• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं । नेपालमा भारत विरोधी गतिविधि बढेको भन्दै भारतीय सहयोगहरु त्यसलाई कम गर्ने प्रकारको आयोजनामा लगानी गर्ने तयारीमा भारत लागेको छ ।
नेपाल र भारतका राजदूतले संयुक्तरुपमा अध्यक्षता गरेको बीपी कोइराला नेपाल भारत फाउन्डेसनको मंगलबार नगरकोटमा सकिएको बैठकले यस्तो निस्कर्ष निकालेको हो ।
जनस्तरमा सम्बन्ध विस्तारका २०१६/१७ का लागि २७ वटा कार्यक्रमहरु स्विकृत गरिएको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । यी कार्यक्रमहरु करिब तीन करोड बराबरका हुने पनि दूतावासले जनाएको छ ।
सोमबार र मंगलबार नगरकोटमा चलेको फाउन्डेसनको ३१ औं बोर्ड बैठकले नेपालमा भारतीय लगानीको परियोजना, साँस्कृतिक सम्बन्ध तथा लगानी र पूर्वाधार विकासलगायतका विषयमा छलफल भएको थियो । सन् २०१४/०१५ मा ९६ कार्यक्रम फाउन्डेसनले चलाएको थियो ।
यसै फाउन्डेसनको कार्यक्रममा सहभागी हुन भारतका नर्थ डेक्स प्रमुख अभय ठाकुर, भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय गत शनिबार नेपाल आएका थिए ।
बैठकमा भारतीय अधिकारीहरु नेपालमा धेरै कार्यक्रम गर्दा र सहयोग गर्दा पनि भारत विरोध भावना बढेको भनेर बढी चिन्तित देखिएको बैठकमा सहभागी एक अधिकारीले बताए । कान्तिपुर दैनिकमा समाचार छ ।
dainiknepal
वीरगन्ज, २२ पुस । तीन महिनादेखि बन्द देशकै प्रमुख वीरगञ्ज नाका अवरोध गरी बसेका धर्नाकारीमाथि भारतीय समूहले फेरि आक्रमण गरेको छ ।
आक्रमणबाट ७ जना आन्दोलनकारी घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
नाकामा धर्नामा बसेका आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्तामाथि भारतबाट आएका आक्रोशित स्थानीय र व्यापारीको २०–२५ जनाको समूहले बुधबार विहान १० बजे आक्रमण सुरु गरेका थिए । आधा घण्टासम्म दुबैपक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।
दुबै पक्षबीच ढुंगा हानाहान भएपछि वीरगन्ज नाका तनावग्रस्त बनेको छ । पर्साका प्रहरी प्रमुख एसपी राजुबाबु श्रेष्ठले दुबै पक्षबीच झडप भएको पुष्टि गरे ।
भारतीय समूहले धर्नाकारीतर्फ पेट्रोल बम समेत प्रहार गरेका छन् । भारतीय प्रहरीले दोहोरो झडप भएपछि भारत तर्फका आन्दोलनकारीलाई फिर्ता लगेको छ ।
मोर्चाका कार्यकर्ताले भारतीय तस्करहरूले आफ्ना सामान छुटाउनका लागि अफूहरूमाथि आक्रमण गरेको बताएका छन् ।
dainiknepal
वीरगञ्ज– वीरगञ्ज रक्सौल नाकास्थित मितेरी पुलमा धर्नामा बसेका बसेका मधेसी मोर्चाका कार्यकर्ता र तस्करहरुबीच दोहोरो झडप भएको छ ।
केहिबेरअघि देखि अवैधरुपमा भारतबाट सामानहरु नेपाल भित्र्याउन खोज्ने तस्करको समुह र आन्दोलनकारीबीच झडप सुरु भएको र सो क्रम अहिले पनि जारी छ ।
तस्करहरुले नाका अबरुद्ध पार्न प्रयोग गर्दै आएको ढाँट हटाउन खोज्दा आन्दोलनकारीले अवरोध सुरु गरेपछि झडप सुरु भएको हो ।
दुई पक्षबीच झडप चलिरहँदा प्रहरी भने रमिता हेरेर बसिरहेको छ ।

यसैबीच झडपको क्रममा वीरगञ्ज १३ का पुड्य मिश्र गम्भीर घाइते भएका छन् । आन्दोलनकारीलाई तस्करहरुले पेट्रोल बम समेत प्रहार गरेका छन् ।

ratopati
काठमाडौं, पुस २२ । भारतको मेदान्त अस्पतालमा उपचार गरिरहेका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा सुधार आएको छ ।
डेढ साता अघि विराटनगरमा मधेस आन्दोलनका क्रममा प्रहरीको झडपमा परी घाइते भएका महतोलाई गत शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थप उपचारका लागि दिल्ली लगिएको थियो ।
सीटी स्क्यान र एमआरआई सहितका अन्य परीक्षणमा अवस्थामा सुधार आइरहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।  हाल महतोको ब्लड प्रेसर र ब्लड सुगरमा पनि सुधार आइसकेको छ ।
‘भिटामिन बी–१२’ को कमीका कारण शारीरिक कमजोरी देखिएकाले उनलाई डाक्टरले केही दिन आराम गर्न वा ‘मुभमेन्ट’मा सहभागी नहुन सुझाव दिएका छन । उनलाई बुधवार वा बिहीबार भित्रमा अस्पतालले डिस्चार्ज दिने जनाइएको छ ।
imagekhabar
काठमाडौं २२ पूस । कसैले मिठो कुरा गरेर जवानीसँग खेल्न खोज्दैछ भने होसियार हुनुहोस् । आफन्त, परिचितको भर परेर तन मन सुम्पिएमा जीन्दगीभर पछुताउनुपर्ला । कास्कीको लेखनाथ नगरपालिका १८ भरतपोखरीकी २० वर्षीय एक युवती यतिखेर झुटो पिरतीको पछि लाग्दा तीन महिने शिशुसँगै घरन घाटकी बनेकी छन ।

पति वैदेशसिक रोजगारीमा पुगेको बेला छिमेकी युवाको रमाइलो कुराको पछि लागि जवानी सुम्पेकी उनी अहिले न्यायको लागि भौतारिँदै हिँड्नु परेको छ । पीडितका अनुसार भरतपोखरीकै २४ वर्षीय मदन लामिछानेले मायाँ गर्छु विवाह गर्छु भन्दै वाचा गरेर गर्भवती बनाएपनि बच्चा जन्मिएपनि अस्वीकार गरेपछि उनको बेला भएको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
२२ पुस, काठमाण्डौं ।
अघिल्लो हप्ता पार्टी मुख्यालय र अध्यक्षको निवासतर्फ सहायकहरुको हेरफेर भए बमोजिम स्व्कीय सचिवको जिम्मेवारी सम्हाल्न लाजिम्पाट पुगेका कमरेड जोखबहादुर महरालाई शुरुमै दाँतमा ढुंगा लागेको छ ।

जुत्ता फुकालेर निवासमा पाइला राख्नासाथ एक तलामाथीबाट भनियो तपाईले अब तलै खाना खाने है, एमाओवादी अध्यक्ष प्रचण्ड गृहमन्त्री(पत्नी) सीता दाहालले त्यसो भन्दा बिहानको १० बज्न लागेको थियो ।


त्यसपछि अर्को बचनले त झनै प्रताप कमरेडलाई सीताङ्ग बनायो । अनि परवाना (सन्तु राई)सँगै सुत्नु होला नि । सामन्ती भाषामा हुने खानेले आफ्ना हरुवा चरुवाको निम्ति बस्ने खाने व्यवस्था मिलाइएको ठाउँलाई सर्भेन्ट क्वार्टर भनिन्छ ।

घरपछाडिको त्यो क्वर्टरमा अब सशस्त्र र नेपाल प्रहरीका सुरक्षाकर्मी सहित सरकारी चालक र पारवाना र जोखबहादुर लहरै सुत्ने छन् । आफुलाई अध्यक्ष पत्नी तथा पार्टी सल्लाहकार सीता दाहालले यस्तो अपमानजनक शब्द प्रयोग गरेपछि हालै हटाइनेमा परेको शिव खकुरेलसँग सोधनेछन्, चुडामणिले चाहीँ कहाँ खान्थे नि ?

ज्वाँइ पनि भएको नाताले उनलाई जता पनि खान छुट थियो । जनआस्था साप्ताहिकमा खबर छ ।nepaliheadlines
बुधबार, २२ पुष
मोरङ। भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको छ ।
विराटनगरको रानी भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतका अनुसार अहिले दैनिक ३५ वटासम्म कन्टनेर आउन थालेका छन् । तीन दिनअघि सम्म यो नाका भएर तेस्रो देशका मुस्किलले १२ वटासम्म मात्र कन्टेनर आइरहेका थिए । जोगवनीदेखि पर पाँच
किलोमिटरसम्म बङ्गलादेशबाट आएका कन्टेनरको लाइन रहेको थियो ।
चार दिनअघि उद्योग सङ्गठन मोरङ र मोरङ व्यापार सङ्घको प्रतिनिधिमण्डलले नेपालतर्फका भन्सार अधिकृतसमेतको उपस्थितिमा भारतीय भन्सार, प्रशासन र सुरक्षाकर्मीका प्रतिनिधिसँग भेटी आग्रहपछि भारतले तेस्रो देशबाट आउने कन्टेनरलाई जोगवनी नाकाबाट सहजरुपमा आउन दिन थालेको हो ।
nepalsandesh
काठमाडौं, पुस २२ ।  भारतीय नाकाबन्दी र इन्धन अभावले पातलीएको सवारी आवागमन पछिल्ला दिनहरुमा भने बढेको छ । बिभिन्न नाका हुदै काठमाडौ उपत्यका भित्रीने र बाहिरीने सवारीको आवगमन अहिले सामान्य बन्दै गएको छ ।
मंगलबार बिहान ६ बजेदेखि आज(बुधबार) बिहान ६ बजेसम्ममा ६२ हजार यात्रु उपत्यकामा भित्रिएका छन भने सोही अवधीमा त्यती नै संख्यामा यात्रुहरु उपत्यकाबाट बाहिरीएका छन ।
मंगलबार काठमाडौं उपत्यकाका बिभिन्न स्थानमा भएका सवारी चेकजाँचका क्रममा नियम मिच्ने १३ सय सवारी चालकहरुलाई कारबाही गरिएको छ ।
कारबाहीमा पर्नेहरु मध्ये जथाभाबी पार्कीङ गर्ने ९६ जना रहेका छन । यस्तै मादक पदार्थ सेवन गरेर सवारी चलाउने चालकहरु ७०, लेन अनुुशासन मिचेर सवारी चलाउने ५५ र यात्रुसँग बढि भाडा लिने २ जना सवारी चालक पनि कारबाहीमा परेका छन ।
imagekhabar
सोल, पुस २२ । उत्तर कोरियाको एक परमाणुस्थल नजिकै कम्पन महसुस गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार ५.१ रेक्टर स्केलको कम्पन महसुस गरिएको हो । दक्षिण कोरियाली मौसम विभागले भने कम्पनको तीब्रता ४.२ भनेको छ ।
उक्त कम्पन प्राकृतिक हो या अन्य कारणबाट भएको हो भन्ने स्पष्ट भइसकेको छैन । समाचार एजेन्सीहरुका अनुसार कम्पनको केन्द्रबिन्दु रहेको स्थान उत्तर कोरियाले परमाणु परीक्षणका लागि प्रयोग गर्दै आएको स्थान नजिकै छ ।
चीन र दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उक्त कम्पन प्राकृतिक होइन । उत्तर कोरियाले परमाणु परीक्षण गरेको हुन सक्ने उनीहरुको आशंका छ ।
उत्तर कोरियामा भएको सो कम्पनलगत्तै दक्षिण कोरियाले मन्त्रिपरिषदको आपतकालिन बैठक बोलाएको छ । (एजेन्सी)
imagekhabar
काठमाडौं, २२ पुस । एकीकृत माओवादीका सचिव वर्षमान पुनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती आज बैंककतर्फ प्रस्थान गर्दै हुनुहुन्छ ।
बिहान साढे ११ बजेको नेपाल एयरलाइन्सको बिमानबाट उहाँहरु बैंकक प्रस्थान गर्ने एमाओवादी अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । पुन सभामुख घर्तीका पति हुनुहुन्छ ।
जन्डिसका कारण बिरामी पर्नुभएका एमाओवादी नेता पुनलाई स्वदेशमा थुप्रै उपचार गरिएको थियो । काठमाडौंमा भएका उपचारले निको नभएपछि सचिव पुनलाई भारत हुँदै बैंकक लगिएको हो ।
अध्यक्ष दाहाल सचिव पुनको स्वास्थ्य अवस्थाको जानकारी लिएर सम्भवत भोलि बिहीबार नै स्वदेश फिर्ता हुने कार्यक्रम छ ।
dainiknepal
बुधबार, २२ पुष

काठमाडौँ । नेपाल प्रहरीमा कार्यरत प्रहरीमा कर्मचारीहरुले अब देखि डिभी र पिआरको लागि आवोदन दिन नपाउने भएका छन।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार बसेको मन्त्रिपरिषद्कोे बैठकले देशको सेवाका लागि भनेर जागिर खाएका प्रहरी देश प्रति बफदारी हुनु पर्ने भन्दै यस्तो निर्णय गरेको हो ।
प्रहरीमा कार्यरतले ‘डिभी’ र ‘पिआर’का लागि आवेदन दिन नपाउने यदी दिइएमा कारबाही गर्ने गरी विद्यमान प्रहरी नियमावलीमा संशोधन गर्ने निर्णय गरेको बैठकपछि सूचना तथा सञ्चार मन्त्री शेरधन राईले बताए ।
nepalsandesh
बुधबार, २२ पुष
एजेन्सी । उत्तर कोरीयामा भूकम्प गएको छ ।
उत्तर कोरियाको परमाणु परिक्षण स्थानको नजिकै केन्द्र बिन्दु बनाएर ५.१ रेक्टर स्केलको भुकम्प भएको बिबिसीले जनाएको छ ।
जमिनबाट आएका कम्पन्नको कारण भूकम्पले हो परमाणु विष्पोटको कराण भन्ने स्पष्ट हुन सकेको छैन ।
उक्त धक्काले गरेको क्षतीको बिरण अहिले सम्म नआएको बिबिसीले जनाएको छ।

काठमाडौं, पुस २२ । अमेरिकी राष्ट्रपति बराक ओबामाले अमेरिकामा अन्धाधुन्ध दुरुपयोग भइरहेको बन्दूक नियन्त्रणमा लिने आफ्नो योजना सार्वजनिक गरेका छन् ।
अनियन्त्रित बन्दूककै कारण अनाहकमा दिन प्रतिदिन अमेरिकी नागरिकले ज्यान गुमाउँदा पनि नियन्त्रणका लागि कानून बनाउन कंग्रेसले नसघाएकामा निकै भावुक देखिएका ओबामाले अब कारवाही नगर्ने कुनै बहाना स्वीकार्य नहुने चेतावनी दिए ।
आँखाबाट अश्रुधारा चुहाउँदै राष्ट्रपति ओबामाले भने–‘अब बन्दूक राख्नेको पृष्ठभूमि परीक्षणका साथै मानसिक स्वास्थ्य र अपराधको इतिहास केलाउने नियम पनि बनाइनेछ ।’
यसका साथै चोरी गरिएका बन्दूकको जानकारी दिने कानूनलाई कठोरताका साथ लगाइने पनि उनले प्रष्ट गरे । बन्दूकको व्यापारीहरुले कंग्रेसलाई बन्धक बनाएपनि अमेरिकालाई बन्धक बनाउन नसक्ने चेतावनी ओबामाले दिए ।
पछिल्लो तथ्यांक अनुसार अमेरिकामा सडक दुर्घटनामा भन्दा बन्दूकको दुरुपयोगबाट मारिनेको संख्या अधिक देखिएपछि ओबामा चिन्तित भएका हुन । बन्दूक बन्देज कानून ल्याउन अमेरिकाको संसद बाधक बनेपछि राष्ट्रपतीय अधिकार लागू गर्दै ओबामाले कार्यपालक आदेशमार्फत् यो कानून ल्याएका हुन ।

आलोचकहरुले भने ओबामा आफ्नो शक्तिभन्दा अघि बढ्न खोजेको टिप्पणी गरेका छन् । रिपब्लिकन नेता पउल रायनले ओबामाको यस योजनाविरुद्ध अदालतमा मुद्दा पर्नसक्ने बताए । उनले ओबामाका शब्द र कार्य स्वतन्त्रतालाई नजरअन्दाज गर्ने खालका रहेको टिप्पणी गरे ।

नयाँ प्रबन्ध अनुसार अब सबै किसिमका पुराना बन्दुक बिक्रेताले दर्ता गर्नुपर्ने र नयाँ पसलेले बन्दुक खरिद गर्नेको पृष्ठभूमिको समेत अभिलेख राख्नुपर्ने छ ।
imagekhabar
काठमाडौं: एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले दिल्लीले नेपाललाई सिक्किम, क्रिमिया र पूर्वी पाकिस्तानजस्तो बनाउन खोजेको बताएका छन्।

दिल्लीले नेपालका आठ जिल्लालाई अलग्याउन खोजेको पनि उनले बताए। भारतले छुट्ट्याउन खोजेका जिल्ला कुनकुन हुन् र किन भारत नेपाललाई अलग्याउन खोज्दैछ भन्नेचाहिँ दाहालले बताएनन्।

उनले भने, 'नेपाल टुक्र्याउन दिल्लीले राजनीतिक विङको नेतृत्व महन्थ ठाकुर र उपेन्द्र यादवलाई दिएको छ भने मिलिटरी विङको नेतृत्व सीके राउत र जयकृष्ण गोइतहरूलाई दिएको छ।'

क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालय बैठकमा दाहालले नेपालमाथि नाकाबन्दी लगाएका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वभर बेइज्जत भएकाले उनी नाकाबन्दी लम्ब्याउने पक्षमा नरहेको पनि बताए। संविधान संशोधन हुनासाथ नाकाबन्दी खुल्ने दाहालको भनाइ थियो।

दाहालले भने, ‘संविधान बनाएपछि भारतले नाकाबन्दी लगाएको छ तर मोहन वैद्यजीहरू समाजवाद उन्मुख संविधानलाई साम्राज्यवादी भनिरहनुभएको छ। बुझिनसक्नु छ।'बैठकमा दाहालले भने, 'दस वर्ष जनयुद्धमा बिताएँ । दस वर्ष शान्तिप्रक्रियामा बिताएँ। समाजवाद उन्मुख संविधान बनेको छ। अब दस वर्ष समाजवादका लागि लड्छु।'

केही दिनअघि सकिएको पार्टी केन्द्रीय समितिको बैठकमा पार्टी कोषाध्यक्ष हरिबोल गजुरेलले ‘वैद्यजीहरू यही पार्टीमा बसेको भए संविधान बन्दैनथ्यो, बाबुरामजीका कारण पार्टी बनाउन सकिएन' भनेको सन्दर्भ कोट्ट्याउँदै दाहालले भने, 'कुरा त्यस्तै हो।'

एक वर्षपछि पार्टी अध्यक्ष दिन्छु भनेकाले बाबुराम भट्टराई एक वर्षसम्म टिकेको पनि दाहालले बताए। संविधान घोषणा गर्ने ८-१० दिनअघिदेखि नै भट्टराई संविधान जारी गर्ने प्रक्रियाबाट पछि हटेको दाहालले बताए।

दाहालले संविधान जारी हुनुभन्दा केही दिनअघि भारतीय विदेशसचिव जयशंकरले आफूहरूलाई धम्क्याएको सन्दर्भ उठाए। दाहालले जयशंकरलाई उद्धरण गर्दे भने, 'हामीले सहयोग नगरेको भए राजतन्त्र जाँदैनथ्यो। गणतन्त्र आउँदैनथ्यो। हामीले नस्वीकारेसम्म विश्वले मानेकै भरमा नेपालमा संविधान कार्यान्वयन हुनसक्छ?'
annapurnapost
काठमाडौं, २२ पुस । एकीकृत माओवादीका प्रवक्ता दीनानाथ शर्माले भारतले नेपाललाई सधै सिक्किमीकरण गर्ने योजनामा रहेको आरोप लगाउनु भएको छ ।
उहाँले यस्ता खालका भारतीय क्रियाकलापप्रति नेपालीहरुले चासो दिनुपर्ने बताउनुभयो ।
नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै प्रवक्ता शर्माले भारतीय गुप्तचर संस्था ‘रअ’का पूर्व प्रमुखको अभिव्यक्ति र किताबले पुष्टि गर्ने बताउनुभयो ।
‘रअका पूर्व प्रमुखको कितावमा रहेको लेखले पनि नेपालमा खतरा छ’, उहाँले भन्नुभयो, ‘मिशन ‘रअ’मा नेपाललाई सिक्किम बनाउन खोजेको प्रष्ट देखिन्छ ।’
भारतले नेपालप्रति कहिल्यै पनि राम्रो दृष्टि नराखेको एमाओवादी प्रवक्ता शर्माले बताउनुभयो ।
dainiknepal
सन् २०१६ मा कति बलियो तपाईको भाग्य ? (बार्षिक राशिफल)
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
यस राशिलाईशनिको अढैयाले अनिष्ठताको प्रवलता भए पनि वृहस्पतिको अनुकुलताले सुखद फल प्रदायक mesh नबन्ला भन्ने छैन । वाणीको प्रभाबकारीताले महत्वपूर्ण भूमिका खेल्न सक्छ । आमाबाबुको सद्भाव प्रशस्तै रहला । सनातनतर्फ सुख पाइएला । दाम्पत्य जीवन मधुर बन्दै जाला । दाजुभाई/दिदिबहिनीबाट

सदासयता प्राप्त होला । इष्टमित्र पनि सहयोगी होलान् । खेतीपाती पशुपंक्षीपालन व्यवसाय, जग्गाजमिनले फाइदा नै गराउला । बौद्धिकताको सुधारलेपरीक्षा प्रतियोगिता हरु सफल बन्ला । राजनीतिबाट पाइने उच्च सम्मानको हवसरले मन गद्गद बलाउला । व्यापार व्यवसायबाट उन्नतीमार्ग बिस्तार होला । भाग्यशक्ति मजबुत होला ।रोगव्याध प्रकोप नियन्त्रणमा स्वास्थ्य विज्ञानको क्षेत्रमा हुने प्रगतिले सकारात्मक असर पुर्याउन नसक्ला । इमान्दारीताको अभावले गर्दा शत्रु बृद्धि रोक्न मुश्किलै पर्ला ।
अनेकखाले दुर्घटना लगायतका दैवी विपत्तीमा पनि सामान्य बढोत्तरीकै योग छ । खर्च असिमनतालाई धान्न मुश्किल पर्ला । वैदेशिक रोजगारले जीवन संचालनमा धेरै ठूलो मद्दत गर्न नसक्ला । पूर्वार्द बढी सफल रहला ।
स्वामी: मंगल, रत्न: मुगा, शुभरंग: रातो
वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
यस राशिलाई ग्रहस्थिति अनुसार सुख दु:ख बराबर भोग्नुपर्ने सामान्य अबस्था रहन सक्छ । बौद्धिक स्थिति सामान्य रहला । पठनपाठन लगायतका कार्यहरुमा अवरोध आईपर्ला । मनमा निराशाले डेरा जमाउला । दाम्पत्य सम्बन्धमा खटपट आउला । सन्तानबाट सुख पाउन कठिन नै होला । वैदेशिक कामबाट खासै सन्तुष्टि नपाइएला । व्यापार व्यवसाय पनि सफल हुन नसक्ला । वाणीको नम्रताले समाजमा प्रतिष्ठित र सभ्य व्यक्तित्व बनाउला । धर्मकर्मको भावना जागृत भईरहने हुनाले अनेकौं तिर्थाटनको समय आउला । भाग्यशक्ति सन्तुलित किसिमको रहनाले आमाबाबु एवम् दाजुभाई दिदीबहिनीको सामिप्यता घटिहाल्ने दखिदैन । राजनीतिबाट समाजमा प्रभुत्व अनुभुति होला । नोकरीमा ख्याति योग्य कार्यको प्रशंसाले कर्तव्यनिष्ट व्यक्तित्वमा परिचित बनाउला ।
रोगव्याधको प्रकोप नियन्त्रणमा आउनाले मन स्वच्छ बनाउला । दैवीय दुर्घटना लगायतका विपत्तिहरुमा कमी आएको महसुस होला । खेती किसानीको कामले र पशुपंक्षीको व्यवसायले जीवन संचालन मद्दत पुर्याउला ।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)
यो राशिलाई ग्रहस्थितिले घाम छायाँको दृष्टान्तानुसार शुभाशुभ सबै प्रकारले युक्त रहला । वाणीमा आउने विनम्रता र शिष्टताले केही सजिलो महसुस गराउला । भाग्यशक्ति बलियो होला । बौद्धिक स्थिति उच्चतहमा आसिन हुनाले परीक्षा, प्रतियोगिताहरु सफल बन्लान । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सुखमय बन्ला । दाजुभाई/दिदिबहिनीहरुबाट सहयोग नै होला । दुर्घटना लगायत दैविय विपत्तिमा पनि कमीकै आभाष होला । व्यापार व्यवसाय सप्रदै जानाले आम्दानी पनि बढी रहला । वैदेशिक रोजगारको माध्यमबाट धेरै थोरै सामान्य आर्जन भईरहला । मौसमी रोगव्याधको प्रकोपले स्वास्थ्य बिग्रदा शरीर आलश्य बन्दै जाला । ईष्टमित्र नजिक पर्न नचाहने होलान् । आमा बाबुको सामिप्यता घट्दै गएको अनुभूति होला । सन्तानबाट पनि सुखसन्तोष नपाइएला ।
शत्रुहरुको सक्रियता बढ्दै जाला । पशुपंक्षीपालनमा अवरोध आउला । राजनीतिमा कदर पाउन मिश्किलै होला । नोकरीमा अपहेलनाको शिकार हुनुपर्ला । जग्गा जमिनको कारोबार खासै हितकारी हुन नसक्ला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
यो राशिलाई विशेषत सामान्य भन्दा केही सुधारात्मक वातावरण परिस्थिति देखिएला । दैविय विपत्ति karkatलगायतका दुर्घटनामा न्यूनता छाउला । बौद्धिक परिस्थितिमा आउने सुधारले पढाई लेखाई लगायत अन्य जटिलता पनि निष्कर्षमा पुग्ला । व्यापारिक गतिविधि चरमोत्कर्षमा पुग्दाको आनन्द होला । खेती किसानी र पशुपंक्षीपालन व्यवसाय जीवन संचालनमा मद्दतगार सावित होला । वाणीको प्रभावकारीमा महत्वपूर्ण कामले प्रगतिमार्ग बिस्तार गर्ला । आमा बाबुको आशिर्वाद कायमै र दाजुभाई/दिदिबहिनीको सदासयताले गर्दा राम्रै स्थितिको सिर्जना होला । इष्टमित्रहरुको सहानुभुति
नहोला भन्ने छैन । सामाजिक क्रियाकलापको रुचीले राजनीतिमा विशेष झुकाव रहला । नोकरीबाट सम्मानित हुने अवसर आउला। भाग्यशक्ति त्यति उर्वर नबन्नाले आँटेको कामले पूर्णता पाउन नसक्ला ।
मनमा पाप पलाउनाले धर्मकर्म प्रतिको लगाव क्रमश: घट्दै गएको अनुभूति होला ।
सन्तानहरु आज्ञाकारी बन्न नसक्दा खासै सुख नपाइएला । वृहस्पतिले प्रतिकुल वातावरण देखाउनाले खासै सन्तोषपूर्ण नरहला।
स्वामी: चन्द्रमा, रत्न: मोती, शुभरंग: सेतो
सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
यस राशिलाई यो वर्ष शनिको अढैया दशाले खासै उपलब्धीमुलक होला भन्न सकिदैन । आमाबाबुको आशिर्वाद घट्ला । इष्टमित्रहरुको सदासयतामा कमीकै आभास पाइएला । बोलीमा आकर्षण घट्दै गएको महसुस होला । दुर्घटना लगायत दैवीविपत्तिमा कमी आउला । स्वास्थ्यमा बेला बेलामा समस्या देखिएला । कृषिजन्य कार्य र पशुपक्षीपालन व्यवसाय त्यति प्रत्युदपादक नहोला । असिमित ढंगबाट खर्च बढ्दा मनमाव्याकुलता छाउला ।
भाग्यशक्ति सामान्य अवस्थाको होला । पतिपत्नीबीच राम्रो समझदारीले दाम्पत्य जीवन सुखमय रहला । सन्तानबाट सुखै पाइएला । दाजुभाई तथा दिदिबहिनीको सम्बन्धले सन्तोष बढाउला । जग्गाजमिन सम्बन्धि कारोबारले सम्पन्न बनाउला । धार्मिक गतिबिधिमा मन उघृत भइरहनाले देश विदेशका अनेकौ तिर्थाटनको अबसर मिल्ला । शत्रुको झन्झटिलो व्यवहारले निकास पाउला । सेवा क्षेत्रमा ठुलो उपलब्धी हुन नसक्ला । राजनैतिक परिस्थितिले समाजमा रवाफिलो बनाउला । बौद्धिकताको वृद्धिले पठनपाठन सफल बन्ला ।
स्वामी: सूर्य, रत्न: माणिक्य, शुभरंग: रातो
कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
यस राशिलाई सामान्य लाभ तथा हानिको योगले भरिएको छ । सामान्य रोगव्याधको प्रकोपले शारीरिक kanya अबस्था आलश्य बन्ला । गर्दै आएको कामाबाट त्यति सन्तोष हुने लक्षण देखिदैन् । दाजुभाई, दिदिबहिनीको वास्ता घट्न सक्छ । पति पत्नीबीचको तनाबले जीवनमा निराशा छाउला । व्यपार व्यवसाय मध्यम रहला । आम्दानीलाई खर्चले धान्न मुश्किलै होला । पशुपक्षींपालन व्यवसायबाट पनि आर्जन मार्गमा सुधार नआउला । समग्रमा भन्नुपर्दा आर्थिक सन्तुलन नबिग्रेला । वाणीको प्रभावमा पनि महत्वपूर्ण कामले निकास पाउला । भाग्यशक्तो मजबुत रहदा मनोवान्छित कार्यले पूर्णता पाउला । बौद्धिक स्थितिको सुधारले परीक्षा, प्रतियोगिताहरुमा सफलता दिलाउला । आमाबाबुको सउ्भाव अटुट रुपमा पाइएला । इष्टमित्रहरु पनि सहयोगी भावका होलान् ।
सन्तानबाट सुख शान्तिमा बढोत्तरी होला । दैविय दुर्घटनामा न्युनता आउला । पापका क्रियाकलापले मनमा दिग्भ्रमित बनाउला । धार्मिक गतिविधिले समाजलाई सद्मार्गमा डिर्याउदै लगेको अनुभव गराउला ।
स्वामी: बुध, रत्न: पन्ना, शुभरंग: हरियो
तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यस राशिलाई साढे सातको दशाले गर्दा उल्लेखनिय समय ल्याउला जस्तो देखिदैन । वाणीको असावधानीले tula अनावश्यक झण्झटको सामना गराउला । शत्रु खुलेरै प्रतिष्ठा गिराउनमा अग्रसर होलान् । रोगव्यधको प्रकोपले शारीरिक समस्याहरु नहोलान भन्न सकिदैन । व्ययभार अत्यधिक हुनाले मनमा निराशा छाउला । जग्गा जमिन व्यवसायले आर्थिक संकट हटाउन नसक्ला । चौपायाबाट पनि आम्दानीको क्षेत्र सन्तोषजनक नबन्ला ।
बौद्धिकताको बृद्धिले पढाई लेखाई सफल बन्दै जाला । भाग्यशक्ति मजबुत रहनाले मनले आँटेको काम सफल होला । आमाबाबुको आशिर्बाद कायमै रहला । पतिपत्नीको सम्बन्ध प्रेमयुक्त होला । इष्टमित्रको सदासयता घट्ने अबस्था नआउला । अशक्त प्रतिको भावना सकारात्मक ढंगको होला ।
धार्मिक यात्राको अवसर आइरहनाले धर्म प्रति स्नेह रहला । दैविय दुर्घटना लगायतका विपत्तिहरुमा न्यूनता छाउला। राजनैतिक गतिविधिले प्रतिष्ठित स्थानमा पुर्याउला । नोकरीमा उचित मूल्याङकनले मानसिक शान्ति उचित तबरको होला।
स्वामी: शुक्र, रत्न: हीरा, शुभरंग: सेतो
वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
यस राशिलाई मध्यम देखिन्छ । साँढे सातको दशाले राम्रो अवस्था नआए पनि सामान्य अवस्था आइरहला ।
brishchikभाग्यशक्ति उचित स्थानमा रहनाले सोचविचार लाई विकसित गराउला । दाजुभाई, दिदिबहिनीको सहयोगले निरन्तरता पाउला । पतिपत्नीबीचको सुमधुरताले दाम्पत्य जीवन सफल बन्ला । थुप्रै तिर्थयात्राको अवसर आउला । धार्मिक कार्यक्रमहरुको महत्वले समाज सुशोभित होला । व्यापार व्यवसाय उच्चता देखिनाले आर्थिक समृद्धि बढ्ला । दैविय दुर्घटनामा न्यूनताको महसुस हुनेछ । शत्रु परास्त हुँदै जालान् । नोकरीमा गरिने आफ्नो कार्यले प्रगति गराउला । राजनीतिमा पनि बर्चश्व आफ्नै रहनाले समाजमा धाक रबाफ बढ्दै जाला ।
बौद्धिक परिस्थिति ह्रासोन्मुख बन्ला । पढाईलेखाईमा बितृष्णा जाग्ला । वैदेशिक रोजगारीबाट पनि प्रगति हुन नसक्ला।
पशुपक्षीपालन र खरतीपाती लगायतबाट उन्नती हुने छाँट छैन । जग्गाजमिनले खासै फाइदा नगर्ला । स्वास्थ्यमा सबलताको अभावले अनेकौं प्रकारका दुख झण्झट आदिको सामना गर्नुपर्ला।
स्वामी:मंगल, रत्न: मुंगा, शुभरंग: रातो
धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
धनु राशिलाई यो वर्ष अद्यसाँढे सातको दशाले अशुभ भए पनि गुरु(वृहस्पति) ले अनुकूलता ल्याउला । बोलीको मधुरताले dhanuआवश्यक उपलब्धि हाँसिल गराउनमा मद्दत गर्ला । भाग्यशक्ति राम्रै अवस्थाको होला । कृषिजन्य र पशुपक्षी पालनबाट आम्दानी फराकिएला । व्यापार व्यवसायले उन्नति पथ विस्तार गर्ला । जग्गाजमिनको कारोबारले पनि राम्रै आर्जन गराउला । दाजुभाई तथा दिदिबहिनीबाट बेला बेलामा उचित प्रोत्साहन पाइएला । पतिपत्नी बीचको मधुरताले दाम्पत्य जीवन सफल बन्ला । अनेकौं तिर्थाटनको अबसरले धर्म कर्म प्रतिको रुचिले झनै तिब्रताले लेला । दैवीय दुर्घटनामा पनि कमी आउला । आफ्नै सीप र कौशलले सम्पन्न कार्यक्रमहरुले सफल बन्दै जालान् ।
आमाबाबुको सद्भावमा कमी आउला । इष्टमत्रहरु सहयोगी बन्न हिच्किचाउन थाल्लान् ।
नोकरीमा अपजस आउनाले मनमा खिन्नता छाउला । राजनीतिबाट त्यति फाइदा होला जस्तो लाग्दैन् । मौसमी लगायतका रोगव्याधको प्रकोपले शारीरिक संरचनामा आघात पुर्याउला । खर्च असिमित रुपमा बढ्दै जाला ।
स्वामी: बृहस्पति, रत्न: पुष्पराज, शुभरंग पहेंलो
मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
यो सालमा मकर राशिलाई शुभ अशुभ मिश्रित प्रकारको फलप्रदायक बन्ला। भाग्यशक्ति खस्किदै गएको अनुभुति होला। makarआँटेको कामले पूर्णता नपाउँदा मन ब्यग्र होला । शत्रुहरु प्रतिष्ठा गिराउन लागि पर्लान् । रोगव्याधको प्रकोपलाई नियन्त्रणमा असक्षम बढ्ला। पापीय मनोवृतिको उन्मादमा धर्मकर्म प्रतिको अरुचिले मनमा चञ्चलता ल्याउला ।
भोलीको प्रभावमा महत्वपूर्ण कार्य सफल बन्ला । आमाबाबुको सामिप्यता नघट्ला । दाम्पत्य जीवन पतिपत्नी बीचको प्रगाढताले सफल बन्ला । दाजुभाई, दिदिबहिनीको सद्भाव पाइएला । सन्तानबाट पनि सुख णै होला । व्यापार व्यबसायमा राम्रो उन्नती होला । खेतीपातीको कामले प्रगति गर्ला । पशुपक्षीपालनबाट जीवरस्तरमा बढोत्तरी ल्याउला । जग्गाजमिन सम्बन्धि कार्यले पनि समुन्ति नै गराउला ।
नोकरीमा ख्याति बढ्ने योग पनि नभएको होइन । राजनीतिमा आफ्नो वर्चश्वको वृद्धिले सर्वत्र रवाफ रहला । बौद्दिक परिस्थिति अब्बल दर्जाको रहनाले पठनपाठन लगायतका परीक्षा प्रतियोगिताहरु सफल बन्दै जालान्।
स्वामी: शनि, र्तन: नीलम, शुभरंग: कालो
कुम्भ राशि – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
यो राशिलाई शुभ अशुभ दुबै किसिमको फलादेशले युक्त मिश्रित अवस्थाको होला । वाणिको प्रभावमा मनोkumbhaवाञ्छित कार्यहरु सफल होलान् । आमाबाबुको शुभेच्छा अटल रहला । दाजुभाई दिदिबहिनीको सद्भाव नघट्ला । सन्तानबाट सुख होला । इष्टमित्रबाट शान्ति होला । दुर्घटना लगायत दैविय विपत्तीमा न्यूनता आउला । रोगव्याधको प्रकोप नियन्त्रित अबस्थाको होला । शत्रु निस्तेज बन्दै जालान् । बौद्धिक विकासले अध्ययन अध्यापनमा सफलता झल्केला । कृषि कार्य र पशुपक्षींपालन ले जीवनस्तरमा सुधार ल्याउला । वैदेशिक रोजगारले अर्थतन्त्रमा ठुलै बदलाभको संभावना देखाउला । व्यर्थको व्ययभारमा नियन्त्रण क्षमता बढ्ला । शत्रु परास्त होलान। रोगव्याध प्रकोप नियन्त्रणमा क्षमता बढ्ला ।
भाग्यशक्ति कमजोर प्रवृत्तिको देखिएला ।
पति पत्नीबीचको सम्बन्ध सफल बन्न नसक्नाले दाम्पत्य जीवन कष्टकर होला । धर्नप्रति वितृष्णा जाग्ला । राजनैतिक गतिविधिले उच्चतहमा पुर्याउन नसक्ला । नोकरीमा खुट्टा तान्ने प्रवृत्तिको शिकार भइएला । भूमिबाट उन्नति हुन नसक्ला ।
स्वामी: शनि, रत्न: नीलम, शुभरंग: कालो
मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
यो राशिलाई यो वर्ष कतै सफल त कतै बाधाले सन्तोषजनक अबस्था णै होला जस्तो लाग्छ । भाग्यशक्तिको प्रवलताले minआँटेको कामले पूर्णता पाउला। आमाबाबुको स्नेह नघट्ला। दाजुभाइ, दिदिबहिनीबाट सदाशयता प्राप्त भईरहला । पतिपत्नी बीचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन बन्ला। इष्टमित्रहरु पनि सहयोगी भावमा देखिएलान् । व्यापार व्यवसायले ठूलो उपलब्धि दिन नसक्ला । धार्मिक गतिविधिले अनेकौं तिर्थस्थलहरुको भ्रमण गराउला । रोगव्याध प्रकोप नियन्त्रणमा दक्षताको विकासले उचित प्रोत्साहन पाउला । बौद्धिकताको बृद्धिले परीक्षा प्रतियोगिताहरु लगायत अन्य क्षेत्रमा समेत सफलता मिल्ला । दैवीय दुर्घटना लगायत विपत्तिहरुमा कमी आउला । बोल्दा निकै होस पुर्याउनुपर्ला । अन्यथा संकटको अबस्था निम्तेला । नोकरीमा खिचातानीको शिकार हुनुपर्दा निराशाको बादलले ढाक्ला ।
जग्गा जमिनको कारोबारले पनि अर्थतन्त्र सुधार्नमा त्यति मद्दत नगर्ला । राजनैतिक गतिविधि आफू अनुकुल नदेखिनाले राजनीतिबाट लाभ हुन नसक्ला । व्ययभार अधिक बढ्नाले पनि आर्थिक सन्तुलन नबिग्रेला ।
स्वामी: वृहस्पति, रत्न: पुष्पराज, शुभरंग: पहेंलो भिडियो हेर्न तलको बाकस थिच्नुहोस
वि.सं. २०७२ साल पुस २२ गते। बुधबार। इश्वी सन् २०१६ जनवरी ६ तारिख। नेपाल संवत् ११३६ थिंलागा। पौष कृष्णपक्ष। तिथि– द्वादशी, ३०:४१ बजेउप्रान्त त्रयोदशी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
प्रयत्न गर्दैमा समय मात्र बित्नेछ, काम भने अधुरै रहने देखिन्छ। समस्या थपिने सम्भावना छ। सानातिना समस्यामै अल्झनुपर्ने समय छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। पठनपाठनमा समय दिन नसकिएला। व्यावसायिक काम बिग्रनाले अलि अप्ठ्यारोमा परिनेछ। प्रतिकूल परिस्थितिसँग सम्झौता गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम वा मित्रताको बन्धन कसिनेछ। केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। तापनि काममा सहयोग जुट्नेछ। आयआर्जन पनि राम्रै हुनेछ। कामबाट फुर्सद मिल्नुका साथै कार्यक्रममा सहभागी बन्ने अवसर प्राप्त हुन सक्छ। यात्रा गर्ने अवसर जुट्नेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
हठ गर्ने बानीले समस्या निम्त्याए पनि सद्विचार लिनेहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त गर्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् र दिगो फाइदा हुने काम सुरु हुन सक्छ। परिस्थितिसँग केही सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोला, धैर्यसाथ लगनशील बन्दा स्थितिमा सुधार आउन सक्छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
ढिलासुस्तीले काम बिग्रन सक्छ। अवसरलाई पछ्याउन नसक्दा हातमा आएको मौका गुम्न सक्छ। स्थायी सम्पत्तिमा पनि विवाद आउने सम्भावना देखिन्छ। परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयतामा कमी आउला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। परिवारमा आमाको सहयोगबाट काम बन्न सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
सानो प्रयत्नले पनि राम्रो फाइदा उठाउन सकिनेछ। कृषिकर्म र व्यावसायिक काममा केही लगानीपछि फाइदा हुनेछ। प्रशस्त धन आर्जन गर्ने मौका छ। पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान्। सहयोगीहरूले राम्रै साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन्। तपाईंको कमजोरीमाथि टिप्पणी हुन सक्छ, सचेत रहनुहोला। बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन्। लेनदेनमा पनि विवाद बढ्ने सम्भावना छ। विगतको श्रमबाट भने लाभ हुनेछ। काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ। फाइदा कममात्र हुनेछ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
पारिवारिक जमघटमा मन रमाउनेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। पठनपाठनमा प्रगति हुनेछ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। विभिन्न अवसर आए पनि समयमा निर्णय लिन नसक्दा पछि परिनेछ। मौकाको फाइदा उठाउन नसकिएला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा यात्रा सम्भावना छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। नयाँ जिम्मेवारी पाइएला। लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। पितृधनको उपयोगबाट विशेष फाइदा होला। सोचेभन्दा बढी नै लाभ हुने योग छ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्न सक्छ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ उठाउन सकिनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने अवसर प्राप्त हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य नपाइने देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने पहिलेका सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती आइलाग्न सक्छन्। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, बिस्तारै श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।

काठमाण्डु, २१ पुस– आफूलाई कहिले डाक्टर त कहिले डीआइजीको छोरी बताउँदै मान्छे ठग्दै हिड्ने एक युवति प्रहरीको फन्दामा परेसँगै उनको पोल खुल्दै गएको छ । हेर्दा चिटिक्क परेको चिउडाल, भलाद्मी अनुहार, मिलेको पहिरन कसले भन्दा र ठग भनेर तर, मन नै बेइमानी भएपछि कसको के लाग्छ र ।

प्रेमको जालोमा पारेर एक युवकलाई फसाएपछि २३ वर्षीया गुल्मी हस्तीचौर ९ कि भगवती केसीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरी अनुसन्धान थाल्दै गर्दा उनको अन्य कर्तुत पनि बाहिर आएको हो ।
९ वटा सीम र ४ फेसबुक एकाउन्ट भएकी भगवतीले महानायक राजेश हमालसँग खिचेका तस्बिर फेला परेको छ । सो तस्बिर सार्वजनिक भएसँगै हमाललाई पनि उनले उल्लु बनाएको रहस्य खुलेको हो । पछिल्लो ७ महिनामा मात्र उनले कलाकार, डाक्टर, होटल व्यवसायीलाई मुर्गा बनाइसकेकी छन् ।

पोखरामा ठगी धन्दे चलाउँदै आएकी भगवतीको कर्तुत थाहा भएपछि उनी काठमाण्डुमा आई कमाउ धन्दा चलाउँदै आएकी थिइन् ।
kathmandutoday
रौतहट, २१ पुस । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले संविधानका अन्तरवस्तु बुझाउन नसक्दा तराई मधेसमा आन्दोलन चर्किनु स्वाभाविक भएको बताउनुभएको छ ।
नेपाली काँग्रेस चन्द्रपुर नगर समितिद्वारा आज चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेलामा उहाँले संविधान जारी गर्ने विषयमा नेपाली काँग्रेस अत्यन्तै निष्ठावान तरिकाले लागेको बताउनुभयो ।
उहाँले निर्वाचनक्षेत्र, समानुपातिक, समावेशी प्रतिनिधित्वलगायत विषयवस्तु दलहरूको आपसी सहमतिमा मिलाउन सकिने उहाँको भनाइ थियो ।
विवादित विषयवस्तु संविधान संशोधनबाट समाधान गर्न सकिने भन्दै उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले अब दजगजाबाट होइन संसदबाट समस्या समाधान गर्न पहल गर्नुपर्छ भन्नुभयो ।
अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले तराई मधेसको अधिकारको मामिलामा अझै के गर्न बाँकी छ त्यसबारे नेपाली काँग्रेस त्यो गर्न तयार रहेको बताउनुभयो ।
उहाँले अहिलेसम्मकै नेपालको राजनीतिमा सवैभन्दा बढी उपलब्धी संविधान जारी गर्दाका वखत भएको भन्दै संविधानले सबैखाले विभेदको अन्त्य गरेको बताउनुभयो ।
प्रदेश र सीमाङ्कनका सवालमा अझै वैज्ञानिक र व्यावहारिक मोडल आए नेपाली काँग्रेस मान्न तयार रहेको बताउनुभयो । रासस
dainiknepal
पुस २१, २०७२- नयाँ शक्ति अभियानका अगुवा बाबुराम भट्टराईले आगामी ४० वर्षमा संसारकै समृद्ध देश बनाउने दीर्घकालिन योजना सहितको अभियान थालेको बताएका छन् ।

अभियान थालेपछि पहिलो पटक बागलुङ आएका उनले मंगलबार आयोजित एक अन्तर्क्रियामा २० वर्षमा मध्यम र ४० वर्षमा उत्तम समृद्धिको देश बनाउने दाबी गरेका हुन् ।

‘दीर्घकालिन योजना बनाउन पूर्व प्रशासक, संयुक्त राष्ट्रसंघमा काम गरेका विज्ञ र सबै दलका उत्कृष्ठ व्यक्तिलाई समावेश गरेर विकासको मोडल बनाउन लागेको छु,’ भट्टराईले भने, ‘मैले ठूलोपार्टी बनाएर अध्यक्ष बन्नका लागि यो काम गरेको होइन ।’

देशमा संविधानसभाबाट संविधान बनिसकेपछि एउटा अध्याय सकिएकोले नयाँ आर्थिक क्रान्ति गर्नका लागि अभियान ल्याएको उनले बताए ।

‘देशको कार्यकारी प्रधानमन्त्री भैसकेकोले मेरोलागि त्यो भन्दा अग्लो पद छैन,’ भट्टराईले भने, ‘पार्टीको प्रमुख भएकाहरु पनि कार्यकारी हुने सौभाग्य सबैले पाएका छैनन्, मैले नहुँदै पाइसकेको छु ।’ सत्ता प्राप्तिका लागि मात्र यो अभियान संचालन नभइ दैनिक विदेश उड्ने १ हजार ५ सय युवा देशमा रोक्ने पहिलो दायित्व निर्वाह गर्ने अभियान बनाउने उनले दाबी गरे ।

वर्तमान संविधान निर्माणमा राजनीतिक संवाद तथा सहमति समितिको सभापति रहेका भट्टराईले संविधान अहिले सम्मको उत्कृष्ठ भएको बताए । उनले ७५ वर्ष लामो संघर्षको परिणामबाट आएको संविधानको संज्ञा दिएका छन् ।

विपि कोइराला देखि अहिले सम्मका नेतृत्वले गरेको योगदानको कदर गर्दै आर्थिक उन्नतीमा जान अपपिरहार्य भएको पनि उनले बताए । ऋणात्मक हुन सक्ने देशको अर्थतन्त्र आजैदेखि सुधारमा नलगे राष्ट्रियता बचाउन नसकिने देखेर पार्टी छाडेर हिडेको उनको भनाइ छ ।

‘संघीयता विरोधी र धर्मनिरपेक्ष विरोधीहरुनै वर्तमान संविधानको व्याख्यामा हिँडेपछि मैले नयाँ आर्थिक समृद्धिको बाटोलाई अगाडि बढाउन हिँडेको हुँ,’ उनले भने,‘कृषिमा बैज्ञानिक र व्यवसायिक, पर्यटनको नयाँ संभावनाको खोजी तथा रोजगारीको ग्यारेन्टी नभए अव देश बुढाखाडाको हुनेछ ।’ चित्रबहादुर केसी र कमल थापाहरुले समेत स्विकार्ने संविधान बनाउन पाएको भन्दै उनले गर्व मानेको पनि बताए ।

दुई छिमेकी महाशक्ति बन्नै लागेकोले नेपालको अस्तित्व अव आर्थिक समृद्धिमा मात्र सफल हुने पनि उनको तर्क छ । महाशक्ति चीन र भारतको वृद्धिदरले नेपाल समाप्त पार्न नसकोस भनेर अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

अभियानको पहिलो चरणमा उद्योग वाणिज्य संघका व्यवसायी र नयाँ युवाशक्तिले साथ दिएको खुलाए । राजनीतिक दलमा भ्रष्ट्राचार मौलाएको भन्दै त्यसको अन्त्यका लागि सबै एक हुने दिन आएको उनको धारणा छ । ‘द्वन्द्वको समयमा एक अर्काको आलोचना गरिन्थ्यो, अव त्यस्तो हुँदैन,’ उनले भने, ‘सबैका राम्रा कामको अनुभवबाट अगाडि बढ्ने हो ।’


kantipur.ekantipur
२१ पुस, काठमाडौं ।

नेपाली काग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संसदबाट संविधान संसोधन विधयक पास भएको एक दिनपछि भारतीय नाकाबन्दी खुल्ने दावी गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भारतले नाकाबन्दी खोल्न लागेको जिकिर गर्दै नेपाल र भारतबीच सम्बन्धमा समस्या नरहेको दावी समेत गरेका छन् ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा देउवाले नेपालमा भारतविरोधी अभियान नचलेको दावी समेत गरे ।

नयाँ संविधानमा छुटेका कतिपय विषय मिलाउन संविधान संसोधन गर्न लागिएको र यो विधेयक पास भए लगत्तै भारतीय नाकाबन्दी खुल्ने दावी देउवाकाो छ ।

संविधानसभामा संविधान निर्माणको पूर्व सन्ध्यामा भारत भ्रमण गरेर फर्किएका देउवाले भारतमा कुनै गोप्य आश्वासन दिएको चर्चा चलेको थियो । देउवाको भनाइलाई महत्वका साथ हेरिएको छ ।

फरक प्रसंगमा देउवाले आफूले पार्टी सभापतिमा उम्मेदवारी दिने निर्णय गरेपछि पत्रकार बोलाएर निर्णय सार्वजनिक गर्ने बताएका छन् ।nepaliheadlines
एजेन्सी । अमेरिकाको ब्रुकलिनमा एक १५ वर्षीय युवतीले आफ्नै आमाबुवाको हत्या गरेकी छिन् ।
हत्याको आरोपमा प्रहरीले उनलाई गिरफ्तार गरेको छ । प्रहरीका अनुसार ब्रुकलिन निवासी रोसा सांचेज र एंडरसन नन्जको हत्यापछि उनकी नाबालिका छोरी डेस्टिनी गार्सियाले आत्मसमर्पण गरेकी थिईन् ।

तर, हत्याको कारण भने उनले बारम्बार बयानमा फेरिरहेकी छिन् । जसका कारण हत्याको खास कारण खुल्न सकेको छैन् । उनले आफ्ना काका का छोरालाई दिएको वयानमा उनका सौतेला बुवा उनको यौन शोषण गर्थे । जसका कारण उनले आमाबुवा दुबैको हत्या गरिन् ।

मृतक आमाबुवा
डेलीमेलका अनुसार प्रहरीलाई दिएको बयानमा आरोपी किशोरीले भनेकी छिन्- मेरी आमा मलाई खराब व्यवहार गर्थिन्, मलाई शारीरिक यातना दिन्थिन् । यो सबै घटना देख्दा पनि मेरा सौतेला बुवा हेरिरहन्थे, मलाई बचाउथेनन् । त्यसकारण मैले दुबै जनालाई एकै चिहान बनाए ।
यद्यपी घटनाबारे जानकारी पाएपछि प्रहरीले एक हप्तापछि अपार्टमेन्टबाट मृतकको सडेको शव बरामद गरेको थियो । यो घटनालाई सेकण्ड डिग्री मर्डर जस्तै मानिएको छ । जसका कारण अदालतले नाबालिका युवतीलाई बालिका श्रेणीमा राखेर मुद्दा अगाडि बढाएको छ । अब उनलाई सुधार गृह पठाउने आदेश अदालतले दिनेछ ।
dainiknepal
नयाँ दिल्ली । भारतको पठानकोटमा जारी आतंकवादी हमलाकै बीचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबारे नयाँ खुलासा भएको छ ।
भारतका एक साहित्यकारले मोदीलाई पाकिस्तानले मार्ने प्रयास गरेको खुलासा गरेका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा बोल्दै भारतका बरिष्ठ साहित्यकार श्रीपाल सबनीसले पाकिस्तानको लाहौरमा मोदीको हत्या पनि हुनसक्थ्यो भनेका छन् ।
मोदीको २ घण्टे पाकिस्तान भ्रमणलाई लिएर यसअघि धेरै राजनीतिज्ञले भारतमा आलोचना पनि गरिसकेका छन् । यसैक्रममा पाकिस्तानका कट्टर विरोधी श्रीपालले मोदीको हत्या हुनसक्ने दाबी गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
श्रीपालको यो भनाईमा मोदीको पार्टी भाजपाले आपत्ति जनाएको छ । मराठी साहित्य सम्मेलनका अध्यक्ष समेत रहेका श्रीपालको यस्तो खुलासापछि भारतीय राजनीतिक बजार तातिएको छ ।
यसअघि श्रीपालले २००२ मा भएको गुजरात दंगाका बेला पनि मोदीको खुलेरै आलोचना गरेका थिए । तर, अहिले भने देशको प्रधानमन्त्री भएकाले मोदीको हत्या प्रयासले आफू चिन्तित बनेको श्रीपालले दाबी गरेका छन् । (एजेन्सीको सहयोगमा)
dainiknepal
नयाँ दिल्ली:   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत सधैँ अफगान नागरिकको साथमा रहेको बताएका छन् ।

उत्तरी अफगान नगर मजार इ सरिफमा रहेको भारतीय कन्सुलेटमा भएको तालिवानहरुको आतङ्कवादी हमलापछि प्रधानमन्त्री मोदीले सो धारणा राखेका हुन् ।


सो आक्रमणपछि अफगान राष्ट्रपति असरफ घानीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोनगरी सो आक्रमणको बारेमा जानकारी गराएका थिए ।

उक्त फोनवार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले अफगान राष्ट्रपतिमार्फत आफू र भारतीय जनता सधैँ अफगान नागरिकका साथमा रहेको बताएको समाचारमा जनाइएको छ ।

भारतीय प्रधानमन्त्रीको कार्यालयद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार प्रधानमन्त्री मोदीले सो आक्रमणलाई निस्तेज पार्न अफगान सुरक्षा निकायले गरेको बहादुरीपूर्ण कार्य र साहसका लागि पनि प्रशंसा व्यक्त गरेका थिए ।

आइतबार सो कन्सुलेटमा हतियारधारीहरुले आक्रमण गरेका थिए । आक्रमणमा आएका हतियारधारीहरु भने अफगान सुरक्षा बलको कारबाहीमा मारिएका थिए । दुईजना मारिएका र अर्का एकजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सो कन्सुलेटमा तीनजना भारतीय अधिकारी कार्यरत थिए । आक्रमणबाट उनीहरु भने सुरक्षित रहेका बताइएको छ ।
annapurnapost
काठमाडौँ: सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियान थप एक महिना सञ्चालन गर्ने भएको छ ।

सरकारले नेपालको संविधानले नेपाली जनतालाई प्रत्याभूत गरेका, अधिकार, कर्तव्यलगायत संविधानका मूलभूत प्रावधान र विशेषताका बारेमा सबैलाई जानकारी गराउने उद्देश्यले गत मङ्सिर २१ गतेदेखि मुलुकभर एकमहिने राष्ट्रिय अभियान सुरु गरेको थियो ।

अभियानका बारेमा जनस्तरबाट निरन्तरताको माग आएको र केही हिमाली एवम् तराईका जिल्लामा सो कार्यक्रम गर्न बाँकी रहेकाले सरकारले आगामी माघ २१ गतेसम्म सञ्चालन गर्ने सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।


एक महिनाको अवधिमा ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधान ः जनताकै माझमा’ नारा दिइ सुरु गरिएको सो अभियानअन्तर्गत सो अवधिमा ८० प्रतिशत जिल्ला सदरमुकाम, नगरपालिका र गाविसका केन्द्रमा विभिन्न अन्तक्र्रिया कार्यक्रम गरिएको मन्त्रालयका सहसचिव डा हरि पौडेलले जानकारी दिए ।

सो अभियान केही हिमाली जिल्लामा हिउँ परेका कारण र तराईका केही जिल्लामा आन्दोलनका कारण कार्यक्रम गर्न बाँकी रहेकाले एक महिना समायवधि थप गरिएको हो ।

मन्त्रिपरिषद्को गत मङ्सिर ८ गतेको निर्णय बमोजिम मन्त्रालयको समन्वयमा उक्त अभियान सुरु भएको जानकारी गराउँदै सहसचिव डा पौडलेले भने, “सोे अभियान अन्तर्गत गरिएका सभा तथा अन्तक्र्रिया कार्यक्रममा सांसद, विभिन्न राजनीतिक दलका नेता, सर्वसाधारणलगायतको उत्साहपूर्ण सहभागिता थियो ।”

अभियानमा संविधानका विशेषताका बारेमा मन्त्रालयले पुस्तिका, पर्चा, फ्लेक्स प्रिन्टलगायत प्रचारका सामग्री वितरण गर्नाका साथै वृत्तचित्रसमेत प्रदर्शन गरिएको थियो । थपिएको अवधिमा ७५ वटै जिल्ला सदरमुकाम, २१७ नगरपालिका र तीन हजार १५७ गाविसका केन्द्रमा कार्यक्रम सञ्चालन हुने सहसचिव डा पौडेलले जानकारी दिए ।

अभियानमा समाजका हरेक वर्गका व्यक्तिलाई संविधान र यसका विशेषताका विषयमा सुसूचित गर्न संविधानको विशेषता मैथली, भोजपुरी, थारु र अवधी भाषामा समेत अनुवाद गरेर वितरण गरिएको थियो ।

संविधानका विशेषताका बारेमा जनतालाई जानकारी गराउने उद्देश्यले संविधान जारी भएयता कानुन, न्याय तथा संसदीय मन्त्रालयले समेत ‘हाम्रो संविधान समावेशी संविधान’ विशेष कार्यक्रम सुरु गर्दै आएको छ ।

कानुन मन्त्रालयले संविधान कार्यान्वयनका लागि नयाँ कानुन तर्जुमा र कानुन संशोधनका अतिरिक्त विभिन्न जिल्लाका गाविस र सामुदायिक विद्यालयमा जनतासँग प्रत्यक्ष अन्तक्र्रिया कार्यक्रम गर्दै आएको मन्त्रालयका प्रवक्ता डिल्लीराज घिमिरेले जानकारी दिए।

मन्त्रालयले आफ्नो नियमित गर्दै आएको कानुनी शिक्षा सचेतना कार्यक्रममा संविधानका विशेषता, मौलिक हक, आरक्षण र समावेशिताका विषयवस्तुका बारेमा समेत जानकारी गराउन अन्तक्र्रिया कार्यक्रम गर्दै आएको छ ।

मन्त्रालयले हालै मात्र चितवन, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, काठमाडौँलगायत जिल्लाका गाविस तथा सामुदायिक विद्यालयमा कानुनी सचेतना शिक्षा सचेतना कार्यक्रम गरेको जानकारी गराउँदै प्रवक्ता घिमिरेले भने, “कार्यक्रममा संविधानका बारेमा जिज्ञासा राख्ने सर्वसाधारणको उत्साहपूर्ण सहभागिता थियो ।” कानुन मन्त्रालयले संविधानलाई अङ्ग्रेजी भाषामा पनि अनुवाद गरेको छ ।
annapurnapost
काठमाडौं, पुस २१ । सांसदहरुले जनताका समस्याप्रति उदासीन भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

व्यवस्थापिका–संसदको मंगलबारको बैठकमा सांसदहरुले जनताले सामना गरिरहेको अभाव र कालोबजारीको समस्याको समाधानका लागि सरकारले कुनै प्रयास नगरेको आरोप लगाए ।

यस्तै, उनीहरुले भूकम्पीडितिको समस्याप्रति उदासीन भएको भन्दै सरकारको आलोचना गरेका थिए ।

बैठकमा नेपाली कांग्रेसका सांसद कमल पंगेनीले जनता अभाव र कालोबजारीको मारमा पर्दासमेत सरकारले समस्या समाधानमा चासो नदेखाएको आरोप लगाए ।

बैठकमा एकीकृत माओवादीका सांसद छमबहादुर गुरुङले भूकम्पपीडितहरु अझैपनि त्रिपालमुनि बस्न बाध्य भएको भन्दै उनीहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरे ।

नेकपा एमालेका सांसद रविन्द्र अधिकारीले सरकारले चीनसँगका नाकाहरु खोल्ने कामलाई उच्च प्राथमिकता दिनुपर्ने बताए ।

बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापाले भारतले नेपालमाथि नाकाबन्दी गरेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्न नसकेको भन्दै सरकारको आलोचना गरिन् । imagekhabar
मंगलबार, २१ पुष
काठमाडौं । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिमेकी मुलुक भारतले नेपालमा राजनीतिक र सैन्य मोर्चा बनाएरै आक्रमण थालेको दाबी गरेका छन् ।
उनले त्यसकालागि उपेन्द्र यादव र महन्थ ठाकुर लगायतका नेताहरुलाई राजनीतिक मोर्चामा र सिके राउत र जयकृष्ण गोइत लगायतकालाई सैन्य मोर्चामा सहभागि गराएको दाबी समेत गरे ।
उनले राजनीतिक र सैन्य मोर्चालाई प्रयोग गरेर नेपाललाई विखण्डन गर्ने र अन्तिममा सिक्कीमिकरण गर्ने षड्यन्त्र गरिरहेको दाबी समेत गरे ।


प्रचण्डले भारतले यसकालागि विभिन्न परस्पर विरोधी खेलहरु खेलीरहेको पनि दाबी गरेका छन् ।
मंगलबार प्रचण्ड निवास लाजिम्पाटमा क्रान्तिकारी पत्रकार संघको केन्द्रीय कार्यालयको विस्तारित वैठकमा अध्यक्ष प्रचण्डले यस्तो दाबी गरेका हुन् ।
दाहालले उपेन्द्र-महन्थलाई पोलिटिकल विङ र सीके–जयकृष्ण गोइतलाई मिलिटरी विङका रुपमा प्रयोग गरेको बताए । दाहालले आन्दोलनरत मधेसी मोर्चाका नेतादेखि सिके राउत र गोइतसम्म भारतकै इसारामा चलीरहेको बताए ।
उनले भारतले यस्तो चालबाजी खेलीरहेपनि आफुहरुले त्यसलाई सफल पार्न नदिने बताए । दाहालले आन्दोलनरत दलहरुको समेत जित हुनेगरि सहमति हुनै लागेको दाबी समेत गरे ।
उनले संसदमा जारी संविधान संशोधन विधेयक पास भएपछि र मोर्चासँग एक तहको समझदारी भएपछि नाकाबन्दी खुल्ने र आपुर्तिको विकल्प पनि खोजिने बताए ।
उनले वर्तमान सरकार कुनै हालतमा नढल्ने प्रष्ट पार्दै अब सरकार परिवर्तनको खोलमा नभै देश विकासमा लाग्ने बताए ।
nepalsandesh
म्याग्दी – पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति निर्माण अभियानका संयोजक डाक्टर बाबुराम भट्टराईले नेपाललाई अबको ४० वर्षभित्र धनी देश बनाउन सकिने बताएका छन् ।
नयाँ शक्ति निर्माण अभियानले मंगलबार बेनीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले नेपालमा अबको १०–१५ वर्षभित्र गरिबीको अन्त्य गरेर ४० वर्षभित्र धनी मुलुक बनाउन सकिने बताए ।

सो क्रममा उनले देशको अबको राजनितिक कार्यभार विकास र सम्बृद्धी भएको बताए ।
नयाँ संबिधानमा प्राप्त राजनितिक उपलब्धिको जगमा टेकेर नेपाललाई सम्बृद्धी र विकासमा अधि बढाउन नयाँ बिचार, निति र नेतृत्व आवश्यक रहेको भट्टराईको भनाई छ ।

नेपालको विकासमा राजनितिक अस्थिरता, भ्रष्ट्राचार, संसदीय व्यवस्था र बिभेद मुख्य चुनौतीको रुपमा रहेको भन्दै उनले राजनितिक स्थिरता, एकता, समानता, जनसहभागिता र सन्तुलित बिदेश निति बनाउन सकेमा नेपालको विकासका लागि पर्याप्त स्रोत साधन रहेको उनले तर्क गरे ।

उनले व्यक्तिगत स्वतन्त्रताको रक्षा र सामुहिक हितलाई प्राथमिकता दिने राजनितिक कार्यदिशा सहितको नयाँ पार्टी गठन गर्ने जानकारी दिए । मधेशको समस्या समाधानका लागि सार्थक वार्ता गर्न सरकार र आन्दोलनरत पक्षलाई पुर्व प्रधानमन्त्री भट्टराईले आग्रह गरे ।

उनले परनिर्भरताको अन्त्यका लागि बिदेश र परराष्ट्र नितिको परिवर्तन अपरिहार्य भएको बताए ।

राजनितिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकार सहितको सरकार र समानुपातीक व्यवस्थाबाट चुनिने व्यवस्थापिका संसद हुनुपर्ने धारणा राखे ।
लोकतन्त्रलाई जनताको घरदैलो सम्म पु¥याउनका लागि भोट माग्नलाई मात्रै जनताकहाँ जाने प्रवृतीको अन्त्य हुनुपर्ने बताए ।

आर्थिक सम्बृद्धीका लागि जल, जमिन, जडिवुटी, जंगल र जनशक्तिको सही दंगले परिचालन गर्ने र जनतालाई विकासमा स

ratopati
काठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्ले ‘राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष र सदस्यको पारिश्रमिक सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१’ पारित गरेको छ ।
उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले सदन समक्ष प्रस्तुत गर्नुभएको थियो । त्यसअघि मन्त्री खरेलले उक्त विधेयकमाथि सदनमा दफाबार छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । विधेयकमा कुनै पनि सांसदले संशोधन दर्ता नगराउनु भएकाले सदनमा दफाबार छलफल भएन ।
त्यसैगरी ‘मेलमिलापसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७१ लाई पनि पारित भएको छ । व्यवस्थापिका–संसद्को अर्को बैठक यही पुस २२ गते बिहान १० बजे बस्नेछ ।
तीन विधेयक पेस
व्यवस्थापिका–संसद्को आजको बैठकमा तीन फरक विधेयक पेस भएका छन् । अर्थ राज्यमन्त्री दामोदर भण्डारीले ‘कर्मचारी सञ्चय कोष (नवौँ संशोधन) विधेयक, २०७१’ र ‘लेखा परीक्षण (पहिलो संशोधन) विधेयक, २०७१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । सो प्रस्तावलाई सदनले बहुमतले स्वीकृत गरेको छ ।
उक्त प्रस्तावमाथि नेमकिपाका अनुराधा थापा मगर र डिल्लीप्रसाद काफ्लेले आफ्नो सुझाव राख्नुभएको थियो । सांसदद्वयले उठाएको प्रश्नको जवाफ दिँदै अर्थराज्य मन्त्री भण्डारीले सकारात्मक सुझावलाई सरकारले मनन गर्ने र पूर्ण रुपमा कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो ।
यस्तै शिक्षामन्त्री गिरिराजमणि पोखरलले ‘खुल्ला विश्वविद्यालय विधेयक, २०७२’ विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । व्यापकस्तरमा नागरिकलाई दीक्षित गर्ने र सहजरुपमा शिक्षा दिने उद्देश्यले उक्त विधेयक ल्याइएको मन्त्री पोखरेलको कथन थियो । यसअघि सांसदद्वय प्रेम सुवाल र धनीराम पौडेलले विधेयका सबल र दुर्बल पक्षका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । सो विधेयकलाई बहुमतले स्वीकृत गरेको छ ।
dainiknepal
काठमाडौं–सन् २०१६ मा घुम्नै पर्ने १० देशको सुचिमा नेपाल पहिलो नम्बरमा परेको छ । ट्राभलसम्बन्धी अमेरिकी वेवसाइट रफगाइड्सले सन् २०१६ मा घुम्नै पर्ने
मुलुकको सूचिमा नेपाललाई पहिलो सूचिमा राखेको हो । नेपालाई घुम्नै पर्ने देशको पहिलो सुचिमा राख्दै साइटमा उल्लेख गरेको छ, ‘विनाशकारी भुकम्प र त्यसपछिको पराकम्पनका कारण नेपालको पर्यटन उद्योग तहसनहस भएको छ । सयौं हजार जनता घरबारविहिन भएका छन् भने अझैं पनि मानिसहरु पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन सकेका छैनन् । देशका एतिहासिक सम्पदाहरु विस्तारै पुर्ननिर्माणको क्रममा छन् । टे«किङ रुटहरु विस्तारै खुल्दै छन् ।’ साइटमा स्थानीय स्तरमा होम स्टेसमेत रहेको र त्यहाँ खर्च हुने डलर तल्लो तहसम्म पुग्ने भन्दै भूगोलको अनुपम स्वरुप रहेको नेपाल पर्यटकको पहिलो रोजाईमा पर्न सक्ने उल्लेख गरिएको छ । यस्तै २०१६ को घुम्नै पर्ने देशको दोस्रो सूचिमा कोलम्बिया रहेको छ भने तेस्रोमा क्युवा, चौथोमा जोर्डन, पाचौंमा अल्बानिया, छैटौंमा रोमानिया, सातौंमा अल साल्भाडोर, आठौंमा वेल्स, नऔंमा केन्या र पुछारमा श्रीलंका रहेको छ । ratopati
काठमाडौं, २१ पुस । नेकपा एमालेका नेता रवीन्द्र अधिकारीले उत्तर–दक्षिण राजमार्ग निर्माणको कामले खासै गति नलिएकामा चिन्ता व्यक्त गर्नुभएको छ ।
व्यवस्थापिका संसदको बैठकमा बोल्दै नेता अधिकारीले अध्ययन भएको महिनादिन पुग्दा समेत सरकारले निर्माण तथा सञ्चालनमा ध्यान नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
संसदको विकास समितिका सभापति समेत रहनुभएका अधिकारीले ती राजमार्ग निर्माणमा इमानदारीका साथ सरकार लाग्नुपर्ने औँल्याउनुभयो । ‘चीनसँगका महत्वपूर्ण नाका शीघ्र सञ्चालनमा सरकारको ध्यान जाओस्’- उहाँले भन्नुभयो ।
एमाओवादीका छमबहादुर गुरुङले भूकम्पबाट अतिप्रभावित १४ जिल्लाका जनता राहत नपाएर आहत भएको बताउँदै ती स्थानको पुनःनिर्माण एवम् पुनःस्थापनामा राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सरकारलाई सहयोग नगरेको आरोप लगाउनुभयो ।
dainiknepal
वीरगन्ज, पुस २१ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले शीर्ष नेताले समाधान दिन नसकेको विषय कार्यदलले टुंग्याउन नसक्ने टिप्पणी गरेका छन् ।


मधेसी मोर्चाका तर्फबाट सरकारसँग वार्ता गर्न कार्यदल बनाएलगत्तै अध्यक्ष यादवले कार्यदलको कार्यकुशलता माथि नै प्रश्न उठाएका हुन् ।

वीरगन्जमा मंगलबार सन्चारकर्मीहरुसँग उनले सरकार र तीन दलले मोर्चालाई वार्तामा बोलाएझैं गरी जनताको आँखामा छारो हाल्न खोजेको आरोप लगाए ।

ओली सरकार अहिलेसम्मकै असफल र अक्षम भएको आरोप लगाउँदै यादवले सरकार र तीन दलले आन्दोलनको सम्बोधन नै नचाहेको दाबी गरे ।

उनले सदनमा पेश गरेको संविधान संशोधन विधेयकको अर्थ नभएको बताउँदै सीमांकन नसच्याएसम्म आन्दोलन नटुंगिने बताए । imagekhabar
काठमाडौं, पुस २१ । भारतमा यही माघ २३ गतेदेखि हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि तेक्वान्दो खेलाडीहरु छनोट हुने क्रम जारी छ ।
यसैक्रममा तीन महिला खेलाडी आयशा शाक्य, यानकुमारी चौलागाईँ र रेजिना कार्की छनोट भएका छन् । आ–आफ्नो तौलसमूहमा पहिलो भएका खेलाडी सागका लागि सोमबार छनोट भएका हुन् ।
ललितपुरको सातदोबाटोमा जारी छनोट प्रतियोगिताको ६२ केजीमुनि १० औं सागकी रजत तथा ११ औं सागकी स्वर्ण विजेता राष्ट्रिय टिमकी आयशा शाक्यले फाइनलमा सशस्त्र प्रहरीकी संगीता बस्याललाई ८–१ ले पराजित गर्दै लगातार तेश्रो पटक सागमा सहभागिता पक्का गरिन् ।
४९ केजीमुनि नेपाली सेनाकी यानकुमारी चौलागाईंले फाइनलमा नेपाल प्रहरीकी सीता तामाङलाई हराइन् । ११ औं सागकी कास्य विजेता यानकुमारी ११–२ ले विजयी भइन् । ४६ केजीमुनि प्रहरीकी रेजिना कार्की छनोट भइन् । सागमा ‘डेब्यु’ गर्न लागेकी रेजिनाले पश्चिमाञ्चलकी सरिता श्रेष्ठलाई १–० को झिनो अन्तरले पाखा लगाइन् ।
पुरुषतर्फका सबै ८ स्पर्धामा सेमिफाइनल खेल सकिएका छन् । अन्तिम दिन आज ८ पुरुष र २ महिला गरी १० खेलाडीको टुंगो लाग्ने छ ।
सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी सहभागी हुने छन् । ७२ पुरुष र ४५ महिला गरी १ सय १७ खेलाडी छनोटमा सहभागी छन् ।
imagekhabar
पुस २१, २०७२- स्वास्थ्य परीक्षण एवं उपचारका लागि हरियाणाको मेदान्त अस्पतालमा रहेका नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्य स्थिती सुधारोन्मुख छ ।

चार दिनअघि मेदान्तको अर्थो–ट्रमा युनिटमा भर्ना गरिएका महतोलाई भिटामिन–डीको कमी देखिएको र शारीरिक कमजोरीका कारण पोषणयुक्त खान्की चाहिने अस्पतालले सुझाएको छ । १० दिनअघि सिमावर्ती नाका जोगवनीमा धर्नामा रहेका बेला प्रहरीसँगको झडपमा घाइते भएका महतोलाई गत शुक्रबार साँझ काठमाडौंबाट दिल्ली ल्याइएको थियो । ‘नेता महतोको स्वास्थ्य स्थिती सामान्य बन्ने क्रममा छ । भोक हड्ताल वा शारीरिक कठीनाइ हुने कुनै काम गर्न नमिल्ने सल्लाह उहाँलाई दिइएको छ,’ अस्पतालका इन्टरनल मेडिसिन युनिटका डा. शुभांक सिंहले कान्तिपुरसँग भने ।

नेता महताको हातखुट्टाका विभिन्न ठाउँमा सुन्निएको र हातका औंलामा फ्र्याक्चर देखिएकाले सिटी स्क्यान, एक्सरे, एमआरआइ गरिएको थियो । महतोलाई रक्तचाप, सुगर, स्नायु रोगलगायतका ७ विज्ञ चिकित्सकले जाँच गरेका थिए । मेदान्तको अति विशिष्ट कक्षमा उपचाररत महतोसँग उनकी श्रीमती शैल महतो, पार्टी सहयोगी शैलेश शाह र स्थानीय पत्रकार पंकज दास रहेका छन् । महतोलाई अर्थोपेडिक्स, न्युरोलोजी र न्युरोसर्जरीको चिकित्सक समुहले दुई दिनसम्म ‘अब्जर्भेसन’मा राखेको थियो । अस्पताल स्रोतका अनुसार, ब्लड–सुगरको स्थिती पछिल्ला दिनमा झैं स्थिर रहेमा र स्वास्थ्य सुधारोन्मुख देखिएमा बुधबार महतोले अस्पतालबाट डिस्चार्ज पाउनेछन् ।
kantipur.ekantipur
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home