• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शुक्रबार, १७ पुष
धरान धरानको विपी कोइराला मेमोरियल अस्पतालमा उपचाररत सद्भावनाका अध्यक्ष राजेन्द्र महतो थप उपचारका लागि आज भारतको राजधानी दिल्ली जाने भएका छन् ।
दिल्लीमा उपचारकालागि जान धरानबाट महतो हेलीकप्टरमा राजधानीस्थित त्रिभुवन बिमानस्थलमा आउने छन् । त्यहाँबाट एयर इण्डीयाको विमानबाट दिल्ली जाने तयारी भएको सद्भावना स्रोतले बतायो ।
धरानमा उपचार हुन नसकेपछि उनी दिल्ली जन लागेको सद्भावना स्रोतको दाबी छ। यद्यपी महतो डिस्चार्ज हुन नमानेको र उनलाई कुनै समस्या नभएको समाचार आइरहेका छन् ।
मधेसवादी दलका नेताहरुले नै महतोले हिरो बन्न बिरामी भएको नाटक गरेको आरोप लगाइरहेका छन् ।
nepalsandesh
बर्दिया, १७ पुस । नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुजाता कोेइरालाले पार्टीलाई जीवन्त र ऊर्जाशील बनाउनका लागि युवा तथा महिलाको प्रतिनिधित्व गर्दै आफूले आगामी अधिवेशनमा सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।
काँग्रेस र नेपाल प्रेस युनियन बर्दियाले यहाँ गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेत्री कोइरालाले भन्नुभयो–“पार्टीभित्र रहेको भागबन्डालाई समाप्त पारी युवा लक्षित कार्यक्रम मार्फत मधेस–तराई लगायत समग्र मुलुकको विकासका लागि मै सभापतिमा उम्मेदवारी दिने तयारीमा लागिपरेको छु । ”
उहाँले आफू सभापति भएमा मुलुकको आर्थिक समृद्धिका लागि वैदशिक लगानी पर्याप्त मात्रामा भित्र्याउने जानकारी दिनुभयो । नेत्री कोइरालाले संविधान संशोधन प्रस्तावले मधेसको सम्पूर्ण समस्या हल गर्ने भएकाले नाकाबन्दी तत्काल खोल्न मधेसकेन्द्रित दललाई आग्रह गर्नुभयो ।
dainiknepal
१. छालामा
मेवा छालाका लागि निकै लाभदायी मानिन्छ, यो फेसप्याकको रुपमा प्रयोग गर्न सकिन्छ । यसले छालाको जलन र संक्रमणबाट मुक्ति दिन्छ । फर्मेन्टेशन गरिएको मेवाको बोक्राले मरेका छालालाई पुनर्जीवन प्रदान गर्दै ताजा र चम्किलो राख्छ । छाला चोटमा पनि यो लाभकारी हुन्छ ।
२. कोलस्टेरोलमा
अधिक मात्रामा फाइबर पाइने भएकाले यसले रगतको कोलस्टेरोल मात्रा घटाउछ । यसमा भएको इन्जाइमले कोलस्टेरोलको अक्सिडाइजेसनबाट रोक्छ, जसबाट हृदयाघात हुने सम्भावना कम हुन्छ ।

३. चाउरीमा
मेवामा भएको एन्टिअक्सिडेन्टले उमेर अगावै छाला चाउरी पर्ने समस्याबाट मुक्ति मिल्छ । यसले मानिसलाई युवा बनाइराख्छ ।
४. पेटको समस्यामा
मेवाको बियाँ पेटको रोगका लागि औषधिको रुपमा प्रयोग हुन्छ । यसले पेटका जुका तथा परजीवीलाई मार्छ ।
५. कन्स्टिपेसनमा
मेवा कन्स्टिपेसनका लागि अचूक औषधि हो । यसले खानालाई प्राकृतिक रुपमा पचाउन मद्दत गर्छ ।
६ मलद्वारसंबन्धी समस्यामा
मेवाको जुस मलद्वारको संक्रमण हटाउन काम लाग्छ । तर, उपचारका लागि यसको नियमित प्रयोग गर्नुपर्छ ।
७. तौल घटाउन
उच्च पोषण र न्युन क्यालोरी हुने भएकाले तौल घटाउन चाहनेका लागि मेवा निकै लाभदायी मानिन्छ ।
८. बिहानीको वाकवाकीमा
खासगरी गर्भवती महिलामा बिहानपख देखिने वाकवाकीको समस्यामा यो काम लाग्छ । बिहान एउटा सानो टुक्रा मेवा खानाले वाकवाकी र अरूची हट्छ ।
९. हाडजोर्नी
जलनशिलविरुद्धका इन्जाइम हुने भएकाले यसले दुखाई कम गर्न मद्दत पु¥याउछ , खासगरी आर्थराइटिस, ओस्टियोपोरोसिस भएका बिरामीमा यो लाभदायीमानिन्छ । यसमा क्यान्सरसंग लड्ने क्षमता पनि हुन्छ ।

१०. प्रतिरोधी क्षमतावृद्धिमा
यो भिटामिन ए र भिटामिन सी को भण्डार नै हो, यसले शरीरको रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ, खासगरी ज्वरो, रुघाखोकी भइरहने बिरामीलाई यो काम लाग्छ ।
११. स्याम्पुको रुपमा
मेवाका तत्व मिसाइएको स्याम्पु चाया हटाउन निकै लाभकारी हुन्छ ।
१२. रजस्वला अनियमित भएकोमा
मेवाको नियमित सेवनले महिलाको मासिक धर्मलाई पनि नियमित बनाउछ ।
१३. कलेजोको क्यान्सरमा
यसले क्यान्सरको कोषको वृद्धिमा ढिला गराउछ र कलेजोलाई बचाउछ ।
१४. गर्भनिरोधक
भाले लंगुरमा गरिएको एक अध्ययनले मेवामा गर्भनिरोधक क्षमता पनि भएको पाइएको छ । त्यसैले पुरुषले मेवा प्रयोग गरेको अवस्थामा सहवास भएकामा तत्काल गर्भ रहने सम्भावना कम हुन्छ ।
१५. मिर्गौलाको समस्यामा
विषसेवनका कारण मिर्गौला फेल भएको अवस्थामा मेवाले पुनः पूरानै अवस्थामा फर्काउन मद्दत गर्छ । यसमा भएका एन्टिअक्सिडेन्ट र अक्सिडेटिभले मिर्गौलालाई फेल हुनबाट बचाउछ ।
१६. डेंगु
अनुसन्धानकर्ताका अनुसार मेवाको पातको जुसले डेंगुको ज्वरोलाई समेत रोकथाम गर्ने पुष्टि गरे.का छन् । मेवाको पातको जुसले शरीरमा रगतको प्लेटलेटमा वृद्धि गर्छ ।
अहिलेको समाज अनलाइन बिना पानी विना को माछा झै हुन थालेको छ । जसरी अनलार्इन दुनियाँमा सामाजिक सञ्जालहरूको अाकर्षण दिनदिनै बढिरहेको छ त्यसरी नै अनेक प्रकारका अपराध र दुर्घटनाहरू पनि त्यतिकै रूपमा घटिरहेका छन।

अझ भन्ने हो भने फेसबुक सबैको जीवनको प्रमुख हिस्सा बनिसकेको छ । एक अर्काको सम्पर्क र सम्बन्ध विस्तारका लागि फेसबुक अहम् माध्यम बनेको छ ।

तर, फेसबुकमा आफ्नो सबै जानकारी दिनुपनि त्यति गतिलो मानिदैन । गोपनियता र सुरक्षाका दृष्टिले फेसबुकका केही कुराबाट भने सधैं चनाखो रहनु उचित हुन्छ । त्यस्ता चनाखो हुनेपर्ने फेसबुकका पाँच कुराहरु
१. फेसबुकमा आफ्नो जन्मदिनको सबै जानकारी नराख्नुहोला । हरेक जन्मदिनमा फेसबुकमा सन्देश आउँदा खुशी लाग्ने भएपनि सम्पूर्ण मिति नदिनु नै सही हुन्छ । जन्ममिति राख्दा जन्म दिन मात्र राख्नुहोला, कुन सालमा जन्मेको भनेर नराखे कै वेश ।
२. फेसबुकमा तपाईंको रिलेशनसिप पनि नखुलाएकै राम्रो । वैवाहिक अवस्थाबारे लखदा तपाईंलाई निगरानी गर्नेले तपाईंको विवाहबारे र परिवारबारे सहजै थाहा पाउन सक्छन् ।
३. फेसबुक चलाउँदा रहेको स्थान करेन्ट लोकेशन कहिल्यै पनि अपडेट नगर्नुहोला । यस्तो अपडेट गर्दा निगरानी गर्नेले तपाईंको हरेक समय र स्थानबारे जानकारी पाइरहेका हुन्छन् । विदा मनाउन कतै जानुभएको छ भने पनि फर्किसकेपछि मात्र फोटोहरु अपलोड गर्नुहोला ।


४. तपाईं घरमा एक्लै हुनुहुन्छ भने सो जानकारी फेसबुकबाट नदिनुहोला । हामीलाई हाम्रो स्टाटस कस कसले पढ्छन् भनेर जान्न सक्दैनौं । त्यसकारण खराव नियतका मानिसले तपाईंलाई फलो गर्न सक्छन् ।
५. आफ्नो बच्चाको तस्वीर अपलोड गर्ने प्रचलन अलि बढी नै छ । तर यो ठिक होइन । सकेसम्म बच्चाको फोटो अपलोड नगर्दा राम्रो हुन्छ । साथी, आफन्तलाई यस्ता फोटो ट्याग गर्नु पनि उचित हुँदैन ।
१७ पुस, काठमाडौं । केपी ओली नेतृत्वको सरकारको कामकारवाही प्रभावकारी नभएको भन्दै सत्तारुढ एकीकृत नेकपा माओवादीमा असन्तुष्टि बढेको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सार्वजनिकरुपमा नै ओली सरकारको आलोचना गर्न थालेका छन् । ‘सरकार सञ्चालनमा असफल भइसक्यौं भन्ने निष्कर्षमा त पुगिसकेका छैनौं’ एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले अनलाइनखबरसँग भने- तर, समग्र सरकार सञ्चालन र हाम्रै पार्टीले सम्हालेका मन्त्रालयको काममा हामी असन्तुष्ट छौं ।’
एमाओवादीले ओली सरकारमाथि तीनवटा चार्ज लगाएको छ ।
आरोप नम्बर १– सरकारले नाकाबन्दीले उत्पन्न गरेको संकट समाधान गर्न जुन प्रकारको योजनावद्ध पहल गर्नुपर्ने हो त्यो ठीक ढंगले गर्न सकेको देखिएन ।
आरोप नम्बर २– आन्दोलनकारी मधेसी शक्तिहरुसँग गर्ने सरकारकै मुख्य भूमिका हुन्छ, त्यो पनि अहिले टुंग्याउन सकेको छैन । र, त्यसमा सरकार र सरकारमा रहेका शक्तिहरुले मात्र चाहेर कहाँ सकिन्छ भन्ने त सही हो । तर, सरकारको नेतृत्वको तर्फबाट आवश्यक लचकता र पहलकदमी हुनुपर्ने हो । त्यसमा पनि गम्भीरता देखापरेको छैन ।
र, आरोप नम्बर ३– पछिल्लो जुन प्रकारको निर्णय मन्त्रालयहरु टुटाउने, फुटाउने र नयाँ मन्त्रालय थप्ने निर्णय भयो । यो त सहनीय छैन । यसको कुनै औचित्य कसैले पुष्टि गर्न सक्दैन ।
मन्त्रालय फुटाउने प्रस्ताव आउँदा आफ्नो पार्टीमा छलफल भएको भन्दै एमाओवादी उपाध्यक्ष श्रेष्ठले भने, हामीले कुनै पनि हालतमा मन्त्रालय फुटाउने वा थप्ने हुन सक्दैन, कुनै आधार पनि छैन र सन्दर्भले पनि दिँदैन भनेका थियौं । मन्त्रालय फुटाउने वस्तुगत आधार पनि देखिँदैन ।’
श्रेष्ठले अघि भने, भूकम्पपीडित जनता खान नपाएर र जाडोले मरिरहेको अवस्थामा मन्त्रालय विभाजन गर्ने कुरा ठीक हुँदैन भन्यौं । बरु हामीले के भन्यौं भने प्रशासन सुधार आयोगको सिफारिसअनुसार मन्त्रालय घटाऔं र त्यसो गर्दा आनुपातिक रुपमा कति मन्त्री घटाउनु पर्ने हो, त्यसका लागि हामी तयार छौं भनेर भन्यौं । तर, पनि मन्त्रालय फुटाइयो र नयाँ बनाइयो ।’
एमाओवादीले यसलाई सच्याउने र सरकारको काम कारबाही प्रभावकारी बनाउने प्रयास गर्ने बताएको छ । सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री र एमालेसँग कुराकानी भइरहेको भन्दै श्रेष्ठले भने, हामी त्यो दिशामा सकारात्मक र परिणाम देखिने बनाउन चाहन्छौं । त्यो भएन भने हामी सधैं यो स्थितिमा रहिरहन सक्दैनौं ।’
एमाओवादीले सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता बोलाउन सक्ने भन्दै मानसिकरुपमा तयार रहन भनेको छ । तर, सरकार ढाल्ने योजना भने नरहको उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले बताए ।
श्रेष्ठले भने, हामी हेरेर बसिरहने पक्षमा छैनौं । अहिले नै यो सरकार ढाल्ने र अर्को सरकार बनाउने पहल भने हाम्रो छैन । तर, सरकारको अहिलेको कामलाई यहि रुपमा रहन दिएर हामी तमासे बन्न सक्दैनौं ।’
onlinekha
१० मिनेटमा मोदीले नेपालको विषयमा गरे यस्तो तीन ट्वीट
चितवन, पुस १७ । चितवनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले असुरक्षित हेलमेट नियन्त्रण अभियान सुरु गरेको छ ।
हेलमेटमा लापरबाही गर्ने र तालुमात्रै ढाक्नेजस्ता साना तथा असुरक्षित हेलमेटका कारण दुर्घटनामा ज्यान जोखिम हुने भन्दै प्रहरीले यस्तो अभियान थालेको जनाएको छ ।
दुई दिनअघिबाट सुरु भएको अभियानअन्तर्गत अहिलेसम्म प्रहरीले १६० वटा हेलमेट नियन्त्रणमा लिइसकेको छ ।
चितवनका ट्राफिक कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक राजन भेटवालका अनुसार असुरक्षित हेलमेट नियन्त्रणमा लिने र सुरक्षित हेलमेट लिएर आएपछि छाड्ने गरिएको छ । प्रारम्भिक चरणमा जरिवाना लिने गरिएको छैन । जरिवाना लिँदैन भनेर लापरबाही गरिएको पाइएमा कडाइका साथ जरिवाना लिने प्रक्रियासमेत सुरु गर्ने उनले बताए ।
imagekhabar
काठमाडौं, १७ पुस । राजनीतिक चहलपहलमा शून्यसरह बसेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भित्रभित्रै आफ्नो सांगठनिक र विभिन्न क्रियाकलापलाई तीव्रता दिँदै आएको रहस्य खुलेको छ ।
राजधानीलगायत मुलुकका विभिन्न जिल्लाहरूमा आफ्ना गतिविधिलाई ‘विप्लव’ माओवादीले भूमिगत शैलीमा अपनाउँदै आएको छ । प्रहरी प्रशासनले दुःख दिने डरले ‘विप्लव’ माओवादीले आफ्ना गतिविधिहरूलाई गुपचुप गर्ने गरेको हो ।
स्रोतका अनुसार ‘विप्लव’ माओवादीले नाकाबन्दीको फाइदा उठाएर कालोबजारी र भ्रष्टाचार गर्नेहरूलाई कारबाहीको अन्तिम तयारी गरेको छ ।
विशेष गरेर दैनिक उपभोग्य सामाग्री, ग्यास र तेलमा भएको अनियमितता एवम् कालोबजारीविरुद्ध अभियान सुरू गरेको नेकपा माओवादी उच्च स्रोतले जनायो ।
‘नाकाबन्दीको नाममा फाइदा उठाएर कालोबजारी गर्नेहरूको लामो सूची तयार पारिएको छ’, स्रोतले भन्यो, ‘जनताले अब आफै कारबाही गर्छन् । कारबाही पनि सुरू भइसकेको छ ।’
भारतीयलाई सहयोग गरेका कारण डिस होम प्रालिलाई कारबाही गरेको उदाहरण दिँदै ‘विप्लव’ माओवादी स्रोतले भन्यो, ‘अब कारबाही अलि ठूलै हुनेछन् । सरकारले कालोबजारी र भ्रष्टाचार नियन्त्रण गर्न सकेन । जनता आफै कारबाहीमा उत्रनु परेको छ ।’
प्रधानमन्त्री केपी ओलीले कालोबजारी र भ्रष्टाचारलाई संरक्षण गरेको माओवादीको आरोप छ ।
माओवादीले विशेष गरेर ग्यास कम्पनी र ग्यास वितरण गर्ने डिलरहरूलाई उच्च निगरानीमा राखेको छ । जनतालाई सहज रुपमा ग्यास उपलब्ध नगराइए हदैसम्मको कारबाही गर्ने माओवादी स्रोतले बताएको छ ।
नेपाल आयल निगमका कर्मचारीहरू तस्करसँग मिलेर तेल र ग्यासमा कालोबजारी गरेको प्रमाण पाएको जनाएको माओवादीले ती कर्मचारीहरूलाई छिट्टै कारबाही गर्ने चेतावनी दिएको छ ।
माओवादीले नाकाबन्दी भएर मुलुकको आर्थिक अवस्था जरजर भएका बेला बैंकहरूमा पैसा थुप्रने क्रम बढेको सूचना आफूहरूले पाएको उल्लेख गरेको छ । त्यस्ता व्यापारी र व्यक्तिको सूची पनि धमाधम संकलन भइरहेको स्रोतले जनायो ।
भारतीय पक्षलाई अहिले पनि सहयोग गरिरहेको भन्दै माओवादीले डिस होम प्रालि र त्यसका सञ्चालकलाई उच्च निगरानीमा राखेको जनाएको छ । ‘राष्ट्रियताका पक्षमा नदेखिएको र अटेर गरेको डिस होमलाई फेरि पनि कारबाही हुन्छ’, विप्लव माओवादी उच्च स्रोतले भन्यो ।
धादिङ, काठमाडौं र बनेपामा रहेका ग्यास उद्योग कम्पनी र खाद्य सामाग्रीको आयात र विक्री वितरण गर्ने व्यापारी एवम् ठूला गोदामलाई निगरानीमा राखेको स्रोतको भनाइ छ ।
विभिन्न जिल्लामा व्यक्तिका घर जग्गा कब्जा गरेर आलोचित बन्दै आएको ‘विप्लव’ माओवादीका केन्द्रीय नेताहरू अधिकांश उपत्यका बाहिर छन् । केही नेताहरू राजधानीमा बसेर आफ्नो राजनीतिक कार्य गोप्य रुपमा गर्ने गरेको खुलेको छ ।
ainiknepal
दुबई, पुस १७ । विश्वभर नयाँ वर्ष २०१६ को स्वागत भइरहँदा दुबईमा भने एउटा प्रख्यात होटलमा आगलागी भएको छ । नयाँ वर्षको स्वागतका लागि विशेष कार्यक्रम आयोजना भइरहेको समयमा ‘एड्रेस होटल’ मा आगलागी भएको हो ।
उक्त होटल विश्वकै सबैभन्दा अग्लो भवन ‘बुर्ज खलिफा’ नजिकै छ ।
आगो कसरी लाग्यो भन्नेबारे प्रष्ट हुन सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार आगोको ज्वाला एक हजार फिटभन्दा माथि उठेको थियो ।
आगलागीमा १४ जना घाइते भएको जनाइएको छ । आगो नियन्त्रणका लागि कयौं दमकल परिचालन गरिएको थियो । (एजेन्सी)
imagekhabar
काठमाडौं, १७ पुस । विगत चार महिनादेखि जारी मधेस आन्दोलन आन्तरिक गुट र चरम असन्तुष्टिका बीच गुज्रिएको रहस्य खुलेको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आन्दोलनमा रहेका चार वटा दल चारतिर विभाजित रहेको खेलेको हो ।
विशेष गरेर संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर एकातिर छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो अर्को कित्तामा छन् ।
यादव र ठाकुरले मधेस आन्दोलन आ–आफूले चलाएको भ्रम पालेर बसेका छन् । महेन्द्र राय यादव पनि तीन शीर्ष नेताहरूसँग असन्तुष्ट छन् । आफ्नो दललाई सानो भनेर हप्ने गरेको भन्दै रायले असन्तुष्टि जनाउने गरेका हुन् ।
मधेस आन्दोलनको नेतृत्व आफूले गरेको भ्रम सद्भावना पार्टीका अध्यक्ष महतोलाई पनि परेको छ । हुन पनि अहिलेको आन्दोलन राजेन्द्र महतोले मात्रै हाँकेका हुन् की भन्नेहरू पनि कम छैनन् ।
यस पटकको मधेस आन्दोलनमा राजेन्द्र महतोको अलि धेरै सक्रियता देखिएको छ । महतो आफै वीरगञ्ज नाकामा धर्ना बसेर आन्दोलनलाई शसक्त बनाउने प्रयास गरेपछि उनको उचाइँ बढेको राजनीतिक विश्लेषकहरूले बताएका छन् । महतोको उचाइँ बढेको देखेपछि यादव र ठाकुरले चिन्ता जनाउने गरेको स्रोतको भनाइ छ ।
आन्दोलनकै क्रममा विराटनगरको झडपमा घाइते भएका महतो अहिले धरानमा उपचार गराइरहेका छन् । मधेस आन्दोलनमा मधेसी मोर्चाका चार राजनीतिक दलमध्ये धेरै फाइदा सद्भावना पार्टीलाई पुगेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
यतिसम्मकी उपेन्द्र यादव र राजेन्द्र महतोबीच सार्वजनिक कार्यक्रममै भनाभन हुन थालेका समाचार आउन लागेका छन् । यादव र महतोको निजी सहयोगीहरूमार्फत एकअर्काप्रति लाञ्छना लगाउन पनि थालिएको छ ।
सामाजिक सञ्जालहरू प्रयोग गरेर यादव र महतोले एकअर्कालाई लाञ्छना लगाउने गरेका हुन् ।
आरोप प्रत्यारोपका कारण अहिले विशेष गरेर तीन शीर्ष नेता यादव, ठाकुर र महतोबीच राम्रोसँग बोलचालै हुन छाडेको स्रोतको भनाइ छ ।
मिडियाको डरले तीन शीर्ष नेताहरू एकै स्थानमा रहेको संकेत दिन खोजेपनि उनीहरूबीच सम्बन्ध तनाबपूर्ण छ ।
एकथरी युवा नेताहरू चार शीर्ष नेताहरूलाई मिलाएर मधेस आन्दोलनलाई आफ्नो लक्ष्यामा पुगाउन सक्रिय पनि छन् । तर ती युवा नेताहरूलाई संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले मन पराउने गरेका छैनन् ।
पुस १९ गते मधेसी मोर्चाको बैठक बस्ने भनेर तमलोपा अध्यक्ष ठाकुर र संघीय फोरमका अध्यक्ष यादवले सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
बैठक बस्ने हो की नबस्ने हो त्यसबारेमा सद्भावना पार्टीलाई कुनै जानकारी छैन । सद्भावना स्रोतका अनुसार पुस १९ गते मधेसी मोर्चाको बैठक बस्ने सम्भावना अत्यन्तै न्यून छ ।
पुस १९ गते बुटवल र अन्य विभिन्न स्थानहरूमा आन्दोलनका कार्यक्रम रहेकाले सो दिन बैठक बस्नेमा शंका रहेको स्रोतले जनाएको छ ।
dainiknepal
मुम्बई । हालै बजारमा चर्चित रहेको बलिउड फिल्म ‘बाजीराव मस्तानी’ मा नायिका प्रियंका चोपडाले गरेको अभिनयको प्रसंसा गर्दै बलिउड बादशाह अमिताभ बच्चनले चिठी नै लेखे ।
प्रियंकाले भने आफ्नी आमाले सो चिठी सुरक्षित राखेको भन्दै पछि पढ्ने बताएकी छिन् । त्यसो त, उनको भुमिका र अभिनयलाई लिएर धेरैले प्रसंशा गरेका छन् ।   अनौठो के भने, आफ्नै अभिनय रहेको सो फिल्म प्रियंकाले अहिलेसम्म नहेरेको बताएकी छिन् । सन्जय लिला भन्साली निर्देशित फिल्म ‘बाजीराव मस्तानी’ मा मात्रै होइन, प्रियंकाले आफ्नो एक दशक भन्दा लामो फिल्मी करिअरमा अन्य फिल्महरुमा आफ्नो क्षमता पुष्टि गरिसकेकी छिन् ।   यही चर्चाकै शिलशिलामा प्रियंकाले भने आफ्नो रुप–रंगको विषयमा निर्माता÷निर्देशकहरुले सुरुका दिनहरुमा गरेको टिप्पणी हालै सार्वजनिक गरेकी छिन् ।
उनले आफू रंगभेद्को शिकार बनेको पनि बताएकी छिन् । प्रारम्भिक दिनहरुमा निर्माता÷निर्देशकहरुले उनलाई काली भएकाले फिल्ममा नचल्ने टिप्पणी गरेको पनि प्रियंकाले खुलाएकी छिन् ।   पहिलो पटक देख्ने निर्माताहरुले उनलाई भनेका थिए, ‘तिमी काली छ्यौ । फिल्ममा सुकिलाहरुको बोलबाला छ ।’   निर्माताहरुको यही टिप्पणी प्रियंकाका लागि संघर्षको नयाँ आयाम बन्यो । त्यसो त, सन् २००० मा मिस वल्र्ड बनेपछि मात्रै उनलाई बलिउडमा भर्याङ भेटियो ।
purbelinews
काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले ८१ दिन पुरानो सरकारसँगको असन्तुष्टि सार्वजनिक गर्दै आफ्ना दलका मन्त्रीहरूलाई कुनै पनि समयमा सरकारबाट फिर्ता गर्ने चेतावनी दिएका छन्।

पार्टीको ३ नम्बर प्रदेशको दुईदिने बैठकलाई बिहीबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।दाहालले दलका मन्त्रीहरूलाई फिर्ता हुनका लागि मानसिक रूपमा तयार हुन निर्देशन दिए पनि यसको समयसीमाबारे भने केही उल्लेख गरेनन्।


भारतीय नाकाबन्दी, कालोबजारी, चिसोले भूकम्पपीडितको मृत्यु भइरहेका बेला मन्त्रालय विभाजन गरी जम्बो मन्त्रिपरिषद् बनाउने प्रधानमन्त्री केपी ओलीको निर्णय, मन्त्रीहरूका अलोकप्रिय निर्णय र मन्त्रीहरूका कार्यशैलीप्रति पार्टीभित्र गुनासो बढ्दै गएपछि दाहालले कार्यदक्षता देखाउन नसक्ने नेताहरूलाई सरकारमा राखिराख्नु पार्टीका लागि हित नहुने बताएका हुन्।

‘सरकारमा बसिराख्दा हाम्रो शिर गिर्ने भयो। कार्यदक्षता देखाउन नसक्ने हो भने हामी त्यहाँ किन बसिराख्नु पर्‍यो? हामी रिट्रिट (फर्कने) हुन पनि सक्छौं', दाहालले बैठकमा भने, 'सरकार ढल्ने अवस्था सिर्जना नगरौंला। समर्थन दिइराखौंला तर सरकारबाट फिर्ता भएर हामी सबै पार्टी निर्माणमा लागौंला।'

दाहालकै पहलमा गठन भएको ओली नेतृत्वको सरकारमा एमाओवादीका आठ नेता सहभागी छन्। एमाओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरूमध्ये सबैभन्दा अलोकप्रिय गृहमन्त्री शक्तिबहादुर बस्नेत भएका छन्।

भूकम्पपीडितको कोटामा आफ्ना छोरी र आफन्तलाई चीन भ्रमणमा पठाएको बारेमा केन्द्रीय समितिमा प्रश्न उठेपछि सार्वजनिक रूपमा माफी माग्ने उनको लिखित आत्मालोचनालाई पनि उनले कार्यान्वयन गराएका छैनन्।'अब हाम्रातर्फबाट राज्यमन्त्री पठाउने कुरा हुँदैन', दाहालले भने।

दाहालले दलका मन्त्रीलाई फिर्ता हुन मानसिक रुपमा तयार हुन निर्देशन दिए।
सरकारको कार्यशैलीका बारेमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव कृष्णबहादुर महराले पार्टीभित्र आवाज उठाउँदै आएका छन् भने स्थायी समिति सदस्य गोपाल किराँतीले सार्वजनिक रूपमा ओली नेतृत्वको सरकारको आलोचना गर्दै आएका छन्। 'हामी पहिलेभन्दा अहिले अप्ठ्यारो राजनीतिक लडाइँमा छौं। हामीले हारेका छैनौं। हामी जितको लहरमा छौं', बैठकमा दाहालले भनेका थिए।

सरकार गठन भएको तीन महिना नपुग्दै सत्ताको मुख्य हिस्सेदार दलमध्येको एक एमाओवादी अध्यक्ष दाहालबाट आएको यस्तो अभिव्यक्तिलाई सरकार संकटमा पर्न थालेको रूपमा बुझ्न थालिएको छ। महरा इन्चार्ज रहेको तीन नम्बर प्रदेशको बुधबार र बिहीबार बसेको बैठकमा दाहालले एक नम्बर पार्टी बनाउन नेताहरूलाई आग्रह गरे।

तराई मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्ने गरी संविधान संशोधन प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै दाहालले भने, 'हामी करिबकरिब सहमतिको नजिक पुगेका छौं । छिटै सकारात्मक परिणाम निकाल्छौं।'

बैठकलगत्तै दाहालले तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग नयाँबानेश्वरमा वार्ता गरेका थिए। ठाकुरसँग ४० मिनेट छलफल गरेपछि दाहालले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। तमलोपा सहअध्यक्ष हृदयेश त्रिपाठीले भने दाहालसँग ठाकुरको वार्ता फलदायी नभएको बताए।
annapurnapost
अख्तियारकी आयुक्त सावित्री थापा गुरुङ आफैँले दोहोरो सरकारी पदमा रहेर कानुनविपरीत कार्य गरेकी छिन् । अख्तियार आयुक्तमा नियुक्तिपछि पनि उनले त्रिभुवन विश्वविद्यालयको जागिर छाडेकी छैनन् ।
उनले संविधानविपरीत त्रिविबाट काज स्वीकृत गराई आफ्नो पद यथावत् राखेकी छिन् । नेपालको संविधान–०७२ को धारा २३८ को उपधारा ६ को उपदफा ८ मा अख्तियारको प्रमुख आयुक्त तथा आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने र अन्य सरकारी पदमा बहाल रहन नपाउने व्यवस्था छ ।

गुरुङ अख्तियारको आयुक्तमा १९ चैत ०७१ मा नियुक्त भएकी थिइन् । त्यतिवेला उनी त्रिविको रत्नराज्य क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत थिइन् । संविधानअनुसार आयुक्त हुनुअघि उनले अनिवार्य रूपमा पदबाट राजीनामा दिनुपर्ने थियो । तर, गुरुङले आयुक्तमा नियुक्ति भएलगत्तै ६ वैशाख ०७२ मा निवेदन दिएर त्रिवि कार्यकारी परिषद्को २८ जेठ ०७२ बैठकको निर्णय नं २३८९ बाट बेतलबी काज स्वीकृत गराएको स्रोतले बतायो ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ratopati
काठमाडौं – नेकपा (एमाले) भित्र एक जना यस्ता मान्छे छन्, जो आफूलाई राज्यका सबै पदमा पुग्नै पर्ने र कमाउ धन्दा चलाउनै पर्ने मनसाय राख्छन् । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष उनैलाई चाहिन्छ । नेपाल राष्ट्र बैंकको गभर्नर उनैलाई चाहिन्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष फेरि उनै बनेका छन् । ती व्यक्ति हुन् डा. युवराज खतिवडा । उनी यतिखेर आयोगको उपाध्यक्ष छन् ।
उनी गभर्नर पनि भए, एमालेका लागि भन्दै उनले लखनऊ लूट समेत मच्चाए । संविधानसभाको दोस्रो निर्वाचनमा पदको दुरूपयोग गरेर उनले खड्ग ओलीलाई रु.१ करोड रूपैयाँ चुनाव खर्च भनेर उपलब्ध समेत गराए । अख्तियार दुरूपयोग अनुसन्धानले छानबिन गर्ने मेसो पाएपछि अख्तियारका केही हाकिमलाई बोलाएर उनले रकम नै दिएर थामथुम समेत पारे । यतिखेर उनै ओलीको कृपाले खतिवडा आयोगको उपाध्यक्ष बनेका छन् । पछिल्लो पटक ओलीले मनलाग्दी तवरले मन्त्रिपरिषद् विस्तार गरेपछि उनै खतिवडा आफूलाई अर्थमन्त्री बनाउनु प¥यो । अर्थसम्बन्धी ‘अ’ समेत थाहा नभएका विष्णु पौडेलसँग मेरो हाइट मिलेन भन्दै उनले मन्त्री बनाउन र नबनाए राजीनामा दिने भन्दै धम्की दिएका छन् । संविधानको संक्रमणकालीन व्यवस्था अनुसार नै आफूलाई मन्त्री बनाउनुपर्ने खतिवडाको बालहठ देखिएको छ । उनले प्रधानमन्त्री रहेका ओलीलाई मन्त्री बनाउने भए बनाऊ होइन भने छारस्ट गर्छु भन्दै धम्की दिने गरेका छन् । एक एमाले नेताका अनुसार प्रम ओलीसँग उनको पछिल्लो भेटका अवसरमा म उपाध्यक्ष छाड्छु अर्को एमालेलाई बनाऊ भन्दै अर्थमन्त्री बनाउन भनेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ । ratopati
काठमाडौं – एमाओवादी छाडेर नयाँ शक्ति निर्माणको अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई एकपछि अर्को संकट आइलागेको छ । आफूले निर्माण गर्न लागेको नयाँ शक्तिमा एमाओवादीमै रहेका पूर्व कार्यकर्ताको झिनो समूहले मात्रै समर्थन गरेको र बाहिरी दुनियाँका कोही कसैले पनि साथ नदिएपछि उनलाई पीर त परेकै छ तर उनलाई विगतमा आफ्नै भनेर साथ दिंदै आएकाले समेत साथ छोडेका छन् । नयाँ शक्ति निर्माण प्रक्रियामा शंकास्पद रहेको र भारतको आशीर्वादमा अगाडि बढाइएको भन्दै मुलुकभित्र आशंका पैदा भएको छ । भारतीयहरूसँगको अवाञ्छित उठबसलाई नयाँ शक्तिकै कार्यकर्ताले समेत सहन सकेका छैनन् ।


नयाँ शक्तिमा आउन उनले नागरिक समाजका अगुवा, पत्रकार, पूर्व प्रशासक तथा विवेकशील नेपालीलाई आग्रह गरे । तर कोही कसैले पनि स्वीकार नगरेपछि डा. बाबुराम भट्टराई चिन्तामा परेका छन् । क्रान्तिमा लाग, सबै चिज पाइन्छ भन्दै गरिब जनताका छोरालाई मार्न अभिप्ररित गर्ने उनी दोष जति सबै प्रचण्डको टाउकोमा हालेर उन्मुक्ति लिन खोजिरहेका छन् ।
डेपुटी खान आग्रह गर्दा
नयाँ शक्तिमा लाग्न आग्रह गर्दै उनले मुलुकका सबैलाई आग्रह गरे, तर कोही कसैले पनि स्वीकार गरेनन् । उनले पूर्व माओवादी एवम् बुर्जुवा समाजका चर्चित वाम विश्लेषक मुमाराम खनाललाई पनि नयाँ शक्तिमा लाग्न आग्रह गरे । सानेपामा बोलाएर लौ न मुमारामजी नयाँ शक्तिमा आएर डेपुटी लिइदिनुप¥यो, कोही कसैले पत्याएनन् भन्दै रोइलो पनि गरे । सानेपा स्रोतका अनुसार डा. भट्टराईले उपप्रमुख बनाउने आश्वासन पनि दिए ।
तर मुमारामले बाबुरामको आग्रह अस्वीकार गर्दै भने ‘तपाईंको नयाँ शक्तिमा उपप्रमुख त के प्रमुख नै दिए पनि म आउन्न । तपाईंले मलाई के सोचेको !’
उनले बाबुरामको गतिविधि गतिलो नभएको, पार्टी फुटाउँदै हिंड्ने र गलत हर्कत गर्नेसँग मेरो संगत हुँदैन भन्दै उल्टै अर्ती दिए । देवेन्द्र पौडेल जस्ता आर्थिक व्यवहार राम्रो नभएका, जनयुद्धकालमा सुन लुकाउनेलाई संगठन विभाग प्रमुख बनाएको स्थानमा आफू अटाउनै नसक्ने र नयाँ शक्ति बन्नै नसक्ने समेत बताएको सानेपा स्रोतले जनाएको छ ।
मुमारामले नयाँ शक्ति बन्नै नसक्ने र बने पनि सीपी मैनालीको माले भन्दा ठूलो नबन्ने घोषणा गरेपछि बाबुराम नराम्ररी तिलमिलाएका छन् । यस्तै नयाँ शक्तिमा लागेका भनिएका एमाओवादीका नेता समेत पुरानै घर फर्कन थालेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

ratopati
काठमाडौं, १७ पुस । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायक मन्त्री गरी ४० जना सदस्य छन् ।
तर सबै मन्त्री व्यवस्थापिका संसदप्रति जिम्मेवार नदेखिएको पाइएको छ ।
संसदमा बिहीवारको एउटा घटनाले संसदप्रति मन्त्रीहरु बिल्कुलै जिम्मेवार नरहेको देखाएको छ ।
संसद बैठकमा सरकारका प्रतिनिधिका रुपमा एक मन्त्री अनिवार्य उपस्थित हुनैपर्ने नियम छ ।
त्यो नियमलाई ख्यालै नगरी मन्त्रीहरु व्यक्तिगत ढंगले हिँडेको पाइएको छ ।
बिहीवार जब संसद बैठक सुरु भयो, त्यतिबेला केही मन्त्रीहरु देखिएका थिए । तर केही समयपछि मन्त्रीको सिटमा कोही पनि देखिएनन् ।
बिहीवार निर्धारित समयभन्दा एक घण्टा ढिलो संसदको बैठक बसेको थियो ।
नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ मा तीन दिनदेखि सैद्धान्तिक छलफल जारी रहेकाले सो प्रायोजनकै लागि बिहीवार संसद बैठक बोलाइएको थियो ।
सैद्धान्तिक छलफलमा सांसदहरुले आआफ्ना धारणा राख्ने क्रम बिहीवार दिउँसो २ देखि साढे ४ बजेसम्म चलेको थियो ।
संसद बैठक बसेको एक घन्टापछि नै मन्त्रीहरु बहिरिसकेको समाचार राजधानी दैनिकले छापेको छ ।
सैद्धान्तिक छलफलका क्रममा मन्त्री खोज्न दुईपटक कर्मचारी खटिनु परेको थियो ।
dainiknepal
काठमाडौं, १७ पुस । गोरखा स्थायी घर बताउने शीला लामिछाने (नाम परिवर्तन) दलालको भनाई मान्दै हवाई, जल र स्थल मार्ग भएर मेक्सिकोबाट अमेरिका पुगिन् । अहिले त्यो यात्रा सम्झिँदा मुर्छा पर्छिन् ।
उनी काठमाडौँबाट थाइल्याण्ड हुँदै अफ्रिका, त्यसपछि जल र स्थल मार्ग हुँदै दक्षिण अमेरिकी मुलुक मेक्सिको पुगिन् । त्यहाँबाट रेल र लरी चढेर अमेरिका छिर्ने प्रयास गर्दा पक्राउ परिन् ।
स्वदेश फर्कने सर्तमा ३७ दिनमा छुटिन् । फेरि अर्को प्रयासमा अमेरिका पुगिन् । जेलमा बिताएको समयसहित काठमाडौँबाट हिडेको पाँच महिनाा २५ दिन लाग्यो ।
त्यसवीचमा आफ्नो अस्मितासहित ठूलो धनराशि सकिन् । उनको २३ लाख रुपैयाँ खर्च भयो ।
युवतीलाई २३ लाख लाग्दा युवालाई भने त्यसको दोब्बर लाग्नेसमेत थाहा पाइन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
अमेरिकास्थित नेपाली दूतावासमा केही वर्षयता महिनामा ४/५ जना पीडित आउने गरेका छन् ।
दूतावास अधिकारीका अनुसार दलालले बाटोमा यौनशोषण गर्छन् ।
जोखिमपूर्ण यात्राका कारण उनीहरुमा जीवनप्रति नै निरासा पैदा हुन्छ ।
स्नातक र स्नाकोत्तर गरिसकेका धेरै नेपाली अमेरिका जान चोरबाटो प्रयोग गरिरहेका छन् ।
‘यो पीडा सुन्न नसकेर म दिल्लीस्थित दक्षिण अमेरिकी मुलुकका दूतावास पुगेर समस्या निराकरणमा पहल गरिरहेको छु, नेपाली राजदूत अर्जुनकुमार कार्कीले भने ।’
यसरी नेपालीलाई स्थल वा अन्य कुनै मार्ग प्रयोग गरेर अमेरिका लगायत विकसित मुलुक लैजाने ठूलो गिरोह छ ।
dainiknepal
वि.सं. २०७२ साल पुस १७ गते। शुक्रबार। इश्वी सन् २०१६ जनवरी १ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– सप्तमी, २१:२१ बजेउप्रान्त अष्टमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesव्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्न सक्छ। विवाद तथा मुद्दाहरूमा भने केही हानि हुने योग छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, निराश नहुनुहोस्, लगनशीलताले स्थितिमा सुधार ल्याई बिस्तारै सफलता दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiपुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट विशेष काम सम्पादन हुने सम्भावना देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerशुभचिन्तकहरूले पूर्ण समर्थन नदिए पनि हिम्मतले फाइदा उठाउन सकिनेछ। उद्योग तथा व्यापारमा पनि फाइदै मिल्नेछ। पुरानो समस्याले केही झमेला निम्त्याउन सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्ने देखिन्छ। कृषि तथा पशुपालनमा खर्च बढे पनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। हडबडीले आँटेका काममा समस्या निम्त्याउने सम्भावना छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoप्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन समेत कसिन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraआलस्य गर्दा अवसर गुम्न सक्छ। खर्चको मात्रा पनि बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्रा सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioलाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि राम्रो फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुने समय छ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusभूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornस्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesव्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा पनि हुनेछ। सोख पूर्तिका लागि खर्च बढ्ला। दाम्पत्य सम्बन्धमा रमाउने समय छ। प्रेमको बन्धन कसिने बेला छ। दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। पठनपाठनमा पनि राम्रै प्रगति हुनेछ।

सन् २०१६ मा कति बलियो तपाईको भाग्य ? (बार्षिक राशिफल)
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस राशिलाईशनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक mesh नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट

सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी विपत्तीमा पनि सामान्य बढोत्तरीकै योग छ । खर्च असिमनतालाई धान्न मुश्किल पर्ला । वैदेशिक रोजगारले जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न नसक्ला । पूर्वार्द बढी सफल रहला ।
स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो
वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यस राशिलाई ग्रहस्थिति अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने सामान्य अबस्था रहन सक्छ । बौद्धिक स्थिति सामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा आउनाले मन स्वच्छ बनाउला । दैवीय दुर्घटना लगायतका विपत्तिहरुमा कमी आएको महसुस होला । खेती किसानीको कामले र पशुपंक्षीको व्यवसायले जीवन संचालन मद्दत पुर्याउला ।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिलाई ग्रहस्थितिले घाम छायाँको दृष्टान्तानुसार शुभाशुभ सबै प्रकारले युक्त रहला । वाणीमा आउने विनम्रता र शिष्टताले केही सजिलो महसुस गराउला । भाग्यशक्ति बलियो होला । बौद्धिक स्थिति उच्चतहमा आसिन हुनाले परीक्षा, प्रतियोगिताहरु सफल बन्लान । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सुखमय बन्ला । दाजुभाई/दिदिबहिनीहरुबाट सहयोग नै होला । दुर्घटना लगायत दैविय विपत्तिमा पनि कमीकै आभाष होला । व्यापार व्यवसाय सप्रदै जानाले आम्दानी पनि बढी रहला । वैदेशिक रोजगारको माध्यमबाट धेरै थोरै सामान्य आर्जन भईरहला । मौसमी रोगव्याधको प्रकोपले स्वास्थ्य बिग्रदा शरीर आलश्य बन्दै जाला । ईष्टमित्र नजिक पर्न नचाहने होलान् । आमा बाबुको सामिप्यता घट्दै गएको अनुभूति होला । सन्तानबाट पनि सुखसन्तोष नपाइएला ।
शत्रुहरुको सक्रियता बढ्दै जाला । पशुपंक्षीपालनमा अवरोध आउला । राजनीतिमा कदर पाउन मिश्किलै होला । नोकरीमा अपहेलनाको शिकार हुनुपर्ला । जग्गा जमिनको कारोबार खासै हितकारी हुन नसक्ला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिलाई विशेषत सामान्य भन्दा केही सुधारात्मक वातावरण परिस्थिति देखिएला । दैविय विपत्ति karkatलगायतका दुर्घटनामा न्यूनता छाउला । बौद्धिक परिस्थितिमा आउने सुधारले पढाई लेखाई लगायत अन्य जटिलता पनि निष्कर्षमा पुग्ला । व्यापारिक गतिविधि चरमोत्कर्षमा पुग्दाको आनन्द होला । खेती किसानी र पशुपंक्षीपालन व्यवसाय जीवन संचालनमा मद्दतगार सावित होला । वाणीको प्रभावकारीमा महत्वपूर्ण कामले प्रगतिमार्ग बिस्तार गर्ला । आमा बाबुको आशिर्वाद कायमै र दाजुभाई/दिदिबहिनीको सदासयताले गर्दा राम्रै स्थितिको सिर्जना होला । इष्टमित्रहरुको सहानुभुति
नहोला भन्ने छैन । सामाजिक क्रियाकलापको रुचीले राजनीतिमा विशेष झुकाव रहला । नोकरीबाट सम्मानित हुने अवसर आउला। भाग्यशक्ति त्यति उर्वर नबन्नाले आँटेको कामले पूर्णता पाउन नसक्ला ।
मनमा पाप पलाउनाले धर्मकर्म प्रतिको लगाव क्रमश: घट्दै गएको अनुभूति होला ।
सन्तानहरु आज्ञाकारी बन्न नसक्दा खासै सुख नपाइएला । वृहस्पतिले प्रतिकुल वातावरण देखाउनाले खासै सन्तोषपूर्ण नरहला।
स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो
सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यस राशिलाई यो वर्ष शनिको अढैया दशाले खासै उपलब्धीमुलक होला भन्न सकिदैन । आमाबाबुको आशिर्वाद घट्ला । इष्टमित्रहरुको सदासयतामा कमीकै आभास पाइएला । बोलीमा आकर्षण घट्दै गएको महसुस होला । दुर्घटना लगायत दैवीविपत्तिमा कमी आउला । स्वास्थ्यमा बेला बेलामा समस्या देखिएला । कृषिजन्य कार्य र पशुपक्षीपालन व्यवसाय त्यति प्रत्युदपादक नहोला । असिमित ढंगबाट खर्च बढ्दा मनमाव्याकुलता छाउला ।
भाग्यशक्ति सामान्य अवस्थाको होला । पतिपत्नीबीच राम्रो समझदारीले दाम्पत्य जीवन सुखमय रहला । सन्तानबाट सुखै पाइएला । दाजुभाई तथा दिदिबहिनीको सम्बन्धले सन्तोष बढाउला । जग्गाजमिन सम्बन्धि कारोबारले सम्पन्न बनाउला । धार्मिक गतिबिधिमा मन उघृत भइरहनाले देश विदेशका अनेकौ तिर्थाटनको अबसर मिल्ला । शत्रुको झन्झटिलो व्यवहारले निकास पाउला । सेवा क्षेत्रमा ठुलो उपलब्धी हुन नसक्ला । राजनैतिक परिस्थितिले समाजमा रवाफिलो बनाउला । बौद्धिकताको वृद्धिले पठनपाठन सफल बन्ला ।
स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंग: रातो
कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यस राशिलाई सामान्य लाभ तथा हानिको योगले भरिएको छ । सामान्य रोगव्याधको प्रकोपले शारीरिक kanya अबस्था आलश्य बन्ला । गर्दै आएको कामाबाट त्यति सन्तोष हुने लक्षण देखिदैन् । दाजुभाई, दिदिबहिनीको वास्ता घट्न सक्छ । पति पत्नीबीचको तनाबले जीवनमा निराशा छाउला । व्यपार व्यवसाय मध्यम रहला । आम्दानीलाई खर्चले धान्न मुश्किलै होला । पशुपक्षींपालन व्यवसायबाट पनि आर्जन मार्गमा सुधार नआउला । समग्रमा भन्नुपर्दा आर्थिक सन्तुलन नबिग्रेला । वाणीको प्रभावमा पनि महत्वपूर्ण कामले निकास पाउला । भाग्यशक्तो मजबुत रहदा मनोवान्छित कार्यले पूर्णता पाउला । बौद्धिक स्थितिको सुधारले परीक्षा, प्रतियोगिताहरुमा सफलता दिलाउला । आमाबाबुको सउ्भाव अटुट रुपमा पाइएला । इष्टमित्रहरु पनि सहयोगी भावका होलान् ।
सन्तानबाट सुख शान्तिमा बढोत्तरी होला । दैविय दुर्घटनामा न्युनता आउला । पापका क्रियाकलापले मनमा दिग्भ्रमित बनाउला । धार्मिक गतिविधिले समाजलाई सद्मार्गमा डिर्याउदै लगेको अनुभव गराउला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशिलाई साढे सातको दशाले गर्दा उल्लेखनिय समय ल्याउला जस्तो देखिदैन । वाणीको असावधानीले tula अनावश्यक झण्झटको सामना गराउला । शत्रु खुलेरै प्रतिष्ठा गिराउनमा अग्रसर होलान् । रोगव्यधको प्रकोपले शारीरिक समस्याहरु नहोलान भन्न सकिदैन । व्ययभार अत्यधिक हुनाले मनमा निराशा छाउला । जग्गा जमिन व्यवसायले आर्थिक संकट हटाउन नसक्ला । चौपायाबाट पनि आम्दानीको क्षेत्र सन्तोषजनक नबन्ला ।
बौद्धिकताको बृद्धिले पढाई लेखाई सफल बन्दै जाला । भाग्यशक्ति मजबुत रहनाले मनले आँटेको काम सफल होला । आमाबाबुको आशिर्बाद कायमै रहला । पतिपत्नीको सम्बन्ध प्रेमयुक्त होला । इष्टमित्रको सदासयता घट्ने अबस्था नआउला । अशक्त प्रतिको भावना सकारात्मक ढंगको होला ।
धार्मिक यात्राको अवसर आइरहनाले धर्म प्रति स्नेह रहला । दैविय दुर्घटना लगायतका विपत्तिहरुमा न्यूनता छाउला। राजनैतिक गतिविधिले प्रतिष्ठित स्थानमा पुर्याउला । नोकरीमा उचित मूल्याङकनले मानसिक शान्ति उचित तबरको होला।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यस राशिलाई मध्यम देखिन्छ । साँढे सातको दशाले राम्रो अवस्था नआए पनि सामान्य अवस्था आइरहला ।
brishchikभाग्यशक्ति उचित स्थानमा रहनाले सोचविचार लाई विकसित गराउला । दाजुभाई, दिदिबहिनीको सहयोगले निरन्तरता पाउला । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सफल बन्ला । थुप्रै तिर्थयात्राको अवसर आउला । धार्मिक कार्यक्रमहरुको महत्वले समाज सुशोभित होला । व्यापार व्यवसाय उच्चता देखिनाले आर्थिक समृद्धि बढ्ला । दैविय दुर्घटनामा न्यूनताको महसुस हुनेछ । शत्रु परास्त हुँदै जालान् । नोकरीमा गरिने आफ्नो कार्यले प्रगति गराउला । राजनीतिमा पनि बर्चश्व आफ्नै रहनाले समाजमा धाक रबाफ बढ्दै जाला ।
बौद्धिक परिस्थिति ह्रासोन्मुख बन्ला । पढाईलेखाईमा बितृष्णा जाग्ला । वैदेशिक रोजगारीबाट पनि प्रगति हुन नसक्ला।
पशुपक्षीपालन र खरतीपाती लगायतबाट उन्नती हुने छाँट छैन । जग्गाजमिनले खासै फाइदा नगर्ला । स्वास्थ्यमा सबलताको अभावले अनेकौं प्रकारका दुख झण्झट आदिको सामना गर्नुपर्ला।
स्वामी:मंगल, रत्न: मुंगा, शुभरंग: रातो
धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिलाई यो वर्ष अद्यसाँढे सातको दशाले अशुभ भए पनि गुरु(वृहस्पति) ले अनुकूलता ल्याउला । बोलीको मधुरताले dhanuआवश्यक उपलब्धि हाँसिल गराउनमा मद्दत गर्ला । भाग्यशक्ति राम्रै अवस्थाको होला । कृषिजन्य र पशुपक्षी पालनबाट आम्दानी फराकिएला । व्यापार व्यवसायले उन्नति पथ विस्तार गर्ला । जग्गाजमिनको कारोबारले पनि राम्रै आर्जन गराउला । दाजुभाई तथा दिदिबहिनीबाट बेला बेलामा उचित प्रोत्साहन पाइएला । पतिपत्नी बीचको मधुरताले दाम्पत्य जीवन सफल बन्ला । अनेकौं तिर्थाटनको अबसरले धर्म कर्म प्रतिको रुचिले झनै तिब्रताले लेला । दैवीय दुर्घटनामा पनि कमी आउला । आफ्नै सीप र कौशलले सम्पन्न कार्यक्रमहरुले सफल बन्दै जालान् ।
आमाबाबुको सद्भावमा कमी आउला । इष्टमत्रहरु सहयोगी बन्न हिच्किचाउन थाल्लान् ।
नोकरीमा अपजस आउनाले मनमा खिन्नता छाउला । राजनीतिबाट त्यति फाइदा होला जस्तो लाग्दैन् । मौसमी लगायतका रोगव्याधको प्रकोपले शारीरिक संरचनामा आघात पुर्याउला । खर्च असिमित रुपमा बढ्दै जाला ।
स्वामी: बृहस्पति, रत्न: पुष्पराज, शुभरंग पहेंलो
मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सालमा मकर राशिलाई शुभ अशुभ मिश्रित प्रकारको फलप्रदायक बन्ला। भाग्यशक्ति खस्किदै गएको अनुभुति होला। makarआँटेको कामले पूर्णता नपाउँदा मन ब्यग्र होला । शत्रुहरु प्रतिष्ठा गिराउन लागि पर्लान् । रोगव्याधको प्रकोपलाई नियन्त्रणमा असक्षम बढ्ला। पापीय मनोवृतिको उन्मादमा धर्मकर्म प्रतिको अरुचिले मनमा चञ्चलता ल्याउला ।
भोलीको प्रभावमा महत्वपूर्ण कार्य सफल बन्ला । आमाबाबुको सामिप्यता नघट्ला । दाम्पत्य जीवन पतिपत्नी बीचको प्रगाढताले सफल बन्ला । दाजुभाई, दिदिबहिनीको सद्भाव पाइएला । सन्तानबाट पनि सुख णै होला । व्यापार व्यबसायमा राम्रो उन्नती होला । खेतीपातीको कामले प्रगति गर्ला । पशुपक्षीपालनबाट जीवरस्तरमा बढोत्तरी ल्याउला । जग्गाजमिन सम्बन्धि कार्यले पनि समुन्ति नै गराउला ।
नोकरीमा ख्याति बढ्ने योग पनि नभएको होइन । राजनीतिमा आफ्नो वर्चश्वको वृद्धिले सर्वत्र रवाफ रहला । बौद्दिक परिस्थिति अब्बल दर्जाको रहनाले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरु सफल बन्दै जालान्।
स्वामी: शनि, र्तन: नीलम, शुभरंग: कालो
कुम्भ राशि – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो राशिलाई शुभ अशुभ दुबै किसिमको फलादेशले युक्त मिश्रित अवस्थाको होला । वाणिको प्रभावमा मनोkumbhaवाञ्छित कार्यहरु सफल होलान् । आमाबाबुको शुभेच्छा अटल रहला । दाजुभाई दिदिबहिनीको सद्भाव नघट्ला । सन्तानबाट सुख होला । इष्टमित्रबाट शान्ति होला । दुर्घटना लगायत दैविय विपत्तीमा न्यूनता आउला । रोगव्याधको प्रकोप नियन्त्रित अबस्थाको होला । शत्रु निस्तेज बन्दै जालान् । बौद्धिक विकासले अध्ययन अध्यापनमा सफलता झल्केला । कृषि कार्य र पशुपक्षींपालन ले जीवनस्तरमा सुधार ल्याउला । वैदेशिक रोजगारले अर्थतन्त्रमा ठुलै बदलाभको संभावना देखाउला । व्यर्थको व्ययभारमा नियन्त्रण क्षमता बढ्ला । शत्रु परास्त होलान। रोगव्याध प्रकोप नियन्त्रणमा क्षमता बढ्ला ।
भाग्यशक्ति कमजोर प्रवृत्तिको देखिएला ।
पति पत्नीबीचको सम्बन्ध सफल बन्न नसक्नाले दाम्पत्य जीवन कष्टकर होला । धर्नप्रति वितृष्णा जाग्ला । राजनैतिक गतिविधिले उच्चतहमा पुर्याउन नसक्ला । नोकरीमा खुट्टा तान्ने प्रवृत्तिको शिकार भइएला । भूमिबाट उन्नति हुन नसक्ला ।
स्वामी: शनि, रत्न: नीलम, शुभरंग: कालो
मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो राशिलाई यो वर्ष कतै सफल त कतै बाधाले सन्तोषजनक अबस्था णै होला जस्तो लाग्छ । भाग्यशक्तिको प्रवलताले minआँटेको कामले पूर्णता पाउला। आमाबाबुको स्नेह नघट्ला। दाजुभाइ, दिदिबहिनीबाट सदाशयता प्राप्त भईरहला । पतिपत्नी बीचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन बन्ला। इष्टमित्रहरु पनि सहयोगी भावमा देखिएलान् । व्यापार व्यवसायले ठूलो उपलब्धि दिन नसक्ला । धार्मिक गतिविधिले अनेकौं तिर्थस्थलहरुको भ्रमण गराउला । रोगव्याध प्रकोप नियन्त्रणमा दक्षताको विकासले उचित प्रोत्साहन पाउला । बौद्धिकताको बृद्धिले परीक्षा प्रतियोगिताहरु लगायत अन्य क्षेत्रमा समेत सफलता मिल्ला । दैवीय दुर्घटना लगायत विपत्तिहरुमा कमी आउला । बोल्दा निकै होस पुर्याउनुपर्ला । अन्यथा संकटको अबस्था निम्तेला । नोकरीमा खिचातानीको शिकार हुनुपर्दा निराशाको बादलले ढाक्ला ।
जग्गा जमिनको कारोबारले पनि अर्थतन्त्र सुधार्नमा त्यति मद्दत नगर्ला । राजनैतिक गतिविधि आफू अनुकुल नदेखिनाले राजनीतिबाट लाभ हुन नसक्ला । व्ययभार अधिक बढ्नाले पनि आर्थिक सन्तुलन नबिग्रेला ।
स्वामी: वृहस्पति, रत्न: पुष्पराज, शुभरंग: पहेंलो भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, १६ पुस– कहिले विदेशी महिलासँगको प्रेम सम्बन्ध र कहिले लागूऔषध सेवन तथा कारोबारका कारण विवादमा आएसँगै परिवारबाट टाढिएका पूर्वयुवराज पारस शाहको बिहीबार राजधानीमा भएको एक कार्यक्रममा छोरी पूर्णिकासँगै झुल्किएका छन् ।
थाई ल्याण्डबाट नेपाल फर्केको लामो समयपछि पारस पारिवारिक सदस्यका साथ सार्वजनिक कार्यक्रममा देखिएको यो पहिलो पटक हो ।

हिन्दूवादी संगठन शिव सेना नेपालले पशुपति वनकालीमा सुरु गरेको निःशुल्क खाना खुवाउने कार्यक्रममा पारस प्रमुख अतिथि भए । उनीसँगै मञ्चमा छोरी पूर्णिका समेत देखिइन् । मञ्चमा बसेका पारसका बाबुछोरीले बेलाबेलामा अन्तरंग कुराकानी गरेका थिए ।


छोरीसँग कुरा गरिरहँदा पारस निकै खुसी देखिन्थे । थाइल्याण्डबाट फर्केको झण्डै एक वर्ष बित्न लाग्दासमेत पारसको श्रीमती हिमानीसहित बाबु ज्ञानेन्द्र र आमा कोमललगायत पारिवारिक सदस्यसँग भेटघाट छैन ।
kathmandutoday

काठमाडौँ, १६ पुस । तराई–मधेसमा देखिएको आन्दोलन समाधान गर्ने र संविधान संशोधन प्रक्रियाका विषयमा एकीकृत नेकपा९माओवादी०का अध्यक्ष पुष्पकमल दाहाल र तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच आज भेटवार्ता भएको छ ।

बानेश्वरको एक निजी घरमा भएको भेटवार्तामा अध्यक्ष दाहालले संविधान संशोधन प्रक्रियामा सहयोग गर्न अध्यक्ष ठाकुरलाई आग्रह गर्नुभएको थियो । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक दाहालले आन्दोलन र सीमामा भइरहेको अवरोध अन्त्य गर्न अनुरोध गर्नुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले राससलाई जानकारी दिनुभयो ।

भेटका अवसरमा तमलोपा अध्यक्ष ठाकुरले आफूहरु वार्ता र संवादका माध्यमबाटै समस्या समाधान होओस् भन्ने पक्षमा रहेको बताउनुभएको थियो ।

etajakhabar
काठमाडौं, १६ पुस । भारतले नेपाललाई हिन्दूराष्ट्र बनाउन दबाब दिएको खुलासा भएको छ ।
संविधान जारी हुनुभन्दा पहिला नेपाली नेताहरुलाई बोलाएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र संस्थापन पक्षले नेपाल हिन्दूराष्ट्र नै हुनुपर्ने अडान राखेको खुलासा भएको हो । मोदीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवालाई संविधान जारी हुनुअघि दिल्ली भ्रमणमा बोलाएका थिए ।

संविधान जारी भएको तीन महिनापछि कांग्रेस वरिष्ठ नेता देउवाले यस्तो खुलासा गरेका हुन् । भारतले हिन्दूराष्ट्र कायम गर्न आफूलाई पटक पटक दबाब दिएको तर धर्मनिरपेक्षता भएपछि केही असन्तुष्ट भएको बताए ।
‘हिन्दूराज्यको कुरा गरेकै हो, तर संविधानसभामा बहुमत पुर्याउनुपर्छ भनेको थिएँ,’ विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग खुलासा गर्दै देउबाले भने- ‘कांग्रेस मात्रले बहुमत नपुग्ने परिस्थिति थियो ।’ धर्मनिरपेक्षता भएपछि भारत असन्तुष्ट भएको उनको भनाई थियो ।

नेता देउवाले मधेसको समस्या समाधानका लागि मधेसकेन्द्रित दलसँग काँग्रेसको सकारात्मक कुरा भएकाले जायज मागमा आन्दोलनरत पक्ष पनि गम्भीर बन्नुपर्ने बताए ।
उनले अन्तरिम संविधानबाट पाएका अधिकार राज्यको हरेक क्षेत्रमा समानुपातिक समावेशी सहभागिता र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र बनाउने विषयमा कुरा गर्न पार्टी तयार रहेको उनले जानकारी दिए ।
dainiknepal
काठमाडौं, पुस १६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित यातायात व्यवस्था विभाग मीनभवनका प्राविधिक निर्देशक नवीनकुमार पोखरेललाई विहीबार कार्यस्थलमा नै पक्राउ गरेको छ ।


आयोगको स्टिङ अप्रेसनका क्रममा विभागका प्राविधिक निर्देशक पोखरेल पक्राउ परेका हुन् ।

विद्युतीय स्कुटर आयातको अनमुति दिनेक्रममा निर्देशक पोखरेलले एक सेवाग्राहीसँग रु दुई लाख घुस मागेको आयोगका सहायक प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

सहायक प्रवक्ता रिजालका अनुसार इलेक्ट्रिक स्कुटर आयातका क्रममा सेवाग्राहीसँग घुस मागेको भन्ने सूचना प्राप्त भएपछि आयोगको टोली विभाग पुगेको थियो । आयोगले रु एक लाख ८० हजारसहित पोखरेललाई पक्राउ गरेको हो ।

सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा काम गराउन अवाञ्छित तवरले घुस तिर्नुपरेको भन्ने आशयका समाचार प्रकाशित भएपछि आयोगको टोलीले त्यस्ता निकायमा निगरानी बढाएको छ । imagekhabar

काठमाण्डु, १६ पुस– भारत भ्रमणपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको दुरी निकै बढेको छ । यादवले आफ्नो बसाई काठमाण्डु बनाएका छन् भने महतो तराई–मधेस आन्दोलन क्षेत्रमा नै बस्दै आएका छन् । प्राय संघिय लोकतान्त्रिक मधेसी मोर्चाको नामबाट संयुक्त रुपमा विज्ञप्ती निकाल्ने गरिएको भएता पनि पछिल्ला दिनहरुमा यादवले आफ्नै पार्टीको नामबाट एकल विज्ञप्ती जारी गर्दै मधेस आन्दोलनमा आफ्नो सक्रियता देखाएका छन् । भने, महतोले मधेसमै रहेर आन्दोलनकारीसँग प्रत्यक्ष संवाद गर्दै आफूलाई सक्रिय देखाएका छन् ।

मधेस आन्दोलन भएको चार महिना पुगिसक्दा त्यसको नेतृत्वकर्ता को भन्ने विषयमा बहश हुनुे र त्यसका लागि मन्त्रीसमेत बनिसकेका दुई ठूला नेताले आफ्नो दावेदारी प्रस्तुग गर्नु स्वभाविक हो । बेलाबेलामा यादव र महतोबीच आन्दोलनको विषयमा विवाद भएका समाचार पनि संचारमाध्यममा आइरहेका छन् । धेरैले दुवै नेताबीच दुरी टाढिदै गरेको अनुमान गरिरहेका बेला उपेन्द्र यादवको पछिल्लो अभिव्यक्तिले यसको आधार खडा गरेको छ ।
यादवले जनकपुरको स्थानीय रेडियोलाई अन्तर्वार्ता दिँदै राजेन्द्र महतोले सस्तो लोकप्रियता कमाउन खोजेको आरोप लगाएका छन् । मधेसमा महतोभन्दा आफ्नो पार्टी शक्तिशाली भएको संकेत गर्दै उनले भनेका छन्, ‘वीरगञ्ज नाका महतोका कारण बन्द भएको होइन । यसअघि उनी त्यहाँ नजाँदा बन्द थियो र अहिले उनी त्यहाँ नरहँदा पनि बन्द छ ।’
त्यस्तै, विराटनगरको प्रशंगमा यादवले विराटनगरमा पनि आफ्नै पार्टी बलियो भएको बताएका छन् । उनले भनेका छन्, ‘राजेन्द्र महतो गएर विराटनगरमा झडप भयो भन्ने कुरा कसैले तपाईं भनोस् या नभनोस् आफै मपाईं भनेजस्तो हो । त्यहाँ महतो नजाँदा हिजो पनि झडप भएको थियो, त्यसमा उनको कुनै सम्बन्ध छैन, म जाँदा पनि झडप भएको थियो ।’
उनले महतोको सस्तो लोकप्रियताको कुरा उठाए पनि मोर्चाका कुनै अन्र्तरसंर्घस नरहेको स्पष्ट पारे । भारतबाट आएयता महतो वीरगञ्ज नाकामा बस्दै आएका थिए । केही दिनअघि उनी विराटनगरमा धर्ना बस्दा झडप भएपछि महतो सामान्य घाइते भएका थिए ।
kathmandutoday
१६ पुस, दमौली ।

पृथ्वी राजमार्गअन्तर्गत दमौली–डुम्रे सडकखण्डमा पर्ने तनहुँको घाँसीकुवा गाविस–५ स्थित मुसेखोलामा आज ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घाँसीकुवा–८ छिर्कनेका मोटरसाइकल चालक २१ वर्षीय सुरज थापा, सोही ठाउँका अर्का २० वर्षीय सन्दिप कुँवर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकलको पछाडि बस्ने सन्दिपको घटनास्थलमै र चालक सुरजको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेका ना ५ ख ७५२३ नम्बरको ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको ग १० प ७४६२ नम्बरको मोटरसाइकललाई उक्त ठाउँमा ठक्कर दिँदा दुर्घटना भएको थियो ।nepaliheadlines
काठमाडौं – पुस ११ गते विराटनगरको जोगवनी नाकामा धर्ना बसिरहेको बेला प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो घाइते भएपछि उपचार गराइरहेको आज ६ दिन भइसकेको छ तर आजसम्म उनलाई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कुनै पनि नेताहरुले भेट्न गइरहेका छैनन् ।
आन्दोलनको क्रममा जोगवनी नाकामा बसिरहेकै बेला प्रहरीले अध्यक्ष महतोलाई कुटपिट गरी घाइते बनाएका थिए । घाइते भएका महतोलाई सोही दिन विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गराएका थिए । त्यहाँ स्वास्थ्यमा सुधार नभएपछि पुस १३ गते थप उपचारका लागि उनलाई बीपी कोइराला मेमोरियल अस्पतालमा उपचारका लागि लगेको थियो । हाल त्यहाँ उनको उपचार जारी रहेको छ ।

तर, यतिका दिन वित्तिसक्दा पनि मधेशी मोर्चाका कुनै पनि नेताहरु महतोलाई भेट्न अस्पतालसम्म पुगेका छैनन् । मोर्चामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो रहेका छन् । यी चारैजना नेता विगत चार महिनादेखि आन्दोलन गरिरहेका छन् र त्यसमध्ये एक नेता प्रहरीको कुटाईबाट घाइते भइ उपचार गराई रहँदा मोर्चाका अन्य तीनजना नेताहरुमध्ये कसैले पनि भेटेर स्वास्थ्यको जानकारी नलिएको प्रति टिका टिप्पणी शुरु भएको छ ।
भेट्ने कुरा त बेग्लै हो, मोर्चाका शीर्षस्थ नेताहरुले फोन गरेर पनि जानकारी नलिएको उनी निकट पार्टी स्रोतले जनाएको छ । घाइते भएको एक दिनपछि विज्ञप्ति जारी गरी औपचारिकता मात्र निभाएको छ, सद्भावना पार्टीका एक नेताले गुनासो गरे ।
बरु संघीय समावेशी मधेशी गठबन्धनका नेताहरु शरत्सिह भण्डारी, जयप्रकाश गुप्ता, राजकिशोर यादव र अनिल झाले पटक पटक फोन गरेर महतोको स्वास्थ्यको बारेमा जानकारी लिएका छन् । यता मोर्चाको तर्फबाट तमलोपाका उपाध्यक्ष ह्रदयश त्रिपाठी, महासचिव जितेन्द्र सोनल, तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले फोन गरेर स्वास्थ्यको बारेमा जानकारी दिएको धारानमा महतोसँगै रहेका सो पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले जानकारी गराए ।

नेताहरु नजानुको यस्तो छ कारण
विराटनगर जोगवनी नाका बन्द गर्ने जिम्मेवारी उपेन्द्र यादव अध्यक्ष रहेको फोरम नेपालको थियो । तर, मोर्चामा कुनै जानकारी नै नदिइकन नाकामा गएर अध्यक्ष महतो बसेका थिए । जुन मोर्चाको जानकारीमा थिएन । मधेशी मोर्चाकै अर्को कार्यक्रममा विराटनगरमा थिए तर अध्यक्ष महतोले हठ गरी मोर्चाको कार्यक्रममा नगएर नाकामै बसेका थिए । सो कुराप्रति उपेन्द्र यादवले १२ गते बसेको मोर्चाको बैठकमा पनि आपत्ति जनाएका थिए ।
‘मोर्चाको निर्णय हुन्छ, एकातिर उनको गतिविधि हुन्छन् अर्कोतिर’ भन्दै अध्यक्ष यादवले सो दिनको बैठकमा असन्तुष्टि पोखेका थिए । ‘महतोजीलाई जोगवनी नाकामा जान कसले भन्यो ? मोर्चाको कार्यक्रम पनि थियो तर त्यसमा नगएर नाकामा बसेर एक्सट्रा देखाउन खोज्नुभयो । अनि यस्तो भइरहाल्छ नि,’ उनको भनाई उद्धृत गर्दै एक नेताले भने ।
एक स्थानीय पत्रकारका अनुसार मधेशी मोर्चा र त्यहाँका स्थानीय प्रशासनबीच नाकामा नबस्ने आन्तरिक सहमति भएको थियो । बसेपनि कुनै छेउमा गएर बस्ने तर राजेन्द्र महतो जबर्जस्तीबीच नाकामै गएर दलबलसहित बसेपछि प्रहरी प्रशासन बल प्रयोग गरेको हो । नाकामा बस्नुअघि पनि प्रहरीले अध्यक्ष महतोलाई सम्झाउन खोजेका थिए । उनलाई रोक्ने प्रयास गरेका थिए । यहाँ नबसेर अर्को ठाउँमा बस दिनुस् भनि पनि आग्रह गरेका थिए तर महतोले बलजफती त्यही गएर बसेपछि प्रहरीले बल प्रयोग गरेको हो । यस कारणले पनि मधेशी मोर्चाका नेताहरु चिढिएका छन् । जनकपुरमा रहेएका अध्यक्ष यादवले त्यहाँका एक स्थानीय एफएमलाई अन्तरवार्ता दिँदै उनले अध्यक्ष महतो सस्तो लोकप्रियताका लागि त्यस्तो गरेको आरोप लगाएका छन् ।

के भन्छन् नेताहरु ?
सद्भावना पार्टीका महासचिव मनिष सुमनले भने, ‘हाम्रो अध्यक्षजी घाइते भएर अस्पतालमा भर्ना हुनु भएको छ । हामी पीडामा छौ यसबेलामा को भेट्न गयो को गएन त्यसमा टिप्पणी गर्नुभन्दा पनि यो मानवीयताको कुरा हो मान्छेले आफै बुझ्नु पर्ने हो ।’
यता, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले आफूहरु निरन्तर सम्पर्कमा रहेको र आन्दोलनका कारण भेट्ने समय नपाएको बताए । ‘भोली धरानमा विरोध सभा रहेको र त्यसपछि त्यहाँ भेट्न जाने कुरा भइरहेको छ,’ उनले भने ।

ratopati
बिहीबार, १६ पुष
उदयपुर । चार दिन अघि उदयपुर जिल्लाको रामपुर ठोक्सिला गाविस ८ बस्ने बर्ष ३८ की कृष्ण कुमारी कटुवालको हत्या स्थानीय मजदुर सरोज मगरले गरेको खुलेको छ ।
इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाका अनुसार झापा जिल्ला तोपगाछी गाबिस बस्ने ३९ वर्षीय मगरले कृष्ण कुमारीलाई केही समय यतादेखि शारिरीक सम्पर्क राख्दैआएका थिए ।
कृष्ण कुमारीले आफूलाई विवाह गर्न भनेपछि विवाद बढेर मगरले पुस १२ गते हत्या गरेको इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले बताएको छ ।
उक्त दिन जङ्गलमा दाउरा काट्न गएकी कृष्ण कुमारीसँग शारिरीक सम्पर्क भएको र विवाद बढेपछि पाँच किलो जतिको ढुङ्गा टाउकामा प्रहार गरी हत्या गरेको मगरको बयानलाई उद्धृत गर्दै प्रहरी निरीक्षक अमतलाल माझीले बताए ।
सरोज मगरलाई प्रहरीले १३ गते साँझ स्थानीय एक घरमा लुकी बसेको अबस्थामा पक्राउ गरेको हो । कृष्ण कुमारीको परिवारजनबाट मौखिक जाहेरी परेपछि प्रहरीले बेपत्ताको खोजी कार्य थालेको थियो । उनको मृत शरीरलाई निर्वस्त्र अवस्थामा फेला पारिएको थियो ।
nepalsandesh
काठमाडौ, १६ पुष । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले मधेसी मोर्चाले नाकाबन्दीसहितका आन्दोलनका कार्यक्रम फिर्ता नलिए मोर्चाका शिर्ष नेताहरुको पोल खोलिदिने चेतावनी दिएकी छिन ।
आईतावर हिमालय टेलिभिजनमा प्रशारण हुने ‘ धमलाको हमला’ कार्यक्रमको लागि ऋषि धमलासँगको

कुराकानीमा उनले भनिन,‘  उपेन्द्र महतो, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्र यादवको मधेसमा केही छैन । यीनीहरुले केही गर्न सक्दैन । मलाई उपेन्द्रले फोन गरेर गिरिजाप्रसाद कोइरालाले गरेको सहमति कार्यान्वयन भएन तपाई के हेरेर बस्नु भाको छ भनेर सोधे । मैले भने के सम्झौता भएको थियो । उनले आठ बुँदे कुरा गरे । मैले आठ बुँदेमा के के छ भनेर सोधे । उनले केही जवाफ नै दिन सकेनन । आठ बुँदेमा के छ मलाई पनि थाहाँ छैन भनेर उम्किए । यादवले समावेशी समानुपातिक, जनसंख्याको कुरा मात्रै गरे । अब पनि आन्दोलन फिर्ता लिएर नाका नखोले सबैको पोल खोलिदिन्छु । को कहाँबाट सञ्चालित छन सबै मलाई थाहाँ छ । ’
सुजाताले आगामि महाधिवेशनमा पार्टी नेतृत्वको चयन सर्वसम्मतमा नहुने दावी गर्दै पार्टी सभापतिको लागि जो सुकै मैदानमा आए पनि आफू प्रतिष्पर्घा गर्न तयार रहेको स्पष्ट पारिन ।
उनले भनिन,‘ सुशील दाले सक्नु हुन्न । उहाँ विरामी हुनु हुन्छ । उहाँलाई स्वास्थ्यले साथ दिदैन । सक्रिय रुपमा कार्य गर्न पनि सक्नु हुन्न । उहाँले अब मलाई सहयोग गर्नु पर्छ । कोइराला परिवारमा सुशील दापछि को मै हुँ । म पार्टी हाक्न सक्छु, ममा क्षमता छ । समय अुनसार काम गर्न सक्ने दुरदृष्टि पनि छ । टिम पनि छ । यूवा पुस्ता, महिलाको समर्थन मलाई छ ।’
सुजाताले सुशील कोइरालाले समर्थन गरेपछि आफूले शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई भेटेर अब आफूलाई समर्थन गर्न आग्रह गर्ने जानकारी पनि दिईन ।
उनले चीनसँग आफ्नो राम्रो सम्बन्ध भएको र चीनले बोलाईरहने भएकोले बारम्बार आफू चीन जाने गरेको बताउँदै नेपाल र चीनवीचको सम्बन्ध अझै राम्रो र बलियो बनाउनु पर्ने तर्क गरिन ।
reportersnepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १६ पुस । विहीबार विहानै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको फोनले मोबाइलको घण्टी बजेपछि प्रधानमन्त्री केपी शर्मा ओली छक्क परे ।
छक्क पनि किन नपरुन् । विभिन्न कार्यक्रम र आयोजनाको सुरुवातका लागि गृह जिल्ला झापा पुगेका थिए । तर, अचानक मोबाइलमा भारतीय नम्बरबाट फोन आयो । उठाउँदा मोदीको रहेछ ।
उक्त फोनबारे पूर्व जानकारी केही गरिएको थिएन् । फोनको सुरुवातमै मोदीले अंग्रेजी नयाँ वर्षको शुभकामना दिए । २० मिनेटसम्म चलेको फोन वार्तामा भएका धेरै कुरा बाहिर आए । तर, मोदीले किन अचानक फोन गरे आम नागरिकलाई चाँसोको विषय बनेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार ओली र मोदीबीच नेपाल र भारतबीचको सम्बन्ध सुमधुर बनाउने विषयमा टेलिफोन वार्ता भएको बताइएको छ ।
तर, मोदीले फोन गर्नुको खास कारण ओलीलाई पहिला भारतको भ्रमण गराउनुरहेछ । प्रधानमन्त्री निकट स्रोत भन्छ- फोनवार्ताको आशय बुझ्दा मोदीले नेपालका प्रधानमन्त्री पहिला भारत भ्रमणमा आउन भन्ने चाहेका रहेछन् ।
उनका अनुसार नाकाबन्दी र पछिल्लो परिस्थितीले प्रधानमन्त्री ओली चीन जाने हल्ला चलेपछि पहिला भारतको भ्रमण गराउन मोदीले अचानक फोन गरेका हुन् । उसो अहिले फोन गर्ने समय पनि मोदीका उपयुक्त थियो । किनभने अंग्रेजी नयाँ वर्षको शुभकामना आदानप्रदान गरेको भन्न पुगिहाल्यो ।
चीनबाट राष्ट्रप्रमुखले फोनवार्ता नगरेको अवस्थामा मोदीले आफैले फोन गर्दा ओली भारत भ्रमणमा आउनसक्ने देखेपछि अचानक विहानै फोन गरेका हुन् । यसअघि परराष्ट्रमन्त्री कमल थापाले पनि प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारत नै हुने बताएका थिए । तर, प्रधानमन्त्रीले भने भारत, चीनमध्ये जहाँ स्थिती अनुकुल भयो त्यही पहिला भ्रमण गर्ने बताउँदै आएका छन् ।
नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणलाई लिएर पछिल्लो समय भारत र चीनबीच प्रतिस्पर्धा नै भइरहेको छ । चीनले पनि आफ्ना राजदूत मार्फत प्रधानमन्त्री ओलीलाई पहिला चीन भ्रमण ल्याउन प्रयत्न गरिरहेको छ ।
यसैगरी फोनवार्तामा प्रधानमन्त्री ओलीले आपूर्ति व्यवस्था सहज नभएकामा भारतीय प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै रक्सौल–वीरगन्ज नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री मोदीले आफू सदैव आपूर्ति व्यवस्था सहज होस् भन्ने पक्षमा रहेको र त्यसका लागि भारतका तर्फबाट कुनै रोकटोक नभएको बताए ।
भारतका प्रधानमन्त्री मोदीले रक्सौल–वीरगन्ज नाकाबाहेक सबै नाकाबाट आपूर्ति व्यवस्था सहज भएको जानकारी दिँदै नेपालकै राजनीतिक दलले उक्त नाकामा प्रदर्शन गरिरहेका कारण असहज भएको बताए ।
दुई नेताबीच द्विपक्षीय हितका विषयमा समेत कुराकानी भएको थियो । प्रधानमन्त्री मोदीले छिट्टै भारत भ्रमण गर्न दिएको निम्तोलाई प्रधानमन्त्री ओलीले स्वीकार गरेका छन् । प्रधानमन्त्री ओलीले छिट्टै परिस्थितिलाई सहज बनाएर भारत भ्रमण गर्ने वचन दिएका थिए ।
dainiknepal
भीमदत्तनगर, १६ पुस । कञ्चनपुरको झलारी नगरपालिकाकी १६ वर्षीया रामवती बोहरा (नाम परिर्वतन) गत साउन १० गते बुबा–आमाको आशीर्वाद थापेर धन कमाउने सपना बोकेर ज्वाइँ प्रकाश मगरसित भारत पसिन् ।
गाउँकै स्कूलमा कक्षा ८ मा अध्ययनरत बोहरालाई उहाँकी ठुलोबुबाकी नातिनी जानकी र ज्वाइँ प्रकाशले माइतीमा आएको बेला आर्थिक लाभको प्रलोभन देखाएर भारतको बम्बै हुँदै पुनासम्म पु¥याए । कैलालीको सहजपुर खानीडाँडा घर भएका प्रकाशले तीन वर्षअघि नाताले छोरी पर्ने झलारीकी जानकीसित मागी विवाह गरेका थिए ।
“ससुराली आउँदा छोरी र ज्वाइँ मेरै घरमा आएर भारतमा पैसा कमाउन प्रलोभनमा पार्ने गर्थे,” हाल माइती नेपाल कञ्चनपुरको आश्रयमा रहेकी रामवतीले भन्नुभयो–“पुना पुगेर भारतीय नागरिककहाँ बेच्ने सुइँको पाएपछि रात १० बजे कोठाबाट भाग्न सफल भएँ ।”
“घरमा पढेर के गर्छ ? पुनामा १२ हजार मासिक भारतीय रुपैयाँ कमाउन सकिन्छ भनेर दुबै जनाले घरमा बुबा आमालाई सम्झाएपछि उहाँहरुले मलाई जागिर गर्न जान अनुमति दिनुभयो,” रामवतीले भन्नुभयो – “पुना पुगेपछि त्यै छोरीले यता तँलाई पूजा गर्न ल्याएको होइन भनेर धम्की दिन थाली । आफन्तबाटै यस्तो होला भन्ने कल्पनासम्म गरेको थिएन ।” हाल जानकी र प्रकाश पुनामै काम गरिरहेका छन् । “पुना पुगेपछि त्यो कोठामा एक भारतीय महिलालाई मेरै कोठामा राखेको थियो,” रामवतीले भन्नुभयो – “हामी दुबै जना राति भागेर मध्यप्रदेशको जवलपुर पुग्यौँ ।”
भारतीय युवती जवलपुरकी निशा चन्द्रावती र रामवतीलाई रेलको यात्रा गर्दै गर्दा भारतको दमवाबाट नियन्त्रणमा लिएपछि निशालाई जवलपुर घरको जिम्मा लगाएको भारतीय प्रहरीले रामवतीलाई जवलपुरस्थित रामकुमारी वाई बालिका निकेतनको आश्रयमा राखिदियो ।
“म आश्रममा चार महिना संसार जितेर बसेँ,” गत पुस १० गते माइती नेपालले उद्धार गरी भीमदत्तनगर पु¥याएकी रामवतीले भन्नुभयो – “पुनामा मलाई प्रकाशले ज्यान मार्ने धम्कीसम्म दियो ।” धनगढीको गौरीफन्टा नाका हुँदै भारत पसेकी रामवतीले त्रिनगर भन्सारमा सोधपुछ गर्दा प्रकाशले भारतको पलिया उपचारका लागि जान लागेको बताएको जानकारी दिनुभयो ।
रामकुमारी वाई बालिका निकेतनले रामवतीका घरमा पत्राचार गरेपछि उहाँका बुबाले माइती नेपाल कञ्चनपुरलाई छोरीको उद्धार गरिदिन गुहार मागे । “म आफैं जवलपुर पुगेर रामवतीलाई लिएर आएको हुँ,” माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भन्नुभयो – “बेचबिखनका लागि लैजाने प्रकाश र जानकी विरुद्ध प्रहरीमा उजुरी दिन्छौँ ।” माइती नेपालले रामवतीलाई आवश्यक परामर्श दिएर आफन्तको जिम्मा लगाउने जनाएको छ ।
त्यसैगरी, माइती नेपालकै आश्रयमा पुगेकी कञ्चनपुरको पुनर्वास नगरपालिकाकी निकिता बोहरा (नाम परिर्वतन)को व्यथा रामवतीको भन्दा दर्दनाक छ । डेढ वर्षअघि गाउँकै प्रताव बोहराको विवाह गर्ने प्रलोभनमा परेर भारतको दक्षिण भारतस्थित उडिसा पुगेकी १८ वर्षीया निकिताको जिन्दगीमै शत्रु बनेका प्रताव अहिले भारतमै लुकेर बसेका छन् ।
“यहाँबाट गएको डेढ महिनासँगै बस्यौँ,” निकिताले भन्नुभयो–“त्यसपछि प्रताव कहाँ गयो अहिलेसम्म थाहा छैन ।” बाँकी दिनहरु कसरी बिताएँ भन्ने बारे उहाँले मुख खोल्नु भएन । माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले निकितालाई झापा माइती नेपाल हुँदै माइती नेपाल केन्द्रीय कार्यालयले पारिवारिक मिलनका लागि यहाँ पठाएको जानकारी दिनुभयो ।
“निकिताको बुबा छोरी भारत गएपछि सम्पर्कमा नआएपछि छोरी खोज्दै उडिसासम्म पुगेछन”, संयोजक भट्टले भन्नुभयो–“तर बुबा छोरी खोज्दाखोज्दै भारतमै बिते ।” बुबासमेत छोरीको खोजीमै मृत्यु भएपछि निकिताको आश मारेका उहाँकी आमा अहिले छोरीसित सम्पर्कमा आएपछि खुसी छिन् ।
त्यसैगरी गत कात्तिकमा गाउँकै स्थानीयवासीबाट भारतको पौडीगडवाल बेचन लागेकी बर्दियाकी १४ वर्षीया सञ्जु नगरकोटीलाई पनि माइती नेपाल कञ्चनपुरले भारतबाट उद्धार गरी पारिवारिक मिलन गराएको छ ।
नगरकोटीलाई भारत लगेर यौन प्यास मेटाउने बर्दियाका रामबहादुर खड्का अहिले प्रहरी कारबाहीमा छन् । माइती नेपाल कञ्चनपुरले मानव बेचबिखनविरुद्ध मुद्दा दायर गरेपछि जिल्ला अदालत कञ्चनपुरले सोमबार पुर्पक्षमा राख्न आदेश दिएको छ । “यो दलाललाई नै पक्राउ गरी कानुनी दायरामा ल्याएको ठूलो सफलता हो,” संयोजक भट्टले भन्नुभयो – “धेरै उद्धार गरिएका युवती दलाली गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन निकै चुनौतीपूर्ण छ ।” माइती नेपाल कञ्चनपुरले सन् २०१५ मा मात्रै २०० युवतीको उद्धार गरी पारिवारिक मिलन गराएको जनाएको छ ।
dainiknepal
 बिहीबार, १६ पुष
जापानबाट अमेरिका जाने अवसर
टोकियो । जापानमा रहेका नेपालीहरु अब सिधै अमेरिका जान पाउने भएका छन् ।
अधिकांश नेपाली र विदेशीहरुको समेत सपनाको देश रहेको अमेरिका जान अब जापानबाट सुर्या कर्पोरेसन जापानले सहयोग गर्ने भएको हो ।

जापान वा स्वदेशबाट स्नातक तहको पढाई पुरा गरेकाहरुलाई जापानमा कामको लागि स्युस्योकु भिजा दिलाउने कार्य गर्दै आईरहेको कर्पोरेसनले यसपाली टुरिस्ट, बिजनेस र स्टुडेन्ट भिजामा अमेरिका जाने प्रक्रियाका लागि जापानको फुकुओका, हिरोसिमा, ओसाका, सिजिओका, नागोया र टोकियो लगायतका स्थानमा छुट्टाछुट्टै सेमिनार समेत गर्ने भएको छ ।
जापानमा कुनैपनि भिषामा रहेका भाषा विद्यार्थी, कुक, डिपेन्डेन्ट, बिजनेशम्यान जो कोही विदेशीले पनि जापानबाट अमेरिका जानका लागि कानुनी रुपमै आवेदन दिन सक्ने सुर्या कर्पोरेसनले जनाएको छ ।
अन्य मुलुकबाट अमेरिका जान चाहेपनि सम्भावना कम भएकाले उक्त सम्भावना अब जापान आएका विदेशीहरूका लागि भने प्रक्रिया पुर्याएमा त्यति कठिन नरहेको कर्पोरेसनका निर्देशक बासुदेव लामिछानेले बताए ।
अमेरिका पठाउने पूर्वतयारी, प्रक्रियालगायतका विषयमा जानकारी दिन आयोजना गरिने सेमिनारको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिंदै उनले भिसा प्रक्रियाको लागि आवश्यक बैंक ब्यालेन्स, इन्भिटेसन, ग्यारेन्टर, स्पोन्सर देखि अन्तरवार्तासम्म सम्पूर्ण कागजपत्र बनाउने प्रक्रियामा सहयोग गर्ने कर्पोरेसनले बताएको छ ।
मात्र १५ दिनको प्रोसेसिंग अबधि रहेको र नयां वर्ष २०१६ को जनवरी १ बाट कर्पोरेसनमा सम्पर्क गरि प्रक्रियाको सुरुवात गर्न सकिनेछ ।
जापानको जुन कुनै स्थानमा रहेताकाहरुले पनि आवश्यक कागजात कम्पनीको ठेगानामा पोष्ट गरेमा सम्पर्कको माध्यमबाट सजिलै प्रोसेसिङ गरी ५ वर्षको भिषा आवेदन दिन सकिनेछ ।
nepalsandesh
काठमाडौं, १६ पुस । संसारकै पहिलो सामाजिक सञ्जाल फेसबुकले आफ्ना उपभोक्तालाई थप सेवा दिने तयारी गरेको छ ।
हाल आफ्नो मोबाइल एपका लागि टपिक बेस्ड फिड टेस्ट गरिरहेको फेसबुकले फिडमा परिवर्तन गर्ने निर्णय गरेको हो । यो निर्णय प्रयोगकर्ताको सुझावकै आधारमा गरिएको फेसबुकले जनाएको छ । नयाँ परिवर्तन सिस्टमले प्रयोगकर्तालाई आफ्नो न्यूज कस्टमाइज गर्न एकदमै सजिलो हुने बताइएको छ ।
अमेरिकी पत्रिका ‘द वर्ज’मा प्रकाशित समाचार अनुसार फेसबुकका प्रवक्ता जासोन स्टेनले भनेका छन्- धेरै फेसबुक प्रयोगकर्ताले आफ्नो फेसबुक एकाउन्टमा अगल-अलग क्याटगोरीमा न्यूज फिड चाहियो भनेर हामीलाई माग गरे । जसबाट उनीहरुले टपिकअनुसार पढ्न सकुन् । प्रयोगकर्ताको यो मागलाई ध्यानमा राख्दै हामी अलग अलग स्टोरीका लागि खास न्यूज फिडको टेस्टिंग गरिरहेका छौं । र छिट्टै प्रयोगमा ल्याउँछौं ।’
यसका साथै नयाँ वर्षबाटै फेसबुकले विश्वभर मार्केटिङ अफिस पनि विस्तार गर्ने भएको छ ।
पेपर एपजस्तै काम गर्नेछ मल्टिपल न्यूज फिडले
मल्टिपल न्यूज फिड कम्पनीको स्टैंडअलोन एप ‘पेपर’को इन्स्पायर हो जसमा अटोमैटिकली प्रयोगकर्तालाई पोस्ट र पेजको कन्टेन्टलाई अलग अलग सेक्शन कस्टामइज गरेर देखाउनेछ । यद्यपी यो एप मात्र आईओएसमा डाउनलोड गर्न सकिनेछ ।
यता फेसबुकको ट्रेडिशनल न्यूज फीडमा केही क्याटोगरी छन् जसमा स्टाइल, ट्रैवल र हेडलाइन समावेश गरिएको छ । छिट्टै यो एप आम प्रयोगकर्तामाझ आउने फेसबुकका प्रवक्ता स्टेनले बताए ।
dainiknepal
१६ पुस, जनकपुरधाम ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले उनकै शब्दमा ‘आन्तरिक उपनिवेश’ समाप्त नहुन्जेल आन्दोलन नरोकिने बताएका छन् ।

जनकपुरमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा यादवले केही गनेचुनेका एउटै समुदायका व्यक्तिहरु मधेशीहरुलाई उपनिवेशमा राखेको भन्दै उपनिवेश समाप्त नभए सम्म आन्दोलन अझै सशक्त पार्दै जाने चेतावनी दिए ।

११ बुदे माग कार्यान्वयन गर्न सत्ता पक्ष आनाकानी गरिरहेकोले त्यो माग सम्बोधन नभए नाकाबन्दी जारी रह्ने चेतावनी पनि उनले दिएका छन् ।

आफ्नो पक्ष बलियो बनाउनका लागि अन्तराष्ट्रिय जगत संग सहयोग मागेको र अन्तराष्ट्रिय समुदाय पनि संविधान अपुरो रहेको जबाव दिएको दावी समेत उपेन्द्रले गरे ।

संविधानमा हस्ताक्षर गरेका संसदहरुले नै संशोधन विधेयक प्रस्तुत गर्नुले संविधान मृत भइ सकेको पुष्टी भएको उनको भनाइ छ । संविधान कार्यान्वयन हुन अगावै नेताहरु संविधानको श्राद्ध गर्न लागी परेको बताए । एउटै समुदाय र एउटै जातका ५ ÷७ जना व्यक्तिहरु मिलेर संविधान ल्याएको भन्दै उनीहरु मधेशमा नरसंहार गर्न लागी परेको आरोप पनि उनले लगाएका छन् ।

मोर्चाले अव ‘चलो मधेशी घेरो सिंहदरबार लेलो अपना अधिकार’ नामक नयाँ आन्दोलनको घोषणा गर्न लागेको जानकारी पनि उपेन्द्रले दिएका छन् ।
काठमाडौं, १६ पुस । दक्षिण एसियामा शक्ति राष्ट्र मानिने श्रीलंकाले भारतलाई आफ्नो शक्ति देखाएको छ ।
यसअघि भारतको प्रस्ताव अस्वीकार गरेर चीनसँग हात बढाएको श्रीलंकाले अहिले भने घमण्ड उर्तान शक्ति देखाएको छ ।
यसैक्रममा २९ जना भारतीय नागरिकलाई श्रीलंकाको सेनाले नियन्त्रण लिएको छ । अनुमति विनै आफ्नो भूमिमा आएको भन्दै सेनाले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्ने भारतीय नागरिकहरु पेसाले माझी हुन् । श्रीलंकाको श्रींकोमाली नदी किनारमा माछा मारिरहेका माझीहरु सेनाको कब्जामा परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतको तमिलनाडु प्रान्तको नागपट्टीनम जिल्लाका माझीहरु विहानै श्रीलंकाको भूभागभित्र पर्ने समुद्रमा माछा मार्न गएका थिए । (एजेन्सीको सहयोगमा)
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home