• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं : शनिबार बिहान बिहान ११ बजेर २७ मिनेट जाँदा ताप्लेजुङको तेल्लोक आसपास केन्द्र भएर ४.५ म्याग्निच्यूडको नयाँ भूकम्प गएको छ ।

यो ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका भूकम्पविद् चिन्तन तिमल्सिनाले राससलाई जानकारी दिए ।

यसअघि बिहान १० बजेर १० मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएको ४.१ रिक्टर स्केलको परकम्प गएको थियो । रासस
दुनियामा केही यस्ता रहस्यमय चिज हुन्छन् जसले प्रकृतिको नियमलाई नै चुनौति दिन्छन् । जमिनमा बनेको खाडलमा गहिराइ बढ्दै जाँदा अँध्यारो पनि बढ्दैजान्छ, किनकी तलसम्म प्रकाश पुग्न सक्दैन । तर यो शाश्वत सत्यलाई चुनौति दिएको छ एउटा इनारले ।

पोर्चुगलको सिन्तारामा रहेको एक इनारमा जति गहिराइमा गयो उति धेरै उज्यालो छ । यो इनारको पिँध निकै उज्यालो छ, बीचको भाग भन्दा । इनारको पिँध जमिनबाट प्रकाश निस्किरहेको छ र त्यो प्रकाशको रोशनी माथितर्फ आएको छ ।
लेडीरिनथिक ग्रोटा नामको उक्त इनारको आकार पनि अचम्मको छ । यो इनारको गहिराइ ४ तले घर जत्तिकै छ र यसको ब्यास तल घट्दै गएको छ । यसको आकार पनि अचम्मको छ र उल्टो टावरजस्तो देखिन्छ । इनारको बाहिरपट्ट िपनि कलात्मक पर्खाल तथा मूर्तिहरु कुँदिएको छ ।

इनारको पिँधमा कुनै बत्ति बालिएको छैन, तर त्यहाँ उज्यालो छ र प्रकाश कहाँबाट आएको छ ? त्यो रहस्यको विषय बनिरहेको छ ।
यो इनारलाई विशिङ वेल्स अर्थात् चिताएको कुरा पूरा गरिदिने इनारको नामले चिनिन्छ । मानिसहरु यो इनारमा सिक्का फ्याँकेर वर माग्ने गर्छन् । यो इनारभित्र सिक्का फाल्नाले मागेको वर पाइन्छ भन्ने आम मान्यता रहेको छ ।

इनार हेर्न आउने जो कोही मानिस अचम्ममा पर्छन् जब इनारको पिँधमा उज्यालो देखिन्छ । चारतले घरजत्तिकै गहिराइभित्र कहाँबाट प्रकाश आयो ? भन्ने विषय अहिले पनि रहस्यको विषय बनिरहेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
साउन, काठमाण्डौँ । अहिले नेपाली संगीत क्षेत्रको बजारमा ज्योति मगरको सर्वत्र चर्चा छ । समाजिक सञ्जालमा उनको खुलापनको पक्ष विपक्षमा वादविवाद उत्तिकै छ । आलोचनासँगसँगै सर्मथनका स्वरहरु पनि सुनिएका छन् ।

यो चर्चालाई चुल्याउन गायक रामप्रसाद खनालको फेसबुक स्टाटसले पनि ठूलो भूमिका खेल्यो । रामप्रसाद खनालले ज्योति मगरलाई निलो फिल्म खेल्न सुझाव दिएको खबरहरु सबैतिर फैलियो । यो कुरा ज्योति मगर र उनका सर्मथकलाई सह्य भएन । सामाजिक सञ्जालमा नै रामप्रसाद खनालको पनि तिखो आलोचना भयो । यो विवादलाई टुंग्याउने हेतुले गायक खनालले अमेरिकाबाट १५ मिनेट खर्चिएका छन् । जहाँ उनले ज्योति मगर चेलीबेटी भएकाले चिन्ताले उनको उत्ताउलोपनको आलोचना गरेको बताएका छन् । स्टाटसमा भएको सकारात्मक कुरालाई बिर्सेर कुरा ट्वीस्ट गरेर समाचार लेखिएकोप्रति उनले आपत्ती पनि जनाएका छन् । आफुले पनि २५, २६ वर्ष पत्रकारिता गरेकाले आगो लगाउने हेडलाईन राखेर समाचार सम्प्रेषण नगर्न अनलाईनहरुलाई उनले चेतावनी मुलक आग्रह गरेका छन् । यस्तै, सामाजिक सञ्जालमा भूपु नेपाली भनिएको प्रति पनि उनले आपत्ती जनाएका छन् । अमेरिकामा बसेर तँलाई के खाँचो भन्नेहरुलाई उनले सचेत गराएका छन् । तल्लो स्तरका गालि ज्योति मगरलाई गाली नगर्न सुझाव दिँदै उनले भावुक हुँदै ज्योति मगर र दर्शकलाई यस्तो आग्रह गरेका छन् ।source taja khabar
३० साउन, काठमाडौं ।

आज बिहान १० बजेर १० मिनेट जाँदा दोलखा गौरीशङ्क संरक्षण क्षेत्र केन्द्रविन्दु भएको ४.१ रेक्टर स्केलको परकम्प गएको छ ।



यसअघि शुक्रबार बेलुका ६ बजेर ४७ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु भएर ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

गत वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ रेक्टर स्केल वा त्यसमाथिका ३७८ परकम्प गइसकेको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्र लैनचौरले जनाएको छ ।
महानगरीय अपराध महाशाखाका एसपी प्रकाश अधिकारीसँग शुक्रबार एक व्यक्ति गुनासो गर्दै थिए, ‘तपाईंविरुद्ध प्रहरीमा साइबर क्राइम मुद्दामा उजुरी परेको छ, ५० हजार रुपैयाँ दिए मिलाइदिन्छु नत्र फस्नुहोला भन्दै धम्क्याए सर आफूलाई प्रहरी बताउने एक व्यक्तिले आफूलाई ब्ल्याकमेलिङ गरिरहेको उनको गुनासो थियो ।
आजको नयाँ पत्रिका दैनिकमा खबर छ । ती व्यक्तिको कुरा नसकिँदै एक व्यवसायी एसपी अधिकारीको कार्यकक्षमा प्रवेश गरे । उनी आफ्नो एक पूर्वकर्मचारीले १० वटा ल्यापटप तथा मोटरसाइकल गरी १० लाखभन्दा धेरै ठगी गरेको उजुरी लिएर पुगेका थिए ।महाशाखाको अर्को छेउमा दरबारमार्गमा वाइन पसल सञ्चालन गर्ने एक युवती डन गणेश लामालगायतले आफूहरूको डेढ लाख रुपैयाँ नदिएको भन्दै गुनासो गरिरहेकी थिइन् । शुक्रबार मात्र होइन, हरेक दिन प्रहरी कार्यालयमा ठगीका उजुरी गर्न आउनेको बिहानदेखि बेलुकासम्म भीड लाग्छ ।टेकुस्थित अपराध महाशाखा तथा काठमाडौं परिसरमा पुग्ने सर्वसाधारणमध्ये करिब ८० प्रतिशतका ठगीसम्बन्धी समस्या हुन्छन् । ‘उपत्यकाको ठगीबारे कुरा गर्ने हो भने तीन दिन लाग्छ,’ ठगी घटनाको अनुसन्धान गर्दै आएका अपराध महाशाखाका एसपी अधिकारी भन्छन्, ‘उपत्यकामा ठूलो समूह ठगको जालोमा परेको देखिन्छ ।’ सरकारी जागिर खुवाउने, आकर्षक कमाइ हुने विदेश पठाउने, आकर्षक ब्याज दिनेदेखि सस्तोमा डलर साटिदिने तथा सस्तोमा सुन बेच्ने भनेर ठगी हुने गरेको छ । www.etajakhabar.com
वीरगन्ज: पर्सा भौराटारका लालबहादुर साह वैदेशिक रोजगारीका सिलसिलामा चार वर्षपहिले मलेसिया गए। तीन वर्ष मलेसियामा काम गरेर छुट्टीमा पोहोर साल घर फर्किएका उनले श्रीमती पूजाबाट पहिलेको जस्तो माया पाउन सकेनन्। जसोतसो एकडेढ महिनाको छुट्टी बिताएर उनी फेरि मलेसिया हानिए।

दोस्रोपटक मलेसिया गएको ६ महिना बित्न नपाउँदै गत चैतमा उनी फेरि घर फर्कन बाध्य भए। सँगै जिउने सँगै मर्ने बाचा गरेकी श्रीमती गाउँकै पुरुषसँग लहसिएको खबर आफन्तले गरेपछि ६ महिनामै मलेसियाबाट काम छाडेर घर फर्किन बाध्य भएको लालबहादुर बताउँछन्।


घर फर्किएपछि उनले श्रीमतीलाई सम्झाउनेबुझाउने प्रयास पनि गरे। तर उनकी श्रीमती उनीसँग बस्न मानिनन् । अन्ततः जिल्ला अदालतबाट दुवैले सम्बन्धविच्छेद गराए।

पर्साको भेडियारीका नगेन्द्र ठाकुर र मसिहानीकी रीमादेवीबीच पनि बिहे भएको तीन वर्ष नपुग्दै सम्बन्धविच्छेद भएको छ। बिहे गरेको दुई महिनामा नगेन्द्र रोजगारीका लागि खाडी मुलुक कतार गएका थिए। कतारबाट घर फर्किंदा नगेन्द्रले श्रीमती रीमाको चालचलन ठीक देखेनन्। दुवैबीच मतभेद चर्किएपछि उनीहरूले पनि अदालतबाटै सम्बन्धविच्छेद गराए।

पर्साकै बिन्धवासिनका कजिमन साह र रनिकादेवीबीचको वैवाहिक जीवनको यात्रा चार वर्ष पनि चल्न सकेन। जसका लागि कजिमन देश छाडेर मलेसिया गए, उनैले धोका दिइन्। मलेसियाबाट फर्किएपछि कजिमनले श्रीमती रनिकासँग सम्बन्धविच्छेद गर्नुपर्‍यो।

वैदेशिक रोजगारीले श्रीमान् श्रीमतीबीचको सम्बन्धमा प्रतिकूल प्रभाव पारेको उदाहरण मध्यतराईमा थुप्रै छन्। विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्धविच्छेदकै बिन्दुमा पुगेर टुंगिने गरेको छ।

वैदेशिक रोजगारी र कम उमेरमा विवाहका कारण मध्यतराईका पर्सा, बारा र रौतहटमा श्रीमान् र श्रीमतीबीच सम्बन्धविच्छेदको घटनामा तीव्र वृद्धि भएको छ।
पर्सा जिल्ला अदालतमा गत आर्थिक वर्ष २०७१-०७२ मा सम्बन्धविच्छेदका एक सय ३३ वटा मुद्दा दर्ता भए। त्यसमध्ये ९५ वटा मुद्दाको अदालतले फर्स्योट गरेको र बाँकी ३८ वटा मुद्दा फस्र्योट हुन बाँकी छ।

आर्थिक वर्ष २०७०/०७१ मा भने सम्बन्धविच्छेदका ६० वटा मुद्दामात्र दर्ता भएका थिए। त्यसमध्ये ३५ वटा मुद्दाको अदालतले फस्र्योट गरेको र बाँकी ३८ वटा मुद्दा फर्स्‍योट हुन बाँकी रहेको पर्सा जिल्ला अदालतले जनाएको छ।आर्थिक वर्ष २०७०/०७१ को तुलनामा गत आर्थिक वर्ष २०७१-७२ मा सम्बन्धविच्छेदका मुद्दा दोब्बरभन्दा पनि बढीले दर्ता भएको अदालतका तहसिलदार शम्भु कुमार बस्नेतले बताए।
विवाहित पुरुष वैदेशिक रोजगारीमा जाने क्रम बढेसँगै श्रीमान् श्रीमतीका सम्बन्धमा समेत नकारात्मक प्रभाव पर्ने गरेको छ, जुन अन्ततः सम्बन्धविच्छेदकै बिन्दुमा पुगेर टुंगिने गरेको छ।
यस्तै बारा जिल्ला अदालतमा पनि गत आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्धविच्छेदका ७० वटा मुद्दा दर्ता भएकोमा ६५ वटाको फस्र्योट भएको जानकारी श्रेस्तेदार रोशनकुमार भट्टराईले दिए। आर्थिक वर्ष २०७०/७१ मा भने ५६ वटा मुद्दा दर्ता भएकोमा ४४ वटा फस्र्योट भएको भट्टराईले बताए।

यस्तै रौतहटमा पनि सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको छ। रौतहट जिल्ला अदालतमा आर्थिक वर्ष २०७१/०७२ मा सम्बन्धविच्छेदका एक सय ६० वटा मुद्दा दर्ता भए। त्यसमध्ये ४८ वटा मुद्दाको अदालतले फस्र्योट गरेको र बाँकी १२ वटा मुद्दा फर्स्यौट हुन बाँकी छ।

आर्थिक वर्ष २०७०/०७१ मा भने रौतहट जिल्ला आदालतमा सम्बन्धविच्छेदका ४६ वटामात्र मुद्दा दर्ता भएको जानकारी श्रेस्तेदार कुलप्रसाद भण्डारीले दिए। श्रीमान् श्रीमतीबीचका अधिकांश सम्बन्धविच्छेद वैदेशिक रोजगारका कारण नै हुने गरेको पर्सा जिल्ला अदालतका तहसिलदार बस्नेतले बताए।

वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्किएपछि श्रीमान् श्रीमतीको सम्बन्धमा फाटो आउने गरेका कारण सम्बन्धबिच्छेद गर्ने चलन बढ्दो रहेको उनले बताए।वैदेशिक रोजगारीमा दुईतीन वर्ष बिताएर घर फर्कने पुरुषले श्रीमतीको आचरणमाथि शंका गर्नु, श्रीमान् विदेशमै रहेका बेला श्रीमतीको परपुरुषसँग सम्बन्ध जोड्नुजस्ता कारणले पर्सामा सम्बन्धविच्छेद गर्ने दम्पतीको संख्या दिनप्रतिदिन बढ्दै गएको तहसिलदार बस्नेतको तर्क छ।
 

यसका साथै मधेसमा कम उमेरमै विवाह हुनु र पछि उमेर परिपक्व हुँदै गएपछि एकले अर्कालाई मन नपराउने कारणले पनि सम्बन्धविच्छेद गर्ने प्रवृत्ति बढ्दै गएको अधिवक्ता वीरेन्द्र यादवले बताए।'मधेसमा सम्बन्धविच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगारी, बालविवाहका साथै घरेलु हिंसा पनि एक प्रमुख कारण हो', उनले भने, 'तर वैदेशिक रोजगारीका कारण बढी सम्बन्धविच्छेद भएको देखिन्छ।'
annapurnapost.com

अनार निकै गुणकारी फल हो । अनारको फलमात्र नभएर अनारको रुखका सबै चिजमा औषधीय गुण हुने बताइन्छ । फलको गुदी मात्र नभएर यसको बोक्रामा अझ धेरै औषधीय गुण हुने विज्ञहरु बताउँछन् । विश्वका आदिवासीहरु समेत अनारलाई हर्वल औषधिको रुपमा विभिन्न रुपमा प्रयोग गर्ने गर्छन् । अनारका फाइदा निम्न छन् :

अनारको नियमित सेवनले सरीरमा रगतको कमी हुन हुन दिँदैन । साथै अनार मुटुका रोगीहरुका लागि समेत लाभदायक हुन्छ । नियमित अनारको जुस पिउँदा तन्दुरुस्ती प्राप्त हुने विज्ञहरुको भनाई छ ।
मुखभित्र आउने घाउ तथा अनुहारका खटिराबाट मुक्ति पाउन अनारका पातको प्रयोग लाभप्रद हुन्छ । अनारको पात पानीमा उमाल्ने, पानी कालो बनेपछि त्यसलाई सेलाउन दिने र उक्त पानीले नियमित रुपमा मुख कुल्ला गर्ने तथा अनुहार धुने गरिएमा अनुहारका खटिरा, मुखभित्रको दुर्गन्ध तथा गिजा सुन्निने लगायतका समस्याबाट छुटकारा मिल्छ ।
पेट दुखेको छ भने अनारको पातको रसमा अदुवाको रस मिलाएर खाँदा फाइदा पुग्छ ।
अनारमा एन्टी अक्सिडेन्ट तत्व पनि प्रसस्त पाइने भएकाले यसको नियमित सेवनले छिटै बुढ्यौलीका लक्षण देखिने समस्या समेत कम गर्छ ।
अनारको नियमित सेवनले यौनक्षमतामा समेत वृद्धि गर्ने विभिन्न अध्ययनले देखाएका छन्

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, ३० साउन । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति प्रकट गर्दै उनीहरूमाथि कारबाहीको माग गरिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

नयाँ संविधानमा आफूहरूले चाहेजस्तो अधिकार नपाएमा पाकिस्तानबाट बंगलादेश छुट्टिएको घटना स्मरण गराउँदै मधेस टुक्रने चेतावनी दिएका सिंह, यादव र महतो कैलालीको टीकापुरबाट बुधबार लखेटिएका थिए। मधेस र थरुहट प्रदेशले आत्मनिर्णयको अधिकार पाउने गरी स्वायत्त प्रदेश नपाए मुलुकको एकतामै आँच आउन सक्ने धारणा राखेका मधेस केन्द्रित नेताहरू स्थानीयको आक्रोशको सिकार बनेका हुन्।

एमाले उपाध्यक्ष एवं सभासद् भीम रावलले शुक्रबार संसद्मा विशेष समय लिएर कैलालीको टीकापुरमा भएको आमसभामा तरबार र खुकुरी लिएर निश्चित भूभागबाट आएर देश टुक्र्याउँछु भन्नेहरूलाई स्थानीयले लखेटेको बताए। उनले त्यसरी अभिव्यक्ति दिनेहरूलाई कारबाही गर्नसमेत सरकार तथा संसद्सँग माग गरे।

टीकापुरमा संयुक्त थारू संघर्ष समितिले बिहीबार आयोजना गरेको आमसभाको सन्दर्भ जोड्दै रावलले भने, ‘थारुहरूको अधिकार समेट्ने मागका नाममा सद्भावना पार्टीसँग संलग्न व्यक्तिले जथाभाबी आग्रह गर्न मिल्दैन। जनतालाई उत्तेजित बनाउने कार्य सभासद्बाट गर्न मिल्छ कि मिल्दैन?’

रावलले यादव र सिंहले यो मुलुकको हालत पाकिस्तान र बंगलादेशजस्तै पार्छु भन्नु दुर्भाग्यपूर्ण रहेको बताए। उनले प्रश्न गरे, ‘कांग्रेसजस्तो पार्टीले सिंहलाई त्यस्तो अभिव्यक्ति दिन निर्देशन त दिएन? ‘

संयुक्त थारू संघर्ष समितिले आयोजना गरेको सभामा कैलाली, कञ्चनपुरसहित तराईका जिल्लालाई थरुहट प्रदेशमा राख्न माग गरिएको थियो। सभामा संघीय समाजवादी फोरमका अध्यक्ष यादवले मधेसी र थारुहरूसँग विगतमा गरेको सम्झौता सरकारले बिर्सिएको आरोप लगाए। ‘पीडित थारुहरू जागेमा दलालहरू आफैं पाखा लाग्छन्,’ उनले सभामा भनेका थिए।

www.etajakhabar.com
काठमाडाैं साउन ३० । प्रहरीका अनुसार काठमाडौंकी ठकुरी थरकी एक युवतीलाई गत वर्ष एक अपरिचित फेसबुक रिक्वेस्ट आयो । राणा थर भएका युवकले उनलाई फेसबुक रिक्वेस्ट पठाए, उनले एसेप्ट गरिन् । त्यसपछि ती युवकसँग उनको नियमित च्याट हुन थाल्यो । युवकले पटकपटक म्यासेज पठाएपछि युवतीले पनि कुरा गर्न थालिन् । युवकले आफू स्विडेनमा बस्ने गरेको बताए । युवतीलाई पनि स्विडेनमा बोलाउन सक्ने बताए । सपनाको पछि लागेपछि युवती नजिकिँदै गइन् ।
त्यसका लागि खर्च आफैँले गर्नुपर्ने प्रस्ताव आयो, युवतीले स्वीकार गरिन् । ती युवकले भनेका व्यक्तिका नाममा भारतमा पैसा पठाउन थालिन् । पटकपटक गरेर उनले २७ लाख पठाइन्, तैपनि उनको भिसा आएन । शंका गर्न थालेपछि युवक बेपत्ता भए । फेसबुकमा चिनजान भएका युवकले उनलाई माया गरेको नाटक गरेर ठगिरहेका थिए । गलत नाममा फेसबुक अकाउन्ट खोलेर ती युवकले त्यसरी ठगी गरेका हुन् । आफू स्विडेनको भएको भन्दै नेपालमै बसेर ठगी गरेपछि उनी फरार भएको प्रहरीले जनाएको छ । फेसबुकबाट भएको चिनजानले ठगिएको यो नयाँ घटना होइन । फेसबुकबाट चिनजान गरी विदेश लैजाने भन्दै अन्य दुई युवती पनि केही महिनाअघि ठगिएका थिए । आफूसँग फ्रान्सको स्थायी बसोवासको अनुमति भएको भन्दै जोरपाटी बस्ने प्रवेश राईले धरानकी एक युवतीलाई झुक्याएका थिए । बिहे गरेर फ्रान्स लैजाने भन्दै युवतीसँग उनले आठ लाख लिई ठगी गरेका थिए । दुई महिनाअघि मात्र उनलाई प्रहरीले पक्राउ गरेको थियो । फेसबुकमार्फत नै युवतीसँग चिनजान गरी उनले ठगी गरेका थिए । प्रेमको नाटक गरी राईले युवतीलाई ठगी गरेका हुन् । त्यस्तै, गत फागुनमा कमलपोखरीबाट प्रहरीले नवीन घिमिरेलाई पक्राउ गरेको थियो । उनले फेसबुकमा आफ्नो लोकेसन जापान भएको भन्दै झुक्याउने गरेका थिए । अविवाहित रहेको भन्दै झुक्याएर एक युवतीसँग बिहे गर्ने नाममा ठगी गरेको आरोपमा घिमिरे पक्राउ परेका थिए । फेसबुकबाट चिनजान गरेर झुक्याउँदै ठगी गर्ने घटना बढ्दै गएको अपराध महाशाखाका एसपी प्रकाश अधिकारी बताउँछन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।
आज वि.सं. २०७२ श्रावण ३० गते शनिबार तदनुसार ई. सं. २०१५ अगस्ट १५ तारिख
श्रावण शुक्ल प्रतिपदा, मघा नक्षत्र, सिंह राशिको चन्द्रमा, वरीयान् योग, बालब करण
आजको व्रत/पर्व : गुँलाधर्मारम्भ
भोलिको व्रत/पर्व : चन्द्रोदय

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आजको सोच र चिन्तनबाट फाइदा लिन सकिने छ । बौद्धिक, साहित्यिक र सिर्जनात्मक क्षेत्रमा समययापन हुनेछ । साँझपख धनलाभ हुने सङ्केत छ । शत्रुहरू पराजित हुनेछन् । सृजनात्मक सफलता मिल्नेछ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
चौथो घरमा रहेको चन्द्रमाको प्रभावले घरपरिवारसँगै बस्नेहरूका लागि आजको दिन गतिलो छैन, अनावश्यक दौडधुप गर्नु पर्नेछ, काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन्, नयाँ काममा हात हाल्नु राम्रो हुँदैन । तर देशपरदेशमा रहनेहरूले केही हदमा सकारात्मक फल प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
दाजुभाइ र बन्धुबान्धवको सल्लाहले रोकिएको काम बन्न सक्छ । धार्मिक र सामाजिक काममा समय बित्नेछ, ख्याति कमाइने छ । आध्यात्मिक भावनाको विकास हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले भाग्योन्नतिको अवसर आउनसक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । आर्थिक लाभ प्राप्त हुनेछ । परिवारमा मेलमिलापको वातावरण कायम हुनेछ । मित्र र सहयोगी असाध्यै सहायक सिद्ध हुनेछन् । हातमा अचानक सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ । कुटुम्ब वा भाञ्जाभाञ्जीका तफैबाट खुसीको समाचार आउन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको तपाईंको निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको दिन तपाईंका लागि लाभकारी नै हुनेछ । कुनै नयाँ काममा मन जानेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
ठूला आशा र महत्वाकांक्षा त्यागी अघि बढ्नु श्रेयस्कर हुनेछ । तपाईंले आँफूले गरेका प्रयास र उद्यममा निराशा भोग्नुपर्छ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ । अनावश्यक यात्राबाट जोगिनु राम्रो हुनेछ, किनभने भ्रमण, पर्यटन र मनोरञ्जनात्मक क्रियाकलापमा खर्च बढ्ने छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
सरकार र राज्यपक्षबाट लाभ प्राप्त हुनेछ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । अध्ययन अध्यापन सफल रहेको छ । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ । पशुव्यवसाय र कृषिपेसाबाट सन्तोषजनक लाभ हुनेछ । नोकरी र सामाजिक क्षेत्रबाट मानसम्मान प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आत्मविश्वासमा कमी आए पनि साथीभाइ र सहयोगीको मदतले सोचेजस्तै लाभ लिन सकिने छ । मातापिता वा कुनै मान्यजनको सेवासुश्रुषाका लागि खट्ने परिस्थिति छ । पेसा वा व्यवसायमा आबद्ध हुनुहुन्छ भने मिहिनेत र लगनशीलतामा कमी आउन नदिनु होला, नत्र सानो त्रुटिका कारण काम बिग्रन सक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
स्वास्थ्य सबल हुनेछ, भाग्यबल बढ्ने छ, रोकिएका काम बन्न थाल्नेछन् । धार्मिक वा आध्यात्मिक प्रवचन वा गाथा सुन्दा सन्तुष्टिको अनुभूति गर्नुहुनेछ । कसैलाई ज्ञान र अर्ति दिनुभयो भने उसले त्यसबाट लाभ पाउने छ । घरायसी सम्बन्ध राम्रै रहने छ । बन्दव्यापारमा सानो प्रयासले राम्रो आम्दानी गर्न सकिन्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आठौं चन्द्रमाका बाबजुद शुभग्रहको दृष्टि रहेकाले आफूले गरेका मिहिनेत र परिश्रमको प्रतिफल प्राप्त हुनेछ । पुराना काम, समस्या, चुनौती र सम्झनालाई पुनः जीवन्त तुल्याई सुधार गर्ने अवसर प्राप्त हुनेछ । सानातिना व्यवहारिक काम र घरेलु समस्या सुल्झाएर लाभ लिनका लागि दिन अनुकूल छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तपाईंको निर्णय क्षमताको प्रशंसा हुनेछ । दाम्पत्य जीवन असल हुनेछ वा अविवाहित हुनुहुन्छ भने कसैले नयाँ सम्बन्धको प्रस्ताव राख्न सक्छ । वादविवाद र झैझगडामा आफ्नो जित हुनेछ । उपहार, चिट्ठा, पुरस्कार आदिबाट आकस्मिक धनप्राप्तिको सम्भावना छ । भोजभतेर र रमझममा सहभागी भइने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आफुलाई प्रतिष्ठा प्राप्त हुनेछ र बन्धुवान्धव र साथीभाइले सहयोग पुर्याउने छन् । पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ । उसको व्यवहारले तपाई प्रभावित बन्नु हुनेछ । पुख्र्यौली सम्पत्तिको विवादलाई निराकरण गर्ने दिन हो । समाधानको बाटो पहिल्याउनुस्, सफलता हात पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

थुप्रै मानिसहरुको विश्वास छ कि जन्मेको महिना, गते, समय अथवा पलले मानिसको जीवनमा प्रभाव पार्ने गर्दछ । यसका साथसाथै दिनको असर पनि जीवन र व्यक्तित्वमाथि हुने गर्दछ त्यसकारण त आजकालका मानिसहरु आफ्ना बच्चाको जन्म यो दिनमा होइन, यो दिनमा गराउनुस् भनेर डाक्टरहरुलाई आग्रह गर्ने गर्दछन् । भारतीय अंक ज्योतिष श्रीमती ज्योतिमा शर्माले शनिबार जन्मेका व्यक्तिहरुको निम्नलिखित गुणहरु बताएकी छिन्ः १.


 शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् । २.
 तपाईं निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुनुहुन्छ । अर्को शब्दमा भन्ने हो भने तपाईं हरेक कुरामा परफेक्ट हुनुहुन्छ । ३. तपाईं हाइ क्लास वस्तुहरु मनपराउनुहुन्छ । तपाईंले लगाउने लुगादेखि जुत्तासम्मले तपाईंको हाई क्लास पर्सनालिटी झल्काउँछ । ४.
तपाईं हुन त सफा मनको हुनुहुन्छ तर कहिलेकाँही स्पष्ट वक्ताको रुपमा तपाईंको आलोचना पनि हुने गर्दछ । ५. तपाईंको लागि कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुनुहुन्छ । ६.तपाईं पैसावाला हुनुहुन्छ तर तपाईं छिट्टै पैसा खर्च गर्नुहुन्न । ७

. तपाईंलाई संगीत र खेलमा रुची हुन्छ । ८. तपाईंलाई रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्नुहुन्न । ९.
तपाईं जिद्दि हुनुहुन्छ र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्नुहुन्छ । १०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहनुहुन्छ । ११. तपाईंको वैवाहिक जीवन सुखमय हुन्छ किनभने तपाईं आफ्नो पार्टनरलाई निकै केयर गर्नुहुन्छ । (एजेन्सी) www.ratopati.co
तपाईं हरेक दिन स्वस्थ खाना खानका लागि निकै ध्यान दिनुहुन्छ तर त्यही खानेकुरामा गरिएको सानो गल्तीका कारण तपाईंले चाहे अनुरुपको प्रतिफल पाइराख्न नसक्नु भएको हुनसक्छ ।

जसले गर्दा तौलमा कमी आउने वा तौल व्यवस्थापन गर्न गाह्रो र समयमा सोचे अनुसारको परिणाम नआउन सक्छ ।कहिलेकाहीँ हानिकारक नहुने वा नदेखिने खानाले पनि तपाईंको तौल व्यवस्थापनलाई निकै असर गरिराखेको हुन्छ । जसबारे हामी धेरै अनभिज्ञ हुन्छौं । यी खानाहरु हामीले हरेक दिन खायौं भने यसले हाम्रो तौल व्यवस्थापनमा निकै असर पु¥याउन सक्छ ।

१) दुधः
हुनतः दुध एक स्वस्थवर्धक पेय हो तर यसले पनि तौल व्यवस्थापनमा असर गरिराखेको हुन्छ । यदी तपाईं सुत्न अघि, खाना वा खाजामा हरेक दिन दुध खानुहुन्छ भने यसलाई एक महिनाको लागि रोक्नुहोस् । यसले तपाईंलाई तौल घटाउन र अनुहारमा भएका डण्डीफोर हटाउन मद्दत गर्छ ।
२) खानापछि गुलियो खानेकुराः
धेरै मानिसहरुलाई खानापछि केही गुलियो खानेकुरा खाने बानी हुन्छ । यो अनावश्यक हो । यदी तपाईं हरेक दिन खानापछि पनि गुलियो खानुहुन्छ भने यसलाई तुरुन्तै रोक्नुहोस् । हप्ताको एक दिन आफूलाई उपहार दिए जसरी खानुभयो भने चाँही यसले त्यति असर गर्दैन ।
३) साँझ भारी खाजाः
दिउँसो र रातीको खानाको बीचको समयमा तपाईंलाई कतिको भोक लाग्छ ? हामी मध्ये प्रायः धेरैलाई दिउँसो खाजा मज्जाले खाने बानी छ । समोसा, मोःमोः जस्ता खाजा त हाम्रो प्रिय नै भयो । यसले तपाईंको तौल घटाउन कुनै मद्दत गर्दैन । यसको साटो उच्च प्रोटिन भएका खानेकुरा जस्तै बदामहरु बोक्नुपर्छ जसले गर्दा तपाईं भोकले गर्दा बेहोस् नहुनुहोस् ।
४) आलुः
आलुमा बासो नभए पनि हावार्ड विश्वविद्यालय हालै गरिएको एक अध्ययनले आलुले कालान्तरमा मानिसको तौल बृद्धि गर्ने देखाएको छ । तपाईं घरमा आलु हालेर स्वस्थ तरकारी खानुहुन्छ होला । त्यसमा आलु थपेर अझ स्वादिलो बनाउनुहुन्छ होला । यसले तौल घटाउनेभन्दा तौललाई अझ बढाउने छ ।
५) स्वस्थ स्न्याक:
बजार स्वस्थ स्न्याक भनेर विभिन्न खानेकुरा पाइन्छ । विज्ञापनमा पनि यिनीहरु असली खाना जतिकै पोषिलो हुने बताइन्छ । तर यस्ता प्रशोधित खानाहरुले पनि तपाईंको तौल वृद्धि गरिरहेको हुन्छ । ख्याल राख्नुहोस् । स्रोतः रातोपाटी डटकम


शरीरलाई नभई नहुने पोषक तत्वमा पर्छ प्रोटिन । अङ्ग, मांसपेशी, स्नायु प्रणाली तथा प्रतिरक्षा प्रणाली धेरै हदसम्म प्रोटिनमा भर पर्छन् । शरीरको संरचना विकासमा यसको भूमिका महत्त्वपूर्ण हुन्छ ।

मांसपेशीको विकास तथा आन्तरिक स्वस्थताले शरीरको ढाँचा तयार पार्छ र यो सब प्रोटिनमा निर्भर रहन्छ । त्यसैले अत्यावश्यक प्रोटिनको मात्रा शरीरलाई पुगेको छ वा छैन थाहा पाउनु जरुरी छ । प्रोटिनको अभावमा तपार्इंको शारीरिक विकास राम्रोसँग हुँदैन । प्रोटिन अभाव भएको सङ्केत थाहा पाउन सके त्यसको समाधानको उपाय अपनाउन सकिन्छ ।



प्रोटिन अभावका लक्षण

पातलो रौँ
रौँको मोटाई वंशाणुगत हुने भए पनि प्रोटिनको अभावमा रौँ पातलो हुन्छ । शरीरमा प्रोटिनको कमी हुन जाँदा शरीरले रक्षात्मक उपाय अपनाएर रौँ, नङलाई प्रोटिन आपूर्ति गर्न छाड्छ । यसैकारणले नङ र रौँको स्वास्थ्य बिग्रन्छ । यसैले रौँ र नङको स्वास्थ्य अवस्थाले शरीरमा प्रोटिनको मात्रा दर्साउँछ ।

आँखा सुन्निने
प्रोटिनको अभाव भएको अवस्थामा रगतमा प्लाज्मा प्रोटिन कमी हुन्छ । कलेजोले पर्याप्त मात्रामा फलाम तत्व सञ्चय गर्न नसक्दा यसरी प्लाज्मा प्रोटिन कम हुने हो । फलाम तत्वको कमी भएर हेमोग्लोबिनको उत्पादन घट्छ र रक्तअल्पता भएर आँखा सुन्निन्छ ।

थकान
प्रोटिन कम हुँदा शरीर थकित हुन्छ किनभने शरीरले पर्याप्त ऊर्जा पाउँदैन । शरीरमा चिनीको मात्रा प्रोटिनको सहयोगमा व्यवस्थित हुन्छ । यसैले प्रोटिनको पर्याप्त मात्रा भएन भने दिमागले राम्रोसँग काम गर्न सक्दैन र थकान महसुस हुन्छ । मांसपेशी क्षय हुनुले प्रोटिनको कमी देखाउँछ । प्रोटिनको अभाव भएमा मांसपेशीको आकार कम हुन थाल्छ ।

भोक लाग्नु
प्रोटिनको आभावमा भोक धेरै लाग्छ ।

बारम्बार विसन्चो हुनु
स्वस्थ मानिसमा पनि प्रोटिनको आभाव भएको अवस्थामा बारम्बार बिरामी पर्न थाल्छ । शरीरको प्रतिरक्षा प्रणाली बलियो हुन पर्याप्त मात्रामा प्रोटिन आवश्यक पर्छ । रातो रक्तकोष, सोतो रक्तकोष र एन्टिबडीको आधार प्रोटिन हो । यी सबै पक्षले मिलेर शरीरमा रोगाणु नाश गर्ने काम गर्छन् ।

झाडापखाला
झाडापखाला लाग्नु भनेको पाचन प्रणाली बिग्रनु हो । यस अवस्थामा आन्द्राले पोषक तत्व राम्रोसँग अवशोषित गर्न सकेको हुँदैन र शरीरमा प्रोटिनको कमी हुनजान्छ ।

धेरै प्रोटिन पाइने खाद्यवस्तु
दालः दाल र गेडागुडीमा पर्याप्त मात्रामा प्रोटिन हुन्छ तर यसप्रकारको प्रोटिन पचाउन गाह्रो हुने भएकाले तरकारीसँग मिलाएर राम्रोसँग चपाएर खानुपर्छ । अण्डाः अण्डामा हामीलाई चाहिने महत्त्वपूर्ण प्रोटिन हुन्छ । साथै सबै आठ प्रकारका अत्यावश्यक एमिनो एसिड पनि अण्डामा पाइन्छ ।
काठमाडौं । तपाईले आफ्नो फेसबुक प्रोफाइलमा मोबाइल नम्बर राख्नु भएको छ भने त्यसलाई तत्कालै हटाउनुहोस् ।
तपाईले फेसबुकमा राख्नु भएको नम्बरबाट तपाईका गोप्य सुचनाहरु निकाल्न सक्छ । यसो गरेमा कसैले तपाईको जानकारीको गलत ठाउँमा प्रयो गर्न पनि सक्छ ।
एक रिपोर्टका अनुसार साल्ट एजेन्सीका टेक्निकल डाइरेक्टर रेजा मोउनुद्दिनले एक कोडिङ स्क्रिप्टको प्रयोग गरेर बेलायत, अमेरिका र क्यानडाका हरेका नम्बरको कम्बिनेशन तयार पारे ।
त्यसपछि उनले लाखौ नम्बरहरु फेसबुक एप बिल्डिङ प्रोग्राम (एपीआई) मा पठाए र लाखौ व्यक्तिगत प्रोफाइल प्राप्त गरे ।
मोउनुद्दिनले यसरी प्राप्त हुने व्यक्तिगत प्रोफाइलहरुलाई गलत तरिकाले प्रयोग गर्न र बेच्न सकिने बताएका छन् ।
फेसबुकले यसबारेमा अप्रिलमा नै सुचित गरिसकेको छ र एपीआईलाई प्री–एन्क्रिप्ट गर्नका लागि भनेको थियो । फेसबुकका १४ लाख भन्दा बढी प्रयोगकर्ताको एकाएन्ट ह्याकर्सको निशाना र उच्च जोखिममा रहेको बताइएको छ ।
यस्ता एकाउन्टको नाम, फोन नम्बर, शैक्षिक योग्यता र ठेगाना अर्थात लोकेशन अवैध ट्रेडिङ साइटस्लाई बेच्न सकिन्छ । त्यतिमात्र होइन ट्विटर र फेसबुकको एकाउन्ट चोरी गरेर थुपै्र फाइदा लिन सकिने उनको भनाई छ ।
www.nepalsandesh.com
काठमाडौं । गायिका ज्योती मगरले केही अनलाईन् र ब्लगविरुद्ध मुद्दा दर्ता गराएकी छिन् ।
आफ्नो बारेमा गलत प्रचार गरेर बद्नाम गर्न खोजेको भन्दै ज्योतीले शुक्रबार नेपाल प्रेस काउन्सिलमा केही अनलाईन र ब्लगविरुद्ध मुद्दा हालेकी हुन् ।
ज्योती मगरमाथि हातपात भयो भन्ने गलत खबरलाई अनलाईनले प्रकाशित गरेपछि उनी केही दिनदेखि तनावमा पनि थिइन् । दैनिक नेपालसँग टेलिफोनमा कुरा गर्दै उनले गलत




समाचार प्रकाशित गरी बद्नाम गर्न खोज्नेविरुद्ध प्रेस
काउन्सिलमा मुद्दा दर्ता गरेको बताईन् । ‘हुँदै नभएको कुरालाई प्रचार गरी मेरो बद्नाम गरियो, तीनका विरुद्ध मैले आज मुद्दा हालेकी हुँ’ उनले आक्रोश पोख्दै भनिन् ।
आफ्नो बद्नाम गराउन गलत प्रचार गर्ने ब्लग र अनलाईनविरुद्ध साइबर क्राइममा समेत मुद्दा हालेको उनले जानकारी दिईन् । ‘ज्योती मगरले अंग देखाएर नाचेको भन्दै काठमाडौंको बालाजुमा महिलाहरुको समुहले हातपात गरेको’ झुटो समाचार केही ब्लग र समाचार अनलाईनले प्रकाशित गरेपछि ज्योती मगरको सवत्र्र आलोचना भइरहेको छ ।
यस्तो छ ज्योती मगरले दर्ता गराएको मुद्दा हेर्नुस् प्रतिलिपी :
dainiknepal.com
एजेन्सी : नेपालमै हुने सडक दुर्घटनाका घाइतेहरूलार्इ तत्कालै अस्पताल पुर्याउनुको साटो तपार्इँ हामी रमिते बनेर बस्छाैं । कानुनी झमेला र समस्यामा पर्ने डरले हामी हत्तपत्त्त दुर्घटनामा परेकाहरूलार्इ सहयोग गर्न अघि सर्दैनाैं ।

तर चीनमा एक १५ वर्षीया किशोरीले सडक दुर्घटनाका एक घाइतेलार्इ गरेको सहयोग अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।



केही दिनअघि चीनमा एउटा अनाैठो घटना भयो । एक १५ वर्षकी किशोरीले सडक दुर्घटनामा घाइते भएका एक युवकलार्इ गरेको मद्दतले सामाजिक सञ्जालमा  चर्चा पाएको हो ।

सडक दुर्घटनामा गम्भीर घाइते भएका एक युवकलार्इ साथ दिन ती किशोरीले अाफूलार्इ मानव सिरानी 'ह्युमन कुशन' बनाएपछि उनको तारिफ भएको हो।

मानव सिरानी बनेकी ती किशोरीको फोटो उनी सवार बसकै अर्का यात्रुले खिचेर सामाजिक सञ्जालमा हालिदिएपछि उनको प्रंशसा भइरहेको छ । सडक दुर्घटनामा घाइते भइ ढलेका व्यक्तिलाार्इ उनले गरेको सहयोग अन्तर्राष्ट्रिय समाचार नै बनेको हो ।

४ अगस्टमा चीनक दक्षिण-पश्चिम चीनको चोङ्गक्किङ्गमा भएको यो घटनामा १५ वर्षीया किशोरी म्यु म्युटिङ्गलार्इ परीकारूपमा ब्याख्या गर्दै उनको कामको प्रशंसा भएको हो ।
बेलायती अनलाइन मिररमा प्रकाशित समाचार अनुसार म्यु यूटिङ्ग चेङ्गक्विङ्ग फुलिङ्ग मेडिकल स्कुलकी विद्यार्थी हुन् । तस्बिरमा ती घाइते व्यक्तिको शिर अाफ्नो काखमा राखेर सहयोग गरेपछि उनी अहिले चीनमा चर्चित भएकी हुन् ।

समाचार अनुसार घाइते व्यक्ति तस्बिरमा देखिएको बस अगाडि दुर्घटनाको शिकार बनेका थिए । दुर्घटनापछि ढलेका उनलार्इ म्यु युटिङ्गले तुरून्तै बसमा लिएर आइन् ।

घाइते व्यक्तिको उपचारका लागि अाइपुग्न प्यारा-मेडिक्सको टिमलार्इ ३० मिनेट लागेको थियो । उपचार टोली नअाउनजेल म्यु यूटिङ्गले ती ब्यक्तिलार्इ एक्लै सम्हालिरहिन् ।
annapurnapost.com
एजेन्सी : यदि तपाइँ फेसबुक र ट्विटरसहितका अन्य सामाजिक सञ्जालमा सक्रिय हुनुहुन्छ ? ती सामाजिक सञ्जालमा छिनछिनमा स्टाटस पोसट् गर्नुहुन्छ भने होसियार हुने बेला भएको छ ।

भारतमा प्रहरीले फेसबुकको स्टाटस हेरेर चोरी गर्ने एउटा गिरोहलार्इ फन्दामा पारेपछि चोरीका लागि सामाजिक सञ्जालको प्रयोग भएको तथ्य बाहिर अाएको छ ।

सामाजिक सञ्जालका स्टाटस हेरेर घर फोर्न जाने गिरोहको जीवन शैली यति आलिशान थियो कि उनीहरूमाथि शंका गर्न गाह्रो हुन्थ्यो ।

सामाजिक सञ्जालमा कसैले  आफू घरबाहिर रहेको स्टाटस हाल्नेबित्तिकै उनीहरू चोरीको योजना बुन्थे । यो गिरोहले फेसबुकको स्टाटस र ट्विट हेरेकै भरमा चोरी गर्न सफल हुन्थे ।

यी हार्इटेक चोरलार्इ प्रहरीले फन्दामा पारेपछि करिब ८० लाख रूपैयाँ बराम गर्न सफल भएको छ । यो चोरको गिरोहले भारतको मध्य प्रदेशमा मात्रै नभएर छिमेकी प्रदेशसम्म पुगेर चोरी गर्ने गरेको भारतीय प्रहरीले जनाएको छ  ।

भारतीय प्रहरीले यो गिरोहलार्इ पक्रेपछि उनीहरूको साथबाट २ किलो चाँदी, ३३ किलो सुन र करोडाैं मूल्यको कार पनि बरामद गरेको छ । प्रहरीले यो समूहबाट कार्तुस पनि बरामद गरेको छ ।

मध्य प्रदेशको खन्डवा पुलिसले यी चोरका समूहलार्इ तीन दिनसम्म हिरासतमा राख्न अदालतबाट अनुमति लिएको छ । पुलिसले यी चोरका समूहबाट अन्य ठूला चोरीका घटना पनि बाहिर अाउने अनुमान गरेको छ ।annapurnapost.comf
सांस्कृतिक , धार्मिक वा सामाजिक कारणले पनि धेरै महिला र पुरुष महिनावारीको बेला सम्भोग गर्न उतिसारो रहर गर्दैनन् ।
त्यसैले पनि रजश्वला भएकी स्त्री आफैपनि सम्भोगका लागि तयार हुँन्नन् । मानिसमा रजश्वलाका बेला सम्भोग गर्दा स्वास्थ्यलाई असर गर्ने समेत धारणा छ ।

तर चिकित्सा शास्त्रले महिनावारीका बेलाको सम्भोगलाई सामान्य मान्दछ ।

महिनावारीको बेलामा हुने सम्भोगका केही रोचक तथ्य यस्ता छन् :
१. महिनावारीको बेला हुने सम्भोगबाट गर्भ रहने सम्भावना निकै कम हुन्छ । तरपनि महिलाको योनीभित्र छिरेको विर्यमा भएका शुक्रकिट केही दिन बाँच्ने भएकाले र अनियमित महिनावारी हुने महिलामा गर्भ रहन पनि सक्छ ।

२.यदि महिला वा पुरुषमध्ये एकजना एचआईभी संक्रमित भएमा मात्रै सम्भोगका बेला एड्स सर्छ । तर रजश्वला भएकी स्वस्थ महिलासँग यौन सम्पर्क गर्दा एड्स लाग्छ भन्ने मान्यता पूर्णत गलत हो ।

३.महिनावारी हुँदा बग्ने रगत खराब हुन्छ भन्ने धारणा गलत छ । यस्तो रगत अरु सामान्य रगत जस्तै हुन्छ । महिनावारीको बेला बगेको रगतको सम्पर्कमा आउँदा कुनै हानी हुँदैन । तर यदि महिलामा यौन रोग भएको भए महिनावारीको बेला बग्ने रगतबाट यौनरोग सर्ने सम्भावना अत्यधिक हुन्छ । त्यसैले यौन सम्पर्कको बेला सावधानी अपनाउनु आवश्यक हुन्छ ।

४.महिनावारीका बेला बगेको रगत लिंगमा लागेपनि त्यसले कुनै असर गर्दैन यदि यौन सम्पर्कपछि राम्ररी सफा गरियो भने ।

५. महिनावारीको बेला सम्भोग गर्दा पाठेघरमा असर पर्छ भन्ने मान्यता पनि गलत हो । महिनावारीका बेला पाठेघरको मुख खुल्ला हुने र लिंग पाठेघरभित्रै छिरेर हानी पूराउँछ भन्ने आम धारणा छ तर त्यस्तो हुँदैन । लिंग पाठेघरको मुखसम्म पुग्ने र निकै साँघुरो मुखबाट छिर्ने सम्भावना हुँदैन ।

६. महिनावारीका बेला गरिने सम्भोग पाप होइन , यो सामान्य प्राकृतिक प्रक्रिया हो । त्यसैले यस्तो बेला सम्भोग गर्दा निरास हुनु आवश्यक छैन ।

७. महिनावारीको बेला यौन सम्पर्क राख्ने महिलामा रगत बग्ने क्रम छिटै रोकिन्छ । यसो हुनुको कारण लिंगले बाहिर निस्केको रगतलाई पाठेघरभित्रै कोचेर हो भन्ने धारणा छ । तर त्यसो होइन , सम्भोगका बेला पाठेघर खुम्चिन्छ , जसका कारण एकैचोटीमा धेरै रगत बाहिर निस्कन्छ र लामो समयसम्म रगत बग्दैन ।

८. रजस्वलाका बेला यौन सम्पर्क गर्ने महिलामा दुखाइ कम हुन्छ । यसका धेरै कारण हुनसक्छन् , पहिलो चरमोत्कर्षका बेला शरीरले छाड्ने हर्मोनले दुखाइ कम गर्ने औषधिको काम गर्छ र दोश्रो दुखाइ महसुस गराउने रसायन सम्भोगका बेला उपयोग हुने भएकाले तल्लो पेट दुख्न कम हुन्छ ।

९. रजस्वला भएका बेला मुखमैथुन गर्दा पनि कुनै फरक पर्दैन तर त्यसको लागि दाँत जोगाउने साधन (डेन्टल डाम) लगाउनुपर्छ । किनभने यतिबेला महिलाको शरीर अरु बेला भन्दा कोमल भएको हुन्छ ।

१०. रजस्वला भएकेा बेला यौन सम्पर्क गर्दा ट्याम्पन निकाल्न नबिर्सनुहोस् । नत्र त्यो योनीभित्रै छिरेर हानी पुर्याउने खतरा रहन्छ ।

काठमाण्डु, २९ साउन– राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफूलाई प्रहरीले धराप थापेको आरोप लगाएका छन् ।

हिन्दू राष्ट्र माग्दै प्रदर्शनमा उत्रिएका राप्रपा नेपालका कार्यकर्ताले शुक्रबार बानेश्वरको निषेधित क्षेत्र तोड्ने क्रममा भएको प्रहरी हस्तक्षेपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले प्रहरीले झुक्याएर आक्रमण गरेको बताए ।
पं्रहरीको सहमतिमा नयाँबानेश्वर चोक हुँदै संविधानसभाको तीन नम्बर गेट अगाडिबाट बिजुली बजारसम्म प्रदर्शन गर्न खोज्दा बीचैमा हस्तक्षेप भएको दाबी उनको छ ।
‘प्रहरीकै सहमतिमा बानेश्वर हुँदै बिजुली बजार जान खोजेका थियौं’, थापाले भने, ‘हामी शान्तिपूर्ण रुपमा अघि बढिरहेका बेला धराप थाप्ने काम भयो ।
थापाले आफूहरुको प्रदर्शनमा भएको हस्तक्षेपको निन्दा गर्दै घटनामा संलग्न सुरक्षाकर्मीमाथि कारबाहीको माग गरे ।
प्रदर्शनकारीहरु निषेधित क्षेत्र तोडेर संविधानसभा भवनतर्फ अघि बढेपछि प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो ।
अश्रुग्यासको धुवाले अध्यक्ष थापाको आँखाबाट आँसु झरेको थियो । अश्रुग्यास प्रहारपछि केही असक्तजस्ता देखिएका थापा कार्यकर्ता र पीएसओको सहायतामा हिंडेका थिए ।
kathmandutoday.com
हाम्रो समाजमा यौनका बारेमा कुरा गर्नु अहिले पनि लाजसरमको विषय मानिन्छ । कतिपय त गर्भनिरोधक औषधि तथा अस्थायी साधन कन्डमको नाम लिनसमेत लाज मान्छन् । जसकारण पनि पहिलोपटक यौनसम्पर्क कसरी गर्ने भन्नेबारे सल्लाह लिन चाहने कतिपयले आफ्ना कुरा मनमै दबाएर राख्ने गरेका हुन्छन् । पर्याप्त सल्लाह र सीपको अभावका कारण कुरा बिग्रने गर्दछ । सानो गल्ती र कमजोरीले पनि जीवनभर पछुतो हुन सक्छ । त्यसकारण पहिलोपटक यौन सम्र्पक गर्दा ध्यान दिनुपर्ने अत्यावश्यक कुरा निम्न छन् ।कन्डम प्रयोग गर्नु विशेषगरी नवविवाहित दम्पती पहिलो यौनसम्पर्कलाई लिएर निकै उत्साहित हुने गर्छन्, जसकारण उनीहरूले धेरै कुरा ख्याल गर्दैनन् । अधिकांश जोडी जोसमा होस गुमाउने गर्छन् । कतिपयले कन्डम प्रयोग गर्न जरुरी मान्दैनन् । जसकारण बिहे गरेको केही दिनमै पत्नी गर्भवती हुन्छिन् । नचाहँदा नचाहँदै भएको गर्भधारणले उनीहरूलाई पश्चात्ताप हुन्छ । नक्कलदेखि सावधान इन्टरनेटको जमाना, त्यसमाथि पोर्न फिल्म, फोटोग्राफी र साइटको बिगबिगी ।
अचेलका युवायुवतीले स्कुल-कलेज लाइफमै पोर्न फिल्म हेर्ने गरेको पाइन्छ । जसमा अप्राकृतिक यौनसम्पर्क पनि देखाइने गरिन्छ । पहिलो यौनसम्पर्कको वेलामा आफूले हेरेको पोर्न फिल्मको नक्कल गर्ने कोसिस कहिल्यै पनि गर्नुहँुदैन । त्यसले दाम्पत्य जीवनमै संकट पैदा गर्न सक्छ । यौन एउटा कला हो, त्यसकारण पहिलो यौनसम्पर्कलाई जतिसक्यो कलात्मक बनाउनुपर्छ । पछि, आफ्नो पार्टनर पनि अभ्यस्त भएपछि आपसी सहमतिमा जे पनि गर्न सकिन्छ । अधिकांश युवक पहिलोपटक यौनसम्पर्क गर्दा हतार गर्छन् । हतार गर्ने बानी घातक हुन्छ । हतार गर्नाले कतिपय युवक सम्पर्क नगर्दै स्खलित हुन्छन् । जसले गर्दा पत्नी असन्तुष्ट हुन्छिन् । यसले पति र पत्नी दुवैलाई ग्लानिको आगोमा जलाउँछ । त्यसकारण हतार नगरी प्रेमपूर्वक सम्भोग गर्नुपर्छ । यौन विशेषज्ञहरू भन्छन् कि पुरुषको दाँजोमा उत्तेजनामा आउन महिलालाई धेरै समय लाग्छ । त्यसकारण सम्पर्क गर्नुअघि पुरुषले फोर-प्ले (प्राक्क्रीडा) मा विशेष ध्यान दिनुपर्छ । पत्नीलाई उत्तेजनामा ल्याएपछि मात्रै यौनसम्पर्क सुरु गर्नु बेस हुन्छ । पत्नीको भावना बुझ्नु कतिपय पत्नी पतिका अगाडि खुलेर कुरा गर्न सक्दैनन्, पतिलाई दुःखी बनाउन चाहँदैनन् । जसकारण उनीहरू आफू सन्तुष्ट भएको झुट बोल्छन् । तर, पतिले पत्नी यौनसम्पर्कबाट साँच्चै सन्तुष्ट छिन् कि छैनन्, विचार गर्नुपर्छ । पतिले आफ्नो मात्रै सन्तुष्टि हेर्नुहँुदैन । पत्नीसँग सल्लाह गरेर अघि बढ्नुपर्छ । पति-पत्नीमा असमझदारी पैदा हुने प्रमुख कसी यौन असन्तुष्टि हो, त्यही भएर पहिलो यौनसम्पर्कमै यी कुरा विचार गर्नु जरुरी हुन्छ । जनचेतनाका लागि साभार गरियको । /www.etajakhabar.com
सुर्य चन्द काठमाडौँ – धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।

सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।
उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार  २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।
उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।
माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।source taja khabar
काठमाडौं, २९ साउन । आज छापावाला र तेजाबी सुनको मुल्यमा कुनै परिवर्तन भएको छैन ।

४९ हजार ३ सय आज छापावाला सुनको मुल्य कायम भएको सुनचाँदी व्यवसायी महासघंले जनाएको छ । त्यस्तै तेजाबी सुनको मुल्य ४९ हजार ५० रुपैयाँ प्रतितोला कायम गरिएको छ ।

चाँदीको मुल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ७ सय पुगेको सुनचाँदी ब्यवसायी महासघंको बेवसाइटमा उल्लेख छ ।
पछिल्लो समएमा पाठेघरको क्यान्सरका बिरामी बढी रहेको पाइएको छ । कुनै निश्चित कारणले पाठेघरको मुखको क्यान्सर हुन्छ भनेर किटान गर्न नसकिने भएपनि एचपीभी (ह्युमेन पापिलोमा भाइरस) नै यसको मुख्य कारण हो ।
करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ । कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, एक भन्दा बढी जना सँग यौनसम्पर्क राख्नु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अङ्गको उचित सरसफाई नगर्नु, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाको प्रमुख कारणहरु हुन् । तर ह्युमेन पापिलोमा भाइरसलाई यसको प्रमुख कारक तत्व मानिएको छ ।

लक्षण चिन्ह
पाठेघरको मुखको क्यान्सरको शुरुवाती अवस्थामा कुनै लक्षण चिन्ह नभए पनि शारीरिक जाँच गर्दा केही चिन्ह भेटिनसक्छ । महिनावारी सुकीसकेकी प्रौढ महिलामा फेरि रगत तथा रगत मिसिएको योनीश्राव देखा पर्न सक्छ । त्यसैगरी यौनसम्पर्क पश्चात् रगत देखापर्ने सिकायत हुनसक्छ । गोप्यअङ्गबाट असामान्य प्रकारको गन्हाउने श्राव बग्न सक्छ । महिनावारी सुकी नसकेकी महिलामा महिनावारीका बेला धेरै दिनसम्म वा बढी मात्रामा रगत बग्न सक्ने हुन सक्छ । यो रोगको प्रारम्भिक स्थितिमा कुनै पीडा हुन्न । दुख्न लाग्दा क्यान्सर फैलिसकेको हुन्छ । यो रोग निकै फैलिसकेपछि खुट्टा सुन्निने, पेट फुल्ने, पिसाब नहुने, कम्मरको हड्डी दुख्ने आदि पनि हुन्छ ।

कसरि बच्ने ?
पाठेघरको मुखमा हुने क्यान्सरको रोकथामका लागि यसको कारक तत्वलाई विचार गरेर कलिलै उमेरमा विवाह नगर्ने, बालविवाहलाई निरुत्साह गर्ने, धेरै बच्चा नपाउने, निश्चित अन्तरालमा मात्र बच्चा पाउने, गोप्य अङ्गको सरसफाईमा ध्यान दिने, धेरै जनासँग यौनसम्पर्क नराख्ने, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, यौनरोग एवं गुप्ताङ्गसम्बन्धी रोगको समयमै आवश्यक उपचार गराएमा यो रोगबाट बच्न सकिन्छ । पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग हो भन्ने कुरा राम्ररी मनन गर्नुपर्दछ ।
जनचेतनाका लागि साभार गरिएको ।

/www.etajakhabar.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home