• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
कार्तिक २१, २०७२- बुटवल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले भारतले जबरजस्ती झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न तयार रहेको बताएका छन् ।

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले नेपाल भारतको सम्बन्धलाई सहमति र समझदारीबाटै टुंग्याउन अहिलेसम्म कुनै कसर नराखेको बताउँदै यसो गर्दा पनि भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र सामना गर्न तयार रहेको दोहोर्‍याए ।

‘हामी अझैपनि नेपालभारतबीचको समस्या सहमतिबाटै टुंग्याउन चाहान्छौं ।’ उनले भने, ‘तर भारतले झुकाउन खोजे अन्तिम अवस्थासम्म लड्न र सामना गर्न तयार छौं र रहनुपर्छ।’

नेपालीले संविधान बनाएर कुनै गल्ती नगरेको बताउँदै दाहालले यसमा भारतले सजाय दिन खोज्नु उसको गल्ती भएको बताए । संविधानले कसैलाई विभेद नगरेको र पहिचानका सवालमा मधेसी जनतालाई अझ बढी अधिकार दिएको बताउँदै अध्यक्ष दाहालले नेपालले संविधान बनाए वापत दु:ख पाउनु पर्छ र सजाय भोग्नुपर्छ भन्ने भारतको व्यवहार ठीक नभएको जीकिर गरे ।

‘आत्मनिर्णयको प्रयोग गर्नु हाम्रो कुनै गल्ती होइन । यसमा असल छिमेकी भारतको आपत्ति हुनुहुन्न । यसैले भारतले झुकाउन खोजेपनि हामी झुक्दैनौं ।’
भारतले असल छिमेकीको नाताले पनि नेपाल र नेपालीको कदममा सहयोग गर्नुपर्ने बताउँदै उनलेले यसो नगरी दु:ख मात्रै दिने हो भने नेपालीहरु एक ढिक्का भएर त्यसको प्रतिवादमा उत्रने र उत्रनुपर्ने बताए ।

अध्यक्ष दाहालले नेपाल भारत सम्बन्धलाई पुर्नभाषित गर्नुपर्ने अवस्था आएको भन्दै यसो गर्दा भावी पुस्ताकालागि पनि उचित हुने दाबी गरे । भारतले संयुक्त राष्ट्रसंघको महासभामा उठाएको सशस्त्र द्वन्द्वदेखिका घटनाको छानविनको विषयको कुनै अर्थ नरहेको उनले तर्क गरे ।

नेपालको शान्तिप्रक्रिया स्वयं संयुक्त राष्ट्रसंघको पहलमा अघि बढेको र भारत पनि सहयोगीको भूमिकामा रहेकाले त्यो घटनालाई अहिले उठाएर अहिलेको घटनालाई मोड्न नहुने उनले टिप्पणी गरे ।


एमाओवादी अध्यक्ष दाहालले संविधान जारीको ऐतिहासिक सफलतापछि मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण देश फेरि ऐतिहासिक चुनौतिपूर्ण अवस्थामा गुज्रिएकोले यसलाई सबै नेपाली मिलेर समाधान खोज्नुपर्ने बताए ।

मधेसको समस्या छलफल र वार्ताबाटै समाधान गर्ने पक्षमा सरकार र सरकारमा रहेका दलहरुले तयारी गरेको अध्यक्ष दाहालको भनाइ छ । यसका लागि नेपाली कांग्रेसले पेश गरेको संविधान संशोधन प्रस्तावलाई मधेस केन्द्रित दलहरु समेत सहभागी भएर परिमार्जन गर्दै अगाडि बढ्नु पर्ने उनले बताए ।

सीमांकनको विवादलाई राजनीतिक संयन्त्र बनाउने र छलफलद्वारा निकास निकाल्ने तयारी भइरहेको उनले जनाए । वीरगञ्ज घटनापछि केही बिग्रिएको मधेस केन्द्रित दलसँगको वार्ताले पुन: सकरात्मक मोड लिएको बताउँदै उनले भने, 'अब मधेसको समस्या छिट्टै टुंगिने छ । यसका लागि मधेस केन्द्रित दलका नेताहरु पनि जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ।'

पूर्व नेता बाबुराम भट्टराईका प्रसंगमा अध्यक्ष दाहालले आफूले उनलाई २५ वर्षदेखि झेल्दै आएको बताए । अब एमाओवादी मात्रै नभएर देशले नै बाबुरामलाई झेल्नुपरेको बताए । महाभूकम्पले देश तहसनहस भएको, मधेस आन्दोलित र भारतीय नाकाबन्दीको असहज अवस्थामा अलग्गिने बाबुरामको कदम कुनै अर्थमा ठीक नभएको उनले दाबी गरे ।

‘उहाँले पार्टी, जनता र राष्ट्रलाई मात्रै घात गर्नुभएन आफैंलाई पनि घात पुग्न आत्मघाती गोल गर्नुभएको छ,’ उनले भने । अध्यक्ष दाहाल बुटवलमा एमाओवादी कार्यकर्ता प्रशिक्षणका लागि आएका हुन् । उनीसँगै एमाओवादी नेता तथा उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले पनि प्रशिक्षण दिँदै छन् ।kantipur.ekantipur.com

भारतीय टीभी आजतक भन्छ–भारतकै गल्तीले सम्बन्धको तार टुट्न लाग्यो
काठमाडौं  : मधेसमा जारी आन्दोलनका नाममा नाकाबन्दी गरेको भारतीय सरकारको रबैयामाथि त्यहाँकै चर्चित टेलिभिजनले गम्भीर प्रश्न उठाएको छ ।

चर्चित टेलिभिजन आजतकले शुक्रबार राति प्रसारण गरेको कार्यक्रम ‘दश तक’ मा भारतकै कारण दुई देशबीचको सम्बन्धको तार टुट्न लागेको उल्लेख गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीनिकट मानिने यो टेलिभिजनले भारतको अहिलेको नेपालमाथिको रबैयाबारे तत्काल नीतिगत तहमा पुनर्विचार नगरे नेपाल उत्तरी छिमेकी चीनको कब्जामा जाने चिन्ता पनि व्यक्त गरेको छ ।

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले इतिहासमै पहिलो पटक भारततर्फ औंला उठाउँदै भारतका कारण आफूहरुले युद्ध भन्दा पनि अमानवीय स्थिति भोग्नुपरेको कुरा पनि आजतकले गम्भीरतापूर्वक उठाएको छ ।

‘नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारततर्फ औंला उठाउँदै हामीमाथि युद्ध भन्दा खतारनाका अमानवीय स्थिति भारत पैदा गरिरहेको बताएका छन्’, आजतकले भनेको छ, ‘नेपाल आजमात्रै होइन सदियौंदेखि भारतसँगै उभिँदै आएको छ । तर, तराईमा दुई महिनादेखि संविधानको विरोधमा भड्केको आन्दोलनले मोदीको नेपाल प्रेम नेपालबासीले नै भुलिदिएका छन् ।’

आजतकले भारतले सीमामा अवरोध गरेपछि नेपालका नयाँ प्रधानमन्त्रीले भारतमाथि निरन्तर हमला तीब्र पारेका जनाएको छ ।

चीनसँग रहेको नेपालको पुरानो सम्बन्धलाई बिर्सँदै भारते गल्ती गरेकै कारण नेपाल र भारतबीचको सम्बन्धको तार टुट्ने अवस्थामा पुगेको आजतकले दाबी गरेको छ ।



‘नेपाल र भारतको सम्बन्ध कुन् अवस्थामा पुग्यो ? र, नेपालका प्रधानमन्त्री केपी ओली भारतलाई निरन्तर कठघरामा किन उभ्याइरहेका छन् । यसको मतलव के हो ?’, आजतकले प्रश्न गरेको छ, ‘चीनसँग नेपालको पुरानो सम्बन्धका बीच भारतले के गल्ती गर्यो र भारतसँगको सम्बन्ध तार टुट्न लाग्यो ?’
सन् १९६० मा तत्कालीन राजा महेन्द्रले चिनियाँ जनमुक्ति सेनालाई नेपाली भूमि हुँदै भारतीय सीमासम्म पुग्न दिएको प्रसंग निकाल्दै आजतकले त्यतिबेला नेपालको त्यो कदमको भारतले विरोध जनाएको छ ।

‘चिनियाँ सेना नेपाली भूमि हुँदै भारत नजिक आउँदा भारतीय सरकारले विरोध गरेको थियो’, आजतक अगाडि भन्छ, ‘त्यहीकारण राजा महेन्द्रले भारत समर्थक प्रधानमन्त्री वीपी कोइरालालाई बसर्खास्त गरेका थिए ।’

भारतीय पक्षको सोही रबैयाका कारण तत्कालीन राजा महेन्द्रले सन् १९६१ मा ल्हासादेखि काठमाडौंसम्म सडक निर्माणको अनुमति दिएपछि नेपाल क्रमशः चीनतर्फ ढल्कँदै गएको उसको दाबी छ ।

‘ल्हासा–काठमाडौं सडक खुलेपछि त्यहीबेला चिनियाँ शासक माओत्सेतुङले एक पटक यो सडकमात्रै खुल्यो भने भारतले नेपालतर्फ ज्यादा सम्मानका साथ हेर्नेछ भनेका थिए’, आजतक भन्छ, ‘सन् १९६० बाट चीनसँग नजिक भएको नेपाल अहिले भारतकै कारण चीनको कब्जामा जाँदैछ ।’

सन् १९८९ मा नेपालले चीनतर्फको दोस्रो सडक बनाउने निर्णय गरेपछि पनि भारतले नेपालमाथि नाकाबन्दी लगाएको प्रसंग झिक्दै आजतकले त्यो बेला भने चीन नेपालको मद्धतमा आउन नसकेको उल्लेख गरेको छ ।

‘नेपालले चीनतर्फ दोस्रो सडक बनाउँदा राजिव गान्धीको सरकारले नाकाबन्दी गरेको थियो’, आजतक भन्छ, ‘त्यो बेला नेपालालई मद्धत गर्न चीन आइपुग्न सकेन । चीनमै तियानमेन नरसंहार भएकाले नेपाललाई सहयोग गर्न सकेको थिएन ।’

आजतकले चीनले सधैं नेपालको झुकाव भारततर्फ भन्दा पनि आफूतर्फ हुनुपर्ने बताउँदै आएको जनाउँदै भारतले मधेस आन्दोलनलाई समर्थन गरेपछि चीनको त्यो लक्ष्य पनि पुरा हुन लागेको जनाएको छ ।

‘चीनको सन् १९६० देखिको योजना संविधानलाई लिएर मधेसमा दुई महिनादेखि चलिरहेको आन्दोलनलाई भारतले समर्थन गरेपछि पुरा हुने अवस्थामा पुगेको छ’, ऊ भन्छ, ‘भारतले मधेस आन्दोलनलाई सघाएपछि चीन र नेपालको सम्बन्ध झनै बलियो हुन पुगेको छ ।’

भारतले मधेसीलाई सघाएर नाकाबन्दी गरेपछि चीनले पेट्रोलदेखि खाद्यान्नसम्म नेपाललाई प्रदान गरिसकेको आजतकले उल्लेख गरेको छ ।

‘चीनले पेट्रोल र खाद्यान्न पठाएर नेपाल र नेपालीको मन जित्यो भने भारतले केबल मधेसीको मात्रै मन जितेको छ’, आजतक भन्छ, ‘मधेसबाहेकको नेपालमा भारतविरोधी माहोल बन्न पुगेको छ ।’

गत बैशाख १२ गते गएको भूकम्पपछि सबैभन्दा ठूलो सहयोगी बनेको भारत अहिले उसकै गलत नीतिका कारण नेपालको सबैभन्दा ठूलो शत्रु बनेको आजतक बताउँछ ।

‘अप्रिलमा गएको भूकम्पपछि सबैभन्दा ठूलो सहयोगी बनेको भारत अहिले केही नीतिगत कम्जोरीका कारण नेपालको सबैभन्दा ठूलो शत्रु बनेको छ’, आजतक भन्छ, ‘चीनले नेपालसँग बलियो सम्बन्ध बनाइरहेका बेला अब भारतले सोच्ने बेला आएको छ । किन कि नेपाल चीनका लागि रणनीतिक हिसाब महत्वपूर्ण देश बनिसकेको छ ।’

आजतकले अब भारतले नेपालबारेमा सोच्नै पर्ने बेला आएको र, अब कस्तो कदम चाल्ने ? के गर्ने ? भन्नेमा ढिला गर्नै नहुने उल्लेख गरेको छ ।

‘सन् १९६० देखि नेपाललाई आफ्नो तर्फ खिच्न चाहिरहेको चीन त्यो उपलब्धी नजिक पुगेको देखिँदैछ’, आजतक भन्छ, ‘अर्कातिर चीनको यो उपलब्धी भारतका लागि एक खतराको घण्टी बन्दैछ ।’annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २१ कात्तिक । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति निर्माणको अभियानमा सहयोग गर्न एकीकृत माओवादीका १ सय ४५ नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको एमाओवादीमा राजनीतिक विचलन आएको भन्दै उनीहरूले संयुक्त विज्ञप्ति जारी गरेर पार्टी परित्याग गरेका हुन् ।
एमाओवादी निरन्तर विघटन र विसर्जनको प्रक्रियाबाट गुज्रिरहेको भन्दै उनीहरूले यसलाई पुनर्गठन गर्नुपर्ने जनाएका छन् । पार्टीले कहिल्यै गम्भीर भएर ठोस कदम नचालेको आरोप उनीहरूको छ ।
एमाओवादी पत्यिाग गरेका उनीहरू बाबुराम भट्टराईको नयाँ शक्तिलाई समर्थन गर्ने जनाएका छन् ।
योसँगै भट्टराईको अभियानमा एमाओवादीका विभिन्न जिल्लाहरूबाट पनि नेता तथा कार्यकर्ता ओइरिने क्रम बढेको जनाइएको छ ।
dainiknepal.com
२१ कात्तिक, काठमाडौं । नयाँ संविधानको किताब बोकेर एमालेका शीर्षनेताहरु तराई मधेसतिर लागेका छन् । मधेस आन्दोलनले तीन महिना पूरा गर्न लाग्दा एमालेका नेताहरु तराई झरेका हुन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरिरहेका बेला महासचिव ईश्वर पोखरेल सुनसरीको मधेसी बाहुल्य इनरुवामा थिए ।
मधेसी नेताहरु लालबाबु पण्डित, जगदीश कुसियतसहित पूर्व लागेका महासचिव पोखरेलले इनरुवामा सम्बोधन गर्दा मधेसी समुदायको बाक्लो उपस्थिति थियो ।
कार्यक्रमा उपस्थित करीव ५ हजार सहभागीमध्ये आधा मधेसी सहभागी रहेको केन्द्रीय सदस्य कुसियतले अनलाइनखबरलाई बताए । ‘संविधानका बारेमा चलाइएको भ्रम चिर्न सफल भइयो’ उनले भने ।
पार्टीका सचिवद्वय योगेश भट्टराई र भीम आचार्यलाई समेत सँगै लिएर गएका महासचिव पोखरेलले शुक्रवार बिराटनगरमा पनि संविधानका बारेमा रहेका भ्रम चिर्ने प्रयास गरे ।

तराई मधेसका दुई प्रमुख पर्व दिपावली र छठको पूर्वसन्ध्यामा एमालेका सम्बन्धित जिल्ला कमिटीहरुले चियापानका नाममा संविधानबारे तराई मधेसमा प्रशिक्षण दिने मौका छोपेका छन् ।
बिराटनगरको कार्यक्रमबाट आफूहरु उत्साहित भएको सचिव भट्टराईले बताए । ‘मधेसी जनता र हाम्रा मधेसी कार्यकर्ताहरुको उल्लेख्य सहभागितामा हामीले धेरै भ्रम चिर्ने प्रयास गरेका छौं’ बिराटनगरबाटै भट्टराईले अनलाइनखबरसँग भने ।
एमालेले शनिबार मोरङको डाँगीहाटमा पनि संविधानको बारेमा मधेसी जनतामा फैलाइएको भ्रम चिर्ने भन्दै यस्तै कार्यक्रम आयोजना गरेको छ ।
सुनसरी, मोरङ र झापाका मधेसी तथा आदिवासी जनता सीमांकनप्रति सन्तुष्ट रहेको र उनीहरु झापादेखि पर्सासम्मकेा प्रदेशको विपक्षमा रहेको पूर्वमन्त्री लालबाबु पण्डितले बताए ।
पण्डितले अनाइनअखबरसँग भने- केही मधेसी मोर्चाका नेता कार्यकर्ता बाहेक अरु कसैले पनि त्यो माग गरेका छैनन्, यदि उनीहरुको माग पूरा भयो भने पूर्वी तराईमा झन् ठूलो आन्दोलन हुन्छ ।’
महासचिव ईश्वर पोखरेल नेतृत्वको टोली पूर्वी तराईमा सक्रिय रहेका बेला माधव नेपाल नेतृत्वको अर्को टोली पश्चिम तराईमा पुगेको छ ।
नेपालले नेतृत्व गरेको टोलीमा उपाध्यक्ष युवराज ज्ञवालीसहित प्रकाश ज्वाला, बलदेव चौधरी, मेटमणी चौधरी, शान्ता चौधरीलगायत सहभागी छन् ।

थारु बाहुल्य क्षेत्र भएकाले नेता नेपालले आफ्नो टोलीमा थारु नेताहरुलाई पनि राखेका छन् । उता मधेसी बाहुल्य क्षेत्रमा पोखरेलले मधेसी मूलका नेताहरुलाई अघि सारेका छन् ।
शुक्रबार दाङको कार्यक्रममा सयौं थारु समुदायलाई अघि राखेर नेपालले संविधानको ब्याख्या गरे । संविधानको किताब देखाउँदै उनले भ्रममा नपर्न थारु समुदायलाई आग्रह गरेको एमाले नेतृ शान्ता चौधरीले अनलाइनखबरलाई बताइन् ।
दाङपछि नेपाल बाँके जिल्लाको कार्यक्रममा सहभागी हुन नेपालगञ्जतर्फ लागेका छन् । शनिवार नेपालगञ्जमा मधेसी तथा थारु समुदायलाई संविधानका बारेमा पारिएका भ्रम चिर्ने कार्यक्रम रहेको नेता नेपालले बताए ।
नेपालले अनलाइनखबरसँग भने- जनतालाई भ्रममा पारिएको रहेछ, तर धेरै भ्रममुक्त भइसके । हामी हाम्रा कार्यकर्ता र मधेसी तथा थारु जनतालाई संविधान ऐना जस्तै देखाएर फर्किन्छौं ।
संविधान जारी भएलगत्तै नेपाल आफ्नो गृहजिल्ला रौतहट पुगेर कार्यकर्ता भेला गरी फर्केका थिए । आन्दोलन चलेका बेला मधेस झर्ने उनी एमालेका पहिलो शीर्ष नेता हुन् ।
एमालेले शुरुमा पूर्व र पश्चिमबाट मधेसी तथा थारु समुदायलाई संविधानबारे सम्झाउने अभियान चलाउन लागेको एक नेताले अनलाइनखबरलाई बताए ।
उनले भने-शुरुमै आन्दोलनको केन्द्र भाग बनेका जनकपुर वीरगञ्ज जस्ता ठाउँमा कार्यक्रम लैजाँदा झडप हुन सक्ने भएकाले केन्द्रीय नेता जाने कार्यक्रम क्रमशः त्यहाँ हुनेछन् ।
यसबीचमा तराई मधेसका सबै जिल्ला कमिटीहरुले कमिटीहरुकौ बैठक भेला र प्रशिक्षणहरु आयोजना गरिसकेको पोलिटब्यूरो सदस्य सत्रुघन महतोले बताए ।
कार्यकर्ता भेलाका क्रममा सिराहाको धनगढीमा एमाले कार्यकर्ता र आन्दोलनकारीबीच झडपसमेत भएको थियो । कार्यकर्तालाई प्रशिक्षित गरेर जनतामा जाने योजना रहेको उनले बताए ।
शनिबार उपमहासचिव घनश्याम भुसाल बारा जाँदैछन् । त्यहाँ पनि एमालेका कार्यकर्तालाई संविधानका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको जिल्ला अध्यक्ष त्रिलोकी चौधरीले बताए ।
शुरुमा आन्दोलन कम भएका जिल्लाहरुमा पसेर विस्तारै मध्य मधेसमा पस्ने योजना रहेको एमालेका मधेसी नेताहरु बताउँछन् । ‘हामी अब आफ्नो निर्वाचन क्षेत्रमा फर्किदैछौं, हामी गएपछि जनतालाई बुझाउँछौं’ पर्सा-२ का एमाले सांसद विचारी यादवले अनलाइनखबरसँग भने ।
www.onlinekhabar.com
मोरङ, २१ कात्तिक । जिल्ला विकास समिति मोरङले वैकल्पिक ऊर्जा प्रविधि अपनाएर विराटनगर कारागारमा फोहरबाट विद्युत् उत्पादन सुरु गरेको छ ।
जिल्ला विकास समिति मोरङका वैकल्पिक ऊर्जा केन्द्रका अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार कारागारमा प्रयोग हुँदै आएको ३५/३५ घनमिटरका दुई वटा शौचालयबाट तीन किलोवाट विद्युत् उत्पादन सुरु गरिएको हो ।
मुलुकमा ऊर्जा सङ्कट भइरहेका बेलामा कारागारमा सो प्रविधिबाट जडित ऊर्जाले कारागार क्षेत्रभरि बिजुली बाल्न पुग्ने छ । त्यस्तै खाना पकाउनका लागि चारवटा चुल्होसमेत सञ्चालन गरिएको ऊर्जा अधिकृत सिंहले बताउनुभयो ।
करिब पाँच लाखको लागतमा निर्माण भएको सो प्रविधिको जडान भएपछि कारागारमा बिजुलीको समस्या नरहेको कारागार प्रशासनले बताएको छ । रासस
dainiknepal.com
शनिबार, २१ कार्तिक
धनुषा । धनुषामा गएराति एक स्कुल बसमा आगजनी गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गणेशमान चारनाथ नगरपालिका–४ वीरेन्द्रबजारमा ज१ख ७६३ नम्बरको बसमा आगजनी गरिएको छ ।
वीरेन्द्रबजारस्थित बुद्ध सिद्धार्थ निकेतन बोर्डिङ स्कुलको प्राङ्गणमा पार्किङ गरी राखिएको स्कुल बसमा मोटरसाइकलमा आएका दुई जनाले आगजनी गरी फरार भएको बताइएको छ ।
बसमा लागेको आगो स्थानीय र प्रहरीको सक्रियतामा नियन्त्रणमा लिन सफल भए पनि बसको सिट जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
यसैबीच आगजनीको गरेको घटनाको जिम्मा जनतान्त्रिक टाइगर जनशक्ति पार्टीले लिएको छ । घटनापछि राति केही सञ्चारमाध्यममा टेलिफोन गरी बन्दको अवज्ञा गरेको भनी तोडफोड तथा आगजनी गरेको दाबी सो पार्टीले गरेको छ  ।
www.nepalsandesh.com
काठमाडौं, २१ कात्तिक । बाबुराम भट्टराईको नयाँ शक्ति अभियानलाई सहयोग गरेको अभियोगमा एकीकृत एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री रेणु दाहालले चार नेतालाई कारबाही गर्नुभएको छ ।
एमाओवादीको काठमाडौं जिल्ला कार्यसमितिका चार जना नेताहरूलाई सचिव समेत रहनुभएकी रेणुले कारबाही गर्नुभएको हो ।
रेणुले सदस्य महेन्द्र श्रेष्ठ, ईश्वर रिजाल, चिजा गर्तौला, सविता भण्डारी र लक्ष्मण कार्कीलाई पार्टीबाट निष्काशसन गर्नुभएको छ ।
बाबुरामको नयाँ शक्तिलाई सहयोग गर्नेभन्दै यी चार नेताले सामूहिक राजीनामा पत्र पठाएपछि आक्रोशित बनेकी रेणुले कारबाही गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।
एमाओवादी काठमाडौं जिल्ला अध्यक्ष हिमाल शर्माले पनि कारबाहीको संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ । अध्यक्ष शर्मा बाबुराम निकट मानिनु हुन्छ ।
विगतमा समानान्तर समितिमार्फत अनुशासनविपरित कार्य गर्ने र नयाँ शक्तिको अभियानमा लागेको भन्दै वक्तव्यबाजी गरेकोले कारबाही गरिएको प्रचण्ड पुत्री रेणुले उल्लेख गर्नुभएको छ ।
काठमाडौं जिल्ला कार्यसमितिका ७५ जना सदस्यमध्ये चार जनाले विद्रोह गरेपछि रेणु आक्रोशित भएकी हुन् । कारबाहीमा परेका चार जनाले बिहीबार राजीनामा पत्र पठाएका थिए ।
dainiknepal.com
धेरैको चासो छ, नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ मोड दिने चामत्कारिक नेता मदनकुमार भण्डारीका छोरीहरू के गरिरहेका होलान् ? अझ मदनपत्नी विद्यादेवी भण्डारी देशको सर्वोच्च तह राष्टपतिमा निर्वाचित भर्इ अर्का इतिहास रचेको बेला यो जिज्ञासाझनै बढेको छ ।
विश्व राजनीतिक इतिहासमा र भारत,नेपालको राजनीतिमा पनि प्रायः विशिष्ट, लोकप्रिय र चर्चित नेताका सन्तान राजनीतिमा सक्रिय रहँदै आएका छन् । मदन भण्डारी, जो नेपाली कम्युनिस्ट आन्दोलनका नेता मात्र थिएनन्, नेपाली भूगोल र चेतना सुहाउँदो जनताको बहुदलीय जनवादका प्रणेता पनि थिए, उनका सन्तानबारे जिज्ञासा रहनु अन्यथा पनि होइन । के गर्दै छन् त मदन भण्डारीका छोरीहरू ‘म अध्ययन र सामाजिक कार्यमा क्रियाशील छु’, जेठी छोरी उषाकिरणभण्डारी भन्छिन्, ‘बहिनी (निशाकुसुम) भर्खरै भारतबाट एमबीबीएस सकेर आएकी छन्, सायद चिकित्सा क्षेत्रमै काम गर्लिन् ।’ उषा केही वर्षअघि भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेर फर्किएकी हुन् । पत्रकारिता र आमसञ्चारकी विद्यार्थीसमेतरहेकी उषाले आफ्नो स्वभाव पत्रकारिता गर्ने नभएको महसुस गरिन् र राजनीति शास्त्र पढिन् ।
‘तर, राजनीति पनि मेरो रुचि होइन रहेछ,’ उषा भन्छिन्, ‘मेरो स्वभाव धेरैसँग घुलमिल हुन सक्ने खालको छैन ।’ उनले राजनीति गर्ने आफ्नो सोच नभएको पनि पस्ट पारिन । पारिवारिक रूपमा राजनीतिक परिवार भएका कारण राजनीतिप्रति रुचि र चासो हुनु स्वाभाविक भएको बताउँदै उषाले सक्रिय राजनीति भने नगर्ने खुलाइन् । बरु, समाज सेवा र अध्ययनमा आफनो रुची बढी रहेको उनी बताउँछिन् ।
उषा अहिले श्रमिकसम्बद्ध संघ÷संस्थामा क्रियाशील छन । तल्लो वर्ग मानिने मजदुरको हित नहुन्जेल देशको विकास सम्भव नहुने उनको बुझाई छ । केही समय श्रमिकबारे अध्ययन गछु, उनीहरुको समस्या र ती समस्या निकारकरणका विषयमा पहल गर्छु,’ उनी भन्छिन् ।
आफ्नी आमाको इच्छा पनि छोरीहरूले जे काम गर्न चाहन्छन्, त्यसमा अब्बल होऊन् भन्ने नै रहेको उषाको भनाइ छ । ‘हामीप्रति ममीको कुनै प्रकारका आग्रह छैनन्,’ उषा भन्छिन्, ‘ ‘तर, जागिर पनि नेपालभित्रै गरौं भन्ने उहाँको भनाइ छ ।’
गकजबपष्चबल
लोकप्रिय नेताका सन्तानले राज्यबाट फाइदा लिइरहका बेला बहालवाला राष्ट«पतिका छोरीहरुचाहिँ के गर्लान् रु ‘यस्तो गर्नुपर्छ भनेर हामीले जानेकै छैनौं,’ उषा भन्छिन् , ‘हामीमा आत्मविश्वास छ, आफैं केही गर्न र बाँच्न सक्छौं ।’ आफ्ना बुबाआमाले जीवनभर समय, श्रम र पसिना लगानी गरेर आर्जन गरको प्रतिष्ठालाई कायम राख्न आफूहरु निकै सचेत रहेको उनी बताउँछिन् । आफूलाई जन्म दिने आमा राष्टपतिमा निर्वाचित भएपछि उनलार्इ खुसी नलाग्ने कुरै भएन । तर, उनी दुःखी पनि बनिन् । कारण, आमाको सक्रिय राजनीतिक जीवन समाप्त भएको छ । संविधानले बाँधेको सीमाभित्र मात्रै रहनुपर्ने बाध्यता छ, राष्ट्रपतिलाई । आफूखुसी अभिव्यक्ति दिन र हिँडडुल गर्न पाउन्नन् राष्ट्रपतिले । एक प्रकारले पदमा रहुन्जेल परिवारका सदस्यसँगको सामीप्यमा पनि अवरोध हुन्छ नै । ‘तर पनि खुसी छौं, ममी
र त्यसमा पनि एक सबल महिलाले राष्ट्रप्रमुखको जिम्मेवारी पाउनुभएको छ,’ उषा भन्छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी निकै संवेदनशील,विवेकी र व्यावहारिक भएको उषाको भनाइ छ । घरकी असल र कुशल अभिभावक भएकाले राष्ट्रको अभिभावकका रूपमा पनि उनको भूमिका त्यस्तै हुने विश्वास छ उषालाई ।
आजको राजधानी दैनिक बाट
एकीकृत माओवादी जनसेनाको समायोजन हुनुपूर्व नन्दकिशोर पुन पासाङसँग पत्रकार नेत्र पन्थीले उनको नीजि जीवनका पाटामाथि कुराकानी गरेका थिए । जनयुद्धका सैन्य कमान्डर समेत रहेका पासाङ गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति बनेका छन् । एउटा विद्रोही सेनाका कमान्डर उपराष्ट्रपति भएको उपलध्यक्षमा यो अन्तर्वार्ता पाठकहरुका लागि पुन: प्रकाशित गरेका हौँ ।

१ आफ्नै नजरमा पासाङ के हो ? को हो ?
सम्पूर्ण शोषण, उत्पीडन, हस्तक्षेपविरुद्ध जनता, राष्ट्र र क्रान्तिका लागि सधैँ समर्पित भएर लडिरहने । अनि क्रान्तिको एउटा बफादार सिपाहीका रूपमा उभिरहने क्रान्तिकारी कम्युनिस्ट विचार बोकेका संघर्षरत व्यक्ति वा आमूल परिवर्तनका लागि जनयुद्धमा होमिएका व्यक्ति हो पासाङ ।
२ पासाङ नाम कसरी जुर्‍यो ?
म रोल्पाको जिल्ला पार्टी कमिटीमा हुँदा र जनयुद्धको थालनीको अवस्थासम्म मेरो नाम लिफङ थियो । राजनीतिमा आइसकेपछि जिल्ला कमिटीमा नाम फेराँै भन्ने निर्णय भयो । सुगन्धित फूलको नाम पासाङ हुन्छ, त्यो फूल असाध्यै उचाइमा पाइन्छ भन्ने सुनेको थिएँ । त्यही नाम राख्छु भन्ने निर्णय गरेर पासाङ राखेँ ।
३ कस्तो परिवारमा जन्म भयो, अनि विवाह कसरी भयो ?
म रोल्पाको राङ्सीमा निम्न मध्यमवर्गीय परिवारमा जन्मिएँ । मेरो प्रेम विवाह भएको हो–हस्तमाली पुनसँग ।
४ तपार्इंको स्वभाव निर्माणमा कुन–कुन पक्ष हाबी छन् ?
मेरो स्वभाव निर्माणमा आन्तरिक र बाहय पक्ष हाबी छन् । आन्तरिक पक्षमा पारिवारिक वातावरण, जातीय स्वभाव, रहनसहन, संस्कृति, वर्ग धरातल तथा वंशानुगत पक्ष हाबी छन् भने बाहय पक्षमा शोषण, उत्पीडन, अन्याय–अत्याचार, सामाजिक विभेद, वर्ग विभेद, सामाजिक, आर्थिक वातावरण, वर्गसंघर्ष तथा अन्तर्संघर्ष एवं पार्टी जीवन पद्धतिका पक्ष हाबी छन् भन्ने लाग्छ ।

५ तपार्इंको स्वभावका सबल पक्ष के–के हुन् ?
सरल, सहज, सिधा, इमानदार र खुला, सबैसँग घुलमिल हुन रुचाउने, अरूलाई पनि आफूजस्तै सरल र सहज इमानदार ठान्ने, सबैप्रति खुला दृष्टिकोण राख्ने । सबैसँग सहयोगी भावना राख्ने, छलछाम षड्यन्त्र दायाँ–बायाँ गर्न नजान्ने, खुला र सिधा बोल्ने, रिजर्भ नरहने, कसैसँग नडराउने, सबैलाई सही व्यवहार गर्ने, अरूबाट अपेक्षा कम गर्ने, आफँैमा बढी भर पर्ने, आत्मनिर्भर ढंगले सोच्ने, अनावश्यक तर्क बहस नगर्ने, खुला, उदार, दयालु र अरूलाई धोका दिनु, गद्दारी गर्नु, विश्वासघात गर्नु, अपराध हो भन्ने ठान्नु जस्ता स्वभाव मेरा सबल पक्ष हुन् जस्तो लाग्छ ।
६ आफ्नो स्वभावका कमजोर पक्ष के छन् ?
तुरुन्तै अरूलाई विश्वास गरिहाल्नु, अरूलाई पनि आफूसरह सरल सहज ठान्नु, छिट्टै घुलमिल हुन खोज्नु, आवश्यकताभन्दा बढी उदार र दयालु हुनु । घुमाउरो नबोली सिधा–सिधा बोल्नु, रिजर्भ नरहनु कसैलाई शंका नगर्नु, सबैप्रति खुला दृष्टिकोण राख्नु, आफु रिजर्भ नरहने, राजनीतिभन्दा विचार र व्यवहारलाई प्राथमिकता दिने, बढी सिधा र इमानदार स्वभाव मेरा कमजोरी हुन् जस्तो लाग्छ ।
७ आफ्नो स्वभावबाट के–के हटाउन पाए हुन्थ्यो ?
तुरुन्तै अरूलाई विश्वास गरिहाल्ने, अरूलाई पनि आफूसरह सरल र सहज ठान्ने, आवश्यकताभन्दा बढी उदार र दयालु हुनु, राजनीतिभन्दा विचार र व्यवहारलाई प्राथमिकता दिने, बढी सिधा कमजोरी हटाउन पाए हुन्थ्यो ।
८ आफ्नो स्वभावमा के–के थप्न पाए हुन्थ्यो जस्तो लाग्छ ?
सिधा र जातिगत स्वभाव हटाई अन्य जातिगत स्वभाव प्लस भए सायद राम्रो हुन्थ्यो कि भन्ने लाग्छ ।
९ कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
व्यक्तिको स्वभाव, रहनसहन, गतिविधि, बोलीचाली र व्यवहारबाट र उसले गरेको कामका आधारमा उसलाई हेर्ने धारणा बनाउँछु ।
१० कतिखेर रिस उठ्छ ?
कसैले धोका दिँदा, विश्वासघात गर्दा, सहमति सम्झौताप्रति बेइमानी गरेको देख्दा र आफ्नो स्वार्थका लागि अरूलाई प्रयोग गर्न खोजेको देख्दा साह्रै रिस उठ्छ ।
११ कतिखेर भावुक हुनुहुन्छ ?
अप्रत्यासित घटना घट्दा वा आन्दोलन क्रान्तिमा अनावश्यक क्षति हुँदा, आफूले गरेको प्रतिबद्धता पूरा नहँुदा, अरूको र आफ्नो मन धेरै दुखेको वेला बढी भावुक भइन्छ ।
१२ सानोमा कस्तो हुनुहुन्थ्यो ?
आफ्नो समकक्षी साथीहरूभन्दा अलि बढी चन्चले थिएँ । म आफूलाई बढी जान्ने, सिपालु ठान्ने र विद्रोहीखालको थिएँ ।
१३ कुनै परिस्थिति जसले तपाईंलाई उत्तेजित बनाउँछ ?
कोलाहलपूर्ण तथा मुठभेडपूर्ण वातावरण । अनि अराजकपूर्ण अवस्थामा अलि बढी उत्तेजित भएजस्तो लाग्छ ।
१४ तपार्इं किन कम बोल्नुहुन्छ ?
थोरै बोल्ने, काम धेरै गर्ने बानी परेर होला । धेरै गफाडी र फूलबुट्टा भर्ने कला नभएर पनि होला । धेरै बोलेर बिगार्नुभन्दा नबोल्नु राम्रो भन्ने धारणा भएका कारण पनि होला । अर्को कुरा जिम्मेवारी, हैसियत र स्वभावका कारण पनि यसो भएको हुनुपर्छ ।
१५ राजनीतिमा तपाईंको हिरो को हो ?
आफ्नै पार्टी अध्यक्ष कमरेड प्रचण्ड र आफूभन्दा वरिष्ठ कमरेड, सहयोद्धा कमरेडहरू र स्वयं आफँैलाई पनि हिरो ठान्छु ।
१६ भूमिगतबाट खुला राजनीतिमा आएपछिको अनुभूति कस्तो रहयो ?
सार्वजनिक छवि अनुसार काम गर्ने अवसर कम भएको अनुभूति भएको छ ।
१७ कति संयमित हुनुहुन्छ तपाईं ?
ठिक्कको सीमासम्म संयमित हुन्छु । सीमाभन्दा बाहिरको संयमितता मेरो स्वभावले दिँदैन । सीमा नाघेपछि आवश्यक प्रतिक्रिया जनाउँछु ।
१८ निजी जीवनमा कतिखेर खुसी हुनुहुन्छ ?
आफ्नो परिवार, नातागोता, इस्टमित्रसँग बसेर सुख–दु:खको कुरा गरेर रुखासुखो खाँदा, घरपरिवारमा झैझगडा नहँुदा, सबै मिलेर एकैठाउँमा बस्दा खुसी हुन्छु ।
१९ फुर्सदको समय कसरी बिताउन चाहनुहुन्छ ?
शारीरिक श्रम (जुनसुकै काम) गरेर, पत्रपत्रिका र किताब पढेर समय बिताउँछु । समय मिलेको वेला साइबर जाने इमेल हेर्ने र थकाइ लाग्दा आराम गरेर बिताउन चाहन्छु ।
२० सानोमा के बन्ने सपना देख्नुभएको थियो ?
खासै त्यस्तो विशेष सपना थिएन । त्यसको सम्झना पनि छैन ।
२१ जीवनको सबैभन्दा दु:खको क्षण कुन हो ?
धेरैपटक दु:खसँग संघर्ष गरिएको छ । सबैभन्दा दु:खको क्षण यही थियो भन्न गाह्रो छ । सबै कष्टकर र जोखिमपूर्ण थिए । तर पनि सानो छँदा भारतमा कुल्ली काम गर्न गएको थिएँ । सडक खन्न जाँदा विनाकारण मन्सीले कुटयो । पाँच दिन थला परेको थिएँ कुटाइबाट । त्यो सम्भँmदा ज्यादै दु:ख लाग्छ । किसान र गरिब परिवारमा जन्मिएकाले बाल्यकाल तथा विद्यार्थी जीवन सबैभन्दा कष्टकर थियो ।
२२ सबैभन्दा सुखको क्षण नि ?
सबैभन्दा सुखको क्षणको अनुभूति गर्न पाएको छैन । राजनीतिक जीवनको क्षण भन्नुपर्दा अहिलेसम्म गणतन्त्र घोषणा र संविधानसभा चुनावको अन्तिम परिणाम घोषणाका दिन सुखको अनुभूति थियो भन्न सकिन्छ ।
२३ तपार्इंको जीवनमा सबैभन्दा जटिल मोड कुन हो ?
व्यक्तिगत जीवनबाट पार्टीगत जीवनमा प्रवेश गर्दाको मोड तथा खुला जीवनबाट भूमिगत जीवन प्रवेश गर्दाको बाध्यात्मक अवस्थाको मोड आफँैमा जटिल थियो ।
२४ तपार्इंले गरेको सही निर्णय कुन हो ?
व्यक्तिगत जीवनबाट पार्टीगत जीवनमा प्रवेश गर्ने निर्णय वा खुला जीवनबाट भूमिगत जीवन प्रवेश गरी देश र जनताको मुक्तिका लागि निरन्तर लड्ने निर्णय जुन गरियो, त्यो नै मेरो जीवनको सही निर्णय थियो भन्ने लाग्छ ।
२५ जीवनमा तपार्इंले गरेको गलत निर्णय वा काम पनि त होला ?
त्यस्तो पछुताउनेखालको गलत निर्णय गरिएको सम्झना छैन । व्यक्तिगत र पार्टीगत रूपमा गलत निर्णय गरियो जस्तो लागेको छैन । सानातिना कमजोरी त भएका होलान् नै, तर त्यस्तो हानि हुनेखालको निर्णय भएको याद छैन ।
२६ जीवनमा सबैभन्दा पछुतो लागेको क्षण ?
एसएलसीमा राम्रो रिजल्ट आएन । राम्रोसँग अध्ययन गरेको भए राम्रो रिजल्ट आउने थियो भनेर पछुताएको थिएँ ।
२७ सबैभन्दा मन परेको पुस्तक कुन हो ?
सबैभन्दा मन परेको पुस्तक केही छन् । सोभियत संघ र महान् अक्टोबर क्रान्तिको इतिहास, समयको संक्षिप्त इतिहास, विश्वको संक्षिप्त इतिहास, फुटाऊ र राज गर, कम्युनिस्ट पार्टीभित्रको दुईलाईन संघर्ष, टिस्टादेखि सतलजसम्म, पहिलो र दोस्रो विश्वयुद्ध, स्टालिनको छानिएका रचना, माओको छानिएका सैन्य रचना, अन वार, आर्ट अफ वार मन पर्ने किताब हुन् । विशेष रूपले एउटा मात्र छनोट गर्न गाह्रो छ ।
२८ सबैभन्दा मन परेको उपन्यास कुन हो ?
सबैभन्दा पहिले पढेको र मन परेको उपन्यास ‘आमा’ हो । दोस्रोमा ‘स्वास्नीमान्छे’ र ‘बसाइँ’ हुन् ।
२९ धेरैचोटि दोहोर्‍याएर कुनै पुस्तक पढ्नुभएको छ ?
मन परेको पाठ वा किताब दुईचोटि अवश्य पढ्छु । महान् अक्टोबर क्रान्तिको इतिहास र दस दिन दुनियाँ जगमगायो, कम्युनिस्ट पार्टीभित्रको दुईलाईन संघर्ष, क्रान्तिकारीहरूको जीवनी, माओ, लेनिन र स्टालिनका संकलित रचना दोहोर्‍याएर पढेको छु ।
३० तपार्इंले लेखेको पुस्तक कस्तो हो ?
रक्तिम पाइला नामक पुस्तक हो । जनयुद्धकालमा मेलै नेतृत्व गरेको भिडन्तका अन्तरकथा समेटिएका छन् यो पुस्तकमा ।
३१ तपार्इंलाई असाध्यै मन परेका स्वदेशी, विदेशी लेखकहरू ?
डायमनशमशेर, पारिजात, खगेन्द्र संग्रौला, डा. सुरेन्द केसी, जगदीश घिमिरे, म्याक्सिम गोर्की, क्रुप्स्काय, लुसुन जस्ता लेखक मन पर्छन् ।
३२ आफू पनि खेल्नुहुन्छ ?
भलिबल, मार्सल आर्ट, लाठी खेल, रसी तान्ने खेल र फास्ट रनिङ जस्ता खेल खेल्न सक्छु ।
३३ फिल्म कत्तिको हेर्नुहुन्छ ?
धेरै फिल्म हेर्ने अवसर मिलेको छैन । हिट फिल्मबारेमा चासो र जिज्ञासा भने रहन्छ । हेर्ने अवसर नमिले पनि अरूबाट कथावस्तु सुन्छु ।
३४ मन पर्ने खेल कुन हो ?
भलिबल, फुटबल, मार्सल आर्ट, लाठी खेल, रसी तान्ने खेल र फास्ट रनिङ । फुटबलबाहेक यी सबै खेल राम्रो खेल्न सक्छु ।
३५ तपाईंलाई असाध्यै मन पर्ने गीत कुन हो ?
प्रगतिशील गीतमा– नीलो आकाशमा हावा खाँदै हाँस्दै रमाउँदै,.. मुक्त हुन्छाँै एक दिन हामी जन्जिर चुडाउँदै, गाउँगाउँबाट उठ बस्ती–बस्तीबाट उठ । राष्ट्रिय गीतमा– यो नेपाली शिर उचाली संसारमा लम्किन्छ र मानवतासम्बन्धी गीतमा– फूलको आँखामा फूलै संसार जस्ता गीत खुबै मन पर्छ ।
३६ मन पर्ने गायक–गायिका ?
अरुणा लामा, कुन्ती मोक्तान, तारादेवी, नारायणगोपाल, जेबी टुहुरे, रायन, खुसीराम पाख्रिन, रामकृष्ण ढकाल, एम बराल, तीर्थ गन्धर्व, अञ्जु पन्त, बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने ।
३७ नाचगान गर्न कत्तिको सिपालु हुनुहुन्छ ?
आफैँ नाचगान गर्न सक्छु, तर विधासम्बद्ध ढंगले होइन । स्वस्फूर्त ढंगले गाउँघरे लोकतालमा हो ।
३८ तपाईंको मन पर्ने खाना कुन हो ?
रोटी र ढिँडो ।
३९ कस्तो पोसाक लगाउन मन पराउनुहुन्छ ?
शरीरमा मिल्ने जस्तोसुकै पोसाक, टाइटभन्दा ठिक्कको खुला आकारमा र आफ्नो छालाको रंगसँग म्याच गर्ने खालको लुगा मनपर्छ ।
४० तपार्इंका आदर्श नेताहरू को–को हुन् ?
मेरो आदर्श नेता प्रचण्ड, सो पार्टीका पदाधिकारी र मभन्दा सबै हिसाबले पाको र परिपक्व नेताहरू ।
४१ तपार्इंलाई कस्तो मान्छे मन पर्दैन ?
लोभीपापी, महत्त्वाकांक्षी, अरूलाई प्रयोग गरेर महत्त्वकांक्षा पूरा गर्ने, विश्वासघात गर्ने, धोका दिने प्रवृत्ति भएका मान्छे मन पर्दैन ।
४२ कस्तो स्वभावको मान्छे मन पर्छ ?
सरल, सहज, इमानदार, धोका नदिने, मिलनसार, आत्मनिर्भर र साहसिक स्वभावको मान्छे मन पर्छ ।
४३ राजनीतिमा नलागेको भए कुन पेसामा लाग्नुहुन्थ्यो ?
राजनीतिमा नलागेको भए, शिक्षक र किसान बन्थेँ । खेती–किसानी अझै पनि मेरो रुचिको पेसा हो ।
४४. जनयुद्धको सबैभन्दा रोचक फौजी कारबाही कुन हो ?
जनयुद्धको सबैभन्दा रोचक दाङ सदरमुकाम घोराही आक्रमणको फौजी कारबाही नै हो । सबै हिसाबले रोचक कारबाही थियो त्यो ।
४५. दस वर्षपछिको नेपालको परिकल्पना गर्नुभएको छ ?
दस वर्षपछिको नेपाल–आत्मनिर्भर, स्वाधीन, सम्वृद्ध, स्वतन्त्र अधिकार सम्पन्न, मानवअधिकारको प्रत्याभूति भएको शान्ति, सद्भाव, एकता कायम भएको राष्ट्रको कल्पना गर्छु ।
४६. त्यतिवेला तपार्इंको स्थान कहाँ र कुन अवस्थामा हुन्छ होला ?
अहिलेभन्दा परिपक्व, अनुभवी र देशको सेवामा अझ बढी समर्पित भएको नागरिकका रूपमा हुनेछ । जनता र राष्ट्रले छनोट गरिदिएको स्थानमा मेरा स्थान र भूमिका रहनेछ ।
४७. जनयुद्ध कालमा मर्नसँग डर लागेन ?
मान्छे जन्मेपछि मृत्यु अनिवार्य छ । मृत्युलाई जानेपछि किन मर्न डराउनु ? आखिर मर्नु नै छ । तर, मर्नु किन र कसका लागि ? बाटो रोज्नु मात्र फरक कुरा हो । सम्पूर्ण मुक्तिका लागि मृत्यु वा मुक्तिको कसम खाएर सचेत ढंगले क्रान्तिमा हामफालेपछि के को डर ? आफ्नो मृत्युले जनता, समाज र राष्ट्रलाई फाइदा हुन्छ भने जस्तोसुकै मृत्युवरण गर्न पनि तयार भएपछि मृत्युको डर आफैँ भागेर जान्छ ।
४८ सबैभन्दा बढी रुवाएको कुनै घटना ?
तकसेरा फौजी कारबाहीमा कमरेड क्रान्ति र कमरेड पहाडको शहादत हँुदा र मेरो कान्छो भाइ कमल पुनको आफ्नै साथीको गद्दारीबाट हात–खुट्टा भाँची नाक, मुख र शरीर चिरेर हत्या गरेको खबर सुन्दा आमाको मृत्युमा भन्दा बढी रोएको थिएँ ।
४९ गणतन्त्र घोषणा हँुदा कस्तो महसुस भयो ?
गर्वले छाती फुलेको थियो । सहिदको झल्झली याद आइरहेको थियो ।
५०. तपाईंको अधुरो सपना ?
शान्त, सुन्दर, सम्वृद्ध २१औं शताब्दीको नयाँ नेपालको सपना ।

www.ratopati.com
२१ कात्तिक, काठमाडौं । नेपाललाई हेर्ने नीतिबारे भारतीय सत्तापक्ष, प्रतिपक्षी कांग्रेस, र वामपन्थीहरुवीच मत बाझिएको छ । यो भन्दा थप गम्भीर पक्ष के छ भने नेपाल मामिलामा प्रधानमन्त्री नरेन्द्र मोदी, बीजेपी नेता तथा गृहमन्त्री राजनाथ सिंह र विदेशसचिव जयशंकरका वीचमा समेत मतभिन्नता देखिएको छ ।
नयाँ सरकार गठन भएलगत्तै नेपालका परराष्ट्र मन्त्री कमल थापाले भारतीय प्रधानमन्त्री मोदी, विदेशमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ र विदेश सचिव जयशंकरलाई दिल्ली पुगेर भेट गरेका थिए । नेपाली टोलीले गरेको सोही दिल्ली भ्रमणका बेला भारतीय संस्थापन पक्षभित्रको अन्तरविरोध पत्ता लागेको हो ।
जयशंकरको उपरखुट्टी !
नेपालमा संविधान बन्नै लाग्दा काठमाडौं आएर निराश बनी फर्केका भारतीय विदेशसचिव एस. जयशंकरले परराष्ट्रमन्त्री थापालाई आफ्नै च्याम्बरमा भेट्न चाहेका थिए । तर, थापाले आफूलाई भेट्ने भए होटलमै आउन आग्रह गरे ।

थापाको आग्रहपछि सचिव जयशंकर होटलमा त आए, तर मन्त्री थापालाई कुनै खासै मान सम्मान नगरिकन उपरखुट्टी लगाएर बसे । सचिवको त्यस्तो दृश्य देखेर रुष्ट बनेका मन्त्री थापाले पनि उपरखुट्टी लगाएर जवाफ दिए ।
भेटमा जयसंशकरले नेपालको संविधान कहिले संशोधन हुन्छ भनेर सोधे । थापाले विधेयक संसदमा पुगिसकेकाले प्रकृयामा रहेको जवाफ दिए । तर, सचिवले थप प्रश्न गरे, कति दिनमा संशोधन हुन्छ ? १५ दिनमा ?
यस्तो प्रश्नपछि मन्त्री थापा रिसाए । उनले जयशंकरलाई भने, यो नेपालको आन्तरिक विषय हो । म दिल्लीमा आपूर्ति व्यवस्था सहज बनाउनेबारे छलफल गर्न आएको हुँ ।
जयशंकरसँगको कूटनीतिक कुराकानीपछि मन्त्री थापाले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेट गरे । स्वराजसँगको भेटपछि उनले प्रधानमन्त्री मोदीलाई भेटे ।
सुरुमा जंगिए मोदी
मन्त्री थापासँगको भेटको शुरुमा मोहीले केहीबेर बोलेका थिए । उनको बोलीमा आक्रोश थियो । आफूले नेपाललाई त्यत्रो सहयोग गरेको, दुई दुईपटक नेपालको भ्रमण गरेर सम्बन्ध सुधार गरेको, नेपाली जनताबाट समेत आफ्नो स्वागत भएको मोदीले स्मरण गरेका थिए । त्यही क्रममा पीडीए, पीटीए लगायतका सम्झौतासमेत भएको मोदीले बताएका थिए ।
तर, कसले गर्दा नेपाल र भारतवीचको सम्बन्ध बिगि्रइरहेको छ भन्दै मोदीले चिन्ता प्रकट गरेका थिए । थापासँगको भेटमा भारतीय प्रधानमन्त्री मोदीले एमाओवादी अध्यक्ष प्रचण्डको नाम नदिई उनीप्रति रोष प्रकट गरेका थिए ।
राष्ट्रिय स्तरका नेताहरुले नै सार्जजनिक स्थलबाट भारतको गाली गर्नु र विरोधमा बोल्नु शोभनीय कार्य नभएको मोदीको भनाइ थियो । मोदीको यो संकेत खुल्ला मञ्चको प्रचण्डको भाषणप्रति लक्षित थियो ।
भेटका क्रममा परराष्ट्रमन्त्री थापाले भारतबाट आपूर्तिमा भइरहेको असहजताका कारण नेपाल भारत सम्बन्धमा समस्या आइरहेको बताएका थिए । त्यसपछि मोदीले केही परे सुष्मासँग कुरा गर्न आग्रह गरेका थिए । मोदीलाई भेट्नुअघि सुष्मासँगको भेटमा वीरगञ्ज नाकाको सम्वेदनशीलतालाई विचार गर्दै ‘रि-रुट’ को व्यवस्था गर्नेबारे छलफल भएको थियो ।
कमल थापाको दिल्ली भ्रमणको सफलता नै त्यही थियो कि रक्सौल नाकामा रोकिएका ट्यांकरलाई अर्को बाटोबाट नेपाल छिराउन प्रयास गर्ने । भारतले यो प्रस्तावमा सहमति जनाएर नेपालमा तेल र ग्यास पठाउने आश्व्ाासन थापालाई दिएको थियो, जुन काठमाण्डौंस्थित भारतीय दूतावासको अबरोधपछि सफल हुन सकेन् ।
राजनाथका घरमा बेग्लै छलफल
भारतीय सत्तारुढ दलका नेता एवं गृहमन्त्री राजनाथ सिंहलाई भने मन्त्री थापाले उनको निवासमै गएर भेटेका थिए । हिन्दुवादी दलका नाताले सिंह र थापावीच पहिलेदेखि नै राम्रो सम्बन्ध रहँदै आएको छ ।
भेटका क्रममा सिंहले नेपालमा भइरहेको नाकाबन्दीप्रति तीव्र चिन्ता व्यक्त गरेका थए । ‘भारतबाट यस्तो गर्नै नहुने काम हो, कसले गर्दा नेपालमा तेल जान पाइरहेको छैन ? यो विल्कुल ठीक भएन,’ राजनाथले मन्त्री थापालाई भनेका थिए, ‘मैले यसबारे मोदीजीसँग पनि कुरा गरेको छु, नेपाललाई तत्काल तेल पठाउनुपर्छ, रोक्नै हुँदैन, हामी दुई देशवीचको सम्बन्ध अहिलेदेखिको होइन, धेरै पुरानो हो ।’
कसले गर्दैछ त अवरोध ?
परराष्ट्रमन्त्री थापाले सचिव मन्त्रीहरु र प्रधानमन्त्रीलाई भेटिसकेपछि जयशंकर, मोदी र राजनाथका वीचमा नेपाललाई हेर्ने मामिलामा फरकपन पाएको काठमाठौं आएर आफ्नो पार्टी राप्रपा नेपालको बैठकमा बि्रफिङ गरेका थिए ।
मन्त्री थापाको बि्रफिङ सुनेका राप्रपा नेपालका एक नेताले दिएको जानकारी अनुसार दिल्लीको ब्यूरोक्रेसी नेपालमा भइरहेको नाकाबन्दीका विषयमा निकै अनुदार देखिएको छ । राजनाथ सिंह नाकाबन्दीको पूरै विपक्षमा छन् भने प्रधानमन्त्री मोदीचाँहि नेपालसँग सम्बन्ध बिगि्रएकोमा दुःखी र चिन्तित छन् । तर, सम्बन्ध बिगारिरहेको छ कसले ?
भारतीय राजनीतिको सामान्य विश्लेषण गर्दा के देखिन्छ भने भारतीय कांग्रेसले दुई कार्यकाल शासन गरेका बेला फस्टाएको ब्यूरोक्रेसीले मोदीको सरकारलाई असहयोग गरिरहेको छ । यसैको परिणाम हो, मोदी र राजनाथहरु नेपालसँग राजनीतिक सम्बन्ध राख्न चाहन्छन्, तर जयशंकरहरु नेपाललाई हेप्न र अपमानित गर्न चाहन्छन् ।
तर, मोदी साउथ ब्लक र गुप्तचर एजेन्सीको यति बलियो घेराबन्दीमा परिसकेका छन् कि राजनीतिक तहबाट समस्या समाधानका लागि नेपाली नेताहरुले गरेका अनेक कोसिसमा पटक्कै चासो दिएका छैनन् ।
एस जयसंकरलाई भारतीय प्रधानमन्त्री मोदीले अमेरिकाको राजदूत हुँदाहुँदै बोलाएर आफैंले विदेश सचिव बनाएका हुन् । तर, उनको नेपालप्रतिको दृष्टिकोण र मोदीको दृष्टिकोणवीच स्पष्ट भिन्नता देखिएको छ, जसका कारणले मोदीले नचाहँदा नचाहँदै नेपाल-भारत सम्बन्ध सुमधुर हुन सकेको छैन ।
एस. जयशंकर सन् १९७७ देखि भारतको विदेश सेवामा जागिर खान थालेका व्यक्ति हुन् । उनी सुरक्षा मामिलाका जानकार एवं विश्लेषकसमेत मानिन्छन् । सन् १९८१ मा उनले सोभियत संघको दूतकासाथै दोस्रो र तेस्रो सचिव भएर काम गरेका थिए ।
सन् १९८५ देखि १९८७ सम्म अमेरिकास्थित भारतीय दूताबासमा प्रथम सचिवको भूमिकामा थिए । पछि उनी राजदूत भए । भारतीय प्रधानमन्त्री मोदीले २९ जनवरी २०१५ मा जयशंकरलाई विदेश सचिवमा नियुक्त गरेका हुन् । मोदीले विदेश सचिव बनाउनुअघिसम्म उनी अमेरिकाका लागि भारतीय राजदूत थिए । अमेरिकारको राजदूत हुनुभन्दा पहिले जयशंकर झण्डै साढे चारबर्ष चीनका लागि भारतीय राजदूत थिए ।
भारत अमेरिकावीच सन् २००८ मा सम्पन्न आणविक सम्झौतामा महत्वपूर्ण योगदान पुर्‍याएका व्यक्ति हुन् जयसंकर । उनले मोदीलाई अमेरिकाले प्रयोग गरेको नो-भिसा नीतिलाई पल्टाउन महत्वपूर्ण भूमिका खेलेकै कारण मोदीले उनलाई गुन लगाएका हुन् ।
तेस्रो महिला विदेश सचिव सुजाथा सिंहको कार्यकाल नै कटौती गरेर जयशंकरलाई ल्याइएको थियो । निरुपमा राव, सञ्जन मथाई लगायतले दुई वर्षे कार्यकाल पूरा गरेका भए पनि सुजाथाको कार्यकाल पूरा हुन ६ महिनाअगावै उनलाई मोदीले हटाएर जयशंकरलाई ल्याएका हुन् ।
राजदूत रायले चाहे भने…..
भारतको नेपाल नीतिका सम्बन्धमा चर्चा गर्दा नेपालका लागि वर्तमान भारतीय राजदूत रञ्जित रायको भूमिकाको पनि चर्चा गर्नुपर्ने हुन्छ ।
भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध नबिगि्रयोस् भन्ने चाहिरहेका बेला राजदूत रायले संविधान निर्माणकै बेलादेखि खेलेको नकारात्मक भूमिकाले नेपालको आन्तरिक राजनीतिमा खल्बल ल्याउन भूमिका खेलेको छ ।
सतहमा हेर्दा यतिबेला भारतीय राजदूत नेपाल र भारतवीचको सम्बन्ध समधुर कसरी बनाउने भन्नेमा लागेका छन् । तर, उनले यही सोचाइ संविधान निर्माणमा बेलामा राखेको भए भारतले नेपालको संविधानलाई स्वागत गर्न सक्थ्यो, लैनचौरमा मधेसी, जनजाति र थारुहरुका बेग्लाबेग्लै भेलाहरु डाकिने थिएनन् ।
नेपालका लागि भारतीय राजदूत राय कूटनीतिक मामिलामा योग्य एवं पढालेखा मानिस हुन् । तर, उनले यसअघि कोसोभो, भुटान जस्ता देशमा खेलेको भूमिकाका कारण नेपाल कूटनीतिमा अलि बढी असन्तुलित देखिएका पो हुन् कि भनेर अनुमान गर्न सकिन्छ ।
अर्थशास्त्रमा उच्च शिक्षा अध्ययन गरेका राजदूत राय सन् १९८० देखि भारतको विदेश सेवामा प्रवेश गरेका हुन् । उनले नेपाल आउनुअघि भियतनाम, हंगेरी, बोस्निया हर्जगोभिना र स्लोभानियामा काम गरेर अनुभव संगालेका छन् । त्यस्तै उनले न्युयोर्कमा राष्ट्र संघीय मिसनमा पनि अनुभव संगालेका छन् । सन् २००० देखि २००२ सम्म उनले कोसोभोमा शान्ति स्थापनार्थ राष्ट्र संघीय मिसनमा रहेर काम गरिसकेका छन् ।
सन् २००२ देखि २००६ सम्म नेपाल र भूटान डिभिजन हेर्ने अधिकारीका रुपमा भारतीय विदेश मन्त्रालयका काम गरेका राजदूत रायले त्यहीबेला नेपाललाई राम्रोसँग बुझिसकेका थिए ।
भारतीय राष्ट्रपतिको प्रेस हेर्ने सचिवको भूमिकासमेत खेलेका राजदूत राय मिडियालाई समेत राम्रोसँग बुझेका कूटनीतिज्ञ मानिन्छन् ।
तर, रायकै कार्यकालमा नेपाल-भारत सम्बन्ध इतिहासकै सवैभन्दा खराव अबस्थामा पुगेको छ । नेपाल-भारत सम्बन्ध बिगार्ने अर्का कुटनीतिज्ञ हुन् अभय ठाकुर जो यतिबेला साउथ ब्लकको नेपाल डेस्क चिफ छन् । राय, ठाकुर र जयशंकरहरुको भूमीकाकै कारण भारत यतिबेला नेपालसंगको कुटनीतिक मोर्चामा हार बेहोर्दै नाकाबन्दीको सहारा लिनुपर्ने अबस्थामा पुगेको छ ।
राजदूत राय र विदेश सचिव जयशंकरले यदि चाहे भने नेपालमा बढिरहेको भारतविरोधी भावना कम गराउन सक्छन् । यसका लागि भारतीय ब्यूरोक्रेटले मधेस होइन, देश भन्ने नीति लिनुपर्छ र नेपालको मामिलामा यसो गर र उसो गर भनेर माइक्रो म्यानेजमेन्ट गर्न छाडिदिनुपर्छ ।
कमसेकम राजनाथ सिंह र नरेन्द्र मोदीले नेपाल मामिलमा चाहेको कुरो पनि यही नै हुनुपर्छ । अन्यथा ‘बीजेपी भर्सेज ब्यूरोक्रेट्स’ को कोपभाजनमा नेपाल परिरहने देखिन्छ ।
www.onlinekhabar.com
काठमाडौं, २१ कार्तिक । बेलायती संसदमा नेपालमाथी भारतले लगाएको नाकाबन्दीका बिषयमा छलफल भइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नाकाबन्दी खोल्न उनकै मुल संगठन आरएसएसले निर्देशन दिएको छ ।
नाकाबन्दीको मुद्दा अन्तराष्ट्रियकरण हुन थालेपछि भारतीय जनता पार्टीको मुल संगठन आरएसएसले तत्काल नेपालसँगको सम्बन्ध सुधार्न मोदीलाई निर्देशन दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बेलायत, जर्मन, अमेरिका, चीन जस्ता देशहरुले भारतीय नाकाबन्दीको अप्रत्यक्षरुपमा विरोध गरेपछि आरएसएसले मोदीलाई नाकाबन्दी खोल्न निर्देशन दिएको हो । भारतको मुम्बईमा बसेको आरएसएसको बैठकले तत्काल नेपालमाथी लगाइएको नाकाबन्दी खोल्न र विग्रेको सम्बन्ध सुधार्न निर्देशन दिएको छ ।
शक्तिशाली मुलुकदेखि आफ्नै मुल संगठन आरएसएसले नाकाबन्दी खोल्न निर्देशन दिएपछि मोदी संकटमा परेका छन् । आरएसएसको निर्देशन लगतै नेपालस्थित भारतीय राजदुत रंजित रायले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेको  पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।yeskathmandu.com
काठमाण्डु, २१ कात्तिक– नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको ठाडो आदेशमा विराट पेट्रोलाई तेल किन्न गैरकानुनी रुपमा करोडौं रुपैयाँ दिइएको भन्दै निजी क्षेत्रले गम्भीर आपत्ति जनाएको छ ।
गत असोज २१ गते मागेको आशयपत्रमा प्रस्ताल हालेका सबै कम्पनीले आफूले पनि २०/२० करोड पाउनु पर्ने दावी गरेका छन् । ‘ विराट आयलमा कार्यकारी निर्देशक खड्काको लगानी छ भन्दैमा करोडौं रुपैयाँ दिन मिल्छ? ’ एक आवदेनकर्ताले भने, ‘विराटनलाई दिन मिल्ने हामीलाई किन नमिल्ने ? यदि २० करोड रुपैया हामीलाई पनि दिने हो भने अहिलेकै मूल्यमा काठमाण्डुमा तेल ल्याएर देखाइदिन्छौं ।’
–नागरिक दैनिकबाटkathmandutoday भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २१ कात्तिक । भारतले लगाएको नाकाबन्दीका कारण नेपाली जनताले दुःख पाइरहेको हप्तौ दिन भइसक्दा पनि कांग्रेसका प्रभावशाली केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले नाकाबन्दी शब्द भन्न अस्वीकार गर्नुभएको छ ।
पत्रकार ऋषि धमलासँग नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान कुरा गर्दै भारतले नेपालमा नाकाबन्दी नलगाएको दाबी गर्नुभयो । उहाँले नेपाल र भारतबीचमा देखिएको केही असमझदारीका कराण आपूर्ति व्यवस्था असहज भएको बताउनुभयो ।
‘उहाँहरूले नाकाबन्दी भन्नुभएको छैन’, कांग्रेस नेता श्रेष्ठले भन्नुभयो, ‘हामीले कसरी नाकाबन्दी भनेर भन्ने ?’ कांग्रेसले यस विषयमा आफ्नो धारणा सार्वजनिक गरिसकेको भन्दै नेता श्रेष्ठले मुलुकमा सीमानाकामा देखिएको आपूर्ति व्यवस्थाको अवरोधलाई कुटनीतिक र राजनीतिक रुपमा समधान गर्नुपर्ने बताउनुभयो ।
नेता श्रेष्ठले मधेसी दलहरूले उठाएका जायज मागलाई संवैधानिक र राजनीतिक रुपमा सम्बोधन गर्नुपर्ने उल्लेख गर्नुभयो ।
dainiknepal.com
दुई देशबीच तनाव चुलिएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणसमेत अन्योलमा परेको छ

प्रधानमन्त्री ओलीको प्रस्तावित भारत भ्रमणबारे भारतीय पक्ष हालसम्म सकारात्मक देखिएको छैन।भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले नेपालका प्रधानमन्त्रीले भारतीय राजदूत रन्जित रेसँग आफू भारत भ्रमण गर्न इच्छुक रहेको नयाँदिल्लीमा बताएका थिए।
प्रवक्ता स्वरूपको त्यस खालको अभिव्यक्तिबाट परराष्ट्र मन्त्रालयका अधिकारीसमेत आश्चर्यचकित भएका छन्।’भारतीय राजदूतसँग प्रधानमन्त्री आफैंले भारत जाने इच्छा राख्नुभएको भन्ने कुरामा सत्यता छैन। बरु भारतीय प्रधानमन्त्रीले नै भ्रमणमा आउन लिखित रूपमा निमन्त्रणा गरेका हुन्,’ प्रधानमन्त्री निकट स्रोतले अन्नपूर्णसँग भन्यो।

स्रोतका अनुसार प्रधानमन्त्री ओली भारतका तर्फबाट जारी नाकाबन्दी नहटेसम्म भारत नजाने मनस्थितिमा छन्। प्रधानमन्त्रीले अहिलेको असहज अवस्था हल गर्नका लागि भारतीय जनता पार्टीका नेता विजय जोलीमार्फत पहल गरिरहे पनि सम्बन्ध सहज हुन सकेको छैन।

ओली प्रधानमन्त्री निर्वाचित भएकै दिन बधाई दिँदै भारतीय समकक्षी नरेन्द्र मोदीले भारत भ्रमणको निमन्त्रणा दिएका थिए। त्यसलगत्तै भारतीय प्रधानमन्त्रीले पठाएको लिखित बधाई सन्देशमा ओलीलाई नयाँदिल्ली आउन औपचारिक रूपमा निमन्त्रणा गरिएको छ।

वीरगन्जमा भएको प्रदर्शनमा केही दिनअघि भारतीय नागरिक आशीष राम मारिएपछि प्रधानमन्त्री र मोदीबीच भएको टेलिफोन संवादमा पनि प्रधानमन्त्रीले भारतबाट रोकिएको इन्धन र उपभोग्य वस्तु नखुलेसम्म आफू भारत नआउने बताएका थिए।

‘नेपाली जनताले अहिले तपाईंहरूका कारण झेलिरहेको असहज अवस्थाका कारण म भ्रमणमा आउन सक्दिनँ। यो असहजता अन्त्य भएपछि म आउँछु’ प्रधानमन्त्रीले भनेका थिए।

परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले बिहार विधानसभा चुनाव सम्पन्न भएलगत्तै प्रधानमन्त्री ओलीको भ्रमण हुनसक्ने आसय भारतीय पक्षले दिएको जानकारी दिए। बिहार विधानसभा चुनाव सकिए पनि ओलीको भ्रमणबारे भने कुनै प्रगति हुन सकेको छैन।
आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

www.ratopati.com
वीरगञ्ज, २१ कात्तिक–काठमाण्डुका जनतालाई केवल तेलका ट्यांकर र ग्यासको मात्र मतलब छ । तराई ८० दिनदेखि बन्द छ । मानिस खान नपाएर मर्न लागिसके । कामधन्दा चौपट छ । खोइ के गरेर बसेको छ काठमाण्डु ?
८० दिनसम्म तराई बन्द हुँदासमेत काठमाण्डुका ठूला मिडियाको आँखा पुगेन । हाम्रो पनि पहुँच भएन । त्यसैले आन्दोलन सोचेजस्तो सफल भएको छैन । मधेसी समुदायको ठूलो मिडियामा लगानी नभएर पनि यस्तो भएको हो । ठूला सबै मिडियाप्रति हाम्रो आपत्ति छ । यहाँ नेपाली च्यानल ‘ब्ल्याक आउट’ गरे हुन्छ ।
सबैभन्दा ठूलो चिन्ता बालबालिकाको भविष्यको छ । यहाँका बालबालिका तीन महिनादेखि बिद्यालय जान पाएका छैनन् । विद्यार्थीको प्रयोग प्रहरीलाई ढुंगा हान्ने काममा भइरहेको छ । मधेसका विद्यार्थीले पढ्न बिर्सिसके । सबै अभिभावक चिन्तित छन् ।
काठमाण्डुलाई सरकार कसको बनाउने, को प्रधानमन्त्री, को राष्ट्रपति, को मन्त्री भन्ने चिन्ता छ । सत्ताको मात्रै लडाँइ छ । वार्ताको माध्यमबाट समस्या समाधान गर्नुको साटो सत्तामा को–को जाने भन्ने मारामार छ । अनि समस्या कसरी समाधान हुन्छ ?
तराई बन्दका कारण सरकारी कार्यालय बन्द छन् । बन्दलाई समर्थन गरे पनि नगरे पनि कर्मचारीले काम गर्न छोडिसके । गर्न सक्ने र हुने काम भएपनि ‘बन्द छ’ भनेर हिडँ्छन् । हुने काम पनि गर्दैनन् । व्यापारीहरू ‘बन्द ठीक छैन’ भन्छन् । तर, उनीहरूलाई जति घाटा लागे पनि बन्दको समर्थन नगरी सुखै छैन । सबै बन्दको समर्थनमा छन् । ठूला व्यापारीले अर्बौको घाटा सहनुपरे पनि ‘समस्याको समाधान हुन्छ’ भनेर मन बुझाएका छन् । साना व्यापारीले भने पेसा परिवर्तन गर्दैछन् ।
–नयाँ पत्रिकाबाट

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
बौद्धिक र चिन्तनमूलक क्रियाकलाप दिन बित्नेछ, घरपरिवार र सन्ततिपक्षको सहयोग मिल्नेछ । तर साँझदेखि प्रतिकूल समय सुरु हुनसक्छ । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ । खर्च बढ्न सक्छ । रिसको कारणले असर पुर्याउने सम्भावना समेत छ । आत्मबल र संयमता गुमाउनु हुँदैन ।  आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
दिनभरि दुःख र झमेला व्यहोर्नु परे पनि आज साँझ कुनै आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । परदेशमा बसोबास गर्नेहरूले आफ्नो कमाइको केही अंश खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्नेछन् । प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । प्रेम सम्बन्ध र दाम्पत्यसुखमा कमी हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
राम्रोनराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । विभिन्न ठाउँको यात्रा हुने समय आएको छ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । मातापिता वा परिवारको ज्येष्ठ सदस्यको स्वास्थ्यका बारेमा चिन्तन गरिने छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
व्यवसायिक क्षेत्रबाट राम्रै लाभ प्राप्त हुनेछ । आम्दानीका नयाँनयाँ मार्ग पत्ता लाग्नेछन् । पारिवारिक सुख मिल्नेछ । मातापिता वा अभिभावकवर्गबाट आवश्यक सहयोग र सल्लाह प्राप्त हुनेछ । सामाजिक क्षेत्रबाट सम्मानित हुने अवसर पाइने छ । स्वास्थ्यमा सकारात्मक संकेत देखिने छ ।  आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
मध्यम खाले समय छ । नयाँ काममा हात हाल्नु बलियो समय होइन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
दिउँसोबाट तपाईंका असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । आध्यात्मिक र सामाजिक काममा सक्रिय बन्नु पर्नेछ । वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । बन्दव्यापारमा देखिएका समस्या हल हुनेछन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
बिहानको समयमा निराशा हुनसक्छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ । मध्याह्नको सुरुवातसँगै अझ नराम्रो हुनेछ । अनावश्यक र झुठो आरोप आइलाग्ने सम्भावना छ । दिन छिप्पिदै जाँदा असन्तुष्टि, चिडचिडेपना आदि बढ्न थाल्नेछ । कसैसँग व्यर्थमा वादविवाद गर्नु पर्ला । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । आमाबुवाको आशीर्वचन प्राप्त भएमा गरेका काममा सफलता र साख पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर कर्मप्राप्ति र व्यवसायिक उन्नतिका लागि गरिएका प्रयास सफल हुनेछन् । प्रेममा सफलता मिल्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त भएपनि दिउँसोका तुलनामा बिहान राम्रो छ । दाम्पत्यसुख, प्रेमसम्बन्ध तथा पारिवारिक स्थितिमा सुधार आउने छ । दीर्घकालीन व्यवस्थापनका क्षेत्रमा आर्थिक लगानी हुनेछ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अपराह्नसम्म त्यति अनुकूल दिन छैन । तर परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल पाइने अवसर जुटेको छ । बौद्धिक र प्राज्ञिक क्षमतामा ह्रास आउनेछ । सृजनात्मक कामबाट आत्मसन्तुष्टि मिल्नसक्दैन । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आलस्य त्याग्नु राम्रो हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
एकाबिहानै के गर्ने के नगर्ने भन्ने बेचैनी हुन सक्छ । स्वास्थ्यमा सामान्य कमजोरी भएको अनुभूति हुनेछ । यद्यपि घरपरिवारबाट सहयोग प्राप्त हुने नैै छ । मनमा दोधार र खिन्नता रहे पनि अपराह्नपछि आफन्तजनको सहयोग र हौसला प्राप्त हुनाले आत्मबलमा बृद्धि हुनसक्छ । रामरमाइलोतर्फ आकर्षण बढ्नु सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय दिनुपर्ने छ । खानपिन, घुमघाम एवं भेटघाटको बेला छ । बेलुकीपख मन चञ्चल हुने संकेत देखिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 साओ पाओलो । भारतले गरेको नाकाबन्दीका कारण नेपालमा इन्धन संकट चुलिइरहेको छ । इन्धन पाइएको बेला पनि महंगीका कारण किनिनसक्नु छ । यस्तो तनावपूर्ण अवस्थामा एउटा खुसीको खबर सार्वजनिक भएको छ । किनकी ब्राजिलका एक नागरिकले पानीबाट चल्ने बाइक बनाएका छन् ।

साओ पाओलोका रिकार्डो एजवेडोइस नाम गरेको उक्त व्यक्तिले पानीबाट चल्ने बाइक बनाएका हुन् । यतिमात्र होइन, पानीबाट चल्ने बाइकको माइलेज पनि छक्कै पार्ने छ । उक्त बाइक एक लिटर पानीबाट ५०० किलोमिटरसम्मको दुरीसम्म चल्छ । यो मोटरसाइकलमा एउटा ब्याट्री पनि जोडिएको हुन्छ ।
रिकार्डोले आफ्नो उक्त पानीबाट चल्ने बाइकको नाम टी पावर एचटुओ राखेका छन् । उक्त बाइकमा पानी राखेपछि ब्याट्रीका कारण यसले हाइड्रोजन बनाउँछ । उक्त हाइड्रोजनबाट बाइक चल्दछ । बाइकको इन्जिनमा होइड्रोजनलाई इन्धनको रुपमा प्रयोग गरिन्छ । रिकार्डो अब आफ्नो बाइक परीक्षणका लागि तयार छन्, यो परीक्षण सफल भएमा बाइकको क्षेत्रमा अद्वितीय सफलता हासिल हुनेछ ।sajhapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
भारतीय आर्थिक नाकावन्दी विरुद्ध नेपालले पनि जवाफी नाकाबन्दी गरी भारतलाई घुँडा टेक्न वाध्य पार्ने क्षमता राख्दछ । तर नेपाल सरकारको दास मानसिकता र सत्ताधारी दलहरुका केही प्रमुख नेताहरुको भारतीय सरकार प्रतिको विगतको दलाली मानसिकताले गर्दा भारतीय सरकारको अति निकृष्ट नाकावन्दी विरुद्ध जवाफी नाकाबन्दीको कुनै कदम चालिएको छैन ।
नेपाल सरकारले तत्कालै केही गम्भीर कदमहरु चाल्न सक्दछ । भारतको प्रतिकृयावादी विस्तारवादी सरकारले अन्तराष्ट्रिय सन्धि सम्झौताहरु पालना नगरेपछि नेपालले पनि मानिराख्न पर्छ भन्ने छैन । त्यसैले नेपाल सरकार मन्त्रिपरिषदले यी कामहरु तुरुन्त गरेर भारतीय विस्तारवादी प्रतिकृयावादी सरकार विरुद्ध पनि काउन्टर नाकावन्दी थालिहाल्नु पर्दछ ।
१) भारतले अरु सामानमा नाकावन्दी गरेपनि कुहिने सामानहरु जस्तै तरकारी, केरा, फलफुल आदि नेपाल निर्यात गरिरहेको छ । नेपाल सरकारले तुरुन्तै ती वस्तुहरु पनि भारतवाट आयात गर्न अघोषित प्रतिवन्ध लगाइ हाल्नु पर्दछ । तरकारी र फलफुल खान नपाउँदैमा नेपालीहरु सबै मर्ने हुँदैन । भारतीय ती सामानहरु भारतमैं जे गर्न मन लाग्छ गरोस । यसवाट दैनिक करोडौं रुपैयाँ भारतमा जानवाट पनि वच्ने हुन्छ र नेपाल कै किसानहरुलाई उत्पादन गर्न प्रोत्साहन हुन्छ ।
२) अघोषित नाकावन्दी विरुद्ध भारत स्थित हाम्रो राजदूत फिर्ता बोलाउने र भारतीय राजदूतलाई नेपालवाट निस्कासन गर्नु पर्दछ । विराटनगर स्थित भारतीय अबैध अफिस वन्द गर्नु पर्दछ । वीरगञ्ज स्थित भारतीय वाणिज्य कार्यालय पनि बन्द गराउनु पर्दछ । यसले अन्तराष्ट्रिय प्रचार पाउने हुन्छ र भारतीय दादागिरी विरुद्ध विश्व जनमत वन्ने हुन्छ ।
३) भारतीय ठेकेदारलाई अरबौ नाफा हुने गरि दिइएका जलविद्युत आयोजनाहरु, वाटो निमार्ण, अन्य विभिन्न ठेक्काहरु सबै खारेज गर्नु पर्दछ । यसवाट नेपाली व्यवसायीहरुले नै ती कामहरु गर्ने अवसर पाउनेछन् र नेपालको विकास निर्माण नेपालीहरुले नै गर्ने आर्थिक नीति लागु हुन थाल्नेछ । अरबौं रकम भारतले नेपालबाट शोषण गर्न पनि पाउने छैन ।
४) भारतवाट ल्याइने अरबौं रुपैयाँ बराबरका सामानहरुको ठेक्का पनि खारेज गर्नु पर्दछ । यसवाट भारतीय पुँजीपतिहरु मथि ठूलो दबाब पर्ने छ र उनीहरुले भारतीय सरकार माथि दबाब दिन वाध्य हुनेछन् । ती सामानहरु हामी अलि ढिला भएपनि चीनवाट ल्याउन सक्ने हुन्छौं र कयौ सामान नेपाल मै उत्पादन गर्न सक्ने हुन्छौं तथा कयौं सामान नेपालमा बने पनि भारतीय प्रतिस्पर्दा र दबाबमा भारतीय सामान ल्याइने गरेकोमा नेपाल मै उत्पादित सामान प्रयोग गरेर स्वदेशी उद्योगलाई प्रोत्साहन दिन सक्ने हुन्छौं ।
५) हामीले भारतसँग सामान सित्तैमा मागेर लिने गरेको होइन रगत पसिना वगाएर कमाएको पैसाले किन्ने हो । बजारमा बिक्रेताले ग्राहकलाई फकाउन पर्नेमा यहाँ उल्टो भैरहेको छ । यसो हुनाको कारण भूकम्पले गर्दा चीनको नाका नचलेको अवस्था र भारतसँग पेट्रोल डिजेल ग्याँस आदिमा अत्यधिक निर्भरता र भारतीय एकाधिकार हो । यसलाई अब दीर्घकालीन योजना वनाएर तोड्न पर्दछ भन्ने प्रष्ट भैसकेको छ ।
६) त्यसैले देशको जलविद्युत शक्ति को तीब्र विकासका लागि विश्वमा छरिएर रहेका नेपालीहरु मध्ये विकसित देशहरुमा रहेकावाट ५ लाखका दरले शेयर उठाउने र अरब तथा मलेशिया आदि देशमा गएकाबाट एकलाखका दरले शेयर उठाउने हो भने दुई देखि तीन वर्षमा साना तथा निम्न मध्यमस्तरका आयोजनावाट तीन हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने पूँजी जम्मा हुन्छ ।
७) राजा वीरेन्द्र र उनको वंशको नाममा रहेको सम्पति मात्रै राम्रो सदुपयोग गर्ने हो भने पनि पाँचलाख नेपालीलाई रोजगारी दिन सक्ने सयौं उद्योग स्थापना गर्ने पूँजी छ । भ्रष्ट नेताहरु र भ्रष्ट कर्मचारीहरुको सम्पति राष्ट्रियकरण गर्ने हो भने दशलाख नेपाली युवाहरुलाइ स्वदेश मै रोजगारी दिने हजारौं उद्योगहरु खोल्न पुग्ने लगानी जम्मा हुन्छ ।
८) सामन्ती राजतन्त्रले त १३ महिनासम्म भारतीय नाकाबन्दी सामना गरेको थियो भने अहिलेको गणतान्त्रिक सरकारले कम्तिमा एक वर्ष भारतको नाकावन्दीको सामना गर्ने र भारतमाथि पनि उपरोक्त तरिकावाट काउन्टर नाकावन्दी गर्ने हो भने नेपालमा आर्थिक क्रान्तिको एेतिहासिक सुरुवात हुनेछ र नेपाल विकास पथमा लम्कने छ ।
www.nepalsandesh.com
काठमाडौं, २१ कात्तिक । नीजि मोटरसाइकल र गाडीलाइ लट नम्बरका आधारका बिहीबारदेखि पेट्रोल वितरण गर्न थालिएपनि सबै उपभोक्ताले पेट्रोल पाउन सकेका छैनन् ।
बिहीबार सरकारले काठमाडौं उपत्यकामा करिव ३ लाख ८० हजार लिटर पेट्रोल वितरण गर्दा पनि लाइनमा बसेका सबै उपभोक्ताले पाउन नसकेको गोरखा पत्र दैनिकले छापेको छ ।
शुक्रबार पनि त्यति नै परिणाममा पेट्रोल वितरण गरिएको नेपाल आयल निगमका निर्देशक गोपालबहादुर खड्काले बताए ।
मागको तुलनामा आपूर्ति कम भएकाले भीड नियन्त्रण गर्न मुस्किल भएको खड्काको भनाइ छ ।
dainiknepal.com
काठमाडौं– एमाओवादी गोरखाका अध्यक्ष लेखबहादुर थापा पार्टीको कामको सिलसिलामा सदरमुकाम गोरखाबजारतर्फ गाडीमा जाँदै गर्दा शुक्रबार एक्कासी अध्यक्ष प्रचण्डको फोन बज्यो । सो अवसरमा प्रचण्डले पार्टीको गतिविधिबारे चासो मात्रै व्यक्त गरेनन् अव आफू पार्टीलाई नयाँ ढंगले अघि बढाउने अभियानमा रहेको भन्दै सोहि बमोजिम लाग्न समेत थापालाई निर्देशन दिए ।

थापालाई मात्रै होइन अध्यक्ष प्रचण्डले शुक्रबार रोल्पा जिल्ला पार्टी अध्यक्ष ध्रुव पुन र सिन्धुलीका अध्यक्ष राजन दाहाललाई समेत फोन गरेर पार्टीको अवस्था र चाल्नुपर्ने कदमलगायत विषयमा गम्भीर छलफल गरेका छन् । शुक्रबार फरक फरक समयमा तीन जिल्ला अध्यक्षहरुलाई फोन गर्दै प्रचण्डले आफू पार्टी पुर्ननिर्माणको अभियानमा लागेको र त्यसकै लागि फोन गरेको बताएका थिए ।
उनले विगतमा पार्टी सञ्चालनमा केहि कमीकमजोरी भएको र त्यसलाई सच्याएर अघि बढ्न ढिलाई गर्न नहुनेमा जोड दिँदै सोहि बमोजिम आफू गम्भीर ढंगले अघि बढ्न लागेको बताएका थिए ।
प्रचण्डका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चूडामणि खड्काका अनुसार टेलिफोन गरेर प्रचण्डले बाबुराम भट्टराईको बहिर्गमनपछि पार्टीको अवस्था, संविधान र सरकार निर्माणपछिको महौललगायतका विषयमा जानकारी लिँदै आफू एउटा ठोस लक्ष्यका साथ पार्टी पुर्ननिर्माण अभियानमा लागेको बताएका थिए ।

सो क्रममा प्रचण्डले आफूलाई पनि करेक्सन गर्दै लैजान लागेको भन्दै तपाईहरु चाहिँ करेक्सन हुनु भएको छ कि छैन भन्दै प्रश्न समेत गरेका थिए । ‘अब पार्टी नयाँ सिराबाट अघि बढ्छ, त्यसका लागि मैले आफैंबाट करेक्सन सुरु गरेको छु, तपाईहरु करेक्सन हुनुभएको छकि छैन ?’ प्रचण्डले अध्यक्षहरुलाई टेलिफोनमा सोधेका थिए । यस्तै प्रचण्डले जनताको सेवा गर्न र गुटबन्दीमा नलाग्न समेत आग्रह गरेका थिए ।
आफू अब पार्टी पुर्न निर्माणका लागि जिल्ला जिल्लामा केन्द्रीत हुन जानकारी दिँदै प्रचण्ले भनेका थिए, ‘अब एमाओवादी नै नयाँ शक्ति बन्छ, तपाईहरु इमान्दार भएर लाग्नुस्, अभियानको सुरुवात भइसक्यो ।’
जवाफमा जिल्ला अध्यक्षहरुले आफूहरु पार्टी निर्माणका लागि गम्भीर भएर लागिपरेको भन्दै अध्यक्षको योजनाबाट थप हौसला मिलेका बताएका थिए ।
यस्तै उनीहरुले पार्टी कार्यकर्तामा र समर्थकमा केहि अन्योलता रहेपनि संविधान निर्माण र राष्ट्रियताको पक्षमा पार्टीले खेलेको भूमिका र सक्रियताका कारण आम जनतामा उत्साह थपिएको प्रचण्डलाई जानकारी गराएका थिए ।
प्रचण्डसँग भएको टेलिफोन कुराकानीबारे जानकारी दिँदै एमाओवादी गोरखा अध्यक्ष थापाले पार्टीको वर्तमान अवस्था र आगामी योजनाबारे कुराकानी भएको जानकारी दिए ।
‘अध्यक्षले जिल्लाको गतिविधि बारे चासो राख्नुभयो साथै बाबुरामको बहिर्गनपछि जिल्लामा पार्टीलाई कसरी सशक्त बनाएर लैजाने भन्नेबारे समेत छलफल भयो’, उनले रातोपाटीसँग भने ।
अध्यक्षले अहिले देशलाई माया गर्नेहरुको सरकार बनेको र मधेसका मागलाई पनि पूरा गर्न आफू लागिपरेको बताउँदै जनताका दुख कष्टमा पार्टी पंक्ति परिचालित हुनुपर्नेमा जोड दिँदै सोहि अनुसार निर्देशन समेत दिएको थापाले जानकारी दिए ।

www.ratopati.com

काठमाडौँ, २० कात्तिक । सरकारले रु दुई खर्ब १० अर्ब लगानी गर्ने हो भने मुलुकभित्र तत्काल एक हजार ३०० मेगावाट विद्युत् उत्पादन गर्न सकिने भएकाले त्यसतर्फ लाग्न सरोकारवालाले सुझाएका छन् ।
मुलुकमा जारी ऊर्जा सङ्कटलाई समाधान गर्न ठूला र जलाशययुक्त आयोजनालाई अगाडि बढाउनुपर्नेमा जोड दिँदै उनीहरुले आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने अचूक अस्त्र नै जलविद्युत् भएको कुरामा जोड दिए ।
प्रतिवर्ष इन्धन आयात गर्ने रकमबाटै ठूला आयोजना निर्माण गर्न सकिने उल्लेख गर्दै जनता, ऊर्जा र वातावरण विकास एसोसिएसन (पीडा)ले आज यहाँ आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा ऊर्जा क्षेत्रका जानकारले वार्षिक रु २५ अर्बको खाना पकाउने ग्यास आयात गरिने भएकाले त्यसलाई विस्थापन गर्ने उपाय पनि जल ऊर्जा नै भएको बताउनुभयो ।
सहरी क्षेत्रमा पाँच जनाको परिवारले खाना पकाउने ग्यासमा मात्रै मासिक रु ९९० खर्च गर्ने अध्ययनबाट देखिएको भन्दै उहाँहरुले विद्युतीय ऊर्जा प्रयोग गर्दा मासिक रु ९६० लाग्ने भएकाले त्यसतर्फ जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
मुलुकमा व्यावसायिक इन्धनको आयात बढेको उल्लेख गर्दै उहाँहरुले जलस्रोतको धनी देश भनेर प्रचारप्रसार गरिए पनि विद्युत् उत्पादनमा नै डिजलको प्रयोग हुनुभन्दा बढी बिडम्वना अरु केही हुन नसक्ने बताए ।
ऊर्जा क्षेत्रका जानकार एवम् त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा अमृतमान नकर्मीले सन् २००४ देखि हालसम्म इन्धन आयात १३८ प्रतिशतले बढेकाले मुलुकको अर्थतन्त्र पनि धरासायी भएको बताउनुभयो ।
डिजलबाट मात्रै हाल ६९ मेगावाट विद्युत् उत्पादन गरिएको जानकारी दिँदै उहाँले रु ३० अर्बभन्दा बढी मूल्यको डिजल विद्युत् उत्पादनमा खर्च हुनु बिडम्वना भएको उल्लेख गर्नुभयो ।
सन् २०१७ सम्म विद्युत् बढी हुने भन्ने नेपाल विद्युत् प्राधिकरणको प्रक्षेपण गलत भएको भन्दै नकर्मीले विद्युतीय सवारीको प्रयोग, खाना पकाउन विद्युत्को प्रयोग गर्न सकिए तत्काल दुई हजार मेगावाट विद्युत् अत्यावश्यक हुने बताउनुभयो ।
नेपाल बायो इनर्जी सोसाइटीका विज्ञ रवीन्द्रप्रसाद ढकालले खेर गएका पाखा तथा पखेरामा सजीवन खेतीमात्रै गर्ने हो भने आगामी २० वर्षभित्र नेपाल तेल निर्यात राष्ट्र बन्न सक्ने भएकाले आजैबाट त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो ।
मुलुकभित्र १९ लाख हेक्टर जमिन खाली रहेकाले सो जमिनमा मात्रै सजीवन खेती गर्ने हो भने ३८ लाख टन बायो इन्धन उत्पादन हुन सक्ने र मागअनुसारको इन्धन परिपूर्ति गर्न सकिने उहाँको भनाइ थियो ।
त्रिभुवन विश्वविद्यालय वनस्पति विज्ञान विभागका प्राध्यापक डा चन्द्रप्रसाद पोखरेलले मुलुकमा हाल सञ्चालित चिनी मिल, कागज उद्योगबाटै एक लाख ७८ हजार किलोलिटर इन्धन उत्पादन हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।
उद्योगबाट निस्कने पदार्थलाई नै इन्धन उत्पादनमा प्रयोग गर्न सकिने भए पनि सरकारले त्यसतर्फ कुनै पनि ध्यान नदिएको गुनासो गर्दै उहाँले सुर्ती उद्योगबाट पनि बायो इन्धन उत्पादन हुने धारणा राख्नुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले वैकल्पिक ऊर्जा नै नेपालको समृद्धिको आधार भएकाले त्यसतर्फ लाग्नुपर्छ भन्नु भयो । सहरी क्षेत्रमा सौर्य ऊर्जाको विकास र विस्तार गर्न सकिने उहाँको कथन थियो ।
उपप्रधानमन्त्री एवम् ऊर्जा मन्त्री टोपबहादुर रायमाझीले भारतले जारी राखेको अघोषित नाकाबन्दीले जनजीवन प्रभावित भएको भन्दै त्यसको दीर्घकालीन समाधान जलविद्युत् नै भएकाले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले निर्माणाधीन आयोजनामात्रै समयमा सम्पन्न हुने हो भने विद्युतीय ऊर्जा प्रयोग गरेर भए पनि इन्धन आयात कम गर्न सकिने विचार व्यक्त गर्नुभयो ।
व्यवस्थापिका–संसद् मातहतको विकास समितिका सभापति रवीन्द्र अधिकारीले नीति तथा कार्यक्रम बनाउने र त्यसलाई कार्यान्वयन नगर्ने प्रवृत्ति कायम रहेसम्म मुलुक समस्यामा फसिरहने विचार व्यक्त गर्नु भयो ।
वैकल्पिक ऊर्जाका स्रोतको पहिचान, त्यसको प्रयोग र लगानीका लागि सरकार, निजी क्षेत्र मिलेर काम गर्नुपर्ने सभापति अधिकारीको कथन थियो । रासस
dainiknepal.com
कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सहमति र सहकार्यका आधारमा मुलुकमा विद्यमान सबै समस्याको समाधान खोजिने बताउनुभएको छ ।
नेपाल तरुण दलले मधेसकेन्द्रित दलको आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दीका कारण अत्यावश्यक खाद्यान्न र औषधि आपूर्तिमा देखिएको समस्या हटाउन तथा भूकम्पपीडित नागरिकको भत्केका बासस्थान पुनःनिर्माणका लागि घोषित आर्थिक सहायता यथाशीघ्र उपलब्ध गराउन माग गरेर बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले अपार जलस्रोत र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपाली जनतालाई समृद्ध तुल्याउन आफूले अब दृढताको साथ काम गरेर परिणाम देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । भारततर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘अब हामीले गरेर देखाउने बेला आएको छ । हस्तक्षेपकारीलाई घुणा टेकाएरै छाड्छु ।
नेपाली जनताले सबै विधि प्रक्रिया पूरा गरेर बनाएको लोकतान्त्रिक संविधानमाथि अनौठो खाले प्रतिक्रिया खेप्न बाध्य भएको जनाउँदै उहाँले भूकम्पबाट थला परेको अवस्थामा इन्धन रोकिदिएर हाम्रा विकासका प्रयासमा छिमेकीबाट अवरोध सिर्जना गरिएको छ भन्नुभयो । प्रधामन्त्रीले भन्नुभयो– “हामीले अत्यन्तै अमानवीय व्यवहार खेप्नुपरेको छ, भूकम्पबाट घाइते नेपाललाई यस प्रकारको व्यवहार हुनु भनेको अत्यन्त दुखदायी कुरा हो, हामीले छिमेकी मुलुक भारतप्रति कुनै नराम्रो भावना राखेका छैनौँ कुनै अहित हुने कुरा चिताएका छैनौँ ।
नाकाबन्दी छैन भन्नाका लागि आफ्ना सड्ने माछा, टमाटर, घिरौँला पठाइदिने तर ग्यास भने नदिने काम भारतबाट भएको छ, हामीलाई दैनिक ९० बुलेट ग्यास दैनिक चाहिन्छ, तर एकभन्दा बढी आउन दिइएको छैन, खान बन्द गराउन खाना पकाउने ग्यास आयातमा बन्द गरिएको छ, अहिले यो विचित्रको अवस्था सिर्जना गरिएको छ”- प्रधानमन्त्रीले भन्नुभयो ।
सो अवसरमा तरुण दलका अध्यक्ष उदयशम्शेर राणाले यथाशीघ्र पुनःनिर्माण प्राधिकरण गठनका लागि संसद्मा पेस भई विचाराधीन विधेयकलाई अन्तिम रुप दिन तथा जनताको विपत्तिमा गम्भीर भएर काम गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । रासस
dainiknepal.com
काठमाण्डु, २० कात्तिक– नेपालको उत्तरी छिमेकी मुलुक चीनले नेपालमा देखिएको समस्या नेपालको आन्तरिक भएकाले बाह्य हस्तक्षेपबिना आफैले समाधान गर्नुपर्ने बताएको छ ।

बेइजिङमा आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै चिनिया विदेश मन्त्रालयका प्रवत्ता हुवा चुनियाङले चीनले नेपालको अवस्थालाई नजिकबाट नियालेको बताउँदै नेपाल आफ्नो समस्या आफै समाधान गर्न सक्षम भएको बताइन् ।
चीनले नेपालमा देखिएको समस्यालाई जतिसक्दो चाँडो समाधान गरेर भूकम्पपछिको पुर्ननिर्माणमा लाग्नु पर्ने बतायो । पत्रकार सम्मेलनमा वीरगंज घटनामा भारतीय नागरिक मारिएको प्रश्नमा चीनले नेपालको आन्तरिक मामिला भएकाले कसैले यसमा हस्तक्षेप गर्न नहुने बताइन् । साथै हुवाले नेपाललाई आवश्यक परेको खण्डमा चीन नेपाललाई जस्तोसुकै सहयोग गर्न तयार रहेको जानकारी गराइन् ।
kathmandutoday.com
शुक्रबार, २० कार्तिक
काठमाडौं । स्वीट्जरल्याण्डको जेनेभामा भएको राष्ट्रसंघीय मानवअधिकार बैठकमा भाग लिएर उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा शुक्रबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किने क्रममा त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै थापाले जेनेभामा नेपालले पारवाहन तथा आपूर्तिमा भइरहेको समस्याबारे सशक्त ढंगले कुरा राखेको बताए ।
उनले कसका कारण नेपालमा अहिलेको संकट सिर्जना भइरहेको छ भन्ने कुरा विश्व समुदायले थाहा पाएको भन्दै उनले भारतले चाँडै नै आपूर्ति व्यवस्था सुचारु गर्ने विश्वास व्यक्त गरे ।
नेपालले अहिले भोग्नु परेको समस्याबारे जेनेभामा आएका सबैजसो राष्ट्रका प्रतिनिधिहरुले सद्भाव देखाएको उनले जानकारी दिए । भारतले जेनेभामा सत्य निरुपण तथा मेलमिलाप आयोगबारे प्रश्न उठाउनु सामान्य विषय भएको भन्दै उनले नेपालले सत्य निरुपणबारे धेरै प्रगति गरिसकेको बताए ।
यसैबीच सरकारी वार्ता समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री थापाले तत्काल वार्ता मार्फत समस्याको समाधान खोज्न मधेसी मोर्चालाई आग्रह समेत गरेका छन् ।
थापाले आफूले तत्कालै मोर्चासँग औपचारिक र अनौपचारिक छलफललाई निरन्तरता दिने पनि जानकारी दिए ।
www.nepalsandesh.com
नेपाल टेलिकमले कात्तिक २२ गते अाइतबारदेखि थोरै रुपैँयाको सानो डाटा प्याकेज सुरु गर्ने भएको छ।

यो प्याकेजमा करबाहेक ८ रुपैयाँमा १० एमबी डाटा पाइनेछ भने ३५ रुपैयाँमा ५० एमबी डाटा पाइनेछ। १० एमबीलाई दुई दिनभित्र उपयोग गरिसक्नु पर्छ भने ५० एमबीको १० दिन भित्र उपयोग गरिसक्नुपर्नेछ।

यसअघि जिएसएममा टेलिकमको सबैभन्दा सानो प्याकेज २ सय एमबीको  रहेको थियो थियो।

सिडिएमएमा भने ४० एमबीको एउटा प्याकेज मात्र सानो भोल्युममा राखिएको छ। १५ रुपैयाँ पर्ने यो प्याकेजको समयावधि तीन दिनको हुनेछ।

कसरी लिने प्याकेज ?

जिएसएम पोस्टपेडमा डाटा सुविधा लिनका लागि डाटा र आफुले चाहेको Volume को बीचमा खाली Space राखेर १४०० मा एसएमएस पठाउनु पर्छ। जस्तैः 10 MB डाटा लिनुपरेमा DATA 10MB टाइप गरी १४०० मा एसएमएस पठाउनु पर्छ ।
जिएसएम पोस्टपेडमा प्रयोग गर्न बाँकी रहेको डाटा भल्युम थाहा पाउन CB टाइप गरी १४०० मा एसएमएस पठाउन सकिन्छ।
जिएसएम प्रिपेड र सिडिएमए/पोस्टपेडमा डाटा सुविधा लिनका लागि आफुले चाहेको डाटा भल्युम उल्लेख गरी १४१५ मा एसएमएस पठाउनु पर्छ । जस्तैः ४० एमबी डाटा लिनु परेमा DATA40MB टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्छ ।

जिएसएम प्रिपेड र सिडिएमए/पोस्टपेडमा प्रयोग गर्न बाँकी रहेको डाटा भल्युम थाहा पाउन VL टाइप गरी १४१५ मा SMS पठाउन सकिन्छ ।kinmel.setopati.com
काठमाडौं, २० कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइराला उपचारका लागि आज अमेरिका प्रस्थान गर्नुभएको छ ।
जिब्रोको उपचार गराइरहनु भएका कोइराला सोही उपचारका लागि अमेरिका जानुभएको हो ।
प्रधामन्त्री भएकाले बेला पनि कोइरालाले अमेरिकामा उपचार गराउनु भएको थियो । कोइराला अपराह्न चार बजेको उठानबाट अमेरिका प्रस्थान गर्नुभएको हो ।
dainiknepal.com
२० कात्तिक, काठमाडौँ।

दीपावली अगाडि तराई आन्दोलनको निकास निकाली जनतालाई स्वास्थ्य सेवा पाउने वातावरण सिर्जना गर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री रामजनम चौधरीले बताएका छन्।

स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै सरकारी वार्ताटोलीका सदस्यसमेत रहेका मन्त्री चौधरीले वार्ताटोलीका संयोजक कमल थापा जेनेभाबाट फर्कनासाथ समस्याको सुरक्षित अवतरणका लागि पहल गर्ने बताए ।

आन्दोलनका कारण विभिन्न स्वास्थ्य संस्थामा औषधिलगायतका समस्या आइपरेको भन्दै मन्त्री चौधरीले सो समस्या समाधानका लागि पनि पहल थाल्ने बताए । सबै जनतामा स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफूले काम गरेर देखाउने प्रतिबद्धता गर्दै मन्त्री चौधरीले भने, “औषधि अभाव भएका स्थानमा समयमै औषधिलगायत स्वास्थ्य सामग्री उपलब्ध गराउन छिट्टै पहल गर्नेछु ।”

मुलुकमा जारी अघोषित नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावका साथै विभिन्न स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । देशभर स्वास्थ्य मन्त्रालयको मातहतमा ४१ हजार स्वास्थ्य संस्था छन् । रासस nepaliheadlines.com
२० कात्तिक, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालाथि भारतले लगाइरहेको नाकाबन्दी खोल्न धार्मिक च्यानल प्रयोग गर्ने प्रयास गरेका छन् ।

हिन्दु कट्टरवादी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बाबा रामदेव र उनका नेपाली सहयोगी आचार्य वालकृष्णले भेटेर नाकाबन्दी खुलाउन अनुरोध गरेको बताइएको छ ।

नेपालका प्रधानमन्त्री ओलीसँगको कुराकानीपछि बाबारामदेव मोदीलाई भेट्न सेभेन रेसकोर्स पुगेका थिए ।nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, २० कात्तिक । नेपालमाथि अघोषित नाकाबन्दी लगाएर ‘बडे भैया’को धाक लगाइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वकै १० शक्तिशाली व्यक्तिको सूचीमा पर्न सफल भएका छन् ।
विहीबार अमेरिकी पत्रिका फोब्र्सले सार्वजनिक गरेको २०१५ का शक्तिशाली व्यक्तिहरुको सूचीमा मोदी ९ औं स्थानमा पर्न सफल भएका हुन् । यसअघि सो सूचीमा मोदीको नाम थिएन् । भारतको प्रधानमन्त्री भएपछि मोदीले विश्वमा कमाएको ख्यातीले उनी विश्वकै ९औं शक्तिशाली व्यक्ति बन्न पुगेको बताइएको छ । तर, केहीले भने उनले पाकिस्तान जस्तै व्यवहार नेपाललाई गरेका कारण शक्तिशाली व्यक्ति बनेको टिप्पणी गरेका छन् ।
फोब्र्सले सार्वजनिक गरेको सूचीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन विश्वको पहिलो शक्तिशाली व्यक्ति बनेका छन् । यसअघि पनि पुटिननै पहिलो शक्तिशाली व्यक्ति थिए ।
शक्तिशाली व्यक्तिको दोस्रो स्थानमा जर्मन चान्सलर एंगेला मार्केला र तेस्रो नम्बरमा अमेरिकी राष्ट्रपति बराक ओबामा छानिएका छन् ।
सूचीअनुसार पोप फ्रान्सिस चौथो स्थान छन्, भने चिनियाँ राष्ट्रपति सी जिनपिङ पाँचौं स्थान झरेका छन् । अघिल्लो बर्ष चिनियाँ राष्ट्रपति सी तेस्रो स्थानमा थिए ।
बिल गेट्स छैटौं, जान यालन सातौं र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन आठौं स्थानमा छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका नवौं शक्तिशाली व्यक्ति बनेका छन् । मोदी पहिलो पटक विश्वका १० शक्तिशाली व्यक्तिभित्र परेका हुन् ।
dainiknepal.com
महेन्द्रनगर (धनुषा), २० कात्तिक । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा धनुषाले सदरमुकाम जनकपुरमा आन्दोलन सशक्त पारे पनि पूर्व पश्चिम राजमार्गमा भने त्यसको प्रभाव न्यून देखिएको छ ।
राजमार्गमा निर्बाध रुपमा मालवाहक र यात्रुवाहक सवारीसाधन चलेको पाइएको छ । पूर्व–पश्चिम राजमार्गको ढल्केवर भएर दैनिक सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन आवतजावत गर्ने गरेका छन् । मोर्चाको धनुषा शाखाका नेताले आपूmहरुले नाका र राजमार्ग केन्द्रित आन्दोलन गरेको दाबी गर्दै आए पनि त्यसको कुनै असर देखिएको छैन । क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्रनगर, मिथिला नगरपालिकाको ढल्केवर, बेंगाडावर, लालगढ, गणेशमानसिंह चारनाथ नगरपालिकाको वीरेन्द्रबजार, गोदार, पोर्ताहा, धनुषाधाम नगरपालिकाको धारापानी तथा मूलाबारी बजार निर्बाध रुपमा खुलेका छन् । यहाँका सामुदायिक विद्यालय बन्द रहेपनि निजी बोर्डिङ स्कूल सञ्चालन भइरहेका छन् ।
मोर्चाका चारै घटक दलका नेताले दिनहुँजसो ढल्केवर गएर धर्ना बसेको दाबी गर्दै आएका छन् । तर ढल्केवरको यथार्थ भने मोर्चाका नेताको भनाइबाट पृथक छ । गएराति पनि सयौँको सङ्ख्यामा मालवाहक र यात्रुवाहक सवारीसाधन पूर्वबाट पश्चिमतर्पm प्रस्थान गरेका छन् । लगातारको बन्दले पूर्वपश्चिम महेन्द्र राजमार्गमा अढाइ महिनाभन्दा बढी समयदेखि सुरक्षाकर्मीको स्कर्टिङमा राति यातायात सञ्चालन हुँदै आएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा स्वायत्त मधेस प्रदेशको मागलाई लिएर पछिल्लो ८३ दिनदेखि आन्दोलित छ, जसका कारण पूर्वपश्चिम राजमार्गको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरीलगायत मध्यतराईका जिल्लामा राति मात्र यातायात सञ्चालन हुने गरेको छ ।
काठमाडौँबाट चल्ने यातायातका साधन सुरक्षाकर्मीको स्कर्टिङमा गन्तव्यसम्म पु¥याइने गरिएको छ । आन्दोलनकारीले दिनमा यात्रुवाहक तथा मालवाहक सवारीसाधन चल्न नदिएपछि सुरक्षाकर्मीले रातिको समयमा ती सवारीसाधनलाई सुरक्षाको घेरामा राखी गन्तव्यसम्म पु¥याउने गरेको जिल्ला प्रशासन कार्यालय, धनुषाले जानकारी दिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले स्कर्टिङमार्फत हरेक रात करिब २०० यात्रुवाहक बस, २०० मालवाहक ट्रक, १५० कन्टेनर र ५० ओटा साना गाडीलाई विराटनगर, धरान, इटहरी, झापासम्म पु¥याउने गरेको धनुषाका सशस्त्र प्रहरीका एसपी रवीन्द्र ठाकुरले बताउनुभयो ।
पूर्वबाट समेत पश्चिमतर्फ सोही सङ्ख्यामा सवारीसाधन गन्तव्यसम्म पु¥याउने गरिएको उहाँको भनाइ छ । दिनभरि काठमाडौँ लगायतका विभिन्न ठाउँबाट आएका गाडीहरु धनुषाको लालगढमा लाइनमा लगाएर राति ११ बजेपछि स्कर्टिङ गर्ने गरिन्छ । मोर्चाको अनिश्चितकालीन बन्दका कारण काठमाडौँबाट चल्ने यात्रुवाहक बस तथा मालवाहक सवारीसाधन दिउँसो धनुषाको लालगढमा जम्मा भएर राति १२ बजेदेखि सुरक्षाकर्मीको टोलीको स्कर्टिङमार्फत गन्तव्यसम्म पुग्ने गरेका छन् ।
आन्दोलनलाई लिएर मध्य तराईका जिल्लामा यातायात सञ्चालनका लागि छुट्टै सुरक्षा टोली खटाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार महोत्तरीको प्रहरी टोलीले धनुषाको टोलीलाई जिम्मा लगाउने गरेको छ । त्यसपछि उक्त टोलीले क्रमशः सिरहा, सप्तरी, सुनसरी, मोरङ तथा झापाका टोलीलाई जिम्मा लगाउँदै पठाउने गरेको छ ।
यद्यपि आन्दोलनकारीले कतिपय स्थानमा राति पनि आक्रमण गर्ने गरेका छन् । प्रहरीको सुरक्षाबीच पनि आन्दोलनकारीले ती यातायातका साधनमाथि ढुङ्गामुढा गर्दै आएका छन् । त्यसैले स्कर्टिङमा पनि आफूहरूले सुरक्षित महसुस गर्न नसकेको चालकको भनाइ छ । कतिपय रात्रिसेवाका बसमा आन्दोलनकारीको ढुङ्गा प्रहारबाट अगाडिको सिसा बचाउनका लागि मजबुत कडा तारजालीसमेत लगाएका छन् भने ड्राइभरले हेलमेट लगाएर गाडी चलाउने गरेका छन् । तर पनि कहिलेकाहीँ आन्दोलनकारीको ढुङ्गा लागेर बसमा भएका यात्रु घाइते हुने गरेको देखिन्छ । रासस
dainiknepal.com
भारतीय कम्युनिष्ट पार्टीको मोदीलाई चेतावनी- नेपालमाथिको नाकाबन्दी खोल !
कात्तिक, काठमाडौं ।
भारतीय जनता पार्टीका नरेन्द्र मोदी नेतृत्वको सरकारलाई भारत भित्रै नेपालमाथिको नाकाबन्दी खुलाउन दवाव परेको छ ।
भारतीय कम्युनिष्ट पार्टी भाकपाले मोदी सरकारलाई नेपालमाथिको नाकाबन्दी खोल्न र नेपाललाई धम्क्याउन छोड्न दवाव दिएको हो ।
भारतीय कम्युनिष्ट पार्टी भाकपाको मुखपत्र ‘पिपुल्स डेमोक्रेसी’ले सम्पादकीय नै लेखेर नेपाललाई हेप्ने मोदी सरकारको नीतिबारे भर्त्सना गरिएको छ ।

मोदी सरकारले धम्काउने नीति त्याग्नु पर्ने माग गर्दै विहारको चुनावलाई लिएर भाजपा सरकारले नेपालका मधेशीहरुलाई सहयोग गरेको खुलासा समेत गरिएको छ । मोदीले विहारको चुनावका लागि नेपालमाथि दवाव बढाएको र आफ्नो राजनीतिक दाउमा नेपाललाई समस्यामा पारेको खुलासा कम्युनिष्ट पार्टीको अखबारले गरेको हो ।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने र नेपालले आफै मधेश लगायतका समस्या समाधान गर्नु पर्ने पनि सम्पादकीयमा उल्लेख छ । भारतकै कारण नेपाल चीनबाट इन्धन ल्याउने अवस्थामा पुगेको भन्दै भारतीय कम्युनिष्ट पार्टीले मोदी सरकारको कडा आलोचना गरेको छ ।e-dainikkhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home