• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१ पुस, जनकपुरधाम ।

देशको पहिलो महिला राष्ट्रपती विद्यादेवी भण्डारी जनकपुर पुगेकी छिन् ।

जनकपुर धाममा आज हुने विवाह पञ्चमी समारोहमा सहभागी हुन राष्ट्रपती भण्डारी सेनाको हेलीकप्टरमा त्यहाँ पुगेकी हुन् ।
राष्ट्रपती आउने भएपछि मोर्चाका कार्यकताले हिजो देखी नै विरोध गर्दै आएका थिए । आज विहान पनि विरोध जारी रहेका कारण जनकपुर तनावग्रस्त रहेको छ।

मोर्चाका कार्यकर्ताले विरोध गर्ने भएपछि सुरक्षा व्यवस्था अत्यन्त कडागरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी सहित सेनाको बख्तरबन्द गाडी समेत तयारी अवस्थामा राखिएको छ ।nepaliheadlines
काठमाडौं । लोकमानले फेरि एकचोटी अख्तियारको आँगनलाई दुरुपयोग गर्दैछन् । राज्यले पदीय जिम्मेवारी वहनका क्रममा उपयोग गर्न भनी सुविधानमा दिएको सरकारी निवासबाटै दुई वर्षअघि जेठी छोरी अन्माए । फेरि आइतबार उनले कान्छी छोरीलाई त्यहीँबाट अन्माउन अख्तियरबाटै टीकाटालो गरेका छन् ।
नेपालको तस्करी साम्राज्यका कुख्यात पात्र मानिने व्यापारी रोहिणी थपलियाका छोरालाई जेठी छोरी डा. आध्यासिंह अन्माउँदा गरेभन्दा पनि चर्को अत्याचार यसपटक गर्दैछन् । कसरी भने, अख्तियारका सहसचिव श्रीधर सापकोटाको परिपञ्चमा एन्फा अध्यक्ष गणेश थापाले गरेका विदेशी मुद्रा अपचलनको मुद्दामा क्षेत्राधिकार मिचेर अख्तियारले सफाइ दिएको थियो ।
यतिबेलासम्म त फिफाले नै गणेश थापालाई डामिसकेको छ । तर, उतिबेला लोकमानले क्षेत्राधिकार मिच्नुको कारण पनि यतिबेला झल्किएको छ कि गणेश थापाकी जेठी दिदीका छोरा प्रणयसँग लोकमानकी कान्छी छोरी आकृति अख्तियारको आँगनबाट अन्मँदै छिन् । जनआस्था साप्ताहिकमा खबर छ ।
dainiknepal
बुधबार, १ पुष
परासी । नवलपरासीको पहाडी क्षेत्रका अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारमा जाने गरेको तथ्याङ्क यहाँ सार्वजनिक भएको छ ।
पहाडी–१७ गाविसका ९० प्रतिशत युवायुवती वैदेशिक रोजगारमा गएको र वैदेशिक रोजगारमा जानेमा युवतीभन्दा युवाको सङ्ख्या निकै बढी रहेको आप्रवासन कामदारको क्षेत्रमा काम गर्ने संस्था इन्द्रेणी विकास मञ्च र हिमालयन सामुदायिक विकास मञ्च हिकोडेफ ९सामी परियोजनाले सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
तथ्याङ्कअनुसार विशेषगरी पहाडी नरम गाविसमा रहेको ४५० घरधुरीमध्ये १२० भन्दा घरका युवायुवती रोजगारीका लागि विदेश गएका छन् ।
परियोजनाले पछिल्लो समय एक हजार ८८५ जनालाई परामर्श दिएको, पासपोर्टमा फसेका र विदेशमा मृत्यु भएका कामदारका परिवारलाई क्षतिपूर्ति दिलाउन पहल गरेको जनाएको छ ।
nepalsandesh
मुम्बई । पूर्व पोर्नस्टार एवं बलिउड अभिनेत्री सन्नी लियोनी आपतमा परेकी छिन् ।
आफ्नो फिल्म मस्तीजादेको एक गीतका लागि थाइल्याण्डमा नाङ्गिएर डान्स गर्दैगर्दा फ्यानले घेरा हालेपछि सन्नी आपतमा परेकी हुन् । घेरा हालेपछि केहीबेर शुटिङ प्रभावित भएको छ । आयोजक स्थिती सम्हालेपछि फेरि शुटिङ सुरु भएको थियो ।
थाइल्याण्डको राजधानी बैंककमा गीतको भिडियोको बेला सन्नीले विकनी मात्रै लगाएकी थिईन् । र उनी कार सफा गरिरहेको सिनमा डान्स गरिरहेकी थिईन् । त्यहीेबेला उनको नाम लिँदै फ्यानहरु दौडिएर शुटिङस्थलमा पुगेका थिए ।
मस्तीजादे फिल्मका निर्देशकले स्थिती साम्य पारेर बल्ल बल्ल शुटिङ सक्काएका थिए । सन्नीको फिल्मको अर्काे महिना जनवरीमा रिलिज हुँदैछ ।
dainiknepal
मुस्ताङ: जिल्ला कारागार मुस्ताङमा शौचालय नहुँदा कैदीबन्दीलाई समस्या उत्पन्‍न भएको छ। उनीहरु रातको समयमा कोठाभित्रै बाल्टिनमा शौच गर्न बाध्य छन्।

कारागार परिसरभित्र शौचालय नहुँदा बाहिर खुल्ला चौरमा शौच गर्न कैदीबन्दी बाध्य छन्। उनीहरुले तत्काल शौचालयको व्यवस्था गरिदिन आग्रहसमेत गरेका छन् । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दीका कारण थप समस्या उत्पन्न भएको कारागार व्यवस्थापनले जनाएको छ।


कारागारभित्रै शौचालय नहुँदा कैदीबन्दीदेखि कार्यालयका सबै कर्मचारीलाई शौच गर्न समस्या भएको कारागारका जेलर ऋषिराम बरालले जानकारी दिए। उनका अनुसार ६ जनाका क्षमता रहेको कारागारमा अहिले दुई महिला र ६ पुरुषसहित आठजना कैदीबन्दी छन्।

'शौचालयको एकदमै समस्या छ, कैदीबन्दी रातको समयमा बाल्टिन र विभिन्न भाडामा शौच गरिरहेका छन्', जेलर बरालले भने, 'यसका लागि कारागार व्यवस्थापन विभागसँग कुरा भए पनि काम हुन सकेको छैन।'

कैदीबन्दीले आफूहरुलाई सरकारले थप अन्याय गरेको गुनासो व्यक्त गरेका छन्। जीर्ण भवनमा बस्दा समस्या उत्पन्न भएको बताइएको छ। धेरै समय पहिला निर्माण गरिएको भवनमा अहिले तीनवटा कोठा मात्र रहेका छन्। त्यसैमा कैदीबन्दी कोचिएर बस्न बाध्य भइरहेको छ।

कारागारको चौतर्फी सुरक्षाका लागि पर्खाल, भवन र तारबारको लागि माथिल्लो निकायमा कुरा राखिए पनि पूरा हुन नसकेको जेलर बरालको भनाइ छ।
annapurnapost
काठमाडौं, पुस १ । आतंकवादीको हमलाको धम्की आएपछि अमेरिकाको लस एन्जलसका एक हजार भन्दा बढी सरकारी बिद्यालय बन्द गरिएको छ ।
जसका कारण सात लाख भन्दा बढी छात्र छात्रा प्रभावित भएका छन् । सामाजिक सञ्जाल मार्फत आतंकवादी हमलाको धम्की आएको भन्दै बिद्यालय बन्द गर्नुको बिकल्प नभएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।
यद्यपी धम्की कसले दिएको भन्ने खुलाइएको छैन । धम्कीको समाचार फैलिएपछि लस एन्जलसका प्रत्येक विद्यालयमा खानतलास गरिएको थियो ।
अमेरिकाको क्यालिफोर्नियामा भएको आतंकवादी हमलाको दुई सातापछि आएको यसप्रकारको धम्कीले अमेरिकामा उच्च सुरक्षा सर्तकर्ता अपनाइएको छ ।
यता धम्कीपछि आत्तिएका बिद्यार्थी र अभिभावकहरुलाई धैर्य धारण गर्न सुझाव दिइएको छ । (एजेन्सी)
imagekhabar
काठमाडौं, १ पुस । विवाहपञ्चमीका अबसरमा जनकपुरमा हुन लागेको विशेष कार्यक्रममा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी जान लाग्नुभएको छ ।
उहाँले जनकपुरमा हुने विशेष कार्यक्रममा सहभागी हुनुका साथै टीका तथा प्रसादग्रहण गर्ने राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
राष्ट्रपति भण्डारीको भ्रमणलाई लिएर जनकपुरमा उच्च सुरक्षा अपनाइएको छ । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको हेलिकप्टरबाट लगिने बताइएको छ ।
उता, आन्दोलनरत मधेसी मोर्चाले राष्ट्रपति भण्डारीलाई जनकपुरमा अबरोध गर्ने चेतावनी दिएको छ । विरोध स्वरुप जनकपुरका विभिन्न स्थानमा कालोझण्डा राख्नुका साथै विरोध गरिने मधेसी मोर्चाले जनाएको छ ।
यसअघि मंगलबार मधेसी मोर्चाले जनकपुरमा राष्ट्रपति भण्डारीको पुत्ला पनि जलाएको थियो ।
राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणलाई लिएर मधेसी मोर्चाको टाउको दुःखाइ भएको छ । भण्डारीले जनकपुरमा पुगेर विवाह पञ्चमी कार्यक्रममा सहभागी भए आफूहरूको आन्दोलन मत्थर हुने मधेसी मोर्चालाई डर रहेको स्थानीयको भनाइ छ ।
dainiknepal
काठमाडौं, १ पुस । संसदको राज्य व्यवस्था समितिको मंगलबारको बैठकमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले झपारेपछि कांग्रेसका सांसद अमरेशकुमार सिंह ‘मुसो’ बनेको चर्चा सांसदहरूले गर्न थालेका छन् ।
नेपाली सेनाको भूमिका र संगठनको व्यावसायिकतालाई लिएर सिंहदरबारस्थित संसद सचिवालयको काठेघरमा समितिको बैठक बसेको थियो । बैठकमा सेनालाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल केन्द्रित थियो ।
सोही बेला रक्षामन्त्री रावलले नेपालको नयाँ संविधान संसारकै उत्कृष्ठ भनेर अभिब्यक्ति दिएपछि सांसद सिंहले आपत्ति जनाएका थिए ।
सिंहले नेपालको संविधान कसरी संसारकै उत्कृष्ठ छ भनेर प्रश्न गर्दै मधेसी र थारु आन्दोलनका विषयमा कुरा राखेका थिए ।
सिंहले संविधानले सबैका माग सम्बोधन नगरेको भन्दै आपत्ति जनाएपछि रावल बैठकमा जंगिएका हुन् । उनले नेपाली सेनाका विषयमा विभिन्न टिकाटिप्पणी पनि गरेका थिए ।
जवाफमा रक्षामन्त्री रावलले कांग्रेस सांसद सिंहलाई हप्काउने शैलीमा संविधानको ब्याख्या गरेर सुनाएपछि बिवादले सामान्य रुप लिएको थियो ।
त्यसपछि सांसद सिंह काम छ भन्दै बैठकबाट बाहिरिएको प्रत्यक्षदर्शी एक सांसदले जानकारी दिए । सिंह मधेस आन्दोलनको पक्षमा छन् ।
dainiknepal
प्रमुख दलहरूले उच्चस्तरीय राजनीतिक समिति बनाएर तीन महिनापछि सीमांकनको टुंगो लगाउने एजेन्डामा छलफल गरिरहेका छन् । यद्यपि, मधेसी मोर्चा यसमा सहमत भइसकेको छैन । सीमांकनको फेरबदल कुन मोडलमा गर्ने भन्ने टुंगो लगाउनु नै जारी मधेस आन्दोलन व्यवस्थापनको मुख्य मुद्दा हो । ‘सीमांकनको मोडालिटी अहिले नै टुंगो लगाउँदा राम्रो हुन्छ । त्यसो भएन भने पनि सबै पक्षको विश्वासपात्रलाई मध्यस्थकर्ता राखेर निश्चित समयमा टुंगो लगाउन अनौपचारिक सहमति गर्न सकिन्छ,’ मधेस विश्लेषक तुलानारायण साहले  भने ।

संसद्मा दर्ता भएको संविधान संशोधनको दुईवटा बुँदामा मोर्चाले खोजेजस्तो भाषा राखेर उसलाई अनौपचारिक रूपमा सहमत गराउनु आन्दोलन व्यवस्थापनको अर्को उपाय हो । त्यसो गरेको अवस्थामा मोर्चाले राखेका चारमध्ये दुईवटा माग सम्बोधन हुन्छन् । त्यसो भए मोर्चाले प्याकेजमा छलफल गर्ने कुरामा लचकता अपनाउन सक्छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मोर्चाले राखेका ११ बुँदे माग र सरकारले प्रस्ताव गरेका तीन बुँदामा दुवै पक्ष गम्भीर हुनुपर्ने हो, तर अहिलेसम्म मोर्चाका माग र सरकारको प्रस्तावबारे औपचारिक रूपमा छलफल नै भएको छैन । सरकारले तीनबुँदे प्रस्ताव सीधै भारतलाई बुझाएर आफूलाई पूर्णत: ‘बाइपास’ गर्न खोजेको बुझाइ मोर्चाको छ । भारत आफैँ पनि मोर्चालाई ‘फोर्स ल्यान्ड’ गराउने मुडमा देखिन्छ । तर, प्रमुख दलहरूले मोर्चाको सहमतिविपरीत मंगलबार संसद्मा पुनर्निर्माण विधेयक र संविधान संशोधन विधेयक पेस गरेपछि वार्तामा बस्ने कि नबस्ने भन्ने द्विविधा सिर्जना भएको सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले बताए ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बुधबार, १ पुष
काठमाडौं । विप्लव नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले डिसहोमको अर्थ स्टेशनमा पेट्रोलबम प्रहार गरेका छन् ।
आज विहान माओवादीका कार्यकर्ताल डिसहोमको ललितपुर भैंसेपाटीस्थित अर्थ स्टेशनमा बम प्रहार गरेका हुन् । विहानै आधा दर्जनको संख्यामा रहेका माओवादी कार्यकर्ता भैसेपाटीस्थित डिस होमको कार्यलयमा पुगेका थिए ।
विप्लव नेतृत्वको माओवादीका प्रवत्ता खड्गबहादुर विश्वकर्माले घटना आफूहरुले घटाएको स्विकार गरेका छन् । उनले भारतीय च्यानल बन्द गर्न बारम्बार आग्रह गर्दा समेत अटेर गरेका कारण डिसहोमलाई कारवाही गरिएको जनाए । विश्वकर्माले डिसहोमले अझै अटेर गरे यो भन्दा ठूलो कारबाही भोग्न डिसहोमलाई चेतावनी समेत दिए ।
बम प्रहारपछि डिस होमको प्रसारण बन्द भएको छ । डिसहोमका प्रमुख कार्यकारी अधिकृत सुदीप आचार्यले टेलिभिजन प्रसारण बन्द भएको र वैकल्पिक उपायमार्फत पुनः प्रसारणको तयारी भइरहेको बताए ।
भारतले गरेको अघोषित नाकाबन्दी सँगै विप्लव नेतृत्वको नेकपा माओवादीले भारतीय टिभी च्यानल र फिल्न नचलाउन केबुल अपरेटर, डिसहोम तथा फिल्महलहरुलाई पत्र काटेको थियो ।
nepalsandesh
काठमाडौ । नेपाली सेनाले हातहतियार र गोली गट्ठा किन्न सरकारसंग साढे आठ अर्ब रुपौया माग गरेको छ ।
मंगलबार संसदको राज्य व्यवस्था समिति बैठकमा प्रधानसेनापति राजेन्दै क्षेत्रीले आठ वर्ष यता नेपाली सेनाले कुनै पनि किसिमाको हात हतियार नकिनेको भन्दै ८ अर्ब ६६ करोड रुपौया माग गरेका हुन। आजको नागरिकमा  समाचार छ।
nepalsandesh
काठमाण्डाै १ पूस । गृह प्रसाशनले माइतीघर मण्डलमा शनिबार बिहान भएको एउटा ज्यानै जानेसम्मको गम्भीर सडक घटनालाई गुपचुप राखेको छ ।  प्रहरीले दुर्घटनापछि गरिने सामान्य तर अनिवार्य प्रक्रियासमेत मिचेर त्यससम्बन्धी सूचना गोप्य राख्न खोजेको छ । अनियन्त्रित गाडी थापाथलीबाट हुइँकिदै
माइतीघरमण्डला घुमेर थापाथलीतिरै मोडिन खोज्दा दुर्घटना भइ उत्तानो परेको थियो ।
प्रहरी स्रोतका अनुसार दुर्घटनामा परेको बा १२ च ६१०० नम्बरको सेतो रंगको भक्सवागन कार एउटा मिडियाको नाममा छ । दुर्घटनाका प्रत्यक्षदर्शीका अनुसार गाडीमा दुई पुरुष र दुई महिला रहेपनि महिलाको परिचय प्रहरीले गोप्य राखेको छ । घाइतेलाई तत्कालै नर्भिक अस्पतालमा लगेर भर्ना गरिएपनि  अर्कै व्यक्तिको नाममा भर्ना गरिएको छ । प्रहरीसँग दुर्घटनाको कुनै रेकर्ड छैन् । अाजकाे नागरिक दैनिकमा समाचार छ ।
purbelinews
आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । बन्धुबान्धव र सन्ततिपक्षबाट सहयोग प्राप्त हुनेछ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रयासमा सफलता प्राप्त हुने दिन छ, तर प्रतिस्पर्धी र शत्रुले तपाईंको प्रतिष्ठामा आघात पुर्याउने प्रयास गर्दैछन्, विचार गर्नुहोला । ढिलै भए पनि चाहना र मनोकाङ्क्षा पूरा हुनेछन् । अन्ततः प्रतिष्ठित व्यक्तिले समेत तपाईको सराहना गर्नसक्छन् । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
उदयकालमा आयुक्षेत्रमा चन्द्रमा भए पनि डराइहाल्नु पर्ने दिन छैन । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि प्राप्त हुनेछ । साँझ परिवारमा रमाइलो जमघट हुनेछ । दिन छिप्पिंदै जाँदा हाँकेका ताकेका काममा सफलता मिल्दै जानेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
पारिवारिक जीवनमा सामान्य किचलो र विवाद हुने सम्भावना छ । दिनभरि तनावले मन रुमल्लिने समय छ । साँझमा केही सकारात्मकता देखिनसक्छ, त्यसैले धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । घरायसी समस्याका कारण बेलुकाको बास घरबाहिर हुने सम्भावना समेत छ । रामरमाइलो गर्न मन हौसिने योग छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
अपराह्नसम्म दिक्क र झर्को लाग्दो समय छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा ध्यान केन्द्रित हुनेछैन । गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुने योग छ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
बेलुकाका तुलनामा बिहानको समय लाभदायक छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीले खुसी तुल्याउने छन् ।  अपराह्नपछि अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । शरीरमा अचानक आलस्यपना देखापर्ने छ । निराशा र वैराग्यका भाव मँडारिन थाल्नेछन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरपरिवारमा खुसीको वातावरण आउने छ । बन्धुवान्धव र छर–छिमेकीले सहयोग पुर्याउने छन् । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । घरपरिवार र नातेदारमा सुमधुर सम्बन्ध कायम हुनेछ । बेलुकी दार्शनिक र आध्यात्मिक महत्त्वको जानकारी पाइने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज रोकिएका पुराना कामहरू बनाउने प्रयास हुनसक्छ, तर नयाँ कामधन्दा सुरु गर्दा उस्तो फाइदा हुने सम्भावना छैन । अरुमाथि भर नपर्नुहोला, ठूलो आशा देखाउनेहरूले धोका दिन सक्छन् । सङ्घर्षका साथ कामको चाप र दायित्व बढ्नेछ । अरुका जिम्मेवारी समेत वहन गर्नुपर्ने र नेतृत्व ग्रहण गर्ने योग छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्ध व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाउनुहुनेछ । भाइबहिनी वा सन्ततिका तर्फबाट खुशीको खबर प्राप्त हुने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
तपाईंको काममा आज कसैले सहयोग गर्ने सम्भावना छैन । मित्रवर्ग र बन्धुवान्धवले आआफ्ना बाध्यता तेर्साउन सक्छन् । नियमित भोजनको समेत अनुकूलता हुँदैन । पछाडि बसेर तपाईंका कुरा काट्नेहरूले खिसीट्यौरी गर्न छाड्दैनन् । कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
दिउँसोसम्म विभिन्न समस्याले मन खिन्न हुनेछ । त्यसपछि शरीरमा उत्साह देखिन सक्छ, राम्रो प्रतिफल प्राप्त गर्न सकिंदैन । साँझपख रमाइलोपन र विलासितातर्फ मन आकर्षित हुनेछ, व्यक्तिगत खर्च बढ्ने छ । प्रतिस्पर्धी र शत्रुले उकास्न सक्छन् । परपाहुनाको स्वागत सत्कार गर्नुपर्छ । बन्दव्यापार फाइदा छैन । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मना अधैर्यता र चञ्चलता देखिनसक्छ, के गरौं के नगरौं भइरहने छ । नोकरी, पशुपालन र कृषिव्यवसायमा सफलता भए पनि बेलुकाबाट चिन्तनमूलक काम र बौद्धिक क्षमतामा ह्रास आएको अनुभूति हुनेछ । व्यापारमा मन्दी छाउनेछ, अनि आनन्दप्राप्ति र भोगविलासमा मन केन्द्रित हुनेछ । पारिवारिक रमझममा धनखर्च हुनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बुधबार, १ पुष

तराईमा रहेका ५१ प्रतिशत जनसंख्याका आधारमा कूल निर्वाचन क्षेत्रको ५१ प्रतिशत क्षेत्र तहीँ हुनुपर्छ । त्यसो हुँदा आफ्नो रुचिअनुकूलका कानून निर्माण हुनसक्ने भारतको बुझाई छ ।
वैवाहिक अंगीकृत नागरिकता
वैवाहिक अंगीकृत नागरिकतामा भारतको चासो बढी छ । भारतका नीति निर्माता, कूटनीतिज्ञ र सर्वसाधारणसमेत यो मुद्दामा सरोकार राख्छन् ।
भारतबाट नेपाली मधेसीसंग विहेवारी हुने महिलाको नेपाली नागरिकता सुरक्षित हुनुपर्ने र एउटा निश्चित समयपछि राज्यको उपल्लो निकायमा पुग्ने मार्गप्रशस्त गर्नुपर्ने मधेशी दलको मागमा भारत सहमत छ ।
सीमांकनका मोडालिटी
तराईबाट बहुमत प्रतिनिधित्व हुने गरी निर्वाचन क्षेत्र कायम भएपछि सीमांकन जे जस्ता भए पनि फरक नपर्ने भारतीय बुझाइ छ । नीति निर्माण गर्ने स्थानमा तराईको प्रभाव हुने प्रतिनिधित्व हुँदा सीमांकनमा धेरै जोड भारतको छैन । भारतका तीनवटा वैकल्पिक मोडालिटी देखिन्छ ।
पहिलो झापादेखि पर्सासम्म एउटा, नवलपरासीदेखि कञ्चनपुरसम्म अर्को प्रदेश । दोस्रो, हालको प्रदेश नम्बर २ कायम रहने गरी पश्चिममा नवलपरासीदेखि कैलालीको एउटा क्षेत्र समेटिएको अर्को तराई प्रदेश र तेस्रो यो पनि नभए नवलपरासीदेखि बर्दियासम्मको थारु बाहुल्य नयाँ प्रदेश
मधेसीहरुले अहिले पहिलाे विकल्पमा जोड दिँदै आएका छन, तर भारतको बुँझाइमा तुलनात्मक रुपमा सबैलाई कम जोखिम हुने विकल्प तेस्रो हो । यसका लागि तराईबाट ५१ प्रतिशत निर्वाचन क्षेत्र सुनिश्चित हुनुपर्ने पूर्वशर्त भारतको छ । आजको नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh
संविधान प्रकरण
काठमाडौं: नेपालको संविधानप्रति चिसो र उदासीन रहँदै आएको भारत आफ्नो अडानमा जापानको अनुमोदन हासिल गर्न असफल भएको छ।

जापानी प्रधानमन्त्री सिन्जो आबेको हालै सम्पन्न भारत भ्रमणको अन्त्यमा जारी संयुक्त वक्तव्यमा नेपालको संविधानको 'अपूर्णता'लाई सम्बोधन गर्ने भारतको आग्रह जापानले अस्वीकार गरेको थियो।नेपालको आन्तरिक मामिलाबाट टाढा रहँदै आएको जापानले भारतको आग्रहलाई आफ्नो त्यही मान्यताअनुरूप अस्वीकार गरेको हो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भारतले जापानी प्रधानमन्त्रीको भ्रमणमा नेपालको संविधान अपूर्ण रहेको भन्ने आसयसहितको वक्तव्य जारी गर्ने संकेत पाएपछि कूटनीतिक च्यानलबाट जापानसमक्ष त्यसो नगरिदिन नेपालले आग्रहसमेत गरेको थियो।

जापानसमक्ष नेपालले संविधान आफ्नो आन्तरिक मामिला तथा जापान र भारतको द्विपक्षीय विषयभन्दा अलग विषय भएकाले त्यसबारे उल्लेख नगरिदिन गरेको निरन्तरको कूटनीतिक लबिङपछि मोदी-आबे संयुक्त वक्तव्यमा उक्त विषय उल्लेख नगरिएको कूटनीतिक स्रोतले बतायो।

टोकियोस्थित नेपाली राजदूत डा. मदनकुमार भट्टराईले जापानका केही मन्त्रीहरू र विदेश मन्त्रालयका उच्च अधिकारीसमक्ष भारत-जापान संयुक्त वक्तव्यमा नेपालको संविधानबारे उल्लेख नगरिदिन कूटनीतिक लबिङ गरेका थिए।'संविधान नेपालको आन्तरिक दस्ताबेज हो।

यसबारे भारत र जापानबीचको संयुक्त वक्तव्यमा उल्लेख हुनु आवश्यक छैन। त्यसो भएमा नेपालको मामिलामा अनावश्यक हस्तक्षेप हुनेछ,' राजदूत भट्टराईले जापानी प्रधानमन्त्री आबेको भ्रमणअघि जापानी अधिकारीहरूसँग भनेका थिए।

काठमाडौंस्थित जापानी राजदूत मासासी ओगावालाई डाकेर परराष्ट्र मन्त्रालयले आबेको भ्रमणमा संविधानबारे उल्लेख नगर्न अनुरोध गरेका थिए। नेपालको संविधानबारे मोदी-आबे वक्तव्यमा नपार्न राजदूत ओगावाले पनि भूमिका निर्वाह गरेको एक अधिकारीले बताए।
नेपालको आन्तरिक मामिलाबाट टाढा रहँदै आएको जापानले भारतको आग्रहलाई अस्वीकार गरेको हो।
'आबेको भ्रमणपछि जारी हुने वक्तव्यमा मोदीको बेलायत भ्रमणमा जस्तै नेपालको संविधानबारे उल्लेख हुँदैछ भन्ने सूचना कूटनीतिक च्यानलबाट आएपछि त्यसो हुन नदिन निकै मेहनत गरिएको थियो। कूटनीतिक प्रयास सफल भयो,' परराष्ट्र स्रोतले भन्यो।

नयाँदिल्लीस्थित नेपाली राजदूत दीपकुमार उपाध्यायले पनि भारतीय अधिकारीसमक्ष नेपालको संविधानको मुद्दाबारे संयुक्त वक्तव्यमा उल्लेख नगरिदिन पटकपटक आग्रह गरेका थिए।'नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको पहिलो मुलुक तथा भरपर्दो साझेदार भए पनि बेलायतले नेपालको लोकतान्त्रिक संविधानबारे भारतकै धारणालाई समर्थन गर्नु हामीलाई मान्य थिएन।

हामीले विरोध जनायौं। अब अहिले फेरि जापान र भारतबीचको वक्तव्यमा नेपालको संविधानबारे उल्लेख हुनु अर्को दुःखद अवस्था हुने थियो। त्यसो भएन। यसमा नेपालको कूटनीतिक लबिङ सफल भएको छ,' परराष्ट्रका अधिकारीले भने।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको एक महिनाअघि सम्पन्न बेलायत भ्रमणका क्रममा जारी भारत—बेलायत संयुक्त वक्तव्यमा नेपालको संविधान अपूर्ण रहेको भन्ने वाक्यांश उल्लेख गरिएको थियो। नेपालको संविधान समावेशी नभएको भन्ने भारतीय दाबीलाई बेलायतले समर्थन दिएको उक्त वक्तव्यले प्रस्ट्याएको थियो।

त्यसलगत्तै परराष्ट्र मन्त्रालयले वक्तव्य जारी गरी संविधान नेपालको आन्तरिक दस्ताबेज भएकाले बेलायत र भारतको संयुक्त वक्तव्यमा त्यसबारे उल्लेख गरिएकोमा आपत्ति जनाएको थियो।परराष्ट्रमन्त्री कमल थापाले बुधबार बेलायती विदेशमन्त्री फिलिप ह्यामन्डसँगको भेटमा नेपालको राजनीतिक परिस्थितिबारे बेलायतले स्वतन्त्र धारणा बनाउनुपर्ने विषयलाई उठाउने भएका छन्।

बेलायती विदेशराज्य मन्त्री ह्युगो स्वायरसमक्ष परराष्ट्रमन्त्री थापाले संयुक्त वक्तव्यमा उल्लेख भएको बुँदाप्रति आपत्ति जनाएका थिए।त्यस्तै काठमाडौंस्थित भारतीय राजदूतलाई मन्त्रालयमा डाकेर उनले भारत र बेलायतबीचको संयुक्त वक्तव्यमा नेपालको संबिधानबारे उल्लेख गरिएकोमा ध्यानाकर्षणसहित आपत्ति प्रकट गरेका थिए।

जापानले भूकम्पपछिको पुनर्निर्माणमा नेपाललाई उदार सहयोग गरेको छ। नेपालको संविधान जारी भएलगत्तै जापानी विदेशमन्त्री फुमियो किसिदाले नेपाललाई पूर्ण लोकतन्त्रतर्फ उन्मुख गराउन महत्वपूर्ण कदम भएको प्रतिक्रिया दिँदै संविधानको स्वागत गरेका थिए। उनले संविधान जारी भएकोमा नेपाली जनतालाई बधाई दिएका थिए।www.annapurnapost
खानपान र स्मरणशक्तिको पुरानो सम्बन्ध छ । विभिन्न अध्ययन पश्चात यो प्रमाणित भइसकेको छ कि उपयुक्त आहाराले स्मरणशक्तिलाई सँधैका लागी फुर्तिलो बनाइ राख्छ । तपाईको दिमागलाई ताजा बनाइ राख्ने मध्येको एउटा तत्व हो मुसुराको दाल । यसमा पाइने जिंक, भिटामिन बी र थियामिन दिमाग को तेज, केन्द्रित र ताकत बढाउँछ ।

त्यस्तै स्मरणशक्तिलाई तेज बनाउन पतिनाको पनि उत्तिकै महत्वपूर्ण भुमिका हुने गर्दछ । एमएसएनका अनुसार पतिनामा भिटामिन ए र भिटामिन सी पाइन्छ जस्ले स्मरणशक्तिको मात्रामा वृद्धि गर्दछ ।

तरकारीको परिकार मध्ये पनि काउलीलाई उत्तम मानिँदै आएता पनि यसलाई दिमाग बढाउने तरकारीका रुपमा पनि हेरिन्छ । यसमा हुने भिटामिनले बढ्दै गरेको दिमागलाई थप तेज बनाउँन मद्धत गर्छ । त्यस्तै गाजर डल्ले मुला र दालचिनी पनि दिमाग बढाउने चिज अन्र्तगत नै पर्दछन् । एजेन्सीको सहयोगमा । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, मंसिर २९ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले तत्काल देशको समस्या समाधान गर्ने चार बुँदे सूत्र अघि सारेका छन् ।
तराई–मधेसमा जारी आन्दोलन र सीमा नाकामा भारतले गरेको अघोषित नाकाबन्दी अन्त्यका लागि भन्दै भट्टराईले समाधानका सूत्र अघि सारेका हुन् ।
उनले फेसबुक पेजमार्फत ‘चार महिनादेखि तराई–मधेस आन्दोलन, तीन महिनादेखिको अघोषित भारतीय नाकाबन्दी, दुई महिनादेखिको नवगठित सरकारको चीरनिन्द्रा (भित्री सत्ता लुछाचुँडी)को मारमा भूकम्पपीडित लगायत सर्वसाधारण जनता अब थेग्नै नसक्ने जीवनमरणको दोसाँधमा पुगेको, देशको अर्थतन्त्र दशकौं पछाडी धकेलिएको र हालसम्म प्राप्त लोकतान्त्रिक उपलब्धिसमेत गुम्ने खतरा बढ्दै गएको असामान्य गम्भीर स्थितीमा तत्काल निकासका निम्ति’ भन्दै समाधानका उपाय सुझाएका हुन् ।
पहिलो नम्बरमा उनले सरकार र सरकार सम्बद्ध दलहरुले सीमांकन लगायतका सबै समस्या संविधान संशोधनमार्फत प्याकेजमा हल गर्ने ठोस प्रतिबद्धतासहित स्वतन्त्र व्यक्तिहरुको मध्यस्थतामा आन्दोलनकारीहरुसँग गम्भीर र सार्थक वार्ता थालनी गर्नुपर्ने जनाएका छन् ।
त्यस्तै दोस्रो नम्बरमा आन्दोलनकारी शक्तिहरुले आफ्नो माग र आन्दोलन कायम राख्दै आन्दोलनको रुप बदल्नुपर्नेमा उनले जोड दिएका छन् । यसका लागि आमहड्ताल/बन्द र सीमा अवरोधको सट्टा सरकार/प्रशासन केन्द्रीत वा सत्याग्रह प्रकृतिका आन्दोलन गर्न सकिने उनको सुझाव छ । त्यस्तै आन्दोलनको केन्द्र राजधानी बनाउने र सम्झौता नभएसम्म संसद/सदन संघर्ष जारी राख्ने विकल्प उनले अघि सारेका छन् ।
तेस्रो नम्बरमा नागरिक अगुवालगायत सबै समुदाय (खस/आर्य, आदिवासी, जनजाति, मधेसी, थारु) र सरोकारवालाहरुको संयुक्त पहल/नेतृत्वमा राजधानीमा समस्या समाधानमुखी प्रभावकारी सत्याग्रह प्रकृतिका कार्यक्रम गर्ने विकल्प उनले सुझाएका छन् ।
चौथो नम्बरमा उनले भारत सरकारसँग उच्चस्तरीय कुटनीतिक संवाद गर्ने र भारतले अघोषित रुपमा गरेको नाकाबन्दी अघोषित रुपमै फिर्ता लिने उनको सुझाव छ ।
imagekhabar
हिन्दु धर्ममा कुनै पनि काम गर्नका लागि शुभ अशुभ मुहुर्त विचार गर्ने गरिन्छ । ज्योतिषका अनुसार कुनै नक्षत्रमा शुभ कार्य गर्नु राम्रो मानिन्छ भने कुनै समयमा विशेष काम गर्नै नहुने समेत मानिन्छ ।

धनिष्ठा, शतभिषा, पूर्वा भाद्रपद, उत्तरा भाद्रपद एवं रेवती पनि यस्ता नक्षत्रको समूह हो । धनिष्ठाको प्रारम्भ सँगै रेवती नक्षत्र को अन्त सम्मको अवधीलाई पञ्चक भनिन्छ ।

बुधबार अर्थात पुस १ दिउसो करिव २ बजे देखि पञ्चक शुरु हुँदैछ । यो आगामी आइतबार साँझ करिव ७ बजे सम्म रहने छ । ज्योतिष शास्त्रमा पञ्चकलाई अशुभ समय मानिएको छ ।

पञ्चकको समयमा घरको छानो छाउन, खाट बनाउन वा इन्धन जम्मा गर्न तथा दक्षिण दिशामा यात्रा गर्नु अशुभ मानिन्छ ।
पञ्चकका प्रकार

१ रोग पञ्चक
आइतबार देखि शुरु हुने पञ्चकलाई रोग पञ्चक मानिन्छ । यो समयमा शारीरिक तथा मानसिक तनाव हुन सक्छ ।
२ राज पञ्चक

सोमबार शुरु हुने पञ्चकलाई राज पञ्चक भनिन्छ । यो शुभ पञ्चक मानिन्छ । सरकारी काममा सफलता पाउन चाहनेले यो पञ्चकमा शुरु गर्नु पर्छ ।

३ मृत्यु पञ्चक

शनिबार शुरु हुने पञ्चकलाई मृत्यु पञ्चक भनिन्छ । यो पञ्चकमा कुनै काम शुरु गर्दा घातक अर्थात मृत्यु समान अशुभ हुन सक्छ ।

४ चोर पञ्चक

शुक्रबार शुरु हुने पञ्चकलाई चोर पञ्चक भनिन्छ । यो पञ्चकमा यात्रा गर्नु सबैभन्दा खराव मानिन्छ । यो समयमा लेन-देन तथा ब्यापार जस्ता कुरा नगर्नु नै उत्तम मानिन्छ ।

बुधबार र विहीबार शुरु हुने पञ्चकलाई माथिका नियम लाग्दैन ।

पञ्चकमा गर्न नहुने ५ काम

१. पञ्चकको समयमा खाट बनाउनु अशुभ मानिन्छ । यो समयमा खाट बनाउँदा संकट आउन सक्छ ।
२. पञ्चकको समयमा घनिष्ठा नक्षत्र चलिरहेको समयमा घाँस दाउरा वा पानी जम्मा नगर्नु राम्रो मानिन्छ । यो समयमा आगलागीको खतरा हुन्छ ।
३. पञ्चकको समयमा दक्षीण दिशा यात्रा गर्नु अशुभ मानिन्छ ।
४. पञ्चकको समयमा रेवती नक्षत्र चलिरहेको छ भने घरको छानो छाउन हुँदैन । यसले घरमा समस्या आउने ज्योतिष शास्त्रको भनाइ छ ।
५. पञ्चकको समयमा अन्तिम संस्कार समेत सोंच विचार गरेर गर्नु पर्छ । शव सँगै कुश वा आटाको पुतला बनाएर जलाउँदा दोष काटिने गरुण पुराणमा उल्लेख छ ।nepaliheadlines
काठमाडौं, २९ मंसिर । आजको संसद बैठक जबरजस्ती चलेको भन्दै मधेसकेन्द्रीत दलहरुले आपत्ति जनाएका छन् ।
मधेस आन्दोलनको नेतृत्व गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका ३४ जना सांसदले नाराबाजी र रोष्टम घेराउ गर्दा पनि आजको संसद पेलेरै अगाडि बढेको थियो ।
नाराबाजी र रोष्टम घेर्दा समेत संसदमा जबरजस्ती पूनर्निर्माण विधेयक र संविधान संशोधन विधेयक पेस गरिएको भन्दै मोर्चाले आपत्ति जनाएको हो ।
विधेयक संसदमा दर्ता भएपछि सञ्चारकर्मीलाई सदभावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले भन्नुभयो– ‘संसारको कुनै पनि संसदीय अभ्यासमा यस्तो बलजफ्ती चल्दैन, हाम्रो संसदमा मंगलबार भयो । सहमतिबाट संविधान संशोधन गर्नुपर्नेमा उहाँहरुले बहुमतको बलमा पेल्न खोज्नुभयो, सरकारसँग जारी वार्तामा अब हामी जाने कि नजाने प्रश्न खडा भएको छ ।’
मोर्चाका अर्का नेता फोरम उपाध्यक्ष लालबाबु राउतले पनि जबरजस्ती गर्दै समस्याको समाधान नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘संसद अवरुद्ध भएको बेला बलको प्रभाव देखाउन खोजियो, पेलेर निकास निस्कदैन भन्ने कुरा उहाँहरुलाई बुझाइदिने कसले ?’
नेताहरुले अब अन्तिम आन्दोलनको विकल्प समेत नरहेको बताएका छन् । मधेसवादी दलका सांसदहरुको नाराबाजीका बीच आजको संसदमा दुईवटा महत्वपूर्ण विधेयक पेस गरिएका छन् ।
ainiknepal
काठमाडौं, मंसिर २९ । अर्थमन्त्री विष्णु पौडेलले भारतको नाकाबन्दीका कारण मुलुकको अर्थतन्त्र गम्भीर संकटमा परेको बताएका छन् ।

मंगलबार हामीसँग कुरा गर्दै मन्त्री पौडेलले नाकाबन्दी हटाउन सरकारले राजनीतिक एवं कूटनीतिक तवरबाट हल गर्न प्रयास गरिरहेको बताए ।

उनले मुलुकको समस्यालाई दृष्टिगत गर्दै सार्वजनिक गरेको श्वेतपत्र कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयसँग कार्यप्रगति विवरण मागेको र कुनै समस्या भए तत्काल समाधान गरिने पनि बताए ।

मन्त्री पौडेलले छिट्टै उर्जा संकटकाल घोषणा गरी उर्जा क्षेत्रमा भएका अवरोध पन्छाउँदै उर्जा उत्पादन गर्ने वातावरण बनाइने दाबी पनि गरे ।

उनले बजेटको मध्यावधि समीक्षालगत्तै बजेटको पुनःप्राथमिकिकरण गर्ने बताए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर छिमेकी मुलुकसँगको सम्बन्ध अगाडि बढ्ने उनको भनाइ थियो ।
imagekhabar
  मंगलबार, २९ मंसिर
मधेसमा अहिले भारतले गरेको चलखेल बुझ्न ०६४ सालको असोजमा भारतका तात्कालिन विदेश सचिव प्रितिशरण र ‘रअ’का प्रतिनिधिको उपस्थितिमा पटनाको ‘मधेसी’ बैठकमा भएका निर्णय थाहा पाउनु पर्दछ, जो ‘मधेसवादी’हरुले क्रमशः उठाउँदैछन् ।
पटना भेलाको पहिलो निष्कर्ष
तराइलाई भारतीय रणनीतिको केन्द्र बनाएर काम गर्न मधेसवादी गुटहरुलाई बलियो बनाउने थियो । तराइलाई एउटै ‘स्वायत्त मधेस प्रदेश’ बनाउने र नेपाली सेनामा समानुपातिक प्रतिनिधित्वको माग गरी १० हजारको अलग मधेसी सैन्य बटालियन स्थापना गर्ने निष्कर्ष पनि त्यसमा निकालिएका थिए । ०६४ जेठमै ज्वाला सिंह समेतको उपस्थितिमा पटनामैं भएको पहिलो भेला, जसले १० बर्षमा तराइ भारतमा गाभ्ने निर्णय गर्दै भदौदेखि पहाडी मूलका नेपालीहरुमाथि बर्बर हत्या, हिंसा, बलात्कार र आगजनी गरेको थियो, यसको दोश्रो संस्करण नै असोजको भेला थियो ।
आफ्ना षड्यन्त्रलाई लागू गर्न विचार अनुसारको नेतृत्व र दलको आवश्यकता भारतले महसुस गर्यो ।त्यसैले ०६४ सालको फागुनमा काठमाडौंस्थित भारतीय दूतावासभित्र राजदूतले कथित मधेसी मोर्चा र कांग्रेसलाई बोलाएर एक ‘स्वायत्त मधेस प्रदेश’, ‘नेपाली सेनामा १० हजारको अलग मधेसी बटालियनको स्थापना’, र समान ‘जनसंख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारण’ गर्ने सहमति गरायो ।
त्यहि भारतीय दूतावासको त्यही आदेशलाई लागू गराउन अहिले ‘पूर्व सहमतिहरुको कार्यान्वयन गनु पर्ने’ भन्ने नारा लगाईएको छ  । मधेसवादका नाममा त्यसले जति पनि मुद्दाहरु उठाउन लगाएको त्यसका पछाडिको मूख्य आडभरोसा भनेको ०६३ को नागरिकता ऐनले नेपाली बनाएका भारतीयहरुको संख्या हो ।
नक्कली नागरिकतालाई निर्णायक मानेर सिंगो राज्यप्रणाली कब्जागर्ने उद्देश्यले समान जनसंख्याका आधारमा निर्वाचनक्षेत्र निर्धारण गर्न लगाउने, तराइ मिशनको प्रतिरक्षाका लागि मधेसी बुर्कामा नक्कली नागरिकताधारीहरुको सैन्य बटालियन बनाउर्ने र आत्मनिर्णय सहितको संघीयता स्थापित गरेर तराइ विभाजनको वैधानिक आधार तयार पार्ने दिल्लीका प्रमूख ‘मधेसवाद’ योजनाहरु हुन् ।
विहारिहरुलाई स्थापित गर्न समानुपातिक र समावेशिता
दिल्लीको नाकाबन्दीपछि राज्यका सबै निकाय नक्कली नागरिकताधारीहरुको हातमा पुर्‍याउने कुनियतले कथित समानुपातिक समावेशिताको प्रश्न आयो । दिल्लीले नांगो रुपमा माग राख्न थालेपछि ‘बहु–राष्ट्रिय–राज्य’ र ‘समावेशी सेना’को प्रश्न बटम लाइन बनेको छ । ‘बहु–राष्ट्रिय–राज्य’ र ‘समावेशी सेना’को प्रश्न नै दिल्लीको अभिष्टको सारतत्व हो । यी दुबै मागहरु तराइलाई विभाजन गर्ने षडयन्त्रका अभिन्न अङ्गहरु हुन् । ‘बहु–राष्ट्रिय–राज्य’को मागले तराइलाई अलग देशका रुपमा स्थापित गर्न खोजेको छ भने ‘समावेशी सेना’को प्रश्नले पृथकतावादको उठानपछि कथित मधेस देशलाई सुरक्षा गर्ने पंक्तिको निर्माणको योजनाको प्रतिनिधित्व गर्दछन् ।
त्यसैले कथित मधेस आन्दोलन दिल्लीको रणनीतिभन्दा बढी केही होइन भन्ने तथ्यलाई आत्मसात गर्न धेरै ठूलो चिन्तन मनन् गर्नुपर्ने आवश्यकता छैन ।
nepalsandesh
काठमाडौँ, २९ मङ्सिर । नेपाल पत्रकार तथा लेखक समाजले भारतले नेपालमाथि गरेको नाकाबन्दी तत्काल अन्त्य गर्न भारतसँग आग्रह गरेको छ ।
समाजले आज यहाँ ‘नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप’ विषयक अन्तक्र्रियाको आयोजना गरी भूपरिवेष्टित राष्ट्र नेपालको पारवहन अधिकारलाई भारतले कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै नाकाबन्दी अन्त्य गर्नुपर्ने बताएको हो ।
जनमोर्चा नेपालका महासचिव साध्यबहादुर भण्डारीले भारतले अन्तर्राष्ट्रिय कानुन मिचेर नेपालमाथि नाकाबन्दी गरेको भन्दै नेपालले बढीभन्दा बढी चिनियाँ नाका खोलेर नाकाबन्दीको सामना गर्नुपर्नेमा जोड दिनुभयो ।
मानवअधिकारकर्मी केबी रोकायाले भारतले नेपालमाथि नाकाबन्दी लगाउनुमा नेपालभित्रको समस्या कारक रहेको भन्दै यसलाई बौद्धिक तरिकाले समाधान गर्नुपर्ने बताउनुभयो ।
एकीकृत माओवादीका नेता धमेन्द्र बाँस्तोलाले भारतले नेपालप्रति लिएको नीति गलत भएको बताउँदै नेपालले आफ्नो समस्याको पहिचान गरी त्यसलाई सम्बोधन गर्नेतर्फ लाग्नु उचित हुने सुझाव दिनुभयो ।
परराष्ट्रविद् डा सोम पुडासैनीले नेपालले भोगिरहेको समस्यालाई समाधान गर्न चिनियाँ नाकालाई खोल्न पहल गर्नुपर्नेतर्फ जोड दिनुभयो ।
थारु मुक्ति सङ्ग्रामका अध्यक्ष डा ललन चौधरीले मधेस आन्दोलनले त्यहाँका थारुलाई अल्पमतमा पार्ने काम गरेको भन्दै सबै थारु ‘एक मधेस एक प्रदेश’ को पक्षमा नरहेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा समाजका अध्यक्ष गोरखबहादुर बिसी, पूर्वराजदूत डा विष्णुहरि नेपाल, धार्मिक गुरु दामोदर गौतम, डा भिक्षु कीर्तिलगायतले नाकाबन्दीको समस्यालाई भारतसँग मित्रवत् रुपमा नै हल गर्नुपर्नेमा जोड दिनुभयो ।
dainiknepal
मंसिर २९, २०७२- मधेस केन्द्रित दलहरूले भूकम्पपछिको पूनर्निर्माण विधेयक पेश गर्न सहमति दिएकोमा बलजफती संविधान संशोधन विधेकय समेत पेस गरिएको भन्दै आपत्ती जनाएका छन् ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाआबद्ध फोरम, तमलोपा, सदभावना, तमसपा आबद्ध ३४ सभासद्ले प्याकेजमै सहमति भएमात्रै संविधान संशोधन विधेयक मान्य हुने बताउँदै आएका छन् । अघिल्लो सरकारले अघि बढाएको संविधान संशोधन विधेयक अपूरो र एकपक्षीय भएको उनीहरुको भनाई छ । 'संसारको कुनै पनि संसदीय अभ्यासमा यस्तो बलजफ्ती चल्दैन, हाम्राे संसदमा मंगलबार भयो,' सद्भावना सहअध्यक्ष तथा संसदीय दलका नेता लक्ष्मणलाल कर्णले भने, 'सहमतिबाट संविधान संशोधन गर्नुपर्नेमा उहाँहरुले बहुमतको बलमा पेल्न खोज्नुभयो, सरकारसँग जारी वार्तामा अब हामी जाने कि नजाने प्रश्न खडा भएको छ ।'

कर्णको भनाईमा समर्थन जनाउँदै फोरम उपाध्यक्ष तथा संसदीय दलका उपनेता लालबाबु राउतले थपे, 'संसद अवरुद्ध भएको बेला बलको प्रभाव देखाउन खोजियो, पेलेर निकास निस्कदैन भन्ने कुरा उहाँहरुलाई बुझाइदिने कसले ?'

सरकार-प्रमुख प्रतिपक्षी कांग्रेस र मधेसी मोचर्ाबीच यसबीच दर्जनौं वार्ता हुँदै आए पनि निष्फल हुने गरेका छन् । त्यसमध्ये परराष्ट्रमन्त्री कमल थापा र मोर्चा नेताहरु पालैपालो भारतीय विदेश मन्त्रालयको निम्तामा दिल्ली भ्रमणबाट फर्केपछिका तीन वार्तामा मोर्चाको एजेन्डाबारे छलफलसमेत भएको छैन । कात्तिक १५ गते मोर्चाले आफ्ना ११ सूत्रीय माग सरकारलाई बुझाए पनि पछिल्ला तीन वातर्ामा छलफल त के, चर्चासमेत नगरेको, बरु मंगलबार संसदमा पेश भएका विधेयकमाथि केन्दि्रत भएको भन्दै मधेसकेन्दि्रत दलका नेताहरुले चित्त दुखाउने गरेका छन् ।

ठूला तीन दल भने दिल्ली दौडाहापछि मधेसी मोर्चा गलेको निष्कर्षमा पुगेका छन् । त्यसैले यही मौकामा आफ्नो एजेन्डा संसदबाट पारित गर्न लागिहाल्नुपर्ने उनीहरुको बुझाई छ । एमाओवादीका एक उच्च नेताको भनाईमा, मधेस आन्दोलन लम्बिएसँगै स्थानीय तहमा थकान देखिएको हुँदा ठूला दलहरुले 'जिम्मेवारी महसुस गरी' संविधान संशोधनमार्फत् सम्बोधनको पहल गरेका हुन् । 'उहाहरुले भनेका सबै माग आजमात्रै होइन, भोलि पनि पूरा हुदैनन्,' ती नेताले भने, 'हामीले उठाउदै आएको समेत विषय भएकाले संविधान संशोधन प्रक्रिया अघि बढ्छ, बाकी छलफलको क्रममा सम्बोधन हुदै जानेछ ।'
ठूला तीन दलले दुई बुँदे संविधान संशोधन गराएर आफ्नो आन्दोलनका मुद्दा टार्न खोजेको मोर्चा नेताहरुको बुझाई छ । तमलोपा अध्यक्ष महन्थ ठाकुरले आफ्नो सहमतिविना आउने दुईबुँदे संशोधनको कुनै अर्थ नहुने बताएका छन् । कोइराला सरकारकै पालामा मधेसी मोर्चासग छलफल गरेर मात्रै विधेयक पारित गर्ने भनिए पनि बलपूर्वक लाद्न खोजिएको ठाकुरको आरोप छ । 'यो विधेयक हामीसग सोधेर ल्याइएकेा होइन, सुरुमा त यही विधेयक ल्याउने कुरा पनि थिएन,' ठाकुरले भने, 'हाम्रो खास सरोकार सीमांकनमा छ, जो उहाहरुले संशोधन विधेयकमा राख्नु नै भएको छैन । जबसम्म सीमांकनको मुद्दा सम्बोधन हुदैन, मधेसमा असन्तोष रहिरहन्छ ।'

ठाकुरले यसो भने पनि आन्दोलनको सुरक्षित अवतरणका लागि विकल्प खोज्न मोर्चा लचिलो रहेको हुँदा तीन ठूला दलका तर्फबाट सीमांकन हेरफेरको मागसमेत सम्बोधन हुनेगरी प्रस्ताव ल्याउन अनौपचारिक रुपमा कुरा राख्ने गरेका छन् ।
 ठूला दलले नाकाबन्दी खोल्न मोर्चालाई आग्रह गर्दैगर्दा मोर्चा नेताले प्याकेजमा प्रस्ताव आए आफूहरु सहमतिको बाधक नबन्ने बताउदै आएका छन् । मंगलबार संसदमा प्रस्तुत विधेयकलाई मोर्चाको विरोधबीच केही नेताहरुले सहमतिको
 ढोका खुल्न थालेको रुपमा अथ्र्याएका छन् । 'फेस सेभ गर्नका लागि मात्रै विरोध भएजस्तो देखिएको हो,' ती एमाओवादी नेताले भने । तर सद्भावना अध्यक्ष कर्णले आफूहरु आन्दोलनमै रहेको, फेस सेभ गर्नुपर्ने कुनै आवश्यकता नरहेको भन्दै
थपे, 'जुन संशोधन गराएर समस्या समाधान नै हुँदैन, त्यसैका लागि उहाँहरुको बलजफ्ती किन हो, बुझ्नै सकिएन ।'
kantipur.ekantipur
२९ मंसिर, मनिला ।

फिलिपिन्समा शक्तिशाली आँधीका कारण मङ्गलबार कम्तीमा पनि चार जनाको ज्यान गएको समाचार छ ।

यसअघि गएको तीन दिनदेखि त्यहाँ हावाहुरी र बाढीको प्रकोप थियो । सो क्षेत्रमा आँधी आउने खतरा बढेको जनाइएको थियो ।

मङ्गलबार बिहानीपख त्यहाँ शक्तिशाली आँधी आएको छ । त्यसमा परी चारको मृत्यु हुनुको साथै अरु कैयौँ व्यक्ति हराइरहेका छन् ।

फिलिपिन्सको सरकारले सोमबार मात्र पनि आँधीको त्रासका कारण सात लाखभन्दा बढी स्थानीय बासिन्दालाई अन्यत्रै सारिएको बताएको थियो ।

तर मङ्गलबारको आँधीले भने सो क्षेत्रबाट दशौँ लाख व्यक्ति भागेका छन् । उनीहरु घर छोडेर भागेका र स्थानीयवासीहरुमा त्रास उत्पन्न भएको बताइएको छ ।



मध्य फिलिपिन्सका केही क्षेत्रमा बाढी र पहिरो आएको छ । तीन दिनदेखि वर्षा जारी छ । त्यसैले सो क्षेत्रमा आँधीको खतरा पनि बढेको समाचारमा जनाइएको छ ।

मेलर नामको सो आँधीका कारण मध्य फिलिपिन्सको सामार टापू नजिकका बासिन्दामा त्रास छाएको बताइएको छ । सो त्रासका कारण उक्त क्षेत्रबाट दशौँ लाख नागरिकलाई अन्यत्रै सारिएको छ ।

उक्त क्षेत्रमा करिब १५ लाख नागरिकको बसोबास रहेको छ । सो क्षेत्रमा सोमबार बिहानैदेखि प्रति घन्टा १८५ किलोमीटरसम्म हावा चलेको छ ।

क्रिश्मसको सुरुवातको समयमा उक्त चाड मनाउने तयारी गरिरहँदा नागरिकमा यो भागाभाग सुरु भएको हो । फिलिपिन्समा कम्तीमा पनि ८० प्रतिशत नागरिक क्रिश्चियन धर्म मान्ने गर्छन् ।

समार भनेको सन् २०१३ मा आँधीका कारण ठूलो जनधनको क्षति पुगेको क्षेत्र नजिकमा पर्दछ सो समारमा मात्र त्यस वर्ष आएको आँधीबाट सात हजारभन्दा बढी नै व्यक्ति मारिएका वा हराएका थिए ।

समार र अलबे क्षेत्रका १५ लाख व्यक्तिलाई त्यहाँबाट उद्वार गरेर सोमबारै अन्यत्रै सारिएको थियो । सो क्षेत्रमा जारी रहेको हावाहुरीका कारण अहिले पनि कैयौँ घरका छाना उडाएको र रुख ढालेको छ ।

अधिकारीहरुले सम्भावित खतराको अवस्थामा रहेका त्यस क्षेत्रका नागरिकलाई अन्यत्रै सारिएको र आवश्यकताका आधारमा सहयोग र उद्वारका लागि पनि तयारी अवस्थामा रहेको जनाएको थियो ।

तर सोमबार रातिदेखि नै आँधी आएको हो । नागरिकहरु यसवर्ष क्रिश्मस मनाउन नपाएकोमा दुःखी भएका छन् । उनीहरुले यस समयमा घर छोडेर विस्थापित हुनुपर्दा ठूलो पीडाबोध भएको जनाएका छन् ।nepaliheadlines
मंगलबार, २९ मंसिर
एजेन्सी । देशै भरि गाईको मासु बेच्न बन्द गर्नुपर्छ भन्ने मोदीको पार्टी बीजेपीलाई  गाईको मासुको व्यापार गर्ने तीन कम्पनीहरुले मोटो रकम चन्दा दिएको खुलासा भएको छ  ।
महाराष्ट्रको कंपनी फ्राइगोरीफिको अल्लाना प्राइवेट लिमिटेडले बीजेपीलाई ५० लाख रुपैंया चन्दा दिएको हो । यो भन्दा पहिले यो कम्पनीले २०१३ र २०१४ सालमा बिजेपिलाई ७५ लाखको चन्दा दिएको थियो ।
२० हजार भन्दा बढी चन्दा राजनैतिक पार्टीलाई दिएको खण्डमा हरेक राजनैतिक पार्टीले त्यसको स्रोत निर्वाचन आयोगमा खुलाउनु पर्ने हुन्छ ।
सो स्रोत खुलाउंदा भारतीय जनता पार्टी जसले गाईलाई काट्ने र मासु बेच्ने कामलाई भारत भरि बन्द गर्नुपर्छ भनेर अभियान नै चलाएको थियो उसको यो कर्तुत खुलासा भएको हो ।
nepalsandesh
काठमाडौँ, २९ मङ्सिर । नेपाल-भारतबीचको सम्बन्ध युगौँदेखि व्यक्ति–व्यक्तिबीचको शाश्वत सम्बन्धमा अडिएको धारणा व्यक्त गरिएको छ ।
नेपाल–भारतमैत्री सङ्घद्वारा आज राजधानीमा आयोजित ‘नेपाल भारत सम्बन्ध र वर्तमान सन्दर्भ’ विषयक अन्तक्र्रियामा अधिकांश वक्ताले सो धारणा व्यक्त गरेका हुन् ।
नेपालका लागि भारतीय राजदूत रणजीत रायले नेपाल–भारतबीचको सम्बन्धमा कोही कसैले खलल पु¥याउँदा दुवै देशको हित नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले तराई मधेसमा जारी आन्दोलनको समस्या नेपाल आफैँले समाधान गर्न सक्ने बताउँदै राजदूत रायले भारत जहिले पनि नेपालको हित चाहन्छ भन्नुभयो ।
राजदूत रायले सीमामा जारी अवरोधबाट नेपालीले दुःख पाएकामा भारत सरकार निकै दुःखी भएको बताउँदै उहाँले क्रमशः सुख प्राप्त हुँदै जाने सङ्केत आफूलाई मिलेको जानकारी दिनुभयो ।
कार्यक्रममा मधेसी मोर्चाका नेता हृदयेश त्रिपाठीले अन्धो र मण्डले राष्ट्रवादले कसैको हित नहुने बताउँदै सरकारले तराई आन्दोलनलाई दबाउन खोजेको आरोप लगाउनुभयो ।
सांसद रुक्मिणी चौधरीले अधिकार माग्दा भारतपरस्त भन्ने अभिव्यक्ति दरिद्रताको पराकाष्ठ रहेको बताउनुभयो । झन्डै १८ भन्दा बढी व्यक्तिले नेपाल भारत सम्बन्धका बारेमा आ–आफ्नो धारणा राखेका थिए ।
धारणा राख्नु हुनेमा पूर्व प्रधानसेनापति रुक्माङ्गत कटुवाल, नेपाल राष्ट्र बैंकका पूर्व गर्भनरहरु, पूर्व मन्त्रीहरु, पूर्व राजदूतलगायतले बोल्नुभएको थियो ।
dainiknepal


मंसिर २९, २०७२- जनकपुरमा बुधवार मनाइने रामजानकी विवाह महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएकी छन् । भण्डारीको कार्यक्रमलाई भने संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बिरोध गर्ने भएको छ ।

मोर्चासहित आन्दोलनरत्त संयुक्त युवा संघर्ष समितिलगायतका संघ संस्थाहरुको मंगलबार साँझ बसेको बैठकल राष्ट्रपतिको विरोध गर्ने निर्णय गरेको छ । बैठकले राष्ट्रपति भण्डारीलाई जनकपुर प्रवेशमै निषेधको निर्णय गरेको सदभावनाका जिल्ला अध्यक्ष संजयकुमार साहले बताए ।

विरोध कार्यक्रममा सहभागिताको लागी ग्रामीण ईलाकाहरुमा समेत सूचना गरिएको सद्भावना धनुषाका सिंहले जानकारी दिए । आन्दोलरत् युवाहरुले आजै साँझ राष्ट्रपति भण्डारीको पुत्ला समेत जलाएका छन् ।

मोर्चाका जिल्ला संयोजक एवं संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादवले राष्ट्रपति भण्डारीको जनकपुर भ्रमणलाई विरोध गर्ने बताएका छन् ।

उनले भने-'मोर्चाले यसअघि नै १६ बुँदेमा हस्ताक्षर गर्ने दलका नेताहरुलाई जनकपुर आगमनमा रोक लगाएको छ । यो रोक उहाँको लागी पनि हो ।'

उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीराले राष्ट्रपति जस्तो गरिमामय  पदमा बसेर पनि मधेस आन्दोलन बारे नकारात्मक टिप्पणी गर्ने अनि नयाँ संविधानलाई विश्वकै उत्कृष्ट संविधान मान्ने व्यक्तिको आगमनलाई विरोध गर्ने बताए ।

सुरक्षा निकायका उच्च अधिकारी जनकपुरमा

राष्ट्रपति भण्डारीको भ्रमण व्यवस्थापनका लागि दिनभरजसो सुरक्षा निकायका उच्च अधिकारीहरुको बैठक यहाँ बसेको छ । मध्य क्षेत्रका क्षेत्रीय प्रशासक महेश प्रसाद दाहाल, प्रहरी नायव महानिरीक्षक(डिआईजी) देवेन्द्र सुवेदी, सशस्त्रका नायव प्रहरी महानिरीक्षक रामशरण पौडेल, सह-सचिव शंकर प्रसाद सुवेदी, साहायक रथी प्रदीपकुमार अधिकारी सहितका उच्च पदाधिकारीहरु जनकपुरमै छन् ।

प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले आन्दोलनरत्त मोर्चाका जिल्ला स्तरीय नेताहरुसंग टेलीफोनमा तथा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवशंकर साह हीरालाई कार्यालयमै बोलाएर राष्ट्रपतिको भ्रमण कार्यक्रमलाई सहयोग गर्न आग्रह गरेका थिए ।

तर प्रमुख जिल्ला अधिकारी पराजुलीले राष्ट्रपतिको जनकपुर भ्रमण बारे आधिकारिक रुपमा केही बताउन चाहेनन् । कान्तिपुरसंगको टेलीफोन सम्पर्कमा उनले यतिमात्र भने-'छलफल हुँदैछ ।' राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले बुधबार भण्डारीको जनकपुर भ्रमण तयव भएको जानकारी दिएका छन् ।

स्रोतका अनुसार-राष्ट्रपति भण्डारी बुधवार अपरान्ह हेलीकप्टरबाट जनकपुर आउने कार्यक्रम छ । उनी जानकी मन्दिरमा दर्शन र पूजा पाठ गरेर फर्किने छन् ।kantipur.ekantipur
मंगलबार, २९ मंसिर
चिनी विदेश मन्त्रालयले यसलाई भारतको हस्तक्षेप भनेको छ ।   चीनले भनेको छ हाम्रो दक्षिणी सागर संग   भारतको कुनै सम्बन्ध छैन  ।यति मात्रै होइन चीनले यो  भनेको छ कि जापानको पनि यो क्षेत्रसंग कुनै सम्बन्ध छैन किनिकी जापान पूर्वी चीन सागरमा पर्छ न कि दक्षिण चीन सागरमा  ।
यो मामिलामा अमेरिकालाई पनि दायाँ बायाँ र चलखेल नगर्न चीनले चेतावनी दिएको छ  । वास्तविकता के हो भने अमेरिका र जापान चीनको यो भूभागमा सबै देशहरु जुन चीन विरुद्द छन् तिनीहरु संग राम्रो सम्बन्ध बनाउन लागेको छ  । अब भारतले पनि अमेरिकाको यो नीतिलाई साथ दिईरहेको छ  ।
जसको कारण चीन भारत विरुद्द आक्रोशित भएको हो  । भारतले आफ्नो व्यापारमा अधिक नाफा हासिल गर्न भियतनाम ,कम्बोडिया ,मलेशिया जस्ता देशहरुमा चीनको त्यहि भूभागबाट सामान निर्यात गर्ने गरेको छ  ।
अत्याधिक नाफा हासिल गर्न भारत जापान र अमेरिका संग मिल्न गई चीन विरुद्द उभिएको हो  ।
nepalsandesh
बनेपा, २९ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान अवस्थामा व्यावहारिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।
काठमाडौँ विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो – “दीक्षित विद्यार्थीले शैक्षिक प्रमाणपत्र ग्रहण गरेर मात्रै पुग्दैन । शिक्षालाई व्यवहारमै उतारेर सार्थक बनाउनुपर्छ ।”
विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले व्यवहारमा कार्यान्वयन हुने शिक्षाबाट मात्रै मुलुकको आवश्यकता पूरा हुने बताउनुभयो । मुलुकमा विद्यमान अथाह स्रोतको परिचालन नहुँदा मुलुक पछि परेको उहाँको भनाइ थियो ।
“शिक्षा मानव सभ्यतालाई उन्नत र सार्थक बनाउन केन्द्रित हुन जरुरी छ, त्यसैले आफूले सिकेको ज्ञान र सीप मातृभूमिका लागि समर्पित गर्नुहोला” – दीक्षितहरुमाझ प्रधानमन्त्रीले भन्नुभयो ।
साहित्यकार तथा वरिष्ठ पत्रकार मदनमणि दीक्षितले नयाँ बाटोमा हिँडेर मात्रै मुलुकको सामाजिक र आर्थिक विकास हुने कुरामा जोड दिँदै नेपालमा युगान्तकारी परिवर्तन सुरु भएको बताउनुभयो ।
विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु श्रेष्ठले शिक्षाको उद्देश्य भित्रसम्म पुगेर समस्या समाधानको बाटो पहिल्याउने हो भन्नुभयो ।
चुनौतीको सामना गर्नेले नै इतिहास रच्ने बताउँदै उहाँले भन्नुभयो – दीक्षित विद्यार्थीको काँधमा गहन जिम्मेवारी आएको छ । जिम्मेवारी बहन गर्दा अस्वस्थ्य प्रतिष्पर्धा र रिसराग त्याग्न जरुरी छ ।
विश्वविद्यालयबाट यस वर्ष मानविकीतर्फ २०३, शिक्षाशास्त्रतर्फ ७२, इन्जिनियरिङतर्फ २६२, व्यवस्थापनतर्फ ४६९, विज्ञानतर्फ २३७ गरी कुल एक हजार २४३ विद्यार्थी दीक्षित भएका छन् । यीमध्ये भारतका १३, बेलायतका दुई, रुसका दुई, अमेरिका, बङ्गलादेशका, स्पेन, जर्मनी, नेदरल्यान्ड्स, क्यानडा, मौरिसस, ब्राजिल र नर्वेका एक/एक जना विदेशी विद्यार्थीसमेत दीक्षित भएका छन् ।
कार्यक्रममा इन्जिनियरिङतर्फ स्नातकोत्तर तहमा ‘चान्सलर स्वर्णपदक’ टङ्कप्रसाद दाहाललाई, ‘भाइस चान्सलर स्वर्णपदक’ स्कुल अफ आर्टस्का स्नातक तहका सुयश कुमार न्यौपानेलाई, ‘जुद्धबहादुर श्रेष्ठ स्वर्णपदक’ कृति प्रधान र ‘रणबहादुर शाह’ स्वर्णपदक स्मृति सिंहलाई प्रदान गरिएको थियो । यसअघि पहिलो चरणको दीक्षान्त समारोहमा मेडिकल साइन्सतर्फ एक हजार २४४ दीक्षित भएका थिए ।
पहिलो दीक्षान्त समारोहदेखि एक्काइसौँ दीक्षान्त समारोहसम्म विश्वविद्यालयबाट मानविकीतर्फ एक हजार ६७७, शिक्षातर्फ ८०१, इन्जिनियरिङतर्फ दुई हजार ३८२, व्यवस्थापनतर्फ चार हजार ५१, विज्ञानतर्फ दुई हजार ९७ र मेडिकल साइन्सतर्फ नौ हजार ६७० गरी कुल २० हजार ६७८ शैक्षिक जनशक्ति उत्पादन भएको विश्वविद्यालयले जनाएको छ ।
dainiknepal
मंगलबार, २९ मंसिर
एजेन्सी । भारतको ओडिसा राज्यको विधानसभामा बैठक चलिरहेका बेला अश्लील चलचित्र हेर्दा हेर्दै उक सांसद रंगेहात पक्राउ परेका छन् । भारतको ओडिसा राज्यको विधानसभा बैठकमा कांग्रेसका सभासद नाबा दास ब्लुफिल्म हेरिरहेका बेला रंगेहात पक्राउ परेका हुन् ।
उनले उक्त फिल्म हेरिरहेका बेला संसदमा जरुरी महत्वको प्रस्तावमाथि छलफल चलिरहेको थियो । कांग्रेस सांसदको यस्तो हर्कतको विरोध समोत भएको छ ।
सोमबार भएको घटनालाई उडिसा राज्यसभाले लज्जास्पद घटना भनेको छ । सत्ताधारी विजेडीले भने सांसदलाई कारबाहीको माग गरेको छ ।
त्यस्तै कांग्रेसका उडिसा महासचिवले समेत यो घटनाको छानविन गर्न आफुहरु सहमत रहेको बताएको छ । सांसद दासले भने आफुले एप्लीकेसन चलाउने क्रममा झुक्कीएर पोर्न खोलीएको र आफुलाई जानकारी नभएकाले गल्ती भएको बताएका छन् ।
घटनालाई अतिरञ्जित बनाएर आफ्नो करिअर समाप्त पार्ने षड्यन्त्र भएको उनले बताएका छन् ।
nepalsandesh
मंगलबार, २९ मंसिर
चुरे भावर राष्ट्रिय एकता पार्टी कुनै बेला निकै चर्चित थियो । खास गरि चुरे क्षेत्रमा यो पाटीृको राम्रै हैसियत थियो, पहिलो संविधानसभाको निर्वाचन ताका ।
निर्वाचनमा एक सिट पायो, अनि पार्टीबाट केशब मैनाली संसदमा आए । उनै मैनालीका सहयोगि थिए, अर्का जोशीला युवा बद्री न्यौपाने । पछि सत्ता राजनीतिमा लिप्त हुँदै गएपछि पार्टी विभाजीत मात्रै भएन, धेरै पार्टी बने ।
न्यौपाने त बाबुराम सरकारका पालामा मन्त्री समेत बन्न भ्याए । चुरेभावर पार्टीले २०६४ सालमा निकै ठुलो आन्दोलन चर्कायो र चुरे प्रदेशको सम्झौता समेत गर्न सफल भयो ।
आन्तरिक दाउपेच र विवादकाबीच यो पार्टीको अस्तित्व लगभग समाप्त भयो, दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा । प्रत्यक्ष निर्वाचन जित्ने कुरात निकै परको, समानुपातिकमा पनि एक सिट पाउन सकेन । सेलाउँदै गएको यो पार्टीका नेताहरु न्यायधिश रणबहादुर बम हत्याकाण्डमा समातीए ।
केही नेता जग्गा दलालीमा ठगी गरेको आरोपमा समातीए त कती विदेश पलायन भए । अन्तिममा फेरि तिनै युवा जुर्मुराउन थाले, जो केशब मैनालीका दाहिने हात हुँदै पार्टी अध्यक्ष बन्न भ्याए र मन्त्री समेत बने । अपत्यारीलो ढंगले मन्त्री बनेका उनै बद्री न्योपाने अहिले चुरे भावर प्रदेशको माग घन्काउन थालेका छन् ।
अनि २०६४ सालको सम्झौता बारे सरकारलाई सम्झाउन थालेका छन् । यती मात्रै हैन उनीहरुले मधेसमा आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई सर्लाहि र आसपासको क्षेत्र कसरी मधेस प्रदेश भन्दै चुनौती दिन थालेका छन् ।
उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोको राजनीतिक अस्तीत्व समाप्त पार्ने क्षमता आफुहरुमा भएको बताउँदै चुरेभावर उर्लन थालेको छ । अझ रोचक कुरा त सद्भावनाका अध्यक्ष महतो र तमलोपाका ठाकुर सर्लाहीबाटै चुनाव हारेका नेता हुन् ।
उनीहरुलाई चुरेभावरले सर्लाहीमा मधेस प्रदेशको आन्दोलन नगर्न चेतावनी समेत दिन थालेको छ भने एक आपसमा भिड्ने अवस्थामा यी दुई शक्ति पुगिसकेका छन् ।
यदी यस्तो अवसथामा विगतको सम्झौता खोतल्दै जानेहो भने झनै मुठभेड बढ्ने पक्का छ । किनकी विभिन्न सरकारका पालामा विभिन्न आन्दोलनलाई साम्य पार्ने नाममा विभिन्न प्रदेशमा सहमति गरिएको छ र त्यसै अन्तरगत अििहले मधेसी मोर्चाको आन्दोलनसँगै चुरेको पनि सुरु भएको हो ।
न्यौपाने भन्छन्, मधेस प्रदेशको कुरा उठ्ने, सम्झौताको कुरा हुने हो भने चुरेको सम्झौता पनि कार्यान्वयन हुनुपर्यो । उनको कुरा स्वभाविक पनि देखिन्छ ।
र यसको व्यवस्थापनमा सरकारले बेलैमा ध्यान दिन सकेन भने एउटै जमिनमा तीनथरि प्रदेशको नाममा अराजकता र आन्दोलनको बढवा हुने छ र यसले झनै समस्या उत्पन्न गर्नेछ । न्यौपानेले आफूहरुको मागलाई बेवास्ता गरेर भावर प्रदेश दिन कन्जुस्याई गरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनले भने,‘मधेसी मोर्चा जस्तै हामीसँग पनि सरकारले ३, ५ र ९ बुँदे सम्झौता गरेर भावर प्रदेश दिने सहमति गरेको छ । अहिले मधेसी मोर्चालाई मात्र प्रदेश दिएर हामीहरुको सम्झौता कार्यान्वयन नहुने हो भने त्यसको परिणाम राज्यले भोग्नु पर्ने छ ।’
न्यौपानेले सरकारसँग भएको सहमति कार्यान्वयन गर भन्दा अरुले परिचालन गरेको आरोप लगाएर आन्दोलनलाई बद्नाम गर्ने षडयन्त्र भईरहेको भन्दै त्यस्ता षडयन्त्रकारीहरुको पर्दाफास गर्ने घोषणा गरेका छन् ।
उनले मधेसवादीका नाममा भएका हरेक राष्ट्रघातको आफुसँग एक एक प्रमाण भएको र त्यसको भण्डाफोर गर्दा आउने अवस्थाको सामना गर्न तयार रहेको बताएका छन् ।
यसरी तराई मधेसबाट सुरु भएको संघीयताको आगो विस्तारै चुरेसम्म आइपुगेको छ र यो आगो निभाउन बेलैमा सरकारले दमकल परिचालन गर्न सकेन भने नियन्त्रण गर्न मुस्कील पर्ने देखिन्छ ।
nepalsandesh
काठमाडौं, २९ मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अवरोधका बाबजुद व्यवस्थापिका संसदको बैठक आजबाट सुरु भएको छ ।
मोर्चाको अवरोधका कारण करिब दुई महिनादेखि अवरुद्ध आएको संसदमा मधेसवादी दलका सासंदलाई अटेरी गर्दै मंगलबार दुईवटा महत्वपूर्ण विधेयक पेश गरिएको छ ।
निर्धारित समयभन्दा निक्कै ढिलो सुरु भएको आजको बैठकमा नेपालको संविधान संशोधन गर्न बनेका दुई वटा विधेयक सरकारकातर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले पेश गरे ।
यसअघि, विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभवित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन २०७२ सदन समक्ष पेश गरेकी थिईन् ।
महत्वपूर्ण दुई विधेयक पेश भइरहँदा मधेसी सांसदहरु नाराबाजी गरिरहेका थिए । तर, संसदले सुन्दै सुनेनन् । संसदले अटेरी गरेपछि नारा लगाउँदा लगाउँदै मधेसी सांसदहरुको लाज भयो । पछि आफैले नाराबाजी रोकेर बाहिर निस्किए । संसदको आजको कदमले मधेस आन्दोलन थप कमजोर भएको देखिएको छ ।
यसअघि सरकार तथा कांग्रेसले पनि मोर्चालाई वार्ता बोलाएर भुलाउन खोजिरहेका थिए । उनीहरुका माग पुरा गर्नमा कांग्रेस एमाले र एमाओवादीले अटेरी गर्दै आएका थिए ।
के–के भयो आजको संसद बैठकमा ?
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले भने सो विधेयकले आफ्नो आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने जनाउँदै एकमुष्ट सहमति हुनुपर्ने अडान राख्दै आएको छ । सत्तारुढ दल र प्रतिपक्ष काँग्रेसले भने संविधान संशोधनसम्बन्धी सो विधेयकले आन्दोलनको माग सम्बोधन गर्न मार्गप्रशस्त गर्ने सन्दर्भमा आधार तयार गर्ने विश्वास लिएका छन् । नेपालको संविधान गत असोज ३ गते जारी भई कार्यान्वयनका चरणमा छ ।
मोर्चासँग आबद्ध दलले मधेसी जनताको माग र भावना अनुरुप नरहेको भनी संविधानलाई अस्वीकार गर्दै आन्दोलन गर्दै आएका छन् । उनीहरुले आन्दोलन गरेको एक सय दिन पार गरिसकेको छ । निर्धारित समयभन्दा साढे दुई घन्टा ढिलो अर्थात् अपराह्न १५ः३० बजे सुरु भएको बैठकको प्रारम्भमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसदले आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।
पत्र पढेर सुनाइयो
सभामुख ओनसरी घर्तीले उनीहरुलाई आसन ग्रहण गर्न आग्रह गरे पनि उहाँहरुले त्यसलाई अस्वीकार गरेपछि विरोध भए पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त वर्तमान मन्त्रिपरिषद् गठन, कार्यविभाजन र हेरफेसम्बन्धी पत्र पढेर सुनाईन् ।
हेरफेर तथा थपघट
सभामुखले व्यवस्थापिका–संसद् अन्तर्गतका विभिन्न समितिमा सदस्यको नाम थपघट तथा हेरफेर गरिएको छ । बैठकमा सभामुखले व्यवस्थापिका–संसद् नियमावली मस्यौदा समितिमा रहने सदस्यको नाम थप गरिएको जानकारी दिईन् ।
प्रतिवेदन पेस
महिला, बालबालिका, ज्येष्ठ नागरिक र समाजकल्याण समितिका सभापति रञ्जुकुमारी झालाई समितिको वार्षिक प्रतिवेदन पेस गर्न सभामुखले अनुमति दिनासाथ मोर्चासँग आबद्ध दलका सांसदले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरे । उनीहरुले नाराबाजी गरिरहँदा समितिका सभापति झाले समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै सङ्क्षिप्त प्रतिवेदन वाचनसमेत गरेर सुनाईन् ।
पुनःनिर्माण विधेयक प्रस्तुत
त्यसको लगत्तै विधायन समितिका सभापति गङ्गा चौधरी (सत्गौवा)ले ‘भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२’ सदन समक्ष प्रस्तुत गरिन् ।
सभापति चौधरीले उक्त विधेयक प्रस्तुत गरिरहँदा मोर्चासँग आबद्ध दलका सांसदले नाराबाजी गरिरहेका थिए ।  । संसद्मा उक्त विधेयक प्रस्तुत गर्ने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच लामो समयदेखि विवाद रहँदै आएको थियो ।
संसद्को अर्काे बैठक पुस १ गते अपराह्न ४ः०० बजे बस्ने छ ।
dainiknepal
काठमाडौ । चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले आफूहरुसँग २०६४ सालमा गरेको सम्झौता अनुसारको भावर प्रदेश कायम नगरे शसक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बद्री प्रसाद न्यौपानेले आफूहरुको मागलाई बेवास्ता गरेर भावर प्रदेश दिन कन्जुस्याई गरे शसक्त आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने,‘मधेसी मोर्चा जस्तै हामीसँग पनि सरकारले ३, ५ र ९ बुँदे सम्झौता गरेर भावर प्रदेश दिने सहमति गरेको छ । अहिले मधेसी मोर्चालाई मात्र प्रदेश दिएर हामीहरुको सम्झौता कार्यान्वयन नहुने हो भने त्यसको परिणाम राज्यले भोग्नु पर्ने छ ।’
न्यौपानेले सरकारसँग भएको सहमति कार्यान्वयन गर भन्दा अरुले परिचालन गरेको आरोप लगाएर आन्दोलनलाई बद्नाम गर्ने षडयन्त्र भईरहेको भन्दै त्यस्ता षडयन्त्रकारीहरुको पर्दाफास गर्ने घोषणा गरे ।
उनले मधेसी मोर्चाले प्रयास गर्दा गर्दै पनि आफूहरुकै आन्दोलनका कारण ढल्केवर देखि पश्चिमको राजमार्ग बन्द नभएको र त्यसको फलस्वरुप राजधानीबासीहरुले अत्यावश्कीय बस्तु पाईरहेको दावीगर्दै आफूहरुको मागमा राज्यले बेवास्ता गरेर राजमार्ग ढप्प पारेर राज्यलाई हैसियत देखाई दिने चेतावनी दिए ।
न्यौपानेले भने,‘एक महिनादेखि हामी शान्तिपूर्ण आन्दोलनमा छौ तर राज्यले हाम्रो माग सुनिरहेको छैन । अब दोस्रो चरणको आन्दोलनको लागि चुरे भावर कार्यकर्ता टाउकोमा कफन बाधेर निस्किसकेका छन । अब राज्यले यसको परिणाम भोग्नु पर्छ ।’.
पत्रकार सम्मेलनमा पार्टीका बरिष्ठ नेता चन्द्र खनाल र सह अध्यक्ष कृष्ण गोपाल श्रेष्ठ र आन्दोलन परिचालन समितिका संयोजक तथा केन्द्रीय उपाध्यक्ष दिपमान लोप्चनले भावर प्रदेश स्थापना नहुन्जेलसम्म आन्दोलन नरोकिने स्पष्ट पार्दै सरकारले बेवास्ता गरेर पहिलो चुरे भावर आन्दोलनलाई पनि विर्साउने गरी राज्यलाई झुकाउने दृढता ब्यक्त गरे ।
nepalsandesh
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकले सरकार गठनका बेला आफ्नो दलसँग भएको आठबुँदे सहमति कार्यान्वयनका गर्न ध्यानाकर्षण गराएको छ ।
फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रधानमन्त्री ओलीलाई आज प्रधानमन्त्री निवास वालुवाटारमा भेटी सहमति कार्यान्वयन गर्न आग्रह गरेको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार सो ध्यानाकर्षण पत्रमा राखिएको माग व्यापक राजनीतिक सहमतिका आधारमा र केही मन्त्रिपरिषद्को निणर्यबाट नै गर्न सकिने भएकाले दोस्रो प्रकृतिका विषय तत्काल सम्बोधन गर्न भनिएको छ ।
तराई मधेस थरुहट आन्दोलनका क्रममा मृत्यु भएकालाई सहिद घोषणा गर्न, मुद्दा चलाइएका व्यक्तिको मुद्दा फिर्ता गर्न तथा घर जलाइएका र सम्पत्ति लुटिएकालाई उचित क्षतिपूर्ति दिन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।
सो अवसरमा अध्यक्ष गच्छदारले संविधानलाई पूर्ण समावेशी, समानुपातिक बनाउन तथा जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण, सङ्घीयताको सीमाङ्कनलगायत विषय सम्बोधन गर्न सरकारले तत्काल पहल थाल्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले सरकार गठनका बेला फोरम ९लोकतान्त्रिक० सँग भएको आठबुँदे सहमति कार्यान्वयनमा आफू सकारात्मक भएको बताए ।
टोलीमा दलका वरिष्ठ उपाध्यक्ष रामेश्वर राय यादव, उपाध्यक्ष गोविन्द चौधरी, जितेन्द्रनारायण देव र आशा चतुर्वेदी तथा सचिव रवीन्द्र ठाकुर सहभागी थिए । तराई मधेसमा जारी आन्दोलन समाधान पनि नहुने र आफुहरुको आठ बुँदे पनि सम्बोधन नहुने हो भने सरकारमा बस्नुको औचित्य नरहेने गच्छदारको भनाई थियो ।
गच्छदारलाई मधेसको माग सम्बोधन नगरि सरकारमा गएको आरोप लाग्दै आएको छ । आफैं सरकारमा भएर पनि आफुले राखेका माग र गरेका सहमति कार्यान्वयन गराउन नसकेपछि उनको गच्छदारलाई दल भित्रबाटै दवाव परेको थियो । गच्छदारले माग पुरा नभए सरकारमा नबस्ने मनस्थिति बनाएको स्रोतको दाबी छ ।
nepalsandesh
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका सांसदहरुको होहल्लाकाबीच व्यवस्थापिका संसदमा भूकम्प पछिको पुन निर्माणकालागि बन्ने प्राधिकरण गठन सम्बन्धी विधेयक र संविधान संशोधन विधेयक संसदमा प्रस्तुत भएको छ ।
मधेसी मोर्चाले आफ्नो चाहना विपरित दुई वटै विधेयक दर्ता गर्न लागिएपछि नाराबाजी गरेको थियो । कार्यव्यवस्था परामर्श समितिमा दुवै विधेयक दर्ता गराउन सत्तारुढ दल सहमत भएपछि कांग्रेस खुसी भएको थियो ।
तर, आन्दोलनरत मधेसी मोर्चाका सांसदहरु भने सरकारले चालबाजी गरेको भन्दै दुःख प्रकट गरे । मोर्चाका सांसदहरुले आफुहरुको आन्दोलनको अपमान गर्न सरकारले कांग्रेसको बुइ चढेको आरोप समेत लगाए ।
होहल्लाकाबीच विधायन समिति सभापति गंगा चौधरीले पुननिर्माण प्राधिकरण विधेयक दर्ता गराइन् भने कानुन मन्त्री अग्नी खरेलले संविधान संशोधन विधेयक दर्ता गराए ।
nepalsandesh
काठमाडौं, २९ मंसिर । संसदको बैठकमा मधेसी मोर्चा र थारु सांसदहरू नारावाजी गरिरहेका बेला दुई जना महिला सभापतिहरूले आ–आफ्ना समितिका प्रतिवेदनहरू पेश गरेका छन् ।
महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिका सभापति रञ्जुकुमारी झाले महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिको वार्षिक प्रतिवेदन २०७२ सदन समक्ष पेश गर्नुभएको छ ।
त्यसै गरी विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावितसंरचनाको पुनर्निमाण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०७२ सदन समक्ष पेश गर्नुभएको छ ।
dainiknepal
काठमाडौं : मधेसी मोर्चाको घेराउ बीच नै स‌ंविधान संशोधन र पुननिर्माण विधेयक संसद्‍मा पेस भएका छन्।

मंगलबारको बैठकमा दुवै विधेयक पेस गर्ने कार्यसूची राखिएको थियो। दुवै विधेयक पेस गरेपछि बैठक भोलिसम्मका लागि स्थगित भएको छ। बुधबारदेखि छलफल हुने भएको छ। एक महिनादेखि निरन्तर अवरुद्ध संसद्‍मा पहिलोपटक विधेयक पेस भएको हो।

भूकम्पपछिको पुननिर्माण विधेयक पारित गराउनका लागि संसद् खुलाउन मधेसी मोर्चा सहमत भए पनि कांग्रेसले संविधान संशोधन र पुननिर्माण विधेयक एकसाथ अघि बढाउने अडान लिएको थियो। मंगलबारको बैठक मोर्चाले अवरोधको प्रयास गरे पनि सरकारले दुवै विधेयक प्रस्तुत गरेको हो।

संविधान जारी नहुँदै तत्कालिन संविधानसभा छोडेर बाहिरिएका आन्दोलनरत मधेसी मोर्चा कात्तिक २२ गतेदेखि संसद्मा फर्किएर घेराउ तथा नाराबाजी सुरु गरेका थिए। एक महिनादेखि संसद् निरन्तर अवरुद्ध हुँदै आाएको छ।

मधेस आन्दोलनलाई सम्बोधन गर्न कांग्रेस नेतृत्वको सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक पेस गर्न वर्तमान सरकार सहमत भएर कार्यसूचीमा राखे पनि मोर्चाले त्यो विधेयकलाई पेस गर्न दिएको छैन।annapurnapost
काठमाडौँ, २९ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कमल थापाले पार्टी प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीलाई देश र जनताको सेवालाई केन्द्रमा राखेर पारदर्शी ढङ्गले काम गर्न आज निर्देशन दिनुभएको छ ।
पार्टीको सरकार समन्वय समितिको पहिलो बैठकमा आज उपप्रधानमन्त्री थापाले पार्टीको प्रशासनिक कार्यशैलीले जनतालाई नयाँ सन्देश र प्रभावकारी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष थापाले स्थानीय विकास निर्माणका कार्य गर्दा राजनीतिक चिन्तन तथा दर्शनभन्दा माथि उठेर जनताका सेवालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको उहाँका राजनीतिक सल्लाहकार राजाराम बर्तौलाले जानकारी दिनुभयो ।
समितिका संयोजक राजीव पराजुलीले सम्बन्धित मन्त्रालयका जिम्मेवारीलाई समय सीमामा पूरा गर्न मन्त्रीहरुलाई आग्रह गर्दै पार्टीका नेता तथा कार्यकर्तालाई पार्टी कार्यालयमा नै समय दिन सुझाव पनि दिनुभयो ।
dainiknepal
काठमाडौँ, २९ मङ्सिर । नेपाली सेना पहिलो पटक जलविद्युत् उत्पादनमा लाग्ने भएको छ ।
सेनाले रोल्पाको माडीखोला जलविद्युत् आयोजना अगाडि बढाउन लागेको हो । कुल १२ दशमलव २५ मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा लगानी गर्न सेना तयार भएको हो । सरकारको चालु आवको बजेट वक्तव्य र अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिन पहिले जारी गर्नुभएको श्वेतपत्रमा समेत सेनालाई जलविद्युत् क्षेत्रमा परिचालन गर्ने योजना समावेश गरिएको छ ।
लामो समयदेखि सरकारको ‘बास्केट फन्ड’मा राखेको सो आयोजना सेनाले अगाडि बढाउन लागेको हो । तर कुन मोडालिटीमा आयोजना अगाडि बढाउने भन्ने विषयमा भने छलफल जारी रहेको छ । नेपाली सेनाले माडीचौर जलविद्युत् आयोजना कुन मोडालिटीमा बनाउने भन्ने विषयमा रक्षा मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयमा पठाइसकिएको प्रधानसेनापति राजेन्द्र क्षत्रीले जानकारी दिनुभयो ।
“कुन मोडालिटीमा सो आयोजनालाई अगाडि बढाउने भन्ने विषयमा छलफल जारी रहेको छ । हामीले तालुकदार मन्त्रालयमार्फत अर्थ र ऊर्जा मन्त्रालयसँग छलफल गरी राखेका छौँ । आवश्यक निर्णय हुने वित्तिकै सो आयोजना अगाडि बढ्छ ।” व्यवस्थापिका–संसद्को राज्य व्यवस्था समितिको आजको बैठकमा प्रधानसेनापति क्षत्रीले भन्नुभयो ।
सेनाको सैनिक कल्याणकारी कोषमा रु ३५ अर्ब रकम रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थामा न्यून ब्याजदरमा सो रकम राखिएको छ । सैनिक कोषको रकम जनकल्याणकारी काममा खर्च होस भन्ने आम जनताको चाहनालाई सम्मान गर्दै सेना जलविद्युत्मा लगानी गर्न लागेको हो । सांसदहरुले सैनिक कल्याणकारी कोषलाई प्रयोग गरेर मुलुकमा जारी ऊर्जा सङ्कटलाई हल गर्न आग्रह गरेपछि सेनाको तर्फबाट जलविद्युत् क्षेत्रमा लगानी गर्न लागेको जानकारी गराएको हो ।
सांसद् गङ्गालाल तुलाधरले सेनाको रकम राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कुल एक हजार २०० मेगावाट क्षमताको जलविद्युत् आयोजना अगाडि बढाउन आग्रह गर्नुभएको थियो । उहाँले सेनाले योजनावद्धरुपमा जलविद्युत् आयोजना अगाडि बढाउन सके मुलुकले भोग्नुपरेको ऊर्जा सङ्कटलाई समाधान गर्न सकिने भन्दै जलविद्युत् उत्पादनमा लाग्न आग्रह गर्नुभएको थियो ।
सरकारले प्रसारण लाइन निर्माणमा देखिएको अवरोध हटाउन सेनालाई जिम्मा दिने घोषणा गरिरहेको बेला सेना प्रत्यक्षरुपमा जलविद्युत् क्षेत्रमा सहभागी हुन लागेको हो । खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माणमा मुआब्जा वितरण र जग्गा प्राप्तिलगायतका विषयमा समस्या देखिएपछि सेना परिचालन गरेर काम अगाडि बढाउने निर्णय सरकारले गरेको छ ।
विकास निर्माणलगायतका विभिन्न काममा सेनाले प्रत्यक्षरुपमा काम गरिरहेको सन्दर्भमा जलविद्युत् आयोजनामा समेत प्रत्यक्ष सहभागी हुन लागेको हो । सेनाले हाल कर्णाली– हुम्ला सडकखण्डको निर्माण गरिरहेको छ । यस्तै पछिल्लो पटक सरकारले गल्छी–रसुवागढी सडक निर्माणको जिम्मा समेत सेनालाई दिएको छ ।
सांसदहरु अइन्द्रसुन्दर नेम्वाङ, सीता गुरुङ, नविन्द्रराज जोशी, रामेश्वर फुयाँलले सेनाको नेतृत्वमा विकास निर्माणको काम अगाडि बढ्दा सहज हुने भन्दै मुलुकमा जारी ऊर्जा सङ्कट समाधानका लागि सैनिक कल्याणकारी कोषको रकम प्रयोग गर्न सकिने विचार व्यक्त गर्नुभएको थियो । सांसद यज्ञराज सुनुवारले बङ्कर टु व्यारेकको रणनीत अगाडि सारेको सेनाले व्यारेकबाट पुनः निर्माणमा सहभागी हुनुपर्ने मत राख्नुभएको थियो । रोल्पाको माडी खोलामा तीन वटा जलविद्युत् आयोजना रहेका छन् । त्यसमा माडीचौरको क्षमता १२.२५ मेगावाट रहेको छ भने माडीको क्षमता ८.४ मेगावाट र अर्को तल्लो माडीको क्षमता ३.६ मेगावाट रहेको छ ।
सरकारले आफैंले राखेको सो आयोजनाको प्रारम्भिक काम गर्न विभिन्न समयमा रकम विनियोजन गर्दै आएको थियो । ठूला–ठूला आयोजना अगाडि बढाउन हामीलाई कठिनाइ छ । “कोषको रकमबाट प्राप्त हुने व्याजबाट नै धेरै काम गर्नुपर्ने भएकाले कठिनाइ छ ।” प्रधानसेनापति क्षत्रीले भन्नुभयो । उहाँले सरकारको निर्देशन र निर्णयका आधारमा सेना अगाडि बढ्ने र मुलुक, देश र जनताको सेवासँगै अन्य विकास निर्माणका काममा पनि सहभागी हुने जानकारी गराउनुभयो । रासस
dainiknepal
काठमाडौं, २९ मंसिर । प्रमखु विपक्षी दल नेपाली कांग्रेस र मधेसी मोर्चाको अबरोधका कारण लामो समयदेखि अबरोध हुँदै आएको व्यवस्थापिका संसदको बैठक आज पुनः सुरु भएको छ । संसदको कार्यसूचीअनुसार संविधान संशोधनका दुई वटा विधेयक पनि पेश हुनेछ ।
बैठकको सुरुमै मधेसी मोर्चाका सांसदहरूले उठेर अबरोध गरेका छन् । उनीहरूको अबरोधकाबीच संसदको कार्यसूचीअनुसार कामकारबाही अगाडि बढेको छ ।
सरकारका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले दुई वटा प्रस्ताव पनि पेश गर्नु हुनेछ ।
उहाँले नेपालको संविधान (पहिलो संशोधन) २०७२ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । मन्त्री खरेलले नेपालको संविधान (पहिलो संशोधन) २०७२ पनि प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।
यी दुई विधेयकमा राज्यका हरेक अंगमा समावेशी र मानुपातिक सहभागिता र जनसंख्या र भौगोलिक आधारमा निर्वाचन क्षेत्र निर्धाण गर्ने विषय उल्लेख छ ।
त्यसैगरी विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७२ सदन समक्ष पेश गर्नु हुनेछ ।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले भने आजको संसद बैठक अबरोध नगर्ने जनाएको छ । स्रोतका अनुसार सरकारले संविधान संशोधनको प्रस्ताव एउटै कार्यसूचीमा राखेकाले सदन अबरोध नगर्ने सहमति भएको छ ।
dainiknepal
काठमाडौं, २९ मंसिर । ९बुँदे माग राख्दै मधेसमा आन्दोलन गरिरहेको संघीय समावेशी मधेसी गठबन्धनसँग सरकारले पहिलोपटक मंगलबार साँझ ६ बजे वार्ता गर्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हुने वार्तामा गठबन्धनले राखेका ९बुँदे मागबारे छलफल हुने बताइएको छ ।
मधेसी गठबन्धनमा शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनाधिकार फोरम (गणतान्त्रिक), अनिल झा नेतृत्वको संघीय सद्भावना पार्टी र जेपी गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियान सहभागी छन् ।
यता मधेस आन्दोलनको मुख्य नेतृत्वकर्ता संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा भने आफ्नै अडानमा छ । विगतमा भएको ११ बुँदे सहमति कार्यान्वयनको माग गर्दै मोर्चाले विगत तीन महिनादेखि आन्दोलन गरिरहेको छ ।
dainiknepal
मंगलबार, २९ मंसिर
काठमाडौ । नेपाली कांग्रेस प्रमुख प्रपिक्षी दल मात्रै नभएर निवर्तमान सरकारको नेतृत्व गरेको पार्टी पनि हो ।
उस्कै नेतृत्वको सरकारको पालामा देशले महाभूकम्पको सामना गर्नुपरेको थियो । अनि उसैले राहत दिन नसकेका जनतालाई राहत दिनकालागि संसदमा पुननिर्माण प्राधिकरणको विधेयक उस्कै कारण अलपत्र परिरहेको छ
कांग्रेसले सानो कुरामा निहुँ खोजदा भूकम्प पीडित जनता भने सडकमा, खुलला आकासमुनी यस्तो जाडोमा बस्न बाध्य छन्।
मंगलबार बिहान पनि जिम्मेवार प्रतिपक्षी कांग्रेसको बैठक बस्यो । तर, उस्ले मधेसी मोर्चालाई जिस्क्याउने किसिमको निर्णय गरेको छ ।
कांग्रेसले संविधान संशोधन र भूकम्प पछिको पुनर्निर्माण प्राधिकरण गठन सम्वन्धि विधेयक संसदमा एकैसाथ पेश गर्नुपर्ने अडान फेरि लिएको छ ।
अनि आजै बस्ने संसदमा मधेसी मोर्चासँग भिडन्त गर्ने मनासय राखेको देखिन्छ, एक राजनीतिज्ञ भन्छन् मोर्चा सकारात्मक बन्दा कांग्रेसले यस्तो बालपन देखाउनु राजनीतिक बेइमानी नै हो ।
नैतिकता बिहीनहरुले मात्रै यस्तो राजनीति गर्ने उनको भनाई छ। मंगलबार विहान बसेको कांग्रेस पदाधिकारी बैठकले दुबै विधेयकलाई सँगसँगै पेश गर्ने निर्णय गरेको हो। यस अघि पनि कांग्रेसले दुवै विधेयक सँधै पारित गरिनुपर्ने अडान राख्दै आएको थियो ।
पदाधिकारी बैठक पछि महामन्त्री प्रकाशमान सिंहले दुवै विधेयक सँग नआए सदन चल्न नदिने निर्णय भएको बताउनुभयो। कांग्रेसले संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण सम्वन्धि विधेयक संसदमा नल्याएको भन्दै संसद बैठक अबरुद्ध पार्दै आएको छ ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home