• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
बीरगञ्ज : अनिश्‍चितकालीन कर्फ्‍यू लागु गरिएको वीरगञ्जको नारायणी अस्पताल परिसरभित्रै गोली चलेको छ।

तीनजना घाइते भएका छन्। वीरगञ्जस्थित कर कार्यालयमा आगजनी गरेर भाग्दै गरेको अनियन्त्रित जुलुस अस्पतालभित्र छिरेपछि प्रहरीले गोली चलाएको थियो।

घाइते हुनेमा  प्रहरी जवान नरेन्द्र चौधरी पनि छन्। त्यसैगरी विनोद महतो र आइत बरिया देवीको पनि खुट्टामा गोली लागेको छ। प्रहरीले घट्नाबारे विस्तृत विवरण दिएको छैन। अहिले अस्पताल र आसपासको क्षेत्र तनावग्रस्त छ। सर्वसाधरण आत‌ंकित छन्।
annapurnapost.com
कतिपय मानिसको विहानमा खाजा अर्थात ब्रेकफाष्ट नखाने बानी हुन्छ । तर स्वस्थ जीवनका लागि विहानको खाजा अनिवार्य मानिन्छ ।

यदि तपाइँलाई सँधै विहानमा के खाउँ भनेर अलमल हुन्छ भने यहाँ विहानमा खाँदा दिनभरी ताजा राख्ने खानाको बारेमा चर्चा गरिएको छ ।

विहानमा सके सम्म फाइवर भएको खानेकुरा खानु पर्छ र पेटभरी खानु पर्छ ।

सबैभन्दा उत्तम ५ ब्रेकफाष्टः


कर्न फ्लेक्सः
विहानको समयमा मकैको फूल सबैभन्दा उत्तम मानिन्छ । यसमा कार्बोहाड्रेट, आइरन र भिटामिन बी कम्पलेक्स हुन्छ । वर्षाको समयमा शरीरमा हुने नूनको कमी पनि कर्न फ्लेक्सले पुरा गर्छ
वीट फ्लेक्स
यदि तपाइँ गहुँबाट बनेका परिकार खानु हुन्छ भने पनि विहानको लागि यो उत्तम हो । कर्न फ्लेक्स नभए वीट फ्लेक्स विकल्प हो । यसले शरीरमा अतिरिक्त क्याल्शियम प्रदान गर्छ र शरीरलाई मजबूत राख्छ । भातमा आलु मिसाएर भुटेमा अझै उत्तम परिकार बन्न सक्छ ।

ओटमील
विहानको समयमा एक कचौरा ओटमील सेवन गर्नु भो भने यसले शरीरलाई दिनभरी शक्ति प्रदान गर्छ । यसले कोलोस्ट्रोलको घातक प्रभावबाट बचाउँछन भने ब्लड शुगरलाई पनि सन्तुलित राख्छ । यसमा हाईफाइबर खाना पनि हो जुन डिप्रेशनबाट बचाउन महत्वपूर्ण मानिन्छ ।

भुटेको भात
भुटेको भात पनि निक्कै राम्रो ब्रेक फाष्ट हो । यसमा धेरै चिल्लो भने हाल्नु हुँदैन । यसले दिनभरीको लागि क्यालोरी प्रदान गर्छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१५ भदौ
एजेन्सी । भारतमा एक नदी यस्तो पनि छ, जहाँ सुन वगिरहेको छ ।  समाचारका अनुसार यो नदी आदिवासी इलाकेबाट बग्ने गर्दछ ।

यहां बस्ने मानिसलाई सुनको बास्तविक मुल्य अन्दाज छैन, यसकारण केही स्थानीय व्यापारिले उक्त सुनलाई अत्यन्त न्यून रकममा स्थानियसँग किनेर बजारमा कयौँ गुना महंगोमा बेच्ने गरेको जनाइएको छ । झारखंड को राजधानी रांचीबाट करीब १५ किलोमीटर टाढा आदिवासी क्षेत्र रत्नगर्भा छ ।
उक्त स्थानमा स्वर्णरेखा नाम गरको नदी बग्दछ । मानिसहरुको दावी छ कि उक्त नदीको उत्पत्ती स्थानमा सुनमो भण्डार छ । आदिवासी दिन रात नदीमा बग्ने सुनलाई जम्म गरेर कम मुल्यमा व्यपारीलाई बेच्दै आएका छन् ।
यसबाट उनीहरुको जीवनको गुजारा चलिरहेको छ । हैरान बनाउने कुरा त के छ भने उक्त नदी अन्य नदीमा नमिसिइ सिधै बंगालको खाडीमा पुग्ने गरेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१५ भदौ
एजेन्सी । मणिपुर विधानसभाबाट पास भएको ‘इनरलाइट परमिट’ विधेयक पास भएको बिरोधमा हिंसा भड्किएको छ ।
राज्यको चन्द्रचुडानगर जिल्लामा भएको हिंसामा प्रहरीको कारवाहीमा परि ३ जनाको मृत्यु भएको छ । एक जनाको भने आगो लागेका कारण मृत्यु भएको छ ।


हिंसामा उत्रिएका आन्दोलनकारीहरुले राज्यका स्वास्थ्य मन्त्री समेत पाँच सांसदको घरमा आलो लगाइदिएका छन् ।
कूकी जानजातिको बसोबास रहेको उक्त क्षेत्रमा सरकारले राज्यमा बसिरहेका मानिसहरुलाई नै मुल निवासी मान्दाकूकी जाती आन्दोलनमा उत्रिएका हुन् ।
ephilokhabar

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, भदौ १५ । पछिल्लो समय संविधान निर्माण अन्तिम चरणमा पुगेका बेला मुलुक बन्द र हडतालको चपेटामा नराम्ररी जगडीएको छ । जसका कारण तराइृका जिल्लाको जनजीवन प्रभावित भएको छ । गाडी नचल्दा गन्तब्यमा हिडेका यात्रु समेत केहीदिनदेखि बाटोमा अलपत्र परेका छन् ।

सोमबार पर्सामा प्रहरीको गोलीबाट एक जनाको मृत्यु भएपछि सुरक्षा ब्यवस्था थप कडा पारीएको छ । बिहानदेखि तराईका विभिन्न जिल्लामा प्रदर्शन भइरहेको छ । पर्सामा अनिश्चितकालीन कफ्र्यु लगाइएको भएपनि प्रर्दशन भने जारी नै छ । उता बाग्लुगंमा पनि अखण्ड बाग्लुगंको माग गर्दै डेढ सातादेखि सुरु भएको आन्दोलनले जनजीवन कष्टकर बन्दै गएको छ ।
www.etajakhabar.com
रत्ननगर (चितवन): चितवनको देवघाटस्थित नारायणी नदीमा डुबेर एक वृद्धको मृत्यु भएको छ।

प्रहरीका अनुसार अन्दाजी ६५/७० वर्षका देखिने वृद्धको नदीमा डुबेर मृत्यु भएको हो।


सोमबार नदीले बगाउँदै गरेको देखेपछि स्थानीय युवा सुरज घिमिरेले पौडेर ती वृद्धालाई निकालेको र त्यसको १५ मिनेटपछि पानी निकाल्ने क्रममै उनको मृत्युभएको जानकारी देवघाटका प्रहरी हवल्दार सीताराम पौडेलले घिमिरेले दिए।


अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ। वृद्धको सनाखत भने हुन सकेको छैन। नदी किनारमा रहेका वृद्धा एक्कासि डुब्न पुगेको देखेपछि आफूले पौडेर उद्धार गरिएको सुरज घिमिरेले बताए।

सुरजले यसअघि पनि डुबेका बालबालिकाको उद्धार गर्दै आएको स्थानीयवासीले बताएका छन्। रासस
annapurnapost.com
१५ भदौ, काठमाडौ । असार १५ गते धान दिवसका दिन गोठाटारमा महिलामाथि दुब्र्यवहार देखाएको भनी मिडियाबाट चौतर्फी विरोध भएपछि कृषिमन्त्रीबाट राजिनामा दिएका हरिप्रसाद पराजुलीले नै अहिले पनि सो मन्त्रालय चलाउने गरेका छन् ।

बामदेव गौतामले मन्त्री निवासमा दुई वटा ब्लक लिएका छन् । ती दुई मध्ये एक ब्लकमा बसेर पराजुलीले कृषि मन्त्रालय चलाउने गरेका छन् । कृषिका फाइलहरु हेर्ने, सरुवादेखि विभिन्न निर्णय पराजुलीले नै गर्ने र सदर मात्रै उपप्रधानमन्त्री गौतमले गर्दै आएको दृष्टि साप्ताहिकमा खबर छ ।
पराजुलीले संकेत गरेपछि मात्र गौतमले फाइल सदर गर्दै आएको बुझिएको छ । कृषिका विदेश भ्रमणका फाइलसमेत पराजुलीबाटै सदर हुने गरेका छन् । राजिनामा दिएपछि पनि कृषि मन्त्रालयका कर्मचारीहरु पराजुलीलाई नै वास्तविक मन्त्री भन्ने गर्छन् । पराजुलीले नै आफूलाई कृषि मन्त्री हुन नदिएको भनी बामदेव निकट अर्का नेता बलराम बास्कोटा आक्रोशित छन् ।
www.onlinekhabar.com
काठमाडौं, १५ भदौ । सोमबार राती ११: ३३ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको धक्का गएको छ । राती ४.२ म्याग्निच्यूड क्षमताको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

एकदिनअघि मात्र धादिङ, दोलखा र सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ३ पटक भूकम्पको धक्का गएको थियो ।

बैशाख १२ गते बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पपछि हालसम्म ४ सयको हाराहारीमा भूकम्पको धक्काहरु गइसकेको छ ।


अन्धविश्वासको पनि हद हुन्छ । भारतको बिहारस्थित औरंगावाद जिल्लाको देव प्रखण्ड इलाकामा पर्ने बेढनी गाउँमा अन्धविश्वासको एउटा यस्तो दृश्य देखियो जसले अहिलको युग विज्ञानको युग हो भन्ने दाबीलाई फरिया लगाइदिइएको छ ।
उक्त गाउँकी एक किशोरीको बिहे पौराणिक कथामा सुनिने इच्छाधारी नागसँग हुन लागेको अफवाह फैलियो । भगवान इच्छाधारी नाग आफै बेहुलो बनेर आउने अनि ती किशोरीलाई बिहे गर्ने भन्ने किम्वदन्तीजस्तो अफवाह एक कान दुइ कान मैदान हुँदै जताततै फैलिएपछि मानिसहरुमा उत्सुकता नहुने कुरै भएन । कुनै पुराणको कथामा सुनेको मानिस र नागबीचको बिहे आफ्नै आँखाले हेर्ने लालसाका साथ मानिसहरु उक्त किशोरीको घरमा जम्मा हुन थाले । बिहे हेर्नका लागि झण्डै ५० हजार मानिस जम्मा भए ।
अब नाग आउँछन् र किशेारीलाई बिहे गर्छन् भन्दै परिवार तथा आफन्त ढुक्क थिए । ती किशोरीलाई बेहुली पहिरनमा सजाएर लामै समयसम्म उभ्याइएको थियो । आखिर किशोरीलाई बिहे गर्न कुनै इच्छाधारी नाग त्यहाँ टुप्लुक्क बेहुलो बनेर आउने कुरै थिएन र आएन पनि ।
यसरी इच्छाधारी नागसँग बिहे गर्न लागेको हल्ला चलाइएकी किशोरी स्थानीय अखिलेश भुइयाँ नामका पुरुषकी छोरी रेणु कुमारी हुन् । उनलाई आफ्नै बाउआमा तथा परिवारले किन यसरी बलिको बोको बनाए र हुँदै नभएको हल्ला चलाएर गाउँमा सनसनी फैलाए भन्ने चाहीँ खुलेको छैन । दाबी अनुसार किशोरी बिहे गर्न इच्छाधारी नाग नआएपछि बिहे हेर्न आएका हजारौँ गाउँलेहरु निरास भएर गाली गर्दै फर्केका थिए ।
www.onlinekhabar.com
काठमाडौं, भदौ १५ । प्रहरी मुठभेडमा मारिएकमा कुमार घैटे भनिने कुमार श्रेष्ठको १२ दिन पछि पोस्टमार्टम गरिएको छ ।

राष्ट्रिय मानव आधिकावादी आयोगका प्रतिनिधीहरुको रोहवरमा त्रिबि शिक्षया अस्पतालमा पोस्टमार्टम गरिएको हो । डा. हरिहर बस्तीको नेतृत्वको चिकित्सक टोलीले पोस्टमार्टम गरेको हो।  पोस्टमार्टममा छातीमा गोली लागेर मृत्यु भएको उल्लेख छ । तर कति गोली लाग्यो प्रष्ट छैन् ।

 ६ वटाभन्दा बढी गोली लागेको छ, वस्तीले भने ठ्याक्कै कति वटा लागेको भन्ने विश्लेषण हुन बाँकी छ । पोष्टमार्टबाट छातीमा गोली लगेर मृत्यु भएको देखिएको आज को नयापत्रिका दैनिकमा खबर छ ।
/www.etajakhabar.com
शुभप्रभात

आज वि.सं. २०७२ भाद्र १५ गते मङ्गलबार तदनुसार ई. सं. २०१५ सेप्टेम्बर ०१ तारिख

भाद्रपद कृष्ण तृतीया, उत्तराभाद्रा नक्षत्र, मीन राशिको चन्द्रमा, शूल योग, बब करण

आजको राशिफल

  मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सामान्य कुरालाई पनि बढी गम्भीरतापूर्वक लिने बानीले आफैलाई दुःख होला । मानसिक एवं बौद्धिक क्षमता ह्रासता आउने छ । नजिकैको आफन्त वा नातेदारसँग मनमुटावको सम्भावना छ । बाह्रौं चन्द्रमा रहेकाले आर्थिक लगानी गर्नु भर पर्दो देखिन्न । सामान हराउने वा धननाशको सम्भावना छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

पछाडि कुरा काट्ने शत्रु आफैं पराजित हुनेछन् । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । सद्भाव र प्रेममा उच्च सफलता प्राप्त हुने योग छ । पुराना इष्टमित्र र प्रेमी/प्रेमिकाको मिलन हुनसक्छ । सरकार पक्ष वा सामाजिक कामबाट फाइदा लिन सकिनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । तर आफूले गरेका परिश्रमको प्रतिफल अरुले नै प्राप्त गर्ने सम्भावना छ । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा पर्यवेक्षकका साथमा सुमधुर सम्बन्ध बनाउने कोसिस गर्नुपर्छ । पिताको स्वास्थ्यप्रति सचेत रहनुहोला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

आज अनावश्यक र बकमफुसे कुराकानीमा समय बिताउनु राम्रो हुँदैन, हुन त भाग्यमा चन्द्रमा छ, तर प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नैपर्छ । सामाजिक गतिविधिमा संलग्न हुने अवसर मिल्नेछ, तर कुनै किसिमको नेतृत्व वहन नगर्नु होला । बन्दव्यापारमा ठिकठिकै छ । उता आफूपछाडि कुरा काट्नेको कमी हुने छैन । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

चन्द्रमा अनिष्ट भए पनि राशिमा परेको राम्रा ग्रहको प्रभावले शरीरमा स्फूर्ति र उमंगको सिर्जना हुनेछ । धन, धर्म र भाग्यबलमा बढोत्तरी हुने छ । गर्नु नपर्ने काम भए पनि त्यसको उपलब्धी राम्रै हुने सम्भावना छ । तपार्इंको विचार, धारणा र व्यक्तिगत दृष्टिकोणको सबैतिर प्रशंसा हुनेछ । बढी रौसिनु हुँदैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

रसरङ्गको चाहना पूर्ण हुने योग छ । दाम्पत्य सम्बन्धमा सुमधुरताको प्राप्ति हुनेछ । बालबच्चाबाट सुखसन्तोष प्राप्त हुनेछ । रमाइलो यात्रा हुन सक्छ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा भुलिन पाउनु हुनेछ । साझेदारीमा गरिने कामको थालनी गर्न उत्तम समय छ । आर्थिक पक्ष सबल देखिन्छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

पेसागत वा व्यवसायिक जीवनमा चुनौतीको सामना गर्नुपर्ने छ । आर्थिक समस्याले तनाव उत्पन्न गर्नसक्छ । ज्ञानगुन र पठनपाठनको क्षेत्रमा खासै उपलब्धी लिन सकिंदैन । आफन्तले समेत कुरा सुन्न र समय दिन सक्दैनन् । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्ने सम्भावना छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

एकाबिहानै सन्ततिको व्यवहारिक समस्याका क्षेत्रमा चिन्तित बन्न सक्नुहुन्छ, आज बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय प्रदान गरिने छ । दैनिक कामकाज र बन्दव्यापारमा राम्रै छ । मानप्रतिष्ठा प्राप्तिका प्रयास हुनेछन् । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई मान्नु आजका लागि उपयोगी हुनेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सुरुमा तनाव भए पनि रामरमाइलोमा दिन बित्नेछ, मनमा देखिने अस्थिरता र अधैर्यतालाई त्यागेर हिम्मतका साथमा अघि बढ्ने आत्मबल प्राप्त हुनेछ । व्यवसाय र कामधन्दामा सफलता प्राप्त हुनेछ । मित्रवर्ग र आफन्तहरूले सक्दो सहयोग गर्नेछन् । मान्यजनको सुझावबमोजिम व्यवहार गर्नसकेमा फाइदा हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको अनुभूति प्राप्त हुनेछ । स्वास्थ्य सबल छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । कुटुम्बले सहयोग गर्नेछन् । बन्दव्यापार र रोजगारीका क्षेत्रमा फाइदा छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

बोलीमा संयमता अपनाउनु राम्रो हुन्छ । स्थान परिवर्तन अथवा व्यवसाय वा पेसामा परिवर्तनको सम्भावना छ । कुनै नयाँ काममा हात हाल्ने विचारमा हुनुहुन्छ भने जान्नेबुझ्नेको राय बुझ्नु होला । तर्क, बहस, छलफल र प्रतियोगितामा सफलता मिल्दैन । मनोरञ्जन र विलासिताका क्षेत्रमा धनखर्चको योग छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

 मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

मिहिनेत, परिश्रम र कर्तव्यपालनाका कारण फुर्सद पाउन गाह्रो हुन्छ । पारिवारिक र घरायसी काममा धेरू समय व्यतीत हुनसक्छ । अध्ययन—अध्यापनको क्षेत्रमा समय निकाल्न सकिंदैन । आर्थिक पक्ष धेरै बलियो छैन, त्यस्तै न्यायिक, कानुनी वा प्रतियोगितात्मक क्रियाकलापमा भने जस्तो सफलता नमिल्ला । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)

साभा

तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ ।
त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ?
के तपाईँले कसैले कपाल डाइ गरेर वा कपालमा रङ्ग लगाएर आफ्नो फुलको कपाललाई लुकाउन खोजेको देख्नुभएको छ ? या आफ्नो हजुरबुबाको फुलेर सेतै भएको कपाल देख्नु भएको छ ? अवश्य पनि देख्नु भएको छ होला । यो त हाम्रो लागि सामान्य कुरा नै हो । हामी सबैलाई थाहा नै छ, हाम्रो उमेर बढ्दै गएपछि हाम्रो कपालको रंग पनि आफैं बद्लिन्छ । पहिले कालो रङ्ग भएको कपाल पछि फुलेर सेतै हुने गर्छ । आखिर यस्तो किन हुन्छ ? के हाम्रो उमेरकै कारणले हाम्रो कपाल फुल्छ त ? यो प्रश्नको उत्तर जान्नुभन्दा पहिले हाम्रो कपालको बारेमा केही कुरा जान्न जरुरी छ ।

हाम्रो टाउकोमा रहको कपाललाई साफ्ट (पाइप) र जरा गरेर दुई भागमा बाँड्न सकिन्छ । साफ्ट भनेको हाम्रो टाउकोको बाहिरी भागमा देखिने कपालको रङ्गिन भाग हो । कपालको जरा चाहिँ हाम्रो टाउकोको भित्री भागमा रहेको हुन्छ । यसले कपाललाई अडाए राख्ने काम गर्छ । कपालको जरालाई फलिकल (follicle) ले घेरेको हुन्छ । तपाईंहरुलाई सुन्दा अचम्म लाग्न सक्छ तर हाम्रो कपालको वास्तविक रङ्ग सेतो हुन्छ । त्यसो भए हाम्रो कपाल रङ्ग कसरी विभिन्न प्रकारका हुन्छन् त ? हाम्रो कपालको जरामा रहेको हरेक फलिकलमा निश्चित मात्रामा पिग्मेन्टहरु हुन्छन् । यस्ता पिग्मेन्टहरु मुख्य रुपमा दुई प्रकारका हुन्छन् ः गाढा (eumelanin) र हल्का (phaeomelanin) ।
यी पिग्मेन्टहरुले मेलानिन नामक रसायन पैदा गर्छ । यही रसायनकै कारणले गर्दा हाम्रो कपालको रङ्ग सेतो नभएर विभिन्न खाले रङ्गको हुने गर्छ । यो रसायन हामी जन्मेदेखि नै बनिन थाल्छ । कपालको रङ्ग कस्तो हुन्छ भन्ने कुरा चाहिँ हाम्रो कपालको साफ्टमा मेलालिनको फैलावटको मात्रामा भर पर्छ । साफ्टमा जति धेरै मेलानिन हुन्छ, त्यति नै हाम्रो कपालको रङ्ग गाढा हुन्छ । यसको मात्रा कम भयो भने हाम्रो कपालको रङ्ग खैरो अथवा हल्का रङ्ग भएको हुन्छ । मेलानिनले नै घाममा परेपछि हाम्रो छालाको रङ्ग पनि निर्धारण गर्ने काम गर्छ । मेलानिन मेलानोसाइट नामक विशेष पिग्मेन्टबाट बनेका हुन्छन् । तिनीहरु हाम्रो छालाको कपाल निक्लने भाग (फलिकल) मा रहेका हुन्छन् । एउटा फलिकलबाट एउटैमात्र कपाल बढ्ने गर्छ । हाम्रो कपाल मुख्य रुपमा तीन चरण गरेर बढ्ने गर्छ । ती निम्न रहेका छन् ः
१) एनाजिन ः यो सबैभन्दा सुरुको चरण हो । यो २ देखि ७ वर्षको अवधिसम्म चलिरन्छ । यो चरणमा हाम्रो कपाल निकै छिटो गतिको साथ बढ्ने गर्छ । हाम्रो कपालको ८०–८५ प्रतिशत कपाल यही चरणमा पलाउने गर्छ । २) क्याटाजिन ः यो चरणमा भने हाम्रो कपालको बढ्ने प्रक्रिया रोकिने गर्छ । यो चरण १० देखि २० दिनको छाटो समयको मात्र हुन्छ ।
३) टेलोजिन ः यो चरणपछि हाम्रो कपालको बढ्ने प्रक्रिया पूर्ण रुपमा बन्द हुन्छ । यही चरणमा हाम्रो कपालको फाइबर पनि झरेर जान्छ । यो चरण १०० दिनसम्म चल्छ । यो चरण पछि फेरि सुरु कै एनाजिन चरण दोहोरिन्छ । टाउकोमा कपाल बनेपछि मेलानोसाइटले केराटिन नामक प्रोटिन हाम्रो छालामा पठाउँछ । यही केराटिन प्रोटिन कै कारणले नै हाम्रो नङ्ग, छाला र कपाल बनिन्छ । वर्षैभरि मेलानोसाइटले हाम्रो कपालमा केराटिन पठाउँछ । यसैले गर्दा पनि हाम्रो कपालमा रङ्ग आउन थाल्छ । हामी बुढो भएपछि हाम्रो कपालको फलिकलमा रहेको पिग्मेन्ट विस्तारै मर्दै जान्छ । जब त्यहाँ पिग्मेन्टको मात्रा घटेर निकै कम हुन्छ, हाम्रो कपालममा मेलानिनको मात्रा पनि कम हुन्छ । अनि विस्तारै हाम्रो कपालको रङ्ग हल्का हुँदै खैरो हुन्छ ।
 जति धेरै बुढो भयो कपालमा मेलानिनको मात्रा त्यति नै कम हुँदै जान्छ । धेरै बुढो भएपछि हाम्रो कपालको रङ्ग पुरै सेतो हुन्छ । यसलाई नै हामी हाम्रो कपाल फुल्यो भनेर भन्छौँ । कपाल फुल्ने विभिन्न कारणहरु सन् २००५ को फेब्रुवरीमा हवार्ड विश्वविद्यालयका वैज्ञानिकहरुले कपाल फुल्ने विभिन्न कारणहरुका बारेमा एउटा लेख प्रकाशित गरेका थिए । जसमा उनीहरुले हाम्रो जीन (Gene) ले पनि हाम्रो कपाल कहिले फुल्छ भन्ने कुराको निर्धारण गर्छ भनेर उल्लेख गरेका थिए ।
कोही मानिसको कपाल छिटै फुल्छ छ त कसैको धेरै ढिलो फुल्ने गर्छ । हजुरबुबा वा हजुरआमाको कपाल फुल्ने समयको अध्ययन गरेर छोराछोरी वा नातानातिनाहरुको कपाल फुल्ने उमेरको अनुमान गर्न सकिन्छ । किनभने बाबु बाजेको जीन उनीहरुको सन्ततिमा भेटाउन सकिन्छ । उदाहरणका लागि क्वकासियन समूहका महिलाहरुको कपाल ३५ वर्षको उमेरमा फुल्छ । कपाल फुल्ने प्रक्रिया निकै लामो हुन्छ । हामीले पहिलो सेतो कपाल भेटेको धेरै वर्षपछि मात्र पुरै कपाल फुल्ने गर्छ । जीनको साथसाथै अन्य थुप्रै कारणहरुले हाम्रो कपाल फुल्ने कुराको निर्धारण गर्छ ।
कपालमा भिटामिन बीको कमी भयो भने पनि त्यो चाँडै फुल्ने गर्छ । रगतमा आइरनको कमी वा थाइरोड ग्ल्यान्डमा खराबी भयो भने पनि कपाल फुल्छ । चुरोट खानेहरुको कपाल पनि चुरोट नखाने मानिसकोभन्दा चाँडै फुल्छ । चुरोट खाने मानिसको शरीरमा अक्सिजनको मात्रा कम हुन्छ । त्यही भएर तिनीहरुको कपाल अलिक चाँडै फुल्ने गर्छ । क्यान्सर, एड्स जस्ता रोग लाग्यो भने तथा कलेजो तथा पेटका रोगहरुका कारण पनि कहिलेकाहीँ हाम्रो कपाल फुल्ने गर्छ । त्यसबाहेक, प्रदुषणका कारण पनि चाँडै कपाल फुल्ने गर्छ । पहिले मानिस तर्सियो भने पनि कपाल फुल्छ भनेर विश्वास गरिन्थ्यो । तर यो अन्धविश्वास मात्र हो । यसमा कुनै वैज्ञानिक सत्यता छैन । rato pati बाट

भदौ, बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले मिर्गौला बिक्रीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । मकवानपुर हाडीखोला गाविस ७ घर भइ हाल बुटवल ५ बस्ने बर्ष २४ का विकास लामा र धादिङ कुमपुर गाविस घर भई बुटवल ४ बस्ने वर्ष ३० का विष्णु भुजेललाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काका अनुसार बुटवलमा रिक्सा चलाउने र कमजोर आर्थिक अवस्था भएका मानिसहरुलाई उनीहरुले भारतको कलकत्तासम्म पुर्याइदिए वापत कमिसन खाने गरेका छन् ।

उनले भने, ‘मानव अंग मिर्गौला बिक्री गरेवापत पीडितलाई एकदेखि डेढ लाख रुपैयाँ दिने र बाँकी रकम मिर्गौला बेच्ने गिरोहले लिने गरेको पाइएको छ
पक्राउ परेकाहरु स्वयमले पनि एउटा मिर्गौला बेचेको पाइएको प्रहरी नायव उपरीक्षक खड्काले बताए । उनीहरु मार्फत मानव अंग बेच्ने गिरोहबारे अनुसन्धान अगाडि बढाइएको उनले जानकारी दिए ।
यसैबीच बुटवल प्रहरीले जुवाको खालबाट ६ लाखभन्दा धेरै रुपैयाँसहित केही जुवाडेहरुलाई पनि नियन्त्रणमा लिएको छ ।बुटवल १४ स्थित तेजबहादुर सुवेदीको घरमा जुवातास खेलीरहेको अवस्थामा छापा मारेर ६ लाख ११ हजार ६ सय ८५ रुपैयाँसहित जुवाडेहरुलाई पक्रेको प्रहरीले जनाएको छ भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौँ, १४ भदौ । राष्ट्रपति रामवरण यादवले केही दिनअघि एक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए ।
सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर …. केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ ।

त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए ।
स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो । खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह उचाल्ने पछार्ने खेलमा लागेका हुन् । आजको साँघु साप्ताहिकमा खबर छ
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरूले सोमबार पढाउन छाडेर शिक्षा विभागमा काम रोक धर्ना दिएका छन् ।

विगतमा शिक्षण पेसासँग सम्बन्धित संघसंगठनसँग भएका सहमति कार्यान्वयन गर्नुपर्ने, शिक्षक ऐन संशोधन विधेयक तत्काल पारित गराउनुपर्नेलगायत विभिन्न पेसागत माग पूरा गराउन दबाब दिँदै नेपाल शिक्षक महासंघ आन्दोलित भएको हो ।

शिक्षामन्त्री चित्रलेखा यादवले शिक्षा मन्त्रालयलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न र सम्पत्ति कमाउने अड्डाका रूपमा प्रयोग गरेको आरोप लगाउँंदै उनीहरुले उनको राजीनामा पनि माग गरेका छन् ।


मन्त्रालयसमक्ष विभिन्न माग राखेर आन्दोलनमा उत्रेको नेपाल शिक्षक महासंघले शिक्षामन्त्री चित्रलेखा यादवको पद बहाली भएसँगै शिक्षा क्षेत्रमा भ«ष्टाचार र अनियमितता मौलाएको आरोप लगाएको छ । शिक्षामन्त्रीलाई तत्काल बर्खास्त नगरिए मुलुकको शिक्षा क्षेत्र थप लथालिंग र बदनामी हुने भनाइ शिक्षकहरुको छ ।
शिक्षा विभागमा सोमबार धर्ना दिन पुगेको महासंघका महासचिव तिलक कुँवरले भने, ‘अहिलेकी शिक्षामन्त्री मुलुकको शिक्षा क्षेत्रको समस्या समाधानका लागि कुनै हैसियत राख्दिनन् । हामीले विगतमा थुप्रै जायज माग राखेर उनलाई सुझाव पनि दियौं । तर उनले चासो राखिनन् ।’

शिक्षक आन्दोलन परिचालन समितिका सदस्य एवम् नेपाल शिक्षक संघका महासचिव राजेन्द्रराज पौडेलले सहमतिअनुरुप शिक्षा ऐन संशोधन विधेयक तत्काल पारित गर्न आलटाल गरेको, २०६६ साल र २०६८ सालमा शिक्षकहरूसँग भएको सहमति कार्यान्वयन नभएको लगायतका विषयमा दबाब दिन आन्दोलनमा उत्रनुपरेको बताए। महासंघले द्वन्द्वपीडित शिक्षककको पुनर्बहाली गर्नुपर्ने, अस्थायी शिक्षकका समस्या समस्या समाधान गर्नुपर्ने, शिक्षासम्बन्धी नीति निर्माणमा शिक्षकहरूको प्रतिनिधित्व हुनुपर्ने लगायतका १२ सूत्रीय माग अघि सारेको छ ।
annapurnapost.com
बारा : बाराको कलैयामा पनि झडप भएको छ । प्रदर्शन अनियन्त्रित भएपछि प्रहरीले हवाइ फायर र अश्रुग्यास प्रहार गरेको छ ।

प्रहरीमाथि प्रदर्शनकारीबाट ढुंगामुढा भएको छ । निषेधित क्षेत्र तोडेर जुलुस अघि बढेपछि झडप सुरु भएको हो । बासको भाटा र लाठी बोकेका सयौं प्रदर्शनकारीहरु सडकमा जम्मा भएका छन् ।
annapurnapost.com
१४ भदौ, एजेन्सी

धेरै वर्ष देखि हब्बल टेलिस्कोपले ब्रह्माण्डमा भएका विचित्र र सुन्दर तस्बिरहरु खिच्दै आएको छ। हब्बलले पृृथ्वीको वायुमण्डलबाहिरबाट पृृथ्वीलाई परिक्रमा गरिरहको छ। वायुमण्डल बाहिरबाट यसले तस्बिर लिने भएकाले तस्बिर सफा अनि प्रष्ट खिच्न सक्छ। यसपटक पनि हब्बलले ब्रह्माण्डको एक छेउमा रहेको अनौठो खगोलिय वस्तुको तस्बिर पठाएको छ। हेर्दा पखेटा फिजाएको पुतली जस्तो देखिने यो खगोलिय वस्तुको सुन्दरता निकै रोचक छआधिकारिक रुपमा २-९'(PN M2-9‘पिएन एम) नाम दिईएको यो खगोलिय वस्तु नेब्युला हो। नेब्युला भन्नाले ब्रह्माण्डमा रहेका ताराहरुको बिचमा हुने हाइड्रोजन(hydrogen), हिलियम(helium) र अरु ग्यासहरुको मिश्रणबाट बनेको बादल बुझिन्छ। नेब्युलाहरु निकै विशाल हुन्छन्। आज सम्म थाहा भएको सबैभन्दा विशाल वस्तुहरुमध्ये pillars of creation पर्छ जुन ईगल(eagle) नेब्युलामा स्थित छ।

यस नेब्युलालाई ‘ट्विन जेट नेब्युला’ नाम पनि दिईएको छ। यसको कारण यो हो कि यो नेब्युला अरु नेब्युला जस्तो बादलझैँ एकै ठाउमा केन्द्रित भएर बसेको छैन। यो नेब्युलाबाट २ बिपरित दिशामा करिब १ मिलियन कि.मी प्रतिघण्टाको गतिमा बादलका कणहरु फैलिरहेको छ। यो प्रक्रियाले गर्दा सो नेब्युलाले बनाएको निकै रङ्गिन र रोचक दृश्य देख्न सकिन्छ।
अधिकांस नेब्युलाको केन्द्रबिन्दुमा एउटा शक्ति सकिदै गएको तारा हुन्छ। तर यो नेब्युलाको केन्द्रमा भने २ वटा त्यस्ता तारा रहेका छन्।
जब कुनै ताराको विनाश नजिकिन थाल्छ तब सो तारा मा भएको सबै ग्यास सकिँदै जान्छ र तारा आफैमा खुम्चन थाल्छ। यस बेला तारा नयाँ चरणमा पुग्छ जसलाई सेतो ड्वार्फ (white dwarf) भनिन्छ।

वैज्ञानिकहरुले केन्द्रमा रहेका ती दुई तारा को आकार करिब हाम्रो सुर्यजत्रो नै रहेको अनुमान गरेका छन्। यो नेब्युलाको आकार हेरेर खगोलशास्त्रीहरुले यसको उत्पत्ति करिब १ हजार २ सय वर्ष अगाडि भएको अनुमान गरेका छन्।
ephilokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं : काठमाडौंस्थित भारतीय दूतावासले भारतीय गृहमन्त्री राजनाथ सिंहलाई उधृत गर्दै इन्डिया टुडेको अनलाइन संस्करणले दिएको रिपोर्टलाई खण्डन गरेको छ।

राजनाथले मधेसीको समस्या नेपालको आन्तिरक विषय भए पनि त्यहाँ रहेका एक करोड भारतीयको हितलाई भारतीय सरकारले संरक्षण गर्ने बताएको भन्दै अनलाइन संस्करणले दिएको समाचार गलत भएको र उनले त्यस्तो भनाइ नराखेको दूतावासले जनाएको छ।


दूतावासले एक विज्ञप्ती जारी गर्दै गृहमन्त्री सिंहले मधेसको विषय नेपाली आफैले समाधान गर्नुपर्ने बताएको स्पष्ट पारेको छ।
annapurnapost.com
नेपालगन्ज : कैलालीको टीकापुरमा एसएसपीसहित नौजनाको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले सोमाबर बर्दियाको राजापुर नपा–११ बाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कैलालीको टीकापुर नपा नुक्ली निवासी ३२ वर्षीय रामनरेश चौधरी रहेका छन् । उनी राजापुर नपा–२ स्थित कालिका माविमा पिसिएफ शिक्षक हुन् ।

प्रहरीको टोलीले उनलाई बिहान ६ बजे उनको डेराबाटै पक्राउ गरेको हो । गत भदौ ७ गते भएको हिंसात्मक घटनामा एक बालक र एसएसपीसहित ९ जना प्रहरीको मृत्यु भएको थियो ।

रामनरेशलाई टीकापुरमा आठ प्रहरी र डेढ वर्षीय बालकको हत्यामा संलग्न भए वा नभएकोबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय कैलालीको आग्रहमा पक्राउ गरिएको बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोविन्दराम परियारले बताए ।

उनले कैलालीको टीकापुरबाट आएको प्रहरीको टोलीलाई सोमबारै चौधरीलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका बर्दियाका प्रहरी उपरीक्षक परियारले बताए । www.annapurnapost.com
वीरगञ्ज : मधेसी मोर्चाका कार्यकर्ताहरुले सोमबार अपरान्ह वीरगञ्जस्थित रानीघाट प्रहरी चौकी जलाइदिएका छन् ।

कर्फ्यू उलंघन गर्दै सडकमा निस्केका प्रदर्शनकारीहरुले वीरगञ्ज–१४ स्थित रानीघाट प्रहरी चौकीका सबै सामान सडकमा निकालेर जलाइदिएका हुन् ।

अपरान्ह ४ बजेदेखि स्थानीय प्रशासनले लगाएको कफ्र्यू उलंघन गर्दै प्रदर्शनमा उत्रेका मोर्चाका कार्यकर्ताले प्रहरी चौकी जलाएपछि स्थिति झनै तनावग्रस्त भएको छ । /www.annapurnapost.com
काठमाडौं, १४ भदौ । आइतवार भारतको दिल्ली स्थित जन्तरमन्तर भन्ने स्थानमा नेपाललाई हिन्दूराष्ट्र कायम राख्न एक अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
नेपाल भारतको धार्मिक क्षेत्रका चर्चित व्यक्तित्त्व कालीबाबाको विशेष भूमिकामा भएको सो सम्मेलनमा नेपालबाट धार्मिक क्षेत्रका युवा–प्रवक्ता चैतन्य कृष्ण, बृहत् सनातन हिन्दू मोर्चाका संयोजक हरिबोल

भट्टराई, सत्मार्ग अभियानका केन्द्रीय सदस्य ध्रुवप्रसाद अर्याल, उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष चण्डि ढकाल सहभागी हुनुभएको थियो ।
प्रमुख आमन्त्रित व्यक्तित्त्वको रूपमा सम्बोधन गर्दै चर्चित तान्त्रिक गुरु चन्द्र स्वामीले भारतका सबै साधुसन्तहरूको तर्फबाट नेपाल हिन्दू राष्ट्र होस भन्ने चाहना रहेको बताउनु भएको थियो । सम्मेलनलाई नेपालका प्रतिनिधि चैतन्य कृष्णले विशिष्ट वक्ताको हैसियतमा सम्बोधन गर्दै विश्वका सबै हिन्दूहरूको आस्थाको केन्द्र पशुपतिनाथ, बुद्धनाथ, मुक्तिनाथ, जानकी जनकपुर रहेको, नेपाल धेरै कोणबाट हेर्दा र विश्वका सबै हिनदूहरूको आस्थालाई सम्मान गर्न हिन्दू राष्ट्र नै हुनपर्ने, त्यसको लागि विश्वभरका हिन्दूहरूले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउनु भएको थियो । ध्रुवप्रसाद अर्यालले हिन्दू राष्ट्रभन्दा ठूलो पहिचान नेपालीको लागि अरु केही पनि हुननसक्ने र भारतको पनि सुरक्षाको लागि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने धारणा राख्नु भएको थियो ।
चण्डि ढकालले धार्मिक पर्यटनको विकासको लागि नेपाल हिन्दूराष्ट्र हुँदा धेरै सम्भावनाहरू रहेको प्रकाश पार्नु भएको थियो । यसै गरी हरिबोल भट्टराईले नेपालको राजनीतिक क्षेत्रले धर्म निरपेक्षता गरेर ठूलो भूल गरेको, पुनः नेपाल हिन्दूराष्ट्र कायम हुनपर्ने र त्यसको लागि आफूहरू संघर्ष गरिरहेको, सो संघर्षमा देशविदेशमा रहेका सबै हिन्दूहरूले मद्दत गर्न अनुरोध गर्नु भएको थियो ।
सम्मेलनलाई विशिष्ट सम्बोधन गर्दै कालीबाबाले नेपाललाई हिन्दू राष्ट्र बनाएरै छाड्ने अडान आफूले लिएको र त्यसको लागि आफ्नो सबै शक्ति खर्चने बताउनु भएको थियो । ‘हिन्दू राष्ट्र लाओ नेपाल बचाओ’ भन्ने नारा तथा उद्घोषसहित शुरु भएको सो सम्मेलन ई. विष्णु बरालको संयोजन तथा एस.पि. मेमोरियल शिक्षा निकेतनका अध्यक्ष श्रीमती लक्ष्मी बरालको अध्यक्षतामा सुसम्पन्न भएको थियो । सम्मेलनको कार्यक्रम गोविन्द पोखरेलको सञ्चालनमा भएको थियो ।
ephilokhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
रुपन्देही, १४ भदौ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले केही सामाजिक सञ्जाल प्रयोगकर्ताले जारी आन्दोलनबारे गलत सूचना तथा सामाजिक सद्भाव बिथोलिने खालका विचारहरु सामाजिक सञ्जालमा

उल्लेख गर्दा समाज आतङ्कित र भयवित बनेको भन्दै अनुसन्धान सुरु गरेको जनाएको छ ।
पछिल्लो समय खासगरी सामाजिक सञ्जाल (फेसबुक, ट्वीटर, ब्लगस्पोट लगायत)मा नक्कली आइडी बनाई साम्प्रदायिक सद्भाव भड्काउने र भयभित बनाउने खालका सामग्री पोस्ट भइरहेको प्रहरीले जनाएको छ । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र ढकालले प्रहरी प्रधान कार्यालयसँग समन्वय गरी अनुसन्धान गरिरहेको बताउनुभयो ।
प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालको गतिविधि निगरानी गर्न अलग्गै युनिट तयार गरेको छ । सामाजिक सञ्जालमा शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पु¥याउने खालका कुनै किसिमको तस्बिरहरु सेयर, कमेन्ट तथा स्टेटस पोस्ट गरे त्यसलाई साइबर अपराधअन्तर्गत मुद्दा चलाउन सकिने व्यवस्था छ ।
जिल्लामा यसरी सामाजिक सद्भाव बिथोल्ने र उत्तेजित पार्ने सामग्री पोस्ट गर्ने केही सामाजिक सञ्जालको सूची तयार गरी प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ रहको छ । उक्त मुद्दा लागेमा रु एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुनसक्ने व्यवस्था ऐनले गरेको छ । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १४ भदौ । २०५९ सालताका आम
निर्वाचन हुन नदिन तत्कालीन राजा ज्ञानेन्द्र
शाहले जे जस्ता गतिविधि गरेका, यतिबेल राष्ट्रपति
डा। रामवरण यादवले पनि संविधान निर्माण हुन

नदिन त्यस्तै गतिविधि गरेका छन् ।
यादव राष्ट्रपति पदमा बहाल रहेसम्म संविधान जारी
हुने कुरामा आशंका गर्न थालिएको छ । समाचार
स्रोतका अनुसार राष्ट्रपति यादवले मुख्यतः
तीनवटा शर्त अघि सारेका छन् ।
यी तीनवटा शर्तमध्ये एउटा शर्त उनी महामन्त्री
रहिसकेको पार्टी नेपाली कांग्रेस सामू राखिएको
छ । स्रोतका अनुसार वर्तमान व्यवस्थापिका संसद
रहुन्जेल राष्ट्रपतिको नयाँ निर्वाचनको व्यवस्था गर्न
नपाइने, अंगीकृत नागरिकमाथि संवैधानिक रुपमा कुनै
भेदभाव गर्न नपाइने शर्त उनले राखेका छन् ।
यसैगरी, सभासद् समेत बनाइएका आफ्नो छोरा
चन्द्रमोहनको राजनीतिक भविष्य सुनिनिश्चित
गरिदिन (मन्त्री बनाइदिन) उनले माग राखेको
कांग्रेस सभापति सुशील कोइरालाले निकटस्थहरुसँग
जनाएका छन् । तरुण साप्ताहिकबाट
aajakonepalkhabars भिडियो हेर्न तलको बाकस थिच्नुहोस
गोलबजार (सिरहा), १४ भदौ । सिरहा नगरपालिकामा आज दिउँसै एक सर्वसाधारण युवकमाथि गोली प्रहार भएको छ ।

गोली प्रहारबाट मिर्चैया नगरपालिका–१० मथलेश्वरका अन्दाजी ३२ वर्षीय रामबाबु यादव घाइते भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिनुभयो । उहाँका अनुसार सिरहा नगरपालिकाबाट स३प ७२२० नंको मोटरसाइकल लिएर माडरतर्फ जाँदै गरेको अवस्थामा यादवमाथि गोली प्रहार भएको हो ।

तिघ्रामा गोली लागेका यादवको उपचार अहिले सिरहास्थित जिल्ला अस्पतालमा भइरहेको छ । प्रहरीका अनुसार गोली कसले र किन प्रहार गरेको विषयमा केही खुल्न सकेको छैन । गोली प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको प्रहरी उपरीक्षक साहले जानकारी दिनुभयो । रासस

www.etajakhabar.com
१४ भदौ, काठमाडौं । ६० लाख रुपैयाँ ठगीको आरोपमा प्रहरीले इन्दिरा रिमाललाई पक्राउ गरेको छ । रिमालसहितको समूहले जडिबुटीको कारोवार गर्ने भक्तपुर १४ का रामलक्ष्मी त्वायनाको ६० लाख रुपैयाँ ठगेको अभियोग छ ।
प्रहरीका अनुसार त्वायनालाई शंकरापुर ८ का गणेशकुमार पण्डितले जैविक विविधता नेपाल नामको जडिबुटी प्रशोधनका सञ्चालक निर्मल कार्कीसँग चिनजान गराराएका थिए ।
पण्डितले नुवाकोट खड्ग भन्ज्याङ्ग २ घर भई बालुवाटार बस्ने इन्दिरा रिमालको भारतमा जडिबुटी सम्बन्धी ठुलो कारोवार भएको र भारतबाट आवश्यक उपकरण तथा पाटपुर्जा ल्याई नवरस हर्बल इन्ड्रष्टिजको स्तरोन्नती गर्ने प्रलोभन देखाएका थिए ।
उनीहरुले रामलक्ष्मी त्वायनाको जग्गा धितो राख्न लगाई ६० लाख झिकेको थिए । त्वायनालाई भने इन्दिरा रिमालले ६० लाखको चेक दिएकी थिइन् । तर, चेक साट्न जाँदा रकम नपाएपछि पीडित रामलक्ष्मी त्वायनाले यस अपराध महाशाखामा ठगीको उजरी दिएका थिए ।
ठगीमा संलग्न मध्ये गणेश कुमार पण्डित धरौटीमा छुटेका छन् । इन्दिरालाई बालुवाटारबाट पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको अपराध महाशाखाले जनाएको छ ।
www.onlinekhabar.com
१४ भदौ, काठमाडौं । पूर्वसभासद शान्ता चौधरीले थारु समुदायलाई अगाडि सारेर हत्या हिंसा गर्नेहरु अपराधी भएको बताएकी छन् । उनले आन्दोलनका नाममा साम्प्रदायिकता र हिंसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नु पर्ने समेत बताएकी छन् ।
एमाले पूर्व सभासद चौधरीले टीकापुर घटनाको दोष सिंगो थारु समुदायलाई दिन खोसिजएको भन्दै त्यो कुनै हालतमा स्वीकार नगरिने बताएकी छन् ।

नेपालमा सबैभन्दा शान्ति पक्षधर थारु भएको भन्दै उनले भनिन्-‘केही व्यक्तिले षड्यन्त्रपूर्वक ढंगले गरेको आरोमिा सिंगो थार समुदायलाई दोष दिने र थारुलाई आक्रमण गर्ने काम भयानक अपराध हो ।’
लोकतन्त्रमा हिंसात्मक आन्दोलन मान्य नहुने भन्दै उनले प्रश्न गरेकी छन्-दुई वर्षे बालकलाई मार्ने यो कस्तो आन्दोलन हो ? दूधमुखे बालक मारेर आमाको काख उजाड बनाउनेलाई आन्दोलनकारी कसरी भन्ने ?
थारु समुदायको हित गर्छु भन्दै आन्दोलन गरेर त्यही समुदायलाई अगाडि सारेर गरिएको हिंसालाई समर्थन गर्ने काम थारु नेताहरूले गर्न नहुने उनको सुझाव छ ।
‘थारु समुदाय विभेद र अन्यायमा परेको छ तर हिँसा गरेर न्याय पाउन सकिँदैन’ उनले फेसबुकमा लेखेकी छन्-शान्तिपूर्ण आन्दोलनमा जुन शक्ति हुन्छ हिँसात्मक आन्दोलनमा हुँदैन । शान्तिपूर्ण आन्दोलनलाई बदनाम बनाउने र आफूले आव्हान गरेको आन्दोलनमा भएको नैतिक जिम्मेवारी नलिने गैरजिम्मेवार काम लोकतान्त्रिक हुँदैन ।’
आन्दोलनको नाममा साम्प्रदायिकता र हिँसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्छ । थारु समुदायको घर पसल जलाउने हुन् या थारु समुदायको हितको नाममा हिँसा मच्चाउने हुन्, उनीहरुलाई जातको आँखाले नहेरौं, उनीहरुलाई कानुनको कठघरामा उभ्याएर दण्ड दिनैपर्छ, मुलुकमा कानुनी राज हुनैपर्छ ।
हिंसात्मक आन्दोलन गरेर थारु समुदाय मात्र होइन कुनै समुदायलाई बदनाम बनाउन नपाइने उनले बताएकी छन् । ‘आन्दोलनको नाममा साम्प्रदायिकता र हिँसा फैलाउनेहरुलाई सरकारले कारबाही गर्नुपर्छ’ उनले भनिन्-‘थारु समुदायको घर पसल जलाउने हुन् या थारु समुदायको हितको नाममा हिंसा मच्चाउने हुन्, उनीहरुलाई जातको आँखाले नहेरौं । कानुनको कठघरामा उभ्याएर दण्ड दिनैपर्छ, मुलुकमा कानुनी राज हुनैपर्छ । ‘
देश अहिले रोइरहेको र देशको आँशु पुछ्न नयाँ संविधान ल्याउनु पनेर् भन्दै उनले सकारात्मक सोच राख्न, शान्तिको पक्षमा उभिन सबैलाई अपील गरेकी छन् ।
.onlinekhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१४ भदौ, काठमाडौँ ।
आफू पुनर्बहाली हुने कुरामा पूर्वराजा ज्ञानेन्द्र शाह ढुक्क देखिँदै गएका छन् । राजासहितको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चीन र भारतबीच कुरा मिलेको बुझाइका कारण पूर्वराजा शाह आफ्नो पुनर्बहालीप्रति ढुक्क रहेको समाचार स्रोतको दाबी छ ।

गत सात आफ्ना स्वकीय सचिव सागर तिमिल्सेनालाई मात्र लिएर सुटुक्क थाइल्यान्ड गएका पूर्वराजा शाहले चीन र भारतबीचको उच्चस्तरीय बैठक गराएको स्रोतले बतायो । समाचार स्रोतका अनुसार पूर्वराजा शाहद्वारा आयोजित उक्त बैठकमा भारतका तर्फबाट गृहमन्त्री एवं बीजेपीका पूर्वअध्यक्ष राजनाथ सिंह सहभागी थिए भने चीनका तर्फबाट चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्यसमेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागिता थियो ।

राजतन्त्र पुनर्बहालीका लागि चीन र भारतबीच मोटामोटी रूपमा कुरा मिलेपछि मात्रै पूर्वराजा शाहले थाइल्यान्डमा बैठकको आयोजना गरेको बताइन्छ । कुरा मिलेपछि पूर्वराजा शाह सिंगापुर हुँदै दिल्ली पुगेका छन् । उनी दिल्ली पुग्नु दुई दिनअघि पूर्वयुवराज्ञी हिमानी शाह पुगेको बुझिएको छ ।

दक्षिण–पूर्वी एसियामा पश्चिमाहरूको अतिक्रमण सामना गर्न चीन र भारत मिल्नुपर्ने र नेपालमा राजतन्त्र हुनुपर्ने अवधारणा भारतीय जनता पार्टीको छ । यतिबेला सुविधाजनक बहुमतका साथ भाजपाको सरकार रहेका कारण राजतन्त्र पुनर्बहालीको सम्भावना बढेको हो ।

कांग्रेस र माओवादी तयार नभएसम्मका लागि राजतन्त्र पुनर्बहाली सम्भावना छैन भन्ने तर्क राख्दै आइरहेका विजय जोलीलाई भाजपाले नेपाल मामिला हेर्न प्रतिबन्ध लगाइदिएको छ । तर जोलीकै सल्लाहबमोजिम एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भारत भ्रमणमा बोलाइएको हो । राजतन्त्र पुनर्बहालीका लागि सहमत भएर प्रचण्ड स्वदेश फर्केको दाबी समाचार स्रोतको छ ।


निर्मल निवास स्रोतका अनुसार राजसंस्था पुनर्बहालीका लागि बीजेपी र पूर्वराजा ज्ञानेन्द्र शाहबीच संवादको वातावरण मिलाइदिने भूमिका माया शाह ठकुरी नाम गरेकी एक महिलाको छ । उनी मुम्बई निवासी हुन् । उनकी आमा नेपालकी हुन् । माया शाह ठकुरी र बीजेपी अध्यक्ष अमित शाहबीच अन्योन्याश्रित सम्बन्ध रहेको बताइन्छ । यही सम्बन्धका कारण बीजेपीले गम्भीरतापूर्वक राजतन्त्र पुनर्बहाली गर्ने अभियानको जोखिम उठाएको हो, स्रोतले भन्यो ।

यो अभियान जोखिमपूर्ण छ भन्ने कुरा बीजेपीका धेरै नेताहरूले चाल पाएका छन् । नयाँ संविधान जारी हुने मिति लम्ब्याउनुपर्ने, मिति लम्ब्याउनका लागि ठाउँठाउँमा आन्दोलन उठाएर अशान्ति मच्चाउनुपर्नेलगायत थुप्रै चुनौतीहरू रहेका छन् । अहिले ठाउँठाँउमा आन्दोलनको आगो बाल्न पनि सुरु गरिएको छ । धेरैजसो क्षेत्रका आन्दोलनमा भारतीयहरूकै सहयोग रहेको बुझिएको छ ।

तर आन्दोलन नियन्त्रण बाहिर गयो या आन्दोलनको लगाम अमेरिकाको हातमा पुग्यो भने नेपाल मात्रै होइन, भारत पनि समाप्त हुने अवस्था छ । त्यसैले राजसंस्था पुनर्बहालीको अभियानलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले निकै महँगो र जोखिमपूर्ण भन्ने प्रतिक्रिया दिएक छन् ।

तरुण साप्ताहिकबाट सभार गरिएको

यसैबीच, राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द पनि भारत भ्रमणमा जाने भएका छन् । उनी भदौको दोस्रो साता दिल्ली जाने बताइएको छ ।
nepaliheadlines भिडियो हेर्न तलको बाकस थिच्नुहोस
१४ भदौ, काठमाडौं । मुख्य सचिव र सचिवहरुको गाडीमा सरकारी झण्डा हाल्ने र उनीहरुको सवारी भीआइपीजस्तै हुने चर्चाले सोमबार सामाजिक सञ्जाल गर्माएको छ ।
तर, यस्तो चर्चालाई सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने ‘फेक’ बताएका छन् ।
‘कर्मचारीको गाडीमा झण्डा राख्ने चर्चा एक किसिमले भन्दाखेरि फेक हो,’ मन्त्री पण्डितले अनलाइनखबरसँग भने-‘यस्तो कुनै निर्णय नै भएको छैन, निजामति कर्मचारी ऐनको पाँचौं संशोधनका लागि सुझाव मागिएको छ, कर्मचारीको उमेर, शैक्षिक योग्यता वा उमेरका विषयमा पनि कुनै निर्णय भएको छैन ।’
गाडीमा लोगो राख्नु राम्रो हो : पौडेल
पूर्वमुख्यसचिव लीलामणि पौडेलले मुख्यसचिव र सचिवहरुको गाडीमा लोगो प्रयोग गर्दा कर्मचारीको पहिचान गर्न सजिलो हुने र यसले सरकारी गाडीको दुरुपयोग रोक्न मद्दत पुग्ने अनलाइनखबरलाई बताए ।
‘सरकारी गाडीमा लोगो प्रयोग गर्दा दुरुपयोग रोक्न सजिलो हुन्छ,’ पौडेलले अनलाइनखबरसँग भने- ‘मेरै कार्यकालमा लोगो राख्ने व्यवस्था गर्न लागिएको थियो, तर समयाभावले गर्दा निर्णय हुन पाएन ।’
तर, सरकारी गाडीमा कर्मचारीको लागोमात्रै राखिने र अन्य कुनै सविधान नदिने आफ्नो पालामा छलफल भएको पौडेलले स्पष्ट पारे । ‘कर्मचारीको गाडीमा लोगोमात्रै राँखे भनिएको हो, यसबाट ट्राफिक जाम हुने वा उनीहरुले विशेष सुविधा पाउने भनिएकै होइन, पौडेलले अनलाइनखबरसँग भने, ‘कर्मचारीलाई विशेष सुविधा दिने भनिएको होइन ।’
पौडेलले भने- ‘कर्मचारीले सरकारी गाडी दुरुपयोग गरे नगरेको जनताले पहिचान गर्नु राम्रो र पारदर्शी काम हो नि ।’
www.onlinekhabar.com
तिमीलाई त थाहा पनि छैन होला तिमीबिना यी पल कति मुस्किलले काट्दै छु म।तिमी समस्यामा परेका छौ थाहा छ मलाई।
तर पुरै कुरा किन खुलेर भन्दैनौ???? मनभरी बोझ बोकेर जिउनु हुन्न । अरुसंग बाड्नुपर्छ ।अनि मात्र मन हलुका बन्छ!हैन तिमी कस्तो बोझ बोकेर जिउदै छौ हँ ?????”मलाई फोन नगर मेसेज नगर म बाध्यतामा परेको छु” सधै यस्तै यस्तै भन्छौ र टाढा हुन खोज्छौ मबाट! आखिर के बाध्यता हो तिम्रो??? मलाई यहाँ कति कठिन भको छ तिम्रो अत्तोपत्तो नहुदाँ, तिमी किन बुझ्दैनौ???

घरमा तिम्रो खबर सोध्छ्न के जवाफ दिनु मैले???
जब म समस्यामा थिएँ तिमीले मलाई हौसला दिएका थियौं। मेरो हिम्मत बढाएका थियौँ। तिम्रो साथ पाएर नै मैले कठिन भन्दा कठिन परिस्थितिको सामना गरेर यहाँसम्म आइपुगेकी हुँ । मलाई त्यसरी हौसला र हिम्मत दिने तिमी आज किन आफै कायर बन्दैछौ हँ???

मैले तिमीलाई कति खोजेँ थाहा छ??? कस्लाई चाहिँ सोधिन तिम्रो बारे??? तिम्रो एउटा एस.एम एस आउँछ कि भन्दै रातभर जागा बस्छु म। एक्कासी , बाध्यतामा परेँ ३ महिना कुर्नु म आउछु अनि सबै कुरा भन्छु भन्यौ। नि:सन्देह म कुरि रहेकी छु। मलाई बिश्वास पनि छ तिमी माथी । तर पृय म जान्न चाहन्छु कस्तो बाध्यता हो तिम्रो???


निशा प्रतीक्षित
“कुनै केटीले ब्लाकमेल गर्दैछे मलाई ”  बस यति भनेका थियौँ। तर त्यो केटि को हो??? किन तिम्लाई ब्लाकमेल गरि त्यस्ले???? के त्योसँग पहिले तिम्रो कुनै सम्बन्ध थियो???? यस्तै मनभरी कुन्ठा बनेका यी प्रश्न सोध्न मन छ तिमीलाई। तिमीले त बस पर्ख भन्यौ सक्यो तिम्रो लागि । के तिम्लाई थाहा छ पर्खिनु को पीडा कति हुन्छ????
म तिम्रो सम्झनामा पलपल मरेर बाचीरहेकी छु। साच्चै भनु त म एक जिबित मुर्दा भैसकेँ। मन पोल्छ अत्यास लाग्छ। तिम्रा चिरपरिचित सबैलाई सोध्छु उस्को खबर के छ भनेर।।।
जब बल्ल बल्ल तिम्रो एउटा सन्देश आउँछ ,तिमीले
“निशा मलाई मेसेज नपठाउनु ! म बाचेर फर्केको हेर्न चाहन्छौ भने मसँग सम्पर्क नराख्नु !” बस यति लेख्छौ। तिमीलाई के थाहा तिम्रो कुरा पढेर कस्तो हुन्छ मलाई । यो मनमा भक्कानो फुट्छ प्यारा!
अनि म आफ्नो कोठाको  ढोका थुनेर रुन्छु ।बेस्सरी रुन्छु! तिम्रो तस्बीर चुम्दै रुन्छु। लाग्छ म रुदाँ यी परेलीबाट बग्ने आँसुसँगै तिम्रा यावत यादहरु बगेर जाउन। तर सक्दिन म । यो पापी मनले पनि के के सोच्दो रहेछ घरीघरी त! तिमीले त्यतै घरजम गर्यौ र मलाई छोड्न बहाना बनाएका हौ कि जस्तो पनि लाग्छ।मलाई माफ गर प्यारा मैले तिम्रो मायालाई कहिलेकाही आँखा चिम्लेर बिस्वाश गर्न सक्दिन। मन न हो के के सोचीहाल्छ।।

तिमीले थोरै समयमा धेरै माया दिएर यसरी हराइदियौ, कहिले त लाग्छ अब तिमीसँग मेरो भेट नै हुन्न। मन यसै अतालिन्छ। मुटु ढुकढुक हुन्छ। परेलीबाट एक्कासी तिम्रो माया पानी बनेर बग्न थाल्छ। म सक्दिन प्यारा यस्तो सस्पेन्समा जिन्दगी काट्न ।।। तिमीलाई के भएको हो भन मलाई। सायद म तिम्रो कुनै मदत गर्न सक्छु कि ??तिम्रो अनुपस्थितिमा हरेक प्रहर शुन्य लाग्छ मलाई।
शरीरमा लागेको घाउ त औषधिले निको हुन्छ तर तिम्रा यादहरुको सुनामीले यो मन मुटु र मष्तिस्कमा लागेको घाउको उपचार म कसरी गरौ प्रिय ????
म केही सोच्न सकिरहेकै छैन बस तिमीले भनेझै तिमीलाई नै पर्खिरहेकी छु। सायद माया त्याग पनि हो रहेछ त्यसैले त तिम्रो साथ त्यागेर तिमीलाई नै पर्खिरहेकी छु। तिमीले भनेजस्तै गरि तिमीबाट टाढा गैदिएकी छु। तर यो मनमा तिमी बाहेक अरु कोहि छैन र हुने पनि छैन। जब तिमी त्यो पराइ भुमीबाट नेपाल फर्केर आउनेछौ, यो ‘प्रतीक्षित’ तिमीलाई नै पर्खिरहेकी हुनेछे तिम्रा यादहरुले दिएको घाउ बोकेर।। तर पृय त्यो बेलासम्म मलाई माया गर्ने तिम्रो त्यो मन नबद्लियोस!!!।।।

निशा प्रतीक्षित

www.etajakhabar.com
काठमाडौं : वीरगञ्जमा प्रहरी र मधेसी मोर्चाका प्रदर्शनकारीबीचको झडपमा गोली चलेको छ ।

प्रदर्शनले उग्र रुप लिएपछि प्रहरीले बीस राउन्डभन्दा बढी हवाइ फायर गरेको छ। हवाइ फायरसँगै प्रहरीको लाठी तथा अश्रुग्यास प्रहारबाट केही प्रदर्शनकारीहरु घाइते भएका छन् ।
नागवाचोकमा भएको झडपपछि बीरगञ्ज अहिले पनि तनावपूर्ण छ । प्रमुख जिल्ला अधिकारी केशवप्रसाद घिमिरेे भीड अनियन्त्रित भएपछि केही बल प्रयोग भएकाे बताए। प्रहरीमाथि प्रदर्शनकारीबाट ढुंगामुढा  प्रहार  भइरहेको  छ।
annapurnapost.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home