• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सोमबार, ४ माघ
राष्ट्रिय स्वाधिनताको सम्बन्ध जनताको राजनैतिक स्वतन्त्रता र आर्थिक बिकाससंग अनिबार्य रुपमा जोडिएको हुन्छ । कुनै मुलुकको आर्थिक आधार जबसम्म मजबुत हुन सक्दैन, तबसम्म त्यो मुलुकले राष्ट्रिय स्वाधिनकताको रक्षागर्न पनि सक्दैन ।
त्यसको अर्को पाटो जबसम्म राजनैतिक तथा सांस्कृतिक उपरीसंरचना मजबुत हुँदैन  तब सम्म आर्थिक आधार पनि मजबुत हुन सक्दैन । आर्थिक आधार र राजनैतिक उपरिसंरचनाको बिचको द्वन्दात्मक सम्बन्ध रहेको हुन्छ ।
यहाँ  यो पनि ध्यान दिन आबस्यक हुन्छ कि जुन प्रकारको उत्पादन सम्बन्ध मुलुकमा रहेको हुन्छ यहाँको बर्गसम्बन्ध पनि त्यहि प्रकारको बनेको हुन्छ । त्यसले त्यहि प्रकारको संस्कृति र समाजको बिकाश गरेको हुन्छ ।
नेपालको अहिलेको उत्पादन सम्बन्ध सामन्ती तथा दलाल पूंजीवादी रहेको छ । जसको कारण नेपालको स्थिति अर्ध सामन्ती र अर्धऔपनिबेशिक रहेको छ । तर, नेपाली शाशक बर्गका केही मानिसहरु सामन्ती हुन रुचाउँदैनन् ।
उनिहरु नेपाललाई सामन्तबादी देश भत्र रुचाउँदैनन् र उनिहरु पूंजीवादी देश भत्र रुचाउंछन । कुन मुलुकको उत्पादन सम्बन्ध के रहेको हुन्छ भत्रे कुरा कसलाई के मन पर्छ भत्रेकुराले निर्धारण गर्दैन, त्यो मुलुकको बास्तबिक राजनैतिक आर्थिक अबस्थाले त्यसको चरीत्रको निर्धारण गर्दछ ।
यसरी हेर्दा, दलाल पूजीबादी उत्पादन सम्बन्ध भएको देशमा त्यसको बर्ग सम्बन्ध दलाल बजारमा तादम्य गर्ने, त्यसको राजनैतिक सम्बन्ध साम्राज्यबाद, बिस्तारबादको छहारीमा बाँच्ने र त्यसको सांस्कृतिक सम्बन्ध दब्बु, पराधिन, परमुखापेक्षि हुने गर्दछ । यस प्रकारको राजनैतिक र आर्थिक नीतिको कारण नेपाल कंगाल बनेको छ, देशका सामान्य उध्योगहरु पनि बिक्रि गरीएको छ र राज्य जनताको सम्पूर्ण जिम्मेवारीबाट अलग बनेको छ ।
नोपलको दलाल पूजीबादी सत्ताले अख्तीयार गरेको परनिर्भर अर्थतन्त्रमा सामान्यतया १० देखि १५ प्रतिशत निर्यात गरेको देखिन्छ भने ९० देखि ८५ प्रतिशत सम्म आयात गरेको देखिन्छ  । यस प्रकारको आर्थिक नीतिले देश कहिल्यै पनि स्वाधिन हुन सक्दैन । सामान्यतया पूजीबादी बिश्वमा देश स्वाभिमान रहन आयात र निर्यातको सन्तुलन समान अबस्थामा कायम रहनु पर्छ ।
र आर्थिक रुपले सम्पत्र हुन आयातको भन्दा निर्यातको प्रतिशत बढी हुनु आबस्यक हुन्छ । तर नेपालको आयात र निर्यातको तुलना गर्ने हो भने १ अनुपाते ९ हुने गरेको पाईन्छ । अथवा १० प्रतिशत निर्यात हुँदा आयातको प्रतिशत ९० हुन पुगेको छ । सन २०१०–११ को आयात निर्यातलाइ हेर्ने हो भने निर्यात १४ प्रतिशत देखिन्छ भने आयात ८६ प्रतिशत देखिन्छ । यो भनेको दर्दनाक स्थिति मात्र होईन, राष्ट्र हुन आबस्यक पहलुकालागि यो असफल अबस्था हो ।
जहाँ सम्म स्वाधिनता र पराधिनता, जनतन्त्र र तानाशाही, स्वतन्त्रता र नियन्त्रणको प्रश्न छ, जनताकालागि त्यसको कुनै औचित्य छैन । संसारभरीका जनता सबै समान हुन्छन र हुनु पर्छ । एकाधिकार पूजीबादले जनतामा यी सबै बिभेदहरु थेपर्ने र त्यसले बिश्वलाई बर्गमा बिभाजित गर्नेहुनाले पूजीबादको अन्त्यकालागि जनताले स्वाधिन तथा स्वतन्त्र हुन आबस्यक पर्छ ।
त्यसकारण स्वाधिनताको प्रश्न उठ्नगर्छ र उठ्नु पर्छ । यसरी नेपाल स्वाधिन हुनु भनेको बिश्व पूजीबादका बिरुद्ध आर्थिक, राजनैतिक, सामाजिक एबं सांस्कृतिक हिसाबले स्वाभिमान र बिश्वबजारमा प्रतिस्पर्धी हुन सक्नु हो ।
त्यसप्रकारको नेपाल हुनकालागि नेपालमा भएका प्राकृतिक सम्पदा जनताको हीत र जनताकै सहभागितामा निर्माण गरीनु पथ्यो । उदाहरणका लागि नेपालको जलश्रोतको पूर्ण बिकाश औध्योगिक आधार तैयार गर्न निर्माण गर्न सकिन्थ्यो । भारतले नाकाबन्दी गरेको अबस्थामा उसले नियन्त्रण गरेका सबै नदीसंग सम्बन्धित सहमति खारेज गर्नु पर्थ्यो र जनताको सहभागिता र राज्यको ऋणमा यसप्रकारका उध्योगहरु निमार्ण गरीनु पर्थ्यो ।
माथिल्लो कर्णाली, पश्चिम सेती, अरुण तीन, माथिल्लो मर्स्याङ्दी जस्ता योजनाहरु राज्यले निमार्ण गर्न सक्नु पर्थ्यो । देशको करिब ४७ लाख जनता अहिले सुकुम्बासी अबस्थामा रहेको छ र यो संख्या दिन प्रतिदिन बढ्दै गैरहेको छ । देशको करीब ३० प्रतिशत जनता अहिले पनि निरक्षर रहेको छ । उमेर पुगेको नागरिक करीब २५ प्रतिशत बेरोजगार रहेको छ । केही धनिमानिस बाहेक समस्त जनताले स्वास्थ्य सुबिधा पाएको छैन । देशको ८० प्रतिशत भन्दा बढी जनताको बास्तबिक र सुरक्षित आवास छैन । यो दर्दनाक अबस्थाको जनताले बास्तबिक रुपमा राष्ट्रियताको रक्षा गर्न सक्दैन ।
यो स्थिति बदल्नकालागि र देशलाई कम्जोर हुनबाट रोक्नकालागि देशको भू–उपयोग नीतिमा क्रान्तिकारी पद्धति अपनाउन सक्नुपर्छ । क्रान्तिकारी भू–उपयोग नीतिले सम्पूर्ण जनतालाई अबाशको व्यवस्था गर्न सकिन्थ्यो ।
कृर्षिलाई औध्योगिकरण गर्न सकिन्थ्यो । सिंगो देशलाई औध्योगिकरण गरी उत्पादनको निम्ती एकताबद्ध गर्न सकिन्थ्यो र देशलाई अहिलेको भूमण्डलीकरण र उदारिकरणको अबस्थामा बिश्वबजारको कुनै न कुनै क्षेत्रमा सहभागि गराउन सकिन्थ्यो ।
देशको यो आर्थिक अबस्था बत्रसक्दा मात्रै कुनै बिस्तारबादी या साम्राज्यबादी मुलुकले नाकाबन्दी गर्यो भने त्यसको प्रतिबाद गर्न सकिन्थ्यो । नाकाबन्दी गर्ने देशका जनताले पनि शासकको त्यो कदमको बिरोध गर्न सक्थ्यो र त्यो उत्पीडित जनताको दयाको निम्ती होईन आफ्नो आवस्यकताकोलागि नाकाबन्दीको बिरोध गर्ने हुन्थ्यो ।
उदाहरणको रुपमा क्युबा बिरुद्ध गरीने अमेरीकी नाकाबन्दीमा अमेरीकी जनताले त्यस प्रकारको नाकाबन्दीको बिरोध गरेको पाईन्छ । यस प्रकारको बिरोध क्युबाका जनता प्रतिको दया भाबका कारणले होईन, अमेरीकी सरकारको क्युबा प्रतिको अत्याचार र त्यसले अमेरीकी जनताको स्वास्थ्य सेवामा पर्ने प्रभावको कारण जनता प्रतिरोधमा उठेको पाईन्छ ।
क्युबा तथा उत्तर कोरीया जस्ता साना देशका जनताले आफ्नो स्वाधिनताको रक्षा गरेका छन र बिश्वबजारमा समेत स्थान बनाएका छन भने नेपाल जस्तो देशले आफ्नो सार्बभौमिकताको रक्षा गर्न सक्छ । यसकालागि देशभक्त जनता ,शक्तिहरुले एकताबद्ध हुँदै सरकारी संयन्त्रमा रहेका भारतीय दलाल विरुद्द  आन्दोलनमा जानु आबस्यक हुन्छ ।
nepalsandesh
हामीले समाजमा देख्छौं कि मानिसहरु यौन सम्बन्ध कुराकानी गर्न हिच्किचाउँछन् । तर यो कुरा सत्य हो कि सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु
निक्कै जरुरी छ ।

सेक्स पनि मानिसको जीवनको त्यस्तै आवश्यक्ता हो जस्तै खानु, सुत्नु, दैनिक काम गर्नु । तर कतिपयको जीवनमा सेक्सले अन्य कामले जति महत्व
पाउँदैन त्यसैले सेक्स बैबाहिक जीवन नारकीय बन्न पुग्छ ।




खासमा यस्तो हुनुको मुख्य कारण भनेको यौनको विषयमा प्रयाप्त ज्ञान नहुनु हो । आखिर मानिसको जीवनमा सेक्सका लागि उपयुक्त उमेर कुन हो त ?

हालै अमेरिकाको मेडिकल एसोसिएसनले गरेको एक अध्यनका क्रममा पुरुषलाई विहानको समयमा यौन सम्बन्ध राख्न बढी मन पर्छ । तर महिलाहरुलाई
भने विहानमा भन्दा रातिको समयमा रोमान्टिक हुन मन पर्छ ।

यस्तो हुनुको कारण हर्मोन रहेको अध्यनको निष्कर्ष छ । रातिमा महिला सक्रिय हुन्छन् तर पुरुषहरु सुत्न चाहन्छन् ।



विहानमा पुरुष सक्रिय हुन खोज्छन् तर महिला सुत्न मन पराउँछन् । यो अध्यनका अनुसार अधिकाँश पुरुषमा हुने एक प्रकारको हर्मोनले विहानको समयमा
पुरुषलाई उत्तेजित तुल्याउँछ । तर सोही हर्मोन महिलाको हकमा भने रातिमा बढी सक्रिय हुन्छ ।
काठमाडौं, ४ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभापति सुशीलबीच आज विहान भेटवार्ता भएको छ ।
आइतबार दिल्लीबाट काठमाडौं फर्किएका महतोले महराजगञ्जस्थित कोइराला निवासमै पुगेर कांग्रेस सभापति कोइरालासँग वार्ता गरेका हुन् ।
कांग्रेस सभापतिसँगको भेटमा समसामयिक राजनीतिक बिषय र मधेस आन्दोलनको बिषयमा छलफल भएको थियो । वार्तापछि महतोले भने- ‘मैले मधेस आन्दोलनको बटमलाइन सीमांकन भएको र त्यो टुंगो लगाउन जरुरी रहेको जानकारी गराएको छु ।’
यसअघि आइतबार साँझ महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । विराटनगर नाकामा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा कुटिएर उपचारका लागि दिल्लीमा रहेका महतो उपचार गरी आइतबार काठमाडौं आएका थिए ।
dainiknepal
४ माघ, कैलाली ।

एमाओवादी अध्यक्ष प्रचण्डले यो बेला देशमा आइपरेका अप्ठ्यारासँग जुध्ने र एकतावद्ध भएर देश निर्माण गर्ने समय भएको बताएका छन् । कैलालीको धनगढीमा जिल्लाका प्रमुखहरुसँगको भेटमा उले सो कुरा बताएका हुन् ।

प्रचण्डले भने, ‘कुनै पनि राष्ट्रको जीवनमा अप्ठ्याराहरु आउँछन्, ति अप्ठेराहरुले नराम्रा कुराहरु मात्र लिएर आउँदैनन् सकारात्मक कुराहरु पनि सँगै आएका हुन्छन् ।’


उनले थारु आन्दोलन, मधेस आन्दोलन लगायतका विषयहरु देशका आन्तरिक विषय भएको बताउँदै यसलाई आन्तरिक ढंगले छलफल र वार्ताद्वारा हल गर्ने जानकारी दिए । ‘नकारात्मक परिस्थितिलाई सकारात्मक परिणाम निकाल्ने हिसाबले हामीले सामना गर्ने सोचका साथ अगाडि बढ्नु पर्छ,’ अध्यक्ष प्रचण्डले भने, ‘आन्दोलनरत मधेशवादी मोर्चासँग छलफल भईरहेको छ, समझदारीको नजिक पुग्दैछौं र भोलीसम्म एउटा निश्कर्षमा पुगिन्छ भन्ने आशा राखेका छौं । यसपछि नाकाबन्दीको समस्या पनि हल हुन्छ भन्ने देखिन्छ । सरकारको तर्फबाट भारतसँग पनि कुटनैतिक वार्ता भइरहेको छ ।’

संविधानको घोषणा पछि देश विकास तर्फ जाने सोच राखेको तर आफूहरुले सोचेजस्तो नभएको उनको भनाई थियो । ‘थारु आन्दोलन र मधेस आन्दोलनको सामना गर्नुपर्‍यो त्यस्तै संविधानको घोषणा पछि नाकाबन्दीको सामना गर्नुपर्यो र गरिरहेका छौं । हामीले मात्र होइन, विश्वले समेत कल्पाना गरेको थिएन कि आफैंले आफ्नो संविधान निर्माण गर्दा यस्तो समस्याको सामना गर्नुपर्छ भनेर ।’

कैलाली जिल्ला विषम परिस्थितिबाट गुज्रिएको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘सबैले संयमता अपनाउनु भएपछि क्रमशः सन्तुलनमा आयो, यसको निम्ति तपाईहरुले लिनु भएको पहलप्रति सरकार सञ्चालन संयन्त्रको प्रमुखको हैसियतले धन्यवाद दिन चाहान्छु ।’nepaliheadlines
४ माघ, काठमाडौं ।

सहजरुपमा इन्धन पाउने अवस्था नहरेपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने भएको छ । अन्तराष्ट्रिय बजारमा पेट्रोलियमको मूल्य घटेपछि निगमले पनि बजार मूल्य घटाउने तयारी गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर ४ र डिजेलमा ५ रुपैयाँ घटाउने तयारी गरेको छ ।nepaliheadlines
चितवन, माघ ४ । नारायणगढ–मुग्लिन सडक चितवन, माघ ४ । नारायणगढ–मुग्लिन सडक चौडा पार्ने कार्य जारी रहेकाले ट्राफिक व्यवस्थापनका लागि दिउँसोको समयमा दैनिक दुई घण्टा आवतजावत बन्द गर्न थालिएको छ ।
चौडा पार्ने कार्य जारी रहेकाले ट्राफिक व्यवस्थापनका लागि दिउँसोको समयमा दैनिक दुई घण्टा आवतजावत बन्द गर्न थालिएको छ ।
चितवनका प्रमूख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा बढीमा दैनिक दुई घण्टा आवतजावत बन्द गरेर सडक निर्माण गर्न भनिएको बताए । नियमित काम गर्दा ट्राफिक व्यवस्थापन नराम्ररी प्रभावित भएकाले निश्चित समय तोकेर आवतजावत बन्द गर्न भनिएको प्रशासनले जनाएको छ ।
आयोजनाले सार्वजनिक सूचना नै जारी गरेर दिउँसोको समयमा दैनिक दुई घण्टा आवतजावत बन्द गरिने जनाएको छ ।
यसअघि जथाभावी निर्माण कार्य सुरु गर्दा सवारी आवागमन दिनभरजसो नै प्रभावित भएको र एम्बुलेन्ससमेत जान मुस्किल भएको गुनासो आएपछि स्थानीय प्रशासनसँगको छलफलपछि बढीमा दुई घण्टा सडक बन्द गरेर काम गर्न थालिएको हो । उक्त सडकको करिब ३६ किमीको विभिन्न स्थानमा अहिले सडक चौडा बनाउने काम चलिरहेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन भेटवालले निर्माणस्थलमा ट्राफिक प्रहरी नै परिचालन गरेर यात्रुको समस्यामा ध्यान दिने गरेको जानकारी दिए ।
नेपाल–भारत क्षेत्रीय व्यापार तथा यातायात आयोजनाअन्तर्गत नारायणगढ–मुग्लिन सडक आयोजनाले साँघुरो सडकलाई चौडा गरेर स्तरोन्नति गर्न लागेको हो । सडक चौडा बनाउन सो सडक खण्डलाई तीन भाग लगाएर छुट्टाछुट्टै निर्माण कम्पनीले काम गरिरहेका छन् ।
स्थानीय सञ्चार माध्यम र सार्वजनिक सूचना जारी गरेर दिउँसो दुई घण्टा सडक बन्द गरी काम गर्ने गरेको ठेकेदार प्रतिनिधि धर्मराज दाहालले बताए ।
कुनै अवरोध नभए आगामी २०७४ सालको सुरुवाततिर काम सक्ने योजना रहेको छ । सो सडक नौ देखि ११ मि चौडा पारिनेछ । रासस
imagekhabar
मेलम्ची, ४ माघ । केयर नेपाल, सामुदायिक आत्मनिर्भरता केन्द्र र महिला आत्मनिर्भरता केन्द्र मेलम्चीको साझेदारीमा भूकम्पपछि सिन्धुपाल्चोक जिल्लाको प्रभावित उत्तरी तथा विकट बरुवा, बाँसखर्क, दुवाचौरलगायतका गाविसमा खाद्य सुरक्षा तथा जीविको पार्जन, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धन तथा लैङ्गिक हिंसा न्यूनीकरण र अस्थायी आवाससम्बन्धी कार्यक्रम सञ्चालन हँुदै आइरहेका छन् ।
स्वास्थ्य खानेपानी तथा सरसफाइ कार्यक्रमअन्तर्गत लागर्चे गाविसको लागर्चे माध्यमिक
विद्यालयलगायतका अन्य तीन विद्यालय र स्वास्थ्य चौकीमा गरी १२ वटा, थाङ्पालकोटको रैथाने माध्यमिक विद्यालयलगायतका अन्य तीन विद्यालयमा १३ वटा, बरुवाको विभिन्न विद्यालय र स्वास्थ्य चौकीमा गरी १६ वटा र अन्य विभिन्न गाविसमा गरी जम्मा ८२ वटा संस्थागत चर्पी निर्माण गरी वितरण गरिएको सामुदायिक आत्मनिर्भरता केन्द्रको कार्यक्रम संयोजक रश्मी पण्डितले बताउनुभयो ।
भूकम्पपछि जिल्लाका बरुवा, भोताङ र बाँसखर्कका खानेपानी योजनाहरु कतिपय पहिरोले पुरिएका र भूकम्पका कारण फुटेका भोताङको घ्यूघर खानेपानी योजना, बरुवाको डालेगाउँ खानेपानी योजनालगायतका योजनामा पाइपलाइन विस्तार तथा मर्मत सम्भारका लागि चाहिने सम्पूर्ण सामग्री गरी रु ११ लाख १७४ लगानीमा उक्त योजना मर्मत गरिएको केयर नेपालमा कार्यरत खानेपानी सरसफाइ तथा स्वच्छता प्रवद्र्धनका प्राविधिक सुरज परियारले बताउनुभयो ।
उक्त तीन संस्थाको साझेदारीमा खाद्य सुरक्षा तथा जीविकोपार्जनका लागि भूकम्पबाट अतिप्रभावित गाविसमध्येको बरुवा, बाँसखर्क, दुवाचौर गाविसका किसानका लागि धानको बीउ, कोदोको बीउ तथा तरकारी उत्पादनका लागि आलु, केराउलगायतका बीउबिजन वितरण गरिएको र टनेल निर्माणका लागि आवश्यक सामग्री दिएको केयर नेपालका जिल्ला प्रमुख जीवन केसीले बताउनुभयो ।
भोताङ, बरुवा र बाँसखर्कका अति विपन्न परिवार, अपाङ्ग, वृद्धवृद्धा, सुत्केरी महिला, मृतक परिवार र नाबालकको पहिचान गरी उक्त तीन गाविसका एक हजार एक सय घरधुरीलाई निःशर्त प्रतिघर रु १५ हजारका दरले रु १६ करोड पाँच लाख वितरण गरिएको हो ।
महिला आत्मनिर्भरता केन्द्र मेलम्चीले समाजमा बढिरहेको लैङ्गिक हिंसा न्यूनीकरण तथा प्रजनन स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालनले पहिलेको तुलनामा लैङ्गिक हिंसा निकै कम भएको र लैङ्गिक हिंसासम्बन्धी ज्ञान प्राप्त भएको बाँसखर्कका विद्यार्थी निर्मला श्रेष्ठ बताउनुहुन्छ ।
भूकम्पपछि कियर नेपाल र सामुदायिक आत्मनिर्भर केन्द्रको सहयोगमा पहिलो चोटी टनेलभित्र गोलभेँडा उत्पादन गरेको र उक्त गोलभेँडा बिक्रीबाट रु १३ हजार मुनाफ भएको र अझै उत्पादनअनुसार रु ३३ हजारभन्दा बढी नाफा आर्जन गर्न सकिनेमा आफू विश्वस्त भएको बाँसखर्क– २ का रेक्पा तामाङ बताउनुहुन्छ ।
संस्थाले तरकारी उत्पादनका लागि बीउबिजन, औषधि र औषधि प्रयोगका लागि पम्पसमेत वितरण गरेकाले उक्त व्यवसायबाट मुनाफा आर्जन गर्न सफल भएको तामाङको भनाइ छ । तरकारी व्यवसायबाट फाइदा हुने भएपछि गाउँभरि नै उत्पादन गर्नका लागि बाँसखर्कका स्थानीयवासीलाई उहाँले उत्प्रेरित गर्ने बताउनुभयो ।
भूकम्पअघि गाउँका प्रायः बासिन्दाले तरकारी किनेर खानुपरेको थियो तर भूकम्पपछि गाउँमा तरकारीदेखि लिएर उत्पादनमूलक स्वरोजगार प्रदान गरेको र खानेपानी निर्माणले समेत बाँसखर्कवासी निकै खुसी भएको बाँसखर्क गाविसकी स्थानीयवासी तथा सामुदायिक आत्मनिर्भरता केन्द्रमा कार्यरत सपना बोम्जनले बताउनुभयो ।
भूकम्पमा पुरिएका सम्पूर्ण सामग्री अहिलेसम्म निकाल्न नसकेको गुनासो गर्दै बरुवा– ९ की ७५ वर्षीया वृद्धा पिङ्गाई तामाङ भन्नुहुन्छ – “भूकम्पमा परेर ढाड र दुवै खुट्टा अहिलेसम्म राम्रोसँग चल्दैन, अन्न पुरीएपछि खाने सामग्री र पकाउने भाँडाकुँडासमेत केयर नेपाल नामक संस्थाको साझेदारीमा पाएर बाँच्ने थप हौसला दिएको उहाँको भनाइ छ ।”
त्यतिमात्र होइन भूकम्पले घरबारविहीन बनाएकाले चिसो मौसम कसरी कटाउने भन्ने पीडालाई कम्बल, डस्ना र लगाउने कपडा पाएपछि आर्थिक विपन्न परिवारले थप सेवा पाएको उहाँको भनाइ छ ।
संस्थाको राहत केही समयका लागि मात्र रहने भएकाले अब दिगो हुने किसिमको सीपमूलक कार्यक्रम ल्याउनुपर्नेमा बरुवावासीको भनाइ । संस्थाले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आउने दिनमा भौगोलिक अवस्था र उत्पादनको हिसाबले ठाउँअनुसारको बीउ र उत्पादनमूलक कार्यक्रम ल्याउनुपर्ने बरुवाका कृषक पासाङ लामाको धारणा रहेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा जनचेतना, उत्पादनमूलक कार्यक्रम, स्वास्थ्यसम्बन्धी कार्यक्रम, भूकम्पबाट टुटेफुटेका खानेपानी आयोजनाको मर्मत, लैङ्गिक हिंसा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालनले ठूलो राहत मिलेको र आउने दिनमा पनि सहयोगको अपेक्षा रहेको बाँसखर्कका वाङ्दी दोङ बताउनु हुन्छ ।
dainiknepal
काठमाडौं । सरकारले औद्योगिक प्रतिष्ठानमा कार्यरत मजदुरको मासिक न्यूनतम पारिश्रमिक १ हजार ७०० रुपैयाँ वृद्धि गरेको छ । योसँगै मजदुरको मासिक न्यूनतम तलब ९ हजार सात सय रुपैयाँ हुनेछ ।
श्रम तथा रोजगार मन्त्रालयका सहसचिव आभा श्रेष्ठको संयोजकत्वमा सरकार र रोजगारदाता र ट्रेड युनियनका प्रतिनिधिसहितको न्यूनतम पारिश्रमिक पुनरावलोकन समितिले मजदुरको पारिश्रमिक निर्धारणसम्बन्धी सहमति जुट्न नसकेपछि पुस २९ गतेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको हो ।
पटकपटकको छलफलमा रोजगारदाता र ट्रेड युनियन आआफ्नै अडानमा देखिएपछि समितिले पारिश्रमिक वृद्धिको जिम्मा सरकारलाई दिएको थियो । कारोबार दैनिकमा खबर छ ।
dainiknepal
४ माघ, काठमाडौं ।

मधेशी मोर्चा र प्रमुख तीन दलका कार्यदलसहितको शीर्ष नेताहरुको बैठक आज दिउसो ४ बजे बस्ने भएको छ ।

एमाले संसदीय बैठकपछि नेताहरुले ४ बजेका लागि बैठक तय भएको जानकारी दिएका छन्



प्रधानमन्त्री निवास बालुटावारमा बैठकले संविधान संसोधनको विषयमा कार्यदल गठन गर्ने निर्णय भएको एमाले संसदीय दलका प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए । रक्षामन्त्री भीम रावलले वार्ताको पछिल्लो अवस्थाबारे जानकारी गराएपछि संविधान संसोधन गर्दा ब्यापक सहमतिबाट मात्र गर्न सांसदहरुले जोड दिएको उनले जनाए ।

पार्टी र सरकारले सहमतिका लागि प्रभावकारी भूमिका खेल्नु पर्नेमा सांसदहरुले जोड दिएका थिए ।

प्रधानमन्त्री ओलीले भने–म एक्लै केही गर्न सक्दिन

ओलीको निम्तोमा राजेन्द्र महतोको काठमाडौं यात्रा र बदलिएको माहौल

सरकारले कालोबजारी नियन्त्रण गर्न नसकेको लगायतका विषयमा पनि बैठकमा कुरा उठेको थियो । सरकारले काम गर्न नसकेको भनेर एमाले भित्र ब्यापक आलोचना भैरहेको छ ।nepaliheadlines
काठमाडौं, ४ माघ । भारतको नाकाबन्दीको बीचमा नेपाललाई चीनले धेरै नै सहयोग गरेको छ र गरिरहेको छ ।
अहिले पनि भारतको नाकाबन्दी हटिसकेको छैन् भने नेपालका अधिकांश नेताहरु चीनसँग सम्बन्ध बढाउने स्थितीमा पुगिसकेका छन् । भारतको नाकाबन्दीको मौकामा चीनले पनि नेपालसँग सम्बन्ध बढाउनका लागि निरन्तर सहयोग उपलब्ध गराइरहेको छ ।
उसले सुरुमा झण्डै १४ लाख लिटर इन्धन अनुदानमा सहयोग गरेको थियो त्यसपछि इन्डक्स चुलो र थप १४ लाख लिटर इन्धन अनुदानमा दिने सम्झौता पनि गरेको छ । चीनले विश्व बैंकलाई टक्कर दिन खोलेको एसियाली विकास बैंकमा नेपाललाई बोर्ड सदस्य समेत बनाएको छ ।
यी सबै सहयोग र सम्बन्ध भारतको नाकाबन्दीपछि नै बनेका हुन् । हुनत त्यो भन्दा पहिला पनि चीनसँग नेपालको सम्बन्ध थियो तर, यति गाढा थिएन् ।
अहिले आएर यो सम्बन्धमा चीनले पनि आफ्नो स्वार्थ देखाउन थालेको देखिएको छ । सहयोगका नाममा भारतले नेपालका नदी नाला र तराईमा आँखा गाडिरहेका बेला चीनले भने पहिलो चरणमा नेपालका वन्यजन्तुमा आँखा लगाएको छ ।
वनमन्त्री अग्नि सापकोटालाई बेइजिङ बेलाएर चीनले नेपालसँग दुई जोडी गैँडा मागेको छ । चीन सरकारले नेपाललाई पर्दा गरेको सहयोगको बदलामा चार गैंडा मागेको हो । आइतबार स्वदेश फर्किएका वनमन्त्री सापकोटाले यो प्रस्तावमा आफूले सकारात्मक जवाफ दिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
उनका अनुसार नेपालले सँधै चीनसँग मागिरहेको भन्दै नेपालका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइएको छ । चीनको कूटनीतिक पहलबाट सोबारेमा पत्र प्राप्त भएपछि कानुनी प्रावधान हेरेर नेपाल सरकारले निर्णय गर्ने उनले बताए ।
मन्त्री सापकोटाको भ्रमणका क्रममा सीमा क्षेत्रमा पाइने वन्यजन्तुको संरक्षण तथा वन पैदावार तथा वन्यजन्तुको अवैध व्यापार नियन्त्रणमा दुवै देशले पहल गर्ने सहमति भएको छ ।
dainiknepal
काठमाडौं, ४ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न एमालेले संसदीय दलको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक विषयमा सांसदहरूले धारणा राखेको बुझिएको छ ।
बैठकमा प्रधनमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले पनि सम्बोधन गर्ने एक सांसदले जानकारी दिए । भोलि मंगलबारदेखि संसदको बैठक चल्ने तयारी छ । बैठक बस्नुअघि एमालेले सांसदहरूलाई बोलाएर बैठक गरेको हो ।
संसद बैठकमा संविधान संशोधनमाथि छलफल हुने कार्यक्रम छ । तर मधेसी मोर्चासँग ठोस सहमति भइनसकेकाले सो विषय अहिलेसम्म अन्यौलमा छ ।
dainiknepal
वीरगन्ज – मधेसी दलले गरेको अनिश्चितकालिन मधेश बन्द र नाकाबन्दीका कारण चालु आर्थिक वर्षको पाँच महिनामा भन्सार विभागले दिएको राजश्व संकलनको लक्ष्य पूरा गर्न वीरगंज भन्सार कार्यालय
र सिर्सिया सुख्खा बन्दरगाह (ड्राइपोर्ट) भन्सार कार्यालय दुवै असफल भएका छन् । पाँच महिनामा भन्सार विभागले वीरगंज भन्सार कार्यालय र सिर्सिया सुख्खा बन्दरगाहालाई दिएको लक्ष्यमा भन्सार कार्यालयलाई ३३ अर्बको घाटा लागेको छ भने सुख्खा बन्दरगाहालाई २ अर्बको घाटा लागेको छ । बन्द हडताल र नाकाबन्दीका कारण चालु आर्थिक वर्ष २०७२/०७३ को भदौ देखि पुष अन्तिम सम्म पाँच महिनाको अवधीमा वीरगन्ज भन्सार कार्यालयलाई राजश्व संकलनमा ३३ अर्ब ३८ करोड ८२ लाख ३७ हजार रुपैयाँ घाटा भएको हो । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाइ पाँच महिनाको अवधीमा ४० अर्ब ५२ करोड ९५ लाख ४४ हजार रुपैयाँ राजश्व संकलन गर्न लक्ष्य दिएको थियो । तर भन्सार कार्यालयले लक्ष्यको १७ प्रतिशत मात्र अर्थात सात अर्ब १४ करोड १३ लाख सात हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको भन्सार कार्यालयका सुचना अधिकारी सुशील शर्माले बताए । भन्सार कार्यालयले चालु आर्थिक वर्षको पुष महिनामा भने लक्ष्यको शुन्य दशमलव ४५ प्रतिशत मात्र राजश्व संकलन गरेको छ । पुष महिना मात्रै भन्सार कार्यालयलाई आठ अर्ब २६ करोड ८२ लाख १३ हजार रुपैयाँ घाटा भएको हो । विभागले पुष महिनामा आठ अर्ब ३० करोड ५९ लाख नौ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले तीन करोड ७६ लाख ९६ हजार रुपैयाँमा मात्र संकलन गरेको छ । यस्तै गत मंसिर महिनामा भन्सार कार्यालयले लक्ष्यको एक दशमलव ३५ प्रतिशत अर्थात ११ करोड १८ लाख १४ हजार मात्र राजश्व संकलन गरेको छ । विभागले मंसिरमा भन्सार कार्यालयलाइ आठ अर्ब ३० करोड ५९ लाख नौ हजार संकलन गर्न लक्ष्य दिएको थियो । मंसिरमा भन्सार कार्यालयलाइ आठ अर्ब ९९ करोड ४० लाख ९५ हजार घाटा भएको छ । भन्सार कार्यालयले चालु आर्थिक वर्षको कात्तिक महिनामा भने लक्ष्यको एक प्रतिशत मात्र राजश्व संकलन गरेको छ । कात्तिक महिना मात्रै भन्सार कार्यालयलाइ सात अर्ब २३ करोड १९ लाख १६ हजार रुपैयाँ घाटा भएको छ । भन्सार विभागले कात्तिकमा सात अर्ब ३० करोड ५९ लाख नौ हजार रुपैयाँ संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले सात करोड ३९ लाख ९३ हजार रुपैयाँ मात्र राजश्व संकलन गरेको भन्सार कार्यालयका सुचना अधिकृत सुशील शर्माले बताए । यस्तै गत असोज महिनामा विभागले सात अर्ब ७८ करोड ६७ लाख ८९ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले लक्ष्यको २५ प्रतिशत अर्थात दुइ अर्ब ६४ लाख ६७ हजार रुपैयाँ मात्र राजश्व असुली गरेको थियो । भदौमा आठ अर्ब ८२ करोड ५० लाख राजश्व संकलन गर्न लक्ष्य दिएकोमा भन्सार कार्यालयले लक्ष्यको ५५ प्रतिशत अर्थात चार अर्ब ९१ करोड १३ लाख ३७ हजार रुपैयाँ मात्र असुली गरेको थियो । पाच महिनाको राजश्व असुलीमा परेको प्रभावका कारण विभागले दिएको वार्षिक लक्ष्य नै पुरा नहुने निश्चित रहेको भन्सार कार्यालयका सुचना अधिकृत पौडेलले बताए । चालु आर्थिक वर्षको ६ महिनाको अवधीमा लक्ष्यको १३ दशमलव ५९ प्रतिशत मात्र राजश्व संकलन भएको उनले जानकारी दिए । विभागले चालु आर्थिक वर्ष २०७२/०७३ मा एक सय तीन अर्ब राजश्व संकलन गर्न लक्ष्य दिएकोमा वीरगन्ज भन्सार कार्यालयले भदौ देखि पुष सम्म ६ महिनाको अवधीमा १४ अर्ब ४५ करोड ४६ लाख १० हजार रुपैयाँ मात्र संकलन गरेको छ । त्यसैगरी चालु आर्थिक वर्ष २०७२/०७३ को भदौ देखि पुष अन्तिम सम्म पाँच महिनाको अवधीमा सुख्खा बन्दरगाहा भन्सार कार्यालयलाई पनि राजश्व संकलनमा २ अर्ब २४ करोड १० लाख १६ हजार रुपैयाँ घाटा भएको छ । विभागले पुष महिनामा १ अर्ब ४३ करोड १८ लाख ४३ हजार राजश्व संकलन गर्न लक्ष्य दिएकोमा सुख्खा बन्दरगाहा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी १ अर्ब ७० करोड १५लाख १३ हजार रुपैयाँ संकलन गरेको छ । मंसिर महिनामा सुख्खा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ४३ करोड १८ लाख ४३ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा १ अर्ब २२ करोड ७२ लाख ७१ हजार मात्र राजश्व संकलन गरेको थियो । यस्तै कात्तिकमा पनि सुख्खा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ४३ करोड १८ लाख ४३ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा १ अर्ब ११ करोड ८३ हजार रुपैयाँ मात्र संकलन गरेको थियो । गत असोज महिनामा सुख्खा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ३४ करोड २३ लाख ५२ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा ९ करोड ४४ लाख २५ हजार मात्र राजश्व संकलन गरेको थियो । असोज महिनामा सुख्खा बन्दरगाहा भन्सार कार्यालयलाई सबै भन्दा बढि घाटा भएको थियो । असोजमा बन्दरगाहा भन्सार कार्यालयले लक्ष्यको सात प्रतिशत मात्र राजश्व संकलन गरेको निमित्त प्रमुख बिष्णु ओलीले बताए । गत भदौ महिनामा बन्दरगाहा भन्सार कार्यालयले १ अर्ब ५२ करोड १३ लाख ३३ हजार राजश्व संकलन गर्न लक्ष्य पाएकोमा ७९ करोड ५० लाख ८० हजार रुपैयाँ मात्र संकलन गरेको थियो । www.ratopati
काठमाडौँ– प्रमुख तीन राजनीतिक दल र तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच करीबकरीब सहमति भएको छ । अधिकांश विषयमा सहमति भएसँगै आज दिनभर शीर्ष तहमा छलफल गरेर लिखित सम्झौता गरिने सम्भावना बढी रहेको नेताहरुले बताएका छन् ।
५ महिनायता मधेसी मोर्चाले तराई मधेसमा संविधान र सीमांकनको विरोधमा आन्दोलन गर्दै आएका छन् ।
तराई मधेसको समस्या समाधानका लागि मोर्चासम्मिलित तीन दलको कार्यदल बनाइएको र सो कार्यदलमा निरन्तर छलफल चल्दै आएकोमा सिंहदरबारमा आइतबार बसेको कार्यदलको बैठकमा मधेसी मोर्चा राजनीतिक समितिमार्फत प्रदेशको सीमा निर्धारणलगायतका विषयमा सहमत हुन तयार भएको थियो ।

बैठकपछि नेताहरूले सहमतिको एकदमै नजिक रहेको प्रतिक्रिया दिँदै आ–आफ्नो पार्टी र शीर्ष नेतासँग थप संवाद गरेर सोमबार नै सबै विषयलाई टुङ्गो लगाइने प्रतिक्रिया दिएका छन् ।

मोर्चाका तर्फबाट पेस भएका ११ बुँदामा नै सहमतिको नजिक पुगेको जानकारी दिँदै उनीहरुले आजै साँझसम्म सकारात्मक निष्कर्षमा पुगिने बताएका छन् ।

नेपाली काँग्रेसका नेता एवम् कार्यदल सदस्य महेश आचार्यले मोर्चाका तर्फबाट समिति गठन र त्यसको कार्यादेशको विषयमा शनिबारको बैठकमा उठाइएको विषयमा छलफल भएको बताउँदै सहमति हुने आधार एकपछि अर्को गर्दै तयार भएको बताए । यद्यपी त्यसलाई कसरी मूर्तिकृत गर्ने भन्ने विषयमात्रै बाँकी रहेको उनको भनाई थियो ।
राजनीतिक समिति र त्यसको कार्यादेश सबैलाई मान्ने हुनेगरी बनाउने भन्नेमा विभिन्न विकल्पमा विचार राख्ने काम भएको भन्दै उनले एकाध विषयबाहेक अरु सबै मुद्दामा सहमतिको नजिक पुगेको बताए ।

एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महराले विगतको भन्दा ठोसरुपमा नै वार्तामा प्रगति भएको जानकारी दिए । उनले प्रमुख तीन दलमा छुट्टाछुट्टै र संयुक्त रुपमा छलफल गरेर कार्यदलमा भएको प्रगतिलाई जानकारी गराउने र अन्तिम निष्कर्षमा पुगिने बताए ।

“वार्ता एकदमै सकारात्मक भएको छ । व्यवस्थापिका–संसद्को अधिवेशन यही माघ ५ गते बोलाइएको सन्दर्भमा सो अगावै सहमति हुने आधार बनेका छन् । दुवै पक्ष समस्या समाधानप्रति गम्भीर देखिएका छन्”–महासचिव महराले भने ।

तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयेश त्रिपाठीले एकदमै सकारात्मक ढङ्गबाट छलफल भएको र सहमतिको नजिक पुगिएको प्रतिक्रिया दिए । उनले पार्टी नेतृत्वसँग छलफल गरेर आज पुनः ३ बजे बैठक बस्ने र ठोस खाका तय गरिने बताए ।

सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले बुँदागत रुपमा नै खुलेर छलफल भएको भन्दै सकारात्मक निकास निस्कने बताए ।

प्रमुख राजनीतिक दलले सीमाङ्कनको विषयमा उच्चस्तरीय समितिमार्फत तीन महिनाभित्र विवाद समाधान गर्ने प्रस्ताव राख्दै आएका थिए । सो समितिको कार्यादेशका विषयमा भने विवाद रहँदै आएको थियो । तर आइतबारको वार्तामा भने कार्यादेशको विषयमा समेत सहमति भएको बताइएको छ । तर सहमति कसरी र कुन आधारमा भयो भन्नेमा भने नेताहरूले केहि बताएका छैनन् ।

ratopati
नयाँदिल्ली, ४ माघ । भारतको हरियाणाको गुढगाउँस्थित दीपक मलोत्राको निजी निवासमा घरेलु कामदार रहेका एक नेपाली कामदारले गमला फुटाएको अभियोगमा सजाय पाउँदा ती नेपाली युवकले आफ्नो ज्यान दिएका छन् ।

गुल्मी, नयाँगाउँ–६ घर भएका केशव गमाल मगरले छिमेकी खेराको गमला फुटाएको बहानामा पिटाइ खाएपछि पीडा र अपमान सहन नसकेर आफू सुत्ने कोठामा झुण्डिएर ज्यान दिएको नेपाली जनसम्पर्क समिति भारतका सहमहामन्त्री विष्णुप्रसाद पाण्डेले जानकारी दिएका छन् ।
२० वर्षीय केशवले घर मालिकको गाडी बाहिर निकाल्ने क्रममा ब्याक गर्दैगर्दा छिमेकीको दुर्इ वटा गमला फुटेका थिए ।
उच्च न्यायालयका वकिल रहेका छिमेकीले गमला फोडेको निहुँमा कुटपिट गरेलगत्तै शनिबार अपरान्ह साढे ३ बजे केशव आफ्नो कोठामा गएर छानोसँगैको बिममा गलबन्दीको पासो बनाएर झुन्डिएका थिए ।
डेढ महिनायता घरेलु काममा खटएका केशवले मासिक ६ हजार भारतीय रुपियाँमा काम गर्दै आएका थिए ।
केशवले काम गर्ने घर मालिकले पनि छिमेकीले आफ्नो कामदारलाई कुटपिट गरेकोमा तत्कालै आपत्ति जनाएका थिए । छिमेकीले अधिवक्तालाई पनि धम्की दिएका थिए ।
मृतक केशवका दाइले पनि केही महिनाअघि सडक दुर्घटनामा परेर हरियाणामा ज्यान गुमाएका थिए । उनकी आमा र भाइबहिनी गुल्मी गाउँमा ज्यालादारी काम गरेर जीवकोपार्जन गरिरहेका छन् ।
यो घटनाबारे नेपाली राजदूतावासमा पनि जानकारी गराइएको छ । नेपाली कामदारको अनाहकको मृत्यु घटनामा सरोकार राख्दै आवश्यक अनुसन्धान एवं कानूनी प्रकृयाको तदारुकताका लागि स्थानीय प्रहरी प्रशासनमा दवाव दिन नेपाली जनसम्पर्क भारतका केन्द्रीय अधक्ष बाल कृष्ण पाण्डे, क्षेत्रीय सद्य ललित जिसी, राजु नेपाल, युबराज भट्टराई, शाखा अधक्ष टीकाराम पाण्डेलगायतका प्रिनिधिले घटनामा पुगी कम गर्ने मालिका दीपक मलोत्र , पुलिस अफिसर मानीष, थाना प्रमुख हीरा सिंह, रमेसपाल समेतला घटना स्थलमा बोलाई नायिक जाँचबुझा गरी दोषीलाई कारवाहीको माग गरेका छन् ।
dainiknepal
काठमाडौं, ४ माघ । सद्भावना पार्टीका अध्यक्ष एवम् मधेसी मोर्चाका नेता राजेन्द्र महताले प्रधानमन्त्री केपी ओलीसँग आइतबार साँझ बालुवाटारमा भेट गरेपछि अचानक सार्वजनिक अभिब्यक्तिहरूलाई मत्थर बनाएका छन् ।
प्रधानमन्त्री ओलीको चर्को आलोचना गर्दै आएका अध्यक्ष महताले आफ्ना अभिव्यक्तिहरू कुनै व्यक्तिविरुद्ध नरहेको प्रतिक्रिया दिएका छन् । आज बिहान पत्रकार ऋषि धमलासँग नेपालवाणी रेडियो नेटवर्कमा कुराकानी गर्दै सद्भावना अध्यक्ष महतोले प्रधानमन्त्री ओली र आफ्नो विषयमा मिडियाले गलत प्रचार गरेको आरोप लगाए ।
‘प्रधानमन्त्री जी र मेरोबीचमा कुनै व्यक्तिगत रिसिइबी छैन’, महताले भने, ‘मिडियाले गलत लेखिदिन्छ । म कहिल्यै पनि वार्ता विरोधी छैन । वार्ता छाडेर भाग्दैन ।’
अध्यक्ष महताले वार्तामा नबस्ने हो भने समस्याको समाधान नचाहेको र वार्तँ विथोल्न लागेको आरोप लाग्ने भएकाले आफू काठमाडौं आएको बताए । उनले आज दिनभरि राजनीतिक वार्ता र सम्वादहरू गरेर भोलि मंगलबार तराई जाने बताए ।
‘म वार्ता विरोधी होइन । कुनै व्यक्तिसँग मेरो रिसिइबी छैन । केपी ओलीसँग पनि दुश्मनी छैन । ‘तराईमा यूपी बिहारलाई पनि मिसाउन’ भनेको विषयमा ओली जीले हिजोको भेटवार्तामा स्पष्टीकरण दिनुभएको छ । ‘माखो साङ्लो’को परिभाषा ओली जीले डिस्नेरी ल्याएर जानकारी गराउनु भयो । व्याख्या गर्नुभयो । धेरै समय लगाएर स्पष्टीकरण दिने प्रयास गर्नुभयो । ओली र मेरो विषयमा मिडियाले गलत लेखेको मैले थाहा पाएँ ।’
यसअघि प्रधानमन्त्री ओली र सद्भावना अध्यक्ष महतोबीच अत्यन्तै कटुता थियो । जसका कारण राजनीतिक असहजता बढेको जनाइएको थियो ।
dainiknepal
यदि तपाईँको रक्तचाप तपाईँले सोँचेको भन्दा बढी छ भने (१२०/८० भन्दा बढीलाई उच्च रक्तचाप मानिन्छ) अथवा सामान्यतः तपाईँ आफ्नो शरीरलाई स्वस्थ राख्न चाहनुहुन्छ भने, सबैभन्दा बढी त तपाईँले खानेकुरामा नै ध्यान दिनुपर्ने हुन्छ।

यसको लागि तपाईँको खाने बानीमा पुरै परिवर्तन ल्याउनुपर्छ भन्ने पनि छैन, केवल तपाईँको दैनिक खानामा यी ५ मध्ये १ अथवा ५ वटै खानेकुरा मिसाउन सक्नुहुन्छ।

दैनिक खानैपर्ने ५ खानेकुराहरू

१. गेडागुडी
गेडागुडीमा फाइबर, म्याग्नेसियम तथा पोटासियम प्रशस्तै पाइन्छ, र सबैले तपाईँको रक्तचापलाई स्वस्थ तरिकाले नियन्त्रण गर्न मद्दत पुर्याउँदछ। दिनमा कम्तीमा पनि १ कप गेडागुडी पानीमा भिजाएर खानाले, शरीरको रक्तचाप महत्वपूर्णरूपले नियन्त्रणमा आउँदछ। यसले कम रक्तचाप भएका व्यक्तिहरूलाई पनि कुनै किसिमको हानी पुर्याउँदैन।

२. कालो चिया
कालो चियाको बारेमा योभन्दा पहिलेका अङ्कहरूमा पनि विशेष जानकारी उल्लेख गरिसकेका छौँ (पढ्न यहाँ क्लिक गर्नुहोस्)। कालो चियामा पाइने तत्वले मुटुको धमनीमा भएको बाधालाई पनि सहजता प्रदान गर्ने गर्दछ, जसले गर्दा रक्तचापमा प्रभावकारी रूपले नियन्त्रण हुने गर्दछ। तर दिनमा ६ कपभन्दा बढी कालो चिया नपिउनुहोस्।

३. केरा र स्याउ
भनिन्छ, केरा र स्याउ भनेको फलफूलहरूको राजा हो। केरा भनेको पोटासियमको महान श्रोत हो, जसले रक्तचापको असरलाई कम गर्दछ। “दिनमा एउटा स्याउ खानुहोस्, डाक्टरलाई धपाउनुहोस्!” भन्ने भनाइ पनि सुन्नुभएकै छ होला। त्यसैले प्रतिदिन कम्तीमा पनि एउटा स्याउ र ४ कोसा केरा खानाले रक्तचापमा नियन्त्रण हुने मात्र नभएर शरीरलाई स्वस्थ अनि दाँतलाई पनि सफा राख्न मद्दत गर्दछ।

४. कम चिल्लो भएको दूध अथवा दही
जसले, दैनिक कम चिल्लो भएको दूधबाट बनेको परिकार अथवा दही खान्छ (जसमा क्याल्सियम र भिटामिन डि पाइन्छ), उसको शरीरको रक्तचाप ११ प्रतिशतले घटेको एक अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले, बिहान उठ्ने बित्तीकै १ गिलास मनतातो दूध पिउनुहोस्, खानासँग १ गिलास दही मिलाउनुहोस्, अथवा दिनभरीमा कम्तीमा पनि ३०० मिलिलिटर कम चिल्लो भएको दूध पिउनुहोस् र मुटु रोग, उच्च रक्तचाप जस्ता घातक रोगहरूबाट मुक्त हुनुहोस्।

५. आलु
हुन त, आलु भनेको नेपालमा मात्रै नभएर अधिकांश देशभरी नै सर्वाधिक पाइने र सर्वाधिक सेवन गरिने खाध्यपदार्थ हो। यसमा प्रशस्त मात्रामा प्रोटिन, कार्बोहाइड्रेट जस्ता पौष्टिक तत्वहरू पाइन्छन् भने पोटासियम, म्याग्नेसियम जस्ता खनिज पदार्थहरू पनि पाइन्छन्। दैनिक आलुको सेवनले शरीरमा अन्य रोगहरूको साथै रक्तचापको समस्यामा पनि कमी हुँदै जान्छ।

नोटः
धेरैले गर्ने एउटै गल्ती भनेको आलु बोक्रा तासेर पकाउने गर्छन्, तर त्यसो गर्नु ठिक होइन किनभने, अधिकांश मात्रामा प्रोटिन र अन्य पौष्टिक तत्वहरू बोक्रामा नै पाइन्छन्, त्यसको मतलब भित्री भागमा पाइँदैन भन्न खोजिएको होइन। तर बोक्रा र भित्रको फललाई समग्रमा खाँदा झन् बढी फाइदा हुने गर्दछ। ध्यान दिनुपर्ने कुरामध्ये, आलुको बोक्रालाई राम्रोसँग सफा गरेर खानु पनि एक हो।

उच्च रक्तचाप होस् या मधुमेह, कम रक्तचाप होस् या अन्य कुनै रोगहरू, तपाईँ आफैले घरमै बसीबसी त्यसको नियन्त्रण गर्न सक्नुहुन्छ। अलिकति पनि हेलचेक्र्याईँ गर्नुभयो भने, स्वयम् तपाईँलाई नै बेफाइदा हुने गर्दछ। स्वस्थ रहनुहोस्।
काठमाडौं – काठमाडौंका एसएसपी विक्रम सिंह थापाले गुन्डागर्दी र कालोबजारी विरुद्द युद्ध घोषणा गरे पनि उनी मातहतका एकजना डिएसपीले कुख्यात डनलाई सेटिङमा छाडेका छन् ।
कुमार घैंटे मारिएपछि तीन महिना विदेश पलायन भएका सुकबहादुर लामा बाघे पुनः पछिल्लो समयमा गुण्डागर्दी र हप्ताअसुलीमा सक्रिय भएको गुनासो प्राप्त भएको छ । काठमाडौंमा कालोबजारी र तस्करीविरुद्द कारबाहीमा उत्रिएका एसएसपी विक्रमसिंह थापाले गुन्डागर्दी गर्नेविरुद्द सुटआउट नै गर्ने घोषणा पदबहालीका क्रममा गरेका थिए । तर, उनको यो घोषणासँगै चुनौती दिँदै स्वयम्भू र बालाजु क्षेत्रमा घरजग्गाको कारोबार गर्नेदेखि विभिन्न व्यापार गर्नेहरुलाई धम्क्याएर असुली गर्ने क्रम बाघेले तीव्र पारेका छन् ।

व्यवसायीहरुलाई धम्की दिँदै रकम माग गर्न थालेको गुनासो महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गरे पनि डिएसपी विमल कँडेलले कुनै वास्ता नगरेपछि स्थानीय झन् बढी आतंकित भएका छन् । बाघेले गत पुस १४ गते स्वयम्भूको नामग्याल चोकमा एकजना तिब्बती नागरिकलाई दिउँसै निर्घात कुटपिट गरी ११ लाख रुपैयाँ लुटेको सूचना प्रहरीकोमा पुगेपछि १५ दिन भारत गएर बसेका बाघे डिएसपी कँडेलसँग कुरा मिलाएर फेरि फर्किएका छन्, आजको साँघु साप्ताहिकमा खबर छ ।

ratopati
सिन्धुपाल्चोक – वैशाख १२ को भूकम्पले घर ढालेर हिमाली गाविस गोल्चे, सांगुलिङ गाउँका पायामाइला तामाङलाई झन्डै किचेको । घर भत्केर एकैचोटि आइरिएको ढुंगेगारो र हाठपाट चल्दै कसोकसो उनी फुत्किए । धन्न बाँचेका उनलाई त्यसपछि झन् ठूलो आपत आइलाग्यो ।

गाउँमाथिबाट खसिरहेको पहिरो छल्दै परिवारै भागेर तेम्बाथानतिर अघि त बढ्यो तर पारि तर्ने झोलुंगे पुल चुँडिइसकेछ ।

फरक्क फर्केर बौलदै गाउँतर्फ भाग्न खोज्दा नेसम खोलाको पुल पनि उसैगरी चुँडिएछ ।

कतै भाग्ने उपाय नभएपछि मारे भूकम्पले बाँचे भाग्यले सोच्दै उनी गाउँमै रोकिए । परिवारलाई ओढारमा लगेर राखे । सिमलका मुना र ऐंसेलु खाएर धानिए । धेरैपछि मात्र हेलिहप्टरले चामलका बोरा आकासबाट खसाल्दा फुटेर छरिएका कनिका टिपेर खोले खाएको उनले अझै भुलेका छैनन् ।
सरकारले अझै पुल हालिदिने सुरसार नगरेपछि उनीहरु खिन्न छन् । ‘सरकारले अझै पुल हालिदिने सुरसार गरेन । नाकाबन्दी पर्न लागिसक्यो’, किनमेल गर्न घुमाउने जँघार र्तै एक दिन पैदल हिँडेर कात्तिकै बजार आइपुगेका उनले रुन्चे अनुहारमा भने, ‘अर्को बर्खामा पनि गाउँमै थुनिने पक्कापक्की भयो ।’ आजको नागरिक दैनिकमा खबर छ ।

ratopati
सोमबार, ४ माघ
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित भारत भ्रमणका बारेमा उत्तरी छिमेकी चीनले औपचारिक र अनौपचारिक रुपमा चासो व्यक्त गर्न थालेको छ ।
भारतभन्दा पहिले प्रधानमन्त्री ओलीलाई आफ्नो मुलुक भ्रमण गराउने चाहना व्यक्त गरेका चिनियाँ अधिकारीले ओली सरकारका मन्त्रीहरुसंग उनको भारत भ्रमणबारे चासो व्यक्त गर्न थालेका हुन् ।
प्रधानमन्त्रीको भारत भ्रमण कहीले हुँदैछ ? वन तथा भूसंरक्षण मन्त्री अग्नि सापकोटालाई बेइजिङमा चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्रा्ष्ट्रिय विभागका उपमन्त्री छन फङ सियाङले विहीबार सोधेका थिए ।
जवाफमा मन्त्री सापकोटाले भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल भइरहेको छ ।’भारतको नाकाबन्दीले नेपालको अर्थतन्त्रमा पारेको प्रभावबारे सापकोटाले छनसहित चिनियाँ अधिकारीहरुलाई जानकारी गराए पनि उनीहरुले त्यसबारे थप टिप्पणी गरेका थिएनन् ।
nepalsandesh
सोमबार, ४ माघ
काठमाडौ । छिमेकी मुलुक चीनले अति दुर्लभ र लोपोन्मुख वन्यजन्तु एकसिंगे गैंडा दिन नेपालसँग माग गरेको छ ।
वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाको भ्रमणका क्रममा चीनले आफूहरुलाई दुई जोडी एकसिंगे गैंडा दिन माग गरेको हो।
नेपालले विगतमा विभिन्न मुलुकलाई उपहारका रुपमा दुर्लभ वन्यजन्तु उपहार दिँदै आएको थियो ।
पछिल्लो समय सरकारले विदेशी संस्थालाई वन्यजन्तु दिने निर्णय रोकेको थियो ।
‘सरकारले आधिकारिक रुपमा माग गरेको अवस्थामा अर्को मुलुकले मन्त्रिपरिषद बैठक गरी वन्यजन्तु दिन सक्छ, वनमन्त्री सापकोटाले भने,‘ चीन सरकारले पनि हामीसँग औपचारिकरुपमा पत्र पठाएर माग गरेपछि मन्त्रिपरिषदबाट निर्णय गरी गैंडा उपहार दिन सक्छ।’ आजको राजधानीमा समाचार छ ।
nepalsandesh
कपिलवस्तु, ४ माघ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ ।
जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा गत पुस ३० गते हत्या भएको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले हत्या गरेको मृतक कामदारका नेपाली साथीले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाई जानकारी दिएका छन् ।
आफ्नो परिवारको सदस्यको हत्या भएकाबारे पीडित परिवारजनले पत्रकारलाई जानकारी दिँदै मृतकको शव ल्याउन र दोषीउपर कडा सजाय दिलाउन सरकारीस्तरबाट पहलका लागि आग्रह गरेका छन् ।
साउदीस्थित अलियमाम कम्पनीमा कार्यरत मुसलमानलाई हत्या गरेका पाँचजना बङ्गलादेशीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरतले बताएका छन् ।
मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ । मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ । शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाई कडाभन्दा कडा सजाय दिलाउनुपर्ने मृतकका घरपरिवारले माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले मृतकका घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दूतावासमार्फत साउदी दूतावासलाई पत्राचार गरी शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाएका छन् ।
मृतक मुसलमान ११ महिनाअघि काठमाडौँस्थित वर्ल्डवाइड इम्पल्वाइड कम्पनीबाट साउदी अरब गएका थिए । मृतकका एक श्रीमती, एक छोरा र दुई छोरी रहेका छन् ।
dainiknepal
काठमाडौँ, ४ माघ । सर्वोच्च अदालतले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका सिके (चन्द्रकान्त) राउतलाई आइतबार सफाइ दिएको छ ।
न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
प्रहरीले राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनुपर्ने भाषण गरेको आरोपमा पक्राउ गरी राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भन्दै यसअघि विशेष अदालतले राउतलाई सफाइ दिएको थियो ।
विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो ।
देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्ने आरोपमा कुनै पनि प्रमाण नदेखिएको भन्दै सर्वोच्चले आज सफाइ दिएको छ ।
सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको जानकारी दिए ।
dainiknepal
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु,कीलकनाम संवत्सर,शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ ४गते सोमवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १८ तारिक शुक्लपक्ष नवमी तिथि अपरान्ह २ वजेर ५८ मिनेटसम्म, भरुणी नक्षत्र राती ११ वजेर ५१ मिनेटसम्म, साध्ययोग मध्यान्ह १२ वजेर ३९ मिनेटसम्म, कौलवकरण अपरान्ह२ वजेर ५८मिनेटसम्म, आनन्दादियोग चर, सूर्य मकर राशीमा,चन्द्रमा मेष राशीमा ।
मेषः–

7
दिन अनुकुल नै छ,समयमा काम गर्नु होला । काममा ढिला सुस्ति गर्दा फाइदा अरुले लिने छन् । पठन पाठनमा प्रगति हुनेछ । ऋण लगानी नगर्नु होला ।
वृषः–

8

समयमा विस्तारै सुधा आउनेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । काम गर्दा अरुको भरोसा नगर्नु नै उत्तम हुनेछ ।
मिथुनः–



10

समयले कम साथ दिने देखिन्छ काममा ढिला नगर्नु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । खर्च वृद्धिले आर्थिक समस्या ल्याउने छ ।
कर्कटः–

11

आर्थिक कारोवारमा विस्तारै सुधार आउने देखिन्छ । गरेका कामबाट लाभ लिन सकिने छ । स्वव्यवसायबाट लाभान्वित हुनुहुनेछ ।
सिंहः–

12

काममा देखिएका समस्या कम भएर जानेछन् । मेहनतपूर्वक गरेका काम सफल हुनेछन् । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ ।
कन्याः–

9

इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अरुका काम गरेर आफुलाई कुनै फाइदा हुने छैन । अविश्वासको वातावरण निर्माण हुनदेखिन्छ ।
तुलाः–

4

समयमा काम गर्न सकिएन भने अवसर गुम्नेछ । भौतिक सुखमा कमी आउने छ । । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउने छ ।
वृश्चिकः–

3

विरोधी परास्त हुनेछन् । गरेका अधिकाँश काम सफल हुनेछन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । नोकरी तथा राजनीतिबाट लाभ हुनेछ ।
धनुः–

2

भ्रमको खेत हुनसक्छ काम गर्दा होशियार रहनु होला । गरेका कामबाट सामान्य लाभ हुनेछ । पढाई लेखाई खासै प्रगति नहुनसक्छ ।
मकरः–

1

काम गर्ने बातावरण खलबलिन सक्छ । स्वव्यवसायमा समस्या आउन सक्छ । अनावस्य विषयलाई लिएर तनाव हुनसक्छ । खर्च बढ्ने ।
कुम्भः–

6

मध्यान्ह पूर्व गरेका काम सफल हुनेछन् । उप्रान्त समय भने प्रतिकुल बन्नेछ । खर्चको मात्र बढ्नेछ । कार्य शिथिलता बढ्न सक्छ ।
मिनः

5

आर्थिक समस्या कम भएर जानेछन् । आफन्तजनबाट सहयोग मिल्नेछ । व्यापारमा क्रमिक सुधार आउनेछ । कार्य लगनशिलता बढ्नेछ ।

४ माघ, काठमाडौं।
छिमेकी मुलुक चीनले अति दुर्लभ र लोपोन्मुख वन्इजन्तु एकसिंगे गैंडा दिन नेपालसँग् माग गरेको छ। वन तथा भूसंरक्षणमन्त्री अग्निप्रसाद सापकोटाको भ्रमणका क्रममा चीनले आफूहरुलाई दुई जोडी एकसिंगे गैंडा दिन माग गरेको हो।

नेपालले विगतमा विभिन्न मुलुकलाई उपहारका रुपमा दुर्लभ वन्यजन्तु उपहार दिँदै आएको थियो। पछिल्लो समय सरकारले विदेशी संस्थालाई वन्यजन्तु दिने निर्णय रोकेको थियो।



‘सरकारले आधिकारिक रुपमा माग गरेको अवस्थामा अर्को मुलुकले मन्त्रिपरिषद बैठक गरी वन्यजन्तु दिन सक्छ, वनमन्त्री सापकोटाले भने,‘ चीन सरकारले पनि हामीसँग औपचारिकरुपमा पत्र पठाएर माग गरेपछि मन्त्रिपरिषदबाट निर्णय गरी गैंगा उपहार दिन सक्छ।’

यसअघि विदेशी संघसंस्थाले माग गरेको अवस्थामा वन्यजन्तु दिँदा समस्या हुने भन्दै विरोध भएको थियो।राजधानी दैनिकमा समाचार छ।nepaliheadlines
काठमाडौँ, ३ माघ : सर्वोच्च अदालतले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका सिके (चन्द्रकान्त) राउतलाई आज सफाइ दिएको छ ।  न्यायाधीश वैद्यनाथ उपाध्याय र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले देश टुक्र्याउने अभिव्यक्ति दिएको आरोप लागेका राउतलाई कुनै पनि प्रमाण नदेखिएको भन्दै सफाइ दिएको हो।
प्रहरीले राउतलाई सन्थाल जातिको एक कार्यक्रममा मधेसलाई टुक्र्याउनुपर्ने भाषण गरेको आरोपमा पक्राउ गरी राज्यविरुद्धको अपराधमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।  देश टुक्र्याउने खालको कुनै पनि अभिव्यक्ति दिएको नदेखिएको भन्दै यसअघि विशेष अदालतले राउतलाई सफाइ दिएको थियो।
विशेष अदालतको सो फैसलाविरुद्ध सरकारले सर्वोच्च अदालतमा पुनरावेदन गरेको थियो।  देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्ने आरोपमा कुनै पनि प्रमाण नदेखिएको भन्दै सर्वोच्चले आज सफाइ दिएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले सर्वोच्चले विशेष अदालतकै फैसलालाई सदर गरेको जानकारी दिए।
purbelinews
एजेन्सी । मानिसको स्वाथ्यसँग जोडिएको एक महत्वपूर्ण पार्ट भान्सा(किचन) पनि हो । भान्सामा खानेकुरा राखिन्छ र पकाइन्छ तर कहिले काँही अन्जानमा कैयौ यस्ता पनि लगिन्छ जो स्वास्थ्यका लागि खतरनाक सावित्र हुनसक्छ ।
जान्नुस् के हो त्यस्तो बस्तु ?

फलफूलका विउः अमेरिकामा गरिएको अध्ययन अनुसार स्याउ र चेरी जस्ता फलको विउमा एक प्रकारको हाइड्रोजन सायनाइड हुन्छ जसलाई प्रसिक एसिड भनिन्छ । यो एसिड स्वास्थ्यका लागि हानिकारक हुन्छ । यसकारण फलफूलमा रहेको विउ भएको भाग खानबाट बच्नु राम्रो हुनेछ ।
 आलुः टुसा पलाएको आलुको प्रयोग पनि स्वास्थ्यका लागि हानीकारक छ । रिपोर्टका अनुसार आलुको हरियो टुसा र पातमा ग्लाइकोअल्कोलाइड्स नामको रसायन पाइन्छ । जसको सेवनले डायरिया, पेटदर्द र टाउँको दुख्ने समस्या हुनसक्छ । यो रसायन धेरैदिनसम्म अध्यारोमा राखिएको आलुमा पनि पाइन्छ ।
 बदामः बदाम दुई प्रकारका हुन्छन् । पहिलो मिठो बदाम र दोस्रो हल कडुआ बदाम हुन्छ । रिपोर्टअनुसार कडुवे बदाममा पनि हाइड्रोजन सायनाइड मात्रा निकै हुन्छ । जो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
 प्रशोधित नगरिएको महः रिपोर्टअनुसार महलाई माहुरीको जालोबाट निकालेर सिधै खानुहुँदैन् । किनकि केही जालोको महमा ग्रेयानोटक्सिन पाइन्छ । जसको सेवनले शिथिलता र कमजोरीको खतरा रहन्छ । यसकारण प्रशोधित महको प्रयो गर्नु राम्रो हुनेछ ।
 हरियो टमाटरः अमेरिकी च्यानल फोक्स न्यूजले प्रकाशित गरेको रिपोर्ट अनुसार टमाटरको भित्री दाना र पातमा अल्कली नामको विषालु पदार्थ पाइन्छ । र यो विषालु पदार्थ हरियो टमाटरमा पनि पाइन्छ, यसकारण हरियो टमाटर खानबाट बच्नुपर्छ । या यसलाई आगोमा पोलेर खान सकिन्छ ।
 काँचो काजुः बजारमा पाइने काजु अधिकांश पाकेको हुन्छ अथवा वाफले पकाइएको हुन्छ । काँचो काजुलाई पकाउँदा यसमा रहेको आईवी नामक विषालु रसायन निकलिन्छ । काँचो काजु खानेका लागि यो रसायन घातक साबित हुनसक्छ ।
ainiknepal
माघ ३, २०७२- घाइते भएर मलिन मुद्रामा पुस २४ गते दिल्ली उडेका सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो प्रफुल्ल हुँदै आइतबार दिउँसो काठमाडौं ओर्लिए । आफूसँग माफी नमागुन्जेल प्रधानमन्त्री केपी ओलीसँग नभेट्ने अड्डी लिँदै आएका उनी १ वर्ष १० दिनको कलह अन्त्य गर्दै साँझपख मुसुमुसु प्रधानमन्त्री निवास बालुवाटार छिरे ।

‘प्रधानमन्त्रीले बोलाएकाले काठमाडौं फर्केको हुँ,’ महतोले विमानस्थल ओर्लेपछि प्रष्टीकरण दिए, ‘नत्र दिल्लीबाट सिधै मधेस जान्थें ।’ यसो भन्दैगर्दा अनुहारमा कुनै चिडचिडाहट थिएन । बरु बालुवाटारमा साँझ ‘सहमतिका लागि वातावरण बनाउन प्रधानमन्त्रीसँग सकारात्मक भेटघाट’ भएको सन्देश प्रवाह गर्दै घर गए । ‘प्रधानमन्त्रीसँग सौहार्द कुराकानी भएको छ, चाडै समाधानका लागि वार्तालाई सफल बनाउन वातावरण बनाउने सहमति भएको छ,’ महतोले भने ।

यसअघि दिल्ली भ्रमणबाट मोर्चाका अरु नेता काठमाडौं फर्के पनि महतो भने यता नआई उतैबाट वीरगन्ज फर्केका थिए । आक्रामक अभिव्यक्तिका लागि चर्चित दुई पात्र ओली–महतो सम्बन्धको ग्राफ आ–आफ्नै स्वभावका कारण उतारचढाव भइरहन्छ ।
एक वर्षअघि महतोले नेपालको समथर तराईलाई मधेस प्रदेश कायम गरिनुपर्ने माग दोहोर्‍याएपछि एमाले अध्यक्ष ओलीले ‘बिहार र युपीलाई पनि मधेसमै मिलाउने ?’ भन्ने प्रतिप्रश्न गरेका थिए । ओलीले त्यो भनाईप्रति माफी नमागुन्जेलसम्म आफू भेटघाटमा नजाने जिकिर गर्दै महतो बालुवाटार बैठकबाट उठेका थिए । यस बीचमा ओलीले माफी त मागेनन्, बरु आफैं प्रधानमन्त्री बनेर बालुवाटार छिरे ।

दिल्ली बस्दा साताअघि बालुवाटारको नम्बरबाट फोन गएपछि सन्तुष्ट महतो यसपालि आफैं ओलीलाई भेट्न पुगेका हुन् । ओलीलाई महतोको भारतीय मोबाइल नम्बर दिएका थिए, तमलोपा अध्यक्ष महन्थ ठाकुरले । ठाकुर उपचारका लागि आइतबारै दिल्ली उडेका छन् । मेदान्त अस्पतालमा खुट्टाको शल्यक्रियाका लागि उनले सोमबारको समय पाएका छन् ।

दिल्लीमा भारतका राष्ट्रपति, विदेशमन्त्री, विपक्षी नेतालगायत भेटेपछि महतो ‘भारतको सन्देश दिन’ बालुवाटार गएका हुन् । झन्डै दुई घण्टा लामो संवाद चल्दा प्रधानमन्त्री ओलीले महतोसँग गरेको ठट्यौली उद्धृत गर्दै स्रोतले भन्यो, ‘भारतको सन्देश मलाई पनि आइरहन्छ, टेलिफोनमा ।’ महतोसग ओलीले यसो भन्दैगर्दा प्रधानमन्त्री भेट्न पहिल्यै समय लिएर साढे आठ बजे बालुवाटार पुगेका चिनिया राजदूत उ चुन्थाई झन्डै आधा घण्टा कुर्दै अर्को कोठामा बसेका थिए ।

राजनीतिक–कुटनीतिक जानकारहरुका अनुसार ओली औपचारिक भारत भ्रमणका लागि इच्छुक छन् । फागुन पहिलो साता भारत जानेगरी तयारी भइरहेको सरकारी अधिकारीहरुले यसअघि बताइसकेका छन् । महतो भने आन्दोलन चल्दाचल्दै दुई पटक भारत गएर आइसके । पहिलो, मधेसी मोर्चाको शीर्ष प्रतिनिधिमण्डल सदस्य भएर मंसिर २१ गते चार दिने भ्रमणमा । दोस्रो, पुस ११ गते विराटनगर–जोगवनी सीमा नाका धर्ना दिन जादा प्रहरीको कुटाई खाएर उपचार गर्न पुस २४ गते धरानबाट हेलिकोप्टरमा काठमाडौं ओर्लदै सोही दिन दिल्ली । ‘भिटामिन बी १२’ कमी भएको चिकित्सक निष्कर्षपछि महतो तीन दिनपछि नै राजनीतिक भेटमा सक्रिय भइहाले ।

ओली र महतो दुई विपरीत ध्रुवका राजनीतिक नेता भए पनि उनीहरुबीच केही समानता छन् । ओली मधेसी समुदायको संवेदना दुख्नेगरी शाब्दिक प्रहार गर्न माहिर छन् । महतो भाषणपिच्छे ‘पहाडी शासक वर्गको खसवादी मानसिकता’ भन्न छुटाउँदैनन् । ‘चर्का कुरा गर्ने’ यी दुइ नेताको शैलीका कारण ओलीबाट तीन ठूला दलका नेताहरु र महतोका कारण मोर्चाका चार साना दलका नेताहरु दिक्क छन– कतै बन्दै गएको वातावरण बिथोलिन्छ पो हो कि भनेर ।

जेठ २५ गते चार ठूला दलबीच १६ बुँदे सहमति हुनेबित्तिकै काठमाडौंमा दानापानी बन्द गरिदिने धम्की दिएका महतोले आन्दोलन सफल नहुन्जेल काठमाडौं नफर्कने घोषणा गरेका थिए । असोज तेस्रो साता नातिनीको पास्नीमा करैले काठमाडौं आउनेबाहेक उनी वीरगन्ज नाकामै रहिरहे । सोमबार कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेपछि महतो मंगलबार फेरि मधेस फर्किहाल्ने सद्भावना महासचिव मनिषकुमार सुमनले बताए ।

साउन ३१ गते सदभावनासमेत रहेको मधेसी मोर्चाले आन्दोलन घोषणा गरेको दुई दिनपछि सद्भावनाले छुट्टै अर्को घोषणा गर्‍यो : पहिलो, आफ्ना चार सांसदले संविधानसभा परित्याग गर्ने । दोस्रो, काठमाडौंको लाखेचउरमा रहेको केन्द्रीय कार्यालय सारेर मधेसमै राख्ने । पहिलो निर्णयबाट महतो पछि हटिसकेका छन् । दोस्रो निर्णय फिर्ता लिन बाँकी छ । महतो वीरगन्जलाई मुकाम बनाएर बसिरहे पनि उनको प्रतिनिधित्व सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महासचिव सुमनले गर्दैआएका छन् ।

चार सांसदले संविधानसभा परित्याग गर्ने महतोको निर्णयलाई लक्षित गरेर ओलीले निकै कडा टिप्पणी गरेका थिए– ‘दुइ चार वटा आँप झर्दैमा केही फरक पर्नेवाला छैन् ।’ उस्तै कडक स्वभावका महतोले ओलीको टिप्पणीलाई ‘अपव्याख्या’ मौका चुकाएनन । भनेका थिए, ‘आन्दोलनमा मधेशका मान्छे मर्दा आँप झरेको भन्ने ?’

पुस ११ गते विराटनगरमा कुटाई खाएपछि महतोले सरकारसँग वार्ता नगर्ने घोषणा गरेका थिए । अघिल्लो साता गठित कार्यदलमा आफ्ना प्रतिनिधि समेत पठाएका थिएनन् । तर शनिबारको सरकार–मोर्चा र कांग्रेसबीचको कार्यदल बार्तामा भने सहअध्यक्ष कर्णलाई पठाउने निर्णय गरेका थिए । प्रधानमन्त्रीले टेलिफोनमा विराटनगर घटनाप्रति दु:ख व्यक्त गरेपछि महतोले वार्तामा फर्कने निधो गरेको कर्णले बताए ।

kantipur.ekantipur
परिवर्तन नै प्रकृति हो, अनि प्रकृति नै परिवर्तन हो। समयअनुसार हरेक कुराको परिवर्तन हुनु प्रकृतिको नियम हो। हाम्रो जीवनमा कुनै पनि किसिमको परिवर्तन आएन भने, हामी प्रकृतिको अङ्ग भएको कुनै अस्तित्व रहँदैन। सेकेण्ड-सेकेण्डमा तपाईँको जीवनमा नयाँ सुरुवात भैरहेको हुन्छ, चाहे तपाईँ मान्नुस् या नमान्नुस् बितेका कुराहरूलाई तपाईँले चाहेर पनि फिर्ता ल्याउन सक्नुहुन्न, त्यसैले त भनिन्छ “बगेको खोला फर्कँदैन, मौका आउँछ पर्खँदैन!”

हरेक व्यक्तिले आफ्नो जीवनमा ‘पहिलो प्रेम’को चरण पार गर्नैपर्ने हुन्छ। कोही भाग्यमानी पनि हुन्छन्, जसले आफ्नो पहिलो प्रेमलाई सुमधुर सम्बन्धमा परिणत गर्न सक्छन्। कोही यस्ता पनि हुन्छन्, जसको सपनाको राजकुमार/री सपनामै सिमित हुन्छन्। तर अतितका कुरालाई वर्तमानमा पर्खाल बन्न दिनुहुँदैन।

एक सुमधुर प्रेमसम्बन्धको बिच्छेदपश्चात जीवनमा अगाडि बढ्न धेरै गाह्रो पर्दछ। तर, आफ्नो पीडालाई कुल्चेर अगाडि बढ्न सकियो भने जीवनमा अरू पनि थुप्रै मोड र पथहरू रहेछन् भनेर थाहा पाउन सकिन्छ। अनि बल्ल बुझ्न सकिन्छ, जीवनको अस्तित्व! के थाहा, तपाईँको जीवनमा पूर्वप्रेम/प्रेमिका भन्दा योग्य व्यक्तिसँग सम्बन्ध गाँस्सिन पो लेखेको छ कि?

हुन त, भन्न जति सजिलो हुन्छ, व्यवहारमा उतार्न त्यति नै गाह्रो हुन्छ। तैपनि, तपाईँको त्यही निष्ठूरी भू.पू. मायालुलाई बिर्सने केहि उपायहरू छन्, सायद यसलाई जीवनमा लागू गर्दा तपाईँ पीडाबाट मुक्त हुनसक्नुहुन्छ कि?

१. सम्पर्कमा नरहनुहोस्

आजकालका प्रेमीप्रेमिकाहरूको सञ्चार माध्यम नै मोबाइल हो। यदि तपाईँ आफ्नो भू.पू. मायालुलाई साँच्चिकै बिर्सन चाहनुहुन्छ भने, तपाईँको मोबाइलमा भएका उसको फोन नम्बर, फोटोहरू, म्यासेजहरू सबै फालिदिनुहोस्। अझ नम्बरलाई ब्लक गर्दा झनै राम्रो। ऊसँग फेसबुकमा साथी हुनुहुन्छ भने साथीको सूचीबाट हटाउनुहोस्, ब्लक गरिदिनुहोस्, म्यासेजहरू पनि सबै हटाइदिनुहोस्। हो, गाह्रो हुन्छ, तर अगाडि बढ्ने कोशिस गर्नुहोस्, असम्भव केहि पनि छैन।

२. भौतिक चिनोहरू पनि फालिदिनुहोस्

चिट्ठी, गिफ्ट तथा तपाईँको निष्ठूरीले दिएका सबै चिनोहरूलाई तपाईँले कहिल्यै पनि नदेख्ने गरी फालिदिनुहोस्। बेला-बेला उसैको याद दिलाउने सबै कुराहरूलाई तपाईँको नजरबाट मुक्त गराउनुहोस्। कुनै-कुनै यस्ता वस्तुहरू हुन्छन्, जसलाई फाल्न सकिँदैन, जस्तै; गर-गहना, लुगा। यस्ता वस्तुहरूलाई नदेख्ने ठाउँमा लुकाएर राख्नुहोस्। पूर्णरूपले जीवनमा अगाडि बढ्न चाहनुहुन्छ भने यस्ता वस्तुहरूलाई बाकसमा ताल्चा लगाएर राख्नुहोस्।

३. पूर्व प्रेमका विशेष दिनहरूमा छुट्टै योजना बनाउनुहोस्

प्रेम सम्बन्धको वार्षिकोत्सव अथवा त्यस्तै विशेष दिनहरूमा पूर्व प्रेमको यादबाट टाढा रहनको लागि आफ्नै छुट्टै योजना बनाउनुहोस्। तपाईँको आफ्नै मित्रहरू हुन सक्छन्, उनीहरूसँग चलचित्र हेर्न जानुहोस्, परिवारसँग कतै घुम्न जानुहोस्। तर एक्लै नबस्नुहोस्, एक्लै हुँदा मनमा नानाथरी कुराहरू खेल्न सक्छन्, जसले तपाईँको मनस्थितीलाई भताभूङ्ग बनाइदिन सक्छ।

४. जीवनको रीतलाई बुझ्ने कोशिस गर्नुहोस्

समय आउँछ, जान्छ तर गएको समयमा नै झुण्डिएर बस्नु कदाचित हुँदैन। याद गर्नुहोस्, तपाईँ बितेका समयमा अल्झेर बस्नुहुन्छ, तर समय कसैको लागि स्थिर बस्दैन। नयाँ समयमा नयाँ अनुभव पाउन सक्नुहुन्छ। यहि नै जीवनको रीत हो, प्रकृति हो।



हरेक व्यक्तिको मानसिक तथा भावनात्मक स्थिती फरक-फरक हुन्छ, कसैले एकैछिनमै भुल्न सक्छन् भने कसैलाई वर्षौँ लाग्न सक्छ। तर हार नखानुहोस्।

५. नयाँ काम गर्नुहोस्, नयाँ उदेश्य बनाउनुहोस्

हुन सक्छ, तपाईँको निष्ठूरी मायालु तपाईँकै कार्यालयमा काम गर्दै छ, अनि हरेक दिन तपाईँले उसलाई देख्दा पीडाले भक्कानिनुहुन्छ। के गर्ने?

कि त तपाईँ त्यहि कार्यालय मै काम गरेर उसलाई पूर्णरूपमा बेवास्ता गर्न सक्नुहुन्छ। ऊ तपाईँको बिगत थियो, होला तपाईँ ऊ बिना बाँच्न सक्नुहुन्थेन, तर समय परिवर्तन भैसकेको छ भनेर सोच्नुहोस्, वर्तमानलाई बुझ्ने कोशिस गर्नुहोस्। त्यति गर्न सक्नुहुन्न भने, अर्को काम थाल्नुहोस्। किनभने, जीवनमा धेरै बाटाहरू हुन्छन्। एउटा बाटोबाट हिँड्न मुश्किल पर्यो भने अर्को बाटोबाट पनि हिँड्न सक्नुहुन्छ, नयाँ उदेश्य बनाउन सक्नुहुन्छ।

६. नयाँ साथी बनाउनुहोस्, पुराना साथीहरूसँग मित्रता बलियो बनाउनुहोस्

सच्चा मित्रताको सम्बन्ध प्रेम भन्दा पनि बलियो हुन्छ। यस्तो साथी बनाउनुहोस्, जसले तपाईँको भावनालाई बुझ्दछ, जसले तपाईँको सुखदुःखमा साथ दिन्छ। जीवनको हरेक पलमा विभिन्न किसिमका मानिसहरूसँग भेट हुन्छ, सबैलाई मित्र बनाउनुस् भन्न खोजेको होइन। तर सकेसम्म धेरै मानिसहरूसँग बोल्नुहोस्, यसो गर्दा तपाईँको एक्लोपना पनि दूर हुन्छ अनि नयाँ व्यक्तिबाट नयाँ अनुभव सुन्न पाउनुहुन्छ। हुन सक्छ, त्यो व्यक्तिले पनि आफ्नो पहिलो प्रेमलाई भुलेर आएको छ, उसबाट अनुभव बटुल्न सक्नुहुन्छ।

तर तपाईँका पुराना साथीहरूलाई (पुरानो मायालु बाहेक) भने नबिर्सनुहोस्। किनभने, सच्चा साथीहरू बिरलै भेटिन्छन्। तपाईँले आफ्नो जीवनमा बनाउनुभएका साथीहरू भनेका तपाईँकै जीवनको एउटा अमूल्य अङ्ग हो, जसलाई तपाईँले चाहेर पनि छुट्याउन सक्नुहुन्न। ती साथीहरूसँग भेट्नुहोस्, रमाइलो गर्नुहोस्, उनीहरूको जीवनमा के-कस्ता घटना भए बुझ्नुहोस्, आफ्ना कुराहरू पनि खुलेर भन्नुहोस्। किनभने सुख बाँडे बढ्छ, दुःख बाँडे घट्छ।

७. सकारात्मक सोच्ने गर्नुहोस्

नकारात्मकता भनेको यस्तो वैगून हो जुन क्यान्सरभन्दा पनि घातक हुन्छ। बितेका कुरालाई नकारात्मक तरिकाले सोचेर किन आफ्नो मानसिकतालाई कमजोर बनाउनुहुन्छ? त्यही कुरालाई सकारात्मक तवरले सोच्नुहोस् त!

“मेरो जीवनको पहिलो प्रेमलाई मैले पाउन सकिनँ!” भनेर दुःख पोख्नु बुद्धिमानी होइन, त्यसमा कसैले सहानुभूती प्रकट गर्नेवाला पनि छैन, त्यस्तो सोँचले झन् तपाईँलाई असन्तुलित बनाउँदछ। बरु, “पहिलो पछि त दोश्रो आइहाल्छ नि!” भनेर सोच्नुहोस्, आफ्नो स्वाभिमानलाई गिर्न नदिनुहोस्। ‘सकारात्मकता’लाई पीडाको युद्धमा हतियार बनाउनुहोस्।

अन्त्यमा, यी त सबै आदर्शका कुराहरू हुन्, यसलाई जीवनमा लागू गर्ने-नगर्ने सबै तपाईँको हातमा छ। एकचोटि गम्भिर भएर सोच्नुहोस्, “मेरो उदेश्य के हो? के म हिँड्न खोजेको बाटो यही हो? के म सँधै यसरी नै दुःखी भएर बस्ने हो?” तपाईँ जुन सोचको धरातलमा हुनुहुन्छ, त्यसबाट माथि उत्रेर हेर्ने कोशिस गर्नुहोस् अनि थाहा पाउनुहुन्छ, संसार कति सुन्दर छ भनेर!
कपिलवस्तु, माघ ३ । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका एक युवाको हत्या भएको छ ।
कपिलवस्तु जिल्लाको पकडी– ९ बरही घर भएका ३२ वर्षीय मोहम्मद इजहार मुसलमानको सउदी अरबको मक्कास्थित आलियाम कम्पनीमा हत्या भएको हो ।
उनलाई बङ्गलादेशी कामदारको पाँच जनाको समूहले गत पुस ३० गते हत्या गरेको मृतक कामदारका नेपाली साथीले नेपालमा रहेका मृतकका दाजु मुहम्मद इसहाकलाई जानकारी दिएका छन् । आफ्नो परिवारको सदस्यको हत्या भएकाबारे आज पीडित परिवारजनले पत्रकारलाई जानकारी दिँदै मृतकको शव ल्याउन र दोषीउपर कडा सजाय दिलाउन सरकारीस्तरबाट पहलका लागि आग्रह गरेका छन् ।
साउदीस्थित अलियमाम कम्पनीमा कार्यरत मुसलमानलाई हत्या गरेका पाँच जना बङ्गलादेशीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको साउदीमा रहेका उनका दाजु हजरतले बताएका छन् ।
मृतकको घरपरिवार अहिले शोकमा डुबेको छ । मृतक मुसलमानको शव स्थानीय अस्पतालमा राखिएको छ । शव सुरक्षित साथ नेपाल ल्याउन र घटनामा संलग्न हत्यारालाई कडाभन्दा कडा सजाय दिलाउनुपर्ने मृतकका घरपरिवारले माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले मृतकका घरपरिवारले प्रशासनमा निवेदन दिएमा नेपाली दूतावासमार्फत साउदी दूतावासलाई पत्राचार गरी शव नेपाल ल्याउन पहल गरिने प्रतिबद्धता जनाएका छन् ।
मृतक मुसलमान ११ महिनाअघि काठमाडौँस्थित वर्ल्डवाइड इम्पल्वाइड कम्पनीबाट साउदी अरब गएका थिए । मृतकका एक श्रीमती, एक छोरा र दुई छोरी छन् ।
imagekhabar
काठमाडौँ, ३ माघ । भगवान बुद्धको जन्म हुँदा राजा शुद्धोधनको दरबार रहेको तिलौराकोटको उत्खननबाट दरवारको भग्नावशेषका संरचना प्राप्त भएको पुरातत्व विभागले जनाएको छ ।
‘जापानिज फण्ड इन ट्रष्ट’ संस्थाको आर्थिक र प्राविधिक सहयोगमा एक हप्ता अगाडिदेखि शुद्धोधनको राज्य कपिलवस्तुको राजधानी रहेको तिलौराकोटको उत्खनन कार्य भइरहेको छ । उत्खननका क्रममा पाइएका संरचनाले राजा शुद्धोधनको झन्डै दुई हजार ६०० वर्ष प्राचीन दरबारको भग्नावशेषका रुपमा रहेको ठूलो गाह्रो र जगको भाग भेटिएकाले थप प्रमाणका लागि उत्खनन भइरहेको विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।
“यसअघि गरिएको भूभौतिक सर्वेक्षणबाट नै दरबारको संरचना देखिएको थियो, एक हप्ताअघिदेखि सुरु भएको उत्खननबाट त्यसलाई थप पुष्टि गरेको छ, बुद्धको जन्मस्थल भारत हो भनेर दाबी भइरहेको सन्दर्भमा ठोस आधारका लागि थप उत्खनन भएको हो”- उहाँले भन्नुभयो ।
उत्खननमा विभागको पुरातत्व शाखा, त्रिभुवन विश्वविद्यालय पुरातत्व विषयका प्राध्यापक एवम् विद्यार्थी, लुम्बिनी विकास कोषका कर्मचारी, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का प्रतिनिधि, बेलायतको डुरहाम विश्वविद्यालयका प्राध्यापक रोविन कोनिङ्घम नेतृत्वको समूह र नेपालका पुरातत्वविद् कोषप्रसाद आचार्यलगायत सहभागी रहनुभएको विभागका प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिनुभयो ।
“उत्खनन कार्य फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । पाइएका प्रमाणका आधारमा विश्लेषण गरेर तथ्य सार्वजनिक गरिनेछ”– उहाँले भन्नुभयो ।
dainiknepal
माघ ३, २०७२- इरानले परमाणु कार्यक्रम अघि बढाएको भन्दै संयुक्त राष्ट्रसंघ, अमेरिका र युरोपियन युनियनले लगाउँदै आएका परमाणुसम्बन्धि र आर्थिक नाकाबन्दी हटाएका छन् ।

सन् २००६ मा इरानले परमाणु कार्यक्रम अघि बढाएपछि परमाणु गतिविधि गर्न प्रतिबन्ध र आर्थिक नाकाबन्दी लगाइएको थियो । परमाणुसम्बन्धि कार्यक्रमको निरक्षिण र अनुगमन गर्ने संस्था (आइएइए)ले इरानले परमाणु कार्यक्रमहरु घटाएको भन्दै प्रतिबन्ध फुकुवा गरेको हो । त्यससँगै अमेरिका र युरोपेली युनियनले पनि नाकाबन्दी निलम्बन गरेको जनाएका छन् ।

इरानमा यो निर्णयको स्वागत गरिएको छ । इरानी राष्ट्रपति हसन रुहानीले यो निर्णयले इरानका लागि नयाँ अध्यायको सुरुवात भएको बताएका छन् । आर्थिक नाकाबन्दी हटाइएपछि इरान अन्तर्राष्ट्रिय बैंकिङ संजालसँग जोडिन सक्नेछ भने हवाई उडानहरु पनि बढ्ने छन् । इरानले गर्दै आएको तेल कारोबारलाई पनि यसले सकारात्मक प्रभाव पार्ने मानिएको छ ।

kantipur.ekantipur.
आइतबार, ३ माघ
मुम्बई । बलिउडका कलाकारबीच प्रेम सम्बन्ध हुनु र छुट्नु नौलो विषय होइन ।
बलिउड कलाकारबीच बेलाबेलामा हुने यस्ता घटना राम्रै चर्चाको विषय भने बन्ने गरेका छन् । यतिबेला चर्चामा छ बलिउड नायक रणवीर कपुर र नायिका कट्रिना कैफको प्रेम सम्बन्ध टुटेको खबर ।
यो खबर फैलिइरहेका बेला कट्रिना भने आफ्ना पूर्वप्रेमी सलमान खानसँग भेटिएको खबरले अर्को चर्चा बटुलेको छ । उनीहरु एक पार्टीमा एकसाथ भेटिएको सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सलमानको नयाँ चलचित्र सुल्तानका निर्देशकले जुहूको एक क्लबमा पार्टीको आयोजना गरेका थिए । सोही पार्टीमा सलमान र कट्रिना भेटिएका हुन् ।
सन् २००९ मा ‘अजब प्रेम की गजब कहानी’ फिल्ममा सँगै खेलेपछि कैट्रिना रणवीर कपूरबीच प्रेम सम्बन्ध सुरु भएको थियो । तर पछिल्ला दिलहरुमा उनीहरुबीचको सम्बन्धमा ब्रेक भएको र रणवीर कैट्रिनालाई छोडेर आफ्ना बाबु आमासँगै बस्न थालेको बताइएको छ ।
निर्देशक अली अब्बासले सुल्तानका कलाकार तथा आफ्ना केही साथीहरुलाई पार्टीमा बोलाएका थिए । यस पार्टीमा कबीर खान र मिनी माथुर पनि सहभागी थिए ।
सलमान पनि पार्टीमा आउँने जानकारी जानकारी पाएपछि कैट्रिना पार्टीमा सहभागी भएकी थिइन् । निर्देशक अब्बाससँग कैट्रिनाको पनि राम्रो सम्बन्ध रहेको एक वेबसाइटले उल्लेख गरेको छ । पार्टीमा सलमान र कैट्रिना घण्टौँसम्म सँगै बसेर आपसी कुराकानी गरेका थिए ।
यसअघि रणवीरसँग प्रेम सम्बन्ध भएपछि कैट्रिना सलमानसँग टाढा भएपनि उनीहरुबीचको प्रेम सम्बन्धबारे सलमानले कहिल्यै केही बताएका थिएनन् ।
गत वर्ष एक पार्टीमा सलमानले आफूले कट्रिनालाई खान बनाउन खोजेपनि कपुर हुन लागेको भन्दै घुमाउरो भाषामा उनीप्रतिको मोह दर्शाएका थिए ।
तर हरेक असहज अवस्थामा कट्रिनालाई सघाउने गरेका सलमानले यसपटक पनि त्यही परिस्थितिका कारण कैट्रिनाले भेटेको अनुमान गरिएको छ ।
nepalsandesh
काठमाडौं ।

मधेश आन्दोलनको माग पुरा नभए सम्म काठमाडौं नफर्किने कसम खाएका राजेन्द्र महतो आफ्नो कसम तोड्दै आइतबार काठमाडौं ओर्लिए । मधेशमै समेत अतिवादी र ‘पहाडविरोधी नश्लवादी’ भन्दै आरोप खेपेका राजेन्द्र महतोले विमानस्थलमै भने “म प्रधानमन्त्रीको विशेष आग्रहमा काठमाडौं आएको हु” ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनासाथ सञ्चारकर्मीलाई महतोले भने, “समस्या समाधान हुन्न भने काठमाडौं आउँदिन भनेको थिएँ। प्रधानमन्त्रीले वार्ताबाट समाधान हुन्छ भनेर काठमाडौं आएको हुँ’ उनले अगाडी थपे ‘हुँदैन भने मधेस त छँदैछ। विश्वास दिलाएपछि आएको हुँ।” ‘पहाडविरोधी नश्लवादी’ भन्दै आरोप खेपेका राजेन्द्र महतोलाई “मधेश विरोधी नश्लवादी” को आरोप खेपेका प्रधानमन्त्रीले किन बोलाए त ? यतिबेला राजनीतिक बजारमा सबैभन्दा चर्चा र अनुमानको विषय बनेको छ यही विषय ।

ओलीको फोनले बदलिएको माहौल

गएको भदौमा सद्भावना अध्यक्ष महतोले मधेसको समस्या समाधान नभएसम्म काठमाडौं नफर्किने र पार्टीको मुख्य कार्यालय पनि मधेसमा नै सार्ने बताएका थिए। त्यसपछि सद्भावनाका सभासदहरुले संविधानसभाबाट पनि राजीनामा गरेका थिए । तिनै राजेन्द्र महतोलाई विराटनगरको जोगवनी नाकामा प्रहरीसँग भएको झडपमा प्रहरीले चुट्यो । झडपमा घाइते भएका महतोलाई उपचारका लागि पुस १७ गते दिल्ली लगिएको थियो । तर प्रधानमन्त्री ओलीको फोनले माहौल बदलिएको छ ।

मधेश आन्दोलनको नाम पनि सुन्न नचाहने पहिचान बनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस २७ गते साँझ दिल्ली रहेका महतोलाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गर्नुका साथै छिट्टै काठमाडौं फर्किन आग्रह गरे । त्यही फोनको आधारमा माहौल सकारात्मक बनेको भन्दै अडान छोडेर महतो काठमाडौं फर्किएका छन् । उनी फर्किए लगत्तै काठमाडौंको राजनीतिक माहौल पनि बदलिएको छ । यसैबीच महतो काठमाडौं ‌ओर्लिएको केही छिनमै सिंहदरवारमा जारी तीन दल र मधेशी मोर्चा सम्मिलित कार्यदलको बैठकमा सहमतिको मस्यौदा बनिरहेको बताइएको छ । यस अघि कार्यदलमा नबसेको राजेन्द्र महतोको सदभावना समेत सहमतिमा सकारात्मक बनेपछि सहमतिको माहौल बनेको हो । अव सम्भावित सहमतिपछि मधेश आन्दोलन स्थगित हुने भारतले विगत ४ महिना देखि लगाउँदै आएको नाकाबन्दी पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।

कसरी मिल्यो २ ध्रुव

ओली विपरित ध्रुवसँग एकाएक नजिकिन माहिर छन् । यस अघि एक अर्कालाई सोझो नजरले नहेर्ने एमाओवादी अध्यक्ष प्रचण्डसँग नाटकीयरुपमा एकता गरेर प्रधानमन्त्री बन्न पुगेपछि ओलीले यो कुरा पुष्टि गरिसकेका छन् ।

यस्तै पछिल्लो समय मधेशमा नाकाबन्दीको आन्दोलन र बन्द हडताल फिर्ता लिन दवाव परेपनि राजेन्द्र महतो भने लिँडे ढिपीमा थिए । मोर्चाको प्रमुख घटक सदभावना पार्टी नाका केन्द्रीत आन्दोलाई झन् कडा पार्नुपर्ने पक्षमा देखिएपछि मोर्चाकै अस्तित्व समेत संकटमा परिसकेको भन्दै उनीमाथि दवाव परिररहेको थियो । पछिल्लो समय संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोबीच सार्वजनिकरुपमा नै हिलो छ्याप्ने क्रम शुरुभएपछी मोर्चा धर्म संकटमा परेको थियो । यता प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि मधेश विरोधीकोरुपमा चित्रित गर्दै नरम बन्ने दवाव आन्तरिक र बाह्यरुपमा बढिरहेको थियो ।

शनिबार मात्र कांग्रेसको एक प्रतिनिधिमण्डलले तराइ मधेशको स्थगलगत रिपोर्ट पार्टी नेताहरुलाई बुझाउँदै प्रधानमन्त्री ओली र राजेन्द्र महतो दुवै अतिबादी भएको भन्दै दुवै प्रवृत्तिको पछि लाग्न नहुने निष्कर्ष दिएको थियो । त्यस्तै केही समय अघि नेपाली काँग्रेसका सांसद तथायुवा नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओली र राजेन्द्र महतो उस्तै भएको टिप्पणी गरेका थिए । गगन थापाले ओली पनि महतो जस्तै नश्लवादी भएको आरोप समेत लगाएका थिए ।

यसै पृष्ठभूमिमा एक अर्कालाई देख्नै नचाहने ओली र महतोलाई सम्झौतामा आउन दवाव परिरहेको थियो । धेरैको बुझाइ छ मधेश समस्याको समाधान प्रधानमन्त्री केपी ओलीकै हातमा पुगेर अड्किएको छ । ओलीले चाहेको अवस्थामा न धेरै वार्ता गर्नुपर्छ, न सहमतिको लागि महिनौ कुर्नु पर्छ । अव भने ओलीले त्यो बुझाइलाई सत्य सावित गर्ने संकेत दिएका छन् । ओलीको निम्तोमा काठमाडौं ‌ओर्लिएका महतो र ओलीको आमने सामनेले देशलाई ४ महिना देखि बन्धक बनाउने कारणको पनि अन्त्य गर्ने संकेत देखिएको छ ।nepaliheadlines
आइतबार, ३ माघ
काठमाडौं । स्वस्थ बस्नु हरेक मानिसको चाहाना हुन्छ । तर पनि नचाहेरै मानिस विरामी पर्छ वा अस्वस्थ हुन पुग्छ । स्वस्थ हुने चाहाना छ भने तपाईले आफ्नो शरीरलाई धेरै ख्याल गर्नुपर्ने हुन्छ । शरीरका कुनै यस्ता अंगहरु छन् जहाँ नाङ्गो हातले छुनु राम्रो मानिदैन ।
अमेरिकाको एरिजोना राज्यस्थित जुकरम्यान कलेज अफ पब्लिक हेल्थका एसोसिएट प्रोफेसर रेनाल्डले गरेको एक शोधले हाम्रो हातमा हुने जिवाणुका कारण रोगको संक्रमण हुने देखिएको छ ।
हात राम्रोसँग धोएपनि हातमा जिवाणुको संक्रमण तिब्र हुने उनको ठहर छ । त्यसैले शरीरका कतिपय स्थानमा नांगो हातले नछुनु नै राम्रो हुन्छ ।
१.कान
सकेसम्म कानमा औला नछिराउनुहोस र अन्य कुनै चिज पनि नहाल्नुहोस् । कानमा एयर बड प्रयोग गर्दा समेत झिल्लीमा असर पर्न सक्छ । कानमा कुनै समस्या देखिएमा तत्काल चेकजाँच गराउनुहोस् ।
२. अनुहार
कानमा मात्रै होइन औलाले सकेसम्म अनुहारमा पनि नचलाउनुहोस । औलामा हुने जिवाणुहरु अनुहारमा संक्रमण हुनसक्छ । यसले तपाईको अनुहार विगार्न सक्छ । तपाईको औलाको टुप्पामा हुने तेलले अनुहारमा हुने त्वचाको छिद्र बन्द गर्न सक्छ । यसले डण्डीफोर आउने समस्या हुन्छ ।
३.नितम्ब
तपाईले दिसा धोइसकेपछि हातलाई साबुनपानीले राम्रो सँग धुनुपर्छ । मलद्वारको नजिक हुने भागमा नितम्ब सम्म पनि मलद्वारमा हुने जीवाणुको संक्रमण हुनसक्छ ।
४.आँखा
कन्ट्याक्ट लेन्स लगाउँदा वा आँखामा केही हाल्दा औला छिराउनु हुँदैन । यसो गर्दा आँखामा जीवाणुको संक्रमण हुन सक्छ । आँखा चलाउनु परेमा पनि सुरक्षित वस्तुको प्रयोग गर्नु बुद्धिमानी हुन्छ ।
५.मुख
एक सर्वेक्षणअनुसार मानिस कुनै तनावमा परेभने मुखमा औला हाल्ने गर्छन । मानिसहरुले एक घन्टामा औषत २३ पटकसम्म मुखमा औला पु¥याउने गर्छन । यसो गर्नु घातक हुनसक्छ । तपाईको औलामा भएको जीवाणु मुखबाट शरीरमा प्रवेश गर्छ ।
६. नाक
मुख र कान जस्तै नाकमा पनि औला हाल्ने बानी खराब हो । सामान्य समयमा भन्दा नाकमा औला हाल्दा औलामा भएको स्टेफिलोकोकस ब्याक्टेरिया संक्रमण हुने खतरा ५१ प्रतिशत बढी हुन्छ ।
७.नङको छाला
ब्याक्टेलियालाई फैलिनबाट रोक्नका लागि नङ काट्नु राम्रो हुन्छ । तर, नङ सफा गर्दा अर्को नङ वा औलाको प्रयोग भने गर्नु हुँदैन । नङ सफा गर्दा ब्रस प्रयोग गर्नु राम्रो हुन्छ । नङको छालामा अर्को औला वा नङ हाल्दा ओनिकोलाइसिसको खतरा हुन्छ ।
nepalsandesh
जाडोमा सुख्खा खोकीले धेरैलाई सताउने गर्छ । यदी तपाई राती धेरै खोकिरहनु भएको छ भने त्यसका लागि तत्कालै घरमै हुनसक्ने समाधानहरु पनि छन् । निम्न उपाय अपनाउँदा तपाईको खोकी बन्द हुनसक्छ : नुनपानीमा अदुवा मिसाउनुहोस् एक कप पानीमा केही नुन र अदुवा मिसाएर पिउनुहोस् ।
तत्कालै केही सराकात्मक अनुभव गर्नुहुनेछ । मह खानुहोस् रातभर खोकी लाग्यो भने महको सेवन गर्नुहोस् । महले तपाईको खोकी बन्द गराउँछ । अदुवा हालेर चिया पिउनुहोस् राती खाटमा पल्टनुअघि अदुवा मिसाएर तातो चिया खानुहोस् । यसले पनि खोकी कम हुन्छ । टाउको माथि राख्नुहोस् तपाईले आराम गर्दा टाउकोलाई माथि ठाडो बनाएर आराम गर्नुहोस् । यसरी केही समय शिर ठाडो गरेर बस्दा खोकी कम हुन्छ । ratopati
३ माघ, काठमाडौं ।

प्रमुख ३ दल र मधेशी मोर्चाको कार्यदलले सम्भावित सहमतिको मस्यौदा तयार पार्ने काम थालेको छ । अहिले सिंहदरवारमा जारी कार्यदलको बैठकमा सहमतिको मस्यौदा बनिरहेको सहभागी नेताहरुले जानकारी दिएका छन् ।

कार्यदलमा विवादमा रहेको संघीय सीमाङ्कनको ३ महिना भित्र राजनीतिक संयन्त्रमार्फत टुङ्गो लगाउन सहमति भएको बताइएको छ ।


गत शुक्रबारको कार्यदल बैठकमा तीन ठूला दलका तर्फबाट नेताहरुले शीर्ष नेतृत्वबीच शनिबार बिहान छलफल हुने, त्यसका आधारमा कार्यदल फेरि बस्ने आश्वासन दिएका थिए ।

सम्भावित राजनीतिक संयन्त्रलाई तीन महिनाको कार्यादेश दिने, मधेस आन्दोलनलगायत हालसम्म सीमांकनबारे आएका अध्ययन प्रतिवेदनलाई समेत सन्दर्भ सामग्रीका रुपमा समेटै त्यसले अध्ययन गर्ने र संयन्त्रले दिने निष्कर्षलाई संसदबाट पारित गर्दै संविधान संशोधन गर्ने सहितको सहमतिमा हस्ताक्षेर हुने सम्भावना देखिएको छ ।

केही दिनमै नाकाबन्दी अन्त्यको घोषणा- सञ्चार मन्त्री राइ

विमानस्थलबाटै महतोले भने- उधारो सम्झौता हुँदैन

यस अघि कार्यदलमा नबसेको राजेन्द्र महतोको सदभावना समेत सहमतिमा सकारात्मक बनेपछि सहमतिको माहौल बनेको हो । अव सम्भावित सहमतिपछि मधेश आन्दोलन स्थगित हुने भारतले विगत ४ महिना देखि लगाउँदै आएको नाकाबन्दी पनि अन्त्य हुने अपेक्षा गरिएको छ ।nepaliheadlines
काठमाडौं, ३ माघ । प्रमुख तीन दल र मधेसी मोर्चाको कार्यदलबीच सिंहदरबारमा बैठक सुरु भएको छ ।
विवादित विषयमा सहमति जुटाउन बसेको बैठकमा मधेसी मोर्चाले राखेका ११ बुँदे मागका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।
मधेसी मोर्चाका अन्य माग संविधान संशोधन विधेयकबाट पुरा हुने निश्चित भएपछि सीमांकनमा अझै विवाद कायम छ । आजको बैठकबाट सीमाकंनबारे टुंगो लाग्ने नेताहरुको विश्वास छ ।
यसअघि शनिबार प्रमुख तीन दलका शीर्ष नेताको बैठकले मधेसी मोर्चाको माग सम्बोधन गर्न राजनीतिक संयन्त्र गठन गर्ने र त्यसलाई बैधानिकता दिन संयन्त्रलाई संसदबाट अनुमोदन गराउने निर्णय गरेको थियो ।
आजको बैठकमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीका प्रतिनिधि पनि सहभागी छन् ।
dainiknepal
अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले सूर्यबाट आगो निस्किँदै गरेको भिडियो सार्वजनिक गरेको छ । यो यस प्रकारको पहिलो भिडियो हो ।

नासाले जारी गरेको ३० मिनेटको भिडियोमा चकित पार्ने खालका शट छन् । यो दृष्य नासाको सोलार डायनामिक अब्जर्भेटरी (SDO) ले खिचेको हो । यो दृष्य खिच्ने एयरक्राफ्ट सन् २०१० मा लञ्च गरिएको थियो ।


नासाले यूट्यूव च्यानलमा यो भिडियो पोष्ट गरेको छ । हाइडेफिनिसन भिडियोमा सूर्यको सौर्य शक्ति अनुमान गर्न मद्दत पुग्ने बैज्ञानिकहरुको भनाइ छ ।nepaliheadlines


काठमाडौ, ३ माघ । नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब पनि सरकारले उधारो कारोबार गर्न खोजे ठूलो मूल्य चुकाउनुपर्ने बताएका छन् । दुई साताभन्दा बढी समय भारतमा उपचारका क्रममा बिताएका महतोली त्रिभुवन विमानस्थल ओर्ले लगत्तै संचारकर्मीलाई प्रत्रिक्रिया दिँदै भने प्रधानमन्त्रीले बोलाएका कारण दिल्लीबाट काठमाडौं आएको हुँ ।

पुस १७ मा उपचारका लागि भन्दै दिल्ली उडेका महतोले आइतबार साँझ ७ बजे प्रधानमन्त्रीलाई भेट्ने कार्यक्रम छ । प्रधानमन्त्रीले फोन गरेर तपाई काठमाडौं आउनुस्, समस्या समाधान हुन्छ भन्नु भएको छ । त्यही आशा लिएर आएको छु ।

अब हामीलाई निराश बनाएर फेरी आन्दोलन गर्न उहाँहरुलेब ाध्य पार्नु हुने छैन भन्ने विश्वास लिएका छौँ, उनले भने यदी अब पनि सरकारले अन्य चलखेल गर्न खोजे शसक्त आन्दोलनमा जाने चेतावनी उनले दिए ।

महतोले आज साँझ नै प्रधानमन्त्री ओलीलाई भेटेपछि भोली कांग्रेस सभापति सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
etajakhabar
बारा, माघ ३ । बारामा लगाइएको आलु खेतीमा रोगको प्रकोप बढेपछि किसान चिन्तित बनेका छन् ।
फल्ने बेलामा आलुको बिरुवा सुक्न थालेपछि लगाएको खर्चसमेत उठ्न नसक्ने चिन्ताले किसान पिरोलिएका हुन् ।
किसानहरुले रोग नियन्त्रणका लागि विभिन्न औषधि प्रयोग गरेका छन् । तर आलुको बिरुवा सुक्ने क्रम रोकिएको छैन । लगातारको तराई आन्दोलनका कारण किसानको खेतमा गएर निरीक्षण गर्न नपाएको जिल्ला कृषि विकास कार्यालय बाराले जनाएको छ ।
आलु उत्पादनका लागि बारा पकेट क्षेत्र मानिँदै आएको छ । जिल्लामै कुल खेती योग्य जग्गामध्ये सात हजार हेक्टर क्षेत्रफल जग्गामा किसानले आलु खेती गर्दै आएका छन् ।
imagekhabar
माघ ३, काठमाण्डौं । नेपाली बैज्ञानिकले काठमाडौमा तत्काल ठुलो भुइचालो जान सक्ने भन्दै भइरहेका चर्चाबाट नआत्तिन आग्रह गरेका छन ।
बेलायती बैज्ञानिकले गत बैसाख १२ गतेको भुकम्पका कारण सम्पुर्ण शक्ति निस्किन नसकेको भन्दै काठमाडौ आसपासमा अर्को ठुलो भुकम्प जान सक्ने अनुमान सार्वजनिक गरेका थिए । रेडियो कान्तिपुरसंग आज कुरा गर्दै खानी तथा भुगर्भ विभागका उपमहानिर्देशक सोमनाथ सापकोटाले काठमाडौ मुनी शक्ति बांकि रहेपनि तत्काल ठुलो भुकम्प जानसक्ने संभावना भने कम रहेको बताउनुभयो ।
इतिहासमा यस्ता घटना भएको उदाहरण दिदै उहाँले बेलायती बैज्ञानिकको अनुसन्धानले एउटा मात्र पाटोलाइ उजागर गरेको बताउनुभयो । यस्तो शक्ति चुरे क्षेत्रमा जाने साना भुइचालो अथवा पछि अर्को ठुलो भुइचालो जांदा निस्कने संभावना बढी रहने उहाँको भनाइ छ । नेपाल सधैभरी भुकम्पीय जोखिममा रहेकाले त्यसअनुसारको तयारी भने अघि बढाउनुपर्ने बैज्ञानिक सापकोटाको भनाइ छ ।  
ekantipur
काठमाडौ । सूचना तथा सञ्चार मन्त्री शेरधन राईले सरकार केही दिनमै नेपालम जारी रहेको अघोषित नाकाबन्दी र राजनीतिक समस्या अन्त्य भएको घोषणा गर्ने तयारीमा रहेको बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले आईतवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मोर्चासँग सकारात्मक सहमतिमा पुग्दैछौ । केही दिनमा शिर्ष तहमा छलफल गरेर राजनीतिक संकट समाधानको घोषणा गर्दैछौ । राष्ट्रिय स्वाभिमानलाई झुक्न नदिने गरी कुटनीतिक तहमा छलफल भएको छ फलस्वरुप अघोषित नाकाबन्दी अन्त्यको घोषणा गर्दैछौ ।’
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा मन्त्री राईले मधेसी मोर्चासँग सहमति भईसकेको दावी गर्दै सीमांकनमा राजनीतिक संयन्त्रलाई तीन महिनाको समय दिने र त्यसलाई संसदबाट बैद्यानिकता दिने बताए ।
उनले संविधान जारी भएको डेढ महिना संविधान कार्यान्वयन गर्न सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन गर्न, सरकार गठन हुनु अघिकै समस्याको रुपमा रहेको अघोषित नकाबन्दी र त्यसबाट उत्पन्न मानवीय संकट समाधानलाई पहिलो प्राथमिकतमा राखेर समय खर्चिनु परेको भन्दै यसमा मुलुकको राष्ट्रिय स्वाभिमान झुक्न नदिई मुलुकलाई निकास दिन सरकार सफल भएको दावी गरे ।
मन्त्री राईले नाकाबन्दी अन्त्य, मधेसको समस्य समाधान, पुर्ननिर्माण विद्येयक, प्राधिकरण गठन गरेर महाअभियानको सुरुवात जस्ता कारणले सरकार सफल भएको दावी गर्दै बाहिर हल्ला फैलाईए जस्तो सरकारले केही गर्न सकेन भनेर शिर निहुँर्याउने अवस्था नरहेको बताए ।
उनले भने,‘ सरकारले सय दिनमा गरेको काम बुझ्ने गरी जनतालाई जानकारी दिने तयारी गरिरहेका छौ । प्रतिकुल परिस्थितिमा बनेको सरकारले राजनीतिक र कुटनीतिक समस्या समाधान गर्नु , अलपत्र परेको पुर्ननिर्माण विद्येयक पारित गराउनु, प्राधिकरण गठन गर्नु, पुर्ननिर्माण महाअभियान सुरु गर्नु, भुकम्प पीडितलाई न्यानोकोलागि १० हजार दिनु, प्रत्येक परिवारलाई दुई लाख अनुदान र थप सहुलियत कर्जा कार्यान्वयनमा लैजानु, दुई वर्षे सुधारको योजना ल्याउनु, विकासलाई तिब्रता दिन उच्चस्तरीय अनुगमन तथा निर्देशा समिति गठन गरेर काम सुरु हुनु । चीनसँग दिर्घकालिन रुपमा ब्यापार पारवहन तथा ईन्धन सम्झौताको आधार तयार हुनु सरकारको उपलब्धि हो ।’
मन्त्री राईले सरकारले गतिलिन नसकी रहेको भनि भएको आलोचनाको विषयमा सरकार राम्ररी जानकार रहेको स्पष्ट पार्दै भने,‘ सरकारलाई हेक्का छ संविधान कार्यान्वयनमा लानु पर्ने, मुलुकका शान्ति, सुरक्षा शुसासन काम गर्न जुन रफ्तारमा जानु पर्ने थियो तर मुलुक समस्यामा भएको, असहज परिस्थितिमा रहेकोले सकेन तर मुलुकलाई निकास दिन सरकार सफल भएको छ, यो महत्वपूर्ण उपलब्धि हो ।’
उनले मन्त्री परिषदको आकार ठूलो भएको सन्दर्भमा संविधान कार्यान्वयन गर्ने कामको लागि सरकार ठूलो भएको भन्दै मुलुकको समस्या समाधान गर्न दलहरु एक ठाँउमा उभिनु पर्ने भएकोले यो अहिलेको आवश्यकता भएको दावी गरे ।
मन्त्री राईले प्रधानमन्त्रीको लोडसेडिङ एक वर्षभित्र अन्त्य गर्ने घोषणालाई हल्का रुपमा लिएर हावादारी टिप्पणी नगर्न आग्रह गर्दै एउटा राजनीतिज्ञ, मुलुकको कार्यकारी प्रमुखले देखेको सपना र महत्वकांक्षलाई कार्यान्वयन गर्ने दावी गरे ।
उनले भने,‘ मुलुकको कार्यकारी प्रमुखले देखेको सपनालाई हावादारी भनि टिप्पणी गर्ने, हावा, सौर्य उर्जा र जलविद्युत निर्माणलाई तिब्रता दिने विषयमा किन छलफल नगर्ने ? त्यसो भए के प्रधानमन्त्रीले एक सय वर्ष पनि लोडसेडिङ अन्त्य हुँदैन भन्ने ? कसरी लोडसेडिङ अन्त्य हुन्छ भन्ने योजना केही दिनमै ल्याउँछौ । राजनीतिक निकासपछि विकासको एजेण्डामा केन्द्रीत भएर अघि बढ्छौ ।’
मन्त्री राईले एक खाले संविधान कार्यान्वयन हुनै नदिने र अर्को संविधान जारी गर्न सहकार्य गर्ने पक्ष उदासिन भएको आरोप लगाउँदै यी दुबै खाले चरित्र अहिले मुलुककोलागि खतरनाक भएको टिप्पणी गरे ।
उनले मुलुकले निकास पाएपछि प्रधानमन्त्रीले दुई छिमेकी चीन र भारतको भ्रमण गर्ने गरी आन्तरिक तयारी सुरु भईसकेको जानकारी दिदै कुन मुलुकको पहिलो भ्रमण भन्ने कुराको अर्थ नहुने दावी गरे ।
nepalsandesh
काठमाडौं, ३ माघ । नेपाल आयल निगमले इन्धनको मूल्य घटाउने तयारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर घट्न थालेपछि निगमले सोमबारदेखि लागू हुनेगरी इन्धनको मूल्य समायोजन गर्न लागेको हो ।
निगमका कार्यकारी निर्देशक गोपाल खड्काले अन्तर्राष्ट्रिय बजारमा इन्धनको घट्दो मूल्यलाई समायोजन गर्न निगमले आवश्यक तयारी गरेको भन्दै प्रतिलिटरमा चारदेखि पाँच रुपैयाँ घटाइने बताए ।
उनका अनुसार इण्डियन आयल कर्पाेरेशन(आईओसी)बाट शनिबार प्राप्त भएको नयाँ मूल्य सूचीको आधारमा नेपालमा मूल्य समायोजन गरी सोमबारसम्म नयाँ मूल्य सूची सार्वजनिक गर्ने तयारी निगमको छ ।
निगमले प्रतिलिटर चार रुपैयाँसम्म मूल्य घटाए पेट्रोल एक सय, डिजेल र मट्टीतेल ७८ रुपैयाँ प्रतिलिटरमा झर्नेछ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home