• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
जनकपुर, १६ कात्तिक । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अबको आन्दोलन अन्तिम लडाईं झैँ हुने
बताउँदै सरकारले आन्दोलनलाई भ्रमका रुपमा प्रचार गरिरहेको प्रति आपत्ति व्यक्त गर्नुभयो
पत्रकार भेटघाटमा बोल्दै उहाँले नाकाबन्दी पूर्ण रुपले सशक्त रहेको छ भन्दै सरकारले नाकाबन्दीका बारेमा गलत समाचार प्रसारण गराइराखेको पनि बताउनुभयो ।
dainiknepal.com
वीरगन्ज- वीरगन्जस्थित दसगजा क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। वीरगन्जस्थित शंकराचार्य गेटनजिक सुरक्षामा खटिएका प्रहरीमाथि आन्दोलनकारीले ढ्ंगमुढा गरेपछि प्रहरीले तीन राउन्ड अश्रुसेल प्रहार गरी स्थिति नियन्त्रणमा लिएको छ।
'सुरक्षाकर्मीमाथि दसगजा क्षेत्रबाट आन्दोलनकारीले ढुंगा हान्न थालेपछि प्रहरीले स्थिति नियन्त्रमा लिन दुई सेल अश्रुसेल प्रहार गर्नुपर्‍यो,' पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले भने, 'अहिले आन्दोलनकारी भारतीय भूमितर्फ गएका छन्।'

यसअघि प्रदर्शनकारीले प्रहरीलाई ठेल्दै मितेरी पुलदेखि शंकरा गेटसम्म पुर्‍याएका थिए। अहिले पनि प्रदर्शनकारीले सीमापारिबाट ढुंगामुढा गरिररहेको डीएसपी आभुषण तिमल्सिनाले जनकारी दिए।

nagariknews.com
काठमाडौं- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले पर्साको इलाका प्रहरी कार्यालय लङ्गरीमा आगजनी गरेका छन्। प्रहरीले बल प्रयोग गरेर वीरगन्ज नाका खुलाएको आक्रोसमा उनीहरुले प्रहरी चौकीमा आगजनी गरेका हुन्।


आगजनीपछि त्यहाँ कार्यरत प्रहरीहरुलाई इलाका प्रहरी कार्यलय पोखारियामा सारिएको पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले जानकारी दिए। 'प्रहरी कार्यालयमा कोही नभएको अवस्थामा आन्दोलनकारीले आगजनी गरेका हुन्,' एसपी श्रेष्ठले भने, 'आगजनीबाट भवमा क्षति पुगेको छ।'

त्यस्तै मोर्चाका कार्यकर्ताहरुले नाका पुनः बन्द गराएपनि वीरगन्जका विभिन्न स्थानमा आन्दोलनकारीले प्रदर्शन जारी राखेका छन्। आन्दोलनकारीले वीरगन्जको घन्टाघरस्थित प्रहरी बिटमा तोडफोड गरेका छन्।

प्रहरीले बसपर्कमा हस्तेक्षप गर्दै अश्रुग्यास र रबरको गोली प्रहार गरेपछि आन्दोनकारीले पनि प्रहरीमाथि पेट्रोल बम प्रहार गरेका छन्। बम प्रहारबाट कुनै मानवीय क्षति नभए पनि झडपमा क्रममा ८ जना प्रहरी घाइते भएकोएसपी श्रेष्ठले बताए।

झडपमा क्रममा तीन जना प्रदर्शनकारी पनि घाइते भएका छन्। वीरगन्ज-१८ का भुलन सरापलाई पिठ्युँ र खुट्टामा छर्रा लागेको बताइएको छ। त्यस्तै प्रहरीको लाठी प्रहारबाट वीरगन्जका सुभनारायण चौरसियाको खुट्टामा चोट लागेको छ। पेट्रोल बम हान्ने क्रममा अब्दुल रहमान हात जालेको प्रहरीले जनाएको छ। दुवैको नारायण उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।nagariknews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं – नयाँ शक्ति गठनका लागि व्यापक गृहकार्य थालेका डा.बाबुराम भट्टराईले एकीकृत माओवादीका नेताहरुसँग संवाद गरेका छन् ।
एकीकृत माओवादीमा रहँदा आफ्नो पक्षमा उभिएका नेताहरुसँग उनले आफ्नै निवास सानेपामा छलफल थालेका छन् । विहान ११ बजेदेखि छलफल शुरु भएको छ । एकीकृत माओवादीमा बाबुराम नजिक मानिएका केन्द्रीय सदस्य, पूर्व केन्द्रीय सदस्य र सभासद्हरु छलफलमा सहभागी रहेको सानेपा स्रोतले बतायो । छलफलमा एकीकृत माओवादीसँगको सम्बन्ध र नयाँ शक्तिमा जाने रोडम्यापवारे छलफल हुने एक नेताले बताए । www.ratopati.com
काठमाडौं – एमाले वरिष्ठ नेता एवम् प्रधानमन्त्री झलनाथ खनालमाथि राष्ट्रपति निर्वाचनमा विद्या भण्डारीलाई मत नदिएको आरोप लागेको छ । एमालेकै अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीपक्षले राष्ट्रपति निर्वाचनमा खनालले भण्डारीलाई मतदान नगरेको आरोप लगाएका हुन् ।

राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलका तर्फबाट तीन मत हराएको र त्यसमध्धे खनालले विद्यालाई मत नदिएको आरोप ओली निकट नेताहरुले ओलीलाई विफ्रिङ गरेको स्रोतको भनाई छ । राष्ट्रपति निर्वाचनमा सत्तारुढ दलकै तीन मत गायव भएपछि त्यसको खोजविन भएको थियो ।

एकीकृत माओवादीले आफ्ना एक सभासद् ससुराको श्राद्ध परेको भन्दै राष्ट्रपति चुनाव वहिस्कार गरेका थिए । अन्य दुई मत एमालेकै सभासद्का गायव भएको सत्तारुढ दल एकीकृत माअ‍ोवादी, राप्रपा नेपाल र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले आफ्ना सभासदले इमान्दारीतापूर्वक भोट खसालेको बताएका छन् ।

मन्त्री छान्न शनिवार बसेको वैठकमा समेत ओलीले खनाल र माधव नेपाललाई ‘तपाईहरुले मलाई असहयोग गर्न थाल्नुभयो’ भन्दै आलोचना गरेको स्थायी समिति वैठकमा सहभागी भए नेताले बताए । उनका अनुसार उक्त वैठकमा खनालले ‘विगत सम्झनुस’ भन्दै ओलीलाई जवाफ दिएका थिए । खनाल प्रधानमन्त्री हु“दा एमालेको ओली समूहले पुरै असहयोग गरेको थियो ।

एमालेको नवौ महाधिवेशनमा ओलीले ‘पार्टीलाई राष्ट्रपतिको अवसर आए तपाईलाई अगाडि सार्ने भन्दै खनाललाई महाधिवेशनमा मौन बस्न आग्रह गरेको’ दावी खनालपक्षधर नेताहरुले गर्दै आएका छन् । राष्ट्रपतिको अवसर आउदा ओलीले उपाध्यक्ष भण्डारीलाई पठाएकोमा खनालको असन्तुष्टि रहेको एमाले स्रोतको भनाई छ ।

www.ratopati.com
धनगढी, १६ कात्तिक । नेकपा एमालेका पोलिटव्यूरो सदस्य पर्शुमेघी गुरुङले नयाँ संविधानले समानुपातिक निर्वाचन पद्धतिले सबै जातजातिको पहिचान बचाउने बताउनु भएको छ ।
नेपालमा १२६ जात जाति भएकोले सवैको राज्य असम्भव छ त्यसैले समानुपातिक निर्वाचन पद्धतिबाट सवैको प्रतिनिधित्व हुने व्यवस्था नयाँ संविधानमा गरिएको चर्चा उहाँले गर्नुभयो ।
एमालेको धनगढी नगर कमिटीद्धारा आयोजित कार्यकर्ता भेलामा वोल्दै उहाँले गाउँ पालिका, नगरपालिका, जिल्ला परिषद, प्रदेश सभादेखि केन्द्रीय संसदसम्म समानुपातिक निर्वाचन प्रणाली लागू हुने वताउनुभयो ।
नेपालमा सहमतिय राजनीतिकको आवश्यक्ता रहेको छ उहाँले भन्नुभयो कांग्रेसमा रारारात भुईचालो गएकोले सुशील कोइराला प्रधानमन्त्रीको उम्मेदवार बने ।
हामीले भारतको दादागिरी देखेका थियौ भरखरको नयाँ पुस्ताले पनि उसको हैकम देख्न पायो नेता गुरुङले भन्नुभयो नाकावन्दीले नयाँ पुस्ता पनि सचेत भएको छ ।
सोही अवसरमा वोल्दै एमाले केन्द्रीय सदस्य तथा सांसद गरिमा शाहले सिक्किम बनाउने रणनीति फेल भएपछि भारतले नाकावन्दी गरेको दावी गर्नुभयो । सीमामा अवरोध गर्नेका विरुद्ध देशभक्त नेपालीले प्रतिकार गर्नु पर्ने आवश्यक्ता औल्याउदै उहाँले नयाँ संविधानले महिला, थारु, जनजाति, मधेसी लगायतका सवै जातजातिको अधिकार सुनिश्चित गरेको वताउनुभयो ।
नेता शाहले संविधानका वारेमा चलेका भ्रम चिर्न नेता कार्यकर्ता गाउँगाउँ जानु पर्ने आवश्यक्ता पनि औल्याउनुभयो । नगर अध्यक्ष पुक्कल कर्माचार्यको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला अध्यक्ष दीर्घ सोडारी, डा. दीपकप्रकाश भट्ट लगायतले वोल्नुभएको थियो ।
dainiknepal.com
वीरगञ्ज– संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले वीरगञ्ज नाका फेरि ठप्प पारेका छन् ।
आज बिहान वीरगन्ज नाकामा धर्नामा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई प्रहरीले बल प्रयोग गरेर तितरबितर पारेको थियो भने सो लगत्तै सीमानाका सञ्चालनमा आएको थियो । तर, मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गर्दै फेरि नाका कब्जामा लिएर धर्ना सुरु गरेका छन् । www.ratopati.com
धर्नाकारीबाट वीरगञ्ज क्षेत्रमा प्रदर्शन
वीरगन्ज : वीरगन्ज रक्सौल नाकाको दशगजा क्षेत्रमा रहेको मितेरी पुलमा ४० दिन देखि धर्ना दिएर बसेका आन्दोलनकारीहरुलाई हटाएपछि वीरगन्ज खुलेको छ । बिहान नौ बजे सम्म झण्डै तीन सय भारतीय खाली ट्रकहरु रक्सौल छिरिसकेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए।


धर्नामा बसेर नाकाबन्दी गरेका मधेशी मोर्चाका कार्यकर्तालाइ प्रहरीले सामेबार बिहान धपाएर नाका खुलाएको हो । प्रहरीले नाका खुलाए लगत्तै वीरगन्जमा ४० दिन देखि रोकिएर बसेका खाली भारतीय ट्रकहरु भारतको रक्सौल तर्फ जाने क्रम जारी रहेको छ।

बिहान नौ बजे सम्म झण्डै तीन सय भारतीय खाली ट्रकहरु रक्सौल छिरिसकेको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए  । अहिले पनि वीरगन्जबाट भारतीय ट्रकहरु रक्सौल जाने क्रममा जारी  छ।
वीरगन्जबाट भारतीय गाडीहरु रक्सौल छिर्ने क्रम जारी रहेपनि रक्सौलमा फसेका मालवाहक गाडीहरु भने वीरगन्ज छिरेका छैनन् । रक्सौलमा रोकिएका मालवाहक गाडीहरु पनि नेपाल छिराउने विषयमा भारतीय सुरक्षा अधिकारीहरुसंग छलफल  भइरहेको प्रहरी उपरिक्षक श्रेष्ठले बताए ।

'जसरी हामीले नेपालमा फसेका भारतीय गाडीलाइ सीमापारी पठाइदियौ , यस्तै उताका सुरक्षाकर्मीले पनि रक्सौलमा फसेका गाडी दगगजा क्षेत्र कटाइदिनु पर्छ , हामी ती गाडी ल्याउन तयार छौ , यस बारेमा भारतीय सुरक्षा अधिकारीहरुसँग हाम्रो छलफल भइरहेको छ, उनले भने ।

रक्सौल कस्टमका सुपरिटेन्डेन्ट अरुण कुमार रजतले रक्सौलमा फसेका नेपालका लागि मालसामान लिएर आएका गाडीहरु नेपाल पठाइने बताए । नाका खुलीसकेको छ , अब यता फसेका गाडी पनि नेपाल पठाइन्छ , उनले भने , वीरगन्ज बाहेकका अरु सबै नाका पहिले नै खुलीसकेको छ , यो नाका मात्रै बन्द गर्नुको कुनै अर्थ छैन ।
बिहान प्रदर्शनकारीहरु सुतेकै बेला करिब चार सयको संख्यामा आएका नेपाल प्रहरी र सशस्त्र प्रहरीले एक्कासी लाठी चार्ज गरेर धपाउनुका साथै धर्नास्थलमा टाँगिएको पाँच वटा टेन्ट कपडाको (समीयाना) र बाँस जलाइदिएको धर्नामा रहेका संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले बताए ।

प्रहरीले प्रदर्शनकारीको एउटा मोटरसाइकल र १२० थान मोबाइल फोन सेट पनि नियन्त्रणमा लिएर गएको नेपाल सदभावना पार्टीका केन्द्रिय सदस्य शीव पटेलले बताए । प्रहरीको लाठीचार्जबाट १० जना प्रदर्शनकारी घाइते पनि भएको संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य राज कुमार यादवले बताए ।

यस्तै प्रहरीले बिहान धर्ना स्थलबाटा दूइ जना भारतीय र तीन नेपाली गरि पाँच जना प्रदर्शनकारीलाइ नियन्त्रणमा लिएको छ । उनिहरुलाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको पर्साका प्रहरी उपरिक्षक राजुबाबु श्रेष्ठले बताए । बिहान प्रहरीले हस्तक्षेप गरेपछि धर्ना स्थलबाट हटेका मधेशी मोर्चाका नेता कार्यकर्ताहरु अहिले फेरि मितेरी पुलमा जम्मा हुन थालेका छन् ।

यसैबिच मितेरी पुलमा बिहान प्रहरीले प्रदर्शनकारी माथि दमन गरेर हटाएको भन्दै वीरगन्जमा धमेशी दलका कार्यकर्ताले बिहानै देखि प्रदर्शन शुरु गरेका छन् ।
उनिहरुले वीरगन्ज भन्सार क्षेत्र , छपकैया , विर्ता , आदर्शनगर , माइस्थान , नगवा , घण्टाघर , रानीघाट , श्रीपुर , मुर्ली , पावरहाउस चोक , पिपरा , गण्डक , परवानीपुर लगायतका स्थानमा बिहानै देखि टायर बालेर प्रदर्शन गर्दै सडक अवरुद्ध पारेका छन् ।संविधान निर्माण प्रति असन्तुष्ट मधेशी मोर्चाले गत असोज ७ गते देखि मितेरी पुलमा धर्ना दिएर वीरगन्ज रक्सौल नाका ठप्प पारेको थियो ।
annapurnapost.com
१६ कात्तिक, बीरगञ्ज ।

बीरगञ्जमा प्रहरीले बल प्रयोग गरेर नाकामा रहेको अवरोध हटाएपछि भारतीय पक्ष त्यहाँ रोकिएका ट्रक, कन्टेनर तथा ट्याङ्कर नेपाल पठाउन तयार देखिएको छ ।


नेपाली पक्षमा अवरोध नभए आफूहरुलाई गाडी पठाउन कुनै कठिनाइ नरहेको भारतीय भन्सारका अधिकारीहरुले बताएका छन् ।

नेपाली भूभागमा रोकिएका ट्रक भारतीय नाकामा पठाइएको छ भने भारतीय भूमिमा रोकिएका गाडि पनि नेपाल पठाउने तयारी भैरहेको अधिकारीहरुले बताएका छन् ।
विराटनगरः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चुनावी सभालाई सम्बोधन गर्न आज बिहान ११ बजे विराटनगर नाका नजिकै फारबिसगञ्ज आउँदै छन् । बिहार विधान सभाको अन्तिम चुनावी प्रचारका लागि उनी त्यहाँ आउन लागेका हुन् । फराबिसगन्ज विराटनगरबाट २४ किलोमिटर दक्षिणमा पर्छ ।

प्रधानमन्त्री मोदी नेपाल सीमा नजिकै आउने भएपछि सीमा नाकामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । भारतीय सीमा सशस्त्र सीमा सुरक्षा बलसहितका सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।


सीमा वारपार गर्ने मानिसको चेकजाँच गर्नुका साथै नेपालतिरबाट गाडी पठाउन रोक लगाइएको छ । जोगबनीदेखि नै सुरक्षाकर्मीले गस्ती बढाएका छन् । बिहार विधान सभाको चुनावी प्रचारको सोमबार अन्तिम दिन हो । त्यसपछि शुन्य समय शुरु हुनेछ । बिहारमा अन्तिम चरणको चुनाव नोभेम्बर ५ तारिखमा हुँदैछ ।

सुरक्षा निकायले पटनादेखि मुजफरपुरसम्मको क्षेत्रलाइ सुरक्षाघेरमा राखेको र कटिहारहितका क्षेत्रमा सुरक्षा निगरानी बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय पत्रकार बरुण मिश्राका अनुसार जोगबनीदेखि फारबिसगञ्जसम्मको क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिन्छ।

मधुवनीमा आइतबार भएको चुनावी सभामा प्रधानमन्त्री मोदीले बिहारमा तन्त्रमन्त्र र जंगलको राज अब सकिने उद्घोष गरेका थिए । उनले सम्मनुत बिहारको सपना अब साकार हुनेसमेत बताए ।

बिहारमा भारतीय जनता पार्टीलाइ जिताउन मोदी र उनको दल कम्मर कसेर लागेको छ । विराटनगर रानीस्थित सशस्त्र प्रहरी बलका अनुसार नेपाल र भारत जोगबनी नाकामा चेकजाँच कडा बनाइएको जनाएको छ ।
annapurnapost.com
काठमाडौं, १५ कात्तिक । नेपाली जनताले पेट्रोलियम पदार्थका कराण चरम सास्ती बेहोर्नु परेको झण्डै तीन महिना पुग्न थालेको छ ।
जनताको दैनिक मात्रै होइन मुलुकको अर्थ व्यवस्थासमेत नाजुक बन्दै गएको छ ।
तर पेट्रोलियम पदाथको एकाधिकार पाएको नेपाल आयल निगमका कर्मचारीहरू मधेस आन्दोलनलाई देखाएर कानमा तेल हालेर बसेका छन् ।
उनीहरूले भारतसँगको पेट्रोलियम पदार्थको सम्झौता कदापि तोड्ना चाहँदैनन् । निगमका कर्मचारीहरू नेपाली जनताले जति नै सास्ती वेहोर्नु परे पनि चीन वा अन्य छिमेकी मुलुकबाट पेट्रोलियम पदार्थ छिटो ल्याउने प्रक्रियामा छैनन् ।
यसो हुनुको कारण खोज्दै जाँदा निगमका कर्मचारीको ठूलो रहस्य दैनिकले नेपालले फेला परेको छ । आयल निगमले चीन वा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्दा निगमका कर्मचारी र तिनका छोराछोरी तथा पत्नीले पाउँदै आउने सेवा सुविधा कटौती हुने डरले अन्य कदम नउठाएको खुलेको हो ।
नेपाल आयल निगमका उच्च पदमा रहेका कर्मचारीका छोराछोरीले भारतीय पेट्रोलियम कर्पोरेशनको छात्रबृत्तिमा भारतमा अध्ययन गर्ने गरेको खुलेको छ ।
ती उच्च पदमा रहेका कर्मचारीका पत्नी र आफन्तहरू भारतीय आयल कर्पोरेशनको खर्चमा छ–छ महिनामा भारत घुम्न जाने गरेको पनि रहस्य खुलेको छ ।
आफूले पाउँदै आएको सुविधा गम्ने डरले नेपाल आयल निगमका कर्मचारीले चीन वा तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ ल्याउन चासो नदिएका हुन् । नेपाललाई चीनले पेट्रोलियम पदार्थमध्ये के चाहिएको छ भनेर सोधेको थियो ।
तर निगमका कर्मचारीले पेट्रोल दिनु भनेर पत्र पठाए । जबकी चीनसँग नेपालले पेट्रोलको साट्टा मट्टी तेल अनुदानमा पाएको भए पेट्रोलियम पदार्थको समस्या हट्ने थियो । निगमले मट्टी तेल मागेन । बरु सीमित व्यक्तिले प्रयोग गर्ने त्यो पनि पेट्रोल अनुदानमा माग गरेर जगत हसाएको छ ।
निगमका भ्रष्ट कर्मचारीको यो रवैया देखेर जानेबुझेको नेपाली जनताले आक्रोश व्यक्त गरेका छन् । उनीहरूले एमाले नेतृत्वको सरकारसँग आयल निगमका भ्रष्ट कर्मचारीलाई कारबाही गरी भारतसँगको पेट्रोलियम पदार्थको आधिपत्य अन्त्य गर्न माग गरेका छन् ।
निगमका कर्मचारीहरूका कारण चीनले अनुदानमा दिएको पेट्रोल पनि तोकिएको समयमा नेपाल भित्र सकेन । त्यसको प्रमुख दोषी चीन होइन । बरु नेपाल आयल निगमका भ्रष्ट कर्मचारी रहेको तथ्य खुलेको छ ।
निगमका कर्मचारीले भारतसँगको पेट्रोलियम पदार्थको सम्झौता नतोड्नका लागि चीनले दिने भनेको पेट्रल लिन विभिन्न बहानाबाजी बनाइ कागजपत्र बिगारेको रहस्य खुलेको छ ।
निगमका कर्मचारीले भारतले लगाएको नाकाबन्दीलाई सहयोग गरेको यथेस्ट प्रमाण दैनिक नेपाल डट कमले फेला पारेको छ । आवश्यक परेमा ती प्रमाणहरू सार्वजनिक गर्नेछ ।
नेपाल आयल निगमका यस्ता भ्रष्ट कर्मचारीलाई कारबाही गर्ने हिम्मत प्रधानमन्त्री केपी ओलीमा छ ? यो प्रश्न चौतर्फी रुपमा उठेको छ ।
dainiknepal.com
काठमाण्डु, १६ कात्तिक– सरकारले चीनको बाटो हुदैँ तेस्रो मुलुकबाट समेत इन्धन ल्याउने भएको छ । चीनबाट नेपाल इन्धन ल्याउने समझदारी गरी फर्केको टोलीले तेस्रो मुलुकको इन्धनसमेत चिनियाँ भूमिबाट ल्याउने सहमति गरेको एक अधिकारीले बताए । त्यसका लागि नेपालतर्फको सडक चौडा बनाउनुपर्ने सुझाव टोलीले
दिने भएको छ । टोलीले भ्रमणको विस्तृत प्रतिवेदन बुझाउने तयारी गरेकोे छ । टोलीका नेतृतव गरेका राजदूत महेश मास्के इन्धन बोकेको गाडी नेपालतर्फ पठाएपछि स्थलमार्ग हुदैँ नेपाल आइपुगेका छन् । टोलीले सोमबार राजनीतिक नेतृत्व, प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीलगायत सरोकारवालासँग विशेष छलफल गरेर इन्धन आयातको सम्भावनाबारे विस्तृत प्रतिवेदन बुझाउनेछ । टोलीले चीनबाट इन्धन ल्याउन कुनै समस्या नभएको बताउँदै त्यसका लागि नेपालतर्फको बाटोको तत्काल स्तरोन्नति गर्नुपर्ने बताएको छ । kathmandutoday.com
काठमाडौं, १६ कात्तिक । नेपाल–भारत दशगजा क्षेत्रमा टेन्ट टाँगेर नाकाबन्दीमा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्तालाई नेपाल प्रहरीले बल प्रयोग गरी हटाएको छ ।
आज बिहान करिव पाँच बजे ठूलो संख्यामा पुगेको प्रहरीले हस्तक्षेप गरी दशगजा क्षेत्रमा धर्नामा बसेका आन्दोलनकारीलाई हटाएको हो ।
धर्नामा बसेका आन्दोलनकारीले प्रहरीको प्रतिकार गर्न खोजेका थिए । तर प्रहरीले उनीहरूको प्रतिकारको वेवास्ता गर्दै टेन्ट हटाइ दिएर धर्नाकारीलाई भगाएको पर्सा प्रहरीले जनाएको छ ।
मधेसी मोर्चाले आफूहरूको शान्तिपूर्ण धर्नामा प्रहरीले हस्तक्षेप गरी आन्दोलनकारीलाई दशगजा क्षेत्रबाट हटाएको भन्दै विरोध गरेको छ ।
भारतीय एसएसबीले नेपालतर्फ रहेका भारतीय नम्वर प्लेटका झण्डै एक सय बढी सवारी साधनलाई भारत लगेको छ ।
नेपाली सुरक्षाकर्मीसँगको सहकार्यमा भारतले आफ्ना सवारी साधनलाई लगेको हो ।
लामो समयदेखि दशगजा क्षेत्रमा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्तालाई देखाएर भारतले नेपालमा अघोषित नाकाबन्दी लगाएको थियो ।
नाकाबन्दीका कारण नेपाली जनताले लामो समयदेखि सास्ती बेहोर्नु परेको छ ।
dainiknepal.com
काठमाडौं, १६ कात्तिक । उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले भारतले नाकाबन्दी नलगाइ पारबहन सन्धी मात्रै उल्लंघन गरेको आरोप लगाउनुभएको छ । उहाँले शब्द जे प्रयोग भए पनि भारतले नेपालमा नाकाबन्दी नलगाएको दाबी गर्नु भयो ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा उप्रधानमन्त्री थापाले भन्नुभयो, ‘तपाईहरूले जे शब्द प्रयोग गरे पनि अहिलेको आपूर्ति व्यवस्था असहज हुनु भनेको भारतले द्विपक्षीय पारबहन सन्धी उल्लंघन गरेको छ । यस विषयमा म अरु भन्न चाहँदैन । आपूर्ति व्यवस्था सहज हुन दिनुपर्छ ।’
राप्रपा नेपालका अध्यक्ष समेत रहनु भएका परराष्ट्रमन्त्री थापासँग भारतले गरेको यो नाकाबन्दी हो की होइन भन्ने पटक–पटक गरिएको प्रश्नको जवाफमा उहाँले भन्नुभयो, ‘तपाईले जे भने पनि म त्यो शब्द प्रयोग गर्ने पक्षमा छैन ।’
उहाँले मधेसी मोर्चाको आन्दोलनका सबै माग पूरा भएको दाबी गर्दै आन्दोलन फिर्ता लिन आग्रह गर्नु भयो ।
‘मधेसी मोर्चाले उठाएका अधिकांश माग पूरा भएका छन्’, उपप्रधानमन्त्री थापाले भन्नुभयो, ‘सिमाङ्कनको विषय राजनीतिक रहेकाले राजनीतिक रुपमै समाधान गर्नु पर्छ ।’
dainiknepal.com
भारतले संविधान जारी भएपछि नेपालमा लगाएको नाकाबन्दी नेपाल कब्जा गर्ने नियतले भएको आरोप नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लगाउनुभएको छ ।
रफत् सञ्चार क्लबले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै बिजुक्छेले भारतले नाकाबन्दी गरेर नेपाल कब्जा गर्न खोजेको बताउनुभएको हो ।
अध्यक्ष बिजुक्छेले भारतको नाकाबन्दी नेपालको संविधानमा हेरफेर गरेर नेपालको मुख्य पदमा भारतीयलाई पुर्याएर कब्जा गर्न खोजेको पनि बताउनुभयो । तराईलाई आफ्नो स्प्रिङबोर्डका रुपमा प्रयोग गरेर भारतले नेपालको सिंहदरबार कब्जा गर्न खोजेको उहाँको भनाइ थियो ।
बिगतका सहमतीको पालना हुन नसकेपछि नेपाली राजनीतिमा नयाँ समिकरण र नयाँ ध्रुबिकरण देखापरेको बताउँदै अध्यक्ष बिजुक्छेले नेपाली काँग्रेस अब प्रतिपक्षमै बसेर यो सरकारका गलत कामलाई रोक्दै र राम्रा कामलाई साथ दिए देशले परिवर्तनको महशुस गर्नेछ पनि बताउनुभयो ।
माले।, मशाले र मन्डलेहरु मिलेर सरकार बनाएकाले यो सरकारको पनि आयु लामो हुँदैन भन्दै अध्यक्ष बिजुक्छेले तराई अन्दोलनमा कामदार वर्गको भन्दा पनि तस्कर र कालाबजारियाहरुको बाहुल्यता रहेको बताउँदै मधेस आन्दोलनले कामदार वर्गको हित नहुने समेत बताउनुभयो ।
त्यस क्रममा उहाँले सरकारले चीनसँग अनुदानका रुपमा मात्र इन्धनको माग गरेर सीमित रहन नहुने बताउँदै उहाँले नेपालले न्यूनतम पाँच वर्षसम्मका लागि अर्को सम्झौता नगरे इन्धनको समस्या दीर्घकालीन रुपमा रहने बताउनुभयोे ।
नेपाली राजनीतिमा कम्युनिष्ट पार्टीको एकताको विषय हल्लामात्रै भएको भन्दै बिजुक्छेले यो राष्ट्रियतासँग जोडिएको तर राष्ट्रिय सरकारको एकतामात्र भएको दाबी गर्नुभयो ।www.nepaljapan.com
काठमाण्डु, १६ कात्तिक– राष्ट्र संघीय सुरक्षा परिषदको सोमबार संयुक्त राज्य अमेरिकामा बस्ने बैठकमा नेपालमाथि भारतले गरेको नाकाबन्दी तथा त्यसले पारेको प्रभावका बारेमा गम्भीर छलफल हुने भएको छ ।
सुरक्षा परिषदको बैठकमा भिटो प्राप्त देश चीन नेपालकै पक्षमा रहेकोले सोमबार(आज)को बैठकमा कुनै प्रकारको भिटोले भारतले नेपाली जनतामाथि गरेको मानवअधिकार हनन्को सम्बन्धमा छलफल हुनबाट रोकिने छैन । सुरक्षा परिषदको सोमबार अपराहन्ह ३ बजे बैठक बस्दैछ । सो बैठकमा नेपालसम्बन्धी विषयवस्तु नतोकिए पनि समग्र विषयमा वस्तुको रुपमा नेपालमा उत्पन्न समस्याको बारेमा छलफल हुने यसअघि नै सार्वजनिक भइसकेको छ । सुरक्षा परिषदको बैठकमा भारतले नेपाली जनतामाथि गरेको नाकाबन्दीको सम्बन्धमा चीन, रसिया, फ्रान्स लगायतका देशहरुले भारतलाई अप्ठ्ेरोमा पार्ने अनुमान गरिएको छ । भिटो अधिकार प्राप्त देशको रुपमा रहेको बेलायतले समेत भारतीय सरकारमाथि दबाब सिर्जना गर्ने विश्वास गरिएको छ । –जनसवाल दैनिकबाट kathmandutoday.com
वीरगन्ज : नेपाल प्रहरीले आन्दोलनकारीले कब्ज गरेको बीरगन्जको रक्शौल नाकाको दसगजा क्षेत्रमा धर्नाकारीलाई हटाएको छ ।

प्रहरीको टोलीले सोमबार बिहान दसगजा क्षेत्र खाली गरेको हो र डेढ महिनादेखि मधेसी मोर्चाका कार्यकर्ताले त्यहाँ बसेर धर्ना गरेका थिए । यसले गर्दा आप्ुर्ति ठप्प भएको थियो । दसगजामा आन्दोलन तथा धर्ना राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन तथा प्रचलन विपरीत मानिन्छ ।
annapurnapost.com
नयाँदिल्ली, १६ कात्तिक । बिहारका मुख्यमन्त्री नीतीश कुमारको तान्त्रिकसम्बन्धी भिडियोलाई लिएर विभिन्न खालका टिकाटिप्पणी गरेर आलोचित बनेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीपनि हात हेराउन ज्योतिषको शरणमा पुगेको रहस्य खुलेको छ ।
प्रधानमन्त्री मोदीले भारतका प्रसिद्घ ज्योतिषाचार्य बेजन दारूवालासँग हात देखाइ आफ्नो भविष्यबारेमा जानकारी लिएको समाचारमा जनाइएको छ । यस विषयमा ज्योतिषाचार्य बेजन दारुवालाले पनि पुष्टि गरेका छन् ।
मधेसी दलहरूको आडमा नेपालमा नाकाबन्दी लगाएर नेपाली जनतालाई मोदीले दुःख दिइरहेका छन् । मोदीको विवादास्पद गतिविधिका कारण नेपालमा मात्रै होइन भारतमा समेत विरोध हुँदै आएको छ ।
चौतर्फी विरोध हुन थालेपछि आफ्नो भविष्यलाई लिएर मोदी ज्योषिको शरणमा पुगेको भारतीय सञ्चारमाध्यमहरूले समाचार लेखेका छन् ।
बेजन दारूवालाले पनि प्रधानमन्त्री मोदीको हात हेर्दै गरेको तस्बिर सार्वजनिक गरेका छन् । तस्बिरमा भारतीय प्रधानमन्त्री मोदीले दारूवालालाई आफ्नो हात देखाएका छन् ।
बेजन दारूवालाले हिजो आइतबार भारतको इन्दौरमा एक कार्यक्रममा मोदीको हात देखाएको तस्बिर जारी गरेको समचारमा जनाइएको छ ।
dainiknepal.com
काठमाडौं, १६ कात्तिक । म्याच फिक्सिङको आरोपमा पक्राउ परेका खेलाडी तथा प्रशिक्षकको बयान सकिएको छ ।
बयान फेर्दै पाँचै जनाले म्याच फिक्सिङको संलग्नता अस्वीकार गरेका छन् ।
यसअघिको बयानमा उनीहरुले मिलेमतोमा खेलेको र त्यसवाफत पैसा लिएको बयान दिएको प्रहरी स्रोतले बतायो । तर लिखित बयानका क्रममा उनीहरुले पैसा लिएर पनि मिलेमतोमा नखेलेको बताएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
चिनजानका आधारमा विदेशी साथीहरुलाई आफूलाई रकम पठाएको उनीहरुले बताएका छन् । बुकीबाट पैसा लिएको कागजपत्रलाई प्रहरीले सबैभन्दा बलियो प्रमाण मानेको छ ।
dainiknepal.com
काँकडभिट्टा – नेपाल आउन नाका परिवर्तन गरेर पूर्व पुगेका मालबाहक कन्टेनरलाई पनि भारतीय सीमा सुरक्षा बलले रोकेको छ । मधेस आन्दोलनका कारण अन्य नाकाबाट आउन नसकेका कन्टेनर बाटो परिवर्तन गरेर काँकडभिट्टा हुँदै ल्याउन लागिएको थियो ।

मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीम अधिकारीका अनुसार बाटो तथा नाका परिवर्तन गरेर आएका मालबाहक कन्टेनरलाई समेत भारतीय सुरक्षा बल (एसएसबी)ले भारतपट्टि नै रोकेर राखेको छ । अधिकारीले करिब पाँच किलोमिटर लाममा रहेका मालवाहक सवारीसाधनको पछाडिपट्टी अन्यत्र नाकाबाट बाटो परिवर्तन गरेर ल्याइएका सामान रोकिएको बताए, आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

www.ratopati.com
सोमबार, १६ कार्तिक
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्यहरूले राज्यका प्रमुख पदमा पराजयबारे नेतृत्वसँग जवाफ मागेका छन् । उनीहरूले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख पद गुमाउनुको कारण शीर्ष तीन नेतृत्वसँग मागेका हुन् ।
राजनीतिक समीक्षा गर्न र १३औँ महाधिवेशनको तयारी समिति गठनको छलफलका लागि आइतबार केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा सदस्यहरूले पार्टीको यस्तो अवस्था आउनुको प्रस्ट कारण दिन माग गरेका थिए ।
तर, केन्द्रीय सदस्यहरूको प्रश्नको उत्तर नदिई सभापति सुशील कोइरालाले बैठकमा महाधिवेशनको एजेन्डा प्रस्तुत गर्न महामन्त्री कृष्णप्रसाद सिटौलालाई निर्देशन दिएका थिए ।
त्यसलगत्तै सिटौलाले विभिन्न तयारी समिति, संयोजक र सदस्यको नाम प्रस्ताव गरेका थिए ।महामन्त्री सिटौलाको प्रस्तावपछि अधिकांश केन्द्रीय सदस्यहरूले कांग्रेसले के गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख गुमायो भन्ने प्रश्न गर्दै सभापति कोइराला, नेता देउवा र उपसभापति पौडेलले लिखित जवाफ दिन माग गरेका थिए ।
बैठकमा केन्द्रीय सदस्य बालकृष्ण खाँण, डा. प्रकाशशरण महत, डा. रामशरण महत, गोपालमान श्रेष्ठ, शंकर भण्डारीसहितले शीर्ष नेताबाट लिखित–अलिखित प्रस्ताव आएपछि सदस्यलाई धारणा राख्न सहज हुने बताएका थिए । आजका ेनयाँ पत्रिकामा समाचार छ ।
www.nepalsandesh.com
नेपाली कांग्रेशका श्री ३ हरु भनेका श्री शुशील कोइराला, श्री शेरवहादुर देउवा र श्री रामचन्द्र पौडेल हुन् । कांग्रेशजन यी नेताहरुको टिमलाई नेता त्रय भन्ने गर्दछन् । तर अहिले यी नेताहरु नेता त्रय नभएर श्री ३ भएका छन् । यी नेताहरुले राम्रो गर्दा नेता त्रय भन्नु राम्रो हो तर नराम्रो गर्दा नेता त्रय होइन कि श्री ३ भन्नु नै सहि हो ।
अहिले यी नेताहरुले नराम्रो गरेकाछन् । नेपाली कांग्रेशको वर्तमान र भविश्यको लागि यी श्री ३हरुले गम्भीर गल्ति गरेकाछन् भन्ने सबै जसो कांग्रेशजनको भनाई रहेको छ ।
पहिलो गल्ति ः प्रधानमन्त्रीमा शुशील कोइराला उठ्नु । यसवाट एमाले र एमाओवादी संगको भद्र सहमति तोडेर अविश्वासको वातावरण वनाइएको र संविधान जारी गर्दा पाइएको जनसमर्थन गुम्न शुरु भएको विश्लेषण धेरै कांग्रेशजनको छ । यसकै परिणाम स्वरुप राष्ट्रपति आफ्नो हातवाट गुम्न पुगेको, संयुक्त सरकार वनाएर सत्ताका महत्वपूर्ण मन्त्रालयहरु लिने अवसर पनि गुमेको र अवका दिनमा अरु सत्ताका अंगहरुमा पनि आफ्ना मान्छेहरु गुमाउँदै जान पर्ने सम्भावना देखा परेको उनीहरुको विश्लेषण छ ।
दोश्रो गल्ति ः शक्ति केन्द्रको आश र त्रासको जालमा फँस्नु । प्रधानमन्त्रीमा कोइरालाको उम्मेदवारी भारतको इशारामा भएको विश्वास गर्छन् वहुसंख्यक कांग्रेशजनहरु । यसले नेपाली कांग्रेशलाई थप वदनाम गराएको र यसले पछिका दिनमा पनि कांग्रेशको स्वाधीन निर्णय क्षमता गुम्न पुग्ने आसंका उनीहरुको छ ।
तेश्रो गल्ति ः यी श्री ३हरु मिलेर व्यवस्थित ढंगले प्रधानमन्त्रीको चुनाव लडेको भए जितिने सम्भावना थियो तर कांग्रेशका श्री ३हरुले यसो नगरि एकले अरुलाई लडाउने खेल खेलेकोले चुनाव हारेको कांग्रेशजनको भनाई छ । चुनावै लड्ने मन भएको भए यी श्री ३हरु एकतावद्ध भएर समय मै उम्मेदवार घोषणा गरि राम्रो तयारी साथ लागेको भए चुनाव जितिने सम्भावना थियो भन्ने पनि धेरै कांग्रेशजनको भनाई छ ।
उपरोक्त गल्तिहरुको अलावा यी श्री ३हरुको आपसी झगडा र गुटवन्दीले गर्दा नेपाली कांग्रेशको शक्ति कमजोर हुँदै गएको सबै कांग्रेशजनको मत रहेको छ । कोइरालाको गुट र देउवाको गुट नै कांग्रेशका दुई मुख्य शक्तिशाली गुटहरु हुन् । पौडेलको गुट सानो भैकनपनि यी दुई गुट विचको झगडामा पौडेल जता लाग्यो उतै जित्ने सम्भावना भएकोले खास मौकामा निर्णायक मानिन्छ । कतिपयले यसलाई अस्वीकार गरेतापनि कोइराला र देउवा उनलाई आफ्नो पक्षमा तान्न कोशिस छोड्दैनन् ।
आगामी दिनहरुमा कांग्रेशका लागि कठिन दिनहरु आउँदैछन् । देशका दुई ठुला कम्युनिष्ट दलहरु एमाले र एमाओवादी विचको कस्सिंदै गरेको लगन गाँठो बलियो वन्दै गरेको देखिन थालेकोले कांग्रेशका श्री ३हरु अलि चिन्तित देखिन थालेको वताइन्छ । यो चिन्ता गैर कम्युनिष्ट देशहरुका शासकहरु विच पनि चर्चा हुन थालेको वताइन्छ । तसर्थ कांग्रेशका विदेशी मित्रहरुले यी श्री ३हरुलाई मिलेर एकतावद्ध भई काम गर्न सुझाव दिन थालेको वताइन्छ ।
नेपाली कांग्रेशका यी श्री ३हरुले धैर्य गरेर सशक्त प्रतिपक्षको भूमिका खेल्दै मधेशवादी दलहरुलाई मूलधारमा ल्याउने कामको नेतृत्व गर्ने र सत्ता पक्षको गल्ति कमजोरीको जनतामा राम्रो भण्डाफोर गरेर फाईदा उठाउँदै आगामी केही महिना भित्र नै राप्रपा नेपाल र फोरम लोकतान्त्रिकलाई आफ्नो पक्षमा ल्याएर नयाँ सरकार आफ्नै नेतृत्वमा वनाउन कांग्रेशका किंग मेकरहरुले यी श्री ३हरुलाई सल्लाह दिइरहेको वताइन्छ । यदि यसको उल्टो भएमा कांग्रेशको ओरालो लाग्ने क्रम आगामी दिनहरुमा कसैले रोक्न नसक्ने कांग्रेशजनहरु वताउन थालेकाछन् ।
www.nepalsandesh.com
हेल्लो शुभ बिहानी सबैलाई  आज वि.सं. २०७२ साल कात्तिक १६ गते। सोमबार। इश्वी सन् २०१५ नोभेम्बर २ तारिख। नेपाल संवत् ११३५ कौला गा। कार्तिक कृष्णपक्ष। तिथि– षष्ठी, ९:२१ बजेउप्रान्त सप्तमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। साँझदेखि परिस्थितिअनुसार चल्न नसक्ता समस्या आउन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्नेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काम सुरु गर्ने अवसर जुट्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। परिस्थितिअनुसार चल्न नसक्दा केही मौका गुमाउनुपर्ला। टाढिएका आफन्तको यादले पिरोल्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerखर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्ने र फाइदा कममात्र हुने समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट थोरै लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। पुरस्कारका नाउँमा ठगीमा परिने सम्भावना छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त लाभ मिल्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकेही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रम गर्दा न्यून सफलता मिल्ने समय छ। आँटेको काम पूरा नभए पनि मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने मौका छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। साँझदेखि काम बिग्रने भयले सताउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornव्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। साँझदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। पारिवारिक विवादले खिन्न बनाए पनि दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusविविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। साँझदेखि अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बिस्तारै काम बन्नेछन्। लगनशीलताले व्यवसायमा राम्रै फाइदा दिलाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesविगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्यमा समस्या आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।

 जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवामा फेरि निषेधित क्षेत्र घोषणा गरेको छ । कार्यालयले आज साँझ ६ बजेदेखि आगामी कात्तिक २० गते साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको जनाएको छ ।
प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँच जनाभन्दा बढी मान्छे हिँड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आज विज्ञप्ति जारी गर्दै भैरहवाको पूर्वमा वसन्तपुर गाविसको बाइपास सडक, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायादेवी चोक, उत्तरमा नेपाल विद्युत् प्राधिकरणको कार्यालय र दक्षिणमा भैरहवा भन्सार कार्यालयको मूलढाटसम्म तथा सिद्धार्थराजमार्गको ३०० मिटर वरपरसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ । जिल्लामा अनियन्त्रित व्यक्ति समूहबाट हिंसात्मक वा बिध्वंसात्मक कार्य गरी सार्वजनिक तथा निजीसाधनको तोडफोड गरी हुलदङ्गा एवम् अशान्ति हुनुका साथै अराजकस्थिति उत्पन्न भई शान्ति भङ्ग हुने परिस्थिति देखिएकाले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ ९३ क बमोजिम ती क्षेत्र र स्थानमा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारीबाट हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । प्रशासनले निषेधित क्षेत्र घोषणा गरे पनि यातायात, पसल, बजार भने सहजरुपमा सञ्चालन गर्न पाइने प्रजिअ ढकालले जानकारी दिए । www.etajakhabar.com
नेपालीको महान् चाड तिहार नजिकिँदै गर्दा चाडबाडको समयमा हुन सक्ने घटनालाई मध्यनजर राख्दै इलाका प्रहरी कार्यालय मेलम्चीले सुरक्षा व्यवस्थामा थप कडाइ गरेको छ ।

चाडबाडको समयमा हुनसक्ने चोरी, डकैती र चाडबाडको समयमा अत्यधिक मादकपदार्थ सेवन गर्ने व्यक्तिबाट घट्न सक्ने अप्रत्यासित घटनालाई मध्यनजर राखी इलाका प्रहरी कार्यालय मेलम्चीले थप गस्ती खटाएको र सुरक्षा व्यवस्थामा थप कडाइ गरेको प्रहरी निरीक्षक चन्द्र थापाले बताए।



तिहारलाई आधार मानी सरकारद्वारा बन्देज लगाइएका विभिन्न किसिमका पटका, भुइँचम्पाजस्ता सामग्री भित्रन नदिन प्रहरीले गर्दै आएको जाँचमा पनि थप कडाइ गरेको छ ।

अन्य बेलाको तुलनामा भन्दा चाडबाडको समयमा यात्रुको चाप निकै बढी हुनेहुँदा यस्तो समयमा बसभित्र हुनसक्ने चोरी डकैती आदि घटनाका बारेमा प्रहरीलाई जानकारी गराउनका लागि प्रत्येक गाडीमा चालक र सहचालकलाई प्रशिक्षणसमेत दिएको निरीक्षक थापाको भनाइ छ ।

चाडबाडको समयमा आफू सुरक्षित साथ हिँड्न र कुनै अप्रिय घटना हुँदा वा खराब नियतका व्यक्तिमाथि आफूलाई शङ्का लागेमा वा कुनै अप्ठ्यारो परिस्थिति आउनासाथ तत्काल प्रहरीलाई खबर गर्न इलाका प्रहरी कार्यालय मेलम्चीले अपिल गरेको छ । रासस  nepaliheadlines.com
काठमाडौं । इन्धन संकट टार्नकालागि भन्दै चीनबाट पेट्रोल ल्याउने तयारी गरेको आयल निगमको कमजोरीका कारण नेपाली ट्यांकर रसुवागढी नाकामा अल्झीउको थियो ।
तर, निगमले ढिलागरि तीन करोड ६४ लाख धरौटी राजश्व बुझाएपछि १२ ट्यांकर पेट्रोल काठमाडौं हिडेको हो । चीनबाट अनुदानको तेल लिएर आएका १२ वटा ट्यांकर रसुवागढी भन्सारमा आवश्यक रकम नतिरेकै कारण रोकिएका थिए ।
तीन ट्यांकर हिजै र अन्य ९ वटा ट्यांकर पनि आज अबेर टिमुरे आइपुगेका थिए । १२ वटै ट्यांकरको राजश्व तिर्न ढिलाई भएको थियो ।
नेपाल आयल निगमले तेलको भन्सार रकम तिर्न नपर्ने भन्दै ट्यांकर छाड्न अनुमति मागेको थियो । निगमले अनुदानको तेलमा भन्सार नलाग्ने तर्क गरेको थियो ।
तर, रसुवागढी भन्सार कार्यालयले यतीकै छाड्न नमिल्ने बताएपछि तेल रोकीएको थियो । निगमका निमित्त निर्देशक नागेन्द्र साहले राजश्व तिर्न ढिलाई भएकाले नेपाल आएका इन्धन केहीबेर रोकीएको बताए ।
www.nepalsandesh.com
काठमाडौं, १५ कात्तिक । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आजको वार्ता पनि विना निष्कर्ष टुङ्गिएको छ ।
संघीय समाजवादी फोरमको कार्यालय तीनकुनेमा भएको वार्तामा सरकारी टोलीले मोर्चाको माग पुरा गर्ने प्रतिबद्धता जनाएको छ । वार्ता टोलीका संयोजक एवं उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले मधेसी मोर्चाको मूख्य माग सीमाकंन टुङ्गयाउन सरकारले दुई प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो- ‘मधेसी मोर्चाका साथीहरुसँग सीमाकंनको माग राजनीतिक सहमतिबाट टुङ्गो लगाएर संवैधानिक प्रक्रियाबाट टुङ्गयाउने प्रतिबद्धता जनाएका छौं । र त्यसका लागि आजैदेखि गृहकार्य गरेर छिट्टै अर्काे वार्तामा सहमतिमा पुग्छौं ।’
सरकारका तर्फबाट माग पुरा गर्ने प्रतिबद्धता आएपनि मधेसी मोर्चाले आन्दोलन फिर्ता नलिने जनाएको छ । मोर्चा वार्ता टोलीका सदस्य लालबाबु राउतले आजको वार्ता सकारात्मक भएको र सरकारबाट मोर्चाका मागहरु स्वीकार गरी प्रतिबद्धता जनाएको बताउनुभयो । तर, मोर्चाका मागहरुलाई राजनीतिक संवैधानिक रुपमा नगरेसम्म आन्दोलन फिर्ता नहुने उहाँको भनाई छ ।
dainiknepal.com
लुम्बिनी (रुपन्देही), १५ कात्तिक । भारतको रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट रुपन्देहीको वेलहिया नाकाबाट नेपाल भित्रिएका छन् । रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट वीरगन्जबाट भित्रिन नसकेपछि ‘रि–रुट’ अनुमति लिएर भैरहवाको वेलहिया नाकाबाट भित्र्याइएको हो ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वीरगन्ज नाकामा अवरोध जारी राखेका कारण रुट बदलेर ग्यास बुलेट नेपाल भित्र्याइएको आयाल निगमले जनाएको छ । अवरोधका कारण विगत एक महिनाभन्दा बढी दिनदेखि ग्यासका बुलेट भारतको रक्सौल नाकामा रोकिएका थिए ।
भारतको रक्सौल नाकामा रोकिएका ग्यासका बुलेट रि–रुट अनुमति लिएर भैरहवा नाकाबाट नेपाल प्रवेश गरेको नेपाल आयल निगमका पश्चिमाञ्चल क्षेत्रीय कार्यालय भलवारी डिपोका प्रमुख दिनेश यादवले बताउनुभयो ।
“रक्सौल नाकामा रोकिएका कतिवटा ग्यासका बुलेट यस नाकाबाट भित्रिने हो, त्यो मलाई थाहा भएन तर रक्सौल नाकाबाट रि–रुट अनुमति लिएका १५ वटा ग्यासका बुलेट भैरहवा नाकाबाट नेपाल प्रवेश गरिसकेका छन्”, डिपोका प्रमुख यादवले भन्नुभयो ।
आज साँझसम्म यस नाकाबाट २५ वटा ग्यासका बुलेट नेपालमा भित्रिने सम्भावना रहेको उहाँले बताउनुभयो । रुपन्देहीको वेलहियाबाट ग्यासका बुलेटबाहेक इन्धन, खाद्यान्न, मेसिनरी र उद्योगका कच्चापदार्थ बोकेका गाडी पनि धमाधम नेपाल भित्रिरहेका भैरहवा भन्सार कार्यालयले जनाएको छ । रासस
dainiknepal.com
आइतबार, १५ कार्तिक
लहान । लामो समयदेखि मधेशमा आमहड्ताल जारी रहे पनि सरकार कानमा तेल हालेर सुतेको आरोप लगाउदै सिरहा सहित मधेशमा जारी आन्दोलनलाई सशक्त बनाउने तयारी गरिएको छ ।
राजेन्द्र महतो नेतृत्बवको सदभाबना पार्टी जिल्ला कार्य समिति सिरहाले अन्तरक्रिया कार्यक्रम गरी आन्दोलनलाई अझ कडा बनाउनेमा जोड दिएको हो ।
सिरहाको गोलबजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताले सरकारको रबैया प्रति कडा आक्रोश प्रकट गरेका थिए । कार्यक्रममा नेतृ रेणु शर्माले सिमा नाकामा कडाई गरि काडमाडौमा दानापानी बन्द गर्ने चेताबनी दिइन् ।
मधेशको जायज माँग सम्बोधन गर्नमा सरकार कुनै कदम नचालेको आरोप लगाउदै मन्त्री भागबन्डामा ब्यस्त देखिएको भन्दै शर्मा आक्रोश ब्यक्त गरे ।
त्यस्तै पार्टीका केन्द्रिय सदस्य रोहित महतोले लामो समय देखि मधेश अंधकारमा रहेको बेला सरकारले दिपाबली र भोज भतेरमा लागि मधेशीलाई पछाडी गर्न खोजेको आरोप लगाए ।
www.nepalsandesh.com
एजेन्सी । प्रविधिको विकाससँगै आएको सामाजिक सञ्जाल फेसबुकले एक युवतीको ज्यान लिएको छ ।
मुम्बईको मीरा रोड इलाकामा एक युवतीले फेसबुककै कारण ज्यान गुमाएकी हुन् । फेसबुकमा आफूविरुद्ध लेखिएको कमेन्ट सहन नसकेर उनले आत्महत्या गरेकी हुन् । आज भन्दा ९ दिन पहिला मुम्बईको सा‘लिटायर सोसाइटीको छतबाट हाम फालेर ती युवतीले आत्महत्या गरेकी हुन् ।
ती युवतीको फेसबुक प्रोफाइलमा आएका जथाभावी कमेन्टलाई सहन नसकेर उनी आत्महत्या गर्न बाध्य भएकी हुन् । कमेन्ट गरेर आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले कौशल देव मुरारी नामका एक युवकलाई पक्राउ गरेको छ । मुम्बईमै बस्दै आएका १९ वर्षीय कौशलमाथि आरोप छ कि मृतक युवतीको फेसबुक प्रोफाइलमा उनी जथाभावी कमेन्ट गर्थे ।
मृतक युवतीका परिवारका सदस्य भन्छन्– ‘हामीहरुले पहिला पनि आरोपी कौशल देव मुरारीविरुद्ध प्रहरी चौकीमा फेसबुकबाट जिस्काएको आरोपमा मुद्दा दर्ता गरेका थियौं । त्यसपछि कौशलका आमा बुबालाई चौकीमा ल्याएर सम्झाएर पठाइएको थियो । तर फेरि पनि जिस्क्याउन थालेपछि हामीले छोरी गुमायौं ।’
dainiknepal.com
रौतहट : नेपालको सीमानासँगैको भारतको बिहार राज्यमा आइतबार हुने विधानसभा चुनाव कारण रौतहट, सर्लाही र बारामा पर्ने  सीमानाकाहरु शनिवारदेखि २४ घण्टाका लागि बन्द गरिएको छ ।

बिहार राज्यका ७ वटा जिल्लामा आइतबार चौथो चरणको चुनाव भैरहेको छ ।भारतको पुर्वी चम्पारण, पस्चिम चम्पारण, शिवहर, सितामढी, मुजाफरपुर लगाएतको स्थानहरुमा हुने चुनावको शान्तिसुरक्षालाई मध्यनजर गर्दै भारतीय सुरक्षानिकायले सीमानाकाबाट आवतजावतमा रोक लगाएको हो ।

भारतीय सुरक्षाकर्मीले विधानसभा चुनावका लागि सीमाक्षेत्रमा सुरक्षास्थिति राम्रो बनाउन सहयोग मागेकाले सुरक्षा समितिको बैठक राखेर सीमानामा सुरक्षा निगरानी बढाएको रौतहटका प्रमुख जिल्ला अधिकारी नरहरि बरालले जानकारी दिए ।

 शनिवार साँझ ५ बजे देखि आइतबार साँझ ५ बजे सम्म २४ घण्टा नेपाल भारतको सिमा नाका बन्द हुने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

निर्वाचन सकिएपछि आइतवार साँझ बाट सीमाना पुनः खुल्ला गरिने बताइएको छ ।
annapurnapost.com
आइतबार, १५ कार्तिक
मन्त्रालयमा सङ्घीय एकाइ गठन गर्न सुझाव
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक प्रशासनलाई जनमुखी, नतिजामुखी र व्यावहारिक बनाई जनतालाई केन्द्रबिन्दुमा राखेर सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिको प्रतिवेदन आज ग्रहण गर्दै उनले भने, “सार्वजनिक प्रशासनमा संलग्न कर्मचारीले दलीय आडमा काम नगर्ने प्रवृत्ति त्यागेर नियमित अनिवार्य रुपमा न्यूनतम आठ घन्टा परिणाम देखिने गरी काम गरेको हुनुपर्छ ।”
हडताल, तालाबन्दी जस्ता कार्य कहीँ कतैबाट गर्न आवश्यक नभएको बताउँदै प्रधानमन्त्री ओलीले ढिलासुस्ती अन्त्य गरी परिवर्तनको अनुभूति दिने गरी कार्य गर्न गराउन नेपाल सरकारका सचिवहरुलाई निर्देशन पनि दिए ।
सरुवा र बढुवा स्वच्छ र वस्तुगत हुन, कर्मचारीलाई काम तोकेर जिम्मेवारी दिने व्यवस्था गर्न, एकद्वार प्रणालीबाट सेवा प्रवाह गर्ने व्यवस्था गर्न र समयमै विकास निर्माणका निम्ति बजेट निकासा गर्न समेत प्रधानमन्त्री ओलीले निर्देशन दिए ।
जनतालाई सुविधा दिने उद्देश्यले कानुन बनाउनुपर्ने, राज्यको कामकारबाही निष्पक्ष र तटस्थ हुन कर्मचारीले त्यस्ता निकायमा राजनीतिकरण गर्न नहुने विचार उनले व्यक्त गरे ।
उच्चस्तरीय प्रशासन सुधार अनुगमन समितिका अध्यक्ष काशीराज दाहालले प्रशासन सुधार कार्यान्वयन प्रतिवेदन पेस गर्दै सङ्घीय व्यवस्थालाई व्यवहारमा रुपान्तरण गर्न मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गरी कार्ययोजनाबमोजिम कानुनको निर्माण गर्ने, मन्त्रालयमा सङ्घीय एकाइ गठन गर्ने, विशेष बोर्ड वा विशेष संयन्त्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारीको समायोजन गर्नुपर्नेमा जोड दिए ।
उनले प्रदेश संरचना खडा नभएसम्म प्रत्येक प्रदेशमा सेवा प्रवाहको व्यवस्थापन गर्न नेपाल सरकारको विशिष्ट श्रेणीको अधिकृतको संयोजकत्वमा एउटा विशेष समिति गठन गरी कार्य सम्पादनको बन्दोबस्त मिलाउनुपर्ने गरी विभिन्न सुझाव राखे ।
सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न गराउन निर्दे शनसहित कामु मुख्यसचिव नारायणगोपाल मलेगोलाई प्रतिवेदन हस्तान्तरण गरे ।
राज्यबाट प्रवाह गरिने सेवा प्रवाहलाई चुस्त र प्रभावकारी, जनतामैत्री एवम् परिणाममुखी बनाउन विद्यमान कानुन, नीति र संरचनामा गर्नुपर्ने सुधारका सम्बन्धमा उचचस्तरीय प्रशासन सुधार समितिले प्रतिवेदन तयार गरी सरकार समक्ष पेस गरेको थियो ।
सरकारको निर्णयअनुरुप उक्त प्रतिवेदन सिफारिस कार्यान्वयन गर्ने सम्बन्धमा केही महत्वपूर्ण विषय राजनीतिक तहबाट नै निर्णय हुनुपर्ने निष्कर्षका साथ समितिले प्रधानमन्त्री समक्ष सङ्क्षिप्त प्रतिवेदन पेस गरेको हो ।
मन्त्रालयमा सङ्घीय एकाइ गठन गर्न सुझाव
सो प्रतिवेदनमा नयाँ संविधानबमोजिम सङ्घीय व्यवस्थालाई व्यवहारमा रुपान्तरण गर्न सङ्क्रमणकालीन व्यवस्थापनका निम्ति मन्त्रिपरिषद्बाट निश्चित कार्ययोजना स्वीकृत गरी त्यसअनुसार विद्यमान कानुनको पुनरवलोकन गर्ने, नयाँ कानुन निर्माण गर्ने र मन्त्रालयमा सङ्घीय एकाइ गठन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
मन्त्रालयको संगठन संरचना र कार्यक्षेत्रका कतिपय विषय अमिल्दा देखिएको सन्दर्भमा प्रशासन सुधार सुझाव समितिको प्रतिवेदनअनुसार मन्त्रालयको सङ्ख्या सहित विद्यमान सङ्गठन संरचनामा पुनरवलोकन गर्ने र प्रतिवेदनले सिफारिस गरे अनुरुप क्षेत्रीय कार्यालय र अन्य कतिपय निकाय खारेज गर्नुपर्ने सुझाव प्रतिवेदनमा दिइएको छ ।
स्थानीय सेवा प्रवाह चुस्त र प्रभावकारी बनाउन स्थानीय निकायको निर्वाचन यथाशीघ्र गर्न, निजामती सेवामा कर्मचारी ट्रेड युनियनसम्बन्धी विद्यमान व्यवस्थामा पुनरवलोकन गर्न, सेवा प्रवाहलाई सहज र जनतामा पहुँचयोग्य बनाउन अत्यावश्यक सेवा एउटै स्थानबाट उपलब्ध हुने गरी एकीकृत सेवा प्रणालीको विकास र विस्तार गर्न, भूकम्प प्रवाहित क्षेत्रमा एकीकृत बस्ती विकास कार्यक्रम लागू गर्न प्रतिवेदनमा सरकारको ध्यानाकर्षण गरिएको छ ।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिबाट तयार गरिएको चुस्त र प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा उच्चपदस्थ कर्मचारीबाट व्यक्त पच्चीसबुँदे प्रतिबद्धतालाई कानुनी मान्यता प्रदान गरी त्यसको अनुगमनको प्रभावकारी व्यवस्था गर्ने र राष्ट्रिय सुरक्षा, परराष्ट्रलगायत क्षेत्रमा राष्ट्रिय नीति तर्जुमा गरी लागू गर्ने कुरा प्रतिवेदनमा सिफारिस गरिएको छ ।
www.nepalsandesh.com
मुगु : बुढा बाबुआमाको हेरचाह गर्दै आफ्नो दुःख सुखको साथी बन्लान् भन्ने आशमा ६ वर्षअघि घर ज्वाइँ बनाइएका मुगुका एक पुरुषले सौता लिएर भागेपछि न्याय पाउन एक महिला देउताको शरणमा पुगेकी छन् ।

नार्थबु गाविस–३ जवलधारा निवासी २७ वर्षीय जयराज शाहीलाई छ वर्षअघि रारा गाविस–१ गिलाहा गाउँकी २४ वर्षीया करुणा बमसँग बिहे गराइदिएर उनका बाबु आमाले घर ज्वाइँका रुपमा भित्राएका थिए ।


तीन बच्चाका बाबु जयराजले कालै गाविस–६ जोगीबाडाकी नानी भाउ बिटालुलाई जेठमा भगाएर तीन छोराछोरीसहित आफूलाई अलपत्र पारी आफूलाई विश्वासघात गरेको भन्दै न्यायका लागि नाबालक बच्चा वृद्ध बाबुआमासहित घाँटीमा दाम्लो बाँधेर कुल देउताको शरणमा पुगेकी हुन् ।

आफूमाथि सौता हालेको भन्दै सम्बन्धबिच्छेद र मानाचामल भराइदिन भन्दै पीडितले ०७२ साउन २९ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेकी थिइन् ।

अदालती प्रक्रिया ढिलो भएर न्याय पाउन नसकेपछि भन्दै रारा गाविस–१ स्थित आफनो कुल देउता विजयीको मन्दिरमा न्याय माग्दै कोजाग्रत पुर्णिमाका दिन  मुखमा खरानी घसेर छ वर्षकी छोरी तथा २ वर्षका छोराका र वृद्ध बाबुआमासहित आफनो घाँटीमा बाबियको दाम्लो बाँधी उनी कुल देउताको शरणमा पुगेकी छिमेकी धर्मराज शाहीले बताएका छन् ।

आफू अन्यायमा परेपछि यहाँका बासिन्दा कानुनी निकाय भन्दा कुल देउताको शरणमा पुग्ने गरेका छन् । कुल देउताले न्याय दिने विश्वास अनुसार अन्यायमा परेकाले देउताको शरणमा पुगेपछि ढिलै भएपनि न्याय दिने विश्वास यहाँका बासिन्दाको छ ।

दुई दिदीहरुको विवाह भएपछि छ वर्ष अघि वृद्ध बाबुआमालाई हेरचाह गर्ने विश्वासले घर ज्वाइँ बनाइएका जयराजले छिमेकी गाविसकी दलित युवतीलाई भगाएर धोका दिँदा यी परिवार देउताको शरणमा पुगेका हुन् ।

ज्वाइँले धोका दिएकाले देउताले केही गर्ने विश्वसाले उनीहरु कुल देउताको शरणमा पुग्न बाध्य भएको धामी गोरा रावलले बताएका छन् ।

जिल्लाभरका प्रख्यात देउताहरुमध्ये रारा गाविसको रुमा बिजयी, भिई गाविस गुरा र रुगा गाविसको थार्पा मष्टालाई कानुन निकाय बराबर गाउँलेले मान्ने गरेकाले आफूलाई अफ्ठेरो पर्दा गाउँलेले देउतालाई भाकल गर्ने गरेको पाइन्छ ।
annapurnapost.com
काठमाडौं – तराई–मधेशमा केन्द्रित दलका नेताहरुले आन्दोलन र नाकाबन्दीका विषयमा अन्तराष्ट्रिय समुदायलाई विफ्रिङ गर्ने भएका छन् । मोर्चाको आजको वैठकले विभिन्न देशका राजदूतहरुलाई मधेशको आन्दोलन र नाकाबन्दीका विषयमा विफ्रिङ गर्ने निर्णय गरेका हुन ।


मोर्चामा आबद्ध चार दलका अध्यक्षले अन्तराष्ट्रिय समुदायलाई जानकारी गराउने निर्णय भएको हो । त्यसैगरि मोर्चाले रक्सौल र विराटनगर नाकाबाहेक अन्य नाका खुला देखिएको निश्कर्ष निकाल्दै त्यहाँ पनि कडाईका साथ भन्सारमा अवरोध गर्ने निर्णय गरेको छ ।
त्यसबाहेक मोर्चाले कार्तिक २१ गते विरोधसभा गर्ने निर्णय गरेको छ । आन्दोललनका क्रमको तराई मधेशका किसान, व्यापारीको ऋण मिनाहा गर्न पनि मोर्चाले माग गरेको छ । मोर्चाले जनताको अध्यावश्यक आबश्यकता हेरेर बन्दमा खुकुलो बनाउने निर्णय पनि लिएको छ । मोर्चाले आजै साँझ निर्णयवारे पे्रसमिट गर्दैछ ।

www.ratopati.com
काठमाडौ । नयाँ सरकार गठनका बेला भएको भद्र सहमति तोड्दै नेकपा एमालेले स्थानीय विकास मन्त्रालय आफुसँगै राख्न खोजेपछि राप्रपा नेपालले सरकार छाड्ने धम्की दिएको छ ।
राप्रपा नेपालले स्थानीय विकास मन्त्रालय नपाए सरकार छाड्ने धम्की दिएको हो । सरकार गठनका बेला समर्थन लिनकालागि गरिएको भद्र सहमति तोडे आफुहरु पनि सरकार छाड्ने राप्रपा नेपालका एक नेताले बताए ।
उनका अनुसार राप्रपा नेपालले परराष्ट्र, स्थानीय विकास र अर्को कुनै एक मन्त्रालय लिने र एक जना राज्यमन्त्री राख्ने सहमति भएको थियो ।
स्थानीय निकायको निर्वाचन हुने र देश संघीयतामा जाँदा स्थानीय विकास मन्त्रालयको भुमिका महत्वपुर्ण हुने भएकाले राप्रपा नेपालले उक्त मन्त्रालयको दाबी गरेको हो ।
राप्रपा नेपालले स्थानीय विकास मन्त्रीमा पार्टीका प्रमुख सचेतक दिलनाथ गिरीलाई पठाउने तयारी गरेको छ ।
www.nepalsandesh.com
काठमाडौं, १५ कात्तिक । नेपालमा अघोषित नाकाबन्दी गरी निकै आलोचना खेपिरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमै अर्काे धक्का खाएका छन् ।
नेपालको मधेससँग जोडिएको भारतको बिहार राज्यमा भइरहेको निर्वाचनका क्रममा मोदीले धक्का आएका हुन् । निर्वाचनमा नितिशकुमारको जनता दल यूनाइटेड (जेडियू)सहितको मोर्चा र मोदीको एक्लो भारतीय जनता पार्टी प्रतिस्पर्धामा छ ।
सोही निर्वाचनमा बीजेपीको प्रचारप्रसारका लागि भाग लिन नेपालको मधेससँग जोडिएको भारतको विहार राज्य आएका मोदी मैदानबाटै गायब भएका छन् । बीजेपीले आयोजना गरेको सभामा अपेक्षा गरिएअनुसार जनसहभागिता नभएपछि प्रचार प्रसारको मैदानबाट मोदी दिल्ली गएका हुन् ।
उक्त समयमा प्रतिस्पर्धी गठबन्ध जेडियू मोर्चाले पनि समारोहको आयोजना गरेको थियो । अधिकांश जनता उक्त कार्यक्रममा गएका थिए । मोदी विहारबाट दिल्ली गएपछि विपक्षी गठबन्धनले भागेको आरोप लगाएका छन् ।
उनीहरुले चुनावी मैदानबाट मोदी भागेको आरोप लगाएका हुन् । यो विषयलाई प्रतिस्पर्धी मोर्चाले ठूलो मुद्दा बनाएको छ । विहारका मूख्यमन्त्री नितिशकुमारले समेत मैदानको सामना गर्न मोदी डराएको प्रतिक्रिया दिए । हाल विहारमा चौथो चरणको निर्वाचन भइरहेको छ । जहाँ मोदीको बीजेपीले हार्ने अनुमान गरिएको छ ।
एक समय निकै चर्चामा आएका मोदीलाई भेट्न मानिसहरुको लाइन लाग्थ्यो । तर, अहिले विभिन्न कारणले विश्वभरका मोदीका समर्थक कट्टर आलोचक बनेका छन् । यो घटनाले भारतमै समेत मोदीको लोकप्रियता घटेको देखाउँछ ।
dainiknepal.com
काठमाडौँ  – नेकपा–माओवादीले भारतले गरेको अघोषित नाकाबन्दी र वर्तमान राजनीतिक समस्याको समाधान गर्नुपर्नेलगायत ११ बुँदे माग राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज ज्ञापनपत्र बुझाएको छ ।

पार्टी अध्यक्ष मोहन वैद्यको नेतृत्वमा आज अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेको टोलीले मधेस आन्दोलन, संविधान निर्माणमा देखिएका असन्तुष्टिलगायत मागको तत्काल सम्बोधन गर्न आग्रह गरेको छ ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले आफू सँधै राष्ट्रियताका पक्षमा रहेको बताउँदै यसको समाधान चाँडो गर्ने विश्वास दिलाएको अध्यक्ष वैद्यले बताए।

ज्ञापनपत्र बुझाउन माओवादीका स्थायी समिति सदस्य पम्फा भुसाल, सिपी गजुरेल, हितमान शाक्य, वसन्त सिग्देल र हरिभक्त कँडेल बालुवाटार पुगेका थिए।

www.ratopati.com
काठमाडौं, कार्तिक १५ । संसदको कृषि तथा जलस्रोत समितिले बुढी गण्डकी जलविद्युत आयोजनाको कामलाई तीब्रता दिनुपर्ने सुझाव दिएको छ ।

समितिले १२ सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजनाबाट देशको उर्जा संकट धेरै हदसम्म समाधान हुनसक्ने भन्दै कामलाई तीब्रता दिन सुझाव दिएको हो ।
समितिका सभापति गगन थापाले बुढीगण्डकी आयोजना नेपालीकै लागानीमा निर्माण गर्न सकिने बताए ।
बुढीगण्डकी जलविद्युत आयोजना बिकास समितिका अध्यक्ष डा. लक्ष्मी देवकोटाका अनुसार सन् २०२२ सम्ममा बुढीगण्डकीबाट विद्युत उत्पादन सुरु हुन सक्छ ।onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सल्यान, १५ कात्तिक । यातायात व्यवसायी समिति र यातायात कम्पनीबीचको आपसी विवादले जिल्लामा सार्वजनिक यातायात बन्द भएको छ ।
रुकुम यातायात प्रालिले आजदेखि रुकुमदेखि विभिन्न जिल्लामा हायस तथा डिलक्स गाडी सञ्चालनमा ल्याएपछि सल्यान रुकुम यातायात प्रालिले सार्वजनिक यातायातका साधनलाई ठाउँ ठाउँमा अवरोध गरेको छ ।
रुकुम यातायात प्रालिले आज बिहान रुकुमबाट दाङ, काठमाडौं र नेपालगन्जका लागि सञ्चालन गरेका हायस गाडी जिल्लाको श्रीनगर, लान्ती र लुहाममा रोकेर सडक अवरोध गरेको सल्यान रुकुम यातायात व्यवसायी समितिका अध्यक्ष लोकमान बुढाथोकीले जानकारी दिनुभयो ।
बुढाथोकीले यातायात व्यवसायी महासङ्घको बैठकमा उपस्थित नभई प्रालि सञ्चालनमा ल्याएको, राप्ती बस व्यवसायी समितिका बसमामा तोडफोड गरेको आरोप लगाउँदै रुकुम, सल्यान र दाङमा चल्ने सार्वजनिक सवारी साधनमा रोक लगाइएको बुढाथोकीको भनाइ छ ।
समस्या समाधानका लागि स्थानीय प्रशासनले पहल नगरे यातायातका सम्पूर्ण सवारीसाधन ठप्प पार्ने चेतावनी उहाँले दिनुभयो । रासस
dainiknepal.com

चीनको केरुङमा चिनियाँ आयल निमगको डिपो छैन् । केरुङसम्म आएका ट्यांकरबाट त्यहाँ पुगेका नेपाली ट्यांकरमा तेल पाइपको माध्यमबाट जनेरेटर चलाएर लोड गरिएको छ । चीनले अनुदानमा उपलब्ध गराएको १३ लाख लिटर तेल मध्ये २७ हजार लिटर रसुवागढी आइपुगेको छ । इन्धन भरेर आएका ३ ट्यांकर रसुवागढीमा अल्झिएका छन् । कागजी प्रक्रिया मिलाएर उनीहरु भोलि साँँझसम्ममा काठमाडौं आइपुग्ने डिएसपी अबदेश विष्टले जानकारी दिए ।
गौशाला, १५ कात्तिक । मधेस बन्दको अवज्ञा गरेको भन्दै महोत्तरीको सोनमा बजारमा आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय नंको एक मोटरसाइकलमा आगजनी गरेका छन् ।
जिल्लाको पश्चिमी सम्सी सिमानाका हुँदै भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएको बीआर३०बी ४३८२ नंको भारतीय मोटरसाइकलमा मोर्चाका कार्यकर्ताले आगजनी गरेको मोर्चामा आबद्ध सद्भावना पार्टीका नेता लालबाबु यादवले बताउनुभयो ।
सो मोटरसाइकलमा ल्याइएको ५० लि पेट्रोल र ५० लि डिजलसमेत जलाएर नष्ट गरिएको छ । रासस
dainiknepal.com
काठमाडौं, १५ कात्तिक । नेपालमा बढ्दो भारतीय हस्तक्षेपलाई लिएर चीनले चिन्ता व्यक्त गरेको छ ।
नाङ्गो हस्तक्षेप गर्न नपाउँदा नाकाबन्दी गरेर नेपालमा संकट निम्त्याएको भारतको नियतमा चीनले चिन्ता व्यक्त गरेको हो । नेपाल मामिला हेर्ने चीनका विज्ञहरूले ‘भारतीय हस्तक्षेप धेरै गम्भीर रहेको’ बताएका हुन् ।
बेइजिङका वरिष्ठ नेपाल विज्ञ प्रोफेसर वाङ होङवेले भारतको ब्रिटिशकालीन रणनीतिले नेपाललाई अर्को सिक्किम बनाउने खतरा रहेको बताउनुभएको छ । ‘भारतले ब्रिटिशकालिन दक्षिण एसिया रणनीतिलाई जन्मजात नै निरन्तरता दिएको छ र हिमालय दक्षिणको भूभागलाई आफ्नो सैन्य क्षेत्र मानेको छ’ प्रोफेसर वाङ होङवेले भन्नुभयो- ‘नेपालमा भारतको हस्तक्षेप धेरै गम्भिर छ, भारतका केही सेवानिवृत्त अधिकारीहरूले त नेपाल दोस्रो सिक्किम बन्नुपर्छ भनेका छन् ।’

संविधानमा मधेशको मागलाई उचित सम्बोधन गर्न दबाब दिने क्रममा भारतले नेपालमाथि अघोषित नाकाबन्दी गरेसँगै बेइजिङमा नेपालको विषयलाई लिएर सरकारी र विज्ञ तहमा निरन्तर छलफल भइरहेको छ ।
पछिल्लो समय मधेलाई छुट्टयाउने अभिव्यक्ति आउन थालेपछि चीनले पत्रकार सम्मेलनै गरेर ‘राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता तथा भौगोलिक अखण्डता रक्षाका लागि नेपालले गरेका प्रयासहरूमा आफ्नो साथ रहने’ प्रतिवद्धता जनाएको थियो ।
अघोषित नाकाबन्दीको बहानामा भारतले नेपाललाई अर्काे सिक्किम बनाउन सक्ने चिन्ता जनाउँदै चीनले सतर्कता अपनाउन नेपाली अधिकारीहरुलाई आग्रह समेत गरेको छ ।
बेइजिङ इन्टरनेशनल युनिभर्सिटिको इण्डिया रिसर्च सेन्टरले गत साता आयोजना गरेको नेपालसम्बन्धी पहिलो सम्मेलनमा प्रोफेसर वाङ लगायतका विज्ञ र सरकारी अधिकारीहरूले नेपाल–भारत पछिल्लो सम्बन्ध र भारतको नियतका विषयमा गम्भीर छलफल गरेका थिए ।
dainiknepal.com
काठमाडौँ : नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले एकीकृत एमाओवादी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्।

पुनले आज एक प्रेस विज्ञप्ति जारी गरी एमाओवादीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको जानकारी गराएका छन्। साथै उहाँले संविधानले दिएको भूमिकाभित्र रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन्।


मुलुकको ऐतिहासिक परिवर्तनका लागि एमाओवादीमा रहेर काम गर्दै आएको उल्लेख गर्दै उनले आजको मितिदेखि लागू हुने गरी सबै पदबाट राजीनामा दिएको जानकारी गराएका छन्।

संविधानसभाबाट नेपालको ऐतिहासिक संविधान जारी भई नयाँ नव नेपाल निर्माण प्रारम्भ भएको स्मरण गर्दै उपराष्ट्रपति पुनले विज्ञप्तिमा संविधानले सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्वलाई संस्थागत गरेको उल्लेख गरेका छन्।

शोषित, पीडित तथा उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक सुरुवात भएकामा नवनिर्वाचित उपराष्ट्रपति पुनले खुसी व्यक्त गरेका छन्।

उनले आफूलाई उपराष्ट्रपतिमा निर्वाचित गराउने एमाओवादी, संसद्मा रहेका प्रमुख राजनीतिक दल र नेपाली जनतामा धन्यवाद पनि व्यक्त गरेका छन्।

पुनले आइतबार निकालेको प्रेस वक्तव्य

ऐतिहासिक संविधान जारीसँगै नयाँ युगको थालनी भएको छ । यो नयाँ नेपाल निर्माणको प्रारम्भ हो। संविधानतः मुलुक स्वतन्त्र, सार्वभौमसत्ता सम्पन्न, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधिनतासहितको हिमाल, पहाड, तराई/मधेस, विभिन्न जाति, भाषा, धर्म, संस्कृति, पहिचानलाई समुच्च रुपमा एकताबद्ध एवं सुदृढ हुने कार्यको सुरुवात भएको छ ।

यसको सफल कार्यान्वयन संरक्षण र विकास आजको आवश्यकता हो । राष्ट्रपति, उप–राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उप–सभामुखको चयन लोकतातिन्त्रक रुपमा सम्पन्न हुनु प्रारम्भिक सफलता हो । यो प्रक्रिया शोषित, उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग, जाति सबैको राज्यमा समावेशी, समानुपातिक अधिकार सुनिश्चितताको प्रारम्भिक शुरुवात भएकोमा खुसी व्यक्त गर्दछु।

मुलुकको परिवर्तनको लागि म एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को इमान्दार सदस्यको रुपमा विभिन्न तहमा रहि जिम्मेवारी वहन गरेको कुरा सर्वविदित छ यसै सिलसिलामा नेपालको संविधानको धारा २९७ बमोजिम १४ कात्तिक २०७२ मा व्यवस्थापिका संसदमा भएको निर्वाचनबाट म नेपालको उप–राष्ट्रपति पदमा निर्वाचित भएको सन्र्दभमा यस पदको गरिमा र संविधान प्रदत्त दायित्व निष्पक्षतापूर्वक सम्पन्न गर्न आफू सम्बद्ध राजनीतिक दल एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी)को सम्पूर्ण जिम्मेवारीबाट आजकै मितिबाट अलग भएको सबैमा जानकारी गराउँदछु ।

मलाई राष्ट्रको यो गरिमापूर्ण जिम्मेवारीमा पु‍र्‍याउन सहयोग गर्ने एकीकृत नेपाल कम्युनिस्ट पार्टी (माओवादी), अन्य सबै राजनीतिक दल, व्यवस्थापिका संसदका माननीय सदस्य, नेपाली जनता र सम्बद्ध सबैमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु।
annapurnapost.com
काठमाडौं : आइतबार हुने भनिएको मन्त्रिमण्डल विस्तार आज नहुने भएको छ।

पार्टीभित्र थप छलफल तथा परामर्श गर्नुपर्ने भएकोले आजै मन्त्रिमण्डल विस्तारको संभावना निकै कम रहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ। मन्त्रिमण्डल विस्तारभन्दा तत्कालका अरु समस्या प्राथमिकतामा रहेकोले मन्त्रिमण्डलले विस्तारै पूर्णता पाउने भएको छ ।


प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग भने, 'मन्त्रिमण्डल विस्तार आज हुँदैन। यसमा छलफल तथा परामर्श जारी छ।' उनले पार्टीले मन्त्री छनोट गर्ने अधिकार प्रधानमन्त्रीलाई दिएकोले शीर्ष नेताहरुसँग परामर्श गरेर छिटै विस्तार हुने दाहालले बताए।

उपराष्ट्रपति निर्वाचनको परिणाम घोषणा भएलगत्तै शनिबार साँझ र आइतबार बिहान पनि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्री छनोटबारे एमाले नेताहरुको बैठक बसेको थियो।

प्रधानमन्त्री केपी ओली प्रधानमन्त्रीमा निर्वाचित भएको तीन सात बिते पनि अहिलेसम्म मन्त्रिमण्डलले पूर्णता पाएको छैन। असोज २४ गते प्रधानमन्त्री भएका ओलीले मन्त्रिपरिष्दमा आफ्नै पार्टीको प्रतिनिधित्व गराउन सकेका छैनन् । एमाले स्थायी समितिको कात्तिक १ गतेको बैठकले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनपछि मात्र आफ्नो भागमा परेका मन्त्रालयमा मन्त्री पठाउने निर्णय गरेको थियो ।


एमालेले आफ्नो भागमा परेका १० वटा मन्त्रालयमध्ये कति मन्त्रालयमा मन्त्री नियुक्त गर्ने र कसकसलाई पठाउने भन्ने बारेमा शीर्ष नेताबीच अझै स्पष्ट सहमति जुट्न सकेको छैन। ओलीले प्रधानमन्त्रीको शपथ लिँदा असोज २५ गते एमालेका तर्फबाट कानुन तथा न्यायमन्त्रीमा अग्निप्रसाद खरेल, उद्योगमन्त्री सोमप्रसाद पाण्डे र बिनाविभागीय मन्त्रीमा सत्यनारायण मण्डल नियुक्त भएका थिए ।

एमालेका भागमा रक्षा, अर्थ, सूचना तथा सञ्चार, संघीय मामिला एवं स्थानीय विकास, स्वास्थ्य, सहरी विकास र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत परेका छन् । बिस्तार हुने मन्त्रिपरिष्दमा एमालेका तर्फबाट उपाध्यक्ष भीम रावल उपप्रधान एवं रक्षामन्त्री र उपमहासचिव विष्णु पौडेल अर्थमन्त्री बन्ने संभावना छ। त्यस्तै श्रीमाया थकाली, पशुपति चौलागाईं, रवीन्द्र अधिकारी, भानुभक्त ढकाल, आनन्द पोखरेल, प्रेम आले, शत्रुघन महतोलगायत मन्त्री हुने सूचीमा छन्।

एमालेले केही राज्यमन्त्रीसमेत नियुक्त गर्ने भएको छ । यसका साथै अन्य दलका पनि केही मन्त्री सहभागी गराउने गरी प्रधानमन्त्री ओली गृहकार्यमा जुटेको स्रोतले बतायो । एमाले स्थायी समिति बैठकले पार्टीको समग्र पक्ष र शक्ति सन्तुलनलाई समेत हरेर मन्त्रिपरिषद् विस्तार गर्ने अधिकार प्रधानमन्त्री ओलीलाई दिइसकेको छ ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home