• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २६ कात्तिक । पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता झलनाथ खनालले भारतले नेपालमाथि लगाउँदै आएको नाकाबन्दी अन्तर्राष्ट्रिय सन्धि–सम्झौताविपरित रहेको भन्दै नाकाबन्दीलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
काठमाडौंको डल्लुस्थित आफ्नै निवास परिसरमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले भारत सरकार र अन्तर्राष्ट्रिय संघ–संस्थासँग वार्ता गरी नाकाबन्दी फिर्ता गराउन तत्काल कदम चाल्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो- यति गर्दा पनि भएन् भने भारतलाई अन्तर्राष्ट्रिय कानुनको कठघरामा उभ्याउनुपर्छ । त्यसका लागि एमाले नेतृत्वको सरकार पछि हट्ने छैन् ।’ विपत्तिमा परेको राष्ट्रमाथि भारतले नाकाबन्दी लगाउनु अमानवीय कार्य भएको खनालको भनाई छ ।
dainiknepal
महेन्द्रनगर (धनुषा), २४ कात्तिक । मधेसी मोर्चाले विभिन्न माग राख्दै गर्दैआएको बन्दको आज ८८औँ दिन तथा भारतको अघोषित नाकाबन्दीको ४८औँ दिन पूरा हुँदै छ ।
अझ पनि यो खुल्ने छाँटकाँट नदेखिँदा धनुषासहित सम्पूर्ण मध्य तथा पूर्वी तराईको जनजीवन कष्टकर बनेको छ । दसैं यस्तै बन्दमा बित्यो । तिहार र छठ पर्व ढोकामै आइपुगेको बेला पनि बन्द नखुल्दा जनता निकै निराश भएका छन् । मधेसी मोर्चाले ४८ दिनदेखि भन्सार नाकामा दिएको धर्ना र भारतको अघोषित नाकाबन्दीले उपभोग्य वस्तु अभाव हुँदा यहाँको जनजीवन पूर्णरुपले प्रभावित बनेको छ ।
बन्दको अवधि बढ्दै जाँदा र भन्सार नाका ठप्प भएपछि बजारमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यासलगायत दैनिक उपभोग्य समानको अभावसँगै मूल्य आकासिएको छ । अनिश्चितकालिन बन्द, हड्ताल र निर्यात ठप्प हुने क्रम लम्बिएर खाद्यान्न नपाइने चिन्ताले पिरोलिएका उपभोक्ताले अनावश्यक भण्डारण गर्न थालेकाले समेत अभाव झनै बढेको छ ।
प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले व्यवसायीलाई आफूसँग भएको सामान बेच्न र नलुकाउन आग्रह गर्नुभएको छ । इन्धन अभावमा एम्बुलेन्स बन्द हुने अवस्थामा पुगेको छ । आयात रोकिएको र व्यापारीसँग भएको मौज्दात सकिएकोले उपभोक्तालाई समस्या परेको व्यापारीको भनाइ छ ।
क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरका ग्यास बिक्रेता बलराम श्रेष्ठले असोज लागे लगत्तै जिल्लामा ग्यास अभाव भएको बताउनुभयो । “पहिले मासिक एकहजार ५०० सिलिन्डरसम्म बिक्री गर्थे, अहिले असोजसम्ममा जम्मा ६० वटा सिलिन्डर बिक्री गरेँ” उहाँले भन्नुभयो । श्रेष्ठले ‘नोबेल’ र ‘कामख्या’ ग्यास बिक्री गर्दै आउनुभएको छ । ग्राहकलाई ग्यास नै छैन भनेर त्यसै फर्काउनु परेको उहाँले बताउनुभयो ।
घरमा खाना पकाउने ग्यास सकिएपछि भुसमा पकाउन सुरु गरेको महेन्द्रनगर– ६ की रितादेवी यादवले बताउनुभयो । “एक महिनादेखि भुसको चुलोमा खाना पकाउँदै आएकी छु” उहाँले भन्नुभयो ।
बिरामीलाई चाहिने औषधि र अक्सिजनको समेत अभाव भएको छ । जनकपुर अञ्चल औषधि व्यवसायी सङ्घका उपाध्यक्ष शम्भुप्रसाद भट्टराईका अनुसार महोत्तरी, सर्लाही, सिन्धुली, धनुषा, रामेछाप र दोलखामा औषधिको चरम अभाव हुनथालेको छ । “बिरामी निकै मारमा परेका छन्” उहाँले भन्नुभयो । रक्तचाप, मधुमेह र मुटुका बिरामीले नियमित रुपमा प्रयोग गुर्नपर्ने औषधिको अभाव भएको छ ।
“सडकमा सवारी साधन गुड्न छाडेपछि औषधि ढुवानी गर्न समस्या भएको हो” उपाध्यक्ष भट्टराईले भन्नुभयो ।
सबै भन्दा गाह्रो दैनिक मजदुरी गरेर खानेलाई भएको छ । रिक्सा, ठेलालगायतका दैनिक ज्यालादारीमा काम गर्ने मजदुरले धेरै दिनदेखि पेटभरी खान नपाएको अवस्था छ । कतिपय दलित बस्तीका बासिन्दा भारत पलायन भइरहेका छन् । जनकपुर–४ का रिक्सा मजदुर लालबाबु महराले ८८ दिनदेखि रिक्सा लिएर चोकचोक चहारे पनि यात्रु नपाएको गुनासो गर्नुभयो । “पन्ध्र वर्ष भो रिक्सा चलाएको, यस्तो दुःख कहिल्यै पाएको थिइनँ,” उहाँले भन्नुभयो– “अहिले बन्दले गर्दा त हामीलाई दशाले घेरेझैं लागेको छ ।”
बन्दका कारण बजारभाउ आकासिएको छ । सुरुसुरुका दिन मजदुरले ऋण पैँचो गरेर पनि परिवारलाई खुवाए । “बन्द कतिञ्जेल लम्बिएला र ? कमाएर तिरौंला । तर, अब त परिस्थिति पहाडजस्तो लाग्न थालेको छ” मजदुरले गुनासो गर्न थालेका छन् । “नुनमा रोटी चोबेर खाँदै छाँैं, त्यो पनि नपाइने भो” रिक्सा चालक महतोले भन्नुभयो ।
क्षीरेश्वर नगरपालिका– ५ महेन्द्रनगरका ठेला चालक चौठी साहले रोजगारी नै मरेपछि आठ जनाको परिवार पाल्नै कठिन भएको बताउनुभयो । “नेताहरुको कामै आन्दोलन गर्ने हो, माग पूरा गराउँछन्, अर्कोतिर हिँड्छन्, हामीजस्ता निमुखा जनताको जीवनयापन भने खस्किदै गएको छ ।” सुरुका ८–१० दिन ऋण गरेर धानिए पनि बन्द लम्बिदा खाना जुटाउनै गाह्रो भएको उहाँको भनाइ छ ।
बन्दको उद्देश्य र राजनीतिसँग कुनै सम्बन्ध नरहेका मिथिला नगरपालिका– ५ ढल्केवरका ठेलाचालक श्रीनारायण मण्डल र छोरा हरिनारायण मण्डल पनि निराश छन् । बाबुछोरा मिलेर १४ जनाको परिवार धान्नु छ । बन्दको शृङ्खला सुरु भएपछि उनीहरू एकछाक मात्र खान थालेका छन् । “अब अति भयो, बन्दकर्ताले हामी जस्ताको बारेमा पनि ध्यान दिनुप¥र्यो” मण्डलले भन्नुभयो ।
जनकपुरमा करिब ५०० रिक्सा मजदुर छन् । बन्दपछि उनीहरू सबै मारमा छन् । बन्दले विपन्न वर्गलाई बढी सास्ती दिएकाले माग पूरा गराउने वैकल्पिक उपाय खोज्न उनीहरूले प्रदर्शनकारीलाई अनुरोध गरेका छन् ।
आर्थिक रूपले सम्पन्न हुनेहरू पनि बैंक नखुल्दा खिन्न छन् । पैसा निकाल्न नपाउदा दैनिक उपभोग्य सामग्री किन्न पाएका छैनन् । अन्य व्यवसायी, जागिरेलाई पनि आर्थिक अभावले पिरोल्न थालेको छ । बंैकबाट पैसा निकाल्न नसक्दा खानेकुरा किन्न नपाएको शिक्षक उमाकान्त पहाडी बताउनुहुन्छ ।
सबैको एउटै प्रश्न छ, ‘आखिर यो बन्द कहिले खुल्छ ?’
dainiknepal
काठमाडौँ – अमेरिकाका राष्ट्रपति बाराक ओबामाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालको प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा बधाई ज्ञापन गरेका छन् ।
सो बधाई सन्देश नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका हुन् । सन्देशमा राष्ट्रपति ओबामाले अमेरिकी जनताले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उठ्न लागेको र प्रजातान्त्रिक संस्थाहरुलाई सुदृढ गर्न लागेको नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने विश्वास दिलाउनुभएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सन्देशमा भनिएको छ –“संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्था (मिलेनियम च्यालेन्ज कर्पोरेसन)लाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहन्छ ।” उनले दुई देशबीचको ७० वर्ष लामो साझेदारीको स्मरण गर्दै नेपालमा एकता, समृद्धि र पूर्ववत् अवस्थामा फर्कने कामका लागि बढावा दिन मिलेर काम गर्न अमेरिका तयार रहेको पनि स्पष्ट गरे । रासस
रत्ननगर (चितवन), २६ कात्तिक । हालै पार्टीबाट अलग भएर नयाँ शक्ति निर्माणमा लाग्नुभएका एनेकपा(माओवादी)का पूर्व वरिष्ठ नेता डा बाबुराम भट्टराईको पक्षमा लागेको भन्दै एमाओवादी चितवनले चारजना नेतालाई निष्कासन गरेको छ ।

उनीहरुलाई पार्टी सदस्यता नरहने गरी निष्कासन गरिएको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसरी निष्कासित भएकामा जिल्ला सदस्य रमेश रेग्मी अमर, विष्णुहरि तिमिल्सिना, जिल्ला परिषद् सदस्य उमाकान्त चापागार्इं, भरतपुर– ४ का अध्यक्ष कमलप्रसाद चापागार्इं रहेका छन् ।
पार्टीको नीति र निर्देशन विपरीत लागेकाले कारबाही गरिएको परियारले जानकारी दिनुभयो । केही दिनअघि भरतपुरमा डा बाबुराम भट्टराई सहभागी कार्यक्रममा उहाँहरु सहभागी हुनुभएको थियो । यसअघि पाँच केन्द्रीय नेतालाई एमाओवादीले निकालेको थियो ।  रासस
dainiknepal
इस्लामावाद, कार्तिक २६ । पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले आफू मुस्लिम समुदायको ब्यक्ति भए पनि हिन्दुहरुलाई साथ दिने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
तिहारको उपलक्ष्यमा पाकिस्तानमा रहेका हिन्दुहरुलाई शुभकामना दिने क्रममा प्रधानमन्त्री शरीफले जातीय भेदभावको अन्त्य गर्न आग्रह गदै हिन्दुहरुमाथि ज्यादती गर्ने मुस्लिम समुदायका जो सुकैलाई कडा कारबाही गर्ने बताए ।

उनले भने, ‘कोही अत्याचारको शिकार भइरहेको छ भने उसको सम्बन्ध जुनसूकै धर्म–सम्प्रदायको भए पनि उसलाई मद्दत गर्नु मेरो जिम्मेवारी हो ।’
हिन्दुमाथि अत्याचार भयो र अत्याचार गर्ने समुदाय मुस्लिम रहेछ भने पनि आफू स्वयं मुस्लिम हुनका बाबजुद त्यस्ता अत्याचारीविरुद्ध कारवाही गर्ने उनको भनाई थियो ।
उनले पाकिस्तानी हिन्दु मित्रहरुलाई आगामी वर्ष त्यस्तो स्थानमा आफूलाई आमन्त्रण गर्न आग्रह गरे जहाँ दीपावली गरिन्छ । उनले हालीका अवसरमा हिन्दु धर्मावलम्बीले आफूलाई रङ लगाइदिएमा निकै खुशी लाग्ने पनि उल्लेख गरे ।
पाकिस्तानको इतिहासमा कुनै पनि प्रधानमन्त्रीले हिन्दुहरुको महान चाडमा शुभकामना दिएको यो पहिलो पटक हो । पाकिस्तानका हिन्दु धर्मावलम्बीहरुले पाकिस्तानी प्रधानमन्त्री शरीफको खुलेर प्रशंसा गरेका छन् ।
यसैगरी विपक्षी पार्टी ‘पाकिस्तान पिपुल्स पार्टी’ र ‘तहरिक–ए इन्साफ’ पार्टीका नेताहरुले पनि हिन्दुहरुको चाड दिपावली मनाएको समाचार एजेन्सीहरुले जनाएका छन् ।
पाकिस्तानमा अल्पसंख्यक हिन्दुको धार्मिक चाडमा प्रमुख पार्टीका नेताहरु सहभागी भएको यो पहिलो अवसर हो । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आज तिहारको चौथो दिन, गोवर्द्धन पूजा गरिँदै
२६ कात्तिक, इटहरी । तिहारको चौथो दिन गोवर्द्धन पूजा गरिंदैछ । आँगनमा लिपपोत गरी गाईको गोबरबाट पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ । द्धापर युगमा श्रीकृष्णले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन शुरु भएको मानिन्छ ।
गाईलाई पवित्र मानी पूजा गर्ने चलन वैदिक सनातन कालदेखि कै हो । गाईको दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता पनि भनिन्छ ।
स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्तिआजा दिने भएकाले गाईको महत्व भएको कुरा विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आज मीठामीठा परिकार खान दिए गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक बिश्वास छ । यस्तै, वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने चलन छ । धेरै नागरिक कृषीमा संलग्न भएको देश भएकाले पनि नेपालमा गोरुको विशेष महत्व रहिआएको छ ।purbelinews. भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भक्तपुर, २६ कात्तिक । उपप्रधानमन्त्री सिपी मैनालीले २०४५ सालमा भारतले गरेको नाकाबन्दीपछि पनि इन्धनमा भारतसँगै निर्भर हुनु नेपालको भूल भएको बताउनुभएको छ । नेकपा माले भक्तपुरले बुधबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रधानमन्त्री मैनालीले त्यतिबेला भारतले गरेको नाकाबन्दीबाट पाठ सिकेर आत्मनिर्भर हुन सकेको भए अहिलेको जस्तो हाहाकारको अवस्था आउँदैनथ्यो भन्नुभयो ।

उहाँले नेपाल इन्धनका लागि भारतसँग झुक्न नहुने बताउँदै यसको विकल्प खोजेर आत्मनिर्भर बन्ने तर्फ लाग्नुपर्ने औँल्याउनुभयो । सरकार भारतसँग इन्धन आयातका लागि कूटनीतिक पहल गर्न र चीनतर्फका सबै नाका खोल्न लागि परेको उहाँको भनाइ थियो ।


उहाँले मधेसका जायज माग पूरा गर्न सरकार काँग्रेस समेतको संलग्नतामा सर्वपक्षीय नयाँ समिति गठन गरी समाधान खोज्न तत्पर रहेको बताउनुभयो । मधेसकेन्द्रित दलको तराई आन्दोलनलाई सम्बोधन गर्न उनीहरुका मागभन्दा मुख्य विषयमा केन्द्रिकृत भई घनीभूत छलफल गरी समाधान खोजिने उहाँको धारणा थियो ।

मालेका महासचिव मैनालीले मधेस आन्दोलन घरभित्रको समस्या भएको जनाउँदै यसको समाधानमा बाह्य शक्तिको सहयोगको कुनै आवश्यकता नरहेको स्पष्ट गर्नुभयो । “मुलुकलाई केन्द्रबिन्दुमा राखेर समाधान खोज्दा सबै समस्याको समाधान निस्कन्छ”– उहाँले भन्नुभयो ।

कार्यक्रममभा माले भक्तपुरका सचिव अदीप खड्का, पार्टी पोलिटब्युरो सदस्यद्वय कुमार बेल्वासे र वीरेन्द्र थपलिया तथा केन्द्रीय सदस्य रोहित केसीलगायतले भारतको नाकाबन्दीविरुद्ध नागरिकले दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । रासस भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिहीबार, २६ कार्तिक
काठमाडौ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुटुक्क सिन्धुपाल्चोक गएका छन् ।
उनका साथमा पत्नि सीता, एमाओवादी नेता तथा वन तथा भू संरक्षण मन्त्री अग्नि सापकोटा सापकोटा, उनकी पत्नि, अंग रक्षक र केही कार्यकर्ताका साथ प्रचण्ड सिन्धुपाल्चोक गएका हुन्।
संविधान जारी, सरकारमा मन्त्री चयको प्रक्रिया सकिएपछि र तिहारको अवसरमा फ्रेसको लागि सुनकोसी नदी किनारमा रहेको इक्वेटर रिसोर्टमा रहेको स्रोतले बताएको छ ।
पछिल्लो पटक सरकार गठन, भारतले गरेको नाकाबन्दी र पार्टीकै वरिष्ठ नेता बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि दौडधुपमा व्यक्त रहेका प्रचण्ड आरामको लागि त्यहा पुगेको बताइएको छ ।
nepalsandesh
कार्तिक २६, २०७२- लमजुङमा जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् ।

बेसीशहर नगरपालिका वडा नम्बर १३, चनौटे र बेलौतीविसौना बीचमा पर्ने डाँडामा बिहीबार बिहान ३ बजेतिर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

बेसीशहरतर्फ आउँदै गरेको जीप दुर्घटनामा परेर बेसीशहर नगरपालिका–१३ चनौटे पुरानो घर भई हाल नवलपरासीको शिवनगर नगरपालिका कावासोती बस्दै आएका खुशीराम आले, बेसीशहर १३, चनौटेका मोसा तामाङ र भरत थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । बाँकी २ जनाको सनाखत हुन बाँकी रहेको प्रहरी नायब उपरीक्षक शम्भूप्रसाद ढकालले बताए । मृतकको शव पोस्ट मार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याइएको छ । उनीहरु सवै अन्दाजी २४ देखि २६ बर्ष उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बेसीशहर १३ चनौटेका हिरा घले र सेर्तुङ–१ धादिङ घर भई हाल चनौटेमा बस्दै आएका अक्कलबहादुर तामाङ गम्भीर घाइते भएका छन् । प्रहरी निरीक्षक केशवराज भट्ट र टेकबहादुर रावतसहितको प्रहरी टोलीले घटनास्थलमा पुगेर शव र घाइतेको उद्धार गरेका थिए । गम्भीर घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचारपछि थप उपचारको लागि मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर गरिएको छ ।

प्रहरीका अनुसार जीप सडकबाट झन्डै २ किलोमिटर मस्र्याङ्दी नदीको छेउमा रहेको खेतमा खसेर दुर्घटना भएको हो ।

kantipur.ekantipur
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । दाम्पत्य सम्बन्ध वा प्रेमी÷प्रेमिकाका बीचमा चिसोपन देखिनसक्छ । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउन सक्छ । दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
बौद्धिक र चिन्तनमूलक काममा दिन गएको पत्तो पाउनुहुन्न । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । बेलुका तर्क, बहस र वादविवादको स्थिति सिर्जना हुन सक्छ, तर विजय प्राप्त हुनेछ । झैझगडा, किचलो र विवादमा सामञ्जस्यका लागि तपाईंको अहम् भूमिका रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
दिनको सुरुवातमा सामाजिक र परोपकारका क्षेत्र केही समय व्यतीत हुनसक्छ । तर दिउँसोबाट असहज परिस्थिति सिर्जना हुनेछ । खर्च वृद्धि हुने समय छ । बन्दव्यापारमा भनेजस्तो सफलता प्राप्त हुँदैन । प्रेम र प्रणयसम्बन्धमा तिक्तता आउनसक्छ । मातापिता वा घरका ज्येष्ठसदस्यको स्वास्थ्यमा  समस्या देखापर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
कामको दायित्व क्रमशः बढ्दै जानेछ । छरछिमेकी वा इष्टमित्रको जिम्मेबारी वहन गर्नु पर्नेछ । नयाँ काममा हात हाल्नु उति राम्रो छैन, तर गरिआएका काममा फाइदा नै हुनेछ । बोलीमा प्रभाव रहने छैन, त्यसैले विवाद र झगडामा पछि हट्नु राम्रो हुनेछ । पछिसम्म काम लाग्ने वस्तुको खरिदमा फाइदा हुँदैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ, तर यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो हुँदैन । आफूले ताकेअनुरूप तुरुन्त काम नबन्नाले दिक्क लाग्नसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहानको समय असल छ, मध्याह्नको सुरुवातसँगै धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ । दिन छिप्पिदै जाँदा मनमा वैराग्य र निराशाका भावना सञ्चरण हुनसक्छन् । तर्क, वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । दैनिक खर्चमा बृद्धि हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्छ । जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । मातापिताको आशीर्वादले काम गर्छ, त्यसैले मान्यजनको इच्छा र चाहनालाई बेवास्ता गर्नुहुँदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्र्न पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आजको दिन मिश्रित फलदायी रहेको छ । उतारचढाव आएपनि व्यापारबाट राम्रै नाफा मिल्नेछ । दाम्पत्य जीवनमा उतारचढाव आउने भएकाले व्यवहारमा संयमता अपनाउनु बेस हुनेछ । गरेका प्रयासमा भाग्यले साथ दिनेछ, साँझपख अचानक हर्षित हुने समाचार मिल्नेछ, परोपकारी काममा खट्नु पर्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:३९:४७ उत्तर तथा देशान्तर : ८७:१६:२८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ )

बिहीबार, २६ कार्तिक
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले दीपावलीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेकी छिन् ।
घर घरमा दीपावली गरी हर्षोल्लासका साथ मनाइने यस चाडले सम्पूर्ण नेपालीको मुहारमा उज्यालोपन ल्याउन सकोस्, नेपाली नेपालीबीचको आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवम् स्थायित्व कायम गरी देशमा आर्थिक समृद्धिको ढोका खोल्न प्रेरणा प्रदान गरोस् भन्ने कामना राष्ट्रपति भण्डारीले गरेकी छिन् ।
“यस पर्वलाई हर्षोल्लासका साथ मनाउन जसरी सबै नेपाली एकाकार हुन्छौँ, त्यसरी नै देशमा भर्खरै जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गरी समृद्ध राष्ट्र निर्माण गर्न सम्पूर्ण देशवासीको साथ र सहयोग प्राप्त होस, यही मेरो शुभकामना छ”– राष्ट्रपतिको सन्देशमा भनिएको छ ।
nepalsandesh
रसुवा, २५ कात्तिक- पेट्रोलियम पदार्थ बोकी रसुवागढीबाट नेपाल प्रवेश गरेको एक ट्याङ्कर बिग्रिएर बीच बाटामा अलपत्र परेको छ ।
जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार स्याफ्रु गाविस वडा नं ४ सानो भार्खुको बाह्रघुम्तीमा नौ हजार लि पेट्रोलियम पदार्थ बोकी आएको ट्यांकरको सुरक्षाको व्यवस्था मिलाइसकेको र २४ ट्याङ्कर पेट्रोलियम पदार्थ लिई काठमाडौँतर्फ प्रस्थान गरिसकेको प्रमुख विष्टले जानकारी दिए । यस्तै, तिहारलाई लक्ष्य गरी चीनबाट आयात गरिएको स्याउ बोकेका ३७ कन्टेनर पनि काठमाडौँतर्फ आज अपराह्न प्रस्थान गरेका छन् । फलफूलको आपूर्ति व्यवस्था मिलाउन ती कन्टेनर आजै राति अबेरसम्म भए पनि काठमाडौँ पुग्ने चालकले बताएका छन् । रासस
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अमेरिकाका राष्ट्रपति बाराक ओबामाले नेपालका प्रधानमन्त्रीमा निर्वाचित भएकामा बधाई ज्ञापन गरेका छन् ।
सो बधाई सन्देश नेपालका लागि नवनियुक्त अमेरिकी राजदूतले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे ।
सन्देशमा राष्ट्रपति ओबामाले अमेरिकी जनताले गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट उठ्न लागेको र प्रजातान्त्रिक संस्थाहरुलाई सुदृढ गर्न लागेको नेपालसँग काँधमा काँध मिलाएर हिँड्ने विश्वास दिलाएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सन्देशमा भनिएको छ, ‘संयुक्त राज्य अमेरिका नेपालको दीर्घकालीन आर्थिक वृद्धि प्रयासका रुपमा शताब्दी चुनौती संस्था (मिलेनियम च्यालेन्ज कर्पोरेसन) लाई नेपाल सरकारसँग मिलेर निरन्तरता दिन चाहन्छ ।’
उनले दुई देशबीचको ७० वर्ष लामो साझेदारीको स्मरण गर्दै नेपालमा एकता, समृद्धि र पूर्ववत् अवस्थामा फर्कने कामका लागि बढावा दिन मिलेर काम गर्न अमेरिका तयार रहेको पनि स्पष्ट गरे । रासस
nepalsandesh
काठमाडौं, २५ कात्तिक । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले तिहारपछि आन्दोलनरत दलसँग वार्ता गरिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबको आयोजनामा आज खेलिएको देउसी भैलो कार्यक्रममा उपप्रधानमन्त्री गच्छदारले तिहारपछि आन्दोलनरत दलका शीर्ष नेता र प्रमुख दलका शीर्ष नेताबीच वार्ता हुने बताउनुभयो ।
उहाँले आफूले बुझाएको आठ प्रदेशको खाका नमान्दा अहिले यस्तो अवस्था आएको भन्दै सीमाङ्कनका बारेमा पुनर्विचार नहुँदासम्म मधेस समस्या समाधान नहुने ठोकुवा गर्नुभयो ।
गच्छदारले मधेसमा मेचीदेखि महाकालीसम्म दुई प्रदेश हुनुपर्ने आफ्नो धारणा भएको सुनाउँदै तीन ठूला दललाई मिलाएर सीमाङ्कन गर्ने बताउनुभयो ।
उहाँले देशको समस्या समाधान गर्न सबै दल गम्भीर हुनुपर्ने बेला आएको भन्दै संविधान संशोधन गरेर समस्या टुङ्याउनुपर्ने बताउनुभयो ।
उपप्रधानमन्त्री गच्छदारले नेपाल–भारत सम्बन्धमा देखिएको चिसोपना र नेपालीले नाकामा गरेको धर्नाका कारण मुलुकमा सङ्कट उत्पन्न भएकाले सबै एक हुनुको विकल्प नभएको उल्लेख गर्नुभयो । रासस
dainiknepal
२०७२ कार्तिक २५ गते
२५ कात्तिक, काठमाडौं । बुधबार बिहानै अन्तरवार्ताका लागि पुल्चोकस्थित मन्त्रिनिवासमा पुग्दा सहकारी एवं गरीवी निवारणमन्त्री चित्रबहादुर केसी निवासबाट बाहिरिन हतारिँदै थिए । हतारिनुको कारणबारे मन्त्री केसीले भने-‘जाहानको हात भाँचिएर सिभिल हस्पिटलमा राखेको छ, रुङ्ने मान्छे कोही छैन, त्यसैले अस्पताल हिँड्न लागेको ।’

मधुमेह र उच्च रक्तचापको बिरामी रहेकी मन्त्रीपत्नी बाटोमा हिँड्दा हिँड्दै अकस्मात बेहोस भई लडेर हात भाँचिएपछि मन्त्री केसी मंगलबार मन्त्रालयसमेत जान पाएनन् । बुधबार पनि उनी अस्पतालमा बिरामी कुरुवा बन्नुपर्ने स्थिति बन्यो ।
सादगी नेताका रुपमा परिचित केसीसँग यस्तै तनावकै वीचमा छोटो कुराकानी भयो । कुराकानीका क्रममा उनले मन्त्रिनिवासमा पस्दा आफूलाई दरबारमा पसेजस्तो अनुभव भएको सुनाए । राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका मन्त्री केसीसँग अनलाइनखबरले गरेको व्यवहारिक कुराकानी:

मन्त्री बन्ने थाहा पाएपछि नयाँ लुगा सिलाउनुभयो ?
– लबेदा सुरुवाल सिलाएको छु । मैले यसभन्दा पहिला पनि दौरा सुरुवाल लगाएको छु । चाइना जाँदा, उत्तर कोरिया जाँदा । प्रधानमन्त्रीले पनि तपाई मन्त्री नै हुने हो भने दौरा सुरुवाल चाहिन्छ भन्नुभयो ।
अब मन्त्रालय जाँदा सधैं दौरासुरुवाल नै लगाउनुहुन्छ ?
– म सामान्य पोशाकमै हुन्छु । औपचारिक कार्यक्रम हुँदा भने दौरा सुरुवाल लगाएर जान्छु ।
यसअघि बस्दै आएको घट्टेकुलोको डेरा र अहिले मन्त्री बनेपछि बसेको मन्त्री क्वार्टरमा के फरक छ ?
– पहिला बसेभन्दा यहाँ धेरै स्ट्याण्डर छ नि । कोठैपिच्छे सोफा छन् । टेलिफोन छ । तातोपानी छ । बाथरुम छ । घाम ताप्ने बेग्लै ठाउँ छ । त्यहाँ त गल्लीमा गएर घाम ताप्नुपथ्र्याे । यहाँ यस्तो हुँदोरहेछ र पो सत्तामा जानका लागि मान्छेले ८४ खेल खेल्दा रहेछन् !
अब तपाई पनि सत्ताको स्वादमा लोभिनु हुने भयो हैन उसोभए ? यत्रो सुविधा रहेछ मन्त्री क्वार्टरमा….
– मेरो बानी परेको छ । राजनीतिलाई आफ्नो भोगविलासको साधन बनाउने दिन मेरो गइसक्यो । अहिले पार्टीले यो निर्णय गर्‍यो, त्यही भएर म आएँ । म सत्तामा आएपछि मेरो रुप, रंग बदलिन्छ भन्ने मलाई लाग्दैन । म ढोटेढाँटे मान्छे त हैन नि । यत्रो वर्षसम्म सत्ताले आकर्षण गर्न सकेन । म सरकारमा आएको मेरो रहरका कारणले होइन, पार्टीको नीतिका कारणले पनि हो । त्यसकारणले जुन मान्छेहरुले यत्रो सादगी व्यक्ति, पैदल हिँडेको टेम्पोमा हिँडेको अब भेट्न सकिँदैन भन्छन् । तर, म केही भएको छैन । यो अस्थायी कुरा हो । सधैं पदमा बस्ने कुरा होइन ।
मैले पहिले पनि भन्ने गरेको छु, शक्ति र सत्ता केही व्यक्तिका लागि पार्टीहरु लागि परेकाले नै जनताले दुःख पाएका हुन् । त्यसकारण यी चिजबाट टाढा रहेने मैले पहिले जुन प्रतिज्ञा गरेको छु, र मेरो जुन अडान छ, त्यसप्रति आज पनि दृढ छु । बरु मैले सकिँन भने काम गर्दिन । तर, सत्ताको लोभमा म पर्दिँन भन्ने विषयमा म दृढ छु ।
पहिलोपटक मन्त्रिक्वार्टरमा पस्दा कस्तो लाग्यो ?
– सानो कोठामा बस्ने मान्छे, यहाँ त ठूलो दरबारमा बसेजस्तो लागेको छ । मलाई त अचम्मै लागेको छ ‘कोठैपिच्छे शोफा छन्, पर्दा छन्, टेलिफोन छन् । यस्तो ठाउँमा त म अहिलेसम्म आएकै थिइँन । त्यही भएर यस्तो चिजले मलाई स्थायीरुपमा आकर्षण गर्दैनन् । यो गुम्ला कि, यो छोड्नुपर्ला कि भनेर जनता र राष्ट्रको स्वार्थलाई बन्धकी राखेर जहाँ आएर बसेको छु, यसमा आइरहने मेसो र बारम्बार आउने मेसो म बनाउन सक्दिँन । मेरो स्वभावले पनि दिँदैन, आदतले पनि दिँदैन, पार्टीको नीतिले पनि दिँदैन म त्यसो गर्दा नि गर्दिँन । यो कुरामा जनता ढुक्क भए हुन्छ ।
घट्टेकुलोमा बस्दा ढिँडो खान्छु भन्नुहुन्थ्यो, अब त मसिना चामलको भात खाने होला हैन ?
– हैन । घट्टेकुलामा जुन आँटो, ढिँडो किनेको थिएँ, त्यही लिएर आएको छु । मेरो खान्कीमा कुनै परिवर्तन भएको छैन । नेपाली जनताले यत्रो दुःख पाउनुपर्ने, ४०/५० हजार नेपाली जनता विदेशमा गएर पसिना बगाउनुपर्ने, अनि हामी चाँहि सत्ताको रस्वस्वादन गरेर नेपाली जनतामाथि शासन गर्न थाल्यौं भने हामीलाई नेपाली जनताले गरेको विश्वास, गरेको समर्थन के काम लाग्यो ? त्यसो हुनाले हामीले त्यसो कहिल्यै गर्नुहुँदैन ।
मेरो फेरिएको के हो भने सुरक्षाका हिसाबले म हिँड्दा, डुल्दा सरकारी गाडीमा हिँडेको छु । त्यसबाहेक म पटक्कै बदलिएको छैन । बरु सर्वसाधारण जनतासँग पहिलाको जस्तो भेट हुन छाडेको छ ।
म पैदल हिँड्दा धेरैसँग भेट हुन्थ्यो । धेरैले मलाई गुनासा सुनाउने गरेका थिए । त्यसबाट चाँही म चुकेको छु । त्यसले गर्दा मलाई नमीठो लाग्छ । कहिलेकाहीँ त म बाहिर निस्किएर बोल्न खोज्छु । तर, सुरक्षाका कारण त्यसो गर्न मिल्दो रहेनछ ।
हिजो म जहानको एक्सिडेन्ड भएकाले सिभिल हस्पिटल गएँ । त्यहाँ क्यान्टिनमा गएर सबैसँग बसेर चिया, चिउरा खाएँ । त्यसो भएकाले म परिवर्तन भएको छैन । जनतासँगै छु ।
तर, यहाँ आएपछि जनतासँगको सम्पर्कबाट टुटेको छ । म त कस्तो यो आइसोलेट टापुमा आएको छु कि जस्तो लाग्छ । त्यस्तो महसुस भा छ । छुट्टैखालको केही भएको छैन । म त जनताको बीचमा बसेको मान्छे हो । त्यहीँ हुर्केको मान्छे हुँ । जनतालाई छोडेर अलग बस्न र टिक्नै सक्दिँन ।
तर, जस्तोसुकै मन्त्रीलाई पनि बिस्तारै कर्मचारीहरुले बिगार्छन् र भ्रष्ट बनाउँछन् भन्ने सुनिन्छ नि ?
– बिग्रनेलाई बिगार्छन् होला । बिग्रने बेलामा आफू बिग्रने, अनि कर्मचारीलाई दोष दिने ? यो कुरा म मान्दिँन, मान्छे आफैंले गर्दा बिगि्रने हो । आफू बिगि्रएर कसैलाई दोष दिनुहुँदैन । आफू इमान्दार हुनुपर्छ । कर्मचारी पनि मान्छे हुन् । यस देशका नागरिक हुन् । सबै खराब हुन्छन् म भन्दिँन । उनीहरुलाई पनि राष्ट्रको चिन्ता छ । कोही कोही खराब होलान् । कर्मचारी पनि हाम्रो मन्त्री राम्रो होस् भन्ने चाहान्छन् ।
तपाईको मतलब, भ्रष्टाचार मन्त्रीबाटै हुने रहेछ हैन ?
– मन्त्री सामेल भएपछि न कर्मचारीले त्यो गर्ने हुन् । तपाई भ्रष्टाचार गर्न चाहानुहुन्न, देश र जनताप्रति दृढ हुनुहुन्छ भने कर्मचारीले कसरी त्यसो गर्न सक्छन् ?
विगतमा म मन्त्री नभए पनि मलाई किन्ने, बिगार्ने धेरै कुरा भएका थिए । तर, म त्यस्तो भइँन । आफू दृढ हुने हो भने त्यस्ता प्रयासलाई असफल गराउन सकिन्छ । र, त्यो असफल गराएपछि कसले बिगार्न खोजेको हो, के हो, भन्ने जनताले थाहा पाउँछन् । जनताले थाहा पाउलान् भनेर पनि बिगार्ने मान्छेले त्यो साहस गर्न पाउँदैनन् ।
तपाई सहकारी मन्त्री बन्नुभएको छ, अब सहकारी क्षेत्रमा के काम गर्ने विचार गर्नुभएको छ ?
– सहकारी समाजवादी अर्थतन्त्रको आधार पनि हो । सहकारी भनेको सबै भएर एउटाको मद्दत गर्ने अनि एउटा-एउटा भएर सबैको मद्दत गर्ने एउटा राम्रो प्रणाली हो ।
नेपालमा सहकारीको संख्या धेरै छ । कतिपयले सहकारीका नाममा संस्था दर्ता गराएर पनि फाइदा उठाएका छन् । अहिले त म नयाँ छु, सहकारीका ऐनहरु म अध्ययन गर्दैछु, त्यसलाई परिमार्जन, व्यवस्थापन गर्ने कुराको अध्ययन गर्दैछु । मैले सहकारीमा देखेको के हो भने प्रणाली राम्रो भएर पनि सहकारीका नाममा सीधासाधा मान्छे पनि ठगिएको सुनेको छु ।
म सहकारी मन्त्री नहुँदा पनि सहकारीका नामबाट ठगिएका केही मान्छेले मसँग सांसद हुँदा नै हारगुहार मागेका थिए । उनीहरुले संसदमा आवाज उठाउन माग गरेका थिए । सहकारीका नाममा ठग्नेलाई दण्ड जरिवाना गर्ने आधार के छन्, त्यो हेर्नुपर्‍यो । यस्तो गल्ती गर्नेलाई कारबाहीको व्यवस्था ऐनमा हुनुपर्‍यो ।
सहकारीको जालो धेरै झाँगिएको छ । तर, सहकारी सबै ठाउँमा व्यवस्थित छैन । उदाहरणका रुपमा बनेपाको एक सहकारीले पैसा देख्नै नपाएको मानिसलाई विभिन्न ऐन कानुनले बाँधेर उम्कन नसक्ने बनाएको छ । ओरेन्टियल सहकारीले पनि कैयौं मानिससँग पैसा लिएर ठूला साना सबै मान्छेलाई ठगेको कुरा प्रचारमा आइरहेको छ । त्यसैले सहकारीलाई व्यवस्थापन गर्ने, सहकारीबाट ठगिएका व्यक्तिलाई कसरी सहयोग गर्ने भन्ने कुराको अध्ययन गर्दैछु ।
म अँध्यारामा बन्दुक पड्काउने पक्षमा छैन । समग्र सहकारी व्यवस्थापनका लागि बनेका ऐन कानुनको अध्ययनमा मेरो समय बित्दै गएको छ । म चाँहि बहुसंख्या जनताको हित हुने गरी सरकारी सञ्चालन गर्नुपर्छ भन्ने पक्षमा छु । सहकारीका नाममा कोही ठगिनुहुन्न, यदि कोही ठगिएको भए पनि उसको कानुनी उपचार हुनुपर्छ भन्ने दृष्टिकोण राख्छु ।
उसोभए तपाई मन्त्रालयमा आएपछि सहकारीका नाममा ठग्नेहरुका दिन गए भन्दा हुन्छ ?
– म नआएर अरु आएको भए पनि यो काम गर्नुपर्छ । यो जनताको अधिकारको कुरा हो । म नआएर अरु कोही आए पनि म त्यही आशा गर्थे । त्यसैले मेरो प्रयत्न रहन्छ । म कोशिस गर्छु । जनताले जुन आशा राखेका छन्, त्यसलाई पूरा गर्न म कोशिस गर्छु ।
यहाँले तराईको समस्या भारतका विषयमा गरेको टिप्पणीपछि भारतीय दूतावासले वक्तव्यमार्फत आपत्ति जनायो । त्यसबारे तपाईको प्रतिटिप्पणी केही छ ?
– म सांसद हुँदा पनि नाकाबन्दीको विरुद्धमा ज्ञानपनपत्र लिएर दूतावाससम्म गएँ । त्यहाँ राजदूतले हामीले लिएर गएको ज्ञापनपत्र एउटा पियनलाई बुझ्न लगाए । उनले हाम्रो अपमान गरे । त्यसकारणले भारतीय शासक पक्षले हामीलाई कतिसम्म अपमान गर्छन् भन्ने कुरा मैले त्यतिबेला नै थाहा पाएको थिएँ ।
अहिले मैले सही कुरा गर्दा उनीहरु आत्तिए, छटपटिए । नेपालमाथि चाँही राम्रो व्यवहार, सम्मानजनक व्यवहार, सार्वभौम सत्तासम्पन्न मुलुकमाथि गर्ने व्यवहार गरेको भए हामीले मैत्री सम्बन्ध खलबल पुर्‍याउने कुरै आउने थिएन । तर, बिरालाले मुसो अठ्याएझैं अठ्याउने अनि मुसाले च्याँ च्याँ पनि गर्न नपाउने त्यो उचित कुरा भयो र ? त्यो मत्स्य न्याय भयो ।
अहिले नाकाबन्दी गरेर भारतीय संस्थापन पक्षबाट नेपाली जनतामाथि घाँटी निमोठ्ने काम भएको छ । अन्तर्राष्ट्रिय अधिकार हो हाम्रो पारवहन सुविधा । तराईका केही मान्छेहरुलाई बोकेर उनीहरुको चाहनामा आफ्नो उद्देश्य पूरा गर्नका लागि भारतीय पक्षबाट जुनखालको खेल भएको छ, त्यो खेलप्रति कोही नेपाली जनता अनभिज्ञ छैनन् ।
त्यसकारणले दूतावासबाट जुन प्रतिक्रिया आयो, त्यो दिन जरुरी थिएन भन्छु । तर, उनीहरुको प्रतिक्रियाले जनताले अरु बढी थाहा पाएजस्तो लाग्छ ।
तपाईले भारतको विरोध गरेको विषयमा प्रधानमन्त्रीले स्पष्टीकरण लिएको चर्चा चलेको थियो नि ?
– त्यो गलत हो । उहाँले सोध्दै सोध्नुभएन । नाकाबन्दी खोल्न आग्रह गर्ने क्याबिनेटबाटै निर्णय भइसकेको छ । प्रधानमन्त्रीले किन सोध्ने ?
अन्त्यमा, तिहार कसरी मनाउँदै हुनुहुन्छ ?
तिहारका बेलामा जिल्ला जाने मनसाय पनि गरेको थिए । अहिले हड्ताल छ । मेरा ८/१० जना दिदीबहिनी छन् । उनीहरुले भेट्ने भनेको तिहारको बेलामा हो । अब दिदीबहिनीले के गर्छन्, मेरोमा आउँछन् कि उनीहरुका बोलाउँछन् । मेरी बहिनी यहीँ छे । त्यसले कहाँ जाने भन्छे, त्यहीँ जाने हो । कुराकानी गरेर स्थान तय गर्छौं । मेरैमा आउने भनी भने यहीँ भेला हुने हो, उसले उसकैतिर बोलाई भने म त्यतै जान्छु ।onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ: तराई–मधेसको समस्या समाधानमा केन्द्रित रहेर प्रमुख राजनीतिक दलबीच आज गम्भीर छलफल भएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादीका नेताहरु र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवाबीच छलफल भएको हो ।


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको कार्यवाहक सभापति पौडेलले जानकारी दिए । दुई दलका नेताबीच भइरहेको छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा रक्षामन्त्री भीम रावल सामेल सहभागी थिए ।

छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग छुट्टाछुट्टै भेट गरी आपूर्तिमा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्नुपर्ने धारणा राखेको थियो ।

काँग्रेसले बिहीवार मेधसी मोर्चासँग छुट्टै छलफल गर्ने र त्यसपछि एमाओवादीलाई समेत सहभागी बनाएर वार्तामा बस्ने सहमति भएको कावा सभापति पौडेलले बताए।
annapurnapost
काठमाडौँ: तराई–मधेसको समस्या समाधानमा केन्द्रित रहेर प्रमुख राजनीतिक दलबीच आज गम्भीर छलफल भएको छ ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाटमा एमाओवादीका नेताहरु र नेपाली काँग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवाबीच छलफल भएको हो ।


संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको माग सम्बोधन गर्ने सम्बन्धमा छलफल भएको कार्यवाहक सभापति पौडेलले जानकारी दिए । दुई दलका नेताबीच भइरहेको छलफलमा नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा रक्षामन्त्री भीम रावल सामेल सहभागी थिए ।

छलफलमा काँग्रेस नेताहरुले संविधान संशोधन गरेर तत्काल मधेसी मोर्चाको माग सम्बोधन गर्नुपर्नेमा जोड दिएका थिए । काँग्रेसले मङ्गलबार मोर्चाका नेतासँग छुट्टाछुट्टै भेट गरी आपूर्तिमा देखिएको असहज अवस्था तत्काल अन्त्य गर्नुपर्ने धारणा राखेको थियो ।

काँग्रेसले बिहीवार मेधसी मोर्चासँग छुट्टै छलफल गर्ने र त्यसपछि एमाओवादीलाई समेत सहभागी बनाएर वार्तामा बस्ने सहमति भएको कावा सभापति पौडेलले बताए।
annapurnapost
hकाठमाडौ  । उपप्रधान तथा भौतिक योजना निर्माण,यातायात मन्त्री विजयकुमार गच्छदारले अब तिहारपछि ठोस बटमलाईन तय गरेर आन्दोलनरत मधेसी मोर्चा र थारुहट संघर्ष समितिसँग बार्ता हुने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालको देउसी भैलो कार्यक्रममा बोल्दै उनले भने,‘तिहारपछि आन्दोलनरत दलका शिर्ष नेता र प्रमुख दलका शिर्ष नेताहरुवीच बार्ता हुन्छ । त्यसपछि बार्ता टोलीले ठोस प्रस्ताव लिएर बार्ता गर्छ ।’
उनले आठ प्रदेशको आफ्नो खाँका नमान्दा अहिलेको अवस्था आएको भन्दै प्रदेशको सीमांकन पुर्नरेखाङकन नहुँदा सम्म मधेस समस्या समाधान नहुने ठोकुवा गरे ।
गच्छदारले मधेसमा मेचि देखि महाकालीसम्म दुई प्रदेश हुनु पनेृ आफ्नो धारणा सुनाउँदै तीन ठूला दललाई मिलाएर सीमांकन गर्ने बताए ।
उनले देशको समस्या समाधान गर्न सबै एकताका साथ गंभिर हुनु पर्ने बेला आएको भन्दै जारी भएको संविधानमा सर्वसम्मतिले संसोधन गरेर निकास दिनु पर्ने बताए ।
गच्छदारले भने,‘ समानुपातिक समावेशिता, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र सीमांकनमा असन्तुष्टी छ । त्यसलाई संसोधन गरेर संबोधन गर्नु पर्छ ।’
भारत नेपाल सम्बन्धमा देखिएको चिसोपना र नेपालीहरुले नाकामा गरेको धर्नाका कारण मुलुकमा संकट उत्पन्न भएको भन्दै अहिले देखिएको औषधि, खाद्यान्न संकट समाधान गर्न सबैलाई आग्रह गर्दै एक भएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गरे ।
गच्छदारले चीनसँग तीनवटा नाकाबाट बेरोकटोक आपूर्ति गर्न छलफल भईरहेको र यसमा सरकारले गृहकार्य गरिरहेको भन्दै यसकोलागि सडक स्तोरोन्नतीसहित सबै कामहरु अघि बढीरहेको बताए ।
उनले भने,‘ तातोपानी नाकामा चीन तर्फ २३ किलोमिटर सडक भुकम्पले क्षतिग्रस्त छ । प्रधानमन्त्रीले त्यसलाई सूचारु गर्न आग्रह गरिसक्नु भएको छ । त्यो नाका सूचारु भएपछि आपूर्ति सहज हुन्छ । कोरलानाका पनि खुल्छ ।’
nepalsandesh
पाँचथर, कार्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आफू नामका लागिभन्दा पनि कामका लागि प्रधानमन्त्री बनेको’ बताएका छन् ।

बुधबार पाँचथरको रविमा १६औं राष्ट्रिय विभूति तथा फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा शालिक अनावरण गर्दै प्रधानमन्त्री ओलीले भारतले गरेको नाकाबन्दीलाई अवसरका रुपमा लिइ चाँडै समस्या समाधान गर्ने बताए ।

आगामी एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाइ छाड्ने भन्दै उनले ‘अर्को तिहारमा कसैले पनि अन्धकारमा बस्नुपर्दैन’–भने ।

प्रधानमन्त्री ओलीले राष्ट्रिय विभूति महागुरु फाल्गुनन्दको जन्मजयन्तीको दिन आगामी वर्षदेखि प्रत्येक वर्ष सार्वजनिक बिदा दिने घोषणासमेत गरे ।

सो अवसरमा पूर्वसभामुख तथा एमाले नेता सुवासचन्द्र नेम्वाङले हिमाल, पहाड, मधेस सबै पक्षलाई समेट्ने गरी संविधान ल्याएको भन्दै अब देशमा समृद्दि र विकासले फड्को मार्नुपर्ने बताए । imagekhabar
काठमाडौ, २५ कार्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमसेर राणाले पश्चिमको कैलाली र पूर्वका केही जिल्ला टुक्राएर मधेस प्रदेशमा राखेर भए पनि सीमांकन मिलाउन प्रमुख दलहरु तयार हुनुपर्ने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालको देउसी भैलो टोलीसँगको कुराकानीमा उनले भने,‘ हाम्रो पार्टीले घोषणा पत्रमै मधेसमा दुई प्रदेश हुनु पर्छ भनेकोले अहिले विवादित जिल्ला टुक्राएर भएपनि सीमांकनमा रहेको विवाद मिलाउनु पर्छ ।’
राणाले मधेसको समस्या संबोधन गर्न ढिला गर्न नहुने भन्दै यो नेपाल र भारत दुबैको असफलता भएको दावी गरे । उनले भारतसँगको असमझदारी हटाउन हाम्रो कुटनीति सभ्य र संबेदनशिल हुनु पर्ने भन्दै छिमेकी फेर्न नसकिने भएकोले परिपक्व र संबेदनशिल भएर अघि बढ्न सुझाव दिए ।
राणाले भने,‘ हिन्दुस्तानले अनावश्यक रुपमा नेपालमा ब्लकेड गर्यो । यो कदापी पनि उचित छैन । तीन तिरबाट भारतले घेरेको भुपरिबेष्ठित रुपमा अन्ध राष्ट्रबाद चल्दैन । सभ्य कुटनीति गर्नुपर्छ । ’ उनले सरकार गठन हुने वित्तिकै हतारमा परराष्ट्रमन्त्रीलाई नयाँ दिल्ली पठाउनु परिपक्व कदम नभएको भन्दै सरकारलाई परिपक्व कुटनीति अपनाउन आग्रह गरे ।
राणाले पुनर्निर्माण अघि नबढ्दा भूकम्प पीडितहरुको अवस्था कठिन बन्दै गईरहेको भन्दै तत्काल पुर्ननिर्माण विद्येयकलाई अगाडि बढाउन सरकारलाई सुझाव दिए । उनले पार्टी एकीकरणको लागि आफूले पहल गरिरहेको भन्दै त्यसक्रममा आफूले लोकेन्द्र बहादुर चन्दसँग तीन पटक भेटेर कुराकानी गरिसकेको बताए ।
dainiknepal
काठमाडौं, २५ कात्तिक । संयुक्त राष्ट्रसंघले नेपालको पक्षमा वकालत गरेपछि अघोषित नाकाबन्दी गरिरहेको भारत अप्ठेरोमा परेको छ ।
हाल राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्यता माग गरिररहेको भारतले अब त्यो नपाउने स्थिती सिर्जना भएको हो । सदस्यता पाउन राष्ट्रसंघले स्वीकृतिसँगै छिमेकी देशको सहमति आवश्यक पर्छ । जून अब भारतले पाउने छैन् ।
जसका कारण स्थायी सदस्य मागिरहेको भारतको बोली अब भने आफै बन्द हुनेछ । यदी फेरि पनि माग गरेमा राष्ट्रसंघले अहिलेको परिस्थिती हेरेर दिने छैन् । बुधबार मात्रै राष्ट्रसंघका महासचिव वान कि मुनले नाकाबन्दी गरेर भूपरिष्वेष्टित मुुलुकले पाउने अधिकार भारतले नेपालबाट खोसेको बताइसकेका छन् ।
राष्ट्रसंघका महासचिव आफैले यस्तो अवस्था थाहा पाएपछि भारतलाई सुरक्षा परिषदको स्थायी सदस्य बनाउने छैनन् । किनकि सुरक्षा परिषदको सदस्य हुन् छिमेकीसँग सुमधुर सम्बन्ध र कुनै विवादमा नपरेको देश हुनुपर्दछ । तर, भारतले दुईतिरका छिमेकी देश नेपाल र पाकिस्तानसँग सम्बन्ध विगारिसकेको छ ।
त्यसकारण नेपालको नाकाबन्दीले भारतले सुरक्षा परिषदको स्थायी सदस्य नपाउने भएको हो । अन्तर्राष्ट्रिय कानुनका ज्ञाता विज्ञ सूर्य सुवेदीले नाकाबन्दीका कारण भारतले विश्वमा आफ्नो हैसियत गुमाउँदै गएको बताए । उनले भने– ‘छिमेकी देशसँग सम्बन्ध विगारेर भारतले सुरक्षा परिषदमा स्थायी सदस्यता पाउने सम्भावना छैन्, अब राष्ट्रसंघले नेपाललाई सपोर्ट गरेको अवस्थामा अस्थायी सदस्यता समेत गुमाउन सक्छ ।’
सुवेदीले भनेजस्तै राष्ट्रसंघले अब भारतलाई कारवाही गर्न सक्छ । तर, त्यसमा भारतले नाकाबन्दी गरेर नेपालको अधिकार खोसेको कुरा नेपालले स्पष्टसँग भन्नसक्नुपर्छ । बुधबार जारी विज्ञप्तिमा राष्ट्रसंघ महासचिव मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन सुविधा पाउनुपर्ने बताएका थिए ।
नेपालको अवस्थाको बारेमा सोधिएको प्रश्नमा महासचिव वानले नेपाल-भारत सिमानामा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति चाँसो व्यक्त गर्दै ढिलो नगरी अवरोध हटाउन सबै पक्षलाई आग्रह गरेको उनका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
यस्तै, टर्कीमा आयोजना हुन गइरहेको जी–२० शिखर सम्मेलनमा पनि भारतीय नाकाबन्दीको कुरा उठ्ने भएको छ । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी हुँदैछन् ।
dainiknepal
काठमाडौँ, २५ कात्तिक । संयुक्त राष्ट्र सङ्घका महासचिव वान की मुनले भूपरिष्वेष्टित मुुलुकका हैसियतले मात्र नभै मानवीय कारणले पनि नेपालले निर्वाध पारवहन सुविधा पाउनुपर्ने बताउनुभएको छ ।
बुधवार नेपालको अवस्थाको बारेमा सोधिएको प्रश्नमा महासचिव वानले नेपाल–भारत सिमानामा अत्यावश्यक वस्तुको आपूर्तिमा देखिएको असहज अवस्थाप्रति चासो व्यक्त गर्दै ढिलो नगरी अवरोध हटाउन सबै पक्षलाई आग्रह गर्नुभएको उहाँका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रवक्ता स्टेफेन डिजोरिले इन्धन आपूर्तिमा देखिएको कमीले नेपालका भूकम्प प्रभावित गाउँमा आवश्यक सामग्रीको आपूर्तिमा अवरोध पुगेको जनाउनुभएको विज्ञप्तिमा उल्लेख छ ।
मानवीय सहायता संस्थालाई उच्च पहाडी क्षेत्रमा जाडो मौसममा भूकम्प प्रभावित जनतासामु छिटो भन्दा छिटो खाद्यान्न, न्यानो कपडा र राहत सामग्री पु¥याउन इन्धनको आवश्यकता पर्ने बताइएको छ । रासस
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home