• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
राजविराज, २ भदौ । सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले बताका छन् ।

तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै महतोले यस्तो कुरा बताएका हुन् ।

मधेसी मोर्चा सप्तरीले बुधबार भारदहमा आयोजना गरेको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै नेता महतोले आफूहरुको माग सम्बोधन भएमात्र सरकारमा जान सकिने उनले बताए ।

साथै, आन्दोलनका क्रममा सप्तरीमा सहादत प्राप्त गरेका छ जनाका पत्नीलाई दोसल्ला ओढाई सम्मानसमेत गरे । कार्यक्रम मोर्चाको क्षेत्र नं २ का कुन्दनकुमार मण्डलको अध्यक्षतामा भएको थियो ।

यसैबीच, तेस्रो मधेस आन्दोलनमा सर्वप्रथम मृत्यु भएका राजीव राउतलगायतको सम्झनामा सप्ताह कार्यक्रमअन्तर्गत बुधबार पहिलो दिन जिल्लाका विभिन्न स्थानमा द्वीप प्रज्वलन गरिएको थियो ।

रासस  khabardabali
एजेन्सी, २ भदौ । झट्ट सुन्दा यो पत्याउनै सकिँदैन । किनकि, हामीले लामो समययता पढ्दै आएका छौँ– बलिउड अभिनेता सलमान खानले यो वर्षभित्र विवाह गर्ने तय गरेका छन् ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – केही समयअघि विभिन्न आरोपमा अदालतले सफाइ दिएपछि उनले विवाह गर्ने सम्भावना झन् बढेको रिपोर्ट आइरहेका थिए । तर, खासमा त उनले विवाह गरिसकेका छन् । कम्तीमा पनि रोमानियाका पत्रपत्रिकालाई पत्याउने हो भने यो कुरा विश्वास गर्न तयार हुनैपर्छ । रोमानियाका मिडियाका अनुसार सलमानले रोमानियन मोडल युलिया वन्तुरसँग विवाह गरेका हुन् ।

सलमान फिल्म ‘ट्युबलाइट’को सुटिङका लागि केही समयअघि लद्दाख पुगेका थिए । त्यही ठाउँमा सलमानले युलिया मात्र होइन, उनका बाबुआमालाई पनि भेटेका थिए । त्यो भेट विवाहका लागि भएको र सलमान र युलियाले विवाह गरिसकेको रोमानियाका मिडियाले दाबी गरेका छन् । यता, भारतीय मिडियाले भने यो दाबीमा आश्चर्य व्यक्त गरेका छन् ।.khabardabali
काठमाडौं, २ भदौ । मन्त्रालयका विभिन्न प्रस्तावमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । सिंहदरबारमा बिहान दश बजेपछि बस्ने बैठकमा विभिन्न मन्त्रालयका प्रस्तावमा छलफल हुने एक मन्त्रीले जानकारी दिए ।
बैठकले मधेसी मोर्चाको शहीद घोषणालगायतका मागहरूका विषयमा पनि निर्णय गर्न सक्ने बुझिएको छ । भरखरै विस्तार भएको मन्त्रिपरिषदको आजको बैठकले माओवादी केन्द्रबाट मन्त्री बनेका विनाविभागीय मन्त्री डीआर पौडेललाई मन्त्रालयको जिम्मेवारी दिन सक्नेछ । स्रोतका अनुसार पौडेलले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाउन सक्ने बताइएको छ । dainiknepal
स्विजरल्याण्ड । नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशनमा रोशन केसीको प्यानलले उम्मेदवारी घोषणा गरेको छ । अधिवेशनको उदघाटनपछि शनिवार भएको छलफलबाट सभापतिमा केसीसहितको समूहले उम्मेदवारी घोषणा गरेको हो ।
केसीको प्यानलबाट महामन्त्रीमा रेशम डङ्गोल र कोषाध्यक्षमा सावित्री लामा ले उम्मेदवारी दिएका छन् । सदस्य हरुमा बासुदेब बस्ताकोटी, नबराज थापा, सुजन जोशी, पिताम्बर चापागाई, रामकृष्ण बम मल्ल, बिष्णु अर्याल, टीकाराम खरेल, उमानन्द आचार्य, एल.एन. गुरागाई, युवराज अधिकारी, पोषकान्त न्यौपाने, कमल आचार्य, राजु पनेरु, निरज कोइराला, रामसरण रेग्मी, किरण उप्रेती, ध्रुर्ब बस्नेत, राम प्रसाद बास्तोला, दीपक प्रसाद भुसाल, नृप बुढा रहेका छन् । महिलातर्फ़ लक्ष्मी तामांग, मंजु क्षत्री, शान्ता देबकोटा र जनजातितर्फ़ टेक बहादुर नेपाली, बिजय भट्टचन, सुजन श्रेष्ठ रहेका छन् । केसीको प्यानललाई पूर्वअध्यक्ष बलराम श्रेष्ठ तथा वर्तमान अध्यक्ष नारायण सुबेदीको समर्थन रहेको छ । जनसम्पर्क समितिको नयाँ नेतृत्वका लागि दुई प्यानल भिड्ने भएका छन् । सभापति पदका उम्मेदवार रोशन केसीले यसअघि १ कार्यकाल एनआरएनए जापानको अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । यसअघि भएको अधिबेशनको छलफलसत्रले जनसम्पर्क समितिको विधान परिमार्जन गरी कार्यसमितिमा ५ उपाध्यक्ष रहने व्यवस्था गरेको छ । dainiknepal

काठमाडौं, २ भदौ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसीले आठौं अनशन क्रममा सरकारसँग् भएका सम्झौता तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।

आजको नागरिक दैनिकमा खबर छ – आठौंपटक १५ दिन लामो अनशन सम्झौतामा परिणत भएको तीन साता वितिसक्दासमेत ठोस काम हुन नसकेको भन्दै डा.केसीले सडक संघर्षसहित नवौं सत्याग्रह गर्ने चेतावनी दिए ।khabardabali
काठमाडौं, २ भदौ । राजधानीका चल्तीका गुण्डा नाइके राजु गोेर्खालीले ४० करोड ६५ लाख रुपैयाँ जम्मा गरेर कर्मचारी सञ्चय कोषकोे सुन्धारास्थित काठमाडौं मलको ठेक्का सम्झौता गरेका छन् । सबैभन्दा बढी टेण्डर बिड गरेका डन गोर्खालीले कोषले मागे बमोजिम धरौटी रकम र अग्रिम भाडा गत साता जम्मा गरी सम्झौता गरेका हुन । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
अग्रिम भाडा बमोजिम मासिक २ करोेड ७१ लाखका दरले हुन आउने तीन महिनाको ८ करोड १३ लाख र एक बर्ष भाडा बराबरको बैंक ग्यारेन्टि ३२ करोड ५२ लाख जम्मा गरेका हुन । गोर्खालीले यति ठूलो रकम जम्मा गरेपछि सञ्चय कोषमा मात्र नभई प्रहरीमा समेत भुईंचालो गएको छ । यो सम्पत्तिको बैधानिकता के हो भन्दै यतिखेर सञ्चय कोषका कर्मचारी दुई धारमा विभाजित भएका छन् । केही कर्मचारी भने गोर्खाली बिबादित व्यक्ति भएका कारण उक्त पैसाको स्रोत खोजिनु पर्ने बताउँछन् । राकेश लिम्बुको हत्या पश्चात जेल र रेलमा दिन बिताएका गोर्खालीले यति ठूलो रकम कहाँबाट ल्याएर जम्मा गरेका हुन् सोको स्रोत खोजिनु पर्ने आवाज उठेको छ । गोर्खालीले महंगोमा टेण्डर सम्झौता गरेपछि हाल तिरिरहेको भाडामा तीन गुणा बढ्ने भएपछि काठमाडौं मलका व्यवसायीहरु आतंकित बनेका छन् । ९६ लाख न्यूनतम मूल्य राखी बोलपत्रको आब्हान गरिएकोे टेन्डरमा गोर्खाली समूहले सूर्य दीप फर्मबाट ३ करोेड १७ लाख र दोस्रो शिवलक्ष्मी कोजु नामबाट २ करोड ७१ लाख मासिक बुझाउने गरी टेन्डर भरेका थिए । पहिलो फर्मबाट काम छाडेर गोर्खालीले दोस्रोबाट काम गर्ने तयारी गरेका हुन । यता, व्यवसायीले समेत गोेर्खालीको सम्पत्तीकोे स्रोत खोजिनु पर्ने भन्दै सम्पत्ति सुद्धिकरण बिभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गर्ने तयारी गरेका छन् । ११ वटा कम्पनीले भरेको टेन्डरमध्ये एक र दुईमा गोर्खाली समूहले टेन्डर पारेका थिए । अन्धाधुन्ध टेन्डर बिड गर्ने गोर्खालीले उक्त पैसा नउठ्ने अवस्था देखेपछि बैंक ग्यारेटी जफत हुने डरले टेन्डर नै रद्द गर्न खोजेका थिए । पछि पहिलो र दोस्रो दुवै छाडेर गोर्खाली समूहले मासिक १ करोड ५० लाख कबोल भएकोे तेस्रो फर्म सूर्य विनायक हाउजिङबाट सम्झौता गर्ने योजना बनाएका थिए । तर, उक्त फर्म कालो सूचीमा परेका कारण गोर्खालीले दोस्रो फर्मबाट काम गर्ने योजना बनाएका हुन् । अन्य व्यवसायीले भने धेरै कम मूल्यमा टेण्डर विड गरेका थिए । मासिक डेढ करोड फरक पर्ने भएपछि योजनाबद्ध तरिकाबाट गोर्खाली समूहले दुईवटै फर्मको ५७ लाख बैक ग्यारेन्टी माया मार्दै १ करोड ५० लाखमा सम्झौता गरी सञ्चय कोषलाई वार्षिक २५ करोड चुना लगाउने खेलसमेत फेल खाएपछि दोस्रो फर्मबाट काम गर्न बाध्य भएका थिए । उता तेस्रो फर्म कानुन बमोजिम दर्ता नभएका कारण रद्द हुने तयारीमा छ । सो फर्ममा टेन्डर भर्ने संस्थाको छाप र हस्ताक्षार समेत गरिएको छैन भने फर्म यसअघि काठमाडौं मल भाडामा लिने पम्पी राणा समूहकै हो । राणा कोषको कालो सूचीमा परेका छन् ।dainiknepal
काठमाडौं, २ भदौ । शैक्षिक माफियाका रुपमा परिचिति सांसद एवम् ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणा, भीएस निकेतनका सञ्चालक डा.बाबुराम पोखरेल र डा.सुवोधकुमार पोखरेलहरू आफू अनुकुल समाचार सम्प्रेषण गराएर मन्त्री बन्ने दाउमा लागेको खुलासा भएको छ । एक/एक करोड रुपैयाँ विजयकुमार गच्छदारलाई बुझाएर समानुपातिक र मनोनीत सांसद बनेका राणा र पोखरेलद्धयले मन्त्री बन्न बार्गेनिङ गरिरहेका छन् ।
यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । यतिसम्मकी राजनीतिक कुनै हैसियत नरहेकी राणा र पोखरलेलद्धयले पार्टी फुटाउनेसम्मको चेतावनी दिने गरेका छन् । यदि उनीहरूले पार्टी फुटाए भने संवैधानिक र कानुनी व्यवस्थाअनुसार तीनै जनाको सांसद पद खारेज हुनेछ । उनीहरूको सांसद पद अहिले पनि धरापमा छ । गच्छदारलाई मनोवैज्ञानिक रुपमा कमजोर बनाएर मन्त्री बन्ने दाउमा देखिएका राणा र पोखरेलद्धयको चाला थाहा पाएपछि फोरम लोकतान्त्रिकले आफ्ना बेलगाम सांसदहरूलाई कसरी ठेगान लगाउने भनेर योजना बुनेको थाहा भएको छ । फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदार राजनीतिमा माहिर खेलाडी मानिन्छन् । गच्छदारलाई धम्काउन राणा र पोखरेलद्धयले गरेको खेललाई पार्टीका अरु नेताहरूले पनि राम्रोसँग बुझेका छन् । बरु रामजनम चौधरी, जनकराज चौधरी र जीतेन्द्र देव जस्ता नेताहरू गच्छदारका लागि चुनौती हुन सक्छन् । तैपनि अहिलेको अवस्थामा मन्त्री बन्नकै लागि यो समूहले पार्टी फुटाउने सोच्न पनि नसकिने एक सांसदले बताए । ‘मन्त्री बन्ने मौका आउन लागेको बेला यी तीन जना सांसद पार्टी फटाउन लागेका छन् भनेर सोच्न पनि सकिदैन’, ती सांसदले भने–‘बरु पैसा बुझाएर समानुपातिक र मनोनीत सांसद बनेकाहरू धेरै चुरिफुरी गरे भने सांसद पद चट् हुन सक्छ । धेरै चकचक नगरे हुन्छ ।’ रामजनम चौधरी यसअघि स्वास्थ्यमन्त्री बनिसकेका छन् । उनले गच्छदारलाई सहयोग गर्ने बताउँदै आएका छन् । फोरम लोकतान्त्रिकबाट मन्त्री बन्ने मौका मिल्यो भने जनकराज चौधरी, योगेन्द्र चौधरीले मौका पाउन सक्ने स्रोतको भनाइ छ । ‘थारु र मधेसीको लागि लड्नेहरूले नै मौका पाउँछ’, एक नेताले भने, ‘पैसा बुझाएर आएको समूहले अहिले नै ठूलो भाग पाउँदैनन् ।’ dainiknepal
गायिका ज्योती मगर कसैले आफ्नो फेसबुक ह्याक गरेर अश्लील सामग्री पोष्ट गर्न थालेपछि कारबाहीको माग गर्दै महानगरीय प्रहरी अपराध महाशाखा पुगेकी छिन् ।

गायिका मगरले बुधबार दिउँसो टेकूस्थित महानगरी प्हरी अपराध महाशाखा पुगेर आफ्नो फेसबुक अकाउन्ट ह्याक गरी प्रोफाइल पिक्चरदेखि टाइमलाइनसम्ममा अश्लील फोटो पोष्ट भउकाले अनुसन्धान गरी कारबाही गर्न अनुरोध गरेकी छिन् ।

ह्याकरले अश्लील सामग्री पोष्ट गर्ने तथा जथाभावी म्यासेज पठाएर अनफ्रेन्ड तथा ब्लक गर्न थालेपछि उनी कारबाहीका लागि प्रहरी शरणमा पुगेकी हुन् ।

गायिका मगरले ह्याकरलाई कारबाही गर्न अनुरोध गर्दै उजुरीसमेत दिएकी छिन् ।

कार्यक्रमदेखि सामाजिक संजालसम्म राम्रो फ्यान बनाएकी ज्योती केही समयअगाडि नै फ्यान पेज बन्द भएपछि व्यक्तिगत फेसबुक चलाउँदै आएकी थिइन् । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।news24nepaltv
काठमाडौं, २ भदौ । सत्ता साझेदार दल नेपाली कांग्रेससले आइतबारभित्र मन्त्रीको सूची प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाउने भएको छ । पार्टीभित्रको भागबण्डा नमिल्दा रोकिएको मन्त्री छनोटलाई सहमतिका आधारमा अन्तिम रूप दिइ शनिबारसम्म बुझाउन सभापति शेरबहादुर देउवाले आन्तरिक गृहकार्य तीब्र पारेको हो । राजधानीले समाचार छापेको छ । कांग्रेसले शक्तिशाली भातृ संगठन नेविसंघ अधिवेशनलाई कारण देखाएर मन्त्री छनोट हुन नसकेको बताउँदै आएको छ ।
नेविसंघमा निर्वाचनबाट नयाँ नेतृत्व छनोट सुरू गरिसकेकाले सभापति देउवाले मन्त्रीहरूको सूची बनाउन लागेका हुन् । स्रोतका अनुसार कसलाई कुन मन्त्रालय दिन पनि देउवा मानसिक रूपमा तयार भइसकेका छन् । मन्त्री छनोटको सूचीमा परेकाले उनले फोन गरेर संकेत दिएको उनी निकट एक नेताले बताए । स्रोतका अनुसार पौडेल पक्षलाई चारदेखि पाँच मन्त्री दिने निष्कर्षमा उनी पुगेका छन् ।12 पौडेल पक्षले कम्तिमा ५ मन्त्री पाउनुपर्ने माग राख्दै आएको छ । पौडेल पक्षबाट पठाइने नाम पनि लभगभ तयार भइसकेको छ । पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव, डा.शेखर कोइराला मन्त्री बनेर जाने निश्चित भइसकेको छ । स्रोतका अनुसार गृह नपाएपछि चिढिएका अर्जुननरसिंह केसीलाई शिक्षा मन्त्रालय दिएर फकाउने प्रयास भइरहेको छ । तर केसी स्वंयले शिक्षा पाए मन्त्री बन्ने संकेत सभापति देउवालाई दिइसकेका छन् । सुरुमा माओवादी केन्द्रको भागमा परेको शिक्षा मन्त्रालय केसीकै कारण कांग्रेसले लिन खोजेको हो । केसीले शिक्षा रोजेका कारण सभापति देउवाले माओवादी मन्त्रीले सपथ ग्रहण गर्नु केही बेरअघि प्रधानमन्त्री दाहाललाई फोन गरेर शिक्षा कांग्रेसलाई राख्न आग्रह गरेका थिए । शिक्षाको ठाउँमा माओवादीले स्वास्थ्य मन्त्रालय पाउने भएको छ । सभापति देउवाले केसीलाई रक्षा मन्त्रालय दिने मानसिकता बनाएको भए पनि उनले अस्वीकार गरेका कारण सो मन्त्रालयको जिम्मेवारी अब बालकृष्ण खाँणलाई दिने तयारी भइरहेको छ । देउवाले यसको संकेत खाँणलाई दिइसकेका छन् । आफ्ना विश्वासपात्र खाँणलाई पहिलो चरणमै मन्त्री बनाउने उनको चाहना भए पनि पार्टीभित्रको विवादबढेपछि सफल भएको थिएन । यसैगरी, देउवाले कर्णालीबाट जीवन शाही, मधेसबाट फरमुल्लाह मन्सुर र जनजातिबाट भीष्म आङदम्बेलाई मन्त्री बनाउने सोँच बनाएका छन् । ओखलढुंगाका सांसद रामहरि खतिवडालाई पनि राज्यमन्त्री बनाउने उनको योजना छ । dainiknepal
काठमाडौं, २ भदौ । स्पेनमा आयोजित कार्यक्रममा नक्कली पिएलाई आफूसँगै लगेर मानव ओसारपसार गर्ने प्रयास गरेको आरोप लागेका माओवादी केन्द्रका ८ सांसदसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बयान लिएको छ । सो प्रकरणमा तानिएका ८ मध्ये तीन जना सांसद सृजना तमारू, रुपा महर्जन र सन्तकुमार थारुसँग सिआइबीले बुधबार बयान लिएको हो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
कुटनीतिक राहदानी प्रयोग गर्दै सांसदको हैसियतमा स्पेनको कार्यक्रममा भाग लिन जान भिसा आवेदन गर्दा कन्सुलर विभागको पत्र कीर्ते गरेर असम्बन्धित ब्यक्तिलाई सहयोगी बनाएर स्पेन लैजाने प्रयास गरेको घटनामा माओवादी केन्द्रका सांसद गोमा कुँवर, डोरप्रसाद उपाध्याय, सिर्जना तमारु खत्री, सन्तकुमार थारू, रूपा महर्जन श्रेष्ठ, राममाया बोगटी, दिलमाया धामी र धना प्रहरी अनुसन्धानमा तानिएका थिए । सांसदको संलग्नतामा भएको मानव ओसारपसारबारे समाचार प्रकाशित भएपछि अनुसन्धान शुरु गरेको सिआइबीले तीन दिन अगाडि सांसदका सहयोगी करिअर ब्रिज कन्सल्टेन्सी सञ्चालक रोहित भन्ने दिनेश खडालाई पक्राउ गरेको थियो । अनुसन्धानमा नक्कली पिए बनाइएकाहरूसँग खडाले १२ देखि १६ लाख रुपैयाँसम्म असुलेको खुलेको थियो । प्रहरीले खडामाथि सरकारी दस्तखत कीर्तेको अभियोग लगाएको छ । dainiknepal
काठमाडौं, २ भदौ । चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सम्भव भएसम्म नेपालसँग सहकार्य गर्न तयार रहेको प्रस्ट पारेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा चीन भ्रमणमा रहेका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरासँग बुधबार भएको भेटवार्तामा चिनियाँ प्रधानमन्त्रीले सो धारणा राखेका हुन् ।
राजधानी दैनिकले समाचार छापेको छ । चिनियाँ प्रधानमन्त्रीले नेपालमा सरकार परिवर्तनलाई आन्तरिक मामिला भन्दै चीनले गर्ने सहयोगलाई निरन्तरता दिने प्रतिबद्धतासमेत जनाएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीले जनाएका छन् । बेइजिङस्थित नेपाली दूतावासका अनुसार प्रधानमन्त्री लीले नेपालसँग सम्भव भएसम्म सहकार्य गर्न तयार रहेको बताएका हुन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी असोज अन्त्यतिर नेपाल भ्रमणमा आउने तयारी छ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार परिर्वतनसँगै राष्ट्रपति सीको भ्रमणलाई लिएर शंका उठेपछि प्रधानमन्त्री दाहालले उपप्रधानमन्त्री महरालाई विशेष दूत बनाएर बेइजिङ पठाएका हुन् । महराले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री महराले बुधबार चिनियाँ प्रधानमन्त्री खछ्याङसँग भेटवार्ता गरेका हुन् । भेटवार्तामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री लीको शीघ्र नेपाल भ्रमणका विषयमा कुराकानी भएको थियो । सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले राष्ट्रपति सी र आफू नेपाल भ्रमण गर्न सकारात्मक रहेको जानकारी गराएका छन् । dainiknepal
काठमाडौं, २ भदौ । प्रहरी मुठभेडमा मारिएको दाबी गरिएका गुण्डा नाईके दिनेश अधिकारी चरीको घटनाको प्रतिशोध साँध्न चलचित्र निर्माता रोज राणा भनिने सरोज थापा उपर आक्रमण भएको खुलेको छ।

आजको नागरिक दैनिकमा खबर छ – गुण्डा नाईके चरीको ब्यवसायीक साझेदार रहेका रोजले कारोबार अन्तर्गत दिनुपर्ने रकम नदिएको र चरीको मुठभेड गराउन सहयोगी भूमिका खेलेको आरोपमा आक्रमण भएको हो ।

रोजलाई आक्रमण गर्ने दुईजना पक्राउ परेपछि प्रहरी अनुसन्धानमा चरीको मुठभेडपछि फरार रहेका गुण्डा नाईकेको नाम बाहिर आएको हो । महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेका दुबले आक्रमणकारीलाई भारतमा बस्दै आएका जोधा भन्ने रत्न बहादुर लामाको निर्देशनमा घटना भएको बयान दिएका हुन् ।

महाशाखाका अनुसार जोधाकै योजनामा भक्तपुरका मोटे भन्ने विवेचन प्रजापति र कटुन्जे भन्ने सूर्य लामाले दिनभर रोजको पिछा गर्दै सोमबार मध्य बानेश्वरमा खुकुरी प्रहार गरेका हुन् । प्रहरी हिरासतमा रहेका दुबै चरीको समुहमा रहेका ब्यक्ती हुन् । चरीसँगै नयाँ बजार क्षेत्रमा सक्रिय दुबैलाई भारतको पश्चिम बंगाल सिलगुडीमा बस्दै आएका जोधाले आक्रमणका लागि रकम समेत उपलब्ध गराएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले रोज र जोधाकाबीचमा विगतमा रहेको कारोबारका कारण आक्रमण भएको अनुसन्धानमा देखिएको बताए । उनका अनुसार आक्रमणकारीलाई रोजको हत्या वा अंगभंगका लागि जोधाले ३० लाख रुपैयाँ दिने बाचा गरेको आक्रमणमा संलग्नले प्रहरीमा बयान दिएका छन् ।

प्रहरी अनुसन्धानमा जोधाले समूहका प्रजापतिलाई ३ महिना पहिला भारतको सिलगुडीमा बोलाई आक्रमणको योजना बनाई तत्काल पेश्की स्वरुप ५० हजार भारतीय रुपैयाँ दिएको खुल्न खुलेको छ। दोस्रो पटक करिव तीन हप्ता पहिला भारतबाट निज जोधा भन्ने रत्न बहादुर लामा नेपाल आई प्रजापतिको घरमा गई थापालाई आक्रमणका लागि ३० हजार रुपैयाँ दिएको र काम भए पश्चात ३० लाख दिने र भविष्यमा समेत सहयोग गर्ने प्रलोभन समेत दिएको अनुसन्धानबाट खुलेको हो ।

महाशाखाकै कारवाहीमा २०७१ साउन २१ मा मारिएका दिनेश अधिकारी चरीको हत्यापछि उनको समूह तितरबितर भएको थियो । समूहका सदस्यले खुलेरै रोजले प्रहरी अधिकारीसँग मिलेर चरीको मुठभेड गराएको आरोप लगाउदै आएको छ ।khabardabali
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । दिउँसोबाट राज्यभावमा चन्द्रमा जाने भएकाले सामाजिक र सरकारी गतिविधिमा सक्रिय भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नीलसरस्वत्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –rashifal
brish

भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ । आज भाग्यमा रहेको चन्द्रमा कर्मक्षेत्रमा प्रवेश गर्दैछ, अतः व्यापार गर्नेले बेलुकीपख सोचेजस्तै लाभ लिन सक्नेछन् । लगानीमा रहेको रकम उठाउन गरिएको प्रयास सफल हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बिहानीपख बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । मानसिक खिन्नता र वैराग्य जाग्नेछ । अल्छी लाग्दो समय हुनेछ । तर दिन ढल्नासाथ आज कुनै बिग्रिनै लागेको काम बन्न सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

मन भावुक बन्न सक्छ । एकाबिहानै के गर्ने के नगर्ने भन्ने विषयमा दोधार देखिने छ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । साथीभाइले साथ दिनेछन् । व्यापार÷व्यवसायमा ठिकै छ, तर दिन ढल्दै जाँदा खिन्नता र चिडचिडेपना अझ बढ्ने छ । अपराह्नपछि आठौं घरमा चन्द्रमा रहेकाले सवारीसाधन चलाउँदा र बाटो काट्दा होस राख्नुपर्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सङ्कटाभगवत्यैै नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् । लामो दूरीको यात्राको योजना छ भने बेलुकीपख अनुकूल हुन्छ । मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सुन्तले हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ वा कुनै झैझगडा, किचलो र विवादमा मेलमिलापका लागि अहम् भूमिका निर्वाह गर्नु पर्नेछ । अपराह्नपछि निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन् । आजका लागि शुभअङ्क २ र छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

घरपरिवारमा खुसीको वातावरण छाउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । इष्टमित्र र नातेदारका माझमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकीपख दार्शनिक र आध्यात्मिक विषयवस्तुको आकर्षण बढ्ने देखिन्छ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । बेलुका घरायसी समस्याहरू देखापर्न सक्छन् । पतिपत्नी वा प्रेमी÷प्रेमिकाका बीचमा मनोमालिन्य हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गाढा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ ऋद्धिबुद्धिसहिताय श्रीमन्मङ्गलमूर्तये नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

मित्रवर्ग र बन्धुवान्धवले राम्रो सहयोग प्रदान गर्नेछन् । स्वादिष्ट भोजनको अनुकूलता प्राप्त हुनेछ । कुनै भौतिक सामान खरिद गर्नका बेलुकीपख राम्रो छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । अपराह्नपछि धनभावमा चन्द्रमा प्रवेश हुनाले आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । धनागमका नयाँ योजना बन्न सक्छन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो वा उज्यालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ धनप्रदाय कुबेराय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

मनमा दोधार भए पनि अन्त्यमा उत्साह र उमङ्गमा कमी हुने छैन । महत्त्वपूर्ण निर्णय लिनु छ वा यात्राको योजना छ भने साँझपख राम्रो हुनेछ । दिनको सुरुवातमा साथीभाइ र घरपरिवारबाट सोचेको सहयोग प्राप्त हुँदैन । तर अपराह्नतिर विलासिता र रमणीयतातर्फ मन आकर्षित हुनेछ । भोगविलास र रामरमाइलोमा खर्चबृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग हलुका रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

पशुपालन र कृषिव्यवसायमा सफलता प्राप्ति हुनेछ । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । चिन्तनमूलक काममा सक्रियता बढ्ने छ । कुनै सरकारी काम भए दिनभरिमा सिध्याउनु राम्रो हुन्छ । अपराह्नपछि द्वादश चन्द्र हुनाले पेसा वा बन्दव्यापारमा ध्यानकेन्द्रित हुँदैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग गाढा पहेंलो बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मध्यम वर्गिय परिवारकी जोया फिलिपिन्सबाट काम खोज्न दुबई आईन । केएफसी (केन्टुकी फ्राइड चिकन) मा काम पनि पाईन । काम गर्दै गर्दा आफ्नै सहपाठी जीवनसँग माया बस्यो । जीवन दुव्र्यसनीको आरोपमा दुबईमा जेल परे । जोयाले आफ्नो २-३ महिनाको तलब खर्च गरेर जेल बाट छुटाउने प्रयास गरिन । जीवनलाई दुबइबाट डिपोर्ट गरिएसँगै जोया पनि एक महिने भिषामा नेपाल आईन । नेपालमा आएर विवाह दर्ता गरिनन, गर्न सकिनन अथवा जीवनले गर्न मानेनन । २ छोरालाई भने जन्म दिएर आमाको भूमिका निर्बाह गरिन । अहिले उनी जीवनको देशलाई छोडेर आफ्ना दुई नाबालक छोराहरुलाई लिएर फिलिपिन्स फिर्ता जादैछिन पैसा कमाएर फेरी नेपाल घुम्न आउने बाचा सहित । तर जाँदा जाँदै जोयाले भनेको २ वटा वाक्यहरु निकै मार्मिक र जीवन प्रतिको उनको मायामा कत्ति पनि ह्रास नआएको झझल्को दिने खालका छन, 'टेक केयर अफ योर मम' र 'आई वील वेट फर यू ।'


जोया प्रति धेरैले सहानुभुती देखाए । जोया र जीवनका दुई नाबालक बच्चालाई अनागरिक बनाएको बारे धेरैले दुःख ब्यक्त गरे । सामाजिक सञ्जालमा नेपाल सरकारले लिएको भिषाको जरिवानालाई लिएर आलोचना गरिए । मेरो पनि उत्तिकै सहानुभुती छ जोया र ती दुई निर्दोष नाबालक प्रति । यो हप्ताभर अनलाइनमा धेरैले पढेको मार्मिक समाचार हो ।

जोया दुबईमा कार्यरत थिईन । आफु पनि दुबईमै रहेको हुनाले यो घटना र यस्तै घट्नासँग जोडिएका अलग पाटाहरुलाई लेख्ने प्रयास गरेको हुँ ।

.....................................

के तपाईंलाई थाहा छ ? दुबईमा धेरै जोयाहरु छन । अनी धेरै जीवनहरु पनि छन । अझ तपाईंलाई खुलेर भन्ने हो भने, त्यस्ता अनागरिक बनेका धेरै नेपाली छोराछोरीहरु अहिले फिलिपिन्समा होलान । दुबईका हरेक मलहरुमा जोया र जीवनका जोडीहरु प्रशस्तै भेटिन्छन् । ती जोया र जीवनहरु एउटै कोठामा बस्छन, सुत्छन र उठ्छन । केही नेपाली बालबच्चाहरु अनागरिक बन्दै फिलिपिन्स तिरै जन्मिए होलान त केही जन्मिन नपाउदै, भ्रुण हुन नसक्दै मारिए होलान । तर अक्सर घटनमा फिलिपिनो महिला गर्भपतन गराउँदैनन् । युएईमा कार्यरत हुँदा गर्भवती भएमा उनीहरु फिलिपिन्स जान्छन् र उतै बच्चा जन्माएर त्यहिं छोडेर पुनः युएई आउँछन् । मानव जीवनमा जोया र जीवनका प्रारम्भिक घटनाहरु दुबईमा धेरै घट्छन । ती सबै घटनाक्रम नेपथ्यमा नै बिलाए र फेरी पनि बिलाउदै छन ।



तर सबैजना जोया र जीवन जस्तै पनि छैनन । ती सबैले सुसुप्त जीवनका शुक्रकीटहरुलाई यसै मिल्काएनन पनि छैनन । मैले सामाजिक संजालमा जोया र जीवनको माया र खेदले भरिपूर्ण कथाहरु पढे पछी केही सफल जोया र जीवनका कहानी किन नलेख्ने भनेर सोचें । यो बिषयलाई उठान गर्न प्रेरित गर्नु हुने एनआरएनए आईसीसी सदस्य गोपाल कंडेल प्रति आभारी छु ।

..................................................



भुकम्प पीडित र बाढी पीडित जिल्ला सिन्धुपाल्चोक अत्तरपुर-८ का किशोर शाक्य बिगत ११ बर्ष देखि युएईमा छन । उनले जेन शाक्यसँग आज भन्दा ८ बर्ष अगाडि लगनगाँठो कसे । अहिले उनीहरुको ६ बर्षिय एन्टोन शाक्य र १ बर्षिय एन्ड्रियु गरी २ छोरा छन । सानो परिवार सुखी परिवार रहेको किशोर छुट्टी मनाउन कहिले काँही फिलिपिन्स जान्छन त कहिले काँही नेपाल जान्छन । नेपालमा रहेका बुढा बुवा र आमालाई चाहिने खर्च बेला बेला पठाइ रहन्छन । जेन पनि आफ्ना बुवा आमालाई खर्च पठाइरहन्छिन । उनीहरु दुबै अफिसमा काम गर्छन् । जीवनमा हाँसेकै छन, खुशी छन ।



एक दिनको कुरा हो । म रस अल खैमहको मनार मलमा कफी पिएर बसिरहेको थिएँ । म सँगै एकजना साथी हुनुहुन्थ्यो । त्यो बेलासम्म किशोरलाई म चिन्दिन थिएँ । मेरै अगाडिबाट एक जोडी फिलिपिनो जस्ता देखिने नेपाली गए । मंगोलियन अनुहार रहेकोले मैले फिलिपिनो होलान भनेर त्यत्ती ध्यान दिएको थिएन । मसँगै रहेको साथीले उनीहरुलाई देखाउदै नेपाली केटाले फिलिपिनो विवाह गरेको भनेर नाक खुम्च्यायो । उनीहरुको जीवन हो, खुशी देखिन्छन, ठिकै छ नि जो विवाह गरे पनि, आफ्नो कर्तब्य भुल्नु भएनू मैले यसै भनेको थिएँ ।

यौनको मामिलामा फिलिपिनो महिलाहरु खुला र स्वतन्त्र हुन्छन । मन मिले र माया बसे उनीहरु नेपाली मात्र हैन भारतीय, अरबी र अन्य देशका नागरिकसँग विवाह गरेर बसेको धेरै देखेको छु । र प्रायः तिनै देशका नागरिकहरुले भने किन हो किन फिलिपिन्सका महिलाहरुलाई त्यत्ती राम्रो नजरले पनि हेर्दैनन । मलाई पनि त्यस्तै लाग्थ्यो शुरुशुरुमा । तर मैले मेरो सोचलाई परिवर्तन गरेको छु । आजकाल नेपाली महिलाहरुको पनि कुनै कमी छैन यौनजन्य कार्यहरुमा । व्वाईफ्रेन्ड बनाउने र पैसा कमाउने उद्देश्य बोकेका हाम्रै नेपाली चेलीबेटीहरुको पनि कमी छैन युएईमा । गैर कानुनी यौनजन्य कार्यमा अविवाहित नेपाली महिला हुन् वा नेपालमा रहने आफ्ना श्रीमानलाई थाङ्नामा सुताएर यहाँ मोजमस्ती गर्ने श्रीमतीहरु हुन् दुनियाँका यौनकर्मी भन्दा केही कम छैन नेपालीहरु दुबईका गल्लीहरुमा । तर यसको अर्थ सवै यस्तै हुन् भन्न खोजिएको भनें होइन । तसर्थ अब हामीले कुनै नेसनालिटीलाई लिएर धारणा बनाउनु बेकार रहेछ ।

संस्कृति र रितिरिवाजमा हामी भन्दा उनीहरु फरक छन । धेरै नेपालीहरु हिन्दू छन, धेरै फिलिपिनोहरु क्रिस्चियन । हामी पूर्णतः पितृसत्तात्मक समाज र सोचमा छौ, उनीहरु अली बढी मातृ सत्तात्मक समाज र सोचमा छन । फिलिपिनो केटीहरु दुबईमा कमाएर आफ्नी आमालाई पैसा पठाउने गर्दछ्न । बरु केटाहरु अली बढी लफङगा हुने गरेको देखेको छु । त्यसैले पनि जोयाले काठमाडौं छोड्ने बेलामा 'टेक केयर अफ योर मम' भनिन । आमा हुनुको महत्व उनीहरुले कहिल्यै भुल्दैनन । उनले भनिन, 'आई वील वेट फर यू' उनले जीवन प्रतिको माया अझै मारेकी छैनन ।



गोठाटार काठमाडौका दीपक बुडाथोकी बिगत ११ बर्ष देखि युएईमा छन । सन २००५ मा युएई छिरेका दीपकले २ बर्ष पछी सन २००७ मा फिलिपिनो नागरिक मिला ग्रेससँग विवाह गरे । उनीहरुले पहिले क्रिस्चियन परम्परा अनुसार चर्चमा गएर विवाह गरे भने २००८ मा नेपाल गएर मिलालाई नेपाली सँस्कृति अनुसारनै धुमधाम विवाह गरे । उनीहरुसँग अहिले ५ बर्षिय योहान मन्दीप नाम गरेका एक छोरा छन । हरेक बर्ष यी दुई जोडी छुट्टी मनाउन नेपाल जान्छन । श्रीमती मिला पनि फिलिपिन्स जानु भन्दा नेपाल जानुमै खुशी हुन्छिन ।

घरमा दीपकका बुवाआमा, दाई, भाई र दिदिबहिनीहरु छन । घरखर्च पनि दीपकले नै चलाएका छन । दीपकको परिवारमा सबै दाजुभाइहरु अहिलेसम्म सगोलमा नै बसिरहेका छन । सबै हाँसी खुशी नै छन ।

किशोर र दीपक जस्तै फुजेराका पुष्कर तिमल्सिना, दुबईका लक्ष्मण लामा, रस अल खैमहका बिक्रम मेचे लगायत अबुधाबी, शारजाह र अलऐनमा यस्ता कयौ नेपालीहरु फिलिपिनो महिलासँग सफल बैबाहिक जीवनमा रमाएका छन । उनीहरुले घर परिवार हेरेका छन ।



आज सामाजिक संजालमा जोया र जीवनको बिछोडको कहानी पढ्दै गर्दा हाम्रै समाजमा मिलनका यी कहानी पनि त छन । जोया र जीवनको कहानीमा दुःख देख्नेहरुले आफ्नो सोचमा पनि परिवर्तन गर्न उत्तिकै आवश्यक छ । दुबईमा बस्ने मेरा एक मित्रले यो ब्लगमा नाम उल्लेख नगरिदिन अनुरोध गरे । उनको तर्क थियो, 'जतिसुकै गरे पनि हाम्रै नेपाली समाजले हामीलाई देखेर नाक खुम्च्याउछ । घुमाउरो पाराले अपहेलना गर्छ ।' त्यही भएर पनि उनी युएईको नेपाली समाजमा त्यती खुल्दैनन । 'यहाँ अर्काकी स्वास्नीसँग मोज गर्ने समाजसेवीहरु छन, मलाई देखे पछी हेयको दृष्‍टिकोणले हेर्छन ।' उनले भने, 'केही अविवाहितहरु लिभिङ टुगेदरमा बस्छन । मैले त कानुन अनुसार नै विवाह गरेको हुँ ।'

यस्तै छ हाम्रो समाज । दुबईको अग्लो टावर देखेर सोच परिवर्तन नहुँदो रहेछ । अझै धेरै परिवर्तन हुन बाँकी नै छ । ती सबै अन्तराष्ट्रिय जोडीलाई मेरो पनि शुभकामना ।
काठमाडौं, १ भदौ । चीनले केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपालसंग भएका पारवहन लगायतका महत्वपूर्ण सम्झौता तथा सहमतिको छिटो कार्यान्वयनका लागि कार्ययोजना ल्याउन नेपाली पक्षलाई आग्रह गरेको छ । बुधबार बेइजिङ्गमा प्रधानमन्त्री प्रचण्डका विशेष दूत एवम् उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर

महरासँगको भेटमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले विगतका सम्झौताहरु यथाशीघ्र कार्यान्वयन गर्न चीनले चाहेको र नयाँ सरकारले छिटो कार्यान्वयनको पहल गर्नुपर्ने कुरा राखेको चीनस्थित नेपाली दूतावासले जनाएको छ । करिब पांच महिनाअघि भएका सम्झौता तथा सहमतिहरुलाई अघि बढाउन भन्दै नेपालले परराष्ट्रसचिवको नेतृत्वमा एउटा विशेष समिति नै बनाएको छ तर, त्यसको गृहकार्य विषयगत मन्त्रालयहरुमै अड्किँदा अघि बढ्न सकेको छैन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला पारवाहन लगायतका विभिन्न सम्झौतामा हस्ताक्षर भएको थियो । dainiknepal
काठमाडौं, १ भदौ । नेकपा (एमाले)ले संविधान कार्यान्वयनका क्रममा हुने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनमा दुई तिहाई बहुमत ल्याउन गृहकार्य थालेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी स्थायी समितिको बैठकमा नेताहरुले आगामी निर्वाचनको प्रतिस्पर्धामा बहुमत हासिल गर्न स्पष्ट नीति र योजनाका साथ अघि बढ्नुपर्ने कुरामा जोड दिएका छन् ।
बैठकमा अघिल्लो सरकारको समीक्षा, नयाँ गठबन्धन र पार्टीका आगामी कार्यभारका बारेमा समीक्षात्मक धारणा राख्ने क्रममा झलनाथ खनाल, अष्टलक्ष्मी शाक्य, गोकर्ण विष्ट, योगेश भट्टराई, शंकर पोखरेल र मुकुन्द न्यौपानेले पार्टी चुनाव लक्षित भएर अगाडि बढ्नुपर्ने सुझाव दिए । उनीहरुले आजैबाट देशभर कार्यकर्ता परिचालन हुनपर्ने बताए । ‘बैठकले परिवर्तित सन्दर्भमा पार्टीका धारणाहरु स्पष्ट गर्नुका साथैै एमाले नेतृत्वको सरकारले जनसमक्ष प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेट र आगामी निर्वाचनका लागि पार्टीको तयारीका बारेमा पार्टीव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरी पार्टी पंक्ति परिचालन गर्नुपर्ने कुरामा जोड दिएको छ’ सचिव योगेश भट्टराईले भने । त्यसक्रममा विगत सरकारले राष्ट्र र जनताका पक्षमा गरेका सकारात्मक कामहरुको व्यापक प्रचार–प्रसार गर्दै कमजोरीहरुबाट शिक्षा लिएर पार्टीलाई अझ सुदृढ र एकताबद्ध बनाउने प्रतिबद्धता पनि उनीहरुले जनाए । बैठकले व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दलको हैसियतले संविधानको कार्यान्वयन र तहगत निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक स्थायित्वमार्फत मुलुकको आर्थिक समृद्धिको दिशामा अघि बढ्न संसद्मा सशक्त र प्रभावकारी भूमिका खेल्नुपर्ने कुरामा जोड दिएको छ । dainiknepal
काठमाडौं, १ भदौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशलाई ‘छाडा साँढे’ भन्ने नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य सावित्री सुवेदी पार्टीको कारवाहीमा परेकी छन् । उनलाई माओवादीले साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको हो ।
माओवादी एकीकरणपछि रामबहादुर थापा ‘बादल’ पक्षबाट अखिल क्रान्तिकारीको केन्द्रीय सदस्य बनेकी सुवेदीले प्रधानमन्त्रीपुत्र एवं प्रधानमन्त्रीका स्वकीय सचिव समेत रहेका प्रकाशलाई लक्षित गर्दै शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेकी थिइन्– ‘एउटीलाई रुवायो, अर्कीलाई बच्चासँगै लत्यायो, अर्काकी अंगालाभरीकी स्वास्नी सगरमाथा चढ्ने निहुँमा भगायो, छाडा छोडेको साँढेले गाइको कहिल्यै रक्षा गर्दैन । ख्याल रहोस् कामरेड ।’ बहुविवाह गरेका कारण प्रकाश बेला बेला विवादमा आउछन् । dainiknepal

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home