधानमन्त्री थापाले मधेसकेन्द्रित दलहरूसँग भएका वार्ताको फेहरिस्त बताइसकेपछि मन्त्री स्वराजको अभिव्यक्ति आएको हो ।
नाका सुचारु हुन मधेसीसँग सहमति हुनुपर्ने र भारतसँग सम्बन्ध सहज पार्न भारतविरोधी गतिविधि निस्तेज पार्नुपर्ने स्वराजले स्पष्ट रूपमा भनेकी छिन् । ‘हामीले पहिलेदेखि नै भन्दै आएका थियौँ कि मधेसीहरूलाई पनि मिलाएर सहमतिका आधारमा संविधान बनेको अवस्थामा मात्रै दिगो हुन्छ, यसमा तपाईंहरूले चासो दिनुभएन,’ स्वराजको भनाइ उद्धृत गर्दै स्रोतले नयाँ पत्रिकासँग भन्यो, ‘अब त्यो महसुस गरेर चाँडो सहमति गर्नुस्, समस्याको समाधान त्यही नै हो, अरू उपाय केही छैन ।’
मधेसबारे थापाको ब्रिफिङ
उपप्रधानमन्त्री थापाले मधेसको राजनीतिक मामिला हल गर्ने प्रयास भइरहेको, तर यसलाई दुईदेशीय सम्बन्धको विषय बनाउन नहुने भन्दै कुराकानी थालेका थिए ।
थापाले मधेसी दलहरूले उठाएका चार मागबारे सरकारको धारणासमेत राखेका थिए । स्रोतका अनुसार लिखित नोटसहित प्रस्तुत भएका उपप्रधानमन्त्री थापाले नयाँ संविधानमा समानुपातिक समावेशितालाई मौलिक अधिकारअन्तर्गत राखिएको र सुरक्षा निकायबाहेकका सबै सरकारी अंगमा यो व्यवस्था गरिएको बताएका थिए । उनले ७५ जिल्लामा कम्तीमा एउटा निर्वाचन क्षेत्र सुनिश्चित गर्ने गरी जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्न सरकार तयार रहेको पनि बताएका थिए ।
भौगोलिक बनावट र विकासको आवश्यकताका कारण जनसंख्या मात्रै आधार बन्न नसक्ने थापाले उल्लेख गरेका थिए । मन्त्री थापालाई भारतीय परराष्ट्रमन्त्रीको प्रश्न नयाँदिल्लीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापासँग बुधबार जवाहरलाल नेहरू भवनमा भएको भेटमा विदेशमन्त्री सुष्मा स्वराजले ‘नेपाल भारतसँगको मित्रता चाहन्छ कि चाहँदैन रु’ भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् । साँझ अलग्गै भएको भेटमा भारतीय प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले पनि थापालाई यही प्रश्न दोहोर्‍याएका छन् । थापासँग स्वराजले पौने एक बजे तथा राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले साढे ६ बजे बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
सिमानामा रोकिएका ट्रक फर्काउने चेतावनी
स्वराजले ‘नेपालले मित्रता चाहँदैन भने भारततिर रोकिएका सबै ट्रक भारततिरै फर्काइदिने’ चेतावनी दिएकी छिन् । जवाफमा परराष्ट्रमन्त्री थापाले आपूर्तिमा भारतले गरेको अवरोधका कारण नेपालमा भारतविरोधी भावना फैलिएको बताएका थिए । स्रोतका अनुसार बन्दबाहेकका नाकाबाट सामान पठाउन भारतीय पक्षबाट निरन्तर अवरोध हुँदै आएको स्पष्ट पारेका थिए ।
नेपालका प्रधानमन्त्रीसमेत उत्तेजित ?
भारत विदेशमन्त्री स्वराजले नेपालका प्रधानमन्त्रीसहितका नेता नै सार्वजनिक रूपमा भारतको विरोधमा उत्रिएको टिप्पणी गर्दै तर यसप्रति भारतका नेता संयमित रहेको तर्क गरेकी थिइन् । ‘हामी नेपालबारे नकारात्मक टिप्पणी गरिरहेका छैनौँ, तर नेपालका नेताले नै भारतको विरोधमा बाढी बगाएका छन्,’ चेतावनीयुक्त शैलीमा स्वराजको भनाइ थियो, ‘नेपाल आफ्नो निर्णय गर्न स्वतन्त्र छ, भारतको विरोध वा समर्थन गर्न स्वतन्त्र छ, हामी नेपालको शान्ति र प्रगतिका लागि चिन्तित छौँ । तपाईंहरूलाई हाम्रो मित्रता र सद्भाव चाहिँदैन भने त्यो पनि निर्णय गर्न तपाईंहरू स्वतन्त्र हुनुहुन्छ ।’
नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh
काठमाडौं, १७ मंसिर । देशकै ठूलो करदाता कम्पनीको रुपमा चिनिएको एनसेल नेपाल प्रालि पुनः विवादमा परेको छ ।
इन्टरनेट प्रयोग गरी व्यक्ति एवम् संस्थाहरुलाई गैर कानुनीरुपमा ‘वेस्ट क्वालीटी भ्वाइस सर्भिस’ प्रदान गरेको भन्दै नियमन निकाय दूरसञ्चार प्राधिकरणले पाँच लाख रुपैयाँ जरिवानसहित सेवा बन्द गर्न पत्र काटेको छ ।
एनसेलले केही समय अगाडि चिनियाँ रेडक्रसको लोगो लगाएर सामान आयात गरेको मुद्दा अहिलेसम्म पनि विचाराधीन नै रहेको समाचार यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।
एउटा मुद्दा सेलाउन नपाउँदै एनसेल फेरि अर्को विवादमा परेको हो । नेपालीको पैसाबाट चलेको कम्पनी नेपालीलाई नै मुर्ख बनाउने खेलमा लागेको छ ।
उच्च तहकै एक कर्मचारीको दोहोरो नागरिकता विवादले निजी क्षेत्रको मोवाइल सेवा प्रदायक एनसेलभित्र खैलाबैला सुरु भएको छ ।
एनसेलको ग्राहक सम्वन्ध विभागकी निर्देशक सोमा थापाको दुईवटा नागरिकता रहेको त्यहाँ कार्यरत कर्मचारीहरुको दावी छ ।
हालैमात्रै सबैभन्दा धेरै आयकर तिरेको भन्दै आन्तरिक राजस्व विभागबाट सम्मानित हुन पुगेको एनसेल भित्र थापाको नागरिकता विषय चर्चाको विषय बनेको छ ।
पर्सा निवासी युवराज थापासँग विवाह गरेपछि गत असोज ६ गते अंगिकृत नेपाली नागरिकता लिएकी सोमा थापा भारतको कोलकाता इस्तिस बुर्तालामा जन्मिएकी हुन ।
नेपाली नागरिकता लिएपछि स्वतः भारतको नागरिकता त्याग्नुपर्नेमा उनले अझै भारतको नागरिकता कायम राख्दै आएको एनसेलका कर्मचारीहरुको भनाई छ ।
काठमाडौंस्थित भारतीय दूतावासको पत्रले पनि उनी अझै भारतीय नागरिक रहेको पुष्टि गर्दछ । एनसेलले भने थापाको नागरिकताको विषयमा कम्पनीको कुनै प्रतिक्रिया नरहेको भन्दै उनले पेश गरेको नेपाली नागरिकताका आधारमा कम्पनीमा काम गर्दै आएको जनाएको छ ।
कम्पनीद्धारा जारी वक्तव्यमा नागरिकताको कुरा थापाको निजी विषय हो भन्दै उनको नागरिकता वैधानिक हो वा होइन भनेर प्रश्न गर्ने ठाउँमा कम्पनी नरहेको स्पष्ट पारेको छ ।
एनसेलका एक कर्मचारी भन्छन–‘उहाँ जुनसुकै देशको नागरिक हुँदा फरक पर्ने विषय होइन । तर, दोहोरो नागरिकता लिएको देखिएकोले अफिसमा विरोध भएको हो ।’
एनसेल मुद्रा अपचलनको मुद्दामा परेपछि छानविन हुने क्रममा थापाको दोहोरो नागरिकता पाइएको थियो ।
तत्कालिन स्पाइस नेपाल हुँदै हालको एनसेलमा काम गर्दै आएकी थापामाथि भीओआईपी मेसिन मार्फत कल बाइपास गरेको आरोप लाग्दै आएको एनसेलका कर्मचारीहरुको भनाई छ ।
दोहोरो नागरिकता लिएको र मुद्रा अपचलन मुद्दामा महानगरिय प्रहरी अपराध महाशाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत उनीविरुद्ध पत्र काटेको एनसेल स्रोतको दावी छ ।
स्रोत भन्छ–‘भारतीय दूतावासको दबाब हो कि डर हो, यति धेरै गम्भी र विवादमा तानिँदा पनि एनसेल व्यवस्थापन उनलाई कुनै कारवाही गर्न सक्दैन । मुद्रा अपचलन र दोहोरो नागरिकता विवादमा प्रहरी प्रशासनको चासो बढेपछि केही समय थाप वेतलवी विदामा बसे पनि हाल भने काममा फर्किएकी छन् । देश नै पुरै नाकाबन्दीको चपेटामा परेको बेला एनसेलले एक बिबादास्पद भारतीयलाई पालेर राख्नु सोचनीय छ । जागिर जोगाउन पटक–पटक भारतीय दूतावास पुग्ने गरी थापा कोलकाताको आफ्नो मतदाता परिचयपत्र खारेज गर्न लागिपरेको एनसेलका कर्मचारीको भनाई छ । यो काण्डमा एनसेलको उच्च तहका कर्मचारीबाट संगठित रुपमा अनियमितता र अदृश्य आर्थिक खेल बढेको समेत बुझिएको छ ।
‘तल्लो तहका कर्मचारीले सानो गल्ती गर्दा तत्कालै कारवाही हुन्छ, माथिल्लोतहका कर्मचारीले जघन्य अपराध गर्दा पनि संरक्षण हुन्छ भने एनसेल व्यवस्थापन कसरी सञ्चालिन भइरहेको छ भन्ने प्रष्ट हुन्छ ।’–एक कर्मचारी प्रश्न गर्छन् ।
उनी भन्छन–‘ठूला मिडियालाई विज्ञापन दिएर मुख बन्द गरिएको छ, उनीहरु कोही बोल्दैनन् भनेर जे पनि त गर्न र भन्न पाइदैन नि ।’ नेपाल प्रहरीले पनि थापामाथि छानविन गरेर कारबाही गर्ने तयारी गरेको छ । तर एनसेल भने प्रहरी र नेपाल सरकार दुवैलाई झुकाउने खेलमा लागेको देखिन्छ ।
dainiknepal
वीरगञ्ज, १६ मंसिर । मधेसमा जारी आन्दोलनले विगत तीन महिनादेखि ठप्प वीरगञ्ज रक्सौल नाका सूचारु भएको छ ।
धर्नामा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका आन्दोलनकारीलाई भारतीयहरुको एक समूहले आक्रमण गरेर लखेटेपछि वीरगञ्ज नाका सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार साँझ साढे ८ बजे नाकामा आन्दोलनकारी कम भएको समयमा भारतीयहरुको एक समूहले आक्रमण गरेको हो । आक्रमणमा पाँच जना आन्दोलनकारी घाइते भएका छन् । घाइतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
आक्रमणपछि आन्दोलनकारी तितरबितर भएका छन् । उक्त नाकाबाट केही भारतीय ट्रकहरु वीरगञ्जबाट रक्सौल छिरेका छन् । राजधानी काठमाडौंसहित देशभरका लागि ७० प्रतिशत आपूर्ति हुने वीरगञ्ज नाकामा मधेसी मोर्चाले तीन महिनादेखि अवरुद्ध गर्दै आएको थियो ।
dainiknepal
वीरगन्ज – रक्सौल नाकाको मितेरी पुलमा धर्ना दिएर सीमा ठप्प पारेका मधेसी दलका नेता–कार्यकर्तालाई बुधबार राति भारतीयले आक्रमण गरेर लखेटेका छन् ।

दसगजा क्षेत्रनजिकै रहेको भारत रक्सौलको अहिरवा टोलका बासिन्दाले धर्नामा बसेका आन्दोलनकारीलाई कुटेर लखेटेका हुन् ।

भारतीयको कुटाइबाट धर्नामा बसेका मधेसी दलका पाँचजना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेमा बाराको कलैयाको सुरेश साह कानु, फेटा २ का रञ्जित साह, दक्षिण झिटकैयाका रामदहिन यादव, नन्दु यादव र वीरगन्ज १३ का फिरोजबाबु खान छन् । उनीहरुमध्ये कानुको अवस्था गम्भीर छ । घाइते पाँचैजनाको वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।

राति नौ बजेतिर रक्सौलको अहिरवा टोलबाट करिब एक सयजनाको संख्यामा लट्ठी र भाटा बोकेर आएका भारतीयले मितेरी पुलमा धर्नामा बसेका आन्दोलनकारीलाई आक्रमण गरेका हुुन्, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

ratopati

हेल्लो शुभ बिहानी सबैलाई आज वि .सं. २०७२ साल मंसिर १७ गते। बिहीबार। इश्वी सन् २०१५ डिसेम्बर ३ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– अष्टमी, २७:४४ बजेउप्रान्त नवमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला। धैर्यले काम लिने समय छ। पशुपालन तथा कृषि क्षेत्रबाट भने सामान्य लाभ मिल्ने योग छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusपरिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर अनावश्यक शंका जाग्ने र शंकाकै कारण आत्मीय सम्बन्धमा कमी आउने योग छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काममा चुनौती आउने देखिन्छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiसानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerफाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraलाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusश्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती देखापर्नाले चिन्ता बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।

काठमाण्डु, १६ मंसिर– सरकार अन्ततः नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई बर्खास्त गरेरै छाड्ने निष्कर्षमा पुगेको छ ।

निगम सञ्चालक समितिले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै सरकारले खड्कालाई बर्खास्त गर्न लागेको हो । स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकमा बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले त्यससम्बन्धी प्रस्ताव लैजाने तयारी गरेका छन् ।
‘खड्काले दिएको स्पष्टीकरण सरकारलाई चित्त बुझेको छैन’, बाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुन निकट स्रोतले काठमाण्डु टुडेसँग भन्यो, ‘केही एक÷दुई दिनभित्रै उनलाई हटाउने निर्णय हुन्छ ।’
संकटका बेला तोक आदेशमा इन्धन वितरण गरेर संस्थागत रुपमै कालोबजारी गरेको, दसैंका बेला १५ दिनका लागि इन्धन आयात गर्न विराट आयललाई नियमविपरीत अनुमति दिएको लगायत विषयमा निगम सञ्चालक समितिले स्पष्टीकरण सोधेको थियो ।
निगमले तेल ल्याउन गरेको ग्लोबल टेण्डरका आधारमा २२ कम्पनीले आवेदन दिएका थिए । तर विराटका सञ्चालकसँगको मिलेमतोमा महंगोमा तेल ल्याउन अनुमति दिएपछि खड्का विवादमा तानिएका थिए । त्यस प्रकरणमा संसदको लेखा समितिले समेत खड्कामाथि कारबाही सिफारिस गरेको थियो ।
खड्काले सोमबार निगम सञ्चालक समिति समक्ष स्पष्टीकरण बुझाएको बताइएको छ । मन्त्रालय स्रोतका अनुसार आफूमाथि लागेको आरोपको बचाउ गर्दै खड्काले सबै काम नियम र प्रक्रिया सम्मत ढंगले भएको जिकिर गरेका छन् ।
यद्यपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने पत्रकार सम्मेलन नै गरेर मन्त्रीको निजी सचिवालयले खड्कालाई नियमविपरीत स्पष्टीकरण सोधेको भन्दै आक्रोश व्यक्त गरेको थियो । खड्का नाताले अख्तियार प्रमुख लोकमानसिंह कार्कीका सम्धी हुन् ।
खड्कालाई बर्खास्तीमा पर्नबाट जोगाउन लोकमान आफैं भित्रभित्रै सक्रिय छन् । त्यसो त खड्काले आफूलाई हटाउनबाट रोक्न दक्षिण छिमेकी भारतको च्यानलसमेत प्रयोग गरेका छन् ।
सरकारले भारतीय नाकाबन्दीपछि चीनसहित अन्य मुलुकबाट इन्धन ढुवानी प्रक्रिया अघि बढाएपछि खड्का त्यसविरुद्ध लविङ गर्दै हिंडेका थिए ।
kathmandutoday
काठमाडौँ: वैदेशिक रोजगारीका लागि विदेशिएका नेपाली कामदार घरपरिवारसँग सम्पर्कविहीन भएर बस्ने क्रम बढेको छ ।

प्रवासी नेपाली समन्वय समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो तीन वर्षमा १२३ जना परिवारबाट सम्पर्कविच्छेद भएर विदेशमा बसेको निवेदन संस्थामा परेको जानकारी दिइयो ।


विदेशमै विवाह गरेर बस्ने, भने जति तलब नपाएपछि ऋण तिर्न नसकेर परिवारसँग सम्पर्कमा नबस्ने, कम्पनीले सम्पर्क गर्न नदिने, विदेशमा जेल पर्ने जस्ता कारणले विदेशिएका कामदार परिवारसँग सम्पर्कविहीन भएर बस्ने गरेको समितिको प्रतिवेदनमा उल्लेख छ ।

सबभन्दा बढी मलेसियामा ५१, साउदीअरबमा २८, कुवेतमा २४, कतारमा सात, दुबईमा चार, सिरियामा दुई, ओमनमा दुई र बहराइन, जोर्डन, भारत, लेबनानमा एक÷एक जना परिवारबाट सम्पर्कमा नरहेको भनी समितिमा निवेदन परेको थियो ।

समितिका परियोजना संयोजक सुजाता उप्रेतीले पछिल्लो समय नेपाली विदेशिएपछि परिवारको सम्पर्कमा नआउने सङ्ख्या ठूला रहे पनि उनीहरुको खोजी गर्नु कठिन काम भएको बताए ।

विदेशिएका सम्पर्कमा नरहँदा परिवारका सदस्यले आफ्नो मान्छे जिउँदो छ कि मरेको छ भन्ने मानसिक तनाव र सामाजिक तनाव ब्यहोरी रहेको उनले बताए ।

समितिको सक्रियतामा त्यसरी सम्पर्कविहीन भएर बसेका बितेको तीन वर्षमा ५२ जनालाई नेपाल फर्काइएको कार्यक्रममा जानकारी दिइयो ।
annapurnapost
काठमाडौं, मंसिर १६ । भारतसँग सीमा जोडिएका देशका प्रमुख नाकाहरुबाट बुधबार पनि आयात प्रभावित बनेको छ ।

बुधबार दिनभरमा विराटनगर–जोगबनी नाकाबाट ६ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोलसहित ५१ ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् ।

पूर्वको काँकडभिट्टा–पानीट्यांकी नाकाबाट बुधबार दिनभरमा ६ ट्यांकर पेट्रोल, २ ट्यांकर मट्टीतेल र १ ट्यांकर हवाई इन्धनसहित ८७ ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।

यस्तै, बेलहिया–सुनौली नाकाबाट बुधबार पेट्रोलियम पदार्थबाहेकका गाडीहरुमात्र नेपाल प्रवेश गरेका छन् । त्यो पनि ज्यादै न्यून मात्रामा रहेको भन्सार कार्यालयले जनाएको छ ।imagekhabar
१६ मंसिर,काठमाडौँ।

बेलायतस्थित लिड्स विश्वविद्यालयका अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक एवम् नेपालका लागि विश्व नीति मञ्च(ग्लोबल पलिसी फरम नेपाल)का अध्यक्ष प्रा सूर्यप्रसाद सुवेदीले
 नेपालप्रतिको भारतको पछिल्लो व्यवहार अन्तर्राष्ट्रिय कानुनको वर्खिलाप भएको बताउँदै नेपालले भारतविरुद्ध अन्तर्राष्ट्रिय न्यायिक निकायको ढोका घच्घच्याउनुपर्ने सुझाव दिएका छन् ।

‘प्रगतिशील एवम् समृद्ध नेपालका लागि विश्वभरका नेपाली विद्वत्वर्गलाई एकताबद्ध गरौँ’ नाराका साथ आज यहाँ भएको एकदिने ‘काठमाडौँ सम्मेलन’
मा उनले भारतको व्यवहारबाट भूपरिवेष्टित मुलुक नेपालको व्यापार तथा पारवहन अधिकार कुण्ठित भएकाले भूपरिवेष्टित राष्ट्रहरूको पारवहन स्वतन्त्रतासम्बन्धी
अन्तर्राष्ट्रिय कानुनअनुसार नेपालले कानुनी उपचारको बाटो खोज्नुपर्नेमा जोड दिए ।

“संयुक्त राष्ट्रसङ्घको तत्वावधानमा सन् १९८२ मा भएको समुद्री कानुनसम्बन्धी बृहत् अभिसन्धिले विशेष व्यवस्था गरेको छ, उक्त अभिसन्धिको धारा १२५देखि १३२
सम्म भूपरिवेष्टित राष्ट्रहरूका अधिकारको व्यवस्था छ, तदनुरुप गर्न नेपालका लागि श्रेयस्कर हुनेछ, ” संयुक्त राष्ट्रसङ्घीय सन्धि र सन् १९८२ मा
भएको समुद्री कानुनसम्बन्धी अभिसन्धिअनुसार समुद्रसम्मको निर्वाध आवागमन तथा पारवहन अधिकारको प्रत्याभूतिका निम्ति नेपाललाई सुझाउँदै उनले भने । nepaliheadlines
२०७२ मंसिर १६
दसगजामा भारतिय मरिदा त खुबै उफ्रेका थिए !! सहिदै भयो भनेका थिए !! नेपालको  10 प्रतिशत मधेसीहरु भारतबाट आएका हुन् अरु सबै नेपालीहरु हुन् तेसैले कुनै पनि नेपालीमाथिको ज्यादती सहनु हुदैन यस्ता ‘इण्डियन आर्मी’लाई मिलेर हामी सबै नेपालीले प्रतिकार गर्नुपर्छ !
त्यहाँ इंडिया को वास्तविकता लेखेको छ पद्नुस्:
बहुराष्ट्रवादको सूत्र २००९ को अगष्ट १७-१८ तिर भारतका पूर्वप्रधानमन्त्री आइके गुजरालले कान्तिपुरका गोपाल खनाललाई एउटा अन्तरवार्ता दिए । त्यो अन्तरवार्ता प्रकाशित भएन । त्यसको व्यहोरा चाहिँ हामीकहाँ आइपुगेको थियो । अन्तरवार्तामा उनले प्रष्ट शब्दमा भनेका छन्, ‘नेपालमा एउटा होइन, दुई राष्ट्र छन् । पहाड र मधेस ।’
जिन्ना अलि मोहम्मदले १९४२ मा बहुराष्ट्रवादको सूत्र प्रयोग गरेर पाकिस्तानलाई भारतबाट अलग्याएका थिए । धर्मका आधारमा भारत एउटा होइन, दुई राष्ट्रको देश हो भन्ने उनको मान्यता थियो । एउटा हिन्दू र अर्को मुस्लिम । हिन्दू र मुस्लिम अलग हुनुपर्छ भनेर उनले पाकिस्तानलाई छुट्याए ।
भारतमा सन् १९६५-६६ बाट इन्दिरा गान्धीको काल सुरु भयो । इन्दिराले त्यही बहुराष्ट्रवादको सूत्र प्रयोग गरेर पाकिस्तानलाई विभाजन गरिन् । पूर्वी पाकिस्तानमा बंगाली भाषा बोल्नेहरु थिए भने पश्चिम पाकिस्तानमा उर्दु भाषा बोल्नेहरु थिए । अन्ततः भाषाका आधारमा बहुराष्ट्रवाद लगाएर पूर्वी पाकिस्तानलाई टुक्र्याई बंगलादेश बनाइयो । इन्दिराले रुससित सहयोग लिएर पूर्वी पाकिस्तान छुट्याएकी हुन् ।
इन्दिराले त्यही सूत्र श्रीलंकामा पनि लागू गरिन् । भारतले पाँचवटा गुरिल्ला संगठन निर्माण गर्‍यो । तलबदेखि हातहतियारसम्म उपलब्ध गरायो । भारतकै चतरामा उनीहरुलाई तालिम दिइयो । त्यसैबाट पछि लिट्टे जन्मियो ।
श्रीलंकामा दूई धर्मलाई बहुराष्ट्रवादको आधार बनाइयो । एउटा तमिलले मान्ने हिन्दू धर्म र अर्को सिंहालीले मान्ने बौद्ध धर्म । तमिलहरु तामिलनाडूबाट गएका हुन् । अंग्रेजको पालामा चिया र नून खेतीका लागि लगिएका उनीहरु श्रीलंकाका मौलिक वासिन्दा होइनन् । त्यहाँ दुई राष्ट्रको अभियान अन्तर्गत जाफ्ना प्रायद्विपमा तमिलको अलग राज्य खडा गर्ने योजना अन्तर्गत भारतले काम गरेको छ ।
नेपालमा पनि श्रीलंका र पाकिस्तान जस्तै बहुराष्ट्रवादको सूत्र लागू गरेर देश भनेको पहाड र हिमाल अनि मधेस भनेको तराई भनेर पाठ पढाउने काम भएको छ । तमलोपाको घोषणापत्रबाट यसको दस्तावेजीकरण भयो ।
आरएल यादवले लेखेको पुस्तक ‘मिसन रअ’ को २६३ पेजमा प्रष्ट लेखिएको छ, ‘सिक्किम भारतमा गाभिएपछि इन्दिरा गान्धीले हामी पाँचजनालाई नेपालको तराई फुटाएर भारतमा गाभ्ने काममा खटाएकी थिइन् । तर, १९७७ मा उनी पराजित भएपछि यो काम अधुरो रह्यो ।’ अहिले मोदीको सरकारले य CVही कामलाई निरन्तरता दिन खोजेको आशंका उब्जिएको छ ।
dainiknepal
भैरहवा – रुपन्देहीमा २ वटा सामानान्त् मधेशी मोर्चाको आपसी टकरावको कारण जिल्लावासी अन्यौलमा बस्न बाध्य भएका छन् । दुईवटा मधेशी मोर्चा एक अर्काको बिरोधी भई बन्द र हड्तालबारे दुई फरक निर्णय
गर्दा जनता अन्यौलमा परेका हुन् ।संघीय समाजवादी फोरमसहित सद्भावना पार्टी, तराई मधेश लोकतान्त्रिक पार्टी र तराई मधेश सदभावना पार्टी समेत रहेको संयुक्त लोकतान्त्रिक मोर्चा एक तिर रहेको छ भने अनिल झा
नेतृत्वको नेपाल सदभावना पार्टी, राष्ट्रिय मधेश समाजवादी पार्टी र जेपी गुप्ताको तराई मधेश राष्ट्रिय अभियान सम्मिलित संघिय मधेशी गठबन्धन नाम भएको अर्को मोर्चाले सामानान्तर रुपमा आन्दोलनको कार्यक्रम अघि बढाइरहेको छ ।

संयुक्त लोकतान्त्रिक मोर्चाले यस अघि तिहार र छठको अवसर पारेर बन्द खुकुलो भएको जानकारी दिँदा गठबन्धनले बन्द यथावत रहेको र बन्दको क्रममा यातायात कलकारखाना सञ्चालन गरे त्यसको परिणाम राम्रो नहुने भन्दै
 चेतावनी दिएको थियो । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले मंगलबार एक प्रेस बिज्ञप्ती जारी गरि ग्रामीण सडक खोलेको जानकारी दिएको २४ घण्टा बित्न नपाउदै गठबन्धनले बन्द यथावत रहेको खबरदारी सहित अर्को प्रेस बिज्ञप्ती
 जारी गरेको छ । मोर्चाका संयोजक महेन्द्र यादवले प्रेस बिज्ञप्ती जारी गर्दै पेट्रोलियम पदार्थको कालोबजारी गर्नेलाई कार्यवाही, राजमार्ग र भन्सार केन्द्रित आन्दोलन यथावत राख्दै अन्य सबै सडकमा यातायातका साधन निर्वाध रुपमा
 सञ्चालन गर्न दिने निर्णय भएको जनाएका थिए ।
मोर्चाको सो निर्णयमाथी संघिय समाजवादी फोरम नेपाल, तमलोपा र मोर्चाका सुभेच्छुक नेताहरुले नै असन्तुष्टि जनाएका छन् । मोर्चाको संयोजक एवम फोरम नेपालका संयोजक महेन्द्र यादवले एकलौटी एवम हचुवाको
भरमा निर्णय गरेको भन्दै फोरम नेपालका जिल्ला सचिव राम अवतार यादव र तमलोपाका जिल्ला प्रवक्ता मोहम्मद ईस्लाम समावेशी मधेशी गठबन्धनको सहयोगमा बन्दलाई निरन्तरता दिने जनाएका छन् ।
गठबन्धनमा आबद्ध नेपाल सद्भावना पार्टीका जिल्ला अध्यक्ष हरिश्चन्द्र सिंह, राष्ट्रिय मधेश समाजवादी पार्टीका जिल्ला अध्यक्ष देवमणि पाण्डे, मधेशी जनाधिकार फोरम ९गणतान्त्रिक०का जिल्ला अध्यक्ष शैलेन्द्र कुमार पाण्डे र
तराई मधेश राष्ट्रिय अभियानका केन्द्रिय सदस्य प्रशान्त गुप्ताले संयुक्त बिज्ञप्ती जारी गर्दै मधेशमा जारी रहेको बंद तथा नाकाबन्दीलाई यथावत राख्दै जारी आन्दोलनलाई अझ शशक्त तथा प्रभावकारी बनाउने निर्णय गरेको छ ।

गठबन्धनको यो निर्णयमा अहिलेसम्म मधेशी मोर्चाका निकट मानिने युवा नेता सन्तोष पाण्डेले पनि समर्थन गर्ने जनाएका छन् । गठबन्धनले आन्दोलन अवधिभर बन्दको अवज्ञा गर्नेहरु केही क्षति भए स्वयम जिम्मेवार हुने भनि
 चेतावनी समेत दिएको छ ।
दुई वटा सामानान्तर मधेशी मोर्चाको यो जुधाईले कार्यकर्ताहरु निराश भएको प्रतिक्रियाहरु आउने गरेको छ । लामो समय देखीको बन्द तथा आन्दोलनले आजित भएका जिल्लावासीहरु संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको निर्णयले
केही खुशी देखि पनि संघिय समावेशी मधेशी गठबन्धनको निर्णयबाट खिन्न भएका छन ।
मधेशी दलहरुको आन्दोल लामो समयदेखी ग्रामीण क्षेत्रमा मात्र केन्द्रित रहेको छ । सदरमुकाम भैरहवामा बन्दको केही असर छैन । मधेशी मोर्चाले आन्दोलनको नाममा मधेशी बाहुल्य क्षेत्र मात्र बन्द गरि स्यावासी बटुल्न खोजेकोलाई स्थानियले “आफ्नै घरमा आगो लगाई मख्ख परेको” संज्ञा दिने गरेका छन ।

ratopati
बुधबार, १६ मंसिरकाठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले कांग्रेस, एमाले र एमाओवादीको अभुतपुर्व एकताका कारण भारत थुरुरु भएको र दलहरुका बीचमा देखिएको एकता भाडेको आरोप लगाएका छन् ।
भारतीय नाकाबन्दीको भण्डाफोर र सरकारलाई कालोबजारी रोक्नकालागि आयोजित जनसभामा बोल्दै थापाले भारतले नेपाली दलहरुलाई तितरबीचर पार्नकालागि नाकाबन्दी लगाएको बताए ।
थापाले सरकारले बजारमा देखिएको कालोबजारी रोक्ने उपाय खोजि नगर्नु लाजमर्दो भएको पनि बताए । सबै नेपाली एक भएर नाकाबन्दीको सामना गर्नुपर्ने बताउँदै थापाले यतीबेला बजारमा देखिएको समस्या समाधान गर्नुपर्ने बताए ।
उनले सरकारका मन्त्रीहरुको बोलीको ठेगान नभएकाले पहिला मन्त्रीहरुको ठेगान लगाउन पनि प्रधानमन्त्रीलाई थापाले सुझाव दिए ।
nepalsandesh
बुधबार, १६ मंसिर
पुजापाठको पुर्व सन्ध्यामा ज्ञानेन्द्र
पुजापाठको पुर्व सन्ध्यामा ज्ञानेन्द्र
काठमाडौं । पुर्वराजा ज्ञानेन्द्रका कारण नाकाबन्दी अझै लम्बीने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो आशय नेपालमा राजसंस्थालाई कुनै न कुनै स्थान दिनुपर्ने भन्ने रहेको छ ।
संविधानमा हिन्दु राज्य र पुर्व राजाको हैसियत नतोकीएसम्म नेपालमा नाका नखोल्ने भारतीय प्रधानमन्त्रीको चाहना रहेको बताइएको छ । पछिल्लो समय मोदीले आफ्ना सुरक्षा सल्लाहकारलाई नेपालसँग डिल गर्दा यो विषयलाई प्राथमिकता दिन भनेको उच्च स्रोतको दाबी छ ।
भारतले नेपाली राजदुत दिपकुमार उपाध्यायलाई पनि तपाईंसँग डिल गरेर कुरा नमिल्ने भन्दै उनलाई हेप्ने र पन्छाउने काम गर्न थालेको छ ।
भारतीय प्रधानमन्त्री मोदीले पुर्वराजासँग कुनै न कुनै स्थान दिलाउने बचन दिएकाले अहिले समस्या आएको एक कुटनीतिज्ञ दाबी गर्दछन् ।
भारतले संविधान संशोधन मार्फत् हिन्दु राज्य र पुर्व राजालाई स्थान मिलाइदिने मात्र नभएर सीमांकन परिवर्तन गराएर आफ्नो मुलुकसँग जोडीएका स्थानहरुलाई सहज बनाउन पनि खोजेको छ ।
उस्ले तराईका जिल्लाहरुलाई नटुक्रयाई प्रदेश बनाउनुपर्ने जस्ता कुराहरु घुमाउरो ढंगले राखेको छ । भारत भ्रमणमा गएका उपप्रधानमन्त्री कमल थापालाई प्रधानमन्त्री मोदीले कुनै स्थान दिएनन् ।
थापाले केवल उनका सुरक्षा सल्लाहकारसँग भेट पाए । सुरक्षा सल्लाहकारले पनि घुमाउरो भाषमा थापा समक्ष यीनै परिफेरीमा आधारीत प्रस्ताव राखेका थिए । भारतले अब नेपालले आफ्नो सुझाव नमाने घोषित नाकाबन्दी नै गर्ने घम्की समेत दिन थालिसकेको छ ।
nepalsandesh
नेपालगन्ज, १६ मंसिर । बाँके जिल्लासँग जोडिएको नेपाल–भारत सीमा नाका रुपैडियामा धर्ना बसेका आन्दोलनकारीलाई प्रहरीले लखेटेको छ ।
भारतीय भूभागमा बसेर आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार गरेपछि रुपैडियाका प्रदर्शनकारीलाई ढुंगाले हानी हानी लखेटिएको हो ।

भारतबाट आएको एक मोटरसाइकललाई प्रदर्शनकारीले लडाएपछि उठाउन पुगेका प्रहरीमाथि ढुंगा र पेट्रोल बम प्रहार भएको थियो । त्यसपछि प्रहरीले ढुंगा हानेर प्रदर्शनकारी खेदेको हो । झडपमा केही प्रदर्शनकारी र प्रहरी सामान्य घाइते भएका छन् ।
dainiknepal
काठमाडौं, १६ मंसिर । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुस्मा स्वराजसँग भेटवार्ता गर्नुभएको छ ।
आज विहान नयाँ दिल्लीस्थित नेहरु भवनमा भएको भेटवार्तामा मन्त्री थापाले समकक्षी स्वराजसँग नाकाबन्दी हटाउन आग्रह गर्नुभयो । तर, भारतीय विदेशमन्त्री स्वराजले तराई मधेसको राजनीतिक समस्या समाधान गर्न पुरानै अडानसहितको जवाफ दिनुभयो ।
भेटवार्ता लगत्तै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले ट्विट गर्दै लेख्नुभएको छ– ‘नेपालले सामना गरिरहेको राजनीतिक समस्याका लागि आकस्मिक राजनीतिक समाधान आवश्यक छ ।’ उहाँको भनाई अनुसार भारतीय विदेशमन्त्री स्वराजले मधेसीका माग पुरा गरेमात्रै नाकाबन्दी खुल्ने अडान परराष्ट्रमनत्री थापासमक्ष राखेको बुझाउँछ ।
संविधान सभाले संविधान जारी गरेपछि असन्तुष्ट देखिएको भारतले त्यसपछि नाकाबन्दी लगाउँदै आएको छ । नाकाबन्दी खोल्नका लागि भारतीय पक्षले ‘राजनीतिक समाधान पहिला हुनुपर्ने’ अडान राखेको छ । भारतको राजनीतिक समाधान वाक्यांशभित्र प्रदेशहरुको सिमाङ्कन हेरफेर, नागरिकता विषय लगायत रहेका छन् ।
सोमबार भारतको बेंगलोर गएका परराष्ट्रमन्त्री थापा आज स्वदेश फर्किदैहुनुहुन्छ ।
dainiknepal
काठमाडौं– नेपाल मामलामा जानकार मानिएका भारतीय पूर्वमेजर जनरल अशोक मेहता काठमाडौं आएका छन् । नेपाल आएलगत्तै अनौपचारिक भेटवार्तामा सक्रिय रहेका मेहताले नाकाबन्दी हुनुमा नेपाल र भारत दुबै दोषी भएको बताए ।
बुधबार राजधानीमा नेपाल–भारत सम्बन्धबारे एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले जसले नाकाबन्दी गरेको भएपनि अहिले भएको नाकाबन्दी नै हो भन्दै यसो हुनुमा नेपाल र भारत दुबै दोषी भएको बताए ।

उनले नाकाबन्दी तोड्दै आफू नेपाल आइपुगेको भन्दै अब नाका खुलाउन दुबै पक्षले पहल गर्नुपर्नेमा जोड दिए ।
सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धी यताका सबै महत्वपूर्ण परिवर्तनमा भारतको कुनै न कुनै भुमिका रहेको बताउँदै पछिल्लो परिवर्तनमा समेत भारतको शुभेक्षा आवश्यक भएको उनले बताए ।

पछिल्लो समय नेपालमा भारतविरोधी भावना बढेकोप्रति संकेत गर्दै मेहताले नेपालमा बढी भावनात्मक बहस भइरहेको बताए । नेपालीहरुले भावनामा बहकिएर धारणा बनाउने गरेका कारण समेत समस्या समाधानमा जटिलता थपिने गरेको उनको भनाई छ ।

भारतको सुरक्षा चासोमा कुनै परिवर्तन नभएको भन्दै मेहताले त्यसलाई १९५० को सन्धिका कारण खुला रहेको नेपाल भारत सीमा र चीनलाई जोडेर हेर्नुपर्ने उनको भनाई थियो ।

सो अवसरमा भारतले नेपालको हरेक समस्यामा साथ र सहयोग गर्दै आएपनि सधै आलोचना हुने गरेको समेत मेहताले गुनासो गरेका थिए ।

ratopati
बुधबार, १६ मंसिर
काठमाडाै ।  आज बुधवार साँझ ६ बजेलाई मधेश मोर्चा, सरकारी पक्ष र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेश विच त्रिपक्षीय वार्ता हुँदैछ ।
तर असली वार्ता भने दिल्लीमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र भारतीय सरकारका प्रतिनिधिहरु विच हुँदैछ ।
आज बुधवार नै कमल थापा र भारतीय परराष्ट्रमन्त्री शुष्मा स्वराज तथा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजीत डोभल विच वार्ता हुदैछ ।
थापाले सके सम्म मोदी संग पनि भेट्न खोजीरहेका छन् । एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो पार्टीको केन्द्रिय समिति बैठकमा नयाँ ढंगको सीमांकनको प्रस्ताव गरिसकेका छन् ।
उनको नयाँ प्रस्ताव अनुसार २ नम्बर प्रदेशमा मोरङ सुनसरीका दक्षिणी इलाका गाभ्ने र यसमा सहमति नभए मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुर मिलाएर आठौं प्रदेश वनाउने र २ नम्बर प्रदेशमा पर्सा देखि धनुषा सम्म र उदयपुर, सिन्धुली र मकवानपुरका चुरे क्षेत्र सबै राख्ने गरी सीमांकन हेरफेर गर्ने योजना छ ।
साथै प्रचण्डको प्रस्तावमा ५ नम्बर प्रदेशका पहाडि जिल्लाहरु ४ नम्बर प्रदेशमा राखेर ५ नम्बर प्रदेश तराई मधेशको मात्र वनाउने तथा यसमा कैलाली कंचनपुरको थारु बहुल इलाकाहरु पनि गाभ्ने गरी सीमांकन हेरफेर गर्ने योजना छ ।
प्रचण्डका यी प्रस्तावहरुमा मधेशी मोर्चाले पनि सहमति हुन सक्ने वताएका थिए । तर कांग्रेश र एमाले यो प्रस्तावमा सहमत भएको थिएन । तर अहिले कांग्रेश र एमालेले पनि नयाँ ढंगले सीमांकन गर्ने विषयमा लचिलो बन्ने निर्णय गरेका छन् ।
कांग्रेश एमालेको यो लचिलो भनेको कति हो भन्ने प्रष्ट खुलेको छैन । तर प्रचण्ड कै प्रस्ताव वरपर त्यो भन्दा अलि कममा सहमति हुन सक्ने सन्देश दिल्ली पुगेको र दिल्ली संग विभिन्न च्यानलहरुवाट वार्ता भैरहेको समाचार श्रोतले वताएको छ ।
सरकार पक्षका एमाले, एमाओवादी र कांग्रेशले दिल्ली पक्ष के कति सम्ममा सहमत हुन सक्ने र नाकावन्दी खोल्न सक्ने हो भनेर त्यसको संकेत पर्खिरहेको समाचार श्रोतको दावी छ ।
तसर्थ असली वार्ता नेपालका तीन ठुला दलहरु र दिल्ली विच भैरहेको तथा काठमाण्डौंको वार्ता त्यसको डमि मात्र भएको पर्यवेक्षकहरुको भनाई रहेको छ ।
कमल थापा मार्फत नै दिल्लीको कुनै सन्देश आएमा सोही अनुसार यहाँको वार्तामा प्रगति हुने वा चिया विस्कुट गफमा टुंगीने भन्ने निश्चित हुने भएकोले काठमाण्डौंको वार्तामा मधेशी मोर्चाका शीर्ष नेताहरु अनुपस्थित भएको वताइन्छ ।
nepalsandesh
बुधबार, १६ मंसिर
दाङ। तुलसीपुरस्थित सिर्जना होटलमा एक महिला मृत अवस्थामा भेटिएकी छिन् ।
सल्यान खलङ्गा–७ घर भएकी ३२ वर्षीया चितमाली विश्वकर्मा तुलसीपुर–५ बसपार्कमा रहेको उक्त होटलमा मृत अवस्थामा भेटिएकी हुन् ।
बिहान ९ बजेसम्म नउठेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको र ढोका फोडेर हेर्दा ओछ्यानमै मृत फेला परेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतले बताए ।
चितमालीको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पतालमा राखिएको छ ।
nepalsandesh
बुधबार, १६ मंसिर
agoनवलपरासी । मधेसी मोर्चाका कार्यकर्ताले नवलपरासीकोे सनई गाविस-९ पडरीमा एक युवकलाई पेट्रोल छर्केर आगो लगाइदिएका छन् ।
रुपन्देही गाविस फसाटिकर घर भएका ३० वर्षीय घिराउ यादवलाई स्थानीय मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाइ दिएका हुन्  ।
आगोले जलेर घाइते भएका यादवकोे पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ ।
यादब बिहान आफनो फुपुको घरबाट घर फर्कने क्रममा मोर्चाका कार्यकर्ताले मोटरसाइकन र उनलाई आगो लगाइदिएको प्रहरीले जनाएको छ।
युवकलाई आगो लगाइलिने मध्ये मार्चाको एक कार्यकर्ता राजेश सैथवार लाई प्रहरीले पक्राउ गरेको छ । सैथवारमाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
nepalsandesh
बुधबार, १६ मंसिर
नवलपरासी । मधेसी मोर्चाका कार्यकर्ताले नवलपरासीकोे सनई गाविस-९ पडरीमा एक युवकलाई पेट्रोल छर्केर आगो लगाइदिएका छन् ।
रुपन्देही गाविस फसाटिकर घर भएका ३० वर्षीय घिराउ यादवलाई स्थानीय मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर आगो लगाइ दिएका हुन् आगोले जलेर घाइते भएका यादवकोे पृथ्वीचन्द अस्पतालमा उपचार भइरहेको छ ।
यादब बिहान आफनो फुपुको घरबाट घर फर्कने क्रममा मोर्चाका कार्यकर्ताले मोटरसाइकन र उनलाई आगो लगाइदिएको प्रहरीले जनाएको छ।
युवकलाई आगो लगाइलिने मध्ये मार्चाको एक कार्यकर्ता राजेश सैथवार लाई प्रहरीले पक्राउ गरेको छ । सैथवारमाथि थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
nepalsandesh
एजेन्सी । देश विकासका लागि जनताले चुनेर पठाएका एक सांसदको कारमा सेक्स गर्दागर्दै मृत्यु भएको छ ।
अंग्रेज़ी पत्रिका हिन्दुस्तान टाइम्सका अनुसार यस्तो सनसनीपूर्ण घटना रुसको हो । जहाँ एक रूसी महिला सांसद र उनका पतिको मृत्यु भएको छ । पार्किङ गरि राखिएको कारमा सेक्स गरिरहेका बेला ग्रेनेड ब्लास्ट हुँदा दुबैको मृत्यु भएको बताइएको छ ।
ग्रेनेड ब्लास्टपछि घटनास्थलमा कारको पछाडी सीटमा दुबै जनाको शव अर्धनग्न अवस्थामा भेटिएको थियो । ओकाशाना बोब्रोरोभशाक्या नामकी ती सांसद रूसका राष्ट्रपति भ्लादमिर पुटिनको पार्टीकी नेता पनि हुन् । पुटिनकै पार्टीबाट उनी सांसद बनेकी थिईन् । उनका पति निकित बोब्रोरोभशाक्या एक विजनेश म्यान हुन् ।
सांसद ओकाशानाकी तीन वर्षीय एक छोरी छिन् ।
dainiknepal
काठमाडौं : भारत भ्रमणमा रहेका  उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र भारतीय समकक्षी विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको छ।

नयाँ दिल्लिस्थित नेहरु भवनमा भएको भेटवार्तामा आपूर्तिको असहज अवस्था, मधेस आन्दोलन, मधेसी मोर्चसँग भइरहेको वार्ता र संविधान संशोधनलगायतका विषयमा छलफल भएको थापाको सचिवालयले जनाएको छ।

थापाले त्यहाँ अन्य नेता तथा उच्च अधिकारीहरुसँग पनि भेटेर नेपालको पछिल्लो अवस्थाबारे छलफल गर्दैछन्। नाकाबन्दीसँगै नेपाल भारतबीच उत्पन्न असमझदारी हटाउनका लागि पहल गर्न थापा भारतको अनौपचारिक भ्रमणमा गएका हुन्।
annapurnapost
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home