• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
लैङ्गिक हिसावले हरेक नारी पुरुषप्रति आकर्षित हुन्छे । तर यसो भन्दैमा सबै नारी हरेक पुरुषप्रति आकर्षित भैहाल्छन् भन्ने चाँहि छैन । अझ एक अध्यनले त पाँच प्रकारका पुरुषलाई महिलाले घृणा  गर्ने देखाएको छ ।


घमण्ड देखाउनेः
हुनत समाजलाई अझै पनि पुरुष प्रधान भन्ने गरिन्छ तर अहिलेका स्त्रीले आफू ठूलो हुँ भनेर रवाफ प्रस्तुत गर्ने पुरुषलाई मन पराउँदैनन् । यदि तपाइँअझै पनि म पुरुष हुँ भन्ने भाव राखेर महिलासँग ब्यवहार गर्नु हुन्छ भने तपाइँका जमाना गए । रचनात्मकरुपमा सम्झाउने वा सिकाउने पुरुषलाई पराएपनि होच्याउने र जिस्काउनेलाई भने मन पराउँदैनन् । महिला विज्ञहरुले महिलालाई मायाँ गर्ने
र सम्मानजनक ब्यवहार गर्ने पुरुष मन पराउने बताएका छन् ।

रिसाहाः
चलचित्रमा रिसाहा र साहसी एवं जे कुरामा पनि कडारुपमा प्रस्तुत हुने युवक राम्रो लागेपनि वास्तविक जीवनमा स्त्रीको रोजाइमा यस्ता युवक पर्दैनन् । यस्ता युवकलाई प्रेमिका पाउन समेत गाह्रो पर्ने अध्यनले देखाएको छ । यस्ता पुरुषहरु घरमा श्रीमती र छोराछोरीसँग पनि बढी रिसाउने यो अध्ययनले देखाएको छ । त्यस्तै रफ टप बनेर हिड्ने भन्दा बजारमा चलेको फेसन गर्ने पुरुषलाई नै मन पराउने गरेको पनि अध्यनको निष्कर्ष छ ।


सेक्समा मात्र ध्यान दिनेः
महिला र पुरुषको सम्बन्धमा यौनिक विषय प्राथमिक हुने गरेपनि महिलाहरु यौन भन्दा बढी प्रेम र हेरचाह चाहन्छन् । सेक्सलाई बढी जोड गर्ने र अन्य कुरामा ख्याल नगर्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । महिला विशेषज्ञहरु भन्छन् महिलाहरुलाई पनि यौन चाहाना नहुने होइन तर उनीहरु प्रेमिल यौन सम्बन्ध चाहन्छन् ।


लैङिक चेतना बढी हुनेः
म पुरुष हुँ । म यसो गर्नु पर्छ मेरो जुँगा हुनु पर्छ वा छातिमा रौं देखिनु पर्छ भन्ने खालको सोंच राख्ने पुरुषलाई महिलाले मन पराउँदैनन् । तर कुनै पनि पुरुषको सामान्य भूमिका निर्भाह गर्नु र पुरुषवादी हुनुबीच धेरै दुरी भने नभएको विश्लेषकहरुको भनाई छ ।


अश्लिल बोल्नेः
केटीहरु स्मार्ट केटाहरुसँग नजिकिन चाहन्छन् । तर फोहोर शब्दहरु प्रयोग गर्नेहरुसँग भने टाढै   बस्छन् । विज्ञहरु भन्छन् केटीहरुको नजर जहिले पनि सम्मान देखाउने र राम्रो ब्यवहार प्रस्तुत गर्ने केटाहरुमा  हुन्छ । झर्रो भाषा बोल्ने वा फोहोर शब्द समेत प्रयोग गर्ने केटाहरुबाट केटीहरु टाढिँदै जान्छन् ।nepaliheadlines.com
दाङ, १४ भदौ । सवारी दुर्घटनामा परी २६ वर्षीय स्थानीय नेता प्रेम ओलीको आज विहान मृत्यु भएको छ ।
मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका तुलसीपुरस्थित दीर्घायु पोलिक्लिनिकमा कार्यरत २६ वर्षीय प्रेम ओलीको आज बिहान उपचारका क्रममा भारतको लखनउमा मृत्यु भएको हो ।
केहीदिन अगाडि घोराहीबाट तुलसीपुर फर्कने क्रममा आफैँले चलाएको मोटरसाइकल दुर्घटना हुँदा ओली गम्भीर घाइते हुनुभएको र उहाँको आज बिहान भारतको लखनउस्थित समिरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको उहाँका साथी अर्जुन ओलीले जानकारी दिनुभयो ।
सल्यानको झिम्पे स्थायी घर भएका ओली १० वर्षदेखि तुलसीपुरमा विभिन्न सामाजिक सङ्घसंस्थामा नेताको भुमिकामा समेत संलग्न हुनुहुन्थ्यो । रासस
  source dainiknepal.com
काठमाडौं, १४ भदौ । हिजोको तुलनामा आज सुनको मुल्य बढेको छ ।

छापावाला सुनमा प्रतितोला १ सय ५० रुपैयाँ बढेर प्रतितोला ५० हजार ८ सय ५० कायम भएको छ भने तेजाबी सुनमा पनि १ सय ५० रुपैयाँ बडेर ५० हजार ६ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।

चाँदीको मुल्यमा पनि प्रतितोला ५ रुपैयाँले बढेर ६ सय ८० पुगेको महासघंको बेवसाइटमा उल्लेख छ ।

काठमाडौँ, १४ भदौ ।
आफू पुनर्बहाली हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह ढुक्क देखिँदै गएका छन् । राजासहितको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चीन र भारतबीच कुरा मिलेको बुझाइका कारण पूर्वराजा शाह आफ्नो पुनर्बहालीप्रति ढुक्क रहेको समाचार स्रोतको दाबी छ ।
गत सात आफ्ना स्वकीय सचिव सागर तिमिल्सेनालाई मात्र लिएर सुटुक्क थाइल्यान्ड गएका पूर्वराजा शाहले चीन र भारतबीचको उच्चस्तरीय बैठक गराएको स्रोतले बतायो । समाचार स्रोतका अनुसार पूर्वराजा शाहद्वारा आयोजित उक्त बैठकमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंह सहभागी थिए भने चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागिता थियो ।

राजतन्त्र पुनर्बहालीका लागि चीन र भारतबीच मोटामोटी रूपमा कुरा मिलेपछि मात्रै पूर्वराजा शाहले थाइल्यान्डमा बैठकको आयोजना गरेको बताइन्छ । कुरा मिलेपछि पूर्वराजा शाह सिंगापुर हुँदै दिल्ली पुगेका छन् । उनी दिल्ली पुग्नु दुई दिनअघि पूर्वयुवराज्ञी हिमानी शाह पुगेको बुझिएको छ ।
दक्षिण–पूर्वी एसियामा पश्चिमाहरूको अतिक्रमण सामना गर्न चीन र भारत मिल्नुपर्ने र नेपालमा राजतन्त्र हुनुपर्ने अवधारणा भारतीय जनता पार्टीको छ । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो ।
कांग्रेस र माओवादी तयार नभएसम्मका लागि राजतन्त्र पुनर्बहाली सम्भावना छैन भन्ने तर्क राख्दै आइरहेका विजय जोलीलाई भाजपाले नेपाल मामिला हेर्न प्रतिबन्ध लगाइदिएको छ । तर जोलीकै सल्लाहबमोजिम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणमा बोलाइएको हो । राजतन्त्र पुनर्बहालीका लागि सहमत भएर प्रचण्ड स्वदेश फर्केको दाबी समाचार स्रोतको छ ।
निर्मल निवास स्रोतका अनुसार राजसंस्था पुनर्बहालीका लागि बीजेपी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच संवादको वातावरण मिलाइदिने भूमिका माया शाह ठकुरी नाम गरेकी एक महिलाको छ । उनी मुम्बई निवासी हुन् । उनकी आमा नेपालकी हुन् । माया शाह ठकुरी र बीजेपी अध्यक्ष अमित शाहबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताइन्छ । यही सम्बन्धका कारण बीजेपीले गम्भीरतापूर्वक राजतन्त्र पुनर्बहाली गर्ने अभियानको जोखिम उठाएको हो, स्रोतले भन्यो ।
यो अभियान जोखिमपूर्ण छ भन्ने कुरा बीजेपीका धेरै नेताहरूले चाल पाएका छन् । नयाँ संविधान जारी हुने मिति लम्ब्याउनुपर्ने, मिति लम्ब्याउनका लागि ठाउँठाउँमा आन्दोलन उठाएर अशान्ति मच्चाउनुपर्नेलगायत थुप्रै चुनौतीहरू रहेका छन् । अहिले ठाउँठाँउमा आन्दोलनको आगो बाल्न पनि सुरु गरिएको छ । धेरैजसो क्षेत्रका आन्दोलनमा भारतीयहरूकै सहयोग रहेको बुझिएको छ ।
तर आन्दोलन नियन्त्रण बाहिर गयो या आन्दोलनको लगाम अमेरिकाको हातमा पुग्यो भने नेपाल मात्रै होइन, भारत पनि समाप्त हुने अवस्था छ । त्यसैले राजसंस्था पुनर्बहालीको अभियानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले निकै महँगो र जोखिमपूर्ण भनेका तरुण साप्ताहिकमा खवर छ ।
यसैबीच, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द पनि भारत भ्रमणमा जाने भएका छन् । उनी भदौको दोस्रो साता दिल्ली प्रस्थान गर्दैछन् । राप्रपा नेपालका अध्यक्ष कमल थापा भने शुक्रबारदेखि नयाँ दिल्लीमा छन् । पार्टी प्रवक्ता मोहन श्रेष्ठ विरामी भई दिल्लीमा उपचार गरिरहेकाले उनको स्वास्थ्य स्थिति बुझ्ने बहानामा थापा दिल्ली पुगेका हुन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सप्तरी : सीमांकनको विरोधमा उत्रिएका मधेसी मोर्चाको अनिश्चितकालीन बन्दको क्रममा बन्दको अवज्ञा गरेको भन्दै आन्दकोलनकारीले आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा माइक्रोबसमा आगजनी गरेका छन् ।

पश्चिमबाट पूर्व जाँदै गरेको बा२ज ६२३९ नम्बरको माइक्रोबसमा यात्रुलाई गाडीबाट उतारेर आगजनी गरेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ ।


आगजनीबाट माइक्रोबस पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरीले जनाएको छ । अहिले रुपनीको अवस्था तनावग्रस्त रहेको बताइएको छ । मधेसी मोर्चाले सप्तरीमा विगत १७ दिनदेखि बन्द जारी राखेको छ। रासस
annapurnapost.com
अर्को एक वर्ष गुज्रिएको छ र एप्पल आफ्नो नयाँ संस्करण बजारमा ल्याउन तम्तयार छ । आउँदो सेप्टेम्बरमा ९ मा अमेरिकाको सानफ्रान्सिस्कोमा भव्य वाषिर्कोत्सव कार्यक्रम गर्ने तयारीमा रहेको एप्पल कम्पनीले नयाँ आइफोन कस्तो ल्याउला त ?


सन् २०११ देखि प्रत्येक वर्ष सेप्टेम्बर वा अक्टोबरमा आइफोनको नयाँ संस्करण बजारमा ल्याइरहेको छ एप्पलले । बजारमा आउनु भन्दा अगावै थुप्रै उपभोक्ता हातमा पैसा बोकेर तयार भइसकेका हुन्छन् । भनेपछि, आइफोनको नवौं पुस्ताबाट के-के अपेक्षा गर्न सकिएला ?
अहिलेसम्म बाहिर आएका चर्चाअनुसार आगामी आइफोनका यी बिशेषता हुनेछन् ।
नाम
यदि पछिल्ला प्रवृत्तिलाई निरन्तरता दिएर गत वर्षको आइफोन ६ भन्दा केहि परिमार्जित मात्र गरियो भने यसलाई ‘आइफोन ६ एस’ भनिने छ । तर, एप्पलले ह्याण्डसेटमा आमूल परिवर्तन नै गरिदियो भने यसलाई आइफोन ७ भनिन सक्छ ।
आकार
पछिल्ला वर्षहरुमा धेरैपटक आकार बढाएपछि एप्पलले यसपटक गत वर्ष जस्तै नियमित मोडलका लागि ४.७ इन्च र प्लस मोडेलका लागि ५.५ इन्चको स्त्रिmनमा चित्त बुझाउनेछ । तर, नयाँ फोन अलिकति मोटो हुन सक्छ । वालस्टि्रट जर्नलले एप्पलको विश्वसनीय स्रोतहरुको हवाला दिँदै फोनको संरचना यथावत् रहने जानकारी दिएको छ । एप्पलले आइफोन ६ मा फोटो खिच्दा धमिलो आउने समस्या समाधान गर्ने छ ।

थप नयाँ रंगमा
थुप्रै वर्षअघि एप्पलले श्याम-स्वेत सेटमा परिमार्जन गरेर सून र चाँदीका रंग समावेश गरेको थियो । एप्पलको ब्लगमा जनाइए अनुसार यस वर्ष एउटा नयाँ रंग थपिने छ, रोज गोल्ड । यो रंगमा एप्पलको घडी उत्पादन भइरहेको छ ।

कहिले आउँछ ?
एप्पलले नयाँ आइ फोन उद्घाटन भएको करिब एक सातापछि वा शुक्रबार पारेर अमेरिकामा बिक्री सुरु गर्छ । गत वर्ष औपचारिक उद्घाटन गरिएको १० दिनपछि नयाँ सेट बजारमा आएको थियो । यस पटक १८ सेप्टेम्बरका दिन यो बजारमा आउने सम्भावना धेरै छ ।
एप्पललले पठाएको निम्तो पत्र
एप्पललले पठाएको निम्तो पत्र
के हुनेछन् विशेषता ?
एप्पलले नयाँ आइफोनलाई अझ तेज प्रोसेसर र सुधारिएको क्यामेराले सुसज्जित गर्नेछ । समाचारहरुमा जनाइए अनुसार अबको क्यामेरा ८ मेगापिक्सेलबाट बढाएर १२ मेगापि्रक्सेल बनाइने छ । तर, एप्पलले विज्ञापन गर्न चाहने सबैभन्दा ठूलो विशेषता भनेको फोर्स टच नामको फिचर हुनेछ ।
एप्पल वाचमा प्रयोग भइसकेको फोर्स टचमा प्रयोगकर्ताले स्क्रिनमा छुँदा कुनै एप खुल्छ अथवा जोडले थिच्दा अतिरिक्त नियन्त्रणको सुविधा हाँसिल गर्न सक्छन् । स्रोतः सीएनएन
www.onlinekhabar.com
काठमाडौं: नेपाली युवा टोलीले घरेलु मैदानमा यू-१९ साफ च्याम्पियनसिपको उपाधि जित्दा टोलीका असली नायक बने गोलरक्षक सोजित गुरुङ।

यसअघि सन् २०१३ को एएफसी यू-१४ च्याम्पियनसिपमा नेपाली टोलीबाट गोलरक्षकको भूमिका निर्वाह गरेका सोजित एकैपटक यू-१९ मा पहिलो रोजाइको गोलरक्षकमा देखिए।प्रशिक्षक मृगेन्द्र मि श्रले उनको क्षमता देखेर नै पोस्टको जिम्मा सुम्पिएका थिए।


यसअघि यू-१६ च्याम्पियनसिपमा गोल पोस्ट समालेका रोमन रसाइसीलाई दोस्रो रोजाइमा राखे, प्रशिक्षक मिश्रले। भारतविरुद्धको फाइनल खेलमा निर्धारित समयमा आधा दर्जन प्रहार विफल बनाएका सोजितले पेनाल्टी सुटआउटमा पनि आफूलाई अब्बल साबित गरे।


‘नेपाललाई घरेलु मैदानमा यो उपाधि दिलाउन सक्दाको क्षणलाई म शब्दमा व्याख्या गर्न सक्दिनँ। आफैंले भारतको पेनाल्टी रोकेर देशलाई जिताउन पाउँदा निकै खुसी लागेको छ।

मैदानमा धेरैबेर रुन मन लाग्यो। त्यसैले रुँदै नेपालको झन्डा बोकेर मैदानमा घुमेँ। मेरो खेललाई भैरहवाको ठुटीपीपलमा रहनुभएका बुबाआमाले पनि टेलिभिजनमा हेरिरहनु भएको रहेछ।


खेल जितेपछि मैले फोन गरेँ। फोनमा बाआमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ। अत्यधिक खुसीमा पनि आँसु झर्दो रहेछ', सोजितले अन्नपूर्ण पोस्ट्सँग भने।
निर्धारित समयमै खेल जित्ने अपेक्षा गरेका सोजितले खेल पेनाल्टी सुटआउटमा तानिने कल्पनासमेत गरेका थिएनन् रे।

'१-० गोलको अग्रता हुँदा खेलको अन्तिममा दिनेश राजवंशीको ह्यान्ड भयो। आखिर कुनै पनि खेलाडीले जानेर गल्ती गर्ने होइन। मैदानमा यस्तो धेरै हुन्छ। दिनेशको ह्यान्ड भएपछि भारतले पाएको पेनाल्टी नै बचाउँछु जस्तो लागेको थियो तर, रोक्न सकिनँ।
'मेरो खेललाई भरहवाको ठुटीपीपलमा रहनुभएका बाआमाले पनि टेलिभिजनमा हेरिरहनुभएको रहेछ। खेल जितेपछि मले फोन गरेँ। फोनमा बाआमा बेस्सरी रुनुभयो, म पनि रोइरहेँ। अत्यधिक खुसीमा पनि आँसु झर्दो रहेछ।'
टाइब्रेकरमा पनि भारतको तीनवटा सट त रोक्छु भन्ने लागेको थियो। जज पनि सोहीअनुसार गरेको थिएँ तर, दुईवटामा टाइम मिलेन। मोनुद्दिनको एउटा सट त बचाएरै छाडेँ', सोजितले भने।

सोजितले पेनाल्टीमा आफ्नो टोलीका सुटरले पनि राम्रो खेलेको बताए। 'म जन्मनुभन्दा अघिको पुस्ताले २२ वर्षअघि फुटबलमा उपाधि जितेको रहेछ। लामो समयपछि पुनः त्यस्तै खुसी फर्काउन पाउँदा निकै खुसी लागेको छ।

हामी सधै भारतसँग पराजित हुने कुराले नमीठो लाग्थ्यो। अब हाम्रो पुस्ताका खेलाडीले आगामी दिनमा पनि भारतलाई हराउने क्षमता राख्छौं जस्तो लाग्छ', १६ वर्षीय सोजितले थपे।

यू-१२ देखि एन्फा एकेडेमी बुटवलमा रहेका सोजित दुई वर्षअघि काठमाडौं आएका हुन्। एन्फा एकेडेमीमा रहेर खेल र पढाइलाई सँगै अगाडि बढाएका सोजित अहिले ओलम्पियाड वर्ल्ड  कलेजमा व्यवस्थापन संकायमा दस जोड दुई पढ्दैछन्। सोजितको अबको लक्ष्य सिनियर राष्ट्रिय टोलीमा स्थान बनाउनु रहेको छ।
annapurnapost.com
सोमबार, १४ भदौ
काठमाडौं । सशस्त्र प्रहरी बलको नेतृत्व हतियार नै नचलाएका प्राविधिकको हातमा पुगेपछि कैलाली जस्तो काण्डमा सशस्त्र प्रहरीका फिल्ड कमाण्डर मैदान छाडेर भाग्न थालेका छन् ।
सशस्त्रको नेतृत्वमा इन्जीनीयर कोषराज वन्त पुगेपछि उनले मातहतका गण, सीमा सुरक्षा कार्यालय जस्ता पोस्टहरुमा छानिछानी प्राविधिकहरुलाई प्रमुखमा सरुवा गरेका छन् ।
उनलाई कोसेलीपात, भेटी चढाउने सर्तमा गणको प्रमुखमा समेत आइजीपी वन्तले आफू निकट प्राविधिकहरुलाई खटाएपछि सुरक्षा रणनीति अनुसार, ब्याकफोर्सको रुपमा रहनुपर्ने, परिचालन हुनुपर्ने सशस्त्र प्रहरी बलको टोली कैलालीमा पिठ्यु फर्काएर मैदान छाडेर भागेको थियो ।
स्रोतका अनुसार दंगा नियन्त्रणको कुनै अनुभव नभएका प्राविधिक एसपी लक्ष्मण सिंहले फायर खोल्न छाडेर हिंडेपछि नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने लगायत अधिकृतहरुको अमानवीय तरिकाले हत्या भएको निश्कर्ष निकालिएको छ ।
आइजीपी वन्तलाई रासनपानी, टीएडीए र अन्य खर्चबाट कमिसन दिने सर्तमा गणमा समेत उनले प्राविधिकलाई खटाउँदा भीडन्तको सामना गर्नबाट पछि हटेको उदाहरण कैलाली घटना हो । आजको साँघु साप्ताहिकमा समाचार छ ।
www.nepalsandesh.com
काठमाडौं, १४ भदौ । राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए ।

सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर …. केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ ।


त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए ।

स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो ।

खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह उचाल्ने पछार्ने खेलमा लागेका हुन् । साँघु साप्ताहिकमा खबर छ ।

sajhapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१८.९ इन्च लामो यौनांग भएका पुरुषको आफ्नै व्यथा छ । महिलाहरु आफुसँग सहवास गर्न निकै डराउने गरेको गुनासो उनी गर्छन् ।
गिनिज बुकमा अझैसम्म नाम नअटेको भएपनि उनको जति लामो यौनांग भएको दाबी गर्ने मर्द अहिलेसम्म दुनियामा निस्केको छैन । दुनियाकै किर्तिमानी अंग आफुसँग भएकोमा उनलाई एकातर्फ गर्व नै छ तर यसकै कारण आफुसँग महिलाहरु डराउने गरेको र आफुले यो लमतन्न परेको अंगकै कारण केही काम गर्न नसकेर अपांग जस्तै बन्नु परेकोमा भने दुखेसो छ उनलाई ।
रोबर्टो इस्क्िवभेल क्याबरेराको उमेर ५२ वर्षको भयो । उनको यौनांग यति लामो छ की त्यो सामान्य अवस्थामै सिधा पार्दा घुँडाभन्दा तल सम्म र्झछ । आफ्नो यो इश्वरीय उपहारलाई गिनिज बुकले ठाउँ देओस् भन्ने कामना छ उनको ।
दक्षिण पूर्वी मेक्सिकोको साल्टिलोका बासिन्दा रोबर्टो आफ्नो नाम गिनिज बुकमा मात्र होइन अपांगको रुपमा सरकारी किताबमा पनि दर्ता होस् भन्ने चाहन्छन् । लामो लिंगकै कारण आफु पूरै निकम्मा भएकेा र गुजारा चलाउने काम गर्न नपाएको उनको दाबी छ ।

आफ्नो लामो गुप्तांग छ भन्ने कुरा मुखले भनेर मात्र भएन । नपत्याउने मानिसहरुलाई जहाँ पायो त्यहीँ लुगा खोलेर गुप्तांग देखाउने कुरा पनि भएन । त्यसैले प्रमाणको रुपमा उनले आफ्नो यौनांग क्षेत्रको एक्सरे तस्वीर राखेका छन् । डाक्टरहरुका अनुसार उनको लिंगको मुख्य भागको लम्बाइ ६ इन्च छ र अरु बाँकी अतिरिक्त छालाको भाग हो ।
सन् २०११ मा अमेरिकाबाट उनलाई गृहनगर साल्टिलो फिर्ता गरिएको थियो । त्यहाँ उनी आफ्ना दाजुभाइले दिएको एउटा कोठामा बस्दै आएका छन् । उनको जिन्दगी निकै दुखपूर्ण छ । उनले फोहोर टिप्ने काम गर्छन् र त्यसैबाट गुजारा चलाउँदै आएका छन् ।
स्मरण रहोस् विश्वमा अहिलेसम्म सबैभन्दा लामो यौनांग भएका पुरुषको रुपमा गिनिज बुकमा दर्ज मानिस अमेरिकाका जोहान फाल्कोन हुन् । उनको लिंगको लम्बाइ १३.३८ इन्च रहेको छ । तर रोबर्टोको लिंगले मान्यता पायो भने उनले जोहानको किर्तिमानीलाई निकै पछि पारेर सायद कहिल्यै नतोडिने किर्तिमान राख्नेछन् ।
www.onlinekhabar.com
काठमाडौं: केही दिनअघि गोरखाका ६ वर्षीय सुरज (नाम परिवर्तन) ले राम्रो देखेपछि सेतो पुतली छोपेर खेलाउन थाले। एकैछिनमा उनको आँखा बिझाउन थाल्यो। आमा आएर हेर्दा उनको एउटा आँखा रातो भइसकेका थिए।

तत्कालै उनलाई उपचारका लागि स्वास्थ्य संस्था पुर्‍याइयो । स्वास्थ्यकर्मीले त्यहाँ उपचार हुन नसकेपछि उनलाई काठमाडौंको तिलगंगा आँखा प्रतिष्ठानमा रेफर गरे। तिलगंगा आइपुग्दा उनको आँखामा संक्रमण फैलिसकेको थियो । उपचारपछि उनको आँखामा केही सुधार आए पनि अझै तीनचार महिना चिकित्सकको निगरानीमा बस्नुपर्ने भएको छ।


दोलखाका ४३ वर्षीय महेश (नाम परिवर्तन) को पनि सुत्ने तरखर गरिरहेका बेला एक्कासि आँखा बिझाउन थाल्यो। बत्ती बालेर हेर्दा उनको हातमा मरेको सेतो पुतली भेटियो। त्यही पुतलीको झुस आँखामा झर्न पुगेको अनुमान गर्दै उनी आत्तिएर नजिकैको स्वास्थ्य संस्था पुगे।


तीन दिनसम्म स्वास्थ्यकर्मीले महेशको आँखाबाट पुतलीको झुस निकाल्ने प्रयास गरे। निको नभएपछि उनलाई पनि काठमाडौंको लिलगंगा आँखा प्रतिष्ठानमा रेफर गरियो।

प्रतिष्ठानमा पुग्दा उनको आँखामा पनि संक्रमण फैलिइसकेको थियो। सुरज र महेश दुवैको आँखामा यसापालि मौसमभन्दा छिटो देखा परेको डरलाग्दो रोग साफु (सिजनल इन्डोथाल्माइटिस) पुष्टि भएको छ।


पछिल्लो समय यस्ता समस्या लिएर प्रतिष्ठानमा पुग्ने बिरामीको संख्या बढ्दै गएको छ। एक महिनायता प्रतिष्ठानमा साफुबाट आँखामा संक्रमण फैलिएका सुरज र महेशसँगै अन्य ६ जना बिरामीको उपचार सुरु गरिएको छ। ती बिरामीमा साफु देखिनुमा सेतो पुतली कारक मात्रै नभएको चिकित्सक बताउँछन्।

‘कसैकसैलाई मात्र सेतो पुतलीका कारण साफुको संक्रमण फैलिएको पाइएको छ सबैमा होइन, यो रोग पूर्ण रूपमा के कारणले फैलिन्छ भन्ने अहिलेसम्म वैज्ञानिकले पनि पत्ता लगाउन सकेका छैनन्', प्रतिष्ठानका नेत्ररोग विशेषज्ञ डा. अनु मानन्धरले भनिन्, 'त्यसैले सेतो पुतलीका कारण मात्र यो रोग फैलिन्छ भन्नु गलत हो । कारण जे भए पनि हामी कसरी यसबाट बच्ने भन्ने तर्फ हामी लाग्नुपर्छ।

यो रोग संक्रमणको उच्च जोखिममा सबैभन्दा बढी पहाडी भेगका बालबालिका परेको चिकित्सक बताउँछन् । यो रोगको संक्रमणका कारण अति छिटो आँखाको ज्योति गुम्ने सक्ने खतरा रहन्छ।

प्रतिष्ठानको पछिल्लो १० वर्षको अध्ययनमा हरेक वर्ष साफुको समस्या लिएर उपचारका लागि आउनेमध्ये ३० प्रतिशत बिरामीको आँखाभित्र कीटाणुको संक्रमण भेटिने गरेको छ। हरेक वर्षजस्तो असोजदेखि मंसिरसम्म देखिने गरेको साफु यसपालि साउन तेस्रो साताबाटै देखिन थालेपछि विज्ञहरूले सचेत रहन सुझावसमेत दिएका छन्।

डा. मानन्धरले साफुबाट धेरै बालबालिकाको आँखाको ज्योति गुम्ने जोखिम रहेको भन्दै अभिभावक र बालबालिका सचेत हुनुपर्ने बताइन्। ‘तत्काल सचेतनाका कार्यक्रम सम्भव नभएकाले व्यक्ति आफै सचेत हुनु पर्ने देखिएको छ,' मानन्धरले भनिन्, ‘किनभने रोग लाग्नेबित्तिकै उपचार गरे सम्भव छ।'

उनका अनुसार एउटा आँखा अचानक रातो हुनु, उज्यालोमा हेर्न गाह्रो हुनु, आँखाको कालो भागको बीच भागमा सेतो देखिनु अत्यन्तै छोटो समयमा ज्योति ज्यादै कम हुँदै जानु, दुखाइ त्यति धेरै नहुनु तथा झट्ट हेर्दा साधारण आँखा पाक्ने जस्ता समस्या देखिए तापनि चिप्प्रो मुख्य लक्षण भएको यो रोगबाट छिट्टै आँखाको ज्योतिसमेत गुम्न सक्छ।

यो रोग लागेको आँखाको भित्री भागमा पाकेर पीपसमेत भरिन्छ।डा. मानन्धरले उक्त रोगबाट नवजात शिशुको आँखामा समेत संक्रमण फैलिएकाले सचेतना आवश्यक रहेको बताइन्। 'यो रोगबाट बच्न पुतलीको सम्पर्कबाट बालबालिकालाई टाढा राख्‍नुपर्छ,' उनले भनिन्, 'घरवरिपरि सेतो बत्तीको प्रयोग कम गर्नुपर्छ। झुल हालेर सुत्न पनि सबैलाई आग्रह गर्छु।'
annapurnapost.com
आज वि.सं. २०७२ भाद्र १४ गते सोमबार तदनुसार ई. सं. २०१५ अगस्ट ३१ तारिख
भाद्रपद कृष्ण द्वितीया, पूर्वाभाद्रा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, धृति योग, वणिज करण
आजको व्रत/पर्व : रोपाइँ जात्रा, नेवारी पर्व दथुसाया, यलमतया

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । साथीभाइबाट सहयोग जुटाउन सकिने छ । उत्साहमा बृद्धि हुनेछ । उद्योगधन्दा र बन्दव्यापारमा फाइदा हुनेछ । आम्दानीका प्रयास सफल हुनेछन् । प्रतिस्पर्र्धीहरू परास्त हुनेछन् । सामाजिक र राज्यपक्षबाट प्रशंसा, सम्मान र सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
अभिभावक वा मातापिताको आशीर्वाद लिन सके आज कुनै महत्त्वपूर्ण काम बन्नसक्छ । बन्दव्यापार र रोजगारीका क्षेत्रमा कामको चाप बढ्न सक्छ । तर जीवनसाथी र बालबच्चाबाट सहयोग लिने अनुकूलता हुँदैन । जागिरेले नजानेको वा नचाहेको कार्यक्षेत्रमा समय खर्च गर्नुपर्छ । कुनै अप्रत्याशित काममा धनखर्च हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
आज भाग्यबल राम्रो छ, त्यसैले धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आज दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोसम्म आनन्द र खुसीको वातावरण प्राप्त हुनेछ । त्यसपछि गरेका काममा ढिलोमात्र सफलता प्राप्त हुनेछ । बेलुकीपख मन आनन्दप्राप्तिका लागि आकर्षित बन्नेछ र विलासिताका भावनाहरू जागृत हुनेछन् । कुनै खुसीको खबर प्राप्त हुने सम्भावना छ । मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
आज बिहान निराशाको अनुभूति हुनेछ, घरिघरि रिस र आवेशको सिकार पनि बन्नसक्नु हुन्छ । मान्यजनसँग असमझदारी बढ्न सक्छ । सानातिना घरायसी काममा समय व्यतीत गर्नु पर्नेछ । तर दिउँसोबाट सन्तुष्टि प्राप्त हुनेछ । साँझमा सन्तति वा भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
व्यवहारिक कठिनाइको सामना भए पनि घरपरिवारका समस्या हल गर्ने वातावरण प्राप्त हुनेछ । मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ । परोपकार र दानपुण्यका क्षेत्रमा मन जानेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । आर्थिक पक्ष सबल छैन, यद्यपि केही लाभमूलक काम बन्नेछन् । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । विभिन्न सामाग्री किनमेल गर्दा महँगोमा पर्न सकिन्छ, आजका लागि थाती राख्नु बेस हुनेछ । नातागोताभित्रका विपरीतलिङ्गी सदस्यहरूको काम र समस्यामा रुमल्लिनु पर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ, तर यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो हुँदैन । आफूले ताकेअनुरूप तुरुन्त काम नबन्नाले दिक्क लाग्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

पुदिनाको अचार सबैलाई मन पर्छ तर पुदिना केवल स्वादिलो मात्र होइन निकै गुनिलो पनि हुन्छ । पुदिनामा औषधीय गुण पाइन्छ र यसको नियमित सेवनले विभिन्न खालका स्वास्थ्य समस्याको समाधानमा सघाउ पुग्छ । सहरतिर घरको छतमा, बरण्डामा, गमलामा समेत हुर्काउन गरिन्छ । त्यसैले सहरतिर कोठा भाडामा लिएर बस्नेहरुले समेत बरण्डामा गमलामा पुदिना हुर्काएर अचारको गर्जो टार्ने मात्र होइन स्वस्थ बन्न सक्छन् । पुदिनाको सेवन मात्र होइन यसका पातको लेपन बनाएर लगाउँदा विभिन्न खाले छालाका समस्या पनि कम हुन्छन् । पुदिनाका गुण निम्न छन् ः

अनुहारमा डण्डिफोर वा अरु प्रकारका खटिरा आएर हैरान हुनुभएको छ भने पुदिनाको पात मज्जाले पिँधेर कागतीको रसमा मिलाउनुहोस् अनि त्यसलाई अनुहारमा दलेर केहीबेर सुक्न दिनुहोस् । त्यसपछि चिसो पानीले पखाल्नुहोस् । केही दिन त्यसो गर्दा अनुहारका डण्डिफोर हट्नेछन्
निकै बाडुल्की लाग्ने वा हिक्का आउने समस्या छ भने पुदिनाको एक चम्चा रस एक गिलास मनतातो पानीमा मिसाएर पिउनुहोस् । सास गन्हाउने समस्या छ भने एक चम्चा पुदिनाको रस र एक चम्चा गाजरको रस मिलाएर नियमित खाने गर्नुहोस् । एक अध्ययन अनुसार पुदिना क्यान्सर रोगीका लागि पनि लाभदायक छ ।
ज्वरो आएका बेला पुदिनाको रस महमा मिलाएर खाँदा ज्वरो कम हुन्छ । अपच भएर पेट दुखेको छ भने पदिनाको रसमा अदुवाको रस र बिरे नूनको धूलो मिलाएर खानुहोस् । पिनासका बिरामीलाई पनि पुदिनाको रस लाभदायक हुने बताइन्छ ।
प्याज र पुदिनाको रस मिलाएर नाकमा नियमित हाल्ने गर्नाले पिनास कम हुन्छ । सलादमा दिनहुँ पुदिना चपाएर खानाले दाँत सड्ने, गिँजा सुन्निने जस्ता समस्या दूर हुन्छन् । पुदिनाको पात पानीमा उमालेर चिसो बनाएपछि उक्त पानी पिउने गर्नाले मुखको दुर्गन्ध हट्छ ।
खोकी लागेको बेला पुदिनाको रसमा नुन मिलाएर तातो पानीमा मिसाएर पिउनपर्छ । झाडापखाला लागेको बेला पुदिना, प्याजको रस तथा कागतीको रसको मात्रा मिलाएर खाँदा फाइदा हुन्छ । न्यूमोनियाका बिरामीलाई पनि पुदिनाको रस र मह मिलाएर खाँदा फाइदा हुन्छ ।

पुरुष महिलाको तुलनामा स्वास्थ्यको विषयमा लापर्वाही हुन्छन् । उनीहरु स्वास्थ्यको ख्याल गर्दैनन् । सामन्य स्वास्थ्य समस्या हुँदा पुरुषहरुले वेवास्ता गरिरहन्छन् । तर अलि ढिलो भएपछि यस्ता रोगबाट बँच्न मुस्किल हुन थाल्छ ।

यहाँ पुरुषलाई गम्भिर रोग लाग्नु अघि देखिने १२ लक्षणको चर्चा गरिएकोछ ।

१ अत्याधिक तिर्खा लाग्नु
यदि कुनै पनि पुरुषलाई पानी पिउन अत्याधिक चाहाना हुन्छ भने त्यो राम्रो संकेत होइन । जतिबेला पनि पानी प्यास लाग्नु मधुमेहको सकेत हुन सक्छ । शरीरको आन्तरिक कुनै पनि अंगमा रक्तश्राव भएपनि यस्तो समस्या हुन सक्छ ।

२ रिंगटा लाग्नु
चक्कर आउनु अर्थात रिंगटा लाग्नु पनि अस्वस्थताको संकेत हो । चक्कर आउनुको अर्थ हो शरीरको मुख्य भाग मस्तिस्कमा सही ढंगले रक्तसञ्चार हुन सकेको छैन । यसले शरीरमा पानी कम भएको संकेत समेत दिन्छ । त्यति मात्र होइन चक्कर लाग्नुले गम्भिर ज्वरोको संकेत समेत गर्छ ।

३ थकान
जतिबेला पनि थकान महसुस हुन्छ भने यो पनि राम्रो संकेत होइन । तपाइँलाई काम नगरीकन पनि शारीरिक वा मानसिक थकान महसुस हुन्छ भने यसले भित्र अस्वस्थताको संकेत गर्छ । यसले क्यान्सर, मुटुको समस्या वा मधुमेह भएको संकेत समेत दिन्छ ।

४ शीघ्र पतन

यदि सम्भोग गर्दा शीघ्र पतन हुने वा नटिक्ने समस्या छ भने त्यस्ता पुरुषलाई पनि सुगर अर्थात मधुमेह भएको हुन सक्छ । कतिपय मुटुका विरामी वा किडनीमा समस्या हुनेलाई समेत शीघ्र पतनको समस्या हुन्छ ।

५ भुल्ने समस्या
साना साना कुरा भुल्ने समस्या बढी नै हुन थाल्यो भने यो पनि अस्वस्थताको संकेत हो । यो सामान्य समस्या होइन । यसले गम्भिर दिमागी विरामी हुने संकेत समेत दिन्छ ।

६ दृष्टिको समस्या
आँखाले कम देख्ने धमिलो देख्ने वा टाढाको चिज नदेख्ने समस्या हुन थाल्यो भने यसले पनि मोतियाबिन्दु, ग्लकोमा, मधुमेह, आंखाको समस्या वा माइग्रेनको संकेत गर्छ ।
७ श्वास प्रश्वासमा समस्या
यदि तपाइँलाई स्वाश प्रश्वासमा समेत समस्या छ भने पनि यसले गम्भिर स्वास्थ्य समस्याको संकेत गर्छ । श्वासप्रश्वासको समस्याले फोक्सको क्यान्सर, दम वा रक्तअल्पताको संकेत गर्छ ।

८ कपाल झर्ने
यदि तपाइँको कपाल निरन्तर झरिरहेको छ र रोक्न खोज्दा सम्भव भैरहेको छैन भने यो पनि गम्भिर रोगको संकेत हुन सक्छ ।

९ स्तन क्यान्सर
स्तन क्यान्सर केवल महिलामा मात्र हुने समस्या होइन । संसारमा पुरुषहरुलाई पनि स्तन क्यान्सरको समस्या हुने गरेको छ । अहिले पनि संसारका १००० भन्दा बढी पुरुष यो रोगबाट ग्रस्त छन् । पुरुषहरुलाई अधिकाँश ६० देखि ७० वर्षको उमेरमा हुने यो रोगबारे पनि सचेत रहनु पर्छ ।

१० पिसावमा रगत 
पिसावमा रगत देखिनु गम्भिर स्वास्थ्य समस्याको संकेत हो । यसले शरीरमा आन्तरिक रक्त श्राव भैरहेको संकेत गर्छ । यस्तो भएमा तत्काल डाक्टरलाई देखाउनु बुद्धीमानी हुन्छ ।

११ छिटो छिटो शौचालय जानु पर्ने
यदि तपाइालाई छिटो छिटो शौचालय जानु पर्छ भने यो पनि गम्भिर स्वास्थ्य समस्याको संकेत हो । यस्तो भएमा मधुमेहको लक्षण हुन सक्छ ।

१२ कब्जियत
हुन त कब्जियत आम समस्या हो । तर कब्जियत बढी भयो भने ट्यूमरको खतरा हुन्छ । प्राकृतिकरुपमा मल विसर्जनमा समस्या हुन्छ भने समयमै उपचार गराउनुस्
nepaliheadlines.com
१३ भदौ, काठमाडौं ।

एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले कर्तव्यपालनाको सिलसिलामा कैलालीको टिकापुरमा मारिनु भएका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक (एसएसपी) लक्ष्मण न्यौपानेको परिवारलाई भेटेर सान्त्वना दिएका छन ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता डा भट्टराईले टिकापुर घटनाका दोषीलाई कारवाही गर्न आफ्नो पार्टीका तर्फबाट सरकारलाई आग्रह गरिसकेको समेत सो अवसरमा जानकारी गराएका थिए ।

तस्विर: बाबुराम फेसबुक

उक्त घटनाको छानबिन गर्नुपर्ने र पीडित परिवारलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने बताउँदै न्यौपाने परिवारलाई धैर्यधारण गर्न आग्रह गरेका थिए ।

न्यौपानेका छोरा सन्देश पौडेलले पूर्व प्रधानमन्त्री डा भट्टराई समक्ष निहत्था आफ्ना बाबुलाई अमानवीय यातना दिएर मार्नेलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका थिए ।

न्यौपाने परिवारलाई सान्त्वना दिदै कैलाली घटनाको सत्यतथ्य छानबिन हुने र दोषीमाथि कारवाही हुने बताएको डा भट्टराईका सहयोगी सनिप पुनले जानकारी दिए /nepaliheadlines.com
काठमाडौं : राजधानीको गैरीगाउँ पेट्रोलपम्प नजिकै मूल सडकमा बाटो काटिरहेका पैदलयात्रुलाई  बा २ ख ८३२२ नम्बरको टिपरले किचेर गम्भीर घाइते बनाएको छ ।


बाटो काटिरहेको देख्दादेख्दै पनि जबरजस्ती पेलेर अगाडि बढेको टिपरले दुईजना पुरुपलाई किचेर सडकमै ढलाएको थियो । दुवैजनाको टाउकोबाट रगत बगेको थियो । प्रत्यक्षदर्शीले घाइते दुवैलाई उद्धार गरेर अस्पताल पुर्‍याएका छन् । टिपरलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रत्यक्षदर्शीका अनुसार चालकले दुवैको ज्यानै लिने गरी ट्रक अगाडि बढाएका थिए। सडक यात्रुहरुलाई किचेर भागेका चालकलाई  प्रहरीले पक्राउ गरेको छ।  यही ठाउँ यसअघि पनि टिपरले किचेर केहीको ज्यान लिइसकेको छ।
annapurnapost.com
काठमाडौँ , भदौ १३ । कैलालीको टीकापुर घटनामा आफुहरुको सङ्लग्नता पुष्टि गर्न एमाओवादीका दुई नेताले नेकपा एमालेलाई आग्रह गरेका छन् । नेकपा एमालेको प्रचार विभागले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले सचिव योगेश भट्टराईले कैलाली घटनामा एमाओवादीका सचिव वर्षमान पुन र स्थायी समिति सदस्य जनार्दन शर्माको हात रहेको भनी अभिव्यक्ति दिएका थिए ।

त्यसको लगत्तै एमाओवादी सचिव पुनले गलत मनसायले उक्त धारणा आएको भन्दै सो विषयमा एमालेको आधिकारिक धारणा के हो प्रष्ट पार्न एमाले अध्यक्ष केपी ओली र महासचिव ईश्वर पोखरेललाई ध्यानाकर्षण गराएको स्रोतको दाबी छ ।

पुन र शर्माले आज संयुक्तरुपमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूले चिताउनसमेत नसक्ने विषयमा हचुवाको भरमा अभिव्यक्ति दिनु गलत राजनीतिक संस्कारको पराकाष्ठा भएको बताएका छन् www.etajakhabar.com

काठमाडौं, १३ भदौ । थारु कल्याण्कारी सभापका पूर्व अध्यक्ष राजकुमार लेखीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री सुशील कोइराला लगायत प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भौतिक कारवाही गर्ने चेतावनी दिएका छन् ।

उनले प्रधानमन्त्री कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादीका अध्यक्ष प्रचण्ड, एमाओवादी नेता बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावलको नामै किटेर भौतिक कारवाही गर्ने चेतावनी दिएका हुन् ।


शनिबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा लेखीले अधिकार प्राप्तीको थारुहरको आन्दोलन दबाउन प्रधानमन्त्री कोइाराला लगायतका शीर्ष नेता लागि परेको आरोप लगाउँदै तराई र थरुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारवाही गर्ने चेतावनी दिए ।

लेखीले प्रधानमन्त्री कोइराला र प्रचण्डलाई कारवाही गर्ने चेतावनी दिइरहँदा कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु हाँसिरहेका थिए ।

उनले सरकारलाई धनीराम चौधरीलाई जागिरबाट वर्खास्त गर्न र आफूलाई कारवाही गरेर देखाउन पनि चुनौति दिएका छन् । अन्नपूर्ण पोष्टमा समाचार छ ।
dainik-headline भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं । महानगरिय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले शैक्षिक परामर्श दिंदै आएका कन्सलटेन्सीहरुलाई व्यवस्थित भएर काम गर्न आग्रह गरेका छन् । नेपाल शैक्षिक परामर्श संघ(इक्यान) को १९ औं वार्षिक उत्सवको अवसरमा एसएपी खनालले आफ्नो स्वार्थपूर्तिका लागि आफ्नै छोराछोरीको भविश्यमाथि खेलवाड नगर्न चेतावनी दिए ।


कन्सलटेन्सीको नाममा जिल्ला जिल्लाबाट युवाहरु बोलाएर विदेश पढाइदिन्छु भन्ने ट्रेन बढ्दै गएको पाइएको बताउँदै एसएसपी खनालले यस्तो गैरकानुनी कार्य तत्काल नरोके कारबाहीको प्रक्रिया अगाडि बढाउने पनि बताए । विदेशीले आएर सुधार नगरिदिने बताउँदै एसएपी खनालले आफ्नो व्यवसाय व्यवस्थित गर्ने काम आफैबाट शुरु गर्नुपर्ने औंल्याए ।

सबै क्षेत्रमा विकृति तथा विसंगति भएको जानकारी गराउँदै खनालले त्यसलाई रोकथाम गर्नका लागि सरकार, नियमनकारी निकाय र व्यवसायी आफै प्रतिवद्ध भएर लाग्नु पर्ने पनि बताए । ‘निहित स्वार्थका लागि शैक्षिक परामर्शको नाममा गलत सूचना दिएर हाम्रै छोरो छोरी तथा भाइ बहिनीको भविश्वमाथि खेलवाड गर्ने जो कोहिलाई कानुनले छाड्दैन ।’ एसएसपी खनालले भने । समाज सुधारका लागि कुनै पनि कदम चाल्न आफू पछि  नपर्ने खानालले दावी गरे । उनले भने–‘प्रहरी भित्रको सुद्धीकरणमा पनि हामी लागि परेका छौं, सुद्धीकरणको क्रममा डिएसपीको फूली थुतेर इन्सपेक्टमा झारेको छु ।’

केही समय अघि माहाशाखाले शैक्षिक परामर्श उपलब्ध गराउने नाममा डुब्लिकेट कागजात बनाउने, शत प्रतिशत भिषा ग्यारेन्टी भन्दै विज्ञापन गराउने, अवैब रुपमा मेनपावरको काम गर्ने केही कन्सलटेन्सीहरुमा छापा मारेको थियो । महाशाखाले यस्ता गैरकानुनी धन्दा गर्ने सञ्चालहरुमाथि कारबाही प्रक्रिया अगाडि बढाएको छ । कार्यक्रममा इक्यानका सदस्यहरुले प्रहरीको छापाप्रति घोर आपत्ति जनाएका थिए ।
उनीहरुले छापाको नाममा प्रहरीले दुःख दिएको आरोप लगाए । उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष भाष्करराजराज कर्णिकारले प्रहरीको छापा मार्ने शैली ठिक नभएको औंल्याए । उनले भने–‘विकृति, विसंगती हरेक क्षेत्रमा हुन्छ तर, व्यवसायीलाई शून्यमा झार्ने गरी धराशायी पार्नु हुँदैन ।’
अपराध खबर बाट
headline भिडियो हेर्न तलको बाकस थिच्नुहोस
विराटनगर : विराटनगरको व्यस्त बसपार्कनजिकै आइतबार साँझ बम विष्फोट भएको छ । बम विस्फोट हुँदा एकजना घाइते भएका छन् ।

विस्फोटबाट विराटनगर–१३ का २४ वर्षीय निरज साह घाइते भएका हुन् । दाहिने हातमा चोट लागेका उनलाई उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पु¥याइएको छ ।

विराटनगर–१५ मा रहेको एल लाल एण्ड सन्स पेट्रोल पम्पनजिक विष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोट भएनजिकै मकालु टेलिभिजनको कार्यालय छ ।

मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालका अनुसार बम विष्फोट भएजस्तो आवाज सुनिएपनि घटनास्थलमा प्रहरी पुगेर घटनाको पुष्टि गर्ने बताए ।

घटनाबारे बुझ्न वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए । annapurnapost.com
काठमाडौं : आइतबार साँझ काठमाडौं उपत्यकामा ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको छ ।

साँझ ७ बजेर २ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ५ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवासहितका जिल्लामा महसुस भएको छ ।
यसअघि आइतबार बिहानै दुर्इवटा भूकम्पका धक्का महसुस भएका थिए ।

बिहान ३ बजेर ९ मिनेटमा धादिङ र ८ बजेर २६ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४.३ र ४.१ म्याग्निच्यूडका दुर्इ भूकम्पको धक्का महसुस भएका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

दुई दिनअघि पनि सिन्धुपाल्चोक र गोरखा केन्द्रविन्दु भएर भूकम्पको धक्का गएका थिए ।
काठमाडौँ, भदौ १३ ।  भुकम्पले काठमाडौँ बासीलाई फेरी एकपटक झस्काएको छ । साँझ सात बजे अचानक भुकम्पको धक्का महशुस भएपछि काठमाडौँ लगायतका शहरका मानिसहरु घर बाहिर निस्किएका छन् ।
– खेम थपलिया

नेपाली काङ्ग्रेसका युवा नेताका रूपमा प्रचारित गगन थापाले आफ्नो मृत्युको घोषणा आफैँले गरेका छन् । प्रहरी इन्कान्टरमा मारिएका कुमार घैटेको मृत्युको विषयलाई लिएर उनले गरेको कार्यकलापले यस्तो परिस्थितिको जन्म भएको हो ।

थापाले नेपाली काङ्ग्रेसका नेता तथा सभासद् जगदीश्वरनरसिंह केसी, सभासद् भीमसेनदास प्रधानसहित राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर घैंटे इमानदार भएको नजिर पेस गरे । हुन त मानिसको मृत्यु अप्रियकर विषय हो तर पनि यो प्रकरणले गगन थापाको घैटेसित नाजायज र शङ्कास्पद सम्बन्धबारे उठेका अनेकौँ प्रश्नहरूको उत्तर दिएको छ । यसअघि गगन थापाले बेला–बेलामा मदिरा पार्टी गराउने र त्यहाँ डनहरूको बाक्लो उपस्थित हुने गरेको कुरा बाहिर आउने गरेका थिए । गगनले डनहरूलाई संरक्षण, प्रोत्साहन र हौसला प्रदान गर्दै आएका थिए । यो कुराको सही प्रमाण अहिले उनी आफैँले दिएका छन् ।

घैंटे मारिनुलाई गगन थापाहरू प्रहरी ज्यादती मान्दछन् । प्रहरीहरू यसलाई आफ्नो कर्तव्य ठान्दछन् । गगन थापालाई निचन्नेहरूले उनलाई उदार विचार राख्ने, नेपाली राजनीतिमा राम्रो सम्भावना भएका नेताको रूपमा बुझ्ने ठूलै पङ्क्ति थियो तर उनको असलीयत जति जति छर्लङ्ग हुँदैछ, उति उति उनको छबि पनि ध्वस्त हुँदै गएको छ । नेपाली राजनीतिमा हरियो घाँसभित्र लुकेको साँपको रूपमा रहेका गगन थापा राजनीतिलाई आफ्नो कमाउ–धन्दाको रूपमा प्रयोग गर्ने मानिस हुन् भन्ने कुरा पनि पुष्टि भएको छ । दोस्रो संविधानसभाको निर्वाचनमा गुन्डा-डन प्रयोग गरेर सर्वाधिक भोट सङ्कलन गरी जितेका गगन थापाका गुप्त काम कारबाहीहरू अनेक रहेको बताइन्छ । फ्री तिब्बतवाला डलरवादी (कथित मानव अधिकारवादी) सुदीप पाठकको व्यवस्थापकीयमा उनी राष्ट्रिय मानव अधिकार आयोगमा पुगेका थिए । कृत्य फाइलहरू खडा गरी थापा अहिले अनेक संस्थाहरूमा दौडधूप गरिरहेका छन् । जनताको प्रश्न छ– डन मारिँदा गगनलाई यत्रो चिन्ता !

कुमार घैंटे प्रकरणसित नुवाकोटे काङ्ग्रेसीहरूको आन्तरिक लडाइँ प्रमुख कारण रहेको बताइन्छ । नुवाकोटे नेपाली काङ्ग्रेसका नेता रामशरण महत र अर्जुननरसिंह केसी एकले अर्कालाई ज्यानीदुश्मन ठान्दछन् । उनीहरूको बोलचालसमेत हुँदैन । हरेक निर्वाचनमा उनीहरूको मारमुङ्ग्री हुने गरेको छ । कुमार घैंटेलाई तह लगाउन सक्दा आफ्नो शक्ति सञ्चय हुने कारणले महत काङ्ग्रेसीहरूको मिलोमतोमा यो काम भएको मान्ने आधारहरू प्रसस्त रहेका छन् । यो कुरालाई के कुराले पनि प्रमाणित गर्दछ भने वर्तमान अर्थमन्त्री रहेका रामशरण महत वैशाख १२ मा आएको शक्तिशाली भूकम्पपछि बाँडेको जस्ताकाण्डमा नराम्ररी मुछिएका मन्त्री हुन् । अर्थमन्त्री महतका पीए रमेश महतले जस्तापाता बेचेर खाएका थिए । रमेश महत रामशरण महतका आफ्नै सहोदर भतिजासमेत हुन् । त्यो प्रकरण घटाउन र प्रचारबाजी गर्नमा नुवाकोटे केसीखलकहरू हात धोएर लागेको अरोप महतहरूले त्यतिखेरै लगाएका थिए । यो प्रकरणले महतलाई निकै गहिरो पीडा दिएको थियो । रामशरण महत यसको प्रतिरोध र प्रतिशोध लिन चाहन्थे । त्यसकारण महतले प्रहरी अधिकारीहरूसित मेसोमेलो मिलाएर कुमार घैंटे प्रकरण घटाएका हुन् ।

त्यसैगरी, नेपाली काङ्गे्रसको महाधिवेसन पनि नजिकिँदैछ । यो महाधिवेसनमा नुवाकोटे काङ्ग्रेसी मनुवाहरूको ठूलो लडाइँ हुनेवाला छ । गगन थापा यो महाधिवेसनमा महामन्त्रीमा उठ्ने चर्चा चलाइएको थियो । यो विषयलाई महतहरूले निकै गम्भीरतापूर्वक लिएका थिए । गुन्डा परिचालनको रेखदेख र परिचालनमा माहिर गगन थापा त्यसैको आडमा महामन्त्री हुने सक्ने आँकलन केसीहरूको थियो । केसीहरू क्ुनै पनि हालतमा गगन थापालाई महामन्त्रीबाट रोक्नु थियो । गगन थापा महामन्त्री हुनु भनेका केसीहरूको शक्तिमा वृद्धि हुनु थियो । केसीहरूको शक्ति वृद्धि हुनु भनेको रामशरण महतलाई खपिसक्नु हुँदैनथ्यो । फेरि अर्जुनरसिंह केसी पञ्चायतको राजनीति छाडेर नेपाली काङ्ग्रेसमा प्रवेस गरेका राजनीतिकर्मी हुन् । कैयौँ काङ्ग्रेसीजनहरू अहिले पनि केसीलाई मण्डले÷राजावादी भन्न रुचाउँछन् । हुन त रामशरण महतको पनि छबि पनि राम्रो छैन । यसकारण केसीहरूको राजनीतिक शक्तिको क्षयीकरण गराउन पनि यो घटना घटाइएको देखिन्छ ।

यसका साथै, गगन थापा अर्जुननरसिंह केसीका आफ्नै ज्वाइँ हुन् । उनीहरूको पारिवारिक सम्बन्ध सुमधुर हुने नै भयो । केसीहरूले गगन थापाको छबीलाई आफ्नो र आफ्नो पारिवारिक छबिको रूपमा पनि लिने गर्दछन् । केही समयअघि बीबीसी नेपाली सेवामा बोल्दै अर्जुननरसिंह केसीले यस्तै भाव व्यक्त गरेका थिए । गगन थापाको हरेक प्रगतिमा केसीखलकले आफ्नो शान÷रवाफ देख्ने गर्दछन् । त्यसैले यो कुराले महतहरूमा भित्रभित्रै ठूलो छटपटाहट बनाएको थियो । यसकारण पनि यो घटना सुनियोजित रूपमा घटाइएको हो भन्ने कुरामा कुनै शङ्का छैन ।

अर्को सन्दर्भ पनि के हो भने काठामाडौँ महनगरवृत्तका प्रमुख एसएसपी हालका सर्वेन्द्र खनाल महत्वाकाङ्क्षी प्रहरी अधिकृत हुन् । उनी आफ्नो सहकर्मीहरूलाई उछिनेर बढुवा हुन चाहन्छन् । यसलाई खनालले राम्रो अवसरको रूपमा लिएका थिए । केही समयपछि सरकार परिवर्तन हुने र त्यसपछिको अवस्थामा कसको के अवस्था हुन्छ भन्न नसकिने भएकोले खनालले आफ्नो महत्वाकाङ्क्षा पूरा गर्न यो कदम उठाएको हुन् भन्ने आधार पनि नभएका होइनन् । साथै, प्रहरीहरूका लेनदेनमा भएका भागवण्डामा किचलो आएका कारण पनि यो घटना भएको हो भन्नेहरू पनि निकै रहेका छन् । त्यसैले पनि यो प्रकरण नेपाली काङ्गे्रेसको राजनीतिक शक्ति सङ्घर्ष र त्यसवरिपरि रहेका शक्तिमा आसिन व्यक्तिहरूको महत्वाकाङ्क्षाका कारण यो प्रकरण भएको देखिन्छ ।

यो प्रकरणसित अर्को सन्दर्भ पनि जोडिएको छ । त्यो हो कथित सङ्घीयतासहितको संविधानको मस्यौदाको घोषणा । नेपाली जनताको चाहना र हितविपरीत भएको गृहकार्य  र तत्अनुरूप ल्याइएको संविधानका मस्यौदालाई लिएर देशभर आन्दोलनहरू उठिरहेका छन् । यो आन्दोलनलाई गृह प्रशासनको त के कुरा, सिङ्गो राज्य संयन्त्र नियन्त्रण राख्न सक्ने हैसियतमा देखिँदैन । कैलालीको टिकापुर घटनाले यो कुराको सटीक जवाफ दिइसकेको छ । तसर्थ, जनताको न्यायिक आन्दोलनलाई मत्थर गर्न वा विषायान्तर गर्न सरकारको निर्देशनमा प्रहरी प्रशासनद्वारा यो घटना घटाइएको हो भन्ने कुरामा दुईमत छैन । एमालेनिकट डन चरीको हत्यापछि बिग्रिएको एमाले पार्टी र प्रहरी प्रशासनको सम्बन्ध सुधार्न पनि नेपाली काङ्ग्रेसनिकट रहेको कुमार घैंटेको हत्या भएको हो भन्ने विश्लेषण पनि कम्ती दमदार रहेको देखिँदैन । नेपाली राजनीति कहिल्यै पनि आदर्शमा अघि बढेन । नेपाली राजनीति भनेको विकृति र विसङ्गति हो भन्ने कुरालाई राजनीतिक दलहरू र तिनका नेताहरूका क्रियाकलापले बारम्बार प्रमणित गर्दै आएको छ । कुमार घैंटे प्रकरण पनि त्यही विसङ्गति र विकृतिको अर्को शृङ्खला हो । गुन्डा र डनहरू प्रयोग गरेर आर्थिक सङ्कलन गर्ने, तिनका मनि, मसल र मिडिया प्रयोग गरे निर्वाचन जित्ने काम नेपाली राजनीतिमा संस्थागत हुँदै आएको छ । यो संसद्वादीहरूको मूलमन्त्र पनि हो ।

पछिल्लो चरणमा यो काममा सबैभन्दा अगाडि गगन थापा उभिएका थिए । नेपाली राजनीतिको आबरणमा पश्चिमा शक्तिकेन्द्रद्वारा पालित पोषित गगन थापा राजनीति अबरणमा हुर्कंदै गरेका सर्वाधिक खतरानाक डन हुन् । त्यसैले उनले आफ्ना सहयोगी डन कुमार श्रेष्ठ उर्फ कुमार घैंटेको हत्यामा भएभरको शक्ति लगाएर रोइकराई गरिररहेका छन्, शक्तिकेन्द्र धाइरहेका छन् । हुन त उनी आफू पनि शक्तिकेन्द्रद्वारा परिचालित भए पनि आफ्ना प्रभुहरूको सेवामा लागिरहेका छन् । करिब एक दर्जनजति डनहरू गगन थापाले अहिले पनि परिचालन गरिरहेका छन् । उनी ती डनहरूको रक्षा गर्न चाहन्छन् । आफ्नो राजनीतिक जीवनको रक्षार्थ ती डनहरू नभईकन नहुने कुरामा थापा अति विश्वस्त रहेका छन् । आफ्नो राजनीतिक रक्षाका कारण पनि गगन थापा यसरी खुलेर डनहरूको पक्षमा लागेका हुन् ।

नेपाली जनताको न्यायिक आन्दोलनलाई सरकारले नृशंस दमन गरिरहेको यतिखेर गगन थापालाई अरू कसैको मतलव छैन । उनलाई मतलव हुने कुरा पनि भएन । उनलाई गुन्डा÷डनहरूको मतलव छ । उनलाई कुमार घैंटेहरू चाहिएको छ । यो प्रकरणले के कुरा स्पष्ट गरेको छ भने राजनीतिकर्मी गगन थापाले आफ्नो मृत्युको घोषणा आफैँले गरेका छन् । नेपाली राजनीतिमा अब गगन थापाहरू विलाएका छन्, हराएका छन्, सिद्धिएका छन् । अब डन गगन थापाहरू मात्र बाँकी रहेका छन् । अन्तमा नेपाली काङ्गे्रसका युवा नेता गगन थापाको असमायिक मृत्युमा हार्दिक श्रद्धाञ्जली अर्पण गरौँ । साथै, डन गगन थापाबाट सजग र सतर्क रहन सबै न्यायप्रेमी जनसमुदायमा विनम्र अनुरोध पनि गरौँ ।
: source : nonstopkhabar.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस
६० जना घाइते, ३८ जना गिरफ्तार
एजेन्सी : नेपालमा जातीय सद्‍भाव विथोल्न विभिन्न तत्व भइरहँदा छिमेकी मुलुक भारतमा एक दम्पती कुटिँदा जातीय दंगा नै भएको छ ।

सामान्य झगडाका क्रममा एक समुदायका दम्पती कुटिएपछि भड्किएको जातीय दंगामा कम्तिमा ५० जना घाइते भएका छन् भने ३८ जना पक्राउ परेका छन् ।

नेपालसँगै सीमाना जोडिएको उत्तर प्रदेशको बाराबम्की जिल्लामा भएको साधारण घटनाले साम्प्रदायिक तनावको रुपमा लिएको हो । शनिबार भएको जातीय हिंसापछि आइतबार पनि त्यहाँको माहोल तनावग्रस्त छ ।
जातीय दंगा भड्केर मानिसहरु एकअर्कामाथि आक्रमणमा उत्रँदा थप सुरक्षा बल नै तैनाथ गर्नुपरेको छ । पुलिस पक्राउ गरेका ३८ जना मानिसमाथि मुद्धा दर्ता गरिएको छ ।

यो घटना बाराबम्कि जिल्लाको सिद्धौर कस्बेमा भएको हो । समाचार अनुासर एक समुदायका मानिसले सामान्य विवादपछि एक दम्पतीलार्इ कुटपिट गरेका थिए ।


आफ्नो समुदायका दम्पती कुटिएको थाहा पाएपछि उग्र भएका अर्को समुदायका मानिसले दम्पती कुट्ने समुदायका दोकान र घरमा आगो लगाइदिए । त्यसपछि दुबै समुदायबीचको भिडन्तले साम्प्रदायिक दंगाको रुप लियो ।

कयौं दोकानमा लागेको आगो प्रहरीले दमकल लिएर निभायो । उता प्रहरीमाथि पनि एक समुदायमाथिमात्रै कारबाही चलाएको आरोप लागेको छ ।

आक्रोशत भींडले दुर्इजना प्रहरी जवालार्इ मरनासन्न हुनेगरी कुटपिट गरेको छ । भीडलार्इ लखेट्न प्रहरीले हवार्इ फायरिङ समेत गर्नुपर्‍यो ।


युपीका एसपी अब्दुल हमिदका अनुसार ३८ जना मानिसमाथि मुद्धा चलाइएको छ । घटनास्थलमा थप सुरक्षाबल खटाइएको छ । पुलिसले शनिबारदेखि नै दंगाग्रस्त क्षेत्रमा कडा निगरानी गरिरहेको छ । यो घटनालार्इ नियन्त्रण लिन लापरबाही गरेको भन्दै त्यहाँका पुलिस इन्चार्जलार्इ निलम्बि गरिएको छ ।
www.annapurnapost.com
अष्ट्रियामा सडक किनारमा रोकिराखेको एक मालबहाक ट्रकभित्र ५०१ जनाको शव फेला परेको छ ।

हंगेरीसँग सीमा जोडिएको क्षेत्रमा भेटिएको ट्रकभित्रै मृत्यु भएकाहरु आप्रवासी नागरिकहरु भएको शंका गरिएको छ । ती शवहरुमा चार बालबालिकासमेत रहेको जनाइएको छ । ट्रकमा सवार ती मानिसहरुको एक/दुई दिनअघि मृत्यु भएको अनुमान गरिएको छ ।

त्यहाँको प्रहरीले ती आप्रवासीहरु सिरियाली नागरिक भएको हुन सक्ने र यात्राकैक्रममा मृत्यु भएको शंका गरेको छ । ट्रकका चालक फरार रहेकाले प्रहरीले खोजी तीव्र पारेको जनाएको छ ।www.nepaljapan.com
१३ भदौ, काठमाडौंं । अमेरिकामा उपचार गराइरहेका बालक आदित्य दाहालको विषयमा सामाजिक सञ्जालमा अफवाह फैलाइएपछि उनको नामबाट खुलेको प्रतिष्ठानले प्रहरीमा जाने तयारी गरेको छ ।
अफवाह फैलाउने अनलाइन र सामाजिक सञ्जाल प्रयोगकर्ता विरुद्ध साइबर क्राइममा उजुरी दिन लागिएको प्रतिष्ठानका उपाध्यक्ष लक्ष्मीप्रसाद प्रसाईले बताए ।
‘अमेरिकामा उहाँको मृत्यू भयो भनेर भ्रम फैलाउन खोजिएको छ,’ उनले अनलाइनखबरसित भने, ‘हामी कानूनी उपचार खोज्नेछौं ।’ उनले बालक आदित्यको अवस्था अहिले सामान्य रहेको जानकारी दिए ।
www.onlinekhabar.com
चितवन : थारु कल्याणकारिणीसभा चितवनले गरेको बन्दमा नारायणगढका व्यवसायीले बजार खोल्न दबाब दिएपछि दुई पक्षबीच झडप हुँदा नौ जना घाइते भएका छन् ।

झडपका क्रममा वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक सत्यनारायण थापा सामान्य घाइते भएको चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सहकुलबहादुर थापाले बताए । सो क्रममा आठजना बन्दकर्ता सामान्य घाइते भएको थारु कल्याणकारी सभा चितवनका अध्यक्ष विश्राम महतोले बताए ।

बन्द गराउने र खुलाउने बीचमा विवाद भएपछि अवस्था सामान्य बनाउन सहजीकरणमा जुटेका प्रहरी निरीक्षक थापालाई ढुङ्गाले बायाँ कुहिनोमा चोट लागेको छ ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । थापाले दुई पक्ष मिलाउने क्रममा ढुङ्गाले हातमा लागेको बताए ।

यता महतोले बन्द नगर्न बिहानैदेखि दबाब दिँदै आएको समूहले आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाए।

बन्दका कारण जनजीवन प्रभावित बनेको छ । सवारी साधन सहज सञ्चालन नभएपछि लामो दूरीका सवारी साधनलाई सुरक्षा दिएर गन्तव्यतर्फ पठाइएको छ ।

प्रहरी प्रमुख थापाले बिहान ११ बजेसम्म ३ सय गाडीलाई गन्तव्यतर्फ पठाइएको बताए । पूर्वबाट आएका गाडीलाई वाइपास हुँदै मुग्लिन र पश्चिमतर्फ पठाइएको छ भने पश्चिमतर्फबाट आएका गाडीलाई नारायणी किनारको बाटो प्रयोग गरी मुग्लिन तथा पूर्वतर्फ पठाइएको उनले बताए ।

बन्दले कलकारखाना, बजार, शैक्षिक संस्थासमेत ठप्प छन् । चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने, विगतमा भएका थारुसँगको सम्झौता कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै चितवनका थारु समुदाय आन्दोलित बनेका हुन् ।

थारु कल्याणकारिणी सभा चितवनका सभापति महतोले आफ्नो बन्द शान्तिपूर्ण भएको बताए । रासस annapurnapost.com
भदौ १३, चितवन ।
चितवन नारायणगढको पुल्चोकमा थारु बन्दकर्ता र व्यवसायीबीच झडप हुदा प्रहरी निरिक्षकसहित आधा दर्जन बढी घाइते भएका छन् । बन्दको प्रतिवादमा उत्रिएका व्यवसायी र बन्दकर्ताबीच झडप भएको हो ।

झडप रोक्ने  क्रममा प्रहरीले केहीबेर लाठीचार्ज गरेको थियो । झडपको क्रममा बन्दकर्ताले हानेको ढुङ्गाले लागेर प्रहरी निरिक्षक सत्यनारायण थापा घाईते भएका छन । उनको हातमा चोट लागेको छ । झडप पछि नारायणगढको स्थिती तनावपुर्ण भएको हाम्रा सहकर्मीले जनाएका छन् ।
पुर्वदेखी पश्चिमसम्मको तराई भू–भागमा ३ प्रदेश कायम गरिनुपर्ने, चितवनलाई प्रादेशिक राजधानी बनाउनुपर्ने लगायत माग राख्दै थारु कल्याणकारिणी सभाले आज चितवन बन्द आव्हान गरेको छ ।
बन्दका कारण यातायात, शैक्षिक संस्था तथा बजारपसल खुल्न नसक्दा जनजीवन प्रभावित भएको छ । पूर्वपश्चिम राजमार्गमा केही ठुला सवारी साधन तथा सार्वजनिक यातायातका साधन भने प्रहरीको स्कर्टिङमा सञ्चालन भइरहेको हाम्रा सहकर्मीले जनाएका छन् ।
radiokantipurdiary भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, भाद्र १३,
चकलेट नायिका पुजना प्रधानसंग नेपालपाटी डट कमको गाईजात्रे प्रश्न

१. तपाई देशको पहिलो महिला प्रधानमन्त्री बन्नुभयो भने ?


म देशको पहिलो महिला प्रधानमन्त्री बनेँ भने हेर जनता हो अब देखि हामी नेपाली हाम्रो नेपाल भन्नु अनि थर  स्त्री र पुरुष मात्र लेख्नु भन्थे । त्यसपछि जातीय द्धन्द पनि हुँदैनथ्यो । भागवण्डा पनि हुँदैनथ्यो ।

२. बिहान उठ्दा केटा देखिनु भयो भने ?

बिहान उठ्दा केटा देखिए भने बाटोमा केटीलाई जिस्काउने, केटीलाई बेच्ने, बच्चालाई बलात्कार गर्ने र श्रीमतीलाई कुट्नेहरुलाई खोजी–खोजी ढुटो हुने गरी कुट्थेँ ।


३. तपाई आर्यन सिङदेलको श्रीमती भएको भए के गर्नु हुन्थ्यो ?

उसले जे गर्थ्यो म नी त्यही गर्थे किनकी उ हिरो म हिरोईन ।

४. गाईजात्रा कहाँ हेर्न जानुपर्छ ?

खोई अहिले नेपालमा जात्रै जात्रा छ । ठाउमै गएर किन हेर्नुपर्यो र ?


५. आफु भन्दा राम्री केटी र राम्रो केटा देख्दा के सोच्नुहुन्छ ?

भगवानले सबै मान्छेहरुको आँखा हुने ठाउँमा आँखा, नाक हुने ठाउमा नाक, मुख हुने ठाउमा मुख, कान हुने ठाउमा कान बनाउँदा पनि किन सबैको अनुहार नमिलेको होला भनेर सोच्छु ।


६. धेरै पैसा पाउनुभो भने के गर्नुहुन्छ ?

अहिलेसम्म त कमाएको पैसाले समाज गर्दै आएँ । अब भने अरुले जस्तै समाजसेवाको नाममा पैसा उठाएर घर र गाडी किन्नु पर्ला । अहिले त्यस्तै मान्छेहरुको गुणगान हुन्छ।

७. तपाईको भावी श्रीमान कस्तो हुनुपर्छ ?

जस्तो वुद्धिमानी र सुरज सिंह ठकुरी जस्तो हैण्डसम अनि सलमान खान जस्तो समाजसेवी हुनुपर्छ ।

८. केटीहरुले किन होला हैण्डसम केटा मात्र रोज्ने ?

केटाहरुले चै कहाँ नराम्री केटी रोज्छ त ।

९. ट्वाइलेट जाँदा चुकुल लागेन भने ?
ट्वाईलेटको चक्कुल लागेन भने म भित्रबाट जोडले गीत गाएर बस्छु ।

१०. स्वीमिङ गर्दागर्दै कस्टम हरायो भने ?
त्यस्तो त जादुले मात्र हुन्छ  ।कस्टम हरायो भने म पनि पुलबाट बाहिर ननिस्की जादुले हराउथेँ ।

ephilokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आन्दोलनरत पक्षका माग सम्बोधन गर्न चार दल सकारात्मक
२०७२ भदौ १३

काठमाडौं, १३ भदौ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले संविधान निर्माण प्रक्रिया अब कुनै हालतमा पनि नरोकिने बताउनुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको शीर्ष चार नेताको बैठकबाट बाहिरिँदै गच्छदारले विभिन्न

आन्दोलनबाट संविधान निर्माण प्रक्रिया रोक्न माग आइरहेका बेला गच्छदारले कडा शब्दमा अब कुनै हालतमा पनि संविधान बनेरै छाड्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘संविधान निर्माणको प्रक्रिया अब अन्तिम चरणमा छ, यसलाई रोक्न एकदमै असम्भव छ, जसरी बन्दुकबाट गोली निस्केपछि कहि पनि रोकिँदैन् त्यसरी नै संविधान निर्माण प्रक्रिया अब कुनै हालतमा पनि रोकिँदैन् ।’
उहाँले संविधानको परिमार्जित विधेयकमा आज छलफल सकिने लागेको बताउँदै अब ७ दिनभित्रमा असन्तुष्ट सबै पक्षलाई वार्तामा ल्याउने प्रयास गरिने बताउनुभयो । ‘शीर्ष नेतृत्वको बैठकमा आन्दोलनरत पक्षलाई सहमतिमा ल्याउन ७ दिनको समय छुट्याइएको छ,’ उहाँले भन्नुभयो ।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
कुबेत– अदालतको कठघरामा उभ्याइदासम्म उनी निकै डराएकी थिइन् । होचो कद र पातलो शरीरकी उनको अनुहारलाई बुर्काले ढाकेको थियो । आँखा मात्रै देखिन्थ्यो । न्यायाधीशले बयान लिन अनुमति दिएपछि दोभाषे बाराका केदारनाथ खरेल अगाडि गएर उभिए ।
उनले ’तिमीलाई बलात्कार भयो भनेर प्रहरीले मुद्दा दायर गरेको छ,’ कुबेती वकिलले भनेपछि अरबी भाषालाई नेपालीमा अनुवाद गर्दे खरेलले उनलाई प्रश्न गरे, ’बलात्कार कसरी हुन गयो ?’ फेरि उनलाई प्रश्न सोधियो । २७ बर्षीया युवतीले तुरुन्तै जवाफ दिइन् । जब उनले जवाफ दिन थालिन् उनका आँखाबाट आँशुका ढिक्का खस्न थाले । अदालतभरी उनको सुँक्क सुँक्क आवाजमात्रै सुनियो । टाउको छोपेको सलले उनले आँखा र मुख छोप्न थालिन् । तर, पीडालाई लुकाउन सकिनन् । उनको रुवाईको आवाज झन् बढ्यो । उनको रुवाईले अदालत स्तब्ध भयो । केहीबेरका लागि अदालती सुनुवाई पनि प्रभावित भयो । न्यायाधीशदेखि अन्य उपस्थित ब्यक्तिहरु स्तब्ध थिए । निकैबेर अदालतमा उनको सुक्क सुक्क मात्रै सुनियो । बाँकी अदालत मौन रह्यो ।
मौनता चिर्दै फेरि खरेल बोले, ’बहिनी डराउनु पर्दैन । तिम्रो साथमा हामी छौं । साँचो कुरा बताइदेऊ ।’ उनले आँशु पुछिन् । ’दिनभरिको कामले थाकेर चल्न पनि नसक्ने भएर म सुतिरहेको थिएँ,’ बल्ल उनको ओठ चल्यो, ’केही गहुँगो बस्तु आएर थिचेजस्तो लाग्यो ।’ त्यो गहु्रङगो वस्तु उनले काम गर्ने घरको मालिक्निको छोरा थियो । ’म चिच्याउन खोजें, उसले मेरो घाँटी थिच्यो,’ यति भनेर उनी फेरि रोइन् । उसले उनलाई कराए मारिदिने धम्की दियो । ’म ऊसामु आत्मसमपर्ण गर्न बाध्य भएँ,’ उनले भनिन् ।
खरेलले उनको बयानलाई जस्ताको तस्तै अरबीमा न्यायाधीश सामु बताइदिए । उनलाई पटकपटक ज्यान मार्ने धम्की दिएर बलत्कार गरिएको थियो । दुई तले घरको छतमा उनको कोठा थियो । कोठामा चुकुल थिएन । मालिक्नीका अरु पनि छोरा थिए । केही पहिले अर्को छोराले पनि उनको कोठामा छिर्ने प्रयास गरेको थियो । त्यतिबेला मालिक्नीले थाहा पाएर छोरालाई गाली गर्दै लगेकी थिइन् । घरेलु कामदारका रुपमा सात महिना अघि मात्रै उनी कुबेत आइपुगेकी थिइन् । श्रीमानले दोश्रो बिबाह गरेपछि दुई छोराछोरीलाई पाल्न उनी हाउसमेड बनेकी थिइन् । त्यस घरमा आठ भाई छोरा, एक छोरी र बुढाबुढी थिए । बलात्कार हुनेबित्तिकै प्रहरीमा उनको मुद्दा दर्ता भएको थिएन । बिरामी भएर परिक्षण गर्न जाँदा गर्भवती भएपछि अस्पताल प्रशासनले प्रहरीको जिम्मा लगाएको थियो । त्यही उनले प्रहरीलाई आफ्नो बलत्कार भएको बताएकी थिइन् ।
तीन दिनसम्म सुनुवाई भएपछि अदालतले सुनुवाईको अर्को तारिख दिएको छ । बलात्कृत नेपाली युवतीलाई प्रहरीको जिम्मा लगाइएको छ । बलत्कारी कुबेती युवालाई अनुसन्धानको लागि प्रहरीले थुनेको छ । कुबेतस्थित नेपाली दुताबासले कुबेत प्रहरीले नै मुद्दा हेरेकोले पीडित आफुहरुको सम्र्पकमा नआएको जनाएको छ । ’थप बुझेर पीडितलाई न्याय दिलाउने काम हामी गर्नेछौं,’ कुबेतका लागि नेपाली राजदुत यज्ञबहादुर हमालले भने । कान्तिपुर दैनिकबाट
kathmandutoday.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home