• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, मंसिर १९ । लामो समयको अन्तरालपछि काठमाडौं उपत्यकाका विभिन्न डिपोबाट आज ग्याँस वितरण हुने भएको छ । शनिबारमात्रै श्रीकृष्ण, तारा, साहारा र गृहलक्ष्मी ग्यास गरी २३२२ वटा ग्यास बिक्री गर्ने तयारी भइरहेको ग्यास बिक्रेता महासंघले जनाएको छ ।

महासंघका महासचिव चन्द्र थापाका अनुसार आज काठमाडौंका विभिन्न २६ वटा आधिकारिक डिलर मार्फत ११ सय ९६ वटा श्रीकृष्ण ग्यास बिक्री गर्ने तयारी भइरहेको छ ।

त्यस्तै ५ सय २६ वटा तारा ग्यास ललितपुरको सानागाउँ, १ सय वटा साहारा ग्यास काठमाडौंको बल्खु र ५ सय वटा गृहलक्ष्मी ग्यास टेकु स्थित डिपोबाट वितरण गरिँदै छ । वितरण गर्न लागीका डिपोमा प्रहरी सुरक्षा कडा गरिएको छ ।

etajakhabar
सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले केपी ओली नेतृत्वको सरकारलाई ‘काउण्टर’ गर्न भारतको दिल्ली जाने बताएका छन्। सरकारका प्रतिनिधि भारत गएर उल्टो–सुल्टो कुरा गरेर भ्रमित पार्ने काम गरेका भन्दै ‘कन्फ्युजन क्लियर’ गर्न भारत जानुपर्ने देखिएको उनले बताए। ‘सरकारका मान्छेहरू बारम्बार दिल्ली धाउन हुने, हामी जान नहुनेरु’ महतोले प्रश्न गरे ‘हामी त झन् दिल्लीकै मान्छे भन्दै प्रचार गरिएको छ, किन नजाने दिल्लीरु’ उनले मधेस आन्दोलनबारे भारतसँग निरन्तर छलफल र सम्पर्क कायम रहेको स्विकार्दै भारत भ्रमणमा जनु ठूलो कुरा नरहेको बताए। नागरिक दैनिकले लेखेको छ ।

‘भोली घाइतेहरू भेट्न भारतको सीतामढी जादैछु,’ महतोले टेलिफोनमा भने ‘सीतामढी हुँदै दिल्ली पनि पुग्न सक्छु।’ उनले सरकारका तर्फबाट भ्रम दिने काम भएको भन्दै त्यो प्रष्ट्याउन दिल्ली जानुपर्ने बताए। आइतबार मोर्चाका नेताहरू दिल्ली जानेबारे छलफल भएको बताएपनि उनले को को जाने र दिल्लीमा कोसँग भेट्ने भन्नेबारे खुलाएनन्। ‘सबैकुरा तय भएपछि थाह पाउनुहुन्छ, अहिले नै सबैकुराको जानकारी आइसकेको छैन।’ मधेस आन्दोलनबारे सरकारले भ्रम छर्न खोजेकोले विश्व समुदायलाई यथार्थ बताउनुपर्ने महतोको भनाइ छ। ‘हामीले जेनेभा पनि प्रतिनिधि पठायौं, हाम्रा कुरा राख्न विश्वका जुनसुकै देशमा हामी पुग्छौं,’ महतोले भने ‘आवश्यक परे चीन पनि जान्छौं।’ भारतको आडमा आन्दोलन भएको प्रचारप्रति उनको टिप्पणी थियो ‘हामी त भारतबाट ढुंगा हान्ने, भारतमै खाना खाने मान्छे भारतमा गएर सहयोग माग्न के अप्ठेरो भो र ?
businesssansar
शनिबार, १९ मंसिर
काठमाडौं । राजसंस्थाको पुनर्स्थापनाको माग सहित विभिन्न राजावादी संघरसंस्थाले शुक्रबार वीरगन्जमा प्रदर्शन गरेका छन् । मधेसी मोर्चाका युवा कार्यकर्ताको अवरोधका बापजुद राजसंस्थाको पक्षमा र नयाँ संविधानको खारेजीको माग राख्दै जुलुसले नगर परिक्रमा गरेको थियो । राजावादीले विहान करिब १० बजे जुलुस निकाल्ने तयारी गरिरहेको बेला मोर्चाले हस्तक्षेप गरी बिथोल्ने प्रयास गरेको थियो ।
राजावादीले घन्टाघर चोकमा झुन्ड्याएको पूर्व राजा ज्ञानेन्द्र शाहको तस्बिर अंकित ब्यानर मोर्चाका कार्यकर्ताले च्यातेका थिए । मोर्चाको विरोधबीच पूर्व निर्धारित कार्यक्रम अनुसार ११ बजे विभिन्न नारा लगाउँदै अर्को ब्यानरका साथ जुलुस निकालेका थिए ।
‘राजा आउ देश बचाउ, राजसस्था पुनर्स्थापना गर, २०७२ सालको सविधान खारेज गरी २०४७ को सविधान लागु गर’ लगायतको नारा लगाउँदै घण्टाघर चोकबाट विरोध जुलुस निकालेको थियो । राजसंस्था पूर्नस्थापना संघर्ष समितिको नेतृत्वमा निकालिएको विरोध जुलुस जिल्ला प्रशासनमा पुगेर निमित प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएका छन् ।
ज्ञापनपत्रमा २०७२ को सविधानमा छुटेका स‌ंवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र मधेशी मुद्दालाई अविलम्ब सम्बोधन गरी देशको स्थितिलाई सहज बनाउन माग गरिएको छ । ज्ञापन पत्रमा २०७२ को सविधानलाई संशोधन गरी वा पुनर्लेखन गरी सम्बैधानिक राजसंस्थालाई राष्ट्रप्रमुखको रुपमा संबैधानिक मान्यता दिनुपर्ने उल्लेख गरिएको छ ।
समितिका अध्यक्ष गणेश साहले राज्य धर्मको रुपमा हिन्दुत्वलाई संवैधानिक मान्यता र मधेशी मुद्दालाई सम्बोधन गरी मुलुकलाई छिटो निकास दिन प्रधानमन्त्री ओलीसँग माग गरेको बताए । उनले साढे तीन महिनादेखि जारी मधेश बन्दले नेपाली जनताको दैनिकी सारै कस्टकर बन्दै गएपनि सरकारले ध्यान नदिएको प्रति चिन्ता प्रकट गरे ।
बहुसंख्य नेपाली जनतामा आज पनि संवैधानिक राजसंस्था र हिन्दुत्वको प्रति अपार श्रद्धा रहेको बताउँदै अध्यक्ष साहले सम्बैधानिक राजसस्था र हिन्दुत्वलाई हटाइएको दिनदेखि देशमा अनेकखालको संकट बढदै गएको बताए । आजको कान्तिपुरमा समाचार छ ।
- See more nepalsandesh
लमजुङ । भारतको बिहार प्रदेशका शंकरदयाल सिंह अहिले ५६ वर्षका भए । पेसाले उनी शिक्षक हुन् । माध्यमिक तहसम्म उनले गणित विषय पढाउँदै आएका छन् । उनी नेपाल बस्न थालेको ३० वर्ष भयो । दुई वर्ष उनले नेपाल भारत सीमानामा पर्ने नवलपरासीको त्रिवेणीस्थानमा एक स्कुलमा पढाए । २८ वर्षभयो उनले पश्चिम लमजुङको भोर्लेटारस्थित ईशानेश्वर उच्च माविमा पढाउन थालेको ।
नेपाल बसाईमा उनले उनले दुईपटकसम्म भारतको नाकाबन्दीले पारेको समस्या भोगे । दोस्रो पटक पनि भारतले नाकाबन्दी गर्दा उनको सारै चित्त दुखेको छ । ‘छिमेकी कमजोर हुँदा त सहयोग पो गर्ने हो,’ उनले भक्कानिँदै भने ‘छिमेकीलाई रुवाएर कहिल्यै भलो हुँदैन ।’
अहिले भएको नाकाबन्दीले उनी निक्कै समस्यामा परेका छन् । प्यारालाइसिसको बिरामी भएपनि उपचार गर्न सकेका छैनन् । ‘औषधि सकिएको छ, लिन जान पाएको छैन । भारतको पटनामा परीक्षण गराउँदै आएको थिएँ । घरमा खाना पकाउने ग्यास पनि सकिएको छ ।’ सकसपूर्ण व्यथा सुनाइरहँदा उनले बारम्बार आँसु झारेका थिए । विद्यालय नजिकै छ ।
घर भारतमै रहेका तीन छोरा र एक छोरीको चिन्ता र भारतले नाकाबन्दी लगाएर नेपाली समुदायको चित्त दुखाइको विषय उनका लागि झन् ठूलो चिन्ताको विषय बनेको छ । अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
dainiknepal
नेपाल-चीनबीच सम्झाता सम्पन्‍न
काठमाडौं: चीनसँगको व्यापार तथा पारवहन सहज बनाउन रसुवाको टिमुरेमा अन्तर्राट्रिय स्तरको सुक्खा बन्दरगाह (ड्राइपोर्ट) बन्ने भएको छ।



शुक्रबार चीन र नेपालबीच सम्पन्न सम्झौताले टिमुरेमा अन्तर्राष्ट्रिय स्तरको बन्दरगाह निर्माण कार्यलाई मार्ग खुला गरेको हो।टिमुरेका वडा नम्बर ४ र ५ मा पर्ने पाँच हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति र चीन सरकारको तर्फबाट द आर्किटेक्चरल रेकोनेसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीबीच सम्झौता भएको हो।

समितिका तर्फबाट कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चिनियाँ कम्पनीका तर्फबाट अध्यक्ष फु जेनझाओले सम्झौतापत्रमा हस्ताक्षर गरे। बन्दरगाह निर्माणसम्बन्धी तयार विस्तृत प्रतिवेदन खाकामा दुवै पक्षले हस्ताक्षर गरेका हुन्।

भारतको नाकाबन्दीपछि इन्धन तथा दैनिक उपभोग्य सामग्रीको आपूर्तिमा आएको असहजताका कारण दैनिक जनजीवन अस्तव्यस्त बनेपछि सरकारले विकल्पको रूपमा चिनियाँ नाका सञ्चालनमा ल्याउन लागेको हो।

कार्यकारी निर्देशक बस्नेतका अनुसार बन्दरगाहसम्बन्धी अहिले सर्भे डिजाइनको काम सम्पन्न भएको छ। अब डिजाइनअनुसार आगामी तीन महिनाभित्रमा लागत खर्चको अध्ययन गरेर पुनः अर्को सम्झौता गरेर त्यसपछिको दुई वर्ष ६ महिनाभित्रमा बन्दरगाह निर्माण सम्पन्न गरिनेछ।
टिमुरेका वडा नम्बर ४ र ५ मा पर्ने पाँच हेक्टर क्षेत्रफलमा सुक्खा बन्दरगाह बनाउन वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समिति र चीन सरकारको तर्फबाट द आर्किटेक्चरल रेकोनेसेन्स एन्ड डिजाइन इन्स्टिच्युट अफ टिबेट अटोनोमस रिजन कम्पनीबीच सम्झौता भएको हो।
चीनलाई जोड्ने नाका तातोपानी भूकम्पका कारण अवरुद्ध छ। यो बन्दरगाहको निर्माण सम्पन्न भएपछि नेपाल र चीनबीच सघन व्यापारिक सम्बन्ध टिमुरेमार्फत जोडिने दुवै पक्षको विश्वास छ। 'लागत खर्च अध्ययन भएपछि खर्चको विषय टुंगो लाग्छ', कार्यकारी निर्देशक बस्नेतले भने, 'चिनियाँ पक्षले तातोपानी नाकाभन्दा यो नाकालाई बढी प्राथमिकतामा राखेर द्रुत गतिमा काम अघि बढाउन आफ्ना निकायलाई निर्देशन दिएको छ। आशा गरौं, चाडैं निर्माण कार्य सम्पन्न हुनेछ।'

टिमुरेमा सुक्खा बन्दरगाह बनाउनेसम्बन्धमा अनुदान उपलब्ध गराउने विषयमा यसअघि पनि दुईपक्षीय सम्झौता भइसकेको छ। सन् २०११ को अगस्त १७, २०१२ को जनवरी १४ र २०१४ को अक्टोबर १६ मा चीन सरकार र वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सम्झौता भएको थियो।

त्यसपछि अर्थ मन्त्रालयसँग २०१५ को अप्रिल १० मा पत्र आदानप्रदान भएको थियो । सोही सम्झौताका आधारमा सुक्खा बन्दरगाहका लागि विस्तृत डिजाइन सम्झौता सम्पन्न भएको हो।बन्दरगाह निर्माण गर्न लाङटाङको वन्यजन्तु आरक्ष केन्द्रले पनि तीन हेक्टर क्षेत्रफल उपलब्ध गराएको छ।

सम्झौताअनुसार चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा पाँच हजार वर्गमिटर क्षेत्रफलमा पाँचतले प्रशासनिक भवन तथा आवास भवन, करिब तीन सय ५० ट्रक अटाउने क्षमताको पार्किङ क्षेत्र रसात सय ५० वर्गमिटरको क्षेत्रफलमा गोदाम भवन निर्माण गरिनेछ।

यसैगरी दुई हजार ८० वर्गमिटरको क्षेत्रफलमा दुईवटा मालसामान जाँच पास गर्ने खुला टहरा (अप्राइजल सेड), चेकपोस्ट, अग्निनियन्त्रक प्रणाली, विद्युत्, पानीसम्बन्धी भौतिक पूर्वाधार निर्माण गरिनेछ।चीनसँग व्यापार तथा पारवहन सहज बनाउन हालै सरकारले धादिङको गल्छीदेखि रसुवागढीसम्मको सडक स्तरोन्नति गर्न नेपाली सेनालाई जिम्मा दिएको छ।

चीनको सिगात्सेदेखि केरुङसम्म साढे चार सय किलोमिटरको दूरी छ। केरुङबाट रसुवागढीसम्मको दूरी २६ किलोमिटर छ । निर्माण गर्न लागिएको टिमुरे बन्दरगाह र रसुवागढीबीचको दूरी दुई किलोमिटर पाँच सय मिटर छ।

'बाटो स्तरोन्नति र बन्दरगाह निर्माण भएपछि चीनसँग पहिलो सबैभन्दा ठूलो व्यापारिक नाका खोलिने र उक्त बन्दरगाहको सदुपयोग गरेर नेपाली जनताले दैनिक रूपमा ठूलो परिमाणमा व्यापारिक कारोबार गर्न सक्षम हुनेछन्’, चिनियाँ कम्पनीका अध्यक्ष फु जेनझाओले भने।...
annapurnapost भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सुर्य चन्द काठमाडौँ –
धनकुटा जिल्ला मा २७ वर्ष अघि ७ महिना मा आमाको कोख बाट जन्मिएर ७ बर्ष मा नै अलौकिक शक्ति ज्ञान पाएकी हाल काठमाडौँ मा बस्दै आएकी नेपाली माता सविता सरु शर्मा आचार्य अहिले निकै चर्चामा छिन्। उनले अहिलेसम्म नेपाल का नाम चलेका राजनीतिज्ञ देखि लिएर चर्चित कलाकार, उधोगपति हरु र पूर्व राजा ज्ञानेन्द्र शाह, हिमानी शाह, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, शेर बहादुर देउवा, नायीका रेखा थापा लगायतका दर्जनौ चर्चित अनुहारहरुको भूत, भविष्य र वर्तमान हेरिसकेकी उनि बताउछिन साथै हिमानी शाहा, माधब नेपाल, शेर बहादुर देउवा तथा नायिका रेखा थापा को योग एकदमै राम्रो रहेको नि उनि बताउछिन।

सर्वसाधारणहरु समेत गरेर अहिलेसम्म झण्डै १३ लाख जनाको भविष्य हेरिसकेको बताउने सवितालाई भक्तजनहरुले माताजी भनेर सम्बोधन गर्ने गर्दछन् भने उनि अहिले देश विदेश मा नेपाली माता जी को नाम बाट प्रख्यात छिन। उनि भन्छिन भविष्यबाणी हेर्ने मेरो पेशा हो मैले कुनै बिध्या किताब ध्यान गरेको होइन, मलाई स्वतः अलौकिक शक्ति आएको हो मलाई यो सबै शिब भगवान र सरस्वति माता को कृपा ले प्राप्त भएको बताउछिन।मैले सहजै भन्नु पर्दा म सात महिनामा जन्मेको, सात बर्षको उमेरमै म माथि अलौकिक शक्ति प्राप्त हुन गयो । मलाई भगवान शिव र सरस्वती माताले म माथि अलौकिक शक्ति प्रदान गर्नुभयो । जब मैले हेर्न सुरु गर्ने समयमा माता भनेको बुढै मान्छे मात्रै हुन्छ भन्ने पनि पाएँ । तर त्यस्तो होइन । म के भन्छु भने अलौकिक शक्ति कसैलाई जन्मजात हुन्छ, कसैलाई उमेर अनुसार फरक पर्दै जाने हो । अलौकिक शक्ति जो पायो त्यही व्यक्तिले पाउन गाह्रो छ।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन कुनै पनि ज्ञान सकारात्मक सोच र पवित्र मन भयो भने आउने हो। पूर्व जन्ममा मैले राम्रो काम गरेको रहिछु र यो जन्ममा पनि धार्मिक काम गरेर विभिन्न व्यक्तिहरुसँग भेट भयो उहा हरु लाइ खुसि बनाउन सके अनि आफ्नो ज्ञान बाड्न सके। सबै कुरा अलौकिक शक्तिको कारण ले पनि हो। ज्योतिषमा उच्च शिक्षा हासिल गरेका गुरूहरु लाइ पनि मैले भेट्ने अवसर पाएँ उहा हरु पनि म संग सन्तुस्ट हुनु भएको छ। उहाँहरु चाही जन्म कुण्डली नक्षत्र अनुसार हेर्नुहुँदो रहिछ । त्यो पनि पला घडि मिलेको छ भने यसमा एक सय प्रतिशत मिल्छ भन्ने हो। चिना मिलेको छ भने ज्योतिषले भनेको कुरा मिल्छ । तर मलाई चिनाहरु चाहिदैन। मैले आवाजबाट, हातको रेखाबाट, फोटोबाट हेर्दै आको छु । यसैलाई म अलौकिक शक्ति मान्छु अनि शिब भगवान को बरदान पनि यहि मेरो ज्ञान अनि पेशा ले गर्दा नै १३ लाख भन्दा बेसी को आफु ले भबिष्य हेरेको र सबै संग भेटघाट गर्न पाएको र विदेश मा बस्ने नेपाली हरु को पनि आबाज फोटो बाट उनीहरु को भबिष्य हेरेको बताउछिन। म आफै विदेश नपुगेता पनि मेरो लाखौ भक्तजनहरुको माध्यमबाट पुग्न सफल भएकी छु। तर अब चाडै नै विदेश मा बस्ने भक्तजन हरु को अनुरोध मा देश बाहिर पनि जान लागेको कुरा पनि माता बताउछिन।
उनले मानिस को मात्र पनि होइन मुलुक को पनि केहि भबिष्यबाणी गरेकी छन् उनको भनाइ अनुसार  २०७३ सालदेखि उता देशमा केही शान्ति हुन्छ भनेर पहिला पनि भनेकी थिए । यो २०७२ साल सम्म यस्तै हुन्छ किन कि २०७२ मुलुक को लागि अनिष्ट छ । २०७३ सालबाट केही शान्ति हुन्छ की भन्ने मैले देखेकी छु। अहिले रहेको संविधानसभा भवन जुन नयाँ बानेश्वरमा छ त्यसमा नकारात्मक दोष परेको छ। त्यहाँ बसेर कुनै काम सञ्चालन गर्छु भन्दा स्वतः सञ्चालन हुने, छिट्टै सम्पन्न हुने अवस्था देखिदैन। प्रधानमन्त्रि हुनेमा के.पी. शर्मा ओली को अलि राम्रो योग रहेको कुरा उनले पहिले देखि नै भन्दै आएको पनि बताउछिन।
उनि संग राजनीतिज्ञ, ब्यापारी, सर्बसाधारण देखि गुन्डा गर्दी मा संलग्न सबै खाल का मानिस हरु आफ्नो भबिष्य देखाउन आउछन भने कति ले धम्कि पनि दिन्छन नराम्रो पनि भन्छन, कति ले बाहिर नराम्रो काम गरेर अब मेरो के हुन्छ भनेर पनि देखाउन आउछन तर सबै लाइ सकारात्मक सदमार्ग देखाएर पठाउने गरेको उनि बताउछिन। उनि भन्छिन मुलुक मा २०७८ सालसम्म केही न केही समस्या आइरहन्छन् । २०७२ साल देशकालागि एकदमै डरलाग्दो साल हो।
माता भन्छिन अलौकिक शक्ति धेरै सँग हुन्छ तर चिन्न सक्नु पर्छ। अलौकिक शक्ति एकै ठाउमा रहेर यसलाई निर्धारण गर्नु पर्यो । यसलाई विकृतिको रुपमा लिनुहुँदैन। अहिले मानिस हरु मा बिकृति हरि फैली रहेको छ यस लाइ सकारात्मक संदेश दिएर मुलुक अनि जनता हरु लाइ अग्रगामी दिशा तर्फ उन्मुख गर्दै सबै ले हत्या हिम्सा लाइ त्यागेर शान्ति को मार्ग मा लाग्नु पर्ने बताउछिन।
नेपाली माता सबिता सरु शर्मा आचार्य भन्छिन यो मेरो पेशा हो, यो भित्र नि नियम छ म सबै लाइ उतिकै माया गर्छु मेरो नि आफ्नै दायरा छ नेपाल भित्र बाट मात्र नभएर विदेश बाट पनि तपाई हरु ले सम्पर्क गर्न सक्नु हुनेछ। यदि तपाई हरु पनि नेपाली माता सबिता सरु शर्मा आचार्य संग भेट घाट गर्न चाहनु हुन्छ अन्य बिस्तृत जानकारी लिन चाहनु हुन्छ भने उहा को यो मोबाईल नम्बर ९८४२२१७१६२ मा फोन गर्न सक्नुहुन्छ।
bigonlinenews भिडियो हेर्न तलको बाकस थिच्नुहोस
Madhesi parties have decided to give Rs five million to the families of each protester who gets killed during their street movement against the six-province federalism model.

The Madhesi Front, which is an alliance of the Federal Socialist Forum Nepal, the Tarai Madhes Democratic Party, the Sadbhavana Party and the Tarai Madhes Sadbhavana Party, expressed this commitment through a press statement on Wednesday.


The Madhesi parties say their future provincial government will provide compensation to the families of the martyrs of their ongoing agitation over boundaries of six federal provinces.
Sadbhavana Party leader Rajendra Mahato told Nepali Times: “By promising Rs 5 millions, we are encouraging people to fight against an authoritarian government.”
A person has already died during a protest called by the Madhesi Front in Saptari on Tuesday. The front’s decision has already drawn flak on social medial. It has been criticised as ‘provocative’ and people fear that it might lead to more deaths in the Tarai.
As many as 22 people had died during a Madhes movement in January 2007, which catapulted Madhesi parties and leaders like Upendra Yadav and Rajendra Mahato to power. The 2007 Madhes uprising was against the attempt by the then Prime Minister Girija Prasad Koirala to delete federalism from the interim constitution.
This time the Madhesi parties are agitated over boundaries of federal provinces. They have rejected the Madhes province comprising districts between Parsa and Saptari.
An indefinite strike called by the Madhesi Front has already crippled life across the Tarai. Even on Wednesday, violent protests erupted in several parts of the Tarai.
nepaliactivity भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १८ मंसिर । भारतीय राजदूत रञ्जीतले रेले आफ्नो पदीय मर्यादा नाघ्दै प्रधानमन्त्री केपी शर्मा ओलीको अपमान गरेका छन् ।
राजदूतले रेले प्रधानमन्त्री ओलीसँगको भेटवार्ताका क्रममा उपरखुट्टी लगाएर गफ गरेको फोटो सार्वजनिक भएको छ । जहाँ उनले मर्यादा क्रम मिचेको देखिन्छ । यसले प्रधानमन्त्री ओलीको मात्रै नभएरै नेपालकै बेइज्जत भएको छ । राजदूत रे क्यारियर डिप्लोम्याट नै हुन । तर, पनि उनले एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुँदा सीमा नाघे । मर्यादा उल्लघन गरे ।
उसो त राजदूत रे पछिल्लो समय मधेस आन्दोलनका प्रवक्ता नै बनेको सुनिन्छ । बेला बेला नेपालविरुद्ध बोलेर उनी विवादमा समेत आउने गर्छन् ।
एनआरएनका जीवा लामिछाने लेख्छन्-
सोभियत संघमा अध्ययन गर्ने बिदेशी विद्यार्थीहरुले झन्डै १ बर्ष रुसी भाषा सिक्नु पर्थ्यो । एसिया, अफ्रिका, ल्याटिन अमेरिका लगायत बिकाशोन्मुख मुलुकबाट अध्ययन गर्न आउने प्रायः टिनेजर बिद्यार्थीहरुलाई त्यो एक बर्षमा रुसी भाषा मात्र नभएर जीवनजगतका यावत बिषयहरुमा ब्यबहारिक ज्ञान दिने गरिन्थ्यो । यसरी दिईने तालिममा मानिससँग गरिने ब्यबहार, सभ्य भएर बोल्ने, लुगा लगाउने तरिका, कुरा गर्दा कसरि शरीरलाई प्रस्तुत गर्ने लगायत अति सामान्य कुराहरु, जस्तो खाना खाँदा काँटा कसरि प्रयोग गर्ने आदि समेत सिकाइन्थ्यो । मैले त्यो एक बर्षको अध्ययन अबधिमा जीवनजगतका ब्यबहारिक बिषयमा सर्वाधिक कुराहरु सिक्न सकें कि जस्तो लाग्छ ।
डिप्लोम्यासीमा सबैभन्दा महत्वपूर्ण कुरा प्रोटोकल र एट्टीकेटलाई मानिन्छ । भारतीय राजदूत रञ्जीत रे त झन् क्यारियर डिप्लोम्याट नै हुन । एक सार्वभौम सम्पन्न राष्ट्रका सरकार प्रमुखसँग प्रस्तुत हुनुपर्ने म्यानर यीनलाई थाहा नहुने कुरै भएन । कुनै जमानामा बिहारी जमिन्दार र नेहरुका मित्र तत्कालिन भारतीय राजदूत चन्द्रेश्वर प्रसाद नारायण सिंहको हेपाहा प्रवृतिबाट आजित भएर बिपी कोइरालाले ‘नेपाललाई बिहारको एक जिल्ला नसम्झ, यो एक सार्बभौम सम्पन्न मुलुक हो’ भनेर झपारेको प्रसंग कतै पढेको थिएँ । तर यी रे साहबलाई सामान्य सिष्टाचार पालन गर्नुपर्ने कुरा त परै जाओस अहिलेको नाकाबन्दी र नेपालका बिषयमा जति पनि झुट बोल्ने छुट हामीले नै दियौं कि जस्तो लाग्छ ।
dainiknepal
काठमाडौं, १९ मंसर । एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले मधेसी मोर्चाका गतिविधिले संघीयता विफलताको बाटोमा हिँडिरहेको बताउनुभएको छ ।
उहाँले मधेसी मोर्चाका केही नेताहरूले भने अनुसार संघीयताको सिमाङ्कन हुनै नसक्ने बताउनुभयो । ‘मधेसी मोर्चाले माग गरे अनुसार सहमति हुँदैन’, खनालले भन्नुभयो, ‘यस्तै अवस्था रहे संघीयता विफल हुन्छ । खारेज हुन सक्छ ।’
मधेसी मोर्चाले समथल मैदानभरि मधेसी प्रदेश माग गरेको विषयप्रति आक्रोशित बन्नुभएका एमालेका वरिष्ठ नेता खनालले भन्नुभयो, ‘समथल मैदान खोज्ने हो भने बिहार, उत्तर प्रदेश सिङ्गो भारत समथल छ । त्यो पनि ल्याए हुन्छ ।’
उहाँले बिगतमा मधेसी मोर्चासँग भएको सहमतिमा झापादेखि कञ्चनपुरसम्मको भू–भाग मधेसी प्रदेश दिने भनेर कुनै सहमति नभएको बताउनुभयो ।
‘मधेसी मोर्चाले माग गरे अनुसार स्वायत्त मधेस प्रदेश सप्तरीदेखि पर्सासम्म प्रदेश बनेको छ’, नेपालवाणी रेडियो नेटवर्कमा आज (शनिबार) बिहान पत्रकार ऋषि धमलासँग कुरा गर्दै भन्नुभयो, ‘उनीहरूको सीमाङ्कनको माग कदापि पूरा हुँदैन ।’
नेपालभित्रको समस्यामा भारतले अनावश्यक हस्तक्षेप गरेको बताउनुभएका खनालले भन्नुभयो, ‘दिल्लीको चाबीले समस्या समाधान गर्न सक्दैन ।’ उहाँले अगाडि भन्नुभयो, ‘विभिन्न ठाउँतिर चाबी खोज्न मधेसी नेताहरू हिँडेका छन् भने त्यो पुरानो चाबीले काम गर्दैन ।’ उहाँले नयाँदिल्लीले नेपालमा सहमति खोज्ने विषय पुरानो भइसकेको उल्लेख गर्नुभयो ।
अहिलेसम्म मुलुकमा सुरक्षा निकायले गरेको कार्यको प्रसंशा गर्नुभएका खनालले आवश्यक पर्दा राज्यका सबै सुरक्षा अंग परिचालन हुने चेतावनी दिनुभयो । ‘आवश्यक परे राज्यका सबै सुरक्षा अंग चल्छ’, उहाँले भन्नुभयो ।
मधेसी मोर्चाले नाकाबन्दी गर्ने क्षमता नराख्ने एमालेका वरिष्ठ नेता खनालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मधेसी मोर्चाले नाकाबन्दी गर्न सक्छ की सक्दैन त्यो त उनीहरूको ‘खुट्टी’बाट सबैले थाहा पाएका छौँ । नाकाबन्दी गर्ने मधेसी मोर्चाको ‘खुट्टी’ देखिएको छ ।’
उहाँले दशगजामा चार जना बसेर रक्सौलमा अबरोध गरेको उल्लेख गर्नुभयो । ‘दशगजामा चार जना बस्ने । प्रहरीले हस्तक्षेप गर्दा भारत भागेर जाने । पेट्रोल बम हान्ने । ढुङ्गा हान्ने गैरराष्ट्रवादी चरित्र हो’, खनालले भन्नुभयो ।
भारतले नाकाबन्दी लगाएर नेपाललाई चीनसँग व्यापार गर भनेर दबाव दिइरहेको बताउनुभयो । उहाँले चीनसँग पनि ब्यापार सम्झौता गर्नुपर्ने बताउनुभयो ।
dainiknepal
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलाको ३ सय रुपैयाँले उकालो लागेर ४८ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिन तोलाको ४८ हजार रुपैयाँमा आइपुगेको थियो ।

शुक्रबार चाँदीको मूल्य पनि ५ रुपैयाँ बढेर ६ सय ७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा शुक्रबार साँझसम्म सुन प्रतिऔंस हजार ६२ डलरको हाराहारीमा कारोबार भएको थियो ।
काठमाडौं, १९ मंसिर । मधेसी मोर्चामा आवद्ध चार दलका अध्यक्षहरु आइतबार नयाँदिल्ली जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, सुष्मा स्वराज र विपक्षी काग्रेस आईकी अध्यक्ष सोनिया गान्धीलगायतसँग भेट गर्ने मोर्चा र दूतावास स्रोत दुवैले पुष्टि गरे ।
दूतावासले मोर्चाका नेताहरुलाई आइतबारै गान्धी र स्वराजसँग भेटको समय तय भइसकेको जानकारी दिएका दिएपनि उनीहरुले हालसम्म औपचारिक निमन्त्रण पत्र पाएका छैनन् ।
आज दिउँसो उनीहरुलाई निमन्त्रण बुझाइने बताइएको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
dainiknepal
वि.सं. २०७२ साल मंसिर १९ गते। शनिबार। इश्वी सन् २०१५ डिसेम्बर ५ तारिख। नेपाल संवत् ११३६ कछला गा। मार्गशीर्ष कृष्णपक्ष। तिथि– दशमी, भोलि बिहान ७:४८ बजेउप्रान्त दशमी।उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ। अधिकारका लागि भने अलि संघर्ष गर्नुपर्ला। शत्रु तथा प्रतिस्पर्धीहरूको चलखेल बढ्नाले केही चुनौती सामना गर्नुपर्ने देखिन्छ। तापनि, प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। विवाद तथा मुद्दाहरूमा हानि हुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। तापनि, निराश नहुनुहोस्, लगनशीलताले स्थितिमा सुधार ल्याई बिस्तारै सफलता दिलाउन सक्छ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
पुरानो गतिले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काम बिग्रने डरले पनि सताइरहनेछ। पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारजनमा आमाको सहयोगबाट विशेष काम सम्पादन हुने सम्भावना देखिन्छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ। शुभचिन्तकहरूले पूर्ण समर्थन नदिन सक्छन्। पुरानो समस्याले केही झमेला निम्त्याउन सक्छ। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। तापनि, नयाँ काममा हात हाल्न सकिनेछ। प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। मेहनत गर्दा प्रशस्त धन आर्जन हुने समय छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। अनावश्यक वादविवादमा परिएला, विचारलाई तौलेर मात्र व्यक्त गर्नु बुद्धिमानी हुनेछ। प्रशंसकहरूले पनि आलोचना गर्नसक्छन्। मान–सम्मानमा आघात पर्ने देखिन्छ। हडबडीले आँटेका काममा समस्या निम्त्याउने सम्भावना छ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा उठाउन सकिनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनाले समय फुर्सदिलो रहनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन समेत कसिन सक्छ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आलस्य गर्दा अवसर गुम्न सक्छ। खर्चको मात्रा पनि बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिनेछ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ लिन सकिनेछ। काममा स्थानान्तरण हुन सक्छ। लामो यात्रा सम्भावना छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ। कीर्तिमानी काम सम्पादन होला। तर, विभिन्न अवसर आए पनि प्रलोभनले अप्ठ्यारोमा पार्न सक्छ। यसले तपाईंको स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ, सजग रहनुहोला।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला। समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ। जिम्मेवारी भने बढिरहनेछन्। बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ। सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ। व्यावसायिक काममा खर्च बढ्नेछ भने अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ। तापनि, सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
समस्या दोहोरिन सक्छन्। सानातिना घरेलु काममै अल्झनुपर्ला। सवारीमा समेत सावधानी अपनाउनुपर्नेछ। स्वास्थ्यमा कमजोरी र उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने सम्भावना छ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। सहयोगीहरूको मद्दतले केही काम बन्नेछन्। इष्टदेवको पूजा–उपासना गर्दा फाइदा हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
अलि बाध्यताका काममा जुट्नुपर्ला। केही विवादमा समेत परिने योग समेत देखिन्छ, सचेत रहनुहोला। तापनि, दिन मनोरञ्जनपूर्ण रहनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आम्दानी प्रशस्तै बढ्नेछ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।

काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको त्रिपक्षीय वार्ता छाडेर भारतीय राजदूतावास पुगेका मधेसी मोर्चाका नेताहरुले मधेस आन्दोलनबारे छलफल भएको बताएका छन् ।
बीबीसी नेपाली सेवासँग कुराकानी गर्दै तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेशराय यादवले भने– हामी व्यक्तिगत भेटघाटमा गएका हौं । मधेस आन्दोलन र सर्लाहीमा विहीबार भएको सरकारी दमनबारे भारतीय राजदूत रञ्जीत रेलाई जानकारी गरायौं ।’
उनले मोर्चाका नेताहरु एकैसाथ दूतावास नपुगेको बताए । व्यक्तिगत भेटघाट गर्न समूह नै चाहिन्छ भन्ने प्रश्नमा उनले भने- ‘मलाई दूतवासले बोलाएको थियो । संयोगबंश महन्थ ठाकुर र उपेन्द्र यादवपनि त्यही हुनुहुदो रहेछ । हामी विशुद्ध व्यक्तिगत भेटघाटमा गएका हौं ।’ उनले भारतीय राजदूत रेलाई सबै नेताले पालैपालो मधेस आन्दोलनमा भइरहेका प्रगतिबारे जानकारी गराएको बताए ।
यता संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा भएको सरकारी दमनको विरोधमा वार्तामा नगएको बताए ।
dainiknepal
काठमाडौं, १८ मंसिर । आजको त्रिपक्षीय वार्ता स्थगित गराएका आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका चार शीर्ष नेताहरु दिल्ली जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा मोर्चाका नेताहरु क्रमशः उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर र महेन्द्रराय यादव आइतबार दिल्ली जाने कार्यक्रम तय भएको हो ।
मोर्चाका नेताहरुले दिल्लीमा भारतीय प्रधानमन्त्री मोदी, भारतीय विदेशमन्त्री सुष्मा स्वराज, सुरक्षा सल्लाहकार अजित डोभलसँग भेटवार्ता गरी मधेस आन्दोलनबारे ‘विफ्रिङ’ गराउने कार्यक्रम रहेको स्रोतले जनाएको छ ।
यसैबीच शुक्रबार भारतको मुम्बई गएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आर्थिक सम्मेलनमा सहभागी भएर आइतबार दिल्ली आउने कार्यक्रम तय भएको छ । मधेसी मोर्चा निकट स्रोतका अनुसार मोर्चा नेता र बाबुरामले संयुक्त रुपमा मोदीलाई भेटेर मधेस आन्दोलन र सत्तापक्षले गरिरहेको गृहकार्यबारे ‘विफ्रिङ’ गर्नेछन् ।
dainiknepal
कायरो, १८ मङ्सिर । इजिप्टको राजधानी कायरोमा रहेको एक रात्रि क्लबमा अज्ञात बन्दुकधारीले गोली हानी १२ जनाको हत्या गरेको समाचार छ ।

शुक्रबार भएको सो गोलीकाण्डमा अरु केही घाइते पनि भएका छन् । त्यसको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा आएका बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेका थिए । यसको जिम्मेवारी कसैले लिएको छैन ।
साथै यस विषयमा प्रहरीले पनि अनुसन्धान जारी रहेको जनाएको छ । दक्षिणी कायरोको अगोजा जिल्लामा सो गोलीकाण्ड भएको बताइएको छ । रासस÷सिन्ह्वा
dainiknepal
काठमाडौं, १८ मंसिर । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रतिपक्षी कांग्रेससहितका प्रमुख दलहरुको बैठकले साझा धारणा तयार पारेका छन् ।
शुक्रबार अपराह्न बसेको बैठकले आन्दोलनरत मधेसी मोर्चासँग वार्ता गर्नका लागि साझा धारणा तयार पारेको कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले जानकारी दिनुभयो ।
dainiknepal
काठमाडौं, मंसिर १८ । भारतसँग सीमा जोडिएका देशका प्रमुख नाकाहरुबाट शुक्रबार पनि आयात प्रभावित बन्यो ।

शुक्रबार दिउँसो विराटनगरको रानी भन्सारबाट ८ ट्यांकर डिजेल, १ ट्यांकर पेट्रोल र ३ ग्यास बुलेटसहित १ सय १६ ओटा मालबाहक गाडी नेपाल भित्रिए ।

विहीबार राति यो नाका भएर ६४ ट्यांकर इन्धन नेपाल भित्रिएको थियो ।

झापाको काँकडभिट्टा नाकाबाट शुक्रबार १३ ट्यांकर डिजेल, ४ ट्यांकर, पेट्रोल, १ ट्यांकर हवाई इन्धन र २ टयांकर मट्टीतेल नेपाल भित्रिएको छ ।

यस्तै, भैरहवाको बेलहिया–सुनौली नाकाबाट शुक्रबार दिनभरमा इन्धनबाहेकका मालबाहक गाडी मात्र नेपाल प्रवेश गरेका छन् ।

उता, नेपालगन्जको रुपैडिहा नाका शुक्रबार पनि ठप्पै छ । मधेसी मोर्चाले बाँकेमा बन्दको आह्वान गरेपनि बन्दको प्रभाव भने परेन । imagekhabar
काठमाडौं, १८ मंसिर । पाँच बजे हुने भनिएको त्रिपक्षीय वार्तामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता आइनपुगेपछि सुरु हुन सकेको छैन् ।
अहिले बालुवाटारमा मोर्चाका नेताहरुलाई कांग्रेस र सत्तारुढ दलका नेताहरुले कुरिरहेका छन् । तर, मधेसी मोर्चाका नेताहरु वार्ता गर्न बालुवाटार जानु छाडेर लैनचौरस्थित भारतीय राजदूतावास गएको खुलासा भएको छ ।
स्रोतका अनुसार आज हुने भनिएको निर्णायक वार्ता अघि मोर्चाका नेताहरु मधेस आन्दोलनका मागबारे राजदूत रञ्जीत रेसँग छलफल गर्न भारतीय दूतावास गएका हुन् । मोर्चाले भारतकै सहयोगमा मधेसमा आन्दोलन गरिरहेका बेला वार्तामा बस्नका लागि पनि भारतसँगै सल्लाह गरेको हो ।
अहिले पनि मोर्चाका नेताहरु राजदूतवासमै छलफल गरिरहेका छन् । उपेन्द्र यादव, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण लगायतका मधेसी नेताहरु लैनचौरस्थित दूतावास पुगेका हुन् ।
dainiknepal
शुक्रबार, १८ मंसिर
काठमाडौं । विगत एक सय नौ दिनदेखि तराई मधेसमा आन्दोलनरत मधेसी मोर्चासँग सम्भवत आजै चार बुँदे सम्झौता हुने भएको छ । सम्झौताको प्रति पनि तयार भैसकेको उच्च स्रोतले दाबी गरेको छ ।
मधेसी मोर्चाका नेताहरुलाई भारतीय राजदुत रणजित रायले बोलाएर आफुहरुको पनि प्रतिष्ठा जोडीएकाले सम्झौता गर्न दवाव दिएको उच्च स्रोत बताउँछ । नेपाल सन्देशलाई प्राप्त जानकारी अनुसार मधेसी मोर्चासँग मुख्य चार बुँदा र संघीयताको सीमांकन सम्बन्धी बुँदामा चार उप बुँदा सहितको सम्झौता हुने भएको हो ।
सरकारले तयार पारेको सम्झौताको प्रतिलाई भारतले समेत स्विकृत दिइसकेको उच्च स्रोतको दाबी छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले आफुहरुको प्रतिष्ठा समेत जोडीएकाले मधेसी मोर्चाको आन्दोलन रोक्नेगरि सम्झौता गराउन राजदुत रायलाई निर्देशन दिएकी थिइन् ।
सम्झौता हुने सम्भावित चार बुँदाको पहिलो नम्वरमा राज्यको निकायमा समावेशी समानुपातिक सहभागिताको ग्यारेन्टीकालागि संविधानको धारा ४२ परिमार्जन गर्ने उल्लेख गरिने छ ।
यस्तै दोस्रो बुँदामा यो संविधानको प्रारम्भ हुँदा कायम रहेको प्रत्येक जिल्लामा एक निर्वाचन क्षेत्र रहने गरि जनसंख्याका आधारमा निर्वाचन क्षेत्र कायम गर्नकालागि संविधानको धारा ८४ं को उपधारा १ क र ८४ं को २ संशोधन गरिने उल्लेख छ ।
यस्तै तेस्रो बुँदामा हाल संविधानमा नागरिकताका विषयमा कायम रहेको केही प्रावधानलाई परिमार्जनका लागि संशोधन गरिने उल्लेख छ । यस्तै चौथो बुँदामा संघीयताको सीमांकनका बारेमा उल्लेख छ ।
यसको चार उप बुँदाहरुमा पहिलोमा मधेसको माग सम्बोधन गर्नेगरि विद्यमान सीमांकनको व्यवस्था परिवर्तन गर्ने उल्लेख छ ।
दोस्रोमा यसकालागि राजनीतिक संयन्त्र गठन गर्ने, तेस्रोमा राजनीतिक सम्यन्त्रले ३ महिना भित्र संशोधन प्रस्ताव गर्ने र चौथोमा प्रतिवेदनलाई अनिवार्य रुपमा संविधान संशोधन मार्फत् कार्यान्वयनमा ल्याउने उल्लेख गरिएको छ ।
नेपाली राजनीतिमा रात रहे अग्राख पलाउछ भन्ने बताइन्छ । यदि यस्तो भएन भने यी बुँदा सहित नेपालको राजनीतिमा आज महत्वपुर्ण सम्झौता हुने छ ।
nepalsandesh
काठमाडौं, १८ मंसिर । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराई सुटुक्क भारत प्रस्थान गरेका छन् ।
भट्टराई शुक्रबार अपराहन्न जेट एयरवेजबाट भारतको मुम्बई प्रस्थान गरेको भट्टराईका सहयोगी विश्वदिप पाण्डेले जनाएका छन् ।
शनिबार मुम्बईमा विश्व बैंकले आयोजना गर्ने नेपाल–भारत आर्थिक सम्वन्ध विषयक कार्यक्रममा सहभागी हुन भट्टराई भारत भ्रमणमा गएको पाण्डेले बताए ।
भट्टराई आइतबार स्वदेश फर्किनेछन ।
dainiknepal
काठमाडौं, १८ मंसिर । पार्टीमा रहँदा पनि तीव्र मतभेद हुने प्रचण्ड-बाबुरामबीच अहिले फेरि लफडा सुरु भएको छ ।
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराई फेरि आरोप प्रत्यारोप बढेको हो । यसपालि त बाबुरामले प्रचण्डमाथि आरोपको बाणै हानेका छन् ।
बाबुरामले आफूमाथि प्रचण्डले लगाएको आरोपलाई स्टालिन शैलीमा विरोधीको चरित्र हत्या गर्ने र भौतिक सफायासम्म गर्ने प्रचण्डको पुरानो शैली कै निरन्तरता भएको टिप्पणी गर्दै कडा खण्डन गरेका छन् ।
आफूभन्दा फरक विचार राख्नेलाई भौतिक सफायासम्म गर्ने स्टालिनको विरासत प्रचण्डले लिएको र यसबाट प्रचण्ड मुक्त हुन नसकेको बाबुरामले आरोप लगाए । ‘आफूभन्दा फरक विचार राख्नेहरूलाई मुख्यतः स्टालिनको पालादेखि ’बाह्य शक्ति’ सँग जोडेर चरित्र हत्यामात्र हैन भ्याए पुगेसम्म भौतिक सफाया गर्नेसम्मको दुःखद विरासतबाट प्रचण्ड यति छिटै मुक्त हुने आशा गर्नु सायद आदर्शवादी परिकल्पना मात्रै हुन्छ !’ भट्टराईले आफ्नो फेसबुक पेजमा लेखेका छन ‘स्टालिनको पालामा कम्युनिष्ट पार्टीका दुइतिहाइ (अर्थात ९८ जना) पोलिटब्यूरो र केन्द्रीय सदस्यलाई ‘जर्मन एजेन्ट’ को काल्पनिक आरोप लगाएर मारिएको कलंकपूर्ण इतिहासको भूतले कम्युनिष्टहरूलाई कहिलेसम्म लखेटिरहने हो भविष्यले नै बताउनेछ ।‘
प्रचण्डले एमाओवारी केन्द्रीय समिति बैठकमा बाबुरामले ‘सुनियोजित’ रुपमा पार्टी छाडेको आरोप लगाएका थिए । उनले बाबुरामले पार्टी मात्र होइन, माक्सवाद नै परित्याग गरेको दाबी गरेका छन् ।
यस्तो छ बाबुरामले प्रचण्डमाथि हानेको वाण:
१. यो परम्परावादी चिन्तन र शैलीको निरन्तरतामा छ, यसमा कुनै गुणात्मक नयाँ सोंच र वस्तुपरक नयाँ प्रस्ताव/योजना छैन।पुरानै शब्दजाल छ, उही ‘अष्टपदी निबन्ध’को शैली छ।’क्यान्सर’ लागेको र ‘शल्यक्रिया’ गर्नुपर्ने भनिएको छ तर फेरि पनि उही ‘झारफूक’ कै प्रेस्क्रिप्सन( सिफारिस) गरिएको छ। सामान्य मात्रात्मक सुधार छ, कुनै क्रमभंग र अग्रगामी छलांग छैन। सारमा दस्तावेजको मूल चरित्र जडसूत्रीय-संशोधनवाद(अर्थात् मुखले क्रान्तिकारी तर व्यवहारमा यथास्थितिवादी) र सारसंग्रहवाद (eclecticism) छ।
२. आजको विश्व राजनीति र नेपालको ठोस ऐतिहासिक चरणको मुख्य समस्या विचारको विकास नै हो। एक्काइसौं शताब्दीको शुरुका दशकसम्म आइपुग्दा व्यक्तिको निजी गुण र स्वार्थलाई प्रधानता दिने उदारवाद/नवउदारवाद र मानिसको सामुहिकतालाई प्रधानता दिने शास्त्रीय मार्क्सवाद ( साथै दुवैलाई छासमिस पार्ने सारसंग्रहवाद) मा आधारित राज्यप्रणाली, पार्टी, अर्थतन्त्र, संस्कृति आदि सबै गम्भीर संकटमा छन्। भर्खरै सामन्ती युगबाट पुँजीवादी युगमा प्रवेश गरेको तर उत्पादक शक्तिको विकास(अर्थात आर्थिक विकासको स्तर) संसारकै सबभन्दा पिंधमा रहेको नेपालका आफ्नै थप विशिष्ठता र जटीलता छन्।
यो स्थितिमा समय र परिस्थिति अनुकुल विचार/विज्ञानको विकास नगरी र त्यही अनुरुप कार्यदिशा/कार्यक्रम, संगठनात्मक सिद्धान्त/पद्धति/शैली/आचरणको विकास नगरी उही पुरानै शब्दजाल र मन्त्रोच्चारणमा बँधिएर र केही शृंगारात्मक ‘विधि’ थपथाप गरेर कहीं पनि पुगिन्न।विचार र संगठन पुरानो तर विधि नयाँले केही हुन्न र त्यो कार्यान्वयन पनि हुन्न।त्यसैले प्रचण्डको यो प्रस्ताव जर्जर भैसकेको घरलाई केही समय काठको टेको लगाएर थम्याउने मिथ्या प्रयास मात्रै हो।
३. नयाँ शक्ति र बाबुरामवारे प्रचण्डले गरेको टिप्पणीमा पनि कुनै सिर्जनशीलता र मौलिकता छैन। आफु भन्दा फरक विचार राख्नेहरुलाई मुख्यत: स्टालिनको पालादेखि ‘बाह्य शक्ति’ संग जोडेर चरित्र-हत्या मात्र हैन भ्याएपुगेसम्म भौतिक सफाया गर्नेसम्मको दु:खद विरासदबाट प्रचण्ड यति छिटै मुक्त हुने आशा गर्नु शायद आदर्शवादी परिकल्पना मात्रै हुन्छ! स्टालिनको पालामा कम्युनिष्ट पार्टीका दुइतिहाइ( अर्थात ९८ जना) पोलिटब्यूरो र केन्द्रीय सदस्यलाई ‘जर्मन एजेन्ट’ को काल्पनिक आरोप लगाएर मारिएको कलंकपूर्ण इतिहासको भूतले कम्युनिष्टहरूलाई कहिलेसम्म लखेटिरहने हो भविष्यले नै बताउनेछ।
नयाँ शक्ति अर्थात वैकल्पिक राजनीतिक अभियान विगतबाट पाठ सिकेर जगैदेखि अहिलेको विश्वपरिस्थिति र नेपालको ठोस विशेषता अनुकुल नयाँ विचार, नयाँ कार्यदिशा, नयां ँ संगठन, नयाँ नेतृत्व, नयाँ शैली/आचरण र नयाँ संस्कृति निर्माण गर्ने मौलिक प्रयत्न हो। नयाँ चीजको खोजी एउटा कठीन कार्य हो र त्यसले शुरुमा परम्परावादी र यथास्थितिवादी सोच र संस्कारमा हुर्किएकाहरूबाट भीषण आक्रमण र प्रतिरोधको सामना गर्दै अघि बढ्नुपर्छ भन्ने नयाँ शक्ति अभियन्ताहरुलाई राम्ररी थाहा छ।त्यसैले हामी कसैप्रति पनि अहिले कुनै आग्रह राख्दैनौं। बरू जोजसले हामीबारे चासो राखेर टिकाटिप्पणी गर्ने र वहसलाई अघि बढाउने काम गर्नुभएको छ वहाँहरुप्रति आभारी छौं!
जाँदाजाँदै अन्त्यमा, मैले एमाओवादी परित्यागको घोषणा गरेको अघिल्लो दिन असोज ८ गते प्रचण्डसंगको भेटमा मैले सबै माओवादी समूहहरू विघटन गरेर नयाँ शक्ति निर्माण गरौं भनेर राखेको प्रस्तावलाई वहाँले ठाडै अस्वीकार गरेको कुरा पनि अहिले चलिरहेको वहाँको केन्द्रीय समितिको वैठकमा सुनाइदिए म लगायतका साथीहरूले चालेको कदमको मर्म र वास्तविकता बुझ्न सबैलाई मदत पुग्थ्यो कि?
dainiknepal
शुक्रबार, १८ मंसिर काठमाडौं । नेकपा एमालेको विदेश विभाग प्रमुख को बन्ने भन्ने विषयमा दुई शीर्ष नेताहरुबीच देखिएको विवाद अन्त्य भएको छ ।
बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल बीचको जुँगाको लडाईं पनि अन्त्य भएको छ । अध्यक्ष केपी ओलीले समर्थन गरेपछि नेपाल विदेश विभाग प्रमुख बनेका छन् भने खनाल अनुसन्धान विभागमा ।
यस्तै संविधानसभाका पुर्व सभामुख सुवास नेम्वाङलाई स्थायी कमिटी सदस्य बनाइएको छ ।
नेम्वाङलाई उपाध्यक्ष बनाउने तयारी गरिए पनि राष्ट्रिय प्रतिनिधि परिषद्ले मात्र पदाधिकारी छान्न पाउने वैधानीक व्यवस्थाका कारण नेम्वाङलाई तत्काललाई घाटा लागेको छ ।
उनलाई तत्कालीन उपाध्यक्ष विद्या भण्डारीको स्थानमा ल्याउन लागिएको थियो । विद्याले सम्हालेको पुर्वाञ्चलको जिम्मेवारी भने पार्टी सचिव भिम आचार्यलाई दिइएको छ ।
nepalsandesh
शुक्रबार, १८ मंसिर
काठमाडौं । सरकारको संयोजनमा प्रमुख दलहरु र आन्दोलनरत मधेसी मोर्चाबीच हुने भनिएको निर्णयक वार्ता अन्ततः अनौपचारिक भेटवार्तामा सिमित हुने भएको छ ।
छलफल बेलुकी ६ बजे हुनेछ । यसलाई शीर्ष नेताहरु बीचको भेटघाट भनिएको छ । छलफल गर्ने भनिए पनि छलफलका एजेण्डा समेत तय भएको छैन ।
दलहरुका बीचमा सहमतिको संकेत देखिएको भन्दै समाचार आएपछि आम जनता भने सकारात्मक सन्देशको पर्खाइमा रहेका थिए ।
संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले वार्ता भनेर नबोलाइएको बताएका छन् । आजको छलफल पनि चीया गफमै सिमित हुने देखिएको छ ।
दलहरुका बीचमा हुन लागेको भनिएको सहमति कस्ले रोक्यो भन्दै राजनीतिक वृत्तमा चर्चा परिचर्चा सुरु भैसकेको छ ।
nepalsandesh
काठमाडौं, १८ मंसिर । सत्तारुढ दल नेकपा एमालेले संविधान संशोधन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ ।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले तराई–मधेसमा देखिएको समस्यालाई समाधान गर्न र त्यसक्षेत्र र समुदायबाट उठेका मागहरुलाई सम्बोधन गर्न अघिल्लो(कांग्रेस) सरकारले प्रस्तुत गरेको संविधान संशोधन विधेयकको प्रक्रियालाई अघि बढाउने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिनुभयो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, तराई–मधेसमा देखा परेको समस्या, सीमा क्षेत्रको नाकाबन्दी लगायतका विषयमा गम्भिरतापूर्वक छलफल भएको थियो ।
बैठकले प्रदेशको सिमाङ्कन सम्बन्धमा उठेका विभिन्न आवाजहरु र मान्यतालाई समाधान गर्नको लागि सर्वदलीय राजनीतिक समिति निर्माण गरी अघि बढ्ने निर्णय समेत गरेको छ ।
dainiknepal
वीरगञ्ज, १८ मंसिर । विगत तीन महिनादेखि आन्दोलनको चपेटामा परेको मधेसमा अर्काे आन्दोलनको पनि सुरुवात भएको छ ।
विहीबारदेखि राजवादी संघ संस्थाहरु एकजुट भएर ‘राजा आउ, देश बचाउ’ भन्दै आन्दोलन सुरु गरेका हुन् । उनीहरुले राजसस्था पुनर्स्थापना संघर्ष समितिको नेतृत्वमा आन्दोलन सुरु गरेका हुन् । यसअघि मधेसमा मधेसवादी दल र चुरेभावर राष्ट्रिय एकता पार्टीले आ–आफ्ना माग राखेर आन्दोलन गर्दै आएका छन् ।
मधेसमा रहेका राजावादी संस्थाका मधेसीहरुले देशलाई निकास दिनेसक्ने व्यक्ति राजा नै भएकाले राजलाई पुनस्र्थापना गर्न माग गरेका छन् । उनीहरुले वीरगन्जमा बिहिबार राजसंस्थाको माग गर्दै प्रर्दशन समेत गरेका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहको फोटो सहितको ब्यानर घण्टाघरमा झुण्ड्याएर र्याली निकालेका राजावादीहरुले ‘राजा आउ, देश बचाउ, राजसस्था पूर्नस्थापना गर्नुपर्ने, २०७२ को सविधान खारेज गरी २०४७ को सविधान लागु गर लगायतको नारा लगाउदै घण्टाघर चोकबाट विरोध जुलुस निकालेका छन् ।
राजसंस्था मागसहित आन्दोलनको सुरुवात गरेको राजसस्था पुनस्र्थापना संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमाफर्त प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत बुझाएको छ । ज्ञापन पत्रमा २०७२ को सविधानमा छुटेका संवैधानिक राजसंस्था, हिन्दु राष्ट्र र मधेशी मुद्दालाई अविलम्ब सम्बोधन गरी देशको स्थितीलाई सहज बनाउन माग गरिएको अध्यक्ष गणेश साहले बताए ।
dainiknepal
काठमाडौँ, १८ मंसिर । देशभक्त हरेक नागरिक अहिले कुनै सम्झौता नै नगरी नाकाबन्दी खोलीनु पर्ने अडानमा रहेका बेला भारतले भने आफ्ना केही स्वार्थ पूर्ती गर्ने यही अवसर हेरेको छ । अन्य समयमा समेत कुनै न कुनै स्वार्थ नेपालसँग राखिरहने भारतले यसपाली विना सर्त नेपालको माहोल सहज बनाउने पक्षमा देखिँदैन । मोदी सरकारले नेपालमा नाकाबन्दी लगाएर नेपाल नीतिका लागि संसारभर ब्यापक आलोचना खेपेर उ समेत आत्तिएको देखिन्छ । त्यसैले उसले सेफ ल्याण्डिगं खोजेको विज्ञहरु बताउँछन् ।

त्यसका लागी भारतले सहज उपाय सुझाएको छ तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले अघी सारेको संविधान संसोधन प्रस्ताव अघि बढाउने र संघीयता सम्बन्धि विषय ६ महिना भित्र सल्टाउने गरि अघि बढ्ने । जुन कुरा कुनै नयाँ शर्त होइनन् । भारतले चाहेको र कांग्रेसले अघी सारेको संसोधन प्रस्ताव विधेयकमा संविधानको धारा ४२ १ मा रहेको सामाजिक न्यायको हक अन्तर्गत ‘समावेशी सिद्धान्तका आधारमा’ भन्ने शब्दावलीको सट्टा ‘समानुपातिक समावेशी सिद्धान्तका आधारमा’ भन्ने शब्द राखिएको छ ।

त्यस्तै संविधानको धारा ४२९१० मा भनिएको छ– ‘सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिबासी, जनजाति, मधेशी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागीताको हक हुनेछ’ । संशोधन विधेयकमा यही ‘ समावेशी सिद्धान्तको आधारमा’ भन्ने शब्दको सट्टा समानुपातिक समावेशी सिद्धान्तका आधारमा ’ भन्ने उल्लेख गरिएको छ ।

संविधानको धारा ८४ १ को खण्ड ९क० मा रहेको ‘भूगोल र जनसङ्ख्याको आधारमा’ भन्ने शब्दावलीको सट्टा संशोधन विधेयकमा ‘जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा’ भन्ने शब्दावली राखिएको छ ।जारी संविधानको धारा ८४ १ को खण्ड ९क० मा ‘नेपाललाई भूगोल र जनसङ्ख्याको आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ सदस्य रहने’ व्यवस्था छ ।

त्यस्तै विधेयकमा संविधानको धारा २८६ को उपधारा ५ को सट्टा प्रस्ताव गरिएको छ – “निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी देहाय बमोजिम गर्नेछ – क मुख्य रूपमा जनसङ्ख्यालाई आधार मानी जनसङ्ख्या र सदस्य सङ्ख्याको अनुपात यथासम्भव समान हुनेगरी निर्धारण गर्नेछ, ख खण्ड क बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी निर्धारण गर्नेछ । संविधान संसोधन गरेर यि कुरा परिवर्तन गरे मात्रै भारतले तत्कालै नाका खोल्न भन्ने किसिमको सन्देश हिजो भारतीय विदेशमन्त्री सुष्मा स्वराजले केपी ओलीसँगको फोन संवादमा समेत बताएकी छिन् ।
etajakhabar
काठमाडौँ, १८ मङ्सिर । वनमन्त्री अग्नि सापकोटाले सरकारले भारतसँगको व्यापार तथा विनिमयलाई निरन्तरता दिने बताउनुभएको छ ।
रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उहाँले भन्नुभयो–“कुनै एक देशसँगको अन्तरनिर्भरतालाई न्यूनीकरण गर्न सरकारले चीन तथा बङ्गलादेशसँगको व्यापार सम्बन्ध बढाइरहेको भए पनि भारतसँगको मैत्रीमा कुनै कमी हुन दिनेछैनौँ ।”
मन्त्री सापकोटाले मधेससहित ठूला राजनीतिक दल तथा विज्ञसहितको रायका आधारमा तराईको सीमाङ्कनसम्बन्धी विवाद संविधान संशोधनमार्फत आगामी तीन महिनाभित्र समाधान भएपछि अहिलेको असहज परिस्थितिको अन्त्य हुने बताउनुभयो । तातोपानीको नाका खुलाउन अर्थ, भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको टोलीले भ्रमण गरी नाका खुलाउने तथा सङ्खुवासभाको किमाथाङ्का नाका खोल्न पनि सरकारले योजना गरिरहेको जानकारी दिनुभयो ।
अर्को एक प्रश्नको जवाफमा मन्त्री सापकोटाले सरकारले घटाउन सक्ने जति घटाएर सर्वसाधारणलाई सस्तो मूल्यमा दाउरा उपलब्ध गराउने र भूकम्पपीडितलाई काठ उपलब्ध गराउने वचन पनि दिनुभयो ।
dainiknepal
सप्तरी, १८ मङ्सिर । सप्तरी प्रशासनले राजविराज नगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाइएको छ ।
गत मङ्सिर ६ गते सप्तरीमा प्रहरीको गोलीबाट तीनजना आन्दोलनकारीको मृत्युपछि सदरमुकाम राजविराजसहित जिल्लाको भारदह, रुपनीमा स्थानीय प्रशासनले लगाइएको निषेधाज्ञा हटाइएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जनाकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको भारदह र रुपनीमा बिहान ९ देखि साँझ ६ बजेसम्मका लागि निषेधित क्षेत्र यथावत् नै रहेको बताउँदै सदरमुकाम राजविराजमा स्थिति शान्त देखिएकाले यहाँको निषेधाज्ञा तत्कालका लागि हटाइएको बताइएको छ ।
पूर्व–पश्चिम राजमार्गको कोसी ब्यारेजदेखि बलान खोला र गाईघाट कदमहा सडकखण्डको ५०० मिटरमा पर्ने उत्तर र दक्षिण क्षेत्रमा राति ८ देखि बिहान ७ बजेसम्म लगाइएको निषेधाज्ञा जारी नै रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी मङ्सिर ५ र ६ गते सप्तरीमा प्रहरीको गोलीबाट मृत्यु भएका परिवारलाई मधेसी मोर्चाले क्रिया खर्चबापत रु २५ हजारका दरले सहयोग गर्ने बताइएको छ ।
राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीचको झडपमा प्रहरीले चलाएको गोली लागेर पूर्व—पश्चिम राजमार्गको रुपनीमा मृत्यु भएका जोमनी मधेपुरा–९ का नागेश्वर यादवको परिवारलाई क्रिया खर्चबापत रु २५ हजार प्रदान गरिएको राष्ट्रिय मधेस समाजवादी पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जनाकारी दिनुभयो ।
यस्तै सोही क्रममा भारदहमा मृत्यु भएका डढा–१ का नरेन राम, राजविराज नगरपालिका– १ का दिलीप साह र आन्दोलकै क्रममा करेन्ट लागेर मृत्यु भएका शिवशङ्कर दासको परिवारलाई मधेसी मोर्चा सप्तरीले क्रिया खर्चबापत रु २५ हजारका दरले रकम प्रदान गर्ने निर्णय गरिएको जिल्ला संयोजक सुनिल झाले बताउनुभयो
dainiknepal
१८ मंसिर, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सरकारबीचको सम्बन्धमा सुधारका संकेत सँगै नाकाबन्दी खुल्ने चर्चा चलेका छन् ।

परराष्ट्रमन्त्री कमल थापा भारत भ्रमणमा रहेको समयमा प्रधानमन्त्री ओलीले भारतीय विदेशमन्त्री सुष्मा स्वराजले लगातार फोन संवाद गरेको र भारतले आफ्नो चाहाना ओलीलाई प्रष्टसँग भनेको बताइएको छ ।

भारतले राखेको पछिल्लो शर्त के हो ?

भारतले राखेको भनिएको शर्तमा नयाँ कुरा परेका छैनन् । नाकाबन्दी लगाएर नेपाल नीतिका लागि ब्यापक आलोचना खेपेको मोदी सरकारले नाकाबन्दी खुलाउन फेस सेभिङका लागि राखेका शर्त नयाँ कुरा होइनन् । नेपालमै तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले अघी सारेको संविधान संसोधन प्रस्ताव अघि बढाउने र संघीयता सम्बन्धि विषय ६ महिना भित्र सल्टाउने गरि अघि बढ्न भारतको आग्रह छ ।


भारतले चाहेको र कांग्रेसले अघी सारेको संसोधन प्रस्ताव विधेयकमा संविधानको धारा ४२ ९१० मा रहेको सामाजिक न्यायको हक अन्तर्गत ‘समावेशी सिद्धान्तका आधारमा’ भन्ने शब्दावलीको सट्टा ‘समानुपातिक समावेशी सिद्धान्तका आधारमा’ भन्ने शब्द राखिएको छ ।

संविधानको धारा ४२(१) मा भनिएको छ– ‘सामाजिक रूपले पछाडि परेका महिला, दलित, आदिबासी, जनजाति, मधेशी, थारु, अल्पसङ्ख्यक, अपाङ्गता भएका व्यक्ति, सीमान्तीकृत, मुस्लिम, पिछडावर्ग, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, युवा, किसान, श्रमिक, उत्पीडित वा पिछडिएको क्षेत्रका नागरिक तथा आर्थिक रूपले विपन्न खस आर्यलाई समावेशी सिद्धान्तको आधारमा राज्यको निकायमा सहभागीताको हक हुनेछ’ । संशोधन विधेयकमा यही ‘ समावेशी सिद्धान्तको आधारमा’ भन्ने शब्दको सट्टा समानुपातिक समावेशी सिद्धान्तका आधारमा ’ भन्ने उल्लेख गरिएको छ ।

भारतलाई नै ढाँटे मोदीलेः फोटोशप गरिएका तस्विर भाइरल

संविधानको धारा ८४ ९१० को खण्ड (क) मा रहेको ‘भूगोल र जनसङ्ख्याको आधारमा’ भन्ने शब्दावलीको सट्टा संशोधन विधेयकमा ‘जनसङ्ख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा’ भन्ने शब्दावली राखिएको छ ।

जारी संविधानको धारा ८४ ९१० को खण्ड (क) मा ‘नेपाललाई भूगोल र जनसङ्ख्याको आधारमा १६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहने गरी पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम निर्वाचित हुने १६५ सदस्य रहने’ व्यवस्था छ ।

त्यस्तै विधेयकमा संविधानको धारा २८६ को उपधारा ९५० को सट्टा प्रस्ताव गरिएको छ – “निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी देहाय बमोजिम गर्नेछ – (क) मुख्य रूपमा जनसङ्ख्यालाई आधार मानी जनसङ्ख्या र सदस्य सङ्ख्याको अनुपात यथासम्भव समान हुनेगरी निर्धारण गर्नेछ, (ख) खण्ड (क) बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा यो संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी निर्धारण गर्नेछ ।” त्यस्तै, सोही धाराको उपधारा ९६० मा रहेको ‘निर्वाचन क्षेत्र निर्धारण गर्दा’ भन्ने शब्दावलीपछि ‘जनसङ्ख्या र भौगोलिक अनुकुलता’ शब्दावली थपिएका छन् ।

नेपाल- भारत सम्बन्धबारे सुष्माको १४ बुँदे जवाफ

संविधानको धारा २८६ ९५० मा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले यस धारा बमोजिम निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसङ्ख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसङ्ख्या र भूगोललाई प्रतिनिधित्वको आधार मानी त्यस्तो निर्वाचन क्षेत्रको भूगोल, जनसङ्ख्या र सदस्य सङ्ख्याबीचको अनुपात यथासम्भव समान हुनेगरी निर्धारण गर्नेछ’ भन्ने छ । सोही धाराको ९६० मा निर्वाचन क्षेत्र निर्धारण गर्दा सो क्षेत्रको जनसङ्ख्याको घनत्व, भौगोलिक विशिष्टता, प्रशासनिक एवं यातायातको सुगमता, सामुदायिक तथा सांस्कृतिक पक्षलाई समेत ध्यान दिनुपर्ने भन्ने छ ।

मधेशीहरुका माग पुरा गर्न संविधान संसोधन गरने र सीमाङ्कनको मुद्धा कम्तिमा ६ महिना भित्र टुङ्गो लगाउने गरि सहमति भएमा नाका खोल्न तयार रहेको
संकेत दिल्लीले दिएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन सम्पर्क गरेर नाका खोल्नका लागि भारतका शर्तबारे जानकारी गराएकी हुन् ।
समानुपातिक समावेशी सहितको संशोधन बिधेयक अघि बढाउने र दलीय संयन्त्रबाट छ महिना भित्र सीमाङ्कन टुङ्ग्याउन तयार भए नाकाबन्दी खोल्न तयार रहेको भारतीय संकेत रहेको श्रोतको भनाइ छ ।
nepaliheadline
काठमाडौं, १८ मंसिर । अतिवादी संगठन इश्लामिक स्टेट(आईएस)ले घोषणापत्र सार्वजनिक गरेपछि भारतमा हलचल मच्चिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार घोषणापत्रले भारतीय प्रधानमन्त्री मुख्य निशानामा रहेको देखाएको छ । उसले हिन्दू अतिवादीको आरोप लगाउँदै मोदी र भारतलाई नछाड्ने सन्देश घोषणापत्रबाट दिएको छ ।
आईएसले दिल्लीमा भएको दादरी काण्ड (गाईको मासु घरमा राखेको भन्दै मुश्लीमको हत्या)लाई जोड्दै मोदीलाई निशाना बनाएको बताइएको छ ।
dainiknepal
काठमाडौं, १८ मंसिर । भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बिद्यमान नेपालको संकट समाधानका लागि हिन्दु राष्ट्रको सर्त राखेको खुलासा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग टेलिफोनमा र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापासँग हिन्दुराष्ट्रको सर्त राखेको राप्रपा नेपाल स्रोतले बताएको छ । ‘तत्काल हिन्दुराष्ट्रका पक्षमा नगएपनि तीन महिनापछि प्रक्रियामा जाने प्रस्ताव भारतबाट आएको छ’ सत्तारुढ दल राप्रपा नेपालका एक नेताले भने ‘प्रस्तावमा दलहरुबीच सहमति जुट्न भने सकेको छैन ।’
भारतले राखेका सर्त मध्ये हिन्दुराष्ट्र पहिलो भएको परराष्ट्रमन्त्री कमल थापाले आफ्नै पार्टीका मुख्य नेताहरुलाई बताएका छन् । ‘भारतले हिन्दुराष्ट्रको बटम लाइन बनायो, थापाको भनाई उर्दृत गर्दै राप्रपा स्रोतले भन्यो ‘अहिले हिन्दुराष्ट्रको मागमा जाँदा एजेण्डा हाम्रो भएपनि लागु भारतले गराएको संदेश जान्छ ।’
भारतको चाहाना हिन्दु राष्ट्र भएको प्रधानमन्त्री ओलीले शिर्ष दलका नेताहरुलाई पनि जानकारी गराईसकेका छन् । विहीबार तीन दलको बैठकमा भारतीय विदेशमन्त्रीको सुझाव सुनाउँदै प्रधानमन्त्री ओलीले भने ‘हिन्दु राष्ट्रको कुरा छिमेकीहरुबाट आएको छ ।
हिन्दु राष्ट्रमा नेपाल गए आफुहरुले आन्दोलनरत मधेसी मोर्चालाई सम्झाउन सहयोग गर्ने संदेश पनि स्वराजले प्रधानमन्त्री ओलीलाई गराएकी थिइन । जनसंख्याका आधारमा निर्वाचन प्रणाली र समानुपातिक, समावेशी सिद्धान्त समेटिएको संशोधन प्रस्तावलाई अघि बढाउने र उच्चस्तरिय राजनीतिक सयन्त्र निर्माण गरी सीमांकनको बिषय टुङगो लगाउनेमा मुख्य दलहरु सहमत भइसकेका छन् ।yeskathmandu
१८ मंसिर, काठमाडौं ।

एमालेले आज हुने मधेशी मोर्चासँगको वार्तामा अत्याधिक लचकता अपनाउने निर्णय गरेको छ ।

आज वालुवाटारमा बसेको पार्टी स्थायी समिति बैठकले संविधान संसोधन तथा सिमांकनको विषय राजनीतिक संयन्त्र मार्फत टुग्याउने प्रस्तावमा मोर्चालाई मनाउने निर्णय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख एवम सचिव योगेश भट्टराईका अनुसार बैठकले अत्याधिक लचकता अपनाएर वार्ता सफल पार्ने निर्णय गरेको छ । मोर्चालाई मनाउन प्रमुख ३ दलबीच एक मत बनाएर वार्तामा प्रस्तुत हुने र लचकताका साथ सहमति गर्न उच्चतम पहल गर्ने निर्णय एमालेले गरेको छ ।

धानमन्त्री ओलीलाई सुष्मा स्वराजको फोन, नाकाबन्दी खोल्न २ शर्त

एमाले स्थायी समितिले नेताहरुको जिम्मेवारी समेत तोकेको छ । निर्णय अनसार वरिष्ठ नेता झलनाथ खनालले नीति अध्ययन प्रतिष्ठानको प्रमुखको जिम्मेवारी पाएका छन् भने अर्का नेता माधव कुमार नेपाललाई विदेश विभाग प्रमुख बनाइएको छ । सुवास नेम्बाङ केन्द्रिय कमिटिमा मनोनित हुने भएका छन् भने भीम आचार्यले पूर्वाञ्चलमा संगठनको जिम्मा पाएका छन् ।

निर्णायक भनिएको वार्ताबारे मधेशी नेतालाई थाहा छैन !

प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे प्रमुख तीन दल तथा आन्दोलन रत मधेशी मोर्चाबीच वार्ता हुने जानकारी गराएका छन् । यस अघि वार्ता स्थगित भएको जानकारी ट्वीटरबाटै दिएका प्रधानमन्त्रीले मधेशी मोर्चासँग सहमति हुन सक्ने संकेत पनि गरेका

भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग पटक पटक टेलिफोन वार्ता गरेका ओलीले परराष्ट्रमन्त्री कमल थापा दिल्लीबाट फर्केपछि बालुवाटारमा सकारात्मक संकेत आएको जानकारी गराएका थिए ।

तर मधेशी मोर्चाका नेताहरुले भने वार्ताबारे जानकारी नभएको बताएका छन्
nepaliheadlines
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Aug 24 (6)
  • Aug 23 (1)
  • Aug 19 (1)
  • Aug 18 (19)
  • Aug 17 (17)
  • Aug 16 (24)
  • Jan 24 (18)
  • Jan 23 (27)
  • Jan 22 (32)
  • Jan 21 (35)
  • Jan 20 (35)
  • Jan 19 (34)
  • Jan 18 (40)
  • Jan 17 (45)
  • Jan 16 (27)
  • Jan 15 (29)
  • Jan 14 (35)
  • Jan 13 (40)
  • Jan 12 (32)
  • Jan 11 (39)
  • Jan 10 (31)
  • Jan 09 (23)
  • Jan 08 (31)
  • Jan 07 (30)
  • Jan 06 (39)
  • Jan 05 (34)
  • Jan 04 (39)
  • Jan 03 (43)
  • Jan 02 (47)
  • Jan 01 (31)
  • Dec 31 (34)
  • Dec 30 (36)
  • Dec 29 (43)
  • Dec 28 (33)
  • Dec 27 (27)
  • Dec 26 (38)
  • Dec 25 (33)
  • Dec 24 (38)
  • Dec 23 (44)
  • Dec 22 (39)
  • Dec 21 (37)
  • Dec 20 (40)
  • Dec 19 (31)
  • Dec 18 (47)
  • Dec 17 (30)
  • Dec 16 (16)
  • Dec 15 (42)
  • Dec 14 (30)
  • Dec 13 (32)
  • Dec 12 (35)
  • Dec 11 (42)
  • Dec 10 (26)
  • Dec 09 (31)
  • Dec 08 (15)
  • Dec 07 (37)
  • Dec 06 (30)
  • Dec 05 (34)
  • Dec 04 (32)
  • Dec 03 (33)
  • Dec 02 (36)
  • Dec 01 (37)
  • Nov 30 (48)
  • Nov 29 (28)
  • Nov 28 (35)
  • Nov 27 (35)
  • Nov 26 (47)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (27)
  • Nov 22 (32)
  • Nov 21 (43)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (22)
  • Nov 17 (29)
  • Nov 16 (32)
  • Nov 15 (25)
  • Nov 14 (28)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (42)
  • Nov 09 (22)
  • Nov 08 (40)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (42)
  • Nov 01 (44)
  • Oct 31 (29)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (47)
  • Oct 27 (32)
  • Oct 26 (39)
  • Oct 25 (35)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (22)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (31)
  • Oct 02 (29)
  • Oct 01 (29)
  • Sep 30 (29)
  • Sep 29 (24)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (26)
  • Sep 25 (27)
  • Sep 24 (18)
  • Sep 23 (15)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (26)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (12)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (19)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (22)
  • Sep 07 (22)
  • Sep 06 (26)
  • Sep 05 (18)
  • Sep 04 (23)
  • Sep 03 (24)
  • Sep 02 (25)
  • Sep 01 (24)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (27)
  • Aug 28 (28)
  • Aug 27 (30)
  • Aug 26 (29)
  • Aug 25 (24)
  • Aug 24 (35)
  • Aug 23 (30)
  • Aug 22 (31)
  • Aug 21 (32)
  • Aug 20 (30)
  • Aug 19 (33)
  • Aug 18 (27)
  • Aug 17 (34)
  • Aug 16 (28)
  • Aug 15 (23)
  • Aug 14 (23)
  • Aug 13 (22)
  • Aug 12 (19)
  • Aug 11 (18)
  • Aug 10 (24)
  • Aug 09 (16)
  • Aug 08 (18)
  • Aug 07 (25)
  • Aug 06 (16)
  • Aug 05 (18)
  • Aug 04 (21)
  • Aug 03 (19)
  • Aug 02 (14)
  • Aug 01 (17)
  • Jul 31 (19)
  • Jul 30 (19)
  • Jul 29 (15)
  • Jul 28 (12)
  • Jul 25 (14)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home