• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
गौशाला : पत्नीसँग झगडा पर्दा महोत्तरीको धीरापुर गाविसमा गएराति एकजनाले विषादी सेवन गरी आत्महत्या गरेका छन् ।
मृत्यु हुनेमा धीरापुर गाविस–५ बस्ने नथुनी शेषका छोरा ३३ वर्षीय जसाउद्दिन शेष रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

घरायसी समस्यालाई लिएर विगत केहीदिनदेखि पति–पत्नीबीच झैझगडा हुँदै आएको र जसाउद्दिन तनावमा रहँदै आएकामा गएराति पुनः पत्नीसँग झगडा पर्दा उनले नाम नखुलेको विषादी सेवन गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक शौरभ राणाले बताए।

गएराति ९ बजेको समयमा विषादी खाएका जसाउद्दिनलाई राति ११ बजेतिर विषादीको असर देखापर्न थालेपछि परिवारले उपचारका लागि अञ्चल अस्पताल जनकपुर लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राणाले बताए।

मृतक शेषको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । रासस
annapurnapost.com
बुधबार:     कर्कट राशी लाई घातक हुन्छ  ।
बिहिबार:  तुला कुम्भ राशीलाई घातक हुन्छ।
शुक्रबार:  वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।
शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ  ।

आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।
नेपाली पद्यमा
मेषको रबि  घातै छ, शनि घातक वृषको ।
सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।
सिंह कन्या दुबैलाई शनि  घातक पर्दछ ।
यात्रा नौलो नया राम्रो कामलाई बिगार्दछ।।
तुलाका गुरु छन् घातै बिच्छुको शुक्र नै भयो।
धनु लाई उही शुक्र मंगल मकर राशिको ।।
कुम्भका गुरु औ शुक्र मीनका  घातकै परे ।
यात्रा टाढा नयाँ काम घातबार नथाल्नुरे ।।
– ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी ।

सामान्यतया पति र पत्नि मध्ये पतिको उमेर बढी हुने परंपरा नै छ । संसारभरी नै यस्तो हुन्छ । पति भन्दा पत्निको उमेर बढी हुने सम्बन्धहरु कम नै हुन्छन् । तर यस्तै अनौठो सम्बन्ध चर्चित बलिउड जोडीहरुको पनि छ ।
बलिउडमा कतिपय जोडी यस्ता छन् जसमा पतिको भन्दा पत्निको उमेर बढी छ । यहाँ त्यस्तै जोडीको चर्चा गरिएको छ ।

१ ऐश्वर्या अभिषेक

बच्चन परिवारको चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या मध्ये पत्नि ऐश्वर्या बढी उमेरकी छिन् । सन् २००७ को एप्रिलमा विवाह गरेका उनीहरुकी १ छोरी समेत छिन् ।

२ सोहा अली खान र कुनाल
चर्चित अभिनेता सैफ अली खानकी बहिनी एवं अभिनेत्री सोआ अली खान आफ्ना पति अभिनेता कुनार खेमु भन्दा जेठी छिन् । कुनाल र सोआले यसै वर्ष जनवरीमा विवाह गरेका थिए ।

३ फरान अख्तर र अधुना बहाबानी

चर्चित फिल्म अभिनेता तथा निर्देश फरान अख्तर र उनकी पत्नि अधुना बहाबानी मध्ये पत्निको उमेर बढी छ । सन् २००० मा विवाह गरेका उनीहरुका २ छोरी समेत छन् ।
४ फराह खान र शरिश कुन्दर
चर्चित फिल्म निर्माता एवं कोरियोग्राफर फराह खानले आफू भन्दा ८ वर्ष कान्छा शिरिशसँग विवाह गरेकी छिन् । रमाइलो कुरा त शिरिषबाट फराहले तिम्ल्याहा सन्तान समेत जन्माइसकेकी छिन् ।

५ अर्जुन रामपाल र मेहर जसिया
पूर्व सुपर मोडल मेहर जेसिया चर्चित अभिनेता तथा उनका पति अर्जुन रामपाल भन्दा २ वर्ष जेठी छिन् । उनीहरुको विवाह सन् १९९८ मा भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ । एसएलसीको नतिजा चित्त नबुझेर पुनर्योगमा निवेदन दिएकामध्ये झन्डै ११ प्रतिशतको प्राप्तांक सच्चिएको छ ।
परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेका अनुसार १३ हजार ७ सय ७५ जनाले पुनर्योगका लागि निवेदन गरे पनि १ हजार ४ सय ९५ अर्थात् १० दशमलव ८५ प्रतिशतको प्राप्तांक परिवर्तन भएको छ । फेल भएर पुनर्योग गर्नेमध्ये ४ सय ४१ जना उत्तीर्ण भएका छन् । त्यस्तै उत्तीर्ण भएर पनि पुनर्योग गरेकामध्ये १ हजार ५४ जनाको प्राप्तांक बढेको छ । परीक्षक र सम्परीक्षकको लापरबाहीले विद्यार्थीले प्राप्त गरेको प्राप्तांकभन्दा कम नम्बर आएको द्वारेले बताए । उत्तरपुस्तिकामा ९१ अंक प्राप्त गरेकोमा बाहिरी पानामा २१ मात्र लेखिएको, परीक्षकले ६४ अंक दिएकोमा सम्परीक्षकले ४ मात्रै दिएको पाइएको उनले बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
भारत। भारतको कानपुरमा कलियुगका एक बाबुले आफ्नै १४ वर्षीय छोरी लाई गर्ववती बनाएको कुरो खुलेको छ । गत जुलाई १६ मा नाबालिका छोरीले आफ्नै बुबाले ८ महिना देखि जवरजस्ती आफुलाई यौन शोसण गरेको आरोप लगाएकी थिइन ।
आमाको मृत्यु भएको केहि महिना पछि एक दिन बुबाले रक्सि खाएर आइ आफुलाई जवरजस्ती बलात्कार गरेका र कसैलाई भनेमा मर्ने धम्कि दिएका उनले प्रहरीमा बताएकी छिन् । छोरीको आरोप पछि उनका बुबालाई गिरफ्तार गरि जेलमा राखिएको थियो । आफ्नै बुबाले गर्ववती बनाएपछि १४ वर्षीय छोरीले आफुले यो बच्चा जन्माउन पाउनु पर्ने भन्दै लोकल कोर्टमा अनुरोध राखेकि छिन् । डाक्टरले आफु गर्ववती रहेको कुरो खुलाए पछि उनले अदालत संग यस्तो अनुरोध राखेकी हुन् । “मैले मेरो गर्वमा रहेको बच्चा लाई मार्न चाहन्न, यो बच्चा लाई जन्म दिन्छु अनि जुन बुवा आमाका बच्चा छैनन् तिनीहरु लाई मेरो बच्चा पालना दिन्छु ” उनले अदालतमा यसो बताएकी छिन् । तर डाक्टरहरुका अनुसार यदि उनले यो बच्चा लाई जन्म दिएमा उनको ज्यानलाई नै खतरा हुन सक्छ ।यस केसको सोमबार अदालतमा सुनुवाई भएको थियो ।एजेन्सी । स्रोत : खबरइंडियाटिभि डट कम
आज वि.सं. २०७२ श्रावण १९ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ अगस्ट ०४ तारिख
श्रावण कृष्ण चतुर्थी, पूर्वाभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, अतिगण्ड योग, तैतिल करण
आजको व्रत/पर्व : मङ्गल चतुर्थी व्रत

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आफन्तबाट सहयोग प्राप्त हुने छ । कर्मसिद्धिको योग भएकाले गरेको प्रयास सार्थक बन्नसक्छ । रोजगारीको राम्रो अवसर हात पर्न सक्छ । सरकारी जागिरेले महत्त्वपूर्ण अवसर फुत्काउन सक्छन्, प्रशंसा, बढुवा वा उन्नतिका लागि गरेको प्रयास सफल हुनेछ । अप्रत्याशित कामबाट फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मातापिताका चाहाना पूरा गनै आजको दिन अनुकूल छ । भाग्यभावमा रहेको चन्द्रमालाई बलियो तुल्याउन आज दिनदुःखीलाई प्रसन्न तुल्याउनु पर्दछ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा प्रभाव पर्नसक्छ । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नसक्छ । करकुटुम्बको आगमन हुनसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अष्टमस्थ चन्द्रका कारण गर्नु नपर्ने कामबाट जोगिने समय हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । झिनामसिना घरायसी कामको चाप बढ्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
भाइबहिनी वा सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ । पारिवारिक वातावरण अनुकूल नहुनाले दिक्क लाग्न सक्छ । आर्थिक मामिलामा नराम्रो छैन । पठनपाठन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ तर बौद्धिक र सृजनात्मक क्षमता ह्रास आउने छ यद्यपि आजको चिन्तनले थोरबहुत काम गर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
चन्द्रमा चौथो घरमा भए पनि आज शुभ ग्रहको दृष्टि पर्नाले दिन बलियो भएको छ । आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ । परिवारमा रमाइलो जमघट हुनेछ र अभिभावकले सन्तुष्टि जनाउने छन् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आर्थिक दृष्टिले मध्यमफल प्राप्त हुनेछ । नोकरी र व्यवसायिक क्षेत्रमा आज तपाईंको बोलीको प्रतिकूल अर्थ लाग्नेछ, होस पुर्याएर बोल्नुहोला । तपाईंसँग चेलीबेटी वा कुटुम्बपक्षको सम्बन्ध चिसिन सक्छ, सचेत रहनु होला । उमंग, जोस र जाँगरलाई संयम भई प्रयोग गर्नु श्रेयस्कर हुनेछ । धातु र गरगहनाको खरिदमा महँगोमा पर्नसक्नु हुन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
हाँसखेल र मनोरञ्जनका लागि मन आकर्षित हुनेछ । बढी चञ्चलता र उमंग देखाउनु हानिकारक बन्न सक्छ । मनोरञ्जनात्मक क्रियाकलापले अध्ययन—अध्यापन र पेसा वा व्यवसायको क्षेत्रमा प्रभाव पार्नेछ । साँझ धैर्यता धारण गर्नु राम्रो हुन्छ, पारिवारिक तनाव हुने सम्भावना देखिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।(


मंगलबार राष्ट्रपति भवनमा आयोजना गरिएको ‘ राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण समारोहबाट नायिका नम्रता श्रेष्ठ एकाएक हराउँनुको रहस्य खुलेको छ । उनी हराउँनुको रहस्य पुरस्कार छनौट समितिका सदस्य समेत रहेकी अभिनेत्री करिश्मा मानन्धरले खुलाएकी हुन् ।
करिश्माका अनुसार यसपटक उत्कृष्ट अभिनेत्रीको अवार्ड नम्रतालाई दिने लगभग निश्चित भैसकेको थियो । जुरी सदस्यहरु पनि यसमा एकमत देखिएका थिए । तर , सरकारी अवार्ड न परे । झन् त्यसमाथि ग्ल्यामरप्रेमी मन्त्री मिनेन्द्र रिजालको मन्त्रालयले वितरण गर्ने अवार्ड । त्यसैले अन्तिम समयमा आएर मन्त्रीजीले अर्की अभिनेत्री रिचा शर्माको नाम सिफारिस गरिदिनुभएपछि नम्रताको भागबाट घोषणा नहुँदै राष्ट्रिय अवार्ड खोसियो । त्यसरी आफ्नो भागको अवार्ड अरुले लिनेभएपछि आत्मिक रुपमा दबाब र तनावमा पर्नु स्वभाविकै हो । त्यही तनावले होला नम्रता कार्यक्रममा त उपस्थित भइन् तर ढिलो आइन् र छिटो गईन् । अरुले कुरा काट्ने मेलो नपाऊन् भन्ने मात्र उनको उदेश्य थियो । यो कुराको खुलासा स्वयम् जुरी सदस्य करिश्माले गरिदिएपछि कलिउड बजारमा केही गसिपहरुले मौलाउँने ठाउँ पाएको छ । आखिर मन्त्रीजीले नम्रताको अवार्ड किन खोसिदिए त रु र, रिचालाई नै दिनुको कारण के हुनसक्छ रु भनिन्छ यस्तै प्रश्नहरु नउठोस् भनेर अर्की बालकलाकार संगम बिष्टलाई पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो । हुनत , यस्ता खालका अवार्ड समारोहपछि विभिन्न खालका चर्चा चल्ने गरेका हुन्छन् । तर , जुरी नै असन्तुष्ट हुनुले पक्कै पनि ‘ दालमा केही कालो छ ’ भन्ने देखाउँछ । तर कालो चाहिं केमा थियो ?www.nayakhabar.com
हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।

तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म नराखे उत्तम हुन्छ।

१. टमाटर
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ।
२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ।
३. लसुन
लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ
४. पाउरोट
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।
५. आलु
चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।nepaliheadlines.com
ढाड दुख्ने मानिसलाई ‘न उठे सुख न बसे सुख’ भन्ने उखानै छ । ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ ।

 लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ र ढाड दुख्ने समस्या देखा पर्छ। ढाड दुख्ने कारण धेरै हुनसक्छन् । हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपायहरु उल्लेख गरेका छौ :-
* नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने मुख्य उपाय हो ।

युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।

* मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।

* लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ ।

* पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ ।

त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
जनचेतनाका लागि साभार गरिएको ।
www.etajakhabar.com
चिन्ताले मानिसलाई चितामा पूराउँछ भन्ने उखानै छ । वास्तवमा तनाव तथा चिन्ता मानिसको अस्वस्थताको सबैभन्दा ठूलो कारक तत्व हो । बाहिर देखिनेगरी कुनै रोग नभएपनि तनावले मानिसलाई भित्रभित्रै गालेको हुन्छ र यसले अन्य रोगहरु सिर्जना गरिदिन्छ ।
तनावका कारण सिर्जना हुने कतिपय स्वास्थ्य समस्या यी हुन् :
डण्डीफोर-सरीरको छाला तथा मस्तिष्कबीच गहिरो सम्बन्ध हुन्छ । जुन बेला मानिसलाई तनाव महसुस हुन्छ, त्यसबेला मस्तिष्कको निर्देशनमा सम्बन्धित ग्रन्थीले हर्मोन उत्सर्जन गर्दछ । त्यसपछि छालामा तेलको उत्पादन बढ्दछ , जसका कारण डण्डीफोर आउँछ ।

बुढ्यौली– यद्यपि बुढ्यौली प्राकृतिक नियम हो र मानिस उमेर बढेसँगै एक पटक बुढो हुनैपर्छ । तर तनावले मानिसलाई जवानी अवस्थामै बुढो बनाइदिन्छ । तनावका कारण मानिसको अनुहारमा चाउरी, कालो घेरा जस्ता बुढोपनाका लक्षणहरु देखा पर्दछन् र मानिस उमेरभन्दा निकै अगाडि नै बुढो देखिन थाल्दछ ।

कपाल झर्ने– तनावका कारण कपालको जरामुनि हुने कोशिकाहरु खुम्चिन्छन् र कपालको जरालाई आफ्नो विकाशका लागि पर्याप्त अक्सिजन तथा अन्य पोषक तत्वको आपूर्ति हुँदैन । जसका कारण कपाल र्झन थाल्दछ । तनावयुक्त मानिसमा कपाल झर्ने समस्या अत्यधिक हुन्छ ।

यी बाहेक तनावका कारण मधुमेह, उच्च रक्तचाप, हृदयाघात लगायतका मुटुका रोगको जोखिम पनि बढ्दछ । यसले मानिसको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमै नकारात्मक असर पूराउँदछ र पारिवारिक तथा व्यवसायिक जिवन समेत भताभुंग हुन्छ । यसकारण तनावबाट बच्नु अर्थात् यसलाई बल्झिन नदिनेनर्फ ध्यान पूराउनुपर्छ ।
यसका लागि निम्न उपायहरु कामयावी हुनसक्छन्-
मसाज गर्नुहोस्– मसाजले सरीरलाई आराम प्रदान गर्ने तथा अवरुद्ध उर्जा तन्त्रिकालाई खोल्न सहयोग पूराउँछ ।

व्यायाम गर्नुहोस्– कसरतले व्यक्तिलाई प्रेरित गर्दछ र मूड ठीक बनाउँछ । यसले मानिसलाई उर्जावान बनाउन मद्दत पूराउँछ । व्यायाम स्वस्थ जिउको अचूक सुत्र हो । यसले मानिसलाई उर्जावान बनाउँछ र विभिन्न खाले रोगबाट पनि टाढा राख्छ ।

दैनिक १५-२० मिनेट ध्यान गर्नुहोस्– योगध्यान भनेको कुनैपनि समय कुनैपनि ठाउँमा आफ्नो सुविधा अनुसार गर्न सकिन्छ । एकान्तमा शान्तिसँग बसेर आफ्नो विचारमा ध्यान दिनसक्नुहुन्छ । यसले तनाव भगाउन मद्दत पूराउँछ ।

पर्याप्त निद्रा लिनुहोस्– निद्राको कमीका कारण विभिन्न खाले रोगका साथै तनाव तथा डिप्रेसनको समेत समस्या हुन्छ । तनाव भगाउनका लागि निद्राजस्तो उत्तम उपाय केहीपनि हुँदैन ।

सन्तुलित तथा पौष्टिक भोजन गर्नुहोस्–  नियमित रुपमा पर्याप्त पौष्टिक तत्वसहितको सन्तुलित भोजन गर्दा रोगप्रतिरोधी क्षमता बढ्दछ र जिउ स्वस्थ बन्दछ । यसबाट मानिसको तनावको समस्यासँग जुध्ने क्षमता पनि वृद्धि हुन्छ ।
नायिका नम्रता श्रेष्ठले आफूलाई सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले यौन प्रश्ताव नराखेको प्रष्ट पारेकी छिन् । मंगलबार राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारको बिषयलाई लिएर केही अनलाइनमा आएको समाचारको खण्डन गर्दै उनले मन्त्रीले यौन प्रश्ताव नराखेको बताइन्


। केही अनलाइनले मन्त्री रिजालको यौन प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो शिर्षकमा समाचार प्रकाशन भएको थियो । चलचित्र क्षेत्रमा महत्वको मानिने यो अवार्डलाई हरेक कलाकारको पाउने आशा राखेका हुन्छन् । त्यसो त छनौट समितिकी सदस्य समेत रहेकी करिश्मा मान्धर पनि सो अवार्डबारे असन्तुष्ट छिन् ।

हुनपनि अवार्ड छनौटका लागि सुरुमा नायिका नम्रता श्रेष्ठको नाम चयन गरिएको, त्यसमा हस्ताक्षर गरिसकेको र अन्त्यमा उनको नाम काटेर मन्त्री रिजालले ऋचा शर्माको नाम राख्न लगाएको खुलासा भइसकेको छ । यसबारे मानन्धरसंग प्रतिक्रिया लिन उनीसंग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन भने नायिका श्रेष्ठले समाचारमा सत्यता नभएको बताइन् ।
 उनले भनिन् ‘समाचार आफुले पनि पढेको र समाचारको शीर्षक जस्तो भित्र समाचारमा केही छैन ।’ अवार्डको बेला आफू छायाँङ्कन व्यस्त रहेको उनले बताइन् । उनले भनिन् ‘समाचारमा भने जस्तो मन्त्रीजीले मलाई केहि प्रस्ताब गर्नु भएको छैन् । उहाँसग मेरो खासै नजिकको चिनजान पनि छैन् । खै कसरी यस्तो हावा कुराहरु आउँछ मलाई थाहा छैन ।’ उनले दोहो¥याइन,‘आवार्ड हो, कहिले कोले पाउछ कहिले कोले । मलाई अवार्डमा बोलाईएको थियो । म अवार्डमा गए पनि अरु कुरा मलाई थाहा भएन् ।

’ उता राष्ट्रिय चलचित्र पुरस्काबाट पुरस्कृत भएकी नायिका ऋचा शर्माले भने ‘आफु यो बिषयमा केही बोल्न नचाहेको’ बताइन् । ‘अवार्ड हो, यो बर्ष मैले पाँए, अर्को वर्ष अरुले पाउन सक्छ । अरुकुरा त मलाई केही थाहा भएन, तर सम्पूर्ण जुरीलाई धन्वाद ।’ संचार मन्त्री रिजालले भने यो विषय आफूले भन्ने विषय नरहेको बताए । ‘यो बिषयमा मैले केही भन्ने कुरा छैन, नम्रताजी सँग सोध्नु ।’ उनले भने, ‘कस कसले झूठ समाचार लेख्छ, कति जनालाई प्रतिकृया दिँदै हिँड्नु ?source .onlinechautari.com
धरान : प्रधानमनत्री सुशील कोइरालालाले केही दिन भित्रमै संविधान जारी हुने बताएका छन् । उनले केही अराजनीतिक दलले अराजकता र उदण्डता मच्चाउँदैमा संविधान निर्माण नरोकिने ठोकुवा गरे ।

सोमबार उदयपुरको मैनामैनी र सुनसरीको बराहक्षेत्र जोड्ने सप्तकोसी नदीमा निर्मित चतरा पुलको उद्घाटन गर्दै प्रधानमन्त्री कोइरालालले सबैको हक अधिकार सुनिश्चित हुने संविधान जारी गर्ने प्रतिबद्धता जनाएका हुन् ।

राजनीतिको बाहानामा केही शक्तिहरुले देशलाई अशान्तिको बन्धक बनाउन खोजेको भन्दै त्यस्ता अराजनैतिक उदण्डहरुलाई ठेगान लगाएर देखाउने उनको चेतावनी थियो ।

‘प्रधानमन्त्री रोगी र बुढो भयो भनेर सबैले मेराबारे अफाहव फैलाएका छन्’, उनले भने, ‘म शान्ति र सहमतिका लागि जो कसैसँग झुक्ने व्यक्ति होइन् ।’

उनले आफुलाई क्यान्सरले खाएको नभइ आफुलेचाँहि क्यान्सरलाई खाएको बताउँदै देश बनाउनका लागि आफुसँग प्रयाप्त तागत भएको पनि दाबी गरे ।

प्रधान्मन्त्री कोइरालाले प्रजातन्त्रमाथि खेलबाड गर्नेहरु आफैं समाप्त भएर जाने पनि बताए । ‘हामी सबै मिलेर संविधान निर्माण गर्नुपर्छ । नेपाल हाम्रो घर हो’, उनले भने, ‘आफ्नो घरलाई विभाजन गर्न कसैले पनि नखौजौं ।
तोडफोड र बन्द हड्तालले देशको उन्नति र विकास नहुने भएकाले सबै राजनैतिक दलहरुलाई शान्तिपूर्ण राजनीति गरी जनताको मन जित्न उनले आग्रह गरेका छन् ।

आजै प्रधानमन्त्री कोइरालाले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैयाको मातृ शिशु स्वास्थ्य सेवा केन्द्र भवनको शिलन्यास समेत गरेका छन् ।  annapurnapost.com
बेरुत, १८ साउन । सिरियाली सेनाको एक विमान सिरियाको उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । सो विमानमा रहेका १२ जनाको ज्यान गएको पनि बताइएको छ ।

उत्तर पश्चिमी नगर आरिहमा सोमबार सो विमान दुर्घटना भएको बताइएको छ । सिरियामा मानवअधिकारको अनुगमन गरिरहेको एक संस्थाले सो बारेमा जानकारी दिएको छ ।

उक्त सहर विद्रोहीहरुको बढी प्रभाव रहेको क्षेत्र हो । उक्त विमान सो नगरमा बमबारीका लागि प्रयोग भएको हुनसक्ने आशङ्का गरिएको छ ।

तर यस समाचारको पुष्टि भने भएको छैन । सानो विमान भएकोले यसलाई उक्त प्रयोजनमा प्रयोग नगरिएको हुनसक्ने अनुमान छ ।

प्राप्त पछिल्लो समाचारअनुसार तर सो विमान निकै होचो भएर उडेकोले विद्रोहीले खसालेको हुनसक्ने पनि अर्को आशङ्का गरिएको बताइएको छ ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका प्रमुख रामी अब्देल रहमानले दिएको जानकारी अनुसार सो विमान होचो भएर उडेको र त्यसमा प्राविधिक गडबडी उत्पन्न भएको हुनसक्छ ।

सिरियामा सरकारी विमानमात्र उड्ने कानुन बनाइएको छ । तर सरकारी विमान वा सेनाका युद्धक विमान पनि कयौँलाई विद्रोहीले खसालिदिएका छन् ।

जसले गर्दा यहाँको सरकारले सेनाका कयौँ साना विमान गुमाएको बताइन्छ । सिरियामा गएको कम्तीमा पनि चार वर्षदेखि गुहयुद्ध चलिरहेको छ ।

जसका कारण दशौँ हजार नागरिकले ज्यान गुमाएका छन् । रासस/एएफपी

परासी, १८ साउन । नवलपरासीमा बालक जीवन कोहारलाई बलि दिने अभियुक्तहरुलाई कडाभन्दा कडा कारबाहीको माग राख्दै आज बालकका आफन्त र स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

दश वर्षीय बालक जीवनलाई बलि दिने कार्यमा संलग्न मुख्य योजनाकार कोदाई हरिजनसहित पक्राउ परेका सबै दोषीलाई हदैसम्मको कारबाहीको माग राख्दै स्थानीयवासीले अदालत र प्रशासनलाई दबाब दिन परासीमा प्रदर्शन गरेका हुन् ।

बालबालिकादेखि वृद्धवृद्धासम्मका व्यक्ति सयाँैको सङ्ख्यामा प्रदर्शनमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले अभियुक्त कोदाई हरिजनसहित पक्राउ परेका ११ जनालाई कडाभन्दा कारबाही हुनुपर्ने माग राख्दै जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालय घेराउसमेत गरेका थिए ।
नवलपरासीका कुडियास्थित शिव शम्भु प्राथमिक विद्यालयमा कक्षा ३ मा अध्ययरत बालक जीवनको गत साउन ५ गते बलिको नाममा हत्या गरिएको थियो । सो घटनामा संलग्न ११ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ ।

www.etajakhabar.comu
गोरखाबजार १८ साउन । गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा हुनुहुन्छ । शारीरिक अपाङ्गताका कारणले गर्दा उहाँ हिँड्डुल गर्न सक्नु हुँदैन । उहाँलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन् ।
‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भन्नुभयो, “दिनभर छोरालाई रेखदेख गर्ने कोही छैनन् । रोपाइँका बेला खेतमा जानुप¥यो । अधिकारी परिवारले गाउँका साहुको खेत अधियाँ कमाएका छन् । मानो खाएर मुरी उब्जाउने बेला भएकाले रामचन्द्रको हेरचाह गर्न परिवारका सदस्यले सकेका छैनन् ।”
ओल्टेकोल्टे फर्कन सक्ने रामचन्द्र हातगोडा लुलो हुँदा उठ्न सक्नु हुँदैन । “अपाङ्गता भएको छोरो छाडेर आमा अन्यत्रै पोइला गई”, सुमित्राले भन्नुभयो, “हामीले छोरालाई हुर्काएका हौं ।” रामचन्द्रको बाबुको चार वर्षअधि घरको बार्दलीबाट आँगनमा खस्दा मृत्यु भएको थियो । त्यसलगत्तै रामचन्द्रकी आमाले अर्को बिहे गरेको सुमित्राको भनाइ छ ।
“अपाङ्गता भएवापत एक हजार रुपैयाँ भत्ता त आउँछ तर त्यसले के ख्वाउने ? के लगाउन दिने ?”, सुमित्राले भन्नुभयो । आर्थिक अभावले गर्दा रामचन्द्रको उपचारमा समस्या भएको सुमित्राले बताउनुभयो । “मानिस छोरो हेर्न आउँछन् । सहयोग गर्ने आश्वासन दिन्छन्, फर्कन्छन्”, उहाँले भन्नुभयो, “छोराको रोग निको पार्ने भगवान् खोज्दैछौँ ।” सुमित्राको सासू, ससुरा वृद्धवृद्धा भएकाले उनीहरुके पनि लालनपालन गर्ने जिम्मा उहाँमाथि नै छ ।
“सास रहुन्जेल आश हुन्छ हजुर” ७२ वर्षीया बसुन्धराले रुँदै भन्नुभयो, “अपाङ्ग नातिलाई छाडेर आमा पोइल हिँडी । हामी पिँढी छाड्न नसक्ने भयाँै । नातिलाई कसरी निको बनाउने ?”
हालै गएको भूकम्पमा घरभित्रै च्यपिएका रामचन्द्रलाई परिवारका सदस्यले तीन घन्टापछि मात्रै उद्धार गरेका थिए । भूकम्पपछि घरको गाह्रो भत्केर झरेको ढुङ्गाले रामचन्द्रको शरीरमा चोट लागेको थियो । भूकम्पले वसुन्धराको एकतल्ले घर बस्नै नहुने गरी चर्किएको छ । रासस
dainiknepal.com
तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिनुभएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न गएका स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका हुन् ।
यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको भन्दै खोजी गरिदिन उनका आफन्तजनले वडा प्रहरी कार्यालय, लमहीमा जाहेरी दर्ता पनि गराएका थिए । उनको मृत्युबारे प्रहरी थप अनुसन्धान गर्ने भएको छ । रासस
dainiknepal.com
काठमाडौँ, १८ साउन । संविधानसभाको संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिले गठन गरेको शीर्ष नेता सम्मिलित विशेष समितिको बैठकमा यही साउन महिनाभित्र नयाँ संविधान ल्याउने गरी नै गम्भीर रुपमा छलफल भइरहेको नेताहरुले बताउनुभएको छ ।
संविधानको पहिलो मस्यौदामा जनताले दिएका राय सुझावका आधारमा सङ्घीयताको सीमाङ्कन, शासकीय स्वरुप, नागरिकतालगायत सवालमा देखिएको विवादमा सहमति जुटाउन आज बिहान बसेको विशेष समितिको बैठकमा सकारात्मक छलफल भएको पनि उहाँहरुले बताउनुभयो ।

बैठकपछि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले बाहिर चर्चामा आएको ‘संविधान नबन्ने भयो’ भन्ने जस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै सकेसम्म आजै र ढिलोमा भोलि साँझसम्ममा संविधानसभामा प्रतिवेदन पठाउने गरी गम्भीर र सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाहिर चर्चामा आएको ‘संविधान नबन्ने भयो’ भन्ने जस्ता हल्लाको पछि नलाग्न आग्रह गर्दै सकेसम्म आजै र ढिलोमा भोलि साँझसम्ममा संविधानसभामा प्रतिवेदन पठाउने गरी गम्भीर र सकारात्मक छलफल भइरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “औपचारिक र अनौपचारिक स्तरमा सकारात्मक छलफल भइरहेको छ, सीमाङ्कनसहित टुङ्ग्याउनेतिरै हामी लागेका छौं । आठ वर्षदेखि छलफल हुँदै आएको विषय टुङ्गोमा पु¥याउन एक/दुई दिन लाग्यो भन्दैमा जनतामा नकारात्मक सन्देश र भ्रम फैलाउनु हुँदैन ।”  अध्यक्ष दाहालले मिल्नसक्ने विषयलाई कार्यदलको सहयोगमा मस्यौदामा समावेश गर्दै र नमिलेका विषयलाई छलफल गर्दै गइएको उल्लेख गर्नुभयो ।

समितिका सभापति डा बाबुराम भट्टराईले सहमतिका लागि कसरत भइरहेका सन्दर्भमा कुरा बिग्रियो भन्ने ढङ्गका समाचार बाहिर दिइएकामा सञ्चारमाध्यमप्रति गुनासो गर्दै लाखौँ जनताले दिएका सुझावलाई मस्यौदामा कसरी प्रवेश गरी परिमार्जन गर्ने भनेर शीर्ष नेतासहित कार्यदलस्तरमा गृहकार्य भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “साउन मसान्तभित्र प्रदेशको सीमाङ्कनसहितका विषय टुङ्गोमा पु¥याई संविधान ल्याउन लागिरहेका छौँ, यही सन्देश प्रवाह गर्न म आग्रह गर्दछु ।” नेपाली काँग्रेका सहमहामन्त्री पूर्णबहादुर खड्काले पनि छलफल सकारात्मक भएको र चाँडो संविधानसभामा प्रतिवेदन पठाउने गरी गृहकार्य भइरहेको जानकारी दिनुभयो ।
dainiknepal.com
एजेन्सी : भारतको उत्तर उत्तर प्रदेशस्थित मथुरामा एक व्यक्तिले  आाफ्नी 'पागल' पत्नीलार्इ ठीक बनाउने नाममा बलात्कार गरी चार बालिकाको हत्या गरिदिएका छन् ।

आइतबार पक्राउ परेका ती सोनु नामका ती आरोपीले मानसिक विरामी भएकी पत्नी निको हुने कुरा तान्त्रिकले बताएपछि चार बालिकालार्इ बलात्कार गरी हत्या गरेको प्रहरीसमक्ष स्विकारेका छन् ।

ती व्यक्तिले विरामी पत्नीलार्इ सन्चो बनाउन एक तान्त्रिकको सहयोग लिएको बयान दिएका छन् । तान्त्रिककै सल्लाह अनुसार आफूले ती बालिकालार्इ बलात्कार गरी हत्या गरेको बयान उनले दिएका हुन् ।

आरोपी सोनु हालै मथुरामा भएको १२ वर्षीया बालिकाको बलात्कारपछि हत्याको मामिलाका मूख्या  आरोपी लालुआ वाल्मिकीका साथी हुन्।

घटनापछि लालुआ वाल्मिकीलार्इ गत बिहीबार भीडले कुटीकुटी हत्या गरेको थियो । उनीसँगै कुटाइ खाएका सोनु भने गम्भीर घाइते भएका थिए।

आगराको एसएन मेडिकल कलेज उनको उपचार भइरहेको छ ।  प्रहरीले भने तान्त्रिकले भनेकै  आधारमा चार बालिकाको बलात्कार नभएको दाबी गरेको छ ।

पाँच वर्षअघि पहिलो बलात्कार
सोनुले पुलिसलार्इ बताए अनुसार सन् २०१० मा उनले पहिलो हत्या गरेका थिए । एक १४ वर्षीया बिहेको निम्ता मान्न साथीको गाउँ गएका बेला त्यहीँबाट उनलार्इ उठाएर सोनुले बलात्कार गरी हत्या गरेका थिए ।

त्यसको केही दिनपछि उनले फेरि चार वर्षीया बालिकालार्इ बलात्कार गरी हत्या गरे । त्यसको करिब एक वर्षपछि उनले गाउँकै ९ वर्षीया बालिकालार्इ शिकार बनाए ।

त्यसपछि उनले आफ्ना साथी वाल्मिकीसँग मिलेर १२ वर्षीया बालिकाको बलात्कार  गरी हत्या गरे ।  घटना थाहा भएपछि प्रहरीले दुबैलार्इ पक्रेर थानामा ल्यायो ।

बिहीबार आक्रोशित भीड थानामै पसेर हिरासतबाट दुबैलार्इ निकाले । त्यसपछि गाउँलेले दुबैलार्इ जमेर धुलाइ गरे । कुटाइकै कारण लालुआको घटनास्थलमै ज्यान गयो । सोनु भने गम्भीर घाइते भए ।

पुलिसद्वारा इन्कार
मथुरा पुलिसका सिओ आरके गौतमले भने तान्त्रिकले अह्राएर बलात्कार गरी सोनुले बालिकाको हत्या नगरेको दाबी गरे । छानिबनका क्रममा पनि त्यस्तो कुनै तथ्य नभेटिएको उनको दाबी थियो । कुटाइबाट मरानासन्न भएका  सोनुको मथुराकै एसएन मेडिकल कलेजमा  उचार भइरहेको छ । www.annapurnapost.com
पड्केर सिरहा नगरपालिकामा गएराति एक महिलाको मृत्यु भएको छ ।

खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर पड्केर शरीरमा आगो लाग्दा सिरहा नगरपालिका–७ माड्र निवासी पप्पु मुखियाको २० वर्षीया श्रीमती बबिता मुखियाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएकी बबिताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षण पश्चात अन्तिम संस्कारका लागि परिवारजनको जिम्मा लगाएको छ ।source taja khabar
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home