• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २५ मंसिर । विश्वकै शक्तिशाली राष्ट्र मानिएको संयुक्त राज्य अमेरिकाले भारतको मजाक उडाएको छ ।
नेपालमाथि नाकाबन्दी लगाइरहेको भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको अलोचना गर्दै अमेरिकाको चर्चित पत्रिकाले मजाक उडाएको भारतकै सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको चर्चित पत्रिका न्यूयोर्क टाइम्सले जलवायु सम्मेलनमा भारतको नीतिमाथि टिप्पणी गर्दै अलोचनात्मक कार्टून छापेर मजाक उडाएको हो । कार्टूनमा भारतलाई जून तरिकाले देखाइएको छ त्यो व्यंग्यात्मक भन्दा पनि आपत्तिजनक रहेको भारतीय सञ्चारमाध्यमको टिप्पणी छ ।
हाल फ्रान्सको पेरिसमा जारी विश्व जलवायु सम्मेलनमा ‘विकसित देश, जसको यहाँ प्रतिव्यक्ति कार्बन उत्सर्जनको दुस्प्रभाव धेरै छ, उनीहरुले धेरैभन्दा धेरै उत्सर्जन कटौती गर्नुपर्छ । जसले विकासशील देशमा असर नपरोस ।’ भन्ने भारतको नीति रहेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पेरिस जलवायु सम्मेलनमा दिएको भाषणमा भनेका थिए- भारत विकासशील देश हो र हामीलाई विकासको मौका दिनुस् । तर, विकसित देश भारतलाई राहत दिन तयार छैनन् । तर, अमेरिका भन्छ- भारतको नीतिले जलवायु सम्मेलनमा ठोस सम्झौता हुने देखिन्न् ।

न्यूयोर्क टाइम्समा छापिएको कार्टूनमा भारतलाई एक हात्तिका रुपमा देखाइएको छ, जो पेरिस जलवायु सम्मेलनको रेल अगाडी रल्वेसडकमा अडेर बसेको छ । कार्टूनको शीर्षक छ- पेरिस जलवायु सम्मेलनमा भारत । कार्टूनमा जो रेल देखाइएको छ, त्यसमा कोइलाको इञ्जन लगाइएको छ अर्थात यो कार्बन उत्सर्जनको प्रतीक हो ।
कार्टूनले भारत आफू कोइलाबाट कार्बन बढाउने र अरुलाई उत्सर्जन गर्ने अडान राख्ने भनेर अलोचना गरेको छ । कार्टूनको मुख्य सन्देश भनेको कार्बन उत्सजर्नका लागि भारत पनि जिम्मेवार छ ।
न्यूयोर्क टाइम्सले यसअघि पनि काटूनबाटै अमेरिकाको आलोचना गरेको थियो
dainiknepal
शुक्रबार, २५ मंसिर
सरकारले राष्ट्रघात गरि भारतीय कम्पनीलाई सुम्पिएको आरोप
संखुवासभा । सशस्त्र संघर्ष गर्ने भन्दै अघि बढेको विप्लव माओवादीले अरुण ३ जलविधुत परियोजनामा राष्ट्रघात भएको र सो परियोजना भारतले एक लौटी कब्जा गरेको भन्दै बुधवार राति आगो लगाएको छ ।
बुधवार लगाएको आगो आज सम्म निभ्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय संखुवासभाले घटनास्थलमा आगो निभाउन  प्रहरी टोलि खटाए पनि आगो अहिले सम्म निभ्न सकेको छैन ।
आगजनीको कारण ठुलो क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  नेपालमा विधुत आपूर्ति सहज गराउन अरुण ३, माथिल्लो कर्णाली र उपल्लो मर्स्याङ्दीजस्ता विश्वकै सस्ता र राम्रा नेपाललाई नभई नहुने जलविद्युत आयोजनाहरु हुन् ।
जसमा पनि सरकारले राष्ट्रघाती सम्झौता गरेर भारतलाई सुम्पिएको हो भन्ने माओवादीको ठहर रहेको छ   । विप्लव माओवादीले राष्ट्रघाती सम्झौता तुरुन्त खारेज गरियोस भनेर पटक पटक ज्ञापन पत्र र धर्ना समेत दिएको थियो ।
पटक पटक जानकारी गराउंदा पनि नमानेपछि पार्टीको अगुवाईमा जनताले आगो लगाएर प्रतिकार गरेका हुन् विप्लव माओवादीका एक केन्द्रिय सदस्यले नेपाल सन्देशलाई बताए ।
nepalsandesh
सम्माननीय प्रधानमत्री नरेन्द्र मोदी ज्यू

 भारत सरकार

नमस्कार…..

     मैले कहाँबाट र कसरी शुरु गरौ? कुन शब्दले तपाईंलाई सम्बोधन गरौ त्यो शब्द नै पाएन? छिमेकी सबैका हुन्छन् मान्छेका छिमेकी हुन्छन्, गाउका टोलका छिमेकी हुन्छन्, देशका पनि छिमेकी हुन्छन्, छिमेकी सबै बराबर हुदैनन् कोई सबै चिजले परिपुर्ण हुन्छन्, कोई अलि कमजोर भनौ या सबै चिजले परिपुर्ण हुदैनन्, कोई ठुला हुन्छन् कोई साना हुन्छन्, सबै चिजले परिपुर्ण ठुलाले सानालाई सहयोग गर्नु एकदमै राम्रो कुरा हो, तर सहयोग गरे भन्दैमा आफुले भनेको मान्नै पर्छ आफ्नै ईशारामा चल्नु पर्छ भन्दै ठुलाले सानालाई हेपचेप गर्नु जरुरी छैन र त्यो कदापि सहन सकिन्न ।

नेपालको संविधान घोषणा हुन केहि दिन पहिले तपाईंले विशेष दूत पठाएर संबिधान रोक्ने अनेकौ कोशिस गर्नु भयो तर तपाईंको त्यो कोशिस अशफल भयो, २०७२ असोज ३ गते संविधानसभाबाट ९० प्रतिशत भन्दा बढी मतले पारित नेपालको नयाँ संविधान जारी भएपछि तपाईंको सरकारले आफ्नो भने जस्तो संबिधान नबनेकोले केहि कुरामा असन्तुष्टि जनाउदै आफुले चाहे जस्तै मनमानी संबिधानका केहि बुदा संसोधन गर्न दबाद दियो, तर हाम्रो देशका नेताहरुले तपाईंको सरकारको दबादमा नझुके पछि अघोषित नाकावन्दी लगाईयो । र मधेशबादी दलहरुलाई भड्काएर आफुले समर्थन गर्दै हिंसात्मक आन्दोलन गर्न लगाईयो ।

झापा, मोरङ, सुनसरी देखि कैलाली, कञ्चनपुर सम्मको भुभागलाई मधेस प्रदेश र थारुवान थरुहट प्रदेशको माग गर्नु लगाएर वर्षौं देखी मिलेर बसेका सोझा-साझा जनताहरुलाई भ्रममा राखेर उचाल्दै भड्काएर साम्प्रदायिक फैलाउने काम गर्‍यो, यो अधिकार छिमेकी तपाईं र तपाईंको सरकारलाई कसले दियो?

मधेशी दलहरुले गरी रहेको हिंसात्मक आन्दोलनको कुनै औचित्य नै छैन, त्यो हिंसात्मक आन्दोलन न त देशको हितका लागि गरिदैछ? न त मधेशी जनताको हितका लागि? गरिदैछ त केवल भारतको ईशारामा संविधानसभाको दोस्रो निर्वाचनमा मधेसी जनताहरुबाटै पराजित केहि देशद्रोही नेताहरुले आफ्नो ब्यक्तिगत स्वार्थ पुरा गर्न सोझा-साझा मिलेर बसेका जनताहरुलाई भड्काएर साम्प्रदायिकता फैलाउदै देशलाई विखण्डन गर्नका लागि मात्रै गरिदैछ । त्यसैले मधेशमा भई रहेको हिंसात्मक आन्दोलन अलोकतान्त्रिक र अमानवीय छ । विदेशी भूमिबाट मातृ भूमिमा ढुंगा मुढा बर्साउन लगाउनेहरू स्वाभिमानी नेपाली हुनै सक्दैनन्, विदेशीको दानापानी र पैशा खाएर सञ्चालित हिंसात्मक आन्दोलन कुनै पनि हालतमा नेपालीको हितका लागि गरिएको होईन भन्ने कुरा प्रष्ट छ  ।

अर्को कुरा तपाईं एक प्रधानमन्त्री भएको नाताले छिमेकी मुलुकमा (तपाईंले आफ्नै ईशारामा गराउदै आउनु) भएको हिंसात्मक, अलोकतान्त्रिक र अमानवीय आन्दोलनका बारेमा जे कुरा गर्नु थियो राष्ट्रप्रमुख या सम्बन्धित मन्त्रालय सँग भेटबार्ता गरेर गर्नु पर्ने हो, तर तपाईंले मधेशबादी नेताहरुलाई दिल्ली बोलाउनु को अर्थ के? यो सबै स्वाभिमानी नेपालीहरुलाई राम्ररी थाहा छ, तपाईं सँग यसको जवाफ छ?

‘मुखले राम राम बगलीमा छुरा’ भनेझै तपाईं र तपाईंका चम्चाहरुले नाटकिय ढंगबाट आफुले छिमेकी नेपाललाई आफ्नो सानो भाई जस्तै मानेका छौ, सधैं शान्त, समृद्ध हेर्न चाहन्छु भन्नु हुन्छ र भन्नु लगाउनु हुन्छ, तर तपाईंले सोहि कुरालाई ब्यबहारमा किन उतार्नु सक्नु हुँदैन? किन अघोषित रूपमा लगाएको नाकाबन्दी हटाउनु पहल गर्नु हुँदैन? यसबाट के कुरा स्पष्ट हुन्छ भने तपाईंले कुनै पनि हालतमा हाम्रो देशलाई शान्त र प्रगतीमा लम्की रहेको देख्नु चाहनु हुन्न ।

‘आफ्नो शरीरको भैंसी नदेख्ने अरुको शरीरको जूम्रा देख्ने’ भने झै यदि संबिधान संसोधन गर्नु नै पर्ने हो भने पहिले तपाईंले आफ्नो देशको संबिधान संसोधन गरेर देखाउनुहोस्, जहाँ काश्मिरलाई अलग राज्य बनाउनुका लागि वर्षौं देखी निर्दोषले ज्यान गुमाउदै आएका छन्, दार्जिलिङ अलग गोर्खाल्याण्ड प्रदेशको माग गर्दै आन्दोलन चलेको दशक भईसक्यो र त्यस आन्दोलनका दौरान निर्दोष नागरीकहरुले ज्यान गुमाई सकेका छन्, के तपार्इं अलग काश्मिर र गोर्खाल्याण्डको समर्थन गर्दै भारतको संविधान संशोधन गर्न सक्नु हुन्छ? कदापी सक्नु हुन्न । त्यसैगरि हामी नेपालीहरुले पनि तपाईंको ईशारामा आन्दोलन गर्ने मधेशबादी दलका बिना अर्थका माग पुरा कदापी गर्न सक्दैनौं ।

स्मर्णिय रहोस् तपाईं कै गृहराज्य गुजरातमा २७ फेब्रुअरी २००२ मा तपाईं नै तत्कालीन मुख्यमंत्री हुँदा हजारौ भन्दा बढी मुश्लिम मारिनुका साथै निर्दोष मुश्लिमहरुमाथि हत्या, हिंसा भएको, अबोध बालबालिका र निर्दोषहरुलाई पेट्रोल छर्केर जिउँदै जलाईएको बिर्सनु भए जस्तो छ? लाखौं मुसलमानहरु आफ्नो गृहनगर गुजरात छोडेर भाग्न बाध्य भएका पनि यति छिट्टै भुल्नु भएछ? तपाईंलाई त्यहि गुजरात दंगामा सन्लग्न  भएको भन्दै विश्वभरी नै ठुलो आलोचना भएको थियो भने अमेरिकाले लामो समय सम्म आफ्नो देशको भीसा सम्म दिएको थिएन?

र भरखरैको ताजा घटना तपाईंको गृहराज्य गुजरातमा पटेल समुदायले भारतीय संविधानमा उनीहरुलाई आरक्षणको माग राखेर आन्दोलन गर्दा कयौ सर्बसाधारण र निर्दोष जनताको ज्यान गएको थियो । तपाईंले उनीहरुका माग किन पुरा गर्न सक्नु भएन?

तसर्थ यदि तपाईं लोकतन्त्रलाई मान्नु हुन्छ भने र छिमेकी राष्ट्रलाई शान्त, समृद्ध, प्रगतिमा लम्केको हेर्न चाहन्छु हुन्छ भने ९० प्रतिशत भन्दा बढी मतले पारीत भएको नेपालको नयाँ संविधानलाई ढोगेर स्वागत गर्नुहोस् । तपाईंले ईतिहासमा कहिल्यै नझुकेको नेपाली स्वाभिमान झुकाउने अनुचित प्रयास गर्दै नगर्नुहोस् । चेतना भया………

ratopati
शुक्रबार, २५ मंसिर
पुनर्वास (कञ्चनपुर), २५ मङ्सिर । नेपालको सहमतिबिनै पुनर्वासको परासनस्थित नेपाल–भारत दशगजामा भारतीय वन विभागले माटो थुपारी तीन मिटर अग्लो आली बनाउन सुरु गरेको छ ।
परासनको बीचफाँटास्थित नेपाल–भारत सीमा स्तम्भ नं १९१ देखि १९४ सम्म करिब तीन किमी लम्बाइको माटो बाँध बनाउन सुरु गरिएको छ ।
दशगजा क्षेत्रमा कुनै पनि संरचना बनाउँदा भारतीय पक्षले नेपाली पक्षसँग सहमति गर्नुपर्ने हो सीमा क्षेत्रमा भारतीय पक्षले बनाइरहेका बाँधजस्तो देखिने आलीका सम्बन्धमा जानकारी लिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद अर्यालले बताए ।
पुनर्वास नगरपालिकाको वडा नं १ मा पर्ने यस क्षेत्रमा विगतदेखि नै भारतीय पक्षले बेलाबेलामा सीमा अतिक्रमण गरिरहेको स्थानीय बासिन्दा बताउँछन् । दुई देशीय सीमा क्षेत्रमा कुनै एक पक्षले कुनै पनि संरचना बनाउन नपाइने अन्तर्राष्ट्रिय मान्यता भए पनि बीचफाँटाको दशगजामा भारतीय पक्षले बेलाबेलामा मनोमानी गरिरहेको सीमा क्षेत्रका जानकार कुबेर नाथ बताउछन् ।
नेपाल भारत सीमा स्तम्भमा भारतीय पक्षले तीन मिटर अग्लो बाँधजस्तो देखिने संरचना बनाए पनि नेपाली पक्षले रोक्न समयमा पहल नगरेपछि समस्या बल्झिरहेको समाजसेवी अमरजन साउदको भनाइ छ ।
परासनको बीचफाँटामा भारतले २०६० देखि पटकपटक सीमाको अतिक्रमण गरिरहेको र अहिले आएर फेरि दशगजा नै मिचिने गरी बनाएको बाँध जस्तो संरचनाबारे संसद्को ध्यानाकर्षण गर्न पहल गर्ने क्षेत्र नं १ का सभासद् दिवानसिंह विष्टले बताए ।
नेपाल सरकारले यहाँको सीमा क्षेत्रको वैज्ञानिक रूपमा खोज र दशगजा निर्माणमा पहल नथाल्दा सीमा व्यवस्थित हुन नसकेको दुःखेसो स्थानीयवासीको रहेको छ ।
nepalsandesh
काठमाडौं । चर्चित गायिका ज्योती मगरको लभस्टोरी सार्वजनिक भएको छ ।
उनले आफ्नो लभस्टोरी म्यूजिक भिडियोमार्फत सार्वजनिक गरेकी हुन् ।
‘केटाहरुलाई गोली ठोक्नु पर्ने’ भन्दै ज्योती मगरले हर्के हल्दारलाई धोका दिएकी छिन् भने दिनेश थापाले ज्योतीलाई धोका दिएका छन् ।
dainiknepal
प्रतिलिटर दुई सय रुपयाँ
काठमाडौं: बौद्धका सन्तोष रेग्मी बिहीबार निकै प्रसन्न देखिन्थे। नाकाबन्दीयता सधैंजसो प्रतिलिटर तीन सयदेखि तीन सय ५० रुपैयाँसम्म तिरेको पेट्रोल हालेर मोटरसाइकल गुडाएका उनले अहिले ब्ल्याक मार्केटमा पनि दुई सय रुपैयाँमै पेट्रोल पाएका छन्।


महँगो मूल्य तिरेर भए पनि पेट्रोल किन्नैपर्ने उनको बाध्यता छ। सानोभर्‍याङस्थित एक निजी कलेजमा होटेल म्यानेजमेन्ट विषय पढाउने उनलाई बिहान ६ बजे कलेज पुगिसक्नुपर्छ।

बौद्धदेखि सार्वजनिक यातायातमा बिहान ६ बजे नै सानोभर्‍याङसम्म पुग्न निकै कठिन हुने भएपछि तीन सय ५० रुपैयाँ तिरेर भए पनि काम चलाउँदै आएका उनलाई एकजना साथीले गत सोमबार दुई सय रुपैयाँमै पेट्रोल दिने ठाउँ बताइदिएका थिए। सोही अनुसार उनी बल्खुस्थित एउटा छाप्रोमा पुगे, जहाँ उनले साथीले भनेअनुसार नै प्रतिलिटर दुई सय रुपैयाँमै पेट्रोल फेला पारे।

नाकाबन्दीपछि एक लिटरको चार सय रुपैयाँसम्ममा लुकीछिपी पेट्रोल बिक्री गरेका त्यहाँका कारोबारीले अहिले भाउ घटाएर दुई सय रुपैयाँकै दरमा बिक्री गर्न थालेका रहेछन्। तर, दुई सय रुपैयाँमा तेल पाउन न्यूनतम ६० लिटर तेल उठाउनै पर्ने विक्रेताले सन्तोषलाई सुनाए।

६० लिटर एकैपटक उठाउनुपर्ने थाहा पाएपछि उनले आफ्ना साथीहरूलाई त्यहींबाट फोन गरे। साथीहरू दुई सय रुपैयाँका दरले पेट्रोल लिन तयार भएको बताएपछि उनले ६० लिटर तेल लिन तयार भए अनि बुधबार चारजना साथीसहित सोही छाप्रोमा पुगेर मोटरसाइकलमा पेट्रोल भरे, बाँकी तेल जर्किनमा राखेर घरसम्म पुर्‍याए।

'अब केही समयका लागि ढुक्क भयो । तीन सय ५० रुपैयाँसम्म तिरिरहेको अवस्थामा एक्कासि दुई सयमै पाइँदा त निकै सस्तो अनुभव भइरहेको छ', उनले बिहीबार भने।ब्ल्याक मार्केटमा एकाएक भाउ घट्नुमा नाकाबन्दी खुलिहाल्छ कि भन्ने त्रास मुख्य कारण रहेको यस्तो कारोबारीमा संलग्नहरू बताउँछन्।

आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण ठूलो परिमाणमा नाकाबाट अवैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरू डराएका हुन्। यसबाहेक पछिल्ला दिनमा प्रहरीले खानतलासी बढाएकाले अवैध तरिकाबाट तेल ल्याएर भण्डारण गरिरहेकालाई छापामारीको त्रास बढेको छ।

सञ्चारमाध्यममा नाकाबाट अधिक मात्रामा तेल तस्करी भएका समाचार आउन थालेपछि प्रहरीको सक्रियता बढेको छ । नागढुंगा र थानकोटमा प्रहरीले तेल ल्याएका केही बस खानतलासी गरेर नियन्त्रणमा लिएको थियो।
ब्ल्याक कारोबारीबीच अस्वस्थ प्रतिस्पर्धा बढेकाले भाउ घटेको हो। आन्दोलनरत मधेसी मोर्चाले नाकाबन्दी खुल्न सक्ने संकेत गरेका कारण पनि अवैध तरिकाले तेल भित्र्याएर भण्डारण गर्नेहरू डराएका छन्।
तीनथानास्थित एकजना कारोबारीका अनुसार पछिल्लो समय तेल ब्ल्याकमा बेच्ने कारोबारमा लाग्नेको संख्या निकै बढेको छ। तेल कारोबारमा निकै फाइदा हुने थाहा पाएपछि यति बेला फुटकर व्यापार गर्ने धेरैको धन्दा तेलको ब्ल्याक कारोबार भएको छ।

ब्ल्याक मार्केटमा समेत अस्वस्थ प्रतिस्पर्धा बढेकाले पनि भाउ ह्वात्तै घटेको उनी बताउँछन्। काँकडभिट्टा र चितवनको ठोरीबाट अत्यधिक मात्रामा अवैध तरिकाले राजधानीमा पेट्रोलियम पदार्थ भित्रिरहेको उनले सुनाए।

वैध तरिकाले पाउन निकै कठिन भए पनि ब्ल्याक मार्केटमा भने खोजेजति तेल पाइन्छ। सडकमा गुडेका सवारीसाधनको संख्याले पनि यसको पुष्टि गरेको छ।बल्खुस्थित ब्ल्याक मार्केटका अर्का एक कारोबारीका अनुसार राजधानीका विभिन्न पेट्रोल पम्पबाट पनि उनीहरूकहाँ तेल पुग्ने गरेको छ।

'पेट्रोल पम्पमा आएको सबै तेल वितरण नगरी केही हिस्सा ब्ल्याकमा बिक्री गर्ने च्यानल छ। सोही च्यानलमार्फत एक सय ५० रुपैयाँ हाराहारीमा ब्ल्याक मार्केटमा आइपुग्छ, अनि हामी अवस्थाअनुसार दुई सयदेखि माथि मिलाएर बिक्री गर्छौं', उनले भने।

६० लिटरभन्दा कम तेल दुई सय रुपैयाँमा नपाइने उनले बताए। फुटकर कारोबारबाट बेचिसक्न धेरै समय लाग्ने भएकाले तीन सय रुपैयाँभन्दा कममा नदिने गरेको उनको भनाइ छ।
annapurnapost
काठमाडौं, २५ मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा पत्र पठाएपछि नेकपा एमालेका पोलिटब्यूरो सदस्य डा. विजय पौडेलले राजीनामा दिएका छन् । भ्रष्टाचार जस्तो जघन्य अपराधको आशंकामा अख्तियारले पत्र काटेपछि पार्टीको जिम्मेवार पदमा रहन नैतिकताले नमिल्ने भन्दै पौडेलले राजीनामा दिएका छन् ।
कुनैपनि सार्वजनिक पदमा नबसेका पूर्व सांसद पौडेलले राज्यको संबैधानिक निकायले आफुमाथी भ्रष्टाचारको छानविन थालेको जनाउँदै छानविन प्रक्रिया नसकिँदासम्म पोलिटब्यूरो सदस्यका रुपमा काम नगर्ने राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
एमाले महासचिव इश्वर पोखरेललाई राजीनामा पत्र बुझाउँदै पौडेलले आफुमाथी गरिएको भ्रष्टाचारको छानविनमा राज्यलाई सहयोग गर्ने समेत बताएका छन् । आफुमाथी अख्तियारले बद्नियतपूर्वक छानविन थालेको जनाउँदै आएका पौडेलले अख्तियारलाई ठाडो जवाफ दिन आफु तयार भएको बताएका छन् ।
अख्तियारले पत्र काटेका २९ जना मध्ये २८ जना उपस्थित भएका छन् । पूर्वराजदुत भोजराज घिमिरे देश बाहिर भएकाले उपस्थित हुन सकेका छैनन् ।yeskathmandu
शुक्रबार, २५ मंसिर
    संघियता नै खारेज गरि स्थानीय निकायलाई अधिकार सम्पन्न वनाउने

नेपालमाथि भारतीय विस्तारवाद र मधेशका तीन जना हरुवा नेता महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव तथा वारम्वार सत्ताको कुर्सीमा पुगेका उपेन्द्र यादव सहित मिलेर नाकावन्दी गरेको स्पष्ट भैसकेको छ ।
महा भूकम्पले भन्दा वढी आर्थिक क्षति यो अमानवीय नाकावन्दीले पु¥याइसकेको सबैले स्वीकार गरेका छन् । यस्तो अमानवीय, आतंककारी तथा देशद्रोही काम गर्ने यी नेताहरुलाई किन जेल हालिएको छैन ?
यी नेताहरुले नेपाललाई आफ्नो मातृभूमि भनिरहेका छन् । तर आफ्नै मातृभूमि र जनता विरुद्ध भारतीय विस्तारवाद संग मिलेर अमानवीय आर्थिक युद्ध अर्थात नाकावन्दी गर्नेहरुलाई देशद्रोही नभनेर के भन्ने ?
दैनिक २०० करोड केवल नीजि क्षेत्रका उद्योगहरुले मात्र नाकावन्दीको कारण नोक्सान ब्यहोर्दै गरेको कुरा उद्योग वाणिज्य महासंघले नै भनिरहेको छ । यी देशद्रोहीहरुका कारणले गर्दा देशको अर्थतन्त्र धरासायी भएको छ । यस्तो अपराध गर्ने यी नेताहरुलाई देशद्रोही नभनेर के भन्ने ?
यस्ता देशद्रोहीहरुलाई यो सरकारले जेल हाल्नु पर्नेमा ज्वाईलाई जस्तै सम्मान गर्नु को अर्थ यो सरकारको कायरता मात्र हो ।
ओली प्रचण्ड कमल थापाको गठवन्धन सरकारले उल्टै यी देशद्रोही अपराधी नेताहरुलाई नेपाल प्रहरीको सुरक्षा गार्ड र बडि गार्ड समेत दिइरहेको छ ।
यी नेताहरु पटक पटक सरकारी कुर्सीमा पुगेर करोडौं सम्पति कमाइ सकेका भ्रष्ट व्यक्तिहरु हुन् । तर अख्तियारले पनि यी देशद्रोही र भ्रष्ट नेताहरुमाथि छानवीन थालेको छैन ।
सरकारले गरिव निमुखा मधेशका जनता माथि लाठी बुट गोली बर्षाउने होइन, ती जनता भ्रष्ट र देशद्रोही नेताहरुवाट  गलत ढंगले आन्दोलनमा होमिएका मात्र हुन् । उनीहरुलाई सम्झाइ बुझाइ गर्न पर्दछ र मधेशका गरिव जनतामाथि मधेश कै जमीन्दारहरु र पहाडिया जमीन्दारहरुवाट भैरहेको अन्याय र उत्पीडन समात्प पार्न जसको जोत उसको पोत नीति लागु गर्न पर्दछ ।
तर यी भ्रष्ट देशद्रोही नेताहरुलाई सरकारी प्रहरीको वडिगार्ड दिइराख्ने होइन, यिनीहरुलाई देशद्रोहको मुद्दा चलाएर यथाशिघ्र जेलको हावा खुवाउने हिम्मत गर्न पर्दछ । होइन भने यो सरकार विघटन गर्न पर्दछ ।
अहिले सीमांकनको विवाद समाधान गर्न उच्च स्तरिय राजनैतिक समिति वनाउने छलफल भैरहेको छ ।  सत्तामा रहेका एमाले, एमाओवादी, राप्रपा तथा प्रतिपक्षमा रहेको नेपाली कांग्रेस पनि यसमा सहमत भएको छ । मधेशी मोर्चा यसमा मानिरहेको छैन भनिन्छ ।
यदि मधेशी मोर्चाले पनि यसमा सहमति गर्दछ भने यस राजनैतिक समितिले तीन महिना भित्र नयाँ सीमांकन को प्रस्ताव संसदमा पेश गरि पारित गर्ने समझदारी बन्न लागेको भनिएको छ । आगामी दिनहरुमा नेपालको राजनीति फेरि पनि नयाँ सीमांकनमा केन्द्रित हुने देखिएको छ ।
यसमा सबै तराई मधेशलाई पहाडवाट अलग गरि प्रदेश वनाउने मधेश मोर्चा र भारतको माग तथा  विचको वाटोको रुपमा प्रचारमा आउन थालेको सुनसरी मोरङका मधेश बहुल इलाका र विराटनगर सहित २ नम्वर प्रदेशमा गाभ्ने र कैलालीको आधा हिस्सा र कर्णाली नदी सहित मधेशको मात्र पश्चिममा पनि अर्को प्रदेश वनाउने प्रस्तावमा छलफल हुने भनिएको छ ।
तर यी दुबै प्रस्तावले अन्ततः नेपाल टुक्राउने दिशा मै लाने प्रष्ट हुँदैछ ।
तर अहिलेको नाकावन्दी र मधेशी मोर्चाको भारतीय कनेक्सन हेर्ने हो भने आगामी दिनमा नेपालको संघियताले नेपाल नै नरहने अर्थात नेपाल टुक्रिने सम्मको सम्भावना अगाडि आएको देखिन्छ ।
भारतीय विस्तारवादको योजना भनेको नेपालको तराई भूभागको मात्र अहिले दुई प्रदेश वनाउन लगाएर पछि त्यसलाई जोडेर मधेशको मात्र अलग देश वनाउने हो भन्ने कुरा प्रष्ट हुँदैछ ।
तसर्थ कुनै हालतमा पनि मधेशलाई पहाडवाट अलग गरि मधेशको मात्र प्रदेश वनाउन दिन हुन्न भन्ने कुरा दिनको घाम झैं प्रष्ट भएको छ । त्यसैले नेपालमा संघियता नै खारेज गरेर स्थानीय निकायहरुलाई अधिकार सम्पन्न वनाउने वाटो नै उपयुक्त हुनेछ ।
अबको आन्दोलनको एक प्रमुख माग संघियता खारेज गरि स्थानीय निकायलाई अधिकार सम्पन्न वनाउने हुनु पर्दछ ।
nepalsandesh
कञ्चनपुर, २५ मंसिर । गत वैशाखमा गएको विनाशकारी भूकम्पपछि रोजगारीको लोभमा महिलाहरु पश्चिमी सीमा नाकाबाट हराउने तथा बेच्ने क्रम बढ्न थालेका छन् ।
भूकम्पपछि दलालहरुले ललाइफकाई रोजगार दिने बहानामा महिलाहरु हराउने तथा बेच्ने क्रम बढेको मानव बेचबिखनविरुद्ध कार्यरत सङ्घसंस्थाले बताएका छन् ।
मानव बेच बिखनविरुद्ध कार्यरत माइती नेपाल कञ्चनपुरको तथ्याङ्कअनुसार मानव तस्करको ट्रान्जिट कञ्चनपुरका गड्डाचौकीलगायतका अन्य नाकाबाट सन् २०१५ मा २१६ महिला हराएका छन् ।
मोबाइल फोन, प्रेम सम्बन्धका कारण महिला हराउने तथा बेचिने क्रम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार गड्डाचौकीबाट हराएकामध्ये ११ जनाको मात्रै उद्धार गरिएको छ ।
उद्धारका लागि २२७ को निवेदन परेको थियो । सन् २०१४ मा २१४ हराएकामा २० मात्रै फेला परेका थिए । तथ्याङ्कअनुसार गतवर्षको तुलनामा हराउने बेपत्ता हुनेको सङ्ख्या यसवर्ष बढेको हो । पोखराबाट सिधै दिल्ली बस सेवाका कारण पनि मानव बेचबिखन जोखिम बढेको माइती नेपाल कञ्चनपुरका संयोजक भट्टको विश्लेषण छ ।
हराएकामध्ये अधिकांश सुदूरपश्चिमका पहाडी जिल्लाका महिला छन् । खुला सिमानाले मानव बेचबिखन नियन्त्रण हुन नसक्दा यस क्षेत्रका महिलाको बेपत्ता हुने क्रम बढेको संयोजक भट्टको भनाइ छ ।
घरेलु हिंसा, खुला सीमा र मानव बेचबिखनका कारण गड्डाचौकी नाकाबाट सुदूर र मध्यपश्चिमका ३१ जिल्लाका किशोरी तथा महिला बेचबिखन तथा ओसारपसारको सिकार हुने गरेको तथ्याङ्कमा उल्लेख छ ।
यसवर्ष कञ्चनपुरका सीमा क्षेत्रबाट बेचिन लागेका छजनाको उद्धार गरिएको छ । ८२ जनालाई सीमामा रोकथाम गरी घर फर्काइएको छ ।
गरिबी, देखासिकी प्रेम सम्बन्ध, मजबुरी र वैदेशिक रोजगारको महत्वाकाङ्क्षाका कारण १४ देखि १८ वर्षका किशोरी बेचबिखनको जोखिममा छन् । यसबाट सबैभन्दा बढी कञ्चनपुर जिल्ला प्रभावित रहेको माइती नेपालले जनाएको छ ।
यसवर्ष माइती नेपाल कञ्चनपुरले अदालतमा मानव बेचबिखनका दुई मुुद्दा दर्ता गरेको छ । मानव बेचबिखनविरुद्ध सङ्घसंस्था तथा सुरक्षा निकायको सक्रियताले बेचबिखनको मुख्य नाका गड्डाचौकीबाट भारत जाने महिला घटे पनि अहिले बेलौरी र दोधारा–चाँदनीको नाका बढी प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।
मुद्दाहरु अदालतमा विचाराधीन अवस्थामा छन् । खोजतलासका निवेदन बढी मात्रामा दर्ता भएको र बेपत्ता महिला न्यून मात्रामा फेला परेकाले उनीहरु बेचिएका हुन सक्ने आशङ्का गरिएको छ ।
dainiknepal
काठमाडौं, मंसिर २५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो स्वास्थ्योपचारको बहानामा दिल्लीमै बसेका छन् । केही दिनअघि दिल्लीमा राजनीतिक भेटवार्ताका लागि गएका मोर्चाका नेताहरुमध्ये महतो र महेन्द्र यादव दिल्लीमै रहे पनि उपेन्द्र यादव र महन्थ ठाकुर नेपाल फर्किसकेका छन् ।
दिल्लीमा बसाई लम्ब्याएका राजेन्द्र महतोले मधेस आन्दोलनबारे त्यहाँका संचारमाध्यमलाई ‘ब्रिफिङ’ गर्ने तथा राजनीतिक तप्कामा भेटवार्ता गर्ने कामलाई  निरन्तरता दिएका छन् ।
पछिल्लो पटक उनले इन्डो–एसियन न्यूज सर्भिस (आइएएनएस)सँग कुरा गर्दै ‘मधेस आन्दोलन अहिलेसम्म आफूहरुकै नियन्त्रणमा रहेको तर धेरैदिन यसलाई आफूहरुले नियन्त्रण गर्न सक्ने अवस्था नरहेको बताएका छन् ।
महतोले आइएएनएसलाई भने, ‘अहिलेसम्म आन्दोलन हाम्रै नियन्त्रणमा छ, यद्यपी विनाकारण ५० जनाको मृत्यु भइसकेको छ तर पनि आन्दोलन हिंस्रक भएको छैन ।’
उनले अगाडी भनेका छन्, ‘मधेसीहरुले लामो समयसम्म सबैकुरा सहन सक्दैनन्, मधेसी समुदायको माग पुरा नहुने हो भने उनीहरुले बन्दुक उठाउने दिन टाढा छैन, मधेसीहरुले बन्दुक उठाएकोखण्डमा के हुन्छ भन्नेकुरा भगवान पशुपतिनाथलाई मात्र थाहा छ ।’
उनले मधेस आन्दोलन धेरैदिन लम्बिनु भारतका लागि पनि राम्रो नहुने बताए । महतोको भनाईमा मधेस आन्दोलनकै बहानामा भारतविरोधी शक्ति मधेसमा सक्रिय हुन सक्छ ।
imagekhabar
काठमाडौं, २५ मंसिर । पछिल्ला दिनमा एमाओवादी छाडेर नयाँ शक्ति बनाउने भन्दै हिंडेका पूर्व एमाओवादीका नेताहरुको गतिविधिले नयाँ शक्ति नबन्दै विवादमा पर्न थालेको छ ।

एमाओवादीलाई खुइल्याउने, आफ्नो स्वार्थ पूूरा गर्ने र प्रभूलाई खुशी पार्ने योजनाका साथ काम भएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना खेपेका नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईकै पत्नी हिसिला यमीका कारण नयाँ शक्ति थप संकटमा परेको भन्दै कार्यकर्ताले गुनासो गरेका छन् ।

प्रसंग हो, नयाँ शक्तिका नेता नवराज सुवेदीको छोरीको विवाहको । नयाँ शक्ति बनाउने भन्दै अभियानमा लागेका सुवेदीले छोरीको बिहे भोजमा हिसिलाले देखाएको तमासा हेर्नलायक भएको भन्दै गुनासो गर्नेहरु बढेका छन् । सुवेदीले हरिसिद्धिमा छोरीको बिहेको पार्टी आयोजना गरेका थिए । नयाँ शक्तिको अभियन्ताको पार्टीमा पूर्व पार्टी एमाओवादी, एमाले, कांग्रेसका नेताहरुलाई पनि निम्त्याइएको थियो ।

गत सोमबार सर्वहारा वर्गको नेताको छोरीको बिहे भन्न पनि नसुहाउने गरी आयोजना गरिएको पार्टीमा यूरोपका महँगा रक्सीको व्यवस्था गरिएको थियो । हिसिला यमी हस्याङ र फस्याङ गर्दै पार्टीमा बोलाएको समय भन्दा दुई घण्टा पहिल्यै पुगेकी थिइन् । बेहुलीका पिता त्यसमाथि नयाँ शक्तिका अभियन्ता भएको भन्दै उनले प्रशंसाको शब्द फ्याँक्दै हिसिलाले पार्टीको सम्पूर्ण जानकारी लिइन् ।

बेहुलीसँगै बसेर फोटो पनि खिचाइन् । त्यतिमै त केही भएको थिएन । उनले बेहुला र बेहुलीलाई अँगालो हाल्न लगाएर फोटो खिच्न लगाइन् र बल्ल पो नयाँ शक्तिको विवाह जस्तो भयो त भन्दै मुस्कुराइन् । उनको अड्बाङ्गे ताल देखेर सुवेदीले पनि त्यति राम्रो मानेका थिएनन् । तर नयाँ शक्तिका सहयोद्धालाई केही भन्न पनि नमिल्ने भन्दै उनी असजिलो मान्दै हेरेर बसेका थिए । हिसिला पुगेको डेढ घन्टा पछि बाबुराम बिहेमा पुगे ।

बेहुला बेहुलीलाई बधाई दिए, चिसोमा के खानु छ र खै भन्दै एक गिलास जुस खाएर काम छ भन्दै निस्किए । तर हिसिला भने बाबुराम आएपछि झन् रसिक हुँदै आफ्नो गतिविधिलाई जारी राखिन् । एकाएक पार्टी हलमा पाहुना र आमन्त्रितको भीड लाग्न थालेपछि उनको फुर्तीफार्ती झन् बढेको प्यूठान घर भएका एक नेताले बताए । ती नेताका अनुसार पार्टीमा गीत, रक्सीको दुवै व्यवस्था गरिएको खबर जनआह्वान साप्ताहिकले छापेको छ ।

एक्कासी भीडबाट ठूलो तर कर्कस आवाज आयो । नेवारी लवजमा हिसिलाले पार्टीमा सहभागी भएका सबैलाई शुभकामना दिइन् र भनिन् यो पार्टी नवराजजीले आयोजना गर्नुभएको भए पनि खासमा नयाँ शक्तिको पार्टी हो, पार्टीमा आउने सबैलाई धन्यवाद छ । नयाँ शक्तिको पार्टी भनेर बुझौं र रमाइलो गरौं, त्यसपछि म्युजिक प्लेयरमा गीत बज्यो– मुन्नी बदनाम हुई डार्लिङ तेरे लिए‘ ।

पार्टीमा नयाँ शक्तिमा लागेका पूर्व एमाओवादी र उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझी पनि पुगेका थिए । रायमाझीले सुवेदीजीले बोलाएको पार्टीमा आएको भनेको त नयाँ शक्तिको पार्टी रै’छ भन्दै एकैछिन बसेर निस्केका थिए ।

etajakhabar
काठमाडौं, २५ मंसिर । चुरे भावर क्षेत्रलाई समेटेर संघीय राज्य बनाइनु पर्ने तथा सडक अबरोध गर्न नपाइने मागसहित चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आज सर्लाहीको हरिवनमा आमसभा गर्दैछ ।
मधेसी मोर्चाको आन्दोलनले नाकाबन्दी लगाएर पूर्वपश्चिम महेन्द्र राजमार्ग अबरोध गरेपछि प्रतिकारमा उत्रिएको चुरे भावर पार्टीले आज हरिवनमा आमसभा गर्न थालेको हो ।
सभामा हज्जारौँ नेता तथा कार्यकर्ता ओरालिने सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जानकारी दिनुभयो । बिरोध सभा मध्यान्ह १२ बजेपछि हुनेछ ।
उहाँले चुरे भावर क्षेत्रलाई समेटेर अलग संघीय राज्य दिनुपर्ने माग गर्नुभएको छ । ‘बिगतमा सरकारसँग भएको सहमतिअनुसार चुरे भावर क्षेत्रलाई समेटेर अलग संघीय प्रदेश बनाइनुपर्छ’, अध्यक्ष न्यौपानले भन्नुभयो, ‘मधेसी मोर्चाको नाजायज दबावमा परेर चुरे भावर प्रदेशको अस्तित्व मेटाउने कार्यको बिरोधमा हामी आन्दोलित भएका छौँं ।’
मधेसी मोर्चाको आन्दोलनले जनताले दुःख पाएपछि कांग्रेस, एमाले र एमाओवादीले गर्न नसकेको काम आफूहरूले गरेको बताउनुभएका अध्यक्ष न्यौपानले भन्नुभयो, ‘राष्ट्र र राष्ट्रियताका लागि हामी कटिबद्ध छौँ । हामीलाई कसैले राष्ट्रियताको पाठ नसिकाए हुन्छ ।’
चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले मधेसी मोर्चालाई महेन्द्र राजमार्गबाट हटाएपछि मधेस आन्दोलन तहिएको अध्यक्ष न्यौपानेको दाबी छ ।
‘हामीले मधेसी मोर्चाका आन्दोलनकारीलाई सर्लाही र इटहरीबाट नलखेटेको भए तराई अझै असान्त हुन्थ्यो’, उहाँले भन्नुभयो, ‘हामी मिलेर बसेका जनतालाई चुरे भावर प्रदेश अनिर्वाय रुपमा चाहिन्छ । दुई नम्बरमा लगेर हामीलाई मिसाइएको छ । यो स्वीकार्य छैन ।’
हरिवनको आजको प्रदर्शनमा चुरे भावर पार्टीले आफ्ना युवाहरूलाई अग्रस्थानमा राखेर प्रदर्शन गर्ने तयारी गरेको छ । चुरे भावरको आजको प्रदर्शनलाई लिएर सर्लाही जिल्लामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।
dainiknepal
काठमाडौं, २५ मंसिर । नयाँदिल्लीको चार दिने भ्रमण सकेर स्वदेश फिर्ता हुनु भएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ‘नाकाबन्द’ आफूहरूले नगरेको दाबी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (शुक्रबार) बिहान पत्रकार ऋषि धमलासँगको अन्तर्वार्ताका क्रममा अध्यक्ष यादवले मधेसी मोर्चाको आन्दोलनले नाकाबन्दी नगरेको बताउनुभयो । ‘नाकाबन्दी शब्द हटाइदिनुस्’, उहाँले भन्नुभयो, ‘नाकाबन्दी होइन । यो त अबरोध हो । असहयोग आन्दोलन हो ।’
यसअघि पनि तराई मधेस लोकतान्त्रिक मधेसी मोर्चाका अध्यक्ष तथा मधेसी मोर्चाका नेता महन्त ठाकुरले पनि ‘नाकाबन्दी’को बिरोध गर्नुभएको थियो । सोही कार्यक्रमको अन्तर्वार्तामा तीनदिन अगाडि अध्यक्ष ठाकुरले आफूहरूले ‘नाकाबन्दी’ नलगाएको र त्यो शब्द उच्चारण नगर्न आग्रह गर्नुभएको थियो ।
नेपालमाथिको ‘नाकाबन्दी’ले भारतीय जनता पार्टी नेतृत्वको सरकार र संस्थापन पक्षलाई भारतभित्रै र अन्तर्राष्ट्रिय समुदायले दबाव दिएपछि सो दबाव थेग्न नसकेर आन्दोलनमा ‘नाकाबन्दी’को शब्द उच्चारण नगर्न भारतीय पक्षले मधेसी मोर्चाका नेताहरूलाई दबाव दिएको हुन सक्ने जानकारहरूको भनाइ छ ।
भारत भ्रमणपछि मधेसी मोर्चाका नेताहरूले आफूहरूको आन्दोलन ‘नाकाबन्दी’को भनाइ राज्यलाई असहयोगात्मक आन्दोलन मात्रै गरेको बताउने गरेका छन् । उता भारतले पनि आफूले नाकाबन्दी नलगाएको दाबी गर्दै आएको छ ।
यता नेपालमा भने ‘नाकाबन्दी’को असर हरेक क्षेत्रमा परेको छ । नेपालको अर्थतन्त्र नै धरासायी हुने अन्तिम चरणमा रहेको छ ।
‘नाकाबन्दी’ आफूहरूले गर्दै आएको बताउँदै आएका मधेसी मोर्चाका नेताहरूले नयाँदिल्ली भ्रमणपछि ‘नाकाबन्दी’को बिरोध गर्नु र आफूहरूले ‘नाकाबन्दी’ गरेको होइन भनेर बोली फेर्नुलाई रहस्यका रुपमा हेरिएको छ ।
अन्तर्वार्ताका क्रममा भारतको बिरोध गर्नुभएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवले भारतले चाहँदैमा वा नचाहँदैमा मधेसी जनताले गरेको आन्दोलन नरुक्ने बताउनुभयो । ‘यो आन्दोलन नेपालीले आफै गरेको हो । मधेसी जनताले गरेको हो’, अध्यक्ष यादवले भन्नुभयो, ‘भारतले चाहेको भए त पहिला नै निकास आउनु पर्ने हो नी ?’
dainiknepal
काठमाडौं, २५ मंसिर । भारतको राज्यसभामा सोमबारको बहस प्रभावित पार्न र नाकाबन्दीको स्वामित्व मधेसीकै स्थापित गर्न सरकारी समन्वयमा विपक्षी सांसदहरूसँग आइतबार र सोमबार बिहानसम्म मधेसी मोर्चाका नेताहरू दिल्लीमा दौडधुपमा व्यस्त रहे ।
सांसदहरू शरद यादव, करण सिंह, डिपी त्रिपाठी, सीताराम येँचुरी, पवन बर्मा, आनन्द शर्मा, केसी त्यागीलगायत सांसदहरूलाई भेटेर उनीहरूले नाकाबन्दी आफूहरूले गराएको, तर बदनामी भारतको भएको बताएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
मधेसी नेताहरूको प्रतिक्रियामा विपक्षी सांसदहरू पनि सन्तुष्ट थिएनन् ।
विपक्षी सांसदहरूले भारतीय नाकाबन्दीको चर्को विरोध गरे ।
कांग्रेसका मणिशंकर ऐयरले भने, ‘नाकाबन्दी भारतले होइन मोदी सरकारले गरेको हो ।’
विदेशमन्त्री स्वराजले रक्षात्मक जवाफ दिनुपर्ने अवस्था भयो ।
dainiknepal
शुक्रबार, २५ मंसिर
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामान्य सोधपुछका लागि पठाएको पत्रबाट नडराउन एमाले नेताहरूलाई आग्रह गरेका छन्।
सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अख्तियारले पत्र काटेका नेता सुरेन्द्र पाण्डे, राजेन्द्रप्रसाद पाण्डे, वंशीधर मिश्र, इच्छाराज तामाङ, जनार्दन ढकाल, विजय पौडेललगायतले उक्त पत्रका कारण आफूहरूको राजनीतिक हत्या भएको ओलीसमक्ष बताएका थिए।
त्यस क्रममा ओलीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ’अख्तियारले कुनै पनि व्यक्तिमाथि सोधपुछ गर्न सक्छ तर राजनीति गर्न सक्दैन।’अख्तियारका नाममा आएका समाचार र त्यसमा राजनीतिक व्यक्तित्वका नाम जोडिएको आफूलाई पनि जानकारी भएको ओलीले बताएका थिए।
उनीहरूले अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको स्वेच्छाचारी निर्णयप्रति दलहरूले ठोस र प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका थिए।
एमाले सचिव प्रदीप ज्ञवालीले अख्तियार प्रमुख लोकमासिंह कार्कीमाथि महाअभियोग लगाउने विषमा दलहरुबीच छलफल हुने बताएका छन्। प्रधानमन्त्री ओलीले अख्तियारको विद्यमान कामकारबाहीका बारेमा शीर्ष स्तरमा अनौपचारिक परामर्श भइरहेको जानकारी ती नेतालाई दिएका थिए।
यही मान्यताका साथ अख्तियार प्रमुखमाथि महाभियोग सुरु गर्नुपर्ने पार्टीसचिव प्रदीप ज्ञवालीको प्रस्ताव प्रधानमन्त्रीले अनुमोदन नगरेको संकेत पनि आएको छ। आजको अन्नपुर्णमा समाचार छ ।
nepalsandesh

वि.सं. २०७२ साल मंसिर २५ गते। शुक्रबार। इश्वी सन् २०१५ डिसेम्बर ११ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– औंसी, १५:४४ बजेउप्रान्त प्रतिपदा।

मेष- आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
iव्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउला। तर, काममा भने केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। काममा सानातिना चुनौती सामना गर्नपर्ला। लेनदेनमा विवाद बढ्ने वा केही नोक्सानीमा परिने समय छ, सजग रहनुहोला। व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
संगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ। समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। विगतका निर्णयले काममा चुनौती आउने देखिन्छ। अरूको सुझावप्रति शंका उब्जने समय छ। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य विषयको ज्ञान लिन निकै मेहनत गर्नुपर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
धेरै श्रमपछि तत्काललाई कम मूल्य पाइएला। तापनि आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। आज स्थायीभन्दा अस्थायी पेसाबाट फाइदा हुनेछ। आँटेका काम बीचमा अवरुद्ध बन्न सक्छन्। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। लगानीको तुलनामा कम देखिए पनि आजको प्रयत्नबाट दिगो फाइदा उठाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।
काठमाडौँ, २४ मङ्सिर । काठमाडौँको असनस्थित त्यौडमा भीषण आगलागी भएको छ ।
असनचोकबाट करिब डेढ सय मिटर टाढा ठमेलतिर जाने गल्लीको दायाँ भागमा रहेका केही कच्ची घरमा आगलागी भएको हो । साँझ ७ः३० बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
जनसेवा प्रहरी विशाल बजारका अनुसार आगो नियन्त्रणका लागि काठमाडौँ, ललितपुर र भक्तपुरबाट चार दमकल तथा नेपाल प्रहरी, नेपाली सेना र स्थानीयवासी लागिपरेका छन् । स्थानीयवासी कुलरत्न तुलाधरको चारतले घरमा मैनबत्ती बाल्दा आगलागी भएको प्रहरीले जनाएको छ ।
जनसेवा प्रहरी विशाल बजारका प्रमुख प्रहरी नायब उपरीक्षक विनोद घिमिरेका अनुसार उक्त क्षेत्रमा बाक्ला घर भएकाले कति घरमा आगलागी भएको भनी यकिन नभए पनि अहिलेसम्म तीन घर जलेर नष्ट भएका छन् ।
दमकलको सहायताले घरको बाहिरी भागको आगो नियन्त्रणमा आए पनि भित्रको निभाउन समस्या परेको उहाँले बताउनुभयो । साँघुरो गल्ली भएका कारण दमकल भित्र छिर्न नसकेपछि असन चोकमा दमकल राखेर भित्र आगो निभाइँदैछ ।
dainiknepal
लहान, २४ मंसिर । लहानस्थित सडक विभाग कार्यालयमा आज भएको एलपी ग्याँस वितरणको रिपोर्टिङ गर्ने क्रममा ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत प्रहरी निरीक्षक पाँचुु चौधरीले पत्रकार दिलिप सिंहलाई कुुटपिट गरेका छन् ।
प्रहरीले सर्वसधारणलाई विना कारण कुटिरहेको दृष्य आफ्नो क्यामेरामा कैद गर्न खोज्दा प्रहरी निरीक्षकबाटै नयाँ पत्रिका दैनिकका सिरहा सम्बाददाता दिलिप सिंह कुटिएका हुुन् । आफूू पत्रकार हुुँ भन्दाभन्दै पनि प्रहरी निरीक्षक चौधरीले फोहोर गाली दिनुुका साथै कुुटपिट समेत गरेको पत्रकार सिंहले दुुःखेसो पोखे ।
प्रत्यदर्शी पत्रकार रामानन्द गुुप्ता भन्छन्- ग्याँस लिन जम्मा भएको भिडको फोटो एक सर्वसधारण यूवकले आफ्नो मोवाइलमा कैद गर्दै थिए । प्रहरीले ति यूूवकलाई नियन्त्रणमा लिएर निर्घात कुटिरहेको देखेर पत्रकार सिंह तस्विर खिच्न गइहाले । त्यसपछि प्रहरी निरीक्षक चौधरी आएर अपराधीलाई उस्काएको भन्दै पत्रकार सिंहलाई कुुट्न थाले ।
यता ईप्रका लहानका डिएसपी उमाप्रसाद चतुर्वेदीलाई घटनाबारे जानकारी गराउँदै पत्रकार र मानवअधिकारकर्मीहरुले विना कारण पत्रकार सिंहलाई कुुटपिट गर्ने प्रहरी निरीक्षक चौधरीलाई कारबाही गर्न माग गरेका छन् । डिएसपी चतुुर्वेदीले घटनाको छानविन गरेर दोषी ठहर भए उनलाई कारबाही गर्ने प्रतिवद्धता जनाए ।
dainiknepal
बिहीबार, २४ मंसिर

काठमाडौं । चीनले नेपाल मामलामा पछिल्लो समय चासो राख्दै आएको छ । उस्ले भूकम्प पछिको पुन निर्माणमा भारतको सहयोग पछि बढी सहयोग गरेको चीन अहिलेको नाकाबन्दीको सामना गर्नकालागि पनि सहयोग गर्न तयार रहेको छ ।
चीनकालागि नेपाली राजदुत डा महेश मास्केको विशेष सक्रियतामा चीनले नेपाल मामलामा चासो दिइरहेको छ । पछिल्लो समय मास्के चिनियाँ उच्च अधिकारीहरुसँग इन्धन व्यापार सम्झौताकालागि लागिपरेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभागका उप मन्त्री छन् फेस्याङ लगायतका उच्च अधिकारीसँग मास्केले भेटघाट गरिरहेका छन् । भेटका क्रममा फेस्याङले आर्थिक रुपान्तरण र व्यापार परिवर्तनकालागि आफुहरु सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनले भारत निर्भर व्यापारलाई कम गरि उ सँग व्यापारिक लडाईं गर्नकालागि चीनले सक्दो सहयोग गर्ने बताए । त्सकालागि राजमार्ग फराकीलो र १२ महिना नै चल्न सक्ने बनाउनकालागि नेपाल सरकारले सेनालाई जिम्मेवारी दिने निर्णय सकारात्मक भएको चिनियाँ बुझाई छ ।
उनले नेपाल सरकारले बाटो निर्माणलाई तिब्रता दिने बताएपनि त्यसकालागि प्राविधिक ज्ञान भएका सेनाको संख्या कती रहेको छ र काम कसरी हुन सक्छ भनेर फेस्याङले चासो राखेका हुन् ।
उनले नेपाल सरकारले आग्रह गरेमा रसुवागढी सडक विस्तारमा चिनियाँ सेनाले पनि सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल सरकारले पनि छिटै उच्चस्तरीय टोली चीन पठाउने तयारी गरिरहेको छ ।
nepalsandesh
बिहीबार, २४ मंसिर
सुनौली । भारत सरकार लगातार र केही ठूलो स्वरमा जोड दिँदै उसको भूमिबाट नेपालतर्फ कुनै किसिमको अवरोध र नाकाबन्दी नभएको बताइरहेको छ । तर, पनि नेपालमा खाना पकाउने ग्यास, पेट्रोल र औषधिसहित दैनिक उपभोग्य सामानको हाहाकार रहेको छ । सुनौली नाकामा उभिएर हेर्दा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सदनमा चर्को आवाजमा दिएको बयान सरासर झुठो सावित हुन्छ ।

सुष्मा स्वराजले नाकाबन्दी नरहेको बताइरहँदा नेपाली सीमामा केही महिनादेखि नियन्त्रित नाकाबन्दी जारी छ र जसको रिमोट कन्ट्रोल माथि कुनै अज्ञात व्यक्तिको हातमा रहेको छ। यो नाकामा नाकाबन्दी भएपछि धेरै ठूलो चलखेल हुने गरेको छ।
विदेश मन्त्री स्वराजले संसदमा भनेकी थिइन्, भारतको तर्फबाट सामान बोकेर जाने ट्रकलार्इ नेपालका मधेसी आन्दोलनकारीहरुले रोकिराखेका छन् ।
सुनौली सीमामा कोही आन्दोलनकारी छैनन् तर पनि दुर्इ तीन दिनमा एक पटकमात्र सीमित संख्यामा ट्रक जान दिइएको छ । यहाँको नाकाबाट लागेको ट्रकको लामो भारततर्फ १४ किलोमिटर लामो नौतुनासम्म पुगेको छ । जबकि यो नाकाबाट ओहोर दोहोर गर्ने यात्रु बस र अन्य सवारीसाधनमा कुनै रोकतोक छैन ।
तर, ट्रकमाथिमात्रै अवरोध किन त रु केबल यो प्रश्नमा मात्रै होइन, हरेक प्रश्नको जबाफ भारतीय भन्सार अधिकारी र सशस्त्र सुरक्षा बलका अधिकृत माथिको आदेश भन्दै पन्छिने गरेका छन् ।

माथिको आदेश कहाँबाट त रु यो प्रश्न गर्दा उनीहरु यसरी हाँस्छन् कि उनीहरुलार्इ नाकाबन्दीले नेपालमा ५ वर्षका बालकसम्म औषधि अभावमा तड्पिरहेको खबरबारे पुरै बेखबर छन् ।
यसबारेमा नेपालमा गएर नेपालमा गएर यही प्रश्न सोधियो भने स्तब्धन बनाउने प्रतिप्रश्न आउँछ । तपार्इं कस्तो छिमेकी हो रु, उनीहरुको प्रतिप्रश्न सुनेर यस्तो लाग्छ, पत्रकारहरु पनि भारत सरकारकै प्रतिनिधि हुन् ।
फेरि उनीहरु भन्छन्, हाम्रव संविधान बनिनसक्दै तिमीहरु संशोधन गराउन लागेका छौ, हामीले नमान्दा हाम्रो खानापिना किन रोक्न लाग्यौ
भारतीय भन्सार अधिकारीको दाबी मान्ने हो भने अहिले हरेक दिन करिब १०० ट्रकलार्इ जाँच गरेर नेपाल जान दिइएको छ। तर यी ट्रक नेपाल जानका लागि यहाँ भारतीय सीमा सुरक्षा बलका जवानले निर्देशन दिनुपर्छ। (भावानुवाद गरिएको यो समाचारको मूलअंश बीबीसी हिन्दीमा प्रकाशित भएको छ, जुन अन्नपुर्णबाट साभार गरिएको हो ।)
nepalsandesh
मंसिर २४, २०७२- बम्बै हाइकोर्टले १३ वर्षअघिको ‘हिट एन्ड रन’ मुद्दामा सलमान खानलाई निर्दोष भन्दै मुक्त गरेको छ । १३ वर्षअघि मुम्बईको फुटपाथमा सुतिरहेका मानिसलाई किचेर मारेको अभियोगमा तल्लो अदालतले सलमानलाई दोषी ठम्याउदै ५ वर्ष जेल सजाय सुनाएको थियो ।

तर, बिहीबार बम्बै हाइकोर्टले त्यो निर्णयलाई बदर गर्दै सलमानको अपिल मन्जुर गरेको हो । न्यायाधीश ए आर जोशीले सलमानलाई दोषी भन्न मिल्ने प्रर्याप्त प्रमाण नभएको भन्दै उनलाई मुक्त गरेका हुन् ।
kantipur.ekantipur
बिहीबार, २४ मंसिर

काठमाडौं । दिल्ली दौडाहबाट फर्कीएका मधेसी मोर्चाका नेताहरुले अबरोधकाबीच सदनबाट पुननिर्माण प्राधिकरण पास हुन दिने भएका छन् ।
बिहीबार दिउँसो बसेको आन्दोलनरत मधेसी मोर्चाको बैठकले पुननिर्माण प्राधिकरण गठन गर्नकालागि सरकारलाई सहयोग गर्ने निर्णय गरेको हो ।
मोर्चाले प्रमुख तीन दलले प्रस्तुत गरेको तीन बुँदे अबधारणा भने आफुहरुलाई मान्य नहुने निर्णय गरेको छ । साथै सीमा नाका अबरोधलाई केही परिवर्तन गर्ने र सडक आन्दोलन कायम राख्ने मोर्चाले निर्णय गरेको छ ।
मोर्चाले संवादबाटै सबै समस्याको समाधान गर्नकालागि प्रमुख तीन दललाई लचिलो भएर प्रस्तुत हुन आग्रह समेत गरेको छ ।
nepalsandesh
नेपालगन्ज, २४ मंसिर । नेपालगन्ज नाकाबाट विहीबार सवैभन्दा धेरै गाडी नेपाल भित्रिएका छन् । भारतले अघोषित नाकाबन्दी गरेपछि विहीबार सवैभन्दा धेरै इन्धन र मालबाहकका गाडी नेपाल भित्रिएका हुन् ।
बिहीबार विहान ७ बजेदेखि इन्धन र मालबाहक गाडी नेपाल भित्रिन थालेका हुन् । दिउँसो ३ बजेसम्म नेपालगन्ज नाकाबाट ३४ वटा इन्धनका साधन नेपाल भित्रिएका छन् ।
हालसम्म डिजल १९, पेट्रोल ५, हवाई इन्धन ३ र ७ बुलेट खाना पकाउने एलपी ग्यास नेपाल भित्रिएको इलाका प्रहरी कार्यालय जुमनाहाका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरीले बताए ।
जमुनहा हालसम्म १ सय ६२ मालबाहक गाडी नेपाल भित्रिएको जमुनहा प्रहरीले जनाएको छ । बुधबार राति ११ बजेपछि मधेसी मोर्चाका कुनै कार्यकर्ता दशगजामा नदेखिएको गिरीले बताए ।
भारतीय सशस्त्र सुरक्षा बल (एसएसवी)ले पनि अन्य दिनको तुलनामा विहीबार मालबाहक गाडी नेपाल पठाउन सहयोग गरिरहेको इन्चार्ज गिरीले जानकारी दिए ।
मधेसी मोर्चाका कार्यकर्ता सीमा बजार रुपइडिहामा भएपनि नाकामा कुनै अवरोध नगरेको प्रहरीले जनाएको छ । अहिले पनि मालबाहक र इन्धनका गाडी नेपाल आउने क्रम जारी छ ।
dainiknepal
काठमाण्डु, २४ मंसिर– भारतले नेपालविरुद्ध अघोषित नाकाबन्दी गरेर नेपालीहरुलाई दुःख दिइरहेको बेला भारतमा रहेका नेपाली मुलका नागरिकलाई तह लगाउने अर्को रणनीति तयार गरेको छ ।
भारतले नेपालको सीमा नजिकै रहेको दार्जिलिङ अन्तर्गत रहेको कालिङपोङलाई अलगै जिल्ला घोषणा गरेर नेपालीहरुको एकतालाई टुक्र्याउन लागेको हो ।
थुपै्र वर्षदेखि गोर्खाल्यान्ड राज्यको माग गर्दै आएका अधिकांश नेपालीहरु भारतको यो निर्णयबाट प्रभावित हुनसक्ने बताइएको छ । अबका केही दिनमै कालिङपोङलाई छुट्टै जिल्ला घोषणा गर्न राज्य सरकार लागेको बताइएको छ ।
कालिङपोङलाई अलग्गै जिल्ला घोषणा गर्न पश्चिम बंगाल राज्य सरकारका मुख्यमन्त्री ममता बनर्जीको समेत सक्रियता रहेको बताइएको छ । कालिङपोङसंगै उक्त क्षेत्र वरिपरिका बसिराहाट, बद्रधमान र झारग्राम लगायतका स्थानलाई पनि जिल्ला घोषणा गर्न लाग्नुले गोर्खाल्याण्ड आन्दोलनलाई तुहाउने रणनीति भएका स्वत बुझ्न सकिन्छ, गोर्खाल्याण्ड आन्दोलन अभियानका एक नेताले बताएका छन् ।
भारतीय केन्द्र सरकार र राज्य सकारको यो कदमलाई विगत निकै वर्षअघिदेखि गोर्खाल्यान्ड राज्यको माग गर्र्दै आएको गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन तुहाउने रणनीतिका रुपमा व्याखा गरेको सञ्चारमाध्यामहरुले बताएका छन् । अधिकांश नेपालीहरुको बाहुल्यता रहेको र गोर्खाल्यान्ड आन्दोलनलाई सघाउने थप शक्तिको क्षयीकरणमा भारत सरकार लागेको उनीहरुको आरोप छ ।
कालिङपोङलाई अलगै जिल्ला बनाउने घोषणासँगै आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाका नेताहरु दिल्ली पुगेको बताइएको छ । भारत केन्द्र सरकारले गोर्खाल्याण्ड आन्दोलन र त्यसको मुद्धालाई सम्बोधन र अध्ययन गर्न उच्चस्तरीय टोली गठन गर्ने आश्वासन दिए पनि त्यस विषयमा कुनै कदम नचालेको बताइएको छ ।
गोर्खाल्याण्डको माग गर्दै आएको मोर्चा र त्यसका नेताले केन्द्र सरकारले कालिङ्पोङलाई अलग जिल्ला घोषणा गरेपनि आफ्नो माग पुरा गराएरै छाड्ने दाबी गरेका छन् ।
kathmandutoday
बिहीबार, २४ मंसिर
पोखरा । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले छिमेकी मुलुक भारतको चाहना विपरित संविधानसभाले संविधान जारी गरेको खुलासा गरेका छन ।
नेपाली कांग्रेस कास्कीले आयोजना गरेको कार्यकर्ता भेलामा उपसभापति पौडेलले संविधान जारी गर्नेबेला भारतलाई जानि जानि चिढ्याउने काम भएको स्विकारे ।
उनले भारतले दवाव दिइरहेपनि उस्को कुरा नसुनिकन खुरुखुरु संविधान पास गरेको र अहिले भारतले त्यसकै बदला लिएको बताए । उनले अब भने भारतलाई थप चिढ्याउन नहुने बताए ।
पौडेलले संसदमा दर्ता भउको संविधान संशोधन विधेयकलाई केही परिमार्जन गरि अघि बढाउन सकिए समस्या समाधान हुने बताए । पौडेलले एमाओवादी अध्यक्ष प्रचण्ड ओलीलाई प्रधानमन्त्री बनाएको एम महिना पछिदेखि नै पछुताउन थालेको बताए ।
ओली मधेस विरोधी रहेको चाल पाएर प्रचण्ड ओलीसँग फुत्कन खोजीरहेको पौडेलले दाबी गरे । उनले कांग्रेसको भावि महाधिवेशनमा आफु सर्वसम्मत सभापतिको उम्मेदवार हुने दाबी समेत गरे ।
nepalsandesh
काठमाडौं, २४ मंसिर । अहिले पनि भारत र पाकिस्तानबीच सम्बन्ध खासै राम्रो छैन् ।
यी दुइ देशबीच सम्बन्ध विग्रिनुको मुख्य कारण जम्मू कश्मिर राज्य हो । जून पहिला स्वतन्त्र थियो तर, पछि भारतले आफ्नो नियन्त्रणमा लिएको थियो । काश्मिर भारत पाकिस्तान सीमा क्षेत्र थियो । काश्मिरलाई भारतले नियन्त्रणमा लिएपछि पाकिस्तान रिसायो । त्यहीदेखि दुबै देशबीच सम्बन्ध विग्रियो । आखिरमा सम्बन्ध भारतले विगारेको देखिन्छ ।
हालै मात्र सम्बन्ध सुधारका लागि भारतीय विदेशमन्त्री सुष्मा स्वराज पाकिस्तानको भ्रमणमा छिन् । एसिया सम्मेलनमा भाग लिन त्यहाँ पुगेकी सुष्माले सम्बन्ध सुधारको प्रयासमा पहिला पाकिस्तानी विदेशमन्त्री सरताजलाई भेटिन् । त्यसपछि उनले पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफसँग भेट गरिन् ।
भेटवार्ताका क्रममा पाकिस्तानले जानाजान भारतको बेइज्जत गरेको छ । पाकिस्तानले अहिलेसम्म भारतसँगको दुश्मनी विर्सिन नसकेको कुरा माथिको फोटोबाटै थाहा हुन्छ ।
स्वराज र पाकिस्‍तानी प्रधानमन्त्री शरीफबीच भेटवार्ता हुँदा खिचिएको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरलै भएको छ । कारण हो झण्डाको अनुपस्थिति । नवाज शरीफ र सुषमा स्वराजबीच बुधवार भेटवार्ता भएको थियो दुबै नेता द्धिपक्षीय छलफल गर्न जून सोफामा बसेका थिए, त्यहाँ पाकिस्तानको झण्डा त थियो तर, भारतको झण्डा थिएन् ।
दुबै नेताको पछाडी पाकिस्‍तानका संस्‍थापक मोहम्‍मद अली जिन्नाको तस्वीर थियो । नवाजको पछाडी पाकिस्तानकै हरियो रंगको झण्डा छ भने सुष्माको पछाडी पनि पाकिस्तानकै झण्डा लगाएइको छ । जसलाई कुटनीतिक तबरले बेइज्जतका रुपमा हेरिएको छ ।
जबकि कूटनीतिक परिपाटी अनुसार दुबै मुलुकका प्रतिनिधि मण्डलको भेट हुँदा दुबै देशको झण्डा देखिनुपर्छ । द्धिपक्षीय भेटवार्तामा झण्डा नदेखिएपछि आम आदमी पार्टीका नेता कुमार विश्वासले मोदी सरकारको पाकिस्तानमा पनि बेइज्जत भएको बताएका छन् । उनले मोदीकै कारण आज भारतको बेइज्जत भएको बताए । (एजेन्सीको सहयोगमा)
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home