• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
कठोररुपमा अगाडि बढ्छ
वीरगन्ज : सदभावना पार्टीका राष्ट्रिष्य अध्यक्ष राजेन्द्र महतोले मधेसी र थारुको माग पुरा नभएसम्म आन्दोलन नरोकिने बताएका छन् ।

वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका घाइते आन्दोलनकारीसँग सोमबार भेटघाट गरेका अध्यक्ष महतोले भने, ‘माग पुरा नभएसम्म आन्दोलन रोकिन्न, अब त झन कठोररुपमा अगाडि बढ्छ ।’

मधेसको आन्दोलन वारपारको लडाइँ भन्दै उनले तीन दलले ल्याएको मधेसविरोधी संविधान मधेसी र थारुले कुनै पनि हालतमा नस्वीकार्ने बताए ।

शान्तिपूर्ण आन्दोलनमा सहभागी निहत्था मधेसी र थारुको टाउको र छातीमा प्रहरीले ताकी ताकी गोली हानेको भन्दै उनले प्रश्न गरे, ‘के यही मानवता र लोकतन्त्र हो ?’

अध्यक्ष महतोले मधेसमा राज्यले आतंक नै मच्चाएको आरोप लगाए । अध्यक्ष महतोले अस्पताल परिसर बाहिर नयाँ संविधानको प्रतीलिपी पनि जलाएका थिए ।
www.annapurnapost.com
विराटनगर : आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप शुरु भएको छ । स्थानीय महावीर चौकमा सोमबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच अहिले झडप भइरहेको छ ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । शनिमन्दिर चौक, महावीर चौक र भट्टी चौकमा अहिले अवस्था तनावपूर्ण रहेको छ । त्यहाँ आउजाउ समेत बन्द छ । सडक सुनसान भएको छ ।

विराटनगरमा हिजो साँझ महेन्द्र चौक क्षेत्रमा पनि झडप भएको थियो । प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।

घटनामा आफ्ना एक दर्जन कार्यकर्ता घाइते भएको संघीय समाजवादी फोरम मोरङका अध्यक्ष राजकुमार यादवले जनाएका छन् ।

विराटनगरमा हिजो साँझदेखि स्थिति बिग्रिएको हो । आन्दोलनकारी र संविधान समर्थकले मोटरसाइकलमा आगजनी गरेपछि दुई पक्षीय झडप हुने स्थिति आएपछि प्रहरीले दुबै पक्षलाई पछि हटाएको छ ।www.annapurnapost.com
बागलुङ : संविधानसभाको उपनिर्वाचनमा विजयी हुँदा सभासद् चम्पादेवी खड्कासँग एउटै सपना थियो, पतिको संविधान लेख्ने इच्छा पूरा गर्नु । आज उनको सपना मात्र साकार भएको छैन, करोडौँ नेपालीको पनि भाग्यको फैसला भएको छ ।

पति वियोगको कठिन घडीमा पनि उपनिर्वाचनमा होमिदाको पीडा अहिले धेरै हदसम्म मत्थर बनेको छ, सभासद् खड्काको । पतिको बाँकी कार्यभार सम्हाल्न संविधानसभा पुगेकी सभासद् खड्का संविधानसभाबाट संविधान जारी भएपछि उत्साहित छिन्  ।

उनका अनुसार संविधान लेखनकै यात्रामा निधन हुनुभएका पति सभासद् हरिबहादुर खड्काको मृत आत्मालाई पनि शान्ति मिलेको छ । उनले आत्मगौरवको अनुभूति गरिरहेकी छन् ।

‘गौरवको महसुस पनि भएको छ, यस्तो ऐतिहासिक दायित्व निर्वाह गर्ने अवसर मिल्यो, पति गुमाएपनि संविधान लेख्न पाएँ” सभासद् खड्काले भनिन् “मेरो पतिको जुन इच्छा थियो, संविधानसभाबाट जनतालाई नयाँ संविधान दिने, त्यो सपना पनि पूरा भएको छ ।”

नेपाली कांग्रेसका तर्फबाट बागलुङ क्षेत्र नं १ की सभासद् खड्काका पति हरिबहादुर खड्काको २०७१ मङ्सिरमा सडक दुर्घटनामा मुत्यु भएको थियो ।

सभासद् पतिको निधन भएपछि खड्का सोही वर्षको चैतमा भएको उपनिर्वाचनमा विजयी बनी संविधानसभामा पुगेकी थिइन्

“मेरो पतिको निधनपछि जुन अभिभारा मलाई जनताले बोकाउनुभएको थियो, त्यो आज पूरा भएको छ” सभासद् खड्काले भनिन्, “संविधान दिने वाचा त पूरा भयो, अब विकास निर्माणको कामलाई अघि बढाउनुछ ।”

उनले पति निर्वाचित हुँदा जनतालाई बाँडेका आश्वासन र सपना पूरा गर्न कटिबद्ध भएर लाग्ने धारणा राखिन् । रासस -nnapurnapost.com
महोत्तरी, ४ असोज । संविधानको पर्खाइमा अनेकन बाजी थाप्नेहरु मध्येका सर्तहरु थिए संविधान जारी भएपछि दाही दाह्री काट्ने, बिहे गर्ने, आदी ।

तर महोत्तरीको गौशालाका एक व्यक्तिले संविधान जारी भए मात्रै आफु नरहने बताउँदै आएपनि उनले आफ्नो अडान लागू गरी छाडेका छन् ।

आइतबार साँझ संविधान जारी भएसँगै ५० वर्षीय रामप्रदिप महतोले आँपको रूखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

आइतबार दिउसो छिमेकीहरूलाई भेला पारेर महतोले यो संविधान जारी भए आफूले आत्महत्या गर्ने चेतावनी दिएका थिए ।

/www.etajakhabar.com
September 21, 2015
 संविधाना आएको खुसियालीमा दुई दिन लोडसेडिङ नगरिने
४ असोज, काठमाडौं । नेपालको संविधान २०७२ नेपाली जनतासमक्ष जारी भएकोमा मुलुकमा खुसियाली छाएको छ । मुलुकभर दिपावलीसँगै एक अर्कामा बधाई र खुसियाली साटासाट गरिएको छ

। यसै मेसोमा संविधान जारी भएसँगै उज्यालोको सन्देश दिन नेपाल विद्युत प्राधिकरणले दुई दिन लोडसेडिङ नगर्ने भएको छ ।


संविधान जारी भएपछि सरकारले आइतबार र सोमबार मुलुकभरि खुसियाली पूर्वक दिपावली गर्न आग्रह गरेको अवस्थामा दुई दिनसम्म लोडसेडिङ नगर्ने निर्णय भएको प्राधिकरणका अधिकारीहरुले जानकारी दिएको गोरखापत्रमा खबर छ
purbelinews

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विराटनगर- नयाँ संविधानको स्वागत र विरोधमा पूर्वी नेपालमा हजारौं मानिस सडकमै उत्रिएर खुसीयाली र विरोध जनाएका छन्। संविधानको स्वागत गर्दै हजारौंको सहभागितामा विराटनगरमा मोटरसाइकल र्याउली निकालेलगत्तै असन्तुष्ट संयुक्त मधेसी मोर्चाले विरोध जुलुस प्रदर्शन गरेका छन्।


विराटनगरको सहिद रंगशालाबाट नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका नेता–कार्यकर्तासहित हजारौंको संख्यामा सर्वसाधारणले संविधानको स्वागत गर्दै मोटरसाइकल र्यााली निकाले। र्यातलीका सहभागीले नेपालको झन्डा र तीनवटै पार्टीका झन्डा बोकेका थिए। उनीहरुले तराई, पहाड, हिमाल कोही छैनौ पराई भन्दै नाराबाजीसमेत गरे। संविधानको स्वागतमा निकालिएको मोटरसाइकल र्यातलीलाई लक्षित गरेर विराटनगरको महावीर चोकमा ढुंगा प्रहार गरिएपछि केहीबेर स्थिति तनावपूर्ण बनेको थियो। तर, सुरक्षाकर्मीको बाक्लो तैनाथीले स्थिति अप्रिय हुन सकेन।

संविधानको स्वागतमा विराटनगरको बिभिन्न स्थानमा खुशियाली मनाइएको छ। यता, संयुक्त मधेसी मोर्चाले संविधानमा आफ्ना माग नसमेटिएको विरोधमा विराटनगरमा विरोध जुलुस प्रदर्शन गरेका छन्। हातहातमा कालो झन्डा बोकेका हजारौं प्रदर्शनकारीले विराटनगरको परिक्रमा गरेका छन्। संविधानको स्वागत र विरोधमा हजारौंको सहभागितामा प्रदर्शन हुन थालेपछि विराटनगरको सुरक्षा मजबुत पारिएको थियो।

इटहरीमा लाखबत्ती

राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ घोषणा गरेलगत्तै इटहरीमा आइतबार साँझ स्वागत गरियो। यादवले नयाँ संविधान जारी भएको घोषणा गर्नासाथ इटहरीको मुख्य चोकमा दीपावली गर्दै लाख बत्तीसमेत बालियो।

देशमा संघीय लोकतान्त्रिक संविधान जारी भएको खुसियालीमा इटहरी चोकमा पाँच हजारभन्दा बढी सर्वसाधारण भेला भएर नाचगान गर्दै दीपावली गरे। इटहरीका विभिन्न महिला सञ्जालको अगुवाइमा लाख बत्ती बालिएको हो।

यसैबीच, मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहितको समूहले आइतबार अरुण पूर्वका नौ जिल्ला लिम्बुवान राज्य नभएकोमा बन्द आह्वान गरेर विरोध गरेको छ। प्रदेशको नामांकन भइनसकेपनि नेकपा–माओवादीसहित लिम्बुवान संयुक्त संघर्ष समिति, नेत्रविक्रम चन्द 'विप्लव' ले नेतृत्व नेकपा माओवादीले पूर्वका नौ जिल्ला बन्द गर्न समर्थन गरेको लिम्बुवान नेता पदम अधिकारीले बताए। हिन्दू धर्मका पक्षमा जागरण आन्दोलनका अगुवा सन्त श्रीनिवासाचार्यको नेतृत्वमा हिन्दु राष्ट्र घोषणा नभएको विरोधमा सोमबार इटहरीमा विरोध र्यााली प्रदर्शन गरिएको छ।

घरघरमा कालो झन्डा

संविधानको विरोध गर्दै महोत्तरीको घरघरमा कालो झन्डा राखिएको छ। आइतबार विहानै सदरमुकाम जलेश्वरको चोक–चोकमा सर्वसाधारणले सडकछेउमा रहेको विद्युत र टेलिफोनको पोल र आ–आफ्ना घर अगाडी कालो झन्डा झुण्डयाएर विरोध जनाएको छ। मधेसलाई उपेक्षित गरी संविधान ल्याएकोमा उनीहरु असन्तुष्ट छन्। महोत्तरीको जलेश्वर, मटिहानी, रामगोपालपुर, सम्सी, औरही, रघुनाथपुर, गौश्ाालाको बजारक्षेत्र र ग्रामीण क्षेत्रमा पनि कालोझन्डा गाडिएको छ।

लिम्बुवानमा पनि स्वागत र विरोध

संघीय गणतन्त्र नेपालको संविधान जारी हुने भएपछि पाँचथरका जनतामा उत्साह छाएको छ। संविधानसँगै देशमा अमनचयनको अवस्था सिर्जना हुने, आर्थिक रुपान्तर हुने भन्दै स्वागत गरिँदैछ। यसका साथै संविधानमार्फत अरुणपूर्वका नौ जिल्ला संघीय लिम्बुवान राज्य हुन नसकेको भन्दै विरोधका कार्यक्रम सञ्चालन भएका छन्।

नेपाली कांग्रेस, नेकपा (एमाले), एकीकृत नेकपा (माओवादी), राप्रपा नेपाल, राप्रपा, नेकपा(माले) जस्ता दलहरुले स्वागतका विभिन्न कार्यक्रम गरेका छन भने लिम्बूवान आन्दोलन अघि बढाउन भन्दै गठित मोर्चाले अरुण पूर्वका नौँ जिल्ला अनिश्चिककालीन वन्द आव्हान गर्दा जनजीवन कष्टकर बनेको छ। एकातिर स्वागत र अर्कोतिर विरोधका कार्यक्रम सञ्चालन भए।

सप्तरीमा विरोध

नयाँ संविधानको सप्तरीमा विरोध गरिएको छ। मधेसी मोर्चाले आह्वान गरेजस्तै सदरमुकामदेखि गाउँ–गाउँ सम्ममा संविधानको विरोधमा गरिएको छ। मोर्चाका नेता–कार्यकर्ताले जिल्लास्थित सरकारी कार्यालयमा समेत कालो झन्डा गाडेका छन्।

तिलाठीस्थित वेल्ही भन्सार, हनुमाननगर, भारदह, कञ्चनपुर, रुपनी, कठौना, कल्याणपुर, कदमाहा, पातो, खुरहुरीया लगायतका ठाउँमा समेत कालो झन्डा प्रदर्शन भएको थियो।

बन्दको अवज्ञा गर्दै स्वागत

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी र विप्लव नेतृत्वको माओवादीले आइतबार आह्वान गरेको नेपाल बन्द अवज्ञा गर्दै सिन्धुलीमा दीपावली गरिएको छ। शनिबार साँझ जुलुससहित बन्दको आह्वान गरेका बन्दकर्ताले आइतबार बिहान बजार र यातायात बन्द गराए तर संविधानलाई स्वागत गर्न उत्साहित व्यापारीले खुलेर बन्दको विरोध गरे। बिहान ९ बजेबाट बन्द रहेका पसल खुलाएर उनीहरूले बन्दको अवज्ञा गरेका हुन्। बन्दको अवज्ञा भएपछि संविधानलाई स्वागत गर्न चोक–चोकमा युवा निस्किएका थिए।

जनकपुरमा जलाइयो

जनकपुरमा संविधानको प्रति जलाइएको छ। संविधानसभा भवनमा संविधान जारी हुनुभन्दा एक घन्टाअगावैदेखि जनकपुर क्षेत्रको विद्युत लाइन काटिएको थियो। केवल टिभी नेटवर्कको लाइन पनि अवरुद्ध गरिएको थियो। अन्य जिल्लामा दीपावली मनाइरहँदा जनकपुर अँध्यारो थियो। आइतबार दिनभर जनकपुर तनावग्रस्त रह््यो। करिब पाँच हजारको संख्यामा रहेका प्रदर्शनकारीले हात, निधार र मुखमा कालो पट्टी बाँधेर नगर क्षेत्रमा जुलुस प्रदर्शन गरे।

घर–घरमा दीपावली

संविधान जारी भएसँगै भोजपुरका घर–घरमा दीपावली गरियो। सात राजनीतिक दलले बेलुका छ बजे सदरमुकामको सहिद पार्कमा दीपावली गरे। उनीहरूले आफ्ने पार्टी कार्यालयमा समेत दीपावली गरे। सदरमुकामका अधिकतर घरमा स्थानीयले दीपावली गरे। संविधान जारी भएको खुसियालीमा यहाँका युवाले मोटरसाइकल र्यासलीसमेत गरेका छन्।

धरानमा भव्य स्वागत

'हिमाल, पहाड, तराई, कोही छैन पराई!' आइतबार साँझ राष्ट्रपतिद्वारा नेपालको संविधान २०७२ घोषणा गरेलगत्तै धरानको छाताचोक क्षेत्रमा यही आवाज गुञ्जायमान भयो। लामो प्रतीक्षापछि जननिर्वाचित संविधानसभाबाट बनेको संविधानलाई धरानवासीले स्वागत गरे।

साँझ ५ बजे राष्ट्रपतिद्वारा घोषणा हुने भनिए पनि केही ढिलो भएपछि विभिन्न वडाबाट भेला भएका नगरवासीमा बेचैनी बढिरहेको थियो। राष्ट्रपतिद्वारा घोषण भएको खबर सार्वजनिक भएलगत्तै धरानवासीले एकअर्कालाई अंकमाल गर्दै संविधान घोषणा भएकोमा खुसी र बधाई साटासाट गरे।

तेह्रथुममा खुसियाली

नयाँ संविधानको स्वागत गर्दै सदरमुकाम तेह्रथुममा दीप प्रज्वलन गरियो। लामो समयको पर्खाइपछि जारी भएको संबिधानको स्वागत गर्दै लोकतान्त्रिक चोकमा भेला भएर नेपालको नक्सा कोरी दीप प्रज्वलन गरिएको हो। संबिधान जारी भएको खुसियालीमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालय र सदरमुकामवासीले घरघरमा दीप प्रज्वलन गरे। नयाँ संविधानको स्वागत गर्दै नेपाली कांग्रेस पार्टी कार्यालयमा कार्यकर्ताले नाचगान गरे।

सभासदको घरमा आगजनी

नयाँ संविधानको विरोधमा कालो झन्डासहित गाउँ–गाउँबाट प्रदर्शनमा सहभागी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सिरहा बजारस्थित सभासद् सीतादेवी यादवको घरमा आगजनी गरेका छन्। आइतबार दिउँसो मौनजुलुस प्रदर्शनका क्रममा आक्रोशित भीड सभासद् यादवको घरमा प्रवेश गरी एउटा मोटरसाइकल, एउटा जिप र बैठक घरमा आगजनी गरेको थियो।

आगजनीबाट एउटा जिप, एउटा मोटरसाइकल र बैठक घर (हावा महल) पूर्ण रूपमा क्षति भएको सिरहाका एसपी रामकृपाल साहले जानकारी दिए। आगजनीको खबर पाएर गएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाएका थिए। यादव सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित सभासद् एवं नेपाली कांग्रेस सिरहा सभापति हुन्।

नांगो जुलुस

नयाँ संविधानकको पक्ष र विपक्षमा उदयपुरमा आइतबार बिहानैदेखि विविध कार्यक्रम भए। संविधान घोषणाको खुसियालीमा कांग्रेस, एमाले, एमाओवादी, राप्रपा, राप्रपा नेपाल र जनमोर्चाले बजारमा खुसियाली जुलुस निकाले। विपक्षमा आन्दोलनरत दल र समूहले कालो झन्डा गाड्नुका साथै कालो झन्डा लिएर बजारमा नांगो जुलुस प्रदर्शन गरेका छन्।

पक्षधरले बजारका विभिन्न चोक, लोकतान्त्रिक चोकस्थित पीपल बोट र सरकारी कार्यालय तथा पार्टी कार्यालयमा राष्ट्रिय झन्डा गाडेर स्वागत गरे। विरोध गरिरहेका आन्दोलनरत पक्षले आजको दिनलाई 'कालो दिन' का रूपमा मनाउन कालो ब्यानर र कालो पट्टीसहित कपडा खोलेर नांगै सडकमा प्रदर्शन गरे।
nagariknews




भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, ४ असोज
काठमाडौं । संविधान जारी हुनबाट रोक्न नसकेपति निराश बनेका एमाओवादी नेता बाबुराम भट्टराईले दशजना मर्न वा दुई चार जना मार्न नसक्ने भन्दै जनजाति नेताहरुलार्य हुतिहारा र भेडाको संज्ञा दिएका छन् ।
कुनै पनि हालतमा संविधान जारी हुनबाट रोक्न नसकिने देखेपछि देश टुक्रिने धम्की दिएका भट्टराईले गत साता आफ्नै निवासमा केही जनजाति सभासद र जनजाति अगुवालाई बोलाएर थर्काएको स्रोतको दावी छ ।
त्यस अवसरमा बाबुरामले मँधेश र थरुहट आन्दोलनलार्य आफुले उक्साएको स्विकार गर्दै मधेशी जनताले जस्तो बलिदान गर्न जनजातिहरु डराएको बताए ।
‘तपाईहरु हुतिहारा भेंडा हो, एक दुई लाख आदिवासी जनजाति सडकमा उतारेर दश जना शहिद बन्न तयार नहुनेले कहिल्यै अधिकार पाउँदैनन् ’ बाबुरामको भनाई सुनेर आदिवासी जनजाति नेताहरु ट्वालल परेको एक एमाओवादी सभासद्ले बताए । आजको साँघु साप्ताहिकमा समाचार छ ।
www.nepalsandesh.com
यो कुनै दन्त्यकथा होइन । एक अलौकिक बालकको
 सत्यकथा हो,जसले आफ्नै आँखाले नदेख्दासम्म पत्याउन
 मुस्किल पर्छ । चार वर्ष आठ महिनाको अबोध
 बालकसित संसारका अनेक जटिल प्रश्नहरुको उत्तर छ ।
 बोल्न र हिँड्डुल गर्न नसक्ने ,कहिल्यै विद्यालय
 नगएको यो शिशु बसी–बसी तपाईंका हरेक प्रश्नको
 जवाफ कलमले लेखेर दिन्छ ।


 भूत,भविष्य वा वर्तमान,सबै कुरा उसको कलिलो
 मस्तिष्कमा अटेको छ । सुरुमा उनको ज्ञान परीक्षण
 गर्न धेरैले सामान्य ज्ञानका प्रश्नहरु सोध्थे ।
 नेपालका पहिलो प्रधानमन्त्री को हुन् भन्नेदेखि
 फाउन्टेन पेनको आविष्कार कसले गरे भन्नेसम्मका
 प्रश्नको सही जवाफ उनले दिँदै गए ।

 इतिहासदेखि भुगोलसम्म,गणितदेखि
 विज्ञानसम्म,धार्मिक ग्रन्थदेखि चलचित्रसम्म जे
 विषयमा सोधिए पनि आदित्यले जे सोधे पनि
 आदित्यले चामत्कारिक रुपमा उत्तर दिँदै गए । वेद र
 उपनिषद्का श्लोकहरु पनि लेख्न भ्याए । नेपाली र
 अंग्रेजी मात्रै होइन,चाइनिज
 कोरियन,रसियनलगायत लिपीमा लेखेर उनले
 प्रमाणित गरिदिए कि दुनियाँमा कुनै पनि चिज
 उनको कलिलो मस्तिस्कभन्दा बाहिर छैनन् ।
 आफूलाई भेट्न आउनेहरु को हुन्,उनलाई पहिल्यै थाहा
 हुन्छ । एमालेका अध्यक्ष भेट्न जाँदा उनकी आमाको
 नाम लेख्न लगाइयो । आदित्यले मधुमाता
 लेखिदिएपछि खनाल चरम आश्चर्यभावसहित मुस्कुराए
 । मुख्यसचिव लीलामणि पौडेल भेट्न जाँदा आदित्यले
 लेखे,बागमतीमा सफाइ होइन,फोहोर फाल्न बन्द
गरौं ।




 ’पूर्वमुख्यसचिव पुग्नासाथ आदित्यले कागज मागेर
 लेखे,‘माधव सर नमस्कार ।’ तिनै घिमिरेले आदित्यसित
 लिखित प्रश्न सोधे,‘अब मैले के गर्दा राम्रो हुन्छ ?’
 आदित्यको जवाफ यस्तो थियो,ध्यान
 गर्नुहोस्,बाटो आफैं भेट्नुहुनेछ ।’ कहिलेकाहीँ
 आदित्यले दिने जवाफ कूटनीतिक र घुमाउरा पनि
 हुन्छन् ।

 नेपाल हिन्दू राष्ट्र हुन्छ कि हुँदैन ? भनेर सोधिएको
 प्रश्नमा उनले जवाफ दिएका छन्,‘जनमत संग्रह गरौं ।’
 नेपालमा लोडसेडिङ कहिले अन्त्य हुन्छ भन्ने प्रश्नमा
 उनको जवाफ थियो,‘नेताहरु बोल्छन मात्र काम
 गर्दैनन् ।

 ’ उनले तिमी यो संसारमा आउनुको कारण के हो भनेर
 प्रश्न गर्दा उनले लेखे,‘नट नाउ पछि कुरा गरौंला ल ?’
 नेपालमा नयाँ संविधान कहिले बन्छ भन्ने प्रश्नमा
 उनको जवाफ छ,‘नेताहरुको झगडा मिलेपछि २०७२
 भित्र ।

 ’सुशील कोइरालापछि नेपालको प्रधानमन्त्री को
 होला भन्ने प्रश्नमा उनले केपी ओलीको नाम
 लेखिदिएका थिए । उनको ज्ञान परीक्षण गर्ने
 आशयले कसैले डा. बाबुराम भट्टराई र हिसिला
 यमीको बिहे कहिले भएको हो भनेर सोध्दा उनले
 जवाफ दिए,भो,आज लेख्दिनँ ।’ आफ्नो बारे पनि
 आदित्यले लेख्ने गरेका छन् ।

 एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले
 चिन्ने उद्घोष गरेका थिए । उनका सन्देशहरु
 कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत
 शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो
 – प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र
 अनावरण भएको जीवन फर्काउन सक्छ ।’ आजको नयाँ
 पत्रिका दैनिकको मुख्य पृष्ठमा चिरञ्जिबी
 पौडेलको विशेष सामग्री प्रकाशित छ ।
bhadragolsansaar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वि.सं. २०७२ साल असोज ४ गते। सोमबार। इश्वी सन् २०१५ सेप्टेम्बर २१ तारिख। नेपाल संवत् ११३५ ञला थ्व। भाद्र शुक्लपक्ष। तिथि– अष्टमी, २०:५३ बजेउप्रान्त नवमी। नक्षत्र– मूल, २७:३५ बजेउप्रान्त पूर्वाषाढा।


  मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) Ariesसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस्।

 बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) Taurusविगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। भ्रमणमा समयमात्र बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा केही रकम आर्जन गर्न सकिने समय छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) Geminiदिन मनोरञ्जनपूर्ण रहनेछ। सामान्य आम्दानी भइरहनेछ। तर आर्थिक रूपमा सोचेको लाभ नमिल्न सक्छ। सोख पूरा गर्नमा खर्च हुनेछ। केही बाध्यतामा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। प्रेम र दाम्पत्यमा रमाउने समय छ। भौतिक साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। रमाइलो भ्रमण गर्ने अवसर जुट्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) Cancerरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) Leoसमयको गतिलाई पछ्याउन नसक्दा काममा पछि परिनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रयत्न गर्दा आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। आँटेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) Virgoपरिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। पहिलेका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ मिल्नेछ। महत्वाकांक्षी योजना सार्वजनिक गर्न केही समय पर्खनुहोलाा। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट पनि लाभ होला।


तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) Libraसहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

 बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) Scorpioसजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।


धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) Sagittariusइच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।


 मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) Capricornटाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ। खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने प्रयत्न गर्नुहोला। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ।

 कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) Aquariusअवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।


मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) Piscesसामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुने समय छ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
काठमाडौँ :  संविधानसभाबाट ‘नेपालको संविधान, २०७२’ घोषणासँगै राजधानीमा भव्यरुपमा दिपावली गरी हर्ष उल्लाससहित खुशीयाली मनाइएको छ ।

नयाँ बानेश्वरस्थित संविधानसभा भवनबाट राष्ट्रपति डा रामवरण यादवले आज साँझ नयाँ संविधानको घोषणा गर्ने बित्तिकै राजधानीका मुख्य चोकमा विभिन्न राजनीतिक दल, सरकारी निकाय, गैरसरकारी निकाय, सङ्घ-संस्था, अस्पतालहरु तथा सर्वसाधारणले भव्यरुपमा दिपावली गरी संविधान आएकोमा खुशीयाली मनाएका छन् ।

संविधान जारी भएलगत्तै नेपालको राष्ट्रिय झण्डा फहराउँदै, दिपावली गरेर ‘हाम्रो संविधानः राम्रो संविधान’ भन्ने जस्ता नारा लगाएर, अनुहारमा राष्ट्र र आ–आफ्नो पार्टीको झण्डा बनाएर, एकआपसमा अविर लगाएर हजारौँ सर्वसाधारणले एक–आपसमा खुशी साटिरहेका छन् ।

संविधानसभा भवनबाहिर सडकमा सर्वसाधारणले नेपालको राष्ट्रिय झण्डा फहराउँदै भव्य खुशीयाली मनाएर नयाँ संविधानको स्वागत गरेका छन् । त्यस्तै, माईतीघर मण्डलामा ग्यास विक्रेता महासङ्घ, काठमाडौँ जेसिज लगायतका सङ्घ-संस्थाले नयाँ संविधान आएकोमा खुशी व्यक्त गर्दै द्वीप प्रज्ज्वलन गरी स्वागत गरेका छन् ।

त्यसैगरी, नेकपा (एमाले)को भ्रातृ सङ्गठन युवा सङ्घ नेपाल तथा नेकपा (एमाले) बागमती अञ्चल सम्पर्क कमिटीले भद्रकालीमा, नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले शङ्ख पार्कमा, एकीकृत नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अनेरास्ववियु क्रान्तिकारीले नयाँ बानेश्वरमा आ–आफ्नो सङ्गठनको झण्डासहित संविधानको स्वागत गरेका छन् ।

नयाँ संविधान जारी भएको खुशीयालीमा विभिन्न क्याम्पसमा विद्यार्थीहरुले दीप प्रज्ज्वलन गरी आपसमा खुशी साटासाट गरेका छन् ।

त्यस्तै, उपत्यकाका मुख्य चोक–कलङ्की, बालाजु, नयाँ बसपार्क, चक्रपथ, चावहिल, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खुलगायतका स्थानमा सर्वसाधारणले दिपावली गरी संविधानको स्वागत गरेका छन् ।
annapurnapost.com
काठमाडौँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसारभरिका नेपालीका लागि आज सबैभन्दा खुशीको दिन भएको बताएका छन् ।

संविधानसभाबाट संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष ओलीले आफ्ना प्रतिनिधिमार्फत संविधान बनाउने नेपाली जनताको सपना आज पूरा भएको बताए ।

'संविधानसभाबाट अत्याधिक बहुमतले संविधान पारित भएको छ'', उनले भने, 'संविधानसभाका सबै औपचारिक कदमलाई पूरा भएको छ । अन्ततः राष्ट्रपतिबाट संविधान घोषणा भएको छ ।'

अध्यक्ष ओलीले अत्यन्तै उन्नत लोकतान्त्रिक विधिबाट तयार गरिएको जनताको संविधानप्रति सबै नेपालीले खुशी मनाउनुपर्ने बताए ।

समावेशी समानुपातिक सहभागिताबाट अत्यन्त समूचित प्रतिनिधित्व भएको संविधानसभाले अन्यन्त लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भएको दाबी गरे । 'यो धेरै ठूलो उपलब्धि हो । नेपाललाई सङ्क्रमणकालबाट अगाडि बढाएको छ', उनले भने, 'अस्थिरताबाट अगाडि बढाएको छ ।'

संविधानका विशेषता अत्यन्त महत्वपूर्ण भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भने । 'यो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएको छ । सात प्रदेशको सङ्घीयता संविधानमा सुनिश्चित गरिएको छ', ', उनले भने, 'गणतन्त्रलाई संस्थागत गरिएको छ । कुनै पनि सामन्ती तथा निरङ्कुश र आधारहीन तथा तर्कहीन सिद्धान्तबाट नभई राष्ट्रको सार्वभौमसत्ता जनतामा हुने व्यवस्था गरेको छ ।'

उनले हिमाल, पहाड, तराई र पूर्व–पश्चिम सबै स्थानमा बस्ने, सबै पेसा व्यवसायका जनताका हकअधिकार यस संविधानले सुनिश्चित गरेको उल्लेख गर्दै विभिन्न तप्काका महिला, मधेसी, जनजाति, आदिवासी, थारु सबैका सन्दर्भमा आवश्यक व्यवस्था गर्नका निम्ति आयोग गठन गरेको बताए ।

लोकतान्त्रिक एवम् बहुदलीय प्रणालीमा सर्बसहमति हुन्छ भन्न सकिदैन भन्दै उहाँले अत्याधिक बहुमतले भनेका कुरा हुनु हुँदैन भन्न हुँदैन त्यसमा सहमति जनाउनुपर्ने बताए । अध्यक्ष ओली जनताको संविधान जारी हुँदा दुःख मान्नुपर्ने र यसमा कुनै असहिष्णुता जनाउनुपर्ने कुनै कारण नभएकाले भावनामा नजान आग्रह गरे ।

उनले राजनीतिको मूलधारमा फर्कन सबैलाई आग्रह गरे । आन्दोनलमा रहेका दलहरुको मागका सन्दर्भमा छलफल हुन सक्ने बताउँदै अध्यक्ष ओलीले उनीहरुको माग के हुन् भन्ने स्पष्ट हुनुपर्ने बताए । रासस www.annapurnapost.com
काठमाडौँ :  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले सामन्तले संविधान दिने युगको अन्त्य भएको बताएका छन् ।

संविधानसभाबाट आज संविधान जारी भएपछि पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष दाहालले जनताका प्रतिनिधि तथा जनताले संविधान बनाउने युगको सुरुवात भएको बताए ।

उनले असन्तुष्ट पक्षका दललाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे । 'केही असन्तुष्ट दलका मागलाई सम्बोधन गरिन्छ', उनले भने ।

वार्ता र संवादको माध्यमबाट आन्दोलनरत दलका मागहरु सम्बोधन गर्ने अध्यक्ष दाहालको दाबी छ । 'आन्दोलनरत दलले स्थिरता चाहनुपर्यो', उनले भने, 'संविधान चाहनुपर्यो र नेपालको समृद्धि चाहनुपर्यो उनीहरुको माग सम्बोधन गर्न कठिन छैन ।'

अध्यक्ष दाहालले व्यापक जनताको सहभागी भएको जनताको संविधान कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गरे । राससannapurnapost.com
शरीरमा रगत र सुगरको परिणामलाई नियन्त्रण गर्न स्वस्थ र ठीक खाना आवश्यक पर्छ । डायवेटिज नियन्त्रणका लागि आवश्यक १० उत्कृष्ट सागपात भने यस्ता छन् । डायवेटिजका बिरामीहरुले लिने तरकारीमा फिब्र, भिटामिन ए, पोटासियन, म्याग्नेसियन र क्याल्सियम पर्याप्त मात्रामा हुनु जरुरी छ ।


सिमी/गेडागुडी –

गेडागुडीमा क्यालोरी कम हुन्छ । यसमा प्रोटिनको मात्रा बढी हुन्छ र फाइब्र, पोटासियम र म्याग्नेशियम धेरै हुन्छ ।

फ्याट/ फ्रि डेरी –

फ्याट नभएका दुग्ध उत्पादन पनि डायवेटिजका बिरामीका लागि राम्रो भोजन हो । दुग्ध उत्पादनमा भिटामिन डि धेरै हुन्छ । यसले हड्डी तथा दाँत समेत बलियो बनाउँछ ।

गहुँ –

गहुँमा फाइब्र धेरै हुन्छ । यसमा ओमेगा ३, फोलेट, म्याग्नेसियम, पोटासियम र कोरोमियम प्रशस्तै पाइन्छ ।

गोलभेडा –

विभिन्न रोगसँग लड्नका लागि गोलभेडा महत्वपूर्ण मानिन्छ । आईरन, भिटामिन सी, ई र केका लागि गोलभेडा महत्वपूर्ण माध्यम हो ।

सखरखण्डा –

यसमा भिटामिन एको मात्रा धेरै हुन्छ । त्यसैले यसको सेवन गर्दा राम्रो ।

बदाम –

ओमेगा थ्रीको मात्र बढी हुन्छ । आवश्यक फ्याट यसले प्रदान गर्छ र मुटुका लागि समेत यो राम्रो हुन्छ ।
हरियो सागपात – इन्सुलिन घटाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । यसमा पोटासियम बढी हुन्छ र क्यालोरी कम हुन्छ । आईरनका लागि यो महत्वपूर्ण मानिन्छ । ब्रोकाउली, पालुङगो र बन्दा डायवेटिजका बिरामीका लागि उपयुक्त हुन्छ ।

क्याप्सीकम –

यसमा भिटामिन ए र सि, पोटासियम, क्यान्सियम र फ्राइब्रको मात्रा बढी हुन्छ ।

च्याउ –

च्याउमा चिनीको मात्रा हुदैँन । यसमा भिटामिन डि हुन्छ । यो चिल्लो समेत हुदैँन र यसले कोलेस्टोरोल घटाउन चाहनेका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

भ्यान्टा –

यसले डायवेटिजको संभावना घटाउँछ । त्यस्तै कोलेस्टेरोल हटाउन समेत यो महत्वपूर्ण मानिन्छ ।
-रातोपाटी
काठमाडौँ, ३ असोज । राष्ट्रपति डा रामवरण यादवले ‘नेपालको संविधान २०७२’ जारी गरेका छन् । राष्ट्रपतिले
आइतबार साँझ नयाँ संविधान जारी गरेसँगै संविधानसभा सचिवालयले नयाँ संविधानको आधिकारिक प्रति सार्वजनिक गरेको छ ।

हेर्नुहोस् नयाँ संविधानको पूर्णपाठ  http://bit.ly/1NFcO89

जन्म नक्षत्रको आधारबाट तपाईंको यौन जीवनको जानकारी
काठमाडौं /  ज्योतिष शास्त्रमा आकाशमा रहेका तारासमूहलाई नक्षत्र भनिन्छ। तर हामीले भन्ने नक्षत्र चन्द्रपथसँग सम्बन्धित हुन्छ। तपाईंको जन्म समयमा चन्द्रमा कुन नक्षत्रमा थियो। त्यसको आधारबाट तपाईंको यौन जीवनको बारेमा सामान्य जानकारी गराउदै छौ।


 आश्विनी:-  सुखी दाम्पत्य जीवन, सीमित सन्तान, सीमित मर्यादित यौन सर्म्पर्क एवं कामुकतामा शान्त र गम्भीर ।
भरणी:- सुखमय दाम्पत्य जीवन, पुत्रवान्, पति  पत्नी भल संयमित यौन जीवन ।
कृतिका:- कुकर्मी, पत्नी सन्तानलाई दुःख दिने, कलहप्रिय, अतृप्त यौन जीवन तथा दाम्पत्य जीवन । रोहिणी:- उत्तम चरित्रवान्, सन्तानवान् एवं सुखद दाम्पत्य जीवन, सीमित एवं मर्यादित यौन जीवन । मृगशिरा:- परस्त्री, पुरुषगामी, मध्यम दाम्पत्य सुख, उद्वेगमय यौन, जीवन ।
आद्रा:– पति एवं पत्नी सन्तानको लागि कठोर, पापी, चरित्रहीन, स्वार्थ यौन जीवन ।  पर्ुनर्वसु- सुखद दाम्पत्य जीवन । तर भोग लिवासीप्रिय, सन्तान सुखपूर्ण ।
पुस्य:- सुखद दाम्पत्य जीवन, सन्तानप्रति निष्ठावान्, उचित यौन जीवन । अश्लेषा:-महाकामी  क्रूर, परिवारलाई अत्यन्त दुःख दिने, सन्तानको जीवन कष्टपूर्ण ।
मघा:- विलासप्रिय यौन जीवन सामान्य सुखी परिवार प्रायः पुत्रहीन । पूर्व फाल्गुणी:-अनेकौँ प्रेमीप्रेमिका, सुखी दाम्पत्य जीवन, अवैध सन्तान हुन सक्ने ।
उत्तरा फाल्गुणी:- संयमित यौन जीवन, पारिवारिक सुखी, पुत्रवान् ।
हस्ता:- परस्त्रीगामी, कल्हपूर्ण दाम्पत्य जीवन, प्रायः सन्तानहीन ।
चित्रा:- निष्ठावान्, उचित यौन जीवन अनेकौँ सन्तान ।
स्वाती:- ब्रहृमचर्यमा आस्थावान्, यौनमा नियन्त्रण राख्न सक्ने, तर पनि सुखद दाम्पत्य जीवन, पुत्रवान् । विशाखा:- वेश्यागामी, परिवारलाई कष्ट दिनेवाला, प्रायः सन्तानहीन ।
अनुराधा:- उत्तम चरित्रवान्, सन्तानवान्, सुखद दाम्पत्य जीवन, उचित एवं संयमित यौन जीवन ।
जेष्ठा:- सुखद दाम्पत्य जीवन, सन्तानमा निष्ठावान् उचित यौन जीवन ।
मूल:- हिंस्रक मैथुनप्रिय, सुखी परिवार प्रायःकम सन्तान ।
पूर्वषाढा:-गुप्त प्रेमी, सुखद दाम्पत्य जीवन, प्रायः, अवैध सम्बन्ध ।
उत्तराषाढ:-रतिप्रिय, सामान्य सुखी परिवार, अधिक सन्तान ।
श्रवण:- अत्यन्त कामुक, सुखी परिवार एवं प्रायः सन्तान सुखमा कमी ।
धनिष्ठा:- परिवारमा क्रुरकर्म गर्नेवाला, दुःखी दाम्पत्य जीवन, निर्बल, रोगी सन्तान ।
शतभिषा:- अर्काकी स्त्री-पुरुषप्रति आशात्म दुःखी, दाम्पत्य जीवन, विश्वस्त प्रेमी, अधिक सन्तान । पूर्वभाद्रपद:- सामान्य यौन जीवन, कम सन्तान, साधारण दाम्पत्य सुख ।
उत्तर भाद्रपद:- अदभ्य यौन, गुप्त प्रेमी, सुखी दाम्पत्य जीवन, पुत्रवान् ।  रेवती- सुखी दाम्पत्य जीवन, सीमित मर्यादित यौन जीवन, सीमित सन्तान, शान्त एवं कमी र कामुकता ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार ३ असोज, २०७२
बरुण पनेरु


डडेल्धुरा–नेपालको संबिधान २०७२ जारी भएको अवसरमा डडेल्धुरामा १२० वर्षीया बृद्धा पार्वती खड्काले ७५ किलोको मैनबत्ती बालेर स्वागत गरेकी छिन्। डडेल्धुरा शान्ति समितिको आयोजनामा आइतबार साँझ ६ बजे सुदरमुकामको मुख्य चोक तुफानडाडाँमा ७५किलोको मैनबत्ती बालिएको हो।



देशमामा समृद्धि र शान्ति कामय होस भनेर आफूहरुले ७५ जिल्लाको प्रतिकका रुपमा ७५ केजीको मैनबत्ती बालेकोे शान्ति समिति संयोजक गजेन्द्रबहादुर शाहीले बताए । 'संविधान निर्माणसँगै देशमा पूर्ण बिकासको बाटो खुल्ने अपेक्षासहित देशकै प्रतिनिधित्व गर्ने गरी मैनबत्ति बालिएको हो,' नेपाली काग्रेस डडेल्धुराका उपसभापति कैलाशकुमार पाण्डेयले भने, 'बिभिन्न दलको विमतिसँगै लामो अन्यौलकाबीच देश बिकासको बाटोमा लम्किने आशाको प्रतिकका रुपमा मैनबत्तिलाई लिएका छौं।'


७५ केजीको मैनबत्तपी बालेपछि अभिवाद गर्दै १२० वर्षीया बृद्धा पार्वती खड्का ।
सदरमुकामको तुफानडाँडा चोकमा करिव ५ हजारको सहभागितामा मैनबत्ती बालिएको हो। तीनदिनलगाएर बनाएको ७५ केजीको मैनबत्ती डडेल्धुरामै निर्माण गरिएको हो। जनताले चुनेर पठाएका प्रतिनिधिले निर्माण गरेको संविधान जारीसँगै शान्ति र ७५ जिल्लामा विकासको होस् भनेर ३ दिन लगाएर मैनबत्ती बनाइएको शान्ति समितिका संयोजक गजेन्द्रबहादुर शाहीले बताए । उनीहरुले मैनबत्तीसँगै संघीयताको सिमनासहितको नेपालको नक्सा बनाएका छन्। हरेक प्रदेशमा फरक फरक रंग राखेर शान्त र समृद्ध नेपालको कामना गरिएको छ । 'आधा दर्जन संविधान असफल भएको अवस्थामा अहिले बनेको संविधान दिगोपनाको कामना गर्दै मैनबत्ती बालिएको हो,' नेकपा एमालेका नेता गजेन्द्रबहादुर शाहीले भने, 'अब समृद्ध र सवल राष्ट्र निर्माणकै बाटोमा जानुपर्छ ।'
nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ३ असोज । नेपालमा संविधान घोषणा हुने वित्तिकै भारतले विज्ञप्ती निकालेर आफ्नो अडान र असन्तुष्टि फेरि पनि दोहोराएको छ ।
आइतबार साँझ संविधानको औपचारिक घोषणा भएपछि भारतीय विदेश मन्त्रालयले निकालेको विज्ञप्तीमा स्पष्टसँग संविधानको स्वागत गरिएको छैन् । भारतले नयाँ संविधानले देशमा सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने कुरा मात्रै विज्ञप्तीमा जनाएको छ ।
विज्ञप्तीमा उल्लेख गरिएअनुसार तराई-मधेसमा आन्दोलनरत दललाई सहमतिमा नल्याएरै संविधान जारी गरेपछि भारतले स्वागत नगरी असन्तुष्टि जनाएको हो । ‘संविधान निर्माणको प्रक्रियामा संघीय, लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान बनाउन भारतले निरन्तर सहयोग गरिरहेको थियो । तर, त्यसो भएन् ।’ – विज्ञप्तिमा उल्लेख छ ।
जारी विज्ञप्तीमा भारतसँग सीमाना जोडिएका नेपालका विभिन्न भागमा हिंसात्मक घटना भइरहेकोप्रति चासो समेत भारतले व्यक्त गरेको छ । यस विषयमा काठमाडौंमा रहेका भारतीय राजदूतले नेपालका प्रधानमन्त्रीसँग चासो व्यक्त गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।
विवादित विषयलाई वार्ताका माध्यमबाट समाधान गर्नु पर्छ भन्ने आफ्नो मान्यता रहेको बताउँदै भारतले सबैले संविधानलाई स्वीकार र अपनत्व महसुस गरेमा यसले सद्भाव, प्रगति र विकासको आधारशिला खडा गर्ने जनाएको छ ।
dainiknepal.com
अनिल तिवारी वीरगन्ज,असोज ३
 
वीरगन्जमा कर्फ्यु तोडने क्रममा प्रहरीले चलाएको गोलीबाट एक प्रदर्शनकाराीको मृत्यु भएको छ।

गोली लागेर तीन सिकिस्त घाइते भएका छन्। आइतवार दिउँसो वीरगन्जको माइस्थानमा प्रहरी र प्रदर्शनकारी बिच भएको झडपमा प्रहरीको गोली लागेर पर्साको पाकाहा मैनपुरका २८ वर्षिय शत्रुधन पटेलको मृत्यु भएको हो। टाउको र छातीमा गोली लागेका पटेलको उपचारको क्रममा वीरगन्ज नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्यु भएको हो।


प्रहरीको गालीबाट घाइते भएको दुइ प्रर्दशनकारीलाई उपचारको लागि हेलिकप्टरबाट काठमाडौं लगिएको छ । पर्साका बगही गाविसका मन्सी राउत कर्मी र बैरियाविर्ताका विजय यादवालाई उपचाारको लागि राजधानी लगीएको नारायणी उपक्षेत्रीय अस्पतालले जनाएको छ।

प्रहरीको लाठी चार्जबाट एक दर्जन भन्दा बढि प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीहरुले हानेको ढुंगाले लागेर प्रहरी निरीक्षक शेख अदालत घाइते छन्। कर्फ्यु तोडेर प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाइ घण्टाघर र माइस्थानमा प्रहरीले रोक्न खोज्दा दोहोरो झडप भएको थियो।


प्रदर्शनकारीहरुलाइ लक्षित गरेर प्रहरीले दर्जनौ राउण्ड गोली तथा अश्रु ग्याँस पनि प्रहार गरेको प्रदर्शन कारीहरुले बताएका छन्।

वीरगन्जको श्रीपुरमा रहेको  एमालेका पर्सा  सभासदको घरमा प्रर्दशनकारीहरुले ढुगांमुडा प्रहार गरेर कालो झन्डा लगाएका छन्। मोर्चाका कार्यकर्ताहरुले पर्सा क्षेत्र तीनका सभासद राजकुमार गुप्ताको घरमा ढुगांमुडा गरेका हुन।

मधेशी मोर्चाका कार्यकर्ताहरुले गण्डक स्थित प्रहरी चौकीमा  तोडफोड गरेका छन्  ।  प्रहरी चौकी भवनको झ्याल ढोका तोडफोड गरेका हुन् । प्रर्दशनकारीहरुले वीरगन्जको असोकबाटिकामा आइतवार विहान मोटसाइकल  जलाएका छन् ।


उपमहानगरपवालिकाको वडा नम्बर १३ मा रहेको  अस्थानिय प्रहरी पोष्टमा राखिएको बा १० प २४८१ नम्बरको मोटरसाइकल बाहिर झिकी जलाएका छन्। बीरगन्जको नगवा, रानीघाट, श्रीपुर, बसपार्क, बहुअरी, सिर्सिया सुक्खा बन्दरगाह र इटियाही लगायतको एरियाबाट हातहातमा कालो झण्डा लिएर  बिरोध ¥याली सुरु गरेका छन् ।


वीरगन्जको विभिन्न स्थानमा मोर्चाका कार्यकर्ताले टायरवालेर विरोध प्रदर्शन गरेका छन् भने गाउगाउबाट  जुलुश लिएर आउने क्रम रहेकोे छ ।


यसैबीच संविधान सभाबाट जारी संविधानमा मधेशीलाई अधिकार नदिएको भन्दै पर्सावासिले आ–आप्mनो घरमाथि कालो झण्डा झुण्डयाएका छन् । जारी संविधानमा मधेशीको समेत अधिकार सुनिश्चि गर्नु पर्ने माग सहित सर्वसाधारणले कालो झण्डा  झुण्डयाएका हुन ।


स्थानीय प्रशासनले वीरगन्जमा अनिश्चितकालिक कर्फ्यु आदश जारी गरेपनि कालो झण्डा सहित कर्फ्यु उलंघन गर्न ठाउ–ठाउबाट प्रयास भईरहेकाले उपमहानगरपालिका  तनावग्रस्त बनेको छ।

यस्तै वीरगन्जको अशोकवाटिकमा अवस्थित अस्थायी प्रहरी चौकीमा रहेको एउटा मोटरसाइकलमा पनि आज प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । खाली रहेको प्रहरी चौकीको परिसरमा राखिएको मोटरसाइकल प्रदर्शनकारीहरुले बाहिर निकालेर आगजनी गरेका हुन् । यस्तै प्रदर्शनकारीहरुले गण्डक, संघीय समावेशी मधेशी मोर्चा र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा पर्साको ग्रामिण क्षेत्रमा पनि प्रर्दशन गरिएको छ।

सखुवा प्रसौनी गाविसमा समावेशी मोर्चाको नेतृत्वमा भएको प्रदर्शनका क्रममा तीन जना शीर्ष नेता र सभासदको पुत्ला दहन समेत गरिएको थियो। प्रदर्शनकारीहरुले सखुवा प्रसौनी बजारमा प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शुसील कोईराला, एमालेका अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र सभासद सुरेन्द्र चौधरीको पुत्ला दहन गरेका हुन्।

मधेसमा नयाँ संविधानको विरोधमा कालो दिन मनाउदै संघीय समावेशी मधेसी मोर्चाले आज पर्साको गाउँ गाउँमा जनजागरण अभियान पनि संचालन गरेको समावेशी मधेशी मोर्चाका स्थानिय नेताहरुले बताएका छन् । उदयपुरघुर्मी, वागेश्वरी, डकैला बहुअरी, गम्हरिया, नगरदाह लगायतका गाविसहरुमा जनजागरण अभियान गरिएको मोर्चाले जनाएको छ ।


थारुवान संयुक्त संघर्ष समिति पर्साले पनि आज कालो झण्डा सहित मोटरसाईकल ¥याली निकालेको छ । पर्साको वेल्वाबाट सुरु भएको ¥यालीले विरुवागुठी, वागवाना, हरपुर, मधुवन मथवल, गादी गाविस परिक्रमा गरेको संघर्ष समितिका सदस्य वृजमोहन चौधरीले बताए।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौ, ३ असोज । नेकपा माओवादीका नेता बाबुराम भट्राइले आइतबार जारी गरिएको संविधान २०७२ प्रति असन्तुष्टि प्रकट गरेका छन् ।

राष्ट्रपति डा रामवरण यादवले केही समय अगाडी जारी गरेको संविधानप्रति ९० प्रतिशत भन्दा बढी जनमतको सर्मथन रहेका बेला नेता भट्राइले संविधानसभा भवनबाट बाहिरिँदै गर्दा यस्तो रहस्यात्मक अभिव्यक्ति दिएका छन् ।

संविधानसभाबाट बाहिरिँदै गर्दा उनले तराइ मधेसका जनताको आवाजलाई नसमेटीएका कारण संविधान जारी भएता पनि खुशी हुनुको कुनै तुक नभएको उल्लेख गरेका छन् ।

मुलुकभर आम जनता उत्साहित हुँदै दिप प्रज्वलन गरिरहेका बेला मुलुककै एक आशा गरिएका नेताले यस्तो द्धिविधात्मक अभिव्यक्ति दिनु एउटा वहशको विषय बनेको छ ।
www.etajakhabar.com
काठमाडौ, ३ असोज ।
 शाही युवा शक्ति नेपालले बन्न लागेको संविधानमा गणतन्त्र र धर्मनिरपेक्षतालाई तत्काल खारेज नगरे सशस्त्र युद्ध गर्ने चेतावनी दिएको छ।
 शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेर आर.वाई.पी ले प्रमुख राजनीतिक दलहरुको अकमर्णयताका कारण मुलुक एक दशकदेखि बन्धक बनेको भन्दै नयाँ संविधानका नाममा मरिसकेको गणतन्त्रलाई घिसार्ने काम नगर्न आग्रह गरेको छ।


 आर.वाई.पीका अध्यक्ष पशुपति खड्काले ८६ प्रतिशत नेपाली जनताको भावना विपरित विदेशी डलरको प्रलोभनमापरी अहिलेका शीर्ष नेताहरुले गणतन्त्र र धर्मनिरपेक्षताको मुद्दालाई जबरजस्ती लाद्ने काम गरेको आरोप लगाउँदै उक्त विदेशी मुद्दा तत्काल खारेज नगरे आफूहरु सशस्त्र युद्धमा होमिने चेतावनी दिए।

उनले भने नेता भनाउँदाहरुले नेपाल र नेपाली जनताको पहिचानमाथि हस्तक्षेप भइरहेको छ, संविधानको प्रारम्भिक मस्यौदामाथि पनि नेपाली जनताले धर्मनिरपेक्षता र गणतन्त्रलाई सिधै अस्विकार गरिसकेका थिए तर नेताहरुले त्यसमाथि कुनै सुनुवाई नगरी एकलौटी ढंगले निर्णय गरि लोकतन्त्रमाथि नै प्रश्नचिन्ह खडा गरेका छन् ।
 लोकतन्त्रको दुहुवाई दिने दलहरुले नै जनताको भावनालाई कुल्चिने र निरंकुश शासन लाद्दै एकलौटी निर्णय गरी संविधान जारी गर्नतर्फ अग्रसर रहेकोप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष खड्काले आफ्नो संगठनको घोर आपत्ति रहेको बताए।
hamrosandesh


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : नेपालको नयाँ संविधान २०७२ आजै घोषणा हुँदैछ। जनताका प्रतिनिधिले लेखेको यो पहिलो संविधान हो ।  संविधानसभा नयाँ बानेश्वरमा आयोजित विशेष समारोहमा राष्ट्रपति डा.रामवरण यादवले अपरान्ह पाँच बजे नयाँ संविधानको घोषणा तथा जारी गर्दैछन् । नयाँ स‌ंविधानको स्वागतमा मुलुकभर खुसी र उत्सव छ।

आजैदेखि नयाँ संविधान लागु हुनेछ। जनताबाटै संविधान लेख्ने सात दसक लामो सपना साकार भएको छ।  नेपालको संविधान घोषणा समारोहको प्रतक्ष्य प्रशारण हेर्नुस् :
annapurnapost.com

– भीष्मराज ओझा
काठमाडौँ, ३ असोज । झन्डै सात दशकको संवैधानिक इतिहासमा अहिलेसम्म बनाइएका संविधानमध्ये ‘नेपालको संविधान, २०७२’ सबैभन्दा लोकतान्त्रिक र प्रगतिशील देखिएको छ ।
मुलुकमा विसं २००४ देखि २०६३ सम्ममा बनेका सबै संविधानका तुलनामा आजदेखि लागू हुने नयाँ संविधान जनताका प्रतिनिधिले निर्माण गरेका दृष्टिमा पनि मौलिक र ऐतिहासिक हो ।
नयाँ संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विधिवत् रुपमा संस्थागत गरेको छ । संविधानले झन्डै २४० वर्षदेखि एकात्मक ढाँचामा सञ्चालित मुलुकको शासन प्रणालीलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण गरेको छ ।
संविधानसभाले गत भदौ ३० गते दुई तिहाइ बहुमतबाट संविधानको विधेयक पारित गरेसँगै नेपाली जनताको आफ्ना प्रतिनिधिमार्फत संविधान बनाउने झन्डै छ दशक लामो सपना पूरा भएको हो ।
नयाँ संविधानले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको छ । प्रस्तावनामा उल्लिखित जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्थाले संविधान प्रगतिशील बनेको छ ।
यस संविधानले मुलुकमा पहिलो पटक सात प्रदेशको सङ्घीय खाकासहित समावेशी लोकतान्त्रिक व्यवस्थालाई अङ्गीकार गरेको छ । संविधानमा सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहका शासन प्रणालीको व्यवस्था गरिएको छ । राजस्व स्रोतको बाँडफाँडअन्तर्गत सङ्घ, प्रदेश र स्थानीय तहले आफ्नो आर्थिक अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतबाट राजस्व उठाउन सक्नेछन् ।
असोज १ गते शुक्रबार सभासद्को हस्ताक्षरपछि सभाध्यक्ष सुवास नेम्वाङले उक्त संविधानका पाँच प्रतिलाई प्रमाणीकरण गर्नुभएको थियो । आज अपराह्न ५ बजे संविधानसभा भवनमा आयोजना हुने विशेष समारोह (बैठक) मा राष्ट्रपति डा रामवरण यादवले जनतासामु संविधान जारी भएको घोषणा गर्ने कार्यक्रम छ ।
संविधानले राज्यको संरचना र राज्यशक्तिको बाँडफाँड सङ्घ, प्रदेश र स्थानीय तहले कानुन बमोजिम गर्ने प्रावधान निर्धारण गरेको छ । स्थानीय तहअन्तर्गत गाउँपालिका, नगरपालिका र जिल्लासभा रहनेछन् । संविधानअनुसार सङ्घीय कानुन बमोजिम सामाजिक सांस्कृतिक संरक्षण वा विकासका लागि विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सकिनेछ ।
लामो समयको बहस र छलफलपछि संविधानले वंशजका आधारमा नेपालको नागरिकता प्राप्त गर्न कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक हुनुपर्ने व्यवस्थालाई पारित गरेको छ । यो महिला अधिकारका लागि कोसेढुङ्गा नै मानिएको छ ।
संविधानले धर्म निरपेक्षताको व्यवस्था गर्दै धर्म निरपेक्षताको स्पष्टीकरणमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षणलगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनुपर्छ’ भनी उल्लेख गरिएको छ । संविधानले गैरआवासीय नेपालीलाई सङ्घीय कानुनबमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सुनिश्चित गरेको छ ।
संविधानमा लामो समयको बहसपछि प्रमुख दल संविधानमा जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली उल्लेख गर्न सहमत भएका हुन् । संसद्बाट निर्वाचित कार्यकारी प्रधानमन्त्री वा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय पद्धतिमा लामो बहस भएको थियो । अन्ततः मुलुकले संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री शासकीय स्वरुपमा अपनाउन पुगेको छ ।
भाग ३ मा धारा १६ देखि ४८ सम्म मौलिक अधिकारको व्यवस्था गरिएको छ । राज्यको स्रोत साधनको तुलनामा मौलिक अधिकारमा राखिएका रोजगारीको हक, खाद्यसम्बन्धी हक, आवासको हकजस्ता महत्वाकाङ्क्षी हकका व्यवस्थाको कार्यान्वयन पक्ष भने चुनौतीपूर्ण देखिन्छ । कतिपय कानुनविद्ले त संविधानले जनताले मागेभन्दा बढी अधिकार प्रदान गरेको भनी टिप्पणीसमेत गरेका छन् ।
मौलिक अधिकारको संवैधानिक उपचारका साथै कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले संविधान प्रारम्भ भएको तीन वर्षभित्र कानुनी व्यवस्था गर्ने प्रावधान संविधानको महत्वपूर्ण पक्ष हो । मौलिक अधिकारसँगै नागरिकका कर्तव्यसमेत व्यवस्था हुनु आधुनिक संविधानको विशेषता हो ।
संविधानमा नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषद्मा निहीत हुने व्यवस्था गरिएको छ भने राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा सङ्घीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्त बमोजिम प्रधानमन्त्रीसहित बढीमा २५ मन्त्री रहेको मन्त्रिपरिषद् गठन हुने प्रावधान छ ।
संविधानअनुसार केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा नामका दुई सदनसहितको एक सङ्घीय व्यवस्थापिका छ । प्रतिनिधिसभामा २७५ सदस्य र राष्ट्रियसभामा ५९ सदस्य रहनेछन् । त्यस्तै प्रदेशमा व्यवस्थापिका एक सदनात्मक हुनेछ, जसलाई प्रदेशसभा भनिनेछ ।
स्थानीय तहको कार्यकारिणी अधिकार यो संविधान र सङ्घीय कानुनको अधीनमा रही गाउँ कार्यपालिका वा नगर कार्यपालिकामा निहीत हुने व्यवस्था गरिएको छ । जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न जिल्लासभा छ ।
संविधानमा सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतको न्यायिक व्यवस्था गर्नुका साथै प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलास रहने प्रावधान छ । त्यस्तै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका अतिरिक्त २० जना न्यायाधीश रहने व्यवस्था कायम गरिएको छ ।
अन्तरिम संविधान, २०६३ मा कायम रहेका संवैधानिक आयोगबाहेक नयाँ संविधानले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग थप गरेको छ । साथै, यसअघि गठित राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगलाई संवैधानिक आयोग बनाइएको छ ।
संविधानमा संशोधनका लागि लचिलो प्रावधान राखिएको छ तर नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहीत सार्वभौमसत्ताको प्रतिकूल हुने गरी यो संविधान संशोधन गर्न नसकिने प्रावधान छ । रासस
dainiknepal.com
बीरगञ्ज, ३ असोज । देशैभरी संविधान घोषणाको दीपावली मनाइरहेका बेला मधेसमा आइतबार आज गोली चलेको छ ।
पर्साको सदरमुकाम बीरगञ्जमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ । कर्फ्यू तोडेर प्रदर्शन गर्न खोजेपछि बीरगञ्जमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।
झडपमा प्रहरीको गोली लागेर बीरगञ्जका शत्रुघ्न पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको गोली लागि १० प्रदर्शनकारी घाइते भएका छन् । उनीहरुलाई स्थानीय अस्पतालमा उपचारका लागि लगिएको छ ।
संविधान जारी हुने तयारी भइरहेका बेला पर्सा सहित तराइ मधेशका अधिकांश जिल्लामा तनावको अवस्था छ । यसैबीच मधेसी नेताहरुले आजको दिनलाई मधेसमा कालोदिनका रुपमा मनाएका छन् ।
dainiknepal.com
वीरगञ्ज : वीरगञ्जको माइस्थान चोकमा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चलेको छ ।

माइस्थान चोकस्थित गीता मन्दिर रोडमा झडपले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउँदा मधेसी मोर्चाका चारजना कार्ककर्ता घाइते भएका छन् ।

गोली लागेर दुर्इजनाको ज्यान गएको मोर्चा कार्यकर्ताले दाबी गरे पनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन ।

प्रदर्शनकारीले हानेको ढुंगाले लागेर प्रहरी निरीक्षक शेख अदालत गम्भीर घाइते भएका छन् ।

माइस्थानमा अहिले पनि प्रदर्शनकारी र प्रहरीबीच झडप जारी रहेको छ ।annapurnapost.comf
धरानः लिम्बुवानविनाको संविधान जारी गर्न लागिएको भन्दै अरुण पूर्वका नौ जिल्ला अनिश्चित कालीन बन्द आयोजना गरी धरानमा बजार बन्द गराउँदै हिँडेका लिम्बुवान संयुक्त सर्घष समितिका कार्यकर्तालाई स्थानीयबासिन्दाले लखेटेका छन् ।

आइतबार धरान–१७ स्थित रेल्वे चोकमा जबरजस्ती बजार बन्द गराउँदै हिँडेका १२ जना बढी  लिम्बुवान कार्यकर्ताहरुलाई स्थानीयबासिन्दाले लाठो लगाएर लखेटेका हुन् ।

बन्दको प्रतिकार गर्दै रेल्वे चोकमा बजार खुल्ला गरेपछि लिमबुवानका कार्यकर्ताहरु मोटरसाइकलमा चढेर रेल्वे बजार बन्द गराउन पुगेका थिए ।

लिमबुवान कार्यकर्ताहरुले बजार बन्द गराउन थालेपछि आक्रोशित स्थानीय बासिन्दाले बन्दकर्तामाथि लाठी बर्साएका थिए ।

स्थानीयबासिन्दाको कुटपिटबाट एकजना लिम्बुवानका कार्यकर्ता घाईते भएका छन् । घाइते हुनेहरुमा धरान १६ बस्ने लिम्बुवानका कार्यकर्ता कुमार दर्नाल घाइते भएका छन् ।

बजार बन्द गराउँदै हिडेका लिम्बुवानका कार्यकर्ताहरुलाई डेढ सयको संख्यामा रहेका स्थानीयबासिन्दाले कुटपिट गरी लखेटेको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

स्थानियबासिन्दाले बन्दकर्ताहरुलाई कुटपिट गरेपछि इलाका प्रहरी कार्यालय धरानबाट गएको प्रहरी टोलीले बन्दकर्ताका सुरक्षा गरेको डिएसपी सुदमकुमार सिजापतीले बताए ।
उनले स्थानीयवासिन्दाको आक्रमणमा घाइते भएका दर्नालको उद्धार गरी आफन्तलाई जिम्मा लगाइएको बताएका छन् ।

किरात याक्थुम चुम्लुङका केन्द्रिय अध्यक्ष उत्तमसिंह थाम्देनले आफ्ना कार्यकर्तामाथि गरिएको आक्रमणको भत्र्सना गरेका छन् । -www.annapurnapost.comf
काठमाडौँ, ३ असोज, पुरानो बसपार्कमा आज दिउँसो करिब १२ बजे एक बसमा अचानक आगलागी भएको छ । विप्लब माओवादीले बन्द आह्वान गरेको दिन पुरानो बसपार्कमा रोकि राखेको बा ३ ख २९०९ नम्बरको बसमा अचानक आगो लागेको हो । पुरानो बसपार्कबाट फर्पिङ, दक्षिणकाली
चल्ने बसमा आगो लगाइएको हो वा आफै लागेको हो प्रस्ट नभएको प्रहरीले जनाएको छ । प्रत्यक्षदर्शीका अनुसार बसबाट दुई युवा ओर्लिएपछि आगो बल्न थालेको थियो ।
 अन्य गाडीका नजिकै भएका स्टाफहरुले बताए अनुसार पहिले ढ्वाङ्ग गरेर आवाज आयो त्यसपछि ह्वारह्वार्ती आगो बल्न सुरु भयो । उनीहरुले दुई युवाले पेट्रोल बम हानेर भागेको बताएका छन् । केही ढिला गरी आएको दमकलले आगो नियन्त्रणमा लिए पनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।
aajakokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home