• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

सप्तरी । सप्तरीको भारदह र रुपनीमा २ प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनकारीले राजविराज जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनी गरेका छन् ।
यस्तै उनीहरु रुपनी मोडमा रहेको प्रहरी चोकीमा आगजनी गरेका छन् । पर्दशनकारीले प्रहरीले लगाएको कफ्युलाई तोड्दै प्रहरीको गाडी र प्रहरी चौकीमा आगजनी गरेका छन् ।
तोडफोडमा उत्रिएका आन्दालनकारी र प्रहरी बिच झपड भएको छ झडपमा आधा दर्ज प्रदर्शनकारी घाइते भएका छन् ।
nepalsandesh
काठमाडौं, ६ मंसिर । व्यवस्थापिका संसदको आजको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।
आन्दोलनरत थारु र मधेसवादी दलका सांसदहरुले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग मिलेर नाराबाजी गर्दै बैठकमा अवरोध गरेपछि संसदको कामकारवाही अगाडी बढ्न नसकेको हो ।
करिब २५ मिनेट नाराबाजीपछि सभामुख ओनसरी घर्तीले मंसिर १० गतेसम्मका लागि संसदको कामकारवाही स्थगित भएको घोषणा गरिन् । संसदमा थारु र मधेससहित ८ दलका सांसदले नाराबाजी तथा रोष्टम घेराउ गरेका थिए ।
आजको बैठकमा कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल बोलका थिए । उनी बोलिसक्ने वित्तकै विरोध सुरु भएको थियो ।
अब अर्काे बैठक मंसिर १० गते ११ बजे बोलाइएको छ ।
थारु र मधेसीका माग सम्बोधन गर्न माग गर्दै ८ वटै दलले संसद अवरुद्ध पारेका हुन् । कांग्रेसले पनि थारु र मधेसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन संसद बैठक अवरुद्ध पारेको हो ।
dainiknepal
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराईमा जारी आन्दोलनका नाममा आन्दोलनकारीकै संरक्षणमा तस्करी मौलाएको आरोप लगाएका छन् ।
व्यवस्थापिका संसदको आइतबारको बैठकमा बोल्दै नेता पौडेलले तस्करीलाई प्रोत्साहन दिने तर विरामी बोकेको एम्बुलेन्समा आक्रमण गर्ने गरेको भन्दै ‘मधेसका आन्दोलनकारी हुन कि तस्करकारी हुन ?’ भन्ने प्रश्न गरे ।
उनले संविधान संशोधन प्रक्रिया रोकिएकोमा आपत्ति जनाउँदै तत्काल प्रक्रिया अघि बढाएर देशलाई निकास दिन सरकारको ध्यानाकर्षण गराए ।
पौडेलले सहमतिबाटै अघि बढ्ने प्रतिबद्धता विपरित सरकारले अघिल्लो सरकारका सबै निर्णयहरु उल्टाएको भन्दै आक्रोश पोखे ।
पौडेलले देश अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै मधेसवादी दलहरुले संसद बैठकलाई सुचारु गराएर संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सहयोग गर्नुपर्ने बताए ।
देशमाथि भइरहेको नाकाबन्दीले देशको अर्थतन्त्र तहसनहस बन्दै गएको भन्दै उनले नाकाबन्दीले नेपालको आत्मासम्मानमा ठेस पुगेको बताए ।
nepalsandesh
काठमाडौं । राजमार्ग अबरुद्ध पार्न खोज्ने मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिवार राती सप्तरीको मा भएको झडपका क्रममा दुईजना आन्दोलनकारीको मृत्यु भए पछि मेधशी मोर्चाले आफ्नो प्रदर्शनलाई उग्र बनाएको छ ।

पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो।

सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।
उक्त घटना पछि आइतवार बिहानै देखि सिरहाको लहानसहितका स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । सप्तरी घटनालगत्तै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

बजार, पसल पूर्णरुपमा बन्द छन् भन्ने प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मोटरसाइकलमा आगजनी

त्यस्तैआन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा पलस र मोटरसाइकलमा आगो लगाएर जलाएका छन् ।

गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स४प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले आगो लगाएको प्रहरीले जनाएको छ ।  आगलागीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबीच राती १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजमार्गको भारदह र रुपनीमा सुरु भएको झडप अहिले पनि जारी नै रहेको छ ।  सो क्षेत्रमा अहिले पनि झडपसँगै अवस्था तनावग्रस्त रहेको बताइएको छ ।

गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स ४ प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले आगो लगाएको प्रहरीले जनाएको छ ।  आगलागीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

यसैबीच राती १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजमार्गको भारदह र रुपनीमा सुरु भएको झडप अहिले पनि जारी नै रहेको छ ।

सो क्षेत्रमा अहिले पनि झडपसँगै अवस्था तनावग्रस्त रहेको बताइएको छ ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
नेपालगन्ज, ६ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताको जीउधनको सुरक्षा र उनीहरुको अधिकार संरक्षण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “सरकारले कसैलाई काखा, कसैलाई पाखा होइन समान दृष्टिकोणवाट हेर्ने गरेको छ, उनीहरुको सुरक्षामा आँच पु¥याउने काममा दखल दिनेमाथि कडा कारबाही हुन्छ ।”
नेपालको संविधान विश्वका प्रजातान्त्रिक मुलुकका संविधानको उच्च सूचीमा पर्ने तर्क प्रस्तुत गर्दै मन्त्री बस्नेतले तर पनि कसैलाई संविधानको केही विषयवस्तुमाथि विमति छ भने शान्तिपूर्ण माध्यमबाट जायज माग सम्बोधन गर्न सकिन्छ भन्नुभयो ।
नाकाबन्दी गरेर आम नेपाली जनताको दैनिकी कष्टकर बनाउने, ओखतीमूलोमा आगजनी गर्ने, आन्दोलनमा सरिक नभएका राजनीतिक दलका नेता कार्यकर्ताको घरमा आगजनी गर्ने, जनताको आवतजावत अवरुद्ध पार्ने अवस्थालाई टुलुटुलु हेरेर बस्न सरकार सक्दैन भन्नुभयो ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले नाकाबन्दी भारतले लगाएको हो वा होइन यो भनिरहनु पर्दैन, जगजाहेर भएकै कुरा हो, सबै सीमानाकामा आन्दोलनकारीको धर्ना नभएको अवस्थामा पनि आपूर्ति सहज नहुनाले पनि त्यो कुरालाई प्रष्ट पार्छ भन्नुभयो ।
गृहमन्त्री बस्नेतको थप भनाइ थियो आपूर्ति असहज भएको अवस्थाको फाइदा उठाएर कालोबजारी गर्नेलाई नियन्त्रण गर्न सरकारका सबै निकायलाई सक्रिय बनाइएको छ, त्यस्ता कालोबजारीयालाई कानुनअनुसार दण्ड दिइनेछ ।
dainiknepal
आइतबार, ६ मंसिर

एजेन्सी ।  विवाहको निर्णय गर्न केटा र केटी दुबै जनाको लागि एक महत्वपुर्ण कुरा हो । बिवाहको लागि दुबैले आफनो आफनो सपनाको राजकुमार र राजकुमारीको बारेमा धेरै सोच्ने गरेको पाइन्छ ।
पुरुषहरु आफनो सपनाको राजकुमारीको बारेमा सोच्दछन त्यसरी नै युवतीहरुले पनि आफनो ड्रिम ब्यायको यस्तो होस भनेर कल्पना गरेका हुन्छन  । धेरै युवतीहरुले आफनो ड्रिम ब्यय यस्तो होस भन्ने चाहना राख्ने गरेको पाइएको छ ।
१.युवतीहरु जुन पुरुषलाई चाहन्छन् जुन पुरुष आर्थिक रुपमा सम्पन्न होस । उनीहरुको पहिलो प्रथामिकता उसको साथी आर्थिक रुपमा सम्पन भएको खण्डमा आफु सुरक्षित हुने महसुस गर्दछन् ।
२.युवतीहरु चाहन्छन उसको ड्रिम व्याय आकर्षण व्याक्तित्व होस जसको कारण सबैलाई आफनो श्रीमानको भनेर परिचय गराउन सहज होस ।
३.धेरै युवतीहरु चाहन्छन उनको हुनेवाला पुरुष श्रीमान भन्दा पनि एक असल साथिको रुपमा होस जसले गर्दा आफनो सानो समस्या पनि उसको सामु प्रस्तुत सजिलो हुन्छ ।
४.युवतीहरु आफनो ड्रिम ब्याय रोमान्टिक र केयरिङ होस र उनीहले आफनो निरन्तर केयरिङ गरि रहेको हेर्न चाहन्छन् ।
५.युवतीहरु चाहछन उनको ड्रिम ब्याय परिपक्क र सदा बिश्वास गर्ने चाहना उनीह्मा रहेको हुन्छ ।
६.युवतीहरु आफनो ड्रिम ब्यायसंग बराबर हक चाहना राखेका हुन्छन उनीहहरु कुरामा मात्र होइन व्यावहारमा समेत बराबरको देखाउन प्रति उनीहरुको धेरै चाहेका हुन्छ ।
nepalsandesh
काठमाडौं, ६ मंसिर । नेपाली जनता दलका अध्यक्ष एवम् सांसद हरिचरण साहले आफूविरुद्ध भएको दुर्व्यवहार र कुटपिटका सम्बन्ध तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)सहित मधेसी मोर्चाका नेताहरूविरुद्ध ज्यान मुद्दा दर्ता गराउने बताउनुभएको छ ।
अध्यक्ष साहले विज्ञप्ति जारी गरेर मधेसी मोर्चा र विशेष मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आफूमाथि अभद्र व्यवहार गरी ज्यान लिने कार्य गरेको दाबी गर्नुभएको छ । उहाँले विशेष गरेर तमलोपा र सद्भावना पार्टीका नेताहरूले आफ्नो ज्यान लिन खोजेको आरोप लगाउनुभयो ।
विगत तीन महिनादेखि तराई मधेसमा जारी आन्दोलनलाई समथर्न गर्दै आउनुभएका नेपाली जनता दलका अध्यक्ष एवम् सांसद साहमाथि मधेसी मोर्चाका कार्यकर्ताले रौतहट जिल्लामा सांघातिक आक्रमण गरेका थिए । उनीहरूले साहलाई कालोमोसो लगाइदिएपछि विवादले झन् उग्ररुप लिएको छ ।
दलका अध्यक्ष एवम् सांसद साहलाई तमलोपाका रौतहट जिल्लाका नेता अनिल सिंह, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, संघीय समाजवादी फोरमका किशोरी यादवलगायतको नेतृत्वमा रहेको संगठित समूहले एक्कासि भौतिक आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । सो समूहले सांसद साहको सवारी साधनमाथि समेत तोडफोड गरी क्षतिग्रस्त बनाएका छन् ।
गौरस्थित एक एफ.एम. रेडियोमा अन्तर्वार्ता दिएर निस्कने क्रममा १०/१२ जनाको समूहले मंसिर ३ गते बेलुका कालोमोसो लगाउनुका साथै साहलाई कुटपिट गरेको थियो । सिंहसहितको समूहविरुद्ध ज्यान मुद्दा दर्ता गराउन लागेको अध्यक्ष साहले दैनिकले नेपाल डटकमलाई जानकारी दिनुभयो ।
अध्यक्ष साहको गृह जिल्ला सर्लाहीको अर्नाहा गाविस हो । आफू मधेसी भएको र मधेसी जनताको मागलाई लिएर वर्षौँदेखि आन्दोलनमा रहेका बेला मित्रशक्ति मधेसी मोर्चाले आफूमाथि सांघातिक आक्रमण गरेको साहको आरोप छ । साहले मधेसी मोर्चाका नेताहरूविरुद्ध रौतहट जिल्ला प्रशासन कार्यालयमा ज्यनमुद्दा दर्ता गराउनु हुनेछ ।
‘मित्रशक्ति नचिन्ने पनि मधेसी नेता कसरी हुन्छन् ?’, उहाँले भन्नुभयो, ‘महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवलाई यस विषयमा जानकारी गराई सकेको छु ।’ यद्यपि मधेसी मोर्चाका नेताहरूले साहलाई कुटपिट र कालोमोसो दलेको विषयमा आधिकारिक रुपमा केही बताएका छैनन् ।
………
प्रेस विज्ञप्ति
मितिः २०७२/०८/०४
विषयः दलका अध्यक्ष तथा सांसद हरिचरण साह माथि भएको आक्रमणको विरोध तथा भत्र्सना
यस दलका राष्ट्रिय अध्यक्ष तथा सांसद मा.हरिचरण साहज्यू नयाँ संविधान लिएर तराइ मधेशका जनताहरुसँग अन्तक्र्रिया गर्ने र देशको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने उद्धेश्यसाथ यहि मिति २०७२/०७/२८ गते बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लाहरुको भ्रमणमा दलका अन्य नेताहरुको साथमा निस्कनु भएको थियो र सो क्रममा उल्लेखित जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न गरी यही मिति २०७२/८/३ गते साँझ रौतहट जिल्लाको सदरमुकाम गौरस्थित रेडियो संस्कृतिको मधेश बहस कार्यक्रममा अन्तर्वार्ता दिएर बाहिर निस्कने क्रममा सोही रेडियो प्रांगणमा ढुकेर बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला नेताहरु – तमलोपाका नेता अनिल सिंह, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, संघीय समाजवादी फोरमका किशोरी यादव लगायतको नेतृत्वमा रहेको संगठित समूहले एक्कासी साहज्यू माथि भौतिक आक्रमण गरेको र उहाँको सवारी साधनमाथि समेत तोडफोड गरी क्षेतिग्रस्त बनाएको दुखद घटनाप्रति यस दलको गम्भीर ध्यानाकर्षण भएको छ ।
तराई मधेशको सर्लाही जिल्लाको नेपाल भारत सीमाको अर्नाहा गाविस निवासी साहज्यूले २०५१ सालदेखि नै देशमा रहेको विभेद र क्षेत्रीय असामनता, परम्परागत एकात्मक शासन प्रणालीले गरेका असमान ब्यवहारको विरुद्धमा संघर्षको लागि गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, राज्यका सम्पूर्ण निकायमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक सहभागिताको ग्यारेण्टी लगायतको मुद्धा लिएर नेपाली जनता दल मार्फत संघर्ष गर्दै आइरहनु भएको छ । २०६४ को पहिलो संविधान सभामा यस दलले तराई मधेशमा २ र पहाडमा ५ गरी जम्मा ७ प्रदेशको राज्य पुनर्संरचनाको खाका पेश गरेको थियो र यसमा अडान राख्दै आएको थियो । दोश्रो संविधान सभामा पनि यस दलले आफनो पुरानै अडान कायम राख्दै आएको छ ।
दोश्रो संविधान सभामा ठूला दलहरुले आफ्नो संख्यागत आधारमा संविधान घोषणा गरे पनि यस दलका सांसदज्यूले सो लाई अपूरो भएको र यसले देशको सबै भाग र जनताको चाहना समेट्न नसकेको भन्दै यसलाई संशोधन मार्फत तत्काल पूरा गर्नुपर्छ भन्दै इतिहास मै पहिलो पटक संविधान संशोधनको लागि गैर सरकारी विधेयक दर्ता गराउनु भएको छ र सो विधेयक तत्काल पारित गरी हालको मधेशी जनताको माग सम्बोधन गर्नुपर्छ भन्दै संसदमा समेत आन्दोलन गरी रहेको सर्वविदितै छ ।
तर यसरी पीडित जनताहरुको आवाज सुन्न र छलफल गर्न जनताको घरदैलोमा पुगेको बेला नियोजित रुपमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिम्मेवार पदाधिकारीहरुबाट औपचारिक रुपमा गरिएको माननीय सांसद तथा यस दलका राष्ट्रिय अध्यक्षमाथि गरिएको यो संघातिक आक्रमण पूर्णरुपमा मोर्चाको ठाडो दादागिरी र अरुको अस्तित्व स्वीकार गर्न नसक्ने निरंकुश जिमिदारी प्रवृत्तिको प्रस्फुटन हो भन्ने यस दलको ठम्याइ रहेको छ ।
लोकतन्त्रमा सबैले आफनो विचार सम्प्रेषण गर्न पाउँछन तर विचार कै विरुद्धमा गरिएको यस कार्यले मोर्चा कति अलोकतान्त्रिक रहेछ र सामन्तवादी रहेछ भन्ने प्रष्ट पारेको छ । यो क्रियाकलाप पुर्ण रुपमा मधेशी जनताको भावनालाई कुल्चने र मधेशलाई बन्दी बनाउने ठेकेदारी कार्य हो भन्ने प्रष्ट भएको छ । यसबाट आन्दोलनमा मोर्चासँगको सहकार्यमा समेत गम्भीर असर पुग्ने सम्भावना देखिएको छ । मित्रशक्ति र शत्रुशक्ति चिन्न नसक्नुले मोर्चालाई गम्भीर घात हुनेछ ।
अतः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यस घटनाका सम्बन्धमा तत्काल सार्वजनिक रुपमा माफी मागी घटनामा संलग्न ब्यक्तिहरुलाई तुरुन्त कानूनी कारवाही गर्नगराउन यस दल आग्रह गर्दछ ।
दिपक राज पाण्डे
महासचिव
मा. हरिचरण साहज्यूबाट घटना पश्चात तत्काल प्राप्त सन्देशः
मधेशियों को पत्र
“आदरणीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाके आप सभी दलके अध्यक्ष एवं संसदीय दलके नेतृत्व करने वाले नेताओं से संविधान सभा संसद में प्रदर्शित भूमिका और मधेशी के साथ तमाम दलित आदिवासी जनजाति के अधिकार प्राप्ति हेतु वि.सं. २०२८ साल से करीव साँढे तीन दशक से जुझारु मै हरिचरण साह, सांसद एवं नेपाली जनता दल अध्यक्ष के साथ गौर में रेडियो संस्कृति के प्रांगण मे अनिल सिंह, शेख जमसेद और किशोरी यादव सहित १०/१२ अन्य उद्धण्ड, कथित उच्च जाति छद्मभेषी, जातीय उन्माद से ग्रसित मोर्चा के सदस्योंद्धारा किया गया दुब्र्यवहार, हातपात, तोडफोड के बारे मे अविलम्ब प्रतिक्रिया देकर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कि मधेश मिशन को सफल बनाने मे मदद करें ! आग्रह करता हुँ !!
संसद अवरोध करने वाले सभी ८ दल कि अविलम्ब बैठक का माग करता हुँ !! सभी ८ दलीय मोर्चा कि जिल्ला समन्वय कमिटी बनाने के लिए तुरुन्त दिशा निर्देश, परिपत्र करके मधेश आन्दोलनको कमजोर होने और यदुवंशीयों जैसे मधेशीयों के एक आपस मे काट मारने से बचावे !!!???”
dainiknepal
आइतबार, ६ मंसिर
सप्तरी । सप्तरीको भारदह र रुपनीमा शनिबार राति भएको हिंशात्मक झडपमा प्रहरीले जलाएको गोली लागेर दुई जना आन्दोलनकारीको मृत्यु भएको छ भने दर्जनभन्दा बढी घाइते भएका छन् ।
राजमार्ग केन्द्रीत आन्दोलन गर्ने मधेसी मोर्चाको घोषणासँगै फेरि आन्दोलनकारी उग्र बनेर बाटो अवरुद्ध गर्न आएपछि झडपको अवस्था सिर्जना भएको थियो ।
राजमार्ग अवरोध गर्नका लागि मोर्चाले गाउँगाउँबाट सर्वसाधारणलाई गाडीमा हालेर ओसारेका थिए । भारदहलाई राति ९ बजेदेखि बिहान ७ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेर सभा, जुलुस गर्न रोक लगाइएको छ ।
तर, प्रहरीले राति ९ बजेभन्दा अघि नै राजमार्गबाट हट्न आन्दोलनकारीलाई भनेपनि नमानेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको थियो ।
त्यसलगत्तै घरेलु हातहतियार, पेट्रोल बम, भालालगायत बोकेर प्रहरीलाई नै घेर्न थालेपछि प्रहरीले जवाफी कारबाही चलाएको थियो ।
प्रहरीको जवाफी कारबाहीमा भारदहका बिरेन राम र रुपनीमा नागेश्वर यादवको मृत्यु भएको छ भने अन्य १७ जनाभन्दा बढी घाइते भएका छन् ।
घटनापछि स्थानीय प्रशासनले मध्यरातबाट नै कफर््यु लगाएपनि त्यसलाई उल्लंघन गरेर मोर्चाका कार्यकर्ताले प्रदर्शन गरिरहेका छन् ।
nepalsandesh
लहान, ६ मंसिर । प्रहरीसँगको झडपका क्रममा गएराति सप्तरीको भारदह र रुपनीमा दुईजना मधेसी मोर्चाका कार्यकर्ताको मृत्यु भएको भन्दै आज सिरहाको लहानसहितका स्थानमा विरोध प्रदर्शन सुरु भएको छ ।
सप्तरीमा भएको घटनालगत्तै संयुक्त मधेसी मोर्चाका कार्यकर्ता ले बिहानैदेखि लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बजार, पसल पूर्णरुपमा बन्द छन् भन्ने प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् ।
यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
dainiknepal
काठमाडौं । नेपाल ग्यासले आइताबार उपत्यकामा २१ सय सिलिण्डर ग्यास वितरण गर्ने भएकोछ । कम्पनीले आइतबार आफ्ना ३० वटा डिलरमार्फत ग्यास दिन लागेको हो । ३० वटै डिरलमा ७० वटाका दरले सिलिण्डर उपलब्ध हुनेछ । विगत तीन दिन देखि यो कम्पनीले नियमिति रुपमा ग्यास वितरण गरिहेको छ ।

उद्योगका कार्यकारी निर्देशक गोकुल भण्डारीका अनुसार आइतबार देखि तीन दिनसम्म २१ सय सिलिण्डरका दरले ग्यास वितवरण गरिने छ । तीन दिनमा उपत्यकामा उद्योगले ६ हजार तीन सय सिलिण्डर ग्यास वितरण गर्नेछ ।

 उद्योग हरेक दिन फरक फरक डिलरबाट ग्यास वितरण गर्नेछ । कार्यकारी निर्देशक भण्डारीका अनुसार तिहार पछि आठ बुलेट ग्यास राजधानी ल्याइएको छ । यही  ग्यास डिलरमार्फत धमाधम वितरण भइरहेको उनले बताए ।

 news24nepal
काठमाडौं : नेपाल–चीन हवाई सम्झौता गर्न चीन जान लागेको नेपाली टोली अलमलमा परेको छ । चीनसँग इन्धन आपूतिबारे छलफल गर्न गत शुक्रबार नेपाली टोली बेइजिङ प्रस्थान गर्ने भन्दै सरकारले ढाँटे पछि टोली अलमलमा परेको हो ।

गत बिहिबार वाणिज्य तथा आपूर्ति मन्त्री गणेशराज पुनले द्विपक्षीय सम्झौता गर्न नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने सार्वजनिक अभिव्यक्ति दिए पनि कहिले जाने भन्ने शनिबारसम्म निश्चित भएको छैन ।


चीन जाने टोलीमा सहभागी हुने भनिएका उच्च अधिकारीलाई शनिबार साँझसम्म आधिकारिक जानकारी गराइएको छैन । टोलीमा सहभागी हुने भनिएका अधिकारीले चीन प्रस्थान गर्ने दिनका विषयमा हालसम्म मन्त्रालयले कुनै निर्णय नगरेकाले व्यापार सम्झौतामा सहभागी हुने भनिएका अधिकारी अलमलमा परेका हुन् ।

मन्त्री पुनले बिहिबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरेर द्विपक्षीय व्यापार सम्झौता गर्न नेपाली टोली शुक्रबार चीन प्रस्थान गर्ने सार्वजनि अभिव्यक्ति दिएका थिए । तर, शनिबार साँझसम्म नेपाली टोली उता जान नपाएर अलमलमा परेका थिए ।

‘चीन जाने टोली तयारी अवस्थामा भए पनि मन्त्रालयबाट कुनै निर्देशन नआएकाले जान सकेका छैनौं’, टोलीमा सहभागी हुने भनिएका मन्त्रालयका एक उच्च अधिकारीले भने,‘हामी पनि अलमलमै परेका छौं । कुन दिन जाने भन्ने आधिकारिक धारणा र जानकारी प्राप्त भएको छैन् । खै किन त्यो विषयमा कुनै ठोस निर्देशन माथिबाट आएन ।’

मन्त्रालयका प्रवक्ता शम्भु घिमिरेको नेतृत्वमा सात सदस्यीय टोली चीन पठाउने तयारी मन्त्रालयले गरेको थियो । टोलीमा अर्थ मन्त्रालयका एकजना, परराष्ट्र मन्त्रालय वा नेपाली दुतावासका एकजना, कानुन मन्त्रालयका एक जना, वाणिज्य मन्त्रालयका दुईजना, गुणस्तर तथा नापतौल विभागका एक जना र नेपाल आयल निगमका दुई जना प्राविधिक स्तरका उच्च अधिकारी सहभागी हुने तयारी गरिएको थियो । टोलीमा निगमका तर्फबाट कार्यवाहक नायव प्रबन्ध निर्देशक सुशिल भट्टराई र निमित्त निर्देशक दीपक बरालको नाम समावेस गरिएको थियो ।

निगमका अनुसार शुक्रबार चीन प्रस्थान गर्ने भनिए पनि शनिबार र आइतबार चीनमा सार्वजनिक बिदा भएकाले आइतबार जाने भनिएको थियो । टोली शनिबार जाने अनौपचारिक तयारी भए पनि मन्त्रालयको आधिकारिक धारणा नआउँदा शनिबार पनि प्रस्थान गर्न सकेन् । टोलीमा सहभागी हुने भनिएका गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले व्यापारिक सम्झौताका लागि चीन कहिले प्रस्थान गर्ने भन्ने विषयमा शनिबार साँझसम्म आफूलाई कुनै आधिकारिक जानकारी नआएको बताए ।

‘चीन कहिले प्रस्थान गर्ने विषयमा हालसम्म कुनै आधिकारिक जानकारी मैले पाएको छैन’, महानिर्देशक पुडासैनीले भने,‘म पनि अलमलमै परेको छु ।’ निगमका प्रवक्ता मुकुन्द घिमिरेले शनिबार र आइतबार चीनमा सार्वजनिक बिदा हुने भएकाले आईतबार प्रस्थान गरेर सोमबारदेखि औपचारिक रूपमा द्विपक्षीय व्यापार सम्झौता गर्ने छलफल गर्ने तय भएको जानकारी दिए ।

उनले भने,‘सार्वजनिक बिदाको दिनमा त्यहाँ बसाइ गर्नुभन्दा बिदा नभएको दिन जादाँ चाँडै आवश्यक प्रक्रिया सुरु गर्न सकिने भएकाले सम्भवतः आइतबार नेपाली टोली चीन प्रस्थान गर्न सक्छ ।’ नेपाल र चीनबीच इन्धन आपूर्तिका लागि गत कात्तिक ११ गते बेइजिङमा दुई पक्षीय सहमति भएको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्री गणेशराज पुनले चीनमा सरकारी बिदा भएकाले नेपाली टोली चीन जान ढिलो भएको जानकारी दिए । ‘चीनमा सरकारी बिदा भएर पनि टोली पठाउन ढिलाइ भएको हो’, मन्त्री पुनले शनिबार अन्नपूर्णसँग भने,‘अर्को कारण भनेको चीनसँग कुन मूल्यमा इन्धन खरिद गर्ने विषयमा चीनको लागि नेपाली राजदूत महेश मास्केले पेट्रो चाइनासँग आवश्यक गृहकार्यमा जुटेकाले पनि ढिलो भएको हो ।’ उनका अनुसार राजदूत मास्केले मूल्यको बारेमा आवश्यक जानकारी पाउनासाथ नेपाली टोली चीन प्रस्थान गर्नेछ ।
annapurnapost
सप्तरी, ६ मङ्सिर । पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा हिजो राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।
प्रहरीले भारदहमा सयौँ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो भने रुपनी र विसनपुर सडकखण्डमा समेत सयभन्दा बढी राउन्ड गोलीका छर्रा प्रहरीले प्रहार गरेको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।
प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइतेलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको न्युरो अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा शनिबार राति १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सुरु भएको झडप अहिले पनि जारी नै रहेको र अवस्था तनावग्रस्त रहेको बताइएको छ ।
यता प्रहरीले दिनहुँ राजमार्ग हुँदै सवारी साधनमा सुरक्षा दिने गरे पनि राजमार्ग क्षेत्रमा रातभरिको प्रदर्शन र झडपका कारण कुनै पनि सवारी साधन चल्न नसकेको जनाइएको छ ।
यसैबीच सप्तरी प्रशासनले आज विहानदेखि राजमार्ग क्षेत्रअन्तर्गत कोसी ब्यारेजदेखिको भारदह, कञ्चनपुर, रुपनी र कदमहा सडकखण्डसहित सदरमुकाम राजविराजमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो ।
 कसरी गरियो कारवाही ?
सप्तरीको भारदहमा राति ९ बजेदेखि बिहान ७ बजेसम्म निषेधित क्षेत्र तोकिएको छ । त्यहाँ कुनैपनि प्रकारका सभा, जुलुस गर्न रोक लगाइएको छ । तर, राति ९ बजेभन्दा अघि नै प्रहरीले त्यसक्षेत्रमा रहेका आन्दोलनकारीलाई हटन् बारम्बार माइकिङ गरेको थियो । तर मोर्चाका कार्यकर्ताले मानेनन् ।
टियर ग्यासले त्यहाँ भएका २ हजारभन्दा बढी आन्दोलनकारीलाई प्रहरीले हटायो । तर, पछि घरेलु हातहतियार, पेट्रोल बम, भालासहित आएर प्रहरी टोलीलाई आन्दोलनकारीले घेरे । गोली चलाए । २५ जना प्रहरी अधिकारी घाइते भए ।
त्यसपछि जवाफी कारबाहीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भयो । त्यस्तै रुपनीमा पनि प्रहरीमाथि आन्दोलनकारीले भाला र पेट्रोल बम प्रहार गर्न थालेपछि जवाफी कारबाही गरिएको थियो । त्यहाँ पनि एक जना मारिए ।
dainiknepal
काठमाडौं, ६ मंसिर । भारतले नेपालमा गरेको अघोषित नाकाबन्दीको विश्वका कुनाकुनामा विरोध हुन थालेको छ ।
नाकाबन्दी हटाउन भारतलाई अन्तर्राष्ट्रिय दबाब सुरु भएको नयाँ पत्रिका दैनिकले छापेको छ । राष्ट्रसंघले नेपालको स्वतन्त्र पारवहन अधिकारमाथिको अवरोध तत्काल हटाउन माग गरेको छ भने विश्वका विभिन्न देशमा रहेका नेपालीहरुले विरोध प्रदर्शन गरीरहेका छन् ।

तर, नेपालमा संविधान जारी भएलगत्तै स्वागत गरेको बेलायतले घुमाइफिराई भारतकै शैलीमा भारतीय नाकाबन्दीको अनुमोदन गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका वेला २६ कात्तिकमा लन्डनमा जारी भएको भारत–बेलायत संयुक्त विज्ञप्तिमा बेलायतको समर्थन आएको छ ।
‘दुवै प्रधानमन्त्रीहरू नेपालमा समावेशी संवैधानिक समाधानमा जोड दिन्छन् जसले बाँकी विषयहरूको समाधानसहित नेपालमा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि हासिल गराउनेछ,’ संयुक्त वक्तव्यमा भनिएको छ, ‘उनीहरूको विश्वास छ कि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको निर्माणकार्य यथासम्भव सुरु गर्नेछ ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, ६ मंसिर
सप्तरी, । पूर्वपश्चिम राजमार्ग केन्द्रित आन्दोलन थालेको मधेसी मोर्चा र प्रहरीबीच सप्तरीको भारदह र रुपनीमा गय राती भएको झडपमा दुईजना आन्दोलनकारीको मृत्यु भएको छ ।
पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको हो ।
सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।
प्रहरीले भारदहमा सयौँ राउन्ड अश्रु ग्यास प्रहार गरेको थियो भने रुपनी र विसनपुर सडकखण्डमा समेत सयभन्दा बढी राउन्ड गोलीका छर्रा प्रहरीले प्रहार गरेको मोर्चाका कार्यकर्ताले जनाएका छन् ।
प्रहरीको गोली लागेर भारदह र रुपनीमा एक दर्जनभन्दा बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । घाइतेमध्ये आधा दर्जनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर रहेकाहरुको हात, खुट्टा, टाउको र छातीमा गोली लागेको प्रहरीले जनाएको छ ।
www.nepalsandesh
सुनसरी, ६ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका स्थानीय नेता–कार्यकर्ता मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा गाभ्ने योजनाको विपक्षमा उभिएका छन् ।
उनीहरूले आन्दोलनको ‘बटमलाइन’ मोरङ र सुनसरीलाई टुक्र्याएर अर्को प्रदेशमा मिलाउने नभएको उल्लेख गर्दै त्यसो गरिए थप आन्दोलन गर्ने चेतावनी दिएको कान्तिपुर दैनिकले छापेको छ ।
‘आन्दोलनलाई निस्तेजपार्न सरकारमा सहभागी केही राजनीतिक दलका नेताहरूले मोरङ र सुनसरीलाई टुक्र्याएर २ नम्बर प्रदेशमा गाभ्ने ललीपप देखाउँदै छन्,’ संघीय समाजवादी फोरम नेपाल मोरङ अध्यक्ष राजकुमार यादवले भने, ‘आन्दोलनको बटमलाइन यो होइन ।’
झापादेखि कञ्चनपुरसम्म तराईका २२ जिल्लालाई समग्र मधेस एक वा दुई प्रदेश बनाइनुपर्ने उनले बताए ।
उनले सुनसरी र मोरङलाई टुक्र्याएर अरू प्रदेशमा गाभिए मोर्चालाई मान्य नहुने बताए ।
dainiknepal
सुनसरी, ६ मंसिर । अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीको दुहबीमा शनिबार आक्रमण गरेका छन् ।
आक्रमणमा एम्बुलेन्सका चालक आनन्द विकको टाउको फुटेको नयाँ पत्रिका दैनिकले छापेको छ । उनको अवस्था चिन्ताजनक छ ।
विराटनगरको सिटी अस्पतालबाट रेफर गरिएका एक गम्भीर बिरामीलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा को. १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका थिए ।
प्रहरी सहयोगमा एम्बुलेन्सचालकलाई उपचारका लागि विराटनगर र संखुवासभाका बिरामी तामाङलाई धरान पठाइएको छ ।
dainiknepal
सुनसरी, ६ मंसिर । अक्सिजनसहित गम्भीर बिरामी बोकेको एम्बुलेन्समा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सुनसरीको दुहबीमा शनिबार आक्रमण गरेका छन् ।
आक्रमणमा एम्बुलेन्सका चालक आनन्द विकको टाउको फुटेको नयाँ पत्रिका दैनिकले छापेको छ । उनको अवस्था चिन्ताजनक छ ।
विराटनगरको सिटी अस्पतालबाट रेफर गरिएका एक गम्भीर बिरामीलाई धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा को. १ च ४६१५ नम्बरको एम्बुलेन्समा मोर्चाका कार्यकर्ताले ढुंगामुढा प्रहार गरेका थिए ।
प्रहरी सहयोगमा एम्बुलेन्सचालकलाई उपचारका लागि विराटनगर र संखुवासभाका बिरामी तामाङलाई धरान पठाइएको छ ।
dainiknepal
दमक: आफ्नो ज्यान जोखिममा पारी बेलायतको शान र इज्जत बचाउन महत्वपूर्ण योगदान पुर्‍याएबापत भी.सी. (भिक्टोरिया क्रस) बाट सम्मानित रामबहादुर बेघा जीवनको उत्तराद्र्धमा बेलायती सरकारसँग त्यति खुशी छैनन् ।

हालै बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रूपमा नेपालको नयाँ संविधानबारे प्रतिकूल टिप्पणी गरेपछि बेघाको मन कुँडिएको हो । त्यस्तै, नेपालमा भारतद्वारा जारी नाकाबन्दीबारे बेलायत मौन रहेकोमा चित्त दुखेको उनले बताए ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपालका बारेमा जारी गरेको संयुक्त विज्ञप्तिप्रति बेघाले असन्तुष्टि जनाए । उनले भारतले बेलायतलाई नेपालका बारेमा गलत व्याख्या गरेर आफ्नो प्रभावमा पार्न खोजेको पनि बताए । उनले भने, ‘बेलायतले पनि नेपालको वास्तविक अवस्था के हो भनेर बुझ्नुपथ्र्यो ।’

भारतीय र बेलायती प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिले आफूजस्ता धेरै बहादुर गोर्खा सिपाहीले बेलायत र भारतका लागि बगाएको रगतपसिनाको सम्मान गर्न नसकेको उनको बुझाइ छ । भारतीयले लगाएको नाकाबन्दीबारे बेलायती मौनताप्रति पनि उनले आपत्ति जनाए ।

दमक नगरपालिका–१३ मा बस्ने रामबहादुर बेघा भी.सी. उपाधि प्राप्त एकमात्र जीवित बेलायती सेनाका ‘लाहुरे’ हुन् । उनले ब्रिटिस गोर्खाको क्याप्टेनबाट अवकाश पाएका थिए । अहिले उनी घरमै बसेर नातिनातिनालाई अराईखटाई गर्छन् र दमक भृकुटी चोकमा रहेको किराँत मन्दिर हेरचार गर्छन् ।

पाँचथर च्याङ्थापुमा जन्मेका ८० वर्षीय बेघा अहिले राम्ररी हिँड्डुल गर्न सक्दैनन् । कान पनि अलि कम सुन्ने भएकाले उनीसँग कुरा गर्न पनि निकै मेहेनत गर्नुपर्छ । तर, उनको शान र हाउभाउमा कमी आएको छैन । शुक्रबार अपराह्न किराँत मन्दिरमा पुग्दा उनको पहिरनले अहिले पनि बेलायती सेनामै पो छन् कि भन्ने आभास दिलायो ।

सन् १९६६ मा बेलायती सेनामा आफू हुँदा तत्कालीन मलाया (हाल मलेसिया) र इन्डोनेसियाबीच घमासान लडाइँ भएको उनले सुनाए । सोही लडाइँमा बहादुरी देखाएका कारण उनले भिक्टोरिया क्रस पाएका थिए । बेघाले भने, ‘दुस्मन (इन्डोनेसिया) का सेनालाई खत्तम गर्ने क्रममा हाम्रो समूह दुस्मनकै सुरुङमा परेछ तर मैले साहसका साथ ग्रिनेट निकालेर फाल्दा दुस्मनका धेरै सैनिक हताहती भए । आफ्ना साथीलाई पनि बचाएँ । त्यही काम गरेबापत मलाई यो उपाधि दिइएको हो ।’

बेलायती सेनामा काम गरेका बेलाका यी अनुभव सनाउँदा बेघा निकै रोमाञ्चित देखिन्थे । तर आफूजस्ता भीसी उपाधि पाउने नेपाली साथी अब कोही पनि संसारमा नरहेको थाहा पाउँदा भने उनी दुःखी देखिन्छन् । उनले भने, ‘जब बेलायतले हङकङ छोड्यो तब गोर्खा पल्टन पनि घटायो, त्यसपछि त भीसी पाउने गोर्खाली त भएनन् भन्दा पनि हुन्छ । अहिले नेपालमा त म एक्लो छु ।’

आफूले बेलायती सेनामा काम गरे पनि नेपाललाई कहिल्यै माया नमारेको उनले बताए । उनले माटोको मायाकै कारण आफू नेपालमै बसेको सुनाए । तर उनी बेलायत जानेआउने भने गरिरहन्छन् । बेघाले भने, ‘कोही बेला दमकमै बस्छु । कोही बेला काठमाडौं बस्छु, बेलामौकामा यूके पनि जान्छु, यस्तै छ ।’

गोर्खाली भएर बेलायती सेनामा काम गर्दा पाएको भीसीले आफूलाई निकै गौरवान्वित बनाएको पनि उनले सुनाए । भारतीय प्रधानमन्त्री मोदीको बेलायत भ्रमणका बेला गोर्खालीले गरेको प्रदर्शन जायज भएको पनि उनले बताए । नेपालविरुद्ध भारतले देखाएको रबैयाको विरोध हुनु स्वाभाविक भएको उनको भनाइ थियो । उनले भने, ‘बेलायत बस्ने नेपालीले गरेको प्रदर्शन नेपालप्रतिको प्रेम नै हो ।’ भारतले नेपालमाथि लगाएको नाकाबन्दी अमानवीय भएको उनले बताए ।

विश्वभरका नेपाली भारतीय नाकाबन्दीविरुद्ध उभिएका बेला त्यसमा आफ्नो पनि ऐक्यबद्धता रहेको बेघाले बताए । वृद्ध उमेरका कारण कतै जान नसके पनि भारतले देखाएको अमानवीय व्यवहार कुनै पनि नेपालीलाई स्वीकार्य नहुने उनको भनाइ छ । बेघाले भने, ‘हाम्रो मुद्दामा हस्तक्षेप गर्नु भारतलाई के को चासो ? ’ उनले भारतले नाकाबन्दी लगाएर अन्तर्राष्ट्रिय कानुन मिचेको बताए ।

भारतले नेपालप्रति अमानवीय व्यवहार गर्नुमा नेपालकै अस्थिर राजनीति पनि एउटा कारण भएको पनि उनले बताए । नेपालमा अझैसम्म पनि नेताहरूको बुद्धि नफर्केको भन्दै उनले राजनीतिक दलहरूप्रति आक्रोशसमेत पोखे । उनले भने, ‘२०४५ सालमा पनि नाकाबन्दी भएकै हो । त्यो बेला पनि भारतले नेपालीलाई दुःख दियो । त्यसपछि पनि यसै गर्छ भन्ने हाम्रा देशका नेतालाई कहिल्यै लागेन ।’
annapurnapost
आजको राशिफल
 ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अहिले तपाईंले खर्चमा नियन्त्रण गर्नुपर्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । मन दर्शन, अध्यात्म वा गूढ रहस्यप्रति आकर्षित बन्नेछ । विवाद वा छलफलका क्रममा आफूलाई संयम बनाएमा सफल हुन सकिन्छ । कडा बोलीका कारण अप्ठ्यारामा पर्न सक्नुहुन्छ । व्यवसायिक जीवन यथावत रहने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी÷प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । तर आफूले गरेका परिश्रमको प्रतिफल अरुले नै प्राप्त गर्ने सम्भावना छ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध बनाउने कोसिस गर्नुपर्छ । पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मान्यजन र अभिभावक वर्गको सहयोगमा रोकिएका काम सम्पादन गर्न सघाउ पुग्नेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । घरमा परपाहुना र अतिथिको आगमन हुनसक्छ । नयाँ ठाउँमा धन लगानी गर्ने वातावरण बन्नेछ । बन्दव्यापारबाट फाइदा हुनेछ । कुनै लाभदायक समाचार सुन्न पाइएला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा आलस्यले डेरा जमाउने छ । वादविवादमा फस्ने र प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुने दिन हो । व्यापारीहरूले हानी व्यहोर्नु पर्छ र कर्मचारीले अपजस व्यहोर्नु पर्छ । छात्रछात्रा रमाइलोमा भुलिने छन् । यात्रा घातक बन्न सक्छ, धेरै टाढा नजानु होला । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
पेसागत वा व्यवसायिक जीवनमा चुनौतीको सामना गर्नुपर्ने छ । आर्थिक समस्याले तनाव उत्पन्न गर्नसक्छ । ज्ञानगुन र पठनपाठनको क्षेत्रमा खासै उपलब्धी लिन सकिंदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
कामधन्दा र व्यवसायका लागि काम गर्ने राम्रो वातावरण बन्नेछ । बौद्धिक क्षमताको प्रस्फुटन हुनाले सृजनात्मक सफलता मिल्नेछ । आजको चिन्तन र विचारले काम गर्नसक्छ । व्यवसायिक क्षेत्रबाट राम्रो लाभ प्राप्त हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । स्वास्थ्य सबल रहने छ । भोगविलासमा मन जानेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन् । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
उद्योगधन्दा र बन्दव्यापारमा सफलता नै मिल्नेछ तर आर्थिक रूपमा तनाव हुनेछ । सहयोगीहरूको साथ पाए पनि गर्न खोजेको काममा सफलता प्राप्त गर्न धौधौ पर्नेछ । पराक्रम र उत्साहमा कमी आउने छैन । कृषिकर्म र बन्दव्यापारबाट सामान्य आम्दानी भइरहने छ । तर प्रतिस्पर्धीले दुःख दिन सक्छन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
प्राविधिक काममा विशेष सफलता प्राप्त हुनाले आत्मसन्तुष्टि प्राप्त हुनेछ । आभूषण, श्रृंगार, साजसज्जा, फेसनडिजाइन र सञ्चार क्षेत्रका व्यवसायीले राम्रो लाभ प्राप्त गर्नेछन् । पारिवारिक वातावरणमा हर्षको वातावरण बन्नेछ । मित्रशक्ति र कुटुम्बबाट साथसहयोग पाइने छ । मिठो भोजनको अनुकूलता देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ । रोकिएका काम सम्पादन हुने र नयाँ काम पाइने योग छ । प्रतिष्ठा बढ्नेछ । बोलीको भरमा काम सम्पादन हुने योग छ । विचार र दर्शनका बलमा धेरैलाई आकर्षण गर्ने समय छ । नयाँ काममा हात हाल्ने समय छ । बन्दव्यापारबाट राम्रो लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

जनकपुर – नयाँ शक्ति निर्माण अभियान चलाइरहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संघीय समाजवादी फोरमसँग एकताको तयारी थालेका छन् । आइतबार राजधानीमा देशव्यापी अभियन्ता भेलाको पूर्वसन्ध्यामा भट्टराईनिकट केही नेताले यस्तो खुलासा गरेका हुन् ।

‘उपेन्द्र यादवजी र राजेन्द्र श्रेष्ठसँग निरन्तर संवाद भइरहेको छ, आइतबार राष्ट्रिय भेलापछाडि देशैभरि नयाँ शक्तिको अभियान चलाउँछौं । पुसमा फोरमसँग मोर्चाबन्दी हुन्छ,’ भट्टराईनिकट उच्च स्रोतले भन्यो, ‘फागुनमा पार्टी एकता हुन्छ ।’

नयाँ शक्तिमा अरु दल र मोर्चासमेत सहभागी हुने भए पनि तीन समूदाय मधेस, जनजाति र खस आर्यका तर्फबाट क्रमशः यादव, राई र भट्टराईले नयाँ शक्तिलाई नेतृत्व दिनेसमेत स्रोतले बताएको छ, आजको कान्तिपुर दैनिकमा खबर छ ।

ratopati
६ मंसिर, काठमाडौं ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका स्रोत व्यक्ति निमन्त्रणाको विषयलाई लिएर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र एआईजी राजेन्द्रसिंह भण्डारीबीच मनमुटाव भएको छ ।



आफूखुसी प्रतिष्ठानमा विभिन्न व्यक्तिलाई स्रोत व्यक्तिमा बोलाइएको भन्दै प्रहरी महानिरीक्षक अर्यालले असन्तुष्टि जनाएका छन् । उनले लिखित पत्र पठाउँदै एआईजी भण्डारीलाई पूर्वस्वीकृति लिन निर्देशन दिएका छन् ।

आईजीपीको निर्देशनले आफ्नो दैनिक कार्यसञ्चालनमा अंकुश लगाएको भन्दै भण्डारी रुष्ट छन् ।  महानिरीक्षक अर्यालले अपराध अनुसन्धान विभागका प्रमुख शाहललाई पनि पत्र लेख्दै संगठनका कतिपय योजनामा पूर्वस्वीकृति लिन भनेका छन् ।



विगत लामो समयदेखि एआईजीद्वय भण्डारी र शाहले  प्रतिष्ठान र अनुसन्धान विभागमा प्रहरी संगठन भित्र र  बाहिरका विभिन्न व्यक्तिलाई आमन्त्रण गरि प्रहरीको दक्षता र क्षमता अभिवृद्धि लागि विभिन्न तालिम सञ्चालन गर्दै आएका छन् ।

खासगरि एआईजीद्वय भण्डारी र शाहले  प्रतिष्ठान र अनुसन्धान विभागमा भीआईपीलाई बोलाएर क्षमता अभिवृद्धिको काम गर्दै आएका थिए । त्यसबाट ‘अनुचित सम्बन्ध’ बढाएको आशंका आईजीपीले गर्दै आएका छन् ।

एआईजी भण्डारीले संगठनको हितको लागि काम गर्दा रोक लगाउन नपाइने भन्दै असन्तुष्टि जनाए । ‘संगठनविरुद्ध कुनै काम गरेका छैनौं,’ उनले भने, ‘कुन काम गर्नुपर्छ, कुन गर्नु हुन्न, भन्ने हामीलाई पनि थाहा छ, संगठनप्रति हामी पनि जिम्मेवारी छौं, गैरजिम्मेवार मान्छेले प्रहरीको दक्षता र क्षमता अभिबृद्धिका लागि सोच्दैन ।’

बाह्य व्यक्तिलाई ल्याएर प्रहरीको दक्षता क्षमताको विकास गर्दा महानिरीक्षकले आपत्ति जनाउन नहुने उनले बताए । ‘यदि उहाँलाई सारै अप्ठेरो परेको छ भने, हामीलाई सरुवा गरे भइहाल्यो नि ?,’ उनले भने, ‘हामी जुनसुकै स्थानमा पनि जान पनि तयार छौं ।’

एआईजी शाहले राम्रो काम गर्दा अंकुश लगाउने गरी महानिरीक्षकले गलत सोच्न नहुने बताए ।  ‘विभिन्न संघ, संगठनबाट व्यक्ति ल्याएर गतिविधि गर्‍यो भन्ने उहाँलाई लागेको छ भने, ती व्यक्ति गलत हुन भन्ने उहाँले भन्नु सक्नु पर्‍यो,’  उनले भने, ‘जुन ल्याएका छौं, ती महत्त्वपूर्ण व्यक्ति छन् ।’–कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines
काठमाडौं, ५ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मलेसियामा बेइज्जत भएको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित अन्तर्राष्ट्रिय आसियान शिखर सम्मेलनका लागि त्यहाँ पुगेका मोदीको जापानका प्रधानमन्त्री शिञ्जो आबेसँगको भेटवार्ताका क्रममा बेइज्जत भएको भारतकै सञ्चारमाध्यमले जनाएका छन् ।
मोदीको आलोचना गर्दै भारतीय च्यानल एबीपीले लेखेको छ– ‘मलेसिया भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र भारतीय झण्डाको अपमान भएको छ । जापानी प्रधानमंत्री आबेसँग जहाँ मोदीको भेटवार्ता हुँदैथियो त्यहाँ पछाडी झुड्याइएको भारतीय झण्डा उल्टा लगाइएको थियो । त्यहाँ जापानका प्रधानमन्त्री पहिला पुगेर मोदीको प्रतिक्षा गरिरहेका छन् । तर, उनको ध्यान उल्टा गरि राखिएको भारतीय झण्डामा पर्यो । यद्यपी भारतका कुनै अधिकारीहरुले यो झण्डामा ध्यान दिएनन् ।
त्यहीबेला मोदी त्यहाँ पुगे । जब उनले आफ्नो झण्डा उल्टा र जापानको झण्डा सुल्टा देखे तब उनको बेइज्जत भयो । त्यही बेला जापानकै प्रधानमन्त्रीले झण्डा सुल्टा गरिदिएपछि मोदीको झन बेइज्जत भयो । त्यती नै बेला अन्तर्राष्ट्रिय पत्रकारहरुले उक्त फोटो खिचिहाले । जून अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ । यो तस्वीर सार्वजनिक भएपछि मलेसिया र भारतमै समेत झण्डा सम्हाल्न नसक्ने पनि प्रधानमन्त्री भए भनेर मोदीको आलोचना सुरु भएको छ ।
ainiknepal
शनिबार, ५ मंसिर

काठमाडौं । एक सय दिनदेखि तराईमा जारी आन्दोलनले मात्रै पार नलाग्ने देखेपछि मधेसी मोर्चाले काठमाडौंमा पनि प्रदर्शन गर्ने भएको छ ।
मोर्चाले जनजाति पार्टीहरुको सहयोगमा काठमाडौंमा पनि जनप्रदर्शन गर्न लागेको हो । काठमाडौंमा प्रदर्शनका लागि मधेसी मोर्चालाई पाँचवटा जनजाति पार्टीहरुले सहयोग गर्नेछन् ।
तमलोपाको कार्यलय बिजुलीबजारमा बसेको बैठकले तराई मधेस, राजधानी र पूवपश्चिम राजमार्ग केन्द्रीत गरी देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हो ।
काठमाडौंमा मोर्चा र जनजाति पार्टीहरुले मंसिर २७ गते शक्ति प्रदर्शनको तयारी गरेको हो । मधेसी र जनजातिले यही ७ गतेदेखि संयुक्त आन्दोलन गर्ने जनाइएको छ ।
मधेस आन्दोलनको १०० औं दिन पुगेको अबसरमा उनीहरुले माइतीघर मण्डलामा श्रद्धान्जली सभा गर्नुका साथै राजमार्ग केन्द्रित जनप्रदर्शन र सभा, ११ गते इटहरी, १३ गते बिराटनगर, १६ गते लालबन्दी, १७ गते ढल्केबर, १९ गते निजगढ, २० गते नवलपरासी, २१ गते बुटबल, २२ गते दाङ र २४ गते कैलालीको अत्तरियामा सभा गर्ने मोर्चाले निर्णय गरेको छ ।
nepalsandesh
काठमाडौँ । भारतीय चलचित्र निर्माताले भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीले नेपाली जनजीवनमा चरम मानवीय सङ्कट उत्पन्न गरेकाले यस्तो बेला नेपाली जनतालाई साथ दिने बताएका छन् ।
यहाँ जारी फिल्म साउथ एसियामा भाग लिन यसैहप्ता भारतबाट आएका उनीहरुले आज विज्ञप्ति निकाल्दै भारतीय सरकारकै कारणले करिब डेढ महिनादेखि नाकाबन्दी जस्तो अनैतिक कार्य भइरहेकाले त्ससबाट पछि हट्न आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, “नाकामा अवरोध गर्ने भारतीय सरकारको गैरजिम्मेवारपूर्ण कामको दुई महिना नाघिसकेको छ, यसले नेपालको अर्थतन्त्रलाई धरासायी पारेको छ ।”
साथै, केही महिनाअघि गएको भूकम्प र तराई आन्दोलन भइरहेका बेला भएको नाकाबन्दीले उद्योगधन्दा व्यापार व्यवसायमा नराम्रो असर परेको मात्र नभएर नेपालीको दैनिकी कष्टकर बन्दै गएको, अस्पतालमा औषधिका अभाव भएको तथा राष्ट्रिय अर्थतन्त्रमै गम्भीर असर परेकोप्रति दुःख प्रकट गरेका उनीहरुले समाधानका लागि ऐक्यबद्धता जनाएका हुन् ।
चलचित्र निर्माताले नेपाल एक सार्वभौम स्वतन्त्र राष्ट्र भएकाले उसले बाह्य हस्तक्षेपबिना नै आफ्नो आन्तरिक मामिला आफैँ हल गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले नेपालको अवस्थालाई गम्भीरतापूर्वक लिई यसबारे भारतीय नागरिकको हैसियतमा आफ्नो देशको सरकार र अन्तर्राष्ट्रिय समुदायलाई छिटो अन्त्य गर्न आग्रह गरेका छन् ।
साथै, नेपाल–भारतबीचको विगतको घनिष्ट सम्बन्ध कायम राख्न तत्काल नाकाबन्दी हटाउनुपर्ने र अझ सुमधुर सम्बन्ध बनाउन सबै लाग्नुपर्नेमा उनीहरुले जोड दिएका छन् ।
विज्ञप्ति जारी गर्ने फिल्म निर्मातामा दीप्ति मुराली, हेमन्त गाबा, इफ्फात फातिमा, नकुलसिंह साहनी, प्रतिक शेखर, सञ्जय काक, शुभ्रा दीक्षित, स्वेता घोषलगायत छन् ।
dainiknepal
मोरङ, ५ मंसिर । शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेका आफ्ना नेता तथा कार्यकर्तालाई रिहा गर्न माग गर्दै मधेशी मोर्चाका कार्यकर्ताहरुले शनिबार जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि प्रदर्शन गरेका छन् ।
कालो झण्डासहित पुगेका मधेशी मोर्चाका कार्यकर्ताहरुले जिल्ला प्रहरी कार्यालय मोरङ अगाडि पुगेर आफ्ना कार्यकर्ता छाड्न दबाब दिंदै नाराबाजी गरेका थिए ।
मोर्चामा आबद्ध संघीय समाजबादी फोरम नेपालका मोरङ अध्यक्ष राजकुमार यादवले शान्तिपुर्ण आन्दोलनमा सहभागि भइरहेका आफ्ना नेता तथा कार्यकर्ताहरुलाई प्रहरीले विना कारण पक्राउ गरेको दाबी गर्दै तत्काल रिहा गर्न माग गर्नुभयो ।
प्रहरीले सवारी साधान तोडफोडमा संलग्न रहेको भन्दै मधेशी मोर्चाका ९ जना स्थानीय नेता तथा कार्यकर्तालाई हिजो विराटनगरका विभिन्न क्षेत्रबाट पक्राउ गरेको थियो । पक्राउ गरिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको मोरङका प्रहरी प्रवक्ता प्रमोदकुमार खरेलले जानकारी दिनुभयो ।
उहाँले पक्राउ परेका संघीय समाजवादी फोरम नेपालका स्थानीय नेता राधे कामतको नेतृत्वमा नगरक्षेत्रका विभिन्न ठाउँमा तोडफोड भएकाले मुद्दा चलाइने समेत जानकारी दिनुभयो ।
dainiknepal
५ मंसिर, काठमाडौं । शारीरिक अशक्तताको उपचारका लागि साढे तीन महिनाअघि अमेरिका पुर्‍याइएका अद्भूत क्षमताका बालक आदित्य दाहाल स्वदेश फर्केका छन् ।
अनेकौं परिक्षण र लामो अनुसन्धानका बाबजुद अमेरिकी डाक्टरहरुले उनको रोग पहिचान गर्न सकेनन् । यद्यपी स्वास्थयमा सामान्य सुधार आएको छ ।
क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा आदित्यको स्वास्थ्य अनुसन्धान भएको थियो । एमआरआई गर्दा मस्तिष्कमा आइरन जम्मा भएको देखिएपछि उनलाई न्यूरोलोजिकल डिजेनेरेसन विथ ब्रेन आइरन एकुमुलेसन डिसअर्डर (एनबिआइए) भएको चिकित्सकहरुले आशंका गरे ।
तर, एनबिआइएका १३ वटा प्रकारमा आदित्यका लक्षणहरु मेल नखाएपछि उनीहरुले एनबिआइए भएको ठहर गर्न सकेनन् । न्यूरो
सर्जन किथ भान हारेनको टोलीले थप अनुसन्धान गर्नका लागि उनको रगत तथा जीनको नमुना लिएको छ ।
उक्त परिक्षणको रिपोर्ट आउन अझै केहि महिना लाग्ने भएपछि आदित्यले स्वदेश फर्किने इच्छा व्यक्त गरेका थिए । डाक्टरहरुले अन्तिम रिपोर्ट आएपछि फेरि अस्पताल ल्याउन सुझाव दिएको आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।
स्वास्थ्यमा सामान्य सुधार
आदित्यलाई अमेरिकी डाक्टरहरुले अहिलेसम्म कुनै औषधि चलाएका छैनन् । यद्यपि फिजियोथेरापी र न्यू्ट्रिसनको माध्यमले स्वास्थ्यमा सामान्य सुधार आएको आदित्यका बाबु शेषराज दाहालले बताए । ‘उसको शारिरीक क्रियाकलापमा पहिलेभन्दा थोरै सुधार भएको छ,’ अनलाइनखबरसँग कुरा गर्दै उनले भने-‘हाम्रो लागि यो पनि ठूलो कुरा हो ।’
आदित्य कुनै वस्तुमा सहारा लिएर उभिन सक्ने भएका छन् । पहिले हातका औंलाहरु सँधै मुठ्ठी पारेका हुन्थे, जून अहिले खुलेको छ । मुखबाट र्‍याल निस्कन निकै कम भएको छ । चोर अम्ला सोझो बनाएर नाक कान कोट्याउन सक्छन् । यसबाहेक अन्य सुधार नगण्य छन् । बोल्ने क्षमतामा कुनै प्रगति भएको छैन ।
डाक्टरहरुले उनलाई नियमित फिजियोथेरापी गराउन दुई दुई घन्टामा पोषणयुक्त खानेकुरा खुवाउन, होहल्ला र भिडभाडबाट टाढा राख्न सुझाव दिएका छन् ।
नाकाबन्दीबारे लेखे: खोई त सहमतिको वातावरण ?

नेपाल फर्केपछि आदित्यले भारतीय नाकाबन्दीबारे पत्रकारले सोधेको प्रश्नको जवाफ दिएका छन् । भारतले लगाएको अघोषित नाकाबन्दी कहिले खुल्छ भन्ने प्रश्नमा उनले घुमाउरो र राजनीतिक जवाफ दिए ।
आदित्यले लेखेका छन् ? ‘खोई त सहमतिको वातावरण निर्माण गर्ने पक्षमा कोहि किन नलागेको ? यसले दुर्घटना निम्त्याउँछ । सहमति बिना केहि भन्ने अवस्था देखिँदैन ।’
यसअघि अमेरिकामा रहँदा उनले नाकाबन्दीकै सन्दर्भमा नेपालको आत्मनिर्भरता विकास गर्नुपर्नेमा जोड दिएका थिए ।
onlinekhabar
काठमाडौँ, ५ मङ्सिर । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले कालोबजारी र अनियमितता नियन्त्रण गर्न पार्टीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीलाई निर्देशन दिनुभएको छ ।
नेपाल सम्वत्को नयाँबर्षको अवसरमा एमाओवादी कीर्तिपुर नगर समितिले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सङ्कटको समयमा कालोबजारी नियन्त्रण गर्न असफल भए तुरुन्त मन्त्रीबाट फिर्ता बोलाइने बताउनुभयो ।
उहाँले भन्नुभयो– “भ्रष्टाचार र कालोबजारी हाम्रा लागि सह्य छैन, कालोबजारी र अनियमितता नियन्त्रण गर्न नसके तुरुन्त मन्त्रीबाट फिर्ता बोलाउँछु । कोही कसैलाई पनि छुट दिने पक्षमा आफू छैन । जनताको दुःखमा कोही पनि रमिते बन्न पाउँदैन र मिल्दैन ।”
उच्चस्तरीय समितिका संयोजकसमेत रहनुभएका अध्यक्ष दाहालले उपलब्ध भएका इन्धनको न्यायोचित, समानुपातिक र विश्वसनीय वितरण प्रणाली अपनाउन सरकारलाई आग्रह गर्नुभयो ।
नेपाल र नेपाली जनताले संविधान बनाएबापत भारतको नाकाबन्दी खेप्नुपरेको उल्लेख गर्दै उहाँले विषम अवस्थामा जनताले देखाएको धैर्यता र राष्ट्रिय स्वाभिमानलाई जोगाइराख्नुपर्नेमा जोड दिनुभयो ।
समानुपातिक, समावेशीसहितको दक्षिण एसियाकै उत्कृष्ट र गतिशील संविधान जारी भएको बताउँदै उहाँले आगामी दिनमा त्यसमा देखिएका कमीकमजोरी सच्याएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मुलुकले भोग्नुपरेको विषम अवस्थालाई अवसरमा परिणत गर्दै मुलुकलाई आत्मनिर्भर बनाउने समय आएकाले त्यसतर्फ सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो ।
भूकम्पको समयमा जनताले भोग्नुपरेको समस्यालाई ध्यानमा राख्दै सरकारको विरोध गर्ने जस्तो सङ्किर्ण राजनीतिमा आफूहरु नलागी सरकारलाई २७ बुँदे सङ्कल्प प्रस्ताव पारित गर्न लगाइ सहयोग गरेको स्मरण गर्नुभयो ।
जनता र मुलुकलाई केन्द्रमा राखेर निष्ठा र मूल्यको राजनीतिक संस्कार स्थापना गरेको उल्लेख गर्दै उहाँले हालको सङ्कटको समयमा सत्तापक्ष र प्रतिपक्ष नभनीकन एकताबद्ध भएर अगाडि बढ्न नेपाली काँग्रेसलाई आग्रह गर्नुभयो ।
शान्ति प्रक्रियालाई पूर्णता प्रदान गर्दा आफ्नो पार्टी फुटेको र संविधान जारी भएपछि पनि पार्टीले क्षति व्यहोर्नु परेको भन्दै उहाँले नेकपा–माओवादीसँग पार्टी एकताको प्रक्रिया अगाडि बढेको बताउनुभयो ।
उहाँले भन्नुभयो– “विभिन्न रुपमा रहेका माओवादी पार्टी अब एक ढिक्का हुन्छ र जनतामा जान्छ । जो एकता प्रक्रियामा आउँदैन त्यसले मुलुक र जनताप्रति ठूलो भूल गरेको ठहरिनेछ ।”
dainiknepal
काठमाडौं, मंसिर ५ । अद्वितीय क्षमताका कारण ‘गुगल ब्वाय’ भनेर परिचित बनेका नेपाली बालक आदित्य दाहाल अमेरिकामा तीन महिनाको उपचारपछि स्वदेश फर्किएका छन् ।
अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा उपचार गराई फर्केका आदित्यको स्वास्थ्यस्थितिमा सामान्य प्रगति भएको उनको परिवारका सदस्यहरुले जनाएका छन् । नेपाल सरकार, अमेरिकास्थित नेपाली दुतावास तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा आदित्यको गत साउन ११ गतेदेखि अमेरिकामा उपचार भइरहेको थियो ।
आदित्यको शारीरिक दुर्बलतालाई चिकित्सकहरुले एनबीआई डिसअर्डर भएको अनुमान गरेका थिए । हालसम्म भएका परीक्षणहरुबाट प्राप्त रिपोर्ट अनुसार उनको रोग एनबीआइएका १३ प्रकारहरुमा समेत नपरेपछि चिकित्सकहरुले थप अनुसन्धानका लागि स्टानफोर्डका साथैै अमेरिकाका अन्य अस्पताल तथा प्रयोगशालाहरुमा समेत पठाएका छन् ।
सो परीक्षणको रिपोर्ट आउन थप ४–५ महिना लाग्ने भएपछि आदित्यकै आग्रहमा स्वदेश फर्केको उनका अभिभावकको भनार्ई छ ।
यसैबीच, नेपालले अहिले सामना गरिरहेको अप्ठ्यारो अवस्थाबारे आदित्यले लेखेका छन्, ‘खोई त, सहमतिको वातावरण निर्माण गर्ने पक्षमा किन नलागेको ? यसले दुर्घटना निम्त्याउँछ, सहमति बिना केही भन्ने अवस्था देखिनँ ।’
imagekhabar
काठमाडौं – पहिचान पक्षधर पार्टीहरुको सङ्घीय गठबन्धनको बैठकले नयाँ संघर्षको कार्यक्रमहरु सार्वजनिक गरेको छ । तराई–मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बिजुलीबजारमा सम्पन्न बैठकले २० दिने आन्दोलनका कार्यक्रमहरु तय गरेको हो ।

आजको बैठकले तराई/मधेश, राजधानी र पूर्वपश्चिम राजमार्ग केन्द्रीत गरी देशब्यापी रुपमा संयुक्त जन आन्दोलन सञ्चालन गर्ने निर्णय गरेको छ ।

गठबन्धनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘मधेशी, आदिवासी जनजाति, थारु, दलित, मुस्लिम, सीमान्तकृत समुदाय लगायत विभेदमा पारिएका सम्पूर्ण उत्पीडित, शोषित एवम् अपहेलित समुदायहरुको जातीय÷समुदायको जनसंख्याका आधारमा समानुपातिक समावेशी, स्वायत्तता तथा स्वशासन, जातीय/राष्ट्रिय पहिचान आदि हक अधिकार प्राप्तिका लागि तराई÷मधेश, राजधानी र पूर्वपश्चिम राजमार्ग केन्द्रीत गरी देशब्यापी रुपमा संयुक्त जन आन्दोलन सञ्चालन गर्ने निर्णय गरियो । यस बैठकले मधेश र लिम्बुवानको बीचमा भएको सीमांकन सम्बन्धी वार्ता सकारात्मक रहेको समिक्षा गर्नुका साथै त्यसक्षेत्रको प्रादेशिक सीमांकन दुवै पक्षको सहमतिमा गर्ने निर्णय ग¥यो ।’

तराई÷मधेस तथा थरुहटमा अधिकार र पहिचानका लागि जारी आन्दोलन एक सय दिन पुगेको सन्दर्भमा सङ्घीय गठबन्धनले शहीदको सम्मानमा देशव्यापी रुपमा मंसिर ७ गते दिनको १.०० बजे मौन धारण तथा श्रद्धाञ्जली सभा गर्ने निर्णय पनि गरेको छ ।

आजको बैठकमाउपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, महेन्द्र राय यादव, कुमार लिङदेन ‘मिराक’, कुमार राई, भानुराम चौधर, परशुराम तामाङ र बुद्धराज स्याङतमको उपस्थिति रहेको थियो ।

ratopati
भारतले अहिले पनि नेपालमा नाकाबन्दी लगाएको छैन भनेर दाबी गरिरहेको छ । अझ नेपालका लागि भारतीय राजदुत रणजीत राय नाकाबन्दी भन्ने शब्द नै उच्चारण नगर्न धम्की समेत दिइरहेका छन् ।
भारत सरकारका उपसचिव रायले यतीबेला नेपाल हल्लाइरहेका छन् । भारतीय स.स्थापन पक्ष, कर्मचारीतन्त्र र रअबीचको आपसि असमजदारी र दादागिरीका कारण नेपालले अमानविय संकट झेलीरहेको छ ।
र यसको प्रमाणहरु पनि विस्तारै आइरहेका छन् । यस बीचमा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनले नेपालमा लगाइएको नाकाबन्दी अन्तर्राष्ट्रिय पारवहन सन्धी र स्वतन्त्र व्यापार सन्धी विपरित भएको र नेपालमा चरम मानविय संकट उत्पन्न भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएका थिए ।
उनले नेपालमा लगाइएको नाकाबन्दी तत्काल खोल्न पनि भारतसँग जोडदार माग गरेका थिए । यो सँगै गैर आवासिय नेपालीहरुको संसथा एनआरएनले विश्वभर नेपालमा भारतले लगाएको नाकाबन्दीको विरोध गरिरहेका छन् ।
यस्तो अवस्थामा भारतको विश्वव्यापी बोइज्यत भैरहेको अवस्था थियो । अनि भारतीय गृहमन्त्री राजनाथ सिंहले पनि चीनमा गएर भारतले नाकाबन्दी नगरेको प्रष्टकिरण दिएका थिए । यतीले नभ्याएपछि भारत अत्तालीएको थियो । यस बीचमा भारतले अर्को चालबाजी गर्न थाल्यो ।
शुक्रबार दिउँसो भारतीय राजदुतले नेपालमा रहेका सबै देशका कुटनीतिक नियोगका प्मुखहरुलाई दिवा भोजको आयोजना गरे । यो उनको नांगो कुटनीतिक नाच थियो ।
होटल र्याडीसनबाट भात मगाएर लैनचौरमा रहेको दुतावासमा आगन्तुकहरुलाई सन्तुष्ट पार्ने प्यास गरे । यो प्रयास सँगै उनले नेपालकै भुमीमा बसेर नेपाल विरोधी अर्को कदम चाले ।
र यो कदमको ठुला भनीएका मिडियाहरुले समाचार बनाउन आवश्यक ठानेनन् । हुनत सार्कका महासचिवले समेत नाकाबन्दी भनेको के हो ? भनेर पत्रकारलाई प्रतिप्रश्न गरेको अवस्थामा राजदुतको यो कदमबो सबै बेखबर बन्नु स्वभाविक पनि थियो ।
राजदुत रायले शुक्रबार दिउँसो १२ः३० देखि २ः५५ सम्म विभिन्न शक्ति राष्ट्रका राजदुतहरुलाई लैनचौरमा नेपाल विरोधी अभिव्यक्ति घोकाए । नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकट र अभावबारे ज्ञान भएका विभिन्न देशका आवासीय कूटनीतिज्ञहरुले भारतसँग नाकाबन्दी किन भनी प्रश्न गरेका थिए ।
तर, राजदुत रायले मुख्य अबरोध भएको स्थानबाट रि रुट गरि सामान लैजान आग्रह गरिएको, नेपाल तर्फ नै असुरक्षा रहेको भन्दै मधेसी मोर्चाको बहाना पारेर नेपालमा लगाइएको नाकाबन्दीको बचाउ गरे ।
उनले नेपाल आफुहरुको सबैभन्दा नजीकको मित्र राष्ट्र भएको भन्दै शताब्दीऔं पुरानो सम्बन्ध भएको देशमा आफुहरुले यस्तो गर्नै नसक्ने भन्दै उनीहरुलाई कन्भीन्स मात्र गराएनन्, निस्कने बेलामा सबै राजदुतहरुले उल्टै नेपाल सरकारलाई गाली गर्दै निस्कने वातावरण तयार पारे ।
कुटनीतिक रुपमा निकै चालबाजी गर्न सिपालु मानिने रायले गरेको यो चालबाजी नेपालकालागि अर्को घात हुने पक्का छ । रायले नाकाबन्दीको विरोध गरिरहेका अमेरिका, जापान, जर्मनी, अष्ट्रेलिया, यूरोपेली युनियत लगायतका प्रभावशाली देशका प्रतिनिधिलाई निम्त्याएर मिष्ठान्न भोजन सँगै कन्भीन्स गराएका थिए ।
राजदुतहरुले रायसँग नेपालमा किन यस्तो भन्दै तर्कने र थर्काउने प्रयास गर्दा शान्त भएर उनले रक्सौलमा मधेसी मोर्चाको अबरोध नेपालले नहटाएको र अन्य नाकाबाट सामान आउन नरोकीएको जिकिर गरे ।
उनले प्रभावशाली देशका राजदुतहरुलाई लाइन लगाएर बोलाएको र आफ्नो प्रभावमा पारेको खबर न सरकारले थाहापायो न मिडियाले नै ।
लैनचौर स्रोत भन्छ–प्रहरीका डिआइजीदेखि जवानसम्मको ताँतलिे राजदुतहरु भित्र पसेको र बाहिर आएको, भोज खाएको देखेका छन्, तर, माथिग रिपोर्ट नदिएर घात गरेका छन् ।
हुन पनि भारतीय दुतावासको सुरक्षर्थ खटिएका सुरक्षा निकायका अधिकारीहरुलाई यो जानकारी थियो । र भारतीय राजदुतको चालबाजीको उनीहरुले भण्डाफोर गर्न सक्नुपर्दथ्यो ।
त्यस्तो पनि हुन सकेन र लैनचौरमा नांगो नाच देखाउने रायको पछिल्लो हर्कत नेपालमा नाकाबन्दी थप लम्ब्याउने चाल भएको अनुमान लगाउन मुस्कील छ्रन ।
nepalsandesh
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश र जनताप्रति वफादार रहेको र देश बचाउनकालागि सबैले सहयोग गर्नुपर्ने बताएका छन् ।
शनिबार कलाकारहरुको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आफुलाई कमाउँ, खाउँ, खुवाऔं भन्ने कुनै किसिमको सोच नभएको र देश सकटमा परेकाले सबै मिलेर देश बचाउनुपर्ने बताए । प्रधानमन्त्री ओलीले मधेस आन्दोलनका जायज माग पुरा गर्न आफु सधैं प्रतिबद्ध रहेको बताए ।
आफु इमान्दार भएर काम गरिरहेको र देखे बुझेको कुरा सिधा भन्ने गरेको बताए । उनले आफु गाउँमा छँदा बाख्रा गोठालो भएको र जेलमा बस्दा पाइन्टमा आइरन लगाउन नजानेर कपडा नै टासिर्एको प्रसंग समेत उठाए ।
प्रधानमन्त्री ओलीले मधेसी मोर्चाले मागेको संघीयता प्रेमि प्रेमिका बीचको दुरी बढाउने खालको भएको बताए । उनले देश संकटमा परेकाले जिम्मेवार भएर प्रस्तुत हुन मधेसी मोर्चालाई आग्रह समेत गरे ।
प्रधानमन्त्री ओलीले मन्तव्य राख्दैगर्दा उनको आँखा रसाएको थियो भने गला अबरुद्ध समेत भएको थियो । उनले भावनामा आएर भड्काउमा लाग्दा जनताले दुःख पाउने भन्दै सबै एक हुनुपर्ने बेला आएको बताए ।
nepalsandesh
बिहार – भर्खरै विहारको मूूख्यमन्त्री निर्वाचित भएका नीतिशकुमारले एउटा त्यस्तो फ्यान पाएका छन्, जून कुनै राजनीतिज्ञका लागि कल्पना बाहिरको विषय रहन्छ ।
नीतिश पाँचौं पटक मूख्यमन्त्री बनेपछि जहानाबादका एक व्यक्तिले फेरि आफ्नो औला काटेर एक बाबालाई चढाएका छन् । ४५ वर्षीय अनिल शर्मा उर्फ अली बाबाले शुक्रबार नीतिशको सरकार बनेसँगै खुसीयालीमा औँला काटेका हुन् । उनले यो पहिलो पटक गरेका होइनन । सन् २००५ मा पहिलो पटक नीतिशकुमार मूख्यमन्त्री हुदाँ औँला काटेका अनिलले सन् २०१० मा पनि यसरी नै औँला काटेका थिए । उनी औँला काटेर बाबालाई सँधै चढाउँछन् । किन औला काटेर चढाउँछन् अनिल ? अनिल घोसी थानास्थित वैना गाउँका हुन् । उनकी श्रीमतीको मृत्यु भइसकेको छ । उनका बच्चा पनि छैनन् । खेती किसानी गर्ने अनिल दूध बेचेर गुजारा चलाउँछन् । औला काट्नुको कारणबारे सोध्दा उनी भन्छन्, ‘हरेक व्यक्तिको खुसी व्यक्त गर्ने तरिका आफ्नो आफ्नो हुन्छ । कोही मिठाई खाएर त कोइ नयाँ कपडा लगाएर त कोही अन्इ तरिकाबाट खुसी मनाउँछन् । मलाई नीतिश कुमार मुख्यमन्त्री भएकोमा निकै खुसी छ । त्यसैले भगवान्सामू खुसी व्यक्त गर्न औला चढाएको हुँ ।’ अहिले उनको उपचार चलिरहेको छ । नीतिश मूख्यमन्त्री नबनेको भए के गर्थे ? अनिलले अनिलले नीतिश मूख्यमन्त्री नबनेको भए आत्महत्या गर्ने अर्को सनसनीपूर्ण खुलासा गरेका छन् । यदी भविष्यमा पनि नीतिश मूख्यमन्त्री भएनन् भने उनी बाँच्ने छैनन् । उनी भन्छन्, यदी नीतिशकुमारजस्ता व्यक्ति यो राज्यमा मूख्यमन्त्री बन्दैनन् भने यस राज्यमा जिउनुको के फाइदा ? ratopati
शनिबार, ५ मंसिर
काठमाडौं । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका अभियान्ता डा। बाबुराम भट्टराईले तराई मधेसमा जारी आन्दोलन आन्दोलनरत संयुक्त मधेसी मोर्चाका शीर्ष नेताहरुको नियन्त्रण बाहिर जान थालेको खुलासा गरेका छन् ।
शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै नेता भट्टराईले वार्ता र सम्वादबाटै मधेसको समस्या समाधान गर्नु पर्ने भए पनि वार्ता सार्थक हुन नसक्दा यस्तो अवस्था आएको बताए ।
उनले छठ पर्व पछि तराईमा बढ्दै गएको अराजकताले पनि आन्दोलनको नेतृत्वकर्ताको हातमा नियन्त्रण नरहेको पुष्टि हुन थालेको बताए ।
उनले अब यस्तै अवस्था लम्बिए आन्दोलनकारकिो हातबाट सबै नियन्त्रण गुम्ने अवस्था आउने पनि बताए । भट्टराईले सबैले आफ्नो गल्ती स्विकार गरेर देशलाई निकाश दिनुपर्ने बताए ।
उनले आफ्नो देशको समस्या आफैंले समाधान गर्न सकिएन भने जटील समस्या उत्पन्न हुने भन्दै त्यसकालागि आफु भुमिका खेल्न तयार रहेको बताए ।
उनले संविधान जारी गर्ने बेलामा पनि शीर्ष नेताहरुलाई अहिलेको अवस्था आउनसक्नेतर्फ ध्यानाकर्षण गराएको तर, सुनुवाई नगरिएको बताए । उनले खोक्रो राष्ट्रवादको नारा अहिले आवश्यक नभएको पनि बताए ।
nepalsandesh
भक्तपुर, ५ मङ्सिर । विज्ञान तथा वातावरणमन्त्री विश्वेन्द्र पासवानले वर्तमान सङ्कटमा देशको राष्ट्रिय स्वाभिमान बेचिने गरी कुनै सम्झौता नहुने बताउनुभएको छ ।
सिवर्ड इन्टरनेसनल कलेज, ठिमीले यहाँ आयोजना गरेको बधाई तथा स्वागत कार्यक्रममा उहाँले राष्ट्र, राष्ट्रियता, देशको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने कुनै पनि कुरामा सरकारले सम्झौता नगर्ने बताउनुभयो । “हिमालबाट आएको एक थोपा पानी खाएर पनि बाँच्न चाहन्छौँ तर राष्ट्रिय स्वाधीनता बेच्न चाहदैनाँै र बेच्दैनाँै”–मन्त्री पासवानले भन्नुभयो, “राष्ट्रिय स्वाभिमानलाई कायम राख्दै हामी हाम्रो देशभित्रको समस्या समाधान गर्छौ, यसमा सरकार लागिरहेको छ ।”
अब सबै नेपालीले घर घरमा साइकल चलाउने र घरघरमा धुँवारहित चुलोको प्रयोग गर्ने अभियान चलाउनुपर्नेमा जोड दिँदै मन्त्री पासवानले घर घरमा सौर्यऊर्जाको व्यवस्था गरेर उज्यालोमैत्री शिक्षाको व्यवस्था गर्न सरकार लागिपरेको बताउनुभयो । उहाँले आफ्नो मन्त्रालयले विज्ञान, प्रविधि र वातावरण शिक्षामा विद्यावारिधि गर्न विदेश जानेलाई निःशुल्क शिक्षाको व्यवस्था गर्न लागेको जानकारी पनि गराउनुभयो ।
उहाँले आन्दोलनरत मधेसकेन्द्रित दललाई लक्ष्य गर्दै भन्नुभयो, “वार्तामा बसेर समस्याको समाधान खोजौँ, तर वार्तामा नबस्ने र सधैँ जनतालाई दुःख दिने काम अति भयो भने तपाईँहरुको मति बिगे्रको सावित हुनेछ, हाम्रो होइन ।”
सो अवसरमा उत्कृष्ट विद्यार्थी दीपेन्द्र थापा, सन्जुपिला श्रेष्ठ, अन्य विद्यार्थी दीक्षा बाँस्कोटा, रीना महतो र कलेजका पूर्वविद्यार्थी जिना प्रजापति, मीरा प्रजापति, जिनु प्रजापति र अनामिका प्रजापति तथा गायक अविनाश घिसिङलाई सम्मान गरिएको थियो । रासस
dainiknepal
इटहरी– मधेस आन्दोलनलाई सम्बोधन गर्ने नाममा सुनसरी र मोरङ टुक्रयाउन नदिन सुनसरीको दुहबी बजारमा नागरिक समाज दुहबीले आयोजना गरेको सद्भाव र्यालीमा मधेसी मोर्चाका कार्यकर्ताहरुले बिथोल्ने प्रयास गरेपछि स्थिति तनावग्रस्त बन्न पुगेको छ ।

हजारौको संख्यामा निस्किएको र्यालीले दुहबीको विभिन्न क्षेत्रहरु परिक्रमा गरि मुख्य चौकमा कोणसभा गर्दैगर्दा मोर्चाका कार्यकर्ताहरुले आक्रमण गरी यार्ली बिथोल्ने प्रयास गरेका थिए । सो क्षेत्रमा स्थिति नियन्त्रण लिन प्रहरीले ६ राउन्ड हवाई फायर समेत गर्नुपरेको थियो ।

र्याली बिथोल्न पुगेका मधेसी मोर्चाका करीब ५ दर्जनबढी कार्यकर्ताहरुलाई नागरिक समाज र प्रहरी दुबैले बल प्रयोग गरी कार्यक्रमस्थलबाट लखेटेका थिए । मोर्चाका कार्यकर्ताहरुले सदभाव र्यालीमा लुकेर गुलेलीमा गुचा राखी प्रहार गरेको नागरीक समाज दुहबीबाट बुझिएको छ ।
प्रहरी बल प्रयोग पछि अक्रान्त बनेको मोर्चाका कार्यकर्ताहरुले शनिबार पुनः बिरामी बोकेको एम्बुलेन्समाथी तोडफोड मचाउनुका साथै चालकमाथी समेत निर्घात कुटपिट गरी गम्भिर बनाएका छन । मोर्चाका कार्यकर्ताहरुले बिराटनगरको गोल्डेन अस्पतालबाट रिफर गरीएको बिरामी लिएर धरान तर्फ आउदै गरेको को १ च ४७१५ नं को एम्बुलेन्स तोडफोड गर्नुका साथै एम्बुलेन्स चालक आनन्द बिकमाथी निर्घाट कुटपिट गरेका छन ।
कुटपिटबाट चालक बिकको अवस्था गम्भिर रहेको र उपचारको निमित्त प्रहरी रोहबरमा बिराटनगर पठाइउको इलाका प्हरी कार्यालय दुहबीका प्रहरी निरिक्षक कुमार पोख्रेलले बताए ।
यसैबिच नागरीक समाजले निकालेको बिशाल र्याली भाडन खोज्ने मधेसी मोर्चाका ५ जना कार्यकर्ताहरु पक्राउ परेको इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक शिव कुमार पोख्रेलले बताए ।
तराई , मधेसमा जारी मोर्चाको आन्दोलनलाई सम्बोधन गर्ने भन्दै सत्तारुढदलहरुबाटै प्रदेश नं १ बाट सुनसरी , मोरङ्ग टुक्रयाउने प्रस्ताव अघि सरेपछि दुबै जिल्लाहरुमा बिरोध र धर्नाका कार्यक्रमहरु सञ्चालन हुदै आएका छन् ।

www.ratopati

काठमाडौं : एमाओवादी छोडेको पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले तराई मधेस आन्दोलन राजनीतिक नियन्त्रण बाहिर जाने खतरा बढेको बताएका छन् ।

शनिबार राजधानीमा संचारकर्मीहरुसँग भट्टराईले भने, मधेस आन्दोलनमा जुन शैली र प्रवृत्ति देखिएको छ। त्यसले यो राजनीतिक नियन्त्रण बाहिर जाने खतरा छ । उनले मधेस आन्दोलन अराजकतातर्फ जाने डरलाग्दो संकेत देखिएको बताउँदै यसलाई सम्बोधन गर्न बेलामै दलहरुले सार्थक वार्ता गर्नुपर्नेमा जोड दिए।


भट्टराईले भने, तराई मधेस आन्दोलनमा पछिल्ला दृश्य र घटनाहरु बाहिर आएका छन् , त्यसले आन्दोलन मधेसी दलको कमान्डबाट बाहिर जाने खतरा देखिदैछ। त्यो अवस्था निकै अराजक हुनेछ।

उनले सत्ताको उद्देश्यका लागि नयाँ शक्ति गठन गरेको स्पष्ट पार्दै भने, तर भविष्यमा यो पनि एउटा राजनीतिक पार्टीको रुपमा रुपान्तरण हुनसक्छ।
भट्टराईले मधेस आन्दोलनको समाधान खोज्ने र नाकाबन्दीलाई हटाउनका लागि कुटनीतिक पहल गर्ने दिशामा सरकार उदासिन देखिएको आरोप लगाए ।
annapurnapost
सुनसरी : सुनसरी टुक्राउन पाइँदैन भन्दै बृहत नागरिक समाजले निकालेको सद्भाव ¥यालीमा मधेसी मोर्चाका कार्यकर्ताले ढुंगा हानेपछि सुनसरीको दुहबीमा गोली चलेको छ ।

दुहबी–भलुवा नगरपालिकामा निकालिएको सद्भाव ¥याली दुहबी बजारमा गइरहँदा मोर्चा कार्यकर्ताले ढुंगा हानेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो ।

मोर्चाका कार्यकर्ताहरुले सद्भाव ¥यालीमा ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो ।


मोर्चाका कार्यकर्तासँग भएको झडपका क्रममा प्रहरीले ६ राउन्ड हवाइ फायर र ६ राउन्ड अश्रुग्यास हानेको हो ।

मोर्चा कार्यकर्ता र प्रहरीबीच झडप भएपछि अहिले दुहबी तनावग्रस्त भएको छ । मोर्चाका कार्यकर्ताले शनिबार गाडी चल्न नदिने भन्दै कोशी राजमार्गको दुहबीखण्डमा अवरोध गरेका थिए ।
annapurnapost
काठमाडौं– मधेस आन्दोलनलाई सशक्त रुपमा अघि बढाउन भन्दै चार वटा मधेस केन्द्रीत दलको नयाँ मोर्चा जन्मिएको छ । यसअघि नै फरक तीन मोर्चामा आवद्व फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव मधेस समाजवादी पार्टीका अध्यक्ष शरत सिंह भण्डारी र नेपाल सद्भावना पार्टीका अनिल झा र तराई मेधसमा ‘तराई मधेस राष्ट्रिय अभियान चलाउँदै आएका जेपी गुप्ता मिलेर नयाँ मोर्चाको गठन गरेका हुन् ।
गुप्ताको अगुवाईमा गठन भएको संघीय समावेश गठबन्धन नामक मोर्चाले संयुक्त रुपमा अघि बढ्दा मधेस आन्दोलनलाई निश्कर्षमा पुर्याउन सम्भव हुने ठहर गरेको छ ।

आज जनकपुरमा बसेको बैठकबाट नयाँ मोर्चा बनाएर अघि बढ्ने निर्णय भएको भएपनि झा, यादव र भण्डारी तथा गुप्ताको आफ्नै मोर्चा यसअघि नै अस्तित्वमा रहेको छ । झाको संघीय मधेसी मोर्चा रहेको छ भने राजकिशोर र भण्डारीको संघीय लोकतान्त्रिक मोर्चा रहेको छ । यस्तै गुप्ताको आफ्नै अभियान तराई मधेस राष्ट्रिय मधेस रहेको छ ।
नयाँ मोर्चा गठन गरेर अघि बढ्ने निर्णय भएपनि औपचारिक घोषणा भने भोलि वीरगञ्जमा हुने कार्यक्रमबाट हुने बताइएको छ ।

यसैबीच सो मोर्चामा नेकपा माओवादीका संयोजक मातृका यादव पनि सहभागि हुने तय भएको थियो । तर, अन्तिम समयमा आएर मातृका सम्पर्कविहिन हुन पुगेको नयाँ मोर्चामा आवद्व एक नेताले रातोपाटीलाई जानकारी दिए ।
उनका अनुसार हिजो राती भएको अनौपचारिक छलफलमा मातृका पनि मोर्चामा आवद्व हुने तर त्यसका लागि मोर्चा एक मधेस एक प्रदेशको नीतिमा सहमत हुनुपर्ने उनले अडान राखेका थिए । यसविषयमा आज अन्तिम निर्णय गर्ने भनि राती छुटिएका मातृका आज भने सम्पर्कमा नआएका हुन् ।
उनलाई मोर्चाका नेतृत्वकर्ता जेपी यादवले पटक पटक सम्पर्कमा गर्दा पनि सम्पर्कमा नआएको बताइएको छ ।

नयाँ मोर्चाले आन्दोलनलाई प्रभावकारी बनाउन अरु मधेस केन्द्रीत दलसँग पनि छलफल गरेर सहकार्य गर्ने सोच राखेको राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारीले जानकारी दिए ।

www.ratopati
शनिबार, ५ मंसिर
जनकपुर । तराईमा पछिल्लो तीन महिना देखि आन्दोलन गर्दै आएका चार वटा मधेस केन्द्रित दलहरुले नयाँ मोर्चा बनाएका छन् ।
नयाँ मोर्चा बनाउने हरुमा शरत सिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको मधेसी जनअधिकार फोरम गणतान्त्रिक, अनिल झा नेतृत्वको नेपाल सदभावना पार्टी र जयप्रकाश प्रसाद गुप्ता नेतृत्वको तराई मधेस राष्ट्रिय अभियान रहेको ।
नयाँ मोर्चाको नाम भने संघीय समावेसी गठबन्धन राखिएको छ ।सरकार संग वार्ता र छलफल चलिरहेको बेला एक्कासि नयाँ मोर्चा गठन भएकोमा आम जनतामा आश्चार्य पैदा भएको छ ।
नयाँ मोर्चा गठन गर्नुको कारण मधेस आन्दोलन थप सशक्त बनाउने मोर्चाका नेताहरुले बताएका छन् । जनकपुरमा शनिबार पत्रकार सम्मेलन गरी आगामी दिनमा संघीय समावेशी गठबन्धन निर्माण गर्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् ।
राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरत सिंह भण्डारीले सो पत्रकार सम्मेलनमा तीन महिनाभन्दा बढी समयदेखि चलिरहेको मधेस आन्दोलनमा मधेसी नागरिकको त्याग एवं बलिदान दिएपनि उपलब्धी हासिल नभएकाले नयाँ मोर्चा बनाउनु परेको बताएका छन् ।
सुस्ताउँदै गएको मधेस आन्दोलनलाई थप प्रभावकारी बनाउन अन्य मधेस केन्द्रित दलहरुसंग पनि सहकार्य गर्दै अघि बढ्ने उनले बताए ।
nepalsandesh
काठमाडौँ, ५ मङ्सिर । सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल तराई मधेसमा देखिएको समस्या समाधान गर्न सहमत भएका छन् ।
सिंहदरबारमा आज भएको द्विपक्षीय छलफलमा तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सकारात्मक र परिणाममुखी वार्ता गर्नुपर्ने र मुलुकले भोग्नु परेको समस्यालाई समाधान गर्न ती दल एकमत भएका हुन् ।
नेपाली काँग्रेसले आयोजना गरेको छलफलमा वार्तालाई परिणाममुखी बनाउने र व्यवस्थापिका–संसद्मा दर्ता भएको ‘संविधान संशोधन विधेयक’ र ‘पुनःनिर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक’लाई तत्काल पारित गरेर जाने विषयमा समेत कुराकानी भएको थियो ।
सबै पक्षले पार्टीभित्र एकसरो छलफल गरेर तराई मधेसको समस्यालाई सार्थक निष्कर्षमा पु¥याउनुपर्ने र समस्या लामो समय राख्न नहुनेमा मतैक्य भएको बैठकपछि नेताहरुले प्रतिक्रिया दिनुभएको छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले तराई मधेसको आन्दोलन, नेपाल–भारत सीमामा भइरहेको नाकाबन्दी र आपूर्ति व्यवस्थापनमा भएको समस्याको बारेमा आजको बैठक केन्द्रित रहेको प्रतिक्रिया दिनुभयो ।
मूल समस्यालाई समाधान गर्न सरकारमा रहेका दल र प्रमुख प्रतिपक्षी दलबीच साझा धारणा बनाउन सौर्हाद्रपूर्ण वातावरणमा छलफल भएको र प्रमुख दलहरुबीच पनि समान धारणा हुनुपर्छ भन्नेमा बैठकमा महत्वपूर्ण छलफल भएको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “तराई–मधेसको आन्दोलन र नाकाबन्दीबाट सिर्जिएको अवस्था बारे साझा धारणा बनाउन आवश्यक छ भन्ने विषयमा कुरा अगाडि बढेको छ । आ–आफ्नो पार्टीमा छलफल गरेर अगाडि बढ्ने र छिट्टै अर्को बैठक बस्ने सहमति भएको छ । सबै पक्षमा समस्याको निरुपण गर्नुपर्नेमा मतैक्य देखिएको छ ।”
अत्यावश्यकीय सामग्रीको आयातमा कुनै अवरोध नगर्ने भन्ने मोर्चाको निर्णय आएपनि औषधि, इन्धन आपूर्तिमा अवरोध भइरहेकाप्रति आन्दोलनरत पक्ष गम्भीर रहेको आफूले पाएको बताउँदै अध्यक्ष दाहालले ट्रक, एम्बुलेन्समाथि भएको प्रहारसमेत अमानवीय भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “सकेसम्म यो समस्यालाई छिटो टुङ्ग्याउने पक्षमा हामी छौँ । प्रमुख तीन दल समस्या समाधानमा प्रतिबद्ध भएर लाग्ने सहमति भएको छ ।”
काँग्रेस प्रवक्ता दीलेन्द्रप्रसाद बडूले हामीले बोलाएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने बताइएपनि उहाँ सहभागी नहुनु भएको भन्दै मधेसी मोर्चासँगको वार्तालाई सकारात्मक बनाउन ठोस धारणा तयार गर्न दुवै पक्ष सहमत भएको बताउनुभयो ।
मुलुकलाई परेको समस्या समाधान गर्न आपसी परामर्शलाई तीव्र पार्ने र चाँडोभन्दा चाँडो सहमति खोज्न प्रतिबद्ध भएको उल्लेख गर्दै प्रवक्ता बडूले सदनमा दर्ता भएको संविधान संशोधन विधेयक र पुनःनिर्माण प्राधिकरण विधेयक तत्काल पारित गर्न आग्रह गरेको स्पष्ट पार्नुभयो ।
राष्ट्र बैंकमा आन्दोलन किन– काँग्रेस
बैठकमा काँग्रेसले पुनःनिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत आफ्नो नेतृत्वको सरकारले नियुक्त गरेको व्यक्ति नै हुनुपर्ने जिकिर गरेको थियो । काँग्रेस नेतृत्वको सरकारले प्रा डा गोविन्दराज पोखरेललाई प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । यस्तै नेपाल राष्ट्र बैंकमा भइरहेको आन्दोलनले समग्र आर्थिक अवस्थामा समेत प्रतिकूल प्रभाव पारेको भन्दै काँग्रेसले बैठकमा नेकपा(एमाले) सम्बद्ध कर्मचारीबाट भइरहेको धर्ना र घेराबन्दी किन भइरहेको छ भन्ने प्रश्न गरेको थियो ।
मधेसी जनअधिकार फोरम नेपाल(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले मुलुकले भोग्नुपरेको समस्याको समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताउनु भयो ।
“बन्द हड्ताल, आन्दोलनले असहज परिस्थिति छ । सो समस्याको समाधानका विषयमा छलफल भयो । यो सत्तापक्षको मात्र समस्या होइन, सबै दल, राष्ट्रको समस्या हो, त्यसलाई समाधान गर्न तीन ठूला पार्टीले समान धारणा बनाउनुप¥यो । अनि मात्र समस्याको समाधान हुन्छ भन्नेमा हामीले जोड दियौँ” अध्यक्ष गच्छदारले भन्नुभयो । बैठकमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका शीर्ष नेताहरुको सहभागिता थियो ।
dainiknepal
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज राष्ट्रिय जागरण परिषद नेपाल, नेपाल टेलिकम कर्मचारी संगठन, बस्तु तथा सेवा उपभोक्ता संरक्षण महासंघलगायतका संघ संस्थाहरु र वरिष्ठ कलाकारहरुले भेट गरेका छन् ।
सो क्रममा उनीहरुले आफ्ना क्षेत्रका समस्या र देशले अहिले बेहोरिरहेको समस्याका बारेमा ध्यानाकर्षण गराएका थिए ।

राष्ट्रिय जागरण परिषद नेपालका संयोजक साध्यबहादुर भण्डारीको नेतृत्वमा परराष्ट्रबिद् हिरण्यलाल श्रेष्ठ, पूर्व सचिव द्वारिकानाथ ढुंगेल र भरतबहादुर बस्नेतसहितको प्रतिनिधि मण्डलले मधेसकेन्द्रित दलहरुले सिमा नाकामा पु-याइरहेको अवरोध, तराई मधेसको आन्दोलन र नाकाबन्दी लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउदै आन्दोलन र नाकाबन्दीका कारण नेपालमा उत्पन्न मानवीय संकटको अन्तर्राष्ट्रियकरण गर्न माग गरे ।

उनीहरुले इन्धन आपूर्ति लगायतका विषयमा चीनसँग भएको सम्झौताको स्वागत गर्दै अत्यावश्यक सामग्रीको आपूर्तिका लागि तात्कालिक, मध्यकालिक र दीर्घकालिक योजनाहरु बनाई अघि बढ्न सरकारलाई सुझाव पनि दिए ।

जवाफमा प्रधानमन्त्रीले प्रतिनिधिमण्डलहरुबाट प्राप्त सुझावहरुले सरकारलाई बल प्राप्त भएको तथा सरकार सामाजिक सदभाव र राष्ट्रिय एकतामा खलल पर्न नदिनेतर्फ गम्भीर र सचेत रहेको बताए ।

ratopati
काठमाडौं । भारतीय गृहमन्त्री राजनाथ सिंहले चिनियाँ राष्ट्रपतिदेखि गृहमन्त्रीसम्मलाई भेटी इन्धन नदिन घुमाउरो आग्रह मात्र गरेनन्, भारत हार्ने खेलमा नलाग्न चीनलाई आग्रह पनि गरे ।
अघोषित नाकाबन्दी लगाएको भारतले यतिखेर चीन र नेपालबीच भएको तेल व्यापार रोक्ने ठुलो कसरत गरिरहेको छ । नेपाल र चीनबीच पेट्रोलियम व्यापारको प्रारम्भिक सम्झौता भएको आवस्था र व्यापारिक सम्झौताको तयारि भैरहेका बेला एकाएक चीन हानीएका सिंहले चिनियाँ सरकारका उच्च अधिकारीहरुलाई भेटेर नेपाललाईए चीनले इन्धन दिनु नेपाल जित्नु र भारत हार्नु सरह भएको बताएका छन् ।
उनले चिनियाँ राष्ट्रपति सि जिनपीङदेखि समकक्षीसम्मलाई भेटेका छन् । नेपालसँगको ४० वर्षे तेल व्यापारको एकाधिकार तोडिने र नेपाललाई समस्यामा पारेर आफ्नो स्वार्थ पुरा गर्ने भारतको योजना लगभग असफल हुनै लाग्दा भारत अत्तालिद चीनसँग इन्धन नदिन कुटनीतिक तहमा छलफल गरिरहेको छ ।
 चिनियाँ प्रधानमन्त्री लि खछ्याङ सँगको भेटमा सिंहले नेपालमा जारी भएको संविधानले आम नेपालीको भावना नसमेटेको र मधेसका केही समुदाय अधिकार बिहीन भएको बताएका थिए । उनले यती भनेपछि चीनले नेपालको आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नहुने भन्दै नाकाबन्दी गर्नु अमानविय भएको भन्दै उल्टै सिंहलाई झपारेका थिए ।
यती मात्र हैन नेपालकै आयल निगमका उच्च अधिकारीहरुलाई पनि भारतले नियन्त्रणमा लिएको आरोप लागीरहेका बेला राजनाथ सिंहको बेइजिङ दलौडधुपले इन्धन व्यापार सम्झौता लम्बिने सकेत देखापरेको स्रोतको दाबी छ ।
चीनसँग भारतले आफ्नो मुलुकमा भएको लगानी र व्यापार नविर्सन पनि धम्की दिएको छ । सबै छिमेकीहरुसँग सम्बन्ध बिगार्दै लगेको भारतले चीनसँगको सम्बन्ध पनि विगार्ने निहुँ खोजीरहेको छ ।
सिंहले नेपाललाई चीनले तेल दिँदा आफुहरुको व्यापारीक क्षेत्र खुम्चने र नेपालसँगको पुरानो सम्बन्ध स्थापीत गर्न समस्या पर्ने भएकाले केही समय चुप बस्न पनि आग्रह गरेका थिए ।
तर, चीनले नेपालमा मानविय संकट देखापरिसकेकाले आफुहरु चुप लागेर नबस्ने जवाफ फर्काएको चिनियाँ सञ्चारमाध्यमले दाबी गरेका छन् ।
nepalsandesh
जाजरकोट, ५ मंसिर । गृहमन्त्री शक्ति बस्नेतले मधेस आन्दोलनमा बल प्रयोग गर्ने चेतावनी दिनुभएको छ ।
गृहजिल्ला जाजरकोटमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै राजनीतिक वार्ताबाट निकास ननिस्कने स्थिती देखिएकाले मधेस आन्दोलनमा अब बल प्रयोग गरिने चेतावनी दिनुभएको हो । उहाँले भन्नुभयो- ‘राजनीतिक र कुटनीतिक पहलबाट असहज परिस्थितिको समाधान नभए विद्यमान कानुन अनुसार बल प्रयोग गरिने छ । त्यसका लागि सेना परिचालनको तयारी समेत भइरहेको छ ।’
वार्ताबाट समस्याको समाधान गर्न सरकार लचिलो रहेको जानकारी दिदै मन्त्री बस्नेतले त्यसबाट पनि निकास नआए कानुनको प्रयोग गरेर भएपनि छिट्टै समस्याको समाधान खोजिने चेतावनी दिनुभयो ।
मधेस आन्दोलन देश तथा जनताको लागि नभई सत्ता र कुर्सीका लागिमात्र भएको आरोप लगाउँदै उहाँले त्यसका लागि नेपाली जनताले बलिदानी गर्न नसक्ने बताउनुभयो । ‘मधेश आन्दोलनको नाममा नेपाली जनताले स्वाभीमान तथा पहिचान गुमाउन चाहदैनन्’, उहाँले भन्नुभयो– ‘देशको स्वाभीमान र स्वाधीनतालाई धरापमा पारेर बार्ता हुँदैन ।’
भारततर्फ संकेत गर्दै उहाँले ऐतिहासिक संविधानमा कसका माग कति सम्बोधन भए भन्दा पनि संविधान बनेको गुनासो बढी रहेको बताउँदै संसारकै उत्कृष्ट संविधानमा सबै पक्षका माग समेटिएको दावी गर्नुभयो । यद्यपी बिभिन्न क्षेत्र तथा वर्गका गुनासो संविधानबाटै सम्बोधन हुने उहाँको भनाई छ ।
dainiknepal
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home