• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, माघ १ । सरकारले भूकम्पप्रभावित जिल्लामा यही माघ २० गतेदेखि घर निर्माण सुरु गर्ने लक्ष्यकासाथ कार्य अघि बढाएको छ ।


वैशाख १२ को ‘गोरखा भूकम्प’ले क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माणमा प्रमुख दलको खिचातानीले केही ढिलाइ भएपनि पछिल्लोपटक सरकारले त्यसमा तीव्रता दिएको छ ।

सरकारले ‘राष्ट्रिय पुनःनिर्माण प्राधिकरण’लाई पूर्णता दिएसँगै प्राधिकरणले भूकम्पप्रभावित क्षेत्रमा यही माघ २० गतेदेखि घर निर्माण सुरु गर्ने लक्ष्यकासाथ कार्य अघि बढाएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले माघ २ गतेदेखि आगामी वैशाख १२ गतेसम्मका लागि चार चरणमा गर्नेगरी तयार तीन महिने तात्कालीक कार्ययोजनाको खाका तयार भइसकेको बताए ।

‘पहिलो चरणमा संगठन संरचना तयार गरी आवश्यक न्यूनतम जनशक्तिको परिचालन गर्ने, कार्यालय व्यवस्थापन र बजेट व्यवस्था मिलाउने, भूकम्प सुरक्षा दिवसको अवसर पारेर माघ २ गते राष्ट्रिय पुनःनिर्माण महाअभियानको प्रारम्भ गर्ने र जिल्ला समन्वय समितिको गठन तथा सचिवालयको स्थापना गर्ने कार्य हुनेछ’–उनले भने ।

प्राधिकरणले युद्धस्तरमा पुनःनिर्माणको काम थाल्न आवश्यक जनशक्ति, आर्थिक स्रोत तथा प्रविधि जुटाउने तयारी थालेको छ ।

‘नेपालको पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’मा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण र नवनिर्माणका लागि अन्तर्राष्ट्रिय समुदायले आर्थिक सहयोग र सहुलियत दरको ऋण सहायता गरी रु चार खर्ब १० अर्बको प्रतिबद्धता जनाएका थिए ।

प्राधिकरणले भवन क्षति सर्वेक्षणका लागि आगामी १० दिनभित्र ५०० जना र एक महिनाभित्रमा एक हजार ५०० जना इन्जिनियरलाई गाउँ–गाउँमा पठाउने तयारी भइरहेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।

पुनःनिर्माणको काम तीव्ररुपमा अघि बढाउन प्राधिकरणले केन्द्रीय कार्यालयबाहेक भूकम्पबाट बढी प्रभावित १४ जिल्लाको पुनःनिर्माणका लागि छ उपक्षेत्रीय र बाँकी भूकम्पप्रभावित जिल्लाका लागि एक उपक्षेत्रीय कार्यालयको व्यवस्था गरिरहेको जनाएको छ ।

सरकारले भूकम्पले क्षतिग्रस्त भएका बस्तीमा भूकम्पको जोखिमको आवश्यक मूल्यांकन गरी पुनःनिर्माण थाल्ने जनाएको छ ।

प्राधिकरणले स्थानीय जनताको इच्छाबमोजिम नै उनीहरुले चाहेको स्थानमा घर निर्माणका लागि सुझाव दिने र जोखिममा रहेका बस्तीलाई भने सुरक्षित स्थानमा स्थानान्तरण गर्ने योजना अघि सारेको छ ।

सरकारले जोखिमयुक्त बस्तीलाई स्थानान्तरण गर्नेक्रममा पहिलोपटक गोरखाको लाप्राक गाविसको वडा नम्बर ६ र ७ का बस्तीलाई नजिकैको सुरक्षित स्थानमा सार्ने निर्णय गरिसकेको छ ।

‘भूकम्पपछिको आवश्यकता मूल्यांकन प्रतिवेदन’ले मुलुकभर ३१ जिल्ला भूकम्पबाट प्रभावित भएको उल्लेख गरेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको संस्थागत संरचना राष्ट्रिय पुनःनिर्माण परिषद, निर्देशक समिति र कार्यकारी समिति गरी तीन तहको रहेको छ ।

भूकम्पपछिको पुनःनिर्माणमा करिब ५० हजार तालिमप्राप्त निर्माणकर्मीको आवश्यकता पर्ने देखिएपछि त्यसका लागि सहरी विकास मन्त्रालयले निर्माणकर्मीको तालिममा एकरुपता ल्याउन भूकम्प प्रतिरोधात्मक भवन निर्माण तालिम सन्चालन कार्यविधि, २०७२ स्वीकृत गरिसकेको छ ।

सहरी विकास तथा भवन निर्माण विभागले पुनःनिर्माणमा आवश्यक जनशक्तिलाई तालिम प्रदान गर्न १८ संस्थालाई स्वीकृति दिनुका साथै तालिम दिने कार्यसमेत सुरु भइसकेको विभागका सिनियर डिभिजनल इन्जिनियर परिक्षित कडरियाले जानकारी दिए । यस्तो तालिम स्थानीयस्तरमा कार्यरत ज्यामीलाई दिइएको छ ।

त्यस्तै, विभागले पहिलो चरणमा भूकम्पप्रभावित क्षेत्रमा स्थानीय साधन–स्रोत परिचालन गरी निर्माण गर्न सकिने १७ प्रकारका भूकम्पप्रतिरोधी घरका नमूना तयार गरी सरकारलाई बुझाइसकेको विभागको आवास महाशाखाका इन्जिनियर प्रतिज्ञा मानन्धरले बताइन् ।

दोस्रो चरणमा विभागले विभिन्न अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यमा थप घरका नमूना बनाइरहेको जनाएको छ । यस्ता घर स्थानीयस्तरमा उपलब्ध हुने ढुंगा, माटो, काठ, बाँसलगायत प्रयोग गर्न मिल्ने र स्थानीय जनशक्तिले पनि सामान्य तालिमका भरमा निर्माण गर्न सक्ने विभागले जनाएको छ ।

सरकारले भूकम्पबाट पूर्णरुपमा घर क्षति भएका प्रत्येक परिवारलाई घर निर्माणका लागि काठमाडौं उपत्यकामा रु २५ लाख र उपत्यका बाहिर रु १५ लाख सहुलियत ब्याजदरमा ऋण दिने निर्णय गरिसकेको छ ।

वैशाख १२ मा भूकम्प गएदेखि सरकारले हालसम्म त्यसको व्यवस्थापन र राहत वितरणमा रु २१ अर्ब ६६ करोड दुई लाख ७० हजार खर्च गरिसकेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जनाएको छ ।

प्राधिकरणले यही माघ २ गतेदेखि पुनःनिर्माणको महाअभियान थाल्ने र त्यसको शुभारम्भ काठमाडौंको रानीपोखरीबाट राष्ट्रपतिले र ललितपुरको बुङ्मतीबाट प्रधानमन्त्रीले गर्ने निर्णय भएको प्राधिकरणका कामु सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।

भूकम्पमा परी ८ हजार ८९१ जना व्यक्तिको मृत्यु हुनुका साथै २२ हजार २०० व्यक्ति घाइते भएका थिए ।

त्यस्तै, ६ लाख ८ हजार १५५ घर पूर्ण तथा दुई लाख ९८ हजार ९९८ हजार घरगोठ आंशिक रुपमा क्षति भएका थिए ।

विद्यालय, अस्पताल, स्वास्थ्यचौकीसमेत गरी दुई हजार ६८७ सरकारी भवन पूर्ण तथा तीन हजार ७७६ कार्यालयमा आंशिक क्षति पुगेको थियो । रासस imagekhabar
१ माघ, फलेवास (पर्वत)।
उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले एक वर्षभित्रमै लोडसेडिङ अन्त्य हुने ठोकुवा गरेका छन् ।

शुक्रबार बिहान पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री रायमाझीले निर्माणाधीन आयोजनालाई द्रूतमार्गबाट सम्पन्न गरेर एक वर्षभित्र लोडसेडिङ कम गर्ने बताए।

उनले एक वर्षभित्रमा झण्डै २५० मेगावाटका जलविद्युत् आयोजना सम्पन्न भई विद्युत् उत्पादन थाल्ने भएकाले त्यसपछि लोडसेडिङ अन्त्य हुने दाबी गरेका हुन ।

उनले नाकाबन्दीको प्रभावकाबीचमा पनि सबै आयोजनालाई आवश्यक इन्धन तथा कच्चा पदार्थ राज्यले उपलव्ध गराएको बताउँदै अन्तिमचरणमा पुगेका योजनाले विद्युत् उत्पादनका लागि तीव्ररुपमा काम अघि बढाएको बताए ।

मन्त्री रायमाझीले ऊर्जा सङ्कटकाल घोषणा गरेर मुलुकलाई तीव्रगतिमा विद्युत्मा आत्मनिर्भर बनाउने पहल भइरहेको बताउँदै यसका लागि सरकारले दीर्घकालीन योजना निर्माण गरेर लागू गर्ने चरणमा रहेको बताए ।



उनले नेपालमा तेल र ग्यासको अभावका कारण विद्युत्को माग बढी भएको बताउँदै विद्युत्को माग बढी भएकै कारण लोडसेडिङ पनि बढाउनुपर्ने बाध्यता रहेको बताए । रायमाझीले १० वर्ष भित्रमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्नेगरी सरकारले कार्ययोजना अघि बढाइसकेको पनि जानकारी दिए।

विद्युत् अत्यधिक खपत हुँदा अहिलेसम्म साढे पाँच सय भन्दा बढी ट्रान्समिटर पड्किएको बताउँदै लोडसेडिङ बढाउनु पर्ने बाध्यता भएको स्वीकार गरे।

रायमाझीले नाका सहज हुने वित्तिकै लोडसेडिङ पनि कम हुने बताए । सहजरुपमा ग्यास र इन्धन भित्रिने वित्तिकै लोडसेडिङ पनि कम हुन्छ, मन्त्री रायमाझीले भन्नुभयो–‘त्यसपछि लोडसेडिङ पनि क्रमशः घट्दै जान्छ ।’ उपप्रधानमन्त्री रायमाझीले तराई केन्द्रित दलको वार्ता सहमति नजिक पुगेकाले एक साताभित्रै नाका सहज हुने समेत दाबी गरे ।

रायमाझीले सबै दल र वर्गको सहभागिता गराउन मन्त्रिमण्डल जम्बो बने पनि जनभावनाअनुसार काम गर्ने दाबी गरे। एनेकपा (माओवादी) सरकारप्रति रुष्ट छ भन्ने हल्ला गलत भएको बताउँदै गठबन्धनको सरकार तत्काल नढल्ने दाबी समेत गरे ।

ऊर्जामन्त्री रायमाझीले शुक्रवार बिहानै पर्वतको कुश्मा नगरपालिका– १२ मा निर्माणाधीन तल्लो मोदीखोला जलविद्युत परियोजनाको निरीक्षण समेत गरे । सो अवसरमा आयोजनाको निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाउन समेत निर्देशन दिएका छन् ।nepaliheadlines
तपाईँ पहिल्यै देखि नै दुब्लो हुनुहुन्छ, वा हालसालै तपाईँको तौल घटेको छ, कुनै न कुनै बेला तपाईँलाई आफ्नो तौल बढाउन मन लाग्नु स्वाभाविक कुरा हो। तौल बढाउने सबैभन्दा राम्रो प्राकृतिक उपाय आफ्नो खानामा क्यालोरीको मात्रा बढाउनु हो। र त्यसको साथै तपाईँले अरूबेला भन्दा अलि बढी खाने बानी पनि बसाल्नुपर्दछ।
तथापी, यदि तपाईँको तौल अकस्मात घटेको छ भने तुरुन्तै चिकित्सकसँग सल्लाह लिन जानुपर्दछ, किनभने त्यसरी अचानक तौल घट्नु कुनै खतरनाक समस्याको सङ्केत पनि हो।
प्राकृतिक रूपले तौल कसरी बढाउने त?
१. क्यालोरीको मात्रा बढाउनुहोस्
यदि तपाईँको उदेश्य तौलमा भन्दा पनि शरीर सुसंगठित बनाउनुमा छ भने, तपाईँले नियमित रूपमा प्रोटिन युक्त खाना खानु जरुरी हुन्छ। विशेष गरी शारीरिक व्यायाम पछि मात्रै प्रोटिन खानु उचित हुन्छ। कुखुराको मासु, माछा, अण्डा, गेडागुडी तथा दही जस्ता खानेकुराहरूमा प्रशस्त प्रोटिन पाइन्छ। यदि तपाईँ शाकाहारी हुनुहुन्छ भने, प्रोटिनको लागि ब्रोकाउली, चना, हरियो केराउ, पनिर, बदाम, तिल, ओखर जस्ता खानेकुराहरू खान सक्नुहुन्छ।
दैनिकी खानामा बोसोयुक्त चिज अथवा घ्यू मिसाएर खाँदा पनि त्यसबाट प्रशस्त क्यालोरी पाउन सक्नुहुन्छ। साथै, गाईभैँसीको दूध पनि प्रोटिन र क्यालोरीको राम्रो श्रोत हो। खाने तेलले पनि तपाईँको तौल घटबढ गराउन उत्तिकै भूमीका खेलिरहेको हुन्छ। स्वस्थ तेलमा जैतूनको तेल, अवोकाडोकोतेल, बदामको तेल, नरीवलको तेल, सूर्यमुखी तेल पर्दछ र यसमा प्रशस्त मात्रामा क्यालोरी पनि पाइन्छ। (जान्नुस सुपर सेक्सका ८ सूत्र_ कहिलेकाहिँ शरीरमा क्यालोरीको मात्रालाई नियन्त्रण गर्नको लागि चकलेट पनि खान सक्नुहुन्छ।
२. खानेबानी सुधार्नुहोस्
दिनमा कम्तीमा पनि ३ चोटी खाने बानी बसाल्नुहोस्। शरीरमा क्यालोरीको मात्रा बढाउनको लागि दिनमा ३ चोटी खानै पर्ने हुन्छ। कसै-कसैले बिहानको खाजा नखाई बिहानको खाना र बेलुकाको खाना मात्रै खाने बानी हुन्छ। तर दिनमा ३ चोटी खानुभयो भने त्यसले तौल बढाउनमा धेरै मद्दत गर्दछ। यदि तपाईँको पेटले तपाईँलाई धेरै खान दिँदैन भने, थोरै थोरै खानुहोस् तर ३ चोटी खान नबिर्सनुहोस्।
शरीरमा क्यालोरीको बहावलाई निरन्तरता दिनको लागि तपाईँले हरेक ४-४ घण्टामा केही न केही खाइराख्नुपर्ने हुन्छ। तर अहिलेको यस्तो महङ्गीको जमानामा हरेक ४ घण्टामा बाहिरको खानेकुरा खानु सबैको लागि सम्भव नहुन सक्छ। त्यसैले आफ्नो साथमा कुनै न कुनै किसिमको कानेकुराहरू राख्ने बानी बसाल्नुहोस्। सुकाको फलफूल (काजु, किसमिस, पिस्ता, आदि।), चकलेट (डार्क चकलेट), बदाम, भटमास, भुटेको चिउरा, भुटेको चना र केराउ जस्ता खानेकुराहरू साथमा राख्नुहोस्।
जतिबेला पनि ठोस खाना मात्रै खाँदा पनि उचित हुँदैन, त्यसैले क्यालोरीलाई तरलको रूपमा पिउनु पनि जरुरी हुन्छ। कोकाकोला जस्ता सोडायुक्त तरल पदार्थ नपिउनुहोस्, यसले शरीरको क्यालोरीलाई जलाउँदछ, त्यसको सट्टा फलफुलको जुस, दूध, दही जस्ता क्यालोरीयुक्त तरल पदार्थ पिउनुहोस्। खानुभन्दा अगाडि कुनै पनि किसिमको तरल पदार्थ नपिउनुहोस्।
नियमित हलुका शारीरक व्यायाम गर्नुहोस्।
३. कारण पत्ता लगाउनुहोस्
तपाईँको तौल किन बढेको छैन भनेर कारण पत्ता लगाउनु सबैभन्दा राम्रो उपाय हुन आउँछ। नत्र तपाईँले जति सुकै प्रयास गरेपनि तौललाई बढाउन सक्नुहुन्न। शरीरमा कुनै किसिमको समस्याहरू हुन सक्छन्, जुन प्रत्यक्ष देखिँदैन र त्यसको लक्षण लामो समयपछि मात्रै देखिन्छ। त्यस्ता समस्याहरूलाई सजिलै चिन्न पनि सकिँदैन, त्यसको लागि एकचोटी चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
अन्त्यमा! हुन त अत्याधिक तौल बढ्नु शरीरको लागि राम्रो होइन, फेरि अत्याधिक दुब्लो हुनु पनि राम्रो होइन, आफ्नो उचाई अनुसार तौललाई नियन्त्रणमा राख्नु जरुरी हुन्छ। त्यसैले दैनिकी सन्तुलन भोजन खानुहोस्, स्वस्थ खानेकुराहरू खानुहोस्, बाह्य प्याकेटका खानेकुराहरू नखानुहोस्, दैनिक व्यायाम गर्नुहोस्, तपाईँको शरीर त्यसै पनि स्वस्थ हुनेछ।
purbelinews
कहिले कहिले जीवनमा यस्तो मोड पनि आउदछ जब तपाईको पार्टनरले तपाईलाई लिएर त्यति क्रेजी नहुन सक्छन जति पहिला हुन्थ्यो । कति महिलाहरुको यस्तो गुनासो हुने गर्दछ कि उनको पार्टनरले उनलाई पहिलाको जति माया गर्दैनन् , उनलाई समय दिदैनन् र तपाईको चाहनाको पनि कदर गर्दैनन् के तपाईको साथ्  पनि यस्तो भएको छ ?


पार्टनरले इग्नोर गर्ने कारण अनेक हुन् सक्छन , तपाईले  ति सम्झिन पर्ने हुन्छ । उनको कुनै पनि कुरालाई जोड न दिएर त्यसलाई सम्झिनुस , यसो गर्नाले तपाई आफ्नो समस्या धेरै हद सम्म सुल्झाउन सक्नुहुन्छ ।बोल्‍डस्‍काईको यो आर्टिकलमा हामी तपाईलाई भन्दछौं कि –




व्‍यस्‍त हुनाका कारण : जब पुरुष आफ्नो भविष्यको नराम्रो चरणमा हुन्छन् तब उनीहरु ज्यादा ध्यान दिन्छन अथवा कुनै बेला उनलाई काममा ज्यादा ध्यान दिनुपर्छ । यस्तो अवस्थामा उनीहरु आफ्नो पार्टनरलाई दिने समयलाई किल गरी सक्छन तर यसको मतलब यो हैन कि उनले तपाईलाई माया नै गर्दैनन् ।


आन्तरिक झगडा : कुनै बेला अनजानमा घरमा आन्तरिक झगडा हुने गर्दछ अथावा भैहाल्छ यस्तो स्थितिमा पनि पार्टनरले राम्रोसंग प्रतिक्रिया दिदैनन् । पुरुष कुनै पनि स्थितिमा नकार्नको लागि शान्त रहन ज्यादा मन पराउछन र आइमाई को चिल्लाउने कराउने त्यसैले उनको यो कारण सम्झिनुहोस ।




बोर : यो पोइन्टले  अक्सर महिलाहरुलाई सताउछ र सबभन्दा पहिला दिमागमा पनि यही आउने गर्दछ । यदी तपाईको पार्टनर या व्‍बॉयफ्रैंड गर्ल फ्रेन्ड तपाईसंग चिड चिडीएको जस्तो गर्दछन र ज्यादा ध्यान दिदैनन् भने हुन् सक्छ उनले तपाईबाट छुटकारा पाउन चाहन्छन र तपाईलाई इग्नोर गर्दैछन् । यस्तोमा तपाईहरुले चाहनु भयो भने आपसमा बसेर कुरा गर्न सोध्न सक्नुहुन्छ ।




गरिबी : यदी कोहि पुरुषलाई यस्तो लाग्छ कि उ आफु प्रति आश्रित कोहि पनि व्यक्तिको  खर्च उठाउन सकेको छैन भने उ चुप रहन्छ । तपाईको  साथ पनि यस्तै हुन् सक्छ , तपाईको पार्टनर खराब वित्‍तीय स्थितिसंग लडिरहेको हुन् सक्छ यस्तो अवस्थामा उसलाई थर्काउने धम्क्याउने नगर्नुहोला उसलाई साथ् दिनुहोस ।एजेन्सीको सहयोगमा

etajakhabar
सर्वसाधारणलाइ ग्याँसको हाहाकार भएको बेला नेपाल आयल निगमको परीसरबाटै आफ्नाहरूलाइ ग्याँस वितरण गर्दै कर्मचारीहरू । तस्विर : डिएनएनratopati
शुक्रबार, १ माघ
एजेन्सी । गत वर्ष महामारीको रुपमा फैलिएको प्राणघातक इबोला रोगको संक्रमण फेरि देखिएको छ ।
विश्व स्वास्थ्य संगठनले पश्चिम अफ्रिकालाई इबोला मुक्त भएको घोषणा गरेको केही घन्टामा नै सियरा लियोनमा इबोलाका कारण एक जनाको मृत्यु भएको पुष्टि भएको हो ।
४२ दिनसम्म कुनै संक्रमण नदेखिएपछि विश्व स्वास्थ्य संगठनले मुक्त घोषित गरेको हो । सोही अनुसार पश्चिम अफ्रिकाका कतिपय देशहरुमा गत नोभेम्बर ७ मा इबोला मुक्त घोषित गरिएको थियो ।
बिहीबारमात्रै लाईबेरियालाई इबोला मुक्त घोषणा गरिएपनि सिंगो पश्चिम अफ्रिका नै इबोला मुक्त घोषित भएको थियो ।
तर, उत्तरी सियराको टोकोलीलीमा इबोलाका कारण एक युवकको मृत्यु भएको हो । बेलायती स्वास्थ्य विशेषज्ञले गरेका २ वटा टेस्टमा उक्त युवकमा इबोला पोजेटिभ भेटिएको थियो ।
दक्षिण अफ्रिकी देशहरुमा सन् २०१३ मा पहिलो पटक देखिएको इबोलाका कारण विश्वभरी हालसम्म ११ हजारभन्दा बढिको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी पश्चिम अफ्रिकाको लाइबेरिया, गिनी र सियरा लियोनका नागरिक रहेका छन् ।
nepalsandesh
काठमाडौं, १ माघ । मुलुकका प्रमुख पाँच पदको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्वसहित ३२ जना विशिष्ट व्यक्तिका लागि मापदण्डबिनै वार्षिक ३ अर्ब बराबर रकम राज्य कोषबाट खर्च हुने गरेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्व २७ जनासहित ३२ बिशिष्टका लागि राज्यकोषबाट उक्त रकम खर्च हुँदै आएको समाचार नागरिक दैनिकले समचार लेखेको छ ।
विशिष्टका नाममा मनलाग्दी खर्च गरेको पाइएपछि बेरुजु फस्र्योट समितिले उक्त विषयमा चासो व्यक्त गरेको संयोजक रामहरि खतिवडाले बताए ।
‘बहालबाला र भूतपूर्वसहित ३२ जना ‘बिग फाइभ’लाई सुविधाका नाममा कुनै मापदण्ड नबनाई वार्षिक ३ अर्ब बराबर रकम खर्च हुने गरेको देखियो, खतिवडाले भने, ‘उक्त रकमलाई महालेखाले बेरुजुमा देखाएको रहेछ, जुन विवरण अहिले समितिसमक्ष आइपुगेको छ।’
dainiknepal
काठमाडौं: चिनियाँ कम्युनिस्ट पार्टीले एमाओवादीलाई मधेस आन्दोलनसँगको सम्बन्धबारे चासो राखेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री चेन फेङ सियाङले एमाओवादी स्थायी समिति सदस्य वन तथा भूसंरक्षणमन्त्री अग्नि सापकोटासँग बिहीबार बेइजिङमा भएको डेढ घन्टा लामो छलफलमा मधेस आन्दोलनसँगको सम्बन्धबारे जिज्ञासा राखेका हुन्।

‘मधेसी दल र एमाओवादीको सम्बन्ध कस्तो हो ?' चेनलाई उद्धृत गर्दै सापकोटाले भने, ‘मधेसी दललाई सहमतिमा ल्याउन शीर्ष नेतृत्वले कस्तो भूमिका निर्वाह गरिरहेको छ?'मधेस आन्दोलन र भारतको नाकाबन्दीका कारण नेपालको अर्थतन्त्रमा परेको प्रभावबारे पनि चेनले सापकोटासँग जिज्ञासा राखेका थिए।

मधेस आन्दोलनलाई बहाना बनाएर भारतले लगाएको नाकाबन्दीका कारण अर्थतन्त्रमा परेको प्रभाव कम गर्न १३ लाख लिटर इन्धन उपलब्ध गराएको तथा संविधान निर्माणमा सकारात्मक भूमिका निर्वाह गरेको भन्दै सापकोटाले चीनको प्रशंसा गरेका थिए।चेनले संविधान निर्माण, भूकम्पको क्षति र पुनर्निर्माणमा भएको प्रगति, भारतीय नाकाबन्दीले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सापकोटासँग चासो राखेका थिए।

संविधान र सरकार निर्माणमा अग्रणी भूमिका निर्वाह गरेकोमा अध्यक्ष पुष्पकमल दाहाललाई धन्यवाद सुनाइदिन आग्रह गर्दै चेनले दाहालको स्वास्थ्यलाभको कामना गरेका थिए।चिनियाँ कम्युनिस्ट पार्टी र एमाओवादीको सम्बन्ध, माओवादी घटक दलसँगको पार्टी एकताबारे पनि चेनले नेता सापकोटासँग जिज्ञासा राखेका थिए।

'पुनर्निर्माण कस्तो प्रगति भइरहेको छ ?'चेनको जिज्ञासामा मन्त्री सापकोटाले भने, ‘पुनर्निर्माण प्राधिकरण गठन भइसकेपछि द्रूत गतिमा काम अगाडि बढेको छ । पूर्वाधार निर्माणमा चीनले व्यक्त गरेको सहयोग प्रतिबद्धतालाई हामीले स्वीकार गरेका छौं।'

सापकोटाका अनुसार चीनले शिक्षा, स्वास्थ्य क्षेत्रका पूर्वाधार निर्माणमा सहयोग गर्ने इच्छा व्यक्त गरेको छ।मन्त्री सापकोटा र चिनियाँ समकक्षी झाङ जिनलोङबीचको भेटमा दुईपक्षीय सहयोग आदानप्रदानबारे समझदारी भएको छ।

भक्तपुरको सूर्यविनायकमा स्थापना गर्न लागिएको प्राणी उद्यानका लागि चीनले आर्थिक तथा प्राविधिक सहयोग गर्ने आश्वासन दिएको छ। वन्यजन्तु अनुसन्धानमा सहयोग पुर्‍याउन स्थापना गरिने विधिविज्ञान प्रयोगशालाका लागि आर्थिक तथा प्राविधिक सहयोग गर्न पनि चीन इच्छुक देखिएको छ।

नेपालमा सामुदायिक वन अन्तर्राष्ट्रिय केन्द्र स्थापना गर्न चीनले सघाउने भएको छ। तातोपानी-खासा र रसुवागढी-केरुङ सडकखण्ड स्तरोन्नति गर्ने क्रममा पर्ने वातावरणीय प्रभावलाई दृष्टिगत गरी ग्रीन इकोनोमिक कोरिडरका रूपमा विकास गर्ने नेपालको प्रस्तावप्रति चीन सकारात्मक देखिएको छ।

दुईपक्षीय संलग्न एक प्राविधिक टोली गठन गरी सम्भाव्यता अध्ययन अगाडि बढाउने समझदारी भएको छ। तातोपानी नाका खोल्न विशेष पहल गर्ने आश्वासन पनि चिनियाँ अधिकारीले सापकोटालाई दिएका छन्।

नेपाल-चीन सीमा क्षेत्रमा पाइने वन र वन्यजन्तुको संरक्षणका लागि दुवै देशले पहल गर्ने र त्यसका लागि दुवै देशले सम्पर्क व्यक्ति तोक्ने समझदारी पनि भएको छ। वन पैदावार र वन्यजन्तुको अवैध व्यापार नियन्त्रण गर्न दुवै मुलुकले प्रयास गर्ने र यसका लागि पनि दुवै मुलुकले एकएकजना सम्पर्क व्यक्ति तोक्ने पनि समझदारी भएको छ।

तल्ला तहका कर्मचारीको क्षमता विकासका लागि चीनले तालिमलगायत कार्यक्रममा सहयोग गर्ने आश्वासन दिएको छ। हिउँ चितुवाको अध्ययनअनुसन्धान संयुक्त रूपमा गर्न दुवै मुलुकले पहल गर्ने र हिउँचितुवाको अध्ययनका लागि नेपालीलाई सुविधा उपलब्ध गराउने सहमति पनि भएको छ।

कञ्चनजंगा संरक्षण क्षेत्रसँग जोडिएको चीनतर्फ संरक्षित क्षेत्र विस्तार गर्न चीनले पहल गर्ने भएको छ । त्यसबाट हिउँ चितुवा संरक्षणमा मद्दत पुग्ने दुवै मुलुकका मन्त्रीले आशा लिएका छन्।

जलवायु परिवर्तनबाट वन र वन्यजन्तुमा पर्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्ने सम्बन्धमा चीनले आवश्यक तालिममा सहयोग गर्ने, गैरकाठ वन पैदावारको अध्ययनअनुसन्धान र प्रशोधनमा चीनले सहयोग गर्ने आश्वासन दिएको छ।

यार्सागुम्बा र बाँस सम्बन्धमा चीनले गरेको प्रविधिको विकास नेपाललाई उपलब्ध उपलब्ध गराउने इच्छा चीनले देखाएको छ । बाँस र यार्सागुम्बा सम्बन्धमा रुचि राख्ने केही व्यक्तिलाई तालिम दिन पनि चीन तयार देखिएको छ। नेपालमा पाइने एकसिङे गैडा चीनलाई उपलब्ध गराउन उच्चस्तरमा छलफल चलाउने आश्वासनमन्त्री सापकोटाले आफ्ना समकक्षीलाई दिएका छन्।

दुर्लभ वन्यजन्तु आदानप्रदान गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ । चीनले अन्य मुलुकलाई पाण्डा उपलब्ध गराउने गरेको छ । यसैबीच चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनकी बहिनीसँग सापकोटाले शुक्रबार भेट गर्ने कार्यक्रम तय भएको छ।


सरकार—मोर्चा प्रयास सकारात्मक: रे
काठमाडौं: भारतीय राजदूत रन्जित रेले सरकार र मधेसी मोर्चाबीच संविधान संशोधनमार्फत राजनीतिक संकटको निकास खोज्न भइरहेका प्रयास सकारात्मक रहेको बताएका छन्।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघले बिहीबार राजधानीमा आयोजना गरेको 'नेपाल-भारत सम्बन्धका बहुआयामिक पक्षहरू' विषयक अन्तरक्रियामा राजदूत रेले नेपालको राजनीतिक समस्याको समाधान नेपालभित्रैबाट होस् भन्ने भारतले चाहेको बताए।

‘नेपालमा वार्ता र संवादका माध्यमबाट सहमति खोज्न भइरहेका प्रयासहरू अत्यन्तै सकारात्मक छन्। संविधान संशोधन प्रस्ताव पेस गर्ने नेपाल सरकारको निर्णयको हामीले स्वागत गरिसकेका छौं', राजदूत रेले भने।

नेपाल सरकारले भारतसँगका सन्धि, सम्झौता र द्विपक्षीय मुद्दाहरूको पुनरावलोकन गर्न प्रबुद्ध समूह गठन गर्ने निर्णय गरेकोप्रति खुसी व्यक्त गर्दै उनले नेपाल–भारतबीच अब विकास र समृद्धिका लागि २०-३० वर्षका लागि मिलेर काम गर्न आवश्यक रहेको बताए।

कानुनमन्त्री अग्निप्रसाद खरेलले भारतसँगको तिक्तता बिर्सेर नयाँ ढंगले सम्बन्ध विकास गर्न नेपाल सरकारले चाहेको बताए । उनले मधेसी दलले उठाइरहेका मुद्दामध्ये नागरिकताका विषयमा विवाद नरहेको बताए। सीमांकनका विषयमा एकाध महिनामा सहमति हुन नसक्ने उनको भनाइ थियो।

‘राजनीतिक संयन्त्र गठन गरी सीमांकनका विषयमा पछि सहमति खोजिनेछ । त्यसका लागि मोर्चाका साथीहरू तयार हुनुपर्छ र आन्दोलन अन्त्य गर्नुपर्छ’, उनले भने । मन्त्री खरेलले सीमामा देखिएको अवरोध हट्नेबित्तिकै प्रधानमन्त्री भारत भ्रमणमा जाने पनि बताए।
annapurnapost
गोरखा– सरकारले लाप्राकका भूकम्पपीडितलाई गुप्सीपाखा दिने निर्णय गरेपछि भूकम्पपछि विस्थापित भई अस्थायी शिविरमा बस्दै आएका लाप्राकवासी खुसी भएका छन् । जग्गा नहुँदा व्यवस्थित टहरोसमेत बनाउन नपाएका लाप्राकीले अब घर बनाउन पाइने भन्दै खुसी साटेका छन् ।

लाप्राकको पुरानो गाउँ भूकम्प र पहिरोले गर्दा असुरक्षित छ । विसं २०५६ मा गएको पहिरो र वैशाखमा गएको भूकम्पले गाउँको तल्लो भेग चिराचिरा परेको छ । पुरानै लाप्राकमा नयाँ बस्ती विकास गर्न नमिल्ने भूगर्भविद्को भनाइपछि लाप्राकका भूकम्पपीडित सुरक्षित जग्गाको खोजीमा भौँतारिएका थिए ।

छ सय १७ अस्थायी शिविरमा कष्टकर जीवन निर्वाह गर्दै आएका लाप्राकीलाई भूकम्प गएको नौ महिनापछि सरकाले १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको गुप्सीपाखा दिने निर्णय गरेको थियो । गुप्सीपाखामा व्यवस्थित, एकीकृत बस्ती विकास गर्ने सरकारी योजनाको स्वागत गरेको स्थानीय किसान गुरुङले बताए ।

सरकारले लाप्राकीलाई गुप्सीपाखामा स्थानान्तरण गर्ने निर्णय गरेको सुनेपछि खुसी हुनुभएका लाप्राकका पूर्व गाविस अध्यक्ष सन्तोष गुरुङले भने– “जग्गा प्राप्त भएलगत्तै स्थायी घर बनाउने कामको सुरुवात गर्नुपर्छ ।” गुप्सीपाखा स्थानीय भूमे सामुदायिक वनको जग्गा हो । गुप्सीपाखामा व्यवस्थित बस्ती विकासको प्रक्रिया अघि बढाउन सहरी विकास र पुनःनिर्माण प्राधिकरणलाई सरकारले यसअघि निर्देशन दिइसकेको छ ।

ratopati
शुक्रबार, १ माघ
काठमाडौ । तमलोपा अध्यक्ष महन्थ ठाकुर नयाँ दिल्ली जाने भएका छन खुट्टाको शल्यक्रियाका लागि आइतबार उनी नयाँ दिल्ली जाने भएका हुन।
उनी दिल्ली स्थित मेदान्त अस्पतालका चिकित्सकहरुसंग सोमबार उपचारको सयम लिएको हुनादे उनी आइतबार दिल्ली जान लागेका हुन।
उनले दिल्लीमा उपचारबाहेक कुनै औपचारिक राजनीतिक एवं कूटनीतिक भेटघाटको कार्यक्रम रहेकोले उपचार पछि काठमाडौ फर्किने उनले बताए ।
nepalsandesh
हिन्दु धर्म मान्नेलाइ भगवान हनुमानको धार्मिक अर्थ र महत्व थाहा नहुने कुरै भएन्। हनुमान भगवान रामका परमभक्त तथा भगवान शंकरका एघारौ रुद्र अवतार थिए। उनि बालबह्रमचारी समेत थिए ।

तर धेरैलाई हनुमानको एउटा कुरा थाहा छैन्। धेरै मानिसलाइ थाहा नभएको शास्त्रमा हुनुमानका पुत्रको समेत वर्णन गरिएको छ। हुनुमानको पुत्रको नाम मकरध्वज थियो।

मकरध्वजको दुर्लभ कथा..
धर्मशास्त्रका अनुसार जब हुनुमान सीताको खोजीमा लंका पुगे उनलाई रावण पुत्रले मेघनादले पक्राउ गरेर रावणको दरबारमा लगे। त्यहाँ उनको पुच्छरमा आगो लगाएर छोडियो । आगो लागेको पुच्छरबाट हुनुमानले पुरै लंका जलाइदिए।

जल्दै गरेको पुच्छरबाट हनुमानलाई निकै पिडा भएको थियो। पिडा शान्त गर्ने हुनुमान समुन्द्रमा पुगे। समुन्द्रमा स्नान गरेर आगोको पिडा शान्त गर्न क्रममा उनको शरिरबाट एक थोपा पसिना झर्यो। उक्त पसिनाको थोपा एउटा माछाले पिइ र गर्भवति बनी। उक्त माछाबाट जन्मिएको हनुमानको छोराको नाम रहन गयो मकरध्वज।

मकरध्वज पनि पिता हनुमान सरह महान परक्रमी र तेजस्वी थिए। उनलाई अहिरावणले पाताल लोकको द्धारपाल बनाएका थिए।

जब अहिरावणले देवीलाइ बलि दिन राम र लक्ष्मणलाई अपहरण गरेर पाताल लगे। हनुमान राम र लक्ष्मणलाइ बचाउन पाताल पुगे । त्यहाँ उनले मकरध्वजलाई भेटे।


त्यहाँ मकरध्वजले आफूलाई पिता हनुमानलाइ चिनाउँदै आफ्नो उत्पतीको कथा सुनाएका थिए। पातालमा हनुमानले अहिरावणको बध गरेर राम र लक्ष्मणलाई बचाए । अहिरावणको बधपछी भगवान रामले हनुमान पुत्र मकरध्वजलाई पातालको अधिपति बनाएका थिए।
काठमाडौं, १ माघ । एकीकृत माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकाको कामबाट सरकारमा सहभागी कुनै पार्टी सन्तुष्ट नरहेको बताउनुभएको छ ।
उहाँले सरकारले राम्रो काम गर्न नसकेको बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरगर्दै उहाँले भन्नुभयो, ‘सरकारको कामबाट सन्तुष्ट हुने अवस्था छैन । योभन्दैमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भन्ने होइन ।’
सरकारको कामकारबाही र एमाओवादीको भागमा परेको मन्त्रालयहरूका विषयमा पार्टीभित्र समीक्षा भएको बताउनुभएका उपाध्यक्ष श्रेष्ठले सरकारले गर्ने गलत कामको मुकदर्शक भएर नबस्ने बताउनुभयो ।
‘पार्टीमा समीक्षामा छौँ । तत्काल गम्भीर निर्णयमा जाने छैनौँ । मुकदर्शक भएर बस्दैनौँ । सरकारले धेरै मेहन गर्नुपर्ने छ’, उहाँले भन्नुभयो, ‘सरकारबाट फिर्ता हुने वा मन्त्री फिर्ता बोलाउने कुरा सोँचेका छैनौँ ।’
उपाध्यक्ष श्रेष्ठले वर्तमन सरकारलाई जे पनि गर्न छुट नरहेका बताउनुभयो । ‘सरकारमा मन्त्री बन्नका लागि समर्थन मात्रै गर्दैनौँ’, उहाँले भन्नुभयो, ‘सरकारका कामिकमजोरी छन् । त्यसलाई सुधार अनिर्वाय भइसकेको छ । अन्यथा जेपनि गर्नुपर्ने अवस्था आउन सक्छ ।’
dainiknepal
काठमाडौं, १ माघ । मुलुकका प्रमुख पाँच पदको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्वसहित ३२ जना विशिष्ट व्यक्तिका लागि मापदण्डबिनै वार्षिक ३ अर्ब बराबर रकम राज्य कोषबाट खर्च हुने गरेको छ ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सभामुखको जिम्मेवारीमा रहेका बहालवाला र भूतपूर्व २७ जनासहित ३२ बिशिष्टका लागि राज्यकोषबाट उक्त रकम खर्च हुँदै आएको समाचार नागरिक दैनिकले समचार लेखेको छ ।
विशिष्टका नाममा मनलाग्दी खर्च गरेको पाइएपछि बेरुजु फस्र्योट समितिले उक्त विषयमा चासो व्यक्त गरेको संयोजक रामहरि खतिवडाले बताए ।
‘बहालबाला र भूतपूर्वसहित ३२ जना ‘बिग फाइभ’लाई सुविधाका नाममा कुनै मापदण्ड नबनाई वार्षिक ३ अर्ब बराबर रकम खर्च हुने गरेको देखियो, खतिवडाले भने, ‘उक्त रकमलाई महालेखाले बेरुजुमा देखाएको रहेछ, जुन विवरण अहिले समितिसमक्ष आइपुगेको छ।’
dainiknepal
शुक्रबार, १ माघ
काठमाडौ। भूकम्पबाट ध्वस्त संरचना पुनर्निर्माण गर्न श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको ईपीएस कार्यालयले ३० हजार कामदार उपलब्ध गराउने प्रस्ताव गरेको छ ।
ध्वस्त संरचना पुनर्निर्माणमा कामदार अभाव रहेको बहस चलिरहेका बेला ईपीएस कार्यालयले दक्षिणकोरिया जान आवेदन दिएका युवालाई पुनर्निर्माणमा प्रयोग गर्न सकिने प्रस्ताव गरेको हो ।
यो वर्ष मात्रै ५१ हजारले कोरिया जान आवेदन दिएकोमा आठ हजार चार सय ९० जना पास भएका छन् ।कोरियाले वार्षिक रुपमा आवश्यक पर्ने संख्याका आधारमा परीक्षार्थी उत्तीर्ण गराउँछ । परीक्षा दिएका बाँकी ४२ हजारभन्दा बढी कोरिया जान पाउँदैनन् ।
आवेदन दिएका सबैजनाको रेकर्ड उपलब्ध गराउनसक्ने भन्दै परीक्षामा सहभागी भएकालाई काममा प्राथमिकता दिएमा विावादरहित हुने दाबी ईपीएस कार्यालयले गरेको हो ।
सरकारले माघदेखि राष्ट्रिय पुनर्निर्माण महाअभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
तत्काल आवश्यक कामदार छान्न यो प्रक्रिया निकै उपयोगी हुने ईपीएस कार्याालयको भनाइ छ । पुनर्निर्माण प्राधिकरणले ईपीएस कार्यालयको प्रस्तावमा छलफल गरी निर्णय लिइने जनाएको छ । आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
शुक्रबार, १ माघ

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले थारु समुदायको सबैभन्दा ठूलो चाड तथा थारु, मगर र छन्त्याल समुदायले राष्ट्रिय पर्वका रुपमा मनाउने माघी पर्व २०७२ को उपलक्ष्यमा स्वदेश तथा विदेशमा बस्नेसबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले आज एक शुभकामना सन्देशमो नेपाल जातजाति, भाषा, धर्म र संस्कृतिको दृष्टिले विविधितायुक्त मुलुक भएको र सबै धर्म, समुदायका आआफ्ना संस्कृति र परम्परा रहिआएको बताउँदै सरकारले २०६४ सालमा यस पर्वलाई राष्ट्रिय पर्वका रुपमा मनाउने निर्णय गरिसकेको स्मरणगराएका छन।
उनले यस पर्वले सबै नेपालीको भावनालाई एकतामा जोड्ने प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन।
संविधानले सबै जातजाति, भाषाभाषी, धर्म र समुदायको सांस्कृतिक अधिकारको सुनिश्चितता प्रदान गरेको र यसको कार्यान्वयन गर्ने गराउने सन्दर्भमा हामीबीचको एकता झनै अनिवार्य छ भन्दै मुलुकको जटिल परिस्थितिमा अझै बढी एकताबद्ध हुनु आवश्यक रहेको बताए ।
प्रधानमन्त्री ओलीले मुलुकको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय एकताका निमित्त एकताबध्द भएर अघि बढ्न माघी पर्वबाट सबैमा प्रेरणा मिलोस् भन्ने कामना समेत गरेका छन।
nepalsandesh
काठमाडौँ – नयाँ शक्तिको नाममा गैर माक्र्सवादी र पुँजीवादलाई प्रेरित गर्ने दल बनाउने अभियानमा लागेका डा. बाबुराम भट्टराईलाई साथ दिँदै आएकैहरुको बीचमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण थप समस्या पैदा भएको छ ।
एमाओवादीमा नै रहेका केही नेता तथा कार्यकर्ता तानेर नयाँ शक्तिको नाममा भजन मण्डली खडा गरेका डा. भट्टराई हरेक मोर्चामा असफल हुँदै गएका छन् । मोहनविक्रम सिंहले जिल्ला समितिभन्दा माथि लान नहुने वचन त्यसै दिएका होइन रहेछन् । आजकलको उनको गतिविधि देख्दा त्यस्तै देखिन्छ । आफैंले खाएको थालमा थुक्ने र प्वाल पार्ने काममा उनी उद्यत रहेको भन्दै नयाँ शक्तिमा नै लाग्ने भनेर तयारी गरिरहेका समेत पुनः पूर्व घरमा नै फर्किएका छन् । सामाजिक सञ्जालमा अभिव्यक्ति दिएकै भरमा राजनीतिक शक्ति बन्न नसक्ने र त्यो केवल नक्कली र बनावटी हुन्छ भन्ने समेत थाहा नपाएका भट्टराई आफ्नै कारणले त समस्या परेका छन् नै त्योभन्दा बढी समस्या उनकै आफ्ना र नजिकका भनिएकाबाट परेको छ । हिसिला यमीले खाडी भ्रमणमा देखाएको प्रवृत्ति र संगठन विभाग प्रमुख बनाइएका देवेन्द्र पौडेलका कारण भट्टराई समस्यामा परेका छन् । नयाँ शक्तिका खम्बा भन्दै आफूलाई प्रचार गराएर हिँडेका जनक शाह, खिमलाल देवकोटा र मुक्ति प्रधानबीच मारामार देखिएको छ । शाह, देवकोटा र प्रधानबीच तँ ठूलो कि म ठूलो भन्ने विवाद बढ्दै गएको छ । प्रधान सो दौडमा अलिक पछाडि भएपनि शाह र देवकोटाले भने एकले अर्कोलाई स्वीकार नगर्ने र एकले अर्कोलाई नटेर्ने स्थिति पैदा भएको छ । उनीहरुले पालैपालो डा. भट्टराईलाई पोल लगाउने गरेका छन् । जनक शाह राष्ट्रिय योजना आयोगका पूर्व सदस्य हुन् । काम भन्दा कुराको भारी भन्दै एमाओवादीकै कार्यकर्ताले उनको आलोचना गर्ने गरेका थिए । देवकोटा वुद्धिजीवी संगठनको अध्यक्ष भएको भए पनि वुद्धिजीवीको क्षेत्रमा वरको सिन्को पर नसारेको बताइन्छ । जनयुद्धकालमा पनि राम्रोसँग काम नगरेको आरोप उनीमाथि लागेको थियो । पूर्व महान्यायाधिवक्ता प्रधान कोही कसैलाई टेर पुच्छर लगाउँदैनन् । डा. भट्टराईले आफूलाई नगनेको र देवकोटाको मात्रै कुरा सुनेको भन्दै शाह आफूले एमाओवादी नछाडेको भन्दै लाजिम्पाट समेत पुगेका थिए । राष्ट्रिय योजना आयोगको सदस्य पाइन्छ कि भन्दै ¥याल काढेका थिए । तर, त्यो पद पनि नपाएपछि शाह ‘अब के गर्ने लौन’ भन्दै कहिले सानेपा र कहिले लाजिम्पाट दौडेर बसिरहेका छन् । देवकोटालाई भने डा.भट्टराईले धाप दिएका कारण ‘नयाँ शक्ति नै सबै हो’ भन्दै अनलाइनतिर लेख लेखेर बस्न थालेका छन् । प्रधानको लाइन भने हालसम्म पनि खुल्न सकेको छैन । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।ratopati
आजको पञ्चाङ्ग
श्रीसूर्य उत्तरायण शिशिर ऋतु, कीलकनाम संवत्सर, शाके १९३७, विक्रमसम्वत २०७२ साल माघ १ गते शुक्रवार नेपाल सम्बत ११३६ पोहेलाथ्व,सन् २०१६ जनवरी १५ तारिक शुक्लपक्ष षष्ठी तिथि राती ९ वजेर ५७ मिनेटसम्म, उत्तरभाद्रा नक्षत्र राती ४ वजेर ४३ मिनेटसम्म, परिघयोग राती १० वजेर ३ मिनेटसम्म, कौलवकरण विहान १ वजेर ६ मिनेटसम्म, आनन्दादियोग ध्वज, सूर्य मकर राशीमा, चन्द्रमा मीन राशीमा ।
मेषः–



7 घरयासी खर्च आज बढ्ने देखिन्छ । धन सम्पतिको विषयलाई लिएर विवाद पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउनेछ । मन चञ्चल हुनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । काममा अवरोध आउनेछ ।
वृषः–

8आकस्मिक आम्दानीको योग बनिरहेकोछ । आफ्नै पहलमा काम हुनेछन् र गरेका कामबाट उचित लाभ पनि हुनेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । घर परिवारबाट सहयोग,सहानुभूति मिल्नेछ ।
मिथुनः–

10कामले गति लिनेछ । अधुरा रहेका काम पनि बन्ने छन् । आफन्तजनबाट सहयोग पाईनेछ । नोकरी तथा राजनीतिमा नयाँ सम्भावना देखिने छन् । यान्त्रिक तथा कृषिजन्य व्यवसायबाट लाभ हुनेछ ।
कर्कटः–

11विचार परिवर्तन हुनेछ । मानसिक चिन्तामा कमी आउनेछ । बाहिरी काममा समय बढि लगानी हुदा आफ्ना कामले गति अझै लिने छैन । फलदायी यात्राको थोरै सम्भावना देखिन्छ । विश्वासमा नपर्नु होला ।
सिंहः–

12बन्न लागेका काममा अवरोध आउन सक्छ । आर्थिक क्षेत्रमा भने सुधार आउनेछ । आफ्नो कर्म क्षेत्र छोडेर अन्त नलाग्नु होला । व्यापार व्यवसायबाट अल्प लाभ हुनेछ । पराक्रम बढ्ने छ । चिन्ता थपिएला ।
कन्याः–

9शसुरालीबाट सहयोग पाईनेछ । जीवन साथीको सहयोगमा धेरै काम बन्नेछन् । काम गर्दा सानातिना समस्या आउन सक्छन् धैर्यतापूर्वक काम गर्नु होला । लगनशिल भई गरेका काम सफल हुने छन् ।
तुलाः–

4विरोधीको चक्रव्यूहबाट बचेर काम गर्नु होला । नोकरी तथा राजनीतिमा समस्या आउन सक्छ,सरुवाको सामना गर्नु पर्ला । काम गरेर जश पनि पाईने छैन । गोपनीयता अप्नाई काम गर्नु भएमा सफलता मिल्नेछ ।
वृश्चिकः–

3पठन पाठनमा थोरै प्रगति हुन सक्छ । कर्म गर्दा मर्म बुझिने दिने कोहि हुने छैन । पिताको स्वास्थ्यमा समस्या आउन सक्छ । अलमलमा पर्नु भयो भने आफ्नो काममा अरुले नै अधिकार जमाउने छन् ।
धनुः–

2घर परिवारमा समस्या आउनेछ । माताको स्वास्थ्य कमजोर बन्न सक्छ । मानसिक चिन्ता बढ्ने छ । व्यापार व्यवसायम पनि समस्या आउनेछन् । लेनदेन कारोवारमा गडबढ हुन सक्छ सतर्क रहनु होला ।
मकरः–

1काम गर्ने उत्साहा बढ्नेछ । चुनौतिको सामना गर्न सक्षम हुनुहुनेछ । व्यापार व्यवसायमा पनि नयाँ सम्भावना देखिने छन् । निर्णय क्षमता पनि बढ्ने छ । आर्थिक क्षेत्रमा सुधार आउने छ ।
कुम्भः–

6आर्थिक कारोवारमा सचेत रहनु होला । आफन्त बनेर धोका दिने पनि कम हुने छैनन । व्यापार व्यवसायबाट आफुले सोचे जस्ता लाभ लिन सकिने छैन । गरेका परिश्रम खेर जान सक्छ सजग रहनु होला ।
मिनः–

5विवादित कामको टुङ्गो लाग्नेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । काम गर्ने जोश जागर पनि बढ्नेछ । फजुल खर्चमा नियन्त्रण आउनेछ । पढाई लेखाईमा ध्यान जानेछ । व्यापार व्यवसायमा सुधार आउनेछ ।

जाडो महिना शुरु भइसकेको छ ।  बिषेश गरि जाडोमा हामिले हाम्रो स्वास्थ्यमा धेरै ध्यान पुराउनु पर्दछ । जाडो महिनामा कयौ मानिसहरुलाई नाक बन्द हुने, नाकबाट पानी बग्ने आदि समस्या देखापर्दछ त कयौलाइ त ज्वरोले पनि सताउने गर्दछ । जसका कारण तपाईंले एन्टिबायोटिक नै चलाएर अस्पताल भर्ना भएर बस्नुपर्ने स्थिती आउने गर्दछ । तसर्थ जाडोको समयमा आफ्नो स्वास्थ्यको आफै हेर विचार गर्न जरुरी छ । यहाँ जाडो मौसमको समयमा सर्दीबाट बच्ने केही टिप्सहरु दिइएको छ । दिइएको टिप्समा ध्यान दिनुहोस र जाडोबाट बच्नुहोस ।
१. अदुवाको टुक्राको रस २० मि.ली देखि ३० मि.ली. सम्म दिनमा तीन पटक लिनाले र्सर्दीबाट आराम मिल्छ ।
२. दश ग्राम लसुनलाई १ कप दुधमा उमालेर साँझमा सुत्नेबेलामा वा खाजा खानुभन्दा अघी सेवन गर्नुहोस् ।
३. एक चम्चा प्याजको रस बराबर मात्रामा मह मिसाएर दिनमा तीनपटक लिनुहोस् ।
४. वेसार र सौंठको धुलोको लेप बनाएर टाउकोमा लगाउनुहोस् ।
५.कालो मरिच डढाएर धुवा सुँघनाले बन्द नाक खुल्छ ।
६. अलिकति अदुवा, अजवाइन ९ चम्चा, ल्वाङ ५ वटा, कालो मरिच ३ वटा, मेथी १ चम्चा, तुलसी र पुदिनाको पात १० वटा यी सबैलाई मिलाएर दिनमा दुइपटक सेवन गर्नाले आराम हुनेछ ।
७. एक गिलास तातो पानीमा १ चिम्टी नुन, १ चिम्टी खाने सोडा मिसाएर दिनमा दइपटक र सुत्ने समयमा कुल्ला गर्नाले घाँटीको खसखसबाट आराम मिल्छ ।

विवाहपछि  अचानक हुने तौल वृद्धिको कारण जीवनशैलीमा हुने परिवर्तन हो । यो अनुसन्धानबाट पत्ता लागेको तथ्य हो ।
वटा युरोपियन मुलुकमा गरिएको अध्ययनमा अनुसन्धानकर्ताहरुले के पाए भने, ‘विवाहित दम्पती अविवाहितको दाँजोमा राम्रो खाना खान्छन् । तर खेलकुद, व्यायामसम्बन्धी गतिविधि कम हुने भएकाले उनीहरुको तौलमा वृद्धि हुन्छ ।
अध्ययनअनुसार लामो समयसम्म सम्बन्धमा रहने व्यक्ति खानपानप्रति सजग हुन्छन्, यसैकारण पहिलेको दाँजोमा स्वस्थ पनि हुन्छन् । विवाहित दम्पतिमा अविवाहितको दाँजोमा ‘बडी मास इन्डेक्स’ पनि बढी हुनेगर्छ ।

काठमाडौं, पुस ३० । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको सहज कार्यान्वयन र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सरकारमा सहभागी हुन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् ।

एमाओवादीले विहीबार राजधानीमा आयोजना गरेको प्रदेश नम्बर–३ का अगुवा कार्यकर्ताको वैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले वर्तमान सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा परिणत गर्नुपर्नेमा जोड दिए ।

‘मुलुकमा संकट परेका बेला सत्तापक्ष र प्रतिपक्ष हुँदैन भन्ने विषयमा आत्मसात् गरेर कांग्रेस पनि वर्तमान सरकारमा सहभागी हुनुपर्छ, कांग्रेस सरकारमा आउने अवस्था आए आफ्नो पार्टीले लिएका मन्त्रालय छाड्न तयार छ’–नेता दाहालले भने–‘आग्रह पूर्वाग्रह राखेर मुलुक चल्न सक्दैन, संकटको समाधान गर्न सबै ठूला दल नमिली सुखै छैन ।’

उनले भूकम्प र अघोषित नाकाबन्दीबाट मुलुकलाई परेको संकटबाट पार लगाउन पनि सबै पक्षको मतैक्य हुनुपर्ने बताए । ‘हामी जस्तोसुकै दुःख पनि सहन तयार छौँ तर राष्ट्रको शिर झुक्न दिन्नौं’–उनले भने–‘राजनीतिक नेतृत्वको सानो गल्तीले पनि मुलुक समस्यामा पर्ने, पार्टी बिग्रने हुँदोरहेछ, त्यो गल्ती सच्चाउँदा मुलुक अगाडि बढ्ने र पार्टी बन्ने रहेछ ।’

अध्यक्ष दाहालले पार्टीको पछिल्लो केन्द्रीय समितिको बैठकले समाजवादी क्रान्तिको आधार तयार पारेको र सोही आधारमा विचारको विकास गर्न जरुरी रहेको स्पस्ट पारे ।

उनले पार्टीको संगठन निर्माणमा ध्यान केन्द्रित गर्न र जनताका दैनिक जनजीवनसँग जोडिन र सहभागी बन्न कार्यकर्तालाई निर्देशन दिए ।

अध्यक्ष दाहालले अगाडि भने–‘अब सबै माओवादी क्रान्तिकारीलाई एकजुट बनाउनु पर्छ । विचार र राजनीतिमा एकमत भएर नै पार्टी एकता हुन्छ ।’

कार्यक्रममा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव कृष्णबहादुर महरा, स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर, सल्लाहकार समितिका संयोजक नन्दकुमार प्रसाइँ, पोलिटब्युरो सदस्य लीलामणि पोखरेल, शशि श्रेष्ठ, झक्कु सुवेदीलगायतले प्रशिक्षण दिएका थिए । imagekhabar
काठमाडौं – मन्त्रीपरिषद्ले सहमतिका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई गरेको तीन बुँदे प्रस्तावलाई भारतले स्वागत गरेपछि मधेसी नेताहरुको दिल्ली दौड बाक्लिएको छ । दिल्लीमै रहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फर्किन लाग्दा भोली तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर दिल्ली जान लागेका हुन् ।
भारतको चाहना भारतको निमन्त्रणामा मसिर २० गते दिल्ली गएर मधेसी मोर्चाका नेताहरु २३ गते फर्केका थिए । नेपाल सरकारले मधेसी मोर्चालाई सहमतिमा ल्याउन दिल्ली सरकारलाई दिएको चार बुँदे प्रस्तावको बारेमा छलफल गर्न मधेसी मोर्चाका नेताहरुलाई दिल्लीले डाकेको थियो । सरकारले गरेको प्रस्तावमा छलफल गर्न भारत सरकारले मोर्चाका नेताहरुलाई सुझाव दिएको थियो । नेपाल सरकारले त्यही प्रस्तावलाई मन्त्रीपरिषद्बाट पारित गरेपछि भारतले त्यसलाई औपचारिक रुपमै स्वागत गर्दै मधेसी मोर्चाका नेताहरुलाई त्यसमा छलफल गर्न दबाब दिएको भारतीय दूतावास स्रोत बताउँछ । त्यति मात्र होइन, संसदमा पेस भएका संशोधन विधेयक पनि पास गराउनमा सहयोग गर्न मधेसी मोर्चालाई दिवाव दिएको बुझिएको छ । र त्यही भएर संसदमा पेस भएको संशोधन विधेयक पास भएपछि मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण सुनिश्चित हुने बताइएको छ । भारतले मन्त्रीपरिषद्को निर्णयलाई स्वागत गरेसँगै मधेस आन्दोलन कमजोर हुनुको साथै वीरगञ्ज–रक्सौल बाहेक अरु सबै नाका खुले सरह भएको छ । नेपालस्थित भारतीय दूतावासले पनि मधेसी मोर्चाका नेताहरुलाई बोलाएर सरकारले गरेको प्रस्तावमा सहमति गर्न दबाब दिएका छन् । पछिल्लो भेटघाटमा पनि भारतीय गृहमन्त्री राजनाथ सिंह तथा विदेश मन्त्री सुष्मा स्वराजले सीमांकनकै विषयमा मात्र अडान लिएर आन्दोलन नलब्म्याउन र सरकारले गरेको तीन बुँदे प्रस्तावमा एकपटक छलफल गर्न आग्रह गरेको मोर्चाका एक नेताले बताए । छलफल गरेपछि कहाँ कुरा मिल्दैन त्यहाँबाट पुनः अर्को ढंगको छलफल अगाडि बढाउन दिल्लीले सुझाव दिएको ती नेता बताउँछन् । भारतीय दूतावास स्रोतका अनुसार भारत आन्दोलन लम्ब्याउने पक्षमा छैन । कसरी हुन्छ, यसलाई समाधान गरेर अगाडि बढ्ने पक्षमा रहेको छ । त्यसैले मधेसी नेताहरुलाई मनाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमण गराउन लागेका हुन् । भारत भ्रमणमा जानुअघि केही न केही सहमतिको वातावरण तयार गर्ने भारतको चाहना रहेको छ – चाहे ११ बुँदामै सहमति होस् वा संसदमा पेस भएको संशोधन विधेयक नै पारित होस् तर देखिने गरि प्रधानमन्त्रीले केही गरेपछि मात्र भारतको भ्रमण हुने बताइएको छ । मधेसी नेताको चाहना सरकारले प्रस्ताव गरेको बुँदामाथि छलफल गर्न भारतले दवाव दिन थालेपछि भारत भ्रमणको एक महिना नपुग्दै मधेसी नेताहरुको दौडाधुप बाक्लिएको छ । भारत भ्रमणबाट फर्केको २० दिन नपुग्दै राजेन्द्र महतो पुनः दिल्ली पुगे र राजनीतिक भेटवार्तालाई तीब्रता दिए । उनका एकजना सहयोगीले रातोपाटीसँग भने, ‘राजेन्द्र महतो र भारतका नेताहरुसँग राजनीतिक भेटघाट मात्र नभएर महतोको स्वास्थ्यलाभको कामनासहितको भेटघाट थियो ।’ दिल्लीबाट केही पहिले फर्केका एकजना तमलोपाका विद्यार्थी नेताले सो कुरालाई खण्डन गर्दै भने, ‘विरामीलाई स्वास्थ्यलाभको कामना गर्न अन्य व्यक्ति विरामीको घरमा पुग्छ, न विरामीले स्वास्थ्यलाभको कामना लिन नेताहरुको घरघर पुग्छन् । यसैबाट बुझ्न सकिन्छ कि भेटघाटको उद्देश्य के हो ।’ बिराटनगरमा प्रहरीको कुटाइबाट घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो उपचारका लागि पुस १७ गते दिल्ली गएका थिए । मेदान्त अस्पतालबाट डिस्चार्ज भएका महतोले भारत सबै प्रमुख नेतालाई भेटीसकेका छन् । आजै उनले भारतीय काँग्रेसका अध्यक्ष सोनिया गान्धी उपाध्यक्ष राहुल गाँधीलाई भेटेका छन् । जब कि औपचारिक भारत भ्रमणको बेलामा पनि मोर्चाका नेताहरुले गाँधीलाई भेट्न सकेका थिएनन् । उनले विजय जोलीदेखि लिएर डा. करण सिंहसम्म तथा विदेश मन्त्री सुष्मा स्वराजदेखि पूर्व जर्नल अशोक मेहतासम्मलाई समेत भेटिसकेका छन् । फलोअपका लागि दिल्लीमा बसेका अध्यक्ष महतो नेताहरुको घरघरमा गएर नै भेटेका छन् । उपचारका दिल्लीमा भएर त्यहाँका विभिन्न नेताहरुलाई भेटघाटलाई तीब्रता दिएपछि संघीय समाजवादी फोरम नेपालले पनि आफ्नो पार्टीको तर्फबाट पर्सा अध्यक्ष प्रदीप यादवलाई दिल्ली पठाएको छ । भारतसँग राम्रो सम्बन्ध बनाएका प्रदीप यादव उपेन्द्र यादवको सबभन्दा विश्वास पात्र मानिन्छन् । प्रदीप यादवले पनि राजेन्द्र महतोजस्तै भारतीय नेताहरुलाई भेट्दै हिँडेका छन् । उनले पनि आजै काँग्रेस पार्टीका उपाध्यक्ष राहुल गाँधीलाई भेटेका छन् । स्रोतका अनुसार भारतीय नेतासमक्ष उनीहरुको एउटै गुनासो छ – ‘मधेसी नेताहरुको भारत भ्रमणपछि किन आन्दोलन खुकुलो भयो ? जुन प्रकारको सहयोग पहिला थियो त्यसमा किन कमी देखिएको छ ?’ यसरी पटक पटक भारतीय नेताहरुलाई किन भेटिएको जिज्ञासामा उनीहरु भन्छन्, ‘मधेस आन्दोलनको बारेमा बुझाउन गएका हौं ।’ मंसिरमा गरेको भारत भ्रमण पनि मधेस आन्दोलनकै बारेमा बुझाउन गएको भनिएको थियो । त्यति मात्र होइन, अध्यक्ष महतो दिल्लीमा भारतीय नेताहरुलाई भेटिरहँदा उनकै पार्टीका नेता योगेन्द्र राय यादवले विहार भ्रमण गरेका छन् । उनले विहारका नेताहरुलाई भेटेका छन् । उनले पनि मधेस आन्दोलनको बारेमा जानकारी गराउन नेताहरुलाई भेटेको बताउँछन् । योगेन्द्र राय यादवहरुको टोली फर्किसकेपछि संघीय समावेशी गठबन्धनका युवा नेताहरु पनि विहारका विभिन्न नेताहरुलाई भेट्दै हिँडेका छन् । जेपी गुप्ता संयोजक रहेको तराई मधेस राष्ट्रिय अभियानका नेता आत्मराम प्रसाद शाह पनि भारत भ्रमणमा निस्किएका छन् । भ्रमण अर्थपूर्ण प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणअघि मधेसी नेताहरुको दिल्ली दौडलाई अर्थपूर्ण रुपमा लिइएको छ । एक वर्षभन्दा बढी समयदेखि बोलचाल समेत बन्द रहेको बेला प्रधानमन्त्री ओलीले मंसिर २७ गते राजेन्द्र महतोलाई फोन गरेका थिए । दिल्लीमा रहेका महतोले नेपाल सरकार खासगरि केपी शर्मा ओलीको आलोचना धेरै गर्न थालेपछि त्यसले आफ्नो भ्रमणमा असर पर्छ कि भन्दै उनले महतोलाई फोन गरेका थिए । पाँच महिनादेखि जारी मधेस आन्दोलनमा सहमति हुन नसकिरहेको अवस्थामा सहमतिको वतावरण कसरी तयार गर्ने र भारत भ्रमणमै रहेको बेला सहमतीको सुत्रहरु दिन सकिक्छ भनि भारतले मधेसी मोर्चाका सबभन्दा विश्वासपात्र अध्यक्ष ठाकुरलाई दिल्ली बोलाइएको छ । तर, उनको पार्टी स्रोत भन्छ, ‘अध्यक्षजीलाई भारतले बोलाएको होइन, उहाँ नियमित चेकजाँचका लागि दिल्ली जाँदै हुनुहुन्छ ।’ प्रधानमन्त्री ओलीको भारत भ्रमण आउँदो फेब्रुवरी महिनाको मध्यतिर गर्ने प्रस्ताव नेपालको तर्फबाट गरिएको छ । तर भ्रमणको तिथि तय गर्नु भन्दा पहिले संसदमा दर्ता गरिएको संविधान संशोधन विधेयक पारित गर्ने शर्त राखेपछि त्यस तर्फ सरकारले आवश्यक कदम चालेको छ ।ratopati
काठमाडौँ, ३० पुस । कोरियाली भाषा परीक्षामा सहभागी भई कोरिया जान नपाएकालाई पुनःनिर्माण कार्यका लागि स्वयम्सेवकको रुपमा परिचालन गर्न सकिने अवधारणा वैदेशिक रोजगार विभागअन्तर्गत इपिएस कोरिया शाखाले अघि सारेको छ ।
शाखाले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसमक्ष सो प्रस्ताव पठाउँदै करिब बीसदेखि तीस हजार अदक्ष श्रमिकलाई स्वयम्सेवकको रुपमा छनोट गर्न सकिने जनाएको छ । शाखाका प्रमुख डिल्ली बास्तोलाले भाषा परीक्षामा असफल भएका परीक्षार्थीलाई छनोट गर्दा राजनीतिक दबाब नहुने, छनोट प्रक्रिया विवादमुक्त हुने र सजिलै ठूलो सङ्ख्यामा श्रमिकको व्यवस्था गर्न सकिने भएकाले यो प्रस्ताव ल्याइएको बताउनुभयो ।
सार्वजनिक रुपमा आह्वान गरी इच्छुक व्यक्तिलाई स्वयम्सेवकका रुपमा छनोट गरी उनीहरुलाई केही अवधिको तालिम दिई ‘निश्चित निर्वाह खर्च’ प्रदान गर्ने गरी काममा लगाउन सकिने शाखाले ल्याएको प्रस्तावमा उल्लेख छ । वैदेशिक रोजगारका लागी दक्षिण कोरिया जान इपिएस कोरिया शाखाबाट गत वैशाख ३ गते सञ्चालन भएको छैटौँ कोरियन भाषा परीक्षाका लागि ५१ हजारले आवेदन दिएकामा आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएका थिए ।
सार्वजनिक रुपमा आह्वान गरे उनीहरुमध्ये आधाले स्वयम्सेवकको रुपमा काम गर्ने अनुमान शाखाले लिएको छ । छौटौँ भाषा परीक्षाका सहभागीबाट अपुग भए चौथो र पाँचौँ भाषा परीक्षामा सहभागी भएका एक लाख आवेदकमध्येबाट पनि आवश्यकताअनुसार स्वयम्सेवक लिन सकिने प्रस्तावमा उल्लेख छ ।
आफूहरुको प्रस्तावलाई पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सकारात्मक रुपमा लिँदै त्यसका लागि पहल गर्ने बताउनुभएको शाखाका प्रमुख बास्तोलाले जानकारी दिनुभयो । प्रस्तावमा भनिएको छ, “ती स्वयम्सेवक छनोट गर्दा कति अवधिका लागि लिने, के कस्तो सुविधा दिने, कसको मातहत कसरी खटाउने भन्ने सम्बन्धमा राज्यले निश्चित नीति बनाउन सक्दछ ।” अहिले स्वयम्सेवकको रुपमा खटाउँदा उनीहरुमा दक्षतासमेत वृद्धि हुने तथा उपयुक्त नीतिगत व्यवस्था गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा श्रमिकका रुपमा खटाउन सकिने सम्भावना छ ।
यसरी खटिने कामदारलाई स्वयम्सेवा गरेको प्रमाणपत्र दिने र कार्यक्षेत्र तोक्दा सकेसम्म सम्बन्धित जिल्ला वा क्षेत्रभित्रका युवालाई प्राथमिकता दिन उपयुक्त हुने प्रस्तावमा उल्लेख छ ।
dainiknepal
काठमाडौं: उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको नतिजा विहिबार सार्वजनिक गरेको छ । परिषदका अनुसार नियमिततर्फ परीक्षामा सम्मिलितमध्ये ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालका अनुसार परीक्षामा नियमिततर्फ दुइ लाख ४३ हजार सात सय ३१ जना सहभागी भएकोमा एक लाख १९ हजार नौ सय १६ जना उत्तीर्ण भएका छन् ।


त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका एक लाख २६ हजार नौ सय ३० जनामध्ये ४३ हजार नौ सय ८३ जना उत्तीर्ण भएका छन् । यो परीक्षामा सहभागीमध्ये ३४ दशमलव ६५ प्रतिशत हो । अर्यालका अनुसार नियमिततर्फ ६१ तथा आंशिकतर्फ ३५ जना परीक्षाको नतिजा रद्द गरिएको छ ।

नियमिततर्फ चार जनाको नतिजा स्थगित गरिएको छ । नियमिततर्फ एक विषय लागेर अनुत्तीर्ण भएका विद्यार्थीलाइ माघ २९ गते मौका परीक्षाको व्यवस्था गरिएको छ । परिषदले कक्षा एघारको परीक्षा दुइ चरणमा संचालन गरेको थियो ।

भूकम्पबाट क्षति नपुगेको र थोरै क्षति पुगेका ६८ जिल्लामा गत असार १ गतेदेखि ११ गतेसम्म परीक्षा संचालन गरिएको थियो ।

भूकम्पका कारण क्षति पुगेका गोरखा, धादिङ, नुवाकोट, काभे्र, सिन्धुपाल्चोक, दोलखा, रामेछाप जिल्लामा भने असार २४ गते मात्र परीक्षा संचालन भएको थियो ।
annapurnapost
पाल्पा, ३० पुस । पाल्पामा एक महिलाले चार सन्तान (चम्ल्याहा) जन्माएकी छिन् ।
विहीबार गुल्मीकी २६ बर्षीया गीता कुँवरले पाल्पा तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटलमा चम्ल्याहा जन्माएकी हुन् । जन्मेकामध्ये दुई छोरा दुई छोरी छन् । अस्पतालका अनुसार आमा र चारैजना बच्चाको स्वास्थ्य सामान्य छ ।
लुम्बिनी मेडिकल कलेजका चिकित्सकहरु स्त्री तथा प्रशुति रोग विषेशज्ञहरु डा. बबिता थापा, डा. श्रेयषी अर्याल, डा. दिपक श्रेष्ठ, एनेस्थेसिया विशेषज्ञ डा. कल्पना खर्वुजा, बालरोग विशेषज्ञ डा. किरण पन्थी र रेसिडेन्ट डा. सेविना बानियाको टिमले सफल शल्यक्रियाबाट चम्ल्याहा जन्मिएका हुन् ।
बच्चाहरुको तौल पहिलो छोराको १.५ किलो ग्राम, दोस्रो छोराको १.२८, तेस्रो छोरीको १.७३ र चौथो छोरीको १.२१ किलो ग्राम रहेको डा. बुद्धी कुमार श्रेष्ठले बताए ।
चार महिना पहिला नै गर्भमा चार सन्तान रहेको थाहा पाएपछि गीता महिला तथा स्त्री रोग विषेशज्ञ डा. बुद्धी कुमार श्रेष्ठको सल्लाह र चिकित्सकहरुको निगरानीमा अस्पतालमा भर्ना भएकी थिइन ।
फोटोः नागरिक न्यूजबाट ।
dainiknepal
एक कान दुई कान हुँदै मैदान भनेझैं प्रमुख तीन दल र मोर्चाबीच सीमाकंनमा कुरा मिल्न नसक्दा सुरु भएको आन्दोलन पाँच महिना पुगेको छ । तराई मधेसमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विगत पाँच महिनादेखि सीमाकंन परिर्वतन नागरिकता, समानुपातिक, जनसख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण लगायतको माग राखेर आन्दोलन गर्दै आएको छ ।

मोर्चाको आन्दोलनबीच बाटै असोज ३ गते संविधानसभाबाट संविधान घोषणा भयो । नेपालको अनुहार फेर्ने र नयाँ नेपाल निर्माणको आधार मानिएको संविधान मधेसी मोर्चाले आगो लगाए । मोर्चाको आन्दोलन चर्किदै गएपछि सहमति गर्न सरकारले वार्ता टोली गठन गर्यो । सुरुमा वार्तामा नबस्ने घोषणा गरेको मोर्चाले अन्ततः सरकारसंग वार्ता गर्न राजी भयो ।

सुरुमा सरकारलाई मोर्चासंग वार्ता गर्न महाभारत
सीमाकंन, नागरिकता, समानुपातिक समावेशी लगायतको मुद्दा संविधानले सम्बोधन गर्न नसकेको भन्दै आन्दोलन चर्कियो। आन्दोलनमा दिनदिनै आन्दोलनकारीहरुको संख्या बढ्दै गएर प्रहरी चौकी आक्रमण गर्न सफल भएपछि मोर्चाले आफ्नो पकड जमाउदै गयो । सरकारको उपस्थिति अलि कमजोर देखियो ।

सरकार रक्षात्मक भएको बेला मोर्चालाई वार्ताको लागि बोलाउदा समेत मोर्चाले वास्ता नै गरेन । सरकारको धेरै पटकको आग्रहपछि सरकारले तराईका आन्दोलनग्रस्त जिल्लाहरुमा परिचालन गरेको सेना फिर्ता गर्ने निर्णय पछि मोर्चा वार्तामा बस्न सहमत भएको थियो । वार्तामा बसेपनि मोर्चाले सुरुवाती दिनमा स्पष्ट माग पेस गर्न सकेन ।

११ बुँदे मागले सरकार मोर्चाबीच रस्साकस्सी
संविधान घोषणा भएको एक महिनाको बीचमा सरकार, प्रमुख तीन दल र मोर्चाबीच पाँच पटक भन्दा बढी वार्ता र छलफल हुँदा समेत कुनै सहमति हुन सकेन । रात दिन वार्ता गर्दा पनि माग माथि माग थपिएको भन्दै सरकारी वार्ता टोलीले लिखित माग दिन आग्रह गर्यो । मोर्चाको वार्ता टोलीले सहमति निर्माणको लागि ११ बुँदे माग सरकारलाई पेश पनि गर्यो । त्यसपछि मधेसी मोर्चाको मागका बारेमा प्रमुख तीन दल र सरकारले आधिकारीक रुपमा छलफल सुरु भएको थियो ।

कार्तिक १५ गते मोर्चाले बुझाएको मागमा अझै पनि कुनै सहमति हुन सकेको छैन । सरकार र मोर्चाबीच एउटै मात्र सहमति हुदै आएको छ त्यो हो–पुनः वार्तामा बसेर सहमति गर्ने ।

सहमतिको जस लिन रणनीतिमा कांग्रेस


मोर्चाले मधेसमा आन्दोलन चर्काइरहेकै बेला सुशील कोइराला नेतृत्वको सरकारले तराई मधेसको माग सम्बोधन गर्नको लागि भन्दै संविधान घोषणा भएको एक साता पनि वित्न नपाउदै संविधोन संशोधन विधेयक संसदमा पठाउने निर्णय गरेको थियो । कांग्रेस नेतृत्वकै सरकारकै पालामा विधेयक संसदमा दर्ता भएलगत्तै सरकार परिवर्तन भयो ।

ओली नेतृत्वको सरकारले संविधान सशोधन विधेयक अगाडि बढाउन तयार भएन । ‘जसको विहे उसैलाई देख्न नदे’ भनेझैं मधेसको माग सम्बोधन गर्नको लागि कांग्रेसले दर्ता गराएको विधेयकमा मोर्चाले असहमति कायमै राख्यो । तर यता कांग्रेसले संविधान संशोधन विधेयक संसदमा पेस नगरेसम्म संसद नै चल्न नदिने अडान कस्यो । संशोधन विधेयकले गर्दा लाखौ भुकम्प पीडितहरुसंग सरोकार राख्ने पुननिर्माण प्राधिकरणको विधेयक पास हुन सकेन । त्यसपछि ओली सरकारले बाँध्य भएर विधेयक संसदमा पेश भयो । अन्नतः मोर्चा पनि पुननिर्माण विधेयक पास गर्ने सहमति जनायो ।

त्यही बेला कांग्रेसको दबाबले संविधान संशोधन विधेयक पनि संसदमा पेश भयो । सहमतिको लागि सङलिदै गएको वातावरण विधेयक दर्तासँगै धुमलियो ।



प्रधानमन्त्री ओलीको आफ्नै दाऊ


प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बनेको तीन महिना वितिसक्दा समेत तराई मधेसको माग पूरा गर्न तयार छैनन् वा गम्भीर देखिएका छैनन् । मधेस आन्दोलनमा दस-आठ जना मात्र मान्छे रहेको टिप्पणी गर्ने प्रधानमनन्त्री ओली सीमाकंन हेरफेर गर्न नहुने अडानमा छन् ।

भारतले गरेको नाकाबन्दीले निकै कठिनाई भएको बताउंदै आएका प्रधानमन्त्री ओली भारतले आपूर्ति व्यवस्था सहज बनाउन थालेपछि उत्साहित भएका छन्। नाकामा अवरोध हुँदा निकै टाउको दुखाईको विषय बनेको ओलीलाई आजभोली भने हाइसञ्चो भएको छ । आन्दोलन चर्किएर रक्षात्मक अवस्थामा पुगेका ओलीले आफ्नै पहलमा मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर वालुटारमा वार्ता गरेका थिए । तर पछिल्ला दिनमा ओलीले वार्तालाई खासै महत्व दिएका छैनन् । ओली यो सहमतिको जस लिन चाहन्छन। मधेसी मोर्चालाई आफ्नो लाइन अनुसार हिड्न बाँध्य पार्ने रणनीतिमा छन् ।

सहमतिको जस लिने सुरसारमा प्रचण्ड

अहिलेको सहमतिको निर्माणमा जसले भूमिका निर्वाह गर्छ, उसैको नीति र योजना अनुसार राष्ट्रिय राजनीतिक अगाडि बढ्न हो । सहमति निर्माणको लागि प्रचण्डको सक्रियता पनि कमजोर छैन । सरकारले बनाएको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक समेत रहेका प्रचण्डले कांग्रेस, एमाले र मोर्चाका नेताहरुसंग धेरै पटक छलफल गरेका छन् । सहमति निर्माणको लागि सीमाकंन टुंगो लगाउनको लागि उच्चस्तरीय राजनीतिक समिति, संसदीय समिति गठन गर्ने प्रस्ताव पनि प्रचण्डकै हो । प्रचण्डले त यतिसम्म कि जिल्ला टुक्राएर भएपनि सीमाकंनको विवाद समाधान गर्नुपर्ने प्रस्ताव राखेका थिए ।

तर कांग्रेस एमाले सहजै तयार भएनन । प्रचण्डले त मधेसी मोर्चाले अगाडि सारेको माग आफ्नै पार्टीले उठाएको दावी नै गरेका छन् । प्रचण्ड आफ्नै नीति अनुसार राष्ट्रिय राजनीति अगाडि बढाउन चाहन्छन । प्रचण्डको प्रस्तावलाई मोर्चाका नेताहरुले सकारात्मक रुपमा अर्थ्याए पनि कांग्रेस एमाले भने आफ्नो एजेण्डालाई सही साबित गर्न चाहन्छन ।

मोर्चालाई सहमति निल्नु न ओकल्नु

तराई मधेसको आन्दोलन सेलाउदै जादा सहमति गर्ने कि नगर्ने भन्ने दोधारमा मोर्चा पुगेको छ । मोर्चाले तत्काल सहमति गर्दा सीमाकंनको विषय तत्काल टुंगो लाग्दैन । दिन रहे अग्राख पलाए भनेझै सहमति अनुसार राजनीतिक इमान्दारीता अनुसार नै सीमाकंनको टुंगो लाग्छ भन्ने विश्वास मोर्चालाई छैन ।

मोर्चालाई सहमति गर्नुपर्ने बाध्यता पनि छ । किनकी आन्दोलनमा जनताको साथ क्रमशः घटदै गएपछि केका आधारमा आन्दोलन गर्ने ? आन्दोलन स्थगित गरेर सहमति गरौ आफूहरुले राखेको माग पूरा नहने । मोर्चाले सहमति गरेसगै आन्दोलनको क्रममा मारिएका चार दर्जन नागरिकका परिवारलाई चित्त बुझ्दो जवाफ दिनुपर्छ । सीमाकंन परिवर्तन नहुँदासम्म त्यसको जवाफ छैन । आन्दोलनको क्रममा एक हजार भन्दा बढी घाइते भएका छन् । घाइतेहरु जीवनमरणको लडाइँ लडिरहेका छन् । सहमति नगरौ आन्दोलनबाट प्राप्त उपब्धि पनि गुम्ने खतरा रहेको छ ।

अन्त्यमा
सरकार प्रमुख तीन दल र मधेसी मोर्चाबीच २५ पटक भन्दा बढी वार्ता भइसकेको छ । सीमाकंनको आन्दोलनको क्रममा ५६ जनाले ज्यान गुमाइसकेका छन्। तीन दल र मोर्चा सहभागी कार्यदलमा पनि सात पटक बैठक भइसकेको छ । तर पनि सहमति कुनै पनि विषयमा जुटन सकेको छैन । सहमति निर्माण गर्नको लागि प्रधानमन्त्री ओली नै अग्रसर हुनुपर्ने आवश्यकता छ । दोस्रो सीमाकंनमा सहमति जुटाउनको लागि सबै दल तयार हुनुपर्छ । राजनीतिक दलरुको अडान हेर्दा सहजै सहमति हुने अवस्था देखिदैन । देश र जनताप्रति जिम्मेवार भएर सहमति खोज्न लाग्ने हो भने असम्भव केही पनि छैन । तर राष्ट्रिय सहमति खोज्ने भन्दा पनि दलगत स्वार्थसंग जोडिएको कारणले गर्दा सहमतिको नाममा झारो टार्ने मेलो मात्र हुँदै आएको छ ।
स्वस्थ खानु महिला र पुरुष दुवैको लागि उत्तिकै आवश्यक छ। महिला र पुरुषलाई फरक फरक डाइट आवश्यक हुनाले केही खानेकुरामा भने ध्यान पुर्याउनु पर्दछ। यहाँ केही त्यस्ता खानेकुराको बारेमा बताइएको छ जुन महिलाले आफ्नो खानामा समावेश गर्न सक्दछन्।


सालमोन
यो जातको माछामा आइरन पर्याप्त पाइन्छ, जुन महिलाको शरिरको लागि निकै महत्वपूर्ण मानिन्छ। यसमा ओमेगा-३ फ्याटी एसिड पनि पाइन्छ जसले महिलाको ‘मुड’मा सकारात्मक परिवर्तन गराउँछ।

क्र्यानबेरी
दशकौंको अध्ययनले क्रयानबेरी फलले स्तन क्यान्सर र मुटु रोगको खतरा कम गर्ने देखिएको छ। साथै पिसाव सम्बन्धि समस्या रोकथामको लागि पनि यो निकै फलदायी मानिन्छ।

पालुङ्गोको साग
भिटामिन र म्याग्नेसियमको स्रोतको रुपमा चिनिने पालुङ्गोको सागले सुन्निने समस्या, स्तन समस्या र तौल बढ्ने समस्या समाधानमा सहयोग पुर्याउँछ।

ओखर
ओखरमा ओमेगा-३ फ्याटी एसिड, एन्टीअक्सिडेन्ट र फाइटोस्टेरोल्स पाइन्छ, जसले स्तन क्यान्सरको सम्भावना न्युन गर्छ। साथै डिप्रेसन र हाडको स्वास्थ्यमा पनि यसले फाइदा गर्छ। साथै यसमा क्याल्सियम, म्याग्नेसियम र फोलिक एसिड पनि पर्याप्त पाइन्छ।

दुध
शरिरमा क्याल्सियमको कमी देखिनु विश्वका अधिकांस महिलामा देखिने समस्या मध्येको एक हो। दुध कुनै पनि उमेर समुहका महिलाको लागि अत्यन्त आवश्यक हुन्छ। दुध क्याल्सियम र भिटामिन डी को निकै राम्रो स्रोत हो।nepaliheadlines
३० पुस, काठमाडौं ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी स्थानीय निकायको निवार्चन, संघीय निर्वाचनमा सत्ता साझेदार दल एमालेसंग चुनावी तालमेल हुने बताएका छन् ।

दुई पार्टीबीच एकीकरणको चर्चा चलिरहेको बेला प्रचण्डले सरकार सञ्चालन संगसगै चुनावी तालेमले गरेर अगाडि बढ्ने बताएका हुन् । आगामी निर्वाचनमा पचास-पचासको भाग बण्डाको आधारमा निर्वाचमा तालमेल हुन्छ, प्रचण्डे भने ।

एमाओवादी ३ नम्बर प्रदेशले आज राजधानीमा आयोजना गरेको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रचण्डले शान्ति प्रक्रियामा आएपछि पार्टीबाट विभाजित भएका माओवादीसंग पनि पार्टी एकीकरणको प्रक्रिया अगाडि बढेको बताए । उनले भने,‘वैद्य मणि थापा, मातृका यादव र विप्लका केही केन्द्रीय सदस्यहरु पनि पार्टी एकताको लागि तयार भएका छन् केही महिनाभित्र यसको परिणाम देखिन्छ ।’

प्रचण्डले एमाओवादी शान्ति प्रक्रियामा आएपछि पाँच उपलब्धी हासिल गरेको बताएका छन् । उनले भने,‘कांग्रेससंगको चार बुँदे सहमति, माघ ५ गते संविधानसभामा भएको मुटभेड, फागुन १६ खुल्ला मञ्चमा भएको आमभसा,संविधान निर्माणमा बाबुरामलाई एक साथ ल्याउनु र सरकार निर्माणमा ऐतिहासिक उपलब्धी हो ।’nepaliheadlines
काठमाडौं, पुस ३० । प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका माग सम्बोधनका लागि तयार देखिएका छन् ।

बिहीबार बसेको प्रमुख तीन दलको बैठकले सीमांकनसहित मधेसी मोर्चाले उठाएको राष्ट्रियसभा सदस्य चयन प्रक्रिया, भाषा, नागरिकता, सेनामा समावेशीकरणलगायतका मुद्दामा साझा धारणा बनाएर शनिबारसम्ममा पेश गर्न कार्यदललाई निर्देशन दिएको छ ।

गत भदौदेखि निरन्तर आन्दोलन गर्दै आएको मधेसी मोर्चा अघिल्लो सातामात्र कार्यदल बनाएर सबै विषयमा छलफल गर्न तयार भएको थियो ।

प्रमुख तीन दल र मोर्चाका तर्फबाट पनि सहभागिता गराएर सानो समूहमा गहन छलफल गर्ने भन्दै कार्यदल त बन्यो । तर, त्यो कार्यदलले आजसम्म ठोस निश्कर्ष निकाल्न सकेन । केही दिनयता त कार्यदलको बैठकसमेत बस्न सकेको छैन, सहमति त टाढाको कुरा ।

अहिले पनि मोर्चाले उठाएका मागमा सहमतिको स्पस्ट खाका तयार भइसकेको छैन ।

नागरिकता, भाषा, सीमांकन, सेनामा समावेशीकरणको मुद्दा, संसदमा विचाराधीन अवस्थामा रहेको संविधान संशोधन, राष्ट्रियसभामा प्रतिनिधित्वको विषयमा तीन दलको धारणा विगतमाभन्दा केही परिवर्तन भएको बिहीबारको बैठकपछि कार्यदल सदस्यसमेत रहेका कांग्रेस नेता महेश आचार्यको भनाइबाट पुष्टि हुन्छ । एक रिपोर्ट (भिडियो हेर्नुहोस्) ।
imagekhabar
३० बिहीवार
महेन्द्रनगर : मधेस आन्दोलन सुरु भएपछि निकै आक्रान्त बनेको पूर्व-पश्चिम राजमार्ग बिस्तारै सामान्य बन्न थालेको छ ।

आन्दोलनरत मधेसी मोर्चाका नेता कार्यकर्ताको राजमार्गमा उपस्थिति र प्रदर्शन पातलिँदै गएपछि पूर्वपश्चिम राजमार्ग पहिलेकै अवस्थामा फर्किन थालेको हो । केही हप्तादेखि राजमार्गको अवस्था सामान्य भएपछि प्रहरीले रातको समयमा समेत गाडीको अगुवाइ गर्नु परेको छैन ।


यात्रुले पनि पूर्वपश्चिम राजमार्गको यात्रामा अब आन्दोलनकारीबाट आक्रमण र तोडफोडका घटना हुन छाडेपछि सुरक्षित भएको महसुस गर्न थालेका छन् । हिजोआज तराई मधेसका राजमार्गमा बिनारोकतोक सयौँ मालवाहक र यात्रुवाहक गाडी चौबिसै घन्टा गुडिरहेका प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सागरविक्रम राणाले अब पूर्वपश्चिम राजमार्गमा सवारी आवागमनमा कुनै समस्या नरहेको बताए ।

डिजेलको अभावले पहिलेको तुलनामा केही कम गाडी चले पनि राजमार्गको अवस्था सामान्य अवस्थामा फर्किसकेको निरीक्षक राणाले जानकारी दिए ।

यातायातका साधन राजमार्गमा चल्न थालेपछि जनकपुरदेखि ढल्केबर र जलेश्वर–भिट्ठामोड सडकखण्डमा पनि सार्वजनिक यातायात सञ्चालनको तयारी भइरहेको यातायात व्यवसायीहरु बताउँछन् ।

'यो बन्दले सबैभन्दा ठूलो मारमा हामी यातायात व्यवसायी परेको र बैंकको किस्ता बुझाउन र यातायात मजदुरको समेत घरपरिवार पाल्न धौ धौ भएको छ', महेन्द्रनगर धनुषाका यायायात व्यवसायी मन्दिप झाले भने, 'अर्को हप्तादेखि लोकल रुटमा समेत गाडी संचालनको तयारी गरिरहेका छौं ।'
annapurnapost
काठमाडौं, पुस ३० । नेपालका लागि भारतीय राजदूत रणजित रायले नेपालको पछिल्लो राजनीतिक गतिरोध र असमझदारीले भारतले लिएको आर्थिक विकासको लक्ष्य प्राप्त गर्न कठिन हुने भएकाले भारतले केही विषयमा चासो र चिन्ता व्यक्त गरेको बताएका छन् ।

नेपाल र भारत दुई देशबीचको विकास एक–अर्को देशमा निर्भर रहने भन्दै उनले भारतले लिएको करिब ९ प्रतिशत आर्थिकबृद्धिको लक्ष्य हासिल गर्न नेपालको राजनीतिक गतिरोधका कारण उत्पन्न सीमा क्षेत्रको आन्दोलन बाधक हुने बताए ।

पछिल्लो समयमा नेपालमा आपूर्ति असहज भैरहेका बेला भारतले केवल यी चासोहरुलाई मात्रै नेपाल सरकार र राजनीतिक दलले सम्बोधन गरुन् भन्ने चाहना राखेको उनको भनाइ थियो ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघले विहीबार काठमाडौंमा गरेको कार्यक्रममा राजदूत रायले नेपाल र भारत दुबै देश अब विकास र प्रगतिको पथमा लम्कनुपर्ने भन्दै अबको ३० वर्षपछिसम्म नेपाल–भारत सम्बन्धलाई विकाससँग जोडेर हेर्नुपर्ने बताए ।

राजदूत रायले अहिले देखिएको समस्याको समाधान वार्ता र सहमतिबाटै छिट्टै हुनेमा भारत आशावादी रहेको पनि बताए ।

कार्यक्रममा कानुनमन्त्री अग्नि खरेलले नेपालले भारतसँगको सम्बन्ध सुमधुर बनाउन चाहेको भन्दै यसका लागि सरकारले प्रयास गरिरहेको बताए । मन्त्री खरेलले केहीदिनभित्रै समस्याको समाधान हुने दाबी पनि गरे ।

कार्यक्रममा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महत, वरिष्ठ पत्रकार युवराज घिमिरेलगायतले नेपाल र भारतबीचको सम्बन्ध सुधार गर्नुको विकल्प नरहेको भन्दै त्यसका लागि दुबै पक्षको जित हुने गरी समाधान खोज्नुपर्ने धारणा राखे ।.imagekhabar
चुरोटको लत सबैभन्दा नराम्रो लत हो। बानी लागेको थाहा नहुने अनि छुटाउन समस्या पर्ने यो लतका शतप्रतिशत बेफाइदा मात्र छन्। फोक्सो, घाटाँ, मुख देखि दिमागमा समेत भयानक असर देखाउने चुरोट छुटाउनुपूर्व लतको कारण बुझ्नु पर्दछ।

चुरोटमा हुने निकोटिनले खुसी तथा सन्तुष्ट भएको बेला सक्रिय हुने दिमागको एक विशेष भाग सक्रिय हुन्छ। यसरी खुसी भइँदा दिमागमा डोपामिन नामको एक हर्मोन पैदा हुन्छ। गुलियो खाँदा, खुसी हुँदा, शारिरीक सम्पर्क गर्दा पनि यहि डोपामिन पैदा हुने गर्छ। नियमित डोपामिन पैदा हुँदा दिमागलाई डोपामिनको बानी पर्दछ। अनि नियमित डोपामिन पैदा गराउँन सोही कार्य दोहोर्याउन दिमागले बाध्य बनाउँछ। अनि लाग्छ लत।

यसरी लागेको लत छुटाउन कठिन हुन्छ तर असम्भव हुँदैन। लत केवल दिमागले नियमित गर्ने कार्य दोहोर्याउन बाध्य बनाएको प्रक्रिया मात्र हो। दिमागमा अन्य तरिकाले डोपामिन पैदा गराइ लागेको लत कम गर्न सकिन्छ।

यसरी छुटाउन सकिन्छ चुरोट:

१. चुरोट छोडेकाको संगत गर्नुहोस्
दैनिक लाखौ मानिले चुरोटको लत छुटाउँछन्, तपाइ पनि तिनै मानिससंग मिसिन सक्नुहुन्छ। चुरोट छोडेका संग लत छुटाउने बारे अनुभव हुन्छ जसले तपाइको लत छुटाउन मद्धत गर्छ।

२. लेख्ने गर्नुस्
किन चुरोट छोड्न चाहनुहुन्छ लेख्ने बानी गर्नुहोस्, चुरोटका वेफाइदा अनि तपाइमा देखिएको असर लेख्ने गर्नुहोस्। यसो गर्दा तपाईको दिमागले लत छुटाउने तर्फ ज्यादा ध्यान दिने गर्छ।

३. छोड्ने मिति तोक्नुहोस्
चुरोट कहिले सम्म छोडिसक्नु हुन्छ? मिति तोक्नुहोस् अनि परिवार वा साथीभाइ लाई पनि भन्ने गर्नुहोस्।



४. हरेस नखआनुस्
लत छोड्न निकै गाह्रो हुन्छ। निकोटिन निकै एडिक्टिभ हुन्छ। लत छोड्ने क्रममा कहिले चुरोट खाउँ खाउँ लाग्न हुन्छ, कहिले तपाइको मुडमा नै नकारात्मक असर पर्न सक्छ। तर ती सबैको लागि तयार रहि हेरस नखाइ छोड्न तिर बल गर्नुपर्छ।

५. कारण पत्ता लगाउनुहोस्
के कारणले, कुन बेला, कस्तो अवस्थामा चुरोट पिउने गर्नुहुन्छ? कापीमा टिप्ने गर्नुहोस्।

६. तरिका परिवर्तन गर्नुहोस्
कारण पत्ता लगाएपछि आफ्नो जीवनशैली वा कार्यशैली परिवर्तन गर्नुहोस्। चुरोट पिउने अवस्था थाहा पाएपछि ती अवस्था आउन नदिन पहिल्यै सजग बन्न सकिन्छ।

७ चुरोट कहिल्यै नखाएकाको संगत गर्नुहोस्
चुरोट नखाने साथी भाइसंग संगत गर्नुहोस् अनि आफुले चुरोट छाड्न लागेको बताउनुहोस्। साथीहरुलाई चुरोट छोडाउन आफुलाई सहयोग गर्न भन्नुहोस्।nepaliheadlines.

८. चुरोट छोड्नुको फाइदा याद गर्नुस्
चुरोट खाइरहँदा यसले पारेको असर सुरुसुरुमा देखिने गर्दैन। तर विस्तारै देखिदैँ जाने असर अन्त्यमा ज्यानमार ठहरिन्छ। प्रत्येक दिन चुरोट खान कम गर्दा स्वास्थ्यमा सकारात्मक प्रभाव पर्छ। पुरै छोड्दा चुरोटले शरिरमा गरेको भयानक असर विस्तारै कम हुदैँ जाने हुन्छ।

माथीका यी प्रक्रिया निरन्तर गर्नुहोस्, प्रयाग गरे नै सफल हुने हो।

चुरोट छोडौं, आफु अनि आफ्ना वरपरकाको स्वास्थ्य बचाऔँ।


काठमाडौं ३० पुस । गत असार १ गतेबाट सञ्चालन भएको कक्षा ११ को परीक्षाफल आज प्रकासित हुने भएको छ ।

करिब ५ लाख विद्यार्थीहरु सहभागी भएको उच्च माध्यमिक शिक्षा परिषद्ले सबै तयारी पुरा भइसकेको जनाएको छ ।

परीक्षाफल प्रकासित गर्नुअघि अहिले परीक्षा समितिको बैठक बस्दैछ । परीक्षा उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले आज परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिए ।

स्रोतका अनुसार बेलुका ४ देखि ५ बजेसम्म परीक्षाफल प्रकासित गर्ने तयारी छ ।

etajakhabar
काठमाडौं : भारतीय नाकाबन्दी र मधेस आन्दोलनका कारण रक्सौल-वीरगन्ज नाकामा रोकिएका दुई सय ५५ ग्यास बुलेट ‘रि–रुट’ भएर सुनौली र जोगबनी नाकाबाट नेपाल भित्रिने भएका छन् ।

नेपाल आयल निगमका अनुसार ५० वटा ग्यास बुलेट रि-रुट भइसकेका छन् । बाँकी दुई सय पाँच बुलेट रि–रुटका लागि कागजात मिलाउन सुरु भइसकेको छ ।

केही दिनमा ती ग्यास बेलुटले पनि रि–रुट अनुमति पाउने स्रोतले दाबी गरेको छ ।

१५ दिनभित्र सो परिमाणमा ग्यास बुलेट राजधानी काठमाडौं भित्रिएपछि साढे दुई लाख परिवारले ग्यास पाउने आयल निगमको दावी छ । रि–रुट भएर आउने ग्यासले कुल मागको २५ प्रतिशत पूरा गर्ने बताइएको छ ।

नेपालले काठमाडौंका लागि वीरगञ्ज नाकाबाट भारतीय बुलेटमार्फत ग्यास ल्याउने गरेको छ । वीरगञ्ज-रक्सौल नाकामा भारतीय नाकाबन्दी र मधेसी मोर्चाको धर्नाका कारण तीन सय बढी बुलेट रोकिएका थिए । annapurnapost
काठमाडौं–उपत्यकामा सञ्चालित ‘फुटस्ल’अनिश्चितकालका लागि प्रहरीले बन्द गराएको छ । ‘फुटस्ल’ले समाजमा विकृति बढाउँदै लगेको गुनासो प्रहरीमा आएपछि महानगरीय प्रहरी परिसर काठमाडौं
ले अनिश्तकालका लागि फुस्टल बन्द गर्ने निर्णय गरेको हो । रमाइलो र स्वास्थ्यको लागि खेलिने ‘फुटस्ल’ले हल्ला भएर समाजमा विकृति बढेको स्थानीयको गुनासो आएपछि त्यसैको आधारमा प्रहरीले यो कदम चालेको प्रहरी परिसर काठमाडौंले बताएको छ । उपत्यकामा ५१ वटा ‘फुटस्ल’ रहेको छ । स्वास्थ्य र रमाइलोका लागि खेलिने यो ‘फुटस्ल’ खेलमा नियमन नहुँदा विकृति बढेको परिसरको भनाई छ ।ratopati
काठमाडौं, ३० पुस । भारतले बीरगञ्ज नाका खोल्न नेपालमाथि दबाब बढाउँदै संसदमा दर्ता भएका संशोधन प्रस्ताव पारित गर्न चर्को दबाब दिएको छ ।
भारतले संशोधन प्रस्ताव पारित भए बीरगञ्ज नाकाबाट आपूर्ति सहज हुने अन्यथा अन्य नाका पनि बन्द गर्ने चेतावनी दिएको छ । मंगलवार अबेर राति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवास सेभेन रेसकोर्स रोडमा नेपाल सम्बन्धी भएको विशेष बैठकमा यस्तो निर्णय लिएको स्रोतले जनाएको छ ।
यस बैठकमा प्रधानमन्त्री मोदीका अलावा विदेश मन्त्री सुषमा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल, विदेश सचिव एस जयशंकर र नेपालका वागि भारतीय राजदूत रञ्जीत रे सहभागी थिए । यो बैठक भन्दा पहिले आन्दोलनकारी पक्षको तर्फबाट सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई भारतीय विदेश मन्त्री सुष्मा स्वराज, अजित डोभाल र एस जयशंकरले भेट गरि भारतको यस पक्षबारे जानकारी गराएका थिए ।
मोदीसंगको बैठकपछि भारतले आधिकारिक रूपमै दिल्लीमा रहेका नेपाली राजदूत दीप कुमार उपाध्यायलाई विदेश मन्त्रालय बोलाई आफ्नो सन्देश नेपाल सरकारलाई दिन भनेका थिए ।
भारतले नाकाबन्दीका कारण नेपालमा भारत विरोधी भावना बढेकोले नाकाबन्दीलाई अझ लम्बयाउन नहुने तर मधेशले केही अधिकार नपाएरै नाकाबन्दी खोल्यो भने पहाड संग संगै मधेशमा पनि भारत विरोधी भावना बढ्ने खतरा रहेकोले भारतीय संस्थापन पक्षले यस्तो निर्णय गरेको जानकारहरूको भनाई छ ।
आफ्नो स्वास्थ उपचारको क्रममा राजनीतिक भेटघाटमा व्यस्त रहेका मधेशी मोर्चाका एक घटक सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले सरकारी पक्षसंग हुने सबै जसो भेटघाटमा मधेशले अधिकार पाए बिना बल प्रयोग गर्दै नाका खोल्न लगाए पूरा मधेश नै भारतविरूद्ध जान सक्ने कुरा औलाएका थिए ।
महतोले अहिले पहाडका केही वर्ग विशेष र नेपाली मिडियाले मात्रै नेपालमा भारत विरोधी माहौल बनाएको तर मधेश आन्दोलनलाई असर पर्ने गरि कुनै कदम उठाए मधेशी जनता पनि भारतविरूद्ध लाग्न सक्ने चेतावनी दिएका थिए ।
भारतीय विदेश मन्त्री स्वराज होस् अथवा सुरक्षा सल्लाहकार डोभाल सबैसंगको भेंटमा राजेन्द्र महतोले भारतको जनस्तर सम्मको सम्बन्ध मधेशसंग रहेको, खुला सीमा मधेशसंग जोडिएको, रोटी–बेटीको सम्बन्ध मधेशसंगै गाँसिएकोले नाकाबन्दीबारे कुनै पनि निर्णय लिनु भन्दा पहिले यसमाथि विचार पुर्याउन आग्रह गरेका थिए ।
नाकाबन्दी खोल्ने पूर्ण पक्षमा रहेको भारतले महतोको भारतमा बढेको सक्रियता सरकार, सत्तारूढ दल र विपक्षी नेताहरूसंगको भेंट पछि भारतले आफ्नो पक्षमा बदलाव ल्याएको दिल्लीमा नेपाल मामिलाका जानकारहरू बताउं छन् । अहिलेसम्मकै असहज अवस्थामा रहेको भारतलाई आफैले गरेको नाकाबन्दी अब टाउको दुखाईको कुरा भएको छ ।
तसर्थ भारतले नेपाल सरकार र तीन ठूला दलमाथि जसरी भए पनि संविधान संशोधन विधेयक पारित गर्न दबाब दिई रहेको छ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home