• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
शुक्रबार, ११ मंसिर

भारतीय अर्ध सैन्य बल एस एस बि का जवानहरु नेपाली सीमा क्षेत्रमा घुसपैठ गरी चार जना मधेशी नेपाली जनतामाथि गोली हानी घाइते वनाएपछि मधेशवादी दलहरु भित्रका केही नेता कार्यकर्ताहरुले त्यसको विरोधमा वक्तव्य दिनु पर्दछ भनेर आफ्ना प्रमुख नेताहरुलाई दवाव दिएका थिए ।
यो कुरा थाहा पाएर भारतीय राजदूतले उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र महेन्द्र यादवलाई पालै पालो फोन गरेर यस गोलीकाण्डको विषयमा भारतलाई दोषी देखाउने गरी बक्तव्य नदिन निर्देशन दिए ।
भारतीय राजदूतले ती नेताहरुले यदि भारतको विरुद्ध बक्तव्य दिएमा नराम्रो हुने धम्कि पनि दिए ।
यदि भारतको विरुद्ध बक्तव्य दिएमा ती नेताहरुको खर्च वर्च रोकिदिने, भारत सरकार संग गरेका कारोवारहरु पत्रिकामा लिक गरिदिने तथा आवश्यक परे जे गर्न पनि तयार हुने धम्कि दिएपछि आफ्नै देश विरुद्ध भारत संग मिलेर नाकावन्दी गरिरहेका मधेशवादीदलहरुका नेताहरुले भारतीय राजदूत संग लम्पसार पर्दै त्यस गोली काण्ड विरुद्ध वक्तब्य नदिने वाचा गरे ।
यसपछि त्यस्तो जधन्य आतंककारी गोलीकाण्ड विरुद्ध समेत पनि मधेशवादी नेताहरु कसैले बक्तब्य नदिएको समाचार श्रोतको भनाइछ ।
यदि त्यहि गोलीकाण्ड नेपाली सेना वा प्रहरीले गरेको भए ती नेताहरुले अहिले सम्ममा बक्तव्यवाजी मात्र होइन, कयौं हिंसात्मक घटना सहितको आन्दोलन गरिसकेका हुनेथिए ।
यस गोलीकाण्डवाट ती नेताहरु मधेशका मसीहा नभएर भारतीय दलाल भएको पुष्टि हुन्छ भन्ने पर्यवेक्षकहरुको दावी छ ।
nepalsandesh
इटहरी : नेकपा (एमाले) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसवादी मोर्चाको माग केवल देशलाई असफल पार्ने र दुनियाँलाई हँसाएर नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गरेका छन् ।

नेता नेपालले इटहरीस्थित आज सञ्चारकर्मीहरुसँगको भेटमा त्यस्तो धारणा राख्दै तराईवासीलाई उनीहरुले भनेभन्दा धेरै अधिकार संविधानले प्रत्याभूत गरिसकेको विषयलाई अझै मधेसवादी दलहरुले यथार्थ जनतासम्म पुर्‍याउन नचाहेको पनि स्पष्ट पारेका छन् ।


बिहीबार साँझ इटहरीमा आइपुग्नुभएका वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मधेसमा लामो समयदेखि बस्दै आएका नेपाली जनतालाई समृद्ध बनाउने विषयमा सत्तामा बस्दा चाहिँ उनीहरुले किन योजना अघि सार्दैनन् त ? भनेर प्रश्न पनि गरेका छन् ।

वरिष्ठ नेता नेपालले कसैप्रति सङ्केत नगरी कसैको उक्साहटमा गरिएको मधेस आन्दोलन र मधेसवासीको अधिकारका लागि भनिएको यो आन्दोलन सीमित व्यक्तिको स्वार्थसँग गाँसिएको विषयमा मधेसवासी आमनेपाली जनतालाई बुझाउन जरुरी रहेको पनि औँल्याएका छन् ।

मधेसका वास्तविक नेपाली जनतालाई दास बनाउने कार्यमा मधेसवादी दलका नेताहरुले नै लामो समयदेखि प्रयत्न गरेको र उनीहरुलाई माथि उठ्नसमेत नदिने प्रपञ्चमा मधेसवादी नेताहरु नै रहँदै आएको तथा त्यस क्षेत्रमा कुनै पनि हिसाबले राज्यले विभेद नगरेको पनि नेता नेपालले तर्क गरे ।

कुराकानीका क्रममा उहाँले नयाँ संविधान मधेसमैत्री भएको दाबी गरे । तर मधेसवादी दलले मधेसका जनतामा संविधान विरोधी भ्रम फैलाएको उहाँले बताउनुभयो । त्यो भ्रमलाई चिर्न राजनीतिक दलले नसकेको भने उनले स्वीकार गरे ।

तराई मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्ने वरिष्ठ नेता नेपालको जोड छ । संविधानमा केही शब्द समेट्दा वा थप्दा मधेसवादी दलहरुलाई चित्त बुझ्छ भने समेट्न सकिन्छ तर अशान्ति र अराजकता भने उनीहरुले त्याग्नुपर्ने वरिष्ठ नेता नेपालले बताए ।

सुनसरी र मोरङलाई टुक्र्याएर २ नं प्रदेशमा मिसाउने कुरामा एमालेको समर्थन नरहने उनले प्रष्ट पारे । 'यहाँका जनता २ नं प्रदेशमा जान चाहँदैनन्', उनले भने, 'एमाले जनताको भावना विपरीत जाँदैन र कहिल्यै गएको पनि छैन ।'

सीमाङ्कनको विषय सङ्घीय आयोगमार्फत समाधान गर्न सकिने उनको भनाइ छ । त्यसमा असहमत हुने हो भने दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्न उनले मधेसवादी दलहरुलाई चुनौती पनि दिए । उनी पार्टी सङ्गठनका लागि पूर्वी नेपालको भ्रमणमा निक्लेका हुन् ।
annapurnapost
रामपुर (पाल्पा), ११ मङ्सिर । पाल्पाको झडेवामा यात्रुबाहक जिप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
दुर्घटनामा झडेवाका ६४ वर्षीया रम्भादेवी गाहा, गोठादी– ३ बस्ने ७२ वर्षीय टुकबहादुर लुम्ले र रहवास– ६ का खड्गबहादुर सुहान रहेका छन् भने दुई बच्चासहित २२ जना घाइते यात्रुलाई उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभास र युनाइटेड मिसन अस्पताल, तानसेन लगिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, पाल्पाका प्रमुख प्रहरी नायब निरीक्षक प्रविन आचार्यले जानकारी दिनुभयो ।
तानसेनबाट आज बिहान ८ बजे गोठादीका लागि छुटेको लु १ ज १९२२ नंको जिप झडेवा–२ देउगिरमा दुर्घटना भएको हो । जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ ।
dainiknepal
शुक्रबार, ११ मंसिर
जापान । जापानमा वस्ने नेपालीहरुको लागि आकस्मिक कोष बन्ने भएको छ । सो आकस्मिक कोषको आवश्यकता र महत्ववारे जापानका विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको  साझा अवधारणा निर्माण गर्न गैरआवासीय नेपाली संघ एनआरएनए जापानको संयोजकत्वमा अन्तरक्रिया कार्यक्रम गर्न लागेको हो ।
सो अन्तरक्रिया कार्यक्रमले  कोषको औचित्य तथा महत्वका वारेमा  सबैको साझा अवधारणा तयार गर्नेछ ।सो अन्तरक्रिया कार्यक्रम आगामी नोवेम्वर २८ तारिखमा सिनानोमाची स्थित टिकेपी भवनमा हुन लागेको हो ।
सो कार्यक्रममा कोषको आवश्यकता, जापानवासी नेपालीहरुको विद्यामान समस्या, चुनौती तथा समाधानको विषयमा छलफल गर्न लागिएको आयोजक समिति एनआरएनए जापानका सचिव बुद्धि घिमिरेले बताए ।
अन्तरक्रिया  कार्यक्रममा जापानमा क्रियाशिल सम्पूर्ण संघसंस्थाका प्रतिनिधिहरु , विद्यार्थी लगायतका सवैमा सहभागिताका लागि आयोजक समिति अध्यक्ष सुदन थापाले अनुरोध गरेका छन्  ।
साथै आगामी महिना जापानमा हुन लागेको महजात्रा कार्यक्रमको तयारी र जापानमा लागू हुने माई नम्वर प्रणालीका वारेमा सो कार्यक्रममा जानकारी दिईने अध्यक्ष थापाले बताए । यसका साथै नेपालीमा जारी आर्थिक नाकावन्दीको बिरुद्धमा जापानको भुमिका बारेमा पनि छलफल गर्ने कार्यक्रम रहेको छ।
सोही अवसरमा आफनो सफल  कार्यकाल पुरा भई फर्कनु हुने जापानका लागि नेपाली राजदूत डा मदनकुमार भट्टराई, उपनियोग प्रमुख तापस अधिकारीलाई विदाई कार्यक्रमको समेत आयोजना गरिने अध्यक्ष थापाले बताए  ।
सोही अवसर पारेर एनआरएनए जापानले नयाँ कार्यसमिति चयनका वारेमा जानकारी दिने साथै आईसीसी निर्वाचित तथा मनोनित व्यक्तिहरुलाई  बधाई एबं शुभकामना दिइने सचिव  बुद्दी घिमिरेले बताएका छन् ।
nepalsandesh
११ मंसिर, बुधबारे ।

तस्करी भन्दै नेपाली भूमिमा पसेर भारतीय सीमा सुरक्षा बल एसएसवीले नेपालीमाथि गोली चलाएको घटना सेलाउन नपाउँदै नेपाली प्रहरीले पनि तस्करीमाथि भारतीय सीमामा गोली चलाएको छ ।

नेपालबाट तस्करी गरेर भारतर्फ सुपारी लैजान लागेका तस्करमाथि प्रहरीले भारतीय सीमामा गोली चलाएको हो ।



अवैध सुपारी बरामद गर्ने क्रममा नेपाल प्रहरीले झापाको केचना ५ लोडाबारीमा १३ राउन्ड फायरिङ गरेको जनाएको छ ।

दश क्षेत्र नजिकैको नेपाली भूभागमा तस्करहरुले नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेका थिए । प्रहरीले फायर खोलेपछि तस्करहरु भारत तिर भागेका थिए ।nepaliheadlines
इटहरी, ११ मङ्सिर । नेकपा (एमाले)का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मधेसवादी मोर्चाको माग केवल देशलाई असफल पार्ने र दुनियाँलाई हँसाएर नेपालीलाई कष्टमा डुबाउनेबाहेक अरु केही नभएको दाबी गर्नुभएको छ ।
नेता नेपालले इटहरीस्थित आज सञ्चारकर्मीहरुसँगको भेटमा त्यस्तो धारणा राख्नुहुँदै तराईवासीलाई उनीहरुले भनेभन्दा धेरै अधिकार संविधानले प्रत्याभूत गरिसकेको विषयलाई अझै मधेसवादी दलहरुले यथार्थ जनतासम्म पु¥याउन नचाहेको पनि स्पष्ट पार्नुभएको छ ।
बिहीबार साँझ इटहरीमा आइपुग्नुभएका वरिष्ठ नेता नेपालले सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै मधेसमा लामो समयदेखि बस्दै आएका नेपाली जनतालाई समृद्ध बनाउने विषयमा सत्तामा बस्दा चाहिँ उनीहरुले किन योजना अघि सार्दैनन् त ? भनेर प्रश्न पनि गर्नुभएको छ ।
वरिष्ठ नेता नेपालले कसैप्रति सङ्केत नगरी कसैको उक्साहटमा गरिएको मधेस आन्दोलन र मधेसवासीको अधिकारका लागि भनिएको यो आन्दोलन सीमित व्यक्तिको स्वार्थसँग गाँसिएको विषयमा मधेसवासी आमनेपाली जनतालाई बुझाउन जरुरी रहेको पनि औँल्याउनुभएको छ ।
मधेसका वास्तविक नेपाली जनतालाई दास बनाउने कार्यमा मधेसवादी दलका नेताहरुले नै लामो समयदेखि प्रयत्न गरेको र उनीहरुलाई माथि उठ्नसमेत नदिने प्रपञ्चमा मधेसवादी नेताहरु नै रहँदै आएको तथा त्यस क्षेत्रमा कुनै पनि हिसाबले राज्यले विभेद नगरेको पनि नेता नेपालले तर्क गर्नुभएको छ ।
कुराकानीका क्रममा उहाँले नयाँ संविधान मधेसमैत्री भएको दाबी गर्नुभयो । तर मधेसवादी दलले मधेसका जनतामा संविधान विरोधी भ्रम फैलाएको उहाँले बताउनुभयो । त्यो भ्रमलाई चिर्न राजनीतिक दलले नसकेको भने उहाँले स्वीकार गर्नुभयो ।
तराई मधेसमा जारी आन्दोलनलाई वार्ताकै माध्यमबाट समाधान गरिनुपर्ने वरिष्ठ नेता नेपालको जोड छ । संविधानमा केही शब्द समेट्दा वा थप्दा मधेसवादी दलहरुलाई चित्त बुझ्छ भने समेट्न सकिन्छ तर अशान्ति र अराजकता भने उनीहरुले त्याग्नुपर्ने वरिष्ठ नेता नेपालले बताउनुभयो ।
सुनसरी र मोरङलाई टुक्र्याएर २ नं प्रदेशमा मिसाउने कुरामा एमालेको समर्थन नरहने उहाँले प्रष्ट पार्नुभयो र भन्नुभयो – “यहाँका जनता २ नं प्रदेशमा जान चाहँदैनन्, एमाले जनताको भावना विपरीत जाँदैन र कहिल्यै गएको पनि छैन ।”
सीमाङ्कनको विषय सङ्घीय आयोगमार्फत समाधान गर्न सकिने उहाँको भनाइ छ । त्यसमा असहमत हुने हो भने दुई तिहाइ बहुमत ल्याएर संविधान संशोधन गर्न उहाँले मधेसवादी दलहरुलाई चुनौती पनि दिनुभयो । उहाँ पार्टी सङ्गठनका लागि पूर्वी नेपालको भ्रमणमा निक्लनुभएको बुझिएको छ ।
dainiknepal
रुपन्देही । आज रुपन्देहीको चौडाह भन्ने ठाउँमा विप्लव माओवादीका कार्यकर्ताले भारतीय नम्बर पेल्टको गाडीमा आगो लगाएका छन् ।
भारतीय नाकावन्दी विरुद्द विप्लव माओवादीले काठमाडौं बाट भारतीय गाडी ,सिनेमा र च्यानलहरु चल्न नदिने घोषणा गरेको थियो ।
भारतीय नाकाबन्दीको कारण नेपाली जनताले भोगेको कष्टकर जीवन जिउन बाध्य भएको भन्दै विप्लव माओवादीका कार्यकर्ताले उत्तेजित भएर सो गाडीमा आगो लगाएका हुन् ,एक प्रतक्ष्यदर्शी ले बताए ।
nepalsandesh
इटहरी, ११ मंसिर । मधेस आन्दोलन र नाकाबन्दीले आजित इटहरीका विद्यार्थीहरुले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आयोजना गरेको विरोधसभाको मञ्च जलाइदिएका छन् ।
मोर्चाले शुक्रबार दिउँसो गर्न लागेको सभाका लागि शुक्रबार बिहानै कार्यकर्ताहरुले इटहरीको खेतीखोला नजिकै मञ्च बनाएका थिए । उक्त मञ्चबाट सदभावना पार्टीका अध्यक्ष एवं मधेसी मोर्चाका नेता राजेन्द्र महतोले सम्बोधन गर्ने कार्यक्रम थियो । तर, महतोका लागि तयार पारिएको मञ्च सत्तारुढ विद्यार्थी संगठनका कार्यकर्ताहरुले जलाएका हुन् ।
मञ्च बनाइरहेकै बेला विद्यार्थी संगठनका कार्यकर्ताले पेट्रोल छर्किएर मञ्चमा आगो लगाएका हुन् । यसअघि विद्यार्थीहरुले विहीबार मञ्च नबनाउन मधेसी मोर्चालाई आग्रह गरेका थिए ।
मञ्च जलाएपछि त्यहाँ रहेका मधेसी मोर्चाका केही कार्यकर्ताको भागाभाग भएको थियो । अहिले त्यहाँ विद्यार्थीसहित इटहरीका नागरिक सडकमा उत्रिएका छन् । उनीहरुले राजेन्द्र महतोविरुद्ध नाराबाजी गरिरहेका छन् । यसैबीच प्रहरीले पनि इटहरीमा सुरक्षा सतर्कता अपनाएको छ । उक्त क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
सुनसरीमा चार जना नेपालीमाथि भारतीय सुरक्षा बल एसएसबीले घरमै आएर गोली हान्दा समेत मोर्चाका नेताहरुले भारतकै पक्ष लिएपछि आक्रोशित बनेका इटहरीका विद्यार्थीले राजेन्द्र महतोको मञ्च जलाएका हुन् ।
dainiknepal
काठमाडौँ । तराई मधेसमा जारी आन्दोलन तथा भारतको अघोषित नाकाबन्दीका कारण नेपाली बालबालिकामा परेको असरलाई अन्तराष्ट्रियकरण गर्ने उद्देश्यले चक्रपथमा मानव साङ्लो बनाएका छन् ।
‘बाँच्न र पढ्न देऊ’ ‘स्वाभिमान बेच्दैनौ कसैसंग झुक्दैनौ ,
बिद्यालय शान्ति क्षेत्र हुन  भन्ने मुख्य नाराका साथ कलङ्की, सातदोबाटो, कोटेश्वर, चाबहिल, महाराजगञ्ज चक्रपथ, बालाजु, सामाखुसी स्वयम्भु हुँदै पुनःकलङ्कीसम्म मानव साङलो बनाएका छन् ।
मानव साङलो कार्यक्रममा शिक्षण संस्थाको विद्यार्थी सर्वसाधारणहरुको सहभागिता रहेको छ ।
nepalsandesh
झापा, ११ मंसिर । दक्षिणी झापाको केचनामा नेपाल प्रहरीले चलाएको गोली लागेर आज विहान एक महिला घाइते भएकी छिन् ।
घाइते हुनेमा केचना –५ कि ५५ वर्षीया द्रौपदी गणेश रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता भीमवहादुर दाहालले जानकारी दिनुभयो । नेपालबाट ठूलो परिमाणको सुख्खा सुपारी भारततर्फ गईरहेको सूचना पाएर पुगेको प्रहरी र स्थानीयवासीबीच विवाद उत्पन्न भएपछि प्रहरीमाथि ढुङ्गामूडा प्रहार भएको थियो ।
दशगजा क्षेत्रमा भएको विवादको क्रममा भारतीय पक्षले नेपाल प्रहरीमाथि ढुङ्गामूडा प्रहार गर्दै गोली प्रहार गरेपछि नेपाल प्रहरीले जवाफी कारवाहीका लागि गोली चलाएको दाहालले बताउनुभयो ।
भारतीय पक्षले लगातार ४ राउण्ड गोली प्रहार गरेपछि जवाफी कारवाहीका लागि नेपाल प्रहरीले १३ राउण्ड हवाई फायर गरेको बताइएको छ । सोही क्रममा प्रहरीले फायरिङ गरेको गोलीको छर्रा लागेर गणेश घाइते भएको प्रमुख जिल्ला जिल्ला अधिकारी तेजप्रसाद पौडेलले जानकारी दिनुभयो । घाइते महिलाको तीघ्रामा गोली लागेको छ । उनको अहिले भद्रपुरस्थित ओमसाई हस्पिटलमा उपचार भइरहेको छ ।
गएराति दसगजा क्षेत्रबाट प्रहरीले दुई ट्याक्टर सुख्खा सुपारी पक्राउ गरेपछि स्थानीय व्यापारी तथा भारतीय पक्षका व्यापारीबीच आज विहान ५ वजे भनाभन भएको थियो । भनाभनकै क्रममा भारतीय पक्षले गोली चलाएपछि जवाफी फायरिङ्का क्रममा शौच गर्न हिडेकी गणेशमाथि गोली लागेको प्रहरीले जनाएको छ । प्रहरीले केचनाबाट ४० बोरा सुख्खा सुपारी वरामद गरेपछि विवाद उत्पन्न भएको बताइएको छ ।
dainiknepal
शुक्रबार, ११ मंसिर
इटहरी । तराइमा आन्दोलनरत मधेसी मोर्चाका शिर्ष नेताहरुले सम्बोधन गर्ने मञ्चमा तोडफोड तथा आगजनी भएको छ ।
मोर्चाले इटहरी स्थित पश्चिम चोकमा बनाएको मञ्चमा स्थानिय युवाहरुले तोडफोड र आगजनी गरेका हुन् ।
मोर्चाले बनाएको मञ्च आगजनी भएपछि पश्चिम चोक, अहिले तनाव ग्रस्थ बनेको छ ।
सभामा आज उपेन्द्र यादब, राजेन्द्र महतो, महन्त ठाकुर सहभागी हुने कार्यक्रम रहेको थियो ।
nepalsandesh

मंसिर ११, २०७२- आन्दोलतर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक प्रमुख घटक सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अब कांग्रेस, एमाले र एमाओवादी बिना हुने वार्ताको कुनै औचित्य नभएको बताएका छन् ।

पछिल्लो पटक आन्दोलनको क्रममा सप्तरीमा ४ जना मारिएपछि वीरगञ्जबाट बुधबार सप्तरी आएका अध्यक्ष महतोले बिहीबार राजविराजमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । ‘सत्तासीन दलसित संविधान संशोधन र प्रदेश सिमांकनको छिनोफानो गर्ने शक्ति छैन,' अध्यक्ष महतोले भने, ‘यसका लागि प्रमुख प्रतिपक्षी कांग्रेसको सहभागित अनिवार्य छ, त्यसैले अब कांग्रेस बिनाको वार्ता सरकारसित गर्नुको पनि कुनै औचित्य छैन ।’ सार्थक वार्ताका लागि सरकारले कांग्रेससित पनि प्रदेश सीमांकनसहित सरकारलाई मोर्चाले बुझाएको ११ सुत्रीय मागमा एउटै विचार हुनु आवश्यक भएको अध्यक्ष महतो भनाइ छ ।

मधेसमा तीन महिना बढीदेखि जारी रहेको आन्दोलन अधिकार प्राप्तिको भएकाले यो कुनै जातीय विशेष नभएको प्रष्ट पार्दै अध्यक्ष महतोले भने, ‘जसरी पहाडमा विपत्ति आउँदा तीन दिनमै मलम लगाउन मधेसी समुदाय पहाड पुगेका थिए, तर अहिले तीन महिनादेखि आन्दोलनमा प्रहरी ज्यादतीको चरम शिकार खेपिरहेको मधेसी समुदायको घाउमा मलम लगाउन किन पहाडका, काठमाडौंका बासिन्दा पछाडि परेको  ?’ उनले भने, 'कतिबेला काठमाडौं र पहाडका बासिन्दा मधेसमा मलम लगाउन आउँछन् भनि आम मधेसीको प्रतिक्षा गरेर बसेका छन् ।

सरकारले मधेस आन्दोलनलाई सम्बोधन नगरी मधेस मात्रै नभई पहाड र हिमालका बासिन्दालाई पनि विभिन्न समस्यामा पारेको बताउँदै वर्तमान उनले सरकारको खोक्रो राष्ट्रवाद र भारतविरोधी भावनाले सरकारमा धेरै दिन टिक्न नसक्ने ठोकुवा गरे ।

आन्दोलनलाई अझ दमन गर्न सरकारको दबाव बाबजुद नेपाली सेना मधेसमा परिचालन नभएको प्रति नेपाली सेनालाई धन्यवाद दिँदै अध्यक्ष महतोले भने, ‘नेपाली सेना आम नेपालीको रक्षाकवच हो, सेना भनेको कुनै जाती विशेषको हुँदैन्, सिङ्गो राष्ट्रको हुन्छ, सेनाको निर्णयलाई मोर्चाको तर्फबाट म स्वागत गर्छु ।’

kantipur.ekantipur
शुक्रबार, ११ मंसिर
काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्याका सहित काभ्रे, दोलखा र सिन्धुपाल्चोकबाट शुक्रबार सर्वसाधारणलाई डिजल तथा पेट्रोल वितरण गर्दै छ ।
लामो समयदेखि इन्धन नपाएका सर्वसाधारणलाई उपत्यकासहित काभ्रे, दोलखा र सिन्धुपाल्चोकका विभिन्न पम्पबाट डिजल र पेट्रोल वितरण गर्न लागिएको आयल निगमले जानकारी दिएको छ ।
शुक्रबार मोटरसाईकलले ३ लिटर र निजी कार जिपले १० लिटरका दरले डिजल पेट्रोल पाउनेछन् ।
सञ्चारकर्मी पत्रकारहरुले भने राजधानीको टेकुस्थित नेशनल ट्रेडिङबाट सोही परिमाणमा इन्धन उपलब्ध गराइनेछ ।
nepalsandesh
काठमाडौं–वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायको कारण इन्धन आपूर्ति र कालोबजारी नियन्त्रणमा समस्या भएको भन्दै चर्को आलोचना भए पनि मन्त्री गणेशमान पुनले केही गर्न सकेका छैनन् ।
कालोबजारीलाई संस्थागत गर्ने अभियानमा दिन–रात नभनी लागेका व्यक्ति हुन्, उपाध्याय । भारतको आदेश बेगर एकइन्च पनि नचल्ने स्वभाव छ– उनको । तिब्बतको महावाणिज्यदूत हुँदा चीनको सूचना भारतलाई बेचेको शंका लागेपछि चीनकै आग्रहमा उनलाई फिर्ता बोलाइएको थियो । अहिले उनै उपाध्याय वाणिज्य तथा आपूर्ति मन्त्रालयको सचिव रहेका छन् । भारतले जारी राखेको नाकाबन्दीमा विभिन्न विकल्पहरू खोजेर इन्धन आयात गर्नुपर्नेमा उनले कुनै काम नै गर्न दिएका छैनन् । मन्त्रालयमा कुनै विकल्पबारे छलफल हुनेवित्तिकै उनले भारतीय राजदूतमा सूचना पु¥याउने गरेको मन्त्रालयकै एक कर्मचारीले जानकारी दिए ।

चीनबाट इन्धन आयात गर्ने विषयमा उपाध्यायले कुनै पनि कागजात तयार पार्न मानेका छैनन् । उनले नमानेपछि प्रधानमन्त्री कार्यालयमा नै कागजात बनाइएको बुझिएको छ । सबै सूचना भारतीय दूतावासलाई बेचेर मासिक एक लाख भन्दा बढी आइसी लिने उपाध्यायलाई आरोप लाग्ने गरेको छ । उनलाई तपाई भारतको इसारामा किन लागेको भन्ने प्रश्न गर्दा उनले आफ्ु आफैबाट सचालित रहेको जबाफ जनआहवानलाई दिए । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले त भक्तपुरको एक सार्वजनिक कार्यक्रममा नै प्रधानमन्त्री खड्ग ओलीसँग प्रश्न गरेका थिए–अरुको इसारामा काम गर्नेलाई किन कारवाही नगरेको ?

 सचिव उपाध्याय र सहसचिव जीवराज कोइरालाको जोडी मन्त्री पुनलाई असफल बनाउन न्वारानदेखिको बल निकालेर लागिपरेका छन् । तर मन्त्री पुन त्यो थाहा पाएर पनि थाहा नपाए जस्तै गरी बसेका छन् । कुनै सहयोग नगर्ने, कागजात तयार नपार्ने, भएको सूचना भारतीय दूतावासलाई दिने सचिवलाई कारबाही गर्न कुन आइतबार कुरेको भन्दै वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिमा मन्त्री माथि प्रश्न सोधिए पनि उनले कुनै उत्तर दिएका थिएनन् । यस्तै सार्वजनिक लेखा समितिको बैठकमा सांसद रामहरि खतिवडाले सचिव उपाध्यायलाई किन कारबाही नगरेको भन्दै प्रश्न गरेका थिए । भारतीय दूतावासको शैक्षिक छात्रवृत्तिमा छोरालाई दिल्ली मेडिकल कलेजमा पठाएका सचिव उपाध्याय सङ्कटको बेला रामरमितामा हेराउने गरेका छन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

ratopati
शुक्रबार, ११ मंसिर
भारतीय राजदूत रन्जीत रेले भारतले नेपालमा कुनै नाकाबन्दी नलगाएको बताए बीबीसी नेपाली सेवासंग विशेष कुराकानी गर्दै नेपालका लागि भारतीय राजदूत रन्जीत रेले भारतले नेपालमा घोषित वा अघोषित कुनैपनि खाले नाकाबन्दी लगाएको भन्ने आरोपहरुलाई सोझै अस्वीकार गरे।
उनले नेपालीहरुलाई भारतको हैन, आफ्रनै मुलुकको बारेमा चिन्ता गर्न सुझाव पनि दिए।
भारतले नाकाबन्दी लगाइरहेको छ भनेर किन स्वीकार गर्दैन?
खासमा न त यो यथार्थ हो न त नाकाबन्दी नै। आपूर्तिमा निश्चयनै अवरोध उत्पन्न भएका छन्। तर ती अवरोध तराईमा भइरहेका विरोध प्रदर्शनहरुका कारण उत्पन्न भएका हुन्।
पहिलो कुरो यो हो। दोस्रो कुरो चाहिं के हो भने बेलाबेला त्यहाँ हिंसात्मक झडपहरु भएका छन्। जसले स्वाभाविक रुपमा सुरक्षा अवस्थालाई असर पारेको छ अनि ट्रक सञ्चालकहरु नेपालभित्र गाडी चलाउन अनिच्छुक भएका छन्।त्यस्ता केही घटना भएका छन्।
तर नेपाल सरकार भन्छ यो नाकाबन्दी नै हो। नेपालका अधिकांश जनता भन्छन् यो नाकाबन्दी नै हो। हामीलाई अनुभव भइरहेको छ यो नाकाबन्दी नै हो। तर पनि तपाईं यो लगातार अस्वीकार गर्नुहुन्छ। किन?
तपाईं काठमाण्डौंमा अहिलेको गाडीको चाप हेर्नुहोस्। मलाई थाहा छैन यसलाई हेरेर तपाईंले इमान्दारीपूर्वक यो नाकाबन्दी नै हो भन्नुहोला वा नहोला। तर त्यो त कालोबजारीका कारण भएको तपाईंलाई पनि शायद जानकारी होला?
यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ। यदी तपाईं सही निदान गर्नुहुन्न भने र अन्यत्र त्यसलाई पन्छाउनुहुन्छ भने तपाईं गम्भीर समस्यामा पर्नुहुन्छ
शायद त्यो पनि आंशिक कारण होला। तर शतप्रतिशत आपूर्ति कालोबजारीका कारण मात्रै भइरहेको छ भन्न सकिंदैन।
तर तपाईंले भारतीय भागबाट नेपालतर्फको गाडीको प्रवाह किन रोकिरहनु भएको छ। केही गाडी आइरहेका छन् अनि केही छैनन् भनेपछि त्यो कसरी सुरक्षासंग जोडिएको विषय रहन्छ र? केही चालक सुरक्षित हुन्छन् र आउन सक्छन् अनि केहीचाहिं असुरक्षित हुन्छन् र आउन सक्दैनन् भनेर तपाईं कसरी भन्न सक्नुहुन्छ?
यो नबिर्सनुस् कि यो समस्या आएको तीन महिना भइसक्यो। अनि अवस्था समय समयमा परिवर्तन भइरहेको छ। प्रमुख समस्या वीरगञ्जको रक्सौल नाकामा छ। अन्य नाकाहरुबाट सम्भव भएसम्म आपूर्तिलाई सहज पारिने प्रयास भइरहेका छन्। जहाँ कुनै गडबडी छैन अनि जुन नाकामा कुनै अवरोध छैन, त्यहाँबाट गाडीहरु आएकै छन्।
झापा, भैरहवा, बाँके, कैलाली, कञ्चनपुर। त्यहाँ विरोध प्रदर्शन वा अवरोध छैनन्। तर त्यहाँबाट पनि आएका छैनन्?
यो सही होइन। ती पाँच सय गाडी कहाँबाट आइरहेका छन् त? ती तपाईंले भनेकै नाकाहरुबाट आइरहेका छन्।
हो । तर त्यहाँबाट पनि विगतको तुलनामा २० देखि ३० वा अझ १० प्रतिशतमात्रै गाडी आएका छन्?
हो किनकि आपूर्तिको ६० देखि ७० प्रतिशत त रक्सौल वीरगञ्ज नाकाबाट हुन्छ नि त। त्यसैले के गर्नुपर्छ भने ( जुन हामीले विशेषगरी औषधि आयातकर्ताहरुलाई पनि भनेका छौं  । तपाईंहरुले आइन्दा आफ्ना सामान रक्सौलबाट नझिकाउनुस्। अन्य खुला रहेका सीमाचौकी बाट आफ्ना सामान लेराउनुस्।
तर त्यहाँबाट ट्रकको बाटो परिवर्तन गरी जोगबनी नाकाबाट ल्याउन खोज्दा समेत अनुमति दिइएन नि? तिनले औषधि बोकेका थिए‘
त्यो असत्य हो। खासमा मधेशी मोर्चाले पनि हालै घोषणा गरेको छ कि औषधिको आयातलाई एउटा सीमा नाकाबाट ल्याइन दिइनेछ भनेर। अनि जहाँसम्म औषधिका कुरा छन् हाम्रा तर्फबाट पनि केही सहयोग भएका छन्।
रक्सौल बाहेकका अन्य नाका सञ्चालनमा रहेको अनि औषधिका गाडी अन्य नाकाबाट पठाइएको भनेर तपाईंले भन्दै गर्दा नेपाली दृष्टिकोणबाट यो एकदमै अनौठो लाग्छ। किनकि पत्रकारहरु त्यहाँ पुगेका छन्, उनीहरुले स्थानीय भारतीय अधिकारीहरुसंग कुराकानी गरेका छन्। उनीहरुका अनुसार भारतीय अधिकारीहरुले माथिको आदेश भन्ने गरेका छन् ( ट्रक जान नदिन माथिको आदेश। बेला बेला केही ट्रक छाडिएका छन्।अब प्रश्न के उठ्छ भने यदि केही ट्रकका ड्राइभरलाई काठमाण्डौं आउन असुरक्षा छैन भने, अन्य ट्रक किन आउन सक्दैनन?
भारत र नेपाल बीच खुला सीमाना छ। जब नेपालका कुनै भागमा समस्या हुन्छ भने त्यसले प्रष्ट रुपमा भारतमा असर हुन्छ
म तपाईंलाई हाम्रो आधिकारिक धारणा बताउँदै छु। मलाई थाहा छैन तपाईं कुन पत्रकारको कुरा गर्दै हुनुहुन्छ वा त्यसमा कत्तिको सत्यता छ। यथार्थ के हो भने जुन नाकामा कुनै अवरोध छैन वा जहाँको दशगजामा कुनै प्रदर्शन छैन त्यहाँबाट सामान आइरहेका छन्। जहाँ सुरक्षा अवस्था बिग्रन्छ त्यहाँबाट आउन कठिनाई हुन्छ।
मलाई के लाग्छ भने आपूर्तिको अवस्था सुध्रँदैछ। शायद नेपालले चाहेको गतिमा त्यो सुध्रिन सकेको छैन होला। मलाई लाग्छ तपाईं यी सब अवस्थाका पछाडिको कारणमा केन्द्रित हुनु पर्छ। किन यो समस्या छ? किन सीमानाकामा अवरोध छ? हामीलाई लाग्छ आधारभूत रुपमा यी समस्या राजनीतिक प्रकृतिका छन्।
हामी त्यो राजनीतिक विषयमा पनि आउँला। तर हेर्नोस् न आलुको आपूर्ति सामान्य छ, गोलभेंडाको आपूर्ति सामान्य छ, ग्रेनाइट र टायलका आपूर्ति सामान्य छन्। तर इन्धनको आपूर्ति सामान्य छैन। नेपाली पक्षले बेहोरेको मूल समस्या त यो हो नि?
हेर्नुस्। यो यति सरल विषय होइन। पाँच हजारभन्दा धेरै ट्रकहरु लाइनमा छन्। सामान्यतस् के गरिन्छ भने तिनलाई पालैपालो पठाइन्छ। पालोमा आलुको ट्रक वा इन्धनको ट्रक जे पनि हुन सक्छ। हामीले जानाजान कुनैलाई रोक्न खोजेको होइन।
एउटा राजदूत वा कूटनीतिज्ञको रुपमा तपाईंले त्यसको बचाउ गर्नुहोला। तर तपाईंकै देश भारतकै कतिपय पत्रकारहरुले वर्तमान भारतीय व्यवहारको आलोचना गरेका छन्?
त्यो त अर्कै विषय भयो। तपाईंकै नेपालका पनि कतिपय पत्रकारले नेपाली सरकारको अडानको आलोचना गरेका छन्। हामी दुबै प्रजातन्त्र हौं।
तर यथार्थ त यो हो नि– नेपाल पीडित भएको छ, मानिसहरुले इन्धन पाएका छैनन्, भूकम्प पीडितहरु जाडोमा लुगलुग कामिरहेका छन्, औषधिका अभावमा मान्छे मर्न थालिसके?
यो भावनात्मक कुरा भयो। निश्चय नै यो सत्य हो कि नेपाल पीडामा छ। सबैले थाहा पाएका छन् नेपाल पीडामा छ, र यो पीडाबाट मुक्ति दिलाउन केही त गर्नैपर्छ।
अनि तपाईं भन्नुहुन्छ कि यो पीडाको कारण केवल तराईको आन्दोलन हो, भारत होइन?
निश्चय नै। तपाईंले एकदम सही भन्नुभयो।
त्यसो भए विश्लेषकहरुले नेपाल भारत सम्बन्ध हालसम्मकै सबभन्दा चीसो तहमा पुगेको भनेर किन भनिरहेका छन्?
यदि कुनै समस्या छ भने पहिले सही निदान गर्नुपर्छ। यदि तपाईं सही निदान गर्नुहुन्न भने र अन्यत्र त्यसलाई पन्छाउनुहुन्छ भने तपाईं गम्भीर समस्यामा पर्नुहुन्छ।
भारतको संविधान जारी हुँदा ६५ प्रतिशतले त्यसको पक्षमा मतदान गरेका थिए। नेपालको संविधान जारी हुँदा ८५ प्रतिशत जनप्रतिनिधिले पक्षमा मतदान गरेका छन्। त्यसो हुँदा समेत भारतले यो संविधानलाई केवल जानकारीमा लिएको भनेर टिप्पणी ग(यो। त्यसैले पनि धेरै नेपालीले भारतलाई दोष दिइरहेका छन्?
हाम्रो भनाइ के हो भने यो संख्याको खेल होइन। हामीले निरन्तर भनिरहेको कुरा के हो भने यो विविधतायुक्त समाज हो, र यहाँ समाजका विविध पक्षका आफ्ना आकांक्षा छन्। हामीले भन्दै आएका छौं कि सम्भव भएसम्म ती आकांक्षालाई सम्बोधन गर्नुपर्छ। अनि आज मलाई लाग्छ तपाईंले देश निकै गम्भीर अवस्थामा पुगेको पाउनुहुनेछ।
विगतमा धेरै पटक भारतले नेपालको समस्या समाधानमा नेपाली नेताहरुलाई सुझाव दिने गरेको र सहजकर्ता बनेर समाधान दिएको घटना छन्। यो कसैले झूटो भन्न सक्दैन। तर अहिलेको समस्याको हकमा यदि तपाईंले तराईका आन्दोलनकारी पक्षलाई संविधानको परिधिभित्र रही समस्याको निरुपण खोज्न सुझाव दिएको भए परिस्थिति बेग्लै हुने थियो भन्ने के तपाईंलाई लाग्दैन?
यी सब नेपालका आन्तरिक मामिला हुन्। हो, विगतमा भारतले सहजकर्ताको भूमिका बहन गर्ने प्रयास गरेको थियो, त्यो पनि नेपालकै अनुरोधमा। तर म तपाईंलाई यो विषयमा भारतको धारणा बताउन चाहन्छु।
तपाईंले अघि भन्नुभयो भारतले नयाँ संविधानलाई केवल जानकारीमा लियो। हाम्रो एकमात्र उद्देश्य भनेको नेपालमा शान्ति र स्थिरता होस्। दोस्रो कुरा, हाम्रो मूल्याँकन के रहेको छ भने यो विविधतापूर्ण देशमा समाजका सबै पक्षलाई साथमा लिएर अघि बढेमा मात्र शान्ति र स्थिरता हुन्छ। यदि कुनै पक्षले आफुलाई कुनै प्रक्रिया, जस्तो कि संविधान निर्माणको प्रक्रियाबाट, अलग्याइएको अनुभूति गर्छ भने कठिनाइ उत्पन्न हुन्छ।
यो पनि नबिर्सनुस् कि भारत र नेपाल बीच खुला सीमाना छ। जब नेपालका कुनै भागमा समस्या हुन्छ भने त्यसले प्रष्ट रुपमा भारतमा असर हुन्छ।
यदि त्यसो हो भने किन भारतले संसदमा ८५ प्रतिशत प्रतिनिधित्व भएका मुख्य दलहरुमाथि सम्वादबाट र संविधानकै व्यवस्थाबाट समस्याको समाधान गर्न निरन्तर दबाब दिइरहेको छ, जबकि त्यस किसिमका दबाब आन्दोलनरत पक्षलाई दिएको देखिंदैन?
हामीले कसैमाथि दबाब दिएका छैनौं। हामीलाई लाग्छ समाधान देशभित्रबाटै हुनुपर्छ। दोस्रो कुरा समस्या सम्बोधन गर्न संविधान संशोधनको बाटोबाट जानुपर्ने प्रष्ट छ।
त्यसैले ८५ प्रतिशत प्रतिनिधित्व रहँदा रहँदै पनि तराईमा ठूलो आन्दोलन त चलिरहेको छ। त्यसलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
अनि, तपाईं एउटा पक्षको समर्थन गरेर बाँकी नेपाललाई चिढाउने भारतीय व्यवहारको चाहिं कसरी व्याख्या गर्नुहुन्छ?
यो असत्य हो। म यसलाई पुरै खारेज गर्छु। भारतको नीति संधै नेपालका निम्ति हुन्छ। यो होइन कि हामी एक समुदायको पक्षमा र अर्को समुदायको विपक्षमा छौं। यो हुँदै होइन। हामी नेपालमा शान्ति र स्थिरता पुनर्स्थापना गर्ने प्रक्रियाको समर्थन र सहजीकरण गर्न प्रयत्नरत छौं।
विगतमा भारतले नेपालमा प्रक्रियाहरुको सहजीकरण गर्दाखेरि ऊ सफल भएकै थियो। त्यसका धेरै उदाहरण छन्। यसपटक भारत पुरै विफल रह्यो। प्रक्रिया सहजीकरण गर्न खोज्दा पनि भारत सफल भएको छैन। भारतीय नीति विफल भएको छ?
यो कतै भारत विफल भएको हो वा होइन भन्ने विषय होइन। तपाईं त नेपालमा के भइरहेको छ भन्नेप्रति चिन्तित हुनुपर्ने हो। भारत ठूलो देश छ र उसले आफ्नो हेरचाह गर्न सक्छ। मलाई लाग्छ तपाईंको निम्ति महत्वपूर्ण त नेपालमा के हुन लाग्यो भन्ने हुनुपर्छ। भारतलाई बिर्सि्दिनुस्।
मैले यो प्रश्न किन गरेको भने तपाईंले अघि भारतले नेपालमा प्रक्रियाहरुको सहजीकरण गरेको थियो भन्नुभयो। विगतमा त्यो सफल भएको थियो। यसपटक विफल भयो। यस विफलताको लागि भारतीय राजदूतका हैसियतले तपाईंको जिम्मेवारी छ कि छैन?
यो त आ आफ्ना निर्णयमा भर पर्ने विषय हुन्। को सफल वा को विफल भन्ने विषयको फैसला गर्न म तपाईंलाई नै छाड्छु, र यी प्रक्रियाले समय लिन्छन्। दोस्रो कुरा के हो भने यी सबै सहजीकरण नेपालकै अनुरोधमा भएका हुन्।
अब हालै सुनसरीमा भएको गोलीप्रहारको घटनाबारे सोधौं। घाइतेहरु आफैले भनेका छन् कि भारतको सशस्त्र सीमा बल एसएसबीकै मान्छेले उनीहरुलाई गोली हानेका हुन्। नेपाली अधिकारीले भनेका छन् घटना नेपाली भूभागमा भएको हो। तर तपाईंको दूतावासले घटना नेपालमा नभएको र कोही नेपाली घाइते नभएको भन्दै विज्ञप्ति निकाल्यो। के त्यो ठाडै झुठ होइन र?
होइन, त्यो सत्य हो। हामीलाई प्राप्त सूचना अनुसार घटना हाम्रै भूभागमा भएको हो। त्यसपश्चात हामीलाई नेपाल सरकारको तर्फबाट टिपोट प्राप्त भएको छ। हामी निश्चय पनि यस घटनाबारे पूर्ण अनुसन्धान गर्नेछौं।
भारतको लागि महत्वपूर्ण एउटै कुरा भनेको आफ्नो छिमेकमा, खासगरी नेपालमा, शान्ति र स्थिरता होस् भन्ने नै हो
भन्नाले तपाईंको दृष्टिबाट जुन नेपाली घाइतेका तस्वीरहरु पत्रिकामा, टेलिभिजनमा, अनलाइनमा आएका छन्, ती झुट्टा हुन्?
हैन, त्यो तपाईं कसरी भन्न सक्नुहुन्छ?
हामीले नेपाल सरकार तर्फबाट पनि लिखत पाएका छौं। अब हामी त्यसको अनुसन्धान गर्नेछौं।
किन तपाईं शुरुमै यसो भन्नुहुन्छ?तपाईंले शुरुमा भारततर्फबाट आएका सूचनामा आधारित भएर यो भन्नुभयो। तर तपाईंको विज्ञप्ति आउनुभन्दा पहिले नै घाइतेका फोटो सञ्चार माध्यममा आए नि?
हो, त्यसैले हामीले यस घटनामा पूर्ण अनुसन्धान गर्नेछौं। मलाई उक्त सीमा क्षेत्रमा ठ्याक्कै के अवस्था छ भन्ने थाहा छैन।
धेरै नेपाली विश्लेषकहरु भन्छन्, भारत नेपालसंग के चाहन्छ भन्ने बुझ्नै सकिएन‘हामी नेपालमा शान्ति र स्थिरता चाहन्छौं। त्यो भन्दा अर्थोक केही चाहँदैनौं।
अनि तपाईंलाई लाग्छ नेपालका अधिकांश जनताले तपाईंको यो कुरा पत्याउलान्? त्यसो भए तपाईं भन्नोस् भारत के चाहन्छ?धेरै मानिसले यो प्रश्न उठाएका छन्?
भारतको लागि महत्वपूर्ण एउटै कुरा भनेको आफ्नो छिमेकमा, खासगरी नेपालमा, शान्ति र स्थिरता होस् भन्ने नै हो। किनकि भारत द्रुत गतिमा विकास गर्न चाहन्छ। अनि, हामीलाई लाग्छ कि छिमेकमा गडबडी भएका खण्डमा भारतको वृद्धिमा अवरोध हुन सक्छ।
म आशावादी र ढुक्क के मा छु भने, दुई छिमेकका रुपमा हामी संगै बाँच्नुपर्छ र संगै काम गर्नुपर्छ। त्यो एकमात्र विकल्प हो जसमार्फत हामीले हाम्रा जनताको फाइदाका निम्ति प्रगति र विकास गर्न सक्छौं।
मैले अघि पनि भनेको थिएं दुई देश बीचको सम्बन्ध हालसम्मकै चीसो अवस्थामा पुगेको छ, जुन कुरा दुवै तर्फ भनिएको पनि छ।
यो सन्दर्भमा, तपाईंको विचारमा दुवै देश भारत र नेपालका निम्ति, वर्तमान स्थितिबाट छविमा आँच नआउने गरी कस्तो समाधान हुन सक्छ?
मलाई लाग्दैन भारतलाई कुनै त्यस्तो छविमा आँच नआउने खालको समाधान चाहिएको छ। यदि नेपाललाई चाहिएको हो भने त्यो उसैले निर्धारण गर्ला।
कतिपय भारतीय विश्लेषकले यो भारतको महागल्ती भएको र विदेश नीतिको पूर्ण विफलता भएको भनेका छन्?
हामी एउटा प्रजातान्त्रिक मुलुक हौं। हामीकहाँ थुप्रै विचार र दृष्टिकोण रहीआएका छन्।अनि, प्रजातन्त्रमा त जनताको दृष्टिकोणबाटै प्रजातन्त्र चल्ने होइन र?
पक्कै हो। त्यसैले थुप्रै मानिसहरुमाझ फरक फरक बुझाइ हुन सक्छ।
भनेपछि तपाईंको विचारमा भारतको तर्फबाट कुनै कमजोरी भएको छैन?
मैले त्यसो भनेको छैन। जुनसुकै सम्बन्धमा पनि दुई पक्षकै जिम्मेदारी हुन्छ। मलाई लाग्छ महत्वपूर्ण के छ, भने वर्तमान समस्याबाट पार पाएपछि हामीले नेपाल भारत सम्बन्धमाथि एकचोटी फेरि ध्यान पुर्याउनुपर्छ ।  नेपाल भारतसंग कस्तो सम्बन्ध चाहन्छ भन्ने बारे। किनकि हामीलाई हाल देखिएका भारत विरोधी भावनाले निकै चिन्तित बनाएको छ।
प्रधानमन्त्री मोदीको भ्रमणपश्चात उब्जिएको सदभाव यस घटनाले गर्दा पूर्ण रुपले नष्ट भएको भन्ने तपाईंलाई लाग्छ?
हेर्नुस्, तपाईं एकदमै धेरै भावनात्मक किसिमका शब्दहरु जस्तो कि ’पूर्ण’ र ’नष्ट’ भन्ने प्रयोग गर्दै हुनुहुन्छ।
हो, किनभने मैले नेपाली दृष्टिकोण तपाईंलाई बताइरहेको छु?
हामीलाई लाग्छ, कुनैपनि कुराले हाम्रा सम्बन्ध पूर्ण नष्ट गर्न सक्दैनन्। जनस्तरमा यो निकै बलियो छ। हो, सरकारका माझ केही कठिनाइ होलान्। तर एउटा कुरा म तपाईंलाई प्रष्ट भन्न चाहन्छु कि भारत विरोधी भावनालाई नेपालमा व्यक्तिगत वा पार्टीगत स्वार्थका लागि राजनीतिक रुपमा प्रयोग गरिन्छ। मलाई लाग्दैन यस्तो नीति दिगो हुन सक्छ। मलाई लाग्छ यसको समीक्षा हुनुपर्छ।

(राजदूत रेसंग  बीबीसीका रबीन्द्र मिश्रले गरेको कुराकानीको संपादित अंश)
nepalsandesh
एसएसबी गोलीकाण्ड
काठमाडौं: भारतीय सुरक्षा बल एसएसबीले बुधबार नेपाली भूमिमा प्रवेश गरी चारजना नेपाली युवामाथि गोली हानेको घटनापछि सशस्त्र प्रहरीको भूमिकामाथि गम्भीर प्रश्नचिह्न खडा भएको छ।



घटनास्थलको विवरणसहित बिहीबार गृह मन्त्रालय पुगेका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई गृहमन्त्री शक्तिबहादुर बस्नेतले सीमामा सशस्त्र प्रहरीको भूमिकाबारे चासो व्यक्त गरेका थिए।

सुनसरीको भान्टाबारी बजारभन्दा करिब एक किलोमिटर दुरीमा रहेको पूर्वीटोलमा एसएसबीले रासायनिक मल बोकेका किसान युवालाई लखेटेर गोली प्रहार गरेको थियो। एसएसबीले नेपाल-भारत सीमाभन्दा पाँच सय मिटरभित्र पसेर गोली हान्दा पनि सीमामा खटिएका सशस्त्र प्रहरीले तत्कालै थाहा नपाएको भन्दै गृहमन्त्री बस्नेतले आईजीपी वन्तसँग स्पष्टीकरण लिएका थिए।

जबाफमा वन्तले मधेसी मोर्चाको आन्दोलन सुरु भएदेखि नै उक्त स्थानमा सशस्त्रले डिउटी लिन छाडेको र घटनास्थलभन्दा करिब चार किलोमिटर टाढामात्रै सशस्त्रको क्याम्प रहेको बताएका थिए।मन्त्रीसँगको भेटको केही पछि आईजीपी वन्तले दस्ताबेजसहित शान्तिसुरक्षा महाशाखा प्रमुख लक्ष्मी ढकाललाई घटनाबारे जानकारी दिएका थिए।

स्रोतका अनुसार सशस्त्रको ड्युटीमै रहे पनि एसएसबीले गोली हानेको घटना निकै बेरपछि मात्रै सशस्त्र प्रहरीले थाहा पाएको थियो।सीमामा सशस्त्र प्रहरीको उपस्थितिबारे जानकारी माग्दा सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी पुष्पराम केसीले नेपाल-भारतबीचको संवेदनशील विषय भएको भन्दै गृहका प्रवक्तासँग बुझ्न आग्रह गरे।

स्रोतका अनुसार महानिरीक्षक वन्तले गृहमन्त्री बस्नेतसँग भने सीमा क्षेत्रमा नपुग सशस्त्र प्रहरी खटाउन निर्देशन भएमा आफू तयार रहेको बताएका थिए।
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मंसिर ११, २०७२- फोब्र्सको सूचीमा रहेका एक मात्र नेपाली व्यवसायी विनोद चौधरीले कमनवेल्थ देशहरूको बैठकमा भारतीय नाकाबन्दीले मानवीय संकट पैदा गरेकोबारे ध्यानाकर्षण गराएका छन्।

चौधरी समूहका अध्यक्ष एवं उद्योग परिसंघका पूर्वअध्यक्ष चौधरीले नाकाबन्दीका कारण भूकम्पले जर्जर मुलुकलाई नाकाबन्दीले आर्थिक संकटतर्फ समेत धकेलेको बताए।

चौधरी ग्रुपद्वारा जारी विज्ञप्तिअनुसार युरोपेली मुलुक माल्टामा आयोजित कमनवेल्थ मुलुकका राष्ट्र प्रमुखहरू सहभागी हुने सम्मेलनका क्रममा आयोजित एक कार्यक्रममा उनले उक्त धारणा राखेका हुन्।

कनेक्टिङ एसिया एक्सलरेटिङ रिजनल इन्टिग्रेसन एन्ड डेभलपमेन्ट विषयक अन्तक्रियालाई उनले सम्बोधन गरेका थिए। कमनवेल्थ बेलायती उपनिवेश भएका मुलुकहरूको समूह हो। नेपाल यसको सदस्य नभए पनि चौधरीलाई अतिथिका रूपमा बोलाइएको विज्ञप्तिमा उल्लेख छ।

‘नाकाबन्दीले सर्वसाधारणको जिविकामा ठूलो असर परेको छ भने उद्योगधन्दा बन्द भएको अवस्था छ,’ उनको भनाइ उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ। यसमा भारतलगायत ८० मुलुकका सरकार प्रमुख एवं प्रतिनिधि सहभागी छन्। उनले दक्षिण एसियाली मुलुकलाई एक अर्कामा जोड्न र समृद्धिका लागि भारतको भूमिका महत्त्वपूर्ण हुने बताए।

‘दक्षिण एसियाको विकासका लागि यस क्षेत्रको सबैभन्दा ठूलो मुलुक भारतले छिमेकीहरूप्रति सदभाव राख्नुपर्छ,’ चौधरीले भने। भारतले दुई महिनायता इन्धन र अन्य सामग्री नेपाल आउन रोक लगाउँदै आएको छ। इन्धन र कच्चा पदार्थको अभावमा उद्योग व्यवसाय धराशायी बन्दै गएको छ। आर्थिक वृद्धिदर ऋणात्मक हुने देखिएको छ।

kantipur.ekantipur
मंसिर ११, २०७२- सप्तरीको भारदह–कोशी व्यारेज सडक खण्डमा बस पल्टिंदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
आज विहान करिब ५ बजे बस पल्टिएको हो । पश्चिमबाट पूर्वतर्फ प्रहरीको स्कर्टिङमा गइरहेको ना ५ ख १६६४ नम्बर बसमा आन्दोलनकारीले ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारपछि अनियन्त्रित भइ बस पल्टिएको प्रहरीले इलाका प्रहरी कार्यालय भारदहका प्रमुख सुरेन्द्र खेरबारले जानकारी दिए ।

मृतकमध्ये धनुषा तुलसीपुर ७ की ९ वर्षीय निर्जला बस्नेतको सनाखत भएको छ । अर्का मृतकको साथबाट जीवनकुमार अधिकारीको नाममा रहेको एटीएम कार्ड भेटिएको छ । उनको शव सनाखत हुन बाँकी रहेको प्रहरीले  जनाएको छ ।


kantipur.ekantipur
काठमाडौं – इन्धन आयातको व्यवसायिक सम्झौता गर्नुअघि चीन गएको नेपाल आयल निगम टोलीले दोहोरो करको विषयमा अझै कुरा मिलाउन सकेको छैन । निगम स्रोतका अनुसार चीनले व्यापारिक कारोबार गर्न हिच्कचाइरहेकाले करको विषयमा कुरा मिल्न नसकेको हो ।
‘चीनको स्थानीय करबारे छलफल व्यापक भइरहेको छ । चीनले दिन नमानेको र अनिच्छा देखाएकाले छलफलमै सीमित भइरहेको छ,’ ती स्रोतले भन्यो, ‘करका विषयमा सहमति हुने सम्भावना कम छ ।’चीनले स्थानीय कर छुट नदिँदा एक लिटरमा करिब १३ रुपैयाँ महँगो पर्छ ।

नेपाल भित्राउँदा भन्सार बिन्दुमा फेरि कर लाग्छ । जसले गर्दा उपभोक्ता दोहोरो मारमा पर्ने जनाइएको छ । निगमका अनुसार कर छुट नभए चीनको तेल नेपाल आउँदा प्रतिलिटर एक सय ८० रुपैयाँ सम्म पर्छ । जसले गर्दा चीनमा लाग्ने स्थानीय कर छुट हुनुपर्ने वाणिज्य तथा आपूर्ति मन्त्रालयको भनाइ छ ।

‘चीनबाट आयात हुने इन्धन भारतीय सहरकै मूल्यमा हुनुपर्ने हाम्रो माग छ । सोही अनुसार छलफल भइरहेको छ,’, मन्त्रालयका उच्च अधिकारीले भने, ‘यी सबै विषयमा प्राविधिक टोलीले छलफल गर्ने छ ।’ प्राविधिक टोली स्थानीय कर, मूल्य, रुट, नेपालले खरिद गर्न सक्ने या नसक्ने लगायत सबै विषय मिलाउने अधिकार छ ।

ratopati
काठमाडौं, ११ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओली देशको ३८औँ प्रधानमन्त्री बनेर सिंहदरबार प्रवेश गरेको ४७ दिन पुगेको छ । ओली सिंहदरबार प्रवेश गर्दा मधेस आन्दोलन र भारतको नाकाबन्दी थियो ।
अहिले पनि आन्दोलन र नाकाबन्दी कायमै रहँदा समस्या बढ्दै गएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ । प्रधानमन्त्री भएपछि ओलीले नाकाबन्दी सहने, तर भारतसँग नझुक्ने अभिव्यक्ति दिए ।
उनको यो अभिव्यक्तिपछि धेरैले उनलाई राष्ट्रवादी नेताका रूपमा छन् । तर, उनले नाकाबन्दीबाट उत्पन्न सकस अन्त्य गर्न नसक्दा असन्तुष्टि पनि बढेको छ ।
एमाले सचिव योगेश भट्टराईले सरकारको समीक्षा गर्ने वेला भइनसकेको बताए । प्रधानमन्त्री ओलीले अडानअनुसार काम गर्न नसकेको भने उनले स्विकारे ।
‘अहिल्यै सरकारको समीक्षा गर्ने वेला भइसकेको त छैन,’ भट्टराईले भने, ‘बाहिरबाट हेर्दा राष्ट्रियताका मुद्दामा उहाँले लिएका अडान ज्यादै ठीक छन्, त्यसअनुसारको काम–कारबाही भने केही पनि छैन भन्ने छ ।’
तराई मधेसको आन्दोलनले सय दिन नाघिसकेको छ । तर, मधेस समस्या समाधान गर्न प्रधानमन्त्रीले पहलकदमी नलिएको आरोप ओलीमाथि लाग्ने गरेको छ ।
प्रधानमन्त्रीको कामप्रति समीक्षा गर्ने वेला नभए पनि अपेक्षित गतिअनुसार काम गर्न नसकेको गुनासो बढेको एमाले सचिव पृथ्वी सुब्बा गुरुङले पनि बताए ।
सरकार बनाउँदैदेखि ओलीबाट कमजोरी भएको एमाले पोलिटब्युरो सदस्य बेदुराम भुसालले बताए । ‘पहिलो कुरा त सरकार बनाउँदा नै कमजोरी भयो । पार्टीभित्रै सहमति र समझदारी बनाउन सक्नुभएन ।
सरकारको दिनगन्ती सुरु भयो आफैँ भन्नुहुन्छ, तर अझै सरकार अपूरो छ,’ भुसालले नयाँ पत्रिकासँग भने, ‘यस्तो वेला आफ्ना मान्छे लग्नेभन्दा क्षमतावान् मान्छे लगेर संकट समाधानमा लाग्नुपर्ने थियो, तर त्यो ढंगले मान्छे छान्नुभएन ।’
संकटको अवस्थामा केन्द्रीय कमिटी, पोलिटब्युरो बैठक राखेर एमालेले कुनै धारणा बनाएको छैन ।
‘संकटको यस्तो वेला दिन बिराएर स्थायी कमिटी बैठक बसेर पार्टीको धारणा बनाउनुपर्ने हो, तर बैठक बोलाइएको छैन,’ सचिव भट्टराई भन्छन्, ‘मधेस आन्दोलनबारे पार्टीका कार्यक्रम बनाएर तराई जानुपर्नेमा कार्ययोजना पनि छैन, जिम्मेवारी पनि छैन ।
अन्तर्राष्ट्रियस्तरमा नाकाबन्दीविरुद्ध लबिङ गर्न पार्टीका शीर्ष नेतालाई परिचालन गर्नुपर्नेमा त्यो पनि गरिएको छैन ।’ स्वतन्त्र बुद्धिजीवी र विज्ञहरूलाई बोलाएर संकट समाधान गर्न गम्भीर पहलकदमी गर्नुपर्नेमा त्यसमा पनि प्रधानमन्त्री चुकेको एमाले नेताहरू बताउँछन् ।
पोलिटब्युरो सदस्य भुसाल भन्छन्, ‘उहाँ पार्टी अध्यक्ष पनि हो, तर समस्या समाधानका लागि पार्टीपंक्तिलाई परिचालन नै गर्नुभएन । एकातिर भारतीय पक्षसँग राम्रो कुरा भएको छैन भने अर्कातिर चीनतिरको कुरा पनि अल्झेर बसेको छ ।’
भारतको नाकाबन्दीका कारण मुलुक अस्तव्यस्त भएको वेला प्रधानमन्त्री ओलीले समस्या समाधानका लागि सम्बोधन गर्ने जनअपेक्षा थियो ।
उनले प्रधानमन्त्री भएको ३७औँ दिनमा राष्ट्रका नाममा सम्बोधन गरे, तर तत्कालको समस्याबाट राहत दिने ठोस कार्यक्रम ल्याएनन् ।
सम्बोधनमा उनले महत्त्वकांक्षी योजना सुनाए । एमाले नेता भुसाल भन्छन्, ‘जनताले अहिले तत्कालको राहत चाहेका छन्, तर एक वर्षसम्ममा लोडसेडिङको अन्त्य गर्ने, विद्युतीय तथा जैविक ऊर्जाद्वारा खाना पकाउने र ग्यासमाथिको निर्भरतालाई न्यून गर्नेजस्ता कुराको कुनै अर्थ छैन ।’
dainiknepal
काठमाडौं  –एमाओवादीबाट नयाँ शक्ति बनाउने भन्दै तामझाम गरेर बाहिरिएका डा. बाबुराम भट्टराईको नयाँ शक्तिको विस्तृत कार्ययोजना नै सार्वजनिक नभइकन विवादमा परेको छ । पूर्र्व एमाओवादीको विभिन्न जिम्मेवारीमा रहेका तर कामको नाममा वरको सिन्को पर समेत नसार्ने नेताहरूलाई अघि–पछि लगाएर निर्माण गरिएको नयाँ शक्ति नयाँ बोतलमा पुरानो रक्सी भएको भन्दै टिप्पणी गर्नेहरू पनि सँगसँगै देखिएका छन् ।

एमाओवादीमा रहेर कुनै जिम्मेवारी पूरा नगर्ने र आफूखुशी उठ्ती धन्दा चलाउनेहरू नयाँ शक्तिको नाममा नयाँ जोगीले खरानी घसेजस्तै गरी अघि सरेका छन् । भट्टराईले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका कमाण्डरहरूको अनुहार र हैसियत हेर्दा ती गरेर खाने भन्दा पनि खाएर गर्ने खालको रहेको भन्दै पत्रकार सम्मेलनमा नै पत्रकारले प्रश्न उठाए पनि जवाफ नै नदिइकन बसेका थिए ।

नयाँ शक्तिका कमाण्डरका दुई नागरिकता

नयाँ शक्तिको नाममा मेची कोशीको संयोजकमा राजेन्द्र किराती र मध्य तराई संयोजकमा रामचन्द्र झा, काठमाडौं र यसको आसपासको क्षेत्रमा गंगा श्रेष्ठलाई तोकेका छन् । राजेन्द्र किराती जनयुद्धकालभरी कुनै पनि भूमिका निर्वाह नगरेका व्यक्ति हुन् । कुनै जनाधार नभएका र टपरे नेताको रूपमा उनी स्थापित भएको भन्दै नयाँ शक्तिमा लाग्छु भन्नेले समेत एमाओवादी नछाड्ने बताएका छन् ।

रामचन्द्र झा बिहारी नागरिकता बोकेर नेपालमा राजनीति गर्ने पात्रको रुपमा चिनिएका व्यक्ति हुन् । बिहारको बहराइच जिल्लाबाट नागरिकता लिएको भन्दै एमालेमा रहँदा नै उनको आलोचना हुने गरेको थियो । रघुवीर महासेठले त रामचन्द्र झाले नेपाल र भारत दुवैतिर राजनीति गरेको भन्दै सार्वजनिक भाषण नै गरेका थिए ।
यस्तै गण्डकी–बाग्लुङ–म्याग्दी संयोजकमा देवेन्द्र पराजुलीलाई तोकिएको छ । उनलेपनि माखो नमार्ने नयाँशक्तिधारीहरु नै बताउछन् ।
यस्तै मगरात– अवधमा वामदेव क्षेत्री जवाहर नेहरू विश्वविद्यालयका पुस्तकालयका पियनबाट माओवादीमा लागेका व्यक्ति हुन् । कुनै जनाधार नभएका र कुराको भारी मात्रै भएको भन्दै कोही कसैले पनि राम्रो नमान्ने व्यक्तिका रूपमा परिचित छन् । भेरी कर्णालीमा भक्तबहादुर शाह ठीकै भए पनि सो क्षेत्रमा उनको कुनै जबर्जस्त उपस्थिति रहेको छैन ।

सेती–महाकालीका संयोजक बनाइएका नवराज सुवेदी जता मल्खु उतै ढल्कुमा माहिर मानिएका प्राणी हुन् भन्दै चित्रबहादुर केसीले नै टिप्पणी गर्ने गर्दथे । जनवर्गीय एवम् मोर्चामा कुमार पौडेल पिंध नभएका लोटा जस्ता छन् । राजनीति भन्दा बढ्ता कमाउ धन्दा चलाउन सिपालु भनि आरोप खेपीरहेका हिसिला यमी अन्तर्राष्ट्रिय विभागको संयोजक बनेकी छिन् । केशव स्थापितसँग गड्यौला चाहिने भन्दै बार्गेनिङ गरेको, वासिङ्टन पोष्टले समेत समाचार लेखेको हिसिलाको बारेमा के भन्नु र खै, यस्तो तालले के नयाँ शक्ति बन्ला ल भन्दै बन्दसत्रमा नै उनको कास्कीका एक कार्यकर्ताले उछित्तो काढेको भेलामा सहभागी एक नेताले जानकारी दिए । यस्तै जातीय मोर्चाको संयोजक बनाइएका रामकुमार शर्मा गौर हत्याकाण्डमा मतियार भएको भन्दै कार्यकर्ताले चर्को विरोध गरेको बुझिएको छ ।

गौर काण्डका मतियारसँग बाबुरामको घाँटी

नयाँ शक्ति कस्तो नै होला भन्नेहरूले बाबुरामको पछिल्लो गतिविधि हेर्दा नै थाहा पाइसकेका छन् । उनको हुती ‘खुट्टी देख्दा नै चाल पाइयो’ भने जस्तै छ । नयाँ शक्तिको जति सुकै व्याख्या गरे पनि उनी हिजो विभिन्न पार्टीबाट भागेका, भारतीय स्वार्थमा चलेका व्यक्तिहरू नै उनको अघि–पछि लाग्ने देखिएको छ । उपेन्द्र यादव मधेशी जनअधिकार फोरम नेपाल खोल्नुअघि माओवादीमा नै थिए ।
उनकै योजनामा गौर हत्याकाण्ड मच्चाइएको भनेर स्वयं माओवादीले नै भन्दै आएको थियो । पछिल्लो पटक नयाँ शक्तिको फोरमसँग एकता हुने भनिएपछि बाबुरामको भेलामा सहभागी भएकाहरूले सो प्रश्न बाबुरामलाई सोधेपछि भारतमा नरेन्द्र मोदीले बाबरी मस्जिदको प्रश्न सोध्दा पानी पिउने गरे जस्तै गोलमटोल उत्तर दिएको बताइन्छ । उनको कमाण्डर तोकिएका रामकुमार शर्मा र उपेन्द्र यादवको योजनामा २१ जना माओवादीका नेता तथा कार्यकर्ताको हत्या गरिएको थियो । तिनै भट्टराई हुन् जो गौर हत्याकाण्डका मतियारलाई कडा कारबाही गर्ने भन्दै गोहीको आँसु झारेका थिए । आज उनै भट्टराई हत्याकाण्डका मतियारसँग घाँटी जोड्ने योजनामा लागेको भन्दै टिप्पणी हुन थालेको छ । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

ratopati
काठमाडौं, ११ मंसिर । प्रमुख प्रतिपक्ष कांग्रेसले आफ्ना नेतालाई संसदमा बोल्न नदिएको बिषयलाई लिएर सभामुख ओनसरी घर्तीको निष्पक्ष भूमिकामाथि प्रश्न उठाएको छ ।
सत्ता गठबन्धन दलहरुको साठगाँठका आधारमा बिहीबारको संसदमा संसदीय परम्परा विपरीत प्रतिपक्षी एवं सबभन्दा ठूलो दललाई पहिला बोल्न नदिएको भन्दै कांग्रेस नेताहरुले सभामुख घर्तीको भूमिकालाई लिएर पहिलोपटक आलोचना गरेको कान्तिपुर दैनिकले समचार छापेको छ ।
सभामुख घर्तीले विहिबारको संसद बैठकमा प्रमुख प्रतिपक्ष कांग्रेसभन्दा अघि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई बोल्न समय दिएपछि विवाद भएको हो ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आफूहरुले बोल्न पाउनु पर्ने माग राख्दै उठेका थिए ।
तर, सभामुख घर्तीले यादवलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरुले संसदीय मुल्य र मान्यता विपरीतको अभ्यास भएको भन्दै संसदमा होहल्ला गरी बैठक चल्न दिएनन ।
dainiknepal
काठमाडौं, ११ मंसिर । तराईमा आन्दोलनरत एक समूहले ‘मधेस रक्षा बाहिनी’ नामक सैन्यदस्ता गठन गरी समानान्तर सरकार घोषणाको तयारी गरेको छ ।
जेपी गुप्ता तथा सिके राउतलगायतको समूहले यस्तो तयारी गरेको राष्ट्रिय अनुसन्धान विभागले गृह मन्त्रालयमा बुझाएको रिपोर्टमा उल्लेख रहेको नयाँ पत्रिका दैनिकले छापेको छ ।
सिरहा, सप्तरी, महोत्तरीलगायतका तराईका जिल्लामा दशगजादेखि राजमार्गसम्मको क्षेत्रमा प्रहरीलाई बस्न नदिई त्यहाँ कब्जा जमाउन लागिएको छ ।
क्षेत्रमा रहेका सरकारी कार्यालयमा सो समूहले ‘नेपाल सरकार’ मेटेर ‘मधेस सरकार’ राख्न थालिसकेको छ ।
राजमार्गदेखि सीमासम्मका अधिकांश साना प्रहरी चौकी विस्थापित भइसकेका छन् ।
सुरक्षा निकाय सरकारी कार्यालयको सुरक्षा र राजमार्ग खुलाउनमा मात्र सक्रिय रहेको मौका छोपी सो क्षेत्रमा तस्करी बढाइएको छ ।
हतियारसमेत भारतबाट भित्रन थालेको गुप्तचर रिपोर्टमा उल्लेख छ ।
हिंसाको आडमा तीन जिल्लामा राज्यका निकायसहित ठूला पार्टीका नेतालाई समेत निषेधको तयारी भइरहेको छ ।
त्यसका लागि योजनाबद्ध रूपमा हिंसा मच्चाइएको छ । बुधबार भारतको सीमा सुरक्षा बलबाट चार नेपालीमाथि भएको गोली प्रहार, बिहीबार मोरङमा पेट्रोल बोकेका व्यक्तिलाई आगो लगाउने काम तथा केही दिनअघि बिरामी बोकेको एम्बुलेन्समा तोडफोड गर्ने काम नियोजित रूपमा भएको स्रोत बताउँछ ।
‘एक समूह आन्दोलनरत पक्ष र सरकारबीच जे–जस्तो सहमति भए पनि आन्दोलन चर्काउँदै जाने र हिंसा मच्चाउने दिशामा अग्रसर छ, सोही कारण नेताहरू वार्तामा बस्न इच्छुक देखिएका छैनन्,’ गुप्तचर स्रोत भन्छ, ‘तराईको आन्दोलन झन् जटिलतातर्फ अघि बढेको छ ।’
dainiknepal
काठमाडौँ, ११ मंसिर । चुरेभावर राष्ट्रिय एकता पार्टी नेपालले ३ महिना भन्दा लामो बन्द हड्ताल गरिएको भन्दै अब अत्ति भएको बताएको छ । चुरेभावरले हिजो चन्द्रनिगाहपुरमा भारतीय नाकाबन्दीको बिरोध गर्दै विशाल प्रर्दशन गर्यो ।

प्रर्दशनपछिको सभामा पार्टीका केन्द्रीय अध्यक्ष बद्रीप्रसाद न्यौपानेले जातीय सद्भाव भड्काउन खोज्नेहरु देखि सचेत हुन आग्रह गर्दै मधेशी मोर्चालाई राजमार्गमा धर्ना र आन्दोलन नर्गन चेतावनी दिए । यदि राजेन्द्र महतो जस्ता अराजक तत्वहरु सडकमा निस्किए प्रतिकार गर्न आफुहरु तयार रहेको समेत उद्घोष गरे ।


प्रर्दशनमा चन्द्रपुर नगरपालिकाको बिभिन्न गाँउहरुबाट चन्द्रनिगाहपुरमा जम्मा भएका मानिसले राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी भएका थिए । उनीहरुले जातीय सद्भाव कायम गरौ, नाकाबन्दी फिर्ता गर, चुरेभावर प्रदेश कायम गर लगाएतका नारा लगाएका थिए ।

etajakhabar
हेल्लो शुभ बिहानी सबैलाई आज वि .सं. २०७२ साल मंसिर ११ गते। शुक्रबार। इश्वी सन् २०१५ नोभेम्बर २७ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– द्वितीया, २५:२६ बजेउप्रान्त तृतीया हेर्नुहोस आजको राशिफल ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesसोचेको फाइदा नहुन सक्छ। काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्न सक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusविभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiकेही खर्च लागे पनि सोचेको काम बन्नेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक कामकाजमा फाइदा होला। मनको डर उत्साहमा रूपान्तरित हुने योग छ। टाढाको यात्रा गर्ने मौका छ। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ। अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerव्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoअवसरका लागि जोखिमपूर्ण वा तत्काल लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला। कामको सन्दर्भमा शक्तिशाली व्यक्तित्वहरूसँग प्रतिस्पर्धा हुन सक्छ। नोकरी र राजनीतिमा लाग्नेहरूलाई पनि समय चुनौतीपूर्ण नै देखिन्छ। अरूको विश्वास जिते पनि आफन्तबाट धोका पाइएला। मानसम्मानमा आघात वा अनावश्यक ठाउँमा खर्च हुने योग छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoआस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन्। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअप्ठ्यारो परिस्थितिमा पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। सहयोगीहरूले काममा सहयोगको तत्परता देखाउनेछन्। आस मारेको फल पुनः प्राप्त हुन सक्छ। गोप्य रहस्य पत्ता लगाउन सकिने समय छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ। कठिन चुनौती सामना गर्नुपर्ला।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसुन्दर पहिरनले अरूको मन लोभ्याउन सकिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। विभिन्न अवसरले मन प्रसन्न रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ। अतिथिको रूपमा सत्कार समेत पाइने सम्भावना छ। मनग्य धनलाभ हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusसफलताका लागि प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती समेत सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। व्यापार तथा उद्योगतर्फ फाइदाकै योग छ। यात्राको व्यवस्थापनमा खर्च हुनेछ। द्वन्द्व तथा प्रतिस्पर्धामा सावधानीसाथ जुट्नुपर्नेछ। व्यावसायिक काममा फाइदा उठे पनि तत्काल खर्च समेत गर्नुपर्ला।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornपढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusरचनात्मक कार्यमा रुचि बढ्नेछ। पारिवारिक भेटघाटले आनन्द प्राप्त हुनेछ। टाढिएका आफन्तहरू पनि नजिकिनेछन्। घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ। मित्रजनसँग भेटघाट होला। सरसफाइ तथा घरायसी काममा आकर्षित भइनेछ। कृषि तथा पशु व्यवसायबाट पनि राम्रै लाभ हुने समय छ। प्राकृतिक पर्यावरण वा एकान्तमा मन रमाउनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesपरिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। सहयोगीहरूले समेत हात झिक्नाले केही अप्ठ्यारोमा परिनेछ। सञ्चित रकम खर्च गर्नुपर्ने आवश्यकता पर्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। पारिवारिक असमझदारीले पनि काममा अप्ठ्यारो पर्न सक्छ। तापनि, मेहनत गर्दा फाइदै हुनेछ। परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन भने खिन्न रहनेछ।

काठमाडौं, १० मंसिर । विश्वलाई स्तब्ध पार्नेगरी फ्रान्सको पेरिसमा हमला गरेको आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस) भारत प्रवेश गरेको छ ।
भारतीय सीमा सुरक्षा बल (बीएसएफ)ले सार्वजनिक गरेको रिपोर्टमा ४५ औं पटक भारत छिर्न प्रयास गरेको आईएस पाकिस्तानको बाटो हुँदै भारत–पाकिस्तान सीमा क्षेत्र काश्मिर आईपुगेको जनाइएको छ ।
बीएसएफका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भारतीय च्यानल आजतकले लेखेको छ–आईएसले पाकिस्तानबाट आफ्ना आतंकवादी लडाकूलाई भारतको कश्मीर पुगाएको छ । र मद्दत पनि गरिरहेको छ ।
भारतीय गृह मन्त्रालयलाई प्राप्त खुफिया रिपोर्ट अनुसार आईएसले पाकिस्तानको पेशावरका ३० जनालाई कश्मीर पठाएको छ जसले आतंकवादी लडाकूलाई भारत छिर्न सहयोग गर्नेछन् । साथै आईएसले भारत पाकिस्तान सीमा क्षेत्रका आतंकवादी संगठन जैश–ए–मोहम्मद, लश्कर–ए–तैयबा र हिजबुल मुजाहिदीनलाई पनि सघाइरहेको खुलासा भएको छ । तीनै संगठनको बैठकले आईएसका लडाकू भारत प्रवेश गराउन नयाँ योजना बनाएको बताइएको छ । तर, उक्त योजना सार्वजनिक गरिएको छैन् ।
बीएसएफका महानिरीक्षक राकेश शर्माले जम्मू–कश्मीरमा पाकिस्तानबाट पछिल्लो वर्ष मात्रै सीज फायरको उल्लंघन गरी आतंकवादी घुसपेठ गराउने कार्यमा ४५ प्रतिशतले वृद्धि भएको बताए । आईएसलाई भारत पठाउन पाकिस्तानका नेता एवं जमात उद दावा प्रमुख हाफिज सईदले सीमा नजिकका आतंकवादी शिविरमा गएर आतंकवादी हमला भड्काइरहेको बीएसएफ अधिकारीले आशंका गरेका छन् ।
आईएस लडाकूको टोली काश्मिर प्रवेश गरेपछि भारतमा हंगामा मच्चिएको छ । दिल्लीमा विहीबार मात्रै आपतकालिन बैठक बसेर आईएसविरुद्ध सुरक्षा योजना बनाउन सुरु गरिएको समाचार जनाइएको छ । (एजेन्सीको सहयोगमा)
dainiknepal
काठमाडौं, १० मंसिर । भारतमा लोकसभा र राज्यसभाको बैठकको पूर्वसन्ध्यामा बसेको सर्वदलीय बैठकमा नेपाल मामिलाको कुरा उठेको छ ।
नयाँदिल्लीस्थित तुगलक रोडमा बुधबार बसेको सर्वदलीय बैठकमा जनता दल यूनाईटेडका अध्यक्ष शरद यादवले नेपालमा नाकाबन्दी लगाएको विषयमा कुरा उठाएका हुन् ।
उनले भारतले लगाएको अघोषित नाकाबन्दीले नेपालमा जनजीवन कष्टकर बनेको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई किन नाकाबन्दी लगाएको भनि प्रश्न गरेका थिए ।
जवाफमा मोदीले नेपालको आन्तरिक मामिलाको कारण समस्या भएको भन्दै नेपालले समस्या समाधान गरे कुनै अवरोध नरहेको बताएका थिए ।
नयाँदिल्लीमा रहेका रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलासँगको कुराकानीमा अध्यक्ष यादवले नेपालको विषय संवेदनशील भएको कुरा बैठकमा उठेको भन्दै मधेसीहरूले उठाएको माग तत्काल वार्ताबाट टुङ्ग्याउनु पर्ने बताए ।
अध्यक्ष यादवले नेपालमा लागेको अघोषित नाकाबन्दीका विषयमा बिहीबारबाट बस्ने संसदको बैठकमा कुरा उठ्न सक्ने समेत बताए ।
dainiknepal
काठमाडौँ, १० मङ्सिर । भारतीय जनता पार्टीका नेता विजय जोलीले भारतले नाकाबन्दी नगरेको भन्दै नेपालको आन्तरिक समस्या समाधान गर्न आग्रह गर्नुभएको छ ।
“भारत सधैँ नेपालको आर्थिक, सामाजिक र सांस्कृतिक विकास होस् भन्ने चाहन्छ, भारतले घोषित वा अघोषित नाकाबन्दी गरेको छैन, त्यसैले नेपालमा देखिएको पछिल्लो सङ्कटको समाधान भारतसँग छैन, नेपालसँगै छ”– नेता जोलीले भन्नुभयो ।

रिपोर्टर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा उहाँले भारतले नाकाबन्दी गर्नुभन्दा पनि तराईमा असुरक्षा भएका कारण आपूर्ति सहज हुन नसकेको जिकिर गर्नुभयो । उहाँले भारतले तराईमा देखिएको समस्यालाई राजनीतिक दलका नेताले वार्ता र संवादमार्फत सहमतिका आधारमा समाधान गर्दै नेपालमा राजनीतिक स्थिरता कायम भएको देख्न चाहेको बताउनुभयो ।
एक फरक प्रसङ्गमा उहाँले भारतका नेताले कुनै पनि समयमा नेपालको विरूद्धमा अभिव्यक्ति नदिएको र यदि कसैले दिएको भए पनि त्यो उसको व्यक्तिगत अभिव्यक्ति हुने दाबी गर्नुभयो । उहाँले भारत र नेपालबीचको सम्बन्ध निकै पुरानो, ऐतिहासिक र सुमधुर भएको हुँदा त्यसलाई कायम राख्ने बताउनुभयो ।
पछिल्लोपटक नेपालमा देखिएका समस्याबारे भारतको केन्द्रीय सरकारसमक्ष राख्ने उहाँको भनाइ छ । उहाँले नेपालमा देखिएका समस्या जतिसक्दो चाँडो समाधान हुनेमा विश्वास व्यक्त गर्नुभयो । रासस
dainiknepal भिडियो हेर्न तलको बाकस थिच्नुहोस
स्वार्थले एउटा पार्टी १३ वटा पार्टी भयो
राजविराज : सदभावना पार्टीका राष्ट्रिय अध्यक्ष राजेन्द्र महतोले मधेसीको शत्रु मधेसी नै रहेको बताएका छन् । राजविराजमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले सो कुरा पटकपटक दोहोर्या‍ए ।


‘स्वार्थका कारण एउटाबाट १३ वटा पार्टी बन्छ, मोर्चामा सँगै गएपनि पछि धोखा दिन्छ’, मधेसीका लागि गजेन्द्र नारायण सिंहले खोलेको एउटा पार्टी हुँदाहुँदै मधेसका नाममा फोरम, तमलोपा हुँदै १३ वटा पार्टी खुलेको सन्दर्भ जोड्दै महतोले भने, ‘आन्दोलनको विपक्षमा रहन्छ, त्यसैले मधेसीको शत्रु नै मधेसी ।’

पत्रकारहरुले एउटै मोर्चा बनाएर संयुक्त आन्दोलन गर्न दिएको सुझावमा उनले यसो भनेका हुन् । उनले मधेस आन्दोलनका लागि एउटै मोर्चा बन्न आवश्यक छैन भने । एउटा मोर्चा बनाउनु वा प्रश्न उठाउनुको अर्थ नरहेको उनले बताए ।

‘स्वार्थका लागि मन्त्री बन्न पार्टी विखण्डन गर्नेहरुलाई जम्मा गरेर केही हुँदैन’, उनले भने, ‘सही गलतको पहिचान गर्नुपर्छ ।’ अलग अलग मोर्चा भएपनि इमान्दारीपूर्वक आन्दोलन गरे पुग्ने महतोले बताए ।

पत्रकारहरुको एउटै मोर्चा बनाउन दिएको सुझावमा महतोले आन्दोलन निर्णायक मोडमा भएका बेला यस्ता बखेडा झिक्न नहुने र पत्रकारहरु धेरै क्रान्तिकारी बन्न जरुरी नरहेको पनि बताए ।

छठपछि भएको आन्दोलनमा घुसपैठ भएको र सरकारले नै आन्दोलनलाई बदनाम गर्न एम्बुलेन्स र औषधी बोकेको सवारी साधन तोडफोड र आगजनी गरेको महतोले बताए ।

एम्बुलेन्सलगायतका आकस्मिक सेवा सञ्चालन हुनुपर्ने भन्दै उनले ठाउँठाउँमा एम्बुलेन्स रोकिएकाले बालकको मृत्यु भएको समाचार आएपनि पेटोल तस्करी भइरहेको समाचार नआएको बताए ।

सुनसरीको हरीपुरमा भारतिय प्रहरीले चार नेपालीमाथि गोली प्रहार गरेको घटनाको यथार्थ जानकारी माग्दै पत्रकारले गरेको प्रश्नमा महतोले घटनाबारे नबताई सरकारी स्तरबाट छानबिन र कुटनीतिक तरिकाले समस्या समाधान गर्नुपर्ने भन्दै राजनीतिक जवाफ दिए ।

केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिनका लागि संसदमा भएको मतदानमा सहभागी भएको बताउँदै उनले संयुक्त लोकतान्त्रिक मोर्चाको निर्णय नमान्दा मोर्चा फुटने भयले भाग लिनुपरेको वाध्यता सुनाए ।

उनले मधेस थरुहट प्रदेशको मागमा पुनर्लेखन वा संशोधन नभएसम्म आन्दोलन नरोकिने दृढता व्यक्त गरे । उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले दमन गरेको र सरकारले मधेशमा साम्प्रदायिकता फैलाउन सुरु गरेको आरोप पनि लगाए ।

प्रहरीे दमनलाई राज्य आतंकको संज्ञा दिँदै उनले यो मुद्दा अन्तराष्ट्रियकरण गर्न न्यायिक छानवीन गरी दोषीमाथि कारबाहीको माग गरे ।

कुर्सी टिकाउन वर्तमान सरकार खोक्रो राष्ट्रवाद देखाएर देशमा गृहयुद्ध मच्चाउन लागेको भन्दै अध्यक्ष महतोले मोर्चाको नाकाबन्दीलाई भारतको नाकाबन्दी भनेर आन्दोलनलाई दवाउन खोजेको आरोप लगाए ।

सरकारले भारतको बदनाम गर्न नाकाबन्दीको झुठो प्रचार गरेकोले कुटनीतिक सम्बन्ध पनि विगारेको बताए ।

महतोले मोर्चाको आह्वानमा जनताले आन्दोलन गरिरहेकाले मधेसको जनआन्दोलन भएको बताए । संविधानमा मधेसीको हकअधिकारका लागि आन्दोलन भइरहेकाले आन्दोलनलाई आरपारको बनाउन हजार दुई हजार मात्रै हैन सबै मधेशी जनतालाई सडकमा आउन उनले आग्रह गरे ।

संविधानमा हस्ताक्षर गर्ने सांसदहरुलाई सामाजिक बहिष्कार गरेर मधेश आन्दोलनलाई उचाईमा पुर्या‍उन उनले आह्वान गरे । सो अवसरमा पार्टीका उपाध्यक्ष नवलकिशोर साहसहित पार्टीका नेता, कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

यसअघि बुधबार अध्यक्ष महतोले प्रहरीसँगको झडपका क्रममा मृत्यु भएका परिवारसँग भेटेका थिए भने बिहीबार विहान घाइते तथा अस्पताल, स्वास्थ्य संस्था ठप्प पारी आन्दोलनमा उत्रिएका चिकित्सक, स्वास्थ्कर्मीहरुलाई भेटेका थिए । साँझमा मधेसी मोर्चा सप्तरीको वैठकमा सहभागी हुँदै उनले आन्दोलनलाई सशक्त बनाउन निर्देशन दिए ।
annapurnapost
काठमाडौ: उत्तरी छिमेकी चीनले आगामी दुई साता पछि नेपालबाट आफ्नो मुलुकमा भित्रिने ९७ प्रतिशत बस्तूहरुमा शुन्य भन्सार (जिरो ट्यारिफ) उपलब्ध गराउने घोषणा गरेको छ ।

चिनियाँ मन्त्रिपरिषद् (स्टेट काउन्सिल) अन्तर्गतको कस्टम्स ट्यारिफ कमिसनले डिसेम्बर ७ बाट लागू हुने गरी त्यस्तो ब्यबस्था गर्न लागेको चिनियाँ सरकारी दैनिक पिपुल्स डेलीको अनलाइन संस्करणले समाचारमा जनाएको छ ।

नेपालले बिगतमा चीनलाई पटक पटक शुन्य भन्सारको ब्यबस्था मिलाइदिन अनुरोध गर्दै आएको थियो ।

चिनियाँ पक्ष विगतमा सैद्दान्तिकरुपमा सहमत भएपनि उक्त ब्यबस्थाको कार्यान्वयन हुन सकिरहेको थिएन । यो घोषणाबाट चीनतर्फ निर्यात हुने ९७ प्रतिशत नेपाली बस्तुहरुमा भन्सार लाग्ने छैन ।

यसका कारण नेपाली बस्तुहरु चीनमा सस्तोमा उपलब्ध भई नेपाललाई फाइदा हुनेछ । जसका कारण नेपालको ब्यापार चीनमा बढ्नेछ ।

नेपालको चीनसंगको ब्यापार घाटा घटाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास लिइएको छ । नेपालसँगै दक्षिण अफ्रिकाका ७ मुलुकहरु कोमोरोस, मौरिटानिया, टोगो, लाइबेरिया, रुवान्डा, अंगोला र जाम्बियाबाट चीनमा निर्यात हुने ९७ प्रतिशत बस्तुहरुमा समेत चीनले सोही मितिबाट लागू हुने गरी शुन्य भन्सारको घोषणा गरेको पिपुल्स डेलीले जनाएको छ ।

डिसेम्बर २ देखि ५ सम्म दक्षिण अफ्रिकाको जोहानेशबर्गमा हुन लागेको चीन-अफ्रिका कोअपरेशन फोरमको पूर्वसन्ध्यामा चीनले उक्त घोषणा गरेको हो । उक्त फोरमको बैठकमा चिनियाँ राष्ट्रपति सि जिनपिङ् सहभागी हुने भएका छन् । annapurnapost
रौतहट । मधेसमा दुई वटा राज्य हुनेगरी सीमांकन गर्नुपर्ने मागसहित आन्दोलन गरेर देश नै अस्तव्यस्त भइरहेका बेला चुरेभावर पार्टीले पनि चुरेभावर प्रदेश कायम गरिनुपर्ने माग सहित रौतहटको चन्द्रनिगाहापुरमा प्रदर्शन गरेको छ ।
चुरे भावर राष्ट्रिय एकता पार्टीले तत्कालीन गिरिजा प्रसाद कोइराला नेतृत्वको सकारसँग २०६४ सालमा भएको सहमति कार्यन्वयनको माग गर्दै प्रदर्शन गरेको हो ।
प्रदर्शनमा ‘भारतीय नाकाबन्दी खारेज गर’, ‘जातीय सद्भाव कायम गर’, ‘चुरे भावर प्रदेश कायम गर’ लगायतका नारा लगाएका थिए । महोत्तरीको बर्दिबासदेखि बाराको पथलैयासम्म आन्दोलन गर्ने सो पार्टीले जनाएको छ ।
चेरे भावर क्षेत्रलाई समेटेर छुट्टै प्रदेश दिने पूर्व सहमति कार्यन्वयन गर्नुपर्ने र संविधान संशोधनमार्फत आफूहरुको माग सम्बोधन गर्नुपर्ने सो पार्टीका अध्यक्ष बद्री न्यौपानेले बताए ।
nepalsandesh
मंसिर १०, २०७२- इन्धन नपाएको झोंकमा साइकल चढ्ने भनियो । कुदाइयो । अलि दिन कुदाएपछि बल्ल चेत खुल्यो साइकल चलाउन हाम्रामा न लेन बनेको छ, न साइकल कुदाउनेको सुरक्षाका लागि कुनै किसिमको प्रबन्ध नै । पार्किङमा साइकल राख्नेले धेरै सास्ती भोग्नु परेको छ । साइकल चोरको बिगबिगी छ । त्यसैले जहाँ जाउँ आफैंसँग साइकल घिसार, अफिस जाउँ आफ्नै तलासम्म साइकल बोक । चिया कफि खाउँ साइकलमै आँखा तर्स्याइरहौं । सपिङमा जाउँ कहिले साइकल रुखमा बाँध्नुपर्ने कि त पसलको सटरमा ।   त्यतिमात्रै कहाँ हो र, मोटरसाइकलसँगैको नियमित पार्किङमा साइकल राखेपनि मोटरसाइकलवालाले साइकललाई टपक्क टिप्छन् र रुख वा भित्तामा अड्याइदिन्छन् । कहिलेकाहिँ त भूइँमै लडाएर जान्छन् । यी यावत कुराले पनि देखाउँछ कि साइकल चढ्न पनि सजिलो छैन । तर यहाँ चर्चा गर्न खोजिएको विषय साइकल अधिकारका लागि नभई त्यो सँग जोडिएको राष्ट्रियताको हो । भूकम्पको परकम्प निरन्तर आइ राख्दा हामीलाई चर्किएका घर मात्र नभई सग्ला घरमा समेत बस्न डर भो, अहिले अलि दिन आउन कम हुने बित्तिकै मन्दिरका जीर्ण टेको दिएको ठाउँ मै बसेर हाम्रा तन्नेरी पुस्ता प्रेमालापमा रम्न थालिकसकेो छ ।
काठमाडौं र पाटन दरबार स्क्वायर क्षेत्रमा यस्ता दृश्य सहजै देखिन थालिसकियो । वैशाख जेष्ठमा भोलि नै छैन जसरी निस्सासिएको मनमा आज अनेक कुरा आउनु त स्वभाविक हो सँगसँगै आगामी दिनमा भूइँचालोबाट बच्न यसो गर्छु तेसो गर्छु भनेर उबेला सोचेका कुरा पनि पाखा लागिसके । साइकलमा चढेर यात्रा गर्नु वातावरणीय हिसावले वा स्वास्थ्यको दृष्टिले र केही हदसम्म इन्धनको किफायत गर्न उपयुक्त हो । यसले इन्धनमा परनिर्भरता कम गर्दछ । फेरि वास्तविकता यो पनि हो कि साइकल गुड्ने सडकमा दुई तिरै कहिले नसकिने ठूला गाडीका लाइन छन् । बीचको भाग बनेको छ- साँघुरो सडक । यस्ता सडक हुँदै साइकलमा गन्तव्य छिचोल्नु राष्ट्रियता, स्वास्थ्य लाभ, वातावरणमैत्रीका लागि अभियान भन्दा बढी जोखिम र साहसिक खेल हुन पुगेको छ । पैदलयात्री प्रथम भन्ने सर्वमान्य बुझाइलाई पुरै 'डिलिट' गरिसकेका हामी चालकहरुले साइकलेलाई भाउ दिने सवालै भएन । बेलाबखत सुनिने दुर्घटनाका दु:खद समाचारले हाम्रो यही मनस्थिति प्रमाणित गर्छ । राष्ट्रियताका विषय भनेको तरंग मात्र पनि त हैन नि जुन कुनै बेला ठूलो होस् अनि कहिले सानो । नाकाबन्दीका कारण हाम्रा भोगाइ कष्टकर भए पश्चात रिसले मुर्मुरिएर २ दिन त साइकल चलाइन्छ अनि तेस्रो दिनदेखि उही बसका धक्का बिचको दैनिकी सुरु हुन्छ वा तेलका लाइनमा दिन सकिन्छ अथवा कालोबजारको तेल पाउनमा परिश्रम सकिन्छ । हाम्रा साइकल चढ्नुपर्छ भन्ने अभियानले ढंगको साइकल लेन बनाउन सरकारलाई झक्झक्याउन सकेन जसको कारण साइकल यात्रा सधैँ 'साहसिक खेल' जस्तो मात्रै बन्न पुग्यो। हाम्रो देश भूपरिवेष्ठित । नाकाबन्दीको बेला मात्रै होइन प्रायजसो महिना इन्धन अभावको समस्याहरु आइनैरहन्छन्, चाहे त्यो कृत्रिम अभाव हुन् वा ट्याङ्करवालाको आन्दोलन वा आयल निगमले इन्डियन आयल कर्पोरेसनलाई पैसा तिर्न नसकेर नै किन नहोस् । पेट्रोलियम पदार्थमा हामी बारम्बार पीडित भएको परिप्रेक्ष्यमा साइकल यात्रालाई प्रबर्द्धन गर्न ती गुड्ने ट्रयाकहरु पनि बनाइनुपर्थ्यो । जबजब हामीलाई पेट्रोलियम पदार्थकफ अभाव हुन थाल्छ तबतब हामी साइकल लेन र साइकल सिटीको मन्त्र जपिरहन्छौं । पेट्रोलियम पदार्थ सहज हुनेवित्तिकै हामी साइकल होइन मोटरसाइकल र लक्जरियस गाडीका सपना बुन्न थाल्छौं । त्यसैले अहिलेको नाकाबन्दीलाई अवसरको रुपमा बदल्ने हो भने सबैले साइकल लेन र साइकल सिटीको कुरालाई पनि अगाडि बढाउन सरकारलाई दबाब दिनै पर्छ । अन्यथा हामीले पेट्रोल नपाउन्जेल 'राष्ट्रियता' को नाममा साइकल चढ्नुको कुनै तुक हुँदैन । साइकल लेन एक इन्च नबनाइ साइकलयात्रा गर भन्नु हिमाल आरोहण सबैका लागि खुल्ला छ भन्नु जस्तै न भयो । हिमाल आरोहण गर्ने त ज्यान हत्केलामा राखेर आफ्नो लक्ष्य पूरा गर्ने साहसी हुन् र आज साइकल दैनिकरुपमा चलाउने पनि यस्तै साइकलयात्रामा बढी लगाव भएका साहसी नै हुन् । यहाँ साइकल चलाउने भनेर घरमा साइकल राखेर हप्तामा एक पटक वा बिदामा रमाइलोका लागि यात्रा गर्ने व्यक्ति वा समूहलाई भन्न खाजिएको होइन । साँच्चिकै साइकलयात्रा बढोस् भन्ने चाहने हो भने सडकमा साइकललाई प्राथमिकता दिनैपर्छ । पार्किङका समस्या जटिल हुँदै गएको समयमा साइकलले कम ठाउँ ओगट्ने कुरा प्रचारित हुनुपर्छ । सबै सार्बजनिक निकायहरुले साइकल पार्किङ अनिवार्य निर्माण गर्न लगाएमा साइकलयात्राको दिगो विकासका लागि सहयोगी हुन सक्नेछ । इटालीको पिसा नजिकको एक सहरले उसका बासिन्दाहरुले जति साइकल यात्रा गर्छन् त्यसबापत पैसा पाउने व्यवस्था लागु गरे पश्चात एक व्यक्तिले वर्षमा ६ सय युरो साइकल चलाएरै पाउँछन् । हाम्रामा यस्ता क्रान्तिकारी छलाङ् नभए पनि साइकल लेनको क्रमश: निर्माण अनि बिस्तार गर्न पहल त गर्न सकिन्छ । अन्धो राष्ट्रियताले कहिँ नपुर्‍याउने बरु स्थिति अझ जटिल बनाउने वर्तमानका भोगाइहरुले सिकाएका छन् । यी अप्ठेराहरुका सामना गर्दा व्यवहारिक परिवर्तनमा जोड दिनुपर्छ नभए पीडा सहजतामा परिवर्तन हुने बित्तिकै यी कुराहरु ओझेल हुन्छन् अर्को अप्ठ्यारो नआउँदासम्म ।

kantipur.ekantipur
दोलखा । दोलखाका विभिन्न गाविसका भूकम्पपीडित स्थानीयवासीले सरकारले दिने भनिएको रु १५ हजार रकम अझै पाउन सकेका छैनन् ।
भूकम्पपीडित जनताका लागि सरकारले दिने भनेको रु १५ हजार रकम नपाएका स्थानीयवासीले न्यानो कपडाका रुपमा पाउने रु १० हजारको आस नभएको बताएका छन् ।
दोलखाको ताम्चेतदुधपोखरी गाविस, घ्याङसुकाठोकर लगायतका केही गाविसका जनताले हालसम्म पनि रु १५ हजार नपाएका हुन् ।
भूकम्प गएको आठ महिना बितिसक्दा पनि सरकारले दिने भनेको रकम नपाउँदा स्थानीयवासीमा निरासा पैदा भएको हो ।
भूकम्पपीडित स्थानीयवासीले रकम किन नपाएको भन्ने प्रश्नमा घ्याङसुकाठोकर गाविस–३ की स्थानीय महिला लक्ष्मी खड्काले पैसा किन नपाएको त्यो दिने निकाय राज्यलाई सोध्न आग्रह गर्छिन ।
हालसम्म पनि दोलखाका स्थानीयवासीले रकम नपाउँदा उनीहरुको दैनिकीमा समस्या आएको छ । केही गाविसमा भने आधा गाविसका स्थानीय परिवारले मात्रै रकम पाएका छन् ।
जिल्लाको ४८ गाविसमध्ये दुई गाविसमा अहिलेसम्म पनि रकम वितरण भएको छैन भने मेलुङका केही वडा, सुस्पाक्षमावति, बाबरे सुन्द्रावतीलगायतका ४६ गाविसमा आधाजसो स्थानीयवासीले रकम पाउन सकेका छैैनन् ।
गाविस सचिवले भने गाविसको खातामा अपुग रकम आएको हुँदा वितरण हुन नसकेको बताउँछन् । रकम वितरण हुन नसकेको गाविस घ्याङसुकाठोकरका सचिव केशरबहादुर विश्वकर्माले पीडित परिवार सङ्ख्याभन्दा रकम कम आएकाले रकम वितरण गर्न नसकिएको बताए ।
यता जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले अपुग रकम गृहमन्त्रालयलाई माग गरिरहेको र रकम आउने बित्तिकै सबैलाई वितरण गरिने बताए ।
nepalsandesh
काठमाडौं, मंसिर १० । संसदको नियमावली तयार गर्न गठित मस्यौदा समितिमा सत्तापक्ष र प्रतिपक्षीले दाबी गरेपछि पटक–पटकको बैठकले सभापति चयन गर्न सकेको छैन ।

समितिको सभापतिका लागि सत्तारुढ दलहरुले एकीकृत माओवादीका सांसद रामनारायण विडारी र प्रमुख प्रतिपक्षी दलले सांसद राधेश्याम अधिकारीलाई प्रस्ताव गरेका छन् ।

विहीबार सिंहदरबारमा डाकिएको बैठकमा सत्ताधारी दलका सांसदले सभापति सत्तापक्षको हुँदा संसद चलाउन सजिलो हुने दाबी गरेका थिए भने प्रतिपक्षी दलका सांसदहरुले संसदप्रति प्रतिपक्षीलाई अझ बढी जवाफदेही बनाउन सभापति पाउनुपर्ने दाबी गरेका थिए । imagekhabar
काठमाडौं । नेकपा क्रान्तिकारि माओवादीले भारतसँग जोडीएको सीमा शील गर्न माग गरेको छ । बिहीबार विज्ञप्ती निकाल्दै मोहन बैद्य नेतृत्वको माओवादीले भारतीय सीमा सुरक्षा बलको नाममा नेपालीमाथि एको ज्यादतीले मर्माहत तुल्लाएको उल्लेख छ ।
राष्ट्रिय स्वाधिनता नै खतरामा परेको भन्दै पार्टीले भारतीय सीमा सुरक्षामा विशेष निगरानी राख्न पनि माग गरेको छ ।
आम नेपालीले शान्ति सुरक्षा महसुस गर्नकालागि भारतसँग सीमा जोडीएको स्थानमा छेकबार लगाउनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
माओवादीले भारतीय नाकाबन्दीको मार खेपीरहेका जनतालाई भारतकै सीमा सुरक्षा बलले दिएको पीडा थप समस्या परेको बताएको छ ।
उस्ले नेपाली भुमिमा गैरकानुनी रुपमा प्रवेश गरेर भारतले नांगो हस्तक्षेप गर्न खोजेको आरे लगाएको छ । विज्ञप्तीमा तराई मधेसमा जारी आन्दोलनको राजनीतिक समाधान खोज्न पनि माग गरिएको छ ।
nepalsandesh
मंसिर १०, २०७२- बबलु राजवंशीले आफ्नै चिनेजानका र सधैं हाँसीमजाक गर्ने साथीहरुले नै मधेस आन्दोलनको नाममा आफैंलाई पेट्रोल खन्याएर आगो नै लगाइदेलान् भन्ने कल्पना पनि गरेका थिएनन् । तर उनले सोचे विपरित मधेस आन्दोलनमा लागेका साथीहरुबाटै बिहीबार बिहान १० बजे आफैंले भारतको सीमा बजारबाट ल्याएको पेट्रोल खन्याएर आगो लगाइ दिए । उनको दायाँ हात र खुट्टाका औंलाहरु जलेर काम नलाग्ने भएका छन् । अनुहार जोगिएपनि पेट, हात खुट्टा, तिघ्रा ढाड जलेका छन् ।

मोरङको खोर्सानेस्थित दाजुको ग्यारेजका लागि उनले को१५प २४५० नम्बरको मोटरसाइकलमा ३० लिटर जति पेट्रोल लिएर फर्किरहेका थिए । वीपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचाररत बबलुले भने, ‘नाकाबन्दी, बन्द हड्तालपछि पेट्रोलको हाहाकार भएकाले मोटरसाइकलमा पेट्रोलको ग्यालेन लिएर फर्किरहेको थिएँ । अचानक भाथिगछ–२ रामजानकी चोकमा रोकेर आगो लगाए ।’

शरीरको अधिकांश भाग जलेर मरणसन्न हुन पुगेका बबलुका अनुसार पेट्रोल लिएर फर्कँदा बाटोमा रोक्ने साथीहरुले ‘आज बन्दको बेला किन पेट्रोल ल्याएको’ भनेर सोधेका थिए । उनले जवाफमा ‘मेरो दाजु हिराकाजी राजवंशीको आफ्नै ग्यारेजका लागि पेट्रोल ल्याएको साथी हो । मलाइ त छाडि देउन यार’ भनेका थिए । त्यति भन्दा सबै साथीहरु चुपचाप लागे । उनी मोटरसाइकलसँगै उभिएका थिए त्यसबेला । तर एकजनाले मोटरसाइकलको दुइ तिर झुण्ड्याएर राखेको ग्यालेन निकालेर खुकुरीले हाने । उनले भने, ‘ग्यालेन फुटे पछि सबै तेल जताततै पोखियो । मेरो शरीर भरी पेट्रोल पर्‍यो । त्यस लगतै एकजनाले सलाई कोरेर आगो लगायो ।’

आगो दन्दनी बल्न थालेपछि बबलु पनि जल्न थाले । उनले होसमा भएसम्म ऐssssया अथ्था भन्दै लगाएको ज्याकेट र पेन्ट फुकाल्न भ्याए । तर पेट्रोलले उनको शरीर सबै भिजेकाले आगो निझाउन सम्भव थिएन । ग्यालेन फुटाएर तेल छर्कनेहरु अरुबेला चिनेजानेका भएपनि तिनीहरु बबलुको शरीरमा लागेको आगो निभाउन छाडेर भागेका थिए । उनले भने, ‘मेरो शरीर जलिरहेको थियो तर उनीहरु आगो निभाउने दयासम्म देखाएनन् । बरु नजिकै उभिएकी एकजना महिलाले मेरो शरीरमा पानी खन्याइदिएपछि मात्र आगो निभ्यो । तर शरीर निकै जलि सकेको थियो ।’ उनले ती साथीहरु चिनेको बताए पनि नाम भने सबैको भुलेको बताए ।

उनका दाजु हिराकाजी राजवंशीले भने, ‘मैले आफ्नो ग्यारेजका लागि भाइलाई पेट्रोल लिन पठाएको थिएँ । तर भाईमाथि नै यस्तो दुर्घटना आइपर्ला भनेर सोचेको थिइनँ । मेरो भाइमाथि यस्तो गर्छन् भन्ने सोचेको थिइना ।’ उनको ग्यारेजमा बबलु पनि काम गर्दै आएका छन् । घट्ना बिहानको भएपनि वीपि प्रतिष्ठानमा भने अपरान्ह साढे ३ बजे मात्र ल्याइएका थिए । उपचारका लागि स्थानीय अस्पतालहरुमा घुम्दा घुम्दै दिनभर लागेको थियो । तर ती अस्पतालहरुमा उपचार हुन नसक्ने भएपछि प्रतिष्ठानमा रिफर भएका थिए ।

बबलुको उपचारमा संलग्न चिकित्सक डा सोनाई चौधरीले प्रारम्भिक रिपोर्ट अनुसार शरीरको हात १० प्रतिशत, खुट्ट १० प्रतिशत र शरीरका अन्यभागमा २० प्रतिशत जलेको बताइन् । उनले बाँकी उपचार भइरहेको बताइन्       kantipur.ekantipur


काठमाडौं, १० मंसिर । सरकारले निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरूले राजधानीमा बालबालिकाको प्रयोग गरेर गर्न लागेको मानव साङ्लोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै कुनै पनि धर्ना, प्रदर्शन वा आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका प्रवक्ता नारायणप्रसाद काफ्लेले आज (बिहीबार) विज्ञप्ति जारी गरेर भोलि शुक्रबार राजधानीको चक्रपथमा गर्ने भनिएको मानव साङ्लोमा बाललबालिकाको प्रयोग नगर्न आग्रह गर्नुभएको हो ।
उहाँले मानव साङ्लोका नाममा बालबालिकाको प्रयोग गरिए त्यसले बालबालिकाको मावन अधिकार हनन हुनेभन्दै कानुन विपरितका कुनै पनि कार्य नगर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।
बालबालिकाले पढ्न पाउनु पर्ने माग गर्दै निजी विद्यालय सञ्चालक र विद्यार्थी संगठनहरूसहितका संस्थाले शुक्रबार राजधानीको चक्रपथमा मानव साङ्लो बनाइ दबाव दिने जनाएका छन् ।
तर यो मावन साङ्लोलाई लिएर सरकारले गम्भीर आपत्ति जनाएपछि आयोजक झस्किएका छन् ।
dainiknepal
परासी, १० मङ्सिर । नवलपरासीमा रहेको सामुदायिक रेडियो ‘परासी’मा गए राति पेट्रोल बम प्रहार गरिएको छ ।
राति करिब दश बजेको समयमा अज्ञात समूहले रेडियो स्टेसनमा पेट्रोल बम प्रहार गरेको उक्त रेडियोले जनाएको छ । बम प्रहारबाट कार्यालय परिसरमा रहेको लु१८प ४००१ नम्बरको मोटरसाइकल जलेको छ । आगलागीबाट मोटरसाइकल पूर्ण रुपमा ध्वस्त भएको छ ।
बम प्रहार गर्नुअघि ९८५७०४५८९४ नम्बरको मोबाइलबाट रेडियोमा फोन गरी धम्की पनि दिइएको थियो ।
रेडियोका अध्यक्ष सुमनगोपाल आचार्यले घटनाको भत्र्सना गर्नुभएको छ ।
यसैबीच रेडियो परासीले आजदेखि अनिश्चितकालका लागि आफ्नो प्रसारण बन्द गरेको छ । रेडियो स्टेसनको सुरक्षा नभएको तथा पटकपटक धम्की आउने क्रम जारी रहेको पृष्ठभूमिमा आज बिहानदेखि अनिश्चितकालका लागि प्रसारण बन्द गरिएको रेडियोका प्रबन्ध निर्देशक मेघराज गौतमले बताउनुभयो ।
dainiknepal
काठमाडौँ, १० मङ्सिर । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्स र पाकिस्तानका राजदूत असरद साउद खोसासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको निजी निवास कोटेश्वरमा भएका भेटमा उहाँहरुबीच नेपालको पछिल्लो राजनीतिक अवस्था, नेपाल तथा सम्बन्धित देशको द्विपक्षीय सम्बन्ध तथा सहयोगका विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले देश र नेपाली जनताले आफ्नो सार्वभौम अधिकारको प्रयोग गरी संविधान बनाएकोमा सम्पूर्ण मित्रहरु खुसी हुनुपर्ने र नेपालभित्रका समस्याहरु आन्तरिक रुपमा हल गर्न नेपाल सरकार र यहाँका राजनीतिक दलहरुलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो ।
उहाँले वर्तमान सङ्कटको सामना गर्न नेपालमा आन्तरिक प्रयास जारी रहेको र यसमा अन्तर्राष्ट्रिय मित्रहरुको समर्थन एवम् सहयोग रहोस् भन्ने नेपाल र नेपाली जनताको चाहना उल्लेख गर्नुभयो ।
भेटमा दुवै देशका राजदूतहरुले नेपालको संविधान निर्माण तथा कार्यान्वयन गर्ने कुरा नेपालको आन्तरिक विषय भएको एवम् नेपाल र नेपाली जनताको प्रगति नै आफ्नो देशको चाहना रहेको कुरा उल्लेख गर्नुभयो ।
संविधान जारी एवम् कार्यान्वयन गर्ने समयमा नेपालका कतिपय स्थानमा देखिएको आन्दोलन एवम् अशान्तिलाई संवाद र वार्ताको माध्यमबाट हल गर्न नेपाल सरकार र नेपालका राजनीतिक दलहरुलाई सफलता मिल्ने विश्वास राजदूतहरुले व्यक्त गर्नुभएको थियो ।
पारवहन अवरोधका कारण नेपालका जनताले अहिले भोगिरहेको इन्धन, औषधिलगायतका अत्यावश्यक वस्तुहरुको अभाव एवम् उत्पन्न मानवीय समस्याप्रति दुवै देश संवेदनशील रहेको र सक्दो सहयोग गर्नसमेत दुवै देश तयार रहेको भन्दै वर्तमान परिस्थितिको छिट्टै सहज निकास होस् भन्ने दुवै देशको धारणा रहेको उल्लेख गर्नुभयो ।
पाकिस्तानी राजदूत खोसाले भौगोलिक अवस्थितिका कारण वाञ्छित सहयोग उपलब्ध गराउन कठिनाइ हुने कुरा व्यक्त गर्नुभयो भने बङ्गलादेशी राजदूत साम्सले सार्क शिखर सम्मेलनमा प्रस्तुत भएको सार्कस्तरीय पारवहन प्रस्तावको चर्चा गर्दै बङ्गलादेश, भुटान, भारत र नेपालबीच निर्वाध पारवहनका लागि उक्त सम्झौता तत्काल कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिनुभएको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव गौतमले जानकारी दिनुभयो ।
dainiknepal
बिहीबार, १० मंसिर
काठमाडौं । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का जवानले नेपाली सर्वसाधारणलाई गाली हानेको नेपाल सरकारले पुष्टि गरेको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ती जारी गर्दै भारतीय एसएसबी नेपालको सीमानाकाबाट करिब एक सय मिटर भित्र पसेर चार नेपाली नागरिकमाथि गोली हानेर फरार भएको उल्लेख गरेको छ । सरकारले घटनाको सत्य तथ्य अनुसन्धान गरि नेपाललाई जानकारी गराउन पनि भारत सरकारलाई आग्रह गरेको छ ।
सरकारले घटनामा संलग्न एसएसबीका जवानहरुलाई कारबाही गरि नेपाललाई जानकारी गराउन आग्रह गर्दै विज्ञप्ती निकालेको हो ।
रिराष्ट्र मन्त्रालयले निकालेको विज्ञप्तीमा सुनसरी जिल्लाको हरिपुर ७ को पुवी टोलमा नेपाल भारत सीमाको दशगजाबाट १०० मिटर भित्र बुधबार बिहान ६ः२० बजे भारतीय सीमा सुरक्षा बलले हानेको गोली लागेर चार नेपालीहरु घाइते भएका छन्, एसएसवीले नेपालको भूमिमा पसेर नेपालीमाथि गोली हानेको विषयमा भारतीय दूतावासमार्फत भारत सरकारलाई ध्यानाकर्षण गराएका छौं भनिएको छ ।
सरकारले आगामि दिनमा यस्तो घटना हुन नदिन भारतीय सुरक्षाकर्मी र अधिकारीहरुलाई सचेत समेत गराएको छ ।
सरकारले दोषिलाई कडा कारबाही नगरिएसम्म पीडितले न्याय नपाउने उल्लेख गरेको छ । तर, बुधबार नै भारतीय दुतावासले विज्ञप्ती निकालेर नेपालीहरुमाथि गोली नहानीएको दाबी गरेको थियो ।
nepalsandesh
काठमाडौँ, १० मङ्सिर । आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी जनताको अधिकार प्राप्तिको लडाइँलाई सरकारले दबाएर मात्रै समाधान गर्न खोजेको आरोप लगाउनुभएको छ ।
व्यवस्थापिका–संसद्को आजको बैठक अवरुद्ध भएपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष यादवले मधेसी, जनजाति र खस क्षेत्रीसमेतले अधिकारको माग गरिरहेको तर सत्तारुढ पक्षले ‘साम्प्रदायिक नश्लवादी’ सोचले काम गरिरहेको टिप्पणी गर्नुभयो ।
उहाँले विगतमा भएको सम्झौताको पालना गरी संविधानमा सम्बोधन हुनुपर्ने माग गर्नुभयो । भारतका एक सांसद्ले तराईका १५ जिल्ला आफूसँग गाभ्नुपर्ने विचार दिएको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उहाँले सरकारका उपप्रधानमन्त्रीहरुले नै गैह्रजिम्मेवार अभिव्यक्ति दिने गरेको भन्दै जवाफ दिनुभयो, ‘‘नेपाली भूमि कसैले गाभ्न खोजेको हो भने या त सीमामा गएर युद्ध गर, होइन भने कुर्सी छाडेर भाग ।’’
भारतीय सुरक्षाकर्मीले नेपाली भूमिमा आई नेपालीमाथि गोली प्रहार गरेको सम्बन्धमा पहिले परराष्ट्र मन्त्रालयको आधिकारिक धारणा आउनुपर्ने भन्दै उहाँले गोली प्रहार हुनु र मान्छे मर्नु कुनै पनि देशको नागरिकका लागि गलत कुरा भएको प्रतिक्रिया दिनुभयो ।
‘काँग्रेसको असली चरित्र देखियो’
यादवले पत्रकारलाई प्रतिक्रिया दिँदै गर्दा छेउमा रहनुभएका नेपाली काँग्रेसका सांसद् रामहरि खतिवडाले मधेसी दलले आफ्नो सत्ता मात्र खोसेको नभई प्रमुख प्रतिपक्षी दलको हैसियत पनि खोस्न खोजेको भनी टिप्पणी गर्नुभयो । जवाफमा यादवले भन्नुभयो, “आज काँग्रेसको असली चरित्र देखियो ।”
ती दुई दलबीच संसद्को आजको बैठकमा को पहिले बोल्ने भन्नेमा विवाद भएको थियो ।
dainiknepal
काठमाडौं । भारतीय संस्थापन पक्षले नेपालको संविधानमा धर्म निरपेक्षता लेखिएको निहुँमा नाकाबन्दी लागेको आरोप लागिरहेका बेला त्यसको पुष्टि हुने रबैया भारतीय जनता पार्टीले गरेको छ ।
हिन्दु अतिबादीहरुको संगठन आरएसएसको गनिनी संस्थाका रुपमा उदाएको भारतीय जनता पार्टीले धर्मनिरपेक्ष शब्दको प्रयोगमा प्रतिवन्ध लगाउनुपर्ने माग राखेको छ ।
तर, भारतीय कांग्रेसले भने भाजपाको यो माग करोडौं भारतीय जनताको अपमान गर्ने हेतुले ल्याइएको आरोप लगाएको छ । भारतीय संसदको शीतकालीन सत्रको पहिलो दिन गृहमन्त्री राजनाथ सिंहले धर्मनिरपेक्ष शब्द प्रयोग गर्न रोक्नु पर्ने बताएपछि विवाद सुरु भएको हो ।
मन्त्री सिंहले अंग्रेजी शब्द सेकुलरको औपचारिक रुपान्तरण धर्मनिरपेक्षता नभएको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको निर्देशनमा संसदमा मन्त्री सिंहले पन्थनिरपेक्ष भएको बताएका थिए ।
भारतीय संविधान निर्माणताका संवैधानिक समितिका अध्यक्ष स्वर्गिय भीमराव अम्बेडकरले पनि सेकुलरको अर्थ धर्मनिरपेक्षता नभएको स्विकार गरेको सिंहको जीकीर थियो ।
गृहमन्त्री सिंहले अभिनेता अमिर खानप्रति लक्षीत गर्दै यस्तो बुझेका डा अम्बेडकरले त्यसबेला उपेक्षा र अपमान सहेर पनि भारत छाड्ने अभिव्यक्ति कहिल्यै नदिएको बताएका थिए ।
कहिदिन अघि अभिनेता खानले भारतमा धार्मिक असहिष्णुता बढेको भन्दै देशमा बस्ने नबस्ने भन्ने बारेमा निर्णय लिन बाँकी रहेको अभिव्यक्ति दिएका थिए ।
मन्त्री सिंहको भनाईपछि संसदमा बोल्दै भारतीय कांग्रेसकी अध्यक्ष सोनीया गान्धीले चर्को विरोध गरेकी छिन् । गान्धीले धर्मको नाममा वर्तमान सरकारले संसद र देशमा भाँडभैलो मच्चाउन खोजेको आरोप लगाएकी थिइन् ।
गान्धीले देशको कुनै धर्म नहुने र सबै धर्मका नागरिकको समान अधिकार रहने भएकाले यस्तो योजना नबुन्न मोदीलाई चुनौति दिएकी थिइन् । भारतीय संसदमा मोदीको दल भाजपाको अत्याधिक बहुमत रहेको छ ।
nepalsandesh
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home