• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
महरा नफर्किदै माधव नेपाल चीन तिर ! ओलीले नजान आग्रह गर्दा मानेनन् !

सरकारको विशेष दुतको रुपमा चीन भ्रमणमा रहेका उपप्रधान एवं अर्थ मन्त्री कृष्णबहादुर महरा चीनबाट नफर्किदै नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पनि चीन प्रस्थान गरेकाछन् । पार्टी स्थायी समितिको बैठक छोडेर नेता नेपाल विहिवार राती चीन प्रस्थान गरेका हुन् ।

एकाविहानै प्रचण्डको उद्घोष, सिंहदरवारमै बसेर

स्थायी समितिको बैठक छोडेर चीन नजान पार्टी अध्यक्ष केपी ओलीले आग्रह गरेपनि निर्धारित कार्यक्रम भएको रद्द गर्न नमिल्दै नेपाल चीन गएको एमालेका एक स्थायी समिति सदस्यले बताए । सरकार परिवर्तन निक भयो र कसरी अगाडि बढ्ने भन्ने बारेमा विगत पाँच दिनदेखि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा एमालेको स्थायी समितिको बैठक जारी रहेको छ ।

नेता नेपालले अध्यक्ष ओलीलाई सरकार परिवर्तन हुनुनको पछाडि ओली नै मुख्य जिम्मेवार रहेको बताउदै आएका छन् । नेपालले तीन बुँदे सहमति पालना गरेको भए अहिले प्रतिपक्ष दलको भूमिका भन्दा सरकारमा रहेर एमाले नेतृत्वको सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट कार्यान्वय गरेर देशको समृद्धि अगाडि बढाउन सकिने बताउदै आएका छन् ।

हरेक दिन नयाँ काम, प्रचण्ड सरकार ‘हार्ड एण्ड फास्ट’ लक्ष्यमा

सरकार परिवर्तनपछि अध्यक्ष ओलीको स्थायी समिति सदस्यहरुले चर्को आलोचना गर्दै आएका छन् । ओलीले माओवादीसँग गत वैशाख २३ गते भएको तीन बुँदे सहमति पालना नगरेको भन्दै माओवादीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा कांग्रेसको साथ लिएर नयाँ सरकार गठन गरेको छ । सरकार गठन भएको १५ दिन भन्दा बढी भइसक्दा समेत एमालेले भने सरकार किन परिवर्तन भयो भन्ने बहस चलिरहेको छ ।

ओलीलाई ठोक्ने माधव नेपाल रणनीति !

माधव नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको । बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।

एउटा खाडलः जहाँबाट वर्षेनी निस्किन्छ २ खर्व ८० करोडको हिरा

उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’

अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?

बैठकमा कड्किँदै माधव नेपालले भनेका थिए, “माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए ।”

यो पृष्ठभूमिमा माधव नेपालको चीन यात्रालाई अर्थपूर्ण मानिएको छ । त्यसमाथि सरकारका विशेष दुत बनेर चीनमा रहेका अर्थमन्त्री कृष्णबहादुर महरा नफर्किँदै माधव नेपालको यात्रा संयोग मात्र नभएको कतिपयको बुझाइ छ ।
काठमाडौं, ३ भदौ । नयाँ सरकार बनेलगत्तै दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध बनाउने घोषणा गरेका प्रधानमन्त्री पुष्पकमल दाहालका विशेषदूतका रूपमा उपप्रधानमन्त्री विमलेन्द्र निधि बिहीबार अपराह्न नयाँदिल्ली पुगेका छन् । निधिको भ्रमणभन्दा एक दिनपूर्व भारतीय राजदूत रञ्जित रेले निधिको यात्रामा प्रधानमन्त्री दाहाल तथा राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण र भारतीय राष्ट्रपति प्रणव मुखर्जीको नेपाल भ्रमणका मितिहरू निर्धारण हुने बताएका थिए ।
मन्त्री निधिलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी र नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीले स्वागत गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । नयाँदिल्ली प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग उपप्रधानमन्त्री निधिले भारतसँगको सम्बन्ध सुधारमा आफ्नो भ्रमण केन्द्रित रहेको बताए । ‘नाकाबन्दीपछि भारत र नेपालबीच देखिएको असमझदारी हटाएर सम्बन्ध सुधार्न मेरो भ्रमण केन्द्रित रहनेछ’, उनले भने । उनले नेपाल र भारतबीच द्विपक्षीय भ्रमणहरू गराउन आफ्नो भ्रमणले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने र त्यसको मितिसमेत निर्धारण गर्न आफूले भ्रमणका क्रममा कोसिस गर्ने उनले बताए । प्रधानमन्त्री दाहालको भारत भ्रमण तय गर्ने विषयमा भारतीय पक्षसँग कुराकानी हुने निधिले बताए । ‘मेरो भ्रमणले नेपाल‍भारत सम्बन्ध सुधार्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिएको छु’, उनले भने । मन्त्री निधिले भारत बसाइका क्रममा भारतीय राष्ट्रपति मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुष्मा स्वराज र विपक्षी दल कांग्रेस आईका नेतासँग भेट्ने तय भएको छ । नेपालमा नयाँ संविधान जारी भएको वार्षिकोत्सव अर्थात् असोज ३ गतेको अवसर पारेर भारतीय राष्ट्रपतिलाई भ्रमण गराउने पक्षमा नेपाल सरकार छ । भ्रमणका क्रममा मन्त्री निधिले मधेसी दलहरूको माग सम्बोधनका लागि सरकारले चाल्ने कदमबारे समेत छलफल गर्नेछन् । निधिले शनिबार भारतीय प्रधानमन्त्री मोदी र विदेशमन्त्री स्वराजसँग अलगअलग भेट गर्नेछन् । मन्त्री निधि भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किनेछन् । नयाँ सरकारका प्राथमिकता बुझ्छौंः भारत भारतले विशेषदूत निधिको भ्रमणलाई नेपालमा बनेको नयाँ सरकारका प्राथमिकता बुझ्ने अवसरका रूपमा लिएको छ । भारतीय विदेश मन्त्रालय साउथ ब्लकमा बिहीबार आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भारतले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताउँदै अहिलेको सरकारसँग निकट रही काम गर्न चाहेको उल्लेख गरे । ‘प्रचण्डको नेतृत्वमा सरकार बनेयता नेपाल सरकारका तर्फबाट निधिको भ्रमण पहिलो उच्चस्तरीय सरकारी भ्रमण हो । उहाँको भ्रमणले नेपालमा बनेको नयाँ सरकारको प्राथमिकताबारे हामीलाई जानकारी लिने अवसर प्रदान गर्नेछ’, स्वरूपले भने, ‘साथै दुई देशबीचको बहुआयामिक सम्बन्धलाई कसरी थप सुदृढ गर्ने भन्ने उपायहरूका विषयमा यस भ्रमणमा छलफल हुनेछ ।’ dainiknepal
काठमाडौं, ३ साउन । संखुवासभाका एक बालकलाई हनहन्ती ज्वरो आयो । टाउको दुख्ने, जोर्नी दुख्ने समस्या सँगै देखियो । घरमै निको पार्ने प्रयासस्वरूप परिवारले उनलाई तातोपानी पिउन आग्रह गरे । अन्य घरेलु उपाय अपनाए । केही सीप नलागेपछि नजिकैको पसलबाट औषधि किनेर बालकलाई खुवाइयो ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – नतिजाको पर्खाइमा अभिभावकले कडा ज्वरो आएका ती बालकलाई सात दिनसम्म घरमै राखे । थला परेपछि मात्रै उनलाई धरानस्थित बीपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचारका लागि लगियो ।

चिकित्सकले जाँचका विभिन्न उपाय अपनाउँदा पनि उपलब्धि नभएपछि उनको रगत निकालेर टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइयो । नजितामा ती बालकको रगतमा स्क्रब टाइफस रोग पुष्टि भयो । सोहीअनुसारको उपचार प्रक्रिया अघि बढाइए पनि ढिलो अस्पताल ल्याउँदा बालकले ज्यान गुमाउनु पर्‌यो ।

बालकको ज्यान गएपछि मात्र उनका अभिभावकले स्क्रब टाइफस कस्तो रोग हो भन्ने थाहा पाए । यो एउटा उदाहरण हो । स्क्रब टाइफसबारे जानकारी समयमै नपाउँदा वा नलिँदा अनायासै यस वर्ष अन्य दुईजनाले ज्यान गुमाउनु परेको छ । जब कि यो रोगको समयमै उपचार भयो भने निको हुन्छ ।

मुसामा पाइने किर्नाजस्तै कीरा (माइटको लार्भा)ले टोक्दा मानिसमा फैलिने उक्त रोगबाट वैशाखयता ९१ जनामा उक्त रोग पुष्टि भइसकेको छ । ‘पहिले केही थाहा थिएन । अरू नै कारणले ज्वरो आएको होला भन्ने लाग्यो र कतै गइनँ । ज्यानै जालाजस्तो भयो अनि अस्पताल आएँ,’ टेकुस्थि शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना भएका एक बिरामीले भने, ‘अहिले थाहा भयो यो त निकै डरलाग्दो रोग रेहछ ।’

रोगका लक्षण
–कडाखाले ज्वरो (१०२ देखि १०५ डिग्री फरेन हाइटसम्म) आउने
–टाउकोमा धेरै दुखाइ हुने
–श्वासप्रश्वासमा समस्या पैदा हुने
–जीउ, जोर्नी र मांसपेशीमा पीडा हुने
–खोकी लाग्ने
–पेट दुख्ने र पखाला लाग्ने
–शरीरका विभिन्न भागमा गुलाबी बिमिरा देखिनु
स्क्रब टाइफसबाट बच्ने उपाय
–घरवरपर सफा राख्ने र आफूले पनि सरसफाइमा ध्यान दिने
–लामो बाउला भएको कपडा लगाउने
–मुसाबाट टाढै रहने
–सामान्य रूपमा ज्वरो आउने वा खोकी लाग्नेजस्ता समस्या देखिमा एक दुई दिन घरमै आराम गरी तातो र झोलिलो खाने ।
–त्यसो गर्दा नभए सम्बन्धित चिकित्सकको सल्लाहमा उपचार अघि बढाउने ।
–असामान्य लक्षण देखिँदा शरीरमा भएका दागहरू नियाल्ने । केहीले टोकेकोजस्तो लाग्यो भने तुरुन्त चिकित्सकको सल्लाह लिने

उपचारविधि
यो रोगको पहिचान बिरामीमा देखिएको लक्षण र कीराले टोकेको दाग देखेर पनि गरिन्छ । रगत परीक्षणअन्तर्गत सीबीसी काउन्ट, लिभर फंग्सन टेस्ट गरिन्छ । स्क्रब टाइफसको एन्टिबडी पत्ता लगाउन एलाइजा टेस्ट र द्रूत परीक्षणसमेत गर्न सकिन्छ ।

नेपालमा हाल एलाइजा टेस्टबाटै काम चलाउने गरिएको छ, जुन हालसम्म टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा हुने गरेको छ । महाशाखाका चिकित्सक गुणनिधि शर्माका अनुसार स्क्रब टाइफसको आशंका भएका बिरामीलाई प्रयोगशाला प्रतिवेदन आउनुभन्दा पहिलेदेखि नै एन्टिबायोटिक औषधि दिन सकिन्छ ।khabardabali
काठमाडौं, ३ भदौ । आन्दोलनका क्रममा मारिएका भारतीयलाई पनि सहिद घोषणा गर्न माग मोर्चाले गरे पनि सरकारले उक्त माग पुरा गरेन । गत १६ कात्तिक ०७२ मा वीरगन्जमा मारिएका भारतीय नागरिकलाई सहिद घोषणा गर्नुपर्ने मोर्चाको माग थियो ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – उसले सरकारलाई बुझाएको ६८ जनाको सूचीमा आशिषकुमार रामको नाम छ । उनको ठेगाना भने पर्सा उल्लेख छ, तर उनी भारतीय नागरिक हुन् । सरकारले उनलाई सहिद घोषणा गरेन ।
khabardabali
काठमाडौ, ३ भदौ । सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सीमांकनको विषयमा तराईलगायत विभिन्न क्षेत्रमा भएका आन्दोलनका क्रममा मारिएकामध्ये ५२ जनालाई सहिद घोषणा गरेको हो । सरकारले सहिदका परिवारलाई यसअघि नै १० लाख रुपैयाा दिने निर्णय गरिसकेको छ ।

आजको नयाँ पत्रिका दैनिकमा खबर छ – सरकारले कैलाली घटनामा मारिएका ११ प्रहरीलाई पनि सहिद घोषणा गरेको छ । मधेस आन्दोलन तथा सीमांकनको विषयमा भएका आन्दोलनका क्रममा मारिएका सर्वसाधारण ४१ र प्रहरी ११ गरी ५२ जनालाई सरकारले सहिद घोषणा गरेको हो ।

मोर्चाद्वारा सहिद घोषणा गर्न ६८ जनाको सूची
मधेसी मोर्चाले सहिद घोषणाको माग गर्दै सरकारसमक्ष यसअघि ६८ जनाको सूची बुझाएको थियो । मोर्चाले केही दिनअघि मात्रै गृहमन्त्री विमलेन्द्र निधिलाई ६८ जनाको सूची बुझाउादै उनीहरूलाई सहिद घोषणा गर्न माग गरेको थियो । तर, गृह मन्त्रालयले ५२ जनालाई मात्रै सहिद घोषणा गर्नुपर्ने भन्दै मन्त्रिपरिषद्समक्ष प्रस्ताव लगेको हो ।

आन्दोलनकारी को–को भए सहिद ?

राजेन्द्र (राजीव) राउत (सप्तरी), दुर्गेश यादव (भैरहवा), राजकिशोर ठाकुर (रौतहट), धर्मराज सिंह (वीरगञ्ज), दीनानाथ साह (वीरगन्ज), भोला साह (वीरगन्ज), हिफाजत मियाा (बारा), रामकृष्ण राउत (सप्तरी), रोहन चौधरी (महोत्तरी), रामविवेक यादव (महोत्तरी), अमित कापर (महोत्तरी), वीरेन्द्र बिच्छा (महोत्तरी), रामशिला मण्डल (महोत्तरी), गणेश चौधरी (महोत्तरी), नितु यादव (जनकपुर), सञ्जयकुमार चौधरी (जनकपुर), दिलीप यादव (जनकपुर), चन्दन पटेल (रुपन्देही), रञ्जना क्षेत्री (रुपन्देही), राजकुमार बरई (रुपन्देही), बिन्दु भन्ने विनोद लाकोल (रुपन्देही), नन्दनी पाण्डेय (रुपन्देही), सौमती मुराव (रुपन्देही), शत्रुधन पटेल (पर्सा), वीरेन्द्र राम (सप्तरी), नागेश्वर यादव (सप्तरी), दिलीप साह (सप्तरी), प्रमोद गुप्ता (बारा), मो. मेहरुद्दिन (रौतहट), शेष तवरेज आलम (रौतहट), द्रोपदी धानुक चौधरी (रंगेली), महादेव ऋषिदेव (रंगेली), शिवु माझी (रंगेली), राजाराम झा, यमबहादुर बिसी (सुर्खेत), टीकाराम गौतम (सुर्खेत), गोपालसिंह रजवार (सुर्खत), हरि कुँवर (जुम्ला), टेकबहादुर सावद (कैलाली), करण सिंह (बाँके) र जयप्रकाश शाह (बारा)

सुरक्षाकर्मी सहिद

एसएसपी लक्ष्मण न्यौपाने (कैलाली), इन्स्पेक्टर बलराम विष्ट (कैलाली), केशवराज बोहरा (कैलाली), लोकेन्द्र चन्द (कैलाली), रामबिहारी ठाकुर (कैलाली), ललित साउद (कैलाली), बमनबहादुर विक (महोत्तरी), जनक नेगी (कैलाली), काशीराम कामी (कैलाली), देवबहादुर पाण्डे (कैलाली) र करण सिंह (बाँके) ,।khabardabali

नयाँदिल्ली ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका विशेष दूतका रूपमा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि बिहीबार सााझ नयाँदिल्ली पुगेका छन् । निधिले शुक्रबार सााझ भारतका राष्ट्रपति प्रणव मुखर्जी र शनिबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ ।

आजको नयाँ पत्रिका दैनिकमा नयाँदिल्लीबाट पर्शुराम काफ्लेको रिपोर्ट प्रकाशित छ– जेट एयरको उडानबाट साँझ ६ बजे दिल्ली पुगेका उपप्रधानमन्त्री निधिलाई भारतीय विदेश मन्त्रालयको उत्तरी डिभिजन (नेपाल र भुटान मामिला) प्रमुख सुधाकर दलेलाले सरकारका तर्फबाट स्वागत गरे । निधिलाई स्वागत गर्न इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि भारतीय राजदूत रणजित राय, नेपाली कार्यबाहक राजदूत कृष्णप्रसाद ढकाल, कांग्रेस युवा नेता बालकृष्ण पाण्डे पनि पुगेका थिए । भारत सरकारले उनको बसोबासको व्यवस्था होटेल ताज प्यालेसमा गरेको छ ।

उपप्रधानमन्त्री निधि सााझ ८ बजे बारखम्बा रोडस्थित नेपाली दूतावासमा आयोजित रात्रिभोजमा सहभागी भए । भोजमा भारतीय कंग्रेसका नेता डा. करण सिंह, पूर्वविदेशसचिव श्यामशरण, नेपालका लागि पूर्वराजदूत जयन्तप्रसाद, राकेश सुद, भाजपा नेता तरुन भिजय, सांसद डिपी त्रिपाठीलगायत सहभागी थिए ।

निधि सोमबार साँझ मात्रै स्वदेश फर्किने कार्यक्रम छ । उनीसँग काठमाडौंबाट परराष्ट्र मन्त्रालयका सहसचिव भृगु ढुंगाना आएका छन् । औपचारिक भेटवार्ताहरूमा दिल्लीस्थित कार्यबाहक नेपाली राजदूत कृष्णप्रसाद ढकाल, राजनीतिक काउन्सिलर हरि ओडारीलगायत रहनेछन् ।

अमित र मनमोहनसँग भेट्ने प्रयास
उपप्रधानमन्त्री विमलेन्द्र निधिले सत्तारुढ भारतीय जनता पार्टीका अध्यक्ष अमित साहसाग भेटका लागि प्रयास भइरहेको छ । साह सकारात्मक भए पनि समय तय हुन बााकी छ । भारतका पूर्वप्रधानमन्त्री एवं कंग्रेस नेता डा. मनमोहन सिंहसँग निधिको भेटवार्ताका लागि नेपाली दूतावासले प्रयास गरिरहेको छ । भारतीय कंग्रेसका अध्यक्ष सोनिया गान्धीसँग भेटका लागि सुरुमा कोसिस भए पनि उनको स्वास्थ्यलगायत कारण सम्भव नभएपछि पूर्वप्रधानमन्त्री सिंहसाग भेट्न प्रयास भएको हो । सिंहसँग शनिबार अपराह्न भेट्नेबारे कुराकानी भएको, तर समय तय नभएको दूतावास स्रोतले जानकारी दिएको छ । ०६२र६३ को आन्दोलनपूर्व भएको १२ बुादे समझदारी र नेपालमा गणतन्त्र घोषणा हुने वेला भारतमा सिंह प्रधानमन्त्री थिए ।
khabardabali
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
mesh

सोचेका काममा बिलम्ब हुनेछ । पारिवारिक समस्यामा ध्यान दिनु पर्नेछ । आम्दानीका मार्गमा अवरोध आउने छ । व्यावसायिक काममा समय दिन सकिंदैन । साझेदारी र सट्टापट्टामा बेफाइदा हुने भएकाले सतर्क रहनु पर्छ । प्रेमसम्बन्ध निरस हुनेछ । तर आत्मविश्वासका साथमा काम गरेमा केही महत्त्वपूर्ण उपलब्धीसमेत प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग वैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
brish

कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । विभिन्न अवसरले पछ्याउनेछन् । शत्रुहरू किनारा लाग्नेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । रोकिएका काम बन्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग ध्वाँसे वा घुर्मैलो कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ भूमिदेव्यै नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
mithun

मिश्रित प्रभाव भएको दिन छ । काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ । फाइदा कममात्र हुनेछ । आफ्ना कामजोरीमाथि टिप्पणी हुनसक्छ, सचेत रहनुहोला । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्  । अरूका काममा श्रम तथा बुद्धि खर्चनु पर्ला । आफ्ना काम स्थगित हुनाले मन खिन्न हुनेछ । कमजोरीले चिन्ता बढाउन सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
karkat

आजको प्रयत्न निष्फल जस्तै होला । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिने छ । विगतका निर्णयले काम बिग्रन सक्छ । मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ । बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कालभैरवाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
singha

मनका इच्छा र आकाङ्क्षामा व्यवधान सिर्जना हुनेछ । दिन मनोरञ्जनपूर्ण रहने छ, तर पनि मनमा निराशा र वैराग्यका भावना मँडारिन सक्छन् । पठनपाठनमा रुचि हुँदैन । नयाँ ज्ञान सिक्ने मौका त छ, तर मिहिनेत र परिश्रममा कमी आउनाले पूर्ण हुँदैन । यात्रामा नमज्जा हुनेछ । दाम्पत्य जीवन वा प्रेमसम्बन्धमा चिसोपन देखिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गृहलक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

kanya

जे गरे पनि आवेग र रिसरागलाई नियन्त्रणमा राखी धैर्य र लगनशीलताका साथमा काम गर्नुपर्छ । हतारको निर्णयले काम बिग्रन सक्छ, सजग रहनुहोला । मान्यजनको सुझाव अप्रिय लाग्नेछ । महत्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । परिवारजनमा असमझदारी र मनमा अधैर्यपना बढ्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग हलुका सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
tula

व्यावसायिक यात्राको सम्भावना छ । मनग्ये आम्दानी हुनेछ । विभिन्न भौतिक साधन जुट्न सक्छन् । नयाँ सवारी साधन प्राप्तिको योग छ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रेमी÷प्रेमिकाका बीचमा सुमधुरता र सामीप्यता प्राप्त हुनेछ । नयाँ कामको प्रस्ताव आउनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग हलुका नीलो वा हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ०७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
brishik

महत्वाकाङ्क्षी योजना कार्यान्वयन गर्ने योजनामा हुनुहुन्छ भने केही समय पर्खनुहोला । आफैंले गरेका निर्णय कार्यान्वयन गर्न धौधौ पर्नेछ ।  आफन्तका बीचमा खटपट, चिन्ता र शङ्का उब्जने छ । परिवारभित्र मनोमालिन्य बढ्ने सङ्केत छ । मान्यजनको सुझावलाई नमान्नाले काम बिग्रन सक्छ । आमा वा घरकी बृद्ध स्त्रीको स्वास्थ्यमा समस्या देखिन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभ रङ्ग रातो वा पहेंलो रङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
dhanu

खर्चको मात्रा बढ्नुका साथै परिस्थिति अन्योलमय बन्ने सम्भावना छ । मिहिनेत गर्दा अलि कम मूल्य प्राप्त हुनेछ । तापनि उठ्नुपर्ने रकम हातलागी हुनेछ । सोचेको फाइदा उठाउन अलि नसकिएला । नयाँ काम सुरु गर्न निकै खट्नु पर्ने हुन्छ । लगनशीलता र परिश्रमको अभावमा बन्दव्यापारमा मन्दी छाउने छ । परोपकारी र सामाजिक काममा समय प्रदान गर्नु पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गाढा नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सिद्धिविनायकाय नमः यस मन्त्रको कम्तीमा ०८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
makar

अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले काममा साथ दिनेछन् । राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । कीर्तिमानी काम गर्ने समय छ । पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग घिउरङ्क वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
kumbha

निराशाभाव बढ्नुका साथै प्रयत्न गरेको काममा बिलम्ब हुनाले दिक्क लाग्नेछ । परम्परा र बाध्यतामा खुम्चिनु पर्नाले नरमाइलो लाग्न सक्छ । तर आत्मबल बढाएर काम गरेमा असफल भइँदैन । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य पाइने सम्भावना छ । विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान जुटाउन सकिने छ । भोजभतेरमा सहभागी हुन पाइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
mean

बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ  । त्यस्तै यात्राका क्रममा अपनाएको सचेतताले ठूलो नोक्सानी हुनबाट जोगिने छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ  । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग सेतो वा बैजनी पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ चित्रगुप्ताय नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

भदौ ३

काठमाडौं–ओली बढी जान्ने हुँदा खादा खाँदैको गाँस नै छाडनुप¥यो यो सजिलो विषय नै होइन । तर, जे हुनु भयो । आगामी दिनमा पार्टी रहे न राजनीतिक गर्ने होला नी भन्दै नेपालले धुवाधार रुपमा ओलीविरुद्ध प्रस्तुत भएपछि ओली भने कुरै नसुनी निहुरीमुन्टी न गरेर बसेका थिए ।

हुँदा खादाको प्रधानमन्त्री पदबाट नराम्ररी हात धुनुपरेपछि नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई पार्टीभित्रैबाट खेद्ने क्रम सुरु भएको छ । ओलीका कारण माओवादीसँगको गठबन्धन टुटेको, गठबन्धन जोगाउन कुनै प्रयास नगरेको तथा गर्न सकिने पनि काम नगरेर केवल उखान टुक्का मात्रै सुनाउँदै हिँडेको भन्दै नेपाल पक्षका नेताहरुले बैठक बस्यो कि ओलीलाई ठोक्ने रणनीति लिएका छन् । प्रसंग हो, साउन ३१ गते धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटिको बैठकको ।

बैठक प्रारम्भ हुने बित्तिकै केपी ओलीले नेपाल पक्षका नेतालाई बोल्न दिए । नेपाल पक्षले सल्लाहअनुसार नै ओलीलाई पूर्ण रुपमा ठोक्ने लक्ष्य निर्धारण गरेका थिए । नेपाल पक्षले अर्याल होटल बानेश्वरमा बसेर आवश्यक नीति तथा योजना बनाएका थिए । सोही योजनाअनुसार नै स्थायी कमिटिको बैठकमा सबैभन्दा पहिले माधव नेपालले धारणा राखे ।

उनले भने– ‘केही मान्छेहरुले मुलुकलाई उखान टुक्कामय बनाए, हावादारी सपना बाँडे, आफूले मात्रै सबै गरेको अरुले केही नगरेको समेत भन्न भ्याए । इतिहासमा सफल प्रधानमन्त्रीको नाम लिदा मेरो नाम पनि लिइन्छ, झलनाथ जीको नाममा पनि राष्ट्रवादको छाप लागेकै छ । तर केही मान्छेहरु आफूलाई पूर्ण रुपमा आफूमात्रै पूर्ण भएको गफ लगाएर हिँडेको पनि देखिएको छ ।’

अलिक फरक रुपमा प्रस्तुत भएका नेपालले बुँदागत रुपमा ओली विरुद्ध प्रहार मात्रै गरेरनन् उखानका आधारमा चल्ने भए गठबन्धन किन नजोगाएको, प्रधानमन्त्री बनिरहन त सरकारमा सहभागी भएका अन्य दलको पनि भावना बुझ्नपर्ने थियो होला नी । सत्य निरुपण तथा मेलमिलापमा काँग्रेसका मान्छे प्रमुख छन् । सरोकार भएको पक्ष माओवादी छ, समन्वय गरेको भए राम्रै काम हुन्थ्यो, त्यसो किन नगरेको ?

राजनीतिक शक्तिका रुपमा पटक–पटक साथ लगाएर हिँडेको माओवादीलाई विश्वासमा लिन गाह्रो थिएन तर मुद्दा मामिला लगाएर बिच्क्याउन त अग्नी खरेल नै प्रयोग गरियो । लौ न बाबा तिनलाई नियुक्त नगर भन्दा भन्दै सुवोध प्याकुरेलहरुलाई कुन जस्केलाबाट छिराइयो, मैले राम्रैसँग थाहा पाएको छु । एनजिओ उचाल्ने, अनावश्यक बखेडा झिक्ने र साझेदारसँग निहु खोज्ने काम माधव नेपालले गरेको छैन । ओली पार्टी अध्यक्ष हुन् कि गुटको नेता मैले आजसम्म थाहा पाउन सकेको छैन । नेपाल पड्कदै गए ।

उनले भने लौ माओवादीले सरकार नै छाड्ने नै भयो, विगतमा किन सहमति गरेको, तीन बुँदे भद्र सहमतिमा त नेतृृत्वको विषयमा प्रष्ट व्यवस्था थियो । बजेट पारित भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने, वामदेव जी यही हुनुहुन्छ । झलनाथ जी पनि सहभागी हुनुभएको हो । भीम रावललाई पनि थाहा नै छ । विष्णु पौडेल पनि त्यसको जानकार हुनुहुन्छ ।

आफ्नै पार्टीलाई मिलाउन नसक्नेले कसरी मिलाओस अरुलाई नेपाल थप कडा रुपमा प्रस्तुत भए । संसद्मा सामान्य रुपमा सरकार गठन र विघटन हुन जान्छ । नेपालको प्रक्रिया र राजनीतिक सिष्टम पनि विचित्रको छ । राष्ट्रपतिय प्रणालीमा जाने भनेर गरेको सहमति नमानेको कसले हो ? लौ भएन कार्यकारी प्रधानमन्त्री नै भएपनि प्रत्यक्ष निर्वाचित हुने प्रावधन राखौ भन्दा नमानेको कस्ले हो ?

जो आज पार्टी अध्यक्षका रुपमा विराजमान हुनुहुन्छ । हिजो माओवादीको एजेण्डा बोक्न नहुने प्रत्यक्ष निर्वाचितको विषय राखियो भने त बर्बाद नै हुन्छ जसरी प्रस्तुत हुने त पार्टी अध्यक्ष नै हो क्यार ? माधव नेपाल थप सत्य बोल्दै गए । माओवादीको एजेण्डा पनि बोक्न नहुने, उसलाई मिलाएर पनि लैजान नसक्ने जुन हुतीहार प्रवृत्ति नेतृत्वमा देखियो, त्यसैका कारण यो अराजकता सतहमा आएको हो । माओवादीलाई दोष नदिउ उ परक पार्टी हो, ऊ एमालेको भातृ संगठन होइन, तर गठबन्धन तोडिहाल्ने पक्षमा माओवादी थिएन, मैले पनि पटक पटक माओवादीका नेतासँग सम्वाद गरेको छु । उनीहरु गठबन्धनलाई थप बलियो बनाउने पक्षमा नै थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati
काठमाडौँ, २ भदौ । नेकपा (एमाले) स्थायी समितिको बैठकले नवौँ राष्ट्रिय महाधिवेशनले निर्दिष्ट गरेका विचार, नीति तथा सङ्गठनात्मक व्यवस्थापनतर्फ प्रभावकारी कदम चाल्दै आगामी चुनावी प्रतिस्पर्धामा पार्टीलाई बहुमतसहितको पहिलो शक्ति बनाउन जोड दिएको छ ।
सोका लागि पार्टी अझ बढी सुदृढ र एकताबद्ध बनाउन नेताहरुले सुझाव दिनुभएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज जारी स्थायी समितिको बैठकमा विगतका काम र पार्टीले नेतृत्व गरेको सरकारको समीक्षा, आगामी निर्वाचन र पार्टीका कार्यभार तथा पार्टीको आन्तरिक जीवन लगायत विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा सो सुझाव प्राप्त भएको हो । आजको बैठकमा नेता घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, अमृतकुमार बोहरा, डा पुष्प कँडेल, केशवप्रसाद बडाल, किरण गुरुङ र सत्यनारायण मण्डलले धारणा प्रस्तुत गर्नुभयो । संविधान निर्माणलगत्तै संविधानको कार्यान्वयन, मुलुकले व्यहोर्नुपरेको अनपेक्षित नाकाबन्दी, मुलुकको तराई क्षेत्रमा देखिएका तनाव, कतिपय प्रतिकूल भूूराजनीतिक अवस्थाका बीचमा पार्टी अध्यक्षको नेतृत्वमा बनेको सरकारले उपर्युक्त प्रतिकूल परिस्थितिलाई सामान्यीकरण गर्दै जननिर्वाचनका माध्यमबाट संवैधानिक तथा लोकतान्त्रिक स्थायित्व कायम गर्ने दिशामा महत्वपूर्ण सफलता हासिल गरेको कुरा बैठकमा महसुस गरिएको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । राष्ट्रिय स्वाभिमानलाई उच्च बनाउँदै चौतर्फी विकासका माध्यमबाट समतामूलक तथा न्यायमूलक समृद्धि हासिल गर्ने दिशामा अघिल्लो सरकारले सकारात्मक पलह कदमी लिएकामा बैठकले गर्वबोध गरेको छ । त्यसक्रममा भएका केही कमजोरीलाई महसुस गरी त्यसलाई पार्टीको आन्तरिक समीक्षाका विषयका रुपमा बुझ्दै पार्टीलाई अझ बढी सुदृढ र एकताबद्ध बनाउन उहाँले ध्यानाकर्षण गराउनुभयो । बैठक शुक्रबार मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा जारी रहनेछ । रासस dainiknepal
भदौ २,
काठमाडौंः सरकारले मधेस आन्दोलनका क्रममा मारिएका ५२ जनालाई सहिद घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बिहीबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले मधेस आन्दोलनका क्रममा मारिएका गुमाएका सुरक्षाकर्मीसहित ५२ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
सहिद घोषणासँगै सरकारले पीडित परिवारलाई क्षतिपूर्तिवापत १० लाख रुपैयाँ उपलब्ध गराउनेछ।

 यस्तै असारमा अफगानिस्तानको काबुलमा भएको बम विष्फोटमा परि घाइते भएका नेपालीहरुको उपचारमा ९१ लाख ६ हजार रुपैयाँ खर्च भएको र सो खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ।
बैठकले मधेस आन्दोलनमा भएका घटनाहरुको छानविन गर्न गिरिशचन्द्र लालको संयोजकत्वमा सात सदस्यीग आयोग गठन गर्ने निर्णय गरेको छ।

आयोगमा रहने सदस्यहरु भने प्रधानमन्त्रीसँगको समन्वयमा गृह मन्त्रालयले तोक्नेछ।
मन्त्रिपरिषदको बैठकले योजना आयोगका सहसचिव गोपिनाथ मैनालीलाई सचिवमा बढुवा गरेको छ। बैठकले स्थानीय निकाय निर्वाचन विधेयकमा सैद्धान्तिक सहमति दिने निर्णय पनि गरेको छ।
annapurnapost
डा. जगन्नाथ अधिकारी सन १९८८ मा अष्ट्रेलियामा आइपुग्नु भएको थियो। त्यतिखेर अष्ट्रेलियामा नेपाली भेटिन्न्थ्यो। यतिखेर अष्ट्रेलियामा नेपाली नपुगेको कुनै ठाउँ छैन्।२८ वर्ष अगाडी उहाँ आउँदा अष्ट्रेलियामा नेपालीको उपस्थिति न्युन थियो। नेपाली साथीभाइ नभेटेर होटलमा बस्नु परेको थियो उहाँलाई। निकै कसरत गरेर सिड्नीमा एक जना नेपाली भेटेर बस्ने व्यवस्था भएको थियो त्यसबेला। अष्ट्रेलियाको प्रमुख शहर सिड्नी संरचनामा खासै परिवर्तन भएको होइन तर सिड्नी विस्तार भएको बताउने डा. अधिकारीसंग नेपाली हेडलाइन्स प्रतिनिधीको केही दिन अघि जम्काभेट भयो।

२८ वर्ष यता निरन्तर अष्ट्रेलिया र अष्ट्रेलियमा नेपाली गतिविधीलाई नियाल्दै आउनु भएका अधिकारीसंग गरिएको कुराकानीको सम्पादित अशं।

अष्ट्रेलियाको बारेमा

अष्ट्रेलियामा बस्न सजिलो छ। शान्त पनि छ। सन १९८० पछि आप्रवासीलाई सहजताका साथ स्विकार(एकोमोडेट) गर्न थालियो । यहाँ काम गरेर पढ्ने वातावरण छ। छात्रवृतिको यतिसाह्रो संभावना नभए पनि कामै गरेर पढ्न सकिने अवस्था छ।

पढ्न आउने विद्यार्थीलाई पीआर लिन तुलनात्मक रुपमा सजिलो छ।

सुरक्षाको दृष्टिकोणबाट पनि अष्ट्रेलिया अब्बल हो। आउन सजिलो पनि छ। नेपालीको संख्या बढ्दै जाँदा नेपालीलाई सहजता बढ्दैछ।

वातावरण हिसावले अष्ट्रेलिया नेपाल भन्दा धेरै फरक होइन। नेपालीहरु यहाँको हावापानीमा सजिलै घुलमिल हुन सक्छन। समुन्द्रले नछोएको नेपाल जस्ता देशबाट आउनेलाई यहाँका सु्न्दर बीच(समुन्द्री किनार)ले आकर्षण गर्छ।

किन आउने अष्ट्रेलिया?

कहाँ जाने भन्ने आफ्नो आफ्नो रुचिको कुरा पनि हो। यहाँ जीवन सहज छ। धेरै कम्पिटिटिभ सोसाइटी होइन्। लिभिटङ स्टान्डर्ड राम्रो मध्ये एक हो। पढ्नलाई प्रशस्त च्वाइस पाइन्छ। केटाकेटीहरुलाई पढाउन सजिलो छ। सरकारी स्कुलहरु लगभग फ्रि छन्। हेल्थ केयर र बेसिक सोसल सेक्युरिटी छ। अष्ट्रेलियामा विकसित देशमा पाइने भनिएका सबै सुविधा उपलब्ध छन्। पढाई गर्न देखि व्यवसाय गर्न सम्मलाई अष्ट्रे्लिया राम्रो गन्तब्य बन्न सक्दछ । घुमघाम देखी समुन्द्री रहनसहन बुझ्नका लागि पनि अष्ट्रेलिया उपयुक्त स्थान हो।

कस्तालाई अवसर छ ?
यहाँको सरकारले ‘जब डिमान्ड’का आधारमा स्किलको अपेडट गर्दछ। त्यही स्किल भएका मानिसहरु आउँदा सहज हुन्छ। ती स्किल पनि वर्षैपिच्छै परिवर्तन भइरहेका हुन्छन्। एउटा विषयको संभावना देखेर पढ्दै गर्दा त्यो विषय अर्को वर्ष नहुने अवस्था पनि हुन्छ। परिवर्तनलाई आत्मसाथ गर्ने हिम्मत पनि चाहिन्छ ।

यदी अष्ट्रेलियामा परिवार वा साथीभाई पहिले नै छन् भने पक्कै पनि सजिलो हुन्छ। केही गर्न चाहने र त्यही अनुसार मेहनत गर्न कस्नेलाई अष्ट्रेलिया नराम्रो पक्कै छैन् बरु अवसर प्रशस्त छन्।

रेसिजम बारेमा
नेपालीहरु यहाँको मुख्य सोसाइटीसंग मिक्स भएर बसेको देखिदैन। धेरै नेपाली आफ्नै समुहमा बस्न रुचाएको देखिएको छ। त्यसैपनि हुन सक्च यहाँ रेसिजम देखिने स्तरमा छैन्। यद्पी ससान घट्ना नसुनिएका होइन्।

नेपालीको पहिचान
ठाउँ अनुसार नेपालीको पहिचान र उपस्थिती फरक छ। क्यानबेरा तिर प्रोफेसनल बढि छन् । ठुला शहरमा क्लिनिङ लगायतका लेबर काममा धेरै नेपाली छन्। समग्रमा पुरै अष्ट्रेलियामा नेपालीहरु प्रोफेसनल ज्यादै कम र ननप्रोफेसनल काममा धेरै छन्।

नेपालीहरु अनुशासित र इमान्दार भएका कारण धेरै ठाउँमा रुचाइएका छन् । यसकारण उनिहरुाई काम पाउन त्यति गाह्रो छैन् र पहिचान बनेको छ। नेपालीको काममा ब्याड इम्रेपसन परेको छैन् । नेपालीहरुले अष्ट्रलियामा उपस्थिती निरन्तर बलियो हुँदै गएको देखिन्छ।

अष्ट्रेलियाका आउनु अघि..
अष्ट्रेलिया आउनु अघि अंग्रेजी भाषामा मेहनत गर्नु अत्यन्तै जरुरी छ। केही स्किल हुनैपर्छ। जे पनि काम गर्न तयार हुने मानसिकता बनाएकै राम्रो हुन्छ। पेशा एकदमै परिवर्तन हुन्छ, तीब्र परिवर्तनलाई ‘कोप’ गर्ने क्षमता हुनु आवश्यक छ।

अरु भाषा र सस्कृति भएकासंग घुलमिल हुन सक्नेले अझ फाइदा लिन सक्दछन्। बोल्न सक्ने, आफ्नो कुरा राख्ने सक्ने, कुरा राख्न नडराउने बानी उपयोगी हुन्छ।

‘रुल्स र रेगुलेसन’लाई मान्ने र तीनलाई गम्भिरताका साथ लिने बानी बसाल्नुपर्छ ।
भारतको मध्यप्रदेश राज्यमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १९ वर्षीया एक कलेजकी छात्राले आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा माता कालीलाई आफ्नो जिब्रो काटेर चढाएकी छिन् ।

मध्यप्रदेशको टीआरएस नामको कलेजमा पढिरहेकी आरती डुबेले सपनामा माता कालीले आफूलाई जिब्रो काटेर चढाए इच्छा पूरा हुने बताएको भन्दै अर्को दिन रिभा गाउँमा रहेको कालीको मन्दिरमा आफ्नो जिब्रो चढाउन पुगिन् । हुन त मानिसहरुले भगवानको नाममा आफ्नो शरिरका अरु अंग चढाएको घटना हामीले सुनिरहेका छौं तर आरतीले जे गरिन् त्यो निकै अचम्मको थियो किनभने उनी पढेलेखेकी किशोरी थिइन् ।

‘मानिसहरुले आफ्नो इच्छा पूरा हुने आशामा मानिसहरुले शरिरका अंगहरु चढाउने गरेको यदाकदा सुन्ने गरिन्थ्यो । तर यो केस निकै फरक छ । अशिक्षित मानिसहरुले समाजका अन्धविश्वासलाई मान्नु सहज मानिन्छ तर पढेलेखेका मानिसले यस्तो गर्दा पूरा समाजमा नै नकारात्मक असर पार्ने गर्दछ,’ स्थानीय पत्रकार श्याम मिश्रले डेली मेललाई बताए।


 एक प्रत्यक्षदर्शीका अनुसार ती किशोरी काली मन्दिरमा आइन् । केही धार्मिक कार्य गरेपछि उनले आफ्नो जिब्रो निकै धारिलो ब्लेडले काट्न थालिन् । जिब्रो काटेपछि उनी बेहोस भइन्–सम्भवतः पीडाका कारण । तर एम्बुलेन्सलाई बोलाउनु र केही प्राथमिक उपचार गर्नुको साटो मन्दिरका पुजारी र केही भक्तजनहरुले उनलाई स्कार्फले छोप्दै उनको सुधारको लागि प्रार्थना गर्न थाले ।
अडिटी सेन्ट्रलका अनुसार उनलाई पाँच घण्टासम्म कसैले पनि सहयोग गरेनन् । पाँच घण्टापछि आफै चेतना आएपछि उनले पुनः काली माताको लागि धार्मिक कार्य सुरु गरिन् । उनले पूरा मन्दिरलाई पटक पटक परिक्रमा गरिन्, मन्द मुस्कानको साथमा ।

आरतीले गरेको यस्तो प्रकारको कार्यको पूरा रिभामा चर्चा भएपछि एउटा पुलिसको एउटा समूह एम्बुलेन्ससहित मन्दिरमा छानबिनका लागि आइपुगे । प्राथमिक उपचार दिएपछि उनलाई पुलिसले घर पठाइदिए ।

आरतीका भाइ सचिनले डेली मेललाई बताए अनुसार आरतीले उनलाई आफ्नो सपना र सोचबारे भनेको तर उनी कहिले पनि यो हदसम्म आइपुग्लिन् भनेर सोचेनन् । ‘आरतीले मलाई उनको सपनाबारे जानकारी दिएको र आफ्नो जिब्रो माता कालीलाई चढाउने बताएकी थिइन् । तर मैले कहिले पनि सोचिनँ कि उनी यो विषयमा यति धेरै गम्भीर छिन् । मेलै सोचेको थिएँ उनी मसँग जिस्किरहेकी छिन्,’ उनले भने ।
काठमाडौं, २ भदौ । मातृभूमिका लागि युवा अभियान नयाँ शक्ति नेपालमा समायोजन भएको छ ।

नयाँ शक्ति नेपाल र मातृभूमिका लागि युवा अभियान नेपालबीच पार्टी समायोजन गर्ने सहमतिपत्रमा शुक्रबार हस्ताक्षर भएको छ । नयाँ शक्ति नेपालको केन्द्रीय कार्यालय बबरमहलमा दुबै पक्षबीच भएको बैठकपश्चात नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई र मातृभूमिका लागि युवा अभियान नेपालका अध्यक्ष सुनिल खड्काले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

के छ सहमतिपत्रमा ?
नयाँ शक्ति पार्टी नेपालले अवलम्वन गरि आएको मूल राजनैतिक मान्यताप्रति पूर्ण प्रतिवद्धता व्यक्त गर्दै तथा अवको निकास आर्थिक विकास भन्ने नारामा पुर्ण रुपमा सहमत हुँदै मातृभुमिका निम्ति युवा अभियान नयाँ शक्ति पार्टी नेपालमा आवद्ध हुने निर्णयमा पुगेको छ । मातृभुमिका निम्ति युवा अभियान नेपालले अवलम्वन गरेको राष्ट्रिय सम्मृद्धिकालागि युवा एकता र सम्मृद्ध नेपालको प्रतिवद्धताको सह्राना गर्दै नयाँ शक्ति पार्टी नेपाल उक्त ध्रुविकरणको प्रक्रियालाई हार्दिक स्वागत गर्दछ ।
नेपालको संविधानद्वारा घोषित प्राप्त उपलव्धी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी एवं सहभागितामुलक लोकतन्त्रप्रतिको प्रतिवद्धतालाई आत्मसात गर्दै नेपाली समाजको आर्थिक सम्वृद्धि नेपाली जनताको सुख र खुशी प्राप्ती प्रवद्र्धन र सम्वर्धन गर्ने कुरामा सहमत हुदै नयाँ शक्ति पार्टी नेपाललाई अघि वढाउन सहमत भएका छौं ।
नयाँ शक्ति पार्टी नेपालले अघि सारेको पाँच स (सम्मृद्धि, समावेशिता, स्वाधिनता, सार्वभौमिकता र समुन्नत समाजवाद) पार्टीको मार्गदर्शक सिद्धान्तको रुपमा स्वीकार गर्दै यसै दायराभित्र विचार र दर्शनलाई सम्मृद्ध वनाउने दिशामा अघि वढन सहमत भएका छौ ।
नयाँ शक्ति पार्टी नेपाल र मातृभुमिकालागि युवा अभियान विच आपसी सहमतिमा तिथि मिति तोकी विशाल युवा समारोहको आयोजना गरी पार्टी ध्रुविकारण र समायोजनको प्रकृयालाई देश विदेशमा समेत रहेका युवाहरुको सहभागिता समेतमा एक उत्सवका रुपमा सम्पन्न गरिने छ ।
नयाँ शक्ति पार्टी नेपाल र मातृभुमिकालागि युवा अभियान वीचको आपसी सहमतिमा कार्यविभाजन तथा जिम्मेवारी वाडफाड गरिनेछ ।
आजकै मितिदेखि मातृभुमिकालागि युवा अभियान नेपाल नयाँ शक्ति पार्टी नेपालमा समाहित भएको घोषणा गर्न सहमत भएका छौ । साथै देश र विदेशमा रहेका सवै सम्वद्ध समितिहरुलाई एकापसमा समायोजन हुन पनि यसै सहमति मार्फत विशेष आग्रह गर्न सहमत भएका छौं ।khabardabali
काठमाडौँ, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि आज भारत प्रस्थान गर्नुभएको छ । नयाँ सरकार गठन भएका सन्दर्भमा प्रधानमन्त्रीको विशेष प्रतिनिधि पठाउने सरकारको निर्णयानुसार उपप्रधानमन्त्री निधि दुई देशबीचको उच्च भ्रमणको तयारी तथा राजनीतिक भेटघाटका लागि भारत प्रस्थान गर्नुभएको हो ।
त्यसतर्फ प्रस्थान गर्नुअघि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उपप्रधानमन्त्री निधिले आफ्नो भ्रमण प्रमुख रुपमा नेपाल र भारतबीचको उच्चस्तरीय भ्रमणको विषयमा केन्द्रित रहने बताउनुभयो । उहाँले भन्नुभयो– “मेरो भारत भ्रमणको प्रमुख उद्देश्य नेपालका राष्ट्रपतिका तर्फबाट भारतका राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि निम्ता दिने र नेपाल भ्रमणको शीघ्र मिति तय गर्न आग्रह गर्ने हो, त्यस्तै नेपालका प्रधानमन्त्रीलाई भारतका प्रधानमन्त्रीले निम्ता गर्नुभएको छ, त्यो शीघ्र भ्रमणको पनि तयारी सम्बन्धमा छलफल हुनेछ र नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका बेला नेपाल–भारतका बीचमा हुने छलफलका विषयमा पनि प्रारम्भिक तयारी गर्ने उद्देश्य रहेको छ ।” दुई देशको सम्बन्धलाई थप सुदृढ तुल्याउन आफ्नो भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै उपप्रधानमन्त्री निधिले नेपालको राष्ट्रिय हित र सकारात्मक परिवर्तनका पक्षमा भारत सरकार र त्यहाँका जनताको साथ रहने अपेक्षा गर्नुभयो । त्यसैगरी नेपालको संविधानको कार्यान्वयनका क्रममा रहेका चुनौतीलाई सफलतापूर्वक सम्पन्न गर्न यहाँ भइरहेको राजनीतिक घटनाक्रमको चर्चा पनि उहाँले गर्नुहुनेछ । गृहमन्त्री निधिले दिल्लीमा रहँदा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, विदेशमन्त्री, गृहमन्त्रीलगायत त्यहाँका राजनीतिक दल र उच्चपदस्थ अधिकारीसँग भेटघाट गर्नुहुनेछ । रासस dainiknepal
डडेल्धुरा, २ भदौ । नेपाल विद्यार्थी संघको ११ औ महाधिवेशनबाट सभापति विजयी भएका नैनसिंह महरको गृहजिल्ला डडेल्धुरामा विजयी जुलुस निकालिएको छ ।
विहीबार सम्पन्न मतगणनाको अन्तिम परिणाममा १३३४ मत ल्याई विजयी भएका महरका निकटम प्रतिद्धोन्द्धी मनोजमणी आचार्यले भने १२०९ मत प्राप्त गरेका थिए । नेपाली काँग्रेस डडेल्धुराका नेताकार्यकर्ता, तरुणदल, विद्यार्थी संगठनका नेता कार्यकताहरुले जिल्ला सदरमुकाममा विजयी जुलुस निकाली सभा गरेका छन् । २०३१ सालमा डडेल्धुरा जिल्लाको विकट गाविस भागेश्वर ९ मा जन्मिएका महर पञ्चायतकालमै नेविसंघमा क्रियाशिल रहेका थिए । dainiknepal
काठमाडौँ, २ भदौ । नेकपा (एमाले) निकट अनेरास्ववियुका विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य रवीन्द्र अधिकारीलाई दिइएको छ । अनेरास्ववियुका महासचिव ऐन महरले सचिवालयको कार्य विभाजनबारे देखिएको विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्ज अधिकारीलाई दिएको जानकारी गराउनुभयो ।
अध्यक्ष नवीना लामा र महासचिव महरबीचमा सचिवालय सदस्यको कार्य विभाजनबारे विवाद हुँदै आएको थियो । विवाद मिलाउने जिम्मा विद्यार्थी इन्चार्जलाई दिएपछि आगामी शनिबार महासचिव महरले बोलाएको भेला समेत स्थगित गरिएको छ । अध्यक्ष लामाले विधि प्रक्रिया उल्लङ्घन गरी कार्य विभाजन गरेकाले निर्णय सच्चाउन माग गरेको महासचिव महर बताउनुभयो । “अध्यक्षले विधान विपरीत कार्य विभाजन गर्नुभएको थियो” उहाँले भन्नुभयो– “हाम्रो त्यसमा असहमति थियो । कार्य विभाजनसम्बन्धी विवाद विद्यार्थी इन्चार्जले मिलाउने भनेपछि भेला पनि स्थगित गरियो ।” अध्यक्ष लामाले सचिवालय सदस्यको कार्य विभाजन गरेपछि महासचिव महर असन्तुष्ट बनेका थिए । रासस dainiknepal
२ भदौ, एजेन्सी । कतार एयरवेजको बिमान टर्कीमा आकस्मिक अवतरण गरिएको छ । बिमानको एउटा इन्जिनमा अचानक आगो लागेपछि टर्कीको इस्तानबुलमा रहेको अटुटार्क विमानस्थलमा आकस्मिक अवतरण गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यामले जनाएका छन् ।

क्युआर २४० बिमाान इस्तानबुलबाट दोहाका लागि उडेको केहीबेरमै आगो लागेपछि इस्तानबुलमै आकस्मिक अवतरण गरिएको हो । कतार एयरवेजले तत्काल ट्वीट गर्दै बिमानमा सवार सबै यात्रु सकुशल रहेको जनाएको छ ।nepaliheadlines
।।ब्राह्मणो ब्रह्मवर्चसी जायताम।। अर्थात ब्राह्मण ब्रह्म (ईश्वर) तेजले युक्‍त हुन्छ।
ॐ यज्ञोपवीतं परमं पवित्रं, प्रजापतेयर्त्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं, यज्ञोपवीतं बलमस्तु तेजः॥ -पार. गृ.सू. २.२.११।
जनैलार्इ उपवीत, यज्ञसूत्र, व्रतबन्ध, बलबन्ध, मोनीबन्ध तथा ब्रह्मसूत्रका नामले चिनिन्छ। यसलार्इ उपनयन संस्कार पनि भनिन्छ। ‘उपनयन’ काे अर्थ हुन्छ, ‘सँगै वा सन्निकट लिएर अाउनु।’अब प्रश्न अाउँछ कसकाे सन्निकट त ? ब्रह्म (ईश्वर) र ज्ञानकाे सन्निकट पुग्नु नै उपनयनकाे प्रमुख अर्थ हुन अाउँछ। हिन्दू समाजका हरेक वर्ग जनै धारण गर्न सक्छन्। जनै धारण गरेपछि मात्रै द्विज बालकलार्इ यज्ञ तथा स्वाध्याय गर्ने अधिकार प्राप्त हुन्छ।
द्विजकाे अर्थ हुन अाउँछ अर्काे जन्म। कालान्तरमा यस संस्कारलार्इ अन्य धर्मका मानिसहरूले धर्मान्तरित गरी अाफ्नाे धर्ममा प्रवेश गराउने माध्यमका रूपमा उपयोग गर्ने चलन बनाए। हिन्दू धर्ममा प्रत्येक हिन्दूकाे कर्तव्य के हुन अाउँछ भने जनै धारण गर्नु र त्यसका नियमह्ररूकाे पालना गर्नु। हरेक हिन्दू धर्मावलम्बीले जनै धारण गर्न र त्यसका नियमहरूकाे पालना गर्न सक्छ । यसमा महत्वपूर्ण कुरा के छ भने जनै धारण गरिसकेपछि त्यसका नियमहरूकाे पालना अनिवार्य पूर्वसर्त हाे ।
जनै किन धारण गरिन्छ : सनातन धर्मका २४ संस्कारहरूमध्ये एक ‘उपनयन संस्कार’ अन्तर्गत नै जनै धारण गरिन्छ । यसलार्इ ‘यज्ञोपवीत संस्कार’ पनि भनिनछ। मुण्डन गर्नु र पवित्र जलमा स्नान गर्नु पनि यस संस्कारका महत्वपूर्ण अंग हो।प्राचीनकालमा पहिले शिष्य, सन्त तथा ब्राह्मण बनाउनका लागि दीक्षा दिने प्रचलन थियाे। यही दीक्षा क्रममा नै एक जनै धारण गर्नु पनि अनिवार्य नै थियाे। प्राचीनकालमा गुरुकुलमा दीक्षा लिने वा संन्यास ग्रहण गर्नु पूर्व याे संस्कार गर्ने पराम्परा थियाे ।
यज्ञोपवीतलार्इ व्रतबन्ध पनि भनिन्छ। व्रतहरूले नबाँधीकन मनुष्यकाे उत्थान सम्भव हुँदैन। यज्ञोपवीतलार्इ व्रतशीलताकाे प्रतीक मानिन्छ। त्यसैले यसलार्इ सूत्र (फर्मूला, सहारा) पनि भन्न सकिन्छ। धर्मशास्त्रहरूमा यम-नियमलार्इ पनि व्रत मानिएकाे छ। बालककाे आयुवृद्धि हेतु गायत्री तथा वेदपाठकाे अधिकारी बनाउनका लागि पनि उपनयन (जनै) संस्कार अत्यन्त आवश्यक छ।
दीक्षा दिनु : दीक्षा दिने प्रचलन वैदिक ऋषिहरूले प्रारम्भ गरेका थिए। प्राचीनकालमा पहिले शिष्य र ब्राह्मण बनाउनका लागि दीक्षा दिइन्थ्याे। माता-पिता जब अाफ्ना सन्तानलार्इ शिक्षा ग्रहण गर्न पठाउँथे तब उनीहरूलार्इ दीक्षा गराइन्थ्याे । सनातन धर्म अनुसार दिशाहीन जीवनलार्इ दिशा दिन पनि दीक्षा अावश्यक छ । दीक्षा एक शपथ, एक अनुबन्ध तथा एक संकल्प हाे। दीक्षापछि मात्रै व्यक्ति द्विज बन्दछ। द्विजकाे अर्थ अर्काे जन्म एवं अर्काे व्यक्तित्व हाे ।
अन्य धर्ममा याे संस्कार : हिन्दू धर्मद्वारा प्रेरित याे उपनयन संस्कार अन्य सबै धर्ममा पाइन्छ।
याे दीक्षा दिने परम्परा प्राचीनकालदेखि नै छँदै थियाे तथापि कालान्तरमा अन्य धर्ममा दीक्षालार्इ अाफ्नाे धर्ममा धर्मान्तरण गर्नका लागि प्रयुक्त गरिन लाग्याे। याे सनातन आर्य संस्कारलार्इ प्रायः सबै धर्ममा कुनै न कुनै कारणवश भिन्न-भिन्न रूपमा अपनाएकाे पाइन्छ। जस्ताे भनूँ मक्कामा काबाकाे परिक्रमा पूर्व याे संस्कार गर्ने चलन पाइन्छ।
सारनाथमा अवस्थित अति प्राचीन बुद्धकाे प्रतिमालार्इ सूक्ष्म निरीक्षण गर्दाखेरि बुद्धकाे छातीमा यज्ञोपवीतकाे सूक्ष्म रेखा देखिन्छ। जैन धर्ममा पनि  यस  संस्कारलार्इ ग्रहण गरिएकाे छ। वित्र मेखला अधोवसन (लुंगी) काे सम्बन्ध पारसीहरूसँग पनि छ। सिख धर्ममा यसलार्इ अमृत सञ्चार भन्दछन्। बौद्ध धर्मबाट यस परम्परालार्इ इसाई धर्मले अपनाय जसलार्इ उनीहरू बपस्तिमा भन्दछन्। यहुदी र इस्लाम धर्ममा खतना गरेर दीक्षा दिइन्छ।
जनै धारण गर्नाका ९ फाइदाहरू
मदिरा र मासु परित्याग गरेर सादा जीवन व्यतीत गर्न चाहने हरेक सनातन धर्मावलम्बीले जनै धारण गर्नपर्छ । अब अाउनुहाेस् जनै धारण गर्दाका ९ फाइदाहरू के के हुन् त्यस सम्बन्धमा विस्तृत जानकारी हासिल गराैँ । जनैका नियमहरू पालना गर्नाले तपाइँ निराेगी बन्न सक्नुहुनेछ ।
१.जीवाणु-कीटाणुबाट बचावट : जुन मानिस जनै धारण गर्दछ र यससँग जाेडिएका नियमहरू पालन गर्दछ उक्त मानिस मल-मूत्र त्याग गर्ने बेलमा अाफूनाे मुख बन्द गर्छन् । यसाे गर्नाले मानिसहरू फाेहाेर स्थानमा पाइने जीवाणु र कीटाणुहरूकाे प्रकोपबाट सजिलै बच्न सक्छन् ।
२.किड्नीकाे सुरक्षा : जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ। यी दुइटा नियमहरूकाे पालन गर्नाले  किड्नीमा प्रेसर पर्दैन । जनै धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् ।
३.हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ : शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएकाे छ भने जनै धारणहरूलार्इ हृदय रोग र ब्लडप्रेसरकाे आशंका अन्य मानिसहरूकाे तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलार्इ पनि नियन्त्रण गर्न मद्दत गर्दछ । ‍चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगकाे सम्भावना कम गर्दछ किनभने यसले  रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयाेग पुर्याउँछ
४.घुर्ने बानीकाे अन्त्य : जनै धारण गर्ने मानिसकाे घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात् पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसाे तात्पर्य के हाे भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसकाे घुर्ने काम गर्दैन ।
५.कब्जियतबाट छुटकारा  : जनैलार्इ कानमाथि कसेर बाँध्ने नियम छ । यसाे गर्नाले कान हुँदै  गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसकाे संबंध साेझै आन्द्रासँग हुन्छ। यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन। पेट सफा भयाे भने  शरीर र मन दुबै स्वस्थ हुन्छ ।
६.शुक्राकीटकाे रक्षा : दाँया कान हुँदै जाने नसाहरूकाे सम्बन्ध  अंडकोष र गुप्तेंद्रियसचँग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा जनै सिउरिनाले  ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य  निस्कन्छ। यस्ताे ज्ञात अज्ञात शुक्राकीटहरूकाे  रक्षा हुन्छ। यसबाट मानिसकाे बल तथा तेज वृद्ध‍ि हुन्छ।
७.स्मरण शक्ति‍काे रक्षा : कानमाथि प्रत्येक दिन जनै राख्ने र कस्ने गर्नाले स्मरण शक्त‍िकाे क्षय  हुँदैन। यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसकाे सम्बन्ध स्मरण शक्तिसँग हुन्छ। वास्तवमा गल्ती गर्दा बच्चाहरूकाे कान निमाेठ्ने कारण यही भएर नै हाे ।
८.आचरणकाे शुद्धताले बढ्छ मानसिक बल : काँधमा जनै छ  भन्ने कुराकाे एहसास मात्रैले पनि मानिस खराब अाचरण गर्नबाट हच्किन्छ । पवित्रताकाे एहसास भएमा आचरण शुद्ध हुनेछ। आचरणकाे शुद्धताले मानसिक बल बढ्दछ।
९.दुष्ट आत्माहरूबाट रक्षा :  हाम्राे मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन अाउँदैनन्। यसकाे कारण के हाे भने जनै धारण गर्ने मानिस अाफैँ पवित्र आत्म रूप बनेकाे हुन्छ र त्यसमा स्वत: आध्यात्म‍िक ऊर्जाकाे विकास भएकाे पाइन्छ।
किन कानमाथि जनै सिउरिने : मल-मूत्र विसर्जनभन्दा पूर्व जनैलार्इ कानमाथि कसेर दुर्इचाेटी बाँध्नुपर्दछ ।यसबाट कानका पछाडिका दुर्इ नसा जसकाे सम्बन्ध पेटका अान्द्रासँग हुन्छ र यसरी अान्द्रामा दबाब पारेर त्यसलार्इ पूरा खाेली दिन्छ । यसबाट मल विसर्जन सजिलाेसँग हुन्छ ।  तथा कानसँगै रहेकाे एउटा नसबाट मल-मूत्र विसर्जनकाे बेलामा केही द्रव्य विसर्जित हुन्छ। जनैले त्यसकाे वेग राेकिदिन्छ जसबाट कब्जियत, एसीडीटी, पेट रोग, मूत्रन्द्रीय रोग, रक्तचाप, हृदय रोगसहित अन्य संक्रामक रोग लाग्न पाउँदैन। जनै सम्बन्धी याे सामग्री वेब दुनियाँबाट नेपालीमा अनुवाद गरी यहाँसमक्ष प्रस्तुत गरिएकाे छ । यस बारेमा अन्य जानकारी अागामी दिनमा पनि दिने बाचाका साथ अहिलेलार्इ यत्ति नै । भाषा अनुवादकः कुमार पाैडेल

पोखरा, २ भदौ । एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–३ का २२ वर्षीय सञ्जीवबहादुर नेपाली र स्याङ्जाकै पौवेगौडे गाविस–२ की सोनम रेग्मीबीच अन्तर्जातीय विवाह भएको थियो । तल्लो जातिसँग विवाह गरेको भन्दै केटी पक्षका अभिभावक असन्तुष्ट बने । उनीहरुले छोरीलाई समेत वास्ता गर्न छोडे । आफ्ना माइती पक्षबाट टाढिँदै गएपछि सोनम र
सञ्जीवबीचको सम्बन्धमा पनि खटपट सुरु भएको उनीहरुलाई चिन्ने नजिककाले बताउँछन् । सोनम सम्बन्धविच्छेद गर्न चाहन्थिन् भने सञ्जीव त्यसको विरोधमा थिए । सोनमको बलजोडले अदालतमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेपछि दुवै छुट्टाछुट्टै बस्दै आएका थिए । उनीहरुको मुद्दा विचाराधीन छ । केही महिनाअघि वैदेशिक रोजगारीमा विदेश गएका सञ्जीव दुई महिना नपुग्दै घर फर्केका थिए । सोनम चालिसेचोकको एक घरमा डेरा लिएर बसेको पत्ता लगाई सञ्जीव धारिलो चक्कुसहित ढोका बाहिर पुगेका थिए । उनले कोठाबाट आँगनमा निस्केकी सोनमलाई चक्कुले पेट र घाँटीमा प्रहार गरे । धारिलो हतियारको प्रहारबाट सोनमको घटनास्थलमै मृत्यु भएको थियो । उनले पनि गोजीबाट विष निकालेर सेवन गरेको र सख्त घाइते भएपछि गण्डकी मेडिकल कलेजमा उपचारार्थ लगिएकामा उपचार गर्दागर्दै उनको पनि मृत्यु भएको थियो । विष सेवन गरी आत्महत्या गरेका सञ्जीवको गोजीमा एउटा चिठ्ठी पनि फेला पर्यो । चिठीमा “तँलाई पनि बाँच्न दिन्न, म पनि बाँच्दिनँ” लेखिएको प्रहरीले जनाएको छ । अहिले मृतकका आफन्तलाई पोखरा बोलाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रवक्ता गजुसिद्धि बज्राचार्यले जानकारी दिनुभयो । दुवैको शव परीक्षणका लागि अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । रासस dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home