• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
भदौ ९, काठमाडौँ । पछिल्लो समएमा उकालो लागि रहेको सुनचाँदीको भाउ बुधबार भने ह्वातै घटेको छ । सुन बुधबार तोलामा ८ सय रुपैयाँले घटेर ५१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सुनको भाउ मंगलबार तोलामा ५१ हजार ८ सय रुपैयाँ थियो । त्यसतै हिजोको तुलनामा आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १० रुपैयाँले घटेर चाँदी ६ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।
-एसएसपी न्यौपानेले अन्तिममा भने : हे भगवान हामीसँग हतियार छैन, सशस्त्रले टेर्दैन..पुरा समाचार पढ्नुहोस.. एसएसपी लक्ष्मण न्यौपाने र जवान लोकन्द्र शर्माबीचको कुरा..

एसएसपीः भाइहरु अब गोली चलाउनु पर्ने नै भयो चलाऊ
सरः हामीसँग त टियर ग्याँस मात्र छ, हतियार छैन
एसएसपीः ओ हो ? सशस्त्रका एसपी साव खै ?

यो संवाद टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र जवान लोकन्द्र शर्माबीचको हो । सुरुमा आन्दोलनकारीलाई ‘भाइहरु यस्तो नगर्नुस’ भन्दै आएका न्यौपानेका अगाडी नै एक प्रहरी जवानलाई पेटोल छर्केर आगो लगाएपछि गोली हान्ने आदेश दिएका थिए । आदेश त दिए तर गोली हान्ने सिपाईका हातमा हतियार थिएन ।

‘तत्कालै उहाँ सशस्त्रका एसपी लक्ष्मणबहादुर सिंह साव भएको ठाउँमा जानु भयो, गोली चलाउन र माहोल साम्य पार्न आग्रह गर्नु भयो’, जवान लोकन्द्रले भने ‘सशस्त्रका एसपी सावले आदेश छैन दाई भनेर टारी दिनु भयो ।’

त्यसपछि फेरी एसएसपी न्यौपाने आन्दोलनकारी भएको ठाउँमा पुगेर भाइहरु शान्त हुनुहोस भन्दै पुगे । ‘त्यही पछाडीबाट भाला रोपियो, त्यो त्र्रmर दृष्य एसपी सावले हेरिरहनु भयो । तर गोली चलाउन आदेश दिनु भएन । त्यही बेला गोली चलाएको भए सायद उहाँलाई घाइते अवस्थामा उद्धार गर्न सकिन्थ्यो ।’

एसपी लक्ष्मणबहादुर सिंहले गोली चलाउने आदेश पनि मागेका थिए । तर डीआइजी खडानन्न चौधरीले गोली चलाउन आदेश दिएनन् । तीन पटक एसपीले गोली चलाउने आदेश मागेका थिए । तर उनले गोली नचलाई त्यहाँबाट सुरक्षित फर्किन आदेश दिएका थिए ।

कैलालीका तत्कालिन प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले पनि दुई सुरक्षाकर्मीबीच तालमेल नमिलेका कारण दुखद घटना भएको बताएका छन् । नेपाल प्रहरीलाई सशस्त्र प्रहरीले सहयोग नगरेका कारण दर्दनाक घटना भएको उनले बताए ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, ९ भदौ । एनेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुक संविधानसभाबाट संविधान जारी गर्ने महत्वपूर्ण, संवेदनशील र अन्तिम घडीमा रहेको बताउनुभएको छ ।

नेपालको संविधानको परिमार्जित विधेयक २०७२, माथि संविधानसभामा आज भएको छलफलमा भाग लिँदै उहाँले भन्नुभयो–“यो संविधानसभाबाट संविधान निर्माण गर्नुपर्छ भन्नेका लागि खुसी र गौरवको कुरा हो ।”

“संविधानसभाको बनोटबमोजिम हालको मस्यौदा तयार हुनुलाई ठूलो उपलब्धिका रुपमा मान्न सकिए पनि समावेशी र समानुपातिक प्रतिनिधित्वसहित आदिवासी, जनजाति लगायत पछि परेका समुदायको हकअधिकार सुनिश्चित गर्ने सम्बन्धमा भने केही धर्मराएको छ”– अध्यक्ष दाहालले भन्नुभयो ।

संविधान लेखन प्रक्रिया अन्तिम चरणमा रहेको बेला आफ्ना हकअधिकार स्थापित हँुदैन कि भन्ने असन्तुष्टि आएका आवाज उठ्नुलाई स्वभाविक हो भन्दै उहाँले सामन्तवादबाट पुँजीवादतर्फ जाने लोकतान्त्रिक विधिअनुरुप संविधानसभाबाट संविधान निर्माण हुन लागेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो–“सबैको भावनालाई सम्बोधन गर्ने ढङ्गबाट जुन किसिमले अघि जानुपर्दथ्यो, त्यो कहीँ कहीँ धर्मराएको छ, यद्यपि संविधानसभाको बनोटअनुरुप आउन सक्ने दस्तावेज भने यही नै हो ।”

एउटा युगबाट अर्काे युगमा प्रवेश गर्दा ठूलो छाती बनाएर जानुपर्ने आवश्यकतामा मस्यौदा कहीँ न कहीँ सङ्कुचन र खुम्चेको बताउँदै उहाँले संविधान लेखन प्रक्रिया अहिले इतिहासको पेचिलो मोडमा रहेकाले नेपाली जनता अहिले छिटो सङ्घीय लोकतान्त्रिक संविधानको घोषणा होस् भन्ने पक्षमा रहेको धारणा राख्नुभयो ।

संविधानसभाबाट यो मस्यौदामा पाउनु भनेको गर्व गर्नुपर्ने अवस्था रहेको छ, यो विधेयकले प्रगतिशील कुरा उठाएको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो–“सङ्घीय समाजवादी मोर्चालगायतका मधेसवादी दल र अरू पक्षलाई संविधान लेखनको प्रक्रियाबाट नबाहिरन, वार्तामा आउन, समस्या समाधानमा योगदान पु¥याउन म आग्रह गर्दछु ।”

www.etajakhabar.com
काठमाडौँ । कैलालीको टिकापुरमा सोमबार भएको घटनामा मृत्यु भएका सेती अञ्चल प्रहरी प्रमुख वरिष्ठ प्रहरी
उपरीक्षक लक्ष्मण न्यौपानेको पार्थिव शरीर गौशालास्थित प्रहरी कार्यालयमा श्रद्धाञ्जलिका लागि राखिराख्दा भावविह्वल भइ बसेका मृतकका छोरी र श्रीमती । यो तस्विर राससका रत्न श्रेष्ठले खिच्नु भएको हो । तस्बिर : रत्न श्रेष्ठ www.etajakhabar.com
रौतहट, भदौ ९ । रौतहटमा मंगलबार स्थानीय राजकिशोर ठाकुरको प्रहरीको गोली लागि उपचारका क्रममा मृत्यु भएपछि त्यआसपासको क्षेत्रका आन्दोलनकारी थप आक्रामक देखिएका छन् ।

गौरस्थित कविर चोकमा प्रहरी र प्रदर्शनकारी बीच फेरि झडप भएको छ। अन्दाजी तीन सयको संख्यामा रहेका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोज्दा झडप भएको मन्त्रालयले जनाएको छ।

यसैबीच आन्दोलनकारीले रौतहटको मठिया प्रहरी चौकीमा आगजनी गरेका छन्।
जसको प्रभाव आज पनी पर्ने देखिएको छ । उता बाँकेको कोहलपुरमा अन्दाजी ७ सयको संख्यामा निस्किएका आन्दोलनकारीको जुलुसले हातमा रड भाला र लाठी लिई प्रदर्शन गरीरहेको गृहमन्त्रालयले जनाएको छ ।

शान्ति सुरक्षालाई दृष्टिगत गर्दै स्थानीय निकायले उक्त क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ। उता महोत्तरीको जनताको तटबन्ध कार्यालयमा प्रदर्शनकारीले तोडफोड गरेको गृहमन्त्रालयले जनाएको छ।

www.etajakhabar.com
काठमाडौँ, भदौ ९ ।  मलेसियाको डान्सबारबाट नेपाली युवती पक्राउ परेकी छिन् । क्लालम्पुरस्थित डान्स बारमा अनैतिक हर्कत गरीरहेको अवस्थामा नेपाली युवती पक्राउ परेको बताइएको छ ।

नेपाली युवती सहित अन्य १३ जनालाई पनि नियन्त्रणमा लिइएको छ । जसमध्ये चार भारतीय युवती र दुर्इ बंगलादेशी युवती रहेको बताइन्छ ।

बारबाट एकजना मलेसियन युवा पनि पकाउ परेका छन् । उनीहरुलाई अध्यागमनको हिरासत मा राखेर अनुसन्धान थालिएको छ ।

आज वि.सं. २०७२ भाद्र ०९ गते बुधबार तदनुसार ई. सं. २०१५ अगस्ट २६ तारिख
श्रावण शुक्ल एकादशी, पूर्वाषाढा नक्षत्र, धनु राशिको चन्द्रमा, प्रीति योग, बालब करण
आजको व्रत/पर्व : पुत्रदा एकादशी व्रत
भोलिको व्रत/पर्व : प्रदोष व्रत, नेवारी पर्व बहिद्यवोये

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
प्रेम र भाइचारा जीवन्त तुल्याउने अवसर प्राप्त हुनेछ । मातापिता, अभिभावक र मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । धार्मिक/सांस्कृतिक गतिविधिमा संलग्न हुनुपर्ने छ । कुनै खोला वा पोखरीका जलजन्तुलाई खानेकुरा प्रदान गरेमा रोकिएका काम पूरा गर्न विशिष्ट व्यक्तिको सहयोग र सल्लाह प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रणय र रोमान्सतर्फ मानसिक झुकाव बढ्नाले काम गर्न जाँगर चल्नेछैन, शरीरमा आलस्यले डेरा जमाउने समय छ । घुमघाम, भेटघाट र मनोरञ्जनका लागि समय निकाल्न धौधौ हुनेछ । नचाहेको र नौलो ठाउँको यात्राको सम्भावना छ । प्रेमी/प्रेमिका र पतिपत्नीका बीचमा सम्बन्धमा चिसोपन आउन सक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आफन्त वा मित्रले आज अप्रत्याशित रूपमा सहयोग गर्नेछन् । जीवनसाथी र बालबच्चासितको सम्बन्धमा देखिएको समस्या समेत निदान हुनेछ ।बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । आफ्नै सवारी साधनमा रमाइलो र टाढाको यात्राको सम्भावना समेत देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् । विगतमा गरेको परिश्रमको प्रतिफल प्राप्त हुनेछ, रोकिएका काम बन्ने योग छ । पठनपाठनमा प्रगति हुनेछ । विशेष सभासमारोहमा सहभागी बन्ने मौका छ । आम्दानीका मार्गहरू खुल्ला रहनेछन् । आजको चिन्तन र उपायले काम गर्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
चौथो चन्द्रमाले मनमा डर र निराशाको अनुभूति गराउन सक्छ, तर परिश्रम गरेको कामबाट लाभ प्राप्त हुनेछ । एकोहोरो र जिद्दीपना त्याग्नु राम्रो हुनेछ । छरछिमेकमा भएका असमझदारीको सुलह हुनेछ । धार्मिक र सामाजिक क्षेत्र एवं मित्रवर्गको सहयोग प्राप्त हुनेछ । बन्दव्यापारमा सोचेजस्तै लाभ लिन सकिनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
विद्वान् र प्राज्ञिक व्यक्तिहरूबाट सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विदेश वा दूरदराजमा बसेका व्यक्तिहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । लामो दूरीको लाभदायक यात्राको सम्भावना छ । सामाजिक र सांस्कृतिक क्रियाकलापमा संलग्न हुन मन लाग्नेछ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिनसकिने छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । नातागोताका व्यक्तिहरू टाढिने छन् । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
बाह्रौं चन्द्रमा भएकाले सानातिना सरसामान हराउन सक्ने वा चोरी हुने सम्भावना छ, तर डराइहाल्नु पर्दैन । दूरदराजबाट प्रसन्नता र खुसीको समाचार आउन सक्छ । परोपकारका क्षेत्रमा काम गर्न मन उत्ताउलो बन्नेछ । विदेशयात्राको योजनामा हुनुहुन्छ भने काम थाल्न आजको दिन अनुकूल हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
शत्रुमाथि विजय प्राप्त हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक, सामाजिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिंदैन । राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । साथीभाइसित भेटघाट हुने योग छ । समाजको नेतृत्व बहन गर्नुपर्ने बेला छ । खाद्यान्नका परिकार तथा मेवामिष्ठान्न मिल्ने समय छ । जग्गाजमिनको कारोबारबाट फाइदा लिन सकिने छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । स्वास्थ्य सबल रहनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

ताजा खबर, भारत । छोटो स्कर्टलगायत भड्किला पहिरनमा तस्बिर र भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी भारतकी धार्मिक महिला राधे माँबारे बलिउडमा फिल्म बन्ने भएको छ । फिल्ममा अभिनेत्री
मल्लिका सेरावतलाई राधे माँको भूमिकामा उतार्नेसमेत तय भएको छ निर्माता रञ्जीत शर्माले फिल्म निर्माण गर्न लागेका हुन् । राधे माँबारे फिल्म बन्न लागेको औपचारिक रुपमा पुष्टि गर्दै उनले भने, ‘बन्न लागेको यो फिल्ममा मल्लिकालाई प्रमुख भूमिका दिनेसमेत तय भइसकेको छ । मल्लिकाले हाम्रो प्रस्ताब स्विकारिसकेकी छिन् ।’www.etajakhabar.com
रौतहट, ८ भदौ । मठिया गाविसमा रहेको प्रहरी चौकीमा केही आपराधिक समूहले आज साँझ आगो लगाई क्षति पु¥याएको छ ।

प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीका अनुसार जिल्ला सदरमुकाम गौरमा उत्पन्न असहज परिस्थितिपछि प्रहरीको गोली लागी मठिया गाविस–६ बस्ने राजकिशोर ठाकुरको मृत्यु भएपछि साँझ ५ः०० वजेतिर असामाजिक तत्वसहितको आपराधिक समूहले प्रहरी चौकीको भान्सा घरमा आगो लगाएका थिए ।

प्रहरीको गोली लागी ठाकुरको मृत्यु भएपछि मठिया गाविसका आक्रोशित आपराधिक समूहले आगो लगाई क्षति पु¥याएको उहाँले बताउनुभयो । आगलागी हुँदा उक्त प्रहरी चौकीमा कार्यरत सुरक्षाकर्मी सदरमुकाम गौरमा रहेको जिल्ला प्रहरी कार्यालयमा आइपुगेका थिए । सो समूहले उक्त प्रहरी चौकीको भवनमा समेत क्षति पु¥याएका छन् ।

गौर–चन्द्रनिगाहपुर सडक खण्डको दायाँबायाँ एक किमी सडक तथा गौर नगरपालिकाका सबै वडालाई अनिश्चितकालीन दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएपछि अहिले साँझदेखि आन्दोलनकारी घर फर्किएको र जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

हाल गौरको अवस्था सामान्य रहेको र स्थितिलाई सुरक्षा निकायले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताउनुभयो । उहाँका अनुसार दङ्गाग्रस्त क्षेत्रमा कुनै प्रकारको भेला, जुलुस, सभा बैठक, प्रदर्शन, पोस्टर, पर्चा लेख्न वा टाँस्न निषेध गरिएको अवस्थामा स्थानीय कविर चोकमा प्रदर्शनकारी भेला भएको र सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुङ्गामुढा प्रहार भएपछि बाध्य भएर गोली चलाउँदा एक जनाको मृत्यु भएको हो । शव परीक्षणका लागि अहिले गौर अस्पतालमा राखिएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आह्वानमा गरिएको विरोध प्रदर्शनका क्रममा एकको मृत्यु भएपछि सम्भावित ध्वंसात्मक कार्यप्रति संवेदनशील भई थप सतर्कता बढाइएको प्रजिअ मदन भुजेलले बताउनुभयो । उहाँले जातीय सद्भाव भड्काउने र साम्प्रदायिक सद्भाव खलल पु¥याउने कुनै पनि कार्य नगर्न तथा संयमता अपनाउन सवै पक्षलाई आग्रह गर्नुभयो ।
तस्विर : फाइल
source  www.etajakhabar.com
काठमाडौं, ८ भदौ । कैलालीको टीकापुरमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लक्ष्मण न्यौपानेसहितका प्रहरीहरु मारिने गरी भएको घटनामा थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेका सशस्त्र प्रहरीका डीआइजी खडानन्द चौधरी कारवाहीमा परेका छन् ।सरकारले डीआइजी चौधरीसहित नेपाल प्रहरीका डीआइजी रामकुमार खनाल र कैलालीका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठलाई पनि कारवाही गरेको छ ।घटनामा शान्तिसुरक्षा दिन नसकेको, पूर्वतयारी नगरेको, सशस्त्र प्रहरी मुकदर्शक बनेर व्यारेक फर्किएको, स्थानीय प्रशासनले गलत सूचना सम्प्रेण गरेको लगाएका आरोपमा गृह मन्त्रालयले तीनै जनालाई २४ घण्टे कारवाही गरी हेडक्वाटर तानेको हो     डीआईजी चौधरी र खनाललाई हेडक्वाटरमा तानिएको छ भने, सिडियो श्रेष्ठलाई गृहमन्त्रालयमा तानिएको हो । यसअघि सशस्त्रका डीआईजी चौधरीमाथि थारु आन्दोलनकारीलाई सहयोग गरेको आरोप लागेको थियो ।

टीकापुर घटना लगत्तै कैलालीको धनगढीमा अखण्ड सुदूरपश्चिम पक्षधर प्रदर्शनकारीले डीआइजी चौधरीले थारु आन्दोलनहरुलाई सहयोग गरेकै कारण अप्रिय घटना भएको भन्दै उनको राजीनामा मागेका थिए । कैलालीमा हिंसा नियन्त्रण गर्न प्रभावकारी भूमिका नखेलेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले डीआइजी चौधरीको तत्कालै राजीनामा दिनुपर्ने बताएका थिए   सशस्त्रका डीआइजी चौधरी चनाखो भएको भए कैलालीको टीकापुर क्षेत्रमा हिंसा नहुने उनीहरुको भनाई रहेको थियो ।घटनामा नेपाल प्रहरीले नसकेपछि बल प्रयोग गर्ने दायित्व सशस्त्रको प्रहरीको भएपनि सशस्त्र प्रहरी मुकदर्शक बनेको थियो । क्षेत्रीय डिआइजी चौधरीले समेत निषेधित क्षेत्रमा थारुहरुले हान्न आउँदा समेत बल प्रयोग गर्न निर्देशन दिएनन् । जसका कारण टिकापुरको झडपमा नेपाल प्रहरीका एसएसपी न्यौपानेसहित नेपाल प्रहरी र सशस्त्रकै झण्डै एक दर्जन सिपाहीको ज्यान गएको एक उच्च अधिकारीले बताए । उनका अनुसार, चर्चरोड र मनुवा चोकमा हजारौँ आन्दोलनकारी घरेलु हतियारसहित ओइरिंदै गर्दा सशस्त्र प्ररी भने बल प्रयोग नगरी आफ्नो ब्यारेकभित्र छिरेर बसेको थियो ।source taja khabar

धनगढी:  ज्यान गुमाएका प्रहरीहरुको शव उठाउने बेला सेती अञ्चल प्रहरी कार्यालयको परिसरमा रुवाबासी नै चल्यो। प्रहरीका परिवार शव वुझ्न आउँदा अचेत जस्तै देखिए भने सहकर्मीको शव देखेर प्रहरीहरु भक्कानिएका थिए। अस्पताल परिसरमा म‌ंगलबार दिनभर अाँशु रोकिएन।



टीकापुरमा भएको घटनामा परी ज्यान गुमाएका प्रहरीका शवहरु आज आफन्तलाई बुझाइएको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत टीकापुरदेखि धनगढी ल्याएर शव आफन्तलाई वुझाइएको हो ।

एसएसपी लक्ष्मण न्यौपानेको शव हेलिकप्टरवाट काठमाण्डौ लगियो भने प्रहरी निरिक्षक केशव बोहराको उनको घर बेलौरी पठाएको छ । प्रहरी निरिक्षक बलराम विष्टको शव कञ्चनपुरको झलारी स्थित उनको घर पठाएको छ ।

प्रहरी जवान लोकेन्द्र विष्टको शव पनि हेलिकप्टरबाट उनको गृह जिल्ला बैतडी पठाईएको छ । बिहारी चौधरी बर्दियाका हुन भने शसस्त्र प्रहरीका हवल्दार टीकापुरकै हुन् । दुबैको शव पनि आफन्तलाई बुझाइएको छ ।प्रहरीका आफन्त र वृद्ध अवस्थाका आमा वुवाहरु पनि सन्तानको वियोगको पिडामा छटपटिरहेका थिए । उनीहरुलाई सम्झाउने वुझाउने धेरै प्रयासहरु गरिए पनि उनीहरुको रुवावासी रोकिएको थिएन ।

नेपाली सेनाको हेलिकप्टरमा ४ जना प्रहरीको शवलाई सेती अञ्चल प्रहरी कार्यालयको मैदानमा झार्ने वेलादेखि नै चलेको रुवावासीले आफन्तका आँखाभरी आसु त थिए नै उनीहरुलाई सम्झाइरहेका छिमेकी अनि चिनेका र नचिनेका प्रहरीहरुका आँखा पनि रसाएका देखिन्थे । सहकर्मीको वियोगमा प्रहरीहरु पनि आँसु रोक्न नसकेर भक्कानिदै रोएका देखिन्थे ।

सहकर्मी वियोगान्तको पिडासँगै शान्ति सुरक्षा कायम गर्न धौ धौ भईरहेको अवस्थामा प्रहरीहरुलाई थप समस्या सिर्जना भईरहेको प्रष्ट देखिन्थ्यो । तर पनि घटना सुनियोजित हो भनिरहेको अवस्थामा मन्त्रालय झिकाउनु अघि यसक्षेत्रका डिआईजी रामकुमार खनालले केही व्यक्तीहरुलाई पक्राउ गरी घटनाको अनुसन्धान भईरहेको वताएका छन् ।
www.annapurnapost.com

भाद्र ८, २०७२- कैलालीको टीकापुरमा आन्दोलनकारीको आक्रमणमा परेर ज्यान गुमाएका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेको पशुपति आर्यघाटमा दाहसंस्कार गरिँदैछ ।

कैलालीबाट हेलिकप्टरमा राखेर न्यौपानेको शव मंगलबार दिउँसो राजधानी ल्याइएको हो । विमानस्थलबाट उनको शव सोझै महानगरीय प्रहरी वृत्त गौशालामा लगेर राखिएको थियो । त्यहाँ सुरक्षाकर्मी, आफन्त र सिनामंगल आसपासका सर्वसाधरणको भीड लागेको थियो । गौशाला वृत्ततमा राखिएको उनको शवमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल सहितका सबै अत्तिरिक्त महानिरीक्षकहरुले नेपाल प्रहरीको झण्डा ओढाएका थिए ।
न्यौपानेको शवको अन्तिम संस्कारका लागि गौशालाबाट प्रहरीले शोक धुन बजाउँदै घाटमा लगेका थिए ।

गृहमन्त्री बामदेब गौतम, सिँचाई मन्त्री एनपी साउद, कांग्रेस नेता कृष्ण सिटौला, लागतयका नेता वृत्तबाट पशुपति आर्यघाट गएका थिए । यस्तै पूर्व प्रहरी महानिरीक्षक, अत्तिरिक्त महानिरीक्षकहरुको भीड लागेको थियो ।  वरिष्ठ उपरिक्षक न्यौपाने एक वर्षअघि असोजमा सेती अञ्चल प्रहरी प्रमुख भएर त्यहाँ पुगेका थिए । २०४४ साल चैत २९ गते प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०६८ असारमा एसएसपीमा बढुवा भएका हुन् । उनको स्थायी घर झापा चन्द्रगढी हो । हाल श्रीमती र दुई छोरा छोरी सहित काठमाण्डौं सिनामंगल बस्दै आएका थिए । Source : eKantipur
राजकिशोर ठाकुर
काठमाडौं, ८ भदौ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले रौतहटको गौरमा गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु भएको छ ।
दङ्गाग्रस्त क्षेत्र घोषणाका बाबजुद मधेशी मोर्चाका कार्यकर्ताले प्रदर्शन गरेपछि शान्ति सुरक्षा कायम गर्ने क्रममा गोली लागेर गम्भीर घाइते राजकिशोर ठाकुरको उपचारका क्रममा मृत्यु भएको हो ।
आन्दोलनकारी र प्रहरीबीच झडपपछि रौतहटको गौरको स्थिति तनावग्रस्त छ । मधेशी मोर्चाका कार्यकर्ताहरूले तोडफोड र आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणका लागि प्रहरीले गोली चलाएको थियो ।
सोमबार बेलुकी अबेरतिर गौर–चन्द्रनिगाहपुर सडकखण्डको दायाँबायाँ एक किलोमिटर सडक तथा गौर नगरपालिकाका सबै वडालाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको थियो ।
दङ्गाक्षेत्र घोषणापछि गौरमा ठूलो संख्यामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ ।
dainiknepal.com
काठमाडौं, ८ भदौ । नेपालमा प्रहरीका चर्चित एसएसपी रमेश खरेलले कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनाबारे सक्षिप्त प्रतिक्रिया दिएका छन् ।
दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै एसएसपी खरेलले कैलालीमा भएको घटना निन्दनीय भएको भन्दै घटनामा संलग्न अपराधीलाई कर्तव्य ज्यान मुद्दामा जेल हाल्नुपर्ने बताए । ‘मैले आइजीपी सापसँग पनि कुरो गरिसकेको छु, यस्तो क्रुर अपराध गर्नेलाई कर्तव्य ज्यान मुद्दामा आजीवन जेल हाल्नुपर्छ ।’ उनले भने ।
उनले घटनामा भारतीय अपराधिक समूहको समेत घुसपैठ भएको सुनिन आएकाले भारतीय प्रहरीको समन्वयमा छानविन गरी नेपाल प्रहरीले अपराधीलाई कानुनी दायरामा ल्याएरै छाड्ने बताए ।
‘इण्डियन पुलिससँग संगठनको राम्रो समन्वय रहि आएको छ, यदि भारतबाट घुसपैठ भएको भने अपराधीहरुलाई पक्रेर इण्डियन पुलिसले नेपालको जिम्मा लगाउनुपर्छ । नेपाल ल्याएर उनीहरुलाई कडा भन्दा कडा सजायँ दिएर कारवाही गनृुपर्छ ।’
उनले घटनाको अनुसन्धानमा सबै पक्षले सुरक्षा निकायलाई सहयोग गर्नुपर्ने धारणा राखे ।
dainiknepal.com
काठमाडौँ:  उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले तराईका जिल्लामा भइरहेको आन्दोलनमा भारतीय सीमा क्षेत्रबाट घुसपैठ नहोस् भन्नेबारेमा नेपालका लागि भारतीय राजदूत रणजीत रायलाई ध्यानाकर्षण गराएका छन् ।

आज गृहमन्त्रालयमा पुगेका राजदूत रायलाई गृहमन्त्री गौतमले नेपाल र भारतबीच खुला सीमाको फाइदा उठाउँदै तराईमा अवाञ्छित तत्वले खेल्न नपाओस् भन्नेमा दुवै मुलुक सचेत हुनुपर्ने बताएका थिए । गृहका अधिकारीहरुसहित भएको भेटमा पछिल्लो सुरक्षा अवस्थाबारे छलफल भएको गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिए ।

कैलाली, सर्लाहीलगायतका जिल्लामा सुरक्षाकर्मी र आन्दोलनकारीबीच लगातार झडप भइरहेको स्थितिबारे सोमबार संसद्मा जानकारी दिँदै गृहमन्त्री गौतमले सीमाक्षेत्रबाट आन्दोलनकारीको घुसपैठ भएको सङ्केत गरेका थिए ।


आजको भेटमा राजदूत रायले पछिल्लो समयमा तराईमा भएको मुठभेडका घटनाबाट भारत दुःखी रहेको जानकारी दिँदै आफ्नो सीमा क्षेत्रलाई दुरुपयोग हुन नदिने बताए। रासस
annapurnapost.com
सुनसरी: थरुहट संर्घष समितिको आन्दोलनका कारण सुनसरीको दुहबी भलुवा नगरपालीका तनाव ग्रस्त बनेको छ। हप्तादिनदेखि थरुहटका कार्यकर्ताहरुले तराईका २२ जिल्लालाई थरुहट राज्यको माग गर्दै पर्दशन गरीरहेका छन्।

थरुहटका कार्यकर्ताहरुले मंगलवारबाट दुहवी बजारमा लाठि जुलुस पर्दशन गरेका छन्। सुनसरीको दहबी नगरपालीका, औरावनी, सिमरिया लगायतका गाविसबाट आएका थरुहटका कार्यकर्ताहरुले दिनभर दुहवीमा पदृशन गरीरहेका छन्।

गृहमन्त्री बामदेश गौतमको राजिनामा माग्दै पर्दशनकारीहरुले लाठि जुलुस निकाले पछी दुहबी भलुवा नगरपालीकामा व्यापक रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी श्यमसिंह चौधरीको नेतृत्वमा दुहबी बजारमा थप प्रहरी परिचालन गरिएको छ।

थरुहटका कार्यकर्ताहरुले दुहबी बजार बन्द गराउदै सवारी साधन संचालन गर्न नदिएपछी विराटनगर-इटहरीको यातायात सेवा ठप्प भएको छ। पर्दशनकारीहरुले दुहबीमा गर्भवती महिला बोकेर विराटनगर जादै गरेको एउता एम्बुलेन्स तोडफोड समेत गरेका छन्।

थरुहटका कार्यकर्ता र मधेसवादी दलको बन्दका कारण सुनसरी सदरमुकाम इनरुवा बजार पनि पूर्ण रुपमा ठप्प भएको छ। इनरुवाबाट  पूर्व पश्चिम जाने यातायातका साधन समेत संचालनमा आउन सकेका छैनन्।


सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले जिल्लामा कुनै पनि अप्रिय घटना हुन नदिन व्यपापक रुपमा प्रहरी परिचालन गरिएको बताएका छन्।
annapurnapost.com
'शान्ति प्रकिया र संविधान लेखनमा ऐतिहासिक प्रगति'
काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार कैलालीमा भएको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेका छन् ।

मोदीले मंगलबार अपरान्ह प्रधानमन्त्री कोइरालालाई फोन गर्दै सोमबार भएको हिंसात्मक घटना र त्यसमा ज्यान गुमाउनेहरुप्रति समावेदना व्यक्त गरेका हुन्। मोदीले हिंसालाई निरुत्साहन गर्न र सामाजिक एकता कायम गर्न नेपाल सरकार, यहाँका राजनीतिक दल तथा नागरिकसँग आग्रह गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ताले जनाएका छन्।


मोदीले कोइरालासँग गरेको टेलिफोन सम्वादबारे भारतीय विदेश मन्त्रालयले आफ्नो वेबसाइट विस्तृत समाचार राखेको छ। मोदीले कोइरालासँगको वार्तामा हिंसाविरुद्धको लडाइ तथा नयाँ संविधान लेखनको यात्रामा भारतको सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले सबै पक्ष र समुदायको माग एव‌ं भावनालाई समेटेर नेपालमा छिटै समावेशी संविधान जारी हुने विश्वास पनि व्यक्त गरेका छन् ।


नेपालमा शान्ति प्रकिया र संविधान लेखनमा भएको ऐतिहासिक प्रगतिको प्रश‌ंसा गर्दै मोदीले नेपालको राजनीतिक नेतृत्वले महत्वपूर्ण मुद्दाहरुलाई सबै राजनीतिक पार्टीहरुबीचको सम्वाद र संभव भएसम्मको व्यापक नागरिक परामर्श मार्फत टुंगो लगाउन सुझाव दिएका छन्।

नेपालको विविधतापूर्ण समाजमा रहेका सबै नागरिको आकांक्षालाई समेटेर एकीकृत, स्थिर, शान्तिपूर्ण र समृद्ध नेपालका लागि प्रजातान्त्रिक र समावेशी संविधान बनाउनुपर्नेमा उनले जोड दिएका छन्।


मोदीले सामाजिक र राजनीतिक अस्थिरताले भर्खरैको विनाशकारी भूकम्पको पीडालाई थप बल्झाउनसक्ने चिन्ता व्यक्त गरेका छन्। उनले शान्ति, संयम र एकताका लागि अपिल गरेका छन्।
annapurnapost.com
गगन थापा, कांग्रेस सभासद 
यो प्रकरणमा मेरो धारणा लेखेर तयार गर्दै गर्दा कैलालीमा एउटा अकल्पनिय घटना भएको छ, जसले स्तब्ध बनाएको छ । यो क्रुर घटनाको जति निन्दा गरेपनि कम हुन्छ । करुणाले भरिएको नेपाली समाजमा क्रुरताको यस्तो विषवृक्षको विजारोपण गर्नेहरु जुन सुकै राजनीतिको आवरणमा आएपनि सजायबाट मुक्ति पाउनु हुँदैन ।
जनताको सुरक्षाको लागि अफ्नो जीवन उत्सर्ग गर्ने वीर प्रहरी हरुलाई सलाम । यस्तो बेलामा सबै तर्फबाट संयमता चाहिएको छ । म सबैलाई संयमत र सद्भाव कायम राख्न अनुरोध गर्दछु ।
गएको शुक्रवार काठमाडौंमा प्रहरीको ‘इन्काउन्टर’ मा कुमार श्रेष्ठ ‘घैटे’मारिएको विषय अहिले चर्चामा छ । यस सम्बन्धमा मेरो नाम पनि जोडिएर केहि समाचारहरू सनसनीपुर्ण रुपमा आएपश्चात मलाइ थुप्रै शुभचिन्तकहरुले आक्रोसित भएर प्रतिकृया पठाउनुभएको छ । ति प्रतिकृयाहरूमा उठाएका मुलभुत प्रश्नहरूका सन्दर्भमा मेरो विचार यहाँ राख्न चाहन्छु ।
१. पहिलो प्रश्न, तपाइ पनि अपराधीको पक्षमा बोल्ने ?
Gagan Thapa 400अपराधको राजनीतिक संरक्षणले अन्ततः अपराधको राजनीतिकरण हुन्छ र राजनीतिको अपराधीकरण कुनै पनि हालतमा हुन दिनु हुँदैन र अपराधीलाई अपराधकै आँखावाट हेर्नुपर्छ राजनीतिक आँखावाट होइन भन्ने कुरामा म प्रष्ट छु । मेरो कृयाकलाप कहिल्यै पनि कुनै पनि अपराधीलाई राजनीतिक संरक्षण दिनेमा थिएन, छैन र हुँदैन ।
मेरो राजनीतिक जीवनको हरेक मोडमा जव जव त्यस्तो अवस्था आउँछ म सधै एउटा मान्यताको पक्षमा दृढ भएर उभिएको छु, अपराध र अपराधीको न कुनै जात हुन्छ नधर्म, न कुनै दल न विचार न मुल्य । मेरो दलमा आवद्ध होस वा अरु कुनै दलमा सधै अपराधको राजनीतिक संरक्षणको खिलापमा बोल्दै, उभिदै आएको छु ।
जसरी सामाजिक कुरिति र छुवाछुतमा संलग्नलार्इ पार्टी सदस्यता नदिने प्रावधान राखेजस्तै अपराधमा संलग्नलाइ पनि पार्टी सदस्यता दिनुहुँदैन भन्ने मान्यता समेत राखेको थिए ।  हो म एउटा राजनीतिक कार्यकर्ता हुँ, हिजो लागू औषधमा लागेका, विभिन्नअपराधमा कानूनी सजाय भोगेका थुप्रै व्यक्तिहरू आफ्नो विगतवाट प्रायश्चित गर्दै समाजमा पुनर्स्थापनाको लागि तिनै गैह्रकानूनी काम र अपराधको विरुद्धमा केहिगर्न चाहन्छु भन्दै गर्दा त्यसका निम्ति प्रोत्साहन गरेको छु । त्यो पनि लुकेर होईन, सिंगो समाजलाई साक्षी राखेर । तर, विडम्वना ति विषयहरू समाचार वन्दैनन ।
न म कहिले कुनै अपराधीलाई पार्टीमा भित्राउनु पर्छ भन्नेमा लागेको छु न अपराधमा संलग्नलाई पार्टीले जोगाउन पर्छ भन्नेमा नै लागेको छु । पार्टीभित्रका अनेकन अवसर गुम्छन भन्ने थाहा हुँदा हुँदै पनि  पार्टी भित्र र वाहिर मैले त्यस्ता गलत प्रवृत्तिका विरुद्ध उभिएको छु र उभिने छु । तर, चरी र घैटे जन्माउन र हुर्काउनुमा हाम्रो राजनीति र यसमा संलग्नहरूको कुनै न कुनै रुपमा दोष भएकोले म पनि आफूलाई यसकै हिस्सा ठान्छु र नैतिक रुपमा आफूलाई पनि जिम्मेवार ठान्दछु ।
म एक राजनीतिकर्मी भएकोले मेरो हरेक कृयाकलाप खुला र पारदर्शी हुनुपर्छ । मेरो बाहिर एउटा र भित्र अर्को जीवनको पाटो छैन । आज एउटा घटनावाट मेरो राजनीतिक आस्था, मेरो जीवनशैली, मेरा मुल्य मान्यता र मेरो विश्वास माथि गम्भीर प्रश्नउठाउने प्रयास गरिएको छ । अहिले भनेका वा भनिएका, उठाइएका र सार्वजनिक भएका यीधारणाहरू गलत छन भन्नेकुरा समयक्रममा मेरो व्यवहारले नै प्रमाणित गर्दै जाने छनै ।
तर, आज चुनौतिका साथ भन्छु-मेरो कुनै पनि अपराधमा संलग्न व्यक्तिसँग कुनै पनि कालखण्डमा अनैतिक र अस्वभाविक सम्बन्ध रहेको, कुनैपनि अपराधमा संलग्नलार्इ मैले राजनीतिक संरक्षण दिएको, कुनै खालको गैह्रकानूनी काममा मेरो संलग्नता रहेको छ भन्ने कसैले प्रमाणित गर्छ भने त्यहि क्षण म यो राजनीतिक/सामाजिक जीवन नै छाड्न तयार छु ।
मेरो कुरा प्रष्ट छ, घैंटेहरूजस्तो वाट समाजलार्इ मुक्त राख्नुपर्छ । घैटे र चरी बन्न र बनाउने कुरामा संलग्नता हुने, प्रोत्साहन गर्ने जोसुकै होस उ पनि कानूनको कठघरामा उभिनै पर्छ । यदि कुनै राजनीतिज्ञको उसँग संलग्नता छ र कुने गैरकानूनी कानमा संलग्न छ भने त्योसहित प्रत्येक कुराको छानविन हुनुपर्छ, मेरो पनि हुनुपर्छ । सवै कुरा आम नागरिकको वीचमा आउनुपर्छ । अव यो विषय उठिसकेको छ, प्रत्येक कुरा टुङ्गोमा पुगोस ।
२. दोस्रो प्रश्न, के नेपाल प्रहरीले आफ्नो काम गर्न पाउँदैन ? ‘इन्काउन्टर’गर्न पाउँदैन ? गुण्डागर्दी कसरी नियन्त्रण गर्ने त ? प्रहरीले घैंटे, चरी जस्तोमान्छेलाई मार्दा तपाईलाई के को आपत्ति ?
नेपाल प्रहरीले काम गर्न्\गराउँन पाउँछ । उसको दायीत्व हो । नेपाल प्रहरी राज्यको बल प्रयोग गर्न पाउने बैद्यानिक निकाय हो । प्रहरीले त्यसलै हतियारबोकेर हिड्न पाउँछ  र आवश्यकता अनुसार प्रयोग गर्न पनि पाउँछ । आफ्नो जीवन रक्षाको लागि हतियार प्रयोग गर्छ र भिडन्तमा प्रहरीको हातवाट कहिले काहि कसैको ज्यान जान पनि  सक्छ । यदि यो घटनामा पनि त्यस्तै भएको हो भने यसलाई स्वभाविक घटनाको रुपमा नै लिनुपर्छ । त्यसैले यो घटनामा प्रहरीको  नेतृत्व र गृहमन्त्रीले हामीलाई जे वताउनु भएको छ यदि त्यस्तै  भएको हो भने ठिक छ । तर, त्यहि क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसद भीमसेनदास प्रधान र स्थानीय जनताले जे भनिरहनु भएको छ त्यस्तो हो भने त्यो अत्यन्त गम्भीर विषय हो ।
हो म त्यहि चासोले सत्य तथ्य बुझ्न अरु कोहिसँग होइन उनै भीमसेनदास प्रधानसँग राष्ट्रियमानव अधिकार आयोग (NHRC) गएको थिए । यो घटनाको पृष्ठभुमिमा आयोग पनि जोडिएको, आयोगमा सुरक्षा मागेर निवेदन दिएको केहि दिनमा घटना घटेको भन्ने कुरा सार्वजनिक भएको अवस्थामा न्याय माग्न होइन सत्य तथ्य बुझ्न आयोग गएको हुँ । १ बर्ष अगाडि दिनेश अधिकारी ‘चरी’ मारिदा होस वा युद्धको वेलामा दोरम्बामा विद्रोही मारिदा होस, शान्तिप्रकृया पछि शक्तिखोरमा लगेर रामहरी श्रेष्ठको हत्या हुदा होस वा हिरासतमा शिव पौडेलको हत्या हुँदा, डेकेन्द्र थापाको मुद्दामा होस वा नन्दप्रसाद अधिकारी लगायतद्वन्द्व पिडितको न्यायको लडाईमा, कानून विपरित भएका घटनामा प्रत्येक पटक मेरो चासो रहदै आएको छ र सार्वजनिक गर्दै पनि आएको छु । कानूनलाई दुरुपयोग गरेरकोहि पनि नागरिक अन्यायमा पर्नु हुँदैन भन्नेमा म हिजो पनि सचेत थिए  र आजपनि छु ।
चरिको हत्या पश्चात केहि सांसद साथीहरूले संसद अवरुद्ध गर्दा मैले सार्वजनिकरुपमा भनेको थिए- नेपालमा मृत्युदण्डको व्यवस्था छैन र संविधानभन्दा माथि पनि कोहि छैन । कानूनले जे गर्न र जे नगर्न निश्चित गरेको छ सरकारका निकायहरू पनि त्यसै अनुसार चल्नुपर्छ र नागरिक पनि त्यसैअनुसार चल्नुपर्छ । यो वेलाम को व्यक्ति कस्तो थियो भन्ने आधारमा कुनै पनि घटनाको जज गर्नु हुदैन । तर कसलेकिन कसरी हत्या गर्‍यो निष्कर्ष निकाल्ने अधिकार भने हामीलाई छैन । घटनाकोनिश्पक्ष छानविन हुनुपर्छ र वास्तविकता जनताले थाहा पाउनुपर्छ ।’ (हे. चरीप्रकरणले उठाएका केहि प्रश्नहरू)
अहिले घटना घटेको सामाखुसी काठमाडौंको ६ नं क्षेत्रमा पर्छ, त्यो क्षेत्रको सांसदले सार्वजनिक क्षेत्रमा र संसदमा एउटा कुरा उठाउनु भएको छ-‘त्यो इन्काउन्टर होइन, गैह्रन्यायीक हत्या हो । मृतक कुमार श्रेष्ठले राष्ट्रियमानव अधिकार आयोग (NHRC) मा जीवन रक्षाको लागि निवेदन दिएका थिए । NHRC लेप्रहरीलाई सोध्यो’ के तपाईहरू उसलाई खोजिराख्नु भएको छ ? श्रावण २७ गतेप्रहरीले उत्तर पठायो ‘कुमार श्रेष्ठलाई हामीले खोजिराखेका छैनौं ।’
२७ गते हामीले खोजेका छैनौ भनेर NHRC लाई जवाफ पठाउने प्रहरीले भाद्र ७ गते प्रहरीले भने; हामीले काठमाडौंको मस्ट वान्टेड सुचिमारहेको गुण्डा नाइकेलाई इन्काउन्टरमा मार्‍यौं ।’ मलाई  भीमसेन सरले गर्नुभएको अरु कुनै तर्कसँग सरोकार थिएन र छैन तर उहाँको यो तर्कले भने मलाई गम्भीर वनायो । छिमेक भारतमा गैह्रन्यायीक हत्याश्रृङ्खलाको केहि अध्ययन गर्ने मौका पाएकोले स्वभाविक रुपमा मेरो मनमा पनि यही प्रश्न उव्जियो कतै हामी गैह्रन्यायीक हत्याको डरलाग्दो अराजकतातर्फ त जादैछैनौं ?  यो कुराको सत्य तथ्य बुझ्ने निकाय NHRC मात्र थियो ।
NHRC सँग सत्यतथ्य नबुझिकन म कुनै धारणा बनाउन चहान्न थिएँ र त्यसका लागि NHRC को अध्यक्षसँग प्रत्यक्ष भेटेर मात्र बुझ्न सकिन्छ भनेर आयोगले जानकारी गराएपछि भीमसेन सरसँग म आफैं गएको हुँ । म कुनै निवेदन बोकेर न्याय माग्न गएको हैन । आयोगको अध्यक्षसँग सत्य तथ्य बुझ्न गएको हो । हामीसँगको भेटमा NHRC का अध्यक्षले माथि भीमसेन सरले भनेको जस्तै कुरा हामीलाई वताउनुभयो । यसको वास्तविकता जनताले थाहा पाउने कि नपाउने ?
यस सन्दर्भमा मेरो कुरा प्रष्ट राख्न चाहन्छु । चरी र घैंटेहरू जन्मन नैदिनुहुन्न र जन्मिहाले भने हुर्काउनुहुन्न र यो समाजलाई चरी, घैंटेहरूवाट मुक्तगर्नुपर्छ भन्नेमा दुइमत छैन । राज्य, बर्दीधारी मात्र होइन, कुनै पनि अपराधिक समूह वा व्यक्तिको भयवाट नागरिक त्रसित हुने वातावरणको अन्त्य हुनैपर्छ । उसले कानून वमोजिम सजाय पाउनुपर्छ । कानून नभए बनाउनुपर्छ । राजनीतिक हस्तक्षेपले गर्दा अपराधीले कुनै उन्मुक्ति पाइरहन्छन् भने कुनै राजनीतिक व्यक्ति वा संगठनले त्यस्तो गर्न नपाउने गरि कानून वनाउनु पर्छ । तर राज्य (मन्त्री\प्रहरी)ले हामी आफैसँग भएको कानूनको प्रयोगवाट अपराध र अपराधी नियन्त्रण हुँदैन भन्ने निष्कर्ष निकालेको हो भने यो एकदमै खतरनाक संकेत हो । कानूनसम्मत प्रकृयावाट न्याय प्राप्त हुँदैन भन्ने निष्कर्षमा सरकार नै पुगेको हो भने आम नागरिकले यो राज्य व्यवस्था र न्याय प्रणालीमा किन विश्वास गर्ने ?
तर, पनि  तपाई ठान्नुहुन्छ कि चरी र घैंटेहरुवाट समाजलाई मुक्त गराउन भन्दै गरिएको त्यो इन्काउन्टर वास्तविक नभएर फेक नै थियो भने पनि  जायज हुन्छ अनि प्रहरीलाई पनि न्यायीक प्रकृयामा गएर हुँदैन इन्काउन्टर नै  विकल्प हो भन्नेलाग्छ र तपाई पनि हत्या गैरन्यायीक भएपनि ठिक हो नै भन्नु हुन्छ भने विनम्रतापूर्वक म तपाईसँग आफ्नोअसहमति राख्छु । ‘अपराधिक कृयाकलापमा संलग्न व्यक्तिलाई दल र नेताहरूले संरक्षण गर्छन, उनीहरूका कर्तुत ढाकछोप गर्छन र कारवाही गर्न दिँदैनन, राजनीतिक संरक्षणमा उनीहरू छुट्छन् र जनतालाई दुःख दिन्छन । त्यसैले कारवाहीमा पुग्न प्रहरी वाध्य हुन्छ ।’ भन्ने नाममा हामी कानून विपरितका कार्य गर्न  प्रहरीलाई प्रोत्साहन गर्ने ? कि त्यस्ता राजनीतिज्ञ र त्यस्तो प्रवृत्तिलाई रोक्न संयन्त्र वनाउने ?  कानून बनाउने त्यसको प्रयोग गर्ने कि कानून सानुन जे सुकै होस हामीलाई परिणाम चाहियो भन्ने ? मेरो विचारमा हाम्रो यस्तो दोहोरो मापदण्ड सरासर गलत हो ।
गलत मात्र होइन, एउटा संक्रमणमा रहेको लोकतन्त्रको लागि डरलाग्दो रोग हो । समाजमा घैंटे, चरीजस्ता अपराधी छन र यीनको हत्या  गर्दा आममान्छे खुशी हुन्छन् भन्ने कुरालाई आधार भनाएर नियोजित ढङ्गले हत्या भएको हो भने त यो झन डरलाग्दो विषय हो । समाजमा गुण्डागर्दी, भ्रष्टाचारी, वलत्कारीप्रति ठुलो घृणा छ त्यो स्वभाविक हो । आम मानिसहरू चाहन्छन यीनिहरूलाई कडा भन्दा कडा सजाय होस । (संविधान सुझावको वेलामा समेत फाँसीको माग थियो ।) ख्याती श्रेष्ठको हत्या हुँदा पनि यस्तै कुरा उठेको थियो । तर, समाजको यही मनोविज्ञान वुझेर प्रहरी संगठनभित्र लोकप्रियताका लागि गैह्रन्यायीक हत्याको शुरुवात भएको हो भने कुनै पनि सभ्य समाजले यसलाई स्वीकार्न सक्दैन र गर्नु हुँदैन ।
३. तेस्रो प्रश्न, तपाई यस्तो गलत विषयको पक्षमा बोल्ने ?
मलाई बिश्वास छ म गलत विषयको पक्षमा उभिएको छैन । म घैटेको पक्षमा उभिएको होइननत मलाई उभिनु नै छ । म एउटा इस्युको पक्षमा उभिएको छु । मेरो आस्थाको आधारभूत मान्यतामा दरोसँग उभिन सकिन भने मेरो अरु कुराको कुनै  अर्थ  रहदैन ? म मेरोब्रम्हले सत्य देखेको पक्षमा सधै उभिएको छु, एक्लै भए पनि बोलेको छु, जुन दिनत्यो गर्न छोड्छु त्यो दिन म नै रहदिन र नरहन तयार छु । मेरो मुद्दा प्रष्ट छ, गुण्डागर्दी र संगठित अपराधलाई निर्मुल गर्न राज्यको प्रहरी लगायत हर निकाय ले गर्ने प्रत्येक काममा संगसंगै हिड्ने छु, त्यहि क्रममा नेपाल प्रहरीले भनेको जस्तो त्यो इन्काउन्टरमा भएको  घटना थियो भने प्रहरीको पक्ष्यमा उभिनेछु तर, त्यो गैह्रन्यायीक हत्या हो तर पनि हत्या गुण्ड को भएकोले ठिक  नै मान्नुपर्छ भन्ने कुरा हो भने त्यसमा चै मेरो सहमति छैन ।
पुलिस इन्काउन्टरको रुपमा प्रख्यात गैह्र न्यायीक हत्या भनेको कुनै न्यायीक प्रकृया वा निर्देशन विना राज्य वा यसका एजेन्टद्वारा मुडभेढका नाममा गरिने हत्या हो । गैह्रन्यायीक हत्या प्राय अपराधिक चरित्र भएका मानिएका व्यक्तिहरुप्रति लक्षित हुने गर्दछ । हाम्रो जस्तो सामाजिक परिवेश तथा संस्कारमा जहाँ न्यायीक प्रकृयाप्रति जनताको विश्वास कम छ र प्रकृया भन्दा परिणामलाई महत्व दिइन्छ त्यहाँ यस्ता कार्यलाई सराहना गरिन्छ । न्यायीक प्रकृया प्रतिको जनताको गुनासोको आडमा राज्यका निकायवाट हुने यस्ता कार्यलाई आम जनताले भारतमा पनि शुरुका दिनमा राम्रै लोकप्रियता हासिल गरेको हो । तर, त्यसपछिको दिनमा अवस्था त्यस्तै रहेन ।
राजनीतिक मान्छेहरूले प्रहरीको त्यही हतियारलाई आफ्नो विरोधीलाई सक्ने हतियारको रुपमा दुरुपयोग गर्न थाले । पछिल्लो समय गैह्र न्यायीक हत्या अराजक हुँदै संस्थागत र संस्कारको रुपमा देखा पर्न थालेपछि पहिला समर्थन गर्ने जनता बाटै यसको चर्को विरोध हुनथाल्यो । यसै सन्दर्भमा उच्च न्यायलयले  सन् २०१४ मा वढ्दो गैह्र न्यायीक हत्याको परिवेशमा प्रहरी प्रशासनलाई एक वाधयकारी निर्देशिका नै जारी गरेको छ । उक्त निर्णयले  हरेक नागरिकलाई सम्मानपुर्वक बाँच्न पाउनुपर्ने अधिकार र न्याय सम्बन्धि हकको महत्वलाई पुनर्स्थापित गरेको छ । कानूनी प्रकृया विनाको भिजिलान्ते न्यायलाई समर्थन र प्रोत्साहन  गर्नु कमजोर समाजिक चेतना मात्र हो ।  आधुनिक सभ्य समाजमा यस्तो भिजिलान्ते न्यायलेस्थान र प्रोत्साहन पाउनु हुदैन भन्ने म ठान्दछु । अलोकप्रिय हुने डरले यस्ता गैह्रन्यायीक हत्यामा मौन रहनु जनताप्रतिको विश्वासघात हो ।
जहाँसम्म राजनीतिक क्यारियरको कुरा छ,  राजनीति करियर होइन, जहाँ प्रत्येक पटक हिसाव किताव गरेर कुनै विषयको पक्ष वा विपक्षमा वोलिन्छ. कुनै कार्यक्रममा सहभागी हुँदा अञ्जानमा कोहिसँग कसैले खिचेको फोटो राखेर मेरो सम्बन्धको काल्पनिक कथा लेख्नेसँग मलाई कुनै प्रष्टिकरण दिनु छैन ।  विहानदेखि साँझसम्म मेरो शिर्षक राखेर समाचार बेच्नेसँग पनि मलाई भन्नु केहि छैन ।
म मलाई माया गर्ने र मलाई आशा र भरोषाले हेरिराख्नु भएका लाखौं मान्यवर र साथीहरलाई भन्न चाहन्छु, मेरो मतदातालाई भन्न चाहन्छु-मेरो नैतिक धरातल कमजोर छैन, अञ्जानमा केहि गल्ति भए होलान तर, जानेर कुनै गलत काम वा प्रवृत्तिको पक्षमा लागेको छैन र लाग्दिन पनि । त्यसैले म विनम्रतापुर्वक अनुरोध गर्दछु मलाई आफ्नो कुरा राम्रोसँग सम्प्रेसित गर्न नसक्दा तपाईको भावनामा चोट पुगेको छ भने म क्षमा चाहन्छु तरप्रष्टसँग दोहोर्‍याउन चाहन्छु म एउटा लोकतन्त्रवादी हुँ, म राजनैतिक दलहरुको शुद्धता र राजनितिको पवित्रताको पक्षमा जति दृढताका साथ उभिन्छु, संस्थागत गुण्डागर्दी बाट समाजलाई मुक्त गराउन जति दृढता को साथमा उभिन्छु, जनताको लोकप्रिय मतको दुरुपयोग गरेर गरिने राज्यको गैह्रन्यायीक हत्या हो भने मत्यसको बिपक्षमा पनि त्यति नै दृढताका साथ उभिन्छु, मारिने जोसुकै किन नहोस् ।
अन्त्यमा
मलाई थाहा छ आजको माहोल यस्तो छ मैले जति कुरा भने पनि बहुसंख्यक मानिसहरू आज मेरो कुरासँग सहमत हुनु हुन्न तर, फेरि पनि मेरो विश्वास यहि नै हो- तपाई मसँग असहमत हुन सक्नुहुन्छ तर, तपाईको असहमत हुन पाउने कुराको लागि म जीवनभर लडिरहन्छु ।
/www.onlinekhabar.com
सिरहा, भदौ ८ । चलचित्रमा कुनै खलनायककी दिदी बहीनिले प्रेम गरे वा प्रेम विबाहका प्रस्ताब ल्याए ज्यानै जानेसम्मका दृश्यहरु देखिन्थे । त्यस्तै भएको छ सिरहामा पनि । लहान नगरपालिका एक युवकले आफ्नी बहिनीले प्रेम विबाह गरेको भन्दै उनी माथि गोली चलाएका छन् । गोली लागेर स्थानीय २३ वर्षीया रेणुकुमारी महतो गम्भीर घाइते भएकी छन् ।

घाइते रेणुलाई उपचारका लागि विराटनगर लगिएको छ । रेणुको बिहे गत वर्ष भएको थियो । उनी बिहे भएको स्थानबाट भागेर सिंग्राहीस्थित दाजुकै घर अगाडि आएपछि त्यही झोकमा भाइले नै गोली चलाएर मार्ने प्रयास गरेको स्थानीयको भनाइ छ ।

युवकले हानेको गोलीले उनलाई ठुलो असर नपरेपनि पछि धारिलो हतियारले रेणुको हात र टाउकोमा प्रहार गरेर अवस्था गम्भीर भएको स्थानीयले जनाएका छन् ।  गोली चलाउने दाजु उमेश साह भने फरार भएका छन् । रेणुको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ ।

www.etajakhabar.com
काठमाडौँ, ८ भदौ । प्रमुख चार राजनीतिक दलले सोमबार कैलालीको टीकापुरलगायत देशका विभिन्न स्थानमा भएका घटनाको समीक्षा गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा ती दलले शान्ति स्थापनाका लागि सरकारका तर्फबाट प्रभावकारी भूमिका निर्वाह गर्नुपर्र्नेमा जोड दिएका थिए ।

बैठकपछि एनेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कैलाली घटनाको समीक्षा गर्दै दलहरुले पूर्ववत् प्रतिबद्धताबमोजिम नै संविधान निर्माण प्रक्रिया अघि बढाउने निर्णय गरेको जानकारी दिनुभयो ।

केही दिनअघि चार दलका शीर्ष नेताहरुबीच भएको बैठकमा सात प्रदेशको सङघीयता अङ्गिकार गर्ने निर्णयमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले फरक मत राख्नुभएको थियो ।

आजको बैठकमा गृहमन्त्रीले कैलालीलगायतका स्थानमा भएका घटनाक्रमबारे बैठकमा जानकारी गराउनुभएको थियो । आपराधिक मानसिकताका साथ भएको टिकापुर घटना अक्षम्य भएको गृहमन्त्रीले बैठकमा बताउनुभएको जानकारी नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले उहाँले दिनुभयो ।

संविधान निर्माणको प्रक्रिया पूर्ववत् कार्यक्रमअनुसार नै अघि बढ्ने उहाँको पनि भनाइ थियो ।
फोटो : फाइल

/www.etajakhabar.com
बाँके, ८ भदौ । बाँकेमा ड्युटीमा खटिएका प्रहरीमाथि पेट्रोल बम प्रहार भएको छ ।
ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–६ बस्ने १८ बर्षीय समीर अन्सारीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
अन्सारीले त्रिभुवन चोकमा ड्युटीमा खटिएको प्रहरी माथि पेट्रोल बम प्रहार गरेका थिए ।
घटनामा परी केही प्रहरी जवान घाइते भएका थिए । उनीहरुको अहिले नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको केन्द्रीय समाचार कक्षले जनाएको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
dainiknepal.com
नेपाल प्रहरीका एसएसपी रमेश खरेलले आफ्नो नाममा दर्जनौ फेसबुक अकाउन्ट खोली आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा आपत्ति जनाएका छन्।
मंगलबार आफ्नो आधिकारिक फेसबुक पेजबाट सार्वजनिक अपिल गर्दै यस्ता फेक फेसबुक पेजहरू कसैले गलत रुपमा प्रयोग गरिरहे कानुन बमोजिम कारबाही हुने बताएका छन्।
हेर्नुहोस् उनले गरेको अपिल जस्ताको तस्तै
मिति २०७२ भाद्र ७ गते मनुवा गा.वि.स. ६ सिमलचौर कैलालीमा अत्यन्त होनहार, बहादुर प्रहरी कर्मचारीहरुले कर्तव्य पालनाको सिलशिलामा सहादत प्राप्त गरेको घटनाले मलाई अत्यन्त दु:खी बनाएको छ।
कर्तव्य पालनामा रत्तिभर विचलित नभई प्राणको आहुती दिने वीर प्रहरीहरू प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछु र भगवान पशुपतिनाथले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भन्ने कामना गर्दछु।
नेपाल प्रहरीले यस्तो दुःख बेहोरीरहेको अवस्थामा केही फेसवुक प्रयोगकर्ताहरुले मेरो आधिकारीक फेसवुकमा मेरो फोटो समेत ट्याग गरि आपत्ती जनक, आवेश प्रेरीत, उच्छृंखल तथा नेपाल प्रहरी संगठनको मर्यादा विपरितका अभिव्यक्तिहरु पोष्ट गरेकोमा मेरो आपत्ति रहेको छ। कानूनी राज्यको अवधारणालाई सहस्त्र शिरोधार्य गरि जनताको जिउ धनको सुरक्षामा अहोरात्र लागि रहने हामी कर्तव्य परायण राष्ट्र सेवकहरुलाई सामाजिक सञ्जालको प्रयोग गरि संगठनमा द्धेष फैलाउने तथा हाम्रो मनोवल गिराउने कार्य कही कसैबाट नहोस भन्ने अनुरोध गर्न चाहन्छु।

यसका अतिरिक्त मेरो नामसँग जोडेर करिब एक दर्जन फेसवुक पेजहरु पनि कसैले गलत रुपमा प्रयोग गरिरहेकोले त्यस्तो कार्य नगर्न समेत म विनम्र आग्रह गर्दछु र अवउप्रान्त यस प्रकारको गैह्र जिम्मेवारीपन प्रदर्शन गरिएको पाईएमा कानुन बमोजिम कारबाही हुने जानकारि गराउँदै समस्त फेसवुक प्रयोगकर्ताहरुलाई त्यस्ता पेजहरुमा विश्वास नगर्न हुन समेत अनुरोध गर्दछु।  setopati.com
कैलाली, भदौ ८ । टिकापुरमा थरुहटका कार्यकर्ताले प्रर्दशन जारी राखेकाले त्यसको प्रभाव अस्पताल लगायतका अत्यावशक क्षेत्रमा समेत परेको छ । जसका कारण अस्पतालमा रहेका मृतकका शव निकाल्न समेत असहज भएको छ । अस्पताल परिसर बाहिर कयौ संख्यामा रहेका स्थानीय प्रदर्शनकारीले नारा जुलुस गरिरहेकाले अवरोध सिर्जना भएको स्थानीय संचारकर्मी प्रयागराज ऐरीले जनाएका छन् ।

यसैबिच रौतहटमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले गौर नगरपालिकामा गएराति एउटा एम्बुलेन्स जलाएका छन् । केही दिनदेखि असहज परिस्थितिका कारण प्रभावित बन्न पुगेको सदरमुकाम गौरमा निषेधाज्ञा लगाइएको केही घन्टा पछि आन्दोलनकारीले ना३च ८६३ नम्बरको एम्बुलेन्समा आगो लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
www.etajakhabar.com
यी हुन् कैलालीमा एसएसपी न्यौपाने जिउँदै आगो लगाउने थारु आन्दोलनकारी
मैले एसएसपी लाई यो कारणले गर्दा आगो लगायो पुरा पढ्नुहोस

धनगढी, ७ भदौ - मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव एवं सभासद रामजनम चौधरीले प्रहरीले गोली चलाएपछि कैलालीमा दोहोरो भीडन्त भएको बताएका छन् । कैलालीको टीकापुरमा सुरक्षाकर्मी र थरुहट आन्दोलनकारीबीच सोमबार दिउँसो भएको हिंसात्मक झडपमा घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका आन्दोलनकारीको आक्रमणमा परी एसएसपी सहितका सुरक्षाकर्मी मारिएपछि प्रतिक्रिया दिँदै सभासद चौधरीले प्रहरीले गोली चलाएपछि थारु आन्दोलनकारीहरुले प्रतिकार गरेको बताए ।


‘प्रहरीले गोली चलाएपछि हामीले परिस्थितिलाई थेग्न सकेनौँ, थारु आन्दोलनकारीहरु रिसाए, त्यसपछि कसैले सम्हाल्न सक्ने अवस्था रहेन’ । घटनाबारे जानकारी दिँदै उनले अगाडी भने–‘थरुहट संघर्ष समितिले सरकारी कार्यालयमा थरुहट स्वायक्त प्रदेश लेख्न थारु समुदायका झण्डै ८÷१० हजारको संख्यामा रहेका आन्दोलनकारी टीकापुरतर्फ अघि बढ्दा प्रहरीले रोक्यो, सुरक्षाकर्मीलाई धकेल्दै

अघि बढेका आन्दोलनकारीमाथि पशु हाटमा पुगेपछि प्रहरीले गोली चलाए, त्यसपछि आन्दोलनकारी रिसाएर प्रहरीमाथि जाइलागेका हुन् ।’
को हुन चौधरी ?

चौधरी अघिल्लो संविधानसभा निर्वाचन अघि काँग्रेसबाट मधेशी जनअधिकार फोरममा प्रवेश गरेका हुन् । विजयकुमार गच्छदारले फोरम टुक्राएपछि उनी फोरम लोकतान्त्रिकको महासचिव बने । पार्टी अध्यक्ष गच्छदार चार दलीय मोर्चासँग वार्ता र घुर्की लगाइरहँदा उनी भने थारु सभासद्को नेतृत्व गर्दै सडकमा उत्रिसकेका थिए । संविधानको पछिल्लो मस्यौदा र प्रदेशको सिमांकनका विषयमा गच्छदार र चौधरीबीच विवाद समेत भएको थियो ।

चौधरीकै नेतृत्वमा सोमबार कैलालीमा निषेषाज्ञा तोडिएको हो । सुरक्षाकर्मीका कारण अप्रिय घटना भएको भन्दै उनले कैलाली हत्याकाण्डको दोष प्रहरीतर्फ तेर्साएका आएका छन् । ‘भाडाका गुण्डा र हतियारको प्रयोग भयो’ स्थानीय बासिन्दाले थरुहटको शान्तिपूर्ण भारतबाट भाडामा हतियार सहितका गुण्डाहरुको घुसपैठ भएको दाबी गरेका छन् । कैलालीको आन्दोलनमा भाला, बन्चरो, हतियार बोकेका पचासौँ जना सिमा पारिका युवाहरु देखेको नेपाल भारत सिमा क्षेत्र खकरउलाका बासिन्दा रामबहादुर साउद लगायतले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home