• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, २० मंसिर । आन्दोलनरत मधेसी र थारु जनतालाई फकाउन सरकारले पचास लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
आन्दोलनमा होमिएका जनतालाई संविधानमा समेटिएका अधिकार बुझाउन पचास लाख रुपैयाँ खर्च गरिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
आइतबार पत्रकार सम्मेलन गरी उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले आन्दोलनमा होमिएका जनताको भ्रम चिर्न संविधानको राष्ट्रव्यापी प्रचार अभियान सुरु गरिएको बताए । अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार राष्ट्रिय सभागृहमा आयोजित विशेष कार्यक्रमबाट गर्दैछन् ।
मन्त्री थापाका अनुसार ‘जनताको संविधान जनताकै माझमा’ भन्ने नाराका साथ सुरु हुन लागेको यो अभियानका लागि पहिलोचरणमा सरकारले ५० लाख रुपैयाँ बजेट छुट्याएको छ । मन्त्री थापाले भने- जनतामा रहेका भ्रम चिर्न सरकारले १४ अञ्चल, ७५ जिल्लाका सबै नगरपालिका र गाविसमा यो अभियान पुग्छ ।’
जनतालाई बुझाउन संविधान पनि जनताकै स्थानीय भाषामा उल्था गरिएको छ । मन्त्री थापाका अनुसार संविधानलाई मैथली, भोजपुरी, अवधि र थारु भाषामा रुपान्तरण गरिएको छ । यसैगरी सञ्चारमाध्यमबाट पनि संविधानको व्यापक प्रचारप्रसार गरिनेछ ।
तराई मधेसमा लामो समयदेखि आन्दोलन चर्किरहेका बेला सरकारले जनताको भ्रम चिर्न संविधानको राष्ट्रव्यापी प्रचार अभियान ल्याएको हो । अभियानको नेतृत्व संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरिरहेको छ ।
dainiknepal
विराटनगर : गाउँघरमा धामी झाँक्रीको काम गर्दै आएका मोरङको सिसवनीजहदा–५ बजरंगबली चौकका ६० वर्षीय रामप्रसाद मण्डलमाथि शनिबार राति अज्ञात समूहले गोली प्रहार गरेको छ ।

अपराधिक गिरोहमा सक्रिय समूहले गोली हानेको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । छातीमा गोली लागेका मण्डलको अवस्था गम्भीर छ ।

गोली कसले हानेको हो भन्ने बारे अहिलेसम्म थाहा नभएपनि घरको बरन्डामा श्रीमान श्रीमती सुतिरहेका बेला गोली हानेर घटनामा संलग्नहरु फरार भएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नहरु राति १२ बजे ६-७ जनाको संख्यामा एउटै समूहमा आएर मण्डलमाथि गोली हानेपछि दुई समूह भएर भागेको जानकारी स्थानीय बासिन्दाले प्रहरीलाई गराएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी प्रमोद खरेलले पहिचान नखुलेको समूहले मण्डलमाथि कटुवा पेस्तोलको प्रयोग गरेर एक राउण्ड गोली प्रहार गरेको जानकारी दिए ।

‘छातीमा गोली लागेका मण्डलको अवस्था गम्भीर छ,’ डीएसपी खरेलले भने, ‘स्थानीय स्तरमा उपचार सम्भव नभएपछि घाइतेलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ ।’

प्रहरीका अनुसार घाइते मण्डलको छातीभित्र रहेको गोली निकाल्नका लागि चिकित्सकहरुले प्रयास गरिरहेका छन् । खरेलले गोली प्रहार हुनुको कारण अहिले सम्म नखुलेको र कुनै रिसिईबीका कारण घटना गराइएको हुन सक्ने बताए ।

‘गाउँ घरमा धामी झाँक्रीको काम गर्ने भएकाले अपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरुको समूहले कुनै रिसिइबीमा मण्डलमाथि गोली प्रहार गरेको हुन सक्छ,’ खरेलले भने, ‘अहिलेसम्म गोली हान्नेहरुको पहिचान हुन नसकेको र घाइते बोल्न सक्ने अवस्थामा नभएका कारण घटनाको वास्तविकता बाहिर आउन सकिरहेको छैन ।’

उनले घटनामा संलग्नको खोजीका लागि इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अविचन्द्र रिजालको नेत्रृत्वमा प्रहरीको विशेष टोली परिचालन गरिएको जानकारी दिए । घटना स्थलबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरिएको जनाएको छ ।
annapurnapost
काठमाण्डु, २० मंसिर– एमाले नेता सुवास नेम्वाङ सभामुखबाट हटेको दुई महिना पुरा हुनै लाग्यो ।

संविधानसभाबाट संविधान जारी भएपछि नयाँ सभामुख चयन गर्ने दलीय सहमतिअनुसार नेम्वाङले गत २७ असोजमा राजीनामा दिएका हुन् ।
त्यसको दुई दिनपछि २९ असोजमा एमाओवादी नेतृ ओनसरी घर्ती संसदबाट निर्विरोध सभामुख निर्वाचित भइन् ।
कानूनी, वैधानिक र व्यवहारिक आधारमा मुलुकमा एक मात्र सभामुख छिन् घर्ती । तर पूर्वसभामुख नेम्वाङले अझैसम्म समानान्तर गतिविधि गर्दै आएका छन् ।
महासचिवको कोठा कब्जामा
धेरैलाई लागेको थियो, लामो समयपछि सभामुखको जिम्मेवारीबाट मुक्त भएपछि नेम्वाङ एमाले कार्यालय र सिंहदरबारमा रहेको पार्टी संसदीय दलमा भेटिनेछन् । तर त्यो अनुमान नेम्वाङ आफैंले गलत सावित गरिएिका छन् ।
उनी अहिले पनि सिंहदरबारस्थित सभामुख कार्यालयसँगै रहेको संसदका महासचिवको बैठक कक्षमा कब्जा जमाएर बसिरहेका छन् ।
हरेक दिन कार्यालय समयमा उनी महासचिव मनोहरप्रसाद भट्टराईको कार्यालयमा भेटिन्छन् । त्यहाँ उनले एमाले सांसदहरुका साथै कानूनमन्त्री अग्नि खरेल, कानून व्यवसायी र पत्रकार भेट्ने गरेका छन् ।
पूर्वसभामुखले आफ्नो बैठक कोठा हडपेपछि संसदका महासचिव मनोहरप्रसाद भट्टराई भने सचिव मुकुन्द शर्माको बैठक कक्ष प्रयोग गर्न बाध्य छन् । महत्वपूर्ण विदेशी पाहुना आउँदासमेत नेम्वाङले कोठा नछाडेपछि भट्टराईले हैरानी महसुस गर्न थालेका छन् ।
‘भनौं पूर्वसभामुखजस्तो व्यक्तिलाई के भनौं’, भट्टराईको भनाइ उद्धृत गर्दै संसद् सचिवालयका एक कर्मचारीले काठमाण्डु टुडेसँग भने, ‘नभनौं आफ्नो बैठक कोठा कहिल्यै प्रयोग गर्न पाइँदैन ।’
सचिवालयसहित कार्यालय माग
पूर्वसभामुख नेम्वाङले आफूलाई संविधानसभा अध्यक्षका हैसियतमा सिंहदरबारभित्र छुट्टै कार्यालय मागेका छन् । सरकारले आफ्ना लागि सचिवालयसहित कार्यालय उपलब्ध गराउनुपर्ने जिकिर उनको छ ।
नेम्वाङले नेपालमा यसअघि पनि संविधानसभा अध्यक्ष कोही नरहेको र अब पनि नहुने भएकाले आफू ‘आजीवन सभाध्यक्ष’ भएको तर्क गर्ने गरेका छन् ।
‘नेपालमा संविधानसभाको अध्यक्ष अरु छैन’, निकटस्थहरुसँग उनले भन्ने गरेका छन्, ‘म आजीवन संविधानसभा अध्यक्ष हुँ ।’
तर संसद् सचिवालयका उच्च अधिकारी नै नेम्वाङलाई कार्यालय दिन नमिल्ने बताउँछन् । नेम्वाङलाई कार्यालय र सचिवालय व्यवस्था गर्दा पूर्वसभामुखहरुले समेत त्यस्तो दाबी गर्ने हुँदा राज्यलाई आर्थिक भार पर्ने उनीहरुको भनाइ छ । पूर्वसभामुखमध्ये कृष्णप्रसाद भट्टराईको निधन भइसकेको छ ।
आफूलाई कार्यालय र सचिवालयको सुविधा दिँदा पूर्वसभामुखहरु दमननाथ ढुंगाना, रामचन्द्र पौडेल र तारानाथ रानाभाटले पनि त्यस्तो सुविधा माग्न सक्ने भएपछि नेम्वाङले आफू पूर्वसभामुख नभई संविधानसभा अध्यक्ष भएको जिकिर गरेका हुन् ।
kathmandutoday
लहान, मंसिर २० । धारिलो हतियार प्रहार गरी गएराति सिरहाको मिर्चैयामा एक महिलाको हत्या भएको छ । मिर्चेया नगरपालिका– १ निवासी ४० वर्षीया फूलादेवी मण्डलको हत्या भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए ।

मण्डलको घाँटी र टाउकोमा धारिलो हतियारले प्रहार गरी हत्या गरेपश्चात् फालिएको अवस्थामा शव फेला परेको प्रहरी नायब उपरीक्षक चौधरीले बताए ।
स्थानीयवासीले घर नजिकैको रहर बारीमा मण्डलको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या किन र कसले गरेको भन्ने बारेमा हालसम्म खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको छ ।
imagekhabar
आइतबार, २० मंसिर
काठमाडौ । आन्दोलनरत मधेसी मोर्चाका शिर्ष मधेसी मोर्चाका शीर्ष नेताहरु आज काठमाडौबाट दिल्ली जान लागेका छन् ।
यसअघि मार्चाका नेता तथा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तमसपाका अध्यक्ष महेन्द्र यादव भने पटना हुँदै दिल्लीमै भेटहुने कार्यक्रम गरेको छ ।
भारत सरकारले निमन्त्रणमा मधेसी मोर्चा शिर्षनेतलाई दिल्ली बोलाएर आफनो अनुकुलको दिल्लीमै सम्झौता गराउने मुख्य उदेश्यको साथ दिल्लीको बोलाएको छ ।
यसैगरी भारतले आवश्यक परेको खण्डमा नेपाल प्रमुख तीन दलका शिर्ष नेतालाई पनि बोलाएर दिल्लीकै स्वार्थ अनुसार सहमतीका लागी बोलाउने समेत तयारी भइरहेको समेत भारतिय राजदुतावास स्रोतले जनाएको छ ।
यदी परिस्थिती नबनेमा सोमबार नै मधेसी नेताहरु दिल्लीको सन्देश बोकेर काठमाडौ आउने बताइएको छ ।
नेपालका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा भारतबाट फर्किए लगतै भारतले मधेसी मोर्चाका नेता दिल्ली भम्रणको लागि निमन्त्रण आएको हो ।
मधेसी मोर्चाका शीर्ष नेताहरुले भारतमा रहदाँ प्रधानमन्त्री नरेन्द्र मोदी, विपक्षी दल कांग्रेसकी अध्यक्ष सोनिया गान्धी लगायत नेताहरुसंग भेट्ने कार्यक्रम रहेको छ ।
nepalsandesh
काठमाडौं, मंसिर २० । भारतले गरेको अघोषित नाकावन्दीविरुद्ध आइतबार राष्ट्रिय संगीतकर्मी संघले भारतीय दुतावास अगाडी वृहत काग सम्मेलन गरेको छ ।
नाकावन्दीविरुद्ध संघका कलाकार रमेश दुलालले सांकेतिक रुपमा कागको आवाज निकालेर काग बोलाएर दूतावास वरिपरि घेरेका थिए । भारत सामु घुँडा टेकेर नेपाली भूमिमा घात हुने कुनै किसिमको असमान सन्धि नगर्न उनीहरुले सरकार र नेताहरुलाई सचेत तुल्याए ।
imagekhabar
मङ्सिर । उपप्रधानमन्त्री एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले दुई वर्षभित्र देशलाई विद्युत्भार कटौतीमुक्त बनाउने बताउनुभएको छ ।

दक्षिण ललितपुर विद्युत् सहकारी संस्था लिमिटेडको १४औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै उहाँले नेपालमा भएको प्राकृतिक स्रोतको उपयोग गरी ऊर्जा विकासलाई मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले तत्काल देशलाई ऊर्जा सङ्कटकाल घोषणा गर्नेसमेत बताउनुभयो ।
आगामी १० वर्षभित्र १० हजार मेगावाट बिजुली उत्पादन गरेर भारत र पाकिस्तान लगायतका बाह्य देशमा निर्यात गरिने योजनासमेत रहेको उहाँको विश्वास थियो । मन्त्रालयले तत्कालीन, मध्यकालीन तथा दीर्घकालीन योजना ल्याएर ऊर्जा क्षेत्रको विकास गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष डिल्लीप्रसाद घिमिरेले विद्युत् सहकारीको माध्यमबाट दक्षिण ललितपुरका १९ गाविसका छ हजार ८६७ घरधुरीमध्ये चार हजार ५७९ घरधुरीमा विद्युत् सुविधा दिइएको बताउनुभयो । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
दसगजाका जीर्ण सीमास्तम्भ मर्मत गर्ने सहमत
नेपाल भारत सिमानामा हराएका तथा जीर्ण भएका सीमा स्तम्भहरूको दुवै देशले आधाआधा मर्मत तथा पुनर्निर्माण गर्ने सहमति भए पनि भारतले सहमति उलंघन गरेको छ।

नेपालले आफ्नो भागमा परेका जीर्ण सीमास्तम्भ मर्मत गरिसकेको भए पनि भारतले आफ्नो भागमा परेका सीमास्तम्भ मर्मत गर्न चासो देखाएको छैन।एक वर्षअघि नेपाल भारत दुवै देशका नापी विभाग र सुरक्षा निकायका पदाधिकारीबीच भएको सहमतिअनुसार दसगजामा रहेका जीर्ण सीमास्तम्भमध्ये जोर नम्बरका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण भारतले गर्ने र बिजोर नम्बरका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माण नेपालले गर्ने सहमति भएको थियो।
सोही सहमतिअनुसार नेपालतर्फबाट दसगजामा रहेका सबै बिजोर नम्बरका सीमास्तम्भको मर्मत र पुनर्निर्माण गरिए पनि भारतीय पक्षले भने आफ्नो भागमा परेका जोर नम्बरका सीमास्तम्भ मर्मत तथा पुनर्निर्माणमा कुनै चासो नदेखाएको स्थानीय बासिन्दाले बताए। स्थानीय बासिन्दाका अनुसार दसगजामा बिजोर नम्बरका सीमास्तम्भको मर्मत गरी रंगिचंगी बनाइए पनि भारतले गर्ने भनिएका जोर नम्बरका सीमास्तम्भ मर्मत नगरिँदा जोर नम्बरका सीमास्तम्भ करूप बनेका छन्।
नेपालले जीर्ण भएका सीमास्तम्भको मर्मत गरे पनि हराएका र भारतले अतिक्रमण गरेका सीमास्तम्भको खोजीमा भने चासो देखाएको छैन। पूर्वी नेपालमा मात्र दसगजा क्षेत्रका ८ सय २१ सीमा स्तम्भ भारतले गायब पारेको छ।
हराएका र अतिक्रमित सीमास्तम्भको खोजीमा नापी विभागले हालसम्म कुनै चासो नदेखाएको सीमा खोजकर्ता गोपाल कोइरालाले बताए। ठूलो संख्यामा सीमास्तम्भ गायब पारिनु र भारतले जंगे पिलरसहितका सीमास्तम्भ अतिक्रमण गरी नेपाली भूभाग कब्जा गर्दासमेत सरकारले खोजी गर्न नसकेको कोइरालाले बताए । भारतले दसगजा क्षेत्रमा जंगे पिलरसहित ४६ सीमास्तम्भ अतिक्रमण गरेको छ।
भारतको सिक्किम, पश्चिम बंगाल र बिहार राज्यसँग सिमाना जोडिएको पूर्वी नेपालको सिमानामा पर्ने विभिन्न जिल्लाको भूभाग हडप्ने उदेश्यका साथ सीमास्तम्भ गायब पारिएको स्थानीय बासिन्दाको भनाइ छ। पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, सप्तरी, सिराहा, इलाम, पाचथर र ताप्लेजुङ जिल्लामा भएका २ हजार ६ सय २८ सीमास्तम्भमध्ये ८ सय २१ सीमास्तम्भ गायब पारिँदासमेत नेपाल सरकारले त्यसको खोजीमा चासो नदेखाएको नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालाले बताए।
पूर्वका भिविन्न जिल्लाका ४६ सीमास्तम्भ भारतले अतिक्रमण गरेको भए पनि अतिक्रमणमा परेका सीमास्तम्भ फर्काउन नापी विभागले चासो नदेखाएको जिल्लाबासीले गुनासो गरेका छन्।सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले दसगजा क्षेत्रका बिजोर नम्बरका सीमास्तम्भ नेपालले मर्मत गर्ने र जोर नम्बरका सीमास्तम्भ भारतले मर्मत गर्ने सहमति भएअनुसार नेपाल पक्षले सबै सीमास्तम्भको मर्मत सकिएको बताए।
भारतले भने अहिलेसम्म जीर्ण जोर नम्बर सीमास्तम्भको मर्मत कार्य सुरु नगरेको उनले बताए।’नेपाल भारत सीमा क्षेत्रका अधिकारीबीच भएका पटकपटकका बैठकमा नेपालतर्फबाट सीमा मर्मतबारे कुरा उठाएका छौं,’ पन्थले भने, ‘बैठकमा भारत पक्षले मर्मत गर्छौ भने आश्वासन दिएका छन्।’ नापी विभागका शाखा अधिकृत रामेश्वर कँडेलले भारतले जोर नम्बरका सीमास्तम्भको मर्मत नगरेपछि मर्मतका लागि पटकपटक ताकेता गरिएको बताए।
यो खबर अन्नपुर्ण पोष्टको हो |www.nepaljapan
जाडो सुरु भएसँगै धेरैजनालाई छाला फ्रुस्रो हुने समस्या हुन्छ । तापक्रममा आएको अकस्मात् गिरावटसँगै छाला तथा ओठ फुट्ने, सुख्खा हुने र चायाँ आउने समस्या हुन्छ । छाला विज्ञहरुका अुनसार चिसोबाट हुने एलेर्जीले बालबालिकामा छाला फुस्रो र फुट्ने गर्छ भने प्रौढहरुमा थाइराइडको असन्तुलनका कारण अनुहारको छालामा विभिन्न प्रकारका समस्या देखिन्छन् ।
त्यस्तै, किड्नी तथा कलेजोको समस्या भएका वृद्धवृद्धामा जाडो मौसमा छाला फुट्ने लगायतका समस्या देखिन्छन् । बालकदेखि वृद्धवृद्धासम्म पीडित हुने यस समस्याबाट मुक्ति पाउन विभिन्न उपायहरु छन्ः

घिउ वा तेलमा तारेका खानेकुरा नखाने
सामान्यतया चिसो भएको बेलामा शरीरलाई तातो बनाउन तेलमा तारेको खानेकुरा खाने गर्छांै । तर, यसमा एन्टी–अक्सिडियन्टको मात्रा न्यून हुने भएकोले यसबाट छाला चिलाउनेलगायतका समस्या देखिन्छन् । तसर्थ, जाडोमा छालालाई स्वस्थ बनाउन स्वभाविक चिल्लोयुक्त खानेकुरा खानुपर्छ । मौसमी फलफुलहरु जस्तै सुन्तला, स्ट्रेबरी, स्याउ, बदाम, ओखर, एप्रिकेट खाँदा छालामा चमक आउँछ । मुम्बईस्थित छाला तथा चर्म रोग विज्ञ डा. अपर्ना सान्थाना भन्छिन्, ‘जाडोको समयमा त्यस्ता फलफुल खानुहोस् जसले छालालाई सुख्खापन हुनबाट बचाई चिल्लो बनाउँछ ।’ जैतुन वा नरिवलको तेलमा बनाएको खानेकुराले पनि शरिरको स्वभाविक चिल्लोलाई थप सहयोग गर्छ । जाडो याममा छाला सुख्खा भयो भने यसलाई निको हुन धेरै समय लाग्छ । तसर्थ मौसमी फलफूलबाट प्राप्त हुने एन्टि–अक्सिडेन्टले छालाका चायाँ लगायतका समस्याहरु निको पार्नुका साथै छाला कलिलो चम्किलो देखिन्छ । चिसोबाट बच्ने फलफूलहरु पनि पर्याप्त खानुहोस् ।
काठमाडौं, २० मंसिर । भारतीय पक्षको निमन्त्रणामा नयाँदिल्ली निस्किएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले आफ्नै खर्चमा भ्रमण गर्न लागेको दाबी गरेका छन् । उनीहरूले भारतीय पक्षसँग रकम नलिएको दाबी गरेका हुन् ।
नयाँदिल्ली बसाइका क्रममा आवश्यक पर्ने रकम, होटेल र खानपिनको व्यवस्था आफै गरिएको मधेसी मोर्चाका एक नेताले बताए । ‘हाम्रा नेताहरू आफ्नै खर्चले नयाँदिल्ली जानुभएको हो’, ती नेताले भने, ‘खर्च भारतले दिएको छैन ।’
नेताहरूलाई भेटघाटको व्यवस्था भने नेपालका लागि भारतीय राजदूत रणजित रायले मिलाइ दिएका छन् । राय पनि आजै (आइतबार) नयाँदिल्ली प्रस्थान गर्न लागेका छन् ।
राजदूत रायले नयाँदिल्लीमा हुने भेटघाट र यातायातको व्यवस्था मिलाइ दिने स्रोतको भनाइ छ ।
नयाँदिल्ली भ्रमणका लागि मधेसी मोर्चाका नेताहरू उपेन्द्र यादव, महन्त ठाकुर, राजेन्द्र महतो र महेन्द्र राय यादव रहनुभएको छ ।
नयाँदिल्ली भ्रमणकै लागि भनेर तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठी र संघीय समाजवादी फोरम नेपालका सांसद अभिषेक प्रताप साह पनि जानु भएको छ ।
नयाँदिल्लीमा भारतीय नेताहरूसँग भेट गर्न गणतान्त्रिक फोरमका अध्यक्ष तथा पूर्वमन्त्री राजकिशोर यादव पनि जानुभएको छ ।
dainiknepal
काठमाडौं, २० मंसिर । अघिल्लो साता धार्मिक गुरु रविशंकरलाई भेट गर्न बेंग्लोर पुगेका परराष्ट्रमन्त्री कमल थापासँग उद्योगपति बिनोद चौधरी पनि साथैमा थिए ।
दिल्ली केन्द्रमा भाजपा सरकार निकटस्थ मानिने उद्योगपति चौधरीले भेटवार्ताहरुमा गरेको ‘सहजीकरणका बारेमा उनी स्वयम् केही बताउन चाहँदैनन् ।
तर, भेटवार्तामा अघिपछि रहेका कुटनीतिक अधिकारीहरु भने चौधरीको पहुँच र प्रभावबारे सन्दर्भ झिकिरहेका हुन्छन् । कान्तिपुर दैनिकले समाचार छापेको छ
नेपाल मामलालाई लिएर दिल्लीमा देखिनेभन्दा नदेखिने परिचर्चा र पहुँच कायमैं रहेको एक कुटनीतिक अधिकारीले बताए ।
‘कांग्रेस नेता डा।करण सिंहले भारतीय संसदमा नेपाल–नेपालीको सरोकारमा आवाज उठाउनुमा उहाँको ससुराली साइनोले मात्रै होइन, यो साता पनि डा सिंहले काठमाडौंमा थुप्रै नेपाली नेता, कुटनीतिज्ञलाई फोन गरेर स्थितिको गम्भीरता सम्झाउनुभएको छ,’ डा सिंहका एक निकटस्थले भने ।
भारतीय संसदमा नेपाल मामलामा ध्यानाकर्षण गराउनेमध्ये सीताराम येचुरी, डीपी त्रिपाठी, केसी त्यागी, शरद यादवले बनाइरहेको संवाद र बहसको ‘सकारात्मक माहोल’ पनि सबैले देख्ने गरी बाहिर आइसकेको छ ।
dainiknepal
आइतबार, २० मंसिर
धनगढी । सुदूरपश्चिम क्षेत्रका लागि इन्धन लिन गएका सबै गाडीहरुमा केही दिनदेखि भारतीय आयल निगमको बन्थरा डिपोले इन्धन भरी पठाउन थालेको छ ।
अघोषित नाकाबन्दीका कारण एक हप्ताअघिसम्म दैनिक बढीमा चार पाँच गाडीमा मात्रै इन्धन भरी पठाउने बन्थरा डिपोले चार दिनदेखि इन्धन लिन गएका सबै गाडीमा इन्धन भरिदिने गरेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीले जनाएको छ ।
बुधबार पेट्रोल र डिजेलका १६ गाडी इन्धन उपलब्ध गराएका उनीहरुले बिहीबार १४ गाडीमा इन्धन भरी पठाएका थिए । यस्तै शुक्रबार चार गाडी भित्रिएकामा शनिबार थप २० गाडीमा इन्धन भरी पठाएको कार्यालयका सूचना अधिकृत शिवराज भण्डारीले बताए ।
अघोषित नाकाबन्दीयता पहिलो पटक जति गाडी पठाए पनि सबैमा लोड गरी दिन थालेको भण्डारीले बताए ।
इन्धन आयातको परिमाण बढेको भए पनि सुदूरपश्चिममा अझै पनि यसको अभाव भने यथावत रहेको छ ।
भित्रिने न्यून परिमाणको इन्धन बिक्री वितरण मङ्सिर पहिलो हप्तादेखि जिल्ला आपूर्ति समितिको निर्णय बमोजिम सुदूरपश्चिममा गर्ने गरिएको छ ।
उता कैलाली भन्सार कार्यालयले पनि केही दिनदेखि मालबाहक गाडी सहज रुपमा भित्रिइरहेको जनाएको छ । सुरुको अवस्थाको तुलनामा कैलाली भन्सार कार्यालय सीमा नाकाबाट मालबाहक गाडी बिनाअवरोध भित्रिइरहेको कार्यालयका अधिकृत मानप्रशाद विकले बताए ।
“सुरुको अवस्थामा दैनिक ५÷६ गाडीमात्रै भित्रिने गरेका थिए विकले भन्नुभयो – केही दिनदेखि दैनिक ५०÷६० मालबाहक गाडी भित्रिइरहेका छन् ।”
nepalsandesh
 दिल्लीस्थित नेपाल मामिला जानकारहरूका अनुसार भारतले मधेसी दललाई सिमानाको अवरोध हटाएर आन्दोलनको स्वरूप बदल्न दबाबपूर्ण सुझाब दिनेछ । त्यसअघि नै भारतले उपप्रधानमन्त्री कमल थापामार्फत संविधान संशोधन विधेयक संसद्बाट यथाशीघ्र पारित गर्न सुझाब पठाएको छ । विधेयक पारित भइसकेपछि मोर्चालाई सीमाको अवरोध हटाउन थप दबाब दिने मुडमा दिल्ली छ । त्यस्तो भए नाकाबन्दीको दोषबाट मुक्त पनि हुने र नेपालसागको राजनीतिक इन्गेजमेन्ट सहज हुने उसको बुझाइ छ ।

 नेपालका दल र मधेसी मोर्चा छलफलबाटै मधेसका जायज माग पूरा गरून् भन्ने भारत चाहन्छ । मधेसी दलहरूले एकीकृत नेपाल र संविधानको फ्रेमवर्कमा बसेर समस्याको समाधान गर्नेबाहेकका विकल्प भारतको हितमा नहुने उसको बुझाइ छ । यसबारे भारतीय संस्थापन पक्षले मोर्चाका नेताहरूलाई विस्तृत सुझाब दिनेछ ।

 भारत मोर्चाको सहयोगले संविधान संशोधनको विधेयक पारित गर्ने वातावरण बनाउन चाहन्छ । र, लगत्तै नाकाबन्दी फिर्ता गर्ने उसको योजना छ । त्यसो हुादा सरकार, मधेसी मोर्चा र मधेसी दलहरूको ‘विनविन’ अवस्था हुने उसको ठहर छ ।

 पूरै तराई दुई मधेस प्रदेश बनाएर अहिले नै सीमांकनको मामिला टुंगिन सम्भव नहुने भारतको निष्कर्ष छ । अहिले प्राप्त उपलब्धि उपभोग गर्दै बााकी विषयमा छलफल गर्दै जानुपर्ने सुझाब उसले मोर्चाका नेताहरूलाई दिने जानकारहरू बताउछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

ratopati
आइतबार, २० मंसिर
एमाअ‍ेवादीका महरा देखि एमालेका सुरेन्द्र पाण्डे सम्म छानविनमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको शंकामा १२ पूर्वमन्त्री र तीन बहालबाला सचिवसहित २९ जना प्रभावशाली व्यक्तिमाथि छानबिन सुरु गरेको छ ।
अख्तियारले सबै बैंकलाई २९ जना सबैको लकरहरु आइतबारसम्म बन्द गर्नसमेत निर्दैशन दिएको छ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीले शुक्रबार सवै ब्रंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई आयोगको कार्यकक्षमा बोलाएर उनीहरुको लकर बन्द गर्न निर्देशन दिएको स्रोतले बतायो ।
छानविनमा पपर्ने पूर्वमन्त्रीहरुमा एमाओवादी महासचिव कृष्णबहादूर महरा, एमालेका नेताहरु राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, बंशीधर मिश्र, ल्यारक्याल लामा, मालेक नेतृ नीलम केसी खड्का, विद्याधर मल्लीक, रामकुमार श्रेष्ठ, छविराज पन्त, शंकर कोइराला, उमाकान्त झा, टेकबहादूर थापा छन् ।
तत्कालीन प्रधानन्यायधिश खिलराज रेग्मीको चुनावी मन्त्रिपरिसद्का मात्रै ६ जना छन् । त्यस्तै बहालवाला सचिवमा स्वास्थ्यका शान्तबहादुर श्रेृष्ठ, सिचाइका अनुपकुमार उपाध्ययाय त्यस्तै बाहलबाला प्रहरी अतिरिक्त महानिरिक्षक राजेन्द्र सिंह भण्डारी, प्रहरीकै विजयलाल कायस्थ लगायत अन्य दर्ज भन्दा बढीलाई पदमा बाहल रहदा अकुत सम्पत्ति आर्ज नगरेको भन्दै अख्तियारले छानबिन थालेको हो । अाजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
वि.सं. २०७२ साल मंसिर २० गते। आइतबार। इश्वी सन् २०१५ डिसेम्बर ६ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– दशमी, ०७:४८ बजेउप्रान्त एकादशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
टाढाको यात्रा व्यवस्थापनमा खर्च बढ्नेछ। केही चुनौतीहरू देखिनेछन्। अप्ठ्यारा परिस्थिति पनि सामना गर्नुपर्ला। गरी आएका काम र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। तापनि, मौकाको फाइदा लिन सकिनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। मुद्दा–मामिलामा विजयी भइएला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
समयको गतिलाई पछ्याउन नसक्दा अलि दुःख पाइएला। भौतिक साधन बिग्रनाले पनि लक्ष्य प्राप्त गर्न नसकिएला। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहन सक्छ। अप्रिय समाचारले मन खिन्न रहला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काममा चुनौती देखिए पनि प्रतिस्पर्धापछि लाभ मिल्नेछ। उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ। प्रशस्त धन आर्जनको मौका छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दम्पतीबीच विवाद वा पारिवारिक असमझदारी बढ्न सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
केही मात्रामा खर्च बढ्नेछ। आलस्य जाग्नेछ। काममा लगानीको समय छ। काममा केही चुनौती आइलाग्लान्। दण्ड वा जरिवानामा परिने योग छ, धैर्यले काम लिनुहोला। छर–छिमेकमा पनि केही असमझदारी बढ्ने योग छ। तापनि, प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। स्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
बन्ने निश्चय भएको काम अचानक बिग्रन सक्छ। उपचारमा खर्च हुने योग छ। लगानी र श्रमको उचित मूल्य नपाइने समय छ। प्राप्त न्यून उपलब्धिले मन बुझाउन नसकिएला। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। तर व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा केही समस्या आउलान्। अलि बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ।।
एजेन्सी ।

बेलायतको स्वास्थ्य विभागले एक चेतावनी जारी गर्दै क्यान्सरका लक्षणबारे जानकारी दिएको छ । तीन हप्ता भन्दा बढी छातीमा जलन भएमा तत्काल चिकित्सकलाई सम्पर्क गर्न विभागले सुझाव दिएको छ ।



पेटमा क्यान्सर हुन लाग्दा छातिमा जलन हुने चिकित्सकहरुको भनाइ छ ।

कस्ता लक्षणबाट थाहा हुन्छ?

क्यान्सरका लक्षण बेलैमा थाहा पाउन सके क्यान्सरको उपचार पनि सहज हुन्छ । पब्लिक हेल्थ इंगल्याण्डका “बी क्लियर अन क्यान्सर” अभियानमा सहभागी भएका चिकित्सकहरुले यस्ता लक्षणबारे सूची नै सार्वजनिक गरेका छन् ।

यस्ता लक्षण के के हुन्?
१ तीन हफ्ता सम्म अपच हुनु
२ खाना निल्न समस्या हुने
३ विनाकारण तौल घट्नु
४ डकार आइरहनु
५ कम खाँदा नै पेट भरिएको जस्तो हुनु
६ बान्त हुन खोजे जस्तो हुनु
७ पेटको माथिल्लो भागमा अहसज हुने वा दुख्ने

लापरवाही नगर्नुस्

अधिकाँश मानिसहरु यस्ता सामान्य लक्षणलाई ध्यान दिँदैनन् । पछि क्यान्सर भैसकेपछि भने पछुताउँछन् । मानिसहरुले पेटको क्यान्सरबाट बँच्न यस्ता सामान्य लक्षणमा समेत ध्यान दिनु पर्ने चिकित्सकहरुको सुझाव छ ।
१९ मंसिर, काठमाडौं ।
प्रमुख तीन र मोर्चाबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको छ । सत्तारुढ दल एवं प्रमुख विपक्षी दल कांग्रेसले सहमतिको लागि तयार पारेको तीन बुँदे प्रस्तावलाई मोर्चाले अस्वीकार गरेको छ ।

दिल्ली जानु अघि सरकार र मोर्चाबीचको वार्तामा पनि कुनै सहमति हुन नसकेपछि भोली मोर्चाका नेताहरु भारत जाने भएका छन् ।


मोर्चाले प्रस्ताव अधुरो रहेको र सीमाकंनमा उधारो सहमति गरेर सहमति हुन नसक्ने बताएको छ ।nepaliheadlines
शनिबार, १९ मंसिर
काठमाडौँ । कालसर्प योग प्रचारमा ल्याइएजस्तो डरलाग्दो नभएकाले यसबाट नआत्तिन ज्योतिष एवम् धर्मशास्त्रविद्हरुले अनुरोध गरेका छन् ।
नेपाल ज्योतिष परिषद्ले आयोजना गरेको “कालसर्पयोग भ्रम र यथार्थ” विषयक कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय बाल्मीकि विद्यापीठ ज्योतिष र धर्मशास्त्र विभागका प्राध्यापक एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका पदाधिकारीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम, विद्यापीठका सहप्राध्यापक डा माधवप्रसाद पाण्डे, ज्योतिषका प्राध्यापक श्रीकृष्ण अधिकारी र दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष लोकराज पौडेललगायतका वक्ताले कालसर्प योगका विषयमा भारतबाट प्रकाशित लालकिताब र ज्योतिष पत्रिकामा आएका सामग्रीका आधारमा नडराउन आग्रह गरे ।
कार्यक्रमको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेलले पञ्चाङ्गमा उल्लेख भएका आधारमा चाडपर्व मनाइने भएकाले शुद्धता आवश्यक भएको बताए ।
nepalsandesh
काठमाडौं, १९ मंसिर । उपप्रधान तथा रक्षामन्त्री भीम रावल र संघिय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच सार्वजनिक सभामै भनाभन भएको छ । मधेसी आन्दोलनका क्रममा १० बर्षीया बालिकादेखि ७० बर्षीय बृद्धलाई समेत राज्यले गोली हानी नरसंहार गरेको भन्दै यादवले आक्रोस पोखेपछि उपप्रधानमन्त्री रावलले तत्काल आपत्ती जनाएका थिए । रावलले आपत्ती जनाए लगतै दुई जनाबीच भनाभन भएको थियो ।

‘घरको छतमा बसेको बालिकलाई गोली हानियो, झाडीमा लुकेकी ११ बर्षीया बालिकालाई छोपेर, सिसार्दै सडकमा बुटले हानियो, अनि टोउकोमा ताकेर गोली हानियो’ ललितपुरमा शनिवार आयोजित बहस कार्यक्रममा उपेन्द्र यादवले भन्दै थिए ‘यो सरकारले गरेको मानव संहार हो, हामीले एक दुई एम्बुलेन्स तोडफोड गरेको मात्र किन चर्चा ?’
एकलौटी यादवले आक्रोस पोखिरहेका बेला रक्षामन्त्री समेत रहेका रावलले प्रश्न गरे ‘त्यसो भए राष्टिय मानव अधिकार आयोगलाई अनुसन्धान गर्न किन दिनुभएन ? अनुसन्धान गर्न किन वाधा पुरयाउनु भयो ? अनुसन्धान बिना तपाईले लगाएका आरोप कसरी सरकारले जिम्मा लिन सक्छ ?’
रावलले यति भने लगतै आक्रोसित हुँदै यादवले भने ‘आयोग के हो हामी जान्दैनौ, आयोगमा सवै बाहुनहरु राख्ने कसरी मधेसीलाई न्याय दिने गरी अनुसन्धान गर्छ ?’
काठमाडौं, मंसिर १९ । लामो समयदेखि इन्धन नपाएका निजी सवारी साधनले इन्धन पाउने भएका छन् । नेपाल आयल निगमले आगामी सोमबारबाट निजी सवारीसाधनलाई इन्धन बिक्री गर्ने जनाएको छ ।
तिहारपछाडिबाट एकपटक पनि इन्धन नपाएका निजी सवारी साधनलाई व्यवस्थित तबरले इन्धन बिक्री गर्न लागिएको निगमको दाबी छ ।
कालोबजारीबाट प्राप्त भएको इन्धनका कारण राजधानीमा सवारीको चाप बढीरहेका बेला त्यसलाई नियन्त्रण गर्न पनि निजी सवारीलाई इन्धन दिन लागिएको हो ।
तराई मधेसको आन्दोलनका कारण सहजरुपमा इन्धन आयात नभए पनि चोरबाट कालोबजारीबाट भित्रिएको इन्धन चर्को मूल्यमा बिक्री वितरण हुँदै आएको छ । स्थानीय प्रशासनले कालोबजारी नियन्त्रणका लागि विभिन्न प्रयास गरेपनि सार्थक हुन सकेको छैन ।
निगमका थानकोट डिपो प्रमुख रविन शर्माले आगामी सोमबारबाट मोटरसाइकल, जिप, कारलाई दिन नै तोकेर इन्धन बिक्री गर्न लागिएको जानकारी दिए  ।
उनका अनुसार सोमबारदेखि पहिलो चार दिन राजधानीका विभिन्न पेट्रोल पम्पबाट मोटरसाइकललाई इन्धन बिक्री गरिनेछ भने त्यसपछिको अर्को चार दिन कार, जिपलाई दिइनेछ । त्यसपछि तालिका बनाएर आलोपालो प्रणालीका आधारमा निरन्तर निजी सवारी साधनलाई इन्धन बिक्री गरिनेछ ।
अत्यावश्यकीय सेवाअन्तर्गतका सवारी साधनलाई भने निगमले पेट्रोल पम्प नै तोकेर समानुपातिक तबरले इन्धन वितरण गर्दै आएको छ । विद्यालय, अत्यावश्यकीय ट्रक तथा ट्याङ्कर, खानेपानी, दूध, कृषिउपज आयात गर्ने सवारी साधन, कूटनीतिक नियोग र राष्ट्रिय गौरवका आयोजनालाई पनि इन्धन उपलब्ध गराइरहेको छ ।
भारतबाट भित्रिएका इन्धनलाई समानुपातिक तवरले वितरण गर्ने योजनाअनुसार नै अगाडि बढाइएको निगमको दाबी छ ।
imagekhabar
महिलासँग पुरुष आर्कषित हुनु सामान्य विषय हो । तर पूरुषहरु आफूभन्दा परिपक्व महिलासँग आर्कषित भएको घटनाले समाजमा ठूलै चर्चा पाउँछ । छिमेकदेखी कार्यालयसम्म यस्तो सम्बन्ध बनेको देखिन्छ । आजकल चलचित्रमा समेत यस्ता सम्बन्धहरुको वास्तविक देखाइन खोजिन्छ । उमेरसँगै महिलाको सुन्दरतामा ह्रास आउँदै गरेपनि त्यहाँ केही सकारात्मक कुराहरु देखिन्छन् । त्यस्ता कुराहरुलाई नजिकबाट नियाल्ने पूरुषहरु विवाहित महिलासँग समेत नजिक हुन्छन् ।
के के छन् त यस्ता कुराहरु जसले परिपक्व महिलालाई पूरुषको समीपमा ल्याउँछ । केही मनोवैज्ञानिकहरु ४५ देखी ५० वर्षको उमेरसम्म महिलामा सेक्सको उत्तेजना बढ्ने बताउँछन् । उनीहरु कम उमेरका महिलाले भन्दा बढी सन्तुष्टी पूरुषलाई दिनसक्छन् । त्यसैले पूरुषहरु परिपक्व महिलासँग नजिक हुन्छन् । उमेरभन्दा बढीका महिला र कम उमेरका पूरुषबीचको सामिप्यताका अन्य कारण यस्ता छन् ः जिम्मेवार हुन्छन् : परिपक्व महिला परिपक्व महिलाहरु आफ्नो जिम्मेवारी मज्जाले निभाउँछन् । उनीहरु अफ्टेरा परिस्थितीमा पनि सोचेर निर्णय लिन्छन् । उनीहरु पूरुषसँग आफ्नो थुप्रै अनुभव पनि बाडँछन् । त्यसैकारण पनि पूरुषहरु त्यस्ता अनुभव सुन्न र उनीहरुले गर्ने सहज र सरल व्यवहारका कारण परिपक्व महिलासँग आर्कषित हुन्छन् । घरका बृद्ध व्यक्तिदेखि बच्चासम्मलाई कसरी केयर गर्ने भन्ने सम्बन्धमा परिपक्व महिलालाई राम्रो ज्ञान हुन्छ । सन्तुष्ट राख्छन् : परिपक्व महिलाले थुप्रै अध्ययनहरुले देखाएका छन् कि पुरुषनजिक हुनका लागि धेरै समय लगाउँदैनन् । तर महिलाहरु खुलेर कुरा गर्न लामो समय प्रतिक्षा गर्छन् । महिला यौनका विषयमा आफूभन्दा कम उमेरका व्यक्तिसँग यसकारण पनि नजिक हुन्छन् किनकी उनीहरुलाई कम उमेरका व्यक्ति इनरजेटिक लाग्छन् । महिलाहरु यौन सुरक्षा पनि चाहन्छन् र उनीहरु शारिरीक तथा भावनात्मक दुबै रुपमा निकटता चाहन्छन्, त्यसैले कम उमेरका पूरुषसँग महिलाहरु सहज हुनसक्छन् । परिस्थितीलाई सम्हाल्न सक्छन् : पूरुषहरु यसकारण पनि बढी उमेरका महिलालाई खोज्छन् किनकी त्यस्ता महिलाले जस्तोसुकै परिस्थितीलाई पनि नियन्त्रणमा लिनसक्छन् । जीवनमा आएका थुप्रै उतार चढावलाई नजिकबाट नियालेका महिलाहरुले जीवनलाई सहज बनाउन भूमिका खेल्छन् । आर्थिकदेखी भावनात्मक अवस्थासम्मलाई उनीहरुले सन्तुलित रुपमा मिलाउन सक्छन् । समझदार हुन्छन् : परिपक्व महिलाहरु समझदार हुन्छन् । उनीहरु आफ्ना पार्टनरसँग राम्रो सम्बन्ध राख्न सक्छन् । ठूला ठूला मुस्किलहरुमा उनीहरुको भूमिका महत्वपूर्ण देखिन्छ जबकी कम उमेरका महिलाहरु समस्या परेपछि आत्तिन्छन् र उम्कन खोज्छ । परिपक्व महिलाहरु आफ्नो रिसलाई समेत नियन्त्रणमा राखेर कुरा गर्न अघि सर्छन् र समस्याहरु हल गर्ने प्रयास देखाउँछन् । ख्याल राख्ने, बुझ्ने लगायतका खुबी परिपक्व महिलामा हुन्छ । त्यसैले पूरुषहरु आर्कषित हुन्छन् । उमेरसँग मतलब नराख्नेहरु : आजकल दुनियाँमा उमेरसँग मतलब नराख्नेहरु पनि धेरै छन् । त्यस्ता व्यक्ती परिपक्व महिलासँग आर्कषित हुनु अस्वभाविक होइन । ४० को उमेर पार गरिसकेका महिलाहरु पनि झन्डै ३० वर्षका जस्ता देखिन्छन् । ब्युटी प्रडक्टस्हरुले महिलाको अनुहारमा उमेरको झल्को दिदैँनन् । ratopati
शनिबार, १९ मंसिर
काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरुलाई भारतमा बोलाइएको विषयमा भारत सरकारमै विवाद देखिएको छ ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले यसरी मोर्चाका सबै नेताहरुलाई लस्कर लगाएर बोलाउँदा नकारात्मक सन्देश जाने भन्दै असन्तुष्ट बनेका हुन् ।
उनले नेपाल मामलामा भारतले सिधै हस्तक्षेप गरेको देखिनेगरि मधेसवादी नेताहरुलाई बोलाउन नहुने भन्दै प्रधानमन्त्री मोदीसँग असन्तुष्टि जनाएका हुन् ।
विदेशमन्त्री सुष्मा स्वराजले हतार गरेर उनीहरुलाई बोलाएको भन्दै सिंहले आफु यस्तो पक्षमा नरहेको बताएपछि मोदी तनावमा परेका छन् ।
मोदीले मधेसी मोर्चाका नेताहरुलाई रोक्न के गर्ने भन्दै राजनाथसँग सुझाव मागेको स्रोतको दाबी छ । मोदीले स्वराजलाई पनि किन सबैलाई बोलाएको भन्दै प्रश्न गरेका थिए ।
भारत निकट स्रोतका अनुसार मोदीले समेत प्रश्न गरेपछि सुष्मा समस्यामा परेकी छिन् । उनले मधेसी मोर्चाका नेताहरुलाई प्रष्ट पारेर पठाउनकालागि बोलाएको प्रष्टीकरण दिएकी छिन् ।
nepalsandesh.com
शनिबार, १९ मंसिर
काठमाडौं । भारत सरकारमै विवाद देखिएपछि मधेसवादी दलका नेताहरुलाई भारत नआउन आग्रह गर्ने तयारी भारत सरकारले गरेको बताइएको छ ।
]भारतीय विदेशमन्त्री सुष्मा स्वराजले फोन गरि प्रतिनिधिमात्र आउनकालागि आग्रह गर्ने तयारी गरेको बताइएको छ ।
सबै मधेसवादी दलका नेताहरु दिल्ली आउँदा नकारात्मक सन्देश जाने र नेपालका मधेसवादीको आन्दोलन आन्तैबाट चलेको हो की भनेर आफुमाथि आरोप आउने भन्दै भारतीय सरकारले यस्तो यतारी थालेको बताइएको छ ।
यद्यपी यसको पुष्टिी स्वयं स्वराजले गरेकी छैनन् । आइतबार आन्दोलनरत मधेसवादी दलका सबै अध्यक्षहरु दिल्ली जाने तयारीमा छन् । राजेन्द्र महतो र महेन्द्र राय आजै भारततर्फ लागिसकेका छन् ।
nepalsandesh
शनिबार, १९ मंसिर
काठमाडौं । मधेसी मोर्चामा आवद्ध सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारतको सितामढीमा गोप्य छलफल गरेका छन् ।
उनले भारतीय पुर्वमन्त्री रधुवंश प्रसाद सिंहसाग भेटेका थिए । भेटमा उनले जारी मधेस आन्दोलनलाई सहयोग गर्न आग्रह गरेका थिए ।
महतोसँगै तमसपाका महेन्द्र राय यादव पनि छन् । उनीहरुले सर्लाहिको नवलपुर घटनामा घाइते भएका कार्यकर्तालाई भेटेका छन् ।
आन्दोलनकारी घाइतेको त्यहाँ उपचार भैरहेको छ । महतो र राय आजै पटना हुँदै दिल्ली जाने कार्यक्रम छ । महतो मधेस आन्दोलनले निकास नपाउन्जेल राजधानी नआउने बाचासहित मधेस झरेका थिए ।
nepalsandesh
प्रहरीसंगै मिलेमतोमा लागुऔषधको कारोबार !
गोविन्द बस्नेत
धरान, १९ मंसिर : लागुऔषधको कारोबार गर्दै आएका धरान ८ लांघालीचोकका २४ वर्षीय सन्दिप भनिने सन्जु गुरुङलाई धरान प्रहरीले पक्राउ गरेको छ । धरानको भोटेपुलमा लागुऔषध बिक्री गरिरहेको बेला शुक्रबार राती ११ बजे पक्राउ परेका गुरुङलाई प्रहरीले शनिबार सार्वजनिक गरेको हो ।
उनको साथबाट नाईट्रोजन २१ गोटी, स्पामोप्रोक्सिभन ५४ क्याप्सुल र को २ प ९२६४ नम्बरको मोटरसाईकल बरामद भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरिक्षक मिलन भट्टराईले बताउनुभयो ।
गुरुङ लामो समयदेखि लागुऔषधको डिलरका रुपमा रहेको र यसअघि पनि पक्राउ परेर छुटेको निरिक्षक भट्टराईले बताउनुभयो । धरान ८ का स्थानीयवासीका अनुसार गुरुङले धरानको तीनकुने स्थित प्रहरी बिटका प्रहरीसंग मिलेमतो गरी लागुऔषधको कारोबार गर्ने गरेका थिए । पक्राउ परेको मोटरसाईकलपनि गुरुङले एक प्रहरीबाटै किनेका थिए ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
शनिबार, १९ मंसिर

काठमाडौं । आन्दोलनरत मधेसी मोर्चाका नेताहरु एकाएक बालुवाटार बैठक छाडेर लैनचौरस्थित भारतीय दुतावास पुगे ।
उनीहरुले भारतीय राजदुतसँग बैठक गरे । अनि बालुवाटार गएनन् । उनीहरु किन यसरी लैनचौर पुगै ? यो रहस्यमय बन्यो । अझ रहस्य त सरकारसँग हैन दिल्लीसाग वार्ताकालागि उनीहरु ल्यतातीर लाग्ने सुरमा छन् ।
उनीहरु दिल्ली गएर वार्ता गर्न लागेका हुन् । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार बालुवाटारको कुनै विश्वास नभएकाले दिल्ली जान लागिएको हो ।
उनले दिल्लीमा सरकारले सम्झौता गरिसकेको खुलासा भएकाले आफुहरु कुरा बुझ्नकालागि जानलागेको बताए । कर्णको भनाई अनुसार परराष्ट्रमन्त्रीले दिल्ली गएर विभिन्न सहमती गरेको सुनीएकाले मोर्चाका नेताहरु दिल्ली जान लागेका हुन् ।
यता मधेसमा अर्कै गठबन्धन बनाएका संघीय सद्भावनाका अनिलकुमार झाले प्रधानमन्त्री ओली, विदेशमन्त्री थापा र भारतीय विदेशमन्त्रीका विचमा भएको समझदारीबारे विश्वास लिन र नाकाबन्दी लगायतका कार्यक्रमहरुका बारेमा जानकारी लिनकालागि मोर्चाका चार नेता जानु स्वभाविक भएको बताए ।
सरकारले दिल्लीसँग कुरा गर्न सहज र मोर्चासँग असहज देखिएकाले मोर्चाका नेताहरुपनि त्यतै लागेको बताए ।
nepalsandesh
काठमाडौं । सरकारले भारतसाग संघीयताको सीमांकन हेरफेर, नागरिकताको विषय सुल्झाउने र समावेशी समानुपातिक व्यवस्था र निर्वाचन क्षेत्र निर्धारणका विषयमा समझदारी नै गरिसकेको खुलासा भएको छ ।
उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापाले दिल्लीमा भारतीय समकक्षी सुष्मा स्वराजसँग लिखित रुपमा यस्तो सहमति गरिसकेको खुलेको हो ।
थापासँगको भेटसँगै स्वराजले प्रधानमन्त्री ओलीलाई दुइ पटक टेलिफोन गरेकी थिइन् भने थापाले पनि सुरक्षा लल्लाहकार अजित दोभेलसँग र सुष्मासँग दुई पटक भेटेका थिए ।
थापाले भारतीय एक पत्रीकालाई तीन चरणको सहमति भैसकेको र मधेसी मोर्चासँग तीन बुँदे सहमति हुनै लागेको भनेर अन्तरवार्ता दिएका थिए ।
थापाले गरेको सहमति तीन दलको बैठकमा पेश भएपछि तिन दलका नेताहरुले त्यहि सहमतिकै आधारमा धारणा बनाएको बताइएको छ ।
भारतसँगको सहमति र मोचाएसँग हुनलागेको भावि सम्झौताका बारेमा हामीले यस अघि नै खुलासा गरिसकेका छौं । स्वराजले लिखित प्रतिवद्धता माग गरेकाले थापाले उक्त सहमति गरेको बताइएको छ ।
दिल्लीमा सम्झौता भैसकेको चाल पाएका मधेसी मोर्चाका नेताहरु बीच परिने डरले दिल्ली जानलागेका हुन् । उनीहरु दिल्ली गएर उक्त समझदारीबारे जानकारी लिने तयारीमा छन् ।
nepalsandesh
शनिबार, १९ मंसिर
काठमाडौं । रसुवा जिल्लाको टिमुरेमा निर्माण गरिने सुख्खा बन्दरगाहको विस्तृत ‘डिजाइन’ गर्न नेपाल र चीन सरकार सहमत भएका छन् ।
सन् २०१४ को अक्टोबरमा वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग भएको सम्झौता तथा अप्रिल २०१५ मा अर्थ मन्त्रालयले गरेको पत्र आदान–प्रदानका आधारमा सुक्खा बन्दरगाह निर्माण गरिने सम्झौता गरिएकोहो ।
सम्झौतामा नेपालका तर्फबाट नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीन सरकारका तर्फबाट ‘द आर्किटेक्चरल रिकानसन्स एन्ड डिजाइन इन्स्टिच्युसन अफ तिब्बत अटोनोमस रिजन’ कम्पनीका अध्यक्ष फु झिन्झाउले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम चिनियाँ संरचनाको प्रारम्भिक नमुनासम्बन्धी कार्य तीन महिनाभित्र सम्पन्न गरी नेपाली पक्षसमक्ष पेस गरेपछि तत्काल निर्माण सुरु हुने वाणिज्य मन्त्रालयले जनाएको छ ।
नेपाल भ्रमणमा रहेको चिनियाँ विशेष टोलीले इन्टरमोडल यातायात विकास समितिको संलग्नतामा प्रस्तावित सुख्खा बन्दरगाहको स्थलगत निरीक्षण गरी पाँच हेक्टर क्षेत्रफलमा फैलने बन्दरगाहको प्रारम्भिक नमुना पेस गरेको थियो ।
सम्झौतामा सुख्खा बन्दरगाहमा करिब पाँच हजार वर्ग किमी फैलिएको पाँचतले प्रशासनिक तथा आवास भवन, करिब ३५० ट्रक पार्किङ गर्न सकिने स्थल, ७५० वर्ग किमी क्षेत्रफलमा गोदाम भवन, दुई हजार ८० वर्ग किमी क्षेत्रफल भएको दुई मालसामान जाँच गरिने खुला टहरा, जाँचचौकी, अग्नि नियन्त्रक प्रणाली, विद्युत्, पानीलगायत अन्य भौतिक तथा आवश्यकीय संरचनाको नमुना प्रस्तुत गरिएको छ ।
भारतको चाहना विपरित चीनले नेपालको विशेष आग्रहमा यस्तो निर्णय गरेको हो । अब नेपाललाई केरुङहुँदै सामान आयात र निर्णत गर्न फाइदा हुने छ भने भारतको व्यापार यो सम्झौताले कमी हुनेछ ।
nepalsandesh
शनिबार, १९ मंसिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सबैभन्दा समावेशी र सबैको सम्मान गर्ने भएको बताउँदै सरकारलाई जात र क्षेत्रविरोधी देखाउन खोज्नेहरुको आयु लामो नभएको बताउका छन् ।
किमाथांका विराटनगर यातायात तथा विकास सरोकार समितिले शनिबार आयोजना गरेको एक समारोहमा बोल्दै प्रधानमन्त्रीले दुराशयपूर्ण आरोपको आयू छिट्टै सकिने बताए ।
त्यस्तो प्रचार गर्नेको मरण पनि राम्रो नहुने उनको भनाई थियो । उनले सरकार र प्रधानमन्त्रीलाई फलानो समुदाय, फलानो क्षेत्र बीरोधी व्यक्ति वा सरकार भनेर नराम्रो प्रचार गरिएको र त्यस्ताको आय पनि नराम्रोसँग सकिने बताए ।
उनले क्षेत्रीयतावादमा रमाउनखोज्नेहरुले भुइफुट्टी देखाएको देखेर आफु दंग परेको पनि बताए । उनले केही दिन भित्रै वर्तमान संकट समाधान हुने पनि बताए । संकट समाधानपछि देख आर्थिक क्रान्तिमा लम्कने उनको भनाई थियो ।
nepalsandesh
शनिबार, १९ मंसिर
काठमाडौं ।शुक्रबार साँझ निकैबेर मधेसी मोर्चाका नेताहरु वार्तामा आउने प्रतिक्षामा रहेका प्रधानमन्त्री जव निराश भए, मधेसी मोर्चाका नेताहरु बालुवाटारको साटो लैनचौर पसे ।
अनि उनले थाहापाए की अब सिधै दिल्लीसँगको पहँचमा पुग मधेसी मोर्चाका नेताहरु । तर, प्रधानमन्त्री ओलीले यतीमा हरेश खाएनन् ।
ओलीले अथक प्रयास गरेपछि शनिबार साँझ सात बजे वार्ता तय भएको बालुवाटार स्रोतको दाबी छ । संविधान जारी गर्दाका सहयात्री प्रमुख तीन दल र आन्दोलनरत मधेसी मोर्चाबीच वार्ता हुने तय भएको प्रधानमन्त्रीको प्रेस सल्लाहकार प्रमोद दाहालले बताएका छन् ।
तर, वार्तामा मोर्चाका नेताहरु आउनेबारे ढुक्क हुने अवस्था भने नरहेको बालुवाटार स्रोतको दाबी छ । यस अघि दुई वटा समय खेर गएको स्मरण गर्दै बालुवाटार स्रोत भन्छङप्रमुख दलको अनौपचारिक छलफल एउटा टुंगोमा पुगेकाले मोर्चाका नेताहरु आउन सहमत भएका छन् ।
प्रधानमन्त्रीले आह्वान गरेको वार्तालाई मोर्चाका नेताहरुले औचित्यहिन भन्दै आएपनि अन्तिममा आएर सकारात्मक भएको बताइन्छ ।
बालुवाटार वार्तामा सत्तारढ गठबन्धन, प्रमुख विपक्षी नेपाली कांग्रेस र मोर्चाका शीर्ष नेताहरु सहभागी हुने भएका छन् । प्रमुख तीन दलले तीन बुँदे धारणा तय गरीसकेका छन् ।
तीन दलले तयार पारेको प्रस्तावमा अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अघि बढाउने र सीमांकनको विषय राजनीतिक समितिमार्फत तीन महिनाभित्र टुङ्ग्याउने प्रर नागरिकताको विषय मिलाउने रहेको छ ।
मोर्चाले भने तीन दलको प्रस्ताव नयाँ बोत्तलमा पुरानै रक्सीको संज्ञा दिएको छ । दिल्ली जाने तयारीमा रहेका मधेसी मोचाएका नेताहरुले प्रमुख दल र सरकारलाई होच्याउने प्रयास गरेको बुझीएको छ ।
दिल्लीको दाउमा उनीहरु प्रधानमन्त्रीको मन राखिदिनकालागि मात्र बालुवाटार जानलागेको पक्का छ ।
nepalsandesh
पाल्पा, १९ मङ्सिर । नेकपा (क्रान्तिकारी माओवादी) का नेता देवप्रसाद गुरुङले मधेसकेन्द्रित दलले राखेको दुई माग पूरा गरिए देशको अस्मिता सङ्कटमा पर्ने बताउनुभएको छ ।
माओवादीले आज तानसेनमा गरेको पत्रकार भेटघाटमा उहाँले अङ्गीकृत नागरिकता लिएका व्यक्ति मुख्य पदमा पुग्न पाउनुपर्ने र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने माग पूरा भए नेपालको अस्मिता समाप्त हुने बताउनुभयो ।
नेता गुरुङले भारतसँगको खुला सिमानाका कारणले जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्न नहुने बताउनुभयो । “मधेसमा सिमाना खुला छ, त्यहाँका नागरिकलाई सीमामा आवतजावतमा कुनै रोकतोक छैन”–उहाँले भन्नुभयो, “यसले नेपाली र भारतीय भन्ने छुट्याउने आधार छैन, यसबाट नेतालको जनसङ्ख्या कति हो भन्ने निश्चित गर्न सकिँदैन ।” नेता गुरुङले नेपाललाई नै एउटै निर्वाचन क्षेत्र बनाएर जातीय जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक प्रतिनिधित्व गर्दा उपयुक्त हुने धारणा राख्नुभयो
उहाँले एकीकृत नेकपा (माओवादी)सँग तत्कालका लागि पार्टी एकता हुन सक्ने आधार तय नभइसकेको बताउँदै मालेमावादका आधारमा पार्टी एकता हुन सक्ने बताउनुभयो ।
dainiknepal
काठमाडौं : सत्ता गठबन्धन तथा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आन्दोलनरत मधेसी मोर्चासँग शनिबार पनि अनौपचारिक वार्ता गर्दैछन् ।

निर्णयक वार्ताका लागि सकारात्मक वातावरण बनाउन तीन दलले मधेसी मोर्चाका नेता तथा प्रतिनिधिहरुसँग अनौपचारिक वार्ता गर्न लागेका हुन् ।

तीन दलको शनिबारको बैठकले मधेसी मोर्चासँग वार्ताका लागि तीन बुँदे प्रस्ताव पारित गरेको छ। त्यसको बारेमा मोर्चाको धारणा बुझ्न र त्यहीअनुसार निर्णायक वार्ताको तयारी गर्न तीन दलले मधेसी मोर्चालाई अनौपचारिक वार्तामा बोलाएका छन् ।


मधेसी मोर्चासँग निर्णायक वार्ता भने मोर्चाका नेताहरु दिल्लीबाट फर्केपछि हुने भएको छ। मोर्चाका शीर्ष नेताहरु दिल्लीमा रहँदा पनि यहाँ दोस्रो तहका नेताहरुसँग अनौपचारिक वार्ता गरेर निर्णायक वार्ताका लागि गृहकार्य गर्ने सहमति भएको छ।
annapurnapost
काठमाडौं, १९ मंसिर । साढे तीन महिनाको तराई मधेस आन्दोलनपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरूले नयाँदिल्लीको यात्रा सुरु गरेका छन् ।
दिल्ली यात्राका लागि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव आज (शनिबार) बिहारतर्फ प्रस्थान गरेका छन् ।
सद्भावना अध्यक्ष महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले बिहारको सीतामढीस्थित अस्पतालमा उपचार गराई रहेका मधेस आन्दोलनका घाइतेलाई आजै बिहान भेट गरी स्वास्थ्य अवस्थाका विषयमा जानकारीसमेत लिनुभएको छ ।
सद्भावना पार्टीका महासचिव मनीस सुमनका अनुसार महतो र यादवले सीतामढीस्थित नन्दीपथ मेमोरियल अस्पतालमा उपचार गराई रहेका घाइतेको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको छ ।
सर्लाही जिल्लाको नवलपुरमा बिहीबार भएको झडपमा दर्जनौ घाइते भएका थिए । केही आन्दोलनकारीको अवस्था गम्भीर थियो । चुरे भावर राष्ट्रिय एकता पार्टीले मधेसी मोर्चाको आन्दोलनमा आक्रमण गर्ने तयारी गरिरहेका बेला मोर्चा र प्रहरीबीच नवलपुरमा झडप भएको थियो ।
घाइतेलाई अस्पतालमा भेट गरेपछि सद्भावना अध्यक्ष महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष यादवले बिहारका पूर्व सांसद प्रो. रघुवशंप्रसाद सिंहसँग पनि भेटवार्ता गर्नुभएको छ । भारतीय नेता सिंहले महतो र यादवलाई सीतामढीमा भब्य स्वागतसमेत गरेका छन् ।
मधेस आन्दोलनमा पूर्ण समर्थन दिदैं नेपाल–भारत सीमामा आन्दोलनको समर्थनमा पूर्व सांसद सिंहले मैत्री यात्रा निकालेका थिए ।
सीतामढीबाट महतो र यादव सिधैँ पटना प्रस्थान गर्नुभएको छ । उहाँहरू आजै पटना हुँदै नयाँदिल्ली प्रस्थान गर्नुभएको छ ।
यसैबीच, संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर भोलि (आइतबार) नयाँदिल्लीप्रस्थान गर्नु हुनेछ । आइतबार बिहान आठ बजेको उडानबाट यादव र ठाकुर नयाँदिल्ली जान लाग्नु भएको हो ।
यसअघि शुक्रबार साँझ वार्ता छाडेर मधेसी मोर्चाका नेताहरू भारतीय राजदूतावासमा गएका थिए । भारतीय राजदूत रणजित रायसँग भेट गरी रात्रि भोज खाएर उनीहरू फिर्ता भएका थिए । शुक्रबार रातिको भेटवार्तामा नै मधेसी मोर्चाका नेताहरूको नयाँदिल्ली भ्रमण तयार पारिएको थियो ।
नयाँदिल्ली पुग्ने मधेसी मोर्चाका नेताहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बिदेशमन्त्री सुष्मा स्वराज, प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबल, लगायत दर्जन नेता र उच्च अधिकारीसँग भेटवार्ता गर्ने स्रोतको भनाइ छ ।
मधेसी मोर्चाका नेताहरूलाई नयाँदिल्ली भ्रमणका क्रममा स्वागतमा भारतीय प्रधानमन्त्री मोदी र सुष्मा स्वराजले रात्रिभोज दिनु हुने बुझिएको छ ।
नयाँदिल्ली भ्रमणका बेला नेपालको राजनीतिक अवस्था, मधेस आन्दोलन र सहमतिको प्रयासका विषयमा छलफल हुनेछ ।
dainiknepal
काठमाडौं, १९ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो भारत प्रस्थान गरेका छन् । उनीसँग तराई मधेस सदभावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवपनि भारत गएका छन् ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेतासमेत रहेका महतो र यादव कार्यकर्ता भेट्ने भन्दै चोर बाटोबाट दिल्ली प्रस्थान गरेको मोर्चाका एक नेताले जानकारी दिए । ‘उहाँहरु सितामढी जानुभयो, त्यहाँबाट पटना भएर आजै साँझ दिल्ली पुग्नुहुनेछ । सितामढी विरामी कार्यकर्ता भेट्ने भनेका छन्,’ ती नेताले भने ।
उनका अनुसार गत बिहीबार सर्लाहीको नवलपुरमा मोर्चाको आमसभामा प्रहरीले चलाएको गोली लागी घाइते भएका कार्यकर्तालाई भेट्न भन्दै दुवै अध्यक्ष शनिबार विहानै सितामढी प्रस्थान गरेका हुन् । मोर्चाका घाइते कार्यकर्ताको भारतको सितामढीमा उपचार भइरहेको छ ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर आइतबार दिउँसो काठाडौंबाट दिल्ली जाँदैछन् ।
दिल्ली पुगेर मोर्चाका नेताहरुले मधेस आन्दोलन र सरकारी दमनबारे मोदीलाई ‘विफ्रिङ’ गर्ने कार्यक्रम रहेको ती नेताले बताए । भारतीय विदेशमन्त्री सुष्मा स्वराजलाई पनि नेताहरुले भेट्नेछन् ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home