• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
महिला ३.४५ प्रतिशत मात्र
काठमाडौं: वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर जाने कामदारको संख्या ४० लाख पुगेको छ। सरकारले पछिल्लो समय विदेसिने युवाको संख्या घटाउने नीति ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन।


साउनमामात्रै ३८ हजार ८१ जना युवा विदेसिएका छन्। श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ। यो निर्णयसँगै विदेसिने कामदारको संख्या ह्वात्तै घट्न सक्ने अनुमान गरिएको थियो। तर साउनको तथ्यांकले संख्या खासै नघटेको देखाएको छ।


श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन्। यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ।

आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएको हो।विदेसिनेको कुल संख्या बढे पनि देश तथा क्षेत्रगत आधारमा भने विविधता हुन सकेको छैन।

वैदेशिक रोजगारीमा जानेमध्ये दुई तिहाइभन्दा बढीको गन्तव्य खाडी मुलुक र मलेसिया हुने गरेको छ। देशगत आधारमा हेर्दा मलेसियामा जानेको संख्या सबैभन्दा बढी छ । आकर्षक कमाइ हुने पश्चिमा तथा अन्य मुलुकमा कामदार पठाउन सरकारले पहल गरेको छैन।


परम्परागत गन्तव्यमा मात्र सीमित हुँदा जाने संख्या बढे अनुपातमा नेपाली कामदारको सीप र कमाइमा भने गुणात्मक वृद्धि हुन सकेको छैन। अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा ९० प्रतिशतभन्दा अदक्ष र अर्धदक्षमात्र छन्। अदक्ष कामदारको बाहुल्य रहेकाले कमाई थोरै र काम जोखिमयुक्त भएको हो।

वैदेशिक रोजगारीमा जानेमा लैंगिक आधारमा ठूलो अन्तर देखिएको छ। सरकारको आधिकारिक तथ्यांक अनुसार अहिलेसम्म वैदेशिक रोजगारीमा जानेमा महिलाको संख्या जम्मा एक लाख ३७ हजार सात सय ५२ जना मात्र छ।

पुरुषको संख्या ३८ लाख ६० हजार दुई सय ७२ पुगेको छ। प्रतिशतका आधारमा हिसाब गर्दा औपचारिकरूपमा वैदेशिक रोजगारीमा जानेमध्ये पुरुष ९६.५५ प्रतिशत र महिला ३.४५ प्रतिशत छन्।

अधिकांश परिवारमा पुरुष कमाउन बाहिर जाने र महिलाले घरको काम गर्ने प्रवृत्ति रहेकाले महिलाको तुलनामा पुरुषको संख्या अत्यधिक धेरै भएको हो।
देशगत आधारमा अध्ययन गर्दा मलेसियामा सबैभन्दा धेरै नेपाली कामदार गएका छन्।

हालसम्म १० लाख ५३ हजार ९७ जना नेपाली काम गर्न मलेसिया पुगेका छन्। मिल्दोजुल्दो हावापानी, तुलनात्मक रूपमा खुला समाज भएकाले त्यहाँ जान चाहनेको संख्या धेरै भएको हो। यसबाहेक मलेसियाले सन् २०१८ भित्र आफूलाई विकासोन्मुख मुलुकबाट विकसित मुलुकमा पुर्‍याउने योजना बनाएको छ ।

यसका लागि पूर्वाधार, पर्यटनलगायतका क्षेत्रमा अत्याधिक लगानी बढाएकाले विदेशी कामदारको माग बढ्दो छ। सजिलै जान सकिने भएकाले नेपालका म्यानपावर कम्पनीले त्यहाँ कामदार पठाउन प्राथमिकता दिएका हुन्।

नेपाली कामदारको रोजाइको दोस्रो मुलुक कतार परेको छ। कतारमा आठ लाख ४२ हजार ६ सय ३७ जना नेपाली काम गर्न पुगेका छन्।

कतारपछि तेस्रो स्थानमा साउदी अरब परेको छ। साउदीमा अहिलेसम्म ६ लाख २७ हजार पाँच सय १० जना नेपालीले काम गरिरहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ।
www.annapurnapost.com
शुक्रबार ११ भाद्र, २०७२

टीकापुर (कैलाली)- 'त्यत्रो एसएसपी मार्नेले हामीलाई बाँकी राख्लान्?'
नेपाल मानवअधिकार आयोगको टोलीसँग गाउँलेहरू मुख खोल्न मानिरहेका थिएनन्।


भयमिश्रित स्वरमा सकेसम्म प्रश्न पन्छाउन खोज्दै थिए, 'तपाईंहरू गएपछि हाम्रो हालत के हुन्छ, त्यसैले हामीलाई केही नसोध्नुस्।'


सोमबारदेखि टीकापुर नगरपालिका–६, शंकरपुरका स्थानीय त्रासैत्रासमा दिन कटाइरहेछन्। आधाजति गाउँले घरमा ताला ठोकेर आफन्तकहाँ शरण लिन पुगेका छन्। गाउँमै रहेकाहरू पनि झुरुप्प एकै ठाउँ बस्छन्।

छुट्टै राज्य माग्दै आन्दोलन थालेका थरुहट पक्षधरले वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक बालकको ज्यान लिएपछि उनीहरू तीव्र असुरक्षा महसुस गरिरहेछन्। पछिल्ला दिन सुरक्षाकर्मीको बाक्लो गस्तीले पनि स्थानीयको भय घटाउन सकेको छैन। बिहीबार घटना अनुसन्धानका लागि पुगेको आयोग टोलीसँग उनीहरू हम्मेसि खुलिनहाल्नुको कारण पनि यही हो। आयोग सदस्य सुदीप पाठक नेतृत्वको टोली शंकरपुर पुगेको थियो।

टोली सदस्य र सञ्चारकर्मीले नाम उल्लेख नगर्ने प्रतिबद्धता जनाएपछि मात्र स्थानीयले मुख खोले। उनीहरूका अनुसार सयौंको संख्यामा रहेका व्यक्तिले सुरक्षाकर्मीलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए। तिनै व्यक्तिले एसएसपी न्यौपानेलाई घरभित्रबाट आँगनमा ल्याई हत्या गरे। त्यही घरको छेउमै सशस्त्र प्रहरी उपरीक्षक लक्ष्मण सिंहका अंगरक्षक रामबिहारी चौधरी र नेपाल प्रहरीका जवान जिउँदै जलाइए।

सिंहलाई जोगाइसकेपछि प्रदर्शनकारीको घेराउमा परेका न्यौपानेलाई बचाउन जाने क्रममा चौधरीमाथि आक्रमण भएको स्थानीयले जानकारी दिए। 'सिंहलाई सुरक्षित स्थानमा पुर्यााइसकेपछि उनी फर्किएर एसएसपी न्यौपाने लुकेर बसेको घरतर्फ आउँदै थिए, त्यहीँ समातिहाले,' प्रत्यक्षदर्शीले आयोग टोलीसँग भने, 'उनले म पनि थारू हुँ, मलाई नमार भनेका थिए।'

प्रहरी निरीक्षक बलराम बिष्ट र केशव बोहरालाई प्रदर्शनकारीले लखेटी–लखेटी मारेको स्थानीयको भनाइ छ। 'लगातार प्रहार सहन नसकेपछि दुवै जना ढले, हात जोडेर नमार्नुस् भन्दै थिए,' एक प्रत्यक्षदर्शीले भने, 'तर, आक्रमणकारीले सुनेनन्, फरुवाले हानेर मारिछाडे।'

उग्रतारा सशस्त्र प्रहरी गणका गणपति प्रहरी उपरीक्षक सिंहले आयोग टोलीलाई घरेलु हतियारसहित आएका व्यक्तिले चारैतिरबाट आक्रमण गरेपछि ज्यान जोगाउन भाग्नुपरेको बताए। 'चारैतिरबाट यसरी घेरिएका थियौं, भाग्नुको विकल्प थिएन। हतियार चलाउन सक्ने अवस्था पनि थिएन,' उनले भने, 'सबैलाई लखेटीलखेटी मारे।'

आक्रमणकारीले गुलेली, रड, भाला, बन्चरो, फरुवालगायत घरेलु हतियार प्रयोग गरेको सिंहको भनाइ छ। 'उनीहरू तालिमप्राप्त थिए, अश्रुग्यास उठाएर सुरक्षाकर्मीतिरै फर्काउन सक्ने व्यक्ति सामान्य होइनन्,' उनले भने।

स्थानीय भने आक्रमणकारीले बन्दुकसमेत बोकेको बताउँछन्। तर, उक्त बन्दुक आक्रमणकारीले पहिल्यै ल्याएका हुन् वा प्रहरीको खोसेका हुन्, उनीहरू यकिन गर्न सकिरहेका छैनन्।

घटनामा टीकापुरस्थित उग्रतारा गणमा कार्यरत नेत्र साउदका अढाई वर्षे छोरा बालक टेकबहादुरको पनि ज्यान गएको छ। प्रहरी टोलीमाथि आक्रमणको एक घन्टापछि आएका व्यक्तिले आँगनमा खेलिरहेका बालकलाई गोली हानेको स्थानीयले आयोग टोलीलाई जानकारी दिए। आक्रमणपछि भागेका सुरक्षाकर्मी उक्त घरमा बसेको देखेपछि आक्रमणकारीले गोली हानेको उनीहरूको भनाइ छ।
nagariknews

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं: तीन वर्षदेखिको अवैध सम्बन्ध सार्वजनिक हुने डरले एक युवकले किशोरीको हत्या गरेका छन्।

सिन्धुली महाकाली घर भई सर्लाही पत्थरकोटमा बस्दै आएका २७ वर्षीय अविनास थिङले पत्थरकोटकै १८ वर्षीया सोनिया श्रेष्ठको हत्या गरेका हुन्।


श्रेष्ठ सिन्धुली झोडामा हजुरबुबाको घरमा बस्दै आएकी थिइन् भने थिङ श्रेष्ठकै हजुरबुबाको घरमा ज्यामी काम गर्थे। बिहीबार बिहान गौशालास्थित गौशाला गेस्ट हाउसको कोठा नम्बर ११८ मा श्रेष्ठ मृत फेलापरेपछि प्रहरी वृत्त गौशलाले अनुसन्धान गरेको थियो।


घटनाबारे जानकारी दिन महानगरीय प्रहरी परिसर टेकुले बिहीबार आयोजना गरेको पत्रकारसम्मेलनमा परिसर प्रमुख एसएसपी उत्तम कार्कीले भने, 'अवैध सम्बन्ध बाहिर आउने डरले थिङले श्रेष्ठको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। थिङले पनि हत्या स्वीकार गरेका छन्।'

रुमालले घाँटी बेरेर श्रेष्ठको हत्या गरेको थिङले स्वीकार गरेका छन्। प्रहरी वृत्त गौशालाका प्रमुख डीएसपी सुरेन्द्रप्रसाद मैनालीका अनुसार उनीहरू भदौ ७ मा सिन्धुलीबाट रात्रीबसमा काठमाडौं आएका थिए।


काठमाडौं आएर स्वयम्भूमा बसेका उनीहरू केही दिन घुमघाम गरी बिहीबार घर फर्कने तयारीमा थिए। बुधबार राति श्रेष्ठले ‘हामी अब काठमाडौंमै लुकेर बस्ने, तिमी परिवार छाडिदेऊ' भनेपछि आफ्नो अवैध सम्बन्ध सार्वजनिक हुने डरले हत्या गरेको बयान प्रहरीलाई दिएका छन्।

चुरोटको खोलभित्र डलर
काठमाडौं: अवैध रूपमा विदेशी मुद्रा लुकाएर लैजान खोज्ने चिनियाँ नागरिक यी वाङलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले यीलाई बिहीबार सुरक्षा जाँचका क्रममा पक्राउ गरेको हो।

विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थका अनुसार वाङबाट चुरोटको सुर्ती राख्ने ठाउँमा लुकाई ६० हजार अमेरिकी डलर र २० हजार ४८ चिनियाँ युआन तथा चप्पलको सोलभित्र लुकाएर लैजान लागेको १४ हजार अमेरिकी डलर, ७६ हजार युरो र ४८ हजार स्विस फ्रेंक बरामद गरिएको छ।

चाइना एयरको उडान नम्बर ४०८ बाट ल्हासा जान लागेकी वाङलाई प्रहरीले जाँच गर्दा चुरोटकै स्वरूपमा २० वटा बट्टाभित्र डलर लैजान लागेकी थिइन्।यसैबीच गौशाला प्रहरीले नक्कली अमेरिकी डलरसहित धादिङ केवलपुर घर भएर तिलगंगा बस्ने जितेन्द्र तामाङलाई पक्राउ गरेको छ।

अमेरिकी डलर साट्न हिँडेको सूचनाका आधारमा प्रहरीले तिलगंगाबाट तामाङलाई ५० दरका सातवटा नक्कली डलर फेलापारेको हो।
annapurnapost.com
गौशाला: महोत्तरी जिल्लाको बर्दिबासमा गएराति पार्किङ गरी राखिएको तीनवटा रात्रिबसमा अज्ञात समूहले आगजनी गरेको छ।

बर्दिबास नगरपालिका-१ मा विगत पाँच दिनदेखि पार्किङ गरी राखिएको जनकपुर-जलेश्वर-काठमाडौँ चल्ने ना.५ख४९९४, गौशाला-सम्सी-काठमाडौँ चल्ने ना.५ख२६९४ नम्बरको बस र एउटा अनटेस्ट बस गरी तीनवटा बसमा गएराति ११ : २० बजे अज्ञात समूहले आगजनी गरेको इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी निरीक्षक चन्देश्वर यादवले बताए।


बर्दिबासको भोला वसन्त चौकदेखि (हाईवे) भन्दा तीन सय मिटर उत्तरमा पार्किङ गरी राखिएको ती बसमा आगजनी भएपछि ना.५ख ४९९४ र अनटेस्ट बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने ना.५ख२६९४ नम्बरको बसमा आंशिक क्षति भएको प्रहरीले जनाएको छ।


आगजनी गरिएका तीनवटै बस महोत्तरीको औरही गाविस निवासी मुकेश चौधरीको रहेको प्रहरी निरीक्षक यादवले बताए। बर्दिबासस्थित आफ्नो डेरामा सुतिरहेका गाडी धनी चौधरीले अचानक डेरा अगाडि आगोको मुस्लो देख्दा बाहिर आएर हेर्दा गाडी जलिरहेको पाएपछि प्रहरीलाई खबर गरेको बताए।

खबरपछि तत्काल त्यहाँ पुगेका प्रहरी र स्थानीयवासीले गाडीको आगो नियन्त्रणमा लिए पनि त्यतिबेलासम्म बस क्षतिग्रस्त भइसकेको थियो। इलाका प्रहरी कार्यालय बर्दिबासले बसमा आगजनी गर्ने समूहको खोजीका लागि गएरातिदेखि व्यापक रुपमा प्रहरी परिचालन गरिसकेको जनाएको छ। रासस
annapurnapost.com
आज वि.सं. २०७२ भाद्र ११ गते शुक्रबार तदनुसार ई. सं. २०१५ अगस्ट २८ तारिख
श्रावण शुक्ल चतुर्दशी, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, शोभन योग, गर करण
आजको व्रत/पर्व : श्री शिवजीमा पवित्रारोपण गर्ने दिन, सिञ्जामा कुलायन पूजा प्रारम्भ
भोलिको व्रत/पर्व : पूर्णिमा व्रत, ऋषि तर्पणी, रक्षा बन्धन, जनै पूर्णिमा, क्वाँटी खाने दिन, नेवारी पर्व ब्याँजानके गूँपुन्हि, हयग्रीवोत्पत्ति, कृष्ण प्रणामीले मनाउने श्री प्राणनाथ छत्रशाल मिलाप, मुक्तिनाथ यार्तोङ

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मातापिता र अभिभावकवर्गको सेवासुश्रुषामा समय व्यतीत हुनेछ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा भनेजस्तो अनुकूलता देखिंदैन । ठूलाबडाको निर्णयमा दोधारेपन देखिने छ । झिनामसिना घरायसी श्रममूलक काममा आजको समय व्यतीत हुनेछ । नयाँ कामप्रति मनमा धारणा पलाए पनि कार्यान्वयन हुन सक्दैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
शीघ्र निर्णय गर्ने क्षमतामा ह्रास भएको महसुस हुनेछ, तर नवम भावमा रहेको चन्द्रमाले सरल ढंगले दैनिकी सञ्चालनमा सघाउ पुर्याउने छ । सामाजिक कामबाट धेरथोर फाइदा नै हुनेछ । अभिभावकको स्वास्थ्य र मानसिकतामा सामान्य प्रभाव पर्न सक्छ । कताकता र्वराग्यका भावना मँडारिन सक्छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने सम्भावना छ । विभिन्न समस्याहरू झेल्ने समय छ । घरपरिवारभित्र सानातिना समस्या देखिनसक्छन् । मानसिक तनाव र चिडचिडेपन देखिन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज काममा ढिलासुस्ती देखिन सक्छ, तर आम रूपमा बेफाइदा हुँदैन । घरमा विवाद, तनाव र असमझदारी बढ्नाले निर्णयमा पुग्न सकिंदैन । नजिकैका व्यक्तिले समेत भावनाको मूल्यांकन नगर्दा कताकता मन रुमल्लिन सक्छ, वर्तमान समयलाई धैर्यता, संयमता र साृचविचार गरी उपयोग गर्नु बुद्धिमत्ता हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
साहित्यिक, बौद्धिक तथा प्राज्ञिक गतिविधिमा संलग्न हुने समय छ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । गरेका कामको प्रशंसा हुनेछ । प्राप्त गरेको ज्ञान अरुलाई बाँड्ने बेला पनि यही हो । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरायसी कामधन्दाका लागि खट्नु पर्ने छ । छरछिमेकमा कसैसँग व्यर्थमा वादविवाद गर्नुपर्ला । प्रेमसम्बन्ध र रतिरागका कारण निराशा भोग्नु पर्ने छ । सन्तानपक्षको मायामा कमी आउने छ । वैवाहिक जीवन र प्रणय तथा प्रेमसम्बन्धमा धमिलोपन आउन सक्छ । मनोरञ्जन र खेलवाडले बेफाइदा हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
जस र सम्मानको ख्याल नगरिकन धार्मिक र सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ । बोलीको विपरीत अर्थ लाग्नाले अप्ठ्यारामा पर्ने सम्भावना छ, मौन रहनु नै कल्याणकारी हुनेछ । घरपरिवारभित्रै वा आफन्तले नै किचलोको वातावरण सिर्जना गर्नेछन्, तर अन्त्यमा विजय तपाईंकै हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
धार्मिक सामाजिक कामको दायित्व थपिन सक्छ । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । बोलीमा पूर्ण प्रभाव छ, तर विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । नातेदार र कुटुम्बले तपाईंको काममा सहयोग गर्नेछन् । मिष्ठान्न भोजन मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आत्मनिर्णयको क्षमतामा बृद्धि हुनेछ । नयाँ जोस र जाँगर पलाउने छ । अन्न फलफूल आदि कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने योग छ । नोकरी र बन्दव्यापारबाट सन्तोष लिन सकिनेछ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अनुकूल समय आएको छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
यात्रामा झमेला आउनसक्छ, त्यसैले सवारी साधन चलाउँदा वा बाटो काट्दा होस राख्नुहोला । स्वास्थ्य खराब हुनसक्छ, खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । काममा बाधा हुनाले र धनको अभावमा मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमंगको कमी हुनेछ । खर्च बढ्ने सम्भावना छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् । तर कोठीको अर्थ भने आ-आफ्नै तरिकाले लगाउने गरिन्छ । यहाँ हामीले समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरको कुन अंगमा            
भएको कोठीको अर्थ के हुन्छ भनेर चर्चा गरेका छन् ।


१ जसको आँखाको सिधा तल कोठी हुन्छ उनीहरु कामूक हुन्छन् । यस्ता ब्यक्ति प्रेममा भावुक बन्छन् । यिनीहरु सहयोगी पनि हुन्छन् ।

२ औंलामा कोठी भएको ब्यक्ति कार्यकुशल, व्यवहारकुशल र न्यायप्रिय हुन्छन् ।

३ चोर औंलामा कोठी हुने ब्यक्तिक विद्वान गुणबान र धनवान हुन्छन् । तर यिनीहरुका शत्रु भने धेरै हुन्छन् ।

४ दायाँ आँखाको कुनामा कोठी भएमा यस्ता ब्यक्ति भावुक हुन्छन् । यस्ता ब्यक्ति अलि डाहाढे स्वभावका हुन्छन् ।

५ माझी औंलामा कोठी भएमा त्यस्ता ब्यक्ति सुखी हुन्छन् र त्यस्ता ब्यक्तिको शान्तिपूर्ण जीवन हुन्छ ।

६ जुन ब्यक्तिको आँखाको तल नाकको छेउँमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलिक रहस्यमय हुन्छन् । यिनीहरुलाई बुझ्न कठिन हुन्छ ।

७ यदि कुनै ब्यक्तिको कोठी नाकको फेँदमा छ भने यस्ता ब्यक्ति कल्पनाशील हुन्छन् । यस्ता ब्यक्तिको काम गर्ने शैली रचनात्मक हुन्छ ।

८ जसको देव्रे आँखामा कोठी हुन्छ यस्ता ब्यक्ति झगडा गर्न तम्सिने र प्रेम पाउन अपराध समेत गर्ने स्वभावका हुन्छन् ।

९ बायाँ आँखाको परेलोमा कोठी भएमा त्यस्ता ब्यक्तिको दिमाग तेज हुन्छ यस्ता ब्यक्ति कुटनीतिक ब्यवहार गर्न जान्ने हुन्छन् ।

१० दायाँ गालामा कोठी हुने ब्यक्ति कामुक हुन्छन् । यिनीहरु प्रेमी वा पार्टनरसँग झगडा गरिरहन्छन् ।

११ नाकको बायाँ पट्टी कोठी भएमा यस्ता ब्यक्ति कलात्मक हुन्छन् । यस्ता ब्यक्तिको प्रेम सम्बन्ध प्रगाढ हुन्छ भने चामत्कारिक काम पनि गर्छन् ।

१२ दायाँ ओंठमा कोठी भएमा त्यस्ता ब्यक्तिको स्वभाव मौलिक हुन्छ । यिनीहरुको कल्पना शक्ति उत्तम हुन्छ ।

१३ बायाँ गालामा कोठी हुने ब्यक्तिको बौद्धिक क्षमता उच्च हुन्छ । जीवन भने एकनाशको हुन्छ ।

१४ जसको चिउँडोमा कोठी हुन्छ त्यस्ता ब्यक्ति अलि परंपरावादी सोंचका हुन्छन् ।

१५ बायाँ ओंठमा कोठी हुने ब्यक्ति बढी कामुक हुन्छन् । कामुकताकै कारण यस्ता ब्यक्तिलले जीवनमा समस्या पनि झेल्नु पर्ने हुन्छ ।

१६ दाहिने खुट्टामा कोठी हुने ब्यक्ति बुद्धीमान हुन्छन् तर खर्चालु स्वभाव हुन्छ् ।

१७ गर्धनमा कोठी हुने ब्यक्तिलाई बढि आराम चाहिन्छ र आराम पनि मिल्छ ।

१८ नाकमा कोठी हुने ब्यक्तिले यात्रा धेरै गर्छन् ।

१९ दाहिने हत्केलामा कोठी हुने ब्यक्ति बलबान हुन्छन् । बायाँ हत्केलामा कोठी हुने ब्यक्तिको स्त्रीसँगको प्रेम बढी र बलियो हुन्छ ।

२० दाइने आँखामा कोठी भएमा यस्ता ब्यक्तिले आफ्नी स्त्री पार्टनरलाई अत्याधिक प्रेम गर्छन् । तर बायाँ आँखामा कोठी भएमा स्त्रीसँग झगडा हुन्छ । दाम्पत्य जीवन पनि सुखद् हुँदैन ।

२१ दायाँ गालामा कोठी हुने ब्यक्ति धनी हुन्छन् । यस्ता ब्यक्तिलाई पैतृक सम्पति पनि मिल्छ । तर बायाँ गालमा कोठी हुँदा भने खर्चालु हुन्छन् ।

२२ ओंठमा कोठी हुने ब्यक्तिको सोंच केवल काम बासनामा केन्द्रित हुन्छ । कानमा कोठी हुने ब्यक्ति अल्पायुका हुन्छन् ।

२३ कान्छी औंलामा कोठी हुने ब्यक्ति दुःखी हुन्छन् ।

२४ दायाँ हातमा कोठी हुने ब्यक्ति झगडालु हुन्छन् ।

२५ दायँ छातीमा कोठी हुने ब्यक्ति स्त्रीसँग नजिकिन्छन् । पत्निलाई पनि अधिक प्रेम गर्छन् । बायाँ छातीमा कोठी हुने ब्यक्तिको भने कसै न कसैसँग झवडा भैरहन्छ ।
काठमाडौं,  भदौ– क्यान्सरको उपचारपछि बचेको रकम पूर्वसभासद शान्ता चौधरीले सरकारलाई नै फिर्ता गरेकी छन् । उनले उपचार गरेर बचेको २ लाख २ हजार रुपैयाँ सरकारलाई फिर्ता गरिदिएकी हुन् ।

उनलाई सरकारले एक बर्षअघि क्यान्सरको उपचारका लागि पाँच लाख दिएको थियो ।

सरकारबाट लगेको पैसाले आफ्नो उद्धेश्य पुरा भएको र बचेको पैसा राख्न मन नलागेको भन्दै अरु गरिब दुःखीलाई सपचार गर्न मिलोस भनेर पैसा फिर्ता गरेको चौधरीको भनाई छ ।

कम्लहरी भएर पहिलो संविधानसभामा सभासदसमेत बनेकी चौधरी क्यान्सर रोगबाट पीडित थिइन् । उनले नेपाल र नयाँदिल्लीमा आफ्नो उपचार गराएकी थिइन् । अहिले उनको स्वास्थ्य राम्रो रहेको छ ।

दाङ स्थायी घर भएकी चौधरी पहिलो संविधानसभामा एमालेबाट समानुपातिक सभासद थिइन् । दोस्रो संविधानसभामा दाङ क्षेत्र नंम्बर ३ बाट प्रत्यक्षमा चुनाव लडेकि उनी पराजय भोगेकी थिइन् ।
काठमाडौं ।

र यो अक्षम्य अपराध धएको बताएका छन् । संविधानसभामा बोल्दै युवा नेता गगन थापाले करुणाले भरिएको नेपाली समाजमा क्रुरताको यस्तो विषवृक्षको विजारोपण गर्नेहरु जुनसुकै राजनीतिको आवरणमा आएपनि सजायबाट मुक्ति पाउनु हुँदैन भन्ने माग गरे ।

२ दिन अघि मात्र गगनले प्रहरीको ‘इन्काउन्टर’ मा कुमार श्रेष्ठ ‘घैटे’ को विषयमा आफ्नो नाम पनि जोडिएर समाचार आएपछि शुभचिन्तक आक्रोशित बनेको भन्दै ३ पेज लामो स्पष्टीकरण पनि दिएका थिए ।

संविधानसभामा गगन थापाले गरेको भाषणः


संविधानसभाले संविधान वनाउन लागेको यो क्षणमा जननायक वी.पी. कोइरालाको संकल्पलाई समम्झिरहेको छु जसले ६८ बर्ष अगाडि वि.सं २००४ सालमा भन्नुभएको थियो-‘ जनताले ठाँउ ठाँउवाट आफ्ना प्रतिनिधिहरु चुनेर एउटा सभा खडा हुनेछ । यस सभाको काम विधान वनाउनु हुनेछ । जनताको इच्छा कुन तवरले शासनमा सर्वोपरि हुन्छ भन्ने त्यस सभाले निधो गर्नेछ र त्यस सभाकै निर्णय अनुसार शासनप्रणाली पनि निर्धारण हुनेछ ।’ आज हामी उहाँको यो सपनालाई साकार पार्दैछौं ।

संविधासभामा मस्यौदा समितवाट प्रस्तुत विधेयकलाई जस्ताको तस्तै संविधानमा अनुवाद गर्ने हो र नेपालभन्दा वाहिर रहेको संविधानको कुनै विद्यार्थीलाई अध्ययन गर भनेर दिने हो भने स्वभाविक रुपमा उसले यो लोकतान्त्रिक संविधान हो भन्ने निष्कर्ष निकाल्छ । तर जव स्वतन्त्रता, समानता र आम संचारमा भएको प्रतिवन्धात्मक बाक्यांश हेर्छ अनि उसको आफ्नै निष्कर्षमा प्रश्न गर्छ । त्यसैले यसलाई सच्याउनुपर्छ ।
धर्म, भाषाको सम्वन्धमा लेखिएका धारा पढ्छ, अनि आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारका प्रावधानहरू जव पढ्छ, प्रत्येक नागरिकको प्रगति, प्रतिष्ठा र पहिचानको लागि समर्पित धाराहरू हेर्दै गर्दा निश्चय पनि भन्नेछ यो संविधनले नेपालको विविधतालाई सम्मिलन होईन संवोधन गरेको छ । तर जव दलित समुदाय, अपाङ्गता, महिला अनि अल्पसंख्यकहरूको पहुँच र प्रतिनिधित्वको व्यवस्थामा भएको अनुदारतालाइ पढ्छ अनि फेरी उसको निष्कर्षमा आफै प्रश्न उठाउँछ । त्यसैले यसलाई सच्याउनुपर्छ ।

गुण्डा चरी र घैंटको मृत्युमा गगन थापाको फरक ब्यवहारः के हो रहस्य ?

‘सशस्त्र संघर्ष देखि ‘समाजवाद’ सम्मका वादहरूको भारीले थिचिएको प्रस्तावना पढ्दै गर्दा संविधानसभाको सदस्यहरूको लोकतान्त्रिक चेतना र लोकतान्त्रिक निर्णय माथि प्रश्न गर्छ, नागरिकताको दफामा भेटिएको असमानतालाई पढ्दै गर्दा संविधान लेख्नेहरूको समानताको चिन्तन र भोलि शासनगर्ने क्षमतामा राखेको आत्मविश्वासको खडेरीमा प्रश्न गर्छ त्यसैले यसलाई त्यो प्रश्न गर्न नउठ्ने किसिमले सच्याउनुपर्छ ।

संघीयताको वारेमा थाहा पाउन खोज्दा उसले सिधै अनुसुचि पल्टाउँछ र अधिकारको वाँडफाँड कसरी गरिएछ भनेर हेर्छ अनि एकछिन अडिएर हामीलाई जिस्काउछ र भन्नेछ संघीयताको न्युनतम सिद्धान्तको वारेमा समेत सचेत रहेनछ सभा ।

अनि जव सिमाङ्कनको धारा पल्टाउने छ, उ अलमलिने छ किनकी उसले बुझ्न नै सक्नेछैन । उसले के बुझोस यहाँ बर्षौं संविधानसभामा काम गरिराखेका हामीले त केही बुझ्न सकेका छैनौं ।

यो सिमाङ्कनको कुनै शैद्धान्तिक आधार त छँदै छैन । कहिले ८, कहिले झरेर ६, अनि कहिले उक्लेर ७, छ त केवल ब्यबहारिकताको । त्यो पनि कसरी छ भनौं, व्यवहारिकता मिलाउन बस्नुभएका नेताहरू आँफै स्वयं पनि सन्तुष्ट हुनु हुन्न । अनि न शिद्धान्त बाँकी रह्यो न व्यवहारिकता ।

त्यसैले म सभाध्यक्षमार्फत शिर्ष नेताहरूको ध्यानाकर्षण गराउन चाहन्छुः प्रक्रिया अगाडि वढ्दै गर्छ,बढाउनुपर्छ । तर संगसंगै तपाईहरू आंफै जानुहोस प्रत्येक असन्तुष्ट पक्षलाई बोलाउनुहोस र संवाद गर्नुहोस । संवाद गर्दैगर्दा देखाउनुहोस परिपक्कता, धैर्यता र उदारता अनि त्याग्नुहोस आफ्नो व्यक्तिगत स्वार्थ ।

यसको परिणाम पक्कै सुखद हुन्छ, प्रदेशको संख्या घट्ला बढ्ला केहि फरक पर्दैन सवै सहमत नभए पनि अधिकतम सहमतिमा सिमाङ्कन हुन्छ र यो सकसवाट हामी वाहिर निस्कने छौं ।

यति भन्दै गर्दा अन्त्यमा एउटा आग्रह, यहि सभामा धेरै पटक बोलेको छु र आज पनि भन्न चाहन्छुः हामीले पहिलादेखि गर्दै आएको गल्ति अव नदोहोर्‍याउँ ।

हो, असहमति र द्वन्द्व हुन्छ,अनि त्यसलाई स्थापित गर्न संघर्ष हुन्छ,आन्दोलन हुन्छ, विद्रोह हुन्छ अनि कुनै एउटा विन्दु खोजिन्छ जहाँ समझदारी पनि हुन्छ । यो स्वभाविक प्रक्रिया हो । तर समझदारी हुँदै गर्दा संघर्षको क्रममा भएका मानवताविरोधी जघन्य अपराधमा संलग्नन चाहे राज्यपक्षको होस चाहे विद्रोही\आन्दोलनकारी होस कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । विगतमा हामीले समझदारी गर्‍यौं राम्रो गर्‍यौं तर मानवता विरुद्धका जघन्य अपराध गर्नेलाई माफि दियौं । गम्भिर गल्ति गर्‍यौं । जसको परिणाम हामी आज भोग्दै छौं किनकी हिजो यस्ता अपराधीले उन्मुक्ति पाएजस्तै भोली पनि पाईन्छ भन्ने विश्वासले जरो गाडेको छ ।

हिजो जे गल्ति गर्‍यौं आज नदोहोर्‍याउँ । आन्दोलनकारीसंग वार्ता गरेर राजनीतिक हल नै खोज्नुपर्छ । सिमाङ्कनको विषय राजनीतिक हो त्यसको हल राजनीति तरिकावाट नै खोज्नुपर्छ । तर मान्छेलाइ जिउँदै जलाउने, दुई बर्षको बच्चालाई मार्ने कुनै पनि आन्दोलन होईन, राजनीतिक विषय होईन, त्यो अक्षम्य अपराध हो । अपराधको हल राजनीतिवाट होईन कानूनवाट दण्ड दिएर हुनुपर्छ । कुनै पनि राजनीतिक निकास र समझदारीको नाममा अपराधीले उन्मुक्ति पाउनु हुँदैन । दण्डित गर्नुपर्छ ।
सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।
सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।
सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ। यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ।

कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु - दुःख पाउने
४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
६. बाख्रा देख्नु - शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
९. पुरी खाएको देख्नु - खुशीको समाचार आउनु

१०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु - समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
१७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु

२२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु - धन नास हुनु
२४. धुँवा देख्नु - व्यापारमा हानि
२५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु - आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु - धन नास हुनु
३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग



३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु - धन प्राप्त हुनु
४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु

४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु - भाग्य चम्कनु
५०. घोडा देख्नु - संकट हट्नु
५१. मोती देख्नु - छोरी पाउने योग
५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
५३. झरना देख्नु - दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु

५५. कुवामा पानी देख्नु - धन लाभ
५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
५८. चन्दन देख्नु - शुभ समाचार आउनु
५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु - स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु - लोभ बढ्नु
nepaliheadlines.com
बास्तोला, १५ वर्षे कोलकाता बसाइँ पछि आफ्ना श्रीमान् र छोरीसँगै अबका दिन नेपालमा नै बिताउन सोच बनाएर फर्केकी छिन् । कोलकातामा रहँदा आफूले गर्न चाहेको कुनै पनि कुरामा सफलता नमिल्दा तनावमा परेकी उनले यसको कारण जान्न इच्छा जाहेर गरिन् । कसैले उनलाई वास्तुशास्त्रको प्रभावले यस्तो भएको बताए । कसैले भनेको भरमा केहि पनि विश्वास नगर्ने उनले वास्तुशास्त्र नै पढी यसको ठाँटी कुरा पत्ता लगाउन सोच बनाइन् । उनी भन्छिन्, ‘सुरुका दिनमा वास्तुशास्त्रप्रति विश्वास नभए पनि यसले मानिसहरुको दैनिकीमा पुर्याउने असरको बारेमा जान्न निकै मन थियो ।


 त्यसकारण यसको अध्ययन नै गर्ने सोच बनाएँ । अध्ययनपश्चात् यसको प्रभावको बारेमा थाहा पाउँदा र स्वयंमले भोग्दा म यसप्रति निकै प्रभावित भएँ ।’ कोलकातामा ज्योतिष र वास्तु विशेषज्ञ भएर काम गरेकी उनले नेपाल आएपछि भने आफ्नै व्यापारका कारण यसमा संलग्न हुन नसकेको बताइन् । उनै ज्योतिष र वास्तु विशेषज्ञ सुमा बास्तोलाले रातापाटीलाई वास्तुशास्त्रसँग सम्बन्धित केहि उपयोगी टिप्स दिएकी छिन् ।

१. पढ्दा के गर्ने ? – पढ्ने बेला जहिले पनि उत्तर–पूर्वी दिशातर्फ फर्केर पढ्नुपर्छ – यदि कोही विद्यार्थी पढ्नमा कमजोर भएको खण्डमा उक्त विद्यार्थीलाई दैनिक रुपमा तुलसीको बोटमा पानी हाल्न लगाउनुपर्छ । – घरमा अशोकको रुख पूर्वपट्टी रोप्नाले पनि यसको प्रभावले विद्यार्थीलाई पढ्न मनलाग्छ । – परिक्षामा जाँदा जहिले पनि हरियो रङको लुगा लगाउने ।

२. घरमा के गर्ने के नगर्ने ? – घर उत्तर पट्टी बनाउँदा निकै राम्रो मानिन्छ । पूर्व पट्टी बनाइएको घरलाई पनि राम्रो मानिन्छ । – पाहुनाहरु खुसी भएर चाँडै फर्कुन् भन्ने चाहनुहुन्छ भने पाहुनाकोठालाई पश्चिम–उत्तर कुनाको कोठामा बनाउनुहोला । – पूजाकोठालाई भुँइतलाको उत्तरपूर्वी कोठामा बनाउनु होला ।

 वर्षमा ३६५ दिन नै पूजा गर्न नसकिँने हुँदा मूर्तीलाई भन्दा फोटोलाई पूजा गर्नुहोस् । मूर्तीलाई कहिले पनि भोको राख्न नहुने बास्तुको बुझाई छ । – दक्षिण पश्चिम कुनामा मेन गेट नराख्नुहोला । इनार अथवा रिजर्भ ट्याङ्की खनाउँदा पनि यो कुनामा नखनाउँदा नै वेश हुन्छ । – गेटमा त्रिशुल अंकित तस्बिर र जनावरका तस्बिरहरु नराख्नुहोला । यसले परिवारमा मनमुटाव पैदा गर्ने गर्दछ । यस्ता तस्बिरहरुको सट्टामा कमलको फूल, महालक्ष्मी, गणेशजस्ता भगवानको तस्बिर राख्नुहोला । –

 घरमा पिपल, बर र अरु जंगली बोट कहिले पनि नरोप्नुहोला । यदि आफैँ उम्रेको खण्डमा त्यसलाई तत्काल उखेलेर फाल्नुहोला । यस्तो बोटबिरुवा घरभन्दा २०० मिटर टाढा हुनुपर्छ । – हात्तिसँग सम्बन्धित केहि पनि वस्तुहरु घरमा नराख्ने । यस्तो सामानहरु घरमा भएमा आयमा कमी हुने, व्यापार डामाडोल हुने, बदनामी भएर जागीर छुट्नजस्ता नकारात्मक असर पर्ने गर्दछ । हात्तीको पुच्छरमा सुनचाँदी मोडेर लगाउनाले ९९ प्रतिशत मानिसहरुलाई नोक्सानी हुन्छ ।

– घरको उत्तर–पूर्वी कोठा सधैँ खुल्ला र सफा राख्नपर्ने हुन्छ । यस कोठाको झ्यालहरु बिहान उठ्ने बित्तिकै खोल्ने गर्नुपर्छ । – क्याकटसजस्ता काँडा भएका बोटहरु घरमा भरसक नरोप्ने । यदि रोप्नै परे पश्चिम तिर रोप्नुहोस् । – ठूला–ठूला बोटहरु रोप्नु छ भने दक्षिणमा रोप्नुहोस् ।

 ३. आमाबुवासँग छोराछोरीको कुरा नमिलेमाः उत्तरपूर्वी कुनामा पहेँलो रङको चिम राख्नाले आमाबुवासँग छोराछोरीको कुरा मिल्ने गर्दछ ।

४. विवाह हुन नसकेको छोरी घरमा भएः – अविवाहित महिला सधैँ उत्तर–पूर्वमा सुत्नुपर्छ । – यदि लामो प्रयासपछि पनि विवाह हुन नसकेको खण्डमा सकिन्छ भने दिनदिनै नभए प्रत्येक बिहिबार केराको जरालाई दुध चढाएर पाकेको केराले नै पूजा गर्नुपर्दछ ।

५. आयमा बढोत्तरीका निम्तिः – घरको मूल व्यक्ति (जसले परिवारको लागि कमाउने गर्दछन्), दक्षिणमा शिर र उत्तरमा खुट्टा राखेर सुत्नुपर्ने हुन्छ । – घरको भर्याङ दाहिने घुमेको हुनुपर्छ ।

६. नवविवाहित जोडिको कोठाः – श्रीमान–श्रीमतीको कोठा दक्षिण पश्चिममा फर्केको हुनुपर्छ । यदि पूर्व–दक्षिण कुनामा नवविवाहित जोडिको कोठा छ भने कोठा परिवर्तन गर्नु नै राम्रो मानिन्छ नभएर सम्बन्ध विच्छेद हुने पक्का छ । वास्तुशास्त्रसँग विस्तृत रुपमा जानकारी लिन चाहनुहुन्छ भने सुमा बस्तोलालाई ९८४३६८८७९५ मा सम्पर्क गर्न सक्नुहुन्छ । www.ratopati.com
ज्योतिष शास्त्रले भविष्यमा हुने घटनामा वर्तमान क्रियाकलाप र घटनाले समेत प्रभाव पार्ने बताउँछ । कतिपय भविष्यमा हुने घटनाका लक्षणहरु अहिले नै देखिने समेत ज्योतिष शास्त्रको दावी छ ।

भविष्यमा ठूला घटना हुँदा देखिने संकेत कस्ता कस्ता ?


१ दुध
विहानकै दुध देख्नु शुभ मानिन्छ । दुध उम्लेर भने झनै राम्रो मानिन्छ । तर दुध उम्लेर पोखिनु चाँहि नराम्रो मानिन्छ । विहानै दुध उम्लेर पोखिएको देखियो भने दुर्घटना हुन सक्ने संकेत मानिने ज्योतिष शास्त्रीको भनाइ छ । दुधलाई भाँडोमा राखेर हल्लाउनु पनि अशुभ मानिन्छ यसले घरमा झगडा हुन सक्छ ।

२ ऐना
घरमा ऐनाको ठूलो महत्व छ । ऐना हातबाट खसेर फुट्यो भने अशुभ मानिन्छ । फुटेको ऐनामा अनुहार हेर्नु अझै नराम्रो मानिन्छ । खासमा ऐना फुट्नु अशुभ घटनाको संकेत हो ।

३ चक्कु
यदि तपाइँको हातबाट चक्कु खस्यो भने बुझ्नुस् केही अशुभ घटना हुँदैछ । तर नवजात शिशुको शिरानी नजिकै चक्कु राख्नु भने शुभ मानिन्छ । यस्तो गर्दा बच्चा निद्रामा रुँदैनन् भन्ने ज्योतिषशास्त्रीको दावी छ ।

४ कुचो
घरमा कुचोलाई लक्ष्मी मानिन्छ । किन भने यसले दरिद्रतालाई घरबाट बाहिर निकाल्छ भन्ने विश्वास छ । नयाँ घरमा प्रवेश गर्नु अघी पनि कुचो लगाउनु शुभ मानिन्छ । तर सूर्यास्तपछि कुचो लगाउनु भनेको अशुभ हो । यसले नराम्रो घटना हुन सक्ने विश्वास छ ।

५ कालो पोषाक
कुनै पनि ब्यक्ति कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यो अशुभ मानिन्छ । यसले दुर्घटना वा अप्रिय घटनाको संकेत गर्छ । यदि कतै टाढा जान लाग्नु भएको छ र कालो पोषाक लगाएर घरबाट बाहिर हिँडेको देख्नु भो भने यात्रा स्थगित गर्नुस् ।

६ चाँवी
चाँवीलाई सम्पूर्णताको प्रतिक मानिन्छ । यदी तपाइँको चावी सफा गर्दा पनि पटक पटक फोहोर नै भएको पाउनु हुन्छ भने यो शुभ मानिन्छ । चावीलाई बच्चाको शिरानीको तल राख्दा शुभ हुने मानिन्छ ।
काठमाडौं, १० भदौ । नेपाली कांग्रेसले सभासद् अमरेशकुमार सिंहलाई कारवाहीको तयारी थालेको छ ।
कांग्रेसको अनुशासन समितिले पार्टीको विधानअनुसार कारवाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको हो । प्रक्रियाको सुरुआतमा कांग्रेसले सभासद् सिंहलाई स्पष्टिकरण सोधेको छ । यदि स्पष्टिकरण नदिए अथवा चित्तबुझ्दो जवाफ नआए पार्टीले विधान अनुसार अनुशासनको कारवाही गर्ने तयारी गरिरहेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव ऋषिकेश तिवारी बताउनुभयो ।
मुख्य सचिव ऋषिकेश तिवारीका अनुसार पार्टी अनुशासन समितिले सभासद् सिंहलाई कैलाली जिल्लामा सामाजिक सद्भावमा खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएकोले स्पष्टीकरणसहित कारवाही गर्न लागेको हो ।
कांग्रेसको विधान र नियमावली अनुसार अनुशासन समितिले कसूर हेरी सम्झाउने, चेतावनी दिने, निलम्बन वा पार्टी सदस्यताबाट निष्काशन समेत गर्ने व्यवस्था छ । विधानको दफा ३४ को उपदफा १ (ख) अनुसार अनुशासन समितिले अनुशासनको कारबाही गर्नुपूर्व आफ्नो सफाइ दिने मौका अभियोग लागेका व्यक्तिलाई दिनुपर्छ ।
सोही दफाको उपदफा २ अनुसार, निलम्बन गर्दा बढीमा ६ महिना र निष्काशन गर्दा बढीमा तीन वर्षका लागि गर्न सक्छ । त्यस्तै पछिल्लो दल त्याग एेन अन्तर्गत संसदीय दलको नेताले सभामुखलाई अनुरोध गरे उनको सांसद पद पनि निलम्बन हुनसक्छ ।
यसै प्रक्रिया अनुसार अमेरशले पार्टीलाई नटेरी स्पष्किरण नदिए पार्टी र संसदबाट निष्काशित गर्न कांग्रेसको अनुशासन समितिले तयारी थालेको स्रोतले जनायो । यसअघि बुधबार कांग्रेसले सभासद् सिंहलाई २४ घण्टे स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफ अहिलेसम्म अमरेशकुमारले दिएका छैनन् ।
dainiknepal.com
काठमाडौं, १० भदौ । काठमाडौं आएकी प्रेमिकालाई एक युवकले गेष्ट हाउसमा लगेर हत्या गरेका छन् ।
प्रेमिकाको हत्याकोे अभियोगमा सिन्धुलीका २७ वर्षीय अविनाश थिङलाई प्रहरीले पक्राउ गरेको छ ।
अविनाशले विहीबार बिहान काठमाडौंको गौशालास्थित ‘होटल गौशाला’को कोठामा १८ वर्षीया प्रेमिका सोनिया श्रेष्ठलाई रुमालले घाँटी बाँधेर मारेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
थिङले सर्लाही पथ्थरकोटकस्थित श्रेष्ठकै घरमा ज्यामी काम गर्दै आएको र उनीहरुबीच तीन वर्षयता सम्बन्ध रहँदै आएको प्रहरीले जनाएको छ ।
उनीहरु सर्लाहीबाट गत विहीबार काठमाडौं आएका थिए । श्रेष्ठले थिङलाई पहिलो श्रीमती छोडेर आफूसँग विवाह गरी काठमाडौंमा बस्न दबाब दिएपछि झगडा हुँदा थिङले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ ।
तत्काल फरार थिङलाई प्रहरीले काठमाडौं मेडिकल कलेज अस्पताल सिनामंगलबाट पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
काठमाडौ, १० भदौ ।
प्रस्तावित ७ प्रदेश र त्यसको सीमाकंनविरुद्ध आन्दोलनरत चार दलीय मधेसी मोर्चाका नेताले तराईमा भइरहेको आन्दोलनमा सहयोग गर्न भारत सरकारलाई आग्रह गरेका छन् ।

गत मंगलबार भारतको उत्तर प्रदेशमा भारतीय जनता पार्टीका लोकसभा सदस्य एवं पूर्व मुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आग्रह गरेका हुन् ।
गत मंगलबार संघीय समाजवादी फोरम नेपालका उपमहासचिव एवं सभासद अभिशेक प्रताप शाह, तमलोपा नेता बृजेशकुमार गुप्ता र सद्भावना नेता नरसिंह चौधरीले लोकसभा सदस्य पालमार्फत प्रधानमन्त्री मोदीलाई पठाएका हुन् ।

विजेपी नेता तथा लोकसेवा सदस्य जगदम्बिका पालसँग सहयोगका लागि अपिल गरेपछि सामूहिक तस्विर खिचाउँदै सद्भावना पार्टीका नर्सिङ चौधरी, तमलोपाका बृजेशकुमार गुप्ता, संघीय समाजवादी फोरम नेपालका अभिशेकप्रताप शाह
आफूहरुले आन्दोलन केका लागि र किन आवश्यक पर्यो भन्ने दस्तावेज नेता पालमार्फत मोदीलाई पठाएको संघीय समाजवादी फोरम नेपालका उपमहासचिव अभिशेख प्रताप शाहले टेलिफोनमा बताए । ‘कांग्रेस, एमाले माओवादीका नेता आर्शिवादका लागि गएका थिए भने हामी पनि आर्शिवादकै लागि गएको हो, शाहले भारत जानुको उद्देश्य खुलाउँदै नागरिकन्युजसँग भने ।
‘हामीले आन्दोलन किन र के लागि भन्ने दस्तावेज उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री जगदम्बिका पालमार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई पठाएका छौं, उनले भने । आन्दोलनमा भारतबाट घुसपैठ भयो भन्ने गृहमन्त्री बामदेव गौतमको टिप्पणीप्रति साहले आक्रोश पोखे । बामदेव पागल होु, उनले भने । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१० भदौ, काठमाडौं ।

कांग्रेस नेतृ सुजाता कोइरालाले हत्या हिंसा लगायतका मानवता विरुद्धको अपराधमा संलग्न भएको पाइए प्रधानमन्त्री नै भएपनि हदैसम्मको कारबाही गरिनु पर्ने बताएकी छिन् ।

संविधानसभाको बैठकमा बोल्दै कांग्रेस नेतृ कोइरालाले कौलालीको टिकापुरमा भएको हिंसात्मक घटनालाई लिएर त्यस्ता खाले अमानबीय घटना घटाउन संम्लग्न हुने व्यत्ति चाहे त्यो साधारण मानीहोस् चाहे त्यो मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्री नै किन नहोस कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनु पर्ने धारणा राखिन् ।

सभासदहरु पनि पदिय मर्यादा र अनुशासनमा रहनु पर्ने भन्दै कोइरालाले पदिय मर्यादा र अनुशासन बिपरित साम्प्रदायीक कुरा गर्दै हिड्ने र सामाजीक सद्भाव खल्बल्याउन भुमिका खेल्ने सभासदलाई समेत कारबाहीको दायरामा ल्याउन नेतृ कोइरालाले आग्रह गरिन् ।

नेतृ कोइरालाले जनआन्दोलनका उपलब्धीहरु गणतन्त्र, संघियता समानुपातीक समावेशी लोकतान्त्रीक मुल्य र मान्यता जस्ता विषय संविधानमा असंसोधनीय हुनु पर्ने जिकिर गरिन् ।

लोकतान्त्रीक मुल्य र मान्यतामा कुनै किसिमको संझौता हुन नसक्ने समेत कोइरालाले स्पष्ट पारिन् । उनले भनिन्, दलित समुदायका स्थानीय तहदेखि केन्द्र सम्म हरेक क्षेत्रमा १४ प्रतिशत बिशेष अधिकार हुनुपर्छ । जनजाती, आदीवासी, मुस्लीम र मधेशी समुदायका लागी संवैधानीक आयोग गठन हुनुपर्छ । आयोग गठन भए पछि मात्रै सबैका अधिकार सुनिश्चित हुन्छ । अहिले देखिएका समस्या समाधान गर्ने यो नै उपयुक्त विकल्प रहेको नेतृ कोइरालाको भनाइ छ ।


कोइरालाले पाँच बिकास क्षेत्रलाइ पाँच प्रदेश बनाउदा सबैले स्वीकार गर्न पनि सक्ने स्पष्ट पारिन् ।
nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
प्रचण्ड. शेरबहादुर र प्रधानमन्त्रीलाई प्रश्न: "थारुले हतियार उठाए के होला ?''

काठमाडौँ, १० भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका नेता लक्ष्मण थारुले हिम्मत भए आफुलाई मारेर देखाउन सरकारलाई ठाडो चुनौती दिएका छन् । उनले आज फेसबुकमार्फत ‘थारु सर्वसाधारणलाई कुट्ने र घरमा आगो लगाउने’ काम भएको भन्दै यस्तो चुनौती दिएका हुन् ।

‘टीकापुरमै छु, हिम्मत छ भने मार हामीलाई। किन सर्वसाधारण जनतालाई कुट्छौ, किन थारुको घरमा आगो लगाउँछौं,’ उनले फेसबुकमा लेखेका छन्।  उनले टीकापुर घटनामा घुसपैठ नभइ थारुहरुको शान्तिपुर्ण प्रतिरोध भएको उल्लेख गरेका छन्। ‘आन्दोलनमा कुनै घुसपैठ भएको छैन, थारु आन्दोलन जनताको शान्तिपूर्ण प्रतिरोध हो । उनले लेखकका छन् ।


साथै थारुले आफुहरुले हतियार उठाउन बाध्य नपार्न समेत चेतावनी दिएका छन् । आक्रोशित भावमा उनले प्रधानमन्त्री सुशील कोइराला, एमाओबदी अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेर बहादुर देउवालाई ‘थारुले साच्चै हतियार उठाए के होला, याद गर ? भनेर आक्रोश पोखेका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुनसरी : सुनसरीको इटहरीस्थित एक होटलबाट प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकाहसहित दुई जोडीलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ।

यौनजन्य क्रियाकलापमा संलग्न इटहरी नगरपालिका-५ स्थित सपना होटलकी सञ्चालिका सपना श्रेष्ठसहित चार जनालाई इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक ऐेन अन्तरगत मुद्दा दर्ता गरी कारवाही शुरु गरेको हो।


इलाका प्रहरी कार्यालय इटहरीले विशेष सुराकीको आधारमा होटलहरुमा छापा मार्ने क्रममा दुई महिला तथा दुई पुरुषलाई आपत्तीजनक अवस्थामा फेला पारेको थियो।
इटहरीका केही होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयबाट गुनासो आउन थालेपछि प्रहरीले त्यस्ता होटलहरुमा निगरानी तथा चेकजाँच गर्न थालेको हो।
annapurnapost.com
गृहमन्त्रीले जेल हाल्नछन् भने तयार छौं
जनकपुरधाम : संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका नेता राजेन्द्र महतोले मधेसमा अब ‘गर या मर’को अवस्था रहेकोले जस्तोसुकै आन्दोलनका लागि पनि तयार रहन मधेसी जनतासमक्ष आह्वान गरेका छन् ।

विहीबार जनकपुरमा मोर्चाको नेतृत्वमा विभिन्न राजनीतिक दलहरुको सहकार्यमा भएको लाठी जुलुश प्रर्दशनमा सहभागी सद्भावना पार्टीका अध्यक्ष महतोले आक्रोशित हुदैं भने, ‘अहिले आन्दोलनमा पछि हट्यो भने कहिल्यै अधिकार पाइँदैन । त्यसैले अब वारपारको आन्दोलनमा लागौं ।’


मधेसका अन्य जिल्लाहरुको तुलनामा शान्तिपूर्ण रुपमा आन्दोलन भइरहेको जनकपुरमा मोर्चाका नेताहरु केन्द्रित भएपछि आन्दोलन आक्रामक बन्दै गएको छ ।

विहीबार हजारौंको संख्यामा गाउँगाउँबाट आएका सर्वसाधारणले पिडारी चोकबाट लाठी जुलुश प्रर्दशन गरेका थिए । जुलुशमा सहभागीको हौसला बढाउन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव सयौं कार्यकर्तासहित मोटरसाइकलमा नारा जुलुश लगाउँदै सहभागी भएका थिए ।


यता, विहीबारै जनकपुरमा उपेन्द्र यादवले पत्रकार सम्मेलनको गरी राज्यले आफुहरुलाई आतंककारी भनेकाले पक्राउ गरी कारबाही गर्न गृहमन्त्रीलाई चेतावनी दिएका छन् ।

‘गृहमन्त्री गौतमले कुरा गर्नुको साटो मलाई समातेर जुन जेलमा राख्न चाहन्छन् भने त्यसको व्यवस्थामा लाग्दा हुन्छ’, उनले भने, ‘त्यसका लागि म तयार छु ।’

अहिलेको आन्दोलन कुनै सम्झौता वा वार्ताले समाप्त नहुने भन्दै यादवले अब आफूहरुले मुक्ति वा मृत्युको बाटो रोजिसकेको र मधेससँग भएको सम्झौता कार्यान्वयन नभए यो आन्दोलन निर्णायक हुने बताए ।

सरकारले वार्ताका लागि आह्वान गरेर नाटक गर्नुको साटो मधेसबाट सेनालाई ब्यारेकमा फिर्ता पठाएर विगतमा मधेसी, आदिवासी, जनजातिसँग गरिएका सम्झौता कार्यान्वयनको प्रतिबद्धता गरे आन्दोलन स्वतः थामिने नेता यादवको भनाइ थियो ।


राज्यले मधेसी, थारु, जनजाति, आदिवासीसहित पछाडि पारिएका वर्गलाई आफ्नो जनता नठानेकै कारण आन्तरिक मामिलामा सेना परिचालन गरी  निन्दनीय काम गरेको यादवले बताए ।

मधेशलाई उपनिवेश बनाउने प्रयासलाई निरन्तरता दिन संघीयता विरोधी मस्यौदा ल्याइएकाले अब जनताले यसलाई बर्खास्त नगर्ने यादवको भनाइे थियो ।

यसै क्रममा मोर्चाका अर्का घटक तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संघीयता र पहिचानलाई थाती राखी मनोमानीरुपमा ढंगबाट संविधान जारी भए देशमा छुट्टै शक्तिको जन्म भइ गृहयुद्धमा जाने चेतावनी दिएका छन् ।
annapurnapost.com
बैंकका कर्मचारीहरूकै मिलेमतोमा कृषि विकास बैंक स्वयम्भू शाखाबाट झण्डै ३४ करोड रुपैयाँ हिनामिना भएको खुलासा भएको छ।
रकम हिनामिनाको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले बिहीबार बैंकका ९ जना कर्मचारी पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैंकको स्वयम्भू शाखाका प्रमुख सुमन भुजेल, लेखापाल गीता पन्त र शाखा अधिकृत केदारप्रसाद गौतम, सम्झना पोखरेल जेनी श्रेष्ठ, भरत बहादुर बाँनिया, सूर्य ब.लिम्बु, सन्दीप गुप्ता र राम कुमार कुम्हार छन्।
पन्त र गौतमले कोर बैंकिङ सिस्टम लागू नभएका शाखाहरुमा रेमिट्यान्सबाट रकम आएको देखाएर आफ्नो समूहले खोलेको नक्कली खातामा रकम जम्मा गरेका थिए। उनीहरुले २०७१ असारदेखि एक वर्षमा ५५ पटकमा गरी ३३ करोढ ८२ लाख ५ सय ७८ रुपैयाँ निकालेका सिआइबीले जनाएको छ।
कृषि बिकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा २०७१ असोजमा ४ जना मानिसहरुले काल्पनिक नाममा कीर्ते कागजात पेश गरी रेमिट खाता खोलेका थिए।
लेखापाल गीता पन्त र शाखा अधिकृत केदार प्रसाद गौतमको क्रमश: In putter र Authorizer को पासवर्ड प्रयोग गरी रेमिटेन्सको रुपमा देश भित्रका विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाएका थिए।

अनियमित तरिकाले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको उपत्यकाका विभिन्न ७ शाखामा त्यसैगरी काल्पनिक नाममा कीर्ते नागरिकता प्रमाण-पत्र पेश १० वटा खाता खोलेका थिए।
कृषि विकास बैंक बाहेकका अन्य ७ वटा बैंकहरुमा त्यसैगरी खोलिएका नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरेको अनुसन्धानबाट थाहा भएको सिआईबीले जनाएको छ।

बैंकलाई तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा हानी-नोक्सानी पुर्‍याएको सिआईबीले ठहर गरेको छ।

पक्राउ परेका मध्ये जेनी श्रेष्ठ र सम्झना पोखरेल प्रतिवादी केदार प्रसाद गौतमका श्रीमतीहरु, गीता पन्त स्वयम्भू शाखाकी लेखापाल, भरत बहादुर बानियाँ सोही शाखाका शाखा प्रबन्धक, सुमन भुजेल प्रतिवादी केदार प्रसाद गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम लुकाउन-छिपाउन सहयोग गर्ने सहयोगी, सूर्यबहादुर लिम्बु नक्कली खातावाल बनी ६ करोडभन्दा बढी भुक्तानी लिएका व्यक्ति, सन्दिप गुप्ता र राम कुमार कुम्हार प्रतिवादी केदार प्रसाद, गौतमले कसूर गरी प्राप्त गरेको मध्येको रकम हुण्डी मार्फत भारत पठाउन सहयोग गर्ने सहयोगीहरु रहेको प्रहरीले जनाएको छ।

प्रतिवादीहरु केदार प्रसाद गौतम, जेनी श्रेष्ठ, सम्झना पोखरेल र सुर्य बहादुर लिम्बुलाई जिल्ला झापा, काकडभित्ता स्थित नेपाल-भारत सीमा इलाकाबाट तथा अन्य प्रतिवादीहरुलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट पक्राउ गरेको बताएको छ।

अनुसन्धानबाट खुलेका तथ्यहरु:
क. नक्कली खाताहरु, खातावाल तथा रकम भुक्तानी सम्बन्धी
• कृषि विकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा कार्यरत शाखा अधिकृत केदार प्रसाद गौतम र रामेछाप जिल्ला डडुवा गा.वि.स.वडा नं. १ घर भई हाल भारत बस्ने राजिब थापा भन्ने कृष्णहरि थापाको आपराधिक योजना अनुसार केदार प्रसाद गौतम कार्यरत रहेको स्वयम्भू शाखामा २०७१ असोज महिनामा केही दिनको अन्तरालमा ४ वटा नक्कली खाता खोलिएको ।
• योजना अनुसार उल्लेखित खाताहरुमा अनियमित तवरले रकम जम्मा गर्ने, ट्रान्सफर गर्ने जिम्मेवारी केदार प्रसाद गौतमले तथा खातावालहरुको बन्दोबस्त गर्ने जिम्मेवारी कृष्णहरि थापाले एकापसमा बाँडफाड गरेको ।
• कृष्णहरि थापा विगत १४ बर्षदेखि भारतमा बसोबास गरी त्यहींको रासनकार्ड धारी समेत भएकाले निजैले भारतमा बसोबास गर्ने गरेका नेपाली मूलका व्यक्तिहरु पहिचान गरी खातावाल बन्न प्रेरित गरेको ।
• पछि अनुसन्धानको क्रममा खातावालहरु Trace नहुन् भन्नका लागि सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी नक्कली नागरिकता प्रमाण-पत्र खडा गरी KYC Form मा झूठो विवरण भरी भराई बैंकमा खाता खोलाएको ।
• KYC Form मा प्रयोग भएको हस्तलेखन प्राय एउटै व्यक्तिको रहेको, सम्पर्क नंबर र अस्थायी ठेगाना समेत एउटै रहेको, लगभग एकै समयमा खाता खोलिएको ।
• नागरिकता प्रमाण-पत्रमा सम्बन्धित खातावालको फोटो मात्र प्रयोग गरी बाँकी सबै विवरण झूठो देखिएको, केही नागरिकता प्रमाण-पत्रको जारी मिति समेत मिल्न गएको, नागरिकतामा उल्लेखित गा.वि.स. वास्तविक रुपमा अस्तित्व मै नरहेको, जारी भएको भनिएको सम्बन्धि जिल्ला प्रशासन कार्यालयसँग बुझ्दा तहाँबाट जारी नभएको पाइएको ।
• केदार प्रसाद गौतम र गीता पन्तको पासवर्ड प्रयोग गरी उल्लेखित खाताहरुमा देश भित्रकै विभिन्न १७ वटा Core Banking System (CBS) लागू नभएका कृषि विकास बैंकका शाखाहरुबाट रकम आएको देखाई बदनियत तवरले रकम जम्मा गर्ने तथा जम्मा भएको रकम कृषि विकास बैंकको पुतलीसडक, सातदोबाटो, मंगलबजार, न्यूरोड, रत्नपार्क लगायतका शाखाहरु तथा मेगा, सिभिल, लुम्बिनी, नेपाल इन्भेष्टमेन्ट, माछापुच्छ्रे लगायतका अन्य ७ वटा बैंकहरुमा खोलिएको नक्कली खाताको नाममा चेक जारी गरी २०७१ असोजदेखि २०७२ असारसम्म विभिन्न मितिमा पटक-पटक कुल ५५ कारोबार गरी चेक मार्फत रकम भुक्तानी लिई बैंकलाई कुल रु. ३३,८२,००,५७८/४२ ( तेत्तीस करोड बयासी लाख पाँच सय अठहत्तर रुपैंया बयालीस पैसा) भुक्तानी लिई बैंकलाई हानी-नोक्सानी पुर्‍याएको ।
• स्वयम्भू शाखामा खोलिएका ४ वटा नक्कली खाताका अतिरिक्त कृषि विकास बैंक कै उपत्यकाका रत्नपार्क, पुतलीसडक, मंगलबजार, सातदोबाटो लगायतका ७ वटा शाखाहरुमा विभिन्न १० वटा नक्कली खाताहरु खोलिएको ।
• यसैगरी मेगा, सिभिल, नेपाल इन्भेष्टमेन्ट, लुम्बिनी, माछापुच्छ्रे लगायतका ७ वटा बैंकहरुमा पनि नक्कली खाताहरु खोली कृषि विकास बैंकबाट जारी भएको चेक ECC (Electronic Cheque Clearance) मार्फत रकम भुक्तानी लिएको
• खातावालले रकम भुक्तानी लिइसकेपछि समझदारी अनुरुपको केही रकम खातावाललाई दिई केदार प्रसाद गौतम र कृष्णहरि थापाले बाँकी रकम आफुहरुले बाँडफाड गर्ने गरेको ।
• २०७२ असार १० गते प्रतिवादीहरु केदार प्रसाद गौतम, राजिब थापा भन्ने कृष्णहरि थापा, विभिन्न खातावालहरु बैंकलाई लगभग रु. ३४ करोड नोक्सानी गराई फरार भएको ।


ख.  अनुसन्धानलाई Mislead गर्न प्रतिवादी केदार प्रसाद गौतमले अबलम्बन गरेका उपायहरु
• केदार प्रसाद गौतमले आफ्नी श्रीमती सम्झना पोखरेललाई अमेरिकी डि.भी. चिठ्ठा परेको र केही समयपछि कार्यालयबाट राजिनामा गरी सपरिवार अमेरिका जाँदैछौं भनी आफु कार्यरत स्वयम्भू शाखा, कृषि विकास बैंकको मुख्य कार्यालयका सहकर्मी तथा आफ्ना नजिकका आफन्तहरुलाई जानकारी गराएको ।
• योजना मुताबिक नै २०७१ चैत्रमा श्रीमती सम्झना पोखरेल र छोराछोरी समेत अमेरिका तर्फ उडेको भनी हल्ला चलाई भारतको पश्चिम बंगाल राज्यको दार्जलिङ जिल्लाको सिलिगुढीमा अपार्टमेन्ट भाडामा लिई छोरालाई त्यहींको स्कूलमा भर्ना गरी बसोबासको व्यवस्था मिलाएको ।
• राजिव थापा भन्ने कृष्णहरि थापाको सहयोगमा आफुले प्रेम शर्माको नाममा तथा श्रीमती सम्झना पोखरेलले सुनिता शर्माको नाममा भारतीय राशनकार्ड बनाएको  र त्यसैको आधारमा बैंक खाता समेत खोलेको तथा जग्गा जमिन समेत खरीद गरेको हुनसक्ने ।
• श्रीमतीलाई भारतमा पठाएपछि आफु लाजिम्पाट, काठमाडौंमा अपार्टमेन्ट भाडामा लिई कान्छी श्रीमती जेनी श्रेष्ठसँग बसोबास गर्ने गरेको ।
• पोर्चुगलको Resident Card धारी झापाकी जेनी श्रेष्ठसँग विवाह गरी तेज बहादुर थापा कै नामको राहदानी मार्फत युरोप जाने तयारीमा रहेको तर आफन्तजन र साथीहरुलाई आफु अमेरिका जाँदैछु भन्ने सन्देश दिन आफ्नो तथा श्रीमतीको नाममा रहेको चल, अचल सम्पत्ति बिक्री गरेको, सापटी लिएको रकम केही फिर्ता गरेको ।
• जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरु तथा लेखनदास समेतको कीर्ते कागजात खडा गरी तेज बहादुर थापाको नाममा नागरिकता प्रमाण-पत्र र राहदानी प्राप्त गरी आफुलाई केदार प्रसाद गौतमबाट तेज बहादुर थापामा परिणत गरेको ।
• तेज बहादुर थापा कै नाममा प्रतिवादी केदार प्रसाद गौतमले सेन्चुरी बैंक, भक्तपुर शाखामा खाता खोली रु. ३५ लाख भन्दा बढी रकम जम्मा गरेको ।

ग.    कसूर गरी आर्जन गरेको रकम व्यवस्थापन
• खातावालले भुक्तानी लिएको रकमको व्यवस्थापन गर्न केदार प्रसाद गौतम निरन्तर जसो काठमाडौं-भद्रपुरको उडान मार्फत पूर्व जाने तथा त्यहींबाट भारत, सिलिगुढी जाने गरेको ।
• राजिब थापा भन्ने कृष्णहरि थापा पनि रकमको व्यवसस्थापन गर्न राम कार्कीको नाममा नियमित जसो नै काठमाडौं-भद्रपुरको उडानबाट पूर्व गई त्यहीबाट भारत, सिलिगुढी जाने गरेको ।
• प्रतिवादी केदार प्रसाद गौतम तथा निजकी श्रीमती सम्झना पोखरेलले केही जग्गा-जमिन सुमन भुजेलको नाममा पास गरिदिएको, ठूलो रकम सापटी दिएको तथा आफ्नो गाडी समेत निजै प्रतिवादी सुमन भुजेलको नाममा नामसारी गरिदिएर निज सुमन भुजेल मार्फत कसूर गरेको सम्पत्ति लुकाउने-छिपाउने गरेको ।
• प्रतिवादी केदार प्रसाद गौतमले विशालबजार स्थित ओम गोल्ड हाउस, पसल नं १४, का प्रोप्राइटर सन्दिप गुप्ता तथा भारत राजस्थान निवासी राम कुमार कुम्हार मार्फत पटक-पटक गरी रु. ३ करोड हुण्डी गरी भारत, सिलिगुढी पठाएको ।
• प्रतिवादी सन्दिप गुप्ताले रु. ३५ लाख भन्दा बढी रकम तेज बहादुर थापाको नामको सेन्चुरी बैंकमा जम्मा गरी कसूरबाट प्राप्त सम्पत्ति लुकाउन-छिपाउन सहयोग गरेको ।
• यसका अतिरिक्त प्रतिवादी केदार प्रसाद गौतमको खर्चालु जीवनशैली, गरगहना खरीद, सापटी लिएकाहरुलाई फिर्ता गरेको, कर्जा तिरेको आदि कारणबाट केही रकम मासिसकेको अनुमान गरिएको ।setopati.com
जनकपुरधाम, भदौ १० ।  आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई सरकारले वार्ताका लागि पहल गरिरहेका बेला सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वार्ताको कुनै औचित्य नरहेको बताएका छन् । आफूहरुले कुनै नयाँ मागका लागि आन्दोलन नगरेको बताउँदै उहाँले विगतमा भएको आठ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले आफूहरुसँग भएको २२ बुँदे र आठ बुँदे मागलाई संविधानमा ठाउँ दिए तत्काल आन्दोलन रोकिने बताए । अहिले जारी आन्दोलन रोकिन तत्कालीन सरकारले आफूहरुसित गरेको सम्झौता आगामी संविधानमा सुनिश्चित हुनुपर्ने ‘बटमलाइन’ रहेको उनको भनाई छ ।

चार दलका केही नेताले व्यक्तिगत स्वार्थका लागि प्रस्तुत गरेको सङ्घीय संरचनाको खाका अन्तरिम संविधान तथा विगतका आन्दोलनहरुको भावना विपरीत रहेको उनको भनाइ छ ।

यसैगरी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अर्को घटक तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले छुट्टै पत्रकार सम्मेलन गरी विगतको आन्दोलनका उपलब्धि र सम्झौताहरु संविधानमा सम्बोधन गरिएमात्र आन्दोलन रोकिने बताएका छन् ।

www.etajakhabar.com
नयाँ दिल्ली: उपचाररत रहेका एक जना १० दिनको शिशुको मुसाले टोकेर ज्यान गएपछि दक्षिणी भारतको एक अस्पतालमा ठूलो हङ्गामा भएको  छ ।

उपचारका क्रममा दक्षिणी भारतको आन्ध्र प्रदेशस्थित एक सरकारी अस्पतालमा राखिएका ती शिशुलाई अस्पतालको श्ययामा नै मुसाले टोकेको थियो ।


ती शिशुकी आमाका अनुसार मुसाले टोकेर नै उनको ज्यान गएको थियो । पिसावसम्बन्धी समस्याको उपचार गराइरहेका ती शिशुको मृत्यु मुसाले टोकेकै कारण भएको प्रमाणित भएको छ ।


सो घटनापछि सरकारी अस्पतालमा हुने गरेको चरम लापरबाहीका विरुद्धमा व्यापकमात्रामा अस्पताल प्रशासनको विरोध भएको छ ।

आन्ध्र प्रदेशको गुन्टुर सरकारी अस्पतालमा सो घटना भएको थियो । उक्त घटनापछि सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरी कारबाही सुरु गरिएको बताइएको छ ।


सरकारी अस्पतालमा यसअघि पनि व्यापकमात्रामा लापरबाही हुने गरेका गुनासाहरु आउने गरेका थिए । यस्तै समाचारहरुकै बीचमा दुई दिनअघि यो घटनाको समाचार आएको छ ।

त्यसैले यस पटक पनि त्यहाँ व्यवस्थापनपक्षबाटै लापरबाही भएकाले अस्पतालमा भर्ना भएका बिरामीका आफन्तले व्यापक विरोध गरेका थिए ।

ती शिशुकी आमा चवली लक्ष्मीले नवजात शिशुको उपचार कक्षमा नै रहेका बेला उनको शिशुका हातका औँला गायब भएका र मुसाले नै खाइदिएकाले औँला हराएको जानकारी आफूले अस्पतालका कर्मचारीलाई दिएको बताएका थिए ।

उनले भने – मैले पटक–पटक अस्पताल प्रशासनको ध्यानाकर्षण गराउँदा पनि कसैले वास्ता नगरेपछि मुसाको टोकाइकै कारण मेरो बच्चाको निधन भएको हो ।

टेलिभिजन सम्वाददाताहरुलाई उनले भने – मेरो छोराको ज्यान यही अस्पतालकै कर्मचारीका कारण गएको हो, यहाँको लापरबाही डरलाग्दो रहेछ ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन् चन्द्रबाबु नाइडुले आफूले सो अस्पतालका तीन जना स्वास्थ्य अधिकारीलाई निलम्बन गरेको र कारबाहीका लागि अनुसन्धान समिति पनि गठन गरेको जानकारी दिए ।

मुसाले नै टोकेर यसरी अस्पतालमा रहेका शिशुको ज्यान गएको जानकारी पाउँदा आफूलाई निकै दुःख लागेको मुख्यमन्त्री नाइडुले ट्वीटरमा पोष्ट गरेका छन् । साथै उनले अबदेखि त्यस अस्पतालमा यस्तो दुर्घटना कहिल्यै नदोहोरिसो भनेका छन् ।

सो अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई सम्पर्क गर्न खोज्दा उनि सम्पर्कमा आउन नचाहेको समाचारमा जनाइएको छ ।
annapurnapost.com
कैलाली : कैलालीको टीकापुरमा प्रहरीको गोली लागेर एकजना गम्भीर घाइते भएका छन् ।

कर्फ्यूकोसमयमा मोटरसाइकलमा गइरहेका सुगरखाल गाविस–१ फलेबिसौनी निबासी २० वर्षीय जगतराम देबकोटा सशस्त्र प्रहरीको गोली लागेर गम्भीर घाइते भएका हुन् ।

कर्फ्यूमा मोटरसाइकल चलाइरहेका उनलाई रोकिन दिएको आदेश नमानी भाग्न खोज्दा सशस्त्रले गोली हानेको थियो ।
सशस्त्रले हानेको गोली पेटमा र खुट्टामा लागेका उनको अवस्था चिन्ताजनक रहेको छ । टीकापुर अस्पतालमा भर्ना गरिएका उनलाई त्यहाँ उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेजमा रेफर गरिएको छ ।
annapurnapost.com
प्रेमिकालाई भेट्न आउँदा प्रहरीको फन्दामा
पोखराः नेपाली कांग्रेसका स्थानीय नेता रामजी पौडेल बादलका हत्याका अभियुक्तहरुलाई बिहीबार प्रहरीले सार्वजनिक गरेको छ ।

कास्कीको लेखनाथ नगरपालिका १ का ५२ वर्षीय पौडेलको हत्या भएको दुई सातापछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । (कांग्रेस कास्कीका नेता रामजी पौडेलको हत्‍या)


प्रहरीले घटनामा प्रत्यक्ष संलग्न भएको अभियोगमा लेखनाथ १६ का कांग्रेस ईकाइ सभापति ३० वर्षीय राजु रानाभाट, तल्लो गगनगौडाका नेपाल आदिबासी जनजाति संघ लेखनाथका सभापति प्रकाश गुरुङ, तरुण दलका १२ वडाका सभापति विश्वास गौत्तम र सातमुहानका बले भन्ने अशोक गुरुङलाई समातेको हो ।

यसैगरी अभियुक्तहरुलाई भगाउन र लुकाउन सहयोग गरेको अभियोगमा तनहुँ दुलेगौडाका ३५ वर्षीय चन्द्रबहादुर थापामगर, नवलपरासी–१ सुनवलका २५ वर्षीय भरत पौडेल, गैडाकोट–२ का ३४ वर्षीय मिनबहादुर घले, गैडाकोट पुलचोकका २३ वर्षीय रविन क्षेत्री र रुपन्देही बेलहियाका ३४ वर्षीय वीरेन्द्रकुमार रानामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

छुट्टाछुट्टै स्थानबाट पक्राउ अभियुक्तविरुद्व कसुर अनुसार सजायका लागि कारबाही अघि बढाइएको कास्कीका प्रहरी प्रमुख हरिबहादुर पालले बताए ।


प्रेमिकालाई भेट्न आउँदा प्रहरीको फन्दामा
घटनाका मुख्य अभियुक्त प्रकाश गुरुङकी प्रेमिकालाई पछ्याएर मोबाइल ट्रेस गर्दै जाँदा समात्न सकिएको प्रहरीले जनाएको छ ।

घटनापछि भागेका अर्का अभियुक्त विश्वाससँगै देहरादून पुगे पनि प्रेमिकाकै लागि पोखरा फर्किएका गुरुङलाई लुकेको अबस्थामा पोखराको काजिपोखरीबाट प्रहरीले समातेको थियो ।

अर्का अभियुक्त गौतमलाई भारतको देहरादूनबाट समातेर ल्याइएको हो ।  अर्का अभियुक्त लेखनाथ–१२ का २४ वर्षीय रविन केसी भने फरार छन् ।

गौतम र गुरुङलाई भाग्नमा दुलेगौडा, नारायणगढ र भैरहवाका गुण्डाहरुले सहयोग गरेका अनुसन्धानमा खुलेको स्रोतले बतायो ।
‘गुण्डाहरुको जालो निकै ठुलो रहेछ, तिनीहरुले नै भाग्न मद्दत गरेका रहेछन,’ प्रहरी उपरीक्षक पालले भने ‘दोषीहरुलाई हदैसम्मको कार्वाहीको लागि प्रकृया अघि बढाइनेछ ।’

पालले अभियुक्तहरु छुटाउन कतैबाट दवाव नआएको जानकारी दिँदै कसैलाई पनि नछाड्ने बताए । ‘मुद्दा कमजोर पार्न, अभियुक्त छुटाउन अहिलेसम्म कसैले दबाब दिएको छैन,’ उनले भने ‘यदि कसैले दिन्छ भनेपनि त्यो बेकार हुनेछ । प्रहरीले कुनै हालतमा दोषीहरुलाई छाड्ने छैन ।’

नगर सभापतिलाई सार्वजनिक गरिएन
पीडितपक्षले घटनाका मुख्य योजनाकार भएको आरोप लगाउँदै आएका कांग्रेसका लेखनाथ नगर सभापति राजेन्द्रमणि लामिछानेलाई पक्राउ गरेपनि प्रहरीले सार्वजनिक गरेको छैन ।

‘लामिछानेविरुद्व अनुसन्धान भइरहेकोले सार्वजनिक नगरेका हौं,’ प्रहरी उपरीक्षक पालले भने ‘दोषी भेट्टिए कुनै हालतमा छुट पाउने छैनन् ।’

मृतक पौडेलका आफन्तले सभापति लामिछानेको उक्साहटमा हत्या भएको भन्दै पार्टीभित्र र सार्वजनिकरुपमा दोषीमाथि कारबाहीको माग गर्दै आएका छन् । घटनापछि सम्पर्कबिहीन लामिछानेलाई प्रहरीले लुकेर बसेको अबस्थामा पक्राउ गरेको थियो ।

कांग्रेस लेखनाथमा इमान्दार र सक्रिय नेताको छवि बनाएका ५२ वर्षीय रामजीको साउन २८ गते आफ्नै कार्यकर्ताले हत्या गरेका थिए । पार्टीमा संस्थापन र देउवापक्षधरको विवाद चर्केपछि देउवापक्षधर रामजीको हत्या भएको थियो ।

देउवा पक्षधर पौडेलको हत्यारालाई खोजी गरी कारबाही गर्नेतर्फ पार्टी र प्रहरीले चासो नदिएको भन्दै पीडितहरुले कांग्रेसको कास्की पार्टी कार्यालयमा तालाबन्दी गरेका छन ।
annapurnapost.com
कैलाली, १० भदौ– बिहीबार जिल्लाको टिकापुरमा निषेधाज्ञा जारी गरेको स्थानमा जबर्जस्ती देखा परेका एक पूरुषमाथि प्रहरीले गोली चलाएको छ ।
निषेधाज्ञा जारी गरिएको स्थानमा एक्कासि देखापरेका जगत देवकोटामाथि प्रहरीले गोली चलाएको हो । सो घटनामा प्रहरीले एकजना सुरक्षाकर्मीलाई पनि सामान्य घाइते भएका छन् ।
निषेधाज्ञा जारी गरेको ठाउँमा जर्बजस्ती देखिएका देवकोटालाई पटक–पटक सम्झाउँदा पनि नटेरेपछि उनलाई वाध्य भएर गोली प्रहार भएको प्रहरीको भनाई छ । घाइते देवकोटाको टिकापुर अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भैरहेको बताइएको छ । सो घटनापछि टिकापुर क्षेत्रमा फेरि सन्त्रास फैलिएको छ ।
अहिले टिकापुर क्षेत्र आसपास नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले कडा निगरानी गरिरहेको बताइएको छ ।
kathmandutoday.com
भक्तपुर, भदौ १० ।   आज बिहान परेको भीषण पानीका कारण आएको बाढीले भक्तपुर र मध्यपुर थिमि पूरै डुबानमा परेको छ । हनुमन्ते खोलामा आएको बाढीका कारण खोला आसपासका क्षेत्रहरुको जनजीवन निकै प्रभावित भएको छ ।

भक्तपुरको बस्तीमा बिहान ५ बजेदेखि र मध्यपुर थिमिमा बिहान नौ बजेदेखि बाढीको पानी पसेपछि धेरैले भागेरै ज्यान जोगाएका छन् । बाढी बस्तीभित्र पसेपछि अरनिको राजमार्ग, अस्पताल, विद्यालय, भूकम्पपीडितका अस्थायी शिविर, जगाती–च्याम्हासिंह क्षेत्र, भेलुखेल, राममन्दिर, बाराहीस्थानका घरहरु डुबानमा परेका छन् ।

भक्तपुर नगरपालिकास्थित महेश्वरी खेल मैदानमा रहेको भूकम्पपीडितको ८५० जना बस्दै आएको शिविर पूरै डुबानमा परेपछि बिहानैदेखि भागदौड मच्चिएको थियो ।

“बिहान ५ बजे सुतिरहेको शिविरमा एक्कासि पानी पसेपछि भूकम्पपीडितबीच भागदौड मच्चियो”, शिविरमा बस्दै आएकी राधिका त्वातीले भन्नुभयो – “कोही बच्चा बोकेर दौडिए, बूढाबूढीलाई कसैले घिसार्दै दौडिए, शिविरका केही सामान झिक्न पाइएन, ज्यान जोगाउनै मुस्किल प¥यो ।”

शिविरको बस्तीमा बसेका भूकम्पपीडितले कुनै सामान झिक्न पाएनन् भने नेपाली सेना र प्रहरीले शिविरका धेरैलाई उद्धार गरेका थिए । खोलाको बाढी सडक हुँदै बस्तीमा पसेपछि यस क्षेत्रका घरहरु एकतलासम्म डुबानमा परेका थिए । लत्ता कपडा र ओछ्यान डुबेपछि शिविरका बासिन्दाको बिचल्ली भएको छ ।

भक्तपुर नगरपालिका भएर बग्ने हनुमन्ते खोला क्षेत्र आसपासमा जगाते– च्यामासिंह सडकखण्डका दायाँबायाँका बस्ती, महेश्वरी क्षेत्र, हनुमानघाट, भेलुखेल, राम मन्दिर क्षेत्र, बाराही स्थान, सल्लाघारी, सिर्जनानगरका सयौँ घर, पसल एवम् कारखाना डुबानमा परेका छन् ।

भक्तपुरको शान्ति निकेतन मावि, शारदा प्रावि, बालसेवक निमावि, ब्राइटस्टार, परोपकारको भवन डुबेपछि पढाइसमेत अवरुद्ध भएको छ भने बाढीले सडक अवरुद्ध बनाएपछि धेरै विद्यालयको पढाइ प्रभावित भएको छ ।

भक्तपुरकै सिद्धिस्मृति अस्पताल, इवामूरा अस्पताल डुबानमा परेपछि बिरामीको उपचार समेत प्रभावित भएको छ । इवामुरा अस्पतालमा पानी पसेर डुबानमा परेपछि आकस्मिक सेवा र ओपिडी सेवा र कलेज नै बन्द गर्नुपरेको अस्पतालका प्रबन्धक रञ्जीत मारिकुले जानकारी दिनुभयो ।

त्यसैगरी, सिद्धिस्मृति अस्पताल पौडी पोखरीमा परिणत भएपछि उपचार प्रभावित भएको छ । अस्पतालको एम्बुलेन्सदेखि इमर्जेन्सीसम्म डुबानमा परेको छ भने, अस्पतालको भुइँतला सबै डुबानमा परेपछि उपचारसमेत प्रभावित भएको अस्पतालका प्रमुख श्यामसुन्दर धौभडेलले जानकारी दिनुभयो । अस्पतालको जेनेरेटरदेखि प्राविधिक सामग्रीहरु डुबानमा परेपछि रु दुई करोड बराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

यता बिहान ९ बजे मध्यपुर थिमिमा बाढी पसेपछि यहाँका तीन सय ५० घर डुबानमा परेका छन् । बिहान ९ बजे बस्तीमा बाढी पसेपछि यहाँका बासिन्दा ज्यान जोगाउँदै भागेका छन् भने धेरै मानिस माथिल्लो तलामा गएर बसेका छन् ।

मध्यपुर थिमि नगरपालिका क्षेत्रको निकोसेरा, राधेराधे, चक्रवर्ती मार्ग पूरै डुबानमा परेको छ । चक्रवर्ती मार्गका स्थानीय बासिन्दा राधिका थापाले खाना खाएर बच्चालाई विद्यालय पु¥याउन जाँदासम्म केही नभएको तर बच्चालाई स्कुल पु¥याएर आउँदा घर एक तला डुबिसकेको बताउनुभयो ।

राधेराधे बस्ने दुर्गा खड्काले बस्तीको पहिलो तला पूरै डुबानमा परेपछि धेरैले घर छाडेर निस्केको, केही घरको माथिल्लो तलामा गएर बसेको बताउनुभयो । बस्तीमा घरभित्र परेका बच्चालाई प्रहरी वृत्त थिमिका प्रहरीले उद्धार गरेर बाहिर निकालेका थिए । बिहान ११ बजेसम्म मध्यपुर थिमि क्षेत्रमा पानीको सतह बढ्दै गएको थियो ।

वर्षाले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको पलाँसेमा पहिरो जाँदा करिब पाँच घन्टा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा उपत्यकाबाट रामेछाप, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायतका जिल्ला जाने सवारी साधन र उताबाट उपत्यका आउने सवारी साधन बीचमै रोकिँदा सयौँ यात्रु अलपत्र परेका थिए । डोजरले पहिरो पन्छाएपछि सडक ९ बजे खुलेको थियो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
अनिल बस्नेत
अध्यक्ष  
शिवसेना नेपाल
लामो समयदेखि यहाँहरु हिन्दुराष्ट्रको माग गर्दे आउनु भएको छ तर हिन्दुराष्ट नहुँने छाँट देखियो नी ?
हामी नेपाली हौ । हाम्रो धर्म र संस्कार छुट्टै छ । जस्तो हामी नेपालीको संस्कार छ, त्यही प्रकारको विधि र ब्यक्तिको स्वार्थका लागि हामीले यो माग गरेका

कानुन निर्माण गर्नु राज्य संचालकको दायित्व हुन्छ । नेपाली समाजको चरित्र हिन्दुधर्म ग्रन्थमा आधारित छ । तर दुर्भाग्य आज त्यही चरित्रको हत्या गरिदैछ । नेपाल सदियौ देखि हिन्दु दर्शनबाट चलेको छ । रिति रिवाज यस्तै छ । नेपाल एउटा स्वर्गभूमी हो । नेपाली समाजको चरित्र नै हिन्दुधर्मसँग गाँसिएको हुनाले शिवसेना नेपालले हिन्दु राष्ट्रको माग गरेको हो । हामी नेपालबाट विश्वलाई शान्तिको मार्गमा हिडाउने प्रयत्नमा छौ ।
होइनौ । दिर्घकालिनरुपमा नेपालीको हित होस भन्ने हाम्रो चाहाना हो । तर यहाँका राज्य सञ्चालकहरु केही विदेशीको स्वार्थमा हिडेर हिन्दु संस्कार नष्ट गर्ने प्रयत्नमा छन् । एउटा सानो कुरा माओवादीले १३ हजार मान्छे मारेर सत्तामा आयो । यदि हिन्दु राष्ट्रका लागि हामीले आन्दोलन र हतियारको आडमा लड्ने हो भने कति विनाश हुन्छ त्यसको आकलन अहिलेका राज्य सञ्चालन गरिरहेका दलहरुले सोच्न पनि सक्दैनन् ।

अब के गर्नु हुन्छ यहाँहरुले ?
हिन्दु राष्ट्र अब शिवसेना नेपालको मात्र मुद्दा रहेन । ९० प्रतिसत भन्दा बढि नेपालीको साझा मुद्दा भइसकेको छ  । नेपालीको मागलाई यदि बेवास्था गर्ने हो भने हामी चुप लागेर बस्दैनौ । अहिले देश चलाइरहेकाहरुलाई ठुलो घातक हुन सक्छ । जनताको चाहाना कदर नगरे त्यसको परिणाम भोग्न दलका नेताहरु तयार रहन म चेतावनी दिन चाहान्छु । तर हाम्रो काम र कर्तब्य विनाश होइन
राज्य सञ्चालकका गतिविधि नेपालीको हितमा हुनु पर्दथ्यो । हाम्रो शक्तिपनि नेपालीकै हितमा छ । हामीले अहिले धैर्य गरिरहेका छौ । अरु पार्टी जस्तो हामीले आफ्नो स्वार्थका लागि जनता मार्ने काम गर्दैनौ । तर एउटा यस्तो समय आउँछ त्यो बेला यी विदेशी दलालले कारवाही पाउँछन् । अहिले नै उनीहरुको बुद्धि विर्काे उघारे राम्रो होला । शिव सेना नेपाल आज रगतको आँशु बगाएर बसेको छ । संविधानका नाममा नेपालीको पहिचान मेटिदैछ, हामी सहेर बसेका छौ । राष्ट्र विदेशीको इसारामा चलेको हामीले थाहा पाउँदा पनि चुप लागेर बसेका छौ । जनतालाई लडाई रहेका छन् तर पनि हामी चुप लागेर बसेका छौ । कति दिन अब रगतको आँशु बगाउने र चुप लागेर बस्ने ? अव चुप लागेर हामी बस्दैनौ, दलालहरुलाई कारवाही गरेरै छाड्छौ ।
कसरी दलहरु दलाल भए के प्रमाण छ ?
प्रमाण छ, जो हरेक नेपालीलाई थाहा भइसकेको छ । राजनीतिक दलका नेताहरु नेता होइनन् दलाल हुन् । विदेशीहरुको केही पैसामा उनीहरु बिक्रि भइसेका छन् । केही देशका केही ब्यक्तिबाट रकम खाएर उनीहरुले देश र नेपालीको पहिचान बेचिरहेको छन् । उनीहरुलाई एउटा कुरा थाहा रहेनछ, नेपालमा नेपाली आमालाई माया गर्ने धेरै छन् । जुन दिन नेपाली आमालाई माया गर्ने सपुतहरु आउँछन् त्यो दिन विदेशीको पैसा पचाउनु त परको कुरा उनीहरुले आफ्नो दाहसंस्कारको नशिव पनि पाउने छैनन् ।

तपाईहरुले जति भनेपनि धर्मनिरपेक्षता शब्द त संविधानबाट नहट्ने भयो ?

संविधान बन्ने नवन्ने कुरा हाम्रो महत्वको कुरा होइन । महत्वको कुरा त नेपालीको पहिचान बच्यो या बचेन भन्ने हो । हिन्दुराष्ट्र विनाको संविधान आएमा शिवसेना नेपालले टिक्न दिँदैन । हिन्दु राष्ट्र चाहने ९० प्रतिसतले सडकबाट आफ्नो संविधान लेख्छन् । अर्काे कुरा हामीलाई अब ज्यानको माया पनि छैन । जसले ज्यानको माया गर्छ उसलाई मर्नको डर हुन्छ  । शिवसेना नेपालले मृत्यु जितिसकेको छ । मृत्युसँग डर छैन । यसको आबास केही समयपछि राजनीतिक दलका दलालहरुले थाहा पाउनेछन् ।

तपाइहरुको संगठन कति ठुलो छ र ?

हाम्रो संगठन कति ठुलो छ भन्ने कुरा निकट भविश्यमै थाहा हुन्छ । नेपालमा मात्र हैन हाम्रा शाखाहरु विदेशमा पनि छन् । कतार, अस्टेलिया, अमेरिका केही दिनअघि भारतमा पनि विस्तार गरेका छौँ । नेपालीको पहिचान हिन्दुराष्ट बनाउन विदेशबाट पनि कम्मर कसीसकेको अवस्था छ ।

केही दलका नेताहरुले देश टुक्राउने अभिब्यक्ति दिइरहेका छन नी ?

मैले पनि मिडिया मार्फत थाहा पाएँ । नेपाली कांग्रेस र मधेशबादी दलका केही विदेशी दलालहरुले यस्तो भनेको थाहा पायौै । देश ट्क्राउने अभिब्यक्ति दिनेलाई तत्काल कारवाही गर्नु पर्दछ । उनीहरुलाई अहिले सडकमा जनताका अगाडी कारवाही गरिएन भने भोली हामी सडकमै उनीहरुलाई फाँसी दिन्छौ । नेपाली दाजुभाईहरुमा फाटो ल्याउने काम भइरहेको छ । दाजुभाइहरुलाई आपसमा भिडाउनेलाई तत्काल जनताले चिन्न जरुरी छ । उनीहरुले जुन ठाउँमा देश ट्ुक्राउने अभिब्यक्ति दिन्छन् सोही ठाउँमा फाँसीसम्मको सजाय दिन शिवसेना नेपाल अब तयार छ । हामीलाई जनताको साथ रहनेछ । हरेक दलभित्र दलाल छन् । कोही युरोयिनको दलाल छन् । कोही नजिकका छिमेकी देशका दलाल छन् । राज्य नै दलाल छ । यस्तो बेला देश बचाउनु हाम्रो कर्तब्य हो । जनता सचेत हुन जरुरी छ ।
yeskathmandu भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १० भदौ । इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ ‘घैंटे’का व्यावसायिक पार्टनरलाई प्रहरीले राजधानीबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको एक टोलीले घैँटेको सम्पत्ति अनुसन्धानका लागि भन्दै सहयोगी राजेश कार्कीलाई सोमबार पक्राउ गरेको हो । घैंटेको सहयोगमा कार्कीले ट्राभल एजेन्सी खोलेर १० देखि १२ करोड सम्मको अवैध कारोबार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेका कार्की लाजिम्पाटको फ्राइडे रेस्टुरेन्टका सञ्चालक हुन् ।

उनले घैँटेको आर्थिक कारोबार सम्हाल्दै आएको सूचना पाएपछि महाशाखाको टोली सोमबार होटल पुगेको थियो । प्रहरी अनुसन्धान अनुसार कार्कीको रेस्टुरेन्टमा ठेकदारहरूलाई बोलाएर घैँटेले धम्क्याउँदै असुली गर्दथे । धम्की आएपछि केही व्यापारीले त महाशाखामा उजुरी समेत दिएका थिए । त्यही उजुरीका आधारमा पनि प्रहरीले घैंटेका सहयोगी कार्कीलाई नियन्त्रणमा लिएको हो ।
करिब १० वर्षअघि सामान्य जागिरे रहेका कार्कीको नाममा हाल करोडौँको सम्पत्ति पनि भेटिएको छ । घैंटेको सम्पत्तिको अपराध महाशाखाले नेपाल राष्ट्र बैंक र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार घैँटेसँग करोडौँको सम्पत्ति भएको भनिएपनि उनको नाममा थोरै मात्र भेटिएको छ । सहयोगी र आफन्तका नाममा पनि गुन्डागर्दीबाट कमाएको रकम जम्मा गरेको हुन सक्ने भन्दै महाशाखाले घैंटेको सम्पत्तिको छानबिन थालेको हो ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
फोटो :रासस
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी सहर पसेर बगाउँदै गरेका एक व्यक्तिलार्इ बचाउँदै स्थानीयबासी

फोटो :सौजन्‍य: सिद्धि प्रधानाङग
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीले डुबानमा परेको सिद्धि अस्पताल परिसरमा रहेको कार।
www.annapurnapost.com
काठमाडौं, १० भदौ । नेपाली बजारमा बुधबार ८ रुपैयाँले घटेको सुनको भाउमा विहीबार पनि गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार मूल्य घटेसँगै बिहीबारका सुन तोलाको ५० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
बुधबार सुन तोलाको ५१ हजारमा कारोवार भएको थियो भने मंगलबार ५१ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो । दुई दिनको अन्तरमा सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो ।
चाँदीको भाउ पनि बिहीबार तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार बजारमा चाँदी तोलाको ६ सय ७० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी तोलाको ६ सय ८१ रुपैयाँमा किनबेच भएको थियो ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home