• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
एजेन्सी । चर्चित क्रिकेटर क्रिस गेल अहिले विवाद तानिएका छन् ।
अष्ट्रेलियाको मेलबर्न रेनेगेड्स क्रिकेट प्रतियोगितामा विस्फोटक व्याटिङपछि महिला पत्रकारले लिएको लाईभ अन्तरर्वार्तामा उनले मैदानमै खुल्मखुल्ला डेटिङको प्रस्ताव गरेर विवादमा तानिएका हुन् ।
१० स्पोट्र्स च्यानलकी महिला पत्रकार मेलानी मक्लाफलिनलाई गेलले डेटिङको प्रस्ताव राखेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
गेलले पत्रकारलाई भने– ‘म आफै आएर तिमीलाई अन्तर्वार्ता दिन चाहन्थे । यही कारण म यहाँ उभिएको हुँ । तिम्रो आँखा पहिलोपटक देख्दा एकदमै सुन्दर लाग्यो । आशा राख्छु कि म्याच सकिएपछि हामी भेटेर साथमा ड्रिंक(रक्सी) लिनुपर्छ । लाज नमान बेबी ।’
उनको यस्तो भनाईपछि विग बैश लिग (बीबीएल)का अध्यक्ष एन्टोनी एवेरार्डले गेलविरुद्ध कारवाही गरिने बताए । उनले यो भनाईलाई अनुचित नैतिकहिन भन्दै महिला पत्रकारसँग माफी मागेका छन् ।
गेलले १५ बलमा ४१ रन बनाएर हाफ समयमा मैदान बाहिर आएका बेला अन्तर्वार्ता दिएका थिए ।
dainiknepal
काठमाण्डु, २१ पुस– एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दक्षिण छिमेकी भारत नेपालको केही भूभाग खोस्न राजनीतिक र फौजी दुवै रणनीतिका साथ अघि बढेको दाबी गरेका छन् । लाजिम्पाटस्थित निवासमा मंगलबार पत्रकारहरुसँग कुरा गर्दै उनले भारतले उपेन्द्र यादव र महन्थ ठाकुरलाई ‘पोलिटिकल विङ’ र सिके राउत र जयकृष्ण गोइतलाई ‘मिलिटरी विङ’ का रुपमा प्रयोग गरेको बताए ।
\भारतले मधेसमा सिक्किम, इष्ट पाकिस्तान वा क्रिमियामध्ये कुनै एक मोडल अपनाउन खोजेको उनको भनाइ थियो । ‘भारत मधेसका आठ जिल्लालाई सिक्किम, इष्ट पाकिस्तान वा क्रिमिया बनाउने रणनीतिका साथ आएको छ’, उनले भने, ‘पोलिटिकल विङ’ का रुपमा महन्थ र उपेन्द्रलाई अनि मिलिटरी विङका रुपमा सिके राउत र गोइतलाई प्रयोग गरिरहेको छ ।’ मधेसको नेतृत्व लामो समयदेखि कम्युनिष्ट शक्तिले गर्दै आएकामा त्यसबाट खोसेर सामान्त र दलाल वर्गको हातमा नेतृत्व लैजाने भारतीय द्येय रहेको उनले बताए । प्रचण्डले नेपालमा नाकाबन्दी गरेर भारतले संसारभर बदनामी कमाएकाले संविधान संशोधन भएलगत्तै नाकाबन्दी खुल्ने उल्लेख गरे । नेपालमाथि नाकाबन्दी लगाएका प्रधानमन्त्री नरेन्द्र मोदीको राजनीतिक ग्राफ बाहिर मात्र नभएर भारतमा समेत झरेको उनको भनाइ छ । ‘नाकाबन्दी नखुल्दा हामीलाई दुःख त भएको छ’, प्रचण्डले भने, ‘तर भारतको संसारभर बदनामी भएको छ, मोदीको ग्राफ निकै तल झरेको छ ।’kathmandutoday
काठमाडौं, २१ पुष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई हिन्दुराष्ट्र बनाउने प्रतिवद्धता जनाएको भारतीय राजदुत रंजित रायले खुलासा गरेका छन् । भारतीय विदेशमन्त्री सुष्म स्वराजसँग १७ मंसिरमा भएको टेलिफोन संवादमा नेपाललाई विस्तारै हिन्दुराष्ट्र तर्फ लैजाने प्रतिवद्धता ओलीले जनाएको रायले खुलासा गरेका छन् ।
पाँच दिनअघि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भारतीय राजदुत रायले यस्तो खुलासा गरेका हुन् । ‘तत्काल हिन्दुराष्ट्रका पक्षमा जान नसकिने भएपनि ८० प्रतिसत जनताले हिन्दुराष्ट्र चाहेका छन् म त्यसको विरोधी होइन’ ओलीको बोली उदृत गर्दै राजदुत रायले प्रचण्डसँग भने ‘यसले दुई देशको सम्बन्धमा सुधार मात्र होइन मधेसको आन्दोलनले पनि किनारा पाउँछ ।’
रायले भारतीय संस्थापन पक्षको लक्ष्य सुनाउँदै प्रचण्डलाई वर्तमान समस्याको निकास हिन्दुराष्ट्रले दिने सुझाव पनि दिएका थिए । तर प्रचण्डले आफुसँग प्रधानमन्त्री ओलीको यस बिषयमा कुनै कुरा नभएको रायलाई बताएका थिए ।
ओलीले हिन्दुराष्ट्र मान्न आफु तयार भएको संदेश भारतीय संस्थापन पक्षलाई दिए लगतै अनौपचारिक भ्रमण भन्दै परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमण पुगेका थिए । भ्रमण अनौपचारिक भनेपनि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सुष्मा स्वराज लगाएतका नेताहरुसँग भेट गरेका थिए । उनले वर्तमान सरकार हिन्दुराष्ट्रका पक्षमा भएको विश्वास भारतीय संस्थापन पक्षलाई गराएका थिए । त्यही परराष्ट्रमन्त्री थापाले चार बुँदे प्रतिवद्धता पत्र पनि भारतलाई बुझाएका थिए । लिखित चार बुँदे र अलिखित हिन्दुराष्ट्र बनाउने प्रतिबद्धता नेपालले जनाएपछि भारत केही सकारात्मक भएको हो ।
थापा फर्केको एक सातापछि आन्दोलनरत मधेसीबादी दलका नेताहरु दिल्ली पुगेका थिए । सरकारले भारतको माग पुरा गर्ने भएपछि आन्दोलनरत मधेसबादी दलहरु अप्ठेरोमा परेका थिए । भारतीय दुतावासबाट विदेशमन्त्री स्वराजसँग भिडियो कन्फेरेन्स गरेका मधेसबादी दलका नेताहरु फेरी दिल्ली पुगेका थिए । भारतका एजेण्डा बोकेर मधेसमा आन्दोलन गरिरहेका मधेसबादी दलहरु दिल्ली पुगेपछि जिल खाएका थिए । उनीहरुले बोकेका मुद्दा सरकारले नै बोकेपछि उनीहरुको आन्दोलनले ‘फेस सेविङ’को बाटो समेत पाउन सकेन ।yeskathmandu
मंगलबार, २१ पुष

मधेश आन्दोलन अझ चर्काउने योजना_
विजय केसी । मधेश आन्दोलन नयाँ निर्णायक चरणमा लानको लागि संघर्षका नयाँ नयाँ उपायहरु र रणनीतिहरु वारे मधेशवादी दलहरु र मधेशी मोर्चामा तीब्र छलफल वहस भैरहेको छ ।
यसै छलफलको विचवाट नयाँ चरणको निर्णायक संघर्षको योजना बन्न थालेको मधेशी मोर्चा सम्वद्ध उच्च श्रोतले जनाएको छ ।
श्रोतका अनुसार अब दीर्घकालीन जन विद्रोहको रणनीति अपनाइने भएको छ । दीर्घकालीन जनयुद्ध भने जस्तै दीर्घकालीन जनविद्रोहको रणनीति भन्नाले लामो समय सम्म विद्रोहलाई जारी राख्ने रणनीति हो भन्ने बुझिन्छ ।
दीर्घकालीन जनविद्रोहको रणनीति अन्तरगत पहिलो चरणमा अहिलेको अर्ध नाकावन्दीलाई फागुनको पहिलो साता सम्म जारी राखिने छ ।
अर्ध नाकावन्दी भन्नाले अरु नाकाहरु केही खुकुलो वनाउने तर नेपाल भारत विचको मुख्य व्यापारिक नाका वीरगंज भने नखुलाउने नाकावन्दी हो ।
जाडो वेला आन्दोलनमा जनता उतार्न गारो हुने भएकोले यो अर्ध नाकावन्दीलाई लम्ब्याउँदै फागुन पु¥याइने छ ।फागुन लागे पछि भने सिंहदरवार घेराउ गर्दै सरकारको मुख्यालय नै ठप्प पार्ने आन्दोलन गरिने छ । यसकालागि मधेश, थारुवान लगाएत सबै जिल्लाहरुवाट मार्चपास गर्दै जनतालाई राजधानीमा ल्याइने छ ।
अनिश्चितकालिन सिंहदरवार घेराउले सरकारलाई या त झुक्न वाध्य पार्नेछ, या त दमन गर्न वाध्य पार्नेछ । दमन भएमा चैत्र महिनामा देश भरी जनविद्रोह गर्ने र राजधानी केन्द्रित विद्रोहलाई अझ सशक्त बनाइने छ ।
यस पहिलो चरणको विद्रोहलाई पनि दमन गरेमा बैशाख जेठमा निर्णायक विद्रोह गर्ने योजना मोर्चाको रहेको समाचार श्रोतले वताएको छ ।
नाकावन्दीले मात्र सरकार नझुकेको र यसले जनतामा समस्या पैदा गरेकोले अर्ध नाकावन्दीको साथमा सशक्त प्रकारको विद्रोह गर्ने योजना मोर्चाले वनाउन लागेको समाचार श्रोतले जनाएको छ ।
मधेशी मोर्चाले यस्तो योजना वनाइरहँदा समेत पनि सरकार भने कानमा तेल हालेर जनताका समस्या वेवास्ता गर्दै वसेको छ । सत्तापक्षीय दलका नेताहरु कुरा ठुला गर्ने तर काम नगर्ने तथा सरकारमा रहेकाहरु भने चुनाव खर्च वटुल्नमा तल्लिन भएको छ ।
nepalsandesh
मंगलबार, २१ पुष
काठमाडौं । जिल्ला प्रशासन कार्यलय सिरहाले देश विखण्डनका लागि मधेसमा ‘जनमत संग्रह’ गर्दै हिँड्ने सिके राउतका कार्यकर्तालाई पक्राउ गर्न आदेश दिएको छ ।
‘नेपालमै बस्ने कि मधेसलाई अलग्गै देश बनाउने’ भन्ने विकल्पमा कथित जनमत संग्रहको नाटक मञ्जन गर्दै हिँडेका राउतका कार्यकर्तालाई राज्य विप्लवको मुद्दामा पक्रन आदेश दिएको हो ।
देश विखण्डन गर्ने गतिविधि गर्नु राज्य विप्लवको मुद्दा भएको भन्दै सिरहा प्रशासनले यस्तो गम्भीर अपराधमा संलग्नलाई पहिचान गरी अदालतमा उभ्याउने जनाएको छ ।
मधेसलाई नेपालबाट अलग गरेर अलग्गै देश बनाउने भन्दै हिँडेका राउतले अहिले मधेसमा गरिरहेको जनमत संग्रहको नाटकलाई अलग्गै देश बनाउने अभियानसँग जोड्ने र यसको फुटेज राष्ट्र संघमा पठाएर मधेसमा सामानान्तर सरकार चलाउने योजनामा छन् ।
सुरुमा जनचेतना निर्माण गर्ने, त्यसपछि निर्वाचन आयोग गठन गर्ने, मधेसी पार्टीहरुले उमेद्वारी दर्ता गरेर मधेसमा आफ्नै चुनाव गराउने अनि मधेस संसद र मधेस सरकार गठन गर्ने राउतको योजना छ ।
मधेस सरकार र मधेस संसद घोषणा गरेपछि मधेसलाई स्वतन्त्र देशका रुपमा घोषणा गर्ने र प्रतिरक्षा आन्दोरनका साथै राष्ट्र संघलाई गुहारेर जनमत संग्रह गराई नेपालबाट अलग हुने उनको योजना छ ।
सरकारले यसअघि पनि राउतलाई राज्य विप्लवको मुद्दा चलाएपनि धरौटीमा रिहा भएका थिए । उनले केही समययता सुनियोजित रुपमा राज्य विरुद्ध गतिविधि गर्दै आएका छन् ।
nepalsandesh
२१ पुस, एजेन्सी ।

भारतका चर्चित प्राज्ञ श्रीपल सबनिशले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पाकिस्तानको लाहौरमा गोली लागेर मारिन सक्थे भन्ने टिप्पणी गरेपछि विवाद शुरु भएको छ ।

मराठी साहित्य सम्मेलनमा बोल्दै चर्चित प्राज्ञ सबनिशले मोदीले अकस्मात गरेको पाकिस्तान भ्रमणप्रति आपत्ति जनाउँदै उनी लाहौरमा गोली लागेर मारिन सक्ने बताएका हुन् ।

मोदीको दल भारतीय जनता पार्टीका महासचिव राम माधवले भने सबनिशले राजनीतिको विषयमा भन्दा बढी साहित्यको विषयमा बोल्दा राम्रो हुने प्रतिक्रिया दिएका छन् ।

सबनिशले यस अघि नै मोदीको कडा आलोचना गर्दै आएका छन् ।


प्रधानमन्त्री नरेन्द्र मोदीले अकस्मात पाकिस्तानको लाहौर जाने निर्णय गरेपछि भारतमा उनको आलोचना भएको थियो । पाकिस्तानमा पनि उनको भ्रमणले तरंग ल्याएको छ ।

पाकिस्तानका एक वकिलले मोदीले अनुमति नलिइकन पाकिस्तान आएको भन्दै मुद्धा समेत हालेका छन् ।
nepaliheadlin
काठमाडौं । नेपालमा १२ वैशाखमा विनाशकारी भूकम्प आयो । भूकम्पबाट गोरखासहितका वाग्मती अञ्चलमा जिल्लाहरुमा सिन्धुपाल्चोक सबैभन्दा बढी प्रभावित हुन पुग्यो । नेपालको उत्तरी छिमेकी चीनसँग व्यापारको लागि सिन्धुपाल्चोककै तातोपानी नाका भूकम्पले क्षति पुर्याएपछि बन्द हुन पुग्यो । तर, भूकम्प गएको ८ महिना बितिसक्दा पनि चीनसँगको प्रमुख र महत्वपूर्ण तातोपानी नाका अझै खुल्न सकेको छैन । नेपालले यो नाकालाई प्राथमिकतामा राखेको छ तर, चीनको प्राथमिकता तातोपानी नभई रसुवागढी नाकातर्फ रहेको देखिन्छ । भूकम्पबाट प्रभावित भएको भन्दै यो नाका खुल्न चार पाँच महिना लाग्ने चीनले बताउँदै आएको छ ।



भूकम्पले पीडित नेपालीलाई भारतले नाकाबन्दी गरेर दैनिक जीवन नै अस्तव्यस्त पारिदियो । इन्धन, औषधी, खाद्यान्नको अभावले जनजीवन असाध्यै कष्टकर बन्न पुगे पनि भारतले ७० प्रतिशत सामान आयात हुने रक्सौल नाकालाई पूर्ण ठप्प बनाउँदै आएको छ । यो क्रम झण्डै चार महिना पुग्न लागेको छ । तर, अझै खुल्ने छाँट देखिंदैन ।


यसको विकल्पमा नेपालले इन्धन, खाद्यान्नसहितका अत्यावश्यक सामग्री ल्याउन उत्तरी छिमेकी चीनतर्फ आँखा पुर्याएको छ तर, चीनसँग द्रुततर रुपमा यस्ता सामग्री ल्याउने गरी सहमति र सम्झौता अघि बढ्न सकेका छैनन् । नेपालमा मानवीयताको संकट गहिरिएपछि चीनले अनुदानको रुपमा १० लाख लिटर पेट्रोल रसुवागढी नाकाबाटै दिओ । फेरि पनि अनुदानमा पेट्रोल दिने घोषणा चीनले गरेको छ । तर, यो पनि रसुवागढीबाटै दिने उसको योजना छ ।


तर, तातोपानीलाई पहिले जस्तै पूर्ण रुपमा पहिलो प्राथमिकतामा राखेर चीनले यसलाई सुचारु गर्न चाहिरहेको छैन । किनकी नेपालको भरपर्दो प्रतिवद्धता आए चीन केरुङतिरको रसुवागढी नाकालाई नै प्रमुख नाका बनाएर नेपाललाई सबै खालका सहयोग गर्न तयार छ । तर, गढीतर्फको बाटो कच्चा भएकोले पक्की बाटौ भएको तातोपानी नाका नेपालको प्राथमिकतामा छ । तत्काललाई वीरगंज जत्तिकै महत्वको नाका तातोपानी हो । तर, भारतले नाकाबन्दी लगाएको बेला तातोपानी पनि भूकम्पको कारण बाटो खुलेर पनि बन्द छ ।


भारतले यसैलाई निहुँ बनाएर चीन पनि नेपालमाथि नाकाबन्दी गरेको कुटनीतिक रुपमा सन्देश प्रधानमन्त्री केपी ओलीलाई पुर्याएको संचारमाध्यमहरुले जनाएका छन् । तर, के चीनले तातोपानी नाका नखुलाएर नेपालमाथि नाकाबन्दी गरेको हो त ? यसमा चीनको पनि स्वार्थ भने पक्कै देखिन्छ । तातोपानी नाकाबाट हुने सुन र रक्तचन्दन तस्करी, स्वतन्त्र तिब्बतको लागि क्रियाकलाप बढेकै कारण चीनले रसुवागढीलाई प्राथमिकता दिएको बुझ्न सकिन्छ । यस्तो उसको रणनीतिलाई नेपालमाथिको नाकाबन्दीभन्दा पनि उसको भूराजनीतिक संवेदनशीलतालाई नेपालले बुझिदिओस् भन्ने देखिन्छ ।



विश्व अर्थतन्त्र र शक्तिका रुपमा उदाउँदै गरेको चीन सबै छिमेकीसँग सौहाद्र्र सम्बन्ध चाहन्छ । विश्वलाई उसले यस्तै सन्देश दिन पनि चाहेको छ । सोही कारण सीमामा अवैध काम नहोस् भन्ने तर्फ उ सजग भएकै कारण नराम्रा गतिविधि हुने नाकालाई कम व्यस्त बनाई अन्यत्रका नाकालाई उसले प्राथमिकता राखेको पाइन्छ । यस्तोमा नेपाल सरकारले पनि उसको संवेदनशीलतालाई ख्याल गर्दै सहयोग गर्नुपर्छ । तर, रसुवागढी नाका निरन्तर र प्रभावकारी रुपमा नचल्दासम्म तातोपानी नाकालाई पनि सुचारु गर्नका लागि दबाब दिनुपर्छ । किनकी पक्की बाटोले जोडिएको र दुरीका हिसाबले पनि नजिक रहेको तातोपानी नाका नेपालको लागि सहज हुन्छ । भरपर्दो विश्वास दिलाएर नेपालले यो संकटमा तातोपानी नाकालाई सुचारु गर्न सकारात्मक दबाब दिनुपर्छ ।



चीन नेपालसँग दीर्घकालीन आर्थिक सम्बन्ध विस्तार, जलविद्युतमा लगानी, दीर्घकालीन रुपमा इन्धन व्यापार सम्झौता एकैपटक गर्न चाहन्छ । किनकी अहिले संकटमा मात्र इन्धनको कुरा गरेर पछि धोका दिने हो की भन्ने संशय चीनलाई परेको बताइन्छ । परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीबीच केही दिन अघि भएको छलफलमा यस्तै विषयले प्राथमिकता पाएका थिए ।khabardabali
हाम्रो आसपासमा सबै मानिसका रुची फरक फरक हुन्छन् । मानिसहरु एक अर्काको स्वभाव र भाग्य थाहा पाउन उत्सुक हुन्छन् । हस्तरेखा शास्त्र अर्थात समुन्द्र शास्त्रका अनुसार मानिसको चोरी औंला हेरेर नै उसको नेतृत्व क्षमता कति छ र उ हाकिम बन्न सक्छ कि सक्दैन भनेर ।


चोरी औंलाको प्रभाव

चोरी औंलाको तल पट्टी गुरु पर्वत स्थित हुने भएका कारण यसलाई गुरु औंला पनि भन्ने गरिन्छ । सामान्यतया यही औंलाको आधारमा नै कुनै पनि ब्यक्तिको नेतृत्व क्षमता आँकलन गर्न सकिने समुन्द्र शास्त्रको दावी छ ।

यदि कुनै पनि ब्यक्तिको चोर औंला माझी औंला बराबर छ अर्थात केही लामो छ भने यस्ता ब्यक्ति नेतृत्वमा पुग्छन् । यिनीहरु राम्रा हाकिम पनि बन्न सक्छन् ।


यदि यो औंला सहित अन्य लक्षण पनि मिलेमा यस्तो ब्यक्तिले हजारौं मानिसमाथि राज गर्न समेत सक्छ ।

यदि चोरी औंला माझी औंला भन्दा पनि लामो छ भने त्यस्तो ब्यक्ति अत्याधिक घमण्ड गर्ने ब्यक्ति हुन्छ । यस्ता ब्यक्तिले अरुलाई गन्दै नगन्ने र तानाशाही स्वभावका पनि हुन्छन् ।

त्यसैगरी कुनै पनि ब्यक्तिको चोरी औंला सामान्य लम्बाइ भन्दा पनि छोटों भयो भने त्यस्ता ब्यक्ति कम महत्वाकाँक्षी हुन्छन् । यिनीहरुलाई नयाँ काम गर्न उत्साह देखिँदैन ।


यदि चोरी औंला अनामिका औंला भन्दा अग्लो छ भने यस्ता ब्यक्ति अत्याधिक महत्वाकाँक्षी हुन्छन् र कहिले काँहि अति उत्साहित भएर काम समेत विगार्छन् ।

यिनीहरुले समय समयमा धनको नाश समेत ब्यहोर्नु पर्छ ।

यदि कुनै ब्यक्तिले अनामिका र चोरी औंलाको लम्बाइ बराबर भयो भने त्यस्ता ब्यक्ति अधिक पैसा कमाउने र मान सम्मान प्राप्त गर्ने हुन्छन् । यस्ता ब्यक्ति हरेक परिस्थितिमा सन्तुष्ट रहन्छन् ।


समान्यतया हाम्रो औंलामा तीन भाग हुन्छन् । तीन भागमा ब्यक्तिको स्वभाव अध्यन गर्न सकिने हस्तरेखा शास्त्रको दावी छ । यदि चोरी औंलाको पहिलो भाग (नङतिरको भाग) अन्य दुई भाग भन्दा बढी छ भने यस्ता ब्यक्तिको नेतृत्व क्षमता राम्रो हुन्छ ।

तर यो भाग अन्य २ भागको तुलनामा सानो छ भने त्यस्ता ब्यक्ति कमजोर हुन्छन् र यिनीहरुको हिनताबोध बढी हुन्छ ।

चोर औंलाको बिचको भाग ठूलो हुने ब्यक्ति अंहकारी हुन्छन् र यस्ता ब्यक्तिले दिएको काम दक्षतापूर्ण तरिकाले गर्छन् । यिनीहरुको घर र समाजमा राम्रो स्थान हुन्छ ।


तर यो भाग सानो छ भने त्यसको विपरित कुनै पनि काम दक्षतापूर्ण रुपमा गर्न सक्दैनन् ।

जुन ब्यक्तिको यो औंलाको तल्लो भाग अन्य भन्दा ठूलो हुन्छ यस्ता ब्यक्ति शारीरिकरुपमा बलिया हुन्छन् र बल देखाउन खोज्छन् ।
आदरणीय भु पु अर्थ मन्त्री ज्यु, परदेश बाट नमस्कार स्विकार्नु होस,
तपाइँकै अर्थतन्त्रका अवशिष्टहरु हामी आज करिब ४० लाख जतिको संख्यामा भारतमा कुल्ली र पहरेदार, अरबमा निर्माण मजदुर, मलेसियामा काठ फ्याक्ट्री, कोरियामा हली र बाउसे, अमेरिकामा पेट्रोल पम्पको घन्टा हान्ने, जापानमा तन्दुरी कुक र अन्य अरु देशहरुमा बिभिन्न जिम्मेवारी सम्हाल्दै घर फर्कने दिन गनेर बसिरहेका छौं । यो सबैको तर्फबाट एकमुष्ट खुल्ला पत्र हो, हुन त यिनिहरु जस्तो दिमाग खुस्केकाले मलाई के खुल्ला पत्र लेख्न सक्लान भन्दै ब्ल्याक लेवलको चुस्की लिनुहोला, तर पनि हामी पराइ हैनौ, तपाइले नेपालमा प्रतिपादन गरेको अर्थनीतिको ुबाइ(प्रोडक्टु हौं । गाँउले भाषामा भन्दा नातामा हामी सौताको छोरा छोरी जस्तै हौं ।
थोरै इतिहास तर्फ मोडियौं भने पन्चायतकाल ताका बिदेश बसेर आकर्षक नोकरी खानु भएको तपाइँ गिरिजा बाबुले फोन गरेर अर्थमन्त्री बनाइदिन्छु भन्दा तलब सोध्नु भएको थियो रे । बि पी कोइराला को राष्ट्रियता, प्रजातन्त्र र समाजवाद को तीनखम्बे नीतिमा अर्थमन्त्रीको तलब सोधेर काङ्ग्रेसमा समाजबाद त तपाइँ आउदै खेरी ढालेर आउनुभएको थियो । त्यसपछी काङ्ग्रेसले अर्थमन्त्री नपाएर छट्पटिइरहेको अवस्था र तपाईलाई जागिर चाहिएको अवस्थामा राष्ट्रिय योजना आयोगको अध्यक्ष बन्ने ढोका तपाइँलाई खुलेको थियो । अनि तपाईले द्वैध अर्थतन्त्रलाई एकल अर्थतन्त्रको पगरी गुथाँउदै उत्पादनका सम्पूर्ण साधनहरुलाइ नवधनाड्य बर्गको चरणकमलमा बुझाएर गरिब मास्ने परम्परा सुरु गर्नु भएको थियो ।

पन्चायतकालमा फस्टाएका उद्योगहरु कौडिको भाउमा बेचिन सुरु गरेको त्यतिबेलै देखी हो । अहिले इतिहासको पानामा मात्र यदाकदा पढ्न पाइने कलकारखानाहरु तपाई राष्ट्रिय योजना आयोगको अध्यक्षको पद सम्हाल्दै खेरी डगमगाएका थिए । ठेक्का पट्टा सुरु गर्नु भो, काङ्ग्रेसी ठेकेदारहरु जन्मे । आज शुशीलले प्रधानमन्त्रीको उम्मेदवारी दिइरँहदा पैसाको चलखेल भयो भनेर काङ्ग्रेसलाई लागेका अप्रमाणित आरोपहरुको जन्मदाता तपाईं हो किनभने काङ्ग्रेस ठेकेदारहरुको अघोषित पार्टी भनेर तपाईले उत्तिखेरै भन्नुभएको थियो । चिरञ्जीवी वाग्ले, खुम बहादुर खड्का, जय प्रकाश गुप्ताहरु तपाँइले जन्माउनु भएको हो । यिनिहरुलाइ रातारात करोडपती बनाएर देशलाई रातारात लुट्ने खेलोमा जति यिनिहरुको हात छ, त्यो भन्दा धेरै मात्र आफ्नो पार्टीलाई पैसाले नुहाउन मिल्ने खालको अर्थतन्त्र निर्माण गर्नु तपाइँको ब्लन्डर मिस्टेक थियो । कृषिप्रधान देशलाई तपाईंले अरब प्रधान देशमा रुपान्तरण गरिदिनु भयो ।


बिपिको समाजबाद बाट कोशौं दुर रहेर यस्तो अर्थनीतिको जन्मदाता बन्नु भयो, त्यसमा सामाजिक न्याय भन्ने कुरा दुरबिन लगाएर खोज्दा पनि भेटिएन । धनी र गरिबको बिचमा कोरिएको रेखालाइ खाल्डो खनेर मेटाउने प्रयास गर्नु भयो, जसको प्रतिकात्मकता अस्ति भर्खरको महाभुकम्प पछाडि तपाईको छबीमा देखिएको थियो । भुकम्प पिडितहरुले एक सुका पनि नपाउने बिषयलाई उनिहरुले त के सोचे तर लण्डनको फाइनान्सियल टाइम्स को ुद बैंकरुले तपाईलाई आज मात्र उत्कृष्ट अर्थमन्त्री छानिदिएको छ । बिचारा लण्डनलाई के थाहा तपाईं भुकम्प पिडितलाइ एक सुको दिइन्न भनेर यता उफ्रनु भएको थियो, जुन देशको अर्थमन्त्री हुनुन्थ्यो, त्यही देशका जनताहरुसंग यति सम्म असहिष्णु बनिकन पनि तपाईंलाई बिदेशबाट उत्कृष्ट अर्थमन्त्रीको अवार्ड आएकोमा तपाईंलाई बधाइ आउनु पर्नेमा चिसोमा लुगलुग कामिरहेका भुकम्प पिडितहरुको नाङ्गो आङ र भोको पेटले तपाईलाई कुरीकुरी गरिरहेको छ ।


बिचारा बेलायतलाई के थाहा तपाईकै पार्टिले आज सम्म पुनर्निर्माण प्राधिकरणको बिषयमा मुसो बिरालो खेलिरहेको छ । बिदेशमा बसेर हामी जसरी अनुराधा या पुष्पा ले सिएनएन हिरो अवार्ड जित्दा खुशीले बिभोर थियौं, तपाइँले बेस्ट फाइनान्सियल मिनिस्टर को अवार्ड लगाउँदा उत्तिकै लज्जित पनि छौं, सक्नुहुन्छ भने हामिलाइ माफ गर्नुहोस ।



तपाइँको अर्थनीति भनेको भ्रष्टाचार मात्र हो । चार चार पटक अर्थमन्त्री भैसक्दा पनि नेपालको आर्थिक वृद्धिदर जनसंख्या वृद्धिदरकै हाराहारीमा कायम राख्नु तपाईको सफलता हो या असफलता हो, आजको यो दिन देखेर म दंग परेको छु । अझ चर्चित जस्तापाता मन्त्रीको पगरी गुथ्नु भएको तपाईको मूल्यांकन त हामिले गरिरहेका नै छौं । दाताहरुको सम्मेलन एउटा भ्रष्टाचार गर्ने बहाना मात्र थियो भन्ने आज प्रमाणित भएको छ । मलाई बिश्वास छ, ुद बैंकरु एकपटक जरुर पछुताउने छ ।

पश्चिमी शिक्षा पाएर नेपालमा दलाल बर्गको हितमा मात्र राजनीति गर्ने तपाईंले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रहरुमा पनि निजीकरणको हावा लगाइदिनु भयो, फलस्वरुप गरिब र बिरामी जनता लुट्न भनेर अहिले सयौं मेडिकल कलेज र लाखौं डोनेसन लिएर मात्र बिद्यार्थी भर्ना गर्ने स्कुलहरु खोलिएका छन । लोक कल्याणकारी योजना तपाईले घाममा सुकाइदिनु भयो । बिपिले भन्ने गरेको, टुप्पी टोपि बाट बाहिर निस्केका जनतालाई हेरेर नीति बनाउनु पर्छ भन्ने कुरालाई सोझै नकारेर तपाईंले न त टुप्पी न त दिमाग भएका मान्छेहरुलाई हेर्नुभो ।
मलाई बिश्वास छ, तपाइँ जस्ता मान्छेहरु जति एवार्ड र फुली लगाएर दौडे पनि अबका पुस्ताका युवाहरुलाई जित्न सक्नुहुन्न । किनभने अमेरिका, बेलायत जस्ता देशहरुका पुँजीबादको हवाला दिदैँ तपाईंले हामी माथी आर्थिक आतंक मचाउनुभएको थियो, आजका युवाहरुले ति देशका पुँजीबाद अध्ययन गरेर बसिरहेका छन र तपाईले भन्ने र लेख्ने गरेका किताबहरुमा यताको अनुभव कसै गरेर पनि मिल्दैन । खुला र छाडा अर्थतन्त्रको प्रतिपादक बनेर एउटै नेपाललाई तपाँइले धनीको नेपाल र गरिबको नेपाल बनाएर दुइटा बनाइदिनु भयो । सिके राउतहरुले हाल जुन भौगोलिक बिखण्डनको अभ्यास गरिरहेका छन, त्यो भन्दा १० गुणा अगाडी बढेर २० बर्ष भन्दा अगाडि तपाईंले आर्थिक बिखण्डनको प्रारुप तयार गरिसक्नु भएको थियो । तर बिडम्बना तपाइँलाई लण्डनबाट फुली लगाउन भनेर पत्र आएको छ ।

केहि दिन तपाइँको चुरीफुरी देखिएला र भन्नुहोला मलाई बेलायतले बिश्वको उत्कृष्ट मन्त्री भनेर भनिदियो, तर यथार्थ के हो भने तपाइँ संसारकै उत्कृष्ट भए पनि तपाइँलाई राज्यमन्त्री बनाएर देखाउने हिम्मत बेलायतले गर्न सक्दैन ।


तपाइँको कुरा गर्दा महेश आचार्यलाई पनि सम्झिन मन लाग्छ । कृपया पत्र पढ्नु भयो भने वहाँलाई पनि मेरो नमस्कार भन्दिनु होला ।
khabardabali

ईश्वर अर्याल

यूएइ
२१ पुस, काठमाडौं ।
चीनले दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारका लागि नेपालसमक्ष पेस गरेका तीनवटा नयाँ प्रस्तावमाथि सरकारले छलफल थालेको छ।

अन्तर्देशीय ‘हाई भोल्टेज’ विद्युत् प्रसारण लाइन निर्माण, अन्तर्देशीय विशेष आर्थिक क्षेत्र स्थापना र अन्तर्देशीय ग्यास पाइपलाइन निर्माण गर्ने सम्बन्धी चिनियाँ प्रस्तावमाथि छलफल सुरु भएको सरकारी अधिकारीहरूले जानकारी दिए।उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भएको द्विपक्षीय भेटमा दीर्घकालीन रूपमा आर्थिक सम्बन्ध विस्तार गर्नका लागि चिनियाँ पक्षले यी तीन नयाँ प्रस्ताव पेस गरेको स्रोतले जनायो।

‘यी तीनवटा नयाँ विषयमा चीनले विशेष जोड दिएको छ। त्यसमा सम्बन्धित मन्त्रालयले आवश्यक गृहकार्य गर्ने भनिएको छ’, स्रोतले भन्यो।चीनले नेपालको जलविद्युत्मा लगानी गर्न विशेष चासो दिँदै आएको छ।

‘नेपाल र चीनबीच जलविद्युत्मा सहकार्य गर्ने प्रशस्त सम्भावना छ। चीनको यो प्रस्तावलाई अत्यन्तै सकारात्मक रूपमा लिएका छौँ। भारतसँग मात्रै विद्युत् विकासमा सहकार्य गर्नुपर्छ भन्नु गलत हो’, ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीले भने। उनले भारतसँग जस्तै चीनसँग पनि विद्युत् व्यापार सम्झौता गरिनुपर्ने बताए।

मन्त्री थापासँग अघिल्लो साता बेइजिङमा भएको भेटमा चिनियाँ विदेशमन्त्रीले जलविद्युत्को उपयोगमा नेपालले महत्वपूर्ण काम गरोस् भन्ने चाहेको बताएका थिए। चिनियाँ विदेशमन्त्री वाङले नेपालसँग जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने तीव्र इच्छा देखाएको स्रोतले बतायो।



मन्त्री थापाको भ्रमणमा पारवहन तथा व्यापार सन्धि, दीर्घकालीन इन्धन व्यापार सम्झौतामा हस्ताक्षर गर्न चीन तयार रहेको जनाउ दिइसकेको छ। द्विपक्षीय लगानी तथा सुरक्षण सम्झौता (बिप्पा), स्वतन्त्र व्यापार सम्झौता (एफटीए) मा हस्ताक्षर गर्न चीन र नेपाल दुवै तयार देखिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा टुंगिनसक्ने विषयमाथि परराष्ट्र, गृह, वाणिज्य, अर्थ, ऊर्जा र आपूर्ति मन्त्रालयले आन्तरिक छलफल थालेका छन्।
परराष्ट्रले गृह, वाणिज्य, अर्थ, ऊर्जा र आपूर्ति मन्त्रालयलाई सोमबार पत्र पठाएर प्रधानमन्त्रीको चीन भ्रमणमा उठाइनुपर्ने एजेन्डाबारे प्रस्ट धारणा बनाउन आग्रह गरेको स्रोतले बतायो।

परराष्ट्रमन्त्री थापाले प्रधानमन्त्रीको चीन भ्रमणको तयारीस्वरूप आइतबार उच्चस्तरीय बैठक बोलाएका थिए। प्रधानमन्त्रीको चीन भ्रमणमा व्यापार विविधीकरणका लागि महत्वपूर्ण सन्धिसम्झौता हुने भएकाले त्यसमा गम्भीर भएर गृहकार्य गर्न मन्त्री थापाले विभिन्न मन्त्रालयका सचिव र सहसचिवलाई निर्देशन दिए।

नेपाल र चीनबीचको दीर्घकालीन आर्थिक सम्बन्ध विस्तारको रूपरेखा तयार भएको र प्रधानमन्त्रीको भ्रमणमा त्यसले मूर्तता पाउने अपेक्षा गरिएको मन्त्री थापाले बताएका थिए। बैठकमा गृहमन्त्री शक्ति बस्नेत, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल तथा गृह, वाणिज्य, अर्थ, ऊर्जा र आपूर्ति मन्त्रालयका सचिव तथा सहसचिवहरु उपस्थित थिए।

त्यस्तै प्रधानमन्त्रीको चीन भ्रमणअघि दुई देशबीचका परराष्ट्र सचिवस्तरीय र अर्थ सचिवस्तरीय बैठक हुने भएका छन्। आगामी मार्चमा चीनको हाइनान प्रान्तमा हुने बोआओ फोरमको बैठकमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन जाने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

चीनले उक्त बैठकका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा दिइसकेको छ।’प्रधानमन्त्रीको चीन भ्रमणमा हस्ताक्षर हुने सन्धिसम्झौताको प्राविधिक पक्षबारे विस्तृत छलफल हुनेछ। कुनकुन सन्धि र सम्झौता तत्काल हुन सक्छन् त्यसको निक्र्यौल हुनेछ’, एक अधिकारीले भने। अन्नपूर्ण पोष्टमा खबर छ ।nepaliheadlines
वीरगन्ज, पुस २१ । मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीका कारण वीरगन्ज नाकाबाट भित्र्याउन ल्याइएको करोडौं रुपैयाँ बराबरको औद्योगिक कच्चा पदार्थ खेर गएको छ ।
वीरगन्ज नाका ठप्प भएकाले नेपाल भित्र्याउन लागिएको औद्योगिक कच्चा पदार्थ सिमा तथा भारतीय रेल्वेको रक्सोलस्थित गोदामबाहिर जथाभावी अनलोड गरिएको छ ।
खुला ठाउँमा राखिएका सामान घाम र पानीले काम नै नलाग्ने भएको व्यापारीहरु बताउँछन् । आयातकर्ताले रक्सोलसम्म आइपुगेको सामान बन्द र नाकाबन्दीका कारण गन्तव्यसम्म पु¥याउन पाएका छैनन् ।
खुला ठाउँमा जथाभावी राखिएका क्लिङ्कर, सिमेन्ट, खाद्यान्न, नुनजस्ता सामान पानीले भिजेर बिग्रिएका हुन् । कच्चा पदार्थ नष्ट हुनुका साथै भारतीय रेल्वेले लिने जरिवानाले करोडौं रुपैयाँको नोक्सानी भएको व्यापारीहरु बताउँछन् ।
वीरगन्ज नाकाबाट मात्र करिब एक दर्जन सिमेण्ट उद्योगले कच्चा पदार्थ आयात गर्दछन् । भारतीय रेल्वेले यार्डमा अनलोड भएको १२ घण्टाभित्र सामान नउठाए विलम्ब शुल्क लिने गरेको छ ।
magekhabar
मंगलबार, २१ पुष
काठमाडौ । संविधान मिचेर दोहोरो सुविधा लिएको विषय अत्यन्तै गम्भीर भएको ठहर गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा विपक्षीलाई झिकाउने निर्णय गरेको छ ।
सावित्री थापा गुरुङले त्रिभुवन विश्वविद्यालयको जागिर नछाडी अख्तियार आयुक्तको नियुक्ति लिएर काम गरिरहेकी छिन् ।
संविधानअनुसार उनले अख्तियारको आयुक्त हुनुअगावै उपप्राध्यापक पदबाट राजीनामा दिनुपथ्र्यो । न्यायाधीश गोपाल पराजुलीको एकल इजलासले सोमबार विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो । आजको नयाँ पत्रिकामा समाचार छ ।
nepalsandesh
काठमाडौं , २१ पुस । होस् गर्नुस्, सामाजिक सञ्जालमा अपरिचित व्यक्तिलाई साथी बनाउँदा तपाईंलाई उसले फसाउन सक्छ ।पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा साथी बनेर पैसा लुट्ने र साथीकै बद्नाम गर्ने घटना बढेका छन् । पछिल्लो समय महानगरीय अपराध महाशाखाले गरेको सर्वेक्षणअनुसार युवावर्ग बढी संख्यामा साइबर अपराधमा लागेको पाइएको छ । तीमध्ये १५ देखि १९ वर्ष उमेरसमूहका युवायुवती साइबर अपराधमा बढी संलग्न हुने गरेको देखिएको हो ।
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोस्ट गरेका कारण साइबर अपराध बढेको बताए । आजको नागरिक दैनिकमा खबर रहेकाे छ ।
purbelinews
मंगलबार, २१ पुष
पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल मधेस आन्दोलनमा सरकारले जस्टिफाई हुनेगरी सबै विधि प्रयोग गर्नुपर्ने पक्षमा देखिएका छन्।
सरकारले नजान्दा मधेस आन्दोलनका कारण नाकाबन्दी बेहोर्नुपरेको उनको धारणा छ।नेपालले जस्टिफाई हुने गरी राजमार्ग र नाकामा सेना प्रयोग गर्न सकिने बताए। धर्ना बसेका नाकामा सशस्त्र, जनपद र सेनासमेतको प्रयोग गरेर नाका खुलाउन सकिन्छु, सोमबार उनकै निवास कोटेश्वरमा अन्नपूर्णका चूडामणि भट्टराई, चिरञ्जीवी ढुंगाना र बालकुमार नेपाललाई अन्तर्वार्ता दिँदै नेपालले भने।
अहिलेको नाकाबन्दीको विकल्प खोज्न सरकार उदासीन रहेकाले जनताले दुःख पाइरहेको उनले बताए। नेपालले विगतमा भारतसँग मात्र निर्भर भएका कारण अहिलेको यो अवस्था आएको सांकेतिक रूपमा बताए।
‘चीनसँग उच्च तहमा राम्रो गरी कुरा हुन सकेन। राम्रो गरी कुरा राख्न नसकेका कारण चीनबाट आउनुपर्ने सामान आएन। राम्रोसँग कुरा हुनसके चीनले दस वर्षमा गर्ने काम एक वर्षमा गरेर देखाइदिन्छु, नेपालले भने।
उनले विगतको कोइराला सरकारभन्दा अहिलेको सरकारले गरेको फरक काम बोल्नेमात्र भएको आरोप लगाए। आफ्नै पार्टीका अध्यक्ष केपी ओली पार्टीमा कुनै सरसल्लाह नगरी निरंकुश शैलीमा चलेको पनि नेपालले बताए। आजको अन्नपूर्णपोष्टमा समाचार छ ।
nepalsandesh
काठमाडौं, पुस २१ । इस्लामिक स्टेट आइएसले हालै सार्वजनिक गरेको भिडियोमा देखाइएका एक व्यक्ति बेलायती नागरिक भएको खुलासा भएको छ ।
भिडियोमा पाँच जना मानिसको हत्या गरिएको देखाइएको थियो । इस्लामिक स्टेटले बेलायतका लागि जासुसी गर्नेहरुको हत्या गरिएको जनाएको छ ।
भिडियोको जाँच गर्दा हत्या गर्ने आइएसका मुख्य व्यक्ति बेलायती नागरिक सिद्धार्थ धर रहेको बताइएको छ ।
तर यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन । धर पूर्वी बेलायतमा बस्दै आएका थिए । उनले धर्म परिवर्तन गरी अबु रुमायशको नामले परिचित थिए ।
उनलाई सन् २०१४ मा गिरफ्तार गरिएको थियो । तर धरौटी रकम बुझाउने सर्त तोडेर उनी सिरिया गएका थिए । धर हिन्दू हुन् तर आफ्नो धर्म परिवर्तन गरी उनी कट्टरपन्थी संगठन अल मुहाजिरुनमा आबद्ध भएका थिए । (एजेन्सी)
imagekhabar
काठमाडौं, २१ पुस । रक्सौलबाहेकका नाकाबाट पेट्रोलियमलगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने भारतले विभिन्न बहानामा सीमा क्षेत्रमै रोकेको छ ।
सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् ।व्यापारीहरूका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले पनि तेस्रो मुलुकबाट आउने कन्टेनरमा केही कमी भएको बताए। ‘तातोपानी नाका भूकम्पका कारण बन्द भएपछि अहिले चीनबाट आउने सामान पनि कलकत्ता बन्दरगाहबाट आउँछ’, उनले भने।
उनका अनुसार पछिल्लो सातादेखि भारतीय पक्षले पेट्रोलियम पदार्थ पठाउन प्राथमिकता दिएका कारण पनि अन्य मुलुकबाट आउने कन्टेनर भित्रिन कमी आएको हुनसक्छ।भूकम्पका कारण तातोपानी नाका बन्द तथा रसुवागढी नाका सहज हुन नसकेकाले अहिले चीनबाट आउने कन्टेनरसमेत कलकत्ता बन्दरगाह हुँदै नेपाल आउने गरेका छन्।
मेची भन्सार कार्यालय काँकडभिट्टा हुँदै नेपाल प्रवेश गर्ने तेस्रो देशका कन्टेनरमध्ये करिब आधामा चिनियाँ सामान हुने गरेको भन्सार कार्यालयले जनाएको छ ।
मेची भन्सारकै कर्मचारीहरू नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कम कन्टेनर पठाइरहेको बताउँछन् ।
‘भारतबाहेक अन्य देशबाट आएका कन्टेनर सहज ढंगबाट आउन सकेका छैनन्’, नेपाल फ्रेटफवार्ड एसोसिएनका अध्यक्ष राजन शर्माले भने, ‘कन्टेनर छुटाउन भारतीय पक्षलाई घूस दिनुपरेको गुनासोसमेत आएको छ।’
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवकुमार पाण्डेले मगाएका सामान बोकेका दर्जनौं कन्टेनर काँकडभिट्टाबाट आउन नपाएर भारतमै थन्किएका छन् ।
उनका अनुसार चीनलगायत अन्य मुलुकबाट आयात गरिएका सामानको प्रयोग नेपालीले कम गरून् भनेर तेस्रो देशका सामान बोकेका कन्टेनरमा भारतले कडाइ गरिरहेको छ ।
उनले भने, ‘यसमा भारतको ठूलो इन्ट्रेस्ट हुनसक्छ।’ तेस्रो मुलुकका सामान बोकेका तथा अन्य नाकाबाट बाटो परिवर्तन गरेर आएका कन्टेनर लामो समयदेखि पूर्वी नाका काँकडभिट्टा हुँदै सहज रूपमा नेपाल आउन सकेका छैनन् । सीमा क्षेत्रमा तीन साताभन्दा बढी बस्नुपर्दा कुटाइसमेत खानुपरेको कन्टेनर चालकले बताए ।
इन्धन ढुवानीमा समस्या नदेखिएको पूर्वी नाकामा तेस्रो देशबाट आयात गरिएका सामान बोकेर आएका कन्टेनरलाई नेपाल प्रवेश गर्न दिन भारतले कडाइ गरेको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीले बताए।
भारतीय सीमावर्ती पानीट्यांकी बजारमा तेस्रो मुलुकबाट आयात गरिएका सामान बोकेका र अन्य नाकाबाट नेपाल प्रवेश गर्न नसकेर बाटो परिवर्तन गरेर आएका करिब ८० कन्टेनर रहेको उनले बताए ।
कतिपय कन्टेनर नेपाल भित्र्याउन खोज्दा भारतीय सुरक्षाकर्मीलगायत विभिन्न समूहले पैसासमेत असुल गर्ने गरेको नेपाली व्यवसायीको भनाइ छ।
केही समयअघिसम्म ३० हजार रुपैयाँसम्म पनि भारतीय सीमा क्षेत्रमा घूस खुवाउनुपरेको व्यवसायी विमल आचार्यले बताए ।
उनले भने, ‘धेरै समूहलाई घूस खुवाउनुपर्ने बाध्यता छ।’ तेस्रो मुलुकबाट सामान भित्र्याएका काठमाडौंका एक व्यवसायीले हालै प्रतिकन्टेनर ३५ हजार भारु प्रहरीलाई घूस दिएका थिए।
dainiknepal
वि.सं. २०७२ साल पुस २१ गते। मंगलबार। इश्वी सन् २०१६ जनवरी ५ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– एकादशी, २९:२४ बजेउप्रान्त द्वादशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
प्रयत्न गर्दा प्रतिस्पर्धाको दौड जित्न सकिनेछ। मेहनतले सजिलै लक्ष्यमा पुर्याउनेछ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ। हठ गर्ने बानीले दुःख पाइएला। सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
सामाजिक काममा फाइदा होला। घर–गृहस्थीमा भने समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। मातृधनको उपयोगबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि सामान्य लाभ होला। तर, अरूको भर पर्दा धोका हुन सक्छ, सचेत रहनुहोला।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। आम्दानी बढ्नेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
फाइदा कममात्र हुनेछ। पठन–पाठनमा त्यति समय दिन नसकिएला। अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्ने र लेनदेनमा विवाद बढ्ने सम्भावना छ। सहयोगीहरूले पनि त्यत्ति साथ नदेलान्। विगतको श्रमबाट भने लाभ हुनेछ। काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
नयाँ कामको प्रस्ताव आउनेछ। रचनात्मक काम सुरु गर्ने समय छ। कार्यक्षेत्रमा अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
फाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य फाइदा मिले पनि घरखर्चको मात्रा बढ्ने देखिन्छ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहाला। होसियारीसाथ काम लिनुपर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्नन सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले फाइदा हुनेछ।

कहिले काँहि तपाइँलाई लाग्छ कि जीवनको सबैभन्दा राम्रो समय वितिसक्यो अव अफ्ठेरो र झन्झटिलो समय बढ्दै गएको छ । कतिपयले भन्छन् जीवनको शुरुवात ४० वर्ष पछि मात्र हुन्छ । अहिलेको ६० वर्षको उमेर पहिलेकको तुलनामा ५० वर्ष जस्तै मात्र हो ।

खासमा सत्य चाँहि के हो त ? जीवनको सबैभन्दा राम्रो समय कुन हो ?

बिबिसी फ्यूचर भन्ने बिबिसीको शोधमुलक सृंखलामा अध्यनकर्ताहरुले मानिसको जीवनको सबैभन्दा उत्कृष्ठ उमेरबारे नयाँ रहस्य पत्ता लगाएका छन् । खासमा यो अध्यनको नतिजा साँच्चिकै अचम्मित तुल्याउने खालको छ ।

शारीरिक तन्दुरुस्तीः

शारीरिक तन्दुरुस्तीको कुरा गर्दा मानिसको शरीर सबैभन्दा तन्दुरुस्त २० देखि ३० वर्षको उमेरमा हुन्छ । यतिबेला मानिस खेलकुद लगायतका अभ्यासमा लाग्दा थकान महसुस समेत गर्दैन । तर यसपछि भने शारीरिक क्षमतामा गिरावट आउन थाल्छ । यो उमेरपछिका फुटवल खेलाडीमा पनि यही कुरा देखिन्छ ।


दिमागी क्षमताको पाटोः

२० वर्ष पछि मानिसको दिमागमा स्मरण क्षमता कमजोर बन्न थाल्छ । नयाँ कुरा सम्झिने क्षमता २० वर्ष सम्मको उमेरमा सबैभन्दा बढी हुन्छ । तर चाहिने जानकारी सम्झिने क्षमता भने ४० वर्षको उमेर सम्म पनि कायम हुन्छ । यस पछि भने सम्झिने क्षमता ह्रास भएर जान्छ ।



रचनात्मक कुरामा पनि युवाअवस्था सबैभन्दा राम्रो उमेर हो । अधिकाँश नोवेल पुरस्कार पाएका बैज्ञानिकहरु ४० वर्ष उमेर समूहका छन् । उमेर बढ्दै जाँदा दिमाग पनि ढिलो हुन थाल्छ । पछि पछि चाहिने कुरा सम्झिने क्षमता समेत ह्रास भएर जान्छ । तर मध्यम उमेरमा तर्कशीलता बने बढ्ने अध्यनको निष्कर्ष छ ।


समस्याको समाधान पत्ता लगाउने क्षमता पनि पाको उमेरमा बढी राम्रो हुन्छ । शोधमा सहभागी हाभर्ड विश्वविद्यालयका जोश हार्टशोर्न भन्छन्’ यस्तो कुनै उमेर हुँदैन जहाँ सबै कुरा उत्कृष्ठ होस्- या अधिकाँश कुरा राम्रो होस् ।’


यौन सम्बन्ध र यौन चाहाना

यौन चाहाना र यौन सम्बन्धबारे यो अध्यनको नतिजा भने धेरैलाई खुसी तुल्याउने खाले छ । यो अध्यनका अनुसार ६५ देखि ७४ वर्ष सम्मका ३० प्रतिशत स्वस्थ ब्यक्तिले हप्तामा एक पटक यौन सम्बन्ध राख्न सक्छन् । सबैभन्दा बढी यौन क्षमता भने २० वर्ष देखि ४० वर्षको उमेरमा हुन्छ । अधिकाँश पुरुष र महिलामा ५० वर्ष पुग्दा सम्म यौन चाहाना नघटेको पाइयो ।

यौन जीवनको आयुबारे अध्यन गरिएको एक शोधका अनुसार ५५ वर्षका पुरुषमा थप १५ वर्ष सम्म यौन सम्बन्ध राख्ने चाहाना पाइयो । सोही उमेरका महिलाले भने थप १० वर्ष सम्म यौन सम्बन्ध राख्न चाहन्थे । यौन सम्बन्ध राख्ने दर घटेपनि ६५ देखि ७४ वर्ष उमेर सम्म ३० प्रतिशत स्वस्थ मानिसले यौन सम्बन्ध राख्न सक्छन् । यौन सम्बन्धको चाहाना घट्ना जीवनमा भने उत्साह थपिने अध्यनको निष्कर्ष छ ।


३० देखि ४० वर्ष सम्मको उमेरमा यौनिक जीवन सबैभन्दा सक्रिय हुने अध्यनले देखाएको छ । मानसिकरुपमा भने मानिस ४० वर्ष देखि ६० वर्ष सम्ममा सबैभन्दा राम्रो अवस्थामा हुने देखिन्छ । तर अध्यनकर्ता भन्छन् कुनै पनि समय सबै कुराको लागि राम्रो समय हुन सक्दैन ।

यौन जीवन र आयु

जीवनमा शारीरिक अभ्यास गर्नु अमृत समान रहेको विश्लेषकहरुले बताएका छन् । जीवनमा अन्य भन्दा ५ वर्ष बढी यौनिकरुपमा सक्रिय हुने मानिसको आयु समेत बढी हुने अध्यनको निष्कर्ष छ । हाम्रो मानसिक अवस्था जीवनमा सबैभन्दा महत्वपूर्ण हुने र कुन मानिसको जीवन कस्तो हुने भन्ने कुरा त्यसैले निर्धारण गर्ने मनोबैज्ञानिकहरुको भनाइ छ । जुन मानिसले आफ्ना सीमा बुझेर जीवनमा कदम चाल्छ त्यही मानिस नै सबैभन्दा सुखी हुन्छ ।
घटनास्थलमा फेला परेको कपडा
सर्लाही, २० पुस । मर्निङ वाकका क्रममा मारिएका नेकपा एमालेका नेता राम नरेशराय यादवका हत्यारालाई प्रहरीले पक्राउ गरेको छ ।
हत्याराको नाम सार्वजनिक गरिएको छैन् । पुस १४ गते मर्निङ वाकमा जाने क्रममा सर्लाहीको हेमपुर–८ मा ५६ वर्षीय नेता यादवको हत्या भएको थियो । सोमबार परिवारले किटानी जाहेरी दिएका छन् । प्रहरी स्रोतका अनुसार एमाले नेता यादवको हत्यामा २७ वर्षीय युवक संलग्न छन् ।
उनलाई प्रहरीले आइतबार पक्राउ गरेको बताइएको छ । यादवको हत्या भएको घटनास्थलमा फेला परेको ट्राउजर र ज्याकेटका आधारमा हत्यारा युवक पत्ता लागेको प्रहरी स्रोतको दाबी छ ।
हत्याको कारण बाबुसँग अँश लिएर बेचेर खाएपछि फेरि बाबुसँग अँश माग्न जाँदा नेता यादवले बीचमा आएर सहजीकरण गर्नु रहेको छ । त्यसैकारण युवकले नेता यादवलाई पटकपटक मार्ने धम्की समेत दिएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
dainiknepal
काठमाडौँ, २० पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दीको समस्या कूटनीतिक पहलका माध्यमबाट हल हुने र तराईमा जारी समस्या पनि वार्ताका माध्यमबाट समाधान हुने चरणमा रहेको बताउनुभएको छ ।
नेकपा(एमाले) केन्द्रीय लेखा परीक्षण आयोगको चौथो बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्बोधन गर्दै उहाँले कुनै पनि समस्याको समाधान गर्दा सरकारले राष्ट्रिय हित, स्वाभिमान र सामाजिक सद्भावलाई कमजोर हुन दिने छैन भन्नुभयो ।
उहाँले कानुनी र संरचनागत व्यवधानका कारण ढिला हुन पुगेको भूकम्पपछिको पुनःनिर्माण अब तीव्र गतिमा अगाडि बढ्ने विश्वास दिलाउँदै भन्नुभयो– “मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्न, दु्रतगतिमा पूर्वाधार निर्माणलाई अगाडि बढाउन, आर्थिक विकासलाई नयाँ गति दिन र परनिर्भरताको वर्तमान अवस्थालाई अन्त्य गर्दै मुलुकलाई आत्मर्निभर बनाउन सरकार ठोस कार्ययोजनाका साथ अगाडि बढिरहेको छ ।”
dainiknepal
सप्तरी, २० पुस । तराइमा सशस्त्र संघर्ष गरिरहेको अखिल तराई मुक्ति मोर्चाले सप्तरीमा मारिएका प्रहरी सहायक निरीक्षक (असई) हत्याको जिम्मा लिएको छ ।
सोमबार साँझ एक सन्देश जारी गर्दै मोर्चाका संयोजक जयकृष्ण गोइतले आफ्नो संगठनले ४५ वर्षीय असई रमेश सुब्बाको हत्या गरेको दाबी गरेका छन् ।
मधेसमा निर्दोष जनताको हत्या गरिरहेको र त्यस कार्यलाई नरोकेकाले चेतावनी स्वरुप असई सुब्बाको हत्या गरेको गोइतको भनाई छ । यसअघि गोइत समूहले आन्दोलनमा हस्तक्षेप नगर्न सरकारलाई चेतावनी दिँदै आएका थिए ।
सोमबार साँझ ६ बजेतिर झटुकी प्रहरी चौकीका इन्चार्ज समेत रहेका असई सुब्बाको अज्ञात समूहले गोली हानेर हत्या गरेको थियो । गोली लागेर घाइते भएका सुब्वाको उपचारको क्रममा सगरमाथा अञ्चल अस्पताल मृत्यु भएको एसपी भीम ढकालले जानकारी दिए ।
सप्तरीको गोबरगाढा प्रहरी चौकीमा दरबन्दी भई उनी झुटकी प्रहरी चौकीमा काजमा कार्यरत थिए । झापा घर भएका शुब्बाको तिघ्रा र छातिमा गोली लागेको थियो । हत्याराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
dainiknepal
गरुण पुराणमा तीन यस्ता ब्यक्तिको बारेमा चर्चा गरिएको जो हरेक मान्छेको जीवनमा जरुरी हुन्छन् । यद्यपी यिनीहरुको स्वभाव वा ब्यवहार गलत भयो भने जीवन अशान्त मात्र होइन बर्बाद नै हुन पनि सक्छ ।

गरुण पुराण भन्छः

दुष्टा भार्या शठं मित्रं भृत्यश्र्चोत्तरदायकः।
ससर्पे च गृहे वासो मृत्युरेव न संशयः।।

यसको अर्थ हो

१ स्वार्थी साथीः
साथी जीवनमा नभै नहुने सम्बन्ध हो । हरेक मानिसले कुनै न कुनैरुपमा साथी बनाएको हुन्छ । यद्यपी साथी चयन गर्दा भने निक्कै होस गर्नु पर्छ । गलत साथीको चयन जीवन बर्बादीको कारण समेत बन्न सक्छ । स्वार्थी साथीले तपाइँलाई कुन बेला धोका दिन्छन् र झन्झटमा पारिदिन्छन् थाहा हुँदैन । साथी छनौट गर्दा विचार पुर्‍याएर मात्र गर्नुस् ।


२ झगडा गर्ने नोकर
तपाइँको घरमा काम गर्ने नोकरले तपाइँसँग मुख मुखै लागेर झगडा गर्छ वा जवाफ फर्काउँछ भने सचेत रहनुस् । यस्तो गर्ने नोकरको मनमा ठूलो बदलाको भावना पैदा भएको हुन सक्छ । यस्ता नोकरले तपाइँको कमजोरीको फाइदा लिएर छिमेकी वा शत्रुसँग तपाइँको पोल खोल्ने वा कुनै षडयन्त्रमा संलग्न हुन समेत बेर लाग्दैन । झगडालु नोकरसँग सँधै सावधान रहनुस् ।


४ खराव स्वभावकी पत्नि
हरेक पुरुषका लागि पत्नि महत्वपूर्ण हुन्छ । जीवन साथीकोरुपमा रहनु पर्ने पत्निको स्वभाव कस्तो छ भन्ने कुराले जीवन कस्तो हुन्छ भन्ने पनि निर्धारण गर्छ ।

राम्रो स्वभाव भएकी पत्नि भए पुरुषलाई सहज र सफलता पाउन सजिलो हुन्छ भने खराव स्वभावकी पत्नि भए सफल हुनु पर्ने काम समेत असफल हुन सक्छ । शान्त र प्रिय स्वभाव भएकी स्त्रीले परिवारलाई जोड्छन् भने खराव स्वभाव भएकी स्त्री परिवार भाँडिने कारण बन्न सक्छ ।nepaliheadlines
काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो पुस ११ गते विराटनगर जोगवनी नाकामा घाइते भएपछि उनको बारेमा विस्तारै–विस्तारै विभिन्न तथ्यहरु बाहिर आएका छन् ।

घाइते भएपछि मधेसमा सहानुभूति बटुलेका राजेन्द्र महतोको एकपछि अर्को कुराहरु बाहिर आउन थालेपछि अहिले उनको आलोचना हुन थालेको छ ।

घाइते भएकै दिनदेखि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लगातार उनको विरोध गर्न थालेपछि सोही शैलीको आलोचना मधेसमा शुरु भएको छ । मधेस आन्दोलन शुरु भएदेखि अध्यक्ष महतो सस्तो लोकप्रियताका लागि विभिन्न क्रियाकलाप गर्दै आएको फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरसियाले आरोप लगाएका छन् ।

उनले मात्र होइन उनका पार्टीका अन्य नेता तथा कार्यकर्ताले पनि मधेसमा राजेन्द्र महतोको आलोचना गर्न थालेका छन् । विराटनगरको गोल्डेन अस्पतालदेखि दिल्लीको मेदान्त अस्पतालसम्ममा उनका छ वटा तथ्य बाहिर आएको छ । जसको बारेमा मधेसमा आलोचना भइरहेको छ ।

तथ्य नं. १
सद्भावना पार्टीले पुस १८ गते मध्यबानेश्वरस्थित सम्पर्क कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा सोही पार्टीका मनिष सुमनले एउटा तथ्य बाहिर ल्याए । त्यो हो राजेन्द्र महतोलाई ज्यान मार्ने धम्की ।
सुमनले भने, ‘राज्यले आफ्ना अध्यक्षलाई ज्यान मार्ने योजना बनाएको थियो । प्रहरीमा पनि आफ्ना शुभचिन्तकहरु छन् । अध्यक्षजी विराटनगर जाने वित्तिकै एकजना प्रहरीले गोप्य रुपमा अध्यक्षलाई गएर भनेछन् अध्यक्षजी तपाईलाई मार्ने योजना बनेको छ । तपाई यहाँ नबस्नुस् जानुस् । एकपटक होइन यो कुरा अध्यक्षजीलाई पटक पटक भनिएको हो ।’
ल ठिक छ । राज्यले अध्यक्ष महतोलाई ज्यान मार्ने योजना बनाएकै रहेछ भने थाहा पाएर पनि अध्यक्ष महतो त्यहाँ कुटाई खान किन गएको होला । थाहा पाउँदा–पाउँदै कुटाई खान जानु लोकप्रियताकै लागि हो भनाईहरु आइरहेका छन् ।

तथ्य नं. २
प्रहरीको कुटाईपछि घाइते भएका राजेन्द्र महतोलाई विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना गरेको थियो । अस्पतालमा भर्ना गरेपछि डाक्टरले सामान्य उपचार गरेपछि डिस्चार्ज गरेको थियो । सिटी स्क्यानपछि टाउकोमा पनि कुनै गड्बड छैन भनि डिस्चार्ज गर्यो ।
डिस्चार्ज गरेपनि उनी एकदिन सोही अस्पतालमा बसे । पछि धरान विपी कोइराला मेमोरियल अस्पतालमा चिनेका डाक्टरलाई भनेर त्यहाँ भर्ना भए । त्यहाँ पनि डाक्टरले सबै कुरा नर्मल भनेपनि अस्पतालमै बस्न चाहेका थिए ।

तथ्य नं. ३
सुगरका कारण महतोलाई लागेको चोटलाई उपचार गर्न सकिदैँन भनिएको थियो तर, टाउको तथा खुट्टाको घाउ सुकिसकेको थियो । तैपनि सुगर र रक्तचापका कारण उपचार गर्न सकिएन भन्दै धरानमै बस्न खोजेपनि यतिकै कति दिनसम्म राखिराख्ने भन्दै अस्पतालले डिस्चार्ज गर्न थालेपछि महतो हत्तपत्त दिल्लीको मेदान्त अस्पतालमा भर्ना भए ।

तथ्य नं. ४
मधेशी मोर्चा आन्दोलनमा रही रहेको बेला राजेन्द्र महतोले आफ्नै हस्ताक्षरबाट छुट्टै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । उपचारका लागि दिल्लीमा रहेका महतोले आन्दोलनका कार्यक्रम १९ गतेदेखि २७ गतेसम्म रहेको छ । मधेशी मोर्चाले १९ गते बुटवलको कार्यक्रम सकाएर बस्ने बैठकले आन्दोलनको स्वरुप परिवर्तन गर्ने संकेत दिएपछि अध्यक्ष महतोले हतार हतारमा १९ गतेदेखि नै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

तथ्य नं. ५
प्रहरीको कुटाईबाट टाउकोमा चोट लागेपछि रिगंटा लागेको कुरा महतोका सहयोगीहरुले बाहिर ल्याएका थिए । अस्पतालको बेडमा भएको बेला एकछिन पनि कसैसँग बोल्यो भने चक्कर आउने, रिगंटा लागेको बताइरहँदा मेदान्त अस्पतालमा चेकअप हुँदा टाउकोमा चोट लागेको कारणले होइन, भिटामिन बी १२ को कमीका कारण रिगंटा लागेको डाक्टरले रिपोर्ट दिएको छ ।

तथ्य नं. ६
अध्यक्ष राजेन्द्र महतो प्रहरीको कुटाइबाट घाइते नभएको गृहमन्त्री शक्ति बस्नेतको धारणा सार्वजनिक भएपछि कुटाइको समयमा उनकै कार्यकर्ताले मोबाइलबाट खिचिएको फोटालाई पार्टीले सिडिमा राखेर भारतीय दूतावासदेखि यूएनसम्म पुर्याएको छ । गृहमन्त्री बस्नेतले महतोमाथि त्यस्तो आरोप लगाएपछि त्यसको प्रमाण गृहमन्त्रालय पुग्नुपर्ने हो कि भारतीय दूतावास ? प्रश्न उठेको छ ।

www.ratopati
काठमाडौं : सप्तरीको झुट्की प्रहरी चौकी नजिकै सोमबार साँझ अज्ञात समूहले गोली हानेर एकजना प्रहरी सहायक निरीक्षकको हत्या गरेको छ ।

झुट्की प्रहरी चौकीनजिकैको चोकमा बसिरहेको अवस्थामा झापाको चन्द्रगढी घर भएका प्रहरी सहयाक निरीक्षक रमेश सुब्बालाई  छातीमा गोली हानेर हत्या गरेको हो ।

छातीसँगै तिघ्रामा पनि गोली गोली लागेर करिब ४५ वर्षीय प्रहरी सहायक निरीक्षक सुब्बाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।


असई सुब्बाको हत्यामा  संलग्न समूहको पहिचान नभएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।  घटनाबारे प्रहरीले तत्कालै अनुसन्धान थालेको जनाएको छ ।

नेपाल-भारत सीमानजिकै रहेको झु्ट्की प्रहरी चौकी नजिकै भएको घटनाबारे बुझ्न सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण भट्ट केही बेरअघि घटनास्थलमा पुगेका छन् ।
annapurnapost
महोत्तरी, पुस २० । महोत्तरीको गौशाला नगरपालिकाका सब इन्जिनियर शत्रुघ्नप्रसाद साह कानुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार घुससहित पक्राउ गरेको छ ।

साह कानुले सडक निर्माणको ठेक्काबापतको ३० लाख रुपैयाँ निकासाका लागि ठेकेदारबाट साढे चार लाख रुपैयाँ घुस लिएको सूचनाको आधारमा अख्तियारको टोलीले धनुषा जिल्लाको महेन्द्रनगरबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

बर्दिवासस्थित अख्तियारको क्षेत्रीय कार्यालयबाट खटिएको टोलीले कानुलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

गौशाला नगरपालिका–७ अन्तर्गतको पिसीसी सडक ढलानकार्य सम्पन्न भएपछि शर्त बमोजिमको रकम भुक्तानी दिन कानुले आनाकानी गर्दै आएका थिए । imagekhabar
काठमाडौँ : काठमाडौँ र पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी) की छोरी हुँ भन्दै ठगी गर्दै हिँडेकी भगवती केसीलाई महानगरीय प्रहरी परिसरले सोमबार सार्वजनिक गरेको छ ।

गुल्मी, हस्तिचौर–९ की २३ वर्षीया केसीले चिकित्सक सुहाना, अदिती, सृष्टिलगायतका नक्कली नामको प्रयोग गरी विभिन्न कलाकर्मी, युवा तथा होटल व्यवसायीलाई ठगी गर्दै आएको आरोपमा परिसरले उनलाई हिजो सिनामङ्गलबाट पक्राउ गरेको हो ।

उनले ठगी गर्नका लागि चिकित्सक सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गरेको खुलेको छ । उनले विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको प्रहरीले पत्ता लगाएको छ ।

केसीले विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ ।

उनले विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अभियुक्त केसीले एक वर्षअघि पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेर बिरामीको जाँच गरेको बहाना बनाएर पनि सर्वसाधरणलाई ठगेकी थिइन् ।

चिकित्सकसँग समेत विवाह गर्ने भन्दै सँगै बसी ठगी गर्दै आएको र सोबारे पोखराको स्थानीय पत्रिकाले समाचार प्रकाशन गरेपछि उनी काठमाडौँ छिरेको प्रहरीले बताएको छ ।

काठमाडौँ आएपछि पनि उनले विभिन्न चिकित्सक, युवक तथा होटलमा ठग्दै आएको खुलेको छ ।
annapurnapost
काठमाण्डु, २० पुस– प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दीको समस्या कूटनीतिक पहलका माध्यमबाट हल हुने र तराईमा जारी समस्या पनि वार्ताका माध्यमबाट समाधान हुने चरणमा रहेको बताएका छन् ।
नेकपा एमाले केन्द्रीय लेखा परीक्षण आयोगको चौथो बैठकलाई आज पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा सम्बोधन गर्दै उनले कुनै पनि समस्याको समाधान गर्दा सरकारले राष्ट्रिय हित, स्वाभिमान र सामाजिक सद्भावलाई कमजोर हुन दिने छैन भने।
उनले कानुनी र संरचनागत व्यवधानका कारण ढिला हुन पुगेको भूकम्पपछिको पुनःनिर्माण अब तीव्र गतिमा अगाडि बढ्ने विश्वास दिलाउँदै भने, ‘मुलुकलाई विद्युत्भार कटौतीमुक्त गर्न, दु्रतगतिमा पूर्वाधार निर्माणलाई अगाडि बढाउन, आर्थिक विकासलाई नयाँ गति दिन र परनिर्भरताको वर्तमान अवस्थालाई अन्त्य गर्दै मुलुकलाई आत्मर्निभर बनाउन सरकार ठोस कार्ययोजनाका साथ अगाडि बढिरहेको छ ।’
आयोगका अध्यक्ष डा पुष्पराज कँडेलेको अध्यक्षतामा भएको सो बैठकमा एमाले अध्यक्ष ओलीले सबै पार्टी कमिटी र जनसङ्गठनको नियमित लेखा परीक्षण गर्न, पार्टीमा आर्थिक अनुशासन कायम गर्न र नेता–कार्यकर्ताको आर्थिक जीवन स्वच्छ एवम् पारदर्शी बनाउन गर्नुपर्ने कामका बारेमा ठोस सुझाव दिनसमेत आयोगलाई आग्रह गरे ।
kathmandutoday
कास्की, २० पुस– राप्रपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले कार्यकर्तालाई पार्टी एजेन्डामा विचलित नहुन अपिल गरेका छन् ।
राप्रपा नेपाल निकट प्रजातान्त्रिक युवक सङ्गठन नेपाल कास्कीको तदर्थ समिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले भने, ‘पार्टी सरकारमा गयो भन्दैमा हामी हाम्रा एजेन्डा र सिद्धान्तबाट कति पनि विचलित भएका छैनौँ’ उनले कार्यकर्तालाई आश्वस्त पार्दै भने, ‘सरकारमा रहेर जनताको विश्वास जित्ने र विश्वासका आधारमा हाम्रा एजेन्डा स्थापित गर्न अभियानमा अझै सक्रियताका साथ लाग्नुपर्दछ ।’
जनताको साथ र समर्थन हुँदाहुँदै पनि गणितीय आधारमा सम्झौताको दस्तावेजका रुपमा संविधान निर्माण आउँदा हाम्रा एजेन्डा नसमेटिएको उनको भनाइ थियो ।
उनले पार्टीका एजेन्डा स्थापित गर्नका लागि सङ्ख्या बढाउनतिर लाग्न कार्यकर्तालाई निर्देशन दिए । राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई कायम गर्नका लागि राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिका रुपमा राप्रपा नेपालको उदय भएको उनको भनाइ थियो ।
विसं २०६२ साल मङ्सिरमा भारतको राजधानी नयाँदिल्लीमा भएको १२ बुँदे समझदारी र आन्दोलन पछाडि अवलम्बन गरेको त्रुटिपूर्ण बाटोले देश गम्भीर सङ्कटमा पर्दछ भनेर उही बेला भन्दै आएको उनले बताए ।
विशिष्ट परिस्थितिमा पार्टीको जन्म भएको बताउँदै उनले पार्टीको औचित्य र महत्व पनि बढ्दै गएको जानकारी दिए । कार्यक्रममा सन्तोष रानामगरको अध्यक्षतामा तदर्थ समिति गठन गरिएको छ ।
kathmandutoday
काठमाडौं, २० पुस । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक राजधानीमा बसिरहेको छ ।
बिजुलीबजारस्थित तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालयमा जारी बैठकमा तराई मधेस लोकतान्त्रिक
पार्टीका अध्यक्ष महन्थ ठाकुर, उपाध्यक्ष हृदयेश त्रिपाठी, संघीय सदभावना पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र तराई मधेस सदभावना पार्टीका बरिष्ठ नेता रामनरेश राय यादव लगायत सहभागी छन् ।
बैठकमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टी भने सहभागी छैन् । विराटनगरस्थित जोगवनी नाकामा भएको घटनामा सरकारले माफी माग्नुपर्ने शर्त राख्दै सदभावनाले मोर्चाको बैठक बहिष्कार गरेको छ । यसअघि आइतबार साँझ बसेको सरकारसँगको वार्ता पनि अस्वीकार गरेको थियो ।
मोर्चाले आन्दोलनका नयाँ कार्यक्रम घोषणा गर्ने तयारी गरेको छ । यसअघि घोषणा गरिएको कार्यक्रम आइतबार सकिएका छन् । नयाँ कार्यक्रममा नाकाबन्दी फिर्ता लिएर आन्दोलनको स्वरुप परिवर्तन गर्ने तयारी छ ।
dainiknepal
२० पुस, बीरगञ्ज ।

संघीय समावेसी मधेसी युवा गठबन्धनले पर्साको वीरगन्ज बजार बन्द गराएको छ ।
तराई–मधेस आन्दोलन अन्तर्गतको आमहड्ताल पछिल्लो समय केही फितलो बनेको र त्यसलाई सशक्त बनाउने भन्दै गठबन्धनका कार्यकर्ताले घण्टाघर, माईस्थान, आर्दश नगर,
नेशनल ट्रेडिङ, चिनीमिल आवस क्षेत्र, पिपरा, प्रतिमाचोक लगायतका स्थानमा प्रदर्शन गरेका हुन् ।
स्थानीय व्यापारी र आन्दोलनका अगुवाबीच दिउँसो दुई बजेसम्म बन्द गर्ने सहमति भएका कारण विहानैदेखि बजार पनि बन्द थियो । दुई बजेपछि भने बजार खुलेको छ ।nepaliheadlines
इस्लामावाद, २० पुस । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ तीनदिने औपचारिक भ्रमणका लागि सोमबार श्रीलङ्का पुग्नुभएको छ ।
श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनाको आमन्त्रणमा उहाँले आजदेखि श्रीलङ्काको भ्रमण सुरु गर्नुभएको हो । सो भ्रमणका क्रममा प्रधानमन्त्री सरिफले श्रीलङ्काली राष्ट्रपति मैत्रीपाला सिरिसेनासँग आपसी हितका विषयमा द्वीपक्षीय वार्ता गर्नुहुने बताइएको छ ।
सो भ्रमणका क्रममा उहाँहरुले दुई देशको बीचमा मुद्रा निर्मलीकरण तथा आतङ्कवादसम्बन्धी कानुन र यसको सम्झौता हुने बताइएको छ ।
श्रीलङ्कामा रहेको पाकिस्तानी उच्च नियोगले सो जानकारी दिएको जानकारीअनुसार अन्तरदेशीय आतङ्कवादविरोधी कानुन निर्माण र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै यी दुई देशबीच स्वास्थ्य, विज्ञान तथा प्रविधि, व्यापार र संस्कृतिसम्बन्धी विभिन्न सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने जनाइएको छ ।
प्रधानमन्त्री सरिफले सो भ्रमणका क्रममा श्रीलङ्काली मन्त्रीहरु, सांसद, व्यापारिक प्रतिनिधिमण्डल एवम् उच्च सरकारी अधिकारीहरुका बैठकहरुलाई पनि सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । यसअघि श्रीलंकाले भारतसँगको व्यापार सम्झौता अस्वीकार गरेको थियो ।
dainiknepal
सोमबार, २० पुष
ठमाडौ। संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा आबद्ध तराई मधेस सद्भावना पार्टीका बरिष्ठ नेता एवम बार्ता टोलीका सदस्य राम नरेश रायले मोर्चामा चार पार्टी रहेकोले कार्यदलमा नाम पठाउँदा चार जनाको नाम पठाउने बताएका छन ।
रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मोर्चामा चार दल छन । कार्यदल नाम पठाउँदा चार दलका चार जनाको नाम पठाउँछौ । सरकारले मागे जस्तो एक जनाको मात्र नाम पठाउँदैनौ । तर नाम पठाउने कि नपठाउने भन्ने विषयमा मोर्चाले छलफल गरेर निर्णय लिन्छ ।’
यद्यपि उनले सरकार बार्ताबाट भाग्न लगेकोले उसलाई भाग्न नदिन र मोर्चा बार्ताको पक्षमा छ भन्ने सन्देश दिन सरकारले जहाँ भन्छ त्यही बस्नु पर्ने आफ्नो ब्यक्तिगत धारणा सुनाए ।
क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कारमा रायले भने,‘ हामी मोर्चामा छलफल नगरी नाम दिदैनौ । सोमबार अवेर वा मंगलबार ११ बजेसम्म मोर्चाको बैठक बसेर जाने नजाने निर्णयमा पुग्छौ ।
आईतवारको बार्तालाई प्रमुख दलले पुरानै कुरा दोहोर्याएर हात्ति आयो हात्ति आयो फुस्सा जस्तो बनाएको भन्दै कार्यदल गठनको नाममा सरकार बार्ताबाट भाग्न चाहिरहेको आरोप लगाए ।
उनले ११ बुँदे माग पुरा नभएसम्म आन्दोलन नरोकिने भन्दै नाका आन्दोलन पनि जारी रहने स्पष्ट पारे ।
सद्भावना पार्टीका महासचिव मनिष सुमनले मोर्चाको अनुभव र आचार संहिता अनुसार नै आफ्नो पार्टीले अलग आन्दोलन गरेको भन्दै यसको कारण मोर्चा नफुटने दावी गरे ।
उनले भने,‘ मोर्चामा कुनै विवाद छैन । मोर्चा अखण्ड छ, अखण्ड रहन्छ । हाम्रो आन्दोलन मोर्चाको आचार संहिता र अनुभव अनुसार नै हो ।’
सुमनले मोर्चाको आन्दोलन नाका धर्ना, आमहडताल र राज्यलाई कर नतिर्ने तीन सिद्धान्त अनुसार भएको र विच विचमा सर्पोटिङ्ग कार्यक्रमहरु ल्याउने गरेको भन्दै माग पुरा नभएसम्म आन्दोलन जारीरहने स्पष्ट पारे ।
उनले पुष ११ गते राजेन्द्र महतोमाथि भएको आक्रमणमा राज्यले माफी नमागेसम्म आफूहरु कुनै पनि बार्तामा सहभागि नहुने स्पष्ट पार्दै महतोमाथिको आक्रमण शिर्ष नेताहरुमाथि आक्रमणको दक्षिण एसियामै विरलै घटना भएको दावी गरे ।
११ बुँदे माग तत्कालिन सरकारसँग भएको आठ बुँदे सम्झौताको सार भएको दाबी गर्दै यो कुनै नयाँ विषय नभएको बताए ।
कालाबजारी नियन्त्रण गर्ने जिम्मेवारी राज्यको भएको भन्दै कालाबजारी नियन्त्रणमा आफूहरु पनि सहयोग गर्न तयार रहेको सुमनले बताए ।
उनले आफूहरुको माग र आन्दोलनमा मधेसी जनताको पूर्ण समर्थन रहेको दावी गर्दै जनप्रतिनिधिहरुलाई रिकल गर्ने ब्यवस्था भए अहिले मधेसबाट प्रतिनिधित्व गर्ने काग्रेस, एमाले र एमाओवादीका मधेसी संसदहरुलाई आन्दोलनमा देखिएको जनताको मतको आधारमा फिर्ता बोलाउन सकिने जनमत भएको बताए ।
सुमनले मधेसी जनताले एउटै मधेसबादी दल होस भन्ने चाहना राखे पनि त्यो पुरा हुन नसकेको भन्दै बेला बेलामा एकीकरणको कुरा उठेपनि पछिल्लो समयमा त्यसमा कुनै प्रयास नभएको स्पष्ट पारे ।
nepalsandesh
२०७२ पौष २० सोमबार

काठमाडौं‌ : राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले २०६२ साल मंसिरमा भारतको राजधानी नयाँदिल्लीमा भएको १२ बुँदे समझदारीकै कारण देश गम्भीर संकटमा परेको बताएका छन्।

पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो धारणा राखेका हुन्। थापाले भने, 'नयाँदिल्लीमा भएको १२ बुँदे समझदारी र आन्दोलन पछाडि अवलम्बन गरेको त्रुटिपूर्ण बाटोले देश गम्भीर सङ्कटमा पर्दछ भनेर उही बेला भन्दै आएको हुँ। हामीले भनेको सही प्रमाणित हुँदै आएको छ।' थापाले घुमाउरो रुपमा राजसंस्था फाल्नु गलत रहेको आसय व्यक्त गरेका छन्।


तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) र आन्दोलनरत सात राजनीतिक दलबीच निरकुंश राजतन्त्रविरुद्ध निर्णायक आन्दोलन गर्ने सम्बन्धमा भारतीय संस्थापनको पहलमा दिल्लीमा २०६२ साल मंसिर ७ मा १२ बुँदे समझदारी भएको थियो। त्यही समझदारीका आधारमा भएको संयुक्त आन्दोलनको दबाबमा २०६३ वैशाख ११ मा लोकतन्त्र पुनरस्थापना भएको थियो।

राजतन्त्र विरोधी सम्पूर्ण शक्तिहरुले निरकुंस राजतन्त्रका विरुद्ध आ–आफ्नो ठाउँबाट प्रहार केन्द्रीत गर्दै देशव्यापी लोकतान्त्रिक आन्दोलनको आँधीबेहरी निर्माण गरेर निरकुंस राजतन्त्रलाई अन्त्य गरी पूर्ण लोकतन्त्र स्थापना गर्ने बुँदालाई १२ बुँदेमा निकै महत्वका साथ उल्लेख गरिएको छ।

राजतन्त्र विस्थापनको आधारशिला नै दिल्लीको १२ बुँदे सम्झौता थियो र २०६३ परिवर्तनपछि निर्वाचित संविधानसभाले राजतन्त्र अन्त्यको घोषणा गरेको थियो। यसमा राप्रपा नेपाल असहमत रहँदै आएको छ। राजसंस्थाको पुनर्स्थापनाको मागलाई पनि राप्रपा नेपालले एउटा प्रमुख राजनीतिक एजेन्डाका रुपमा अघि सार्दै आएको छ। राजतन्त्रको अन्त्य गर्ने राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने क्रममा हालै भएको नयाँ संविधानको विपक्षमा राप्रपा नेपालले मतदान गरेको थियो।

राप्रपा नेपाल निकट प्रजातान्त्रिक युवक सङ्गठन नेपाल कस्कीको तदर्थ समिति गठन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष थापाले सरकारमा गए पनि पार्टीका एजेन्डा नफेरिएको बताए। उनले कार्यकर्तालाई पार्टी एजेन्डामा विचलित नहुन आग्रह पनि गरेका छन्।


थापाले भने‘पार्टी सरकारमा गयो भन्दैमा हामी हाम्रा एजेन्डा र सिद्धान्तबाट कति पनि विचलित भएका छैनौँ। सरकारमा रहेर जनताको विश्वास जित्ने र विश्वासका आधारमा हाम्रा एजेन्डा स्थापित गर्न अभियानमा अझै सक्रियताका साथ लाग्नुपर्दछ ।'

जनताको साथ र समर्थन हुँदाहुँदै पनि गणितीय आधारमा सम्झौताको दस्तावेजका रुपमा संविधान निर्माण आउँदा हाम्रा एजेन्डा नसमेटिएको उनको भनाइ थियो ।

उनले पार्टीका एजेन्डा स्थापित गर्नका लागि सङ्ख्या बढाउनतिर लाग्न कार्यकर्तालाई निर्देशन दिए। राष्ट्रियता र राष्ट्रिय अखण्डतालाई कायम गर्नका लागि राष्ट्रवादी प्रजातन्त्रवादी शक्तिका रुपमा राप्रपा नेपालको उदय भएको उहाँको भनाइ थियो ।

विशिष्ट परिस्थितिमा पार्टीको जन्म भएको बताउँदै थापाले पार्टीको औचित्य र महत्व पनि बढ्दै गएको जानकारी दिए।
annapurnapost
राजविराज, पुस २० । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध विभिन्न संगठनहरुले सोमबार सप्तरीको राजविराजमा विरोध प्रदर्शन गरेका छन् ।

स्थानीय राज रंगशालाबाट निकालिएको जुलुसले नगरको विभिन्न भागको परिक्रमा गर्दै गजेन्द्रचोकमा पुगी सभामा परिणत भएको थियो । विभिन्न स्कुल, कलेजमा पढ्ने विद्यार्थीहरुलाई सडकमा उतारेर प्रदर्शन गरिएको हो ।

/>प्रदर्शनकारीहरुले ‘मधेसको माग सम्बोधन गर’, ‘विद्यार्थीलाई गोली हान्न पाइँदैन’, ‘मानवअधिकारको रक्षा गर’लगायतका नाराहरु लगाएका थिए ।

गजेन्द्रचोकमा आयोजित सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले मधेसको माग सम्बोधन गर्न राज्यपक्ष संवेदनशील नभएको भन्दै युवा विद्यार्थीहरुले सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिए । imagekhabar
२०७२ पौष २० सोमबार

यमन: यमनको दक्षिणी नगर आदेनमा सोमबार भएको जिहादीहरुको हमलामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ ।   सोमबार जिहादीहरुले आदेन नगरमा हमला गरेका थिए । सो हमलामा परी १७ जना नागरिक मारिएका थिए ।

यमनको सरकार समर्थित सशस्त्र समूह र सुरक्षा निकायले दिएको जानकारी अनुसार उक्त हमला शक्तिशाली थियो र उनीहरुले नगरका केही भागलाई नै घेरा हालेर हमला गरेका थिए ।


उक्त आक्रमणपछि सो नगरमा निषेधाज्ञा जारी गरिएको छ । सुरक्षा अधिकारीहरुले उक्त जानकारी सरकारी वेभसाइटहरुमा राखेका छन् । उक्त नगरमा शनिबार पनि सुरक्षाकर्मी र मुस्लिम अदिवादीबीच व्यापक भिडन्त भएको थियो । सो भिडन्तमा परी कैयौँ व्यक्ति मारिएका थिए ।

त्यस यता सरकारले सुरक्षाको कडा निगरानी राखेको थियो । कडा सुरक्षाबीच पनि सोमबार अर्को यस्तै शक्तिशाली हमला भएको थियो ।
annapurnapost
०७२ पौष २० सोमबार

काठमाडौं : व्यवस्थापिका संसद्को सोमबार दिउँसो बसेको बैठकले नेपालको संविधानको पहिलो संशोधन विधेयक प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

सरकारले पेश गरेको विधेयकमा सांसद्हरुले उठाएका प्रश्नहरुको कानुन मन्त्री अग्नि खरेलले जबाफ दिएपछि विधेयक प्रस्ताव स्वीकृत भएको हो ।

सरकारले पेश गरेको संविधान संशोधन विधेयक प्रस्तावमा मधेसवादी दलको अवरोधबीचमै सांसद्हरुले छलफलमा भाग लिएका थिए ।


नेपाल सरकारकातर्फबाट कानुन मन्त्री अग्नि खरेलले पेश गरेको संविधान संशोधन विधेयक प्रस्ताव स्वीकृत भएपछि सांसद्हरुलाई संशोधन प्रस्ताव पेश गर्न ७२ घन्टाको समय दिइएको छ ।

संशोधन विधेयक प्रस्ताव स्वीकृत भएपछि संसद्मा बोल्दै कानुन मन्त्री अग्नि खरेलले मधेसी दलहरुको मागलाई सम्बोधन गर्न यो विधेयक सकेकसम्म सबैले स्वकार्ने गरि पारित हुने बताए ।

मधेसवादी दलहरुसँगको वार्ता सकारात्मक भइरहेका बेला संसद् संशोधन विधेयक प्रस्ताव स्वीकृत गरेपछि केही दिनमै नेपालको संविधानमा संसद्ले पहिलो संशोधन गर्ने पक्का भएको छ ।

संशोधन विधेयक प्रस्ताव स्वीकृत भएपछि संसद् बैठक मंगलबार १ बजेसम्मका लागि स्थगित भएको छ ।
annapurnapost

सिन्धुपाल्चोक, २० पुस । धुर्मुस सुन्तलीले सिन्धुपाल्चोक बराम्ची गाविसका भूकम्प पीडितलाई न्यानो दिएका छन् ।
अत्यधिक चिसोका कारण भूकम्प पीडितको कठ्याङ्ग्रीएर मृत्यु हुन थालेपछि उनीहरुले बराम्ची गाविसका ८ सय १६ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका हुन् । धुर्मुस सुन्तलीको विशेष पहलमा नेपाली समाज टेक्सस अमेरिका(एनएसटी) ले सिङ्गो गाविसलाई नै न्यानो दिन ब्ल्याङ्केट सहयोग गरेको हो ।
चिसो बढेर भूकम्प पीडितको बिचल्ली भएपछि न्यानो प्रदान गर्न २० लाख रुपैँया बराबरको ब्ल्याङ्केट जुटाएको एनएसटीले जनाएको छ । भूकम्पबाट बाँचेकाहरुको समेत चिसोले ज्यान लिन थालेपछि जति सक्दो धेरै परिवारलाई न्यानो दिन पहल गरेको सिताराम कट्टेल (धुर्मुस)ले बताए ।

सरकारले सबै जनतालाई न्यानो दिन नसकिरहेको समयमा केहि मानिसलाई भएपनि चिसोबाट बचाउन आफूहरुले सहयोगकालागि सक्दो पहल गरेको उनको भनाई छ । एउटा ठूलो विपद्बाट बाँचेकाहरुको जाडोका कारण मृत्यु हुनु दुःखद् कुरा भएकाले जतिलाई सकिन्छ सहयोग गर्ने आफ्नो योजना रहेको धुर्मुस सुन्तलीले सुनाए ।
यसअघि धुर्मुस सुन्तली आँफैले दोलखाका ७५ परिवारलाई ब्ल्याङ्केट वितरण गरेका थिए । टहरामा बसिरहेका भूकम्प पीडितलाई राति शितले झनै समस्या भएकाले न्यानो प्रदान गर्न यस्तो पहल गरेको कुञ्जना घिमीरे (सुन्तली)ले बताइन् । दिनमा जाडोबाट जसोतसो बाँचेकाहरुलाई पनि रातमा समस्या पर्ने भएकाले न्यानो ब्ल्याङ्केट वितरण गरिएको उनले बताएकी छिन् ।

एनएसटीका नेपाल संयोजक मधुसुुधन उपाध्यायले भूकम्प पीडितका लागि पारदर्शी काम गर्नका लागि धुर्मुस सुन्तली फाउण्डेशनमार्फत ब्ल्याङ्कट वितरण गरिएको बताए । धुर्मुस सुन्तलीले भूकम्पपछि विश्वासिलो र पारदर्शी काम गरेकाले उनीहरुमार्फत सिङ्गो गाविसलाई न्यानो उपलब्ध गराएको उनको भनाई छ ।
आफुले मात्र धेरैलाई सहयोग गर्न नसकेपछि धुर्मुस सुन्तलीले सहयोगकालागि देश, विदेशमा रहेका नेपालीसँग पहल गरिरहेका छन् । प्राप्त सहयोगलाई भूकम्पबाट बढी प्रभावित क्षेत्रमापुगेर धुर्मुस सुन्तलीले आफ्नै हातले वितरण गर्ने गर्छन् ।
एक जोडी कलाकारले सिङ्गो गाविसबासीलाई नै न्यानो दिनु आफैँमा ठूलो कुरा भएको स्थानीय जीतबहादुर तामाङले बताए । चिसोका कारण निकै समस्या भइरहेको समयमा पनि सरकारबाट कुनै सहयोग नपाएको समयमा आफ्नो लागि धुर्मुस सुन्तली नै सरकार भएको अर्की स्थानीय पुतली मगरले खुशी बाँडिन् । रात कटाउन मुस्किल परिरहेको समयमा धुर्मुस सुन्तलीले प्रदान गरेको ब्ल्याङ्केट ओढेर न्यानोसँग सुत्ने भन्दै बराम्चीबासीले खुशी व्यक्त गरे ।
dainiknepal
काठमाडौं ।

केही दिन यता चर्चा थियो १९ गते अर्थात (हिँजो आइतबार) बस्ने मधेशी मोर्चाको बैठकमा नाकामा गरिरहेको अवरोध फिर्ता लिनेबारे छलफल हुन्छ र नाकाबन्दीको आन्दोलन फिर्ता हुन्छ । तर त्यसो भएन । उल्टो सरकारसँग हुने भनिएको निर्णायक वार्ता पनि कर्मकाण्डी जस्तै देखियो नतिजाको स्तरमा ।

मधेश आन्दोलन भन्दा पनि नाकाकै आन्दोलनका कारण आफ्नो अस्तित्व देखाइरहेको मधेशी मोर्चाले आखिर किन लिएन त नाकाबन्दी फिर्ता ? खास कारण सरकारसँगको विवाद वा माग भन्दा पनि मधेशी मोर्चाभित्र देखिएको विवाद र अस्तित्व संकटको डरले यस्तो भएको विश्लेषकहरुले बताएका छन् ।


सत्तारुढ एमाले, एमाओवादी र कांग्रेसले संयुक्तरुपमा संविधान संसोधनका लागि अघि सारेको प्रस्तावलाई मन्त्रीपरिषदले पारित गरेपछि भारतबाट त्यसको स्वागत भयो । पछिल्लो समय नाकाबन्दी खोल्न दवावमा परिरहेको भारतले मधेशी मोर्चाका नेताहरुलाई अव नाका छोड्न निरन्तर दवाव दिँदै आएको छ । तर नाकाबन्दी कायम रहेमात्र सरकारलाई झुकाउन सकिने विश्लेषणमा रहेका मधेशवादी दलका घटकहरुबीच नै अव के गर्ने र कसरी अघि बढ्ने भन्ने अन्यौल छ ।

मोर्चाको प्रमुख घटक सदभावना पार्टी नाका केन्द्रीत आन्दोलाई झन् कडा पार्नुपर्ने पक्षमा देखिएपछि मोर्चाकै अस्तित्व समेत संकटमा परिसकेको छ । पछिल्लो समय संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोबीच सार्वजनिकरुपमा नै हिलो छ्याप्ने क्रम शुरु भैसकेको छ । एक अर्कालाई निषेध गर्ने र मधेशको सच्चा नेता आफू बन्ने होडमा रहेका यी २ नेताको टक्कर बैचारिक भिन्नताका कारण पनि झाङ्गिएको छ । सदभावना अध्यक्ष राजेन्द्र महतोको ढिपीका कारण नै आइतबार मोर्चाको बैठकले नाका धर्ना फिर्ता लिने निर्णय गर्न नसकेको बताइएको छ । सदभावना नाका केन्द्रीत आन्दोलन फिर्ता लिनु आत्मघाति हुने निष्कर्ष सहित मोर्चाका अन्य तीन घटकले त्यस्तो निर्णय गरे आफू मोर्चाबाट अलग भई स्वतन्त्र आन्दोलन चलाउने भित्री तयारीमा छ । अहिले दिल्लीमा रहेका महतोको एक्लै नाकाधर्ना जारी राख्ने धम्की दिएपछि मोर्चाका नेताहरु हच्किएका हुन् । दिल्लीबाटै महतोको घुर्कीले काठमाडौंमा रहेका मधेशी मोर्चाका नेताहरु कर्तब्य बिमुड बन्न पुगेका छन् । शनिबार सदभावनाले एकलौटीरुफमा आन्दोलन चर्काउने योजना सार्वजनिक गरेपछि मोर्चाभित्र देखिएको चिरा झनै प्रष्ट भएको थियो । महतोको हटकै कारण मधेशी मोर्चाका अन्य दललाई समेत नाकाधर्ना फिर्ता लिन कठिन भएको मधेश मामला जानकारहरु बताउँछन् ।nepaliheadlines
२० पुस, एजेन्सी ।

पाकिस्तानको लाहौरस्थित एक अदालतमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अचानक गरेको पाकिस्तान भ्रमणको विरोधमा मुद्धा परेको छ ।

मोदी र उनको प्रतिनिधि मण्डलले कुनै अनुमति नलिइ पाकिस्तान भ्रमण गरेको भन्दै मुद्धा दायर गरिएको हो ।
मोदी विरुद्ध परेको मुद्धा सुनुवाइ गर्न भने अदालतले अस्वीकार गरेको छ । अजहर सिद्दिकी नामका वकिलले मोदी विरुद्ध लाहौर उच्च अदालतमा मुद्धा दायर गरेका थिए ।

उनको रिटमा मोदी र उनको प्रतिनिधिमण्डलले कुनै पूर्वजानकारी र अनुमति विना पाकिस्तान भ्रमण गर्नु गैरकानूनी भएको दावी गरिएको छ ।

मोदीले अफगानिस्तानबाट फर्किने क्रममा अकस्मात पाकिस्तानको भ्रमण गर्दै पाकिस्तानी प्रधानमन्त्री नवाज शर्रीफको घरमा पुगेर जन्मदिनको शुभकामना दिएका थिए ।
nepaliheadlins भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home