काठमाडौं, २७ मंसिर । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको अभिव्यक्तिलाई लिएर नेपाल परिवार दलले आपत्ति जनाएको छ ।
हाल भारत भ्रमण रहेका महतोले नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)मा तराई मधेस स्टडी ग्रुपले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा मधेस आन्दोलन सफल नभए नेपालबाट मधेस अलग हुनसक्ने बताएका थिए ।
उक्त भनाईमा आपत्ति जनाउँदै सोमबार परिवार दलका अध्यक्ष एकनाथ ढकालले विज्ञप्ति जारी गरेर नेपालको सार्बभौम सत्ता र राष्ट्रिय अखण्डताविरुद्ध देश बिखन्डन गर्ने प्रकारको गैर जिम्मेवार अभिव्यक्ति नदिन महतोलाई चेतावनी समेत दिएको छ ।
‘तराई मधेसको आन्दोलन नितान्त नेपालको आन्तरिक मामिला हो र यसको जायज मागहरु सम्बोधन गर्नु नेपाल सरकारको दायित्व हो । उत्तेजना र आबेगमा आयर आफ्नो मातृभूमि माथि धावा बोल्ने अधिकार कसैमा पनि छैन ।’ विज्ञप्तिमा भनिएको छ ।
यस्ता अराजक अभिव्यक्तिले सिंगो आन्दोलन लाइ नै अराजक बनाउन सक्ने भएकाले तराई मधेसका सम्पूर्ण नेपाली नागरिकहरुलाई सजग रहन र शान्ति पूर्ण तरिकाले आफ्ना हक र अधिकारको लागि लड्न परिवार दलले आग्रह समेत गरेको छ ।
‘विनाशकारी भूकम्प, ३ महिना भन्दा लामो आन्दोलन र नाकाबन्दीले सिथिल भएको मुलुकमा समस्या समाधानको नया आशा पलायाको बेला कसैले पनि परिस्थिति भड्काउने प्रकारको गतिबिधि नगर्न र देश भित्रै निकास खोज्न नेपाल परिवार दल आग्रह गर्दछ ।’ विज्ञप्तिमा उल्लेख छ ।
dainiknepal

मंसिर २८, २०७२- सरकारले श्वेतपत्र जारी गरेको करिब तीन सातापछि कार्यान्वयनका लागि कार्ययोजना तयार पारेको छ ।
इन्धन विरण पारदर्शी बनाउन फागुनभित्र उपभोक्ता कार्ड वितरण, नेपाल छिर्ने ग्यास बुलेटमध्ये ६० प्रतिशत उपत्यकालाई, तत्कालका लागि भूकम्प पछिको पुनर्निर्माण र आत्मनिर्भर तथा उत्पादन वृद्धिलगायत गतिविधि समेटी कार्ययोजना तयार पारिएको हो ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको कार्ययोजनामा श्वेतपत्रमा उल्लेखित कार्यक्रमका लागि गर्नुपर्ने गतिविधि, समयअवधि र सरकारी निकायको काम तोकिएको छ । श्वेतपत्रमा उल्लेखित कार्यक्रमहरूको अनुगमन गर्न निजी क्षेत्र सम्मिलित उच्चस्तरीय अनुगमन समिति गठन गर्ने उल्लेख छ । यसै महिनाभित्र उक्त समिति गठन हुने उल्लेख छ । ‘यस समितिले परिस्थितिको विश्लेषण गरी तत्काल चाल्नुपर्ने कदमहरू पहिचान गरी कार्यान्वयनका लागि सरकारलाई सिफारिस गर्ने छ,’ कार्ययोजनामा भनिएको छ ।
५० बुँदे कार्ययोजनामा आधारभूत तथा अत्यावश्यक उपभोग्य वस्तुहरू चीन, बंगलादेशलगायत मुलुकहरूसँग अनुदान सहयोग वा खरिद गरी प्राप्त गर्ने उल्लेख छ । साथै आपूर्तिका लागि सबै विकल्प खुला गरी यो कामको जिम्मा वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई दिइएको छ । भारतबाट हाल थोरै संख्यामा भित्रने ग्यास बुलेटमध्ये ६० प्रतिशत ग्यास उपत्यकामा वितरण गरिने छ । पेट्रोल, डिजेल, मटितेल तथा ग्यासलगायत इन्धन वितरणसम्बन्धी कार्यक्रमका लागि फागुन मसान्तसम्म उपभोक्ता कार्ड वितरण गरिसक्ने कार्यक्रमलाई दोहोर्याइएको छ ।
तत्कालीन प्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको सरकारको पालामा पनि उपभोक्ता कार्ड वितरण गर्ने कार्यक्रम ल्याइएको थियो । तर, कार्यान्वयन हुन सकेको थिएन । यसका साथै इन्धन वितरणमा टोकन प्रणाली तथा मोबाइल एसएमएसको व्यवस्था गर्ने पनि दोहोर्याइएको छ ।
इन्धन वितरणमा अनियमितता बढेको गुनासो बढे पनि यी दुवै कार्यक्रम गर्ने घोषणा सरकारले नाकाबन्दी सुरु भएलगत्तै गरेको थियो । वाणिज्य र गृह मन्त्रालयले निरन्तर कालोबजारीको विषयमा अनुगमन गरी कारबाही गर्ने विषय पनि पुन: समावेश गरिएको छ ।
साथै पेट्रोलियम पदार्थ आयातको वैकल्पिक व्यवस्था मिलाउन चीन, बंगलादेश, खाडी मुलुक तथा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यापार सम्झौता गर्ने समावेश छ । श्वेतपत्रमा चीनसँग सम्झौताबारे कुनै उल्लेख थिएन । मंसिरभित्रै तातोपानी र रसुवागढी नाका सुचारु गर्ने दाबी गरिएको छ । ‘खाना पकाउने इन्डक्सन चुलोलगायत उपकरणको आयात सहजीकरण गर्ने र बिक्री वितरण गर्ने,’ कार्ययोजनामा भनिएको छ, ‘विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन गर्ने ।’ श्वेतपत्र कार्यान्वयनमा बढी जिम्मेवारी वाणिज्य तथा आपूर्ति मन्त्रालयको देखिन्छ । कार्ययोजना कार्यान्वयनका लागि आफैंले नेतृत्व गर्ने अनुगमन संयन्त्रले निरन्तर समीक्षा, मूल्यांकन गर्ने अर्थमन्त्री विष्ण पौडेलले बताए । ‘कार्ययोजनामा कुन कार्यक्रम कसले गर्ने ? के गर्ने र कहिलेसम्म गर्ने भनेर उल्लेख गरिएको छ,’ उनले भने, ‘सो अनुसारको भए नभएको समीक्षा, मूल्यांकन गरी प्रभावकारी कार्यान्वयनका लागि काम गर्ने छौं ।’
साथै उद्योग तथा कृषिमा आत्मनिर्भर र उत्पादन वृद्धिका कार्यक्रमहरूसमेत समावेश गरिएको छ । उक्त कार्यक्रममा भने सहकारीलाई बढी क्रियाशील बनाउने जनाइएको छ । ‘उत्पादनका कार्यक्रमलाई बढावा दिन प्रस्तावित औद्योगिक व्यवसाय ऐन र विशेष आर्थिक क्षेत्र (सेज) ऐनलाई पारित गराउन पहल गर्ने,’ कार्ययोजनामा भनिएको छ । यो काम आगामी असार मसान्तभित्र गरिसक्ने उल्लेख छ ।
बृहत्तर धान उत्पादन तथा आत्मनिर्भरताका कार्यक्रमलाई निरन्तरता दिने उल्लेख छ । गहुँ, मकै र तरकारीमा आत्मनिर्भरका कार्यक्रमको तयारी फागुनभित्र गरिसक्ने उल्लेख छ । ‘फागुनदेखि दलहन, तेलहन, दूध तथा दूधजन्य पदार्थमा आत्मनिर्भर कार्यक्रमलाई निरन्तरता दिने,’ कार्ययोजनामा भनिएको छ ।
कोलकाता बन्दरगाह तथा सीमाका भन्सार नाकामा रोकिएका कन्टेनरहरूमा लाग्ने विलम्ब शुल्क छुट गराउनका लागि पुस मसान्तभित्र कूटनीतिक पहल गरिसक्ने उल्लेख छ । तेस्रो मुलुकबाट आयात गरिएका सामान नेपाल प्रवेश गर्न नपाउँदा करिब ६ अर्ब रुपैयाँ बराबर विलम्ब शुल्क उठिसकेको व्यवसायीले बताएका छन् । करिब ५ हजार कन्टेनर कोलकाता तथा भारतका विभिन्न भन्सार नाकामा रोकिएका छन् । भारतको अघोषित नाकाबन्दी र तराईमा जारी आन्दोलनले सामग्रीहरूको आयात निर्यात कम भई राजस्व प्रभावित भएकाले राजस्व संकलनमा वैकल्पिक कार्ययोजना तयार पार्ने उल्लेख छ । यो काम मंसिरभित्र अर्थ मन्त्रालयले गरिसक्नुपर्ने छ । त्यस्तै चालू आर्थिक वर्षभित्र कार्यक्रम तथा आयोजनाहरूको पुन: प्राथमिकीकरण गरिने छ । ‘हामी बजेटको मध्यावधि समीक्षाको चरणमा छौं । समीक्षा पछिको अनुभवका आधारमा पुन: प्रथमिकीकरण गर्ने छौं,’ पौडेलले भने ।
विदेशस्थित नेपाली नियोगहरूलाई अन्तर्राष्ट्रिय स्तरमा हालको समस्याको यथार्थ चित्रण गरी वैदेशिक सहायता, लगानी, पर्यटन प्रवद्र्धन, व्यापार विविधीकरणमा संक्रिया बनाउने उल्लेख छ । यो काममा गैरआवासीय संघ (एनआरएनए) का स्थानीय संगठनहरूको सहयोग लिइने छ । ‘कूटनीतिसम्बन्धी मार्गदर्शन तयार गर्ने, कूटनीतिक नियोगमार्फत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमार्फत सूचना प्रवाह गर्ने र पर्यटन प्रवद्र्धनका लागि प्रचारप्रसार गर्ने,’ कार्ययोजनामा भनिएको छ । परराष्ट्र र संस्कृत पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमार्फत उक्त कामहरू निरन्तर गरिने छ ।
भूकम्प पछिको पुनर्निर्माण, ठूला पूर्वाधार निर्माण र सञ्चालन, उत्पादन र सेवा क्षेत्रका साथै सामाजिक विकासमा गैरआवासीय नेपालीहरूको लगानी वृद्धि गर्न प्रोत्साहन र सहजीकरण गर्ने कार्यक्रमका लागि लगानी क्षेत्र र आयोजनाको पहिचान, सार्वजनिक निजी साझेदारी (पीपीपी) मार्फत लगानीको वातावरण बनाउन परामर्श बैठक, आयोजनाको तयारी, मूल्यांकन तथा स्वीकृति निर्देशिका बनाउने उल्लेख छ । यी सबै काम फागुन मसान्तभित्र अर्थ मन्त्रालय र योजना आयोगले गर्नुपर्ने छ ।
भूकम्पपछिको पुनर्निर्माणका लागि युवाहरूलाई स्वयंसेवामा परिचालन गर्नका लागि हरेक निर्वाचन क्षेत्रमा स्काउट तथा मास्टर प्रशिक्षक तयार पारी उनीहरूमार्फत कार्यक्रम लागू गरिने छ । पुस मसान्तभित्र युवा परिचालन कार्यविधिसमेत तयार पारिने छ ।
पुनर्निर्माण प्राधिकरण गठन नभएसम्मका लागि योजना आयोगले गर्ने कार्यक्रमसमेत निर्धारण गरिएको छ । तीन महिनाभित्र आधिकारिक ट्रेड युनियनको निर्वाचन गराइसक्ने विषय पनि उल्लेख गरिएको छ ।kantipur.ekantipur

सोमबार, २८ मंसिर
काठमाडौं । नेपाल सरकारले चीन र बंगलादेशसँग इन्धन लगायत अत्यावश्यकीय सामग्री खरिद गर्ने प्रकृया थालेपछि बंगलादेशसँग भारतको सम्बन्ध चिसिएको छ ।
बंगलादेशले नेपाललाई भारतसँग जोडीएको बन्दरगाह र विमानस्थल समेत उपलब्ध गराउने बताउँदै आएपछि भारतको टाउको दुखाई सुरु भएको हो ।
भारतले बंगलादेशलाई यस्तो काम नगर्न पटक पटक चेतावनी दिदै आएको थियो ।अहिले नेपाल सरकारले स्वेत पत्रनै जारी गरेर तेस्रो मुलुकसँग सामान किन्ने र व्यापार बढाउने निर्णय गरिसकेको छ ।
यस्तोमा बंगलादेश पनि आफ्नो व्यापार बढ्ने भएकाले नेपाललाई बन्दरगाह र विमानस्थल समेत प्रयोग गर्ने दिएर व्यापार बढाउने पक्षमा छ ।
तर, भारतले बंगलादेशलाई आफुसँग गने नेपालको व्यापार नलिन कुटनीतिक पहल र आग्रह समेत थालेको छ । बंगलादेशमा रहेका भारतीय राजदुतले यो कुरा बंगाल सरकारलाई जानकारी गराएको छ ।
बंगलादेशमा रहेको भारतीय दुतावासले नेपालसँग आफुहरको पुस्तौं पुरानो सम्बन्ध रहेको र व्यापार पनि सोहै अनुसार भएकाले नेपाललाई आकर्षण गर्ने प्याकेज नल्याउन धम्की दिएका छन् ।
उनले नेपालकै आन्तरिक समस्याका कारण सीमामा अबरोध भएको बंगलादेशलाई जानकार गराएकाे थियाे ।
बंगलादेश सरकार नेपालसँग नयाँ ढंगले व्यापार गर्न इच्छुक रहेको देखिएको छ ।
यस्तो अवस्थामा भारतले गरिरहेको पहल र भ्रम चिर्न नेपाल सरकारले समेत पहल थाल्नुपर्ने भएको छ । र नेपालबाट २७ किलोमिटर पर रहेको बंगालको बन्दरगाहसम्मको पहँच बिस्तार गर्न सक्नुपर्ने देखिन्छ ।
nepalsandesh

२८ मंसिर, काठमाडौं ।
भारतले मधेसी मोर्चालाई के निर्देशन दियो ? अहिले धेरैले यस्तो प्रश्न गरिरहेका छन् । नरेन्द्र मोदीले भेटसमेत नदिएर फर्काएका मधेसी मोर्चाका नेताहरुलाई भारतले दिएको तीनबुँदे निर्देशनले मोर्चाका नेताहरुलाई लुरुक्क बनाएर फर्काइदिएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।
मधेसी मोर्चाका नेताहरुसागै दिल्ली पुगेका एकजना पत्रकारले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई भेटेपछि दिल्लीबाटै कांग्रेसका केही नेतालाई फोन गरेर मधेसी मोर्चा ओली–प्रचण्ड गठबन्धनमा सामेल हुन सक्ने संकेत सुनाएको चर्चाले राजनीति गर्माएको छ ।
स्रोतका अनुसार मधेसी मोर्चा केही महिनाभित्र ओली सरकारमा सामेल हुने र २०७४ माघसम्म यही सरकार निरन्तर हुने खबर सुनेपछि कांग्रेसमा खैलाबैला मच्चिएको छ । त्यही भएर कांग्रेस संसदबाट भूकम्प पीडित जनताको पक्षमा काम गर्ने प्राधिकरण गठन सम्बन्धी विधयेक समेत अघि बढ्न नदिने गरी अवरोधमा उत्रिएको हो ।
भारत सरकारले मधेसी मोर्चालाई स्पष्ट सन्देश दिएको छ । त्यो के हो भने, नाकामा जारी धर्नाबाट फिर्ता हुने, संविधान संसोधन विधयेक पारित गर्ने र तीन महिनाभित्र सीमाकंन हेरफेर गरेर राष्ट्रिय सहमतिको सरकारमा सहभागी हुने ।
कांग्रेस नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन हुने अवस्था नदेखिएकोले अहिलेकै गठबन्धनसँग मधेसी मोर्चा मिल्न उपयुक्त हुनेसम्मको सुझाव भारतले दिएको उच्च स्रोतको दाबी छ । दिल्लीबाट फर्किएलगत्तै मधेसी मोर्चा वार्ता र संवादप्रति लचिलोमात्र भएको छैन, सीमा नाकाबाट अघोषित रुपमै धर्नाकारीहरु बिस्तारै हट्न थालेका छन् । आजकोसाँघु साप्ताहिकमा खबर छ ।
nepaliheadlines.

२८ मंसिर,झापा ।
झापा, मोरङ र सुनसरी ‘मधेस प्रदेश’ मा राख्नुपर्ने मागलाई आन्दोलनरत मधेसी मोर्चाले मुख्य माग बनाएको छ। तर, जिल्लाका सर्वसाधारण, राजनीतिक कार्यकर्ता तथा बौद्धिक जमात त्यसको विपक्षमा छन्। लामो समयदेखि ‘संघीय नेपाल’ को पक्षमा वकालत गरिरहेका अध्येता नै यी तीन जिल्लामा मधेसी मोर्चाले गरेको दाबी ‘अनावश्यक’ रहेको बताइरहेका छन्।
‘नेपाली राजनीतिक नेतृत्वले संघीय प्रदेशको सीमांकन मनोगत ढंगले गरेको छ,’ भद्रपुरस्थित मेची बहुमुखी क्याम्पस भद्रपुरका राजनीतिशास्त्रका सहप्राध्यापक भीम सुब्बाले भने, ‘अहिलेको सीमांकन संघीयताका सिद्धान्त र नीतिविरुद्ध छ।’ उनका अनुसार जातीय, सांस्कृतिक, आर्थिक र सामाजिक परिवेशको अध्ययन नगरी प्रदेश विभाजन गर्दा समस्या सिर्जना भएको हो।
‘झापा, मोरङ र सुनसरीलाई दुई नम्बर प्रदेशमा राख्नु जातीय, सामाजिक र सांस्कृतिक बनोटका हिसाबले पनि ठिक छैन,’ झापामा बसेर लामो समयदेखि समावेशी र संघीय नेपालको पक्षमा वकालत गर्दै आएका सुब्बाले थपे, ‘कोसीपारिको र कोसीवारिको बनोट र विविधताले पनि मधेसी मोर्चाको माग उचित छैन भन्ने पुष्टि गर्छ।’
सहप्राध्यापक सुब्बाले राजनीतिक समितिमार्फत सीमांकनको मुद्दा टुंग्याउने विषय पनि अपरिपक्व रहेको टिप्पणी गरे। मनोगत र स्वार्थगत सीमांकनले वर्तमानमा समस्याको निकास निस्किए पनि भविष्यमा गम्भीर असर पर्ने उनको धारणा छ। ‘भूगोल निर्जीव कुरा हो तर त्यहाँको सामाजिक, आर्थिक र सांस्कृतिक पहिचान सजीव हुन्,’ उनले थपे, ‘त्यही आधारबाटै वैज्ञानिक ढंगले सीमांकन टुंग्याउनुपर्छ।’
किराँत इतिहासका अध्येता झापा काँकडभिट्टाका गोपीलाल लिम्बू यी तीन जिल्ला दुई नम्बर प्रदेशमा राख्न नहुने बताउँछन्। भन्छन्, ‘ऐतिहासिक आधारमा झापा, मोरङ र सुनसरीलाई पूर्वी पहाडबाट छुट्याउन हुँदैन। यसको अलग पहिचान छ। सीमांकनमा यसको निरन्तरता कायम हुनुपर्छ।’
प्रदेश सीमांकनप्रति असन्तुष्ट मधेसी मोर्चाले आन्दोलन गरिरहेकै बेला पहिचान पक्षधर लिम्बुवान पार्टी पनि आफ्नै दाबी दोहोर्या्इरहेको छ। ‘झापा, मोरङ र सुनसरी एक नम्बर प्रदेशबाट अलग गर्नै मिल्दैन,’ संघीय लिम्बुवान पार्टी झापाका अध्यक्ष धनबहादुर पन्धाकले भने, ‘ऐतिहासिक पृष्ठभूमिका आधारमा, प्रमाणका आधारमा, तीन जिल्लालाई लिम्बुवान प्रदेशमा राख्नुपर्छ।’
पन्धाकका अनुसार मधेसी मोर्चाले झापा, मोरङ र सुनसरीमाथि गरेको दाबी गलत छ। ‘मधेसी मोर्चाले तीन जिल्लामा कुन आधारले दाबी गर्दैछ, खै के छ ऐतिहासिक र पहिचानको आधार?’ उनले प्रश्न गर्दै थपे, ‘हाम्रो दाबी आजको होइन।’ अध्यक्ष पन्धाकले राजनीतिक सहमतिमार्फत समस्याको निकास निकाल्न सुझाव दिए।
‘सहमति गर्नुको विकल्प छैन, झापा, मोरङ र सुनसरीका विषयमा मधेसी मोर्चा भ्रममा छ,’ उनले थपे, ‘नत्र यहाँ आन्दोलनले नछोएको सत्यलाई पनि बुझे हुन्छ।’ नागरिक दैनिकमा खबर छ ।nepaliheadlines

काठमाडाैं । प्रधानमन्त्री केपी ओलीकै कारण चीनसँग इन्धन व्यापार सम्झौता रोकीएको तथ्य सार्वजनिक भएको छ ।
भारतले अघोषित रुपमा नेपालमाथि नाकाबन्दी लगाएपछि देशभर इन्धनको हाहाकार मच्चीरहेका बेला प्रधानमन्त्री ओली भने भारतबाटै तेल आइहाल्छ नी भन्ने मान्यतामा रहेका छन् ।
असोज ७ गतेबाट भारतले नेपालमा सम्झौता विपरित इन्धन लगायतका अत्यावश्यक वस्तुहरुको आयातमा रोक लगाएको थियो ।
अहिले फेरि बिस्तारै नाका सहज पारेको भान दिन थालेपनि उस्को माग पुरा नहुन्जेलसम्म भारतले् यसरी नै बेला बेलामा सहज र बेला बेलामा कडा पार्ने नीति लिएको छ ।
भारतले इन्धन आयात रोकेपछि नेपाल सरकारले चीनसँग विकल्प खोजेको थियो । खरिद सम्झौता गरेपछि व्यापारिक सम्झौता गर्न भने सरकारले आलटाल गरिरहेको छ ।
कात्तिक १८ गते चीनमा नै इन्धन सम्झौता भएको थियो । कुल मागको कम्तिमा ३३ प्रतिशत इन्धन ल्याउनेगरि गरिएको सम्झौता अहिले अलपत्र छ ।
चिनियाँ सरकारले मन्त्रपरिषद्बाटै निर्णय गर्न र उच्च तहको राजनीतिक भ्रमण मार्फत् प्रतिवद्धता जनाउन भनेकामा सरकार चुप बसेको छ । अझै प्रधानमन्त्री ओलीले आफ्नो सपना चकनाचुर भएको बताइरहेको अवस्थामा चिनियाँ सहयोगलाई सहज रुपमा स्विकार गर्न नचाहेको पनि देखिन्छ ।
चीनले नै रसुवागढीदेखि गल्छी सम्मको सडक गर्ने सम्मको बचन समेत दिइसकेको अवस्थामा सरकार उदासीन बन्दा आम जनता थप मारमा पर्ने भएका छन् ।
प्रधानमन्त्री ओलीको सरकारलाई ढाल्न पनि षड्यन्त्रहरु भैरहेका छन् । ओलीले यही कुरा बुझेर पनि चिनसँग नजिक नहुनु राम्रो सोचेका होलान् ।
भारतले उनलाई घुमाउरो भाषमा धम्की दिइरहेको छ । भारतले चीनसँग इन्धन किने सरकार त्यही दिन सरकार ढल्ने धकी दिएको उच्च स्रोतको दाबी छ ।
ओलीले पनि यो कुरा बुझेकाले चुप बसेको आरोप लाग्न थालेको छ । यता नेपाल भित्रै पनि प्रचण्डलाई उचालेर ओली सरकार गिराउने कसरतमा कांग्रेस लागेको, उता भारत झन चिढिने सम्भावना रहेकाले ओली चुप बसेको बताइन्छ । चीनसँग इन्धन किन्नेबारेमा मन्त्रीपरिषद् मौन बस्नु यसको गतिलो उदाहरण हो ।
अझ चीनसँगको उच्च सम्बादमा जाने भनेका उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा बेलायत तीर लाग्नुले पनि यसको पुष्टि गर्छ । आखिर कस्का कारण ओली डराए वा काम गर्न सकेनन् ? त्यो भविश्यमा देखिएला । तर, जनताले आश गरेका व्यक्ति नै उदाशीन हुँदा भने समस्या झनै भयावह बन्ने देखिन्छ ।

गोरखा, २८ मंसिर । ४ आइतलीकी जितकुमारी गुरुङलाई भाइबहिनीले रातभरि रोएर सुत्नै दिँदैनन् । धेरैजसो रात आगो तापेरै बिताउने गरेको उनले सुनाइन् ।
‘जाडोले उनीहरू पनि निदाउँदैनन्, रोएर हामीलाई पनि सुत्न दिँदैनन्’, उनले भनिन्, ‘अनि उठेर आगो फुक्छौं। सबै परिवार आगो तापेर रात बिताउँछौं ।’
पर्म लगाएर बनाएको एउटा घर पनि भूकम्पले भत्काएपछि उनको १० जनाको परिवार गोठमा बस्दै आएको छ। ‘केही दिनदेखि चिसो बढेर गोठमा बस्नै नसक्ने भएको छु, उनले बाध्यता सुनाइन्, ‘लगाउने बाक्लो कपडा पनि छैन । ओढ्नेओछ्याउने पनि छैनन्।’ अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनका दुईबर्से, चारबर्से, सातबर्से, दसबर्से, १३ बर्से, १५ बर्से र २१ बर्से भाइबहिनी छन् । ‘जाडोले राति ब्युँझेपछि रुन थाल्छन् । कोही खाना खाएर पल्टेदेखि ननिदाउन्जेल रोइरहन्छन्’, जितकुमारीले भनिन्, ‘केटाकेटी पालैपालो रुँदा ठूला मान्छेले सुत्नै पाइँदैन।’
उनको घरमा अलिअलि भएको अन्न पनि भूकम्पले पुरेको थियो। बारीमा अलिअलि भएको गहुँ पनि भित्र्याउने आँट नहुँदा अहिले सन्तानलाई पेटभरि खुवाउन समस्या भएको जितकुमारीकी आमा कान्छी गुरुङले बताइन् । ‘खेती गर्ने बेला हातमा काम आएन। किनेर खुवाउन कमाइ छैन’, उनले भनिन्, ‘यी लालाबालालाई अलिअलि भात र अलिअलि उसिनेको पिँडालु खुवाएर छाक टारेकी छु ।’
कान्छीको परिवार चित्राले बारेर र त्रिपाल ओढाएर बनाइएको गोठमा बस्दै आएको आठ महिना भएको छ। त्रिपालबाट शीत चुहिएर सुत्न समस्या भएको उनकी १३ बर्से छोरी मन्सिलाले बताइन् ।
‘कहिलेकहीं यस्सो झकाइहाल्यो भने आँखा र कानमा शीत परेर झस्काइदिन्छ’, मन्सिला भन्छिन्, ‘हामी त झस्केर ब्युँझिन्छौं। भाइबहिनीचाहिँ झस्केर रुन थाल्छन् ।’ बुबाआमाले ढुंगामाटो लगाएर छिट्टै न्यानो घर बनाउलान् र ढुक्कले बसौंला भन्ने आस छ उनलाई।
उनलाई बितेको सात महिनाभन्दा आउँदो दुई महिना कसरी बिताउने भन्ने चिन्ता छ । सरकारले घर बनाउन खर्च दिन्छ भन्ने आस पनि नलागेको कान्छी बताउँछिन् ।
‘सरकारले घर बनाइदिन्छ भन्ने त मेलापात जाँदा सुनेकी छु’, उनी भन्छिन्, ‘तर बनाइदिन्छ कि बनाइदिँदैन, राहत पाइन्छ कि पाइँदैन, केही थाहा छैन। मतलब पनि छैन । आस पनि छैन । छोराहरूले कहिले कमाउँछन् र घर बनाउँछन् हिमालय उच्चमाविमा पढ्ने कान्छीका आठ सन्तानलाई अहिलेसम्म त कसैले राहतमा दिएको कापीकलमले पुगेको छ । त्यसपछि कसरी पुर्याउने हो, थाहा छैन’, उनले भनिन्, ‘झोला दिएथे, फाटिगयो ।’
हिमालको फेदीमा अब हिउँ पर्न थाल्छ । चित्राले बारेको गोठमा लालाबाला लिएर कसरी जाडो कटाउने भन्ने पिरलोले सताउन थालेको उनले बताइन्।
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस

मधेस आन्दोलनका नेता उपेन्द्र यादव शनिबार साँझ भारतीय राजदुत रणजित रायसमक्ष निक्कै भावुक रुपमा प्रस्तुत भए र कुरा नसकिंदै दुतावासबाट निस्किए ।
परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भएको चारबुँदे सहमति र भावी रणनीतिबारे विश्लेषण गर्न राजदुत रायले शनिबार साँझ मधेसी दलका नेताहरुलाई कक्टेलसहितको रात्रीभोजमा बोलाएका थिए ।
रात्रीभोजमा सामेल उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, रामनरेश राय लगायतका केही नेताहरुको अनुहार भने उज्यालो थिएन । युद्ध हारेको जस्तो अनुहार लिएर भारतीय दुतावास पुगेका मधेसी दलका नेताहरु उस्तै अनुहारमा फर्किएका छन् ।
स्रोतका अनुसार ब्रिफिङका क्रममा राजदुत रायले उपेन्द्र यादवको नाम पटकपटक लिंदै चारपाँचवटा विषयमा डिग्री हासिल गरेको विद्धान नेता भन्दै फुक्र्याउने कोशिश गरेको एक नेताले सुनाए । चार बुँदे सहमतिबाट प्राप्त उपलब्धीलाई टेकेर अघि बढ्न राजदुतले आग्रह गरिरहेकै बेला उपेन्द्र यादवले सोधे, ‘के के उपलब्धी भयो ?
चार महिना लामो पीडादायी आन्दोलनबाट हामीले यो उपलब्धी हासिल गर्यौं भनेर जनतामा जान सकिने बुँदाहरु के के छन् ?’ तर, राजदुतले उपलब्धी विस्तारै देखिंदै जाने भन्दै कुरा अन्तै मोडे ।
मधेसी नेताहरुले उधारो सम्झौताले तराईमा जान नसक्ने र आन्दोलन स्थगित गरी गए जनताले लखेट्ने बताएका थिए । तर, राजदुतले तत्कालै सुरक्षित अवतरण गर्न नसकिए चिनियाँ संलग्नता बढ्ने खतरलाई पनि नबिर्सन आग्रह गरेका थिए । तरुण nepaliheadlines

काठमाडौ । सरकारले मलेसिया र खाडी मुलुकमा रोजगारीलाई जान ५ महिना अघिदेखि लागु गरेको ‘फ्रि भीसा र टीकट’ कार्यन्यन भए नभएको अनुगमन गर्ने भएको छ ।
फ्रि भिसा र फ्रि टिकट नाममात्रैको भएपछि श्रम तथा रोजगार मन्त्रालयले बल्ल अवस्था अनुगमन गर्ने निर्णय गरेको छ ।
ती देशमा जाने कामदारहरु ठगिएको गुनासो बढेपछि श्रमका सहसचिव तथा प्रवक्ताको संयोजकत्वमा त्यसको अनुगमन गर्ने निर्णय गरिएको हो ।
श्रम सचिब राजकुमार आर्चायले ‘फ्रि भीसा र फ्रि टिकट’ को कार्यान्वयन अवस्था अध्ययन गरी प्रतिवेदन पेश गर्न आईतबारदेखि सहसचिव गोविन्दमणि भुर्तेललाई जिम्मा दिएको श्रम सचिव रामकुमार आचार्यले बताए ।
सरकारले मलेसिया र खाडीका कतार, साउदी अरब, संयुक्त अरब इमिरेट्स, बहराईन, ओमन र कुवेत जाने कामदारलाई भीसा र दुई दुई हवाई टीकट निशुल्क हुने निर्णयसहित ती देशको लागि ०६० बैशाख २४ गते लागु गरेको लागत शुल्क खारेज गरेको थियो ।
तर, निशुल्कको निर्णय कार्यान्वयन नहुँदा कामदार ठगिने गरेका छन् ।अाज कान्तिपुरमा समाचार छ ।

आजको राशिफल
ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । वैदेशिक क्षेत्रमा काम गर्ने वा घरपरिवारबाट टाढा बस्नेका लागि राम्रो दिन छ । व्यापार गर्नेले सोचेजस्तै लाभ लिन सक्नेछन् । कर्मचारीले विवादमा रुमल्लिनु परे पनि विजय आफ्र्न पक्षमा रहने छ । परोपकार वा समाजसेवा गर्दा भाग्य चम्किने कर्मसिद्धिको समय छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज भाग्यबल राम्रो छ, त्यसैले धार्मिक र सामाजिक क्षेत्रमा धनराशि खर्च गर्न मन हौसिने छ । मानसम्मान र प्रतिष्ठा प्राप्त गर्न गरिएका प्रयास सफल हुनेछन् । बिगतमा भएका कमीकमजोरी सच्याउने मौका प्राप्त हुनेछ । परोपकारी काममा खटिनु पर्ने भएकाले व्यवसायिक गतिविधिमा असर पर्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने दिनको पूर्वाद्र्धभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ । साथीभाइ र समाजले तपाईंको भावनालाई ढिलो गरी बुझ्ने छन् । मनमा विरक्तिका भावना सञ्चरण हुन सक्छन् । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मन रमणीयतातर्फ आकर्षित बन्नेछ । भावुकता र काल्पनिकतामा अल्मलिएर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । दाम्पत्य सम्बन्ध वा प्रेमी÷प्रेमिकाका बीचमा चिसोपन देखिनसक्छ । के गरौं र के गरौं भइरहनाले निर्णय क्षमतामा कमी आउन सक्छ । दैनिक कामधन्दा र बन्दव्यापार सामान्य नै रहने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन मिश्रित परिणाम प्राप्त हुने दिन हो । दिनको सुरुवातमा ज्ञानगुन र बौद्धिकताका क्षेत्रमा मन आकर्षित भए पनि दिउँसो मानसिक चिन्ता र छटपटीले व्याकुल हुन सकिन्छ । प्रतिस्पर्धी र कुरा काट्नेले तपाईंका विरुद्धमा प्रचारबाजी गर्नसक्छन् । घरमा आमा वा दिदीको स्वास्थ्य प्रतिकूल बन्नसक्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
आजबाट पारिवारिक वातावरणमा सुधार आउने छ । पैसाको मामिलामा खासै फरक पर्ने देखिन्न । ज्ञान, बुद्धि र विवेकलाई प्रयोग गर्न सके लाभ हुनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा सक्रियता बढ्ने छ । बौद्धिक र सृजनात्मक काममा सफलता मिल्नेछ । समाजमा तपाईंको बुद्धिको प्रशंसा हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ । बन्दव्यापारमा लाभै हुनेछ । प्रेमसम्बन्धमा सुधार आउने छ । आमाबुवाको स्वास्थ्यमा सुधार आउने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ, सचेत हुनुहोस् । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन । उता समाजमा तपाईंको चियोचर्चो गर्ने र कुरा काट्नेको सङ्ख्या बढेको अनुभूति हुनेछ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
डुब्न लागेको धन फिर्ता आउने वा लामो समयदेखि रोकिएको काम बन्ने दिन छ । नयाँ ठाउँको यात्रा हुनसक्छ वा नयाँ मित्र बनाउँदा मन त्यसै फुरुङ्ग हुनेछ । आर्थिक पक्षमा उल्लेखनीय लाभ प्राप्त हुनेछ । स्वादिष्ट व्यञ्जन प्राप्त हुने योग छ । स्वास्थ्यपक्षमा राम्रो संकेत छ । बोलीमा मिठास आउने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
मन त्यसैत्यसै उत्ताउलो र चञ्चल बन्नसक्छ । दुःखसुख, आयव्यय, सफलता–असफलता उस्तैउस्तै होला । सोचे अनुसार विभिन्न ठाउँको यात्रा पनि हुनसक्छ, तर यात्राबाट पर्याप्त लाभ हुन सक्दैन । नयाँ व्यापार वा व्यवसायतर्फ हात हाल्नु राम्रो हुँदैन । आफूले ताकेअनुरूप तुरुन्त काम नबन्नाले दिक्क लाग्नसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
मिश्रित प्रभाव प्राप्त हुने भए पनि आजको दिन सकारात्मक छैन । दिउँसो शत्रुपक्षका अनिष्ट व्यवहारको सन्देश प्राप्त हुने देखिन्छ । प्रतिशोधको भावना त्याग्नु राम्रो हुनेछ । कृषिजन्य व्यवसायमा गरिएको मिहिनेतबाट लाभ प्राप्त हुन नसक्दा दिक्क लाग्न सक्छ । सानातिना कामको झमेला आउनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
सामाजिक क्षेत्रमा मानसम्मान र प्रतिष्ठामा प्राप्ति हुने सम्भावना छ, तर आफ्नै क्रियाकलापले नकारात्मक असर पर्न सक्छ । तपाईंले गर्नु भएको बाचा पूरा गर्न सङ्घर्ष गर्नुपर्छ । जोखिम हुने काममा हात नहाल्नु राम्रो हुन्छ । मातापिताको आशीर्वादले काम गर्छ, त्यसैले मान्यजनको इच्छा र चाहनालाई बेवास्ता गर्नुहुँदैन । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

काठमाडौं, २८ मंसिर-
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको सत्तापक्ष, प्रमुख प्रतिपक्ष र मधेसी मोर्चाबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । सत्तापक्ष, कांग्रेस र मोर्चा तीनै पक्ष जिम्मेवार नहुँदा चार महिनादेखि विभिन्न चरणमा भएका वार्ता उपलब्धिविहीन हुँदै आएका छन् । आइतबारको वार्तामा तीनै पक्ष आ–आफ्नै अडानमा रहेपछि मुख्य विषयले प्रवेश नै पाएन ।
मोर्चाले विगतमा राख्दै आएका मागको विषयमा छलफलसमेत हुन सकेन । बैठकमा अवरुद्ध संसद् कसरी खुलाउने भन्ने तत्कालीन समस्याबारे मात्रै छलफल भएको थियो । कांग्रेस आफ्नो दुईबुँदे संविधान संशोधनको विधेयक संसद्बाट पारित गराउनुपर्ने अडानमा छ । उक्त प्रस्ताव पारित गर्न संसद्को कार्यसूचीमा नपरेसम्म पुनर्निर्माण विधेयक पारित गर्न नदिने भन्दै कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।
तर, मधेसी मोर्चा पुनर्निर्माण विधेयक मात्रै पारित गर्न दिन सहमत छ । ११ बुँदे मागलाई प्याकेजमा सहमति गरी संविधान संशोधन र पुनर्निर्माण विधेयक सँगसँगै पारित गर्न माग गर्दै आएको मोर्चाका वार्ताटोली सदस्य लक्ष्मणलाल कर्णले बताउँछन् ।
सहमति गर्न भारतको दबाब
नाकाबन्दी र मधेस समस्या समाधानबारे छलफल गर्न उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा दुईपटक भारत गए । थापा फर्किएपछि मोर्चाका नेताहरूले भारत भ्रमण गरे । थापाले बुझाएको तीनबुँदे प्रस्ताव भारतीय पक्षबाट मोर्चाका नेताको हातमा पुगेपछि मोर्चाले आफ्नो धारणा बनाउन सकेको छैन । तर, भारतले सहमति गर्न मोर्चालाई दबाब दिइरहेको छ । मोर्चा नेताहरूको भारत भ्रमणको वेला भारतीय विदेशमन्त्री सुष्मा स्वराजले र फर्किएपछि नेपालका लागि भारतीय राजदूत रणजित रायले शनिबार दूतावासमा ‘लन्च मिटिङ’ राखेर सहमति गर्न सुझाब दिएका थिए । तर, उनीहरूको अडान स्पष्ट भएको छैन ।
अडान राख्नुमा कांग्रेसको स्वार्थ
तराई–मधेसमा आफ्नो जनाधार कायम राख्न कांग्रेसले संशोधन प्रस्तावमा अडान लिन चाहेको छ । तर, संशोधन प्रस्तावमा मधेसी मोर्चाले विरोध गरेपछि पनि कांग्रेसले आफ्नो धारणा ‘अपडेट’ गरेको छैन । राज्यका हरेक निकायमा समावेशी समानुपातिक प्रतिनिधित्व र जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्ने संशोधन प्रस्ताव पारित गराउने अडानमा कांग्रेस छ । तर, योभन्दा बढी ६ खर्ब खर्च गर्ने पुनर्निर्माण प्राधिकरणमा कांग्रेसले आफ्नो नेतृत्व खोजेको छ ।
मोर्चा पनि अलमलमा
संघीय लोकतान्त्रिक मधेसी मोर्चाले राखेको ११ बुँदे मागबारे सत्तापक्षले आधिकारिक धारणा दिएको छैन । सरकारले राखेको तीनबँुदे प्रस्तावबारे पनि मोर्चाले आधिकारिक धारणा बनाएको छैन । मोर्चाले ११ बुँदेमा कतिसम्म लचिलो हुने र तीनबुँदेको विकल्प के हुने भन्नेमा दुई पक्षबीच छलफल भएको छैन । ‘सरकार अहिलेसम्म कसरी प्रस्तुत हुने वा हाम्रो ११ बुँदे माग कतिसम्म पूरा गर्ने भन्नेमा प्रस्ट छैन, त्यसले हामीलाई पनि अलमलमा पारेको छ,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
etajakhabar

काठमाडौ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापो मङ्गलबार वेलायतको भ्रमणमा जाने भएका छन् ।
उपप्रधानमन्त्री थापाका स्वकीय सचिव राजाराम बर्तौलाका अनुसार नेपाल र बेलायतको दौत्य सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा पुस १ गते आयोजना हुने विशेष स्वागत समारोहमा भाग लिन बेलायत जान लागेका हुन ।
बेलायतको लन्डनमा उनले समकक्षी फिलिप ह्यामोन्डलगायतका उच्च अधिकारीसँग भेट गर्ने र भ्रमणका क्रममा बुधबार आयोजना गरिने भोजमा वरिष्ठ नेता एवम् मन्त्री तथा उच्च पदस्थ अधिकारीका साथै संसद्का प्रतिनिधिसँग पनि भेटर्वाता हुने बताइएकाे छ ।
बिहीबार नेपाल र बेलायतबीचको दोश्रो द्विपक्षीय परामर्श बैठकमा मन्त्रालयका सहसचिव नेतृत्वको टोलीले भाग लिनेछ ।उपप्रधानमन्त्री थापाको भ्रमणका क्रममा बेलायतमा रहेका नेपालीसँग पनि भेट तथा छलफलको कार्यक्रम राखिएको छ ।
परराष्ट्रमन्त्री थापा आगामी पुस ६ गते स्वदेश फिर्ता हुने कार्यक्रम तय भएको छ । उनीका साथ मन्त्रालयका उच्च पदस्थ अधिकारीहरु समेत बेलायत जाने भएका छन् ।

काठमाडाै ।
तयारीविनै हुन्छन् वार्ता
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आइतबार २ देखि ३ बजेसम्म सत्तापक्ष, कांग्रेस र मधेसी मोर्चाबीच वार्ता भयो ।
नेपाली जनता संकटमा परेको वेला दलहरू गम्भीर वार्तामा हुने अपेक्षा गरिएको थियो ।
तर, वार्तामा न सत्तापक्षले मोर्चाका ११ बुँदे मागबारे प्रतिक्रिया दियो, न प्रतिपक्षले विकल्प दियो । मधेसी मोर्चाको भनाइमा तयारीविनै बसेको वार्तामा चिया गफभन्दा बढी केही भएन ।
मुद्दामा प्रवेश चाहन्नन् नेताहरू
गत शुक्रबारको जस्तै आइतबारको वार्ता पनि मूल विषयमा प्रवेश नगरी टुंगियो । हरेक वार्तामा मूल मुद्दाले प्रवेश नै पाउँदैन, गफगाफमै सकिन्छ । वार्तामा मोर्चाका माग र तीनबुँदे प्रस्तावबारे कुनै छलफल भएन ।
वार्तामा सहभागी मोर्चा नेता मनीष सुमनका अनुसार संसद् कसरी खुलाउने भन्नेबारे छलफल भयो, अन्य विषयमा ठोस कुरा भएन ।
कांग्रेस आफ्नै अडानमा
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक र भूकम्पपछिको पुनर्निर्माण विधेयक संसद्बाट सँगसँगै पारित गराउनुपर्ने कांग्रेसको अडान छ ।
तर, संशोधन प्रस्तावमा मधेसी मोर्चाको असहमति छ । सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्ण दुईबुँदे संशोधन प्रस्तावले समस्या समाधान नहुने भएकाले कांग्रेस अडानमा बस्नु गलत भएको बताउँछन् । तर, कांग्रेस त्यही विधेयकको अडानमा छ ।
मोर्चा पनि अलमलमा
संघीय लोकतान्त्रिक मधेसी मोर्चाले राखेको ११ बुँदे मागबारे सत्तापक्षले आधिकारिक धारणा दिएको छैन । सरकारले राखेको तीनबँुदे प्रस्तावबारे पनि मोर्चाले आधिकारिक धारणा बनाएको छैन ।
मोर्चाले ११ बुँदेमा कतिसम्म लचिलो हुने र तीनबुँदेको विकल्प के हुने भन्नेमा दुई पक्षबीच छलफल भएको छैन । ‘सरकार अहिलेसम्म कसरी प्रस्तुत हुने वा हाम्रो ११ बुँदे माग कतिसम्म पूरा गर्ने भन्नेमा प्रस्ट छैन, त्यसले हामीलाई पनि अलमलमा पारेको छ,’ तमलोपा अध्यक्ष महन्थ ठाकुरको भनाइ छ ।
वार्ताबारे मोर्चाभित्रै विवाद
मधेसी मोर्चा्भित्र पनि आन्दोलन कि वार्ता भन्नेमा विवाद छ । ११ बँुदे माग पूरा नभएसम्म काठमाडौं नफर्किने भन्दै सद्भावना अध्यक्ष राजेन्द्र महतो तराई–मधेसमै छन् । उनले वार्ताबाट निकासजता अनुकूल हुन्छ उतै जाने मुडमा छन् ।
संसद् बैठक लगातार अवरुद्ध
व्यवस्थापिका–संसद्को आइतबारको बैठक पनि प्रमुख प्रतिपक्षी कांग्रेसले अवरुद्ध गरेको छ । सुरु हुनेबित्तिकै कांग्रेसका सांसदले उठेर अवरोध गरेपछि संसद्को बैठक मंगलबारसम्मका लागि स्थगित भएको हो । ६ कात्तिकयता संसद् बैठक चल्न सकेको छैन ।अाजकाे नयाँपत्रिकामा समाचार छ।

काठमाडौ । नेपालमा कम्युनिष्टहरु फुटेर धुजा धुजाछन् ।
चोइटिएका नेताहरु अर्काेको अस्तित्व स्बिकारदैनन् ।अगल अगल झुप्रो बनाएका नेताहरु एकै ठाँउको दुर्लभ जस्तै हो ।
काठमाडौंमा आइतबार त्यही दुर्लभ भेटको संयोग कर्ता भने झनै दुर्लभ नेता थिए ।
अर्धभुमिगत भनिएका नेकपा मसालका महामन्त्री पुराना कम्युनिष्ट नेता मोहनविक्रम सिंहको संयोजकमा आधा दर्जन कम्युनिष्ट पार्टीका नेतहरुको जमघट भयो ।
तर उनी चाही सभा हको पछिल्तिरको दायाँ कुनामा चुपचाप बसेका थिए ।प्युठानी पुराना कम्युनिष्ट नेता खगुलाल गुरुङको अभिनन्दन समारोहका संयोजक मोहनविक्रम सिंह नै उपस्थित कार्यकर्ता र शुभेच्छुकबीच देखिएनन् ।
कार्यक्रममा प्रमुख अथिति थिए एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली । विशेष अथिति एमाओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै उपप्रधानमन्त्रीहरु सीपी मैनाली, चित्रबहादुर केसीलगायत । विभिन्न साना ठूला कम्युनिष्ट घटका दुई दर्जन शीर्ष नेता कार्यक्रममा थिए ।
खगुलालको जीवनचित्र मोहनविक्रमले तयार पारेका रहेनछन् । तर, पढेर सुनाएर जनमोर्चा अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री केसीले । त्यहाँ कार्यक्रम सञ्चालन गरिरहेका एमाले युवा नेता सूर्य थापाले भनिरहेका थिए, उहाँ प्राविधिकरुपमा देखिन मिलेन, तर यतै कतै हुनुहुन्छ।
मोहनविक्रम भने कार्यकर्ताले घेरिएर दायाँपट्टिको पछाडिको कुनामा बसेका थिए । चित्रबहादुर केसीले खगुलालको जीवनचित्र सुनाएपछि बोल्ने पालो आयो प्रमुख अतिथि केपी शर्मा ओलीको ।
ओलीले खगुलालको संघर्ष, नेपालको कम्युनिष्ट आन्दोलनलाई संक्षिप्त ब्याख्या गर्दै कम्युनिष्टहरुको चरित्रको तीखो टिप्पणी गर्न भ्याए ।
उनको बोलीको तिर कार्यक्रमको सभापतित्व गरेका माओवादी नेता मोहन वैद्य र अर्धभूमिगत नेता मोहनविक्रम सिंहतिर पनि सोझियो । ‘कोही कम्युनिष्ट सरकारमै नजाने भनेर बसेका छन,’ वैद्यलक्षित गर्दै उनले भने, ‘कम्युनिष्ट भनेकै सरकारमा गएर राम्रो सरकार चलाएर देखाउने हो, किन नजाने ?’
वैद्यलाई हानेको तिरले नै प्रधानमन्त्री ओलीले मोहनविक्रम सिंहतिर पनि तेर्स्याए । ‘मोहनविक्रमजी यतै कतै हुनुहुन्छ, मैले देखेको छु, तर उ त्यहाँ हुनुहुन्छ भनेर देखाउन मिल्दैन,’ अर्धभूमिगत नेता मोहनविक्रमलाई ओलीले भने, ‘बाहिरन निस्कनुस कसैले समाउँदा पनि समाउँदैन, केही गर्दैन, म देशको प्रधानमन्त्रीकोरुपमा भन्दैछु ।’ आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh.com

काठमाण्डु, २७ मंसिर– मधेस केन्द्रित दलका नेताहरुका भारतमुखी मनस्थितिका कारण राष्ट्रियता कमजोर भएको निष्कर्षसहित मधेसी युवाहरुले नयाँ पार्टी घोषणा गर्ने भएका छन् ।
उनीहरुले सोमबार राजधानीको बानेश्वरस्थित एक पार्टी प्यालेसमा औपचारिक कार्यक्रमबीच ‘मधेसी जनता पार्टी, नेपाल नामक दल घोषणा गर्न लागेका हुन् ।
उक्त पार्टीको नेतृत्व महेश कलवारले गर्नेछन् । कलवार शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टीका पूर्वउपत्यका इन्चार्ज हुन् ।
अधिकार प्राप्तिको आन्दोलनसँगै मधेसी जनतालाई बलियो राष्ट्रियता चाहिएकाले पार्टी घोषणा गर्न लागिएको कलवारले बताए । कलवारले विभिन्न मधेसवादी दलका युवा नेता मिलेर पार्टी गठन गर्न लागिएको जानकारी दिए ।
‘नेपालको आन्तरिक समस्या समाधानका लागि भारत गुहार्ने मधेस केन्द्रित दलका नेताको चरित्र मधेसमा उदांगो भएको छ’, कलवारले काठमाण्डु टुडेसँग भने, ‘केही दल र तिनका नेताका व्यवहार र अभिव्यक्तिले राष्ट्रवादी मधेसी जनतामाथि समेत प्रश्न उठ्ने वातावरण बन्नु दुर्भाग्यपूर्ण कुरा हो ।’
मधेस आन्दोलानका नाममा ५० जना युवाको ज्यान गएपछि मधेसवादी दलका नेता भारत पुगेर सत्ताका लागि रोइकराई गर्नुले राष्ट्रवादी मधेसी जनताको शिर निहुरिएको आरोप उनको छ ।
‘मधेस आन्दोलन निर्णायक चरणमा पुग्नै लागेका बेला मधेसी मोर्चाका नेताले सत्ताका लागि दिल्लीमा रुवाबासी गर्नु र नाटकीय ढंगबाट आन्दोलन शिथिल हुनु संयोग मात्रै हुन सक्दैन’, कलवारले काठमाण्डु टुडेसँग भने, ‘राष्ट्रियताभित्रको पहिचान, सम्मान र स्वाभिमानका लागि हाम्रो लडाईं हो ।’
कलवारले मधेसवादी दल भारतको इशारामा नेपाललाई हिन्दू राष्ट्र बनाउने राप्रपा नेपालको एजेण्डामा गएको आरोप लगाए ।
संविधान संशोधनमार्फत नेपाललाई हिन्दू राष्ट्रमा फर्काउने खेल भइरहेको र त्यसका लागि भारतले मधेसी मोर्चालाई तयार पारिसकेको दाबी उनको छ ।
kathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस

भाइवर, फेसबुकमा म्यासेज आउँछ, ‘मलाई पेनिस, टाइटेनिङ जेल ल्याइदिनुपर्यो ।’ तर, उनले आफ्नो नाम सत्य बताउँदिनन् । साथी अथवा आफन्तलाई चाहिएको बताउँछन् । आफ्नो फोन नम्बर पनि भाइबरमै हालिदिन्छन । र, त्यो सामान ल्याउनका लागि घर बाहिरको एक्लो ठाउँमा पुग्छन् ।
यस्तो सामान मगाउने युवतीहरु हुन् । पेनिस सम्भोग गर्ने कृत्रिम साधन हो भने टाइटेनिङ जेलले योनीलाई टाइट बनाउने काम गर्छ । अनलाइन बिजनेश ‘मेरो सपिङलाई’ दिनकै यस्ता म्यासेज र अर्डरहरु आइरहन्छन् ।
समयको रफ्तारसँगै मानिसको जीवनशैली र दैनिकी पनि फेरिँदो छ । फेरिँदो जीवनशैलीसँगै सेक्सका नयाँ नयाँ तरिकाहरु बिकसित हुँदैछन् । सम्भोगका यस्ता कृत्रिम साधन प्रयोगमा नेपाली युवती पनि अभ्यस्त बन्दैछन् ।
सेक्सटोयहरुको प्रयोग पुरुषले भन्दा महिलाले बढी गर्ने मेरो सपिङको व्यापारले देखाउँछ । यतिसम्मकी १७ वर्षका युवतीहरुले समेत टाइटनिक जेल मगाउँछन् । अधिकांश १७ देखि २५ वर्षसम्मका युवतीमा यसको आकर्षण रहेको छ ।
‘सेक्स टोय’का पनि विभिन्न सामाग्री विकसित भएका छन् । स्वचालित पेनिसदेखि स्तन, भेजिना मसाजरको सामाग्री नेपाली बजारमा छ । यस्तै सामग्रीको बढी अर्डर आउने मेरो सपिङका संचालक सिताराम रिमालले दैनिक नेपाललाई बताए । उनका अनुसार, काठमाडौं, धरान, पोखरा, विरगञ्ज, बुटवल झापाका युवतीहरुबाट यस्ता सामग्रीको निकै अर्डर आउने गरेको छ ।
रिमालका अनुसार, यस्ता सामग्रीहरु महिनामा ५०, ६० वटा बिक्री हुने गरेको छ । एक पटक महिनामा एक सयभन्दा बढी सामाग्री बिक्री भएको उनले बताए । गत एक वर्षदेखि सेक्सटोयहरुको माग अत्याधिक रुपमा आउन थालेको रिमालको अनुभव छ ।
पुरुषहरुले भने यौन बद्र्धक औषधीको माग गर्छन् । कसैले त सम्बन्धित ठाउँमै पुगेर ल्याउँछन् । मेरो सपिङका एक कर्मचारीले भने, ‘कतिपयले त यस्ता औषधीको पनि माग गर्छन्, जुन औषधी बेच्न सरकारले अनुमति नै दिएको छैन ।’
युवतीमै किन आकर्षण ?
अहिलेका अधिकांश युवतिहरुले बिहे अगाबै सेक्ससम्बन्ध राख्ने गर्दछन् । बिहेपछि आफ्नो लोग्नेसामु भर्जिनिटी प्रस्तुत गर्नसमेत टाइटनिक जेलको प्रयोग गर्ने पाइएको मेरो सपिङका कर्मचारीहरुको अनुभव छ । कम उमेरका युवतीहरुले समेत यस्ता सामग्री मगाउने भएकाले, उनीहरुले यौन क्रियाकलापलाई आनन्ददायी बनाउन टाइटनिक जेल प्रयोग गर्ने अनुमान लगाउन सकिन्छ ।
कतिपर्छ मूल्य ?
पेनिस भाइब्रेटरको मूल्य तीनदेखि छ हजार रुपैयाँसम्म पर्छ भने एक हजारदेखि दुई हजार पाँच सय रुपैयाँसम्ममा भेजिना जेल प्राप्त गर्न सकिने मेरो सपिङले जनाएको छ ।
भारतीयले समेत नेपालबाटै मगाउँछन्
यस्ता सेक्स टोयहरुको भारतीयहरुमा समेत उत्तिकै आकर्षण छ । उनीहरुले आफ्नो प्रडक्टहरु मगाउने गरेको मेरो सपिङले बतायो । भारतमा यस्ता सामान प्रयोग गर्नलाई गैरकानूनी मानिन्छ । त्यसैले गर्दा नेपालबाट उनीहरुले सेक्सटोय मगाउने गरेको छन् । अधिकांश तराईका जिल्लाहरुमा सेक्स सामग्री जाने गरेको पनि मेरो सपिङले जानकारी दियो ।

काठमाडौं, मंसिर २७ । भारतीय सिमा नाकाहरु क्रमशः खुकुलो हुँदै गएका छन् । दुई महिना देखि जारी भारतको अघोषित नाकाबन्दीका कारण अवरुद्ध सिमा नाकाहरुबाट शनिबार उल्लेख्य मात्रामा पेट्रोलियम पदार्थ, खाद्यान्न र अन्य गाडिहरु नेपाल प्रवेश गरेका छन् ।
मेची भन्सार (कांँकडभिट्टा नाका)
कांँकडभिट्टा–पानीट्याङ्की नाकाबाट १ बुलेट ग्यास सहित खाद्यान्न, अन्य वस्तुको समेत गरी १ सय ३८ वटा मालबाहक गाडी नेपाल प्रवेश गरेको भन्सार कार्यालले जनाएको छ । यसदिन यस नाकाबाट पेट्रोलियम पदार्थ नभित्रिएको जनाइएको छ ।
रानी भन्सार (मोरङ्ग)
विराटनगर–जोगबनी नाकाबाट शनिबार १८ ट्यांकर डिजेल, ४ ट्यांकर पेट्रोल, ९ बुलेट ग्यास र १ ट्रक औषधिसहित करिब १ सय ४० मालबाहक गाडी नेपाल प्रबेश गरेका छन् ।
भैरहवा भन्सार (बेलहिया नाका)
भैरहवा नाकाबाट डिजेल ८, पेट्रोल २ नेपाल भित्रिएको भन्सार कार्यालयले जनाएको छ । यसदिन यस नाकाबाट ८२ जटा गाडि नेपाल भित्रिएको जनाइएको छ ।
बाँके भन्सार (नेपालगञ्ज नाका)
नेपालगञ्ज–रुपैडिहा नाकाबाट २० ट्यांकर डिजेल, ३ ट्यांकर हवाई ईन्धनसहित ६० मालबाहक गाडी नेपाल भित्रिएको जनाइएको छ ।
imagekhabar

तेज बन / इटहरी २७ मंसिर – ( फाइल तस्विर ) सुनसरीको दक्षिणवर्ती क्षेत्र बसन्तपुरबाट स्थानीय र प्रहरीले मध्यरातमा लुटनकालागि गाउ प्रवेश गरेका भातीय नकावधारी लुटेराको समुहलाई धुलो पिठो बनाई लखेटेका छन । दक्षिणी क्षेत्रमा चौपाया चोरीकालागि हतियार सहित गाउ प्रवेश गरेका लुटेराहरु र सो क्षेत्रका स्थानीयवासीहरुबिच आधाघण्टा बढी भएको भिडन्त पश्चात भारतीय लुटेराहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्थानीयसंग लडाई पर्दापर्दै पुगेको प्रहरीटोलीलाई देखेर लुटेराहरुको समुहले दुई राउण्ड हवाई फायर गरेको र जवाफमा प्रहरीले पनि फायरीङ खोलेपछि उनिहरु फरार भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सञ्ज्यराज शर्माले जानकारी दिनुभयो ।हतियारसहित गाउ छिरेको लुटेराहरुको बिषयमा पत्तोपाएका गाउलेको एकहुलले पहिलो चरणमा घेराहाली आक्रामण गरेपछि लुटेराहरुको समुहको चौपायासंगै गाउ लुटने योजना असफल भएको घटनाका प्रत्यक्षदर्शीहरुबाट बुझिएको छ ।
लुटेराहरुसंग झडप हुदा सुनसरी दक्षिणवर्ती गाविश बसन्तपुरका लिलानन्द मेहता , सञ्ज्य मेहता , लालु मेहता लगायत घाइते भएका छन । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । घटनास्थलबाट प्रहरीले २.२ राईफलको गोली थान २, आँगन र घर पछाडीको बाटोमा १–१ थान ८ एमएम के एफ लेखिएको गोलीको खोका समेत बरामद गरेको छ । दक्षिणवर्ती क्षेत्रबाट भागेका हतियारधारी लुटेराहरु भातीयहरु हुन सक्ने प्रहरीले अनुमान लगाएको छ ।
purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२७ मंसिर, काठमाडौं । इन्धनको कालोबारीमा संलग्न भएको आशंकामा प्रहरीले नेपाल आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मा पक्राउ गरेको छ ।
नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले शर्मालाई आइतबार साँझ थानकोटबाट पक्राउ गरेको हो । अनुसन्धानको सिलसिलामा शर्मालाई नियन्त्रणमा लिइएको हो’ महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले अनलाइनखबरसँग भने ।
महाशाखाले तेलको कालोबजारीविरुद्ध एन्टी मंगर अपरेशन चलाइरहेको छ । यसका क्रममा पक्राउ परेकाहरुले शर्माको समेत नाम लिएपछि प्रहरीले अनुसन्धान थालेको थियो ।
onlinekhabar
गुजराँत नरसंहारको घटना– नरेन्द्र मोदीबारे अमेरिकी अदालतमा यस्तो फैसला हुँदै !
काठमाण्डाै २७ मंसिर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको विषयलाई लिएर त्यहाँको संघीय अदालतले अमेरिकाले जारी गरेको उनको प्रवेशाज्ञा सम्बन्धी निर्णयको रेकर्ड तुरुन्त पेश गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएको छ । ओवामा प्रशासनले नरेन्द्र मोदीको अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवासँग सम्बन्धित सो रेकर्ड फरवरी २०१६ सम्म पेश गर्न आदेश दिएको हो । न्युयोर्कस्थित दक्षिण जिल्लाका एक न्यायधीश जाँन जी ले सो आदेश दिएका हुन् ।
आउँदो जनवरीमा प्रारम्भिक रेकर्ड पेश गरी फेबररीमा पूर्ण रेकर्ड पेश गर्ने जनाइएको छ । भारतीय प्रधानमन्त्री मोदीको पहिले जारी पर्यटक भीसालाई सन् २००२ मा भारतको गुजराँतमा भएको भीषण दंगामा उनको विशेष भूमिका रहेको भन्दै सन् २००५ मा अमेरिकाले रद्ध गरेको थियो । गुजरात दंगामा ठूलो नरसंहार भएको थियो ।
मोदी त्यसबेला गुजरातका मुख्यमन्त्री रहेका थिए । सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्रीमा चयन भएपछि अमेरिकी राष्ट्रपति वाराक ओवामाले बधाईसहित अमेरिका भ्रमणको निम्ता दिएका थिए । मोदी त्यसबेला अमेरिका जान सकेका थिएनन् । त्यसअघि सन् २०१३ मा अमेरिकी विदेशमन्त्रालयले मोदीको अमेरिका प्रवेशाज्ञा सम्बन्धी रेकर्ड समेत मागेको थियो । नरेन्द्र मोदीका विषयमा उनलाई गुजरात दंगामा धार्मिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गरेको र अमेरिकामा उनलाई प्रवेश दिएको भन्ने विषयमा अमेरिकामा अहिले पनि मतभेद रहेको छ । साभार purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डाै २७ मंसिर / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणको विषयलाई लिएर त्यहाँको संघीय अदालतले अमेरिकाले जारी गरेको उनको प्रवेशाज्ञा सम्बन्धी निर्णयको रेकर्ड तुरुन्त पेश गर्न विदेश मन्त्रालयलाई निर्देशन दिएको छ । ओवामा प्रशासनले नरेन्द्र मोदीको अमेरिका प्रवेशमा लगाएको प्रतिबन्ध फुकुवासँग सम्बन्धित सो रेकर्ड फरवरी २०१६ सम्म पेश गर्न आदेश दिएको हो । न्युयोर्कस्थित दक्षिण जिल्लाका एक न्यायधीश जाँन जी ले सो आदेश दिएका हुन् ।
मोदी त्यसबेला गुजरातका मुख्यमन्त्री रहेका थिए । सन् २०१४ मा मोदी भारतको प्रधानमन्त्रीमा चयन भएपछि अमेरिकी राष्ट्रपति वाराक ओवामाले बधाईसहित अमेरिका भ्रमणको निम्ता दिएका थिए । मोदी त्यसबेला अमेरिका जान सकेका थिएनन् । त्यसअघि सन् २०१३ मा अमेरिकी विदेशमन्त्रालयले मोदीको अमेरिका प्रवेशाज्ञा सम्बन्धी रेकर्ड समेत मागेको थियो । नरेन्द्र मोदीका विषयमा उनलाई गुजरात दंगामा धार्मिक स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप गरेको र अमेरिकामा उनलाई प्रवेश दिएको भन्ने विषयमा अमेरिकामा अहिले पनि मतभेद रहेको छ । साभार purbelinews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आइतबार, २७ मंसिर
'मधेसीको माग पुरा नभएसम्म नाका खुल्छजस्तो लाग्दैन'
याँ दिल्ली । भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष जनरल अशोक मेहताले भारतीय सेनामा कार्यरत नेपालीहरु भारतको प्रधान सेनापति बन्न सक्ने प्रावधान रहेको बताएका छन् ।
उनले नेपाली तीन जना त सेनाको उच्च तहमा पुगिसेको बताएका छन् । भारतीय पत्रिका तीसरी दुनियाँसँगको अन्तरवार्तामा उनले यस्तो बताएका हुन् ।
मेहेताले भारतीय सेनामा कार्यरत जो सुकै नेपाली पनि टेक्नीकल रुपमा प्धान सेनापति बन्नसक्ने व्यवस्था रहेकाले भारतले नेपालमाथि पुरै विश्वास गरेको बताए ।
उनले नेपालमा चिनियाँ चासो अत्याधिक बढेकाले भारत चिन्तत भएको पनि बताएका छन् । उनले चीनले नेपाल भारत सीमासम्म आफ्ना गतिविधि गर्न थालेको दाबी समेत गरेका छन् ।

काठमाडौं । चिनियाँ सरकारले इन्धनको व्यापारिक सम्झौताकालागि सकारात्मक संकेत दिएपछि नेपाल आयल निगमको एक टोली फेरि चीन गएको छ ।
निगमका निर्देशक सुशिल भट्टराई र वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीको टोली चीनको इन्धन केन्द्र मानिने छिंघाइ सहर पुगेको हो ।
जहाँ पेट्रो चाइना सहित अन्य ठुला चिनियाँ स्वामित्वका कम्पनिहरु रहेका छन् । चीन गएको टोलीले व्यापारिक सम्झौताका आधारहरु तयार गर्ने र सम्झौताकालागि अन्तिम गृहकार्य समेत गर्ने बताइएको छ ।
नेपाली दुतावास मार्फत् चीन सरकारले इन्धनको व्यापारिक सम्झौता गर्नेबारे लचिलो भएको संकेत गरेको हो । व्यापारिक सम्झौताकालागि उच्च पहल गर्न सरकार तयार रहेको र उपप्रधानमन्त्री नेतृत्वको टोली चीन पठाउन सरकार तयार रहेको सन्देश पाएपछि चीनले निगम र बाणिज्य मन्त्रालयका अधिकारीलाई आमन्त्रण गरेको हो ।
चीनसँग इन्धन खरिद सम्झौता भने भैसकेको छ । यद्यपी व्यापारिक तहमा सम्झौता हुन सकिरहेको छैन । नेपाल सरकारले चीनसाग इन्धन किन्नेबारे औपचारिक निर्णय नगरेकाले चीनमा अलमल कायम रहेको हो ।
चीनले छिंघाइबाटै नेपाललाई तेल दिने मनस्थीति बनाएको बताइएको छ । जहाँ चाइना नेशनल पेट्रोलियम कर्पोशन (पेट्रो चाइना)को रिफाइनरी छ ।
तर, चीन गएको टोलीले उक्त स्थानबाट केरुङसम्मको अवस्था अवलोकन मात्र गर्ने छ । उच्च राजनीतिक तहमा छलफल र प्रतिवद्धता आए चीनले कर छुट दिने तयारी समेत गरेको छ ।

२७ मंसिर
काठमाडौं । नेपाली समय अनुसार आज राति करिव दुई बजेतिर यो वर्षको अन्तिम र सबैभन्दा ठुलो उल्कापात हुने भएको छ । खगोलशास्त्रीहरुका अनुसार यो उल्कापात यो वर्षको अन्तिम हो । ग्रेगोरियन क्यालेण्डर अनुसार यो वर्षको सबै भन्दा ठुलो र खतरनाक उल्कापात पनि यही नै हो ।
नेपाल खगोल समाजका अध्यक्ष सुरेश भट्टराईले मौसम सफा भएमा काठमाडौंबाट आकाशमा करिब ३ घण्टासम्म उल्का बर्षा हेर्न सकिने बताएका छन् ।
उनले उल्का वर्षा एक घण्टामा १ सय २० वटासम्म हुनसक्ने बताए । उनका अनुसार प्रतिघण्टा १० वटासम्म तारा देखिएमा उल्का वर्षा भएको मानिने छ ।
अन्तरिक्षमा रहेका धुमकेतु वा छुद्र ग्रहबाट चोइटिएर अन्तरिममा रहेका कणहरु वायुमण्डलमा प्रवेश गर्दा घर्षणको कारण चम्किने गर्दछ । खगोलशास्त्रहिरुले भने यो उल्कापातले वायुमण्डलमा समस्या पैदा गर्ने भन्दै चिन्ता व्यक्त, गरेका छन् ।
धेरै उल्कापात हुँदा वायुमण्डलमा कुनै न कुनै असर हुनेगरेको उनीहरुको भनाई छ । यो वर्ष अन्य धेरै पटक उल्कापात भएको थियो ।
nepalsandesh भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नयाँ दिल्ली। जापान र भारत बीच असैन्य परमाणु ऊर्जामा सैद्धांतिक तहमा सहमति भईसकेपछी जापानले भारत द्वारा परमाणु परीक्षण गरिए भारतसंग गरेको सम्झौताबारे समीक्षा गर्ने जनाएको छ ।
जापानले भने भारतले यस्तो गर्नेछैन भन्ने आशा गरेको छ । यदि दुई दुई देश विच भएको सहमति यदि सम्झौतामा बदलिएर जान्छ भने जापानको परमाणु सम्झौता पहिलो पटक यस्तो देश संग हुनेछ जुन अहिले सम्म परमाणु अप्रसार सन्धिमा सहभागी नभएको हुनेछ ।
भारतले तत्काल परमाणु परिक्षण नरोके सबै प्रकारका आर्थिक सहयोग पनि रोक्ने जापानले जनाएको छ ।
जापानको प्रेस , सार्वजनिक र कूटनीतिक मामलाका महानिर्देशक यासुहिसा कावामुराले भने कि “मलाई यस्तो लाग्दैन कि भारत आफ्नो प्रतिबद्दताबाट पछी हट्नेछ । यदि भारत परमाणु परीक्षणको दिशामा अगाडी बढ्नेछ तब जापान स्वाभाविक रुपले आफ्नो नीति र योजनाहरु को गम्भीर समिक्षा गर्नेछ । ”
जापानको परमाणु ऊर्जा बाजारमा एक महत्वपूर्ण स्थान रहेको छ ।जापान संग भारतले परमाणु सहमति गरेर भारतलाई आफ्नो परमाणु संयन्त्रको विस्तार गर्न मद्दत मिल्नेछ । नवौं भारत-जापान शिखर वार्तामा दुवै देशहरु बीच असैन्य परमाणु समझौतामा नयाँ दिल्लीमा हस्ताक्षर गरिएको थियो ।
जापानले भारतको ‘मेक इन इंडिया’ पहलको समर्थन गरेको छ , भारतमा निर्माणको लागि जापानी कम्पनिहरुलाई प्रोत्साहन दिनको लागि १२ अरब डलरको कोष गठन गरिएको थियो । जापानले भारतको लागि ओवरसीज डेवेलपमेंट असिस्टेंसको मार्फत ५ अरब डलर दिने प्रतिबद्धता जनाईसकेको हुनाले भारतले जापानको यो चेतावनी मान्नुपर्ने बाध्यता छ ।

२७ मंसिर, काठमाडौं ।
अरु मधेशी नेता काठमाडौं फर्केपछि पनि दिल्लीमै रहेका सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश आन्दोलनका कारण १८ केजी तौल घटाएको खुलासा भारतीय विज्ञले गरेका छन् ।
नेपाल मामिलाका विज्ञ समेत मानिने एसडीमुनीले दिल्लीमा आयोजित एक कार्यक्रममा राजेन्द्र महतोलाई परिचय गराउँदा मधेश आन्दोलनका कर्मठ र आन्दोलनकै क्रममा १८ केजी तौल घटाएका ब्यक्ति भनेर चिनाएका छन् ।
जवारलाल नेहरु विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा एसडीमुनीले राजेन्द्र महतोले मधेश आन्दोलनका क्रममा १८ केजी तौल घटाएको भनेर परिचय दिएका छन् ।
अन्य मधेशी नेताहरु समेत दिल्लीमै रहेको समयमा आयोजित उक्त कार्यक्रममा अन्य नेताहरुलाई सामान्य परिचय गराएपनि महतोलाई भने एसडीमुनीले कर्मठ नेता भनेका छन् ।
राजेन्द्र महतो काठमाडौं नआउने ! कारण यस्तो
यसैबीच मोर्चा र सरकारबीच कुनै सम्झौता नभए सम्म आफू काठमाडौं नआउने दिल्लीबाटै मधेश फर्किने घोषणा महतोले गरेको जानकारी मोर्चाका एक नेताले हेडलाइन्ससँगको कुराकानीमा दिए ।

महेन्द्रनगर (धनुषा), २७ मङ्सिर । धनुषाको ठेराकचुरीबाट आज बिहान अत्याधुनिक पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको गस्ती टोलीले जनकपुर–धनुषाधाम सडकखण्डको ठेरामा सवारी जाँचको क्रममा ठेरा घर भएका ३१ वर्षीय विजय यादवलाई पक्राउ गरेको हो ।
धनुषाधामबाट जनकपुरतर्फ आउँदै गरेका यादवबाट एक थान अत्याधुनिक पेस्तोल बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

काठमाडौं, २७ मंसिर । सरकार, प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच भएको आजको वार्ता पनि राजनीतिक विषयमै प्रवेश नगरी निष्कर्षविहिन बनेको छ ।
प्रतिपक्षी कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाले आफ्नो अडान नछाडेपछि वार्ता निष्कर्षविहिन बनेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– कांग्रेस र मधेसी मोर्चाको अडानले वार्तामा राजनीतिक विषयनै प्रवेश भएन् ।
बैठकमा कांग्रेसले संविधान संशोधन प्रस्ताव र पुनर्निर्माण प्राधिरकण विधेयक संगसंगै अगाडि बढाउनुपर्ने अडान राखेको थियो भने, मोर्चाले पुननिर्माण प्राधिकरणमात्रै अगाडि बढाउने तर, संशोधन प्रस्ताव अगाडि बढ्न नदिने अडान राखेपछि वार्ता निष्कर्षविहिन बन्यो ।
आजको वार्तामा मधेस आन्दोलन र भारतको नाकाबन्दीले प्रवेशै पाएनन् । कांग्रेस मोर्चाको चर्काचर्कीपछि वार्ता स्थगित गरियो । वार्तापछि मोर्चाका नेता लक्ष्मणलाल कर्णले वार्तामाा कुनै विषयमा छलफल नभएको बताए । उनले मधेसका माग पुरा गर्न सरकार र कांग्रेसले नचाँहेको आरोप लगाए ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेसी मोर्चाको आन्दोलन र भारतीय नाकाबन्दीका कारण आफ्नो सरकारले सोचे अनुरुप काम गर्न नसकेको बताएका छन् ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानका अधिकारीहरुसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्री ओलीले आफुले काम गर्न नसकेको स्विकार गरेका हुन् ।
उनले सरकारले जनताको चाहना बमोजिम काम गर्ने योजना बनाए पनि आफु अलमलमा परेको बताए । ओलीले आफ्नो इच्छाशक्ति भएपनि काममा विभिन्न बाधा अड्चन आएको पनि बताए ।
उनले नाकाबन्दी खुलाउन र मोर्चालदाई सहमतिमा ल्याउनकालागि उच्च पहल भैरहेको पनि बताए । प्रधानमन्त्री ओलीले नेपाल प्रज्ञा– प्रतिष्ठानको भूमिकालाई प्रभावकारी बनाई जनस्तरमा असर पार्न सक्नुपर्ने पनि बताए ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रतिष्ठानको वार्षिक प्रतिवेदन बुझ्दै उनले प्रतिष्ठानले नेपाली समाजलाई रुपान्तरण गरी विचार प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्छ, यसप्रति सम्पूर्ण देशवासीको अपेक्षा छ भनेका छन् ।
प्रधानमन्त्रीले देश बनाउने आफ्नो ठूलो सपना भए पनि भूकम्प र सीमा क्षेत्रमा भएको अवरोधका कारण ध्वस्त बनाएको भनी चिन्ता व्यक्त गर्दै यसले मुलुकलाई खर्बौँको क्षति मात्र पुगेको नभई सामाजिक क्षेत्रमा गहिरो असर पुगेको बताए र यस्तो बताइरहँदा प्रधानमन्त्री ओली अलि बढी भाबुक बनेका थिए ।

२०७२ मङ्शिर २७
अस्पतालमा आगो लागेपछि निभाउन सक्रिय अग्निनियन्त्रक । तस्बिर : एजेन्सी
मस्को : रसियाको एक अस्पतालमा आइतबार बिहान सबेरै भएको आगलागीमा परी कम्तीमा पनि २१ जनाको ज्यान गएको छ ।
दक्षिणपश्चिमी रसियाको भोरोनेज क्षेत्रमा रहेको एक मानसिक रोगीहरुको उपचार गर्ने अस्पतालमा सो आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
रसियाको आपतकालीन सेवासम्बन्धी मन्त्रालयले जनाएअनुसार उक्त अस्पतालको एक भवनमा बिहान अकस्मात आगोको मुश्लो देखिएको थियो र त्यहाँबाट उद्वार गरी केही व्यक्तिलाई त्यहाँबाट निकालिएको थियो ।
जलेको भवनबाट उन्नाइसवटा शव निकालिएको थियो भने अरु दुई जनाको अस्पतालमा निधन भएको छ, रसियाली रिया नोभोस्ती समाचार समितिले जानकारी दिएको छ ।
सो समाचार समितिले दुई जना व्यक्ति अmझै बेपत्ता रहेका जनाएको छ । सो समितिले उक्त अस्पतालमा आइतबार बिहानैदेखि उद्वारको काम जारी रहेको जानकारी पनि दिएको छ ।
रसियाली अर्को समाचार समिति तासले सो जलेको भवनबाट ५५ जना घाइतेलाई उद्वार गरिएको जनाएको छ । ती मध्ये २१ जनाको अवस्था गम्भीर रहेको छ र उनीहरुलाई उपचारका लागि अर्कै अस्पताल भर्ना गरिएको छ ।
मारिएकाहरुमा निकै गम्भीर अवस्थामा रहेका अथवा थला परेका विरामीहरु नै रहेका छन् । उनीहरु आ आफ्नो शैयामा नै जलेर मरेका थिए ।
सो अस्पतालमा लागू पदार्थका अम्मलीका साथै पुनस्र्थाना वा सुधार गृहमा राख्दा पनि निको नभएकाहरुलाई उपचारका लागि ल्याउने गरिन्छ ।
साथै मानसिक स्वास्थ्यका विरामी पनि सो अस्पतालमा उपचार गर्ने गरिन्छ । आइतबारको सो आगलागीमा परी मृत्यु हुनेमा यस्तो गम्भीर प्रकृतिका विरामी नै परेका छन् ।
यस आगलागीको कारण खुलेको छैन । अहिले सो आगालागी भएको क्षेत्रमा उद्वारको काम नै जारी रहेको तर यसको कारणका बारेमा पनि अनुसन्धान जारी रहेको बताएका छन् ।
यस विषयमा अस्पतालले अहिले नै केही बताएको छैन । अस्पतालका तर्फबाट कुनै आगलागीको कारणका बारेमा कुनै औपचारिक जानकारी आएको छैन ।
स्थानीय सञ्चारमाध्यमहरुले उक्त भवन काठले बनेको र आगलागीका कारण पूरै जलेको अवस्थामा रहेका तस्वीरहरु देखाएका छन् । एजेन्सी.annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस

राजेन्द्र महतोको खुलासाः अब हिंसात्मक आन्दोलन र अलग देशको माग (भिडियो)
काठमाडाैं-मधेसी मोर्चाका नेता एवं सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन सफल नभए नेपालमा ठूलो दुर्घटना निम्त्याउने खुलासा गरेका छन्। उनले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन सफल नभए निकट दिनमै तीन नयाँ विकल्पसहित मधेसको आन्दोलन अघि बढ्ने बताएका छन्। ती तीन विकल्पमध्ये पहिलो विकल्प हिंसात्मक आन्दोलनमा जाने उनले उद्घोष गरे। महतोले अहिलेको शान्तिपूर्ण मधेस आन्दोलन हिंसात्मक आन्दोलनमा रुपान्तरण हुने खतराको पूर्व संकेत दिएका छन्।
दोस्रो खतरा भन्दै उनले नेपाल भित्रै अलग देशको माग उठाउने स्पष्ट पारेका छन्। उनको उद्घोष छ 'अहिले हामी एउटा देशको सार्वभौमिकता भित्र रहेर, नेपाल भित्र रहेर देश भित्रै एक प्रदेशको माग गरिरहेका छौं,' उनले प्रष्टसँग भनेका छन् 'अहिले हामी मधेस प्रदेशको माग गरिरहेका छौं, यदि मधेस प्रदेश जनताले पाएन भने त्यो अवस्थामा नेपाल भित्रै बेग्लै देशको माग हुनेछ।' उनको तर्क छ 'हाम्रो त माग प्रदेशको मात्रै हो, तर हामी असफल भयौं भने बेग्लै देशको माग गर्नेहरु अघि आउनेछन्।'
उनले चेतावनीको शैलीमा भनेका छन् 'अब नेपालमा तीनवटा दुर्घटनाको संंभावना छ।'
उनले तेस्रो खतराको रुपमा सांप्रदायिक दंगा भड्काउने बताए। जुन उनकै शब्दमा देशको लागि निकै घातक हुनेछ। उनी भन्छन् 'मधेस आन्दोलन यदि कुनै कारणले असफल हुन्छ भने, शान्तिपूर्ण आन्दोलनबाट अधिकार पाइदैन भने, स्वायत्त प्रदेशको अधिकार मिल्दैन भने सांप्रदायिक दंगा भड्किन्छ।' महतोको भनाई छ 'यहि शान्तिपूर्ण आन्दोलनबाट माग पुरा होस् हामी त्यतातिर जान नपरोस्।'
महतोले जनताको शान्तिपूर्ण आन्दोलनप्रतिको विश्वाँस टुट्न लागेको भन्दै मधेस आन्दोलनको अन्तिप स्वरुपका रुपमा यि तीनवटा विकल्प बाँकी रहका खुलासा गरेका हुन्।
भारतको नयाँ दिल्ली स्थित जवाहरलाल नेहरु (जेएनयू) मा तराई मधेस स्टडी ग्रुपले आयोजना गरेका अन्तरक्रिया कार्यक्रममा नेता महतोले यस्तो खुलासा गरेका हुन्। अन्तरक्रियाको अध्यक्षता नेपाल मामिलाका जानकार मानिने प्रोफेसर एसडी मुनीले गरेका थिए। दिल्ली भ्रमणमा रहेका मोर्चाका शीर्ष नेता महन्थ ठाकुर, उपेन्द्र यादव, महेन्द्रराय यादव र नेतृ चन्दा चौधरी पनि उक्त अन्तरक्रियामा सहभागी थिए। अन्तरक्रिया हिन्दी भाषामा चलेको थियो।
उपेन्द्र यादवको राष्ट्रिय अखण्डताको अडानः
नेपाल भित्रै बेग्लै देश बनाउने धम्की दिएका नेता राजेन्द्र महतोको ठिक विपरित अभिव्यक्ति दिए उपेन्द्र यादवले। एक सहभागीले 'तपाईँहरु किन काठमाडौं वार्ता गर्न जानु हुन्छ? मधेसको आफ्नै भूमीमा किन वार्ता गर्नु हुन्न?' भनि प्रश्न गरेका थिए। त्यसको जवाफमा यादवले आफू पहिले नेपाली र त्यसपछि मधेसी समुदायको भएको प्रष्ट पारेका थिए। उनले भने 'हामी आफ्नो मुलुकको राष्टिय एकता, अखण्डता, सार्वभौमिकता तोड्ने हैन जोड्न चाहन्छौं,' उनको भनाई थियो 'हामी स्वाधीनता बलियो बनाउने हो अखण्डता तोड्ने सोँच्न पनि सक्दैनौं।'
महतो भारतमैः
दिल्ली भ्रमणमा गएका मधेसी मोर्चाका अरु नेता फर्किए पनि राजेन्द्र महतो भने भारतमै छन्। भारत जाँदा पनि उनी एकदिन अघि पुगेका थिए। स्वास्थ्य उपचारको कारण दर्शाउँदै नेता महतो भारतमै बसेका हुन्।
nagariknews
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२७ मंसिर, नयाँ दिल्ली । भारतीय सेनाका अवकाशप्राप्त सेनाध्यक्ष जनरल अशोक मेहताले भारतीय सेनामा कार्यरत नेपालीहरु भारतको प्रधान सेनापति बन्न सक्ने बताएका छन् । हालसम्म तीनजना नेपाली भारतीय सेनाको तीनतारे जर्नेल भैसकेको भन्दै नेपालीहरु प्राविधिकरुपमै प्रधान सेनापति बन्न सक्ने उनले बताए ।
हालै काठमाडौं आएर मधेस आन्दोलन र नाकाबन्दीका बारेमा बुझेर भारत फर्केका मेहताले मधेसीहरुको माग पूरा नभई नाकाबन्दी खुल्छजस्तो आफूलाई नलागेको बताए ।
चिनियाँहरुले काठमाडौंमा रेष्टुरेन्ट खोल्दासम्म भारतलाई आपत्ति नहुने तर सीमानामा आएपछि भारतको चिन्ता बढेको भन्दै नेपालमा चिनियाँ प्रभावबारे अरुची प्रकट गरे ।
नेपाल मामिलाका जानकार मानिने मेहता ती थोरै भारतीय मध्येका एक हुन्, जसले भारत सरकारको नीति निर्माणमा प्रभाव राख्ने गर्दछन् । सेनाबाट अवकाशप्राप्त भए पनि उनी भारत सरकारको ‘साउथ ब्लक’सँग नजिक रहेर रणनीति निर्माणमा काम गरिरहेका छन् । स्पष्ट नेपाली बोल्न सक्ने उनी दुई साता अघि नेपाल आएका थिए । नेपालबाट फर्केपछि मेहतासँग भारतको राजधानी दिल्लीमा रहेको ‘इण्डिया इन्टरनेशनल सेन्टर’ मा भेटेर पत्रकार नरेश ज्ञवालीले मेहतासँग लामो अन्तरवार्ता लिएका छन् :
भारतको नाकाबन्दी कहिले अन्त्य हुन्छ ?
यो भारतको नाकाबन्दी होइन । म भर्खरै महन्त ठाकुरसहित उनका साथीहरुलाई भेटेर आउँदैछु उनीहरुले यो नाकाबन्दी हामीले गरेको भनिरहेका छन् । नेपालमा यसलाई भारतीय नाकाबन्दीको रुपमा अथ्र्याइएको छ । तर, यो भारतको नाकाबन्दी हुँदै होइन । नाकाबन्दी गरेको त विशेष गरी मधेसकेन्दि्रत दलहरुले हो । उनीहरुले स्वीकार गरिरहेको अवस्थामा भारतलाई भन्नुको के अर्थ ।
मुखले भन्नु र तथ्यले भन्नुमा भिन्नता छ, तथ्यले अरु नै केही देखाउँछन् । भारतले पनि त आजको समयमा मैले नाकाबन्दी गरेँ भन्न गाह्रो भएर होला नि ? तर, अनौपचारिक कुरामा भारतीय अधिकारीहरुले नाकाबन्दी गरेको स्वीकार गर्छन् । यस्तो किन हुन्छ ?
समर्थन गर्नु र नाकाबन्दी गर्नु भिन्न कुरा हुन् । चालकहरुले नेपालभित्र असुरक्षित महशुस गरिरहेका छन् । अस्तिमात्र भारतीय नम्बर प्लेटका दुईवटा गाडी काठमाडौं र पोखरामा जलाइए । अनि भन्नुस् कसरी गाडीहरु नेपाल जान सक्छन् ?
तपाईले जुन गाडी जलाएको प्रशंग ल्याउनुभएको छ त्यो नाकाबन्दीको विरोधमा गरिएको नेपालबन्दका क्रममा भएको घटना हो । त्यो पनि काठमाडौ र पोखरामा । तर, भारत सरकारले त सीमामा असुरक्षा भयो भनिरहेको छ नि ?
भारत सरकारले ट्रक चालकहरुलाई कसरी भन्न सक्छ तपाईहरु नेपाल जानुस भनेर ? अहिले पनि २२ सय कि ४ हजार ट्रकहरु नेपालतिर अड्किएर बसेका छन् उनीहरु भारततिर आउनै सकेका छैनन् । अहिले खाद्य सामाग्री, औषधी, डिजल/पेट्रोल र ग्यासको जस्तो समस्या देखिएको त्यो भारत सरकारको नाकाबन्दीले गर्दा भएको होइन ।
म अस्ति काठमाडौंमै थिएँ मैले सुनेको के हो भने- जहाँबाट सामानहरु पठायो मधेसीहरुले त्यही नाकाबन्दी गरिदिन्छन् । मधेसी जनताका जबसम्म आफ्ना राजनीतिक, लोकतान्त्रिक मागहरुको सम्बोधन हुँदैन, भारतको भनौँ अथवा मधेसीको नाकाबन्दी खुल्छजस्तो मलाई लाग्दैन ।
प्रश्न यहाँ नामको होइन, प्रश्न त सीमामा देखिएको नाकाबन्दी हो । नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाइरहेका छन् ती मधेसी भए पनि पहाडी भए पनि । त्यस्तोमा नाकाबन्दी नाकाबन्दी नै हो र यो छिटो अन्त्य हुनुपर्छ ।
तपाईलाई थाहा होला नि हात्तीको चपाउने दाँत र देखाउने दाँत छुट्टै हुन्छन् । अधिकांश नेपालीलाई के लाग्छ भने भारतीय सरकारले मधेसलाई देखाएर आफ्नो ‘हिडन एजेन्डा’ पूरा गराउन चाहन्छ । तपाईलाई के लाग्छ ?
भारतको ‘हिडन एजेन्डा’ के हो ?
मैले त्यही सोधेको हो ?
भारतको कुनै पनि हिडन एजेन्डा छैन् । भारतको हिडन एजेन्डा भनेकै पहिलो- मधेसी, जनजाति वर्गले संविधानमा जुन अधिकार पाएका छैनन् ती हकहरु उनीहरुले पाउन । र, दोस्रो भनेको- डिमार्केशन (संघीयता)को कुरा पनि मिलाउन ।
तर, भारत बारम्बार नेपालमा यसो गर, उसो गर भन्नु सार्वभौमसत्ता सम्पन्न मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप होइन र ?
जहाँसम्म भारतको हस्तक्षेपको कुरा छ यो प्रश्न भूगोलसँग जोडिएको छ । सन् २००८ मा गिरिजाप्रसाद कोइरालासँग एक मधेस एक प्रदेशमा सहमति हुँदा म काठमाडौंमै थिएँ । मधेसीले उठाएको कुरा के हो भने हामीसँग सहमति गरियो तर त्यसलाई पुरा गरिएन । तर, सीमांकनकै विषयमा पहाडमा भएको आन्दोलनको सुनवाइ भयो ।
तपाई ६ प्रदेशलाई ७ बनाउन सक्नु हुन्छ भने ७ लाई ८ र ९ मा पनि त विस्तार गर्न सक्नु हुन्छ । यदि सरकारको नियत र नीति ठीक छ भने यो हुन सक्छ ।
मधेसीहरुले भनेका छन् यदि उनीहरुको मुद्दाको सुनवाइ भएन भने एक मधेस एक प्रदेशको लडाइँ एक देशका लागि हुन सक्छ । त्यस्तो अवस्थामा त्यसको प्रत्यक्ष प्रभाव भारतमा पर्नेछ ।भारतले उनीहरुका माग जे छन्, त्यसलाई पूरा गर्नुस् भनेको हो । यसलाई हस्तक्षेप मानिन्छ भने यो हस्तक्षेप नै हो । माथिका ९ जिल्लामा चाइनाको प्रभावका बारे पनि कुरा उठ्ने गर्छ तर त्यसमा कसैले केही भन्दैनन् । चाइनाले जे गरे पनि त्यसको कसैले नाम नै लिँदैनन् तर भारतले जे गरे पनि नाम आउने गर्छ ।
तपाईले नेपाल सरकारको नियत र नीति खराब भएर मधेसीहरुको माग सम्बोधन नगरिएको भन्न खोज्नु भएको ?
नियत खराब छ अथवा ठीक छ, त्यो त त्यसको परिणामले थाहा हुन्छ । नाकाबन्दी जति धेरै दिनदेखि चलिरहेको छ त्यसले नेपालभरि ‘ब्ल्याक मार्केट’ चलिरहेको छ । दुःख काठमाडौंकाले मात्र पाएका छन् भन्ने होइन । दुःख मधेसकाले पनि पाएका छन् । समग्र देशले यसको प्रभाव व्यहोरिरहेको छ ।
यसका साथै भूकम्पबाट प्रभावितहरु पनि यसकोमा पिल्सिएका छन् । यस्तो अवस्थामा नेपाल सरकारले छिटो भन्दा छिटो यसको राजनीतिक समाधान खोज्नुपर्छ । किनभने यसपटक मधेसी जनता उधारोमा सम्झौता गर्ने पक्षमा छैनन् ।
भारतले पनि उधारो सम्झौता नहोस् भन्ने चाहेको हो ?
हो, त्यही हो । पछि फेरि कति वर्षसम्म यो कुरा थाती रहला ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजको कुरालाई कसरी लिनुभएको छ ?
सुष्माले भनेको कुरा स्पष्ट छ, संविधानको समाधान निकाल्नु पर्छ । समाधान निकाल्ने कुरा नेपाल सरकारको हातमा छ । नेताहरुले, हामी सबै गर्छौं भने । तर, पछि त्यस्तो केही पनि गरेनन् । सरकारले गम्भिरतापूर्वक कदम उठाएको हामीले देखेका छैनौं । सरकारमा रहेका पार्टीको मनमा के कुरा छ भने- यी मधेसी आन्दोलनमा थाकेर आत्मसमर्पण गर्छन् अनि अगाडिको कारवाही गरौला ।
भूराजनीतिको प्रशंग आउँदा भारत जहिले पनि नेपालमा चिनियाँ प्रभाव बढ्यो भनेर किन सशंकित भैरहन्छ ?
नेपालमा चिनियाँ प्रभावलाई लिएर सबैभन्दा धेरै चासो भारतलाई नै हुने हो । नेपालमा भारतको सबै भन्दा ठूलो चासो भनेको सुरक्षा हो । यो भारतको पहिलो प्राथमिकतामा रहेको चासो र सरोकार हो । यी दुई प्रकारका छन्- एउटा आन्तरिक सुरक्षा सरोकार र दोस्रो- वाहृय सुरक्षा सरोकार । पहिलो सुरक्षा सरोकार अन्तर्गत नक्कली रुपैयाँ, लागु औषध तथा नेपालको आन्तरिक कानुनी व्यवस्था आउने गर्छ भने दोस्रो वाहृय सुरक्षा सरोकारमध्ये पाकिस्तानको आतकंवादी गतिविधि र चिनियाँ प्रभाव विस्तार हो ।
पहिलो सुरक्षा चुनौतीलाई खुला सीमानाले झनै सम्भव तुल्याइदिएको छ । १९९९ मा भारतीय विमान आईसी ८१४ को अपहरणको कुरालाई कसैले पनि बिर्सन सक्दैनन् । जसले गर्दा भारतमा तत्कालीन सरकारसमेत फेरियो ।
अर्को भनेको नेपालको आन्तरिक कानूनी व्यवस्था हो । यदि नेपालमा कानूनी व्यवस्था राम्रो हुन सकेन भने त्यसको प्रभाव भारतका सीमावर्ती क्षेत्रमा पर्छ जस्तो कि हामीले माओवादी युद्ध र मधेस आन्दोलनको समयमा देखेका छौ । मधेसमा आन्दोलन चलिरहँदा झण्डै ४० वटा सशस्त्र समूहहरु मधेसमा सक्रिय थिए । नेपालसँग सीमा जोडिएका भारतको क्षेत्र युपी, बिहारमा पनि कानुनी व्यवस्था त्यति राम्रो रहेको छैन । त्यसैले नेपालको आन्तरिक समस्याले भारतलाई निक्कै पिरोल्ने गर्छ । यो हाम्रो सुरक्षा कन्सर्न हो । यसलाई अंग्रेजीमा ‘स्पिल ओभर इफेक्ट’ भनिएको छ, जुन मैले आफ्नो कितावमा पनि उल्लेख गरेको छु ।
दोस्रो, वाहृय सुरक्षा सरोकारमध्ये नेपालमा पाकिस्तानी आईएसआईको गतिविधि र चिनियाँ प्रभाव विस्तारले चिन्तित बनाउने गर्छ । तपाईलाई मैले एउटा घटना सुनाउँछु, त्यो १९९३ को हो ।
त्यसबेला पाकिस्तानको गुप्तचर संस्था आईएसआईले काठमाडौंको रिङ्ग रोडमा रहेको ‘होटेल कणर्ाली’ मा भारतविरुद्ध एउटा गोप्य अपरेशन, जसको नाम- ‘अपरेशन टोफेल’ थियो सञ्चालन गर्न लागेको थियो । हामीले नेपाल प्रहरीलाई सूचना दिएर त्यो मिसनलाई रोकेका थियौ । त्यसबेलाको फोटो मैले एउटा अंग्रेजी पत्रिकामा पनि छपाएको थिएँ । त्यसको सबै सूचना हाम्रो आईबीले नेपाल प्रहरीलाई दिएको थियो ।
अब रहृयो चाइनाको कुरा । चाइना पहिलेदेखि नै नेपाल हुँदै भारत आउन चाहने उसको लक्ष्य रही आएको छ । अहिले हामीले त्यसको एस्ट्रिम रुप देखिरहेका छौं ।
चाइनाको ‘वान वेल्ट, वान रोड’ पोलिसीदेखि भारत सशंकित भएको भन्न खोज्नुभएको हो ?
यदि रेल सेवा चीनदेखि काठमाडौंसम्म आयो भने, यदि पाइपलाइन (तेल र ग्यासको) आयो भने, यदि चीनबाट ६/७ वटा सीमा नाकाहरुमा सडक आयो भने त्यो भारतका लागि ठूलो चिन्ताको विषय हो ।
नेपालमा विकास हुँदा भारतलाई किन चिन्ताको विषय हुनुपर्ने ?
किनभने त्यसमार्फत सैन्य प्रभावमा विस्तार हुन सक्छ । सैन्य उपकरणहरु आउन सक्छन् । अहिले नै युद्धको अवस्था त छैन । तर, निकै गम्भीर अवस्थाको सिर्जना भैरहेको हाम्रो ठम्याइ छ । चाइनाले सैन्य क्षेत्रको विस्तारका लागि ती मार्गहरु तथा सीमावर्ती नाकाहरुलाई प्रयोग गर्न सक्ने हाम्रो ठम्याइ छ ।
तर, यी कुराहरु गर्दै गर्दा हामीले आजको होइन, आगामी १० बर्ष पछिको कुरा गरी रहेका छौ । जसका लागि हामी सचेत हुनु पर्छ । हामी के कुरामा पनि विश्वस्त छौ भने चाइनाले ल्याएको पोलिस लागु गर्न १० बर्ष समय लाग्छ तर, हामी आजैदेखि गम्भिर हुनुपर्छ ।
नेपालले उसको आर्थिक विकास होस् भन्ने चाहन्छ, त्यो चीनबाट भए पनि भारतबाट भए पनि । एक समय थियो जतिबेला वीरेन्द्रको शासनकालमा चाइनालाई तराईमा आउने अनुमति थिएन । त्यो भनेको एक किसिमको ‘रेड लाइन’ थियो । तपाई त्यसलाई ‘लक्ष्मण रेखा’ पनि भन्न सक्नुहुन्छ । त्यो ‘लक्ष्मण रेखा’ राजा महेन्द्रको पालादेखि वीरेन्द्रको पालासम्म कायम थियो । तर, अहिले लक्ष्मण रेखा कायम रहन सकेको छैन । जसरी चीनले लुम्बिनीमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कुरा गरेको छ, त्यसले त्यो लक्ष्मण रेखा मेटिएको छ । त्यो हाम्रा लागि ठूलो चुनौती हो ।
तपाईको भनाइको सार त्यही भएर भारतले मधेसको आन्दोलनलाई बल पुर्याइरहेको हो भन्ने निस्कन्छ ?
बल पुर्याउनुको अर्थ हुन्छ, त्यो परियोजना नै रद्द गराइदिने ।
चिनियाँ प्रभाव रोक्ने कुरा भारत तीनै नेतामार्फत गराउन चाहन्छ जसको अधिवेशन उद्घाटन गर्न चिनियाँ राजदुत पुगेका थिए ?
यो कुरा छँदैछ, भारतले ती नेताहरुलाई चेतावनी दिनुपर्ने नै छ । हुन त भारतले किन चेतावनी दिने नेपाल सरकारले चेतावनी दिनुपर्ने । यो काम मधेसी नेताहरुको हुँदै होइन । तपाईलाई थाहा होला, राजा वीरेन्द्रले एकपटक कोहलपुरदेखि खोई कहाँसम्मको सडक निर्माण चिनियाँ कम्पनीलाई दिन लागेका थिए । पछि त्यो रद्द गरेर भारतलाई दिए । यी सुरक्षासँग जोडिएका विषय हुन् ।
लामो समय व्रिटिस उपनिवेशबाट शासित भारतको मानिसकता पनि औपनिवेशिक भैसकेको तथा त्यही नीतिलाई भारतले निरन्तरता दिन चाहन्छ होइन ?
निक्कै गहिरो शब्द प्रयोग गर्नु भयो । मैले बुझन् सकिँन । सरल गरी सोध्नुस् न ।
मेरो भनाइ के हो भने भारतमा जसरी इस्टइन्डिया कम्पनीले लामो समय शासन गर्यो, त्यसैको प्रभाव हो कि भारतले आफ्ना छिमेकी मुलुकहरुमा पनि उही इस्टइन्डिया कम्पनीको मानसिकताबाट प्रेरित भएर शासन गर्न चाहन्छ । यसमा तपाईको सहमति छ ?
भारतको सन्दर्भमा चीनको कुरा गरी रहँदा हामी के कुरामा स्पष्ट छौँ भने- जबसम्म नेपालमा चाइनिज इन्टे्रस्ट कमर्सियल रुपमा जारी छ र त्यसमा कुनै ‘हिडन आम्स एजेन्डा’ छैन भने त्यस बेलासम्म ठीक छ । तर, मधेसमा रहेको लक्षमण रेखालाई कायम राखिनुपर्छ ।
तपाई आफै हेर्नुस् न काठमाडौंमा चाइनिज रेष्टुरेन्टहरु खोलिँदा र बाटोहरु बनाउँदा भारतले कहिल्यै केही भनेन । त्यसबेलासम्म कुनै अप्ठेरो छैन । तर, जब भारतीय सीमाको नजिक आउने कुरा हुन्छ, त्यसपछिको अवस्थालाई हामीले खतराको रुपमा हेर्ने गर्छौं ।
तपाईले भारतको सुरक्षा चासोको कुरा गरिरहँदा मलाई भारतीय एसएसबीका जवानहरुले नेपाल छिरेर चारजना नेपालीलाई गोली हानेर घाइते बनाएको तथा नेपालको स्थानीय गाउँहरुमा हतियारसहित आतंक फैलाएको घटना स्मरण भैरहेको छ । तपाईको आईबीले नेपालको राजधानीमा नै गोप्य अपरेशन चलाएर मान्छे पक्राउ गर्छ । एउटा नेपालीले यस घटनालाई कसरी लिने ? के यो नेपालीको सुरक्षा चासो होइन ?
तपाईको र हाम्रो त खुला सीमाना छ नि त ।
के खुला सीमानाको अर्थ भारतीय सेनाले जहाँ पुगेर जे गर्न पनि सक्छ भन्न खोज्नुभएको हो ?
एसएसबी सेना होइन । सेनाको अर्थ रेगुलर फौज भन्ने हुन्छ । यी भनेका त पुलिसका मान्छे हुन् ।
अनि आईबीले चलाउने गोप्य अपरेशनलाई के भन्ने ?
तपाईले यासिम भडकलको कुरा गर्नुभएको होला । (अक्मकिँदै…) भड्कललाई सीमाबाट पक्राउ गरिएको हो । तर, मलाई त्यसबारेमा धेरै ज्ञान छैन । त्यसैले केही भन्न सक्दिँन ।
भारतीय सुरक्षा निकायले बारम्बार गर्ने यस्ता गतिविधि हाम्रो नेपालको पनि त सुरक्षा चुनौति होइन र ?
त्यो अपरेशन नेपालको सुरक्षा निकायसँग मिलेर गरिएको होला । किनभने सन् १९९३ मा भएको ‘अपरेशन टोफेल’ पनि नेपालको सुरक्षा निकायसँग मिलेर नै गरिएको थियो । त्यसको सम्पूर्ण जानकारी आईबीले दिएको थियो । त्यसैगरी अहिलेको पनि अपरेशन गरिएको होला ।
मेहता जी, तपाईले यसलाई बडो सामान्य घटनालाई जसरी ‘इग्नोर’ गर्दैहुनुहुन्छ, किन ?
हाँस्दै… मैले त्यस्तो ‘इग्नोर’ गर्न खोजेको छैन । संसारमा कहीँ पनि यस्तो किसिमको खुला सीमाना र १९५० सालको सन्धी भएको छैन ।
एउटा मुलुकको आन्दोलनकारीले अर्को मुलुकबाट ढुंगा र पेट्रोलबम बर्साउने गरिएको घटना पनि संसारमा कहीँ भएको छैन होला है ?
यो त तपाईले आन्दोलनको अत्यन्त उच्चतम बिन्दुको कुरा गर्दै हुनुहुन्छ । यस्तो विश्वमा कहीँ पनि हुँदैन ।
हामीले सीमानाको यस्तो उच्चतम बिन्दुमा पुगेको कुरा गर्दैछौं भने दुबै मुलुकको सुरक्षा चासोलाई सम्बोधन गर्न के सीमा शील गरेर भिसा प्रणाली लागु गर्न सक्दैनौं ? यसबारे तपाईले र भारत सरकारले कहिलै केही सोचेको छ कि ?
हेर्नुस् खुला सीमाना र १९५० को सन्धीका कारण जति संख्यामा पनि नेपालीहरु भारत आउन र बस्न सक्दछन् । कसैले भन्ने गर्दछन् ७/८ मिलियन नेपाली भारतमा छन् भने २ मिलियन जति त यात्रामै रहेका हुन्छन् ।
तपाईको मुलुकका नागरिक हाम्र्रो सेनामा तीनतारे जर्नेलसम्म भएका छन् । त्यो पनि एउटा होइन, तीन-तीन जना । उनीहरु टेक्नीकल्ली आर्मी चिफ पनि हुन सक्छन् । तपाई अनुमान गर्न सक्नुहुन्छ हामीबीच कति विश्वास छ भन्ने । अर्को मुलुकको आर्मीमा जागिर खानु र अर्को मुलुकका रगत बगाउने भन्नु कत्रो ठूलो विश्वासको कुरा हो ।
यही विश्वासले त नेपालीहरुलाई लुटेको छ । नेपालीहरु कश्मिरमा जुन मुलुकका लागि रगत बगाउँछन् । तिनै नेपालीको मुलुकमा भारतले दुई पटकसम्म नाकाबन्दी गरेको तपाईलाई सम्झना होला ।
यो कुरा त तपाईले महन्त ठाकुर र उपेन्द्र यादवसँग सोध्नुस् । किन आन्दोलन गरेर नाकाबन्दी गरेको ?
(अन्तरवार्ताकार ज्ञवाली भारतबाट प्रकाशित हुने समकालीन तीसरी दुनियाँका नेपाल प्रतिनिधि हुन् । उनी अहिले दिल्लीमा छन् ।)
-onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

जाडो मैसम सुरु भएको छ । यस मौसममा आफनो स्वाथ्यको धेरै ख्याल गर्नु पर्ने हुन्छ चिसो र जाडोबाट बच्नका लागि त्यसैले हामी जाडो बच्चका लागि निम्न १० टिप्सहरु दिएका छौ जो तपाइको लागि अति उपयोगी हुने छ ।
शरीरलाई क्रियाशील राख्ने
जाडो मौसममा बाहिर हिँडडुल गर्न अल्छी गर्ने, फुर्सद पाउनसाथ सिरक ओढेर सुत्ने बानी धेरैको हुने गर्छ ।
यस्तो बानी सुधार्नुपर्छ । बिहान सामान्य व्यायाम गर्ने, हिँडडुल गर्ने, फुर्सदको समयमा करेसाबारीमा आफूलाई व्यस्त राख्ने आदि काम गरेमा शरीरलाई आवश्यक ताप र ऊर्जा प्राप्त हुन्छ । जसले गर्दा रुघाखोकीजस्ता रोग लाग्ने जोखिम घट्छ ।
खानपानमा ध्यान दिने
जाडो मौसममा सुप, तरकारी, फलफूलजस्ता खानालाई सकेसम्म नियमित गर्नुपर्छ । सखरखण्ड, हरियो सागसब्जी, चुकन्दर, अदुवा, लसुन, केराजस्ता तरकारी र फलफूल खाने गर्नाले शरीरलाई ऊर्जा मिल्नुका साथै शरीरको रोगप्रतिरोधी क्षमता पनि बढ्छ । तरकारी र गेडागुडीको झोल जाडो मौसममा बढी खाने गर्नुपर्छ ।
तौल बढ्न नदिने
जाडो मौसममा शारीरिक श्रम र व्यायाम कम हुने गर्छ । मसलादार र चिल्लो खाना खाने रुचि जाडोमा बढी हुन्छ । त्यसैले जाडोमा मानिस मोटाउने गर्छन् । त्यसैले मोटाएर खास गरी पेटतिरको भागमा बोसो जम्मा हुन नपाओस् भन्नेमा सचेत हुनुपर्छ ।
किनकि, जाडोमा लागेको पेट र बोसोले दीर्घकालीन रोग लाग्ने सम्भावना बढाइदिन्छ ।
पर्याप्त सुत्ने
वयस्कहरूका लागि प्रतिदिन सातदेखि आठ घण्टासम्मको निद्रा उपयुक्त हुन्छ । पर्याप्त निदाइएन भने शरीर कमजोर हुने र रोग लाग्ने जोखिम बढ्ने भएकाले सुत्न कञ्जुस्याइँ गर्नु हुँदैन । राम्रोसँग निदाउनका लागि नियमित व्यायाम गर्ने, योग गर्ने, मदिरा र चुरोट कम गर्ने, क्याफिनजन्य पदार्थको मात्रा घटाउने गर्नुपर्छ ।
छाला स्वस्थ राख्ने
जाडो मौसममा छाला फुट्ने र फुस्रो हुने, ओठमा घाउ हुनेजस्ता समस्या देखापर्ने गर्छन् । जाडोमा कम नुहाइने भएकाले लुतोलगायत एलर्जी छालामा लाग्ने जोखिम जाडोमा बढी हुन्छ ।
यसबाट बच्न सरसफाइमा ध्यान दिनुपर्छ । छाला फुस्रो नहोस् र नफुटोस् भन्नका लागि नियमित छाला म्वइस्चराइज गर्नुपर्छ । यसका लागि डाक्टरको परामर्शमा भिटामिन–ईको चक्की, लसुन आदिसमेत खान सकिन्छ ।
पानी पर्याप्त पिउने
जाडोमा पानी पिउने रुचि कम हुन्छ । त्यही भएर पानीको मात्रा बढाउन तरकारी र दालको झोल बढी पिउने गर्नुपर्छ । साथै, दिउँसोतिर बेलाबेलामा ठूलो ग्लासमा ग्रिन टी, हर्बल टी आदि पिउने गर्नाले पानीको मात्रा बढ्छ । जसले शरीर र छालामा पानीको कमीका कारण देखापर्ने समस्या रोक्छ ।
तनावरहित हुने
तनावका कारण मानसिकसँगै शारीरिक रोग लाग्ने जोखिम बढ्ने भएकाले तनाव कम गर्न योग गर्ने, मनमा नराम्रो कुरा नखेलाउने, आफ्नो र सबैको भलो सोच्ने आदि गर्नुपर्छ । साथै स्नायु प्रणालीलाई स्वस्थ राख्न डाक्टरको परामर्शमा भिटामिन बी–१, बी–५, बी–६ र बी–१२ का चक्कीसमेत खान सकिन्छ ।
न्यानो कपडा लगाउने
कतिपय अवस्थामा हामीले कपडा लगाउनमा हेलचेक्य्राइँ गर्छौं र जाडोमा त्यति न्यानो कपडा नलगाई बाहिर निस्कने गर्छौं । यस्तो गर्नु हुँदैन । छातीमा कफ जम्ने, चिसोको कारण घाँटी खसखस हुने, दुख्ने आदि गरेको छ भने छाती र घाँटी छोप्ने खालका कपडा, मफलर लगाउनुपर्छ । न्यानो कपडा नलगाए चिसो गढ्ने, रुघाखोकी बल्झिने, टन्सिल हुने सम्भावना रहन्छ ।
तातो पानी पिउने
जाडो मौसममा चिसो पानी नपिउनु नै राम्रो हुन्छ । तातो पानी पिउने गर्नाले रुघाखोकी नलाग्ने, कफ नजम्ने, घाँटी नदुख्ने हुन्छ ।
बिरामीबाट परै रहने । रुखाखोकी आदि सर्ने भएकाले यस्ता रोग लागेका मानिसबाट परै रहनुपर्छ । त्यस्ता मानिससँग कुरा गर्दा दूरी कायम गर्ने, हात मिलाउनुको सट्टा नमस्कार गर्ने आदि गर्नुपर्छ ।