• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
१० मंसिर, काठमाडौं । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाली मिडियामा समाचार आएकै भरमा भारतीय एसएसबीले नेपालमा पसेर गोली हानेको कुरा विश्वास गर्न नसकिने बताएका छन् । यस विषयमा सरकारले अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्ने र भारतसँग कुरा गर्नुपर्ने उनले बताए ।
‘खसवादी मिडियाको केही विश्वास छैन,’ महतोले अनलाइनखबरसित भने, ‘साम्प्रदायिकता भड्काउन र भारतसित हाम्रो सम्वन्ध बिगार्न उनीहरुले जे पनि लेख्छन्, हामीले गरेको नाकाबन्दीलाई भारतले गरेको भनेर लेख्ने यिनै मिडिया होइनन् ?’
महतोले यो घटनाका विषयमा सरकारलाई भारतसित कुरा गर्न सुझाव दिए । मधेसी मोर्चाले यसबारे औपचारिक विज्ञप्तिसमेत किन ननिकालेको भन्ने प्रश्नमा महतोले भने, ‘मोर्चाले विज्ञप्ति किन निकाल्नुपर्‍यो ? मैले बोलेपछि भएन ?’
सुनसरीको भण्टाबारीमा भारतीय प्रहरीले चार नेपालीहरुमाथि गोली हानेर घाइते बनाएको थियो । उनीहरु चारैजना मधेसी मूलका नागरिक थिए ।
यस घटनालाई लिएर मधेसी मोर्चाले आधिकारिक प्रतिक्रिया दिएको छैन । काठमाडौंस्थित भारतीय दूतावासले भने बुधबार विज्ञप्ति जारी गरेर एसएसबीले नेपालीमाथि गोली नहानेको दाबी गरेको छ ।
onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
बिहीबार, १० मंसिर
मोरङ । मधेसी मोर्चाका कार्यकर्ताले भारतबाट पेट्रोल ल्याउदै गरेका एक व्याक्तिलाई जिउँदै आगो लागाइदिएका छन् ।
मोरङ भाथिगठ गाविसका बब्लु राजबंशीले भारतबाट पेट्रोल लिएर आउदै गर्दा मोर्चाका कार्यकर्ताले पेट्रोल किन बोकोको भन्दै आक्रमणगरी उनैले ल्याएको पेट्रोल खेसेर आगो लगाइदिएका छन् ।
आगो लागोपछि गम्भिर घाइते भएका बब्लुलाई धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा उपचार भइरहेको छ ।
आगोले जलेर बब्लुको शरिरको आधा भाग जलेको अस्पतालले जनाएको छ ।
nepalsandesh
काठमाडौँ : नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल र भारतीय जनता पार्टीका वरिष्ठ नेता विजय जोलीबीच बिहीबार भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको उक्त भेटवार्तामा भारतसँगको सीमानाकामा उत्पन्न आपूर्ति असहजता र समसामयिक विषयमा छलफल भएको कावा सभापति पौडेलले जानकारी दिए ।


'भारतले लगाएको नाकाबन्दी र त्यसले निम्त्याएको असुविधाका बारेमा छलफल भयो', उपसभापति पौडेलले भने, 'त्यस सम्बन्धमा मैले मधेस आन्दोलन र नाकाबन्दी फरक हो, त्यसलाई छुट्याउनुपर्‍यो र आपूर्ति व्यवस्थालाई भारतका तर्फबाट सहज बनाउनुपर्‍यो भनेको छु ।”

कावा सभापति पौडेलले मधेसमा देखिएको समस्या समाधान गर्न मधेसी मोर्चासँग वार्ता भइरहेको जानकारी दिँदै चाँडो सहमतिको आधारमा समस्याको समाधान खोजिने भएकाले आपूर्ति नरोकिदिन भारतीय नेता जोलीसँग आग्रह गरेका थिए ।

सो अवसरमा भाजपा नेता जोलीले नेपालमा नाकाबन्दीले निम्त्याएको समस्याबारे केन्द्रीय सरकारसमक्ष कुरा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको पनि नेता पौडेलले बताए ।
annapurnapost
काठमाडौं, १० मंसिर । गत सोमबार स्पष्टिकरणको लागि परराष्ट्र मन्त्रालयमा निम्त्याइएका भारतीय राजदूत रञ्जित रे र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाबीच भनाभन भएको तथ्य बाहिर आएको छ ।
नेपालमा जारी नाकाबन्दी र लैनचौरस्थित भारतीय दूतावासले सरकारविरुद्ध मोर्चाबन्दी गरेको सन्दर्भमा जानकारी माग्न दूतावास बोलाइएका राजदूत रेले ठूलो ठूलो कुरा गरेपछि मन्त्री र राजदूतबीच चर्काचर्की परेको परराष्ट्र सूत्रले बतायो । उपप्रधानमन्त्री थापाले होटल सांग्रिलामा डा. बाबुराम भट्टराईसहितका बुद्धिजीवीहरूलाई भेला गरेर तराईमा आन्दोलन चर्काउने बारेमा छलफल गरेको तथा लैनचौरस्थित भारतीय दूतावास परिसरभित्रै नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरूलाई बोलाएर सरकारविरुद्ध मार्चाबन्दी गरेको सम्बन्धमा जानकारी माग गरेका थिए ।
उपप्रधानमन्त्री थापाको जिज्ञासामा रेले पुरानै जवाफ दोहो¥याएपछि थापा थप आक्रोशित बन्दै राजदूत रेलाई लैनचौरस्थित भारतीय दूतावासबाट हुने गरेको गतिविधिको सम्बन्धमा सरकार जानकार रहेको भन्दै नेपालविरुद्ध गतिविधि नगर्न चेतावनी दिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार राजदूत रे लाई नेपालबाट फिर्ता पठाउने विषयमा मन्त्रिपरिषदमा समेत छलफल सुरु भइसकेको छ ।
जनसवाल दैनिकमा समाचार छ ।
dainiknepal
बिहीबार, १० मंसिर
काठमाडौँ । चीन अध्ययन केन्द्रले भारतले लगाएको नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लङ्घन भएको जनाएको छ ।
केन्द्रले बुधबार प्रेस विज्ञप्ति जारी गरी दुई देशबीचको सम्बन्धलाई नकारात्मक असर पार्ने भारत सरकरको यस्तो नाकाबन्दी भूपरिवेष्टित देश नेपालको पारवहन अधिकार, संयुक्त राष्ट्र सङ्घ र सार्क बडापत्र, डब्लुटिओको नियम–सम्मत अन्तर्राष्ट्रिय व्यापार, अन्तर्राष्ट्रिय कानुनका मूल्यमान्यता विपरीत र दुई देशबीच हालसम्मको प्रचलन प्रतिकूल रहेको बताउँदै यस्तो क्रियाकलापको भत्र्सना गरेको छ ।
यस्तो कठिन परिस्थितिमा नेपाली जनताले देखाएको धैर्यशीलता तथा असहज एवम् सङ्कटमय परिस्थितिको सामना गर्दै राष्ट्रको स्वाभिमान र देशभक्तिको भावनालाई उच्च राख्ने नेपाल सरकारको दृढताको सराहना गर्दै केन्द्रका महासचिव डा उपेन्द्र गौतमद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाललाई आत्मनिर्भर र स्वावलम्बी बनाउन आवश्यक पर्ने सम्झौता र पूर्वाधार तयार पार्ने गरी आवश्यक व्यवस्थापन गर्न नेपाल सरकार तत्पर रहोस् भन्ने अपेक्षा राखिएको छ ।
केन्दले यस सङ्कटको परिस्थितिमा आवश्यक आपूर्तिको व्यवस्था गरी एक असल छिमेकीको हैसियतले मैत्री भाव देखाएकामा चीन तथा नेपाललाई सहानुभूति देखाउँदै सहयोग गर्न अग्रसर अन्य अन्तर्राष्ट्रिय समुदायप्रति आभार व्यक्त गरेको छ ।
nepalsandesh
हेल्लो शुभ बिहानी सबैलाई आज वि.सं. २०७२ साल मंसिर १० गते। बिहीबार। इश्वी सन् २०१५ नोभेम्बर २६ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– प्रतिपदा, २६:४३ बजेउप्रान्त द्वितीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesबोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआँटले काम लिन नसक्दा पछि परिनेछ। योजनाअनुसार अघि बढ्न नसकिए पनि नियमित काम भने सम्पादन हुनेछन्। खानपानको अनियमितताले स्वास्थ्यमा समस्या देखिएला। सहयोगीहरू कमै भेटिनेछन् भने फुर्सदिलाहरूले अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ला। अध्ययनमा सामान्य ज्ञान नसुझ्नाले बढी मेहनत गर्नुपर्ने समय छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiखर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। धैर्यले काम लिने समय छ। छर–छिमेकमा केही असमझदारी बढ्ने योग देखिए पनि प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा मनग्य फाइदा हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoआश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अरूको विश्वासमा पर्दा अन्त्यमा धोका पाइएला। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ। तापनि समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विभिन्न अवसर जुटे पनि अरूलाई वचन दिने बानीले दुःख पाइनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoभाग्यले नसोचेको फाइदा दिलाउन सक्छ। चुनौतीहरू स्वतः हट्नेछन् भने कर्मयोग र आम्दानीले पछ्याउनेछन्। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। धेरैले तपाईंका कामको तारिफ गर्नेछन्। कामले अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरू जुटिदिनाले ढिलै भए पनि चिताएका कामहरू सम्पादन हुने समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासनाले लाभ मिल्नेछ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन रमाइलो रहनेछ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। आतिथ्यपूर्ण सम्मान पाइएला। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। धेरैको मन लोभ्याउने उपलब्धि हासिल हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। केही चुनौतीहरू देखिनेछन्। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। गरी आएका काम र व्यापार–व्यवसायमा फाइदा उठाउन नसकिएला। शत्रुहरू बढ्नाले समस्या थपिएलान्। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। सहयोगका नाममा ठगीमा परिने योग भएकाले होसियार रहनुहोला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornसुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusपरिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा राम्रै सहयोग जुट्न सक्छ। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने समय छ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। सहयोगीहरूले पनि विपक्षीलाई साथ दिन सक्छन्। यसले अलि अप्ठ्यारोमा परिनेछ। आर्जित धन खर्च हुन सक्छ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्यमा शंका र असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। काममा चुनौती देखिएलान्। आफ्नै प्रयासले काममा लाभ मिल्नेछ।

९ मंसिर, काठमाडौं ।
भारतमा लोकसभा र राज्य सभाको बैठकको पूर्व सन्ध्यामा बुधवार बसेको सर्वदलीय बैठकमा नेपाल मामिलाको कुरा उठेको छ ।

नयाँ दिल्ली स्थित तुगलक रोडमा बसेको सर्वदलीय बैठकमा जनता दल यूनाईटेडका अध्यक्ष शरद यादवले नेपालमा नाकाबन्दी लगाएको विषयमा कुरा उठाएका थिए ।

उनले भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालमा जनजीवन कष्टकर बनेको भन्दै प्रधानमन्त्री मोदीलाई किन नाकाबन्दी लगाएको भनि प्रश्न गरेका थिए । जवाफमा मोदीले नेपालको आन्तरिक मामिलाको कारण समस्या भएको भन्दै नेपालले समस्या समाधान गरे कुनै अवरोध नरहेको बताएका थिए ।

भारतमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले नेपालको विषय संबेदनशिल भएको कुरा बैठकमा उठेको भन्दै मधेसीहरुले उठाएको माग तत्काल बार्ताबाट टुङग्याउनु पर्ने बताए । उनले यस विषयमा विहीबार बाट बस्ने संसदको बैठकमा कुरा उठ्न सक्ने समेत बताए ।  nepaliheadlines
काठमाडौँ, ९ मङ्सिर । सत्ता साझेदार दलका शीर्ष नेताका वीचमा तराई मधेसमा जारी आन्दोलनले उत्पन्न गरेको समस्या र संविधान संशोधन कसरी गर्नेलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सो छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल र उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदार सहभागीता रहेको थियो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले दिनुभएको जानकारी अनुसार उहाँहरुका वीचमा ईन्धन आपूर्तीका बारेमा पनि छलफल भएको थियो ।
सो अवसरमा एनेकपा(माओवादीका) अध्यक्ष दाहालले तराई मधेसको समस्या समाधान गर्न आफूले मङ्गलबार आन्दोलनर पक्षसँग भएको छलफलका विषयमा प्रधानमन्त्री ओली तथा उपप्रधानमन्त्री गच्छदारलाई ‘विफ्रङ’ गर्नुभएको थियो ।
dainiknepal
काठमाडौं, ९ मंसिर । नाकाबन्दीको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाउन सडकमा उत्रिएका विद्यार्थीविरुद्ध नेपाल प्रहरीले हस्तक्षेप गरेको छ ।
काठमाडौंका भृकुटीमण्डपस्थित आरआर क्याम्पस अगाडि एमाले निकट विद्यार्थीले आज (बुधबार) जम्मा भएर मोदीको पत्ला जलाएका हुन् । पुत्ला खोस्ने क्रममा प्रहरीले लाठी चार्जसमेत गरेको थियो ।
लाठीचार्जपछि विद्यार्थी र प्रहरीबीच केही बेर तनावसमेत भएको छ ।
मोदीको पुत्ला खोस्ने क्रममा प्रहरीको लाठी प्रहारबाट बाटोमा हिँडिरहेका सर्बसाधारण पनि घाइते भएका छन् ।
भारतको नाकाबन्दीपछि नेपालीले दुःख पाएको भन्दै एमाले अखिलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध नाराबाजी गरेका छन् ।
उनीहरूले भारतविरुद्ध चर्का नारावाजी गरेको अखिलले जनाएको छ ।
dainiknepal
लहान । संयुक्त लोकतान्त्रिक मधेशी मार्चाले मधेसमा गरेको आन्दोलन सय दिन नाघेपनि सरकारले आन्दोलनकारीको माग पुरा नगरेको भन्दै नेकपा एमाले सिरहा क्षेत्र नम्बर २ सडक आन्दोलनमा जाने निर्णय गरेको छ ।
बुधबार एमाले क्षेत्र नम्बर २ सिरहाले पत्रकार सम्मेलन गरी मधेसको आन्दोलनमा सहभागी भई राज्यलाई दबाब दिने बताएको छ ।
दुई नम्बर क्षेत्रको क्षेत्रिय अध्यक्ष केदारनाथ यादवका अनुसार ‘मधेसमा अधिकारका लागि भइरहेको आन्दोलनमा ऐक्यवद्धता जनाउँदै हामी सडक आन्दोलनमा सहभागीता जनाउँछौं,’ मधेशले उठाएको माँग जायज रहेकोले अबिलम्ब सम्बोधन गर्नुपर्ने उनले बताए ।
एमाले २ नम्बरका क्षेत्रीय अध्यक्ष यादवले जारी विज्ञप्तीमा स्वायत मधेश प्रदेश (झापा देखि कञ्चनपुर सम्म दुई प्रदेश), जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, समानुपातिक समावेशी प्रतिनिधित्वको व्यवस्था गर्नुपर्ने र विगतमा मधेशवादी दलसँग सरकार पक्षको भएका २२ बुँदे र ८ बुँदे सम्झौता कार्यान्वयन गर्नुपर्ने मागँ उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जिल्ला उप–सचिव अशोक यादवले,‘ अहिले मधेशमा आन्दोलनको क्रममा सरकारले प्रहरी लगाएर उनीहरुमाथि दमन गरेको आरोप लगाए ।
एमाले र सरकारले यस्तो कार्य रोक्नु पर्ने र वार्ताको माध्यमबाट समस्या समाधान गर्नु उलने बताए । नभए नेकपा एमाले जिल्ला कार्यसमिति आन्दोलनमा लाग्ने उनले जानकारी गराए ।
nepalsandesh
बुधबार, ९ मंसिर
इटहरी । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा बुधबार बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बताएका छन् ।
घटनास्थलको स्थलगत अवलोकनसँगै स्थानीयवासी र भारतीय सीमा सुरक्षा बलसँँग समेत भेटघाट गरेर घटनाका विषयमा गहन अध्ययनपछि सदरमुकाम इनरुवा आइपुगेका प्रजिअ पन्थले स्थानीयवासीले भने जस्तै भारतीय सीमा सुरक्षा बलका जवानले नेपालको भू–भागमा आएर जथाभावी गोली चलाएको देखिएको उल्लेख गरे ।
साइकलमा रासायनिक मल लिएर नेपालतिर आउँदै गरेको नेपालीलाई साइकलमा पच्छ्याउँदै आएका भारतीय सुरक्षा बलका जवानले नेपाली भूमिमा बसिरहेकालाई जथाभावी बोल्ने र गालीगलौज गरेपछि तनाव भएको र एक्कासी भारतीय जवानहरुले फायर खोलेको स्वयम एसएसबीका जवानले बताएको प्रमुख जिल्ला अधिकारी पन्थले जानकारी गराए ।
भारतीय सुरक्षा बल एसएसबीले आफुहरुमाथि पनि लाठी प्रहार गरेको र आत्मरक्षाका लागि बाध्य भएर फायर खोल्नुपरेको भन्ने भनाइले पनि उनीहरुबाट गल्ती भएको देखिन आएको पनि प्रजिअ पन्थले जानकारी गराउँदै नेपाली भूमिमा प्रवेश गरेर नेपालीमाथि नै गोली हान्नु सिधै गल्ती भएको टिप्पणी गरे ।
घटनापछि हरिपुर सीमानाका क्षेत्रमा अहिले स्थिति शान्त रहेको छ । सुनसरी प्रहरीले घट्नालाई गम्भीररुपमा हेर्न छलफल चलाइरहेको बुझिएको छ । रासस
nepalsandesh
काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री विष्णु पौडेलको औपचारिक शिक्षाका बारेमा मन्त्री हुनेबालामा जसरी चर्चा गरिएको थियो, उनलाई बुधबार त्यस्तै समस्या आइलाग्यो ।
मंगलबार सरकारले जारी गरेको स्वेतपत्रका बारेमा दातृ निकायलाई जानकारी दिन अर्थ मन्त्रालयमा आयोजित ब्रिफिङमा अर्थ सचिव, राष्ट्रिय योजनना आयोगका उपाध्यक्षले विदेशी दातृ निकायका प्रतिनिधिहरुसँग अंग्रेजीमा स्वेतपत्रका बारेमा जानकारी गराए । अनि बोल्ने पालो आयो, अर्थमन्त्री पौडेलको ।
पौडेलले उपस्थित भएका दातृ निकायका प्रमुखहरुलाई नेपालीबाटै स्वागत र धन्यवाद दिए । उनले बोल्ने अनि अर्थ मन्त्रालयकै सहसचिव मधु मरासिनीले अंग्रेजीमा उल्था गराउने काम गरे ।
दाताहरुले प्रश्न सोधेपछि पौडेल जिल्ला परेर हेरिरहन्थ । अनि मरासिनीले नै मन्त्रीलाई प्रश्न यो हो, भनेपछि उनी नेपालीमा बोल्थे र सरासिनीले अंग्रेवजीकरण गर्दथे ।
कार्यक्रम सकिएपछि जव अर्थ मन्त्रालयको छतमा आयोजित चीयापान समारोहमा अर्थमन्त्री पौडेललाई विदेशीहरुले हेल्लो फाइनाइन्स मिनिस्टर, कंग्राचुलेशन, हाउ आरयु मिनिस्टर जस्ता कुरा सोध्दथे, पौडेल जिल्ल् परेर हेरेको हेरेई हुन्थे ।
लगत्तै उनको समस्या देखेका उनै मरासिनी दौडदै आएर कुरा बुझएपछि पौडेल माुन्टो हल्लाएर धन्यवाद भन्ने गर्दथे । अर्थ मन्त्रालय जस्तो टेक्नीकल मानिएको मन्त्रालयमा गुट, उपगुट र सहगुट मिलाउनकालागि एमालेले गरेको निर्णयले विदेशी निकायकासामु समस्या भएको छ ।
अर्थमन्त्रालय स्रोतका अनुसार अहिलेसम्म यस्तो समस्या भोग्न परेको थिएन । र अर्थमन्त्री पौडेलले पनि राजनीतिक जीवनमा यती ठुलो भाषीक कष्ट व्यहोर्नुपरेको पहिलो पटक हुनुपर्छ सायद ।
nepalsandesh
९ मंसिर, काठमाडौँ।

उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा भएका पेट्रोलियम पदार्थको खानीको स्थिति यकिन गर्न छ महिनाभित्र अनुसन्धान गर्न लागिएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा आज भएको छलफलमा उनले केकति पट्रोलियम पदार्थको स्रोत छ भन्ने कुरा यकिन नभएको बताए ।

उनले जापान सहयोग नियोग (जाइका)ले २६ वर्षअघि गरेको अनुसन्धानमा धनगढीदेखि मोरङसम्म १० वटा ब्लकबाट पेट्रोलियम पदार्थ निकाल्न सकिने सुझाव दिएको उल्लेख भएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग भएको छलफलमा मन्त्री पाण्डेले अनुसन्धानपछि केही निजी कम्पनीले यस सम्बन्धमा अनुमति लिएर पनि कार्य अघि नबढाएको जानकारी दिए ।

एक वर्षअघि तिनको अनुमति खारेज गरिएको र हालैमात्र बसेको आकस्मिक बैठकले छ महिनाभित्र केकतिमात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुन्छ भन्नेबारे अनुसन्धान अघि बढाउने कार्यक्रम पनि अघि बढाइएको उनले बताए ।

सो सर्वेक्षणमा नेपालका ७२ वटा कुवाबाट ३१ करोड घनमिटर ग्यास निकाल्न सकिने र यसबाट २० हजार घरपरिवारलाई ५० वर्षसम्म सेवा दिन सकिने तर ग्यास सिलिण्डरमा भर्न सकिने स्थिति भने नभएको उल्लेख गरिएको छ ।



टेकुस्थित पचली भैरव नजिक विगतमा निकालिएको ग्यास पुनःप्रयोगका लागि अनुसन्धान गर्न निर्देशनसमेत भइसकेको मन्त्री पाण्डेले बताए ।

लामो समयसम्मको नाकाबन्दीका कारण उद्योग क्षेत्रमा परको असर न्यून गर्न नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको चर्चा गर्दै मन्त्री पाण्डेले यस अवधिमा उद्योग व्यवसायीले लिएको ऋणको ब्याज मिनाहा गर्ने वा अनुदान दिनेबारे छलफल अघि बढाइएको उल्लेख गरे।

उद्योग सचिव जयमुकुन्द खनालले सरकारबाट जारी श्वेतपत्रले मात्र उद्योग क्षेत्रको संरक्षण गर्न नसकिने हुनाले वर्तमान समस्या समाधानका लागि कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।

उनले उद्योग व्यवसायमा परेको असर न्यून गर्न उद्योग, वाणिज्य र अर्थमन्त्रालयबीच छलफल बढाउन आग्रह गरे ।

महासङ्घका सभापति पशुपति मुरारकालगायतका पदाधिकारीले लामो समयसम्म दैनिक रु.दुई अर्ब बराबरको घाटा मुलुकले व्यहोर्नुपरेको जानकारी दिए ।

उद्योगधन्दा बन्द हुँदा श्रमिकलाई तलब दिन सकिने स्थिति नभएको वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न कठिन भएको गुनासो उनले गरे ।

बैठकमा समितिका सभापति भीष्मराज आङदम्बेले सदस्यको सुझावसहित देशलाई आत्मनिर्भर बनाउन अल्पकालीन तथा दीर्घकालीन रुपमा खानी सञ्चालनमा ल्याउन, स्वदेशी उत्पादन प्रवद्र्धन गर्न समितिले विगतमा दिएका सुझावलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिए ।
nepaliheadlines

९ मंसिर, काठमाडौँ।

उद्योग मन्त्री सोमप्रसाद पाण्डेले नेपालमा भएका पेट्रोलियम पदार्थको खानीको स्थिति यकिन गर्न छ महिनाभित्र अनुसन्धान गर्न लागिएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद् उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा आज भएको छलफलमा उनले केकति पट्रोलियम पदार्थको स्रोत छ भन्ने कुरा यकिन नभएको बताए ।

उनले जापान सहयोग नियोग (जाइका)ले २६ वर्षअघि गरेको अनुसन्धानमा धनगढीदेखि मोरङसम्म १० वटा ब्लकबाट पेट्रोलियम पदार्थ निकाल्न सकिने सुझाव दिएको उल्लेख भएको जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य सङ्घका पदाधिकारीसँग भएको छलफलमा मन्त्री पाण्डेले अनुसन्धानपछि केही निजी कम्पनीले यस सम्बन्धमा अनुमति लिएर पनि कार्य अघि नबढाएको जानकारी दिए ।

एक वर्षअघि तिनको अनुमति खारेज गरिएको र हालैमात्र बसेको आकस्मिक बैठकले छ महिनाभित्र केकतिमात्रामा पेट्रोलियम पदार्थ उपलब्ध हुन्छ भन्नेबारे अनुसन्धान अघि बढाउने कार्यक्रम पनि अघि बढाइएको उनले बताए ।

सो सर्वेक्षणमा नेपालका ७२ वटा कुवाबाट ३१ करोड घनमिटर ग्यास निकाल्न सकिने र यसबाट २० हजार घरपरिवारलाई ५० वर्षसम्म सेवा दिन सकिने तर ग्यास सिलिण्डरमा भर्न सकिने स्थिति भने नभएको उल्लेख गरिएको छ ।



टेकुस्थित पचली भैरव नजिक विगतमा निकालिएको ग्यास पुनःप्रयोगका लागि अनुसन्धान गर्न निर्देशनसमेत भइसकेको मन्त्री पाण्डेले बताए ।

लामो समयसम्मको नाकाबन्दीका कारण उद्योग क्षेत्रमा परको असर न्यून गर्न नेपाल राष्ट्रबैंकसँग छलफल भइरहेको चर्चा गर्दै मन्त्री पाण्डेले यस अवधिमा उद्योग व्यवसायीले लिएको ऋणको ब्याज मिनाहा गर्ने वा अनुदान दिनेबारे छलफल अघि बढाइएको उल्लेख गरे।

उद्योग सचिव जयमुकुन्द खनालले सरकारबाट जारी श्वेतपत्रले मात्र उद्योग क्षेत्रको संरक्षण गर्न नसकिने हुनाले वर्तमान समस्या समाधानका लागि कूटनीतिक पहल हुनुपर्नेमा जोड दिए ।

उनले उद्योग व्यवसायमा परेको असर न्यून गर्न उद्योग, वाणिज्य र अर्थमन्त्रालयबीच छलफल बढाउन आग्रह गरे ।

महासङ्घका सभापति पशुपति मुरारकालगायतका पदाधिकारीले लामो समयसम्म दैनिक रु.दुई अर्ब बराबरको घाटा मुलुकले व्यहोर्नुपरेको जानकारी दिए ।

उद्योगधन्दा बन्द हुँदा श्रमिकलाई तलब दिन सकिने स्थिति नभएको वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज तिर्न कठिन भएको गुनासो उनले गरे ।

बैठकमा समितिका सभापति भीष्मराज आङदम्बेले सदस्यको सुझावसहित देशलाई आत्मनिर्भर बनाउन अल्पकालीन तथा दीर्घकालीन रुपमा खानी सञ्चालनमा ल्याउन, स्वदेशी उत्पादन प्रवद्र्धन गर्न समितिले विगतमा दिएका सुझावलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिए ।
nepaliheadlines

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मिलेर बसेका नेपाली जनतालाई हिमाल, पहाड र तराईका नाममा विभाजीत गर्ने षड्यन्त्र भैैरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले तराई र पहाडलाई छुट्याएर संघीय प्रदेशहरु बनाउनुपर्ने माग आफुलाई स्वीकार्य नहुने पनि बताए । ओलीले आन्दोलनकारीको जायज मागहरु पूरा गर्न सरकार आतुर रहेको पनि बताएका थिए ।
नेकपा क्रान्तिकारीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रम ओलीले नेपालको ऐतिहासिक परिवेशको सबैले स्विकार गरि सार्वभौमिकताको रक्षाकालागि लाग्नुपर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीले तराई मधेस र थरुटहमा आन्दोलनका क्रममा जनताले उठाएका बास्तविक माग पुरा नगरे पाप लाग्ने भन्दै सबै पक्षको जायज माग पुरा हुने बताएका थिए ।
प्रधानमन्त्रीले मधेस आन्दोलनका कतीयप मागहरु भ्रामक भएको बताउँदै भ्रमको माग पुरा नहुने बताए । ओलीले आफुले भनेका कुरा शत प्रतिशत नै हुनुपर्छ भनेर वार्तामा आउनेहरुले सहमति नचाहेको प्रष्ट हुने बताए ।nepalsandesh
बुधबार, ९ मंसिर
काठमाडौ । अघोषित नाकाबन्दीको कारण नेपालमा उत्पन्न मानवीय संकटको विषयमा भोलीबाट भारतको तल्लो सभा र राज्यसभामा कुरा उठाउने भएका छन ।
नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा भारतीय राष्ट्रबादी काग्रेसका महासचिव डीपी त्रिपाठीले भने,‘ भोलीबाट भारतमा तल्लो सभा र राज्यसभाको अधिवेशन सुरु हुँदैछ हामी त्यहाँ नेपालमा उत्पन्न समस्याको विषयमा विशेष कुरा उठाउँछौ । सम्बोधन नभए संसद अबरोधसम्म गर्ने कार्यक्रम ल्याउछौं ।’
उनले भाकपा (माक्र्सबादी), भाकपा (माले) र जनता दल यूनाईटेड विच नेपालको समस्या समाधानको विषयमा कुरा उठाउने निर्णय नै भईसकेको र काग्रेस आईसँग यो विषयमा कुराकानी भईरहेको भन्दै संसदमा नेपालको समस्यालाई जोडदार रुपमा उठाउने बताए ।
त्रिपाठीले नेपालमा जारी अघोषित नाकाबन्दी हटाउन, औषधीको अभावले उपचार गराउन नपाईरहेको समस्या तत्काल अन्त्य गर्न र नेपालमा ईन्धन लगायतका अत्यावश्यकीय बस्तु आपूर्तिमा अवरोध नगर्न भारत सरकारलाई सचेत गराउने बताए ।
नेपालमा परकोको समस्याले आफूहरुलाई पनि चिन्तित बनाएको भन्दै यो विषयमा संसदसँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि कुराकानी गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
उनले नेपालमा बनेको संविधानलाई भारतले स्विकार गर्नुको कुनै कारण नभएको भन्दै भारतले यसलाई स्विकार गर्नु पर्ने बताए ।
उनले नेपालमा जारी भएको संविधान आवश्यकता र परिस्थिति अनुसार संसोधन गर्दै अघि बढ्न सकिने भन्दै भारतसहित संसारमा कतै पनि संसोधन नगरी अगाडि बढ्न नसकेको उदाहारण प्रस्तुत गरे ।
nepalsandesh
काठमाडौं, ९ मंसिर । आज विहान चार जना नेपालीमाथि घरमै आएर गोली हानेको भारतीय सशस्त्र सीमा बल (एसएसबी)को बचाउ गर्दै काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति निकालेको छ ।
सुनसरीको भन्टाबारीमा भएको उक्त घटनामा भारतीय सीमा सुरक्षा बलले आत्मरक्षाका लागि गोली चलाएको दूतावासको विज्ञप्तिमा उल्लेख छ । भारतीय राजदूत रञ्जीत रेद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ- ‘बुधबार बिहान भन्टाबारीमा एसएसबीको गोलीबाट ४ जना नेपाली भएका खबर झुटो हो । यो समाचारको हामी खण्डन गर्छाै । उक्त घटना नेपालमा नभई भारतीय भूमिमा भएको हो ।’
दूतावासले एसएसबीको पेट्रोल टोलिमाथि केही तस्करहरूले आक्रमण गरपछि आत्म सुरक्षाका लागि उनीहरूले हवाइफायर गरेको जनाएको छ । घटनामा १ जना जवान घाइते भएको र घटनामा कोही पनि नेपाली घाइते नभएको विज्ञप्तिमा उल्लेख छ ।
तर, दुबै देशका अधिकारीको टोलीले घटनास्थलको अनुगमन गरी एसएसबी दोषि भेटिएको छ । र भारतीय सुरक्षा अधिकारीले कारवाही तथा क्षतिपूर्तिको प्रतिबद्धता जनाएका छन् ।
घटना अनुसार भारतीय तस्करहरुले एसएसबीमाथि आक्रमण गरेर भागेपछि कोही नपाएर बदला लिन नेपालीको घरमै आएर गोली हानेको खुल्न आएको छ ।
dainiknepal
काठमाडौं, ९ मंसीर । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरु प्रति लक्षित गर्दै पहाड र तराईलाई अलग गर्न नसकिने जवाफ दिएका छन् ।
मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको ज्ञापनपत्र बुझ्दै ओलीले तराई र पहाड छुट्याउने मागभित्र लुकेको अर्थ आम नागरीकले बुझिसकेको जनाउँदै ओलीले राष्ट्रको सार्वभौमिकता खतरामा पर्ने कुरामा आफुले कुनै हालतमा सम्झौता नगर्ने बताएका हुन् । जनताको हितमा रहेका माग पुरा गर्न आफु सदैब तयार रहेको जनाउँदै ओलीले बैद्य नेतृत्वको माओवादीले राखेका जायज मागलाई पुरा गर्न आफु तयार रहेको प्रष्ट पारेका छन् । आफुले प्रदेश सिमाङ्कनका विषयमा विज्ञ सम्मेलित आयोग बनाएर टुङ्गाउने प्रस्ताव राखेको भएपनि मोर्चाका नेताहरुमा रहेको आफ्नो माग जसरी पनि पुरा हुनुपर्छ भन्ने हठ नै बर्तमान समस्याको मुल कारण भएको जिकिर गरे । पहाड र तराईलाई छुट्याएर नेपालको सम्बृद्धि सम्भव नरहेको बताउँदै उनले आवेग र उत्तेजनामा नआउन आन्दोलनकारीलाई अनुरोध समेत गरेका छन् । बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीले सरकार समक्ष आन्दोलनकारीका जायज माग पुरा गर्नुपर्ने, नेपाल भारत विचका असमान सन्धि सम्झौता खारेज गर्नुपर्ने , गोर्खा भर्ती खारेज गर्नुपर्ने, लगायतका माग राखेको छ ।yeskathmandu
बुधबार, ९ मंसिर
पहिला मधेसी नेतालाई मिलाउ, नाकाबन्दी आफैं खुल्छ
काठमाडौ । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपालको संविधानसभाले जारी गरेको संविधान भारतले स्विकारेको छैन र त्यसको बर्खिलाफमा छ भन्ने कुरा गलत भएको बताएका छन ।
नयाँ दिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संविधानमा सबैको अपनत्व हुँदा राम्रो हुने मात्र स्मरण गराएको दावी गरे ।
गृहमन्त्री सिंहले मधेसले उठाएको मुद्दा नेपालीको आन्तरिक मामिला भएको भन्दै नेपालकै दलहरु मिलेर समाधान गर्नु पर्ने बताए ।
उनले भने,‘यसमा भारतको कुनै हस्तक्षेप हुँदैन । हाम्रो भूमिका पनि छैन र हाम्रो सरोकारको विषय पनि होईन ।’
गृहमन्त्री सिंहले नेपालमा नेपालीहरुलाई कुनै समस्या नपरोस भन्ने भारतीय चाहना रहेको स्पष्ट पार्दै नेपालमा देखिएको जुन अभाव, दुख र आपूर्तिमा असहजता छ त्यो मधेसी दलहरुलाई सहमतिमा ल्याउना साथै सहज हुने विश्वास ब्यक्त गरे ।
उनले भने,‘ हामीले नाकाबन्दी गरेका छैनौ र त्यस्तो कुरा भारतले सोचेको पनि छैन । मधेसकै कारण आपूर्ति असहज भएको हो । भारतको तर्फबाट म स्पष्ट पार्न चाहन्छु नाकाबन्दी छैन । उल्टै बरु हामी नेपालमा परेको समस्याले चिन्तित छौ ।’
गृहमन्त्री सिंहले नेपालमा कति प्रदेश बनाउने, सीमांकन कसरी गर्ने भन्ने कुरा नेपालीहरुको भएकोले यसमा भारतले कुनै दवाव नदिने स्पष्ट पार्दै भारतले छिटो भन्दा छिटो नेपालमा देखिएको समस्या बार्ता र संबादबाटै समाधान होस भन्ने चाहेको सुनाए । उनले भने,‘ भारत बार्ताबाट समस्या समाधान होस भन्ने चाहन्छ । बार्तालाई निरन्तरता दिनु पर्छ ।’
गृहमन्त्री सिंहले नेपालमा गएको विनासकारी भुकम्पपछि भारतले निरन्तर सहयोग गरिरहेको भन्दै यो सहयोग कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे ।
उनले आफूहरुले नेपाल हिन्दु राष्ट्र हुनु पर्ने कुरा नगरेको भन्दै संविधानमा लेखिसकिएको विषयमा त्यस्तो नभनेको स्पष्ट पारे ।
गृहमन्त्री सिंहले नेपालमा आपूर्ति ब्यवस्थालाई सहज बनाउन आफूहरु प्रयासरत भईरहेको भन्दै अन्यनाकाहरुबाट रिरुट गरेर सहज बनाउने बताए ।
nepalsandesh
मंसिर । आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका मागलाई सम्बोधन गर्न प्रमुख दलहरुले संविधान संशोधन गर्ने निर्णय गरेपछि भारत खुसी भएको छ ।
नेपालमा संविधान जारी भइसकेपछि पनि संशोधन गर्न सातबुँदे प्रस्ताव पठाएको भारतले आफूले भनेजस्तै नेपालका राजनीतिक दलहरुले संविधान संशोधन गर्ने निर्णय गरेपछि भारत खुसी भएको हो ।
नेपालका भएको निर्णयपछि भारतीय सञ्चारमाध्यमले मधेसीले अब अधिकार पाउने लेखेका छन् । भारतको चर्चित च्यानल आजतकले लेखेको छ- ‘मधेसी समुदायको आन्दोलनका बीच नेपालमा संविधान संशोधनको निर्णय भएको छ । भारत पनि सबैको अधिकार समटिने गरी यही चाहन्थ्यो ।’
समाचारमा मधेस आन्दोलनका कारण भारत-नेपाल सम्बन्ध विग्रिएको दाबी गरिएको छ । ‘काठमाडौंले भारतमाथि अन्तर्राष्ट्रिय सीमामा एक अघोषित नाकाबन्दीको आरोप लगाएको छ । जबकी मधेस आन्दोलनले नाकाबन्दी भएको हो ।’ समाचारमा भनिएको छ ।
सोमबार विहान बसेको प्रमुख प्रतिपक्षी कांग्रेससहितका सत्तारुढ दलहरुले मधेसी मोर्चाकै मागअनुसार संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।
यस्तो छ भारतीय च्यानल आजतकको अनलाईन संस्करणमा छापिएको समाचारः
संविधान को लेकर मधेसी समुदाय का विरोध-प्रदर्शन जारी
संविधान को लेकर मधेसी समुदाय का विरोध-प्रदर्शन जारी
नेपाल में नए संविधान में बदलाव को लेकर मधेस आधारित समूहों के लगभग तीन महीनों के हिंसक आंदोलन के बाद देश के कई राजनीतिक दलों ने प्रदर्शनकारियों के 11 सूत्री मांगों पर कानून में संशोधन के लिए संसद में एक विधेयक लाने का सोमवार को फैसला किया. नेपाल में हाल में लागू हुए नए संविधान में मधेसी समुदाय को उचित प्रतिनिधित्व नहीं मिलने का आरोप लगाकर प्रदर्शन अभी भी जारी है.
भारत की सीमा से लगे दक्षिणी नेपाल के तराई क्षेत्र में मधेसियों के आंदोलन के बीच यह फैसला नेपाल के प्रधानमंत्री के. पी. शर्मा ओली के आधिकारिक कार्यालय बालूवाटर में तीन प्रमुख पार्टियों -नेपाली कांग्रेस, कम्युनिस्ट पार्टी ऑफ नेपाल (एकीकृत मार्क्‍सवादी-लेनिनवादी) तथा एकीकृत कम्युनिस्ट पार्टी ऑफ नेपाल (यूसीपीएन)-माओवादी- की बैठक के दौरान लिया गया.
यूसीपीएन (माओवादी) के उपाध्यक्ष नारायण काजी श्रेष्ठ ने कहा, के लिए हमने संविधान में संशोधन करने के मधेसियों की मांग को समायोजित करने लिए विधेयक को संसद में पेश करने का फैसला किया है. मधेसी समूहों से परामर्श लेने के बाद विधेयक को संसद में पेश किया जाएगा.’
हिंसा पर नियंत्रण के लिए नेपाल-भारत सीमा के पास तराई क्षेत्र में पूर्वी-पश्चिमी राजमार्ग को अवरुद्ध कर रहे प्रदर्शनकारियों पर पुलिस की गोलीबारी में चार मधेसी प्रदर्शनकारियों की मौत हो गई.
पुलिस उपाधीक्षक भीम ढकाल ने कहा, ‘एक पुलिस थाने को आग के हवाले करने और पुलिस पर पथराव करने के कारण पुलिस को प्रदर्शनकारियों पर गोली चलाने को मजबूर होना पड़ा.’
पुलिस के मुताबिक, तराई क्षेत्र में आंदोलन शुरू होने से लेकर अब तक कम से कम 50 प्रदर्शनकारी पुलिस की गोलीबारी में मारे जा चुके हैं.
dainiknepal
काठमाडौं, ९ मंसिर । आज बसेको राज्य व्यवस्था समितिको बैठकमा सत्तारुढ दल नेकपा एमालेका सांसदले भारतीय राजदूत रञ्जीत रे आन्दोलनरत मधेसी मोर्चाको प्रवक्ता बनेको आरोप लगाएका छन् ।
एमाले सांसद यज्ञ सुनुवारले भारतीय राजदूत रञ्जीत रेले मधेसी मोर्चाको प्रवक्ता बनेर आन्दोलनकारीलाई उक्साएको भन्दै देशनिकाला गर्न माग गरे । ‘राजदूत राय आन्दोलनकारी प्रवक्ता बने । अब उनलाई नेपालबाट लखेट्न ढिला नगरौं ।’ उनले भूकम्पको व्यथामा रहेका पहाडी समुदायलाई मधेसी जनताहरुले साथ नदिएको गुनासो गरे ।
यस्तै, बैठकमा एमालेका अर्का सांसद युवराज ज्ञवालीले आन्दोलनका नाममा सीमा नाकामा बसी नाकाबन्दी गरेर, राजमार्ग अवरोध गरेर मधेसी नेताहरुले राम्रो नगरेको बताए । उनले भने- ‘दिउँसो नाकाबन्दी गर्ने मधेसी मोर्चाका नेताहरु राति राति तेलको तस्करी गरेर करोडौं कमाइरहेका छन् ।’ बोर्डर बन्द गरेर मधेस आनदोलन झन पछाडी परेको उनको भनाई थियो । उनले यो आन्दोलन पूर्ण रुपमा गलत भएको भन्दै राजनीतिक रुपमा समाधान खोज्नुपर्ने बताए ।
यस्तै, अर्की सांसद गौरी मल्लले भारतीय राजदूत रञ्जीत रे मधेसी मोर्चाको प्रवक्ता बनेकाले तत्काल नेपालबाट लखेट्नुपर्ने धारणा राखिन् ।
dainiknepal
काठमाडौं, ९ मंसिर । मधेस आन्दोलनका प्रमुख नेतृत्वकर्ता एवं सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले चोरेर नेपाली नागरिकता लिएको खुलासा भएको छ ।
संसद भवनमा आज बसेको राज्य व्यवस्था समितिको बैठकमा सांसद गौरी ओलीले यस्तो खुलासा गरेकी हुन् । ओली मधेसकै सांसद हुन् । सत्तारुढ दल नेकपा एमालेकी सांसद ओलीले महतोले नेपाली नागरिकता चोरेर बनाएको दाबी गर्दै राज्यविरुद्धको मुद्दा लगाएर कारवाही गर्न गृहमन्त्रीसँग माग गरेकी छिन् ।
उनले भनिन्- गृहमन्त्री ज्यू यहाँ महतोजस्ता चोरेर नागरिकता लिएका नेता आन्दोलन गरिरहेका छन् । तिनीहरुलाई कहिले कारवाही हुन्छ ? राज्यविरुद्धको मुद्दा लगाएर चाँडो भन्दा चाँडो जेल हाल्नुस् ।
बैठकमा गृहमन्त्री शक्ति बस्नेतको पनि सहभागिता थियो । मधेसी नेता महतो बेला बेला नागरिकताका कारण विवादमा आउने गर्छन् । उनीमाथि यसअघि पनि किर्तेगरी नागरिकता बनाएको आरोप लाग्दै आएको थियो ।
बैठकमा सांसद ओलीले मधेसी मोर्चाले सीमांकन परिवर्तन गर्न राखेको माग कहिल्यै पुरा नहुने ठोकुवा गरिन् । उनले भनिन्– ‘सीमाकंनको विषयमा मधेसी मोर्चाले जसरी माग उठाएको छ । त्यसमा सीमाकंनको ‘स’ पनि परिवर्तन हुन्न् ।’
भारतमा मासुभात खाने, दशगजामा बसेर अवरोध गर्ने, नपाली जनतालाई दुःख दिने, मधेसीका नाममा राजनीति गर्ने यो आन्दोलन होइन् । यो नेपाली जनतालाई दुःख दिने काम मात्रै भएको उनको भनाई छ ।
dainiknepal
बुधबार, ९ मंसिर
काठमाडौ । संघीय समाजबादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउतले नेपाली भुमीमा भारतिय सिमा सुरक्षाबलले चार नेपालीमाथि गोली प्रहार गरेको विषयमा भारतिय सेनाको बचाउ गरेका छन् ।
उनले ति नेपाली तस्करी काम सहभागी भएको भन्दै उनले गैरकानुनी कार्य गर्ने ब्यक्तिलाई जोकसैलाई पनि कारबाही गर्न सक्ने भन्दै उनले भारतिय सेनाको पक्षमा समर्थन गरेका छन् ।
उनले जो सुकै मानिस भएपनि तष्कर भनेको तष्कर नै हो । उनले भारतिय सेनाले तष्करी रोक्न खोज्दा दुरब्यवहार गरेपछि एसएसबीले गोली चलाएको दाबी गरे ।
उनले ति चार नेपालीले मधेसी आन्दालनको फाइदा उठाउदै भारतबाट पेट्रोलियम पदार्थ बेच्ने कार्यमा सहभागि भइ सिमा सुरक्षा बलसंग भिडन्त गर्न खोज्दा उनीहरुले गोली चलाएको आफुलाई जानकारी आएको बताए  ।
सुनसरीको भाण्टाबारीमा भारतीय सेनाले चलाएको गोली लागेर बुधबार बिहान  स्थानीय चार जना नेपाली घाइते भएका थिए ।
भारतीय सेनाले चलाएको गोली लागेर स्थानिय अशोक यादव, नरेश यादव, मनोज यादव र सरोज यादव घाइते छन् ।
गोली लागेका घाइतेहरूलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान भइरहेको छ ।
nepalsandesh
काठमाडौं, ९ मंसिर । नेत्रविक्रम भन्द ‘विप्लव’ नेतृत्वको माओवादीले विहीबारदेखि नेपालमा हिन्दी चलचित्र र हिन्दी टेलिभिजन च्यानल बन्द गराउने घोषणा गरेको छ ।
भारतीय नाकाबन्दीको विरोधमा मंगलबार विशाल जनप्रदर्शन गरेको विप्लव माओवादीले विहीबारदेखि हिन्दी च्यानल र चलचित्रमा रोक लगाउने घोषणा राजधानीमा गरेको हो ।
विप्लव माओवादीका भक्तपुर सेक्रेटरी क्षितिज मल्लका अनुसार अब पूर्ण रुपमा भारतीय चलचित्र र टेलिभिजन बन्दे गरिनेछ । ‘चलचित्र हल र केबुल सञ्चालकहरुलाई हिन्दी चलचित्र तथा च्यानलहरु प्रसारण बन्द गराउन दबाव दिँदै आएका छौं’ उहाँले भन्नुभयो– ‘अब पनि अटेरी गर्नेलाई नेता–कार्यकर्ताहरुले कारवाही गरेरै बन्द गराउँछन् ।’
dainiknepal
हिमाल दाहाल इटहरी, मंसिर ९
भारतीय नाकाबन्दीको विरोधमा सुनसरीको इटहरीमा बुधबार वृहत र्‍याली निकालिएको छ। इटहरी भरीका उच्च मावि तथा कलेज गरी डेढ दर्जन बढी शैक्षिक संस्थाका तीन हजार बढी विद्यार्थीको सहभागितामा र्‍याली
निकालिएको हो। र्‍यालीमा सहभागि विद्यार्थीहरुले नाकाबन्दी फिर्ता गर्नुपर्ने, पारवहन अधिकार सुनिश्चित गर्नुपर्ने माग राखेका थिए। नाकाबन्दीले चरम संकट निम्तिँदै गएको भन्दै उनीहरुले नाकाबन्दी तत्काल फिर्ता गर्न माग गरिएका प्लेकार्ड बोकेका थिए।
आन्दोलनको प्रभाव कम परेका कारण इटहरीका शैक्षिक संस्था भने सञ्चालनमा छन्। तर नाकाबन्दीका कारण इन्धन संकट चुलिँदा क्याम्पस सञ्चालनमा समेत कठिनाइ भएको क्याम्पसका प्रतिनिधिहरुले जनाएका छन्।

 setopati भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, ९ मंसिर– गृहमन्त्री शक्ति बस्नेतले सुनसरीको हरिपुर–७ मा भारतीय सीमा सुरक्षा बलको गोली लागेर बुधबार बिहान चार जना नेपाली नागरिक घाइते भएको जानकारी दिएका छन् ।

व्यवस्थापिका–संसद् मातहतको राज्य व्यवस्था समितिको बैठकमा उनले नेपाल–भारत सीमा दशगजा भन्दा नेपालतर्फ १०० मिटरभित्र साइकलमा रासायनिक मल ल्याउँदै गरेका किसानमाथि चलाएको गोली लागेर चार नेपाली घाइते भएको जानकारी दिए ।
घाइते हुनेमा हरिपुर–७ का अशोक यादव, नरेश यादव, मनोज यादव र सुरज यादव भएको र उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल इनरुवा पठाइएको गृहमन्त्री बस्नेतले बताए ।
उक्त घटनाको समग्र वस्तुस्थितिको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयमार्फत नेपालस्थित भारतीय दूतावासलाई जानकारी गराउँदै आवश्यक चासो व्यक्त गर्ने सो अवसरमा जानकारी दिइयो ।
‘नेपाल भित्र्ने भारतीय नाकामा भएको नाकाबन्दीका कारण पेट्रोलियम पदार्थको अभावमा अत्यावश्यक वस्तुको सहज आपूर्तिमा देखिएको समस्यालाई हटाएर जनजीवनलाई सामान्य बनाउन सरकार क्रियाशील र संवेदनशील रहेको छ’, गृहमन्त्री बस्नेतले भने ।
मौज्दात पेट्रालियम पदार्थलाई आवश्यकता र प्राथमिकता निर्धारण गरेर न्यायोचित रुपमा बिक्री वितरण गर्ने तथा कालोबजारी रोक्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेर काम गरिहको उनले बताए ।
एम्बुलेन्स र औषधि बोकेको गाडी जलाउने तथा सद्भाव ¥यालीमाथि हुँदै आएको आक्रमणबाट आन्दोलनकारीको मनस्थिति प्रष्ट भएको बताउँदै उनले शान्ति सुरक्षाका लागि प्रहरीमाथि गुलेली र हातेबमबाट आक्रमण गर्नेलाई नियन्त्रण लिने क्रममा केही भागमा छिटफुट भिडन्त भएको जानकारी दिए ।
kathmandutoday
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home