• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२७ पुस, साउदी अरब।
नेपाल र साउदी अरबबीच हुने श्रम सम्झौताका विषयमा छलफल गर्न श्रम सचिव रामकुमार आचार्यको नेतृत्वमा तीन सदस्यीय प्राविधिक टोली आइतबार राति रियाद आइपुगेको छ ।

टोलीमा परराष्ट्र मन्त्रालयका सहसचिव रमेशप्रसाद खनाल र श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्दमणि भुर्तेल पनि छन्। साउदी सरकारको निमन्त्रणामा टोली रियाद आएको हो ।


टोलीले साउदीको श्रम सचिवस्तरीय प्राविधिक टोलीसँग छलफल गर्ने साउदीका लागि कार्यवाहक नेपाली राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिए । श्रम सचिवस्तरीय वार्तामा मूलतः प्रस्तावित श्रम सम्झौता, साधारण कामदार र घरेलु महिला कामदार लगायतका विषयमा छलफल हुने बताइएको छ । दुबै देशका प्राविधिक टोलीको छलफलपछि श्रम सम्झौताको अन्तिम खाका तयार गरिने र श्रम सम्झौताको मिति तय गरिने कार्यक्रम रहेको छ ।

नेपाली कामदारका लागि ठूलो श्रम बजारका रुपमा लिइएको साउदी अरबसँग लामो समयदेखि श्रम सम्झौता हुन नसक्दा नेपाली कामदारहरुले सम्झौता अनुसारको काम नपाउने, तोकिएको अवधिभन्दा बढी काम गर्नुपर्ने, करार अवधि सकिए पनि स्वदेश फर्कन नपाउने, श्रम शोषण, मानसिक तथा शारीरिक यातना भोग्नुपर्नेलगायतका समस्या झेल्नु परिरहेको छ ।

त्यस्तै कामदारको मृत्यु भएको खण्डमा साउदीबाट शव फिर्ता गर्न न्यूनतम तीन महिना लाग्ने लगायतका समस्याले नेपाली कामदार मर्कामा पर्ने गरेका छन् । पछिल्लो समय नेपाली कामदारका लागि साउदी अरब आकर्षक गन्तव्य मुलुक बनेको छ ।nepaliheadlines
काठमाडौं: 'सिमसिमे पानीमा' बोलको  गीत गाएर चर्चित भएकी गायिका रेखा शाह ठगी अभियोगमा पक्राउ परेकी छन् ।

धम्की दिएको अभियोगमा उनलाई आइतबार राति महानगरीय प्रहरी परिसरले हिरासतमा लिएको हो ।


क्यासिनोमा जुवा खेलाउनका लागि शाह दम्पत्तीले एक व्यक्तिलाई लगानी गरेको रकम उठाउनका लागि धम्की दिएको अभियोगमा प्रहरीले उनीहरुलाई हिरासतमा लिएको हो।

धम्की दिएको बारेमा बोलाएर महानगरीय प्रहरी परिसरमा पुगेका साह दम्पत्तीले परिसर प्रमुख एसएसपी विक्रमसिंह थापालाई धम्की दिएपछि दुबैजनालाई प्रहरीले हिरासतमा राखेको हो।

ब्याज तिर्ने शर्तमा क्यासिनो खेल्न काठमाडौंकै सन्दीपराज काफ्लेले लगेको रकम नतिरी उनी बेपत्ता भएपछि साह दम्पत्तीले उनका बाबु सुबासराजलाई रकम तिर्न दबाब दिँदै धम्यक्याएको आरोप लागेको छ।

सन्दीपले साह दम्पत्तीबाट क्यासिनो खेल्नका लागि करिब ७३ रुपैयाँ लगेको प्रहरी स्रोतको भनाइ छ।
annapurnapost
काठमाडौं, २७ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केपी ओली नेतृत्वको वर्तमान सरकारलाई उल्लुको संज्ञा दिएका छन् ।
सोमबार राजधानीमा मधेसी पत्रकार समाजले दिल्लीमा रहेका अध्यक्ष महतोसँग टेलिफोनमार्फत आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले भने– ‘अहिलेको सरकार उल्लु (लाटोकोसेरो)को झुण्ड जस्तो छ, जसले मधेसमा भइरहेको आन्दोलन देखेको छैन ।’
मधेश झण्डै पाँच महिनादेखि बन्द हुँदा पनि ओली सरकार अन्धो जस्तो गरेर बसिरहेका भन्दै महतोले यो अवस्था देशको लागि हानिकारक भएको चेतावनी दिए । मधेसीहरु देशभित्र अधिकार खोजिरहेका छन् तर, सरकारले मधेसको आवाज बन्दुकले जबर्जस्त दवाउन खोजेको उनको आरोप छ । उनले मधेसीहरु आफ्नो अधिकार माग्दा भारतीय देख्ने नजर पहिला परिवर्तन गर्नुपर्ने बताए ।
आफूले अहिले दिल्लीमा भारतका विभिन्न नेताहरुसँग भेट्ने क्रम जारी भन्दै महतोले मधेसका समस्या समाधान दिल्लीले गर्न ओली सरकारलाई सुझाव दिएको पाएको बताए । ‘मधेस आन्दोलन दिल्लीको हो भन्नेहरु केही समयपछि दिल्ली आउँदैछ आफ्नो दरबारमा लम्पसार पर्न,’ प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणलाई लक्षित गर्दै अध्यक्ष महतो भने- ‘अब भारत परास्त को हुन् भने कुरा केही समयपछि थाहा हुन्छ ।’
म केही सातापछि नेपाल फर्किन्छु र मधेसको समस्या समाधान नहुनजेल नाकामा फेरी धर्ना बस्छु अध्यक्ष महतो थपे, मधेशको माग पुरा नभएसम्म नाकाबन्दी खुल्दैन, हामी वारपारको लडाइँमा छौँ ।
नेपाल फर्केपछि काठमाडौंमा रहनु भएको मधेसी शीर्ष नेताहरुलाई बोलाएर फेरी नाकामा बस्छौँ । सरकारले वार्ताको नाटक मात्र गरिरहेका छन्, । अब मधेसका नागरिक सरकारसँग नगदमा कारोबार गर्छ, उदारो होइन ।
अध्यक्ष महतोले मधेस कसैको उपनिवेश होइन, त्यो कुरा ओली सरकारले बुझ्नुपर्ने बताए । उनले वर्तमान संविधान संशोधनलाई आफूहरुले स्वीकार गर्न नसक्ने पनि बताए ।
dainiknepal
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका २ का ३५ बर्षीय रामपृत सदा मुसहरको एउटा सानो झुप्डी छ । जहाँ उनका ६ जना परिवारका सदस्यहरु रात विताउँछन् ।
पुस माघको लुगलुग कापने कठ्याङग्रीदो जाडोमा न्यानो ओड्ने औछ्याउनेको अभावमा सदाका परिवारका सदस्यहरु महिनौ दिनदेखि मस्तले निदाउन सकेका छैन । परिवारका सदस्यलाई आर्थिक अभावले बढ्दो जाडोमा न्यानो लुगा किनीदिन सकेका छैन । उनको झुपडी बाहेकको अरु जग्गा जमिन छैन । दिनभरी जंगल गएर ल्याएको दाउरा बिक्री गरेर आएको रुपैंयाले रामपृतको चुलोमा राति आगो बल्छ । जुन दिन जंगलबाट दाउरा ल्याउन सक्दैन वा जंगलबाट ल्याएको दाउरा बिक्री हुदैंन त्यो दिने दिन राति चुल्हो बल्न मुसकिल नै पर्छ ।
मधेशी दलित समुदायका सदा मुसहर बस्तीको एउटा प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्ता त्यस बस्तिका करिब ६० घरधुरीका ४२० जना मानिसहरु चिसो संगै चलेको शितलको कारणले रातभरी जाग्राम बसेर भगवान्को भरमा रात बिताउदै आएका छन् । यसरी जीवन बिताउन बाध्य भएपनि मुसहर समुदायका मानिसहरु कसैलाई भन्न आँट गर्दैन । जाडोसंग उनीहरु साइनो नै गाँसेको देखिन्छ ।

मुसहरहरुको जीवन नियाल्न केही दिन अघि नेपालका हाँस्य कालाकार धुर्मुश र सुन्तली पुगेका थिए । मुसहरहरुको घर घर पसेर उनीहरुको जीवन नियाल्दा धुर्मुश र सुन्तली भावुक बनेका थिए । कालाकारद्वयले मुसहरु समुदायका मानिसहरुसंग उनीहरुका दिन चर्या कसरी चलिरहेको बारेमा करिब २ घण्टा सम्म कुराकानी गरेका थिए ।
उनीहरु मुसहरका बालबालिकाहरुको अवस्था हेर्दा निकै चिन्तित बनेका थिए । जब मुसहर बस्तिमा हास्यकालाकार धुर्मुश र सुन्तली पुग्दा गाउँ भरीका मानिसहरु जम्मा भएका थिए । उनीहरुले कालाकारले हसाउने सोचेका थिए । तर त्यहाँ हास्यकालकार नै भावुक बनेपछि गाउँका मानिसहरु कानेखुशी गर्न थालेका थिए । घर छेउमै एक सय मिटरको दुरीमा जनता मावि छन् । त्या अन्य ठाउँका बालबालिका पढ्न आउँछन् । तर मुसहर बस्तिका बालबालिका विद्यालय पढ्न जान सकेका छैन । मुसहर समुदायका केटाकेटीहरू घर छेउमै विद्यालय भएपनि थोरै बालबालिका मात्रै विद्यालय जान्छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास चोक भन्दा दुई किलोमिटर दक्षिण पर्ने मुसहर बस्ती पर्दछ । करिब ४२० जना मुसहरहरुको बसोबास यस बस्तिमा छ । पुरुषको तुलनमा मुसहर बस्तीमा अलि महिलाहरुको संख्या बढी नै छ । महिला २१५, पुरुष २०५ र १ देखि १५ बर्षका १५० जना बालबालिकाहरु यस बस्तीमा छन् । बस्तीकै छेउमा प्राथमिक तहदेखि स्नातकसम्मको अध्यापन गराइने जनता उच्च मावि तथा बहुमुखी क्याम्पस पनि छ । बस्तीबाट विद्यालय पुग्न दुई मिनेट पनि लाग्दैन । तर, मुसहर टोलका अधिकांश बालबालिका विद्यालय जाँदैनन् । यो टोलमा विद्यालय जाने उमेरका झण्डै १२० जना बालबालिका भए पनि मुस्किलले पाँच सात जना बच्चाबुची विद्यालय जाने गरेका छैन ।

राजमार्गसँगै जोडिएको यो मुसहर बस्ति सुगम ठाउँमा भएर पनि बर्दिबासको यो बस्तीका मुसहर समुदायमा अझै पनि पढ्नु पर्छ भन्ने उनीहरुमा चेतनाको खाँचो देखिन्छ । यहाँका मुसहर बर्दिबासका सबै भन्दा पुराना बासिन्दा हुन् । उनीहरूकै बाउ बाजेले जङ्गल फँडानी गरेर बर्दिबासमा बस्ती बसाएको जानकारहरू बताउँछन् । तर, उनीहरु कसैको पनि एउटा झुपडी अट्ने भन्दा धेरै जमिन छैन । अंधिकासको त्यो पनि ऐलानीमै घर छ ।
यो सिङ्गो बस्तीका एक किशोर बाहेक सबैलाई ‘कालो अक्षर भैँसी बराबर’ भने जस्तै छ । सिङ्गो मुसहर बस्तीमा १८ वर्षीय किशोर मञ्जय सदा मात्रै साक्षर छन् । लक्ष्मी सदाको छोरा मञ्जय आफ्नो घरनजिकैको जनता उच्च माविमा कक्षा ११ मा वाणिज्य संकायमा पढै्छन् । मञ्जय बाहेक यो सिङ्गो बस्तीमा अक्षर चिन्ने धेरै कम छ । मञ्जयको प्रभावले बस्तीका पाँच–सात जना बालबालिका महिनामा दुई–चार दिन विद्यालय त जान्छन् तर, कसैले पनि साउँ अक्षर खुट्याउनसम्म जानेका छैनन् ।

गरिबी र चेतनाको अभावले आक्रान्त मुसहर बस्तीमा सरकारी तथा गैर सरकारी निकायले शैक्षिक जागरण ल्याउन धेरै अभियानहरू चलाए । तर, ती सबै अभियानहरुले निरन्तरता नपाउँदा बालुवामा पानी हाले जस्तै भएको सो बस्ति वरिपरिका बासिन्दाहरु बताउँछन् । अर्काको बनीबुतो, जंगलबाटल दाउरो ल्गाएर बजारमा बिक्री गर्ने र ज्याला मजदुरी गरेर बिहान बेलुकाको छाक टार्ने दलित बस्तीका अधिकांश अभिभावकका ४–५ जना बालबालिका छन् ।
आफ्ना ६ जना छोराछोरी भए पनि कसैलाई पढन् नपठाएको बताउँछन् सबत सदा । विद्यालय जाने उमेरका तीन छोरा र तीन छोरी भए पनि उनीहरु कसैलाई सबतले बिद्यालयमा भर्ना गरेका छैनन् । ‘घरमा खाने छैन, के ले पढाउनु । हामीले त पढेनौँ अब छोराछोरीलाई किन पढाउनु प¥यो,’ सबतले भने । बालबालिकाले पनि आफूलाई ज्याला मजदुरी र बनिबुतो गर्न सघाउने गरेको उनको भनाइ छ ।
जन्मान्तरको लागि परिवार नियोजनको गर्नुपर्छ भन्ने जानकारी पनि मुसहर बस्तिमा सन्देश पुगेको छैन । परिवार नियोजन गर्नुपर्ने सन्देशको खाँचो यहाँका महिला पुरुषलाई छ । मुसहरहरुको सानो बस्तिमा बर्सोनी जन्मिने बाच्चाहरुको संख्या बढ्दा बस्ती बाल बगैँचा झैँ भएको छ । सो बस्तिका रामपृत सदाको पनि दुई छोरा र दुई छोरी सहित चार जना सन्तान छन् । यद्यपी मुसहरहरु आ–आफ्ना बालबालिकाहरुको जन्म दर्ता समेत गराउँदैनन् । सरकारी अस्पतालबाट निःशुल्क उपचार र औषधी उपलब्ध भएपनि टिकट काट्ने पैसाको अभावमा सेवा पाउनबाट बञ्चित हुनुपरेको बताउँछन् रामपृत सदा । सरसफाईको अभावमा उनिहरु विरामी परिरहन्छन् ।

चेतनाको अभावका कारण मुसहर बस्तिमा बालविवाह हुने गरेको छ । सो बस्तिका रंजु सदालाई आफू कति बर्षको हुँ भन्न सक्दैन । तर उनले आफ्नो काँखमा ४ महिनाको मुसकुराउँदै गरेकी छोरी खेलाउँदै गरेको छिन् । झट् हेर्दा उनको उमेर १३–१४ बर्ष भन्दा बढि भएको छैन । उनी जस्ता धेरै बालिकाहरुको २० बर्ष नपुग्दै कलिलो उमेरमै विवाह अभिभावकहरुले गरिदिने गरेका छन् ।
धुर्मुश र सुन्तली मुसहर बस्तीको यी यावत कुरा सुनेपछि मुसहर बस्तिका बालबालिकाहरु किन गाउँ छेउमै रहेको स्कूलमा किन पढ्न गइरहेका छैन्न भनेर जनता उच्च मावि बर्दिवासमा पुगेका थिए । हास्यकालाकार धुर्मुश र सुन्तलीले विद्यालयका सहायक प्रधानाध्यापक दिलिप तिवारीसंग भेट्न पुगेका थिए ।
बार्तालापका क्रममा सहायक प्रअ तिवारीले आफूहरूले जति नै गर्दा पनि विद्यालय नजिकैको मुसहर बस्तीमा पढ्नुपर्छ भन्ने चेतनाको विकास हुन नसकेको बताए । ‘हामी बर्सोनी नयाँ शैक्षिक सत्रको शुरुमा मुसहर बस्तीलाई केन्द्रित गरेर विद्यार्थी भर्ना अभियान चलाउँछौ’, तिवारीले भने ‘तर एउटा बालक मञ्जय बाहेक सिङ्गो मुसहर बस्तीमा अभियानको कुनै प्रभाव पर्न सकेको छैन ।’
विद्यार्थी भर्ना अभियानको क्रममा शिक्षक शिक्षिकाले धेरै करकाप गरेपछि कतिपय अभिभावकले आफ्ना बालबालिकालाई विद्यालयमा भर्नासम्म गर्ने गरेका छन् । अहिले पनि विद्यालयको भर्ना रजिष्टरमा धेरै बालबालिकाहरुको नाम छ तर, भर्ना भएको भोलिपल्ट देखि नै उनीहरु विद्यालय आउदैन । कतिपय अभिभावकले सरकारले दिने छात्रबृतिको रकम लिनको लागि मात्रै भए पनि आफ्ना बालबालिकालाई बिद्यालयमा भर्ना गर्ने गरेका शिक्षक तिवारीले बताए ।
धेरैलाई त विद्यालयमा पढ्ने दलित बालबालिकालाई सरकारले छात्रबृतिको रकम दिन्छ भन्नेसम्म पनि थाहा छैन । अभिभावकमै पढ्नु पर्छ भन्ने चेतना छैन, हामीले मात्र पढ्नु पर्छ भनेर कति कर गर्नु, शिक्षक तिवारीले प्रति प्रश्न गरे ।
धुर्मुश र सुन्तलीले एकै स्वरमा साहेक प्रअ तिवारीलाई भने, ‘मुसहर बस्तीको बालबालिकाहरुलाई कसरी शिक्षा प्रदान गर्ने तपाईहरुको पनि जिम्मेवारी हो । मुसहरका बालबालिकाहरु पनि पढ्न यो विद्यालय संचालन गरिएको हो । त्यसैले भर्ना अभियानमा मात्र होइन अन्य समयमा बालबालिका अभिभावक र यिनका सरोकारवालाहरुलाई मुसहर बस्तिको सुधारको लागि के गर्नु पर्छ अब’ भन्दै हास्यकालकार विद्यालयबाट फर्किएका थिए ।

यो मुसहर बस्तीमा धेरै गैरसरकारी क्रियाशील छन् । न्यून आय भएका मुसहर समुदायको आयआर्जन बढाउने र उनीहरूको शैक्षिक चेतना जगाउने नाममा यो बस्तीमा गैससले बर्सोनी लाखौँ रुपियाँ खर्च गर्ने गरेका छन् । तर, त्यसको उपलव्धी भने शून्य जस्तै छ । बर्दिबास गाविसलाई दश महिना अघि नै खुल्ला दिशा मुक्तक्षेत्र घोषणा गरिए पनि साविकको बर्दिबास गाविस भित्रकै यो बस्तीका अधिकांश घरमा शौचालयको सुविधा छैन । कतिपय घरमा गाविस कार्यालय र विभिन्न गैरसरकारी संस्थाहरूले खुल्ला दिशा मुक्त क्षेत्र घोषणाताका काम चलाउ खालको शौचालय निर्माण गरिदिएका भए पनि सम्बन्धित परिवारले त्यसको प्रयोग नगरी खुल्ला ठाउँमा दिशा पिसाब गर्दै आएका छन् । पानीको अभावमा धेरैले चर्पि प्रयोग नगरेको बसितमा मनयज सदा बताउछन् ।
उनीहरुको घर घरमा खानेपानीको धारा स्टेन्ड बनाइएको छ । मुसहर बस्तिमा खानेपानी पु¥यान स्टेन्ड बनाइयो तर त्यहाँबाट अहिले सम्म पानी झरेको छैन । ४२० जनाका लागि मुसहर बस्तिका मानिसहरु बस्ति भन्दा टाढा रहेका सार्वजनीक पानी टयांकीमा घण्टौं लामबद्ध भएर पानी भर्ने गरेका छन् ।
मुसहर बस्ति अवलोकन गरेर फर्किएपछि हास्यकालाकार धुर्मुश र सुन्तलीले मुसहर बस्तिको एकिकृत विकासको लागि आफुहरु पनि लाग्ने बताए । साथै यस बस्तिको विकासको लागि सरोकारावालाहरुलाई सहयोग गर्न सार्वजनिक रुपमा उनीहरुले अपिल गरेका छन् ।
dainiknepal
दैनिक ८ गिलास पानी पिउने दैनिक साग खाने खानामा सलाद समावेश गर्ने टुसा उम्रेका अनाज खाने बिहान उठ्नेबित्तिकै एक

गिलास मनतातो पानीमा कागतीको रस राखेर पिउने मौसमअनुसारका फलफूल खाने चिसो पेयपदार्थ नपिउने चिया÷कफी धेरै नपिउने रेसायुक्त तरकारी खाने
नुन कम खाने बढी गुलियो नखाने तारेको र डढेको नखाने तरकारीको बोक्रा नफाल्ने भुटेको भटमास, मकै, चना खाने रातीको खाना ७ बजेभन्दा ढिलो नखाने खाना
खानेबित्तिकै नसुत्ने चाँडै सुत्ने र चाँडै उठ्ने ८ घण्टा मस्त सुत्ने रक्सी, चुरोट र सूर्ति सेवन नगर्ने बिहान कम्तिमा ३० मिनेट हिड्ने, व्यायाम गर्ने तनावमा काम नगर्ने सुख/दुःख सेयर
गर्ने बिदाको दिन परिवारसहित घुमफिर गर्ने प्रार्थना, पुजापाठ गर्ने जंकफुड, फास्टफुड सेवन नगर्ने बेलाबेलामा मनोरञ्जन गर्ने हरेक कुरामा चित्त बुझाउने धेरै नमोटाउने ६/६
 महिनामा शरीर चेकअप गराउने ३/३ महिनामा ब्लडप्रेसर जाँच्ने यौन जीवन सक्रिय राख्ने
दिनहुँ एकपटक मजाले हाँस्ने आफूलाई कमजोर नसम्झने सकारात्मक सोचाई राख्ने ध्यान गर्ने डा. विपलव सापकोटा
२७ पुस, काठमाडौं ।

मधेसी मोर्चाको कार्यदलमा नबसेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो मधेसी दबाट पनि क्रमशः बहिष्कृत हुँदै गएका छन् ।

मधेस आन्दोलनको सबैभन्दा उग्र देखिएका महतो मधेसी दल र नेताहरुबाट नै बहिष्कृत भएका छन् । २०७२ पुस ११ गते विराटनगर जोगबनीको नाकामा धर्ना बस्ने क्रममा घाइते भएपछि उनलाई कुनै पनि मधेसी दलका नेताले सान्त्वना दिनसमेत अस्पतालमा गएनन् ।

समग्र जनताबाट बहिष्कृष्त हुँदै आएका उनी पछिल्लोपटक आफ्ना मधेसी नेता र दलहरुबाट पनि बहिष्कृतका पात्र बन्दै गएका छन् ।

जुन आन्दोलन मधेसी मोर्चाले आयोजना गरेको थियो त्यही आन्दोलनमा उत्रदा महतोले कुटाई खाएपछि त मधेसी दलका उच्च नेताहरुले स्वास्थ्यको जानकारी लिने सामान्य शिष्टाचार पनि राखेनन् ।

प्रहरीको कुटाई खाएर घाइते भएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरेका उनीलाई त्यहाँ भेट्न उनी सम्मिलित मोर्चा कुनै पनि नेता कार्यकर्ता गएनन् ।

यसरी क्रमशः बहिष्कृत भएका महतो पछिल्लो पटक तीन दलसँग वार्ता गर्नको लागि बनेको मोर्चाको कार्यदलबाट नै बहिष्कृष्त भए । यता राजेन्द्र महतोका भतिजा उपेन्द्र महतोले फेसबुकबाट मधेसी मोर्चाका अन्य नेताको चरित्रहत्या गर्ने काम गरेको भन्दै मोर्चाभित्रै यो विषयले प्रवेश पाएको छ ।



राजेन्द्र महतो मन्त्री हुन्जेल सधैं पिए भएका र काठमाडौंमा ७ करोडको सम्पत्ति जोडेको भनेर सद्भावनाभित्रै चर्चामा रहेका उपेन्द्रले फेसबुकबाट महन्थ ठाकुर र उपेन्द्र यादवविरुद्ध प्रचार गरिरहेका छन् ।

उपेन्द्र यादव पक्ष राजेन्द महताले सस्तो लोकप्रियताको लागि नौटंकी गरेको भन्दै असन्तुष्ट छन् । अब मधेसमा महतोविरुद्ध भण्डाफोर गर्ने उनीहरुको तयारी छ । साँघुसाप्ताहिकमा खबर छ  ।nepaliheadlines
काठमाडौं, २७ पुस । मधेसी मोर्चाले मधेस आन्दोलनमा उठाएका ११ बुँदे मागका विषयमा छलफल गर्दै आएको छ सदस्यीय कार्यदलको बैठक आज पनि बस्दैछ ।
दिउँसो सिंहदरबारमा बस्ने बैठकमा ११ बुँदाका विषयमा दफावार छलफल हुने तराई मधेस सद्भावना पार्टीका वरिष्ठ नेता तथा कार्यदलका सदस्य रामनरेश राय यादवले जानकारी दिनुभयो । बैठक १ बजेपछि बस्ने कार्यक्रम छ ।
सीमाङ्कनसहितका माग उठाएको मधेसी मोर्चाले सो विषयमा कार्यदलस्तरमा छलफल गर्दै आएको छ ।
कार्यदलमा भएका सम्वाद र छलफलहरू सकारात्मक रुपमा अगाडि बढेको नेता रायले बताउनुभयो । ‘छलफलहरू चलिरहेको छ’, उहाँले भन्नुभयो, ‘ठोस सहमति भइसकेको छैन । छिट्टै सहमति खोज्ने प्रयासमा छौँ ।’
dainiknepal
२०७२ पुष २७

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत रोजगारीका लागि दक्षिण कोरिया आउने आप्रवासी कामदारको मासिक न्यूनतम ज्याला सवा लाख नाघेको छ ।
श्रम तथा रोजगार न्त्रालयले जनवरी १ देखि डिसेम्बर ३० सम्म लागू हुने गरी अगस्टमा न्यूनतम ज्याला ८.१ प्रतिशत बढाएको थियो । यो ज्याला सबै कम्पनी तथा फर्ममा लागू गर्न मन्त्रालयले निर्देशन दिएको छ । यससँगै अतिरिक्त समयसमेत गरी अधिकांश नेपालीले मासिक डेढ लाखभन्दा बढी आर्जन गर्नेछन् ।
नयाँ पारिश्रमिकअनुसार सातामा ४० घन्टा काम गर्ने कामदारले दैनिक ४८ हजार २४० का दरले मासिक न्यूनतम १२ लाख ६० हजार २७० वन पाउनेछन् । कारोबार दैनिकमा खबर छ ।
dainiknepal
२०७२ पुष २७ठमाडौं । केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको तीन महिना पुगेको छ । यसबीचमा उनले दिएका विभिन्न अभिव्यक्तिको आलोचना मात्र गरिएको छैन, ओलीले हास्यव्यंग्य गरे भन्दै उनको विभिन्न हास्य कलाकारसँग तुलना पनि गरिएको छ । एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने, घर–घरमा ग्यास पाइपलाइन जोडिदिनेजस्ता महत्वाकांक्षी योजना सुनाएपछि ओलीको बोलीप्रति सामाजिक सञ्जालमा पनि कटाक्ष गरिएको छ । यही सन्दर्भमा नयाँ पत्रिकाका लक्ष्मण सुवेदीले विभिन्न हास्य कलाकारलाई ओलीबारे सोधेका छन् । हास्य कलाकारको नजरमा यस्ता छन्, प्रधानमन्त्री केपी ओली :
उहाँ सुपर कमेडी बा
दीपाश्री निरौला, कलाकार
प्रधानमन्त्रीज्यूले हाम्रो काम गरिदिइरहनुभएको छ । अहिले यसै पनि हास्य टेलिशृंखलाहरू बन्द भएर हामी बेरोजगार भएका छौँ । उहाँले जनतालाई हामीले भन्दा धेरै हँसाइरहनुभएको छ । स्टेजमा पर्फम गर्दा हामीले धेरै सोचेर तयारी गर्नुपर्छ । तर, उहाँले विनातयारी फ्याट–फ्याट हँसाइरहनुभएको छ । उहाँ ‘सुपर कमेडी बा’ हो ।
अहिले जनता यति धेरै समस्यामा छन्, यस्तो वेलामा आफ्नो पदीय दायित्वअनुसार तत्काल राहतको व्यवस्था गर्ने, वैकल्पिक उपाय अवलम्बन गर्ने तथा कष्टकर जनजीवन सामान्य बनाउन विशेष पहल गर्नतिरभन्दा उहाँ सस्तो लोकप्रियता कमाउनतिर लाग्नुभएको छ । एक वर्षमा लोडसेडिङमुक्त गराउँछु, ग्यासको पाइपलाइन आउनेछ भन्ने कुरा एकदम राम्रो हो । तर, सरकारको अहिलेको काम गराइ हेर्दा उहाँका उद्घोषहरू यति छिट्टै र बोलेझैँ सजिलै पूरा हुन्छन् भन्ने रक्तिभर विश्वास छैन । मन्त्रिमण्डल अझै पूरा भएको छैन । जनताको समस्याबारे भन्दा पनि उहाँहरू आफ्नै दुनो सोझ्याउनतिर लाग्नुभएको छ । अनेक आश्वासन दिएर जनतालाई आशावादीचाहिँ बनाउनुभएको छ । तर, जनताले विश्वास मान्न छोडिसकेका छन् ।
उहाँले लास्टै हँसाइरहनुभएको छ
हास्य कलाकार दीपकराज गिरी
अहिले प्राय: सबै हास्य टेलिशृंखला बन्द छन् । तर, प्रधानमन्त्रीज्यूले जनतालाई ती सिरियलको अभाव महसुस हुन दिनुभएको छैन । बडो हँसाइरहनुभएको छ । पहिलाका प्रधानमन्त्रीहरू काम पनि गर्दैनथे, कुरा पनि गर्दैनथे । तर, ओलीज्यूले कुरा बडो मीठो गरिरहनुभएको छ । कामको छेकछन्दसमेत छैन ।
ओली लास्टै हँसाउने खुबीका छन् । दिनहुँजसो जनतालाई नयाँ–नयाँ सपना बाँडेर हँसाइरहेका छन् । उहाँले देशलाई एक वर्षभित्र लोडसेडिङमुक्त बनाउँछु भन्नुभएको छ । मलाई लाग्छ, उहाँको यो घोषणा पूरा हुन एक वर्ष पनि लाग्दैन । केही समयमै पूरा हुन्छ, कसरी भने अहिले दिनको १४ घन्टा लोडसेडिङ भइरहेको छ । यही पारा रहिरह्यो भने केही समयपछि सरकारले २४सै घन्टा लोडसेडिङ गर्छ । बिजुली नै नभएपछि किन
हुनुपर्‍यो लोडसेडिङ ? दुई महिनामा राजधानीमा इलेक्ट्रिक बस चल्ने घोषणा थियो, तीन महिना हुन लाग्यो । सायद, अब थन्किएको ट्रली बस चल्छ होला । हावाबाट बिजुली निकाल्ने मात्र होइन, बेच्नेसमेतको योजना छ । जनताले फ्रीमा मनोरञ्जन पाइरहेका छन् । हामीभन्दा पनि हास्य कलाकारका रूपमा उहाँ अहिले निकै चर्चित हुनुहुन्छ । उहाँले हामीलाई फ्लप खुवाइसक्नुभयो ।
छिमेकीको पर्याप्त सहयोग छैन, भूकम्पपीडित जनता हिउँमा पुरिएर बाँच्नुपरेको छ । ग्यास, डिजेल, पेट्रोल, औषधि केही पनि छैन । जनता भोकभोकै मर्ने अवस्थामा पुगेका छन्, तर प्रमज्यू भने यति महिना, उति महिनाभित्र भन्दै हावादारी भाषण गर्दै हिँड्नुभएको छ । विषम परिस्थितिमा प्रधानमन्त्री बन्नुभएकाले उहाँलाई राष्ट्रप्रेमी भनेर बुझिएको थियो । तर, जनताले अहिले धेरै दु:ख पाएका छन् । सरकारले घोषित सामान्य काम पनि गरेको छैन । त्यसैले प्रमज्यूका योजना पूरा हुने कुरामा मलाई रत्तिभर पनि विश्वास छैन । कुरा गर्नुभन्दा तत्काल काम गरेर जनतालाई राहत दिनुपर्‍यो ।
योजना जोकजस्ता छन्
ज्योति काफ्ले
(नक्कली बाबुराम)
नेपाल टेलिभिजनका हास्य टेलिशृंखलाहरू बन्द छन् । यसवेलामा उहाँले जनतालाई बिहान–बेलुका हँसाइरहनुभएको छ । दिन बिराएरजसो नयाँ–नयाँ योजना सुनाइरहनुभएको छ । तर, काम भने केही पनि सुरु भएको छैन । जनता टाउको लुकाउने ओत नभएर जाडोले मरिरहेका छन्, प्रधानमन्त्रीज्यू भने सस्तो लोकप्रियता बटुलिरहनुभएको छ ।
उहाँका अगाडि हामी हास्य कलाकर्मी फिक्का भएका छौँ । अब उहाँसँगको फोटो क्याप्सनमा वरिष्ठ हास्य अभिनेता प्रधानमन्त्री केपी ओलीका साथ दीपकराज गिरी, ज्योति काफ्ले, लेख्नुपर्ने स्थिति आएको छ । जनता भोकभोकै मरिरहेका छन्, तर उहाँका वरपर टन्न अघाएका कार्यकर्ता छन् । उनीहरू मस्त हाँस्छन् । प्रधानमन्त्रीज्यू कालोबजारी नियन्त्रण गर्छु भन्नुहुन्छ । बजारमा कालोबजारी झन् मौलाइरहेको छ । एक वर्षभित्र लोडसेडिङमुक्त बनाउँछु भन्नुभयो । त्यसको तीन दिनपछि फेरि लोडसेडिङ दुईचोटि बढिसक्यो । चीनबाट इन्धन ल्याएर आभाव पूरा गर्ने कुरा पनि चीनतिरै सेलायो । बोलेका कुनै पनि कामको सुरुवात नै नभएकाले उहाँका योजनालाई जनताले जोककै रूपमा लिइरहेका छन् । तर, काम गर्ने हो भने असम्भव भने छैन । यो पाराले कुनै योजना पनि पूरा हुने देख्दिनँ म । दीर्घकालीन योजना, तत्काल राहतका प्याकेज ल्याउनुपर्‍यो । हावादारीमा बोल्नाले उहाँ एकाएक वरिष्ठ हास्य अभिनेता मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यभन्दा पनि अझ चर्चित कमेडीयन बन्नुभएको छ । यो अहिले मात्रै होइन, कालान्तरमा पनि निकै घातक हुनेछ । कुरा होइन, तत्काल काम गरेर देखाउनुपर्छ ।
आठौँ आश्चर्य हुनेछ
किशोर भण्डारी
(डिठ्ठा साब)
प्रधानमन्त्रीज्यूले हामी जनतालाई मन्टेश्वरीमा पढ्ने बच्चाझैँ ठान्नुभएको छ । उहाँ कहिले एक वर्षमा लोडसेडिङको अन्त्य हुन्छ भन्नुहुन्छ, कहिले १० दिनमा नाका खुल्छ भन्नुहुन्छ, कहिले सरकारले हावाबाट त कहिले फोहोरबाट बिजुली निकालेर झिलिमिली पार्छ भन्नुहुन्छ । यो सब बच्चालाई हाहा–बाबु–हाहा † भनेर भुलाएझैँ लाग्छ । जनता त्यति लाटा छैनन्, उहाँका कुरा फ्याट्टै पत्याउने । अहिलेसम्म उहाँले भनेका कुनचाहिँ योजना पूरा भएका छन् त ? दुई महिनाभित्र काठमाडांैमा इलेक्ट्रिक बस चल्छ भन्नुभएको थियो । खै त, उहाँ प्रम भएकै तीन महिना भइसक्यो, कता छ इलेक्ट्रिक बस, चाइनाको इन्धन ?
सबै कुरा बकबास र हावादारी छन् । विश्वास गर्ने आधार नै छैन । उहाँले भनेकै समयभित्रै उहाँका घोषणाहरू पूरा भएछन् भने आठौँ आश्चर्य हुनेछ । सरकारको काम गराइबाट सारा जनता आजित भएका छन् । प्रधानमन्त्री एक वर्षमा लोडसेडिङ अन्त्य हुन्छ भन्नुहुन्छ, ऊर्जामन्त्रीले ‘सुपरजोक’ भन्नुहुन्छ । लोडसेडिङ बढेको बढ्यै छ । जनता कालोबजारीको मारमा छन् । उहाँ मनमा जे आयो, त्यही भन्नुहुन्छ । अझै मन्त्रिमण्डल पूरा भएको छैन । आधा दर्जन उपप्रधानमन्त्री छन् । यो तालले कुनै कुरा पनि पूरा हुँदैनन् । आसमा बस्नु बेकार छ । उहाँको अहिलेको बोली प्रतिपक्षको जस्तो छ । पदीय दायित्वअनुसार उहाँको बोली फेरिएको छैन । त्यसैले उहाँ सुपर कमेडी एक्टरका रूपमा परिचित हुनुभएको छ ।
प्रमका योजना असम्भव छैनन्
सीताराम कट्टेल (धुर्मुस)
प्रधानमन्त्रीज्यूको आत्मबल निकै उच्च छ । उहाँले जति योजना पेस गर्नुभएको छ, ती असम्भव भने छैनन् । तर, सरकारको काम गराइको गति हेर्दा उहाँले भनेझैँ जादुको छडीले छोएझँै समस्या समाधान हुने, योजना पूरा हुने भने देखिन्न । हामीले भूकम्पपीडितका लागि घर, चर्पी बनाउँदै हिँडेका छौँ । तर, सरकारसँग त साधनस्रोत सबै छ नि, काम गर्ने हो भने एक वर्षभित्र लोडसेडिङमुक्त, घर–घरमा ग्यास पाइपलाइन, मेट्रो ट्ेरनलगायतका व्यवस्था हुन सक्दैन भन्न सकिँदैन ।
सरकारी संयन्त्रलाई मजबुत गराएर काम गर्ने हो भने असम्भव छैन । पहिलाका प्रधानमन्त्रीहरूको कार्यकालमा उनीहरूले घोषणा गरेका कुरा पूरा नभएकाले अहिलेका प्रधानमन्त्रीको उद्घोषणप्रति पनि जनता आश्वस्त छैनन् । त्यसैले उहाँका कुरालाई जोकका रूपमा उडाइरहेका छन् । तर, उहाँले काम गरेर देखाउनुपर्छ । मैले त उहाँको लोडसेडिङसम्बन्धी भिडियो नै बनाएको छु । उहाँले भनेका कामहरू गर्ने हो भने असम्भव भने छैन ।
‘मोस्ट कमेडी पिएम’
अर्जुन घिमिरे (पााडे बुढो)
प्रधानमन्त्री केपी ओली सुरुमा त ठिकै लागेको थियो । राष्ट्रियताको सवाल उठिरहेका वेलामा उहाँले आफ्नो अडान राख्नुभयो । उहाँले चाहिँ देश र जनताका लागि केही गर्नुहुन्छ भन्ने सारा जनताले आस गरेका थिए । तर खै, यत्तिका दिनसम्म उहाँले के गर्नुभयो त ? अभाव, तनाव र दबाबले जनता त मरेका मर्‍यै छन् त ?
अहिले प्रधानमन्त्रीज्यूले हामी कमेडी कलाकारलाई फ्लप पारिसक्नुभएको छ । उहाँले निकै आधुनिक र वैज्ञानिक हास्य तत्त्वहरू जनतामाझ प्रस्तुत गरिरहनुभएको छ । कमेडी सिरियल बन्द भएका वेलामा उहाँले हाम्रो काम पनि गरिदिइरहनुभएको छ । उहाँले नेपालका सबै कमेडी कलाकारलाई जितिसक्नुभएको छ । भारतीय कमेडियन कपिल शर्मालाई समेत फ्लप खुवाउन सफल हुनुभएको छ । उहाँले उद्घोष गरेका योजनाहरू सुन्दा आहा छन्, तर कार्यान्वयनमा भने निकै कठिन छ । त्यसैले त्यतातिर लाग्नुभन्दा पीडित जनतालाई तत्काल राहत दिने काम गरे हुन्थ्यो । नत्र उहाँलाई इतिहासले ‘मोस्ट कमेडी पिएम’का रूपमा व्याख्या गर्नेछ ।
जनता रुन्चे हाँसो हाँस्न बाध्य छन्
पल्पसा डंगोल (चम्सुरी)
कमेडी सिरियलको अभाव महसुस हुन दिनुभएको छैन । अनेक रमाइला जोकहरू गरेर पीडित जनतालाई अझ पीडित बनाउनुभएको छ । जनता आधा सिलिन्डर ग्यास नपाएर भोकभोकै छन्, उहाँ केही समयभित्रै घर–घरमा ग्यासको पाइप पुर्‍याउने कच्चा सपना बाँडिरहनुभएको छ । देश अन्धकार छ । उहाँ हावाबाट बिजुली निकालेर झलमल पार्ने कुरा गरिरहनुभएको छ । मधेसको समस्या अझ विकराल भइरहेको छ, सरकार वार्ताको नाटक गरिरहेको छ ।
जनताले अहिलेजस्तो दु:ख त कहिल्यै पाएका थिएनन् । प्रधानमन्त्री भएर जनताको दु:ख टुलुटुल हेर्दै जोक गर्दै हिँड्नुभएको छ । उहाँले चारवटा हास्य सिरियलको काम एक्लैले गरिरहनुभएको छ । विनायोजना योजना सुनाउँदा जनता रुन्चे हाँसो हाँस्न बाध्य छन् । उहाँले आफूले बोलेका कुरा पूरा गरेर देखाउनुभयो भने मात्रै जनताले स्यावासी दिनेछन् ।
बोल्ने होइन, काम गर्ने प्रम चाहियो
शिवशंकर रिजाल
(जोगिन्दर पानवाला)
हाम्रा प्रधानमन्त्री र नेपाली फुटबल खेलाडी टिममा मैले अन्तर देखेको छैन । फुटबल खेलाडीले ९० मिनेटसम्म खेल्दा पनि गोल गर्न सकेका छैनन्, प्रधानमन्त्रीले पनि यतिका महिनासम्म जनतालाई राहत दिन सकेका छैनन् । खाली जोक, चुटकिला सुनाइरहेका छन् ।
हामीलाई धेरै बोल्ने होइन कि कम बोल्ने, तर धेरै काम गर्ने प्रधानमन्त्री चाहिएको छ । राष्ट्रको कार्यकारी प्रमुख भएर विनासुझबुझ, विनायोजना यति समयमा यो गर्छु, यतिमा त्यो गर्छु भनेर हल्का तवरले बोल्नु सही होइन । उहाँका कुराले जनताले हाँस्ने मौकाचाहिँ पाएका छन् । हामी हास्य कलाकारभन्दा उहाँका जोक, उखान–तुक्काले जनतालाई हँसाइरहेको छ । तर, उहाँ जति रसिक पाराको हनुहुन्छ, उहाँले जनताको मुहारमा पनि त्यत्ति नै खुसी ल्याउन सक्नुपर्छ । जनता इन्धन, खाद्यान, औषधि नपाएर भोकभोकै मरिरहेका छन् ।
भूकम्पपीडितले अहिलेसम्म टाउको लुकाउने ठाउँ पाएका छैनन् । तर, हाम्रा प्रमले भने तत्कालै हावाबाट बिजुली निकाल्ने, काठमाडौंमा रेल चलाउने, फोहोरबाट बिजुली निकालेर झलमल पार्ने, कोठा–कोठामा ग्यासको पाइप पुर्‍याउने आश्वासन बाँडिरहनुभएको छ । यो उहाँले भनेझैँ सहज र सजिलो पक्कै छैन । राष्ट्रको यस्तो जिम्मेवार व्यक्तिले हल्का कुरा गरेर हँसाउन फिटिक्कै सुहाउँदैन ।
dainiknepal
काठमाडौं, २७ पुस । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले तराई मधेसमा स्वतन्त्र मधेस देश चाहिन्छ भनेर जनमत सुरू भइसकेको बताउनुभएको छ । उहाँले यसलाई जनताले आफै अगाडि बढाएको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष ठाकुरले मधेस चाहिन्छ भनेर तराई मधेसका जिल्लाहरूमा जनमत सुरू भइसकेको बताउनुभयो । तर त्यो अभियानमा आफूहरूको समर्थन नरहेको उहाँले बताउनुभएको छ ।
अध्यक्ष ठाकुरले आफूहरूलाई बिखण्डनकारीको आरोप लगाएकोमा असन्तुष्टि जनाउनुभएको छ । ‘अधिकार नपाएका मधेसी जनताको लागि आन्दोलन गर्दा किन बिखण्डनकारी भनिन्छ’, उहाँले भन्नुभयो, ‘हामी बिखण्डनकारी होइनौँ । हामी भारतीय होइनौँ । यही मुलुकका नागरिक हौँ ।’
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई लगाएको आरोपको खण्डन गर्नुभएका अध्यक्ष ठाकुरले भन्नुभयो, ‘प्रचण्ड जस्ता नेताहरूले यो मुलुकलाई सिक्किमीकरण गरेका छन् । प्रचण्डको अभिव्यक्ति बिहान एउटा आउँछ बेलुका अर्को गर्नुहुनुन्छ ।’
एमाओवादी अध्यक्ष दाहालले तमलोपा अध्यक्ष ठाकुरले नेपाललाई सिक्किमीकरण गर्न खोजेको भन्ने आरोप लगाउनु भएको थियो ।
dainiknepal
सोमबार, २७ पुष
काठमाडौ । आज पृथ्वीनारायण शाहको २ सय ९४ औं जन्मजयन्ती देशभर विभिन्न कार्यक्रम गरी मनाईंदै छ ।
बि.सं.१७७९ साल पुस २७ गते गोर्खामा जन्मेका शाहले आफ्नो शासनकालमा बाईसे र चौविसे राज्यहरुमा रहेको नेपाललाई एकताको सुत्रमा बाँधेर आधुनिक देश निर्माण गरेरका थिए ।
उनको यही योगदानलाई सम्बोधन गरी पुस २७ गतेका दिन राष्ट्रिय एकताको दिवसको रुपमा मनाउने प्रचलन रहेको थियो।
तर नेपालको दोस्रो जनआन्दोलनसंगै राजतन्त्रको अन्य पछि शाहको जन्मजयन्तीमा एकता दिवस मनाउने प्रचलन हटाएको छ ।
पछिल्लो सयम उनको ऐतिहासिक योगदानलाई बिर्सन नहुने भन्दै पुन: पृथ्बी जयन्तीलाई एकता दिवसको रुपमा मनाउनु पर्ने भन्दै नेपाली आमसर्वसाधरणहरुले सामाजिक सञ्जालहरुमा माग गर्दे सरकारलाई दवाब सृजना गरिरहेका छन ।
यसै अबसरमा बिभिन्न संघसस्था काठमाडौको सिंहदरबार अगाडि रहेको पृथ्वी नारायाण शाहको शालिकमा माल्र्यापण र बिविध कार्यक्रम गरी पृथ्वी जयन्ती मनाउदै छन् ।
nepalsandesh
२७ पुस, काठमाडौं ।

तीन ठूला दलले आन्दोलनरत मधेसी मोर्चासमक्ष प्रस्तावित राजनीतिक संयन्त्रलाई संसदबाट संवैधानिक वैधता दिलाउने गरी मिलनविन्दु खोज्न प्रस्ताव गरेका छन् ।

तीन दल–मधेसी मोर्चाबीच आइतबार सिंहदरबारमा बसेको कार्यदल बैठकमा सहमतिका लागि विकल्प खोज्ने क्रममा नयाँ प्रस्ताव आएको हो ।

कार्यदल बैठकमा मोर्चा प्रतिनिधिले संयन्त्रको संवैधानिक वैधताबारे अझै आश्वस्त हुन नसकेको गुनासो गरेपछि तीन दलका तर्फबाट उक्त प्रस्ताव गरिएको हो । एमाले उपाध्यक्ष तथा उपप्रधानमन्त्री भीम रावलले सरकारले संयन्त्र गठनको निर्णय मन्त्रिपरिषद्‍बाट औपचारिक प्रस्तावका रूपमा टेबुल गराउने भन्दै ढुक्क हुन मोर्चालाई आग्रह गरे ।

‘मन्त्रिपरिषद्‍ले  नपुग्ने भए सिधै संसद्मा लगेर पारित गराउने गरी संयन्त्र बनाऔं र त्यसको कार्यविधि तोकौं,’ रावललाई उद्धृत गर्दै तीन दलका तर्फबाट कार्यदलमा सहभागी एक प्रतिनिधिले भने ।

‘त्यसका आधारमा अहिले हामीले टीओआर नै बनाउन प्रस्ताव गरेका छौं । मोर्चाका साथीहरूले छलफल गरेर जवाफ दिन्छौं भन्नुभएको छ,’ उनले भने ।

मधेसी मोर्चाले ‘मधेसमा दुई प्रदेश’ को पूर्वसर्त छाडेर ‘संघीय प्रदेशको सीमांकन पुनरावलोकन तथा हेरफेर हुने गरी’ भन्ने शब्दावलीमा सहमति जनाए सोमबार ‘ब्रेक थ्रु’ हुन सक्ने ती कार्यदल सदस्यले खुलाए ।

मोर्चाका तर्फबाट तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीले कार्यविधिबारे अहिल्यै प्रस्ट हुनुपर्ने, त्यसका लागि मधेस र थरुहट हुने गरी तराईमा दुई प्रदेश हुनुपर्ने माग गरेका थिए ।


एमाले उपाध्यक्ष रावलले तीन महिना अवधिभित्र सीमांकन हेरफेर हुने गरी संयन्त्र बनाउने पुरानै प्रस्ताव दोहोर्‍याएपछि मोर्चाले ‘मधेसमा दुई प्रदेश हुने गरी सीमांकन पुनरावलोकन तथा हेरफेर’ भन्ने वाक्यांश कार्यविधिमा अहिल्यै लेखिनुपर्ने अडान लिएको थियो ।

रावलले अहिल्यै त्यस्तो सर्त राखेर संयन्त्र गठन गरे मधेसइतरका समुदाय असन्तुष्ट हुन सक्ने भन्दै अस्वीकार गरेका थिए । बैठकमा प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे दुवै पक्षबीच डेढ घण्टा छलफल चलेको हो ।

तीन ठूला दलका तर्फबाट कांग्रेस नेता महेश आचार्यले संविधान संशोधन विधेयकमा मोर्चाको सहभागिता जनाउन आग्रह गरेका थिए । प्रत्युत्तरमा संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले यही अवस्थामा मोर्चा सहभागी हुन नसक्ने भएकाले आफूहरूलाई सकारात्मक अनुभूति हुने गरी ठूला तीन दलले संशोधनलाई अघि बढाउन आग्रह गरे ।

‘वार्ताबाट सहमति नहुन्जेल हामी संसदको प्रक्रियामा सहभागी हुन सक्दैनौं, तपार्इंहरूले हाम्रो बाध्यता बुझिदिनुपर्‍यो,’ श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘ती दुइटा संविधान संशोधन विधेयकले हाम्रो माग त पूरा हुँदैन, तर वार्तालाई सकारात्मक दिशातिर मोड्न सहयोग पुर्‍याउँछ ।’

बैठकका सबै सूचना बाहिर चुहाउँदा वार्तामा अवरोध हुन गएको भन्दै कार्यदल सदस्यहरूले ठोस उपलब्धि नहुन्जेल सञ्चारकर्मीसामु कुरा नखोल्ने सहमति भने गरेका छन् ।

लिखित सहमति नहुन्जेलसम्म विश्वासको वातावरण बनाइरहने कार्यदल सदस्यहरूले समझदारी निर्माण गरे ।

‘हिजो भएको कुराभन्दा नयाँ केही प्रगति हुन सकेको छैन, हामी छलफलमै छौं,’ कांग्रेस नेता आचार्यले भने, ‘विकल्पहरूका बारेमा छलफल भइरहेको छ ।’nepaliheadlines

तीन दलीय कार्यदलबाट एमाओवादी महासचिव कृष्णबहादुर महराको ठाउँमा गृहमन्त्री शक्तिबहादुर बस्नेत बैठकमा सहभागी भएका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

२७ पुस, काठमाडौं ।

लगानीको सम्भाव्यता अध्ययन गरी नेपाल आउने अन्तिम तयारी गरेका केही ठूला लगानीकर्ताले तत्कालै लगानी गर्नु जोखिमपूर्ण रहेको निष्कर्ष निकालेका छन् ।

चीनको होङ्सीले ३६ अर्ब रुपैयाा लगानीमा नेपालमा सिमेन्ट उद्योग सञ्चालनका लागि उद्योग दर्ता गरिसकेको छ, तर मुलुकको पछिल्लो अवस्थाका विषयमा होङ्सीले गम्भीर चासो राख्ने गरेको छ ।

बहुराष्ट्रिय कम्पनी डाबरले नेपालमा विस्तार गर्न लागेको प्लान्टलाई अस्थिरता देखेकै कारण श्रीलंका लगेको छ ।

चीनको ठूलो झोला उद्योगले नेपालमा १ अर्ब लगानी गर्ने अन्तिम तयारी गरे पनि नेपालमा राजनीतिक वातावरण सहज नभएको भन्दै पछि हटेको छ ।

चीनकै होङ्सी ग्रुपअन्तर्गतको कम्पनीले नेपालमा ३६ मेगावाट विद्युत् उत्पादनका हाइड्रोपावर कम्पनीमा १० अर्ब लगानी गर्ने तयारी गरे पनि वातावरण नभएको भन्दै फर्किएको छ ।

नेपालमा ५२ अर्ब लगानीमा सिमेन्ट उद्योग स्थापना गर्न खोजेको चीनको हुवाजिन ग्रुप पनि लगानी गर्ने–नगर्ने अन्योलमै छ ।

भारतको रिलायन्स समूहले सिमेन्ट उद्योगमा ४० अर्ब लगानी गर्न खोजेको छ,
तर काम अगाडि बढ्न सकेको छैन ।

सिमेन्ट उद्योगमै ५५ अर्ब लगानी गर्न खोजेको नाइजेरियाको डांगोटे ग्रुपले पनि अपेक्षित रूपमा काम अगाडि बढाउन सकेको छैन ।

भारतीय कम्पनी जिएमआरले माथिल्लो कर्णाली आयोजनामा १ खर्ब १६ अर्ब लगानी गर्दै छ, तर पछिल्लो समयमा काम रोकिएको छ ।

तय भएका योजना रोकिँदै



बहुराष्ट्रिय कम्पनी युनिलिभरले डोब साबुन, स्याम्पुलगायत अन्य धेरै ब्रान्ड नेपालमा नै उत्पादन थाल्ने अन्तिम तयारी गरेको थियो, तर अन्तिममा ‘समय अनुकूल नभएको’ भन्दै योजना पछाडि सारेको छ ।

नेपालको एमएस समूहले सिरहामा नेपालकै सबैभन्दा ठूलो चिनी उद्योग स्थापना गरे पनि उत्पादन थाल्न पाएको छैन, पाँचतारे होटेल, धागो उद्योग, स्टिल उद्योगमा गर्ने भनिएका अर्बौँ लगानीका काम पनि रोकिएका छन् ।

सूर्य नेपालको प्यारेन्ट कम्पनी आइटिसीको साझेदारीमा ५ अर्ब लगानीको पाँचतारे होटेल निर्माणको काम अघि बढ्न सकेको छैन, सूर्य नेपालको चकलेट र बिस्कुट उद्योगमा गर्ने लगानीको प्रक्रिया पनि अगाडि बढेको छैन ।

विकास राणाको २ अर्बको लगानीमा ललितपुरमा निर्माण हुन लागेको पाँचतारे रिसोर्टको काम पनि रोकिएको छ

शंकर समूहको ३ अर्ब ५० करोड लगानीमा नक्सालमा बनाउन लागेको पाँचतारे होटेलको काम पनि नाकाबन्दीपछि रोकिएको छ ।

एनई ग्रुप र सोल्टीको संयुक्त कम्पनी सोल्टी सिवक्रिम होटल्स एन्ड रिसोर्ट प्रालिले काठमाडौंबाहिर खोल्न लागेका होटेलका योजना पनि अगाडि बढेका छैनन् ।

यती डिस्टिलरीले हालै उत्पादन गरेको नयाँ ब्रान्ड ८८४८ भोड्कालाई प्रवद्र्धन गर्ने योजना पनि रोकेको छ ।

लक्ष्मी समूहले काठमाडौं र पोखरामा होटेल निर्माणको योजना बनाए पनि समय अनुकूल नभएको भन्दै रोकेको छ ।

ठमेलमा छायादेवी प्रालिले निर्माण गरिरहेको चारतारे होटेल, शेष घलेको लगानीमा बनिरहेको सेराटन होटेलदेखि थानकोट चन्द्रागिरी केवलकारको कामसमेत नाकाबन्दीपछि रोकिएको छ ।

लोमस ग्रुपले जनकपुरमा क्लिंकर प्लान्ट बनाएर उत्पादन थाल्ने योजना बनाए पनि रोकिएको छ, २ अर्ब रुपैयाँ लगानीको परियोजनाको ९० प्रतिशत काम सकिएको छ ।

‘निर्यात गर्ने वातावरण नै छैन’

‘कहिले मजदुर समस्या, कहिले इन्धनको अभाव, कहिले लोडसेडिङ, कहिले नाकाबन्दी भइरहन्छ, डाबर नेपालको उत्पादन क्षमताअनुसार नै उत्पादन हुन सकिरहेको छैन,’ डाबर नेपालका वरिष्ठ बजार प्रबन्धक अभय गोर्खालीले भने, ‘नेपालमा आउने उद्योग अन्य मुलुकतिर गएका छन् ।

राजनीतिक अस्थिरता नभएको भए भारतमा खोलिने उद्योग नेपालमा हुन्थे, एउटा ढोका बन्द भयो भने बाहिर निस्कन त अर्काे ढोका खोजिहाल्छ नि ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।nepaliheadlines
हाम्रै वरिपरि पाइने विभिन्न सागसब्जी तथा फलफूलहरू हाम्रो स्वास्थ्यको लागि एकदमै फाइदाजनक हुने गर्दछन्, तर हामीले यो कुराको त्यति ख्याल गर्दैनौँ, मन लागे अनुसारको तरकारी खाने गर्छौँ। हुन त, यो कुनै नराम्रो कुरा होइन। तर हाम्रो स्वास्थ्य स्थितिलाई विचार पुर्याएर त्यसैअनुरूपको खानेकुराहरू खानु आवश्यक हुन आउँछ।

यसैगरी, हाम्रो वरिपरि पाइने स्वास्थ्यको लागि फाइदाजनक खानेकुराहरूमध्ये ‘मेथी’ (Fenugreek) पनि एक हो। यो विभिन्न प्रकारका रोगहरूको उपचार गर्न प्रयोग गरिने एक जडीबुटी हो। यसको पात र बिउलाई तरकारीको रूपमा पनि प्रयोग गर्न सकिन्छ।Methi

मेथीको दानामा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन-सी, नायसिन, पोटासियम र डायोसजेनिन (Protein, Vitamin-C, Niacin, Potassium and Diosgenin) पाइन्छन् भने त्यसलगायत मेथीमा अल्कालोइड्स, लाइसिन (Alkaloids, Lysine) जस्ता स्वास्थ्यवर्दक तत्वहरू पनि पाइन्छन्। यसको सेवनले पेटको समस्यालाई टाढा राख्नुको साथै छाला र कपाललाई पनि फाइदा गर्दछ।

मेथी खानुका फाइदाहरू

मेथीको दानामा पाइने विभिन्न किसिमका पौष्टिक तत्वहरूले हाम्रो कामेच्छाको वृद्धि गराउँदछ भने महिलाहरूमा हुने रजस्वलाको समस्यालाई पनि कम गर्दछ। नेपाल, भारत र चीनमा यसलाई हाडजोर्नीको रोग, दम, ब्रोङ्काइटिस, पाचन प्रणालीको समस्या, पुरुषमा शीघ्र स्खलन, छालाको समस्या (घाउ, पासेको र पोलेको), घाँटीको समस्या जस्ता थुप्रै रोगहरूको उपचार गर्नको लागि प्रयोग गर्ने गर्छन्। (काटेको घाउलाई निको पार्ने घरेलु उपायको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)
प्रजनन समस्याको उपचारको लागि यसलाई प्रयोग गरिएको इतिहास रहेको छ। साथै प्रशवास्थालाई सुधार्न, हर्मोनको समस्यालाई सुधार्न, स्तन ठूलो बनाउन र रजस्वलाको दुखाईलाई कम गर्न पनि यसको मूख्य भूमीका रहेको पाइएको छ। (महिलाको स्तनको बारेमा विस्तृत जानकारी पाउन यहाँ क्लिक गर्नुहोस्)
हालै भएको एक अनुसन्धानबाट, मेथीको सेवनले रगतमा ग्लुकोज र कोलेस्ट्रोलको मात्रा घटाउने अनि १ र २ प्रकारको मधुमेहको लागि राम्रो उपचार हुने कुरा पत्ता लागेको छ। हृदयरोगको लागि पनि यसको फाइदाको बारेमा अनुसन्धान भैरहेको छ।
मेथीमा के-कस्ता पौष्टिक तत्वहरू पाइन्छन्?


मेथी के-के कुराको लागि प्रयोग गर्न सकिन्छ?

मेथीका अनगिन्ती फाइदाहरूको बारेमा त माथि नै उल्लेख गरिसक्यौँ। त्यसलगायत यसलाई घरेलु उपचारका विधिमा पनि प्रयोग गर्न सकिन्छ। जस्तै;

१. कोलेस्ट्रोल नियन्त्रण

हालै भएको एक खोजबाट के पत्ता लागेको छ भन्दा, एकदिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खाने व्यक्तिहरूको कोलेस्ट्रोलको मात्रा २४ हप्तापछि १४ प्रतिशतले घट्दछ, जुन एकदम राम्रो नतिजा हो। त्यसै गरी मेथीको सेवनले हृदयघात हुने सम्भावना पनि २५ प्रतिशतले कम हुने पत्ता लागेको छ। (कोलेस्ट्रोल घटाउन कुन खानाले मद्दत गर्दछ, जान्न यहाँ क्लिक गर्नुहोस्)

त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाउनुको राम्रो उपाय भनेको दिनमा कम्तीमा पनि ५६ ग्राम मेथीको दाना खानु हो। यसलाई तपाईँले दैनिक आहारमा राखेर पनि खान सक्नुहुन्छ भने पानीसँग पनि खान सक्नुहुन्छ।

२. मधुमेहको उपचार र रगतमा ग्लुकोजको मात्रा घटाउन

प्रकार २ को मधुमेह भएका व्यक्तिहरूले मेथीको दाना खाएपछि उनीहरूको रगतमा ग्लुकोजको मात्रा ह्वात्तै घटेको एक खोजबाट देखिएको थियो। त्यसैले चिकित्सकको सल्लाहअनुसार प्रकार २ को मधुमेहलाई उपचार गर्ने घरेलु उपाय भनेको मेथीको दाना खानु हो, तर त्यसको लागि तपाईँले दिनमा कम्तीमा पनि १००० मिलिग्राम मेथी खानुपर्ने हुन्छ।(मधुमेह हुँदा के-कस्ता लक्षणहरू देखापर्दछन्, जान्न यहाँ क्लिक गर्नुहोस्)

यो कुरामा ध्यान दिनुपर्ने हुन्छ कि, मधुमेह भएका व्यक्तिहरूले धेरै मात्रामा मेथीको सेवन गर्नुहुँदैन। किनभने, शरीरमा ग्लुकोजको मात्रा कम भएमा पनि रिङ्गटा लाग्ने, बान्ता हुने र बेहोस हुने जस्ता समस्या पनि निम्तिन सक्छ।(मधुमेहको उपचार विधिको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

३. मुटुको समस्याको रोकथाम



मेथीमा पाइने ग्लाक्टोमेनन (Glactomanon) ले हाम्रो मुटुलाई स्वस्थ राख्न मद्दत गर्दछ। साथै, यसमा पोटासियम पनि पाइने हुनाले शरीरको रक्तचाप र मुटुको धड्कनलाई नियन्त्रण गर्न मेथीको सेवन गर्नुपर्ने हुन्छ। (मुटुरोगबाट बच्ने अन्य उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

४. मोटोपना घटाउन

थरी-थरीका शारीरिक व्यायाम र खानपिनमा ध्यान दिँदा दिँदै पनि अधिकांशको मोटोपनामा नियन्त्रण भैरहेको हुँदैन। यदि यस्तो अवस्था छ भने, बिहान उठ्ने बित्तीकै खाली पेटमा १ चम्चा मेथीको धूलो मनतातो पानीसँग खानुहोस्। यसमा भएको फाइबरले गर्दा तपाईँलाई धेरै भोक लाग्न दिँदैन र बिस्तारै मोटोपनामा पनि नियन्त्रण हुँदै जान्छ। (सुतीसुती मोटोपना घटाउन के गर्नुपर्छ? जान्न यहाँ क्लिक गर्नुहोस्)

५. छालाको समस्याको उपचार

छालामा आएको दाग, खटिरा अनि घाउको लागि पनि मेथीको दानाले उपचार गर्न मिल्दछ। त्यसको साथसाथै, आगोले पोलेको, हतियारले काटेको, लुतो, पिलो, डण्डिफोर जस्ता समस्यालाई रोक्न पनि मेथीले सहयोग गर्दछ। त्यसको लागि;

आफूलाई चाहिएजति मेथीको दाना लिनुहोस् र त्यसलाई मसिनो हुने गरी पिस्नुहोस्।
उक्त धूलोलाई मनतातो पानीमा मिसाएर लेदो बनाउनुहोस्।
त्यसपछि एउटा सानो सफा र नरम लुगामा उक्त लेदो राखेर सङ्क्रमित छालामा लगाउनुहोस्। (छालालाई कसरी स्वस्थ राख्ने, जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)
६. कपाल झर्ने समस्याबाट बच्न

दिनहुँको भोजनमा मेथी मिसाएर खाँदा त धेरै फाइदा हुन्छ, त्यसको साथसाथै, दानालाई धुलो बनाएर त्यसको लेदोलाई कपालमा बाकुलो गरेर लगाउनाले कपाल झर्ने, चाँया पर्ने जस्ता समस्याबाट पनि मुक्त हुन सकिन्छ। (कपाल झर्ने समस्याबाट बच्न के गर्नुपर्छ? जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

७. मुटु पोल्ने र ग्यास्ट्रिकको समस्याको प्राकृतिक उपचार

मेथीको दानामा प्रशस्त मात्रा म्युसिलेज (Mucilage) पाइन्छ, जसले मुटु पोल्ने र ग्यास्ट्रिक जस्ता समस्यालाई राहत पुर्याउँदछ। त्यसैले यदि तपाईँलाई मुटु पोल्ने समस्या छ भने, आफ्नो खानामा १ चम्चा मेथीको धूलो राखेर खानुहोस् अथवा खाना खानुभन्दा अगाडि पानीसँग मेथीको दाना चपाउनुहोस्। (पेटको दुखाईबाट कसरी छुट्कारा पाउने, जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

८. ज्वरोको लागि घरेलु उपचार

मेथीको दानालाई कागती र महमा मिसाएर खानाले शरीरको ज्वरोलाई धेरै नै कम गर्दछ। ज्वरो आउँदा हाम्रो पुरै शरीर तातो र शिथिल हुने गर्दछ, यस्तो अवस्थामा मेथीले पेनकिलर (painkiller) को काम गर्दछ। त्यसैले ज्वरोको उपचारको लागि, दिनमा ३ चोटी २ चम्चा मेथीको दाना कागतीको रस र १ चम्चा महसँग चपाउनुहोस्। (ज्वरोलाई घरमै बसेर कसरी उपचार गर्ने? जान्नको लागि यहाँ क्लिक गर्नुहोस्)

९. स्तनको आकार बढाउन

महिलाहरूको हर्मोनमा वृद्धि गराउनको लागि विभिन्न देशहरूले मेथीको दानाबाट चियाको उत्पादन गर्ने गर्छन्। त्यसैले, महिलाहरूको हर्मोनको वृद्धि (स्तनको आकारमा वृद्धि) गराउनको लागि दैनिकी खानामा मेथीलाई अनिवार्य राख्नुहोस्। प्रतिदिन महिलाहरूले कम्तीमा पनि ३ ग्राम मेथी खानुपर्ने चिकित्सकहरूको सुझाव रहेको छ। (स्तनको क्यान्सर र रोकथामको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)

१०. प्रशवावस्थालाई सहज गराउन

आजकाल, महिलाहरूको खाने बानीले गर्दा प्रशवावस्थामा धेरै पीडा भोग्नुपर्ने हुन्छ। तर, मेथी यस्तो औषधी हो, जसले महिलाहरूको प्रशवावस्थाको समस्यालाई पनि हल गर्न सक्दछ। यसमा भएको स्टिमुलस (Stimulus) ले गर्भाशयको मुखलाई सक्रिय गराउँदछ, जसले गर्दा बच्चा जन्माउनमा सहज हुन्छ। तर, चिकित्सकको सल्लाहबमोजिम मात्रै महिलाहरूले यसको सेवन गर्नुपर्दछ।

११. सुत्केरी महिलाहरूमा दूध उत्पादन शक्ति बढाउन

प्राचीन समयमा पनि सुत्केरी महिलाहरूको दूध उत्पादनको लागि मेथीलाई प्रयोग गरेको पाइएको छ। अनुसन्धानबाट पनि, सुत्केरी महिलाले मेथी खाएको २४ देखि ७२ घण्टा भित्रमा ५०० प्रतिशतले दूध उत्पादनमा वृद्धि भएको पाइएको छ। यस्तो किन हुन्छ भनेर कुनै ठेट प्रमाण भने भेटिएको छैन। तर यसमा भएको चिल्लो पदार्थले मूख्य भूमीका खेलेको हुन सक्ने अनुसन्धानकर्ताहरूको राय छ। त्यसैले दिनमा ३ पटक कम्तीमा पनि ५०० मिलिग्राम मेथीको सेवन गर्नाले सुत्केरी महिलाहरूको दूध उत्पादनमा वृद्धि हुन्छ।

मेथी खानुका बेफाइदाहरू

“बत्ती मुनि अवश्य नै अँध्यारो हुन्छ”, यो संसारमा अवस्थित हरेक कुराहरूको आ-आफ्नै फाइदा पनि छन् र बेफाइदा पनि छन्। त्यसै गरी, मेथीको पनि बेफाइदा नभएको होइन, तर यसको फाइदाको दाँजोमा बेफाइदा अलि थोरै नै रहेको छ।

सामान्य मात्रामा मेथीको सेवन गर्दा कुनै हानी गर्दैन, तर कसै-कसैलाई यसले नकारात्मक असर पनि गरेको पाइएको छ। सबैभन्दा साझा साइड-इफेक्ट भनेको रिङ्गटा लाग्नु हो। साथै, यसलाई छालाको उपचारको लागि प्रयोग गर्दा कसै-कसैमा एलर्जी भएको पनि पाइएको छ। (एलर्जीबाट बच्ने उपायहरूको बारेमा जान्न यहाँ क्लिक गर्नुहोस्)
गर्भवती महिलाहरूले मेथीको सेवन गर्नु एकदमै हानीकारक हुन्छ, किनभने यसले गर्भाशयको मुखलाई खुल्ला गर्ने काम गर्दछ। प्रशवावस्थामा नपुग्दै गर्भाशयको मुख खुल्न गएका बच्चा तुहिने पनि हुन सक्छ। त्यसैले, यो कुरालाई विशेष ध्यान जरुरी हुन्छ। यदि गर्भवती महिलाहरूलाई मेथी खान मन लागेमा, चिकित्सकको सल्लाह लिनुपर्ने हुन्छ।
यदि तपाईँले अन्य कुनै औषधीको सेवन गर्नुभएको छ भने पनि, मेथी खाँदा ध्यान पुर्याउनुपर्ने हुन्छ। औषधी खानुभन्दा ३ घण्टा अगाडि नै, कि त औषधी खाएको ५ घण्टा पछाडि मात्रै मेथीको सेवन गर्नुहोला। किनभने, यसमा भएको फाइबरले अन्य मेडिकल औषधीसँग प्रतिक्रिया गर्दछ र उक्त औषधीको प्रभावलाई शून्य बनाइदिन्छ।
बालकहरूलाई मेथी खान दिनुहुँदैन। यसले बच्चाहरू मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याउने अनुसन्धानबाट देखिएको छ। बच्चालाई मेथी खुवाउँदा, उनीहरूको शरीरबाट दुर्गन्ध आउने समस्या देखिन सक्छ। (
२७ पुस, काठमाडौं ।

संघीय व्यवस्थामा स्वास्थ्य संरचना कस्तो हुने भन्ने सिफारिस गर्न भइरहेको आधिकारिक अध्ययनलाई बेवास्था गर्दे स्वास्थ्य मन्त्रालयका केही सीमित र प्रभावशाली व्यक्तिहरुले ‘गोप्य रुपमा’ नयाँ संरचनाको प्रस्ताव सामान्य प्रशासन मन्त्रालयमा पठाएका छन् ।

प्राप्त जानकारी अनुसार सामान्यलाई नयाँ संरचनाको प्रस्ताव मन्त्रिपरिषदमा अनुमोदनका लागि लैजान स्वास्थ्य मन्त्रालयले दबाब दिएको छ ।

यो घटनापछि स्वास्थ्य मन्त्रालय र मातहतका निकायमा खेलाबैला मच्चिएको छ । स्रोतका अनुसार स्वास्थ्यसचिव र स्वास्थ्य सचिव निकट केही कर्मचारीको मिलेमतोमा तयार पारिएको संरचना परिवर्तनको प्रस्ताव अब बस्ने मन्त्रिपरिषदको बैठकमा पेस गर्ने तयारी छ ।

 प्राविधिक जनशक्तिको जिम्मेवारी कटौती गरी प्रशासनतर्फकालाई हाबी गराउने उद्देश्यका साथ नयाँ संरचना तयार पारिएको भन्दै उच्च अधिकारीहरु आक्रोशित भएका छन् ।

मुलुकका ३८ हजारभन्दा बढी चिकित्सक र स्वास्थ्यकर्मीलाई परिचालन गर्ने जिम्मा बोकेको मन्त्रालयको संरचना हचुवाको भरमा परिवर्तन गर्न लागेको भन्दै उनीहरु आक्रोशित भएका छन् ।अन्नपूर्ण पोस्टमा खबर छ ।nepaliheadlines

वि.सं. २०७२ साल पुस २७ गते, सोमबार। इश्वी सन् २०१६ जनवरी ११ तारिख :

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कीर्तिमानी काम गर्ने समय छ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
केही चुनौतीहरू देखापर्न सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्, सचेत रहनुहोला। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो                                                                    फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। कीर्तिमानी काम गर्ने समय छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ।  गोपनीयतामा ध्यान पुर्याउनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे                                                                         व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ।अप्रिय समाचारले दुःखी बनाउला। आम्दानी प्रशस्तै बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुन सक्छ। सोख पूर्तिका लागि खर्च बढ्ला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते                                                                         फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ। विगतका निर्णयले काम बिग्रन सक्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
रचनात्मक काम प्रारम्भ गर्ने समय छ। अभिप्रेरणा जगाउनेहरू प्रशस्तै भेटिनेछन्। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ। सहयोगीहरू जुट्नाले रोकिएका काम सजिलै सम्पादन हुनेछन्। सानो प्रयत्नले ठूलो काम सम्पादन हुन सक्छ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। पठन–पाठनमा प्रगति हुनेछ। काम बन्नाले निकै उत्साहित भइनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कामका लागि अनुकूल समय छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। मनग्य धन आर्जन हुनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ। काममा लगानीको समय छ। विदेश भ्रमणको प्रयत्न सफल हुन सक्छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ।

विहानमा गरिने नास्ता दिनभरीको उर्जाका लागि महत्वपूर्ण मानिन्छ । दिनभरीको उर्जा कायम रहोस् भनेर विहानमा नास्ता खाने गरिन्छ । तर त्यही खानेकुरा गलत पर्न गयो भने उर्जाको उल्टो आलस्यता, तनाव र विभिन्न अरु समस्या देखिन सक्छन् ।

यहाँ विहानमा खान नहुने ५ प्रकारका खानाको विषयमा चर्चा गरिएको छ ।

१ जुस

विहानै जुस पिउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन । ताजा भएपनि विहानै जुस पिउनु लाभदायक हुँदैन । ‘हेल्थीपण्डा डट नेट’ का अनुसार सुन्तलाको जुस नै पिउन मन लागेपनि १ मात्र सुन्तला निचोर्नुस् । अथवा पानीको साटो सुन्तलाको रस र पानी पनि पिउनुस् ।

२ जाम र टोष्ट

जाम लगाएको टोष्ट पनि विहानमा खानु घातक मानिन्छ । यसमा अत्याधिक कार्बोहाइड्रेट हुने हुँदा विहानमा राम्रो मानिँदैन । खानै परे अण्डा जस्ता प्रोटिन भएका खानेकुरा खानुस् ।

३ डोनट वा पेष्ट्री

विहानै डोनट वा पेष्ट्री खाने बानी छ भने छोडिदिनुस् । मिठो भएपनि स्वास्थ्य र फिटनेशको दृष्टिले विहानमा डोनट खानु राम्रो मानिँदैन । यसको सेवनले रगतमा अत्याधिक सुगर बढाउँछ र विरामी बनाउँछ ।


४ प्यानकेक वा चकलेट तथा आइसक्रिम

विहानै प्यान केक वा चकलेट खाने बानी खराव हो । यसले तपाइँको शरीरमा अत्याधिक सुगर पैदा गर्छ । विहानमा यति धेरै सुगर भन्दा अन्य खानेकुरा खानु राम्रो हुन्छ । आइसक्रिम पनि विहानमा खानु घातक हुन्छ ।

५ वर्गर
विहानमा वर्गरमा मासु वा अन्य गरिष्ठ भोजन मिलाएर गर्नु राम्रो हुँदैन । वर्गर साधा खाएमा भने त्यति हानी गर्दैन । अन्यथा यसले पनि स्वास्थ्यमा प्रतिकुल असर गर्न सक्छ ।
पुस २६, २०७२- फाटफुट पटके चोरी भइरहन्छन् । तर, अहिले एउटा चोरीले नेपालमात्र होइन्, छिमेकी भारतको फिल्म नगरीसम्मै तरंग ल्याएको छ । आर्थिक तथा माया नगरी भनेर समेत चिनिने महाराष्ट्रको मुम्बईस्थित एक बिल्डरको घरबाट चार नेपाली युवाले चोरेको १ करोड ४० लाख भारु (२ करोड २४ लाख नेपाली) को चर्चा देश/परदेशमा फैलिएको छ ।

१८ वर्षभन्दा कम उमेरका ती युवाले उक्त रकम सुरक्षित तरिकाले नेपाल त भित्र्याए । तर, त्यसअघि नै प्रहरीको फन्दामा परे । प्रहरीले घटनामा संलग्न ४ मध्ये २ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुबाट ६० लाख ४ हजार ५ सय भारु बरामद भएको छ । प्रहरीले बरामद रकमसहित आइतबार दैलेख सिंहसैन ७ का लक्ष्मण भनिने लव शाही र जगतजंग शाहीलाई सार्वजनिक गरेको हो । माष्टर प्लानर मानिएका सोही ठाउका उपेन्द्र शाही र अछाम कालेकाँडा राकुगाउँका भरत शाही फरार छन् ।

कसरी भयो चोरी : गाउँमा आर्थिक अवस्था कमजोर भएपछि सिंहसैन ७ का लव शाहीले लेख्न–पढन पाएनन् । गाउँकै दौतरीसंग कालापार (भारत) हानिए । साथीहरुको लहैलहमा मुम्बई पुगेका उनले त्यहाँ गौरब रमेश गेदावनको घरमा काम पाए । छिट्टै मालिकको बिश्वास जिते । किचनसम्मको पहुच बनाएका लबकै संलग्नतामा गेदावनको घरबाट ठुलो रकम चोरी भएको हो ।

मालिकका लागि खाना पकाउने र उनको स्याहार–सुसारको काम लबको काध माथि थियो । मुम्बई चेम्बुर सुभाषनगरमा बस्ने गेदावान त्यहाका कहलिएका बिल्डर थिए । उनलाई पैसाको कमि थिएन । साँझपख घर फर्किदा कहिलेकाही झोलामा पैसा बोकेर आउथे । त्यसलाई बेपर्वाह ढंगले बेडरुममा राख्थे । लब यी दृष्य नजिकैबाट हेरिरहन्थे । ‘धन भनेपछि महादेबका पनि तीन नेत्र’ भन्छन् । उनको मनमा पाप पलायो ।

उनले त्यो कुरा त्यही घरमा चौकिदारी गर्ने गाउकै साथी भरत र जगतजंगलाई सुनाए । प्रहरीका अनुसार, उनीहरुले मुम्बइकै अर्को ठाउमा काम गर्ने गाउकै उपेन्द्र शाहीलाई फोन गरेर सूचना दिए । ‘उपेन्द्रको अपराधिक ब्याकग्राउण्डको अर्को पाटो समेत खुलेको छ । उसकै प्लानिङमा रकम चोरिएको देखियो,’ भेरी अंचल प्रहरी प्रमुख एसएसपी धिरु बस्न्यात भन्छन्, ‘उनकै नेतृत्वमा चोरी गरेर चारैजना सुरक्षित नेपाल प्रबेश गरेका थिए ।’

बिल्डर गेदावनको गाडीमा भएको उक्त रकम चोरेर चारैजना बासी, दिल्ली हुदै तिकुनिया नाका भएर नेपाल छिरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘गेदावनले रकम सहितको झोला गाडीमै छाडेको र त्यो झोला उठाएर आफुहरु आएको बयान पक्राउ परेकाहरुले दिएका छन्,’ एसएसपी बस्न्यात भन्छन्, ‘उनीहरुको हुलिया र ठेगाना सहित हामीलाई खबर आएपछि चारैतिर प्रहरीको जालो बिछ्याएका थियौं । पक्रन सफल भयौं ।’

जगतलाई नेपालगन्ज बसपार्क र लबलाई कैलाली चुहा लम्की–८ लम्कीबाट पक्राउ गरिएको हो । २७ लाख ६० हजार ५ सय रुपैया भारु टिकापुर ९ दुर्गापुरस्थित धिरज शाहीको घरबाट बरामद भएको छ । त्यस्तै उनीहरुकै सुचनाका आधारमा नेपाली १० लाख ४० हजार रकम कोहलपुर ११ स्थित नबराज शाहीले संचालन गरेको दैलेखि शाही होटल र बाँकी ३२ लाख ४४ हजार भारु लम्कीका धिरजकै घर बाहिरको झाडीमा फेला परेको प्रहरीले जनाएको छ । १ करोड ६० लाख भारु मध्ये ६० लाख ४ हजार ५ सय भारु मात्र बरामद भएको र थप अनुसन्धान चलिरहेको बाँके प्रहरी प्रमुख एसपी बशन्त पन्तले बताए ।
परदेशमा गुम्दै नेपाली बिश्वास : रोजगारीका लागि नेपालीहरुको परम्परागत गन्तब्य हो, छिमेकी भारत । उदाउदो अर्थतन्त्र भएको भारतका बिभिन्न सहरहरुमा लाखौं नेपाली काम गर्छन । केहीको पहुच ‘मालिक’को बेड देखि किचनसम्मको हुने गर्छ ।

तर, पछिल्ला दिनमा चोरी, लुटपाट जस्ता अपराधकर्ममा नेपालीहरुको संलग्नता देखिन थालेपछि बिश्वास गुम्दै गएको छ । ‘अपराध र अपराधीको कुनै सीमा, जात र धर्म त हुदैन तर, यस्ता घटनाहरुले भारतमा नेपालीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुनसक्छ,’ एसएसपी बस्न्यातले भने, ‘हामीले समयमै अपराधिलाई प्रक्राउ गरेर जहा भएपनि अपराधी पक्राउ गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छौं ।’ भारतमा ठुलो मात्रामा नगद घरमा राख्न नमिल्ने र सम्पत्तिको स्रोत खुलाउनु पर्ने जस्ता अनेक कारणले गर्दा कतिपय ठुला चोरीका घटना भने सार्बजनिक हुँदैनन् ।

kantipur.ekantipur
२६ पुस, काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प प्रभावित क्षेत्रमा राहत वितरण र पुनःनिर्माणको कामलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

व्यवस्थापिका–संसद् मातहतको विकास समितिको आजको बैठकमा उनले नागरिकलाई सरकार छ भन्ने जनतालाई विश्वास दिलाउँदै राहत तथा पुनःनिर्माणको काम योजनावद्ध रुपमा अगाडि बढाउने प्रक्रिया सुरु भइसकेको बताए ।

उनले सरकारले आज बिहानसम्म भूकम्प प्रभावित जिल्लामा न्यानो कपडा खरिदका लागि रु पाँच अर्ब ५० करोड रकम वितरण भइसकेको र बाँकी रहेको रु ५० करोड रकम सोमबार साँझसम्म वितरण भइसक्ने विश्वास दिलाए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा थप राहत रकम उपलब्ध गराउन सरकारले आवश्यक निर्देशन दिइसकेको र केही दिनभित्रै ती क्षेत्रमा पुगिसक्ने पनि उनले उल्लेख गरे । आज मात्रै आफूले रक्षा, गृह, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च अधिकारीलाई बोलाएर आवश्यक सबै संयन्त्र परिचालन गरी राहत वितरण गर्न निर्देशन दिएको पनि उनले जानकारी गराए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा ५० वटा ठूला सामुदायिक तथा आवासीय भवन निर्माण गर्ने काम केही दिनभित्रै सुरु गर्ने योजनामा सरकार रहेको उनको भनाइ थियो ।

कतिपय जिल्लामा गाविस सचिवको अभावमा काम गर्न विगतमा केही समस्या भए पनि सरकारले क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीलाई आवश्यक व्यवस्थापन गर्न भनिएका कारण पछिल्लो दिनमा सहज भएको प्रधानमन्त्री ओलीले बताए ।

हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपातपछि नागरिक समस्यामा परेको भन्ने गुनासो आएपछि सरकारले ती क्षेत्रमा आवश्यक औषधिसहितको टोली परिचालन गरिएको, खाद्यान्नको व्यवस्था गरिएको र आयातमा विशेष ध्यान दिइएको समितिलाई जानकारी गराए।

सरकारसँग पुग्दो मात्रामा खाद्यान्नको मौज्दात रहेकाले कुनै पनि स्थानमा अभाव हुन नदिने प्रतिवद्धता व्यक्त गर्दै उनले नागरिकलाई सरकार भएको अनुभव गराउन सबै प्रकारका प्रयत्न जारी राखिएको स्पष्ट पारे ।

स्थानीय सामग्रीकै प्रयोग गरेर भूकम्प प्रतिरोधी घर तथा आवास बनाउनुपर्ने र त्यसमा विशेष ध्यान दिनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने – ‘‘स्थानीय साधन र स्रोतको प्रयोग गर्दा मुलुकभित्रको रकम मुलुकमा नै रहने भएकाले त्यसतर्फ विशेष ध्यान दिइनुपर्छ ।’’


जनतालाई राहतका रुपमा प्रदान गरिने रु दुई लाख रकम पनि यथाशीघ्र वितरण गरिने र सामूहिक जमानीमा रु तीन लाख रकम दिइने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले विगतमा राजनीतिक तथा अन्य कारण पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ भएको भए पनि सबैको प्रयासबाट प्राधिकरण गठन भएको बताउँदै अब काम तीव्र रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे।

कुनै पनि कमीकमजोरी नहोस् भन्ने तर्फ सरकारले विशेष ध्यान दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तोकिएको जिम्मेवारी पूरा नगर्नेमाथि कारबाही गरिने बताए ।nepaliheadlines
वासिंटन, पुस २६ । अमेरिकाको इतिहासमै सर्वाधिक ठूलो मानिएको ९० करोड डलर राशीको चिठ्ठा कसैले पनि जित्न नसकेपछि टिकट खरिदकर्ताहरुमा हल्लीखल्ली मच्चिएको छ ।
विजेता नम्बर रहेको चिठ्ठा कसैले पनि नकिनेपछि ९० करोड डलर जित्ने कोही नभएको आयोजकले जनाएको छ ।
अब आगामी बुधबार हुने ड्रमा चिठ्ठाको राशी १ अर्ब ३ करोड डलर पुग्ने छ । ९० करोड डलर राशीको चिठ्ठा जित्न समयसीमाको अन्तिम समयसम्म टिकट खरिद गर्नेको लामो लाइन थियो ।
चिठ्ठा जित्न २९ दशमलब ९ करोडमा एक बराबर सम्भावना थियो । यो चिठ्ठा अमेरिकाका ४४ वटा राज्यमा खेलाईएको छ । (एजेन्सी)
samachar
पुस २६, २०७२- तीन दल–मधेसी मोर्चा कार्यदल बैठकमा सहमतिका विकल्पहरुको खोजीमा अपराह्न बसेको बैठकमा प्रस्तावित राजनीतिक संयन्त्रको कार्यविधिबारे दुवै पक्षबीच डेढ घण्टा छलफल चलेको छ । तीन दलका तर्फबाट एमाले उपाध्यक्ष भीम रावलले तीन अवधिभित्र सीमांकन हेरफेर हुनेगरी संयन्त्र बनाउने पुरानै प्रस्ताव दोहोर्‍याएपछि मोर्चाले ‘मधेसमा दुई प्रदेश हुनेगरी सीमांकन हेरफेर हुनेगरी’ भन्ने वाक्यांश कार्यविधिमा लेखिनुपर्ने अडान लिएको थियो ।

रावलले अहिल्यै त्यस्तो शर्त राखेर संयन्त्र गठन गरे मधेसइतरका समूदाय असन्तुष्ट हुन सक्ने भन्दै अस्वीकार गरेका थिए ।

तीन ठूला दलका तर्फबाट कांग्रेस नेता महेश आचार्यले संविधान संशोधन विधेयकमा मोर्चाको सहभागिता जनाउन आग्रह गरेपछि संघीय समाजवादी फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले यही अवस्थामा मोर्चा सहभागी हुन नसक्ने भए पनि आफूहरुलाई सकारात्मक अनुभूति हुनेगरी ठूला तीन दलले संशोधन अघि बढाउन आग्रह गरे । ‘वार्ताबाट सहमति नहुन्जेल हामी संसदको प्रक्रियामा सहभागी हुन सक्दैनौं, तपार्इंहरुले हाम्रो बाध्यता बुझिदिनुपर्‍यो,’ श्रेष्ठलाई उद्धृत गर्दै बैठक स्रोतले भन्यो, ‘ती दुईवटा संविधान संशोधन विधेयकले हाम्रो माग त पूरा हुँदैन, तर वार्तालाई सकारात्मक दिशातिर मोड्न सहयोग पुर्‍याउँछ ।’

बैठकका सबै सूचना बाहिर चुहाउँदा वार्तामा अवरोध हुन गएको भन्दै कार्यदल सदस्यहरुले ठोस उपलब्धि नहुन्जेल सञ्चारकर्मीसामू कुरा नखोल्ने सहमति गरेका छन् । लिखित सहमति नहुन्जेलसम्म विश्वासको वातावरण बनाइरहने कार्यदल सदस्यहरुले समझदारी निर्माण गरे । ‘हिजो भएको कुरा भन्दा नयाँ केही प्रगति हुन सकेको छैन, हामी छलफलमै छौं,’ कांग्रेस नेता आचार्यले भने, ‘विकल्पहरुको बारेमा छलफल भइरहेको छ ।’

तीन दलीय कार्यदलबाट एमाओवादी महासचिव कृष्णबहादुर महराको ठाउँमा गृहमन्त्री शक्तिबहादुर बस्नेत बैठकमा सहभागी भएका थिए । कार्यदल बैठक सोमबार पनि बस्नेछ ।  kantipur.ekantipur



नेपालगन्ज, २६ पुस । एकीकृत नेकपा (एमाओवादी) का अध्यक्ष पुष्पकमल दाहालले भारत सरकारले गरेको नाकाबन्दीका कारण जति दुःख नेपालीले पाएका छन्, त्योभन्दा बढी नैतिक तथा राजनीतिक क्षति भारतलाई भएको टिप्पणी गर्नुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “संविधान नेपाली जनताले बनाउने हो तर भारत सरकारको नाकाबन्दी जस्तो कठोर कदम त्यति ठूलो प्रजातान्त्रिक मुलुकलाई सुहाउने विषय हुनै सक्दैन ।”
संविधान कार्यान्वयन पक्ष चुनौतीपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले निरन्तरको परिमार्जनबाट यसलाई थप गतिशील बनाउन सकिने भएकाले कोही आत्तिनुपर्ने अवस्था छैन भन्नुभयो ।
एक प्रश्नको जवाफमा उहाँले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चालाई सहमतिमा ल्याउने प्रयास भइरहेको बताउँदै प्रदेश सीमाङ्कनको विषय तीन महिनाभित्र टुङ्गोमा पु¥याउन समझदारी खोजिनेछ भन्नुभयो ।
dainiknepal
काठमाडौं, २६ पुस । अवैध सुनधन्दामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सिराहा बेला–९ घर भएका ३० बर्षीय राम इकवाल महतो र काठमाडौँ महानगरपालिका–१७ बस्ने लक्ष्मी लाल श्रेष्ठलाई प्रहरीले करीव ४ लाख २६ हजार ९ सय ५० रुपैया बराबरको १ सय ग्राम अवैध सुन सहित पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
भारत, चीन लगायत बिदेशबाट आएका यात्रुहरुबाट सुन संकलन गर्दै गरेका उनीहरुलाई शनिबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको उडानतर्फको आगमन ट्याक्सी पार्किङ एरियाबाट उक्त परिमाणको २ टुक्रा सुनसहित पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारवाहीको लागि भंसार कार्यालय सिनामंगलमा पठाइएको छ ।
dainiknepal
आइतबार, २६ पुष
ललितपुर । उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले लामो समयदेखि तराईमा आन्दोलित तराईकेन्द्रित राजनीतिक दललाई वार्ताको माध्यमवाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।
ललितपुर उपमहानगरपालिकाद्वारा आज यहाँ आयोजित २३औँ नगरपरिषद्बाट पारित भएका नीति, कार्यक्रम तथा बजेट सार्वजनिकीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले मधेसी मोर्चाले उठाउँदै आएका अधिकांश माग संविधानमा समेटिएको बताउनुभयो ।
उहाँले मोर्चाले उठाएको मागमध्ये नसमेटिएका विषयवस्तुलाई वार्ताको माध्यमबाटै समाधान र सम्बोधन गर्न सकिने विश्वास व्यक्त गर्नुभयो । आन्दोलनका कारण पेट्रोल, ग्यास, डिजेल, खाद्यान्नलगायतका सामान आपूर्तिमा देखिएको समस्याले नेपाली जनताको हित गर्न नहुने उहाँको भनाइ थियो ।
उहाँले आन्दोलन छिटो अन्त्य गरी देश विकासमा लाग्न मोर्चालाई सुझाव दिनुभयो । वार्ता टोलीका संयोजकसमेत रहनुभएका उपप्रधानमन्त्री थापाले भन्नुभयो–“नयाँ संविधानसँगै देश नयाँ युगमा प्रवेश भएको छ, देशलाई आर्थिक विकासबाट समृद्धितर्फ लैजानु परेकाले आन्दोलन छाडेर मुलुकलाई समृद्ध बनाउन सहभागी हुन आन्दोलनकारी दलका नेतालाई आग्रह गर्दछु ।”
सरकार गठन राष्ट्रिय एकताको संरक्षण, देशमा आर्थिक विकास, सुशासन र समृद्ध बनाउने उद्देश्यसहित भएको उहाँले प्रस्ट पार्नुभयो । लामो समयदेखि स्थानीय निकाय जनप्रतिनिधिविहीन भएकाले जनताले उचित सेवा पाउन नसकेकाले त्यसको समाधानका लागि छिट्टै स्थानीय निकायको निर्वाचन गराउन सरकार अग्रसर रहेको उहाँको भनाइ थियो ।
उहाँले देशभरि रहेका तीन हजार १५७ गाविसमध्ये पाँचसय गाविसमा सडक नपुगेकाले अबको दुई वर्षभित्र मोटर बाटो पु¥याउने सरकारको लक्ष्य रहेको बताउनुभयो । निकट भविष्यमै सरकार, स्थानीय निकाय र जनताको साझेदारीमा ऊर्जा विकास कार्यक्रम ल्याएर देशलाई विद्युत्भार कटौतीमुक्त गराउने योजना सरकारको रहेको उहाँले बताउनुभयो ।
उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणि पाण्डेले आर्थिक वर्ष २०७३–७४ को नीति तथा कार्यक्रमभित्र सांस्कृतिक सम्पदा, पर्यटकीय विकास, वैकल्पिक ऊर्जा विकास, सहरी पूर्वाधार विकास, वातावरण संरक्षणलगायत रहेको उल्लेख गर्नुभयो ।
nepalsandesh
आइतबार, २६ पुष
काठमाडौं । के तपाईं विदेश जाने सोचमा हुनुहुन्छ ? तपाईंसँग कुनै शीप छैन र विदेश गएर के काम गर्ने भन्ने चिन्तामा हुनुहुन्छ ? अब नआत्तिनुहोस् । सरकारले निशुल्क तालिमको व्यवस्था गर्दै छ ।
त्यो पनि खान बस्न निशुल्क । सरकारले सन् २०१६ मा विदेश जान चाहने तर, शीप नभएका युवाहरुलाई निशुल्का तालीम दिन लागेको हो । करिब दश हजार युवालाई दक्ष र अर्धदक्ष बनाउने लक्ष्यका साथ सरकारले यस्तो कार्यक्रम ल्याउन लागेको हो  ।
वैदेशिक रोजगार प्रर्वद्धन बोर्डले विभिन्न १२ किसिमका सीपमूलक तालिमको तयारी गरेको छ । बोर्डले सेक्युरिटी, होटल तर्फ कुक, वेटर र हाउस किपिङको, यस्तै प्लम्बर, वेटर मेसन, सटरिङकार्पेन्टर, स्क्रापहोल्डर, स्टील फिक्चर र हाउस पेन्टर लगायत १२ किसिमका तालिम दिन लागेको हो ।
विदेशमा विना कुनै शीप जाँदा दुःख पाएर फर्कनु परेको र कामको जानकारी नहुँदा हेपीन परेको अत्याधीक गुनासो पश्चात् सरकारले यस्तो काम थाल्न लागेको हो ।
बोर्डले तालिमकालागि आवश्यक प्रकृया थालिसकेको र विपन्न र दुर्गमका युवालाई खान र बस्नको प्रवन्ध समेत निशुल्क गर्ने तयारी भएको छ ।
यसकालागि तालिम दिन चाहने संस्थाले नै व्यवस्था गर्ने छन् । बोर्डले तालिम सञ्चालन गर्न चाहनेहरुसँग आशय पत्र माग गरिसकेको छ ।
nepalsandesh
अन्तरिक्षमा उडनतस्तरी (युएफओ) देखिने गरेका चर्चा अनि खबर आजभोली निकै सुनिने गर्छन। ताजा घटना भियतनामको हो। त्यहाँका टिभी च्यानलले अन्तरिक्षबाट तीन रहस्यमय चीज खसेको दाबी गरेका छन्।

ती के हुन, कहा बाट आए कसैलाई थाहा छैन। देख्दा धातुको बल जस्तो देखिन्छ। एउटा २५० ग्राम, दोस्रो ६ किलो र अर्को ४५ किलोग्राम तौलको छ।

भियतनामको रक्षा मन्त्रालय र कयौं वैज्ञानिकहरु यसको जाँच गर्दैछन्। सुरुवाती अनुमान अनुसार कुनै रसियन अन्यरिक्ष यान वा स्याटेलाइटको हिस्सा हुन सक्ने अनुमान पनि गरिएको छ। तर यदि कुनै स्याटेलाइटको हिस्सा भएको भए पृथ्वीमा आइपुग्नु अगावै घर्षणले वायुमण्डलमै जलेर नष्ट हुनुपर्ने हो।

वैज्ञानिकहरुको अनुसार कुनै अन्तरिक्ष यानको दुर्घटना सार्वजनिक नगरिएको हुनसक्ने पनि बताउँछन्। तिनै यानको टुक्रा हुनसक्ने बताइएको छ।

यदि कुनै मानव निर्मित यानको टुक्रा भएको खण्डमा यो घटना सामान्य हुन्छ। होइन भने कुनै उल्का, वा अन्तरिक्षमा अहिलेसम्म काल्पनिक मात्र बनेका एलियन र युएफओ काल्पनिक नरहन सक्छन्। अध्ययन भइरहेकाले के हो वास्तविकता सार्वजनिक भएपश्चात नै थाहा हुनेछ।nepaliheadlines
काठमाडौं : आइतबार दिउँसो काठमाडौंलाई केन्द्रबिन्दु बनाउँदै भूकम्प गएको छ ।

काठमाडौंको पश्चिममा अवस्थित गुर्जुधारालाई केन्द्रबिन्दु बनाएर ३.२ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

दिउँसो ४ बजेर २४ मिनेटमा गएको भूकम्पको धक्का थानकोट, कलंकी र त्यस नजिकका उपत्याकाका केही भूभागमा महसुस भएको छ ।

यसअघि शनिबार राति ११ बजेर २८ मिनेटमा रामेछापलाई केन्द्रबिन्दु बनाउँदै ४.४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ को शक्तिशाली भूकम्पयता ४ म्याग्निच्यूडमाथिका ४ सय २३ वटा बढी परकम्प गइसकेका छन् ।

४ म्याग्निच्यूडमुनिका भने हजार बढी परकम्प गइसकेका केन्द्रले जानकारी दिएको छ ।
annapurnapost
२६ पुस, काठमाडौं ।

उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले पृथ्वी जयन्तीको अवसरमा विदा दिइने अपेक्षा रहेको बताएका छन् । आफू नै उपप्रधानमन्त्री रहेको भएपनि उनले सरकारले विदा दिने अपेक्षा सार्वजनिक गरेका हुन् ।

कमल थापाले भनेका छन्, ‘भोलि पृथ्वी जयन्ती,हामी अन्तिमघडीसम्म प्रतीक्षा गर्नेछौ,सार्बजनिक बिदा दिईनेछ,पृथ्वी जयन्ती मनाईनेछ’ ।

कमल थापाको अध्यक्षतामा रहेको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले अघिल्ला वर्षहरुमा पनि पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक विदा दिनु पर्ने माग गर्दै आएको छ ।

राप्रपा नेपालले पृथ्वी जयन्तिको अवसरमा सार्वजनिक विदा दिन, राष्ट्रिय एकता दिवसलाई पर्वको रुपमा मनाउन र नेपाली नोटमा राष्ट्रनिर्माता श्री ५ पृथ्वीको तस्वीर अंकित गर्ने व्यवस्थाको माग राख्दै आएको छ ।nepaliheadlines
राजनीतिक तनाव, भारतीय नाकाबन्दी र मधेश आन्दोलन कायम रहेको समयमा पूर्व राजा ज्ञानेन्द्रले मुख खोलेका छन् । जनताले कस्लाई के भूमिका दिन खोजेका छन् भन्ने प्रष्ट हुनु पर्ने माग गर्दै ज्ञानेन्द्रले आफूले जन चाहाना अनुसार दरवार छोडेपनि घरबार भने नछोडेको बताएर राजनीतिक तरंग पैदा गर्ने संकेत दिएका हुन् ।

२९४ औं पृथ्वीजयन्तीको पूर्व सन्ध्यामा ज्ञानेद्र साहले एक आह्वान गर्दै लेखेका छन्, ‘‘ जनताको इच्छा, चाहना र भावनाको कदर गर्ने परम्परालाई निरन्तरता दिदै राष्ट्रहित र राष्ट्रवासीको सूख, सम्मृद्धी र आत्मीय सन्तुष्टिका निम्ती जनताको नासो जनतालाई सूम्पेर मैले दरबार छाडेको हुँ । मैले नेपाली घरवार छोडेको छैन’ ।

पूर्व राजाले आफ्नो भूमिका जनताले चाहेमा राजतन्त्र फर्किन सक्ने संकेत गर्दै नेपाली जनताले कस्को भूमिका खोजेका छन् भन्ने प्रष्ट हुनु पर्ने माग गरेका छन् । उनले भनेका छन्, “अब नेपाली जनताले को कसबाट के कस्तो दायित्व, भूमिका र भरोसा चाहेका छन्, खुलस्त हुनु पर्दछ भन्ने पनि समयको माग छ” ।

यस अघि पूर्वराजा ज्ञानेन्द्र शाहरुले आफूसँग तत्कालीन आन्दोलनरत दलले गरेको सहमतिबारे जिज्ञासा राखेका थिए । गत वर्षको प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा पूर्वराजाले एक सन्देश दिँदै आफूसँग भएका सहमति कार्यन्वयन गर्न दलहरुलाई आग्रह गरेपछि उनलाई कारवाही गर्न समेत माग भएको थियो । आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो । त्यसपछि ज्ञानेन्द्रले पटक पटक जनताले चाहेमा राजतन्त्र फर्किने र आफू जनताको चाहाना अनुसार चल्ने अभिब्यक्ति दिँदै आएका छन् । तर आफू राजतन्त्रको अवशेष रहोस् भन्ने पक्षमा रहेको कुरा ज्ञानेन्द्रले लुकाएका छैनन् ।

उनले वर्तमान राजनीतिक अवस्थाप्रति गम्भिर अस्तुष्टि पोख्दै भनेका छन्, “आपसी सद्भाव खल्बलिएर जनसाधारणको जीवन व्यवहारमा जस प्रकार आर्थिक संकट, चरम महगीं, अभाव, अनुत्पादन र वाह्य निर्भरताबाट यतिखेर थप मार परिरहेको छ । नेपाली जनताले अहिले सांझ विहान छाक टार्न र सामान्य रुपले जीवन धान्न पनि धौधौ परिरहेको छ, त्यो गम्भिर चिन्ताको विषय हो ।”


केही समय अघि मात्र एक साप्ताहिक पत्रिकाले पूर्वराजा ज्ञानेन्द्रले थाइल्याण्डमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंहसहितको बैठक गरेको समाचार प्रकाशित गरेको थियो ।

हुन त पूर्वराजा ज्ञानेन्द्रले पहिलो संविधानसभाको पहिलो बैठकले आफूलाई नागरिकको दर्जामा पुर्‍याउने घोषणा गर्दै नारायणहिटीबाट नागार्जुन दरवारतर्फ पठाइदिने समयमा कुनै प्रतिवादको संकेत सम्म पनि गरेनन् । उनी सरक्क बसाइ सरे । तर उनको मनमा शक्तिमा फर्किने चाहाना सँधै जिवितै छ भन्ने कुरा भने कसैबाट छिपेको कुरा होइन । उनले नागरिक बनेपछि दिएका हरेक जसो अन्तर्वार्ता र अभिब्यक्तिमा जनताले चाहेको हुने भन्दै आफू अनुकुलता पैदा भएमा कुनै बेला पनि पुनः शक्तिमा फर्किन तयार छु भन्ने मनसाय ब्यक्त गर्दै आएका छन् ।

पूर्व राजाले पछिल्लो पटक गरेको आह्वानमा पनि यस अघि जस्तै अमुर्त भाषा मात्र प्रयोग गरेका छन् । तर उनको भनाइबाट स्पष्ट बुझिन्छ कि जनताले चाहेका आफू भूमिकामा आउन तयार छु ।


आफ्नो हातमा सासन लिएर बसेका तत्कालीन राजा ज्ञानेन्द्रलाई ६२-६३ को आन्दोलनपछि बनेको अन्तरिम संविधानले शक्तिहिन तुल्याएको थियो भने संविधानसभाको पहिलो बैठकले देशलाई गणतन्त्र घोषणा गर्दै नागार्जुन पठाइदिएको थियो । मधेश आन्दोलन, भारतीय नाकाबन्दी र सरकार अलोकप्रिय बन्दै गएको समयमा पूर्वराजाले गरेको यस्तो आहवानलाई महत्वका साथ हेरिएको छ ।nepaliheadlines
२६ पुस, काठमाडौं।

गुगल ब्वाईका नामले चर्चित बालक आदित्य दाहालले राष्ट्रको गुमेको आत्मसम्मान फर्काउन नयाँ पिडिको खाँचो भएको सन्देश दिएका छन्।

चमत्कारिक बालकका रुपमा प्रचारित आदित्यले आफ्नो सन्देशमा राजनैतिक क्षेत्रको फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य भएको पनि बताएका छन्।

उनले यो सन्देश शुक्रबार आफ्नै घरमा लेखेका थिए। उनलाई विश्वास गर्नेहरुले भने हालको राजनैतिक नेतृत्वबाट देश पार नलाग्ने भन्न खोजेको बताएका छन्।

राजनैतिक फोहोरी खेल भन्दै उनले हाल सक्रिय राजनैतिक नेताहरको प्रति उनको संकेत रहेको सन्देशबाट बुझ्न सकिनेछ।

हेर्नुस गुगल ब्वाईको ताजा सन्देश जस्ताको तस्तै:

राजनैतिक क्षेत्रको यो फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य छौ । अब यस्तो नयाँ पिडिको खाँचो छ, जसले यो मुलुकको गुमेको स्वभिमान फर्काई राष्ट्रलाई नयाँ गति देओस् । प्राथना गरौ ।
“आदित्य “nepaliheadlines
काठमाडौँ, २६ पुस, विभिन्न भविष्यवाणी र उद्घोषले चर्चा कमाएका अर्थात् गुगल व्वाईको नामले चिनिने ५ वर्षे वालक आदित्य दाहालले शुक्रवार बोलेको कुरालाई आज फेसबुकमा पोष्ट गरिएको छ ।
'आदित्य दाहाल' नामक फेसबुक पेजमा उनको विचार र उनले डायरीमा लेखेको पाण्डुलिपिको फोटो प्रमाणको लागि राखिएको छ । उनले सो स्टाटसमा राजनीतिक फोहोरी खेलले नेपालीले आफ्नो स्वाभिमान बेच्न बाध्य बनेको उल्लेख गरेका छन् । साथै उनले अब मुलुकको गुमेको स्वाभिमान फिर्ता गर्न र देशलाई गति दिन नयाँ पिढीको खाँचो रहेको पनि औल्याएका छन्  । स्वाभिमान शीर्षक दिएर उनले लेखेको विचार यस्तो छ – 'राजनैतिक क्षेत्रको यो फोहरी खेलले गर्दा हामी र हाम्रो राष्ट्र अर्को राष्ट्रसंग आफ्नो आत्मसम्मान बेच्न बाध्य छौ । अब यस्तो नयाँ पिडिको खाँचो छ, जसले यो मुलुकको गुमेको स्वभिमान फर्काई राष्ट्रलाई नयाँ गति देओस् । प्रार्थना गरौ । 'आदित्य'...'aajakokhabar
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home