• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
नेपालमा एक महिनाभित्र अनिष्टको संकेत गर्दै गुगल व्वाइ रोए !
गुगल ब्वायका रुपमा चिनिएका बालक आदित्य दाहालले आगामी एक महिनाभित्र नेपालमा कुनै आमूल परिवर्तन वा अनिष्ट हुने संकेत गरेका छन् ।


विहीवार उपचारका लागि अमेरिका जानु अघि आदित्यले यस्तो भविष्यवाणी गरेका हुन् । तर कस्तो किसिमको परिवर्तन अथवा अनिष्ट भन्नेबारे भने उनले केही बताएनन् । बाबु शेषराजका अनुसार आदित्यले आफू एक महिनापछि फर्कंदा मुलुकमा आमुल परिवर्तन आएको हुने दाबी गरेका छन् । ‘एक महिनापछि फर्कंदा नेपालमा आमुल परिवर्तन वा अनिष्ट हुन्छ भनेर लेखेको छ’, भेशराजले भने ।
आदित्य पारिवारिक सदस्यका साथ बिहीबार उपचारका लागि अमेरिकातर्फ प्रस्थान गरेका हुन् । अमेरिका उड्नुअघि उनी त्रिभुवन अन्तार्रािष्ट्रय विमानस्थलमा आँसु झार्दै रोएका थिए ।
आदित्यलाई विशिष्टहरु प्रवेश गर्ने द्वारबाट भित्र लगिएको थियो । शारीरिक रुपमा असक्त आदित्यको नेपालका विभिन्न अस्पतालमा उपचार गराइए पनि सम्भव भएको थिएन ।
उनकै इच्छामा परिवारले उपचारका लागि अमेरिका लगेको हो । सरकारले आदित्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।
काठमाडौं:  काठमाडौं उपत्‍यकामा मंगलबार बिहान भूकम्‍पको धक्‍का महसुस भएको छ।

बिहान  १० बजेर ४२ मिनेटमा काठमाडौलाई केन्द्रबिन्दु बनाएर ४.३ म्‍याग्‍निच्‍युडको धक्‍का महसुस भएको राष्ट्रिय भूकम्‍प मापन केन्द्रले जनाएको छ।

भूकम्‍पको धक्‍का आउनासाथ मानिसहरु आत्तिएर घरबाहि निस्किएका थिए। बल्खु तथा कालीमाटी आसपासको क्षेत्रलाई केन्द्र बनाएको परकम्पले बढी हल्लाएको महसुस भएको थियो।


यसअघि सोमबार गोर्खालाई केन्द्रबिन्दु बनाएर ४.९ म्‍याग्‍निच्‍यूडको परपकम्‍प गएको थियो भने आइतबार हुम्‍लामा ४ म्‍याग्‍निच्‍यूडको भूकम्‍प नै गएको थियो।

काठमाडौं, श्रावण २६ - सरकारले अत्यावश्यक वस्तुको खुद्रा मूल्य अनिवार्य तोक्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ । कपडा, खाद्यान्न, निर्माण सामग्री, औषधि, भाँडाबर्तनलगायत वस्तुमा व्यापक ठगी बढ्न थालेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन र भन्सार विभागको संयुक्त पहलमा यस्तो नियम लागू गर्न लागिएको हो । यसबारे विभागले सम्बन्धित व्यवसायी र आयातकर्तालाई जानकारी गराइसकेको जनाएको छ ।

‘करिब १० रुपैयाँमा आयात गरिएको वस्तुहरू २/३ सय रुपैयाँमा बिक्री गरिएको छ । बढी मुनाफाका कारण स्वदेशी उद्योगीले पनि आफ्नो उद्योग बन्द आयाततर्फ केन्द्रित भएका छन,’ वाणिज्य विभागका अनुगमन शाखा निर्देशक हरिनारायण बेल्बासेले भने, ‘बजार व्यवस्थित बनाउन मूल्य तोक्न खोजेका छौं ।’ खुद्रा मूल्य असोज ११ गतेबाट अनिवार्य लागू हुने उनले बताए । व्यवसायीहरूलाई पनि सोही अनुसार तयारी हुन जानकारी गराएको विभागले जनाएको छ । ‘खुद्रा मूल्यसम्बन्धी भन्सारसँग छलफल भइसकेको छ । खुद्रा मूल्य असोज ११ बाट लागू सहमति भएको छ । ११ गते पश्चात भन्सारले तोकेको मूल्यमा सामन बिक्री हुनुपर्छ,’ बेल्बासेले भने, ‘मूल्य नतोके सामान जफत गर्छौं । आयातकर्तालाई कारबाही हुन्छ ।’

विभागका अनुसार सामान आयात गर्दा वस्तुमा उल्लेख गर्नूपर्ने सूचना अनिवार्य हुनुपर्छ । व्यवसायीले पनि वस्तुको मूल्य सार्वजनिक पत्रपत्रिकामा सूचना निकाल्नुपर्छ । सार्वजनिक गरिएको सूचना भन्सार र वाणिज्यमा पठाउनुपर्नेछ । त्यसपश्चात सम्बन्धित निकायमा अनुगमन तथा नियमन गरिने जनाएको छ ।

उपभोक्ता संरक्षण ऐन २०५४ को दफा ९ मा उत्पादक र आयातकर्ताले उपभोग्य वस्तुको लेबलमा उत्पादकको नाम, ठेगाना, मूल्य, ब्याच नम्बर, उत्पादन मिति र उपभोगको म्याद सकिने मितिलगायत आधारभूत जानकारीहरू अनिवार्य खुलाउनुपर्ने भनिएको छ । तर अधिकांश आवश्यक वस्तुमा मूल्य उल्लेख गरिएको पाइँदैन । अहिलेको अवस्थामा उपभोक्ताले अस्वाभाविक मूल्य तिर्नुपर्ने अवस्था देखिएको विभागको दाबी छ ।

भन्सारका महानिर्देशक शिशिर ढुंगानाले खुद्रा मूल्य कार्यान्वयनपछि न्यून बिजकीकरणको समस्या समाधान हुने विश्वास व्यक्त गरे । ‘आयात/निर्यात संकेत नम्बर नम्बर अन्तर्राष्ट्रिय स्तरमै लागू भएको छ । त्यसलाई नेपालमा पनि व्यवस्थित गर्न खोजेका छौं,’ उनले भने, ‘खुद्रा मूल्यले न्यून बिजकीकरण समस्या समाधान गर्न मद्दत गर्नेछ ।’

खुद्रा मूल्यले बजार मूल्य र भन्सार मोलमा हुने फरकलाई ट्रयाक गर्न सजिलो हुने उनले बताए । भन्सारले सबै भन्सार विन्दुमा मूल्य ट्रयाक गर्ने उनले जानकारी दिए ।

विभागले करिब १० भन्दा बढी शीषर्कमा मूल्य तोक्न लागेको छ । पहिरन/कपडा (रेडिमेट कपडा, सुटको कपडा, तन्ना, कपास, धागो, जुत्ता चप्पल, पेटीलगायत) मा पहिलो पटक मूल्य तोक्न लागेको हो । लत्ताकपडामा मूल्य नतोक्दा व्यवसायीहरूले १० गुणाभन्दा बढी असुल्दै आएका छन् । खाद्यान्नमा चामल, कमै, गहुँ, फापर, दाल, गेडागुडी, पिठो, मैदा, आटा, सुजी, तोरी तेल, सूर्यमुखी तेल, भटमास तेललगायत तयारी तथा कच्चा पदार्थमा तोकिनेछ । यस्तै सबै प्रकारका चकलेट, चाउचाउ, चुइगम, बिस्कुट, कुकिज, पाउरोटी, केक, जाम, बटर, घिउ, चिज, मासुजन्य तथा माछाका परिकार, जंक फुड, मसलाजन्य पदार्थ, चिया कफी, पेय पदार्थको खुद्रा मूल्य अनिवार्य हुनुपर्ने जनाएको छ ।

भूकम्पयता निर्माण सामगमा पनि ठगी भएकाले सिमेन्ट, रङ, डन्डी, जस्तापाता, पाइप, मार्बल, टायल, अल्मुनियम तथा काठका तयारी झ्याल ढोका, पीपीभीसीका झ्याल ढोका, रेलिङ लगायतको मूल्य तोक्ने जनाएको छ । भाँडाबर्तन (राइस कुकर, फ्राई प्यान, कराई, थालहरू, गाग्री, ताउलो, करुवा, अमखोरा, थाल, कचौरा, गिलास, थर्मस), औषधिका सर्जिकल सामान (आयुर्वेदिक, एलोपेथिक, होमियोपेथिक, अपरेसन सुईहरू, एक्सरे, सिटिस्क्यान, एमआरआई, ल्याब लगायतको मूल्य तोक्ने तयारी छ ।

यस्तै इलेक्ट्रिकल (हिटर, पंखा, कुलर, बल्ब चिम, बत्तीहरू, तार, केबल, आइरन, पानी ताने पम्प), इलोक्ट्रोनिक्स (टिभी रेडियो, ओभन,बासिङ मेसिन, एयर कन्डिसन, कम्प्युटर/ल्यापटप,रेफ्रिजेरेटर, मोबाइल, यूपीएस), खेलौना/खेल सामग्री (सेरामिक्स, प्लास्टिक, कपडा, कागज, काठ, फुटबल, भलिबल, बास्केटबल, ब्याट) को पनि मूल्य तोकिनेछ ।

स्टेसनरी/अध्ययन सामग्री (पुस्तक, कापी, रजिस्टर, फोटोकपी पेपर, पेन, बलपेन, पेन्सिल, गणितीय सामग्री, स्कुल ब्याग, अध्ययन ब्याग), सौन्दर्य सामग्री (साबुन, पाउडर, सर्फ,सेम्फु लगायत) को पनि खुद्रा मूल्य तोकिनेछ । खुद्रा मूल्यको मूल्यांकन भन्सारले गर्नेछ । केही नमुना भन्सारमै परीक्षण गरिनेछ । यस्तै बजारको खुद्रा बिक्री तहमा वाणिज्यले अनुगमन गर्ने बेल्बासेले बताए ।
काठमाडौं, साउन २६ – एमाओवादी अध्यक्ष प्रचण्डले संविधानसभाभित्रको शक्ति सन्तुलनमा पार्टी कमजोर भएकाले धेरै विषयलाई नयाँ संविधनमा संस्थागत गर्न नसकेको स्वीकार गरेका छन् । आजको नागरिक दैनिकमा खबर छ । सिंहदरबारस्थित काार्यलयमा बसेको संसदीय दलको बैठकम सभासद्ले उठाएको प्रश्नको जवाफ दिँदै प्रचण्डले उक्त स्पष्टिकरण दिएका हुन् ।
कैलाली र कञ्चनपुरलगायत जिल्लालाई पहाडी प्रदेशमा समाबेश गरेको लगायत विषयमा सभासद्ले आपत्ति जनाएका थिए । ‘कैलाली र कञ्चनपुरलगायत जिल्लालाई पहाडी भूभागमा समावेश गर्न सहमत जनाएकोमा धेरैको आपत्ति थियो,’ सभासद् राम कार्कीले भने,‘तर, अध्यक्षले संविधानसभाभित्र पार्टीको शक्ति कमजोर भएको र संविधान बनाउन नदिने शक्तिको चलखेल बढ्दै गएकाले बाध्य भएर सहमति गर्नुपरेको जनाउभयो ।’उनका अनुसार संविधानसभाभित्र पार्टीको कमजोर उपस्थितिका बाबजुद धेरै विषयलाई नयाँ संविधानमा संस्थागत गर्न सफल भएको प्रचण्डले जनाए । माओवादी सभासद्ले नवलपरासीदेखि बर्दियासम्म तराइको अलग्गै प्रदेश बनाउनुपर्नेमा सो प्रदेश राप्ती अञ्चलका थप जिल्लासमेत गरेर पहाडसँग जोडेकोमा आपत्ति जनाएका थिए । ‘आठ प्रदेशको अडानमा नअडिएको र रातारात अडान फेरेर गएको भन्ने कुरा पनि आएको छ,’ सहभागी एक नेताले भने,‘कांग्रेस र एमालेको प्रस्तावमा पनि नवलपरासीदेखि बर्दियासम्मका तराई भूभागको अलग्गै प्रदेश बनाउने भन्ने थियो, रातारात कसरी परिवर्तन भयो भन्ने प्रश्न आएका थिए ।’ उनका अनुसार आठ प्रदेशमा अडान राख्न नसकेको , नागरिकता अझै पनि महिलामैत्री नभएको जस्ता गुनासो सभासद्को थियो । www.etajakhabar.com
घरजग्गा र सम्पत्तिसहित पत्नी अर्कैसँग हिँडेपछि वैदेशिक रोजगारीका लागि मलेसिया गएका नेपालगन्ज २४ का दानबहादुर शाही निकै तनावमा छन् ।
दु:ख, सुखमा साथ दिने पत्नीले धोका दिएपछि उनलाई ठूलो धक्का पुगेको समाचार कान्तिपुर दैनिकले छापेको छ ।
नेपालगन्ज उपमहानगरपालिकाभित्र पर्ने लाखौँ मूल्यको घर अरू कसैको भइसकेको रहेछ ।
हाल उनी छोरीसहित आफन्तको घरमा बस्न बाध्य छन् । अर्कैसँग श्रीमती लागेको खबर पाएपछि उनी अघिल्लो सातामात्रै मलेसियाबाट नेपालगन्ज फर्किएका हुन् ।
‘जसको खुसीका लागि पैसा कमाउन विदेश गएँ उसैले मेरो सर्वस्व लुट्यो । विदेशमा दुस्ख गरी कमाएर पठाएको पैसा र घरजग्गा सबै लुटी’ न्यायका लागि प्रहरीमा दौडधुप गरिरहेका उनले भने, ‘घरमा राखेको ८ तोला सुनका गहना, आइफोन, ल्यापटप सबै लगिन् । छिमेकीसँग मेरो नाममा ७ लाख ऋण पनि लिएकी रहिछन् ।’
विदेश जानुअघि शाही नेपालगन्जको एक गैरसरकारी संस्थामा काम गर्थें । धेरै पैसा कमाउने आशामा ५ वर्षअघि वैदेशिक रोजगारीका लागि मलेसिया गएँ, श्रीमती रुक्माकुमारी र एक छोरीलाई घरमै छोडेर ।
तीन–तीन महिनामा उनले विदेशबाट पैसा पठाउँथे । ५ वर्षमा १५ लाख ५० हजार श्रीमतीलाई पठाएको उनले बताए ।
विश्वास गरेरै घरजग्गा श्रीमतीकै नाममा राखेका थिए । तर पति विदेश गएपछि रुक्माले उक्त घरजग्गा आफ्नो आमाको नाममा पास गरेर बैंकबाट लोन लिइएको छ ।
जुन जग्गा बैंकले पैसा तिर्न नसकेको भन्दै लिलामीमा राखेको छ । उनी बागेश्वरी २ खजुराका सोमनबहादुर पाण्डेसँग दोस्रो विवाह गरेर त्यही घरमा बस्दै आएकी थिइन् ।
‘श्रीमतीका बारेमा छिमेकीबाट टीकाटिप्पणी हुन थालेपछि आत्तिएर कसैलाई थाहै नदिई गत आइतबार घर फर्किए । घर पुग्दा नसोचेको दृश्य आफ्नै आँखा अगाडि देख्नुपर्‍यो । सोमनबहादुर र श्रीमती मेरै घरमा थिए । म पुगेको थाहा पाउने बित्तिकै दुवै जना भागे,’ दानबहादुरले भने, ‘विदेशबाट जोडेको सम्पत्तिले घरमा सुखसँग जीवन बिताउँला भनेको उल्टो सबै वर्वाद भइसक्यो ।’
उनले सम्पत्ति फिर्ता पाउनका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । उनीहरू भागेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
‘दानबहादुर विदेशमै रहेका बेला रुक्माकुमारीले श्रीमानले घरबाट निकाला गरेको भन्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेकी थिइन् । तर पति विदेशमा रहेकाले घरमै म्याद तामेल गराई मुद्दा फैसला गराएको देखिन्छ,’ जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका इन्चार्ज प्रहरी निरीक्षक हिक्मत बोहराले भने, ‘वैदेशिक रोजगारले बलबहादुर सडकमा आएका छन् ।
फरार रहेका दुवै जनाको खोजी भइरहेको छ । न्याय दिलाउन प्रयास गर्छौं ।’ रुक्मासँग विवाह गर्ने पाण्डेको घरमा जेठी श्रीमती, दुई छोरी र एक छोरा छन् । रुक्मासँग विवाह दर्ता गराएको थाह पाएपछि जेठी श्रीमती बहुविवाह दर्ता गराउन प्रहरी कार्यालय आएकी छन् ।
dainiknepal.com
सेना एक सिपाहीले श्रीमतीको वीभल्स हत्या गरी २४ महिनाकी बालिकालाई जंगलमा फालेको रहस्य खुलेको छ । आजको कान्तिपुरमा खबर छ ।
रामेछाप मन्थली १ को जंगलमा महिलाको शव र नजिकै एक बालिका जिवितै भेटिएको थियो । प्रहरीले अनुसन्धानका क्रममा उत्तः शव रामेछाप ४ की इन्द्रा विश्वकर्माको भएको र निजको हत्यामा पति रमेशकुमार सम्लग्न रहेको जनाको छ । अनुसन्धााका लागि शनिबार साँझ आफ्नै घरबाट पक्राउ परेका रमेशले अपराध स्वीकारेका छन् । www.etajakhabar.com
आज वि.सं. २०७२ श्रावण २६ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ अगस्ट ११ तारिख
श्रावण कृष्ण द्वादशी, आर्द्रा नक्षत्र, मिथुन राशिको चन्द्रमा, हर्षण योग, गर करण
आजको व्रत/पर्व : प्रदोष व्रत
भोलिको व्रत/पर्व : घण्टाकर्ण चतुर्दशी, नेवारी पर्व गथामुगचह्रे पूजा,
भोलिको मूहुर्त : अन्नप्राशन(पास्नी),

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
पराक्रम र उत्साह बढ्नेछ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ । प्रतिस्पर्धी परास्त हुनेछन् । आम्दानी बढ्नेछ । सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौतीको सामना गर्नुपर्छ । समग्रमा बन्दव्यापारबाट फाइदा नै हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आर्थिक पक्ष सबल नै छ, यद्यपि समय बलियो छैन । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा राम्ररी मोलतोल गर्नु होला । परिवारमा पाहुनाको चाप बढ्न सक्छ र तिनको आवाभगतमा महत्वपूर्ण समयको नाश हुने सम्भावना छ । मातापिता, मान्यजन वा विशिष्ट व्यक्तिसँग विवादको सम्भावना पनि छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन—अध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । आर्थिक पक्ष सुदृढ बन्नेछ । न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । मनमा दोधारको अवस्था सिर्जना हुनसक्छ । पारिवारिक सहयोग प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
बाह्रौं घरमा चन्द्रमा रहेकाले खर्चमा नियन्त्रण गर्नुपर्छ । दुर्गमस्थान र टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । कल्पना र भावनामा केन्दित भइने छ । बोलीको विपरीत अर्थ लाग्न सक्छ, मुखलाई नियन्त्रणमा राख्नुहोला । पारिवारिक वातावरण पनि तपाईंको अनुकूल हुने छैन । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
शरीरमा उत्साह र उमङ्ग प्राप्त हुनेछ । स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ । पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ । पढाइलेखाइमा प्रगति हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँ ज्ञान प्राप्त हुने योग छ । ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । नोकरी अथवा व्यवसायसँग सम्बद्ध कुनै ठोस परिणाम देखा पर्नेछन् । तपाईंका सम्पूर्ण उद्यम र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा अति सुमधुर सम्बन्ध रहने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
धार्मिक वा सांस्कृतिक महत्त्वको यात्राको सम्भावना छ । दिक्क र झर्कोलाग्दो दिन भएपनि साँझमा शुभ कुराको संकेत मिल्नेछ । बिर्सिसकेको आफन्त वा साथीभाइसित भेटघाटको सम्भावना छ । दाजुभाइ र दिदीबहिनीले कामधन्दामा चाहेजस्तो सहयोग गर्ने छैनन्, यद्यपि धन, मान र प्रतिष्ठामा कमी हुनेछैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका छ । व्यावसायिक यात्राको सम्भावना छ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग पनि छ वा कतै रमाइलो यात्रामा निस्कन सक्नुहुन्छ । आतिथ्यपूर्ण सम्मान र मिठो भोजनको प्राप्ति हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइने छ । शत्रुहरूको चलखेल बढे पनि तिनले तपाईंलाई हानि पुर्याउन सक्ने छैनन् । चुनौती र अपठ्यारा हटाउन आज गरिएको प्रयास सफल हुनेछ । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
सन्तति पक्षका झिनामसिना समस्यामा केन्द्रित हुन सकिन्छ, तर तिनका क्रियाकलापले सन्तुष्टि मिल्नेछ र तिनको भविष्यका बारेमा घोत्लिन बाध्य भइनेछ । लेखन, प्रकाशन र ज्ञानगुनका क्षेत्रमा धेरथोर समय दिइने छ । बौद्धिक र सृजनात्मक प्रतिभामा आएको कमीले चिन्तित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउने छ । कामधन्दामा अर्काको भर नपर्नु नै राम्रो हो, मित्र, सहयोगी र नातागोताको साथ पाइँदैन । कुनै नयाँ काम गर्नुछ भने जान्नेबुझ्ने वा ठूलाबडाको सहयोग लिनु राम्रो हो । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

घिउकुमारी सुन्दरताका लागि पनि प्रयोग गर्न सकिन्छ । घिउकुमारीको जुस पिउदा  छालालाई नरम र स्वस्थ बनाउछ । घिउकुमारीको जुस तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।

घिउकुमारीको रसले कपाल मालिस गर्दा चायाँ हराउने, कपाल झर्न कम हुने, कपाल बाक्लो हुने र ढिला फुल्ने पनि हुन्छ । घिउकुमारीको रसले अनुहार मसाज गर्दा चम्किलो हुने र चाउरीपना पनि कम गर्छ । यसले आँखाको डार्कसर्कल पनि हराउँछ । ओठमा लगाउँदा ओठ गुलाबी र चम्किलो बनाउँछ । त्यसैले घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गरिन्छ ।  घिउकुमारीको रसले दाँत मालिस गर्दा दाँत चम्किलो र बलियो बनाउँछ ।
“सूर्यमा १० लाख वटा पृथ्वी अटाउँछ!”

-कुशल श्रेष्ठ

‘सूर्य’ वा ‘घाम’, हाम्रो सौर्यमण्डलको केन्द्रविन्दुमा पर्ने एक विशाल तारा हो, र पृथ्वीमा हुने जतिपनि जलवायु र मौसम परिवर्तनमा सूर्यको नै ठूलो भूमीका रहेको हुन्छ। सौर्यमण्डलमा भएका सबै ग्रहहरूको प्रकाश र ऊर्जाको श्रोत ‘सूर्य’को आकार लगभग पूर्ण गोलाकार छ भन्न सकिन्छ, किनभने यसको दुई ध्रुव र भू-मध्यरेखाको व्यासको बीचमा केवल १० किलोमिटरको फरक रहेको पाइन्छ। सूर्यको सरदर अर्धव्यास ६,९५,५०८ किलोमटर यानिकी पृथ्वीको भन्दा १०९.२ गुणा ठूलो रहेको छ, जसको २०-२५ प्रतिशत जति सूर्यको भित्री कोर भागले ओगटेको छ।


घामलाई त सबैले महशुस गरेकै हो, अझ गर्मी मौसममा त घामले आफ्नो उपस्थितीलाई हामी सामू झन् बढी प्रदर्शन गरिरहेको हुन्छ। यो प्रज्ज्वलीत सूर्यको बारेमा केहि रोचक तथ्यहरूको बारेमा जानकारी दिन गइरहेका छौँ।

१. सुर्यको प्रोफाइल

उमेरः ४.६ अर्ब वर्ष
प्रकारः यल्लो ड्वार्फ (Yellow Dwarf)
व्यासः १३,९२,६८४ किलोमिटर
भू-मध्यरेखाको परिधिः ४३,७०,००५.६ किलोमिटर
तौलः १,९८,९१,००,००,००,००,००,००,००,००० अर्ब किलोग्राम (पृथ्वीको भन्दा  ३,३३,०६० गुणा बढी)
सतहको तापक्रमः ५,५०० डिग्री सेल्सियस

२. सूर्यको आकारको तुलनाSun Family

३. सूर्यको बारेमा तथ्यहरू

* सूर्यभित्र १० लाख वटा पृथ्वी अटाउँछ *
यदि सूर्यभित्र गोलाकार पृथ्वीलाई राख्ने हो भने करीब ९,६०,००० वटा पृथ्वीहरू अटाउन सक्छन्। अझ भन्नुपर्दा भित्रपट्टी कत्ति पनि खाली ठाउँ नछोडी पृथ्वीलाई खाँद्ने हो भने करीब १३,००,००० वटा पृथ्वीहरू अटाउन सक्छन्। सूर्यको सतहको क्षेत्रफल पृथ्वीको भन्दा ११,९९० गुणा धेरै छ।

* अन्ततः सूर्यले पृथ्वीलाई खानेछ *
जब सूर्यमा भएका सबै हाइड्रोजन ग्यास बलेर सिकिन्छ, तब १३०० लाख वर्षसम्म सूर्यमा भएका बाँकी हिलियम ग्यास बल्दै सूर्यको आकार बढ्नेछ। यसरी बढ्दै गर्दा सूर्यको नजिक हुने ३ ग्रहहरू – बुध, शुक्र र पृथ्वी – लाई सूर्यले पूर्ण रूपमा निल्नेछ, र त्यतिबेला सूर्य ‘रेड जायन्ट’ (Red Giant) मा परिवर्तन हुनेछ।

*सूर्यको आकार पृथ्वीको जत्रै हुनेछ *
रेड जायन्टको चरणपछि सूर्य अस्थिर भएर टुक्रिनेछ, र त्यतिबेलाको सूर्यको आकार पृथ्वीको जत्रै हुनेछ। यो प्रक्रियापछि रेड जायन्ट ‘ह्वाइट ड्वार्फ’मा परिवर्तन हुनेछ।

* सौर्यमण्डलको कुल तौलमध्ये ९९.८६ प्रतिशत तौल सूर्यको रहेको छ *
अहिलेको अवस्थामा सूर्यको तौल पृथ्वीको भन्दा करीब ३,३०,००० गुणा बढी रहेको छ। सूर्यको ३ भाग हाइड्रोजन ग्यासले भरिएको छ भने, बाँकीको १ भागमा धेरै जसो हिलियम ग्यासले भरिएको छ।

* सूर्य लगभग पूर्ण गोलाकार छ *
सूर्यको ध्रुवीय व्यास र भू-मध्यरेखाको व्यासको बीचमा केवल १० किलोमिटरको फरक रहेको छ। यसको आकारलाई हेर्ने हो भने, प्रकृतिमा भएका सबै गोलाकार वस्तुहरूभन्दा सूर्यको गोलाकारलाई पूर्ण गोलाकार भन्न मिल्दछ।

* सूर्यबाट निस्केको किरण पृथ्वीमा आइपुग्न ८ मिनेट लाग्दछ *
सूर्यबाट पृथ्वीको कुल सरदर दुरी करीब १५ करोड किलोमटर र प्रकाशको गति ३,००,००० किलोमिटर प्रतिसेकेण्ड लिएर हिसाब गर्ने हो भने, प्रकाशलाई पृथ्वीमा आइपुग्नको लागि करीब ५०० सेकेण्ड यानिकी ८ मिनेट २० सेकेण्डको समय लाग्दछ। रोचक कुरा के छ भन्दा, सूर्यबाट पृथ्वीसम्म केहि मिनेटको समयमा नै किरण आइपुग्दछ, तर सूर्यको भित्री कोरबाट सतहसम्म उक्त किरण आइपुग्न त्यस्तै १० लाख वर्ष लाग्दछ।

* सूर्य २२० किलोमिटर प्रतिसेकेण्डको गतिमा यात्रा गरिरहेको छ *
जसरी पृथ्वी लगायत अन्य ८ ग्रहहरूले सूर्यलाई परीक्रमा गरिरहेको छ, त्यसरी नै सूर्यले आकाशगंगा तारापुञ्ज (Milkyway Galaxy) लाई परीक्रमा गरिरहेको हुन्छ। अनि त्यो आकाशगंगा तारापुञ्जको केन्द्रविन्दुबाट २४,०००-२६,००० प्रकाश वर्षको दुरीमा सूर्य अवस्थित रहेको छ। सूर्यले उक्त तारापुञ्जलाई परीक्रमा गर्न २२ करोड २५ लाख देखि २५ करोड वर्ष लगाउँदछ। यसरी आकाशगंगा तारापुञ्जको नजरमा सूर्यलाई हेर्दा यसको गति २२० किलोमिटर प्रतिसेकेण्ड हुन आउँछ।

* वर्षभरी पृथ्वी देखि सूर्यसम्मको दुरीमा अन्तर आउँदछ *
पृथ्वीले सूर्यलाई दीर्घवृत्ताकार (Elliptical) बाटोमा परीक्रमा गरिरहेको हुँदा, यी दुई वस्तुहरूबीच वर्षभरीमा १४ करोड ७० लाख देखि १५ करोड २० लाख किलोमिटरको दुरी रहन्छ। पृथ्वी र सूर्यबीचको दुरीलाई गणितीय इकाईको नामाङ्करण गरिएको छ जसलाई ‘एस्ट्रोनोमिकल युनिट’ (Astronomical Unit- AU) भनिन्छ।

* सूर्य अधवैँशे उमेरमा नै छ *
करीब ४.६ अर्व वर्षसम्ममा सूर्यको लगभग आधा जति हाइड्रोजन सिद्धिसकेको छ, र अझै करीब ५ अर्व वर्षसम्मलाई पुग्ने हाइड्रोजन बाँकी नै छ। त्यसकारण सूर्यलाई अधवैँशे उमेरको भन्न मिल्छ।

* सूर्यको अति बलियो चुम्बकीय क्षेत्र रहेको छ *
सूर्यमा हुने चुम्बकीय तुफानको क्रममा यसले धेरै मात्रामा चुम्बकीय ऊर्जा निकाल्दछ, जसलाई हामी ‘सोलार फ्लेयर’ (Solar Flare) भन्छौँ। यसरी चुम्बकीय तुफान चलिरहेको बेला पृथ्वीमा आँधी आउँदा जस्तै गरी त्यहाँका चुम्बकीय रेखाहरू एकअर्कामा बटारिन्छन् र घुम्दछन्।

* सूर्यको भित्री सतहको तापक्रम १ करोड ५० लाख डिग्री सेल्सियस सम्म पुग्दछ *
सूर्यको भित्री कोर भागमा हाइड्रोजन ग्यास हिलियम ग्यासमा परिवर्तन हुँदा आणविक फ्युजन हुन्छ र विशाल मात्रामा ऊर्जा निस्किन्छ। हामीलाई थाहा भैरहेकै कुरा हो, तातो वस्तुको आकार विस्तारै बढ्दै जान्छ। यदि सूर्यको गुरुत्वाकर्षण बल विशाल नहुने हो भने सूर्य पनि अन्य तातो वस्तुजस्ते पड्किन्थ्यो।

४. सूर्यका उपग्रहहरू-
काठमाडौं,  सरकारले मलेसियामा पठाउने कामदारलाई निशुल्क टिकट र निशुल्क भिसा दिनुपर्ने माग गरेपछि मलेसिया सरकारले नेपालको सट्टा बंगलादेशबाट कामदार लैजाने भएको छ ।


यसअघि मलेसिया सककारले बंगलादेशबाट कामदार लैजान रोक लगाएपछि नेपालबाट लाखौं कामदार मलेसिया पुगेको नेपाल समाचार पत्र दैनिकले छापेको छ । श्रमराज्यमन्त्री टेकबहादुर गुरुङले बिना पूर्वाधार मलेसियालगायतका ७ वटा खाडी मुलुकमा नेपाली कामदार पठाउँदा निशुल्क भिसा र टिकट दिनुपर्ने माग गरेपछि त्यहाँको सरकारले कामदार खोज्ने मुलुकको सूचीबाट नेपाललाई हटाउने तयारी गरेको छ ।
‘मलाई थाहा छ, मेरो शरीर किन्ने कोही छैन, अनि मसँग बेच्नलायकको पनि केही छैन ! तैपनि मैले आफ्नो शरीरलाई जबर्जस्ती लिलामीमा राखेकै छु। सधैं यो सडकमा आउँछु, लौन मेरो शरीर सय/पचासमा भए पनि किनिदेऊ भनी बिन्ती गर्छु। कसैले त सय—पचास हैन, हजार नै दिन्छन् ! तर कोही त मसँग रातभरि सुत्छन् र मेरो गोजीमा भएको सय—पचास पनि लुटेर भाग्छन् !’
यो व्यथा हो, यो सहरकी एक यौनकर्मी महिलाको जो दस वर्षदेखि काठमाडौं सहरमा आफ्नो शरीर लिलामीमा राखिरहेकी छन्। सहरका दर्जनौं यौनकर्मी महिलाहरूसँग साक्षात्कार गर्ने क्रममा भेटिएकी एक पात्र सुन्दरी नेपाल (नाम परिवर्तन), वर्ष ५५ की यी महिलासँग अब बन्ने संविधानमा कानुनले के कस्तो व्यवस्था गरिदिए हुन्थ्यो भन्ने लाग्छ भन्ने सवालमा छलफल हुँदै थियो। छलफलको क्रममा कानुन, सरकार तथा समाजको कुरा आउने बित्तिकै उनी एक्कासि भक्कानिइन्। उनी आफू मात्र रोइनन्, उपस्थित सबैका आँखा रसाए र म पनि उनको व्यथा र बाध्यताबाट नि:शब्द भएँ। मलाई उनको वेदनाले यतिसम्म छोयो कि यो लेख नलेखीकन चैनले बस्नै सकिनँ। उनको कथा :

मेरो नाम सुन्दरी नेपाल हो। यो सालले ठ्याक्कै म ५४ पुगेर ५५ वर्षमा लागेँ। मेरो माइती सुदूरपश्चिम र घरचाहिँ मध्यपश्चिमको पहाडी गाउँमा पर्छ। मेरो बाह्र वर्षमा बिहे भयो, जुन बेला मेरो रजस्वला पनि भएको थिएन। मेरो बिहे हुँदा मेरो श्रीमान्को उमेर २२ वर्ष थियो। उनी इन्डियाका लाहुरे थिए। बिहे भएको साल पनि उनी मलाई भित्र्याएर लाहुर गए। घरमा आँखा नदेख्ने सासू, कान नसुन्ने ससुरा र पाँचजना नन्द थिए। म त्यो घरमा बुहारीको रूपमा भित्रिएदेखि नै बुहार्तन खेप्नुपर्‍यो। बिहानै तीन बजे उठ्नु, झन्डै बीस—तीस मिनेट हिँडेर गोठ पुगेर भैंसीको गोबर सोहोर्नु, घाँस काट्नु, खोले खुवाउनु र उज्यालो हुँदा त आफूभन्दा अग्लो घाँसको भारी बोकेर घरमा आउनुपथ्र्यो र वृद्ध सासूससुरा तथा मेरै उमेरका र मभन्दा साना पाँचजना नन्दहरूको लागि पकाउने, खुवाउने र मेलापात जाने काम गर्नुपथ्र्यो। बेलुकी मेलापातबाट थकाइले लखतरान भएर आउँदा पनि चुलोमा आगो बलेको हुँदैनथ्यो। हतारहतार आगो बालेर खाना तयार पार्दा रातको १० बज्थ्यो। चुलोमा बालेका चिसो दाउराको कारण घरभरि आएको धुवाँबाट निस्सासिएकी मलाई ससुराको तिखो वचनले झन् उकुस—मुकुस बनाउँथ्यो। भान्साको काम सक्दा रातको १२ बज्थ्यो। कतिपटक रछ्यानमा नै निदाउन खोज्थेँ। फेरि सासूको गोडामा तेल नलगाई सुत्न पाइन्नथ्यो र बिहान ४ बजे नै उठ्नुपर्थ्यो।

अर्को साल श्रीमान् लाहुरबाट फर्किएपछि म १३ वर्षमै गर्भवती भएँ र पहिलो सन्तान छोरा जन्मियो। क्रमश: ३ वटा छोरा भए। श्रीमान्ले इन्डियाभन्दा काठमाडौं जानु ठीक सम्झे क्यारे† उनी रोजगारीको लागि काठमाडौं हान्निए। चाडपर्वमा घर आउजाउ गर्थे। २०५८ सालमा काठमाडौंबाट छिमेकीको घरमा फोन गयो, इलेक्ट्रिसियन काम गर्ने क्रममा करेन्ट लागेर श्रीमान्को मृत्यु भयो† जेठो छोरा पनि सहरमै बाबुसँगै बस्थ्यो। काजकिरिया सकेर छोरा काठमाडौं फर्कियो। केही समयपछि उसले काठमाडौंमै विवाह गरेको खबर पठायो। अब घरखर्च सबै मैले नै मेलापात गरेर टार्नुपर्ने भयो। आम्दानीको स्रोत केही थिएन। यतिकैमा एकजना छिमेकी ससुरा पर्नेले गाविसबाट विधवा भत्ता पाइन्छ। त्यसको लागि मृत्युदर्ता प्रमाणपत्र चाहिने भएकाले जुन अस्पतालमा उहाँको मृत्यु भएको थियो, त्यहींबाट मृत्युदर्ता प्रमाणपत्र ल्याउन सुझाए। उनकै सुझावअनुसार म पहिलोपटक काठमाडौं आएँ र छोराले बताए अनुसारको अस्पताल पुगेँ। अस्पतालमा बुझ्दा मृत्युदर्ता प्रमाणपत्र त अस्पतालबाट लास लैजाँदा बखत नै सँगै दिएको बताए। श्रीमान्को मृत्युदर्ता प्रमाणपत्र लगेर २/४ सय भए पनि विधवा भत्ता लिएर घरखर्च हलुको पार्न सकिन्छ कि भन्ने कत्रो आस थियो। अस्पतालबाट पहिले नै लगिसकेको भन्ने थाहा पाएर थचक्क भुइँमा बसेर रुन थालेछु। मैले रोएको देखेर एकजना कर्मचारीले मिति थाहा छ भने एकपटक रेकर्ड हेरिदिने झिनो आशा देखाउँदै सम्बन्धित कर्मचारी बाहिर गएकाले केही समय कुर्नुस् भने। म अस्पतालको ढोकै छेउको बेन्चमा उनै कर्मचारीको तीव्र प्रतीक्षा गरेर बसिरहेको थिएँ। अस्पतालमा बाहिर र भित्र जानेको ओहोर—दोहोर चलिरहेको थियो।

त्यतिकैमा ३०/३५ वर्षकी महिलाले एउटा झोला छेउमा राख्दै भनिन्, ‘दिदी एकैछिन यो झोला यहीं राख्छु है, म रगतको रिपोर्ट लिएर आइहाल्छु’। मैले हुन्छ भनेर टाउको हल्लाउन पनि नभ्याउँदै ती महिला त पर पुगिसकेकी थिइन्। झन्डै आधा घन्टा बितिसकेको थियो, तर झोला राख्ने महिला आइनन्। झोला यही टेबुलमुनि राख्दिन्छु र मचाहिँ भित्र बुझेर आउँछु भनेर झोला उचालेको त झोलाभित्र बच्चा रोएको जस्तो सुनँे। एकैछिनमा हल्लीखल्ली भयो। यो बच्चा कसको हो? किन, कसले छोड्यो यसरी? कस्ती पापिनी आमा† आदिइत्यादि सुनियो। बिस्तारै कालो सलले बेरिएको तर सालनालसहितको त्यो बच्चीलाई हेर्नेको भीड जम्मा भयो।

भीडमा कसैले छोरा भए म लान्थेँ, छोरी त के लानु† भनेर नाक खुम्च्याए। बेलुकी ४ बजेसम्म बच्चीकी आमा आउँछिन् कि भनी पर्खिएँ। उनी आइनन्। अरूले पनि वास्ता गरेनन्। त्यो अबोध शिशुलाई त्यत्तिकै फाल्न सकिनँ। आफ्नो कोखबाट छोरामात्र जन्मिएका थिए। भगवान्ले छोरी उपहार दिएको ठानी शिशुलाई काखी च्यापी छोराको कोठा गएँ। छोरा, बुहारीलाई सविस्तार घटना बताउनै नभ्याई उनीहरूले ‘धेरै नाटक नगर। यो बच्चा कुनचाहिँ नाठोको हो, हामीलाई भन। अस्पतालमा भेटिएको बच्चा अस्पतालले राख्दैन र? बालगृह नपठाएर कसरी तिमीलाई पठाउँछ?’ भनी मलाई जबर्जस्ती आफ्नै अवैध बच्चा स्वीकार गर भन्न थाले। छोराबुहारीको यस्तो व्यवहार देखेर म त छाँगाबाट
खसेँजस्तै भएँ।
 हे भगवान् ! १२ वर्षकी हुँदा बुबाआमाले छानेर दिएको श्रीमान्बाहेक पुरुष नामको अन्य व्यक्तिलाई छुँदा पनि नछोएको मलाई आफ्नै कोखबाट जन्मिएको छोराले कुन नाठोका पेट बोकेर यो बुढेसकालमा बच्चा जन्माएको भन्ने प्रश्न गर्‍यो। अस्पतालमा गएर बुझ् भन्दा पनि नमानी ‘हामीलाई कुनै स्पष्टीकरण चाहिएन। खुरुक्क जुन बाटो आएकी थियौ, त्यही बाटो जाऊ’ भन्दै धकेले। एक हातले बच्ची च्यापेर अर्को हातले आँसु पुछ्दै निस्किएँ। काठमाडौंमा म पहिलोपटक आएकी कहाँ जाने? के गर्ने? केही मेसो थिएन। रुँदैरुँदै म त मैतीदेवी भन्ने ठाउँमा पुगेछु। बाटोमा मकै पोल्दै बेच्ने एकजना अधबैंसे दिदीलाई सारा वृत्तान्त सुनाएँ। बरु तिनको हृदय पग्लियो, उनले आफूसँगै उनको कोठामा लगिन्। त्यो बच्चीलाई खुवाउने ल्याक्टो दूध, दूधदानी र एकजोर भोटो, टोपी किनिदिइन्। भोलिपल्ट बिहानै बच्ची लिएर हिडेँ, कहाँ जान हिँडेकी हुँ आफैंलाई पनि थाहा थिएन। फेरि न छोराबुहारीको मन पलायो कि भनेर एउटा पसलबाट फोन गरेँ। तर छोराले ‘अझै ज्युँदै छेस्, कुन मुखले फोन गर्ने आँट गरिस्’ भन्यो। म फेरि त्यही पसलमा थचक्क बसेर रुन थालेछु। पसले भाइले मेरोबारे जान्ने मन गरे। मैले सविस्तार बताएँ। उनले आफ्नो घरमा लुगा धुने, भाँडा माझ्ने मान्छे चाहिएको छ भन्दै काम गर्ने अफर गरे। मैले सहर्ष स्वीकारेँ र काम गर्न थालेँ। तर भर्खरै जन्मेकी बच्ची आमाको दूध नपाएर २४ सै घन्टा रुन्थी। बच्चीको रुवाइबाट दिक्क भएका ती साहुले मलाई बच्ची प्रहरीको जिम्मा लगाएर आए वा उही अस्पतालमा छोडे मात्रै काममा राख्न सकिने बताए। तर मेरो मनले यो बच्ची भगवान्ले मलाई नै दिएको हो भनिरह्यो र त्यो घर पनि छोडेँ।

त्यही घरमा धारा, बत्ती मर्मत गर्न आउने एकजना भाइको सहयोगले मैले यो सहरको खुला आकाशमुनि आफ्नो शरीर लिलामीमा राखेँ। मरेको लासजस्तै गरी परपुरुषको यौनतृष्ण मेटाउनुपर्दा धेरैपटक आत्महत्या गर्ने विचार पनि आयो। तर आफ्नै जन्म दिने आमाबाट फालिएकी यो छोरी र आफूले जन्माएको छोराबाट त्यागिएकी मबीच केही भिन्नता देखिनँ। हामी दुवै जनाको भाग्य एउटै रहेछ भन्ने सम्झिएँ। अब जति वर्ष बाँच्छु, यही छोरीका लागि बाँच्छु र जे गर्नु छ यही छोरीका लागि गर्छु भनी प्रण गर्दै छोरीका लागि बाँचिरहेकी छु। म कसैले एक रातको एक करोड दिन्छु भन्यो भने पनि रात बस्नेगरी कहीं जान्नँ, किनकि मलाई कसैको विश्वास लाग्दैन।

अहिले मेरी छोरी १० वर्षकी भई। बोर्डिङमा ३ कक्षामा पढ्छे। उसैको फी, कपीकलम, रासनपानी, औषधि—उपचार गर्नका लागि मैले यो उमेरमा आफ्नो शरीर लिलामीमा राखेको छु। तर यो समाज, यो कानुन र सरकारले सधैं मलाई गैरकानुनी काम गरेको भन्दै लखेट्छ, हेप्छ, छि:छि र दुरदुर गर्छ। म जस्तो बाध्यतावश यौनकार्य गर्नेलाई खै त कुन सरकारले हेर्‍यो? म पनि यही समाजको एक हिस्सा हुँ। एउटी आमाबाट परित्यक्त नवजात शिशुलाई सास भर्नु मेरो दोष थियो र? आफूले नौ महिना गर्भमा राखेर जन्माएको, हुर्काएको छोराले त मलाई ‘वेश्या’ भन्यो। त्यसैले मलाई कुनै सरकार, समाज वा कानुनसँग विश्वास छैन।

यो कथा सुनाएपछि उनी भक्कानिन थालिन्।www.ekantipur.com
२५ साउन, काठमाडौं ।

देशकै सबैभन्दा ठूलो दुर सञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले आफ्ना ग्राहकहरुलाई सहज बनाउन नेपाल टेलिकम एप ल्याएको छ । यो Nepal Telecom APP मार्फत कम्पनीका GSM, CDMA, PSTN र ADSL सेवाहरुको वारेमा आवश्यक जानकारी लिन सकिने जनाएको छ ।

त्यसैगरी रिचार्ज कार्ड प्रयोग गरी रिचार्ज गर्न र अन्य गुनासो समेत यसमै समाधान गर्न सकिने टेलिकमले जनाएको छ ।

टेलिकमको एपबाट १९७ मा डायल गरी सोधपुछ सेवा प्राप्त गर्न पनि सकिन्छ । उक्त APP मा कम्पनीले उपलब्ध गराउदै आएको सम्पूर्ण सेवाहरुको महसुल दर बारे जानकारी लिन पनि सकिने पनि जनाएको छ ।

टेलिकम भन्छः

यो एपबाट GSM Postpaid र Prepaid मोबाइलमा नमस्ते रिचार्ज कार्डबाट तथा यी सबैमा १४१३ नम्बरमा डायल गरी IVR मार्फत बिल भुक्तानी गर्न सकिन्छ । त्यसैगरी यी सबैमा Online Payment Gateway (जस्तैः eSewa) को सहयोगले Topup गर्न सकिन्छ । यसको लागि कुनै पनि सर्ट कोडहरु सम्झिरहनु पर्दैन । कम्पनी वा App सम्बन्धी कुनै सल्लाह सुझाब र गुनासो समेत यही App मार्फत उपलब्ध गराउन सकिन्छ । माथि कभर फोटोसँगै रहेको Use App बटन क्लिक गरी तपाइ पनि Nepal Telecom App प्रयोग गर्न सक्नुहुन्छ ।
प्यूठान, २५ साउन । प्यूठानको सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस आज सदरमुकाम नजिकै दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या दश पुगेको छ ।
घटनास्थलमै छ र उपचारका लागि लैजाँदै गर्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिनुभयो । एकजनाको शव च्यापिएकाको अवस्थामा बसभित्रै रहे पनि निकाल्न सकिएको छैन । घटनामा परी घाइते भएका २४ जनालाई उद्धार गरी स्वर्गद्वारी लाइफकेयर अस्पताल बाग्दुला र जिल्ला अस्पताल बिजुवारमा उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । सदरमुकाम खलङ्गाबाट बाङ्गेफेदी जाँदै गरेको ना ३ ख ८३८३ नंको यात्रुबाहक बस सारीवाङको घुम्तीबाट खोलामा खसेर दुर्घटना भएको थियो । www.etajakhabar.com
सिड्नी, २५ साउन । सोमबार सोलोमोन द्वीपमा ६.९ रेक्टर स्केलको भूकम्प गएको समाचार छ । सो भूकम्पको सोलोमोन द्वीपको राजधानीमा होनीयारमा समेत महसुस गरिएको जनाइएको छ । सो भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले पनि यस भूकम्पको सोमबार पुष्टि गरेको छ । यस भूकम्पको केन्द्रविन्दु राजधानी होनीयारबाट २१४ किलोमिटर पश्चिममा समूहको सतहमा रहेको पनि सो संस्थाले जानकारी दिएको छ ।
सोलोमोन राष्ट्रिय प्रकोप व्यवस्थापन कार्यालयका निर्देशकले पनि यस भूकम्पपछि सुनामी चेतावनी भने नदिइएको बताएको छ । गत महिनामा पनि सोलोमोन द्वीपमा ७ .रिक्टर स्केलको भूकम्प गएको तर सुनामी चेतावनी भने दिइएको छैन । सो भूकम्पबाट मानवीय सम्पत्ति क्षति पनि नभएको जनाइएको थियो ।
सन् २०१३ मा आएको ८ रिक्टर स्केलको भूकम्पपछिको सुनामीमा परी १० व्यक्तिको मृत्यु भएको थियो । यस भूकम्पको कारण हजारौं व्यक्ति घरबारबिहीन भएका थिए । रासस/एएफपी
dainiknepal.com

वसन्त रानाभाट, स्पेन
घरेलु कामदारको रुपमा साईप्रस पुगेका नेपाली चेलीहरु असुरक्षित रहेको खबर आईरहँदा गत साता फेरि अर्को दुखद घटना घट्यो। भारतदेखि साईप्रसको लारनाकामा घरेलु कामदारको रुपमा आएकी एक महिलाको मृत्यु भएको त्यहाँको प्रहरीले पुष्टि गरेको छ।
साईप्रसका स्थानीय मिडियाहरुका अनुसार उमेर र नाम नखुलाईएकी ति भारतीय महिला कामदार, घरको पाँचौ तल्लाबाट हाम फालेपछि मृत्यु भएको हो । तर उनको आत्महत्या थियो, दुर्घटना वा उम्कने प्रयास गर्दा घटना घटेको हो भन्नेबारे अनुसन्धान भईरहेको स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै स्थानीय संचार माध्यमहरुले लेखेका छन् । आप्रवासीहरुको हितमा काम गर्ने संस्था किसाले स्वतन्त्र छानबिनको जोडदार माग गरेको छ।

रोजगारदाताहरुले कामदारलाई दिने मानसिक तनाब तथा शारीरिक दुर्ब्यवहारका कारण यस्तो घटना घटेको हुन सक्ने धेरैको अनुमान गरिएको छ। किसाका अनुसार घर मालिकले पटक पटक कामदार फेर्दै आएका थिएँ।
अगष्ट २ तारिक साईप्रसमा घटेको यो घटना पछि घरेलु कामदारको रुपमा आएका आप्रबासी नेपाली महिलाहरुको सुरक्षाको बिषयलाई चासोपूर्बक हेरिएको छ। केही महिना अगाडि एसिड आक्रमणमा परेकी एक नेपाली महिला सिता भट्टराईको दुखद घटनाले यसअघि सबैलाई स्तब्ध बनाएको थियो।
दोषीलाई कारबाही र उचित क्षतिपूर्ति माग गर्दै पिडित भट्टराईले अझै न्यायको लागि लडिरहेकी छन्। एसिडका कारण उनको खुट्टामा बनेको घाउँ अझै निको भईसकेको छैन। घटना बारे समाचार बाहिर ल्याएपछि केहि दिन घर परिवारका सदस्यहरु आत्तिए,कसैको हेर्ने दृष्टिकोण पनि फरक भयो, तर आफूले जस्तो अरुले भोग्न नपरोस् भन्नाका खातिर घटना बाहिर ल्याएको पिडित भट्टराई बताउँछिन्।
अनलाईनखबरमा समाचार प्रकाशित भएपछि त्यहाँस्थित नेपाली अबैतनिक बाणिज्य दुताबास, गैरआवासीय नेपाली संघ, उनलाई काम लगाईदिएको एजेन्टले समेत चासो देखाएका छन्। साईप्रसमा एसिड आक्रमणबारे घटना बाहिर आएपछि अन्य घरेलु हिँसाका घटनाहरु पनि बिस्तारै सार्बजनिक हुन थालेका छन्।
घरेलु कामदारहरुले कस्ता समस्याहरु भोगेका छन् त ?
घरेलु कामदारको रुपमा साईप्रस आएका सबै महिला कामदारहरु समस्यामा परेका छैनन् । महिला कामदारहरु असुरक्षित छन् भन्दा उनका आँफन्त, घर परिबार त्रसित हुनु,चिन्तित हुनु स्वभाबिक नै हो । तर रोजगार दाताहरु असल भएको घरमा काम गर्दै गरेका महिलाहरु मात्र सुरक्षित भएको बताईन्छ। तर यस्तो अवसर धेरै कमलाई मात्र मिलेको कामदार महिलाहरु बताउँछन्।
साईप्रसमा घरेलु कामदारको रुपमा आएका आप्रबासी धेरैलाई समस्या परेको पीडित महिलाहरु गुनासो रहेको छ। तर उनीहरु आफूले भोगेको पीडालाई बाहिर सार्बजनिक गर्न चाहदैनन्। प्रवासको ठाँउमा, न्यायका लागि लड्ने शक्ति बटुल्न सकेका छैनन्।
महिलाहरुले भोग्न समस्याहरु मुख्यत: कन्ट्राक पेपरमा तोकिएको भन्दा बढी काम गर्नु पर्ने,बताईएको भन्दा कम तलब दिने, अतिरिक्त काम गरे बापतको रकम नपाउँने, एउटा मात्र घरमा काम गर्नुपर्ने भनेर सम्झौता गर्ने तर २-३ वटा घरमा पनि काम गर्नुपर्ने, कहिँले काहिँ घरको काम भनेर फिल्डमा समेत लैजाने, कतिपयले कामबाट छुट्टी नै नदिने, घरबाट बाहिर निस्कन र सम्पर्क गर्न समेत नदिई जेलमा राखे जस्तै ब्यबार गर्ने, करिब ३-४ महिना सम्म पनि तलब पाउँने हो या नपाउँने अनिश्चित जस्तै बन्ने वा थोरै दिने तलब पनि समयमा नदिने,रकम दिएँ पनि पुरा नदिने, एक वर्ष पुरा भएपछि पनि दिनुपर्ने बोनसहरु नदिने जस्ता थुप्रै समस्याहरु नेपाली महिला कामदारहरु झेल्दै आएका छन्। पीडित कामदारहरुका अनुसार यी समस्याहरु त साईप्रसमा सबैका साझा समस्या बनिसकेका छन्।
फेरि केही महिलाहरु यो भन्दा फरक र डरलाग्दो पिडाहरु भोगेका छन्। घर मालिक वा रोजगार दाताले शारीरिक दुर्ब्यबार गर्न खोज्नु र मानसिक तनाव दिनु। पटक पटक दुर्ब्यवहार गर्नु वा दुर्ब्यवहारको प्रयास गर्नु निकै जटिल समस्याको रुपमा हेरिएको छ। यस्तो समस्यामा परेका महिलाहरुलाई रोजगारदाताले जेल जस्तै गरी घरबाट बाहिर निस्कन वा कसैसँग सम्पर्क गर्न नदिने बताईन्छ।
कतिलाई त मोबाईल प्रयोग गर्नबाट बन्चित गर्नुले पनि घटना लामो समयसम्म बाहिर आउँन नसक्नुको कारण मानिन्छ। दुर्ब्यबारको प्रतिकार गर्न खोज्दा रोजगारदाताले कामदारलाई कुटपिट गर्ने, घाईते बनाउँने, त्रसाउँने जस्ता ब्यवहार गर्ने गरेको बताईन्छ।
तर यस्तो पिडाबाट उम्केर आएका महिलाहरुले, घटनाहरु आफू आफूबीच बताउँने गरे पनि सामाजिक कारणले गर्दा बाहिर सार्बजनिक गर्न चाहदैनन्। घटना सार्बजनिक हुँदा घर परिबार, समाज, साथीभाईले हेर्ने दृष्टिकोणमा फरक आउँने उनीहरुमा डर रहँदै आएको छ।
नेपालमा के भनिएको हुन्छ साईप्रसको बारेमा ?
नेपालमा साईप्रसको सपना देखाउँने एजेन्ट वा मेनपाबरले भने जस्तो यता आए पछि २० प्रतिशत पनि नमिल्ने, काम गर्दै आएका महिलाहरु बताउँछन्। उनीहरु भन्छन् नेपाल र साईप्रस दुवै तिर एजेन्टले रकम असुल्छन। जे काम भनी पठाईएको हुन्छ त्यो काम वा विवरण मिल्दैन।
कतिपय चेलीहरुको भनाई अनुसार साईप्रस आएपछि पनि एजेन्टले १- २ हप्ता सम्म कोठामा थुनेर पनि राक्ने गर्छन्। नेपालमा जुन किसिमको काम,परिबारको बिबरण बताईन्छ यता आउँदा नमिल्ने गरेको पाईने उनीहरुको गुनासो रहेको छ। महिलाहरुको भनाई अनुसार ३ देखि ५ लाख रुपैयाँ सम्म खर्च गरेर आएका हुन्छन्। मेडिकल रिपोर्ट,पुलिस रिपोर्ट र अन्तरर्वार्ता, साईप्रस आउँनको लागि मुख्य आधार मानिन्छ। पछिल्लो क्रममा भने अग्रेसी भाषालाई पनि प्राथमिकता दिईएको छ।
साईप्रस आईपुगेपछि, काम परिबर्तन गर्न होस् वा काम लगाउँन होस् एजेन्टहरुको महत्वपूर्ण हात रहेको हुन्छ। महिलाहरुले कहाँ कस्तो घरमा काम गर्दै छ यो सबै एजेन्टहरुमा नै निर्भर रहेको हुन्छ। पटक पटक कामदार परिवर्तन गर्ने, समयमा तलब नदिने, शारीरिक दुर्ब्यवहार गर्ने रोजगारदाताहरुलाई एजेन्टले पैसाको लागि पुन: कामदार पठाई दिदा यस्ता घटनाहरु पुन:दोहोरिने गरेको जानकारहरु बताउँछन्।
कतिपय एजेन्टको लापार्बाहीको कारण कामदारहरुको पासपोर्ट लगायत डकुमेन्टहरु हराईदिने गरेको पनि भेटिएको छ। बिना डकुमेन्टका कामदारहरुलाई ईमिग्रेसनले समातेर जेलमा राख्ने गरेको पनि पाईन्छ। यस्तो घटना नेपाली कामदारलाई समेत घटिसकेको छ। एक नेपाली चेली(नाम नखुलाईएको) बिगत पाँच महिनादेखि सोहि कारणले गर्दा जेलमा नै रहेदै आएको कामदार महिलाहरुले जानकारी दिएका छन्। जेलबाट बाहिर निकाल्ने प्रकियामा धेरै रकम खर्च हुने पिडितहरु गुनासो रहेको छ।
एनआरएन साईप्रसका अध्यक्ष के भन्छन् ?
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साईप्रसका अध्यक्ष सुवास मल्लले नेपाली महिलाहरुले थुप्रै समस्याहरु भोग्दै आएको बताउँछन्। साईप्रसमा आप्रबासीहरुलाई विभेद पूर्ण ढंगबाट हेर्ने बताउँदै महिलाहरुलाई गर्ने दुर्ब्यवहारका घटनाहरु दिनप्रतिदिन बढ्दै गएको जानकारी दिए।
उनका अनुसार करिब ६०- ७० बर्ष उमेर समुहका रोजगार दाता (घरमालिक) ले घरेलु महिला कामदारलाई हात लगाउँने,कामदार सुतेको कोठामा गईदिने, दुर्ब्यवहारको प्रयास गर्ने जस्ता घटनाहरु सार्बजनिक भई रहेका छन्। ८ देखि १० घण्टा काम गर्ने भनिए पनि १२, १४ देखि १६ घण्टा सम्म पनि काम गर्नु पर्ने बाध्यता रहेको उनको भनाई रहेको छ।
साईप्रसमा अन्दाजी ३-४ सयसम्म नेपालीहरु रहेको अनुमान रहेको अध्यक्ष मल्ल बताउँछन्। त्यस मध्ये करिब एक सयको संख्यामा मात्र पुरुष र बाँकी महिलाहरु नै रहेका छन्।
www.onlinekhabar.com


एजेन्सी– भारतमा सोमबार दिउँसो ३ बजेर ४० मिनेट जाँदा भूकम्पको झड्का महसुस भएको छ । भूकम्पपछि दिल्लीमा मानिसहरु घर छाडेर बाहिर किक्लिएका छन् ।
भारतीय संचार माध्यमले जनाएअनुसार उत्तर भारतको सबै स्थानमा महसुस भएको हो । भारतको चंडिगढ र हिमाचल प्रदेशमा पनि भूकम्पको झड्का महसुस भएको छ । भूकम्प ६ रेक्टर स्केलको रहेको संचार माध्यमले बताएका छन् ।
त्यस्तै, पाकिस्तानमा पनि भूकम्पको झड्का महसुस भएको जनाइएको छ । यस सम्बन्धि थप जानकारी आउन बााकी छ ।
kathmandutoday.com
मिडिया एनपी, सुर्खेत  २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा भएको प्रदर्शनलाई नियन्त्रणमा लिन भन्दै प्रहरीले केही राउन्ड हवाइ फायर गरेको थियो।आन्दोलन हिंसात्मक हुँदा एकजनाको ज्यान गएको छ ।  मृतक  बिरेन्द्र-४ भैरबनगर का टीकाराम गौतम रहेको र उनको शव अहिले जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले भिड नियन्त्रण गर्न हवाइ फायर गरिँदा घटना भएको बताए । प्रदर्शनकारीले सुर्खेतका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।दोहोरो झडपमा डिएसपी नमराज देवकोटा सहित आधा दर्शन प्रहरी र १ दर्जन प्रदर्शनकारी घाइते भएका छन् ।
प्रदर्शनकारीहरुले सोमवार बिहान जिल्लाका सरकारी कार्यालयहरुमा तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीहरुबीच झडप हुँदा केही प्रदर्शनकारी घाइते भएका छन् । आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका मूख्य दलका तीनवटा पार्टी कार्यालयमा आगजनी समेत गरेका छन् । उग्र बनेका आन्दोलनकारीले कांग्रेसका सह–महामन्त्री पुर्णबहादुर खड्काको घरमा आक्रमण गरेका छन् । खड्काको घरमा आगजनी गर्न खोज्दा प्रहरीले करिब १२ राउन्ड हवाई फायर गरेको छ । घरमा आगजनी गर्न नदिएपछि आन्दोलनकारीले नजिकै रहेको एक सार्वजनिक वस जलाइदिएका छन् ।
शान्तिपूर्ण आन्दोलन गर्दा नेताहरुले नसुनेको भन्दै प्रदर्शनकारीहरुले तोडपफोड गरेका थिए । प्रदर्शनले उग्ररुप लिएपछि प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले अहिले साढे १ बजेदेखि लागू हुने गरी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा राति ९ बजे सम्मका लागि कर्फ्यु जारी गरेका छन् ।
सरकारले इजरायल जान मापदण्ड तय गरेको छ। श्रम तथा रोजगार मन्त्रालयले इजरायल जानका लागि नेपाली कामदारको मापदण्ड तय गरेको हो । २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको महिला वा पूरुष, हाइट ५ फिट भएको, तौल ३८ केजीभन्दा माथि रहनुपर्ने मापदण्ड  तय भएको श्रमराज्यमन्त्री टेकबहादुर गुरुङका सल्लाहकार रमेश कोइरालाले जानकारी दिए ।

साथै मान्यताप्राप्त संस्थाबाट ३ महिना केयर गिभरसम्बन्धी तालिम लिनुपर्ने इन्टरमिडिएट लेवलको अंग्रेजी भाषा जान्नुपर्ने पनि मापदण्डमा उल्लेख रहेको मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठले जानकारी दिए । श्रीमान, श्रीमती, छोराछोरी र आफन्त इजरायलमा भए त्यस्तालाई नपठाउने कोइरालाले बताए ।

मेडिकल फिट र आपराधिक गतिविधिमा सम्लग्न नभएकाहरु पनि इजरायल जान सक्ने उनले बताए। इजरायल जानका लागि हिब्रु भाषा आवश्यक नभएको मन्त्री गुरुङले बताए । इपीएस मोडेलमा दक्षिण कोरियाजस्तै इजरायलमा पनि कामदार पठाउन लागेको उनले बताए ।

इजरायलले ५ वर्षदेखि नेपाली कामदार लैजान रोक लगाएपनि गत शुक्रबारबाट केयर गिभरमा कामदार लैजान सम्झौता गरेको छ । पहिलो चरणमा दसैंअघि ६० जना नेपाली महिला कामदार त्यसतर्फ उड्ने छन । पाइलट प्राजेक्टमा रुपमा ३ सय कामदार लैजान इजरायल राजी भएको छ । त्यसपछि उनीहरुको काम हेरेर थप कामदार मगाउने इजरायल सरकारको तयारी रहेको मन्त्री गुरुङले जानकारी दिए ।/kinmel.setopati.com
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा प्रहरीको गोली लागेर एक प्रदर्शनरकारीको ज्यान गएको छ ।

कांग्रेसका सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न पुगेका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउँदा वीरेन्द्रनगर–४ निवासी टिकाराम गौतमको ज्यान गएको हो ।

प्रहरी हानेको गोली टाउकोमा लागेपछि ढलेका गौतमलाई उपचारका लागि अस्पताल लाँदै गर्दा बाटैमा ज्यान गएको हो ।

प्रहरीको गोली लागेर अन्य ६ जना गम्भीर घाइते भएका छन् । जसमा ४ जनाको छातीमा गोली लागेको छ ।

सुर्खेत प्रहरी प्रमुखको गाडीमा जलाइयो
आन्दोलन उग्र भएपछि स्थानीय प्रशासनले लगाएको कफ्र्यूकाबीच प्रदर्शनकारीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी राजेशकुमार लाल कर्ण सवार सरकारी गाडी जलाइदिएका छन् ।

जिल्ला प्रशासनले लगाएको कफ्र्यूमा पनि करिब ३ हजार प्रदर्शनकारी अझै सडकमा रहेका छन्  । प्रदर्शनरकारीले मध्यपश्चिम टुक्राउन भूमिका खेलेको भन्दै कांग्रेस सह–महामन्त्री खड्काको घर अझै पनि घेराउ गरिरहेका छन् । annapurnapost.com
७ जना घाइतेको उपचार हुँदै
सुर्खेत : अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलित सर्वसाधरणको समूहमाथि प्रहरीले गोली चलाउँदा सातजना घाइते भएका छन् ।

वीरेन्द्रनगरस्थित कांग्रेस सह–महामन्त्री पूर्णबहादुर खड्काको घरमा आगजनी गर्न खोजेपछि प्रहरीले गोली हान्दा सातजना घाइते भएका हुन् ।

आगजनी गर्न घरमा पस्न खोजेका आन्दोलनकारीले नेता खड्काको घर अगाडि एउटा सार्वजनिक बस जलाएका छन् ।

प्रहरीको गोली लागेर घाइते भएका आन्दोलनकारीहरुको स्थानीय नर्सिङ होमहरुमा उपचार भइरहेको छ ।
annapurnapost.com
इलाम, २५ साउन । दुग्ध उत्पादक किसानको लाखौं रकम हिनामिना गरेको आरोपमा आइतबार एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पशुपतिनगर तीनखुट्टेमा दर्पण चीज उत्पादक संस्था सञ्चालन गरी बस्दै आएका भारत दार्जिलिङ–४ का डोनिट क्षेत्रीलाई किसानले पक्राउ गरी इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाएका थिए ।

दुई वर्षदेखि पशुपतिनगर आसपासका किसानले उक्त चीज उद्योगमा दुध विक्री गर्दै आएका थिए । किसानले ढुवानी गरेदेखि चीज उद्योगले दुधको रकम नदिई ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उक्त चीज उद्योगले किसानलाई दुई वर्षदेखिको करिब रु ४५ लाख रुपैयाँ तिर्न बाँकी छ । दुधको रकम भुक्तान नदिई सञ्चालकहरु फरार भएका थिए । डेरीका तीन÷चार जना सञ्चालक भएपनि अन्यको नाम गोप्य राखिएको छ ।

चीज उद्योगले किसानबाट दुध लिएर चीज उत्पादन गरेर विक्री गरेपनि किसानलाई भने भुक्तान नदिएका कारण पक्राउ गरिएको र थप अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक पदम थपलियाले जानकारी दिए। रासस

काठमाडौं, २५ साउन । आजको सुनको मुल्यमा कुनै परिवर्तन भएको छैन । हिजो २ सयले बढेर किनबेच भएको सुनको मुल्य आजपनि प्रतितोला ४७ हजार ७ सयमै कारोबार भएको  सुनचाँदी ब्यवसायी महासघंले जनाएको छ ।

चाँदीको मुल्यमा भने प्रतितोला ५ रुपैयाँ तल झरेको छ । हिजो ६ सय ७० रुपैयाँ रहेको चाँदीको मुल्य आज भने ६ सय ६५ रुपैयाँ रहेको सुनचाँदी ब्यवसायी महासघंको बेवसाइटमा उल्लेख गरिएको छ ।

चारबर्षपछि सुनको मुल्य घटेको भएपनि सर्बसाधारणले सहजै खरिद गर्न नपाइरहेको गुनासो गरेका छन् । उनिहरुका अनुसार सुन व्यापारीले सुन छैन भन्दै रित्तो हात घर फर्काउने गरेका छन् ।

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा वैसाखको भूकम्पले चर्किएको घर गएराति भत्कँदा एक जनाको ज्यान गएको छ । घटनामा दुईजना घाइते भएका छन ।

सन्धिखर्क नगरपालिका–बांगला खरीपाटाका रामप्रसाद खत्रीको घर भत्कँदा प्युठान जिल्ला अर्खा गाविस–२ का प्रशान्त थापाको छोरा ९ वर्षीय तिलक थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक युवराज तिमिल्सिनाले बताए ।

घर भत्कँदा तिलककी आमा र ६ वर्षीय भाइ घाइते भएका छन् । उनीहरुको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भैरहेको छ । प्युठान घर भएका प्रशान्तको परिवार मजदुरीको सिलसिलामा अर्घाखाँचीमा बस्दै आएको थियो ।

उनका बाबु कामको सिलसिलामा घर बाहिर रहेका र दिदी पनि घरमा नभएकोले उनीहरु बाँचेका जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीले बताएको छ ।www.annapurnapost.com
दमौली : तनहुँको मिर्लुङ-६ आरुबोटस्थित मामाको घरमा बस्दै आएका दुई वर्षीय बालकको आइतबार राति घाँटीमा केरा अड्किएर मृत्यु भएको छ ।

मृत्यु हुनेमा सङ्गीता अधिकारीका छोरा टेलिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । हजुरआमाले दिएको केरा खाँदा घाँटीमा अड्किएर ती बालकको मृत्यु भएको बताइएको छ ।

राति २ बजे डुम्रेस्थित मोती मेडिकल हलमा पुर्‍याइएका ती बालकलाई त्यहाँका स्वास्थ्यकर्मीले मृत्यु भइसकेको बताएका थिए । मृतक बालकको शव परीक्षणका लागि दमौली अस्पताल ल्याइएको छ ।

यसैगरी तनहुँको जामुने गाविस-५ पसले निवासी २० वर्षीय अभिषेक सुनार विष सेवनबाट गम्भीर विरामी भएका छन् । मुसा मार्ने औषधि खाई विरामी भएका सुनारको अहिले दमौली अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सोमबार बिहान सुनारले विष खाएको थाहा पाएपछि परिवारजनले अस्पताल पुर्‍याएका थिए । उनले विष सेवन गर्नुको कारण खुल्न सकेको छैन । राससannapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home