• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शनिबार, २३ असोज
काठमाडौ । तराईमा आन्दोलनरत थारुवान थारुहटले आमहड्तालका कार्यक्रम फिर्ता लिएका छन् ।
गत साउन देखि थारुवान थारुहटप्रदेहको माग गर्दै साउन २३बाट गर्दै आएको आन्दोलन र बन्दको सम्पुर्ण कार्यक्रम फिर्ता दिएको जनाएको छ ।
हिन्दुहरुको महान चार्ड दसैंको बन्दले सर्वधारणलाई सास्ति हुने भन्दै बन्दको कार्यक्रम फिर्ता लिएको जनाएको हो ।
यसै गरी उनीहरुले आफ्नो माग पुरा नभएको भन्दै दशैंको दिनलाई कालो दिनको रुपमा मनाउने निर्णय समेत गरेका छन् ।
www.nepalsandesh.com
२३ असोज, एजेन्सी।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि बिहारका पुर्व मुख्य मन्त्री तथा आरजेडीका अध्यक्ष लालु यादवले कडा शब्दमा आक्रमण गरेका छन्। लालु यादवले नरेन्द्र मोदीलाई ब्रह्मपिचाश भएको आरोप लगाएका छन् । उनले मोदी प्रधानमन्त्री बन्न लायक नभएको र आज पुरै भारतमा उनको थु थु भएको भन्दै कडा प्रतिक्रिया जनाएका हुन्।

केही दिन अघि मात्रै नरेन्द्र मोदीले लालु यादवलाई शैतान भनेपनि यादवको यस्तो प्रतिक्रिया आएको भारतीय सञ्चारमाध्यामहरुले लेखेका छन्। लालुले भने-‘मैले आरक्षणको कुरा गर्दा उनले मलाई शैतान भने। मलाई शैतान भन्ने आफै ब्रह्मपिचाश हुन् । उनी प्रधानमन्त्री बन्न लायक छैनन। पुरै देश मोदीलाई थु थु गर्दैछ। हामी मोदीलाई बिहारबाट भगाउँछौ ।’

लालुले किन आफूलाई शैतान भएको प्रमाणित गर्नु पर्ने नत्र सम्पुर्ण बिहार जनतासंग माफि माग्न समेत मोदीलाई चेतावनी दिएका छन्। आफु लगाएत मोदीले सारा दलित र बिहारबासीलाई शैतान भनेको उनको टिप्पणी थियो।

गाईको मासुको खाने विषयमा लालु यादव गरेको टिप्पणीपछि मोदीले लालुमाथि शैतान विषयमा प्रतिक्रिया दिएका थिए। लालुले ‘शैतान’ को प्रभावमा आएर आफुले गाइको मासु सम्बन्धी टिप्पणी गरेको बताएका थिए। लालुको यस्तो भनाइ पश्चात, शैतानलाई लालुको ठेगाना कसरी मिल्यो भन्दै मोदीले व्यङ्ग गरेका थिए।

छिट्टै बिहारमा हुन लागेको चुनावका कारण मोदी र अर्को गठबन्धनका नेता लालु यादवबीच तनाव बढेको हो।

केही दिन अघि भारतमा गाईको मासु खाएको आरोपमा एक व्यक्तिलाई कुटेर हत्या गरिएको थियो।

यता बिहारको चुनाव पनि नेपालमा भारतको अघोषित नाकाबन्दी लाग्नुको कारण भएको विश्लेषण गरिने गरेको छ।nepaliheadlines.com
२३ असोज, काठमाडौं ।

नयाँ प्रधानमन्त्रीका उम्मेवार नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतसँग कुनै पनि हालतमा नझुक्ने बताएका छन् । संविधान जारी गर्नुपूर्व गरेको सहमतिलाई कांग्रेस सभापति सुशील कोइरालाले तोडेको बताउंदै ओलीले कांग्रेस जनतासाुम ब्ल्याक लिस्टेड पार्टी भएको बताएका हुन् ।

सहमतीय सरकारको लागि आफूले अन्तिमसम्म पनि पहल गरेको बताउंदै शनिवार पत्रकारसँग कुराकानी गर्दै कांग्रेसले अन्तिम समयमा आएर धोका दिएको बताए ।

ओलीले भने,‘जनताको सपनामाथि तुषरापात गर्दै कांग्रेसले धोका दिएको छ, यसको परिणाम के हुन्छ हेर्दा जाऔ तर जनमत विपरीत गएकाले अब काग्रेस ब्यालक लिस्टेड पार्टी भएको छ ।’nepaliheadlines.com
२३ असोज , काठमाडौँ।

काठमाडौं महानगरपालिका–३५ कोटेश्वर चोक नजिक गएराति भएको आगलागीमा परेर एकै परिवारका तीन जनाको मृत्युभएको छ ।

आगलागीमा परेर गम्भीर घाइते भएका एक वर्षीय बालक युनिस श्रेष्ठको शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ ।

कोटेश्वरको ट्राफिक प्रहरी बिट पछाडि भएको आगलागीमा परेर रामेछाप लखनपुर–८ का ३२ वर्षीय लेखराज श्रेष्ठ, उनकी २८ वर्षीया श्रीमती देउकी र आठ वर्षीया छोरी जेनिशाको निधन भएको महानगरीय प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।

मृतकमध्ये लेखराजको घटनास्थलमै र उनकी श्रीमती र छोरीको उपचारका क्रममा कीर्तिपुरस्थित मोडल अस्पतालमा निधन भएको हो । मृतक लेखराज ट्याक्सी चालक रहेको र कोठामा सञ्चित गरेर राखेको पेट्रोल एउटा भाँडोबाट अर्को भाँडोमा सार्ने क्रममा नजिकै रहेको बलिरहेको मैनबत्ती सल्केर अचानक आगो फैलँदा उनीहरु जल्न पुगेका थिए ।

सो आगलागीबाट कोठामा रहेका सरसामानसमेत जल्नुका साथै घरमासमेत क्षति भएको छ । रासस
जाजरकोट, २३ असोज । जिल्लाको खगेनकोट गाविस–६ बगारामा भेरी नदीले बगाउँदा शुक्रबार दिउँसो एक किशोरीको मृत्यु भएको छ भने एर्की बेपत्ता भएकी छिन् ।
नुहाउन गएकी खगेनकोट–८ की १४ वर्षीया जुनमाया सिंहको खोलाले बगाउँदा मृत्यु भएको हो ।
उनको शव बगेको स्थानभन्दा तीन किलोमिटर तल गुनभीरमा फेला परेको थियो ।
जुनमायालाई खोलाले बगाएपछि बचाउन गएकी १५ वर्षीया सुशीला शाही बेपत्ता भएकी प्रहरी नायव उपरीक्षक दानबहादुर मल्लले जानकारी दिनुभयो । रासस

काठमाडौं : नेपाली कांग्रेसबाट सुशील कोइराला प्रधानमन्त्रीका लागि उम्मेदवार बन्ने भएका छन्।

कांग्रेसका शीर्ष नेताहरुको शनिबार बिहान बालुवाटारमा  बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। बैठकमा कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सुशीललाई नै निरन्तरता दिनुपर्ने प्रस्ताव गरेका थिए भने रामचन्द्र पौडेलले समर्थन गरेका थिए।

मुलुक विशेष परिस्थितिमा रहेको भन्दै  उनलाई नै निरन्तरता दिने सहमति भएको हो। तर पार्टी केन्द्रीय समितिले आधिकारिक निर्णय गर्न बाँकी छ।

संविधान बनेपछि एमालेलाई सरकारको नेतृत्व दिने भद्र सहमतिअनुसार एमालेले आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ। एमालेले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाइसकेको छ।

कांग्रेसको केन्‍द्रीय समितिको बैठक बसेर कोइरालालाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गर्दैछ।

नयाँ सरकारको नेतृत्व नेपाली कांग्रेसले लिने र सुशील कोइरालाकै नेतृत्वमा जाने सहमति भएको कांग्रेस कार्यलयका सचिव प्रदीप पराजुलीले दिएका छन्।  annapurnapost.com
काठमडौं, २३ असोज । शुक्रबार दिनभरि बालुवाटारमा नेपाली कांग्रेसको बैठक चल्यो । केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखे । धारणा पार्टीगत भन्दापनि गुटगत रुपमा आए । गटगत रुपमा आएका धारणभन्दा अलि फरक धारणा दिने पात्र दुई जना देखिए । ती हुन् महामन्त्री कृष्णप्रसाद सिटौला र सहमहामन्त्री पूणबहादुर खड्का ।
पूर्णबहादुर खड्का कांग्रेसको नेतृत्वभन्दा पनि एमालेका केपी ओलीलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्दै हिँडिरहेका थिए । ‘सहमतिमा सरकार बन्नछ भने कांग्रेसले गरोस्’, बैठकमा सुन्ने एक नेताले खड्कालाई उदृत गर्दै भन्यो, ‘होइन भने एमालेका अध्यक्ष केपी ओलीलाई गर्नुपर्छ ।’
एमाले अध्यक्ष केपी ओलीको पक्षमा सबैभन्दा धेरै वकालत गर्ने कोही थियो भने त्यो व्यक्ति खड्कानै हुन् । र उनलाई साथ दिइरहेका थिए महामन्त्री सिटौलाले । कांग्रेसमा एमालेको नेतृत्वमा सरकार बनाउन हुँदैन र सहयोग गर्नु हुँदैन भन्ने बहुमत जान्दाजान्दै पनि खड्का र सिटौलाले ओलीलाई समर्थन गरेका थिए ।
अन्ततः कांग्रेसले शुक्रबार मध्यरातिसम्म पनि प्रधानमन्त्रीमा के गर्ने भन्ने निर्णय गर्नै सकेन । तीन शीर्ष नेतालाई जिम्मेवारी दिएको भन्दै बैठक सेलायो । बैठक स्थगित भएको हो वा चालु छ भन्ने भेउ नपाएर बेलुका सात बजे केन्द्रीय सदस्यहरू घर फर्किए ।
अझ रोचक प्रसङ्गत के छ भने कांग्रेसको केन्द्रीय समितिको बैठकमा केही नेताहरूबीच झण्डै हातहालाहलको अवस्था सृजना भएको थियो । स्रोतका अनुसार प्रवक्ता दिलेन्द्र बडू, केन्द्रीय सदस्य विमलेन्द्र निधीले माइन्युट तयार पार्न खेस्रा गरिरहँदा सहमहमन्त्री खड्काले उत्ताउलो हुँदै गएर धम्कीसम्म दिन भ्याए । स्रोतका अनुसार खड्काले हुन्छ भने देउवालाई प्रधनमन्त्री उम्मेदवार बनाउँ । होइन भने एमालेका अध्यक्ष ओलीलाई समर्थन गरौँ । अरु निर्णय गर्ने हो भने हुँदैहुन्न भनेका थिए ।
खड्काले प्रवक्ता दिलेन्द्र बडू पत्रकारसँग बाहिर बोल्दा पनि नजिकै आएर केही निर्णय भएको छैन भन्दै हस्तक्षेप गरिरहेका थिए । खड्काले बैठकबाट राय लिने काम भयो, निर्णय भएको छैन अहिलेलाई यति बुझ्नुस् भन्दै बडूलाई राम्रोसँग बोल्नै दिएनन् । खड्काको रवैया देखेर केही समय केन्द्रीय सदस्य र पत्रकारहरू हेरेको हेरै भएका थिए ।
बैठकले शुक्रबार झण्डै सभापति सुशील कोइरालालाई प्रधानमन्त्रीमा अगाडि बढाउने निर्णय गर्दै थियो । देउवा समूह आफूलाई नभए कांग्रेसभित्रका अरुलाई कुनै पनि हालतमा समर्थन गर्ने पक्षमा शुक्रबार मध्यरातसम्म देखिएन ।
आफ्नो पक्षमा माहोल बनाउन र रणनीति तयारपार्न देउवाले दरबारमार्गस्थित होटेल अन्नपूर्णमा आफू निकट केन्द्रीय सदस्यको बैठकसमेत गरे । बैठकमा देउवा नभए एमालेलाई समर्थन गर्नुपर्छ भन्नेसम्म छलफल गरेको स्रोतको दाबी छ ।
उता, रामचन्द्र पौडेलले पनि प्रधानमन्त्रीको दाबी गर्दै शुक्रबारको बैठकमा क्याङ्क्याङ् गरिरहे । तर उनको रोदन कसैले सुनिदिएन । पछि पनि उनको रोदन सुनेर प्रधानमन्त्रीमा सहयोग गर्ने कुनै छाँटकाँट छैन भनेर भन्ने केन्द्रीय सदस्यहरू बालुवाटारमा मध्यरातसम्म देखिए ।
dainiknepal.com
वि.सं. २०७२ साल असोज २३ गते। शनिबार। इश्वी सन् २०१५ अक्टोबर १० तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– त्रयोदशी, २४:१५ बजेउप्रान्त चतुर्दशी।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
नयाँ काम सुरु गर्ने समय छ। व्यापारमा मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी दिगो आम्दानी हुने नयाँ रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। परिवारजनका आकांक्षा पूरा गर्न सकिनेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। पहिलेको मेहनतबाट प्रतिफल भने पाइनेछ। काम रोकिने, मानसम्मानमा आघात पुग्ने समय छ। फाइदा कममात्र हुनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहुन सक्छ। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हातपर्ने बेला छ। श्रमको उचित मूल्यांंकन होला। पढाइमा पनि राम्रै प्रगति हुने समय छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
प्रतिष्ठित काम गर्ने मौका छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
श्रमपूर्वक समर्पित हँदा पनि कामको मूल्य प्राप्त नहुन सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्नने समय छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउन सक्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउने समय छ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामको चापबाट पनि फुर्सद पाइनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।

सामान्यतया मानिसहरु चिल्लो भएका खानेकुरा खाँदा स्वास्थ्यलाई बेफाइदा गर्ने र मोटाइने ठान्छन् । तर चिल्लो पदार्थ भएका खानेकुराका थुप्रै फाइदा पनि छन् ।
भनिन्छ चिल्लो खाँदा यसले रगतको धमनीमा अवरोध गर्छ र मान्छे मोटो हुन्छ तर खासमा कतिपय चिल्लो पदार्थले मुटुलाई समेत फाइदा गर्ने अध्यनले देखाएको छ । यसै वर्ष बेलायतको हार्ट फाउण्डेसनले गरेको एक शोधमा चिल्लो पदार्थ हुने घिउ, दुध तथा यस्तै चिल्ला पदार्थले मुटुका रोगबाट बचाउँने तथ्य फेला पारेको हो ।
यी खानेकुरामा हुने मारगारिक एसिड नामको पदार्थले मुटुको रोगबाट बचाउने अध्यनको दावी छ । यद्यपी कतिपय विशेषज्ञले यो अध्यनलाई अधुरो र भ्रामक समेत भनेका छन् । क्यमब्रिज विश्वविद्यालयका जनस्वास्थ्य विभागका प्राध्यापक केटी ख्वाले आफ्नो सोध जंकफुडलाई प्रोत्साहित गर्न नभएको बताए ।
यद्यपी मानिसहरुले आमरुपमा सोंच्ने जस्तो तैलीय पदार्थका वेफाइदामात्र नभएको उनको भनाइ छ । मुटुका लागि घातक मानिएका यस्ता खाद्य पदार्थमा हुने तैलीय तत्व मुटुकै लागि राम्रो हुने अध्यनको दावी छ ।
purbelinews.com

काठमाडौ । महान् चाड दसैँमा घर जान नपाइने चिन्ताले सर्वसाधारण पिरोलिएका छन् ।
वर्षदिनमा एकपटक मात्र दसैँमा घर जाने सुदूर पूर्व र सुदूर पश्चिमका यात्रुले छिटो यातायातको व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
विगत वर्षहरुमा दसैँ आउनु डेढ दुई महिना अघि नै टिकट अग्रिम बुकिङ हुने गरेकामा यस वर्ष पेट्रोलियम पदार्थको अभावका कारण बुकिङ काउन्टर सुनसान छ । यसले गर्दा यात्रु अन्योलमा परेका छन् । पेट्रोलियम पदार्थको अभावका कारण विगत वर्षमा झैँ यसपटक अग्रिम बुकिङ नगरिएको यातायात व्यवसायीले बताएका छन् ।
‘बसको टिकट खोज्न लागेको एक हप्ता भइसक्यो, अझै पाउन नसकिएकाले यो वर्ष दसैँमा घर जान पाइने सम्भावना देखिएन, काठमाडौँमा एक्लै बस्नुपर्ने भयो’, दाङबाट आई राजधानीमा अध्ययनरत श्याम चौधरीले भने ।
यो समस्या चौधरीको मात्र होइन, उपत्यकामा यस वर्ष यो समस्याबाट पिरोलिनेको सङ्ख्या अत्यधिक छ । पाँचथरकी रमा ढुङ्गाना पनि बसको टिकट बुकिङका लागि गौशाला, कोटेश्वर, कलङ्की, नयाँ बसपार्क र चावहिल लगायतका टिकट काउन्टरमा घुम्दा पनि टिकट पाउन नसकिएको गुनासो गर्छिन ।
‘बसको टिकट नपाएका कारण यस वर्षको दसैँमा घर पुगिएला जस्तो छैन, १५ दिनदेखि टिकट खोज्न दैनिक दौडधुप गरेपनि हात लाग्यो शून्य भएकाले ग्यास नपाई समस्याकै बीचमा वर्ष दिनको पर्व मनाउने बाध्यतामा फसिने भइयो’, एक्लै काठमाडौँमै बस्नुपर्ने अवस्था देखिएको सुनाउँदै उनले भनिन् ।
पेट्रोलियम पदार्थको अभावमा यातायात व्यवसायीले टिकट बुकिङ नभई लाखौँ यात्रु अलपत्र पर्ने अवस्थामा सरकारका सम्बन्धित निकायले ध्यान नदिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताए ।
‘प्रत्येक वर्ष दसैँमा २० लाख मानिस काठमाडौँ बाहिर जान्छन्, यो समयमा धेरै सङ्ख्यामा टिकट अग्रिम बिक्री हुने गरेकामा यस वर्ष पेट्रोलियम पदार्थको अभावका कारण पर्याप्त मात्रामा सवारी साधन हुँदा पनि बुकिङ हुन सकेको छैन, यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कुनै पहल गरेन’, उनले भने ।
अब आठ–दस दिनका लागि पेट्रोलियम पदार्थको व्यवस्था गरिदिए यात्रुलाई गन्तव्यमा पुर्‍याउन पहल गरिने पनि उनले बताए । यसका लागि गृह मन्त्रालय र नेपाल आयल निगमसँग बैठक चलिरहेको महासङ्घले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता देवेन्द्र कार्की पेट्रोलियम पदार्थको नियमनको विषय वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्ने भएकाले समन्वयको पहल भइरहेको बताउछन् ।
‘पेट्रोलियम पदार्थ नै ल्याउने काम मन्त्रालयले गर्न सक्ने कुरा भएन, तेल आएपछि व्यवस्थापन गरेर सवारी साधनलाई गन्तव्यसम्म पुर्‍याउन पहल गर्नेछौ’, उनले भने । रासस
www.nepalsandesh.com
शुक्रबार, २२ असोज
काठमाडौं । पोर्न स्टार बन्ने चाहनाकासाथ एकाएक नग्न फोटाहरु पोस्ट गरेर एकाएक चर्चामा आएकी अर्चना पनेरुले सामाजिक सञ्जाल फेसबुकमा कविता राखेर फेरि चर्चामा आएकी छिन् ।
उनले चिन्नुभो म हुँ कान्छी साली हजुरको, नझुक्कीनु उहि प्यारी काली हजुरको भन्दै कविता लेखेर फेसबुकमा पोष्ट गरेकी छिन् । उनले लेखेको कविता मिठासपुर्ण रहेको छ ।
कक्षा दशमा अध्ययनरत युवती अर्चनाले केही समय अघि मात्र नग्न तस्वीर पोष्ट गरेपछि चर्चामा आएकी थिइन् ।
www.nepalsandesh.com
शुक्रबार, २२ असोज
 काठमाडौं । नेकपा माओवादीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले भारतीय गुप्तचर संस्था ‘रअ’ र अतिहिन्दूवादी बिजेपीबीचको अन्तरविरोधले नेपालमा नाकाबन्दीको अवस्था सिर्जना भएको दावी गरेका छन् ।
‘सुशील, केपी र प्रचण्डले ‘रअ’ को निर्देशनमा संविधान जारी गरे तर आरएसएसको छत्रछायाँमा बाबुराम लगायतका नेताले विरोध गरिरहेका छन्’, बास्तोलाले भने, ‘आरएसएसले नेपाल हिन्दूराज्यसहितको संविधान जारी गर्न चाहन्छ ।’
शुक्रबार काठमाडाँैमा अखिल क्रान्तिकरीले आयोजना गरेको ‘नाकाबन्दीको विरोध तथा २० औँ राष्ट्रिय सम्मेलनको सन्देश’ नामक कार्यक्रममा बास्तोलाले सो कुरा बताएका हुन ।
बास्तोलाले ‘रअ’ र विजेपीका नेपाली एजेन्टबीच एकता हुन नसक्दा नेपाली जनताले नाकाबन्दीको मार भोग्नु परेको दाबी गरे । उनले जसरी पनि भारतकै मातहतमा नेपाल राख्ने गद्धारी कार्य भइरहेको बताए ।
जिम्मेवार मन्त्री र राजनीतिक पार्टीका केही नेताले नाकाबन्दीको सर्मथन गरेर नेपालको राष्ट्रियतामाथि धावा बोलिरहेको बास्तोलाले बताए । नाकबन्दी अधिकारसँग सम्बन्धित नभएर घुमाई फिराई नेपालमा भारतको हस्तक्षेप कायम राख्न चक्रब्यूह रचिएको बताए ।
कार्यक्रममा बोल्दै बास्तोलाले सरकारका जिम्मेवार पदमा विदेशी नागरिक भएकाले राष्ट्रिय स्वधिनताका पक्षमा काम गर्ने लालबाबु पण्डित जस्ता देशभक्तलाई काम गर्न असहज भएको बताए ।
सञ्चार मन्त्रीले नाकाबन्दीको पक्षमा बोल्नु आपत्तिजनक भएको भन्दै बास्तोलाले सरकारका मन्त्री र दलका नेताहरुकै कारण नेपालमा भारतीय हस्तक्षेप बढेको बताए ।
कार्यक्रममा अखिल क्रन्तिकारीका नवनिर्वाचित अध्यक्ष पूर्णबहादुर सिहंले आफूहरुले सम्मेलन लगत्तै नाकाबन्दीको विरुद्धमा संघर्षका कार्यक्रम घोषणा गरेर नेपाल–चीन नाका खुलाउन टोली परिचान गरेको बताए ।
www.nepalsandesh.com
काठमाडौं : नेपाल प्रहरीका एसएसपी रमेश खरेललाई काठमाडौं सरुवा गरिएको छ । मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्रमा रहेका खरेललाई आज काठमाडौं स्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा सरुवा

गएिको नेपाल प्रहरीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । खरेलसँगै ३५ एसएसपीको सरुवा भएको छ । annapurnapost.com
शुक्रबार, २२ असोज
नेपालगञ्ज । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपालको मायाँ आफुलाई जती अरु कसैलाई नभएको बताउका छन् । उनले राष्ट्रवादका विषयमा आफुजती गम्भिर र जिम्मेवार अरु कोही नभएको बताए ।
उनले भारतले नाकाबन्दी लगाएको भनेर गलत हल्ला चलाइएको बताउँदै आफुहरुको नाकाबन्दीका कारण सबै सामाग्रि रोकीएको दाबी गरे ।
महतोले नेपालको मधेसमा रहेका जनताको हक हीतकालागि आफु जीवन प्रयन्त लडीरहने बताउँदै नेपालको बाटो बन्द भएकाले आफु भारतको बाटो प्रयोग गर्दै नेपालगञ्ज आएको बताए ।
उनले मधेस आन्दोलनलाई कमजोर पार्न भारत विरोधी अभियान सरकारलेनै चलाएको बताउँदै महतोले क्षणीक आवेशमा आउँदा भविष्यमा सबैलाई असर पर्ने बताए ।
उनले एमाओवादी अध्यक्ष बाबुराम भट्टराईले टाउको काटेर कपालको संरक्षण गरेजस्तो गरेको आरोप लगाए । उनले संविधानमा हस्ताक्षर गरेर मधेसमा आएर झुटो बोलेको बताए ।
www.nepalsandesh.com
काठमाडौँ, २२ असोज । व्यवस्थापिका–संसद् सचिवालयले नयाँ प्रधानमन्त्री निर्वाचनसम्बन्धी कार्यतालिका प्रकाशित गरेको छ ।
व्यवस्थापिका–संसद्को आज बसेको बैठकमा सुवास नेम्बाङले प्रधानमन्त्रीको निर्वाचनसम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिनुभएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशित गरेको हो ।
प्रकाशित सूचनाअनुसार शनिबार बिहान संसद् भवन नयाँबानेश्वरमा ११ बजेदेखि ४ बजेसम्म प्रधानमन्त्रीका उम्मेद्वारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव र म प्रधानमन्त्रीमा निर्वाचित भए यी काम गर्न राजी छु भन्ने व्यहोराका आवेदनमा उम्मेदवारले हस्ताक्षर गर्नुपर्नेछ ।
आवेदन दर्ता भएपछि शनिबार ४ः३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्ने व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
यस्तै आइतबार बिहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा प्रवेश गर्नेछ ।
राष्ट्रपति डा रामवरण यादवले सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिनुभएको समयसीमा बिहीबार सकिएपछि आजबाट बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अगाडि बढेको हो ।
संविधानको धारा २९८ मा भएको सङ्क्रमणकालीन व्यवस्थाअनुसार व्यवस्थापिका–संसद्को बैठक आह्वान भएको सात दिनभित्र नयाँ प्रधानमन्त्रीको चयन गर्ने व्यवस्था रहेको छ । सात दिनभित्र सहमतिको आधारमा प्रधानमन्त्री चयन नभएको अवस्थामा बहुमतीय प्रक्रियाका आधारमा प्रधानमन्त्रीको चयन हुने प्रावधान रहेको छ ।
यस्तै अधिवेशन आह्वान भएको अवस्थामा २० दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गर्ने व्यवस्था संविधानको धारा २९९ मा रहेको छ । सदनमा रहेको बहुमत सदस्य सङ्ख्याले ती दुई पद चयन गरिनेछ । सभामुख र उपसभामुख अलगअलग राजनीतिक दल प्रतिनिधित्व हुनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
त्यस्तै सदनको बैठक चालु रहेको अवस्थामा एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चयन गर्ने प्रावधान संविधानको धारा २९७ मा रहेको छ । रासस
dainiknepal.com
काठमाडौँ— व्यवस्थापिका–संसद् सचिवालयले प्रधानमन्त्री चयनसम्बन्धी निर्वाचन तालिका प्रकाशित गरेको छ । संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङले प्रधानमन्त्रीको निर्वाचन सम्बन्धी आवश्यक व्यवस्था मिलाउन दिएको निर्देशनअनुसार नै कार्यतालिका प्रकाशित गरेको हो ।
आज प्रकाशित सुचनाअनुसार भोलि शनिबार ११ बजेदेखि चारबजेसम्म प्रधानमन्त्रीका उम्मेदवारी दर्ता गराउने समयसीमा तोकिएको छ । एक जना प्रस्तावक र समर्थकले समर्थन गरेको प्रस्ताव संसद भवन नयाँ बानेश्वरमा दर्ता गर्नुपर्नेछ । आवेदन दर्ता भएपछि शनिबार ४:३० बजे सचिवालयले दर्ता भएको प्रस्तावको अन्तिम सूची प्रकाशित गर्नेछ ।आइतबार विहान ११ बजे बस्ने संसद् बैठकमा प्रधानमन्त्रीको उम्मेदवारका समर्थक र प्रस्तावकले आ–आफ्नो धारणा राखेपछि मतदान प्रक्रियामा प्रवेश गर्नेछ । राष्ट्रपति डा रामवरण यादवले सहमतिको आधारमा प्रधानमन्त्री चयन गर्न दिएको समयसीमा विहिबार सकिएपछि आजबाट बहुमतीय प्रक्रियाका आधारमा पम चयनको प्रक्रिया अगाडि बढेको हो । प्रधानमन्त्रीमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओली मैदानमा ओर्लिइसकेका छन् । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय कार्य समितिको बैठकले वर्तमान प्रधानमन्त्री सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेल तीनै जानाले उम्मेदवार बन्ने इच्छा व्यक्त गरेको बताइएको छ । काँग्रेस बैठकमा चर्को विवाद भएपछि तीनै जना प्रधानमन्त्रीको उम्मेदवार बन्ने बताएका हुन् । सुशील कोइराला बोलिरहेको बेला पौडेलले माइक खोसेको बैठकमा सहभागी एक नेताले जानकारी दिए । www.ratopati.com
पर्सा । पर्साको मिर्जापुरमा आन्दोलनकारीले नेपालको झण्डा जलाएका छन् । अंगीकृत नागरिकता लिएर नेपालमा राजनीति थालेको आरोप खेपीरहेका राजेन्द्र महतोका कार्यकर्ताहरुले नेपालको झण्डा जलाएका हुन् ।
राजेन्द्र महतोको हर्कतबाट वाक्क भएका उपेन्द्र यादव र महन्थ ठाकुरहरुले समेत महतोको गतिविधिलाई संकस्पद रुपमा हेरीरहेका छन् ।
महतोको उक्साहटमा उनका कार्यकर्ताहरुले नेपालको झण्डा जलाएको बताइएको छ । झण्डा जलाउँदै उनीहरुले नेपाल विरुद्ध चर्को नारावाजी समेत गरेका थिए ।
झण्डा जलाउनेहरुको अनुहार प्रष्ट चिनिएकाले उनीहरुलाई कारबाही गर्न पर्साबासीले नै माग गरेका
www.nepalsandesh.com
शुक्रबार, २२ असोज
काठमाडौं । दुई महिनादेखि जारी मधेस आन्दोलन साम्प्रदायिकतातर्फ उन्मुख हुन थालेको दावी गर्दै चुरे भावर राष्ट्रिय एकता पार्टी नेपालले शान्तिपूर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको छ ।
सो पार्टीले शुक्रवार काठमाडौमा पत्रकार सम्मेलन गरेर भारतीय भूमिबाट नेपालीमाथि आक्रमण गर्ने, भारततर्फ गएका नेपालीहरुमाथि मरणासन्न हुने गरी कुटपीट र आक्रमण गर्ने जस्ता कामले मुलुकको सामाजिक सद्भाव विथोल्ने दावी गर्दै त्यसका विरुद्ध सामाजिक सद्भाव कायम राख्न शान्तिपुर्ण प्रतिकारात्मक आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष एवम पूर्व मन्त्री बद्रीप्रसाद न्यौपानेले तराईमा सबै समूदाय मिलेर बसिरहेको बेला विभिन्न बहानामा त्यसलाई विथोल्ने काम हुन थालेको संकेतहरु आउन थालेको प्रति आफूहरु गंभिर रुपमा चिन्तित हुन थालेको भन्दै मधेस आन्दोलनकारीहरुले यस्तो क्रियाकलाप नरोके त्यसका विरुद्ध शान्तिपूर्ण प्रतिकार गर्ने चेतावनी दिए ।
न्यौपानले सरकारले आफूहरुसँग गरेको ९ बुँदे सम्झौतामा चुरेभावर प्रदेश दिने उल्लेख गरेकोमा प्रदेशको सीमांकनमा त्यो कार्यान्वयन नहुँदा समेत आफुहरु संविधान आउने सर्तमा चुप लागेर बसेको उल्लेख गरे ।
www.nepalsandesh.com
शुक्रबार, २२ असोज
काठमाडौं । नयाँ प्रधानमन्त्री चयन गर्न व्यवस्थापिका संसदमा असोज २४ गते बिहान ११ बजे निर्वाचन हुने भएको छ । बिहीबार बसेको संसद बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले नयाँ प्रधानमन्त्री निर्वाचनको कार्यतालीका सार्वजनिक गरेका हुन् ।
राष्ट्रपति डा रामवरण यादवले बहुमतीय सरकार गठनको आहृवान गरे लगतै संसदबाट नयाँ प्रधानमन्त्री चयनको बाटो खुलेको हो । प्रधानमन्त्रीको उम्मेदवारीको कार्यतालकिा आजै संसद सचिवालयले सार्वजनिक गर्ने छ ।
प्रधानमन्त्रीकालागि एमाले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली मैदानमा छन् ।
कांग्रेस भित्रै चर्को विवाद देखिएको छ भने ओलीलाई कांग्रेस बाहेक अधिकांश दलले समर्थन गरिसकेका छन् । कांग्रेसले पनि ओलीलाई नै समर्थन गर्ने सम्भावना रहेको छ ।
www.nepalsandesh.com
शुक्रबार, २२ असोज
काठमाडौं । व्यवस्थापिका संसदको सुन्य र विशेस समयमा बोल्दै सांसदहरुले सरकारले जनतालाई भोक भोकै मार्ने खोजेको र भारतलाई खुसी बनाउन सरकारमा रहेका केही मन्त्रीहरुको समेत दवावमा तातोपानी नाका नखोलीएको आरोप लगाएका छन् ।
वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त भएको चीनसँगको उत्तरी नाका सरकारले नियतवश नखोलिएको सांसदहरुले दाबी मात्र गरेनन्, नाका खोल्न नदिने मन्त्रीहरुको नामावली नै आफुहरुसँग भएको दाबी गरे ।
उनीहरुले सरकार भित्रै भारतीय एजेण्टहरु रहेको दाबी समेत गरे । राजमोका सांसद चित्रबहादुर केसीले भारतले किनेका मान्छेहरु अहिले मन्त्री भएकाले जनताले दुःख पाएको बताए ।
बैठकमा बोल्दै एमाओवादीका सभासद् अग्निप्रसाद सापकोटाले भारतलाई खुसी बनाउने नाममा चिनियाँ नाका नखोलिएको दाबी गरे । उनले केही व्यक्ति र मन्त्रीले भारतलाई खुसी बनाउनकालागि नियतबस नै नाका रोकीएको र काम अघि नबढाउन दावाव दिइएको दाबी गरे ।
सापकोटा सिन्धुपाल्चोकबाटै निर्वाचित सभासद हुन् भने उनले नाका खुलाउन विशेष पहल गरिरहेका छन् । चीनतर्फका आठवटा नाका खोल्नका लागि सरकारले यथाशिघ्र पहल थाल्नुपर्ने उनको भनाइ थियो ।
‘सापकोटाले चीनसँगका सबै नाका खोल्न जोड दिँदै तत्कालै तातोपानी, रसुवा र कोरलासहिताका नाका खोलिनुपर्ने बताए । उनले तातोपानी र रसुवागढी नाका चालु भैसकेको तर, सरकारले चीनसँग पहल नै नगरेको बताए ।
www.nepalsandesh.com
शुक्रबार, २२ असोज
iकाठमाडौं ।  भारतीय नाकाबन्दीलाई समर्थन गर्दै नेपाली जनतालाई पीडा माथि पीडा दिन लागिपरेका केही राजनीतिक दलका नाइकेहरु पनि अहिले नाकाबन्दीको विरोधमा देखिएका छन् ।
बिहीबारको संसद बैडकमा बोल्दै मधेस आन्दोलनको नाइके दल संघीय समाजवादी फोरम नेपालकै वरिष्ठ नेता अशोक राइले नै नाकाबन्दीको विरोध गरेका छन् ।
फोरमका वरिष्ठ नेता अशोक राईले नाकाबन्दीबाट जनताले दुःख पाइरहँदा सरकार टुलुटुल हेरेर बसेको आरोप लगाए । आफै सडक छेक्ने अनि जनताले दुःख पाएको अपाल ब्यहोर्ने अशोक राईको भाषण सुनेर संसदमा हाँसो र आक्रोश देखिएको थियो ।
भारतको नांगो हस्तक्षेपलाई सहयोग गर्दै आएको फोरमका बरिष्ठ नेता राइले आन्दोलनलाई निकास दिन सरकार नलागेको बताए ।
उनको पार्टीका अध्यक्ष लगायत अधिकांस नेताहरु सीमा भन्दा पर दशगजामा गएर भारतीय प्रहरीको संरक्षणमा नेपाल प्रहरमिाथि नै आक्रमण गरिरहेका छन् ।
www.nepalsandesh.com
काठमाडौं : वैशाख १२ को भूकम्पपछि क्षतिग्रस्त भएको चीनसँगको उत्तरी नाका सरकारले नियतवश नखोलिएको सांसदहरुले बताएका छन् ।

शुक्रबार बसेको व्यवस्थापिका संसद्को बैठकमा बोल्दै सभासद्हरुले कसैको प्रत्यक्ष दबाबमा परेर सरकारले नियतवश तातोपानीसहितका चिनियाँ नाका नखोलेको बताएका हुन् ।

बैठकमा बोल्दै एमाओवादीका सभासद् अग्निप्रसाद सापकोटाले भारतलाई खुसी बनाउने नाममा चिनियाँ नाका नखोलिएको बताएका हुन् ।

‘तातोपानीसहितका चीनसँगका नाका नियतवश बाटो नखोलिएको हो’, उनले भने, ‘भारलाई खुसी बनाउने नाममा तातोपानी नाकाको बाटो सरकारले नखोलेको हो ।’

चीनतर्फका आठवटा नाका खोल्नका लागि सरकारले यथाशिघ्र पहल थाल्नुपर्ने उनको भनाइ थियो ।

‘सरकारकै मन्त्री अहिले हामी हतार नगरौं, भारतलाई नै खुसी बनाएर समस्याको समाधान गरौं भन्छन्’, उनले भने, ‘सरकारकै मन्त्रीका कारण अवरुद्ध सडक खोल्ने तदारुकता देखाइएको छैन ।’

सापकोटाले चीनसँगका सबै नाका खोल्न जोड दिँदै तत्कालै तातोपानी, रसुवा र कोरलासहिताका नाका खोलिनुपर्नेमा जोड दिए ।

भारत रिसाउने नाममा आत्मनिर्णयको अधिकार कुण्ठित पार्न नहुने बताउँदै सभासद् सापकोटाले आफू बलियो हुनका लागि भारतसँगको मात्रै निर्भरता कम गर्न चिनियाँ नाका खोल्न ढिलाइ गर्न नहुने उल्लेख गरे ।

बैठकमा अन्य दलका सभासद्हरुले पनि भारत रिसाउने नाममा चिनियाँ नाका नखोली बस्नु बेठीक भएको बताएका थिए । www.annapurnapost.com
काठमाडौं : भारतीय नाकाबन्दीलाई सघाउन सीमा केन्द्रित आन्दोलनमा सहभागी संघीय समाजवादी फोरम नेपालकै वरिष्ठ नेताले नै नाकाबन्दीको विरोध गरेका छन् ।

शुक्रबार बसेको संसद् बैठकमा बोल्दै फोरमका वरिष्ठ नेता अशोक राईले नाकाबन्दीबाट जनताले दुःख पाइरहँदा सरकार टुलुटुल हेरेर बसेको आरोप लगाए ।

‘दुई महिनादेखि जारी आन्दोलनलाई सम्बोधन नगर्नुको परिणाम अहिले उत्पन्न असहज परिस्थिति हो’, राईले भने, ‘जनताको आन्दोलनलाई ओझेलमा पार्ने गरी अहिले सबै विषय नाकाबन्दीसँग जोडिनु गलत हो । आन्तिरक समस्यालाई आन्तरिकरुपमै नहटाएसम्म यस्तो अपमानजनक व्यबहार सधैं खेप्नुपर्छ ।’

संघीय लोकतान्त्रिक मोर्चाका संयोजक तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव नेपाली सीमाना थुन्न जुटिरहेका बेला सोही पार्टीका वरिष्ठ नेता राईले नाकाबन्दीविरुद्ध संसद्मा बोलेका हुन् ।

उनले यस्तो संकटको घडीमा को राष्ट्रवादी, को अराष्ट्रवादी भनेर अल्झिनु भन्दा आन्दोलनकारीसँग वार्ता गरेर चाँडो भन्दा चाँडो निकास दिनुपर्नेमा जोड दिए । annapurnapost.com
नेपालगन्ज, २२ असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरुको माग पूरा नभएसम्म भारतबाट एक थोपा पेट्रोल ल्याउन नदिने बताउनु भएको छ ।
नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले सुरक्षाको प्रत्याभूति नहुँदा भारतले सामान दिन नसकेको बताउनुभयो । मधेस अशान्त भएका कारण भारतले नेपालमा आपूर्ति रोकेको बताउँदै उहाँले सामान पठाउँदा यहीँको सरकारको सुरक्षा दिनुपर्ने बताउनुभयो । नेपालगन्जमा आज दिउँसो हुने विरोध सभालाई सम्बोधन गर्न महतो भैरहवाबाट भारतीय भूमि हुँदै नेपालगन्ज आउनु भएको हो ।
प्रमुख तीन दलको निर्देशनमा बर्तमान सरकारले संविधानमा आफूहरुको माग नसमेटेकोले अधिकार प्राप्तिका लागि आन्दोलित हुनु परेको उहाँले स्पष्ट पार्नुभयो ।
सीमाङ्कन मधेसी मोर्चाको बटम लाइन भएको उल्लेख गर्दै उहाँले बार्ता प्रति सरकार गम्भिर नभएका कारण निष्कर्षमा पुग्न नसकेको धारणा राख्नुभयो ।
भारतबाट बिहे गरेर ल्याइएकी दुलहीलाई सांस्कृतिक सम्बन्धका आधारमा तुरुन्तै नागरिकता दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले भारतबाट विहे गरेर ल्याएका दुलहीलाई तत्कालै अंगिकृत नागरिकता दिने ब्यवस्था गर्न माग गर्नुभयो ।
भारतबाट विहे भएका दुलहीलाई तुरुन्तै नागरिकता दिन माग गर्दै महतोले अन्य देशबाट विवाह गरेकालाई नेपालको संविधान २०४७ र अन्तरिम संविधान अनुसार दिए पनि हुने उहाँको भनाई थियो ।
dainiknepal.com
काठमाडौं : सरकारले भारतले लगाएको अघोषित नाकाबन्दी हटाएर आपूर्ति व्यवस्थालाई सहज बनाउन अन्तराष्ट्रिय सहयोगका लागि प्रभावकारी रुपमा पहल गर्ने भएको छ।

मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।नाकाबन्दी र यहाँको असहज अवस्थाबारे अन्तराष्ट्रिय समुदायलाई जानकारी दिदै आपूर्तिलाई सहज बनाउनका लागि पहल तथा वार्ता गर्न तीनवटा विशेष समिति बनाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। बैठकले अघोषित नाकाबन्दी खुलाउनका लागि भारतसँग वार्ता र पहल गर्न परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेको संयोजकत्वमा मुख्य सचिव र बाणिज्य सचिव रहेको समिति गठन गरेको छ।


त्यसैगरी पेट्रोलियम पदार्थको सहज आपूर्ति र वैकल्पिक व्यवस्था बारे अध्ययन गरी समाधान खोज्न बाणिज्यमन्त्री सुनिलबहादुर थापाको संयोजकत्वमा मुख्यसचिव र बाणिज्य सचिव सदस्य रहेको अर्को समिति पनि गठन गरेको छ ।

उर्जा संकटबारे अध्ययन गरी दिगो समाधान तथा योजनाका लागि सुझाव दिन राष्टिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्द पोखरेलको संयोजकत्वमा अर्थसचिव र आपूर्ति सचिव रहेको अलग्गै समिति पनि गठन गरेको छ ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home