• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मंसिर २७, स्थानीय समयअनुसार आज राति करिव दुई बजेतिर यो वर्षको अन्तिम उल्कापात हुने खगोलशास्त्रीहरुले बताएका छन् । ग्रेगोरियन क्यालेण्डरअनुसार यो वर्षको सबै भन्दा ठुलो उल्कापात आज राति हुँदैछ ।

नेपाल खगोल समाजका अध्यक्ष सुरेश भट्टराईले मौसम सफा भएमा काठमाडौंबाट आकाशमा २–३ घण्टासम्म उल्का बर्षा हेर्न सकिने भन्दै यो उल्का वर्षा एक घण्टामा १ सय २० वटासम्म देख्न सकिने बताए । खगोलशास्त्रीहरुले प्रतिघण्टा १० वटासम्म तारा देखिएमा उल्का वर्षा भएको भन्ने गर्छन् ।

अन्तरिक्षमा रहेका धुमकेतु वा छुद्र ग्रहबाट चोइटिएर अन्तरिममा रहेका कणहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षणको कारण चम्किने गर्दछ र त्यसलाई सुर्यको प्रकाश पर्दा त्यो चम्किलो बन्ने भएकाले यसलाई पृथ्वीबाट आकर्षण देखिन्छ । यो वर्ष देखिने उल्का वर्षा मिथुन ताराबाट हुने भएको जस्तो देखिन्छ । dcnepal
काठमाडौं, २७ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अमेरिकाको एक अदालतले प्रतिबन्ध लगाउने प्रक्रिया सुरु गरेको छ ।
अमेरिकी समाचारपत्र न्यूयोर्क टाइम्सका अनुसार मोदीमाथि प्रतिबन्ध लगाउन माग गर्दै परेको मुद्दामा न्युयोर्कको जिल्ला अदालतले ओबामा प्रशासनसँग प्रवेश रोक लगाइएका मोदीको प्रतिबन्ध फुकुवा गर्ने निर्णयसँग सम्बन्धित सबै दस्तावेज २०१६ फेब्रअरी महिनाभित्र पेश गर्न आदेश दिएको हो ।
मुख्यमन्त्री भएकै बेला गुजरातमा भएको नरसंहारका मुख्य योजनाकार मानिएका मोदीलाई सन् २००२ मा अमेरिकाले भिषा नदिएर प्रवेशमा रोक लगाएको थियो । धार्मिक कट्टरताका लागि मानवअधिकार उल्लंघनकर्ता भएको बताउँदै अमेरिकाले उनको भिषा आवेदन अस्वीकार गरेको थियो ।
फैसला सुनाउँदै न्यायाधीश जोन कोएल्टलले विदेश विभागलाई मोदीको प्रतिबन्ध फुकुवा गर्नको कारणबारे मध्य जनवरीसम्म प्रारम्भिक दस्तावेज पेश गर्न आदेश दिएका हुन् । न्यायाधीशले अन्तिम दस्तावेज बुझाउने समय मध्य फेब्रअरीसम्मका लागि तोकेका छन् । अदालतले यो मुद्दामा अर्को सुनुवाई फेब्रअरी २९ तारिकमा गर्नेछ ।
अमेरिकास्थित सिख्स फर जस्टिस (एसएफजे) ले फ्रिडम अफ इन्फरमेसन एक्टअनुसार विदेश विभागसँग २०१३ मा नरेन्द्र मोदीसँग सम्बन्धित सबै दस्तावेज मागेको थियो । तर, विदेश विभागले सबै दस्तावेज उपलब्ध गराउन अस्वीकार गरेपछि एसएफजेले गत वर्ष अदालतमा मुद्दा दर्ता गर्दै मोदीमाथि प्रतिबन्ध लगाउने तथा उनलाई प्रवेशको फेरि अनुमती दिने सम्पूर्ण निर्णय उपलब्ध गराउन माग गरेको थियो । त्यही मुद्दाको फैसला गर्दै अदालतले विदेश विभागसँग प्रमाण मागेको हो ।
यसअघि सन् २०१४ मा भारतको प्रधानमन्त्री बनेका मोदी अमेरिकी राष्ट्रपति बाराक ओबामाको निम्तोमा दुई पटक अमेरिका गइसकेका छन् । ओबामाले मोदीलाई प्रतिबन्ध तोड्दै अमेरिका बोलाएपछि असन्तुष्ट एसएफजेले अदालतमा मुद्दा हालेको हो ।
dainiknepal
वीरगन्ज : वीरगन्ज–रक्सौलको मितेरी पुलमा जारी मधेसी दलको नाकाबन्दीप्रति राजनीतिक विश्लेषकद्वय खगेन्द्र संग्रौला र सिके लालले ऐक्यबद्धता र समर्थन जनाएका छन् ।

मितेरी पुलमा जारी मधेसी दलको धर्ना र नकाबन्दी स्थलमा शनिबार पुगेर दुबैजनाले नाकाबन्दीप्रति ऐक्यबद्धता जनाएका हुन् । उनीहरुले धर्नास्थलमा केहीबेर बसेर आन्दोलनकारीहरुको अवस्थाबारे जानकारी पनि लिए ।

धर्नास्थलमै सन्चारकर्मीसँग कुरा गर्दै राजनीतिक विश्लेषक संग्रौलाले गणीतीय हिसाबले ९० प्रतिशत जनप्रतिनिधिले बनाएको भनिएको नयाँ संविधान म्याद गुज्रिएको औषधिजस्तै भइसकेको टिप्पणी गरे ।


अहिले उग्र पहाडी राष्ट्रवादले देश चलिरहेको भन्दै संग्रौलाले चीनबाट नेपालको निर्वाह नचल्ने ठोकुवा गरे । सीमांकनको मुद्दा अहिले टुंगिएन भने कहिल्यै नटुंगिने दावी गर्दै संग्रौलाले संविधान निर्माण गर्नेहरुले संघीयतालाई किस्ताबन्दी गरेको बताए ।

नेपालमा कुनै अखण्डवादी नभएको भन्दै उनले मधेसले एकीकृत नेपाल भित्रको समान अधिकार मागेकोले मधेस आन्दोलनलाई विखण्डको आन्दोलन भनेर बदनाम गरिएको बताए । संग्रौलाले चीनबाट तेल आपूर्ति गर्दैमा नेपालको निर्वाह नहुने पनि बताए ।

अर्का राजनीतिक विश्लेषक सिके लालले मधेस आन्दोलन मधेसीको अस्मिताको लडाई भएको बताए । मधेसको तीन पुस्ता एकैपटक सडकमा आन्दोलनमा रहेको भन्दै उनले भने, ‘अव अर्को पुस्ताले आन्दोलन गर्न नपर्ने गरी अहिलेको आन्दोलनलाई सार्थक बनाउनुपर्छ ।’

उनले राज्यले अहिले पनि मधेसी माथि बेईमानी गरेको भन्दै मुर्खबाट शासित हुनु मधेसीको लागि दुर्भाग्य भएको बताए । पूर्वसचिव डा.प्रविण मिश्रले समान अधिकारको लागि मधेसी जनताले मत दिएर जितेको सरकारले नै अहिले गोली हानेर दमन गरेकोमा आक्रोश व्यक्त गरे ।

 उनले भने, ‘मधेसी जनताले ब्यालेट दिए तर बदलामा  सरकारले बुलेट दियो ।’ यसको  जबाफ मधेसी जनताले ब्यालेटले नै दिने भन्दै उनले मधेसी जनतालाई धोका दिएर राजनीतिक दलहरु संवेदनहिन भएको आरोप लगाए ।
annapurnapost
काठमाडौं, २७ मंसिर । नेपालका लागि भारतीय राजदूत रणजित रायले आफ्नो राजनीतिक भेटवार्ता र परामर्शहरूलाई बाक्लो बनाउँदै लगेका छन् । उनले दैनिक सरह विभिन्न दलका नेता तथा सांसदहरूसँग भेट गर्दै आएको स्रोतले जनाएको छ ।
यसै क्रममा राजदूत रायले शनिबार अपरान्ह मधेसी मोर्चाका दोस्रो तहका नेताहरूलाई पनि भेट गरेका छन् । उनले त्यस क्रममा मधेसी मोर्चाले उठाएका माग र भारतमा परराष्ट्रमन्त्री कमल थापाले गरेको चार बुँदे सम्झौताका विषयमा जिज्ञासा राखेको स्रोतले जनाएको छ ।
संसदमा भारतीय राजदूत रायलाई देश निकाला गर्न माग उठीरहेका बेला रायले भने धमाधम राजनीतिक भेटवार्ता गर्दै आएका छन् ।
राजदूत रायले कांग्रेस नेतासँग भएको भेटको प्रसंग उप्काउँदै सुशील कोइराला नेतृत्वको सरकारले अगाडि बढाएको संविधान संशोधन विधेयक पारित गर्नेबारे उनीहरूको धारणा जान्न चाहेका थिए ।
जवाफमा तमलोपा उपाध्यक्ष त्रिपाठीले भूकम्पपीडितलाई राहत दिलाउन र मानवीय हिसाबले कांग्रेस नेताहरूकै आग्रहमा पुनर्निर्माण विधेयक पारित गर्न सहमति दिएको बताएका थिए ।
तर, त्यसलाई कांग्रेसले मोर्चाको कमजोरी ठानेर फाइदा उठाउन खोजेको र त्यो आफूहरूलाई स्वीकार्य नरहेको त्रिपाठीले बताएको स्रोतले जनाएको छ ।
अरू मधेसी नेताले ११ बुँदे माग आफ्नो बटमलाइन भएको भन्दै त्यसका आधारमा सहमति गरी प्याकेजमै संविधान संशोधन हुनुपर्ने अडान राजदूत रायसँग राखेको भेटमा सहभागी एक नेताले जानकारी दिए ।
राजदूत र मोर्चा नेताबीच करिब १ घण्टा कुराकानी भएको थियो । त्यसक्रममा राजदूत रायले नयाँदिल्लीमा परराष्ट्रमन्त्री कमल थापाका तर्फबाट प्रस्तुत चारबुँदे साझा धारणाबारे पनि मोर्चा नेतासँग छलफल गरेका थिए ।
स्रोतका अनुसार राजदूत रायले नाकाबन्दी खोल्ने औपचारिक घोषणा गर्नसमेत मधेसी मोर्चासँग आग्रह गरेका थिए । तर, उनीहरूले आन्दोलनको ’फेस सेभिङ’का लागि सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेस जिम्मेवार हुनुपर्ने जवाफ दिएको बुझिएको छ ।
भारतीय राजदूत रणजित रायसँगको भेटका लागि लैनचौरस्थित राजदूतावास छिर्नेमा संघीय समाजवादी फोरम उपाध्यक्ष लालबाबु राउत, शिवजी यादव, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महासचिव मनीषकुमार सुमन तथा तमसपा वरिष्ठ नेता रामनरेश राय यादव थिए ।
dainiknepal
आइतबार, २७ मंसिर
काठमाडौं । अन्तर्राष्ट्रिय जगतमा आफ्नो भुमिका कमजोर भएको र नेपालमा लगाइएको नाकाबन्दीका कारण विश्व समुदायले नै अबहेलना गरेको निश्कर्ष सहित भारत यतीबेला नाकाबन्दी खोल्ने बाहनाको खोजीमा छ ।
संघीयताको सीमांकनलाई आधार मानेर १२० दिन देखि आन्दोलनरत मधेसी मोर्चालाई भारतले प्रयोग गर्ने रणनीति अन्तरगत उनीहरुकै नाममा नाकाबन्दी गरेको भारत अहिले मोर्चाकै कारण थप बदनाम हुनलागेको भन्दै मोर्चालाई धम्क्याउन थालेको छ ।
मधेसी मोर्चाका शीर्ष नेताहरुलाई भारत बोलाएर भारतले हैन मोर्चाले नाका अबरोध गरेको भजन गाउन लागेको भारतले अहिले नाका अबरोध हटाएको निर्णय गर्न बोर्चालाई दवाव दिइरहेको छ ।
यस क्रममा शनिबार मात्रै भारतीय राजदुतले मोर्चाका नेताहरुलाई बोलाएर यस बारेमा दवाव दिएपछि अहिले मोर्चाका नेताहरुको बेहाल भएको छ । मोर्चाका नेताहरु भारतकोदवावलाई नखाउँभने दिन भरिको शीकार, खाउँ भने कान्छा बाउको अनुहार भन्न थालेका छन् ।
मधेसी मोर्चाका प्रभावशाली नेताहरुलाई बोलाएर रायले नाकाबन्दीको आन्दोलन फिर्ता लिन दवाव दिएका थिए । रायले मोर्चा र पार्टी भित्र पनि प्रभाव राख्नसक्ने संघीय समाजवादी फोरम उपाध्यक्ष लालबाबु राउत, शिवजी यादव, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महासचिव मनीषकुमार सुमन तथा तमसपा वरिष्ठ नेता रामनरेश राय यादवलाई बोलाएर दवाव दिएका हुन् ।
राजदुत रायले उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसामु प्रस्तुत गरेको चार बुँदे रोडम्यापमै रहेर सहमति गर्न समेत दवाव दिएपछि त झन् मोर्चाका नेताहर समस्यामा परेका छन् ।
मोर्चाका नेताहरुलाई राजदुतले भूकम्प पीडितहरुकालागि ल्याउन लागिएको विधेयक पारित गर्ने र लचक भएर वार्ता गर्ने विषय के हो भन्दै थर्काएपछि मोर्चाका नेताहरुले कांग्रेसले आफुहरुको लचकतालाई कमजोरी ठानेकाले विधेयक पारित हुन नसकेको बताएका थिए । रायले पुननिर्माण प्राधिकरण बनाउन सरकारलाई सहयोग गर्न र चार बुँदेमा आधारीत भएर सहमति गर्न दवाव दिएको मोर्चाका नेताहरुले स्विकार गरेका छन् ।
उनीहरुले भारतले पछिल्ला दिनमा गतिविधि र रणनीति परिवर्तन गरेको बताउँदै आफुहरुको आन्दोलनको सहज अवतरणकालागि सहयोग गर्न भारतसँग आग्रह समेत गरेका छन् । राजदुतले चार बुँदे अनुसार गर्नु भनेको र सबैतीर अस्तव्यस्तता छाएकाले जनताकालागि राजनीति गर्नेले जनहित हेर्नुपर्ने बताएको स्रोतको भनाई छ ।
पछिल्लो समय भारतीय राजदुत राय नाका खोलाउने विषयलाई प्राथमिकता दिएर भेटघाटमा व्यस्त बनेका छन् । दिल्लीमा सकारात्मक कदम चलेपछि भारतीय राजदुत राय मोर्चाका नेताहरुलाई मनाउन लागिपरेका छन् भने मोर्चा र भारत दुवैको फेस सेभ हुनेगरि नाका खोल्ने योजना बनाइने तयारी समेत थालिएको छ ।
मोर्चाका नेताहरु भने नाका खोल्ने निर्णय गर्नेबारे विवादीत छन् । राजेन्द्र महतो र उपेन्द्र यादव सहमति नभएसम्म नाका खोलन नहुने पक्षमा छन् । उनीहरुले सहज भएका नाकाहरुलाई प्राथमिकता दिएर पारवहन गर्ने व्यवस्था गर्नुपर्ने पक्षमा छन् भने महन्थ ठाकुर भने सकारात्मक बनेको स्रोतको दाबी छ ।
मोर्चामा विवाद र भारतको दवाव पछि आन्दोलनको भविश्यमाथि नै प्रश्न खडा भएको छ भने आन्दोलनको सहज अवतरणकालागि पनि सकस ।
nepalsandesh
काठमाडौं – आइतबार बिहान ७ बजे पत्रकार ऋषि धमलाको काठमाडौँ,रानीबारीस्थित विजयमार्गमा रहेको घरमा इन्भर्टर पड्किएर आगलागी भएको छ । आगलागीमा रु पाँच लाख बराबरको क्षति भएको बताइएको छ ।

घरको तेस्रोतलाको भान्छाकोठामा एक्कासि इन्भर्टर पड्केर आगलागी हुँदा फ्रिज, दराज, लत्ताकपडालगायतका सामान जलेर नष्ट भएका छन् ।
दमकल, प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको छ ।

ratopati
काठमाडौं : धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ ।

आज बिहान ८: ४५ बजे ४. १ म्याग्न्च्यिूड क्षमताको भूकम्पको धक्का गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

६ दिनअघि दोलखा केन्द्रविन्दु भएर ४ म्याग्न्च्यिूड क्षमताको धक्का गएको थियो ।

आइतबार, २७ मंसिर
टोकियो । विदेशमा रहदा उक्त देशको भाषा संस्कृति र मानवीय व्यवहारहरु बुझ्न जरुरी छ । जसलाई बुझ्दा विदेशी भूमिमा बस्न तथा काम गर्न समेत सहज हुन जान्छ ।
जापानमा पछिल्लो समय नेपालीहरुको बाक्लो उपस्थिति रहेको छ । जापानीहरुको व्यबहार र उनीहरुको आनिवानी बुझ्न सकियो भने रोजगारी खोजी, वसोबास लगायतका बिषयमा सहज हुने निश्चित छ ।
अत्यन्त मिहनति जनताको खयाति कमाएको जापानका नागरिक केहि कुरामा अत्यन्त खुसी हुने गरेका छन् भने केही कुरामा दुखी पनि ।
यस्ता केही बिषय छन् जसका कारण जापानीहरु रिसाउने वा दुखि हुने गर्दछन् ।
नि–हाउ ( चिनिया अभिवादन)
जापानीहरु बिशेषत भटघाटका समयमा प्रयोग गरिने शव्दमा गम्भिर बन्ने गरेका छन् । शिष्टाचारको रुपमा प्रयोग गरिने यस्ता शव्दहरुमा नि–हाउको प्रयोगलाई त्यति सहज रुपमा जापानीले स्विकार गर्दैनन् । जुन चिनिया भाषा अन्तर्गत पर्दछ । त्यसको सट्टा कानिचिवाको प्रयोग राम्रो मान्दछन् ।
तपाई कोरियन जस्तो देखिनु हुन्छ
तपाई भरखर जापान प्रवेश गर्नु भएको छ भने तपाइलाई जापानी, कोरियन र चिनिया मानिसहरुको अनुहारको बनावट छुट्याउन मुस्किल पर्न सक्छ ।
जापानमा चिनिया र कोरियनहरुको बाक्लो उपस्थिति रहेको छ । यदी तपाईले जापानी नागरिकलाई तपाई कोरियन जस्तो देखिनु हुन्छ भन्नु भयो भने उनीहरुले त्यसलाई गत रुपमा हर्ने छन् ।
तपाई जापानी , हैन त ?
जापानको एक क्षेत्र ओकिनावामा रहदा विशेष ध्यान दिनु पर्ने त्यस क्षेत्रमा बसोबास गर्ने गैर जापानीहरुको अनुभव रेहको छ । ओकिनावा जापानको एक क्षत्र भएपनि उनीहरुले जापानी भन्दा ओकिनावानको रुपमा आफूलाई प्रस्तुत गर्नै गरेका छन् ।
ओकिनावामा रहदा रैथाने ओकिनावानलाई तपाई जापानी हैन त ? भनि प्रश्नगर्दा उनीहरुको अनुहारको स्वरुपमा परिवर्तन आउने गर्दछ । उनीहरु आफूलाई जापानी भन्दा पनि ओकिनावानी भनेको रुचाउने गर्दछन् ।
विवादास्पद बिषय बारेको प्रश्न
जापानीहरु आफ्नो कामलाई बढी प्राथमिकतामा राख्ने गर्दछन्, न कि अन्य राजनीतिक या अन्य बिषय । राज्यसँग जोडिएका विवादित विषयमा जापानीहरुसँग बहर गर्नु भनेको मुर्खता हुन जान्छ ।
विषय बारे जानकार भएपनि समान्यतया जापानीहरु त्यस्ता बिषयमा मौन वस्न रुचाउछन् । जस्तो तपाई यासुकुनी क्षेत्रबारे मत सोध्नु भयो भने उनीहरु रिसाउने गर्दछ । यासुकुनी क्षेत्रमा जापान, चीन र कोरियाबीच विवाद रहदै आएको छ ।
जापानमा किन राजतन्त्र ?
विदेशी मुलुकबाट जापान जानेहरु धेरैलाई अनौठो लाग्ने बिषय त्यहाँको राजतन्त्र पनि हो । विश्वका धेरै देशबाट राजतन्त्र हटिसकेको अवस्थामा जापानमा भने पारिवारिक व्यवस्थाबाट शाषित हुदै आएका छन् ।
कुनै समय राजतन्त्रको बिरोधमा आवज उठेको भएपनि अधिकांश जापानीहरुले त्यहाको राजसंस्थालाई विशेष सम्मान गर्दै आएको छन् । तपाईले जापानको राजसंस्था विरुद्ध कुनै अभिव्यक्ति, युवराज्ञी र युराज लगायतका कुरा काट्नुभयो भने जापानीले त्यसलाई नकारात्मक रुपले लिने गरेका छन् ।
त्यस्तै जापानीहरु उनीहरुका धर्मका बिषयमा कुनै प्रश्न गरिरहदा कहाँ किन, कहिलेको बारम्बार प्रयोगलाई पनि त्यति समान्य रुपमा लिदैनन् ।
nepalsandesh
काठमाडौं – त्रिभुवन विमानस्थल सुरक्षागार्डका प्रमुखको निवासमा युवती तथा महिलाहरुको भीड लाग्ने गरेको रहस्य सार्वजनिक भएको छ । त्रिभुवन विमानस्थल उच्च स्रोतका अनुसार विमानस्थल सुरक्षा प्रमुख डीआईजी विजयलाल कायस्थको सिनामंगलस्थित सरकारी निवास तथा गौचरणस्थित उनको कार्यालयको कार्यकक्षमा युवतीहरुको आवतजावत बाक्लिँदै गएको खुल्न आएको हो ।

स्रोतका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल वायुसेवा निगम, बुद्ध एयर, यति एयरलाईन्स, त्रिभुवन विमानस्थल भन्सार तथा मेडिकल हेल्पडेस्कमा कार्यरत केही युवती तथा महिलाहरुको बास नै डीआईजी कायस्थको कार्यालय तथा सिनामंगलस्थित निवासमा हुने गरेको छ ।

नर्भिक अस्पतालको तर्फबाट विमानस्थलस्थित मेडिकल हेल्पडेस्कमा कार्यरत एक स्टाफ नर्स र त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत एक शाखा अधिकृत महिलासँग डीआईजी कायस्थको विशेष हिमचिम रहेको विमानस्थल स्रोतको दाबी छ । कायस्थले ती दुई महिलालाई आफ्नै श्रीमतीजस्तो व्यवहार गर्ने गरेको तथा साँझपख पालैपालो आफ्नो निवासमा बोलाएर अनैतिक सम्बन्ध राख्ने गरेको कायस्थको निवासको सुरक्षामा कार्यरत एक प्रहरी जवानले जानकारी दिएका छन् ।

उनका अनुसार ती दुई महिला दिनभर प्रायःजसो आफ्नो ड्युटीमा भन्दा बढी समय डीआईजी कायस्थको कार्यालय वा निवासमा देखिन्छन् । उनीहरुका अलावा विभिन्न एयरलाइन्समा कार्यरत युवतीहरु समेत कायस्थको निवासमा आवतजावत गर्ने गरेका छन् । त्यसो त नर्भिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी महिला र भन्सारमा कार्यरत शाखा अधिकृतसँग लसपस रहेको खबर कायस्थकी पत्नीसम्म पुगिसकेको स्रोतको दाबी छ । सोही कारण कायस्थ दम्पतीबीच केही खटपट परेको कारण काठमाडौंमै घर भएका डीआईजी कायस्थ घरमा नगई अनेक बहानामा सरकारी निवासमा युवती लिएर मस्ती गर्ने गरेको स्रोतले जानकारी दिएको छ । उक्त विषयमा टेलिफोनमार्फत प्रतिक्रिया लिनखोज्दा डीआईजी कायस्थले फोन ‘रिसिभ’ गरेनन् । आजको जनमञ्च साप्ताहिकमा खबर छ ।

ratopati
तस्बिरमा दायाँबाट जीएमआर परियोजनाका प्रमुख ग्रान्धी मल्लिकारजुना राव -जीएमआर), भारतको संसदीय म
मंसिर २७, २०७२- 'आर्ट अफ लिभिङ' का लोकप्रिय आध्यात्मिक गुरु रविशंकरलाई भेट गर्न दुई साताअघि परराष्ट्रमन्त्री कमल थापा काठमाडौंबाट दिल्ली 'ट्रान्जिट' हुँदै एकाएक बेंग्लोर पुगे । 'निजी भ्रमण' भन्दै धर्मकर्मको निहुँमा निस्किएका थापाको यात्राबारे अनेक अडकलबाजी चलिरहेका बेला उनै 'जीवन बाँच्ने कला' का गुरु रविशंकर बेंग्लोरमा थापालाई भेटेपछि दिल्ली आएर केही दिन नेपाल परामर्शमा जुटे । नेपालको राजनीतिक घटनाक्रममा निकास पहिल्याउन रविशंकर शीर्षस्थ भारतीय राजनेताहरूसँग नित्य भेटघाटमा लागिपरेका थिए भन्ने केही ढिलो थाहा भएको छ ।

यो सहकार्यमा संयोजनकारी भूमिका निभाउने उद्यमी विनोद चौधरी यतिखेर काठमाडौंमा छन्, जो दुई साताअघि प्रधानमन्त्री केपी ओलीको सूचना र आग्रहमा दुबईबाट 'समन्वयकारी' बनेर बेंग्लोर पुगेका थिए । 'धार्मिक कूटनीति'को उपाय पहिल्याएर एक महिना अन्तरमा दोस्रो पटक भारत आएका परराष्ट्रमन्त्री थापा पनि बेंग्लोर हान्निएका थिए । 'सहमति र समझदारीको विशिष्ट राजनीतिक रोडम्याप तय हुनुपर्छ भनेर गुरुजीले निर्णायक भूमिका निभाउनुभएकै हो,' काठमाडौं फिर्ने हतारोमा रहेका बेला चौधरीले कान्तिपुरसँग भनेका थिए, 'योभन्दा बढी कुरा भन्ने स्थानमा म छैन, स्थिति सहजीकरण गर्ने/गराउने कुराको यो अर्कै तहको प्रयत्न मात्रै हो ।'
नेपाल-भारत सम्बन्ध र दृष्टिकोणमा खुफिया एजेन्सीहरूकै मात्रै चर्चा हुने गरेकोमा पहिलोपटक 'ट्रयाक-टु' कूटनीतिजस्तो भान पर्ने रणनीतिले थोरै काम गर्न सकेको देखिन्छ, जसबारे दिल्लीस्थित राजदूत दीपकुमार उपाध्याय पनि जानकार थिए । तर, उनी पनि यो धार्मिक कूटनीतिको भित्री अन्तर्वस्तु पहिल्याउनतिर लागेका थिएनन् ।
बेंग्लोरबाट दिल्ली फिरेपछि परराष्ट्रमन्त्री थापाले विदेशमन्त्री सुष्मा स्वराज र सुरक्षा सल्लाहकार अजित डोबलसम्मको तहमा भेटघाट गरेको मात्रै सार्वजनिक भयो । तर, अरू अन्तःस्करणका भित्री परामर्शहरू भने गुपचुपमै रहे । डिसेम्बर २ को रात बेंग्लोरबाट र्फकंदा परराष्ट्रमन्त्रीको आग्रहमा धर्मगुरु रविशंकर पनि दिल्ली आएका थिए । साथमा थिए, उद्यमी चौधरी । परराष्ट्रमन्त्री थापाले लामो समयदेखि गुरु थाप्दै आएका रविशंकर नेपाल मामिलामा सरोकार राख्ने तथा राजनीतिक र शान्ति स्थायित्वका पक्षधरका रूपमा चिनिन्छन् । 'स्वभावतः गुरु रविशंकर कहाँ टाठाबाठा भक्तजनदेखि समाज र राष्ट्रका लागि समन्वयी बन्न खोज्नेहरू पनि पुग्छन्,' गुरुका अर्का निकटस्थ चेला चौधरीले भने, 'नेपालबाट पनि सयौं संख्यामा फलोअर गुरुसमक्ष पुग्छन् ।'
उच्च स्रोतका अनुसार गुरु रविशंकरसहित उद्यमी चौधरीले दिल्लीमा अर्का सफल उद्यमी जीएमआर ग्रुपका प्रमुख ग्रान्धी मल्लिकारजुना राव (जीएमआर) र मोदी मन्त्रिपरिषद्मा निकै शक्तिशाली मानिने संसदीय मामिलामन्त्री भेनकाई नायडुलाई भेटवार्ताको समन्वय गराएका थिए । चौधरीसँग लामो समयदेखिका चिनारु एवं दुबईमा संयुक्त रूपमा सफल उद्यमीको अन्तर्राष्ट्रिय अवार्ड पाएका जीएमआर स्वयं नेपालमा ९ सय मेगावाटको माथिल्लो कर्णाली परियोजना निर्माणमा तदारुकता ल्याउन 'उचित समय' पर्खेर बसिरहेका छन् ।
उनले नेपाल सरोकारमा जोडिने राजनीतिक स्थायित्व र आपसी कलहको चरणबाट गुजि्ररहेको नेपाली राजनीतिक दलहरूलाई जोड्ने 'साझा रणनीति'बारे सुझाव दिन सहमति जनाइहाले । प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विदेशमन्त्री स्वराजसम्म 'निकटस्थ र अझ हैकमशाली सम्बन्ध' राख्ने मन्त्री नायडुको यो भेटघाटमा सहकार्य जुट्न सक्नुको कारण उनै गुरु रविशंकर थिए । नायडुसमेत गुरु रविशंकरका अनन्य भक्त हुन् ।
विषयगत मामिला बुझाउनमा भारत सरकार र संस्थापनको सम्पर्क सूत्रका रूपमा नायडु आइदिएमा धेरै कामकुरा सहज हुने ठानेरै उनलाई 'राजनीतिक रोडम्याप'को भित्री परामर्शमा अनुरोध गरेरै राखिएको थियो । गुरु रविशंकर दिल्लीमा छँदै कहिले मन्त्री नायडुको कार्यालयमा त कहिले अनौपचारिक स्थलमा कुराकानी गरेर 'संविधान संशोधनका दुई मुद्दा र सीमांकनको निश्चित समयतालिकामा निर्णय' खोज्ने कुरामा राय बन्न सकेको थियो । यो रायलाई प्रधानमन्त्री मोदी हुँदै विदेशमन्त्री स्वराज र नेपालका प्रधानमन्त्री ओलीसम्मलाई 'सहमतिको सम्पूर्ण आधार' भनेर व्याख्या गरिएको थियो । 'मन्त्री थापाले दिल्ली छँदै त्यही साझा रणनीतिका आधारमा मधेसी दलहरूसँग कुरा मिलिसकेको छ भनेर भन्ने आँट गरेका हुन्,' एक जानकारले भने ।
यो सहमतिको दस्तावेज खोज्ने क्रम भइरहेकै बेला भारतको सदनमा उठेको नेपाल चासो र वादविवादका आधारले 'को कति पानीमा' भन्ने तह देखाइसकेको थियो । तर, यो बेलासम्म सहमतिको एउटा धरातलमा भने नेपाली र भारतीय उच्च पदस्थ राजनीतिज्ञहरू आइसकेका थिए । किनभने यहाँ रविशंकरको प्रभाव र पहिचान लुकेको थियो । 'संकेतमा भन्न होस् वा अनुमानमा, विदेशमन्त्री स्वराजले राज्यसभामा उत्रिएर 'ईश्वरको कृपा रहेमा अबको ५/७ दिनमै द्विदेशीय स्थिति सहज भइसक्ने' बयान अघिल्लो साता सुनाएकी थिइन् । नभन्दै ईश्वरीय कृपाझैं माहोल केही सकारात्मक बन्नेक्रम बढदो छ ।
'मधेसी समुदायले गलत काम गरेका होइनन्, नेपालको हितमै काम गरिरहेका हुन् । यो ढिलो वा चाँडो सम्बोधन गर्नै पर्ने विषय हो । अर्कातिर, भारतको सीमावर्ती मधेस मामिलामा भारतको पनि उत्तिकै सरोकार छ भन्ने थाहा पाएरै यो मामिलामा बहस गर्न हामी खटिएका थियौं,' रविशंकरका दिल्लीवासी एक नेपाली अनुयायीले भने, 'यसै क्रममा झगडियाका सबै पक्षलाई स-सम्मान दिल्ली बोलाएर कुरा मिलाउन खोजिएको हो ।'
सुरुमा साझा सहमति र समझदारीका ४ बुँदा भनेर नागरिकताको विषय पनि समेटिएकामा यसलाई अन्तरिम संविधानअनुसार मिलाउन सकिने भन्दै दिल्लीबाट काठमाडौं पुगेको सहमतिमा भने तीन बुँदा मात्रै थियो । 'अब सीमांकनको हकमा पनि पूर्वको झापालाई छाडेर र मोरङ-सुनसरीका केही भागलाई प्रदेश २ मा हाल्न सकिने सहमतिमा कुरा टुंगिन सक्छ,' स्रोतले भन्यो, 'अर्कातिर, कैलाली-कन्चनपुरमध्ये २ लाख जति जनसंख्या रहेको कन्चनपुरको थारू क्षेत्र ५ नम्बर प्रदेशमा हाल्न सकेमा थारू/मधेसका पूर्वदेखि पश्चिमसम्म दुई प्रदेश रहेको पनि देखिन्छ ।'
'बाहिर देखिनेभन्दा भित्र नदेखिने शक्तिहरू छन्,' भारतका लागि एक पूर्वराजदूतले भने, 'भिन्नै च्यानलबाट भए पनि दिल्लीमा तयार भएको साझा सहमतिको प्रस्तावलाई परराष्ट्रमन्त्री थापाले सुरुमा दिल्लीमै समकक्षी स्वराजलाई अवगत गराएको सन्दर्भ त्यसै विरोधस्वरूप उठेको होइन, यसमा कारण छ ।'
विशेषतः खुफिया एजेन्सीहरूले फैलाइरहेको नकारात्मक र परस्पर विरोधी कुराका माझ धर्मगुरु रविशंकरसहितले मिलाएर ल्याएको 'साझा अवधारणा' लाई नेपाल र भारतका दुवै प्रधानमन्त्रीले सहजै मानेको ती राजदूतको दाबी छ । 'तर, नेपालका दलहरूबीचको बाहिर देखिने साझा सहमतिभन्दा भित्रको चर्को असहमतिको अर्थ पनि रहन्छ, यसकारण एमाले, कांग्रेस, माओवादीको 'साझा अवधारणा' माथि दिल्ली आएका मधेस मोर्चा सम्बद्ध नेताहरूले पछिसम्मै शंका गरिरहेका छन्,' उनले भने, 'यहाँ सबैभन्दा बढी राष्ट्रवादी, विश्वासिलो र आधारसम्मत भन्ने ठाउँमा न सरकार छ, न आन्दोलनरत पक्ष । न भारत नै देखिएको छ । यसकारण गुरु रविशंकरलाई जोड्न चाहेको सन्दर्भ उल्लेख्य छ ।'
नाकाबन्दी खुलाउन भनेर 'ठाडो प्रस्तुति' लिएर एक महिनाअघि आएका परराष्ट्रमन्त्री त्यस बेलाको दिल्ली दौडाहामा पुरै असफल बनेका थिए । 'त्यही भएर निजी भ्रमणको बहानामा दिल्लीमा अडकिएका थापाले 'ट्रयाक-टु डिप्लोमेसी'को आवरण मात्रै बनेर भए पनि काम देखाउन सके, भित्री तहको कुराकानीमा अरू कोही थियो । यो स्पष्ट भइसकेको छ,' नेपाल मामिलाका एक भारतीय सुरक्षाविद्ले भने ।
ekantipur भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २७ मंसिर । केन्द्रीय कार्यालय, शीर्ष नेतानिवास, संसदीय दल र प्रभावशाली केन्द्रीय सदस्यको घरमा दैनिक भीड बढ्न थालेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
तलका अधिवेशन र महाधिवेशन तालिका
वडा, गाउँ, नगर अधिवेशन र क्षेत्रीय अधिवेशन २२ माघमा, जिल्ला अधिवेशन २५ माघमा,१३औँ महाधिवेशन २० देखि २३ फागुनसम्म काठमाडौंमा हुनेछ ।
महाधिवेशनमा करिब चार हजार प्रतिनिधि
महाधिवेशन व्यवस्थापन समितिका संयोजक भीमसेनदास प्रधानका अनुसार करिब चार हजार प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् । एक निर्वाचन क्षेत्र भएका जिल्लामा सभापतिसहित १२, एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा प्रत्येक क्षेत्रीय अधिवेशनद्वारा निर्वाचित क्षेत्रीय सभापतिसहित १२–१२ प्रतिनिधि छानिन्छन् । हालका केन्द्रीय समितिका सबै, भ्रातृसंस्थाबाट ५–५, शुभेच्छुक संस्था, शिक्षक संघ, नेपाल आदिवासी जनजाति संघ, विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट पनि प्रतिनिधि छानिन्छन् ।
व्यवस्थापन गर्न विभिन्न उपसमिति
महाधिवेशनमा देश तथा विदेशबाट आउने प्रतिनिधिका लागि खाने–बस्ने व्यवस्था, सञ्चारमाध्यम, मञ्चको व्यवस्थापन गर्न उपसमितिहरू गठन भएका छन् ।
क्रियाशील सदस्यता विवाद अझै टुंगिएन संगठन विभाग प्रमुख आनन्द ढुंगानाका अनुसार क्रियाशील सदस्यता छानबिन समितिले अझै सदस्यताको अन्तिम टुंगो लगाउन सकेको छैन ।
केन्द्रीय सदस्य नरहरि आचार्यको संयोजकत्वमा रमेश लेखक र रामकृष्ण यादव सदस्य रहेको छानबिन समितिले काम गरिरहेको छ ।
१२औँ महाधिवेशनमा ३ लाख १७ हजार क्रियाशील सदस्य थिए । १३औँ महाधिवेशनसम्म ५ लाख नघाउने तयारीस्वरूप सदस्यता फारम वितरण भएको थियो ।
तर, आफू निकटलाई सदस्य बनाउने नेताहरूको होडबाजीले धेरै ठाउँमा सदस्यता वितरणमा विवाद भएको थियो ।
विधान संशोधन गर्न सुझाब माग
केही समयअघि बसेको विधान संशोधन समिति बैठकले पार्टी संरचना र राज्य पुनर्संरचनापछि स्वरूपका विषयमा जिल्ला कार्यसमिति, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई २० मंसिरभित्र लिखित सुझाब दिन निर्देशन दिएको थियो ।
विधानमा ३० जिल्ला र केही भ्रातृसंस्थाबाट सुझाब आइसकेको र बाँकीलाई मंसिर मसान्तसम्म सुझाब दिन भनिएको छ ।
के–के संशोधन गर्ने तयारी छ ?
पदाधिकारी बढाउने र प्रादेशिक संरचनाअनुसार पदाधिकारीहरूलाई सोही क्षेत्र हेर्ने विधान बनाउने गरी छलफल चलेको छ । जिल्ला सभापति दुई कार्यकालभन्दा बढी लड्न नपाउने व्यवस्था संशोधन गर्ने विषयमा पनि छलफल चलेको छ । तर, महाधिवेशन नजिकिादै गए पनि संशोधनको तयारी तीव्र नभएको केन्द्रीय सदस्य प्रदीप पौडेल बताउछन् ।
महाधिवेशन खर्च तीन करोडभन्दा बढी
चार दिनसम्म चल्ने महाधिवेशनमा तीन करोडभन्दा बढी खर्च हुने कांग्रेसको अनुमान छ । कार्यक्रमस्थल, ७५ जिल्ला र विदेशबाट आउने प्रतिनिधि, आमन्त्रित विदेशी प्रतिनिधिको व्यवस्थापन गर्न त्यति खर्च हुने अनुमान गरिएको हो । तर, संगठन विभाग प्रमुख आनन्द ढुंगानाले खर्च यति नै लाग्छ भन्ने टुंगो नभएको बताए ।
ainiknepal
आइतबार, २७ मंसिर
एजेन्सी । अफ्रिकी देश बुरुण्डी सेनाका अनुसार हिंसामा ८७ जनाको ज्यान गएको छ । बुरुण्डीको राजधानी बुजुमबुरामा भएको हिंसामा आठ जना सुरक्षाकर्मी पनि ज्यान गएको छ ।
सेनाका अनुसार बुजुमबुरामा ३४ जनाको शव भेटिएको छ । यस्तै नायकाबिगा जिल्लाको विभिन्न सडकमा २१ जनाको शव भेटिएको छ ।
बुरुण्डीका अरु शहरमा पनि शव भेटिएको अधिकारीहरुले बताएका छन् । त्यहाँका स्थानीय बासिन्दाले प्रहरीले बदला लिन स्थानीय युवालाई पक्राउ गरी हत्या गरेको आरोप लगाएका छन् ।
प्रहरीका अनुसार भने मारिने सबै सरकारी प्रतिष्ठानमा आक्रमण गरेको अभियोग लागेकाहरु थिए ।
सरकारी अधिकारीका अनुसार विद्रोही संगठनले तीन सैन्य प्रतिष्ठानमा आक्रमण गरेका छन् ।नगागारा, मुसागा र मुजेजुरुमा भएको आक्रमणपछि सेनाको कारवाहीमा १२ जना बिद्रोही लडाकु मारिएको सेनाका प्रवक्ताले बताएका छन् ।
संयुक्त राष्ट्र संघका अनुसार गएको अप्रिल महिनादेखि भएको हिंसामा बुरुण्डीमा दुई सय ४० जनाको ज्यान गइसकेको छ । दुई लाख भन्दा बढी नागरिक छिमेकी देशमा पलायन भएका छन् । बुरुण्डीका राष्ट्रपतिको समर्थन र विरोधमा हिंसा बढ्दै गएको छ ।
nepalsandesh
मंसिर २७, २०७२- आन्दोलनरत् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले दर्जनौं वार्ता निष्कर्षविहीन टुंगिएको उल्लेख गर्दै ठोस प्रस्तावबिनाका वार्तामा सहभागी नहुने निर्णय गरेको छ । बिजुलीबजारस्थित तमलोपा मुख्यालयमा शनिबार साँझ बसेको मोर्चा बैठकले यसअघिका वार्तामा सरकारका तर्फबाट गम्भीरता नदेखिएको भन्दै यस्तो निर्णय लिएको हो ।
'हाम्रो ११ बुँदामाथि सरकारका तर्फबाट ठोस धारणा नआउन्जेल वार्ताका नाममा वार्ता गर्नुको कुनै अर्थ छैन,' तमसपा वरिष्ठ उपाध्यक्ष रामनरेश राय यादवले भने, 'वार्ताका नाममा हामीलाई झुलाउने काम मात्रै भयो ।' बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव, सद्‍भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण र तमसपा वरिष्ठ नेता रामनरेश राय यादव उपस्थित थिए । सद्‍भावना सहअध्यक्ष कर्णले भने आफूहरू वार्ताका लागि अझै जिम्मेवार रूपमा प्रस्तुत भइरहेको बताउँदै संवाद र सहमतिको बल सरकारको पक्षमा रहेको बताए ।

kantipur.ekantipur

मंसिर २७, २०७२- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको दोस्रो तहका नेता भारतीय राजदूत रणजित रायलाई भेट्न शनिबार अपराहन लैनचौरस्थित दूतावास पुगेका छन् । अपराहन ४ बजे दूतावास छिर्नेमा संघीय समाजवादी फोरम उपाध्यक्ष लालबाबु राउत, शिवजी यादव, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, महामन्त्री सर्वेन्द्रनाथ शुक्ल, सद्भावना सहअध्यक्ष लक्ष्मणलाल कर्ण र महासचिव मनीषकुमार सुमन तथा तमसपा वरिष्ठ नेता रामनरेश राय यादव थिए ।

तीमध्येका एक नेताका अनुसार भेटमा राजदूत रायले शुक्रबार कांग्रेस नेतासँग भएको भेटको प्रसंग उप्काउँदै सुशील कोइराला नेतृत्वको सरकारले अगाडि बढाएको संविधान संशोधन विधेयक पारित गर्नेबारे उनीहरूको धारणा जान्न चाहेका थिए । जवाफमा तमलोपा उपाध्यक्ष त्रिपाठीले भूकम्पपीडितलाई राहत दिलाउन र मानवीय हिसाबले कांग्रेस नेताहरूकै आग्रहमा पुनर्निर्माण विधेयक पारित गर्न सहमति दिएको बताएका थिए । तर, त्यसलाई कांग्रेसले मोर्चाको कमजोरी ठानेर फाइदा उठाउन खोजेको र त्यो आफूहरूलाई स्वीकार्य नरहेको त्रिपाठीले बताएका थिए ।
अरू मधेसी नेताले ११ बुँदे माग आफ्नो बटमलाइन भएको भन्दै त्यसका आधारमा सहमति गरी प्याकेजमै संविधान संशोधन हुनुपर्ने अडान राजदूत रायसँग राखेको भेटमा सहभागी एक नेताले जानकारी दिए । 'हामीले कांग्रेसले ल्याएको विधेयक यही अवस्थामा मान्य छैन भनेका छौं,' ती नेताले भने, 'राजदूतले हाम्राे धारणा जान्न खोजेका रहेछन् । हामीले प्रस्टै राखेका छौं ।'
राजदूत र मोर्चा नेताबीच करिब १ घण्टा कुराकानी भएको थियो । त्यसक्रममा राजदूत रायले नयाँदिल्लीमा परराष्ट्रमन्त्री कमल थापाका तर्फबाट प्रस्तुत चारबुँदे साझा धारणाबारे पनि मोर्चा नेतासँग छलफल गरेका थिए । थापाको धारणाबारे उनले मोर्चाको तर्फबाट सकारात्मक प्रतिक्रियाको अपेक्षा गरेका थिए ।
'राजदूतले सिधै चारबुँदे रोडम्याप स्वीकार गर त भनेनन्, आन्दोलनले सबैतिर अस्तव्यस्त भइसकेको हुँदा सरकार र प्रतिपक्षी सबै मिलेर यसको अवतरणका लागि जिम्मेवार हुन आग्रह गरे,' सहभागी अर्का नेताले भने ।
स्रोतका अनुसार राजदूतले नाकाबन्दी खोल्ने औपचारिक घोषणा गर्नसमेत आग्रह गरेका थिए । तर, उनीहरूले आन्दोलनको 'फेस सेभिङ' का लागि सरकार र प्रमुख प्रतिपक्षी दल कांग्रेस जिम्मेवार हुनुपर्ने जवाफ दिए । राजदूत रायले शुक्रबार सत्ता, प्रतिपक्षीलगायत दलका ५० भन्दा बढी नेतासँग लन्च बैठक गरेका थिए ।

kantipur.ekantipur
आइतबार, २७ मंसिर
काठमाडौँ, । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले नेपालको दक्षिणी सीमाबाट आपूर्तिमा अवरोध जारी रहे नेपालमा गम्भीर मानवीय सङ्कट आउनसक्नेतर्फ सचेत गराएको छ ।
डब्लुएफपीले आज जारी गरेको विज्ञप्तिमा तीन महिना पुग्न लागेको सीमा नाकाको अवरोधले नेपालमा आपूर्तिमा कमी आइरहेको र खाद्यवस्तुको मूल्यवृद्धि जारीरहे गम्भीर मानवीय सङ्कटबाट जोगिन कठिन हुने उल्लेख छ ।
डब्लुएफपी एसिया तथा प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक डेभिड कातु्रडको भनाइ उद्धृत गर्दै भनिएको छ, “मूल्यवृद्धिको सामना गर्दै मानिस आफ्ना परिवारलाई खाना खुवाउन प्रयासरत छन्, भूकम्पपछिको अवस्थामा अभावको सामना गर्न नसक्दा कुपोषण बढ्न सक्ने अवस्था छ ।”
तीन महिनादेखिको अवरोधका कारण नेपालमा खाद्यान्न र इन्धन अभावका कारण असहज अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाल विशेषगरी भारतबाट हुने आयातमा निर्भर रहेको तथा आधारभूत खाद्य पदार्थ खाने तेल, चामल, दाल, चिनी, नुनको बजारमा कमी रहेको र त्यसको आपूर्ति कम भइरहेको विज्ञप्तिमा जनाइएको छ । आजको गोरखापत्रमा समाचार छ ।
nepalsandesh
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर २७ गते। आइतबार। इश्वी सन् २०१५ डिसेम्बर १३ तारिख। नेपाल संवत् ११३६ थिंला थ्व। मार्गशीर्ष शुक्लपक्ष। तिथि– द्वितीया, १६:०३ बजेउप्रान्त तृतीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिले केही अप्ठ्यारो मोडमा पुर्याउन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। श्रम गरीकन मूल्य प्राप्त नहुने समय छ। कमजोरीले चिन्ता बढाउन सक्छ। बाध्यतामा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusस्वास्थ्य कमजोर हुनाले आँटेको काम रोकिन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, गोपनीयतामा ध्यान पुर्याउनुहोला। सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहनेछ। सवारीमा सावधानी अपनाउनुहोला। लेनदेनको विवादले अप्ठ्यारो पार्न सक्छ। पढाइलेखाइमा पनि समय दिन नसकिएला। हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiप्रतीक्षाले अधैर्यपना बढाउन सक्छ। तापनि आजको दिन मनोरञ्जनपूर्ण रहनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढाइमा प्रगति हुनेछ। व्यवसायका लागि यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। अधिकारका लागि केही संघर्ष पनि हुन सक्छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। प्रयत्नले अरूको हातमा गइसकेको अवसर फिर्ता दिलाउन सक्छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काममा अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraनयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसजिलै काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सहयोगीहरूले काममा साथ दिनेछन्। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornफाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। फाइदाका लागि होसियारीसाथ काम लिनुपर्ने समय छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअवसर आए पनि मौकामा लाभ उठाउन नसकिएला। ठूलै प्रयत्न गर्दा सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सुरक्षित वा सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुने समय छ। आम्दानी बिगार्नेहरू सक्रिय रहन सक्छन्। श्रमको उचित मूल्य नमिल्न सक्छ। सोचेभन्दा कमै फाइदा मिल्नेछ भने खर्चको मात्रा बढ्नेछ। परिस्थितिले निष्क्रिय बनाउन सक्छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
etajakhabar
पहेलो दांत हुनु हिजो आज धेरै को समस्या भएको छ | सहि तरिकाले दांत को हेरचाह नगर्नु, पराग, सुर्ती दात पहेलो हुँदा आफ्नो अनुहारको सुन्दरतामा दाग आउने मात्र होइन, धेरैको आत्मा बिश्वाश पनि घटेको देखिएको छ | आज हामि तपाइलाई दातको पहेलोपन हटाउने सजिलो तरिका हरु बताउने छौ |
 १ तुलसीमा दांतको पहेलोपन हटाउने एक अद्भुत शक्ति रहेको छ | यसले दाँतमा रहेको पहेलोपन हटाउने मात्र होइन मुख र दात सम्बन्धि अन्य रोगबाट बचाउने काम पनि गर्दछ | तुलसीको पात लाइ घाममा सुकाउने र सुकेपछि यसको पाउडर बनाइ टुथपेस्ट संग मिलाएर ब्रस गर्ने गर्दा दांत को पहेलोपना हटेर चमक आउन थाल्छ |
  २. हाम्रो गाउघर तिर नुन र तेल ले दांत सफा गर्ने चलन अझै पनि छ, नुन मा २-४ थोपा शुद्ध तोरीको तेल मिलाएर दांत सफा गर्ने गर्नाले केहि दिनमै दाँतको पहेलोपना हटेर जान्छ |

३. सुन्तलाको बोक्रा र तुलसीको पात लाइ घाममा सुकाएर त्यसको पाउडर बनाउनु होस् | दांत ब्रश गरिसकेपछि उक्त पाउडरले दातमा हल्का मसाज गर्नुहोस| सुन्तलाको बोक्राबाट प्राप्त हुने भिटामिन सी र क्याल्सियम कारण दात चम्किलो हुन्छ |

४. खाना खाइ सकेपछि दिनहु गाजर खाने गर्नाले पनि दाँतको पहोलो पन हट्छ | गाजरमा रहेको रेसाहरुले दांतलाइ राम्रो संग सफा गर्न मद्त गर्दछ |

५. नीमको उपयोग धेरै पहिले देखी नै दांतको सफाई गर्न गरिदै आएको छ | यसमा दांत सेतो बनाउने र दाँतमा लाग्ने कीराहरूलाई नष्ट गर्ने सक्ति रहेको छ | यो प्राकृतिक एंटी-बयाक्टीरियल और एंटी-सेप्टिक हो | दिनहु निम(नीमको काठ, निमको सानो हाँगा)ले दात सफा गर्ने गर्नाले दांतमा कुनै किसिमको रोग लाग्दैन र पहेलो भएको भए पनि हट्छ |

६. एक कागतीको रस निकालेर त्यसमा जति रस छ त्यतिनै मात्रामा पानि मिसाउनु होस् र खाना खाइ सकेपछि यहि कागती पानीले दिनहु कुल्ला गर्ने गर्नुहोस |यसो गर्दा दाँतको पहेलोपना त हट्छ नै सास गनाउने समस्यामा पनि यो रामबाण सिद्ध छ |

 ७. स्ट्रबेरी दांत चम्किलो बनाउने सबै भन्दा मिठो र सजिलो उपाए हो| यसमा पाइने मालिक एसिड (Malic acid)ले दांत लाइ सेतो र चम्किलो बनाउछ |

 ८. केरालाइ पिसेर यसको पेष्ट बनाउनु होस् |यसको पेष्टले दांतलाइ दिनहु एक मिनेट मसाज गर्नुहोस, मसाज पछि दांत ब्रश गर्नुहोस | यो उपाए दिनहु गर्नाले दाँतको पहेलोपन हटेर जान्छ | चुरोटको सेबन गर्ने गर्नाले पनि दांत पहेलो हुन्छ भने कुनै खानेकुरा लगातार खानाले, उमेर बढ्दै जाँदा अनि धेरै औषधिको सेवन गर्नेहरुको पनि दात पहेलो हुन्छ | भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाडौँ, २६ मंसिर । भारतको नाकाबन्दी नेपाली जनताले किन सहने भन्दै प्रश्न गरेका पूर्व युवराज पारस शाहले शनिबार साँझ ललितपुरस्थित बगलामुखी मन्दिरमा पूजापाठ गरेका छन् ।
बहिनी प्रेरणासँगै मन्दिर पुगेका पारसलाई देखेपछि उनका समर्थकहरुले ‘राजा आऊ देश बचाउ’, ‘हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ’ भन्दै नाराबाजी गरेका थिए । पारसले शनिबार पञ्चबलि तथा मंसिर विशेष पूजा गरेका हुन् ।
लामो कपाल बाँधेर आएका पारसले बगलामुखी भजन मण्डलीले आयोजना गरेको पूजाको प्रसाद पनि ग्रहण गरे । पूजापाठ कार्यक्रममा सेना र प्रहरीका उच्च अधिकारीहरु पनि उपस्थित थिए ।
यसअघि भारतीय नाकाबन्दीविरुद्ध मुख खोल्दै पारसले ‘धर्म गुमायौ, राजा गुमायौ, अब ग्यास गुमाएर दाउराको चुलो पनि पाएनौं, नेपाली जनताले किन सहने’ भन्दै प्रश्न गरेका थिए ।
dainiknepal
शनिबार, २६ मंसिर
मधेसका जनताले भारतको षड्यन्त्र बुझ्दै
हिलो स्वार्थ
मधेसलाई कब्जा गरेर नेपालको  पानी कब्जा गर्नु भारतको पहिलो स्वार्थ  हो । नेपालको पानीलाई हेरेर नै भारतले  ३० वर्षीय नदी जडान परियोजना सार्वजनिक गरेको हो  । भारतलाई आफ्नो ६४ लाख हेक्टर जमीन सिचाइँ गर्नुछ, जहाँ भारतको पानी जाँदैन । भारतको जमीन पश्चिमबाट पूर्वतर्फ होचो हुँदै आएको छ । जबकि सबै नदी पूर्वतिर छन् ।
पश्चिमका लागि उ नेपालको पानीमा भर परेको छ र पूर्वको कोशी तथा पश्चिमको कर्णालीमा नजर टिकाएको छ ।नेपालमा भएका ठूला नदीदेखि खहरे खोला सबैबाट निस्कने पानी संकलन गर्न नेपाललाई डुबानमा पारेर सीमा क्षेत्रमा उच्च बाँध बाँधेको हो ।
दोस्रो स्वार्थ
तराईको चुरे रेञ्जलाई भारतको सुरक्षा लाइनको रुपमा विकास गर्ने हो । भारतले नेहरु डक्ट्रिन अनुसार हिमालय श्रृंखलालाई आफ्नो सीमाना मानेर सुरक्षा रेखामा रुपमा विकास गर्ने उसले भन्दै आएको छ ।
तेस्रो स्वार्थ
तराई टुक्राएर भारतमा गाभ्ने नै भारतको अन्तिम लक्ष्य  हो । यद्यपि यो काम उ रक्तपातविहीन तरिकाले वैधानिक तवरबाटै सम्पन्न गर्न चाहन्छ । यसैका लागि चरणवद्ध रुपमा काम गरिरहेको छ ।जसको लागि भारतले चार योजना अघि सारेको छ
पहिलो चरणको योजना
व्यापक संख्यामा भारतीयहरुले नेपाली नागरिकता लिएर नेपालको जनसंख्यामा हावी हुने र मधेसमा नेपालीहरुलाई अल्पमतमा पार्ने । यसमा लगभग सफल हुन लागिसकेको अवस्था छ ।
दोस्रो चरणको योजना
जनसंख्यामा बढाउँदै त्यसको अनुपातमा निर्वाचन क्षेत्र पनि बढाउँदै लैजाने र केन्द्रीय संसदमा पनि आफ्नो बहुमत निर्माण गर्ने
तेस्रो चरणको योजना
 छुट्टै मधेस प्रदेश निर्माण गरी छुट्टै बिहारी सेना गठन गर्ने । यसका लागि सुरुमा राष्ट्रिय सेनामा मधेसीको सामुहिक भर्तीको एजेन्डा ल्याइएको हो, ताकि मधेस प्रदेश बनिसकेपछि उक्त बटालियनलाई मधेसमा सग्लै लगेर राख्ने अनि पहाडीहरुलाई दमन गर्दै त्यहाँबाट विस्थापित गर्न सकियोस  ।
चौथो चरणको योजना
जनसंख्याका आधारमा समानुपातिक समावेशीको नारा दिएर नेपालका सरकारी निकायहरु कब्जा गर्ने र अन्तिममा नेपाल टुक्र्याउने ।त्यो योजना अन्तर्गत  ०६४ साल असोजमा पटनामा तत्कालिन भारतीय विदेश सचिव पीटी शरणसमेतको उपस्थितिमा रअका अधिकारी र मधेसी गुटका नेताहरुको बैठक बसेर मधेस टुक्राउने विषयमा छलफल गरेको जगजाहेर छ । त्यसपछि भारत रणनीतिक रुपमा चरणवद्ध तरिकाले अघि बढिरहेको छ ।जसको भारतको योजनामा मधेस केन्द्रित दलहरुको नेतृत्वमा आन्दोलन मार्फत मधेसको जनसंख्या र निर्वाचन क्षेत्र एकैसाथ बढाउँदै लगिएको छ । ०६४ सालमा संविधानसभा चुनाव हुनुअघि निर्वाचन क्षेत्र पुननिर्धारण गरियो । त्यतिबेला ३५ वटा निर्वाचन क्षेत्र थप भएकामा २८ वटा माधेसमा मात्रै थपिए । अहिले फेरि पनि मधेसमै निर्वाचन क्षेत्र पुगेन भनेर कराइरहेका छन् । यसैगरी बढाउदै लैँजादा छिट्टै देशभरको दुई तिहाई सिट तराईमा खडा हुन्छ ।
 तराई मधेसमा अहिले भैरहेको आन्दोलनको उदेश्य
नागरिकता ऐन पारित भएपछि तराई राजनीतिको एउटा दिशा तय भयो । तराईमा भारतीय जनसंख्याको प्रचुर उपस्थिति सुनिश्चित भएपछि आत्मनिर्णयको अधिकार अर्थात् छुट्टिन पाउने अधिकारसहितको संघीयताको माग चर्काइयो । ०६४ साल फागुनमा मधेसी मोर्चाको आन्दोलनकै क्रममा कांग्रेसले भारतीय दूतावासमा बसेर ३ बुँदे सम्झौता गर्‍यो । पहिलो झापादेखि कञ्चनपुरसम्म एक मधेस प्रदेश बनाउने, दोस्रो, जनसंख्याका अधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने, तेस्रो सेनाभित्र १० हजारको मधेसी बटालियन निर्माण गर्ने ।
( स्रोत :भरत दाहाल र साध्यबहादुर भण्डारी लगायत बुद्दिजीवीहरुका  विभिन्न आलेखहरुको निचोड )
nepalsandesh
काठमाडौँ, २६ मङ्सिर । काठमाडौँ महानगरपालिका–३१, बागबजार बस्ने टीकाराम तण्डुकारलाई प्रहरीले एक हजारको नेपाली नक्कली नोटसहित पक्राउ गरेको छ ।
भद्रकालीस्थित नेपाली सेनाको पेट्रोल पम्पमा तेल हाल्न आएका उनलाई प्रहरीले शनिबार एक हजारको एकथान नक्कली नोटसहित पक्राउ गरेको हो ।
dainiknepal
शनिबार, २६ मंसिर
भुकम्प र नाकावन्दीको पीडा सबै मिलेर सामना गरौँ
बनेपा। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न पुनः आह्वान गरेका छन्  ।
नेकपा (एमाले) काभ्रेको नवौँ जिल्ला अधिवेशनको आज बनेपामा उद्घाटन गर्दै उनले भने, “भूकम्पका कारण देश अप्ठेरो परिस्थितिमा छ । यस्तो बेला आरोप प्रत्यारोप गर्ने बेला होइन, मिलेर अघि बढ्नुपर्छ ।” । उनले भने, “नाकाबन्दीले जनजीवन कष्टकर भएको छ । त्यसैले हामी विकासमा पनि पछि परेका छौँ ।”
प्रधानमन्त्री ओलीले नयाँ संविधानले सबैलाई अधिकार र अवसर दिएको उल्लेख गर्दै संविधानले दाल र चामल बुझाउने काम गर्दैन भनेकाछन् ।

उनले नेपाली काँग्रेसलाई लक्षित गर्दै सरकार असफल पार्छु भनेर लागे पनि संसद् र सरकार दुबै अघि बढ्ने बताए । उनले सहमति पनि गर्ने र अर्को दिन फेरि अर्को कुरा गर्ने परिपाटीले भान्साघरमा केटाकेटी झगडा गरेको चरितार्थ भएको पनि बताए ।
प्रधानमन्त्री ओलीले संविधान बनाउन सबै दललाई घिसारेर ल्याएकाले केही दल रिसाएको बताउँदै एमालेको विरोध गर्नेले प्रतिपक्षमा बस्ने अभ्यास गरे हुन्छ भने ।
उनले एक वर्षभित्र मुुलुकलाई लोडसेडिङमुक्त गर्न पूर्वाधारको विकास हुने जानकारी दिँदै काठमाडौँमा विस्तारै बिजुलीका कार र बस गुड्छन्, कोदारी राजमार्गको स्तरोन्नति हुनेछ, वायूबाट बिजुली निकाल्ने प्रविधि र सौर्य ऊर्जाको पनि विकास गरिनेछ भनेर भने ।
पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले सरकारको प्राथमिकता सङ्घीय गणतन्त्रात्मक संविधानको कार्यान्वयन भएको उल्लेख गर्दै वार्ताबाट समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सांसद विदुर सापकोटाले काभ्रेपलाञ्चोकलाई प्रादेशिक राजधानी बनाउन आग्रह गरे ।
सांसद तथा एमाले काभ्रेपलाञ्चोकका अध्यक्ष रामहरि सुवेदीको अध्यक्षतामा भएको अधिवेशनमा पार्टीका पूर्व अध्यक्ष गोकुल बाँस्कोटालगायतले अधिवेशनबाट सक्षम नेतृत्व चयन हुने विश्वास व्यक्त गरे ।
दुई दिनसम्म चल्ने अधिवेशनमा एक हजार एकसय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी छन् । अधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ ।
nepalsandesh
विराटनगर, २६ मङ्सिर । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले संविधानमा महिलालाई उच्च अधिकार दिएकाले सो अधिकारको सदुपयोग गर्न महिला सजग हुनुपर्ने बताउनुभएको छ ।
नेपाल महिला सङ्घ मोरङको आयोजनामा आज विराटनगरमा आयोजित ‘नेपालको संविधानमा महिलाको भूमिका’ विषयक एक दिवसीय अन्तक्र्रियामा उहाँले सामाजिक, आर्थिक, राजनीतिक क्षेत्रमा महिलाका लागि अधिकार प्रदान गरिएकाले यस विषयमा महिलालाई जानकारी गराउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले बहुभाषिक र बहुधार्मिक मुलुक भएकाले सबै क्षेत्रका महिला अधिकारका लागि अगाडि आउनुपर्ने चर्चा गर्दै महामन्त्री सिटौलाले गाउँसभामा न्यूनतम ४० प्रतिशत र प्रत्येक सङ्घीय राज्यको राष्ट्रियसभामा सदस्यको आठ स्थानमध्ये न्यूनतम तीनवटा महिला सदस्यको सिट संविधानमा सुरक्षित गरिएको जानकारी गराउनुभयो ।
राष्ट्रिय एकता खलबलिएको चर्चा गर्दै महामन्त्री सिटौलाले मुलुकमा राजनीतिक स्थायित्वका साथै राष्ट्रिय एकता कायम गर्न सकिएन भने संविधान कार्यान्वयनमा जटिलता आउनसक्ने चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले दिगो शान्ति, सुशासन, विकास र आर्थिक प्रगति गरी समृद्ध राष्ट्र बनाउनका लागि सबै दललाई लिएर नेपाली काँग्रेसले अग्रणी भूमिका निर्वाह गर्नुपर्ने धारणा प्रकट गर्नुभयो ।
नाकाबन्दीले गर्दा मुलुकलाई धेरै क्षति पुगेको उल्लेख गर्दै महामन्त्री सिटौलाले दुःख सहने र दुःखमा विचलित नहुने क्षमता हामी नेपालीमा रहेकाले यस्ता समस्या धेरै दिन नरहने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल–भारतबीच रहेको विशिष्ट सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन नेपाली काँग्रेसले अगुवाइको भूमिका निर्वाह गर्नुपर्दछ , महामन्त्री सिटौलाले भन्नुभयो, “दुवै देशका जनता-जनताबीचको सम्बन्धका साथै आर्थिक, सामाजिक र सांस्कृतिक सम्बन्ध रहेकाले यसलाई अझ बलियो बनाउनु पर्दछ ।”
नेपाल महिला सङ्घ मोरङकी अध्यक्ष शान्ता पौडेलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाली काँग्रेस मोरङका सभापति एवम् सांसद अमृत अर्याल, सांसद डिकबहादुर लिम्बूलगायतले आ–आफ्ना धारणा प्रकट गर्नुभएको थियो ।
dainiknepal
काभ्रे, मंसिर २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहयोग गरे सरकार आफ्नै तालमा अगाडि बढ्ने बताएका छन् ।

नेकपा एमाले काभ्रेको नवौं जिल्ला अधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गैरजिम्मेवार बन्न थालेको भन्दै उसलाई अब धेरै समय कुरेर बस्न नसक्ने स्पस्ट पारे ।

उनले कांग्रेसले असहयोग जारी राखे सरकार आफ्नै गतिमा अघि बढ्ने र अवरुद्ध संसद पनि खुलाउने दाबी गरे ।

पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक संसदबाट पास भएपछि संविधान संशोधनको प्रक्रिया पनि सुरु हुने उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले संविधानका बारेमा तराईका जनतामा परेको भ्रम चिर्न सरकारले अभियान सुरु गरिसकेको पनि बताए ।

उनले सरकारले विकास निर्माणका कामलाई पनि प्राथमिकतामा राखेको भन्दै हावा र सोलारबाट बिजुली निकालेर भएपनि एक वर्षभित्र देशलाई लोडसेडिङमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
imagekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुनसरी, मंसिर २६ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले भारतको अघोषित नाकाबन्दीविरुद्ध कार्यकर्ता परिचालन गरी प्रतिबाद गर्ने चेतावनी दिएका छन् ।

सुनसरीको इटहरीमा शनिबार सन्चारकर्मीहरुसँग कुरा गर्दै उपाध्यक्ष गजुरेलले भारतले नेपालको जलस्रोतमाथि आँखा गाडेर नाकाबन्दी लगाएको आरोप पनि लगाए ।

‘कोसी, कर्णाली, सेती र अरुण नदी आफ्नो पक्षमा पार्न भारतले नेपालमाथि हस्तक्षेपकारी भूमिका खेलेर मधेस आन्दोलन सफल बनाउन नाकाबन्दी गरेको’ गजुरेलको दाबी थियो ।

उनले नेपालको आन्तरिक मामिलामाथि हस्तक्षेप नगर्न पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई चुनौती दिए ।imagekhabar
युक्रेन – शुक्रबार युक्रेनको संसदमा सत्ताधारी गठबन्धका सांसद्हरु एक अर्का विरुद्ध हात हालाहालको स्थितीमा उत्रिएका छन् । यहाँसम्मकी राष्ट्रपति पेट्रो पोरोशेन्को निकटका एक सांसद्ले प्रधानमन्त्री अर्सेनी यात्सेंइयुकलाई मञ्चबाट तानेर उठाएर फाल्न खोजे ।
संसद्मा यात्सेंइयुक आफ्नो संकटग्रस्त सरकारको बचाउ गर्दै थिए । त्यति नै बेला सांसद ओलेहा बर्ना मन्चमा चढे । उनले मन्चमै एउटा रातो गुलाब दिएर सरकारको कटाक्ष गरे ।
त्यसपछि उनले प्रधानमन्त्रीको कम्मर समाते । त्यसपछि उनले नै नै मन्चबाट उठाएर प्रधानमन्त्रीलाई तल ल्याए ।

सांसद्मा प्रधानमन्त्रीको पार्टीका सदस्य पनि उपस्थित थिए । उनीहरुले बर्नालाई तानेर पिट्न थाले ।
त्यसपछि राष्ट्रपति पोरासेन्का र प्रधानमन्त्री यात्सेंइयुकको गुटबीच हात हालाला सुरु भयो । दुई पक्षबीच केही समय हात हालाहाल भएपछि सबै सांसद फेरि आफ्नै कुर्सीमा फर्किए ।

यस घटनापछि युरोप समर्थित गठबन्धनमा बढेको विवाद सबैका सामू छर्लङ भएको छ । युक्रेनको सरकार गिर्न सक्ने अनुमान समेत लगाइएको छ । यस सरकारको समर्थन गर्ने पश्चिमा देशहरुले पनि सरकारले नातावाद र भ्रस्ट्राचारलाई प्रश्रय दिएको बताएका छन् ।
यात्सेंइयुक र पोरोसेन्को दुबै पश्चिमा देशको समर्थन हात पार्ने दौडमा छन् । २०१४ को फेब्रुअरी महिनामा मस्को समर्थित विक्टोर यानुकोविच सरकार हटेपछि यो होड अझै बढेको छ । तर गत वर्षदेखी नाटकिय रुपमा यि दुईको समर्थनमा कमी आएको छ । पोरोशेन्को गुटका प्रमुख युरी लत्न्सेले पत्रकार सम्मेलन गर्दै भनेका छन्–‘सदनभित्र मानसिक रुपबाट असन्तुलित मानिसहरुले उकास्ने कोसिस गरेका छन् । ओहेल बर्ना अघिल्लो पंक्तीमा बसेका थिए । उनी पुरै आवेगमा आए । तर उनले जे गरे , त्यसलाई हामी राम्रो मान्न सक्दैनौँ ।’

४१ वर्षीय यात्सेंइयुकसँग सवाल जवाफ हुदाँ संसद्मा हात हालाहाल भएको हो । यस्तो घटना हुनअघि प्रधानमन्त्रीले आफ्नो सरकारले हात पारेका उपलब्धिको साराशं बताइरहेका थिए । उनले सत्तामा बसेको एक वर्षपछि आफ्ना उपलब्धि सार्वजनिक गरेका हुन् । यता, विपक्षी पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव लगेका थिए ।
ratopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २६ मंसिर । नेपाल टेलिकमका रिचार्जमा अबको एक महिनासम्म बोनस पाइने भएको छ ।
ग्राहकलाई लक्षित गरी टेलिकमले मंसिर २७ गतेदेखि पुस ३० गतेसम्मका लागि एनटीसीका जीएसएम, सीडीएमए प्रिपेड सेवाका लागि रिचार्ज कार्ड र इलेक्ट्रोनिक रिचार्ज कार्डमामार्फत हुने रिचार्जमा बोनस दिने भएको हो ।
यो अवधिमा २ सय रुपैयाँ रिचार्ज गर्दा ५ प्रतिशत, ५ सय रुपैयाँ रिचार्ज गर्दा १० प्रतिशत र १००० रुपैयाँ रिचार्ज गर्दा ग्राहकले १५ प्रतिशत बोनस सेयर पाउने एनटीसीकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार एमपीओएस रिर्जाजमा १० प्रतिशत बोनस दिइने छ । ग्राहकलाई यो बोनस सुविधा अहिलेसम्मकै बढी भएको टेलिकमले जनाएको छ ।
dainiknepal
शनिबार, २६ मंसिर

मकवानपुर । उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापाले आफ्नो भारत भ्रमण पश्चात् देशका अन्य नाकाहरु सहज बन्दै गएको बताएका छन् ।
उनले अब एक दुई दिन भित्र्र वीरगञ्ज नाका पनि सहज हुने दाबी गरेका छन् । थापाले आफ्नो भारत भ्रमण निकै फलदायी भएको र परिणाम विस्तारै देखिन थालेको दाबी गमेत गरेका छन् ।
उनले वीरगञ्ज नाका खोल्ने पुर्व तयारी सुरु भैसकेकाले एक दुई दिन भित्रै त्यहाँ पनि सहज आवागमन हुने बताए । उपप्रधानमन्त्री थापाले आन्दोलनरत मधेसी मोर्चा पनि लचक भएर आएकाले एक दुई दिन भित्रै सकारात्मक सन्देश आउने बताए ।
मकवानपुरको हेटौंडामा शनिबार आयोसिजत पत्रकार सम्मेलनमा बोल्दै थापाले आन्दोलनरत मधेसी मोर्चालाई सकारात्मक ढंगले वार्तामा आउन आग्रह समेत गरे ।
गापाले मधेशी समुदायले राखेको जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्वको मागहरु लगभग पूरा भइसकेको भन्दै उनले सीमाकंनका विषयमा पनि सरकार सकारात्मक भएको बताए ।
उनले नयाँ संविधान सम्झौताको दस्तावेज भएकाले सबैको भावना समेटीएको र कसैको मात्रै जित नभएको बताए ।
nepalsandesh
शनिबार, २६ मंसिर
एजेन्सी । पेट्रोलियम पदार्थको माग विश्व बजारमा कम भएको भन्दै इन्टरनेसनल इनर्जी एजेन्सी (ओईईए)ले इन्धनको मुल्यमा भारी कटौती हुने बताएको छ ।
अमेरिकी मूल्य मापदण्ड दर प्रति ब्यारेलमा २१ सेन्टले कमीआई प्रति ब्यारेल ३६.५५ अमेरिकी डलरमा झरेको छ । यो मूल्य सन् २००९ मा विश्वभर फैलिएको आर्थिक मन्दी पछिकै सबैभन्दा कम मुल्य हो ।
आईईएको रिपोर्ट अनुसार पेट्रोलियम पदार्थको माग सन् ०१६ मा प्रतिदिन १.८ मिलियन ब्यारेल अमेरिकी डलरबाट १.२ मिलियन ब्यारेलमा झर्नेछ ।
पेट्रोलियम पदार्थ उत्पादन माग भन्दा बढी भएपछि मुल्यमा भारती कटौती हुन लागेको हो । प्रमुख पेट्रोलियम पदार्थ उत्पादक देशहरु इराक र इरानले अर्थतन्त्र उकास्न भन्दै उत्पादनमा बृद्धी गरेपछि मुल्य घटेको हो ।
nepalsandesh
काठमाडौं, मंसिर २६ । एसियन फुटबल महासंघ (एएफसी)ले निलम्बित नेपाली फुटबल खेलाडीले मिलेमतो (फिक्सिङ) गरेका अन्तर्राष्ट्रिय खेलको सूची सार्वजनिक गरेको छ ।

एएफसीको अनुशासन कमिटीले शनिबार म्याच फिक्सिङ प्रकरणमा आजीवन प्रतिबन्धमा परेका राष्ट्रिय टोलीका पाँच खेलाडीले मिलेमतो गरेको खेलको सूची सार्वजनिक गरेको हो ।

एएफसीका अनुसार नेपाली खेलाडीहरुले फिक्सिङ गरेका खेलमा सन् २००८ तथा २००९ मा भएको अफगानिस्तानविरुद्धको मैत्रीपूर्ण खेल, सन् २०११ मा फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल र सन् २०११ मै मलेसियासँग भएको २३ वर्षमुनिको मैत्रीपूर्ण खेल छन् ।

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान सागर थापासहित उपकप्तान सन्दीप राई, गोलरक्षक रितेश थापा, राष्ट्रिय टोलीका पूर्वखेलाडी विकाससिंह क्षेत्री र अन्जन केसीलाई म्याच फिक्सिङको आरोपमा प्रहरीले गत असोजमा पक्राउ गरेको थियो ।

विशेष अदालतमा राज्यविरुद्धको अपराधको अभियोगमा मुद्दा खेपिरहेका उनीहरु गत कात्तिक २४ गते धरौटीमा रिहा भएका थिए ।

केही दिनअघि मात्र एएफसीले खेल मिलेमतोमा संलग्न भएको भन्दै उनीहरुलाई आजीवन फुटबलसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको थियो । imagekhabar
शनिबार, २६ मंसिर
दिल्ली । भारतीय आयल कर्पोरेशनका एक जना हाकीमले अतिवादी संगठन आइएसलाई सहयोग गरेको आरोपमा पक्राउ परेका छन् ।
निगमका निर्देशक मोहम्मद सिराजुद्धीन अतिवादी संगठन आइएसको सहयोगि भएको आरोपमा भारतीय प्रहरीले पक्राउ गरेको हो । उनी आइओसीको बजार व्यवस्थापक पदमा कार्यरत थिए ।
उनले भारतीय मुश्लीम युवाहरुलाई आइएसको संगठनमा लाग्नकालागि विभिन्न प्रलोभन देखाएको र भारतमा आइएसको अखडा बनाउने कार्यमा सक्रिय भएको आरोपमा भारतीय प्रहरलिे नियन्त्रणमा लिएको हो ।
उनलाइ प्रहरलिे जयपुरस्थित कोठाबाट नियन्त्रणमा लिएको हो । उनले अनलाईनका माध्यमबाट आइएस विद्रोहीहरुलाई सहयोग गर्दै आएको खुलासा भएको छ ।
nepalsandesh
शनिबार, २६ मंसिर
इस्लामावाद। पाकिस्तानले आफ्नो सैन्य क्षमतालाई थप बलियो बनाउन मध्यम दूरीको बलिस्कि मिसाइल शाहिन–३ को सफल परीक्षण गरेको छ ।
यो मिसाइलले जमीनमा २ हजार ७ सय ५० किलोमिटरसम्म प्रहार गर्न सक्ने पाकिस्तानी अधिकारीहरुले  जनाएका छन्।
पाकिस्तानी सेनाले सो मिसाइलको सफल परीक्षण गरेको जनाएको । रणनीतिक योजना विभागका निर्देशक लेफ्टिनेन्ट जनरल मजहर जमिलले शाहिन–३ को परीक्षण गरेर आफ्नो मुलुकले निकै ठूलो सफलता प्राप्त गरेको बताए। मिसाइलको सफल परिक्षण गरिएपनि  पाकिस्तान सधै शान्तिपुर्ण सह अस्तित्वमा विश्वास राख्ने र हाम्रो यो कदमले दक्षिण एसियामा रणनीतिक स्थिरता आउने जमिलले  दाबी गरेकाछन् ।
यो परिक्षण सम्पन्न गर्ने सेनाका वैज्ञानिक र इन्जिनियर्सलाई पाकिस्तानका राष्ट्रपति ममनुन हुसेन र प्रधानमन्त्री नवाज शरिफले  बधाइ दिएका छन्।
nepalsandesh
शनिबार, २६ मंसिर
प्रचण्डको प्रस्ताव हात्ती आयो फुस्सा, एमाले संगको एकता नारायणकाजीले रोके, चीन भ्रमण काण्डमा प्रचण्डको हात, मन्त्रीहरुको प्रचण्ड निवासमा दैनिक हाजीरी, वोगटी आयोग र शेरचन आयोगका रिपोर्टहरु पेश भएनन्

वावुराम र उनी निकटका केही केन्द्रिय सदश्यहरुले पार्टी परित्याग गरेपछि प्रचण्डले वोलाएको केन्द्रिय समितिको वैठकमा प्रचण्डले केही नयाँ नीतिको प्रस्ताव गर्ने अपेक्षा विपरित प्रचण्डले पेश गरेको प्रस्ताव हात्ती आयो फुस्सा मात्र रहेको गुनासो केन्द्रिय सदश्यहरुले गरेका छन् ।
वावुरामको पार्टी परित्याग पछि कार्यकर्ता र समर्थकहरुमा देखा परेको अन्यौलता र निराशा कसरी चिर्ने भन्ने ठोस नीति प्रचण्डले दिन नसकेको केन्द्रिय सदश्यहरुको भनाई रहेको छ ।
पार्टीमा गुटवाद र अराजकता, गैर सर्वहारा आचरण, नेताहरुको वर्ग उत्थान आदि समस्याहरु गम्भीर रुपमा देखा परेको कुरा प्रचण्डको प्रतिवेदनमा स्वीकार गरे पनि त्यसको समाधानको ठोस र वैज्ञानिक उपाय प्रचण्डले दिन नसकेको केन्द्रिय सदश्यहरुको आरोप छ ।
पार्टी भित्रको आर्थिक भ्रष्टाचार र वर्ग उत्थानको विषयलाई लिएर विगतमा वनेका वोगटी आयोग र शेरचन आयोगका रिपोर्टहरु अहिले सम्म केन्द्रिय समितिमा समेत पनि प्रचण्डले पेश गरेका छैनन् । यति पनि नगर्ने प्रचण्डले अरु पाखण्डि कुरा गरेर अलमल्याउन खोजेको आरोप केन्द्रिय सदश्यहरु र कार्यकर्ताहरुको छ ।
“लम्पट सर्वहारावाट ठुला दलाल पूजीपति बनेका महाभ्रष्टाचारी प्रचण्ड स्वयम् हुन्, उनले अरुलाई कसरी सर्वहारा वनाउन सक्दछन् ?”–एक केन्द्रिय सदश्यले भने “उनले अहिले सम्म केन्द्रिय समितिमा हिसाव पेश गरेका छैनन् । माओवादी जनसेनाको शिविरमा सरकारले दिएको अरवौं रुपैयाँको हिसाव पनि पार्टीमा पेश गरेका छैनन् ।”
एमाओवादीमा अहिले मन्त्री हुन पाउने र मन्त्री हुन नपाउने विच लडाईं शुरु भएको छ । मन्त्री हुन नपाउनेहरुले मन्त्री भएकाहरुलाई सके सम्म खुइल्याउने गर्न थालेका छन् । यसो गरेर भएका मन्त्रीलाई फिर्ता वोलाएर आफु मन्त्री बन्न जाने दाउमा उनीहरु रहेका छन् ।
मन्त्री भएकाहरुले पनि परिणाम आउने गरि र जनताको हित हुने गरि काम गर्न नसकेको यथार्थलाइ ध्यानमा राखेर प्रचण्डले एमाओवादीले पाएका मन्त्रालयहरुमा गर्न पर्ने कामको ठोस नीति र योजना पनि नल्याएको आरोप  केन्द्रिय सदश्यहरुले लगाएका छन् ।
प्रचण्डले नै मन्त्रीहरुलाई दैनिक हाजीरी लगाएर फलानाको यसो गरिदिनु र फलानोको उसो गरिदिनु भन्दै पार्टी हेडक्वाटरमा “ब्रिफकेश चन्दा” बुझाएकाको काम गर्न दवाव दिने र मन्त्रीहरुलाई ठोस नीति र योजना नदिएर दोष जति मन्त्रीको थाप्लोमा राखेर आफु पन्छिन थालेको वताइन्छ ।
एमाओवादी मन्त्रीका एक पि ए भन्छन् –“प्रचण्ड कामरेडले दिनमा एक पटक कम्तिमा र कहिले काहिँ त दिनमा तीन पटक सम्म पनि लाजिम्पाटमा मन्त्रीहरुलाई हाजीरी लगाउनु हुन्छ । अनि कहिले काहिँ नारायणकाजी कामरेडले पनि हाजीरी लगाउनु हुन्छ । प्रचण्ड संग नसोधी मन्त्रीहरुले एउटा फाइलमा पनि सहि गर्नु हुन्न । यसरी मन्त्रीहरुले कसरी काम गर्न सक्छन् ?”
प्रचण्डकै परिवारका सदश्यले भनेपछि प्रचण्डकी नातिनीलाई चीन भ्रमण दलमा राखेकोमा दोष जति गृहमन्त्रीलाई दिएर प्रचण्ड पन्छिन खोजेको वताइन्छ । संचार माध्यमहरुमा कुरा आएपछि पनि प्रचण्डले आफ्नी नातिनीलाई भूकम्प पीडितको कोटामा चीन पठाउन नरोकेकोले प्रचण्ड पनि चीन भ्रमण काण्डमा चोखो नरहेको वताइन्छ ।
एमाओवादी अहिले सरकारमा नभएको भए विघटनको सँघारमा पुगीसकेको हुन्थ्यो भन्ने कार्यकर्ताहरु धेरै छन् । तर सरकारमा भएपनि झन खान पाउने र नपाउनेका विच मारामारी शुरु भएको छ । तलका कार्यकर्ता र समर्थक मतदाताहरुमा अहिले तीब्र निराशा छाउन थालेको वताइन्छ ।
केही समय अगाडि प्रचण्ड र ओली विच पार्टी एकताको विषयमा गम्भीर कुरा भएपनि अहिले त्यो कुरामा ब्रेक लागेको समाचार श्रोतले जानकारी दिएको छ । अहिले नारायणकाजीले एमाले संगको एकतामा गम्भीर असहमति राखेकोले प्रचण्डले हिम्मत गर्न नसकेको श्रोतको दावी छ ।
सानो पार्टी वनाएर पनि राजनैतिक मध्यस्थकर्ता भएर फाइदा लिन सिपालु नारायणकाजीलाई एमाले एमाओवादी विचको एकताले व्यक्तिगत फाइदा नदिने भएकोले उनले एकता विथोल्न लागेको वताइन्छ ।
प्रचण्डका सामु राजनैतिक रुपमा दुई वाटाहरु छन्– पहिलो, एमाले संग एकता गर्ने र आगामी चुनावमा बहुमत सहित वामपन्थी सरकार वनाउने । दोश्रो, वामदेव नेतृत्वको मालेले जस्तै एमाले हराउने र आफु पनि हार्ने र एमाओवादीलाई विघटनको स्थितिमा पु¥याउने । अर्को क्रान्तिको वाटोमा प्रचण्ड जाने छैनन् भन्ने पक्का भैसकेको छ ।
अर्को चुनाव सम्ममा प्रचण्डले यस्तै स्थितिमा एमाओवादीलाई राख्न खोजे पनि एमाले र विप्लव माओवादीको चेपुवामा परेर एउटा वाटो लिन वाध्य हुने पर्यवेक्षकहरुको विश्लेषण रहेको छ ।
एमाले भन्दा भिन्न राजनीति देखाउन नसके पछिको स्थितिमा प्रचण्डको राजनीति या त एमाले संगको एकतामा गएर टुंगीने अथवा चुनावमा अहिलेको भन्दा पनि थोरै सीट मा चित्त बुझाएर वस्न वाध्य हुने सम्भावना वढ्ने छ ।
एमालेको मत एमाओवादीले काट्ने र एमाओवादीको मत वावुरामले काट्ने गरेर आगामी चुनावमा कांग्रेश र राप्रपा तथा क्षेत्रीय दलहरुको वहुमत आउने सम्भावना वढ्ने छ ।
तर एमाले र एमाओवादी विच पार्टी एकता भएमा फेरी पनि वामपन्थी वहुमतको सरकार वन्ने सम्भावना रहने छ ।
nepalsandesh
महेन्द्रनगर (धनुषा), २६ मङ्सिर । नयाँ संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसी मोर्चा आन्दोलनमा होमिएको शनिबार चार महिना पुग्दैछ । साउन ३० गतेदेखि सुरु भएको आन्दोलन चार महिनामा प्रवेश गर्दा धनुषा, महोत्तरीसहित मध्य तथा पूर्वी तराई–मधेसका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ ।
महिनौदेखि जारी आन्दोलनले देश अस्तव्यस्त बने पनि समाधानका लागि गरिएका वार्ता र पहल सार्थक नहुँदा चार महिनादेखि आन्दोलन गर्दै आएका मोर्चाका स्थानीय नेता कार्यकर्तामा निरासापन छाउँदै गएको देखिन्छ ।
महोत्तरीको भिट्ठामोड नाका, धनुषाको जटहीनाका, सर्लाहीको मलङ्गवा-सोनवर्सा नाका अवरुद्ध पारेर २४ सैघण्टा धर्ना बसेका मोर्चाका कार्यकर्ता राज्यले मागप्रति चासो नदेखाउँदा आन्दोलन कति दिनसम्म गरिरहने भनेर दिक्क भएको बताउँछन् ।
आन्दोलन उचाईमा पुगेको बेला यि नाकाहरु अवरुद्ध पारेर धर्ना भएको थियो । महिनौँंसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाई नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब दुई सातादेखि अनुपस्थित देखिएका छन् ।

त्यहाँ अहिले उनीहरूको धर्ना छैन, यता मधेसी मोर्चाका शीर्ष तीन नेताको गृह जिल्ला सर्लाहीको मलङ्गवा–सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई –मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् ।
अहिले जनकपुरको बजार पनि खुल्न थालेको देखिन्छ भने राजमार्ग आसपासका क्षीरेश्वरनाथ नगरपालिका, मिथिला नगरपालिका, धनुषाधाम नगरपालिका, गणेशमान चारनाथ नगरपालिकासहितका प्रायः ठाउँका बजार, शिक्षण संस्था पूर्णरुपमा सञ्चालन भएका छन् ।
यति लामो आन्दोलन हुँदा पनि माग सुनवाई नभएपछि धेरै साथी निराश भएर आन्दोलनमा आउन छाडेको आन्दोलनकारीले बताउन थालेका छन्, भने आमजनता पनि बन्द, हडतालदेखि आजित भएका छन् ।
यतिखेर निर्वाधरुपमा यातायात सञ्चालन नहुँदा बजार खुलेपनि महँगीसँगै तराईमा व्यापक कालोबजारी भइरहेको छ । किसानले खेत जोत्न नपाएर गहुँ, मसुरो र तेलहन बालीसमेत समयमा लगाउन पाएका छैनन् ।
आन्दोलनले किसानलाई ठूलो सङ्कटमा पारेको महेन्द्रनगरका किसान रामदेव यादवले बताउनुभयो ।
यद्यपि मोर्चा सम्बद्ध केही नेताले किसानको व्यस्तता र एक्कासि चिसो बढेका कारण सीमा नाकामा आन्दोलनमा उपस्थिति कम भएको बताउँछन् ।
मुख्य नाका ठप्प पारेर मोर्चाले धर्ना दिएपछि छोटी नाकाबाट भने व्यापक तस्करी भइरहेको आन्दोलनकारी स्वयम्ले स्वीकारेका छन् ।
ती नाकाबाट भइरहेको डिजेल, पेट्रोल, कपडा, खाद्यान्नलगायतका तस्करी भइरहेको छ । हिजोआज धर्नामा बस्नेको सङ्ख्या र उत्साहमा व्यापक कमी आएको मोर्चाकै नेता स्वीकार गर्छन् ।
dainiknepal
शनिबार, २६ मंसिर

नयाँदिल्ली। जापानी प्रधानमन्त्री सिन्जो अबे र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी बिच भेटवार्ता भएको छ ।
भेटवार्तामा भारत जापान बिचको सम्बनधमा थप सुधार गर्ने बिषयमा छलफल भएको छ ।
भारत र जापान बिच बहुप्रतिक्षित बुलेट ट्रेन परियोजनामा सम्झौता भएको छ ।
दिल्लीको हैदराबाद हाउसमा प्रधानमन्त्री मोदी र जापनका प्रधानमन्त्री अबे बिच बुलेट ट्रेन समझौतामा हस्ताक्षर गरेका छन् ।
बुलेट ट्रेन परियोजनाको लागि जापानले १२ अरब ऋण उपलब्ध गराउने भएको छ । जसको जम्मा ०.१ प्रतिशत ब्याजदर मात्र दिनु पर्ने छ ।

यसैगरी रक्षा उपकरणमा सैन्य परमाणु सम्झौतामा पनि हस्ताक्षर भएको भारतिय सञ्चार माध्यमले जनाएका छन्।
nepalsandesh
मुस्ताङ, २६ मङ्सिर । बेनी–जोमसोम सडकखण्डको स्तरोन्नतिका लागि चिनियाँ पक्षले चासो दिएका छन् ।
नेपाली सेनाले ट्र्याक खोलेर २०६७ सालमा सडक विभागलाई जिम्मा दिएको ७२ किलोमिटर उक्त सडकखण्डको मर्मतसम्भार र कालोपत्रे गर्न चिनियाँ पक्षले चासो देखाएका हुन् ।
तिब्बतसँग सीमा जोडिएको कोरला नाकासम्म कालीगण्डकी करिडोरअन्तर्गत सडक मार्गको पहुँच पुगेपछि चिनियाँ पक्षले नेपाल सरकारसमक्ष यस्तो चासो देखाएको बताइएको छ । सरकारले चिनियाँ पक्षलाई सडकको विस्तृत अध्ययनका लागि अनुमति दिएको सडक विभागले जनाएको छ ।
सडक विभागका दुईसहित आठ जना चिनियाँ इञ्जिनियरको टोलीले सडकको विस्तृत अध्ययन गरेको जिल्ला विकास समितिका इञ्जिनियर सकलदेव शर्माले जानकारी दिनुभयो ।
दुई देशलाई जोड्ने सडक जीर्ण हुँदा कोरला नाका सञ्चालन गरिएपनि तत्काल आयात–निर्यातको काम गर्न सम्भव छैन । व्यवस्थापिका–संसद्को विकास समितिले हालै गरेको कोरला नाकाको स्थलगत भ्रमणपछि सरकारलाई बुझाएको प्रतिवेदनमा पनि सडकको स्तरोन्नतिलाई पहिलो प्राथामिकता दिइएको छ ।
बेनी–जोमसोम, जोमसोमदेखि कोरला जोड्ने सडकलाई विशेष तरिकाले मर्मतसम्भार गरिनुपर्ने समितिले निष्कर्ष निकालेको थियो । “चिनियाँ पक्षको सडक चासो धेरै पहिलादेखिको हो, अहिले उनीहरुले विस्तृत अध्ययन थालेका छन्”–इञ्जिनियर शर्माले भन्नुभयो, “सरकारले अनुमति दियो, चीन सरकार तयार देखिएको छ ।”
विभिन्न स्थानमा पहिरो जाने र सडक भासिने समस्याले वर्षको दुई महिना बेनी–जोमसोम सडक अवरुद्ध हुँदै आएको छ ।
dainikne
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home