• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मोरङ, ४ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले मोरङको कटहरीमा शुक्रबार विरामी बोकेको एम्बुलेन्समा तोडफोड गरेका छन् ।
रंगेलीवाट विराटनगरतर्फ विरामी लिएर जाँदै गरेको को १ च ७३७९ नम्वरको एम्वुलेन्समा वन्दकर्ताले तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
१०/१२ जनाको संख्यामा रहेका आन्दोलनबारीले ब्न्दमा एम्वुलेन्स चलाएको भन्दै एक्कासी एम्वुलेन्समाथि तोडफोड गरेका थिए । ढुंगा प्रहारवाट सिसा लागेर विरामी बालक समेत घाइते भएका छन् ।
विरामी तथा चालकलाई निस्कने समेत नदिई एम्वुलेन्समा ढुंगा मुढा गरेका थिए । बन्दकर्ताको आक्रमणवाट रंगेली वचत तथा ऋण सहकारी संस्थाको सो एम्वुलेन्सका सवै सिसा फुटेको छन । घटनापछी एम्वुलेन्स चालकहरुले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालय पुगेका छन् ।
dainiknepal
मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासमा गोली चलेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकै सुरक्षामा खटिएका एक प्रहरी जवानले तीन राउण्ड गोली चलाएका हुन् । उनले अटामेटिक राईफलबाट गोली चलाएको बताइएको छ । गोली चलेपछि प्रधानमन्त्री मोदीको सेभन रेसकोर्स रोडस्थित आवासमा कर्मचारीहरुको भागाभाग भएको थियो ।
गोली प्रहारबाट कसैलाई पनि चोट नलागेको र कोही पनि घाइते नभएको बताइएको छ । प्रधानमन्त्रीकै आवास बाहिर गोली चलेपछि दिल्लीमा हंगामा मच्चिएको छ । सुरक्षा निकायका प्रमुखहरु विहानै त्यहाँ पुगेका थिए ।
गोली चलाउने प्रहरी जवानलाई दिल्ली प्रहरीले गिरफ्तार गरेको छ । घटनाको अनुसन्धान भइरहेको नयाँ दिल्ली जिल्लाका डीसीपी जतिन नरवालले बताए ।
dainiknepal
मंसिर ४, २०७२- रोजगारीका लागि जापान आएका गुल्मी रूपाकोट– १ का ३५ वर्षीय रमेश भण्डारीको मृत्यु भएको छ ।

तीन वर्षअघि रोजगारीका लागि कुक भिसामा जापानको ओसाका आएका भण्डारीको टोकियोबाट एक घन्टाको अन्तरमा पर्ने गुम्माप्रान्तको ओता सहरमा बिहीबार मृत्यु भएको हो ।

मृतक भण्डारीको ११ र नौ वर्षका दुई छोरा र एक श्रीमती रूपाकोट– १ स्थित घरमै रहेको र पारिवारिक स्थिति कमजोर भएको भन्दै सहयोगका लागि जापानवासी नेपालीलाई ‘गुल्मेली समाज जापान’ले आग्रह गरेको छ ।

अध्यक्ष शालिकराम भण्डारीले शवको अन्त्यष्टि जापानवासी नेपालीको सहयोगमा ओता सहरकै हामाच्यो अस्पतालमा गरिने बताए  । मनग्य कमाउने आशामा रु १५ लाख खर्चेर ओशाकास्थित एक नेपाली होटलमा आएका भण्डारीले सम्झौताअनुसार तलब नपाएपछि उचित कमाइको आशामा एक वर्षअघि गुन्मा प्रान्तको ओता सहरमा सञ्चालित नेपालीकै होटल पानसमा छिरेका थिए ।

होटल सञ्चालक रवीन कुँवरका अनुसार दैनिकजसो काममा आउने भण्डारी बिहीबार बिहान अबेरसम्म नआएपछि टाउको दुखेको बताएका थिए । अपराह्न १२ बजेसम्म पनि सुधार नभएपछि उपचारार्थ स्थानीय अस्पताल लगिएको थियो । अस्पतालले उपचारकै क्रममा दिउँसो मृत घोषणा गरे पनि कारण भने परीक्षण रिपोर्ट नआएकाले स्पष्ट हुन सकेको छैन ।

दुईसाताअघि मात्र जापानमा भएको सवारी दुर्घटनामा धादिङ जिल्ला कल्लेरी– २ का ३० वर्षीय मनोज खतिवडाको मृत्यु भएको थियो । दुईसाताको अन्तरमा रोजगारीका लागि जापान आएका दुई नेपालीको मृत्यु भएपछि जापानस्थित नेपालीहरू चिन्तित भएका छन् ।


kantipur.ekantipur
कास्की – पोखरामा खाना पकाउने ग्याँसको चरम अभाव भइरहेका बेला ग्याँस बाँड्ने हल्ला चले पनि लाइनमा बस्नुको कुनै औचित्य नभएको एलपी ग्याँस विक्रेता संघ कास्कीले जनाएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रदेखि शान्तिवन वाटिकासम्म ग्याँस पाउने आशामा भन्दै उपभोक्ताहरु केही दिनदेखि दिन रात नभनी लाइनमा बसेपछि संघको गतराती बसेको बैठकपछि विज्ञप्ति जारी गर्दै सो कुरा बताएको हो ।
संघले केही दिन अगाडि पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रवाट आधा सिलिण्डर गृहलक्ष्मी ग्याँस ४ हजार ५ सयवटा वितरण गरेको थियो । पुनः सोही ठाउँमा ग्याँस वितरण हुन्छ भन्ने हल्ल चलेपछि मानिसहरुको घुइँचो लागेको थियो । यद्यपि, संघले हिजो लाइनमा वस्नुको कुनै आधार नभएको बताएको छ । संघले पोखरामा ग्याँस वितरण गर्ने तयारी भएपछि ग्याँस विक्रेताहरु मार्फत विगतमा भै रहेको वितरण प्रणाली अनुसार स्थानीय डिलरहरुबाटै ग्याँस वितरण गरिने भन्दै वरु स्थानीय डिलर कै सम्पर्कमा रहन सर्वसाधारण उपभोक्तालाई अपील गरेको छ । ग्याँस वितरण गर्ने सूचना स्थानीय मिडियामार्फत नै सार्वजनिक हुने भएकोले हल्लाको पछाडि लागेर दुःख नपाउन समेत संघले सबैमा आग्रह गरेको छ । पोखरामा चलेका शक्ति र गृहलक्ष्मी ग्याँस अबदेखि सम्बन्धित ग्याँस कम्पनीका आधिकारीक विक्रेता मार्फत नै बिक्री गरिने समेत संघले जनाएको छ । यसरी संयुक्त विज्ञप्ति जारी गर्नेमा एलपी ग्याँस विक्रेता संघ कास्कीका अध्यक्ष नारायणप्रसाद पौडेल, शक्ति ग्याँस प्रालिका निर्देशक मेघराज पौडेल र गृहलक्ष्मी ग्याँस प्रालिका अध्यक्ष धर्मराज बर्तौला रहेका छन् । यता कास्कीमा केही ग्याँसका वुलेट थपिने वित्तिकै ग्याँस वाँडिने जिल्ला इन्धन आपूर्ति व्यवस्थापन समितिले जनाएको छ । ‘अहिले तत्काल ग्याँस वाँड्ने निधो गरिएको छैन,’ कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले भने ।ratopati
काठमाडौं, ४ मंसिर । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव छन् अर्जुनबहादुर थापा । उनको नागरिकता नेपाली नै छ । नेपालको परराष्ट्र सेवामा लामो समय काम गरेर खारिएका कूटनीतिक भनेर चिनिने उनी पछिल्लो दिनमा भने भारतको असली कारिन्दा बनेको भन्दै सार्क सचिवालय समेत आश्चर्यमा परेको छ । सार्कको अध्यक्ष नेपाल हो । गत मङ्सिरमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलन पछि नेपाल अध्यक्षमा निर्वाचित भएको हो ।
भारतलगायत दक्षिण एशियाका आठ मुलुक यसका सदस्य छन् । भारतले नेपालमा अमानवीय तवरले नाकाबन्दी गरेको छ । तर नाकाबन्दी आफूलाई थाहा नभएको भन्दै उनी आफ्ना निकटस्थहरूसँग गुनामिना गर्दै बस्ने गरेका छन् । भारतले नाकाबन्दी बारे बोले राम्रो नहुने भन्दै थापालाई दिल्ली बोलाएर थर्काएपछि थापा आफूलाई नाकाबन्दी बारे थाहा नभएको बताएर पन्छने गरेका छन् । सार्क सचिवालयमा बसेर नेपालको सबै सूचना भारतीय दूतावासलाई दिने गरेको सचिवालयका एक निर्देशकले नाम उल्लेख नगर्ने शर्तमा बताए । सार्कको अध्यक्ष भएको नाताले नेपालको नाकाबन्दी बारे महासचिव थापाले प्रभावकारी रूपमा अन्तर्राष्ट्रियकरण गर्न सक्थे, तर उनले केही पनि गरेका छैनन् । सार्क सचिवालय पनि त्यति नआउने, नाकाबन्दी बारे चासो पनि नराख्ने एवम् आए पनि सचिवालयमा प्राप्त भएका सूचना सबै लैनचौर पु¥याउने गरेको भन्दै बालुवाटार र परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको छ ।
उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले महासचिव थापाको गलत धन्दाले मुलुकको साख गिरेको भन्दै कारबाही गर्नुपर्नेसम्मको आशय व्यक्त गर्न थालेका छन् । हाल मलेसियाका लागि नेपाली राजदूत रहेका तत्कालीन परराष्ट्र मन्त्रालयका सहसचिव निरन्जनमानसिंह बस्न्यातलाई कपट गरेर राजदूत बनाउन मलेसिया लखेटेपछि थापा महासचिव बन्न सफल भएका थिए । कुनै योग्यता र क्षमता भन्दा पनि चाकडी र चाप्लुसीमा माहिर रहेका थापाले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र तत्कालीन परराष्ट्रमन्त्री माधव घिमिरेलाई मोटो रकम बुझाएर सो पद पड्काएका थिए ।
dainiknepal
काठमाडौं, ४ मंसिर । मधेस आन्दोलनका कारण अवरुद्ध राजमार्ग खुलाउन सरकारले सेना परिचालन गर्ने तयारी गरेको छ । राजमार्ग खुले नाकाबन्दी पनि हट्ने छ ।
सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ ।
विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । नयाँपत्रिका दैनिकमा खबर छ ।
dainiknepal
दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका महासचिव छन् अर्जुनबहादुर थापा । उनको नागरिकता नेपाली नै छ । नेपालको परराष्ट्र सेवामा लामो समय काम गरेर खारिएका कूटनीतिक भनेर चिनिने उनी पछिल्लो दिनमा भने भारतको असली कारिन्दा बनेको भन्दै सार्क सचिवालय समेत आश्चर्यमा परेको छ ।
सार्कको अध्यक्ष नेपाल हो । गत मङ्सिरमा सम्पन्न सार्कको १८ औं शिखर सम्मेलन पछि नेपाल अध्यक्षमा निर्वाचित भएको हो । भारतलगायत दक्षिण एशियाका आठ मुलुक यसका सदस्य छन् । भारतले नेपालमा अमानवीय तवरले नाकाबन्दी गरेको छ । तर नाकाबन्दी आफूलाई थाहा नभएको भन्दै उनी आफ्ना निकटस्थहरूसँग गुनामिना गर्दै बस्ने गरेका छन् । भारतले नाकाबन्दी बारे बोले राम्रो नहुने भन्दै थापालाई दिल्ली बोलाएर थर्काएपछि थापा आफूलाई नाकाबन्दी बारे थाहा नभएको बताएर पन्छने गरेका छन् । सार्क सचिवालयमा बसेर नेपालको सबै सूचना भारतीय दूतावासलाई दिने गरेको सचिवालयका एक निर्देशकले नाम उल्लेख नगर्ने शर्तमा बताए । सार्कको अध्यक्ष भएको नाताले नेपालको नाकाबन्दी बारे महासचिव थापाले प्रभावकारी रूपमा अन्तर्राष्ट्रियकरण गर्न सक्थे, तर उनले केही पनि गरेका छैनन् । सार्क सचिवालय पनि त्यति नआउने, नाकाबन्दी बारे चासो पनि नराख्ने एवम् आए पनि सचिवालयमा प्राप्त भएका सूचना सबै लैनचौर पु¥याउने गरेको भन्दै बालुवाटार र परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले महासचिव थापाको गलत धन्दाले मुलुकको साख गिरेको भन्दै कारबाही गर्नुपर्नेसम्मको आशय व्यक्त गर्न थालेका छन् । हाल मलेसियाका लागि नेपाली राजदूत रहेका तत्कालीन परराष्ट्र मन्त्रालयका सहसचिव निरन्जनमानसिंह बस्न्यातलाई कपट गरेर राजदूत बनाउन मलेसिया लखेटेपछि थापा महासचिव बन्न सफल भएका थिए । कुनै योग्यता र क्षमता भन्दा पनि चाकडी र चाप्लुसीमा माहिर रहेका थापाले तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र तत्कालीन परराष्ट्रमन्त्री माधव घिमिरेलाई मोटो रकम बुझाएर सो पद पड्काएका थिए । रोलक्रममा रहेका बस्न्यातलाई हटाएर आफू एकछत्र रूपमा महासचिव बनेका थापाको गतिविधि भारतलाई सहयोग गर्ने खालको देखिएपछि सार्क सचिवालयमा निर्देशक र कर्मचारी समेत आश्चर्यमा परेका छन् । सार्क अध्यक्ष भएको र भारत सदस्य मात्रै रहेको अवस्थामा महासचिव र सचिवालयको भूमिका महत्वपूर्ण एवम् प्रभावकारी हुनुपर्ने हो । तर उनले आफूलाई नाकाबन्दी बारे थाहा नभएको भन्दै पन्छने गरेपछि नेपालको कूटनीतिक प्रयास फितलो भएको छ । चीनले समेत सार्कमार्फत भारतको गलत धन्दालाई अन्तर्राष्ट्रियस्तरमा पु¥याउनुपर्ने सुझाव दिंदै आएको बुझिएको छ । नेपालले भारतको ज्यादती सार्कमार्फत अगाडि बढाए आफूहरू साथ दिन तयार रहेको पाकिस्तान र बंगलादेशले समेत बताउँदै आएका छन् । तर महासचिव थापा भने आफूलाई केही पनि जानकारी नभएको, सरकारले नभनेको भन्दै आफू बाबुसाहेव जसरी बस्ने गरेका छन् ।आजको जनआह्वान साप्ताहिकमा खबर छ । ratopati
काडमाडौं – कांग्रेस एमालेले एकलौटी संविधान घोषणा गर्न लागेको भन्दै एमाओवादी नेतृत्वको मोर्चाले ०७१ फागुन र चैतमा सडक र सदनको आन्दोलनलाई शसक्त बनाउँदै थियो । यसबीचमा केही दिन नेपाल बन्द भयो, केही दिन उपत्यका बन्द । यता, संविधानसभा भवन आसपासमा भने लगातार प्रदर्शनहरु भइरहे । त्यसैक्रममा मोर्चाले चैत्र २४ गते उपत्यका बन्दको आयोजना गरेको थियो । सो बन्द सफल पार्न एमाओवादीका कार्यकर्ताहरु राजधानीको बिजुलीबजारमा जम्मा भए ।

बिहानै बिजुलीबजारबाट करिब एकदर्जन एमाओवादीका कार्यकर्ता पक्राउ परे, उनीहरुलाई महनगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको थियो । बानेश्वर वृतका डिएसपी दानबहादुर कार्कीको नेतृत्वमा पक्राउ परेका एमाओवादीका अगुवा कार्यकर्तालाई बानेश्वरबाट महेन्द्र पुलिस क्लबतिर लैजाँदै गर्दा बिजुलीबजारमा एमाओवादीसहित ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

त्यतिवेला आन्दोलनकारीहरुलाई बानेश्वरबाट अनामनगर हुँदै महेन्द्र पुलिस क्लवमा लैजान सकिने भए पनि डिएसपी दानबहादुर कार्कीले ‘यिनका अनुहार मैले देखेको छु’ भन्दै बिजुलीबजारकै बाटोबाट भ्यान ल्याउन आदेश दिएका थिए ।
त्यसदिन एमाओवादी नेतृत्वको मोर्चा र प्रहरीबीच बिजुलीबजारमा पटक–पटक झडप भयो । आन्दोलनकारीले प्रहरी भ्यान रोक्न खोजेपछि माओवादीलाई डिएसपी कार्कीले अपशब्द प्रयोग गरे ।

दिनभरको आन्दोलनपछि साँझ पाँच बजेतिर बिजुलीबजारमा आयोजित कोणसभालाई संवोधन गर्न पुगेका एमाओवादी स्थायी समिती सदस्य बर्षमान पुन अनन्तले डिएसपी कार्कीप्रति संकेत गर्दै उनलाई आफ्नो सरकार आएपछि कारवाही गर्ने चेतावनी दिएका थिए । त्यतिवेला अनन्तले भनेका थिए, ‘केही डिएसपी कुनै पार्टीप्रति भक्तिभाव देखाउँदै छन्, तिनको भोलि लखेटिने अवस्था नआओस्,’ मोर्चाको आन्दोनल दमन गरेको र आफ्ना कार्यकर्ता छानीछानी पक्राउ गरेकोमा आक्रोशित हुँदै अनन्तले प्रश्न गरेका थिए, ‘भोलि हामी पनि सत्तामा आउँछौं, त्यतिबेला के गर्नुहुन्छ ? ख्याल गर्नुस्, जनताको नुन खाएर राजनीति नगर्नुस्, यदि इच्छा छ भने बर्दी खोलेर मैदानमा आउनुस् ।’

त्यतिवेला सत्ताबाहिर रहेको एमाओवादी अहिले सत्तामा पुगेको छ । गृहमन्त्री पनि एमाओवादीकै भागमा परेको छ । गृहमन्त्री बनेका पोलिटब्युरो सदस्य शक्ति बस्नेत पनि त्यतिवेला बिजुलीबजारको आन्दोलनमा डिएसपी कार्कीले नियतवश दमन गरेको बारे जानकार छन् ।

कार्कीले त्यतिवेला आन्दोलन दमन मात्रै गरेनन्, तत्कालीन एमाओवादी नेतृ एवं पूर्वमन्त्री हिसीला यमीलाई अस्वभाविक तरिकाले गिरफ्तार गरेका थिए । महिला प्रहरी साथमा हुँदाहुँदै त्यसरी यमीलाई पक्राउ प्रयत्न गरेकोबारे त्यतिवेला माओवादी वृतमा खुव आलोचना भएको थियो ।

एमाओवादीका एक केन्द्रीय सदस्यले कार्कीलाई ‘एमाले झक्त’ को आरोप लगाउँदै उनलाई गृहमन्त्रीले कारवाही गर्नुपर्ने बताएका छन् । तर, कार्कीलाई शक्ति बस्नेतले माफी दिन्छन् वा अनन्तले चेतावनी दिएजस्तै ‘लखेटिन दिन’ निम्त्याइदिन्छन ? हेर्न बाँकी नै छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
ratopati
नाकाबन्दीपछि नेपालमा भारतबिरुद्ध फैलिदै गएको आक्रोसको सामना गर्न भारतीय दुतावासले भारतबादीहरुको मोर्चा बनाउने कसरत थालेको छ । मधेसी र जनजाति अगुवाहरुलाई भारतका पक्षमा उभ्यिाउन र वर्तमान सरकारका बिरुद्ध उतार्न योजनासहित बुधबार राजधानीमा भेला समेत गरेको स्रोतले बताएको छ ।
होटल सांग्रीलामा भारतीय राजदुत रंजित रेले मधेसी, जनजाति र पूर्वराजदुतहरुको भेला गरेका थिए । अति गोप्यरुपमा सम्पन्न गरिएको भेलामा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, नेपालका बरिष्ठ चिकित्सकदेखि अमेरिकाका पूर्वराजदुत समेत थिए ।
नेपालमा फैलिदै गएको भारत विरोधी भावनाको सामना गर्न भारतीय दुतावासले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, भारतका लागि नेपाली पूर्वराजदुत भेषबहादुर थापा, जनजाति नेता पद्मरत्न तुलाधर, डा. भगवान कोइराला, मधेसी आन्दोलनका समर्थक तुलानारायण साह, अमेरिकाका लागि पूर्वराजदुत शंकर शर्मालाई बोलाएको थियो । कार्यक्रममा डा. भगवान कोइराला र अमेरिकाका लागि पूर्वराजदुत शर्माले नाकाबन्दीको खोलेर आलोचना गरेपनि अन्यले भने नाकाबन्दी सही भएको टिप्पनी गरेका थिए ।
डा. कोइरालाले भारतले मानवताबादी अपराध गरिरहेको जिकिर गरेपछि भारतीय राजदुत रे आक्रोसित भएका थिए । ‘नेपालले के खोजिरहेको छ ? किन भारतीय नेताहरुको पुत्ला जलाउने काम भइरहेको छ ? किन भारतबिरोधी अनियन्त्रीत अभिब्यक्ति आइरहेका छन् ?’ राजदुत रेले आक्रोसित हुँदै भने ‘यो सवैको जिम्मेवार नेपाल सरकार हो ।’
कार्यक्रममा उपस्थित भएका कोइराला र शर्मा बाहेक सवैले भारतको पक्षमा वकालत गरे भने नेपाल सरकारको आलोचना गरे । नेपाल सरकारको निकै आलोचना भएपछि कोइराला र शर्मा कार्यक्रमबाट निस्किन खोजेका थिए । तर भारतीय राजदुत रेले ‘अफ दी रेकर्ड’ भन्दै आफ्ना कुरा राख्न आग्रह गरेका थिए ।
दुताबासको कार्यक्रमपछि मधेसी मोर्चाले विराटनगर नाकाबाट औषधी जस्ता अतिआवश्यक बस्तु ल्याउन दिने निर्णय गरेको हो । विहीबार सिंहदरवारमा बैठक बस्नुअघि मधेसी मोर्चाका नेता र भारतीय राजदुतबीच पनि छलफल भएको थियो । छलफल भएलगतै सिहदरवार पुगेका मधेसी मोर्चाका नेताहरुले विहान विद्यालय कलेज खोल्न दिने र दिउँसोको समयमा औषधी, अक्सिजन जस्ता अतिआवश्यक बस्तु ल्याउन दिने निर्णय गरेको स्रोतले बताएको छ ।yeskathmandu
शुक्रबार, ४ मंसिर
काठमाडौं । अत्यावश्यक स्वास्थ्य सेवासमेत प्रभावित हुने गरी भारतले लगाएको नाकाबन्दीको सर्वत्र आलोचना भइरहँदा भारतीय दूतावासले औषधि र उपकरणको सहज आपूर्तिका लागि पहल गर्ने आश्वासन दिएको छ।
राजधानीको सांग्रिला होटलमा बुधबार भारतीय दूतावासले आयोजना गरेको अफ द रेकर्ड अन्तक्र्रियामा सहभागी केही प्रभावशाली चिकित्सकले मान्छे मार्ने कामसमेत भारतको नाकाबन्दीबाट भएको’ बताएपछि नेपालका लागि भारतीय राजदूत रणजित रेले औषधि र उपकरणका लागि रोक नलगाउने आश्वासन दिएका हुन्।
स्रोतका अनुसार अन्तरक्रियामा सहभागी मानवअधिकारकर्मी पद्मरत्न तुलाधरले भारतबाट पूर्ण रूपमा नाकाबन्दी लगाउनुपर्ने र केही पनि नेपाल छिर्न दिन नहुने भन्दै राजदूतलाई आग्रह गरेपछि त्यहाँ उपस्थित डा। भगवान कोइराला आक्रोशित भएका थिए। त्यति नै बेला मधेसी जनताका तर्फबाट सहभागी पूर्वराजदूत विजय कर्णले मधेसीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा अपमानजनक व्यवहार गरिएको आरोप लगाएका थिए।
मधेसी आन्दोलनका अर्का समर्थक तथा पत्रकार तुलानारायण साहले चीनबाट वैकल्पिक आपूर्ति जारी रहे केरुङमा समेत नाकाबन्दी गर्ने धम्की दिएका थिए। स्रोतका अनुसार राजदूत रेले आक्रोशित हुँदै नेपालले के खोजिरहेको छ रु किन भारतीय नेताको पुतला जलाउने काम भइहरेको छरु किन भारतविरुद्ध अनियन्त्रित अभिव्यक्ति आइरहेका छन्रु भन्दै सहभागीलाई प्रश्न गरेका थिए।
अन्तरक्रियाका सहभागीमा सरकारविरोधीहरूको बाहुल्य भए पनि डा। कोइराला र अमेरिकाका लागि पूर्वराजदूत शंकर शर्माले नाकाबन्दीको खुलेरै आलोचना गरेका थिए। कार्यक्रममा सहभागी वरिष्ठ कूटनीतिज्ञ डा। भेषबहादुर थापा भने चुपचाप बसेका थिए।
प्रायोजितजस्तो देखिने अन्तरक्रियामा उपस्थितमध्ये धेरैले सरकारको आलोचना गर्न थालेकाले केही अतिथि असहज मानेर बाहिरिन खोजेको संकेत पाएपछि राजदूत रेले अन्तरक्रिया अफ द रेकर्डु भएको भन्दै खुलेरै नाकाबन्दी र मधेसी आन्दोलनबारे आफ्नो विचार राख्न आग्रह गरेका थिए।
पूर्ण रुपमा नाकाबन्दी लगाउनुस्, केही पनि छिर्न नदिनुस्।९पद्‍‌मरत्‍न तुलाधर,मानवअधिकारकर्मी
डा। सुन्दरमणि दीक्षितले भारतको खासै आलोचना नगरे पनि आफू दिल्ली गएका बेला नेपालले भारतलाई शत्रु बनाउनै खोजको हो त भन्ने प्रश्न धेरै भारतीयले सोधेको बताए। बिरामी छाडेर राजदूतको निम्तो मान्न पुगेका डा। कोइरालाले खुलेरै भारतीय नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण नेपालीले भोगेको पीडा, स्वास्थ्य क्षेत्रमा परेको मर्का र क्षतिबारे बोलेका थिए।
डा। कोइरालासँग सम्पर्क गर्दा ‘अत्यावश्यक सेवा रोकिएमा मधेसका मुद्दा जतिसुकै जायज भए पनि कमजोर हुँदै जान्छु भन्ने आशयको अभिव्यक्ति आफूले दिएको बताए।अन्तरक्रियाको थप विवरणबारे भने उनले बोल्न चाहेनन्। आजको अन्नपूर्णमा समाचार छ ।
nepalsandesh
सरकारले अवरुद्द राजमार्ग खुलाउन सेना परिचालन गर्ने तयारी गरेको छ । सेना परिचालन गर्न सुरक्षा परिषद्ले उपयुक्त समयमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निष्कर्ष पनि सुरक्षा परिषद्को बैठकले निकालेको छ ।

विद्यमान कानुनअनुसार राजमार्गमा सेना परिचालनका लागि सुरक्षा परिषद्को सिफारिसमा राष्ट्रपतिले निर्णय गर्नुपर्छ । नयाँ पत्रिका दैनिकमा खबर छ ।

ratopati
काठमाडौं, ४ मंसिर । असोज ३ गते भारतले नाकाबन्दी गरेयता मुलुकमा नियमितको एक चौथाइजति पेट्रोल भारतले आपूर्ति गरिरहेको छ। तर पनि काठमाडौंको सडकमा ट्राफिक जाम देखिन थालेको छ।
यसअघि धेरै पेट्रोलपम्पमार्फत एकैचोटि पेट्रोलियम पदार्थ बिक्री गरिएको एकाध दिनमात्र सडकमा सवारी चाप देखिन्थ्यो । मुलुकमा दैनिक करिब ३ सय ५० ट्यांकर पेट्रोलियम भित्रिँदै आएकोमा नाकाबन्दीयता दिनमा औसत ८० ट्यांकर भित्रिएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

दुई महिनामा ८८ बुलेट ग्यास भित्रिएको छ । यसअघि दिनमा ५५ बुलेट आपूर्ति हुन्थ्यो । तर पनि उपत्यकामा पेट्रोलियमको हाहाकार कम हुँदै गएको छ । ‘महँगो मूल्य तिर्न तयार हुनुस्, नपाइने केही छैन’, एकजना व्यवसायीले भने ।
ती व्यवसायीले केही दिनअघि जेनरेटर चलाउन २ हजार लिटर डिजेलका लागि एकजनालाई फोन गरे, एकैछिनमा ट्यांकरले एउटा चेम्बर ९२ हजार लिटर० डिजेल खन्याइदियो । मूल्य २ सय रुपैयाँ प्रतिलिटर तिर्नु परे पनि आफूले निर्धारित दर (८० रुपैयाँ लिटर) को बिल पाएको उनले सुनाए।
‘एक सिलिन्डरको ७ हजार ५ सय रुपैयाँ तिर्न तयार भएपछि सिमराबाट एक गाडी (७० सिलिन्डर) ग्यास डेलिभरी भइहाल्यो’, अर्का व्यवसायीले सुनाए । फेरि पनि कालोबजारमा किन्नुपर्ने भएकाले नाम उल्लेख गराउन दुवै व्यवसायी तयार भएनन् ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
रौतहट ।
आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताले नेपाली जनता दलका अध्यक्ष एवं सांसद् हरिचरण साहमाति हातपात गरेका छन् ।
मोर्चा कार्यकर्ताले बिहीबार साहलाई कालोमोसो दल्नुका साथै उनी सवार गाडी तोडफोड गरिदिएका छन् ।
गौरस्थित एक रेडियोमा अन्तर्वार्ता दिएर फर्कन लाग्दा रेडियोको कार्यालय बाहिर लुकेर बसेका मोर्चाका कार्यकर्ताले साहमाथि दुव्र्यवहार गरेका हुन् ।
मोर्चाका कार्यकर्ताले साह सवार बा ५ च ३८४४ नम्बरको गाडी तोडफोड गरेका छन् । साहले आफूमाथिको आक्रमणमा मधेस केन्द्रित दलका जिल्लास्थित प्रमुख नेता नै संलग्न रहेको आरोप लगाए ।
मधेस आन्दोलनलाई बदनाम गराउने नियतका साथ आफूमाथि दुव्र्यवहार भएको उनले बताए । साहले आक्रमणमा संलग्नमाथि कारबाहीको मागसमेत गरेका छन् ।
आक्रमणकारीले मधेसविरोधी संविधानमा हस्ताक्षर गरेको आरोप लगाउँदै हातपात गरेको जानकारी साहले दिए । प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका–संसदमा गत २४ असोजमा भएको निर्वाचनका बेला साहको व्यवहार शंकास्पद देखिएको थियो ।
प्रधानमन्त्रीका उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीको समर्थकमा नाम लेखाएका साह सभामुखले समर्थनका लागि रोष्ट्रममा बोलाउँदा गएनन् । तर साहले अचानक काँग्रेस सभापति सुशील कोइरालाको पक्षमा मतदान गरेपछि धेरैले आश्चर्य मानेका थिए ।
साहमाथि भारतीय दूतावासबाट रकम लिएर कोइरालाको पक्षमा मतदान गरेको आरोप लागेको छ ।
तीन लाख पाउने आश्वासनमा कोइरालालाई मत दिए पनि काँग्रेस सभासद् अमरेशकुमार सिंहले ६० हजार मात्र दिएर टारेको चर्चा संसदमा हुने गरेको छ ।
npkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर ४ गते। शुक्रबार। इश्वी सन् २०१५ नोभेम्बर २० तारिख। नेपाल संवत् ११३६ कछला थ्व। कार्तिक शुक्लपक्ष। तिथि– नवमी, १७:४५ बजेउप्रान्त दशमी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesश्रमको समुचित मूल्यांकन नहुन सक्छ। आम्दानीमा पनि बाधा पुग्ने देखिन्छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च गर्नुपर्ने योग छ। आँटेको काम पनि समयमा पूरा नहुन सक्छ। पढाइलेखाइमा त्यत्ति मन नजाला। धेरै लगानीपछि कम प्रतिफल पाइने र अरूको भरण–पोषणमा खर्च हुने समय छ। मालमत्ता समेत हराउन सक्छन्, सचेत रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerविगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग छ, सचेत रहनुहोस्। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी सामान्य भइरहनेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। मित्रताको बन्धन कसिने बेला छ। दाम्पत्यमा भने असमझदारी बढ्ने समय छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआफ्ना विषयवस्तुमा अरूले अधिकार जमाउन सक्छन्। नगरेका गल्तीको सजाय भोग्नुपर्ला। सरकारी कडिकडाउको सिकार भइनेछ। थिचोमिचो गर्नेहरूले पनि सताउनेछन्। चोरी वा ठगीमा परिने समय छ। आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनुहोला। अनावश्यक दौडधुपमा समय बित्नेछ। फाइदाका लागि योजनाहरू गोप्य राख्न आवश्यक देखिन्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraदिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपारिवारिक भेटघाटको समय छ। टाढिएका आफन्तहरू नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। आत्मीयजनसँग भेटघाट होला। सरसफाइ, वागबगैंचा र जलसम्बन्धी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ। चिन्तन–मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusउद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुन सक्छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesखर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।

काठमाडौं: भारतले चीन र बंगलादेशबाट नेपालमा इन्धन ल्याउन जारी राखेको प्रयासप्रति असन्तुष्टि जनाएको छ।

'चीन र बंगलादेशबाट नेपालले इन्धन ल्याउन लागेको छ नि?' भन्ने सञ्चारकर्मीको प्रश्नमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालले अन्य मुलुकबाट इन्धन ल्याउनुभन्दा मधेसमा जारी आन्दोलन हल गर्नेतिर जोड दिँदा उपयुक्त हुने भन्दै घुमाउरो भाषामा असन्तुष्टि जनाएका हुन्।

आफूअनुकूल नेपालमा संविधान जारी नभएकोमा आक्रोशित भारतले दुई महिनादेखि नेपालमाथि नाकाबन्दी लादेपछि सरकारले यतिबेला छिमेकी चीनसँग व्यावसायिक इन्धन सम्झौता गर्न लागेको छ। तीन साताअघि चीन र नेपालबीच नेपालमा व्यावसायिक इन्धन ल्याउनेबारे 'फ्रेमवर्क समझदारी' पत्रमा हस्ताक्षर भएको थियो।

त्यस्तै बंगलादेशबाट इन्धन भित्र्याउनेबारेमा समेत कूटनीतिक तहमा कुराकानी अघि बढाइएको छ। भारतीय नाकाबन्दी नहट्ने बुझेपछि सरकारले चीनसँग व्यावसायिक सम्झौताका लागि कुराकानी अघि बढाएको हो।

बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकारसम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतले नेपालमाथि नाकाबन्दी नलगाएको दाबी पनि गरे। उनले नेपालको मधेस आन्दोलन अन्त्य भए भारतीय भूमिमा रोकिएका नेपाली ट्यांकर र ट्रक सहज रूपमा नेपाल भित्रिने पुरानै कुरा दोहोर्‍याए।

भारतीय आयल निगमको रक्सौलस्थित डिपोमा इन्धन भर्न गएका नेपाली ट्यांकर इन्धन भर्न नपाउँदा डेढ महिनादेखि भारतीय भूमिमै अड्किएका छन्। भारतीको केन्द्रीय सरकारले भन्सार नाकामा थप कडाइ गर्न सीमा सुरक्षा बललाई निर्देशन दिएका कारण ती ट्रकहरू सीमापारि नै रोकिएका हुन्।

त्यस्तै इन्डियन आयल कर्पोरेसनलाई नेपालका लागि इन्धन उपलब्ध नगराउन भारतको केन्द्रीय सरकारले पुनः निर्देशन जारी गरेको नयाँदिल्लीस्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन्।तर भारतीय विदेश मन्त्रालयका प्रवक्ताले केही सीमानाकाबाट दैनिक ६ सय ट्रक सामान र इन्धनसहित नेपाल भित्रिरहेको दाबी गरे।

वीरगन्जबाहेक अन्य सीमानाकाबाट मालवाहक ट्रक नेपालतिर प्रवेश गरिरहेको स्वरूपले बताए।पत्रकारको प्रश्नमा स्वरूपले नेपालमा औषधि र अत्यावश्यक वस्तुको अभाव देखिएकोबारे भारत जानकार रहेको भन्दै वीरगन्जबाहेक अन्य नाकाबाट अथवा विमानबाट नेपाल पठाउन सकिने बताए। मधेसीको माग पूरा गर्न भारतले निरन्तर नेपालमाथि दबाब दिँदै आएको छ।
annapurnapost
काठमाडौं । बंगलादेश सरकार नेपालसँग इन्धन व्यापार गर्न तयार भएको छ । उसले सरकारी तहमा नै इन्धन आपूर्तिका लागि समझदारी गर्ने प्रस्ताव राखेको छ । भारतले भने सीमा नाकामा रोकिएका औषधिलगायतका अत्यावश्यक सामान रि–रुटिङ गरेर वा हवाई मार्गबाट लैजान नेपाललाई आग्रह गरेको छ ।


भारतले नेपाललाई नाकाबन्दी गर्दै इन्धन लगायतका अत्यावश्यक बस्तु दिन रोकेपछि नेपाल आयल निगमले चीन र बंगलादेशसँग व्यापार प्रक्रिया अघि बढाएको थियो ।

चीनसँग तेल ल्याउने समझदारी भैसकेकाबेला बंगलादेशले पनि सकारात्मक जवाफ दिएको छ । बंगलादेशसँग इन्धन आयातको प्रक्रियाबारे बुझ्न नेपाल आयल निगमका निर्देशक मुकुन्द घिमिरे राजधानी ढाका गएका थिए ।

घिमिरेले भने, ‘नेपाललाई पेट्रोलियम पदार्थ बिक्री गर्न बंगलादेश तयार छ, समझदारी पत्रमा हस्ताक्षर गर्न तयार छौं भनेको छ ।’

नेपाली टोलीले ढाकामा बंगलादेश पेट्रोलियम कर्पोरशन (बीपीसी)का अधिकारीहरुसँग छलफल गरेको थियो । बीपीसीले व्यापारिक सम्झौता भए नेपाललाई डिजेल, पेट्रोल र हवाइ इन्धन उपलब्ध गराउन सकिने बताएको छ ।

तर खाना पकाउने ग्यास भने दिन नसक्ने बीपीसीले जनाएको छ । बंगलादेशमा ग्यासको उत्खनन् निकै कम भएकाले सरकारी तवरबाट ग्यास दिन नसकिने उसको भनाइ छ ।

रि–रुट गरेर वा एयरलिफ्टिङ गरेर लैजाऊ : भारत

यसैबीच भारतले सीमा नाकामा रोकिएका औषधिलगायतका अत्यावश्यक सामान रि–रुटिङ गरेर वा हवाई मार्गबाट लैजान नेपाललाई आग्रह गरेको छ ।

विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा औषधि र पेट्रोलियम पदार्थ रक्सौलबाहेकका नाकाबाट रि–रुट गरेर वा एयरलिफ्टिङ गरेर लैजान सक्ने बताए ।

मधेसी मोर्चाले सीमानाकामा रोकिएका औषधि ल्याउन दिन र स्कूल खोल्न दिन तयार रहेको बताएलगत्तै भारतले पनि यस्तो जवाफ दिएको हो ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता स्वरुपले भारतले नेपालमा नाकाबन्दी नलगाएको दोहोर्याए ।
khabardabali भिडियो हेर्न तलको बाकस थिच्नुहोस
रौतहट: चुरेभावर राष्ट्रिय एकता पाटीले मधेशी मोर्चाका नेता तथा सद्भावना पाटीका अध्यक्ष राजेन्द्र महत्तोलाई भावर प्रदेशमा प्रवेश निषेध गरेको जनाएको छ ।

नेता महत्तोले साम्प्रदायिक दंगा फैलाउन खोजेको , नेपाली जनतालाई एक आपसमा जुधाउन खोजेको आरोप लगाउदै त्यस्ता नेताहरुलाई भावर प्रदेशमा प्रवेश गर्न नदिने निर्णय गरेको चुरेभावर राष्ट्रिय एकता पाटीका केन्द्रिय अध्यक्ष बद्री न्यौपानेले बताएका छन् ।


केन्द्रिय अध्यक्ष न्यौपानेले रौतहटमा पत्रकारहरुसँग कुरा गर्दै धर्तीपुत्र हुँ भन्दै हिड्ने राजेन्द्र महत्तोले भारतीय भुमिमा बसेर नेपालीलाई दुःख दिएको बताउदै उनको चरित्र नेपाली जनताले बुझिसकेको पनि बताए ।

धेरै पटक मन्त्री बनेका महत्तोले साम्प्रदायिक कुरागर्दै हिड्नु हास्यास्पद भएको समेत उनले टिप्पणी गरेका छन् ।

मधेशी मोर्चाका कतिपय नेताहरु सत्तामा बस्दा मधेशका जनताको अधिकारको लागि आवाज नउठाएको आरोप लगाउदै नाकाबन्दिले सवै भन्दा बढी पिडित मधेशका जनता नै भएको उनले बताएका छन् ।

मधेशी मोर्चाले बिगतको सम्झौता कार्यान्वयन हुनुपर्ने माग राख्दै नाकामा धर्ना दिएर जनतालाई दुःख दिनु नेपाली जनता प्रतिको अन्याय भएको अध्यक्ष न्यौपानेको तर्क छ ।annapurnapost
काठमाडौं – भारतीय विदेश मन्त्रालयले भारतले नेपालमाथि कुनै नाकाबन्दी नगरेको बताउँदै नाकाबन्दी भारतले गरेको हो या होइन भन्ने बारेमा नेपाललाई सोध्न आग्रह गरेको छ । विदेश मन्त्रालयको नियमति पत्रकार सम्मेलनमा बिहिबार बोल्दै मन्त्रालयका प्रवक्ता विकास स्वरुपले सो कुरा बताएका हुन् । नेपाल सरकारले भारतलाई अघोषित नाकाबन्दी हटाउन आग्रह गरे पनि भारत मौन रहेको भन्दै पत्रकारले प्रश्न गरेपछि स्वरुपले भारतले कुनै नाकाबन्दी नगरेको कुरा दोहोराए ।
‘समस्या नेपालभित्र रहेको छ । त्यसलाई त्यहाँका राजनीतिक दल तथा सरकारले आन्दोलनरत दलसँग वार्ता गरेर सुल्झाउनुपर्छ,’ उनले भने । स्वरुपले सरकारले तराई मधेशमा देखिएको समस्याको राजनीतिक समाधान गरे नेपालको समस्या समाधान हुने र तराईंमा शान्ति हुनका साथै सीमा क्षेत्रमा देखिएको समस्या समाधान हुने र आपूर्ति समस्या समाधान हुने कुरा राखे । नेपालमा औषधिको अभाव देखिएको बारे स्वरुपले भारतीय पक्षबाट त्यसमा कुनै अवरोध नभएको बताए । ‘नेपाल–भारतबीच हुने दुई तिहाई व्यापार धान्ने रक्सौल नाका नेपाली पक्षबाट नै बन्द छ । नेपाल–भारतबीच रहेका १० नाकामध्ये ७ वटा खुला रहेको छ । जसमा पानी ट्यांकी र सुनौली नाका रहेका छन् । ती नाकाहरुबाट हरेक दिन ४०० देखि ८०० कार्गो ट्रकहरु नेपाल प्रवेश गरिरहेका छन् । ६ हजारभन्दा बढी ट्रकहरु नेपाल छिर्नका लागि सीमामा तयार बसिरहेका छन्,’ उनले भने । स्वरुपले नेपालमा देखिएको औषधिको अभावको बारेमा नजिकबाट नियाली रहेको बताउँदै आफूहरुले नेपाल सरकारलाई औषधि पनि रिरुटिङ गरेर लैजान सक्ने सन्देश पठाइसकेको बताए । ‘यसका लागि भारतले सहयोग गर्नेछ । त्यसको साथै हवाईमार्गबाट पनि औषधि लान सकिनेछ । औषधि व्यवसायीहरुलाई अवरोध नभएको नाका प्रयोग गर्न आग्रह गर्दछौं,’ उनले भने । आज मात्र मधेशी मोर्चाले औषधिलगायत स्वास्थ्य सम्बन्धि सामग्रीहरु बिराटनगर नाकाबाट लैजान दिने बताएको थियो । ratopati
मंसिर ३, २०७२- भारतले नियमित पारवहन/आपुर्तीमा आएको अवरोधका कारण नेपालमा औषधिजन्य सामग्रीको अभाव उब्जिएको बारे ध्यानाकर्षण भएको भन्दै औषधि बोकेका बाहनलाई नाका परिवर्तन (रि–रुट) गर्न र हवाइ कार्गोबाट समेत औषधि लैजान ‘सहजीकरण गरिने’ जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले गर्ने नियमित प्रेस–ब्रिफिङमा प्रवक्ता विकास स्वरुपले धर्नाकारीहरुको अवरोधका कारण नेपाल–भारत ब्यापारमा दुई तिहाइ भार बेहोरेर बसेको प्रमुख नाका रक्सौल (वीरगंज)मा अड्किएर बसेका औषधि बोकेका बाहनलाई ‘रि–रुट’ गर्दै अरु सहज आवागमन भइरहेका नाकाबाट नेपाल लग्न सकिने बताए ।

‘यो अहिले देखिएको समस्या पनि भारतका कारण उब्जिएको होइन, भारतले कुनै प्रकारको नाकाबन्दी गरेको छैन, न घोषित न अघोषित,’ भारतले राख्दै आएको पुरानै अडान दोहोर्‍याउँदै प्रवक्ताले भने, ‘नेपालको मधेशकेन्द्रित आन्दोलन र सिमावर्ती नाकामा जारी रहेको बाधा/अवरोधले गर्दा सहज आपुर्तीमा समस्या उब्जिएको हो । यसैको अर्को क्रममा अहिले औषधिजन्य सामग्रीको अभाव देखिएको हो ।’

प्रवक्ताले नेपालमा देखिएको समस्यालाई ‘बिशुद्ध राजनीतिक’ भन्दै नेपालको यो आन्तरिक मामला रहेकाले नेपाली नेतृत्वले आन्दोलनरत पक्षसँग संवाद गरेरै समस्या समाधान गर्नुपर्ने धारणा दोहोर्‍याए । ‘आन्दोलनकारीका सरोकार सम्बोधन गर्नमा राजनीतिक नेतृत्व सफल भएमा सबै स्थिति सहज बनेर जानेछ भन्ने हामीलाई लागेको छ,’ प्रवक्ता स्वरुपले भने । उनले नाकाकेन्द्रित बाधा/अवरोध नभएका सुनौली (भैरवहा) र पानीट्यांकी (काँकडभिट्टा) नाकाबाट इन्धनसहितका दैनिक ४ देखि ८ सय ट्रक नेपाल ढुवानी भैरहेको जानकारी दिए ।

दुई साताअघि मात्रै रक्सौल नाकामा अड्किएका ग्याँस–बुलेटलाई ‘रि–रुट’ गरेर नेपाल लगिएझैं औषधी बोकेका बाहन पनि नाका परिवर्तन गर्दै लैजान सकिने उनको सुझाव थियो । उनका अनुसार बिभिन्न नाकामा देखिएको बाधा/अवरोधका कारण ६ हजारभन्दा बढी लोडेड–ट्रक सिमावर्ती नाकामा थन्किएर बसेको र यसमा ४ हजार ७ सयभन्दा बढी रक्सौलमा मात्रै अड्किएका छन् ।

नेपालमा देखिएको इन्धन समस्या सुल्झाउन नेपालले हालै चीन तथा बंगालादेशसँग ‘अप्रोच’ गरिरहेको सन्दर्भमा राखिएको अर्को एक जिज्ञासामा प्रवक्ता स्वरुपले भने, ‘अहिलेको राजनीतिक समस्या सुल्झाउन नेपालले कुनै मुलुकसँग ‘अप्रोच’ गरिरहनुपर्दैन, बरु आफ्नै जनतासँग ‘अप्रोच’ गर्नुपर्छ ।’


kantipur.ekantipur
काठमाडौं, ३ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारी निवासमा गोली चलेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार मोदीकै सुरक्षामा खटिएका एक प्रहरी जवानले तीन राउण्ड गोली चलाएका हुन् । उनले अटामेटिक राईफलबाट गोली चलाएको बताइएको छ । गोली चलेपछि प्रधानमन्त्री मोदीको सेभन रेसकोर्स रोडस्थित आवासमा कर्मचारीहरुको भागाभाग भएको थियो ।
गोली प्रहारबाट कसैलाई पनि चोट नलागेको र कोही पनि घाइते नभएको बताइएको छ । प्रधानमन्त्रीकै आवास बाहिर गोली चलेपछि दिल्लीमा हंगामा मच्चिएको छ । सुरक्षा निकायका प्रमुखहरु विहानै त्यहाँ पुगेका थिए ।
गोली चलाउने प्रहरी जवानलाई दिल्ली प्रहरीले गिरफ्तार गरेको छ । घटनाको अनुसन्धान भइरहेको नयाँ दिल्ली जिल्लाका डीसीपी जतिन नरवालले बताए ।
dainiknepal
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा रुपन्देहीले मंसिर ४ गतदेखि फेरि अनिश्चितकालिन बन्दको घोषणा गरेको छ । बन्दको क्रममा मोटरसाईकल र पर्यटक बस समेत चल्न नदिने मोर्चाले जनाएको छ । भैरहवामा पत्रकार सम्मेलनको आयोजना गर्दै मोर्चाको संयोजक महेन्द्र यादवले बन्द अवधि भर भैरहवा–लुम्बिनी सडक खण्ड अन्र्तगत मोटर साइकल र पर्यटक बस समेत गुड्न नदिने बताए ।
मधेशी दलहरुसित भएको २२ बुंदे र ८ बुंदे सहमति भए अनुसार संविधान नबनेको भन्दै १ सय दिन देखि आन्दोलनरत रहेको छ । यसअघि तिहार र छठ पर्वको लागी भन्दै केही दिनलाई मोर्चाले बन्द खुकुलो पारको थियो । पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले कृषि कार्यको लागी प्रयोग हुने यातायातलाई अवरोध नगर्ने जनाए । उनले अबको आन्द्योलन भन्सार, राजमार्ग र पेट्रोलियम पदार्थको तस्करी रोक्नमा केन्द्रित हुने पनि जनाए । सोही कार्यक्रममा बोल्दै मोर्चाको अर्को घटक सदभावना पार्टीका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश यादव (गुल्जारीले)ले अबको दिन भैरहवालाई ठप्प पार्ने बताए । कार्यक्रममा तमलोपाका अजय वर्मा, रामसपा का उमाशंकर यादव, सन्तोष पाण्डे, सरोजकुमार पाण्डे। बिद्या यादव लगायतका नेताहरु उपस्थित थिए । - See more at: ratopati
एक दिन विदा थपियो
काठमाडौँ। मन्त्रिपरिषद्को आजको बैठकले एसियाली विकास बैंकको गरिबी निवारणका लागि जापानी कोषबाट प्राप्त हुने रु एक अर्ब ५७ करोड अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
सो रकम भूकम्प प्रभावित समुदायका लागि विपद् जोखिम न्यूनीकरण तथा जीविकोपार्जन र पुनःस्थापनामा खर्च हुने मन्त्रिपरिषद्का प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधिमन्त्री शेरधन राईले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।
भूकम्पपछि पुनःनिर्माणका लागि दाता राष्ट्रको सम्मेलनमा जापानले प्रतिबद्धता जनाएअनुसार आकस्मिक विद्यालय पुनःनिर्माण र आकस्मिक आवास पुनःनिर्माणका लागि दिन लागेको रु २३ अर्ब चार करोड ऋण सहायता सरकारले स्वीकार गर्ने उहाँले जानकारी दिए ।
भारतले अघोषित नाकाबन्दी गरेका कारण मुलुकले मानवीय सङ्कट व्यहोर्नुपरेको अवस्थामा आपूर्ति प्रबन्धलाई व्यवस्थापन गर्न सबै खालका विकल्प अपनाउने, आपूर्ति भएका ग्यास, इन्धनलगायका वस्तुलाई पारदर्शीरुपमा वितरण गर्ने, कालोबजारी नियन्त्रण गर्ने, एम्बुलेन्स स्कुल बस, दूध तथा पानी बोक्ने सवारीसाधनलार्ई निश्चित पेट्रोलपम्पबाट इन्धन वितरण गर्ने निर्णय बैठकले गरेको छ ।
प्रधानमन्त्रीको कार्यालयका सचिवको संयोजकत्वमा गठन भएको संयन्त्रलाई प्रभावकारी बनाई कालोबजारीयालाई कारबाही गर्ने र प्रत्येक हप्ता सुरक्षा प्रबन्धका साथ सबै विकल्प अपनाएर ग्यास, इन्धनलगायतका वस्तु सबै स्थानमा वितरण गर्ने तथा हरेक हप्ता सर्वसाधारणको जानकारीका लागि ती वस्तुको विवरण सार्वजनिक गर्न सम्बन्धित मन्त्रालयलाई निर्देश गर्ने सो बैठकबाट निर्णय भएको छ ।
मन्त्रिपरिषद्ले निष्कर्षहीन अवस्थामा रहेको भारतसँगको वार्ता प्रक्रियालाई तत्काल नयाँ उचाइबाट निष्कर्षमा पु¥याउन सरकारका तर्फबाट प्राथमिकताका साथ वार्ता प्रक्रियाअघि बढाउने निर्णय पनि गरेको छ ।
यस्तै मुलुक भूकम्पपछि पुनः निर्माणका लागि संसद्मा विचाराधीन अवस्थामा रहेको प्राधिकरण विधेयक पारित नभएसम्म राष्ट्रिय योजना आयोगमार्फत काम तत्काल अधि बढाउने, तातोपानी र केरुङ सडक तत्काल सुचारु गराउन सम्बन्धित मन्त्रालयलाई निर्देश गर्ने, किरात गुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती (कात्तिक २५ गते) का दिन सार्वजनिक बिदा दिने र सबै सार्वजनिक बिदा पुनरावलोकन गर्न गृहमन्त्रालयमार्फत एक कार्यदल गठन गर्न निर्देश गर्ने निर्णय गरेको छ |
nepalsandesh
इन्धन ल्याउन भने समस्या नहुने
सिन्धुपाल्चोक : नेपालले चीनसँग व्यापार गर्ने सबैभन्दा ठूलो तातोपानी नाकाबाट व्यापारिक कारोबार सुचारु गराउन बेइजिङबाट निर्देशन नआउँदा सीमाका चिनियाँ अधिकारी अन्योलमा परेका छन् ।
नेपाल–चीन सीमासुरक्षा वैठकमा सहभागी चिनियाँ अधिकारीले नाका खोल्नेबारे अनभिज्ञता प्रकट गरेका हुन् ।


बुधबार सिमाको न्यालाम काउन्टीमा भएको सिमा क्षेत्रका सरकारी अधिकारीहरुको वैठकमा न्यालामका सिडिओ दु बिङले बेइजिङबाट निर्देशन नआएसम्म तातोपानी नाका खुल्ने मितिबारे केही भन्न नसकिने प्रतिक्रिया दिएको बैठकमा सहभागी नेपाली अधिकारीले बताए ।

सीमा वैठकमा प्रमुख जिल्ला अधिकारी बलभद्र गिरी नेतृत्वको नेपाली टोलीले तातोपानी नाका छिटो सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

चीन सरकारले सिगात्से–खासा सडक सञ्चालनमा ल्याउन सकिने नसकिनेगरेको सर्भे प्रतिवेदनपछि मात्रै नाका सञ्चालन गर्ने विषमा थाहा हुने चिनियाँ अधिकारीले बताएको प्रजिअ गिरीले जानकारी दिए ।

गिरीका अनुसार जतिसक्दो छिटो नाका सञ्चालनमा ल्याउन पहल गर्ने चिनियाँ अधिकारीले प्रतिवद्धता व्यक्त गरेका छन् ।

व्यापारिक कारोबारका लागि सर्भेको प्रतिवेदन कुरेपनि इन्धन ल्याउन भने नाका सञ्चालनमा ल्याउन सक्ने संकेत चिनिया अधिकारीले दिएको वैठकमा सहभागी प्रहरी नायव उपरीक्षक विश्व अधिकारीे बताए ।

अधिकारीका अनुसार चीन सरकारले इन्धन आपूर्तिमा प्राथमिकता दिने अधिकारीहरुले बैठकमा जानकारी गराएका थिए ।

नेपाली टोलीले भारतले गरेको नाकावन्दीका कारण जनजीवन कष्टकर बनेकाले नाका छिटो सञ्चालनमा ल्याएर आपूर्ति सहज बनाउन सहयोग गर्न बैठकमा आग्रह गरेको थियो ।

चिनियाँ टोलीले खासामा भएका सरकारी भवन पुनर्निर्माणमा समय लाग्ने भएकाले सडक सर्भेको प्रतिवेदनपछि न्यालाममै भन्सार सञ्चालन गरेर व्यापारिक कारोबार सुरु गर्ने जानकारी दिएको वैठकमा सहभागी एक अधिकारीले बताए ।

खासामा भूकम्पले क्षति पु¥याएपछि सुरक्षाकर्मीबाहेकका सरकारी कर्मचारी, व्यवसायी र सर्वसाधारणलाई चीन सरकारले सिगात्सेमा स्थानान्तरण गरेको थियो ।

नेपालतर्फका भन्सार, अध्यागमन लगायत कार्यालय साविककै ठाउँमा सञ्चालनमा ल्याइसकेपनि चिन सरकारले अझै लिपिङ र खासामा भएका भन्सार लगायत सरकारी कार्यालय सञ्चालनमा नल्याउँदा आयात निर्यात प्रभावित भएको छ ।

पूर्णरुपमा व्यवसाय सञ्चालनमा ल्याउन केही समय कुर्नुपर्ने देखिएपनि भुकम्प अघि खासाका गोदाममा रहेका नेपाली व्यवसायीको पाँच सय कन्टेनर भन्दा बढी चिनियाँ सामाग्री नेपाल ल्याउने विषयमा भने प्रकृया पूरा हुन लागेकाले छिटै छाड्ने चिनिया टोलीले जनाएको वैठकका सहभागीले बताए ।

सहभागीका अनुसार न्यालामबाट स्थानीय प्रशासनमार्फत नाका सञ्चालनको पहल भएपनि चीन सरकारले स्वीकृति नदिएकाले तातोपानी नाका सञ्चालनमा आउन सकेको छैन ।

नाका सञ्चालन बाहेक सिमा सुरक्षा, तस्करी नियन्त्रण लगायत कार्यमा सहकार्य गर्ने सहमति भएको वैठकका सहभागीले बताए । बैठकमा न्यालामका सिडिओ बिङको नेतृत्वमा न्यालाम पोर्टका कार्यकारी निर्देशक लगायत १९ जना सहभागी थिए ।

नेपालका तर्फबाट प्रजिअ गिरी नेतृत्वमा सुरक्षा निकायका प्रमुख, भन्सार, अध्यागमन, नापी  तथा वन कार्यालय लगायत निकायका प्रमुख सहभागी थिए ।
annapurnapost
बिहीबार, ३ मंसिर
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाले नेपालमा औषधिको चरम अभाव भएपछि बिराटनगर नाकाबाट औषधिजन्य पदार्थ ल्याउन दिनेगरि नाकाबन्दीलाई खुकुलो बनाउने निर्णय गरेको छ ।
बिहीबार बसेको मोर्चाको बैठकले तराईका जिल्लाहरुमा बन्द रहेका विद्यालयहरु बिहानको समयमा खोल्न दिने निर्णय समेत गरेको छ ।
देशभर औषधिको अभाव भएपछि विरामीको मृत्यु हुन थालेको र नेपालमा मानविय संकट उत्पन्न हुने अवस्था आएको भन्दै मोर्चालाई औषधिजन्य पदार्थ आपुर्तिमा रोक नलगाउन सरोकारवाला निकायले आग्रह गरेका थिए ।
nepalsandesh
बिहीबार, ३ मंसिर
काठमाडौं । कुनैबेला डन चरी अर्थात दिनेश अधिकारी प्रहरी इन्काउण्टरमा मारिए लगत्तै गैह न्यायीक हत्या भएको भन्दै रिपोटर्स क्लबमा पत्रकार सम्मेलनदेखि मिडियावाजी गर्दै हिड्ने खुश्बु ओली अहिले चरीको नाम लिन पनि हिच्कीचाउने गरेकी छिन् ।
यती मात्र हैन उनले चरिसँग आफ्नो नाम जोडीदा दुःख लाग्नेगरेको बताएकी छिन् । चरीले अबैध रुपमा कमाएको सम्पत्त लुकाएको आरोपमा प्रहरीले खोजीकार्य गरेपछि उनी सुटुक्क बेलायत लागेकी थिइन् ।
अहिले नेपाल आएकी खुश्बुले आफ्नो विगत कोट्याएर आफुलाई पीडा नदिन आग्रह गरेकी छिन् । उनले यस अघि जे जे भएपनि अब आफु स्वतन्त्र ढंगले जीवनयापन गर्ने सुरमा रहेको उनले बताइन् ।
उनले अब आइन्दा चरीसँग नाम जोडेर आफुसँग कुराकानी नगर्न चेतावनी समेत दिएकी छिन् । गत वर्ष २१ साउनमा काठमाडौंको भिमढुंगामा चरिको इनकाउण्टरमा मृत्यु भएको थियो ।
चरीकी प्रेमिका खुश्बु विशालनगरमा सेल्टर नामक बाल गृह चलाउँदै आएकी थिइन् । उनको उक्त घर भूकम्पले भत्काएसँगै सितापाइलामा उस्थायी क्याम्प बनाएर १७ जना बालबालिकालाई पालेकी छिन् भने अब नेपालमै बसेर सामाजिक कार्यगर्ने उनले बताएकी छिन् ।
nepalsandesh
काठमाडौं, मंसिर ३ । राजधानीमा आज विभिन्न आठ वटा ग्यास कम्पनीले सर्वसाधारणलाई ग्यास वितरण गरेका छन् ।
नेपाल ग्यास, एभरेष्ट ग्यास, तारा ग्यास, नारायणी, हिमाल, सिद्धार्थ, राजधानी र लोकप्रिय ग्यासले आज ग्यास वितरण गरेका हुन् । नेपाल ग्यासले २६ स्थान, ताराले ९ स्थान र एभरेष्टले ३९ स्थानबाट ग्यास वितरण गरेका छन् ।
style="text-align: justify;">ग्यास कम्पनीहरुले तीन चरणमा ग्यास वितरण गर्ने बताएका छन् । यीमध्ये अधिकांशले आधा सिलिण्डर र केहीले पूरै सिलिण्डर ग्यास बाँडेका छन् ।
ग्यास लिन चाहनेहरुको लाइन भने निकै लामो रहेको छ ।
imagekhabar
बिहीबार, ३ मंसिर
जापान । जापानमा रहेका नेपालीहरुमाथि आइपर्ने आपतकालीन समस्या समाधानकालागि एनआरएन जापानले राहतकोष स्थापनालाई तिब्रता दिएको छ ।
यसकालागि एनआरएन जापानले मह जात्रा–२०१५ को आयोजना गर्ने भएको छ । जापानमा रहेका नेपालीहरुलाई अपरझट् रुपमा आइपर्ने समसया समाधान गर्नका लागि एनआरएन जापानले राहत कोष स्थापना गर्ने तयारी गरेको हो ।
आपतकालीन राहत कोष स्थापनाकालागि आयोजना गर्न लागिर्एको च्यारिटी शोमा नेपालका ख्यातीप्राप्त हास्य कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको सहभागिता रहने छ ।
आगामी जुन २० तारेखमा टोकीयोमा उक्त कार्यक्रमको आयोजना गरिने आयोजकले जनाएको छ । कार्यक्रममा मह जोडीका साथै अन्य चर्चित कलाकारहरुको पनि सहभागिता रहने छ ।
कार्यक्रममा चर्चित गायिका आस्था राउत, पुर्व मिस टिन प्रियंका कार्की, यमन श्रेष्ठ, मोहीत आचार्य, नरेन्द्र कंशाकार, बमबहादुर कार्की र क्रिकेटर पारस खड्का लगायतका चर्चित कलाकर्मी तथा मोडलहरुको सहभागिता रहने एनआरएन जापानका अध्यक्ष मधुसुदन थापाले नेपाल सन्देशलाई जानकारी दिए ।
उक्त कार्यक्रमबाट उठेको रकम एनआरएन जापानले स्थापना गर्ने आपतकालीन राहत तथा उद्दार कोषमा जम्मा गरिने थापाले बताए ।
कार्यक्रमको प्रचार प्रसारमा सक्रिया सहयोग गर्न एनआरएन जापानले जापानमा रहेका नेपालहिरुको विभिन्न संघ संस्थाहरुलाई आह्वान समेत गरेको छ । एनआरएन जापानका पारशमणी पोखरेलका अनुसार उक्त कोष ५ करोड जापानी ऐनको हुनेछ ।
nepalsandesh
एजेन्सी : तीन साताअघि इजिप्टमा आइएआइएसले खसालेको रुसी विमानबारे नयाँ तथ्य बाहिर आएको छ ।

आइएसआइएसले रुसी विमान खसाल्न प्रयोग गरिएको जुसको क्यान र त्यसमा जडान गरिएको बमको तस्बिर आफ्नो म्यागजिनमा सार्वजनिक गरेको हो ।


उसले सोही जुसको क्यानमा डेटोनेटर जडान गरेर २२४ यात्रुसहितको रुसी विमान खसालेको दाबी गरेको हो ।

आतंकवादी संगठन आइएसआइएसले रूसी जहाज खसालेपछि खुसीयाली मनाइरहने क्रममा जहाज खसाल्न प्रयोग जुसको क्यानको तस्बिर सार्वजनिक गरेपछि त्यसबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् ।

उसले आफ्नो अलाइन म्यागजिन 'दाकिब' मा रूसी जहाजमा बम राखेको जिम्मेवारी लिएको छ ।

सार्वजनिक गरिएको तस्बिरमा आइएसआइएसले दाबी गरेअनुसार रूसी जहाज क्यान बममार्फत विस्फोट गराइएको जनाइएको छ ।

रुसी जहाज ३१ अक्टोबरमा इजिप्टको शर्म अल शेख रिसोर्टबाट उडान भरेको २३ मिनेटपछि दुर्घटना भएको थियो ।

आइएसको दाबी अनुसार इजिप्टमा एयरपोर्टका सुरक्षाकर्मीलार्इ छलेर जहाजमा बम राखिएको थियो ।

 आइएसआइएसले यही क्यान बमका कारण जहाज विस्फोट भइ दुर्घटनामा परेको जनाएको छ । यो जुसको क्यानमा करिब एक किलो ५ सय ग्रामको विस्फोटक राखिएको थियो ।

१८ नोभेम्बरमा रूसको फेडरल सेक्युरिटी सर्भिसका निर्देशक अलेक्जेन्डर बोर्टनिकोभले बताए अनुसार जहाजमाबम राखिएको थियो ।

त्यसपछि राष्ट्रपति भ्लादिमिर पुटिनले आतंकवादीको खोजीखोजी ज्यान लिन भनेका थिए । यसैबीच रुसी सरकारले आतंकवादीबारेमा जानकारी दिनेलार्इ करिब ४ अर्ब रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

३१ अक्टोबर बिहान ६ बजेर ५१ मिनेटमा रूसक एयरबस ए-३२१ उडान नम्बर ७के९२६८ जहाज शर्म अल-शेखबाट उडेको थियो ।

यो जहाज सोही दिन मध्यान्ह १२ बजेर १० मिनेटमा रुसको सेन्ट पिटर्सबर्गको पुलकोभो एयरपोर्टमा अवतरण हुनुपर्ने थियो ।

यो जहाजमा सात चालक दलका सदस्य, १७ जना बालकसहित २२४ यात्रु थिए । एयरपोर्टबाट उडान भरेको २३ मिनेटपछि यो प्लेन गायब भएको थियो । रुसकै कोलेभिया एयरलाइन्स यो जहाजमा अधिकांश रसियन पर्यटक सवार थिए ।
annapurnapost
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home