• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ ।

जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ ।कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।

१) दुधः
हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।
२) खानापछि गुलियो खानेकुराः
धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।
३) साँझ भारी खाजाः
दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ ? हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।
४) आलुः
आलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।
५) स्वस्थ स्न्याक:
बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ ।

e-khabarpana

बाँके, २६ पुस-
बाँकेको गनापुर ४ की ३० वर्षीया असिया खानले शनिबार तिम्ल्याहा शिशु जन्माएकी छन् । शिशु र आमाको अवस्था सामान्य छ । व्यथा लागेर शिक्षण अस्पताल नेपालगन्जमा भर्ना भएकी खानको शल्याक्रिया गरी बच्चा निकालिएको हो ।

व्यथा लागेर अस्पताल भर्ना गरिँदा बच्चा उल्टो देखिएपछि शल्यक्रिया गर्दा तीन शिशु निकालिएको स्त्री रोग विशेषज्ञ डा. फरहद बानोले बताइन् । शिशुहरूको तौल १ किलो ८ सय ग्रामदेखि २ किलोसम्म रहेको छ । ‘बच्चाहरूको अवस्था सामान्य भएका कारण एआईसीयूमा भर्ना गर्नुपरेको छैन ।

आमाको स्वास्थ्य अवस्था पनि सामान्य छ,’ उनले भनिन्, ‘नवजात एक छोरा र दुई छोरीलाई आफन्तकै जिम्मा लगाएका छौं ।’ कान्तिपुर दैनिक

२६ पुस, एजेन्सी ।

भारतको एक अदालतले राष्ट्रिय क्रिकेट टोलीका कप्तान महेन्द्र सिंह धोनीलाई पक्राउ गर्न आदेश दिएको छ ।

धर्मको अपमान गरेको अभियोगमा धोनीलाई पक्राउ गर्न आदेश दिइएको भारतीय सञ्चार मााध्यमले जनाएका छन् ।

हालृ एक म्यागजिनको कभर पेजमा धोनीलाई हिन्दु धर्मका देवताकोरुपमा प्रस्तुत गरएको थियो । धोनीले दिएको जवाफ चित्त नबुझेको भन्दै अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो ।

हिन्दु धर्मको अपमान गरेको भन्दै धोनीलाई पक्राउ गर्न माग भएको थियो । ट्वेन्टी ट्वेन्टी विश्वकप विश्वकपको पूर्व सन्ध्यामा आगामी फेब्रुअरी २५ मा उनको सुनुवाइ हुने छ । अष्ट्रेलियामा रहेका धोनी तथा भारतीय क्रिकेटलाई पछिल्लो अदालती आदेशले झट्का दिएको छ ।nepaliheadlines
२६ पुस, काठमाडौं । कृषि विकास बैंककमा झन्डै तीन सय जनाका लागि नयाँ जागिर खुलेको छ ।
बैंकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै दुई सय ९८ पदका लागि आवेदन खुलेको जनाएको छ ।
चौथो र पाँचौ तहका लागि प्रतिस्पर्धामार्फत पदपूर्ति गरिने बैंकले जनाएको छ ।

पाँचौ तह अन्तर्गत व्यवसाय सहायक, सहायक स्तर प्रमथ श्रेणिमा ४० जना, चौथो तह अन्तर्गत लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा ७३ जना, चौथो तह अन्तर्गतकै लेखापाल, सहायक स्तर द्वितीय श्रेणीमा एक सय १४ जना र चौथो तहकै लेखापाल, सहायकस्तर द्वितीय श्रेणीका लागि ७१ जना कर्मचारी आवश्यक रहेको बैंकले जनाएको छ ।
लिखित तथा मौखिक रुपमा परीक्षामा समावेश हुनुपर्नेछ । आवेदन दिनेले प्रत्येक विषयका लागि प्रति विषय चार सय रुपैयाँ परीक्षा दस्तुर तिर्नुपर्नेछ । त्यस्तै समावेशी समूहतर्फ सहभागी हुन चाहनेले प्रति समूहका लागि दुई सय ५० रुपैयाँ थप दस्तुर थप्नुपर्ने छ ।
परीक्षाको लागि चाहिने पाठ्यक्रम तथा दरखास्त फारम बैंकको वेभ साइटबाट डाउनलोड गर्न सकिन्छ ।
बैंकले जारी गरेको सार्वजनिक सूचना हेर्नुहोस (तालिकालार्इ ठूलो बनाएर हेर्न तालिकामा दुर्इपटक क्लिक गर्नुहोला)
onlinekhabar
२६ पुस, काठमाडौं ।

नेपालका मात्र होइनन्, संसारका अन्य देशका धेरै नेता पनि सार्वजनिक स्थलमै आफ्नो भावनामाथि नियन्त्रण गुमाउँछन् । यस्तो मामिलामा सबैभन्दा कमजोर सायद अमेरिकी राष्ट्रपति बाराक ओबामा हुन् ।

केही दिनअघि बन्दुक नियन्त्रणसम्बन्धी नयाँ प्रावधान घोषणा गर्ने क्रममा राष्ट्रपति बाराक ओबामाका आँखा रसाए । सन् २०१२ मा स्यान्डी प्राइमरी स्कुलमा भएको गोलीकाण्डबारे कुरा गर्दै उनी रोएका थिए ।

उनीसँगै उभिएका उपराष्ट्रपति जो विडेन पनि भावुक भए ।त्यसो त सार्वजनिक स्थलमा ओबामा रोएको यो पहिलोपटक होइन । हरेकपटक जब उनी यो घटना सम्झन्छन्, उनको बोली अवरुद्ध हुन्छ र उनका आँखा भिज्छन् । स्यान्डी नरसंहारमा २० साना बालबालिका र ६ वयस्कको मृत्यु भएको थियो ।
रुन माहिर भारतीय नेता
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामान्यतया कठोर प्रशासक मानिन्छ । मानिस उनलाई ‘निष्ठुरी’ पनि भन्छन् । तर, आफ्नी आमाप्रति श्रद्धा र सम्मान व्यक्त गर्ने क्रममा उनी धेरैपटक भावविह्वल बनेका छन् ।

गएको सेप्टेम्बरमा अमेरिकास्थित फेसबुक कार्यालयको भ्रमणका वेला आफ्नी आमालाई सम्झेर उनी भावुक बने, गला अवरुद्ध भयो र आँखा रसाए ।


आफ्नो कार्यकालको पहिलो दिन संसद्लाई सम्बोधन गर्ने क्रममा अटल विहारी बाजपेयीलाई याद गर्दै मोदी भावुक बनेका थिए । भारतीय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणी पनि धेरैपटक भावुक देखिए ।

पूर्वपत्रकार तथा आम आद्मी पार्टी नेता आशुतोष क्यामेराअघि क्वाँक्वाँ रोएको सायदै मानिसहरूले भुले होलान् । यसअघि टेलिभिजनको क्यामेराअघि यसरी रुने नेतामा कंग्रेसका पूर्वअध्यक्ष सीताराम केसरी पनि थिए ।पुलिसको गिरफ्तारीमा पर्दा आफूमाथि दुव्र्यवहार भएको भन्दै भाजपाको ‘फायरब्रान्ड’ नेता आदित्यनाथ संसद्मा आवाजै निकालेर रोए ।

राष्ट्रप्रेमले रुन्छन् नेता
ब्राजिलका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डी सिल्भा प्राय: भावुक हुन्छन् । सन् २००९मा सन् २०१६ को ओलम्पिक रियो डी जेनेरियोमा हुने घोषणा भएपछि उनले आफ्ना भावनालाई काबुमा राख्न सकेनन् र उभिएरै रोए । तर, उनको छविमा यसले कुनै असर परेन । उनी देशका सबैभन्दा लोकप्रिय राष्ट्रपति थिए ।

सन् २०१० मा काबुलस्थित एउटा हाई स्कुलमा अफगानिस्तानको खराब अवस्थाबारे बोल्दाबोल्दै अफगानी पूर्वराष्ट्रपति हमिद कार्जायी बेस्सरी रोए । देशमा असुरक्षाका कारण आफ्नै छोरा विदेशिने त होइन ? भन्ने डरले उनले आँसु झारेका थिए ।

जुलाई २०१४ मा पत्रकारले एक जापानी नेतासँग उनको खर्चबारे प्रश्न सोध्दा उनी रुन थाले । यसको भिडियो इन्टरनेटमा भाइरल भएको थियो । नेता रियुतारो नोनोमुरामाथि पत्रकारले निजी भ्रमणमा सरकारी पैसा प्रयोग गरेको आरोप लगाएपछि उनी रोएका थिए । उनले आफ्ना सबै यात्रा कामको सिलसिलामै गरेको स्पष्टीकरण दिए । पछि उनले यही मुद्दामा राजीनामा दिए ।

पुटिन पनि रुन्छन् र ?
सन् २०१२को मार्चमा राष्ट्रपतीय चुनावमा आफू विजयी भएको खबर पाएपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि रोए । मस्कोको मानेझान्या चोकमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै उनी मज्जैले रोए ।ती आँसु पुटिनको कठोर छविविपरीत थिए । तर, उनका प्रवक्ताले भने पुटिनका आँखामा भावनाका कारण नभई चिसो मौसम र बाफिलो हावाका कारण पानी निस्किएको स्पष्ट पारे ।

सन् २००८मा चुनावी अभियानका वेला न्यु हेम्पसायरमा एक समर्थकको प्रश्नले हिलारी क्लिन्टनलाई रुवाएको थियो । उनले आफूलाई सम्हालेर प्रश्नको जवाफ दिइन् ।पछि उनले भनिन्, ‘मसँग कुनै प्रकारको भावना नहुनु भनेको चिन्ताको विषय हो ।’ त्यसवेला उनी डेमोक्रेटिक पार्टीका तर्फबाट राष्ट्रपतिको प्रत्यासी बन्ने प्रयास गरेकी थिइन् । तर, उनी बाराक ओबामाबाट हारिन् ।

बेलायतकी प्रथम महिला प्रधानमन्त्री मार्गरेट थ्याचरले सन् १९९० को २८ नोभेम्बरमा डाउनिङ स्ट्रिटबाहिर भावविह्वल भएर बिदाइ भाषण दिएकी थिइन् । बेलायतमा ‘आइरन वुमन’ भनेर चिनिने थ्याचरको पार्टीले उनको नेतृत्वमा चुनावमा जान अस्वीकार गरेपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् । १० डाउनिङ स्ट्रिटमा अन्तिमपटक देखिँदा उनका आँखाबाट आँसु झरिरहेको थियो ।नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
बलिउडका ४० कलाकारलाई सरकारले दिएको सुरक्षा व्यवस्थामा फेरबदल गरिएको छ। जसमा बलिउड स्टार शाहरुख खान र आमिर खान पनि सामेल छन्।

आमिरले आफ्नो सुरक्षा हटाइएको मा कुनै अप्ठ्यारो नभएको र मुम्बइ प्रहरी सहरको अरु सुरक्षाको लागि प्रयोग गर्न सकिने भन्दै चित्त बुझाउदै ट्वीट गरेका छन्।

सलमान र शाहरुखलाई पहिले चार सुरक्षा गार्ड र एक सुरक्षाकर्मीको गाडी दिइएको थियो। कटौती पश्चात अब केवल दुई सुरक्षा गार्डमात्र बाँकी छन्।

शाहरुख र आमिरले नोभेम्बरमा देशमा अशहिष्णुता बढेको वयान दिएका थिए। वयानको कारण दुवै खान निकै विवादित भएका थिए।

यता मुम्बइ प्रहरीले भने कसैको पनि सुरक्षा कम नगरिएको बताएको छ।

अमिताभ, दिलीप कुमार, अक्षय कुमार, महेश भट्, मुकेश भट्को भने सुरक्षामा फेरबदल गरिएको छैन। अक्षयलाई ग्याङ्स्टार र भट् दाजुभाइलाई अन्डरवर्ल्डबाट धम्की आइरहने बताइएको छ।

बलिउड कलाकारलाई दिइएको सुरक्षाले प्रहरी जवानको राम्रो उपयोग नभएको ठहर गर्दै सुरक्षा फिर्ता लिइएको थियो। विधु विनोद चोपडा, राजकुमार हिरानी, फराह खान, करीम मोरानी र अली मोरानीको पनि सुरक्षा फिर्ता बोलाइएको छ। सन् २०१४ मा अली मोरानीको घरमै गुण्डाहरुले फायरिङ गरेका थिए।
nepaliheadlines
२६ पुस, काठमाडौं ।

महाधिवेशन आउन ५५ दिन बाँकी हुँदासमेत क्रियाशील सदस्यताको विवाद नटुंगिँदा कांग्रेसमा महाधिवेशन नै प्रभावित हुने आशंका गर्न थालिएको छ ।

महाधिवेशन प्रभावित गर्न सभापति सुशील कोइरालाले सदस्यताको अन्तिम सूची निर्वाचन समितिलाई बुझाउन आलटाल गरेको देउवा पक्षको आरोप छ ।

संस्थापनले पेल्न खोजे देउवा पक्षले भन्डारफोर गर्ने

फरक मतसहितको प्रतिवेदनलाई कसरी लिने भन्ने विषयमा पनि विवाद देखिएको छ । संस्थापन पक्ष कार्यसमितिमा रहेको बहुमतको बलमा पेलेर एकलौटी रूपमा प्रतिवेदन उल्ट्याउने तयारीमा लागेको आरोप देउवा पक्षले लगाएको छ ।

समितिको कार्यविधिमा ‘समितिका सदस्यबीच मतैक्य भए संयोजकको निर्णय अन्तिम हुन्छ’ भनिएकाले संयोजकले हस्ताक्षर गरी बुझाएको प्रतिवेदन अब उल्ट्याउन नमिल्ने भनाइ देउवा पक्षको छ ।

केन्द्रीय समितिले प्रतिवेदन उल्ट्याउन खोजे भन्डाफोर गर्ने तयारीमा देउवा पक्ष लागेको छ । ‘बहुमतको बलमा प्रतिवेदन परिवर्तन गरियो भने ‘नोट अफ डिसेन्ट’ लेखेर हामी भन्डाफोरमा उत्रिन्छौँ,’ केन्द्रीय सदस्य विश्वकर्माले भने ।

यता, कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडूले प्रतिवेदनलाई विवादित बनाउन देउवा पक्ष नै लागेको आरोप लगाए ।

‘तीनजनाको समितिमा विवाद भएपछि त्यसलाई सभापति र महामन्त्रीको जिम्मामा दिइएको छ,’ बडूले भने, ‘निर्विवाद हुँदासम्म संयोजकलाई अन्तिम निर्णयको अधिकार हो, तर विवादित अवस्थामा उहाँहरूले नै पुर्‍याइदिनुभयो ।’ नयाँ पत्रिकामा खबर छ ।nepaliheadlines
परासी, पुस २६ । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले देशको अहिलेको जटिल समस्या सबै दल एकजुट भई समाधान गर्नुपर्ने विचार राखेका छन् ।

उनले अहिले तराईमा जारी आन्दोलनप्रति सङ्केत गर्दै आन्दोलनरत मधेसवादी दलसहित सबै साना ठूला दलको सहमति र सहकार्यमा देशलाई निकास दिनुपर्ने विचार राखे ।
नेपाल प्रेस युनियन नवलपरासी शाखाले शनिबार साँझ रामनगर, भूमहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता खड्काले यस्तो विचार राखेका हुन । यसअगावै आठ पटकसम्म विभिन्न मन्त्रालयको जिम्मेवारी लिइसकेका खड्काले आगामी दिनमा मन्त्री पदमा नबस्ने उद्घोष गरे ।
लाभका सबै पद नलिने उद्घोष गरेको हो भन्ने पत्रकारहरुको जिज्ञासामा काँग्रेस नेता खड्काले अन्य पदको विषयमा कुनै कुरा नबोली मन्त्री पद नलिने उद्घोष गरेको जानकारी दिए ।
नेता खड्काले पार्टी भागबन्डाले धरासायी बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै पार्टीमा पुस्ता हस्तान्तरण अहिलेको आवश्यकता हो भने ।
imagekhabar
एतिहाद एयरवेजबाट अमेरिका जाँदै गरेका २० जना विद्यार्थीहरुलाई एयरपोर्टबाटै फर्काइएको छ।
अबुधाबी विमानस्थलमा रहेको अमेरिकी अध्यागमनले उनीहरुलाई अमेरिका आउनबाट रोकेको पुष्टि भएको हो । उनीहरुमध्ये कैयनलाई अबुधाबीबाटै डिपोर्ट गरिएको छ ।
अमेरिकाको क्यालिफोर्नियामा रहेका कालोसुचीमा रहेका दुईवटा युनिभर्सिटीमा अध्ययनका लागि आउन लागेका उनीहरुलाई गत मंगलबार अबुधाबीकै विमानस्थलबाट फिर्ता गरिएको हो । उनीहरु क्यालिफोर्नियामा रहेका सिलिकन भ्याली युनिभर्सिटी र नर्थवेष्टर्न पोलिटेक्निक युनिभर्सिटीमा अध्ययनका लागि अमेरिका जाँदै थिए ।
यसैबीच एतिहाद एयरवेजले विशेष सुचना जारी गर्दै अबुधाबी विमानस्थलमा अमेरिकी अध्यागमनले चेकजाँचका क्रममा भिसा अनियमितता फेला पारेकाले भारतबाट अमेरिकाका लागि जाने विद्यार्थीहरुलाई आफ्नो विमानमा नचढाउने घोषणा गरेको छ ।
dainiknepal

वि.सं. २०७२ साल पुस २६ गते। आइतबार। इश्वी सन् २०१६ जनवरी १० तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– औंसी, ७:३४ बजेदेखि प्रतिपदा ३०:५१ बजेउप्रान्त द्वितीया।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
न्यून सफलता मिल्ने देखिन्छ। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्न सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
कामका लागि गर (नेपाली पात्रो) िएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
प्रयत्न गर्दा मनग्य फाइदा उठाउन सकिने दिन छ। विभिन्न अवसर प्राप्त हुनाले उत्साहित भइनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनाले मन प्रसन्न रहनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। सुन्दर पहिरनमा ठाँटिएर व्यक्तित्व निखार्न सकिनेछ। साँझदेखि केही अप्ठ्यारा परिस्थिति अाउन सक्छन्, सचेत हुनुहाेला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerस्वास्थ्य स (नेपाली पात्रो) ल बन्नुका साथै काममा उत्साह जाग्नेछ। राेकिएका काम बन्नाले मनग्य लाभ हुनेछ। द्वेष वा र्इर्ष्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिने समय छ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने नयाँ याेजना शुभारम्भ गर्ने अवसर पाइनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoप्र (नेपाली पात्रो) ारम्भमा कमजोरी अनुभव हुन सक्छ। काममा पनि ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा बाधा हुनेछ भने व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आउने देखिन्छ। साँझदेखि स्वास्थ्य र परिस्थिति अनुकूल बन्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
केही समस्या आउने सम्भावना देखिन्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहाेला। माताकाे सहयाेग र मातृधनकै उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला। सामाजिक काममा सामान्य फाइदा होला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
व्यापारमा विशेष फाइदा हुने समय छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। साँझदेखि परिस्थितिमा केही असहजता बढ्न सक्छ, सचेत हुनुहाेला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
श्रमबाट राम्रै लाभ हुनेछ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ। अाफ्ना कामजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । साँझदेिख लेनदेनमा मनग्य फाइदा हुने देखिन्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साँझदेखि भने आर्थिक रूपमा केही नोक्सानी हुन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
बेलामा होश नपुग्नाले खर्च मात्र हुनेछ। अाफन्तबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने लगनशीलताले फाइदा हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि त्यति फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
कामबाट प्रशस्त लाभ हुनेछ। पैत्रिक सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ। पढाइमा त्यति समय दिन नसकिए पनि नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा सामान्य फाइदै हुनेछ। श्रमको उचित मूल्यांंकन हुनेछ। आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल ठूलो फाइदा भने नउठ्न सक्छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै सम्पादन हुनेछन्।

गौर (रौतहट), २५ पुस । विगत चार महिनादेखि अवरुद्ध बनेको गौर–बैरगनिया सीमा नाका आजबाट सञ्चालन भएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले गौर–बैरगनियास्थित मितेरी पुलमा धर्नामा बसी नाका अवरोध गर्दै आएका थिए । धर्नामा मोर्चाका कार्यकर्ता आउन छाडेपछि उक्त नाका भएर चारपाङ्ग्रे सवारी साधनदेखि लिएर मोटरसाइकल, रिक्सा, टाँगा, ओहोरदोहोर गर्न सुरु गरेका छन् ।
मितेरी पुलमा रहेको अवरोध हटेलगत्तै सदरमुकाम गौरमा चहलपहल बढेको छ । सीमा नाका भएर आवागमन सुरु भएपछि व्यापार व्यवसाय निर्वाधरुपमा सञ्चालन भएको छ भने जनजीवन पनि सामान्य बन्न थालेको छ ।
dainiknepal
नयाँ दिल्ली, २५ पुस । भारतीय प्रधानमन्त्री नरेन्द्रमोदीले शनिबार उत्तरी पंजाबको पठानकोटस्थित मुख्य सैन्य अखडाको भ्रमण गर्नुभएको छ ।
एकहप्ताअघि पाकिस्तानी लडाकूले सैन्य स्टेशनमा कार्यरत सात सुरक्षाअधिकारीको ज्यान जानेगरी आक्रमण गरेको यस ठाँउको प्रधानमन्त्री मोदीले भ्रमण गरी घटनाका बारेमा जानकारी लिनुभएको हो ।
स्रोतका अनुसार स्थानीय समय अनुसार बिहान ११ बजे पाठनकोट पुग्नुभएका प्रधानमन्त्री मोदीलाई भारतीय बायुसेनाका अधिकारी जे. एस. धामुनले आक्रमणका बारेमा जानकारी गराउनु भएको थियो ।
त्यसपछि प्रधानमन्त्री मोदीले घटनामा घाइते भएका २० जना सुरक्षाकर्मीलाई भेट्नु भएको र लगत्तै उहाँले आक्रमणस्थलको हवाई निरिक्षण गर्नुभएको थियो ।
प्रधानमन्त्री मोदीको भ्रमण उक्त वायुसेना अखडा वरिपरी युद्धक विमान र लडाकु हेलिकप्टरलाई तैनाद गरिएको एक दिनपछि भएको हो । चारदिन लामो भिडन्तमा छ जना पानिस्तानी लडाकू मारिएपछि नयाँ कारबाही स्वरुप भारतले योे सुरक्षा अभियान चलाएको हो ।
प्रधानमन्त्री मोदीले रसिया र अफगानिस्तानको भ्रमणबाट स्वदेश फिर्ता हुनेक्रममा पाकिस्तानको भ्रमण गरी उहाँका पाकिस्तानी समकक्षी नवाज सरीफको ६६औं जन्मदिनको अबसरमा उहाँलाई भेटी शुभकामना प्रदान गरेको एकहप्तापछि पाकिस्तानी लडाकूले पठानकोटमा आक्रमण गरेका थिए ।
आक्रमणपछि भारतीय प्रधानमन्त्रीले पाकिस्तानी समकक्षीलाई फोनगरी आक्रमणको योजना बनाउने समुह वा व्यक्तिलाई कार्बाहीका लागि तत्कालै ठोस कदम चाल्न आग्रह गर्नुभएको थियो । रासस/सिन्ह्वा
dainiknepal
काठमाडौं । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल एक म्यूजिक भिडियोमा देखिएका छन् ।
राष्ट्रियताप्रति समर्पित गीतमा खरेल देखिएका हुन् । ‘यो देशका लागि म जन्म लिएको हुँ’ बोलको गीतमा

गायक गायिकाले पनि अभिनय गरेका छन् । गीतमा भुवन प्यासी र पारु शाहीले स्वर दिएका छन् ।
dainiknepal
काठमाडौं, पुस २५ । नेपाल–भारत सीमानाकाबाट आयात प्रभावित हुनेक्रम यथावत छ ।

शनिबार दिनभरमा काँकडभिट्टा–पानीट्यांकी नाकाबाट इन्धनबाहेकका १ सय ५५ ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् ।

यस्तै, विराटनगर–जोगबनी नाकाबाट शनिबार दिनभरमा ४ ट्यांकर डिजेल र १ बुलेट ग्याससहित १ सय ७८ ओटा मालबाहक गाडी नेपाल भित्रिएका जनाइएको छ ।

भैरहवा–सुनौली नाकाबाट शनिबार दिनभरमा ३० ट्यांकर डिजेल र ३ बुलेट ग्याससहित ३८ ओटा मालबाहक गाडी नेपाल भित्रिएका छन् ।

यस्तै, नेपालगन्ज–रुपैडिहा नाकाबाट शनिबार दिनभरमा ३४ ट्यांकर डिजेल, ७ ट्यांकर पेट्रोल, ३ बुलेट ग्याससहित ४९ ओटा मालबाहक गाडी नेपाल प्रवेश गरेका जनाइएको छ । imagekhabar
शनिबार, २५ पुष
त्रिदेशीय कुटनीतिको गञ्जागोल खेलको मारमा नेपाली जनता

यतीबलेला चिनियाँ राष्ट्रपति सि जिन पीङको सम्भावित नेपाल भ्रमण र प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत र चीन भ्रमणले कुटनीतिक क्षेत्र तातेको छ । कुनै भवितव्य नभए अनि राजनीति संलदै गए सन् २०१६ को मार्च वा अप्रिलमा चिनियाँ राष्ट्रपतिले नेपालको एक या दुई दिने भ्रमण गर्न सक्नेछन् ।
यस्तै त्यसअघि नै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिला भारत लगत्तै चीनको भ्रमण गर्ने पनि पक्का पक्की भैसकेको छ । यस्तो अवस्थामा राष्ट्रपति सी जिनपीङको सम्भावित नेपाल भ्रमणका लागि चिनियाँ पक्षले तयारी र पहल समेत सुरु गरिसकेको छ । तर, नेपालको कुटनीतिक पहल भने शून्य प्राय छ । यती सम्म की परराष्ट्र मन्त्री कमल थापाले ओलीको पहिलो विदेश भ्रमण भारतबाटै हुने र भारतसँगको सम्बन्ध चीनसँगको भन्दा गाढा रहेको बताइसकेका छन् । हुन पनि अहिलेको नाकाबन्दीले भारतकै सम्बन्ध बलियो हुनुपर्ने निश्कर्ष निकालिदिएको छ ।
तर, एक्काइसौं शताब्दीमा कुनै एक मुलुक अर्को एक मुलुकको मात्रै भर पर्दा पाउने दुःख कष्टका बारेमा यो नाकाबन्दी भन्दा अर्को उदाहरण पनि नहोला । नेपालले दुबै छिमेकीहरुसँगको सम्बन्धलाई समानान्तर गर्ने लक्ष्य राख्नु स्वभाविक हो । तर, बढी ध्यान भारततीरै देखिन्छ । यही कारण पनि चीन बेला बेलामा नेपालका शासकहरुसँग झस्कने गरेको छ ।
र अहिले पनि त्यस्तै अवस्था आइपरेको छ । यही बिचमा चीनका लागि नेपाली राजदुत डा.महेश मास्केको पदावधि समाप्त हुन लागेको छ । चीनसँग राम्रो सम्पर्क सुत्र कायम गरेका मास्केको पदावधी थप्ने पक्षमा सरकार देखिदैन । तर, उनको अभावमा बेइजिङमा नेपालले गर्नुपर्ने पहल गर्न सक्ने छैन ।
चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउने विषयले यतिवेला नेपालको मात्र होइन, दक्षिण एसियामै चासोको विषय बनेको छ । उनको सम्भावित नेपाल भ्रमणलाई लिएर सबैभन्दा बढी भारत नै हच्किएको छ ।

उनको भ्रमण प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणपछि हुने बताइएपनि मितिका बारेमा कसैले पनि खुलाएको छैन । चिनियाँ राष्ट्रपतिको यो भ्रमण नेपालका लागि मात्र होइन, चीनका लागि पनि निकै महत्वपूर्ण र नयाँ आयाम हुने छ र यो भ्रमण दक्षिण एसिया हुँदै मध्य एसियासम्म चीनको पहँच बढाउनका लागि फलदायी हुनेछ ।
नेपालको आर्थिक विकासमा पनि चिनियाँ योगदान बढ्ने गरि यो भ्रमण हुनेछ । उनी विश्वकै शक्तिशाली शासक मध्ये एक हुन् र उनी विश्वकै केन्द्रमा रहेका नेता हुन् । यस्तो अवस्थामा उनले नेपाल भ्रमणका लागि केही सर्तहरु तयारी गरेका छन् ।
उनको सम्भावित भ्रमणमा इन्धन पाइपलाईन निर्माण र त्यसको सम्पूर्ण लगानी चीनले नै गर्नेगरी सम्झौता गर्ने, मध्य एसियालाई केन्द्र बनाएर निर्माण गरिने रेलमार्गको हस्ताक्षर गरिने र नेपालमा चिनियाँ लगानी ल्याएर उर्जा विकास गर्ने विषयमा हस्ताक्षर गर्न चीन तयार छ ।तर, यसका लागि उसले केही सर्त राख्नेछ । त्यो प्रधानमन्त्री ओलीकालाई अत्यासलाग्दो र असम्भव हुने छ ।
चीनले यी सम्झौता अघि प्रधानमन्त्री ओलीसँग बेइजिङमा इन्धनको व्यापारिक सम्झौता र विप्पा सम्झौता गर्ने छ । र शीको भ्रमणमा हुने सम्भावित सम्झौताका लागि राजनीतिक सहमति कायम गर्नका लागि ओलीलाई आग्रह गर्ने र राजनीतिक सहमति बनेमा मात्र उनको भ्रमण हुने छ ।
नत्र, उपराष्ट्रपतिको मात्र भ्रमण हुनेछ । नेपालसँगको सम्बन्ध बलियो बनाउन नेपालको राजनीतिक नेतृत्वले केही प्रतिवद्धता जनाउनुपर्ने उसको सर्त रहने छ । चीनसँगको सम्बन्ध दिल्लीलाई देखाउन या उसँग बार्गे्निङ पावर बढाउनका लागि मात्रै प्रयोग गर्ने रणनीतिको अन्त्य गर्नका लागि पीङले प्रतिवद्धता माग्ने भएका हुन् ।
यी र यस्तै कारणबाट चिनियाँ राष्ट्रपति नेपालको राजनीतिक अवस्था र कार्यकारी प्रमुख अर्थात् केपी शर्मा ओलीसँग डराइरहेको अवस्था छ । तर, यही बीचमा प्रधानमन्त्री ओलीलाई भने सबैभन्दा ठुलो डर भारतीय प्रधानमन्त्री बनेका छन् । चीनसँगको सम्बन्धलाई उदार र देखिनेगरि अघि बढाउने उनको चाहना भए पनि अर्थतन्त्रको अधिकांश हिस्सामा प्रत्यक्ष अप्रत्यक्ष संलग्नता रहेको भारतसँगको सम्बन्ध बिग्रने डर उनमा छ ।
चीनसँग इन्धन खरिद सम्झौता लगत्तै भारतले एक सन्देश पठाएर अब चीनसँगै सबै व्यापार व्यावसाय गरे भैगो भन्ने आशय व्यक्त गरिसकेको छ । अनि प्रधानमन्त्री ओललिाई नाका, हिमाली बिकटता लगायतका विषय सम्झाएर चीनसँग लाग्न खोजे सहज नाकाहरु सञ्चालनमा अझै अबरोध कायम राख्ने घुमाउरो धम्की दिइरहेको छ ।
यसरी भारतीय सरकारको पञ्जा मुक्त हुने उपाय खोज्दै गर्दा मोदीले दिएको घुमाउरो धम्कीले प्रधानमन्त्रीलाई पोली रहेको छ । प्रधानमन्त्री ओलीले मोदीलाई फकाउने र खुसी पार्ने अनि मात्रै पीङसँग हात मिलाउने रणनीति लिएको देखिन्छ ।
तर, यसो गर्दा समय निकै अघि बढीसकेको हुनेछ अनि आम जनताले भोगिरहेको यो संकट टार्न उनी असफल हुने अवस्था पनि आइसकेको हुनेछ । यस्तो अवस्थामा ओलीले ढिलाई गरे भने मोदी पनि रिसाउने, चीन पनि बिच्कने अवस्था आउन सक्छ । यस तर्फ पनि ओलीको बेलैमा ध्यान जानु जरुरी छ ।
nepalsandesh
शनिबार, २५ पुष
भक्तपुर । सञ्चारकर्मी तथा स्रष्टा जितेन्द्र रसिकको तेस्रो कृति ‘एलियनको पृथ्वी भ्रमण’ सार्वजनिक गरिएको छ ।
भक्तपुर साहित्यिक समाजको स्थापना दिवसका अवसरमा आज प्रा डा देवी सुवेदीले उक्त कृति लोकार्पण गर्दै सचित्र कथा पढेर बालबालिकाले मनोरञ्जन र ज्ञान हासिल गर्न सक्ने बताउनुभयो ।
स्वदेश प्रकाशन प्रालिले प्रकाशन गरेको बाल कथासङ्ग्रहभित्र ‘पेन्सिलको अदालत’, ‘क्यामेराको झगडा’, ‘काग र कोइलीको बिहे’, ‘एलियनको पृथ्वी भ्रमण’, ‘टाइक्यापे खैरे’, ‘लाँकुरी र काजी’ शीर्षकमा छ कथा सङ्ग्रहित छन् ।
कथाकार रसिकले बालबालिका मुछिएका माटो र स्रष्टा कलाकार हुन् भन्दै मुछिएका माटालाई कलाको स्वरुप दिने र देशको बगैँंचा सिगार्ने काम स्रष्टाबाट हुनुपर्ने बताउनभयो ।
बाल कथाकार तथा समालोचक कार्तिकेय घिमिरेले कृतिको समीक्षा गर्दै कृतिका सबै कथा अब्बल रहेको र बालबालिकाको मन छुन सक्ने बताउनुभयो ।
समाजका अध्यक्ष राजुराम मुनकर्मीले कृति बालबालिकाका लागि समय परिवेश अनुसारको खुराक भएको बताउनुभयो ।
त्यस अवसरमा समाजसेवी कृष्णलाल प्रधानलाई समाजको मानार्थ सदस्यता प्रदान गरिएको थियो ।
समाजको ५२ आँैं नियमित साहित्यिक शृङ्खलामा काभ्रेको जुनकिरी साहित्य अभियान, ज्योतिष्मति साहित्य समाज, ज्योति साहित्य समाज, सामाखुसी साहित्य समाज, तरेली साहित्य प्रतिष्ठान लगायत दर्जनभन्दा बढी साहित्य संस्था सहभागी थिए । सहभागी कविले आआफ्नो रचना पनि वाचन गर्नुभएको थियो ।
nepalsandesh
शनिबार, २५ पुष

काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले नाका अबरोध लगायतका आन्दोलनका कार्यक्रम अनावश्यक भएको र तत्काल नाका अबरोध हटाएर नेपाल सरकारसँगको वार्तालाई फलदायी बनाउन गरेको आग्रह सद्भावना अध्यक्ष राजेन्द्र महतोले अस्विकार गरेका छन् ।
उपचारका लागि भन्दै भारत भ्रमणमा रहेका सदभावना पार्टीका अध्यक्ष महतो र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा भेटवार्ता भएको थियो ।
भेटवार्ताका क्रममा स्वराजले निरन्तरको वार्ता र छलफलबाट सहमति खोज्न आग्रह गरेकी थिइन् । स्वराजले सरकारसँग सम्वन्वय गरेर अघि बढ्न आग्रह गर्दा महतोले आफुहरुलाई घर न घाटको बनाउन खोजेको भन्दै सुष्माको सात्तो लिएको स्रोत बताउँछ ।
महतोले सरकारले आफुहरुको माग सम्बोधन गर्ने कुनै अवस्था नरहेकाले आन्दोलन र नाका धर्ना झन् कडा पार्ने बताएका थिए ।
भेटवार्ताका क्रममा भारतीय विदेस सचिव एस जयशंकरले नेपालका शीर्ष नेताहरुले प्रयास गरिरहेको र वार्तालाई फलदायी बनाउन लचिलो बन्न महतोलाई आग्रह गरेका थिए ।
nepalsandesh
काठमाडौं, पुस २५ । तराई–मधेसमा आन्दोलनरत् मधेसी मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गरेको छ ।

मोर्चाले शनिबार विज्ञप्ति जारी गर्दै पुस २८ गतेदेखि माघ ७ गतेसम्मका लागि नयाँ चरणको आन्दोलन घोषणा गरेको हो ।

मोर्चाले संविधान संशोधन विधेयक मान्य नहुने भन्दै सरकार वार्ताका विषयमा गम्भीर नभएको आरोप लगाएको छ ।

सीमानाकामा गर्ने अवरोधलाई निरन्तरता दिने निर्णय गर्दै मोर्चाले विरोध सभा, जुलुस, फोटो र वृत्तचित्र प्रदर्शनीलगायतका कार्यक्रम सन्चालन गर्ने विज्ञप्तिमा जनाएको छ ।imagekhabar
पुस २५, २०७२- नयाँबानेश्वरबाट शंखमुलजाने ओरालो नजिकको हेमराज भण्डारीको घरमा चितुवा पसेको छ ।

घरमा चितुवा प्रवेश गरेपछि अहिले उक्त चितुवालाई घर भित्रको शौचालयमा थुनिएर राखिएको छ । जावलाखेल चिडियाखानाबाट चितुवालाई नियन्त्रणमा लिन भेटनरियन सहितको टोली उक्त स्थानमा पुगेको छ ।

एकाएक घर चितुवा भेटिएपछि त्यहाँ हल्लिखल्ली मच्चिएको छ ।kantipur.ekantipur



पुस २५, २०७२- भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले गोन्डा र बेतालपुर डिपोबाट दैनिक थप ६ लाख ५० हजार लिटर पेट्रोल उपलब्ध गराउन सहमति जनाएको छ । यी डिपोबाट हाल दैनिक करिब डेढ लाख लिटर इन्धन आयात हुँदै आएको छ । हालको भन्दा पाँच गुणा बढी इन्धन आयातको सहमति आईओसीले जनाएको हो । नयाँ सहमतिअनुसार गोन्डा र बेतालपुरबाट दैनिक ४/४ लाख लिटर पेट्रोल आयात गर्न सकिने छ ।

वीरगन्ज नाकामा मधेसी मोर्चाको धर्नाका कारण बरौनीबाट इन्धन ल्याउन नसकिएकाले निगमको आग्रहमा आईओसी वैकल्पिक नाकाटबाट इन्धन बढाउन सहमत भएको हो । नेपालका लागि सबैभन्दा बढी इन्धन आयात हुने मुख्य नाका वीरगन्ज हो । ‘रक्सौल नाका अवरुद्ध भएपछि अन्य नाकाबाट इन्धन लोड बढाउन आईओसीसँग पत्रचार गरेका थियौं,’ निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले भने, ‘गोन्डा र बेतालपुर डिपोबाट लोड बढाउन आईओसी सहमत भएको छ ।’

बेतालपुर डिपोबाट भैरहवा र गोन्डा डिपोबाट नेपालगन्जका लागि इन्धन आयात हुन्छ । निगमले लोड बढाउन चार दिन अघि आईओसीलाई पत्रचार गरेको थियो । आईओसी सहमत भए पनि गोन्डा र बेतालपुरबाट थप इन्धन आयातमा भने केही समय लाग्ने छ ।

निगमका अनुसार आईओसीबाट केही प्राविधिक विषयहरू मिलाउनुपर्ने भएकाले केही समय लाग्न सक्छ ।

‘थप इन्धन दिन आईओसी सहमत भए पनि बढी प्राविधिक कारणले आयात गर्नका लागि केही दिन कुर्नपर्ने छ,’ खड्काले भने । निगमका अनुसार भारतसँगका ६ वटा नाकाबाट इन्धन आयात हुन्छ । ती धनगढी, नेपालगन्ज, भैरहवा, वीरगन्ज विराटनगर र काँकडभिट्टा हुन् । त्यसका लागि भारतर्फका ४ वटा रिफानइनेरी सेन्टर छन् । ती बरनाल, मथुरा, बरौनी र हल्दिया हुन् ।

बरौनी रिफाइनेरीबाट लोड भएको इन्धन रक्सौल नाकाबाट आयात हुन्छ । रक्सोलबाट आयात हुने इन्धन मुख्यत: उपत्यकाका लागि हो । तर, करिब ४ महिनादेखि नाका ठप्प भएपछि बजारमा अवैध रूपमा आयात भइरहेको छ । त्यही अवैध रूपमा आयात भएको इन्धनले बजारको माग धानेको छ ।

रक्सोलबाहेक अन्य नाकाबाट भित्रिएको इन्धन भने अत्यावश्यक सेवा र पहुँचवालालाई तोकको आधारमा वितरण भइरहेको छ । अहिले भारतले नाका केही खुकुलो पारेपछि निगमले अन्य नाकाबाट  लोड बढाउन आग्रह गरेको हो ।

निगमका प्रवक्ता मुुकुन्द घिमिरेका अनुसार बेतालपुर र गोन्डाबाट थप ४/४ सय किलोलिटर इन्धन लोड दिन आग्रह गरिएको छ । ती नाकाबाट पेट्रोलका लागि आग्रह गरिएको हो । गोन्डा र बेतालपुरबाट १ सय ५० किलोलिटर मात्रै इन्धन आयात हुन्छ । उक्त इन्धन पनि सोही क्षेत्रका उपभोक्ताका लागि हो ।

ती नाकाबाट इन्धन आयात वृद्धि गरेर ८ सय किलोलिटर पेट्रोल आयात गर्न सके रक्सोल नाका बन्द रहे पनि उपभोक्ताले केही राहत पाउने निगमको ठहर छ । निगमका अनुसार मुलुकभरि दैनिक पेट्रोलको माग ११ सय किलोलिटर, डिजेल २६ किलोलिटर हो । उपत्यकामा भने दैनिक पेट्रोल साढे ३ लाख र डिजेल साढे ४ लाख किलोलिटर आवश्यक हुन्छ ।

निगमका अनुसार अहिलेकै अवस्थामा आयात बढे केही साताबाट सबै पम्पहरूबाट इन्धन वितरण गर्न सकिने छ । मागको ५० प्रतिशतसम्म इन्धन (पेट्रोल, डिजेल र ग्यास) आयात हुन थालेको छ । पुसअघि मागको १५ प्रतिशत मात्रै इन्धन उपलब्ध हुँदै आएको थियो । ‘रक्सोल नाकाबाहेक सबै नाकबाट इन्धन भित्रिएको छ,’ खड्काले भने, ‘यही अवस्थामा आयात भए केही साताबाट सबै पम्पबाट इन्धन वितरण गर्ने छौं ।’

इन्धनको आपूर्तिमा वृद्धि भएपछि निमगले निजी सवारी साधन (कार/जिप) लाई वितरण गर्दै आएको छ । लटअनुसार तीन दिन वितरण गरिने निजी सवारीलाई १५ लाख लिटिर इन्धन दिइने जनाएको छ । निगमका अनुसार चारपांग्रे सवारीलाई बुधबार, शुक्रबार वितरण गरिएको थियो । अब सोमबार पुन: वितरण गरिने छ । तिहारयता चारपांग्रेलाई इन्धन दिइएको छैन । मोटरसाइकललाई भने तिहारपछि एकपटक मात्रै वितरण गरिएको थियो । मौज्दात न्यून भएपछि कार/जिपलाई वितरण गर्न ढिलाइ भएको निगमको भनाइ छ ।

भारतको नाकाबन्दीका क्रममा सबैभन्दा बढी इन्धन कटौती गरिएको थियो । त्यस अवधिमा १० देखि १५ प्रतिशत मात्रै इन्धन दिने नीति अपनाइएको थियो । वीरगन्जबाट अझै पनि आयात हुन सकेको छैन ।
खड्काका अनुसार थानकोट डिपोमा १४ सय किलोलिटर पेट्रोल र ३ हजार ५ सय किलोलिटर डिजेल मौज्दात छ । kantipur.ekantipur



काठमाडौं, २५ पुस । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले मुलुकको समृृद्धिका लागि औद्योगिकीकरण आवश्यक रहेको बताउनुभएको छ ।
“सरकारले देशका हरेक क्षेत्रमा सम्भावनाको खोजी कार्य जारी राखेको छ” वालिङ उद्योग वाणिज्य सङ्घले आज वालिङमा आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री पाण्डेले भन्नुभयो, “सम्भावनाको पहिचान गरी उद्योग स्थापना गर्ने नीति सरकारले लिएको छ ।”
सरकार औद्योगिक नीति र श्रम नीतिलाई परिमार्जन गर्दै अगाडि बढ्ने तयारीमा रहेको मन्त्री पाण्डेले बताउनुभयो । औद्योगिक क्षेत्र निर्माणका लागि जग्गा प्राप्त भएको खण्डमा मन्त्रालयबाट आवश्यक बजेट विनियोजन गर्न सरकार तयार रहेको मन्त्री पाण्डेको भनाइ थियो ।
“धेरै देशको संविधान अध्ययन गरेर अहिलेको संविधान जारी गरिएको हो” मन्त्री पाण्डेले भन्नुभयो, “अहिलेको संविधानले सबै क्षेत्रको हक अधिकार सुनिश्चित गरेकाले यो संविधान विश्वकै उत्कृष्ट रहेको छ, अब यसको कार्यान्वयनमा लाग्नु आवश्यक छ ।”
मन्त्री पाण्डेले आँधीखोला जलाशययुक्त जलविद्युत् निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढिरहेकाले छिट्टै निर्माण कार्य सुरु हुने विश्वास दिलाउनुभयो ।
dainiknepal
काठमाडौं : मधेस आन्दोलनको सम्बोधन तथा मुलुकको असहज अवस्थाको अन्त्यका लागि निकास खोज्न प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलको बैठक शनिबार बस्दैछ ।

शनिबार बेलुका दुवै तर्फको कार्यदलको बैठक बसेर मोर्चाले राखेका मागबारे बुँदागत छलफल थाल्ने भएको छ । संसद्को प्रक्रियामा रहेको संविधान संशोधनको विधेयकलाई पारित गर्ने गरी सहमतिको खाका तयाार गर्न दुवै पक्षले कार्यदल बनाएपछि अहिले कार्यदल छलफलमा जुटेका छन् ।


कार्यदलमा नेपाली कांग्रेसका महेश आचार्य, एमालेका भीम रावल र एमाओवादीका नारायणकाजी श्रेष्ठ छन् भने मोर्चाका तर्फबाट हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठ र रामनरेश राय छन् ।

शनिबारको बैठकमा पनि प्रदेशहरुको सिमांकनको पुनरावलोकन, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, नागरिकता प्रावधान, राज्यका निकायमा समावेशी सहभागितालगायतका विषयमा छलफल हुने जानकारी रायले दिए।

कार्यदलमा समझदारी जुटेपछि शीर्ष तहमा वार्ता गरेर सहमति गर्ने र संसद्बाट संविधान संशोधन विधेयक पारित गर्ने तयारी छ ।

जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र राज्यका निकायमा समावेशी सहभागितासम्बन्धी संविधान संशोधन विधेयक संसद्मा विचराधिन छ। यसमा संशोधन प्रस्तावहरु पेस भइसकेका छन् । प्रस्तावित विधेयकमै परिमार्जन गरेर मधेसलाई सम्बोधन गर्ने प्रयास ठूला तीन दलले गरेका छन् ।

त्यसैगरी सिमांकनको विषयलाई तीन महिनाभित्र टुंगो लगाउन अधिकारसम्पन्न राजनीतिक संयन्त्र वा संवैधानिक आयोग बनाउने औपचारिक निर्णय सरकारले गरिसकेको छ।
annapurnapost
काठमाडौ २५ पुस । मधेसी मोर्चा दलसंग सकारात्मक वार्ता भइरहेको वेला आज प्रधानमन्त्री केपी शर्माले नेपाल तथा भारतका राजदूतसंग कुराकानी गरेका छन् ।
प्रधानमन्त्री ओलीले केही वेर अघि भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्यय र नेपालका लागि भारतीय राजदूत रणजित रायसंंग कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा दुवै राजदूतलाई बोलाई अहिले देखिएको राजनीतिक संकट र नाकाबन्दीका बारेमा छलफल गरेका थिए ।
मधेसी मोर्चासंग सकारात्मक छलफल भइरहेको वेला प्रधानमन्त्री ओलीले दुवै राजदूतसंग गरेको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । छलफलमा भारतले नेपालमाथि लगाइएको नाकाबन्दी र मधेसको आन्दोलनको समस्या कसरी समाधान गर्ने बिषयमा छलफल भएको थियो ।yeskathmandu
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home