काठमाडौँ, २६ असोज । महत्वपूर्ण मन्त्रालयको कार्यविभाजन हुन बाँकी रहेको नयाँ सरकारमा उपप्रधानमन्त्रीको सङ्ख्या विगतको तुलनामा बढ्ने देखिएको छ ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज गठित मन्त्रिमण्डलमा उपप्रधानमन्त्रीसहित कार्यविभाजनमा सत्तागठबन्धन दलबीच सहमति हुन बाँकी रहेका कारण महत्वपूर्ण मन्त्रालयको कार्यविभाजन गरिएको छैन ।
कार्यविभाजनका लागि आज बिहान प्रधानमन्त्री ओलीको निवास बालकोटमा एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल र अन्य नेतासँग परामर्श भए पनि टुङ्गो लाग्न सकेन । सरकार विस्तारलगायतका काम बाँकी रहेकाले अध्यक्ष दाहालले आफ्नो पूर्व निर्धारित छिमेकी राष्ट्र् चीनको भ्रमण रद्द गरी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई पठाउनुभएको छ ।
निवर्तमान प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा वामदेव गौतम र प्रकाशमान सिंह गरी दुई उपप्रधानमन्त्री हुनुहुन्थ्यो ।
आज गठित मन्त्रिपरिषद्मा राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)का अध्यक्ष कमल थापा र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदार गरी दुई उपप्रधानमन्त्री नियुक्त हुनुभएको छ भने एमाले र एमाओवादीबाट उपप्रधानमन्त्री नियुक्त हुन बाँकी छ ।
त्यस आधारमा चार उपप्रधानमन्त्री सहजै हुने देखिएको छ भने सरकारलाई समर्थन गर्ने अर्काे सानो दल नेकपा (माले) का महासचिव सिपी मैनालीले पनि उपप्रधानमन्त्रीसहित सरकारमा आउने इच्छा देखाउनुभएको बुझिएको छ ।
प्रमुख सत्तारुढ दल एमालेका केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठ भन्नुहुन्छ– “पहिलो चरणको मन्त्रिमण्डल विस्तार भयो । थप विस्तारका लागि छलफल भइरहेको छ, हाम्रो पार्टीबाट पनि एक पदाधिकारीले उपप्रधानमन्त्री पाउनेछन्, यसले उपप्रधानमन्त्री धेरै हुने चिन्ता बढेको छ ।”
उहाँका अनुसार एमालेबाट उपाध्यक्ष विद्यादेवी भण्डारी, भीमबहादुर रावल वा उपमहासचिव विष्णु पौडेलमध्ये एक जना उपप्रधानमन्त्रीसहित मन्त्रिमण्डलमा सहभागी हुने सम्भावना छ । एमालेले महत्वपूर्णमध्ये अर्थ र रक्षा मन्त्रालय लिनेछ भने गृहमा एमाओवादीको दाबी छ ।
पहिलो चरणको मन्त्रिमण्डल विस्तारमै रावल र पौडेलले पनि शपथ लिने चर्चा चले पनि अन्य दलसँगको शक्ति सन्तुलन नमिल्दा निर्णय हुन नसकेको हो । शीतल निवासमा आयोजित प्रधानमन्त्री ओलीको शपथ ग्रहण कार्यक्रममा “तपाईको नाम त आजै मन्त्रीमा पर्ने कुरा थियो नि ?” भन्ने पत्रकारको जिज्ञासामा उपाध्यक्ष रावलले हाँस्दै जवाफ दिँदै भन्नुभयो, “अब म परिन भनेर सार्वजनिक सूचना नै दिनुपर्ला जस्तो छ ।”
एमाओवादी स्थायी समितिका सदस्य वर्षमान पुनले अन्य दलसँगको छलफल बाँकी रहेकाले आफ्नो पार्टीबाट आज सबै मन्त्रीहरुको नाम पठाउन नसकिएको राससलाई बताउनुभयो ।
सोही पार्टीका प्रवक्ता दीनानाथ शर्माले उपप्रधानमन्त्रीसहित गृहमा महासचिव कृष्णबहादुर महरा वा टोपबहादुर रायमाझीमध्येबाट पठाउन परामर्श भइरहेको जानकारी दिनुभयो ।
सत्तारूढ दलबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको जिम्मेवारीबारे सहमति जुट्न बाँकी रहेकाले पनि मन्त्रिमण्डल विस्तारमा त्यसको प्रभाव पर्ने देखिएको छ ।
प्रधानमन्त्रीको निर्वाचनमा विपक्षमा देखिएको प्रमुख दल नेपाली काँग्रेसलाई संविधान जारी हुनुभन्दा अगाडि राष्ट्रपतिमा समर्थन गर्ने भद्र सहमति भए पनि प्रधानमन्त्रीमा प्रतिस्पर्धा भएका कारण नयाँ परिस्थिति पैदा भएको हो । मधेसमा आन्दोलनरत दललाई वार्तामा ल्याएर संविधान संशोधन तथा संविधानको कार्यान्वयनको चुनौतीका बीच मन्त्रिमण्डल विस्तारमा अलमल वा विवाद गर्न नहुनेमा सत्तारुढ दलका नेता सचेत भए पनि सत्ताको बाँडफाँड निर्विवाद हुन कठिन देखिन्छ । रासस
dainiknepal.com

२६ असोज, काठमाडौं ।
विगत २ महिना देखि मधेशमा आन्दोलन चर्काइरहेका मधेशी दलहरुले नेपालीहरुको महान चाड दशैंलाई लक्षित गरेर आफ्नो आन्दोलन स्थगित लिने भएका छन् । आन्दोलन स्थगित भएको घोषणा गर्न मोर्चाले केहीबरेमा पत्रकार सम्मेलन गर्दैछ ।
यस अघि मोर्चाका नेताहरुले केपी ओलीको सरकारलाई दवाव दिन आन्दोन चर्काउने संकेत गरेका थिए ।
आफ्नै आन्दोलन दवाएको आरोप लागेका सुशील कोइरालालाई मत हाल्न मधेश आन्दोलन थाती राखेर काठमाडौं छिरेका मधेशी दलमा भाँडभैलो भएपछि र दशैंमा आन्दोलन जारी राख्दा थप बदनाम हुने भएकाले मधेशी दलहरु आन्दोलन फिर्ता लिने मनस्थितिमा पुगेको बैठकमा सहभागी एक नेताले नाम उल्लेख नगर्ने शर्तमा जानकारी दिए ।
दशैं र तिहार तथा छटपछि मात्र आफ्नो आन्दोलनलाई ससक्त पार्ने सोंचमा मधेशी नेता रहेको पनि भित्री श्रोतले जनाएको छ ।
मधेश आन्दोलनको नेतृत्व गर्दै आएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले वर्तमान राजनीतिक सन्दर्भमा पत्रकार सम्मेलनको आयोजना गरेको जानकारी संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेस चौरसियाले जानकारी दिएका छन् ।
प्रधानमन्त्रीका लागि भएको संसदीय चुनावमा सहभागी भएपछि मधेशी दलमा नेता तथा कार्यकर्ताले पार्टी छोड्ने र राजिनामाको लहर चलेको बताइएको छ ।
गत फागुनमा अनिलकुमार झासँग एकता गर्दै सदभावनाको सहअध्यक्ष रहेकी सरिता गिरीले हिँजो मात्र पार्टी छाडेकी छिन् भने अन्य दलका नेता कार्यकर्ताले पनि धमाधम पार्टी छोड्न थालेका छन् ।
मधेश आन्दोलनकै कारण देखाउँदै नाकाबन्दी गरिरहेको भारत पनि मधेश आन्दोलन फिर्ता हुनासाथ सहजरुपमा नाका खोल्न तयार हुने निश्चित छ । मधेश प्रति अनुदार मानिएका प्रधानमन्त्री केपी ओलीको सत्तागमन यस अर्थमा सुखद हुने देखिएको छ ।nepaliheadlines.com

काठमाडौं । मिसेस नेपाल इन्टरनेसनलमा पाँचथरकी सबिता लामिछाने विजयी भएकी छन्।
राजधानीमा आयोजित विवाहित महिलाहरूको सौन्दर्य प्रतियोगितामा लामिछानेले १७ प्रतियोगीलाई पछि पार्दै मिसेस नेपाल इन्टरनेसनलको शीर्ष उपाधि हात पारेकी हुन् ।
उनी सातमुहाने देउराली बचत ऋण सहकारी संस्थामा म्यानेजरको रुपमा कार्यरत रहेकी छिन् ।
यस्तै प्रतियोगितामा रीती बराल फस्ट रनरअप,परिकल्पना राई सेकेन्ड रनरअपका भएकी छिन् ।
विजेता श्रेष्ठ थर्ड रनरअपका स्मीता पाण्डे फोर्थ रनरअपकाको उपाधि हात पारेकी छिन् ।
www.nepalsandesh.com

काठमाडौँ। उद्योगमन्त्री सोमप्रसाद पाण्डे मुलुकको अबको आवश्यकता भनेको आर्थिक विकास भएको बताएका छन् ।
नवनियुक्त मन्त्रीले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन औद्योगिक क्रान्तिको खाँचो रहेको औँल्याउँदै उद्योग क्षेत्रलाई आवश्यक पर्ने नीति निर्माण गर्ने बताएका छन् ।
उनले मुलुकको अर्थतन्त्र सुदृढ बनाउन उद्योग क्षेत्रलाई विकास विस्तार गर्नुपर्नेमा जोड दिँदै त्यसले मुलुकको अग्रगमनका लागि सहयोग पुर्याउने बताए ।
मन्त्री पाण्डेले संविधानसभाबाट संविधान निर्माण भएकाले अब आर्थिक क्रान्तिको बाटोमा लैजान आवश्यक रहेको बताएका हुन् ।

वि.सं. २०७२ साल असोज २६ गते। मंगलबार। इश्वी सन् २०१५ अक्टोबर १३ तारिख। नेपाल संवत् ११३५ कौला थ्व। आश्विन शुक्लपक्ष। तिथि– प्रतिपदा, भोलि बिहान ६:२४ बजेउप्रान्त प्रतिपदा।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। साँझदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। काममा आफन्तको सहयोग जुट्नेछ। दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विविध कमजोरीले योजना कार्यान्वयनमा ल्याउन मुस्किलै पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। साँझदेखि प्रतिस्पर्धी परास्त हुनाले स्थितिमा सुधार आउनेछ। रोकिएका काम सम्पादन हुनेछन् भने नयाँ काम सुरुआत गर्न सकिनेछ। मेहनतले व्यवसायमा राम्रै फाइदा दिलाउनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
विगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्यमा समस्या आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। काम सम्पादन गर्न नसकिए पनि साँझपछि नयाँ योजना बन्न सक्छन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। मनग्य आम्दानी हुनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। साँझदेखि परिस्थितिअनुसार चल्न नसक्ता समस्या आउन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्ने समयछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। साँझदेखि परिस्थिति अनुकूल बन्नेछ। नयाँ काम सुरुआत गर्ने अवसर पनि जुट्नेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। साँझदेखि बोलीको गलत अर्थ लाग्ने वा आफ्नो अभिव्यक्तिबाट विवाद हुने सम्भावना छ, मान–सम्मानमा पनि आघात पुग्न सक्छ, सजग रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्नेछ भने फाइदा कममात्र हुनेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। थोरै लाभ हुनेछ। साँझदेखि इच्छाशक्ति बढ्नुका साथै स्थितिमा सुधार आउनेछ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुन सक्छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। ईर्ष्या गर्नेहरूले पनि सताउन सक्छन्। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
कामको सन्दर्भमा प्रतिष्ठित व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त धनलाभ हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रम गर्दा न्यून सफलता मिल्ने समय छ। आँटेको काम पूरा नभए पनि मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। साँझदेखि काम बिग्रने भयले सताउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। आश्वासन बाँड्नेहरूबाट सजग रहनुहोला।

हिन्दु धर्म अँगालेको, योगाभ्यास गरेको आरोप
वासिङटन : संयुक्त राज्य अमेरिकाको वायु सेनाले हिन्दु धर्म अँगालेको आरोपमा डेबोरा स्कन्फेल्डलाई सेवाबाट बर्खास्त गरेको छ ।
उनी अमेरिकी सेनामा दन्त चिकित्सकको रूपमा कार्यरत थिइन् । उनलाई बोक्सी विद्या सिकेको र कार्यालयमा भूत बोलाएको आरोप लगाइएको छ । उनले हिन्दु धर्म अँगाली, योगाभ्यास गरेको र भजन सुन्दै अदृश्य आत्मा बोलाएको भन्दै उनलाई सेवाबाट हटाइएको छ ।
डेबोरा स्कन्फेल्डका अनुसार उनी मेरिल्यान्डको एपेस मिडेमा दन्त प्राविधिक अन्तर्गत सैनिक सेवामा कार्यरत थिइन् । उनलाई सेप्टेम्बर २ तारिखमा निष्काशित गरिएको थियो । आफूमाथि धर्मकै कारण निष्काशन गरिएको भन्दै उजुरी गरेकी छिन् । उनले आफूलाई आस्थाकै कारण विभेद गरिएको बताएकी छन् ।
अमेरिकी सेनाको धार्मिक स्वतन्त्रता हेर्ने निकाय द मिलिट्री रिलिजियस फ्रिडम फाउन्डेसन (एमआरएफएफ) ले स्कन्फेल्डमाथि भूत बोलाउने गरेको र बोक्सीको आरोप लगाउँदै धार्मिक यातना दिइएको बताएको छ । उनले योगाभ्यास गर्ने गरेको र त्यो सैतानको काम भएको आरोप लगाइएको पनि एमआरएफएफले बताएको छ ।
यसैगरी हिन्दु अमेरिकी संस्थाले पनि अमेरिकी सेनामा पनि स्कन्फेल्डमाथि हिन्दु धर्म अँगालेकै कारण विभिन्न आरोप लगाइएको भन्दै विरोध गरेको छ । ‘डेबोराले भोगेजस्तो धार्मिक विभेद कुनै पनि कर्मचारीले भोग्नु लज्जास्पद हो । अरूको भावनामाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन ', उनले भने, 'उनलाई सेनाको जागिरबाट बर्खास्त गरिनुको अनुसन्धान गरिनुपर्ने माग गर्दछौं । सेनामा धार्मिक स्वतन्त्रता हुनुपर्ने हाम्रो माग छ ।’
स्कन्फेल्डका दुईजना सहकर्मी महिलाले क्रिस्चियन धर्म छोडेर हिन्दु बोक्सी बनेको भन्दै उजुरी गरेका थिए ।
एमआरएफएफका अध्यक्ष मिखाइल विन्स्टनले भने, ‘स्कन्फेल्डकी एक साथीले सैतानबाट मुक्ति पाएको जानकारी दिएकी थिइन् ।’
उनको ठाउँमा क्याथोलिक धर्मावलम्बी दन्त चिकित्सक नियुक्त गरिएपछि उनकी साथीले यस्तो धारणा राखेको जनाइएको छ । वायुसेनाका प्रवक्ता मेजर जोएल हार्परले ‘वायुसेनाले सावधानपूर्वक गरेको र उनका सहकर्मीले भनेको कुरालाई आधार बनाएर सैनिक अधिकारीले कारबाही गरेको’ बताए ।
विन्स्टनले कडा शब्दमा भने, ‘स्कन्फेल्ड क्रिस्चियन होइनन्, उनी हिन्दु हुन् । उनले ड्युटीमा आफ्नो कर्तव्य पूरा गर्नुपथ्र्यो । यसका बारेमा मिलिट्री रिलिजियस फ्रिडम फाउन्डेसनलाई नै सोध्नुस् ।’ यद्यपि यस्तो कार्य निकै गलत भएको पनि उनले स्वीकार गरे ।
स्कन्फेल्डलाई उनकी एक सहकर्मीले योग र ध्यान गरेर जीवन अन्धकारमा फालेको भन्दै आक्रोश व्यक्त गरेकी थिइन् । उनले येशु क्राइस्टको प्रार्थना गर्न भनेकी थिइन् । उनले भनिन्, ‘उनले गरेको ध्यान र योगबाट अरू सैनिकहरूमा पनि दोष देखिएको भन्दै ममाथि आरोप लगाएका थिए ।’
स्कन्फेल्डका सहकर्मीले टाइम्ससँगको कुराकानीमा उनीहरूको भनाइ सत्य भएको खुलासा गरे । आफ्नी एक साथीको व्यवहार दिक्कलाग्दो भएपछि स्कन्फेल्डले हिन्दु धर्म मान्ने र योगाभ्यास गर्ने भएकाले उनलाई ‘हिन्दु बोक्सी’ भन्न थालेको उनीहरूले स्वीकार गरेका छन् ।
एमआरएफएफले अनुसन्धान गर्दा अधिकांश सैनिकले स्कन्फेल्डले हिन्दु धर्मको अभ्यास गर्दा सैतानको विशेष शक्तिलाई कार्यालयमा बोलाउने गरेको जवाफ दिएका थिए । उनले सेनामा रहँदा क्रिस्चियन धर्ममा विश्वास नगरेको र उनले क्रिस्चियनको सर्वोच्चता स्वीकार नगरेको भन्ने सैन्य अधिकारीले बताएको एमआरएफएफले जानकारी दिएको छ ।
यसैगरी क्रिस्चियन चाडवाड नमनाएको र त्यस्ता खालका अभ्यासमा सहभागी नहुनु पनि उनको दोष देखाइएको उक्त संस्थाले उद्धृत गरेको छ । सैनिक सेवामा कार्यरत सबैले क्रिस्चियन भजन गाउँदा उनी हिन्दु भजन वा हिन्दी गीत सुनेको भन्दै सहकर्मीले आक्रोश व्यक्त गरेका छन् ।
यसैगरी अमेरिकी सर्वोच्च अदालतले समलैंगिक विवाहका पक्षमा दिएको निर्णयको पनि विरोध गर्न भनिएको थियो । यस्तो विवाह क्रिस्चियन मान्यताविरुद्ध भएको भन्दै आक्रोश व्यक्त गरिँदा उनले साथ नदिएको भेटिएको पनि एमआरएफएफले स्पष्ट पारेको छ । अमेरिकी सेनामा अझै पनि क्रिस्चियनलाई धर्मलाई सर्वोपरी मानेर अँगाल्नुपर्ने स्थिति रहेको दाबी गरिएको छ ।
कतिपय अधिकारीले भने उनले हिन्दु धर्म मानेकोमा दण्ड नदिएको र क्रिस्चियनका मान्यता र चाडवाड नमनाएका कारण सेवाबाट हटाइएको बताएका छन् । क्रिस्चियनबाहेकका धर्मलाई सेनामा स्थान नदिइएको त्यहाँ कार्यरत जवानले बताएका छन् ।
www.annapurnapost.com