• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, मंसिर २२ । भारतसँग सीमा जोडिएका देशका प्रमुख व्यापारिक नाकाहरु मंगलबार (आज) फेरि प्रभावित बनेको छ ।

दुई दिनयता केही बढी मात्रामा सामानहरु भित्रिएका नाकाहरुबाट मंगलबार भने न्यून मात्रामा सामान भित्रिरहेको भन्सार कार्यालयहरुले जनाएका छन् ।

भैरहवा–सुनौली नाकाबाट मंगलबार मध्याह्न १२ बजेसम्म १९ ओटा मालबाहक गाडी, ११ ओटा बस र २५ ओटा पीकअप भ्यान नेपाल भित्रिएका छन् ।

यो नाका भएर १२ बजेसम्म कुनैपनि पेट्रोलिय पदार्थका गाडी भित्रिएको छैन ।

यस्तै, पूर्व काँकडभिट्टा–पानीट्यांकी नाकाबाट मंगलबार मध्याह्न १२ बजेसम्म २१ ओटा मालबाहक गाडी प्रवेश गरेका छन् ।

यस्तै, विराटनगर–जोगबनी नाका भएर मंगलबार मध्याह्न ४० ओटा मालबाहक गाडी प्रवेश गरेका छन् । यो नाका भएर पनि इन्धन बोकेका सवारी भित्रिएका छैनन् ।

उता, नेपालगन्ज–रुपैडिहा नाका हुँदै मध्याह्न १२ बजेसम्म ६१ ओटा मालबाहक गाडी र एक ट्यांकर डिजेल नेपाल भित्रिएको छ । imagekhabar
सुनसरी, मंसिर २२ । सुनसरीको भन्टाबारी नाका हुँदै भारतको पटना हिँडेका ५२ जना नेपालीलाई मंगलबार भारतको सुपौल जिल्लास्थित वीरपुरबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा ३३ जना पुरुष र १९ जना महिला रहेको सुनसरीका प्रहरी प्रमुख एसपी सञ्जयराज शर्माले जानकारी दिए । पक्राउ परेकाहरु उदयपुर, सप्तरी र रामेछापका रहेका छन् ।

अवैधानिकरुपमा ठूलो संख्यामा महिला र पुरुष भारत प्रवेश गरेको भन्दै उनीहरुलाई एसएसबीले नियन्त्रणमा लिएको बताइएको छ ।

एसएसबीले नेपालीलाई नियन्त्रणमा लिएपछि सुनसरीस्थित सशस्त्रको सीमा सुरक्षा कार्यालयलाई खबर गरेको हो ।

पक्राउ परेका सबैलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउने एसपी शर्माले बताएका छन् ।

भरतमा नेपाली पक्राउ परेको कारणबारे केही खुल्न नसकेको प्रहरीले जनाएको छ । imagekhabar
काठमाडौँ, २२ मङ्सिर । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले भूकम्पपीडितका घर निर्माणका लागि प्रदान गरिने अनुदानको पहिलो किस्ता जिल्ला दैवीप्रकोप उद्धार समिति मार्फत नै पठाउन लागिएको जानकारी दिनुभएको छ ।
व्यवस्थापिका-संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा उहाँले तत्काल बैंकिङ सेवाको पहुँच त्यहाँ नपुगुन्जेल कम्तीमा पनि पहिलो किस्ता पुरानै पद्धतिबाट पुर्‍याउँदा उपयुक्त हुन्छ भन्ने मत बनेको उहाँले जानकारी दिनुभयो ।
सहयोगको रकमबाट घर निर्माण गर्न रकम अपुग भएको खण्डमा सामूहिक जमानीका आधारमा थप रु तीन लाखसम्म ऋण उपलब्ध गराउने गरी कार्यविधि निर्माण भइरहेको बताउँदै डा खतिवडाले सहयोगस्वरुप उपलब्ध गराइने रु दुई लाख सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा पठाइसकिएकाले केही दिनभित्र वितरण हुनेछ भन्नुभयो ।
भूकम्पपछिको पुनःनिर्माणको काममध्ये सबैभन्दा प्राथमिकताको कार्य भनेको ओत लाग्नका लागि घर निर्माणकै काम हो भन्दै उहाँले खतिवडाले युरोपेली सङ्घले उपलब्ध गराउनेबाहेक सबै रकम दातृ निकायमार्फत नै सञ्चालन हुने बताउनुभयो ।
भूकम्प प्रभावित जिल्लामा पुनःनिर्माणको आयोजना सञ्चालनका लागि ६० करोड अमेरिकी डलर बराबरको रकमसम्बन्धी सहमतिमा हस्ताक्षर गर्ने चरणमा रहेको जानकारी दिँदै उहाँले भूकम्प प्रभावित क्षेत्रमा पुनःनिर्माणका लागि सरकारले यस वर्षको बजेटमा विनियोजन गरेको रु ९१ अर्बमध्ये ७४ अर्ब भूकम्प पुनःनिर्माण प्राधिकरण कोषमा राखिएको छ भन्नुभयो ।
उहाँका अनुसार विभिन्न मन्त्रालयले खर्च गर्ने गरी कार्यक्रम बनाउन रु १७ अर्ब छुट्याइएकामा त्यसको तत्काल कार्यक्रम बनाउन निर्देशन भइरहेको तथा कोषमा रहेको रकममध्येबाट पनि दुई तिहाइसम्म खर्च गर्न सक्ने कार्यविधि यसै हप्ता मन्त्रिपरिषद्ले अनुमोदन गर्ने छ ।
त्यो रकम रकम पुनःनिर्माण, मानवीय सहयोग र पुँजीगत खर्चमा सञ्चालन हुने आयोजनामा मात्र लगानी गर्ने गरी कार्यविधि बनाइएको जानकारी दिँदै उहाँले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा पनि ५० सामूहिक टहरा निर्माण गर्ने सोच रहेको छ भन्नुभयोे ।
भूकम्प पुनःनिर्माण प्राधिकरणको साटोमा नभई प्राधिकरण खडा नहुन्जेल मात्र योजना आयोगले समन्वयको काम गरिरहेको बताउँदै उहाँले दाताले सहयोगका लागि गरेको प्रतिबद्धताको रकम कहाँ, कसरी, कुन निकायसँग सम्वन्वय गरेर खर्च गर्ने भन्ने सम्बन्धमा देखिएको अन्योललाई हटाउन आयोगले जिम्मेवारी लिएको हो भन्नुभयो ।
सरकारले घरका लागि तयार गरेको नक्सा र मापदण्डका आधारमा घरनिर्माण गर्दा पहाडी जिल्लाका गाउँबस्तीमा रु तीन लाखदेखि साढे तीन लाख रकम लाग्ने अनुमान गरिएको उल्लेख गर्दै उहाँले सुरक्षित भवन निर्माणलाई सरकारले विशेष ध्यान दिने बताउनुभयो ।
दातृ निकाय र अर्थ मन्त्रालयलाई परियोजना सञ्चालनका लागि हस्ताक्षरका लागि ताकेता भइरहेको र आवासका लागि धेरै संस्थाले इच्छा देखाइरहेको जनाइएको छ । प्राधिकरण गठन भएपछि काम गर्न सजिलो होस् भनेर नियमावली, कार्यविधि र मापदण्ड तयार गर्ने काम भइरहेको बताउँदै डा खतिवडाले योजना आयोगले दातृ निकायसँग समन्वयको काम गरिरहेको जानकारी दिनुभयो ।
रकम वितरणमा ढिलाइ:
समितिका सभापति सुशील श्रेष्ठ तथा सदस्य हितराज पाण्डे, कमलाकुमारी घिमिरे, कौशल साहलगायतले भूकम्प भएको आठ महिना बित्न लाग्दा समेत सरकार पीडितको पीडामा मल्हम लगाउन दत्तचित्त नदेखिएको तथा न्यानोका लागि भनेर घोषणा गरिएको रकम वितरणमा ढिलाइ भएको भनी आक्रोश व्यक्त गर्नुभयो ।
मुलुकको मुख्य योजनाकार निकाय भएकाले ठीक ढङ्गले योजना बनाएर बस्ती विकासका कार्यक्रम अघि बढाउन सुझाव पनि दिनुभयो ।
पुनःनिर्माणको कामलाई राजनीतिक विभेद हुनबाट रोक्नेतर्फ विशेष चनाखो बन्न आयोगलाई सदस्यले सुझाव दिनुभएको थियो ।

dainiknepal
मंगलबार, २२ मंसिर
प्रचण्डले कुरा बुझिसकेकाले बुझ पचाएजस्तो गर्दैछन्

काठमाडाैं । संविधानमा जनताको सुझाव संकलन भैरहेकाबेला भारतले पनि सुझाव दिन बोलाएका एमाओवादी अध्यक्ष प्रचण्डलाई फेरि भारत र नेपाली कांग्रेस मिलेर उचाल्ने अनि उनकै सहमतिमा बनेको वर्तमान सरकार ढाल्ने खेल सुरु भएको छ ।
एमाओवादी अध्यक्ष अहिले वर्तमान सरकारको छायाँ प्रधानमन्त्री हुन् । उनको सहमति विना ओली सरकारले कुनै निर्णय गर्न सक्दैन । अनि प्रचण्डको दल एमाओवादीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको एक घण्टा भित्र यो सरकार ढल्ने पक्का छ । यस कारण पनि भारतीय सरकार खास गरि प्रधानमन्त्री नरेन्द्र मोदी प्रचण्डलाई प्रधानमन्त्रीको कार्य देखाएर वर्तमान सरकार ढाल्ने तयारीमा छन्।
यसको मलजल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस मार्फत् थालीएको खुलासा भएको छ । मोदीले असोज २४ गते ओलीलाई हराउनकालागि सुशील कोइरालालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको प्रसंग अझै सेलाएको छैन । यस बीचमा कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सोमबार बागलुङ पुगेर यो कुराको खुलासा गरिसकेका छन् ।
उनले ओलीलाई प्रधानमन्त्री मानेर बस्नुपर्ने प्रचण्डको बाध्यताले आफुहरुलाई पनि दुःखी बनाएको बताएर यसको संकेत गरेका छन् । अझ रोचक कुरा त दिल्ली दौडाहामा रहेका मधेसवादी दलका अध्यक्षहरुले पनि वर्तमान सरकार, त्यसमा पनि प्रधानमन्त्री ओलीका कारण मधेस समस्या बल्झीएको र आफुहरु बीकल्प दिन एमाओवादी अध्यक्षलाई सहयोग गर्न तयार रहेको बताएका छन् ।
उनीहरुको यो भनाइले भारतलाई झनै सहज बनेको छ। भारतले प्रचण्डलाई प्रधानमन्त्री बनाएर कांग्रेसलाई र मधेसवादी दलहरुलाई समर्थन गर्न लगाउने रणनीति लिन खोजेको देखिएको छ ।
तर, प्रचण्ड भने यो कुरा बुझेकाले भारतको कार्डमा आफु नअल्मलीने सुरमा छन् । उनले राप्रपा नेपालमा देखिएका राष्ट्रवाद र क्रान्तिकारिताको धारलाई सँगै लिएर संघीय चुनाव सम्म यो सरकारलाई कायम राख्ने र एमाले–एमाओवादी गठबन्धनलाई दुई तिहाई मत सहित निर्वाचित गराउने तयारीमा लागेका छन् ।
प्रचण्ड पटक पटक कांग्रेस र भारतको कार्डबाट असफल भएको र आफ्ना पार्टीका नेताहरुलाई भारतले दलाल बनाएर पार्टीलाई कमजोर बनाएको उनको विश्लेषण छ ।
nepalsandesh
मंगलबार, २२ मंसिर
                                      नेताहरुले पुनः दिल्ली दरवारलाई नै नेपाली राजनीतिको चावी  बुझाएर गद्दारी गरे

नाकावन्दी भनेको एक प्रकारको युद्ध नै हो । जसले यो यथार्थ मान्दैन, उसको दिमागलाई या त मानसिक अस्पतालमा लानु पर्दछ, या त उसले युद्ध, अर्थतन्त्र र राजनीति विचको सम्वन्धलाई नै बुझेको छैन ।
नेपालमा भारतले नाकावन्दी रुपी युद्ध गरेको हो । यसलाई नेपालका केही मधेशी नेताहरु वाहेक सबै जसो नेताहरुले पनि विरोध र भत्सर्ना गरेकै थिए । सत्तामा रहेका ओली प्रचण्ड कमल थापा लगाएतले यसको विरोध गर्दै नाकावन्दीको सामना गर्ने तर भारत संग नझुक्ने आशयका कुरा गर्दा नेपाली जनता खुशी नै भएका थिए ।
तर अन्तिम स्थितिमा आएर ओली प्रचण्ड र कमल थापा लगाएतका सत्ताधारी नेताहरुले पनि भारतीय विस्तारवादी सत्ता संग गोप्य सम्झौता गरेर नेपाल र नेपालीको घोर अपमान गरेका छन् ।
मधेश आन्दोलन र संविधान निर्माण तथा संशोधन भनेको सार्वभौम नेपाल र नेपाली जनताको आन्तरिक मामिला हो । तर यस वारेमा ओली प्रचण्ड र थापा लगाएतका सत्ताधारी नेताहरुले पनि अन्तमा आएर दिल्ली संग नै गोप्य सम्झौता गरेर टुग्याउने प्रयास गरेका छन् ।
यो भनेको नेपालको आन्तरिक मामिलामा दिल्ली दरवारलाई सामेल गराउने अर्थात विदेशी हस्तक्षेपको आमन्त्रण गरेर नेपालको राजनीतिलाई दिल्ली आश्रित वनाउने गद्दारी र राष्ट्रिय आत्मसमर्पणको निरन्तरता हो ।
मधेशका केही नेताहरु गएर भारत संग गुहार माग्नु वेठिक हो भने ओली प्रचण्ड र थापाहरुले मधेश समस्या हल गर्न दिल्ली गुहार्नु कसरी राष्ट्रवादी काम हुन सक्दछ ? यो पनि राष्ट्रघाती काम नै भएको छ ।
०७ सालमा पनि यस्तै गरि दिल्ली दरवारलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न लगाए, राणा शाह र कोइरालाहरु सबैले । ०६२ मा पनि १२ बुँदे सम्झौता गर्दा दिल्ली दरवारलाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न लगाइयो । अहिले पनि यस्तै भएको छ ।
दिल्ली दरवारले मध्यस्थकर्ता वा सहजकर्ताको भूमिका मात्र निभाएको भन्ने भनाई वाहियात हो । दिल्ली दरवारलाई नेपालको आन्तरिक मामिलामा सामेल गराउने काम त्यो वेला देखि अहिले सम्म निरन्तर भैरहेको छ ।
ओली प्रचण्ड कमल थापाहरुले मधेशी नेताहरु संगै वार्ता गरेर किन सम्झौता गर्न सक्दैनन् र मधेशी नेताहरुले पनि किन पहाडिया नेताहरु संग वार्ता गरेर सम्झौता गर्न सक्दैनन् ? किन दुबै थरिले दिल्लीको कथित मध्यस्थता रुपी हस्तक्षेप स्वीकार गर्न पुगे ? यसवाट दुबै थरिले भारतको दलाली गरेको पुष्टि भएको छ ।
केही मधेशी नेताहरुले भारत संग साँठगाँठ गरेरै नाकावन्दी रुपी अमानवीय युद्ध आमन्त्रण गरे । यसका विरुद्ध ओली प्रचण्डहरुले पनि प्रतिवाद गर्ने भनेका थिए । जनताले उनीहरुलाइ पुरै साथ दिएकै थिए ।
जनताले भारत संग कुनै हालतमा नझुक भनेकै थिए । जनताले ठुलो दुख पीडा पनि खेपेकै थिए । तर अन्तमा आएर ओली प्रचण्ड कमल थापाहरुले पनि दिल्ली दरवारलाई नेपालको आन्तरिक मामिलामा सहभागी गराइ छाडे ।
सत्ताधारी नेताहरुले भन्न सक्नु पर्दथ्यो कि मधेश आन्दोलन र संविधान हाम्रो आन्तरिक मामिला हो, यसमा कुनै पनि खालको भारतीय हस्तक्षेप मान्य हुँदैन । सार्वभौम र भूपरिवेष्ठित देश नेपालको अधिकारको रुपमा पारवहन सुविधा पाउनै पर्छ, र नेपाललाई सामान तिमिहरुले नवेच्ने हो भने पनि हाम्रो पारवहन अधिकार लिन्छौं भन्न सक्नु पर्दथ्यो ।
केही महंगो भएपनि सरकारले चीनवाट इन्धन किन्ने र ल्याउने प्रकृया शुरु गर्न पर्दथ्यो । कर छुट गराउन प्रधानमन्त्री आफै वा वरिष्ठ मन्त्रीलाई चीन पठाइ उच्च स्तरमा कुरा गर्न पर्दथ्यो । यसो हुँदा चीनले कर छुट दिने पनि सम्भावना हुन्थ्यो भन्ने कुरा वाहिरै आइसकेको छ ।
तर ओली प्रचण्डहरुले भारतीय नाकावन्दीका विरुद्ध सहि ढंगले मुकाविला गर्न छाडेर कमल थापालाई दिल्ली पठाएर मधेश आन्दोलन, प्रदेश सीमांकन, विदेशीलाई नागरिकता दिने विषय, संविधान संशोधन आदि जस्ता नेपाली राजनीतिका गम्भीर विषयहरुमा भारतीय शासक वर्ग संग गोप्य सहमति गर्न लगाए ।
यो भनेको ओली प्रचण्ड कमल थापाहरुले गरेको गम्भीर प्रकृतिको राष्ट्रघात हो । नेपाली राजनीतिको चावि फेरि पनि दिल्लीका शासक वर्गलाई नै बुझाएर नाकावन्दी हटाउन लगाउनु के बुद्धिमानी हो ? यो भनेको नांगो गद्दारी हो ।
इतिहासले विदेशी शक्ति संग मिलेर आफ्नै देशका जनता माथि नाकावन्दी रुपी युद्ध थोपर्ने केही मधेशी नेताहरुलाइ तथा नेपालले जित्न सक्ने र जित्न लागेको वेलामा दिल्ली दरवार सामु झुकेर गोप्य सहमति गर्ने ओली प्रचण्ड र थापाहरुलाई पनि क्षमा दिने छैन ।
नाकावन्दी युद्धका विरुद्ध भारत तथा अन्तराष्र्टि«य जगतमा मोदी सरकार नराम्रो संग नांगीन थालि सकेको थियो । भारतीय संसदमा समेत पनि नेपालमा नाकावन्दी भारतले होइन मोदी सरकारले लगाएको हो भन्ने सम्मका कुरा जोडदार रुपमा उठि सकेको थियो ।
भारतीय परराष्ट्र नीति सधैं जसो भारतीय सत्ता पक्ष र विपक्षी दलहरुको एउटै हुने गरेको मा नेपाल माथि लगाइएको नाकावन्दी वारे मोदी एक्लिसकेको थियो भन्ने प्रमाण संसदको छलफलले स्पष्ट पारेको छ ।
भारतले लामो समय नाकावन्दी गर्न नसक्ने स्थितिमा तत्कालिक समस्या चीनवाट अलि महंगो मै भएपनि(तर कालो वजार भन्दा यो सस्तो नै हुन्थ्यो) इन्धन ल्याएर हल गरेको भए भारतले केही समय पछि नाकावन्दी खोल्न वाध्य हुन्थ्यो र भारत संग साँठगाँठ गरेका केही मधेशी नेताहरु पनि ओली सरकार संगै काठमाण्डौं मै वार्ता गरेर समस्याको हल खोज्न वाध्य हुन्थ्यो । नेपालको आन्तरिक मामलामा दिल्ली दरवार घुस्न पाउँदैनथ्यो ।
नेपाल माथिको नाकावन्दी भारतीय शासकहरुका लागि घाँडो भैसकेको थियो तर पनि ओली प्रचण्डहरु भारतीय विस्तारवाद संग झुके । यो भन्दा लाज मर्दो कुरा के होला ?
संविधान घोषणा गरेर तथा नाकावन्दी विरुद्ध अडान लिएर प्राप्त गरेको अलि अलि जनसमर्थन पनि ओली तथा प्रचण्डले पुनः खोलामा वगाएका छन् ।
आखिरमा आएर ओली र प्रचण्ड पनि वावुराम कै वाटोमा लागे । यसको फल उनीहरुले भोग्नै पर्ने हुन्छ । आज नभए भोली ।
nepalsandesh
विवाहका लागि उपयुक्त जोडी मिलाउनका लागि चिना कुण्डली मिलाउने देखि लिएर हुनेवाला बेहुला बेहुलीको रुपरँग तथा जिउडाल र कद समेत मिलेको छ छैन भन्ने कुरालाई महत्व दिइन्छ । पति पत्नीको जिउको उचाइमा धेरै भिन्नता
नहोस् र कद मिल्दोजुल्दो भएमा जोडी जम्छ भन्ने मान्यता छ । तर दक्षिण कोरियामा गरिएको एक अनुसन्धानले भने यसको ठीक विपरित नतिजा निकालेको छ ।
सिओलस्थित कोन्कुक विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार लोग्ने स्वास्नीबीचको उचाइको अन्तरले आपसी प्रेममा वृद्धि गर्दछ । ७८५० जना महिलाहरुमा गरिएको सर्भेक्षणबाट यो कुरा पत्ता लागेको छ की
पतिको उचाइ पत्नीको तुलनामा निकै बढी भएमा त्यस्ता पुरुषहरु असल पति सावित हुन्छन् अनि त्यस्ता श्रीमतीहरु दाम्पत्य जिवनमा निकै खुसी पनि हुन्छन् । वास्तवमा दाम्पत्य जिवनमा महिलाहरु खुसी हुनु भनेको त्यस्तो सम्बन्धमा पुरुषहरु सन्तुष्ट तथा खुसी छन् भन्ने कुराको द्योतक हो । आखिर पुरुषहरु होँची महिलालाई
किन पहिलो रोजाइमा पार्छन् त ? यसका केही कारण यस्ता छन्:
शक्तिशाली अनुभुती गर्छन्
सम्बन्धलाई सही ढंगले अघि बढाउने नबढाउने भन्ने कुरा धेरै हदसम्म एकअर्काको सोँचमा निर्भर गर्दछ । आफुभन्दा कम उचाइका महिला पार्टनर पाउँदा पुरुषहरुमा आफु शक्तिशाली भएको अनुभुति जाग्दछ ।
यस्ता पुरुषहरु यो कुरामा ढुक्क बन्दछन् की उनीहरु उचाइलाई हतियार बनाएर श्रीमतीलाई आफ्ना कुरामा सजिलै मनाउन सक्छन् । पुरुषहरु विस्तारै डोमिनेटिंग अर्थात् हेँपाहा चरित्रका बन्दछन् र यसलाई महिलाले पनि सहजै
स्विकार गर्छन् ।
असुरक्षित महसुस गर्दैनन्
अग्ला पुरुषलाई लाग्छ की उनका होँचा पार्टनरलाई हरेक बखत उनीहरुको संरक्षणको आवश्यकता हुन्छ । जसका कारण
उनीहरु आफ्नी महिला पार्टनरलाई बढि सुरक्षा तथा हेरचाह गर्दछन् । उनीहरु महिला पार्टनरको बारेमा आफुलाई कुनैपनि ढंगले असुरक्षित ठान्दैनन् र आशंका पनि गर्दैनन् ।
अंकमाल गर्न मज्जा आउँछ
यदि श्रीमती आफुभन्दा अग्लो हुनेहो वा आफ्नै हाइटको हुनेहो भने अंकमाल गर्न त्यति सजिलो तथा सहज लाग्दैन पुरुषहरुलाई । उनीहरु आफुभन्दा होँची महिलासँग अंकमाल गरेर दह्रोसँग अँगालोमा लपेट्न चाहन्छन् र आत्मीयता बढाउँछन् ।
अग्ला महिला घमण्डी हुन्छन् भन्ने भावना
अध्ययनले के देखाएको छ भने होँचा महिलाको तुलनामा अग्ला महिलाहरु बढि आत्मविश्वासी हुन्छन् र उनीहरुको आत्मविश्वास कहिलेकाहीँ प्रतिशोध तथा घमण्डको रुपमा पनि प्रकट हुनसक्छ । त्यसैले पनि पुरुषहरु इगो समस्याका कारण अग्ला महिलालाई रोजाइमा पार्दैनन् र होँचो कदका महिला नै रोज्दछन् ।
सहवासमा सन्तुष्टि
पुरुषहरुले होँचो कदका महिला यसकारण मन पराउँछन् की होँचा महिलाहरुले सेक्समा राम्रोसँग इन्जोए गर्छन् । कम उचाइका कारण उनीहरुको वजन पनि कम नै हुन्छ जसले सहवास सन्तुष्टिको लागि पुरुषलाई सजिलो पार्दछ । त्यसैले आफ्नो यौन जिवनको सन्तुष्टीका खातिर पनि पुरुषहरु होँचो कदका महिला मन पराउँछन् ।
दुनियाले र्‍याल काढून
अग्लो पुरुष र अलिक होँची महिलाबीचको जोडी निकै पर्फेक्ट हुन्छ र यो जोडीप्रति धेरैको नजर जान्छ । कम उचाइका महिलाको फिगर आकर्षक तथा कामुक हुन्छ, जुन बढि अग्ला महिलामा पाइँदैन । सुन्दरताका साथसाथै पर्फेक्ट बडी फिगरका कारण जोडी जमेको दुनियालाई देखाउन पनि पुरुषहरु होँची महिला रोज्दछन् । एजेन्सीको सहयोगमा
onlinekhabar
मंसिर, काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रष्ट पार्दै चीनलाई जानकारी पत्र पठाएको छ । भारतको विदेश मन्त्रालयले नेपालमा जारी आन्दोलन, भारतको भुमिका लगायतका विषयमा प्रष्ट पारिएको बताइएको छ ।

भारतले चीनबाट नेपालले आपुर्ति बढाउन खोजदा असन्तुष्टि जनाउँदै आएको थियो ।
भारतले जारी मधेस आन्दोलनकार कारण नेपाल तर्फबाटै नाकामा अबरोध भएको र यसमा भारतको कुनै भुमिका नरहेको भन्दै चीनलाई आश्वस्त पार्न खोजेको छ ।
भारतले पत्रमा नेपालमा आफुले नाकाबन्दी नगरेको प्रष्ट पार्दै नेपाल भारतका बीचमा सदियौं लामो सम्बन्धलाई अझै प्रगाढ बनाउने बेलामा आफुहरुले यस्तो काम गर्न नसक्ने बताएको छ ।
नेपाल मामलामा चीनले भारतको धारणा बुझ्न खोजेका बेला भारतले चिनियाँ विदेश मन्त्रालयलाई जानकारी पठाएको बताइएको छ ।.npkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, मंसिर २१ । भारतले गरेको अघोषित नाकाबन्दीका कारण खाना पकाउनै नपाउने अवस्था भोगिरहेकाहरुका लागि एक संस्थाले निःशुल्क सामूहिक भोजन गराउन थालेको छ ।


महिला आधारशीला नामक गैरसरकारी संस्थाले राजधानीको गौरीघाटमा यस्तो भोजन गराउन थालेको हो । खाना पकाउने ग्यास र दाउरा र इन्धनकोसमेत अभाव झेलिरहेकाहरुलाई निःशुल्क खाना खुवाउन सुरु गरेको सो संस्थाकी अध्यक्ष रेणु शर्माले जानकारी दिइन् ।

हाल सो स्थानमा ५ सयजनाभन्दा बढीले खाना खाने गरेका छन् । खाना पकाउने दाउरा पनि पाइन छाडेपछि सामूहिक भोजनमा सहभागी भएको उनीहरुले बताए ।

अपराह्न ४ बजेदेखि साँझ ६ बजेसम्म सो संस्थाले भोजन गराउने गरेको छ । सहज अवस्था नबनेसम्म यसरी निःशुल्क खाना खुवाउने पनि सो संस्थाले जनाएको छ ।
imagekhaba भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २२ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्त ठाकुरले आफूहरू र भारतले नेपालमा ‘नाकाबन्दी’ नगरेको दाबी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (मंगलबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष ठाकुरले नेपालमा ‘नाकाबन्दी’ नलगाएको दाबी गर्नुभयो । ‘नाकाबन्दी शब्द कहाँबाट आयो ?’, प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘मधेस आन्दोलन बद्नाम गर्न ‘नाकाबन्दी’ गरेको आरोप हामीलाई लगाइएको छ ।’ उहाँले आफूहरूको आन्दोलन सरकारलाई असहयोग गर्ने मात्रै रहेको दाबी गर्नुभयो ।
तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष ठाकुरले ‘नाकाबन्दी’ मधेसी मोर्चा र भारत दुबैले नगरेको दाबी गर्नुभयो । उहाँले मधेस आन्दोलनका कराण आपूर्ति व्यवस्था सहज हुन नसकेको मात्रै बताउनुभयो ।
‘हामीले ‘नाकाबन्दी’ भनेका छैनौँ’, अध्यक्ष ठाकरले आफ्नो अन्तर्वार्तामा पटक पटक दोहर्‍याउँदै भन्नुभयो, ‘हामीले त असहोग आन्दोलन मात्रै गरेको हो ।’ अध्यक्ष ठाकुरले ‘नाकाबन्दी’ शब्दबाट आफूलाई यूटर्न गराएकोमा सबैले चकित भएर लिएका छन् ।
स्रोतका अनुसार भारतमा नेपालमा भएको ‘नाकाबन्दी’ र आपूर्ति व्यवस्थालाई लिएर विभिन्न दलका नेताहरूले कडा आलोचना गरेपछि मधेसी मोर्चाले आफ्नो बचाउ गर्न ‘नाकाबन्दी’ नगरेको छ । ‘नाकाबन्दी’ले समस्याको समाधान नगर्ने भन्दै आलोचना भएपछि मधेसी मोर्चाका नेताहरूले भारत र आफूहरूले ‘नाकाबन्दी’ नगरेको बताएका हुन् ।
यद्यपि, मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवले सार्वजनिक कार्यक्रम र पत्रकार सम्मेलनहरूमा ‘नाकाबन्दी’ भारतले भनई आफूहरूले लगाएको दाबी गर्दै आएका थिए । नाकाबन्दी लगाएको स्वीकार गर्नेमा अध्यक्ष ठाकुर स्वयं पनि हुनुहुन्छ ।
अहिले आएर अध्यक्ष ठाकुरले एकाएक किन ‘नाकाबन्दी’ शब्दको बिरोध गर्नु थाल्नु भएको छ ? रहस्यको विषय भएको छ । उहाँले यसरी ‘नाकाबन्दी’ शब्दको बिरोध गर्नुलाई भारतीय नेताहरूले दबाव दिएर नाकाबन्दी नगर्न भनेको हुनुपर्ने जानकारहरूको भनाइ छ ।
dainiknepal
 पटकमंगलबार, २२ मंसिर
काठमाडौँ । भारत भ्रमणमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले भारतका विभिन्न राजनीतिक नेतासँग भेटवार्तालाई जारी राखेका छन् ।
यसैक्रममा उनीहरुले आज बिहान इन्डिया इन्टरनेसनल सेन्टरमा नेपालका लागि पूर्वभारतीय राजदूतको समूहसँग भेटवार्ता गरेका छन् । भेटमा पूर्वराजदूत जयन्त प्रसाद, देव मुखर्जी, शिवशङ्कर मुखर्जी, श्यामशरणलगायतको सहभागिता थियो ।
मधेसी मोर्चाका नेता त्यहाँका विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताका लागि व्यस्त रहेको मोर्चाका एक घटक तराई–मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री सर्वेन्द्रनाथ शुक्लले जानकारी दिए । उनका अनुसार मङ्गलबार मोर्चाका नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सुरक्षा सल्लाहकार अजित डोबलसँग भेटवार्ता गर्ने छन् ।
यसअघि आइतबार हैदराबाद हाउसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेटवार्ता गरेका मोर्चाका नेताले नेसनलिस्ट काँग्रेसका नेता करण सिंह, डिपी त्रिपाठी, जनता दलका अध्यक्ष शरद यादव, भारतीय कम्युनिस्ट पार्टी माक्सवादी का महासचिव सीताराम येचुरीसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
आइतबार भारत गएको मोर्चाको टोली बुधबार स्वदेश फर्कने कार्यक्रम छ । मोर्चा आबद्ध तमलोपाका अध्यक्ष महन्थ ठाकुर, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई–मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नेपालको मधेस आन्दोलनबारे भारतीय सरकार र भारतीय राजनीतिक दललाई जानकारी गराउन दिल्ली पुगेका हुन् ।
nepalsandesh
मंगलबार, २२ मंसिर
सरकारसँग सहमतिको विषयमा महतो, ठाकुर र यादवबीच बढ्यो दुरी
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरुबीच देखिएको इगो समस्या दिल्लीमै छताछुल्ल भएको छ ।
भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा दिल्ली पुगेका मधेसवादी दलका अध्यक्षहरुबीच सरकारले पेश गरेको तीन बुँदे प्रस्तावलाई कसरी ग्रहण गर्ने भन्ने विषयमा लफडा भएको हो ।
काठमाडौंमा रहँदा पनि मोर्चाका शीर्ष नेताहरुबीच मतभेद रहँदै आएको थियो । सद्भावना अध्यक्ष राजेन्द्र महतोले भारतले आगह गर्दैमा नाकाबन्दी नखोल्ने अभिव्यक्ति दिएपछि दिल्लीमा लफडा सुरु भएको हो । महन्थ ठाकुरले भने सरकारले प्रस्तुत गरेको अवधारणा सकारात्मक भएको र मोर्चाको बैठक बरेर निर्णय गर्ने बताएका थिए ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले सरकारले प्रस्ताव गरेको तीन बुँदेमा आधारीत भएर सहमति गर्न मोर्चाका नेताहरुलाई सुझाव दिएकी थिइन् । स्वराजको सुझावपछि मधेसी मोर्चाका नेताहरुले नेपाल सरकारको लाइनमा भारत पुगेको भन्दै असन्तुष्टी समेत जनाएका थिए । मोर्चाका नेताहरु महन्थ ठाकुर र महेन्द्र राय भने यो प्रस्तावको दायरा फराकीलो पारेर सहमति गर्नुपर्ने पक्षमा उभिएका छन् भने उपेन्द्र यादव पनि मध्यमार्ग कै पक्षमा रहेको बताइएको छ ।
तर, महतो भने भारतको दृष्टीकोणले मधेस समस्या समाधान नहुनेमा छन् । सोमबार मात्रै भारतीय संसदमा भारत आएका पाँच मध्ये तीन चुनावमा सर्वनाक हार व्यहोरेकालाई बोलाएर भारतले गल्ती गरेको आरोप लगाएपछि भारतीय सरकार पनि झसंग भएको थियो । संसदमा बोल्ने सांसदहरुले यो नाकाबन्दी भारतले हैन मोदी सरकारले मात्रै गरेको बताएका थिए ।
मोर्चाका नेताहरुले जवारलाल नेहरु विश्वविद्यालयमा आयोजित अन्तरक्रियामा पनि नेताहरुबीच फरक फरक अभिव्यक्ति आएपछि भारतीय सरोकारवाला निकाय पनि जिल्ला परेको बताइएको छ ।
nepalsandesh
काठमाडौं, २२ मंसिर । भारत भ्रमणमा रहेका मधेसी मोर्चाका शीर्ष नेताहरूले आज (मंगलबार) पनि राजनीतिक भेटवार्ता र परामर्शहरू गर्ने कार्यसूची रहेको छ । व्यस्त कार्यसूचीमा भारतीय प्रधनमन्त्री नरेनद्र मोदीलाई भेट गर्ने कार्यक्रम भने छैन ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोका सहयोगी उपेन्द्र महतोका अनसार आज बिहान साढे १० बजे भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गर्दैछन् । डोभलले नेपालको तराई मधेसमा जारी मधेस आन्दोलनलाई उचालेको आरोप छ । डोभल प्रधानमन्त्री मोदीका सुरक्षा सल्लाहकार हुन् ।
भेटमा मधेसी मोर्चाका नेताहरूले मधेस आन्दोलन र भारतले नाकाबन्दी लगाइ आफूहरूको आन्दोलनमा समर्थन गरेको विषयमा छलफल गर्ने बुझिएको छ ।
डोभालसँगको भेटवार्तापछि मधेसी मोर्चाका शीर्ष नेताहरूले मध्यान्ह १२ बजे भारतीय बिदेश सचिव एस.जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ । एस. जयशंकर पनि नेपालमा आइ राजनीतिक दलहरूलाई संविधान तत्काल जारी नगर्न दवाव दिने व्यक्ति हुन् ।
त्यसै गरी मधेसी मोर्चाका नेताहरूले ३ बजे ओआरएफद्वारा आयोजित अन्तरक्रियामा सहभागी हुनेछन् ।
छलफल अन्तर्गत बेलुका साढे ७ बजे जहवार लाल नेहरु विश्व विद्यालयका पूर्व विद्यार्थीको समूह तराई मधेश स्टडी ग्रुपले पनि अन्तरक्रिया राखेको छ । अन्तरक्रियाको अध्यक्षता प्रो.एस.डी. मुनीले गर्ने छन् । कार्यक्रममा मधेसी मोर्चाका चार शीर्ष नेताहरू प्रमुख वक्ताका रुपमा रहेका छन् ।
अन्तरक्रियाको अध्यक्षता गर्दै गरेका प्रो.मुनी एमाओवादीका पूर्व नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईका गुरु हुन् । मुनी समय समयमा नेपाल आइ विभिन्न समूहलाई नेपालीविरुद्ध उचाल्ने गर्ने गरेको आरोप छ ।
विगत साढे तीन महिनादेखि तराई मधेसमा आन्दोलन गर्दै आएका मधेसी मोर्चाका नेताहरू तीन दिनदेखि भारतको राजधानी नयाँदिल्लीमा मधेस आन्दोलनका विषयमा भारतीय नेता, मन्त्री र विभिन्न व्यक्तिहरूसँग भेटवार्ता गर्दै आएका छन् ।
भारतीयहरूसँग भेट गर्न संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव नयाँदिल्ली जानु भएको हो ।
dainiknepal
मंगलबार, २२ मंसिर
एजेन्सी । धार्मिक अतिवादी संगठन इस्लामिक स्टेट आइएसको हरेक महिना झण्डै ८ करोड डलर आम्दानी हुने अध्ययनले देखाएको छ ।
बेलायतको आर्थिक संस्था आइएचएस इंकल गरेको अध्ययन अनुसार आइएसले हरेक महिनामा झण्डै ८ करोड डलर संकलन गर्ने गरेको छ । जुन नेपाली मूल्य अनुसार ८ अर्ब भन्दा धेरै नेपाली रुपैयाँ हुने गर्दछ ।
संस्थाका अनुसार आइएसको आम्दानीको आधा भाग उसले नियन्त्रणमा लिएको क्षेत्रबाट असुल गरिएको कर तथा जफत गरिएका सम्पत्तिबाट रहने गरेका संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
आइएसको मुख्य आम्दानीको स्रोत भनेको तेलको व्यापार हो ।
तेलको व्यापारबाट आइएसले ४३ प्रतिशत र अरु बाँकी नसालु पदार्थको तस्करी, पुरातात्विक कलाकृतिका वस्तु तस्करी, आपराधिक गतिविधि तथा चन्दाबाट असुल गर्ने गरेको छ । प्रतिवेदनले विदेशी सहयोग भने आइएसलाई अरुको तुलनामा निकै कम मात्र मिल्ने गरेको देखाएको छ ।
nepalsandesh
सोमबार, २१ मंसिर
काठमाडौं । राज्यसभामा नेपाल सीमा संकट बारे सरकारको बचाउ गर्दै भारतीय विदेशमन्त्री सुषमा स्वराजले नेपालको आन्तरिक मामलामा हस्तक्षप नगरेको दावी गरेकी छिन् ।
तर छिमेकी मुलुको अवस्था टुलुटुलु हेरेर बस्न भने भारत सरकार तयार नरहेको उनले बताएकी छिन् । स्वराजले सदनमा बोल्दै नेपालमा भूकम्पमा समेत नेपाललाई भारतले ठूल्दाई ले झै सहयोग गरेको भन्दै कुनै पनि समस्या पर्दा भारत चुप नलाग्ने बताइन् ।
उनले  नेपालका राजनीतिक दलहरुसँग वार्ता तथा संवाद भइरहेको भन्दै ४, ५ दिनमा समस्या सभाधान हुने बताइन् ।
उनले नेपालको समस्या बल प्रयोग भन्दा पनि राजनीतिक रुपमा हुनु पर्ने उल्लेख गरिन् ।
स्वराजले नेपालमा भएको आन्दोलनका कारण नेपाल भारत सीमा क्षेत्रमा सयौं सवारी अड्किएको भन्दै कुनै देशसँगको सीमामा आफूहरुले कुनै संकट नपारेको बताइन् । उनले घुमाउरो पारामा नेपालमा भारतले नाकाबन्दी नगरेको उल्लेख गरिन् ।
उनले नेपालमा औषधी समेत अभाव भएकोमा आफू दुखित भएको भन्दै अत्यावस्यक औषधीको माग फारम नेपालसँग गरिएको भएपनि नेपाल सरकारले कुनै जवाफ नपठाएको बताइन् ।
nepalsandesh

वि.सं. २०७२ साल मंसिर २२ गते। मंगलबार। इश्वी सन् २०१५ डिसेम्बर ८ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– द्वादशी, १२:०० बजेउप्रान्त त्रयोदशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनुका साथै धेरैको मन लोभ्याउन सकिनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। परिस्थितिले अरूको हातमा गइसकेको धन फिर्ता दिलाउनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ। प्रतिस्पर्धाले पुरुषार्थी काम गर्ने हिम्मत पलाउनेछ। संगत र खानपानमा निकै नै सावधान रहनुपर्ने समय छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। होसियारीसाथ प्रयत्न गर्दा सामान्य फाइदा हुन सक्छ। समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
लाभ हुने काम प्रारम्भ गर्ने समय छ। साझेदारीमा पनि फाइदा उठाउन सकिनेछ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। आम्दानी बढढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। विभिन्न भौतिक साधनहरू जुट्नेछन् र प्रसन्नता पनि मिल्नेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। विभिन्न अवसरले पछ्याउनेछन्। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। तत्काल धेरै लाभ नभए पनि दिगो फाइदा उठाउन सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
श्रमपूर्वक समर्पित हुँदा पनि जस नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौतीले खिन्नता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा आँटेका काममा बाधा हुनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
आश्वासन दिएर झुक्याउनेहरूले सताउन सक्छन्। बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिका लागि निकै मिहिनेत गर्नुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। बदनाम व्यक्तिहरूले मात्र सहयोगको तत्परता देखाउनेछन्, सजग रहनुहोला।


२२ मंसिर, काठमाडौं ।

नेपालमा हुँदा भारत गरेर तीन सरकारी तीन बुँदे प्रस्ताव अस्वीकार गरे पनि भारत पुगेपछि भने मधेसी मोर्चाका नेताले त्यसलाई सकारात्मक भनेका छन् ।


मधेसी मोर्चाका नेता महन्थ ठाकुरले भनेका छन् –हाम्रा परराष्ट्र मन्त्रीले भारतीय समकक्षी समक्ष तीन बुँदेबारे विस्तृत छलफल गर्नुभएको रहेछ अब नेपाल गएर साझा धारणा बनाउछौं । पूरा माग नसमेट्ने भए पनि तीन बुँदेले आशा जगाएको उनले बताएका छन् ।

काठमाडौंमा सरकार प्रमुख प्रतिपक्षी दलसँग भएको वार्तामा भने मोर्चाले तीन बुँदे प्रस्ताव ठाडै अस्वीकार गरेको थियो । नयाँ पत्रिका  nepaliheadlines
नाकाबन्दीबारे भारतीय संसद्‌मा बहस
काठमाडौं: नेपालमाथि लगाइएको नाकाबन्दीका कारण भारतीय संसद्को माथिल्लो सदन राज्यसभामा प्रधानमन्त्री नरेन्द्र मोदी र भारत सरकारको चर्को आलोचना भएको छ।


भारतीय राज्यसभामा सोमबार नेपालसम्बन्धी ध्यानाकर्षण प्रस्तावमाथि बहस गर्दै प्रमुख प्रतिपक्षी कांग्रेस, जनता दल युनाइटेड, बिजु जनता दल र भारतीय कम्युनिस्ट पार्टी माक्र्सवादीका सभासद्ले नेपालमाथि लगाइएको नाकाबन्दी र भारत सरकारको नेपाल नीतिको चर्को बिरोध गरेका हुन्।तीन घण्टासम्म चलेको बहसमा राज्य सभाका सदस्यहरुले नेपालको संविधान निर्माण, सार्वभौमसत्ता र आन्तरिक राजनीतिमा हस्तक्षेपसँगै प्रधानमन्त्री मोदीले नाकाबन्दी लगाएको भन्दै त्यसलाई तत्काल हटाउन माग पनि गरे।

कांग्रेसका सभासद् मणिशंकर ऐयरले अहिले नेपालमा भारतले नभई नरेन्द्र मोदी नेतृत्वको सरकारले नाकाबन्दी लगाएको बताए। उनले नेपालको संविधानबारे भारतले दिएको सुझावलाई बाध्यात्मक रूपमा लागू गर्नैपर्छ भन्ने मोदी सरकारको नीति उचित नरहेको पनि बताए। नेपालका मधेसीले संविधान बहिष्कार गरेको भनाइप्रति उनले आपत्ति जनाए।

‘एक सय १६ निर्वाचित मधेसी सभासद्मध्ये एक सय ६ जना सभासद्ले संविधान अनुमोदनका पक्षमा हस्ताक्षर गरेका छन्। अब भन्नुस्, मधेस आन्दोलन कसले चलाइरहेको छ ? कसले मधेसको प्रतिनिधित्व गरेको छ ? ११ जना निर्वाचित मधेसी सभासद्ले मात्र संविधानमा हस्ताक्षर नगरेका हुन्।

उनीहरूमात्रै आन्दोलनमा हो । अहिले दिल्ली आएकामध्ये तीनजना पनि चुनाव हारेका हुन्,' ऐयरले भने। उनले विदेश सचिव एस जयशंकरलाई संविधान जारी गर्ने अन्तिम समयमा नेपाली नेतामाथि दुव्र्यवहार गर्न भारत सरकारले नेपाल पठाएको भनेर प्रश्न पनि गरे।

‘सन् १९४९ मा भारतको संविधान रोक्न कोही विदेशी प्रतिनिधि आएर राष्ट्रिय सहमति गर भनेको भए के हुन्थ्यो ? हामी स्वीकाथ्र्यौं ? हामीले एक सय २२ पटक संविधान संशोधन गरेका छौं भने नेपालले संविधान किन संशोधन गर्न सक्दैन भनेर हामी अविश्वास गर्ने?' उनले भने।

पाँच सय सभासद्ले अनुमोदन गरेको नेपालको संविधानलाई भारतले स्वागत गर्नुपर्ने उनको भनाइ थियो। भारतीय विदेशमन्त्री सुषमा स्वराजले प्रस्ताव गरेजस्तै सर्वदलीय टोली नेपाल पठाउनु सार्थक नहुने भन्दै ऐयरले बरु त्यसको साटो डा. करण सिंहजस्ता व्यक्तिलाई नेपाल पठाउन आग्रह गरेका थिए।

कांग्रेस आईका सभासद् करण सिंहले नेपालमा अहिले नाकाबन्दीका कारण मानवीय संकट उत्पन्न भएको भन्दै दुःख व्यक्त गरे। 'औषधि, इन्धन र खाद्यान्न सहज नहुँदा महिला, वृद्ध, बालबालिका सबै पीडित छन्,' सिंहले भने, 'भारत सरकारलाई म आग्रह गर्न चाहन्छु, जहाजबाट पनि हामीले औषधि र इन्धन पठाउने व्यवस्था मिलाउनुपर्छ।'


उनले भारतले नेपालबाट राणा शासन हटाउन हस्तक्षेप गरेको स्मरण गर्दै त्रिभुवनले भारतीय दूतावासमा शरण लिएको पनि स्मरण गराए। उनले भने, 'राजा ज्ञानेन्द्रको हातबाट शासन हटाएर संसद्वादी शक्तिहरूलाई सत्ता दिनुपर्ने भारतको सुझाव राजा ज्ञानेन्द्रले स्वीकारे। म नै त्यतिबेला मनमोहन सिंह सरकारको विशेष दूत भएर राजालाई पत्र बुझाउन गएको थिएँ।' 'राजा फर्काउने र हिन्दु राष्ट्र बनाउने एजेन्डा भारतको होइन' (भिडियो)

सिंहले नेपालको नयाँ संविधान अनुमोदन भइसकेको दुई दिनपछि विदेश सचिव पठाएर संविधान रोक भन्नु भारतको हस्तक्षेपकारी नीति भएको बताए। विदेशमन्त्री स्वराजले सभासद्हरूको प्रश्नको जबाफ दिँदै भारत सरकारले अहिले नेपालमाथि 'बिग ब्रदर'को नभइ 'इल्डर ब्रदर'को भूमिका निर्वाह गरेको दाबी गरिन्।

भूकम्प गएको ६ घन्टापछि नेपाल पुगेर भारतले भूकम्पपीडितलाई तातो खाना खुवाएको र भूकम्पपछिको पुनर्निर्माणमा एक अर्ब अमेरिकी डलर सहायता बाचा गरेको पनि उनले बताइन्। नेपालका नेताहरूलाई संविधान जारी हुनुअघि मधेसको भावना नसमेटिएपछि समस्या आउनसक्ने पटकपटक सुझाव र ‘चेतावनी’ समेत भारत सरकारले दिएको उनले बताइन्।

राज्यसभाका सदस्यहरूले इतिहासमा पहिलोपटक नेपाल-भारत सम्बन्ध बिग्रेको बताएपछि विदेशमन्त्री स्वराजले कांग्रेस आईका तर्फबाट सन् १९८९ मा नेपालमा १४ महिना नाकाबन्दी लगाएको स्मरण गरिन्। 'राजीव गान्धी प्रधानमन्त्री हुँदा कांग्रेस आईले नेपालमाथि सबा एक वर्ष नाकाबन्दी लगाएको होइन?' उनले भनिन्।

उनले नेपालमा संविधानमार्फत मधेसी जनताको न्याय खोसिएको भन्दै जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र आमाको नामबाट नागरिकता दिने विषयलाई समेत हटाइएको बताइन्।नेपाल-भारत सीमामा जारी मधेस आन्दोलनका कारण नाकाबन्दी भएको भन्दै उनले नेपालमाथि नाकाबन्दी नगरिएको दाबी गरिन्।

उनले ईश्वरले कृपा गरे नाकाबन्दी ४-५ दिनमा हल हुनसक्ने बताइन्। स्वराजले प्रधानमन्त्री मोदीले नेपालको संविधानसभामा सम्बोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिबद्धता व्यक्त गरेको बताउँदै राजतन्त्र र हिन्दुत्व फर्काउन भारतले चाहेको भन्ने कुरामा सत्यता नरहेको दाबी पनि गरिन्।

भारतीय जनता दल युनाइटेडका अध्यक्ष शरद यादवले नेपालको हरेक मामिलामा भारत सधैं सहयोगी रहँदै आए पनि अहिले सम्बन्धमा चिसोपना आउनुमा भारत जिम्मेवार रहेको बताए। उनले भारतले नेपालमा बडप्पन देखाउन जरुरी नरहेको बताए।

उनले मानवीय संकटका कारण अबोध बच्चा र महिलासमेत पीडामा परेकाले भारतले तत्काल समस्या समाधान गर्न सघाउनुपर्नेमा जोड दिए।जनता दल युनाइटेडका सभासद् पवनकुमार शर्माले नेपाल र भारतबीचको सम्बन्ध संकटमा परेको बताए।

'यति खराब सम्बन्ध दुई देशबीच कहिल्यै भएको थिएन। नेपालमा ग्यास, औषधि र खाद्यान्न अभाव छ। नेपालमा भारतविरोधी भावना फैलिएको छ। चीनको बढ्दो प्रभाव छ। संविधान समावेशी भए पनि किन भारतले नेपालमा हस्तक्षेप गरेको ? भारतको विदेशनीति कस्तो रह्यो? भारत नेपालको ठूल्दाइका रूपमा प्रस्तुत भएको देखियो,' उनले भने।

बहुजन समाजवादी पार्टीका सभासद् सलिम अन्सारीले तत्काल मधेसीको आन्दोलन रोकिनुपर्ने बताए। 'नेपाल भारतको पन्जाबाट चीनततर्फ जाने अवस्था बनाउनु दिनु हुँदैन,' उनले भने, 'नयाँ संविधान संशोधनका लागि भारतले दबाब दिनुपर्छ। भारतको विदेशनीति कहीं न कहीं चुकेको अवस्था छ,' उनले भने।

भारतीय नेसनलिस्ट कंग्रेसका महासचिव डीपी त्रिपाठीले नेपालमा मानवीय संकट उत्पन्न भएको बताए। उनले युनिसेफको वक्तव्य देखाउँदै नेपालका ३० लाख बालबालिका अहिले जोखिममा रहेको जानकारी गराए।

त्रिपाठीले सातवटा चेक प्वाइन्टमध्ये एउटा र अर्को नाका आधामात्रै प्रभावित भएको बताए। उनले अन्य नाकाबाट आपूर्ति सहज बनाउन भारतलाई केले रोकेको छ भन्दै प्रश्न गरे।

इन्डियन नेसनल कंग्रेसकी सभासद् रेणुका चौधरी, बिजु जनता दलका सभासद् भूपिन्द्र सिंह, भारतीय जनता पार्टीका सभासद् भीपी सिंह, भारतीय कम्युनिस्ट पार्टीका सभासद् डी राजा र भारतीय कम्युनिस्ट पार्र्टीका सभासद् टी रंगराजनसहित १४ जना सभासद्ले नेपालमा जारी संकटमा सघाउन भारत सरकारलाई सुझाव दिए।

उनीहरूमध्ये केहीले नेपालको अहिलेको संकट हल गर्न भारतले मध्यस्थता गर्नुपर्ने पनि सुझाव दिए। अधिकांश सभासद्ले एक सर्वदलीय सभासद्हरुको प्रतिनिधिमण्डल नेपाल पठाएर सम्बन्ध सुधारका लागि सरकारले पहल गर्नुपर्ने बताएका थिए।
annapurnapost
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदभार सम्हालेपछि ट्विटरमा उनका फलोवरर्सको संख्यामा चार गुणाले वृद्धि भएको थियो, तर उनी अझै पनि बलिउडका स्टार अभिनेता अमिताभ बच्चन र शाहरूख खानलाई उछिन्न सकेका छैनन् ।
अर्थात मोदीलाई अमिताभ र शाहरुखले टक्कर दिइरहेका छन् । सामाजिक सञ्जाल फोरमले २०१५ मा सबैभन्दा धेरै फलोर्स भएका व्यक्तिहरुको जारी गरिएको सूची अनुसार १.८१ करोड फलोवर्सका साथ अमिताभ पहिलो नम्बरमा छन् ।
मोदीको जम्मा फलोवर्स १.६४ करोड छन् । र उनी तेस्रो नम्बरमा छन् । पछिल्लो वर्षको मे महिनामा प्रधानमन्त्रीको पदभार सम्हालेपछि फलोवर्सको संख्या ४० लाख थियो ।
‘ईयर अन ट्विटर २०१५’ को रिपोर्ट अनुसार मोदी सुपर स्टार शाहरूख खानभन्दा पनि पछाडी छन् । शाहरुखको ट्विटरमा १.६५ करोड़ फलोवर्स छन् ।
अमिताभ, शाहरूख र मोदीपछि ट्विटरमा आमिर १.५५ करोड फलोवर्सका साथ चौथो नम्बरमा छन् । र सलमान खान आमिरभन्दा १० लाख कम फलोवर्सका साथ पाँचौं स्थानमा छन् ।
dainiknepal
सोमबार, २१ मंसिर
दैलेख । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले ग्यास उत्खननका लागि एक महिनाभित्र प्राविधिक टोलीलाई सम्भावित क्षेत्रमा खटाउने बताएका छन् ।
भूगर्भविद्सहित खानी क्षेत्रको अवलोकन भ्रमणमा आएका मन्त्री पाण्डेयले सरकारको आफ्नो साधन स्रोतले नभ्याए विदेशी सहयोग लिने बताए ।
 “प्राविधिक टोलीले ग्यास प्रयोगमा ल्याउन सकिने प्रतिवेदन दिएमा तत्काल उत्खनन् अघि बढ्छ, नाकाबन्दी खुलेपनि सरकारले आफ्नो काम अघि बढाउँछ” उनले भने ।
आफूले मन्त्रालयको नेतृत्व सम्हालेलगत्तै मुलुकभरका खानीको अध्ययन र अन्वेषण गर्न निर्देशन दिइसकेको मन्त्री पाण्डेयले बताए । उनले जिल्लाका शिरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका क्षेत्रमा पाइने पेट्रोलियम पदार्थको अवलोकन भ्रमण गरे ।
जिल्ला उद्योग वाणिज्य सङ्घले ग्यास खानीको अध्ययन अनुसन्धान गरी उत्खनन् गर्न तथा पञ्चकोसी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा घोषणा गर्ने मागसहितको ज्ञापनपत्र मन्त्री पाण्डेयलाई बुझाएको छ । उक्त अवसरमा सांसद लक्ष्मीप्रसाद पोखरेल, अम्मरबहादुर थापा र ललिता रेग्मीको उपस्थिति रहेको थियो ।
nepalsandesh
काठमाडौं, २१ मंसिर । भारतको माथिल्लो सदन राज्यसभामा नेपालबारे बहस सुरु भएको छ ।
बहसमा भारतका थुप्रै सांसदहरुले नेपालको पक्षमा बोलेका छन् । उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रश्नै प्रश्नले कडा प्रहार गरेका छन् । बहसको सुरुवातमा बोल्दै जनता दल युनाइटेडका सांसद पवनकुमार बर्माले भारतले नेपालको आन्तरिक मामिलामा ‘बिग ब्रदर’को जस्तो व्यवहार देखाउन नहुने बताए । उनले यस्तो व्यवहार गरिरहेका मोदीको कडा शब्दमा आलोचना गरे ।

भारतीय राज्यसभामा कुन सांसदले के भने ?
पवनकुमार बर्मा (जनता दल युनाइटेड)
अन्तर्राष्ट्रिय मामिलाका जानकार समेत रहेका जनता दल युनाइटेडका सांसद पवनकुमार बर्माले भारतले नेपालको मामिलामा बिग ब्रदरको जस्तो व्यवहार देखाउन नहुने बताएका छन् । बेलायतसँग भारतले नेपालको मामिलामा संयुक्त वक्तव्य निकाल्नु पनि गल्ती भएको बर्माले बताए ।
एउटा सार्वभौम देशको आन्तरिक मामिलामा भारतले हस्तक्षेप गर्न नहुने र सहयोगी भूमिका मात्रै खेल्नुपर्ने बर्माको सुझाव छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल गएका बेला ऋषि मनले संविधान बनाउन भनेका थिए, अहिले के भयो भन्ने बर्माले प्रश्न सोधेका छन् ।
करण सिंह (भारतीय कांग्रेस)
भारतीय कांग्रेस पार्टीका नेता करण सिंहले नेपालमा राजनीतिक मात्रै नभई मानवीय संकट आएको भन्दै चाँडो नाकाबन्दीको अन्त्य गर्नुपर्ने बताएका छन् ।
संविधान बन्ने बेलामा भारतले विदेश सचिव जयशंकरलाई नेपाल पठाउनु गल्ती भएको भन्दै सिंहले मोदी सरकारको आलोचना गरे । उनले नेपाल भारतको एकदमै नजिकको मित्र भएको भन्दै त्यो सबै मोदीले विगारेको आरोप लगाए ।
रवि बर्मा सांसद
भारतीय सांसद रवी बर्माले नेपाल आतंकवादीको घर बन्ने हो कि भन्ने चिन्ता गरेका छन् । जे नेपालमा भइरहेको छ, त्यो ठीक भइरहेको छैन । भूकम्पको बेला नेपालमा पीडाको जुन झड्का थियो, अहिले त्योभन्दा बढी छ । हामीवीच रोटीबेटीको सम्वन्ध छ, र यसलाई कमजोर पार्नु हुँदैन । तर, राजाले सात पार्टीलाई सत्ता सुम्पिएपछि अन्तरिम संविधान आयो । र, धर्म निरपेक्षता संविधान आउँछ भन्ने निश्चित थियो । तर, अचानक अर्कै भयो । उनले भने । नेपालमाथिको नाकाबन्दी भारतले चाँडो भन्दा चाँडो खोल्नुपर्ने उनको माग थियो ।
शरद यादव (जनता दल युनाइटेड)
जनता दल युनाइटेडका नेता तथा भारतीय सांसद शरद यादवले नेपाल र भारतबीचको सम्बन्ध अरुभन्दा फरक भएको भन्दै सो सम्बन्ध बिग्रिएको बताए अब भारतीय विदेश मन्त्रालयले तत्काल केही गर्नुपर्ने यादवले जोड दिए ।
‘हामी ठूलो बनेर जानुहुँदैन र त्यो महसुस हुन दिनुहुँदैन । नेपालको विकट अवस्था सुल्झाउन विदेशमन्त्रीले तत्काल पहल थाल्नुपर्छ ।’ मोदी सरकारलाई सुझाव दिँदै उनले भने ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, २१ मंसिर
काठमाडौं । भारतीय कांग्रेस पार्टीका नेता करण सिंहले नेपालमा जारी भारतीय नाकाबन्दीका कारण मानविय संकट आइपरेको भन्दै सबै मिलेर समाधान गर्नुपर्ने बताएका छन् ।
भारतीय संसदको माथिल्लो सदनमा सोमबार बोल्दै सिंहले आफुलाई नेपालको ज्वाईं भन्ने गरिएको प्रसंग उठाउँदे नेपालीले दुःख पाएकोमा दिल्लीमा बसेर हाँस्ने कि रुने भनेर प्रश्न गरेका थिए ।
सिंहले संविधान जारी हुनैलाग्दा विदेश सचिव जयशंकरलाई दुत बनाएर मोदीले नेपाल खटाउनु सबैभन्दा ठुलो गल्ती भएको बताउँदै अब पुरानै अवस्थामा सम्बन्ध फर्काउन पनि मोदीले ध्यान दिनुपर्ने बताए ।
nepalsandesh
सोमबार, २१ मंसिर
काठमाडौ । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा कसैले नाकाबन्दी नगरेको दावी गर्दै मधेसी दलहरुको आमहडतालको कारण असहज अवस्था उत्पन्न भएको बताएका छन । उनले भारतको यो विषयमा कुनै भुमिका नरहेको र उस्ले गर्ने कामको आफुहरुलाई पत्तो पनि नभएको र भर पनि नलागेको बताए ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भने,‘नाकाबन्दी होईन, आमहडतालको कारण असहज बनेको हो । कसैले नाकाबन्दी गरेको छैन । नाकाबन्दी भनेर बदनाम गराउन खोजिदैछ । भारतलाई यसरी बद्नाम गर्न हुँदैन भारतलाई गाली गरेर हुँदैन । सहमतिमै बार्ताबाट समस्या टुङग्याउनु पर्छ।’
उनले संसदीय र राजनीतिक समिति बनाएर सीमांकन बनाउने कुरा आफूहरुलाई मान्य नहुने स्पष्ट पार्दै समस्या समाधानमा प्रधानमन्त्री केपी शर्मा ओली गंभिर नभएको आरोप लगाए । उनले आफूहरुको आन्दोलनमा भारतको साथ र समर्थन रहेको समेत स्पष्टपारे ।
ठाकुरले काठमाडौ फर्किएपछि बार्तामा उपप्रधानमन्त्री कमल थापाले पेश गरेको तीन बुँदे प्र्रस्तावमा छलफल गरेर धारणा बनाउने भन्दै सो प्रस्तावमा समावेशी समानुपातिक, जनसंख्याको आधारमा क्षेत्र निर्धारण, नागरिकता र सीमांकन राजनीतिक समिति बनाएर गर्ने रहेको जानकारी दिए ।
उनले विगतमा धेरै दुख र धोका पाएकोले अब नगदमै सम्झौत हुनु पर्नेमा जोड दिदै झापा देखि कञ्चनपुरसम्मको दुई मधेस प्रदेश हुनु पर्ने अडान ब्यक्त गरे ।
ठाकुरले आफूहरुले पेश गरेको ११ बुँदे प्रस्तावमा बुदागत रुपमा छलफल हुनु पर्ने भन्दै अबको सहमति उधारो नभई प्याकेजमै हुनु पर्ने बताए ।
nepalsandesh
सोमबार, २१ मंसिर
काठमाडौ । नयाँ दिल्ली भ्रमणमा रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतले भन्दैमा नेपालमा मधेसी मोर्चाले गर्दै आएको नाकाबन्दी नखोल्ने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले सीमांकन टुङ्गो नलाग्दासम्म नाकाबन्दी नखोल्ने स्पष्ट पार्दै झापादेखि कञ्चनपुरसम्म मधेसमा दुई प्रदेश हुनुपर्ने अडान ब्यक्त गरे ।
महतोले तीन दलले भने जस्तो संसदीय वा राजनीतिक समिति गठन गरेर सीमांकनको विवाद टुङग्याउने कुरा आफुहरुलाई मान्य नभएको स्पष्ट पार्दै अघिल्लो सरकारले दर्ता गराएको संविधान संसोधन विद्येयक काम नलाग्ने दावी गरे ।
उनले भारतले नेपालको समस्यामा सहजीकरण गरेर अगाडि बढ्न मात्रै सुझाव दिएको नाका खोल्न भनेर नभनेको भन्दै भारतले भन्दैमा खुल्दा पनि नखुल्ने स्पष्ट पारे ।
महतोले भ्रमणमा भारतीय विदेशमन्त्री शुष्मा स्वराजले नाकाबन्दीको विषयमा सोधेको र आफूले भारतले नभई मधेसीले नाकाबन्दी गरेको स्पष्ट पारेको जानकारी दिदै मधेसको माग पुरा नभएसम्म आन्दोलनबाट ब्याक नहुने बताए ।
उनले नेपालको विषयलाई लिएर भारतमा राज्य सभाको बैठक अवरुद्ध नगर्न आफूहरुले भारतीय नेताहरुलाई आग्रह गरेको भन्दै हरेक आन्दोलन जस्तै मधेसको आन्दोलनमा भारतको समर्थन रहेको दावी गरे ।
महतोले भने,‘ मधेस भारतसँग जोडिएको छ । त्यसैले उनीहरुको समर्थन हुनु स्वभाविक हो । तर यहाँको समस्या हामी आफैले टुङग्याउने हो । दिल्लीलाई गलत सूचना दिइर्एको छ । हामीले विगतको सहमति कार्यान्वयन नभएर आन्दोलन गरेका हौ भनेर स्पष्ट पारेका छौ । शासकले हाम्रो आन्दोलन कमजोर बनाउन भारतले नाकाबन्दी गरेको भनेर हल्ला फैलाएको छ ।’
राजेन्द्र महतोले दिल्लीमा पत्रकारहरुलाई दिएको प्रतिक्रिया पछि भारतीय संस्थापनले मधेसवादी नेताको गतिविधिलाई नै शंकाको दृष्टिले हेरेको बताइएको छ ।
nepalsandesh
सोमबार, २१ मंसिर
काठमाडौं । भारतले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रष्ट पार्दै चीनलाई जानकारी पत्र पठाएको छ । भारतको विदेश मन्त्रालयले नेपालमा जारी आन्दोलन, भारतको भुमिका लगायतका विषयमा प्रष्ट पारिएको बताइएको छ ।
भारतले चीनबाट नेपालले आपुर्ति बढाउन खोजदा असन्तुष्टि जनाउँदै आएको थियो ।
भारतले जारी मधेस आन्दोलनकार कारण नेपाल तर्फबाटै नाकामा अबरोध भएको र यसमा भारतको कुनै भुमिका नरहेको भन्दै चीनलाई आश्वस्त पार्न खोजेको छ ।
भारतले पत्रमा नेपालमा आफुले नाकाबन्दी नगरेको प्रष्ट पार्दै नेपाल भारतका बीचमा सदियौं लामो सम्बन्धलाई अझै प्रगाढ बनाउने बेलामा आफुहरुले यस्तो काम गर्न नसक्ने बताएको छ ।
नेपाल मामलामा चीनले भारतको धारणा बुझ्न खोजेका बेला भारतले चिनियाँ विदेश मन्त्रालयलाई जानकारी पठाएको बताइएको छ ।
nepalsandesh
काठमाडौं : भारतीय जनता दलका नेता शरद यादवले दुनियाँसँग र नेपालसँगको सम्बन्ध धेरै फरक रहेको बताएका छन् ।

सोमबार भारतीय राज्यसभामा भएको नेपालबारेको बहसमा बोल्दै नेता यादवले यही फरकका कारण नै अहिले नेपाल र भारतबीच समस्या आएको बताए ।

‘नेपालसँग दुनियाँको भन्दा फरक रोटी बेटीको सम्बन्ध छ’, उनले भने, ‘अहिले देखिएको समस्यालाई कुनै पनि हालतमा समाधान खोजियोस । जसरी पहिले समाधान खोजियो, अहिले पनि तत्काल निकास निकालौं ।’


ब्रिटिश उपनिवेशको प्रसंग कोट्याउँदै नेता यादवले भारत गुलामीमा रहेको समयमा धेरै नेताहरुलाई नेपालले शरण दिएको जनाउँदै यो गुणलाई भारतले नभुली समस्याको समाधान खोजिनुपर्ने बताए ।
‘जस्तोसुकै समस्या होस, त्यो नेपालको मामिला हो’, उनले भने, ‘कुनै पनि बाटो र उपायबाट नेपाल सरकार र मधेसीबीच वार्ता होस, र अहिलेको जटिलताले निकास पाओस ।’

भारततर्फबाट नेपालमा हुने आपूर्तिमा भएको अवरोधले नेपालका लाखौं बालबालिका र वृद्धवृद्धा जोखिममा परेको जनाउँदै उनले नेपालको मानवीय संकट हल गर्न भारत सरकाले तत्काल कदम चाल्नुपर्ने उनको जोड थियो ।
annapurnapost
काठमाडौं : भारतले लगाएको नाकाबन्दीबाट उत्पन्न परिस्थितिबारे भारतीय माथिल्लो सदन राज्यसभामा बहस शुरु भएको छ ।

अपरान्ह साढे चारबजेबाट नेपालमा उत्पन्न संकटबारेमा बहस शुरु भएको हो ।


राज्यसभामा नेपालबारे लाइभ बहस
गत शुक्रबार सांसद् पवनकुमार बर्माले नेपालबारे छलफल गर्न माग गर्दै प्रस्ताव दर्ता गराएपछि आजको बैठकमा नेपालबारे बहस शुरु भएको हो ।

आजको बैठकमा बोल्दै भारतीय कांग्रेसका नेता करण सिंहले सीमानाको अवरोधका कारण नेपालमा गम्भीर मानवीय संकट आएको बताए ।

उनले नेपालका ५० हजार नेपाली भारतीय सैनिकमा कार्यरत रहेको बताउँदै नेपालको राजनीतिमा भारतले हस्तक्षेप गर्न नहुनेमा जोड दिए ।
annapurnapost
मंसिर २१, २०७२- प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मधेसी मोर्चाले सरकारसँग वार्ताको समय तय गरेर अन्तैबाट बोलाए भनेर गएको बताएका छन् ।
सौराहामा आज आफ्नो पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै उनले गत शुक्रबार मधेसी मोर्चाका नेताहरु बालुवाटार नगइ भारतीय राजदूतावास गएको तर्फ इंगित गर्दैै भने, ‘यो प्रवृत्ति राम्रो होइन ।’

‘मधेसका जनता उत्पीडित छन्, जनजीवन अस्तब्यस्त बनेको छ,’ उनले भने, ‘मधेस हाम्रो हो, एकअर्कामा मधेसी पहाडीलाई घृणाले हेर्ने होइन, बन्धुत्वपूर्ण तरिकाले हेर्न जरुरी छ ।’
उनले मधेसमा भएको आन्दोलनप्रति सरकार गम्भीर रहेको बताउँदै आन्दोलनरत पक्षलाई शान्तिपूर्ण रुपमा आन्दोलन गर्न समेत आग्रह गरे ।

‘तराईमा कार्यालय, विद्यालय बन्द छन्, जनताले सेवा पाउन सकेका छैनन्,’ उनले भने, ‘क्षणिक स्वार्थका लागि सिंगो नेपाल र मधेस बर्बाद भए होस् भन्ने कस्तो राजनिति हो यो ?’

‘हामीले समस्या समाधानका लागि गरेको प्रयास जनतालाई थाहा छ,’ उनले भने, ‘आफ्ना अधिकारका कुरा गर्दा अरुको अधिकार खोस्ने कुरा सह्य हुँदैन ।’
उनले यस्तो अबस्थामा सरकार जनताको जीउधन रक्षाका लागि मैदनामा उत्रनु पर्ने अबस्था आउँने बताउँदै मुलुकलाई तनावतिर नलैजान आग्रह गरे ।
 ओलीले प्रचार गरेजस्तो एमाले मधेस विरोधी नभएको पनि बताए ।kantipur.ekantipur

 पटकसोमबार, २१ मंसिर दिल्ली । मधेशी समुदायमाथि विभेद गरिएको र संविधानले मधेसका जनतालाई अधिकार नदिएको भन्दै भारतको नयाँ दिल्ली स्थित नेपाली दुतावासमा प्रदर्शन गरिएको छ ।
मधेस आन्दोलनको समर्थनमा भारतस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीले बाराखम्बापिस्थत नेपाली दुतावासअगाडी प्रदर्शन गरेका हुन् ।
हिमाल र पहडको विकटता नदेखेका उनीहरुले मधेसमा विभेद भएको भन्दै नेपालकै बेइज्यत हुनेगरि प्रदर्शन गरेका हुन् । पहाडी जनजीवन नभोगेका र दुःख नदेखेकाहरुले पहाडमा सुविधा वा अधिकार प्राप्त भयो भन्दै आन्दोलन गर्नु नेपालकै लज्जा भएको बताइएको छ ।
मधेश युनाइटेड ग्रुपको ब्यानर र प्ले–कार्ड बोकका मधेशी बिद्यार्थीले ‘यो हाम्रो संविधान होइन’ भन्दै आन्दोलन गरिरहेका छन् । नेपाल सरकारकै स्कलरशिपमा त्यहाँ पुगेका उनीहरु सरकारकै विरुद्धमा लाग्नु कति जायज ?
nepalsandesh
२१ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनका नाममा हुने ज्यादतीलाई सरकारले टुलु टुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।

आन्दोलनका नाममा जे सुकै हुने र प्रहरी चुप लागेर बस्ने कुरा सोंच्न नसकिेने उनको भनाइ छ ।


एमालेको चितवनमा शुरु भएको विशेष भेलालाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले चेतावनीपूर्ण भाषा बोलेका हुन् । आन्दोलनको नाममा ज्यादती रोक्न र जनताको जिउ धन सुरक्षा गर्न अव सडकमा ओर्लिने चेतावनी उनले दिए ।

भारतको राजघरानाले दियो नेपालमाथिको नाकाबन्दी खोल्न दवाव

मधेशी र पहाडी भनेर संविधानले कहिँ कतै विभेद नगरेको भन्दै उनले मधेसमा निर्वाचन हारेकाहरुले जितेका सांसदलाई रोक्ने काम गरिरहेको आरोप लगाए ।

मोर्चाका नेताको भारत भ्रमणपछि के हुन सक्छ !

अन्य बुँदामा संसोधन गर्न तयार रहेपनि संघीय सीमाङ्कनको कुरा हचुवाको भरमा गर्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले प्रदेशको विषयमा छलफल गर्न सकिएपनि भन्ने वित्तिकै त्यसलाई बदल्न नसकिने स्पष्ट पारे ।
 उनले साम्प्रदायिक राजनीति नगर्न पनि चेतावनी दिएका छन् ।nepaliheadlines
दिल्ली । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले दिल्लीमा नेताको लर्को लागेर आउँदैमा नेपालको राजनीतिक समस्या नसुल्झने बताएका छन् ।
उपचारका लागि दिल्ली आएका त्रिपाठीले सीमांकनसहितको माग सम्बोधन नभएसम्म जारी मधेस आन्दोलन नरोकीने र समस्याको समाधान काठमाडौंबाटै हुनसक्ने बताएका हुन् ।
उनले दिल्लीमा आएर पनि केही नहुने भन्दै समस्याका बारेमा बास्तविक जानकारी गराउनकालागि मात्र मोर्चाका नेताहरु यहाँ आएको बताए ।
भारतको अर्को सहर मुम्बइमा आयोजित कार्यक्रम सकेर उनी दिल्ली पुगेका हुन् ।
उनले दिल्लीस्थित ताजमानसिंह होटलमा पुगेर मोर्चाका नेताहरुसँग भेटघाट गरेका छन् ।
nepalsandesh
काठमाडौं, मंसिर २१ । एकीकृत नेकपा माओवादीका सचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनलाई थप उपचारका लागि सोमबार थाइल्यान्ड लगिएको छ ।

विगत केही समयदेखि वंशाणुगत कमलपित्त र कलेजो सुन्निने समस्याका कारण पीडित पुनको यसअघि भारतको मेदान्त अस्पतालमा उपचार गरिएको थियो ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले सचिव पुनको थप स्वास्थ्य उपचारका लागि सोमबारै थाइल्यान्ड लगिएको जानकारी दिए ।

भारतको मेदान्त अस्पतालमा गरिएको उपचारपछि स्वास्थ्यमा केही सुधार भएपनि थप परीक्षण गर्नुपर्ने देखिएपछि उनलाई सोमबार थाइल्यान्डको समितिभेज अस्पताल लगिएको प्रवक्ता शर्माले बताए । imagekhabar
चितवन, २१ मङ्सिर । तराई-मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् ।
एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले तराई आन्दोलन लामो समयसम्म रहन दिन नहुनेमा पनि जोड दिएका छन् ।
एमाले रौतहटका सांसद लालबाबु यादवले संविधानका अन्तरवस्तु तराईवासीलाई बुझाउन माग गर्दै स्वदेशमै बसेर समस्याको समाधान खोजिनुपर्नेमा जोड दिनुभयो । उहाँले तराई, पहाड र हिमाल सबै भेगका जनतालाई संविधानका विषयमा प्रष्ट जानकारी नगराएसम्म भ्रम रहिरहने बताउनुभयो । जुनसुकै देशको विदेश नीति जहिले पनि आफ्नै मुलुकको हितमा हुने भएकाले देशभित्रको समस्याबारे विदेशमा गएर ‘परामर्श, छलफल गर्ने र समस्या समाधान गरिदिन आग्रह गर्ने प्रवृत्ति’ गलत भएको उहाँले बताउनुभयो ।
धनुषाका सांसद रामअवतार पासवानले सबै जातिले यसरी नै अधिकार खोजे देश नरहने भन्दै संविधान संशोधन गरेर आफ्ना माग स्थापित गर्नुपर्ने बताउनुभयो । उहाँले आफ्नै देशका जनतालाई दाल, चामल रोकेर कसैको माग पूरा हुन नसक्ने जिकिर पनि गर्नुभयो । एमालेलाई मधेसप्रति उदार नभएको भन्ने आरोप लगाएर जिम्मेवारीबाट पन्छन नखोज्न पनि उहाँले आग्रह गर्नुभयो ।
मोरङका सांसद मीनादेवी यादवले संविधानले सबैलाई समेटेको बताउनुभयो । उहाँले सीमाङ्कनका विषयमा आफ्नो पार्टी सकारात्मक रहेको भन्दै प्रष्ट ‘एजेन्डा’सहित नेपालमै बसेर सरकारसँग वार्ता गर्न असन्तुष्ट पक्षलाई आग्रह गर्नुभयो । छिमेकीको उक्साहटले देश बन्न नसक्ने उहाँको धारणा थियो ।
धनुषाका सांसद् शीतल झाले तराईको आन्दोलनलाई सम्बोधन गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । तीन ठूला दल एकै ठाउँमा उभिएर तराई समस्यालाई समाधान गर्नुपर्नेमा उहाँको थियो ।
धनुषाकै अर्का सांसद शत्रुघन महतोले समानुपातिक समावेशितासहित निर्वाचन क्षेत्र निर्धारण गरेर अघि बढ्नुपर्ने बताउनुभयो । एमाले तराई–मधेसप्रति उदार रहेको भन्दै उहाँले यो भेला तराईका मागप्रति पार्टीलाई अरु बढी उदार बनाएर समाधान खोज्न कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
सिरहाका सांसद रामचन्द्र यादवले संविधान जारी हुनुअघि भदौ १८ गते आफूहरुले पार्टीलाई मधेसका माग समेटिएको १० बुँदे ज्ञापनपत्र बुझाएको भए पनि यसतर्फ पार्टीले ध्यान दिन नसक्दा मधेस आन्दोलन चर्केको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले संविधान संशोधन गरेर माग पूरा गर्ने विषयमा छलफल भइरहेको छ । ती विषय हामीले पेस गरेका १० बुँदामा पहिले नै परेको थियो ।”
अन्तरिम संविधानमा समेटिएका केही बुँदासमेत संविधानमा छुटेको भन्दै उहाँले त्यसलाई संशोधन गरेर यथाशक्य चाँडो मधेस आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । पार्टीका सबै शीर्ष नेता एकै थलोमा भएकाले भेला मार्गदर्शक हुने उहाँको भनाइ थियो ।
पर्साका सांसद विचारी यादवले बाह्य प्रभावमा हुने आन्दोलन नेपालीका पक्षमा नहुने बताउनुभयो । मधेसका केही दलहरुले भोटको राजनीति गरिरहेको उहाँको आरोप थियो । संविधानका अन्तरवस्तु जनजनमा पु¥याउन माग गर्दै उहाँले भ्रम पालेर राखेकै कारण मधेस आन्दोलनले निकास पाउन नसकेको बताउनुभयो । मधेसका सांसदहरुलाई एकै ठाउँमा राखेर त्यहाँका जनताको माग र समाधानका उपायका विषयमा पार्टीले छलफल गर्न लागेकाले कार्यक्रम प्रभावकारी बन्ने उहाँको भनाइ थियो ।
सर्लाहीकी सांसद रञ्जना कुमारी सरकारले आन्दोलनरत दल जिम्मेवार नबनेपनि सरकार जिम्मेवार भएर ठूला पार्टीहरुसँग सहकार्य गरेर यथाशक्य चाँडो मधेस समस्या हल गर्नुपर्ने बताउनुभयो । संविधानमा आफ्नो अधिकार उल्लेख भए/नभएको प्रस्ट पारेर तराईवासीलाई संविधानप्रति सकारात्मक बनाउन पनि पहल गर्नुपर्ने उहाँको धारणा थियो । उहाँले बाह्य शक्तिको आडमा नाकाबन्दी गरेर देशमा आर्थिक सङ्कट उत्पन्न गराउने काम भएको आरोपसमेत लगाउनुभयो ।
उहाँले भन्नुभयो – जसको मागका लागि नाकाबन्दी भयो भनिएको छ, त्यसले मधेसकै जनतालाई बढी प्रताडित बनाएको छ ।
रौतहटकी सांसद सरला यादवले आन्दोलनका कारण आफूहरु गाउँगाउँ पुगेर जनतालाई बुझाउन नपाएको दुखेसो पोख्दै तराईका जनतालाई भाड्ने काम मधेसवादी दलहरुले गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो – “संविधान जारी भएसँगै चाहिँदा नचाहिँदा दुष्प्रचार गरेर मच्चाएर जनतालाई भड्काउने काम भएको छ, यसलाई बुझाउन जरुरी छ ।”
भेलामा एमालेका केन्द्रीय नेतासँगै मधेसका २२ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, जिल्ला अध्यक्ष, जिल्ला इन्चार्ज, पूर्व सांसदको सहभागिता रहेको छ । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पार्टीमा तराई–मधेसबाट प्रतिनिधित्व गर्ने सांसदको सङ्ख्या ४२ रहेको छ ।
dainiknepal
२१ मंसिर, नवलपरासी।

अज्ञात समुहले नवलपरासीमा एक जना भारतीय नागरिकलाई आक्रमण गरी घाईते बनाएका छन । भारत उत्तर प्रदेश महराजगञ्ज बर्गदवा बस्ने संदिप बर्मालाई आज पाल्ही गांउ बिकास मिति ७ मा आक्रमण गरी घाईते बनाएको प्रहरीले जनाएको छ ।

बर्गदवा नेपालको सीमाक्षेत्र नजिकैको भारतीय गाउँ हो । भारतबाट पेट्रोलीयम पदार्थ लिएर मोटरसाईकलमा सदरमुकाम परासी आउदै गरेको बेला बैरहवा र बरमपुरुवाको बिचमा रोकी उनीमाथि आक्रमण भएको प्रहरीको भनाई रहेको छ ।



घाईते बर्मालाई उपचारकालागी गोरखपुर लगीएको पारीवारिक श्रोतले बताएको छ । घाईतेको हात र पिठ्यौंमा गहिरो चोट लागेको बताईएको छ । कतिपयले गोली चलेको आशंका गरे पनि नजिकैका गांउलेले त्यस्तो कुनै आवाज नसुनेको बताएका थिए ।

गोली चलेको भन्ने हल्ला मात्र भएको बताउदै प्रहरीले घाईतेलाई धारिलो हतियार प्रहार गरीएको बताएको छ । पाल्ही स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरी उनलाई थप उपचारको लागी गारेखपुर लगीएको हो ।

सो समुहले उनलाई अब आइन्दा तेलको तस्करी नगर्न समेत चेतावनी दिएको बताईएको छ । प्रहरीले घटनास्थलबाट भुमिगत मधेशी मुक्ति टाईगर्स , राजन समुहको पर्चा बरामद गरेको छ ।
पर्चामा मधेशको उन्मुक्तिकालागी हतियार उठाउनु बाहेका अरु बिकल्प नभएको लगायतका बुंदा उल्लेख रहेको प्रहरीले जनाएको छ ।nepaliheadlines
महोत्तरी–संघीय समावेशी मधेशी गठबन्धन महोत्तरीले जलेश्वरमा सोमवार अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।
राष्ट्रिय मधेश समाजवादी पार्टी (रामसपा) , नेपाल सदभावना पार्टी,फोरम गनतान्त्रिक र तराई मधेश राष्ट्रिय अभियानका राष्ट्रिय अध्यक्षहरु क्रमश शरत सिंह भण्डारी, अनिल झा,राजकिशोर यादव र जय प्रकाश गुप्ताको गठबन्धन रहेको संघिय समावेशी गठबन्धनले मधेश आन्दोलनमा महोत्तरीको अवस्थाको समिक्षा र आगामी रणनितीको विषयमा संघसंस्था, राजनितिक दल,मानवअधिकारवादी,बुद्धिजिवी,पत्रकार,उद्योगीहरुसंग छलफल गरिएको थियो ।

कार्यक्रममा वक्ताहरुले मधेशको माग सम्बोधनमा सरकार उदासिन रहेको तथा मोर्चाको नाममा केहि व्यक्तिले आफ्नो निजी स्वार्थ पुर्ती गर्ने गरेकोले सो प्रति सचेत हुन आग्रह समेत गरेका छन् ।
नेपाल सरकारले इन्धन दिने कुरा मधेशलाई नदिई पहाडी वर्गको लागि मात्र राखेकोवारे समेत गम्भिर ध्यानाकर्षण भएको समेत वक्ताहरुले बताएका थिए ।
मोर्चा र गठबन्धनलाई एउटै ब्यानरमा रहेर आन्दोलन थप शसक्त बनाउन समेत वक्ताहरुले आग्रह गरेका थिए । साथै सरकारमा मांग सम्बोधन गर्न विभिन्न रणनिती तथा उपर चर्चा परिचर्चा समेत गरिएको थियो ।

रामसपाका जिल्ला अध्यक्ष राजेन्द्र प्रसाद सिंहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा संयुक्त लोकतान्त्रि मधेशी मोर्चाबाट सुरेश पाण्डेय,अभिराम शर्मा,उद्योग वाणिज्य संघ जलेश्वरका अध्यक्ष कृपाशंकर साह,मानव अधिकारकर्मी मदन झा का साथै अन्य विशिष्ट व्यक्तित्वहरुले आफ्नो भनाई राखेका थिए भने गठबन्धनका चन्दन दुबे,कुन्दन पाण्डेय,संजय सिंह , सरोज चौधरी,सुरेश सिंह , सुर्य नारायण यादवलगायतका उपस्थिति रहेको थियो भने स्वागत मन्तव्य राजेश्वर ठाकुर र उदघोषण दिपक झा ले गरेका थिए ।
www.ratopati
२०७२ मंसिर २१ गते १४:२८
भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग मधेसी मोर्चाका नेताहरु
नयाँदिल्ली, २१ मंसिर । हाल भारत भ्रमणमा रहेका मधेसी मोर्चाका शीर्ष नेताहरुलाई दिल्लीमा बस्दै आएका नेपालीहरुले कडा चेतावनी दिएका छन् ।
मधेसमा आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादवलाई नयाँदिल्लीस्थित विभिन्न विश्वविद्यालयमा अध्ययनरत मधेसी मुलका नेपाली विद्यार्थीहरुले भारतको ‘पुच्छर’ नबन्न चेतावनी दिएका हुन् ।
मधेसी युनाईटेड ग्रुपका सभापति सञ्जय यादवले हाल दिल्लीमा रहेका मधेसी मोर्चाका नेताहरुलाई मधेसविरुद्ध भारतसँग कुनै सम्झौता नगर्न समेत चेतावनी दिए । उनले भने- पद, पावर र पैसाको लालचमा मधेसविरोधी कुनै सम्झौता नगर्न सचेत गराउन चाहन्छौं, अन्यथा मधेसमा टेक्ने ठाउँ दिइने छैन् ।’

यसैगरी मधेसका नेपाली विद्यार्थीहरुले दिल्लीमा नेपाली राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका छन् । मधेस युनाईटेड ग्रुपको व्यानर र प्लेकार्ड लिएका विद्यार्थीहरुको समुहले मधेस केन्द्रित दलहरुको माग सम्वोधन गर्न नेपाल सरकार तयार नभएको आरोप लगाउँदै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।
जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यावारीधि अध्ययनरत विद्यार्थी सोहन साहले छिटोभन्दा छिटो मधेसीका मागलाई संवोधन गर्न नेपाल सरकारलाई दवाव दिन प्रदर्शन गरिएको जानकारी दिए ।
dainiknepal
धादिङ, मंसिर २१ । धादिङको धुषा गाविस–१ चरौंदीमा सोमबार बस र माइक्रोबस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

काठमाडौंबाट मुग्लिन जाँदै गरेको ना५ख ७०८३ नम्बरको बस र पोखराबाट काठमाडौं आउँदै गरेको बा१ज ५४३५ नम्बरको माइक्रोबस चरौंदीमा ठोक्किँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अरु १५ जना घाइते भएका छन् । उनीहरुको पहिचान हुन बाँकी छ । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको गजुरी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।imagekhabar
धनगढी, २१ मङ्सिर । कैलाली जिल्लामा श्रीमान्–श्रीमतीबीच सम्बन्ध विच्छेद हुने घटना बढ्दै जान थालेका छन् ।
अधिकारप्रति देखिएको सचेतना, सामाजिक परम्परागत संस्कारमा आउन थालेको आधुनिकतासँगै देखिन थालेको फेरबदल, विवाहपछि अर्कैसँग सम्बन्ध बढाउनेलगायतका कारण सम्बन्ध विच्छेदका घटना बढ्दै जान थालेको बताइएको छ ।
सम्बन्ध विच्छेदका घटना बढ्दै जाँदा अदालतमा यससम्बन्धी मुद्दा दर्ता हुने क्रम पनि बढेको जिल्ला अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउनुभयो ।
कैलाली जिल्ला अदालतमा यस वर्ष गएको साउनदेखि हालसम्म पाँच महिनाको अवधिमा मात्रै सम्बन्ध विच्छेदका ३९ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष विसं २०७१ को साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा योभन्दा कम मुद्दा दर्ता भएका थिए ।
“अदालतमा परेका मुद्दामध्ये अधिकांश तीन/चार वर्षअघि मात्रै विवाह भएका नयाँ जोडीहरु रहने गरेका छन्”, अदालतका स्रेस्तेदार भट्टले भन्नुभयो – “यसमा पनि प्रेम विवाह गर्नेहरु बढी रहेका छन् ।”
चालु वर्षमा दर्ता भएका मुद्दामध्ये नौ मुद्दाको अदालतले फैसला गरिसकेको छ । बाँकी मुद्दाहरु कारबाहीको प्रक्रियामा रहेका छन् ।
अंश दिलाई सम्बन्ध विच्छेद गर्नुपर्ने कानुनी व्यवस्था रहेको भए पनि अंश नलिइकन सम्बन्ध विच्छेद गराउन चाहनेहरु बढी रहेको बताइएको छ ।
अंश नलिई सम्बन्ध विच्छेद गराउन चाहनेको मुद्दाको फैसला तुलनात्मक रुपमा छिटो हुने गरेको छ । तर अंशसहितको सम्बन्ध विच्छेद गर्न चाहनेहरुको फैसलामा केही ढिलाइ हुने गरेको छ । अंश लाग्ने सम्पत्तिको दुवै पक्षको फाँटवारी पेस गर्नुपर्नेलगायतका प्रक्रिया पूरा गर्नुपर्ने हुँदा यस्ता मुद्दाको फैसला केही ढिलो हुने गरेको छ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home