• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
आश्विन १३, २०७२- सरकारले वार्ताका लागि गरेको आग्रहबारे छलफल गर्न रौतहटको गौरमा बुधवार बसेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक भर्खरै सकिएको छ । वार्ताका लागी सरकार गम्भीर भए आफूहरु पनि लागीपर्ने बैठकमा सहभागी मोर्चाका शीर्ष नेताहरुले धारणा राखेका छन् ।

संघीयता, सीमाकंन र सविधानमा अपनत्व नभएको विरोधमा गौरमा हुन लागेको विरोध सभालाई सम्बोधन गर्न मोर्चाका शीर्ष नेताहरु आएका बेला बैठक बसेको हो । स्थानिय सिया प्यालेस होटलमा भएको बैठकमा कांग्रेस, एमाले र एमाओबादी सम्मिलित वार्ता टोलीबीच भएको छलफलका बारेमा तमलोपाका अध्यक्ष महन्थ ठाकुरले जानकारी गराएका थिए । मोर्चाले वार्ताका लागी ठाकुरलाई जिम्मेवारी दिएको छ । बैठकमा ठाकुरले सरकारी प्रस्ताव बारे जानकारी गराएका छन् । श्रोतका अनुसार सरकार गम्भिर भएर आए वार्ता सफल हुने धारणा मोर्चाको छ । यद्यपी जालझेल गरेर झुक्याउन खोजे आन्दोलनबाटै जवाफ दिने शीर्ष नेताले बताएका छन् । वार्ता सकारात्मक नभए आन्दालन अझै सशक्त बनाउने मोर्चाका नेताहरुले बताएका छन् ।

बैठकमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष मेहन्द्रराय यादव सहभागी थिए । मोर्चा र मुस्लिम गठबन्धनले गौरको राइस मैदानमा आयोजना गर्न लागेको सभालाई सम्बोधन गर्न शीर्षनेताहरु आएका हुन् । बन्दका कारण मोर्चाका नेताहरु भारतीय मार्ग हुदै यहाँका आएका थिए ।

अध्यक्ष ठाकुरले मधेसको माग सम्बोधनका बारेमा प्रधानमन्त्री, राष्ट्रपति, तीन दलका अन्य शीर्ष नेताबीच भएको छलफल मोर्चामा जानकारी गराएका छन् । मोर्चाले बैठकमा बिहीवार हुने मानव साङ्लो बनाउने कार्यक्रमलाई सफल पार्न रणनीति तय गरेको जनाएको छ ।kantipur.ekantipur.com
काठमाडौं– नयाँ सरकार गठन हुने बेलामा आएर प्रधानमन्त्री सुशील कोइरालाले एमालेका दुई विवादित मन्त्रीलाई बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
एमालेको तर्फबाट वर्तमान कोइराला नेतृत्वको क्याबिनेटमा प्रतिनिधित्व गर्ने ऊर्जा मन्त्री राधा ज्ञवाली र युवा तथा खेलकूद मन्त्री पुरुषोतम पौडेललाई बर्खास्त गर्ने चतोवनी दिएका हुन् ।

 प्रधानमन्त्रीले मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फोन गर्दै उनीहरुलाई तत्काल फिर्ता बोलाउन आग्रह गर्दै नबोलाए आफैंले बर्खास्त गर्ने चेतावनी दिएका हुन् ।
ज्ञवाली र पौडेलमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीको सिफारिस गरेको छ ।
संवैधानिक निकायले कारवाही गर्न निर्देशन दिएको लामो समय भएपनि एमालेले फिर्ता नबोलाएको भन्दै प्रधाानमन्त्रीले ओलीसअँग असन्तुष्टि जनाएको स्रोतको भनाई छ ।

मन्त्री पदको दूरुपयोग गरि ज्ञवाली र पौडेलले बद्नियतपूर्ण निर्णय गरेको ठहर गर्दै अख्तियारले कारवाहीका लागि प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो ।

ज्ञवालीले सोलु कोरिडोर प्रशारण लाइन निर्माण सम्बन्धी सम्झौतामा अनुचित कार्य गरेको अख्तियारको ठहर भने पौडेलले आफैं कारवाहीको सिफारिस गरेको व्यक्ति केशव विष्टलाई खेलकुद परिषदको सदस्य सचिव बनाएर पदको दूरुपयोग गरेको ठहर छ ।

www.ratopati.com
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले २४ घण्टा भित्र भारतीय च्यान खोल्न व्यवसायीलाई दिएको निर्देशनको प्रतिवाद गर्दै च्यानल सञ्चालन गरेर देखाउन चुनौति दिएको छ ।
युवासंघका प्रवक्त प्रभातविक्रम कटवालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘४५ दिन भन्दा बढी भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले जुन कष्टकर जीवन विताउन परेको छ । त्यसमा अलिकतिपनि हेक्का नराखी सञ्चारमन्त्रीले अभिव्यक्ति दिएका छन । यसले सम्पूर्ण देशभक्त युवाहरुमा ठूलो आक्रोस र शंका पैदा गरेको छ ।’
राष्ट्रियताको लागि जुनसुकै परिस्थितिको पनि सामना गर्न जनता तयार भएको बेला सञ्चार मन्त्रालय सम्हालेको जिम्मेवार व्यक्तिले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै संघले आक्रोस पोखेको हो । ‘आन्दोलनकारीलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको छ । भारतीय भूमिबाट नेपालका सुरक्षाकर्मीलाई ढुंगा प्रयोग भइरहेको छ । भारतीय सुरक्षाकर्मी दर्शकको रुपमा ताली बजाइरहेका छन’ विज्ञप्तीमा भनिएको छ ।
नेपाली सवारी साधनलाई ४५ दिनभन्दा बढी नाकामा बाटो अवरुद्ध गरिएकोलाई नाकाबन्दी नभन्ने ? युवा संघले प्रश्न गरेकोछ । भूपरिवेष्ठित र अतिकम विकसित राष्ट्रले पाउनुपर्ने अधिकारको हनन भारत सरकारले गरेको छ’ विज्ञप्तीमा भनिएको छ ‘सूचना तथा सञ्चारमन्त्रीकै निर्देशनमा नेपाल केवल टेलिभिजन महासंघ, डिस होम प्रालि, सिम्पल मिडिया प्राली आदिलाई २४ घण्टे अल्टिमेटम सोध्ने काम भएको छ ।
यो निर्णय तुरुन्त फिर्ता लिन र भारतीय च्यानलहरु बन्द गर्न युवा संघ नेपाल सरकार र सम्बन्धित मन्त्रालयसँग जोडदार अनुरोध गर्दछ । नत्र युवा संघ नेपाल यस्ता च्यानलहरु बन्द गर्नेछ ।’
www.nepalsandesh.com
१३ असोज, काठमाडौं ।
भारतसँग मिलेर काठमाडौंमा नाकाबन्दी लगाउन मुख्य भूमिका खेलिरहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग १५ करोड भन्दा बढी अबैध सम्पत्ति रहेको तथ्य खुलेको छ।
महतो २०५६ सालको आम निर्बाचन र जनआन्दोलन २०६२र६३ पछि गठित बिभिन्न संयुक्त सरकारमा रहँदा र २०६४ सालको संबिधानसभा निर्बाचन पछि पनि गठित सरकारको मन्त्री पदमा रहँदै आएको र पदको दुरुपयोग गरी १५ करोड भन्दा बढी सम्पति आर्जन गरेकोले सो सम्पति जफत गरी राज्यको ढुकुटीमा जम्मा गरिदिनु हुन अनुरोध गर्दछौं भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी अझै बिचाराधिन छ ।
२०६४ साल अघि सामान्य हैसियतमा हिड्ने महतो र उनको परिवारका नाममा सिद्धार्थ बैंकमा ५० प्रतिशत शेयर छ भने महतोले भिमसेनगोलामा एक रोपनी जग्गामा सात करोड भन्दा बढी खर्च गरी अलिसान महल निर्माण गरिसकेका छन् । त्यसैगरी, महतोले परिवारका सदस्यका नाममा जनकपुरको मुरलीचोकमा तीन विघा घडेरी खरिद गरिसकेका छन् भने वर्दिवास महोत्तरीमा पाँच कट्ठा जग्गा खरिद गरेका छन्।

पैत्रिक सम्पत्ति शुन्य बराबर रहेका महतोले छोरा राधवेन्द्र महतोको नाममा बल्खुमा शिबशक्ति नामको हस्पीटल निर्माण गरी आर्थिक हैसियतलाई अझ उचाइमा पुर्याएका छन्। महतोले आपुर्ती र स्वास्थ्य मन्त्री बनेपछि १५ करोडको हाराहारीमा सम्पत्ति कमाइसकेका छन्। तर २०६४ अघि किराना पसल सञ्चालन गरी हेल्परको काम गर्ने उनका पिताको आर्शिवादबाट महतो एरपोर्टमा सामान्य ठेक्का पट्टाको काम गरेर राजनीतिमा उत्रिएपछि एकाएक उनको आर्थिक हैसियत आकाशिएको भन्दै उजुरी परेको थियो ।
तत्कालिन अवस्थामा महतोको भ्रष्टाचार, निरंकुश शैली र आतंक सहन नसकी केन्द्रीय सदस्यद्धय सम्भु जैशवाल र डा. रामदेव सिंहले पार्टी केन्द्रीय सदस्यबाट राजीनामा दिएका थिए । महतोले २०६८ साल असोजको दोश्रो साता संचारकर्मीहरूलाई बिजया दशमीको शुभकामना दिने भन्दै प्रतिब्यक्ति पाँच हजार देखि १५ हजार रुपैयाँसम्मको रकम अबैद्य रुपले बितरण गरेका थिए।
सो रकम केही संचारकर्मीले नलिएको र मन्त्रीले सो रकम बितरण गरी अख्तियारीको दूरुपयोग गरेको भनी नेपाल पत्रकार महासंघले बिरोध जनाउँदै मन्त्री महतोलाई कारबाहीको माग गरेको थियो।महतोले स्वास्थ्य मन्त्रीमा रहंदा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानको उपकुलपतिमा बीपी दासलाई नियुक्ति गर्दा एक करोड घुस लिएको भन्दै उजुरी परेको थियो । उनले मेडिकल काउन्सिलमा डा.निरमणी उपाध्यायलाई रजिष्ट्रार बनाउँदा पचास लाख बुझेका थिए। तर आज तिनै निरमणीलाई लोकमानसिंह कार्कीले गोप्य सल्लाहाकार बनाएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १३ असोज । ‘मसँग त त्यस्तो खराब कुरा गरेनन्, तर प्रचण्डजीसमक्ष भने भारतीय विदेश सचिव एस जयशंकर अशिष्ट शैलीमा प्रस्तुत भएछन् । देखाईदिन्छौं भन्ने पाराले कुरा गरेछन् ।’ बिहीबारको स्थायी कमिटी बैठकलाई एमाले अध्यक्ष केपी ओलीले गरेको रिपोर्टिङ हो यो ।



सोही बैठकलाई भर्खरै दिल्ली गएर पार्टीको पक्षमा लबिङ गरी फर्किएका सचिव प्रदीप ज्ञावालीले समेत ब्रिफिङ गरेका थिए । ‘र’ चिफ राजेन्दर खन्ना, प्रधानमन्त्रीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव एस जयशंकर, भारतीय जनता पार्टीको स्वयम् सेवक संस्था आरएसएस प्रमुखसमेत ४ जनासँग भेटवार्ता भएको रहेछ ।

त्यसक्रममा उताबाट नेपालले ५० हजार सेना तराईमा परिचालन गरेको, त्यहाँबाट मधेसीमाथि दमन हुँदा हजारौं शरणार्थी भारत पस्ने डर भएको, तसर्थ बेलैमा हस्तक्षेप गर्नुपर्ने खाँचो रहेको बारे सरोकार राखिएको रहेछ ।

यसैबीच त्यहीबेला रुसी राजदूत डा. सर्गेई भ्यासिलिएभिचले केपी ओलीसँग अलग्गै दुई घण्टा र प्रचण्ड तथा प्रधानमन्त्री सुशील कोइरालासँग सामूहिक भेट गरी विकसित परिसथितिमा नआत्तिन, धैर्यधारण गर्न आग्रह गरेका छन् ।

उनकै सिफारिसमा हो रसियाले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा स्थायी सदस्य राष्ट्र बन्ने भारतीय मनोकांक्षालाई ब्रेक लगाईदिएको ।

दोस्रो विश्वयुद्धपछि अमेरिका, चीन, रुस, फ्रान्स र बेलायत स्थायी सदस्य राष्ट्र छन् । बदलिँदो सन्दर्भमा आफूहरु पनि भिटो पावरसहित त्यसको सदस्य बन्न पाउनुपर्ने जापान, भारत, ब्राजिल र जर्मनीको माग छ । हामीले चाहिँ किन नपाउने भन्दै दक्षिण अफ्रिका पनि कराईरहेको छ ।

यसैका निम्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार न्यूयोर्कमा जी-४ राष्ट्रको बैठक डाके । तर त्यतिबेला नै अमेरिकाबाट निस्किने चर्चित पत्रिका वासिंगटन पोस्टले पहिलो पृष्ठमा ठूलो समाचार छापिदियो, ‘मोदीजीले एक वर्षमा संसारका सबैभन्दा धेरै राष्ट्र डुलेको रेकर्ड बनाउनुभयो तर आफ्ना छिमेकीलाईचाहिँ नराम्ररी चिढ्याउँदै हुनुहुन्छ ।’ जनआस्था साप्ताहिकमा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १३ असोज । एमालेको भातृसंगठन युवा संघ नेपालले सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतले नाकाबन्दी नगरेको भनेर दिएको अभिव्यक्तिले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
युवा संघका प्रवक्ता प्रभाव कटवालले आज (बुधबार) विज्ञप्ति जारी गरे भारतको अघोषित नाकाबन्दीले नेपाली जनताले कष्टकर जीवन विताउन परेको भन्दै त्यसको अलिकति पनि हेक्का नराखी सञ्चार मन्त्रीको अभिव्यक्तिले सम्पूर्ण देशभक्त नेपालीको मन दुःखाएको बताउनुभएको छ ।
‘सञ्चारमन्त्री मीनेन्द्र रिजालले जुन अभिव्यक्ति दिएका छन् यसले सम्पूर्ण देशभक्त युवाहरुमा ठूलो आक्रोश र शंका पैदा भएको छ’, युवा संघले विज्ञप्तिमा भनेको छ, ‘जनताले राष्ट्रियाताको लागि जुनसुकै परिस्थितिको पनि सामना गर्ने तयार भएका बेलामा त्यसप्रतिको अभिव्यक्तिप्रति युवा संघ नेपाल घोर निन्दा एवम् भर्त्सना गर्दछ ।’
मधेसी आन्दोलनकारीहरूलाई भारतको भूमि प्रयोग गर्न भारतले दिएको जनाएको युवा संघ नेपालले भारतीय भूमिबाट नेपालका सूरक्षाकर्मीहरूलाई ढुंगामुढा प्रहार भएकोमा विरोध गरेको छ ।
‘भारती सुरक्षाहरूकर्मी दर्शकको रुपमा ताली बजाइरेहका छन्’, युवा संघले भनेको छ, ‘नेपाली सवारी साधनलाई ४५ दिनदेखि नाकामा बाटो अबरुद्ध गरेर नाकाबन्दी गरिएको छ ।’
मन्त्री रिजालले भारतको पक्षलिइ भारतीय टिभी च्यान नदेखाउने केबुल सञ्चालकहरूलाई स्पष्टीकरण सोधेकोमा पनि युवा संघले रिजालको बिरोध गरेको छ । युवा संघ नेपालले नेपालमा देखाइने सबै भारतीय च्यानलहरू सरकारी तवरबाटै बन्द गर्न पनि माग गरेको छ ।
dainiknepal.com
काठमाण्डु, १३ असोज–
सरोकार १.
१५ दिन नपर्खिएकोमा आक्रोश
पाँच दिनसम्म संविधानसभामा मतदान गरेर पारित भएको संविधान ३ असोजमा जारी गर्न नेपाल सरकारले सार्वजनिक बिदा दिएपछि काठमाण्डु पुगेका भारतीय विशेष दूत एस जयशंकरले सन्देश पुर्याएका थिए, ‘संविधान जसरी पनि कम्तीमा १५ दिन रोक्नूस् ।’ तर, मितिसमेत तोकिसकेकाले नेपालको संविधानसभा र राजनीतिक दल पछाडि फर्कन सक्ने अवस्थामै थिएनन्, मोदीको सन्देश उनीहरूले मानेनन् । ‘मेरो यति सल्लाह पनि नमान्ने’ भनेर मोदी क्रुद्ध भए र नेपालमाथि अघोषित नाकाबन्दी लगाउने आदेश दिए ।

सरोकार २.
बिहार चुनावमा भोटको राजनीति
१२ अक्टोबर (२५ असोज) देखि बिहारमा विधानसभा चुनाव हुँदै छ जहाँ मोदीको भारतीय जनता पार्टीले नीतीश कुमार, लालु यादव र कँग्रेस गठबन्धनको सामना गर्दै छ । तराई–मधेसका नेपालीले आन्दोलन गरिरहेको अवस्थामा बिहारमा मोदीको लोकप्रियता घट्छ र चुनावमा घाटा लाग्छ भन्ने विश्लेषण भाजपाको थियो । पटकपटक म्याद थपेर नेपालको संविधान बिहारको चुनाव सुरु भएपछि मात्र जारी होस् भन्ने उनीहरूको आकांक्षा थियो । तर, त्यो पूरा नभएपछि नेपालका मधेसीको आन्दोलनमा घिउ थपेर बिहारीको मत जित्ने खेलमा उनी लागेका छन् भन्ने विश्लेषण भारतमै छ ।
सरोकार ३.
आठ प्रदेश र धार्मिक स्वतन्त्रता
राजकीय भ्रमणका लागि अघिल्लो साउनमा र सार्क सम्मेलनका लागि मंसिरमा आएका मोदीले नेपालका प्रमुख र मधेसी दलका नेतालाई भेटेका थिए । त्यतिबेला मात्र होइन, भारत गएका नेताहरूलाई भेट्दा पनि उनले आठ प्रदेश बनाउन र धार्मिक स्वतन्त्रता राख्न सल्लाह दिएका थिए । उनले मधेसी दललाई पनि समेटेर सर्वसम्मत रूपमा संविधान जारी गर्न दबाब दिएका थिए । तर, सर्वसम्मत हुन नसकेपछि मुख्य दलहरूले अधिकतम् सहमति जुटाएर संविधान जारी गर्ने बाटो रोजे । त्यसलाई मोदीले आफ्नो अपमान ठाने ।
सरोकार ४.
अब विशेष दूतको प्रतीक्षा
नेपाल सरकारले भारतसागको गतिरोध अन्त्य गर्न विशेष दूतलाई नयाँदिल्ली पठाउने संकेत गरेको छ, तर निर्णय गरेको छैन । नेपाली विशेष दूतले लग्ने सन्देशको प्रतीक्षामा नयाँदिल्ली छ । हिमाल र पहाडका केही विकट जिल्ला छाडेर जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने सहमति हुन सके दिल्लीले आफ्नो ‘फेस सेभिङ’ भएको मान्ने मनस्थिति बनाएको छ । निर्वाचन क्षेत्र निर्धारणसँगै तराईमा सीमांकनको समस्या पनि सम्बोधन हुनुपर्ने दिल्लीको अपेक्षा छ । तराई–मधेसबारे खुलस्त बोलेर आफ्नो अडान सार्वजनिक गरेकाले त्योभन्दा पछि हट्ने अवस्था नरहेको भारतीय विज्ञहरू बताउँछन् ।
नयाँ पत्रिकाबाट
kathmandutoday.com
काठमाडौं, १३ असोज । उग्रभीडको आक्रमणमा परी एक जना एसएसपीसहित नौजनाको ज्यान जाने गरी भदौ सात गते कैलालीको टीकापुरमा भएको घटनामाथि छानबिनका लागि गठित समितिले सशस्त्र प्रहरीका महानिरीक्षक कोषराज वन्तलाई ‘मुख्य दोषी’ ठहर गरेको छ ।
राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख देवीराम शर्माको नेतृत्वमा गठित पाँच सदस्यीय समितिले आईजीपी वन्तको निषेधात्मक आदेशका कारण भीडद्वारा बल प्रयोग भई प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेलगायतको ज्यान खतरामा परेपछि पनि फिल्डमा भएका सशस्त्र प्रहरीले प्रतिकारात्मक कारबाही नगरेको र नौजनाको ज्यान गएको ठहर गरेको छ ।
छानबिन समितिले सोमबार अपराह्न उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमलाई प्रतिवेदन बुझाएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
बालुवाटार स्रोतका अनुसार गौतमले त्यसै साँझ प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर प्रतिवेदनबारे जानकारी दिएका थिए ।
dainiknepal.com
वि.सं. २०७२ साल असोज १३ गते। बुधबार। इश्वी सन् २०१५ सेप्टेम्बर ३० तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– तृतीया, २५:५१ बजेउप्रान्त चतुर्थी। नक्षत्र– अश्विनी, १६:५० बजेउप्रान्त भरणी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ने समय छ। अध्ययनतर्फ सामान्य ज्ञान लिन पनि निकै मेहनत गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समयमा होश नपुग्नाले खर्च मात्र हुनेछ। प्रलोभन देखाउनेहरूले फसाउन सक्छन्। खर्च गरेर पनि फाइदा उठाउन नसकिएला। ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाट टाढिनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिनेछ भने सद्विचारले अभिप्रेरित हुनेहरूलाई फाइदा हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। धेरैलाई फाइदा हुने काम सम्पादन गर्न सकिनेछ। आँटेको काम समयमा गर्न नसकिएला। अरूका काममा समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा केही काम बन्नेछन्। सहयोगीहरू जुट्नाले आंशिक सफलता मिल्नेछ। अस्वस्थताका बाबजुद जिम्मेवारी भने थपिनेछन्। व्यावसायमा खर्च बढ्नेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। अप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। विगतका समस्या बल्झिन सक्छन्। सवारीसाधन उपयोग गर्दा सावधानी अपनाउनुहोला।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
विगतका निर्णयले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा परिनेछ। परिस्थितिअनुसार चल्न नसक्ता पनि दुःख पाइनेछ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।

बैज्ञानिकहरु भन्छन् सपना हाम्रो दवाइका इच्छाका झलक हुन् । तर शास्त्रले भने यो कुरा मान्दैन । शास्त्रका अनुसरा सपनाको सम्बन्ध सिधा आत्मासँग हुन्छ ।

सपनाले देश काल र परिस्थिति एवं भविष्यको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।

कुन बेला देखिएको सपनाको अर्थ के ?

सूर्योदय भन्दा ७२ मिनेट अघि देखिएको सपनाले १० दिन पछि हुने घटनाको संकेत गर्छ । त्यस्तै रात्रिको सुत्ने वित्तकैको समय अर्थात प्रथम प्रहरमा देखिएको सपनाले एक वर्षमा र दुईतीय प्रहरमा देखिएको सपनाले ६ महिना भित्र हुने घटनाको संकेत गर्छ । तृतीय प्रहरमा देखिने सपनाले तीन महिना भित्र हुने घटना र चौथो प्रहरमा देखिने सपनाले एक महिनामै हुने घटनाको संकेत गर्ने शास्त्रमा उल्लेख छ ।

सपना देख्ने वित्तिकै जाग्नु
कुनै पनि सपना देख्ने वित्तिकै निद्रा टुट्छ र त्यसपछि निद्रा नै लागेन भने त्यस्तो सपना सत्य हुन धेरै समय लाग्दैन । तर निद्रा लाग्यो भने सपना निष्फल हुन्छ । कुनै पनि सपना अरुलाई सुनाएपछि त्यसको प्रभाव कम हुने शास्त्रमा उल्लेख छ ।

सपनामा कुनै विपत्तिमा परेर भाग्न नसकेको देख्नु भो भने बुझ्नुस् जीवनमा पनि कुनै आपत् आइलाग्दै छ ।

उडेको सपना
यदि सपनामा हावामा उडेको देख्नु भो भने तपाइँको योजना सफल हुने संकेत दिन्छ भने जागिरमा पनि पदोन्नति हुन्छ । तर उड्दा उड्दै कुनै बस्तुसँग ठोक्कियो भने चाँहि सफलतामा बाधा आइलाग्छ ।

मरेको देख्नु
सपनामा मृत्यु भएको वा लाश देख्नु शुभ मानिन्छ । सर्पले टोक्नु वा सिंह तथा हात्तिले लखेट्नु पनि राम्रै मानिन्छ ।

तर कुकुरले टोकेको वा नाङ्गो शरिर भएको ब्यक्ति देखिनु एवं भीरबाट खसेको वा भैंसीको हुल देख्नु नराम्रो संकेत हो ।
nepaliheadlines.com
संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सीले छिमेकीसँगको सम्बन्धहरु बराबरीमा आधारित हुनुपर्ने उल्लेख गरे ।


ठूला र बलिया देशहरुले साना र कमजोर देशहरुलाई तर्साउन नहुने भन्दै उनले स्वाधीनताको सिद्धान्तप्रेरित राष्ट्रसंघको च्याप्टरअनुसार सबै देशहरु बराबर रहेको बताए ।

ठूला, धनी र बलिया राष्ट्रले साना, गरिब र कमजोर मुलुकलाई पेल्न नहुने सीको भनाइ थियो ।

ठूला देशहरुले साना मुलुकहरुलाई बराबरी हिसाबले व्यवहार गर्र्नुपर्नेमा जोड दिँदै उनले भने–‘सही धारणा राखेर न्यायका लागि सहयोग गर्नुपर्छ न कि न्यायभन्दा अगाडि आफ्नो स्वार्थका लागि ।’

चिनियाँ राष्ट्रपति सीले सबै मुलुक पवित्र रहेको भन्दै साना देशहरुको आन्तरिक मामिलामाथि ठूला र बलिया देशले हस्तक्षेप गर्न नहुने उल्लेख गरे ।

ठूला र बलिया देशहरुले द्धन्द्ध नबढाउने, विवादरहित, आपसी सम्मान र दुवै पक्ष विजयी हुने सिद्धान्त अपनाउनुपर्ने उनको धारणा थियो ।

स्वाधीनताको अर्थ सबै देशलाई स्वतन्त्र रुपमा आफ्नो देशको समाज व्यवस्था र विकासको मार्ग छान्न दिइनुपर्छ र दुई पक्षीय सम्बन्ध बराबरीमा आधारित हुनुपर्ने, बराबरीको हैसियत दिइनुपर्नेमा सीको जोड थियो । (एजेन्सी)
पहिल्यै प्रक्रिया चालेर जान नपाएकाहरु प्राथमिकतामा
जानका लागि सबै प्रक्रिया अपनाइ अन्तिम समयमा आएर अड्किएकाहरुलाई प्राथमिकता दिदैँ सरकारले उनीहरुलाई गेयर गिभरमा इजरायल पठाउने भएको छ ।  घरेलु कामदार लैजाने विषयमा सरकारसँग गत साउनको अन्तिम साता इजरायलले सहमति गरेको थियो ।

'घरेलु कामदारका लागि इजरायल जान ठिक्क परेका तर जान नपाएकाहरु पहिला इजरायल उड्छन्' श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले

 सेतोपाटीसँग भने ।  केयर गिभरका तालिम लिएका, हिब्रु भाषा जानेका, प्रक्रिया पूरा गरेर पनि इजरायल जानबाट बन्चित भएकाहरु प्राथमिकतामा पर्ने मन्त्री गुरुङले बताए । इजरायलले पहिला जान नपाएकाहरुलाई लैजान माग गरेको श्रमराज्यमन्त्रीका सल्लाहकार रमेश कोइरालाले बताए ।

इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएको थियो । पहिलो चरणमा इजरायलले ३ सय कामदार लैजाने छ ।  ६० जना दसै अघि उड्ने भनेपनि प्रक्रिया भइरहेका कारण ढिलाई भएको छ । उनीहरु दसैंपछि इजरायल उड्ने मन्त्री गुरुङले बताए ।

इजरायलले लैजान लागेको नेपाली कामदारमा ८० प्रतिशत महिला र २० प्रतिशत पुरुष रहेका छन् । घरेलु कामदारका लागि इजरायल जानका लागि १० वटा मापदण्ड तोकिएका छन् ।

२५ वर्ष पुगेका तर ४५ वर्ष नपुगेकाहरु इजरायल जान पाउनेछन् । उचाइ कम्तिमा पनि ५ फिट हुनुपर्ने, ४५ किलोभन्दा माथिको तौल हुनुपर्ने, नर्सिङ कोष पूरा गरेको वा ३ महिनाको केयर गिभर तालिम मान्यता प्राप्त केन्द्रबाट लिएको हुनुपर्ने मन्त्री गुरुङले बताए ।

मध्यमस्तरको अंग्रेजी जानेको हुनुपर्ने, बाबु, आमा, दाजु, दीदी, श्रीमान वा परिवारका सदस्य कोही पनि इजरायल भए त्यस्ताहरु पनि त्यता जान नपाउने मन्त्री गुरुङले बताए । पूर्ण स्वास्थ्य, प्रहरी रिर्पोट अनिवार्य चाहिने उनले बताए ।

 इजरायल सरकारको जनसंख्या तथा अध्यागमन विभाग र नेपाल सरकारको वैदेशिक रोजगार विभागको निर्णय अनुसार छनौट हुने मन्त्री गुरुङले बताए ।

वार्षिक १४ हजार डलर भन्दा बढी कमाइ हुने र कामदार सुरक्षीत रहने हुनाले इजरायल नेपालीहरूको रोजाइमा परेको हो। इजरायलले वार्षिक १ हजार ५ सय जना लिने तयारी गरेको छ।  kinmel.setopati.com
मंगलबार, १२ असोज
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले बन्द गरिएका हिन्दी टिभी च्यानलहरु २४ घन्टाभित्र सुचारु गर्न निर्देशन दिएका छन् ।
भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीको चौतर्फी विरोध भइरहेका बेला केवल टिभी सञ्चालकहरुले मंगलबारदेखि सम्पूर्ण हिन्दी टिभी च्यानलहरु बन्द गरेका थिए ।
नेपालमाथि भारतले नांगो हस्तक्षेप गर्दै अन्तराष्ट्रिय कानुनको खिल्ली उडाएर अघोषित नाकाबन्दी गरिरहेका बेला सञ्चारमन्त्री रिजालले भने भारतले नेपालमा नाकाबन्दी नै नगरेको झुठो कुरा बोलेका थिए ।
मंगलबार भने उनले समस्या समाधानका लागि कूटनीतिक पहल भइरहेको भन्दै सबैले आवश्यक वातावरण निर्माण गर्नुपर्ने भन्दै हिन्दी च्यानलहरु प्रसारणमा गरेको अवरोध हटाउन आग्रह गरेका हुन् ।
भारतीय दादागिरीको विरोध गर्दै नेपालमा हिन्दी चलचित्र प्रदर्शनमा पनि रोक लगाइएको छ ।
यसैवीच विप्लव माओवादी निकटको अखिल नेपाल जनसाँस्कृतिक महासंघले सञ्चारमन्त्री मीनेन्द्र रिजालले भारतीय विस्तारवादको दलाली गरेको आरोप लगाउँदै आफ्नो भनाई तत्काल फिर्ता लिन आग्रह गरेको छ ।
महासंघका नेता खेम थपलियाले नेपाल सन्देश डट कमसँग कुराकानी गर्दै आफूहरुको आन्दोलनमा केवल टिभी सञ्चालकहरुले समर्थन गरेको र देशभरीबाट स्वागत भइरहेको भन्दै आन्दोलनलाई जारी राख्ने जनाए ।
उनले सञ्चारमन्त्री रिजालको उक्त २४ घन्टे अल्टिमेटम राष्ट्रघाती भएको दावी पनि गरे ।
www.nepalsandesh.com
भैरहवा–संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता तथा कार्यकर्ताहरु बसेको धर्नालाई प्रहरीले हस्तक्षेप गरि हटाएको छ । सीमानाकामा धर्नामा बसेका मोर्चाका कार्यकर्ताहरुलाई प्रहरीले हटाउन खोज्दा दशगजा क्षेत्रमा झडप भई केही बेर अवस्था तनावग्रस्त बनेको थियो ।


बिहान ११ बजे तिर तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष ह्दयेश त्रिपाठीको नेतृत्वमा धर्ना बस्ने कार्यक्रम बमोजिम शान्तीपूर्ण प्रदर्शन माथि प्रहरीले बल प्रयोग गरेको मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवले दाबी गरे ।

सीमा क्षेत्र बेलहियाका स्थानियहरुले हिजो देखि नै नाकामा प्रदर्शन गर्न नदिने बताएपछि आन्दोलनकारीकै सुरक्षाको लागि धर्ना बस्न नदिएको प्रहरीको भनाई छ । धर्ना बस्न नदिई प्रहरीले मोर्चाका दुई कार्यकर्तालाई नियन्त्रणमा लिएपछि मोर्चाको कार्यकर्ताहरुले सीमा पारी सोनौली र दशगजा क्षेत्रबाट प्रहरी माथि ढुंगामुढा गरेका थिए ।

मधेशी मोर्चाले गरेको ढुङ्गा मुढाको स्थानिय बेलहिया वासीले पनि बिरोध गर्दै भारत तर्फ ढुङ्गा मुढा गरेका थिए ।
सीमामा तनाव बढदै गए पछि दुवै देशको सुरक्षाकर्मिको संयुक्त प्रयास पछि स्थानियलाई नेपाल तर्फ र आन्दोलनकारीलाई भारत तर्फ धपाएका छन् । सीमामा भएको तनावको कारण मंगलबार समाचार तयार पार्दा सम्म कुनै सवारी भित्रिन सकेका छैनन् । पारी सोनौलीमा भएका मालवाहक ट्रक पनि भारतीय पक्षले उतै फर्काईरहेका छ । ढुङ्गा मुढाबाट कोही घाईते भएको खबर छैन । मधेशी मोर्चाको कार्यकर्ताहरु योगेन्द्र यादव र आकाश भन्ने मोहम्मद सफिकलाई नियन्त्रणमा लिईएको रुपन्देहीका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताए । झडप पछि सीमापारीको सोनौली बजार पनि बन्द भएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ: दार्चुला जिल्लालाई केन्द्रबिन्दु बनाएर आज दिउँसो ४.६ म्याग्निच्यूडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार हिमालय पर्वतमा गइरहने नियमित प्रकारको भूकम्प आज दिउँसो ३:१२ मिनेटमा दार्चुलालाई केन्दबिन्दु बनाएर गएको हो ।


त्यस्तै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर पनि भूकम्पको धक्का गएको छ । दिउँसो ४:३९ बजे ४.६ म्याग्निच्यूड क्षमताको भूकम्पको धक्का गएको केन्द्रले जनाएको छ ।

अभिमन्यु
भारतीय आर्थिक नाकावन्दी विरुद्ध नेपालले पनि जवाफी नाकाबन्दी गरी भारतलाई घुँडा टेक्न वाध्य पार्ने क्षमता राख्दछ । तर नेपाल सरकारको दास मानसिकता र सत्ताधारी दलहरुका केही प्रमुख नेताहरुको भारतीय सरकार प्रतिको विगतको दलाली मानसिकताले गर्दा भारतीय सरकारको अति निकृष्ट नाकावन्दी विरुद्ध जवाफी नाकाबन्दीको कुनै कदम चालिएको छैन ।
नेपाल सरकारले तत्कालै केही गम्भीर कदमहरु चाल्न सक्दछ । भारतको प्रतिकृयावादी विस्तारवादी सरकारले अन्तराष्ट्रिय सन्धि सम्झौताहरु पालना नगरेपछि नेपालले पनि मानिराख्न पर्छ भन्ने छैन । त्यसैले नेपाल सरकार मन्त्रिपरिषदले यी कामहरु तुरुन्त गरेर भारतीय विस्तारवादी प्रतिकृयावादी सरकार विरुद्ध पनि काउन्टर नाकावन्दी थालिहाल्नु पर्दछ ।
१) भारतले अरु सामानमा नाकावन्दी गरेपनि कुहिने सामानहरु जस्तै तरकारी, केरा, फलफुल आदि नेपाल निर्यात गरिरहेको छ । नेपाल सरकारले तुरुन्तै ती वस्तुहरु पनि भारतवाट आयात गर्न अघोषित प्रतिवन्ध लगाइ हाल्नु पर्दछ । तरकारी र फलफुल खान नपाउँदैमा नेपालीहरु सबै मर्ने हुँदैन । भारतीय ती सामानहरु भारतमैं जे गर्न मन लाग्छ गरोस । यसवाट दैनिक करोडौं रुपैयाँ भारतमा जानवाट पनि वच्ने हुन्छ र नेपाल कै किसानहरुलाई उत्पादन गर्न प्रोत्साहन हुन्छ ।
२) अघोषित नाकावन्दी विरुद्ध भारत स्थित हाम्रो राजदूत फिर्ता बोलाउने र भारतीय राजदूतलाई नेपालवाट निस्कासन गर्नु पर्दछ । विराटनगर स्थित भारतीय अबैध अफिस वन्द गर्नु पर्दछ । वीरगञ्ज स्थित भारतीय वाणिज्य कार्यालय पनि बन्द गराउनु पर्दछ । यसले अन्तराष्ट्रिय प्रचार पाउने हुन्छ र भारतीय दादागिरी विरुद्ध विश्व जनमत वन्ने हुन्छ ।
३) भारतीय ठेकेदारलाई अरबौ नाफा हुने गरि दिइएका जलविद्युत आयोजनाहरु, वाटो निमार्ण, अन्य विभिन्न ठेक्काहरु सबै खारेज गर्नु पर्दछ । यसवाट नेपाली व्यवसायीहरुले नै ती कामहरु गर्ने अवसर पाउनेछन् र नेपालको विकास निर्माण नेपालीहरुले नै गर्ने आर्थिक नीति लागु हुन थाल्नेछ । अरबौं रकम भारतले नेपालबाट शोषण गर्न पनि पाउने छैन ।
४) भारतवाट ल्याइने अरबौं रुपैयाँ बराबरका सामानहरुको ठेक्का पनि खारेज गर्नु पर्दछ । यसवाट भारतीय पुँजीपतिहरु मथि ठूलो दबाब पर्ने छ र उनीहरुले भारतीय सरकार माथि दबाब दिन वाध्य हुनेछन् । ती सामानहरु हामी अलि ढिला भएपनि चीनवाट ल्याउन सक्ने हुन्छौं र कयौ सामान नेपाल मै उत्पादन गर्न सक्ने हुन्छौं तथा कयौं सामान नेपालमा बने पनि भारतीय प्रतिस्पर्दा र दबाबमा भारतीय सामान ल्याइने गरेकोमा नेपाल मै उत्पादित सामान प्रयोग गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन दिन सक्ने हुन्छौं ।
५) हामीले भारतसँग सामान सित्तैमा मागेर लिने गरेको होइन रगत पसिना वगाएर कमाएको पैसाले किन्ने हो । बजारमा बिक्रेताले ग्राहकलाई फकाउन पर्नेमा यहाँ उल्टो भैरहेको छ । यसो हुनाको कारण भूकम्पले गर्दा चीनको नाका नचलेको अवस्था र भारतसँग पेट्रोल डिजेल ग्याँस आदिमा अत्यधिक निर्भरता र भारतीय एकाधिकार हो । यसलाई अब दीर्घकालीन योजना वनाएर तोड्न पर्दछ भन्ने प्रष्ट भैसकेको छ ।
६) त्यसैले देशको जलविद्युत शक्ति को तीब्र विकासका लागि विश्वमा छरिएर रहेका नेपालीहरु मध्ये विकसित देशहरुमा रहेकावाट ५ लाखका दरले शेयर उठाउने र अरब तथा मलेशिया आदि देशमा गएकाबाट एकलाखका दरले शेयर उठाउने हो भने दुई देखि तीन वर्षमा साना तथा निम्न मध्यमस्तरका आयोजनावाट तीन हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने पूँजी जम्मा हुन्छ ।
७) राजा वीरेन्द्र र उनको वंशको नाममा रहेको सम्पति मात्रै राम्रो सदुपयोग गर्ने हो भने पनि पाँचलाख नेपालीलाई रोजगारी दिन सक्ने सयौं उद्योग स्थापना गर्ने पूँजी छ । भ्रष्ट नेताहरु र भ्रष्ट कर्मचारीहरुको सम्पति राष्ट्रियकरण गर्ने हो भने दशलाख नेपाली युवाहरुलाइ स्वदेश मै रोजगारी दिने हजारौं उद्योगहरु खोल्न पुग्ने लगानी जम्मा हुन्छ ।
८) सामन्ती राजतन्त्रले त १३ महिनासम्म भारतीय नाकाबन्दी सामना गरेको थियो भने अहिलेको गणतान्त्रिक सरकारले कम्तिमा एक वर्ष भारतको नाकावन्दीको सामना गर्ने र भारतमाथि पनि उपरोक्त तरिकावाट काउन्टर नाकावन्दी गर्ने हो भने नेपालमा आर्थिक क्रान्तिको एेतिहासिक सुरुवात हुनेछ र नेपाल विकास पथमा लम्कने छ ।
www.nepalsandesh.com
काठमाडौं, १२ असोज । नेपाल–भारत उद्योग वाणिज्य संघले भारतीय नाकाबन्दी र मधेस आन्दोलनका घटनाक्रमबारे छलफल गरेको छ ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा संविधान निर्माण पश्चात मधेस आन्दोलन, भारतीय नाकाबन्दी, नेपालको आर्थिक क्षेत्रले ब्यहोर्नुपरेको घाटा र समस्या समाधानका लागि भईरहेका राजनीतिक, कुतनीतिक प्रयासहरुबारे संघले छलफल गर्दै चिन्ता व्यक्त गरेको हो ।
संघका अध्यक्ष सौर्य राणाले कार्यक्रममा उपस्थित प्रमुख अतिथि भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय, राष्ट्रिय योजना आयोगका सदस्य डा चन्द्रमणि अधिकारी लगायतलाई स्वागत गर्दै विषयवस्तुका बारेमा जानकारी गराएका थिए ।
नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष शशी कान्त अग्रवालले नेपाल र भारतको सम्बन्ध अत्यन्त प्राचिन तथा एक आपसमा अनुन्याश्रित रहेको बताए । कार्यक्रमको उद्देश्य प्रकास पार्दै उनले अनावश्यक रुपमा नेपाल–भारत वीचको सम्बन्धमा नकारात्मक असर पार्न नहुने बताए । राजनीतिक र कुटनीतिक तबरबाट पनि दुई देश वीचको सम्बन्धलाई अहिलेको असहज परिस्थितिबाट पार लगाउनुपर्ने उनको भनाई थियो ।
कार्यक्रममा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले आफ्नो भूमिकाबारे प्रष्ट पार्दै आपूm कसैको पनि पक्षपोषण तिर नलागी नेपालमा अहिले उत्पन्न असहज परिस्थिति कसरी आयो र कहाँबाट आयो र यस्को छिटोभन्दा छिटो निराकरण कसरी गर्ने भन्ने तर्फ आफ्नो ध्यान केन्द्रित गरी हरसम्भव लागि परेको बताए ।
कार्यक्रममा योजना आयोगका सदस्य चन्द्रमणी अधिकारीले पनि नेपाल र भारत बीचको सम्बन्ध अत्यन्त घनिष्ठ रहेको र दुई देशको सम्बन्ध आफ्नो ब्यक्तिगत अनुकुलतामा आधारित जस्तो वा कुनै प्रेमी प्रेमिकाको जस्तो नहुने र यो अत्यन्त संबेदनशील रहेकोले यसबारेमा बिचार अभिब्यक्त गर्दा पनि अत्यन्तै बिचार पुर्याउनुपर्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले हालको बिद्यमान समस्या समाधानको लागि महासंघले झण्डै २०÷२५ पल्ट बिभिन्न राजनीतिक दलहरुसंग वार्ता गरेको तर राजनीतिक क्षेत्रका नेताहरुमा समस्या समाधान प्रति त्यति चासो नदेखिएकोमा दुःख लागेको बताए ।
नेपाल उद्योग परिसंघका बरिष्ठ उपाध्यक्ष हरि भक्त शर्माले पनि अहिलेको समस्याबाट उद्योगहरु आक्रान्त बनेको, बिगत ४७ दिन देखी उद्योगहरु बन्द रहेको कारण उद्योगमा रहेको लगानी धराशायी हुने भन्दै छिटोभन्दा छिटो राजनीतिक नेताहरुले समस्या निवारणमा प्रतिबद्धताका साथ अघि बढ्नुपर्ने बताए ।
dainiknepal.com
मोरङ, १२ असोज । बन्दकर्ताको दबाबपछि बन्द भएका केही विराटनगरका पसल आज मोरङ प्रहरीले खुलाएको छ ।
मोरङ प्रहरी उपरीक्षक तारिणीप्रसाद लम्सालका अनुसार विराटनगरमा बजार, पसल बन्द गराउँदै हिँडेका बन्दकर्तालाई प्रहरीले पक्राउको तयारी गरेपछि बन्द गराउन छाडेर भागेका कारण आन्दोलनकारीले बन्द गराएका पसल प्रहरीले खुलाएको हो ।
संयुक्त मधेसी मोर्चाको नाममा बन्द गराउँदै आएका १०/१२ जनाको एक समूहलाई प्रहरीले पक्राउ गर्न खोजेपछि बन्दकर्ता मोटरसाइकलमा चढेर भागेको प्रहरी उपरीक्षक लम्सालले बताउनुभयो । बन्दकर्ताको नाममा विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने र धम्की दिनेहरुलाई तत्काल पक्राउ गरेर कारबाही अघि बढाइने एसपी लम्सालले बताउनुभयो ।
सीमाङ्कनप्रति असन्तुष्टि जनाउँदै संयुक्त मधेसी मोर्चाले आह्वान गरेको विगत डेढ महिनादेखि विराटनगर बजार बन्द गराउँदै आएको छ । प्रहरीको सहयोगमा यस्तै एक दुई पसल खोल्ने गरिएको छ । रासस
dainiknepal.com
महोत्तरी, १२ असोज । गाउँकै एक युवतीको हत्यामा संलग्न भएको आरोपमा नेपाली काँग्रेस महोत्तरी क्षेत्र नं ६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
सुन्दरपुर–७ सिंहासनीका रामएकवाल यादवकी १४ वर्षीया छोरी सबिताकुमारी यादवको हत्यामा संलग्न रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी वृत्त कार्यालय गौशाला, काठमाडौंले राजधानीको गौशाला क्षेत्रबाट पक्राउ गरेको हो ।
गाउँकै रामजानकी मन्दिरको परिसरमा रहेको इनारमा २०७२ साल भदौ १४ गते सबिताको लास फेला परेपछि मृतकका परिवारजनले सभापति महतोलगायत अन्य पाँचजनाको नामै किटान गरी इलाका प्रहरी कार्यालय गौशाला, महोत्तरीमा उजुरी दिएको प्रहरीस्रोतले जनाएको छ ।

घटनाका मुख्य योजनाकार सोही गाउँका रामजीवन राउतलाई प्रहरीले घटनापश्चात् तत्कालै पक्राउ गरेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताउनुभयो । महोत्तरीको सुन्दरपुर घर भएका महतो घटनापश्चात् पक्राउ पर्ने डरले फरार रहँदै आएका स्थानीय बासिन्दाले बताएका छन् ।
महतोलाई कर्तव्यज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक सौरभ सिंह राणाले बताउनुभयो । उनलाई गएराति महोत्तरी ल्याएको र आज अदालतमा बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । अभियुक्त महतो गौशालास्थित नवीन जनसेवा अस्पतालका सञ्चालकसमेत रहेका छन् । रासस
dainiknepal.com
मंगलबार, १२ असोज
जनकपुर । एमाओवादी पार्टी र संसदबाट राजिनामा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले जनकपुर पुगेर नयाा पर्टी खोल्ने घोषणा गरेका छन् ।
मधेशी मोर्चा संवद्ध जनआन्दोलन समितिले आयोजना गरेको सभामा सहभागी हुन् जनकपुर बिमानस्थलमा पत्रकार संग नयाँ पर्टी खोल्ले बताएका हुन् ।
आफु आन्दोनलको लागी जनकपुर नआएको तर मधेसको समस्या समाधानका लागि आएको बताएका हुन् ।
उनले एमाओवादीले मधेसीमा मुद्धालाई धोखा दिएकोले आफु निरन्तर मधेसी समुलायको पक्षमा लड्ने बताए । भट्टराईले केहीबेरमा बाबुराम पक्षका मधेसी नेताले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दैछन् ।
www.nepalsandesh.com

काठमाडौं, १२ असोज । एकीकृत नेकपा माओवादी पार्टी परित्याग गरेका पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले मधेसमा ‘सेफ ल्याण्डिङ’ गरेका छन् । माओवादी पार्टी छोडेपछि बाबुराम पहिलोपटक मंगलबार मधेसको सहर जनकपुर पुगेका हुन् ।
जनकपुर पुगेलगत्तै बाबुरामले मधेसी समुदायलाई उत्तेजित पार्ने अभिव्यक्ति दिएका छन् । सुरुमा आफू आन्दोलनकारी नभई सहजकर्ताका रुपमा मधेस आएको बताएका बाबुरामले पहाडी शासकले मधेसलाई सधै धोका दिएको भनेर उत्तेजित अभिव्यक्ति दिए । जनकपुर विमानस्थलमा ‘सेफ ल्याण्डिङ’ गरेका बाबुरामले भने- ‘म आन्दोलनकारी होइन । मधेसको समस्या समाधानका लागि सहजकर्ताका रुपमा यहाँ आएको हुँ ।’
त्यसलगत्तै उनले पहाडी शासकले मधेसलाई सधै धोका दिएको आरोप लगाए । उनले आफूमाथि पनि अविश्वास भएको बताउँदै पार्टी र संसद्बाट राजीनामा दिएर मधेसी दाजूभाईलाई सहयोग गर्न आएको बताए ।
४५ दिनदेखि मधेसमा भइरहेको आन्दोलनलाई वार्ताबाट समाधान खोज्नुपर्ने बताउँदै उनले मधेसका मुद्दालाई सम्बोधन गर्नका लागि संविधान जारी गर्नुभन्दा पहिले पनि आफूले धेरै पहल गरेको तर, तीनै दलका शीर्ष नेताहरुलाई पटकपटक आग्रह गर्दा पनि कसैले कुरा नसुनेको गुनासो गरे ।
संविधानमा मतदानअघि नै मधेससँग वार्ता गरेर समाधान खोज्न पार्टी अध्यक्ष प्रचण्डलार्इ अनुरोध गरे पनि नमानेको उनको आरोप छ ।यसअघि मधेसी मोर्चाको विरोधका कारण शुक्रबार जनकपुर जाने बाबुरामको कार्यक्रम स्थगित भएको थियो ।
dainiknepal.com
भैरहवा: भैरहवाको सुनौली नाकामा बन्दकर्ता र स्थानीयबीच झडप भएको छ।

नाकामा बसेर स्थानीयलाई समेत आवतजावत गर्न रोक लगाएका प्रदर्शनकारीविरुद्ध स्थानीयले विरोध गरेपछि झडप भएको हो। स्थानीय प्रतिकारपछि दसगजाबाट भाग्दै भारतीय भूमितर्फ अघि बढेका आन्दोलनकारीहरुले नेपालतिर ढुंगामुढा गरेका थिए।

नाकाको अवरोध खुलाउन स्थानीयले बिहानदेखि नै सिमामा प्रतिकार गरिरहेका छन्। स्थानीयको कडा प्रतिकारपछि सोमबार भैरहवा नाका खुलेको थियो। मंगलबारदेखि मधेसी मोर्चाका कार्यकर्ताहरु फेरि नाकामा धर्ना दिएर अवरोध सुरु गरेका थिए।


सिमा ठप्प पार्ने आन्दोलनको नेतृत्व महेन्द्र यादव, सन्तोष पाण्डे, अमप्रकाश यादवले गरिरहेका छन्।
annapurnapost.com
काठमाडौं, १२ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै भारतले अहिले अघोषित नाकाबन्दी गरिरहेको छ ।
अघोषित नाकाबन्दीका कारण भारत सरकारको चर्काे अलोचना भइरहेको छ । देशभित्रैबाट समेत भारत सरकारको नेतृत्व सम्हालिरहेका नरेन्द्र मोदीलाई नेपालमा लगाइएको नाकाबन्दी खोल्न चर्काे दबाब परेको छ ।
विश्वभर र देशभित्रैको चर्काे दबाबका कारण नाकाबन्दी हटाउने मनस्थितीमा मोदी पुगेको दिल्ली स्रोतले जनायो ।

तर, अझैपनि भारत सरकार नाका खोल्न आनाकानी गरिरहेको छ । त्यसको कारण मधेसी मोर्चा । मधेसी मोर्चाका १०/१२ जना कार्यकर्ताको डरले भारतले नाकाबन्दी नखुलाएको स्रोतको दाबी छ ।
माथि राखिएको फोटोमा मधेसी नेता जेपी गुप्तासहित १०/१२ जना नेता कार्यकर्ता सीमा नाकामा धर्ना दिइरहेका छन् । उनीहरुले महोत्तरीमा सीमा नाकामा अवरोध खडा गरेका छन् । मधेसी मोर्चाका यी १०/१२ नेताको धर्नाको कारण भारतले नाकाबन्दी खोल्न डराएको उसले जारी गरेका व्यक्तव्यमा प्रष्टसँग उल्लेख गरिएको छ ।
पछिल्लो समय भारतले जारी गरेका वक्तव्यमा मधेसी मोर्चाको अवरोधका कारण सामग्री ढुवानी गर्न नसकिएको र मधेसको समस्या समाधान गरेमात्रै नाकाबन्दी खुल्ने जनाएको छ ।
उसो १०/१२ जनालाई स्थानीय प्रशासनले लखेटेर सहज रुपमा नाकाबाट सामग्री आयात गर्न सक्छ । तर, भारत यिनै १०/१२ जना मधेसी मोर्चाका नेता कार्यकर्तासँग डराएर नाका खोल्न मानेको छैन् ।
नेपालको संविधानमा असन्तुष्टि जनाएको भारतले मधेसी मोर्चाका १०/१२ नेताको डर मानेरै महोत्तरीका नाका बन्द गरेको हो त ? यो प्रश्न पनि यहाँनेर आउँछ । भारतले नाका खोलिदिए १०/१२ जनालाई तह लगाउन सकिन्छ तर, त्यसो भइरहेको छैन् । यहाँनेर भारतले बहाना बनाएको प्रष्ट देखिन्छ । तर, उसका पछिल्ला वक्तव्यले मधेसी मोर्चाका १०/१२ नेता कार्यकर्तासँग डराएरै नाकाबन्दी खुलाउन नचाहेको देखिन्छ ।
यसो भन्छन् जेपी गुप्ताः
तराई मधेस राष्ट्रिय अभियानका संयोजक जय प्रकाश गुप्ता आज दिउसो जलेस्वर–भिठ्ठामोड बोर्डरमा धरनामा बस्नुभयो । उक्त समयमा उहाँले भन्नुभयो- ‘मधेसी जनता बर्षौदेखि आफ्ना मागहरु राख्दै आएको हो । भारतले त पहिलो पटक मधेसीको मागमा सानो सहानुभूति देखाएको हो । मधेसीको मागलाई भारतको माग भनी गलत ब्याख्या गर्नु भन्दा राज्यले मधेसीको माग पुरा गर्नुपर्दछ ।
त्यसपछि पनि सीमामा नाकाबन्दी भए भारतलाई दोष दिनु ठिक ठहर्छ । मधेसीको मागबाट जनताको ध्यान अन्त लान राज्यले बदनीयत पूर्ण तरिकाले भारतलाई समस्या बताउँदै छ । यसबाट समस्या अझ जटिल बनाएको छ, राज्यले’ गुप्ताले भन्नुभयो ।
dainiknepal.com
काठमाडौं, १२ असोज । नेपाली कांग्रेसका युवा नेता गगन थापाले भारतीय हस्तक्षेपविरुद्ध कडा प्रतिक्रिया जनाउनुभएको छ ।
मंगलबार सामाजिक सञ्जालमा आक्रोश पोख्दै नेता थापाले नाकाबन्दी फिर्ता नलिए भारतले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको हो ।
नेता थापाले भन्नुभएको छ-‘संसारकै ‘ठूलो लोकतन्त्रको’ सानो छिमेकीसँगको यस्तो तुच्छ व्यवहारले हामीलाई सानो दुख हुन्छ, तर अन्ततःठूलोले नै ठूलो क्षति ब्योहोर्नुपर्छ ।’
नजिकको छिमेकी हुँ भन्दै भारतले नेपालीमाथि तुच्छ व्यवहार गर्नु निन्दनीय कदम भएको उहाँको ठहर छ । नेपालमा संविधान जारी भएदेखि असन्तुष्ट भारतले विभिन्न वहाना बनाएर नेपालमाथि अघोषित नाकाबन्दी गर्दै आइरहेको छ ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home