• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौँ, २७ भदौ । उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमको क्वार्टरमा बोलाएर बामदेवका स्वकीय सचिव सञ्जय भण्डारीले  एमाले प्युठानका कार्यकर्ता भानु भट्टराईलाई हतकडी लगाएर हनुमान ढोका पुर्‍याएका छन् ।

एमाले उपाध्यक्ष समेत रहेका गृहमन्त्री गौतमकै निर्वाचन क्षेत्र प्युठानका एमाले कार्यकर्ताले आफूलाई गृहमन्त्रालय भित्रै अन्याय भएको गुनासो गरे । अनेरास्ववियु प्युठान काठमाडौँ सम्पर्क कमितिको अध्यक्ष समेत रहेका भानुले भने, ‘मैले गृहमन्त्रालय भित्र अन्याय सहनु पर्‍यो ।’ अनाहकमा भानुलाई प्रहरीले बिहिबार चार बजे गृहमन्त्रीको क्वार्टरबाटै हथकडी लगाएर हनुमान ढोका लगेको थियो । भट्टराई पक्राउ गराउनमा गौतमका पिए भण्डारीको हात रहेको खुलासा भएको छ । भानुका अनुसार भण्डारीले भट्टराईलाई गृहमन्त्रीको क्वार्टरमा बोलाएर लागी गर्दै प्रहरीलाई हतकडी लगाउन लगाएका थिए ।

बिहिबार गौतमका पिए भण्डारीले निम्ता गरेपछि गौतमको क्वार्टर पुगेका भानुलाई गेटपास समेत भण्डारीले नै मिलाइदिएका थिए । गेटपास लिएर क्वार्टर प्रवेश गरेका भानुले केही बेर भण्डारीसँग राम्रो गफ गरे । तर, गफगाफकै क्रममा भण्डारीले चार जना प्रहरी बेलाएर भानुलाई पक्राउ गर्न लगाए ।

भानुले भने, ‘एकाएक प्रहरीले मेरो कठालो समातेर भ्यानमा कोचे । चार जना मध्ये एक जना प्रहरी पोशाकमा थिए । अन्य तीन जना सादा पोशाकमा थिए ।’

भट्टराईले गृहमन्त्रीको क्वार्टरमा बोलाएर आफूलाई बिना कारण हनुमानढोका पुर्याइएको प्रति आपत्ति जनाएका छन् । भानु भन्छन्, ‘बिहिबार गृहमन्त्रीको क्वार्टरबाट साँझ चार बजे पक्राउ परँे । प्रहरीले विभिन्न खालका गाली गलौज गरेर मानसिक पीडा दियो ।
केही समय हनुमान ढोकामा राखेर साँझ सात बजेपछि  छोडिदियो । मैले केही गल्ती गरेकै छैन, मलाई किन पक्राउ गरेको भन्दा प्रहरीले माथिको आदेश भने ।’

भानुले हनुमान ढोका पुगेपछि आफूलाई हनाहकमा भण्डारीले प्रहरी लगाएको भनेर  गृहमन्त्री गौतमका पहिलो नम्बरका स्वकीय सचिव विजयविराज विष्टलाई फोन गरेका थिए । विजयले समेत मैले केही गर्न नसक्ने बताएको भानुले सुनाए ।

आफूलाई अपराधीको शैलीमा विनाकारण पक्राउ गरिएको भन्दै भट्राईले गृहमन्त्रालयप्रति नै आपत्ति जनाएका छन् ।  मन्त्री क्वार्टरबाटै पक्राउ परेका भट्टराई प्युठानका एमाले कार्यकर्ता हुन् । उनी अनेरास्ववियु प्युठान–काठमाडौँ सम्पर्क कमिटीका अध्यक्षको रुपमा कार्यरत छन् ।

भट्टराई पक्राउ पर्नुको रहस्य

भट्टराई पक्राउ पर्नुको रहस्य भने अलि फरक भएको खुलासा भएको छ । अर्का एमाले कार्यकर्ता लक्ष्मण आचार्यले  कसैको पैसा हिनामिन गरेका रहेछन् । पीडितले गृहमन्त्रालयमा उजुरी गरेपछि उक्त केश मिलाउने नाममा लक्ष्मणको कल डिटेल हेर्दा भानु भट्टराईसँग धेरै सम्पर्क भएको देखिएको थियो । सोही अनुसार  गृहमन्त्रीका पिएले आफ्नै हातमा कानुन भए झै गरी भानुलाई गृहमन्त्रीकै क्वार्टरमा बोलाएर प्रहरी लगाएका रहेछन् ।

गृहमन्त्रीका पिए भण्डारीले भानुले बिचौलियाको काम गरेको भन्दै पक्राउ गराएको बुझिएको छ । यता भानुले भने लक्ष्मणसँग आफ्नु कुनै कारोबार नभएको बताएका छन् ।

भानुका अनुसार लक्ष्मण अहिले उनीसँग समेत सम्पर्कमा छैनन् । भानु भन्छन्, ‘लक्ष्मणले दुई चार महिना अघि मलाई फोन गरेको नाममा मलाई बिचौलिया भनेर गृहमन्त्रालयको क्वार्टरमै बोलाएर पक्राउ गर्ने अधिकार गृहमन्त्रीका पिएलाई कसले दियो ?’
भानुले सामान्य सोधपुछ गर्न सकिने विषयमा गृहमन्त्रीका पिएले आफूमाथि अन्यय गरेको गुनासो गरेका छन् ।

www.etajakhabar.com
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले  एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का तराई –मधेशका निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने संविधानसभाका सभासद्हरुसँग  आइतबार बिहान छलफल गरेका छन्।

प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको भेटमा कोइरालाले तराई–मधेशमा हाल देखिएका समस्याको हल गर्न सरकार गम्भीर रहेको बताए । उनले संविधान निर्माण सहित राजनीतिक समस्याको समाधानको लागि मधेशवादी पार्टी र सहित थरुहट ÷थारुवान संयुक्त संघर्ष समितिलाई वार्ताको निमित्त आह्वान गरिएको  र वार्ताको निमित्त संविधान सभाको प्रकृया केही सुस्त गरिएको बताए।
त्यस्तै तराईका जिल्लाहरुमा विगत केही समयदेखि सञ्चालन गरिएको आन्दोलनले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उनले सर्वसाधरण नागरिकको दैनिक जीवनलाई कष्टकर बन्न नदिन पनि नेपाल सरकार कार्यरत रहेको बताए।


संविधान सभामा निमार्णको अन्तिम चरणमा पुगेको संविधानको मस्यौदाले नेपाली जनताले झण्डै एक शताब्दी लामो समयदेखि लोकतान्त्रिक शासन पद्धतिको स्थापना र विकासका लागि गरेको आन्दोलनले हासिल गरेका उपलब्धिहरुलाई संस्थागत गर्ने भएकोले यसलाई परिणाममा पुर्‍याउन सबैको सहयोग अपेक्षित रहेको उल्लेख  गरे।

उनले संविधान निर्माणमा सबै राजनीतिक पार्टीहरुले परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्ने कार्यलाई प्राथमिकता दिएकोले नै संविधान निर्माणमा प्रगति हुन सकेको पनि उल्लेख गर्नुभयो । उहाँले अहिले छुटेका सानातिना कुरालाई संविधान संशोधनमा समेट समेट्न सकिने पनि बताए ।


एमाओवादी सभासद्हरुले तराईका जनजीवन सामान्य बनाउन सरकारले अधिकतम लचक हुनु पर्ने  र सामान्य नागरिक भयभीत हुने अवस्था सिर्जना नहुने अवस्था कायम गर्नुपर्ने माग गरेका थिए।

सो अवसरमा प्रधानमन्त्री कोइरालाले तराईको जनजीवन सामान्य बनाउन सरकारले अधिकतम् प्राथमिकता दिएको बताए । उनले  कमी कमजोरी भएको भए सच्याएर लगिने पनि बताए।
annapurnapost.com
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले संविधान निर्माणको प्रक्रिया अझै केही पर सार्ने प्रस्तावालाई एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले ठाडै अस्वीकार गरेका छन्।

प्रक्रिया सार्ने योजनाअनुसार कोइरालाले आइतबार बिहान बैठकका लागि ओली र प्रचण्डलाई बालुवाटार बोलाए पनि दुवै बैठकमा सहभागी भएनन् । दुवैले अब बैठक गरेर अलमलिनुभन्दा प्रक्रियामा जानुपर्ने सन्देश प्रधानमन्त्रीलाई दिएका छन् । प्रक्रिया सार्ने पक्षमा प्रधानमन्त्रीको मनसाय बुझेपछि ओली र प्रचण्ड बालुवाटार नगएको र प्रक्रिया कुनै पनि हालतमा सार्ननहुने प्रधानमन्त्रीलाई टेलिफोनमा बताएका छन् । प्रचण्ड र केपीको यस्तो अडानपछि आजै मतदानको प्रक्रिया सुरु गर्ने तयारी भएको बुझिएको छ ।


सभाध्यक्ष सुवास नेम्वाङ पनि वार्ताको ढोका खुलै राखेर प्रक्रियामा जानुपर्ने र आन्दोलनकारीसँग वार्ता भएर सहमति भए त्यसलाई कुनै पनि बेला रुपान्तरि संसद्बाट सम्बोधन गर्नसकिने सल्लाह शीर्ष नेतृत्वलाई दिएका छन् । प्रधानमन्त्री सुशील केही लचिलो देखिए पनि कांग्रेसका वरिष्ठ नेता शेरबहादु देउवालगायतका अधिकांश नेताहरु प्रक्रिया कुनै हालतमा रोक्न नहुने र प्रक्रिया रोकिँदा संविधान बन्न नदिने खेललाई बल पुग्नसक्ने बताउँदै आएका छन् ।


गत शुक्रबार नै मतदानको प्रक्रिया सुरु गर्ने कार्यसूची भए पनि वार्ताका लागि अन्तिम अवसर भन्दै चार दलले दुई दिन प्रक्रिया रोकेका थिए। तर प्रक्रिया रोकेर वार्ताका लागि अपिल गर्दा पनि आन्दोलनकारी दलहरुले कुनै सकारात्मक प्रतिक्रिया नजनाएपछि तीन दलले आन्दोलनकारी सम्वाद र शान्तिपूर्ण समाधानको पक्षमा नरहेको विश्लेषण गरेका छन् ।

स्रोतका अनुसार वार्ताका नाममा प्रक्रिया सार्दै जाँदा संविधानसभालाई असफल पार्ने र संविधानलाई अड्काउने खेल हावी हुँदै जाने विश्लेषण ओली र प्रचण्डको छ । तराई मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्नका लागि पटकपटक वार्ताका लागि अपिल गर्दा पनि आन्दोलनकारी वार्तामा आउनुको सट्टा आन्दोलनलाई झन् हिंसक र अराजक बनाउने दिशामा अग्रसर भएको निश्कर्ष नेताहरुको छ ।

एमाओवादीका वरिष्ठ नेता बाबुराम भट्टराई प्रक्रिया सार्ने पक्षमा लबिङ गरिरहेका छन्। उनको सक्रियता प्रचण्ड स्वयमलाई चित्त बुझेको छैन। बाबुरामको भूमिकाबाट प्रचण्ड पनि शसंकित देखिएका छन्।


विदामा बसेको सुरक्षाकर्मी तथा एम्बुलेन्समा घाइतेलाई समेत थुतेर हत्या गर्नेजस्ता अपराधिक गतिविधि हावी हुँदै गएकोले अब आन्दोलनले राजनीतिक चरित्र र लगाम गुमाउँदै गएको विश्लेषण गर्दै यस्तो अवस्थामा पनि आन्दोलनकारीसँग वार्ता गर्ने भन्दै ढिलाइ गर्दा अवस्था झन् भयावह हुने निश्कर्ष ओली र प्रचण्डले कोइरालासमक्ष राखेका छन् ।

संविधानसभाको कुल संख्या नब्बे प्रतिशत बहमत संविधान निर्माणको पक्षमा हुँदा पनि केही आन्दोलनकारीको धम्की र घुर्कीबाट डराएर प्रक्रियामा जान खुट्टा कमाउन नहुने भनाइ ओली र प्रचण्डले शीर्ष बैठकमा राख्दै आएका छन् । स‌ंविधानसभाका करिब नब्बे प्रतिशत सभासद् प्रकियाको पक्षमा छन्।संविधानसभाको हाल कायम सिट संख्या ५९८ मात्र हो। राप्रपा नेपाल पनि प्रक्रियामा सहभागी भएपछि संविधानसभामा ५४० सभासद् संविधान जारी गर्ने प्रकियाका पक्षमा छन्। प्रकियाको पक्षमा रहेका दलहरूको संख्या १९ पुगेको छ।

संविधान पारित गर्न चाहिने अन्तरिम संविधानको धारा ७० को प्रावधानअनुसार आवश्यक पर्ने दुईतिहाई बहुमत भनेको ३९८ सभासद् हुन्।संविधानसभामा सभासद्हरुले संविधान निर्माणको प्रक्रियालाई मतदानमा लैजान खुटा कमाउन नहुने भन्दै नेतृत्वको खबरदारी गरिहेका छन् ।

संविधानसभाको प्रक्रिया छोडेर सडकमा जान लागेको राप्रपा नेपाललाई पनि प्रक्रिया सहभागी बनाउन ओली केही दिनदेखि सक्रिय रहेका थिए। थापा र ओलीबीचको पटकपटकको सम्वादपछि राप्रपा नेपाल प्रक्रियामा सहभागी हुन राजी भएको हो ।
annapurnapost.com
महेन्द्रनगरकी अर्चना छोरीलाई मेरो सुझाव तिम्रो भावनामा चोट पुर्‍याउने उदेश्य होइन तर यी शब्दले तिमिलाई केहि नराम्रो महशुस भए क्षमा चाहन्छु ।
मेरो घर पनि महेन्द्रनगर नै हो । गत फाल्गुनमा म घरायसी कामले गृह जिल्ला महेन्द्रनगर गएकी थिएँ । संयोगले नेपाल उद्योग परिसंघको एउटा कार्यक्रम होस्ट गर्न मसँग कुरा आयो मैले पनि हुन्छ भने ।
त्यही वेला अचर्ना पनेरुसँग भेट भयो । उनकी मम्मीले आफ्नी छोरीलाइ नृत्य गराउन निकै मेहनत गरिरहनु भएको थियो ।
म सँग आफ्नी छोरीको बलिउड हिरोइन बन्ने इच्छा सुनाउनु भयो । अर्चनाका बाबा पनि स्टेजमा आउनुभयो । अर्चनाले निकै राम्रो नृत्य गरि, सबैले ताली पिटें, मैले उनको प्रतिभा देखेर निकै सम्मानित शब्द उनका लागि खर्च गरें ।

उनकी मम्मीको लगाव धेरै थियो,उनीरुले आमा छोरीले दोस्रो दिन मलाइ मेकअपको सामान गिप्ट ल्याइदिएका थिए, अर्चनाकी मम्मी आफ्नी छोरीको सफलताका कुरा गर्दे भक्कानिएर म सँग रोइन ।
विरलै आँसु खसाउने म, उनको भावुकता देखेर आँखा रसाए, मन मन सोचें कि एक चेली सँग यस्तै साथ दिने आमा हुन्थे भने नेपाली चेली धेरै अघि बढ्थे भनेर ।
म व्यक्तिगत काम सकिएपछि काठमाण्डौ फर्किए, त्यसपछि मात्र अर्चनाले फेश बनाएको थाहा पाए । उनले मेरो रिक्कोइसट एक्सेप्ट गर्नु न म्याम भन्दै म्यासेज गरिन अनी मेरो ठुलो वाल फोटो बनाएर आफ्नो रुममा राखेको भनिन ।
उता पनि मलाइ निकै माया र सम्मान गरे आमा छोरीले । मेरो मन उनीहरुप्रति अलि अलि भए पनि माया थियो । काठमाण्डौ फर्केपछि मैले चिनेका केहि फिल्मी क्षेत्रका मानिसहसँग उनलाइ फिल्मी क्षेत्रमा ल्याउन सकिन्छ कि भनेर कुरा गरें । अवसर आउँछ, वातावरण मिल्यो भने हुन्छ भन्ने जवाफ पाएपछि म पनि ढुक्क भएकी थिएँ ।
एक दुई जनाले म अर्चनालाइ फिक्स भएपछि बोलाउछु भनेर भनेका पनि थिए ।तर अर्चनाले फेसबुकमा अपलोड गर्ने लुगाको साइज घटाउदै लगिन् । मलाई भित्री रुपमा त्यति मन परेन, र सुझाव दिन ठिक लागेन, हुँदा हुदै उनले नेपाली समाजलाइ अपाच्य हुने फोटाहरु अपलोड गर्न थालिन ।
एउटी सानी फुच्ची जसलाई मैले निकै निश्चल, सफा मन भएकी, सभ्य नानीका रुपमा हेरेकी थिएँ । एका एक घृणाको पात्र बन्न पुगिन, मेरो कार्यालयमा उनको चर्चा भयो ।
मेरा कति साथीले तिम्रो महेन्द्रगरकी केटी भनेर मलाई पनि होच्याउन खोजे । मलाई निकै पिडा भयो त्यति राम्री फुच्ची कसरी यस्तो गर्न सक्छे, हुदाँ हुदै उनलार्य पोर्न स्टार भनेर समाचार लेखेको देखें, म सोचिरहेकी छु आखिर अर्चनाले किन यस्तो हर्कत गरिन, अर्चनालाई मोडलिङको यस्तो घिनलाग्दो अर्थ बुझाउने मानिस को हो ??
कसले उनलाई प्रयोग गरेर फाईदा उठाउँदै छ ? उनका अभिभावक किन चुप लागे ? आज महेन्द्रनगरकी छोरीहरुको परिभाषा परिर्वतन हुँदा समेत किन यस विषयमा त्याहाँको बुद्धीजिवी वर्ग चुप लागेको छ ।
अर्चनालाई हतियार बनाएर चर्चा कमाउने को हो ? समाचारमा आए जसतो आमा बुवाले नै छोरीलाइ यस्तो हर्कत गर्न सघाउलान् ? हैन भने किन चुप, हो भने उपलब्धि के ?
नेपालको कानुन अनुसार अर्चना अहिले पनि नाबालक हुन, एउटा नाबालिकालाई उसको स्कुलबाट बञ्चित गरिंदै छ, समाजले घृर्णा गर्न थालिरहेको छ ।
उनको भविष्य अन्योल तर्फ जाँदै छ, उनी मात्र होइन सिंगो मेनद्रनगरका चेलीहरुलाई यहि विषयमा जोडर हेर्ने शुरुवात हुदैछ । उनका आधा दर्जन फेशबुक आइडी छन ति उनले नै चलाइरहेकी छन कि फेक हुन ?? उनको हर्कतले कञ्चनपुरलाई के असर पुग्छ ?? अनी उनलाई पोर्न स्टार भनिएको छ, कुन आधारमा, भोलि जब उनी नाबालिक बाट बुझ्ने उमेरमा प्रवेश गरेपछि यो कुराले उनलाइ के असर पाछ ??
महेन्द्रनगरको समाजले यो कुरा स्वीकार गर्न सक्छकी सक्दैन ?? सब अनुत्तरित छ । त्यसैले अर्चना मोडलिङ गर्ने बाटो यस्तो होइन, यसरी कमाएको चर्चाले तिमिलाई फाइदा छैन, संसारभरीका शक्तिशाली महिलाले लामो सरीर छोप्ने लुगा लगाउँछन, तीमि राम्री मात्र होइन धेरै राम्री छौ ।
स्टार होइन सुपर स्टार बन्न सक्छौ । तर यो बाटो अपनाएर होइन अहिले सम्मका नराम्रा कुरालाई सुधारेर नमुना बन, सबेको सहयोग रहेने छ ।
तिम्रो नाम लिएर गर्व गरुन महेन्द्रनगरवासीले । अर्चनालाई उक्साउनेहरुमाथि कानुनी व्यवस्थाको बारेमा सोच्नु पर्छ । मैले भेटेकी अर्चना निकै राम्री थिइन, विग्रको छैन अझै थुप्रै अवसर छन् ।
नीरु पाल पनि मेहेन्द्रनगरकै हुन, निलम चन्द पनि महेन्द्रनगरकै हुन, धेरैको नाम किन लिनु तर अर्चना यी दुईजना बाट केहि भएपनि राम्रो कुरा सिक ।
तिमी हाम्रो सान बन्नु पर्छ न की तिम्रो कारणले अरु चेलीको शिर झुकोस् । अन्त्यमा तिमिलाई मेरा शब्दबाट चोट पुगे क्षमा चाहान्छु । (महेन्द्रनगरकी कार्की माउन्टेन टेलिभिजनकी समाचार वाचिका हुन् ।)
www.nepalsandesh.com
संखुवासभाः राम्रो आम्दानी हुदै आएको रुद्राक्षको नयाँ कारोवार शुरुसँगै खाँदबारी र भोजपुरको दिङला बजारमा चहलपहल बढेको छ । खरिदबिक्री शुरु हुनाले होटल र बजारमा चहलपहलसँगै बैंकमा कारोवार बढेको छ ।

अघिल्लो बर्षको तुलनामा रुद्राक्षको मुल्यमा गिरावट आएको छ । केही बर्ष अघिसम्म भारतका व्यपारीहरुले ठुलामुख भएका रुद्राक्षको मात्र माग गर्ने गरेको थियो तर तीन बर्ष यता देखि चीनियाँ व्यपारीहरुले चार, पाँच र छ मुखे रुद्राक्ष समेत माग गर्न थाले पछि किसानहरुले आम्दानी लिन थालेका छन् ।
 बारीमा खेर जाने रुद्राक्ष बिक्री गरेर एकै परिवारले एक बर्षमा एक करोड १० लाख सम्मको बिक्री गरेको छ । रुद्राक्ष कारोवारको समय भदौ देखि मंसिरसम्म होटलले राम्रो आम्दानी हुने गरेको रिदम रेष्टुरेष्टका सञ्चालक चिरन राईले बताए ।


किसानहरुले घर खर्च टार्नकै लागि भए पनि नयाँ रुद्राक्ष बजारमा ल्याउने गरेका छन् । भदौ अन्तिम देखि शुरु हुने कारोवार नयाँ रुद्राक्ष निस्किए पछि यो साताबाट कारोवार शुरु भएको व्यपारी काजी तामाङले बताए ।

यो हप्ता मात्र खाँदबारीमा करिव २० लाखको खरिद बिक्री भएको उनले बताए । कारोवारसँगै यहाँका बैंकहरुमा जम्मा गरेको नगद रकम निकाल्नेको संख्या ह्वात्तै बढेको बैंकहरुले जनाएको छ ।


भोजपुरको नेपाले डाँडामा एक किसानको बगैचा तीन बर्षका लागि एक करोड रुपैयाँमा ठेक्का लिएका छन्, अधिकांश व्यपारीहरुले किसानको बगैचानै ठेक्का लिएको छन् । ठेक्का लिएको दानाको सुरक्षा नहुने र चोरी हुने भन्दै हतारमा नयाँ रुद्राक्ष बजारमा आएको व्यपारीहरु बताउछन् ।

मुखदार भन्दा पनि कण्ठे(ठुलो दाना) को माग बढी रहेको व्यपारी उत्तम दाहालले बताए । उनी चीनियाँहरु किसानसम्म बोट हेर्न पुग्न थाले पछि रुद्राक्षको मुल्य गत बर्षको तुलनामा कम भएको बताए ।


होलसेलर र खुद्रामा रुद्राक्ष खरिद गर्ने व्यपारीहरु बजारमा भेटिन्छन् । व्यपारीहरुले २५ हजार देखि एक करोड सम्म लगानी गरी बोट र बगैचानै ठेक्का लिने गरेका छन् ।

खाँदबारीका होलसेलर व्यपारी जय राई रुद्राक्षको माग चीनियाँले गरेको तर स्तरीय रुद्राक्ष मात्र बढी माग गर्ने गरेकाले रुद्राक्षलाई स्थानीय क्षेत्रमै स्तरीकरण गरी बजार व्यवस्थापन गर्न आवस्यक रहेको बताए । गत बर्ष मात्र ४० करोड बढीको रुद्राक्ष बिक्री भएको रुद्राक्ष किसान तथा व्यवसायी संघका अध्यक्ष बिपिन राईले बताए ।

चीनियाँले २१ मिलिमिटर भन्दा ठुलो दानाको माग गर्ने गरेको छ भने भारतले बढी मुखदार दाना माग गर्ने गरेको व्यपारीहरु बताउछन् । मुखदार दानामा हालसम्म २०,२१,२२,२७ मुखे सम्म उत्पादन भएको पाइएको छ । यसको मुल्य १२ लाख देखि १९ लाख सम्ममा बिक्री गरेको छ ।

रुद्राक्षले किसानको जीवनस्तर माथि उठेको छ भने यहाँको जग्गा र आर्थिक कारोवार समेत ह्वात्तै बढेको छ । अर्थतन्त्रमा रुद्राक्षको महत्व रहेको भन्दै यो व्यवसायलाई राज्य वेवास्ता गरेको व्यवसायीहरुको आरोप छ ।

व्यपारीहरु रुद्राक्षको थप ग्रेडीङ गरी गुणस्तर सुधार गरी बजार व्यवस्थित बनाउन राज्यले पहल गर्न माग गर्छन ।

चिनियाँहरुले सजावट र गहनमा प्रयोग गर्ने र भारतमा हिन्दुधर्मलम्बीले धार्मिक आस्थाअनुसार प्रयोग गर्न खरिद गर्ने गरेको पाइन्छ । भोजपुरको दिङलामा बालगुरु षढानन्दले भारतबाट बृक्ष ल्याई रोपे पछि यस क्षेत्रमा रुद्राक्ष फैलिएको अग्रजहरु भनाई छ । पछिल्लो समयमा रुद्राक्ष यहाँको मुख्य आम्दानीको श्रोत बनेको छ ।
annapurnapost.com
आज  वि.सं. २०७२ भाद्र २७ गते आइतबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर १३ तारिख, आजको व्रत/पर्व : स्नानदानादिका लागि औंसी, हलो बार्ने दिन, कुसे औंसी, गोकर्ण स्नान, बाबुको मुख हेर्ने दिन, पितृसम्मान दिवस, मोती जयन्ती, मन्वादि, आजको मूहुर्त : अग्निवास(होमादि), भाद्रपद कृष्णपक्षको अमावस्या तिथि, बिहान १०:१६ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो १३:०० बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, साँझ ०७:३९ बजेसम्म, त्यसपछि कन्या राशिमा, साध्य योग, दिउँसो ०३:१९ बजेसम्म, त्यसपछि शुभ योग, बब करण, मध्यरात्रीपूर्व ११:१७ बजेसम्म त्यसपछि बालब करण, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:४७ बजे र सूर्यास्त : साँझ ०६:११ बजे

आजको राशिफल

 Aries Rashifal मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सन्ततिपक्षबाट खुसीको समाचार, मन प्रफुल्ल र उत्साही बन्ने, परिवारमा रमाइलो जमघट हुने, बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो, बन्दव्यापार फस्टाउने, मानसम्मान पाइने ।

 Taurus Rashifal बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

खर्चको मात्रा ह्वात्तै बढ्ने, शरीरमा आलस्य जाग्ने, प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने, चुनौतीको सामना गर्नुपर्ने, मानसम्मानमा आघात पुग्ने, पापमतिमा आकर्षण ।

Gemini Rashifal मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

धार्मिक/सामाजिक काममा प्रशंसित भइने, दाजुभाइ वा मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने, पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान मिल्ने र आकाङ्क्षा पूर्ण हुने ।

Cancer Rashifal कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

दैनिक कारोबारबाट फाइदा, घरायसी जीवनमा समस्या, साझेदार वा सहयोगीको साथ नपाइने, व्यस्त दिनचर्या, विदेशबाट सुखद समाचार आउने, बोलीको विपरीत अर्थ लाग्ने ।

Leo Rashifal सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

मिहिनेत, प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा, विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने समय, नाम, दाम, प्रतिष्ठा र पुरस्कार पाइने, मनोरञ्जनपूर्ण समय ।

Virgo Rashifal कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

काम नबन्नाले दिक्क लाग्ने, यात्रा असफल, खर्चमा नियन्त्रण गर्नुपर्ने, कल्पना र भावनामा केन्दित भइने, बोलीको विपरीत अर्थ लाग्न सक्ने, धमिलो पारिवारिक वातावरण ।

 Libra Rashifal तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

शरीरमा उत्साह र उमङ्ग, स्वास्थ्य सबल, काममा फाइदाको योग, कृषिक्षेत्रबाट लाभ मिल्ने, पढाइलेखाइमा प्रगति, बौद्धिक प्रतिस्पर्धामा विजयी, ठूलाबडाको आशीर्वाद ।

Scorpio Rashifal बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा, बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या, कडा मिहिनेत र परिश्रमका कारण गुमेको प्रतिष्ठा प्राप्ति हुने ।

 Sagittarius Rashifal धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सामाजिक उत्तरदायित्व वहन गर्ने समय, परोपकार र धार्मिक क्षेत्रमा लगानी, रोकिएका काम सम्पादन हुने, नयाँ काम र जिम्मेवारी हात पार्ने, आर्थिक पक्ष सबल ।

Capricorn Rashifal मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सानातिना काम र घरेलु समस्यामा नै समय व्यतीत भएपनि राम्रो लाभ मिल्ने, चोटपटक र दुर्घटनाबाट जोगिइने, प्राज्ञिक र बौद्धिक क्षेत्रको काममा लामो यात्राको सम्भावना ।

Aquarius Rashifal कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

दिन मनोरञ्जनपूर्ण रहने, व्यावसायिक यात्राको सम्भावना, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने, आम्दानी बढ्ने, आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति ।

Pisces Rashifal मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

रमाइलो यात्रा हुनसक्ने, व्यवहारिक सोचको विकास हुने, स्वास्थ्यका दृष्टिकोणले राम्रो समय, आर्थिक लाभ हुने, ऋणसापटी लिनदिन अनुकूल दिन, झैझगडाबाट लाभ ।

काठमाडौं । एउटा घरमा बाबा र ११ बर्षिय छोरी बस्ने गर्थे । एक दिन त्यो ११ बर्षिय छोरीले बाबालाई सोध्छे…

छोरी : बाबा हजुर मलाई मेरो १५ औं जन्मदिनमा के उपहार दिनुहुन्छ ?
बाबाः त्यो आउन धेरै समय बाँकी छ छोरी ।

त्यो छोरी १४ वर्षको उमेरमा हिड्दै गर्दा एक दिन अचानक बिरामी हुन्छे । बेहोस भएर ढलेकी छोरीलाई उसका बाबुले अस्पताल लिएर जान्छ । विभिन्न चेक जाँच पछि अस्पतालका डाक्टरहरुले बाबुलाई छोरीका रोगका बारेमा बताई दिन्छ । डाक्टरले भन्छन्, ‘तपाईंको छोरीको मुटु खराब छ र जुन्सुकै बेला पनि उस्को मृत्यु हुन सक्छ ।’

अस्पतालको बिस्तारामा सुतिरहेकी छोरीले बाबुको मलिन अनुहार देखेर सोध्छ, ‘बाबा डाक्टरले हजुरलाई म मर्दैछु भनेको हा ?’ बाबुले मुसुक्क मुस्कुराउँदै भन्छ, ‘होईन छोरी तिमिलाई केही पनि हुँदैन, म मेरो बेटालाई कहाँ अहिल्यै मर्न दिन्छु र ?’ छोरीले फेरी सोध्छे, ‘तपाईं कसरी भन्न सक्नुहुन्छ, म मर्दिन भनेर ?’ त्यो बाबुले छोरकिो निधारमा मायालु चुम्बन गर्दै मलाई थाहा छ छोरी भन्छ र गहभरी आँसु लिएर त्यहाँबाट बाहिर निस्कन्छ ।
जब उ १५ वर्षकी हुन्छे पुरै सन्चो भएर घर फर्किन्छे । उसले घर आउँना साथ एउटा चिट्ठी पाउँछे । जुन उसकी आन्टीले उसलाई दिन्छिन । त्यो चिट्ठी उसलाई सम्बोधन गरेर उसका बाबुले लेखेको हुन्छ । जहाँ लेखिएको हुन्छ…..

मेरी प्रिय छोरी…
 यदि तिमी यो पत्र पढ्दै छौ भने बुझ्नु सबै राम्रो भएको छ । जुन मैले तिमीलाई भनेको थिएँ । तिमीलाई याद छ बेटा…एकदिन तिमी मलाई सोधेकी थियौ की “बाबा मेरो १५ औं जन्मदिनमा हजुर मलाई के उपहार दिनुहुन्छ’ भनेर । मलाई त्यो बेला थाहा थिएन तर अहिले को उपहार तिमीलाई मेरो ‘मुटु’ हो । तिमीलाई जन्म दिँदा तिम्रो मामुले हामीलाई छाडेर गएकी थीइन । त्यो त मैले सहेको थिएँ तर तिमी त मेरो मुटु थियौ, मेरो प्राण ! त्यसैले कुनै पनि हालतमा तिमीलाई गुमाउन चाहन्नथेँ । यो पत्र पढेर कहिल्यै दुःखी नहुनु । मेरो मुटुको सधैं राम्रो ख्याल राख्नु है छोरी…..!!!!
– प्राकृतिक औषधि र शरीरलाई मजबुत र शक्ति प्रदान गर्ने महको योगदान यतिमा सिमित छैन । मह लाई औषधिको रुपमा प्रयोग गर्नेमात्र नभई स्वस्थ्यका हिसाबले निक्कै महत्वपूर्ण मानिन्छ । प्रतिकूल असर नदेखिएको र खानेवित्तिकै ऊर्जा पाइने तयारी आहारको रुपमा लिईन्छ महलाई ।



तर मह खान जाने फाइदा र नजाने बेफाइदा हुने आयुर्वेदिकविज्ञहरु बताउँछन् । महको प्रयोग कसरी गर्ने भन्नेबारेमा आयुर्वेद विज्ञहरुको भनाई यस्तो छ ।
–माछा, मासुसित मह खानु विष सरह हुन्छ ।
–महमा पानी वा दूधको बराबर मात्रा खानु हानिकारक हुन्छ ।
–अम्बा, अंगुरजस्ता अमिलो फलको साथ मह खानु अमृतसमान हुन्छ ।
–चिया र कफीको साथ मह विष समान हुन्छ ।
–महलाई आगोमा कहिलेपनि तताउनु वा उमाल्नु हँुदैन ।
– घिउ र महको समान मात्रा कहिले खानु हुँदैन ।


–चिनीमा मह मिसाउनु विष सरह नै हुन्छ ।
–तेल, घिउ र नौनीसित मह मिसाएर खानु विषसमान हुन्छ ।
–मोटोपना नियन्त्रण गर्न मनतातो दूधमा एक चम्चा मह घोलेर नियमित खान सकिन्छ ।
–निकै गर्मी वा धापिएर आएको बेला मह खाँदा हानिकारक हुन्छ ।
–महको ज्यादा उपभोग पनि हानिकारक हुन्छ ।
मौरीले विभिन्न वनस्पतिको परागबाट मह बनाउँछ । त्यसैले वनस्पतिको श्रोतोअनुसार महको औषधिय गुण पनि अलग–अलग हुन्छ । जस्तै, नीमको श्रोतोबाट बनेको मह आँखाका लागि, जामुन मधुमेह, हृदय, वात, रक्तचाप रोगको लागि फाइदाजनक हुन्छ ।
–वसन्त ऋतुमा विकसित वनस्पतिको परागबाट निर्मित मह सर्वोत्कृष्ट हुन्छ । सहर वा घरआँगनमा फुलेको वनस्पतिको तुलनामा जंगली वनस्पतिकोे मह सबभन्दा राम्रो हुन्छ ।
–मह सेवन गर्ने बित्तिकै तातो पानी पिउनु हुँदैन ।
–मह खाँदा कुनै अप्ठ्यारो महसुस भएमा कागती, निबुवा खाए आराम हुन्छ । अथवा, एक ग्राम धनियाँको धूलो र २० ग्राम अनारको रस मिसाएर खाँदा पनि राहत मिल्छ ।
–एकै पटक धेरै मह खानु राम्रो हुँदैन । दिनमा दुईतीन चम्चासम्म मह खान मिल्छ । एक पटकमा केटाकेटीले २५ ग्राम र वयस्क मानिसले ५० ग्रामसम्म मह सेवन गर्नुपर्छ ।
–बढिरहेको ज्वरोमा दूध, घिऊ र मह सेवन विषसमान हुन्छ ।
–यदि कसैले विष सेवन गरेको छ भने त्यो बेला मह खुवाउँदा विषको प्रभाव अझ बढेर मृत्युनजिक प¥याउँछ ।

काठमाडौँ, २६ भदौ । हिन्दु राष्ट्र माग गर्दै निस्किएको जुलुसले ढुंगामुढा गरेपछि नयाँ बानेश्वर क्षेत्रमा तनाव बढेको छ ।

शनिबार साँझ हिन्दू धर्मको माग गर्दै निस्किएको जुलुसमा सहभागीले ढुंगामुढा गरेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन केही सेल अश्रुग्यास प्रहार गरेको हो ।

प्रदर्शनकारीले बहुजन पार्टीका सभासद विश्वेन्द्र पासवान अनसन बसेको स्थिलमा आक्रमण सुरुगरेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अहिले नयाँ बानेश्वर क्षेत्रको तनावका कारण त्यहाँको यातायात अवरुद्ध भएको छ भने स्थिति अझै तनावपूर्ण रहेको छ ।
www.etajakhabar.com
प्रधानमन्त्री सिन्जो आबे बाढी प्रभावित क्षेत्रमा

जोसो सिटी, २६ भदौ । जापानको राजधानी टोकियोमा भूकम्पको धक्का महसुश भएको छ। शनिबार बिहान टोकियोमा ५.४ रेक्टर स्केलको भूकम्प आएको हो। भूकम्पबाट त्यस्तो कुनै क्षति पुगेको विवरण तत्कालका लागि नआएको टोकियो अग्नि नियन्त्रण विभागका एकजना अधिकारीले जनाएका छन् ।

उनका अनुसार सो भूकम्पबाट ११ जना घाइते भएका प्रारम्भिक सूचनामा जनाइएको छ। भूकम्पको धक्काले टोकियोका घरहरु निकै हल्लाएको स्थानीय नागरिकले जनाएका छन् ।

यसैबीच जापानको राजधानी टोकियोबाट उत्तरतर्फ पर्ने जोसो नगरमा बाढीका कारण जनधनको ठूलो क्षति पुर्‍याएपछि जापानी प्रधानमन्त्री सिन्जो आबे आफै प्रभावित क्षेत्रको पुगेका छन्। उनी शनिबार बिहान सो क्षेत्रमा पुगेका हुन्। सो बाढीका कारण कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु कयौँ व्यक्ति हराइरहेका छन् ।

उक्त नगरको किनुगावा नदीमा पानीको मात्रा बढ्दै गएपछि सरकारले ठूलो सङ्ख्याका उद्वारकर्मी खटाएको छ । एक दर्जनभन्दा बढी नागरिक अझैपनि हराइरहेको बताइएको छ । उक्त नगरका ६५ हजार जना व्यक्ति त्यहाँबट बिस्थापित भएका छन् । उनीहरुलाई अन्यत्रै सारिएको छ भने उक्त क्षेत्रमा बाढीको थप खतरा रहेको भन्दै सतर्कता अपनाइएको छ ।

बाढीका कारण उक्त नगरमा पूर्ण रुपमा क्षति पुगेको छ भने अरु पनि कयौँ संरचनाहरु ध्वस्त भएका छन् । उक्त नगरको पुनर्निर्माणको आवश्यकता रहेको स्थानीयहरुले जनाएका छन् । उनीहरुले आफूहरुले जीवनमा यस्तो विपत्ती कहिल्यै पनि नदेखेको जनाएका छन् । यस्तो बाढी सो क्षेत्रमा यसअघि कहिल्यै पनि नआएको उनीहरुको अनुभव छ । शुक्रबारबाट भने सो क्षेत्रमा पानीको मात्रा घट्दै गएको छ। रासस/एएफपी

काठमाडौं । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले यथास्थितिमा सरकारसँग वार्ताको कुनै सम्भावना नभएको स्पष्ट पारे ।
शनिबार राजधानीमा आयोजित एक अन्तरक्रियामा उनले तीन दलले संविधानसभामा तत्कालकालागि कोरम नपुगेकोले दुई दिन स्थगित गरेको दावी गर्दै यो स्थगतको कुनै औचित्य नभएको प्रष्ट पारे ।
यादवले आफुहरु वार्ताका विरोधी नभएको तर सरकारले बार्ताको वातावरण बनाउन नसकेको आरोप समेत लगाए । सेना परिचालन गरेर मधेसमा तनाव कायम रहँदासम्म वार्ताको वातावरण नबन्ने भन्दै राजनीतिक समस्याको समाधान सेना परिचालन गरेर नहुने उनको भनाई थियो ।
उनले आफूहरुको आन्दोलन शान्तिपूर्ण भएको दावी गर्दै आफूहरुको शान्तिपूर्ण आन्दोलनमा देशलाई अस्थिरतातर्फ धकेल्न चाहने तत्वले घुसपैठ गरेको हुन सक्ने भएकोले सरकारले त्यसको छानविन गरेर कारवाही गर्नुपर्ने माग गरे ।
यादवले महोत्तरीमा राष्ट्रसेवक प्रहरीको हत्या हुनु दुखद भएकाले घटनाको सरकारले छानविन गरेर दोषीमाथि कारवाही गर्न माग गरे । उनले यस्ता गतिविधिमा सरकारले कारवाही गरे आफुहरुले सहयोग गर्ने बताए ।
उनले आफूहरुको माग कुनै नयाँ नभएकोले यसलाई पुरा गर्ने प्रतिबद्धता ब्यक्त, सेना परिचालन फिर्ता गरे बार्ताको बातावरण बन्ने भन्दै विभेदकै विच संविधान जारी गरे त्यो मुलुकले थेग्न नसक्ने ठोकुवा गरे ।
प्रकृया रोकेको नभै कोरम कुरेकाले वार्ता नाटकको अर्को रुप भएको भन्दै यस्तै भए अर्को विद्रोह थाल्ने उनले धम्की दिएका छन् ।
www.nepalsandesh.com
शनिबार, २६ भदौ
काठमाडौ । चुरेभावर राष्ट्रिय एकता पार्टीका अध्यक्षसहित करिब आधा दर्जन पदाधिकारीहरु सवारी दुर्घटनामा परि भम्भिर घाईते भएका छन ।
सर्लाहीमा आयोजित सभालाई सम्बोधन गर्न काठमाडौबाट त्यतातर्फ जाने क्रममा शनिवार दिउँसो बर्दिबासमा उनीहरु सवार ना ३ च २६२३ नम्बरको बोलेरो जिप सडक भन्दा दुई सय मिटर परसम्म गुल्टीदै दुर्घटनाग्रस्त भएको थियो ।
घटनामा अध्यक्ष बद्रीप्रसाद न्यौपाने सामान्य घाईते भएका छन भने सहअध्यक्ष कृष्णगोपाल श्रेष्ठको खुट्टा भाँचिएको छ ।
त्यस्तै प्रवक्ता केदार प्रसाद निरौलाको हात, सर्लाही जिल्ला अध्यक्ष तुलसीप्रसाद हुमागाईको हात भाच्चिएको छ भने चाल बिमल विक सख्त घाईते भएका छन । उनीहरु बर्दिवासको जनसेवा अस्पतालमा उपचार भईरहेको छ ।
www.nepalsandesh.com
जोसो सिटी,  जापानको राजधानी टोकियोबाट उत्तरतर्फ पर्ने जोसो नगरमा बाढीका कारण जनधनको ठूलो क्षति पु¥याएपछि जापानी प्रधानमन्त्री सिन्जो आबे सो प्रभावित क्षेत्रको भ्रमणमा पुग्नुभएको समाचार छ ।

उनी शनिबार बिहान सो क्षेत्रमा पुगेकोराजधानी टोकियोबाट प्राप्त समाचारमा जनाइएको छ । सो बाढीका कारण कम्तीमा पनि तीन जनाको ज्यान गएको छ भने अरु कयौँ व्यक्ति हराइरहेका छन् ।

उक्त नगरको किनुगावा नदीमा पानीको मात्रा बढ्दै गएपछि सरकारले ठूलो सङ्ख्याका उद्वारकर्मी खटाएको छ । १ दर्जनभन्दा बढी नागरिक अझैपनि हराइरहेको बताइएको छ ।

उक्त नगरका ६५ हजार जना व्यक्ति त्यहाँबट बिस्थापित भएका छन् । उनीहरुलाई अन्यत्रै सारिएको छ भने उक्त क्षेत्रमा बाढीको थप खतरा रहेको भन्दै सतर्कता अपनाइएको छ ।

बाढीका कारण उक्त नगरमा पूर्ण रुपमा क्षति पुगेको छ भने अरु पनि कयौँ संरचनाहरु ध्वस्त भएका छन् । उक्त नगरको पुनर्निर्माणको आवश्यकता रहेको स्थानीयहरुले जनाएका छन् ।

उनीहरुले आफूहरुले जीवनमा यस्तो विपत्ती कहिल्यै पनि नदेखेको जनाएका छन् । यस्तो बाढी सो क्षेत्रमा यसअघि कहिल्यै पनि नआएको उनीहरुको अनुभव छ ।

शुक्रबारबाट भने सो क्षेत्रमा पानीको मात्रा घट्दै गएको समाचारमा जनाइएको छ ।
टोकियोमा भूकम्प

यसैबीच अर्को एक समाचारअनुसार जापानको राजधानी टोकियोमा एउटा सानो भूकम्पको धक्का महसुश भएको समाचार छ । शनिबार बिहान टोकियोमा ५।४ रेक्टर स्केलको भूकम्प आएको हो । तर भूकम्पबाट त्यस्तो कुनै क्षति पुगेको विवरण तत्कालका लागि नआएको टोकियो अग्नि नियन्त्रण विभागका एकजना अधिकारीले जनाएका छन् ।

उनका अनुसार सो भूकम्पबाट ११ जना घाइते भएका प्रारम्भिक एक सूचनामा जनाइएको छ । भूकम्पको धक्काले टोकियोका घरहरु निकै हल्लाएको स्थानीय नागरिकले जनाएका छन् ।

www.ratopati.com
हेटौंडाः बहुमूल्य बुद्धिष्ट पत्थर लुटेर काठमाडौंबाट फरार ५ जना विदेशी नागरिकलाई प्रहरीले मकवानपुरको भीमफेदीबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तीन जना नेपालीमूलका भारतीय र भुटानी रहेका छन् भने दुई भारतीय नागरिक रहेको प्रहरीले बताएको छ ।

सि माला भनिने प्राचीन बहुमूल्य बुद्धिष्ट पत्थर लुटपाट गरी काठमाडौंको बौद्धबाट फरार ५ जनालाई मकवानपुरको भीमफेदीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

काठमाडौंबाट हेटौंडा आउँदै गरेको ना१ज ३५०७ टाटासुमोमा सवार रहेको अवस्थामा शुक्रबार साँझ पक्राउ गरिएको प्रहरीले बताएको छ ।

उनीहरु ५ जनालाई शनिबार थप अनुसन्धानका लागि अपराध महाशाखामा पठाइएको प्रहरीले बताएको छ ।

महानगरीय अपराध महाशाखा टेकुले जिप्रका मकवानपुरसँग समन्वय गरेपछि टाटा सुमोमा हेटौंडा आउँदै गरेका ५ जना लुटेरालाई भीमफेदीबाट पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रबक्ता डीएस्पी शिशु शर्माले बताए ।

सि माला पत्थर एउटैलाई अन्तर्राष्ट्रिय बजार १८ हजार डलर भन्दा बढी पर्ने बताइएको छ ।

भुटानको फुन्टसोलिङका ३५ वर्षीय डी दोर्जे लामा, भारतको पश्चिम बंगालको जोगाउँ बस्ने ३२ वर्षीय छिरिङ लामा, पश्चिम बंगालको जलपाइगुढी बस्ने ३० वर्षीय सरोज गुरुङ, ३८ वर्षीय अहिर अली र सिलगुढी प्रधाननगरका ३१ वर्षीय असिद सैबो पक्राउ परेको प्रहरी प्रबक्ता शर्माले बताए ।

उनीहरुको साथबाट २४ थान सि माला बरामद गरिएको प्रवक्ता शर्माले बताए । भीमफेदी ईप्रका प्रमुख प्रहरी निरीक्षक अशोककुमार झाको टोलीले भीमफेदीबाट पक्राउ गरी आवश्यक काठमाडौं पठाइएको प्रवक्ता शर्माले बताए ।

सक्कली पत्थर सि माला एउटैको करोडौं मूल्य पर्ने बुझिएको प्रहरी प्रवक्ता डीएसपी शर्माले बताए । अपराध महाशाखाले नै यस बिषयमा अनुसन्धान गरिरहेको छ ।annapurnapost.com
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरातमा एक अनौठो घटना सार्वजनिक भएको छ ।
गुजरातको जेतपुरमा चितामा राखिएको शवले मलामी गएका एक मानिसको हातको औला समातेको घटना सार्वजनिक भएको हो । यो घटनाले मसानघाटमा हलचल मच्चिएको छ ।
आधा जति मलामी भागेका थिए ।
भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जेतपुरमा बस्दै आएका २५ वर्षीय पुरुष देवेन्द्र पंड्या मुटुरोगी थिए । धेरै ठाउँमा उपचार गराउने क्रममा बुधवार विहान उनको मृत्यु भयो । डाक्टरले उनलाई मृत घोषित गरे ।
death-bodyत्यसपछि अस्पतालबाट उनको शवलाई अन्तिम संस्कारका लागि अपराह्न जेतपुर मसान घाट लगियो । जहां चितामाथि राखिएको देवेन्दको शवले नजिकै रहेका आफ्ना साथीको हातको औला समाते । यो दृश्यलाई देखेर त्यहाँ उभिएका मलामीको होसै उड्यो । त्यसपछि मलामीहरुले तत्कालै मसान घाटमा डाक्टरलाई बोलाए । डाक्टर आएको १० मिनेटपछि देवेन्द्रको मुटुको चाल आफै बन्द भयो । त्यसपछि उनलाई मृत घोषित गरियो ।
डाक्टरका अनुसार मसान घाटसम्म पुग्दा देवेन्द्र जिउँदै थिए । ती डाक्टरले उनलाई १० मिनेटको चेकजांचमा मुटुको धड्कन विस्तारै चलिरहेको पाएका थिए । डाक्टरले मृत घोषित गरेपछि शवको अन्तिम संस्कार गरियो । यो घटना अहिले चर्चाको विषय बनेको छ ।
dainiknepal.com
एजेन्सी । काम सिलसिलामा बाहिर गएका एक पुरुषले मध्यराति घर फर्किदा आफ्नी श्रीमतीलाई यस्तो अवस्थामा फेला पारेकी जो उनले कल्पना पनि गरेका थिएनन् ।
मध्यराति उनी आउँदा उनकी श्रीमती खाटमा पल्टिएकी थिईन् । जब उनले श्रीमतीलाई आवाज दिए तब बोलिनन्, त्यसपछि हल्लाएर हात समाते तब उनलाई थाहा भयो श्रीमतीले आत्महत्या गरेकी रहेछिन् ।
जयपुर माणक चौक थाना क्षेत्रमा १९ वर्षीय शिल्पादास नामकी विवाहित महिलाले फाँसी लगाएर आत्महत्या गरेकी हुन् । करिब एक वर्ष पहिला उनको विवाह विद्युतदास नामका युवकसँग भएको थियो । विद्युतदास जौहरी बजारका जागिरे हुन् ।
श्रीमतीलाई मृत अवस्थामा भेटेपछि उनको होशै उडेको छ । श्रीमतीलाई मृत भट्टाएपछि उनले तत्कालै पुलिसलाई खबर गरेका थिए । पुलिसले शिल्पादासको शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाएको छ । आत्महत्याको कारण खुल्न सकेको छैन् । घटनाको गम्भीर अनुसन्धानमा प्रहरी लागेको छ । उता विद्युतदास पत्नि वियोगमा छन्
dainiknepal.com
काठमाडौं : संविधानसभाको चौथो शक्तिको रुपमा रहेको राप्रपा नेपाल संविधान निर्माणको बाँकी प्रक्रियामा सहभागी हुने भएको छ।

राप्रपा नेपालको केन्द्रिय समितिको शनिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो। अध्यक्ष कमल थापाले संविधान निर्माण प्रक्रियामा सहभागी हुने भन्दै राखेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको जानकारी राप्रपा नेपालका सहप्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।


श्रेष्ठले भने, राप्रपा नेपाल प्रजातन्त्रको मुल्य र मान्यता अनुसार विधि र प्रकृयाबाट अघि बढ्छ,आफ्नो एजेन्डा रक्षाका लागि अन्तिमसम्म संविधानसभालाई उपयोग गर्छ।'


राप्रपाले आफ्ना एजेन्डालाई सुरक्षित राख्दै संविधान निर्माण प्रक्रियामा बाधक नबन्ने निश्कर्ष निकालेको हो । केही दिन अघि मात्र राप्रपा नेपालले आफ्ना मुद्दा र मागलाई तीन दलले सम्बोधन नगरेको आरोप लगाउँदै प्रक्रियाबाट बाहिरिने निर्णय गरेको थियो ।

तीन दलले राप्रपालाई औपचारिक रुपमा पत्रचार गरेर प्रक्रियामा सहभागी हुन अनुरोध गरेका थिए। राप्रपा नेपालको नेतृत्व र तीन दलबीच वार्ता पनि भएको थियो । राप्रपा नेपालले सुरुदेखि नै हिन्दु राज्य कायम हुनुपर्ने र राजसंस्था संविधानमा उल्लेख गर्नुपर्ने माग राख्दै आएको छ।

चौथो शक्तिका रुपमा रहेको राप्रपा नेपालको यो निर्णयले प्रकियाबाट बाहिर रहेका अन्य दल र पक्षहरुलाई संविधान निर्माणमा सहभागी हुन सकारात्मक दबाब पुगेको छ।

annapurnapost.com

काठमाडौं, २६ भदौ । एकीकृत नेकपा माओवादी वरिष्ठ नेता डा बाबुराम भट्टराईले संविधान निर्माणमा हतारो नगर्न शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । उनले आन्दोलनमा रहेका मधेसी नेताहरुलाई पनि आफ्नो अडान त्यागेर वार्तामा आउन आग्रह गरेका छन् ।
शीर्ष नेताहरु तर्फ संकेत गर्दै बाबुरामले चेतावनीको भाषामा सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्-‘खासगरी पूर्वदेखि पश्चिमसम्मको तराईर मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई सम्बोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन ।’
यस्तो बाबुरामको भनाई :
सुगौली-सन्धीको यो २०० औं बर्ष हो! आजको २४ घण्टाले पुर्खाले आर्जित गरेको र हामीले २०० बर्षसम्म भोग्दै आएको मातृभूमि नेपालको अखण्डता युगयुगसम्म जोगाउन सक्छौं कि सक्दैनौं भन्ने कुराको शायद फैसला गर्नेछ!
‘नेपाल’ भनेको हिमाल, पहाड, तराईमा वसोवास गर्ने विविध वर्ग/जाति/लिंग/भाषा/धर्म/संस्कृति/पेशाका जनताको अनेकता वीचको एकताको सामुहिक अभिव्यक्ति/पहिचान हो। एउटा जाति/क्षेत्र/समुदायले मात्र आफुलाई ‘नेपाली’ र अरुलाई अनेपाली ठान्ने प्रवृत्तिले अखण्ड नेपाल कायम राख्न सक्दैन!
नेपाल मात्र अखण्ड हो र त्यसभित्रका अरु सबै इलाका संघीय ढाँचामा पुनर्संरचना हुनसक्छन् भन्ने विर्सेर वा वुझ पचाएर पुरानो राज्यले बनाएको आफ्नो चुनावी क्षेत्र/ जिल्ला/अंचल/विकास क्षेत्रलाई ‘अखण्ड’ राख्ने हठले पुर्खाले छोडेर गएको नेपालको अखण्डता धरापमा पर्दैछ!
सार्वभौम संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान छिटो जारी गर्नुपर्छ र कुनै पनि वहानामा यो संसदलाई असफल पार्ने दुष्प्रयत्नलाई परास्त गर्नैपर्छ ! यसमा कुनै विवाद छैन र हुनुहुँदैन !
तर देशको अखण्डतामाथि आउन सक्ने अनिष्ठ रोक्न र धेरै भन्दा धेरै राजनीतिक शक्ति र समुदायको स्वामित्व/अपनत्व रहेको संविधान निर्माण गर्न २/४ दिन अघिपछि हुन्छ भने त्यसलाई कसैले पनि प्रतिष्ठाको विषय बनाइनुहुन्न!
खाशगरी पूर्वदेखि पश्चिमसम्मको तराई/ मधेसमा झण्डै एक महिनादेखि असन्तुष्टि र विग्रहको ज्वालामुखी पुत्पुताइरहेको र दिनहुँ मान्छेको ज्यान गुमेर स्थिति विष्फोटक बन्दै गएको अवस्थामा त्यसलाई संवोधन नगरी अघि बढ्ने हठ कसैले गर्नुहुँदैन ! राजनीतिक समस्यालाई फौजी दमनले हल गरेको इतिहास कतै छैन !
त्यसैले आजै वार्तामा बस्ने वातावरण बनाऊँ! संवाद बाटै समाधान खोजौं! देशको अखण्डतालाई धरापमा नपारौं! २/४ दिन ढिलोछिटोले कुनै आकाश खस्दैन!!
dainiknepal.com
काठमाडौँ, २६ भदौ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले वार्ता गर्न आन्दोलनरत मधेसी दलसँग खास कुनै पनि माग नभएको बताएका छन् ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ३ तथा नेपाली जनसम्पर्क समिति अमेरिकाको संयुक्त आयोजना भएको कार्यक्रममा नेता पौडेलले मधेसी दलको खास माग भए चाँडो वार्तामा आउन आग्रहसमेत गरेका छन् । पौडेलले भने, ‘आन्दोलनरत दलसँग कुनै पनि माग छैन, त्यसैले उनीहरु वार्तामा आउन आनकानी गरिरहनुभएको छ ।’

पौडेलले अब बन्ने नयाँ संविधानमा लोकतन्त्र, मौलिक अधिकार, समावेशितासहितका प्रावधानले दक्षिण एसियाकै उत्कृष्ट हुने जिकिर गरे  । उनले भने, ‘नयाँ बन्न लागेको संविधानले महिला, मधेसी, दलित, आदिवासी, पिछडिएका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने छ ।’

उपसभापति पौडेलले सहमतिका लागि केही दिन प्रक्रिया स्थगन गरिएकोे बताउँदै सो समयसम्म पनि वार्तामा नआए संविधान निर्माणलाई अगाडि बढाइने बताए ।

कार्यक्रममा कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले आन्दोलनरत दलको मागअनुसार प्रक्रिया रोकेर वार्तामा आउन आह्वान गरिएकाले तत्काल वार्तामा आउन आग्रह गरे । उपप्रधानमन्त्री सिंहले  भने, ‘अधिकतम सहमति गरेर संविधान जारी होस् भन्ने प्रयत्न भइरहेकाले वार्तामा आउन कुनै पनि आनकानी नगर्नुहोस् ।’

कार्यक्रममा नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य हरिबोल भण्डारीले नेता पौडेल, सिंह, सभासद् डा प्रकाशशरण महत, बालकृष्ण खाँड, शङ्कर भण्डारी, दीपक गिरी, धनराज गुरुङ र दीपक कुइँकेललाई संविधानको अन्तिम हस्ताक्षरका लागि कलम प्रदान गरेका छन् ।

रासस
www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home