पटकबिहीबार, २१ असोज
रसुवा । नेपाल–चीनबीचको रसुवागढी नाका असोज २८ गतेसम्ममा सञ्चालनमा ल्याउने तयारी चिनियाँ पक्षले गरिरहेको छ ।
नाका सञ्चालनका बारेमा रसुवागढी भन्सार प्रमुख केदारप्रसाद पनेरु र जिल्ला प्रहरी प्रमुख अवदेश विष्ट तथा चिनियाँपक्षसित भएको वार्तामा चिनियाँपक्षले सो जानकारी दिएको भन्सार प्रमुख पनेरुले बताए ।
चिनियाँ पक्षले नेपालमा गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुयाएको रसुवागढी–केरुङबीचको सडक निर्माण मर्मत कार्य यही २६ गतेसम्म सम्पन्न गर्ने र यही २८ गतेदेखि नाका सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
प्रमुख पनेरुले नाका सञ्चालनका लागि नेपाली पक्षको पनि तयारी पुरा भएको जानकारी दिए । गत आर्थिक वर्ष २०७१ \७२ को बैशाखसम्ममा करिव ३० करोड बराबरको राजश्व सङ्कलन सो नाकाबाट भएको थियो ।
www.nepalsandesh.com

इटहरी, २१ असोज । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले कार्यकर्ता भेटघाटका लागि देश दौडाहमा छन् ।
यही क्रममा क्षेत्रीय स्तरको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई प्रशिक्षण दिन प्रचण्ड बुधबार इटहरी आएका छन् । इटहरीमा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले आफ्नो पुरानो बोली फेरेका छन् । उनले इटहरीमा केपी ओली नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने पक्षमा आफू नरहेको बताए । कांग्रेस र एमाले मिलेर जसलाई प्रधानमन्त्री बनाए पनि स्वीकार्य हुने उनको भनाई थियो ।
‘सहमतिबाटै सरकार बनाउने हाम्रो बटमलाईन हो । स्थानीय, प्रदेश र केन्द्रका तीनवटा चुनाव नगर्दासम्म सहमति अनिवार्य छ,’ प्रचण्डले भने,’ तीन दलवीच सहमति हुनुपर्छ, मधेसी र थारुहरुलाई पनि सरकारमा ल्याउनुपर्छ ।’
सरकार गठन तीनै दल मिलेर गर्नुपर्ने भन्दै प्रचण्डले भने– ‘प्रधानमन्त्रीको चयन हिजो भएको सहमति अनुसार नै गर्दा उत्तम हुन्छ, तर कांग्रेस र एमाले मिलेर आउनुहोस्, सुशील भए पनि ठीकै छ, देउवा वा माधव नेपाल जो भए पनि ठीकैछ । मिलेर आउनोस्, हामी दाबी गर्दैनौं ।’
यसअघि प्रचण्डले ओलीलाई प्रधानमन्त्री बनाउने अडान लिँदै आइरहेका थिए । उनले प्रधानमन्त्री र राष्ट्रपति दुबैका लागि आफूलाई ठूलै शक्तिबाट प्रस्ताव आएको बताउँदै अहिले उमेर र इच्छाशक्ति नभएकाले अस्वीकार गरेको बताए ।
dainiknepal.com

काठमाडौं । भारतले अघोषित नाकाबन्दी गरि नेपालमा उपभोग्य बस्तु निर्यातमा कडार्य गरेसँगै पेट्रोलियम पदार्थको चरम अभाव भएको छ ।
भारत सरकारले नाकाबन्दी खुलाउने निर्णय गरेको भए पनि नेपालमा पेट्रोलियम पदार्थ पठाउने गरेको इन्डियन आयल कार्पोरेशनले न्यून मात्रामा मात्र तेल भर्ने गरेको छ ।
जसका कारण नियमति रुपमा तेल किन्दै आएको नेपाल आयल निगम थप संकटमा परेका छ । निगमले आइओसीलाई तेल नदिदा समस्यष परेको भन्दै क्षतिपूर्ति दिन समेत केही दिन अघि आइओसीलाई पत्र पठाइसकेको छ । तर आइओसीले मागे जति तेल नदिने र नेपाली जनतालार्य दुख दिने नियर राखे सँगै आयल निगमले तेल ल्यानको लागि नयाँ बिकल्प अघि सारेको छ ।
तेल मा एकाधिकार जमाउदै आएको भारतको एकाधिकार तोड्नको लागि सरकारले ग्लोबर टेन्डर आहृवान गरेको छ ।
भारतले अघोषित नाकाबन्दी नहटाएपछि सरकारले यो कदम चालेको हो । नेपाल आयल नियमले इन्धन पैठारीका लागि टेन्डर आहृवान गरेको छ ।
सरकारले मन्त्रिपरिषद्बाट निर्णय भए अनुसार हालको परिस्थिति सहज नभएसक्क हवाईइन्धन, पेट्रोल, डिजल मट्टितेल तथा ग्यास कुनै पनि मुलुकबाट खरिद गरी आपूर्ति व्यवस्थालाई सहज बनाउन १५ दिनका लागि ग्लोबल टेन्डर आह्वान गरेको छ ।
सरकारले कम्तिमा १५ दिनका लागि दैनिक २०० के एल डिजेल, पेट्रोल १०० केएल र हवाई इन्धन र मटिलेल २०० केएल र ग्यास १०० मेट्रिकटनका लागि टेण्डर आहृवान गरेको छ ।
हवाइ मार्ग वा स्थलमार्गबाट काठमाडौंमा इन्धन ल्याउनु पर्ने सरकारी सर्त छ । सरकारले माग गरे अनुरुपको टेन्डर पेस भएमा केहि दिन भित्रै नेपालमा पेट्रोलियम पदार्थ सहज हुने भएको छ ।

बिहीबार, २१ असोज
काठमाडौं । केहि दिन देखी जारी नेपाली कांग्रेसको केन्द्रीय कायए समितिको बैठक सुरु भएको छ । बैठकमा नयाँ सरकारबारे कांग्रेस आज निर्णयमा पुग्ने जनाइएको छ ।
नयाँ संविधानको ब्यवस्था अनुसार राष्ट्रपतिले नयाँ सरकार गठन गर्नका लागि दिएको समय सकिन एक दिन बाँकी हुँदा संसदको ठूलो दलले यसबारेमा स्पष्ट निर्णय लिन लागेको हो।
आजको बैठकले दलहरुबीच भएको भनिएको भद्र सहमति अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ प्रधानमन्त्रीको लागि समर्थन गर्ने वा आफ्नै नेतृत्वमा सरकार बनाउने भन्ने तय गर्नेछ ।
गएको जेठमा १६ बुँदे सहमति गर्दा कांग्रेस, एमाले, एकीकृत नेकपा माओवादी र फोरम लोकतान्त्रिकबीच संविधान जारी भएपछि ओलीको नेतृत्वमा सरकार बनाउने भद्र सहमति गरेको थियो। तर कांग्रेसका कतिपय नेताहरुले केन्द्रीय समितिले अनुमोदन नगरेसम्म कांग्रेसले त्यस्तो सहमति मान्न बाध्य नहुने अभिब्यक्ति दिँदै आएका छन् ।
कतिपय नेताहरुले कांग्रेसकै नेतृत्वमा सरकार निर्माणको पहल गर्नुपर्ने र यदि सरकार गठन गर्न असफल भए प्रतिपक्षमा बस्नुपर्ने धारणा राख्दै आएका छन्। भद्र सहमतिबारे पार्टी सभापति तथा बर्तमान प्रधानमन्त्री कोइराला भने मौन बस्दै आएका छन् ।

भैरहवा, २१ असोज । दुईदिन अघि सीमावर्ती नेपाल र भारतका सुरक्षा अधिकारीबीच भएको सहमतिलाई तोड्दै बुधवार भारतीय प्रहरीकै अगाडि एक जना नेपालीको हातकाटी मरणासन्न हुनेगरी दशगजामा फालिएको छ ।
सोमबार मात्रै बेलहिया सुनौली दशगजा क्षेत्रमा नेपाल र भारतका सुरक्षाकर्मीले कुनैपनि गतिविधी गर्न नदिने गरी सहमति गरेका थिए । तर त्यो सहमतिको ४८ घण्टा वित्न नपाउदैं भारतीय प्रहरी एकजना नेपालीलाई काटेर फाल्दा समेत मौन बस्यो ।
दशगजामा जोडिएको उत्तरप्रदेश प्रहरी चेकप्पाइन्टमा भारतीय प्रहरीकै अगाडी एक जना नेपालीको हात अमानवीय पूर्ण ढंगले काटिएको हो ।
तिलोत्तमा नगरपालिका भलबारी (सुकुम्बासीबस्ती) रुपन्देहीका कृष्ण विष्ट क्षेत्री सीमावर्ति भारतीय बजारबाट नेपाल तर्फ फर्किदै गर्दा एक्कासि पहाडियाभन्दै उनलाई हातपात गरी उनको हात काटिएको प्रत्यक्षदर्शीले बताए ।
प्रत्यक्षदर्शीका अनुसार क्षेत्रीलाई भारतमा शरण लिएर बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले भारतीय प्रहरीले चेक गर्ने टेबलमा राखी धारिलो हतियारले काटेका थिए । मोर्चाका कार्यकर्ताले क्षेत्रीलाई रक्ताम्मय हुनेगरी कुटपिट गरेका थिए । एक जना प्रत्यक्षदर्शीले भने, “उसलाई पिट्दा पिट्दै ढलेपछि उसलाई लतारेर दशगजामा फालिएको हो ।”
दशगजातर्फ मान्छे लतार्दै ल्याएएको देखेपछि नेपाल प्रहरीत्यसतर्फ अगाडि बढ्यो । लगत्तै मोर्चाका कार्यकर्ताले क्षेत्रीलाई दशगजामा फालेर गए । दशगजामा फ्याकीएकालाई उद्धार गर्न गएका नेपाली टोली माथि एक्कासि भारतीय प्रहरी चौकीकै आडबाट ढुंगामुढासहित आक्रमण भयो । यद्यपि नेपाल प्रहरी र स्थानीयले ती व्यक्तिलाई उद्धार गर्न सफल भए ।
उद्धारमा खटिएका बेलहियाका एकजना स्थानीयले भने, “यहाँ त फिल्म जस्तै भयो । उनीहरुले मान्छे काटेर यता फालिदिए । हामी लिन गयौं त्यहिबेला धमाधम हामीहरुमाथि ढुंगामुढा भयो ।”
दशगजामा फ्याकीएका नेपालीको उद्धार गर्न गएको प्रहरी र स्थानिय मान्छे भारतीय भूमिबाट एक्कासि इट्टा र ढुंगा प्रहार हुदां डिएसपी महेन्द्र खड्कासहित शसस्त्र र नेपाल प्रहरी अधिकृत र दर्जनौ प्रहरीका जवान तथा स्थानियहरु सामन्य घाइते भएका छन् ।
मधेसी मोर्चाले काटेर दशगजामा फालेका घाइते कृष्ण विष्ट क्षेत्री
क्षेत्रीको एउटा हात नाडीदेखि नै कटिएको छ । थोरै छालाले मात्रै उनको हात अडिएको छ । उनको अवस्था गभ्भीर छ । उनको यूनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवामा उपचार भइरहेको छ ।
अस्पतालका सूचना अधिकृत सुशील गुरुङका अनुसार क्षेत्रीको अवस्था गम्भीर छ । उनको टाउको, मुख र हातमा गम्भीर चोट लागेको छ । रगत बगिरहरको छ । स्रोतका अनुसार क्षेत्री बसका सहचालक थिए ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो सिमावर्ती भारतीय बजारमा आई पहाडियाहरुलाई भौतिक कारबाही गर्न निर्देशन दिए लगत्तै मोर्चाका कार्यकर्ताको पहिलो शिकार क्षेत्री भएको मोर्चासम्बद्ध स्रोतको भनाइ । महतोको निर्देशनपछि क्षेत्रीलाई मरणासन्न हुनेगरी कुटपिट तथा हात नै काटिदिएका हुन् । महतो सिमावर्ती सुनौलीमा बसिरहेका छन् ।
सीमाको सुरक्षाको लागि रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धिराज गुरुङ, सशस्त्र प्रहरीबल सीमा सुरक्षा कार्यालय रुपन्देही प्रमुख गणेश संग्रौला, नेपाल प्रहरीका डिएसपी महेन्द्र खड्का, शसस्त्र प्रहरीका डिएसपी शंकर खनाल, इप्रका बेलहिया प्रमुख रबिनबाबु रेग्मी, सशस्त्रका प्रहरी निरीक्षक तुलसीराम पाण्डेसहितको टोली खटिएको छ ।
भारतमा बसेर नेपालमा आन्दोलन चलाइरहेका मधेसी नेताको कारण पछिल्लो समय बेलहिया सुनौली दसगजा क्षेत्र अशान्त हुँदै गएको छ ।
तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई जिम्मा दिइएको भैरहवा नाका सहज भएपछि राजेन्द्र महतोले यसै हप्तादेखि यहाँको कमाण्ड सम्हाल्ने मोर्चाको सहमति भएको थियो । मोर्चाको सहमतिअनुसार सोमबार महतो वीरगन्जबाट भारतीय बजार हुँदै सुनौली आइपुगेका हुन् ।

काठमाडौं : अघोषित नाकाबन्दी गर्दै दुई सातादेखि अत्यावश्यक इन्धन ठप्प पार्दै आएको भारतले वैकल्पिक मार्गका रूपमा हवाईजहाजबाट इन्धन ल्याउन सुझाव दिएको छ । वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापासँगको भेटमा भारतीय राजदूत रणजित रायले वैकल्पिक उपायका रूपमा यस्तो सुझाव दिएका हुन् ।
रायले वैकल्पिक मार्ग भन्दै भारतबाटै हवाईजहाजमा पेट्रोल, डिजेललगायतका इन्धन ल्याउन सकिनेबारे भारतीय आयल कर्पोरेसनसँग कुरा गर्न सुझाए । नेपालले भने सडक मार्गको सुरक्षामा कुनै समस्या नभएकाले पूर्ववत् रूपमै इन्धनको सहजताका लागि पहल गरिदिन राजदूत रायलाई भनेको छ ।
‘विकल्पबारे छलफल गर्दा जहाजको पनि विकल्प छ भन्ने सुझाव आएको हो,’ मन्त्री थापाले अन्नपूर्णसँग भने, ‘चाडबाडका बेला जनतालाई पहिलाजस्तै इन्धन सहज बनाउने तत्काल पहल गर्न मैंले राजदूतसँग कुरा गरेको हुँ ।’
सडकमार्गबाट भारतीय आयल कार्पोरेसनको डिपोसम्म पुगेका नेपाली इन्धन ट्यांकरहरूलाई रित्तै राखेको भारतले आफ्नै जहाज भाडामा लिएर नेपालले इन्धन किन्न खोजे उपलब्ध गराउने संकेत गरेको छ । यसबारे आयल निगमको गत शुक्रबार भएको बोर्ड बैठकमा प्रारम्भिक छलफलसमेत भएको थियो ।
महँगो मूल्य परे पनि जहाजबाट इन्धन ल्याउन गरिएको प्रस्तावलाई बोर्ड अध्यक्ष तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अस्वीकार गरेकाले निर्णय हुन सकेको थिएन । जहाजबाट ल्याउँदा मूल्य बढ्ने र त्यो अपजस बोक्न नसक्ने भन्दै उनले नमानेपछि रोकिएको यो प्रक्रिया बुधबारदेखि फेरि अघि बढाइएको छ ।
मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले सार्वजनिक खरिद ऐनको साधारण अवस्थाअनुसार नभई ‘विशेष परिस्थिति’ अनुरूप इन्धन खरिद गर्न सक्ने गरी आयल निगमलाई अनुमति दिने निर्णय गरेको जानकारी निगमले बुधबार पाएको छ ।
आयल निगमका प्रबन्धनिर्देशक गोपालबहादुर खड्काका अनुसार मन्त्रिपरिषद्को निर्देशन प्राप्त भएपछि निगमले हवाई माध्यमबाट तत्काल इन्धन ल्याउन सकिने सम्भाव्य स्थान र कम्पनीहरूबारे अध्ययन गर्दै उनीहरूसँग सम्पर्क सुरु गरेको छ ।
खड्काले भने, ‘बंगलादेश, भारत, सिंगापुर, संयुक्त अरब इमिरेट्सलगायतका देशका विभिन्न कम्पनीसँग प्रस्ताव माग गरेर उपयुक्त प्रस्तावअनुसार आकाशमार्ग प्रयोग गरी इन्धन ल्याउनेबारे छलफल गरेका छौं ।’ भारतबाट ल्याउँदा भारत सरकारसँग खरिद नगरी ठूला इन्धन व्यापारीसँग खरिदका लागि प्रस्ताव माग गरिने बताइएको छ ।
भारत सरकारसँग खरिद गरे पनि हवाईमार्गबाट ल्याउँदा एक लिटर पेट्रोलको मूल्य २.५ अमेरिकी डलर (दुई सय ६० रुपैयाँ) पर्ने हिसाब आएकाले निजी भारतीय कम्पनी र अन्य देशसँग प्रस्ताव माग गरिने भएको हो ।
एउटा जहाजले ४० टन इन्धन बोक्न सक्ने र त्यसको भाडा प्रतिघन्टा २५ सय अमेरिकी डलरसम्म पर्ने केही अनौपचारिक प्रस्ताव आएको निगम स्रोतले बताएको छ ।
annapurnapost.com

भैरहवाको गौतमबुद्ध विमानस्थलको नजिकै शक्तिशाली बम विस्फोट भएको छ । विमानस्थल नजिकै रहेको घाग्रा खोलाको पुलमा बिहिबार बिहान २ः३० बजे पेट्रोल, डिजेललगायतका विस्फोट हुने सामग्री टायरमा बेरेर विस्फोट गराइएको रुपन्देही प्रहरीले जनाएको छ । विस्फोटको आवाज तीन-चार किलोेमिटर वरपरसम्म सुनिएको स्थानीयवासीले बताएका छन् । विस्फोटबाट स्थानीयवासीमा त्रास उत्पन्न भएको छ ।
विस्फोट किन र कसले गरायो भन्ने यकिन नभए पनि जनतालाई आतङ्कित पार्ने उद्देश्यले यो घटना घटाइएको हुनसक्ने रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङको अनुमान छ । विस्फोटक पदार्थ ठूलो आवाज आउने किसिमको भए पनि त्यसले कुनै पनि मानवीय तथा भौतिक क्षति नगराएको प्रहरीले जनाएको छ ।
विस्फोट भएलगत्तै नेपाली सेना र नेपाल प्रहरी घटनास्थल पुगेको थियो । अहिले भने त्यहाँको स्थिति केही सामान्य बनेको प्रहरीको भनाइ छ । यसअघि पनि भैरहवाकै घाग्रा खोला नजिकै शक्तिशाली विस्फोटक पदार्थ राखेर विस्फोट गराएको थियो ।
आफ्ना माग जसरी पनि पूरा गराउनुपर्छ भन्ने उद्देश्यले दुई महिनादेखि आन्दोलनमा उत्रिएको मधेसी मोर्चाले विगत केही दिनदेखि सीमा नाकाहरुमा अवरोध गर्दै आएको छ । जसले तराईको जनजीवन अत्यन्तै कष्टकर बनेको छ ।
www.nepaljapan.com

वि.सं. २०७२ साल असोज २१ गते। बिहीबार। इश्वी सन् २०१५ अक्टोबर ८ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– एकादशी, २०:५६ बजेउप्रान्त द्वादशी।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
विगतका गल्तीले केही अप्ठ्यारो परिरहला। अरूको सुझावप्रति शंका उब्जने समय छ। परिस्थितिअनुसार चल्न नसक्ता अलि दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। पेटको खराबीले स्वास्थ्यमा समस्या आउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता
गर्नुपर्दा मन खिन्न रहनेछ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पराक्रम र उत्साह बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा होला। प्रतिस्पर्धी परास्त होलान्। नयाँ काम सुरु गर्ने समय छ। आम्दानी बढ्नेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। साँझदेखि परिस्थितिअनुसार चल्न नसक्ता समस्या आउन सक्छन्। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्नेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिने सम्भावना देखिएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। व्यावसायिक काममा ठूलो फाइदा उठाउन नसकिए पनि लगनशीलताले बिस्तारै लाभ मिल्नेछ। केही चुनौती सामना गर्नुपर्ला। साँझदेखि स्थितिमा सुधार आउनुका साथै नयाँ काम सुरु गर्ने अवसर जुट्नेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
स्वादिष्ट भोजनको अवसर जुटे पनि पेटको खराबीले सताउन सक्छ। सहयोगीहरू जिम्मेवारीबाट पछि हट्नेछन् भने आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। उपहारका नाउँमा प्राप्त भएको वस्तुले हानि पुर्याउन सक्छ। साँझदेखि बोलीको गलत अर्थ लाग्ने वा आफ्नो अभिव्यक्तिबाट विवाद हुने सम्भावना छ, मान–सम्मानमा पनि आघात पुग्न सक्छ, सजग रहनुहोला।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्न सक्छ। अनावश्यक काममा समय बित्नेछ। व्यापारमा लगानी बढ्ने र फाइदा कममात्र हुने समय छ। विदेश भ्रमण वा वैदेशिक क्षेत्रबाट थोरै लाभ उठ्न सक्छ। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्ने देखिन्छ। आश्वासन दिनेहरूले यथार्थमा सहयोग नजुटाउलान्। पुरस्कारका नाउँमा ठगीमा परिने सम्भावना छ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। श्रमको उचित मूल्यांकन हुनेछ। नयाँ ज्ञान सिक्ने अवसर मिल्नेछ। गरेका कामबाट प्रशस्त लाभ हुने समय छ। ईर्ष्या गर्नेहरूले भने सताउन सक्छन्। साँझदेखि अर्थअभावले आँटेका काममा बाधा हुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। परिवारजनबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ। व्यापार–व्यवसायमा लाग्नेहरूलाई फाइदा होला। विभिन्न अवसरले पछ्याउनेछन्। साँझदेखि आयआर्जन बढ्नुका साथै प्रशस्त लाभ मिल्नेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। भविष्यका लागि विशेष काममा जग बसाउने अवसर छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नुपर्ला। आशा देखाउनेहरूको भरपर्दा धोका हुन सक्छ। धेरै परिश्रम गर्दा न्यून सफलता मिल्ने समय छ। आँटेको काम पूरा नभए पनि मेहनतले भविष्यप्रति आशा जगाउन सक्छ। साँझदेखि स्थितिमा सुधार आउनुका साथै प्रतिष्ठित काम गर्ने अवसर मिल्न सक्छ। अरूलाई प्रभावित पारेर काम बनाउने मौका छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन्। प्रयत्न गर्दा आस मारेको फल प्राप्त हुन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। व्यावसायिक काममा खर्च बढ्नेछ। अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, प्रयत्न गर्दा चुनौतीहरू पन्छाउँदै केही अवसर हात पार्न सकिनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापारमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। साँझदेखि काम बिग्रने भयले सताउन सक्छ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
व्यापार तथा उद्योगतर्फ फाइदा हुने योग छ। वैदेशिक यात्रा पनि लाभदायक हुनेछ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ला। शत्रुहरूको चलखेल बढ्नाले केही चुनौती देखा पर्न सक्छन्। साँझदेखि व्यापारमा लाभ हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। पारिवारिक विवादले खिन्न बनाए पनि दाम्पत्य सम्बन्ध प्रगाढ बन्नेछ। समय मनोरञ्जनपूर्ण रहनेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
विविध कमजोरीले नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यापारमा पनि कमै लाभ हुनेछ। शोख पूरा गर्नमा खर्च हुनेछ। साँझदेखि अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही समय पर्खंदा स्थितिमा सुधार आउन सक्छ। बिस्तारै काम बन्नेछन्। लगनशीलताले व्यवसायमा राम्रै फाइदा दिलाउनेछ।

चौतारा, २० असोज । भूकम्पपछि विभिन्न ठाउँमा झरेको पहिरोले अवरुद्ध बाह्रविसे–तातोपानी सडकखण्डमा आजदेखि ठूला गाडी सञ्चालन हुन थालेका छन् ।
सडक डिभिजन कार्यालय चरिकोटको प्रयासमा २६ किलोमिटर लामो सो खण्डमा गत शुक्रबारदेखि खुलाइएको ट्रयाकलाई सुधार गरी यात्रु बस तथा कन्टेनर भ्यानसमेत सहजरुपमा मितेरी पुलसम्म ल्याउन थालेको इन्जिनियर रामबहादुर गुरुङले जानकारी दिनुभयो ।
अहिले राजमार्ग मर्मतका लागि ब्रोकर, डोजर, स्काभेटर र लोडरसहित १० वटा मेसिनरी औजार प्रयोग भइरहेको र ठूलो ब्रेकर हेभी इक्यूपमेन्ट डिभिजनमा माग गरिएको उहाँले जानकारी दिनुभयो ।
सो सडकका लागि बजेटको अभाव भएकाले माथिल्लो निकायसम्म बजेट माग गरिएको डिभिजन इन्जिनियर रामहरि पोखरलले जानकारी दिनुभयो । सडक सञ्चालनमा आएसँगै भूकम्पका कारण विस्थापित भन्सार, अध्यागमनलगायतका कार्यालय सञ्चालनमा आएका छन् ।
अन्यत्र गएका स्थानीय जनता पनि फर्किसकेकाले चहलपहलमा वृद्धि हुन थालेको स्थानीय व्यापारी कामी शेर्पाले बताउनुभयो । रासस

भैरहवामा बसेको जिल्ला सुरक्षा समितिको बैठक
भैरहवा, २० असोज । सदभावनाका अध्यक्ष तथा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता राजेन्द्र महतोलाई तह लगाउन सुरक्षा योजना तयार पारिएको छ ।
महतोले रुपन्देहीको भैरहवास्थित बेलहिया नाकामा अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड लिएपछि उनलाई तह लगाउन भैरहवाको स्थानीय प्रशासनले सरोकारवालासँग छलफल गरी सुरक्षा रणनीति तयार पारेको हो ।
सुरक्षा रणनीति अनुसार नेपाल भारत सीमा नाका बेलहियामा सुरक्षा अवस्थालाई थप कडाई गरिएको छ ।
बुधबार भारतीय भूमीको प्रयोग गर्दै सीमावर्ति सुनौली बजार क्षेत्रबाट संयुक्त मधेसी मोर्चाका कार्यकर्ताले नेपालतर्फ ढुंगामुढा गरेपछिको अवस्थालाई विश्लेषण गर्दै जिल्लास्थित सुरक्षा समितिले सो क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गरी कडाई गर्ने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताए । प्रजिअ ढकालले भने “नाका अवरोध रोक्न र अप्रिय घटना हुन नदिन हामीहरु सजग छौं । सीमा क्षेत्रमा थप सुरक्षा व्यवस्थापन गर्दैछौं ।”
बुधबार सीमावर्ती बेलहियामा भएको घटनालाई लिएर जिल्लास्थित सुरक्षा निकायले बेलहिया बासीसंग सुझाव समेत लिएको छ । जिल्लाका सुरक्षा निकायका प्रमुखहरु सहितको बैठकमा बेलहियाका संघसंस्थाका प्रतिनिधीले मोर्चाका कार्यकताले भारतीय भूमी र भारतीय प्रहरीको संरक्षणमा सीमामा अराजकता नै मच्चाएको जनाउदैं प्रशासनले यसलाई तत्काल नियन्त्रण नगरे राष्ट्र र राष्ट्रियताको लागी आफुहरुले प्रतिवाद गर्ने जनाएका थिए ।
लुम्बिनी अञ्चल प्रहरी प्रमुख एसएसपी गणेश केसीले बुधबारको घटनाले जिल्लामा सुरक्षा चुनौती बढेको जनाउदैं शान्ति सुरक्षा र अमनचयन कायम गर्न स्थानियको सहयोग अपरिहार्य भएको जनाउदैं भने “तपाई स्थानियहरु मोर्चा कार्यकर्ताको प्रतिकारको नाममा प्रदर्शन नगर्नुहोस् , आन्दोलनकारीलाई व्यवस्थापन गर्ने जिम्मा हाम्रो हो ।” प्रशासनको सुरक्षा रणनीति अनुसार नाका अवरोध गर्न आए महतोलाई समेत लखेट्ने योजना छ । जसमा स्थानीयवासीले साथ दिने जनाएका छन् ।
बुधबार भारतीय भुमिबाट आएका मधेसी मोर्चाका कार्यकर्ताले राजेन्द्र महतोको निर्देशनमा प्रहरीमाथि आक्रमण गर्दै एक जना सर्वसाधारणमाथि घरेलु हतियार प्रयोग गरी आक्रमण गरेका थिए । आक्रमण गरी मोर्चाका कार्यकर्ता भातर पसेका थिए ।
रुपन्देही प्रहरी प्रमुख एसपी बुद्धि गुरुंगले दशगजा क्षेत्रमा कुनैपनि देशको अहित हुनेगरी कार्यक्रम गर्न गराउनबाट रोक्न आफूहरु कटिबद्ध भएको जनाए । यसै हप्ताबाट राजेन्द्र महतोले बेहलिया नाकामा अवरोध गर्न मधेसी मोर्चाको कमाण्ड सम्हालेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । महतो भारतमा बसेर नाका अवरोध गर्न कार्यकर्ता पठाउने काम गरिरहेका छन् ।

राजविराज : नेपालको नयाँ संविधानलाई स्वागत गरेको चीनले नाकाबन्दीविरुद्ध नेपाललाई सहयोग गर्न खोजेको रिसमा भारदह, पोर्ताहाका युवाहरुले छिमेकी मुलुक चीनको राष्ट्रिय झण्डा बुधबार जलाएका छन् ।
भारत जिन्दाबाद भन्दै स्वतन्त्र मधेसी युवा समुहको व्यानरमा निस्किएका युवाहरुले पोर्ताहा गाविसस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा पर्ने पोर्ताहा चोकमा छिमेकी राष्ट्र चीनको झण्डा जलाएका हुन् ।
पोर्ताहा गाविसस्थित कंकालिनी माबिबाट निस्केको जुलुस भारदह गाविसस्थित चौकको परिक्रमा गरी पोर्ताहा चौकमा पुगेर प्रदर्शनकारीहरुले झण्डा जलाएका थिए ।
जुलुसका सहभागीहरुले चीन गो ब्याक, मधेस आन्दोलनमा भारतीय सहयोग जिन्दावादलगायतका नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।
संविधानसभाबाट असोज ३ गते जारी नेपालको संबिधानलाई चीनले स्वागत गरेको, मधेस आन्दोलनलाई समर्थन नगरेको, मधेसीको नाकाबन्दीको बिरोध गरेकोले चीनको झण्डा जलाएको जुलुसका अगुवा शंकर खिडहरी यादवले बताए ।
मधेसलाई उपेक्षा गरेर चीन मधेसविरुद्ध लागेको आरोप लगाउँदै प्रदर्शनकारीहरुले मधेसको माग सम्बोधन गराउन सरकार र तीन दललाई दबाब दिन यस किसिमको कार्यक्रम गरेको बताए ।
संविधानविरुद्ध साउन ३० गतेदेखि सुरु आन्दोलनका क्रममा प्रहरीको गोलीले गत भदौ १ गते भारदह गाविस–१ मा राजिव भनिने राजेन्द्रकुमार राउत र पोर्ताहा गाविस–२ मा रामकृष्ण राउतको मृत्यु भएको थियो । annapurnapost.com

आश्विन २०, २०७२- नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत अलाइना बी. तेप्लिजले प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर संविधान जारी भएकोमा अमेरिका खुसी रहेको र विकास कार्यमा थप सहयोग गर्न तयार रहेको जानकारी दिएकी छन् ।
नेपालले शान्ति प्रक्रिया टुंगोमा पुर्याउने काम मध्येको एक प्रमुख कार्यको रुपमा आफूहरुले संविधान जारीलाई लिएको भन्दै उनले नेपालको विकास प्रक्रिया र संविधान कार्यान्वयनमा आवश्यक सहयोग गर्न अमेरिका तयार रहेको उनले बताइन् ।
नवनियुक्त अमेरिकी राजदूत तेप्लिजले ओहदाको प्रमाणपत्र प्रस्तुत गरेपछि प्रधानमन्त्री कोइरालासँग भेट गरेकी हुन् । उनले शीतल निवासमा आयोजित एक औपचारिक समारोहमा राष्ट्रपति यादवसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । अमेरिकाले नेपाललाई सँधै एक सच्चा मित्रको रुपमा हेरेको र कुनै मुलुकको दृष्टिबाट नभई अमेरिकी विदेश मन्त्रालयको नीतिमा नै नेपाल र अमेरिका सम्वन्ध कार्यान्वयनमा अघि बढेको बताइन् ।
अमेरिकाले नेपाल हेर्ने नीति भारतको आँखाबाट हेर्ने भनि विश्लेषणहरु आइरहेको अवस्थामा राजदूतले पहिलो दिनमा नै प्रधानमन्त्रीलाई त्यसबारे स्पष्ट पारेकी हुन् । उनले नेपालमा अमेरिकी सहयोग निरन्तर बढिरहने पनि बताइएकी प्रधानमन्त्री निकटस्थले बताए । भारतले नेपालको संविधान स्वागत नगरेपछि त्यही आधारमा अन्तर्राष्ट्रिय विज्ञप्तीहरु आइरहेको अवस्थामा उनले नेपाललाई अमेरिकाले कसैको आँखाबाट नभई द्विपक्षीय सम्वन्ध र अमेरिकी परराष्ट्र नीतिको आधारमा नै हेर्ने बताएकी हुन् ।
नवनियुक्त राजदूतले नेपालमा अहिले देखिएको अभाव र समस्याबारे आफूहरुले गर्न पर्ने सहयोगको बारेमा समेत जिज्ञासा राखेकी थिइन् । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका लागि राष्ट्रपति ओबामाका प्रतिनिधिका रूपमा यहाँ उपस्थित हुन पाउँदा धेरै खुसी लागेको भन्दै अमेरिका नेपाल सम्वन्धको जगमा इट्टा थप्ने काम आफूले गर्ने जानकारी दिएकी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. दिनेश भट्टराईले कान्तिपुरलाई बताए ।
समृद्धिको विकास, लोकतन्त्रलाई प्रोत्साहन र स्थायित्वको सुनिश्चितताका निम्ति नेपालसँगको छ दशकभन्दा लामो साझेदारी र सहयोगको जगमा थप कार्य गर्न आफू उत्साहपूर्वक लागि पर्ने पनि उनले जानकारी दिएको भट्टराईले बताए । उनले भने, ‘प्रधानमन्त्रीले पनि अहिलेको अवस्था र जनताले भोग्नु परेको समस्या उनलाई स्पष्ट पारेका थिए । प्रजातान्त्रिक पद्धतिलाई केही मित्र मुलुक र समुदायले समेत स्विकार गर्न नसक्दा यस्तो समस्या उत्पन्न भएको हो । नेपालको कार्यमा सबेको साथ र समर्थन रहेको र रहनेमा आफू विश्वस्त छु ।’
नवनियुक्त राजदूतले भूकम्पपछिको अवस्थामा सहयोग गर्न अमेरिका तयार रहेको पनि बताइ । प्रधानमन्त्रीले भूकम्पको महाविपत्तिपछि अमेरिकाले गरेको सहयोगका लागि धन्यवाद समेत दिएको पनि भट्टराईले बताए ।
अफगानिस्तानको काबुलमा मिनिस्टर काउन्सिलको रुपमा काम गरिसकेकी अलाइनाले त्यहाँ अमेरिकी सेना कटौति गर्ने कार्यको टोलीमा रहेर काम गरेकी छन् । उनलाई राम्रो भविष्य भएकी कूटनीतिज्ञको रुपमा लिइन्छ । उनले दक्षिण एसिया हेर्ने ब्यूरोमा निर्देशक रहेर समेत काम गरेकी थिइन् भने बंगलादेशको ढाकामा म्यानेजमेन्ट काउन्सिलर र बेल्जियमको ब्रसेल्सस्थित अमेरिकी मिसनहरु नेटो, युरोपियन युनियन र बेल्जियम अधिराज्यका लागि अमेरिकी दूतावासका लागि समेत काम गरिसकेको अनुभव छ ।
जर्जटाउन विश्वविद्यालयमा विदेश मामिला अध्ययन गरेकी उनी २४ बर्षदेखि लगातार अमेरिकी विदेश सेवामा कार्यरत छिन् ।kantipur.ekantipur.com

आश्विन २०, २०७२- आदिवासी जनजाति नेताले संविधानमा आफ्ना मुद्दा र आन्दोलनप्रति समर्थन जुटाउन बुधबार काठमाडौंको लैनचौरस्थित भारतीय दूतावास पुगेका छन् । पद्मरत्न तुलाधर नेतृत्वको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका तर्फबाट दूतावासको ध्यानाकर्षण गराएका हुन् ।
आन्दोलनका संयोजक तुलाधर उपत्यका बाहिर रहेको जनाउँदै आन्दोलकै सदस्य तथा नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पाको नेतृत्वको टोलीले राजदूत रणजीत रायलाई भेटेको हो ।
‘तराई मधेसमा मधेसी र थारुले जुन मुद्दा लिएर आन्दोलन गरे त्यसमा आदिवासी जनजातिको पूर्ण समर्थन छ,’ नयाँ संविधानको स्वामित्व जनजातिले लिन नसकेको उल्लेख गर्दै नेता शेर्पाले भने, ‘मधेसमा उठेका मुद्दालाई भारतले साथ दिएकोमा धन्यवाद दियौं र त्यसका साथमा आदिवासी जनजातिले समेत नयाँ संविधानको स्वागत गर्ने वातावरण निर्माण गराउनका निम्ति ध्यानाकर्षण गरायौं ।’
जनजाति र सरकारबीच विगतमा भएको सम्झौतालाई संविधानले सम्बोधन नगरेकाले आदिबासी आन्दोलन जारी रहेको उनले बताए । ‘मधेसी र थारुको मुद्दालाई भारतले जसरी समर्थन गरेको छ अब अन्तर्राष्ट्रिय समुदायले पनि आदिवासीको मुद्दामा समेत एकसाथ समर्थन जुटोस् भन्ने चाहन्छौं,’ शेर्पाले भने ।
राजदूतसितको भेटमा महासंघका पूर्वमहासचिव तथा संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य आङ्काजी शेर्पा, संघीय लिम्बुवानका नेता खगेन्द्र माखिम, मगर संघका अध्यक्ष महेन्द्र थापामगर, शेर्पा संघका अध्यक्ष एडी शेर्पालगायत थिए । जनजाति नेताले राष्ट्रिय आन्दोलनको अनुरोध र दूतावासको आग्रहमा राजदूतसित भटेको जनाए ।
ती नेताले नेपालको हरेक ऐतिहासिक आन्दोलनको मोडमा भारतले साथ दिएकोले अहिले पनि मधेसी, थारु, आदिवासी जनजातिको मुद्दालाई संविधानमा सुनिश्चित गर्न साथ मागेका जनाए । ‘मुलुकमा राणा शासन हटाउन राजा त्रिभुवन र राजा हटाउन दलहरुलाई सहयोग गरेजस्तै अहिले आदिबासी जनजातिको समेत संविधानमा अपनत्व हुने वातावरण बनाउन सहयोग गर्न आग्रह गरेका छौं,’ भेटपछि अर्का नेता आङकाजीले भने ।
जवाफमा भारतीय राजदूत रायले आफूहरुले मेलमिलाप र सबैको सहमति होस् भन्ने चाहेको बताएका थिए । नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नखोजेको उल्लेख गर्दै मधेस आन्दोलनलाई लिएर भारतप्रति गलत ढंगले व्याख्या गरिएको उल्लेख गरेका थिए । ‘भारत नेपालमा दिगो शान्ति, सम्बृद्धि र मेलमिलाप कायम रहोस् भन्ने चाहन्छ,’ राजदूत रायको भनाइ उद्धृत गर्दै शेर्पाले भने, ‘छिमेकी मुलुकको हस्तक्षेप कहिल्यै गर्दैनौं । यहाँ (नेपालमा) अशान्ति भए त्यसको प्रत्यक्ष असर भारतमा पर्छ । तर सहमतिबाटै केही ढिलो गरी संविधान जारी होस् भन्ने मत राख्दा हतारमा जारी गरिएकोले मधेस आन्दोलनले उग्रता लियो । त्यो भारतको कारणले होइन ।’
जनजाति नेता र राजदूत रायबीच करिब ४५ मिनेट कुराकानी भएको थियो ।
फोटो: आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष पासाङ शेर्पा । तस्बिर: शेर्पाको फेसबुकबाट । kantipur.ekantipur.com

काठमाण्डु, २० असोज– दक्षिण छिमेकी भारतले नाकाबन्दी गरेपछि विकल्पका रुपमा उत्तर छिमेकी चीनबाट पेट्रोलियम पदार्थ ल्याउने प्रक्रिया सरकारका केही मन्त्रीहरुका कारण रोकिएको खुलासा भएको छ ।
‘भारतसँग सम्बन्ध बिग्रने’ भन्दै मन्त्रीहरुले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि नबढाउन प्रधानमन्त्री सुशील कोइरालालाई समेत दबाब दिएका छन् ।
सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधि र आपूर्तिमन्त्री सुनीलबहादुर थापाले चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढ्न नदिएका हुन् ।
यी तीनै मन्त्रीले भारतले नेपालमा नाकाबन्दी नगरेको र नेपालकै आन्तरिक समस्याका कारण सिमा क्षेत्रबाट हुने आपूर्ति रोकिएको दाबी गर्दै आएका छन् ।
चीनले असल छिमेकी नेपाललाई अप्ठेरो परेको भन्दै इन्धनसहित आवश्यक सबै प्रकारका सहयोग उपलब्ध गराउन तत्पर रहेको बताउँदै आएको छ ।
उसले कुन गुणस्तरको इन्धन चाहिने हो सो खुलाएर सम्झौता पत्र तयार गर्न नेपाल सरकारलाई पत्राचार नै गरेको छ । तर नेपाली पक्षले अझै स्पष्ट जवाफ दिएको छैन ।
चीनले केरुङमा पर्याप्त इन्धन स्टक रहेको भन्दै तत्कालै नेपाल पठाउन सकिने जानकारी नेपाली अधिकारीहरुलाई दिएको थियो ।
भारतसँग समस्या समाधानका लागि वार्ता भइरहेको र चीनबाट इन्धन आयात गर्दा भारतसँगको सम्बन्ध बिग्रने भउकाले तत्काल सम्झौता गर्न नसकिने जवाफ मन्त्रीहरुले भने चिनियाँ राजदूत उ चुन्ताइलाई गराइसकेका छन् । चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीदेखि विदेश मन्त्रालय, नेपालस्थित दूतावनस र ल्हासामा रहेको महाबाणिज्य दूतावासले समेत नेपाललाई हरेक तहबाट सहयोग गर्न तयार रहेको सन्देश पठाइरहेका छन् । तर भारत थप चिढिने भन्दै नेपालले चीनबाट सहयोग ल्याउन चाहिरहेको छैन । स्रोतका अनुसार एमाले अध्यक्ष केपी ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत चीनबाट इन्धन ल्याउने प्रक्रिया अघि बढाउन प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् । जवाफमा प्रधानमन्त्रीले आपूर्ति मन्त्रालयलाई त्यसबारे तयारी गर्न भनेको बताएका थिए ।
source: imgur.com भिडियो हेर्न तलको बाकस थिच्नुहोस

युवा नेताहरुले भने, नाकाबन्दी हुँदा पनि किन चुप लागेर बसेको ?
काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले भारतले अघोषित रुपमा नाकाबन्दी गरेर नेपाली जनतालाई दु:ख दिएको बताएका छन्।
विभिन्न राजनीतिक दल निकटका युवाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री कोइरालाले भारतको रवैयाप्रति आक्रोश व्यक्त गरेका छन्। उनले भने, 'आपूर्ति व्यवस्थामा भारतले गरिरहेको असहयोग अन्तराष्ट्रिय कानुन र नेपालको अधिकार विपरित रहेको छ।'
नेपालका लागि अत्यावश्यक इन्धन रोकेर कुहिएका आलु तथा प्याज पठाउन नाकाबन्दी खुलाएको भन्दै झुक्याउनु अमानवीय कार्य भएको बताए। प्रधानमन्त्रीले देशभित्र राष्ट्रिय एकता कायम गर्न नसक्दा विदेशीले हेपेको गुनासो पनि गरेको ज्ञापनपत्र बुझाउने टोलीमा संलग्न एक युवा नेताले बताए।
कोइरालाले नाकाबन्दीको समस्या समाधानका लागि राजनीतिक र कुटनीतिक दुवै तहमा पहल भइरहेको बताए। अनेरास्ववियूका पूर्वअध्यक्ष ठाकुर गैरे र रामकुमारी झाँक्री, नेविसंघका पूर्वअध्यक्ष गुरु घिमिरे र प्रदीप पौडेल, अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष देवेन्द्र पराजुली र हिमाल शर्मा तथा क्रान्तिकारीका संयोजक रमेश मल्ललगायतको टोली बालुवाटार पुगेको थियो ।
युवा नेताहरुले नाकाबन्दी गरेर मुलुकलाई ठप्प पार्दा सरकार तथा दलहरु चुप लागेर बस्न नहुने भन्दै यसविरुद्ध संगठित आवाज उठाउनुपर्ने र यसलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने सुझाव दिए।
टोलीले पाँच बुँदे ज्ञापनपत्र बुझाउँदै नेपाली जनताले देखाएको स्वाभिमान गुमन नदिन र इन्धन आयातको वैकल्पिक उपाय खोज्न गर्न आग्रह गरेको थियो । आफुहरुले अहिलेको भैरहेको नाकाबन्दी र त्यसको विकल्पका बारेमा सरकार र संसदले तुरुन्तै नेपाली जनतालाई सम्बोधन गरेर जानकारी दिनुपर्ने माग गरेको पौडेलले बताए।
युवा नेताहरुले बुझाएको ज्ञापनपत्र यस्तो छ
करिब ६५ वर्ष लामो संघर्षपछि नेपाली जनता आफैले आफ्नो संविधान बनाएर खुशियालीमा रमाइरहेको बेला छिमेकी मित्रराष्ट्र भारतले गरेको नाकाबन्दीबाट आज सिङ्गो राष्ट्र आक्रान्त भएको छ । विश्व जगतमा एउटा स्वतन्त्र, सार्वभौम सत्ता सम्पन्न राष्ट्रमाथि भएको यो व्यवहार आफैमा मानवता विरोधी, असंलग्न सिद्धान्त विपरित अत्याचारपूर्ण छ ।
लोकतान्त्रिक शक्तिका रुपमाआफूलाई संसारमा दावीगर्ने मित्रराष्ट्र भारतको यो कदमले लोकतान्त्रिक मूल्य, मानवअधिकार, मानवीय व्यवहार, विधिको शासन, जनताको हक, र दुई देशकाबीचमा भएका मैत्रीपूर्ण सन्धी सम्झौताको ठाडो उल्लंघन गरेको छ।
यस परिप्रेक्ष्यमा “राष्ट्रिय स्वाधिनता अभियान” कातर्फबाट हामी नेपाली जनताको भावनाको प्रतिनिधित्व गर्दै नेपाल सरकारको गम्भीर ध्यानकर्षण गराउदै भन्न चाहन्छौं:
१.नेपालको संविधान जारी भएको अवस्थामा त्यसको महत्वलाई स्थापित गर्दै कार्यान्वयनतर्फ लाग्ने, सकारात्मकउ पलब्धिमाथि टेकेर तथा प्राप्त हुन नसकेका विषयहरुमा आपसी संवाद र वार्तामार्फत थप उपलब्धि हासिल गर्न र समृद्धिको यात्रातर्फ लम्किन लागिरहेको बेला, सकारात्मक सोंचका साथ सहयोगी बन्नु पर्नेमा हाम्रा उपलब्धिप्रति नै वक्र दृष्टिकोण राख्ने तथा गलत प्रस्ताव लागु गर्न जबर्जस्त दबाब गर्ने कुरा हामी नेपालीहरुलाई मान्य हुन सक्दैन ।
२. नेपाल भूपरिवेष्ठित राष्ट्र भएको, संयुक्त राष्ट्रसंघ, विश्वव्यापार संगठन, सार्क राष्ट्रको सक्रिय सदस्य राष्ट्रको हैसियतले हामीले प्राप्तगर्ने पारवहन लगायतको अधिकारका साथै विगतमा भएका द्विपक्षीय सन्धी सम्झौता र अन्तराष्ट्रिय मान्यताको समेत उल्लंघन हो । जुन हामीलाई मान्य छैन ।
३. यतिखेर सिङ्गो राष्ट्र सरकारको साथमा छ । सरकारले यस्तो संकटपूर्ण घडीमा राष्ट्र र जनतालाई आश्वस्त तुल्याउन सक्नुपर्दछ । यस्तो संकटपूर्ण परिस्थितिमा राष्ट्रलाई सरकारले सम्बोधन गर्नु आवश्यक छ । सरकारको औपचारिक धारणा के हो ? सिंगो देशले जान्न चाहन्छ ।
४. यो समय दशै,तिहार, छठ, रमादान र लोछार लगायतका चाडपर्वको समय पनि हो । यस्तो बेलामा ईन्धन, खाना पकाउने ग्यास, औषधी, खाद्यान्न जस्ता अत्यावश्यक सामग्रीको आपूर्तिको व्यवस्था तत्काल मिलाउन सरकारसग हामी माग गर्दछौं । साथै मितव्ययीबन्न, कालोबजारी रोक्न, मूल्यवृद्धि हुन नदिन प्रभावकारी अनुगमनको व्यवस्था मिलाउनसमेत अनुरोध गर्दछौं।
५. हामी नेपालीजनताको तर्फबाट माग गर्दछौं– हाम्रो देशमाथि खासमा भएको के हो ? किन भइरहेको छ ? यो जायज छ कि छैन ? जनताको सरकार के गर्दैछ ? यो संकटबाट देश र जनताको रक्षा कसरी गर्दैछ ? त्यसको कार्यक्रम के हो ? विकल्पहरु के हुन? जनताको तर्फबाट सरकारलाई सघाउनु पर्ने के हो ? हाम्रो व्यवस्थापिका संसद र सरकारले तत्काल राष्ट्रलाई औपचारिक सम्बोधन गरोस् ।
अन्तमा, हाम्रो देशभित्रका समस्या, हाम्रा आफ्ना समस्या हुन, त्यसमा कसैको हस्तक्षेप हामीलाई मान्य छैन । हाम्रा आन्तरिक समस्याहरु जे छन्, वार्ता र संवादबाट तिनीहरुलाई हल गर्न, संविधानको कार्यान्वयनतर्फ अघिबढ्न तथा राष्ट्रिय स्वाधिनताको पक्षमा एकताबद्ध हुन समेत हामी सबैमा हार्दिक अपील गर्न चाहन्छौं ।
ज्ञापनपत्र बुझाउने पदाधिकारी तथा संस्था
नाम संस्था
ठाकुर गैरे पूर्व अध्यक्ष, अनेरास्ववियू
गुरुराजघिमिरे पूर्व सभापति, नेविसंघ
कृष्णअधिकारी पूर्व अध्यक्ष, अखिल (छैठौं)
रामकुमारी झांक्री पूर्व अध्यक्ष, अनेरास्ववियू
पदमजोशी पूर्व अध्यक्ष, नेपाल राष्टिय विद्यार्थी फेडरेसन
कृष्ण केसी पूर्व उपाध्यक्ष, अखिल क्रान्तिकारी
हिमालशर्मा पूर्व अध्यक्ष, अखिल क्रान्तिकारी
युवराजचौलागाईं पूर्व उपाध्यक्ष, अखिल क्रान्तिकारी
लक्ष्मीखतिवडा नेपालतरुणदल
नवलखडका चलचित्रनिर्माता संघ
घनश्यामन्यौपाने पूर्व महासचिव, अखिल (छैठौं)
देवेन्द्र पराजुली पूर्व अध्यक्ष, अखिल (क्रान्तिकारी)
जीवनशर्मा, अध्यक्ष, रक्तिम सांस्कृतिकअभियान
सुधिर साह पूर्व उपाध्यक्ष, अनेरास्ववियू
मनोज गजुरेल संस्कृति कलाकर्मी
प्रेम बानियां पत्रकार, न्यूज २४
डाचाराजवाग्ले पूर्व अध्यक्ष, अखिल (२०२२)
गोकर्ण भट्ट एभरेष्टदैनिक डट कम
शुभशंकर कंडेल महासचिव, नेपाल टेलिभिजन प्रसारण संघ
राजेश राई नयां पेज डट कम
प्रेम गौतम नेपालपाटी
दुर्गा शर्मा पूर्व अध्यक्ष, अखिल (छैठौं)
दिलु पन्त वरिष्ठ उपाध्यक्ष, युवा संघ नेपाल
अनिलकिशोर घिमिरे अध्यक्ष, अखिल (छैठौं)
दीपकजोशी अध्यक्ष, नेराविफे
रमेश मल्ल अध्यक्ष, अखिलक्रान्तिकारी
रविनप्यासी मदनभण्डारी अध्ययन केन्द्र
निरज आचार्य पूर्व महासचिव, युवा संघ नेपाल
लक्ष्मणलम्साल पूर्व उपाध्यक्ष, अनेरास्ववियू
नवीनढकाल संयोजक, युवा फेडरेसन
नारायणथापा संयोजक, नेपाल ट्रेड यूनियन
निमबहादुर बुढाथोकी अध्यक्ष, अखिल नेपालजनजाति सम्मेलन
नारायण सापकोटा अध्यक्ष, अखिल नेपाल ट्रेड यूनियनमहासंघ
रामबहादुर बुढा पूर्व महासचिव, अखिल, छैठौं
देविका नेम्वाङ अध्यक्ष, नेपालमहिला फेड्रेसन
लक्ष्मणदेव पाण्डे पूर्व उपाध्यक्ष, अखिल नेपालयुवक संघ
मन्जु यादव सचिवयुवा संघ नेपाल
सरोज यादव सचिव, अनेरास्ववियू
घनश्याममिश्र अध्यक्ष अनेरास्ववियु (पाचौं)
जागृत रायमाझी पूर्व उपाध्यक्ष, अखिल (क्रान्तिकारी))
पदम रोका अध्यक्ष, अखिल नेपालका नुनव्यवसायी संघ
मिनापुन अध्यक्ष, अखिल नेपाल महिला संघ
रत्नप्रसादजोशी नेपाल कम्युनिष्ट पार्टी
गणेश प्रसाद रेग्मी महासचिव, अखिल नेपाल टेड युनियनमहासंघ
सागर केसी संघीयगणतान्त्रिक सम्पर्क मंच
रामदीपआचार्य पूर्व अध्यक्ष, अखिल नेपालक्रान्तिकारी टेड युनियनमहासंघ
रामेश श्रेष्ठ संस्कृति-कलाकर्मी
रायन श्रेष्ठ संस्कृति-कलाकर्मी
माधवप्रधान, जनसांस्कृतिक महासंघ
बुद्धिपुडासैनी हिसान नेपाल
प्रेमलखनाल पेशागतमहासंघ नेपाल
राजेन्द्र राई पूर्व अध्यक्ष, अनेरास्ववियू
प्रदीपपौडेल पूर्व अध्यक्ष, नेपाल विद्यार्थी संघ
राजीवपहारी अध्यक्ष, युवा संघ नेपाल

किशोर मल्ल अध्यक्ष, अनेरास्ववियू
राजेन्द्र अर्याल अध्यक्ष, प्रेस चौतारी
रञ्जितकर्ण अध्यक्ष, नेविसंघ
कोमलभट्टराई नेपाल अध्ययन केन्द्र
लेखनाथन्यौपाने पूर्व अध्यक्ष, अखिल क्रान्तिकारी

काठमाडौं, २० असोज । भारतको पटनामा सात जना नेपालीको मृत्यु भएको छ । मंगलबार भएको बस दुर्घटनामा सात जना नेपाली तीर्थयात्रुको मृत्यु भएको हो ।
मृत्यु हुने सबै बाँके जिल्ला निवासी हुन् । बाँके सीतापुरका दलबहादुर वालीले आफ्नो करिब ६० वर्षीय बाबु भद्रबहादुर ओलीसहित ७ जनाको मत्यु भएको जानकारी दिनुभएको छ ।
उनीहरु २२ दिनको यात्राका लागि असोज ८ गते घरबाट हिँडेका थिए । मृत्यु हुने अन्य तीर्थालुहरुमा बाँके उढारापुरका ४, सोनपुरका २ जान छन् ।
तीर्थलुहरुलाई सँगै लगेर जाने एक जना पण्डाको पनि मृत्यु भएको मृतकका आफन्तहरुले बताएका छन् । मृतकहरुको पोष्टमार्टम भइरहेको र भोलिसम्म शवहरु ल्याइ पुराउने आफन्तहरुले बताए । दुर्घटनामा केही घाइते छन् ।

आश्विन २०, २०७२- प्रधानमन्त्री सुशील कोइरालाले भारतीय पक्षबाट भएको नाकाबन्दी 'नेपाललाई संकटमा पार्ने अमानवीय व्यवहार' भन्दै तीव्र असन्तुष्टि जनाएका छन् । उनले कुहिन लागेका केही सामग्री पठाएर नाकाबन्दी नभएको भन्दै अन्तराष्ट्रिय समूहलाई देखाउने तरिका गलत भएको भन्दै रोष प्रकट गरेका छन् ।
'राष्ट्रिय स्वाधिनता अभियान' सुरु गरेका प्रमुख राजनीतिक दल र संघसंस्थासंग सम्बद्ध युवा नेताहरुको टोलीसँग बुधबार कुरा गर्दै प्रधानमन्त्रीले भारतीय रबैयाप्रति आपत्ति जनाएका हुन् । 'कुहिन लागेका केरा, स्याउ, प्याजका ट्रक पठाउने र भारतले सामान छोडिरहेको छ भन्ने देखाउने' ज्ञापन पत्र बुझाउन गएको टोलीसँग प्रधानमन्त्री कोइालाले भने,'हाम्रो देशलाई संकटमा पर्ने यो अमानवीय कुरा हो ।'
एमालेका ठाकुर गैरे, रामकुमारी झाँक्री, कांग्रेसका गुरुराज घिमिरे, एमाओवादीका कृष्ण केसी, हिमाल शर्मा लगायतका झण्डै ३५ जना युवा नेताहरु मंगलबार बालुवाटार पुगेर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका थिए । प्रधानमन्त्री कोइरालाले नेपालमाथि के गर्न खोजिएको हो त्यो आफूले बुझन् नसकेको बताए । विदेश नीति सम्बन्धमा एउटै राष्ट्रिय दृष्टिकोण नभएकोले नेपालमा यस्ता समस्या आउने गरेको कोइरालाले बताएका थिए ।
युवा नेताको समूहले नाकाबन्दी खुलाउने बिषयमा सरकारले किन औपचारिक नबोलेको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो । 'सरकार र संसदले यो बिषयमा स्पष्ट धारणा बाहिर ल्याउनुपर्यो र जनतालाई यसरी व्यस्थापन गर्छौ भनेर आश्वासन पनि दिनुपर्यो भन्ने हामीले आग्रह गर्यौ' अभियानमा संलग्न गैरेले कान्तिपुरसँग भने ।
भूपरिवेष्ठित देशविरुद्ध भारतले निकृष्ट काम गरेको भन्दै युवाहरुले सरकारले यो बिषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने माग राखेका छन् । संयुक्त राष्ट्रसंघको सदस्य भएकाले नेपालले आफ्नो कुरा स्पष्ट रुपमा अन्तराष्ट्रिय मञ्चहरुमा राखेर जानुपर्ने सुझाव उनीहरुको थियो । मुलुक भित्रको समस्या हामी आफै व्यवस्थापन गर्छौ, तर कुनै अवाञ्छित सम्झौता गर्दैनौ भन्नेमा स्पष्ट अडान सरकार तर्फबाट आउनुपर्ने भन्दै उनीहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
राष्ट्रसंघ कार्यालयलाई पनि ध्यानाकर्षण
बिहान प्रधानमन्त्री भेटेका युवाहरु बुधबार दिउँसो संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयका प्रतिनिधि जेमी म्याक-गोल्डरिकलाई भेटी नाकाबन्दीबारे बोल्न आग्रह गरेका छन् । नेपालमा यति ठूलो ज्यादती हुँदा पनि संयुक्त राष्ट्र नबोल्नेको प्रति आश्चर्य जनाउँदै उनीहरुले यसलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेका थिए । 'भारत ठूलो देश हो आर्थिक र हतियारका युद्ध जित्न हामी सक्दैनौ तर नैतीक र मानवीय मुल्यलाई हामीले सजिलै जित्ने हैसियत राख्छौ' युवा टोलीले संयुक्त राष्ट्रसंघ प्रतिनिधिसँग भन्यो,' भुकम्पको पीडामा रहेको मुलुकमा मानव अधिकार र मानवीय मुल्यको धज्जी उडाउने काम भएको छ यसलाई अन्तर्राष्ट्रिय रुपमा उठाईदिनुपर्यो ।kantipur.ekantipur.com

इटहरी – एमाओवादी अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार गठन हुन नदिन आफूमाथि ठूलो धम्की आएको दावी गरेका छन् ।
सुनसरीको इटहरीमा कोचिला, लिम्बुवान र किरात राज्य समिती अन्तर्गतका अगुवा कार्यकर्ताहरुको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले झलनाथ खनालको सरकार बनाउँदा भन्दा ५० गुणा ठूलो क्षति ब्यहोर्नुपर्ने धम्की आएको दावी गरेका हुन् ।
खनाल नेतृत्वको सरकार बनाउँदा एमाओवादी फुटेको प्रसंग उल्लेख गर्दै उनले ओली सरकार बने आफूलाई सिद्धाउने, क्यान्टोनमेन्टको २० अर्बको आरोप लगाएर जेल हाल्ने वा पार्टीलाई अझ टुक्राउने खेल हुन सक्ने बताए । तर राष्ट्रिय हितका लागि आफू सिद्धिन पनि तयार रहेको जेल जान पनि तयार रहेको र पार्र्टी फुटको क्षति व्यहोर्न पनि तयार रहेको उनले बताए । प्रचण्डले आफूलाई समेत प्रधानमन्त्री र राष्ट्रपतिको लोभ देखाउने काम भइरहेको भन्दै आफू राष्ट्रिय संकटबाट देशलाई पार लगाउन सहमतीय सरकार बाहेकको विकल्पमा तयार नभएको बताए ।
अबको तीन निर्वाचनसम्म दलिय सहमती तोड्न नहुने भन्दै उनले सहमती तोडेर अघि बढे देश ठूलो दुर्घटनामा फस्ने दावी गरे । अहिले मधेसमा भइरहेको आन्दोलनबारे बोल्दै उनले मधेसी दलालहरुले अहिले देशलाई सांप्रदायीकतातिर लगेर देशलाई बिखण्डन गर्न खोजेको आरोप लगाए । अहिले दलालहरुको मधेष र जनताको मधेष दुई मधेष रहेको भन्दै आफूहरु जनताको मधेसको पक्षमा रहेको बताए ।
उनले मधेसीको मायाले भारतले नाकाबन्दी गरेको नभइ संविधानले साम्राज्यवादलाई प्रहार गरेकाले त्यो सहन नसकेर नाकाबन्दी गरेको बताए । नाकाबन्दीको समाधान दुई सरकारबिच कुटनितिक तहबाट हुनुपर्नेमा उनले जोड दिए । नेता बाबुराम भट्टराईको पार्टी त्यागबारे बोल्दै उनले बाबुरामले श्रीमतीलाई समेत रुवाएर गएको बताए । बाबुरामको पार्टी त्याग राष्ट्रहित, पार्टी हित र आन्दोलनको हित विपरित रहेको उनले बताए । प्रशिक्षणमा प्रचण्ड सहित एमाओवादी महासचिव कृष्णबहादुर महरा, सचिवहरु टोपबहादुर रायमाझी, गिरीराजमणी पोखरेल नेताहरु हरीबोल गजुरेल, बर्षमान पुन, राम कार्की, गोपाल किराँती लगायतका नेताहरुको सहभागीता रहेको थियो । नेता बाबुराम भट्टराईले पार्टी त्याग गरेसँगै त्यसको असर तल्लो तहसम्म पर्ने देखिएपछि फुटको असर रोक्न एमाओवादीले कार्यकर्ताहरुलाई गोप्य प्रशिक्षण थालेको छ । प्रशिक्षणमा पत्रकारहरुलाई भने प्रवेश गर्न दिइएन ।
www.ratopati.com

२०७२ असोज २०, एजेन्सी । अमेरिकी राष्ट्रपतिलाई थप्पड प्रहार भएको खबर सार्वजनिक भएको छ ।
विश्वकै शक्तिशाली राष्ट्र अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टनमाथि थप्पड प्रहार भएको हो । अहिले अमेरिकी राष्ट्रपति पदका दाबेदार हिलारी क्लिन्टनले विलमाथि थप्पड प्रहार गरेको समाचार एजेन्सीले खुलासा गरेका हुन् । विल हिलारीका पति हुन् ।
विल र हिलारीको जीवनीमा आधारित एक किताबमा दाबी गरिएको छ कि पूर्व प्रथम महिला हिलारी पूर्व अमेरिकी राष्ट्रपति तथा पति बिल क्लिन्टनलाई कुटपिट गर्थिन् । किताबलाई उदृत गर्दै समाचार एजेन्सीहरुले रिसको आवेगमा आएका बेला हिलारीको व्यवहार एकदमै आक्रामक र हिंसक हुन्थ्यो । विगतमा उनले बिलमाथि कैयौपटक किताब, ऐश ट्रेले प्रहार गरेकी थिईन् र थप्पड पनि हानेकी थिईन् भनेका छन् ।
विलका राजनीतिक सल्लाहकार राजर स्टोनले हिलारीको बारेमा विश्वलाई जानकारी गराउन यो किताब यसै महिनाको अन्त्यतिर सार्वजनिक गर्दैछन् । पुस्तकको नाम हो ‘द क्लिंट्स वार अन वूमैन’ । ‘न्यूयोर्क डेली टाइम्स’ र ‘डेली मेल’मा छापिएको अनुसार लेखकले दाबी गरेका छन् कि हिलारी आफ्ना पतिलाई घृणा गर्थिन् ।
तिखो बस्नुतले घोचपेच समेत गर्थिन् जसले कैयौ पटक विलको शरीरबाट रगत बग्थ्यो । यति मात्रै होइन उनी आफ्ना स्टाफ र सीक्रेट सर्विसका एजेन्टलाई पनि आतंकित पार्थिन् । हिलारी अहिले अमेरिकाको राष्ट्रपति पदकी दाबेदार हुन् ।
दैनिक नेपालबाट

एजेन्सी : एउटा कुकुरको छाउराका लागि भएको विवादले उग्ररुप लिएपछि अमेरिकामा एक ११ वर्षीया बालिकालार्इ अर्की आठ वर्षीयामाथि गोली हानेकी छिन् ।
आफ्नी छिमेकी बालिकामाथि गोली हान्दा ती बालिकाको मृत्यु भएको छ । अमेरिकाको टेनसीमा शनिबार साँझ भएको यो घटनाको जानकारी शोकमा डुबेकी उनकी आमाले गराएकी हुन् ।
मृतक बालिकाकी आमा लताशा डायरीका अनुसार उनकी छोरी घरबाहिर खेलिरहेका बेला छिमेकमा बस्दै आएका बालकले कुकुरको छाउरो देखाउन भनेका थिए ।
म्याकायला नामकी ती बालिकाले छाउरो देखाउन इन्कार गरेपछि बालकले उनीमाथि गोली हानेका हुन् । लताशाले आइतबार एक टेलिभिजनलार्इ भने अनुसार ती बालकले छोरी म्याकयलालार्इ दु:ख दिइरहेका थिए ।
त्यही क्रममा ती बालकले जिस्काउँदै उनलार्इ अनौठो नामबाट बोलाएका थिए । 'उसले छोरीलार्इ खराब व्यवहार गरिरहेको थियो । मैले यसबारेमा बालकका प्रिन्सिपललार्इ पनि गुनासो गरेपछि उसले जिस्काउन छाडेको थियो', उनले भनिन्, 'तर अचानक आइतबार उसले छोरीलार्इ गोली हानी ज्यान लियो ।'
जेफर्सन काउन्टीका सेरिफ जी डब्लु ‘बड’ म्याकोइगले बताए अनुसार बालकमाथि फर्स्ट डिग्री हत्याको मामिला दर्ता गरिएको छ । उसलार्इ किशोर हिरासत केन्द्रमा राखिएको छ ।
म्याकोइगले बताए अनुसार ती बालकले आफ्नो पिताको सटगनबाट बालिकालार्इ गोली हानेका थिए । 'यी दुबै बालबालिका छिमेकी थिए । छिमेकीका बच्चा उनीहरु मिलेर खेलिरहेका थिए', उनले भने, 'उनीहरु सबैजना एकअर्कालार्इ राम्ररी चिन्दथे ।' www.annapurnapost.com

काठमाडौं, असोज २० । प्रमुख तीन दलले गठन गरेको वार्ता टोली र मधेसी मोर्चाबीच बुधबार(आज) पनि वार्ता सुरु भएको छ ।
सिंहदरबारस्थित संसद् सचिवालयमा जारी वार्तामा मधेसी मोर्चाले आफ्ना ३५ बुँदे माग बुझाएका छन् । संघीयताको सिमांकनलगायतका विषय समेटिएको मागका बारेमा बैठकमा छलफल भइरहेको छ ।
यसअघि मंगलबार भएको वार्ता निष्कर्षविहीन भएको थियो । वार्तामा मधेसी मोर्चाले प्रदेश सिमांकनको टुंगो लगाउनेबारे तीन दलको स्पष्ट धारणा माग गरेको थियो ।
तीन दलीय वार्ता टोलीले भने शीर्ष नेताहरुसँग थप छलफल गरी आजको बैठकमा जानकारी दिने बताएको थियो ।
त्यसैगरी तीन दलीय वार्ता टोलीले सिमा नाकामा अबरुद्ध गर्ने जस्ता विरोधका कार्यक्रम तत्काल फिर्ता गर्न आग्रह गरेकोमा मोर्चाले त्यसलाई अस्वीकार गरेको थियो ।imagekhabar.com

काठमाडौं, असोज २० । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दसैँको टिका ग्रहण गर्ने साइत कार्तिक ५ गते विहान १०ः ५५ लाई उत्तम मानेको छ । तर यो सयम नेपालभरका लागि मात्र हो ।
यद्यपी, विश्वका अन्य देशमा रहेका हिन्दुहरुले भने स्थानीय समयको उत्तम साइतमा टिका ग्रहण गर्नुपर्ने ज्योतिषहरुको भनाइ छ । ज्योतिषी डा. सुनिल सिटौंलाले ज्योतिष शास्त्र विधी अनुसार निकालेको समय अनुसार अमेरिकाको विभिन्न शहरहरुमा फरक–फरक साइत पर्न गएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको लागि कार्तिक ५ गते अर्थात अक्टोबर २२ तारिखका दिन मध्यान्न ११ः५१, क्लोराडोमा १२ः५, फ्लोरिडाको लागि १२ः३५, न्योर्कमा १२ः१६, वासिङटन डिसीमा १२ः१८, मेरिल्याण्डमा १२ः२५ र टेक्सासमा विहानको ११ः५ लाई उत्तम साइत मानिएको छ ।
त्यस्तै गरी क्यानाडाको टोरन्टोका लागि मध्यान्न १२ः४५ र मोन्र्टेलमा १२ः४० लाई उत्तम साइत भनी निर्धारण गरिएको छ । त्यस्तै बेलायतको लन्डनको लागि भने १ः१० लाई उत्तम साइत मानिएको छ ।
उता जापानको टोकियोमा विहानको १०ः४५ लाई उत्तम साइत मानिएको छ । इजरायलको टेल अविभमा भने विहानको १०ः३५ लाई उत्तम साइत मानिएको छ । अष्ट्रेलियाको मेलर्वन र सिडनीमा भने ११ः४५ उत्तम साइत परेको छ । मलेसियाको क्वालालाम्पुरमा ११ः२५ को साइत छ भने कोरियाको सोलमा भने विहानकै ११ः५५ उत्तम साइत परेको डा.सिटौलाले बताए ।
यता घटस्थापनाको साइत चाहीं असोज २६ गते मङ्गलबार बिहान ११ बजेर २५ मिनेटमा रहेको छ । यस वर्ष नेपाली पात्रो अनुसार आठ रात नौ दिनको नवरात्र परेको छ ।
नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठ गरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तोे योग परेको हो ।
नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । नेपाली पात्रो सूर्य सिद्धान्तका आधारमा गणना गर्ने गरिन्छ तर प्रायः आधुनिक ज्योतिषीहरुले ग्रह गणना गर्दा द्रिक सिद्धान्तका आधारमा गर्ने गर्दछन ।

सप्तरी, २० असोज । संयुक्त मधेसी मोर्चाले अह्वान गरेको अनिश्चितकालीन तराई मधेश बन्दका कारण अलपत्र परेका ५५० सवारीसाधनलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले सुरक्षा दिएर आज गन्तव्यसम्म पुर्याएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सिरहाको लहानमा रोकि राखेको २६५ यातायातका साधनलाई सप्तरी हुँदै सुनसरीसम्म र सुनसरीको कोशी ब्यारेजबाट सप्तरी हुँदै २८५ वटा सवारी साधनलाई सिरहासम्म पुर्याइएको कार्यालयले जनाएको छ । रासस