• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
२०७२ भदौ १३ गते
अमेरिकी खुफिया एजेन्सी एफबिआइका अनुसार साइबर अपराधीहरुले पछिल्लो दुइ वर्षमा विभिन्न कम्पनीहरुबाट १ अर्ब २० करोड अमेरिकी डलर चोर्न सफल भएका छन् ।
एफबिआइका अनुसार कम्पनीहरुको अकाउण्टबाट ह्याकरहरुले सन् २०१३ यता झण्डै १ खर्ब २० अर्ब रुपैयाँ हात पार्न सफल भएका हुन् ।

बिजनेस इमेल कम्प्रोमाइज नामक नामक विधिद्धारा ह्याकरहरुले आफुलाई कम्पनीको सिइओको रुपमा प्रस्तुत गर्न सफल हुने र कम्पनीका कर्मचारीहरुलाई विभिन्न खाले गोप्य वित्तिय सूचना प्रदान गर्न बाध्य पार्ने गरेको पाइएको छ ।
सुरुमा ह्याकरहरुले कम्पनीका वास्तविक सिइओ तथा उच्च पदस्थ अधिकारीहरुलाई नक्कली इमेल पठाउँछन् जालोमा पार्नका लागि । त्यसपछि उनीहरु उच्च पदस्थ अधिकारीहरुको अकाउण्ट ह्याक गर्न सफल हुन्छन् । त्यसपछि उनीहरुले ती हाकिमहरुको इमेलबाटै कम्पनीका कर्मचारीहरुलाई विभिन्न खाले सूचना माग गर्दै इमेल पठाउने गर्छन् ।
कहिलेकाहीँ भने ह्याकरहरुले कम्पनीका सिइओ तथा उच्च पदस्थ अधिकारीहरुकै नाउँको नक्कली अकाउण्ट खोलेर कम्पनीको वित्तिय विभागलाई भ्रममा पर्ने कोसिस गर्छन् । यसरी हाकिमको नाउँबाट इमेल आइसकेपछि तत्कालै त्यसको जवाफ फर्काइहाल्ने कर्मचारीहरुबाट गोप्य सूचना ह्याकरको हातमा पर्दछ ।
हाकिम बन्ने मात्र होइन् ह्याकरहरु कहिलेकाहीँ कम्पनीको कानूनी सल्लाहाकारको रुपमा पनि प्रस्तुत हन्छन् र आफुलाई केही वित्तिय सूचना तत्कालै चाहिएको भन्दै सम्बन्धित कर्मचारीलाई इमेल गर्दछन् ।
त्यसरी बैंक अकाउण्ट तथा अन्य महत्वपूर्ण वित्तिय सूचना प्राप्त गरेपछि ह्याकरहरुले सजिलैसँग कम्पनीको अकाउण्टमा रहको रकम आफ्नो खातामा सार्दछन् ।
पैसा चोर्नका लागि नक्कली इमेलको यो शैली अहिले विश्वव्यापी बनिसकेको छ। अमेरिकाका ५० वटै राज्यमा तथा विश्वका ७९ देशमा यस्तो अपराध फेला परेको एफबिआइले जनाएको छ ।
बिजनेस इमले कम्प्रोबाइज विधिबाट पीडित हुनेहरुको संख्या यो वर्षको सूरुको आठ महिनामै २७० प्रतिशतले बढेको बताइएको छ ।
सन् २०१३ को अक्टोबर यता ७ हजारवटा अमेरिकी कम्पनी यसको सिकार भएका छन् । सेक्युरिटी ब्लगर ब्रायन कर्बस्को कम्पनीबाट ह्याकरले यसैगरी साढे ७ करोड चोर्न सफल भएका थिए ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, १३ भदौ

एजेन्सी । सरकारमा भ्रष्टाचार बढेको तथा वर्तमान प्रधानमन्त्रीले केही गर्न नसकेको भन्दै मलेसियामा सुरु भएको सरकार विरोधी प्रदर्शन दोस्रो दिन पनि जारी रहेको छ ।
शनिबारबाट सुरु भएको आन्दोलनमा राजधानी क्वाललम्पुरमा हजारैँ मानिस जम्मा भएका छन् । उनीहरू राति सडकमै सुतेर अान्दाेलन गरिरहेका छन् ।
उनीहरुले वर्तमान सरकारबाट प्रधानमन्त्रीेले राजिनामा दिई नयाँ सुधारका कार्यक्रमहरुको घोषणा गर्नुपर्ने माग गरेका छन् ।

प्रदर्शनकारीहरु पहेलो टिसर्ट लगाएर प्रदर्शनमा उत्रिएका छन् ।

प्रहरीले सो क्षेत्रमा आन्दोलन गर्नेलाई प्रतिबन्धित गरिएको भन्दै राजधानीमा जुलुश ननिकाल्न चेतावानी दिएका थिए् । तरपनि जनताले भने प्रहरीको चेतावानीको बेवास्ता गर्दै आन्दोलन थालेका हुन् ।
मलेसिया प्रहरीले २५ हजारको संख्यामा आन्दोलनकारी उपस्थित भएको जनाएको छ । तर स्वतन्त्र विश्लेषकहरुले भने २ लाख भन्दा बढी सर्वसाधारण आन्दोलनमा सहभागी भएको जनाएको छ ।
nepalsandesh भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भाद्र १३, २०७२- आमनेपालीको चिकित्सा शिक्षा र सेवामा सुलभ, सहज र दिगो पहुँच स्थापित गराउने उद्देश्यले आमरण अनशनरत डा. गोविन्द केसीको मागप्रति सरकारले खासै चासो नलिएको गुनासो चिकित्साकर्मीहरूको छ।

त्रिवि शिक्षण अस्पताल हातामा गत सोमबारदेखि डा. केसी एउटै मागका लागि छैटौंपटक आमरण अनशनमा छन्। मुलुकमा देखिएको राजनीतिक गतिरोधका नाममा सरकारी निकाय र प्रधानमन्त्री सुशील कोइरालाले डा. केसीको माग बेवास्ता गरेको उनीहरूको भनाइ छ।
‘चिकित्सा माफियाको दबाबमा प्रधानमन्त्री र जिम्मेवार सरकारी अधिकारीहरू डा. केसीको माग बेवास्ता गर्न राजनीतिक घटनाक्रमको बहाना बनाइरहेका छन्,’ शिक्षण अस्पतालस्थित राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष रामचन्द्र सापकोटाले भने, ‘ती माग अहिले पूरा नभए फेरि कहिल्यै नहुने जानकारी हामीलाई छ। त्यसैले यो वार या पारको लडाइँ हो।’
कम लगानीमा बढी फाइदा खोज्ने निजी मेडिकल कलेज र अस्पतालका लगानीकर्ताले सरकार र नेतामार्फत प्रोपोगन्डा फैलाएर आन्दोलनलाई अर्कैतिर मोडने प्रयास गरिरहेको डा. वाईपी सिंहले बताए। ‘माथेमा प्रतिवेदनका विरोधीहरू मुलुकको अस्थिर अवस्थाको दाउ खेल्न प्रयासरत छन्,’ डा. सिंहले भने, ‘सरकारले पनि निजी क्षेत्रको रुचिमा डा. केसीको माग पूरा नगर्ने छाँट देखाइरहेको छ।’
उनको भनाइमा माग पूरा गर्न कुनै प्राविधिक समस्या छैन। सरकारले व्यापारीहरूको कुरा सुन्न बन्द गरे डा. केसीको अनशन तोडिने उनले बताए। ‘आन्दोलनको माग सरकारका सचिवस्तरबाटै सम्बोधन हुन सक्छ,’ उनले भने। समयमै माग पूरा नभए काम छाड्ने स्थिति आउन सक्ने चेतावनी आवासीय चिकित्सकहरूले दिएका छन्। डा. केसीको स्वास्थ्य जटिल बन्दै गए २/४ दिनमै अप्रिय निर्णय लिइने संघ अध्यक्ष सापकोटाले बताए।
उनको मागप्रति सरकारको ध्यानाकर्षण गराउन आवासीय चिकित्सक र विद्यार्थीले शनिबार शिक्षण अस्पतालबाट र्‍यालीमार्फत बालुवाटारस्थित निवासमा पुगेर प्रधानमन्त्री सुशील कोइरालालाई ज्ञापनपत्र बुझाएका छन्।
‘मेडिकल माफियाको चंगुलमा सरकार’
यसैबीच, डा. केसीले सरकार मेडिकल माफियाको चंगुलमा रहेको आरोप लगाएका छन्। माफियाको स्वार्थका लागि ३ करोड नेपाली जनतासँग सरकारले विश्वासघात गरिरहेको उनले बताए। कान्तिपुरसँगको कुराकानीमा उनले सरकार, राजनीतिक दल र उनीहरूको जनविरोधी क्रियाकलापप्रति चिन्ता प्रकट गरे।
मुलुकको हालको अवस्थामा लागि अदूरदर्शी र स्वार्थी नेता जिम्मेवार रहेको उनको भनाइ छ। ‘दलीय भागबण्डामा अल्झेर, राजनीतिको आपराधीकरणमार्फत सत्ता कब्जाको प्रयास गर्दा यस्तै स्थिति उत्पन्न हुन्छ,’ उनले भने। स्वास्थ्य र शिक्षा सबै नेपालीको नैसर्गिक अधिकार भए पनि मुठ्ठीभर व्यापारीका लागि सरकारले यस क्षेत्रको सम्भावित सुधारलाई बेवास्ता गर्दै आएको उनले उल्लेख गरे।
‘सोमबार ४ बजेदेखि अनशन थाल्ने मेरो पूर्वघोषित कार्यक्रम थियो, प्रधानमन्त्रीले सोही दिन दिउँसो १ बजे दलीय भागबण्डाका आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्नुभयो,’ डा. केसीले भने, ‘सरकार कति गैरजिम्मेवार र संवेदनहीन छ भन्ने यसले प्रस्टयाउँछ। सरकारले जनदबाबमा बाध्य भएर आफूसँग गरेका सबै सम्झौता व्यवहारमा लागू नभएसम्म आमरण अनशन नरोकिने उनको अडान छ।antipur.ekantipur.com
भाद्र १३, २०७२- उनीहरू नेपाली भाषा बोल्न जान्दैनन्, बुझदैनन् पनि । साथमा भएका सबै पैसा सकिएको छ ।  काडमाडौ हिंडेका उनीहरु विराटनगर बसपार्कको गेस्ट हाउसको एउटा कोठामा कोच्चिएर बसेका छन् । बन्दका कारण उनीहरु घर न घाटका झैं भएका छन् ।
म्यानमारका १७ नागरिक १० दिनदेखि विराटनगरमा अलपत्र परेका छन् । म्यान्मार मङडोबासी जुबेर काडमाडौको घण्टाघरनजिकैको मदरसा (ईस्लामिक पाठशाला) मा पढाउने गर्छन् , त्यही मजदुरी र मिस्त्रीको काम गर्ने सोखित आलम, हाफिज अहमदको परिवार विराटनगरमा अलपत्र परेका हुन् । यी परिवारसँग द्वन्द्वमा अभिभावक गुमाएका नावालक खामिद र नोविद समेत गेस्टहाउसको कोठामा त्रसित अबस्थामा छन् ।
‘न खाने पैसा छ न त कही जाने ठाउँ नै’, अलिअलि हिन्दी बोल्न सक्ने जुबेरले भने, ‘बर्माको दंगाबाट डराएर दुईवर्ष यता नेपालमा छु, यहाँ पनि उस्तै चपेटामा परियो ।’ पछिल्लो दुईवर्ष देखि काडमाडौमा बस्दै आएका यि बर्मेली परिवारहरू महाभूकम्पका कारण काडमाडौबाट दिल्ली पुगेका थिए । काडमाडौको अबस्था सामान्य भएपछि रेल यात्रा गरी जोगवनी हुदै काडमाडौं जानका लागि विराटनगर आएका उनीहरू विगत १० दिन यता अलपत्र परेका हुन् ।
अलपत्र पर्नेमा जुबेरकी ६५ वर्षीय आमा सकिना खातुनसँगै हाफिजकी ३ महिनाकी दुधे वालिका आयसा र सुत्केरी श्रीमती नुरजहा बेगम समेत छन् । उनीहरू १० दिन यता विराटनगर बसपार्कको धरान गेस्ट हाउसको एउटा कोठामा बसिरहेका छन् ।
सिमावर्ती जोगवनीवाट विराटनगर पुगेपछि काडमाडौ जाने बस चढ्ने योजना बनाएका उनीहरूले १० दिनदेखि गेस्ट हाउसमा बस्नुपरेपछि भएका सबै पैसा सकिएको बताए । जुबेरले भने, ‘हामी सबैजना मिलाएर २५ हजार जति नेपाली पैसा थियो, सबै सकियो, अब त लज भाडा तिर्न र खान पनि समस्या भएको छ ।’
‘यही एउटा कोठाको भाडा तिर्न पैसा छैन् के गर्ने ? जुबेरले भने ‘बालवालिकालाई सुताएर हामी जागै रात काट्छौं ।’
अलपत्र परेकामा ६ जना पुरुष, चार महिला र सात बालवालिका छन् । वालवालिकाहरू ३ महिनादेखि ७ वर्ष उमेर सम्मका छन् । पैसा सकिएपछि होटेलमा खान सक्ने अबस्था नहुदा १७ जनाको यो समुह चारदिन यता बसपार्कमा यातायात ब्यबसायी आबद्ध बिभिन्न संघसंस्थाले सञ्चालन गरेको नि:शुल्क खाना खुवाउने स्थानमा गई भोक मेटाउने गरेका छन् ।
पैसा अभावमा बच्चालाई दुध खुवाउन नसकिएको उनले बताए । यी अलपत्र परेका समूहमा रहेका तीन महिने आयसाको शरीर ज्वरोले तातिएको छ । ‘खाने बस्ने उपाय छैन् कहाँबाट औषधी ल्याउनु’ आयसाका पिता हाफिजले बर्मेली भाषामा बोलेको कुरालाई हिन्दीमा अनुवाद गरी जुवेरले भने ।

१० दिनदेखि गेस्ट हाउसको कोठामा बसेको यो समूहले चार दिनको भाडा मात्रै तिरेको छ । गेस्ट हाउसकी संचालिका माया राई भन्छिन्, ‘बन्दले हाम्रो आफनै विजोग छ, उनीहरूलाई कसरी पाल्नु ?’ आफूले भाडामा कोठा लिएर गेस्ट हाउस संचालन गरिरहेकाले निुशल्क रुपमा १७ जनालाई राख्न नसक्ने राईले बाध्यता सुनाए ।
तत्काल गाडी खुलेपनि आफुहरूसित भाडाको पैसा समेत बाँकी नरहेको उनीहरूले बताए । जुबेरले भने ‘अब त नेपाल सरकारसँग मात्रै आश बाँकी छ ।’
‘हाम्रो बिन्ती छ । हामीलाई बचाइदिनूहोस ।’kantipur.ekantipur.com
देश बचाउने आशा थियो आमा तर मैले आज आफैलाई बचाउन् सकिन् तर पनि तिम्रा अन्य छोराहरु जिवितै छन् मेरो बाँकी आयु उनीहरुमा लागोस् । मैले गर्न नसकेको बाँकी काम उनीहरुले गरिदिनेछन् अधिकार माग्न आएका मानिसहरुले मेरो बाँच्ने अधिकार खोसिदिए मेरो सानो बाबुलाई पनि छोडेनन् ।

 आखिर किन मारे उसलाई मैले सोध्न सकिन् म आफै आत्तिएको थिए पानी पानी भन्दै मेरो शरीर जल्दै थियो । म उफ्र्रन थालेको थिए । तर बचाउ भनेर भन्न सकिन् किनकी म उनीहरुलाई बचाउन आएको थिए । उनीहरु मलाई बचाउन आएका थिएनन् । उनीहरुको अधिकार मिलोस्, आमा म मरे नि के भयो र मेरो देश बाँचेको छ । अहिले नहाँसेर के भयो सधै हाँसेको छ ।

स्वदेशमा भूकम्प आउँदा प्रहरी, बाढी आउदा प्रहरी, विपक्ति आउँदा प्रहरी, अनि सबै भन्दा पहिले मर्नेमा पनि प्रहरी नै आफनो देशका रक्षकलाई यसरी पशु सरह मार्ने कति पोल्यो होला कति आत्तिएको थिए होला ज्युदै आगोमा जल्दा कति तिर्खा लागेको थियो होला अस्ति भर्खर भूकम्प आउँदा साना साना बच्चा बच्चीहरुलाई बचाइदिने प्रहरीको आज बच्चा मारियो । हिजो बाढी आउँदा आफ्नो वेवास्ता गदै ज्यानको बाजी थापेर बचाउन जाने प्रहरीको ज्यान गएको छ ।

नेपालका इमान्दार मृतक प्रहरीमाथि श्रद्धा सुमन प्रकट गर्न चाहे । र अनि यस्ता बहादुर छोरा जन्माउने नेपाल आमाप्रति पनि समवेदना प्रकट गर्न चाहे । हिजो कैलालीमा बाढी आउँदा यिनै प्रहरी ले बचाएका थिए । तर आज तिनै प्रहरीलाई निर्मम हत्या गरियो । कैलालीको टिकापुरमा जुन घटना घट्यो त्यो राज्य अनि प्रहरीका लागि एउटा कालो दिन को रुपमा सावित भयो ।
जसले त्यो घटना घटायो अनि जो त्यस घटना घटाउनुमा परिचालित गरिएका थिए त्यसलाई तपाई राष्ट्रसेवक प्रहरीले त्यही ठाउँमा सबैको चिहान बनाउनु । र सबैलाई फाँसी दिनुहोस् । - दैनिक नेपाल
आईतवार 13 भदौ, 2072
आनन्दराम पौडेल - जब नेतृत्वले सैद्धान्तिक आधार छाडेर निर्णय लिन र कदम चाल्न थाल्छन्, तब सम्पूर्ण काम-कार्यवाही र अभियानले बाटो छाड्छ। हरेक अभियान र काम-कार्यवाहीको आधार (जग) अत्यन्तै कमजोर हुने भएकोले सामान्य प्रश्नको समेत् सामना गर्ने क्षमता नै गुमाउँछ। कुनै तर्क हुँदैन, त्यसैले जवाफदेहिताबाट सधैं भाग्छ। छिमेकी राष्ट्र भारतमा सवा बर्षदेखि सबै राजनीतिक हस्तिहरुलार्इ धरासायी गराएर नरेन्द्र दास
मोदीले चौतर्फी आफ्नो दिग्वीजयको झण्डा फहराइरहेका छन्। उनलार्इ चुनौती दिनसक्ने राजनीतिक हस्ति मैदानमा देखिंदैन।
तर, आफ्नै जातसमुदायको एउटा २२ बर्षे युवकले राखेको एउटै सवालले आज नरेन्द्र मोदीको नौनारी गलेको छ। २२ बर्षे युवक हार्दिक पटेलले एकदमै सानो र सामान्य प्रश्न गरेका थिए। उनको प्रश्न थियो, “आरक्षण पछाडी परेका समुदायको लागि हो भने पटेल समुदायमा पनि अत्यन्तै पछाडी परेको संख्या अत्यधिक छ। तिनीहरुले नपाउनुपर्ने कारण के हो ?” प्रश्न यत्ति हो। तर, यही प्रश्नको जवाफ दिनु त परको कुरा सामना गर्न समेत् भारतको नेतृत्व असमर्थ भैरहेछ।
हार्दिक पटेलले प्रश्नसँगै केही उदाहरणहरु समेत् प्रस्तुत गरेका छन्। जातको नाममा सम्भ्रान्तका छोराछोरीले आरक्षण पाइराखेको, ठूला ओहोदाधारी सरकारी पदाधिकारीका सन्तानले पाइराखेको तर पटेल भएकै कारणले अति विपन्नहरुलाइ समेत् अवसरबाट बञ्चित गरिएको उदाहरण उनले पेश गरे। आरक्षणसूचिमा परेको मात्र कारणले अति सम्भ्रान्तहरु र सरकारी उच्च पदाधिकारीका ४०–४५ प्रतिशत अङ्क ल्याएका सन्तानले छात्रवृत्ति र सरकारी नोकरी पाएको, तर एउटा दरिद्र परिवारको सन्तानलार्इ ९० प्रतिशत अङ्क ल्याउँदासमेत्, पटेल भएकै कारणले, सबै अवसरबाट बञ्चित गराइएको उदाहरणहरु अगाडी सारे।नेपाली राजनीतिको अहिलेको नेर्तृत्वले गरेको आरक्षण राजनीतिले हार्दिक पटेलहरु जन्माउदै छ ।
सीमान्तिकृत वर्गको लागि राज्यले विशेष केही गर्नुपर्छ। सीमान्तिकृत वर्गलाइ राष्ट्रको मूलधारमा ल्याउन विशेष नीति, योजना र कार्यक्रम राज्यले अबलम्बन गर्नैपर्छ। त्यस्ता योजना र कार्यक्रम कार्यान्वयन गर्दा गरिबीको रेखामुनि रहेकामध्येपनि अति विपन्न र दरिद्रतमबाट शुरु गर्नुपर्छ। ती परिवारको स्वास्थ्यउपचार बीमा राज्यले गरिदिनुपर्छ र ७५ प्रतिशत प्रिमियम राज्यले नै तिरिदिनुपर्छ। तिनीहरुका सन्तानलार्इ पोष्टग्राजुएटसम्म छात्रवृत्ति नै दिएर पढाइदिनुपर्छ। आवश्यकता अनुसार आरक्षण पनि दिनुपर्छ। यो सर्वमान्य सिद्धान्त हो। भारतमा आरक्षण लागु गर्दा यो सिद्धान्तमा टेकेनन्। सजीलो बाटोतिर लागे। अर्थात् केही जातलाइ आरक्षण दिने भनेर घोषणा गरिदिए। नेतृत्वले तत्काल सजीलोको हिसाबले र मनोगत तबरले जात तोकेर आरक्षणको घोषणा त गरे, तर धरातलीय यथार्थभने नितान्त फरक छ।
३० बर्षदेखिका मानव विकास सूचकाङ्कका तथ्याङ्कहरुले भारतमा आरक्षण पाउनेभन्दा आरक्षण नपाउने जात, समुदायमा दरिद्रहरुको संख्या अत्यधिक बढी देखाइरहेछ। हरेक बर्ष प्रकाशित हुने तथ्याङ्कहरुले जब यथार्थ स्थिति छर्लङ्ग पारिदियो, तब जनता जाग्नथाले। यही तथ्य र प्रश्न अघि सारेर केही बर्षअघि हरियाणाका जाटहरुले पनि निकै चर्को आन्दोलन गरिरहेका थिए। यही बिषयमा राजस्थानका गुर्जरहरु पनि ४-५ बर्षदेखि आन्दोलित छन्।
एउटा घीनलाग्दो बिडम्बना चाहीं यहाँ के देख्नुपरिरहेछभने एउटा २२ बर्षे नवयुवकले राखेको प्रश्नको जवाफ दिन नसकेर नरेन्द्र मोदीले गुजरातमा पटेल समुदायको आन्दोलनलाइ निर्ममतापर्वक दमन गरिरहेछन्। पुलिस फोर्स लगाएर दमन गर्न खोजे। त्यतिले नपुगेर अर्धसैनिक बल प्रयोग गरे। ९ जनाको हत्या नै गरिदिए। त्यतिले नपुगेर अगस्त २५ तारिखदेखि सेना नै परिचालन गरिराखेका छन्। इण्टरनेट, मोवाइल सबै बन्द गरिदिएका छन्। आफ्नै गृहप्रदेशमा जनताको प्रश्नको जवाफ दिन नसकेर उल्टो निर्मम दमन गर्ने तिनै नरेन्द्र मोदी यता छिमेकी मुलुक नेपालका नेतालार्इ भने, “सबैको माग पूरा गर। सबैको माग पूरा नगरी सम्विधान जारी नगर”  भनेर उपदेश छाँट्छन्।
अघिल्लो हप्ता भारत र पाकिस्तानबीच उच्चस्तरीय वार्ता हुने तिथि तय भएको थियो। पाकिस्तानको वार्ताटोलिले कास्मिरका बिखण्डनवादी हुर्रियतका नेतालाइ भेट्ने मनशाय राखेको थाहा पाएर भारतले विरोध मात्र गरेन तय भएको वार्ता नै भङ्ग गरिदियो। आफ्नो देशका बिखण्डनकारीसँग भेट्ने बिषयलार्इ उहाँहरुले यति सम्वेदनशील ठान्नुहुन्छ। तर उहाँहरु नै, “यो राष्ट्र टुक्र्याइदिउँ” भनेर राष्ट्रलार्इ नै बारम्बार धम्क्याइरहने अमरेश कुमार सिंह, महन्थ ठाकुर, राजेन्द्र महतोहरुलाइ उच्च प्राथमिकतामा राखेर निरन्तर भेटिरहनुहुन्छ। यी बिखण्डनकारी लगायत सबै आन्दोलनकारीका माग पूरा गर भनेर नेपालका नेताहरुलाइ निरन्तर दबाब दिनुहुन्छ। ४ महिनाअघि १६ बुँदे सम्झौता गर्दा, “प्रदेशको सीमाङ्कन गर्नको लागि विशेषज्ञहरुको आयोग बनाएर जिम्मा दिने” भनेर निर्णय गरेका थिए।
“नेपालका नेताहरुले अधिकांश त वाहियात निर्णय लिन्छन्, तर यो एउटाचाहीं बुद्धि पुर् याएछन्” है भनेर हामीले नै भनेका थियौं। तिनै बिखण्डनकारीको कुरा सुनेर नरेन्द्र मोदीले एक(एक नेतालाइ दिल्ली बोलाए। हकारपकार पारे। हाम्रा नेताहरुले छुल्छुलि मुत्दै सीमाङ्कन गरिहाले। छिमेकीको आन्तरिक मामलामा यतिसम्म थुतुनो गाड्ने नरेन्द्र मोदीले आफ्नै मुलुकमाचाहीं के गरिरहेछन् रु गोरखाल्याण्ड आन्दोलन कति बर्ष भयो रु मुस्लिम महिलामाथि परिवार र समुदायले खपिनसक्नु पक्षपात, अन्याय र अत्याचार गरिराखेको छ। ती अत्याचारीलाइ राज्यले साथ दिईराखेको छ। यस बिषयमा आवाज उठेको कति भयो रु “आफ्नो आँगमा भैंसी नदेख्ने, अर्काको आँगमा जुम्रा खोज्ने” भन्ने उखान यहाँ चरितार्थ भएको छ।
नेपालका नेताहरुले पनि सिद्धान्त, तथ्य र यथार्थलार्इ पन्छाएर मनोमानि निर्णय लिईरहेछन्, जस्ले गर्दा उनीहरुका हरेक कदम गलत साबित भैरहेका छन्। गरिबीको रेखामुनि रहेका मध्येपनि दरिद्रहरुलाइ दिनुपर्ने आरक्षण, तिनीहरुलाइ नदिएर केही जातलाइ दिने निर्णय गरे। आरक्षणको मध्यावधी समीक्षा गर्दा अति सम्भ्रान्तहरुले मात्र पाइराखेको देखियो। सङ्घीयताकै कुरा गरौं। यो नेपाल राष्ट्रलाइ सङ्घीयता आवश्यक नै छैन। तर, केही नेताहरुको जिद्दी र हठले गर्दा सङ्घीयता लाद्ने भएपछि यही पाँच विकासक्षेत्रलाइ नै सङ्घीय प्रदेश बनाए हुन्छ भनेर सबैले सुझाव दिएका थिए। तर, आधारहीन, आलोकाँचो र मनोमानि ढङ्गले सङ्घीय प्रदेश बनाउन खोज्दा यिनीहरु शुरुमै फेल भएको दयनीय दृश्य हेर्नुपरेको छ।
अरुको अनुभवबाट सिकौं। आफ्नै अनुभवबाट सिकौं। तथ्यबाट सत्य निकालौं।  बस्तुनिष्ठ भएर निर्णय लिने बानि बसालौं। यत्ति भए पुग्छ। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
एजेन्सी, भदौ १३

सुनिल सेट्ठीकी छोरी आतिया सेट्ठी सलमान खान प्रोडक्सनको फिल्म ‘हिरो’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । उनै आतियाले आफूलाई डेब्यु दिने सलमानको नभई  शाहरुखको फ्यान भएको बताएकी छिन् ।
उनले आफू शाहरुख खानको फ्यान मात्र भएको बताइनन्, शाहरुखसँग फिल्म खेल्ने सपना रहेको पनि बताइन् । उनले सलमानको नाम लिइनन् ।
सलमानको नामै नलिएपछि भारतीय सञ्चारमाध्यमले सोधे,‘सलमानसँग चाहिँ ?’ प्रश्न आएपछि मात्र उनले सलमानलाई जोडिन् । तैपनि, शाहरुखको नाम भने छुटाइनन् र भनिन भनिन्,‘मलाई थाहा छैन उहाँहरुसँग काम गर्ने मौका मिल्छ या मिल्दैन । तर, जब मैले यस्तो मौका पाउँछु, कुनै हालतमा छोड्दिन ।’

प्रकाशित मिति: आइतबार, भाद्र १३, २०७२ १०:१९:३० भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मलेसिया मा श्रिखलाबढ्द हत्या को क्रम जारी नै छ ,बिबसता भनु या बध्येता या देश को दुर्दशा हामी नेपाली नचाहेर पनि बिदेशिनु पन्रे क्रम बढ्दो छ /तेस्मा पनि अरब मुलुक हरु मध्ये मलेसिया सबै भन्दा डरलाग्दो ठाउँ बन्न पुगेको छ /

महिला लाई त तेसै पनि अरब मुलुकमा खतरा नै छ तर यो क्रम अहिले पुरुष हरुलाई नि लागु हुदै गैरहेको छ ,/पछिल्लो समएमा मलेसिया का नेपाली कामदार तेहाका स्थानिय मले हरुले लुट्ने ज्यान हमला गर्ने त सुनिदै आएको थियो ,तर येस्पली मलेसिया मा नेपाली ले नेपाली लै नै बित्भ स तरिकाले हत्या गरेको खबर फेस बुक मा आयको छ ..हत्येरा को नाम सहित किराती राई एंड लिम्बु समाज को पेज मा फेरी यो कुरा आएको छ ,जसमा हत्यारा हरुको नाम र उनीहरुलाई मलेसिया को जेल मा राखिएको र साउदी को जेल मा चलान गर्ने निर्णय गरिएको कुरा उल्लेख छ ,,,तेस्मा हिजो अर्थात् १३ /११ /२०१४  भन्ने बुझिन्छ ,,येसरी नेपाली ले नेपाली लै विदेश मा हत्या गर्ने हो भनी अरुको त झन् क कुरो ,यो कुरो को तुक के छ त्यो त बिस्तारै आउला नै  तर २ छाक खान नै नपाए पनि मलेसिया जस्तो देशमा आफ्नो साथी भै आफन्त कसैलाई पनि सल्लाह नदिनु हुन अनुरोध छ ,,त्यस पेज को लिंक र सनप सहित को फोटो पनि यसै साथ राखेको छु ,,

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कैलाली, १३ भदौ । मैले फायर खोलेँ,तपाईँहरू पनि खोल्नुहोस्, अब आदेश पर्खिराख्नुपर्दैन।’थरूहट–थारूवान स्वायत्त प्रदेश पक्षधर आन्दोलनकारीले गत सोमबार दिउँसो दिउँसो साढे २ बजेतिर टीकापुर नगरपालिका

शंकरापुरमा प्रहरीमाथि घेराबन्दी गरेर आक्रमण सुरू गरेपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेले आदेश दिएको समाचार नगरिक दैनिकले छापेको छ ।
आदेशमुताविक उनीसँग रहेका प्रहरीले एसएलआर खोले। एक राउन्ड हावामा गोली चलाए। दोस्रो पटक एसएलआरको गोली पड्कदै पड्किएन त्यसै बन्द भयो ।
प्रदर्शनकारीको घेराबन्दीमा परेको प्रहरी टोलीसँग थप हतियार थिएन। उनले सँगै परिचालित सशस्त्रलाई फायर खोल्न अनुरोध गरे तर हतियार सुसज्जीत उनीहरूले उनको आदेश मानेनन्।
त्यतीबेलासम्म सँगै गएका सशस्त्रका एसपी लक्ष्मण सिंह भने पछि हटिसकेका थिए ।
आन्दोलनकारीले प्रहरीलाई घेरबन्दी गरेर लखेटी लखेटी एसएसपी न्यौपानेसहित ८ सुरक्षाकर्मी र एक नाबालकको हत्या गरे। यति ठूलो मानवीय क्षतिको पछाडि के कारण थियो त ?
स्थानीय प्रत्यक्षदर्शी भन्छन्, ‘प्रहरीसँग हतियार नहुनु, विशाल जुलुस नियन्त्रणका लागि न्यून संख्यामा सुरक्षाकर्मी हुनु र सहयोगी सशस्त्र प्रहरीले आदेश छैन भन्दै हतियार चलाउन पन्छन’ ।
त्यसदिन टीकापुरमा परिचालित प्रहरीसँग एक थान मात्र एसएलआर थियो। त्यही पनि नपड्किएपछि न्यषौपाने निरूपाय भएका थिए। भिडियो हेर्न तलको बाकस थिच्नुहोस
तपाईं आफुलाई कसरी चिनाउन चाहनुहुन्छ ?

आफ्नो परिचय दिनुहोस् न । मेरो नाम गणेश लामा हो । मेरो जन्म थलो काभ्रे तर कर्मथलो काठमाडौं हो । हाल म फोरम (लोकतान्त्रिक) को केन्द्रीय सदस्य पनि छु र म आफुलाई ब्यबसायी भन्न पनि रुचाउँछु ।

धेरैले गणेश लामा डन हो भनेर चिन्छन्, भन्छन् नी ?



यहि बडम्वना छ । त्यो टाईटल कसले लगाईदियो मलाई थाहा छैन । के गर्दाखेरी डन भनिन्छ र भईन्छ त्यो पनि मलाई थाहा छैन । त्यो शव्द मलाई मन पर्ने शव्द पनि होइन । कि कसैले मलाई तैंले डन बिल्ला पाएको छस् भनेर प्रमाण पत्र दिनुपर्यो कि मलाई डनको बिल्ला भिराइ दिनुपर्यो । म हिजो पनि एउटा संस्कारमा हुर्केको मान्छे । शुरुमा अध्ययन गरें, पढाई पछि एउटा उमेरमा आएर मैंले ब्यापार पनि गरें । त्यो भन्दा अगाडी मेरो झै झगडा पनि भएको थियो । मैले त्यहि अनुसारको सजायाँ पनि पाएँ । त्यसपछि मैले लगातार व्यापार गरें र हाल म सक्रिय राजनीतिमा लागि रहेको छु । म फोरम लोकतान्त्रिकको जिम्मेवार पोष्टमा छु । म माथी लागेका जुन आक्षेपहरु छन् यसका बारेमा मैैंले बिभिन्न मिडियाका साथीहरुलाई भन्दै आएको छु, तैपनि मैैंले अझै मुक्ति पाएको छैन । यो डन भनेको के हो मैले अझै बुझ्न सकेको छैन ।

तपाईले आज सम्म त्यस्तो के गर्नुभयो र तपाईलाई मान्छेहरुले डन भने ?

मलाई यो लाग्दैन कि मैैंले आत्मा ग्लानी हुने गरी त्यस्तो गल्ति गरेको छु । म यो दावाका साथ भन्छु हो, मलाई कसैले पिटे होला, मलाई पिट्न आएकाहरुको बिरुद्ध म उठें होला अनि मैले पनि पिटें होला । मैैंले कसैको आँसु झार्ने काम, कसैको दुई रुपिया लुट्ने काम, कसैको छोरी चेली बिगार्ने काम अथवा राष्ट्रमा आँच आउने काम गरिन । म दावाका साथ फेरी भन्छु मैंले देशद्रोहि हुने काम गरेको छैन । यदि कसैले त्यो प्रमाण ल्याउँछ भने म जुन सुकै सजाय भोग्न तयार छु ।

तपाईलाई थाहा छ, डन कस्तालाई भन्छन् ? डन भनेको चाहिँ के होला तपाईको विचारमा ?

यो राज्य शत्तामा जसको हालिमुहाली चल्छ त्यहि हो डन । म अहिलेको अवस्थामा सुशील कोईरालालाई डन भन्छु । किनकी उहाँ प्रधानमन्त्री हुनुहुन्छ, उहाँको सवै चिज चल्छ । उहाँलाई चाहिँ डन टाईटल दिन सुहाउँछ । यो भन्दा पहिला प्रचण्डजी हुनुहुन्थ्यो होला, त्यो भन्दा पहिला माधव नेपाल हुनुहुन्थ्यो होला । सवैकुरा गर्ने क्षमता उहाँहरुको हातमा हुन्छ । तव मात्र त्यसलाई डन भनिन्छ होला । म त आफुलाई एक आम साधारण नेपाली भन्न चाहान्छु ।

तपाईलाई थाहा छ डन चाहिँ कसरी जन्मिन्छन् ?

एक त हाम्रो देश गरिवीको चपेटा र ठूलो भूमरीमा फसेको छ । अर्को बेरोजगारी र अशिक्षा छ । जव २०५२ सालमा नेकपा (माओवादी)ले जनयुद्धको थालनी गरेपछि जसरी युवाहरुको लर्को रातारात त्यहाँ प्रबेश गर्यो नी त्यो पनि एउटा उदाहरण हो । आज तपाई शिक्षित हुनुहुन्छ, रोजगार हुनुहुन्छ, तपाईलाई सबै कुरा पुगेको छ भने तपाईलाई यस प्रकारका गलत बाटोमा लग्ने समय हुँदैन । दुइचार अक्षर पढेको मान्छे, यदि रोजगार छ भने त्यसलाई जवर्जस्ती कसैले माईन्ड डाईभर्ट गर्न सक्दैन ।

आज हाम्रो देशमा ठूलो संख्यामा युवाहरु वेरोजगार छन् त्यसको जिम्मा नेताहरुले लिने कि नलिने ? गरीव छन्, अशिक्षित छन्, तर ती युवा साथीहरुलाई सरकारले केहि गर्ने कि नगर्ने ?

ती युवाहरु गलत प्रकारले प्रयोग भैरहेका छन्, चाहे त्यो राजनीतिक आवरण होस् वा अन्य आवरणमा । जान्ने सुन्ने मान्छेहरुले यी युवाहरुलाई गलत तरिकाले प्रयोग गरिरहेका छन् । यस्तै यस्तै कारणले गर्दा ती युवाहरु गलत कार्यमा लाग्न प्रोत्साहित भईरहेका छन् । युवाहरुलाई बिभिन्न दलले चुनावमा बुथ लुट्न, ढुंगा हान्न, मास जुटाउन प्रयोग र प्रोत्साहन गर्ने अनि आफु पदमा पुगिसकेपछि ती युवाहरुलाइ आफुले सकेको रोजगारी दिनुको सट्टा, राम्रो बाटो देखाउनुको सट्टा उल्टै गलत आरोप लगाउने जस्ता प्रबृत्ति पनि त बढेको छ नि ।

डनहरुको नाता–सम्वन्ध शक्ति र पहुचमा भएका हरु संग हुन्छ भन्छन् । तपाईलाई चाहिं त्यस्तो लाग्छ कि लाछ ?

मलाई त्यस्तो लाग्दैन । सवै मान्छेले एक समयमा पेटको लागि संघर्ष गर्छन् । पेट अघाए पछि सेवाको भावना जाग्छ । त्यो सेवाको भावना जागिसकेपछि अहो, मलाई त अहिले खान पुग्यो अव देश र जनताको लागि केहि गरौैँ भन्ने भावना आएपछि कहिँ न कहिँ त लाग्नै प¥र्यौ । कोहि न कोहि त समाउनै परिहाल्यो । ती कुराहरुलाई देखेर अहिले तपाईले गर्नुभएको प्रस्न त्यसरी नैं जोड्न खाजेको होला । तपाई आफैंले पनि देखिहाल्नु भयो नि कसैको संरक्षणमा लुकेको मन्छे होस् वा बहालवाला मन्त्री नैं किन नहोस् जेल गएको रेकर्ड छ नि नेपालमा । त्यसैले गल्ति गरेपछि कानूनभन्दा माथि कोहि पनि छैन भन्ने कुरा मैले बुझेको छु ।

तपाईको कारणले आज सम्म कुनै पनि मानिसले दुःख, डर, धम्कि खेप्नु परेको छ कि छैन ?

म अहिले सम्म पाप र धर्मलाई साक्षि राख्दै अगाडी बढेको मान्छे । के गर्दा पाप लाग्छ, के गर्दा धर्म हुन्छ भन्ने कुरा मैले राम्ररी बुझेको छु । हिजो पनि म एउटा युवा मात्र रहँदा पनि मलाई कसैले सिकाएको होइन । मैले चाहे शिक्षाको क्षेत्रमा होस्, चाहे ती कुनै विकाश निर्माणको क्षेत्रमा होस्, चाहे व्यापार र रोजागारीको क्षेत्रमा होस् म दावाका साथ भन्छु,– होला मैले लोकसेवामा नाम निकाल्न सकिन होला प्रहरीमा सकिन होला तर मैंले रेष्टुरेन्टदेखि लिएर अन्य सेक्टरमा आफुले सकेको ठाउँमा मैले तीन हजार पैतिससयदभल्दा बढी युवाहरुलाइ रोजगारीको अवसर दिइरहेको छु । मैैंले युवाहरुलाई सधैं भन्ने गर्छु काम गरेर खानु पर्छ । सवैलाई काम गरेर खानुपर्छ भन्ने सन्देश दिने गरेको छु । मैले यी सवै कुरा बुझेको जानेको, दुई चार अक्षर पढेको, घुमेको मान्छेले यस्ता कुरा कल्पना पनि गर्न सक्दिन । यदि भोको छु, मैले अगाडी खानेकुरा देखिरहेको छु भने म चोरेर खान्छु होला । मलाई भगवानको कृपाले दुई हात मुख जोर्न राम्रै तरिकाले दिएको छ भने मैंले जानि जानि कहाँ गल्ति गर्छु र ? चोरे, ढाँटे, मान्छे पिटे सजाय हुन्छ भन्ने जान्दा जान्दै कसैले अपराध गर्छ होला ?

भनेपछि तपाईका कारण कोहि त्रसित छैनन्, कोहि ठगिएका छैनन् ?

छैनन्, छैनन् । म दावाका साथ भन्छु त्यस्ता साथीहरु कसैले मेरो नाम गलत रुपमा प्रयोग गर्नुभएको छ भने मलाई थाहा भएन । म भगवान होईन, मलाई त्यस्तो थाहा हुदैन । झापाको कुनै एउटा कुनामा कसैले तँलाई गणेश लामा ल्याएर पिटाउँछु भन्यो भने मैले कसरी थाहा पाउने ? त्यसैगरी कैलाली, कञ्चनपुरमा मेरो नाम लिएर कसैले कसैलाई धम्क्याउने , थर्काउने गर्छ भने मैले कसरी जान्ने ? यी थर्किन बाध्य बनाउनेहरु पनि त मिडिया नैं हो नि त । म त्यो चिज होईन बाबा भनेर मैले पटक पटक तपाईहरुसंग भनिरहेको छु । यदि म त्यो चिज भएको हो भने त मैैंले झापा फोन गरेपनि थर्किने भो, कैलाली फोन गरेपनि थर्किने भो । म त्यो चिजलाई नैं स्वीकार्न तयार छैन, म त्यस्तो होइन बाबा, आम साधारण नेपाली नागरिक हुँ, साधारण भएर बाँच्न चाहन्छु, मलाई त्यसरी नहेर्दिनुहोस् भनेर मैले पटक पटक आग्रह गर्दे आएको मान्छे मैले कसरी त्यस्तो गर्न सक्छु त ?

तपाईले के कस्ता व्यवसायहरु सञ्चालन गरिरहनु भएको छ ? तपाई के काम गर्नुहुन्छ ?

अहिले टुरिज्म फिल्डमा छु । मैले हिजोको दिनमा रेष्टुरेण्ट ब्यबसाय पनि गरें होला, मैंले क्रसर आदिको काम पनि गरें होला । यसैगरी मैले सानोतिनो ब्यबसाय गरेरै आएको छु । म बिगत ५, ७ वर्षदेखि सक्रिय राजनीतिमा भैरहँदा खेरी म यो मिडियामार्फत के भन्छु भने , म यो देशको परिवर्तनको लागि, देशको उन्नती र प्रगतीको लागि समाजसेवा वा राजनीतीमै भएपनि बाँच्नका लागि पेशा गर्दे आएको छु । राजनीतिलाई चाहिँ सेवाको रुपले मात्र लिनुपर्यो । मेरो मन्यता यहि हो । यहि अन्तर्गत मैंले दुवै चिजलाई संगसंगै लिएर हिँडेको छु । मैंले आफ्ना बालबच्चा पाल्नको लागि ब्यापार गरेको छु भने राजनीतिलाई चाहिं सेवाको रुपले लिएर अगाडी बढिरहेको छु ।

तपाई आफुलाई सामान्य मान्छे हुँ भनिरहनु भएको छ, तर तपाईलाई यत्ति धेरै ब्यापार गर्ने श्रोत चाहिं के हो त ? कसरी तपाई करोडौंको मालिक हुनुभयो त ?

तपाई राम्रोसँग काम गर्नुहुन्छ, तपाईसँग, क्षमता छ, भिजन छ र तपाईसँग राम्रो टिम छ भने देशमा बिभिन्न बैंक,बित्तिय संस्थाहरु छन तिनले ऋण दिहाल्छन नि । अहिलेपनि मेरो धेरै ऋण छ । अहिले पनि मलाई ऋणको तनाव हुन्छ । महिना महिनामा बैंकको लोन तिर्नुपर्छ । राम्रो भिजन भयो, राम्रो टिम भयो भने काम गर्नलाई त त्यत्ति गाहे नैं छैन ।

तपाई कामबाटै करोडपति बन्नुभयो त ?

कामबाटै हो । यो देशमा २,४ जनालाई रोजगारी दिएर राज्यले बनाएको नीतिमा छिरेर ट्याक्स तिरेर करोडपति बनेको हो ।

डन भनिएका मानिसहरु भटाभट मारिएका छन्, तपाईंलाई कस्तो लागेको छ ?तपाइको प्रतिक्रिया के छ ?

यो देशमा प्रचलित कानून छ । जसले जस्तो किसिमको गलत काम गर्छ उसलाई कानून अनुसार सजायको भागिदार बनाउनु पर्छ । गल्ति पिच्छे मान्छे मार्दै जाने हो भने यो देशमा बाँच्ने चाहिँ को त ? कोहि न कोहिले केहि न केहि गल्ति त गरेकै हुन्छ । मान्छे मार्नु समस्याको समाधान होईन । पोहोर साल चारी मारिए, यसपालि घैंटे मारिए ।

तपाई उनीहरुलाई चिन्नुहुन्छ ?

उहाँहरुसँग मेरो नजिकको सम्वन्ध होइन । मैंले मिडियामार्फत उहाँहरुलाई चिनेको, देखेको र मारिएको खवर थाहा पाएको हो । मेरो नजिकको रिलेशन चाहिँ होइन । उनीहरु किन मारिएका होलान् ? प्रहरीले उहाँहरुलाई मार्यो । उहाँहरुलाई लागेको अरोप के हो ? त्यो प्रहरी, वा अन्य कुन निकायले हेर्ने गर्छ ? त्यो मलाई थाहा छैन । उहाँहरुले कसैलाई पिट्नु भएको हो भने उहाँहरुलाई कारबाही गर्ने ठाउँ त छ नी । उहाँले लुट्नु भएको हो भने त्यहि अनुसारको मुद्धा लगाउने ठाउँ र निकाय पनि त छ नी । मलाई थाहा भएन उहाँले कुनै देशद्रेहीको काम पो गर्नु भयो कि । उहाँहरुले के गल्ती गर्नुभयो र मार्नु पर्ने अवस्था आयो, कानुनी दायरामा ल्याएर सँजाया नदिएर मार्नै पर्ने कारण के थियो,त्यो जान्ने अधिकार जनतालाई छैन ? यो देशमा मार्ने कानून छ जस्तो लाग्दैन । उहाँहरुलाई किन मारियो मैले यसै भन्न सक्ने अवस्था छैन ।

घैंटे, चरी मारिएपछि गणेश लामा पनि डन हो, अव उसको पालो भन्ने चर्चा चल्न थालेको छ । तपाईलाई डर लाग्छ कि लाग्दैन ?

मलाई डर छैन । मैले त्यस्तो कुनै गल्ति गरेको छैन । मलाई कुनै प्रकारको डर धम्की केहि पनि आएको छैन । म एउटा साधारण मान्छे । म जाहाँ खान्थेँ, जहाँ बस्थेँ त्यहि बसेको छु । म राजनीतिमा सक्रिय छु । जसरी अहिले मधेसका बिभिन्न जिल्लाहरुमा आन्दोलन चलिरहेको छ दिनहुँ जस्तो पार्टीमा अहिले वैठक भैरहेको छ । अवको रणनीति कसरी बनाउने, आदिवासी, मधेसी, जनजाती, पिछडीएको बर्गको आवाजलाई कसरी सम्वोधन गर्न सकिन्छ भन्ने हिसावले हाम्रा केन्द्रिय अध्यक्ष विजयकुमार गच्छदार दिनानूदिन चार दलको बैठकमा सम्वाद गरिरहनु भएको छ भने हामी केन्द्रीय लेभलका नेताहरु पनि पार्टी कार्यालयमा बसेर पार्टी कार्यक्रमहरुलाई कसरी अगाडी बढाउने भनेर काम गरिरहेका छौँ । म पनि त्यहि अनुसार काम गरिरहेको छु ।

मान्छेहरु अव गणेश लामाको पालो भनिरहेका छन् त किन होला ?

हाम्रो समाजमा कसैको उन्नती प्रगतीलाई देखि नसक्ने खालका पनि छन् । कोहि अर्काको मृत्युमा रमाउने खालका छन् । अरु मर्दा हास्नेले आफ्नालाई मार्दा कस्तो हुन्छ त्यो पनि उनीहरुले मनन् गनर््पर्छ । आफुलाई सानो चोट लाग्दा पनि ठूलो चित्त दुखाई हुने, अर्काको छोराछोरी, अर्काको कोखमा लात मार्दा किन खुसी हुने ? म त के भन्छु भने घैंटेले मर्नु नैं पर्ने के गल्ति गरे ? उहाँको कुन पापले गर्दा मर्नु पर्यो ? उहाको मृत्युमा उहाकी छोरी टुहुरी बनिन् । उहाँकी श्रमतीले पनि पहिल्यै छोडेर गैसकेको भन्ने सुनेको छु । त्ये मेजर कुरा हो कि होइन ?

तपाईका कारण कसैको अंगभंग हुने, ज्यान जाने भएको छ कि छैन ?

छैन । कसैले मलाई पिट्दा मैले पनि २,४ थप्पड लगाएँ होला तर अंग भंग हुने र ज्यानैं जाने किसिमको घटना भएको छैन । मैंले उनीहरुलाई मारे पनि कानूनले मलाई छोड्दैन । उनीहरुले मलाई मारे पनि कनूनुले उनीहरुलाई छोड्दैन भन्ने कुरा मैले बुझेर र रिआलाईजेशन गरेर जून दिनदेखि म व्यापारमा आएँ, राजनीतिमा आएँ मलाई यसले साथ, प्रगति र राम्रो प्रतिफल दिएको छ ।

तपाईले आज सम्म कस्ता कस्ता मान्छेहरुलाई कस्तो प्रकारको सहयोग गर्नुभएको छ ?

मैले बिगत १०,१२ वर्षदेखि काभ्रे लगायतका जिल्लाका पढ्ने ईच्छा भएका गरिव भाईबहिनीहरुलाई सहयोग गरेको छु । मैले काभ्रेलाई त कोटा नैं छ्ट्याएको छु । मैले हरेक बर्ष त्यहाँबाट ३ जनालई बिभिन्न कलेजमा स्कलरसिपको व्यबस्था गरेको छु । कुनै ठाउँमा स्वाश्थ्य शिबिर लगेर, कहिँ खेलकुदको माध्यमबाट, कुनै ठाउमा बिकास निर्माणको काम गरेर सहयोग गर्दे आएको छु । कहिँ १०, २० बोरा सिमेन्ट दिएर मैले निरन्तर रुपमा समाज सेवाको काम गर्दे आएको छु । मैंले यो काम मानव भएकाले आत्मसन्तुष्टिका लागि गरेको हुँ । न कि प्रचारको लागि ।

तपाईको सम्वन्ध नेता,पत्रकार, प्रहरीसँग कस्तो छ ?

पत्रकार साथीहरु पनि हुनुहुन्छ, प्रहरी, आर्मी, राजनीति, व्यापारी सबैतिर सवै किसिमका साथीभाईहरु हुनुहु्न्छ ।

तपाईको जीवनको सपना चाहिं के छ ?

पहिला भोको हुँदा पेट भर्ने आवश्यकता हुँदो रहेछ । पेट भरिसकेपछि पनि सन्तुष्टि हुँदो रहेनछ । जतिन्जेल बाँच्छु, राजनीति गरेर, सेवा गरेर मर्न पाईयोस भन्ने छ । म त्यहि गर्दै आएको पनि छु । जति पैसा भएपनि मान्छेलाई नपुग्दो रहेछ । म सामान्य जीवन नै बिताउनु चाह्न्छु ।

तपाई्रको रुचि, शोख के छ ?

मेरो यो चाहिँ शोख छ भन्ने छैन । मलाई एक्सरसाईज गर्न मन पर्छ । म एक्सरराईज गर्दा रमाउँछु । कोहि डिङ्गस गर्दा रमाउलान् तर मलाई त्यो शोख छैन । दैनिक बिहान १,२ घण्टा एक्सरराईज गर्छु त्यहि नैं रमाईलो छ । त्यसपछि राजनीति, व्यापार, समाजसेवा आदिका फोन आउन थाल्छन् बिजि भईन्छ ।

ब्रत बस्नुहुन्छ ? धर्म मान्नुहुन्छ ?

हरेक बिहिबार बस्छु । म हिन्दू, बौद्ध दुवै धर्म मान्छु ।

अरुहरुले डन, गुन्डा भनेर उपनाम दिंदा तपाईको परिवारले के भन्छ ?

पोल्छ नी । आज भन्दा ४,५ बर्ष पहिले त राष्ट्रिय मिडियाहरुमा यो डन हो भनेर फोटोसहित समाचार आउँथे । अहिले मेरो छोरो ८ मा पढ्छ । एउटी छोरी छिन् । त्यतिबेला मेरो छोराले बाबा तपाईको फोटो आएछ भनि पत्रिका देखायो । मलाई कस्तो भयो होला भन्नुस त ? कसैले पनि आफ्नो मानिस चोर गुन्डा फटाहा भएको मन पराउदैन । म चाहान्छ् सवै नेपाली जनताको राम्रो होस् । हिजो कसैले कच्चा उमेरमा गरेको गल्तिलाई लिएर आज पनि तनाव दिईरहनु हुदैन ।

राजनीतिमा लागेर भोलि मन्त्री बन्ने सपना देख्नु भएको होला नी, छैन ?

मैले काम गर्दे जाने हो त्यसको प्रतिफल यो नैं हुनुपर्छ भनेर अहिले नै सोचेको छैन । राजनीति गर्दै जाँदा भोलि आउने अवसरलाई ग्रहण गर्ने कुरा एउटा हो ।

तपाईलाई देख्ने भेट्ने मान्छेहरु के भन्छन ?

मान्छेले मलाई जे ठानेर भेट्न आउने गर्छन् उनीहरुले मलाई भेटिसकेपछि आकाश जमिनको फरक पाउने गर्छन् । म कसैसंग खस्रो बोल्दिन, नम्र भएर सम्मानपूर्वक बोलि व्यबहार गर्ने मेरो बानि छ । तपाईको राम्रो पक्ष के हो ? म सकारात्म सोच्छु । कहिले काहिँ रिस पनि उठ्छ तर म संयमित हुन्छु । कसैलाई डोमिनेट गरेको, गरिवलाई हेपेको मलाई मन पर्देन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भाद्र १३ , बिहान सवेरै नुहाएर दिनचर्या शुरु गर्दा आफ्नो दैनिकी राम्रो हुने विभिन्न शास्त्रमा उल्लेख छ । विहान सवेरै उठेर नुहाउने बानीले रोग, चिन्ता वा तनाव समेत कम गर्ने शास्त्रमा उल्लेख छ ।
यहाँ विहानमा नुहाँउदा हुने फाइदाबारे चर्चा गरिएको छ ।बिहान सवेरै स्नान गर्दा शरीरमा १० वटा गुण प्राप्त हुन्छन् । यसरी प्राप्त हुने गुण यस्ता छन्ः १ सौन्दर्य । २ शारीरिक शक्ति ३ ज्ञान, ऊर्जा ३ आत्म विश्वास ४ पवित्र मन, विचार र कर्म ५ स्वास्थ्य ६ बुद्धि र विवेक ७ सपनाबाट छुटकारा ८ लालसाबाट मुक्ति ९ यश १० कीर्ति।
आज वि.सं. २०७२ साल भदौ १३ गते। आइतबार। इश्वी सन् २०१५ अगस्ट ३० तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ गुँलागा।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesधेरै लगानीपछि कम प्रतिफल पाइनेछ भने अरूको भरण–पोषणमा खर्च हुन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि प्रतिफल तत्कालै नपाइएला। सञ्चित रकम समेत खर्च हुने योग छ। उठ्नुपर्ने रकम हातलागी भए पनि तत्काल खर्चनुपर्नेछ। कृषि, पशुपालन आदिमा सामान्य फाइदा उठाउन सकिनेछ। आम्दानी सामान्य भए पनि सदुपयोग गर्दा ठूलो खाँचो टर्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन हुन सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। तर, विभिन्न अवसर आए पनि अनावश्यक प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउने देखिन्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। लगनशीलताले ठूलो काम सम्पादन हुन सक्छ। धेरैलाई फाइदा पुग्ने काम सम्पादन गर्न सकिनेछ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कार्यबाट दोहोरो लाभ समेत मिल्न सक्छ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक कृत्य समेत सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। मेहनतले भाग्योन्नति हुने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रयासमै समय मात्र बित्नेछ। आजको समस्या तत्काल समाधान नहुन सक्छ। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत कमजोरीले पनि सताउने समय छ। उपचारमा खर्च हुने योग छ। विद्यामा समय दिन नसकिएला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoरमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यताका काममा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ भने व्यवसायमा पनि फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoदैनिक काममा फाइदाको योग छ। सम्पत्ति वा अधिकार संरक्षण गर्नका लागि भने अलि संघर्ष हुन सक्छ। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। वादविवाद तथा रोगबाट समयमै जोगिने प्रयत्न गर्नुहोला। मुद्दा र द्वन्द्वका लागि खर्च बढ्ने सम्भावना छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraदिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपरिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने अवसर पाइनेछ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusनयाँ काम सुरु गर्ने अवसर जुट्नेछ। मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। आवश्यकता भन्दा सोखका विषयमा खर्च हुनेछ। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनबाट टाढिनुपर्दा मन खिन्न रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमान–सम्मान बढ्नेछ। बोलीको भरमा काम सम्पादन हुने योग छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusनयाँ कामको प्रस्ताव आउनेछ भने रचनात्मक काम सुरु हुन सक्छ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ। काममा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुन सक्छ। पहिलेको अनुभवले थप काम गर्न हौसला मिल्नेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesकेही मात्रामा खर्च बढ्नेछ र मनमा आलस्यभाव उत्पन्न हुन सक्छ। लगानी बढाउने समय भएकाले धैर्यसाथ जुट्नुहोला। चुनौतीका बाबजुद नसोचेको काम बन्नेछ। छिमेकमा असमझदारी बढ्ने सम्भावना देखिए पनि प्रयत्न गर्दा समस्या सजिलै सुल्झाउन सकिनेछ। प्रतिस्पर्धाबाट फाइदा मिल्नेछ भने वैदेशिक क्षेत्रबाट लाभ हुछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ।

काठमाडौ, भाद्र १२  – सुत्दाखेरी समस्या भोग्ने बेलायतीहरुको संख्या दिनप्रतिदिन बढ्नै छ । सुत्दाखेरी समस्या भोगेको भन्दै जचाउन आउँनेको संख्या बढेपछि बेलायतको मेन्टल हेल्थ फाउण्डेशनका बिशेषज्ञ चिन्तित बनेका छन् । फाउण्डेशनमा हप्तामा ५० जनाभन्दा बढी सुताई समस्या बोकेर आउन थालेका छन् । यस्तो समस्यालाई बिशेषज्ञहरुले ‘पारासोम्निया’ नाम दिएका छन् । बिशेषज्ञका अनुसार बढी मानिसमा सुत्दाखेरी हुने गरेको समस्या यस्तो छः

म्यासेज गर्ने

९२ प्रतिशत बेलायतीहरुले मोबाइल फोनको प्रयोग गर्ने गरेको तथ्यांक छ । तर होस्मा हुँदा प्रयोग  हुने मोबाइल निदाउँदा पनि प्रयोग हुन थालेपछि समस्या बल्भिmएको हो । निदाएको बेलामा आफन्त वा साथीभाईहरुलाई थाहै नपाई म्यासेज गइदिने समस्याले धेरै मानिसहरु हैरान छन् । सुतेको बेलामा उनीहरुले पठाउने म्यासेज अर्थ न बर्थका हुन्छन् । बिहान व्यूँझदा मात्रै उनीहरुलाई म्यासेज पठाइछु भन्ने जानकारी हुन्छ ।
खाने
व्यूँझदाखेरी आफ्नो भान्साको खानेकुरा रित्तिएको चाल पाउनेहरुले बेलायतीको संख्या पनि बढ्दैछ । फाउण्डेशनमा समस्या लिएर आउनेहरुमध्ये अधिकांशले निदाएको बेलामा खानेकुरा खाने गरेको गुनासो पोख्ने गरेको छ । निन्द्राको तालमा भान्सा, पि|mज वा भाडामा राखिएको खानेकुरा खाने बानीले उनीहरु आजित छन् । सुत्दाखेरी भोक लागेको अवस्था भएमा यस्तो समस्या बढी हुन्छ । कतिपयले त खानेकुरा पकाएरै खाने गरेको समस्यासमेत सुनाउने गरेका छन् । सुन्दाखेरी हाँसो उठ्ने भएपनि यस्तो समस्याले बिकराल रुप लिनेमा बिशेषज्ञहरु चिन्तित छन् ।

सम्भोग
सुतेको अवस्थामा थाहै नपाई सम्भोग गर्ने बेलायतीको संख्या पनि बढ्दैछ । निदाएको बेलामा सँगै सुतेको व्यक्ति वा वरपर रहेको व्यक्तिसँग सम्भोग  गरेको उनीहरुले व्यँूझिदा मात्रै थाहा पाउँछन् । यस्तो समस्याले जबरजस्ती करणीको घटना बढ्नसक्नेमा मानसिक बिशेषज्ञहरुको चिन्ता थपिएको छ । बढी तनाव भएको बेलामा र रक्सी वा लगूओषध सेवन गरेर सुतेकाहरुले यस्तो काम गर्नसक्ने सम्भावना झन् बढी हुन्छ । बिशेषज्ञहरुले यसलाई सेक्सोमेनिया नाम दिएका छन् ।

सास फेर्न रोकिने
सुत्दाखेरी सास फेर्न समस्या हुने वा सासै रोकिने समस्या लिएर जचाउन आउनेको संख्या पनि बढ्दै गएको छ । सुत्दाखेरी सास रोकिने समस्या निकै डरलाग्दो हुने बिशेषज्ञहरुको भनाई छ । घाटीका मांशपेशीहरु जोडिएर यस्तो समस्या आएको हुनसक्ने उनीहरुको अनुमान छ । मानिसहरुले निदाएको बेलामा थुप्रै सेकेण्डसम्म सासै रोकिएको समस्या लिएर आउने गरेका छन् । यस्तो समस्या भएका मानिसहरुले व्यूँझदाखेरी निकै थकान महशुश गरेका हुन्छन् ।

विष्फोटनको आवाज
तपाई सुतिरहनु भएको छ र एक्कासी ठूलो आवाज आएको ठानेर व्यूँझनु हुन्छ भने यसलाई बिशेषज्ञले ‘एक्प्लोडिङ हेड सिन्ड्रोम’ -ठूलो आवाज आएर तर्सनु) भनेका छन् । सुत्दाखेरी एक्कासी बम बड्केको आवाज आउनु, गोली पड्केको जस्तो आवाज आएको भन्ठान्नु र व्यूँझनु, टाउकोभित्रै चट्याङ परझैं ठानेर व्यूझनु वा टाउको भित्रै ठूलो आवाज आएको ठानेर तर्सनु जस्ता समस्या बेलायतीहरुमो बढेको तथ्यांक छ ।

यस्तो समस्याहरु तनाव र मानसिक समस्याका कारण बढी उत्पन्न भएका अनुमान गरिएको छ । यस्तो समस्या बढी देखिने मानिसहरुमा मानसिक समस्यासमेत उत्पन्न हुने खतरा हुन्छ । तपाईमा पनि सुतेको बेलामा देखिने यस्तै खालको कुनै समस्या छ कि ?


काठमाडौं, १२ भदौ । नेपाली कांग्रेसका केन्द्रीय नेता तथा सनातन हिन्दू राष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको भनी विभिन्न संचारमाध्यममा समाचार आएकोमा कडा रुपमा प्रस्तुत भएका छन् ।

काठमाडौंको बिजुलीबजारस्थित आफ्नै सम्पर्क कार्यालयमा शुक्रबार दैनिक नेपालसँग कुरागर्दै खड्काले पूर्वराजासँग कयौं महिनादेखि आफूले भेटघाट नगरेको बताउनुभयो ।
‘पूर्वराजा ज्ञनेन्द्र शाह पनि यो मुलुकका नागरिक हुन्’, कांग्रेस केन्द्रीय सदस्य खड्काले भन्नुभयो, ‘आवश्यक पर्दा म लुकेर उहाँलाई भेट्ने छैन । सबै मिडियालाई खबर गरेर भेट्छु । गलत समाचार लेख्नु हुँदैन । पत्रकारिताको पनि धर्म हुन्छ ।’
नेता खड्काले अगाडि भन्नुभयो, ‘पूर्वराजालाई नभेट्दा यति ठूलो प्रोपोगान्डा गरिन्छ भने भेटेपछि कस्तो हुन्छ होला ?’ उहाँले आफ्नो बदनाम गर्नका लागि विरोधीहरूले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको भनेर हिन्दू धर्म राष्ट्र स्थापनाको आफ्नो अभियानलाई कमजोर पार्न खोजेको आरोप लगाउनुभयो ।
केही दिनअघि विभिन्न अनलाइन र पत्रपत्रिकाहरूले कांग्रेस केन्द्रीय सदस्य खड्काले पूर्वराजा ज्ञानेन्द्रसँग भेट गरेको समाचार आएका विषयमा दैनिकले नेपालले शुक्रबार जिज्ञासा राखेको थियो । तर, उहाँले पूर्वराजा ज्ञानेन्द्रसँग भेट भएको आरोपको खण्डन गर्दै पछिल्लो थुपै्र महिना यता कुनै भेट नभएको बताउनुभयो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
 भाद्र १२ एजेन्सी । – हरेक मानीसको जीवनलाई सफल बनाउन टाइमटेवलको आवश्यकता पर्छ । यो कुरा बलीउडकी चर्चित अभिनेत्री सन्नी लियोनले व्यबहारमा पनि लागू गरेको भारतीय मिडियाले जनाएका छन् ।
एक अन्र्तवार्ताको क्रममा सन्नीलाई उनको सुन्दरताको राज सोधेपछि उनले मुख्य कुरा आफ्नो टाइमटेवल भएको बताएकी थिइन् । उनले भनेकी थिइन् टाइमटेवल अनुसार चल्ने हर मानिसको व्यक्तित्व झल्किन्छ चाहे त्यो ग्ल्इामर क्षेत्रमा होस् वा अन्यमा । सन्नीको आर्कषक व्यक्तित्व देखि सुन्दरतासम्म बजारमा चर्चा भइरहेका बेला उनले शरीरमा तागत बढाउनका आफु टाइमटेवल अनुसार नै दुध र नियमित जु पिउने गरेको बताइन् । हरेक स्वास्थ मानिसका लागि पानी अनिवार्य हो भन्ने सन्नी पानीको बोत्तल कहिल्यै छुटाउदिनन् । पानी धेरै खाँने ब्यक्तिलाई कतिपय रोगले छुननसक्ने उनले दोहोर्याएकी थिइन् ।
वातावरण बनाऊ, वार्तामा आउँछौं
काठमाडौं : प्रधानमन्त्रीले वार्ताका लागि अपिल गर्दै  औपचारिक पत्र पठाएको चार दिनपछि शनिबार  मधेसी मोर्चा र थारु संघर्ष समितिले सरकारलाई लिखित जवाफ पठाएका छन् । सरकारले गत बुधबार दुवै पक्षलाई वार्ताका लागि पत्र पठाएको थियो।

दुवैले सरकारले  उचित वातावरण बनाएपछि मात्रै वार्तामा बस्ने बताएका छन् । मधेसी मोर्चा र थारु संघर्ष समितिले शनिबार प्रधानमन्त्रीलाई पठाएको जवाफमा संविधानको विधेयक फिर्ता हुनुपर्ने र कैलालीको टिकापुरलगायतका क्षेत्रमा परिचालन गरिएको सेना अविलम्ब ब्यारेका फिर्ता पठाउनु पर्ने सर्त राखेका छन् ।

दुबै पक्षबाट आएका लिखित जवाफका  सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बेलुका कांग्रेसका नेताहरुबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री सुशील कोइराला, कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, कानुन तथा न्याय मन्त्री नरहरि आचार्यलगायतका पार्टीका केही नेताहरु सहभागी थिए। असन्तुष्ट पक्षका माग र मुद्दालाई कसरी समेट्न सकिन्छ भनेर भोलि अन्य दलसँग पनि थप परामर्श गरिने छ।


मधेसी मोर्चाका सर्लाहीको मलंगवामा बसेको बैठकले प्रधानमन्त्री कोइरालालाई सम्बोधन गर्दै पठाएका पत्रमा संविधानसभामा छलफलका लागि लगिएको संविधानको विधेयक खारेज हुनु पर्ने, कैलाली लगायतका मुलुकका विभिन्न भागमा परिचालन गरिएको सेना ब्यारेकमा फिर्ता पठाउनु पर्ने, टिकापुर, रुपन्देही, रौतहट सप्तरी घटनाको छानवीन हुनुपर्ने, मोर्चा र संघर्ष समितिको आन्दोनलमा मृतक भएकालाई शहीद घोषणा गर्नु पर्ने, घाईतेहरुको निशुल्क स्वास्थ्योपचार हुनुपर्ने, थारु बस्तीमा पुगेको क्षतीको उचित क्षतीपूर्ति दिनुपर्ने, तत्कालिन सरकार र मधेसी मोर्चाबीच  २०६४ फागनु १६ गते भएको आँठ बुँदे सम्झौताको कार्यान्वयन हुनुपर्ने लगायत रहेको छन् ।


प्रधानमन्त्रीलाई पठाएको पत्रमा मोर्चाका नेताहरु संघीय समाजवादी फोमर नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्र रायले हस्ताक्षर गरेको जानकारी सद्भावनाका महासचिब मनिषकुमार सुमनले हस्ताक्षर गरेका छन्।

थारु संघर्ष समितिको राजधानीमा शनिबार बसेको बैठकले निर्णय गरेर प्रधानमन्त्रीलाई पठाएको पत्रमा संवैधानिक—राजनीतिक तथा संवाद सहमति समिति अन्तर्गत रहेको विशेष समितिमार्फत वार्ता हुनुपर्ने, सेना ब्यारेकमा फिर्ता गर्नु पर्ने, कफ्र्यू, दंगाग्रस्त, निषेधाज्ञा क्षेत्र फिर्ता लिनुपर्ने, आन्दोनलका क्रममा समतिएकाको रिहाई, मुद्दा फिर्ता थारु बस्तीमा गरेको ज्यादतिको उचित क्षतीपूर्ति दिनु पर्ने लगायतका सर्त राखिएका छन् । यी माग एवं सर्त पूरा भएमा वार्ता हुन सक्ने संघर्ष समितिका सभासद् रामजनम चौधरीले बताए।
annapurnapost.com
रतन कायस्थ डबली शीर्ष

काठमाडौं । भूकम्प पीडितका लागि भनेर ल्याइएको त्रिपाल घोटालामा सहरी विकास मन्त्रालयले संस्थागत रुपमा नै एक व्यापारीलाई पोस्ने काममा संलग्न रहेको पाइएको छ । राहतको नाममा ल्याइएको त्रिपालबाट  झण्डै एक अर्ब रुपैयाँभन्दा बढी हिनामिना गरिएको भेटिएको हो ।
मन्त्रालयले सुन तथा मोबाइल तस्करीमा संलग्न व्यापारी दीपक मल्लोहोत्रालाई नै पोस्ने काममा लागेको राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दायर गरेको मुद्दामा समेत उल्लेख गरिएको छ ।

भुकम्पबाट बेघर भएका भुकम्प पिडीतको नाममा ल्याइएको राहतमा समेत सरकारी उच्च कर्मचारीको मिलेमतोमा घोटाला गरी जनतालाई ठगी गरेको पाइएपछि उनको गलत धन्दाको पर्दाफास भएको छ ।
त्यसो त लामो समयदेखि नेपाली बजारमा मोवाईल सेटको बिक्री वितरण गर्दै आएका मल्लोहोत्राको जस्तो सुकै प्रस्तावलाई पनि स्वीकार गर्ने र आफ्नो स्वार्थ पूरा गर्नका लागि सहरी विकास मन्त्री डा नारायण खड्का र सचिव अर्जुन कार्कीले लाइन मिलाएको पाइएको छ ।
मल्लोहोत्राले ल्याएको त्रिपाल र पाल एकाएक बिक्री वितरण गर्नबाट रोक लगाएको र भन्सार छुटमा ल्याइएको पाल बजार मूल्यका आधारमा बिक्री गरिएको पाइएको छ ।
दक्षिण कोरियामा उत्पादन हुने र नेपालमा पहिलो नम्बरमा रहेको मोवाईल सामसुङको आधिकारीक बिक्रेताको रुपमा रहेका मल्लोहोत्राले परिवारले मोवाइलको कारोबार देखाउदै अबैधरुपमा गैरकानूनी काम गरेको अख्तियारले छानबिन गरेपनि हालसम्म कुनै कारवाही गरेको छैन ।
भूकम्प पीडितहरुका लागि त्रिपाल खरिदमा समेत सो घोटाला भएको हो । सो कार्यमा सहरी विकास मन्त्रालयका सचिव अर्जुन कार्की र दीपक मलहोत्राले विपतको बेला करोडौं रुपैयाँ कमाउने योजना अनुसार पालको गुणस्तर, आकार र परिमाण छली गरेर भ्रष्टाचार गरेको पुष्टी हुन आएको छ । सामान खरिदमा ‘कोटेसन’ नै नहाली मलहोत्राको ग्यालेक्सी इन्टरनेशनलसँग त्रिपाल खरिद गरिएको थियो ।
भारतको कर्नाटकवाट टारपुलिन हाउस वालट्याक्स रोडले त्रिपाल आपूर्तिको लागि चासो देखाएर गृह मन्त्रालयमा निवेदन दिएको थियो । सहरी विकास मन्त्रालयले त्रिपाल खरिदको जिम्मा पाएपछि गृहले उक्त निवेदन सहरी विकासमा पठाएको थियो । उक्त कम्पनीलाई टेण्डर नदिई निबेदन नै नदिएको मलहोत्राको ग्यालेक्सीलाई ‘सेटिङ’ का आधारमा सहरी विकासले त्रिपाल आपूर्तिको जिम्मा दिएको थियो ।
त्यसका लागि कार्की र मलहोत्राबीच लामो समयको वार्तापछि कमिसनको कुरा मिलेको थियो । धेरै ठाउँमा कमिसन दिनुपर्ने भनेर सचिव कार्कीले धेरै कमिसन मागेपछि मलहोत्रा आफैंले पनि कमिसन दिने ठाउँमा कुरा मिलाएपछि उनीहरुबीच कसले कसलाई कमिसन दिने र आफूहरुले कति लिने तथा धेरै वितरण गरेको कागजात बनाएर स्वीकृत गर्ने जिम्मा सचिव कार्कीले लिएका थिए ।
‘सेटिङग’मा मलहोत्राले आपूर्तिको जिम्मा पाएपछि सहरी विकास मन्त्रालयलाई त्रिपाल उपलब्ध गराएका थिए । मल्लोहोत्राले उपलब्ध गराएको  त्रिपाल पहिले तोकिएको कुनै पनि मापदण्डअनुसार नभएको सतर्ककर्ता केन्द्रको प्रतिवेदनमा उल्लेख छ । कुनै परीक्षण नै नगरी मल्लोहोत्राले उपलब्ध गराएको त्रिपाल धमाधम वितरण गरिएको थियो तर सो त्रिपाल एकै दिनमा च्यातिएपछि भने गुणस्तरहिन त्रिपाल खरिद गरेको खुल्न आएको भन्दै अख्तियारमा उजुरी परेको हो ।
त्रिपालमा भएको भ्रष्टाचारबारे व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले छानबिन गरेको थियो । सो समितिले मन्त्री डा खड्का, सचिव कार्की र मल्लोहोत्रालाई कारवाही गर्नुपर्ने भन्दै त्यसका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अख्तियारलाई निर्देश गरेको थियो । तर समितिको निर्देशनलाई हालसम्म कार्यान्वयन गरिएको छैन ।
सचिव कार्की अमेरिकाको ग्रिनकार्ड होल्डर व्यक्ति हुन् । उनले आफूलाई कोही कसैले कारवाही गर्न नसक्ने भन्दै खुलमखुल्ला बताउँदै आएका छन् । अख्तियारका प्रमुख लोकमानसिंह कार्कीको नाम लिदै कार्कीले ग्रिनकार्ड र पीआर जे भएपनि केही गर्न नसक्ने भन्दै ध्वाँस दिदै हिड्ने गरेका छन् ।
मल्लोहोत्राले ट्रक खसाले र भने त्रिपाल बाढीले बगायो
विराटनगरबाट काठमाडौंका लागि त्रिपाल लगायतका राहत सामग्री बोकेर आएको भनिएको ना४ख ९७६४ नम्बरको ट्रकमा अन्य सामान राखेर त्रिशूलीमा योजनाबद्ध रुपमा खसालिएको थियो । जेठ ९ गते सो ट्रक लादिएको त्रिपाल बोकेको ट्रक खसालेर ठूलै हल्ला पिटाइयो र भनियो त्रिपाल सबै त्रिशुलीमा बग्यो ।  उक्त त्रिपाल त्रिशूलीमा बेपत्ता भएको भनेर कागजात बनाएर भ्रष्टाचार गरेको र त्यसको सबै सेटिङ मल्लोहोत्राले मिलाएका थिए ।
ट्रक दुर्घटनामा परेर त्रिपाल लगायतका राहत सामग्री समेत हराएको भनेर जेठ ९ गते शनिबार समाचार दिइएको थियो । सो ट्रकमा पराल बोकाइएर ल्याइएको थियो ।
सतर्कर्ताको ठहर ५० करोड भ्रष्टाचार
भूकम्पबाट घरबारविहीन भएका १४ जिल्लाका पीडितलाई चार लाख ६२ हजार सात सय दुई पाल खरिद गर्ने क्रममा करिब ५० करोड रुपैयाँ भ्रष्टाचार भएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनले पुष्टि गरेको थियो । पहिलो चरणको खरिदमा सो परिणाम बराबरको रकम भ्रष्टाचार भएको थियो । प्रधानमन्त्री सुशील कोइरालाको निर्देशनमा केन्द्रले गरेको अनियमितता छानबिनले १ लाख ६० हजार चार सय ३७ थान पालमा भ्रष्टाचार भएको देखाएको थियो । केन्द्रको छानबिन अनुसार सहरी विकास मन्त्रालयबाट केन्द्रीय राहत वितरण केन्द्र नेसनल ट्रेडिङ केद्रमा पठाउनुपर्ने चार लाख २५ हजार थान पालमध्ये २०७२ जेठ १६ गतेसम्ममा दुई लाख ६४ हजार पाँच सय ६३ थान पालमात्र दाखिला भएको उल्लेख गरेको थियो ।
कूल खरिद भएको चार लाख ५२ हजार सात सय दुई थान पालको मूल्य ६९ करोड ८६ लाख रुपैयाँ परेको प्रतिवेदनमा जनाइएको छ । यसरी प्रतिपाल औसत मूल्य एक हजार पाँच सय ४६ रुपैयाँका दरले २४ करोड ८० लाख रुपैयाँ भ्रष्टाचार भएको केन्द्रको छानबिनले नै पुष्टि गरेको थियो । सहरी विकास मन्त्रालयबाट खरिद प्रक्रिया अघि बढाइएको चार लाख २५ हजार थान त्रिपालमध्ये मल्लोहोत्राले उपलब्ध गराएको त्रिपालको त्रिपालको भर्पाईसमेत नभएको पाइएको छ ।
तर अख्तियारले छानबिनमा सुस्तता देखाउनुको पछाडि विवास्पद ब्यापारी दीपक मल्लोहोत्राले  शक्तिले काम गरेको चर्चा अख्तियारभित्रै हुने गरेको छ । मल्होत्राको ग्यालेक्सी इन्टरनेशल कन्सलटेन्सीलाई १ लाख ५० हजार थान त्रिपाल खरिद गर्न सोझै दिएकाले त्यसको पुरस्कारस्वरुप सचिव कार्कीलाई सफाइ दिइएको हो भन्छन् सहरी विकास मन्त्रालयका अधिकारीहरू ।
त्यसपछि सबैभन्दा बढी कांग्रेस सभाषद् इन्द्र बानियाँको बानियाँ ट्ेरडर्सले ६० हजार थान त्रिपाल सप्लाई गर्ने कोटेसन पाएको थियो । खरिद गरिएका त्रिपाल पनि गुणस्तरहीन भएको सतर्कताको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रमाणसहित केन्द्रले छानबिन प्रतिवेदन सहित अख्तियारमा पठाए पनि अख्तियारले सचिव कार्कीलाई उन्मुक्ति दिन लागेको बुझिएको छ ।
त्रिपाल खरिदका विषयमा सहरी विकास मन्त्रालयका सहसचिव डा. महेन्द्र सुब्बाको संयोजकत्वमा गठित समितिको प्रतिवेदनमा खरिद गरिएका त्रिपालको स्टोर, दाखिला, आम्दानी, खर्च, मौज्दात, वितरणका आधार र वितरण गरिएको विवरणसम्बन्धी कागजातहरू माग गरिएकोमा सोसम्बन्धी विवरण प्राप्त हुन नसकेको भन्ने बेहोरा उल्लेख भएको पाइएको केन्द्रको प्रतिवेदनमा छ । प्रतिवेदनले एउटै मालसामान विभिन्न मूल्यमा र छुट्टाछुट्टै स्पेसिफिकेसनमा खरिद गरिएकोसमेत उल्लेख गरेको छ । त्रिपाल आपूर्तिकर्ताहरूमा दीप किरण प्रिन्टिङले ८६ लाख रुपैयाँको तीन हजार दुई सय ९८ थान, माता इन्टरप्राइजेजले ९९ लाख रुपैयाँको ६ हजार चार सय ३ थान, लक्की एस इन्टरप्राइजेजले तीन करोड ७२ लाख रुपैयाँको १४ हजार सात सय ८७ थान, नासा ट्रेड कन्सर्नले तीन लाख ९० हजार रुपैयाँको दुई सय ४० थान, इन्टरटेक टारपोलिन्सले ६ लाख ३५ हजार रुपैयाँको दुई हजार ६ सय ६६ थान, अजयशुभ ट्रेडर्सले ६० करोड रुपैयाँको २७ हजार सात सय नौ थान आपूर्ति गरेका थिए।
त्यस्तै ग्यालेक्सी इन्टरनेसनल, बानियाँ ट्रेडर्स, बाबा इन्टरप्राइजेज, एसपी इन्टरप्राइजेज, रकी इन्टरप्राइजेजलगायत छन् । २०७२ वैशाख ३१ को निर्णयबाट ल्याइएका तीन लाख पाल जयआकाश इन्टरप्राइजेज, साल्ट ट्रेडिङ कर्पोरेसन, रोजी मल्टपल बिजनेस प्रालि, ग्यालेक्सी इन्टरननेसल कन्सलटेन्सी, हनुमान ट्रेडिङ बलम सप्लायर्स, भी मल्टी कन्सर्न प्रालि, बानियाँ ट्रेडर्स, विकोई विल्डर्स प्रालि, कान्तिपुर ट्रेडर्स एन्ड सप्लायर्स र हिमशिखर सप्लायर्स एन्ड ट्रेडर्सले त्रिपाल आपूर्ति गरेका थिए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
ज्ञानेन्द्र/रजेन्द्र |
२०७२ भाद्र १२ शनिबार


फोटो :साफ च्याम्पियनसिपको उपाधिसहित नेपाली फुटबल टोली । तस्बिर : रजेन्द्र केसी
काठमाडौं : पहिलो यु–१९ साफ च्याम्पियन्सिप फुटबल को उपाधि नेपालले जितेको छ । नेपाली फुटबलमा रहेको सन् १९९३ देखिको उपाधिको खडेरीलाई तोड्दै नेपालले उपाधि उचालेको हो ।

शनिबार भएको फाइनल भिडन्तमा नेपालले टाइ ब्रेकरमा भारतलाई ५–४ गोलअन्तरले पराजित गर्न सफल भएको हो । नेपालले बलियो र चिर प्रतिद्वन्द्वी भारतविरुद्ध प्रभावशाली खेल पस्कँदै उपाधि जित्न सफल भएको हो ।


शुरुवातबाटै भारतलाई डिफेन्सिफ हुन बाध्य पारेको नेपालले ३१ औं मिनेटमा गोलको खाता खोलेको थियो । नेपालका लागि सुनिल बलले खेलको ३१ औं मिनेटमा दिएको कर्णर बललाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका थिए ।

उनले अनन्त तामाङको हेडलाई भारतीय किपरले बचाएपछि फर्केको बललाई जाली चुमाएका थिए । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भरिभराउ दर्शकबीच भएको फाइनल भिडन्तमा नेपालले दोस्रो हाफमा पनि आक्रमक खेल पस्केको थियो ।

आजको खेलमा विमल घर्तीमगरका दर्जनौं प्रयासलाई भारतीय रक्षकले असफल बनाइदिए । खेलको अन्तिम पाँच मिनेट बाँकी रहँदासम्म नेपालले उपाधि घरैमा राख्ने अवस्था थियो ।

तर खेलको ८८ औं मिनेटमा नेपालका दिनेश राजबंशीले डिबक्सभित्र हेन्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै भारतका सहबाजले खेललाई बराबरीमा ल्याए ।

निर्धारित ९० मिनेटको समय १–१ गोलको बराबरीमा सकिएपछि गरिएको टाई ब्रेकरमा अन्ततः नेपालले बाजी मार्‍यो । टाई ब्रेकरमा भारतको पहिलो प्रहार नेपाली रक्षक सुजन गुरुङले बचाउ गर्नु नै नेपालको उपाधि जित्न पर्याप्त भयो ।

भारतका मोइनुदिनको प्रहार गुरुङले बचाउ गरी बाहिर पठाइदिए । त्यसपछि नेपालका लागि हेमन्त थापा मगरले गोल गरे । त्यसलगत्तै भारका ह्यादिनको प्रहार पनि गोलमा परिणत भयो । त्यसलगत्तै नेपालका सुनिल बलको प्रहार गोलमा परिणत भएर नेपालले अग्रता लियो ।

भारतका लागि पुनः सार्थक गौलीले गोल गरे । त्यसपछि नेपालका लागि विश्वास श्रेष्ठको प्रहार पनि गोलमा परिणत भयो । भारतका लागि डानियलले पनि गोल गर्न चुकेनन् ।


फेरि गोल गर्ने पालो नेपालको थियो । यति खेर दोन थापा गोल गर्न सफल भए । त्यसपछि भारतका सहबाजले अर्को गोल गर्दै उपाधिको आशा जीवितै राखे ।

अन्तिम निर्णायक घडीमा नेपालका लागि अनन्त तामाङले कुनै गल्ती नगरी गोल गरेपछि नेपाले साफ च्याम्पियनसिपसँगै नेपालीलाई २२ वर्षपछि खुसी दियो ।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, भदौ १२ । पहिलो यु–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधि नेपालले जितेको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबार भएको खेलमा भारतलाई टाइब्रेकरमा ५–४ ले हराउँदै नेपाल च्याम्पियन बनेको हो ।

खेलको निर्धारित ९० मिनेटमा एक–एक गोलको बराबरी भएपछि पेनाल्टी सुटआउटबाट नतिजा निस्किएको हो ।

यसअघि, नेपालले खेलको ३१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । सुनिल बलको कर्नर पासलाई सदुपयोग गर्दै तेज तामाङले गोल गरेका हुन् ।

तर, ८८औं मिनेटमा भारतले पेनाल्टीमा गोल गरेपछि खेल १–१ को स्थितिमा पुगेको थियो ।
तस्वीरः विमलको ट्वीटबाट ।imagekhabar.com
छापामार युवाको डायरी
बिहान ७ बजे इलाम सदरमुकामको लिस्नु क्याफेमा पुग्दा उनी भेटिएनन् । एक कप चिया पिएर उनलाई पर्खने बहाना खोजियो । ८ बज्नै लाग्दा सधैंजस्तै मुस्काउँदै आएका उनमा थकान थिएन। कर्मप्रतिको मोह मौलाइरहेका थियो । माओवादी सेनाको रूपमा एक दर्जन ठूला लडाइँ भ्याएका दिपेन राईले कुराको मेसो झिके, ‘बिहान दुई घन्टा ड्राइभिङ सिकाउने गरेको छु, तपाईंलाई कुराएँ है।'



उनमा युद्धताकाको लडाकु हैकम सकिएको छ। युद्धमा सिकेका राम्रा कुरामात्र बोकेर उद्यमको बाटोमा लम्केको पाँच वर्ष पार गरेछ । दुई वर्षअघि सात लाख रुपैयाँमा सुरु गरेको लिस्नु क्याफेको पछिल्लो कोठामा बसेर युद्ध र उद्यमको कहानी सुरु गरियो।


चमैताको चित्रेमा एसएलसी पास गरेर बसेका दिपेन उसबेला १३ वर्षका मात्र थिए। त्यसताका दुर्गम चमैता-८ का साथीभाइ सबै बन्दुक समाउने भइसकेका थिए। २०५९ सालको अन्त्यतिर साथीहरूकै करमा ‘पुरानो सत्ता ढाल्ने मार्गमा हिँडेछन्। सुनाए, ‘पहिले केही बुझेको थिइनँ, पछिमात्र अलिअलि बुझियो।'

उनी माओवादीको कार्यकर्ता बन्दा युद्ध चर्केको थियो । जिल्लामा कान्छा लावती र धीरेन शर्माहरू नेता थिए। उनले चिनेका पनि तिनै थिए। जनमिलिसियाबाट प्रवेश गरेका उनी एक वर्षमै सेनामा प्रवेश गरे। त्यति बेला पन्ध्र वर्ष लागेका मात्र थिए।

उनले तालिम, हतियार र युद्धकला सेनामै सिके। कठिन तालिममा सफलता पाउन सहज थिएन। तर कडा मेहनतका साथ गुरिल्ला युद्धकला सिक्नुपर्ने कोर्स पूरा गरे । सम्झन्छन्, ‘सेनालाई ६ महिनामा सिकाइने कोर्स हामीले सात दिनमा पूरा गर्नुपर्थ्यो।'


कडा अनुशासन र निरन्तरको स्कुलिङले उनीहरूलाई मृत्यु जितेको मान्छेजस्तै बनाइदिएको थियो। 'डर कहिल्यै लागेन, आए ठोकिन्छ भन्ने थियो', उनले भने,‘ पछि त पश्चिमा हतियार पनि आएपछि असुरक्षित कहिल्यै महसुस भएन।'

पछि उनलाई सहरमा बसेर सेनाको जासुसी गर्ने जिम्मा दिइयो। उसबेला पूर्वमा १५ जनामात्र उनीजस्ता कार्यकर्ता थिए । उनको काम सेनाको दैनिक क्रियाकलाप, हतियारको तथ्यांक जम्मा गर्ने र युद्धका लागि नक्सा तयार गर्ने थियो।

झापाको बिर्तामोड र सुरुंगामा आक्रमण गर्दा उनले नै पहिलो चरणको तयारी गरेका रहेछन्। मर्नभन्दा पनि देश जित्न हिँडेका उनीहरूलाई मृत्युसँग डर लाग्दैन थियो। 'युद्धमा जाँदा हौसला हुने गरेको, स्कुलिङ नै त्यस्तै हुने गरेको थियो', उनले भने, 'युद्धमा जान नपाउँदाचाहिँ निराशा हुने गरेको थियो।'

शान्ति सम्झौता नजिक आउँदा सेना गलेको उनीहरूको आकलन थियो । झापाको सुरुंगा हान्दा राजधानीको थानकोट हानिसकेकाले सेनामा पनि लड्ने मोह हराएको उनको विश्लेषण छ।

धरानको भानुचोकको प्रहरी बिट र बिर्तामोडमा एकैसाथ लडेको लडाइँ नै उनका लागि अन्तिम लडाइँ बन्यो। त्यस बखत उनी धरानको मोर्चामा खटिएका थिए। धरानमा ७ बजे बिहान लड्दा मास्तिर फुस्रेमा रहेको सेनाले केही गर्न सकेन। त्यति बेला संसार जितेजस्तो लाग्यो। माइकिङ गरेर युद्धको घोषणा गर्दा पनि सेना आएन। स्थानीयले प्रत्यक्ष युद्धको अनुभव गरे।

सुनसरीको चतारामा भएको युद्धमा दाहिने खुट्टामा गोली लाग्दा पनि उनमा हिम्मत कायमै थियो। 'मोरङको टाँढीमा १९ महिना जनताले पाले', भने, 'खुट्टा काट्नुपर्ने हुनसक्छ भनेका थिए तर भाग्यले परेन।'

अहिले पनि वाईसीएल नेपालका केन्द्रीय सदस्य राई भन्छन्, 'युद्धमा रगत नबगाउने कमै छन्। घाइते र अपांग धेरै छन्।' उनमा सुरुमा सपना केही थिएन। कम्युनिस्ट त पछिमात्र बुझियो। उनले गुनासो पोखे, 'नेताले युद्धमा दिएको स्कुलिङजस्तो अहिले केही पनि भएन। शान्तिप्रक्रियामा आएपछि हिजो सोचेजस्तो केही भएन।'

भागबन्डा नमिल्दा पार्टी फुटेपछि उनीजस्ता लडाकुको मनमा चोट परेको छ। उनले भने, 'पार्टी फुट्दा दुख्यो। हामीलाई त त्यसै पनि दुख्यो।' देशले अहिले बोकेका नारामा आफ्नै रगत पोतिएको ठान्ने दिपेनले सोचेजस्तो केही पाएनन्। ‘गणतन्त्र नेपाल, धर्मनिरपेक्षता सबै लोकप्रिय नारा हाम्रा रगतपसिनाले बनेका छन्', उनले दावा गरे।

पसिनाको मूल्यलाई युद्धमा होमिन हौस्याउने माओवादीले नै भुलेपछि उनीजस्ता धेरैको बिल्लिबाठ भएको उनको गुनासो छ। युद्धताका जनताले विश्वास गरेर सबै दिए तर शान्तिप्रक्रियामा आएपछि केही दिन नसकेकोमा दिपेन खिन्न छन्। 'हामीले दिन सकेनौं, दुःख लागेको छ', उनले भने ।

उद्यमको बाटो
अनमिन आएपछि स्वैच्छिक अवकाश लिएर व्यक्तिगत जीवनको बाटो खोज्दै बाहिर निस्केका थिए उनी। पाँच लाख लिएर फर्केका उनले शिविरबाट फर्कनुअघि नै निर्माण व्यवसाय सुरु गरिसकेका थिए। पछि सुरक्षा गार्डको व्यवस्था गर्ने कम्पनी ७१ सालमा स्थापना गरे।

अहिले पनि उनको कम्पनीमार्फत ६ जनाले काम पाइरहेका छन्। सेभ द वल्र्डवाइड सेक्युरिटी कम्पनी खोलेर उनले सीप भएका पूर्वलडाकुलाई काम दिने योजना बनाएका छन्। 'हामीजस्ता पूर्वलडाकु धेरै छन् यो देशमा, पार्टीले उचित व्यवस्थापन गर्न सकेन', गुनासो सुनाए, 'उनीहरूको सीपलाई मान्यता दिएको छैन, अहिले उनीहरूलाई परिवार पाल्न र हातमुख जोड्नसक्ने अवस्था छैन।'

कम्पनी खोल्न उनले तीन लाख रुपैयाँ लगानी गरेको सुनाए।माईपोखरी मोटर ड्राइभिङ कम्पनीमा एकाबिहानै आफैं खट्छन्। ६ लाख रुपैयाँ लगानी गरेको कम्पनीले पनि बेरोजगारलाई सीप भर्ने काम गरिरहेको छ।

लिस्नु क्याफेमा सात लाख रुपैयाँ लगानी गरेका छन्। चिया र खाजामात्र बिक्री गर्ने क्याफेमा कुनै समय मान्छे खाली हुँदैन।चुलाचुली-१, कमलझोडामा २५ लाख रुपैयाँको लगानीमा बंगुर फर्म थालेका छन्।

फर्ममा पोखरेली हेमसायर जातका बंगुर पालेका रहेछन्। ६ महिनाअघि सुरु भएको फर्ममा पनि स्थानीयवासीले काम पाएका रहेछन्। उनी भन्छन्,'युद्धले हैन कामले काम सिकायो।'

अहिले एक दर्जनभन्दा बढीलाई प्रत्यक्ष रोजगार दिएका छन्। सयौंलाई आंशिक रोजगारी मिलेको उनले बताए। 'स्वैच्छिक अवकाश लिएका युवा देशभरि छन्। उनीहरूलाई घर चलाउन धौधौ छ', उनले पटकपटक सुनाए।
 माओवादीका पूर्व छापामार दिपेन राईले युद्धपछि ४१ लाख रुपैंयाँ लगानी गरेर चारवटा उद्यम सुरु गरेका छन्।
लिस्नु क्याफे उनको टाउको ओताउने ठाउँ बनेको छ। बाबुआमा नेपालटार गाउँमै बस्छन्।श्रीमती संगीता फागो छोरी आत्मिकालाई खेलाउँदै क्याफे सम्हाल्न व्यस्त रहन्छिन्। फुर्सदमा संगीतालाई सघाउन दिपेन पनि हाजिर हुन्छन्।

दिपेनलाई युद्धमा गोली लागेकोमा, समय बितेकोमा दुःख छैन। शिविरबाट निस्केपछि प्रमाणपत्र तहको अध्ययन पनि भ्याएका छन्। तर रगतपसिनाको मूल्य बिर्सेकोमा भने गुनासो छ । ‘मलायामा लड्नेको वीरताको इतिहास हुन्छ। देश बनाउन लड्ने जनमुक्ति सेनाको इतिहास नामेट बन्दैछ', उनले गुनासो गरे।

बिहानै उठेर पानी पिएपछि सुरु हुने दिनचर्याको एउटै तालिका छैन । काम जता पर्छ त्यतै दौडन्छन् । काम गर्न लजाउँदैन। क्याफे नजिकको बारीमा तरकारी फलाएको देखाउँदै भने, 'भ्याउँदा तरकारी बारीमा रमाउँछु, बेलुका पुस्तक पढ्छु।'

अहिले सुधीर शर्माको 'प्रयोगशाला' पढिरहेको सुनाए। तारा राईको पुस्तक 'छापामार युवतीको डायरी’ पढेपछि उनले भने, ‘पुस्तकमा जे आयो त्यो सबै सत्य हैन। हिजोको स्कुलिङ र आजको प्रक्रियामा आउँदा लाखौं नराम्रा काम भएका छन्। तर तारालाई लेखिका कसले बनायो भन्ने विचार गरिनन्।'

के दियो युद्धले
उनले बुझेका छन्, ‘युद्ध कप्टी हुँदो रहेछ । मेरो जीवनमा पनि भोगेको यथार्थ हो त्यो।' निर्दोषहरू मर्दा दुःख लाग्थ्यो । तीन नियम र आठ ध्यान राम्ररी पढाइएको थियो। जनतालाई आफूजस्तै व्यवहार गर। जनताको सियो पनि नल्याऊ। दुःख नदेऊ । तर युद्धमा सबै नियम कार्यान्वयन नभएको आफैंले देखेको सुनाए।

‘युद्धपछि पार्टीले आधी बाटोमा छोडिदियो। जसरी व्यवस्थापन गर्नुपर्ने थियो, त्यो गर्न सकेन। धेरै अहिले पनि गोलीको छर्रा बोकेर बसेका छन्। अपांग परिचयपत्रसमेत पाएनन्। चोट नपरेको व्यक्ति छैनजस्तो लाग्छ। देशलाई परिवर्तनको पक्षमा रहेको संविधान चाहिएको छ। माओवादीसँग आश थियो तर हामीले त्यो पुर्‍याउन सकेनौं', उनले बयान सुनाए।

उनले आक्रोश पोखे, 'पहिचान, धर्मनिरपेक्षताका लागि हामी लड्दा रमिता हेर्नेहरू अहिले खाँट्टी अभियन्ता भएका छन्।' दलित, जनजाति आदिका नाममा अहिले सडकमा आउनेहरू युद्धको ब्याज खान निस्केका ढोंगीहरूमात्र रहेको उनको तर्क छ। तर नराम्रोमात्र गरेन रे। नेपाली युवालाई चेतना दियो।

राजतन्त्रको अन्त्य भयो। अन्यायको विरोध गर्नुपर्छ भन्ने सन्देश दियो। हामीले बुझाउन सकेनौं। बुकीफूल फुल्ने डाँडामा हाम्रा हातले ठेला उठ्ने गरी बाटो बनायौं। युद्धमा रहँदा फुर्सदिलो समयमा पढ्नुपर्थ्‍यो। त्यसले नयाँ चेतना थप्यो।

उमेर २८ का उनलाई सबै आन्दोलन र परिवर्तन युवाकै आडमा हुने गरेको थाहा छ। युद्धपछि उद्यममा छिरेका उनले कर्ण शाक्यको पुस्तकलाई उल्लेख गर्दै भने, 'नेपालमा गर्दा जे पनि हुन्छ। खोलामा गएर माछा पाले पनि पैसा हुन्छ।' उनको तर्क छ- इमानदार भई काम गरे पुग्छ।

पुरानो सत्ता जित्न हिँडेका उनले आधा बाटोबाटै फर्कनु परे पनि व्यवसायी बनेपछि मुलुकको कानुनलाई एक सुता छोडेका छैनन्। सबैलाई सरकारको निकायमा दर्ता गरेका छन्, कर बुझाएका छन्। यही कुरा अरूलाई पनि सुनाउने गरेका छन्। लेखक केदार शर्मा भन्छन्, 'उनको उद्यमशीलता र इमानदारिता युवाका लागि पे्ररणा बन्नसक्छ।'
www.annapurnapost.com
काठमाडौँ, १२ भदौ ।
‘देशको लागि कालो कोट र कालो टोपी पनि अशुभ रहेको देखिएकोे छ । संसद भवन पनि गलत ठाउमा रहेको देखिएको छ । तर संसद भवनको उत्तर , पूर्वबाट प्रवेशद्वार बनाएमा केही राम्रो हुने देखिएको छ । यो बर्ष सविधान आए पनि त्यो संविधानले राम्रो हुने देखिदैन ।’
मातालाई भेटनासाथ नेपालमा के हुदै छ यस्तो ? नेप्लिज डट ओआरजीको प्रश्नमा उनले भनिन् ‘ हजूर ०७२ साल नेपालको लागि सारै अनिष्ट छ । कालो ग्रह छ । ‘बहु’ भनेको धेरै र ‘हत्तर’ भनेको हत्या हो । त्यसकारण यो साल निकै अनिष्ट देखिन्छ ।’  यो वर्षको भदौ महिना त अझ धेरै अनिष्ट हुने देखिन्छ । ७ भदौमा टिकापुरमा ठूलो घटना भयौ नि तपाईलाई पनि थाहा भयो होला !
यो घटनाको भबिष्यबाणी गर्नुृ भएको थियो ? भन्ने हाम्रो जिज्ञासामा उनले भनिन् ‘म पनि टेक्नोलोजिसग जोडिएको छु । म पनि सामाजिक संजालहरु हेर्ने र चलाउने गर्छु । एक जना माओवादीका नेता आउनु भएको थियो । मैले उहाँलाई भनेको थिएँ । भाला रोपेर मारा मार हुदैछ त, भनेको थिएँ । मैले माधब नेपाललाईसमेत फोन गरेर भनेको थिएँ ।’
दुर्घटना हुदै छ भन्ने थाहा पाएर पनि रोक्ने केही उपाय बताउन सक्नु भएन ? भन्ने जिज्ञासामा उनले भनिन् ‘ मैले अनिष्ट हँुदै गरेको र दुर्घटना हुन्छ भन्ने देख्छु । सचेत त बनाएकै हुँ । अनि त मैले माधब नेपाललाई भाला रोपेर मारामार हुदै छ भनेको हुँ ।’ त्यही बेला माताको दर्शन गर्न पुगेका एक माओवादी नेताले भने ‘ म ७ गते आउँदा माताले भाला रोपेर मारामार हुँदै छ भन्नु भएको थियो । त्यसको दुई घण्टा नहुँदै टिकापुर घटना भयो । त्यही हुनाले दोश्रो पटक आएको हुँ ।’
२७ वर्षअघि धनकुटामा जन्मेकी माता अर्थात सबिता सरु शर्मा आचार्य, आजभन्दा १८ बर्ष अघि आफूलाई यसरी अलौकिक शक्ति प्राप्त भएको बताउँछिन् । भगवान् शिब र सरस्वतीले सपनामा आफूलाई यो आलौकिक शक्ति दिएको उनी बताउँछिन । नेप्लिज डट ओआरजी उनलाई भेटन् पुग्दा, उनी माता भए पनि साधरण व्यक्ति जस्तै देखिएकी थिइन् । माता बनेर पहेलो बस्त्र पहिरिने वा अन्य तडकभडक उनमा देखिएन ।
०६४ सालमा पनि सविधान आउदैन भनेर उनले भबिष्यबाणी गरेकी थिईन् । नभन्दै संविधान आउन सकेन । उनीसंग नेता , राजपरिवार, व्यापारीलगायत सर्बसाधरणलेसमेत आफनो भबिष्य देखाउने गरेका छन् । बेला, बेला उनले गरेका भबिष्यबाणी मिडियामा पनि निकै छाउने गरेका छन् ।  पूर्ब राजपरिवारको पनि भबिष्यबाणी गर्नु भयो भनेर मिडियामा समाचार आउछ नि ? भन्ने प्रश्नमा उनले भनिन् ‘ मिडियामा के आउँछ मैले कसरी भनँु धेरै जसो मिडियाले मसंग सम्पर्क नगरी आफैले लेख्नु हुन्छ ।’ उनले पूर्व राजा ज्ञनेन्द्र शाहको तीन पटक राजयोग रहेको बताइन् । पूर्व युवराज पारसकोे पाँच बर्षअघि नै राजयोगको अन्त्य भएको र उनका छोरा हृदयेन्द्र्र शाहको त झन् चारवटा ग्रह बुध, बृहस्पति, सुर्य र मंगल निकै राम्रो भएकोले बिशिष्ट राजयोग रहेको माताको दावी छ । हिमानी शाहको भने भाग्य बलियो रहेको उनले बताईन ।
राजा कहिले बन्ने योग छ भन्ने प्रश्नमा उनले भनिन् ‘ राजयोग देखिन्छ । कहिले भनेर त पूर्व राजाले पनि सोध्नु भएन । त्यसकारण यस बारे धेरै कुरा नगराँै ।’ पूर्व राजाले तपाइसंग के के सोध्नु भयो त ? भन्ने प्रश्नमा उनले भनिन् ‘उहाँले देशकै वारेमा चिन्ता गर्दै धेरै जिज्ञासा राख्नुभयो । देशमा कहिले शान्ति आउँछ भन्नुभयो ।’ के जवाफ दिनु भयो त ? भन्ने जिज्ञासामा माता सरुले ०७३ सालबाट मात्र शान्ति आउने बताइन ।  हिमानी र पारसलाईसंगै नबस्न सुझाव दिने माताले पूर्व युवराज पारसको देश बाहिरै बस्ने योग रहेको बताइन् ।
केपी ओलीको छोटो समय प्रधानमन्त्री बन्ने योग रहेको, गृहमन्त्री वामदेव गौतमको राम्रो गर्छु भन्दा पनि नराम्रो भई दिने आरोप बढी लाग्ने योग रहेको उनी बताउँछिन । नेताहरुमा माधव नेपाल र प्रचण्डको राम्रो योग रहेको बताउँदै उनले माधब नेपाल फेरी प्रधानमन्त्री हुन सक्ने उनको कथन छ । उनले ०७२ साल मा देशमा दलहरुबीच झै झगडा र काटमार हुने भन्दै अनिष्ट रहेको बताइन् ।
फेसबुक , भाइबर , फोनबाट पनि भबिष्य बताएर सेवा दिने मातालाई भविश्य हेर्न चिना चाहिदैन । उनी भन्छिन् ‘मलाई मो. नं. ९८४२२१७१६२ मा र www.nepalimata.com  मा पनि सम्पर्क गर्न सक्नुहुन्छ ।’
–बर्षा शाह
भाद्र १२, २०७२- घरेलु कामदारको लागि इराक पुगेकी पिर्ती—७, रामेछापकी ३२ वर्षीया  निरु सुनारको जलेर गत बुधबार  मृत्यु भएको छ ।

इराकको स्वतन्त्र राज्य कुर्दिस्थानस्थित हाइसुर्तामा कार्यरत निरु खाना पकाउने क्रममा भदौ ९ गते ग्यास चुलोको आगोले भेटेपछि जल्न पुगेकी थिइन् । उनको अर्बिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ‘दिदीले अण्डा पकाउँदै हुनुहुन्थ्यो । तेल उछिटिएर कपडामा पर्न गयो । अर्को चुलोमा बलेको आगोले भेटिहाल्यो,' निरुकी बहिनी फुलमायाले ईकान्तिपुरलाई भनिन,‘लुगामा सल्केपछि आगो निभाउन सकिनन् ।’

फुलमाया पनि इराकमै कार्यरत छन् । ‘जलेपछि मैले तीनदिनसम्म दिदीलाई कुरेर अस्पतालमा बसेँ,' उनले भनिन,‘उपचारको क्रममा मेरै सामुन्ने दिदीको प्राण गयो ।’

निरु इराकमा चार वर्षदेखि काम गर्दै आएकी थिइन् । ‘मलाई पनि दिदीले नै बलाउनुभएको थियो । सबै राम्रो चलिरहेको थियो,' ७ महिनाअघि पुगेकी फुलमायाले भनिन्,‘अहिले यस्तो बज्रपात आइपर्‍यो ।’
   
निरु र फुलमाया काम गर्ने घर आधाघण्टाको दुरीमा पर्छ । निरुको शव अर्बिलस्थित रोजगारी अस्पतालमा राखिएको छ । उनका साहुले जल्ने समयमा आफूहरु घरबाहिर रहेको बताएका छन् । ‘हामीले छोरी सरह पालेका थियौं । जति बसिन् । सबै जना खुसी थियौं,' गैरआबासीय नेपाली संघ इराकका अध्यक्ष लालकाजी गुरुङले साहुको भनाई उद्धत गर्दै भने,‘हामी बाहिर जानु नै निरुको लागि दशा रहेछ ।’

निरुका घरमालिक मालिक्नी यो घटनाबाट निकै शोकमा डुबेको गुरुङले बताए । ‘उनीहरु एकदमै भावविह्वल अवस्थामा रहेको मैले भेटेँ,' उनले भने, ‘उनीहरु निरुका छोराछोराको लागि सहयोग गर्न समेत तयार छन् ।’

निरुका १५ वर्षीय छोरा र १२ वर्षीया छोरी गाँउमै पढिरहेका छन् । ‘भिनाजुले सौता ल्याएपछि दिदी छोराछोरीलाई पढाउन इराक आउनुभएको हो,' फुलमायाले भनिन्,‘इराकको कमाइले छोराछोरीले पढिरहेको थिए ।’

उनको शव नेपाल पठाउने प्रक्रिया भइरहेको गुरुङ्ले बताए । ‘मैले पाकिस्तानस्थित नेपाली दूतावाससँग समन्वय गरिरहेको छु,' उनले भने, ‘सबै प्रक्रिया पुरा गरेर यो सातासम्म शव पठाइसक्नेछौं ।’

निरुका परिवारलाई सहयोग गर्न अर्बिलमा कार्यरत नेपालीले सहयोग रकम उठाइरहेका छन् । यसअघि पनि एक नेपाली युवती खाना पकाउने क्रममा जलेर मुत्यु भएको थियो ।kantipur.ekantipur.com
रत्नप्रसाद आचार्य/

सुनसरी, भदौ १२ ।  थारु कल्याणकारी सभाका पूर्व अध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशिल कोइराला लगायतका प्रमुख राजनीतिक दलका नेताहरुलाई भौतिक कार्वाही गर्ने चेतावनी दिएका छन् ।
अधिकार प्राप्तीको थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल लागि परेकाले उनीहरु थारुहटमा प्रबेश गरे भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।

सुनसरीको इटहरीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै लेखीले कैलाली घट्नाका मुख्य दोषी प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, माओवादीका नेताहरु पुष्पकमल दाहाल, बाबुराम भट्टराई, लेखराज भट्ट, कांग्रेस नेता शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भिम रावल भएको आरोप लगाउँदै उनले उनीहरुलाई तराई र थरुवट आएको बेला भौतिक कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा धेरै कमजोरी भएको स्विकार पनि गरेका छन् ।   ईमेज भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ :प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माण प्रक्रिया अन्तिम चरणमा पुगिसकेको भन्दै अहिलेको अवस्थामा आन्दोलनभन्दा पनि सहमति आवश्यक भएको बताएका छन्।

दलित आन्दोलनका अगुवासँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कोइरालाले संविधान सुनिश्‍चित भइसकेको बताउँदै भने, 'अब संविधान कुनै पनि हालतमा रोकिदैन।'


भेटमा उनले वार्ता, सहमति र सहकार्यका माध्यमबाट समस्याको हल निस्कने विश्वास व्यक्त गरेका थिए। नयाँ संविधानमा दलित–दलितबीच प्रतिस्पर्धा हुने छुट्टै निर्वाचन क्षेत्र तोकिनुपर्ने व्यवस्था हुनुपर्नेलगायतका माग गरी दलितहरु आन्दोलन गर्दै आएका छन्।


सो छलफलमा सहभागी नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले जानकारीअनुसार सो अवसरमा प्रधानमन्त्री कोइरालाले दलित समुदायले उठाएका मागलाई चार दलको शीर्ष बैठकमा राख्ने र समाधान खोजिने जानकारी दिएका थिए।

दलित आन्दोलनका अगुवा नेताहरू मानबहादुर विश्वकर्मा, छविलाल विश्वकर्मा, विश्वभक्त दुलाल र पर्शुराम रम्तेलले मस्यौदामा संशोधन प्रस्ताव पेस गर्न छलफलमा आग्रह गरेका थिए। संविधानसभामा संविधानको मस्यौदामाथि सांसदहरुले बोल्ने क्रम जारी नै रहेको छ ।


छलफलमा पूर्व सभासद् विनोद पहाडी, अधिकारकर्मी दुर्गा सोव र भक्त विश्वकर्मालगायतको सहभागिता रहेको थियो । पहिलो र दोस्रो संविधानसभाबाट पारित दलित समुदायको अधिकारलाई संविधानको प्रारम्भिक मस्यौदामा कटौती गरिएको भन्दै नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदा जारी भएसँगै विभिन्न राजनीतिक दल निकट भ्रातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालको अगुवाइमा दलित समुदायले निरन्तर आन्दोलन गर्दै आएका छन् । रासस
annapurnapost.com
१२ भदौ, इटहरी।

नेपाल आदीवासी जनजाती महासंघका पुर्व अध्यक्ष राजकुमार लेखीले कैलालीमा भएको घटनामा अखण्ड सुदुरपश्चिमको नाममा २,४ सय भिजिलान्ते प्रयोग गरेर थारुको आन्दोलन तुहाउने दुस्साहस भएको बताएका छन् ।

इटहरीमा पत्रकारसँग कुरा गर्दै उनले काँग्रेस, एमाले र एमाओवादीका ७ जना नेताको नामै तोकेर उनिहरुले नै टीकापुर घटनाको जिम्मेवारी लिनुपर्ने भन्दै तीनै नेता मधेसमा आए भौतिक कारवाहिमा उत्रिन समेत आफ्ना कार्यकर्तालाइ निर्देशन दिए ।

लेखीले नेपाल सरकारलाई निकम्मा भन्दै हिम्मत भए थरुहट सयुंक्त संघर्ष समितीका संयोजक धनिराम चौधरी लाई सरकारी जागिरबाट निलम्बन गर्न चेतावनी दिए । उनले चौधरी र आफुलाई पक्राउ गरेर देखाउन समेत नेपाल सरकार र गृहमन्त्री वामदेव गौतमलाई चुनौती दिए ।

मानव अधिकारकर्मीले विदेशी डलर खाएर आफ्नो स्वार्थ सिद्ध गर्न तर्फ लागेको भन्दै थारु आन्दोलनको वेला उनिहरु आए कठालो समातेर निकाल्न समेत लेखिले निर्देशन दिए ।

अधिकांश समय नेपाल सरकार र शीर्ष नेताको गालीमा समय खर्चेका उनले चाँडै थरुहट भुगोलमा भएका सरकारी कार्यलय कब्जा गर्ने समेत बताए । वार्ताका लागि सिँहदरवारमा नबस्ने भन्दै कैलाली कञ्चनपुरमा भए आफुहरु वार्तामा वस्न तयार रहेको समेत लेखीले बताए ।nepaliheadlines.com
छोरालार्इ सहिद घोषणा गर्न माग
टीकापुर, कैलाली : 'मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ?' टीकापुरमा गत सोमबार थरुहटले हानेको गोली लागेर मारिएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यही प्रश्न गरिरहन्छिन् ।

'समाज र संसारका बारेमा अनभिज्ञ रहेको मेरो छोराको हत्यारालाई फाँसीको सजाय हुनुपर्छ', गहभरि आँसु निकाल्दै उनले भनिन्, 'छोरालाई सहिद घोषणा गर्नुपर्छ ।'

टीकापुरमा डेढ वर्षीय बालक र आठ प्रहरीको निर्ममतापूर्वक हत्या भएको घटनापछि यतिबेला स्थानीयवासी आक्रोशित पनि छन् सँगै चिन्तित पनि देखिएका छन् ।

दिउँसो भएको घटनामा प्रदर्शनकारीले चलाएको गोली लागेर डेढ वर्षीय बालक टेकबहादुरको मृत्यु भएको प्रत्यक्षदर्शी मनसरा भण्डारीले बताइन् । 'विगतको सङ्कटकालमा समेत यस्तो घटना देखेनौँ', उनले भनिन्, 'त्यतिबेला पुलिस लडाईंमा मर्दा पनि यस्तो क्रुर भएको सुनेका देखेका थिएनौँ ।'


प्रहरीसँग लडाईं भएको एक घन्टापछि आँगनमा अन्य बच्चाहरुसँगै खेल्दै गरेका बालकको टाउकोमा गोली लागेको फूपू दुर्गा कठायतले जानकारी दिइन्। 'नारा लगाउँदै आएको भीडले चलाएको गोली सिधै टाउकोको पछाडिको भागमा लागेर बालक भुइँमै ढल्यो', कठायतले भनिन् ।

घरदेखि झन्डै सातसय मिटर दक्षिणतर्फ रहेको पशुहाट बजार चोकमा सुरक्षाका लागि खटिएका प्रहरीहरुलाई घेरा हालेर आक्रमण गरिसकेपछि ज्यान जोगाउन लखतरान् हुँदै बालकको घर नजिकको खेतबारीमा बाँचेका प्रहरी पुगेका थिए ।

त्यसैबेला घरको अर्को दिशाबाट थरुहट प्रदर्शनकारीको भीड पनि आइपुगेको थियो । सहकर्मीकै घर भनेर आएका प्रहरीले पानी मागेपछि घरको झ्याल खोलेर दुई तीन पानीका बोतल उनीहरु भएतिरको खेतमा फ्याँकिदिएको बालककी आमा साउदले बताइन् ।

दुश्मनले पनि पानी मागेपछि दिनुपर्छ भन्ने समाजमा प्रहरीलाई पानी दिएकै निहुँमा प्रदर्शनकारीहरुले आफ्नो घरतर्फ गोली चलाएको आशङ्का उनको छ ।

मृतक बालकका बुबा घरदेखि करिब दुई किलोमिटर टाढा टीकापुरमै रहेका सशस्त्र प्रहरी बलको उग्रतारा गणका प्रहरी हवल्दार छन् । घटना सुनेपछि घर आएका बालकका बुबा नेत्र साउद छोरा मारिएपछि अहिले कार्यालय गएका छैनन् ।

साउदको परिवार घटनापछि विस्थापित भएर अहिले टीकापुर बजारमा रहेको एक होटेलमा भाडामा बसिरहेको छ । छोराको हत्यापछि मन थाम्न नसकेर यशोदा साउद बेहोस भएकी थिइन् ।

घटनाको चार दिनपछि मात्रै प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याललगायतका सरकारी सुरक्षा अधिकारीले भेटेपछि आफ्नो आत्मामा थोरै शान्ति मिलेको अनुभव उनले सुनाइन् । अर्यालसहितका सुरक्षा अधिकारीहरुले बिहीबार पीडित साउदको परिवारलाई भेटेर समवेदना दिएका थिए ।

यसअघि प्रदर्शनकारीहरुले गरेको आक्रमणबाट स्थानीय पशु हाटबजार चोकमा खटिएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहितका प्रहरीहरुको मृत्यु भइसकेको थियो । निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन सम्झाइबुझाई गरिरहेकै अवस्थामा भएको आक्रमणबाट न्यौपानेसहितका प्रहरीको ज्यान गएको थियो ।

थरुहटका प्रदर्शनकारीले त्यो दिन टीकापुरको पशुहाट बजार क्षेत्र रणभूमि नै बनाएको स्थानीयवासीले बताएका छन् ।

'एकसाथ आक्रमण भएपछि न्यौपाने आत्मरक्षाका लागि स्थानीय सीता बर्माको घरको कोठामा लुक्ने प्रयास गर्दै हुनुहुन्थ्यो', स्थानीयले डराई डराई नाम नभन्ने सर्तमा भने, 'ढोकाको चुकुल लगाउन नपाउँदै भित्रबाट तानेर भाला, लाठी इँटाले उनलाई मारियो ।

उनीहरुले दुईजना प्रहरी निरीक्षकलाई घर नजिकैको धान रोपेको खेतमा लगेर आक्रमण गरिरहँदा अन्य प्रहरीलाई घर बाहिरको चौरमा कुटपिटपछि जिउँदै आगो लगाएर हत्या भएको घटना विवरण पनि सुनाए ।

आ–आफ्नो प्रदेश माग्ने नाममा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएको घटनामा परी टीकापुरमा आठ प्रहरीसहित एक नाबालक मारिएको घटनाको त्रास यहाँ अझै सेलाउन सकेको छैन ।

घटनापछि सबै उमेरका सर्वसाधारणमा सन्त्रास फैलिएको छ । विद्यालय पढ्ने उमेरका बालबालिकामा यो घटनाले नराम्रो असर पारेको देखिन्छ ।

घटनापछि उत्पन्न वातावरणले बालबालिकामा मनोवैज्ञानिक त्रास फैलिएकाले अवस्था सहजीकरण गर्नु आवश्यक भइसकेको स्थानीय शिक्षक हेमराज तिमिल्सेना बताउँछन् ।

लगातार १९ दिनदेखिको बन्द र त्यसपछि भएको यो घटनाबाट स्थानीय जनजीवन निकै कष्टकर बनेको छ ।

घटनापछि कुनै तोडफोड, हिंसा हुन नपाई शान्ति सुरक्षाको अवस्थामा सुधार आएपनि जनजीवन भने सामान्य अवस्थामा फर्किन सकेको छैन । लगातारको बन्दसँगै भएको घटनाकै दिनदेखि जारी गरिएको निषेधाज्ञा (कर्फ्यू) यथावत् छ ।

सर्वसाधारण घटनापछि त्रासमा बाँचिरहेका मात्र नभई बजार क्षेत्रमा यतिबेला साग, तरकारी, दाल, चामल पिठो, दूधलगायतको दैनिक उपभोग्य सामग्रीको चरम अभाव देखिएको छ ।

घटनाको दोस्रो दिन नै सरकारले शान्ति सुरक्षाको व्यवस्थापन गर्न नसकेको भन्दै कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठसहित सुदूरपश्चिम क्षेत्रका नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षकहरुको हेरफेर गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारीमा मोहनबहादुर चापागाईंलाई पठाइएको छ ।

एकै देशका नागरिकबीचको यस्तो द्वन्द्वको अन्त्यका लागि निर्वाचनमार्फत चुनिएर गएका सभासद्, राजनीतिक दलका नेताहरु, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार सबैको संयुक्त प्रयासको आवश्यकता टड्कारो रुपमा देखिएको स्थानीयवासीको भनाइ छ । रासस
annapurnapost.com
भ्यागुताको पूजा गरी भोजन खुवाइयो
भक्तपुर, १२ भदौ / जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका

कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो परम्परा मनाइँदै आएको छ । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ ।
खेतमा किरा मारेर अन्न उब्जाउनसमेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको किसान बताउँछन् । रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका किरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ । रासस

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home