• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
सोमबार, १३ पुष
महोत्तरी । महोत्तरी सदरमुकाम जलेश्वरमा अहिले प्रहरी र प्रदर्शनकारीबीच झडप भइरहेको छ ।
बिहानैदेखि जलेश्वर बजार बन्द गराउँदै हिँडेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच जलेश्वरको दुर्गाचोकमा झडप भएको हो ।
प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय जाने बाटोमा ह्युमपाइप राखी बाटो अवरोध गरेपछि बाटो खुलाउन गएको प्रहरीसँग झडप भएको हो । झडपका कारण अहिले जलेश्वरको अवस्था तनावग्रस्त बनेको छ ।
nepalsandesh
राजेन्द्र महतो गम्भीर भएको भन्न चिकित्सकलाई दबाब
धरान १३ पुस । जोगवनी रानी भन्सार नाकामा अबरोध गर्ने क्रममा प्रहरीको कुटाईबाट घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धरानस्थित विपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको छ ।

नियममित चेकजाँचको लागी महतोलाई धरान लगिएको हो । उनलाई गए राती धरान लगिएको थियो । उनको अबस्था सामान्य छ प्रतिष्ठानका एक चिकित्सकले भने । बल्ड प्रेसर मात्र बढेको हो अन्य अबस्था सामान्य छ वार्डमा आराम गरिरहनु भएको छ  चिकित्सकले भने ।
तर महतोका कार्यकर्ताले भने प्रतिष्ठानका सबै चिकित्सकलाई महतो गम्भीर रहेको भन्न दबाब दिएको चिकित्सकले बताए ।
समचारमा आए अनुसार महतोको अबस्था जटिल छैन उनको भनाई छ । वहाँ आफना कार्यकर्ताहरु सँग कुराकानी गरिरहनु भएको छ ।
महतोको टाउकोमा लागेको चोटका कारण मात्र महतोको प्रेसर हाई भएको चिकित्सको भनाई छ । महतोको टाउकोमा सामान्य चोट लागेको थियो । बिराटनगर रानी भन्सार नाका अबरोध गर्न गएका बेला शनिबार प्रहरीसँगको झडपमा उनी घाइते भएका थिए ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
फोटो :बिपी प्रतिष्ठानमा उपचार गराइरहेका राजेन्द्र महतो । तस्बिर : रत्नप्रसाद आचार्य
प्रहरीले मलाई मार्न खोजेका थिए : महतो
धरान : विराटनगरको जोगवनी नाका ठप्प पार्न धर्नामा बस्ने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई आइतबार मध्यराति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको छ ।

विराटनगरको गोल्डेन अस्पतालमा उपचार गराइरहेका महतोलाई आइतबार मध्यराति थप उपचारका लागि बिपी प्रतिष्ठानमा भर्ना गरिएको हो ।


दिउँसो प्रतिष्ठान भर्ना गर्दा स्थानीयबासिन्दाले आक्रमण गर्ने डरले महतो स्वास्थ्य मन्त्री छँदा सिफारिस भइ नियुक्ति प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति पाएका बलभद्र दासको सिफारिसमा उनलाई प्रतिष्ठानमा भर्ना गरिएको हो ।

गोल्डेन अस्पतालबाट रेफर भएपछि उपकुलपति दासले प्रतिष्ठानको आईसीयू खाली गर्न लगाइ आकष्मिक कक्षमा भर्ना नगरी सिधै आईसीयूमा भर्ना गरेको प्रतिष्ठानका एक चिकित्सकले बताए ।

स्वास्थ्य अवस्था सामान्य रहेका महतोलाई आईसीयूमा पाँच घन्टा राखेर उपचार गरेपछि सोमबार विहान पेइङ वार्डमा सारेर उपचार भैरहेको छ ।

महतो स्वास्थ्यमन्त्री रहेका बेला प्रतिष्ठानको उपकुलपति बनाएको गुण तिर्न दासले महतोलाई उपचारका लागि प्रतिष्ठान भर्ना गरेको बुझिएको छ ।

टाउको, हात र खुट्टाका  विभिन्न भागमा चोट लागेका महतोको प्रतिष्ठानको न्युरो सर्जन र अर्थोपेडिक्स चिकित्सकहरुले उपचार गरिरहेका छन् ।

प्रहरीले मलाई मार्न खोजेका थिए : महतो
अस्पतालमै सञ्चारकर्मीसँग कुरा गर्दै महतोले शान्तिपूर्ण धर्नामा बसेको अवस्थामा प्रहरीले लाठी प्रहार गरी मार्न खोजेको बताए ।

प्रहरीले आक्रमण गर्न थालेपछि पार्टीका केन्द्रिय सदस्य तेन्जिङ लामाले प्रतिकार गरी आफूलाई बचाएको उनले प्रतिक्रिया दिएका छन् ।

‘प्रहरीले मलाई मार्ने उद्धेश्यले लाठी प्रहार गरिएको थियो’, महतोले भने, ‘धन्न कार्यकर्ताले प्रतिकार गरी जोगाएले बाँच्न सफल भएँ ।’

मधेस आन्दोलन र नाकाबन्दीबारे सञ्चारकर्मीहरुको जिज्ञासामा भने महतोले बोल्न चाहेनन् । महतोको प्रतिष्ठानमा प्रहरी निगरानीमा उपचार भैरहेको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकहरुले जनाएका छन् ।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सोमबार, १३ पुष
नाकाबन्दी नखोलेसम्म भारत नजाने अडान
काठमाडौं । केही दिनमा राजनीतिक बदलाव नभए प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने पक्का भएको छ ।
प्रधानमन्त्री निर्वाचित भएपछि भारत भ्रमणबाट विदेश यात्रा सुरु गर्ने नेपालका प्रधानमन्त्रीहरुको परम्परागत शैलीलाई चुनौती दिँदै ओलीले उत्तर तिरको यात्रा गर्ने भएका हुन् ।
भारतीय नाकाबन्दी पूर्ण रुपमा नखुलेसम्म भारत नजाने अडान राखेका ओलीलाई चीनले न्यानो सत्कार गर्ने सन्देश दिइसकेको छ र त्यसकै तयारीका लागि उपप्रधानमन्त्री कमल थापा यतीबेला चीनमा छन् ।
चीनसँग हुने भनिएको इन्धन व्यापार सम्झौता, विप्पा, पारवहन लगायतका सम्झौता ओलीकै उपस्थितिमा गर्ने चिनियाँ चाहनाले पनि निकट भविष्यमै उनको उत्तर यात्रा हुने संकेत मिलेको हो ।
ओलीले यस बारेमा आफ्ना निकटहरुसँग सल्लाह समेत गरिसकेका छन् । उनले अब चीनसँगको वाणिज्य व्यवस्थालाई मजबुद बनाउनेगरी सम्झौताका लागि जाने तयारी गरेका हुन् ।
भारतले नाकाबन्दी खोल्न आनाकानी गरेर आफ्नो सरकारलाई कमजोर पार्ने षड्यन्त्र गरिरहेको बुझेका उनले भारतसँग झुकेर हैन चीनसँग मिलेर अघि बढ्ने संकेत गरेका हुन् ।
उनले जनवरीको दोस्रो साता चीन जाने तयारी गरेको बालुवाटार स्रोत बताउँछ । चीनमै रहेका ओलीका निकट पात्र कानुन मन्त्री अग्नी खरेलले पनि यस्तै अभिव्यक्ति दिएका छन् ।
प्रधानमन्त्री ओलीकै उपस्थितिमा हुने सम्झौताले मात्रै नेपालले चीनसँग इन्धन ल्याउने वातावरण बन्ने भएको छ । चीनले कर रहित इन्धन दिने तयारी समेत गरेको छ र उच्च राजनीतिक प्रतिवद्धता खोजेको चीनले ओलीलाई पहिला बोलाउने र फेब्रवरी वा मार्चमा चिनियाँ प्रधानमन्त्री या उपराष्ट्रपतिलाई नेपाल पठाउने तयारी समेत गरेको बताइन्छ ।
ओलीको यो भ्रमणले राजनीतिक रुपमा पनि भारतलाई चुनौति दिएको मानिने छ । उर्जा विकासका लागि चीनसँग सहकार्य गर्ने र भारतलाई विजुली बेच्ने योजना नेपालको छ ।
यसका लागि प्रधानमन्त्रीको भ्रमण नै आवश्यक देखिएको छ । भारतले गफ मात्र दिने र काम नगर्ने गरेका कारण पनि चिनियाँ लगानी नेपाल भित्राएर जलविद्युत्मा केही वर्ष भिनै निर्यातमुखी बनाउने योजना सरकारको छ ।
ओलीको चीन भ्रमण भारतीय प्रधानमन्त्री मोदीका लागि राजनीतिक रुपमा हार मात्र हुने छैन, उनले विश्वभर देखाइरहेको फुर्ती पनि कम हुने छ । किनकी विश्वभर जतीनै कुर्लीदै दौडिए पनि छिमेकीलाई रुष्ट पार्नु उनका लागि महंगो सावित हुदै छ ।
तर, मोदीले विभिन्न च्यानल मार्फत् ओलीलाई पहिला भारत आउन आग्रह गरिरहेका छन् । उनले भारत आएर आफुसँगको भेट पछि सबै विषय स्वत सहज बन्ने र दुई देश बिचमा देखिएको विवाद र बढेको दुरी पनि ओली भ्रमणले सहज हुने बताउनु थालेका छन् ।
यतीसम्म की ओलीले दिल्ली दरबारमा टेके आफू पवित्र हुने किसिमले उनले सन्देशहरु मात्र पठाएका छैनन्, चीनसँग व्यापार गर्दा महंगो पर्ने भन्दै त्यता नलाग्न आग्रह समेत गरिरहेको स्रोत बताउँछ ।
भारतकै व्यापारीहरुको चर्को विरोधपछि मोदी नरम बनेका हुन् भने ओलीको अडानका सामु उनले घुँडा टेक्ने बाटो पनि खोजिरहेका छन् ।
nepalsandesh
राजेन्द्र महतो भारतीय नेता रघुवंश सिंहलाई भेट्दै / फाइल तस्वीर
काठमाडौं, १३ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो कुटिएको घटनालाई भारतले प्राथमिकताका साथ हेरेको छ ।
मोरङको विराटनगरस्थित जोगवनी नाकामा शनिबार अपराह्न प्रहरी र मधेसी मोर्चाका कार्यकर्ताबीचको झडपमा महतो कुटिएका थिए । आफ्नो विश्वासपात्र महतो कुटिएपछि भारतले चिन्ता जनाएको हो ।
यो घटनालाई भारतीय मिडियाले पनि प्राथमिकता दिएका छन् । आफ्नै सहयोगमा आन्दोलन र नाकाबन्दी गरिरहेका महतो नै आक्रमणमा परेपछि भारतले चिन्ता जनाएको भारतीय मिडियाले लेखेका छन् ।
भारतीय पत्रिका दैनिक जागरणले महतो कुटिएको घटनालाई प्राथमिकताका साथ प्रकाशित गर्दै प्रहरीले हस्तक्षेप गरेर गोली चलाएको आरोप लगाएको छ । उसले प्रहरीको लाठीबाट सदभावना अध्यक्ष महतोको टाउको र छातिमा चोट लागेको लेखेको छ ।
महतोमाथि प्रहरीले गरेको कारवाहीको विरोधमा मधेसका कैयौ स्थानमा प्रदर्शन भएको उसले लेखेको छ । अन्य १२ प्रदर्शनकारी घाइते भएको पनि समाचारमा उल्लेख छ ।
त्यसैगरी अर्काे पत्रिका अमर उजालाले पनि महतोको समाचारलाई प्राथमिकताका साथ छापेको छ । उसले भनेको छ प्रहरीको आक्रमणमा महतो घाइते भएका छन् । मधेसमा आन्दोलन झन चर्किएको छ ।
महतो कुटिएपछि हिजो मात्रै लालु यादवको पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व केन्द्रीय मन्त्री रघुवंश प्रसाद सिंहले घटनाप्रति दुःख व्यक्त गर्दै मधेसका माग पुरा गराउन नेपाल सरकारलाई दबाब दिने बताएका थिए ।
उनले मधेसलाई नेपालले हेपेको आरोप लगाउँदै अधिकार प्राप्तिको आन्दोलनमा भारत सरकारले दबाब दिनुपर्ने बताए । यसैगरी आइतबार विराटनगर पुगेर एमाओवादी अध्यक्ष प्रचण्डले पनि घटनाप्रति दुःख व्यक्त गर्दै महतोको स्वास्थ्यलाभको कामना गरेका थिए ।
मधेसमा चार महिनादेखि आन्दोलन गरिरहेको मधेसी मोर्चाले भारतकै सहयोगमा आन्दोलन गरेको बताउँदै आएको छ । शनिबार विराटनगरको जोगवनी नाकामा झडप हुँदा महतो घाइते भएका थिए । उनको उपचार भइरहेको छ ।
राजधानीमा वार्ता भइरहेका महतो एक्कासी वीरगञ्जबाट नाका अवरोध गर्न जोगवनी पुग्दा यो घटना भएको हो । कतिपयले यसलाई वार्ता भाँड्ने षडयन्त्र पनि भनेका छन् ।
dainiknepal
इलाम, पुस १३ । बिरामी लिएर झापाबाट पाँचथरतर्फ आउँदै गरेको एम्बुलेन्स आज बिहान करिब ४ः३० बजे इलामको गोदकमा दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा पाँचथर फिदिम निवासी आनन्द अधिकारी, रेनुका अधिकारी र नरीमाया चौहानको घटनास्थलमै मृत्यु भएको हो ।
मे१च १७४७ नम्बरको जनमैत्री सेवा संस्था, पाँचथरको एम्बुलेन्स मेची राजमार्गअन्तर्गत गोदक–४ घट्टामा सडकबाट करिब ३५० मिटर तल पल्टिएको थियोे ।
घाइते हुनेहरूमा एम्बुलेन्स चालक गेहनाथ प्रसाईं र टीकाराम अधिकारी रहेका छन् । उनीहरूलाई उपचारका लागि झापातर्फ लगिएको प्रहरीले जनाएको छ ।
imagekhabar
सोमबार, १३ पुष
काठमाडौं । आधा सिलिन्डर ग्याँसका लागि महिनौं पालो कुर्दा पनि नपाएका सर्वसाधारण दिनहुँ ग्याँसका बुलेट भित्रिएको समाचार सुनेरै चित्त बुझाउन बाध्य छन् ।
अघाषित नाकाबन्दीका कारण सामान्य अवस्थामा जस्तै ग्याँस आउन नसके पनि १२ दिनमा मात्रै १ सय ७७ बुलेट ग्याँस भित्रिए पनि ती ग्याँस कहाँ गए र कसले ग्याँस पायो भन्नेबारे उपभोक्ता अन्योलमा छन् ।
गत १ पुसयता भारतबाट ४ लाख ४२ हजार ५ सय सिलिन्डर पुग्ने १ सय ७७ बुलेट ग्याँस नेपाल भित्रिएका छन् । सो अवधिमा भित्रिएको ग्याँसमध्ये ५० प्रतिशत ग्याँस उपत्यकामा मात्रै आएको छ ।
तर, उपत्यकावासी भने ग्याँस नपाएर निकै सास्ती खेपिरहेका छन् । यस अवधिमा भित्रिएको ग्याँस ७ दशमलव १ केजीका दरले वितरण गर्दा ४ लाख ४२ हजार ५ सय उपभोक्तालाई पुग्छ ।
तर, अधिकांश उपभोक्ताले अझै पनि ग्याँस पाउन सकेका छैनन् । ग्याँसको आपूर्ति बढ्दै गए पनि उपभोक्ताले भने अझै पाउन सकिरहेका छैनन् ।
सुरक्षा निकायका उच्च अधिकारीले आवश्यकताभन्दा बढी ग्याँस राखेका कारण पनि सर्वसाधारणले पाउन नसकेका हुन् ।
वितरण प्रणाली व्यवस्थित र पारदर्शी नहुँदा मुलुकमा भित्रिएको ग्याँस उपभोक्ताले पाउन नसकेको दाबी गर्छन्, राष्ट्रिय उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना ।
‘सोर्सफोर्सका आधारमा पहुँचवालाको घरमा ग्याँस जाने गरेका छन्,’ उनी भन्छन्, ‘उद्योगले व्यापारिक प्रयोजनका लागि होटेल, रेस्टुरेन्टलाई धेरै ग्याँस दिँदा उपभोक्ताले पाउन सकेका छैनन् ।’
पुस महिनादेखि रक्सौलबाहेक अन्य नाका नियमित रूपमा सहज भएसँगै ग्याँसको आयात बढ्दै गएको नेपाल आयल निगमको तथ्यांकले देखाउँछ ।
ग्याँस आउने क्रम बढेको भए पनि उद्योगीले बढी मूल्य लिई होटल रेस्टुरेन्टलाई वितरण गरेकै कारण आम उपभोक्ताले पाउन नसकेका हुन् । अाजकाे राजधानी दैनिकमा समाचार छ ।
nepalsandesh
१३ पुस, काठमाण्डौं ।

सरकारका खम्बा ठहरिएका उपप्रधानमन्त्री कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको सम्बन्ध काठमाडौंको कठ्यांग्रिदो चिसोभन्दा पनि चिसो भएको छ ।

आफू दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको तर, रातारात कमल थापा लोकप्रिय हुँदै आफ्नो व्यक्तित्वलाई नै छायाँमा पारेको आभास हुँदै गएपछि अहिले थापाको कुनै पनि कदम खतरा हुन थालेको छ ।



थापाको चीन भ्रमणको पूर्वसन्ध्यामा ओली बुझ्ने गरी यो संकेत सार्वजनिक मात्र गरेनन्, प्रतिनिधिमण्डलमा रातारात कानुनमन्त्री थपेर थापाप्रति विश्वास नरहेको सन्देशसमेत प्रवााह गरेका छन् । विशेषगरी थापाको दुईपटकको भारत भ्रमणबाट प्रधानमन्त्री ओलीले आफू किनरामा परेको अनुभव गरेका छन् ।

भारत, जेनेभा र बेलायत भ्रमणपछि अन्तर्राष्ट्रिय रुपमा उपप्रधानमन्त्री थापाको उचाई ओलीको भन्दा माथि पुगेको आभास हुँदै थियो ।

थापाले जेनेभामा भारतीय अधिकारीहरुलाई नेपालको हितमा दिएको जवाफ, बेलायतमा कर्णेल कुमार लामाको रिहाई र गोर्खा सैनिकको पेन्सनको मामिला उठाएर फर्किएका उनलाई भावी प्रधानमन्त्रीको रुपमा पनि कतिपय ठाउँमा चर्चा गर्न थालिएको छ । nepaliheadlines
१३ पुस, काठमाडौं ।

श्रीमति आरजु देउवाको सनकी स्वभाव र एनजिओको खेतीपातीको कारण डडेल्धुरा देउवा कांग्रेस दुई फ्याक भएपछि शेरबहादुर देउवा आफ्नै गृह जिल्लाको झगडामा परेका छन् ।

आरजु ५ वर्ष डडेल्धुरा जिल्ला विकास समितिको सभापति र १३ वर्ष जिल्ला कांग्रेसको सभापति भइसके पनि जनाधार भने शुन्य बराबर भएका रघुवर भट्टतिर लागेकी छिन् । डडेल्धुरा देउवा कांग्रेस आन्तरिक रुपमा चरम विवादमा फसेपछि सुशील कोइराला गुटकले डडेल्धुरामा खेल्न खोजेको छ ।

देउवा पक्षमैं भिडाएर फाइदा लिन कोइराला पक्षले प्रयत्न गरिरहेको चर्चा कांग्रेसमा चलेको छ । आरजुले महाधिवेशन प्रतिनिधिसमेत हारेका शेरबहादुर देउवाका स्वकीय सचिव रहिसकेका गोविन्द बोहोरालाई बोकेपछि आफ्नो जिल्लामा शेरबहादुर आफ्नै पत्नी आरजुका कारणले कमजोर बन्दैछन् ।

गोविन्द बोहोरा २०४९ सालमा शेरबहादुरलाई कालो झण्डा देखाएर विरोध गर्नेमा पर्छन् । तिनै बोहोराको पक्षमा आरजु देउवा र वर्तमान डडेल्धुरा कांग्रेसका सभापति कर्ण मल्लको पक्षमा शेरबहादुर देउवा देखापरेपछि डडेल्धुरा जिल्लामा शेरबहादुर र आरजु हाँसोको पात्र बनेका छन् । nepaliheadlines
विराटनगर, १३ पुस । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई थप उपचारका लागि सुनसरीको धरान लगिएको छ ।
आइतबार मध्यराति करिव १२ बजे महतोलाई थप उपचार गर्न धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको सद्भावना पार्टीका महासचिव मनीष सुमनले जानकारी दिनुभयो ।
विराटनगरको अस्पतालमा उपचार सम्भव नभएपछि अध्यक्ष महतोलाई धरान लगिएको उहाँले बताउनुभयो ।
‘अध्यक्ष ज्यू गम्भीर बिरामी पर्नु भएको छ’, महासचिव सुमनले भन्नुभयो, ‘विराटनगरमा प्रहरीको कुटाइबाट टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।’
टाउकोमा चोट लागेका अध्यक्ष महतोलाई ब्लड प्रेस, सुगर र अन्य बिमारी पनि रहेका छन् ।
राजेन्द्र महतोलाई मध्यरातमा उपचारका लागि धरान लगियोराजेन्द्र महतोलाई मध्यरातमा उपचारका लागि धरान लगियोमधस आन्दोलनका क्रममा नाकाबन्दी गर्ने काममा कमान्डिङ गर्दै आउनुभएका अध्यक्ष महतालाई गत शनिबार प्रहरीसँगको झडपमा गम्भीर चोट लागेको थियो ।
dainiknepal
काठमाडौं: तराई आन्दोलन र भारतीय नाकाबन्दीको कारण देखाउँदै व्यापारीले आफूखुशी बजार भाउ बढाएका छन्। बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य चुलिएको छ।

सर्वसाधारणको ढाडै सेक्ने गरी व्यापारीले मूल्य वृद्धि गरे पनि नियन्त्रणका लागि सरकारले प्रभावकारीरूपमा बजार अनुगमन गरेको छैन। नत कालोबजारी गर्नेलाई कारबाही नै गरेको छ। विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले हालै गरेको बजार सर्वेक्षणअनुसार अहिले बजार अराजक बनेको छ।


भारतको अघोषित नाकाबन्दी, इन्धन अभाव र आपूर्ति कम परिमाणमा भइरहेको भन्दै व्यापारीले खाद्यान्नदेखि इन्धनसम्ममा आफूखुशी मूल्य कायम गरी बिक्री गरिरहेका छन्। डब्लूएफपीका एसिया प्रशान्त क्षेत्रीय निर्देशक डेभिड कार्टुडका अनुसार सीमा अवरोधका कारण प्रभावित बनेको बजारमा अहिले एक्कासी मूल्य वृद्धि भएको छ।

उनका अनुसार नेपाल पूर्णरूपमा आयातमा निर्भर बनेका कारण पनि यस्तो अवस्था आएको हो। आपूर्ति अभावमा खानेतेल, चामल, दाल, चिनी र नुनजस्ता अतिआवश्यक खाद्य वस्तुको मूल्य आकासिएको छ।

डब्लूएफपीका अनुसार दाल र खाने तेलको मूल्य भदौ महिनायता औसतमा ३० प्रतिशतले र गतवर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ । गत वैशाखको भूकम्पबाट बढी प्रभावित दुर्गम क्षेत्रमा भने मूल्य वृद्धि योभन्दा पनि माथि गएको छ।

भूकम्पको केन्द्रविन्दु गोरखामा नाकाबन्दी अघि दुई हजार पाँच सय रुपैयाँ पर्ने २५ किलो चामलको बोरालाई अहिले झण्डै दोब्बर अर्थात पाँच हजार मूल्य पुर्‍याइएको छ । खाने तेल र चिनीको मूल्यमा पनि दोब्बरको हाराहारीमा वृद्धि गरिएको डब्लूएफपीका क्षेत्रीय निर्देशक कार्टुडले जानकारी दिए।
दाल र खाने तेलको मूल्य भदौ महिनायता औसतमा ३० प्रतिशतले र गतवर्षको तुलनामा ५० प्रतिशतले वृद्धि भएको छ।
यस्तै इन्धनको मूल्य पनि व्यापारीले आफूखुशी बढाएका छन्। डब्लुएफपीका अनुसार नाकाबन्दी अघि एक हजार चार सयमा पाइने खाना पकाउने ग्यासको सिलिन्डरलाई व्यापारीले आठ हजारदेखि ११ हजारसम्ममा बिक्री गरिरहेका छन्।

व्यापारीले ग्यासमा ६ सय ३० प्रतिशतसम्म मूल्य बढाएको पाइएको छ।'व्यापार बन्द अवस्थामा रहँदै मूल्यवृद्धि पनि बढ्दै जाने हो भने, गम्भीर मानवीय संकट टार्न कठिन हुनेछ', क्षेत्रीय निर्देशक कार्टुडले भने,‘खाद्य सामग्रीको मूल्य सीमाभन्दा पर जान थालेपछि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएको छ।'

यसले गर्दा कुपोषण बढ्न सक्ने अवस्था आउनसक्ने चेतावनी पनि दिइएको छ।नेपाल खुद्रा व्यापार संघका अनुसार उद्योग र थोक व्यापारीले इन्धन अभाव, बढी मूल्यको इन्धन र ढुवानीको बढ्दो खर्चको कारण देखाउँदै दैनिक उपभोग्य सामग्रीको मूल्य वृद्धि गरेका छन्।

संघका अध्यक्ष पवित्र बज्राचार्यले उद्योग र थोक व्यापारीले पाउरोटी, चाउचाउ, अन्डा, खानेतेल र कस्मेटिक्स सामग्रीमा मूल्य वृद्धि गरेको जानकारी दिए। 'अहिले उद्योग र थोक बिक्रेताबाटै मूल्य बढेर आएको छ', अध्यक्ष बज्राचार्यले भने, ‘राज्यले प्रभावकारीरूपमा अनुगमन नगर्दा त्यसको प्रत्यक्ष मार उपभोक्ताले व्यहोर्नुपरेको छ।'

संघका अनुसार दुई सय ९० पर्ने अन्डाको क्रेटलाई अहिले तीन सय २० देखि तीन सय ५० सम्म, पाउरोटीको प्याकेटमा १० रुपैयाँ, चाउचाउमा १५ को साटो १६ भए पनि २० रुपैयाँ घटीमा बजारमा पाइँदैन। यसैगरी खानेतेल लिटरको एक सय २० बाट तीन सयसम्म पुर्‍याइएको छ।'उत्पादकदेखि थोक बिक्रेताको मिलोमतोमा बजार अभाव गराएर बढी मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री गर्ने परिपाटी नै चलाइयो', अध्यक्ष बज्राचार्यले भने।

डब्लूएफपीले अहिलेको असहज अवस्थामा खाद्य वस्तुमा भएको मूल्य वृद्धिले सर्वसाधारणको दैनिक जनजीवन थप कष्टकर बनेको औंल्याएको छ। 'विशेषगरी आफ्ना परिवारलाई खुवाउन दैनिकरूपमा संघर्ष गर्नुपर्ने नेपालीले यो लामो राजनीतिक गतिरोधको मार खेप्नु नपरोस भनी सम्बद्ध सबै पक्षसँग खाद्य वस्तुको आपूर्ति सहज बनाउन आग्रह गर्दछौं', कार्टुडले भने।

उनका अनुसार नेपालका एक चौथाई जनताले आफ्नो आम्दानीको एक दिनमा औसत १.२५ अमेरिकी डलर (एक सय ३२ रुपैयाँ ४३ पैसा) भन्दा कमखर्च गर्दै आएका छन्।
annapurnapost
सिन्धुपाल्चोक- ठिहीले अस्थायी टहरोभित्रै कठ्यांग्रिएर शनिबार हिमाली गाउँ गुन्सा–७ का ८० वर्षीय जंग गोलेले प्राण त्यागे। दमका पुराना रोगी उनलाई तुसारो बोकेर आउने लेकाली सिरेटोले सँगै लिएर गयो। शीत चुहिने र स्याँठ छिर्ने अस्थायी टहरोको बासले दम बढेपछि उनी दुई महिनाअघि उपचारका लागि जिल्ला अस्पताल पुगेका थिए। 'दमको घाउमा ठन्डीले हिर्कायो,' गाविस सचिव रामप्रसाद न्यौपानेले भने, 'चिसोबाट जोगाउन सकेको भए उनी केही वर्ष अझै बाँच्थे।'



 पश्चिमी ज्यामिरे गाउँका इन्द्रराज खड्का ६ दिनदेखि आमाको किरियामा छन्। टहरोमा बस्न थालेदेखि सुरु भएको दम र खोकीले च्याप्दै लगेपछि उनकी ७० वर्षीया आमा विष्णुकुमारीले यो मिनपचास काट्न सकिनन्। मंगलबार बिहान नुहाइवरी श्रीमानको एकछाकी बसेकी उनी घाममा शरीर सेकाउँदा सेकाउँदै गइन्। 'त्यत्रो भूकम्पमा भागेर बाँच्नुभयो। चिसोमा बचाउन सकिएन।' किरियापुत्री इन्द्रराज भक्कानिए।

 शिखरपुर–७ की ७५ वर्षीया झम्कमाया आचार्यले यो ठन्डी सहन सकिनन्। दमकी रोगी उनी छाती फुलेर सास फेर्न गाह्रो भयो भन्दाभन्दै २० दिनअघि नफर्कने बाटो हिँडिन्। 'चिसो सुरु भएर टहरोबाट शीत चुहुन थालेपछि आमालाई दमले गाँज्यो,' भर्खर किरियाबाट उत्रिएका छोरा ध्रुवले भने, 'उपचारको भेउ नपाउँदै बित्नुभयो।'

 पछिल्ला ४० दिनबीच चिसोकै कारण दक्षिणपूर्वी गाउँ ठोकर्पामा मात्र सात भूकम्प पीडितको ज्यान गयो। दम, खोकीका दीर्घरोगी ५८–७० वर्ष उमेर समूहका वृद्धवृद्धा लुगलुग काँप्दै एकपछि अर्को गर्दै बिते। पिछडिएको स्थानीय पहरी समुदायका मात्र चार जनाको मृत्यु भएको यो घटनाले अस्थायी टहरोमा आश्रित जिल्लाका भूकम्प पीडित सन्त्रस्त छन्।

दस जनाको ज्यान लिइसकेको यी सतहमा आएका केही घटना मात्र हुन्। कर्णालीभन्दा विकट दूरदराजका गाउँ र हिँडेर तीन दिनमा नपुगिने हिमाली बस्तीले घेरिएको सिन्धुपाल्चोकमा ठिहीले कठ्यांग्रिएर धेरै भूकम्प पीडितको ज्यान गइसकेको हुन सक्ने अनुमान लगाउन कठिन छैन। वैशाख १२ को भूकम्पले सर्वाधिक जनधनको नोक्सानी पुर्या एको सिन्धुपाल्चोकका भूकम्प पीडित ठन्डीले धमाधम ज्यान गुमाउँदैछन्।

मुटु कमाउने ठन्डी लिएर भूकम्प पीडितका जस्ताको अस्थायी टहरोमा छिरेको यो वर्षको चिसाले 'काल' बनेर आएको प्रस्ट संकेत गरेको छ। पूर्वतातोपानीदेखि पश्चिमी गाउँ हेलम्बुसम्म चिसोका असंख्य बिरामी छन्। घरैपिच्छे चिसोका बिरामी छन्। एउटा त्यस्तो घर र बस्ती भेट्न मुश्किल छ, जहाँ बिरामी छैनन्। बालबालिका, दम, खोकीका दीर्घरोगी वृद्धवृद्धा र सुत्केरी बचाउन हम्मे परेको छ। वयस्कमा रुघाखोकी, ज्वरो, टन्सिल देखा परेको छ। सबै उमेर समूहका पीडितलाई चिसोले कुनै न कुनै समस्या दिएको छ। उनीहरुलाई खाना रुच्न छोडेको छ। खाना नरुच्दा पीडित शिथिल बन्दै गएका छन्।

सातादेखि जिल्लाको मौसम असाध्यै चिसिएको छ। टहरोबाट शीत चुहिने र स्याँठ छिर्ने समस्या जिल्लैभरको हो। भोटेकोसी, इन्द्रावती, ब्रह्मायणी, सुनकोसी लगायत नदी तटीय क्षेत्रका बस्ती (बेसी फाँट) मा तुवाँलो, हुस्सु र शीतले मुटु कमाउने जाडो छ। लेकाली भेगमा तुसारो जम्न थालेको छ। यो तत्काल हिउँ पर्न थाल्ने संकेत हो।

शिखरपुरका शिक्षक रमेश चापागाईं गाउँमा झन्डै सय केटाकेटी र बुढाबुढी बिरामी परेको बताउँछन्। '३० भन्दा बढी वृद्धवृद्धा र झन्डै ६५ बालबालिका बिरामी छन्,' उनले भने। धेरै दीर्घरोगी वृद्धवृद्धा प्रभावित छन्। चिसोले बालबालिका बिरामी पर्दा विद्यालयमा विद्यार्थी घट्न थालेको उनले सुनाए।

माथिल्लो क्षेत्रका ३५ गाविस हिमाली क्षेत्रसँग जोडिएका छन्। त्यहाँ हिउँ पर्ने समय सुरु भयो। तातोपानी, लिस्ती, फुल्पिङडाँडा, मार्मिङ, घोर्थली, लिसंखु, ठूलोधादिङ, गोल्चे, गुम्बा, हगाम, सेलाङ, हेलम्बु, किउल, भोताङ, गुन्सा, थाङपालकोट, इचोक, बरुवा लगायत हिमाली गाविसका स्थानीय चिसोले अत्तालिएका छन्। शीत र स्याँठबाट जोगिन उनीहरू आगो तापेर रात बिताउँछन्।

एउटै मात्र बाक्लो बस्ती भएको हिमाली गाउँ गुन्सामा मात्र ५० भन्दा बढी बिरामी रहेको गाविस सचिव रामप्रसाद न्यौपानेले बताए। 'तुसारो जमेर बाक्लो बरफ जम्छ,' उनले टेलिफोनमा भने, 'गाउँमा कन्तबिजोग भएको छ।' एकै लहरका हिमाली गाउँ गुन्सा, भोताङ र थाङपालकोटमा केही दिनअघि भएको वर्षाले चिसो ह्वात्तै बढाएको छ। 'स्थानीय चौबीसै घन्टा आगो तापेर शरीर तताउँछन्,' उनले भने।

जिल्लाका ७० हजारभन्दा बढी परिवार टहरोमा बस्न थालेको आइतबार नौ महिना पूरा भएको छ। झन्डै २ लाख मानिस टहरोमुनि लुगलुग कँापिरहेका छन्। भूकम्पमा सर्वस्व गुमाएका पीडितसँग न्यानो लुगा छैन। राहतमा पाएको मन्डी तात्न छाडेको धेरै भइसक्यो। हिमाली क्षेत्रमा त खानेकुरा नै अभाव हुन थालिसक्यो। आलु, गहुँ र कोदो मात्र उत्पादन हुने हिमाली क्षेत्रमा स्थानीयले यसवर्ष राम्ररी खेती लगाउन पाएनन्। खेती लगाए पनि उब्जनी राम्रो भएन। 'राहतका खाद्यान्न निखि्रयो,' सचिव न्यौपाने भन्छन्, 'काठमाडौंबाट चामल ओसार्न थालिएको छ।'

'गाउँको बेहाल म शब्दमा बताउन सक्तिनँ,' सचिव डम्बरबहादुर श्रेष्ठले उत्तरी सीमावती गाउँका दुःख सुनाए, 'अब भूकम्प पीडित भकाभक मर्न मात्र बाँकी छ।' लिस्ती र तातोपानी गाविस सचिव श्रेष्ठ गाउँमा सयौं बिरामी भए पनि अहिलेसम्म अप्रिय घटना सुन्न नपाउनुलाई भाग्य ठान्छन्। तातोपानीको लेकाली क्षेत्र छेताङ, पाराङ, खर्क, नादुङमा अत्यधिक चिसो छ। लिस्तीको बगाम, छगाम, साबुखर्क, तार्तुङमा चिसोले पीडित निस्सासिएका छन्। अरनिको राजमार्ग लामो समय अवरुद्ध हुँदा यहाँका हिमाली गाउँमा जस्ता, खाद्यान्न लगायत सामग्री प्रशस्त पुग्न सकेनन्।

'माथिल्ला गाउँमा जस्ताको टहरो देख्न मुश्किल छ। अधिकांश त्रिपालमा छन्,' सचिव श्रेष्ठले भने, 'त्रिपालमा तुसारो र शीत जमेर बनेका बरफ पग्लिएर चुहुन्छ। म सरकारको प्रतिनिधि हुँ भन्न लाज लागेर आउँछ।' सिन्धुको कर्णाली भनेर चिनिने पारि गाउँ गोल्चे, गुम्बा, हगामका पीडितको सबैभन्दा बढी कन्तबिजोग छ। 'चिसोको कुरा गरेर साध्य छैन,' तीन गाविसको जिम्मेवारी सम्हाल्दै आएका सचिव ध्रुव थापाले भने, 'भकारी र मान्द्राको टहरोमा पीडित चिसोले छट्पटिएका छन्।' चिसोबाट जोखिन धेरै गाउँलेले अनुकम्पको धक्काले ढाल्नेखाले ढुंगामाटाका परम्परागत घर बनाएर बस्न थालेको उनले जनाए।

जुगल हिमालको फेदीका गाउँ सिन्दुर्चे, लिदी, साङलुङ, दीपु, महाथान र डुखाका गाउँ स्थानीय मान्द्रा र त्रिपालका टहरोमा जीवनयापन गरिरहेका छन्। गाविसको एक गाउँबाट अर्कोमा पुग्नै एक दिनभन्दा बढी लाग्ने बस्तीमा जस्ता पुर्यामउनु युुद्ध जितेसरह हुन्छ। 'बिरामी गणना गरेर साध्य छैन। यो हिउँद कसरी कटाउने होलान्?' सचिव थापा कहालिन्छन्।

पश्चिमी गाउँ इचोकका सचिव रामबहादुर श्रेष्ठ नुवाकोटसँग सीमा जोडिएका नापुखर्क, सुर्सिङ, मानेगौरा, ढुंगे, घोप्टे भन्ज्याङ र इचोक गाउँमा धेरै बालबालिका र बुढाबुढी बिरामी परेको बताउँछन्। 'टहरा नाम मात्रका छन्। आगो नबाली शरीर तात्दैन,' उनले भने। दाउरा बाल्न समस्या नभएकाले गाउँलेलाई आगो नै घर र लुगा भएको उनी सुनाउँछन्।

बर्खा र चाडबाडले पीडितले टहरो थप व्यवस्थित र न्यानो हुने बनाउन फुर्सदै पाएनन्। भूकम्पलगत्तै बर्खे खेतीपाती सुरु भयो। दसैं, तिहार मनाइसक्दा बाली भिœयाउने चटारो। बर्खे बाली भिœयाएपछि खेतबारी खनजोत गरी गहुँ, तोरी, आलु लगाउने हतारो सुरु भइसकेको छ। धेरै पीडित ऋणधन गरेरै बाक्लो ओछ्याउन किन्न चाहन्थे। चिसो सुरु नहुँदै भारतले लगाएको नाकाबन्दीले अभाव हुँदा न्यानोमा रात बिताउने धोको पूरा हुन पाएन।

जिल्ला अस्पतालका प्रमुख डा. सागरकुमार राजभण्डारी चिसोमा बालबालिका र दीर्घरोगी प्रताडित भएको स्विकार्छन्। 'उनीहरुलाई चिसोबाट जोगाउन नसक्दा ज्यानै जोखिममा पर्छ,' उनले भने। उनका अनुसार हिउँदको समय स्वास्थ्य संस्थामा बिरामी कम हुने सिजन हो। यो समय अन्य रोगका बिरामी कम हुन्छन्। जिल्ला अस्पतालमा दैनिक डेढ सय बिरामी आउनेमा चिसोका मात्रै ५० भन्दा बढी हुन्छन्। 'अन्य रोगी नहुँदा स्वास्थ्य संस्थामा बिरामीको चाप कम भए पनि उपचारमा आउने जति चिसोका छन्,' उनले भने।

चिसोले भूकम्प पीडित मरिरहँदा न्यानो लत्ताकपडा किन्न सरकारले पठाएको १० हजार रुपैयाँ अनुदान वितरण भने सुस्त छ। डेढ सातादेखि थालिएको अनुदान वितरण अझै सकिएको छैन। सरकारले पूरा रकम नपठाउँदा पीडितले समयमै पाउन नसकेका हुन्। न्यानो लुगा अनुदानमा ८० करोड ३१ लाख १० हजार रुपैयाँ चाहिनेमा सरकारले ७० करोड मात्रै पठाएको थियो। १० करोड ३१ लाख १० हजार रुपैयाँ अपुग छ। बाँड्दाबाँड्दै नपुगेपछि थप निकासाका लागि दबाब दिन सचिव जति सदरमुकाम चौतारामा छन्।

'नपुग रकम गृहसँग माग गरेका छौं। आजभोलि नै आउँछ,' प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले भने, 'मध्यजाडो अगावै अनुदान वितरण सकेर न्यानो लुगा किन्ने वातावरण मिलाउँदैछौं।' उनका अनुसार आइतबारसम्म १८ गाविसमा मात्र वितरण सकिएको छ । ३८ गाविसमा वितरण भइरहेको छ। 'चिसो बढ्दो छ। भूकम्प पीडित बचाउन हम्मे पर्यो्,' उनले भने, 'चिसोकै कारण मर्न नदिन संवेदनशील छौं। केन्द्रमा जिल्लाको अवस्था रिपोटिङ भइसकेको छ।'
nagariknews
काठमाडौं, १३ पुस । हाजिर गरेर सांसदहरू बाहिरिएपछि गणपुरक संख्या नपुगेर स्थगित भएको संसदको बैठक आजका लागि बोलाइएको छ ।
बैठकमा अनिवार्य उपस्थित हुन दलहरूले आफ्ना सांसदहरूलाई ह्वीप जारी समेत गरेका छन् ।
दिउँसो १ बजे नयाँबानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेन केन्द्रमा बस्ने बैठकमा मनमोहन अधिकार स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक २०७२ पारित गर्ने कार्यसूची रहेको छ ।
आइतबारको बैठकमा मन्त्रीले सो विधेयकमा उठेका प्रश्नको जवाफ दिनुभएको थियो ।
जवाफ दिँदै गर्दा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बैठक सञ्चालनका लागि आवश्यक गणपुरक संख्या नपुगेको भन्दै प्रश्न उठाएपछि सांसदको गणना गरिएको थियो ।
बैठक सञ्चालनका लागि आवश्यक पर्ने १ सय ४९ जना सांसद पनि थिएनन् । गणनाका क्रममा जम्मा १ सय २४ सांसद मात्रै सहभागी थिए ।
यसैबीच, आजको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकमा छलफल हुने कार्यसूची छ । संविधान संशोधनको छलफलप्रति मधेसी मोर्चाले अबरोध गर्दै आएको छ ।
बैठकमा मधेसी मोर्चाले नाराबाजी र अबरोध गर्ने जनाएको छ । मधेसी मोर्चाले आफ्ना माग सम्बोधन गराउन दबाव दिने उद्देश्यले सदन घेराउ र अबरोध गर्दै आएको छ ।
dainiknepal
सोमबार, १३ पुष
काठमाडौं । सत्तारुढ गठनबन्धनभित्रै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारको कार्यशैलीप्रति असन्तुष्टि बढेको छ।
सरकार गठन भएको लामो समयसम्म पनि देशले सामना गर्दै आएका प्रमुख समस्या समाधान गर्न प्रभावकारी कदम नचालेको भन्दै असन्तुष्टि बढेको हो।
ओली सरकार गठन हुनुअघि नै सुरु भएको मधेस आन्दोलनलाई समाधान गर्न प्रयास नभएको, भारतसँग नाकाबन्दी खुलाएर समस्या समाधान गर्न प्रभावकारी काम नगरेको, कालोबजारी नियन्त्रण गर्न असफल भएको, भूकम्पपीडितलाई राहत दिन नसकेको, सत्ता टिकाउन मन्त्रालय विभाजन गरेको र मन्त्रिपरिषदको आकार ठूलो बनाएकोमा आलोचना सुरु भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय समितिको जारी बैठकमा सरकारबाट बाहिरिनुपर्ने पक्षमा सदस्यहरूले आवाज उठाएका छन् भने सोमबार प्रस्ताव दर्ता गर्ने तयारी भएको छ ।
यसअघि संसदमा तीन स्थान रहेको नेकपा संयुक्तले जनताको चाहानाअनुसार काम गर्न नसकेको भन्दै सरकारबाट समर्थन फिर्ता लिइसकेको छ।
सत्ता गठबन्धन सहयोगी दल मात्रै नभएर सरकारको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र पनि असन्तुष्टि बढेको छ।
यसरी असन्तुष्ट हुनेमा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सार्वजनिक कार्यक्रममै सरकारको कार्यशैलीलाई लिएर आलोचना गरेका छन्।
सत्ताको नेतृत्व गर्दै आएको नेकपा एमालेभित्र पनि सरकारका कार्यशैलीप्रति असन्तुष्टि देखिएको छ। सचिव योगेश भट्टराईले एक्लै चल्न खोज्ने प्रधानमन्त्रीको शैलीका कारण अहिले समस्या देखिएको भन्दै पछि पनि एमालेका नेताहरू सिंहदरबार र बालुवाटार जानेगरी काम गर्नुपर्ने बताए । नागरिक दैनिकमा समाचार छ ।
nepalsandesh
सोमबार, १३ पुष
काठमाडौं । कांग्रेसमा १३औँ महाधिवेशन आउन अब ७० दिन मात्र बाँकी हुँदा शीर्ष नेताहरूले तयारीलाई तीव्रता दिएका छन् ।

अहिलेसम्म सभापतिका लागि नेता शेरबहादुर देउवा र संस्थापनबाट उपसभापति रामचन्द्र पौडेलले उम्मेदवार बन्ने बताइसकेका छन् । तर, वर्तमान सभापति सुशील कोइरालाले आफू अघि बढ्ने कि उपसभापति पौडेललाई अघि बढाउने भन्ने अन्तिम निर्णय लिइसकेका छैनन् ।
यसअघि पनि अन्तिमसम्म नखुल्ने कोइरालाको शैली उस्तै छ भने नेता देउवा र उपसभापति पौडेलले महाधिवेशनको तयारीलाई आक्रामक बनाएका छन् । यी दुवै नेता ‘कस्तो बन्यो संविधान, एकता र सद्भावको अभियान’ अभियान लिएर देश दौडाहामा छन् ।
सभापति कोइराला भने कोठे बैठक गरी रणनीति बनाउनमा केन्द्रित छन् । माघ दोस्रो हप्ताबाट कांग्रेसको महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशन सुरु हुनेछन् । त्यसैलाई मध्यनजर गर्दै शीर्ष नेताहरूले आक्रामक रूपमा प्रशिक्षण र भेलाका कार्यक्रमलाई तीव्रता दिएका हुन् ।
भित्री तयारीमा कोइराला
सभापति कोइरालाले सभापतिमा उठ्ने विषयमा मुख खोलिसकेका छैनन्, तर ‘जित्ने मान्छे उठ्नुपर्छ भन्दै’ घुमाएर आफैँ उम्मेदवार बन्ने सन्देश दिइरहेका छन् ।
उनी आफूनिकटका आनन्दप्रसाद ढुंगाना, दिलेन्द्रप्रसाद बडूसँग दिनहुँजसो छलफल गरिरहेका छन् । पछिल्लो समय क्रियाशील सदस्यता छानबिनका लागि संयोजक नरहरि आचार्यले नसघाएको भन्दै ढुंगाना, बडूसहितका नेता उनीप्रति असन्तुष्ट छन् ।
कोइराला संस्थापन महामन्त्री प्रकाशमान सिंह, डा. रामशरण महत, नरहरि आचार्य, महेश आचार्यसँग पनि नियमित सम्पर्कमा छन् । ‘देउवाजी र पौडेलजीजसरी सभापतिजी देश दौडाहामा हुनुहुन्न, तर आन्तरिक रणनीतिमा लागेका बुझेका छौँ,’ कोइरालाले मनोनीत गरेका एक केन्द्रीय सदस्य भन्छन्, ‘उहाँ कोइराला खानदानमा कसरी कांग्रेसको बागडोर राखिराख्ने भन्ने रणनीतिमा हुनुहुन्छ ।’
कोइरालानिकट नेता एवं संगठन विभाग प्रमुख ढुंगाना देउवा र पौडेल आक्रामक भई देश दौडाहामा निस्कँदासमेत आफूहरू जान नसकेको बताउँछन् ।
देउवाजी र पौडेलजी देश दौहाडामा निस्कनुभयो, सभापति कोइराला काठमाडौं बाहिर गए मिडियाले कांग्रेस गैरजिम्मेवार बन्यो भन्छन्, त्यसैले हामी अप्ठ्यारोमा परेका छौँ,’ ढुंगानाले नयाँ पत्रिकासित भने, ‘अब हामी पनि समय मिलाएर निस्कन्छौँ ।’
देउवा आक्रामक प्रचारमा
संस्थापनबाट सभापतिको उम्मेदवार को हुने भन्ने प्रस्ट नभइरहेका वेला अर्को पक्षबाट उम्मेदवारको निश्चितता भएका देउवा पश्चिम नेपालमा नेता–कार्यकर्ता भेटघाटमा छन् । ९ पुसमा कैलालीको धनगढीमा प्रशिक्षण प्रतिष्ठानद्वारा गरिएको अगुवा प्रशिक्षक प्रशिक्षणमा देउवा सहभागी भए । १० पुसमा नेपाल जेसिजको अधिवेशनका लागि कञ्चनपुरको महेन्द्रनगर पुगे ।
गत शुक्रबार शिक्षक संघको प्रशिक्षण र १२ पुसमा प्रजातन्त्रवादी प्राध्यापक संघको क्षेत्रीय भेलामा सहभागी भएका देउवा १३ पुसमा काठमाडौं फर्कने कार्यक्रम छ । भन्नलाई प्रशिक्षणको नाम दिइए पनि देउवा महाधिवेशन तयारीका लागि यस्ता कार्यक्रममा सहभागी भइरहेका छन् ।
विमलेन्द्र निधि, चन्द्र भण्डारी, गगन थापा, एनपी साउद, सुरेन्द्र पाण्डे, रमेश लेखकसहितका नेतासहित देउवा पश्चिम नेपालमा सक्रिय छन् ।
‘प्रशिक्षणको कार्यक्रम पनि हो, तर महाधिवेशन पनि नजिक आइरहेकाले यसैको तयारीस्वरूप उहाँ देशव्यापी दौडाहामा हुनुहुन्छ,’ देउवाका सहयोगी भानु देउवाले भने ।
काठमाडौं फर्किएपछि पनि देउवा रोकिने छैनन् । १५ पुसमा काठमाडौं क्षेत्र नम्बर २ को कार्यक्रममा सहभागी हुनेछन् भने १७ पुसमा विराटगरमा महिला संघको कोसी अञ्चलस्तरीय भेलामा सहभागिता जनाउनेछन् । देउवानिकट नेता डा. प्रकाशरण महतले देशव्यापी माहोल नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने रहेको बताए ।
‘कार्यकर्ता भेटघाटसहित संगठनका काममा जाँदा अब यही नेतृत्वले सम्भव छैन, नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने आमकार्यकर्ताको भावना छ,’ महतले भने, ‘आमकार्यकर्तामा यसपटक देउवाजीलाई दिनुपर्छ भन्ने भावना देखिएको छ ।’
कार्यकर्ता पंक्तिमा यसपटक ‘पार्टी कसरी चलेको छ र कसरी चलाउनुपर्छ’ भन्ने मुद्दालाई स्थापित गर्न पनि नेतृत्व परिवर्तनको माग रहेको दाबी उनले गरे ।
अब क्रियाशील सदस्यताको अन्तिम सूची तयार भई निर्वाचन आयोगले प्रतिनिधि खटाएपछि महाधिवेशनको तयारीले तीव्रता पाउने उनले बताए ।
‘क्रियाशील सदस्यताको अन्तिम टुंगो लागेर सदस्यता गाउँमा पुगेपछि निर्वाचन आयोगले प्रतिनिधि खटाउँछ,’ महतले भने, ‘त्यसपछि महाधिवेशनको तयारी तीव्रताका साथ अघि बढ्छ ।’
विधान संशोधन गरेर लागू गर्न नसकिने भन्दै सामान्य प्राविधिक त्रुटि मात्रै सच्याउने गरी छलफल अघि बढिरहेको उनले बताए ।
‘केन्द्रीय संरचनामा सामान्य फेरबदल हुन्छ, तर केन्द्रीय पदाधिकारी थप्ने कार्यक्रम छैन,’ विधान संशोधन समितिका सदस्यसमेत रहेका महतले भने ।
पौडेलको दौडाहा पनि उस्तै
पार्टी सभापति कोइरालाले मुख नखोले पनि यसपटक सभापति उम्मेदवारका लागि पौडेलले दाबी छाडेका छैनन् । ‘कस्तो बन्यो संविधान एकता र सद्भावको अभियान’अन्तर्गत पौडेलले यसअघि विराटनगर र सुनसरीमा कार्यक्रम गरिसकेको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
त्यस्तै, आफैँ नेतृत्वअन्तर्गतको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत नै यस्ता कार्यक्रम भएको उनले बताए । सुरुमा संविधान बुझाउने अभियानअन्तर्गत बाग्लुङ, म्याग्दी, पर्वत, कास्कीमा प्रशिक्षण, कार्यकर्ता भेलाको कार्यक्रम गरे ।
पौडेल ‘कस्तो बन्यो संविधानको अभियान’अन्तर्गत सुदूरपश्चिमका जिल्ला सभापति र क्षेत्रीय सभापतिको प्रशिक्षणमा पनि सहभागी भए । यसका लागि उनी ७ गते कञ्चनपुर, ८ गते धनगढी पुगेका थिए ।
९ पुसमा काठमाडौं फर्किएका पौडेलले १० पुसमा पुन: कास्कीमा डेमोक्रेटिक लयर्सको पश्चिमाञ्चल भेलालाई सम्बोधन गरेका थिए । ११ पुसमा अभियानअन्तर्गत स्याङ्जाका तीनवटा निर्वाचन क्षेत्रका क्षेत्रीय सम्मेलनमा सहभागी भए । क्षेत्रीयस्तरको कार्यकर्ता भेलाका लागि १२ पुसमा पौडेल पाल्पा पुगे ।
१३ पुसमा गुल्मीमा, १४ पुसमा अर्घाखाँचीमा, १५ पुसमा कपिलवस्तुमा र १६ पुसमा रूपन्देहीमा जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने पौडेलको व्यस्त कार्यतालिका छ ।
काठमाडौं आएपछि पौडेलको पूर्वाञ्चल जाने कार्यक्रम रहेको अधिकारी बताउँछन् । ‘संविधान जनतालाई बुझाउने विषय पनि छ । सँगै महाधिवेशको तयारीका लागि कार्यकर्ता भेटघाट गर्ने पनि भइरहेको छ,’ उनले भने ।
पौडेलनिकट भई काम गरिरहेका एक कांग्रेस नेता यसपटक उनले उधारो सम्झौता नगर्ने बताए । ‘यसअघि पौडेलजीले संस्थापनमा बसेर गिरिजाबाबुदेखि सुशीलजीसम्मलाई सहयोग गर्दै आउनुभयो,’ ती नेता भन्छन्, ‘तर, यसपटक उहाँ उधारो सम्झौता मानी त्यत्तिकै छाड्ने पक्षमा हुनुहुन्न । उहाँको दाबी सभापतिकै उम्मेदवार बन्नेमा हुनेछ ।
nepalsandesh
काठमाडौं, पुस १३ । दोलखामा आज(सोमबार) विहानै फेरि भूकम्प गएको छ । बिहान तीन बजेर ५२ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४ दमलव २ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गत बुधबार पनि दोलखा नै केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्यूडको पराकम्प गएको थियो ।
वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ म्याग्नेच्यूडको भूकम्प गएपछि अहिलेसम्म चार म्यानिग्च्यूडभन्दा माथिका चार सय २० वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।
imagekhabar

हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल पुस १३ गते। सोमबार। इश्वी सन् २०१५ डिसेम्बर २८ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– तृतीया, १५:४९ बजेउप्रान्त चतुर्थी हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesविगतका निर्णय दोहोर्याउँदा काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको सहयोगबाट काम सम्पादन हुन सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा केही समस्या देखिए पनि प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiफाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerपारिवारिक भेटघाटको समय छ। तर, भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। ठूलै फाइदाको आश्वासन पनि पाइनेछ। तर, यथार्थमा लाभ भने कमै मिल्नेछ। उपहारका नाउँमा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्ट भोजनको अवसर मिल्नेछ। तर, पेटको खराबीले सताउन सक्छ। सहयोगीहरूबाट पनि अलि धोका पाइने सम्भावना छ, सचेत रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम लिनुपर्ने समय छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraप्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioस्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला। तर, जिम्मेवारी भने बढिरहनेछन्। बाध्यतापूर्ण काममै समय बित्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सेवामूलक कामबाट भने प्रतिष्ठा मिल्ने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusस्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornविभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ। परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा सम्मान पाइने समय छ। रमाइलो यात्राको समेत मौका छ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
etajakhabar
आइतबार, १२ पुष
पाल्पा । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले मधेसको भावनालाई नबुझेकाले समस्या उब्जेको बताएका छन् ।
नेपाली काँग्रेस पाल्पाले तानसेनमा अायाेजना गरेकाे कार्यकर्ता भेटङाट कार्यक्रममा बाेल्दै पाैडेलले ओली मधेस विरोधी भएकै कारण अहिलेको समस्या समाधान हुन नसकेको अाराेप लगाए ।
सरकारले अरु कुरा मिलाएर भए पनि बन्द हडताल अन्त्य गर्नुपर्ने बताउँदै उनले नेपाली जनताले धेरै दुःख पाइसकेको र अबका दिनमा यसलाई छिटोभन्दा छिटो समाधान गर्नुपर्नेमा जोड दिए ।
मुलुकलाई सङ्कट आइपर्दा काँग्रेस नै अगाडि सर्नुपर्ने भएकाले मधेसको समस्या समाधान गर्न आफूहरु तयार रहेको बताउँदै उपसभापति पौडेलले भने, ‘अहिलेको समस्या समाधान गर्न तराईका जनताको भावनालाई काँग्रेसले प्रतिनिधित्व गर्दै बुझ्न सक्नुपर्दछ ।’
संविधान संशोधन गरेर भए पनि तराईको समस्या समाधान गर्न पौडेलले आग्रह गर्दै सीमाङ्कन, जनसङ्ख्या र समानुपातिकका कुरा काँग्रेसले उठाउँदै आएको जिकिर गरे ।
अहिले संविधान जारी गरेको ठीक काम भएको बताउँदै उनले विगतको भद्र सहमतिको कुराकै कारण सबै कुरा पार्टीभित्र आउँदै गरेको महाधिवेशनप्रति लक्षित गर्दै उनले भने, ‘विगतमा ‘टेष्ट’ सुशील कोइराला र शेरबहादुर देउवाको भइसकेको छ ।’
nepalsandesh
आइतबार, १२ पुष
काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सबै विधि र प्रकृया पुरा भएकाले मधेस अब अलग देश सरह भएको बताएपछि राजनीति तरंगीत बनेको छ ।
पटक पटक पस्ता अभिव्यक्ति घुमाउरो पारामा दिदै आएका ठाकुरले आइतबार एक कार्यक्रममा प्वाक्क बोलिदिएका थिए । उनको भनाई थियो कि नेपाल बहुराष्ट्रिय पहिचानमा पुगेको छ र एउटा देशमा विभिन्न राष्ट्र हुनेछ ।
पत्रकार प्रशान्त झाको पुस्तक ‘ब्याटल्स अफ द न्यू रिपब्लिक’ को नेपाली अनुवाद ‘गणतन्त्रको सङ्घर्ष’ लोकार्पण कार्यक्रममा उनले यस्तो अभिव्यक्ति दिएपछि उकाएक राजनीति गर्माएको छ ।
उनले सहमति गर्ने भन्दापनि बखेडा झिकेर राजनीतिलाई बांगो बनाउन लागिपरेको आरोप समेत लगाइएको छ । उनले नयाँ संविधानमा बहुजातीय देश भनीएकोमा अब संविधान संशोधन मार्फत् बहुराष्ट्रिय भन्ने शब्द राख्नुपर्ने बताएका थिए ।
ठाकुरको दल तमलोपा गठन हुनेबेला तयार पारिएको घोषणा पत्रमा पनि नेपाल उल्लेख नगरि देश र राष्ट्र भनिएको थियो । राजेन्द्र महतोलाई सहमतिको समस्या देखिरहेका बेला उनी भन्दा ठाकुर र उपेन्द्र यादब समस्या भएको र ठाकुरकै कारण सहमति बन्न नसक्ने भन्दै पछिल्ला दिनहरुमा विश्लेषण पनि हुदै आएका छन् ।
प्रमुख दलका शीर्ष नेताहरुले उनको अभिव्यक्तिबारे कुनै प्रतिक्रिया नदिए पनि आम साधारणले भने सामाजिक सञ्जालमा उनको विरोध थालेका छन् ।
nepalsandesh
आइतबार, १२ पुष
अमेरिका । आर्थिक वर्ष सन् २०१५ को लागि डिभी लोटरी जितेर अमेरिका आउनेमा नेपालीहरु विश्वमा नै दोश्रो नम्बरमा परेका छन् । नेपाललाई इजिप्टले उछिनेको छ । तर आर्थिक वर्ष २०१५ मा नै डिभी लोटरी विजेता बाँकी १६२१ जना नेपालीहरुले अमेरिकाको भिसा नपाएको अमेरिकी सरकारले पुष्टी गरेको छ ।
गतवर्ष खसोखास साप्ताहिकले प्रकाशित गरेको रिपोर्टमा सन् २०१५ का लागि डिभी लोटरी जितेका १४ सय भन्दा धेरै नेपालीहरु अमेरिका आउन नपाउने अनुमान गरिएको थियो । हरेक वर्ष डिभीका लागि तोकिएको भिसा नम्बरका आधारमा र अमेरिकी सरकारका विभिन्न निकायहरुबाट प्राप्त तथ्यांकका आधारमा खसोखासले त्यस्तो अनुमान गरेको थियो ।
अमेरिकी सरकारको डिपार्टमेन्ट अफ स्टेट ब्यूरो अफ कन्सुलर अफेयर्सका अनुशार सन् २०१५ को लागि डिभी लोटरी जितेका ४९९१ जना नेपालीहरुमध्ये ३३७० जना नेपालीहरुलेमात्र अमेरिका आउनका लागि भिसा पाएका छन् । सन् २०१५ का लागि ५ लाख ४५ हजार ८ सय २५ जना नेपालीहरुले डिभी लोटरी भरेका थिए । उनीहरुका अन्य ३ लाख ४७ हजार १ सय ३६ जनाको विवरण डिभी लोटरी आवेदनमा उल्लेख गरिएको थियो ।
उनीहरुलाई सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को सेप्टेम्बरसम्म भिसा उपलब्ध गराइएको हो । आर्थिक वर्ष २०१५ गत सेप्टेम्बरमा समाप्त भई नयाँ आर्थिक वषृ चलिरहेको छ । आर्थिक वर्ष २०१५ मा विश्वका मुलुकहरुमध्येबाट सबैभन्दा धेरै इजिप्टका ३४५६ जना डिभी लोटरी विजेताहरुले भिसा पाएका थिए । त्यसपछि विश्वका विभिन्न मुलुकमध्येमा आर्थिक वर्ष २०१५ मा अमेरिकाको भिसा पाउने डिभी लोटरी विजेता नेपालीहरु दोश्रो नम्बरमा परे । आर्थिक वर्ष २०१५ मा विश्वभरका ४९ हजार ३ सय ७७ जनाले अमेरिकाको भिसा पाएको अमेरिकी सरकारको विदेश मन्त्रालयले जनाएको छ ।
सन् २०१५ को अक्टोबरदेखि आर्थिक वर्ष २०१६ सुरु भएसँगै अमेरिकाले सन् २०१६ का लागि डिभी लोटरी जितेकाहरुको भिसा प्रकृया संचालन गरिरहेको छ । सन् २०१६ का लागि ३८३१ जना नेपालीहरुले डिभी लोटरी जितेका छन् । तर एउटा देशबाट ७ प्रतिशत अर्थात् ३५ सयको हाराहारीमामात्र डिभी लोटरी विजेताहरु अमेरिका आउन पाउने भएकाले आर्थिक वर्ष २०१६ (सन् २०१५ को अक्टोबरदेखि सन् २०१६ को सेप्टेम्बरसम्म) ३ सय भन्दा धेरै डिभी लोटरी विजेता नेपालीहरुले भिसा नपाउने निश्चितप्राय छ ।
आर्थिक वर्ष २०१६ का लागि डिभी लोटरी विजेताहरुको भिसा प्रकृया चलिरहदा अमेरिकी सरकारले एसियाका अन्य देशका तुलनामा नेपाललाई अलग्गै भिसा नम्बरमा सिमित गरिरहेको छ । सन् २०१६ को जनवरीका लागि एसियाका अन्य देशका ४५०० सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालीहरुका लागि केस नम्बर ३७ सयमा सिमित गरिएको थियो । डिसेम्बर महिनाका लागि एसियाका अन्य देशका लागि ४१५० सम्म केस नम्बर हुने डिभी लोटरी विजेताहरुले भिसा प्रकृया सुरु गर्न पाउने भएपनि नेपालका लागि केस नम्बर २९२५ मा सिमित गरिएको थियो । यसरी छुट्टै केस नम्बरको सिमितता तोकिएको एसियाकै मुलुकमा नेपाललाई मात्र हो भने विश्वमा इथोपिया र नेपाललाई हो ।
कतिलाई परेको थियो डिभी लोटरी
इतिहास हेर्दा सन् २००१ लागि भरिएको डिभी चिठ्ठामा जम्मा २४ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो । सन् २००२ का लागि भरिएको डिभी चिठ्ठामा ७२९ जनालाई, सन् २००३ का लागि भरिएको डिभी चिठ्ठामा २३ सय २० जनालाई , सन् २००४ लागि भरिएको डिभी चिठ्ठामा ४२ सय ५९ जनालाई चिठ्ठा परेको थियो । सन् २००५ मा डिभी चिठ्ठा परेका जम्मा १५ सय ४५ नेपाली अमेरिका आएका थिए ।
त्यसैगरी सन् २००६ का लागि भरिएको डिभी चिठ्ठामा १९ सय ३४ जनालाई , सन् २००७ का लागि भरिएको डिभी चिठ्ठामा १५ सय २९ जनालाई, सन् २००८ का लागि भरिएको डिभी चिठ्ठामा २५ सय ६२ जनालाई, सन् २००९ का लागि भरिएको डिभी चिठ्ठामा १८९१ जनालाई , सन् २०१० का लागि भरिएको डिभी चिठ्ठामा २१ सय ३२ जनालाई र सन् २०११ का लागि भरिएको डिभी चिठ्ठामा २१८९ जना नेपालीहरुलाई चिठ्ठा परेको थियो । सन् २०१२ का लागि भरिएको डिभी चिठ्ठाको नतिजा अन्तरगत जम्मा ३२ सय ५८ जना नेपालीहरुलाई यो चिठ्ठा परेको थियो ।
त्यस्तै सन् २०१३ का लागि भरिएको डिभी चिठ्ठामा ४३७० नेपालीलाई यो चिठ्ठा परेको थियो भने सन् २०१४ का लागि भरिएको डिभी चिठ्ठामा ६ हजार ८२ नेपालीलाई यो चिठ्ठा परेको थियो । सन् २०१५ का लागि भरिएको डिभी चिठ्ठामा ४ हजार ९ सय ९१ जना छनौट भएका थिए । तर उनीहरुमध्ये हजारौं नेपालीहरु भने अमेरिका आउन पाएनन् । सन् २०१६ का लागि भरिएको डिभी चिठ्ठामा ३८ सय १ जना नेपाली छनौट भएका छन् । उनीहरुमध्ये पनि कैयन अमेरिका आउन नपाउने निश्चित छ ।
आर्थिक वर्ष २०१७ का लागि गत अक्टोबर १ देखि नोभेम्बर ३ सम्म कैयनले डिभी लोटरी भरेका छन् । त्यसको परिणाम सन् २०१६ को मे ३ मा सार्वजनिक हुनेछ । (अमेरिकाबाट प्रकाशीत खसोखास बाट साभार )
nepalsandesh
आइतबार, १२ पुष
एजेन्सी । भारतीय प्रधानमन्त्री अकास्मात पाकिस्तानको लाहोर पुग्नु र पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफको जन्मदीन मनाएर फर्कनु एउटा संयोग मात्र रहेन अब ।
सार्क सम्मेलनका क्रममा काठमाडौंमा भेटीएका सरीफ र मोदीले हात नमिलाएको समाचार अझै ताजै रहेका बेला किन मोदी पाकिस्तानका प्रिय बन्ने अभियानमा लागेका छन् भन्ने जिज्ञासा सबैमा छ ।
तर, उनी त्यसरी लाक्ष्ग्नुको कारण बल्ल खुलासा भएको छ । चर्चित टेलिभिजन अल जजिरामा अन्तरवार्ता दिदै भारतीय जनता पार्टीका महासचिव एवं प्रधानमन्त्री मोदीका निकै नजिकका व्यक्तिले यसको खुलासा गरेका हुन् ।
उनले कुनै समय एक भारतका रुपमा रहेको र अहिले फरक फरक देश बनेका बंगलादेश र पाकिस्तानलाई पुन एकीकरण गर्ने चरणमा मोदी छन् ।
भारपा महासचिव राम माधव अल जजीरामा अन्तरवार्ताका क्रममा
भारपा महासचिव राम माधव अल जजीरामा अन्तरवार्ताका क्रममा
अखण्ड भारत निर्माणकालागि मोदीले दुई छिमेकीहरुसँग नयाँ सम्बन्ध बनाउन थालेको भन्दै भाजपाका महासचिव राम माधवले केही वर्ष भित्रै परिणाम देखिने बताए ।
उनले निकट भविष्यमै अविभाजीत र अखण्डढ भारत बन्ने दाबी गरेका छन् । तर, यस बारेमा पाकिस्तान र बंगलादेशले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।
nepalsandesh
आइतबार, १२ पुष
काठमाडौं । भारतले नेपालमाथि आक्रमण गरेको हो ? यो प्रश्न संसदमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उठाए । जतिबेला आन्दोलनरत मधेसी मोर्चाका सांसदहरु नेपाल प्रहरीले आफ्ना नेता राजेन्द्र महतोमाथि आक्रमण गरेको भन्दै नाराबाजी गरिरहेका थिए ।
सभामुख ओनसरी घर्तीले मधेसी मोर्चाका सांसदहरुको नारावाजीबीच संसद चलाईरहेकी थिइन् । यस्तोमा सुवालले विशेष समय लिएर बोल्न थाले । सुवालले मधेसी मोर्चाका नाममा भारतको जोगवनीबाट आएको जत्थाले नेपाल प्रहरीमाथि आक्रमण गरेको हो भन्दै प्रश्न सोधे ।
सुवालले नेपालका प्रहरीमाथि राजेन्द्र महतोको नेतृत्वमा भारतबाट आएको जत्थाले आक्रमण गरेको र फर्कीएको भन्ने समाचार आएको भन्दै प्रश्न सोधे के नेपालको सार्वभौमिकतामाथि भारतले आक्रमण गरिरहेको छ ?
उनले भारतको उक्साहटमा तराई मधेसमा आन्दोलन भएको र नेपालका नेताहरु लेण्डुप दोर्जी बन्न लागेको बताए । भारतले भनेकै भरमा संविधान संशोधन गर्न नहुने उनको तर्क थियो ।
सिक्कीम भारतले खाँदा त्यहाँका प्रधानमन्त्री लोण्डुप दोर्जी चुपचाप बसेजस्तै हाम्रा नेता पनि चुपचाप बसेको भन्दै उनले नेपालका नेताहरुलाई लेण्डुप दोर्जे बन्न खोजेको हो भन्दै प्रश्न राखेर मन्तब्य टुंग्याएका थिए ।
nepalsandesh
१२ पुस, रौतहट । विराटनगरमा सदभावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई आक्रमण गरी घाइते बनाएको विरोधमा मधेसी मोर्चाका नेता-कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय रौतहट घेराउ गरेका छन् ।
कार्यालयको मूल ढोका मै उनीहरुले बसेर विरोध प्रदर्शन गरेपछि कर्मचारीहरु भित्र प्रवेश गर्न पाएका छैनन् । मोर्चाको अवरोधकै बीच सामान्य बल प्रयोग गर्दै प्रमुख जिल्ला अधिकारी नरहरी बराल सुरक्षा प्रमुखहरुसँगै कार्यालयमा प्रवेश गरेका थिए । मूल ढोकामा बसेका प्रदर्शनकारीहरुलाई हटाउँदै सुरक्षाकर्मीले प्रजिअ बराललाई कार्यकक्षमा पुर्‍याएका थिए । प्रजिअ बराल कार्याकक्षमा पुगेपछि पुनः प्रदर्शनकारीहरु मूल ढोका मै धर्नामा बसेका छन् ।
उनीहरुको अवरोधका कारण सहायक प्रमुख जिल्ला अधिकारी रामराज सुवेदीलगायतका अरु कर्मचारीहरु भने कार्यालय प्रवेश गर्न पाएनन् । कर्मचारीहरु प्रवेश गर्न नपाएपछि सेवाग्राहीहरु पनि मारमा परेका छन् ।
महतोमाथि आक्रमण भएको विरोधमा मधेसमा रहेका प्राय सरकारी कार्यालयहरु बन्द रहे पनि जिल्ला प्रशासन कार्यालय रौतहट भने खुल्लै छ ।

यता संघीय समावेसी गठबन्धनले आइतबार सदरमुकाम गौरमा भैंसी जुलुस प्रदर्शन गरेको छ । गौरको ‘मधेसी क्रान्ती’ चोकबाट शुरु भएको भैंसी जुलुसले नगरपरिक्रमा गरेको थियो । जुलुसमा सहभागी मोर्चाका कार्यकर्ताहरुले सरकार विरोधी नाराहरु लगाएका थिए । जारी मधेस आन्दोलनप्रति सरकार गम्भीर नभएको र उल्टै मोर्चाका शीर्ष नेताहरुलाई निशाना बनाएर दमन गरेकोमा उनीहरुले आक्रोश पोखेका थिए ।
रौतहटको मध्य बजार गरुडामा पनि मोर्चा कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन् । ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले गरुडामा लाठी जुलुस निकालेका छन् ।
महतोमाथि आक्रमण गरेको विरोधमा मोरङ, सप्तरीलगायतका जिल्लाहरुमा पनि मधेसी मोर्चाका कार्यकर्ताहरुले आइतबार विरोध प्रदर्शन गरेका छन् । सप्तरी सदरमुकाम राजविराज, हनुमाननगर, भारदह, गजेन्द्र चोक, जनआन्दोलन चोकलगायतका क्षेत्रमा मोर्चा कार्यकर्ताहरुले बिहानैदेखि प्रदर्शन चर्काएका हुन् ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१२ पुस, एजेन्सी ।

भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिव राम माधवले भारत, पाकिस्तान र बंगलादेश अखण्ड भारत अन्तर्गत एकै ठाउँमा आउने दावी गरेका छन् । ६० वर्ष अघि छुट्टिएका यी देश पुनः अखण्ड भारत अन्तर्गत एक हुने उनको दावी छ ।

अरवी टेलिभिजन अलजजिरालाई दिएको अन्तर्वार्तामा राम माधवले भाजपाको मुख्य संस्था राष्ट्रिय स्वयं सेवक संघ आरएसएसले भारत, पाकिस्तान र बंगलादेश एक हुने विश्वास लिएको बताएका हुन् ।


यस्तो पुनर्गठन कुनै युद्धको माध्यमबाट नभएर आम सहमतिको माध्यमबाट हुने उनको भनाइ छ ।

भारतमा असहिष्णुता बढ्दै गएको भन्दै कलाकारले अवार्ड फर्काउने चलन भारतको छवि धुमिल पार्ने षडयन्त्र भएको उनको दावी छ ।nepaliheadlines
काठमाडौं, १२ मंसिर । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पाकिस्तान र बंगलादेशलाई मिलाएर ‘अखण्ड भारत’ भारत बनाउने योजना सार्वजनिक भएको छ ।
‘अल जजीरा’ टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भारतीय जनता पार्टीका महासचिव राम माधवले प्रधानमन्त्री मोदीको सरकार पाकिस्तान, बंगलादेश र भारतलाई एक बनाएर अखण्ड भारतको निर्माणमा लागको खुलासा गरेका हुन् ।

त्यसैकारण मोदी पाकिस्तानसँग सम्बन्ध सुर्धान प्रयास गरिरहेको उनले बताए । उनले अबको केही वर्षभित्रै भारत, पाकिस्तान र बंग्लादेश फेरि एक भएर अखण्ड भारतको निर्माण गर्ने दाबी गरे ।
यसअघि पाकिस्तान र बंगलादेश भारतबाट छुट्टिएर अलग्गै देश बनेका थिए । ‘भारत, पाकिस्तान र बंग्लादेश एक दिन फेरि एक हुनेछन् फेरि अखण्ड भारत वा अविभाजित भारतको निर्माण हुनेछ ।’ उनले अखण्ड भारत बिना युद्ध, लोकप्रिय सहमतिमै हुनसक्ने बताए । उनले भने– ‘युद्ध होइन् समझदारी गरेर एउटै देश बन्न सक्छ ।’ (एजेन्सीको सहयोगमा)
ainiknepal
१२ पुस, काठमाडौं । शनिबारको झपडपछि तनावग्रस्त भएको बिराटनगरको रानी भन्सार नाका आइतबार विहानैदेखि सहज भएको छ । भारतीय पक्षले सहजरुपमा भन्सार जाँच पास गरिरहेकाले मध्यान्हसम्म १ सयभन्दा बढी मालबाहक गाडी नेपाल प्रवेश गरिसकेका छन् ।

२ वटा डिजेल ट्यांकर र ६ वटा ग्यास बुलेट पनि भित्रिएका रानी भन्सार प्रमुख कृष्णबहादुर बस्नेतले बताए ।
नाकामा मधेसी मोर्चाले मध्यान्हसम्म कुनै अवरोध गरेको छैन । शनिबार सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो नेतृत्वमा मोर्चाका कर्याकर्ताले धर्ना दिएपछि प्रहरीसँग झडप भएको थियो । झडपमा परी महतो घाइते समेत भएका छन् ।
शनिबार १६६ वटा मालबाहक गाडी भित्रिएपछि अपरान्हबाट मोर्चाले नाकामा धर्ना दिएको थियो । २ घण्टाको तनाव पछि फेरि नाकाबाट आयात सुचारु भएको थियो ।
onlinekhaba भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, १२ पुस– जिल्ला प्रहरी कार्यालय मोरङका एसपी तारणीप्रसाद लम्सालले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अवस्था सामान्य भए पनि आईसियूमा बस्नु भएको दावी गरेका छन् ।
काठमाण्डु टुडेसँग कुराकानी गर्दै एसपी लम्सालले भने, ‘आइसियूमा चाहीँ हुनुहुन्छ, तर अवस्था सामान्य छ उहाँको । पार्टीका कार्यकर्ताहरुसँग राजनीतिका कुराकानी गर्ने, सामान्य दालभात खाने जस्ता नियमित काम गरिरहुन भएको छ । अवस्था गम्भीर हुँदै होइन ।’
अवस्था सामान्य भए पनि आईसियूमा किन राखिएको हो भन्ने विषयमा आफूले भन्न नसक्ने एसपी लम्सालले बताए । अध्यक्ष महतोको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ ।
मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा प्रहरीको लाठीले लागेर महतो घाइते भएको कुरा गलत भएको एसपी लम्सालले बताए । उनले भने, ‘पारिबाट हानेको ढुंगाले लागेर महतो घाइते हुनु भएको हो । प्रहरीले त उहाँलाई जोगाउन खोजेको थियो ।’
भिडियोमा त प्रहरीले नै लाठी हाने जस्तो देखिन्छ नी ! भन्ने प्रश्नमा एसपी लम्सालले भने, ‘हेर्नुहोस् न भिडियो, लाठी हाने जस्तो देखिनुको मतलव हिर्र्काएकै भन्ने हुुँदैन । अरुलाई लखटेर प्रहरीले उहाँलाई जोगाउँदाको भिडियो हो त्यो ।’
शनिबार राजेन्द्र महतो नेतृत्वको टोली भारतबाट नाराजुलुश लगाउँदै नेपाल प्रवेश गरेको थियो । टोलीले नाकामा धर्ना दिन थालेपछि प्रहरीले धर्ना नबस्न आग्रह गर्यो । तर महतोको टोलीले मानेन । प्रहरी र महतोबीच भनाभन भइरहँदा मधेसी मोर्चाका कार्यकर्ताले होहल्ला गर्न थाले । एसपी लम्सालले भने, ‘भन्सारका सामान फुटाउने, कागजपत्र च्यात्ने जस्ता काम हुन थालेपछि प्रहरीले बल प्रयोग गर्यो । त्यसपछि मोर्चाका कार्यकर्ताले पारि र वारि दुवैतिरबाट ढुंगा हान्न थाले । त्यही बेला महतोलाई ढुंगाले लागेको हो ।’
महतोलाई चोट लागेपछि राजनीतिकवृत्तमा रामैैै्र चर्चा भइरहेको छ । तर यसबारे आफूलाई मतलव नभएको एसपी लम्सालले बताए । उनले भने, ‘मलाई यसबारे थाहा छैन, मसँग कसैले सोधपुछ पनि गरेको छैन ।’
गृहमन्त्रीले सोध्नु भयो कि भन्ने प्रश्नमा उनले भने, ‘घटनाबारे हाम्रो च्यानलमा खबर गरिसकेका छौं, गृहमन्त्रीले मलाई सोधिरहनु पर्ने के होला र ?’
kathmandutoday
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home