• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
तपाइँको परिवारमा एक भन्दा बढी एण्ड्रोइड अपरेटिङ सिष्टम भएका स्मार्टफोन वा अन्य उपकरण छन् भने तपाइँले इन्टरनेट विनान नै इन्टरनेटको मजा लिन सक्नु हुन्छ ।

तपाइँलाई थाहा नहुन सक्छ एण्ड्रोइड डिभाइसमा फाइल शेयर गर्नका लागि डाटा खर्च नगर्ने तरिका पनि छ ।




यदी तपाइँ एउटै वाइफाइ नेटवर्कमा हुनु हुन्छ तर वाइफाइ चलेको छैन भने पनि आफ्नो डाटा नचलाइकन फाइल शेयर गर्न सकिन्छ ।

यसका लागि दुवै एण्ड्रोइड डिभाइसमा ‘वाई-फाई फाइल ट्रान्सफर फर फोन’ नामको एप भने हुनु पर्छ । यो एपको मद्धतले फाइल शेयर गर्दा डाटा बचाउन सकिन्छ । ब्लु टुथबाट शेयर गर्न नसकिने फाइलका लागि यो एप उपयोगी हुन सक्छ ।

यसका लागि दुवै उपकरणमा ६ डिजिटको कोडको प्रयोग गर्नु पर्छ । यसपछि फाइल ट्रान्सफर गर्न सकिन्छ ।


एक्सेण्डर नामको एप पनि यस्तै काम गर्छ । म्यूजिक फोल्डर, पिक्चर र अन्य डकुमेन्ट पनि यसबाट शेयर गर्न सकिन्छ ।

यो एप एण्ड्रोइडमा मात्र नभएर एप्पलका डिभाइसमा समेत फाइल ट्रान्सपरका लागि प्रयोग गर्न सकिन्छ ।

त्यस्तै दुई डिभाइसमा फाइल ट्रान्सफरका लागि सुपरबीम पनि राम्रो विकल्प हो । कुनै पनि डिभाइसमा सुपरबीम इन्स्टल गरेपछि यसबाट अर्को डिभाइसमा फाइल ट्रान्सफर गर्न कठिन हुँदैन ।

त्यस्तै स्मार्ट फोन जस्ता डिभाइसमा नियर फिल्ड कम्युनिकेसन वा एनएफसी छ भने यसबाट समेत फाइल शेयर हुन सक्छ ।
नायक श्रीकृष्ण श्रेष्ठको निधन भएको एक वर्ष पूरा भएको छ । गत वर्ष साउन २४ गते राती उपचारको क्रममा दिल्लीको एपोलो अस्पतालमा उनको निधन भएको थियो ।
श्रीकृष्णको निधन हुनुभन्दा दुई दिनअघि मात्रै उनले निर्माण गरेको अन्तिम चलचित्र ‘कोहिनुर’ रिलिज भएको थियो । अन्ततः ‘कोहिनुर’ ले नेपाली चलचित्रको इतिहासमै सबैभन्दा धेरै व्यापारको रेकर्ड राख्यो । ‘कोहिनुर’ले नेपालमा मात्रै पाँच करोड रुपैयाँभन्दा बढीको नेट ब्यापार गरेको थियो । अहिले पनि विदेशका कतिपय शहरमा चलचित्र प्रदर्शन हुने क्रम जारी छ ।
कोहिनुरका निर्देशक आकाश अधिकारी श्रीकृष्णसँगको सहकार्यलाई यसरी सम्भिmन्छन् :

उहाँको आवाज चित्तबुझेन
म भर्खर चलचित्र क्षेत्रमा प्रवेश गरेको थिएँ । चलचित्र ‘रणबीर’ को डबिङ गर्ने सिलसिलामा बालाजुमा रहेको एनफएडिसीमा पुगें । श्रीकृष्ण डबिङ गर्दै हुँनुहुँदो रहेछ । उहाँको अभिनय हेरेँ, निकै राम्रो लाग्यो । तर, उहाँको आवाज मलाई चित्त बुझेन । कता-कता नेवारी ‘टोन’ आईरहेको थियो ।
त्यहिँ उहाँको र मेरो चिनाजान भयो । बाहिर निस्केपछि मैले भनेँ, ‘तपाई यस्तो राम्रो अभिनय गर्ने मान्छे तर, तपाईको आवाज राम्रो भएन । स्थानिय (नेवारी टोन) आयो ।’
उहाँ गम्भिर भएर भन्नुभयो, ‘मलाई त आजसम्म यस्तो सुझाब कसैले दिएकै थिएन ।’ सुधारका लागि के गर्न सकिन्छ भनेर सुझाव पनि माग्नुभयो । मैले भनेँ, ‘हरेक विहान आवाज निकालेर पत्रिका पढ्ने गर्नुस् । त्यसपछि सुधार हुन्छ ।’ यति कुरा भएपछि हामी छुट्टयिौं ।
त्यसपछि आ-आफ्नै काममा ब्यस्त भएकाले नियमित भेट भएन । पछि फेरी फिल्मकै सिलसिलामा भेट भयो । भेटमा उहाँले भन्नुभयो, ‘मैले तपाईको आइडिया अनुसार आवाज सुधारेँ । मलाई यति राम्रो सुझाब दिनु भएकोमा धन्यवाद ।’
यसरी सुरु भयो सहकार्य
हाम्रो दोस्ती बढ्दै गयो । यद्यपि, उहाँ र मेरो कुराकानी व्यक्तिगतभन्दा पनि व्यवसायीक नै हुन्थ्यो । उहाँले कहिल्यै फाल्तु कुरा गर्नु भएन ।
मैले उहाँलाई लिएर चलचित्र बनाएँ, को आफ्नो को बिरानो । रेखा र निरुता नायिका थिए । उहाँसँग काम गर्दा एकदमै रमाईलो भयो । उहाँले त्यहि बेला भन्नुभयो ‘डाईरेक्टर सा’ब, म फिल्म बनाउँछु । तपाईंले मेरो फिल्म डाइरेक्सन गर्नुपर्छ ।’ मैले हुन्छ भनेँ ।
त्यसपछि केहि समय ग्याप भयो । यसबीचमा उहाँले ‘कहाँ भेटिएला’ बनाउने निर्णय गर्नुभएछ । मलाई भेटेर भन्नु भयो, ‘मैले शिब रेग्मीलाई निर्देशक लिएर फिल्म बनाउने निर्णय गरेँ, कस्तो होला ?’ उहाँ र शिब रेग्मीको प्रगाढ सम्वधबारे मलाई थाहा थियो । उहाँहरुले धेरै फिल्ममा सँगै काम गर्नु भएको थियो र सफलता पनि पाउनुभएको थियो । मैले भनेँ, ‘राम्रो गर्नु भयो । शिब रेग्मीलाई निर्देशक लिनु तपाईको कर्तब्य पनि हो ।’
उहाँहरुको फिल्म हिट भयो । पहिलो फिल्मको सफलतापछि मेरो उहाँसित भेट भयो । उहाँले मसित भन्नुभयो, ‘अब मेरो फिल्म तपाईले गर्नुपर्छ । कथा छ भने सुनाउनुस् ।’
मैले कोहिनुरको कथा सुनाएँ । उहाँले मन पराउनु भयो । सुरुमा कथा सुनाउदा फिल्मको नाम फिक्स भएको थिएन । नाम हामी दुबैले सोचेर पछि राखेका हौं ।
हामीलाई स्त्रिmप्ट फाइनल गर्न मात्रै नौ महिना लाग्यो । स्त्रिmप्टको छलफलमा प्रायः हामी गौशलामा रहेको उहाँकै होटल इन्द्रेणीमा बस्थ्यौं । कहिलेकाँही मेरो अफिसमा पनि बस्थ्यौं । सुरुका केही महिना हामी हप्तामा एकचोटी भेट्थ्यौं । पछि भेट बाक्लिंदै गयो ।
आफु मरेको अभिनय गर्दा रुनुभयो
हामीले नगरकोटमा बसेर स्त्रिmप्ट फाइनल गरेका थियौं । नौ दिन नगरकोटमा बसेर हामीले ‘सिन बाई सिन’ छलफल गर्‍यौं । प्रायः बेलुका नौ बजेसम्म छलफल गरेपछि खानपिन गरेर हामी आ-आफ्नै रुममा जान्थ्यौं ।
हरेक दिन राती १० बजेपछि उहाँले फोन गर्नु हुन्थ्यो र भन्नु हुन्थ्यो, यो सिनमा यस्तो गर्दा कस्तो होला ? म विचार गर्छु भन्थेँ । भोलीपल्ट त्यही दृष्यमा छलफल हुन्थ्यो । उहाँका हरेक सुझाब रचनात्मक हुन्थे ।
नगरकोटबाट फर्केपछि सुटिङमा गयौं । सुटिङमा पनि धेरै सुझाब दिनुहुन्थ्यो तर, कहिल्यै हस्तक्षेप गर्नु भएन । उहाँको सबैभन्दा राम्रो पक्ष नै त्यहि थियो ।
मलाई अहिले पनि याद छ । कोहिनुरमा एउटा सिन छ, छोरा मरेपछि आमा विक्षिप्त भएको दृष्य । मर्ने छोराको भुमिकामा उहाँ आफैं हुनुहुन्थ्यो भने आमाको भुमिका मिथिला शर्माले निर्वाह गर्नु भएको थियो । सो दृष्यमा अभिनय गर्ने क्रममा श्रीकृष्ण र मिथिला दुबैको आँखाभरी आँशु हुन्थ्यो ।
श्रीकृष्णबाट सिक्नुपर्छ
उहाँ असाध्यै मिजासिलो हुनुहुन्थ्यो । स्टार हुनुको रवाफ कहिल्यै देखाउनु भएन । ठूलालाई सम्मान र सानालाई आदर गर्ने कुरामा उहाँ जहिल्यै अगाडी हुनु हुनुहुन्थ्यो । अर्को कुरा उहाँले महिलालाई जहिल्यै सम्मान व्यवहार गर्नुभयो । महिलाकै कारण कहिल्यै कुनै बिवादमा आउनु भएन ।
मिडियासँग मित्रताकाे व्यवहार गर्नु  उहाँको अर्को लोभलाग्दो पक्ष हो । उहाँ फिल्मसंग सम्बन्धित विषयमा जहिल्यै खुलेर कुरा गर्नुहुन्थ्यो ।
(निर्देशक अधिकारीसंग कुराकानीमा आधारित)
www.onlinekhabar.com
कैलाली: थहरुहट तराई पार्टीले छुट्टै प्रदेश बनाउन माग गर्दै  कैलाली र कन्चनपुर बन्दको आह्‍वान गरेको छ। पार्टीले सोमबार विज्ञप्ति निकालेर बिहानैदेखि कैलाली र कन्चनपुरमा बन्दको आह्‍वान गरेको हो।


बन्दले कैलाली कैलाली र कन्चनपुरको जनजीवन प्रभावित भएको छ। यातायातका कुनै पनि सवारी साधन चलेका छैनन्। बन्द गराउने पार्टीका कार्यकर्ताहरु भने सडकमा देखिएका छैनन्।
www.annapurnapost.com











अर्घाखाँची, २५ साउन । आज विहान गोरखा केन्द्रविन्दु भएर गएको भूकम्पबाट अर्घाखाँचीमा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
आज विहान अर्घाखाँचीको सन्धिखर्क–५मा भूकम्पले चर्किएको रामप्रसाद खत्रीको घर भत्किँदा त्यही घरमा बस्दै आएका प्युठान जिल्ला अर्खा गाविस २ का प्रशान्त थापाको छोरा ९ बर्षिय तिलक थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर भत्किँदा मृतक तिलककी आमा र ६ बर्षिय भाइ घाइते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक युबराज तिमिल्सिनाले बताए । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ ।
आज विहानै आएको ४.९ रेक्टर स्केलको भूकम्पले हल्लाउँदा चर्किएको घर भत्किएको थियो । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएका थिए ।
dainiknepal.com
काठमाडौँ, २५ साउन ।नेपालमा सोमबार फेरि भूकम्प गएको छ ।
आज बिहान ४ बजेर १५ मिनेट जाँदा गोरखा जिल्लाको बालुवा आसपास केन्द्रबिन्दु भएको ४.९ रिक्टर स्केलको परकम्प(भूकम्प) गएको हो ।
गोरखासहित आसपासका जिल्लामा समेत भूकम्पको कडा धक्का महसुस गरिएको छ । विहानीको समयमा गएको भूकम्पको कडा धक्का एकछिन स्थानीयको भागाभाग भएको थियो ।
गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रिक्टर स्केल वा त्यसमाथिका ३७५ भन्दा बढी परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, भूकम्प मापन केन्द्रले जनाएको छ ।

आज वि.सं. २०७२ श्रावण २५ गते सोमबार तदनुसार ई. सं. २०१५ अगस्ट १० तारिख
श्रावण कृष्ण एकादशी, मृगशिरा नक्षत्र, बृष राशिको चन्द्रमा, व्याघात योग, कौलव करण
आजको व्रत/पर्व : कामिका एकादशी व्रत
भोलिको व्रत/पर्व : प्रदोष व्रत

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बिहानको समयमा निराशा हुनसक्छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । मध्याह्नको सुरुवातसँगै अझ नराम्रो हुनेछ । अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ । दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
धार्मिक/सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । आमाबुवाको आशीर्वचन प्राप्त भएमा गरेका काममा सफलता र साख पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । प्रेममा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त भएपनि दिउँसोका तुलनामा बिहान राम्रो छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अपराह्नसम्म त्यति अनुकूल दिन छैन । तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आलस्य त्याग्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
एकाबिहानै के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । मनमा दोधार र खिन्नता रहे पनि अपराह्नपछि आफन्तजनको सहयोग र हौसला प्राप्त हुनाले आत्मबलमा बृद्धि हुनसक्छ । रामरमाइलोतर्फ आकर्षण बढ्नु सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मन चञ्चल हुने संकेत देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्यका बारेमा चिन्तन गरिने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

काठमाडौं । एउटा परदेशी विदेशबाट घर फर्कदा आफ्नी श्रीमती अर्कैको अंगालोमा पाउँदा उसको मनमा के बित्ला ? यस्तै एक कथालाई दृश्यमा उतारेर म्यूजिक भिडियो तयार भएको छ ।

गायक किरण इजम लिम्बुको ‘नयनभरी तिम्रो तस्बिर’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको हो जहाँ यस्तै कथा समावेश छ । ५ मिनेट ५ सेकेण्डको गीतमा एउटा कथा देखाउन खोजेका छन् निर्देशक विज्ञान राईले । उनैले यो भिडियो सम्पादन पनि गरेका हुन् ।
‘ओझेल’ एल्बममा समावेश यो गीतमा शब्द र संगीत पनि गायक स्वयम्कै छ । ‘मैले यो गीतमा धेरै मिहेनत गरेको छु’, सातवर्षपछि दोश्रो एल्बम लिएर आएका किरणले भने, ‘यो गीतले मलाई ‘ओझेल’ बाट बाहिर ल्याउन मद्धत गर्छ भन्ने आशा राखेको छु ।’
ज्ञानेन्द्र शर्माले खिचेको यो गीतको भिडियोमा व्यस्त मोडल पल शाहले अभिनय गरेका छन् । उनीसंगै निशा लिम्बुले अभिनय गरेकी छिन् । भिडियोमा विवाहेत्तर सम्बन्धको परिणामलाई रोचक ढंगले प्रस्तुत गरिएको छ ।
dainiknepal.com



लिपनीमाल (बारा) : अभिभावकको दवावमा सानो उमेरमै हुने विवाह बिरुद्ध अभियान चलाइरहेका बारा लिपनीमालका किशोरीले बुवालाई चिठी लेखेर आफ्नो बालविवाह नगरिदिन आग्रह गरेका छन् ।

किशोरी–किशोरी सशक्तीकरणका लागि दलित उत्थान केन्द्र बाराले सञ्चालन गरेको संवाद केन्द्रका किशोरीले आफू पढेर समाजमै उदाहरणिय बन्न चाहेको बताउदै बुवालाई सम्बोधन गरेर चिठी लेखेका हुन्।


लिपनीमाल गाविसमा सञ्चालित १० वटा संवाद केन्द्रमध्ये सृजना किशोरी संवाद केन्द्रका १३ देखि १९ बर्षका किशोरीले बालविवाहबाट निम्तिने शारीरिक र मानसिक समस्या उल्लेख गर्दै आफ्नो भबिष्य उजाड नबनाउन अभिभावकलाई चिठीमार्फत आग्रह समेत गरेका छन्। चिठीमा उनिहरुले आफू पढेर प्रहरी, नर्स, शिक्षिका, समाजसेवी बन्ने लक्ष्य रहेको पनि बताएका छन्।

‘विवाहका लागि मेरो शारीरिक बिकास भएको छैन । सानो उमेरमै विवाह गर्दा शरिरमा विभिन्न समस्या आउछ’१३ बर्षिया कलबुन खातुनले बुवालाई लेखेको चिठीमा उल्लेख गरेकी ‘म पढेर पछि प्रहरी बन्न चाहन्छु । मेरो भबिष्यमा खेलबाड नगर्नुस ।’

६ महिनादेखि सञ्चालनमा रहेको संवाद केन्द्रमा सहभागी भएपछि सानो उमेरमै विवाह गर्दा निम्तिने समस्याका बारेमा बुझ्न सकेका किशोरीहरुले बालविवाह कानुनी अपराध भएकाले सजायको भागेदार हुनसक्नेमा पनि अभिभावकलाई सचेत गराएका छन्।

१८ बर्ष नपुगि विवाह गरिदिएमा ५० हजार जरिवाना र ६ बर्ष कैदको ब्यवस्था कानुनमा रहेको उल्लेख गर्दै किशोरीले चिठिमार्फत अभिभावकलाई त्यस्तो काम नगर्न सुभाव दिएका छन् ।

‘म सानै छु । मैले बालविवाहको बारेमा सबै कुरा बुझेको छु । तपाईहरुले पनि बुझ्न जरुरी छ ’१३ बर्षिया उसमा खातुन चिठीमा लेख्छिन् ‘बालविवाह कानुनी अपराध हो, तपाईले सजाय भोग्नुपर्छ । म समाजसेवी बन्न चाहन्छु । मेरो सपना चकनाचुर नपार्नुहोला ।’
 
किशोरीले बुवालाई लेखेको पत्रमा सानो उमेरमै विवाह गर्दा पाठेघरमा समस्या आउनुका साथै काम गर्न नसक्दा आर्थिक अवस्था पनि कमजोर हुने पनि उल्लेख छ । आफूहरुको अहिले पढ्ने र सिक्ने उमेर भएकाले विवाह गरिदिएर दुःखमा नधकेल्न किशोरीहरुले अभिभावकसंग विनम्रतापूर्वक आग्रह गरेका छन्।
 
‘अहिले म विवाह गर्न सक्दिन् । अहिले विवाह गर्दा मेरो शरिरमा विभिन्न समस्या आउछ । मानसिक रुपमा पीडित हुन्छु’ १२ बर्षिया करिना खातुनको चिठीमा उल्लेख छ ‘मैले काम गर्न नसक्दा आर्थिक अवस्था पनि कमजोर हुदै जान्छ । मैले दुःख बाहेक केही पाउदिन् ।’

करिनाको जस्तै सफेया खातुनले पनि छोरीको दुःख हेर्न चाहने अभिभावकले मात्र बालविवाह गरिदिने गरेको चिठीमा लेखेकी छिन् । ‘मेरो दुःख हेर्न चाहनुहुन्छ ?’ उसको चिठीमा लेखिएको छ ‘म समाजमा केही गर्न चाहन्छु । मलाई अघि बढ्न दिनुस् ।’

भबिष्यमा नर्स बन्ने लक्ष्य लिएकी १३ बर्षिया सायमा खातुनलाई पनि अभिभावकले सानो उमेरमै विवाह गरिदिने हो कि भन्ने चिन्ता छ । उनले पनि आफ्नो नर्स बन्ने लक्ष्य चिठीमा कोरेकी छिन् ।‘संवाद केन्द्रमा मैले धेरै कुरा सिक्ने क्रममा बालविवाहको बारेमा पनि सिकेको छु’ सायमाको चिठीमा लेखिएको छ ‘म नर्स बन्न चाहन्छु । मलाई पढ्न नरोक्नुस् ।’

संवाद केन्द्रमा सहभागी अधिकांश किशोरीको लक्ष्य समाजमै उदाहरणीय बन्ने रहेको छ । समाजलाई बालविवाहमुक्त बनाउनुपर्छ भन्ने अभियान आफूहरुले सुरु गरेकाले अभिभावकलाई सचेत गराउन चिठी लेखिएको किशोरी नेसमा खातुनले बताईन्।

‘हामी बालविवाहमुक्त समाज चाहन्छौ । आफ्नो अभिभावकले अभियानलाई साथ दिनुपर्छ भन्ने हाम्रो उदेश्य हो’ नेसमाले भनिन् ‘त्यसैले यो चिठी लेखेका छौ । पक्कै पनि अभिभावकले हामीलाई साथ दिनुहुनेछ’।

संवाद कार्यक्रमकी फिल्ड सुपरभाईजर रिया पाण्डेले लिपनीमाल गाविसमा रहेको १० वटा संवाद केन्द्रका झण्डै दुई सय ५० भन्दा बढी किशोरीले लेखेको चिठी सम्बन्धित अभिभावकलाई पठाएपछि सामुहिक छलफलमा सहभागी गराईने बताईन् । आफ्नै छोरीको चिठी पढेपछि छलफलमा सहभागी अभिभावकले बालविवाह नगरिदिने प्रतिबद्धता जनाउनेमा आशाबादी रहेको उनको भनाइ छ  ।


‘किशोरीले लेखेको चिठी हामी घरमा पुगेर अभिभावकलाई दिनेछौ ’ पाण्डेले भनिन् ‘चिठीमा लेखिएको कुरा पनि राम्रोसंग बुझाउनेछौ । चिठी पढेर उहाहरुले बालविवाह नगर्ने प्रतिबद्धता जनाउनेमा ढुक्क छौ ।’ छोरीको सानो उमेरमै विवाह नगर्ने प्रतिबद्धता जनाएका अभिभावकको घरमा झण्डा राख्ने र सबै घरमा झण्डा राखिएपछि बालविवाहमुक्त गाविस घोषणा गर्ने उदेश्य आफूहरुको रहेको पाण्डेले बताईन् ।
annapurnapost.com
विवादमा मुछिएकी राधे माताको आधिकारीक वेभसाइट रोधमाँ डटकमह्याक भएको छ । शनिबार उनको तस्विर ह्याक गरेर उनले मिनिस्टक लगाउँदा खिचेका हट फोटो उक्त वेभसाइटमार्फत सार्वजनिक गरेका थिए । उक्त फोटो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ । आफैँलाई सन्त बताउँदै एक ह्याकरले राधे माताको हट फोटो साइटमा हालिदिएका हुन् । फोटोमा उनले युवालाई अंगालोमा बाँधेको देख्न सकिन्छ । उनलाई गाली गर्दै क्याप्सनमा लेखिएको छ, ‘मानिसलाई बेबकुफ बनाउँदैछिन् ।’


ह्याकरले म्यासेज छाडे वेभसाइट ह्याक गरेपछि ति व्यक्तिले राधे माताको विरुद्धमा म्यासेज समेत पोस्ट गरेका छन् । म्यासेजमा लेखिएको छ , ‘आफूलाई भगवान् मान्ने राधे माताको पुजा गर्न बन्द गर्नुस् । भारतमा यो राम्रो विजनेश बनेको छ । हामी सजिलैसँग यस्ताका कुरा पत्याउँछौँ । अब सफलता हात पार्न हामीले आफैँ मेहिनत गर्नुछ । आफैँलाई भगवान् बताउनेको भरोसा गरेर हुन्न ।’

 षड्यन्त्र भएको राधे माता ट्रस्टको दाबी मातामणी श्री रोध गुरु माँ च्यारिटी ट्रस्टका प्रबन्ध निर्देशक संजीव गुप्ताले भने राधे माताको विरुद्धमा षड्यन्त्र गरिएको दाबी गरेका छन् । प्रहरीले छानविन गर्नसक्ने दाइजोका लागि दबाब दिएको आरोपमा राधे मातालाई प्रहरीले छानविन गर्ने बताइएको छ । यसअघि नै प्रहरीले दुई घण्टासम्म गत शुक्रबार उनलाई सोधपुछ गरेको थियो ।

 राधेमाताको विरुद्धमा मध्य प्रदर्शनका एक व्यक्तिले अश्लिलता फैलाएको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका छन् । राधे माता भन्छिन्, ‘नामवाला नै बदनाम ।’ राधे माताले भने आफूमाथि आरोप लगाउनेको पहिला छानविन गर्नुपर्ने जिकिर गरेकी छिन् । उनले सञ्चारकर्मीसँग भनेकी छिन्, ‘जसले ममाथि आरोप लगाए । उनीमाथि छानविन जरुरी छ । उनी आफैँ बद्नाम छन् ।’

 को हुन् राधेमाता पन्जावको गुरदासरपुर जिल्लास्थित एक शिख परिवारमा राधेमाताको जन्म भएको थियो । उनको विवाह पन्जावकै एक व्यापारी सरदार मोहन सिंहसँग भयो । विवाहपछि उनले आध्यात्मिक जीवन सुरु गरेकी थिइन् । केही समयपछि मुम्बई आएर उनी राधे माताको नामले चर्चित भइन् । उनी आफैलाई देवीको अवतार मान्छिन् ।

 के छ राधेमातामाथिको आरोप आरोप १ : राधे मातामाथि एक महिलाका पतिलाई उक्साएर दाईजोका लागि प्रताडित गरेको आरोप छ । मुम्बईको बोरीवली पुलिसले यस घटनामा रोधमाता समेत गरी ७ जनाको विरुद्धमा उजूरी लिएको छ । उजूरी दर्ता गराउने महिलाले विवाहको समयमा उनका बाबु–आमाले करोडौँको गहना दिएको आरोप लगाएकी छिन् ।

 उनको दाबी अनुसार राधे माताले नै श्रीमान्को परिवारलाई उचालेकी थिइन् । आरोप २ : राधे माताले स्कर्ट लगाएको तस्विर सार्वजनिक भएपछि मुम्बईका एक वकिल फाल्गुनी ब्रह्मभट्टले अर्को आरोप लगाएका छन् । उनीमाथि धर्मको नाममा ठगी गर्ने तथा अश्लिलता फैलाउने आरोप छ । www.ratopati.com
मुम्बई, श्रावण २४ - अजय देवगन र तब्बुले अभनिय गरेको फिल्म ‘दृश्यम्’ले पहिलो सातामा पचास करोड कमाएको छ । शनिबार ४ करोडको व्यापार गरेपछि यसको व्यापार ५३ करोड पुगेको छ । सानो बजेटको यो फिल्मले पहिलो दिन ८ करोड जति कमाएको थियो । दोस्रो र तेस्रो दिनको कलेक्सन बढेपछि यसले पचास करोड पार गरेको हो ।
बाहुबली र बजरंगी भाइजानजस्ता दुई ठूलो बजेटका फिल्मपछि आएको दृश्यमलाई समीक्षकहरुले पनि मन पराएका छन् । यो शुक्रबार आएको रितेश देशमुखको फिल्म ‘ब्यांगिस्तान’ पूरै डुबेको छ । बाहुबली र बजरंगी भाइजानको पनि व्यापार घटेको छ । शुक्रबार यी तीन फिल्मको कमाई जोड्दा पनि दृश्यम जति पुगेन । ब्यांगिस्तानको असफलताको फाइदा पनि दृश्यमलाई हुने बताइएको छ ।

दृश्यम हिन्दी फिल्ममा बढी कमाउने भए पनि अंग्रेजी फिल्म ‘मिसन इम्पोसिबल ५’ भने योभन्दा पनि अब्बल निस्किएको छ । यो फिल्मले शनिबारमात्रै भारतमा ९ करोडको व्यापार गरेको छ । टम क्रुज अभिनित यो फिल्मले दुई दिनमा भारतमा करिब १५ करोड कमाएको बताइएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी : हिन्दी फिल्म फिल्म हम दिल दे चुके सनममा अजय देवगन आफ्नी पत्नीलार्इ उसका प्रेमीसँग मिलाउन पुरै फिल्ममा प्रयासरत रहेका थिए । तर अन्तिममा जब मिलनको समय आयो तब पत्नीलार्इ आफ्नै पतिसँग प्यार हुन पुग्छ । पत्नी प्रेमीलार्इ छोडेर आफ्नै पतिसँग जीवन बिताउने निर्णयमा पुग्छिन् ।

यो कथा त अजय अभिनित हम दिल दे चुके सनम फिल्मको हो । तर भारतको उत्तर प्रदेशस्थित फैजाबाद जिल्लामा फूल, चन्दा र सुरजको हम दिल दे चुके समन फिल्मी पटकथालार्इ पनि बिर्साउने अनौठो घटना भएको छ ।

यो सत्य प्रेमकथामा जति धेरै माया र प्रेम छ त्यति नै धेरै समर्पण पनि छ । पत्नीको खुसीका लागि पतिको त्याग एकातिर छ भने अर्कातिर प्रेमीका लागि उनको प्यार पाएको खुसी पनि छ । ती पागल प्रेमी जो अर्काकी पत्नीको प्रेममा पागल भएर कसैको घर उजाड पार्न लाग्दै थिए । तर, अर्काकी पत्नीको प्रेममा पागल भएका ती युवाले प्रेमको युद्धमा जित निकालेका छन् ।

यो घटना उत्तर प्रदेशको फैजाबाद जिल्लाको हो । एक युवाले आफ्नी पत्नीको खुसीका लागि उनका प्रेमीसँग बिहे गरिदिएर दुनियाँलार्इ चकित बनाइदिएका छन् ।

फैजाबादको चौरे बजारमा बस्दै आएका फूलचन्दको बिहे दुर्इ वर्ष अघि नजिकैको गाउँकी चन्दासँग भएको थियो । तर, चन्दा बिहै अघिदेखि नै अर्कै युवासँगको प्रेममा थिइन् । बाबुआमाले छोरी गाउँकै सुरजसँग प्रेममा परेको थाहा हुँदाहुँदै उनको बिहे छोरीको मन्जुरीबिना फूलचन्दसँग गरिदिए ।

बिहे भएको केही दिनपछि फूलचन्द कामको शिलशिलामा केही वर्षका लागि सहरतिर पसे । त्यही बेला चन्दाका प्रेमी उनलार्इ भेट्न उनको गाउँमै आइपुगे । चन्दाको बिहेपछि पनि उनीहरुबीचको प्रेम झन झाँगिदै गयो । बिहेपछि टुटेको प्रेम फेरि टुसाउन थाल्यो ।

जब दुर्इ वर्षपछि फूलचन्द रोजगारी गरेर जब आफ्नो गाउँ फर्के तब पत्नी चन्दाले आफू सुरजसँगको प्रेममा रहेको कुरा सुनाइन् । पत्नीले आफूलार्इ ढाँटेर अर्कैको प्रेममा रहेको थाहा पाएपछि फूलचन्द शुरुमा रिसाए । तर केही समयपछि उनी आफैंले पत्नीको बिहे उनका प्रेमीसँग गरिदिने निचोड निकाले ।


शुरुमा रिसाएका फूलचन्दले अन्त्यमा गाउँकै प्रधानपञ्चलार्इ बोलाएर प्रेमीसँग पत्नीको बिहे गरिदिए ।

'मेरो बिहे चन्दासँग भएको थियो, मैले उनलार्इ धेरै खुसी दिउँला भन्ने सोचेको थिएँ', फूलचन्दले भने, 'तर उनी म सँग सन्तुष्ट हुन सकिनन्, उनी सुरजसँग प्रेम गर्दिरहिछन् । प्रेम सफल बनाइदिन पत्नीको बिहे उनका प्रेमीसँग गरिदिएको हुँ ।'

उनी आफैंले पत्नीका प्रेमी सुरजलार्इ फोन गरेर बिहेका लागि बोलाएका थिए । 'मैले आफैंले फोन गरेर सुरजलार्इ बिहेका लागि बोलाएँ', उनले भने, 'सुरजलार्इ बोलाएपछि गाउँका प्रधानपञ्चको रोहबरमा पत्नीलार्इ घरबाट अन्माएर प्रेमीको घर पठाइदिएँ ।'

फूलचन्दका लागि यो काम गर्न त्यति सजिलो भने थिए । तर आफ्नी पत्नीको खुसीका उनले आफ्ना सारा सपनाको गला निमोठे । गाउँका प्रधानपञ्च र केही अन्य छिमेकीको सहयोगमा सुरजको घरसम्म उनैले बिहेको कुरा पुर्‍याए । सुरजको घरबाट फूलचन्दकै घरमा जन्ती आए । जन्ती आएपछि फूलचन्दले गाउँकै मन्दिरमा लगेर आफ्नी पत्नी चन्दा र उनका प्रेमी सुरजको बिहे धुमधामका साथ गरिदिए ।

सुरजका बाबु माता प्रसादका अनुसार उनी एकमात्र छोरा हुन् । सुरजको खुसीका लागि आफू जेसुकै गर्न तयार रहेको माता प्रसादले बताए । छोराकै इच्छा अनुसार उनको बिहे फूलचन्दकी पत्नी चन्दासँग गरिएको माता प्रसादले बताए ।
www.annapurnapost.com
जव कुनै पनि केटी पुरुषसँगको सम्बन्धमा आउँछे उसमा बदलाव आउँछ । हुन त केटीलाई बुझ्न कसैले पनि सक्दैन पनि भनिन्छ तर कसैकै गर्लफ्रेण्ड बनेपछि केटीहरुमा बदलाव आउँछ । उनीहरुमा आएको बदलाव बुझ्न त्यति कठिन हुँदैन ।

यस्ता बदलाव कुनै चिजसँग सम्बन्धित हुन सक्छन् । अचानक मुड परिवर्तन हुने, स्वभाव बदलिनु इत्यादि ।

प्रेममा परेपछि केटीमा के के ब्यवहारिक परिवर्तन आउँछन् त?


१ निद्रा नलाग्ने
भनिन्छ प्रेममा परेपछि निद्रा भाग्छ । यस्तै हुन्छ कतिपय केटीलाई पनि । प्रेममा परेका केटीहरु अवेर सम्म जाग्छन् र प्रेमीसँग कुरा गरिरहन्छन् । एसमएस कल देखि च्याटले केटीहरुलाई राति सम्म ब्यस्त राख्छ ।
२ फोनमा लामो कुरा
प्रेममा परेपछि एउटै कुरा पनि आपसमा पटक पटक दोहोर्‍याएर गर्नु समान्य हो । केटीहरु पनि त्यस्तै गर्छन् । केटीहरुले फोनमा केटासँग लामो लामो कुरा गर्छन् । प्रेममा परेपछि एसमएस र कल जाँच गर्नु नै केटीको काम बन्छ । राति राति सम्म केटीहरु फोनमा झुण्डिरहेका हुन्छन् ।

३ रोमान्टिक गीत र फिल्म
कसैको प्रेममा परेपछि केटीहरु रोमान्टिक गीत र फिल्म मन पराउँछन् । किन भने कुनै पनि रोमान्टिक गीत आफैलाई गाएको जस्तो लाग्छ भने फिल्मका पात्र आफू नै भएको जस्तो महसुस हुन्छ । र यो कुरा प्रेमीलाई सुनाउन हतारिन्छन् ।
४ जासुस
जव प्रेममा पर्छन् केटीहरुले प्रेमीलाई बढी सिरियस्ली लिन्छन् । केटाको बारेमा हरेक कुरामा चासो लिन्छन् फेसबुक स्ट्याटस देखि प्रोफाइलमा आएका लाइक सम्म । आफ्नै प्रेमीको विषयमा कुरा गरेको सुन्न मन पराउँछन् । तर उनीहरु चाहिने भन्दा बढी नियन्त्रण गर्ने सम्म केटीहरुको बानी हुन्छ ।
५ इर्स्यालु
जव केटीहरु कुनै पुरुषको प्रेममा पर्छन् । उनीहरुलाई असुरक्षित महसुस हुन्छ । केटो अरुसँग नजिक होला आफूसँग टाढा होला कि भन्ने केटीहरुको चिन्ता हुन्छ । अरु केटीसँग प्रेमी बोल्दा त केटीहरुलाई इर्श्या नै हुन्छ ।

२४ साउन, बाग्लुङ ।
आफ्नो जिल्ला टुक्राइएको भन्दै विभिन्न जिल्लामा आन्दोलन शुरु भएको छ । ४ दलबीच हिजो भएको सहमती अनुसार बाग्लुङ, रुकम र नवलपरासीलाई टुक्राइएको भन्दै ती जिल्लाका वासिन्दा आन्दोलनमा उत्रिएका हुन् ।

संविधान बनाउने नाउँमा प्रमुख दलले जिल्ला टुक्राएको भन्दै त्यसका विरुद्ध अनिश्चितकालीन बागलुङ बन्दको घोषणा गरिएको छ । बागलुङ जिल्लामा रहेका राजनैतिकदल, उद्योग वाणिज्य संघ लगायतका संघ संस्थाको संयुक्त बैठकले संघीयताको नाउँमा बागलुङलाई २ वटा प्रदेशमा राख्नु षडयन्त्र मूलक खेल भएको उनीहरुको आरोप छ ।

जिल्ला टुक्राउने निर्णय नसच्याएसम्म सम्पूर्ण व्यापारिक, शैशिक संघ संस्था यातायात सबै पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको नेपाली काँग्रेस बाग्लुङका कार्यवाहक अध्यक्ष जगदिशचन्द्र उपाध्यायले बताए ।

रातारात षडयन्त्रपूर्ण रुपमा बागलुङलाई प्रदेश ४ र ५ मा राख्नु आफुहरुलाई मान्य नहुने भन्दै निर्णय तत्काल सच्याई संविधान निर्धारित समयमा जारी गर्नुपर्ने आफुहरुको माग रहेको उपाध्यायले बताए ।

जिल्ला टुक्राइएको भन्दै नवलपरासी र रुकुममा पनि विरोध भएको छ ।

अखण्ड सुदुरपश्चिम हुनुपर्ने भन्दै कैलालीमा भइरहेको आन्दोलन दलहरुबीच गएराति ६ प्रदेसको सिमांकनसहितको सहमती भएपछि मथ्थर भएको छ । आन्दोलनरत अखण्ड सुदुरपश्चिम पक्षधरले दलहरुले आफुहरुको मागलाई सम्बोधन गरेको भन्दै आन्दोलन कम गरेका छन् ।

तर संविधानसभामा प्रतिवेदन पेश गरेर कार्यवन्यन आउने ग्यारेन्टि भएपछि मात्रै आन्दोलनको कार्यक्रम फिर्ता लिने उनिहरुले जनाएका छन् । थरुहट संर्घष समितिले भने ६ प्रदेशको सहमतिको विरुद्धमा कैलालीमा विरोध प्रर्दशन जारी राखेको छ । थारुहरुले धनगढि र लम्किमा विरोध प्रर्दशन गरिरहेका छन् ।nepaliheadlines.com
काठमाडौं : बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्र सम्वाद समितिका सभापति बाबुराम भट्टराईलाई प्रहार गरेर बैठकबाट बाहिरिएका छन्।

बाहिर निस्केका पासवानले पत्रकारहरुसँग भने, मेरो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए। उनले किन यस्तो व्यवहार गरेको भने। तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडे।


पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए। सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए।


निकै आक्रोशित मुद्रामा बाहिरिएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क गरे ।
annapurnapost.com
भारतको पुने स्थित यरवदा जेलमा सजाँय काटिरहेका बलिउड नायक संजत दत्तले दुइ दिन देखि खाना पानी बन्द गरेका छन्। संजय दत्तको एक्ली बहिनी राजरानी बलीको मृत्यु पश्चात जेलमा संजयले खाना खाना छोडेको बताइन्छ।


बहिनीको अन्तिम संस्कारमा जान चाहे पनि अनुमति नमिल्दा संजय जान पाएका थिएनन। आफ्नो कोठामा बनाइएको सानो मन्दिरको अगाडी बसी बेला बेला संजय रुने गरेको बताइन्छ।

५६ वर्ष पुगिसकेकेा संजयलाई सन् १९९३ सालमा भारतमा भएको श्रृखलाबद्ध बम ब्लास्टको बखत गैरकानुनी तवरले हतियार राखेको आरोपमा पाँच वर्ष जेल सजाँय भएको थियो।

जसमा १८ महिना पहिल्यै कटाइसकेका उनलाई बाँकी अवधि(४२ महिना) कोलागि सन् २०१३ मे बाट फेरी यरवदा जेल पठाइएको थियो। यो वर्षको अन्त्यसम्म संजय जेल मुक्त हुने सम्भावना छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कागतीलाई हामीले हरेक मौसममा खान सक्छौँ । तातो पानीमा कागती निचोरेर पिउनाले शरिरलाई नयाँ शक्ति प्रदान गर्दछ । यसले आँखालाई तेज बनाउनका साथै मानसिक दुर्बलता र टाउको दुखाईलाई कम गर्ने गर्दछ । कागतीलाई भिटामिन ‘सि’ को सबैभन्दा ठूलो भण्डारको रुपमा लिइने भएकाले यो स्वास्थ्यको लागि निकै लाभदायक मानिन्छ ।
विशेषगरि पेटसँग सम्बन्धित समस्याका लागि कागतीको प्रयोग विभिन्न तरिकाले गर्न सकिन्छ । छालालाई निखार्नका लागि पनि हामी कागतीको प्रयोग गर्ने गर्दछौँ । यसका साथसाथै कागतीमा थुप्रै विशेषता रहेको हुन्छ जसलाई तल उल्लेखित बुँदाहरुमा दिइएको छ ।
१. मसीको दाग हटाउनका लागिः कागतीको गुणको कुनै अन्त्य हुँदैन । यदि मसीको दाग कपडामा लागेमा मसी सुक्नुभन्दा अघि कागतीको रस लगाएर चिसो पानीले धोएमा कपडाबाट दाग गायब हुने गर्दछ ।
२. नङलाई चम्काउँदछः नङलाई यदि चम्काउन चाहनुहुन्छ भने कागतीभन्दा अर्को विकल्प छैन । यसका लागि तपाईंले एउटा कचौरामा पानी लिनुहोस् र त्यसमा कागतीको रस हाल्नुहोस् । त्यो पानीमा केहि बेर आफ्नो हात डुबाएर बस्नुहोस् र पानीबाट हात निकालिसकेपछि कागतीले नङलाई रगड्नुहोस् । यसो गर्नाले तपाईंको नङ चम्किलो हुने गर्दछ । यस्तै तपाईंले यदि खुट्टाको नङलाई पनि गर्नुहुन्छ भने खुट्टाको नङ पनि त्यस्तै चम्किलो हुने गर्दछ ।
३. ब्ल्याकहेडबाट छुटकारा पाउनुहोस्ः सुत्नुभन्दा पहिले आफ्नो अनुहारमा कागती लगाउनुहोस् र बिहान उठेर चिसो पानीले अनुहार धुनुहोस् । केहि दिनसम्म यो प्रक्रियालाई दोहोराउनुहोस् तपाईंको ब्ल्याकहेड गायब हुने गर्दछ ।
४. कपाल चम्किलो बनाउन: यदि गर्मी मौसममा कपालमा चमक ल्याउन चाहनुहुन्छ भने यसलाई हानिकारक केमिकलबाट बचाउनु होस् । पानीमा कागतीको रस मिलाएर लगाउनुहोस् र उसलाई घाममा सुकाएर चिसो पानीले पखाल्नुहोस् तपाईंको कपाल निकै चम्किलो देखिन्छ ।
५. चपिङ बोर्डको सफाईः हामी चपिङ बोर्डमा सबै कुराहरु काट्ने गछौँ त्यसकारण केहि समयमा नै यो फोहोर हुने गर्दछ । यसलाई सफा गर्नका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । एउटा कागती लिनुहोस्, त्यसलाई राम्रोसँग बोर्डमा रगड्नुहोस् र करिब २० मिनेट छोड्नुहोस् । सफा पानीले धोइसकेपछि यसबाट लसुन प्याजको दुर्घन्ध पनि हट्ने गर्दछ ।
६. सेतो कपाडालाई सधैँ सेतो राख्ने गर्दछः के तपाईंको सेतो कपडाले आफ्नो सेतोपना गुमाइरहेको छ ? यदि हो भने कागतीको रसको प्रयोग गर्नुहोस् । आधा कप कागतीको रसलाई एक बाल्टी पानीमा हाल्नुहोस् र त्यो पानीले आफ्नो सेतो कपडा भिजाउनुहोस् । यसले तपाईंको सेतो कपडाको सेतोपना फिर्ता ल्याउन मद्दत गर्दछ ।
७. तपाईंको घाँटीको दुखाईलाई पनि टाढा राख्छः कागतीमा निकै धेरै चिकित्सकीय गुण पनि पाइने गर्दछ । एउटा कागतीको रसलाई मनतातो हुने गरि तताउनुहोस् । फेरी त्यसलाई महसँग मिसाउनुहोस् र पिउनुहोस् । तपाईंको समस्या चट हुनेछ ।
८. चाँयाः कागतीले चाँया पनि गायब हुने गर्दछ । एक चम्चा कागतीलाई चिसो कपालमा लगाउनुहोस् र फेरी श्याम्पुले धुनुहोस् । अथवा, दुई ठूलो चम्चा कागतीको रसलाई दुई कप पानीमा मिसाउनुहोस् र त्यसलाई चाँया नजाउन्जेलसम्म लगाउनुहोस् ।
९. स्टिल, पित्तल र तामाको भाँडाहरुलाई चम्काउनुहोस्ः कागतीको रससँग नुन मिसाएर भाँडामा लगाउनुहोस् र राम्रोसँग रगड्नुहोस् र पानीले धुनुहोस् । यसले तपाईंको पुरानो भाँडालाई नयाँ जस्तै चम्काउने गर्दछ ।
१०. खानालाई ताजा राख्न मद्दत गर्दछः तपाईं कति दुखले खाना बनाउनुहुन्छ तर पकाएको केहि घण्टा पछि नै पहिले जस्तो ताजा देखिँदैन । त्यसकारण तपाईं थोरै कागतीको रस त्यसमा लगाउनुहोस्, खाना पहिलेको जस्तै ताजा देखिनेछ ।
११. कम खर्चमा घरलाई सजाउनुहोस्ः गर्मीमा घरलाई सजाउनु छ भने कागतीले सजाउनुहोस् । कागतीलाई एउटा भाँडोमा राख्नुहोस् अथवा ढोकाको किनारामा लगाउनुहोस् । कागतीको पहेँलो रङमा घामको किरण पर्दा निकै मनमोहक देखिन्छ ।
१२. माइक्रोवेभको सफाईः माइक्रोवेभको सफाई गर्नका लागि तपार्ईंले निकै खर्च गर्नुपर्ने हुन्छ तर अब होइन किनभने तपाईंले अब सस्तोमा यसलाई सफा गर्नसक्नुहुन्छ । चार ठूलो चम्चा कागतीको रसमा एक कप पानीलाई माइक्रोवेभमा पाँच मिनेट तताउनुहोस् र यसले माइक्रोवेभको ढोकाहरु सफा गर्नुहोस् ।
१३. दाग धब्बा हटाउनुहोस्ः खाना खाइसकेपछि हात धुनका लागि तपाईं कागतीको प्रयोग गर्नसक्नुहुन्छ । यसले तपाईंको हात सफा र चमकदार हुने गर्दछ । (एजेन्सी)  रातोपाटी

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home