• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
रुपन्देही, ४ कात्तिक । दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल–भारत सीमानाका बेलहिया आज बिहानैदेखि बन्द भएको छ ।
बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो ।
कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मंगलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन ।
घाइते राजकोटको चिउडोमा चोट लोगेको छ । मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरूको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् ।
मंगलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।
भारतीय पक्षले मालबहाक तथा सवारीसाधन नेपाल आउन रोक लगाएपछि नेपालबाट भारततर्फ जाने गाडी पनि भारत जानबाट रोक लगाइएको छ ।
कुटपिट गर्ने फरार रहेको र खोजी कार्य जारी राखेको रुपन्देहीका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
dainiknepal.com
दाङ, ४ कात्तिक । बाँकेको खासखुस्मा गाविस–८ को चप्पर गौरीमा भएको बस दुर्घटनालगत्तै आगलागीका कारण मृत्यु हुनेको संख्या आठ पुगेको छ ।
मंगलबार भएको दुर्घटनामा परेर मृत्यु भएका मध्ये हालसम्म आठ जनाको शवको कंकाल भेटिएको इलाका प्रहरी कार्यालय अमेलिया, दाङका प्रहरी निरीक्षक ज्योति शर्माले जानकारी दिनुभयो । शवको पहिचान भने डिएनए परीक्षणबाट मात्र गर्ने सकिने उहाँले बताउनुभयो ।
दुर्घटनामा परी १२ जना घाइते भएको र तीमध्ये तीन जनाको प्राथमिक स्वास्थ्य केन्द्र लमही र अन्यलाई नेपालगञ्ज पठाइएको छ ।
बुटवलबाट नेपालगञ्ज जाँदै गरेको लु१ख ५८२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भई पल्टिएको दुई मिनेटमा आगलागी भएको थियो ।
आगलागीबाट बस पूर्णरुपमा जलेर नष्ट भएको छ । प्रहरीले बसमा अमेलिया चेक प्वाइन्टबाट ३३ जना यात्रु सवार रहेको जानकारी गराए पनि बसभित्र कति यात्रु थिए भन्ने अझै एकीन जानकारी नभएको जनाएको छ ।
बस दुर्घटना भएलगत्तै इलाका प्रहरी कार्यालय अमेलियाबाट घटनास्थल पुगेका प्रहरी निरीक्षक ज्योति शर्माले बस पल्टिएलगत्तै आगलागी भएका कारण यात्रुको उद्धार गर्न नसकेको बताउनुभयो ।
बसमा यात्रुले पेट्रोल तथा सिलिन्डर ग्यास राखेका कारण बस तातिएर आगलागी भएको अनुमान प्रहरीको छ ।
घाइते केहीले भने प्रहरीसमक्ष चालकको लापर्बाहीका कारण दुर्घटना भएको बताएका छन् । चालक अझै फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको सनाखत हुन समय लाग्ने र घटनाबारे पूर्ण विवरण आउन बाँकी नै रहेको प्रहरीले बताएको छ ।
dainiknepal.com

नेपालका परराष्ट्र मन्त्री कमल थापाले मोदी लगाएतका भारतीय नेताहरुलाई फकाएर दशैंको वेलामा भएपनि नाकावन्दी खुलाउने प्रयास गरे । तर भारतीय नेताहरुले कर्यौ शर्तहरु राखे ।
भारतीय विदेश सचिववाट शुरु भएको भेटघाटमा अनेकौं विषयमा छलफल भए । भारतीय पक्षले अनेकौं सवालहरु राखे । नेपाली अधिकारीहरुले सके सम्म फकाउन अनेकौं प्रयास गरे ।
परराष्ट्रमन्त्री कमल थापाले एक पछि अर्को गर्दै भारतीय विदेशमन्त्री, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार, भारतीय गृहमन्त्रीलाई भेटेर फकाउने प्रयास गरे । तर उनीहरु सबैले आफ्ना अडानहरु विविध ढंगले राखे ।
आफ्ना कुराहरु पूरा नभए सम्म नाकावन्दी खोल्ने आदेश मोदी स्वयम्ले नै नदिएको उनीहरुले वताएपछि कमल थापाले आफ्नो सबै सम्पर्क सूत्रहरु प्रयोग गरेर मोदी संग नै भेटघाटको समय मिलाए ।
कम्तिमा दशैंको वेला भएपनि नाका खोलीदिन थापाले मोदीलाइ आग्रह गरे । तर मोदीले पनि सो कुरालाई ठाडै इन्कार गरे । व्यक्तिगत रुपमा मोदीले कमल थापालाई हार्दिकता देखाएपनि नेपालमा भारतीय स्वार्थको मामिलामा कडा रुपमा आफ्ना अडानहरु र शर्तहरु मोदीले थापा समक्ष राखे ।
मोदीको पहिलो शर्त: राष्ट्रपतिमा मधेशी मोर्चाका संयोजक महन्थ ठाकुरलाई निर्विरोध निर्वाचित गर्नु पर्दछ ।
मोदीको दोश्रो शर्त: तराईका सम्पूर्ण जिल्लाहरुमात्र राखेर तराई मधेशमा दुई प्रदेश वनाइनु पर्दछ । यो सम्भव नभए पूर्वी मधेशमा कोशी नदीको दुबैतिरको जिल्ला दुई नम्बर मधेश प्रदेशमा राखिनु पर्दछ र पश्चिम तराईको पाँच नम्बर प्रदेशमा कर्णाली नदीको दुबैतिरका जिल्ला राखेर वनाइनु पर्दछ ।
मोदीको तेश्रो शर्त: केन्द्रीय संसदमा तराईको जनसंख्याको आधारमा बहुमत सांसद संख्या हुनु पर्दछ ।
मोदीको चौथो शर्त: नेपालको नदीनाला र ठुला ठेक्काहरुमा भारतीय कम्पनिलाइ प्राथमिकता दिइनु पर्दछ । भारतीय कम्पनीहरुले नसक्ने र नचाहने काम मात्र अरुलाई दिनु पर्दछ ।
मोदीको पाँचौ शर्त: नेपालका ठुला र मझौला नदीहरुमा उच्च वाँध वनाएर पानी जम्मा गरि पानी कम हुने मौसममा भारतलाई पानी दिइने गरि नयाँ सम्झौता गरिनु पर्दछ ।
यी शर्तहरु वारे नेपालमा राष्ट्रिय सहमति वनाउने जिम्मा लिएर कमल थापा फर्केको वताइन्छ । यी शर्तहरु पूरा नभए सम्म भने नेपालले मुखले होइन नाकले खान वाध्य हुनु पर्ने भएकोछ । किनभने रक्सौल नाका नखोल्नु भनेको मुखले खान नदिने भारतीय दादागिरी हो, जहाँवाट नेपाललाई चाहिने ७० प्रतिशत इन्धन आउने गर्दछ ।
मोदीका शर्तहरु राष्टघाती खालका छन् भन्ने प्रष्ट छ । आगामी दिनमा नयाँ सरकार र ठुला दलका नेताहरुले के गर्नेछन् , प्रतीक्षाको विषय वनेको छ ।
- See more at: http://www.nepalsandesh.com
लुम्बिनी (रुपन्देही)- दुई जना भारतीय नागरिक सीमा नाका बेलहियामा नेपाली युवकको कुटपिटबाट घाइते भएपछि केही दिनयता सुचारु रुपन्देहीको नेपाल भारत सीमानाका बेलहिया बिहानैदेखि बन्द भएको छ ।

बेलहियाको सेरे पञ्जाब होटलमा मदिरा सेवन गरिरहेको अवस्थामा बेलहियाका सचिन थैव, सुनील रानाले भारतीय नागरिक अजय सिंह राजकोट, कृष्ण मुरारी मधेसीयालाई कुटपिट गरेको विषयलाई लिएर बेलहिया नाका बन्द भएको हो ।

कुटपिटबाट भारतीय नागरिक घाइते भएपछि मङ्गलबार रातिदेखि नै असहज बनेको बेलहिया नाकामा भारतीय पक्षले अहिलेसम्म कुनै पनि गाडी नेपाल प्रवेश गर्न दिएको छैन ।

घाइते राजकोटको चिउडोमा चोट लोगेको छ भने मधेसीयाको हातमा सामान्य चोट लागेको र उनीहरुको मेडिकल कलेज भैरहवामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय पक्षले नेपालतर्फ मालबहाक तथा सवारीसाधन आउन रोक लगाएपछि बेलहिया नाकाबाट भारतबाट रोजगारी गरी फर्कने नेपाली मात्रै आएका छन् ।

मङ्गलबार साँझको उक्त घटना पछि दुवै देशका सुरक्षा अधिकारीले बेलहिया नाकामा सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ । नेपालका तर्फबाट पनि बेलहिया नाकामा यसअघिभन्दा केही बढी सुरक्षाकर्मी खटाएको रुपन्देही प्रहरीले जनाएको छ ।

www.ratopati.com
चाडवाडका बेला मानिसहरुको मिठो खान रुचाउँछन् । फ्राइ खाना र मिठाईहरुको प्रयोग आत्याधिक हुने गर्दछ । अत्याधिक क्यालोरी हुने यस्ता परिकारको प्रयोगले मानिसको तौल बढ्नु स्वभाविक हो । घिउ, चिनी र दुध तथा खुवाजस्ता परिकार मिसाएर बनाइएका मिठाईका परिकारले क्यालोरी बढाउँछ । अहिले थुप्रै चकलेट तथा डाई फलफूलले पनि मानिसहरुको ध्यान खिच्ने गरेको छ । तर मानिसले चाडबाडमा जतिसूकै मिठो परिकार खाएपनि यसले मानिसको नियमित रुटिन बिगार्नु भने राम्रो होइन । त्यसैले चाडवाडमा साथिभाई, आफन्त तथा परिवारको आग्रहका बाबजुद ठिक्क खानका लागि केही चलाखीहरु अपनाउँदा राम्रो होला ।
१. सानो प्लेट लिनुहोस्
सानो प्लेटमा खान लिएको राम्रो , अस्वस्थ खानेकुरालाई कम गर्न सानै चम्चा, सानो ग्लास र सानो कचौराको प्रयोग गर्नुहोस् । यदी तपाईलाई सबै परिकार खान मन मनलाग्छ भने थोरै थोरै गरेको झिक्नुहोस् ।
२. नियन्त्रण राख्नुहोस्
चाडवाडमा खुसीयाली मनाउँदा सकेसम्म सबै थरिका परिकार खाएको राम्रो हुन्छ । तर नियन्त्रण कायम गरेर थोरै भन्दा थोरै खानु राम्रो हुन्छ । क्यालोरी धेरै हुने परिकार लिदाँ फलफूल खाएर त्यसलाई सन्तुलित बनाउने प्रयत्न गर्नुहोस् । एउटा ठूलो कपको खिरमा ३०० देखी ५ सयसम्म क्यालोरी हुन्छ ।

३. ठिक्क खानुहोस्
कसैले आग्रह गर्दैमा खानुपर्छ भन्ने छैन् । यदी साथिभाई वा परिवारले कर गरेमा पनि उनीहरुको मान राख्न थोरै खानुहोस् । यदी मिठाई बढी आएको खण्डमा आफ्नो दैनिक रुटिनबाट अन्य क्यालोरी घटाउनुहोस् । चिया कम गर्नुहोस् र भातमा कमी कमी ल्याउनुहोस् । बरु त्यसको स्टटा रा्ेटी खान सक्नुहुन्छ ।
४. बदामको प्रयोग
मिठाईको बदलामा बदामको प्रयोग गर्नृहोस् । यसमा ६० देखी १ सयसम्मको क्यालोरी हुन्छ र यसले लामो समयसम्म भोक पनि लाग्दैन् ।

५. चिसो पेयबाट टाढा रहनुहोस्
चिसो पेय पर्दाथको प्रयोग कम गर्नुहोस् । यसले तपाईको तिर्खा मेटाएपनि चिनीको मात्राले असर गर्छ । अतिथीहरुलाई बरु नरिवलको पानी वा कागती पानी ट्क्रायउनुहोस् । फलफूलको जुस अर्को राम्रो विकल्प हुनसक्छ ।

६. मिठाईमध्ये स्वस्थ छान्नुहोस्
मिठाईका अनेक परिकारमध्ये स्वस्थ परिकारको बढी प्रयोग गर्नुहोस् । बजारमा पाइने मिठाईको प्रयोग कम गर्नुहोस् ।

७. खानअघि पानीको प्रयोग
कुनै पनि परिकार खानुअघि पर्याप्त पानी पिउनुहोस् । यस्तो गर्दा तपाईलाई धेरै खान मन लाग्दैन ।

८. बिस्तारै खानुहोस्
बिस्तारै खाँदा शरिरले पनि उत्तिकै सहज तरिकाले पचाउँछ । त्यस्तै खानको
स्वाद पनि थाहा हुन्छ ।

९. चिल्लोको प्रयोग कम गर्नुहोस्
खाना पकाउँदा तेलको प्रयोग कम गर्नुहोस् । दैनिक रुपमा प्रयोग गर्नेभन्दा बढी तेल प्रयोग गर्दा स्वास्थलाई राम्रो हुदैँन ।
१०. अभ्यासका लागि समय छुट्याउनुहोस्
चाडवाडमा पनि आफ्नो दैनिक अभ्यासलाई निरन्तरता दिनुहोस् । अभ्यासले पेट तथा शरिरलाई सन्तुलित राख्दछ ।
११. फ्याटजन्य पर्दाथको प्रयोग कम गर्नुहोस्
कम फ्याट भएको दुध तथा अन्य डेरी उत्पादनको प्रयोग गर्नुहोस् । चिनी, मह लगायतका पर्दाथ कम प्रयोग   www.ratopati.com
काठमाडौं, ४ कात्तिक । एमालेका नेता एवम् पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले सरकारका मन्त्रीहरूलाई पेट्रोलियम पदार्थ प्रयोगमा मितव्ययिता अपनाउन सुझाव दिनुभएको छ ।
एमाले नेता ज्वालाले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर मन्त्रीहरूको सुरक्षाका लागि खट्टिने अगुवा र पिछुवा सवारीलाई पेट्रोलियम पदार्थको आपूर्ति सहज नहुँदासम्म कटौती गर्न आग्रह गर्नुभएको हो ।
मन्त्रीहरूले आफ्नो सुरक्षाका लागि भन्दै अगाडि र पछाडि थुपै्र सवारी चलाउने गर्छन् ।
पूर्वप्रधानमन्त्री र मन्त्री तथा उच्च पदमा रहेकाहरूले पनि सुरक्षाका नाममा यसरी लिएका सुविधाका सवारीले पनि पेट्रोलियम पदार्थको फजुल खर्च गरिरहेको आरोप छ ।
‘दसैँको बेलामा फ्यूलको अभावमा गाडीको कमीको कारण यात्रुहरू बिचल्लीमा छन्’, एमाले नेता ज्वालाले भन्नुभएको छ, ‘आज (मंगलबार) जमलमा ट्राफिकले खाली गाडीहरू रोकेर यात्रुलाई पठाउँदै उद्दार गरीरहेकोे मानवीय दृश्य, अर्काेतिर मन्त्रीको गाडी प्रहरीका अगुवा पिछवासहित कान फुट्ने गरी मान्छेलाई धक्का दिँदै हुईकिएको भद्दा दृश्य । मन्त्रीहरू एउटा गाडीमा गुडेर फजुल खर्च रोकी फ्यूल जोगाएर सार्वजनिक सवारी साधनलाई उपलब्ध गराए जनतालाई अलिकति राहत हुन्थ्यो की ?’
dainiknepal.com
काठमाडौं, ४ कात्तिक । एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू र प्रधानमन्त्री एवम् अध्यक्ष केपी ओलीबीच कुनै मनमुटाव नरहेको बताउनुभएको छ । तर उहाँले एमालेलाई विश्वासमा लिएर अगाडि बढ्न ओलीलाई सुझाव दिनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (बुधबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेपालले मनमुटाव नरहे पनि पार्टीका केही विषयमा प्रधानमन्त्री ओलीले ध्यान दिनुपर्ने बताउनुभयो ।
‘प्रधानमन्त्री केपी ओली र मबीच कुनै विवाद छैन’, उहाँले भन्नुभयो, ‘तर उहँले पार्टीभित्र विश्वास जित्नुपर्छ ।’
उहाँले एमाले नेतृत्वको अहिलेको सरकार असफल बनाउने कुरा सोँच्नु पनि अपराध हुने बताउनुभयो । ओली सरकारलाई आफ्नो पूर्ण समर्थन रहेको पनि बताउनुभयो ।
नेता नेपालले एकीकृत माओवादीलाई ८ वटा मन्त्रालय दिइएकोमा भने असन्तुष्टि जनाउनुभयो । ‘१ सय ८४ सिट भएको एमाले ६ वटा मन्त्रालय राख्ने । ८३ वटा सांसद भएको एकीकृत माओवादीलाई ८ वटा मन्त्रालय दिने । सभामुख र राजनीतिक समितिको संयोजक पनि दिने । यस्तो शक्ति बाँडफाँट उचित भएन ।’ उहाँले यस्ता सहमतिले एमालेभित्र विद्रोह हुने चेतावनी दिनुभयो ।
‘यस्ता असमान सहमतिले एमालेमा विद्रोह हुन्छ’, नेता नेपालले भन्नुभयो, ‘सरकारमा एमाओवादीकरण भएको छ । पदमा जाने नाममा जे पनि सहमति गरेको देखियो ।’
उहाँले प्रधानमन्त्री ओलीलाई एकीकृत माओवादीसँग असमान सहमति गरेको आरोप पनि लगाउनुभयो ।
एक वर्षपछि पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने कुरामा सहमति नभएको एमाले वरिष्ठ नेता नेपालको भनाइ छ ।
‘पुष्पकमल दाहाललाई एक वर्षपछि प्रधानमन्त्री बनाउने कुनै सहमति भएको छैन’, उहाँले भन्नुभयो, ‘यदि त्यस्तो सहमति भएको रहेछ भने पनि एमालेले मान्दैन । दुई वर्षसम्म ओली नै प्रधानमन्त्री बन्नु हुन्छ ।’
उहाँले आफूलाई प्रधानमन्त्री बन्न लागेर षड्यन्त्र गरेको आरोपको खण्डन गर्दै भन्नुभयो, ‘माधवकुमार नेपालफेरि प्रधानमन्त्री बन्ने दौडमा छ भन्नु गलत हो । म अहिले प्रधानमन्त्री बन्न चाहँदैन । म तुच्छ मान्छे होइन, ओलीलाई असफल बनाउन लागेको छैन ।’
यसैबीच नेता नेपालले मधेसी मोर्चाले माग गरेर जस्तो संघीय प्रदेशको सिमाङ्कनमा कुनै सहमति नहुँने बताउनुभएको छ । ‘सिमाङ्कनमा संविधानमा जे व्यवस्था भएको छ, त्यो अहिले संशोधन हुँदैन’, उहाँले भन्नुभयो, ‘संविधानले मधेसी मोर्चाले माग गरेभन्दा पनि धेरै अधिकार दिएको छ ।’
dainiknepal.com
दाल तरकारी या अन्य अचार मसलामा राखेर धनियाको पात सेवन गर्ने सामान्य चलन छ । तर बजारमा गएर पनि चाट वा अन्य खानेकुरा खाँदा धनियाको पात मागेर खाने बानी छ भने आजै छोड्नुस्

सही तरिकाले नधोएको धनियाको पातबाट खतरनाक किरा (टेपवर्म) पेटमा पुग्ने र पेट हुँदै दिमाग सम्म पुग्ने विज्ञहरुले बताएका छन् ।


टेपवर्म मस्तिस्कमा पुगेमा मानिसको मृत्यु समेत हुन सक्छ । भारतको ब्याङ्लोरस्थित नेशनल इन्स्टीट्यूट आफ मेडिकल हेल्थ एण्ड न्यू साइन्स (निमहाम्स) का चिकित्सकले गरेको शोधमा यस्तो कुरा पत्ता लागेको हो ।


यो संस्थामा रहेको एक मात्र ब्रेन म्यूजियममा मस्तिष्क सम्बन्धी शोध भैरहेको छ । यसै क्रममा धनियाँको पातमा किरा पत्याङ्ग्राको संख्या बढी हुने र त्यस्ता पात राम्रोसँग नपखाली खाएमा निक्कै खतरनाक हुन सक्ने चिकित्सकहरुले बताएका छन् ।


होटल वा सडकमा राखिएका खानेकुरा खाँदा धनियाको पात भुलेर पनि खान नहुने समेत उनीहरुको भनाइ छ ।

राम्रोसँग नधोएको धनियाको पात सेवन गर्नु हेलमेट नलगाइ बाइक चलाउनु जस्तै खतरनाक रहेको समेत एक शोधकर्ताले टिप्पणी गरे ।
सर्लाही, ४ कात्तिक । सर्लाही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा नेपाल प्रहरीमाथि सांघातिक आक्रमण भएको छ ।
अर्नाहा–३ स्थित सिमानास्थित दशगजा क्षेत्रमा चन्दा संकलन गरिरहेको समूहले हँसिया, खुर्पा र लाठी प्रहार गरेर प्रहरीका दुई जनालाई गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ ।
दशगजा क्षेत्रमा भएको आक्रमणमा परेर प्रहरी चौकी अर्नाहामा कार्यरत प्रहरी सहायक निरीक्षक गौरीशंकर साह र प्रहरी जवान सुशीलकुमार साह घाइते भएका हुन् ।
दशगजा क्षेत्रमा मंगलबार जबरजस्ती चन्द उठाइ रहेको सो समूहलाई सम्झाई बुझाई गर्नेक्रममा प्रहरीमाथि एक्कासि हतियार प्रहार गरेको थियो ।
आक्रमण हुन थालेपछि प्रहरीले हवाई फायर गरी तत्काल स्थितिलाई नियन्त्रणमा लिएको जनाएको छ ।
घटनामा संलग्न शंकास्पद अर्नाहा–३ बस्ने ७३ वर्षीय सोनफ राय र ३२ वर्षीय नथ्थु रायलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
dainiknepal.com
मलेसियाः विनाकारण कम्पनीले पारिश्रमिक काटेको भन्दै साउदीको एक कम्पनीमा कार्यरत ५ सय नेपाली श्रमीकहरु हड्तालमा उत्रिएका छन् ।

साउदी अरेबियाको दोवाध्मिमा रहेको सुल्तान सलमानअल स्याद कम्पनीमा कार्यरत नेपाली श्रमीकले विनाकारण प्रत्येक श्रमीकबाट १ हजार रियल कटौती गरेको भन्दै नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन ।

काठमाडौं स्थित 'वल्ड फेवर म्यानपावर'बाट २० महिना अघी साउदी अरेबिया पुगेका नेपालीलाई समेत कम्पनीले पैसा काटेपछि नेपाली श्रमीक आन्दोलित भएका खोटाङ्गका विनोद बस्नेतले जानकारी गराए ।

म्यानपावरको वदमासीका कारण नेपाली श्रमीकको पैसा काटिन थालेपछि बाध्य भएर काम छोडेको बस्नेतले टेलिफोनमा जानकारी दिए ।

नेपालबाट साउदीजाँदा १ लाख २० हजारदेखि १ लाख ५० हजारसम्म म्यानपावरमा बुझाएर त्यहा गएका नेपालीलाई २० महिनापछि कम्पनीले आउँदा लागेको टिकटको खर्च भन्दै रकम काट्न थाले पछि नेपाली श्रमीक आन्दोलनमा उत्रिएका हुन् ।

बस्नेतका अनुसार साउदी अरेबिया जाँदा म्यानपावरले १ लाख ४० हजार लिएर ७० हजारको बिल दिएको बस्नेतले वताए । कम्पनीले पछिल्लो समय रकम काट्न थालेपछि रकम काटिएको बारे  श्रमीकले म्यानपावरसँग कुरा राखेपनि समस्याको समाधान नहुदा श्रमीक आन्दोलनमा उत्रिएका हुन् ।

मगलबार आन्दोलित नेपाली श्रमीकले साउदी अरेबियाको श्रम अदालतमा बिना कारण कम्पनीले श्रमीकको रकम काटेको भन्दै मुद्धा दर्ता गराएको वस्नेतले जानकारी दिए ।

६ दिनदेखि काम ठप्प पारेर वसेका नेपाली श्रमीकलाई कम्पनीले काममा फर्किन आग्रह गरेपनी समस्याको सामधान नभए नेपाली फर्किने माग श्रमीकले राखेका छन् । सो वारे सो म्यानपावरका निर्देशक सुर्य विकसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन् ।
annapurnapost.com
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल कात्तिक ४ गते। बुधबार। इश्वी सन् २०१५ अक्टोबर २१ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– अष्टमी, ८:४० बजेउप्रान्त नवमी।हेर्नुहोस आजको राशिफल

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोगले बढी फाइदा प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusभाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले चिताएका कामहरू पनि सजिलै बन्नेछन्।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च, विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ। व्यावसायिक काममा पनि विविध समस्या देखिन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा हुनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerअलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। पारिवारिक जीवन सुखद, समृद्ध बन्नेछ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढनुहोला। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoदिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraढिलासुस्तीले काम बिग्रन सक्छ। हातमा आएको मौका गुम्ने देखिन्छ, सचेत रहनुहोला। स्थायी सम्पत्तिमा केही विवाद आउला। आफन्तबीच आत्मीयतामा कमी आउला। तापनि, बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई बिस्तारै सुधार गर्न सकिनेछ। महत्वाकांक्षी योजना पनि बिस्तारै फलदायी हुनेछन्। पशु, भूमि र मातृधनबाट सामान्य लाभ मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioविभिन्न उपहार प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन हुने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusमान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusकाममा लगानी बढाउने समय छ। प्रयत्न गर्दा लामो यात्रा हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। फाइदाका पछि लाग्दा छर–छिमेकमा असमझदारी बढ्न सक्छ। बनिसकेको कामबाट हात झिक्नुपर्ने स्थिति आउन सक्छ। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesअवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।

काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाले भारतले नाकाबन्दी गरेका बेला आपूर्तिमा सहयोग गर्न आफुले गरेको आग्रह चीनले नमानेको दाबी गरेका छन् ।

रिपोर्टर्स क्लबले मंगलबार महाराजगञ्जस्थित कोइराला निवासमा गरेको साक्षात्कारमा उनले चीनले सहयोग नगरेको आरोप लगाए । चीनले पटकपटक इन्धन दिन तयार रहेको र त्यसका लागि औपचारिक सम्झौता गर्न प्रधानमन्त्रीसहित नेपाली अधिकारीहरुलाई आग्रह गरेको समाचारहरु बाहिर आइरहेका बेला कोइरालाले त्यस्तो दाबी गरेका हुन् । ‘प्रधानमन्त्री रहेकै बेला मैले सहयोग गर्न आग्रह गरेको थिएँ’, कोइरालले भने, ‘चीनले सहयोगका लागि कुनै चासो देखाएन ।’
कोइरालाले आफूहरु सरकारमा बस्दा वा नबस्दा बोली फरक नहुने भन्दै कुटनीतिक तवरबाट समस्याको समाधान खोज्नु पर्नेमा जोड दिए ।
‘हामीहरु नाकाबन्दी भन्छौ, उहाँहरुले रोकेको छैन, तपाईहरुकै कारण भएको हो भन्नु हुन्छ’, कोइरालाले भने,  ‘मैले भारतीय राजदुतलाई बोलाएर यो नराम्रो स्थिति भयो नाका खोल्नु पर्यो भनेको थिएँ उनले नाकाबन्दी नगरेको जवाफ दिए ।’
राष्ट्रपतिमा उम्मेदवारी दिन्छौं
कोइरालाले पार्टीले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवारी दिने बताए । उनले भने ,‘तपाईहरु ढुक्क हुनुस, काँग्रेसले राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन्छ । लोकतन्त्रको सस्थागत विकास र संविधानको कार्यान्वयनको लागि पनि उम्मेदवारी दिनु अपरिहार्य छ । हामी अहिले छलफलमा छौ, पार्टीले निर्णय गरेर उपयुक्त पात्रलाई उम्मेदवार बनाउँछौ ।’
कोइरालाले प्रधानमन्त्री निर्वाचनमा पनि पार्टीले उम्मेदवार बनाएकाले आफूले उम्मेदवारी दिएको स्पष्ट पार्दै आफ्नो उम्मेदवारी लोकतन्त्र र मधेस आन्दोलनको पक्षमा भएको दावी गरे ।
काँग्रेसले उम्मेदवारी दिएकै कारण आन्दोलनमा रहेका मधेसवादी दल निर्वाचनमा सहभागी भएको जिकिर उनको थियो । मधेसवादी दल प्रधानमन्त्री निर्वाचनमा सहभागी भएसँगै समस्या समाधानको बाटो खुलेको  दाबी उनको थियो ।
कोइरालाले फेरि मुलुक द्धन्द्धमा गयो भने नेपाल रहन्छ कि रहदैन भन्ने आशंका रहेको उल्लेख गर्दै तत्काल सरकारले मधेसको समस्या समाधान गर्न आफू नेतृत्वको सरकारले ल्याएको संविधान संशाोधन विद्येयक अगाडि बढाउनु पर्ने धारणा राखे ।
सरकारी वार्ता टोलीमा बस्ना अस्वीकार
सरकारले गठन गरेको बार्ता समितिमा काग्रेस नबस्ने स्पष्ट पार्दै उनले भने,‘ प्रधानमन्त्रीजीले मलाई काँग्रेसको तर्फबाट बार्ता टोलीमा सहभागिता हुनु पर्यो भन्नु भएको थियो तर काँग्रेस त्यसमा सहभागि हुँदैन । मैले प्रधानमन्त्रीलाई काँग्रेस समितिमा सहभागी हुँदैन बाहिरबाट गर्ने सहयोग गर्छौ भनेर भनेको छु ।’
kathmandutoday.com
चीनबाट इन्धन ल्याउन सरकारी पहल जारी 
काठमाडौं : भारतले तीनसाता यता लादेको नाकाबन्दीका कारण मुलुकमा पेट्रोलियम पदार्थको संकट चुलिइरहँदा सरकारले उत्तरी छिमेकी चीनबाट इन्धन ल्याउन कुटनीतिक पहल थालेको  छ ।


नेपालका लागि चिनियाँ राजदूत ऊ चुन्ताईलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर चीनबाट इन्धन आयात तत्काल कसरी गर्न सकिन्छ भन्नेबारे छलफल गरेका हुन् ।

मंगलबार भएको भेटमा राजदूत ऊले नेपालको ठोस प्रस्ताव आए चीनले तत्कालै इन्धन उपलब्ध गराउने बताएको वालुवाटार स्रोतले अन्नपूर्णलाई जानकारी दियो ।

केही दिनअघि परराष्ट्र मन्त्रालयले चिनिया दूतावासलाई इन्धन आपूर्तिको ब्यबपस्था मिलाइदिन लेखेको पत्रपछि राजदूत ऊले प्रधानमन्त्री ओलीसँग भेटेर इन्धन आपूर्तिबारे छलफल गरेका हुन् ।

एमाले वरिष्ठ नेता माधव कुमार नेपाल तथा सरकारका मन्त्रीहरुसँग पनि प्रधानमन्त्री ओलीले मंगलबार बिहान चीनबाट इन्धन आपूर्ति गर्नेबारे कुराकानी गरेका थिए ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भारतले नाकाबन्दी कायमै राखेको तथा इन्धन दिन आनाकानी गरिरहेकाले एकमात्रै विकल्प चीन रहेको सुझाव दिएको स्रोतले बतायो ।

दुई दिनअघि एमालेकै अर्का वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालसँगको भेटमा चिनियाँ राजदूत ऊले सिगात्सेमा रहेको इन्धन भण्डारण केन्द्रबाट केरुङ्तर्फ वितरण हुने पेट्रोलियम पदार्थ नेपाल चीन सीमानाका रसुवागढी हुँदै काठमाडौ ल्याउन सकिने बताएका थिए ।

तर केरुङ्तर्फको सडक पहिरो झरेर फेरि अबरुद्द भएका कारण इन्धन आपूर्ति गर्न सहज नरहेको सरकारी अधिकारीहरु बताउँछन् ।
annapurnapost.com
काठमाडौं : भारतीय नाकाबन्दीपछि बढेको पेट्रोलियमको संकट टार्ने प्रयास भइरहँदा नेपाल सरकारकै एक सचिव तेलको संकट बढाउनेतर्फ सक्रिय भएका छन् ।

नाकाबन्दी गरेर भारतले तेल आपूर्ति नगरिदिएपछि विकल्पको खोजीमा रहेको सरकारको बाटोमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्याय ‘भिलेन’ बनेका हुन् ।
नेपाल आयल निगम सञ्चालक समितिका अध्यक्षसमेत रहेका सचिव उपाध्यायले भारतबाहेक अर्को मुलुकबाट पेट्रोलियम ल्याउने सरकारी प्रयासलाई असफ पार्न सक्रिय रहेको स्रोतको दाबी छ ।


भारतले तीन साताअघि नाकाबन्दी लगाएपछि सरकारले निजीक्षेत्रसँग सहकार्य गरी पेट्रोलियम ल्याउनका लागि टेण्डरसमेत आह्वान गरेको थियो ।

पेट्रोलियम ल्याउन इच्छुक केही कम्पनीले दिएको आवेदनको फाइल नै रोकिदिएर सचिव उपाध्यायले सरकारलाई अफ्ठेरोमा पारेका हुन् ।

नेपाल आयल निगमले तत्कालका लागि पेट्रोलियम संकट टार्नका लागि निजी क्षेत्रलाई पनि पेट्रोलिय आयागत गर्न दिन गरिएको बोलपत्रमा केही कम्पनी छानिएका थिए ।

तर पेट्रोलियम ल्याउनका लागि सरकारले छानेका ती कम्पनीहरुको फाइलमा आयल निगम सञ्चालक समितिका अध्यक्ष उपाध्यायले हस्ताक्षर नगरिदिएका कारण पेट्रोलियम ल्याउने सरकारको वैकल्पिक प्रयास सफल हुन नसकेको हो ।

सचिव उपाध्यायले प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई नै गलत व्रिफिङ गरेर गुमराहमा राखेको सरकारको उच्च स्रोतले जानकारी दिएको छ ।

‘प्रधानमन्त्री र आपूर्तिमन्त्रीले वैकल्पिक उपायबाट पेट्रोलियम ल्याउन कानुन संशोधन गर्न तयार रहेको बताइरहनुभएको छ’, स्रोतले भन्यो, ‘तर सचिव उपाध्यायले उल्टो सल्लाह दिएर सरकारी प्रयासमा ‘भिलेन’ बन्ने काम गरिरहेका छन् ।’

सचिव उपाध्यायले आयल निगमका केही उच्च पदस्थ व्यक्तिहरुको  मिलेमतोमा वैकल्पिक आपूर्ति प्रक्रियामै अवरोध गरिरहेका छन् ।

सरकारले भारतबाहेक तेस्रो मुलुकबाट पेट्रोलियम आयात गर्न निजी क्षेत्रलाई जिम्मेवारी दिन गरेको निर्णय सचिव उपाध्यायकै शंकास्पद भूमिकाकारण अलपत्र परेको छ ।

उनको हेलचेक्राइँ र उदाशिनताले नै दशैं तिहार जस्ता चाडवाडमा पनि देशमा तेलको हाहाकार भइरहेको आपूर्ति मन्त्रालयकै अन्य उच्च अधिकारीले निचोड निकालेका छन् ।

सन्की स्वभावका उपाध्यायले निजी कम्पनीमार्फत तेल ल्याउन गरेको सरकारी प्रयासलाई ‘तेल आओस कि नआओस, मलाई के मतलव’ भन्ने जस्ता गैह्रजिम्मेवारी टिप्पण्ी गर्ने गरेको स्रोतको भनाइ छ ।

भारतीय नाकाबन्दी जारी रहेको अवस्थामा आपूर्ति असहज पार्ने भूमिका उनै उपाध्यायको रहेको दाबी स्रोतले गरेको छ ।

आपूर्ति सचिव उपाध्यायले चीनबाट तेल ल्याउने आयल निगमको प्रयास र अन्य काममा समेत पूरै असहयोग गर्दै आएका छन् ।

स्रोतका अनुसार आपूर्ति मन्त्रालयकै कर्मचारीलाई पनि पेट्रोलियमको वैकल्पिक आयातको फाइल अघि बढाउन नदिन उपाध्यायले निर्देशन नै दिएका छन् ।
www.annapurnapost.com
मोरङ, ३ कात्तिक । नेकपा एमालेका केन्द्रिय सदस्य तथा मेची अञ्चल इन्चार्ज हिक्मत कार्कीले भारतलाई अन्तर्राष्ट्रिय रुपमा उभ्याएर कार्बाहीको भागेदार बनाएरै छाड्ने बताउनु भएको छ ।
नेकपा एमाले मोरङको इटहरा गाउँ कमिटिद्धारा मंगलबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कार्कीले नेपालमा भारतले नाकाबन्दी गरेर अन्तर्राष्ट्रिय कानून तथा सन्धी सम्झौतालाई लत्याएको बताउँदै भारत कारबाहीको भागेदार बन्नुपर्ने बताउनुभयो ।
अन्य छिमेकी मूलुकहरुले समेत भारतले नेपालमा गरेको नाकाबन्दीप्रति आलोचना गरिरहेकाले भारतले क्षमायाचना गरेर सहज आपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँले बताउनुभयो । नेकपा एमालेको पहल कदमिमा संबिधान जारी भएको बताउँदै कार्कीले अब एमालेकै नेतृत्वमा देश समृद्धिको बाटोमा लाग्ने बताउनुभयो ।
dainiknepal.com
गजुरी (धादिङ) : नलाङ गाविस–३ झगरेकी ३२ वर्षीया महिला र उनका चार सन्तानलाई उनका पतिले कात्तिक १ गते राति घर निकाला गरेपछि उनीहरु बिचल्लीमा परेका छन् ।

पीडित पत्नीले आफ्नी १५ वर्षीया एक छोरीलाई पटक पटक बलात्कारको प्रयास समेत गरेकाले घरमा बस्न नसक्ने अवस्था आएपछि सन्तानको सुरक्षाका लागि घर छाडेको बताउइन्।



पतिले तीन छोरी र दुई वर्षीय एक छोरालाई आइतबार राति कुटपिट गर्दै घर निकाला गरेका थिए । छिमेकीका घरबाट दुई वर्षीय छोरालाई दूध ल्याएर खुवाउन ढिला गरेको भन्दै कपाल समातेर भुत्लाउँदै मुड्कीले छातीमा हानेर कुटपिट गरेको पीडितले नलाङ प्रहरी चौकीमा सोमबार जाहेरी दिएकी थिइन् ।

घटनापछि सहयात्री समाजले सञ्चालन गरेको नलाङस्थित स्नेह केन्द्रमा पुगेकी पत्नीलाई पीडकले सोही स्थानमा आएर मानसिक रुपमा समेत कुटपिट गर्ने र सन्तानलाई अपशब्द बोली गाली गरेका थिए ।

अभियुक्तले यसअघि पनि पत्नीलाई कुटपिट गरेका थिए । उनकी पत्नी चोटपटक लिएर स्नेह केन्द्रमा आएको र उपचार गरी घर पठाइएको जानकारी दिँदै स्नेह केन्द्रका इन्चार्ज इन्दिरा रेग्मीले पारिवारिक पुनर्मिलन गराएर घर निकालिएकाहरुलाई घर पठाउने योजना रहेको जानकारी दिए ।

महिलामाथि हुने हिंसामा वृद्धि
गत वर्षको तुलनामा जिल्लामा वैशाख १२ को भूकम्पपछि महिलामाथि हुने हिंसाका घटना बढ्दै गएको सहयात्री समाजले गरेको सर्भेक्षणले देखाएको छ ।

गत आव ०७१-७२ मा ३५ घरेलु हिंसाको घटना भएकामा भूकम्पपछि छ महिनाको अवधिमा ११२ घटना भएको सहयात्री समाजले सोमबार सार्वजनिक गरेको छ । गत एक वर्षमा बलात्कारका तीन, जबर्जस्ती कारणी उद्योगका सात, बोक्सी आरोपका कुटपिट छ र बहुविवाहका १९ गरी महिलामाथि हुने सबै किसिमका हिंसा १०५ छन् ।

भूकम्पपछिको अवधिमा मात्र बलात्कार सात, बलात्कार प्रयासका चार, बोक्सीको आरोपका पाँच लगायत महिलामाथि हुने सबै किसिमको हिंसाको घटना छ महिनाको अवधिमा १६० वटा रहेको समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिए ।

सो अवसरमा प्रजिअ दीपक काफ्ले र प्रहरी नायब उपरीक्षक सविन प्रधानले महिलामाथि हुने हिंसा अन्त्य गर्न प्रहरीले नागरिक संस्थाको सहकार्यमा अभियान थाल्न लागेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा सर्वेक्षणमा देखिएको जस्तो घटना दर्ता नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
annapurnapost.com
एजेन्सी : पाकिस्तानले भारतसँग लड्नका लागि छोटो आणविक हतियार निर्माण गरेको दाबी गरेको छ । भारतीय रबैयाको निन्दा गर्दै पाकिस्तानले छोटो तर शक्तिशाली आणविक हतियार बनाएको दाबी गरेको हो ।

पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफसँग अमेरिकी भ्रमणमा रहेका विदेश सचिव एजाज चौधरीले भारतलार्इ जबाफ दिनका लागि साना तर शक्तिशाली एटमी हतियार बनाएको पुष्टि गरेका हुन् ।
मंगलबार वासिंगटनमा पत्रकारसँग कुरा गर्दै उनले भने, 'भारतको कोल्ड-स्टार्ट डक्ट्रिन र हमलाको खतरासँग जुध्न हामीले साना तर शक्तिशाली एटमी हतियार बनाएका छौं ।'


समाचार अनुसार यसअघि पनि पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुसर्रफ र सेना प्रमुख राहिल सरिफ जस्ता पाकिस्तानका राजनीतिक र सैन्य नेतृत्वले भारतविरुद्ध कडा टिप्पणी गर्दै आएका थिए ।

सन‍् २०१० मा भारतीय स‍ंसदमा भएको हमलापछि भारतीय सेनाले 'पराक्रम' अपरेशन थालेको थियो । पाकिस्तानी सीमामा यसका लागि विशेष योजना बनाइएको थियो । यसअघि सन् २००८ मा मुम्बर्इमा हमला भएको थियो ।


त्यसपछि भविष्यमा पाकिस्तानको भूमिबाट कुनै पनि षड्यन्त्रपू्र्ण हमला रोक्नका लागि भारतीय सेनाले नयाँ रणनीति तय गरेको थियो ।

यो 'कोल्ड स्टार्ट' पोलिसीका अनुसार भारतीय सेनाले 'स्विफ्ट रिएक्सन' (तुरुन्त जवाफी कारबाही) को रणनीति बनाएको थियो ।

पाकिस्तानले भारतविरुद्ध लड्न आणविक हतियार बनाएको बताए पनि उसले अहिलेसम्म अमेरिकासँग कुनै किसिमको न्यूक्लियर सम्झौता भने गरेको छैन ।

पाकिस्तानी आर्मीले अगस्त अन्तिममा  आफ्नो मुलुकको संसदीय समितिमा बताए अनुसार उसका लागि देश बाहिर भारतका अलावा कुनै अरु खतरा छैन।

भारतले पछिल्लो केही वर्षमा १ सय बिलियन अमेरिकन डलरको हतियार किनिसकेको छ । समाचारपत्र डनका अनुसार भारतले ८० प्रतिशत हतियार  पाकिस्तानसँग भिड्नका लागि खरिद गरेको हो ।

पछिल्लो १० वर्षमा भारतल आफ्नो सेनाका लागि बजेट दुर्इ गुणा बढाएको छ । यो वर्ष भारतले रक्षा बजेट २.४६ लाख करोड रुपैयाँ  अर्थात ४०.०७ बिलियन अमेरिकी डलर राखेको छ ।

यो बजेट पाकिस्तानको भन्दा तीन गुणा धेरै हो । पाकिस्तानको रक्षा बजेट ७८ हजार करोड भारतीय रुपैयाँ रहेको छ । पाकिस्तान सन् १९४७, १९६५ र १९७१ मा तथा १९९९ मा कारगिल लडाइँमा भारतसँग भिडन्त गरिसेकको छ ।

बुलेटिन अफ द एटोमिक साइन्टिस्टले मार्चमा जारी  गरेको आफ्नो रिपोर्टमा बताए अनुसार पाकिस्तानसँग ११० न्यूक्लियर बम रहेका छन् । भारतसँग १००  न्यूक्लियर बम रहेका छन् ।  तर यो आँकडा सन् २०१२ मा बनाइएको हो ।

तीन साल यता यी दुर्इ देशले कतिय आणबिक हतियार वृद्धि गरे भन्ने तथ्यांक भने खुलाइएको छैन।
annapurnapost.com

पोखरा । पोखरामा महिलाहरुले यौन सन्तुष्टि पूरा गर्न नयाँ तरिका अपनाएका छन् ।
आफ्ना श्रीमान विदेश गएको र गाउँका अविवाहित युवा समेत विदेश पलायन भएकाले यौनसन्तुष्टि प्राप्त गर्न यहाँका महिला तथा युवतीहरुले यस्तो तरिका अपनाएका हुन् । त्यो हो सेक्स टोयको प्रयोग ।

कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेका छन् ।
पोखरामा यौनसन्तुष्टि प्राप्त गर्न प्रयोग गरिने कृत्रिम यौनसामग्री सेक्सटोयको प्रयोग ह्वात्तै बढेको ब्यापारीहरुले बताएका छन् । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाईडमा रहेका पसलमा सेक्सटोय खरिद गर्ने र यसको बारेमा जानकारी लिन आउनेहरुको भीड लाग्ने गरेको छ ।
कतिपयले फोनबाट यसको बारेमा जानकारी लिन्छन् र खरिद गर्छन् भने कतिपय पसलमै आएर लैजाने गरेका छन् । सेक्सटोय खरिद गर्नेमा महिलाको संख्या बढी छ । कुल ग्राहकको ६० प्रतिशत महिलाहरु रहेको पसल सञ्चालक सुवास भट्टराईले बताए । दुई बर्षअघि पोखरामा सुरु भएको सेक्सटोयको ब्यापार सोचेभन्दा बढी फष्टाएको उनले बताए ।

पुरुषको तुलनामा महिलाहरु यसको बारेमा जिज्ञासु देखिएको उनको अनुभब छ । यसको ३० प्रतिशत ग्राहक बिदेशी पनि छन् । अधिकांश बिदेशी पर्यटक आफैले लिएर आउने भएकाले नेपाली ग्राहकको संख्या अत्याधिक भएको सञ्चालकले बताएका छन् । नेपाली कुल ग्राहक मध्य पनि ४५ प्रतिशत पोखराकै स्थानीय छन् । नेपालका बिभिन्न स्थानबाट पोखरा घुम्न आएकाहरुले पनि खरिद गरेर लैजाने गरेका छन् । काठमाडौंको सुन्धरा र पोखराको लेकसाईडमा मात्रै पसल भएपनि अर्डर अनुसार निःशुल्क होम डेलिभरिको सुबिधा पनि रहेको भट्टराईले जानकारी दिए ।
सुरक्षित यौन क्रियाकलापको लागि सेक्सटोय अतिनै उपयोगी हुने दाबी गरिएको छ । ‘एउटा प्रेमिकाबाट पाउने प्रेम सहितको सेक्स त हुदैन तर एउटा यौनकर्मीबाट पाउने आनन्द यसबाट प्राप्त हुन्छ ।’ पसल संचालकको भनाई । कतिपयले आफू बिदेश जानुअघि आफ्नी श्रीमतीलाई पनि किनेर लगेको तथा कतिपय आफ्नै आमाले छोरीको लागि तथा केटा साथीले केटीको लागि र केटी साथीले केटाको लागि पनि यो खरिद गर्न आउने गरेको उनले सुनाए । यौन चाहना भएर पनि बाहिर खुल्न नसकेकाको लागि यो उपयुक्त साधन मानिन्छ ।
dainiknepal.com
दाङ, नेपालगन्ज, कार्तिक ३ । दाङसँग सीमा जोडिएको बाँके, कुसुमको चपरगौरीमा मंगलबार साँझ यात्रुबाहक बस पल्टिएर आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ ।

अरु यात्रु बसभित्रै रहेकाले उनीहरुको अवस्था अझै थाहा हुन सकेको छैन । लु१ख ५८२८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कुसुमका हवल्दार टोपेन्द्रसिंह ठकुरीका अनुसार उक्त बसभित्र ५० जनाभन्दा बढी यात्रु थिए । बसमा ग्यासको सिलिन्डर र पेट्रोल रहेकाले बस पल्टिएपछि सिलिन्डर पड्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।

बसभित्र रहेका अरु यात्रुको अवस्थाबारे अझै जानकारी हुन सकेको छैन । १० जना यात्रुलाई भने उद्धार गरेर उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

नेपाली सेना, नेपाल प्रहरी तथा स्थानीयले आगो नियन्त्रणमा लिएका छन् । बस बुटवलबाट नेपालगन्जतर्फ जाँदै गरेको थियो । imagekhabar.com
मंगलबार, ३ कार्तिक
साउदी । रोजगारीको सिलसिलामा साउदी अरब आएका एक नेपालीको सुतेकै ठाउँमा मृत्यु भएको छ ।
पन्ध्र महिनाअघि साउदी अरब आएका पर्वत सलाजुङ्गा–३ का ३३ वर्षीय मानबहादुर पुन मगरको गत सोमबार राति सुतेकै अवस्थामा मृत्यु भएको हो ।
कामबाट फर्केर राति खाना खाएर सकुशल सुतेका मगर रातको १ बजे एक्कासि छट्पटिएका थिए । उनी छटपटिएको थाहा पाएपछि कोठामा सँगै सुतेका साथीले अस्पताल लैजाने तयारी गर्दागर्दै उनको सुतेकै ठाउँमा मृत्यु भएको झविलाल न्यौपानेले बताए ।
शव परीक्षण भइनसकेकाले उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न सकेको छैन । मृत्यु भएका मगरको शव जुबैलस्थित जेनेरल अस्पतालमा राखिएको र शव स्वदेश पठाउनका लागि पहल भइरहेको न्यौपानेले बताए ।
अल अद्वानी कम्पनीको स्काइफोल्डरमा कार्यरत पुन मगर साउदीको जुबैलस्थित अबुद्रिया क्याम्पमा बस्दै आएका थिए । मगरको परिवारमा वृद्ध बुबाआमा, श्रीमती र दुई छोरी छन् ।
www.nepalsandesh.com
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सीमा क्षेत्रमा उत्पन्न असहज परिस्थितिका कारण नेपाली जनताले झेल्न परेको पेट्रोलियम पदार्थलगायत अन्य दैनिक उपभोग्य वस्तुको अभाव हटाउन कूटनीतिक प्रयास जारी रहेको बताएका छन्।
देशको ३८ औँ प्रधानमन्त्रीका रुपमा कार्यभार सम्हाल्नु भएका ओलीप्रति बधाई ज्ञापन गर्न तथा मुलुकको वर्तमान अवस्थाबारे उनलाई ध्यानाकर्षणपत्र बुझाउन आज प्रधानमन्त्री निवास पुगेका विभिन्न विद्यार्थी सङ्गठनका पदाधिकारीहरूसँगको भेटमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।
मुलुकको राष्ट्रिय स्वाभिमानलाई अक्षुण्ण राख्दै तराई–मधेसका साथै भारतसँगको सीमा नाकामा उत्पन्न अवरोध हटाउन वर्तमान सरकार गम्भीर भएर लागेको जानकारी प्रधानमन्त्रीले दिनुभएको नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेले बताए ।
“अहिलेको असहज अवस्थाबाट मुलुकलाई मुक्त गर्न सरकारले विविध उपाय अवलम्बन गरेको छ, चाँडो निकास निस्कनेमा म आशावादी छु,”– प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै प्रवक्ता लामिछानेले बताए ।
तराई–मधेसका समस्या राजनीतिक संवादका माध्यमबाट समाधान गर्न, भारतको अघोषित नाकाबन्दीका कारण कष्टकर बन्दै गएको जनताको दैनिकी सहज बनाउन कूटनीतिक प्रयासका साथै वैकल्पिक बाटोबाट इन्धन आपूर्तिका लागि ठोस प्रयास गर्न विद्यार्थी सङ्गठनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
भूपरिवेष्ठित नेपालको पारवहन अधिकार सुनिश्चित गर्न अन्तर्राष्ट्रि«य समुदायको ध्यानाकर्षण गर्नुपर्ने तथा अहिलेको असहज परिस्थितिको फाइदा उठाउँदै कालोबजारी गर्नेहरूमाथि कठोर कारबाही गर्नुपर्ने माग प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको ध्यानाकर्षणपत्रमा गरिएको छ ।
www.nepalsandesh.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home